३४. कर्तव्यमा हुने नकारात्मकता र ढिलासुस्ती पछाडि के कारण हुन्छ?

अगुवाले मलाई केही समूह भेलाहरूको जिम्मा दिइन् केही अभ्यासपछि, मैले केही सिद्धान्तहरू बुझें र मानिसहरूले भोग्‍ने केही स्थिति चिन्‍न सिकें। यो कर्तव्यले मलाई कैयौँ सत्यता सिक्न र छिट्टै प्रगति गर्न मद्दत गरिरहेको महसुस गरेँ। तर पछि प्रहरीले सामान्य मामिलाकी डिकनलाई निगरानी गर्न थाल्यो र उनले अरूसँग सम्पर्क गर्न सकिनन्, त्यसैले अगुवाले मलाई सामान्य मामिलाहरू सम्हाल्ने काममा लगाइन्। त्यो बेला ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ परिरहेका थिए। किताबहरू ओसार्ने, ब्रदर-सिस्टरहरूलाई सुरक्षित राख्‍न नयाँ पाहुना घरहरू खोज्‍नेजस्ता धेरै कुराहरू हेर्नुपर्ने थियो। म यी सबै कुराहरू मिलाउन लगभग हरेक दिन दौडधुप गरिरहेकी हुन्थेँ। केही समयपछि, एक किसिमको चिड़चिड़ाहट र असन्तुष्टि महसुस गरें। मलाई लाग्यो, यो त दौडधुप गर्ने काम मात्र रहेछ, र मेरो सबै समय दौडधुपमै खर्च गरेर म सत्यता प्राप्त गर्न सक्दिनथेँ। के म यसरी मुक्ति पाउन सक्थें र? म सामान्य मामिलासम्बन्धी कामको विरोधी भएँ, र अब त्यो गर्न चाहन्‍नथेँ।

धेरैपटक, पाहुना घरहरूमा सामान छोड्न जाँदा, ब्रदर-सिस्टरहरू भेला भई सङ्गति गरिरहेको देख्थेँ। ममाथि साँच्चै गलत भएको ठान्थें र अगुवाप्रति रिस पनि उठ्थ्यो। उनले मलाई किन सामान्य मामिलाको जिम्मेवारी दिइन्? तिनीहरू सँगै सत्यता सङ्गति गर्दै, धेरै सिक्दै र छिट्टै अघि बढ्दै थिए, तर म काममा दौडधुप मात्र गरिरहेकी थिएँ—मैले कसरी सत्यता प्राप्त गर्न सक्थें र? सत्यताविना ममा जीवन हुने थिएन, र मुक्ति पाउँदिनथें। मैले मौका गुमाइरहेकी थिइनँ र? यसबारे सोच्दा म झन्झन् चिन्तित भएँ, र आफ्नो कर्तव्य निभाउन कुनै उत्साह भएन। एकपटक मैले एक सिस्टरको घरमा सुरक्षा जोखिम रहेको थाहा पाएँ, र त्यहाँ रहेका पुस्तकहरू जतिसक्दो चाँडो सुरक्षित स्थानमा सार्नुपर्ने भयो। मैले सोचेँ, “किन सामान्य मामिलाका काम यति धेरै छन्? यसले समय र ऊर्जा खाइदिन्छ, तर म सत्यता प्राप्त गर्न सक्दिनँ। के मैले यो सबै व्यर्थमा गरिरहेकी छैन र?” यसरी सोच्दा मलाई यो काम गर्न मन लागेन। तर स्थिति जरुरी भएकाले मैले पुस्तकहरू सार्न मद्दत गर्नुपर्थ्यो। त्यो सकेपछि, एक्कासी पुस्तकहरू राखिएको अर्को घरमा समस्या आयो। ती किताबहरू सार्नु भनेको उही मिलाउने र प्याक गर्ने प्रक्रिया पट्ट्यारलाग्दो काम थियो, र दिनभरको कामपछि म गुनासोहरूले भरिएँ। म थकित भएर घर पुग्दा, अगुवा र मलजल डिकन छलफल गरिरहेका थिए। अगुवाले मलाई सोधिन्, “तपाईंले एक सिस्टरलाई नयाँ पाहुना घरमा पुर्‍याउनुभएको मात्र होइन? किन दिनभर लाग्यो?” उनको कुरा सुनेर मलाई साँच्चै नराम्रो लाग्यो। म बाहिर दौडधुप गरिरहँदा तिनीहरू सबै बसेर सत्यता र सिद्धान्तहरू सङ्गति गर्दै थिए। सामान्य मामिला रेखरेख गरेर मैले के प्राप्त गर्न सक्थें र? मैले जति गरे पनि के म सेवाकर्ताको रूपमा मात्रै सिमित हुन्थिनँ र? मैले भित्र बसेर परमेश्‍वरका वचन पढ्न, भेलामा सबैसँग सङ्गति गर्न, र कामको छलफल गर्न पाएकी भए, के त्यो धेरै राम्रो हुन्थेन र? त्यो धेरै सजिलो हुने थियो, मैले सत्यता प्राप्त गर्न सक्थेँ र भविष्यमा मुक्ति पाउने थिएँ। यसबारे जति धेरै सोचेँ, उति रिस उठ्न थाल्यो, र म निराश र पूरै थकित हुन पुगें। मैले यो कुरा मनमा खेलाइरहें: मलाई किन सामान्य मामिलाको जिम्मा दिइयो? के परमेश्‍वरले मलाई सेवाकर्ता भएको हेर्न चाहनुहुन्छ? यस्तै भैराखेको भए, के म सधैं यही दौडधुपको मात्र लायक मात्र हुन्‍नथेँ र? मैले के पाउन सक्थें र?

