सत्यता कसरी पछ्याउने (२१)
हालै, हामीले विवेक र समझसँग सम्बन्धित केही प्रकटीकरणका बारेमा सङ्गति गरेका छौँ, जसले मानवताको कमीलाई सङ्केत गर्छन्, होइन र? (हो।) केही नकारात्मक उदाहरण सूचीकृत गरेर, हामीले मानिसहरूको मानवतामा विवेक र समझ नहुनुका केही प्रकटीकरण खुलासा गर्यौँ। त्यसकारण, यी नकारात्मक उदाहरणहरूका बारेमा सङ्गति गरेर, के तिमीहरूले विवेक र समझ भएका मानिसहरूको जीवनमा के-कस्ता प्रकटीकरणहरू हुनुपर्छ भन्ने कुरा थाहा पायौ? (मानिसहरूमा विवेक र समझ नहुनुका केही प्रकटीकरणका बारेमा परमेश्वरको सङ्गतिमार्फत, मैले सामान्य मानवता भएका मानिसहरूमा लाजको बोध हुनुपर्छ, र तिनीहरूलाई केही कुरा आइपर्दा तिनीहरूले तिनका बारेमा सोच्न र तिनलाई तर्कसङ्गत रूपमा लिन सक्नुपर्छ भन्ने कुरा बुझेको छु।) अरू कोही केही थप्न चाहन्छ? (परमेश्वरको सङ्गतिमार्फत, मैले के बुझेको छु भने, गैर-मानवहरूमा हठीपन र जिद्दीपनका प्रकटीकरणहरू हुन्छन्, जबकि सामान्य मानवता भएका मानिसहरूले सही र गलत छुट्याउन सक्छन् र के ठीक हो र के बेठीक हो भन्ने जान्दछन्; तिनीहरू सकारात्मक कुराहरू स्वीकार गर्न सक्छन्, र तिनीहरू मानिस, घटना र कामकुराहरूलाई तुलनात्मक रूपमा वस्तुगत र तर्कसङ्गत तरिकाले हेर्छन्। यसबाहेक, तिनीहरूमा लाजको बोध हुन्छ; केही गल्ती गर्दा, तिनीहरू आफ्ना गल्तीहरू स्वीकार गर्न, तिनलाई तुरुन्तै सच्याउन, र पश्चात्ताप गर्न सक्छन्।) सरल रूपमा भन्दा, आधारभूत रूपमा कुरा यी नै हुन्। एकातिर, विवेक र समझ भएकाहरू मानिस, घटना र कामकुराहरूलाई सही रूपमा व्यवहार गर्न सक्षम हुन्छन्, र मानिस, घटना र कामकुराहरूलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्न र हेर्न पनि सक्छन्। अर्कोतिर, तिनीहरूमा लाजको बोध पनि हुन्छ, र तिनीहरू आफ्नो विवेक र समझका आधारमा कामकुराहरू गर्छन्। हामीले विवेक र समझबारे कुरा गरिरहेका हुनाले, मानिसहरूको विवेकमा हुनुपर्ने, र मानिसहरूले प्रकट गर्नुपर्ने विशिष्ट चरित्रबारे कुरा गरौँ। हामीले विवेक भएका मानिसहरूमा दुई वटा गुण हुन्छन् भनेर पहिले पनि भनेका छौँ: एउटा सीधापन हो, र अर्को दयालुपन हो। भन्नुको अर्थ, सही र गलत छुट्याउन सक्नु, र के ठीक हो र के बेठीक हो भन्ने जान्नुका अलावा, विवेक र समझको गुण र विशेषता भएको व्यक्ति, कम्तीमा पनि, सीधा र दयालु व्यक्ति हो। यो सीधापन र दयालुपनका विवरणहरू छन्। यसले बाहिरी रूपमा निकै निष्कपट देखिनु, वा दुष्ट नदेखिनु, दुष्टता गर्ने वा खराब कामहरू गर्ने कुनै पनि स्पष्ट व्यवहारमा संलग्न नहुनुलाई जनाउँदैन—यसले मानिसहरूले आफ्ना धारणाहरूमा सोच्ने यी बाहिरी प्रकटीकरणहरूलाई जनाउँदैन। बरु, यसको अर्थ विशिष्ट परिस्थितिहरूमा सीधापन र दयालुपनको सारसँग मिल्ने केही प्रकटीकरण हुनु हो।
पहिले, सीधापन र दयालुपनबारे कुरा गरौँ। विवेकभित्र समावेश हुने मुख्य प्रकटीकरणहरू सीधापन र दयालुपन हुन्। यसलाई पहिले आत्म-आचरणका सन्दर्भमा हेरौँ। कुनै व्यक्तिले आफूलाई कसरी आचरणमा ढाल्छ भन्ने कुराबाट ऊ सीधा र दयालु छ कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ? सामान्यतया, विवेक भएका मानिसहरूसँग आत्म-आचरणको एउटा सीमा हुन्छ; यसको अर्थ के हो भने, तिनीहरूको हृदयमा आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने कुराको एउटा मानाक हुन्छ। उदाहरणका लागि, अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरू उनीहरूको फाइदा उठाउँदैनन्। के यो आफूलाई आचरणमा ढाल्नुको एउटा मापदण्ड हो? (हो।) अरूसँग अन्तरक्रिया गर्दा उनीहरूको फाइदा नउठाउनु भनेको आत्म-आचरणको एउटा आधारभूत मानक हो। विवेक र समझ भएका मानिसहरूसँग आफूलाई कसरी आचरणमा ढाल्ने, मामिलाहरू कसरी सम्हाल्ने, र अरूसँग कसरी अन्तरक्रिया गर्ने भन्ने कुराको एउटा सीमा हुन्छ, जुन मानिसहरूको फाइदा नउठाउनु हो। तिनीहरूले कुनै गरिब वा धनी व्यक्तिसँग अन्तरक्रिया गरिरहेका भए पनि, तिनीहरू उनीहरूको फाइदा उठाउँदैनन्। तिनीहरू सोच्छन्, “अरू मानिसहरूको पैसा उनीहरूकै हो। म जतिसुकै गरिब भए पनि, मैले उनीहरूको फाइदा उठाउनु हुँदैन।” यदि तिनीहरूसँग पैसाको कमी छ वा तिनीहरूलाई मद्दत आवश्यक छ भने, तिनीहरूले अरू कोही धनी छ भन्ने देखे पनि, बिलकुलै उनीहरूको फाइदा उठाउनेछैनन्। यदि कसैले तिनीहरूलाई मद्दत गर्छ भने, तिनीहरूले उसको गुन तिर्ने बाटो खोज्नेछन्, र त्यसलाई बिलकुलै त्यत्तिकै छोड्नेछैनन्। उदाहरणका लागि, यदि कसैले तिनीहरूलाई खाना खुवाउँछ भने, तिनीहरूले उसलाई बदलामा खाना खुवाउने अवसर खोज्नेछन्, वा अर्को व्यक्तिलाई खाँचो पर्दा मद्दत गर्न सक्दो प्रयास गर्नेछन्। तिनीहरू यसरी आफूलाई आचरणमा ढालेर मात्रै आफ्नो हृदयमा शान्ति महसुस गर्न सकिन्छ भन्ने विश्वास गर्छन्। हेर् त, के यो आत्म-आचरणको सीमा हुनु होइन र? (हो।) यो आत्म-आचरणको एउटा मानक पनि हो। विवेक भएका मानिसहरू यो हासिल गर्न सक्छन्। यदि तिनीहरूले कसैको पैसा वा कसैको गुन तिर्नु छ भने, तिनीहरू सधैँ आफ्नो हृदयमा बेचैनी महसुस गर्छन्, र त्यस व्यक्तिलाई तिर्ने अवसरहरू निरन्तर खोजिरहेका हुन्छन्। तिनीहरू उनीहरूलाई पैसा वा भौतिक कुराहरू दिएर तिर्न सक्छन्, वा त्यस व्यक्तिले कुनै कठिनाइ सामना गर्दा. तिनीहरू आफ्नो क्षमताले भ्याएसम्म मद्दत गर्न सक्छन्। यसरी मात्रै तिनीहरू शान्ति महसुस गर्न सक्छन् र आफ्नो हृदयमा ऋणी भएको महसुस गर्दैनन्। यदि तिनीहरू त्यस व्यक्तिलाई क्षतिपूर्ति दिने अवसर पाउँदैनन् वा तिनीहरूसँग फिर्ता गर्ने क्षमता हुँदैन भने, तिनीहरूले सधैँभरि उनीहरूप्रति ऋणी भएको महसुस गर्नेछन्। तिनीहरूले त्यस व्यक्तिलाई देख्दा सधैँ उनीहरूसँग आँखा जुधाउन नसकेको महसुस गर्नेछन्, र तिनीहरू शान्त मनले खान वा सुत्न सक्नेछैनन्। तिनीहरूले त्यस व्यक्तिलाई क्षतिपूर्ति दिइसकेपछि मात्रै तिनीहरूको काँधबाट बोझ हट्नेछ, र तिनीहरूको हृदयले शान्ति महसुस गर्नेछ। यस्ता मानिसहरू मात्रै विवेक, समझ, र लाजको बोध भएकाहरू हुन्। यदि तँ यस प्रकारको व्यक्तिसँग अन्तरक्रिया गर्छस् भने, तिनीहरू कहिल्यै तँप्रति बिलकुलै ऋणी हुनेछैनन्, र तँ सधैँ तिनीहरूको ऋणदाता हुनेछैनस्। के यो विवेक हुनुको प्रकटीकरण होइन र? (हो।) अरूको फाइदा नउठाउनु भनेको यस प्रकारका मानिसहरूसँग आत्म-आचरणका लागि हुने सीमा हो, र यसलाई तिनीहरूको आत्म-आचरणको एउटा सिद्धान्त पनि भन्न सकिन्छ। तिनीहरूले यसर कार्य गर्नैपर्छ; यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले आफ्नो हृदयमा बेचैनी महसुस गर्नेछन् र तिनीहरूमा सधैँ आत्म-दोषारोपणको भावना हुनेछ। यो सीधापनको प्रकटीकरण हो कि वा विवेकको दयालुपनको? (यो सीधापन हो।) यहाँ सीधापन अलि बढी प्रमुख छ। के यसमा दयालुपन पनि छ? (यसमा दयालुपन पनि छ—अरूको फाइदा उठाउन नचाहनु, र अरूलाई हानि वा नोक्सानी भोगाउन नचाहनु।) अरूले नोक्सानी भोगुन् भनी नचाहनुमा दयालुपनको एउटा तत्त्व हुन्छ। त्यसोभए के तिनीहरूको आत्म-आचरणको यस सिद्धान्तको तिनीहरूको व्यक्तित्वसँग कुनै सम्बन्ध छ? (होइन।) के तिनीहरूलाई तिनीहरूको परिवार वा समाजले सिकाएको कुरासँग यसको कुनै सम्बन्ध छ? (छैन।) के तिनीहरू गरिब वा धनी हुनुसँग यसको कुनै सम्बन्ध छ? छैन। के तिनीहरूको अन्तर्ज्ञानसँग यसको कुनै सम्बन्ध छ? (छैइन।) एउटा कुरा मात्रै महत्त्वपूर्ण छ, त्यो के हो भने, यसको सम्बन्ध तिनीहरूको विवेक र समझसँग, र तिनीहरूको वर्गीकरणसँग छ। तिनीहरूको मानवताभित्र सीधापन र दयालुपनका गुणहरू, र मानवताको विवेक र समझ हुने हुनाले मात्रै तिनीहरू आफूलाई यसरी आचरणमा ढाल्छन्। यो मानव शिक्षाको नतिजा होइन। आमाबुबाले आफ्ना छोराछोरीलाई सिकाए पनि, तिनीहरू उनीहरूलाई आत्म-आचरणकी केही धर्मसिद्धान्त मात्रै सिकाउन सक्छन्—आमाबुबाले आफ्ना छोराछोरीको प्रकृति सार परिवर्तन गर्न सक्दैनन्, र तिनीहरू आफ्ना छोराछोरीलाई विवेक र समझका आधारमा कामकुराहरू गर्न लगाउन पूर्ण रूपमा असक्षम हुन्छन्। त्यसकारण आत्म-आचरणको यो सिद्धान्त आधारभूत रूपमा तिनीहरूको मानवताबाट आउँछ। तिनीहरूसँग आत्म-आचरणको यस्तो सिद्धान्त र सीमा हुनु कुनै अर्को व्यक्तिको प्रभावको नतिजा होइन; यो पूर्ण रूपमा तिनीहरूको आफ्नै प्रकृति सार, र तिनीहरूको विवेक र समझबाट आउँछ। त्यसकारण, यदि कुनै व्यक्तिमा सीधापन र दयालुपनका गुणहरू छन् भने, तिनीहरूको दैनिक जीवनमा र आफूलाई आचरणमा ढाल्ने र मामिलाहरू सम्हाल्ने क्रममा, तिनीहरू धनी होऊन् वा गरिब, तिनीहरूसँग अन्तर्ज्ञान होस् वा नहोस्, तिनीहरूको व्यक्तित्व छिटो र छरितो होस् वा ढिलो र सुस्त, गरम मिजासको होस् वा कोमल—यीमध्ये कुनै पनि कुरा महत्त्वपूर्ण हुँदैन। महत्त्वपूर्ण कुरा के हो त? त्यो के हो भने, तिनीहरूसँग आत्म-आचरणको एउटा सीमा हुन्छ; तिनीहरूसँग आत्मआचरणको एउटा सीमा वा आधारभूत सिद्धान्त हुन्छ, जुन अरूको फाइदा नउठाउनु हो। यो “अरूको फाइदा नउठाउनु” को अर्थ अरूको फाइदा उठाउन नचाहनु, र कहिल्यै अरूको फाइदा नउठाउनु हो। आफूलाई आचरणमा ढाल्ने यो सीमा र सिद्धान्त तिनीहरूको मानवताबाट आउँछ; यो तिनीहरूको मानवताका गुणहरूका कारण उत्पन्न हुन्छ। त्यसकारण, तिनीहरूसँग आत्म-आचरणको यस्तो सिद्धान्त हुन्छ भन्ने तथ्य तिनीहरूको विवेक र तिनीहरूको मानवताको सीधापन र दयालुपनसँग अभिन्न रूपमा जोडिएको हुन्छ। भन्नुको अर्थ, यदि कुनै व्यक्तिको मानवतामा सीधापन र दयालुपनका गुणहरू छ भने मात्रै उसको आत्म-आचरणमा अरूको फाइदा नउठाउने सिद्धान्त हुन्छ; यो सिद्धान्त तिनीहरूको मानवतामा हुने सीधापन र दयालुपनका गुणहरूबाट उत्पन्न हुन्छ। मलाई भन्, सीधा र दयालु हुनु बाहेक, के मानवताका गुणहरू भएका मानिसहरूमा लाजका भावनाहरू र लाजको बोध हुन्छ? (हुन्छ।) तिनीहरू अरूको फाइदा उठाउनुभन्दा बरु आफै नोक्सानी भोग्न रुचाउँछन्। यदि तिनीहरूले कसैको फाइदा उठाए भने, तिनीहरूले सधैँ उनीहरूलाई केही तिर्न बाँकी छ भन्ने महसुस गर्नेछन्। जब-जब तिनीहरू त्यस व्यक्तिलाई देख्छन्, तब-तब तिनीहरूले आफू तल्लो स्तरको मानव भएको महसुस गर्नेछन्; तिनीहरूले आफ्नो हृदयमा बेचैन र अस्थिर महसुस गर्नेछन्, र सधैँ भूल सच्याउने अवसरहरू खोज्न चाहनेछन्। यदि तिनीहरूले अरू कसैबाट पैसा सापटी लिएका छन् र त्यसलाई पूर्ण रूपमा तिरेका छैनन् भने, तिनीहरूले आफ्नो हृदयमा बेचैनी महसुस गर्नेछन्। कसैले अनजानमै त्यो कुरा उठायो भने पनि, तिनीहरूले आफ्नो अनुहार रातो-पिरो भएको महसुस गर्नेछन्, र लज्जित र छटपटी समेत महसुस गर्नेछन्। यदि कोही यस विषयमा अलि बढी कडाइका साथ कुरा गर्छ भने, तिनीहरूले जमिन फाटेर आफूलाई निलोस् भन्ने चाहनेछन्, र साँच्चै नै कसैको सामना गर्न नसक्ने गरी लज्जित भएको महसुस गर्नेछन्। के यी लाजका भावनाहरू हुनुका प्रकटीकरणहरू हुन्? (हुन्।) यी सबै मानवताका गुणहरू भएका मानिसहरूले आफ्नो विवेकबाट प्रेरित भएर देखाउने प्रकटीकरणहरू हुन्। यदि यस प्रकारको व्यक्तिले कुनै ऋण वा गुन तिर्न बाँकी छ भने, ऊ आफ्नो हृदयमा बेचैनी महसुस गर्छ, मानौँ उसले कुनै लाजमर्दो काम गरेको छ। ऊ प्रायः आफ्नो विवेकद्वारा दोषी ठहराइएको महसुस गर्छ, र तिनीहरू अर्को पक्षलाई तिर्नका लागि हरसम्भव उपायहरू अपनाउँछन्। कतिपयले धेरै वटा काम गर्छन्; कतिपयले आफ्नो सबैभन्दा प्यारो सम्पत्ति बेच्छन्; कतिपयले आफ्नो पारिवारिक सम्पत्ति बेच्छन्; र कतिपय त बिरामी पर्दा समेत डाक्टरलाई जँचाउन पैसा खर्च गर्न अनिच्छुक हुन्छन्—तिनीहरू पैसा बचाउन र छिट्टै आफ्नो ऋण तिर्नका लागि बरु आफै गरिबी र थकान भोग्न रुचाउँछन्। कतिपय मानिस यो कुरा बुझ्दैनन्, र भन्छन्, “यदि अरू कसैले तैँले जस्तै पैसा कमाएको भए, उसले उहिल्यै कार र घर किनिसकेको हुन्थ्यो। तँ आफ्नो सबै पैसा आफ्नो ऋण तिर्न प्रयोग गर्छस्, र आफै कष्टकर जीवन जिउँछस्—के यो अति नै मूर्खतापूर्णकुरा होइन र? यदि तँसँग पैसा तिर्ने क्षमता छैन भने, नतिरे भैगो नि।” तर ऊ सोच्छ, “म आफूलाई त्यसरी कसरी आचरणमा ढाल्न सक्छु र? त्यसरी आफूलाई आचरणमा ढाल्नु भनेको विवेकको असाध्यै कमी हुनु हो—के म त्यतिखेर पनि मानव नै रहन्छु र? राम्रो जीवन जिउन अरू मानिसहरूको पैसा खर्च गर्नु—के यो फोहोर पैसा खर्च गर्नुभन्दा कुनै हिसाबले फरक छ र? के मेरो विवेकले शान्ति पाउन सक्छ र? अरूको कुरालाई आफ्नो दाबी गर्नु कति घृणित र फोहोर कुरा हो! उनीहरूलाई आफ्नो पैसा कमाउन सजिलो थिएन। उनीहरूले त्यतिखेर मलाई पैसा सापटी दिएर ममाथि पहिले नै ठूलो गुन लगाएका थिए, र म त्यसका लागि अनन्त रूपमा कृतज्ञ छु; मैले उनीहरूलाई छिट्टै पैसा फिर्ता गर्नुपर्छ। आफूलाई आचरणमा ढाल्दा, व्यक्तिले विवेकका साथ काम गर्नैपर्छ र विश्वसिलो हुनैपर्छ; व्यक्तिले आफूले कमाएको पैसा खर्च गर्दा मात्रै ऊ ढुक्क महसुस गर्न सक्छ। अरूको फाइदा नउठाउनु र मानिसहरूको ऋणी नहुनु—यो आत्म-आचरणको सबैभन्दा आधारभूत सीमा हो।” हेर् त, विवेक भएका मानिसहरूसँग कामकुराहरू गर्ने सबैभन्दा आधारभूत, सही सिद्धान्त हुन्छ। तिनीहरूले आत्म-आचरणका लागि तय गरेका लक्ष्यहरू र सत्यता सिद्धान्तहरूका बीचमा अझै पनि ठूलो भिन्नता भए पनि, जहाँसम्म आत्म-आचरणको कुरा छ, यस प्रकारको व्यक्तिको अरूको फाइदा नउठाउने आत्म-आचरणको सिद्धान्त तिनीहरूको मानवतामा सीधापन र दयालुपनका गुणहरू रहेको देखाउन पर्याप्त हुन्छ। अरूको फाइदा उठाउने वा ऋणी हुने मामिलाको कुरा गर्दा, यी मानिसहरूले बताउने गरेको आत्म-आचरणको सिद्धान्तबाट तिनीहरू तुलनात्मक रूपमा सीधा र दयालु छन् भन्ने देख्न सकिन्छ। तिनीहरू कुतर्क प्रयोग गर्दैनन् वा अविवेकी रूपमा कार्य गर्दैनन्। तिनीहरू भन्छन्, “म सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बेला त्यस व्यक्तिले मलाई पैसा सापटी दिन मद्दतको हात अघि बढाएका थिए; यो पहिले नै एउटा ठूलो गुन थियो। यदि म त्यो पैसा तिर्न सक्छु भने, मैले त्यो तुरुन्तै तिर्नुपर्छ।” के यो सीधापनका साथ आफूलाई आचरणमा ढाल्नुको प्रकटीकरण होइन र? (हो।) कम्तीमा पनि, तिनीहरूमा धार्मिकताको भावना हुन्छ, र तिनीहरूको मानवता दुष्ट हुँदैन। यसैबीच, दुष्ट मानिसहरू कसरी सोच्छन्? “त्यतिखेर तँलाई मलाई पैसा सापटी दिन कसले भन्यो? तैँले मलाई सापटी नदिएकै भए हुँदैनथ्यो र? तँ सापटी दिन इच्छुक थिइस्। यदि म तिर्न चाहन्नँ भने, म तिर्नेछैनँ। म तेरो पैसा व्यापार गर्न र ठूलो नाफा कमाउन प्रयोग गर्नेछु; जे भए पनि तँसँग प्रशस्त पैसा छ। यसबाहेक, पैसा मेरो हातमा आएपछि, त्यो मेरो हो, र म आफूले चाहेअनुसार त्यो पैसा खर्च गर्न सक्छु। म यो तिर्छु कि तिर्दिनँ भन्ने कुराको चाहिँ मेरो मुडमा निर्भर हुन्छ। मसँग पैसा भएको बेला, यदि म राम्रो मुडमा छु भने म तँलाई तिर्नेछु—तँ त्यसलाई अप्रत्याशित लाभ मान्न सक्छस्। यदि मैले तँलाई तिरिनँ भने, तँ यसबारे केही पनि गर्न सक्दैनस्; मैले तँलाई कुनै तमसुक लेखिदिएको छैन, त्यसैले तैँले मुद्दा हाले पनि, जित्नेछैनस्।” दुष्ट मानिसहरूको मानसिकता यही हो। के यो अविवेकी कुरा होइन र? (हो।) दुष्ट मानिसहरूले सोच्ने तरिका सीधा मानिसहरूले सोच्ने तरिकाभन्दा ठ्याक्कै उल्टो हुन्छ। सीधा मानिसहरूको सोचाइ निकै इमानदार हुन्छ। गैरविश्वासीहरूको शब्दमा भन्दा, तिनीहरू समझदार र विवेकी हुन्छन्, तिनीहरू सबै पक्षहरूमा अरूको ख्याल गर्छन्, र तिनीहरू स्नेह र धार्मिकता, समझदार हुनु, र मानवतालाई महत्त्व दिन्छन्। तिनीहरूले अविवेकी रूपमा कार्य गर्दैनन्, र कुतर्क प्रयोग गर्दैनन्। सीधापन भनेको यही हो। अनि सीधा मानिसहरू कसरी सोच्छन्? “उनीहरूलाई आफ्नो पैसा कमाउन सजिलो थिएन। उनीहरूसँग धेरै पैसा भए पनि, त्यो उनीहरूकै हो, त्यो तैँले प्रयोग गर्नका लागि होइन। उनीहरूले तँलाई सापटी दिनु एउटा गुन थियो; तैँले कसैको केही तिर्न बाँकी भएपछि, तैँले ऋण लिएको हुन्छस्, र त्यसपछि तँसँग त्यो तिर्ने जिम्मेवारी र दायित्व हुन्छ।” हेर् त, तिनीहरूले सोच्ने तरिका इमानदार छैन र? तिनीहरू समझदार छैनन् र? तिनीहरू समझदार र विवेकी छैनन् र? (छन्।) यो सीधापनको प्रकटीकरण हो। यदि कुनै व्यक्तिमा आफ्नो मानवतामा सीधापनको गुण छ भने, उसले यसरी नै सोच्नेछ। ऊ समझदार र विवेकी, र बुद्धिमानी हुनेछ—यो मानवता हुनुको एउटा प्रकटीकरण हो। मानवता नहुनुको एउटा प्रकटीकरण दुष्ट व्यक्तिले जस्तै कार्य गर्नु हो: अविवेकी रूपमा कार्य गर्नु, तर्क सुन्न नचाहनु, जथाभावी गर्नु, हुकुमी र प्रभुत्वशाली हुनु, सधैँ कुतर्क प्रयोग गर्नु, मानवताको तर्कसमेत नबुझ्नु, र समझदार र विवेकी हुन पूर्ण रूपमा असफल हुनु, र यसरी सत्यता अभ्यास गर्ने स्तरमा पुग्न अझ बढी असफल हुनु हो। आफ्नो मानवतामा सीधापन र दयालुपनका गुणहरू हुने मानिसहरू समझदार र विवेकी हुन्छन्; तिनीहरूले भन्ने कुराहरू निकै निष्पक्ष र तर्कसङ्गत हुन्छन्, ती मानवीय हुन्छन्, र ती तर्कपूर्ण हुन्छन्। यस्ता मानिसहरूसँग मात्रै सत्यता स्वीकार गर्ने सर्तहरू हुन्छन्। परमेश्वरका वचनहरू सुन्दा, मानवताका यस्ता गुणहरू भएका मानिसहरू मात्रै यस्तो महसुस गर्छन्, “परमेश्वरका वचनहरू अत्यन्तै सही छन्, यो साँच्चै सत्यता हो! मानिसहरूले आफूलाई यसरी नै आचरणमा ढाल्नुपर्छ। मानिसहरूसँग आत्म-आचरणको एउटा सीमा हुनुपर्छ। विवेक र समझ भएका मानिसहरूले अरूलाई यसरी नै व्यवहार गर्नुपर्छ, र तिनीहरूले आफूलाई आचरणमा ढाल्नुपर्छ र मामिलाहरू यसरी नै सम्हाल्नुपर्छ। परमेश्वरका वचनहरू एकदमै सही छन्!” हेर् त, तिनीहरूको मानवताभित्रका सीधापन र दयालुपनका गुणहरूले तिनीहरूलाई सत्यता स्वीकार गर्नुका लागि आधारभूत सर्तहरू दिन्छन्, जसले गर्दा तिनीहरू सत्यता सुनेपछि प्रतिरोधी, र यसबाट विकर्षित महसुस नगरी, वा यसलाई इन्कार नगरी आमेन भन्न र सत्यता स्वीकार गर्न सक्छन्। तिनीहरू परमेश्वरका वचनहरू सही छन्, ती सामान्य मानवताका आवश्यकताहरूसँग पूर्ण रूपमा मिल्छन्, ती मानिसहरूको हृदयका आवश्यकताहरू पूरा गर्न सक्षम छन्, र ती सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुरा हुन्, र सत्यताले मात्रै तिनीहरूलाई सन्तुष्ट पार्न र तिनीहरूको मानवतालाई सुधार गर्न सक्षम बनाउन सक्छ भन्ने महसुस गर्छन्। त्यसकारण, आफ्नो मानवतामा सीधापन र दयालुपनका गुणहरू हुने मानिसहरू मात्रै सत्यताका लागि तिर्खाउन गर्न सक्छन्, परमेश्वरका वचनहरू सुन्दा ती सत्यता हुन् भनी जान्न सक्छन्, त्यसपछि आफ्नो हृदयमा सत्यता स्वीकार गर्न सक्छन्, र सत्यता बुझेपछि त्यो अभ्यास गर्न सक्छन्।
