124 परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई अनुमोदन गर्नुहुन्छ
१
परमेश्वरलाई प्रेम गर्नेहरू उहाँमा समर्पित हुन्छन्,
तिनीहरू हर दिन उहाँसामु जिउँछन्,
परमेश्वरका वचनहरूको मार्गदर्शन प्राप्त गर्दा,
सहजता, शान्ति र आनन्द हुन्छ।
परमेश्वरलाई प्रेम गर्नेहरूको हृदय इमानदार हुन्छ;
सत्यता बुझेपछि तिनीहरूले त्यो अभ्यास गर्छन्,
परमेश्वरका अभिप्रायको साँच्चै ख्याल गर्छन्
र उहाँलाई सन्तुष्ट पार्न कर्तव्य पूरा गर्छन्।
परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई आशिष् दिनुहुन्छ,
उहाँको न्याय र सजाय सधैँ तिनीहरूको साथमा हुन्छ।
सत्यता खोज्दै र ज्योति प्राप्त गर्दै,
भ्रष्ट स्वभाव पखालिन्छ।
परमेश्वरलाई प्रेम गर्नेहरू सिद्धान्तनिष्ठ हुन्छन्,
आफ्ना विचार र कार्यमा सत्यतामा भर पर्छन्।
त्यहाँ कुनै नियम वा बन्धनहरू छैनन्;
तिनीहरू सत्यता बुझ्छन् र स्वतन्त्र भएका छन्।
२
परमेश्वरलाई प्रेम गर्नेहरूले उहाँको डर मान्छन्,
तिनीहरू सबै कुरामा उहाँको छानबीन स्वीकार गर्छन्।
तिनीहरू सौहार्दपूर्वक सहकार्य गर्छन् र परमेश्वरको सेवा गर्छन्,
तिनीहरू वास्तविकता जिउँछन् र तिनीहरूसँग गवाही हुन्छ।
परमेश्वरलाई प्रेम गर्नेहरू उहाँप्रति बफादार हुन्छन्;
परीक्षा भोग्दा तिनीहरूको आस्था बलियो हुन्छ।
तिनीहरू पूरा हृदयले सर्वशक्तिमान् परमेश्वरलाई प्रेम गर्दै
आफ्नो भविष्य र नियति छोडिदिन्छन्।
परमेश्वरलाई प्रेम गर्नेहरू साँच्चै खुसी हुन्छन्,
न्यायद्वारा तिनीहरूले मुक्ति प्राप्त गर्छन्।
तिनीहरूले परमेश्वरका वचनहरू आफ्नो जीवनका रूपमा प्राप्त गर्छन्,
तिनीहरू उहाँको मुहारको ज्योतिमा जिउँछन्।
परमेश्वरलाई प्रेम गर्नेहरूले उहाँको आराधना गर्छन्,
तिनीहरू परमेश्वरको धार्मिकता र पवित्रताको प्रशंसा गर्छन्।
परमेश्वरलाई प्रेम गर्नेहरूमा सत्यता हुन्छ,
तिनीहरूले सधैँ परमेश्वरको गवाही दिनेछन् र उहाँलाई महिमित तुल्याउनेछन्।