सत्यता कसरी पछ्याउने (२८)
हामीले यसभन्दा पहिले यस पक्ष, अर्थात् देहधारी परमेश्वरसम्बन्धी सत्यताहरूका बारेमा धेरै सङ्गति गरेका छौँ। हामीले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता समावेश रहेका केही निश्चित विषयवस्तुहरूका बारेमा केही पटक सङ्गति गरेका छौँ। के तिमीहरूले अहिले यस विषयमा अझ धेरै बुझेका छौ? (बुझेका छौँ।) के तिमीहरूले देहधारी परमेश्वर, अर्थात् ख्रीष्टको सामान्यता र व्यावहारिकता, र ख्रीष्टको सारका बारेमा थप बुझाइ प्राप्त गरेका छौ? (छौँ।) त्यसोभए के तिमीहरूले देहधारी परमेश्वरबारेका आफ्ना केही धारणा र कल्पनाहरूलाई त्याग्न सकेका छौ? (सकेका छौँ।) तैँले कसैको स्वभावको बारेमा सिक्न चाहेको होस् वा उसले आफूलाई कसरी आचरणमा ढाल्छ भन्ने बारेमा सिक्न चाहेको होस्, यदि तैँले कसैको बारेमा सिकिरहेको मात्रै छस् भने, तैँले ऊ जस्तो किसिमको साधारण व्यक्ति हो धेर-थोर रूपमा त्यसका विभिन्न पक्षहरू—उसको व्यक्तित्व र मिजास, वा उसले आफूलाई आचरणमा ढाल्ने तरिका र विधिहरू, संसारसँग व्यवहार गर्ने उसका दर्शनहरू, उसका खोजहरू, उसका केही रुचि र सोखहरू, वा उसका केही अन्तर्निहित समस्याहरूका बारेमा मात्रै सिकिरहेको हुन्छस्। बढीमा, त्यो त यस व्यक्तिको मानवताको बारेमा जान्नु मात्रै हो र यसमा अलिकति पनि सत्यता समावेश हुँदैन। यो कुरा साधारण व्यक्तिको बारेमा सिक्ने कार्यसँग सम्बन्धित हुन्छ। त्यसकारण, तैँले मानवजातिमध्येको जुनसुकै व्यक्ति वा जुनसुकै प्रकारको व्यक्तिको बारेमा सिके पनि, तैँले उसको बारेमा जतिसुकै कुरा पत्ता लगाए पनि, तैँले उसलाई जतिसुकै गहन रूपमा बुझे पनि, वा उसको बारेमा तेरो बुझाइ व्यापक भए पनि वा नभए पनि, यीमध्ये कुनै कुरामा पनि सत्यता समावेश हुँदैन। तर, देहधारी परमेश्वरको बारेमा जान्नु फरक कुरा हो; देहधारी परमेश्वरका विभिन्न पक्षहरूका बारेमा जान्ने कुरा समावेश हुने विषयहरू सबैमा सत्यता समावेश हुन्छ। देहधारण भनेको परमेश्वरले आफ्नो कामको आवश्यकताअनुसार अपनाउनुभएको एउटा विशेष रूप हो, र यो परमेश्वरको पहिचान, परमेश्वरको सार, र परमेश्वरको स्वभाव जस्ता परमेश्वरका विभिन्न पक्षहरूसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ; देहधारी परमेश्वरलाई चिन्नु पनि परमेश्वरलाई चिन्ने कुराको एउटा भाग नै हो, र यो परमेश्वरलाई चिन्ने कुरासँग, र परमेश्वरलाई चिन्ने बारेमा मानिसहरूले बुझ्नुपर्ने सत्यताहरूसँग सम्बन्धित छ। त्यसकारण, देहधारी परमेश्वरलाई चिन्नु भनेको सत्यताको एउटा यस्तो पक्ष हो, जसलाई मानिसहरूले परमेश्वरको ज्ञान र परमेश्वरप्रतिको अधीनता हासिल गर्नका लागि परमेश्वरलाई पछ्याउँदा बुझ्नुपर्ने र जान्नुपर्ने हुन्छ। देहधारी परमेश्वरलाई चिन्ने र देहधारी परमेश्वरले व्यक्त गर्नुभएका सत्यताका विभिन्न पक्षहरूलाई जान्ने कुरा सबैमा मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यता वास्तविकता समावेश हुने हुनाले, देहधारी परमेश्वरलाई चिन्ने कुरालाई साधारण व्यक्ति, अर्थात् भ्रष्ट मानवलाई चिन्ने कुरासँग दाँज्न सकिँदैन। तिनलाई दाँज्न नसक्नुको कारण के हो भने देहधारी परमेश्वरलाई चिन्ने कुरामा परमेश्वरलाई चिन्ने सम्बन्धी सत्यता समावेश हुन्छ, जुन सृष्टिकर्तालाई चिन्ने कुराको एउटा भाग हो। यस विषयवस्तुमा जेसुकै समावेश भए पनि, छोटकरीमा भन्दा, यसमा सृष्टिकर्तालाई चिन्ने कुरा समावेश हुन्छ, यसमा परमेश्वर स्वयम्लाई चिन्ने कुरा समावेश हुन्छ, र अवश्य नै, यसमा परमेश्वरबारेका आफ्ना धारणा र कल्पनाहरूलाई कसरी त्याग्ने भन्ने कुरा पनि समावेश हुन्छ। तैँले देहधारी परमेश्वरलाई बुझेपछि र देहधारी परमेश्वरसम्बन्धी सत्यताहरूलाई बुझेपछि, धेरै हदसम्म तैँले परमेश्वरको सार र परमेश्वरको स्वभावको एउटा भागलाई पहिले नै जानिसकेको हुन्छस् भनेर भन्न सकिन्छ। अवश्य नै, सोहीअनुरूप, तैँले परमेश्वरबारेका तेरा धेरै धारणा र कल्पनाहरूलाई—अर्थात्, स्वर्गमा हुनुहुने परमेश्वर र सृष्टिकर्ताको बारेमा रहेका तेरा धारणा र कल्पनाहरूलाई धेरै हदसम्म त्याग्नेछस्। यी धारणा र कल्पनाहरूलाई त्याग्नाले, कम्तीमा पनि, तँलाई परमेश्वरको अझै सही बुझाइ र अझै सटीक साँचो ज्ञान प्राप्त गर्न मद्दत गर्न सक्छ। त्यसोभए यो ज्ञान र बुझाइले कस्तो भूमिका खेल्छन्? तिनले अत्यन्तै ठूलो भूमिका खेल्छन्। सायद जब तैँले परमेश्वरलाई चिन्दैनस्, तब तँलाई परमेश्वर भनेको मानिसहरूले आफ्नो मन र विचारहरूमा, वा आफ्ना परम्परागत धारणाहरूमा परिचित भएको जन, र देख्न र छुन नसकिने जन हुनुहुन्छ भन्ने लाग्छ। तर जब तैँले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता, साथै उहाँको स्वभाव र सारको बारेमा जान्छस् र थाहा पाउँछस्, तब तँसँग परमेश्वरको बारेमा साँचो ज्ञान हुनेछ। यो साँचो ज्ञानले तँलाई धारणा र कल्पनाहरूमा मात्रै अस्तित्वमा रहने झूटो अधीनतामा रहनुको सट्टा, सही र साँचो रूपमा परमेश्वरको अधीनतामा रहन सक्षम तुल्याउन सक्छ। मानिसहरूका धारणा र कल्पनाहरूबाट उत्पन्न हुने विश्वास र समर्पण, कि परमेश्वरको साँचो ज्ञान हुनुबाट आउने उहाँप्रतिको विश्वास र समर्पण—कुनचाहिँ अझै साँचो र अझै सही हो? के तिमीहरूले यो कुरा भन्न सक्छौ? परमेश्वरको ज्ञान हुनुबाट उत्पन्न हुने विश्वास मानिसहरूका धारणा र कल्पनाहरूमा आधारित विश्वास होइन; बरु, यो विश्वास परमेश्वरको बारेमा रहेको साँचो, र सही ज्ञानको जगमा निर्माण भएको हुन्छ। त्यसकारण, तँलाई यो विश्वासले वास्तविक जीवनमा परमेश्वरका अभिप्रायहरूलाई अझै सही रूपमा बुझ्न र बोध गर्न, र हरेक वास्तविक वातावरणमा वा वास्तविक मानिस, घटना र कामकुराहरूका बीचमा, परमेश्वरका अभिप्रायहरूअनुरूप कसरी काम गर्ने, कसरी सही रूपमा काम गर्ने, कसरी साँचो रूपमा परमेश्वरको अधीनमा बस्ने, र कसरी परमेश्वरप्रतिको साँचो विश्वास र उहाँमा भर पर्ने कुरालाई प्रतिविम्बित गर्ने भन्ने कुरा अझै सही रूपमा जान्न अनुमति दिन सक्छ। जुनसुकै दृष्टिकोणबाट हेर्दा पनि, देहधारी परमेश्वरलाई चिन्नु भनेको साधारण व्यक्तिलाई जान्नु र चिन्नु जत्तिको सरल छैन, किनभने यसमा परमेश्वरको सार र मानिसको सार, सृजित प्राणीहरू र सृष्टिकर्ता जस्ता सत्यताका धेरै पक्षहरू समावेश हुन्छन्। यसभन्दा पहिले, मैले परमेश्वरलाई चिन्ने कुरासम्बन्धी केही उदाहरणहरू दिएँ र केही सत्यताहरूका बारेमा बोलेँ; मानिसहरूले यी विषयहरूलाई साधारण विषयहरूका रूपमा लिनु हुँदैन, तर तिनलाई सत्यताको एउटा पक्षका रूपमा जान्ने प्रयास गर्नुपर्छ। किनभने आखिर, देहधारी परमेश्वर, परमेश्वरका आत्मा साँचो र वास्तविक रूपमा साकार हुनुभएको देह, र ईश्वरीय सार भएको व्यक्ति हुनुहुन्छ; उहाँ पृथ्वीमा परमेश्वरको प्रतिनिधि हुनुहुन्छ र पृथ्वीमा परमेश्वरको कामको अभिव्यक्ति पनि हुनुहुन्छ। काम गर्ने सन्दर्भमा र उहाँको सारको सन्दर्भमा, उहाँ स्वर्गमा हुनुहुने परमेश्वरको प्रतिनिधित्व गर्न पूर्ण रूपमा सक्षम हुनुहुन्छ। उहाँको स्वरूपको हिसाबमा उहाँमा सीमितताहरू भए पनि, र बाहिरी रूपमा उहाँ स्वर्गमा हुनुहुने परमेश्वरको प्रतिनिधित्व गर्न अपर्याप्त देखिन सक्ने भए पनि, उहाँको सार र उहाँसँग भएको स्वभावको हिसाबमा, उहाँ स्वर्गमा हुनुहुने परमेश्वरको प्रतिनिधित्व गर्न पूर्ण रूपमा सक्षम हुनुहुन्छ। त्यसकारण, यस कुरालाई ध्यानमा राख्दै, मानिसहरूले देहधारी परमेश्वरसँग सम्बन्धित सत्यताका विभिन्न पक्षहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ र तिनका बारेमा होसियारीपूर्वक जान्नुपर्छ। जब तैँले तिनलाई गम्भीरतापूर्वक लिन्छस् र तिनका बारेमा जान्न आफ्नो हृदय लगाउँछस्, तब मात्रै तैँले परमेश्वरलाई साँचो रूपमा बुझ्न सक्छस्। जब तैँले पृथ्वीमा हुनुहुने परमेश्वरलाई साँचो रूपमा बुझेको हुन्छस्, तब मात्रै धेरै हदसम्म, तैँले स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्न र सृष्टिकर्तालाई बुझ्न सक्छस्। सृष्टिकर्ता, अर्थात् परमेश्वरले स्वर्गमा र सम्पूर्ण ब्रह्माण्ड र यावत् थोकमा कसरी बोल्नुहुन्छ, उहाँले मानिसहरूलाई कुन तरिकाले व्यवहार गर्नुहुन्छ, उहाँले मानिसहरूलाई कस्तो मनोवृत्तिका साथ व्यवहार गर्नुहुन्छ, उहाँले कसरी कामकुराहरू गर्नुहुन्छ, उहाँका विचारहरू के-के हुन् ती कुराहरू, र परमेश्वरको स्वभाव र सार समावेश हुने अरू यस्तै मामलाहरूलाई तैँले पटक्कै देख्न सक्दैनस्। तर जब परमेश्वर देह बन्नुहुन्छ र साधारण व्यक्ति बन्न, रूप र स्वरूप भएको, र मासु र रगत भएको व्यक्ति बन्न पृथ्वीमा आउनुहुन्छ, तब उहाँले काम गर्ने र मानिसहरूसँग अन्तरक्रिया र सङ्गत गर्ने अवधिको दौरान मानिसहरूले उहाँको स्वभाव र सारलाई बुझ्न सक्छन्। उहाँका विभिन्न वचन र कार्यहरू, र उहाँले व्यक्त गर्नुहुने भावनाहरूको पूर्ण श्रेणीद्वारा, परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ, उहाँका विभिन्न भावनाहरूका रूपहरू कस्ता हुन्छन्, र उहाँले कामकुराहरू गर्ने तरिका र सिद्धान्तहरू के-के हुन्, साथै उहाँले कस्तो मनोवृत्तिका साथ काम गर्नुहुन्छ भन्ने कुरा तैँले बुझ्न सक्छस्। तैँले उहाँलाई अझै निश्चित रूपमा बुझ्नेछस् र उहाँलाई अझै ठोस रूपमा छुन, देख्न, र सुन्न सक्नेछस्। यी सबै कुराले स्वर्गमा हुनुहुने परमेश्वरलाई बुझ्नका लागि तँलाई अझै बढी फाइदा पुऱ्याउँछन्। तैँले देहधारी परमेश्वरलाई देख्न र छुन सक्छस्; तैँले उहाँले बोल्नुहुने वचनहरू आफ्ना कानले सुन्न सक्छस्, र तैँले उहाँले कामकुराहरू सम्हाल्ने सिद्धान्त र विधिहरूलाई आफ्ना आँखाले देख्न सक्छस्। यो तँ आफैले देहधारी परमेश्वरको वचन र कामको सामना गर्नु र तँमा देहधारी परमेश्वरको ज्ञान हुनु सरह हो; यसरी, तँलाई स्वर्गमा हुनुहुने परमेश्वरको बारेमा खास बुझाइ र ज्ञान पनि प्राप्त हुन्छ। यदि तैँले देहधारी परमेश्वरले व्यक्त गर्नुभएका सत्यताहरू बुझिस् भने, तैँले परमेश्वरको स्वभावलाई चिन्न सक्नेछस्—त्यसोभए, तैँले चिन्ने कुरा भनेको स्वर्गमा हुनुहुने परमेश्वरको सारको यही पक्ष हो। त्यसकारण, देहधारी परमेश्वरले पृथ्वीमा कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ, उहाँले कस्ता स्वभावहरू प्रकट गर्नुहुन्छ, र उहाँसँग कस्तो प्रकारको सार छ—धेरै हदसम्म, यी कुराहरूले तँलाई पहिले नै, यो सीमित अवस्थाअन्तर्गत, परमेश्वरका वचन र कार्यहरू, परमेश्वरले बोल्ने र काम गर्ने तरिकाहरू, र परमेश्वरको स्वभाव र सारलाई समेत सही रूपमा देख्न, आफ्नै कानले सुन्न, वा बुझ्न र चिन्न सक्षम बनाइसकेका छन्। मैले यसभन्दा पहिले देहधारी परमेश्वरसम्बन्धी यी सत्यताहरूका बारेमा केही बोलेको छु, तर यो कुरा कहिल्यै पनि त्यति निश्चित थिएन; यस पटक, मैले निश्चित रूपमा तिनका बारेमा धेरै कुरा बोलेको छु। मलाई आशा छ, यो सुनेपछि, तिमीहरूले सत्यताको यस पक्षलाई अभ्याससम्बन्धी साधारण सत्यता वा विभिन्न प्रकारका मानिसहरूलाई चिन्नेसम्बन्धी साधारण सत्यताका रूपमा लिनेछैनौ, बरु यसलाई परमेश्वरलाई चिन्नेसम्बन्धी सत्यताका रूपमा लिनेछौ। किनभने, सिद्धान्तमा होस् वा वास्तविकतामा, देहधारी परमेश्वर र स्वर्गमा हुनुहुने परमेश्वर एक हुनुहुन्छ; देहधारी परमेश्वर पृथ्वीमा परमेश्वरको अभिव्यक्ति र प्रकटीकरण हुनुहुन्छ र पृथ्वीमा परमेश्वरको काम सुम्पिइएको जन पनि हुनुहुन्छ। तिमीहरूले यस कुरालाई जसरी भने पनि, सार र स्वभावको सन्दर्भमा, देहधारी मानिसको पुत्र नै सबैभन्दा पहिले स्वर्गमा हुनुहुने परमेश्वर, अर्थात् सृष्टिकर्तासँग एक हुनुहुन्छ र उहाँसँग मिल्ने किसिमको हुनुहुन्छ। उहाँहरू एक हुनुभएको हुनाले, देहधारी परमेश्वरलाई चिन्नु भनेको स्वर्गमा हुनुहुने परमेश्वरलाई चिन्ने मार्ग हो। अवश्य नै, देहधारी परमेश्वरलाई चिन्नु भनेको तिमीहरूका लागि स्वर्गमा हुनुहुने परमेश्वरलाई चिन्ने सबैभन्दा राम्रो अवसरहरूमध्ये एक पनि हो, र यसले त्यसका लागि सबैभन्दा अनुकूल अवस्था प्रस्तुत गर्छ। के कुरा यही होइन र? (हो।) के मैले बढाइचढाइ गरिरहेको छु भन्ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) के मैले भनेको कुरा तथ्यहरूअनुरूप छ? (छ।)
कतिपय मानिसहरूले यसो भन्छन्, “स्वर्गमा हुनुहुने परमेश्वरले यावत् थोक सृष्टि गर्न सक्नुहुन्छ, यावत् थोकमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ, र मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ। के देहधारी परमेश्वरले यसो गर्न सक्नुहुन्छ? देहधारी परमेश्वर र स्वर्गमा हुनुहुने परमेश्वर एक हुनुभएको हुनाले, र देहधारी परमेश्वरले स्वर्गमा हुनुहुने परमेश्वरको प्रतिनिधित्व गर्न सक्नुहुने हुनाले, के उहाँले यावत् थोक सृष्टि गर्न सक्नुहुन्छ? के उहाँले यावत् थोकमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ?” जब कसैले यस्तो दृष्टिकोण बाँड्छ, तब तिमीहरूले यसलाई कसरी व्याख्या गर्छौ? मलाई भन, के देहधारी परमेश्वरले यावत् थोक सृष्टि गर्ने र यावत् थोकमाथि सार्वभौमिकता राख्ने काम गर्न सक्नुहुन्छ? (सक्नुहुन्छ।) तैँले कुन आधारमा “सक्नुहुन्छ” भनेर भन्छस्? मलाई तेरो दृष्टिकोण भन्। तँ के सोच्छस्? (किनभने देहधारी परमेश्वर नै परमेश्वर स्वयम् पनि हुनुहुन्छ, उहाँले यावत् थोक सृष्टि गर्ने र यावत् थोकमाथि सार्वभौमिकता राख्ने काम गर्न सक्नुहुन्छ। कुरा के मात्र हो भने, देहधारी परमेश्वरसँग उहाँले गर्नुपर्ने काम हुन्छ; उहाँले त्यो अर्को काम गर्नुहुन्न।) यो यस कुरालाई भन्ने एउटा तरिका हो। सिद्धान्तको सन्दर्भमा, के यो भनाइ सही छ? के यो कुनै पनि हिसाबमा विकृत वा भ्रमपूर्ण छ? (छैन।) यो भनाइको अर्थ देहधारी परमेश्वरले पक्कै पनि यावत् थोक सृष्टि गर्ने र यावत् थोकमाथि सार्वभौमिकता राख्ने काम गर्न सक्नुहुन्छ भन्ने हो; यो कुरा उहाँले त्यो काम गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुरामा मात्रै निर्भर हुन्छ। यदि उहाँले त्यो काम गर्नुहुन्न भने, तैँले त्यो काम भइरहेको देख्न सक्दैनस्, तर यदि उहाँले त्यो काम गर्नुपर्ने भयो भने, उहाँले पक्कै पनि गर्न सक्नुहुनेथियो। यो सिद्धान्त सही छ, तर के यो सिद्धान्त र देहधारी परमेश्वरको सार र सामान्यता अनि व्यावहारिकतालाई चिन्ने सन्दर्भमा हामीले सङ्गति गरिरहेको कुराको बीचमा एउटा अन्तराल छैन र? (छ।) त्यसोभए यसबारे अझै विचार गर। यो समस्या समाधान गर्नका लागि यसलाई कसरी सङ्गति गरिनुपर्छ? (परमेश्वर, म केही कुरा थप्न चाहन्छु। परमेश्वरको सार सत्यता हो, र परमेश्वरका आत्माले सत्यता व्यक्त गर्न सक्नुहुन्छ; देहधारी परमेश्वरले पनि मुख्य रूपमा सत्यता नै व्यक्त गर्नुहुन्छ। सत्यताको अख्तियार आफैले सबै कुरामाथि सार्वभौमिकता राख्न र सबै कुरालाई नियन्त्रण गर्न सक्छ। मलाई के लाग्छ भने यसले देहधारी परमेश्वर र स्वर्गमा हुनुहुने परमेश्वर एकै हुनुहुन्छ र देहधारी परमेश्वरले पनि यावत् थोकमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ भन्ने कुरा देखाउन सक्छ।) के यो भनाइ सही छ? यो भनाइ सही छ, तर यो अझै समस्याको जडसम्म पुगेको छैन, र यसले व्यावहारिक समस्या समाधान गरेको छैन। यसले यो भनाइ एउटा सिद्धान्त मात्रै हो भन्ने प्रमाणित गर्छ। देहधारी परमेश्वरको स्वरूपको हिसाबमा, उहाँ जन्मजात अवस्थाहरू र देहका नैसर्गिक प्रवृत्तिहरूद्वारा प्रतिबन्धित हुनुहुन्छ—बाहिरी रूपमा हेर्दा, उहाँले परमेश्वरका आत्माले जस्तै कामकुराहरू गर्न सक्नुहुन्न जस्तो देखिन्छ। वास्तवमा, उहाँले ती गर्न सक्नुहुन्न भन्ने होइन, बरु, उहाँ देह बन्नुभएको हुनाले, उहाँ देहधारी परमेश्वरले गर्नुपर्ने काम गर्न आउनुभएको हो, र उहाँले आफ्नो लागि उचित कामसँग सम्बन्धित नभएको काम गर्नुहुन्न। देहधारी परमेश्वरमा सामान्य र व्यावहारिक पक्ष हुने हुनाले, बाहिरी रूपमा हेर्दा, देहमा हुने जन्मजात अवस्था र विभिन्न वस्तुगत कारकहरूद्वारा उहाँ प्रतिबन्धित हुनुभएकोले, उहाँलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना गर्न सकिँदैन जस्तो देखिन्छ। तर, देहधारी परमेश्वरको सारको हिसाबमा, उहाँले यावत् थोक सृष्टि गर्न सक्नुहुन्छ र यावत् थोकलाई नियन्त्रण पनि गर्न सक्नुहुन्छ। उहाँको सार परमेश्वरकै सार भएको हुनाले र उहाँको जीवन परमेश्वरकै जीवन भएको हुनाले, उहाँले यी कुराहरू गर्न सक्नुहुन्छ। तिमीहरूले भर्खरै भनेको कुरा यस समस्याको जडसम्म पुगेन, न त यसले यस समस्याको केन्द्रविन्दुलाई नै सम्बोधन गर्यो। त्यसोभए यस समस्याको केन्द्रविन्दु के हो त? देहधारी परमेश्वरले यावत् थोक सृष्टि गर्न र यावत् थोकमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ भन्ने कुरा एउटा तथ्य हो; यो कुनै सिद्धान्त होइन, न त यो एउटा भनाइ मात्र नै हो, यो मानव धारणा त झनै होइन। त्यसोभए देहधारी परमेश्वरले यावत् थोक सृष्टि गर्ने र यावत् थोकमाथि सार्वभौमिकता राख्ने काम गर्न सक्नुहुन्छ भन्ने कुरा देखाउने प्रकटीकरणहरू कहाँ छन् त? देहधारी परमेश्वरसँग परमेश्वरको सार र परमेश्वरको जीवन हुने हुनाले, उहाँले परमेश्वरका वचनहरू व्यक्त गर्न सक्नुहुन्छ। परमेश्वरका वचनहरूका हकमा भन्दा, तिनले आफैमा अख्तियार र शक्ति बोकेका हुन्छन्; तिनले सबै कुरा पूरा गर्न सक्छन्, तिनले सबै कुरा सृष्टि गर्न सक्छन्, र, अवश्य नै, तिनले सबै कुरामाथि सार्वभौमिकता पनि राख्न सक्छन्। के यो तथ्य होइन र? (हो।) उहाँले आफैले व्यक्त गर्नुहुने वचनहरूलाई उहाँले पूरा गर्नुहुन्छ, र कुनै पनि शक्तिले यसलाई रोक्न सक्दैन। हेर् त, देहधारी परमेश्वर, यस साधारण व्यक्तिले बोलेका वचनहरू जस्तोसुकै प्रकारका वचनहरू भए पनि वा ती जेसुकैका बारेमा भए पनि, ती सबैले अख्तियार र शक्ति बोकेका हुन्छन्। यो एउटा कुरा हो। यसका साथै, जतिसुकै वर्ष लागे पनि, परमेश्वरले बोल्नुहुने वचनहरू अचूक रूपमा, एक-एक गरी पूरा र सम्पन्न हुन्छन्, जसरी परमेश्वरले भन्नुभएको नै छ, “परमेश्वरले जे भन्नुहुन्छ उहाँको तात्पर्य त्यही हुन्छ, उहाँले जे भन्नुहुन्छ त्यो पूरा हुनेछ, र उहाँले जे गर्नुहुन्छ त्यो सदासर्वदा रहिरहनेछ।” यो भनाइ परमेश्वरले यावत् थोक सृष्टि गर्नुहुने र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुने कुरासम्बन्धी सबैभन्दा साँचो र निश्चित व्याख्या हो। उहाँले बोल्नुभएको पहिलो वचनदेखि आजसम्म, हरेक वचन संसारका विभिन्न कुनाहरूमा, र विभिन्न अवधिहरूमा, विभिन्न हदसम्म बिस्तारै पूरा भइरहेको र सम्पन्न भइरहेको छ। यस दृष्टिकोणबाट हेर्दा, के देहधारी परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्ने काम गर्न सक्नुहुन्छ? (सक्नुहुन्छ।) के तिमीहरूले यस सन्दर्भमा रहेका तथ्यहरू देख्छौ? (देख्छौँ।) यो तथ्यहरूको एउटा पक्ष हो। अर्को पक्ष के हो भने, देहधारी परमेश्वरले व्यक्त गर्नुभएका यी वचनहरू—यदि तैँले परमेश्वरको कामको यो चरणलाई स्वीकार गरिस्, तँ परमेश्वरको अघि आइस्, र तैँले यी वचनहरूलाई स्वीकार गर्न सकिस् भने—ती तेरो जीवन बन्न सक्छन्, तिनले जीवनप्रतिको तेरो दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्, र तेरो आत्मआचरणको दिशालाई परिवर्तन गर्न सक्छन्। यी वचनहरूलाई स्वीकार गर्नेहरूलाई तिनले न्याय गर्छन्, सजाय दिन्छन्, खुलासा गर्छन्, निन्दा गर्छन्, वा श्राप समेत दिन्छन्, तर अन्ततः यी वचनहरूले तिनीहरू सबैलाई विजय गर्छन्। यी वचनहरूद्वारा विजय गरिएपछि, सत्यता पछ्याउने मानिसहरूले अन्ततः तिनलाई प्राप्त गर्छन्; परमेश्वरका वचनहरू र सत्यता चाँडै नै तिनीहरूको जीवन बन्छन्, र जब यस्तो हुन्छ, तब यी मानिसहरू नयाँ मानवजाति बन्छन्। नयाँ मानवजातिको जन्म हुनु—मलाई भन त, के यो परमेश्वरका वचनहरूले हासिल गर्ने परिणाम हो? (हो।) यो नयाँ मानवजाति र आदम र हव्वाको समयको मानवजाति दुवैलाई परमेश्वरले सृष्टि गर्नुभएको भए पनि, तिनीहरूको सृष्टिको रूप र विधि फरक छन्। यस नयाँ मानवजातिको जन्मको अर्थ परमेश्वरले मानवजातिलाई फेरि सृष्टि गर्न वचनहरू प्रयोग गर्नुभएको छ भन्ने हुन्छ। त्यसोभए, देहधारी परमेश्वरले मानवजातिलाई सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुने हुनाले, के देहधारी परमेश्वरले यावत् थोक सृष्टि गर्न सक्नुहुन्छ भनेर पनि भन्न सकिन्छ भन्ने तँलाई लाग्छ? (लाग्छ।) अहिले कामको यो चरणलाई स्वीकार गर्ने, परमेश्वरका वचनहरूलाई स्वीकार गर्ने, र परमेश्वरको सजाय र न्यायलाई स्वीकार गर्ने र शुद्ध पारिने मानिसहरू आदम र हव्वाको समयका मानिसहरू वा भ्रष्ट मानिसहरूभन्दा पूर्ण रूपमा फरक प्रकारका मानिसहरू हुन्—तिनीहरू फरक जीवन भएका दुई प्रकारका मानिसहरू हुन्। परमेश्वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा स्वीकार गर्नेहरू नयाँ मानवजातिका सदस्यहरू हुन्; तिनीहरूले भ्रष्ट मानवजातिको पुरानो प्रकृतिलाई फालेका हुन्छन्, तिनीहरूसँग तिनीहरूको जीवनका रूपमा परमेश्वरका वचनहरू हुन्छन्, र तिनीहरू नयाँ मानवजाति बनेका हुन्छन्, जो चाँडै नै नयाँ युगमा, नयाँ कालखण्डमा प्रवेश गर्नेछन्। यस कुरालाई ध्यानमा राख्दा, के परमेश्वरको देहधारी शरीरले फेरि नयाँ मानवजाति सृष्टि गरेको छ भनेर भन्न सकिन्छ? उहाँले परमेश्वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा लिने नयाँ मानवजाति सृष्टि गर्न वचनहरू प्रयोग गर्नुभएको छ। यो एउटा पक्ष हो। यो देहधारी परमेश्वरले गर्नुभएको काम हो। उहाँको कामको प्रभाव र अन्तिम परिणामको आधारमा हेर्दा, उहाँले यावत् थोक सृष्टि गर्ने र यावत् थोकमाथि सार्वभौमिकता राख्ने काम गर्न सक्नुहुन्छ। उहाँले यो काम गर्न सक्नुको कारण के हो भने परमेश्वरका आत्मा यस देहभित्र बास गर्नुहुन्छ, र यसमा ईश्वरीय सार, परमेश्वरको शक्ति, र परमेश्वरको अख्तियार छ, र अवश्य नै, यसमा परमेश्वरसँग भएको सत्यता अझै बढी छ। स्वर्गमा हुनुहुने परमेश्वर—सृष्टिकर्ता—ले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुभयो; उहाँले बोल्नुभयो, र त्यो अस्तित्वमा आयो; उहाँले आज्ञा दिनुभयो, र त्यो स्थापित भयो। अनि देहधारी परमेश्वरले गर्नुभएको कामको यो अन्तिम चरण, स्वर्गमा हुनुहुने परमेश्वरले सबै कुरा पूरा गर्न वचनहरू प्रयोग गर्नुहुने र यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुने कामसँग ठ्याक्कै मिल्छ; ती एउटै प्रकृतिका छन्। कामको यो चरण पूरा गर्नका लागि परमेश्वर जुन देह बन्नुभएको छ त्यो देह साधारण, सामान्य व्यक्ति जस्तो देखिए पनि, यसले कुनै पनि युगान्तकारी उपलब्धिहरू हासिल नगरेको भए पनि वा कुनै पनि युगान्तकारी कार्यहरू नगरेको भए पनि, उहाँले यतिका वर्षमा बोल्नुभएका वचनहरू र उहाँले व्यक्त गर्नुभएका सत्यताहरूले उहाँका लागि मानिसहरूको एउटा समूह पहिले नै प्राप्त गरिसकेका छन् र मानिसहरूभित्र परमेश्वरका वचनहरू र सत्यतालाई पहिले नै बिस्तारै काम गराउनका लागि हालिसकेका छन्। धेरै समय नबित्दै, परमेश्वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा लिने नयाँ मानवजातिको जन्म हुनेछ; यो देहधारी परमेश्वरले गर्नुहुने काम हो। यो कस्तो काम हो? यो परमेश्वरको कामको अन्तिम चरण पूरा गर्न वचनहरू प्रयोग गर्नु, मानिसहरूभित्र वचनहरूलाई काम गर्न लगाउनका लागि हालिदिनु, र नयाँ मानवजातिलाई फेरि सृष्टि गर्न वचनहरू प्रयोग गर्नु पनि हो। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने परमेश्वर काम गर्नका लागि दोस्रो पटक देह बन्नुभएको समयदेखि सुरु गरेर, परमेश्वरको कामको दोस्रो चरण—अनुग्रहको युगको काम—समाप्त भएको र टुङ्गिएको घोषणा गरियो। अनुग्रहको युग समाप्त भएपछि, पवित्र आत्माको अनुग्रहको युगको काम र परमेश्वरले अनुग्रहको युगमा गर्नुभएका सबै काम समाप्त भएको घोषणा गरियो। सम्पूर्ण धार्मिक संसार, यसको धार्मिक रूप र परमेश्वरले यसलाई दिनुभएको परिभाषाको हिसाबमा, विगतको कुरा बन्यो। परमेश्वरले आखिरी दिनहरूको न्यायको काम गर्न सुरु गर्नुहुँदा अनुग्रहको युगका मण्डलीहरू र समूहहरूमा पवित्र आत्माको काम फिर्ता लिइयो। भन्नुको अर्थ, देहधारी परमेश्वर देखा पर्नुभएको र उहाँले काम गर्नुभएको, अनि उहाँले वाणीहरू उच्चारण गर्नुभएको र बोल्नुभएको क्षणदेखि, सम्पूर्ण धार्मिक संसारलाई परमेश्वरले धार्मिक स्थलहरू र धार्मिक समूहहरूका रूपमा चित्रण गर्नुभयो; ती उप्रान्त परमेश्वरले काम गर्नुहुने ठाउँहरू रहेनन्, न त ती परमेश्वरको हेरचाहका पात्रहरू नै रहे। परमेश्वरले तिनीहरूलाई पहिले नै छोडिसक्नुभएको थियो, भन्नुको अर्थ, पवित्र आत्माले उप्रान्त तिनीहरूमा काम गरिरहनुभएको थिएन। चाहे त्यो इसाई धर्म होस्, क्याथोलिक धर्म होस्, यहूदी धर्म होस्, वा यस्तै अरू कुनै धर्म होस्, ती सबैलाई धर्मका रूपमा चित्रण गरियो। पवित्र आत्माले तिनीहरूका बीचमा काम गर्नुहुन्न। परमेश्वरको काम पूर्ण रूपमा नयाँ युगमा, नयाँ कालखण्डमा प्रवेश गरेको छ। अर्थात्, परमेश्वर दोस्रो पटक देह बन्नुभएको र औपचारिक रूपमा काम गर्न र उहाँले आफ्ना वचनहरू व्यक्त गर्न सुरु गर्नुभएको समयदेखि, अनुग्रहको युग पूर्ण रूपमा समाप्त भयो। धार्मिक संसारका सबै काम र गतिविधिहरू पनि समाप्त भएको घोषणा गरियो किनभने देहधारी परमेश्वरले कामको यस चरणका वचनहरू र सत्यताका विभिन्न पक्षहरू व्यक्त गर्न सुरु गर्नुभयो। ती समाप्त भएको यो घोषणाको अर्थ सम्पूर्ण मानवजातिका लागि, विश्वास, धार्मिक रूप, र धार्मिक नामहरूको ठहरसम्बन्धी नयाँ अवधारणा छ भन्ने हुन्छ। त्यो युग बितिसकेको छ, भन्नुको अर्थ, अनुग्रहको युग पूर्ण रूपमा समाप्त भएको छ। अब हामीसँग यो नयाँ अवधारणा भएको हुनाले, मानवजातिमाझ मानवजातिको विश्वासमा प्रचलनहरूलाई मार्गदर्शन गर्ने प्रमुख धर्मका रूपमा उप्रान्त इसाई धर्म वा क्याथोलिक धर्म आदरणीय छैन, तर यो पहिले नै विगतको कुरा बनिसकेको छ भनेर निर्धारित गर्न सकिन्छ। किनभने देहधारी परमेश्वरले पहिले नै मानवजातिलाई अगुवाइ गर्न सुरु गरिसक्नुभएको छ, जुन मानवजाति अर्को नयाँ युगमा प्रवेश गर्न लागेको छ र यसले नयाँ युगमा पाइला टेक्न लागेको छ। देहधारी परमेश्वरले अर्को युगमा पाइला टेक्न सुरु गर्नुभएको समयदेखि, इसाई धर्म सम्पूर्ण मानवजातिमाझ विगतको कुरा बन्यो; यो पुरानो धर्म बन्यो। अवश्य नै, देहधारी परमेश्वरले काम गर्न र वचनहरू व्यक्त सुरु गर्नुभएको समयदेखि, सम्पूर्ण मानवजातिलाई थाहै नदिई, तिनीहरूलाई नयाँ युगमा, नयाँ कालखण्डमा ल्याइयो। सम्पूर्ण मानवजातिभरि, धर्म समावेश हुने विषयहरू होऊन् वा चर्चित शब्दहरू होऊन्, वा विभिन्न क्षेत्रहरूमा खास प्रचलनमा रहेका सूचकहरू होऊन्, यी सबै पनि नयाँ दिशातर्फ विकास भइरहेका छन् र तिनलाई नयाँ कालखण्डमा ल्याइँदै छन्। अवश्य नै, जसरी इसाई धर्मले दुई हजार वर्षसम्म सम्पूर्ण मानवजातिलाई विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ त्यसरी नै देहधारी परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू र उहाँले गर्नुभएको काम, साथै मण्डलीमा लोकप्रिय रहेका विभिन्न आत्मिक शब्द र भनाइहरू, वा विश्वास समावेश हुने केही विचार र दृष्टिकोणहरूले, आउने समयमा, यस मानवजातिलाई केही अवधिसम्म प्रभाव पार्नेछन्। परमेश्वरको काम फैलिँदै जाँदा, र सुसमाचार फैलिँदै जाँदा, देहधारी परमेश्वरले बोल्नुभएका वचनहरू, वा मण्डलीमा परमेश्वरको कामको यस चरणको दायराभित्र रहेका केही भनाइ र केही विचार र दृष्टिकोणहरूले, बिस्तारै अर्को युगमा मानवजातिलाई मार्गदर्शन र अगुवाइ गर्नेछन्, र तिनीहरूले जिउने तरिकालाई निर्देशित गर्नेछन्; प्रचलन यही हो। अवश्य नै, देहधारी परमेश्वरले कामको यो चरण सुरु गर्नुहुँदा, पवित्र आत्माको कामको स्थानान्तरणका कारण, धार्मिक संसारले पवित्र आत्माको काम गुमायो र त्यो उजाड अवस्थामा पुग्यो। व्यावहारिक रूपमा भन्दा धार्मिक संसारलाई कामको यस चरणद्वारा हटाइयो र भत्काइयो भनेर भन्न सकिन्छ। भन्नुको अर्थ, देहधारी परमेश्वरको आगमन र परमेश्वरको कामको यस चरणको सुरुवात सम्पूर्ण संसार, मानवजाति, र तिनीहरूको विश्वासका लागि चुनौती मात्रै होइन, तर निन्दा पनि हो, र—अवश्य नै—एक प्रकारको परिवर्तन पनि हो, होइन र? (हो।) देहधारी परमेश्वरले वचनहरू व्यक्त गर्न र कामको यो चरण गर्न सुरु गर्नुभएदेखि, सम्पूर्ण मानवजातिको विश्वासको दिशा पूर्ण रूपमा परिवर्तन भएको छ, र धार्मिक संसार पनि पूर्ण रूपमा परिवर्तन भएको छ; यी सबै तथ्यहरू नै हुन्। देहधारी परमेश्वरले बोल्नुभएका यी वचनहरू र सत्यता समावेश हुने यी विभिन्न विषयहरू भविष्यमा बिस्तारै संसारका सबै देश र ठाउँहरूमा फैलिनेछन्, विभिन्न क्षेत्र र धार्मिक समूहहरूमा फैलिनेछन्। यी वचनहरूले छुने फरक-फरक विचार र दृष्टिकोणहरूले चाँडै नै धार्मिक संसार र यस मानवजातिलाई प्रभाव पार्नेछन्, र, अवश्य नै, तिनले चाँडै नै यस मानवजाति र धार्मिक संसारलाई परिवर्तन गर्नेछन्, मानवजाति र धार्मिक संसारको वर्तमान अवस्थालाई परिवर्तन गर्नेछन्। यो कुरा त परमेश्वरको कामको यस चरणले सम्पूर्ण मानवजाति र धार्मिक संसारलाई प्रभाव पार्न फेरि एक पटक उहाँका वचनहरू र उहाँले विभिन्न कुराहरूमा व्यक्त गर्नुहुने दृष्टिकोणहरू प्रयोग गरिरहेको छ भनेर भन्नु सरह हो। यी वचनहरूकै हकमा भन्दा, तिनमा मानवजाति, यस संसार, र धार्मिक संसारलाई परिवर्तन गर्ने, मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार मिलाउने र वर्गीकरण गर्ने, र तिनीहरूका परिणाम र गन्तव्यहरू घोषणा गर्ने पर्याप्त अख्तियार र शक्ति छ। अवश्य नै, परमेश्वरले यी सबै वचनहरू व्यक्त गर्नुहुँदा, परमेश्वरका आत्माले निरन्तर रूपमा विभिन्न परिस्थितिहरू परिवर्तन गरिरहनुभएको हुन्छ र यावत् थोकमाथि आफ्नो सार्वभौमिकता प्रयोग गरिरहनुभएको हुन्छ। देहधारी परमेश्वरले बोल्नुभएका यी वचनहरू जहाँ-जहाँ फैलिन्छन्, तिनलाई सुन्ने र पढ्नेहरूले तिनलाई स्वीकार गरे पनि वा तिनलाई प्रतिरोध गरे पनि, यी वचनहरूले तिनीहरूलाई झकझकाउँछन्, र तिनको सम्पर्कमा आउने सबै जना बिस्तारै प्रकट हुन्छन् र वर्गीकृत हुन्छन्। अर्थात्, यी वचनहरूको उपस्थितिमा, हरेक प्रकारका मानिसहरू—सत्यतालाई प्रेम गर्नेहरू र सत्यताप्रति वितृष्ण हुनेहरू; भ्रष्ट मानिसहरू, दियाबलसहरू, पशुहरू, र जिउँदा लासहरू; सबै प्रकारका खोजहरू भएकाहरू र सबै प्रकारका विचार र दृष्टिकोणहरू भएकाहरू; साथै विभिन्न धारणा, महत्त्वाकाङ्क्षा, र चाहनाहरू लिएर परमेश्वरमा विश्वास गर्नेहरूको—साँचो रूप प्रकट हुन्छ। यसरी, मानिसहरू सबै तिनीहरूको प्रकारअनुसार वर्गीकरण हुन्छन्: सत्यतालाई प्रेम गर्ने परमेश्वरका भेडाहरू परमेश्वरको घरमा फर्कन्छन्; अर्कोतर्फ, सत्यतालाई प्रेम नगर्ने वा स्वीकार नगर्नेहरू परमेश्वरका भेडाहरू होइनन्—तिनीहरूका लागि ढोका बन्द गरिन्छ र तिनीहरूलाई दोषी ठहराइन्छ र हटाइन्छ। दोषी ठहराइने र हटाइने यस प्रकारका मानिसहरूले चाँडै नै परमेश्वरका वचनहरूमा बोलिएको महान् दिनको न्यायको प्रतीक्षा गर्नेछन्—त्यो परमेश्वरका वचनहरूमा बताइएका दुष्ट मानिसहरूको दण्ड हो। परमेश्वरले कामको यो चरण पूरा गर्नुभएको र यी वचनहरू बोल्नुभएको कुराले अहिले र भविष्य दुवैमा मानवजातिमा पार्ने प्रभाव, पूर्ण रूपमा परमेश्वरका वचनहरूले हासिल गरेको परिणाम हुन्छ, र यो सबै परमेश्वरका वचनहरूको सामर्थ्यद्वारा हासिल गरिन्छ। यी वचनहरू सबै आफ्नो देहधारणको अवधिको दौरान परमेश्वरले गर्नुभएको काम र बोल्नुभएका वचनहरू हुन्। त्यसोभए मलाई भन, यो प्रभावबाट, वा पहिले नै हासिल भइसकेका र मानिसहरूले देख्न सक्ने विभिन्न परिणामहरूका आधारमा हेर्दा, के देहधारी परमेश्वरले—उहाँको सार र उहाँको पहिचानको हिसाबमा—यावत् थोक सृष्टि गर्ने र यावत् थोकमाथि सार्वभौमिकता राख्ने काम गर्न सक्नुहुन्छ? (सक्नुहुन्छ।) “सक्नुहुन्छ” भनेर भन्दा त्यो कुनै धर्मसिद्धान्त वा भनाइ मात्र हुँदैन, होइन र? (हो।) स्वरूपको हिसाबमा देहधारी परमेश्वर, स्वर्गमा हुनुहुने परमेश्वर वा परमेश्वरका आत्मा जत्तिकै रहस्यमय र बुझ्न नसकिने वा शक्तिशाली नहुनुभए पनि, उहाँको सार र उहाँको जीवनको हिसाबमा, र उहाँले व्यक्त गर्नुहुने वचनहरूको हिसाबमा, उहाँ नयाँ मानवजाति सृष्टि गर्न, यस संसारलाई परिवर्तन गर्न र मानवजातिलाई परिवर्तन गर्न, र मानवजातिमाथि सार्वभौमिकता राख्न पूर्ण रूपमा सक्षम हुनुहुन्छ। किनभने देहधारी परमेश्वरले यी सबै कुरा पूरा गर्न वचनहरू प्रयोग गर्नुहुने कुरा स्वर्गमा हुनुहुने परमेश्वरले सबै कुरा पूरा गर्न वचनहरू प्रयोग गर्नुहुने कुरासँग पूर्ण रूपमा मिल्छ र पूर्ण रूपमा एकरूप छ। परमेश्वरको देहधारणको बाहिरी रूप, र उहाँको बाहिरी स्वरूपको हिसाबमा, उहाँले स्वर्गमा हुनुहुने परमेश्वरले गर्नुहुने काम गर्न सक्नुहुन्न र उहाँसँग स्वर्गमा हुनुहुने परमेश्वरको अख्तियार र शक्ति छैन जस्तो देखिन्छ। तर, उहाँको सार र जीवनको हिसाबमा, उहाँले सबै कुरा पूरा गर्न, सबै कुरा सृष्टि गर्न, र सबै कुरा परिवर्तन गर्न वचनहरू प्रयोग गर्ने काम गर्न सक्नुहुन्छ, होइन र? (हो।) आज कामकुराहरू कस्ता छन् भनेर हेर् त: चाहे त्यो धार्मिक संसार होस् वा यो संसार आफै होस्, तिनका रूपहरू कस्ता छन् र ती कस्तो अवस्थामा छन् भन्ने कुरा सबै परमेश्वरका वचनहरूसँग सम्बन्धित छन्। एउटा हिसाबमा, ती सबैले परमेश्वरले बोल्नुभएका वचनहरू पूरा गर्छन्; अर्को हिसाबमा, परमेश्वरले आफ्ना नयाँ वचनहरू व्यक्त गर्नुभएको र उहाँले सत्यता व्यक्त गर्नुभएको कारणले गर्दा तिनलाई हटाइएका छन्। तैँले यसलाई जसरी हेरे पनि, ती हाल जुनसुकै अवस्थामा भए पनि, यी अवस्थाहरू सबै परमेश्वरका वचनहरूले परिवर्तन गरेका हुन्, ती सबै कुरा परमेश्वरका वचनहरूको परिणाम स्वरूप आएका हुन्, र ती सबै कुरा परमेश्वरले व्यक्त गर्नुहुने वचनहरू र परमेश्वरले भन्नुहुने कुराका सबै पक्षहरूसँग सम्बन्धित हुन्छन्। सुसमाचार फैलिँदै जाँदा र परमेश्वरका वचनहरू अझै व्यापक रूपमा प्रसारित हुँदै जाँदा, अझै धेरै मानिसहरू—संसारका सबै देशका मानिसहरू, सबै जातजातिका र सबै क्षेत्रका मानिसहरू—आउनेछन् र तिनीहरूले परमेश्वरको कामको यो नयाँ चरणलाई स्वीकार गर्नेछन्। यसरी, अझै धेरै मानिसहरूले परमेश्वरका वचनहरूलाई स्वीकार गर्नेछन्, अझै परमेश्वरका वचनहरूले धेरै मानिसहरूलाई परिवर्तन गर्नेछन्, र अझै धेरै मानिसहरूले परमेश्वरका वचनहरू प्राप्त गर्नेछन् र तिनीहरू नयाँ मानवजाति बन्नेछन्। अवश्य नै, सुसमाचार फैलिँदै जाँदा र परमेश्वरका वचनहरू अझै व्यापक रूपमा प्रसारित हुँदै जाँदा, निकट भविष्यमा—यो निकट भविष्य पक्कै पनि अनुग्रहको युगको दुई हजार वर्षभन्दा निकै छोटो हुनेछ—मानवजातिको विश्वास, र सबै प्रकारका मामलाहरूप्रतिको तिनीहरूका विचार र दृष्टिकोणहरू परमेश्वरका वचनहरूद्वारा परिवर्तन हुनेछन्। परमेश्वरका वचनहरूमा विश्वास नगर्ने वा तिनलाई स्वीकार नगर्नेहरू, र परमेश्वरलाई स्वीकार नगर्नेहरू पनि यी वचनहरूद्वारा विभिन्न हदसम्म प्रभावित हुनेछन्। यी परिणामहरूका आधारमा हेर्दा, यो अन्ततः देहधारी परमेश्वरले बोल्नुभएका वचनहरूले सबै कुरा पूरा गर्न र सबै कुरा परिवर्तन गर्न सक्छन् भन्ने सत्यताको तथ्यमा नै आउँछ, होइन र? (हो।)
हामीले सङ्गति गरेका विषयवस्तुका यी पक्षहरूका आधारमा हेर्दा, के देहधारी परमेश्वरले गर्नुभएको काम र बोल्नुभएका वचनहरू, र स्वर्गमा हुनुहुने परमेश्वरको काम र वचनहरूका बीचमा कुनै अन्तराल छ? (छैन।) देहधारी परमेश्वरले यावत् थोक सृष्टि गर्ने र यावत् थोकमाथि सार्वभौमिकता राख्ने काम गर्न सक्नुहुन्छ भन्ने तथ्य, र स्वर्गमा हुनुहुने परमेश्वरले यावत् थोक सृष्टि गर्नुभयो र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यका बीचमा कुनै विरोधाभास छैन; यी दुई तथ्यहरूका बीचमा कुनै दूरी वा अन्तराल छैन। यस कुरामा कुनै शङ्का हुनु हुँदैन। यो निश्चयता कुनै एउटा सिद्धान्त होइन, न त यो कुनै धारणा वा कल्पना नै हो, यो एउटा मनमोहक भनाइ मात्रै हुनु त झन् परको कुरा हो; बरु, यो त हामीले तथ्यहरूका आधारमा भन्ने कुरा हो। अर्को महत्त्वपूर्ण कुरा के हो भने देहधारी परमेश्वरले जेसुकै भन्नुभए पनि वा उहाँले जस्तोसुकै काम गर्ने अभिप्राय राख्नुभए पनि, एक हिसाबमा, उहाँका वचनहरूले आफैमा अख्तियार र शक्ति बोकेका हुन्छन्, र तिनले सबै कुरा पूरा गर्ने परिणाम हासिल गर्न सक्छन्। अर्को हिसाबमा, परमेश्वरले आफ्ना वचनहरू जारी गर्नुहुँदा, परमेश्वरका आत्माले पनि यी सबै कुरा पूरा गर्न तिनको साथ-साथै काम गरिरहनुभएको हुन्छ। यो कुनै पनि व्यक्तिले आफ्ना वचन वा व्यवहारहरूद्वारा हासिल गर्न नसक्ने कुरा हो। अगमवक्ता, प्रख्यात व्यक्तित्व, वा विशेषज्ञ जस्ता कुनै पनि साधारण व्यक्तिले जेसुकै गरे पनि—तिनीहरूले कुनै कुराको अनुमान वा भविष्यवाणी गर्ने प्रयास गरे पनि, कुनै घटनाको बारेमा कुरा गरे पनि, वा कुनै रिपोर्ट जारी गरे पनि—तिनीहरूले कामकुराहरू कसरी निश्चित रूपमा विकास हुनेछन् वा के हुनेछ भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्, र तिनीहरूले शतप्रतिशत निश्चितताका साथ यसो भन्ने आँट गर्दैनन्, “यी वचनहरू अपरिहार्य रूपमा पूरा हुनेछन् र अपरिहार्य रूपमा तथ्य बन्नेछन्।” यो मानिसहरूको क्षमताभन्दा बाहिरको कुरा हो। तर परमेश्वरको हकमा भन्दा, देहधारी परमेश्वरले बोल्नुभएको हरेक वचन परमेश्वरको स्वभाव र सारको अभिव्यक्ति हुने भएकोले, र यो परमेश्वरबाट आउने हुनाले, उहाँले जेसुकैको बारेमा कुरा गरिरहनुभएको भए पनि, त्यो अपरिहार्य रूपमा पूरा हुनेछ र सम्पन्न हुनेछ। एक हिसाबमा, यो परमेश्वरका वचनहरूको सामर्थ्य र अख्तियार हो। अर्को हिसाबमा, यो त परमेश्वरका आत्माले काम गरिरहनुभएको हो भन्ने कुरा तैँले बुझ्नुपर्छ। के देहधारी परमेश्वरले काम गरिरहनुहुँदा, परमेश्वरका आत्माले पनि काम गरिरहनुभएको हुन्छ, र देह र आत्मा अविभाज्य हुनुहुन्छ र एक हुनुहुन्छ भनेर पनि भन्न सकिन्छ त? (सकिन्छ।) त्यसोभए मलाई भन, जब देहधारी परमेश्वरले बोलिरहनुभएको हुन्छ, तब के यो देहले बोलिरहेको हुन्छ कि परमेश्वरका आत्माले बोलिरहनुभएको हो? के तैँले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्? यो परमेश्वरले वचनहरू व्यक्त गरिरहनुभएको कार्य हो, होइन र? यो परमेश्वरले वचनहरू व्यक्त गरिरहनुभएको कार्य हुने हुनाले नै, उहाँका वचनहरू सबै पूरा हुन सक्छन्, र सबै सम्पन्न भइरहेका छन्। हामीले यसबारे यति धेरै सङ्गति गरेका छौँ—के हामीले भर्खरै उल्लेख गरेको समस्या समाधान भयो? (भयो।) परमेश्वरका वचनहरूले सबै कुरा पूरा गर्छन्, र परमेश्वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ—मलाई भन, के यो सत्यता होइन र? के यो तथ्य होइन र? (हो।) यो सत्यता हो, र यो तथ्य पनि हो। त्यसकारण, देहधारी परमेश्वरले गर्नुभएको कामद्वारा हासिल गरिएका परिणामहरू कुनै साधारण व्यक्तिले हासिल गर्न सक्ने कुरा होइनन्, र उहाँको काम र वचनहरूको प्रकृति र सार कुनै साधारण व्यक्तिका वचनहरूको प्रकृति र सार होइनन्। यदि कसैले “के मानिसहरूले यावत् थोक सृष्टि गर्न, यावत् थोकमाथि सार्वभौमिकता राख्न, र सबै कुरा पूरा गर्न सक्छन्?” भनेर सोध्यो भने, हामीले अवश्य नै यस्तो जवाफ दिन सक्छौँ, “सक्दैनन्!” यदि कसैले “त्यसोभए के देहधारी परमेश्वरले यावत् थोक सृष्टि गर्न, यावत् थोकमाथि सार्वभौमिकता राख्न, र सबै कुरा पूरा गर्न सक्नुहुन्छ?” भनेर सोध्यो भने, हामी अलिकति पनि हिचकिचाउनु हुँदैन, र हामीले अवश्य नै यस्तो जवाफ दिनुपर्छ, “सक्नुहुन्छ!” यी वचनहरू धर्मसिद्धान्त होइनन्, तर सत्यता र तथ्यहरू हुन्।
यसभन्दा पहिले, जब वचन देहमा देखा पर्नुहुन्छ को पहिलो खण्ड मात्रै व्यक्त गरिएको थियो र धेरै मानिस सुसमाचार प्रचार गर्न बाहिर गएका थिए, तब निकै धेरै धार्मिक मानिसहरूले परमेश्वरका वचनहरू पढे र परमेश्वरको कामको यस चरणलाई स्वीकार गरे; धार्मिक संसार पूर्ण रूपमा भत्कियो। अहिले, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, र सातौँ खण्डहरू सबै व्यक्त गरिएका छन्, त्यसपछि हरेक जाति र देशको कुना-कुना र तिनका धार्मिक स्थलहरूमा फैलिएका छन्। जब यी वचनहरू सम्पूर्ण मानवजातिका लागि सार्वजनिक गरिन्छन्, तब मलाई भन्, त्यसले कस्तो प्रभाव पार्नेछ? त्यो कस्तो दृश्य हुनेछ? मानवजाति फरक हुनेछ, होइन र? (हो।) चीनभरि सुसमाचार व्यापक रूपमा फैलिएको एक वर्षको दौरान, कतिपय मानिसले जोखिम मोलेर सडक, कारखाना, र गाउँहरूजस्ता ठाउँहरूमा गएर जताततै सुसमाचार प्रचार गरे। त्यो बेला, सुसमाचार स्वीकार गर्ने मानिसहरू साँच्चै नै धेरै थिए। जब वचन देहमा देखा पर्नुहुन्छ को पहिलो खण्ड मात्रै व्यक्त गरिएको थियो, तब धेरै मानिसले यो साँचो मार्ग हो भनी विश्वास र स्वीकार गरिसकेका थिए। कतिपय मानिसले यो साँचो मार्ग हो भनी स्वीकार गरे तर ठूलो रातो अजिङ्गरको उन्मत्त दमन, गिरफ्तारी, र सतावटका कारण यसलाई स्वीकार गर्ने आँट गरेनन्, तैपनि उहाँका वचनहरू अझै पनि सम्पूर्ण चीनभरि फैलिए। सर्वशक्तिमान् परमेश्वरको मण्डली हरेक प्रान्त, सहर, र काउन्टीमा स्थापित भयो। यसले ठूलो रातो अजिङ्गरलाई डरले थर्कमान बनायो; त्यसले दमन र गिरफ्तारी गर्न सक्दो प्रयास गर्यो, र “उन्मूलन पूरा नभएसम्म शक्तिहरू पछि हट्नेछैन” भनेर धम्की समेत दियो। तर दश वर्षपछि, परमेश्वरका वचनहरू संसारका सबै देश र ठाउँमा फैलिनेछन् भनेर कसैले पनि अपेक्षा गरेको थिएन। विशेष गरी, हामीले एसियाको फिलिपिन्समा, उत्तर अमेरिका र दक्षिण अमेरिकामा, अनि युरोप र अफ्रिकामा सुसमाचारको काम निरन्तर र व्यापक रूपमा फैलिएको देखेका छौँ। चीनमा सुसमाचार प्रचार गर्दा, “सामूहिक सुसमाचार प्रचार” भन्ने एउटा शब्द थियो, जसले एकै समयमा केही वा दर्जनौँ मानिसहरूलाई सुसमाचार प्रचार गर्ने कार्यलाई जनाउँथ्यो, र यसले निकै राम्रा नतिजाहरू दियो। पछि, ठूलो रातो अजिङ्गरको उन्मत्त दमन र गिरफ्तारीका कारण, यो विधि रोकियो, तर केही अन्य देशहरूमा यो फेरि लोकप्रिय भएको छ। केही एसियाली देशमा, तिनीहरू यसलाई “सामूहिक सुसमाचार प्रचार” भन्दैनन्, बरु “पूरै गाउँ, विद्यालय, र कारखानाहरूमा सुसमाचार फैलाउनु” भनेर भन्छन्, र तिनीहरू सरकारी निकायहरू, प्रहरी चौकीहरू, र सैन्य एकाइहरूमा समेत सुसमाचार फैलाउँछन्। यस्तै दृश्य देखा पर्यो: धेरै मानिसरूले सुसमाचार स्वीकार गरेका छन्। मानिसहरू जुनसुकै उद्योगमा भए पनि, तिनीहरू जुनसुकै समूहको हिस्सा भए पनि, वा तिनीहरू जुनसुकै जातीय समूहका भए पनि, सम्पूर्ण मानवजाति अन्धकार, असहायपन, र दिग्भ्रममा जिउँछन्। तिनीहरूलाई कसरी जिउने भन्ने थाहा छैन, र आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने थाहा छैन; मानवजातिलाई परमेश्वरको मुक्तिको खाँचो छ। यो मुक्ति कुनै औपचारिकता होइन, न त यो कुनै अनुष्ठान नै हो। बरु, मानिसहरूलाई मुक्ति दिनका लागि परमेश्वरका वचनहरू, परमेश्वरका वचनहरूको अगुवाइ, परमेश्वरका वचनहरूको मार्गदर्शन र प्रबोधन, र मानिसहरूका लागि दिशा र मार्ग औँल्याउन, साथै मानिसहरूलाई आफूलाई कसरी आचरणमा ढाल्ने, कस्तो प्रकारको व्यक्ति बन्ने, कस्तो प्रकारको मार्गमा हिँड्ने, र तिनीहरूले सामना गर्ने हरेक मामिलामा कुन सिद्धान्तहरू पालन गर्ने भनी सिकाउन पनि परमेश्वरले स्पष्ट भाषा प्रयोग गर्न आवश्यक हुन्छ। यस मानवजातिलाई यी सत्यताहरूको अत्यन्तै खाँचो छ। त्यसकारण, जब सुसमाचार प्रचार गर्ने मानिसहरूले यसलाई पूरै गाउँ, सहर, विद्यालय, कारखाना, सैन्य एकाइ, र प्रहरी चौकीहरूमा फैलाए, तब तिनीहरूले परमेश्वरका केही सान्दर्भिक वचन पढेर सुनाए र परमेश्वरको कामका तीन चरणको गवाही पनि दिए। सुसमाचार प्राप्त गर्ने अधिकांश मानिस सुन्न र स्वीकार गर्न इच्छुक थिए, र तिनीहरू मण्डली जीवनमा सहभागी हुन पनि चाहन्थे—कुरा के मात्र थियो भने, त्यति बेला तिनीहरूको अवस्थाले यसो गर्ने अनुमति दिँदैनथ्यो; तिनीहरूमाथि केही प्रतिबन्ध थिए। तर सुसमाचार फैलिने क्रममा घटेका यी घटनाहरूका आधारमा हेर्दा, यो मानवजाति निकै दुःखद, दयनीय जीवन जिउँछ, र तिनीहरूलाई उहाँका वचनहरूको मार्गदर्शनको खाँचो छ। परमेश्वरका वचनहरूले मात्रै तिनीहरूलाई दिशा र लक्ष्यहरू प्रदान गर्न सक्छन्, तिनीहरूलाई अझ राम्ररी जिउन सक्षम तुल्याउन सक्छन्, र तिनीहरूलाई निरन्तर बाँच्न सक्षम तुल्याउन सक्छन्, जसले गर्दा तिनीहरूले उप्रान्त शैतान वा दुष्ट प्रचलनहरूको सास्ती भोग्नु पर्दैन। यदि सम्पूर्ण मानवजातिले परमेश्वरका यी वचनहरू स्वीकार गर्यो, र परमेश्वरको आपूर्ति र उहाँबाट आउने परमेश्वरका वचनहरूको मार्गदर्शन स्वीकार गर्यो भने, मलाई भन, के तिनीहरू अत्यन्तै खुसीसाथ जिउनेथिएनन् र? (हो।) एउटा कुरा निश्चित छ: यदि यस मानवजातिले परमेश्वरका वचनहरूको आपूर्ति र मार्गदर्शन स्वीकार गर्यो भने, तिनीहरू परमेश्वरका आशिष्हरूबीच जिउनेथिए र तिनीहरूले उप्रान्त शैतानको सास्ती भोग्नेथिएनन्, र तिनीहरूको परिणाम अहिलेको भ्रष्ट मानवजातिको भन्दा फरक हुनेथियो। के कुरा यही होइन र? (हो।) के तिमीहरूले सुसमाचार प्रचार गर्नेसम्बन्धी यी परिस्थितिहरूका बारेमा केही कुराहरू सुनेका छौ? (छौँ।) धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका मानिसहरूका हकमा भन्दा, लामो समयसम्म परमेश्वरका यी वचनहरू पढेपछि, तिनीहरू आफ्नो हृदयमा केवल यस्तो महसुस गर्छन्, “यी परमेश्वरका वचनहरू हुन्, यी वचनहरू राम्रा छन्, र यी सत्यता हुन्,” र त्यति धेरै उत्साहित हुँदैनन्। तर भर्खरै मात्र यी वचनहरू सुनेकाहरूका हकमा भन्दा, तिनीहरू माछाहरूले खोलामा फर्कने बाटो भेट्टाएझैँ आफ्नो हृदयको गहिराइमा पोषण पाएको महसुस गर्छन्। एउटा भनाइ छ, “लामो खडेरीपछि परेको पानीजस्तै ताजा”—तिनीहरू ठ्याक्कै यस्तै महसुस गर्छन्। त्यसकारण, धेरै मानिस परमेश्वरका वचनहरू सुनेपछि तिनलाई स्वीकार गर्न इच्छुक भएका छन्। विद्यालयका विद्यार्थीहरू, प्रहरी चौकीका प्रहरी अधिकारी र प्रहरी प्रमुखहरू, र सरकारी अधिकारीहरू सबै तिनलाई स्वीकार गर्न इच्छुक भएका छन्। धार्मिक संसारमा पाष्टरहरूसमेतले तिनलाई स्वीकार गर्नमा अगुवाइ गरेका छन्, र केही सँगी धर्मगुरु र विश्वासीहरूलाई मण्डलीमा ल्याएका छन्। यसलाई जसरी हेरे पनि, देहधारी परमेश्वरद्वारा बोलिएका वचनहरू र व्यक्त गरिएका सत्यताहरूले मानवजातिका आवश्यकताहरू पूरा गर्न मात्र होइन, तिनीहरूको नियति पनि परिवर्तन गर्न सक्छन्। त्यसकारण, देहधारी परमेश्वरलाई चिन्नेसम्बन्धी सत्यताहरू अत्यन्तै महत्त्वपूर्ण छन्, र उहाँलाई चिन्नु परमेश्वरलाई चिन्नुको एउटा भाग हो; यसमा कुनै शङ्का छैन। के तिमीहरूले यी कुराहरू जान्यौ? (परमेश्वरको यस्तो सङ्गतिमार्फत, हामीले तिनलाई केही हदसम्म जान्यौँ। विगतमा, देहधारी परमेश्वरबारेको हाम्रो ज्ञान सबै धर्मसिद्धान्त मात्रै थियो; परमेश्वर यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा हामीलाई थाहा त थियो, तर हामीले तथ्यहरू देखेका थिएनौँ। परमेश्वरको सङ्गतिपछि, यो हामीलाई अझै स्पष्ट भएको छ।) अब यो तिमीहरूलाई अझै स्पष्ट भइसकेपछि, के तिमीहरूसँग अझै धेरै आस्था छ? (छ।) यदि कुनै दिन तेरो स्थानीय मण्डलीमा धेरैजसो मानिसले परमेश्वरबारे शङ्काहरू पाल्दै, उप्रान्त विश्वास गर्ने आँट गर्दैनन्, र सरकारको सतावट र संसारको इन्कारका कारण आफ्नो आस्था गुमाउँछन्, जसले गर्दा तँ मात्रै एक्लै बाँकी रहन्छस्, अनि त्यसमाथि, धेरै मानिसले तँलाई गलत र दोषी ठहराउँदै “तिमीहरूले विश्वास गर्ने त मानिसमा पो हो; तिमीहरू भ्रमित भएका छौ” भनेर भन्छन् भने, तँ के गर्नेछस्? (म तिनीहरूलाई बेवास्ता गर्नेछु र विश्वास गर्न जारी राख्नेछु।) के तँ प्रभावित हुनेछस्? के तँलाई एक्लो महसुस हुनेछ? के तँ पनि शङ्काहरू पाल्दै, मनमनै यस्तो सोच्नेछस्, “यस संसारमा यति धेरै मानिस विश्वास गर्दैनन्; के मेरो विश्वास वास्तवमा सही छ? यसरी विश्वास गर्न जारी राखेर म के प्राप्त गर्न सक्छु? के मेरो परिणाम र गन्तव्य राम्रो हुनेछ?” के तिमीहरू यसरी सोच्नेछौ? (अहिले परमेश्वरका धेरै वचन पूरा भइसकेका र सम्पन्न भइसकेका छन् भन्ने देखेर, हामीमा यी विचारहरू आउनेछैनन्, तर कहिलेकाहीँ हामीमा अझै पनि केही कमजोरी हुनेछन्।) कमजोरी डराउनुपर्ने कुरा होइन। एउटा कुरा छ, जसबारे तँ निश्चित हुन सक्छस् भने, यसले तँलाई यो कमजोरीका कारण ठेस खानबाट रोक्नेछ। तैँले यो कुरा याद राख्नैपर्छ: देहधारी परमेश्वर जतिसुकै सामान्य र व्यावहारिक हुनुभए पनि, तैँले उहाँमा खराबी र अपर्याप्तताहरू मानेका कुराहरू देखे पनि, वा तैँले केही आधारहीन अफवाह सुने पनि, वा देहधारी परमेश्वर बिरामी हुनुभएको छ र उहाँमा पीडा र कमजोरीका प्रकटीकरणहरू देखिएका छन् भन्ने थाहा पाए पनि, यीमध्ये कुनै पनि कुरा समस्या होइन। देहधारी परमेश्वर जतिसुकै सामान्य र व्यावहारिक हुनुभए पनि, उहाँ जतिसुकै साधारण हुनुभए पनि, र उहाँको बाहिरी रूप जस्तोसुकै भए पनि, एउटा कुरालाई दृढताका साथ पक्रिराख्—उहाँ सत्यता, मार्ग र जीवन हुनुहुन्छ। उहाँलाई पछ्याउनुको तेरो कारण यही हो, र यो परमेश्वरमाथिको तेरो विश्वासको आधार पनि हो। यदि तँ यस कुराबारे निश्चित हुन सक्छस् भने, त्यति नै पर्याप्त छ, र तँलाई कहिल्यै पछुतो हुनेछैन। तैँले उहाँलाई पछ्याउनुको कारण उहाँ सत्यता, मार्ग र जीवन हुनुहुन्छ भन्ने बाहेक अरू केही होइन; उहाँ तँलाई परमेश्वरको अघि ल्याउन सक्नुहुन्छ, उहाँ परमेश्वरको प्रतिनिधित्व गर्न सक्नुहुन्छ, र उहाँ परमेश्वरको प्रकटीकरण, परमेश्वरको अभिव्यक्ति, र पृथ्वीमा परमेश्वरको काम सुम्पिइएको जन हुनुहुन्छ। तैँले उहाँलाई पछ्याउनु सही हो। उहाँलाई पछ्याउँदा, तैँले कुनै मानिसलाई पछ्याइरहेको हुँदैनस्, बरु परमेश्वरलाई नै पछ्याइरहेको हुन्छस्। तँ परमेश्वरको अनुयायी होस्, परमेश्वरका भेडाहरूमध्ये एक होस्; तैँले गलत मार्ग लिएको छैनस्। उहाँलाई पछ्याउँदा, तैँले कहिल्यै गलत मार्ग लिनेछैनस् र तँ कहिल्यै दिशाहीन हुनेछैनस्। उहाँलाई पछ्याउँदा, तँ परमेश्वरको सृजित प्राणी हुन्छस्; उहाँलाई पछ्याएर तँ कहिल्यै गल्ती गर्न सक्दैनस्। तँ यसबारे निश्चित भएपछि, परमेश्वरमाथिको तेरो विश्वासको जग बस्छ। तँलाई देहधारी परमेश्वर जतिसुकै सामान्य र व्यावहारिक लागे पनि, तैँले जस्तोसुकै आधारहीन अफवाह वा भ्रामक कुराहरू सुने पनि, वा तँसँग अझै पनि समाधान नभएका जस्तोसुकै धारणाहरू भए पनि, त्यसले केही फरक पार्दैन। तँमा कमजोरी र पीडा भए पनि, त्यसले पनि केही फरक पार्दैन। तँसँग साँचो आस्था भएमा, तैँले सामना गर्ने जुनसुकै समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सकेमा, र तैँले कुनै पनि समयमा परमेश्वरलाई नछोडेमा, अन्ततः तँ निश्चय नै परमेश्वरद्वारा प्राप्त गरिएको व्यक्ति, अर्को युगमा प्रवेश गर्ने नयाँ मानवजातिको सदस्य बन्नेछस्, र तँ आशिष् पाउने व्यक्ति हुनेछस्। त्यसकारण, हर समय, तँ बाह्य वातावरणद्वारा, कुनै पनि भनाइहरूद्वारा, तैँले महान् व्यक्तित्व वा प्रख्यात व्यक्ति मान्ने कोहीद्वारा, वा तैँले पुज्ने कोहीद्वारा प्रभावित हुनै हुँदैन। तैँले गर्नुपर्ने कुरा भनेको सत्यता, मार्ग र जीवन हुनुहुने जन परमेश्वर स्वयम् हुनुहुन्छ भनेर दृढताका साथ विश्वास गर्नु मात्र हो—त्यो नै पर्याप्त छ।
