घ. मुक्ति प्राप्त गरेकाहरू र सिद्ध तुल्याइएकाहरूलाई परमेश्‍वर के प्रतिज्ञा गर्नुहुन्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानवजातिमाझ राज्य विस्तार भइरहेको छ, यो मानवजातिमाझ निर्माण भइरहेको छ, र यो मानवजातिमाझ खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरूमध्ये, अर्थात् तिमीहरूमध्ये कोचाहिँ मानवजातिमाझ रहेको मानव होइनौ र? तिमीहरूमध्ये कोचाहिँ मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुको बारेमा भीडमा घोषणा गरिन्छ, तब मानवजातिले कसरी प्रतिक्रिया दिनेछ? मानवजातिको अवस्थालाई तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ; तिमीहरूले निश्‍चय नै यो संसारमा सदासर्वदा रहने आशा अझै पालेका छैनौ र? म अहिले मेरा मानिसहरूमाझ यत्रतत्र हिँडडुल गरिरहेको छु र म तिनीहरूको माझमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्य छन्। धन्य छन् मप्रति समर्पित हुनेहरू, तिनीहरू अवश्य नै मेरो राज्यमा रहनेछन्। धन्य छन् मलाई चिन्‍नेहरू, तिनीहरूले अवश्य नै मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। धन्य छन् मलाई पछ्याउनेहरू, तिनीहरू निश्‍चय नै शैतानका बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिष्‌हरू उपभोग गर्नेछन्। धन्य हुन् आफूविरुद्ध विद्रोह गर्न सक्नेहरू, तिनीहरू अवश्य नै मेरो अधीनमा आउनेछन् र तिनीहरूले मेरो राज्यको प्रचुरताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरा लागि समर्पित गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरा वचनहरूमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष् दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरू अड्याउने खम्‍बा हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिष्‌हरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजयी बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको राज्यको पतन हुँदा, तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नलाई धेरै भीडहरूमाझ खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १९

परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका साक्षीहरू हुन्‌, तिनीहरूले मात्र परमेश्‍वरद्वारा आशिष पाएका हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका हितैषीहरू हुन्‌; ती परमेश्‍वरद्वारा प्रेम गरिएका व्यक्तिहरू हुन्‌, र तिनीहरूले परमेश्‍वरसँग सँगै आशिषहरूको आनन्द उपभोग गर्न सक्छन्‌। यस्ता मानिसहरू मात्र अनन्तसम्म जिउनेछन्‌, र तिनीहरू मात्र सदाको लागि परमेश्‍वरको स्याहार र सुरक्षा अन्तर्गत जिउनेछन्‌। मानिसहरूले प्रेम गरून्‌ भन्‍ने पक्षमा परमेश्‍वर हुनुहुन्छ, र उहाँ सबै मानिसहरूको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदैनन्‌, र सबै मानिसहरू परमेश्‍वरको गवाही दिन सक्दैनन्‌ र परमेश्‍वरसँगै शक्ति कायम राख्न सक्दैनन्‌। तिनीहरूले परमेश्‍वरको साक्षी दिन समर्थ हुने भएकाले र तिनीहरूले परमेश्‍वरको काममा आफ्ना सबै प्रयासहरू लगाएका हुनाले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू स्वर्गमुनि जुनसुकै ठाउँमा कसैले तिनीहरूलाई विरोध गर्ने आँट नगर्ने गरी हिँड्न सक्छन्‌, र तिनीहरूले पृथ्वीमा शक्ति अभ्यास गर्न सक्छन्‌ र परमेश्‍वरका सारा मानिसहरूमाथि शासन गर्न सक्छन्‌। यी मानिसहरू संसारभरिबाट आएका छन्‌। तिनीहरू विभिन्न भाषा बोल्छन्‌ र तिनीहरूका वर्णहरू फरक-फरक छन्‌, तर तिनीहरूको अस्तित्वको एउटै अर्थ छ; तिनीहरू सबैसँग परमेश्वरलाई प्रेम गर्ने हृदय छ, तिनीहरू सबै एउटै गवाही दिन्छन्, र तिनीहरूसँग एउटै सङ्कल्प, र एउटै इच्छा छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र हिँडडुल गर्न सक्छन्‌, र परमेश्‍वरको साक्षी दिनेहरू ब्रह्माण्डभरि नै यात्रा गर्न सक्छन्‌। यी मानिसहरू परमेश्‍वरद्वारा प्रेम गरिएका हुन्छन्‌, तिनीहरू परमेश्‍वरद्वारा आशिषित गरिएका हुन्छन्‌, र तिनीहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

