२४. सबैलाई बढुवा गरेर मलाई नगरिएपछि
सन् २०२१ का जनवरीमा, म जिम्मेवार रहेको प्रजेक्ट सकिन लागेको थियो। मेरा ब्रदर-सिस्टरहरू क्रमिक रूपमा अन्य कर्तव्यमा सरुवा भए, काम पूरा गर्न केही सहकर्मी र म मात्रै बाँकी रह्यौँ। त्यतिबेला मैले गर्नुपर्ने काम त्यति धेरै नभए पनि, सावधानीपूर्वक पूरा गर्नुपर्छ भन्ने सोचेँ। अचम्मको कुरा, एक दिन, मैले मेरी एक सहकर्मीलाई सुसमाचारका जिम्मेवारीमा बढुवा गरिएको थाहा पाएँ। यसले गर्दा म बेचैन भएँ, र मन अमिलो भयो। “मलाई किन बढुवा गरिएन? के म पनि सुपरिवेक्षक बन्न सक्दिनँ र?” तर त्यसपछि मैले सोचेँ, “सायद अगुवाहरूलाई उनी अझ बढी क्षमतावान् सेवक हुन् भन्ने लाग्छ, त्यसैले पहिला उनलाई बढुवा गरिएको छ। जेहोस्, मेरो यहाँको काम अझै सकिएको छैन—यो काम सकिएपछि सायद हामीलाई नयाँ कर्तव्य दिइनेछ।” तर चाँडै, अन्य केही सहकर्मीलाई पनि बिस्तारै सुपरिवेक्षकमा बढुवा गरियो र तीमध्ये केहीलाई अगुवा नै चयन गरियो। यो खबर सुन्दा मलाई झनै अप्ठ्यारो लाग्यो। “उनीहरू सबै अगुवा, कामदार र सुपरिवेक्षक बनेका छन्, तर म भने जहीँको तहीँ। उनीहरूले गरिरहेका सबै कुरा मैले नै सम्हाल्नुपर्छ, र यस्तो लाग्छ, अन्त्यसम्मै म नै यो सबको जिम्मेवार हुनेछु। हामी सबैले उही काम गरिरहेका छौँ, त्यसोभए, किन मेरो सट्टा उनीहरू सबै बढुवा भए? के म साँच्चै त्यस्तो खराब छु? अब, म ती सबैभन्दा खराब छु। के मेरा अगुवाहरू म संवर्धनको योग्य छैन भन्ने सोच्छन्? के उनीहरूमा मप्रति पूर्वाग्रह छ? म साँच्चै उनीहरूको काम सम्हाल्न चाहन्नँ—म जति धेरै सम्हाल्छु, त्यति नै थोरै अरू काम गर्न सक्नेछु। मैले यो काम पूरा गर्दासम्म त, मेरा सहकर्मीहरू पहिला नै आफ्नो कामसँग परिचित र केही सिद्धान्तहरूमा पोख्त भइसकेका हुन्छन्। यदि मलाई पछि सुसमाचार सुनाउन वा नयाँ विश्वासीहरूलाई मलजल गर्न पठाइयो, र मेरी पूर्वसहकर्मी मेरो सुपरिवेक्षक भइन् भने, यस्तो ठूलो अन्तर एकदमै लाजमर्दो हुनेछ!” यसबारे जति धेरै सोचेँ त्यति धेरै दुःखी भएँ। मेरा ब्रदर-सिस्टरहरूले उनीहरूको काम सम्हाल्ने आग्रह गर्दा, मैले निकै विरोध जनाएँ। मैले रिसलाई भित्रै दबाएँ र मलाई त्यो काम गर्न मन लागेन। दुई दिनभन्दा बढीसम्म, मैले उनीहरूले थमाएका काम कसरी गर्ने भनेर सिक्ने प्रयास गरिनँ। मैले आफ्नै कामलाई पनि खासै वास्ता गरिनँ—मैले कामका अनुगमनमा आलटाल गरेँ, र कुन समस्या समाधान गर्नुपर्छ र कामकुरा कसरी राम्ररी गर्ने भनेर सोचिनँ। त्यसकारण कामको प्रगति एकदमै सुस्तरी भयो। मलाई आफू मण्डलीका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ भन्ने थाहा भए पनि, थकित, उदास र निराश महसुस भयो। म सधैँ आफ्नो कर्तव्य निभाउनु उत्प्रेरित हुन्थिनँ। मलाई आफ्नो स्थिति ठिक छैन भन्ने थाहा भयो, त्यसैले मैलेपरमेश्वरसामु आएर प्राथना गरेँ, उहाँको अन्तर्दृष्टि र ज्योति मागेँ ताकि मैले आफूलाई चिन्न सकूँ।
मैले प्रार्थना गरेपछिपरमेश्वरको वचनको एउटा खण्ड पढेँ त्यसले मलाई मेरो स्थितिबारे केही ज्ञान दियो। परमेश्वरका वचनहरूले भन्छन्: “अहिले, तिमीहरू सबैले पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्छौ। तिमीहरूलाई परिवार, विवाह, वा सम्पत्तिले बाधा दिने वा बाँध्ने गर्दैन। तिमीहरू ती कुराहरूबाट पहिले नै बाहिर निस्किसकेका छौ। तापनि, तिमीहरूको दिमाग भर्ने धारणाहरू, कल्पनाहरू, ज्ञान, र व्यक्तिगत अभिप्राय र चाहनाहरू पूराको पूरा जस्ताको तस्तै छन्। त्यसैले प्रतिष्ठा र हैसियत संलग्न हुने वा अनुभवको मौका मिल्ने कुनै पनि कुराको प्रसङ्ग उठ्दा—उदाहरणको लागि, तिमीहरूले परमेश्वरको घरले विभिन्न प्रकारका प्रतिभाशाली व्यक्तिहरूको वृद्धिविकास गर्ने योजना बनाउँदै छ भन्ने सुन्दा—तिमीहरू हरेकको हृदय अपेक्षाले उफ्रन्छ, तिमीहरू हरेकजना नाम कमाउन र चर्चाको दुनियाँमा आउन चाहन्छौ। तिमीहरू हरेक नै हैसियत र प्रतिष्ठाको लागि लड्न चाहन्छौ। तिमीहरू त्यसप्रति लज्जित महसुस गर्छौ, तर त्यसो नगरे तिमीहरूलाई नरमाइलो लाग्छ। तिमीहरू अरू कोही माथि उठेको देख्दा डाहा, घृणा, महसुस गर्छौ र गुनासो गर्छौ, र यो अनुचित भयो भन्ने ठान्छौ, र सोच्छौ, ‘मचाहिँ किन माथि उठ्न सक्दिनँ? किन सधैँ अरूको चर्चापरिचर्चा हुन्छ? किन मेरो पालो कहिल्यै आउँदैन?’ अनि द्वेष महसुस भएपछि, तिमीहरू यसलाई दबाउन कोसिस गर्छौ, तर दबाउन सक्दैनौ। तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यसप्रकारको परिस्थिति पुनः सामना गर्दा तिमीहरू यसबाट पार पाउन सक्दैनौ। के यो अपरिपक्व कदको प्रकटीकरण होइन र? जब मानिसहरू त्यस्तो अवस्थामा फस्छन्, के तिनीहरू शैतानको पासोमा परेका हुँदैनन् र? यी कुराहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छन्। … तैँले जति धेरै संघर्ष गर्छस्, तेरो हृदय त्यति नै धेरै अँध्यारो हुनेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि ती कुराहरू पाउने तेरो चाहना केवल झन्झन् प्रबल बन्दै जानेछ। ती कुराहरू पाउने तेरो चाहना जति प्रबल हुन्छ, तँ ती प्राप्त गर्न त्यति नै कम सक्षम हुनेछस्, र त्यस्तो हुँदा तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति अँध्यारो हुन्छस्, तेरो कर्तव्यनिर्वाह त्यति नै कमजोर हुनेछ, अनि तेरो कर्तव्यनिर्वाह जति कमजोर हुन्छ, परमेश्वरको घरको निम्ति तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्बन्धित, दुष्चक्र हो। यदि तैँले आफ्नो कर्तव्य कहिल्यै राम्रोसँग निभाउन सक्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरको वचनले मेरो स्थिति खुलासा गरिदियो। ती दिनहरूमा म धेरै प्रतिरोधी र अनिच्छुक भएँ किनकि हैसियत पाउने मेरो चाहना पूरा भएको थिएन। आफ्ना सहकर्मीहरूको बढुवा भएको देख्दा, मलाई हृदयमा पीडा भयो। मलाई आफू पनि बढुवा हुन सक्छु भन्ने आशा थियो, जसले गर्दा म हैसियत र मानिसहरूको सम्मान पाउन सक्थेँ। जब मैले मेरा अगुवाहरू मलाई बढुवा गर्न चाहँदैनन् भन्ने थाहा पाएँ र मलाई सहकर्मीहरूको काम जिम्मा लिन लगाए, तब म ईर्ष्यालु भएँ, र मैले अगुवाहरू मप्रति पूर्वाग्रही छन्, वा मलाई तुच्छ ठान्छन् भनेर शङ्का गरेँ। जब मैले अगुवाहरूका नजरमा म कसरी सबैभन्दा खराब छु, र मेरा कैयौँ सहकर्मीहरू अगुवा र सुपरिवेक्षकमा बढुवा भइसकेका छन् तर मसँग भने कुनै पद छैन भनेर सम्झेँ, तब म दुःखी र अटेरी भएँ। मैले आफ्नो रिस कर्तव्यमा समेत पोखेँ। मैले आफूलाई दिइएका कामप्रति कुनै चासो देखाइनँ र आफ्ना काममा मन लगाइनँ। परमेश्वरले मलाई यस्तो विद्रोही स्थितिमा जिइरहेकी देखेर साँच्चै घृणा गर्नुभयो! मैले पहिला आफ्नो कर्तव्य राम्ररी निभाउँछु भनेर कसरी वाचा गरेकी थिएँ भन्ने सम्झेँ; अहिले अरू बढुवा भएको र हैसियत पाउने आफ्नो चाहना पूरा नभएको देख्नेबित्तिकै, म नकारात्मक भएँ र आफ्ना कर्तव्यप्रति चासो गुमाएँ। हैसियत पाउने मेरो चाहना अति धेरै थियो! मैले आफ्नो स्थिति समाधान गर्न तुरुन्तै सत्यता खोज्नुपर्थ्यो।
त्यसपछि मैले बढुवा र संवर्धनलाई कसरी हेर्ने भन्नेबारेपरमेश्वरका केही वचन पढेँ, र तिनले मलाई आफ्नो स्थिति परिवर्तन गर्न सक्षम बनाए। परमेश्वरका वचनहरू भन्छन्: “यदि तँ आफू अगुवा हुन योग्य भएको, आफूमा अगुवाइका लागि प्रतिभा, क्षमता र मानवता भएको ठान्छस्, तैपनि परमेश्वरको घरले तँलाई बढुवा गरेको छैन र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चुनेका छैनन् भने, तैँले यस मामलालाई कुन रूपमा लिनुपर्छ? यहाँ तैँले पछ्याउन सक्ने एउटा अभ्यासको मार्ग छ। तैँले आफूलाई राम्ररी चिन्नैपर्छ। मुख्य कुरा तेरो मानवतामै समस्या हो कि, वा तेरो भ्रष्ट स्वभावको केही पक्षको प्रकटीकरणले मानिसहरूलाई विकर्षित गरेको हो कि; वा तँसित सत्यता वास्तविकता नभएको र तँ अरूसामु विश्वसनीय नभएको, वा तेरो कर्तव्य निर्वाहले मानक पूरा नगरेको हो कि भनेर हेर्। तैँले यी सारा कुराहरूबारे चिन्तन गरेर तेरो कमीकमजोरी ठ्याक्कै कहाँनेर छ भनेर हेर्नैपर्छ। तैँले केहीबेर चिन्तन गरेर आफ्नो समस्या कहाँ छ भनी पत्ता लगाइसकेपछि, तैँले त्यसलाई समाधान गर्न तत्कालै सत्यता खोज्नुपर्छ, र सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ, अनि परिवर्तन र वृद्धि हुन लागिपर्नु पर्छ, ताकि तेरो वरिपरिकाले त्यो देख्दा तिनीहरूले यसो भनून्, ‘आजकाल ऊ पहिलेभन्दा धेरै राम्रो भएको छ। उसले दह्रो गरी काम गर्छ र आफ्नो पेशालाई गम्भीर रूपमा लिन्छ, साथै ऊ विशेष गरी सत्यता सिद्धान्तहरूमा केन्द्रित छ। उसले हडबडीमा र झाराटारुवा शैलीमा कामकुरा गर्दैन, र ऊ आफ्नो कामबारे झनै इमानदार र जिम्मेवार छ। ऊ बारम्बार ठूला कुरा गर्न मन पराउँथ्यो, र लगातार सान देखाउँथ्यो, तर अहिले ऊ धेरै नै विनम्र छ र घमन्डी छैन। ऊ केही कामकुरा गर्न सक्षम भए पनि, उसले त्यसबारे धाक लगाउँदैन, र उसले केही गरिसकेपछि केही गलत पो गरेँ कि भन्ने डरले त्यसबारे बारम्बार चिन्तन गर्छ। उसले पहिलेभन्दा धेरै सावधानपूर्वक र परमेश्वरको डर मान्ने हृदयले कार्य गर्छ—र सबैभन्दा बढी त उसले केही समस्याहरू समाधान गर्नका लागि सत्यताबारे सङ्गति गर्न सक्छ। ऊ वास्तवमै ठूलो भैसक्यो।’ तँसित केही समय अन्तरक्रिया गरेका वरपरका मानिसहरूले तँमा स्पष्ट परिवर्तन र वृद्धि भएको पाउँछन्; तेरो मानव जीवन, आचरण र मामलाहरूको व्यवस्थापनमा, अनि आफ्नो कामप्रतिको तेरो मनोवृत्तिमा, र सत्यता सिद्धान्तहरूप्रतिको तेरो व्यवहारमा पनि, तँ पहिलेभन्दा धेरै प्रयत्न लगाउँछस्, र तैँले आफ्नो बोली र व्यवहारमा अत्यन्तै कडिकडाउ गर्छस्। दाजुभाइ-दिदीबहिनीहरूले यो सबै कुरा देख्छन् र त्यसलाई हृदयमा लिन्छन्। सायद, त्यसपछि तैँले अर्को चुनावमा उम्मेद्वारी दिन सक्नेछस्, र तँ अगुवाका रूपमा चुनिने आशा हुनेछ। यदि तैँले साँच्चिकै केही महत्त्वपूर्ण कर्तव्य गर्न सकिस् भने, तैँले परमेश्वरको आशिष् प्राप्त गर्नेछस्। यदि तँमा साँच्चिकै बोझ र यस्तो जिम्मेवारी बोध छ, र तैँले भार बोक्ने इच्छा गर्छस् भने, चाँडो गरेर तालिम लि। सत्यता अभ्यास गर्नमा ध्यान दे र सिद्धान्तहरूअनुसार कार्य गर्। तैँले जीवन अनुभव पाएर गवाहीका लेखहरू लेख्न सक्ने भएपछि, तँ साँच्चै परिपक्व हुनेछस्। अनि यदि तैँले परमेश्वरका निम्ति गवाही दिन सक्छस् भने, तैँले निश्चय नै पवित्र आत्माको काम पाउन सक्छस्। यदि पवित्र आत्माले तँमा काम गरिरहनुभएको छ भने, यसको मतलब परमेश्वरले तँलाई निगाहका साथ हेर्नुहुन्छ, अनि तैँले पवित्र आत्माको मार्गदर्शन पाएपछि, तेरो अवसर चाँडै आउनेछ। अहिले तँसित बोझ होला, तर तेरो कद पर्याप्त छैन र तेरो जीवन अनुभव अति सतही छ, त्यसकारण यदि तँ अगुवा बनिहालिस् भने पनि, तैँले ठेस खाने सम्भावना हुन्छ। तैँले जीवन प्रवेश पछ्याउने, पहिला आफ्ना रवाफी चाहनाहरू सुल्झाउने, इच्छापूर्वक अनुयायी बन्ने, र परमेश्वरले जे योजनाबद्ध वा बन्दोबस्त गर्नुभए पनि त्यसप्रति कुनै गुनासो नगरी उहाँप्रति साँचो रूपमा समर्पित हुने काम गर्नैपर्छ। जब तँसँग यो कद हुन्छ, तब तेरो अवसर आउनेछ। तैँले गह्रौँ भार बोक्ने इच्छा गर्नु र तँमा यो बोझ हुनु राम्रो कुरा हो। यसले तँमा प्रगति गर्न खोज्ने सक्रिय हृदय छ र तँ परमेश्वरका अभिप्रायहरूप्रति विचारशील हुन र परमेश्वरको इच्छा पछ्याउन चाहन्छस् भन्ने देखाउँछ। यो कुनै महत्त्वाकाङ्क्षा नभई साँचो बोझ हो; यो सत्यता पछ्याउनेहरूको जिम्मेवारी र तिनीहरूको पछ्याइको लक्ष्य हो। तँसित कुनै स्वार्थी मनसायहरू छैनन् र तँ आफ्नै निम्ति काम गरिरहेको छैनस्, बरु परमेश्वरका निम्ति गवाही दिन र उहाँलाई सन्तुष्ट पार्न खोजिरहेको छस्—परमेश्वरद्वारा सबैभन्दा आशिषित् कुरा यही हो, र उहाँले तेरा लागि उचित बन्दोबस्तहरू गर्नुहुनेछ। … परमेश्वरको अभिप्राय उहाँका निम्ति गवाही दिन सक्ने अझ धेरै मानिसहरू प्राप्त गर्नु हो; उहाँलाई प्रेम गर्ने सबैलाई सिद्ध पार्नु, र सकेसम्म चाँडो मानिसहरूको एउटा समूहलाई उहाँसँग एउटै हृदय र मनको बनाउनु हो। त्यसकारण, परमेश्वरको घरमा, सत्यता पछ्याउनेहरू सबैका ठूला सम्भाव्यताहरू छन्, र इमानदारीपूर्वक परमेश्वरलाई प्रेम गर्नेहरूको सम्भाव्यता असीमित छ। सबैले परमेश्वरको अभिप्राय बुझ्नुपर्छ। यो बोझ हुनु वास्तवमै सकारात्मक कुरा हो, र यो विवेक र समझ भएकाहरूमा हुनुपर्ने कुरा हो, तर गह्रौँ भार बोक्न सबै जना सक्षम हुनेछन् भन्ने छैन। यो अन्तर कहाँबाट आउँछ? तेरा तागत र सामर्थ्यहरू जति नै भए पनि, र तेरो बौद्धिक क्षमता जति उच्च भए पनि, महत्त्वपूर्ण कुरा भनेको तेरो पछ्याइ र तैँले हिँड्ने मार्ग हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (६))। परमेश्वरका वचनबाट मैले बुझेँ, हाम्रो बढुवा र संवर्धन हुने नहुने कुरा हाम्रो पछ्याइ र मार्गमा निर्भर रहन्छ। हामी सत्यता पछ्याउँछौँ, साँचो रूपमा बोझ बोक्छौँ, र हामीसँग क्षमता र प्रतिभा छ भने, मण्डलीले हामीलाई बढुवा र संवर्धनको अवसर दिँदै हामीलाई केही कामको सुपरिवेक्षण गर्न दिनेछ। तर हामीले सत्यता पछ्याएनौँ, सधैँ ख्याति र हैसियतको पछि लाग्यौँ, गलत बाटो लियौँ भने, हामी अगुवा बने पनि लामो समय टिक्नेछैनौँ। मैलेपरमेश्वरका