अरूको फाइदा नउठाउने गरी आत्म-आचरणको सिद्धान्तमा, कुनै व्यक्तिले स्पष्ट रूपमा प्रकट गर्ने मानवताका गुणहरू सीधापन, दयालुपन, र लाजको बोध हुन्। अवश्य पनि, कुनै गुन वा पैसा तिर्न बाँकी नराख्नुका साथै, विवेक र समझ भएका मानिसहरूले अरूको फाइदा नउठाउने अर्को प्रकटीकरण देखाउँछन्, त्यो के हो भने, जब अरू मानिसहरूले तिनीहरूको फाइदा उठाउँछन् र तिनीहरूले नोक्सानी भोग्छन्, तब तिनीहरू त्यसलाई मनमा लिएर उनीहरूप्रति दुर्भावना राख्दैनन्, र कहिलेकाहीँ तिनीहरू आफूसँग अरूले नमागिकनै पनि कुराहरू दिन सक्छन्। यदि कसैले आफ्नो ऋण तिर्ने कुरा उठाइरहन्छ भने, यी मानिसहरू लज्जित हुन्छन्: “तँ यो कुरा उठाइरहन्छस्, मानौँ म तँलाई तेरो ऋण तिर्न दबाब दिइरहेको छु। वास्तवमा, मेरो त्यसो गर्ने कुनै मनसाय थिएन। तैँले आफूसँग पैसा भएको बेला तिरे हुन्छ; यदि तँसँग पैसा छैन र तँ सधैँभरि मप्रति ऋणी रहन्छस् भने, त्यो पनि ठीकै छ। यदि तँ मलाई नतिर्ने जिद्दी गर्छस् भने, म तँसँग ऋण चुक्ता गर्न माग गर्नेछैन। यदि तँ यो तिर्न सक्छस् भने, तिर्; यदि तँ सक्दैनस् भने, म यसलाई परोपकारी दान ठान्नेछु।” हेर् त, तिनीहरूमा यस्तो प्रकारको प्रकटीकरण, र आत्म-आचरणको यस्तो सीमा पनि हुन्छ। मानौँ कसैले तिनीहरूका लागि निकै महत्त्वपूर्ण रहेको र तिनीहरूले निकै बहुमूल्य मान्ने कुनै कुरा तिनीहरूसँग सापटी माग्छ। ऊ धेरै धनी नभए पनि, अर्को व्यक्तिले त्यो सापटी लिन चाहेको भनेर भनेपछि, तिनीहरू सोच्छन्, “मसँग केही कुरा सापटी माग्दै छ भने, ऊ पक्कै पनि कठिन परिस्थितिमा हुनुपर्छ, त्यसैले मैले उसलाई यो सापटी दिनुपर्छ।” उदाहरणका लागि, मानौँ खेतीपातीको व्यस्त मौसममा कसैले तिनीहरूको गाडी सापटी माग्छ। तिनीहरूलाई नै त्यो गाडी आवश्यक हुन्छ, र यदि तिनीहरूले त्यस व्यक्तिलाई त्यो सापटी दिए भने, तिनीहरूको आफ्नै काममा ढिलाइ हुनेछ। तर, तिनीहरू आफ्नो मानवताको हिसाबमा दयालु हुने हुनाले, तिनीहरू अझै पनि त्यो सापटी दिन्छन्, र त्यस व्यक्तिलाई काम सकिएपछि छिट्टै फिर्ता गर्न मात्रै भन्छन्। दुई दिनपछि, त्यस व्यक्तिले गाडी फिर्ता गर्छ, तर त्यो बिग्रिएको हुन्छ र मर्मत गरिएको हुँदैन, त्यसैले तिनीहरू आफैले त्यो मर्मत गर्नुपर्ने हुन्छ। तिनीहरूलाई अलिकति झर्को लाग्छ, तर तिनीहरू धेरै रिसाउँदैनन्, र मनमनै सोच्छन्, “छोडिदेऊ, हामी छिमेकी हौँ र हामी सधैँ एक-अर्कालाई भेटिरहन्छौँ; म यो कुरा मनमा लिएर ऊप्रति कुनै दुर्भावना राख्नेछैनँ।” मानिसहरूलाई व्यवहार गर्ने तरिकामा तिनीहरू यति धेरै उदार हुन्छन्; आफूले नोक्सानी भोगे पनि, तिनीहरू यसलाई लिएर आफ्नो टाउको दुखाउँदैनन्। सबै जना उस्तै मानव भए पनि, मानिसहरूका आत्म-आचरणका सिद्धान्त र सीमाहरू फरक-फरक हुन्छन्। कतिपय मानिसले परोपकारी रूपमा दिन सक्छन्, जबकि अरूहरू यसो गर्न नसक्ने मात्रै होइन, बरु अरूको फाइदा उठाउन पनि चाहन्छन्। यस प्रकारको तुलनात्मक रूपमा सीधा र दयालु व्यक्तिले नोक्सानी भोगेपछि अलिकति झर्को लागेको महसुस गरे पनि, ऊ गएर अर्को पक्षसँग बहस गर्दैन, न त उनीहरूसँग झगडा गर्छ वा क्षतिपूर्ति नै माग्छ; ऊ केवल यसरी नै सहनशील हुन्छ। यदि ऊ कुनै कामका लागि बाहिर जानुपर्यो र उसले कसैको गाडी सापटी लियो भने, त्यो प्रयोग गरिसकेपछि, ऊ त्यसलाई धुन्छ र पेट्रोल ट्याङ्की भर्छ। उसले मालिकलाई गाडी फिर्ता गर्दा, त्यो अलिकति पनि बिग्रिएको हुँदैन, र ऊ मालिकलाई यस प्रकारको गाडीको उच्चतम दैनिक भाडा दरमा क्षतिपूर्ति पनि दिन्छ। ऊ त्यस व्यक्तिलाई आफ्नो फाइदा उठाइएको महसुस गराउँदैन। उसलाई आफूले गर्नुपर्ने कुरा यही हो भन्ने लाग्छ। कतिपय मानिस भन्छन्, “के यस प्रकारको व्यक्तिले आफ्नो अभिमानको मात्रै ख्याल गर्छ?” भ्रष्ट मानवजातिका सदस्यहरूमध्ये, कति जना आफ्नो अभिमानकै खातिर यस स्तरसम्म पुग्न सक्छन्? गैरविश्वासीहरू प्रायः भन्छन्, “व्यक्तिको अभिमानको मूल्य कति हुन्छ?” र “विवेकको मूल्य कति हुन्छ?” देखावटीपन कायम राख्न वा अरूलाई आफूमा विवेक र मानवता छ भनी सोच्न लगाउनका लागि मात्रै कसैले पनि आफ्नो वालेट निकाल्दैन। हरेक व्यक्तिका लागि, भौतिक कुराहरू र पैसा जीवनभन्दा पनि बढी महत्त्वपूर्ण हुन्छन्। देखावटीपन कायम राख्नका लागि केही राम्रो, आदरणीय, वा कपटी र चापलुसीपूर्ण कुरा भन्नु भनेको मानिसहरूले गर्न सक्ने कुरा हो, तर अरूलाई मद्दत गर्न वास्तवमै आफ्नो पैसा खर्च गर्नु सजिलो छैन—निकै कम मानिसहरू मात्रै त्यसो गर्न सक्छन्। आफ्नो मानवतामा सीधापन र दयालुपनका गुणहरू भएकाहरू मात्रै यो हासिल गर्न सक्छन्। यस्ता मानिसहरू “म तेरो फाइदा उठाउनुभन्दा बरु अलिकति नोक्सानी भोग्न रुचाउँछु” भन्ने सिद्धान्तका आधारमा कामकुराहरू गर्छन्। यदि तिनीहरू यसरी कार्य गर्दैनन् भने, तिनीहरू आफ्नो हृदयमा यसबारे नराम्रो महसुस गर्छन्। प्रायजसो, यस प्रकारको व्यक्तिले केही कुरा सापटी लिँदा, उसले सापटी दिने व्यक्तिको फाइदा नउठाउने मात्रै होइन, बरु कहिलेकाहीँ ऊ आफ्नै खल्तीबाट थप पैसा समेत तिर्छ। उदाहरणका लागि, ऊले कसैको गाडी सापटी लिँदा, त्यसमा इन्धन भर्छ र त्यसलाई धुन्छ, र अन्तमा मालिकलाई त्यस प्रकारको गाडीको उच्चतम दैनिक भाडा दरमा क्षतिपूर्ति दिन्छ। यसरी हिसाब गर्दा, के यो ऊ आफैले गाडी भाडामा लिएको भए लाग्ने रकमभन्दा बढी महँगो हुँदैन र? (हुन्छ।) उसले गाडी फिर्ता गर्दा, यदि मालिकले त्यसलाई राम्ररी हेर्छ र दुई पटक निरीक्षण गर्छ भने, सापटी लिने व्यक्तिले भित्रभित्रै बेचैनी महसुस गर्छ, र मालिकले गाडी बिग्रिएको कुनै ठाउँ देख्ने हो कि र क्षतिपूर्ति माग्ने हो कि भनी चिन्ता गर्छ। अन्तमा, त्यसलाई जाँच गरेपछि, मालिकले कुनै समस्या छैन भनेर भन्छ, ऊ निकै सन्तुष्ट हुन्छ, र उसले भविष्यमा जहिले चाहे पनि गाडी सापटी लिन सक्छ भनी बताउँछ। त्यसपछि मात्रै यी मानिसहरू आफ्नो हृदयमा ढुक्क हुन्छन्, र सोच्छन्, “आहा, ऊ मलाई विश्वास गर्छ, मैले सुन्नुपर्ने कुरा यति नै हो।” तिनीहरू आफ्नो आत्म-आचरणको तरिकामा के खोज्छन्, देखिस्? तिनीहरू अरूको फाइदा उठाउन खोज्दैनन्; तिनीहरूले विश्वसनीयताका साथ आफूलाई आचरणमा ढाल्न, र अरूद्वारा तुच्छ नठानिन मात्रै खोज्छन्। मलाई भन्, के कुनै व्यक्तिले आफ्नो अभिमानको ख्याल गर्ने हुनाले, ऊ काँतर हुने हुनाले, गरिब र महत्त्वाकाङ्क्षाविहीन हुने हुनाले, वा अरूले तुच्छ ठान्लान् भनी डराउने हुनाले यसरी कार्य गर्न सक्षम हुन्छ? यो यीमध्ये कुनै पनि कुराको कारणले होइन। विवेक भएको व्यक्तिसँग हुने अरूसँगको अन्तरक्रियाको सबैभन्दा आधारभूत सिद्धान्त भनेको अरू मानिसहरूको फाइदा नउठाउनु हो। तिनीहरूले खोज्ने भनेको मनको शान्ति हो। तिनीहरू आफैले नोक्सानी भोगे पनि वा त्यसको कारणले कष्टकर जीवन बिताए पनि, तिनीहरू अरूलाई दोष दिँदैनन् वा उनीहरूसँग हिसाबकिताब बराबर गर्न खोज्दैनन्। तिनीहरू आफ्नो विवेकअनुसार सही काम गर्न र कसैप्रति ऋणी नरहन मात्रै खोज्छन्। तिनीहरूले जेसुकै गरे पनि, तिनीहरू आफूलाई दोषी महसुस नहुने गरी, आफ्नो विवेकले आफूलाई आरोप नलगाउने गरी, र आफूले कसैको फाइदा नउठाउने गरी कार्य गर्नैपर्छ भन्ने महसुस गर्छन्; तिनीहरूले आफूलाई मानिसहरूप्रति ऋणी बनाउने र मानिसहरूलाई आफ्नो पिठ्यूँपछाडि आलोचना गर्न तुल्याउने कुनै पनि काम गर्दैनन्। तिनीहरूले यसरी कार्य गर्न सक्नुको कारण तिनीहरू गरिब भएर, वा तिनीहरूको व्यक्तित्व कमजोर भएर होइन, तिनीहरू घमण्डी भएर त झनै होइन; बरु, तिनीहरूको मानवताका गुणहरू—सीधापन र दयालुपनले—तिनीहरूलाई यी कुराहरू गर्न प्रेरित गर्छन्। विशेष गरी अरूसँग अन्तरक्रिया गर्दा उनीहरूको फाइदा नउठाउने मामिलाको कुरा आउँदा, तिनीहरूले विशेष गरी दयालु र सीधा तरिकाले व्यवहार गर्छन्।
मानौँ कसैलाई आर्थिक कठिनाइ परेको छ, र जब ऊ सम्पन्न व्यक्तिको सम्पर्कमा आउँछ, तब त्यस व्यक्तिले उसलाई दानका रूपमा घरमा प्रयोग नहुने केही कुरा दिन्छ। प्राप्त गर्ने व्यक्तिले मनमनै सोच्छ, “उसले मलाई यी कुराहरू दिनुको अर्थ ऊ मलाई तुच्छ ठान्दैन; उसले मलाई गुन लगाएको हो। त्यसोभए मैले उसको गुन कसरी तिर्नुपर्छ? ममा महँगा उपहारहरू किन्ने हैसियत छैन—मसँग खेतका ताजा तरकारीहरू, र घरमा खुला छोडेर पालिएका कुखुराले पारेका अण्डाहरू मात्रै छन्। उसले यी कुराहरू त्यति वास्ता नगर्ला, तर हामी गरिबहरूसँग भएका सबैभन्दा राम्रा कुराहरू यिनै हुन्, हामीले दिन सक्ने सबैभन्दा प्रस्तुत गर्नलायक कुराहरू यिनै हुन्। म उसलाई केही दिनेछु ताकि उसले केही ताजा कुराको स्वाद लिन सकोस्; यो मेरो कृतज्ञताको चिनो पनि हो।” सम्पन्न पक्षले वास्तवमा उसलाई आफूलाई काम नलाग्ने कुराहरू दिइरहेको थियो, तर प्राप्त गर्ने व्यक्तिले यस मामिलालाई सही रूपमा बुझ्न सक्यो। उसले यसो भनेन, “तैँले मलाई आफूले प्रयोग नगर्ने र वास्ता नगर्ने कुराहरू दिइस्—के यो मलाई भिखारीलाई जस्तै पन्छाएको होइन र? यदि तैँले ती कुराहरू प्रयोग गर्थिस् भने, के तँ अझै पनि ती मलाई दिनेथिइस्? तैँले मलाई आफूसँग भएका राम्रा कुराहरू किन दिइनस्?” साँच्चै विवेक र समझ भएको व्यक्तिले यसरी सोच्दैन। ऊ यति मात्र सोच्छ, “उसले मलाई यी कुराहरू दिनुको अर्थ ऊ मलाई तुच्छ ठान्दैन।” अरू मानिसहरूले केही अप्रिय कुराहरू भने पनि र उसलाई भित्र अलि नराम्रो लागे पनि, ऊ अझै पनि यस मामिलालाई सही रूपमा लिन सक्छ र ऊ आफ्नै बचाउ गर्ने प्रयास गर्दैन; यसबाहेक, ऊ आफ्नै पारिवारिक परिस्थिति र आर्थिक अवस्थाहरूका आधारमा आफूसँग भएका सबैभन्दा राम्रा कुराहरू दिएर आफ्नो हितकारीको गुन तिर्न सक्षम हुन्छ। हेर त, अरूसँग अन्तरक्रिया र व्यवहार गर्ने उसको सिद्धान्त भनेको तिनीहरूको फाइदा नउठाउनु हो। यो सिद्धान्त उल्लेखनीय नदेखिए पनि, र यो अधिकांश मानिस अभ्यस्त भइसकेको एउटा सामान्य सत्य भए पनि, सबैले यो पालन गर्न सक्दैनन्, न त सबैले यसलाई आचरणको सबैभन्दा आधारभूत सिद्धन्तका रूपमा नै हेर्छन्—झन् यो सबैले महत्त्व दिने कुरा हुनु त परै जाओस्। साँच्चै सिधा र दयालु मानिसहरू अरूसँग सङ्गत र अन्तरक्रिया गर्दा मानिसहरूप्रति ऋणी नहुनु वा तिनीहरूको फाइदा नउठाउनुलाई उच्च महत्त्व दिन्छन्। चाहे तिनीहरूले आरामदायी जीवनको आनन्द लिइरहेका होऊन् वा गरिबी भोगिरहेका होऊन्, आफ्नो आत्म-आचरणमा र मामिलाहरू सम्हाल्दा खोज्ने कुरा भनेको मनको शान्ति र आफ्नो विवेकका दोषारोपणहरूबाट मुक्त हुनु हो। यस प्रकारका मानिसहरू मात्रै आफूलाई त्यसरी आचरणमा ढाल्न खोज्छन्। तिनीहरू जुनसुकै युग वा जस्तोसुकै सामाजिक वातावरणमा भए पनि, वा तिनीहरू जुनसुकै मानिसहरूको समूहमा भए पनि, आफूलाई यसरी आचरणमा ढाल्न सक्नेहरू त्यसो गर्छन् किनभने तिनीहरूको मानवतामा सिधापन, दयालुपन, र लाज जान्ने गुणहरू हुन्छन्। यसको विपरीत, यदि कसैको मानवतामा यी गुणहरू छैनन् भने, तिनीहरूसँग आत्म-आचरणको सीमा हुँदैन, र यदि भए पनि, तिनीहरूले यसलाई कायम राख्न सक्नेछैनन्। तिनीहरूले आत्म-आचरणको सीमा कायम राख्न नसक्नुको कारण के हो? यसको मुख्य कारण के हो भने, तिनीहरूको मानवतामा सिधापन, दयालुपन, र लाजको अनुभूतिका गुणहरू हुँदैनन्। कतिपय मानिस यसो भन्छन्, “के यस्ता मानिसहरू कहिलेकाहीँ आत्म-आचरणको सीमा कायम राख्न सक्दैनन् र?” तिनीहरूले विशेष परिस्थितिहरूमा सक्छन्। कहिलेकाहीँ तिनीहरूले सीमा कायम राख्न सक्छन् जस्तो देखिन्छ; ती विशेष परिस्थितिहरू हुन्। कहिलेकाहीँ तिनीहरू परिस्थितिहरू सही नभएकाले, वा आफूले उपयुक्त अवसर फेला पार्न नसकेकाले, अरूको फाइदा उठाउँदैनन् वा अरूप्रति ऋणी हुँदैनन्। उदाहरणका लागि, यदि तिनीहरूले सामान वा पैसा सापटी लिए र ती फिर्ता गरेनन् भने, त्यसका परिणामहरू हुनेछन्: तिनीहरूले जनमतको निन्दा सहनेछन् वा तिनीहरू कानुनी रूपमा जवाफदेही ठहराइनेछन्, मानिसहरूले तिनीहरूको पिठ्यूँपछाडि आलोचना गर्नेछन्, वा तिनीहरू आफ्नो गाउँ, बस्ती, वा समुदायमा बस्न समेत असमर्थ हुन सक्छन्। तिनीहरू बाध्य भएकाले र तिनीहरूसँग अरू कुनै उपाय नभएकाले मात्रै यसो गर्नबाट आफूलाई रोक्छन्; तिनीहरू असहायपनको कारणले नै अनिच्छापूर्वक आफ्नो हितकारीको गुन तिर्छन् वा अस्थायी रूपमा तिनीहरूको फाइदा उठाउनबाट आफूलाई टाढा राख्छन्। तर, आत्म-आचरणको सीमा कायम राख्न नसक्ने यस प्रकारको व्यक्ति कहिल्यै सक्रिय रूपमा यसरी कार्य गर्दैन, किनभने उसको मानवतामा सिधापन, दयालुपन, र लाजको बोधजस्ता गुणहरू हुँदै हुँदैनन्। यसको विपरीत, साँच्चै अरूको फाइदा उठाउनबाट आफूलाई रोक्न सक्ने प्रकारको व्यक्ति सक्रिय रूपमा त्यसो गर्छ, र यो उसले स्वाभाविक रूपमा प्रकट गर्ने कुरा हो, वा ऊ आफैले आत्म-आचरणका लागि यस प्रकारको सिद्धान्त र सीमा स्थापित गरेको हुन्छ। स्पष्ट छ, ऊसँग आत्म-आचरणका लागि यस प्रकारको सिद्धान्त हुनु भनेको उसको विवेक र समझबाट आउने स्वाभाविक प्रकटीकरण हो, र यो स्वाभाविक प्रकटीकरण ऊसँग सिधापन र दयालुपनका गुणहरू भएको कुरामा पूर्णतया आधारित हुन्छ; ऊ अरूबाट प्रभावित हुँदैन, न त ऊ आफ्नो वातावरणद्वारा बाध्य नै हुन्छ। यो उसले स्वाभाविक रूपमा प्रकट गर्ने, उसको मानवतालाई आवश्यक पर्ने, र उसको भित्री संसारलाई आवश्यक पर्ने कुरा मात्रै हो। यस प्रकारको व्यक्तिको मानवतामा सिधापन र दयालुपनका गुणहरू जन्मजात रूपमा हुन्छन् भनी भन्नका लागि यो पर्याप्त आधार हो। यदि तिनीहरूले यसरी कार्य गरेनन् भने, त्यसलाई आफ्नो विवेकसँग मिलाउन सक्नेछैनन्, र तिनीहरूले भित्र असहज महसुस गर्नेछन्; तिनीहरूलाई जिउन धेरै लाज लाग्नेछ र अरूको अगाडि पर्न अत्यन्तै सङ्कोच लाग्नेछ। फलस्वरूप, तिनीहरू आफूलाई यसरी धेरै स्वाभाविक रूपमा आचरणमा ढाल्छन्। मलाई भन त, के तिमीहरूलाई अरूको फाइदा नउठाउने आत्म-आचरणको यो सिद्धान्त महत्त्वपूर्ण छ भन्ने लाग्छ? (लाग्छ।) अरूको फाइदा नउठाउनु आत्म-आचरणको एउटा आधारभूत सिद्धान्तजस्तो देखिन्छ, जुन एकदमै अनुल्लेखनीय छ, तर यो कसैको मानवतामा कस्ता प्रकारका गुणहरू छन् भनी प्रतिविम्बित गर्ने महत्त्वपूर्ण सङ्केत हो। के यसै होइन र? (हो।)
अरूको फाइदा नउठाउने मानिसहरू अर्को प्रकारको प्रकटीकरण देखाउँछन्। उदाहरणका लागि, मानौँ तुलनात्मक रूपमा सम्पन्न व्यक्तिले तिनीहरूलाई आफूसँग बढी भएको वा त्यत्तिकै थन्किएको कुनै चीज दिने प्रस्ताव गर्छ। तिनीहरू बदलामा केही नदिई अरूको फाइदा उठाउन मिल्दैन भनी महसुस गर्दै, र कसैको उपकार तिर्न बाँकी राख्न नचाहँदै, भन्छन्, “मलाई अहिले यसको खासै आवश्यकता छैन, तर तपाईँको दयालुपनका लागि धन्यवाद।” के तिमीलाई मानिसहरू लोभी हुन्छन् जस्तो लाग्छ? के मानिसहरू राम्रा कुराहरू देख्दा ती मन पराउँछन् र तिनको आनन्द लिन चाहन्छन्? सबैले ती मन पराउँछन् र सबै तिनको आनन्द लिन चाहन्छन्, तर मानिसहरूका बीचमा भिन्नताहरू हुन्छन्। उदाहरणका लागि, अधिकांश मानिस राम्रो गुणस्तर भएको, छिटो चल्ने, र स्पष्ट डिस्प्ले भएको ब्रान्डको कम्प्युटर प्रयोग गर्न मन पराउँछन्। कतिपय मानिससँग पैसा हुँदैन र तिनीहरू त्यो किन्ने हैसियत राख्दैनन्, त्यसैले तिनीहरू सधैँ अरूको फाइदा उठाउन चाहन्छन्। जब तिनीहरू कसैले नामी ब्रान्डको कम्प्युटर प्रयोग गरेको देख्छन्, तब तिनीहरू बारम्बार त्यो सापटी माग्छन्, र मालिकको अनुमतिविना वा मालिक नभएको बेलामा समेत त्यो प्रयोग गर्छन्। जब मालिकलाई त्यो प्रयोग गर्नुपर्ने हुन्छ, तब तिनीहरू बहानासमेत बनाउँछन् र मालिकलाई त्यसको साटो आफ्नै कम्प्युटर प्रयोग गर्न लगाउँछन्। तिनीहरूले त्यो प्रयोग गरिरहनेछन् र फिर्ता गर्नेछैनन् भन्ने देखेर, मालिकसँग अर्को किन्नुबाहेक अरू कुनै विकल्प हुँदैन। यसरी नै, तिनीहरू आफ्नो विवेकले अलिकति पनि घोचेको महसुस नगरी, खास मालिकको कम्प्युटर कब्जा गर्छन्। के यस्तो व्यक्तिमा मानवता हुन्छ? के ऊसँग विवेक हुन्छ? (हुँदैन।) के ऊ सिधा र दयालु व्यक्ति हो? (होइन।) सिधधा र दयालु व्यक्तिले यस्तो काम बिलकुलै गर्दैन। मानौँ अरू कसैले नयाँ कम्प्युटर किन्छ र, यो सिधा र दयालु व्यक्तिले ढिलो चल्ने कम्प्युटर प्रयोग गरिरहेको देखेर, उसलाई आफ्नो पुरानो कम्प्युटर दिने प्रस्ताव गर्छ। सिधा र दयालु व्यक्तिले यो स्वीकार गर्नु भनेको फाइदा उठाउनु हो भन्ने महसुस गर्छ र इन्कार गर्छ। अर्को व्यक्तिले उसले यसका लागि केही दर्जन युआन मात्रै तिरे हुन्छ भनेर भन्छ, तर सिधा व्यक्तिलाई यो स्पष्ट रूपमा दानको कार्य हो भन्ने थाहा हुन्छ, र आफूले यसको फाइदा उठाउनु हुँदैन भन्ने महसुस गर्छ। त्यसैले ऊ पैसा बचत गर्ने उपायहरू सोच्छ, र आफूले त्यो किन्नका लागि केही सय युआन बचत गरे पनि, त्यसलाई घटेको मूल्यमा किनेको मानिनेछ भन्ने सोच्छ। यदि अर्को व्यक्तिले पैसा लिन इन्कार गर्छ भने, ऊ त्यो प्रस्तावमा सहमत हुँदैन; ऊ सित्तैमा दिएको कुरा बिलकुलै स्वीकार गर्दैन। मलाई भन त, के ऊ जिद्दी भइरहेको हो? गैरविश्वासीहरू यस्तो व्यक्ति जिद्दी र सम्झौता नगर्ने खालको हुन्छ भनेर भन्छन्, तर सम्झौता गर्ने अनिच्छाभित्र मानवताका गुणहरूसम्बन्धी एउटा गुण प्रतिविम्बित हुन्छ। कस्तो गुण? तिनीहरू परिस्थिति जस्तोसुकै भए पनि, आत्म-आचरणका आफ्ना सिद्धान्तहरू र सीमा कायम राख्नैपर्छ भन्ने विश्वास गर्छन्; तब मात्र तिनीहरूले मनको शान्ति पाउन र स्थिर महसुस गर्न सक्छन्। तिनीहरू आफूले अरूको फाइदा उठाएमा, त्यो अनुचित हुनेछ र उनीहरूको अगाडि पर्न सकिनेछैन, र आफूले अरू मानिसका सामानहरू प्रयोग गरेमा, यसले आफूलाई असहज महसुस गराउनेछ, आफ्नो अनुहार रातो हुनेछ, र आफूलाई भित्रभित्रै अप्ठ्यारो महसुस हुनेछ भन्ने सोच्छन्। कतिपय मानिस यसो भन्छन्, “तर अर्को व्यक्ति तिनीहरूलाई त्यो प्रयोग गर्न दिन इच्छुक छ।” के अर्को व्यक्ति इच्छुक हुनुको अर्थ त्यो उसको फाइदा उठाउनु होइन भन्ने हो र? अर्को व्यक्ति इच्छुक भए पनि, त्यो अझै पनि उसको फाइदा उठाउनु नै हुनेछ। फाइदा उठाउनु भनेको सधैँ फाइदा उठाउनु नै हो; अर्को व्यक्तिको इच्छाले गर्दा यसको प्रकृति परिवर्तन हुँदैन—त्यसको सार उस्तै रहन्छ। तिनीहरू सोच्छन्, “यस्तो राम्रो कम्प्युटर केही दर्जन युआनमा किन्नु भनेको स्पष्ट रूपमा उसको फाइदा उठाउनु हुनेछ। म यो बिलकुलै स्वीकार गर्न सक्दिनँ। यदि मैले पर्याप्त पैसा बचत गरेँ भने, म यो किन्नेछु। यदि मैले सकिनँ भने, मनको शान्तिका लागि मात्रै भए पनि, म आफ्नै पुरानो कम्प्युटर प्रयोग गर्नेछु।” हेर त, के यो तिनीहरूको आत्म-आचरणको सीमा होइन र? (हो।) तिनीहरू जुनसुकै परिस्थितिमा पनि यो सीमा कायम राख्न सक्छन्। कसैले तिनीहरूलाई यति राम्रो चीज दिन चाहन्छ, तिनीहरूसँग यति राम्रो चीज प्राप्त गर्ने मौका छ—गैरविश्वासीहरू त्यसलाई यसरी हेर्छन्: “यदि तैँले यो लिइनस् भने तँ मूर्ख होस्। फाइदा नउठाउनु त मौका खेर फाल्नु हुनेछ।” तर तिनीहरू त्यस्तो सोच्दैनन्। तिनीहरू यो मूर्ख हुनु होइन, र तिनीहरूले आफूलाई छल गर्न मिल्दैन भन्ने विश्वास गर्छन्—फाइदा उठाउनु भनेको फाइदा उठाउनु नै हो। तिनीहरूलाई आफूले फाइदा उठाएमा, हृदयमा असहज महसुस हुनेछ, आरामसँग जिउन सकिनेछैन, र कम्प्युटर प्रयोग गर्दा अप्ठ्यारो महसुस हुनेछ, र आफूलाई त्यसरी आचरणमा ढाल्नु हुँदैन भन्ने लाग्छ। हेर त, तिनीहरूले आत्म-आचरणको यो सीमा पार गर्नेछैनन्—के यो तिनीहरूभित्र विवेकले काम गर्नु होइन र? (हो।) तिनीहरूको मानवतामा सिधापन र दयालुपनका गुणहरू हुन्छन्, र तिनीहरूको विवेकले आफ्नो काम गर्छ, त्यसैले तिनीहरू यो सीमा कायम राख्न सक्षम हुन्छन्। अर्थात्, तिनीहरूले यो सीमा कायम राख्न सक्नुको कारण के हो भने तिनीहरूको विवेकले निरन्तर आफ्नो काम गर्छ, तिनीहरूलाई सचेतना दिन्छ, र तिनीहरूलाई यस्तो महसुस गराउँछ, “त्यो गर्नु गलत हो, त्यो गर्नु अनुचित हो। म त्यो गर्न सक्दिनँ।” तिनीहरूलाई आफ्नो विवेकले निरन्तर प्रेरित गर्छ, रोक्छ, र नियन्त्रण गर्छ, जसले गर्दा तिनीहरू आत्म-आचरणको सीमा कायम राख्न सक्छन्। अन्त्यमा, सायद तिनीहरू प्रस्ताव गरिएको कुरा किन्ने हैसियत राख्छन् र त्यसपछि तिनीहरू त्यो प्रयोग गर्छन्, वा सायद तिनीहरू त्यो किन्ने हैसियत कहिल्यै राख्दैनन् र त्यो अरू कसैद्वारा प्रयोग गरिन्छ, यस्तो अवस्थामा तिनीहरूलाई नराम्रो लाग्दैन। कम्तीमा पनि, यस मामिलामा, तिनीहरूले आत्म-आचरणको यो सीमा र सिद्धान्त कायम राखेका हुन्छन्। मानवताका गुणहरू भएको व्यक्तिले आत्म-आचरणका सिद्धान्त र सीमाहरू स्थापित गर्छ, र ऊ ती निरन्तर कायम राख्छ। उसले आफ्नो हित समावेश भएको परिस्थिति सामना गर्यो र त्यसबेला उसलाई परीक्षामा परेको महसुस भयो भने पनि, उसलाई आफ्नो विवेकले निरन्तर प्रेरित गर्छ र रोक्छ। अन्त्यमा, अरूले यस व्यक्तिको हितमा हानि पुग्यो वा अरू कसैले उसको फाइदा उठायो भनी सोचे पनि, र यस व्यक्तिलाई एकछिनका लागि अलिकति नराम्रो वा असन्तुष्ट महसुस भए पनि, उसको विवेकको कार्यले गर्दा, उसको हृदय छिट्टै शान्त हुनेछ। उसले विचार गर्नेछ, “अरूको फाइदा नउठाउनु नै सधैँ राम्रो हुन्छ। कम्तीमा पनि ममा मनको शान्ति छ, र मलाई आफ्नो विवेकले घोचेको महसुस हुँदैन।” तिनीहरूले खोज्ने कुरा यही हो। विवेकले मानिसहरूमा गर्ने काम यही हो: यसले तिनीहरूलाई निरन्तर नियन्त्रण गर्छ र रोक्छ, जसले गर्दा तिनीहरू सही छनौटहरू गर्छन्। आफ्नै हित, नैतिकता, वा केही परीक्षा सामना गर्दा समेत, व्यक्तिको विवेकले निरन्तर उसको व्यवहारलाई रोक्छ, नियन्त्रण गर्छ, र सच्याउँछ। अन्ततः अधिकांश अवस्थामा, मानवताका गुणहरू भएका मानिसहरूले आफ्नो विवेकका लागि शान्ति र चैन प्राप्त गर्न आफ्नै हितहरू त्याग्ने छनौट गर्नेछन्। विशेष परिस्थितिहरूमा, यीमध्ये कतिपय मानिसले आफ्नो विवेकको सीमा पार गर्ने समय पनि आउँछ, तर यसपछि तिनीहरूको विवेकभित्र दोषारोपण र असहजपन आउँछ; कतिपयले त यो बेचैनी र दोषी भावना आफ्नो बाँकी जीवनभर बोकेर हिँड्छन्। विवेकको काम यही हो। भन्नुको अर्थ, आफ्नो मानवतामा सिधापन र दयालुपनका गुणहरू भएका मानिसहरूले कहिलेकाहीँ गल्तीहरू गर्नेछन्, र विशेष परिस्थितिहरूमा, आफ्नो मानवताको सीमा पार गर्नेछन् र आफूले आफ्नै लागि स्थापना गरेका आत्म-आचरणका सिद्धान्तहरू पनि उल्लङ्घन गर्नेछन्। तर यसको परिणाम के हुन्छ भने तिनीहरूले आफ्नो विवेकको निन्दा भोग्नेछन्। यदि तिनीहरूले यसलाई सच्याउने अवसर पाएनन्, वा तिनीहरूका परिस्थितिहरूले त्यसो गर्न अनुमति दिएनन् भने, तिनीहरू भित्री दोषारोपण, असहजपन, आत्म-ग्लानि, र दोषी भावनाका साथ जिउनेछन्। विवेक र समझ भएको, र आफ्नो मानवतामा सिधापन र दयालुपनका गुणहरू भएको व्यक्तिमा सबै परिस्थितिमा हुने सामान्य प्रकटीकरणहरू यिनै हुन्।