हामीले भर्खरै सङ्गति गरेको कुरा देहधारी परमेश्वरलाई चिन्नेसम्बन्धी सत्यताहरूको महत्त्व थियो। देहधारी परमेश्वर परमेश्वरको आफ्नै काम गर्नमा परमेश्वर स्वयम्को प्रतिनिधित्व गर्न पूर्ण रूपमा सक्षम हुनुभएको हुनाले, स्वाभाविक रूपमा, उहाँले बोल्ने वचनहरू र उहाँले गर्ने कामले सम्पूर्ण मानवजातिमा पार्ने प्रभाव पनि बिस्तारै बहिर आउनेछ र तैँले त्यो देख्नेछस्। जेसुकै भए पनि, देहधारी परमेश्वरद्वारा गरिएको काम परमेश्वर स्वयम्द्वारा गरिएको काम हो, र उहाँले व्यक्त गरेका वचनहरू परमेश्वर स्वयम्ले व्यक्त गरेका वचनहरू हुन्। भन्नुको अर्थ, देहधारी परमेश्वरको स्वरूप वा बाहिरी रूप जस्तोसुकै भए पनि, उहाँ परमेश्वर स्वयम्को प्रतिनिधित्व गर्न पूर्ण रूपमा सक्षम हुनुहुन्छ। त्यसकारण, देहधारी परमेश्वरलाई चिन्नु पनि परमेश्वरलाई चिन्ने कुराको एउटा भाग नै हो, र तैँले यससम्बन्धी सत्यताहरूलाई बेवास्ता गर्नु हुँदैन। यदि तँ परमेश्वरलाई चिन्न र स्वर्गमा हुनुहुने परमेश्वरलाई चिन्न चाहन्छस्, र यदि तँ स्वर्गमा हुनुहुने परमेश्वरबारेका तेरा धारणा र कल्पनाहरू त्याग्न चाहन्छस् भने, सबैभन्दा पहिले तैँले पृथ्वीमा हुनुहुने परमेश्वरलाई चिन्नैपर्छ, देहधारी परमेश्वरलाई चिन्नैपर्छ, र देहधारी परमेश्वरबारेका तेरा धारणा र कल्पनाहरू त्याग्नैपर्छ। यसो गर्नाले परमेश्वरमाथिको तेरो आस्था बढाउन र परमेश्वरलाई पछ्याउने व्यक्तिका रूपमा तेरो जग बलियो बनाउन अझै धेरै मद्दत गर्न सक्छ। तँ देहधारी परमेश्वर नै परमेश्वर स्वयम् हुनुहुन्छ, र उहाँ सत्यता, मार्ग र जीवन हुनुहुन्छ भन्ने कुरामा निश्चित भएमा, तैँले उहाँलाई मानिस ठान्नेछैनस्। तँ उहाँलाई जति धेरै पछ्याउँछस् र उहाँका वचन र काम अनुभव गर्छस्, तँलाई त्यति नै धेरै यस्तो महसुस हुनेछ, “यी साधारण व्यक्ति साधारण हुनुहुन्न। उहाँ यस शब्दको साँचो अर्थमा साधारण व्यक्ति हुनुहुन्न; बरु, उहाँ त परमेश्वरको सार भएको साधारण व्यक्ति हुनुहुन्छ।” यो कुरा महसुस गरेपछि, तैँले उहाँलाई साधारण भ्रष्ट मानवजातिको सदस्य ठान्नेछैनस्, बरु उहाँलाई परमेश्वरको पहिचान र सार भएको व्यक्तिका रूपमा व्यवहार गर्नेछस्। यो मानिसहरूमाझ अस्तित्वमा रहेका संसारसँग व्यवहार गर्ने दर्शनहरू र कामकुराहरू सम्हाल्ने तरिकाहरू प्रयोग गरेर तैँले साधारण भ्रष्ट मानवजातिको सदस्यलाई व्यवहार गर्ने तरिकाभन्दा फरक हुनेछ; बरु, तैँले देहधारी परमेश्वरलाई परमेश्वरलाई जस्तै व्यवहार गर्नेछस्। देहधारी मानिसको यस पुत्रलाई यसरी व्यवहार गरेर, तँ उहाँलाई चिन्न सक्छस्। जब तैँले परमेश्वरले माग गर्नुभएअनुसार उहाँसँग व्यवहार गर्छस्, तब तँ डराउनु र चिन्तित हुनुपर्दैन, न त तँ अति सतर्क नै हुनुपर्छ, तँ रक्षात्मक हुनुपर्नु त झनै परको कुरा हो। बरु, तैँले उहाँसँग परमेश्वरलाई व्यवहार गर्ने सबैभन्दा सही विधि र मनोवृत्तिका साथ व्यवहार गर्नुपर्छ। उहाँसँग व्यवहार गर्ने यो तरिका, अवश्य नै, सृजित प्राणीले परमेश्वरसँग व्यवहार गर्नुपर्ने तरिका पनि हो। हामीले यसभन्दा पहिले परमेश्वरलाई व्यवहार गर्ने तरिकाहरू भनेर उल्लेख गरेका कुराहरू के-के थिए? के तिमीहरूलाई अझै याद छ? (पहिलो खुलस्त र इमानदार हुनु हो, दोस्रो सम्मान देखाउनु हो, र तेस्रो उहाँका वचनहरू पालन गर्नु हो।) खुलस्त र इमानदार हुनु, सम्मान देखाउनु, र उहाँका वचनहरू पालन गर्नु—यी तीन तरिका हुन्। हेर् त, यी तीन तरिका जम्मा केही शब्द मात्रै हुन्। बाहिरी रूपमा, ती कुरा हासिल गर्न निकै सजिलो भएजस्तो देखिन्छ, तर यदि तैँले लिने स्थान गलत छ, र तेरो मनोवृत्ति गलत छ भने, ती हासिल गर्न निकै गाह्रो हुन्छ। हेर् त, तिनलाई शाब्दिक रूपमा बुझ्न सजिलो छ, तर हासिल गर्न सजिलो छैन। मलाई भन्, यदि मानिसहरू खुलस्त र इमानदार हुन, सम्मान देखाउन, र देहधारी परमेश्वरका वचनहरू पालन गर्न सक्दैनन् भने, के तिनीहरू स्वर्गमा हुनुहुने परमेश्वरसँग यो कुरा हासिल गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? (किनभने यदि मानिसहरूसँग परमेश्वरबारे साँचो ज्ञान छैन भने, तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा नै परमेश्वरलाई व्यवहार गर्नेछन्।) यो कुरा मानिसहरूको सार र तिनीहरूका भ्रष्ट स्वभावहरूद्वारा निर्धारित हुन्छ। तँ आन्तरिक रूपमा आफूलाई कसरी रोक्छस् वा तँसँग कस्ता प्रकारका इच्छाहरू छन् भन्ने कुरासँग यसको कुनै सरोकार हुँदैन; यदि तेरा भ्रष्ट स्वभावहरू समाधान भएनन् भने, तैँले परमेश्वरसँग यी तीन तरिकाले व्यवहार गर्न निकै गाह्रो हुनेछ। यदि तैँले आफ्ना केही भ्रष्ट स्वभाव समाधान गरिस्, र तँसँग परमेश्वरबारे आधारभूत बुझाइ र ज्ञान पनि छ भने, तैँले यीमध्ये केही हासिल गर्न सक्नेछस्, र सृजित प्राणीका रूपमा रहेको आफ्नो उचित स्थान लिन, र उहाँसँग यस स्थानबाट व्यवहार गर्न सक्नेछस्। एक हिसाबमा, यी तीन वटा बुँदा हासिल गर्नका लागि, तैँले केही भ्रष्ट स्वभाव समाधान गर्नैपर्छ र तेरो चेतना केही हदसम्म पुनर्स्थापित हुनैपर्छ; अनि अर्को हिसाबमा, तँसँग परमेश्वरबारे केही ज्ञान हुनैपर्छ। परमेश्वरलाई नचिन्नु स्वीकार्य हुँदैन, होइन र? (हो।) तँ देहधारी परमेश्वरसँग कसरी व्यवहार गर्छस् भन्ने कुरामा यही कुरा लागू हुन्छ, र अवश्य नै, तँ स्वर्गमा हुनुहुने परमेश्वरसँग कसरी व्यवहार गर्छस् भन्ने कुरामा पनि यही नै लागू हुन्छ। यदि तँ देहधारी परमेश्वरईसँग व्यवहार गर्ने तरिकामा यी तीन वटा बुँदा हासिल गर्न सक्दैनस् भने, तँ स्वर्गमा हुनुहुने परमेश्वरसँग व्यवहार गर्ने तरिकामा ती हासिल गर्न सक्दैनस् भनेर त भनिरहनु नै पर्दैन। तँ स्वर्गमा हुनुहुने परमेश्वरको काम र उहाँका वचनहरू देख्न, सुन्न, वा बोध गर्न सक्दैनस्; यदि तँ आफू परमेश्वरको अधीनमा रहन सक्ने भनेर भन्छस् भने, त्यो खोक्रो गफ मात्रै हो। प्रारम्भिक मानवजातिलाई हेर्: परमेश्वरले तिनीहरूलाई बलिहरू चढाउन, वार्षिक बालीको उब्जनीको दशांश चढाउन भन्नुभयो। मानिसहरूले परमेश्वरले माग्नुभएको कुरा दिनैपर्छ भन्ने कुरा आफ्नो हृदयमा बुझेका थिए, तर जब परमेश्वरलाई त्यो चढाउने समय आयो, तब तिनीहरूले उहाँलाई त्यो दिन चाहेनन्। तिनीहरूले चढाएपछि यस्तो सोच्दै त्यसलाई फिर्ता लिन समेत चाहे, “तपाईँले बाली लगाउनुभएन, र तपाईँले कुनै श्रम गर्नुभएन, त्यसैले हामीले तपाईँलाई यो किन दिने?” तिनीहरू त्यो चढाउँदा अनिच्छुक थिए, तिनीहरूलाई भित्री रूपमा असहज महसुस भएको थियो, र तिनीहरू रिसाएका थिए। के यो सम्मान देखाउनु थियो त? तिनीहरूले यो कुरा हासिल गर्न सकेनन्, होइन र? त्यसकारण, परमेश्वरलाई सम्मान गर्नु र उहाँका वचनहरू पालन गर्नु त्यति सरल कुरा होइन; यदि मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान भएनन् भने, तिनीहरू यो हासिल गर्न सक्दैनन्। जेसुकै भए पनि, देहधारी परमेश्वरबारेका तेरा धारणा र कल्पनाहरू त्याग्नका लागि, तँसँग सबैभन्दा पहिले देहधारी परमेश्वरको सार र देहधारी परमेश्वरसँग सम्बन्धित विभिन्न सत्यताको ज्ञान र बुझाइ हुनैपर्छ, र तैँले आफ्नै धारणा र कल्पनाहरू समाधान गर्नैपर्छ। त्यसपछि मात्रै तँ देहधारी परमेश्वरसम्बन्धी सत्यताका यी पक्षहरूई साँचो रूपमा ग्रहण गर्न सक्छस्, र परमेश्वरको पहिचान र सार साँचो रूपमा चिन्न सक्छस्; अनि त्यसपछि मात्रै तँ परमेश्वरप्रतिको अधीनता र उहाँप्रतिको डर हासिल गर्न सक्छस्।
यसभन्दा पहिले, हामीले देहधारी परमेश्वरको बारेमा रहेका आफ्ना धारणाहरू र कल्पनाहरू त्याग्ने विषयमा सङ्गति गरेका थियौँ। पहिलो सिद्धान्त देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्नु हो, र दोस्रो सिद्धान्त देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिसमान नराख्नु हो। दोस्रो सिद्धान्तको बारेमा सङ्गति गर्दा, देहधारी परमेश्वरले धोका दिनुहुन्न, प्रतिस्पर्धा गर्नुहुन्न, लड्नुहुन्न, दाउपेच गर्नुहुन्न, आक्रमण गर्नुहुन्न, वा बदला लिनुहुन्न भन्ने कुरा उल्लेख गरिएको थियो। हामीले यी सबैका बारेमा पहिले नै सङ्गति गरिसकेका छौँ। अब, हामी अर्को विषयमा सङ्गति गर्नेछौँ—प्रलोभनमा नपार्नु। देहधारी परमेश्वरले उहाँको स्वभाव सारद्वारा प्रकट भएअनुसार, आफूलाई आचरणमा ढाल्ने तरिकाहरू, उहाँले मानिसहरूसँग अन्तरक्रिया गर्ने तरिकाहरू, वा उहाँले काम गर्ने कतिपय तरिकाहरूमा, यो कुरा समावेश हुन्छ: प्रलोभनमा नपार्नु। यसलाई कसरी बुझ्नुपर्छ? के “प्रलोभनमा नपार्नु” भन्ने कुराको बारेमा मानिसहरूको शाब्दिक बुझाइ देहधारी परमेश्वरले मानिसहरूलाई प्रलोभनमा पार्नुहुन्न भन्ने तथ्यसँग मिल्दो छ, जुन कुरा उहाँले बोल्ने र काम गर्ने तरिकामा प्रकट हुन्छ? यदि तिनीहरूको बुझाइ देहधारी परमेश्वरका प्रकटीकरणहरूको विपरीत हुन्छ भने, के मानिसहरूले बुझ्ने कुरा मानव धारणाहरू मात्रै हुँदैनन् र? यो मानव धारणाहरू र कल्पनाहरू मात्रै हुने सम्भावना धेरै हुन्छ। त्यसोभए हामी देहधारी परमेश्वरको मानवता र सारद्वारा प्रकट हुने “प्रलोभनमा नपार्नु” भन्ने यस विषयमा सङ्गति गरौँ। यस विषयमा तिमीहरूको आधारभूत बुझाइ के छ? के तिमीहरूलाई परमेश्वरको बोल्ने निरन्तरको तरिका के हो भन्ने थाहा छ? के तिमीहरूले परमेश्वरले मानिसहरूसँग बोल्न कस्ता तरिकाहरू प्रयोग गर्नुहुन्छ, र उहाँले आफ्ना वचनहरू व्यक्त गर्न कस्ता तरिकाहरू प्रयोग गर्नुहुन्छ भन्ने कुरा पत्ता लगाएका छौ? (परमेश्वर निकै सीधा तरिकाले बोल्नुहुन्छ। परमेश्वरको बोल्ने तरिकाहरूमा मद्दत गर्ने, मार्गदर्शन गर्ने, र अगुवाइ गर्ने कुराहरूका साथै धैर्यपूर्ण मार्गदर्शन पनि समावेश हुन्छ; उहाँले कुनै प्रलोभनमा पार्ने काम गर्नुहुन्न।) उहाँले प्रलोभनमा पार्नुहुन्न भन्ने कुरा निश्चित छ, तर यो “प्रलोभनमा नपार्नु” ले ठ्याक्कै केलाई जनाउँछ भनेर मानिसहरूले अझै पनि विस्तृत रूपमा राम्ररी बुझ्दैनन्। भाषिक अभिव्यक्तिका रूपहरू र परमेश्वरले बोल्दा सामान्यतया प्रयोग गर्नुहुने भाषाको शैलीको आधारमा हेर्दा, परमेश्वर अत्यन्तै सरल र सीधा तरिकाले बोल्नुहुन्छ, र उहाँले जे भनिरहनुभएको हुन्छ त्यो मानिसहरूलाई बुझ्न र बोध गर्न दिने प्रयास गर्नुहुन्छ। उहाँले शब्दहरूको खेल खेल्नुहुन्न, न त उहाँले झूटा, ठूला-ठूला, र खोक्रा कुराहरू नै बोल्नुहुन्छ, उहाँका वचनहरू औपचारिकता मात्र निभाउने खालका हुनु त झनै परको कुरा हो। बरु, उहाँले हातमा रहेको मामिलाको बारेमा बोल्नुहुन्छ, र मानव भाषा र मानवजातिलाई सुहाउने किसिमका बोल्ने तरिकाहरू प्रयोग गरेर मानिसहरूसँग बोल्नका लागि सम्भव भएसम्म सबै कुरा गर्नुहुन्छ। उहाँका वचनहरू सल्लाह, सान्त्वना, र अर्ती दिने, र कहिलेकाहीँ चेतावनी दिने प्रकृतिका हुन्छन्; अवश्य नै, ती प्रायजसो आपूर्ति, मद्दत, सहयोग, र खुलासा प्रदान गर्ने प्रकृतिका हुन्छन्—तिनले मानिसहरूको भ्रष्ट प्रकृति र समस्याहरूको सारलाई खुलासा गर्छन्, होइन र? खुलासा गर्नु, आपूर्ति गर्नु, मार्गदर्शन गर्नु, सहयोग गर्नु, र मद्दत गर्नु भनेका उहाँले प्रायजसो प्रयोग गर्नुहुने विधिहरू हुन्। यी तरिकाहरूमध्ये, कतिपयमा निश्चित उदाहरणहरू दिने कार्य समावेश हुन्छ, र कतिपयमा कुनै जीवित कुरा, पशु, घटना, वा मानिसहरूको जीवनमा तिनीहरूको वरिपरि हुने कुराहरूलाई प्रयोग गर्ने जीवन्त रूपकहरू समावेश हुन्छन्। एक हिसाबमा, यसले मानिसहरूले बुझ्नुपर्ने परमेश्वरका वचनहरूभित्रका सत्यताहरू—वा वास्तविकताहरूलाई—तिनीहरूका लागि अझै स्पष्ट बनाउँछ। अर्को हिसाबमा, परमेश्वरले दिनुहुने उदाहरणहरू केही खास व्यक्तिहरूको जीवनमा घटेका घटनाहरू हुन्—यी घटनाहरूलाई पाठ वा उदाहरणका रूपमा प्रयोग गर्दा यसले तिमीहरूलाई यी मानिसहरूका समस्याहरू के थिए, समस्याहरूको सार के थियो, तिनीहरूले कस्तो भ्रष्टता प्रकट गरे, र तिनमा कस्ता सत्यताहरू समावेश थिए भन्ने कुरा देख्न मद्दत गर्छ। यसरी, परमेश्वरले मानिसहरूलाई सत्यताको कुनै पक्षको बारेमा सङ्गति गरिदिनुहुन्छ, ताकि सत्यताको यस पक्षलाई बुझेको आधारमा, तिनीहरूले परमेश्वरका अभिप्रायहरू अनुरूप र सिद्धान्तहरू अनुरूप कसरी अभ्यास गर्ने भन्ने कुरा जानून्। भाषाका सबैभन्दा सीधा र सरल रूपहरू प्रयोग गर्नुका पछाडि परमेश्वरको उद्देश्य मानिसहरूलाई सत्यताको आपूर्ति गरिदिनु हो। उहाँले मानिसहरूलाई सत्यताको आपूर्ति गरिदिनुहुन्छ ताकि, जब तिनीहरूले विभिन्न मानिस, घटना र कामकुराहरूको सामना गर्छन्, तब तिनीहरूले नकारात्मक पक्षबाट, मानिसहरूका भ्रामक विचार र दृष्टिकोणहरू, मानिसहरूका भ्रष्ट स्वभावहरू, र परमेश्वरलाई प्रतिरोध गर्ने मानिसहरूका प्रकटीकरण र सार जान्न सकून्। साथै, सकारात्मक अर्थमा उहाँले मानिसहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न मार्गदर्शन गर्नका लागि यसो गर्नुहुन्छ, ताकि तिनीहरूसँग अभ्यासको मार्ग होस् र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरून्। मानिसहरूले सत्यता बुझून्, सत्यताको ज्ञान प्राप्त गरून्, र सत्यता सिद्धान्तहरू जानून् भनेर तिनीहरूका लागि आपूर्ति गर्नुको पछाडि परमेश्वरको अन्तिम उद्देश्य भनेको मानिसहरूलाई परमेश्वरको अघि आउन र उहाँप्रतिको अधीनता, उहाँको सार्वभौमिकताप्रतिको अधीनता, उहाँका प्रबन्धहरूप्रतिको अधीनता, उहाँका योजनाबद्ध कार्यहरूप्रतिको अधीनता, र उहाँबाट आउने सजाय, न्याय, शोधन, र परीक्षाहरूप्रतिको अधीनता हासिल गर्न सक्षम तुल्याउनु, परमेश्वरको डर मान्ने र उहाँको आराधना गर्ने मानिसहरू बन्न, साँचो सृजित प्राणीहरू—मानकअनुरूपका सृजित प्राणीहरू बन्न लगाउनु हो। परमेश्वरले गर्नुहुने सबै कुरा लगायत, उहाँका वचन र कार्यहरू पछाडिका निश्चित सिद्धान्तहरू यिनै हुन्। परमेश्वरले बोल्नुहुने निश्चित वचनहरू र उहाँले गर्नुहुने निश्चित कार्यहरू प्रलोभनविनाका हुन्छन्; ती सबै सार्वजनिक किसिमका, प्रकट गरिएका, खुला र इमानदार, र ज्योतिमा आएका हुन्छन्। तिनमा कुनै शङ्कास्पद षड्यन्त्र र चालहरू समावेश हुँदैनन्, मानवजातिको बारेमा कुनै योजना वा भन्न नसकिने अभिप्राय र उद्देश्यहरू हुनु त झनै परको कुरा हो। परमेश्वरका वचनहरू पछाडिको उद्देश्य र महत्त्वमा होस्, वा परमेश्वरले गर्नुहुने काममा होस्, मानिसहरूको बारेमा उहाँसँग कहिल्यै कुनै अनुचित लक्ष्यहरू हुँदैनन्। यसको विपरीत, उहाँका लक्ष्यहरू सबै सकारात्मक हुन्छन्; उहाँले गर्नुहुने सबै कुरा मानिसहरूलाई लाभ पुर्याउन, मानिसहरूलाई सत्यता बुझ्न र सत्यता प्राप्त गर्न मद्दत गर्न, र मानिसहरूलाई जीवनको सही मार्गमा लाग्न मद्दत गर्नका लागि नै हुन्छन्। त्यसकारण, परमेश्वरको कामको उद्देश्य र महत्त्वको आधारमा हेर्दा, र परमेश्वरको बोलाइ र कामको आधारमा हेर्दा, परमेश्वरको सार वा परमेश्वरको कामको सुरुवाती बिन्दुमा कुनै प्रलोभन लुकेको हुँदैन।
“प्रलोभनमा पार्नु” भन्ने शब्द बाइबलमा धेरै अघि नै देखा परेको छ; के तिमीहरू सबैलाई यो कुरा थाहा छ? (थाहा छ।) मानिसले पहिलो पटक शैतानको प्रलोभनलाई स्वीकार गर्नुभन्दा पहिले, परमेश्वरले केही कुरा भन्नुभयो। परमेश्वरले के भन्नुभयो? “तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्चय नै मर्नेछस्” (उत्पत्ति २:१६-१७)। परमेश्वरको यो भनाइमा कति वटा कुराहरू समावेश छन्? बगैँचाको हरेक रूखको फल खानु हुन्छ—यसले मानिसहरूलाई के खानु हुन्छ भन्ने कुराको दायरा बताउँछ। यो मानिसहरूका लागि सबैभन्दा सकारात्मक भरणपोषण हो—यसले मानिसहरूलाई तिनीहरूले के खान सक्छन् भनेर बताइरहेको छ। के यी वचनहरू अत्यन्तै सरल र सीधा छैनन् र? (छन्, मानिसहरूले तिनलाई बुझ्न सक्छन्।) ठीक भन्यौ। तिनलाई विश्लेषण वा अनुसन्धान गर्नुपर्ने कुनै आवश्यकता छैन; मानिसहरूले ती सुन्नेबित्तिकै बुझ्छन्। अर्को वाक्य हो, “तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन।” यो वाक्यले एउटा अपवाद उल्लेख गर्छ। कस्तो अपवाद? यसले मानिसहरूलाई बगैँचामा असल र खराबको ज्ञानको रूख छ, र तिनीहरूले त्यसमा फल्ने फल खानु हुँदैन भन्ने बताउँछ। के यी वचनहरू सरल र सीधा छैनन् र? (छन्।) ती कति सरल र सीधा छन्? (यति सरल कि मानिसहरूले ती सुनेपछि तुरुन्तै बुझ्न सक्ने हदसम्म।) तिनलाई विश्लेषण वा अनुसन्धान गर्नुपर्ने कुनै आवश्यकता छैन; कान र दिमाग भएको जोकोहीले यो वाक्य सुनेपछि यसको अर्थ के हो भन्ने थाहा पाउँछ। परमेश्वरले मानिसहरूलाई तिनीहरूले के खानु हुन्छ र के खानु हुँदैन भनेर बताउनुभयो। के खानु हुँदैनथियो? असल र खराबको ज्ञानको रूखको फल। तर यो सुनेपछि, के मानिसहरूको हृदयमा परमेश्वरका वचनहरूप्रति शङ्काहरू थिए? (थिए।) त्यसपछि, मानिसहरूले यसो भनेर सोध्नेथिए, “हामीले त्यो रूखको फल किन खानु हुँदैन?” मानिसहरूले सोध्लान् भनेर प्रतीक्षा नगरी, परमेश्वरले भन्नुभयो, “किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्चय नै मर्नेछस्।” के यी वचनहरू सरल छन्? (छन्।) ती अत्यन्तै सरल छन्—यदि तैँले त्यो खाइस् भने, तँ निश्चय नै मर्नेछस्। मृत्यु ठूलो कुरा हो, त्यसैले परमेश्वरले यो निर्देशन दिनुभएको छ भन्ने कुरालाई सुनिश्चित गर्नुभयो। के यो निर्देशनमा कुनै गल्ती छ? (छैन।) परमेश्वरको निर्देशनको एउटा शब्द पनि गलत छैन, न त यसमा प्रलोभनको एउटा शब्द नै छ। यसले के खानु हुन्छ र के खानु हुँदैन भन्ने कुरा स्पष्ट र तोकेरै बताउँछ, र परमेश्वरले मानिसहरूलाई तिनीहरूले खान नहुने कुरा खाए भने त्यसको परिणाम के हुनेछ भनेर पनि बताउनुभयो। यी तीन वटा सरल वाक्यहरू सुनेपछि, तैँले धेरै कुराहरू बुझ्छस्। सामान्य परिस्थितिहरूमा, सृजित प्राणीहरूले सृष्टिकर्ताले बोल्नुभएका वचनहरू सुनेपछि, तिनको बारेमा स्पष्टता प्राप्त गरेपछि, तिनलाई बुझेपछि, र तिनलाई आफ्नो हृदयमा राखेपछि, तिनीहरूले आफूले के गर्नुपर्छ भनेर थाहा पाउँछन्। तिनीहरू आज्ञाकारी हुनुपर्छ र तिनीहरूले भनिएअनुसार गर्नुपर्छ, परमेश्वरले तिनीहरूलाई खानु हुन्छ भनी बताउनुभएका कुराहरू मात्रै खानुपर्छ, र परमेश्वरले तिनीहरूलाई खानु हुँदैन भनी बताउनुभएको कुरा खानु हुँदैन। तिनीहरूले परमेश्वरलाई जाँच्नु हुँदैन, न त तिनीहरूले परमेश्वरको आज्ञाको अवज्ञा नै गर्न मिल्छ। हामी परमेश्वरका वचनहरू नसुन्दा आउने परिणामहरूका बारेमा कुरा गर्नेछैनौँ। परमेश्वरले बोल्नुभएका यी वचनहरूका हकमा भन्दा, परमेश्वरको बोलाइको तरिका र भाषिक शैलीको आधारमा हेर्दा, परमेश्वरले मानिसहरूलाई बुझ्न अत्यन्तै सजिलो हुने तरिकाले बोल्नुहुन्छ। उहाँका वचनहरू गहन हुँदैनन्, र उहाँले मानिसहरूलाई अनुमान गर्नुपर्ने अवस्थामा छोड्नुहुन्न, उहाँसँग कुनै लुकेका अभिप्रायहरू हुनु त झनै परको कुरा हो। परमेश्वरले बोल्नुभएका यी केही वाक्यहरू सरल भए पनि, परमेश्वरको बोली स्पष्ट, सरल, र बुझ्न सजिलो छ भनी मानिसहरूलाई देखाउनका लागि ती पर्याप्त छन्। त्यसोभए परमेश्वरको हृदय कस्तो छ? परमेश्वरको हृदय प्रेम, इमानदारीता, र विश्वसनीयताले भरिपूर्ण छ। यो प्रेम कहाँ प्रतिबिम्बित हुन्छ? यो परमेश्वरका यी केही निर्देशनहरूमा प्रतिबिम्बित हुन्छ। परमेश्वरका निर्देशनहरू निकै निश्चित र विस्तृत हुन्छन्। यी केही निर्देशनहरूको आधारमा हेर्दा, परमेश्वरसँग मानिसहरूप्रति जिम्मेवारी र चासोको बोध छ। उहाँले मानिसहरूलाई कुरा बुझ्न मद्दत गर्नका लागि सबैभन्दा सरल भाषा प्रयोग गर्नुहुन्छ, र तिनीहरूले बुझेपछि, परमेश्वर शान्त मनका साथ जानुहुन्छ। हेर् त, के परमेश्वरसँग मानिसहरूका बारेमा कुनै खराब अभिप्रायहरू छन्? (पटक्कै छैनन्।) परमेश्वरले आफ्नो प्रेम र चिन्ताको कारण, मानिसहरूले एउटा कुरा हासिल गरून् भन्ने आशा गर्नुहुन्छ: आज्ञाकारी हुनु, परमेश्वरको विरुद्ध विद्रोह नगर्नु, परमेश्वरप्रति शङ्कालु नहुनु, र परमेश्वरलाई शङ्का नगर्नु। परमेश्वरका यी तीन वटा निर्देशनहरू पछाडिको उद्देश्य र अपेक्षा यही हो। आज्ञाकारी बन्। परमेश्वरलाई शङ्का नगर्। परमेश्वरले बोल्नुहुने हरेक वचन साँचो हुन्छ; परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। परमेश्वरले यो जिम्मेवारी प्रेम र चिन्ताका साथ पूरा गर्नुहुन्छ, र मानवजातिलाई यी तीन वटा निर्देशनहरू प्रेम र चिन्ताका साथ दिनुहुन्छ। यसबाट हामी, एक हिसाबमा परमेश्वरको सार देख्छौँ, र अर्को हिसाबमा, हामी परमेश्वरले मानवजातिसँग बोल्ने तरिका र उहाँको बोलाइको सुरुवाती बिन्दु पनि देख्छौँ। यसरी बोल्नुका पछाडि परमेश्वरको उद्देश्य के हो भने जब मानिसहरूले उहाँका वचनहरू सुन्छन्, तब तिनीहरूले तिनलाई बुझ्न सकून् र तिनलाई आफ्नो हृदयमा राख्न सकून्। मानिसहरूले यसलाई जसरी हेरे पनि, परमेश्वरको सुरुवाती बिन्दु त्यही नै रहन्छ। उहाँले परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्नुहुन्छ; उहाँसँग मानवजातिको बारेमा कुनै अनाचारपूर्ण वा अन्धकारमय अभिप्राय वा उद्देश्यहरू हुँदैनन्। यसबाहेक, परमेश्वरका यी केही निर्देशनहरूको आधारमा हेर्दा, परमेश्वरले सीधै मुख्य कुरा बोल्नुहुन्छ। उहाँले बोल्नुको उद्देश्य भनेको तैँले परमेश्वरका अभिप्रायहरू बुझ् र के गर्नुपर्छ भन्ने कुरा जान् भन्ने हुन्छ। परमेश्वरले मानिसहरूसँग कहिल्यै पनि घुमाउरो तरिकामा बोल्नुहुन्न; उहाँले सधैँ स्पष्ट र सीधा बोल्नुहुन्छ। उहाँले मानिसहरूका लागि बुझ्न सबैभन्दा सजिलो हुने किसिमका दैनिक भाषा प्रयोग गरेर तिनीहरूसँग कुराकानी गर्नुहुन्छ, ताकि मानिसहरूले उहाँले भन्नुभएको कुरा बुझ्न र याद गर्न सकून्, र उहाँको बोली व्यर्थ नहोस्। के परमेश्वरले हैसियतको स्थानबाट बोल्नुहुन्छ? के उहाँले मानिसहरूलाई उपदेश दिनुहुन्छ? (दिनुहुन्न।) जब परमेश्वरले मानवजातिसँग कुराकानी गर्नुहुन्छ र मानिसहरूलाई निर्देशन दिनुहुन्छ, उहाँले तिनीहरूलाई परमेश्वरको दृष्टिकोणबाट, वा मानव आमाबुबा वा अभिभावकको जस्तै दृष्टिकोणबाट निर्देशन दिइरहनुभएको भए पनि, उहाँले अझै पनि सबैभन्दा सीधा, सबैभन्दा सरल भाषा प्रयोग गरेर मानिसहरूसँग कुराकानी गर्नुहुन्छ। वास्तवमा, भ्रष्ट मानवहरूका नजरमा त, परमेश्वरले प्रयोग गर्नुहुने व्याकरणीय रूपको आधारमा हेर्दा, र मानव ज्ञान र भाषाको दृष्टिकोणको आधारमा हेर्दा, यी वचनहरू साधारण कुराकानी मात्र हुन्; ती तैँले कुनै बच्चालाई भन्न सक्ने कुराहरू हुन्। कतिपय मानिसहरूले यसो भन्छन्, “यी वचनहरू गहन छैनन्, ती उच्च वा महान् छैनन्, र ती प्रभावशाली पनि सुनिँदैनन्। तिनमा कुनै परिष्कृत शब्दावली वा आलङ्कारिक भाषा पनि प्रयोग गरिएको छैन।” ठीक भन्यौ—परमेश्वरले मानिसहरूसँग बोल्ने तरिका यही हो। परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, उहाँसँग सबै कुरा प्रशस्त छ, र परमेश्वर यावत् थोकभन्दा माथि हुनुहुन्छ, तर परमेश्वरले मानवहरूसँग सबैभन्दा सरल र सबैभन्दा सीधा भाषा प्रयोग गरेर कुराकानी गर्नुहुन्छ। परमेश्वरका नजरमा मानवहरू बालबालिकाहरू जस्तै हुने हुनाले, परमेश्वरले बालबालिकाहरूले बोध गर्न र बुझ्न सक्ने शब्दहरू प्रयोग गरेर तिनीहरूलाई निर्देशन दिनुहुन्छ—तिनीहरूले के खानु हुन्छ, तिनीहरूले के खानु हुँदैन, र तिनीहरूले त्यो खाएपछि के हुनेछ। मानवहरूले बुझ्न सकून् भनेर, उहाँले तिनीहरूलाई निर्देशन दिन यस्ता सरल शब्दहरू प्रयोग गर्नुहुन्छ। भ्रष्ट मानवहरूका नजरमा यसलाई के भनिन्छ? यसलाई उहाँको हैसियत घटाउनु भनिन्छ। तर परमेश्वरले यसलाई कसरी हेर्नुहुन्छ? यो उहाँको स्वाभाविक प्रकटीकरण हो। परमेश्वरले बहाना गर्नु आवश्यक छैन, न त उहाँले यसो गर्दा अग्रिम तयारी गर्न वा विचार-विमर्श गर्न नै आवश्यक हुन्छ; यो उहाँको स्वाभाविक प्रकटीकरण हो। हेर् त, यी वचनहरू गहन वा रहस्यमय र बुझ्न नसकिने किसिमका नहुने हुनाले, मानिसहरूले प्रायजसो तिनलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरूले परमेश्वरका वचनहरूलाई गम्भीर रूपमा लिन सक्दैनन्, र आज्ञाकारी हुन र अधीनमा रहन सक्दैनन्। यो भ्रष्ट मानवजातिको भ्रष्टता हो, र यो प्रारम्भिक मानवजातिको अज्ञानता पनि हो। मानवहरूले परमेश्वरले भन्नुभएको कुराभन्दा फरक भनाइहरू सुन्नेबित्तिकै, तिनीहरू परमेश्वरप्रति सतर्क भए, परमेश्वरका वचनहरूलाई शङ्का गर्न र इन्कार गर्न थाले, र परमेश्वरको वचनको पछाडिका उद्देश्यहरूप्रति शङ्कालु भए। यसरी, मानवहरूले आफूलाई परमेश्वरबाट टाढा बनाए। मानवहरूले शैतानको प्रलोभनलाई स्वीकार गरेपछि र परमेश्वरको बारेमा शङ्का र सन्देह गर्न थालेपछि, तिनीहरूले उप्रान्त परमेश्वरका वचनहरू सुन्न वा तिनीहरू परमेश्वरका वचनहरूको अधीनमा बस्न सकेनन्, र तिनीहरू परमेश्वरबाट झन्-झन् टाढा हुँदै गए। मानिसहरूले परमेश्वरको मुहारको ज्योति छोड्दा, परमेश्वरका वचनहरू नसुन्दा, र परमेश्वरका वचनहरूमा विश्वास नगर्दा त्यसका परिणामहरू के भए? तिनीहरूलाई शैतानले भ्रष्ट तुल्यायो, र आजको दिनसम्म पनि तिनीहरू भ्रष्ट नै छन्।