वचनअनुसार आफूलाई हेर्दा लज्जित भएँ। म पूर्ण रूपमा अविवेकी भइरहेकी थिएँ र आफूलाई चिनेकै थिइनँ। सोच्थेँ, म विशेष क्षमतावान् र असल छु, र मेरा सहकर्मी सिस्टरहरूको बढुवा हुँदा मेराे पनि हुन्छ। मैले आत्मचिन्तन गरेर म साँच्चिकै सत्यता पछ्याउने व्यक्ति हो होइन, मेरो मानवता योग्य छ छैन र म कामको बोझ साँच्चिकै वहन गर्न सक्छु सक्दिनँ भनी बुझ्न खोजिनँ। बरु मैले आँखा चिम्लेर आफूलाई अरूसँग तुलना गरेँ र बढुवाको पछि लागेँ। म सधैँ अरूजत्तिकै राम्रो छु भनेर देखाउन, र उच्च हैसियत प्राप्त गरी धेरै मानिसका अघि देखावट गर्न र अरूलाई मेरो आदर गर्ने बनाउन चाहन्थेँ। मैले सधैँ महत्त्वाकाङ्क्षा र चाहना राखेर कर्तव्य निर्वाह गरेँ, त्यसैले अगुवा वा सेवक नै बने पनि, म अझै ख्याति र हैसियतका लागि काम गरिरहने थिएँ, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न असम्भव हुने थियो। म अगुवा नुहुनु मेरो सुरक्षा थियो। मैंले सोचेँ, यस्तो परिस्थितिमा साँचो समझ भएको व्यक्तिले कसरी समर्पित हुन, आत्मचिन्तन गरी आफैलाई चिन्न, र आफ्नो कर्तव्यलाई राम्ररी निभाउनमै सन्तुष्ट हुन सक्छ। तिनीहरू आफ्नो कमीकमजोरीहरूमा चिन्तन गर्थे, र आफ्ना समस्याहरू समाधान गर्न सत्यता खोज्थे, र प्रगति तथा परिवर्तनका लागि प्रयास गर्थे। परमेश्वरका वचनको आधारमा आफूलाई हेर्दा, म वास्तवमा औसत क्षमताकी र म सत्यता पछ्याउने व्यक्ति नरहेकी देखेँ। म आफ्नो दैनिक कार्य पूरा गर्नमै सन्तुष्ट थिएँ, मैले आफ्नो भ्रष्ट स्वभाव बुझ्न र समाधान गर्नतिर ध्यान दिन्नथेँ। वर्षौँसम्मपरमेश्वरमा विश्वास गरेर पनि म अझै स्पर्धा गर्ने खालकी नै थिएँ। म सधैँ प्रतिष्ठा र हैसियत पाउँछु कि गुमाउँछु भन्ने चिन्ता गर्थेँ—जब मैले हैसियत पाइनँ, तब मैले आफ्नो कर्तव्यप्रति नै रिस पोखेँ र कामलाई वेवास्ता गरें। कुन अर्थमा मसँग सत्यता वास्तविकता थियो त? यसका बावजुद पनि म बढुवा चाहन्थेँ, साँच्चिकै मसँग अलिकति पनि आत्मज्ञान थिएन। मलाई थाहा थियो, मैले आँखा चिम्लेर प्रतिष्ठा र हैसियतको पछि लाग्नु हुँदैन। म विनम्र हुनुपर्छ र आफ्नो अहिलेको कर्तव्य व्यावहारिक तरिकाले पूरा गर्नुपर्छ। मसँग हुनुपर्ने मानवता र समझ त्यही थियो। यो बुझेपछि, म यो परिस्थितिबाट विचलित र नियन्त्रित हुन छाडेँ। र मैले आफ्नो काममा सामान्य प्रगति गर्न थालेँ। मैले कामलाई कसरी चुस्त र दुरुस्तसाथ सम्पन्न गर्ने भनेर पनि सोच्न थालेँ, ताकि मैले कुनै पछुतोविना पूरा गर्न सकूँ। यसरी अभ्यास गर्दै जाँदा म धेरै ढुक्क भएँ।
केही समयपछि मण्डलीले मलाई मलजल कामको सुपरिवेक्षण गर्ने जिम्मेवारी दियो। जब मैले यसबारे सुनेँ, ममा मिश्रित भावना उत्पन्न भयो। मैले अप्ठेरो र लज्जित महसुस गरेँ—मैले मेरा अगुवाहरूलाई गलत बुझेकी र तिनीहरूले मप्रति पूर्वाग्रह राखेर जानाजान मेरो बढुवा वा संवर्धन गरेका थिएनन् भन्ने धारणा बनाएकी थिएँ। यो सबै मेरो हैसियतको तीव्र चाहनाको परिणाम थियो। यसपछिका दिनहरूमा जब म आफूले नबुझ्ने कुराहरूको सामना गर्थें, तब म सहकर्मीहरूसँग मिलेर उत्तरहरू खोज्थें, र मैले लगभग मेरो सबै समय मलजलको काममा लगाउँथेँ। तर केही समयपछि काम त्यति प्रभावकारी भएन। त्यसपछि मात्रै ममा धेरै कमजोरी छन् भन्ने देखेँ। मैले के पनि बुझेँ भने मसँग सत्यता छैन भने, हैसियत भए पनि राम्ररी काम गर्न सम्भव हुँदैन। त्यसैले मलाई अगुवा नै बन्नुपर्छ भन्ने उच्च महत्त्वाकाङ्क्षाप्रति लज्जा महसुस भयो। त्यो समयमा मैले अरूलाई आफ्नो प्रशंसा कसरी गराउने भनेर सोच्न नै छाडेँ; मैले मलजलको काम कसरी राम्ररी गर्ने भन्ने मात्रै सोचेँ। म आफ्नो कर्तव्यप्रति व्यावहारिक हुन थालेँ। मलाई थोरै भए पनि परिवर्तन भएँ भन्ने विश्वास भयो, र मैले आफ्नो कर्तव्य सजिलै पूरा गर्न र आफ्नो उचित कार्यमा लागिरहन सक्छु भन्ने लाग्यो। तर जब म माथि अर्को परिस्थिति आइपर्यो, तब मेरो हैसियतप्रतिको चाहना फेरि जाग्यो।