सिधापन र दयालुपनका गुणहरू भएका मानिसहरूका यी प्रकटीकरणहरू, मानवताको दृष्टिकोणबाट हेर्दा, तुलनात्मक रूपमा साधारण र सामान्य हुन्छन्, उच्च वा अलौकिक हुँदैनन्, न त ठ्याक्कै भद्र नै हुन्छन्, र मानिसको नजरमा, यसको अर्थ कोहीसँग अलिकति निष्ठा छ र ऊ अलिकति इज्जतका साथ जिउँछ भन्ने मात्रै हुन्छ। तर, परमेश्वरको नजरमा, यस्ता मानिसहरूले जिएकामानवताभित्रको सिधापन र दयालुपनका गुणहरू बहुमूल्य हुन्छन्। यस मानवजातिले दुष्टतालाई पुज्ने हुनाले, र कसैले पनि विवेक वा समझको वास्ता नगर्ने हुनाले, सिधा र दयालु मानिसहरूलाई समाजमा बहिष्कार गरिन्छ। तिनीहरूले पालन गर्ने र जिउने आत्म-आचरणका आधारभूत सिद्धान्तहरूलाई समाजका आम मानिसहरूले गिल्ला, घृणा, र निन्दा गर्छन्। मानिसहरूले तिनीहरूलाई कसरी गिल्ला गर्छन्? (मानिसहरू तिनीहरूलाई मूर्ख, हठी, र मन्दबुद्धिका भन्छन्।) कुरा ठ्याक्कै यस्तै हो। यस समाजमा, सामान्य मानवता भएका मानिसहरूलाई अरूले गिल्ला गर्छन्, उनीहरूको खिल्ली उडाउँछन्, उनीहरूलाई घृणा गर्छन्, र निन्दा गर्छन्; तिनीहरू अरू मानिसहरूको स्वीकृति, वा तिनीहरूको अनुमोदन प्राप्त गर्न सक्दैनन्। यदि तँ सधैँ मानिसहरूको समूहभित्र आत्म-आचरणका तेरा सिद्धान्तहरू पालन गर्छस् भने, तँ निकै थकाइलाग्दो जीवन जिउँछस्। हरेक दिन, तैँले जस्तोसुकै कुरा सामना गरे पनि, तँलाई निसास्सिएको र रिस उठेको महसुस हुन्छ, र तँ सोच्छस्, “मैले आफूलाई यसरी आचरणमा ढाल्दा के गलत भयो र? अरू मलाई किन गिल्ला गर्छन्? मानिसहरू सधैँ भन्छन्, ‘विवेकको मूल्य कति हो?’ विवेक सबैभन्दा बहुमूल्य कुरा हो। यदि कोहीसँग विवेक छैन भने, के ऊ मानव नै हो र?” तँजस्ता मानिसहरू गैरविश्वासीहरूको कुनै पनि समूहमा गिल्ला र बहिष्कारका पात्र हुन्छन्; कसैले पनि तँलाई अनुमोदन गर्दैन, र कसैले पनि तेरो पक्ष लिँदैन। तँ सिधा छस् र आत्म-आचरणका सिद्धान्तहरू पालन गर्छस्, अनि मानिसहरू भन्छन्, “के सिद्धान्तहरू पालन गर्नुलाई पैसाका रूपमा खर्च गर्न सकिन्छ? के तैँले सिद्धान्तहरू पालन गरेर हाकिमहरूको प्रशंसा पाउँछस्? यदि तैँले सिद्धान्तहरू पालन गरिस् भने, के सबैले तँलाई अनुमोदन गर्छन्? यदि तैँले यस समाजमा सिद्धान्तहरू पालन गरिस् भने, तँ वरपरको सबैभन्दा ठूलो मूर्ख होस्; तँलाई दबाइनेछ, र अन्त्यमा तँसँग हातमुख जोड्ने कुनै उपाय हुनेछैन!” त्यसैले तँ सोच्छस्: “मैले सिद्धान्तहरू पालन गर्दा के गलत भयो र? सिधा र दयालु व्यक्ति हुँदा मलाई किन गिल्ला गरिन्छ, बहिष्कार गरिन्छ, र दबाइन्छ?” अन्ततः, तँ मानिसहरू भित्रैदेखि कुहिएका छन्, तिनीहरूमध्ये एक जना पनि असल छैन, तिनीहरू सबै दियाबलस र शैतान हुन् भन्ने निष्कर्षमा पुग्छस्! तँ भन्छस्, तँ स्पष्ट विवेकका साथ आफूलाई आचरणमा ढाल्छस्, तँ आफूलाई मर्यादित र सिधा तरिकाले आचरणमा ढाल्न चाहन्छस्, सबै कुरा नियमअनुसार सम्हाल्न चाहन्छस्, र जीविकोपार्जन गर्न कुनै कुटिल काम नगरी आफ्नै सीपहरूमा निर्भर रहन चाहन्छस्, तर आफूलाई यसरी आचरणमा ढाल्दा, तँलाई समाजमा हेपिने प्रबल सम्भावना हुन्छ; मानिसहरूले अलिकति मात्रै चलाखी गरेर तँलाई सजिलै झुक्क्याउन सक्छन्। तँसँग जस्तोसुकै सीप भए पनि, तँलाई बहिष्कार गरिन्छ र दबाइन्छ। तँलाई यस मानव संसारमा आफ्नो पक्षमा तर्क गर्ने कुनै ठाउँ छैन, र यसरी जिउँदा असाध्यै निसास्सिएजस्तो लाग्छ भन्ने महसुस हुन्छ। यी मानिसहरूको बीचमा जिउनु भनेको एउटा ठूलो रङ लगाउने भाँडोमा हुनु जस्तो नभई मासु पिँध्ने मेसिनमा हुनु जस्तै हो—तँलाई जिउँदै पिँधेर मारिनेछ। यदि तँ पिँधेर मारिइनस् भने पनि, तँ थकाइले मर्नेछस्, तँ शारीरिक र मानसिक थकानको स्थितिमा आफ्नो जीवनको हरेक दिन आफ्नो इच्छाविपरीत जानेछस्, र तैँले बोल्ने हरेक शब्द र तैँले गर्ने हरेक काम तेरो आफ्नै इच्छाको विरुद्धमा हुनेछ। यसरी सधैँ होसियार भएर हिँड्दा पनि, तँलाई अझै पनि मूर्ख र हठी व्यक्तिका रूपमा गिल्ला गरिन्छ, जसलाई आफ्ना हाकिमहरूलाई उपहार दिन वा आफ्ना सहकर्मीहरूसँग सम्बन्ध बनाउन आउँदैन। तँ अरूको फाइदा नउठाउने सिद्धान्तका आधारमा आफूलाई आचरणमा ढाल्छस्, तैपनि अरू मानिसहरूले तेरो फाइदा उठाउन हरसम्भव प्रयास गर्छन्, र तँ यसबाट जोगिन समेत सक्दैनस्। अन्त्यमा तँ धेरै काम गर्छस्, तर हाकिमहरूले तँलाई वास्ता गर्दैनन्, र सबै श्रेय अरूले नै खोसेर लान्छन्। परमेश्वरमा विश्वास गर्न आएपछि, तैँले परमेश्वरको घरमा निष्पक्षता छ, परमेश्वर धर्मी हुनुहुन्छ, र कतिपय मानिसले अन्यायपूर्ण कार्य गरे पनि, परमेश्वरका वचनहरूमा सत्यता छ, परमेश्वरका वचनहरूमा धार्मिकता छ, परमेश्वरसँग धर्मी स्वभाव छ, र परमेश्वरको घरमा सत्यता र धार्मिकताले नै शासन गर्छन् भन्ने देख्छस्। तँ भन्छस्, “त्यसोभए, असल मानिसहरू परमेश्वरको घरमा फस्टाउन सक्छन्। म मेरो हृदय खोल्न सक्छु र मनमा गुम्स्याएर राखेका सबै कुरा बोल्न सक्छु। म आफूसँग भएका जुनसुकै सामर्थ्य र प्रतिभाहरू प्रयोग गर्न सक्छु। परमेश्वरको घरमा जिउनु साँच्चै शान्तिपूर्ण र आनन्ददायी छ; मलाई फेरि कहिल्यै अरू मानिसहरूले दबाउने र बहिष्कार गर्नेछैनन्। परमेश्वरमा विश्वास गर्नु र परमेश्वरको घरमा आउनु कति अद्भुत छ! यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, म जिउँदो लास जस्तै जिइरहेको हुनेथिएँ र जति लामो समय जिउँथेँ, त्यति नै बढी थकित र पीडित महसुस गर्नेथिएँ; मैले जीवनमा कुनै दिशा भेट्टाउन सक्नेथिइनँ, मेरो हृदय मधुरो हुँदै जानेथ्यो, र मैले ज्योति वा भविष्य देख्न सक्नेथिइनँ। यो साँच्चै पीडादायी हुनेथ्यो!” यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गर्नु र सत्यता प्राप्त गर्नुअघि, तिनीहरूलाई जीवनमा आफ्नो कुनै मार्ग छैन र तिनीहरूको भविष्य अन्धकार र ज्योतिविहीन छ भन्ने महसुस हुन्छ। केही व्यवधान र असफलता भोगेपछि, र धेरै कष्ट अनुभव गरेपछि, तिनीहरू आफ्नो जीवनबारे शङ्का मात्र गर्दैनन्, जिउनुको कुनै अर्थ छैन भन्ने अझ बढी महसुस गर्छन्। तिनीहरूलाई यस्ता मानिसहरूको बीचमा जिउनु र यस्तो संसारमा जिउनुभन्दा त मर्नु नै बेस हुन्छ भन्ने महसुस हुन्छ! मानिसहरू आकाशका चराहरू जत्तिकै खुसीसाथ समेत जिउँदैनन्, न त समुद्रका माछाहरू जत्तिकै स्वतन्त्र रूपमा नै जिउँछन्—कम्तीमा पनि, चराहरू चाहेको बेला चिर्बिराउन सक्छन्, कुनै व्यवधानविना आकाशमा उड्न सक्छन्, र तिनीहरूसँग आफ्नै स्वच्छ भूमि हुन्छ। यस संसारमा जिउने मानिसहरूसँग सत्य बोल्ने अधिकार वा स्वतन्त्रता समेत हुँदैन; तिनीहरू हरेक दिन मुखुन्डो लगाएर जिउँछन्, आफूले भन्न नचाहेका कुराहरू मात्र भन्न सक्छन्, र आफूले भित्र साँच्चै महसुस गर्ने कुराको विरुद्ध जान्छन्—तिनीहरूसँग यस्ता कुराहरू भन्नुबाहेक अरू कुनै विकल्प हुँदैन, तर एक पटक त्यसो गरेपछि तिनीहरूलाई घिन लाग्छ। जिउनु किन यति गाह्रो हुनुपर्छ? यस प्रकारका मानिसहरूलाई आफ्नो वरपरका मानिसहरूको अनुहार हेर्दा घिन लाग्छ, तिनीहरूको हृदयमा विकर्षण र घृणाको भावना हुन्छ, तर तिनीहरू उनीहरूबाट जोगिन वा टाढा रहन सक्दैनन्, र अझै पनि उनीहरूसँग घुलमिल हुनुपर्छ। तिनीहरू कहिलेकाहीँ आफूलाई पाल्न र आफ्नो परिवारको गुजारा चलाउनका लागि यसरी नै झाराटरुवा तरिकाले काम गर्ने विचार गर्छन्, तर अझै पनि त्यसमा चित्त बुझाउन सक्दैनन्। तिनीहरूलाई मानिसहरूले जीवनमा केही अर्थपूर्ण कुरा पछ्याउनैपर्छ, उनीहरू मानव रूपमा जिउनैपर्छ, उनीहरूले सत्य बोल्नैपर्छ, र आत्म-आचरणका सीमा कायम राख्नैपर्छ, र मानिसहरूले हासिल गर्नुपर्ने कम्तीमा पनि यही हो भन्ने महसुस हुन्छ। तिनीहरूलाई कुनै व्यक्तिले यति पनि हासिल गर्न सक्दैन भने, ऊ मानव होइन भन्ने महसुस हुन्छ। तर हिँड्ने कुनै मार्ग नभएकाले, तिनीहरू असहाय हुन्छन्, अन्योल र रनभुल्लमा परेर झारा टार्न मात्र सक्छन्, र मुस्किलले गुजारा चलाउँछन्। विशेष गरी तिनीहरूले केही कठिनाइ सामना गर्दा र कुनै उपाय बाँकी नरहँदा, तिनीहरू भित्रभित्रै अत्यन्तै पीडा महसुस गर्छन्, “हामी किन जिउँछौँ? के हरेक दिन झूट बोल्न, र मानवजस्ता समेत नदेखिने यी मानिसहरूसँग घुलमिल हुन र मृत्युको पर्खाइमा जेनतेन जिउनका लागि मात्रै हो? म ढिलोचाँडो मर्ने नै हुनाले, मृत्युको पर्खाइमा जेनतेन जिउनुभन्दा, म अहिले नै मर्नु र यो सबैबाट चाँडै मुक्त हुनु नै बेस हुन्छ।” मानिसहरू यो सबैबाट मुक्त हुन चाहे पनि, कसैले यस्तो कदम चाल्ने आँट गर्नु अत्यन्तै दुर्लभ कुरा हो; तिनीहरूलाई आफू यसरी मरेमा, आफूसँग आफ्ना आमाबुबा र प्रियजनहरूलाई जवाफ दिने कुनै उपाय नहुने चिन्ता हुन्छ, र तिनीहरूको हृदयमा आशङ्काहरू पनि हुन्छन्: “के यसरी मर्दा म साँच्चै मुक्त हुनेछु? यदि यसले साँच्चै मलाई मुक्त गर्छ भने, त्यो राम्रो हुनेछ, तर यदि गर्दैन भने, त्यो अझ खराब हुनेछ।” यसरी, मानिसहरू यसरी नै पीडामा सङ्घर्ष गर्छन्। सत्यता प्राप्त नगरेकाहरू यतिको दयनीय हुन्छन्। मानिसहरूलाई जिउनुमा सधैँ आशा र प्रतीक्षा गर्ने केही कुरा हुन्छ भन्ने महसुस हुन्छ, तर तिनीहरूलाई आफ्नो हृदयको गहिराइमा यी कुराहरू झन्-झन् अस्पष्ट हुँदै र टाढिँदै गइरहेका छन् भन्ने महसुस हुन्छ। मानिसहरूलाई यी कुराहरू जति अस्पष्ट र टाढा भएको महसुस हुन्छ, तिनीहरू आफ्नो हृदयमा त्यति नै बढी सङ्घर्ष गर्छन् र दुःख भोग्छन्। यस्ता मानिसहरू सबैले आफ्नो विवेकको सीमा र आत्म-आचरणका आफ्ना सिद्धान्तहरू कायम राख्ने, र आफ्नो इच्छाविपरीत हुने तरिकाले नजिउने आशा गर्छन्। तिनीहरू आफैसँग कडा मागहरू गर्दैनन्, न त तिनीहरू आफ्नो जीवनका लागि धेरै उच्च लक्ष्यहरू नै राख्छन्—तिनीहरू धेरै धन-सम्पत्ति र उच्च पद खोज्दैनन्, बरु मनको शान्तिका साथ जिउन मात्र खोज्छन्। तैपनि तिनीहरूले यस्ता सरल सिद्धान्तहरू र आत्म-आचरणको यस्तो सरल सीमासमेत पालन गर्न सक्दैनन्, त्यसैले तिनीहरू हरेक दिन जिउँदो लासजस्तै जिउँछन्, र अत्यन्तै थकित महसुस गर्छन्। यो थकान शारीरिक थकान होइन, न त यो रोगले ल्याएको पीडा नै हो, बरु यो त शरीर र मन दुवैको थकान हो। यो थकान तिनीहरूको हृदय भासिएको कारण आएको भारीपनको अनुभूति हो; यसले तिनीहरूको हृदयलाई एउटा ठूलो ढुङ्गाले थिचेझैँ थिच्छ, जसले गर्दा तिनीहरूलाई भित्र दबिएको र पीडित महसुस गराउँछ। तर त्यसपछि, तिनीहरूले अझै पनि जीवन र सबै प्रकारका मानिस, घटना र कामकुराहरूको सामना गर्नुपर्छ, त्यसैले तिनीहरू केवल आफूलाई तयार पार्छन् र दिनहुँ अघि बढिरहन्छन्, कष्टको बीचमा आफ्ना दिनहरू काट्छन्, र अत्यन्तै पीडादायी जीवन जिउँछन्। कतिपय मानिस पेकिङ ओपेरा हेर्न जान चाहन्छन्। तिनीहरूले पेकिङ ओपेराका कथाहरू सबै मुख्य पात्रको जीवन कठिन अनि उबडखाबडयुक्त र असफलताहरूले भरिएको बारेमा हुन्छन् भन्ने देख्छन्, जसमा कलाकारले अन्तमा “कति कष्ट...” भनेर रुँदै कराउँछ, र यस कुराले हृदयमा पीडा भएकाहरूको हृदय छुन्छ। यसले किन तिनीहरूको हृदय छुन्छ? किनभने कलाकारले तिनीहरूको हृदयमा भएको कुरालाई आवाज दिइरहेको हुन्छ। यदि तँ आफ्नो विवेकअनुसार जिउँछस् भने, यस संसारमा जिउनु सजिलो हुँदैन र यसले तँलाई कहीं पनि पुर्याउँदैन; तैँले ठक्कर खानेछस्, असफलताहरू भोग्नेछस्, र हरेक मोडमा सास्ती पाउनेछस्। यदि तँ खराब व्यक्ति, दुष्ट व्यक्ति, वा कुकर्मी बन्ने प्रयास गर्छस् भने, तँ जहाँ गए पनि आफूलाई जमाउनेछस्, र कुनै पनि अड्चन सामना गर्नेछैनस्। यदि तँ सिधा र दयालु व्यक्ति होस्, र तेरो मानवतामा सिधापन र दयालुपनका गुणहरू छन् भने, तैँले समाजमा विभिन्न कुरा अनुभव गरेपछि तेरो सिधापन र दयालुपन प्रदूषित वा कलङ्कित समेत भयो भने पनि र तिनमा केही मिसावटहरू समावेश भए भने पनि, तेरो मानवतामा भएका सिधापन र दयालुपनका गुणहरू कहिल्यै परिवर्तन हुनेछैनन्, र कसैले पनि ती परिवर्तन गर्न सक्नेछैन। यदि तँ उप्रान्त सत्य बोल्ने वा आत्म-आचरणका आफ्ना सिद्धान्तहरू र सीमाहरू कायम राख्ने आँट गर्दैनस् भने पनि, तैँले आफ्नो हृदयको गहिराइमा सत्य बोल्ने, आत्म-आचरणका आफ्ना सिद्धान्तहरू कायम राख्ने, आफ्नो विवेकको सीमा कायम राख्ने, र भित्री शान्ति र चैन प्राप्त गर्ने लालसा गर्नेछस्।
यस प्रकारको सिधा र दयालु व्यक्ति परमेश्वरमा विश्वास गर्न आएपछि, परमेश्वरको घर—मण्डली—उसका लागि शुद्धता र शान्तिको ठाउँ, साथै उसको हृदयले शान्ति र आजादी पाउन सक्ने ठाउँ हो। अवश्य पनि, यो उसले आफ्नो जीवनका आकाङ्क्षाहरूको पूर्तिलाई पछ्याउन सक्ने, र उसलाई आफ्नो जीवनमा ज्योति देख्न र उप्रान्त आफ्नो आत्म-आचरणमा आफ्नो तालमेल मिलाउने कुरामा बाटो बिराएको महसुस नगर्न साखम बनाउने ठाउँ हो भनेर पनि भन्न सकिन्छ। त्यसैले, विवेक र समझ भएको व्यक्तिको हकमा, परमेश्वरको घर नै उसको साँचो घर हो। यो घर शारीरिक वा भौतिक अर्थमा घर होइन; बरु, यो त एउटा सुरक्षित ठाउँ हो, जहाँ ऊ परमेश्वरमा विश्वास गर्न सक्छ र सरल, उदाङ्गो, र खुला हृदयका साथ उहाँप्रति समर्पित हुन सक्छ। यसलाई सुरक्षित आश्रयस्थल पनि भन्न सकिन्छ। त्यो भनाइ के हो अरे? परमेश्वरको घर एउटा बन्दरगाह हो, जहाँ मानवताका गुणहरू भएका सिधा र दयालु मानिसहरू आश्रय लिन सक्छन्। अर्थात्, यो त्यस्तो ठाउँ हो, जहाँ तिनीहरू आफ्नो लङ्गर खसाल्न सक्छन्; तिनीहरूले अब यताउति दौडधुप गर्नु पर्दैन, र तिनीहरू सत्यता स्वीकार गर्न र जीवनमा आफ्नो दिशा र मार्ग भेट्टाउन सक्षम हुन्छन्, ताकि तिनीहरूको हृदय सन्तुष्ट होस्। यसरी, एउटा साँचो मानव परमेश्वरको घरमा आउँदा मात्र हृदयमा साँच्चै सन्तुष्ट महसुस गर्छ; विवेक र समझ भएको व्यक्ति परमेश्वरको घरमा फर्कँदा र सृष्टिकर्ताको अगाडि फर्कँदा मात्र उसले आफ्नो साँचो घर, आफ्नो हृदयलाई शान्ति र चैन प्राप्त गर्न अनुमति दिने ठाउँ भेट्टाएको महसुस गर्छ। उसका आत्म-आचरणका आकाङ्क्षाहरू र उसले आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू सत्यताको अभ्यासभन्दा धेरै टाढा भए पनि, कम्तीमा पनि, उसले परमेश्वरको घरमा र मण्डलीमा आफ्नो हृदयले शान्ति र सान्त्वना प्राप्त गरेको महसुस गर्छ। यस प्रकारको व्यक्तिले परमेश्वरको घरमा हुनु र संसारमा हुनुबीच महसुस गर्ने भिन्नता यही हो; यो उसको हृदयको भिन्नता हो। त्यसकारण, यस प्रकारको व्यक्ति परमेश्वरको घरमा आउँदा, उसको हृदयले सान्त्वना र शान्ति प्राप्त गर्छ; उसले परमेश्वरको घर मात्र आफूले जीवनमा आफ्नो दिशा पछ्याउन सक्ने ठाउँ हो, र आफूलाई सबैभन्दा बढी आवश्यक पर्ने वातावरण पनि हो, र, अवश्य पनि, आफूले लालसा गर्ने ठाउँ हो भन्ने महसुस गर्छ। उसलाई यो ठाउँ असाध्यै मन पर्छ, र ऊ यस प्रकारको वातावरणमा जिउन र आफूलाई आचरणमा ढाल्न इच्छुक हुन्छ; अवश्य पनि, त्यसो गर्नु उसको व्यक्तिगत इच्छा हो। उसको यो व्यक्तिगत इच्छाको सन्दर्भमा, परमेश्वरको घरको वातावरण, परमेश्वरले काम गर्ने तरिका, मानिसहरूसँग परमेश्वरले गर्ने मागहरू, र अन्य सबै पक्ष उसको मानवताका आवश्यकताहरू पूरा गर्न पहिले नै पर्याप्त छन्, त्यसैले उसले शान्त मनका साथ सत्यता पछ्याउँछ र परमेश्वरका मागहरूअनुसार अभ्यास गर्छ। त्यसकारण, कुनै व्यक्तिले सत्यता पछ्याउन सक्छ कि सक्दैन भन्ने कुरा पूर्णतया उसको मानवतामा निर्भर हुन्छ। यदि उसको मानवतामा दयालुपन र सिधापनका गुणहरू छन् भने, यदि ऊ निष्पक्षता र धार्मिकतालाई प्रेम गर्छ भने, यदि उसलाई परमेश्वरको घरमा आउन र भित्री शान्ति र चैन प्राप्त गर्न मन पर्छ भने, वा परमेश्वरको घरमा आएपछि र परमेश्वरको अगाडि आएपछि उसको हृदयले पूर्ण सान्त्वना प्राप्त गरेको छ भने मात्र, ऊ परमेश्वरका वचनहरू सुन्न, स्वीकार गर्न, र पालन गर्नका लागि स्थिर हुन सक्छ; तब मात्र ऊ सत्यता पछ्याउन र एक उचित सृजित प्राणी बन्नका लागि स्थिर हुन सक्छ। भन्नुको अर्थ, जब कुनै व्यक्ति परमेश्वरको घरको वातावरणमा आउँछ र उसको हृदयले सान्त्वना प्राप्त गर्छ, र सत्यता बुझ्दा उसको हृदयले सन्तुष्ट महसुस गर्छ, र उसले पछ्याउने जीवनका आकाङ्क्षाहरू र लक्ष्यहरू साकार हुन्छन्—यी आधारभूत सर्तहरूअन्तर्गत मात्र उसले सत्यता पछ्याउने अवसर पाउँछ। मानवताका गुणहरू भएकाहरूको यो एउटा विशिष्ट प्रकटीकरण हो। अवश्य पनि, सत्यता पछ्याउने कुरा आउँदा, कोहीसँग मानवताका गुणहरू छन् कि छैनन् भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। यदि कोहीसँग मानवताका गुणहरू छैनन् भने, उसले आधारभूत रूपमा सत्यता पछ्याउने सर्तहरू पूरा गर्दैन।