अर्को दिन मैले सम्हाल्नुपर्ने सामान्य मामिलाका काम धेरै थिए, र मैले गुनासो नगरी बस्‍न सकिनँ। अगुवाले म त्यति राम्रो स्थितिमा नभएको देखिन् र यसबाट सिक्न र आत्मचिन्तन गर्न सम्झाइन्। त्यो मेरो लागि चेतावनीको घण्टी थियो। त्यो बेला सामान्य मामिलाको काम गरिराख्दा, म काम त गरिरहेकी हुन्थेँ, तर भित्र विरोध महसुस हुन्थ्यो। म असन्तुष्ट थिएँ, र आफ्नो कर्तव्य रोजेर लिन चाहन्थेँ। परमेश्‍वरले मलाई अन्याय गर्नुभएझैँ पनि लाग्थ्यो। मलाई म खतरापूर्ण स्थितिमा छु भन्‍ने लाग्यो। म त्यति प्रतिरोधी भैरहन सक्दिनँथें। मैले सत्यता खोज्दै परमेश्‍वरसामु पश्‍चात्ताप गर्नुपर्थ्यो।

मैले परमेश्‍वरका वचनमा केही पढें। “तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले बुझ्‍नुपर्ने सिद्धान्तहरू र तैँले अभ्यास गर्नुपर्ने सत्यताहरू एउटै हुन्छन्। तँलाई अगुवा बन्‍न अनुरोध गरिए पनि वा सेवक बन्‍न अनुरोध गरिए पनि, वा घरधनी वा मेजबानको रूपमा तैँले भाँडा माझे पनि वा तँलाई केही बाह्य कामकाज सम्‍हाल्‍न लगाइए पनि वा कुनै शारीरिक परिश्रम गर्न लगाइए पनि, यी विभिन्‍न कर्तव्यहरू निभाउँदा पालन गर्नुपर्ने सत्यताका सिद्धान्तहरू उही हुन्छन्, र ती सबै कर्तव्यहरू सत्यता र परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। “धेरै मानिसहरूलाई मुक्ति पाउनु भनेको के हो भन्‍नेबारे स्पष्ट रूपमा थाहा छैन। कतिपय मानिसहरूले परमेश्‍वरलाई जति धेरै वर्ष विश्‍वास गर्‍यो, मुक्ति पाउने सम्‍भावना त्यति नै धेरै हुन्छ भन्‍ने विश्‍वास गर्छन्। कतिपयले जति धेरै आत्मिक सिद्धान्त बुझ्यो, मुक्ति पाउने सम्‍भावना त्यति नै धेरै हुन्छ भन्‍ने सोच्छन्, र कतिले चाहिँ अगुवा र सेवकहरूले अवश्य मुक्ति पाउनेछन् भन्‍ने ठान्छन्। यी सबै मानव धारणा र कल्‍पनाहरू हुन्। मुख्य कुरा त मानिसहरूले मुक्ति भनेको के हो त्यो बुझ्नुपर्छ। मुक्ति पाउनु भनेको मुख्य रूपमा पापबाट मुक्त हुनु, शैतानको प्रभावबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्‍वरतर्फ फर्कनु र परमेश्‍वरको आज्ञापालन गर्नु हो। पाप र शैतानको प्रभावबाट मुक्त हुनको लागि तिमीहरूमा के हुनुपर्छ? सत्यता। यदि मानिसहरूले सत्यता प्राप्त गर्न चाहन्छन् भने, तिनीहरू परमेश्‍वरका धेरै वचनहरूले सुसज्‍जित हुनुपर्छ, तिनीहरूले ती वचन अनुभव र अभ्यास गर्न सक्‍नुपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्‍न र सत्यताको वास्तविकतामा प्रवेश गर्न सकून्। त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउन सक्छन्। कुनै व्यक्तिले मुक्ति पाउँछ कि पाउँदैन भन्‍ने कुरा उसले परमेश्‍वरमा कति लामो समय विश्‍वास गरेको छ, ऊसँग कति धेरै ज्ञान छ, ऊसँग वरदान वा सबल पक्षहरू छ कि छैन, वा उसले कति धेरै कष्ट भोग्छ भन्‍ने कुरासँग सम्‍बन्धित हुँदैन। मुक्तिसँग प्रत्यक्ष सम्‍बन्ध भएको एकमात्र कुरा भनेको व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने हो। त्यसो भए, आज तैँले कति वटा सत्यता साँचो रूपमा बुझेको छस्? अनि परमेश्‍वरका कति वटा वचनहरू तेरो जीवन बनेका छन्? परमेश्‍वरका