तिनीहरूका फरक-फरक कार्यहरू र गवाहीहरूका आधारमा राज्यभित्रका विजेताहरूले पूजाहारीहरूका रूपमा वा अनुयायीहरूका रूपमा सेवा गर्नेछन् र संकष्टको बीचमा विजयी हुनेहरू राज्यभित्रका पूजाहारीहरूको निकाय बन्‍नेछन्। ब्रह्माण्डभरिमा सुसमाचारको कार्य समाप्त भएपछि पूजाहारीहरूको निकायलाई निर्माण गरिनेछ। जब त्यो समय आउँछ, मानिसले गर्नुपर्ने कुरा परमेश्‍वरको राज्यभित्र उसले पूरा गर्नुपर्ने दायित्व, र राज्यभित्र परमेश्‍वरसँग एकसाथको उसको जियाइ हुनेछ। पूजाहारीहरूको निकायमा प्रधान पूजाहारीहरू र पूजाहारीहरू हुनेछन् र बाँकीचाहिँ परमेश्‍वरका पुत्रहरू र मानिसहरू हुनेछन्। सङ्कष्टको अवधिमा परमेश्‍वरको निम्ति तिनीहरूले दिएका गवाहीले यो सबैलाई निर्धारण गर्नेछ; ती आवेगमा दिइने पदहरू होइनन्। मानिसको अवस्थालाई स्थापना गरिसकेपछि, परमेश्‍वरको काम बन्द हुनेछ, किनभने हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिनेछ र तिनीहरूको मूल स्थितिमा फर्काइनेछ र यो परमेश्‍वरको कार्यको पूर्णताको चिन्‍ह हो, यो परमेश्‍वरको काम र मानिसको अभ्यासको अन्तिम परिणाम हो र परमेश्‍वरको कार्य र मानिसको सहकार्यका दर्शनहरूलाई स्पष्ट बनाउने कार्य हो। आखिरमा, मानिसले परमेश्‍वरको राज्यमा विश्राम पाउनेछ र परमेश्‍वर पनि विश्राम गर्न आफ्‍नो वासस्थानमा फर्कनुहुनेछ। परमेश्‍वर र मानिस बीचको ६,००० वर्षे सहकार्यको अन्तिम परिणाम यही नै हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई जितिएपछि मानवजातिले पाउने जीवन हुनेछ, यो यस पृथ्वीमा मानिसको निम्ति एउटा नयाँ सुरुवात हुनेछ अनि मानिसको निम्ति यस्तो जीवन पाउनु मानवजाति एउटा नयाँ र सुन्दर राज्यभित्र प्रवेश गरेको छ भन्‍ने कुराको प्रमाण हुनेछ। यो पृथ्वीमा मानिस अनि परमेश्‍वरको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको आधार पक्कै पनि मानिस शुद्ध गरिएपछि र जितिएपछि, उसले आफूलाई सृष्टिकर्ताको सामु समर्पित गर्छ भन्‍ने हुनुपर्छ। यसैले जितको काम भनेको मानवजाति सुन्दर गन्तव्यमा प्रवेश गर्नुअघिको परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै भविष्यमा मानिसले पाउने पृथ्वीको जीवन हो, अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने जीवन, संसारको इतिहासमा यसभन्दा पहिले मानिसले कहिल्यै हासिल नगरेको जीवन। ६,००० वर्षे व्यवस्थापन कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्णा गर्ने कुरा यही हो अनि मानिसको निम्ति परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो। तर, यस्तो प्रतिज्ञा तुरुन्तै पूरा हुन सक्दैन: मानिस तब भावी गन्तव्यभित्र प्रवेश गर्नेछ जब आखिरी दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्णरूपमा जितिएको हुन्छ अर्थात् शैतान पनि पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुन्छ किनकि परमेश्‍वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र र पवित्र हुनेछ—उसले अनन्ततामा प्रवेश गरिसकेको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