सन् २०२१ को जुनमा मण्डलीले मेरा लागि अर्को परियोजनाको व्यवस्था गर्यो, कामको बोझ धेरै थियो, तर समय थोरै थियो। हामीले धेरै समस्याहरू भोग्यौँ, तर सामूहिक प्रयासबाट केही महिनापछि हाम्रो काम धेरै प्रभावकारी हुन थाल्यो, र अन्त्यमा हामीले अघिल्लो वर्षको तुलनामा दोब्बर बढी काम पूरा गर्यौँ। मलाई धेरै गर्व भयो, र यी उपलब्धि पाउनुमा मेरो पनि भूमिका छ भन्ने लाग्यो—यदि अगुवाहरूले कसैलाई बढुवा गर्न चाहे भने मलाई अवश्य पनि सम्झने छन्। त्यसपछि केही दिनमा, मैले अगुवाहरूले मानिसहरूलाई बढुवा र संवर्धन गर्नेबारे छलफल गरिरहेका सुनेँ, र बेलाबेला आफूले चिनेका ब्रदर-सिस्टरहरूको नाम लिइएको सुनेँ। मेरो दिमाग फेरि घुम्न थाल्यो, “म पहिला अगुवा र सेवक भइसकेकी छु, र हाल म आफ्ना कर्तव्यमा प्रभावकारी भएको छु, त्यसोभए किन अगुवाहरूले मलाई बढुवा गर्ने विचार गरेनन्? के अगुवाहरूले मलाई राम्ररी बुझेर म सत्यता पछ्याउने व्यक्ति होइन भन्ने निर्णय गरेका हुन्? के उनीहरू मलाई बाहिरी कुराहरू मात्र सम्हाल्न सक्ने व्यक्ति ठान्छन्? यदि उनीहरू त्यस्तो सोच्छन् भने के मैले कहिल्यै बढुवा र संवर्धन हुने अवसर पाउनेछु?” यो सोच्दा, भविष्य उजाड लाग्यो। मलाई आफूले जतिसुकै पछ्याए पनि, सधैँ यस्तै हुनेछ भन्ने लाग्यो—बढुवा हुने मलाई कुनै आशा हुनेछैन म अगुवाहरूप्रति पूर्वाग्रहीसमेत भएँ। त्यसपछि कहिलेकाहीँ अगुवाहरूले मसँग कुरा गर्दा मैले उनीहरूलाई बेवास्ता गरेँ। म सकेसम्म कम बोल्थेँ र आफ्ना सिस्टरहरूलाई वरपर देख्नसमेत चाहन्नथेँ। म सधैँ उदास देखिन्थेँ, म धेरै बोल्न चाहन्नथेँ र म सधैँ एक्लै समय बिताउन चाहन्थेँ। मैले अनजानमा नै आफ्नो कर्तव्यको बोझ उठाउन छोडेँ। मैले जति नै राम्रो गरे पनि, अगुवाहरूले मेरो प्रयास र परिश्रम देख्न सक्दैनन् भन्ने मलाई लाग्यो, त्यसोभए मैले किन यत्तिका परिश्रम गर्नु? म जीवन धान्न सक्ने जति मात्र गर्नेछु।
एक दिन, मैलेपरमेश्वरको वचनको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। … के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्वरमाथिको विश्वास र सत्यताको खोजी भनेकै प्रतिष्ठा र हैसियतको खोजी हो भन्ने विश्वास गर्छन्; प्रतिष्ठा र हैसियतको खोजी भनेको सत्यताको खोजी हो र प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा, लाभ वा हैसियत छैन, कसैले पनि आफूलाई सम्मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?’ तिनीहरूले आफ्नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्बार विचार गर्छन्, आफ्नो लागि परमेश्वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा अन्तिम निर्णय गर्न पाऊन्, र तिनीहरूले ख्याति, लाभ, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? परमेश्वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा देख्न सक्षम छैनन् त? के परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्ने हुनाले, समस्या तिनीहरूमै हुन्छ, र फलस्वरूप, तिनीहरू सत्यता ग्रहण गर्न सक्दै नसक्ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरको वचनबाट मैले के बुझेँ भने, ख्रीष्टविरोधीहरू विशेष गरी ख्याति र हैसियतको कदर गर्छन्, अनि ती कुरालाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। उनीहरूलाई आफूले हैसियत नपाउँदा, परमेश्वरमा विश्सास गर्न पट्टाइलाग्दो लाग्छ। उनीहरूपरमेश्वरप्रतिका विश्वास र कर्तव्यमा इमानदार हुँदैनन्, सत्यता बुझ्न त यी कुराहरू झनै कम गर्छन्। बरु, उनीहरू ती कुरा ख्याति र हैसियत पाउन अनि अरू धेरै मानिसबाट प्रशंसा र मान पाउन गर्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव एकदमै दुष्ट हुन्छ। मैले आफूबारे सोचेँ-म सधैँ बढुवा र संवर्धनको पछि लागेँ। मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू तृप्त नहुँदा, म नकारात्मक र उत्साहहीन भएँ। ख्याति र हैसियतको पछ्याइ पहिला नै मेरो नियन्त्रण बाहिर गइसकेको थियो। मैले ख्रीष्टविरोधीको जस्तै स्वभाव देखाएको थिएँ। मैले स्कूलमा छँदा सर्वोत्कृष्ट दर्जा पाउन कसरी “मान्छे उँभो लाग्छ; पानी उँधो बग्छ,” र “सेनापति बन्न नचाहने सिपाही राम्रो सिपाही हुँदैन” भन्ने शैतानी विषहरूलाई कसरी बचाइको नियम ठानेँ भनेर सम्झेँ। यदि मैले प्रथम स्थान हासिल गरिनँ भने, कम्तीमा म सम्मानित विद्यार्थी हुनुपर्थ्यो र मैले आफ्सना सहपाठी र शिक्षकहरूको प्रशंसा र सम्मान जित्नुपर्थ्यो। परमेश्वरमा विश्वास गरेपछि मैले हैसियतलाई लक्ष्य बनाएर पछ्याएँ, सोचेँ, यदि ममा उच्च हैसियत भएको भए, मैले मण्डलीमा स्थान पाउन सक्थेँ, म आफ्नो उपस्थिति जनाउन सक्थेँ, र अझ धेरै मानिसलाई मेरो मान गर्न लगाउन सक्थेँ, अनि म आफ्नो आवाज सुनाउन सक्थेँ। त्यसैले मण्डलीको काममा