सबै मापदण्डहरूमध्ये, तैँले कुन-कुनमा प्रवेश हासिल गरेको छस्? परमेश्‍वरमाथि विश्‍वास गरेका वर्षहरूमा, तैँले परमेश्‍वरको वचनको सत्यतामा कति धेरै प्रवेश हासिल गरेको छस्? यदि तँलाई थाहा छैन भने, वा तैँले परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश हासिल गरेको छैनस् भने, खुलस्त रूपमा भन्‍ने हो भने, तँसँग मुक्ति पाउने कुनै आशा छैन। तैँले सम्भवतः मुक्ति पाउनेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू पढेर मैले बुझें, मण्डलीमा मलजलको काम होस् वा सामान्य मामिलाको, ती मानिसले गर्नैपर्ने कर्तव्य हुन्। हामीले कर्तव्य निभाउँदा सत्यता पछ्याउनेछौं र केही जीवन प्रवेश पाउनेछौं भन्‍ने परमेश्‍वरले आशा गर्नुहुन्छ। हाम्रो कर्तव्य फरक भए पनि, हामीले कर्तव्यमा अभ्यास गर्ने सत्यताका सिद्धान्त एकै हुन्। जुनसुकै कर्तव्य गर्दा पनि, हामी सबैले भ्रष्टता देखाउँछौं। जबसम्म हामी भ्रष्टता देखाउँदा सत्यता खोज्छौं, पश्‍चात्ताप गर्छौं र बदलिन्छौँ, तबसम्म हामी जीवनमा प्रगति गर्न सक्छौं। अनि हामीले सत्यता प्राप्त गरी मुक्ति पाउन सक्छौं। तर जब केही हुँदा हामीले कुनै पाठ सिक्दैनौं, वा हामीले गर्ने काम सत्यता अभ्यास वा स्वभाव बदल्ने कार्यसँग सम्बन्धित हुँदैन, तब परमेश्‍वरले यसलाई काम मात्र देख्नुहुन्छ, अनि परमेश्‍वरको मुक्ति त परको कुरा, हामी सत्यतासमेत प्राप्त गर्न सक्दैनौं। तर मैले सामान्य मामिला सम्हालेर सत्यता प्राप्त गर्न सक्दिनँ र मैले जति काम गरे पनि, सेवाकर्ता मात्र हुनेछु भन्‍ने गलत विश्‍वास गरें। मैले सोच्थेँ, अगुवा वा समूह अगुवा भएर, सत्यता सङ्गति गरेर र अरूलाई सहयोग गरेर, हरेक दिन परमेश्‍वरका वचन पढेर र यसबारे सङ्गति गरेर जीवनमा छिट्टै प्रगति गर्न, र सत्यता प्राप्त गरी मुक्ति पाउन सकिन्छ। के त्यो मेरो मुर्खता थिएन र? वास्तवमा, सत्यता पछ्याउने व्यक्तिले जुनसुकै कर्तव्य गरिरहे पनि आफूले सामना गर्ने कुराहरूबाट सिक्न, र त्यसपछि वास्तविक, व्यावहारिक लाभहरू प्राप्त गर्न सक्छन्। यो मैले हेरेको गवाही भिडियोहरूमा भएजस्तै हो। केही ब्रदर-सिस्टरले सामान्य मामिलाहरू सम्हाल्छन्, तर तिनीहरू परमेश्‍वरका वचनहरूलाई व्यवहारमा उतार्न, सत्यता खोज्‍न र भ्रष्टता देखिएपछि त्यसको समाधान गर्न सक्षम हुन्छन्। तिनीहरू एउटा अनुभवपछि परिवर्तन हुन र आफ्नै वास्तविक गवाही बताउन सक्छन्। अनि केही अगुवाहरू पनि छन् जो प्रायः अरूलाई परमेश्‍वरका वचनहरू पढिसुनाउँछन् र समस्या सुल्झाउन मद्दत गर्छन्, तर जे प्रचार गर्छन् व्यवहारमा उतार्दैनन्, केवल धर्मसिद्धान्त भट्याउँछन्, र अन्ततः खुलासा भएर निकालिन्छन्। यी कुराहरू साँच्चै हुन्छन्, होइन र? मानिसहरूले फरकफरक कर्तव्य निभाएको कारण परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न। सत्यता नपछ्याउनेहरू सेवा मात्र पुर्‍याउने मानिसहरू हुन्। सत्यता पछ्याउनेले भने जुनसुकै कर्तव्यबाट इनाम पाउनेछ। परमेश्‍वर धर्मी हुनुहुन्छ र कसैको पक्ष लिनुहुन्‍न। तर म मेरा भ्रामक विचारहरूमा फसेकी थिएँ, र कर्तव्यहरू छानेर लिन चाहन्थेँ। म सामान्य