119 एक इमानदार व्यक्ति हुनु निकै आनन्दको कुरा हो

पद १

सत्य बुझ्नाले मलाई मुक्ति, आनन्द ल्याउँछ।

परमेश्‍वरको वचन शंका गर्दिन, विश्‍वासले पूर्ण छु।

म नकारात्मक छैन र निराश हुन्न।

कर्तव्यमा वफादार, म देहको दास होइन।

मेरो क्षमता थोरै तर हृदय साँचो छ।

सिद्धान्त पछ्याउँछु, उहाँको इच्छा पुऱ्याउँछु।

खुला, इमानदार भई ज्योतिमा जिउँछु।

उहाँलाई पालन गर्छु, सत्यता अभ्यास गर्छु।


कोरस

इमानदार मानिसहरू, आऊ, हृदयबाट कुरा गरौँ।

उहाँलाई प्रेम गर्ने सब असल मित्रझैँ भेट्छन्।

सत्यता प्रेम गर्ने दाजुभाइ-दिदीबहिनी हुन्।

हे सुखीहरू, उहाँको प्रशंसामा गाऔँ, नाचौँ।


पद २

परमेश्‍वरको वचन खाँदै र पिउँदै,

सत्यताको सङ्‍गति गर्दै, निकै खुसी छु।

उहाँसँग अक्सर प्रार्थना र सङ्‍गत गर्नाले

मलाई उच्चतम तहको आनन्द ल्याउँछ।

सत्यता बुझ्नाले अभ्यासको मार्ग मिल्छ,

म अब बाधाहरूको अधीनमा छैन।

उहाँलाई पाउँदा आशिषित छु, वचनमा जिउँछु।

देहका सब बन्धन हटाउनु उहाँको अनुग्रह हो।


कोरस

इमानदार मानिसहरू, आऊ, हृदयबाट कुरा गरौँ।

उहाँलाई प्रेम गर्ने सब असल मित्रझैँ भेट्छन्।

सत्यता प्रेम गर्ने दाजुभाइ-दिदीबहिनी हुन्।

हे सुखीहरू, उहाँको प्रशंसामा गाऔँ, नाचौँ।


ब्रिज

एकअर्कालाई प्रेम गर्नु, मिलापमा

काम गर्नु निकै खुसीको कुरा हो।

वचन जिउँछौँ, आत्माको काममा रमाउँछौँ।

सत्यताको वास्तविकतामा प्रवेश गर्दा जीवन बढ्छ।


कोरस

इमानदार मानिसहरू, आऊ, हृदयबाट कुरा गरौँ।

उहाँलाई प्रेम गर्ने सब असल मित्रझैँ भेट्छन्।

सत्यता प्रेम गर्ने दाजुभाइ-दिदीबहिनी हुन्।

हे सुखीहरू, उहाँको प्रशंसामा गाऔँ, नाचौँ।

इमानदार मानिसहरू, आऊ, हृदयबाट कुरा गरौँ।

उहाँलाई प्रेम गर्ने सब असल मित्रझैँ भेट्छन्।

अघिल्लो: 63 हामी परमेश्‍वर सामु सधैँ शान्त हुनुपर्छ

अर्को: 140 हे परमेश्‍वर, मलाई तपाईंको धेरै याद आउँछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्