अब हामी मानिसहरूको मानवतामा हुने सिधापन र दयालुपनका अन्य प्रकटीकरणहरूका बारेमा कुरा गरौँ। मैले भर्खरै आफ्नो मानवतामा सिधापन र दयालुपनका गुणहरू भएका मानिसहरू कसरी अरूसँगको सङ्गत र अन्तरक्रियाका लागि, अनि आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू सम्हाल्ने तरिकाका लागि—अरू मानिसहरूको फाइदा नउठाउने आधारभूत सिद्धान्त स्थापित गर्छन् भन्नेबारे कुरा गरेँ। अवश्य पनि, तिनीहरूको आत्म-आचरणको सीमा पनि यही हो। अरूको फाइदा नउठाउनुका साथै, यस्तो व्यक्तिको अर्को प्रकटीकरण पनि हुन्छ: ऊ अरूप्रति सहानुभूति देखाउन र अरूलाई मद्दत गर्न इच्छुक हुन्छ, र ऊ उनीहरूलाई दिन पनि इच्छुक हुन्छ। अरूको नजरमा, यस्ता मानिसहरू अलिक मूर्ख हुन्छन्—तिनीहरू अत्यन्तै दयालु हृदयका हुन्छन्, तिनीहरू सजिलै अरूलाई विश्वास गर्छन् र अरूप्रति दया देखाउँछन्, अनि आफू सम्पन्न नभए पनि, तिनीहरू अरूलाई दिन मन पराउँछन्। तिनीहरू अन्याय विरुद्ध खडा हुन मन पराउँछन्; जब तिनीहरू कसैले कठिनाइहरू सामना गरिरहेको देख्दा चुपचाप बस्दैनन् वा नदेखेझैँ गर्दैनन्, बरु सक्रिय रूपमा मद्दत गर्ने प्रयास गर्छन्। तिनीहरूसँग मद्दत गर्ने क्षमता नभए पनि, तिनीहरू अझै पनि असल अभिप्रायहरू राख्छन्। कसैले कठिनाइहरू सामना गरिरहेको देख्दा, तिनीहरूलाई मद्दतको हात नबढाएमा आफ्नो विवेकले मान्दैन भन्ने लाग्छ। अर्को व्यक्तिले मद्दत नमागे पनि, तिनीहरूलाई अझै पनि आफूले मद्दत गर्नुपर्छ भन्ने लाग्छ। अर्को व्यक्तिले तिनीहरूको मद्दत प्राप्त गरेपछि, उसले केवल धन्यवाद भन्छ र कुरा त्यहीँ टुङ्गिन्छ, तर सिधा र दयालु व्यक्तिले यसको वास्ता गर्दैन; पछि, जब अरू कसैले साँच्चै कठिनाइहरू सामना गरिरहेको हुन्छ, तब उसले त्यस व्यक्तिलाई त्यसरी नै मद्दत गर्छ। मानिसहरूलाई यो अलिक अज्ञानी वा मूर्खतापूर्ण लाग्छ; अरूले तिनीहरूलाई दयाका कार्यहरू गर्न छोड्न सल्लाह दिन्छन्, र मानिसहरूलाई मद्दत गर्दा कम्तीमा पनि गुन लगाउनुपर्छ भनेर भन्छन्। यो सुनेपछि, तिनीहरू सोच्छन्: “मानिसहरूलाई मद्दत गरेर हामीले गुन लगाउनुपर्छ र? मद्दतको हात अघि बढाउन कति नै पो मेहनत लाग्छ र? कुरालाई किन यति जटिल बनाउने?” तिनीहरू यत्तिकै सरल हुन्छन्; तिनीहरू केवल अरूलाई मद्दत गर्न इच्छुक हुन्छन्। मलाई भन् त, के तँलाई अरूलाई मद्दत गर्न इच्छुक हुनु व्यक्तिको मानवतासँग सम्बन्धित हुन्छ भन्ने लाग्छ? (लाग्छ।) तिनीहरू साँच्चै कुनै प्रकारको प्रतिफल खोज्दैनन्। यस संसारमा, चाहना र इच्छाहरूबाट मुक्त कोही छ? (छैन।) त्यसोभए यस्तो व्यक्तिले बदलामा केही नखोजी अरूलाई कसरी मद्दत गर्न सक्छ? धेरैजसो मानिसका लागि, तिनीहरूले कसैलाई मद्दत गर्नका लागि कस्ता विशेष परिस्थितिहरू हुनुपर्छ, वा कोसैसँग तिनीहरूको सम्बन्ध कस्तो हुनुपर्छ? एउटा सबैभन्दा नजिकको खालको सम्बन्ध हो—रगतको नाता हुनु। यसका साथै, तिनीहरूले मद्दत गर्ने व्यक्ति सक्षम व्यक्ति हुनैपर्छ, वा तिनीहरूलाई मद्दत गर्दा केही फाइदा प्राप्त हुनैपर्ने हुन्छ, जसमा आफ्ना लागि लाभ मात्रै होस् र कुनै बेफाइदा नहोस्। यिनै परिदृश्यहरू मात्रै हुन्छन्। यी परिदृश्यहरूबाहेक, विनाकारण अरूलाई कसले मद्दत गर्छ र? ठ्याक्कै भन्दा, तिनीहरू अरूलाई विनाकारण मद्दत गर्दैनन्; त्यहाँ प्राप्त हुने केही फाइदा हुनैपर्छ। तत्काल कुनै फाइदा नभए पनि, त्यहाँ केही दीर्घकालीन फाइदा हुनैपर्छ। जे होस्, तिनीहरू त्यसबाट केही प्राप्त गर्न सक्दा मात्रै मद्दत गर्छन्। अब, अरूलाई मद्दत गर्न इच्छुक हुने मानिसहरूका हकमा, तिनीहरू कति मद्दत गर्छन् वा तिनीहरूले मद्दत गर्ने कुराको कुनै मूल्य छ कि छैन—त्यो ठूलो कुरा हो कि सानो—भन्ने कुरालाई पन्छाएर हेर्दा, अरूलाई मद्दत गर्ने तिनीहरूको इच्छा कहाँबाट आउँछ? के यो तिनीहरूको मानवतासँग सम्बन्धित छ? (छ।) यो मानवताको कुन पक्षसँग सम्बन्धित छ? (दयालुपनसँग।) यो दयालुपनसँग सम्बन्धित छ; जब मानिसहरूको मानवतामा दयालुपनको गुण हुन्छ, तब तिनीहरू अरूलाई मद्दत गर्न इच्छुक हुन्छन्। उदाहरणका लागि, मानौँ तिनीहरूले कुनै दाजुभाइ वा दिदीबहिनी नकारात्मक र कमजोर भएको देख्छन्। वास्तवमा, तिनीहरू आफै मण्डली अगुवा हुँदैनन्, र यो दाजुभाइ वा दिदीबहिनीसँग तिनीहरूको सामान्य सम्बन्ध मात्रै हुन्छ, तर तिनीहरूलाई उनीहरू नकारात्मक र कमजोर भएको देख्दा दुःख लाग्छ र तिनीहरूको हृदयमा बोझ हुन्छ। मद्दत नगर्दा तिनीहरूलाई ठीक लाग्दैन, र तिनीहरू सोच्छन्, “मेरो आफ्नै कद ठूलो नभए पनि र मैले धेरै सत्यता नबुझे पनि, मैले आफ्ना दायित्वहरू पूरा गर्ने प्रयास गर्नु राम्रो कुरा नै हो। सायद मैले भनेको कुरा सुनेपछि उनीहरू आत्मचिन्तन गर्न र नकारात्मक हुन छोड्न सक्नेछन्—के त्यो राम्रो हुनेछैन र?” त्यसैले, यदि कोही नकारात्मक र कमजोर हुन्छ भने—त्यो तिनीहरूको ध्यानमा नपर्दा बाहेक—तिनीहरूको ध्यानमा पर्नेबित्तिकै, तिनीहरू त्यस व्यक्तिसँग सङ्गति गर्ने अवसर खोज्छन्। यदि तिनीहरू आफै स्पष्ट रूपमा सङ्गति गर्न सक्दैनन् भने, उनीहरूसँग सङ्गति गर्न परमेश्वरका वचनहरूको एउटा खण्ड खोज्छन्। छोटकरीमा भन्दा, अर्ती, मार्गदर्शन, र त्यस व्यक्तिलाई परमेश्वरका वचनहरू पढेर सुनाउने कुराहरूको संयोजनमार्फत, त्यस व्यक्तिले अन्ततः परमेश्वरका अभिप्रायहरू बुझ्छ, ऊ त्यस उप्रान्त नकारात्मक हुँदैन, र सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ, जसले दयालु व्यक्तिलाई सन्तुष्टि महसुस गराउँछ। तिनीहरू मानिसहरू नकारात्मक भएको र ढिलासुस्ती गरेको, वा पीडा र कष्टमा परेको पटक्कै देख्न सक्दैनन्; तिनीहरू केवल उनीहरूलाई सान्त्वना र समर्थन दिन चाहन्छन्। यदि अर्को व्यक्ति नकारात्मक नै रहन्छ भने, तिनीहरूलाई आफूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने लाग्छ। जब तिनीहरूको सल्लाह र मार्गदर्शनका कारण त्यो व्यक्ति उप्रान्त नकारात्मक हुँदैन, तब तिनीहरू भित्रबाट ठूलो खुसी महसुस गर्छन्, र आफूलाई यसरी आचरणमा ढाल्नु निकै राम्रो हो भन्ने महसुस गर्छन्। तिनीहरू कुनै फाइदा खोज्दैनन्; यति मात्रै हो कि, जब तिनीहरू कसैलाई मद्दत गर्न सक्षम हुन्छन्, तब त्यसो नगर्दा तिनीहरूलाई असहज महसुस हुन्छ, र तिनीहरूको विवेकलाई बिझ्छ। मलाई भन, के तिमीहरूलाई विवेकलाई बिझ्ने यो कुरा र यो असहजताको बोध मानवताका गुणहरूका प्रकटीकरण र प्रकाशहरू हुन् भन्ने लाग्छ? (लाग्छ।)
कतिपय मानिस अरूप्रति सहानुभूति देखाउने गर्छन्। अवश्य पनि, मानवताको कुनै निश्चित दृष्टिकोणबाट हेर्दा, यो मानवको कमजोरी पनि हुन सक्छ, किनभने तिनीहरू कहिलेकाहीँ दुष्ट मानिसहरूप्रति सहानुभूति देखाउन र उनीहरूलाई मद्दत गर्न सक्छन्, तर तिनीहरू यो कमजोरी परिवर्तन गर्न सक्दैनन्। तिनीहरूले कुनै दुष्ट व्यक्तिलाई मद्दत गरेपछि, त्यो दुष्ट व्यक्तिले कठिनाइबाट पार पाउँछ र ऊ सफल हुन्छ, तर अझै पनि तिनीहरूलाई तुच्छ ठान्छ र बेवास्ता गर्छ। तिनीहरू भित्रभित्रै दुःखी हुन्छन्, र यसो भन्छन्, “ऊ किन यस्तो भएको हो? विगतमा ऊ गरिब र असहाय हुँदा र उसले मसँग मद्दत माग्दा, मैले ऊप्रति सहानुभूति देखाएँ र मद्दत गरेँ—तर अहिले उसलाई फलिफाप हुँदा र राम्रो जीवन जिइरहँदा भने, ऊ मलाई बेवास्ता गर्छ।” तिनीहरू आफ्नो हृदयमा यो कुरा बुझ्न सक्दैनन्; तिनीहरू दुष्ट मानिसहरूको सार छर्लङ्गै देख्न सक्दैनन्। केही समयपछि, यदि अर्को दुष्ट व्यक्ति तिनीहरूसँग मद्दत माग्छ भने, तिनीहरू अझै पनि ऊप्रति सहानुभूति देखाउन सक्छन्, तर तिनीहरूले पहिले यो व्यक्ति दुष्ट छ कि छैन भनेर हेर्नेछन्। यदि त्यो व्यक्ति त्यति घृणित छैन र निकै दयनीय छ भने, तिनीहरूले अझै पनि ऊप्रति सहानुभूति महसुस गर्नेछन्। पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने तर परिवार गरिब भएका र जीवनमा कठिनाइहरू सामना गरिरहेका केही दाजुभाइ तथा दिदीबहिनीलाई देख्दा, तिनीहरू सोच्छन्, “यति गरिब भएर पनि उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्—असल मानिस त्यो पो हो त! म आफैचाहिँ सम्पन्न जीवन जिइरहेको छु; यदि मैले उनीहरूलाई मद्दत गरिनँ भने, मलाई आफूले उनीहरूलाई ठिक गरेको छैन जस्तो महसुस हुनेछ। मैले उनीहरूलाई दिनुपर्छ र मद्दत गर्नुपर्छ, ताकि उनीहरूले केही लुगाफाटा वा दैनिक आवश्यकताका कुराहरू किन्न सकून्।” हेर् त, तिनीहरू दयालु हृदयका हुन्छन्; मानिसहरूले कठिनाइहरू भोगिरहेको देख्दा, तिनीहरूले उनीहरूप्रति सहानुभूति महसुस नगरी र मद्दत नगरी बस्नै सक्दैनन्। मानिसहरूका बीचमा, असल मानिस, दुष्ट मानिस, र अज्ञानी मानिसहरू पनि हुन्छन्। असल मानिसहरू अरूलाई दिन र मद्दत गर्न सक्षम हुन्छन्, दुष्ट मानिसहरू सबै प्रकारका दुष्ट काम गर्न सक्षम हुन्छन्, र विभिन्न अज्ञानी मानिसलाई सधैँ अरूले प्रयोग गर्छन् र अह्राउँछन्, र उनीहरूले सबै प्रकारका मूर्खतापूर्ण कामकुरा गर्न सक्छन्; तिनीहरू सबै फरक-फरक स्तरमा अज्ञानी हुन्छन्। छोटकरीमा भन्दा, सबै प्रकारका मानिसहरू हुन्छन्। मानवताका गुणहरू भएका मानिसहरू अरूप्रति सहानुभूति देखाउने गर्छन्। तिनीहरू सधैँ अरूलाई दयनीय देख्छन्, तिनीहरू सधैँ मानिसहरूमा कुन कुरा दयनीय छ भनी देख्न सक्छन्, र तिनीहरू सधैँ मानिसहरू कुन कुरामा सहानुभूतियोग्य छन् भनी देख्न सक्छन्; तिनीहरूको विवेकमा अलिकति कोमलता हुन्छ। अर्थात्, कसैले कठिनाइहरू सामना गरिरहेको, पीडादायी परिस्थितिहरू भोगिरहेको, वा दुष्ट मानिसहरूद्वारा हेपिएको वा अन्यायपूर्ण व्यवहार गरिएको देख्दा, तिनीहरू भित्रभित्रै आक्रोशित हुन्छन् र त्यस्ता मानिसहरूप्रति सहानुभूति महसुस गर्छन्; तिनीहरूसँग सधैँ सहानुभूतिपूर्ण हृदय हुन्छ। वास्तवमा, तिनीहरूको आफ्नै परिस्थिति अरूको भन्दा धेरै राम्रो नहुन सक्छ, र तिनीहरूले कम हेपाइ भोगेका हुन्छन् भन्ने पनि नहुन सक्छ, तर तिनीहरूको मानवतामा दयालुपन हुने हुनाले, तिनीहरू अरूप्रति सहानुभूति नदेखाई बस्नै सक्दैनन्। मानिसहरूले कठिनाइहरू सामना गर्दा वा पीडा भोग्दा, तिनीहरू चुपचाप बस्दैनन् वा उनीहरूलाई बेवास्ता गर्दैनन्। कहिलेकाहीँ, सामाजिक वातावरणबाट प्रभावित भएर—मानिसहरू आफ्नो मात्रै वास्ता गर्छन् र आफ्ना सँगीहरूलाई बेवास्ता गर्छन् भन्ने देखेर—तिनीहरू मानिसहरूलाई मद्दत गर्नबाट टाढा रहन चाहन्छन्, तर तिनीहरू सधैँ असफल हुन्छन्; एक छाक खाना पाउन नसक्ने कुनै गरिब व्यक्तिलाई देख्दा, तिनीहरू आफ्नो मनमा अनेक कुरा खेलाएपछि पनि अन्ततः उसलाई मद्दत गर्छन्। उदाहरणका लागि, मानौँ कसैलाई कडा रुघाखोकी लाग्यो—ऊ खोक्छ, हाच्छिउँ गर्छ, र उसलाई उच्च ज्वरो आउँछ। कतिपय मानिसलाई त्यो सर्छ कि भनेर डर लाग्छ, त्यसैले तिनीहरू टाढै बस्छन्। अर्कोतर्फ, दयालु हृदय भएका मानिसहरू उनीहरूप्रति चासो नदेखाई बस्नै सक्दैनन्: “तिमीलाई रुघाखोकी लाग्यो; के तिमीले कुनै औषधि खायौ?” यदि त्यस व्यक्तिसँग औषधि किन्न पैसा छैन भने, तिनीहरू आफ्नै पैसा खर्च गरेर उसका लागि औषधि किनिदिन्छन्। हेर् त, कुनै दयालु हृदय भएको व्यक्तिले कसैले बिरामी भएर कष्ट भोगिरहेको देख्दा, ऊ चुपचाप बस्दैन। अर्थात्, जब मानिसहरूले कठिनाइहरू सामना गरिरहेका हुन्छन्, जब उनीहरूलाई कष्ट वा कठिन परिस्थितिहरू आइपर्छ, तब मानवताका गुणहरू भएका मानिसहरू सधैँ त्यो महसुस गर्न सक्छन्, र उनीहरूलाई मद्दत चाहिन्छ भन्ने कुरा सधैँ बुझ्न सक्छन्। तिनीहरू अरू सबैजस्तै एउटै वातावरणमा हुन्छन्, तर तिनीहरू अरूले महसुस गर्न नसक्ने कुराहरूप्रति विशेष रूपमा संवेदनशील हुन्छन्। यस्तो किन हुन्छ? कुरा के मात्रै हो भने, मानिसहरूको हृदय एउटै हुँदैन। मानवीय भावना नभएका मानिसहरू अरू जतिसुकै पीडामा भए पनि सोधपुछ गर्दैनन्, मानौँ तिनीहरू त्यो महसुस नै गर्न सक्दैनन्। मानवीय भावना भएका मानिसहरूको मानवताका गुणहरूमा दयालुपनको अंश हुने हुनाले, तिनीहरू सधैँ आफ्नो वरपर पीडा र कठिनाइहरू भोगिरहेकाहरूप्रति सहानुभूति महसुस नगरी बस्नै सक्दैनन्, र त्यसपछि, आफ्नो विवेकद्वारा निर्देशित भई, मद्दतको हात बढाउँछन्—तैँले प्रयास गरे पनि तिनीहरूलाई रोक्न सक्नेछैनस्। तिनीहरू अरूले आफ्नो दयालुपन याद गरून् भन्ने अपेक्षा राखेर, वा उनीहरूले तिनीहरूको मानवता र तिनीहरूको चरित्रको उच्च प्रशंसा गरून् भन्ने आशामा यसो गर्दैनन्, तिनीहरूसँग त्यसो गर्ने इच्छा मात्रै हुन्छ, र त्यसो गर्दा तिनीहरूलाई भित्री रूपमा स्थिरताको बोध प्राप्त हुन्छ। यी मानवताका गुणहरूबाट उत्पन्न हुने विचार र व्यवहारहरू हुन्; कसैले तिनलाई परिवर्तन गर्न सक्दैन र कसैले तिनलाई सीमित गर्न सक्दैन। तिनीहरूले गर्ने कामहरू, वा तिनीहरूले आफूलाई आचरणमा ढाल्ने तरिकाहरू र तिनीहरूले त्यसो गर्ने सिद्धान्तहरू, विशुद्ध रूपमा सामान्य मानवताका प्राकृतिक प्रकटीकरणहरू हुन्। मानवताका यी प्राकृतिक प्रकटीकरणहरू पूर्ण रूपमा तिनीहरूको हृदयबाट आउँछन्। तिनीहरू स्वेच्छाले यसरी कार्य गर्छन्; कसैले तिनीहरूलाई त्यसो गर्न निर्देशन दिँदैन, र तिनीहरू कुनै फाइदाको पछि लागिरहेका हुँदैनन्। तिनीहरू केवल त्यसो गर्न इच्छुक हुन्छन्, र त्यस्ता कामकुरा गर्दा मात्रै तिनीहरूलाई मनको शान्ति मिल्छ; यदि तिनीहरूले ती कामकुरा गरेनन् भने, तिनीहरू भित्रभित्रै असहज महसुस गर्छन्। कठिनाइहरू सामना गरिरहेको कुनै दुष्ट व्यक्तिलाई भेट्दा समेत, तिनीहरूलाई आफूले दुष्ट मानिसहरूलाई मद्दत गर्नु हुँदैन भन्ने थाहा हुन्छ, तर तिनीहरू यस्तो पनि सोच्छन्, “के म निर्दयी बन्दै गइरहेको छु?” तिनीहरूले यस दुष्ट व्यक्तिलाई मद्दत नगरे पनि, तिनीहरूको सहानुभूति अपरिवर्तित रहन्छ, र उपयुक्त वातावरणमा र सही मानिसहरूसँग यो स्वाभाविक रूपमा फेरि प्रकट हुनेछ। यो मानवताको एउटा गुण हो। मानवताका गुणहरू जन्मजात हुन्छन्, र ती अवश्यै जुनसुकै समयमा र जुनसुकै ठाउँमा पनि प्रकट हुन सक्छन्; ती निकै प्राकृतिक, निकै शुद्ध, र निकै सरल हुन्छन्। त्यसकारण, जब कसैको मानवतामा सिधापन र दयालुपनका गुणहरू हुन्छन्, तब त्यो तिनीहरूका आमाबुबा वा समाजले सिकाएको कुराबाट आउँदैन, न त यो कुनै वातावरणबाट प्रभावित नै हुन्छ; यी व्यक्तिको मानवताका अन्तर्निहित गुणहरू हुन्।
कतिपय मानिस दिन मन पराउँछन्। के तँलाई दिन मन पराउने मानिसहरू धनी नै हुनुपर्छ भन्ने लाग्छ? के तिनीहरू जीवनका धेरै आँधीबेहरी पार गरेका र यस नश्वर संसारबाट विरक्त भएका मानिस हुनैपर्छ र? के तिनीहरू संसारका सबै धनसम्पत्ति र वैभवको आनन्द लिएका—र ती सबैलाई छर्लङ्गै देखेका—अनि भौतिक कुराहरूको आनन्दलाई वास्ता नगर्ने मानिस हुनैपर्छ र? के तिनीहरू तुलनात्मक रूपमा बेफिक्र र उदार व्यक्तित्व भएका मानिस हुनैपर्छ र? अहँ, तिनीहरू यस्तो हुनु पर्दैन। आफ्नो मानवतामा सिधापन र दयालुपनका गुणहरू भएका मानिसहरूका बीचमा अत्यन्तै मितव्ययी जीवन जिउने खालको व्यक्ति पनि हुन्छ। यदि उसले खाँदा भातको गेडा खसाल्यो भने, त्यो टिपेर खानुपर्छ, र ऊ त्यो खेर फाल्ने कुरा सोच्न पनि सक्दैन। ऊ दाँत माझ्दा र मुख धुँदा थोरै मात्र पानी प्रयोग गर्छ। ऊ आफ्ना लुगाहरू पुराना भएपछि ती फाल्न सक्दैन; ऊ ती धुन्छन् र लगाइरहन्छ। सामान किन्दा, ऊ होसियारीसाथ योजना र बजेट बनाउँछन्, र गुणस्तर ठीकै छ भने सस्तो सामान किन्छ। यस प्रकारको व्यक्ति यति मितव्ययी हुने हुनाले, के यसको अर्थ ऊ कन्जुस हुन्छ भन्ने हो? (होइन।) यस्तो व्यक्ति आफ्नै कुराका हकमा अत्यन्तै मितव्ययी हुन्छ, तर ऊ अरूको कुराका हकमा कन्जुस हुँदैन। उदाहरणका लागि, ऊ कसैले कष्टकर जीवन जिइरहेको देख्दा उसलाई लुगाफाटो वा उपकरणहरू जस्ता आफ्ना केही कुरा दिन्छ। कतिपय मानिस यसो भन्छन्, “के ऊ कुनै प्रकारको परोपकारी गरिब हो?” कुरा त्यस्तो होइन—उसलाई अरू मानिसहरू निकै दयनीय छन् भन्ने मात्र लाग्छ, त्यसैले ऊ सधैँ उनीहरूलाई मद्दत गर्न चाहन्छ। वास्तवमा, ऊ आफै सम्पन्न वा धनी हुँदैन, र उसले अरूलाई राहत प्रदान गर्दा केही कुराको अपेक्षा गरेको हुँदैन। ऊसँग यस्तै प्रकारको मानवता हुन्छ; ऊ अरूलाई मद्दत गर्न मन पराउँछ, र आफूलाई आचरणमा ढाल्ने उसको सिद्धान्त पनि यही हो। के यो पनि मानवताको एउटा गुण हो त? (हो।) यस प्रकारको व्यक्तिको अरूलाई व्यवहार गर्नेसम्बन्धी आधारभूत सिद्धान्त भनेको मद्दत गर्नुपर्ने बेलामा मद्दत गर्नु, र सहानुभूति देखाउनुपर्ने बेलामा सहानुभूति देखाउनु हो। अरू मानिसहरूले कठिनाइहरू सामना गरिरहँदा, ऊ आफ्नो प्रेम अर्पण गर्छ र उनीहरूलाई मद्दत गर्न व्यावहारिक कार्यहरू गर्छ; अरूसँग कुराहरूको कमी हुँदा, ऊ उनीहरूलाई आफ्नै कुराहरू दिन्छ। उसको मानवताका गुणहरूभित्र सधैँ यस्तो इच्छा हुन्छ; उसमा सधैँ यस्ता विचारहरू उत्पन्न हुन सक्छन्, वा ऊ सधैँ मद्दत र सहानुभूतिको खाँचोमा रहेका आफ्नो वरपरका मानिसहरूको पीडा महसुस गर्न सक्छ। के यो ऊभित्र विवेक काम गरिरहेको हो त? (हो।) मानवताको यस्तो गुण व्यक्तित्वद्वारा निर्धारित हुँदैन, बरु विवेकको कार्यले गर्दा हुन्छ। यसरी, ऊसँग अरूलाई मद्दत गर्न इच्छुक हुने यस्तो मानसिकता, वा मानवताको यस्तो गुण हुन्छ। ऊ मानिसहरूलाई मद्दत आवश्यक पर्दा र उनीहरूले आफूसँग मद्दत माग्दा सहानुभूति मात्र महसुस गर्दैन, निष्कपट रूपमा मद्दत पनि गर्छ; यसले उसको केही समय लिए पनि र उसले उनीहरूलाई केही कुरा दिनुपरे पनि, ऊ इच्छुक हुन्छ। यो इच्छा, कम्तीमा पनि, व्यक्तिको मानवतामा हुने दयालुपनमा आधारित हुन्छ। यदि कसैको मानवतामा दयालुपन छैन भने, एकातिर, ऊसँग अरूलाई मद्दत गर्ने आत्मगत इच्छा हुँदैन, र अर्कोतिर, ऊ आफूसँग कसैले मद्दत माग्दा सहानुभूति महसुस गर्दैन, न त ऊ मानिसहरूलाई निष्कपट रूपमा मद्दत नै गर्छ। यदि कसैमा यो निष्कपटता छैन भने, उसले केवल औपचारिकता पूरा गर्नेछ र तँसँग झाराटारुवा व्यवहार गर्नेछ। ऊ इज्जतका खातिर वा शिष्टताका कारण, वा आफ्नो कुनै निश्चित स्वार्थद्वारा निर्देशित भएकाले मन नलागी-नलागी अलिकति काम गर्छ, अन्यथा, उसलाई कुनै दिन आफू तेरो अधीनमा परिएला, वा आफू कुनै दिन तिनीहरूको काम लागिएला भन्ने डर लाग्छ—ऊ जतिसुकै कारणले पनि तँलाई मद्दत गर्नका लागि आफूलाई मनाउन सक्छ। तर, आफ्नो मानवतामा साँच्चै दयालुपनको गुण भएको व्यक्ति मानिसहरूलाई मद्दत गर्ने तरिकामा निष्क्रिय हुँदैन, अनि अवश्य पनि, ऊ अनिच्छुक वा हिचकिचाउने त झनै हुँदैन; बरु, यो इच्छा उसको मानवताका गुणहरूभित्र अन्तर्निहित रूपमा अस्तित्वमा हुन्छ। ऊ अरूलाई स्वेच्छाले, निष्कपट रूपमा, र सक्रिय रूपमा मद्दत गर्छ। उदाहरणका लागि, मानौँ तँलाई कुनै कुरामा उसको मद्दत चाहिएको छ। जब तँ ऊसँग मद्दत माग्छस्, तब उसले तँप्रति ठूलो सहानुभूति महसुस गर्नेछ, र तँलाई ठूलो उत्साह, निष्कपटता, र इच्छाका साथ मद्दत गर्नेछ। तैँले उसलाई आफ्नो लागि कुनै काम सम्हाल्ने, वा आफ्नो लागि कुनै सन्देश पुर्याउने जिम्मा दिएको हुन सक्छ, वा तँलाई कुनै सामान चाहिएको हुन सक्छ—तँलाई ऊबाट जस्तोसुकै मद्दत चाहिए पनि, छोटकरीमा भन्दा, उसले यस मामिलालाई निष्कपटता, इमानदारी, गम्भीरता, र जिम्मेवारीका साथ सम्हाल्नेछ।