मामिलासम्बन्धी कामको विरोधी भएँ—म यो गर्न चाहन्‍नथेँ। मलाई त्यस्तो काम दिएकोमा रिसाउँदै अगुवाबारे पनि द्वेष पाल्न थालेँ। मैले सत्यता पछ्याइरहेकी थिइनँ। मैले भ्रष्टता देखाएँ तर आत्मचिन्तन वा समाधान गरिनँ। बरु नकारात्मक बनेँ, गुनासो गरें र यो सबैको दोष अरूलाई दिएँ। परमेश्‍वरले मलाई सेवा मात्र गराउनुभएजस्तो लाग्यो। म उहाँलाई गलत बुझ्दै थिएँ। म एकदम व्यावहारिक वातावरणमा थिएँ, तर पाठ सिक्न सकिनँ। केवल गुनासोले भरिएँ। कति अव्यावहारिक। यदि म त्यस्तै भैराख्थेँ, र कुनै पनि सत्यता प्राप्त गर्दिनथेँ भने, म साँच्चै सेवाकर्ता मात्र बन्‍ने थिएँ। केही सामान्य मामिला मेरो बाटोमा आएका थिए, तर मैले परमेश्‍वरबाट आएको भनी स्विकार्न र समर्पित हुन सकिनँ। अरू ब्रदर-सिस्टरहरूको समस्या त परको कुरा, मैले आफ्नो समस्या पनि सुल्झाउन सकिनँ। अनि त्यो अवस्थामा म मलजलको काम गर्न चाहन्थेँ! त्यो अव्यावहारिक थिएन र? मैले परमेश्‍वरले भन्‍नुभएको कुरा सोचें: “अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूले पूरा गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र सृष्टि गरिएको योग्य प्राणी बन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर रहन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मापदण्ड यही हो। यो मापदण्ड अपरिवर्तनीय छ र तैँले यसलाई स्मरण गर्नुपर्छ। यो मापदण्डलाई दिमागमा खोपेर राख्, र कुनै अवास्तविक कुरालाई पछ्याउन अर्को बाटो पत्ता लगाउनेबारेमा नसोच्। मुक्ति प्राप्त गर्न चाहने सबैलाई परमेश्‍वरले दिनुभएका सर्त र मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्। तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचन पढेर मैले सामान्य मामिलाहरू सम्हाले पनि वा अगुवाको रूपमा सेवा गरे पनि, मूल कुरा भनेको कर्तव्य निभाउँदा सत्यता पछ्याउनु हो भन्‍ने बुझें। परमेश्‍वरद्वारा स्थापित वातावरणमा सत्यता खोज्‍न, आफूलाई बुझ्‍न, पश्‍चात्ताप गर्न र बदलिन सक्नेहरू नै मुक्ति पाउन सक्ने मानिसहरू हुन्। यो बुझेर मेरो मन उज्यालो भयो।

पछि, मैले फेरि दोहोर्‍याएर सोच्‍न थालें। मलाई सामान्य मामिलाको जिम्मा दिइँदा म किन यति दुःखी र काम गर्न अनिच्छुक भएँ? मैले परमेश्‍वरका वचनमा यो पढें: “परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा दुःखलाग्दो कुरा यो हो कि परमेश्‍वरको कामको बीचमा मानिसले आफ्‍नै व्यवस्थापन संचालन गर्छ, तैपनि परमेश्‍वरको व्यवस्थापनमा कुनै ध्यान दिँदैन। मानिसको सबैभन्दा ठूलो असफलता यसैमा छ कि उही समयमा जब मानिसले परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने प्रयास गरिरहेको हुन्छ, उसको आफ्‍नै काल्‍पनिक गन्तव्यको निर्माण गरिरहेको हुन्छ र सबैभन्दा ठूलो आशिष र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने हो त्यसको षड्यन्त्र गरिरहेको हुन्छ। तिनीहरू कति दयनीय, घृणास्पद, र बिचरा छन् भन्‍ने कुरा कसैले बुझे तापनि, कति जनाले आफ्‍ना कल्‍पना र आशाहरूलाई सहजतापूर्वक त्याग्‍न सक्छन्? अनि आफ्‍नै पाइलाहरूलाई रोकेर आफ्‍नै बारेमा