जब मानिसले पृथ्वीमा मानवको वास्तविक जीवन प्राप्त गर्दछ र शैतानका सम्पूर्ण शक्तिहरू बन्धनमा पर्छन्, तब मानिस पृथ्वीमा सजिलै जिउन सक्छ। परिस्थिति आजको जस्तो जटिल हुनेछैन: मानवीय सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—यिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यहाँ मानिसको जीवन धेरै नै दयनीय छ! मानिस जितिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ: ऊसित परमेश्‍वरको डर मान्ने र परमेश्वरलाई प्रेम गर्ने ह्रदय हुनेछ। परमेश्‍वरलाई प्रेम गर्न खोज्ने ब्रह्माण्डका सबै जना जितिएपछि अर्थात् शैतानलाई पराजित गरिसकेपछि र शैतानलाई—अन्धकारका सबै शक्तिहरू बन्धनमा परेपछि पृथ्वीमा मानिसको जीवनमा बाधा आउनेछैन र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवन देहगत सम्बन्ध र देहको जटिलताविना नै थियो भने, त्यो धेरै सजिलो हुनेथियो। मानिसको देहको सम्बन्ध धेरै जटिल छ र मानिसमा यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट स्वतन्त्र पार्न सकेको छैन भन्‍ने कुराको प्रमाण हो। यदि तेरा प्रत्येक दाजुभाइ र दिदीबहिनीसँग त्यस्तै सम्बन्ध थियो भने, यदि तेरो परिवारको प्रत्येक सदस्यसँग उस्तै सम्बन्ध थियो भने, तँलाई कुनै चिन्ता हुनेथिएन र तैँले कसैको बारेमा चिन्ता लिइरहनुपर्ने थिएन। केही पनि राम्रो हुन सक्दैन र यसरी मानिसले उसको आधा दुःखबाट छुटकारा पाउँछ। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा मानिस स्वर्गदूतहरूजस्तै हुनेछन्; अझ पनि शरीरमा नै भए पनि ऊ स्वर्गदूतजस्तै हुनेछ। अन्तिम प्रतिज्ञा यही हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

परमेश्‍वरले सिद्ध पार्न इच्छा गर्नुभएकाहरूले उहाँका आशिष्‌हरू र उत्तराधिकार प्राप्‍त गर्छन्। अर्थात्, तिनीहरूले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही नै ग्रहण गर्छन् ताकि तिनीहरूभित्र हुने कुरा त्यही बनोस्; तिनीहरूसँग तिनीहरूभित्र काम गरिएको परमेश्‍वरका वचनहरू हुन्छन्; परमेश्‍वर जस्तो हुनुहुन्छ तिमीहरूले ती सबै दुरुस्तै रूपमा लिन सक्छौ र त्यसरी सत्यताअनुसार जिउन सक्छौ। परमेश्‍वरले हासिल गर्नुभएको र सिद्ध पार्नुभएको व्यक्ति यस्तो हुन्छ। यस्ता व्यक्तिहरू मात्र परमेश्‍वरबाट आउने आशिष्‌हरू प्राप्‍त गर्न योग्यका हुन्छन्:

१. परमेश्‍वरको पूरा प्रेम हासिल गर्ने।

२. सबै कुरामा परमेश्‍वरका अभिप्रायअनुसार काम गर्ने।

३. परमेश्‍वरको मार्गदर्शन हासिल गर्ने, उहाँको ज्योतिमा जिउने र उहाँको अन्तर्दृष्टि हासिल गर्ने।

४. परमेश्‍वरलाई मन पर्ने छविअनुरूप पृथ्वीमा जिउने; परमेश्‍वरको निम्ति क्रूसमा टाँगिएर उहाँको प्रेमको बदलामा मर्न योग्य पत्रुसले गरेझैँ उहाँलाई साँचो रूपमा प्रेम गर्ने; पत्रुसको जस्तै महिमा हासिल गर्ने।

५. पृथ्वीमा सबैले प्रेम, आदर र सराहना गर्ने व्यक्ति हुने।

६. शैतानलाई त्यसको काम गर्न नै नदिइकन मृत्यु र पातालको बन्धनको हरेक पक्षमाथि विजयी हुने, परमेश्‍वरको अधीनमा रहेर ताजा र जीवन्त आत्माभित्र जिउने र नथाक्ने।

७. कसैले परमेश्‍वरको महिमाको दिनको आगमन देखेझैँ गरी सारा जीवनभरि नै उल्लास र जोसको अवर्णनीय भाव कायम राख्ने।

८. परमेश्‍वरसँगसँगै महिमा जित्ने र उहाँका प्रिय सन्तहरूजस्तै हुने।

९. पृथ्वीमा परमेश्‍वरले प्रेम गर्ने व्यक्ति अर्थात् उहाँको प्रिय पुत्र बन्ने।

१०. स्वरूप परिवर्तन गर्ने र परमेश्‍वरसँगै तेस्रो स्वर्गसम्म आरोहण गर्ने र देहलाई माथ गर्ने।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

सम्बन्धित भजनहरू

विजेताहरूको गीत

आखिरी दिनहरूमा मानिसलाई परमेश्‍वरको प्रतिज्ञा

सिद्ध पारिएकाहरूलाई परमेश्‍वरका प्रतिज्ञाहरू

अघिल्लो: ग. किन आखिरी दिनहरूको न्याय स्विकारेर मात्र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सकिन्छ

अर्को: ङ. मानवजातिको सुन्दर गन्तव्य कस्तो हुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्