आफ्नो मानवतामा सिधापन र दयालुपनका गुणहरू भएका मानिसहरू आफूलाई अरूले कुनै काम सम्हाल्ने जिम्मा दिँदा निकै गम्भीर र जिम्मेवार हुन्छन्। उदाहरणका लागि, यदि यस्तो व्यक्ति कुनै कामका लागि सहर जान्छ, र अरू कसैले उसलाई केही औषधि किन्न मद्दत माग्छ भने, औषधि किन्दा ऊ यस्तो सोच्छ, “मैले पश्चिमी औषधि किन्नुपर्छ कि चिनियाँ औषधि? पश्चिमी औषधिले चाँडो काम गर्छ, तर यसले पेटमा समस्या ल्याउँछ। उनीहरूले यो खाए भने, सायद उनीहरूलाई साइड इफेक्ट पो हुने हो कि? त्यस अवस्थामा, म तुलनात्मक रूपमा प्रभावकारी र पेटमा समस्या नल्याउने कुनै चिनियाँ औषधि छ कि भनेर सोध्छु।” हेर् त, ऊ कामकुराहरूबारे निकै होसियारीसाथ ख्याल गर्छ। जब जिम्मेवार र दयालुपनको गुण भएको व्यक्ति अर्को व्यक्तिलाई कुनै काम सम्हाल्न मद्दत गर्न सहमत हुन्छ, तब उसले उक्त व्यक्तिलाई चाहिने कुराहरू निष्कपट, गम्भीर, र जिम्मेवार तरिकाले छान्न मद्दत गर्छ। ऊ आफ्नै कामकुराहरू सम्हाल्दा त्यति गम्भीर नहुन सक्छ, र ऊ आफ्नो लागि सामान किन्दा आफूलाई जे ठीक लाग्छ त्यही किन्छ, तर अरूका कामकुरा सम्हाल्दा, ऊ विशेष रूपमा ध्यान दिन्छ र अत्यन्तै जिम्मेवार हुन्छ। ऊ मनमनै सोच्छ, “उसले मलाई यो कामको जिम्मा दिएको हुनाले, यसको अर्थ ऊ मेरो बारेमा एकदमै राम्रो सोच्छ; मैले उसका लागि कामकुराहरू राम्ररी सम्हाल्नुपर्छ। यसबाहेक, यो कुनै गाह्रो कुरा होइन। यो त हातको औँला उठाएजत्तिकै सजिलो छ। मैले आफूले गरेको कामबाट उनीहरू सन्तुष्ट हुन्छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ। तर मलाई उसका लागि कस्तो प्रकारको औषधि सही हुन्छ भन्ने थाहा छैन, र ऊ आफ्नो रोगको उपचार गर्न औषधि किन्न हतार गर्दै छ, त्यसैले म उसका लागि चिनियाँ र पश्चिमी दुवै औषधि अलिअलि किनिदिन्छु।” उसले औषधि किनेर ल्याएपछि, अर्को व्यक्तिले आफूलाई चाहिएको जस्तै औषधि छान्छ। हेर् त, ऊ आफ्नो काममा मन लगाउँछ र त्यो गम्भीरतापूर्वक गर्छ, त्यसैले मामिला परिपूर्ण ढङ्गले सम्हालिन्छ। तर गैरजिम्मेवार र दयालुपनको गुण नभएको व्यक्तिको हकमा, यदि तँ ऊसँग औषधि किन्न मद्दत माग्छस् भने, ऊ पनि सहमत हुन्छ, तर औषधि पसलमा गएपछि, उसले रोगसँग मिल्ने कुनै औषधि यत्तिकै किन्छ र फर्किन्छ। तँ उसलाई हरेक दिन कति औषधि खाने र यसमा कुनै वर्जित कुरा छ कि भनेर सोध्छस्, र ऊ भन्छ, “मलाई थाहा छैन। निर्देशनहरू आफै पढ्। जे होस्, म गएँ र तेरो लागि औषधि ल्याइदिएँ।” अन्ततः उसले किनेको पश्चिमी औषधि एलर्जी हुने मानिसहरूले खान मिल्दैन, र तँलाई संयोगवश एलर्जी हुन्छ। त्यसैले औषधि त्यसै खेर जान्छ, र फरक औषधि किन्न तँ आफै एक पटक धाउनुपर्छ। उसले त्यो काम सम्हालेन, र अब तैँले उसको गुन तिर्न पनि बाँकी छ। के तँ भित्रभित्रै खुसी छस् त? (छैनँ।) यो मामिला कसरी सम्हालियो त? यो राम्ररी सम्हालिएन। तैँले गलत व्यक्तिलाई जिम्मा दिइस्; तैँले सही व्यक्ति खोजिनस्। तैँले मानवताका गुणहरू भएको व्यक्ति खोज्नुपर्छ। यदि यस्तो व्यक्ति भेट्टाउन गाह्रो छ भने, तैँले कसैलाई औषधि किन्न मद्दत गर्ने जिम्मा दिँदा उसलाई अझै केही निर्देशन दिनुपर्छ र कुराहरू स्पष्ट रूपमा बुझाउनुपर्छ। यदि तैँले उसलाई निर्देशन दिइनस्, र तैँले जिम्मा दिएको व्यक्ति मानवता नभएको व्यक्ति हो भने, यो मामिला पक्कै पनि राम्ररी सम्हालिनेछैन; पैसा खेर जाने कुरा त छँदै छ, तैँले उसको गुन तिर्न पनि बाँकी हुनेछ। यदि तैँले मानवता भएको व्यक्ति भेट्टाइस् भने, उसले तेरो लागि यो काम सम्हाल्न सक्दो प्रयास गर्नेछ। ऊसँग निष्कपट हृदय भएको र ऊ जिम्मेवारी लिन सक्ने, र उसको मानवतामा दयालुपनको गुण भएको हुनाले, उसले तेरो लागि कामकुराहरू सम्हाल्दा तेरो ख्याल राख्न सक्छ र तेरो लागि कामकुराहरूबारे विचार गर्न सक्छ, र तँलाई चाहिने कुराहरू उचित मूल्यमा किन्न सक्छ। यसको विपरीत, मानवताका गुणहरू नभएको व्यक्तिले तेरो लागि कुनै काम सम्हाल्दा केवल औपचारिकता पूरा गर्छ र तँसँग झाराटारुवा व्यवहार गर्छ। ऊ मीठा कुरा गर्छ, तर मामिला सम्हाल्दा, मूल्यबारे पटक्कै सोध्दैन, न त ऊ बजार नै चहार्छ; ऊ तेरो लागि जथाभावी कुनै कुरा किनिदिन्छ। यदि तैँले यी दुई प्रकारका मानिसहरूलाई तुलना गरिनस् भने, तिनीहरू दुवैले कामकुराहरू सम्हाल्न सक्छन् जस्तो देखिन्छ। तर, मानवताका गुणहरू भएका मानिसहरूले तेरो लागि कुनै काम सम्हाल्दा तँलाई सन्तुष्ट पार्न सक्छन्। तिनीहरूमा मानवताका प्रकटीकरणहरू हुन्छन्; तिनीहरू तेरा आवश्यकताहरू पूरा गर्न सक्छन् र तेरो लागि कामकुराहरूबारे ख्याल गर्न सक्छन्। तिनीहरूसँग यस्तो प्रकारको निष्कपटता हुन्छ। यसले तिनीहरू दयालु छन्, साँचो मानव हुन्, र तेरो जिम्माको योग्य छन् भन्ने प्रमाणित गर्छ। अर्कोतर्फ, तैँले मानवताका गुणहरू नभएको कसैलाई कुनै काम सम्हाल्ने जिम्मा दिँदा उसले त्यो राम्ररी सम्हाल्नेछैन। उसले कहिलेकाहीँ कामकुराहरू ठीकै रूपमा सम्हाले पनि, ऊ त्यो निष्कपटताका साथ गर्दैन—त्यो केवल संयोग मात्रै हुन्छ। तँ यसो भन्छस्, “त्यो औषधि राम्रो थियो। त्यो खाएको केही समयपछि नै मलाई निको भयो।” यदि तैँले यो कुरा नभनेको भए ठीकै हुन्थ्यो, तर अब तैँले उसलाई यो कुरा भनेपछि, ऊप्रतिको तेरो कृतज्ञताको ऋण अझै बढ्छ। ऊ आफ्नै लागि कुनै काम सम्हाल्न गएको थियो भन्ने कुरा स्पष्ट छ, तैपनि उसले तँलाई यसो भन्नुपर्छ, “देखिस्? म तेरो लागि मात्रै विशेष रूपमा धाएँ।” उसले तँसँग आफूलाई उपकार गर्न लगाउनेछ, र तैँले आफ्नो बाँकी जीवनभरि यो सानो कृतज्ञताको ऋण तिर्न सक्नेछैनस्; तँ आधारभूत रूपमा एउटा दुष्ट पिशाचको फन्दामा परेको हुन्छस्। तर, मानवता भएको व्यक्तिले तेरो लागि कुनै मामिला जतिसुकै राम्ररी सम्हाले पनि तँलाई उपकार गर्न लगाउनेछैन। तैँले उसलाई धन्यवाद दिँदा ऊ यसो भन्छ, “यो कुनै विशेष कुरा थिएन। यो त मेरो बाटोमै पर्थ्यो।” हेर् त, तिनीहरू साँचो कुरा मात्र बोल्छन्। वास्तवमा, तिनीहरूले पहिले नै निकै राम्रो काम गरिसकेका हुन्छन् र तँलाई धेरै मद्दत गरेका हुन्छन्। तेरा सबैभन्दा नजिकका मानिसहरूले पनि तँलाई यसरी व्यवहार नगर्न सक्छन्, तर मानवताका गुणहरू भएको व्यक्तिले तेरा प्रियजनहरूले गर्न नसक्ने कुरा पनि गर्न सक्छ। तिनीहरू मामिलालाई निकै राम्ररी सम्हाल्छन् र बदलामा केही पनि खोज्दैनन्। तँलाई सधैँ आफूले उसको गुन तिर्न बाँकी छ भन्ने लाग्छ, त्यसैले तँ उसलाई समय-समयमा केही फलफूल वा अरू केही कुरा दिन्छस्, र कुनै राम्रो कुरा देखा पर्दा तँ सधैँ उसलाई सम्झिन्छस्। तर ऊ आफ्नो मनमा यसलाई कुनै ठूलो कुरा मान्दैन, उसलाई तँलाई कुनै काम पूरा गर्न मद्दत गर्दा आफ्नो तर्फबाट खासै मेहनत लागेन, र त्यो निकै सामान्य कुरा थियो भन्ने लाग्छ। उसले भविष्यमा तँलाई कुनै कुरामा मद्दत चाहिएमा आफूले अझै पनि मद्दत गर्नेछु भनेर पनि तँलाई भन्छ। हेर् त, मानिसहरूका बीचमा भिन्नताहरू हुँदैनन् र? (हुन्छन्।) म तँलाई भन्छु, मानवता भएका मानिसहरूमा सिधापन र दयालुपनका गुणहरू हुन्छन्, र जस्तोसुकै समयमा पनि, यस प्रकारका मानिसहरू सबैभन्दा भरपर्दा हुन्छन्। यस्ता मानिसहरू मात्रै विश्वासयोग्य हुन्छन्, किनभने तिनीहरूले गर्ने कार्यहरूको एउटा सीमा हुन्छ। तिनीहरूले गर्ने कार्यहरूको सीमा हुनुको कारण के हो भने, तिनीहरूमा सिधापन र दयालुपन जस्ता मानवताका गुणहरू हुन्छन्।
मानवताका गुणहरू नभएका मानिसहरूको हकमा, चाहे त्यो तैँले कहिल्यै नचिढ्याएको व्यक्ति नै किन नहोस्, यदि तँ उसका स्वार्थहरू जोडिएको कुनै काम गर्छस् भने, उसले तँसँग बदला लिने अवसर खोज्नेछ। यसको विपरीत, मानवताका गुणहरू भएको व्यक्तिको हकमा चाहिँ, तैँले उसलाई पहिले चोट पुर्याएको भए पनि, वा तिनीहरूका स्वार्थहरूमा हानि पुर्याएको भए पनि, उसले तँलाई पटक्कै घृणा गर्नेछैन वा तँसँग बदला लिनेछैन। तँसँग बोल्दा उसको मनोवृत्ति अलिक खराब भए पनि, वा उसका शब्दहरू अलिक कठोर सुनिए पनि, वा उसले तँलाई अलिकति हप्काए पनि, यी मानवताबाट उत्पन्न हुने सामान्य प्रकटीकरणहरू हुन्—उसले कुनै दुष्ट व्यक्तिले जस्तो तँसँग बदला लिन निरन्तर प्रयास गर्नेछैन वा तँलाई सधैँभरि घृणा गर्नेछैन। यो केमा आधारित छ त? यो उसको आत्म-आचरणको सीमामा आधारित छ। ऊसँग विवेक र समझ हुने हुनाले, र उसको मानवतामा सिधापन र दयालुपनका गुणहरू हुने हुनाले नै, उसले आत्म-आचरणको आफ्नो सीमा कहिल्यै नाघ्नेछैन। यदि कसैले उसलाई ठेस चिढ्याउँछ भने, उसले बदला लिन चाहे पनि, उसको विवेकले उसलाई त्यसो गर्न पटक्कै दिनेछैन। यदि उसलाई रिस उठ्यो भने, उसले आफ्नो रिस पोख्न केही क्रोधित शब्द मात्र बोल्नेछ र कुरा त्यहीँ टुङ्गिनेछ—उसले बदला लिन कुनै पनि काम पटक्कै गर्नेछैन। मानवता भएको व्यक्तिको गुण यही हो। हेर् त, कतिपय मानिस नचिढिएका भए पनि, तिनीहरू अझै अरूलाई सास्ती दिन चाहन्छन्; तिनीहरू अरूसँग प्रतिस्पर्धा गर्न र लड्न चाहन्छन्, र सधैँ तिनीहरूको पिठ्यूँपछाडि कसरी षड्यन्त्र रच्ने भनेर सोचिरहन्छन्। यो पनि मानवताको एउटा गुण हो—यो दुष्ट पिशाच र दुष्ट दियाबलसहरूको मानवतामा हुने गुण हो। यसको विपरीत, आफ्नो मानवतामा सिधापन र दयालुपनका गुणहरू भएको व्यक्तिले अरूलाई सास्ती दिन सक्दैन। यदि उसले यस्ता कामहरू गर्यो भने, उसको विवेकले उसलाई घोच्नेछ र अनुशासनमा राख्नेछ। परमेश्वरले उसलाई ताडना नदिनुभए पनि, पवित्र आत्माले उसलाई नधिक्कार्नुभए पनि, र दाजुभाइ तथा दिदीबहिनीहरूले उसलाई नधिक्कारे पनि, उसको विवेकले उसलाई नियन्त्रणमा राखिरहेको हुन्छ। जब कुनै व्यक्ति आफ्नो विवेकद्वारा नियन्त्रित हुन्छ, तब उसले आफ्ना कार्यहरूमा अति गर्दैन, र उसले गर्ने कामको एउटा सीमा हुन्छ। तैँले उसलाई चिढ्याए पनि, चोट पुर्याए पनि, वा अति नै हुने कुनै काम गरे पनि, ऊ तँसँग विवाद गर्न चाहनेछैन। बढीमा, ऊ तँदेखि तर्किनेछ र तँलाई बेवास्ता गर्नेछ, र तँसँग सङ्गत गर्नेछैन, अन्तरक्रिया गर्नेछैन, वा काम गर्नेछैन। तर उसले तँलाई पटक्कै हानि पुर्याउनेछैन वा तँलाई सिध्याउने प्रयास गर्नेछैन; उसले तेरो पिठ्यूँपछाडि तेरो विरुद्धमा षड्यन्त्र रच्नेछैन वा तँलाई पासोमा पार्न चालहरू चल्नेछैन—उसले यस्ता कामहरू पटक्कै गर्नेछैन। तिमीहरूको वरपरका मानिसहरूमध्ये को चाहिँ यस प्रकारका मानिसहरू हुन् भनी हेर र पत्ता लगाऊ—यिनीहरू उच्च स्तरका असल मानिसहरू हुन्। तँ तिनीहरूसँग अन्तरक्रिया गर्दा पूर्ण रूपमा सहज महसुस गर्न सक्छस्। तैँले तिनीहरूलाई पूर्ण रूपमा तहसनहस हुने गरी चोट पुर्याए पनि, बढीमा तिनीहरूले तँलाई भित्रभित्रै घृणा गर्नेछन्, तँलाई उप्रान्त वास्ता गर्न चाहनेछैनन्, र तेरो साथी कहिल्यै बन्नेछैनन्, तर तिनीहरूले तेरो विरुद्धमा षड्यन्त्र रच्नेछैनन्, न त तिनीहरूले तँसँग बदला लिने अवसर नै खोज्नेछन्, “बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन” भनेर त झनै भन्नेछैनन्। साँचो सिधापन र दयालुपन यही हो। यो हासिल गर्न सक्नु भनेको नाटक गर्न सकिने कुरा पटक्कै होइन; यो मानवताको साँचो गुण हो। मानवताका गुणहरू भएको व्यक्तिसँग मात्रै आत्म-आचरणका सही सिद्धान्त र सीमाहरू हुन्छन्। तैँले तिनीहरूसँग अन्तरक्रिया र सङ्गत गर्दै जाँदा तिनीहरूमा यी व्यवहार र प्रकटीकरणहरू, साथै तिनीहरूको मानवताका यी प्राकृतिक प्रकाशहरू देख्न सक्नेछस्।
मानिसहरूको प्रकार फरक-फरक हुने हुनाले, विभिन्न कुराप्रतिको तिनीहरूको प्रतिक्रिया पनि फरक-फरक हुन्छ। हेर् त, जब ती दुष्ट मानिसहरू, दियाबलसहरूबाट पुनर्जन्म भएकाहरू अरूको फाइदा उठाउँछन्, तब कसैले तिनीहरूको खुलासा गर्दा तिनीहरूको प्रतिक्रिया कस्तो हुन्छ? तिनीहरूले यसो भन्नेछन्, “अरूको फाइदा कसले उठाउँदैन र? के फाइदाहरू उठाउनकै लागि होइनन् र? अलिकति फाइदा उठाउँदा के नै बिग्रिन्छ र? यदि उठाउन मिल्ने कुनै फाइदा छ र तँ त्यो उठाउँदैनस् भने, के तँ मूर्ख र बेवकुफ होइनस् र?” यो त डाँकाको तर्क हो। तिनीहरूको हृदयमा विवेकको कुनै सचेतना हुँदैन, लाजको बोध हुँदैन, र लाजको अनुभूति हुँदैन। तिनीहरूमा विवेक नहुने हुनाले, तिनीहरूसँग अरूको फाइदा उठाउने विषय मूल्याङ्कन गर्ने मानक हुँदैन। तिनीहरूको सिद्धान्त के हुन्छ भने फाइदाहरू त लुटिनकै लागि हुन्, र फाइदा लुटिएपछि, ती आफ्नै हुन्छन्। ती नलुट्दा खेर जान्छन्, र त्यसो नगर्दा मूर्ख बनिन्छ। के यो डाँकाको तर्क होइन र? अनि पशुहरूबाट पुनर्जन्म भएका मानिसहरू अरूको फाइदा उठाउने विषयलाई कसरी हेर्छन्? यदि तैँले तिनीहरूलाई “तिमी फाइदा उठाउने काम गरिरहेका छौ—अरू मानिसहरूको फाइदा उठाउनु राम्रो होइन, र उनीहरूप्रति कुनै कुराको ऋणी हुनु राम्रो होइन” भनेर भनिस् भने, तिनीहरू के सोच्छन्? “यो फाइदा मेरो हो। मैले उनीहरूको फाइदा उठाए पनि म उनीहरूप्रति कुनै कुराको ऋणी हुँदिनँ। फाइदा उठाउनुमा के गलत छ र? फाइदा उठाउन सक्नु एउटा सिप हो; यदि तिमीसँग त्यो सिप छैन भने, तिमीले मौका गुमाउनेछौ।” यो त बदमासको तर्क हो। तिनीहरूसँग सीमा हुँदैन, लाजको बोध हुँदैन, लाजको अनुभूति हुँदैन, झन् विवेकको कुनै अनुभूति हुनु त परै जाओस्। तिनीहरूसँग कुनै पनि कुराको मूल्याङ्कन गर्ने मानक हुँदैन। तैँले तिनीहरूलाई सही मानक के हो भनेर बताए पनि, तिनीहरू त्यसलाई मानक मान्दैनन्, र तिनीहरूलाई यो मानक सही छ भनेर थाहा हुँदैन। तिनीहरूसँग सामान्य व्यक्तिको चेतना हुँदैन र तिनीहरू सही र गलत छुट्याउन सक्दैनन्। तिनीहरू सारा दिन अन्योलमै बिताउँछन्; तैँले भनेको कुनै पनि कुराले तिनीहरूलाई प्रस्ट पार्न वा बुझाउन सक्दैन। तिनीहरू केवल अन्योलमा परेका मानिस हुन्। तर, विवेक र समझ भएका मानिसहरूमा मानवताका गुणहरू हुन्छन्। यदि तिनीहरूले अनजानमै कसैको फाइदा उठाए र तैँले तिनीहरूलाई त्यो औँल्याइस् भने, तिनीहरू भित्रभित्रै आत्तिन्छन् र तिनीहरूको अनुहार रातो हुन्छ: “के मैले तिनीहरूको फाइदा उठाएँ? मलाई त्यो कसरी थाहा भएन? अनि अरू कसैले यो कुरा औँल्याइदिनु—कति लाजमर्दो कुरा!” तिनीहरूले यसो भन्नेछन्, “मैले तिनीहरूको जति नै फाइदा उठाए पनि, तिनीहरूलाई पूरै फिर्ता गर्नैपर्छ—म केही ब्याज पनि थप्न सक्छु।” तिनीहरूले यस परिस्थितिलाई सुधार्ने उपाय खोज्नैपर्छ। तिनीहरू अरूको फाइदा उठाउन मन पराउने मानिस भनेर कहलिन चाहँदैनन्। यदि त्यसो भयो भने, तिनीहरूलाई अत्यन्तै बदनाम भएको महसुस हुनेछ। त्यसकारण, कसैले वास्तवमै तिनीहरूको समस्या औँल्याइदिएपछि, तिनीहरू आफूलाई सही ठहराउने प्रयास गर्दैनन्—तिनीहरूले “मैले तिनीहरूको फाइदा उठाइनँ, न त म उठाउन नै चाहन्थेँ” भनेर भन्नेछैनन्। तिनीहरूले तर्क गर्न र आफूलाई सही ठहराउन बदमासको यस प्रकारको तर्क प्रयोग गर्नेछैनन्। तिनीहरूमा सिधापनको तत्त्व हुने हुनाले, कसैले यो कुरा उठाएपछि, तिनीहरूले सही रूपमा यसको सामना गर्नेछन्, यसको भर्पाई गर्न र अर्को पक्षलाई क्षतिपूर्ति दिन हरसम्भव कुरा गर्नेछन्, र फेरि कहिल्यै यस्तो काम गर्नेछैनन्; यदि तिनीहरूले त्यसो गरे भने, आफ्नो अनुहारमा चड्कन हान्नेछन्। आफूले गरेको कुरा कसैले खुलासा गरिदिँदा, र अहिले मानिसहरूले तिनीहरूको पिठ्यूँपछाडि आलोचना गर्दा र तिनीहरूको अगाडि नै हप्काउँदा तिनीहरूलाई यो अत्यन्तै लाजमर्दो लाग्छ। तिनीहरूले आफ्नो लाज लुकाउने कुनै ठाउँ पाउनेछैनन्, र तिनीहरूलाई जमिनमा घस्रेर पस्ने दुलो भेट्टाउन पाए हुन्थ्यो भन्ने लाग्छ; तिनीहरूलाई यस्तो कुरा नभईकनै आफ्नो पूरै जीवन बितेको भए बरु जाती हुन्थ्यो भन्ने लाग्छ। तिनीहरूमा विवेक हुने हुनाले, अरूको फाइदा उठाएपछि तिनीहरू हृदयमा लाज महसुस गर्छन्। आफूले गरेको कुरा एकदमै लाजमर्दो छ भन्ने महसुस गर्दै, तिनीहरूलाई आफूलाई सही ठहराउन असाध्यै लाज लाग्छ, त्यसैले तिनीहरू अवाक् हुन्छन्, र तिनीहरूसँग आफ्नो बचाउमा भन्नका लागि केही हुँदैन; तिनीहरू अर्को पक्षलाई क्षतिपूर्ति दिन मात्र चाहन्छन्। यस्ता मानिसहरू दुष्ट मानिसहरू र दियाबलसहरूभन्दा फरक हुन्छन्। दियाबलसहरूले गर्ने कुराहरू जतिसुकै लाजमर्दा भए पनि, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। जब मानवताका गुणहरू भएका मानिसहरू यस्ता कुराहरू सुन्छन्, तब तिनीहरूको अनुहार तुरुन्तै रातो हुन्छ: “यति धेरै मानिसलाई यसबारे थाहा छ, कति अपमानजनक कुरा!” तिनीहरूलाई लाज लाग्छ र अत्यन्तै बदनाम भएको महसुस हुन्छ, र तिनीहरू हृदयमा असाध्यै दुःखी र असहज महसुस गर्छन्। हेर् त, फरक-फरक प्रकारका मानिसहरूको हृदयभित्र एउटै विषयप्रति फरक-फरक दृष्टिकोण र मनोवृत्ति हुन्छ। तिनीहरूको मानवताका गुणहरूमा भएको भिन्नताका कारण, विभिन्न प्रकारका मानिसहरूको एउटै विषयप्रति फरक-फरक मनोवृत्ति हुन्छ। यदि कसैमा लाजका भावनाहरू हुन्छन् भने, यसले उसकामा लाजको बोध पनि छ भन्ने प्रमाणित गर्छ, जसले गर्दा ऊसँग मानवताका गुणहरू छन् भनेर प्रमाणित हुन्छ। यसको विपरीत, यदि कसैमा लाजको बोध छैन, अनि दुष्ट कार्यहरू र लाजमर्दा कुराहरू गरेपछि ऊ आफ्नै बचाउमा तर्क गर्ने प्रयास गर्छ, वा आफूले गरेको कुरा स्वीकार गर्न मान्दैन र नबुझेजस्तो गर्छ भने, ऊ मानवताका गुणहरू नभएको व्यक्ति हो। मानवताका गुणहरू नभएका मानिसहरू, कम्तीमा पनि, सिधा र दयालु मनिस होइनन्; तिनीहरूमा मानवता वा समझ हुँदैन, र तिनीहरू मानव कहलिन अयोग्य हुन्छन्। जब दुष्ट मानिसहरू र दियाबलसहरू खराब कामकुरा र दुष्ट कार्यहरू गर्छन्, र तिनीहरूका शत्रुहरू तिनीहरूलाई औँला ठड्याउँछन् र तिनीहरूलाई गालीगलौज गर्छन्, तब तिनीहरू पनि उल्टै उनीहरूलाई गालीगलौज गर्छन्, त्यसो गर्नुलाई पूर्ण रूपमा जायज ठान्छन्। तिनीहरू आफूलाई सही ठहराउन र आफ्नो बचाउ गर्न हरसम्भव कुरासमेत गर्छन्, बाङ्गो तर्कलाई वास्तवमै सही तर्क भएझैँ व्यक्त गर्छन्, दुस्साहसी रूपमा बकवास गर्छन् र निरन्तर बोलिरहन्छन्—तिनीहरूलाई तर्कले छुँदैन र तिनीहरू अत्यन्तै निर्लज्ज हुन्छन्! पशुहरूबाट पुनर्जन्म भएका मानिसहरूको हकमा भन्दा, जब तिनीहरू अरू मानिसहरूको फाइदा उठाउँछन् र त्यसका लागि तिनीहरूको आलोचना गरिन्छ, तब तिनीहरूलाई भित्रभित्रै अन्यायमा परेको महसुस हुन्छ, र तिनीहरू बहाना र कारणहरू बनाउन हरसम्भव कुरा गर्छन्। तिनीहरू आफूलाई सही ठहराउँदा, चिप्लो कुरा पनि गर्छन् र बोलेको बोलेकै गर्छन्, र दुष्ट मानिसहरूमा जस्तै, तिनीहरूमा पनि लाजका अनुभूतिहरू हुँदैनन्। तिनीहरू विवेकको कुनै सचेतना नभएका पशु भएका हुनाले, अनि दिनभरि अन्योलमै बिताउने अनि कुनै पनि कुरामा सही र गलत छुट्याउन नसक्ने हुनाले, यस प्रकारको कुरा आउँदा तिनीहरूमा कुनै सचेतना हुँदैन; तिनीहरू आफूले गरेको कुरालाई ढाकछोप गर्न केही भ्रामक बहाना बनाउँछन्, र त्यसपछि यो कुरा सकियो भन्ठान्छन्। तिनीहरूलाई यो आफ्नो आत्म-आचरणमाको समस्या हो भन्ने लाग्दैन; तिनीहरूलाई आफूले पर्याप्त बहाना बनाएमा र कारणहरू दिएमा, जिम्मेवारीबाट उम्कन सकिन्छ र आफूले गरेको कुरा कसैलाई थाहा हुनेछैन भन्ने लाग्छ। तिनीहरूले आफैलाई छल्दै यसो सोच्नेछन्, “यो कुरा सकिसक्यो। मैले त्यस्तो काम कहिल्यै गरिनँ, मैले त्यस्तो गल्ती कहिल्यै गरिनँ। मलाई खराब व्यक्ति नठान। म अरूको फाइदा उठाउने व्यक्ति होइनँ। हेर त, म कति राम्रो मनको र दयालु छु, र म अरूलाई कति बुझ्ने खालको छु!” हेर् त, यो अन्योलमा परेको व्यक्ति हो। मानवताका गुणहरू भएका मानिसहरू मात्र इज्जत समाविष्ट यस्ता विषयहरूमा अत्यन्तै संवेदनशील हुन्छन्। तिनीहरूले गरेका कुरा कसैलाई थाहा नभए पनि, यदि तिनीहरू आफैले त्यो महसुस गरे भने, तिनीहरूले भित्रभित्रै असहज र दोषी महसुस गर्नेछन्, र मानिसहरूले आफूलाई हेरिरहे जस्तो समेत महसुस गर्नेछन्। यदि तिनीहरूसँग राम्ररी परिचित कतिपय मानिसले तिनीहरूले गरेको कुरा वास्तवमै थाहा पाए भने, तिनीहरू अझ बढी असहज हुनेछन् र आफूलाई सही ठहराउनका लागि प्रयास गर्न अत्यन्तै लाज मान्नेछन्। तिनीहरूले यसको छिट्टै भर्पाई गर्न हरसम्भव कुरा गर्नेछन्, र यो अत्यन्तै लाजमर्दो कुरा हो भन्ने महसुस गर्दै, फेरि कहिल्यै यस्तो काम गर्नेछैनन्! एउटै विषयमा तीन प्रकारका मानिसहरूका फरक-फरक प्रकटीकरणहरू यिनै हुन्।