मात्रै सोच्‍न छोड्न सक्‍ने को छन्? परमेश्‍वरलाई उहाँको व्यवस्थापन पूरा गर्नको लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँको व्यवस्थापन कार्यको निम्ति आफ्‍नो सम्पूर्ण मन र शरीर अर्पण गरेर उहाँमा समर्पित हुनेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्‍ना हातहरू पसारेर माग्‍ने मानिसहरूको खाँचो छैन, थोरै दिएर इनामको प्रतीक्षा गर्नेहरूको कुरा त परै जाओस्। थोरै योगदान दिएर आफ्‍ना हात बाँधेर बस्‍नेहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यलाई घृणा गर्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने चीसो-रगत भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। मानवजातिलाई मुक्त गर्ने क्रममा उहाँले गर्नुहुने कामले प्रस्तुत गर्ने अवसरको फाइदा लिनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। त्यो यसैले हो कि किनभने यी मानिसहरूले आफ्‍नो व्यवस्थापन कार्यद्वारा परमेश्‍वरले के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। परमेश्‍वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नको लागि कसरी प्रयोग गर्न सकिन्छ त्यसप्रति मात्रै तिनीहरूलाई चासो छ। तिनीहरू आफ्‍नै अपेक्षाहरू र भाग्यद्वारा पूर्ण रूपमा तल्‍लीन भएका हुनाले, तिनीहरूले परमेश्‍वरको हृदयको बारेमा वास्ता गर्दैनन्। परमेश्‍वरको व्यवस्थापनको कामलाई घृणा गर्ने अनि परमेश्‍वरले मानवजातिलाई कसरी मुक्त गर्नुहुन्छ त्यस कुरामा र उहाँको इच्‍छाको बारेमा अलिकति पनि चासो नदिनेहरूले परमेश्‍वरको व्यवस्थापनको कार्यबाट अलग रहेर तिनीहरूलाई प्रसन्‍न पार्ने कुराहरू मात्रै गर्छन्। तिनीहरूको आचरणलाई न त परमेश्‍वरले स्मरण गर्नुहुन्छ न त स्वीकार नै—परमेश्‍वरले यसलाई निगाहको साथ हेर्ने कुरा त परै जाओस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ)। परमेश्‍वरको वचनले मेरो आफ्नै अवस्था देखायो। म सामान्य मामिलाहरू सम्हाल्न अनिच्छुक थिएँ किनभने मसँग कर्तव्य निभाउने सही प्रेरणा थिएन। मैले त्यो सधैं मनमा नाफानोक्सान हिसाब गर्दै, आशिष् पाउन सकूँ भनेर गरिरहेकी थिएँ। फाइदा हुने भए, म उत्सुकतापूर्वक जुनसुकै मूल्य चुकाउँथेँ, तर मलाई सामान्य मामिलामा खटाइएको र म सेवाकर्ता मात्र हुन्छु भन्‍ने थाहा हुनेबित्तिकै, मलाई यो ठूलो घाटा हो जस्तो लाग्यो। मैले अनुहार बिगारेर गनगन गरें, र केही काम गरे पनि, म यसबारे असन्तुष्ट हुन्थेँ। म शैतानी दर्शनअनुसार, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “सधैँ नाफा कमाउनुपर्छ,” र “इनामविना औँलो पनि नउठाउनू” भन्दै बाँचिरहेकी थिएँ। “इनाम” सधैं पहिला आउँथ्यो, र मैले आफूलाई परमेश्‍वरमा अर्पित गरेको पनि उहाँसँग कारोबार गर्नलाई थियो। सुरुदेखि अन्त्यसम्म, मैले कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनेर सोचेकी थिइनँ। ती कठोर परिस्थितिहरूमा पनि, मेरो पहिलो सोच ब्रदर-सिस्टर र मण्डलीको सम्पत्ति जोगाउने र ती सबैलाई छिट्टो सुरक्षित ठाउँमा सार्ने हुँदैनथ्यो, बरु त्यो काम गर्न लायक छ छैन, मेरो गन्तव्यका लागि लाभदायक हुन्छ हुँदैन भन्‍ने हुन्थ्यो। शैतानले मलाई भ्रष्ट पारी यति स्वार्थी र नीच अनि विवेक वा समझहीन पारेछ भन्‍ने बुझेँ। म आफ्नो लागि मात्र सोच्‍ने, अति चिसो मनकी थिएँ। म मण्डली सदस्य भएकीले जुनसुकै परियोजना गर्न आवश्यक भए पनि, मैले मण्डलीको हित रक्षा गर्न सहयोग गर्नुपर्थ्यो। तर म आफूले गर्ने हरेक कुरामा साँच्चै लक्ष्य-उन्मुख थिएँ। यति मेहनत गरेर पनि आशिष् नपाएमा मैले साँच्चै केही गुमाउँछु जस्तो लाग्यो। मेरो दिमाग म कसरी आशिष् पाउन र अगाडि आउन सक्छु भन्‍ने सोचले भरिएको थियो। यो सबैले मलाई विश्‍वासमा मेरो वर्षौंको प्रयासको प्रेरणा आशिष्‌को चाहना मात्र थियो भन्‍ने देखायो। यसले मलाई परमेश्‍वरले भन्‍नुभएको कुरा याद दिलायो: “अरूलाई दया देखाउने मानिसहरूलाई पुनः चुक्ता गरिए पनि, र तिमीहरूका बीचमा त्यस्तो काम गर्नुहुने, ख्रीष्टले न त मानिसको प्रेम, न त उहाँको प्रतिफल र समर्पण नै पाउनुभयो। के यो हृदय विदारक कुरा होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्)। परमेश्‍वरका वचनहरूले गर्दा मलाई झन् पछुतो र डर महसुस भयो। मैले परमेश्‍वरका धेरै वचन पढें, परमेश्‍वरको अनुग्रह र आशिष्‌को धेरै आनन्द उठाएँ, तर कर्तव्य राम्ररी निभाएर परमेश्‍वरको प्रेमको ऋण तिर्नेबारे कहिल्यै सोचिनँ। म लिने कुरामा मात्र केन्द्रित भएँ। म परमेश्‍वरको आशिष्‌को भोको थिएँ, उहाँले मलाई राम्रो गन्तव्य दिनुहोओस् भन्‍ने चाहन्थेँ। त्यो नपाउँदा म आक्रोशित थिएँ, र थोरै काम गर्नुपर्दा पनि गुनासोले भरिएकी थिएँ। मेरो विवेक र समझ पुरै शून्य भएको थियो, र यो परमेश्‍वरलाई चोट दिने कुरा थियो। यसबारे सोच्दा मैले झन् ऋणी र दोषी महसुस गरें। विवेक र मानवताहीन भएकीले मैले आफैंलाई घृणा गरेँ।

मैले पछि परमेश्‍वरको वचनमा अरू केही पढें। “परमेश्‍वरको घरमा, जब तँलाई कुनै काम गर्न दिइन्छ, तब चाहे यो कठिन वा थकाइलाग्दो भए पनि, र तँलाई यो मन परे पनि नपरे पनि, यो तेरो कर्तव्य हो। यदि तैँले यसलाई परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा र जिम्‍मेवारीको रूपमा हेर्न सक्छस् भने, तँ मानिसलाई मुक्ति दिने उहाँको कामको लागि सान्दर्भिक छस्। अनि यदि तैँले गर्ने काम र तैँले निभाउने कर्तव्य मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामको निम्ति सान्दर्भिक छ, र परमेश्‍वरले तँलाई दिनुभएको कामलाई तैँले निष्कपट र इमानदारीसाथ स्विकार्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? उहाँले तँलाई आफ्‍नो परिवारको सदस्यको रूपमा हेर्नुहुनेछ। त्यो आशिष्‌ हो कि श्राप? (आशिष्‌।) यो महान्‌ आशिष्‌ हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। यो खण्ड मेरो लागि साँच्चै मनछुने थियो। कोही कर्तव्य निभाउन इच्छुक भएसम्म, परमेश्‍वरले उसलाई मौका दिनुहुनेछ। मण्डलीका सबै कामहरू, प्रभावहीन देखिने कामसमेत अर्थपूर्ण हुन्छन्। ती सबैलाई स्विकार्नुपर्छ, आफ्नो कर्तव्य र जिम्मेवारीको रूपमा लिनुपर्छ। यदि हामीले कर्तव्यमा सत्यता पछ्याउने प्रयास गर्छौं, र परमेश्‍वरले चाहनुभएअनुरूप ठीकसँग गर्छौं भने, हामीले मुक्तिको