४१८ सत्यता कसले व्यक्त गरिरहनुभएको छ?
१
आखिरी दिनहरूमा मानिसको पुत्र निरन्तर बोलिरहनुभएको छ।
उहाँका वचन हरेक राष्ट्र र भूमिमा फैलिएका छन्,
तिनले उहाँलाई पछ्याउन असङ्ख्य मानिसलाई जगाउँदैछन्,
तैपनि उहाँ कहाँबाट आउनुभएको भनेर कोही जान्दैन।
उहाँका वचनमा अख्तियार र शक्ति छन्,
बाइबलका सबै रहस्य खोल्छन्।
उहाँका वचन सत्यता हुन् भनी सब निश्चित छन्।
ती पढ्दा मानिसका हृदयमा ज्योति छाउँछ,
परमेश्वरलाई पछ्याउने, कर्तव्य पूरा गर्ने बल दिन्छ।
के उहाँका वचनहरू परमेश्वर स्वयम्बाट आएका हुन सक्छन्,
के ती मण्डलीहरूलाई पवित्र आत्माले भन्नुभएका वचन हुन्?
२
जसका हृदयले सत्यताको तृष्णा गर्छन् र त्यसलाई प्रेम गर्छन्,
तिनीहरू मानिसको पुत्रका वचन सुन्दा रमाउँछन्।
पूर्णतः मोहित भई,
तिनीहरू स्वर्गको राज्यको भोजमा सहभागी हुन्छन्,
जीवनको जीवित पानीको मलजल र आपूर्तिको आनन्द लिन्छन्।
वर्षौँदेखि प्रभुको तृष्णा र उत्कट चाहना गर्नेहरूले,
अन्ततः आफ्नो हृदयको प्रियलाई स्वागत गर्छन्।
साँच्चै, परमेश्वरका भेडाले उहाँको सोर सुन्छन्।
मानिसको पुत्रलाई पछ्याउनेहरू आशिषित छन्;
अनन्त जीवनले तिनीहरूलाई बोलाइरहेको छ!
मानिस समाचार बाँड्न दौडन्छन्, खुसीले कराउँछन् र उफ्रन्छन्:
हामी परमेश्वरको सिंहासनसामु उचालिएका छौँ!
बोल्नुहुने, वचन व्यक्त गर्नुहुने मानिसको पुत्र,
आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर,
तपाईँ एक मात्र साँचो परमेश्वरको देखा पराइ हुनुहुन्छ।
सदा तपाईँलाई पछ्याउँछौँ, तपाईँको गवाही दिन्छौँ!