तुरुन्तै मानिसहरू चाहिँदा, तर अगुवाहरूले मेरो बढुवा नगर्दा, म नकारात्मक र दुःखी भएँ, ममा कर्तव्य निभाउने उत्साह भएन, र मलाईपरमेश्वरप्रतिका विश्वासमा पछि लाग्ने कुनै दिशा वा उद्देश्य छैन भन्नेसमेत लाग्यो। त्यसपछि मात्र मैले ख्याति र हैसियतको पछ्याइ मेरो स्वभाव बनेको रहेछ भनेर स्पष्टसँग देखेँ। म मानिसहरूको जुनै समूहमा भए पनि, सधैँ अरूले मेरो प्रशंसा र सराहना गरेको चाहन्थेँ, र आफू पछि पर्नुलाई घृणा गर्थेँ। अगुवाहरूले मेरो कदर गर्दा र मलाई महत्त्वपूर्ण काम गर्न बढुवा गर्दा, म एकदमै सन्तुष्ट बनेँ र मलाई कर्तव्यमा जोसजाँगर चल्यो; उनीहरूको कदर र बढुवाविना म नकारात्मक र विरोधी बनेँ, मैले आफ्ना कर्तव्यमा झारा टारेँ, लक्ष्यहीन हिँडेँ, र सब कुरा त्याग्नसमेत चाहेँ। यदि यसरी नै अघि बढेँ भने म गम्भीर खतरामा हुन्छु भनेर मलाई अचानक महसुस भयो।
त्यसपछि मैलेपरमेश्वरको वचनमा पढेँ: “परमेश्वरले सत्यता पछ्याउने मानिसहरूलाई मन पराउनुहुन्छ, र उहाँले सबैभन्दा बढी घृणा गर्ने मानिसहरूको काम भनेको ख्याति, लाभ, र हैसियत पछ्याउनु हो। कतिपय मानिसहरूले हैसियत र प्रतिष्ठालाई वास्तवमै बहुमूल्य ठान्छन्, तिनीहरू ती कुराप्रति गहन रूपमा जोडिएका हुन्छन्, र तिनीहरूले तिनलाई त्याग्न सक्दैनन्। तिनीहरूलाई सधैँ हैसियत र प्रतिष्ठाविना जिउनुको कुनै आनन्द वा आशा हुँदैन, तिनीहरूले हैसियत र प्रतिष्ठाको लागि जिउँदा मात्रै यो जीवनमा आशा हुन्छ भन्ने लाग्छ, र तिनीहरूसँग थोरै मात्र पनि ख्याति छ भने, तिनीहरूले कहिल्यै हरेस नखाई संघर्ष जारी राख्छन्। यदि तेरो सोचाइ र दृष्टिकोण यस्तै हो भने, यदि तेरो हृदय यस्ता कुराहरूले भरिएको छ भने, तँ सत्यतालाई प्रेम गर्न र पछ्याउन समर्थ छैनस्, तँसँग परमेश्वरमाथिको विश्वासमा सही दिशा र उद्देश्यहरू छैनन्, र तँ आत्मज्ञान पछ्याउन, भ्रष्टता त्याग्न र मानिसको स्वरूपमा जिउन सक्षम छैनस्; तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा परिस्थितिहरू बिग्रे पनि हेरेर बस्छस्, तँमा जिम्मेवारीको कुनै बोध छैन, र तँ दुष्कर्म नगर्न, बाधा नदिन, हटाइनेमा नपर्न सक्दा नै सन्तुष्ट हुन्छस्। के त्यस्ता मानिसहरूले मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? अनि के परमेश्वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ? त्यो असम्भव छ। जब तैँले प्रतिष्ठा र हैसियतको खातिर काम गर्छस्, तब तैँले यस्तो समेत सोच्छस्, ‘मैले गर्ने काम दुष्ट कार्य होइन र यसले बाधा पैदा गर्दैन भने, मेरो मनसाय गलत भए नि, कसैले यसलाई देख्न वा मलाई दोष दिन सक्दैन।’ तँलाई थाहै छैन, परमेश्वरले सबै कुरा छानबिन गर्नुहुन्छ। यदि तैँले सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनस्, र परमेश्वरले तँलाई घृणा गर्नुहुन्छ भने, तेरो लागि सबै कुरा खतम हुन्छ। परमेश्वरको डर मान्ने हृदय नभएका सबै मानिसहरूले आफूलाई चलाख ठान्छन्; वास्तवमा, तिनीहरूलाई आफूले उहाँलाई कहिले चिढ्याएँ भनेर समेत थाहा हुँदैन। कतिपय मानिसहरूले यी कुराहरू स्पष्ट रूपमा देख्दैनन्; तिनीहरूले सोच्छन्, ‘म अझै धेरै काम गर्न, अझै धेरै जिम्मेवारी लिनको लागि मात्रै प्रतिष्ठा र हैसियत पछ्याउँछु। यसले मण्डलीको काममा बाधा वा व्यवधान ल्याउँदैन, र यसले अवश्य नै परमेश्वरको घरका हितहरूमा हानि गर्दैन। यो ठूलो समस्या होइन। म त बस हैसियतलाई प्रेम गर्छु र आफ्नो हैसियतको रक्षा गर्छु, तर त्यो दुष्ट कार्य होइन।’ झट्ट हेर्दा, यस्तो पछ्याइ दुष्ट कार्य हो जस्तो देखिँदैन, तर यसले अन्त्यमा के ल्याउँछ? के त्यस्ता मानिसहरूले सत्यता प्राप्त गर्नेछन्? के तिनीहरूले मुक्ति प्राप्त गर्नेछन्? अवश्य नै गर्नेछैनन्। त्यसकारण, प्रतिष्ठा र हैसियत पछ्याउनु सही मार्ग होइन—यो सत्यता पछ्याइको ठ्याक्कै विपरीत दिशामा अघि बढ्छ। सारांशमा भन्नुपर्दा, तेरो पछ्याइको दिशा वा लक्ष्य जेसुकै भए पनि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे मनन गर्दैनस्, र यसलाई पन्छाउन तँलाई निकै गाह्रो लाग्छ भने, त्यसले तेरो जीवन प्रवेशमा असर पार्नेछ। जबसम्म तेरा हृदयमा हैसियतले स्थान पाउँछ, तबसम्म यो तेरो जीवनको दिशा र तेरो पछ्याइको लक्ष्यलाई नियन्त्रित र प्रभावित पार्न पूर्ण रूपमा सक्षम हुनेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तन हासिल गर्न