मौका पाउनेछौँ। यदि तपाईं आफ्नो कर्तव्यलाई लेनदेनजस्तै व्यवहार गर्नुहुन्छ, आशिष्‌ साट्ने पूँजी वा परमेश्‍वरको राज्य प्रवेश गर्ने माध्यमजस्तै ठान्‍नुहुन्छ भने, जतिसुकै कडा परिश्रम गरे पनि सत्यतामा प्रवेश गर्न सक्नुहुन्‍न, किनकि तपाईको खोजीको दृष्टिकोण र हिँड्ने बाटो गलत छन्। कर्तव्य निभाउन, र परमेश्‍वरको काममा सेवा प्रदान गर्ने मौका पाउनु, परमेश्‍वरले दिनुभएको उचाइ र ठूलो आशिष् हो। म कसरी मेरो कर्तव्यबारे छनौट गर्न सक्थें र? मैले यसलाई स्विकारेर समर्पित हुनुपर्थ्यो। मैले सृष्टि गरिएको प्राणीको रूपमा त्यो गर्नुपर्थ्यो। तर म वरिपरि रहेका आशिष्‌हरूदेखि अनभिज्ञ थिएँ, र कर्तव्यको माध्यमबाट सत्यता पछ्याउने मौकाको कदर गरिरहेकी थिइनँ। म मेरो कर्तव्यलाई कडा परिश्रम र परमेश्‍वरसँग लेनदेन गर्ने गोटीजस्तै मानिरहेकी थिएँ। मैले परमेश्‍वरलाई गलत बुझेर दोष पनि दिएँ। म एकदम अन्धी थिएँ। यो बुझेपछि, मलाई सामान्य मामिलाहरूप्रति विरोध महसुस भएन। यसलाई स्विकार्न र कर्तव्य राम्रोसँग निभाउनमा मैले साँचो सन्तुष्टि महसुस गरें।

मैले अर्को खण्ड पढेकी थिएँ। “आफ्‍नो कर्तव्य निभाउने क्रममा, मानिसहरूले परमेश्‍वरको कामको अनुभव गर्न, सत्यतालाई क्रमिक रूपमा बुझ्‍न र स्वीकार गर्न, अनि सत्यताको अभ्यास गर्नको लागि सत्यताको खोजीलाई प्रयोग गर्छन्। त्यसपछि तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावलाई त्याग्‍न सक्‍ने, र शैतानको भ्रष्ट स्वभावका बन्धन र नियन्त्रणबाट मुक्त हुन सक्‍ने स्थितिमा पुग्छन्, र यसरी तिनीहरू सत्यताको वास्तविकता र सामान्य मानवता भएका मानिसहरू बन्छन्। तँमा सामान्य मानवता छ भने मात्रै तेरो कर्तव्यपालन र तेरो कार्य-व्यवहारले मानिसहरूलाई सुधार गर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्छ। अनि परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको कर्तव्यपालनको निम्ति स्याबासी दिनुभएपछि मात्रै तिनीहरू परमेश्‍वरको निम्ति स्वीकार्य सृष्टि बन्छन्। त्यसकारण, तिमीहरूको कर्तव्यपालनको कुरा गर्दा, तिमीहरूले अहिले अर्पण गर्ने र भक्तिमा ल्याउने कुराहरू तिमीहरूले बटुलेका विभिन्‍न सीप र सिकाइ अनि ज्ञान भए पनि, यिनै कुराहरूले तिमीहरूलाई आफ्‍नो कर्तव्य निभाउँदा सत्यता बुझ्‍न, अनि कर्तव्य निभाउनु भनेको के हो, परमेश्‍वरको अघि आउनु भनेको के हो, र पूर्ण हृदयले परमेश्‍वरमा अर्पित हुनु भनेको के हो भनेर बुझ्‍न मदत गर्ने माध्यम प्रदान गर्छन्। यही माध्यममार्फत, तिमीहरूले कसरी आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍ने, र कसरी आफूलाई त्याग्‍ने, अहङ्कारी र आत्मधर्मी नबन्‍ने, अनि सत्यता र परमेश्‍वरको आज्ञा पालन गर्ने भन्‍ने कुरा जान्‍नेछौ। त्यसरी मात्रै तिमीहरूले मुक्ति हासिल गर्न सक्छौ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि वरपरका मानिसहरू, मामला र स्थितिहरूबाट सिक्‍नुपर्छ)। मैले परमेश्‍वरको वचनबाट के सिकें भने कर्तव्य गर्नु भनेको आफ्नो स्वभाव परिवर्तन गर्ने र सत्यता प्राप्त गर्ने मार्ग हो। यसको आशिष्‌ वा लाभ प्राप्तिसँग