मैले भर्खरै बताएको कुरा बाइबलमा “प्रलोभनमा पार्नु” भन्ने शब्द पहिलो पटक देखा पर्दाको कथा हो। यस कथाबाट, मानिसहरूले परमेश्वरको बोल्ने तरिका, परमेश्वरको स्वभाव, र मानवजातिप्रतिको परमेश्वरको मनोवृत्तिको बारेमा आधारभूत बुझाइ प्राप्त गर्नुपर्छ। परमेश्वरको यो पक्ष—उहाँको सार प्रलोभनविहीन छ भन्ने कुरा—देहधारी परमेश्वरमा पनि हुन्छ; यो कुरालाई पहिचान गर्न अत्यन्तै सजिलो हुनुपर्ने हो। परमेश्वरले के भन्नुभयो वा के गर्नुभयो भन्ने बारेमा बाइबलमा धेरै कुरा अभिलेख गरिएको छैन, त्यसैले मानिसहरूसँग यसबारे सटीक ज्ञान हुन गाह्रो छ। आखिरी दिनहरूका कामको यस चरणमा, देहधारी परमेश्वरले धेरै वचनहरू बोल्नुभएको छ र धेरै कामहरू गर्नुभएको छ। मैले तिमीहरूसँग बोलेको र सङ्गति गरेको यति धेरै वर्षको अवधिमा, र दैनिक जीवनमा तिमीहरूसँग अन्तरक्रिया गर्दा समेत, मेरा वचन र कार्यहरूले भर्खरै उल्लेख गरिएको बाइबलको कथामा मानवहरूप्रति परमेश्वरको जस्तो मनोवृत्ति थियो त्यस्तै मनोवृत्तिलाई नै लगभग प्रतिबिम्बित गर्छन्। म तिमीहरूले बुझ्न र बोध गर्न सक्ने तरिकाले बोल्ने प्रयास गर्छु, त्यसैले कहिलेकाहीँ म अत्यन्तै तोकेर अनि निकै विस्तृत रूपमा बोल्छु, कुराहरूलाई बारम्बार दोहोर्याउनेसम्म गर्छु, जसले गर्दा यो अपरिहार्य रूपमा नै अलिक लम्बिन पुग्छ। यसको एउटै मात्र कारण छ: सृष्टिकर्ता—परमेश्वर—जुनसुकै तरिकाले देखा पर्नुभए पनि र उहाँले जसरी काम गर्नुभए पनि, मानवजातिको हकमा उहाँसँग सधैँ एउटा निरन्तर रहिरहने, परिवर्तन गर्न गाह्रो हुने, बानी परेको मनोवृत्ति र बानी परेको दृष्टिकोण हुन्छ। “बानी परेको” र “निरन्तर रहिरहने” भन्ने शब्दहरू त्यति उपयुक्त नहुन सक्छन्, तर मानव भाषा अत्यन्तै सीमित छ, त्यसैले म अहिलेका लागि यस कुरालाई यसरी मात्रै भन्न सक्छु। त्यसोभए यो दृष्टिकोणले केलाई जनाउँछ? यसले परमेश्वरको दृष्टिकोणको आधारमा हेर्दा, मानवजाति सधैँ परमेश्वरका हातहरूद्वारा सृष्टि गरिएको सुरुवाती समयको त्यही अज्ञानी, अति सोझो मानवजाति नै हुनेछ, अर्थात्, बाहिरी रूपमा वयस्क देखिने तर तीन वर्षको बच्चाको जस्तै भित्री सार भएको मानवजाति नै हुनेछ भन्ने कुरालाई जनाउँछ। त्यसकारण, मानवजातिप्रतिको परमेश्वरको मनोवृत्ति सधैँ मानिसहरूले मानवजातिलाई हेर्ने दृष्टिकोण र मनोवृत्तिभन्दा फरक हुन्छ। यही भिन्नताका कारणले गर्दा नै, धेरै पटक जब परमेश्वर मानवजातिसँग बोल्नुहुन्छ वा उहाँले तिनीहरूलाई निर्देशन दिनुहुन्छ, तब परमेश्वरको बोल्ने तरिका वा त्यसो गर्नुको पछाडि उहाँको सुरुको उद्देश्य मानिसहरूले उहाँले के भनिरहनुभएको छ भन्ने कुरा अझ राम्ररी जान्न सकून् भनेर मानव भाषाको प्रयोग गर्न चाहनुसँग अझै बढी सम्बन्धित हुन्छ। परमेश्वरले मानिसहरूलाई व्यवहार गर्ने र तिनीहरूसँग बोल्ने तरिकाको पछाडि उहाँको उद्देश्य भनेको उहाँका अभिप्रायहरू के हुन्, उहाँले माग गर्नुभएका मानकहरू के-के हुन्, उहाँले मानिसहरूलाई गर्नू भनी माग गर्नुहुने हरेक कुराका सिद्धान्तहरू के-के हुन्, र सबै मानिस, घटना र कामकुराहरूप्रति मानिसहरूले कस्ता दृष्टिकोणहरू राख्नुपर्छ भन्ने कुरा तिनीहरूलाई अझ स्पष्ट रूपमा जान्न दिनु हो। जब परमेश्वरले सृष्टिकर्ताको दृष्टिकोणबाट मानवजातिलाई यी वचनहरू बोलिदिनुहुन्छ, तब उहाँले कुनै भाषण दिइरहनुभएको हुँदैन, न त उहाँले कुनै उत्साहजनक आह्वान नै गरिरहनुभएको हुन्छ, र अवश्य नै, उहाँले तिनीहरूलाई आग्रह गरिरहनुभएको पनि हुँदैन; बरु, उहाँले तिनीहरूलाई भरणपोषण प्रदान गरिरहनुभएको हुन्छ। भरणपोषण प्रदान गर्नु भनेको के हो? तिमीहरूलाई यो के हो जस्तो लाग्छ, मलाई भन। (यो मानिसहरूलाई जे कुराको आवश्यकता छ र मानिसहरूमा जे कुराको कमी छ त्यसको परिपूर्ति गर्नु हो; यसलाई भरणपोषण प्रदान गर्नु भनिन्छ।) भरणपोषण प्रदान गर्नुमा सहयोग र मद्दत, र कहिलेकाहीँ अर्ती, घचघच्याइ, प्रोत्साहन, र यस्तै अन्य कुराहरू समावेश हुन्छन्। त्यसोभए भरणपोषण प्रदान गर्नु भनेको के हो त? यसको अर्थ मानवहरूको उमेर जतिसुकै भए पनि, तिनीहरूले जतिसुकै बाँच्ने सीपहरू हासिल गरेका भए पनि वा तिनीहरूको ज्ञानको स्तर जतिसुकै उच्च भए पनि, सत्यताको हकमा, मानवहरू सधैँ शून्य हुन्छन् भन्ने हुन्छ। मानिसहरूले बुझ्ने ज्ञान सत्यतासँग नमिल्ने हुन्छ। मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू धेरै छन्, र मानिसहरूलाई सबैभन्दा बढी आवश्यक पर्ने भरणपोषण भनेको सत्यता र जीवनको भरणपोषण नै हो। त्यसकारण, सत्यतामा सङ्गति गर्नु मात्रै मानिसहरूका लागि सबैभन्दा उत्तम भरणपोषण हो। अर्थात्, सबै मानिस, घटना र कामकुराहरूको सामना गर्दा सत्यतासँग तेरा दृष्टिकोण, बुझाइ, र मनोवृत्तिहरूको कुनै सरोकार हुँदैन। तँसँग जतिसुकै ज्ञान भए पनि, संसारसँग व्यवहार गर्ने तेरा युक्तिहरू जतिसुकै परिष्कृत भए पनि, र तँसँग जतिसुकै जीवन अनुभव भए पनि, सत्यताको कुरामा, तँ शून्य छस्; तँसँग सत्यता छैन। कतिपय मानिसहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि र केही धर्मसिद्धान्तहरू बुझेका हुने भए पनि, तिनीहरूले सत्यतालाई साँचो रूपमा बुझ्दैनन्। सत्यता नबुझ्नुको अर्थ के हो? एक हिसाबमा, वस्तुगत तथ्यहरूको हिसाबमा, यसको अर्थ तैँले सत्यता सिद्धान्तहरू बुझ्दैनस्, तँलाई कसरी अभ्यास गर्ने भन्ने थाहा छैन, र विशेष परिस्थितिहरूको सामना गर्दा तँ अलमल्ल पर्छस् भन्ने हुन्छ। अर्को हिसाबमा, यसको पछाडि एउटा व्यक्तिपरक कारण पनि हुन्छ, र त्यो के हो भने मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्। भ्रष्ट स्वभावहरूले तँलाई बाधा दिन्छन् र बाँध्छन् जसले गर्दा तैँले सत्यता अभ्यास गर्न सक्दैनस्। तैँले बुझेको अलिकति सत्यतालाई पनि व्यवहारमा लागू गर्न सक्दैनस्; तँलाई सत्यता अभ्यास गर्न गाह्रो हुन्छ, र त्यसो गर्दा तँलाई बाधाहरू हुन्छन्। त्यसकारण, परमेश्वरका नजरमा, मानवजाति सधैँभरि शिशु नै हुनेछ। कतिपय मानिसहरूले यसो भन्छन्, “के मानिस परमेश्वरका नजरमा सधैँभरि शिशु नै हुनेछ? के यो व्यक्ति कुन चरणमा छ भन्ने कुरामा निर्भर हुन्छ?” हुँदैन। यो कुरा व्यक्ति कुन चरणमा छ भन्ने कुरामा निर्भर हुँदैन भनेर म किन भन्छु? मानिसको सारको आधारमा, मानवजाति सधैँ मानवजाति नै हो, र मानिस परमेश्वरको अघि सधैँभरि शिशु नै हुनेछ। कतिपय मानिसहरूले यसो भन्छन्, “त्यसोभए के अब्राहाम र अय्यूब शिशुहरू थिए त?” थिए। अब्राहाम र अय्यूबले साक्षी दिए पनि तिनीहरू किन अझै शिशु नै थिए? त्यो परमेश्वरको सार र परमेश्वरको सर्वशक्तिमान्तासँगको तुलनामा हो। मानिसहरूले परमेश्वरले प्रदान गर्नुभएको सत्यता जतिसुकै बुझे पनि, र तिनीहरू परमेश्वरको अधीनमा बस्न जतिसुकै सके पनि, परमेश्वरको स्वभाव सारको बारेमा मानिसहरूको ज्ञान र सत्यतासम्बन्धी तिनीहरूको बुझाइ सीमित हुन्छ। यो “सीमित” ले केलाई जनाउँछ? यसको अर्थ यी कुराहरू तिनीहरूको जीवन र अस्तित्वको दायरामा सीमित हुन्छन् भन्ने हुन्छ। तैँले सत्यताका विभिन्न पक्षहरू बुझे पनि र तँ परमेश्वरद्वारा सिद्ध पारिए पनि, अन्त्यमा, तँलाई भरणपोषण गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। परमेश्वर सधैँभरि तेरो जीवन र अस्तित्वको स्रोत हुनुहुनेछ, र तँ सधैँभरि परमेश्वरका वचनहरू र परमेश्वरको जीवनको भरणपोषण र मलजल प्राप्त गर्ने व्यक्ति हुनेछस्। यस दृष्टिकोणको आधारमा हेर्दा, मानवजाति परमेश्वरका नजरमा सधैँभरि शिशु नै हुनेछ। तोकेरै भन्दा, तँ कपडामा बेरिएको शिशु होस्, दूध चुस्ने शिशु होस्, कि कुनै अन्य चरणको शिशु होस्, त्यसलाई तैँले बुझेका सत्यताहरूअनुसार वर्गीकरण गरिन्छ। तर चरण जुनसुकै भए पनि, मानवहरू, यी सृजित जीवित कुराहरू, सृजित प्राणीहरू भएका हुनाले, तिनीहरू सृष्टिकर्ताका नजरमा सधैँभरि शिशु नै हुनेछन्। त्यसैले, शिशुको पहिचान र सारको हिसाबमा हेर्दा, परमेश्वरले मानवजातिसँग बोल्नुको प्राथमिक उद्देश्य र प्रकृति भनेको भरणपोषण नै हो। अवश्य नै, परमेश्वरले प्रदान गर्नुहुने भरणपोषणको दायरा फराकिलो छ: यसमध्ये कतिपय उजागर गर्ने कार्य हुन्, कतिपय भर्त्सना हुन्, र कतिपय ताडना हुन्, जबकि कहिलेकाहीँ यो खुलासाको कार्य हुन्छ, कहिलेकाहीँ यो काटछाँट हुन्छ, कहिलेकाहीँ यो मानिसहरूलाई सीधै कुराहरू बताउने काम हुन्छ, कहिलेकाहीँ यो तिनीहरूलाई स्पष्ट रूपमा कुराहरू बताउने काम हुन्छ, र कहिलेकाहीँ यो कुरा मानिसहरूलाई एउटा सिद्धान्त बताउनका लागि उदाहरण दिने काम मात्रै हुन्छ, ताकि तिनीहरूले आफै मनन गर्न र अनुभव गर्न सकून्। उहाँले जुनसुकै तरिकाले बोल्नुभए पनि, जहाँसम्म सृष्टिकर्ताले आफूले सृष्टि गरेका मानवहरूसँग बोल्ने प्रकृतिको कुरा छ, यो सधैँ भरणपोषणको एउटा रूप हुन्छ। त्यसैले परमेश्वरले मानिसहरूलाई भरणपोषण प्रदान गर्ने कुरामा, के तिमीहरूले यो प्रलोभनविहीन छ भन्ने देख्छौ? (देख्छौँ।) मानिसहरूका हकमा, मानवजातिले परमेश्वरबाट प्राप्त गर्ने कुरा सधैँ सत्यता, मार्ग, र जीवन हो; तिनीहरूले प्राप्त गर्ने कुरा लाभ हो, र तिनीहरूले कटनी गर्ने कुरा जीवन हो। तँ अन्त्यमा सिद्ध पारिए पनि, तैँले अझै पनि परमेश्वरको सार्वभौमिकतालाई स्वीकार गर्नुपर्छ र तँ परमेश्वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूको अधीनमा बस्नुपर्छ। तैँले अझै पनि परमेश्वरको भरणपोषणलाई स्वीकार गर्नुपर्छ, तैँले अझै पनि परमेश्वरको अगुवाइलाई स्वीकार गर्नुपर्छ, र तँ अझै पनि एक सृजित प्राणी होस्; तेरो पहिचान कहिल्यै परिवर्तन हुनेछैन। कुरा यत्ति हो, त्यो बेला त्यो पहिचानभित्र तँसँग हुने जीवन र कद तेरो वर्तमान पहिचानभित्र तँसँग भएको जीवन र कदभन्दा फरक हुनेछ। त्यो बेला, तेरो पहिचान अझ बढी वैध हुनेछ; तँसँग नयाँ मानवजातिको जीवन हुनेछ। यस जीवनको सार परमेश्वरका वचनहरूबाट आउँछ। यो नयाँ मानवजाति परमेश्वरको अधीनमा बस्न सक्छ र यसले परमेश्वरको आराधना गर्न सक्छ; तिनीहरूले उप्रान्त शैतानको आराधना गर्दैनन्, तिनीहरूले शैतानलाई इन्कार गरेका हुन्छन्, तिनीहरू उप्रान्त शैतानद्वारा प्रलोभनमा पर्दैनन्, र तिनीहरूले पशुको छाप बोक्दैनन्।
देहधारी परमेश्वरले बोल्नुभएका यी सबै वचनहरूमा, तिमीहरूले तिनलाई पढेको पहिलो दिनदेखि अहिलेसम्म—वा भविष्यमा तिमीहरूले तिनलाई पढ्दा—तिमीहरूले पढ्ने हरेक वचनमा र तिमीहरूले सुन्ने र स्वीकार गर्ने हरेक वचनमा, परमेश्वरले बोल्नुहुने हरेक पटक, प्रलोभनको तत्त्व समावेश भएको एउटा पनि वचन हुँदैन। मैले तिमीहरूलाई प्रश्नहरू सोध्दा समेत, म सीधै प्रश्न सोध्छु, तिमीहरूका दृष्टिकोणहरू सोध्छु र तिमीहरूले कुनै कुरालाई कसरी बुझ्छौ र हेर्छौ भनेर सोध्छु। वा म तिमीहरूलाई मनन गर्न दिनका लागि एउटा प्रश्न उठाउन सक्छु, र यदि तिमीहरूले यसबारे छलफल गरेपछि पनि यसलाई बुझ्न सकेका छैनौ वा स्पष्टता प्राप्त गरेका छैनौ भन्ने मैले देखेँ भने, म सीधै यसबारे कुरा गर्नेछु। मैले बोलिसकेपछि र तिमीहरूले बुझेपछि र समस्यालाई बोध गर्न सकेपछि, म यसबारे थप कुरा गर्नेछैनँ। कहिलेकाहीँ म बोल्दा, म उदाहरणहरू दिन्छु। कतिपय मानिसहरूले ती सुन्छन् र यस्तो महसुस गर्छन्, “के उहाँले साना बच्चाहरूलाई सिकाइरहनुभएको छ?” म भन्छु, परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिसहरू बीस वा तीस वर्षभन्दा माथिका वयस्कहरू हुन्; तिनीहरू साँच्चै साना बच्चाहरू होइनन्। तर, परमेश्वरमा विश्वास गर्नेहरूले खाने र पिउने कुरा परमेश्वरका वचनहरू हुन्, त्यसैले व्यक्तिको उमेर जतिसुकै भए पनि, परमेश्वरका वचनहरू र परमेश्वरको अघि, तिनीहरू साना बच्चा हुन्, र सधैँभरि त्यस्तै हुनेछन्। हेर् त, परमेश्वरको घरका मानिसहरू जीवनका सबै क्षेत्रहरूबाट आएका हुन्छन्: श्रमिकहरू, किसान, प्राविधिक, सरकारी अधिकारीहरू, साथै कलेजका विद्यार्थीहरू, र अझ स्नातकोत्तरका विद्यार्थीहरू, विद्यावारिधिका विद्यार्थीहरू, प्राध्यापकहरू समेत, र यस्तै अन्य। तर यी सबै मानिसहरूमध्ये, कति जनाले सत्यता बोध गर्न सक्छन्? जब म यसरी प्रवचनहरू दिन्छु, तब कति जना मानिसहरूले तिनलाई पूर्ण रूपमा बुझ्न सक्छन्? यदि मैले विस्तृत र निश्चित रूपमा बोलिनँ भने, के मानिसहरूले मैले भनेको कुरा बुझ्न सक्छन्? तिनीहरूले शाब्दिक अर्थको हिसाबमा अलिकति मात्रै बुझ्छन्, र जब तिनीहरूले अभ्यास गर्ने र अनुभव गर्ने समय आउँछ, तब तिनीहरूसँग कुनै मार्ग हुँदैन। त्यसैले मैले विस्तृत र निश्चित रूपमा बोल्नुपर्छ, र मैले उदाहरणहरू पनि दिनुपर्छ; बोल्ने यी तरिकाहरूमध्ये कुनैलाई पनि छोडेर हुँदैन। यदि कसैले यो त साना बच्चाहरूलाई सिकाउने तरिका हो भन्ने सोच्छ भने, तिनीहरू सही हुन्छन्। जब म यी वचनहरू बोल्छु, तब म साँच्चै साना बच्चाहरूसँग बोलिरहेको हुन्छु। त्यसोभए मलाई भन त, के तिमीहरू सबै परमेश्वरको अघि साना बच्चाहरू होइनौ र? तिमीहरूमध्ये कति जनाले परमेश्वरका वचनहरू बोध गर्न र परमेश्वरका वचनहरू बुझ्न सक्छौ? यदि तिमीहरूले साँच्चै आफैलाई साना बच्चाहरूको रूपमा लिन्छौ भने, तिमीहरूसँग साँच्चै समझ छ। परमेश्वरका वचनहरू सुन्दा तिमीहरूले आफैलाई साना बच्चाहरूको रूपमा व्यवहार गर्नुपर्छ; यो मानसिकता सही छ। हेर त, जब म साना बच्चाहरूका लागि लक्षित यी वचनहरू बोल्छु, तब के तिमीहरूलाई ती आकर्षक लाग्छ र के तिमीहरूले तिनमा आमेन भन्छौ? के मेरो यसरी बोल्ने तरिकाले तिमीहरूका कठिनाइहरूलाई समाधान गर्छ? के यसले तिमीहरूका समस्याहरू समाधान गर्छ? यदि तिमीहरूका समस्याहरू साँच्चै समाधान हुन्छन् भने, यी वचनहरू मानिसहरूलाई आवश्यक पर्ने कुराहरू हुन्, र मेरो यसरी बोल्ने तरिका साँच्चै पूर्ण रूपमा उपयुक्त छ। भ्रष्ट मानवहरूसँग मैले यसरी नै बोल्नु आवश्यक छ—उदाहरणहरू दिँदै, रूपकहरू प्रयोग गर्दै, र विभिन्न दृष्टिकोणहरूबाट र विभिन्न विधिहरू प्रयोग गरेर अथक रूपमा र बारम्बार बोल्नु आवश्यक छ। यसबाहेक, म त तैँले कुनै बच्चासँग प्रयोग गर्न सक्ने जस्तै शब्दहरू नै प्रयोग गर्छु; यी सबैभन्दा सरल र सबैभन्दा सीधा शब्दहरू हुन्। यसरी बोलेर मात्रै मानिसहरूले बुझ्न सक्छन्। तर मैले जसरी बोले पनि, यी सबै वचनहरूमध्ये, एउटा पनि वचन झूटो हुँदैन वा तिमीहरूलाई भ्रमित पार्ने उद्देश्यले बोलिएको हुँदैन। ती सबैले तिमीहरूलाई परमेश्वरले भन्नुभएका सबै कुरामा विश्वास गर्नू भनेर भन्छन्; तिमीहरूले परमेश्वरका वचनहरूमा पटक्कै शङ्का गर्नु हुँदैन। जसले परमेश्वरका वचनहरूमा शङ्का गर्छ ऊ शैतानको चालमा फस्छ र आफैलाई यसको पासोमा परेको पाउँछ। उदाहरणका लागि, परमेश्वरले भन्नुभयो, “तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्चय नै मर्नेछस्” (उत्पत्ति २:१७)। अनि शैतानले मानिसहरूलाई कसरी भ्रमित पार्यो? शैतानले भन्यो, “तिमीहरू अवश्यै मर्नेछौ भन्ने छैन” (उत्पत्ति ३:४)। यसले मानिसहरूलाई भ्रमित पार्यो। मैले भनेका कुराहरूमा के शैतानको जस्तै कुनै वचनहरू छन्, वा तिनले मानिसहरूलाई शैतानले जस्तै भ्रमित पारेका छन्? के मैले कहिल्यै यस्तो प्रकृतिको एउटै कुरा भनेको छु? (छैन।) एक हिसाबमा, मैले बोलेका वचनहरूले तिमीहरूलाई शैतानका भ्रष्ट स्वभावहरू जान्न र यसले मानिसहरूमा भर्ने विभिन्न भ्रामक विचार र दृष्टिकोणहरू जान्न मद्दत गर्छन्, जसले गर्दा तिमीहरूले तिनलाई जान्न र विश्लेषण गर्न र त्यसपछि तिनलाई फाल्न सक्छौ। अर्को हिसाबमा, तिनले तिमीहरूलाई परमेश्वरको मार्ग कसरी पछ्याउने, परमेश्वरको मार्ग कस्तो छ, मानिसहरूका लागि परमेश्वरले माग गर्नुभएका सिद्धान्तहरू के-के हुन्, र विभिन्न मामिलाहरूमा मानिसहरूले कस्ता सिद्धान्तहरू पालन गर्नुपर्छ भन्ने कुरा बताउँछन्। मैले भनेका सबै कुराहरू तँलाई शैतान र दुष्ट प्रचलनहरूबाट टाढा रहन, शैतानलाई इन्कार गर्न, आफूलाई दुष्ट प्रचलनहरूबाट अलग गर्न, परमेश्वरको अघि आउन, विभिन्न मानिस, घटना र कामकुराहरूमा परमेश्वरका अभिप्रायहरू र सत्यता सिद्धान्तहरू खोज्न, परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न, र परमेश्वरका वचनहरूको अधीनमा बस्न मद्दत गर्नका लागि हुन्। मैले भनेका सबै कुराहरू तिमीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, त्यसपछि परमेश्वरको डर मान्ने र परमेश्वरको आराधना गर्ने मानिसहरू बन्न मद्दत गर्नका लागि हुन्। मैले तिमीहरूलाई सांसारिक प्रचलनहरू पछ्याउनू वा संसारका विभिन्न विचार र दृष्टिकोणहरूलाई मान्नू भनेर कहिल्यै भनेको छैन। मैले तिमीहरूलाई साँचो मार्गबाट तर्काउन वा परमेश्वरबाट तर्काउन एउटै कुरा पनि भनेको छैन, न त मैले तिमीहरूलाई परमेश्वरलाई गलत ठहराउन वा परमेश्वरप्रति असन्तुष्ट हुन नै कहिल्यै भनेको छु। अवश्य नै, मेरा वचनहरूले देहधारी परमेश्वरको दृष्टिकोणबाट परमेश्वरलाई गलत रूपमा प्रतिनिधित्व गर्ने, वा तिमीहरूलाई परमेश्वरबारे गलत बुझाइ राख्न वा उहाँप्रति सतर्क रहन लगाउनका लागि गलत जानकारी दिने कुरा त झनै परको कुरा हो। बरु, म परमेश्वरबारे तिमीहरूका गलत विचार र दृष्टिकोणहरू र परमेश्वरबारे तिमीहरूका विभिन्न धारणा र कल्पनाहरू समाधान गर्नका लागि सक्दो प्रयास गर्छु, तिमीहरूलाई उहाँको अघि ल्याउँछु—यहाँसम्म कि तिमीहरूलाई उहाँतर्फ धकेल्छु—तिमीहरूलाई दुष्ट प्रचलनहरूबाट टाढा रहन र विभिन्न भ्रामक विचार र दृष्टिकोणहरू त्याग्न मद्दत गर्छु। हेर् त, विभिन्न भ्रामक विचार र दृष्टिकोणहरूलाई विश्लेषण गर्ने यी सबै वचनहरूले—विवाह सम्बन्ध, परिवार, काम, राजनीति, आकाङ्क्षाहरू, भविष्यका सम्भावनाहरू, पैसा, हैसियत, ख्याति र प्राप्ति, पुरुष र महिलाबीचको सम्बन्ध, साथै यस संसारमा विभिन्न मानिसहरूले लिएका मार्गहरू, मानिसहरूले विभिन्न संवेगहरूलाई कसरी खुट्ट्याउनुपर्छ, भावनाहरूलाई कसरी लिने, र यस्तै अन्य कुराहरूमाथिको मेरो सङ्गति लगायतका सबै कुराले—तिमीहरू सबैलाई सही र सकारात्मक विचार र दृष्टिकोणहरू, र सत्यता प्रदान गर्छन्। यी वचनहरू सबै सत्यता हुन्। सत्यतालाई स्वीकार गरेर मात्रै मानिसले विभिन्न भ्रामक विचार र दृष्टिकोणहरूलाई खुट्ट्याउन विभिन्न दृष्टिकोणहरू प्रयोग गर्न, यस संसारको अन्धकार र दुष्टतालाई खुट्ट्याउन, यस संसारलाई स्पष्ट रूपमा देख्न सक्षम हुन, र शैतानलाई इन्कार गर्न सक्छ; सत्यतालाई स्वीकार गरेर मात्रै उसले परमेश्वरले उसबाट माग गर्नुभएअनुसार सत्यताअनुरूप हुने सही विचार र दृष्टिकोणहरू राख्न सक्छ, ऊ उज्यालो र सही मार्गमा हिँड्न सक्छ, र उहाँको अधीनमा बस्न र उहाँको आराधना गर्न उहाँको अघि आउन सक्छ। यसका साथै, यदि मैले यी वचनहरू बोल्नुको पछाडि कुनै अभिप्राय छ भने, त्यो एउटै मात्र छ, त्यो के हो भने तिमीहरूलाई सत्यता बुझ्न, आफ्नै दैहिक सम्भावना र हितहरू, र देहका अन्य विभिन्न कुराहरू त्याग्न सक्षम हुन, त्यसपछि सत्यता पछ्याउन मद्दत गर्नका लागि सम्भव भएसम्म सबै कुरा गर्नु हो। यो मानिसहरूलाई सत्यता समावेश हुने विभिन्न विषयहरूका बारेमा बताउन सबै प्रकारका विभिन्न विधिहरू प्रयोग गर्नु पनि हो, ताकि तिमीहरूलाई सत्यतामा रुचि जागोस्। विशेष गरी, म तिमीहरूमा रुचि जगाउन र तिमीहरूलाई सुन्न इच्छुक हुन मद्दत गर्नका लागि केही तुलनात्मक रूपमा रमाइला र ठट्यौली विधिहरू प्रयोग गर्छु, ताकि तिमीहरूले यसलाई ग्रहण गर्न सक, त्यसपछि यसभित्र बोलिएको सत्यता बुझ्न सक। म तिमीहरूलाई आकर्षित गर्न र तिमीहरूलाई सुन्न इच्छुक हुन मद्दत गर्नका लागि कुनै रमाइलो वा रोचक कथा प्रयोग गर्न सक्छु। यसरी, तिमीहरूले यो सुनेपछि, कथा याद गर्नुका साथै, वास्तविक जीवनमा यस्तै मामिलाको सामना गर्दा तिमीहरूले यसलाई सम्झन पनि सक्नेछौ, र यस समस्यासँग सम्बन्धित सत्यताहरू खोज्न सक्नेछौ। तिमीहरूले खोजी गर्दा, तिमीहरूले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछौ, र यसभित्रका सत्यता सिद्धान्तहरू के-के हुन्, परमेश्वरका अभिप्रायहरू के-के हुन्, र मानिसहरूले कस्ता सत्यताहरू अभ्यास गर्नुपर्छ भन्ने कुरा जान्नेछौ। अर्थात्, विभिन्न मामिलाहरूको सामना गर्दा तँ उप्रान्त अलमल्लमा नपर्, तेरा हातहरू उप्रान्त बाँधिएका नहोऊन्, र तँ उप्रान्त अन्योलमा वा पीडामा नबस्, तर तँसँग एउटा व्यावहारिक मार्ग होस्, र अझ महत्त्वपूर्ण कुरा, तँ पहिले जस्तै शैतानका विचार र भ्रष्ट स्वभावहरूद्वारा उप्रान्त नियन्त्रित नबन्, तैँले शैतानका भ्रष्ट स्वभावहरूलाई उप्रान्त आफ्नो जीवनको रूपमा नलिई, र विभिन्न मामिलाहरू सम्हाल्न शैतानले तँमा भरेका विचार र दृष्टिकोणहरू उप्रान्त प्रयोग नगर्, बरु तिनलाई परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूले प्रतिस्थापन गरून् भनेर म लागिपर्छु। हेर् त, मैले भन्ने हरेक कुरामा मैले जुनसुकै विधि प्रयोग गरे पनि, तँलाई रुचि जगाउन सक्ने विधि होस् वा तँलाई आकर्षित गर्न सक्ने विधि होस्, म तँलाई सत्यता बुझ्न मद्दत गर्ने प्रयास गर्छु—मेरो अन्तिम उद्देश्य त्यही हो। मैले कहिलेकाहीँ कुनै ठट्टा गरेँ वा कुनै रमाइलो घटना सुनाएँ भने पनि, त्यो तिमीहरूको हृदयलाई शान्त पार्न र तिमीहरूलाई शान्त भएर बस्न सक्षम हुन मद्दत गर्नका लागि हुन्छ; यसरी तिमीहरूले सत्यता सुन्न चाहनेछौ, र सत्यता स्वीकार गर्ने अवसर पाउनेछौ। उद्देश्यहरूका हकमा भन्दा, उद्देश्य यही मात्रै हो। विशेष गरी, जसले परमेश्वरमा विश्वास गरेको छोटो समय मात्रै भएको छ र जसको अनुभव सतही छ त्यस्ता केही युवाहरूका हकमा—यस संसारको बारेमा अझै पनि अपेक्षाहरू र जिज्ञासाले भरिएको मानिसहरूको यो समूहको हकमा—यी नयाँ विश्वासीहरूलाई साँचो मार्गमा जग बसाल्न मद्दत गर्नका लागि, मैले धेरै वचनहरू बोलेको छु र धेरै काम गरेको छु। सबै उमेर समूहका अनुयायीहरू, सबै प्रकारका परिस्थितिहरूमा रहेका अनुयायीहरू, र सबै जातजातिका अनुयायीहरूसँग, मेरो बोलाइ पछाडिको एउटै मात्र उद्देश्य र अभिप्राय भनेको परमेश्वरलाई पछ्याउँदा तिनीहरूलाई सत्यता प्राप्त गर्न, सत्यता सिद्धान्तहरू र परमेश्वरका अभिप्रायहरू बुझ्न, परमेश्वरलाई पछ्याउन र सही मार्गमा हिँड्न सक्षम हुन, उप्रान्त सांसारिक प्रचलनहरू नपछ्याउन, उप्रान्त शैतानका भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित नहुन, र उप्रान्त शैतानको भ्रष्टतालाई स्वीकार गर्न जारी नराख्न, बरु साँचो परमेश्वरको आराधना गर्न, सृष्टिकर्ताको आराधना गर्न, र सृष्टिकर्ताको आराधना गर्नका लागि सृजित प्राणीहरूको रूपमा आफ्नो मौलिक स्थानमा फर्कन मद्दत गर्नु हो—मेरो एउटै मात्र उद्देश्य यही हो। यस एउटै मात्र उद्देश्यको सन्दर्भमा भन्दा, मैले कहिलेकाहीँ बोल्दा विशेष विधिहरू प्रयोग गरे पनि र विशेष विषयहरूका बारेमा कुरा गरे पनि, र मैले केही हदसम्म गहन र बुझ्न त्यति सजिलो नभएका केही वचनहरू बोले पनि, परिस्थिति जस्तोसुकै भए पनि, मेरो उद्देश्य भनेको कहिल्यै पनि प्रलोभनमा पार्नु भन्ने हुँदैन। मेरो एउटै मात्र उद्देश्य छ, त्यो तिमीहरूलाई भरणपोषण र मार्गदर्शन प्रदान गर्नु हो, र यो भरणपोषण र मार्गदर्शन एक प्रकारको धैर्यपूर्ण निर्देशन हो। एउटा अपूर्ण रूपक प्रयोग गरेर भन्दा, तिमीहरूलाई भरणपोषण र मार्गदर्शन प्रदान गर्नु भनेको ग्रिनहाउसमा फूलहरूको हेरचाह गर्नु जस्तै हो। म अलिकति पनि लापरवाह हुने आँट गर्दिनँ। यो धेरै तातो वा धेरै चिसो हुनु हुँदैन। मौसम राम्रो हुँदा, मैले फूलहरूमा केही मात्रामा घाम लाग्न दिनुपर्छ, र मैले हर समय तापक्रममा नजर राख्नुपर्छ। यदि धेरै तातो भयो भने, फूलहरू सुक्नेछन् र मर्नेछन्; यदि तापक्रम अचानक घट्यो र धेरै चिसो भयो भने, साना फूलहरू जमेर मर्नेछन्। तिमीहरूको आफ्नै कद यति नै कमजोर छ। कमजोर हुनुको अर्थ के हो? यसको अर्थ तिमीहरू अत्यन्तै अपरिपक्व छौ र तिमीहरूसँग कुनै कद छैन भन्ने हुन्छ। कुनै कद नहुनुको खास प्रकटीकरण के हो? त्यो के हो भने वास्तविक जीवनमा कुराहरूको सामना गर्दा धेरैजसो मानिसहरूसँग व्यावहारिक रूपमा कुनै जीवन प्रवेश हुँदैन। कुनै जीवन प्रवेशविना कसैसँग कसरी कद हुन सक्छ र? बिस्तारै जीवन प्रवेश निर्माण गर्दै गएको आधारमा समयसँगै कद जम्मा हुन्छ र सङ्कलन हुन्छ। त्यसकारण, जब म तिमीहरूसँग बोल्छु, तब मैले तिमीहरूलाई विभिन्न दृष्टिकोणहरूबाट, विभिन्न अडानहरूबाट, विभिन्न विधिहरू र उदाहरणहरू प्रयोग गरेर विभिन्न विषयहरूमा अथक रूपमा भरणपोषण र मार्गदर्शन प्रदान गर्नुपर्छ—धैर्यपूर्ण निर्देशन दिनु भनेको यही हो। यो निर्देशन प्रलोभन होइन—यो मार्गदर्शन र भरणपोषण प्रदान गर्नु हो; यो एक प्रकारको अगुवाइ हो। यस प्रकारको अगुवाइको कुनै नकारात्मक प्रभावहरू हुँदैनन्, न त यो कुनै अनुचित अभिप्रायहरूद्वारा नै सञ्चालित हुन्छ। मैले बोल्ने वचनहरूलाई तिमीहरू जाँच: चाहे त्यो अभिप्रायको हिसाबमा होस्, वा मैले बोल्ने तरिका, मैले समावेश गर्ने विषयहरू, वा मेरो बोलीको शैलीको हिसाबमा होस्—र तिमीहरूले प्रवचनहरूको अडियो रेकर्डिङ सुनिरहेका भए पनि वा पाठ पढिरहेका भए पनि—के म शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न प्रयोग गर्ने कुनै पनि विधिहरू प्रयोग गर्छु? (गर्नुहुन्न।) मैले भनेका सबै कुरालाई तिमीहरूले ध्यान दिएर हेर। प्रत्येक खण्डमा, लम्बाइ जतिसुकै भए पनि, सङ्गति गरिएको कुरा सत्यताको एउटा पक्ष नै हुन्छ; यो सबै सत्यतासँग सम्बन्धित हुन्छ। यो सबै सत्यतासँग सम्बन्धित हुने हुनाले, यो तिमीहरूका लागि भरणपोषण हो, यो तिमीहरूलाई आवश्यक पर्ने कुरा हो, यो तिमीहरूले प्राप्त गर्न लागेको जीवनसँग सम्बन्धित हुन्छ, र यो तिमीहरूको भविष्य र गन्तव्यसँग सम्बन्धित हुन्छ। त्यसकारण, मेरो तर्फबाट, म पक्कै पनि अलिकति पनि लापरवाह छैनँ। यदि तिमीहरू आफैले परमेश्वरका वचनहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैनौ भने, तिमीहरू मूर्ख छौ भनेर मात्रै भन्न सकिन्छ। म तिमीहरूलाई मूर्ख छौ भनेर किन भन्छु? किनभने तिमीहरूको कद अत्यन्तै अपरिपक्व भएको हुनाले सत्यता तिमीहरूको समझभन्दा बाहिर छ, र तिमीहरूको बुझाइमा विचलनहरू छन् र यो धेरै हदसम्म बच्चाको जस्तै छ। त्यसैले, तिमीहरूलाई तीन वर्षका बच्चाहरूलाई जस्तै व्यवहार गरिनु भनेको पटक्कै अतिशयोक्ति होइन। यो तिमीहरूलाई अपमान गर्नु वा तिमीहरूलाई हेला गर्नु होइन; बरु, तिमीहरूको खास कद अत्यन्तै सानो छ, र तिमीहरूसँग कुनै खुट्ट्याउने क्षमता नै छैन। के यी वचनहरू सही छन्? (छन्।)