हामीले भर्खरै मानवताका गुणहरू भएका मानिसहरूले अरूलाई गर्ने व्यवहारमा सामान्यतया सिद्धान्तहरू हुन्छन् भनी उल्लेख गर्यौँ। जब तिनीहरू कसैको परिस्थितिबारे रिपोर्ट गर्छन् वा जानकारी दिन्छन्, वा जब तिनीहरू कसैको मूल्याङ्कन गर्छन्, तब तिनीहरूले आफ्नो सिधा र दयालु मानवताका आधारमा उनीहरूलाई हेर्न र व्यवहार गर्न सक्छन्। तिनीहरूले सत्यता नबुझे पनि, तिनीहरूमा अझै पनि केही आधारभूत सीमा हुन्छन्। उदाहरणका लागि, तिनीहरूले कुनै औसत व्यक्तिलाई यसरी मूल्याङ्कन गर्नेछन्: “उसले कुनै खराब काम गरेको छैन। ऊ मर्यादित जीवन जिउँछ। ऊ संसारमा साधारण व्यक्ति हो, र उसलाई निष्कपट व्यक्ति मान्न सकिन्छ।” हेर् त, तिनीहरू आफ्नो विवेकका आधारमा औसत व्यक्तिलाई सही रूपमा मूल्याङ्कन गर्नेछन्। तिनीहरू विगतमा आफूलाई चिढ्याएका, चोट पुर्याएका, वा आफ्नो हितलाई हानि पुर्याएकाहरूलाई समेत सही रूपमा व्यवहार गर्न र मूल्याङ्कन गर्न सक्छन्। यसले यी मानिसहरूको मानवतामा भएका सिधापन र दयालुपनका गुणहरूलाई अझ बढी प्रकट गर्छ। अर्थात्, तिनीहरू औसत व्यक्तिलाई सही रूपमा मूल्याङ्कन गर्न सक्छन्—यदि ऊ असल हो भने ऊ असल हो, र यदि ऊ असल होइन भने, तिनीहरू उसलाई त्यही नै भन्छन्। यदि झुट बोल्न भनियो भने, तिनीहरू त्यो गर्न सक्दैनन्; तिनीहरूलाई त्यसो गर्नु आफ्नो इच्छाविरुद्ध जानु हो भन्ने लाग्छ। तिनीहरू जे हो त्यही भन्छन् र कालोलाई कालो नै भन्छन्। तिनीहरू आफूलाई चिढ्याएका मानिसहरूप्रति पनि यही सिद्धान्तअनुसार व्यवहार गर्न सक्छन्। तिनीहरू आफूलाई मन नपर्ने वा घिन लाग्ने कोही छ भने पनि, त्यस व्यक्तिबारे रिपोर्ट वा मूल्याङ्कन गर्नुपरेमा, बरु यसो भन्दै कुनै अडान लिँदैनन्, “मलाई यस व्यक्तिप्रतिको मेरो मूल्याङ्कन निष्पक्ष हुनेछैन भन्ने डर छ किनभने ऊप्रति मलाई व्यक्तिगत गुनासो र द्वेष छ, त्यसैले म यसबाट अलग बस्छु। तिमीहरू अरू सबैको मूल्याङ्कनका आधारमा उसको मूल्याङ्कन गर्न सक्छौ।” मानवताका गुणहरू भएका मानिसहरूले आधारभूत रूपमा हासिल गर्न सक्ने कुरा यही हो। विशेष गरी, जब हैसियत भएको व्यक्तिले अझै अरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्छ, तब त्यसले तिनीहरूको मानवताका गुणहरू अझ बढी प्रकट गर्छ। तिनीहरू आफूसँग हैसियत हुँदा मानिसहरूलाई कसरी व्यवहार गर्छन् भन्ने कुराले नै तिनीहरूको मानवतामा सिधापन र दयालुपनका गुणहरू छन् कि छैनन् भनेर अरूलाई साँच्चै स्पष्ट रूपमा देख्न सक्षम बनाउँछ। जब कसैसँग हैसियत हुँदैन, तब उसले मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सकेको जस्तो देखिन्छ, र ऊप्रतिको तिनीहरूको मूल्याङ्कन तुलनात्मक रूपमा निष्पक्ष हुन्छ। यसले आफैमा केही पनि सङ्केत नगर्न सक्छ—तिनीहरू आफूसँग हैसियत हुँदा, आफूलाई चिढ्याएका वा चोट पुर्याएकाहरूलाई कस्तो व्यवहार गर्छन् र विगतमा आफूलाई बहिष्कार गरेका वा जानाजानी दबाएकाहरूलाई कसरी व्यवहार गर्छन् भनेर हेर्। साँच्चै मानवताका गुणहरू भएका मानिसहरूको मानवतामा सिधापन र दयालुपन हुने हुनाले, तिनीहरू आफूसँग हैसियत हुँदा, विगतमा आफूलाई चिढ्याएका, चोट पुर्याएका, वा जानाजानी दबाएकाहरूलाई समेत सही रूपमा व्यवहार गर्न सक्छन्। तिनीहरूले सत्यता नबुझ्दा मानिसहरूलाई पूर्ण सटीकताका साथ सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न नसक्लान्, तर मानिसहरूलाई गर्ने व्यवहारमा तिनीहरूका आफ्नै सीमा र सिद्धान्तहरू पनि हुन्छन्। उदाहरणका लागि, यदि मण्डलीमा अन्य दाजुभाइ- दिदीबहिनीहरू कुनै निश्चित व्यक्तिलाई उम्मेदवार वा अगुवाका रूपमा निर्वाचित गर्छन्, र त्यो व्यक्ति संयोगवश विगतमा तिनीहरूलाई चिढ्याएको व्यक्ति रहेछ भने, दाजुभाइ-दिदीबहिनीहरू सबैले यो व्यक्ति खराब छैन र परिवर्तन भएको छ भनी भनेको देखेपछि तिनीहरूले जानाजानी निर्वाचनमा हस्तक्षेप गर्ने वा रोकटोक गर्नेछैनन्। व्यक्तिगत रूपमा तिनीहरूलाई यो व्यक्ति त्यति धेरै मन नपर्न सक्छ, तर यदि परमेश्वरको घरले यस व्यक्तिलाई प्रयोग गर्छ र दाजुभाइ-दिदीबहिनीहरू उसलाई निर्वाचित गर्छन् भने, तिनीहरूले यस व्यक्तिलाई पूर्ण रूपमा छर्लङ्गै नदेखेको परिस्थितिमा, नियमअनुसार मामिलाहरू सम्हाल्नेछन् र सिद्धान्तहरूअनुसार कार्य गर्नेछन्। तिनीहरूले ऊप्रति व्यक्तिगत गुनासाहरू भएको कारण उसलाई अनुचित व्यवहार बिलकुलै गर्नेछैनन्, न त जानाजानी उसलाई हेप्ने वा सास्ती नै दिनेछन्। कहिलेकाहीँ, उसको भ्रष्ट स्वभाव वा उसको मानवताको कमजोरीका कारण, तिनीहरूले—विशेष परिस्थितिहरूमा—भन्न नहुने कुराहरू भनेर उसलाई मौखिक रूपमा निसाना बनाउन सक्छन्, किनभने सबैसँग भ्रष्ट स्वभावहरू हुन्छन् र कोही पनि दोषरहित हुँदैन। तर, तिनीहरू आधारभूत सिद्धान्तहरू पालन गर्न सक्छन्; अर्थात्, तिनीहरूले आफूसँग हैसियत भएको कारण नै आफूसँग दुश्मनी भएका मानिसहरूको खेदो गर्ने, उनीहरूलाई दबाउने, वा उनीहरूसँग बदला लिने गर्नेछैनन्। यदि यस्तो कुरा फाट्टफुट्ट भइहाल्यो भने पनि, त्यसपछि तिनीहरूको विवेकले तिनीहरूलाई यसो भन्दै दोष दिनेछ, “तैँले यसो गर्नु गलत थियो। तैँले आफूसँग अहिले हैसियत भएकाले, ती मानिसहरूसँग बदला लिन आफूसँग भएको शक्ति प्रयोग गरिस्—यो अनुचित हो।” तिनीहरूले आत्मचिन्तन गर्नेछन्, तिनीहरूको विवेकले तिनीहरूलाई दोष दिनेछ, र त्यसबाहेक तिनीहरूलाई आफ्नो समझले अरू मानिसहरूलाई दबाउन र उनीहरूसँग बदला लिनबाट रोक्नेछ, र तिनीहरूको व्यवहारलाई नियन्त्रण गर्नेछ, तिनीहरूलाई निरन्तर “त्यो अनुचित हो” भनेर सम्झाउनेछ। यसरी, तिनीहरू आफ्नो बोलीमा संयमित हुनेछन्, र आफूले गर्ने कामकुराहरूमा सीमाबाहिर जानेछैनन्। अरूलाई गर्ने व्यवहारमा सामान्य मानवताको विवेक र समझ भएका मानिसहरूका केही आधारभूत प्रकटीकरण यिनै हुन्। तिनीहरूले विगतमा आफूसँग वैरभाव भएका वा आफूलाई हानि पुर्याएका मानिसहरूलाई निसाना बनाउन अस्थायी रूपमा आफ्नो मनस्थितिअनुसार काम गर्न चाहे पनि, र अहिले तिनीहरूले बदला लिनु अरू मानिसहरूलाई पूर्ण रूपमा उचित लागे पनि, तिनीहरू आफूले गर्ने काममा अझै पनि संयमित हुन्छन्, र तिनीहरूको एउटा सीमा हुन्छ, जसलाई तिनीहरूले बिलकुलै नाघ्नेछैनन्। यदि तिनीहरूले आफ्नो सीमा नाघेर उन्मत्त रूपमा बदला लिन सक्थे भने, तिनीहरू आफ्नो मानवतामा सिधापन र दयालुपनका गुणहरू भएको व्यक्ति हुनेथिएनन्। तिनीहरूमा मानवताका कमजोरीहरू हुने हुनाले र तिनीहरू सामान्य मानवताभित्र जिउने हुनाले नै, आफूलाई चोट पुर्याएकाहरूप्रति घृणा र क्रोध पनि महसुस गर्छन्, र बदला लिन पनि चाहन्छन्। तर, तिनीहरूको मानवतामा सिधापन र दयालुपनका गुणहरू हुने हुनाले, र तिनीहरू आफ्नो विवेक र समझद्वारा संयमित र नियन्त्रित हुने हुनाले, जब तिनीहरू कसैसँग बदला लिन चाहन्छन्, तब तिनीहरूलाई आफ्नो विवेकले घोच्नेछ र आफ्नो समझले नियन्त्रण गर्नेछ, र तिनीहरूले मनमनै यसो सोच्नेछन्, “होस् है। त्यसो गर्नु अनुचित हुनेछ। उसले पहिले गरेको कुराले मलाई वास्तवमै चोट पुर्याएको थिएन, र यदि मैले अहिले ऊसँग बदला लिएँ भने पनि, यसले कुनै पनि समस्या समाधान गर्नेछैन।” तिनीहरूले नियन्त्रण जमाउन र आफूलाई काबुमा राख्न तर्कसङ्गत तरिकाहरू प्रयोग गर्नेछन्, साथै आफूलाई सम्झाउने र बुझाउने पनि गर्नेछन्। त्यसबाहेक, यदि तिनीहरू केही सत्यता पनि बुझ्छन् भने, यस सन्दर्भमा तिनीहरूको व्यवहार अझ राम्रो हुनेछ र अझ बढी सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। छोटकरीमा भन्दा, अरूलाई कसरी व्यवहार गर्ने भन्ने कुरा आउँदा, तिनीहरूले समय-समयमा आफ्नो मानवतामा सिधापन र दयालुपनका गुणहरू प्रकट गर्नेछन्, र प्रायजसो मानवताका गुणहरूद्वारा निर्देशित केही विचार र व्यवहार प्रकट गर्नेछन्। तिनीहरूले प्रायः भन्ने कुरा यो हो: “होस् है। यदि म उसकै स्तरमा झरेँ भने, के म पनि ऊ जस्तै हुनेछैनँ र? यसबाहेक, जे भयो त्यो विगतको कुरा हो। हामी सबै वयस्क हौँ—यसरी जस्तालाई त्यस्तै गर्नुको कुनै अर्थ छ र?” तिनीहरूसँग आफूलाई रोक्नका लागि मानवताका गुणहरूबाट उत्पन्न हुने केही सोच र दृष्टिकोण हुनेछन्। अवश्य नै, तिनीहरूको विवेक र समझको मार्गदर्शनमा उत्पन्न हुने तिनीहरूका सोच र दृष्टिकोणहरूले तिनीहरूका शब्द र कार्यहरूलाई निरन्तर रूपमा संयमित गर्ने, रोक्ने, नियन्त्रण गर्ने, र काबुमा राख्ने गरिरहेका हुन्छन्। त्यसपछि, अरूसँग बदला लिने ती सोचहरू, जसले समझको सीमा नाघ्छन्, तिनीहरूको हृदयमा झन्-झन् धमिलो हुँदै जानेछन्। यी मानिसहरूले सत्यता पछ्याउँदै गर्दा—विवेक र समझको निरन्तर सुधारअन्तर्गत, साथै सत्यता पछ्याउँदा र उमेरसँगै झन्-झन् परिपक्व हुँदै जाँदा, आफ्नो मानवतामा सिधापन र दयालुपनजस्ता गुणहरू भएकाहरूका सोच र कार्यहरू—न्-झन् सकारात्मकतातर्फ उन्मुख हुनेछन्, झन्-झन् सत्यता सिद्धान्तहरूअनुरूप हुनेछन्, र झन्-झन् संयमित हुँदै जानेछन्। अर्थात्, यस प्रक्रियामार्फत, मानिसहरूले बिस्तारै घृणा त्याग्नेछन्, गुनासाहरू त्याग्नेछन्, र आफ्नै सङ्कीर्ण सोचाइले उत्पन्न गरेका विभिन्न व्यक्तिगत समस्या त्याग्नेछन्। यदि कोही विवेक र समझद्वारा मात्र नियन्त्रित र संयमित हुन्छ भने, उसले केवल सामान्य रूपमा घृणा र गुनासो त्याग्न सक्छ, र सामान्य रूपमा, “होस् है, यो विगतको कुरा हो” भनेर भन्न सक्छ। तर, यदि कसैले सत्यता पछ्याउन र सत्यता बुझ्न सक्छ भने, ऊ त्यतिकै कामकुराहरू त्याग्न र छोडिदिन अनि सकाउन सीमित हुनेछैन; बरु, उसले सत्यता सिद्धान्तहरू लागू गर्न सक्नेछ अनि विवेक र समझद्वारा प्रेरित भई, अझ सही तरिकाले जिउन, यी समस्याहरू सम्हाल्न र आफूसँग विभिन्न गुनासाहरू भएकाहरूलाई परमेश्वरले सिकाउने तरिकामा व्यवहार गर्न सक्नेछ। त्यसकारण, यदि कसैसँग अरूलाई व्यवहार गर्ने आधारभूत सिद्धान्तहरू छन्, र ऊ यस जगमा सत्यता पनि बुझ्छ भने मात्र, उसले बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्न र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्नेछ।
विवेक र समझ भएका मानिसहरूले अरूलाई व्यवहार गर्ने सिद्धान्तहरू तिनीहरूको मानवताभित्र रहेका सिधापन र दयालुपनका गुणहरूद्वारा नियन्त्रित हुन्छन्। त्यसकारण, आफ्नो मानवतामा सिधापन र दयालुपनका यी गुणहरू नभएका मानिसहरूले अरूलाई गर्ने व्यवहारमा कुनै सिद्धान्तहरू हुँदैनन्। हेर् त, कतिपय मानिससँग हैसियत नहुँदा, यदि कसैले तिनीहरूलाई चोट पुर्याउँछ वा तुच्छ ठान्छ र बदला लिनु तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन्छ भने, तिनीहरू एकदमै सोझा देखिन्छन्, मानौँ तिनीहरूले आफूलाई आचरणमा ढाल्ने तरिका निकै उदार छ, र तँलाई तिनीहरू निकै असल छन् भन्ने लाग्न सक्छ, र तैँले तिनीहरूले आफूलाई चिढ्याएका कोहीसँग पनि बदला लिएको कहिल्यै देखेको हुँदैनस्, तर यसले तिनीहरूको मानवतामा वास्तवमा के-कस्ता विशेषताहरू छन् भनी निर्धारण गर्न सक्दैन। तैँले तिनीहरूसँग हैसियत, बातचीतमाथिको नियन्त्रण, र निर्णय गर्ने शक्ति हुँदा तिनीहरू मानिसहरूलाई कसरी व्यवहार गर्छन्—तिनीहरू मानिसहरूलाई निष्पक्ष व्यवहार गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू विगतमा आफूलाई चिढ्याएकाहरूलाई विवेक र समझका आधारमा व्यवहार गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई व्यवहार गर्ने कुरामा तिनीहरूका सिद्धान्तहरू हुन सक्छन् कि सक्दैनन् भनेर हेर्नुपर्छ। यसले तँलाई कुनै व्यक्ति वास्तवमा कस्तो प्रकारको हो भनी बताउँछ। मानवताका गुणहरू नभएका मानिसहरू आफूसँग हैसियत नहुँदा धेरै सुशील भएको नाटक गर्छन्। अरूसँग बदला लिनु आफ्नो क्षमताभन्दा बाहिरको कुरा हुँदा, तिनीहरू बदला लिने आँट गर्दैनन्, तर तिनीहरू आफ्नो हृदयमा हरेक अपमान याद राख्छन्। तिनीहरूको दिमाग घृणाले भरिएको हुन्छ, बदलाले भरिएको हुन्छ, र मानिसहरूलाई सास्ती दिने र तिनीहरू विरुद्ध षड्यन्त्र रच्ने तरिकाहरूले भरिएको हुन्छ। तिनीहरू सही समयको प्रतीक्षा गर्नेछन् र बदला लिने अवसरहरू खोज्नेछन्, र विगतमा आफूलाई चिढ्याएकाहरूको पतन भएको हेर्न पर्खनेछन्। आफूसँग हैसियत भएपछि, र यो हैसियतलाई बलियो बनाएपछि, विगतमा आफूलाई चिढ्याएका वा आफूसँग खटपट भएकाहरूप्रतिको तिनीहरूको मनोवृत्ति विवेक र समझ भएका मानिसहरूमा हुने मनोवृत्तिभन्दा पूर्ण रूपमा फरक हुन्छ। तिनीहरूले बदला लिनैपर्छ, र तिनीहरू त्यसो गर्ने उपाय फेला पार्नका लागि आफ्नो दिमाग खियाउनेछन्। तिनीहरू आफ्नो घृणा बिलकुलै त्याग्नेछैनन्, न त तिनीहरू कुनै गुनासो नै त्याग्नेछन्। तिनीहरू यसो भन्ने मानवताका गुणहरू भएका मानिसहरू जस्ता बिलकुलै हुनेछैनन्, “छोडिदेऊ। यति धेरै वर्ष बितिसक्यो। मेरो जीवन राम्रै चलिरहेको छ, र उस गरेको कुराले मलाई वास्तवमै चोट पुर्याएन। यसबाहेक, बदला लिएर के नै हासिल हुन्छ र?” तिनीहरू “छोडिदेऊ” भनेर बिलकुलै भन्नेछैनन्; तिनीहरूले आफ्नो हृदयमा हिसाबकिताब राखिरहेका हुनेछन्। जब तिनीहरूसँग हैसियत हुन्छ, तब तिनीहरू भन्छन्, “के तँलाई मैले मेरो घृणा बिर्सिएँ भन्ने लागेको थियो? तैँले मलाई पहिले चिढ्याइस्, चोट पुर्याइस्, र दबाइस्—के तँलाई यो कुरा बिर्सी सकियो भन्ने लाग्यो? त्यो असम्भव छ! अब मसँग हैसियत छ; परिस्थिति पहिलेको भन्दा फरक छ—म तँसँग कसरी बदला नलिई बस्न सक्छु र? म तँलाई मेरो तागत देखाउन आफूसँग भएको शक्ति प्रयोग गर्नेछु, र म कुनै साधारण व्यक्ति होइनँ भनी तँलाई थाहा दिनेछु!” तिनीहरूको भित्री संसार घृणाले भरिएको हुन्छ, र तिनीहरूको दिमाग बदला लिने उपायहरू र हारलाई जितमा बदल्ने तरिकाहरूले भरिएको हुन्छ, तिनीहरू आफ्नो भयानकता कसैले पनि नबिर्सियोस्, र मानिसहरूले आफूलाई पहिले जस्तै नहेपून् बरु तिनीहरूसँग डराऊन् भन्ने कुरा सुनिश्चित गर्नका लागि प्रयासरत हुन्छन्। हेर् त, यस प्रकारको व्यक्ति मानवताका गुणहरू भएको व्यक्तिभन्दा फरक हुँदैन र? (हुन्छ।) ऊ आफ्नो दिमागमा निरन्तर के कुरा खेलाइरहेको हुन्छ? “म कति डरलाग्दो छु भनी तँलाई देखाउनेछु। म तँलाई मलाई चलाउनु हुँदैन भनेर देखाउनेछु। तँ मलाई देख्दा डराउनेछस्, र तैँले मलाई फेरि कहिल्यै हेप्ने आँट गर्नेछैनस् भन्ने कुरा म सुनिश्चित गर्नेछु!” मलाई भन्, के तँलाई ऊ यी विचारहरूलाई व्यवहारमा लागू गर्न सक्छ जस्तो लाग्छ? (सक्छन्।) ऊ निश्चय नै सक्छ। उसको हृदय घृणाले भरिएको हुन्छ, र अझ भन्नुपर्दा, ऊ दियाबलसको प्रकारको हुन्छ, र ऊसँग यसरी सोच्नु सही हो कि गलत हो भनी मापन गर्ने कुनै मानक हुँदैन। उसले यसरी सोच्दा ऊसँग आफूलाई नियन्त्रण गर्न विवेक र समझ हुँदैन—कुनै पनि कुराले उसलाई नियन्त्रण वा नियमन गर्न सक्दैन। ऊ आफूभित्र यी दुष्ट र क्रूर कुराहरू निरन्तर बढ्दै र पोखिँदै जाँदा आफूले गर्न चाहेका कुराहरू गर्न निरन्तर षड्यन्त्र रचिरहेको र अवसरहरू खोजिरहेको पनि हुन्छ। अहिले ऊसँग हैसियत छ—उस अवसर अन्ततः आएको छ। मलाई भन, के तिमीहरूलाई ऊ पछि हट्नेछ जस्तो लाग्छ? ऊ बिलकुलै पछि हट्नेछैन। उसले यो अवसरको फाइदा उठाउनेछ र आफ्ना सबै विचारहरूलाई वास्तविकतामा बदल्न आफूसँग भएको शक्ति प्रयोग गर्नेछ, विगतमा आफूलाई चोट पुर्याउनेहरू र आफ्ना शत्रुहरूलाई आफूसँग डराउने बनाउनेछ, उनीहरू सबैलाई आफू कति सक्षम र योग्य छु भनी देखाउनेछ, यी मानिसहरू सबैलाई हृदयमा आफ्नो आदर गर्न लगाउनेछन्, र आफ्नो हृदयमा हैसियत हुने कुरा सुनिश्चित गर्नेछ। त्यसपछि उसले यी मानिसहरूलाई लज्जित पार्नेछ, र तिनीहरूलाई दबाउन र निसाना बनाउन शब्द र कार्यहरू प्रयोग गर्नेछ। उसले विगतमा आफूलाई चिढ्याएको व्यक्तिलाई हेर्नेछ र यस्तो सोच्नेछ, “मैले उसलाई सबैभन्दा कठिन र खतरनाक ठाउँमा सुसमाचार प्रचार गर्न पठाउनुपर्छ। यदि ऊ जान चाहँदैन भने, म उसलाई काँटछाँट गर्नेछु। यदि ऊ त्यसपछि पनि गएन भने, म उसलाई बदनाम गर्नेछु र निष्कासित गर्नेछु! अनि उसको पक्षमा बोल्ने जोकोहीको पनि त्यही हालत हुनेछ!” कतिपय मानिसले विगतमा उसलाई चिढ्याएका थिए, र अहिले अगुवाका रूपमा चुनिएका छन्, तर अझै पनि उसको मातहतमा छन्। ऊ सोच्छ, “तिनीहरूको प्रतिष्ठालाई पूर्ण रूपमा नष्ट गर्न म कस्तो प्रवचन दिन सक्छु? यदि तिनीहरू राम्रो व्यवहार गर्छन् र सबै मामिलामा मेरो कुरा सुन्छन् भने, म तिनीहरूलाई नयाँ सुरुवात गराइदिनेछु। तर यदि तिनीहरू अनाज्ञाकारी हुन्छन्, मदेखि विकर्षित हुन्छन्, र मसँग असन्तुष्ट हुन्छन्, र मेरा समस्याहरू रिपोर्ट गर्न समेत चाहन्छन् भने, मैले तिनीहरूलाई पाठ सिकाउनैपर्छ! दाजुभाइ तथा दिदीबहिनीहरूले तिनीहरूलाई हटाऊन र बर्खास्त गर्नका लागि म हरसम्भव कुरा गर्नेछु, र तिनीहरूले कहिल्यै आफ्नो अवस्था सुधार्न नसक्ने बनाउनेछु! म तिनीहरूलाई जमिनमा काम गर्न वा सुँगुर पाल्न फार्ममा पठाउनेछु। यदि तिनीहरूले अझै पनि सुनेनन् भने, म तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न जानका लागि सबैभन्दा खतरनाक ठाउँ खोज्नेछु, जहाँ तिनीहरूलाई प्रहरीले जुनसुकै बेला पक्रन सक्छ!” दिमागमा यस्ता विचारहरू खेलाउनु नै एकदमै गम्भीर कुरा हो; यो नै सीमा नाघ्नु हो। ऊ यसरी सोच्न सक्छ भन्ने कुराले नै ऊसँग वास्तवमा कुनै विवेक वा समझ छैन भन्ने प्रमाणित गर्छ। अनि यदि ऊ वास्तवमै यी कुराहरू गर्न सक्छ भने, ऊसँग विवेक र समझ नहुनुको साथै, ऊभित्र पैशाचिक प्रकृतिको अंश पनि हुन्छ। उसको हृदय मानवताविहीन मात्र हुँदैन, त्यसमा पैशाचिक प्रकृति पनि हुन्छ। के ऊ दियाबलस होइन र? यस प्रकारको व्यक्तिसँग हैसियत नहुँदा, ऊ भेष बदल्न र कुराहरू सहन निकै सिपालु हुन्छ। उसले “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु” मा महारत हासिल गरेको हुन्छ। उसले “बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन” र “सास भइञ्जेल आस हुन्छ”, साथै “प्रधानमन्त्रीको हृदय डुङ्गा खियाउनका निम्ति पर्याप्त छ” भन्ने वाक्यांशहरूबाट सिकेको हुन्छ। उसले अहिलेसम्म आफूलाई लुकाएको थियो, र अन्ततः उसको वास्तविक रूप उदाङ्गो भएको छ। ऊ कस्तो नीच हो? ऊ मानव होइन, ऊ दियाबलस हो। कुन मानिसहरू आफूसँग हैसियत नहुँदा सुशील हुन्छन्, तर हैसियत पाउनेबित्तिकै अर्कै मानिस जस्ता देखिन्छन्. गएर हेर्। तिनीहरू आफूलाई चिढ्याएका जोकोहीको पनि ठेगाना र अवस्थाबारे, र तिनीहरू हाल कुन कर्तव्यहरू निर्वाह गरिरहेका छन् भन्ने बारेमा छिट्टै सोधपुछ गर्छन्। त्यसपछि, तिनीहरू यी मानिसहरूसँग समस्या खडा गर्ने र तिनीहरूका समस्याहरूलाई बढाइचढाइ गर्ने अवसरहरू खोज्नेछन्, र यी मानिसहरू वशमा नपरुन्जेल र आफ्नो सामु आत्मसमर्पण नगरुन्जेल उनीहरूको पछि लाग्छन्, र त्यस बिन्दुमा तिनीहरूलाई मण्डलीको काम राम्ररी गरिएको छ भन्ने लाग्छ। यस्ता मानिसहरू दुष्ट पिशाचहरू हुन् र तिनीहरूलाई छिट्टै बर्खास्त गरिनैपर्छ। यदि तिनीहरूलाई बर्खास्त गरिएन भने, अरूहरूसँगै तैँले पनि दुःख भोग्नेछस्—ढिलोचाँडो तिनीहरू तेरो पनि पछि लाग्नेछन्।