कुनै सम्बन्ध छैन। जुनसुकै कर्तव्य गरे पनि, सत्यता पछ्याउनु र स्वभाव परिवर्तनमा केन्द्रित हुनु मात्र सही बाटो हो। सामान्य मामिलाको कामबाट मैले केही सिक्न नसकेको कारण भनेको मैले सत्यता पछ्याइरहेकी वा जीवन प्रवेशमा काम गरिरहेकी थिइनँ। मेरो कर्तव्यसँग यसको कुनै सरोकार थिएन। मलाई सामान्य मामिलाको काम परिश्रम गर्नु मात्र हो जस्तो लाग्थ्यो। जब मैले भ्रष्टता देखाएँ, मैले सत्यता खोज्‍न र त्यो भ्रष्टता हटाउन ध्यान दिइनँ। म मेरो कर्तव्यमा उदासीन र सुस्त थिएँ, र मैले काम गरे पनि, मैले केही प्राप्त गरिनँ, र मेरो स्वभाव कहिल्यै परिवर्तन भएन। यदि यस्तै नै भैराखेको भए मैले मुक्ति पाउने कुनै उपाय थिएन। त्यो बुझाइले मलाई अभ्यासको बाटो दियो। चाहे त्यो सामान्य मामिलाहरू सम्हाल्ने होस् वा ब्रदर-सिस्टरहरूलाई मलजल र सहयोग गर्ने, मैले यसलाई कार्यको रूपमा व्यवहार गर्न सक्दिनथेँ। मैले प्रार्थना गर्न र सत्यका सिद्धान्तहरू खोज्‍नमा ध्यान केन्द्रित गर्नुपर्थ्यो, र जब मैले भ्रष्टता देखाएँ, तब आत्मचिन्तन गरी यसको समाधान गर्न सत्यको खोजी गर्नुपर्थ्यो। केहीबेर यसरी अभ्यास गरेपछि, छिट्टै नै, मैले आफैलाई राम्रोसँग बुझें र सत्यताको अझ व्यावहारिक बुझाइ प्राप्त गरें।

म सम्झन्छु त्यहाँ एउटी सिस्टर थिइन् जो मलाई सधैं आफूले योजना गरेको हर काममा सामेल हुन आग्रह गर्थिन्। उनले आफूले गर्न सक्ने साधारण कुराहरूमा समेत मद्दत गर्न भन्थिन्। जब उनले मलाई फेरि आग्रह गरिन्, मैले मेरो मानसिकता सच्याएँ, र जति धेरै काम गर्नुपर्ने भए पनि प्रतिरोध गरिनँ। हामीले सँगै काम गर्दा, उनी आफ्नो कर्तव्यमा वास्तविक बोझ नबोक्ने र आरामको लोभी रहेको देखेँ। म उनलाई यो औंल्याउन चाहन्थेँ, तर उनले म मिलनसार नरहेको सोच्लिन् भन्‍ने डर लाग्यो, त्यसैले उनको देहसुखप्रति लचिलो भएँ। मैले सोचेँ, उनले अल्छी गरे नि काम गर्न सक्छु—र उनलाई केही भनिनँ, केही सङ्गति गरिनँ। पछि, परमेश्‍वरका वचनहरू पढेर आत्मचिन्तन गरेपछि, मैले महसुस गरें कि म अरूलाई खुसी पार्ने भएकी छु। लाग्थ्यो, म विवेकशील र समझदार भैराखेकी छु, तर वास्तवमा, मेरो आफ्नै मनसाय थियो, र त्यो उनमा मेरो राम्रो छाप छोड्नु थियो। यसले उनलाई फाइदा पुर्‍याउँदैनथ्यो र उनलाई सधैं ममा भरपर्ने बनाउन सक्थ्यो। त्यति नै बेला मैले उनलाई मेरो भ्रष्टताबारे खुलेर बताएँ, र उनका समस्या पनि औँल्याएँ। त्यसपछि उनले आफूमा केही परिवर्तन गरिन्, आफ्नो कर्तव्यमा बढी सक्रिय र ममा कम निर्भर भइन्। यी अनुभवले मलाई के सिकायो भने जुनसुकै कर्तव्य गरे पनि सत्यता सिक्न र त्यसमा प्रवेश गर्न सकिन्छ। परमेश्‍वरले साँच्चै कसैको पक्ष लिनुहुन्‍न। मैले के पनि महसुस गरें भने मैले जस्तोसुकै काम गरे पनि वा जस्तोसुकै परिस्थिति सामना गरेपनि, सत्यता खोजी गर्न र व्यवहारमा उतार्न सक्षम हुनु महत्त्वपूर्ण कुरा हो।

अघिल्लो: ३३. कोविड लाग्दा म खुलासा भएँ

अर्को: ३७. चलाक र छली बन्दा सिकेको पीडादायी पाठ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

४५. परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्