हामीले भर्खरै सङ्गति गरेको विषय, अर्थात् देहधारी परमेश्वरले मानिसहरूलाई कसरी प्रलोभनमा पार्नुहुन्न भन्ने विषयको बारेमा के तिमीहरूले अलिक बढी बुझ्यौ? (बुझ्यौँ।) मैले सङ्गति गरेका कुराहरू आधारभूत रूपमा देहधारी परमेश्वरले कसरी बोल्नुहुन्छ र काम गर्नुहुन्छ भन्ने कुराको प्रकाशमा छलफल गरिएका हुन्—अर्थात्, परमेश्वरले कसरी बोल्नुहुन्छ र काम गर्नुहुन्छ भन्ने तथ्यहरूको प्रकाशमा, र परमेश्वरका श्रमसाध्य अभिप्रायहरूको प्रकाशमा छलफल गरिएका हुन्। यसले मानिसहरूलाई के देख्न दिन्छ भने परमेश्वरको बोली, परमेश्वरको काम, र परमेश्वरको सारभित्र, भ्रष्ट मानवहरूभित्र वा शैतान र दियाबलसहरूभित्र पाइने जस्तो मानिसहरूलाई प्रलोभनमा पार्ने कुनै तत्त्व हुँदैन, न त त्यस्तो कुनै अभिप्राय नै हुन्छ। त्यसोभए साधारण रूप भएका यस व्यक्ति, देहधारी परमेश्वरको बारेमा तिमीहरूलाई कति थाहा छ? अनि देहधारी परमेश्वरको मानवता र ईश्वरीय सार एक हुन्, ती एक-अर्कासँग बाझिँदैनन् वा जुध्दैनन्, ती एकमत छन्, र देहधारी परमेश्वरले पनि शैतान वा भ्रष्ट मानवजातिमा पाइने जस्तो मानिसहरूलाई प्रलोभनमा पार्ने कुनै प्रकटीकरणहरू देखाउनुहुन्न भनेर प्रमाणित गर्न सक्ने तथ्यहरू के-के छन्? यस पक्षको बारेमा तिमीहरूलाई कति थाहा छ? वा, देहधारी परमेश्वरका कस्ता प्रकटीकरण र प्रकाशहरूले तिमीहरूलाई यो कुरा पहिचान गर्न दिएका छन्? यो धेरैजसो मानिसहरूले अझै नबुझेको कुरा हुन सक्छ, होइन र? त्यसो भएको हुनाले, मैले तिमीहरूलाई यो कुरा विस्तृत रूपमा प्रस्तुत गर्नुपर्छ; मलाई सधैँ यसरी कुराहरू प्रस्तुत गरिरहनु झन्झटिलो लाग्छ। वास्तवमा, अनलाइन होस् वा वास्तविक जीवनमा होस्, तिमीहरूसँग अन्तरक्रिया गर्दा र सङ्गत गर्दा, यदि तिमीहरूले ध्यान दियौ र यस सन्दर्भमा देहधारी परमेश्वरका प्रकटीकरण र प्रकाशहरूलाई होसियारीसाथ बुझ्यौ भने, तिमीहरूले तिनलाई पत्ता लगाउन सक्छौ। तर तिमीहरू चनाखो छैनौ, यति मात्र होइन, तिमीहरूलाई यो महत्त्वपूर्ण समस्या नै होइन भन्ने लाग्छ। तिमीहरूमध्ये कसैले पनि यस मामिलामा ध्यान दिँदैनौ, त्यसैले तिमीहरूले तिनलाई पत्ता लगाउन सक्दैनौ। तिमीहरूले ध्यान दिएका भए पनि वा नभए पनि, यस पक्षमा परमेश्वरलाई चिन्ने सत्यता समावेश हुने हुनाले, हामीले यसबारे सङ्गति गर्नैपर्छ। प्रलोभनमा नपार्ने पक्षको बारेमा सङ्गति गर्दा, देहधारी परमेश्वरले मानिसहरूसँग अन्तरक्रिया गर्ने तरिकाबाट हेर्दा, तैँले बुझ्नुपर्ने पहिलो कुरा के हो भने म तिमीहरूसँग बोल्दा वा मामिलाहरू सम्हाल्दा तिमीहरूबाट कुरा फुत्काउने प्रयास गर्दिनँ। कुराकानी भनेको कुराकानी मात्रै हो; म सीधै मुख्य कुरामा आउँछु, म सीधा छु, र मेरो मनमा जे छ म त्यही भन्छु। कहिलेकाहीँ, तेरो कमजोरीलाई विचार गरेर वा तेरो अपरिपक्व कदको कारणले तेरो आत्मसम्मानलाई जोगाउन, मैले तँसँग बोल्न केही बुद्धिमानी विधिहरू अपनाए पनि, म अझै पनि तँबाट कुरा फुत्काउने प्रयास गर्दिनँ, न त म तँलाई केही भन्न लगाउन प्रलोभनमा नै पार्छु। यदि तँ बोल्न इच्छुक छस् भने, बोल्; यदि तँ कुनै कुराको बारेमा बोल्न इच्छुक छैनस् भने, म तँलाई त्यसबारे सोध्ने प्रयास गर्नेछैनँ। म तँबाट कुरा फुत्काउने प्रयास गर्नेछैनँ। यदि म कतिपय मानिसहरूलाई के भइरहेको छ भनेर बुझ्न चाहन्छु भने, म तिनीहरूको बारेमा सीधै सोध्नेछु: “तिमीहरूको मण्डली अगुवा कस्तो छ? तँसँग सहकार्य गर्ने बहिनीले परमेश्वरमा विश्वास गरेको कति वर्ष भयो? के परमेश्वरप्रतिको उनको विश्वासमा कुनै जग छ? के तँलाई उनी सत्यता पछ्याउने व्यक्ति हुन् जस्तो लाग्छ? सँगै सहकार्य गर्दा के तिमीहरूले कुनै समस्याहरूको सामना गरेका छौ?” यी प्रश्नहरू सुन्—के ती मानिसहरूबाट कुरा फुत्काउने प्रकृतिका छन् र? (छैनन्।) यदि तँ केही भन्न चाहँदैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैनँ। म तँलाई प्रलोभनमा पार्न कुनै युक्ति वा दाउपेचहरूको सहारा लिनेछैनँ, न त म तेरो हृदयका कुराहरू बाहिर निकाल्न सम्भव भएसम्म सबै कुरा नै गर्नेछु। ममा त्यस्तो कुनै झुकाव छैन, मलाई यसरी काम गर्न कुनै रुचि छैन, र म त्यसो कहिल्यै गर्नेछैनँ। यदि तँ केही पनि नछोडी बोल्न इच्छुक छस् भने—तैँले भनेको कुरा तुलनात्मक रूपमा वस्तुगत भए पनि वा त्यसमा व्यक्तिगत पूर्वाग्रह समावेश भए पनि, तैँले जसरी चाहन्छस् त्यसरी नै कुरा भन्न सक्छस्—मैले तेरो कुरा सुनेपछि, म एउटा निश्चित विश्लेषण गर्नेछु। तर मेरो दृष्टिकोणबाट, म तँसँग अत्यन्तै सीधा तरिकाले बोल्छु। म जे भन्छु त्यसको शाब्दिक अर्थ नै मैले सञ्चार गर्न खोजेको कुरा हुन्छ। यदि म कुनै कुराको बारेमा जान्न चाहन्छु भने, म यसबारे सीधै सोध्छु। यदि तँ सधैँ घुमाउरो कुरा गर्छस् र सीधै बोल्दैनस्, मसँग शब्दहरूसँग खेल्ने वा दिमागसँग खेल्ने प्रयास गर्छस् भने, म तँसँग पटक्कै अन्तरक्रिया गर्नेछैनँ। मलाई शब्दहरूसँग खेल्न मन पर्दैन, र म चालहरूको सहारा पनि लिँदिनँ; म जानकारी निकाल्न सम्भव भएसम्म सबै कुरा गर्ने प्रयास कहिल्यै गर्नेछैनँ। मानौँ म कसैको स्थितिको बारेमा जान्न चाहन्छु, जस्तै तिनीहरूले परमेश्वरमा विश्वास गरेको कति वर्ष भयो, तिनीहरूले साँच्चै परमेश्वरमा विश्वास गर्छन् कि गर्दैनन्, सत्यताको बारेमा तिनीहरूको बोध कस्तो छ, तिनीहरूले आफ्नो कर्तव्य पूर्ण-समय गर्छन् कि गर्दैनन्, वा तिनीहरूलाई संवर्धन गर्ने प्रयास गर्नु लाभदायक हुन्छ कि हुँदैन—यदि मलाई कामका खातिर यी कुराहरू जान्न आवश्यक छ भने, म सीधै सोध्नेछु। तर तिनीहरूका निजी मामिलाहरूका विवरणहरू वा तिनीहरूले आफ्नो निजी जीवनमा पर्दा पछाडि के गर्छन् भन्ने कुराको हकमा, म त्यस्ता कुराहरूको बारेमा सोध्दिनँ। म जे कुराको बारेमा जान्न चाहन्छु त्यो तेरो पछ्याइ, सत्यता र आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति हुन्छ, र, यदि तँ अगुवाको रूपमा छनौट भइस् भने, तेरो सङ्कल्प, बोझ, र मानवता कस्तो छ, साथै तेरो विश्वास कति ठूलो छ भन्ने कुरा हुन्छ—यी नै ती कुराहरू हुन् जसको बारेमा म जान्न चाहन्छु। तेरा निजी मामिलाहरूका हकमा, जस्तै तैँले महिनामा कति पैसा कमाउँछस्, तैँले कस्ता घिनलाग्दा कुराहरू गरेको छस्, तँ विपरीत लिङ्गका कुन सदस्यहरूसँग जिस्किएको छस्, वा तैँले कसलाई धोका दिएको वा छल गरेको छस्, म साँच्चै यी कुराहरू जान्न चाहन्नँ, र म यी कुराहरूका बारेमा कहिल्यै सोध्दिनँ। कतिपय मानिसहरूले मलाई तिनीहरूले एकपटक विपरीत लिङ्गसँग सम्बन्धित अपराधहरू गरेका थिए भनेर बताउँछन्। म भन्छु, “मलाई त्यस्ता कुराहरूको बारेमा नबता। एकान्तमा गएर परमेश्वरलाई प्रार्थना गर्। यदि परमेश्वरले तँलाई क्षमा गर्नुभयो भने, तेरो हृदय छोइनेछ। यदि परमेश्वरले तँलाई क्षमा गर्नुभएन भने, प्रार्थनालाई जारी राख्। मलाई नबता; म यी कुराहरू सुन्न चाहन्नँ।” जब म तिमीहरूलाई भेट्छु, तब म मुख्य रूपमा परमेश्वरमाथिको विश्वास, मण्डलीको काम, जीवन प्रवेश, वा तैँले सोध्ने तेरो व्यक्तिगत स्थितिको बारेमा रहेका समस्याहरूका मामिलाहरूमा कुरा गर्छु। यो प्रायजसो यिनै कुराहरू हुन्छन्, र कहिलेकाहीँ म संसारभरिका समस्याहरूको बारेमा पनि अलिकति कुरा गर्छु। हामीले जुनसुकै विषयमा छलफल गरे पनि, म सामु रहेको विषयमा मेरा व्यक्तिगत दृष्टिकोण र रायहरू मात्रै व्यक्त गर्छु; तँसँग आफूले चाहेको सोच्ने र भन्ने स्वतन्त्रता छ। तैँले जे भन्न चाहन्छस् त्यही भन्न सक्छस्, र तैँले जति भन्न चाहन्छस् त्यति नै भन्न सक्छस्। यदि तँलाई मप्रति सतर्क रहनुपर्ने कुनै आवश्यकता छैन भन्ने लाग्छ भने, तँलाई जे भन्न मन लाग्छ त्यही भन्न सक्छस्। यदि तँ तेरो हृदयमा मप्रति सतर्क र शङ्कालु छस्, मैले तेरो विगतको बारेमा थाहा पाउनेछु वा तेरा रहस्यहरू स्पष्ट पार्नेछु भनी डराउँछस्, र तँ धेरै भन्न चाहँदैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैनँ; म तँलाई स्वतन्त्रता दिन्छु। मानिसहरूसँग अन्तरक्रिया गर्ने मेरो सिद्धान्त यही हो। तँ आफ्ना कुराहरू आफैमा सीमित राख्छस् भन्दैमा म तेरो बारेमा गोप्य रूपमा कुराहरू बुझ्नका लागि कसैलाई खोजेर सोध्न सम्भव भएसम्म सबै कुरा गर्ने प्रयास कहिल्यै गर्नेछैनँ, न त म तँलाई आफै ती कुराहरू भन्न लगाउनका लागि तँबाट कुरा फुत्काउन तेरो अगाडि विभिन्न विधिहरू नै प्रयोग गर्नेछु। म त्यस्ता कुराहरू गर्दिनँ। म कसैलाई पनि मलाई कुराहरू बताउनू भनेर सक्रिय रूपमा कहिल्यै भन्दिनँ। तैँले मलाई कुनै पनि कुरा बताउन आवश्यक छैन; म तँसँग त्यस्तो कुनै माग गर्दिनँ। तैँले कुनै पनि विवरण नछोडी मलाई कुराहरू बताए पनि, तँ अझै पनि एउटा कुराबाट पन्छिन सक्दैनस्: तैँले सत्यता पछ्याउनैपर्छ। मलाई सबै कुरा बताउँदैमा तँ इमानदार व्यक्ति बन्छस्, तैँले उप्रान्त सत्यता पछ्याउनु पर्दैन, र तँ सजाय र न्यायबाट बच्न सक्छस् भन्ने हुँदैन। बरु, तैँले जेसुकै गरे पनि, म तँलाई आफ्नै तरिकाले, जसरी व्यवहार गर्नुपर्ने हो त्यसरी नै व्यवहार गर्नेछु। तर यदि हामीले कुराकानी गर्छौँ वा कुनै प्रकारको विचार-विमर्श गर्छौँ, र तँ मबाट कुराहरू लुकाउन चाहन्छस्, मसँग छलछाम गर्ने प्रयास गर्छस्, शब्द खेल खेल्छस्, वा मसँग लुकामारी खेल्छस् भने, म तँबाट कुरा फुत्काउन, तँलाई केही भन्न लगाउनका लागि प्रलोभनमा पार्न, वा तँलाई कुनै कुरा बताउन लगाउन कुनै पनि विधि वा माध्यमहरू पटक्कै प्रयोग गर्नेछैनँ। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।)
परमेश्वरले मानिसहरूबाट कुरा फुत्काउनुहुन्न भन्ने यस पक्षको बारेमा, तिमीहरू स्पष्ट हुनुपर्ने एउटा कुरा छ। मानवजातिको बारेमा परमेश्वरको बुझाइ केही निश्चित प्रकटीकरणहरू, तिनीहरूको जियाइ, वा वास्तविक जीवनमा तिनीहरूको जिउने तरिकाहरूमा आधारित हुँदैन, न त यो मानिसहरूले गरेका निश्चित कार्यहरूमा नै आधारित हुन्छ। त्यसोभए, मानवजातिको बारेमा परमेश्वरको बुझाइ, र तिनीहरूलाई बुझेपछि उहाँले तिनीहरूप्रति लिने मनोवृत्ति केमा आधारित हुन्छन्? ती शैतानको प्रकृति सारको बारेमा रहेको परमेश्वरको बुझाइमा आधारित हुन्छन्। त्यसकारण, मानवजातिको बारेमा रहेको परमेश्वरको बुझाइ के हो भने उहाँले तिनीहरूमा भ्रष्ट स्वभावहरू छन् भन्ने बुझ्नुहुन्छ, उहाँले तिनीहरूको भ्रष्ट सार बुझ्नुहुन्छ, र उहाँले तिनीहरूलाई शैतानले कसरी भ्रष्ट तुल्याउँछ र मूर्ख बनाउँछ, साथै शैतानले तिनीहरूमा कस्ता भ्रमपूर्ण विचार र दृष्टिकोणहरू भर्छ भन्ने बुझ्नुहुन्छ, र यो बुझाइ पर्याप्त छ। तँलाई न्याय गर्न र सजाय दिनका लागि यो पर्याप्त छ, र तँलाई मुक्ति दिन तँलाई सत्यता र जीवनको भरणपोषण गर्नका लागि यो पर्याप्त आधार हो। त्यसकारण, तैँले मसँग अन्तरक्रिया गर्दा वा कुराकानी गर्दा, तैँले मलाई कुराहरू बताउनैपर्छ भन्ने नसोच्। कतिपय मानिसहरूले यसो भन्छन्, “के तपाईंले त हामीले तपाईंसँग अन्तरक्रिया गर्दा, हामी सुरुमा खुलस्त र इमानदार हुनुपर्छ भन्नुभएको थिएन र?” खुलस्त र इमानदार हुनु एउटा मनोवृत्ति हो; यो कुराहरू बताउनु सरह होइन। यसको अर्थ तँ भ्रष्ट मानव र पापी भएकोले, तैँले मलाई सबै कुरा बताउनुपर्छ र मलाई सबै कुरा स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ भन्ने हुँदैन। त्यसो गर्नु अनावश्यक छ; मसँग त्यस्तो कुनै आवश्यकता छैन, र तँप्रतिको मेरो मनोवृत्ति यस्तो छैन। यदि मसँग खुलस्त र इमानदार हुनुको अर्थ तैँले मलाई सबै कुरा बताउनुपर्छ भन्ने तँलाई लाग्छ भने, यो गलत हो; यो तेरो गलत बुझाइ हो। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) त्यसकारण, मेरो अगाडि भन्न गाह्रो हुने वा तँ भन्न इच्छुक नहुने धेरै कुराहरू र धेरै शब्दहरू भए पनि, यसको अर्थ तँ खुलस्त र इमानदार भइरहेको छैनस् भन्ने हुँदैन; यो तेरो मानसिकता कस्तो छ भन्ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तँलाई भन्न सहज नलाग्ने कुराहरू छन्, वा वरिपरि धेरै मानिसहरू हुँदा तँ ती कुराहरू भन्न इच्छुक हुँदैनस् भने, तैँले भन्नु पर्दैन। म तेरो पृष्ठभूमि जान्न साँच्चै चाहन्छु वा तेरा रहस्यहरू जान्न साँच्चै चाहन्छु भनेर तैँले पटक्कै मानिलिनु हुँदैन। तैँले पटक्कै गलत बुझ्नु हुँदैन—म यी कुराहरू पटक्कै जान्न चाहन्नँ। म तँ विगतमा कस्तो थिइस् भनेर जान्न चाहन्नँ, न त तँ भविष्यमा कस्तो हुनेछस् भनेर नै म जान्न चाहन्छु; मलाई चासो लाग्ने कुरा भनेको तँ अहिले कस्तो छस् भन्ने मात्रै हो। तँ अहिले सत्यता पछ्याउने व्यक्ति होस् कि होइनस्, तैँले अहिले कति सत्यता बुझ्छस्, तँसँग हरेक दिन जीवन प्रवेश छ कि छैन, वास्तविक जीवनमा प्रवेश गर्नुपर्ने सत्यताहरूमा तँ प्रवेश गरेको छस् कि छैनस्—जस्तै इमानदार व्यक्ति हुनु, आफ्नो कर्तव्य समर्पित भई गर्नु, परमेश्वरको अधीनमा हुनु, र सबै कुरामा सत्यता सिद्धान्तहरू खोज्नु—मलाई चासो लाग्ने कुराहरू यिनै मात्र हुन्। त्यसकारण, तिमीहरूको हृदयमा मप्रति कुनै पनि शङ्काहरू पटक्कै हुनु हुँदैन, न त तिमीहरूले यसो भन्दै चिन्ता नै गर्नुपर्छ, “इमानदार व्यक्ति हुनका लागि, के मैले तपाईंलाई सबै कुरा स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ र तपाईंलाई सबै कुरा थाहा दिनुपर्छ? यदि मैले केही भनिनँ भने, के तपाईंले मबाट कुरा फुत्काउन र मलाई बोल्न प्रलोभनमा पार्न सम्भव भएसम्म सबै कुरा गर्ने प्रयास गर्नुहुनेछ?” त्यसको लागि मेरो जवाफ होइन भन्ने हो। जब हामी कुराकानी गर्छौँ, विचार-विमर्श गर्छौँ, मामिलाहरू सम्हाल्छौँ, र अन्तरक्रिया गर्छौँ, तब कसैबाट कुनै कुरा फुत्काउने प्रयास नगरी, खुलस्त र इमानदार मनोवृत्ति र मानसिकताका साथ एक-अर्कालाई व्यवहार गर्नु नै हाम्रा लागि पर्याप्त हुन्छ। मानिसहरूबाट कुरा फुत्काउनु भ्रष्ट मानवहरूबीचको अन्तरक्रियामा प्रयोग गरिने एउटा सामान्य चाल हो, र यो तिनीहरूले कुराहरू सम्हाल्न अभ्यस्त रूपमा अपनाउने एउटा तरिका हो। कतिपय मानिसहरूलाई अरूका निजी मामिलाहरू वा अरूले पर्दा पछाडि गर्ने कुराहरूमा ठूलो चासो हुन्छ, विशेष गरी अरूले तिनीहरूलाई कसरी हेर्छन् र मूल्याङ्कन गर्छन्, अरूले तिनीहरूलाई उच्च ठान्छन् कि तुच्छ, कुलीन ठान्छन् कि नीच ठान्छन्, र यस्तै अन्य कुराहरूको हकमा। त्यसकारण, तिनीहरूले प्रायजसो यी कुराहरूका बारेमा पत्ता लगाउन अरूबाट कुरा फुत्काउने विधि प्रयोग गर्छन्। तिमीहरूलाई साँचो कुरा भन्छु, मलाई त यी कुराहरूमा पटक्कै रुचि छैन। मलाई तिमीहरूले अन्तरक्रिया गर्ने कुनै साधारण व्यक्ति जस्तो नठान। तिमीहरूको हृदयमा मेरो हैसियत छ कि छैन भन्ने कुरामा मैले कहिल्यै चासो राखेको छैनँ—तिमीहरूले मलाई कुलीन ठाने पनि नीच ठाने पनि, उच्च ठाने पनि तुच्छ ठाने पनि, म यी कुराहरूको वास्ता गर्दिनँ। त्यसकारण, जब तिमीहरू मसँग कुराकानी र अन्तरक्रिया गर्छौ, तब त्यस्ता शङ्काहरू नराख। जब भ्रष्ट मानवहरूले जोकोहीसँग अन्तरक्रिया गर्छन्, तब तिनीहरूले सधैँ यस्तो सोचिरहेका हुन्छन्, “अरूको हृदयमा मेरो वास्तवमा कस्तो हैसियत छ? मेरो बारेमा तिनीहरूको छवि वास्तवमा राम्रो छ कि खराब छ?” कतिपय मानिसहरूले सधैँ यस्तो पनि मनन गरिरहेका हुन्छन्, “तिनीहरूसँग अन्तरक्रिया गर्दा मैले के लाभ पाउन सक्छु? मैले के फाइदा पाउन सक्छु? यस समूहमा मैले कुन स्थान ओगट्न सक्छु? के अरू मानिसहरूले मलाई उच्च ठान्नेछन्?” मानिसहरूले सधैँ यी कुराहरूको बारेमा सोचिरहेका हुन्छन् र यिनीहरूको बारेमा चासो राखिरहेका हुन्छन्। म यी प्रश्नहरू कहिल्यै सोध्दिनँ, र म अरू मानिसहरूका मामिलाहरूको बारेमा पत्ता लगाउने प्रयास गर्दिनँ। मानिसहरू सधैँ यी कुराहरूका बारेमा सोधपुछ गर्न मन पराउँछन्। यो शैतानी भ्रष्ट स्वभावहरूको स्वाभाविक प्रकटीकरण हो, र यो भ्रष्ट मानवहरूको सामान्य विशेषता पनि हो। एक हिसाबमा, मानिसहरू अरूका निजी मामिलाहरूमा सोधपुछ गर्न निकै मन पराउँछन् र तिनमा विशेष रुचि राख्छन्; अर्को हिसाबमा, तिनीहरू अरूको हृदयमा आफ्नो स्थान र मूल्य के छ भनेर निकै जान्न चाहन्छन्। खास गरी, कतिपय अगुवा र कामदारहरू, वा मण्डलीमा केही वरदान र प्रतिभाहरू र अलिकति प्रतिष्ठा भएका मानिसहरूले अरूको हृदयमा आफ्नो हैसियत र समूहभित्र आफ्नो दर्जाको बारेमा ठूलो ध्यान दिन्छन्; धेरैजसो मानिसहरूले यसको निकै वास्ता गर्छन्। कहिलेकाहीँ तिनीहरूले अरूलाई विशेष प्रश्नहरू सोध्छन्—तिनीहरूको अभिप्राय र उद्देश्य भनेका समस्याहरू समाधान गर्नु होइन, तर अरूले तिनीहरूलाई उच्च ठान्छन् कि ठान्दैनन् र तिनीहरूको आराधना गर्छन् कि गर्दैनन् भनेर पत्ता लगाउनु भन्ने हुन्छ। यसले तिनीहरूले अरू मानिसहरूको हृदयमा आफूले कुन स्थान ओगटेको छु भन्ने कुराको धेरै वास्ता गर्छन् भन्ने देखाउँछ। यी कुराहरू जानेर के फाइदा हुन्छ र? त्यसोभए अरू मानिसहरूले तँलाई सम्मान गर्छन् भने नि? के त्यसले तेरो सत्यता पछ्याइलाई प्रतिस्थापित गर्न सक्छ? यदि अरूले तँलाई तुच्छ ठाने भने, के तँ नकारात्मक बन्नेछस् र परमेश्वरमा विश्वास गर्न छोड्नेछस्? अरूले तँलाई उच्च ठान्दा त्यसले के प्रभाव पार्न सक्छ र? के यसले तँलाई उत्प्रेरित गर्न वा तँलाई प्रोत्साहन दिन सक्छ? यसको कुनै प्रभाव हुँदैन। कतिपय दुष्ट मानिसहरू यस्ता पनि हुन्छन् जो सधैँ अरूको बारेमा जानकारी खनिरहेका हुन्छन्, अरूले तिनीहरूको पिठ्यूँ पछाडि तिनीहरूको बारेमा के भन्छन् र तिनीहरूको बारेमा कस्ता दृष्टिकोणहरू राख्छन् भनी सोधपुछ गरिरहेका हुन्छन्, ताकि तिनीहरूले सबैभन्दा बढी कसले तिनीहरूलाई विरोध गर्छ र को तिनीहरूको शत्रु हो भनी पत्ता लगाउन सकून्, र तिनीहरूले अरूबाट वास्तविक कुरा फुत्काउन विभिन्न विधिहरू समेत प्रयोग गर्छन्। कतिपय मानिसहरूले तिनीहरूको प्रलोभनको सामना गर्न सक्दैनन् र अन्ततः वास्तविक कुरा बताउँछन्, र नतिजास्वरूप उनीहरू तिनीहरूको दाउपेचमा फस्छन्। त्यसपछि दुष्ट मानिसहरूले तिनीहरूलाई आक्रमण गर्न र तिनीहरूसँग बदला लिन सम्भव भएसम्म सबै कुरा गर्छन्, सबै प्रकारका परिस्थितिहरूमा तिनीहरूलाई दमन र बहिष्कार गर्छन्, तिनीहरूलाई यो निसासिने खालको हुने गरी यति धेरै दबाउँछन्, र तिनीहरूलाई यस्तो पीडामा पार्छन् जहाँ तिनीहरूले मर्न पाए हुन्थ्यो भन्ने कामना गर्छन्, मानौँ तिनीहरूमाथि कुनै ठूलो प्रकोप आइपरेको छ। तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्दा समेत, परमेश्वरको मार्गदर्शन महसुस गर्न सक्दैनन्; तिनीहरूलाई मद्दत गर्ने कोही हुँदैन र दुष्ट मानिसहरूले तिनीहरूलाई यस्तो अवस्थामा पुर्याउँछन् कि तिनीहरूसँग कुनै विकल्प बाँकी हुँदैन। अन्ततः, तिनीहरूले आफ्नो विश्वास गुमाउँछन्। परमेश्वरमा विश्वास गर्ने व्यक्तिको रूपमा पनि तिनीहरूले अझै दुष्ट मानिसहरूको सामना गर्न सक्ने रहेछन् र उनीहरूद्वारा सताइन र यातना पाउन सक्ने रहेछन् भन्ने तिनीहरूलाई लाग्छ; तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु अत्यन्तै गाह्रो छ भन्ने लाग्छ, र तिनीहरू उप्रान्त विश्वास गर्न चाहँदैनन्। यी दुष्ट मानिसहरूबाट छुटकारा पाउन सजिलो हुँदैन। दुष्ट व्यक्तिलाई चिढ्याउनु भनेको बिच्छीले डस्नु जस्तै हो; तिनीहरूलाई पन्छाउन वा तिनीहरूबाट उम्कन सकिँदैन, र आफै तिनीहरूसँग लड्ने कुनै विश्वास हुँदैन, त्यसैले अन्ततः तिनीहरूबाट यातना भोग्नुपर्छ। यो भ्रष्ट मानवजातिमा—चाहे ती शैतानका दियाबलसहरू होऊन् वा भ्रष्ट स्वभाव भएका मानवहरू होऊन्—यो झुकाव र यो सार दुवै हुन्छ। मानवहरूमा भ्रष्ट स्वभावहरू हुने हुनाले, सबैसँग यो समस्या फरक-फरक हदसम्म हुन्छ; तिनीहरू सबैले आफ्नै प्रतिष्ठा, हैसियत, र हितहरूका खातिर अरू मानिसहरूबाट कुरा फुत्काउने प्रयास गर्छन्, र मानिसहरूलाई यातना दिन तिनीहरूको कमजोरी समात्न समेत सक्छन्। हेर् त, जनवादी गणतन्त्र चीनको स्थापनाको सुरुवाती दिनहरूमा, जब कम्युनिस्ट पार्टीले दक्षिणपन्थीहरूलाई यातना दिन चाहन्थ्यो, तब तिनीहरूले मानिसहरूलाई यसो भने, “राष्ट्रिय विकासलाई प्रतिभा भएका मानिसहरूको आवश्यकता छ। यदि तिमीहरूसँग पार्टीको बारेमा कुनै रायहरू छन् वा राष्ट्रिय विकासको बारेमा कुनै उत्कृष्ट विचारहरू छन् भने, तिमीहरूले बोल्नुपर्छ। बोल्नेलाई दोष दिइनेछैन, तर उसका शब्दहरूलाई चेतावनीको रूपमा ध्यान दिइनेछ। तिमीहरू सबैले आफ्नो सल्लाह दिनुपर्छ!” नतिजास्वरूप, कतिपय मानिसहरूले यो सुने र भने, “अहो, देश भग्नावशेषमा छ र पुनर्निर्माणको पर्खाइमा छ; यसलाई हामी जस्ता प्रतिभा भएका मानिसहरूको आवश्यकता रहेछ। देशले प्रतिभा भएका मानिसहरूलाई यति धेरै महत्त्व दिने हुनाले, हामीले सत्य कुरा बोल्नैपर्छ।” ती बुद्धिजीवीहरू र उच्च पदस्थ व्यक्तिहरू सबैले सत्य कुरा बोले, र केही पनि नराम्रो हुनेछैन भन्ने सोचे। हेर् त, शैतानले मानिसहरूलाई सत्य कुरा बोल्न प्रलोभनमा पार्नका लागि राम्रो सुनिने शब्दहरू प्रयोग गर्छ। जब मानिसहरूको सबै सतर्कता हट्छ, तब तिनीहरूले आफ्नो हृदयमा भएका सबै कुरा पोख्छन्, र नतिजास्वरूप, तिनीहरू सीधै शैतानको दाउपेचमा फस्छन्। शैतानले भन्छ, “राम्रो भो! अब मैले तिमीहरूको कमजोरी समातेको छु, र मसँग तिमीहरूलाई दण्ड दिने प्रमाण छ!” तुरुन्तै, कम्युनिस्ट पार्टीले दक्षिणपन्थी-विरोधी अभियान सुरु गर्यो र सत्य कुरा बोल्ने सबैलाई दक्षिणपन्थीको रूपमा लेबल लगायो, र ती बुद्धिजीवीहरू र उच्च पदस्थ व्यक्तिहरूले यातना पाए। पछि, सांस्कृतिक क्रान्ति सुरु भयो—सबै प्रख्यात व्यक्तिहरू र सक्षम मानिसहरूलाई “गोठहरूमा” फालियो र “पुँजीवादी मार्गमा हिँड्नेहरू” र “प्रतिक्रान्तिकारीहरू” भनी लेबल लगाइएका प्लेकार्डहरू लगाउन बाध्य पारियो। नतिजास्वरूप, धेरै मानिसहरूले घोर रूपमा यातना पाए। हेर् त, शैतानले मानिसको सार बुझ्दैन। यो आफै सही मार्गमा हिँड्दैन, र मानिसहरूले आफ्नो हृदयमा के सोच्छन् भन्ने यसलाई थाहा हुँदैन। यसले मानिसहरूलाई सत्य कुरा बोल्न प्रलोभनमा मात्रै पार्छ, त्यसपछि तिनीहरूको कमजोरी समात्छ र तिनीहरूलाई दोषी ठहराउँछ, तिनीहरूलाई क्रूरतापूर्वक यातना दिएर मार्छ। परमेश्वरले मानवजातिलाई सृष्टि गर्नुभयो। मानवजाति शैतानको भ्रष्टताबाट गुज्रेको छ, र बाटोको हरेक कदममा झन्-झन् गहन रूपमा भ्रष्ट हुँदै गएको छ। परमेश्वरले आफ्नै आँखा अगाडि यी सबै कुराहरू देख्नुभएको छ; उहाँले यो सबै कुरा अत्यन्तै राम्ररी बुझ्नुभयो, त्यसैले उहाँले मानिसहरूलाई मुक्ति दिन आउनका लागि उपयुक्त समय छनौट गर्नुभयो। परमेश्वरले मानिसहरूसँग कुराहरू छलफल गर्नुहुन्न, न त उहाँले तिनीहरूसँग परामर्श नै लिनुहुन्छ। जब परमेश्वरको समय आउँछ, तब उहाँ देह बन्नुहुन्छ र सत्यता व्यक्त गर्न, मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्न, र तिनीहरूमा भएका सबै किसिमका विभिन्न समस्याहरू खुलासा गर्न मानिसहरूका बीचमा आउनुहुन्छ। मानिसहरूका समस्याहरू खुलासा गरेर, उहाँले तिनीहरूलाई परमेश्वरको आवाज सुन्न, परमेश्वरको अघि आउन, र आफूलाई चिन्न दिनुहुन्छ। त्यसपछि, परमेश्वरले मानिसहरूलाई सत्यता भरणपोषण गर्नुहुन्छ ताकि तिनीहरू सही मार्गमा हिँड्न सकून्। यस विधि र यस दृष्टिकोणको माध्यमबाट, परमेश्वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ। तर, शैतानले सधैँ मानवजातिलाई भ्रमित पार्न र भ्रष्ट तुल्याउन सम्भव भएसम्म सबै कुरा गर्छ। मानिसहरूले के सोच्छन्, तिनीहरूले के आशा गर्छन्, वा तिनीहरूमा के कुराको कमी छ भन्ने कुरालाई यसले वास्ता गर्दैन; यसले मानिसहरूलाई पाप गर्न लगाउन प्रलोभनमा पार्न मात्रै चाहन्छ, र तिनीहरूलाई परमेश्वरबाट टाढा जान र परमेश्वरलाई धोका दिन प्रलोभनमा पार्न चाहन्छ। यसले मानिसहरूलाई परमेश्वरका वचनहरू पढ्नबाट रोक्छ र तिनीहरूलाई परमेश्वरको अघि आउनबाट रोक्छ। शैतान सधैँ मानिसहरूलाई जाँच्न र प्रलोभनमा पार्न चाहन्छ; यसले तिनीहरूलाई दुष्टता गर्न प्रलोभनमा पार्छ, र तिनीहरूलाई आफ्ना सबै सतर्कताहरू हटाउन प्रलोभनमा पार्छ, ताकि जब तिनीहरू यसप्रति पूर्ण रूपमा असतर्क हुन्छन्, तब तिनीहरूले त्यो इमानदार र निष्कपट छ भन्ने ठान्छन्, त्यसपछि त्यसतिर फर्कन्छन् र त्यसमा भर पर्छन्। त्यसपछि, आफ्ना सबै सतर्कताहरू हटाएपछि, तिनीहरूले आफैलाई त्यसद्वारा मूर्ख बनाइन र भ्रष्ट तुल्याइन दिन्छन्, र त्यसद्वारा पूर्ण रूपमा निलिन्छन्, होइन र? (हो।) परमेश्वरले मानवजातिको सार जान्नुहुन्छ; उहाँले मानवजातिको भ्रष्ट स्वभावहरू जान्नुहुन्छ; र उहाँले परमेश्वरप्रतिको मानवजातिको विद्रोह र प्रतिरोधको जड जान्नुहुन्छ। त्यस्तो भएको हुनाले, तैँले पर्दा पछाडि के-कस्ता निश्चित कुराहरू सोचिस् वा गरिस्, वा तैँले कस्ता निजी मामिलाहरू बताएको छैनस् भन्ने कुरा बुझ्न नपरीकन, उहाँ तेरो प्रकृति सारलाई खुलासा गर्न, तेरा भ्रष्ट स्वभावहरू र प्रकृति सारलाई उदाङ्गो पार्न र तिनलाई पूर्ण रूपमा प्रकाशमा ल्याउन, र यस आधारमा, तँलाई परमेश्वरको मुक्ति स्वीकार गर्न पूर्ण रूपमा इच्छुक बनाउन पहिले नै पूर्ण रूपमा सक्षम हुनुहुन्छ। तँलाई तेरो सार जान्न लगाउनुका पछाडि रहेको परमेश्वरको उद्देश्य भनेको तँलाई साँचो रूपमा पश्चात्ताप गर्न, परमेश्वरको अधीनमा बस्न, र परमेश्वरतिर फर्कन सक्षम तुल्याउनु हो—यसको उद्देश्य तँलाई यातना दिनु र तँलाई नकारात्मक र पतित बन्न लगाउनु भन्ने पटक्कै होइन। तैँले परमेश्वरका श्रमसाध्य अभिप्रायहरू बुझ्नुपर्छ। परमेश्वरमा तँप्रति जिम्मेवारीको बोध छ र उहाँले तेरो चासो राख्नुहुन्छ, त्यसैले परमेश्वरले तेरो पूर्ण ख्याल गर्दै, ठूलो बुद्धिका साथ र अत्यन्तै व्यवस्थित तरिकाले यी कुराहरू गर्नुहुन्छ। उहाँले चाल्नुहुने हरेक कदम तेरो ख्याल गरेर नै चालिएको हुन्छ; हरेक कदम होसियारीसाथ प्रबन्ध गरिएको र योजना बनाइएको हुन्छ। यो मानव धारणाहरू अनुरूप नभए पनि, मानिसहरूले अन्ततः परमेश्वरका श्रमसाध्य अभिप्रायहरू महसुस गर्न सक्छन्।