मण्डली अगुवाका रूपमा कस्तो व्यक्तिलाई निर्वाचित गरिनुपर्छ? एकातिर, उसमा आफ्नो कर्तव्य निर्वाह गर्ने बोझ हुनुपर्छ र उसको क्षमता पर्याप्त हुनुपर्छ। अर्कोतिर, उसको मानवता सिधा र दयालु हुनुपर्छ, र उसले मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्नुपर्छ। ऊसँग हैसियत नहुँदा वास्तवमा केही दाजुभाइ तथा दिदीबहिनीहरूले उसलाई चिढ्याएका थिए वा ऊसँग खटपट गरेका थिए, तर अगुवा बनेपछि, ऊ यी मानिसहरूलाई सही रूपमा व्यवहार गर्न सक्छ, बढुवा गर्नुपर्दा तिनीहरूलाई बढुवा गर्छ, र प्रयोग गर्नुपर्दा तिनीहरूलाई प्रयोग गर्छ। कतिपय मानिसहरू उसलाई “त्यस व्यक्तिले पहिले तेरो बारेमा नराम्रो कुरा गरेको थियो” भनेर भन्छन्, तर ऊ त्यसलाई बिर्सन सक्छ। ऊ परमेश्वरको घरको कामलाई प्राथमिकता दिन्छ, र यसो भन्छ, “परमेश्वरको घरलाई अहिले मानिसहरूको आवश्यकता छ। यदि तिनीहरू यो कर्तव्य निर्वाह गर्न उपयुक्त छन् भने, हामीले तिनीहरूलाई प्रयोग गर्नुपर्छ।” जसले फाटो ल्याउने प्रयास गरे पनि, ऊ त्यसबाट प्रभावित हुँदैन। आफूलाई सबैभन्दा खराब व्यवहार गर्ने व्यक्ति नै भए पनि, यदि यो व्यक्ति मानिसहरूलाई प्रयोग गर्नेसम्बन्धी परमेश्वरको घरका सिद्धान्तहरूसँग मिल्छ भने, अगुवाले आवश्यकताअनुसार उसलाई प्रयोग गर्नेछ। त्यस्तो व्यक्तिले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्छ कि गर्दैन, वा उसको क्षमता कस्तो छ, वा ऊ काम राम्ररी गर्न सक्छ कि सक्दैन भन्ने कुरालाई पन्छाएर हेर्दा, मानिसहरूका प्रकारहरूको हिसाबमा मात्र पनि, ऊ पूर्ण रूपमा साँचो मानव हो। ऊ मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्छ, विशेष गरी आफूसँग खटपट भएकाहरूलाई, वा विगतमा आफूलाई दबाउएका, चोट पुर्याएका, वा अपमान गरेका वा हेपेकाहरूलाई समेत—ऊ ती सबैलाई सही र निष्पक्ष रूपमा व्यवहार गर्न सक्छ। यो व्यक्ति पर्याप्त रूपमा सिधा र दयालु छ भनी भन्नका लागि यति नै पर्याप्त छ; ऊ सिद्धान्तहरूसँग मिल्छ र परमेश्वरद्वारा सिद्ध पारिनका लागि सर्तहरू पूरा गर्छ। कतिपय मानिसह भन्छन्, “त्यसोभए के यो व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो त? यदि ऊ सत्यता पछ्याउँदैन भने, के ऊ मानिसहरूलाई यसरी व्यवहार गर्न असक्षम हुनेथिएन?” के यो सही हो त? मलाई भन्, यदि कसैले सत्यता नपछ्याए पनि, यदि उसको मानवतामा प्राकृतिक रूपमै सिधापन र दयालुपनका गुणहरू छन् भने, के ऊ मानिसहरूलाई गर्ने व्यवहारमा आधारभूत सिद्धान्त राख्न सक्षम हुनेछ त? (हुनेछ।) के ऊ आफूसँग हैसियत हुँदा व्यक्तिगत गुनासाहरू त्याग्न, मानिसहरूका विगतका गल्तीहरूलाई मनमा नराख्न, र आफ्ना व्यक्तिगत गुनासाहरूका आधारमा मानिसहरूलाई व्यवहार नगर्न सक्षम हुनेछ त? ऊ यो हासिल गर्न सक्षम हुनेछ। यदि तँ यो पनि हासिल गर्न सक्दैनस् भने, तँ सत्यता अभ्यास गर्ने र परमेश्वरका वचनहरू पालन गर्ने आशा कसरी गर्न सक्छस्? यदि ति कुरा पनि तेरो क्षमताभन्दा बाहिर छ भने, तँ सिधा र दयालु व्यक्ति होइनस्; तँ मानवताका गुणहरू भएको व्यक्ति होइनस् भनेर पनि भन्न सकिन्छ—तँ मानव होइनस्। यदि तँ मानव होइनस् र तँसँग कुनै विवेक वा समझ छैन भने, तँ कुन आधारमा सत्यता पछ्याउने प्रयास गर्छस्? यदि तँ परमेश्वरका वचनहरू पालन गर्नु र सत्यता पछ्याउनुका आधारभूत सर्तहरू पूरा गर्दैनस् भने, तँ सत्यता प्राप्त गर्न सक्दैनस् र तँ मानव कहलिन अयोग्य हुन्छस्। यदि तँ मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनस् भने, के तँ सत्यतालाई प्रेम गर्न सक्छस्? के तँ परमेश्वरका वचनहरू अभ्यास गर्न सक्छस्? यदि तँ सानातिना व्यक्तिगत गुनासाहरू समेत त्याग्न सक्दैनस्, र तँ आफूलाई हानि पुर्याउने वा विगतमा आफूलाई चिढ्याएका जोकोहीसँग पनि बदला लिन सक्छस्, र तँसँग विवेक र समझको कुनै मानक समेत छैन भने, के तँ परमेश्वरका वचनहरू अभ्यास गर्न सक्षम हुनेछस् त? त्यो असम्भव छ! त्यसकारण, अगुवा निर्वाचित गर्दा, तैँले पहिले कुनै व्यक्तिले अरूलाई कसरी व्यवहार गर्छ भनी हेर्नुपर्छ; कसैमा मानवताका गुणहरू छन् कि छैनन् भनी मापन गर्ने मानकहरूमध्ये यो एउटा हो। भन्नुको अर्थ, विगतमा जसले आफूलाई चिढ्याएको भए पनि, ऊ रिसइबी राख्दैन, र उसले कहिल्यै कसैसँग बदला लिएको हुँदैन, र ऊ हैसियत प्राप्त गरेपछि पनि उस्तै रहन्छ। उसले आफूलाई श्रेष्ठ देखाउन सक्छन्, उसमा हैसियतको अलिकति चाहना हुन सक्छ, वा ऊ हैसियतका फाइदाहरूको आनन्द लिन सक्छ, तर ऊ विगतमा आफूलाई चिढ्याएकाहरूलाई आवश्यकताअनुसार प्रयोग गर्छ, र उनीहरूसँग गर्नुपर्ने अन्तरक्रिया गर्छ—सायद ऊ आफ्नो हृदयमा ती रिसइबीहरू याद राख्छ, तर ऊ कुनै प्रतिशोधात्मक काम गर्दैन। यो मानवताका गुणहरू नभएको कुनै पनि व्यक्तिले हासिल गर्न नसक्ने कुरा हो; पशुहरू यो हासिल गर्न सक्दैन, र दियाबलसहरू त झन् सक्दै सक्दैनन्। विवेक भएका मानिसहरू मात्र यो हासिल गर्न सक्छन्। विवेक भएका मानिसहरूले जुनसुकै काम गर्दा पनि तिनीहरूको विवेकले तिनीहरूलाई भित्रैबाट घचघच्याउँछ र तिनीहरूको व्यवहारलाई नियमन गर्छ, र तिनीहरूको समझले तिनीहरूका उत्तेजना र आवेगलाई नियन्त्रण गर्छ; अझ भन्नुपर्दा, यसले तिनीहरूका तर्कहीन विचार र व्यवहारहरूलाई नियन्त्रण र नियमन गर्छ। तिनीहरूसँग हैसियत भए पनि, तिनीहरू अरूसँग बदला लिन कामहरू गर्नेछैनन्। यो कसैमा मानवताका गुणहरू छन् भन्ने कुराको स्पष्ट सङ्केत हो। आफ्ना वरपरका मानिसहरूलाई हेर, जोकोही यस्तो छ, ऊ साँचो मानव हो। उसको क्षमता औसत हुन सक्छ, ऊ उच्च शिक्षित नहुन सक्छ, र ऊ अझै पनि निकै जवान हुन सक्छ; ऊ बाहिरी रूपमा त्यति धेरै उत्साहित नदेखिन सक्छ, न त उसले त्यति धेरै पछ्याए जस्तो नै देखिन सक्छ, र उसले भविष्यमा सत्यता नपछ्याउन पनि सक्छ—तर त्यस्तो व्यक्ति, कम्तीमा पनि, तेरा लागि भरपर्दो व्यक्ति हो, होइन र? (हो।)
अब हामीले सिधा र दयालु मानिसहरू अरूलाई कसरी व्यवहार गर्छन् भन्ने सन्दर्भमा तिनीहरूका प्रकटीकरणहरूका बारेमा सङ्गति गरिसकेका हुनाले, यस प्रकारको व्यक्तिले केही गलत र अपराधहरू गर्दा उसमा कस्ता विशिष्ट प्रकटीकरण र विशेषताहरू हुन्छन् भन्ने बारेमा कुरा गरौँ। भ्रष्ट मानवका रूपमा, यदि तिनीहरूको मानवतामा सिधापन र दयालुपनका गुणहरू छन् भने, तिनीहरूले केही गलत गर्दा त्यो कुरा थाहा पाउन सके पनि वा नसके पनि, आफ्नै शब्द र कार्यहरूबारे चिन्तन र जाँच गर्नेछन्। यदि तिनीहरूले कसैलाई हानि पुर्याएका छन्, वा यदि कसैले तिनीहरूबारे नकारात्मक प्रतिक्रिया दिन्छ वा नकारात्मक मूल्याङ्कन गर्छ भने, तिनीहरू आफैलाई जाँच्नेछन्, “मेरा कुन शब्दहरू गलत थिए? मैले के गलत गरेँ? के मैले त्यतिबेला बोल्दा मेरा कुनै अभिप्रायहरू थिए? के मैले त्यस व्यक्तिलाई निसाना बनाइरहेको थिएँ? के उसका लागि खराब परिणामहरू ल्याउनु साँच्चै मेरै गल्ती हो? के ऊ अति संवेदनशील भइरहेको छ, कि मैले पर्याप्त विचार नगरेको र त्यतिबेला मैले छनौट गरेका शब्दहरू अनुपयुक्त भएको हो?” तिनीहरू प्रायः आफैलाई जाँच्नेछन्, र आफूलाई विनम्रतापूर्वक आचरणमा ढाल्ने मनोवृत्ति राख्नेछन्। यो मनोवृत्ति तिनीहरूको सिधापन र दयालुपनबाट आउँछ, र अवश्य पनि, यो तिनीहरूको चेतनाबाट पनि आउँछ। यो एउटा पक्ष हो। यसबाहेक, यदि तिनीहरूले आत्मचिन्तनमार्फत आफूमा केही समस्या छन् भनी पत्ता लगाए भने, वा अरूले तिनीहरूका समस्याहरू औँल्याए भने, तिनीहरू व्याकुल हुनेछन् र तिनीहरूको हृदय झस्किनेछ: “के मैले यो काम गलत तरिकाले सम्हाले? के मैले त्यसरी गर्नु हुँदैनथ्यो? मैले त्यतिबेला जानाजानी त्यसो गरेको थिइनँ, र मेरा कुनै अभिप्रायहरू थिएनन्।” भ्रष्ट मानवका रूपमा, केही विशेष परिस्थितिमा वा केही विशेष मामिलाको सन्दर्भमा, तिनीहरूले आफ्नो इज्जत जोगाउनका लागि, “मैले जानाजानी वा कुनै अभिप्रायले त्यसो गरेको होइन” भनेर भन्न सक्छन्, तर तिनीहरू भित्रभित्रै दोषी महसुस गर्नेछन्। निरन्तर आफैलाई जाँच्ने र आत्मचिन्तन गर्ने क्रममा, यदि तिनीहरूले आफूले गरेको कुरा साँच्चै गलत थियो भनी पत्ता लगाए भने, तिनीहरू फेरि एक पटक असहज महसुस गर्नेछन्, र आफूले त्यसरी गर्नु हुँदैनथ्यो भन्ने महसुस गर्नेछन्; तिनीहरू पछुतोले भरिएको र व्याकुल महसुस गर्नेछन्, र आफूले गरेको कुराको भर्पाई गर्ने तरिकाहरू वा त्यसलाई सुधार्ने अवसरहरू खोज्ने प्रयास गर्नेछन्, यहाँसम्म कि सक्रिय रूपमा माफी माग्नेछन् र आफ्नो गल्ती स्वीकार गर्नेछन्। आफूले केही गलत गरेको कुरा पत्ता लगाएपछि, मानवताका गुणहरू भएका मानिसहरूले पहिले आफ्नो हृदयमा व्याकुलको झट्का महसुस गर्नेछन्, तिनीहरूको अनुहार रातो-पिरो हुनेछ, र तिनीहरूको टाउको रन्किनेछ; यी विवेकबाट आउने सामान्य प्रतिक्रियाहरू हुन्। यी सामान्य प्रतिक्रियाहरू केमा आधारित हुन्छन्? ती व्यक्तिको मानवताभित्र सिधापन, दयालुपन, र चेतनाका गुणहरू हुनुमा आधारित हुन्छन्। तिनीहरूले आफ्नो इज्जत जोगाउन चाहेकाले तिनीहरूमा यी प्रकटीकरणहरू भएका होइनन्, न त तिनीहरूले आफैलाई लज्जित तुल्याएकाले वा अरूले तिनीहरूलाई तुच्छ ठानेकाले नै भएका हुन्, बरु तिनीहरूले केही गल्ती गरेकोमा दोषी महसुस गर्ने र आफैलाई धिक्कार्ने हुनाले, र आफूले त्यसरी गर्नु हुँदैनथ्यो भन्ने महसुस गर्ने हुनाले भएका हुन्। यो आफ्ना गल्तीहरू स्वीकार गर्ने मनोवृत्ति हो, र यो तिनीहरूको विवेकको निन्दा र तिनीहरूको चेतनाको कार्यबाट उत्पन्न हुने प्रतिक्रिया पनि हो। तिनीहरूले प्रतिक्रिया जनाउनेछन्; तिनीहरू पूर्ण रूपमा संवेदनहीन बिलकुलै हुनेछैनन्, न त निर्लज्ज रूपमा तर्क गर्न र आफैलाई सही ठहराउन खोज्नेछन्, न त जिम्मेवारीबाट पन्छिने तरिकाहरू नै खोज्नेछन्, बरु तिनीहरूमा सक्रिय रूपमा स्वीकार गर्ने र मानिलिने, अनि जिम्मेवारी वहन गर्न इच्छुक हुने मनोवृत्ति हुनेछ। यस प्रकारको व्यक्तिको मानवतामा सिधापन र दयालुपनका गुणहरू हुने हुनाले, उसको लज्जाका भावनाहरू निकै स्पष्ट हुन्छन्। यदि उसले कुनै कुरा अलिकति मात्रै गलत गर्यो भने पनि, कसैले त्यो औँल्याउनेबित्तिकै, उसले आफ्नो लाज लुकाउन सक्नेछैन। यदि उसले अलिकति तर्क गर्ने हो भने यस्तो महसुस गर्नेछ, “यो स्पष्ट रूपमा मेरै गल्ती हो, र उसले स्पष्ट रूपमा त्यसको व्याख्या गरिसकेको छ, त्यसैले म किन अझै पनि तर्क गरिरहेको छु?” उसले सिधै आफ्नो गल्ती स्वीकार गर्नेछ, पूर्ण रूपमा अपमानित भएको महसुस गर्नेछ र धर्ती फाटेर आफूलाई निले हुन्थ्यो भन्ने चाहनेछ। के यी विवेक र समझका प्रभावहरू हुन्? (हुन्।) यदि धेरै मानिसलाई उसले गरेको कुराबारे थाहा भयो भने, उसले आफ्नो अनुहार देखाउन अझ बढी लाज मान्नेछ, र यसको भर्पाई गर्ने र आफूले गरेको कुरा सच्याउने तरिकाहरू खोज्ने प्रयास गर्नेछ। भन्नुको अर्थ, विवेक र समझ भएको व्यक्तिले केही गल्ती गरेपछि, उसमा आफ्नो गल्ती स्वीकार गर्ने आधारभूत मनोवृत्ति हुन्छ; ऊ यो तथ्य स्वीकार गर्न सक्छ र उसमा लज्जाबोध हुन्छ। यसबाहेक, ऊ आफ्नो गल्ती स्वीकार मात्र गर्छ र त्यसलाई त्यत्तिकै छोड्छ भन्ने होइन, उसले यसको भर्पाई गर्ने तरिकाहरू खोज्ने प्रयास पनि गर्नेछ। ऊसँग विवेक हुने हुनाले, ऊ आफूले गर्ने कुरामा आफ्नो हृदय लगाउँछ; कुनै परिस्थितिको सामना गर्दा, ऊ झारा टार्नु, औपचारिकता पूरा गर्नु, वा जिम्मेवारीबाट समेत पन्छिनुको साटो त्यसलाई मनमा लिन्छ र परिस्थितिलाई गम्भीरतापूर्वक र जिम्मेवारीपूर्वक सम्हाल्छ, आफ्नो अघि रहेको समस्याबारे विचार गर्न आफ्नो दिमाग लगाउँछ, र त्यसलाई गम्भीरतापूर्वक लिन्छ। ऊ जिम्मेवारी वहन गर्न सक्छ, गम्भीरतापूर्वक र पूर्ण हृदयले आफ्नो गल्ती स्वीकार गर्न सक्छ, र त्यसपछि जिम्मेवारीपूर्वक बोल्न र कार्य गर्न सक्छ, अनि नोक्सानी कम गर्ने प्रयास गर्छ। ऊ दियाबलसहरूकै प्रकारको मानिस पटक्कै हुँदैन, जो केही गल्ती गरेकोमा कसैले आलोचना गर्नेबित्तिकै रिसले आगो हुन्छ, जो जिम्मेवारीबाट उम्कने र पन्छिने हरसम्भव तरिका सोच्छ, जो अरूलाई दोष थोपर्न हरेक उपाय अपनाउँछ, र जो कहिल्यै कुनै गल्ती नगर्ने सन्तको जस्तो स्वाङ पार्छ। पशुहरूबाट पुनर्जन्म भएकाहरूका हकमा, तिनीहरूलाई आफूले गर्ने कुनै पनि कुरामा के ठीक हो र के बेठीक हो भनेर थाहा नहुने कुरा त झन् बढी हुने गर्छ। यदि तैँले तिनीहरूले केही गल्ती गरे भनी औँल्याइस् भने, तिनीहरू त्यो स्वीकार त गर्छन्, तर यदि तैँले तिनीहरूलाई तिनीहरू कहाँ गलत भए भनी सोधिस् भने, तिनीहरू भन्छन्, “मलाई थाहा छैन, तर तपाईँले म गलत छु भनेको हुनाले, म गलत छु।” तैपनि तिनीहरूले फेरि यस्तो कुराको सामना गर्दा अझै पनि त्यो त्यसरी नै गर्नेछन्। तिनीहरूले जतिसुकै गलत वा दुष्ट कुराहरू गरे पनि, वा जतिसुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनीहरू अन्ततः सधैँ तिनै केही शब्दमै फर्कन्छन्: “मैले के गल्ती गरेँ? के मैले यति धेरै वर्षसम्म दुःख भोग्नु र मूल्य चुकाउनु गलत थियो? यदि मैले परमेश्वरमा विश्वास नगरेको भए र मसँग विवेक र समझ नभएको भए, के म यति धेरै दुःख भोग्न सक्षम हुन्थेँ?” पशुहरूबाट पुनर्जन्म भएकाहरू सरल दिमागका हुन्छन्, र सधैँ तिनै केही शब्दमा फर्कन्छन्। तर दियाबलसहरूकै प्रकारका मानिसहरू पशुहरूबाट पुनर्जन्म भएकाहरूभन्दा अत्यन्तै धेरै धूर्त हुन्छन्; तिनीहरू दुष्टता गर्न र मानिसहरूलाई भ्रमित पार्न विभिन्न माध्यम र विधि प्रयोग गर्नेछन्, र सानो कद भएका र खुट्ट्याउने क्षमता नभएका कतिपय मानिस साँच्चै छलमा पर्न सक्छन्। छोटकरीमा भन्दा, दियाबलसहरूले केही गल्ती गर्दा तिनीहरू त्यो पटक्कै स्वीकार गर्नेछैनन्। तिनीहरूले आफू भ्रष्ट स्वभावहरू भएका मानिस भएको स्वीकार नगर्ने मात्र होइन, तिनीहरू मानिसहरूले आफूलाई पवित्र र अनुल्लङ्घनीय, र कहिल्यै गल्ती नगर्ने त्रुटिरहित मानिस ठानून् भन्ने समेत चाहन्छन्। तिनीहरू जेसुकै गल्ती गरे पनि सधैँ आफूले त्यसो गर्नुका कारणहरू बताउँछन्, र सधैँ आफैलाई सही ठहराउने प्रयास गर्छन्। तिनीहरू अन्ततः आफू गल्ती गर्न असक्षम रहेको, आफूले केही गल्ती गरे पनि त्यसको कारण भएको, आफू भ्रष्ट स्वभावहरू भएका मानिस नभएको, भविष्यमा आफूले कहिल्यै कुनै गल्ती नगर्ने, र आफू केवल सन्त र त्रुटिरहित मानिस रहेको दाबी गर्छन्। तर, आफ्नो मानवताभित्र विवेक र समझका गुणहरू भएका मानिसहरू फरक हुन्छन्। तिनीहरू कुटिल वा छली नभई सिधा मानिस भएका हुनाले, यदि तैँले तिनीहरूले केही गल्ती गरेका छन् भनी भनिस् भने, तिनीहरूले त्यो नगरेको भए पनि वा त्यससँग तिनीहरूको कुनै सरोकार नभए पनि, तिनीहरू पहिले त्यो स्वीकार गर्न इच्छुक हुन्छन्। जब अरूले तिनीहरूलाई, “के तँ मूर्ख छस्? यदि तैँले यो स्वीकार गरिस् भने, तैँले जिम्मेवारी वहन गर्नुपर्नेछ” भनेर भन्छन्, तब तिनीहरू भन्छन्, “त्यस घटनामा मेरो पनि हिस्सेदारी थियो; म पनि संलग्न थिएँ।” तिनीहरू यो कुरा स्वीकार गर्न सक्छन्, तिनीहरूको मनोवृत्ति इमानदार र सिधा हुन्छ। तिनीहरू कहिलेकाहीँ जिम्मेवारीबाट पन्छिन पनि चाहन्छन्, तर त्यसपछि विचार गर्छन्: “आँखा हुने जोकोहीले देख्न सक्ने कुराका लागि किन जिम्मेवारीबाट पन्छिने? यसबाहेक, परमेश्वर मानिसहरूको भित्री हृदयको छानबिन गर्नुहुन्छ। यदि तँ यस घटनामा मुछिएको छस् भने, परमेश्वरले तँलाई उम्कन दिनुहुनेछैन। परमेश्वरसामु सबै मानिस उदाङ्गो पारिन्छन्, र तिनीहरूका सबै कार्य र काम खुलस्त गरिन्छन्। के तँ परमेश्वरसामु उम्कन सक्छस्? त्यसकारण, यो मामिलालाई नियमअनुसार सम्हाल्नुपर्छ; जिम्मेवारी जसको हो उसैले लिनुपर्छ। यदि यस मामिलामा मेरो गल्ती छ भने, म जिम्मेवारी वहन गर्नेछु। म दण्ड स्वीकार गर्न इच्छुक छु, र म काटछाँट स्वीकार गर्न पनि इच्छुक छु। परमेश्वरको घरले मलाई जसरी व्यवहार गरे पनि म स्वीकार गर्नेछु; आखिरकार गल्ती गर्ने छनौट मेरै थियो।” हेर् त, तिनीहरूले केही गल्ती गर्दा र काटछाँटको सामना गर्दा, एकातिर, तिनीहरूमा स्वीकार गर्ने मनोवृत्ति हुन्छ; अर्कोतिर, तिनीहरू यो सही रूपमा बुझ्न सक्छन्। अझ अर्कोतिर, यस प्रकारको व्यक्तिले केही गल्ती गरेपछि परिस्थितिबारे विचार गर्न र आत्मचिन्तन गर्न आफ्नो मन लगाउने हुनाले, ऊ आफूले फेरि त्यस्तै कुराको सामना गर्दा गल्ती गर्नबाट कसरी जोगिने भन्नेबारे सोच्नेछ। उसमा लज्जाबोध हुने हुनाले, र उसले आफ्नो इज्जतको ख्याल गर्ने हुनाले, ऊ केही गल्ती गर्दा पश्चात्ताप गर्न सक्छ।
गैरविश्वासीहरू प्रायः यसो भन्छन्, “व्यक्ति फोहोरको डङ्गुरमा बसेर पनि त्यसलाई गन्हाउने नठान्न सक्छ।” विवेक र समझ नभएका मानिसहरूले एउटै गलत कुरा सय पटक गरे पनि, तिनीहरूमा लज्जाका भावना र दोषको बोध हुँदैन। तिनीहरू मानव होइनन्। यदि कोही मानव हो भने, एउटै गलत कुरा एक वा दुई पटक गरेपछि, तिनीहरूले यस्तो महसुस गर्नेछन्, “मैले साँच्चै गल्ती गरेँ। म कहिले परिवर्तन हुनेछु?” तिनीहरू चिन्तित र व्याकुल हुनेछन्, र प्रार्थना गर्न र आफ्ना पापहरू स्वीकार गर्न परमेश्वरसामु आउनेछन्। तिनीहरूले आफूलाई मद्दत गर्न सकिँदैन कि भनी सोच्ने समेत छन्—तिनीहरूमा यो गलत धारणा हुनेछ। तिनीहरूले आफ्नो इज्जतको ख्याल गर्ने र तिनीहरूमा लज्जाका भावनाहरू हुने हुनाले, तिनीहरू यस्तो महसुस गर्छन्, “मैले यस्तो गल्ती केही पटक गरिसकेँ, के परमेश्वरको घरले मलाई कारबाही गर्नेछ? के परमेश्वरले मलाई त्याग्नुभएको छ? म परमेश्वरद्वारा मुक्ति पाउन धेरै लज्जित छु!” आफूमा परमेश्वरबारे जस्तोसुकै गलत बुझाइहरू भए पनि, छोटकरीमा भन्दा, केही गल्ती गरेपछि, यस प्रकारको व्यक्तिले अवश्यै केही अनुभव प्राप्त गर्नेछ र पाठ सिक्नेछ, र आफ्ना गल्तीहरूको भर्पाई गर्न र ती सच्याउन हरसम्भव उपाय खोज्ने प्रयास गर्नेछ, र फेरि ती गल्ती नगर्न लागिपर्नेछ। उसले मनमनै सोच्नेछ, “म अरूलाई सन्तुष्ट पार्न खोज्दिनँ, तर कम्तीमा पनि मैले आफ्नो हृदयमा शान्ति महसुस गर्नैपर्छ। म आफ्नो हृदयमा शान्ति महसुस गर्दा मात्रै परमेश्वरको उपस्थितिमा उहाँलाई जवाफ दिन सक्छु। यदि म आफ्नो हृदयमा शान्तिसमेत महसुस गर्दिनँ भने, म कसरी परमेश्वरको सामना गर्ने दुस्साहस गर्न सक्छु र?” यदि कसैमा यस्ता विचारहरू छन् भने, ती अवश्यै तिनीहरूको मानवताका विवेक र समझका गुणहरूद्वारा सञ्चालित हुन्छन्। यदि तँमा यस्ता विचारहरू छैनन् भने, तैँले बारम्बार तिनै गल्तीहरू गर्नेछस्, र अझ भन्नुपर्दा, तँ कसैले भनेको कुरा सुन्न वा स्वीकार गर्न चाहनेछैनस्, तँमा पश्चात्तापको मनोवृत्ति कहिल्यै नहुन पनि सक्छ, न त तँ कहिल्यै तथ्यहरू स्वीकार गर्न वा आफ्ना गल्तीहरू स्वीकार गर्न नै चाहनेछस्, जिम्मेवारी वहन गर्नु त परै जाओस्। आफ्ना गल्तीहरू औँल्याउने जोकोहीलाई घृणा गर्नेहरू पनि हुन्छन्; तिनीहरू उनीहरूसँग प्रतिस्पर्धा गर्छन्, उनीहरूलाई दुःख दिन्छन्, र उनीहरूमाथि आक्रमण गर्ने र उनीहरूसँग बदला लिने समेत गर्छन्। यस्ता मानिसहरूलाई मद्दत गर्न सकिँदैन; यी मानवताका गुणहरू नभएका मानिसहरू हुन्। तर, मानवताका गुणहरू भएका मानिसहरूले यसरी बिलकुलै कार्य गर्नेछैनन्। एक वा दुई पटक उही गल्ती गरेपछि, तिनीहरूले विचार गर्नेछन्, “म कसरी अझै पनि यही गल्ती गर्न सक्छु?” तिनीहरूले यो समाधान गर्न सत्यताको खोजी गर्न सक्छन्। के तँ यो आफूलाई बदल्ने मनोवृत्ति हो भनेर भन्छस्? (भन्छु।) केही गल्ती गर्दा आत्मचिन्तन गर्न सक्नु र आफ्ना गल्तीहरू सच्याउन इच्छुक हुनु—यो आफूलाई बदल्ने मनोवृत्ति हो। त्यसोभए कस्ता मानिसहरूमा आफूलाई बदल्ने मनोवृत्ति हुन्छ? के यो मानवतामा विवेक र समझका गुणहरू भएका मानिसहरूमा मात्र उत्पन्न हुन सक्ने मनोवृत्ति होइन र? (हो।) यदि मानिसहरूमा