पनि गाह्रो हुनेछ; तैँले अन्त्यमा परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्ने कुरा झन् त भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई त्याग्न सकिनस् भने, यसले मानकअनुरूप कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई मानकअनुरूपको सृजित प्राणी बन्न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्वरले निन्दा गर्नुभएको कुरा हो, र यो परमेश्वरले न्याय र शुद्धीकरण गर्नुहुने कुरा हो। मानिसहरूले हैसियत पछ्याउँदा जति धेरै परमेश्वरले अरू केहीलाई पनि घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। के यो सबैमा परमेश्वरप्रति वैरी हुने थोरै गुण छैन र? हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् सृजित साना र महत्त्वहीन प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्मान गर्ने व्यक्ति बनाउनुहुन्न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्छा गर्छस् भने, परमेश्वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्वरले दिनुहुन्न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र तैँले गन्तव्यहीन मार्ग सामना गर्नेछस्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचन पढेपछि म डराएँ र मलाई यो मेरा लागिपरमेश्वरको चेतावनी हो भन्ने लाग्यो। यदि मैले अझै हैसियतलाई माया गरेकी भए, अनि हैसियत र महत्त्वपूर्ण भूमिकाविना जीवनमा कुनै आनन्द र आशा हुँदैन भन्ने ठानेकी भए, यस्तो पछ्याइ सृजित प्राणीको स्थानबाट व्यवहार गर्नु र आफ्नो कर्तव्य निभाउनु नभई, हैसियतका लागि प्रतिस्पर्धा गर्नु रपरमेश्वरको वचनविरुद्ध जानु हुन्थ्यो। यसरी अपश्चातापी भइरहेकी भए, मलाई नरकमा पठाएर दण्ड दिइनेथ्यो! मैले डराउँदै र काम्दै, परमेश्वरको वचनको यो खण्ड एकपछि अर्को गर्दै केहीपटक पढेँ, रपरमेश्वरको धार्मिक स्वभावले कुनै अपराध सहँदैन भनेर मलाई हृदयबाटै महसुस भयो। म के सोच्ने गर्थेँ भने, मानिसमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले ख्याति र हैसियत पछ्याउनु एकदमै सामान्य हो—कसले पो आफ्नो स्थान सुधार्न चाहँदैन र? त्यसैले मैले यस क्षेत्रमा प्रकट गरेको आफ्नो भ्रष्टाचारलाई गम्भीरतापूर्वक लिइनँ; मलाई कहिलेकाहीँ नकारात्मक महसुस भए पनि, एक-दुई दिनमा म राम्रो महसुस गर्थेँ। त्यसले गर्दा मेरो काम एकदमै ढिलो हुँदैनथ्यो र अनुचित कुरा केही गरेको थिइनँ, त्यसैले मैले यो ठूलो समस्या हो भन्ने सोचिनँ। अब मात्र मैलेपरमेश्वरका वचनहरू मनन् गरेर केही कुरा बुझेँ। ख्याति र हैसियत पछ्याउनु शैतानी स्वभाव हो, त्योपरमेश्वरविरुद्ध हुन्छ र त्यो उहाँको प्रतिरोध गर्ने मार्ग हो। यो निकासहीन मार्ग हो! मैले प्रधान स्वर्गदूतबारे सोचेँ, जसको सुरुमा नै पर्याप्त गरी उच्च हैसियत छँदै थियो, तर त्यो अझै सन्तुष्ट थिएन। त्योपरमेश्वरको बराबर हुन चाहन्थ्यो, र अन्त्यमा, परमेश्वरले त्यसलाई इन्कार गर्नुभयो। के मैले पनि यस्तै व्यवहार गरिरहेकी थिइनँ र? म पहिले नै मण्डलीमा केही कामकी इन्चार्ज थिएँ, र पनि म अझै सन्तुष्ट थिइनँ। मैले आफ्ना कर्तव्यमा उत्कृष्ट नतिजा ल्याउने प्रयास गरिनँ। बरु, मैले उच्च हैसियत पाउन, धाक देखाउनका लागि ठूलो कार्य गर्न र मानिसहरूआई मेरो मान गर्न लगाउन सारा हृदयले प्रयास गरेँ, यदि त्यो चाहना पूरा नभएको भए, म नकारात्मक बन्थेँ, आफ्ना काममा सुस्त हुन्थेँ र झारा टार्न थाल्थेँ। कहिलेकाहीँ मैले पूर्ण रूपमा पछि हट्न चाहेँ। मैले मण्डलीका काममा हानि भयो कि भएन भनेर पटक्कै वास्ता गरिनँ। मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू साँच्चै सशक्त थिए—परमेश्वरको भय मान्ने मेरो हृदय कहाँ थियो? के ममापरमेश्वरप्रतिको उल्लेखयोग्य कुनै समर्पण थियो? सधैँ ख्याति र हैसियत पछ्याउनाले, आफ्नो कर्तव्यलाई बेवास्ता गर्नाले आफ्नो जीवन प्रवेशमा ढिलाइ मात्र भएन, तर त्यसले मण्डलीका काममा हानि पनि गर्यो। मपरमेश्वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेकी थिएँ, त्यसैलेपरमेश्वरले मलाई किन घृणा नगर्नुहोस् त? यो सोचेर मलाई डर र पछुतो भयो। मैले पश्चात्ताप गर्न तुरुन्तैपरमेश्वरलाई प्राथना गरेँ, त्यहाँदेखि ख्याति र हैसियत पछ्याउन चाहिनँ।