मानिसहरूको मुक्तिको मामिलामा परमेश्वर अलिकति पनि लापरवाह हुनुहुन्न; बरु, उहाँका श्रमसाध्य अभिप्रायहरू छन् र उहाँले यस मामिलामा आफ्ना सबै रगत-पसिना खन्याउनुहुन्छ। मानिसहरूको भ्रष्ट सारलाई खुलासा गरेको आधारमा, विभिन्न समस्याहरूको बारेमा सङ्गति गरेर, उहाँले मानिसहरूलाई आफ्नै समस्याहरू र आफ्नै प्रकृति सार अझ राम्ररी बुझ्न सक्षम तुल्याउनुहुन्छ। त्यसपछि, उहाँले तँलाई सकारात्मक अर्थमा भरणपोषण गर्नुहुन्छ, तँलाई सत्यता के हो र भ्रम के हो, सही के हो र गलत के हो, सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भन्ने बुझ्न, त्यसपछि बिस्तारै सही मार्गमा लाग्न सक्षम तुल्याउनुहुन्छ। हेर् त, परमेश्वरले तेरा लागि गर्नुहुने सबै कुरा तँलाई मुक्ति दिनका लागि नै हुन्छ। देहधारी परमेश्वरले गर्नुभएको यो सबै कामबाट हेर्दा, उहाँको सुरुवाती लक्ष्यलाई, चाहे उहाँको मानवताको दृष्टिकोणबाट हेरियोस् वा उहाँको ईश्वरत्वको दृष्टिकोणबाट हेरियोस्, त्यो सृष्टिकर्ताको सुरुवाती लक्ष्यसँग समान छ। त्यसकारण, जब यी देहधारी मानिसको पुत्रले तिमीहरूसँग अन्तरक्रिया र सङ्गत गर्नुहुन्छ, तब उहाँसँग पनि यस्तै मनोवृत्ति हुन्छ, र उहाँको उद्देश्य भनेको तिमीहरूलाई परमेश्वरमा विश्वास गर्ने सही मार्गमा ल्याउनु र तिमीहरूलाई मुक्तिको मार्गमा लाग्न सहयोग गर्नु हो। यसरी, जब म तिमीहरूसँग कुराकानी र अन्तरक्रिया गर्छु, तब मैले तिमीहरूबाट कुरा फुत्काउने प्रयास गर्ने समस्या कहिल्यै हुँदैन। यदि मैले तिमीहरूलाई केही प्रश्नहरू सोधेँ भने, त्यो केवल प्रश्नहरू सोध्ने कार्य मात्रै हुन्छ; म तिमीहरूलाई गर्न अनिच्छुक लाग्ने कुराहरू गर्न लगाउन प्रलोभनमा पार्न तिमीहरूबाट कुरा फुत्काउने विधि कहिल्यै प्रयोग गर्दिनँ। त्यस्तो कहिल्यै हुँदैन। के तिमीहरूले अब बुझ्यौ? (बुझ्यौँ।) अर्को हिसाबमा, म तिमीहरूले मेरो बारेमा गोप्य रूपमा कस्ता दृष्टिकोणहरू राख्छौ भन्ने कुराको बारेमा कहिल्यै वास्ता गर्दिनँ, न त म कहिल्यै यस्तो सोच्छु, “जब तिमीहरूले म तुलनात्मक रूपमा होचो छु, मेरो रूप साधारण छ, र म यसरी बोल्छु र मेरो आवाजको स्वर यस्तो छ भन्ने देख्छौ, तब के त्यसले तिमीहरूलाई धारणाहरू विकास गर्न लगाउनेछ? तिमीहरूको हृदयमा मेरो स्थान कस्तो छ?” म यी कुराहरूको बारेमा कहिल्यै सोधपुछ गर्दिनँ, र जब म तिमीहरूसँग अन्तरक्रिया गर्छु, तब तिमीहरूले मलाई कसरी हेर्छौ भनेर अप्रत्यक्ष रूपमा सोध्न म कहिल्यै कुनै विधिहरू प्रयोग गर्दिनँ; म यी कुराहरूको वास्ता गर्दिनँ। म किन वास्ता गर्दिनँ? किनभने म यी कुराहरूलाई महत्त्व दिँदिनँ। कुलीन हुनु, भव्य हुनु, हैसियत हुनु, उच्च मूल्य हुनु, अद्वितीय, महान्, र उत्कृष्ट हुनु—म यी कुराहरूको वास्ता गर्दिनँ। कोही उच्च छ कि छैन भन्ने कुराले के फरक पार्छ र? त्यसले केलाई प्रतिस्थापन गर्न सक्छ र? तिमीहरूसँग मेरो बारेमा कुनै धारणाहरू नभए पनि र तिमीहरू मप्रति पूर्ण रूपमा आज्ञाकारी हुन सके पनि, के भयो त? के त्यसको अर्थ मैले अहिलेको भन्दा कम बोल्नु वा काम गर्नुपर्छ भन्ने हुन्छ र? यीमध्ये कुनै पनि कुराले कुनै पनि कुरालाई प्रतिस्थापन गर्न सक्दैन। अवश्य नै, यो अतिरिक्त कुरा हो; मुख्य कुरा त के हो भने म व्यक्तिगत रूपमा यी कुराहरूको वास्ता गर्दिनँ। म किन वास्ता गर्दिनँ मलाई थाहा छैन; मलाई यी कुराहरूको वास्ता गर्न मन पर्दैन। जब म तिमीहरूका लागि कुराहरू गर्छु, तब चाहे ती तिमीहरूको जीवनका मामिलाहरू होऊन्, तिमीहरूको जीवन प्रवेशसम्बन्धी मामिलाहरू होऊन्, वा तिमीहरूको गन्तव्य र भविष्यसम्बन्धी मामिलाहरू होऊन्, र चाहे यसमा केही वचनहरू बोल्ने वा केही निश्चित कुराहरू गर्ने कार्य समावेश होस्, म कहिल्यै यस्तो सोच्दिनँ, “के पर्दा पछाडि मप्रति गहिरो कृतज्ञ राख्ने कोही छ? के कसैले कृतज्ञताको आँसु बगाइरहेको छ? के कसैले यी कुराहरू गरेकोमा मेरो दयालाई सम्झन्छ?” म साँच्चै त्यस्ता कुराहरूको वास्ता गर्दिनँ, र म तिनको बारेमा पत्ता लगाउने प्रयास गर्दिनँ। एक हिसाबमा, जब म तिमीहरूसँग भेला हुन्छु र सङ्गति गर्छु, म यी कुराहरूको बारेमा कहिल्यै सोध्दिनँ; अर्को हिसाबमा, जब म तिमीहरूसँग कामको बारेमा सङ्गति गर्छु, तब पनि म तिनको बारेमा सोध्दिनँ। म जुनसुकै टोलीमा गए पनि, म यति मात्रै सोध्छु, “तिमीहरूलाई आजभोलि कस्तो छ? के तिमीहरूले समाधान गर्न नसक्ने कुनै समस्याहरू छन्? के तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरू बोध गर्न सक्छौ?” म यी कुराहरूको बारेमा मात्रै कुरा गर्छु। म आफूले बोल्ने वचनहरू र आफूले गर्ने कुराहरूले तिमीहरूको बीचमा कति प्रभाव पार्छन्, कति मानिसहरू मप्रति कृतज्ञ छन्, कति जना कृतज्ञ छैनन्, वा अझ धेरै मानिसहरू कृतज्ञ होऊन् भनेर मैले यस काममा कसरी सुधार गर्नुपर्छ भन्ने कुराको वास्ता गर्दिनँ; म यी कुराहरू गर्दिनँ। म तिमीहरूको कर्तव्य कसरी भइरहेको छ भनी बुझ्छु, र तिमीहरूका समस्या र विचलनहरू औँल्याउँछु र तिमीहरूलाई ती सच्याउन लगाउँछु, ताकि तिमीहरूले काम राम्ररी गर्न सक। यदि कतिपय मानिसहरू कृतज्ञ हुँदैनन् वा यसलाई मान्दैनन् भने, मैले गर्न सक्ने केही पनि हुँदैन; म त्यति मात्रै गर्न सक्छु। तिमीहरूको दैनिक जीवनमा, मैले तिमीहरूका लागि कुराहरू प्रबन्ध गर्न र तिमीहरूलाई मद्दत गर्न सक्दो प्रयास गरेको छु। यदि केही व्यक्तिहरू असन्तुष्ट छन् भने, मैले गर्न सक्ने केही पनि हुँदैन; किनभने तिनीहरूका व्यक्तिगत मागहरू धेरै हुन्छन्। म केवल परमेश्वरको घरले यसो गर्दा कस्ता सिद्धान्तहरू पालन गर्छ र यसो गर्नुमा यसको उद्देश्य के हो भन्ने कुरालाई बारम्बार जोड दिन्छु, र त्यति नै पर्याप्त छ। जब म कतिपय ठाउँहरूमा जान्छु र कतिपय मानिसहरूले सङ्गति गरिरहेको, परमेश्वरले के भन्नुहुन्छ र के गर्नुहुन्छ भन्ने बारेमा कुरा गरिरहेको देख्छु, तब म तुरुन्तै त्यहाँबाट जान्छु। म लुकेर सुन्दिनँ। म उत्सुक छैनँ, र म यस्तो सोच्दिनँ, “तिमीहरूले मेरो बारेमा के भनिरहेका छौ? के तिमीहरूले मेरो बारेमा नराम्रो कुरा गरिरहेका छौ? के तिमीहरूले मेरो बारेमा धारणाहरूमा आधारित कुराहरू भनिरहेका छौ? यदि त्यसो हो भने, म तँलाई यातना दिन र तेरो घमण्ड तोड्न सम्भव भएसम्म सबै कुरा गर्नेछु।” म यी कुराहरू गर्दिनँ; तिमीहरूले आफूलाई जे मन लाग्छ त्यही भन्न सक्छौ। परमेश्वरलाई चिन्ने पाठ सिक्न लामो समय लाग्छ; यो रातारात हुँदैन। परमेश्वरलाई चिन्ने बारेको तिमीहरूको सङ्गति धारणाहरूले दूषित होस् वा यो तिमीहरूको साँचो बुझाइ होस्, यसमा सही वा गलत समावेश हुँदैन; यसमा यो सत्यतासँग मिल्दो छ कि छैन भन्ने कुरा मात्रै समावेश हुन्छ। त्यसकारण, यदि कुनै विषयमा तिमीहरूले गरेको सङ्गतिमा विकृतिहरू छन् भने, म तिमीहरूका लागि तिनलाई सच्याउन सक्छु। यदि त्यहाँ धारणाहरू र कल्पनाहरू छन् भने, हामी तिनका बारेमा सङ्गति गर्न सक्छौँ। यदि तिमीहरूले सङ्गति गर्ने कुरा सबै सही छ र सत्यतासँग मिल्छ, तर अलिकति सतही मात्रै छ भने, बिस्तारै ज्ञान प्राप्त गर्दै जाऊ।
के तिमीहरूले अब परमेश्वरले मानिसहरूबाट कुरा फुत्काउनुहुन्न भन्ने यस पक्षलाई बुझ्यौ? (बुझ्यौँ।) कुरा नफुत्काउनुको अर्थ के हो भने जब म तिमीहरूसँग बोल्छु र कुराकानी गर्छु, तब म एक साधारण व्यक्तिको स्थानबाट त्यसो गर्छु। म हुकुम चलाउने वा आफूलाई ठूलो ठान्ने गर्दिनँ, र म तँलाई दमन गर्दिनँ। मैले तँसँग कसरी अन्तरक्रिया गर्छु त्यस सम्बन्धी मेरो सिद्धान्त भनेको तँसँग इमानदारीपूर्वक र हृदयदेखि कुराकानी गर्नु हो, प्रलोभनविना र तँबाट कुनै कुरा नफुत्काईकन कुराकानी गर्नु हो। अर्थात्, म तेरो लागि पासो थाप्दिनँ, र म हेर्दा ठीक लाग्ने तर गलत कुराहरू बोल्दिनँ। कुरा यत्ति मात्रै हो, यदि कतिपय कुराहरू मुख्य विषय होइनन् भने, म केवल सामान्य, संक्षेपीकरण गर्ने भनाइ बताउन सक्छु र अघि बढ्न सक्छु, धेरै निश्चित रूपमा नबोल्न सक्छु, तर यो भ्रामक पनि हुनेछैन। अर्थात्, मैले बोल्ने वचनहरूले तँलाई गलत दिशामा सोच्न, पाप गर्न, पतित हुन, परमेश्वरको बारेमा धारणाहरू विकास गर्न, वा परमेश्वरको बारेमा गलत बुझाइहरू राख्न र उहाँप्रति सतर्क रहन लगाउन प्रलोभनमा पार्दैनन्, तिनले तँलाई सत्यताको कुनै पक्षप्रति शङ्काको मनोवृत्ति विकास गर्न लगाउनु त झनै परको कुरा हो। मैले भन्ने कुरामा, शैतानले भनेको जस्तो कुनै वचनहरू हुँदैनन्: “तिमीहरू अवश्यै मर्नेछौ भन्ने छैन”—यो “भन्ने छैन” भन्ने वाक्यांश प्रलोभनमा पार्ने प्रकृतिको छ। जब म तिमीहरूसँग बोल्छु, म “भन्ने छैन” जस्ता कुनै प्रलोभनमा पार्ने शब्दहरू प्रयोग गर्दिनँ। मैले सङ्गति गरेका सबै विषयवस्तुमा त्यस्ता कुनै शब्दहरू छन् कि छैनन् भनेर तिमीहरूले हेर्न र जाँच्न सक्छौ। कतिपय शब्दहरू यस्ता छन् जसको बारेमा तिमीहरू सायद निश्चित हुन सक्दैनौ वा त्यसलाई पूर्ण रूपमा बुझ्न सक्दैनौ, अर्थात् “सायद” र “हुन सक्छ” जस्ता शब्दहरू। त्यस्ता शब्दहरू प्रयोग गर्नुको पछाडि मेरा सिद्धान्त वा कारणहरू तिमीहरूले बुझ्न सक्दैनौ होला। त्यस्ता शब्दहरू प्रयोग गर्नुको पछाडि मेरो एउटा कारण छ। किनभने हामीले सङ्गति गर्ने सत्यताका विभिन्न पक्षहरू एक प्रकारको व्यक्तिप्रति लक्षित हुँदैनन्, न त ती कुनै निश्चित व्यक्तिप्रति नै लक्षित हुन्छन्, तर ती सबै मानिसहरूप्रति लक्षित हुन्छन्, जसले परमेश्वरलाई पछ्याउँछन् र उहाँका वचनहरू स्वीकार गर्छन्। एकपटक “सबै” उल्लेख गरिएपछि, यसमा सबै प्रकारका विभिन्न मानिसहरूको स्थितिहरू समावेश हुन्छन्। अर्थात्, एउटै समस्याले विभिन्न अवस्था र विभिन्न वातावरणहरूमा रहेका धेरै प्रकारका मानिसहरूको स्थितिहरूलाई समेट्छ, त्यसैले यसलाई “सायद” र “हुन सक्छ” प्रयोग गरेर मात्रै व्यक्त गर्न सकिन्छ। “सायद” र “हुन सक्छ” को अर्थ के हो? तिनको अर्थ, सायद तँ यो स्थितिमा छस्, सायद तँ त्यो स्थितिमा छस्, सायद तँ यस्तो वातावरणमा छस्, वा सायद तँ त्यस्तो प्रकारको वातावरणमा छस् भन्ने हुन्छ। तर यो “सायद” अनिश्चितता सञ्चार गर्नको लागि होइन; बरु, यसको अर्थ भनिएको कुरा कतिपय मानिसहरूमा मात्रै लागू हुन्छ भन्ने हो। यी शब्दहरू “सायद” र “हुन सक्छ” मा शैतानको “अवश्यै मर्नेछौ भन्ने छैन” को जस्तो प्रलोभनमा पार्ने अर्थ हुँदैन; म अनुकूल गरिएको सङ्गति प्रदान गर्नका लागि यी शब्दहरू प्रयोग गर्छु, जसले तँलाई तँ कुन स्थितिमा छस् र तँ कुन वातावरणमा छस् भनेर पहिचान गर्न मद्दत गर्छ। मैले मानिसहरूका यति धेरै समूहहरूको सामना गर्ने हुनाले, र मानिसहरूमा हुने विभिन्न स्थितिहरू यति जटिल हुने हुनाले, म “सायद” र “हुन सक्छ” भन्ने शब्दहरू प्रयोग गरेर मात्रै कुराहरू व्यक्त गर्न सक्छु, त्यसपछि तिमीहरूलाई तिमीहरू कहाँ पर्छौ भनेर हेर्न दिन्छु। के तिमीहरूले यो समस्या बुझ्यौ? (बुझ्यौँ।) अब तिमीहरूले यो समस्या बुझेका हुनाले, हामी अर्को विषयमा अघि बढौँ।
देहधारी परमेश्वरले मानिसहरूलाई प्रलोभनमा नपार्ने विषयभित्र अर्को एउटा विषय छ, त्यो के हो भने उहाँले मानिसहरूलाई उक्साउनुहुन्न—उहाँले तँलाई कुनै कुरा गर्न कहिल्यै उक्साउनुहुनेछैन। यहाँ उल्लेख गरिएको उक्साहटको पछाडि अन्यायपूर्ण, गलत, वा भ्रमपूर्ण कुराहरू, वा तँलाई पतित बनाउने, परमेश्वरको प्रतिरोध गर्न लगाउने, वा सही मार्गबाट तर्काउने दुष्ट कार्यहरू हुन्छन्। जब देहधारी परमेश्वर तिमीहरूसँग बोल्नुहुन्छ, तिमीहरूसँग अन्तरक्रिया र सङ्गत गर्नुहुन्छ, र तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ, तब उहाँले बोल्नुहुने वचनहरू र उहाँले गर्नुहुने काम सबै तिमीहरूलाई परमेश्वरको अघि र सही मार्गमा ल्याउनका लागि लक्षित हुन्छन्। उहाँले बोल्नुहुने हरेक वचन तिमीहरूले तथ्यहरूको सत्यता अझ राम्ररी बुझ्न सक, तिमीहरू सही दृष्टिकोण र अडानबाट मानिस, घटना र कामकुराहरूलाई जान्न सक्षम होओ, र परमेश्वरका अभिप्रायहरू र परमेश्वरले माग गर्नुभएका मानकहरू अझ सटीक रूपमा बुझ्न सक्षम होओ भनेर हो। परमेश्वरले बोल्नुहुने एउटै वचन पनि तिमीहरूलाई परमेश्वरको प्रतिरोध गर्न, वा गएर शैतानको विरुद्धमा लड्न, अर्थहीन बलिदानहरू गर्न उक्साउनका लागि हुँदैन। मानिसहरूले परमेश्वरलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुराको हकमा भन्दा, मानिसहरू उहाँको अधीनमा बस्न सकून् र एक सृजित प्राणीको दृष्टिकोणबाट उहाँलाई व्यवहार गर्न सकून् भन्ने परमेश्वरको अभिप्राय हो। व्यक्तिले जुनसुकै कुराहरूको सामना गरे पनि, सबैभन्दा पहिले, उसमा हुनुपर्ने मनोवृत्ति भनेको तिनलाई परमेश्वरबाट आएको भनी स्विकार्नु र एक सृजित प्राणीको दृष्टिकोणबाट परमेश्वरको अधीनमा बस्नु हो। यो समग्र हिसाबमा हो; अवश्य नै, मैले बोल्ने सबै वचनहरू पछाडिको उद्देश्य र मैले तिमीहरूबाट माग गर्ने सिद्धान्त पनि यही हो। तिमीहरूले तिमीहरूलाई सताउने शैतान, संसार, विरोधी शक्तिहरू, र तिमीहरूलाई सताउने अरू जोकोहीलाई कसरी व्यवहार गर्छौ भन्ने कुराको हकमा, मैले तिमीहरूबाट माग गर्ने सिद्धान्त भनेको तिनीहरूलाई व्यवहार गर्ने तरिकामा बुद्धि प्रयोग गर्नुपर्छ भन्ने हो। प्रभु येशूले भन्नुभएको नै छ, “तिमीहरू सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ हानिरहित होओ” (मत्ती १०:१६)। तँ ढुकुरहरूझैँ परमेश्वरको अधीनमा बस्नुपर्छ, र तैँले यस संसारलाई, तँप्रति विरोधी हुनेहरूलाई, दुष्ट मानिसहरूलाई, शक्तिशाली विरोधी शक्तिहरूलाई, र परमेश्वरप्रति विरोधी हुने शक्तिशाली शासनहरूलाई कसरी व्यवहार गर्छस् भन्ने कुराको हकमा सर्पहरूको बुद्धि हुनुपर्छ। अझ व्यावहारिक शब्दहरूमा भन्दा, मण्डलीमा दुष्ट मानिसहरू र ख्रीष्ट विरोधीहरूको सामना गर्दाको हकमा, वा बाह्य विरोधी शक्तिहरूको सामना गर्दाको हकमा, हामीले केही अझ निश्चित बुद्धि र तिनीहरूलाई व्यवहार गर्ने तरिकाहरूका बारेमा सङ्गति गरेका छौँ। तिनीहरूलाई व्यवहार गर्ने यी तरिकाहरू र अभ्यासका निश्चित सिद्धान्तहरूले, एक हिसाबमा, तँलाई परमेश्वरका अभिप्रायहरूसँग अनुरूप हुन कसरी काम गर्ने र कस्ता सिद्धान्तहरू पालन गर्ने भनेर अझ सटीक रूपमा जान्न मद्दत गर्छन्, जुन महत्त्वपूर्ण कुरा हो। अर्को हिसाबमा, ती तिमीहरूलाई सुरक्षित राख्न—तिमीहरूको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, र तिमीहरूलाई परीक्षामा पर्न, शैतानद्वारा प्रलोभनमा पर्न, शैतानद्वारा समातिन, र शैतानद्वारा लगिनबाट, साथै कठिन परिस्थितिहरूमा पर्न, नकारात्मकता र कमजोरीमा पर्न, र विरोधी शक्तिहरूले हैरान पार्दा र नियन्त्रण गर्दा परमेश्वरलाई पछ्याउने विश्वास नगुमाउनका लागि रक्षा गर्न—छोटकरीमा, तिमीहरूलाई सम्भव भएसम्म हरेक तरिकाले सुरक्षित राख्नका लागि हुन्। तिमीहरूलाई बुद्धिमान् हुन सिकाउनु र तिमीहरू हिँड्नुपर्ने मार्ग सिकाउनुको पछाडि मेरो उद्देश्य भनेको तिमीहरूलाई आफ्नो उचित स्थानमा दृढतापूर्वक अडिग रहन, परमेश्वरले तिमीहरूलाई सुम्पनुभएको कर्तव्य मानकअनुरूप सफलतापूर्वक पूरा गर्न, र यस मार्गमा राम्ररी हिँड्नका लागि सक्षम तुल्याउनु हो। यदि तँ परीक्षामा, विभिन्न दुर्दशाहरूमा, वा शैतानको पासो वा घेराबन्दीमा फसिस्, वा तैँले कठिन परिस्थितिहरू वा ज्यान जोखिममा पर्ने खतराको सामना गरिस् भने, तँलाई परमेश्वरले सुम्पनुभएको कर्तव्य पूरा गर्न र मुक्ति हासिल गर्नका लागि सत्यता पछ्याउन सजिलो हुनेछैन। तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा अज्ञात हुनेछ, एउटा ठूलो प्रश्नचिन्ह खडा हुनेछ—यो तेरो लागि एउटा समस्या बन्नेछ। त्यसैले, म तिमीहरूलाई ढुकुरहरूझैँ हानिरहित र सर्पहरूझैँ बुद्धिमान् हुन भन्छु। सर्पहरूझैँ बुद्धिमान् हुनु अत्यन्तै महत्त्वपूर्ण छ; यसले तँलाई विभिन्न दुष्ट मानिसहरू, ख्रीष्ट विरोधीहरू, विभिन्न भ्रम र पाखण्डहरू, र तँलाई सताउने र दमन गर्ने विभिन्न शक्तिहरूलाई बुद्धि र सिद्धान्तहरूका साथ व्यवहार गर्न सक्षम तुल्याउँछ, ताकि तँ सुरक्षित र सफलतापूर्वक मार्गको अन्त्यसम्म पुग्न सक् र तैँले मुक्ति प्राप्त गर्ने आशा प्राप्त गर्न सक्। यसरी, सामान्यतया, जब परमेश्वरको घरले बाहिरी संसारसँग व्यवहार गर्ने मामिलाहरूको सामना गर्छ, तब यसले तिनलाई सम्हाल्न बुद्धि र वास्तविक-संसारको अनुभव भएका केही दाजुभाइ-दिदीबहिनीहरूलाई खोज्नेछ। जहाँसम्म जवान र सानो कद भएकाहरू, वा मूर्ख र वास्तविक-संसारको अनुभव नभएकाहरू, वा कतिपय अलमल्ल मानिसहरूको कुरा छ, हामी तिनीहरूलाई त्यस्ता कुराहरू सम्हाल्न जान प्रोत्साहित गर्दैनौँ, र परमेश्वरको घरले तिनीहरूलाई त्यसो गर्न लगाउने प्रबन्ध पनि गर्नेछैन। कतिपय मानिसहरू बाहिरी रूपमा निकै साहसी र सक्षम देखिन्छन्, तर वास्तवमा तिनीहरूसँग कुनै बुद्धि हुँदैन। जब कुनै व्यक्तिसँग बुद्धि छैन तर ऊ निकै साहसी छ भने त्यसलाई के भनिन्छ? यसलाई अन्धाधुन्ध काम गर्नु भनिन्छ; बोलचालको भाषामा भन्दा, यो तातो रगत भएको मानिस हुनु हो। यदि यस्तो व्यक्ति बाहिरी संसारसँग व्यवहार गर्ने मामिलाहरू सम्हाल्न गयो भने, पक्कै पनि समस्याहरू आउनेछन्। त्यसैले, बाहिरी संसारसँग व्यवहार गर्ने यी मामिलाहरूको सामना गर्दा, यदि मण्डलीले त्यो काम गर्नु आवश्यक छ भने, हामी त्यो काम गर्नका लागि उपयुक्त मानिसहरू खोज्छौँ। यो तरिका निकै राम्रो हो। चाहे त्यो पवित्र आत्माले प्रयोग गर्नुभएको मानिस होस् वा म होऊँ, हामी तिमीहरूलाई सडकमा गएर प्रदर्शन र विरोध गर्न लगाउने प्रबन्ध कहिल्यै गर्दैनौँ, हामी तिमीहरूलाई राजनीतिक अधिकारको वकालत गर्न वा कतिपय प्रकारका प्रसिद्ध मानिसहरूलाई सुसमाचार प्रचार गर्न माग गर्नु त झनै परको कुरा हो; परमेश्वरको घरले यी कुराहरू कहिल्यै गर्दैन। के तैँले परमेश्वरको घरले यस्ता प्रकारका कामको प्रबन्ध गरेको कहिल्यै थाहा पाएको छस्? (छैन।) सुसमाचार प्रचार गर्ने कुरामा समेत, धर्ममा रहेका सत्यताको तिर्खा भएकाहरूलाई यो प्रचार गरिन्छ; ती फरिसीहरू र रोटी खाएर धित मार्नेहरूलाई ध्यान दिनु आवश्यक छैन। परमेश्वरको घरले तिमीहरूलाई जोखिम मोल्न कहिल्यै उक्साउँदैन वा तिमीहरूलाई परीक्षामा वा शैतानको पासोमा पर्न दिँदैन; अर्थात्, यसले तिमीहरूलाई आगोको खाडलमा धकेल्दैन, तर परमेश्वरको घरमा हाल उपलब्ध क्षमता र स्रोतहरूद्वारा तिमीहरूलाई रक्षा गर्न सम्भव भएसम्म सबै कुरा गर्छ। हेर त, के परमेश्वरको घरले यसरी नै काम गर्दैन र? (गर्छ।) उदाहरणका लागि, यदि कुनै ठाउँमा आगो लाग्यो भने, आगो निभाउन दमकललाई बोलाउनुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूलाई छिट्टै सुरक्षित स्थानमा सर्नुपर्छ; आगो निभाउने काम पेसेवरहरूलाई गर्न दिनु नै सुरक्षित हुन्छ। यो तिमीहरूलाई जोखिम मोल्न, परीक्षामा पर्न, र शैतानको पासोमा पर्नबाट रक्षा गर्नका लागि हो। त्यसै गरी, मण्डलीमा देखा पर्ने ख्रीष्ट विरोधीहरू, दुष्ट मानिसहरू, र अविश्वासीहरू जस्ता विभिन्न नकारात्मक पात्रहरूको हकमा, परमेश्वरले तिनीहरूलाई देखा पर्न अनुमति दिनुहुन्छ। म तिनीहरूलाई खुट्ट्याउन सिक्नमा तिमीहरूलाई मद्दत गर्नका लागि तिमीहरूसँग सङ्गति गर्छु, त्यसपछि तिनीहरूलाई व्यवहार गर्न कस्ता विधिहरू प्रयोग गर्ने भनेर तिमीहरूलाई सिकाउँछु, र अन्ततः, परमेश्वरको घरले यी मानिसहरूलाई कसरी सम्हाल्ने भन्ने बारेमा प्रशासनिक आदेशहरू स्थापना गर्छ, तिनीहरूलाई प्रकारअनुसार वर्गीकरण गर्छ र, ख्रीष्ट विरोधीहरू, दुष्ट मानिसहरू, अविश्वासीहरू, र अवरोध र बाधा दिनेहरूलाई स्पष्ट रूपमा खुट्ट्याएपछि, तिनीहरूलाई मण्डलीबाट निकालेर सफा गर्छ, ताकि तिमीहरूले शान्त मनका साथ आफ्नो कर्तव्य गर्न सक। मलाई भन, परमेश्वरको घरले कामको यो पक्षलाई कसरी गर्छ? (यसले यो राम्ररी गर्छ।) यो काम राम्ररी गरिएपछि, विभिन्न देशका मण्डलीहरूमा अवरोध र बाधा दिने मानिसहरू उप्रान्त हुँदैनन्, र मण्डलीको जीवन शान्तिपूर्ण बन्छ। दुष्ट मानिसहरूलाई निकालिएपछि, मण्डली तुरुन्तै शान्तिपूर्ण बन्छ। धेरैजसो मानिसहरूको हृदय स्थिर हुन्छ, तिनीहरू सामान्य रूपमा भेला हुन सक्छन्, मण्डलीको जीवनको क्रम सामान्य बन्छ, र विभिन्न प्रकारका कामहरू पनि सामान्य रूपमा गर्न सकिन्छ। त्यसोभए, यस दृष्टिकोणबाट हेर्दा, के परमेश्वरको घरमा सत्यताले शासन गर्छ त? (गर्छ।) सत्यता पछ्याउन इच्छुक भएका, सत्यता स्वीकार गर्न सक्ने, र आफ्नो कर्तव्यप्रति अलिकति इमानदारी भएका अधिकांश मानिसहरूलाई शान्त मनका साथ आफ्नो कर्तव्य गर्न, प्रवचनहरू सुन्न, र सत्यता पछ्याउन दिनका लागि परमेश्वरको घरले यो काम गर्छ—यो मण्डलीको कामसँग सम्बन्धित कुरा हो। यसका साथै, मेरो हकमा भन्दा, जब म तिमीहरूसँग अन्तरक्रिया गर्छु र मामिलाहरू सम्हाल्छु, तब मैले तिमीहरूका लागि विचार गर्ने सबै कुरा तिमीहरूलाई पूर्ण रूपमा रक्षा गर्नका लागि गर्छु, होइन र? (हो।) के मैले तिमीहरूलाई दुष्ट मानिसहरूले गर्ने कुराहरू गर्न वा दुष्ट मानिसहरू हिँड्ने मार्गमा हिँड्न उक्साएको छु? (छैन।) एक हिसाबमा, म तिमीहरूलाई सत्यताले भरणपोषण गर्छु ताकि तिमीहरूले सत्यता सिद्धान्तहरू बुझ्न सक, कुराहरूलाई छर्लङ्गै देख्न सक, विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउन सक, विभिन्न दुष्ट मानिसहरूलाई बुद्धिका साथ व्यवहार गर्न सक, र तिनीहरूबाट टाढा रहन सक। अनि अर्को हिसाबमा, जब तिमीहरूले खतरनाक मामिलाहरूको सामना गर्छौ, तब तिनलाई कसरी सम्हाल्ने भनेर म तिमीहरूलाई बताउँछु। म तिमीहरूलाई परमेश्वरका योजनाबद्ध कार्यहरूको अधीनमा बसेको आधारमा, शैतानको परीक्षा र पासोमा पर्नबाट कसरी जोगिने भनी बताउँछु, र म तिमीहरूलाई मूर्ख नबन्न, र दुर्भाग्य ल्याउने कुनै कुरा देख्दा टाढा रहन र त्यसबाट जोगिन भन्छु। म तिमीहरूलाई खतरनाक ठाउँहरूमा जान कहिल्यै भड्काउँदिनँ, उक्साउँदिनँ, वा प्रोत्साहित गर्दिनँ; बरु, म तिमीहरूलाई के भन्छु भने, यदि तिमीहरूको हालको सहर खतरनाक छ र तिमीहरूलाई त्यहाँ सताइनेछ भने, तिमीहरू अर्को सहरमा भाग्नुपर्छ। हेर त, के तिमीहरूसँग यसरी अभ्यास गर्ने मार्ग छैन र? (छ।) मैले कहिल्यै यसो भनेको छैनँ, “चिनियाँ कम्युनिस्ट पार्टीले हामीलाई यति धेरै दमन गर्छ र दुःख दिन्छ, र यो मानवजाति यति दुष्ट छ कि तिनीहरूले हामीलाई सहन सक्दैनन्, त्यसैले हामी तिनीहरूसँग लड्नैपर्छ! प्रदर्शन गर्न नारा र ब्यानरहरू लिएर सडकमा निस्कौँ, र यस संसारको अन्धकार र दुष्टतालाई खुलासा गरौँ!” मैले त्यस्ता कुराहरू कहिल्यै भनेको छैनँ, न त मैले तिमीहरूलाई यी कुराहरू गर्न नै भनेको छु। मैले यति धेरै कुराहरू तिमीहरूलाई सत्यता स्वीकार गर्न र पछ्याउन मद्दत गर्ने उद्देश्यले मात्रै भनेको हुँ, र म प्रायजसो तिमीहरूलाई के पनि भन्छु भने, तिमीहरू जहाँ बसे पनि, तिमीहरूले आफूलाई नियम-पालन गर्ने तरिकाले आचरणमा ढाल्नुपर्छ, कर्तव्यनिष्ठ रूपमा काम गर्नुपर्छ, कानुनको पालना गर्नुपर्छ, र गैरविश्वासीहरूलाई तिमीहरूको कमजोरी समात्न वा समस्या खडा गर्न दिनु हुँदैन। हामी गैरविश्वासीहरूको राजनीतिमा सहभागी हुँदैनौँ, न त हामी कुनै सरकारको विरोध नै गर्छौँ। हामी केवल आफ्नो कर्तव्य निर्वाह गर्छौँ—यसलाई राम्ररी निर्वाह गर्छौँ र ध्यान आकर्षित नगरी हामीले गर्नुपर्ने काम पूरा गर्छौँ, परमेश्वरको लागि असल गवाही दिन्छौँ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो; हामीले अरू कुनै कुराको वास्ता गर्नु आवश्यक छैन। के मैले तिमीहरूलाई यही कुरा भनेको होइन र? (हो।) हामी यस संसारलाई जान्न, दुष्ट प्रचलनहरूलाई जान्न, र भ्रष्ट मानवजातिको भ्रष्ट सारलाई जान्न खोज्छौँ, ताकि हामी प्रवाहको विरुद्धमा जान वा कुनै देश वा सरकारको विरोध गर्न सकौँ भनेर होइन, तर हामीले सत्यतालाई अझ राम्ररी बुझ्न सकौँ र परमेश्वरका वचनहरू नै सत्यता हुन् भनी अझ बढी पुष्टि गर्न सकौँ भनेर हो। यी कुराहरू जान्नुको लक्ष्य परमेश्वरको अधीनमा बस्न, सही मार्गमा लाग्न, र परमेश्वरको मुक्ति स्वीकार गर्न सक्षम हुनु हो। संसारको अन्धकारसँग हाम्रो कुनै सरोकार छैन—हामीले यसलाई बिदाइ गरिसकेका छौँ, होइन र? परमेश्वरले मानिसहरूलाई उक्साउनुहुन्नउक्साउ भन्ने यस पक्षमा के तिमीहरू स्पष्ट भयौ? (भयौँ।) तिमीहरूले गर्ने हरेक कुरामा, तिमीहरूका कार्यका सिद्धान्तहरू के हुन् भन्ने कुरा तिमीहरूले स्पष्ट रूपमा जान्नुपर्छ भनेर मुख्य रूपमा तिमीहरूलाई बताउनका लागि म तिमीहरूसँग यस पक्षमा, अर्थात् परमेश्वरले मानिसहरूलाई उक्साउनुहुन्न भन्ने बारेमा सङ्गति गर्छु। तिमीहरूले गर्ने हरेक कुरामा, मानिसहरूसँग लड्न वा स्पष्टीकरण माग्न उग्रता वा क्षणिक साहसको भर नपर; बरु, तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरूसँग सिद्धान्तहरू हुनुपर्छ, र तिमीहरूले परमेश्वरको मार्ग पछ्याउने प्रयास गर्नुपर्छ, सत्यता सिद्धान्तहरू र परमेश्वरका अभिप्रायहरूअनुसार काम गर्ने प्रयास गर्नुपर्छ, र परमेश्वरका अभिप्रायहरूअनुरूप काम गर्नुपर्छ। के तिमीहरू यस पक्षको बारेमा स्पष्ट भयौ? (भयौँ।) देहधारी परमेश्वरका कार्य र प्रकाशहरूले तिमीहरूलाई उक्साउने काम गर्दैनन्; यो पनि तिमीहरूले जान्नुपर्ने एउटा पक्ष हो। अवश्य नै, तिमीहरूले यसको ज्ञान प्राप्त गरेपछि, तिमीहरूले यसको धर्मसिद्धान्तिक ज्ञान मात्रै राखेर त्यसलाई त्यत्तिकै छोड्नुको सट्टा, तिमीहरू कुन मार्गमा हिँड्नुपर्छ र तिमीहरूले कुन मार्ग पछ्याउनुपर्छ भन्ने कुरामा अझ बढी पक्का हुनुपर्छ।