मानवताको विवेक र समझ छैन भने, के तिनीहरू आफूलाई बदल्नेछन्? (अहँ।) के तिनीहरूले पछुतो महसुस गर्नेछन् र आफैलाई घृणा गर्नेछन्? (अहँ।) के तिनीहरूले आफूले गरेका गल्तीहरू र अपराधहरूलाई मनमा लिनेछन्? निश्चय नै लिनेछैनन्, होइन र? ठ्याक्कै भन्दा, विवेक नभएका मानिसहरूको हृदय हुँदैन, त्यसैले तिनीहरू आफूले गर्ने कुरामा आफ्नो हृदय लगाउँदैनन्, न त तिनीहरू केही गल्ती गर्दा त्यसलाई मनमा नै लिन्छन्। तिनीहरूको हृदय नहुने हुनाले, तिनीहरू आत्मचिन्तन गर्दैनन्, न त तिनीहरू सत्यता नै स्वीकार गर्छन्; तिनीहरूसँग यो क्षमता हुँदैन। विवेक भएका मानिसहरू मात्रै अरूले आफूले केही गल्ती गरेको भनेर भनेको सुन्दा त्यस मामिलालाई गम्भीरतापूर्वक र पूर्ण हृदयले लिन, त्यस मामिलालाई हृदयमा लिन, र त्यसपछि दोष र पछुतो महसुस गर्न सक्छन्। दोष र पछुतो महसुस गरेको आधारमा मात्रै तिनीहरू आफूलाई बदल्न सक्छन्, र जब तिनीहरू आफूलाई बदल्छन्, तब मात्रै तिनीहरूले परमेश्वरका वचनहरूमा समर्पित हुने, अनि परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्ने र आफूलाई आचरणमा ढाल्ने अवसर पाउन सक्छन्। तर, विवेक नभएका मानिसहरू कहिल्यै दोष वा पछुतो महसुस गर्दैनन्; तिनीहरू जस्तोसुकै गल्ती गरे पनि त्यसलाई कहिल्यै मनमा लिँदैनन्। अरूले तिनीहरूका समस्याहरू जतिसुकै खुलासा गरे पनि, तिनीहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनन् र सुनेर पनि नसुनेझैँ गर्छन्। तिनीहरूसँग विवेक नहुने हुनाले, तिनीहरू त्यस मामिलालाई गम्भीरतापूर्वक र पूर्ण हृदयले लिँदैनन्, न त तिनीहरू पूर्ण हृदयले त्यसमाथि विचार र चिन्तन नै गर्छन्। आत्मचिन्तन गर्नमा आफ्नो हृदय नलगाई, तिनीहरू पछुतो वा दोष महसुस गर्नेछैनन्, र पछुतो र दोषविना, तिनीहरू आफूलाई बदल्नेछैनन्। त्यस्तो अवस्थामा, यस प्रकारको व्यक्तिका लागि सत्यता स्वीकार गर्नु र परमेश्वरका वचनहरूमा समर्पित हुनु बिलकुलै असम्भव हुन्छ; तिनीहरू केवल मुक्ति प्राप्त गर्ने कुनै आशा नभएका मानिसहरू हुन्। त्यसकारण, मानव दृष्टिकोणबाट हेर्दा, परमेश्वर मानवताका गुणहरू नभएका यी मानिसहरूलाई मुक्ति दिनुहुन्न भन्ने होइन; बरु कुनै व्यक्तिमा मुक्ति प्राप्त गर्ने आधारभूत सर्त—मानवताका गुणहरू नहुने हुनाले—तिनीहरू सत्यता स्वीकार गर्न वा त्यसमा समर्पित हुन सक्दैनन्, जसले गर्दा तिनीहरूको मुक्ति प्राप्त गर्ने आशा लगभग शून्य हुन्छ। यस कुरालाई मनमा राख्दा, मानवताका गुणहरू हुनु र मुक्ति प्राप्त गर्नुबीच प्रत्यक्ष सम्बन्ध हुन्छ; कुरा ठ्याक्कै यस्तै हो। यदि तँमा मानवताका गुणहरू छैनन् भने, तँ केही गल्ती गर्दा त्यो स्वीकार समेत गर्नेछैनस्, न त तँ त्यसलाई मनमा लिनेछस्, ध्यानपूर्वक लिनेछस्, गम्भीरतापूर्वक सोच्नेछस्, दोष र पछुतो महसुस गर्नेछस्, र त्यसपछि त्यसलाई सच्याउने र परिवर्तन गर्नेछस्। यदि तँ गल्ती गर्ने जस्तो सरल कुरामा पनि आफूलाई बदल्न सक्दैनस् भने, तँ भ्रष्ट स्वभावहरू प्रकट गर्ने कुरा आउँदा आफूलाई बदल्न त झनै असक्षम हुनेछस्। भ्रष्ट स्वभावहरू परमेश्वरको प्रत्यक्ष विरोधमा हुने हुनाले, भ्रष्ट स्वभावहरू आफ्नो प्रकृति र सारको हिसाबमा केही गल्ती गर्नुभन्दा असाध्यै गम्भीर हुन्छन्। यदि तँ आफ्ना भ्रष्ट स्वभावहरू चिन्न सक्दैनस् र ती समाधान गर्न सत्यताको खोजी गर्दैनस् भने, तेरा भ्रष्ट स्वभावहरू समाधान गर्न धेरै गाह्रो हुनेछ। भ्रष्ट स्वभावहरूले अन्तर्निहित रूपमै गहिरो जरा गाडेका हुनाले, यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भने, तँसँग आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्ने कुनै उपाय हुनेछैन, र फलस्वरूप, तँसँग आफ्नो जीवन स्वभावमा परिवर्तन साकार गर्ने कुनै उपाय हुनेछैन। त्यस्तो अवस्थामा, मुक्ति प्राप्त गर्नु तेरा लागि कठिनाइको विषय हुनेछैन—यो असम्भव कुरा हुनेछ। त्यसकारण, कसैले केही गल्ती वा अपराध गरेपछिको उसको मनोवृत्ति र प्रतिक्रिया ऊसँग मानवताका गुणहरू छन् कि छैनन् भन्ने कुरामा प्रत्यक्ष रूपमा निर्भर हुन्छ। यो कुरा स्पष्ट रूपमा देख्नु एकदमै महत्त्वपूर्ण छ।
तिमीहरू आफ्नो वरिपरिका मानिसहरूलाई हेर, अनि केही गल्ती गरेपछि, तिनीहरू सक्रिय रूपमा त्यो मानिलिने र स्विकार्ने गर्छन् कि गर्दैनन्, तिनीहरू पछुतो र निराश महसुस गर्छन् कि गर्दैनन्, र तिनीहरू केही समयपछि आफूलाई बदल्छन् कि बदल्दैनन्—अर्थात्, तिनीहरू आफ्ना विचार, मनोवृत्ति, र व्यवहारहरूको हिसाबमा आफूलाई बदल्छन् कि बदल्दैनन् भनी खुट्ट्याऊ। यदि तिनीहरू आफूलाई बदल्दैनन् भने, तिनीहरू शतप्रतिशत मानव होइनन्। यदि, परमेश्वरका वचनहरू खाएर र पिएर, अनि पवित्र आत्माको अन्तर्दृष्टि, आफ्नो वातावरणको प्रभाव, वा दाजुभाइ तथा दिदीबहिनीहरूको मद्दतमार्फत—व्यक्तिले जुनसुकै माध्यमबाट आफूलाई बदले पनि—उसको हृदयमा सत्यता स्वीकार गर्ने इमानदार मनोवृत्ति छ, ऊ आफैलाई झन्-झन् कम सही ठहराउँछ—यहाँसम्म कि पूर्ण रूपमा त्यसो गर्न बन्द गर्ने बिन्दुसम्म पुग्छ—र उसका शब्द र कार्यहरू मूल्याङ्कन गर्दा, ऊ पहिले गरेको गल्तीबारे पछुतो र निराश महसुस गर्छ र त्यसको भर्पाई गर्ने अवसर खोज्न चाहन्छ भने, यस व्यक्तिसँग मुक्ति प्राप्त गर्ने आशा हुन्छ; यो मानवताका गुणहरू भएको व्यक्ति हो। तर, कतिपय मानिस गल्ती गरेपछि त्यसलाई मनमा लिँदैनन्। तिनीहरू आफूले गरेको गल्तीबारे कहिल्यै बोल्दैनन्, न त तिनीहरू आफ्नो गल्ती स्वीकार गर्छन्, आफैलाई चिरफार गर्छन्, वा निराश महसुस गर्छन्। तिनीहरूमा आफूलाई बदल्ने कुनै अभिप्राय हुँदै नभएको जस्तो देखिन्छ; तिनीहरू संवेदनहीन र बोधो हुन्छन्, पूरा दिन बेपरवाह र हल्का ढङ्गले बिताउँछन्, र आफूले गल्ती गरेको छु भनी पटक्कै महसुस गर्दैनन्। तिनीहरूले स्वीकार गरे पनि, तिनीहरू यसलाई हल्का रूपमा लिन्छन् र त्यत्तिकैमा छोड्छन्। निर्लज्ज बदमासहरू जस्तै, तिनीहरू एक क्षणमा आफ्ना गल्तीहरू स्वीकार गर्छन् र अर्को क्षणमा गल्तीहरू गर्छन्, र गल्ती गर्नेबित्तिकै आफ्ना गल्तीहरू स्वीकार गरिरहन्छन्। तिनीहरूले ठट्टा गरिरहेको वा खेलबाड गरिरहेको जस्तो देखिन्छ; तिनीहरू मामिलालाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू भएको कुरा स्वीकार गर्नु र आफ्नो हृदयको गहिराइबाट परिवर्तन हुनुको सट्टा, यसलाई केटाकेटीको खेल, एउटा प्रक्रिया र औपचारिकताका रूपमा लिन्छन्। यो कस्तो प्रकारको व्यक्ति हो? यो मानव होइन। तिनीहरूलाई आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने थाहा हुँदैन, न त तिनीहरूलाई आफ्नो आत्म-आचरणका लागि कस्तो प्रकारको मार्ग छनौट गर्ने भन्ने नै थाहा हुन्छ। तिनीहरू यी कुराहरू बुझ्दैनन्; तिनीहरू यिनलाई एकदमै सरल र सतही रूपमा हेर्छन्। केही गल्ती गरेपछि, तिनीहरूले त्यतिबेला केही नभने पनि, तिनीहरू पछि सधैँ आफैलाई सही ठहराउने र आफूलाई निर्दोष साबित गर्ने उपायहरू सोच्छन्। भेलाहरूको अवसर वा सबैले यो विषय उठाउने समय प्रयोग गरेर, तिनीहरू सधैँ सबैलाई आफूले आफ्नो बचाउमा भन्न चाहेका कुराहरू—त्यतिबेला तिनीहरूले के सोचिरहेका थिए र कसरी कार्य गरेका थिए, तिनीहरूका अभिप्रायहरू असल थिए, तिनीहरूका लक्ष्यहरू सही थिए, र तिनीहरूले कुनै गल्ती गरेका थिएनन् भन्ने कुरा थाहा दिन र बुझाउन चाहन्छन्। तिनीहरूले आफ्ना गल्ती र अपराधहरूका लागि कुनै पछुतो महसुस नगर्ने मात्र होइन, तिनीहरू ती स्वीकार गर्न पनि चाहँदैनन्, र सबैको नजरमा आफ्नो छवि जोगाउने आशा गर्दै, जिम्मेवारीबाट उम्कन र मुक्त हुन समेत चाहन्छन्। यस्ता मानिसहरू बोल्दा राम्रो सुनिए पनि, सबै क्षेत्रमा तिनीहरूका प्रकटीकरणहरूको मूल्याङ्कन गर्दा, तिनीहरूले आफूले गल्ती गरेको तथ्य स्वीकार गर्दैनन् वा मानिलिँदैनन्। त्यसोभए के तँ तिनीहरू आफूलाई बदल्नेछन् भनी भन्छस्? तिनीहरू आफूलाई बदल्नेछैनन्। तिनीहरू बेलाबेलामा यो विषय उठाउँछन्, र यसबारे थाहा नभएका सबैलाई यो कुरा अवश्यै सुनाउँछन्। यो सुनाएपछि, मानिसहरूलाई आफ्नो पक्षमा पार्नका लागि, तिनीहरूले त्यो अघिल्लो मामिलामा बिग्रिएको आफ्नो छवि सुधार्न अन्य कामहरू गर्दा राम्रो प्रदर्शन गर्ने हरेक सम्भव उपाय सोच्छन्। केही समयसम्म राम्रो व्यवहार गरेपछि र आफूले पहिले गरेको कुरा सबैले बिर्सेपछि, तिनीहरू फेरि एकपटक आफैलाई उचाल्ने र आफ्नो गवाही दिने बारेमा सोच्न थाल्छन्। तिनीहरू आफूद्वारा परमेश्वरको घरमा कति योगदान दिइएको छ, परमेश्वरको घरका लागि कति राम्रा कामहरू गरिएको छ, र परमेश्वरको घरलाई कति नोक्सानीबाट बचाइएको छ भनी निरन्तर हिसाबकिताब गर्छन्। तिनीहरूमा आफूलाई बदल्ने कुनै अभिप्राय नै हुँदैन; तिनीहरूमा लज्जाबोध हुँदैन। लज्जाबोध नभएका मानिसहरूले गल्ती र अपराधहरू गर्दा, तिनीहरू आफूलाई नबदल्ने मात्र होइन, बरु झन् खराब बन्छन्। तिनीहरू मनमनै सोच्छन्, “कसले गल्ती गरेको छैन र? मैले पहिले गरेको त्यो गल्ती खासै केही पनि थिएन। अनि यसबाहेक, म मात्रै संलग्न थिइनँ। तर म त्यो भन्न सक्दिनँ। मैले सबैलाई मेरो प्रदर्शन स्वीकार्य छ र ममा पछुतोको मनोवृत्ति छ भनी देखाउनुपर्छ, र त्यसपछि सबैको ध्यान हटाउन र तिनीहरूलाई अलिकति आफ्नो पक्षमा पार्न म यसको भर्पाई गर्न केही राम्रा काम गर्नेछु—त्यति गरेपछि काम बन्दैन र?” तिनीहरू आफ्नो हृदयमा परमेश्वर सबै कुराको छानबिन गर्नुहुन्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू यी कुराहरू अरूको अगाडि गर्न चाहन्छन्; तिनीहरू आफूले आफ्नो हृदयमा सोचिरहेको कुरा परमेश्वरले देख्न सक्नुहुन्न भन्ने सोच्छन्—तिनीहरूका लागि, परमेश्वर मानिसहरूका भित्री हृदयको छानबिन गर्नुहुन्छ भन्ने कुरा एउटा धर्मसिद्धान्त मात्रै हो। तिनीहरूलाई परमेश्वर छानबिन गरिरहनुभएको छ भन्ने थाहा हुँदैन, र तिनीहरू परमेश्वर मानिसहरूको भित्री हृदयको छानबिन गर्न सक्नुहुन्छ भन्ने कुरा स्वीकार गर्दैनन् वा त्यसमा विश्वास गर्दैनन्, त्यसैले तिनीहरूले गर्ने हरेक कुरा अरूलाई देखाउनका लागि हुन्छ। हृदयको गहिराइमा, तिनीहरू हठी र प्रतिरोधी हुन्छन्। तिनीहरू सत्यताको प्रतिरोध गर्छन्, तथ्यहरू स्वीकार गर्ने कुराको प्रतिरोध गर्छन्, आफ्ना गल्तीहरू स्वीकार गर्ने कुराको प्रतिरोध गर्छन्, र आफूलाई बदल्ने कुराको त झन् बढी प्रतिरोध गर्छन्। तिनीहरू बदल्दैनन्—के यसले कुनै समस्यालाई सङ्केत गर्दैन र? तिनीहरूले जतिसुकै ठूला गल्तीहरू वा जतिसुकै ठूला अपराधहरू गरे पनि, तिनीहरू आफूलाई बदल्दैनन्। तिनीहरू पावल जस्तै हुन्, जसले परमेश्वरको विरोध गर्यो र परमेश्वरद्वारा सिधै ढालियो, तैपनि ऊ आफूलाई निकै राम्रो ठान्थ्यो। यस प्रकारको व्यक्तिले सोच्छ: “यदि म दौडधुप गर्छु र आफूलाई समर्पित गर्छु, र सुसमाचार प्रचार गरेर धेरै मानिस प्राप्त गर्छु र धेरै फल फलाउँछु, आफ्ना पापहरूको प्रायश्चित गर्न योगदानहरू दिन्छु भने, परमेश्वरले मलाई मुकुट दिनुपर्छ। मुकुटहरू मजस्ता मानिसहरूका लागि हुन्। यदि मैले मुकुट पाइनँ भने, कसले पाउनेछ र? गल्ती गर्नु कुन ठूलो कुरा हो र? मैले परमेश्वरको विरोध गरेपछि, यदि म यो कुरा सच्याउन इच्छुक हुन्छु भने, त्यो ठीकै हुन्छ। यदि मैले भविष्यमा अझ बढी सुसमाचार प्रचार गरेँ मात्र भने, परमेश्वरले मेरा अपराधहरू सम्झनुहुनेछैन।” हेर् त, परमेश्वरप्रतिको उसको मनोवृत्ति कस्तो छ? सत्यताप्रतिको उसको मनोवृत्ति कस्तो छ? यो मानवताविहीन मनोवृत्ति हो; यो दियाबलसको मनोवृत्ति हो। ऊ परमेश्वरका वचनहरू, सत्यता, वा जीवनको सही मार्गलाई आफूले छनौट गर्नुपर्ने र पछ्याउनुपर्ने कुराहरूका रूपमा कहिल्यै हेर्दैन। उसले आफूलाई बदल्ने मनसाय कहिल्यै राखेको हुँदैन, र ऊ कहिल्यै आफ्नो शिर झुकाउने र आफ्ना पापहरू स्वीकार गर्नेछैन, न त ऊ कहिल्यै आफ्ना गल्तीहरू स्वीकार गर्नेछ र हार मान्नेछ। उसको शब्दकोशमा “असफलता” र “गल्ती” भन्ने शब्दहरू नै हुँदैनन्, “अपराध” भन्ने शब्द हुनु त परै जाओस्, त्यसैले यस प्रकारको व्यक्तिले पश्चात्ताप गर्नेछैन। त्यसोभए के तँ यस प्रकारको व्यक्तिमा विवेक र समझ हुन्छ भनेर भन्छस्? के उसको मानवतामा सिधापन, दयालुपन, र लज्जाबोधका गुणहरू हुन्छन्? (हुँदैनन्।) उसमा बिलकुलै हुँदैनन्। उसले जतिसुकै ठूलो अपराध गरेको भए पनि, तथ्यहरू उसको आँखा अगाडि नै भए पनि, ऊ आफ्नो हृदयमा अलिकति पनि दोष महसुस गर्दैन। यो त डरलाग्दो कुरा हो! यदि तँ विवेक भएको व्यक्ति होस् भने, तैँले केही गल्ती गर्दा र अपराध गर्दा पक्कै पनि दोषी महसुस गर्नेछस्। यदि तैँले साँच्चै कुनै ठूलो गल्ती गरिस् र परमेश्वरको घरलाई नोक्सानी पुर्याइस् भने, तैँले यति धेरै शोक महसुस गर्नेछस् कि तँलाई मर्न पाए हुन्थ्यो भन्ने लाग्नेछ, तैँले आफैलाई गाली गर्नेछस्, र आफू परमेश्वरसामु जिउन अयोग्य रहेको महसुस गर्नेछस्; तर पावल जस्ता मानिसहरूमा यस प्रकारको पछुतो हुँदैन। परमेश्वरको घरमा, हामी प्रायः के देख्छौँ भने, कतिपय मानिस एउटा झूट बोल्दा वा सिद्धान्तहरू उल्लङ्घन गर्ने एउटा काम गर्दा आफ्नो हृदयमा निरन्तर आफूलाई धिक्कारिएको महसुस गर्छन्, र अरूसामु आफ्नो गल्ती स्वीकार गरेपछि मात्रै तिनीहरूलाई आफ्नो गह्रौँ बोझ हटेजस्तो महसुस हुन्छ। यस्ता मानिसहरू निकै धेरै छन्। तिनीहरू जे-जस्तो गल्ती गरे पनि आत्मचिन्तन गर्न सक्छन्, र साथसाथै, तिनीहरू यसलाई चेतावनीका रूपमा लिन र फेरि त्यही गल्ती नगर्न आफैलाई सचेत गराउन सक्छन्। यदि कुनै व्यक्ति आफ्नो इज्जतको ख्याल गर्छ, उसमा लज्जाबोध छ, र त्यसमाथि समझ पनि छ भने, उसलाई केही गल्ती गर्दा आफैलाई सही ठहराउन खोज्न वा जिम्मेवारीबाट पन्छिन र अरूमाथि दोष थोपर्न अत्यन्तै लाज लाग्छ। यसको सट्टा, ऊ जिम्मेवारी वहन गर्न इच्छुक हुन्छ, ऊ बेलाबेलामा दोषी र निराश महसुस गर्छ, र त्यसपछि ऊ आफूलाई बदल्छ। कतिपय मानिस केही गल्ती र अपराध गर्दा अपमानित भएको महसुस गर्छन्, अनि परमेश्वर र दाजुभाइ तथा दिदीबहिनीहरूको सामना गर्न असाध्यै लज्जित महसुस गर्छन्, जबकि मानवताका गुणहरू नभएकाहरूमा यी भावनाहरू हुँदैनन्। हेर् त, यी दुवै प्रकारका मानिस मानव भए पनि, कतिपयका लागि, यदि तिनीहरूको पिठ्यूँपछाडि तिनीहरू कसैसँग लसपसगरिरहेका छन् भन्ने अफवाह फैलाइयो भने—र यो तिनीहरूले आफ्नो दिमागमा क्षणिक रूपमा मात्र सोचेको कुरा हुन सक्छ—केही मानिसले यसबारे कुरा गरिरहेको सुनेपछि, तिनीहरू पूर्ण रूपमा अपमानित भएको महसुस गर्छन् र कसैको सामना गर्न अत्यन्तै लज्जित हुन्छन्। लज्जाबोध भएका मानिसहरूमा यस्ता प्रकटीकरणहरू हुन्छन्। तैपनि कतिपय मानिस ओछ्यानमा कसैसँग भेटिँदा पनि वास्ता गर्दैनन्, “मैले के गल्ती गरेँ र? के म केवल मोजमस्ती गरिरहेको थिइनँ र? यसमा त्यस्तो ठूलो कुरा के छ र? के यो आजकल सामान्य घटना होइन र?” हेर् त, यो स्पष्ट रूपमा फरक छ, होइन र? यदि मानवताका गुणहरू भएका मानिसहरूले अरूले तिनीहरूबारे छलफल गरिरहेको मात्रै सुने भने पनि, तिनीहरू यति धेरै लज्जित र दुःखी हुन्छन् कि तिनीहरू खान समेत सक्दैनन्, आफ्नो अनुहार देखाउन धेरै लाज मान्छन् र आफू अब जिइरहन नसक्ने महसुस गर्छन्, जबकि कतिपय मानिस अर्को व्यक्तिसँग ओछ्यानमा भेटिँदा पनि वास्ता गर्दैनन्। मानिसहरू एकअर्काभन्दा फरक हुन्छन्; यदि कुनै व्यक्तिमा लज्जाबोध छैन भने, ऊ मानव होइन। के लज्जाबोध नभएका मानिसहरू सत्यता प्राप्त गर्न सक्छन्? विवेक र समझ नभएका मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्। किनभने तिनीहरू पाप, दुष्ट कुराहरू, वा नकारात्मक कुराहरूलाई घृणा गर्दैनन्। यसका साथै, तिनीहरूमा केही गल्ती गर्दा अलिकति पनि लज्जाबोध हुँदैन, र तिनीहरू निर्लज्ज रूपमा जिम्मेवारीबाट पन्छिने प्रयास गर्छन्। फलस्वरूप, यस प्रकारको व्यक्ति कहिल्यै परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्न सक्रिय रूपमा परमेश्वरसामु आउनेछैन, सक्रिय रूपमा आफ्नो भ्रष्टता स्वीकार गर्नेछैन, वा स्वेच्छाले सत्यतामा समर्पित हुनेछैन; तिनीहरूलाई यस्तो कुनै आवश्यकता हुँदैन, तिनीहरूलाई यो अनावश्यक छ, र आफूलाई यसको आवश्यकता छैन भन्ने लाग्छ। तर, साँच्चै विवेक र समझ भएका मानिसहरूको हकमा, सबै पक्षमा आतिनीहरूका आत्म-आचरणका सिद्धान्त र सीमाहरूले तिनीहरूलाई परमेश्वरका वचनहरू र मानिसहरूप्रतिका परमेश्वरका मागहरू नै आफूलाई आवश्यक कुरा हुन् भन्ने महसुस गराउने हुनाले, तिनीहरू परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न इच्छुक हुन्छन्; यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरू भित्रभित्रै असहज महसुस गर्छन्। यदि तिनीहरू परमेश्वरका मागहरू सुन्छन् र बुझ्छन् तर तीअनुसार कार्य गर्दैनन् भने, एकातिर, तिनीहरू आफूलाई दाजुभाइ तथा दिदीबहिनीहरूले हेरिरहेका छन् भन्ने महसुस गर्छन्, र अर्कोतिर, अझ महत्त्वपूर्ण कुरा त के छ भने, तिनीहरू आफूलाई परमेश्वरले गोप्य रूपमा हेरिरहनुभएको छ, र जहाँ गए पनि उहाँको छानबिनबाट उम्कन सकिँदैन भन्ने महसुस गर्छन्। तिनीहरू सोच्छन्, “परमेश्वरलाई तैँले भनेको सबै कुरा थाहा हुन्छ। यदि तैँले केही गल्ती गरिस् तर त्यो स्वीकार गरिनस्, पछुतो महसुस गरिनस्, त्यसलाई मनमा लिइनस्, त्यसलाई सच्याइनस्, र आफूलाई पटक्कै बदलिनस् भने, परमेश्वर यसलाई कसरी हेर्नुहुनेछ?” यो प्रश्न—“परमेश्वरले यसलाई कसरी हेर्नुहुनेछ?”—एकातिर, परमेश्वरप्रतिको तिनीहरूको विश्वास र स्वीकारोक्तिबाट आउँछ, र अर्कोतिर, यो मुख्यतया तिनीहरूको विवेक र समझको कार्यबाट आउँछ। त्यसैले, आखिरमा, व्यक्तिको विवेक र समझले उसको मानवताका आवश्यकताहरू, उसले हिँड्ने मार्ग, र अझ भन्नुपर्दा सबै प्रकारका कुराप्रतिका उसका सिद्धान्त र मनोवृत्तिहरू निर्धारण गर्छ। अवश्य पनि, तिनले कुनै व्यक्ति सत्यता पछ्याउने मार्गमा लाग्न सक्छ कि सक्दैन भन्ने कुरा पनि निर्धारण गर्छन्, र तिनले कुनै व्यक्तिले अन्ततः मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा अझ ठूलो हदसम्म निर्धारण गर्छन्।
आजको सङ्गतिको विषयवस्तु मानवता संलग्न हुने जीवनका विभिन्न सानातिना मामिलाबारे रहेको छ, जसमा कुनै व्यक्ति आफूलाई आचरणमा ढाल्दा र कामकुराहरू सम्हाल्दा अरूको फाइदा उठाउन मन पराउँछ कि पराउँदैन, कुनै व्यक्ति न्यानो हृदयको छ र अरूलाई मद्दत गर्न र सहानुभूति देखाउन इच्छुक छ कि छैन, ऊ दिन इच्छुक छ कि छैन, र अरूलाई व्यवहार गर्ने उसका सिद्धान्तहरू के हुन्, र कुनै व्यक्तिले केही गल्ती गर्दा उसका मनोवृत्ति र दृष्टिकोणहरू कस्ता हुन्छन् भन्ने कुराहरूलाई समेटिएको थियो। यी कुराहरू जीवनका सानातिना मामिलाहरू, मानिसहरूको दैनिक जीवनमा मानवताका केही अत्यन्तै साधारण प्रकटीकरण भए पनि, तिनले पर्दा पछाडि व्यक्तिको मानवताका गुणहरू प्रतिविम्बित गर्छन्। विवेक र समझद्वारा सञ्चालित भई, मानवताका गुणहरू भएका मानिसहरूले आधारभूत नैतिक सीमाहरू पालन गर्नेछन्, जबकि मानवताका गुणहरू नभएका मानिसहरू मानवताको सीमा र आत्म-आचरणका सिद्धान्तहरू के हुन् भन्ने कुरा पटक्कै बुझ्दैनन्। त्यसैले, कुनै व्यक्तिमा विवेक र समझ छ कि छैन भन्ने कुराले ऊ हिँड्ने मार्ग निर्धारण गर्छ। यसले व्यक्तिको भविष्य र गन्तव्य निर्धारण गर्छ भनेर पनि भन्न सकिन्छ—कुरा यही नै हो। ल त, आजका लागि हाम्रो सङ्गति यहीँ अन्त्य गरौँ। फेरि भेटौँला।
मे १८, २०२४