त्यसपछि, मैलेपरमेश्वरका वचनमा ख्याति र हैसियतबाट बच्ने तरिका भेटेँ। परमेश्वरका वचनहरू भन्छन्: “एक सृष्टि गरिएको मानवता भएको नाताले, व्यक्तिले आफ्नो स्थान कायम राख्नैपर्छ, र शिष्ट तरिकाले आफूलाई आचरणमा ढाल्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् व्यक्ति, अतिमानव, वा भव्य व्यक्ति कोसिस नगर्, साथै परमेश्वर बन्न नखोज्। मानिसहरूले यस्तो हुने इच्छा गर्नु हुँदैन। महान् वा महामानव बन्ने प्रयास गर्नु मूर्खता हो। परमेश्वर बन्ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्छ कुरा हो। बहुमूल्य कुरा, र सृष्टि गरिएका प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्नुपर्ने कुरा भनेको नै एक साँचो सृष्टि गरिएको प्राणी बन्नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वरको वचनले स्पष्टसित के भन्छ भने, हैसियत पछ्याउनु, महान् व्यक्ति वा महामानव बन्न पछि लाग्पनुपरमेश्वरले घृणा गर्ने कुरा हो। मानिसमा हुनुपर्ने वास्तविक पछ्याइ सृजित प्राणी हुनु हो। परमेश्वरको वचन पढेपछि मलाई आफूले पछ्याउनुपर्ने कुरा थाहा भयो: म सृजित प्राणी हुँ, परमेश्वरलाई म कुन कर्तव्य निभाउन सक्छु र के काम गर्न सक्छु भन्ने थाहा छ। म जुनै पदमा भए पनि, परमेश्वर म सत्यता उचितसित पछ्याउन र सृजित प्राणीको कर्तव्य व्यावहारिक तरिकाले निभाउन सक्छु भनेर हेर्न चाहनुहुन्छ। मैले आफ्नो महत्त्वाकाङ्क्षा र चाहना त्याग्नुपर्छ, र मैले जुनै कर्तव्य निभाए पनि मपरमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनैपर्छ, इमानदारीतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेर कर्तव्यमा प्रभावकारी हुनैपर्छ। मैले सृजित प्राणीका रूपमा गर्नुपर्ने कुरा यही हो। त्यसपछि, मैले आफू बढुवा हुनेछु भनेर सोचिनँ। बरु मैले आफ्ना कर्तव्यमा सबैभन्दा राम्रो परिणाम पाउन अझ दक्ष हुने भनेर सचेत रूपमा विचार गरेँ, र मैलेपरमेश्वरलाई प्राथना गरेँ र कठिनाइ आइपर्दा परिस्थिति हल गर्न ब्रदर-सिस्टरहरूसँग खोजी गरेँ। केही समयपछि मैले कठिनाइ हटाउन ब्रदर-सिस्टरहरूसँग काम गरेँ, र हाम्रो कामका दक्षतामा सुधार पनि आयो।
त्यसपछिका दिनहरूमा, मैले अझै पनि कहिलेकाहीँ के सुनेँ भने, मेरा पूर्व सहकर्मीहरू सुपरिवेक्षकमा बढुवा गरिएका छन्। अरूले बढुवा पाएर आफ्नो उपस्थिति जनाउन सक्छन्, जबकि म चाहिँ अझै उही स्थानमा अड्किएको छु भन्ने लागेकाले, म अझै अलि निरास भए पनि, त्यो त फेरि मैले काममा हैसियतको चाहना गर्नु हो भन्ने मलाई तुरुन्तै महसुस भयो। त्यसैले मैले तुरुन्तैपरमेश्वरलाई प्राथना गरेँ र आफूविरुद्ध विद्रोह गरेँ। मैलेपरमेश्वरको वचन विचार गरेँ: “हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् सृजित साना र महत्त्वहीन प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्मान गर्ने व्यक्ति बनाउनुहुन्न” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरू मनन गर्दा, मलाई हृदयमा आफ्ना उद्देश्यहरू स्पष्ट भए। मैलेपरमेश्वरद्वारा मानिसका लागि हैसियत पूर्वनिर्धारित हुँदैन भन्ने बुझेँ। हाम्रो कर्तव्य जे हुन सक्ने भए पनि, हामीले आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छौँ। त्यो त आफ्नो सामर्थ्य र कार्यलाई सही स्थानमा प्रयोग गर्नु पनि हो। अन्तत: त्यसमा कुनै उच्च र निम्न पदहरू हुँदैनन्, अनि अगुवा वा सुपरिवेक्षक हुनुको अर्थ हैसियत हुनु वा अरूभन्दा राम्रो हो भन्ने होइन। परमेश्वरले हामीबाट माग गर्ने कुरा नै हामी योग्य सृजित प्राणी बनौँ, रपरमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित होऔँ भन्ने हो। यी कुरा मात्रै उचित पछ्याइ हुन्। यदि मपरमेश्वरमा समर्पित हुन सकिनँ, मैले कर्तव्य पूरा गर्न सकिनँ भने, केवल अघि बढ्न र हैसियत पाउनको पछि मात्र लाग्नु, यो त लाजमर्दो कुरा हो, र मपरमेश्वरद्वारा तिरस्कृत र श्रापित हुनेछु। प्राथना गरेर रपरमेश्वरका वचनहरू पढेर म नकारात्मक हुन छोडेँ, र मैले यस मामिलालाई सही तरिकाले सम्हाल्न र आफ्नो कर्तव्य निभाउन सकेँ।
यी कुराहरूबाट गुज्रेपछि, मैलेपरमेश्वरका असल अभिप्रायहरू बुझेँ। उहाँले मलाई बढुवा नगरेर रक्षा गरिरहनुभएको थियो। यदि म आफ्नो हैसियतलाई माया गर्दै, साँच्चै अगुवा वा सेवक बनेकी भए, म अनजानमै ख्रीष्टविरोधी मार्गमा हिँड्नेथेँ र अन्त्यमा विनाश हुनेथेँ। अब म आफ्ना कर्तव्यमा समर्पित र विनम्र हुन सक्छु। परमेश्वरका वचनहरूको प्रभाव यही हो!