देहधारी परमेश्वरले मानिसहरूलाई प्रलोभनमा नपार्ने विषयभित्र, अर्को एउटा निश्चित प्रकटीकरण छ, त्यो के हो भने उहाँले मानिसहरूलाई भड्काउनुहुन्न। मानिसहरूलाई नभड्काउने र मानिसहरूलाई नउक्साउने कुराका बीचमा समानताहरू छन्। म यी समानताहरूका बारेमा कुरा गर्नेछैनँ, तर म भिन्नताहरूका बारेमा छोटकरीमा कुरा गर्नेछु। मण्डलीमा विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउँदा—जसमा ख्रीष्ट विरोधीहरू, दुष्ट मानिसहरू, र परमेश्वरको घरको काममा अवरोध गर्ने र बाधा दिने विभिन्न मानिसहरूलाई खुट्ट्याउने कुरा समावेश हुन्छ—एक हिसाबमा, तिमीहरूसँग यी मानिसहरूको चरित्रको खुट्ट्याउने क्षमता हुनुपर्छ र तिमीहरूले यी मानिसहरूलाई इन्कार गर्नुपर्छ। यसका साथै, परमेश्वरको घरसँग यी मानिसहरूलाई सम्हाल्ने सम्बन्धित तरिकाहरू हुन्छन्। तिमीहरूले गर्नु नै पर्ने कुरा भनेको विभिन्न प्रकारका मानिसहरूका भ्रष्ट स्वभावहरू र भ्रष्ट सार जान्नु हो, र तिमीहरू मानिसहरूको सारलाई जान्न सक्षम हुनु हो। तैँले यी कुराहरू जानेपछि, तँ त्यस प्रकारको व्यक्ति हुनु हुँदैन, तैँले त्यस्ता प्रकारका कामकुराहरू गर्नु हुँदैन, र तँसँग भएका तिनीहरूका जस्तै स्थिति र प्रकटीकरणहरू—साथै तेरा कार्यहरू पछाडिका निश्चित अभिप्राय, मनसाय, र दृष्टिकोणहरूलाई पनि तैँले पहिचान गर्नुपर्छ र त्याग्नुपर्छ। त्यस्ता मानिसहरूलाई खुट्ट्याउनुको लक्ष्य भनेको मानिसहरूको एउटा समूहलाई अर्को समूहमाथि आक्रमण गर्न लगाउनका लागि भड्काउनु होइन, न त यो गुटगत सङ्घर्षहरूमा संलग्न हुनु नै हो; के यो कुरा स्पष्ट भयो? (भयो।) हेर् त, जब हामी औपचारिक भेलाहरूमा ख्रीष्ट विरोधीहरू र दुष्ट मानिसहरूका केही व्यवहार र प्रकटीकरणहरूका बारेमा सङ्गति गर्छौं, तब हामी कहिल्यै मानिसहरूको नाम उल्लेख गर्दैनौँ; हामी त्यस्ता मानिसहरूका प्रकटीकरणहरू मात्रै उल्लेख गर्छौं, त्यसपछि तिनीहरूका केही व्यवहारहरूको सार र तिनीहरूले राख्ने दृष्टिकोणहरूलाई खुलासा र विश्लेषण गर्छौं, र अन्ततः तिनीहरूको सार के हो भनेर ठहर गर्छौं। सङ्गतिको उद्देश्य र लक्ष्यको कुरा गर्दा, यो तिमीहरूलाई शैतानको सक्कली रूप र शैतानको सार जान्न र छर्लङ्गै देख्न सक्षम तुल्याउनका लागि मद्दत गर्नु, र परमेश्वरले कस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्छ र कस्तालाई घृणा गर्नुहुन्छ भन्ने कुरा अझ स्पष्ट रूपमा महसुस गर्न तिमीहरूलाई मद्दत गर्नु हो। यसका साथै, व्यक्तिगत रूपमा तिमीहरूलाई, हिँड्नका लागि कस्तो प्रकारको मार्ग सही हुन्छ भन्ने कुरा महसुस गर्न मद्दत गर्नु हो। तिमीहरू परमेश्वरले मन नपराउनुहुने प्रकारका मानिसहरूप्रति सतर्क हुनुपर्छ, तिमीहरूले उनीहरूका कामकुरा गर्ने गलत तरिकाहरूलाई इन्कार गर्नुपर्छ, र तिमीहरूले उनीहरूका भ्रामक विचार र दृष्टिकोणहरूलाई पनि त्याग्नुपर्छ। पहिलो कुरा त यी समस्याहरूका बारेमा हामीले गर्ने सङ्गतिको लक्ष्य तिमीहरूलाई त्यस्ता मानिसहरूमाथि आक्रमण गर्न लगाउनका लागि भड्काउनु हुँदैन। सङ्गतिद्वारा, मानिसहरूले तिनीहरूलाई खुट्ट्याउने क्षमता प्राप्त गरे पनि, उनीहरूको हृदयमा तिनीहरूप्रति वितृष्ण भए पनि, र उनीहरू तिनीहरूलाई इन्कार गर्न र तिनीहरूसँग अन्तरक्रिया नगर्न सक्षम भए पनि, यसरी सङ्गति गर्नु भनेको मानिसहरूलाई कुनै कुरा गर्नका लागि भड्काउनु होइन। अर्थात्, गैरविश्वासी संसारमा पाइने मानिसहरूलाई यातना दिने अभियानहरू वा पक्षपाती र गुटगत सङ्घर्षहरूसँग यी समस्या र विषयहरूका बारेमा सङ्गति गर्नुको कुनै सरोकार हुँदैन। मानिसहरू शक्ति, चाहना, र व्यक्तिगत हितहरूका खातिर गुटगत सङ्घर्षहरूमा संलग्न हुन्छन्। अर्कोतर्फ, तिमीहरूले सत्यता अझ राम्ररी बुझ्न सक भनेर हामी यसरी कतिपय मानिसहरूका बारेमा सङ्गति गर्छौं, उनीहरूलाई खुलासा गर्छौं, र खुट्ट्याउँछौं। यस्तो सङ्गतिको लक्ष्य तँलाई परमेश्वरको अघि ल्याउनु, र तँलाई सही मार्गमा हिँडाउनु, सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनेर खुट्ट्याउन लगाउनु, र यस मामिलाद्वारा सही र गलत खुट्ट्याउने तेरो क्षमतालाई सुधार गर्नु हो। यस्तो सङ्गतिद्वारा खुलासा हुने व्यक्तिको कुरा गर्दा, यदि उसले पछुतो महसुस गर्न सक्छ र उसँग पश्चात्ताप गर्ने हृदय छ भने, मानिसहरूले उसलाई स्वीकार गरे पनि वा नगरे पनि, परमेश्वरले उसलाई स्वीकार गर्नुहुन्छ। परमेश्वरले उसलाई स्वीकार गर्नुको अर्थ के हो? यसको अर्थ के हुन्छ भने परमेश्वरले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ; यदि उसले पश्चात्ताप गर्यो भने, परमेश्वरले उसलाई दोषी ठहराउनुहुनेछैन। तर मानिसहरूले पश्चात्ताप गर्नु निकै दुर्लभ कुरा हो, होइन र? (हो।) यदि तिनीहरूले दुष्टता गरेका छन् र तिनीहरूले अपराधहरू गरेका छन् भने, हामीले तिनीहरूलाई मद्दत पनि गर्नुपर्छ। हामीले त्यस्तो व्यक्तिलाई पूर्ण रूपमा बेवास्ता गर्नु, ऊ आशारहित छ र उसलाई थप कुनै अवसर दिन सकिँदैन भनी निर्णय गर्नु, र उसलाई मण्डलीबाट निकाल्नु हुँदैन; हामीले कहिल्यै पनि यस्तो तरिका अपनाएका छैनौँ। परमेश्वरको घरले पूर्णकालीन कर्तव्य मण्डलीहरू, अल्पकालीन कर्तव्य मण्डलीहरू, साधारण मण्डलीहरू, र ख समूहहरू स्थापना गरेको छ; मानिसहरू पूर्ण रूपमा आशारहित हुने अवस्थामा नपुगेसम्म, तिनीहरूलाई पश्चात्ताप गर्ने अवसरहरू दिइनेछ। धेरै मानिसहरूका प्रकटीकरणहरू ख्रीष्ट विरोधीहरू र ठूलो रातो अजिङ्गरका जस्तै भएका भए पनि—अर्थात् ती उस्तै प्रकारका प्रकटीकरणहरू भए पनि—हामीले सीधै ती मानिसहरूलाई निकालेका पनि छैनौँ। एउटै मात्र अपवाद भनेको, यदि ती ख्रीष्ट विरोधीहरू हुन् र तिनीहरूका परिस्थितिहरू निकै गम्भीर छन्, तिनीहरूले धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रमित पारेका छन्, र तिनीहरूले मण्डलीको काममा पैसाले मापन गर्न नसकिने गरी अत्यन्तै गम्भीर घाटा पुर्याएका छन् भने—त्यस्ता मानिसहरूलाई सीधै ख्रीष्ट विरोधीहरूका रूपमा ठहर गरिन्छ र निष्कासित गरिन्छ। यस्तो सबैभन्दा गम्भीर परिस्थितिबाहेक, हामी अरू सबैलाई पश्चात्तापका लागि अवसरहरू दिन्छौं, र तिनीहरूलाई सीधै नाश हुनेहरूका रूपमा ठहर गर्दैनौँ। सबैले आखिरी दिनहरूको परमेश्वरको कामलाई पहिलो पटक स्वीकार गरिरहेका छन् त्यसैले हामीले तिनीहरूलाई अवसरहरू दिन्छौँ—तिनीहरूले धेरै वर्षसम्म परमेश्वरको काम अनुभव गरेका छन्, यति धेरै प्रवचनहरू सुनेका छन्, र धेरै अपराधहरू गरेका छन् र अझै पनि अवसरहरू दिइन्छ भन्ने कुरा होइन। बरु यो के हो त? त्यो के हो भने धेरै मानिसहरू दुष्टता गर्ने कार्य गरेर पहिलो पटक गल्ती गर्नेहरू हुन्, वा तिनीहरूले अन्जानमा यसो गर्छन्, वा तिनीहरूले गर्ने कुराको पछाडि केही अन्य कारणहरू हुन्छन्। जतिसुकै कारणहरू भए पनि, वास्तवमा, खास स्थितिअनुसार, तिनीहरूले दुष्टता नगरेको भए हुन्थ्यो। तर, परमेश्वरको घरले अझै पनि मानिसहरूलाई छुट दिन्छ र तिनीहरूलाई पश्चात्तापका अवसरहरू दिन्छ, र बारम्बार तिनीहरूका प्रकटीकरणहरू अवलोकन गर्छ। कतिपय मानिसहरूले दुष्टता गरेपछि पश्चात्ताप गर्दैनन्, त्यसैले तिनीहरूलाई पूर्णकालीन वा अल्पकालीन कर्तव्य मण्डलीहरूबाट साधारण मण्डलीहरू वा ख समूहहरूमा पठाइन्छ। यदि तिनीहरूले ख समूहमा पनि अझै पश्चात्ताप गरेनन्, र दुष्टता गर्ने र बाधाहरू पुऱ्याउने कार्यलाई जारी राखे भने, तिनीहरूलाई अन्ततः मण्डलीबाट निकालिन्छ। निकालिने जोकोही भए पनि उसले सबै प्रकारका दुष्ट कार्यहरू गरेको हुन्छ र धेरै वर्षसम्म कुनै पश्चात्ताप देखाएको हुँदैन, त्यसैले उसलाई निकालिएको हुन्छ। सत्यता स्वीकार नगरेकोमा तिनीहरूले आफैलाई मात्र दोष दिन सक्छन्, किनभने परमेश्वरको घरले तिनीहरूलाई पश्चात्ताप गर्न धेरै अवसरहरू दिएको हुन्छ र तिनीहरूले तिनको कदर गरेका हुँदैनन्, र ती सबैलाई फुत्कन दिएका हुन्छन्; तिनीहरूसँग दोष दिने अरू कोही हुँदैन। छोटकरीमा भन्दा, यी कुराहरूका बारेमा कुरा गर्नुको पछाडि मेरो उद्देश्य के हो? हामीले जुनसुकै मानिसहरूलाई खुट्ट्याए पनि वा सम्हाले पनि, त्यसो गर्नुको लक्ष्य मानिसहरूलाई उठ्नका लागि भड्काउनु र तिनीहरूलाई यातना दिनु होइन, न त तिनीहरूलाई गुटगत वा गिरोहका सङ्घर्षहरूमा संलग्न हुन लगाउनका लागि भड्काउनु नै हो। बरु, यो त मानिसहरूलाई खुट्ट्याउन सिक्न, विभिन्न प्रकारका मानिसहरूको सार छर्लङ्गै देख्न, त्यसपछि दुष्ट मानिसहरूलाई उचित दण्ड दिन र प्रतिशोध गर्नका लागि मद्दत गर्नु हो, ताकि हानि भोगेकाहरूले यी मानिसहरूका दुष्ट कार्यहरू देखेपछि पाठ सिक्न सकून्, मानिसहरूलाई कसरी खुट्ट्याउने भन्ने कुरा जान्न सकून्, र सत्यताको एउटा पक्ष बुझ्न सकून्। त्यसकारण, जब म तिमीहरूसँग कतिपय मानिसहरूले दुष्टता गरेका निश्चित प्रकटीकरणहरूका बारेमा सङ्गति गर्छु, तब त्यो तिनीहरूलाई घृणा गर्न लगाउनका लागि तिमीहरूलाई भड्काउनु, त्यसपछि तिमीहरूलाई ममाथि विश्वास गर्न र मलाई अझ बढी भरोसा गर्न लगाउनलाई आफ्नो पक्षमा पार्नका लागि हुँदैन; मेरो लक्ष्य यो हुँदैन। यसबाहेक, म तिमीहरूसँग तिनीहरूले बाहिरी रूपमा देखाउने गरेका कामकुरा गर्ने तरिकाहरूका बारेमा मात्रै सङ्गति गर्छु; मैले तिनीहरूका गोप्य रूपमा हुने धेरै वटा निश्चित प्रकटीकरणहरूका बारेमा तिमीहरूलाई बताएको छैन। कहिलेकाहीँ तिमीहरूमध्ये कतिपयसँग कुराकानी गर्दा यो विषय उठेको र मैले अलिक बढी कुरा बताएको भए पनि, त्यो बेला पनि मेरो लक्ष्य तँलाई भड्काउनु, वा तँलाई उठ्न लगाउनु र तिनीहरूको निन्दा गर्न लगाउनु भन्ने हुँदैन, तर तँलाई सत्यताअनुसार मानिसहरूलाई खुट्ट्याउन सिक्न, र मानिसहरूलाई सम्हाल्ने परमेश्वरको घरका सिद्धान्तहरू ठ्याक्कै के हुन् भन्ने जान्न मद्दत गर्नु हो। मानिसहरूलाई सम्हाल्ने परमेश्वरको घरका सिद्धान्तहरू निष्पक्ष र न्यायपूर्ण छन्; ती मानिसहरूलाई यातना दिने कुरा होइनन्—मेरो लक्ष्य भनेको तँलाई आफ्नो हृदयमा यो कुरा बुझ्न मद्दत गर्नु हो। यसरी, मैले अझ बढी निश्चित विवरणहरू उल्लेख गरे पनि, यो तँलाई भड्काउनका लागि हुँदैन; यदि खुलासा भइरहेको व्यक्तिको बारेमा तँसँग साँच्चै खुट्ट्याउने क्षमता छ भने, तेरो लागि त्यति नै पर्याप्त हुन्छ। कतिपय अत्यन्तै उग्र मानिसहरू सधैँ लड्न चाहन्छन्। म त भन्छु त्यसो गर्नु अनुचित हो—मामिलाहरूलाई निष्पक्ष रूपमा सम्हाल, र मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर; लड्नुपर्ने कुनै आवश्यकता छैन। यदि कसैले पश्चात्ताप गरेको छ भने, हामी उसलाई क्षमा गर्नेछौँ र उसलाई दाजुभाइ वा दिदीबहिनीको रूपमा व्यवहार गर्नेछौँ। तर यदि ऊ अझै पनि अलिकति पनि पश्चात्ताप नगरी कामकुरा गर्ने आफ्ना पुरानै गलत तरिकाहरूमा लागिरहन्छ, र उसले अझै पनि आफैलाई सही साबित गर्ने र आफ्नो बचाउ गर्ने प्रयास गर्छ, हरेक अवसरमा बहस गर्छ, र मानिसहरूको पिठ्यूँ पछाडि गलत ठहराउने र कुराहरू फैलाउने समेत गर्छ भने, हामी उसलाई शत्रुको रूपमा व्यवहार गर्नेछौँ, उससँग कहिल्यै अन्तरक्रिया गर्नेछैनौँ, र उसलाई कहिल्यै मण्डलीमा प्रवेश गर्न दिनेछैनौँ। के यसो गर्नु उचित हो? (हो।) के कामकुरा गर्ने यी सबै तरिकाहरूमा सुरुदेखि अन्त्यसम्म नै हरेक चरणले सत्यता सिद्धान्तहरू पछ्याउँछ, र मानिसहरूलाई सही सिद्धान्तहरूअनुसार व्यवहार गरिन्छ भन्ने कुरा तिमीहरूले देख्न सक्दैनौ र? के यीमध्ये कुनै पनि तरिकाहरू मानव इच्छाद्वारा निर्देशित हुन्छन्? के ती उग्रतामा निर्भर भएका हुन्छन्? (हुँदैनन्।) के यहाँ संवेग वा भावनाहरूले कुनै भूमिका खेल्छन्? (खेल्दैनन्।) के कहिल्यै मानिसहरूलाई यातना दिने दृष्टिकोण अपनाइन्छ? के कसैको हैसियत, मण्डलीको प्रतिष्ठा, कसैको इज्जत, वा मेरो आफ्नै इज्जत र छविको सुरक्षा गर्ने उद्देश्य कहिल्यै हुन्छ त? (हुँदैन।) यस्तो कहिल्यै हुँदैन।
जुनसुकै प्रकारको व्यक्तिलाई वा जुनसुकै व्यक्तिलाई सम्हालिए पनि, उसलाई सम्हाल्ने हाम्रो तरिका भनेको त्यो मामिला मण्डलीको हातमा सुम्पिनु हो, र मण्डलीले उसलाई सिद्धान्तहरूअनुसार सम्हाल्नेछ। धेरैजसो अवस्थामा, निर्णयकर्ताको समूहका दाजुभाइ-दिदीबहिनीहरू नै यी मामिलाहरूमा सहभागी हुन्छन्। यदि अझै धेरै दाजुभाइ-दिदीबहिनीहरू सहभागी हुनुपर्छ भने, यो मामिला अझै धेरै मण्डली अगुवाहरू वा विभिन्न मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइन्छ ताकि तिनीहरूले यसबारे स्पष्ट बुझाइ प्राप्त गर्न सकून्, त्यसपछि मतदान गर्न र आफ्ना दृष्टिकोणहरू व्यक्त गर्न सकून्। अन्ततः, दाजुभाइ-दिदीबहिनीहरूले यो व्यक्तिलाई कसरी सम्हाल्ने भनेर निर्णय गर्छन्। मण्डलीलाई र दाजुभाइ-दिदीबहिनीहरूलाई यो अख्तियार सुम्पिइन्छ; मण्डलीले यसलाई जसरी सम्हाले पनि, यो तिमीहरूको निर्णयअनुसार गरिनेछ। त्यसोभए दाजुभाइ-दिदीबहिनीहरूले विभिन्न प्रकारका मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू के-के हुन्? मैले र पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसले यतिका वर्षदेखि सङ्गति गर्दै आएका सिद्धान्तहरूअनुसार नै मानिसहरूलाई मापन गरिन्छ। यस मामिलालाई सम्हालेपछि, तिमीहरूले के भयो भनेर माथिलाई रिपोर्ट गर्नेछौ। म यसलाई हेर्नेछु, र पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसले पनि यसलाई हेर्नुहुनेछ; हामी दुवैले यसको समीक्षा गर्नेछौँ। कहिलेकाहीँ, म तिमीहरूले परिस्थितिलाई तुलनात्मक रूपमा उचित रूपमा सम्हालेका रहेछौ भन्ने देख्छु, र कहिलेकाहीँ चाहिँ सम्हाल्दा आएको परिणाम मैले अभिप्राय राखेको कुरासँग त्यति मिल्दैन। कतिपय व्यक्तिहरूका हकमा, सम्हाल्दा आएको परिणाम मैले सोचेको भन्दा बढी गम्भीर हुन्छ, र अरू कतिपयका हकमा, अवश्य नै, परिणाम मैले सोचेको भन्दा अलिक हल्का हुन्छ। तर, म कहिल्यै कुनै सुझाव दिँदिनँ; म तिमीहरूका निर्णयहरूको सम्मान गर्छु र यो अख्तियार तिमीहरूलाई र मण्डलीलाई नै सुम्पिन्छु। मैले यो तिमीहरूलाई सुम्पिनुको कारण के हो? तिमीहरूले यति धेरै वर्षसम्म प्रवचन र सङ्गतिहरू सुनेका छौ—त्यसैले, म के विश्वास गर्छु भने तिमीहरूमध्ये धेरैजसोसँग दुष्ट मानिसहरूलाई र परमेश्वरको घरका हितहरू र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूमा हानि गर्नेहरूका दुष्ट कार्यहरूलाई मापन गर्ने मानक छ। यी मानिसहरूलाई कसरी सम्हाल्ने भन्ने कुराको हकमा भन्दा, असी प्रतिशतभन्दा बढी मानिसहरूको हृदयमा उचित मूल्याङ्कन गर्न सक्ने क्षमता हुनुपर्छ र उनीहरूलाई कसरी जाँच्ने र उचित रूपमा सम्हाल्ने भन्ने थाहा हुनुपर्छ। कतिपय मण्डलीका अगुवा र कामदारहरूले सम्हाल्ने काम गर्दा त्यसमा थोरै विचलनहरू भए तापनि, सामान्य मार्गदर्शन गलत हुनेछैन; यो कुरा निश्चित छ। यो कुरा केमा आधारित छ? यो कुरा मैले तिमीहरूका निम्ति बोलेका वचनहरू र यतिका वर्षमा मैले तिमीहरूलाई सिकाएका र प्रदान गरेका दृष्टिकोणहरू तिमीहरूले बुझेका छौ भन्ने तथ्यमा आधारित छ; तिमीहरूलाई के गर्नुपर्छ भन्ने थाहा छ, र म तिमीहरूमाथि विश्वास गर्छु। त्यसकारण, यी परिस्थितिहरूका आधारमा हेर्दा, परमेश्वरको घरले जुनसुकै प्रकारको व्यक्तिका प्रकटीकरणहरूका बारेमा सङ्गति गरे पनि र खुलासा गरे पनि, वा यसले जुनसुकै प्रकारको व्यक्तिलाई सम्हाले पनि, गैरविश्वासी संसारमा उल्लेख गरिने प्रकारको भड्काउने कार्यसँग यसको पटक्कै कुनै सरोकार हुँदैन। परमेश्वरको घरले जुनसुकै प्रकारको व्यक्ति वा जुनसुकै व्यक्तिलाई सम्हाले पनि, त्यस्तो सम्हाल्ने कार्य कहिल्यै पनि कुनै अभियान हुँदैन; बरु, दुष्टता गर्ने, परमेश्वरलाई प्रतिरोध गर्ने, र परमेश्वरको विरोध गर्ने दुष्ट मानिसहरू अपरिहार्य रूपमा प्रकट हुनेछन्। यो एउटा अपरिहार्य परिणाम हो। यसका साथै, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, यो परमेश्वरले सत्यता पछ्याउने हरेक व्यक्ति र परमेश्वरलाई पछ्याउने हरेक व्यक्तिका लागि—बारम्बार—पाठहरू र वातावरणहरू खडा गर्नुभएको हो। यो तेरो लागि परमेश्वरको काम जान्ने र दुष्ट मानिसहरूलाई खुट्ट्याउने अवसर हो, र यो तैँले बोध गरेका र बुझेका सत्यताहरूको बारेमा तेरो बारम्बारको अभ्यास पनि हो। परमेश्वरबाट आएका कुराहरूलाई स्वीकार गर्नुको अर्थ पाठहरू सिक्नु हो; यो कुरा त्यति नै सरल छ। यी परिस्थितिहरू तेरा लागि पाठहरू सिक्ने र दुष्ट मानिसहरूलाई खुट्ट्याउने उत्कृष्ट अवसरहरू हुन्। यदि परमेश्वरले यी दुष्ट मानिसहरू र ख्रीष्ट विरोधीहरूलाई तेरो अगाडि नराख्नुभएको भए, र यी दुष्ट मानिसहरूले कसरी दुष्टता गर्छन् र कसरी परमेश्वरलाई प्रतिरोध गर्छन् भन्ने कुरा तँलाई आफ्नै आँखाले देख्न नदिनुभएको भए, दुष्ट मानिसहरू र ख्रीष्ट विरोधीहरूलाई खुट्ट्याउने बारेमा मैले यतिका वर्षसम्म सङ्गति गरेका यी वचनहरू तेरो लागि एक प्रकारको धर्मसिद्धान्त मात्रै हुन सक्थे। तँलाई मण्डलीमा दुष्ट मानिसहरू छैनन् भन्ने लाग्नेथियो, र तेरो हृदयमा यी वचनहरूका पछाडि सधैँ एउटा प्रश्नचिह्न खडा हुनेथियो। तैँले यी वचनहरूलाई इन्कार नगर्ने भए पनि, तैँले सधैँ तिनलाई एक प्रकारको धर्मसिद्धान्तको रूपमा लिनेथिइस्। तर यदि कतिपय दुष्ट मानिसहरू र ख्रीष्ट विरोधीहरू देखा परे, र वास्तविक उदाहरणहरू देखा परे भने, तैँले साँच्चै नै यस्तो महसुस गर्नेछस्: “त्यसोभए शैतानले त परमेश्वरसँग यसरी व्यवहार गर्ने रहेछ। त्यसोभए शैतान र ख्रीष्ट विरोधीहरू सत्यताप्रति यति वितृष्ण हुने रहेछन् र सत्यतालाई यति धेरै घृणा गर्ने रहेछन्। त्यसोभए शैतान र दियाबलसहरू यति दुष्ट, छली, र लोभी हुने रहेछन्, र परमेश्वरलाई यसरी प्रतिरोध गर्ने रहेछन्। शैतानले कहिल्यै सत्यता स्वीकार गर्दैन, र शैतान सत्यताप्रति वितृष्ण हुन्छ र सत्यतालाई घृणा गर्छ भनेर परमेश्वरले भन्नुभएको छ; अहिले मैले यही कुरा देखेँ। यी दुष्ट मानिसहरू र ख्रीष्ट विरोधीहरूलाई त झूट बोल्ने बानी नै हुने रहेछ। तथ्यहरू तिनीहरूको आँखा अगाडि नै भए पनि, तिनीहरू अझै पनि बहस गर्ने प्रयास गर्छन्; तिनीहरू साँच्चै नै जीवित शैतानहरू हुन्! शैतानहरूले साँच्चै नै आफ्नो प्रकृति कहिल्यै परिवर्तन गर्दैनन्!” परमेश्वरले तँलाई पाठ सिक्न मद्दत गर्नका लागि मात्रै यी मानिस, घटना र कामकुराहरू खडा गर्नुहुन्छ। के यो कुरा स्पष्ट भयो? (भयो।) त्यसकारण, परमेश्वरको घरले जुनसुकै मानिसहरूलाई निकाले पनि र सम्हाले पनि, र यसले जुनसुकै मानिसहरूलाई खुलासा गरे पनि र खुट्ट्याए पनि, यसको प्रकृति संसारको कुनै पनि समूह वा सत्ताको आन्तरिक सङ्घर्ष वा अभियानहरूको प्रकृतिभन्दा फरक हुन्छ। कम्तीमा पनि, परमेश्वरको घरमा हुने यी कुराहरू सबै परमेश्वरद्वारा योजनाबद्ध गरिएका हुन्छन्। समय आएपछि, परमेश्वरले दुष्ट मानिसहरूलाई बाहिर आउन र प्रदर्शन गर्न दिनका लागि यी वातावरणहरू खडा गर्नुहुन्छ, त्यसपछि परमेश्वरका मानिसहरूले पाठ सिक्न सकून् भनेर तिनीहरूलाई प्रकट गर्नुहुन्छ र खुलासा गर्नुहुन्छ। जब परमेश्वरका मानिसहरूले यी कुराहरू भएको देख्छन्, तब तिनीहरूले यसबारे सङ्गति गर्छन्। सङ्गतिद्वारा, सबैले झन्-झन् बढी ज्ञान र खुट्ट्याउने क्षमता प्राप्त गर्छन्, र दुष्ट मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्, बरु तिनीहरू सत्यताप्रति वितृष्णसमेत हुन्छन् र तिनीहरूले सत्यतालाई घृणा गर्छन्, अनि तिनीहरू जीवित शैतानहरू हुन् भनेर झन्-झन् बढी महसुस गर्छन्। अब तिनीहरूले दुष्ट मानिसहरूको प्रकृति सारलाई स्पष्ट रूपमा देख्छन्, किनभने त्यहाँ खास उदाहरणहरू हुन्छन्। परमेश्वरको घरले यस सन्दर्भमा गर्ने सबै कुरा परमेश्वरले मानिसहरूलाई मुक्ति दिने प्रक्रियामा परमेश्वरका चुनिएका सबै मानिसहरूले अनुभव गर्नुपर्ने कुरा हो। समग्र रूपमा हेर्दा, यो सबै परमेश्वरद्वारा योजनाबद्ध गरिएको हुन्छ, त्यसैले यो कुनै अभियान होइन। जब यी कुराहरू हुन्छन्, तब मैले तिमीहरूसँग बोल्ने वचनहरू तिमीहरूका लागि अन्य कुनै प्रवचन वा सङ्गति जस्तै हुन्—ती एक प्रकारको भरणपोषण हुन्। अर्थात्, परमेश्वरले वृहत् वातावरणभित्र यस्तो मामिला खडा गर्नुहुन्छ—अनि यहाँ मैले कस्तो भूमिका खेल्छु त? म तिमीहरूलाई मद्दतको हात मात्रै बढाउँछु। जब तिमीहरूसँग यस मामिलाको बारेमा स्पष्ट दृष्टिकोण वा ज्ञान हुँदैन, तब म तिमीहरूलाई मद्दत गर्न, तिमीहरूलाई सल्लाह दिन, र तिमीहरूलाई सङ्केतहरू दिन सत्यतामा सङ्गति गर्छु। म कस्ता सङ्केतहरू दिन्छु? तिमीहरूलाई हातमा रहेको मामिलाको केन्द्रबिन्दु र यस समस्याको सार स्पष्ट रूपमा पहिचान गर्न सक्षम तुल्याउने सङ्केतहरू। केही सरल सङ्केत र घचघच्याइहरूद्वारा, तिमीहरूले तुरुन्तै स्पष्टता प्राप्त गर्छौ र के भइरहेको छ भन्ने जान्दछौ। यो थोरै सहायताले मात्रै, तिमीहरूले आफूले चाहेजस्तै गरी यस मामिलाले खडा गरेको परीक्षा सजिलै पार गर्छौ, र परमेश्वरलाई सन्तोषजनक उत्तर दिन्छौ। तिमीहरूसँग दुष्ट व्यक्तिलाई खुट्ट्याउने क्षमता हुन्छ, तिमीहरूले उप्रान्त तिनीहरूको आराधना गर्दैनौ, तिमीहरू उप्रान्त तिनीहरूद्वारा भ्रममा पर्दैनौ, र तिमीहरू उप्रान्त तिनीहरूले बोल्ने दुष्ट शब्दहरूमा विश्वास गर्दैनौ। तिमीहरूसँग तिनीहरूको बारेमा स्पष्ट ज्ञान हुन्छ: तिनीहरूलाई झूट बोल्ने बानी परेको हुन्छ, तिनीहरूले कहिल्यै सत्यता स्वीकार गर्दैनन्, र तिनीहरू दियाबलस हुन्। यो कुरा निश्चित हुन्छ। पहिले, तिमीहरूले तिनीहरूको निकै आराधना गर्थ्यौ र तिनीहरू साँच्चै परमेश्वरलाई चाहने व्यक्ति हुन् भन्ने ठान्थ्यौ। अब तिमीहरूसँग तिनीहरूलाई खुट्ट्याउने क्षमता छ, र तिमीहरूले यस्तो प्रकारको व्यक्तिले मुक्ति प्राप्त गर्न सक्दैन, र यस्तो प्रकारको व्यक्ति परमेश्वरको शत्रु हो भनेर निर्धारण गरेका छौ। मण्डलीमा जेसुकै भए पनि वा तिमीहरूको काममा जस्तोसुकै कुराहरू भए पनि, मैले गर्ने सबै काम र मैले बोल्ने सबै वचनहरूद्वारा, म तिमीहरूलाई निरन्तर तानिरहेको र डोर्याइरहेको मात्रै हुन्छु, तिमीहरूलाई परमेश्वरको अघि र सही मार्गमा ल्याउन, अनि तिमीहरूलाई सत्यता बुझ्न र प्राप्त गर्न मद्दत गर्न सक्दो प्रयास गरिरहेको हुन्छु, ताकि तिमीहरू उप्रान्त मूर्ख वा अन्धा नहोओ, र कुनै पनि मानिस, घटना, वा कामकुराहरूलाई हेर्ने दृष्टिकोणमा उप्रान्त उग्रतामा भर नपर वा आफ्ना पुराना धारणाहरूमा नटाँसिओ। मैले बोल्दा त्यसको उद्देश्य र लक्ष्यले अन्ततः तिमीहरूमा जस्तोसुकै परिणामहरू ल्याए पनि, छोटकरीमा भन्दा, मसँग एउटै मात्र लक्ष्य र मार्गदर्शन छ, त्यो तिमीहरूलाई परमेश्वरको अघि ल्याउनु र तिमीहरूलाई सृजित प्राणीको रूपमा रहेको आफ्नो उचित स्थान लिन सक्षम तुल्याउनु हो। त्यसैले, यो भड्काउने कार्य होइन। भड्काउने कार्यमा मानव इच्छाका दाउपेच र लक्ष्यहरू समावेश हुन्छन्, पर्दा पछाडि आफ्नै लक्ष्यहरू हासिल गर्न अरूलाई जोखिम मोल्न लगाउने कार्य समावेश हुन्छ। त्यसोभए, के मैले गर्ने कुराले तिमीहरूलाई भड्काइरहेको छ त? (छैन।) जब तिमीहरूले सत्यता प्राप्त गर्छौ र केही पाठहरू सिक्छौ, तब म सन्तुष्ट हुन्छु; मेरा अरू कुनै अभिप्रायहरू छैनन्। के मैले आफ्नै स्वार्थी हितहरूका खातिर यसो गरिरहेको छु? (होइन।) यसको विपरीत, मैले मूल्य चुकाउनुपर्छ, सोच-विचार लगाउनुपर्छ, र तिमीहरूसँग अथक रूपमा सङ्गति गर्न लामो समयसम्म कुरा गर्नुपर्छ, तिमीहरूलाई हरेक मुख्य बुँदा स्पष्ट रूपमा व्याख्या गरिदिनका लागि सम्भव भएसम्म सबै कुरा गर्नुपर्छ। उदाहरणका लागि, यदि कुनै निश्चित मामिलामा दश वटा मुख्य बुँदाहरू समावेश छन्, र मैले तीमध्ये तीन वा पाँच वटा छोडेँ भने, तिमीहरूले धेरै कुरा गुमाउनेछौ। यदि मैले यी दश वटा मुख्य बुँदाहरूमा छोटकरीमा मात्रै सङ्गति गरेँ भने, कमजोर क्षमता भएका मानिसहरूले अझै कम कुरा बुझ्नेछन्; असल क्षमता भएका मानिसहरूले केही सिक्नका लागि, यी बुँदाहरूमा स्पष्ट रूपमा सङ्गति गरिनुपर्छ, र कमजोर क्षमता भएका मानिसहरूले बुझ्नका लागि तिनका बारेमा धेरै पटक सङ्गति गरिनुपर्छ। यसरी, मैले सबै दश वटा मुख्य बुँदाहरू स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ, ताकि जब सबैले भेलाहरूको समयमा एक-अर्कासँग कुरा बाँड्छन् र कुराकानी गर्छन्, तब तिनीहरूले बिस्तारै ती सबै बुझ्छन्। परमेश्वरको घर एउटा ठूलो परिवार हो। कुनै एक व्यक्तिले सबै सत्यताहरूलाई पूर्ण रूपमा खान र पिउन सक्दैन। सबैले एक-अर्कासँग बाँड्नुपर्छ; तिमीहरूले सधैँ सँगै प्रार्थनार्थ पढ्नुपर्छ, बाँड्नुपर्छ, र सङ्गति गर्नुपर्छ। यसरी मात्रै तिमीहरूले धेरै कुराहरू बुझ्न र तिनलाई अझ व्यापक रूपमा बुझ्न सक्छौ। त्यसैले, मण्डली जीवन अपरिहार्य छ, र तिमीहरूले आपसमा सङ्गति नगरी र नबाँडी पनि हुँदैन। त्यो बेला मैले बोलेका ती दश वटा मुख्य बुँदाहरूमध्ये तैँले तीन वा पाँच वटा बुझेको हुन सक्छ, र पछि, सबैले एक-अर्कासँग बाँडेर, तैँले सात वा आठ वटा बुझ्न सक्छस्। केही वर्षपछि, अरूले पनि बाँड्छन्, र सायद, तेरा बुझाइहरू दिन-प्रतिदिन र महिनैपिच्छे बिस्तारै जम्मा हुँदै जाँदा, तैँले सबै दश वटा मुख्य बुँदाहरू बुझ्नेछस्। यसरी, मेरा वचनहरू व्यर्थमा बोलिएका हुँदैनन्, होइन र? (हो।) त्यसैले, तिमीहरूले सत्यता प्राप्त गर्छौ र तिमीहरू कदमा बढ्छौ—त्यसबाट मैले के प्राप्त गर्छु र? के म तैँले मेरो लागि केही मीठो खानेकुरा बनाउनेछस् भन्ने आशा गरिरहेको छु? कि मेरो लागि केही राम्रा लुगाहरू किनिदिनेछस् भन्ने आशा गरिरहेको छु? सायद एउटा ठूलो घर? म यी कुराहरूलाई महत्त्व दिन्नँ। यो दाऊदले त्यो बेला परमेश्वरका लागि मन्दिर बनाउन चाहेको जस्तै हो—के तँ परमेश्वरले मन्दिर चाहनुभएको थियो भनेर भन्छस्? त्यो बेला, मानिसहरूले साँच्चै परमेश्वरका अभिप्रायहरू बुझेका थिएनन्; तिनीहरू साँच्चै निकै मूर्ख थिए। परमेश्वरले यो नमाग्नुभएको भए पनि, दाऊदसँग त्यस्तो हृदय थियो भन्ने देखेर, परमेश्वरले यसलाई स्वीकार गर्नुभयो र यसमा मौन सहमति दिनुभयो। त्यस युगको प्रसंगमा, मानिसहरूको कद त्यस्तै थियो; परमेश्वरले मानिसहरूका लागि उच्च मागहरू राख्नुभएको थिएन। यदि यो आज भएको भए, मानिसहरूले त्यसो गर्नु अत्यन्तै मूर्खतापूर्ण हुनेथियो र यो सत्यता सिद्धान्तहरू अनुरूप पटक्कै हुनेथिएन।
म कहिल्यै भड्काउने वचनहरू बोल्दिनँ वा मानिसहरूलाई भड्काउने कामहरू गर्दिनँ। मैले दुष्ट मानिसहरू र ख्रीष्ट विरोधीहरूलाई घृणा गर्ने भए पनि, म सबैलाई उठ्न र तिनीहरूलाई घृणा गर्न र इन्कार गर्नका लागि भड्काउँदिनँ। मैले बोल्ने धेरै वचनहरू मानिसहरूलाई सत्यता बुझ्न र तथ्यहरूको सत्यतालाई स्पष्ट रूपमा देख्न सक्षम तुल्याउनका लागि हुन्छन्, त्यसैले यसलाई भड्काउनु भनेर भन्न मिल्दैन। मैले सत्यताको जुनसुकै पक्ष सङ्गति गरे पनि, तिमीहरूले यसलाई सही रूपमा लिनुपर्छ र तिमीहरू यसलाई सही रूपमा बोध गर्न सक्षम हुनुपर्छ। मण्डलीको काम यसरी नै गरिन्छ। म अथक रूपमा सङ्गति गर्छु र सत्यता प्रदान गर्छु, र अथक रूपमा सत्यता सम्बन्धी मेरो ज्ञान र अन्तर्दृष्टिहरू, विभिन्न कुराहरूप्रतिका मेरा दृष्टिकोणहरू, विभिन्न प्रकारका मानिसहरू सम्बन्धी मेरो ज्ञान, र तिनीहरूप्रतिका मेरा दृष्टिकोण र मनोवृत्तिहरू बाँड्छु। यसरी अथक रूपमा सङ्गति गर्नुको पछाडि मेरो अन्तिम उद्देश्य भनेको तिमीहरूलाई सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउनु हो। त्यसोभए, यस परिणामको हिसाबमा, के मैले यो हासिल गरेको छु त? के परमेश्वरको कामले यो परिणाम हासिल गरेको छ? (गरेको छ।) मानिसहरूको एउटा हिस्सा यस्तो छ जो सधैँ गलत रूपमा विश्वास गरिरहेको छु कि भनेर डराउँछन्; तिनीहरूले आफू भ्रममा परेको, र आफूले विश्वास गर्ने परमेश्वर नभई एक मानिस पो हुनुहुन्छ कि भन्ने सोच्दै, शैतानका आधारहीन अफवाहहरू पत्याउँछन्। तैँले आफू भ्रममा परेको छु भनेर भन्छस्, तर के तैँले पढ्ने वचनहरू परमेश्वरका वचनहरू होइनन् र? के परमेश्वरका वचनहरू सत्यता होइनन् र? के परमेश्वरको घरका भेलाहरूमा सङ्गति गरिने कुरा सत्यता होइन र? के तैँले कुनै मानिसमा विश्वास गरेर सत्यता प्राप्त गर्न सक्छस्? परमेश्वरको घरले गरेको कुन कामले तँलाई भ्रममा पारिरहेको छ? तँ भ्रममा परेको छस् कि छैनस् भनेर तैँले कुन आधारमा निर्धारण गर्छस्? तैँले विश्वास गर्ने कुरा सत्यता होइन भने मात्रै तँ भ्रममा परेको हुन्छस्। यदि तैँले विश्वास गर्ने कुरा सत्यता हो भने, तैँले आफू भ्रममा परेको छु भनेर भन्न सक्दैनस्। तैँले सत्यता प्राप्त नगरेको भए पनि, तँ भ्रममा परेको छस् भनेर भन्न सकिँदैन; तैँले सत्यता पछ्याउँदैनस्, तँ सच्चा व्यक्ति होइनस्, र तैँले आफैलाई हानि गरेको छस् भनेर मात्रै भन्न सकिन्छ। तैँले धेरै वर्षसम्म प्रभुमा विश्वास गरेर पनि सत्यता प्राप्त गरिनस्—त्यसो भए समस्या के थियो त? तैँले पक्कै पनि पाष्टरहरूको आराधना गरिरहेको र मानिसहरूलाई पछ्याइरहेको थिइस्; भ्रममा पर्नुको साँचो अर्थ यही हो। परमेश्वरको घरले सबैलाई निष्पक्ष रूपमा व्यवहार गर्छ। यदि तँ आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छस् भने, परमेश्वरको घरले तँलाई एउटा कर्तव्य दिन्छ, र तँसँग नाटीकुटी नगरी तेरो जीवनयापनको खर्चको पनि ख्याल राख्छ। के यो परमेश्वरले उत्थान गर्नुभएको होइन र? के तैँले विशेष निगाह प्राप्त गरिरहेको छैनस् र? (गरिरहेको छु।) त्यसोभए तँलाई कर्तव्य दिनुको लक्ष्य के हो? त्यो यसकारण हो ताकि तैँले, एक सृजित प्राणीको रूपमा, आफ्नो कर्तव्य पूरा गर्दा सृष्टिकर्तासँग पक्का र स्थिर सम्बन्ध स्थापित गर्न सक्। यस जगमा रहेर, परमेश्वरले तँलाई सत्यता प्रदान गर्नुहुन्छ, र तैँले पाठ सिक्ने गरी विभिन्न वातावरणहरू पनि खडा गर्नुहुन्छ। परमेश्वरको घरले सधैँ तँसँग सत्यताको बारेमा र विभिन्न कर्तव्यहरू पूरा गर्ने सिद्धान्तहरूको बारेमा सङ्गति पनि गर्छ। के मानिसहरूलाई सत्यता प्राप्त गर्न मद्दत गर्नका खातिर परमेश्वरले धेरै सोच-विचारमा मेहनत गर्नुहुन्न र? के परमेश्वरको घरले यस उद्देश्यका लागि धेरै काम गर्छ? (गर्छ।) यी सबैमा मानिसहरू नै सबैभन्दा ठूला लाभार्थी हुन्। तँ सत्यता पछ्याउँदैनस्, तर ख्याति, प्राप्ति, र हैसियत मात्रै पछ्याउँछस्, तैपनि तैँले घाटा भोगेको छु भनेर भन्छस्। के यसो भनेर तैँले सेतोलाई कालो र कालोलाई सेतो बनाइरहेको हुँदैनस् र? यसरी बोल्दा के तँसँग कुनै विवेक बाँकी हुन्छ? कतिपय मानिसहरूले यसो भन्छन्, “परमेश्वरको घरमा कर्तव्य पूरा गर्न धेरै गाह्रो छ; गर्नुपर्ने काम कहिल्यै सकिँदैन!” आफ्नो कर्तव्य पूरा गर्ने तेरो दक्षता यति कम छ, त्यसैले तैँले आफ्नो गति बढाउनुपर्छ। तँ सधैँ कुनै काम नगरी सित्तैँमा खान चाहन्छस्; यो सिद्धान्तहरू अनुरूप हुँदैन। कतिपय मानिसहरूले सधैँ सित्तैँमा खान चाहन्छन् र कुनै काम गर्न चाहँदैनन्; यहाँ समस्या के हुन्छ? के यी मानिसहरू खन्चुवा होइनन् र? तिनीहरू आफ्नो अघिल्लो जीवनमा भोकै मरेका हुनुपर्छ! तिनीहरू सित्तैँमा खान मात्रै चाहेर परमेश्वरको घरमा आएका हुन्छन्। विवेक र समझ भएका मानिसहरू यसो गर्न इच्छुक हुँदैनन्। यदि परमेश्वरको घरले तिनीहरूलाई अघाउञ्जेल खान दियो भने, तिनीहरूले परमेश्वरको अनुग्रह र प्रेमको ऋण तिर्न सक्छन्, र तिनीहरूले कठिनाइ वा थकानबाट पछि नहटी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। विवेक र समझ नभएका मानिसहरू सधैँ सित्तैँमा खान चाहन्छन्। तिनीहरू अलिकति काम गर्दा आफूले घाटा भोग्नुपर्छ कि भनेर डराउँछन्, त्यसैले तिनीहरूले परमेश्वरको घरबाट फाइदा उठाउन धेरै खान्छन्। के त्यस्ता मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? मलाई लाग्छ ढिलो-चाँडो तिनीहरूलाई हटाइनेछ। कतिपय मानिसहरूले यसो पनि भन्छन्, “परमेश्वरको घरमा काम गर्नु थकाइलाग्दो कुरा हो!” जे होस्, तँसँग कुनै सामर्थ्य नै छैन। यदि तैँले काम गर्दैनस् र आफ्नो कर्तव्य पूरा गर्दैनस् भने, तँ जीविकोपार्जनका लागि काम गर्न संसारमा फर्कनुपर्नेछ—के तैँले त्यहाँ गर्ने काम थकाइलाग्दो हुनेछैन र? के तँ परमेश्वरको घरमा सित्तैँमा खान चाहन्छस्? परमेश्वरको घर कुनै वृद्धाश्रम होइन, न त यो कुनै परोपकारी संस्था नै हो। यदि तँ सधैँ सित्तैँमा खान चाहन्छस् भने, के तँ विवेकविहीन छैनस् र? परमेश्वरको घरले तिमीहरूको खाना, लुगाफाटो, र दैनिक खर्चहरू प्रदान गर्न कति खर्च गरेको छ भन्ने कुरा त नगरौँ—तिमीहरूले प्राप्त गरेको सत्यताको सन्दर्भमा मात्रै भन्दा पनि, यसलाई किन्नका लागि तिमीहरूले के प्रयोग गर्न सक्छौ र? के तिमीहरूले यसलाई सुन वा हीराले किन्न सक्छौ? तिमीहरूले यसलाई कुनै पनि कुराले किन्न सक्दैनौ; सत्यता अमूल्य छ। तिमीहरूलाई सत्यता प्रदान गर्दा, के मैले तिमीहरूसँग एक पैसा पनि मागेको छु? (माग्नुभएको छैन।) तिमीहरूलाई प्रवचन प्रचार गर्नका लागि मैले मेरो कति रगत-पसिना खर्च गर्नुपर्छ? सत्यतामाथिको मेरो कुन सङ्गतिले तिमीहरूलाई लाभ प्राप्त गर्न दिएन? कुन भेलाले तिमीहरूको समय र ऊर्जा खेर फाल्यो? (कुनैले पनि फालेन।) मैले तिमीहरूका लागि गर्नुपर्ने भन्दा धेरै गरिसकेको छु। मैले प्रवचन प्रचार गर्दा हरेक पटक, म तिमीहरूलाई केही प्राप्त गर्न दिन्छु। जब म तिमीहरूसँग कुराकानी गर्छु र गफगाफ गर्छु, तब मैले कुनै ठट्टा नै गरेँ भने पनि, त्यो सबै तिमीहरूलाई सत्यता बुझ्न मद्दत गर्नका लागि हुन्छ। त्यसकारण, म निरन्तर बोलिरहन्छु ताकि तिमीहरू सत्यता बुझ्न सक्षम हुन सक। त्यसो भए तापनि, कतिपय मानिसहरू अझै पनि परमेश्वरमा विश्वास गरेर आफू भ्रममा परिरहेको छु भन्ने कुरा बताउँछन्। के तिनीहरू भ्रममा परिरहेका हुन्छन्? (हुँदैनन्।) आफू भ्रममा परिरहेको छु भन्ने कुरा बताउनेहरूका बारेमा एउटा कुरा निश्चित छ: तिनीहरू परमेश्वरका भेडा होइनन्। परमेश्वरका भेडा नभएकाले, तिनीहरूले सत्यता बुझ्नुको आशिष्को आनन्द लिन सक्दैनन्। तिनीहरूले पापको यातना भोग्नुपर्छ र तिनीहरू पीडामा जिउनुपर्छ, शैतानले तिनीहरूलाई त्यसले चाहेअनुसार दुःख दिन्छ र तिनीहरूलाई भ्रष्ट तुल्याइरहन्छ, त्यसपछि तिनीहरू शैतानसँगै नाश हुन्छन्; तिनीहरूको योग्य गन्तव्य यही हो। तिनीहरू परमेश्वरका भेडा नभएकाले, तिनीहरूले त्यो आशिष्को आनन्द लिन सक्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरू पढ्नेबित्तिकै, तिनीहरूले यसलाई सहन सक्दैनन् वा आफ्नो हृदयमा यसलाई सम्हाल्न सक्दैनन्, ठ्याक्कै अभागी मानिसहरू र आशिष्हरू सम्हाल्न नसक्ने मानिसहरू जस्तै; यदि तिनीहरूले निकै राम्रो जीवनको आनन्द लिए भने, तिनीहरू कलिलै उमेरमा मर्नेछन्। मलाई भन, मैले यति धेरै वर्षसम्म तिमीहरूलाई भेला गरेको छु र तिमीहरूसँग सङ्गति गरेको छु—के मैले कहिल्यै तिमीहरूसँग एक पैसा पनि मागेको छु र? (माग्नुभएको छैन।) कतिपय मानिसहरूले मेरो स्वास्थ्य सुधार गर्न केही पौष्टिक आहारहरू किन्नुहोस् भन्दै मलाई सीधै एक-दुई सय युआन दिने प्रयास गरेका छन्। मैले भनेँ, “मलाई यो चाहिँदैन, मसँग पुग्दो छ। तैँले यो पैसा आफैसँग राख्, वा मण्डलीलाई के आवश्यक छ भनेर हेर् अनि त्यसका लागि केही किनिदे, वा कुन दाजुभाइ-दिदीबहिनीहरूलाई जीवनयापनको खर्च वा यात्राको खर्च आवश्यक छ भनेर हेर्, अनि उसलाई दे। मलाई दिनु पर्दैन।” कतिपय मानिसहरूले मलाई सीधै केही राम्रा कुराहरू पनि दिन्छन्, र म ती सबैलाई कुनै अपवादविना इन्कार गर्छु। सुरुदेखि अहिलेसम्म, मैले कुनै पनि व्यक्तिबाट कहिल्यै एक पैसा वा एउटै कुरा पनि लिएको छैनँ। कतिपय मानिसहरूले मलाई केही वस्तुहरू चढाउँछन्, र प्रायजसो म तिनलाई इन्कार गर्छु। यदि यो साँच्चै मलाई आवश्यक पर्ने कुरा हो भने, म अलिकति स्वीकार गर्छु, त्यसपछि मैले मेरो कृतज्ञता पनि व्यक्त गर्नुपर्छ। मैले कहिल्यै कसैसँग कुनै व्यक्तिगत वस्तुहरू मागेको छैनँ। तैँले राम्रा लुगा लगाएको वा राम्रो खाना खाएको देखेको भरमा मलाई पनि एउटा दे वा मलाई पनि केही पठाइदे भनेर म तँलाई भन्नेछैनँ; मैले यी कुराहरू कहिल्यै मागेको छैनँ। यति धेरै वर्षसम्म, मैले तिमीहरूलाई भेला गर्ने र तिमीहरूसँग सङ्गति गर्ने कार्य निःशुल्क गरेको छु। मैले तिमीहरूसँग एक पैसा पनि मागेको छैनँ, न त मैले तिमीहरूलाई एक पैसा पनि बुझाउन भनेको छु। यसबाहेक, हामी हाम्रा भेला र सङ्गतिहरूमा भेटी चढाउने कुरा कहिल्यै गर्दैनौँ। त्यसैले मलाई थाहा छैन कामको यो चरणलाई स्वीकार गरेका र यति धेरै वर्षसम्म विश्वास गरेका कतिपय मानिसहरूले अझै पनि आफू भ्रममा परेको छु भनेर कसरी भन्न सक्छन्। तँ कसरी भ्रममा परिस्? के तँलाई तेरो पैसा ठगियो वा यौनका लागि फसाइयो? दुवै होइन। त्यसोभए यस्ता प्रकारका कुराहरू भन्न सक्ने व्यक्तिलाई तिमीहरू के भनेर ठहर गर्छौ? (तिनीहरू अविश्वासी हुन्।) तिनीहरू अविश्वासी हुन्। तिनीहरू परमेश्वरका भेडा होइनन्; तिनीहरू दियाबलस हुन्, त्यसैले तिनीहरूले विषालु निन्दा ओकल्न सक्छन्।
हामी भेला हुँदा सधैँ सत्यतामा सङ्गति गर्छौं, र यति धेरै वर्षसम्म सङ्गति गरेपछि, तिमीहरूले अन्ततः आधारभूत कुराहरू सिकेका छौ। अहिले धेरै अनुभवात्मक गवाहीहरूमा, मानिसहरूसँग जीवनका बारेमा, विशेष गरी आफ्नो कर्तव्य पूरा गर्दा सामना गर्ने विभिन्न कुराहरूका बारेमा केही अनुभव र ज्ञान भएको म देख्छु। तिनीहरू सबैले सत्यताका केही कुराहरू प्राप्त गरेका छन् र जीवनमा केही वृद्धि हासिल गरेका छन्। यसले के देखाउँछ भने, म बोलेको र मैले प्रवचन प्रचार गरेको बारम्बार सुनेर, तिमीहरूले सही विचार र दृष्टिकोणहरू विकास गरेका छौ र साँचो अनुभवात्मक ज्ञानको हिस्सा पाएका छौ; मलाई सबैभन्दा बढी खुसी लाग्ने कुरा यही हो। म तिमीहरूलाई अझ धेरै अनुभवात्मक गवाहीका लेखहरू लेख्न प्रोत्साहन दिन्छु। तिमीहरूको बुझाइ सतही भए तापनि, यो अलिकति मात्रै सान्दर्भिक छ भने लेख; तिमीहरूले जति धेरै लेख्छौ, तिमीहरूको बुझाइ त्यति नै गहन हुँदै जानेछ। मानिसहरूले सत्यता जान्ने, सत्यता बुझ्ने, र सत्यता अनुभव गर्ने तरिका यही हो। तैँले यसलाई जति गम्भीरतापूर्वक लिन्छस् र तैँले आफ्नो हृदयमा यसलाई जति धेरै महत्त्व दिन्छस्, सत्यताको तेरो बुझाइमा तँसँग त्यति नै निर्दिष्ट विचार र दृष्टिकोणहरू हुनेछन्। तेरा विचार र दृष्टिकोणहरू जति निर्दिष्ट हुन्छन्, तैँले लेख्न सुरु गर्दा तैँले लेख्ने कुरामा त्यति नै धेरै सार हुनेछ, र तैँले यसलाई लिखित रूपमा त्यति नै राम्ररी व्यक्त गर्न सक्नेछस्। तर यदि तैँले सधैँ अवचेतन रूपमा मात्रै कुराहरू मनन गर्छस् वा तिनको बारेमा सामान्य रूपमा मात्रै सोच्छस् भने, तैँले कुनै निश्चित विचार वा दृष्टिकोणहरू विकास गर्नेछैनस्। जब तैँले लेख्न सुरु गर्छस्, तब तँलाई यस्तो महसुस हुनेछ, “मसँग बुझाइ त छ—म यसलाई लिखित रूपमा किन व्यक्त गर्न सक्दिनँ?” तैँले यस कुरालाई बाहिर निकाल्न सक्दैनस् किनभने तँसँग कुनै विचार वा दृष्टिकोणहरू छैनन्, र तँलाई कसरी लेख्ने भन्ने थाहा छैन। विचार र दृष्टिकोणहरूविना, तैँले लेख्ने लेखमा प्राण, मार्गदर्शन, र लक्ष्यको कमी हुनेछ, र तैँले लेखको मुख्य आशय निर्धारण गर्न सक्नेछैनस्। यदि तँलाई लेख लेख्नुको लक्ष्य के हो, यसद्वारा तैँले कस्ता परिणामहरू हासिल गर्ने आशा गर्छस्, तैँले बुझेका कुन सत्यता सिद्धान्तहरू यसमा समावेश छन्, र तैँले बुझेको कुन सत्यता समावेश छ भन्ने कुरा थाहा छैन र तैँले त्यो निर्धारण गर्न सक्दैनस् भने, तैँले लेख्न सुरु गर्न नै सक्नेछैनस्। यदि तैँले यी कुराहरू निर्धारण गर्न सक्छस् भने, यदि तँलाई सत्यता वास्तवमा के हो, तेरो भ्रमता र विकृतिहरू कहाँ छन्, तैँले कस्ता कुराहरूलाई बदलेको छस् र अहिले सत्यता बुझेर तैँले के प्राप्त गरेको छस् भन्ने कुरा थाहा छ भने—यदि तँ यी सबै कुराहरूमा स्पष्ट छस् भने, तैँले लेख्न सुरु गर्न सक्नेछस्। धेरै मानिसहरूले यस पक्षमा पहिले नै केही प्राप्तिहरू गरिसकेका छन्, जुन कुरा परमेश्वरको घरले अपलोड गरेका यी अनुभवात्मक गवाहीका लेखहरूबाट नै देख्न सकिन्छ। मानिसहरूको एउटा हिस्साले पहिले नै निश्चित जीवन प्रवेश पाउन थालिसकेको छ, र अवश्य नै, मानिसहरूको एउटा हिस्साले सत्यतामा निश्चित प्राप्तिहरू पनि गरेको छ। सत्यतामा प्राप्तिहरू गरेका मानिसहरूको यस हिस्साका हकमा, केही सत्यता सिद्धान्तहरू पहिले नै तिनीहरूभित्र तिनीहरूको जीवन बनिसकेका छन् भनेर निश्चितताका साथ भन्न सकिन्छ। यो अत्यन्तै राम्रो सुरुवात हो, र यो एउटा उत्कृष्ट अवस्था पनि हो। यी प्राप्तिहरू हुनु भनेको यी सबै वर्षहरूमा सत्यताका विभिन्न पक्षहरूमाथिको हाम्रो सङ्गति झन्-झन् विस्तृत र निश्चित हुँदै गएकाले हासिल भएको प्रभाव हो भनेर भन्न सकिन्छ। यो उदाहरण दिनुको अर्थ के हो? त्यो तिमीहरूलाई के बताउनका लागि हो भने, यति धेरै वर्षसम्म मेरा प्रवचन र सङ्गतिहरू सुनेपछि, तिमीहरूले बुझ्न सक्ने सत्यताहरू धर्मसिद्धान्तको स्तरमा होस् वा व्यावहारिक स्तरमा होस्, त्यसको आधारमा तिमीहरूले उप्रान्त परमेश्वरको घर तथाकथित “मानव समूह” हो भन्ने सोच्नु हुँदैन। सत्यताको जुनसुकै पक्षमा सङ्गति भइरहेको भए पनि, तिमीहरूले जुनसुकै निश्चित मामिला जान्ने प्रयास गरिरहेका भए पनि, वा दुष्ट मानिसहरूका जुनसुकै खास व्यवहार र घटनाहरूका बारेमा सङ्गति भइरहेका भए पनि, तिमीहरूले उप्रान्त तिनलाई गैरविश्वासीहरूका विचार र दृष्टिकोणहरूले मापन गर्नु हुँदैन। बरु, तिमीहरूले तिनलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ, पाठ सिक्ने प्रयास गर्नुपर्छ, तिनलाई गम्भीरतापूर्वक लिनुपर्छ, त्यसपछि यी कुराहरूभित्र रहेका बुझ्नुपर्ने सत्यताहरूलाई ध्यानपूर्वक मनन गर्नुपर्छ र सिक्नुपर्छ। तैँले यो कुरा याद राख्नुपर्छ: चाहे त्यो मेरो सङ्गति होस्, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसको सङ्गति होस्, वा तलका दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति होस्, यदि यसमा साँच्चै मानिसहरूले खुट्ट्याउनुपर्ने प्रकारको दुष्ट व्यक्ति वा सिक्नुपर्ने प्रकारको पाठ समावेश छ भने, अनि यसमा सत्यता समावेश छ, र यो तैँले बुझ्नुपर्ने र बोध गर्नुपर्ने सत्यताको पक्ष छ भने, तैँले यसलाई सही रूपमा लिनुपर्छ र गम्भीरतापूर्वक लिनुपर्छ। केही व्यक्तिहरूका व्यवहारहरू केही हदसम्म उग्र र हठी भए तापनि, तैँले त्यसरी व्यवहार गर्दैनस् भने, त्यो ठीकै हुन्छ। सत्यतामा ध्यान केन्द्रित गर्, सत्यतामा मेहनत गर्, हातको मामिलाका तथ्यहरूको सारलाई जान्, नकारात्मक पात्रहरूलाई चिन् र खुट्ट्या, सकारात्मक कुराहरूलाई स्वीकार गर्, र सकारात्मक मार्गअनुसार अभ्यास गर्—यसो गर्दा, तैँले चाहेको प्रभाव हासिल गर्नेछस् र तँ कटनी गर्न सक्षम हुनेछस्। तैँले यसलाई गैरविश्वासीहरूका दृष्टिकोणहरूबाट हेर्नु हुँदैन, र सधैँ यस्तो सोच्नु हुँदैन, “परमेश्वरको घरले दुष्ट मानिसहरूका बारेमा सङ्गति गर्नु, उनीहरूलाई खुलासा गर्नु, र उनीहरूलाई सफा गर्नु भनेको एउटा अभियान सुरु गर्नु हो; यसले हामीलाई केही निश्चित कुराहरू गर्न भड्काइरहेको हुन्छ र प्रलोभनमा पारिरहेको हुन्छ। यदि मैले दुष्ट मानिसहरूलाई खुलासा गरेँ भने म आफै जल्नेछु र आफैमाथि समस्या ल्याउनेछु भन्ने मलाई डर लाग्छ।” यसबारे चिन्ता गर्नुपर्ने कुनै आवश्यकता छैन; परमेश्वरको घरमा, सत्यताले पूर्ण रूपमा शासन गर्छ। यदि तँ परमेश्वरले सार्वभौमिकता राख्नुहुन्छ, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र परमेश्वर धर्मी हुनुहुन्छ भन्ने विश्वास गर्छस् भने, तँसँग यस मामिलाप्रति सही बुझाइ र मनोवृत्ति हुनुपर्छ, र रमिते वा अविश्वासीको रूपमा काम गरेर आफूलाई जोगाउन सक्दो प्रयास गर्नुको साटो हरेक मामिला र यी विशेष घटनाहरूको सामना गर्दा सत्यतामा कटनी गर्ने प्रयास गर्नुपर्छ। बुझिस्? (बुझेँ।) हेर् त, के मैले बोल्ने यी वचनहरू तिमीहरूका लागि उपयोगी छन्? (छन्।) यदि तँ रमिते बन्न चाहन्छस् र डरपोक भएर जिउन चाहन्छस् भने, परमेश्वरमाथिको तेरो विश्वास अत्यन्तै सानो छ; तैँले परमेश्वरको धार्मिकता र सर्वशक्तिमान्ताका तथ्यहरू, वा परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यलाई विश्वास गर्दैनस्। तँ अविश्वासी होस् भनेर भन्न नसकिए तापनि, कम्तीमा पनि तँसँग शङ्कालु मनोवृत्ति छ; तैँले आफ्नो हृदय परमेश्वरलाई दिएको छैनस्, र तँसँग परमेश्वरका लागि साँचो हृदय छैन। एक प्रकारको व्यक्ति यस्तो हुन्छ: ऊ अत्यन्तै डरपोक हुन्छ, र जब मण्डलीले सफाइको काम गर्छ र ख्रीष्ट विरोधीहरू तथा दुष्ट मानिसहरूलाई खुलासा गर्नुपर्ने हुन्छ, तब ऊ पछि हट्छ, पन्छिन्छ, र उसले सम्झौता गर्छ। अर्को प्रकारको अविश्वासी पनि हुन्छ जसले त्यस्ता मामिलाहरूको सामना गर्दा यस्तो सोच्छ, “परमेश्वरको घरले फेरि एउटा अभियान सुरु गरिरहेको छ। म यसमा भाग लिनेछैनँ। म केही पनि भन्नेछैनँ। यदि मैले गलत कुरा भनेँ र मलाई निष्कासित गरियो भने के गर्ने? म कसैलाई खुलासा गर्नेछैनँ, र म कसैसँग शत्रुता मोल्नेछैनँ। मैले गर्नुपर्ने कुरा भनेको आफूलाई जोगाउनु मात्रै हो; मैले आफूलाई सुरक्षित राख्नुपर्छ। म कसैका दुष्ट कार्यहरू देख्दिनँ, म कसैका बेतुकका कुराहरू सुन्दिनँ, र मलाई कसैले अवरोधहरू र बाधाहरू पुऱ्याउने वा परमेश्वरको घरका हितहरूलाई हानि गर्ने कामकुराहरू गरिरहेको थाहा छैन र म त्यो देख्दिनँ। यी सबै कुरासँग मेरो कुनै सरोकार छैन।” यो त अविश्वासीको दृष्टिकोण हो। तँ परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न असफल हुने मात्र होइन, तर तैँले परमेश्वरको घरलाई गिल्ला पनि गर्छस्, यसका साथै परमेश्वरको घरका हितहरूप्रति विश्वासघात गर्दै आफूलाई जोगाउन सक्दो प्रयास गर्छस्। परमेश्वरका नजरमा, यस्तो व्यक्ति कस्तो प्रकारको व्यक्ति हो? के परमेश्वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्छ? (मन पराउनुहुन्न, परमेश्वरका नजरमा, त्यस्तो व्यक्ति गैरविश्वासी हो।) यदि तँ यस्तो छस् भने, परमेश्वरले तँलाई गैरविश्वासीको रूपमा व्यवहार गर्नुहुन्छ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुन सक्छस्, तर परमेश्वरले तँलाई स्वीकार गर्नुहुन्न, वा तँलाई उहाँको सृजित प्राणीको रूपमा मान्यता दिनुहुन्न—यो कुरा तेरो लागि समस्याको कुरा हो। तैँले आफूलाई निकै राम्ररी जोगाए तापनि, त्यसको कुनै फाइदा हुँदैन; तैँले परमेश्वरलाई पो तेरो सुरक्षा गर्न दिनुपर्छ त। यदि परमेश्वरले तेरो रक्षा गर्नुभयो भने, तँ पूर्ण रूपमा सुरक्षित हुनेछस्; यदि परमेश्वरले तेरो रक्षा गर्नुभयो भने, तैँले सत्यता र परमेश्वरको स्वीकार्यता प्राप्त गर्न सक्नेछस्। तैँले परमेश्वरको सुरक्षाका लागि प्रार्थना गर्नुपर्छ, र व्यक्तिले पूरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्छ; आफैलाई मात्रै जोगाउने प्रयास नगर्। आफ्नै जीवन जोगाउन सक्नलाई तँ कति सक्षम छस् र? आफ्नै गन्तव्य सुरक्षित गर्न सक्नलाई तँ कति सक्षम छस् र? तँ यति सक्षम छैनस्; तेरो जीवन तेरो हातमा छैन। यदि तँ चलाख छस् भने, तैँले आफूलाई सुम्पिनुपर्छ, कुनै पनि मामिलाको सामना गर्दा सृजित प्राणीको रूपमा रहेको आफ्नो उचित स्थान लिनुपर्छ, आफ्ना जिम्मेवारीहरू र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न सक्दो प्रयास गर्नुपर्छ। यदि तैँले आफ्नो कर्तव्य अर्पित भएर अनि राम्ररी निर्वाह गर्न सक्छस्, र तैँले परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न सक्छस् भने, परमेश्वरले तँलाई शैतानको हातमा सुम्पिनुहुन्छ कि सुम्पिनुहुन्न, तँ मर्छस् कि मर्दैनस्, र मण्डलीले तँलाई निष्कासित गर्छ कि गर्दैन भनेर हेर्। यदि तँ यसबारे निश्चितसमेत हुन सक्दैनस् भने, तँ पूर्ण रूपमा अविश्वासी होस्; तँ गैरविश्वासी होस्। परमेश्वरले गैरविश्वासीहरूलाई मुक्ति दिनुहुन्न वा सिद्ध पार्नुहुन्न; उहाँले त्यस्ता मानिसहरूलाई चाहनुहुन्न। बुझिस्? (बुझेँ।) तँसँग त्यस्ता विचार र दृष्टिकोणहरू भएपछि, जब तैँले अर्को पटक कुनै मामिलाको सामना गर्छस्, तब तँ त्यसबाट पन्छिएर नबस्। तैँले आफूलाई परमेश्वरको घर अर्थात्, यस ठूलो परिवारको सदस्यको रूपमा लिनुपर्छ। परमेश्वरको घरका हितहरूले हरेक दाजुभाइ र दिदीबहिनीका हितहरूसँग सरोकार राख्छन्, र तिनले तेरा हितहरूसँग पनि सरोकार राख्छन्। जब परमेश्वरको घरका हितहरूले घाटा भोग्छन्, तब तेरा आफ्नै हितहरूले पनि घाटा भोग्छन् भन्ने कुरा तैँले महसुस गर्नुपर्छ। तँ यसलाई रोक्न र यसलाई खुट्ट्याउनका लागि खडा हुनुपर्छ, त्यसपछि तैँले परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नुपर्छ। परमेश्वरको घरका मानिसहरूले गर्नुपर्ने कुरा र तिनीहरूले देखाउनुपर्ने व्यवहार यही हो; परमेश्वरका मानिसहरू र राज्यका असल सिपाहीहरूले गर्नुपर्ने कुरा यही हो। बुझिस्? (बुझेँ।)
ठीक छ, हामी आजका लागि हाम्रो सङ्गति यहीँ अन्त्य गर्नेछौँ। बिदा!
अक्टोबर १९, २०२४