सत्यता कसरी पछ्याउने (१३)

पछिल्लो पटक हामीले सङ्गति गरेको विषय मानिसहरूलाई कसरी खुट्ट्याउने र हेर्ने भन्‍ने कुरासँग सम्बन्धित थियो। यस प्रकारको विषय मानिसहरूको रुचिको विषय हो भनेर भन्न सकिन्छ, तर यो विषय केही विशेष भएको र मानिसहरूका सम्भाव्यता र नियतिहरूको महत्त्वपूर्ण मामिलासँग सम्बन्धित भएको हुनाले, यसले श्रोताहरूमा सत्यताका अन्य पक्षहरूले उत्पन्न गर्ने भन्दा फरक किसिमका केही भावनाहरू उत्पन्न गराउँछ। कतिपयका लागि, यी भावनाहरू खासै सुखद हुँदैनन्। यो विषय सुनेपछि, कतिपय मानिसहरूले भित्री रूपमा ठूलो उथलपुथलको अनुभव गर्न सक्छन्, र जो भावशून्य छन्, तिनीहरूले पनि अलिकति भित्री उथलपुथल अनुभव गर्न सक्छन्। होइन र? (हो।) मानिसहरूको प्रतिक्रिया जस्तोसुकै भए पनि, जे होस्, यी विषयहरूमा सङ्गति गरिसकेपछि, परमेश्‍वरका चुनिएका मानिसहरूले मानिसहरूलाई खुट्ट्याउन र विभिन्न मामिलाहरू छर्लङ्गै देख्नका लागि केही सहायता पाउँछन्, र तिनीहरू केही अन्तर्दृष्टि र केही खुट्ट्याउने क्षमता प्राप्त गर्न सक्षम हुन्छन्। होइन र? (हो।) पछिल्लो पटक, हामीले पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका केही प्रकटीकरण र विशेषताहरूका बारेमा सङ्गति गर्‍यौँ। त्यसोभए, यस प्रकारका मानिसहरूका मुख्य विशेषताहरू के-के हुन्? (पछिल्लो पटक, हामीले पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका चार वटा विशेषताहरू हुन्छन् भनेर सङ्गति गर्‍यौँ: पहिलो, तिनीहरूको बुझाइ विकृत हुन्छ; दोस्रो, तिनीहरू निकै भावशून्य हुन्छन्; तेस्रो, तिनीहरू निकै अन्यौलग्रस्त हुन्छन्; र चौथो, तिनीहरू निकै मूर्ख हुन्छन्।) यी चार वटा विशेषताहरू पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका सारभूत विशेषताहरू हुन्। त्यसोभए, के तिमीहरू सबैले यस प्रकारका मानिसहरूका सारभूत प्रकटीकरणहरू ठ्याक्कै के हुन् भन्ने कुराको सारांश निकालेका छौ? अर्को शब्दमा भन्दा, तिनीहरूको बाहिरी रूप—तिनीहरूको बोलीवचन र आचरण, र तिनीहरूको मानवताका विभिन्न प्रकटीकरणहरूका आधारमा हेर्दा—तिनीहरूमा यी चार वटा विशेषताहरूसँग सम्बन्धित के-कस्ता प्रकटीकरणहरू हुन्छन्? उदाहरणका लागि, तिनीहरूले सत्यतालाई लिने तरिका, र तिनीहरूको मानवताको विवेक र समझका विशेषताहरू के-के हुन्? अवश्य पनि, यी विशेषताहरू आधारभूत रूपमा विकृत बुझाइ, भावशून्यता, अन्योलता, र मूर्खताका चार विशेषताहरूभित्रै समेटिन्छन्, होइन र? (हो।) अब, तिमीहरूले वास्तविक जीवनमा देख्न र सामना गर्न सक्ने केही प्रकटीकरणहरूका आधारमा, यी चार विशेषताहरूलाई अझ विस्तृत रूपमा व्याख्या गर। तिमीहरूलाई अरू के-कस्ता प्रकटीकरणहरूबारे थाहा छ? उदाहरणका लागि, पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरू धेरै भावशून्य हुन्छन्। यदि तैँले एउटा नमुना उदाहरण मात्रै दिएर उसको समस्या औँल्याइस् भने, तैँले उसलाई यो समस्याबारे धेरै पटक भने पनि उसले अझै बुझ्दैन। त्यसैले, तैँले स्पष्ट रूपमा “म तिम्रै बारेमा कुरा गर्दैछु” भनेर भन्नुपर्छ, तब मात्र उसले यो आफ्नै बारेमा रहेछ भनी बुझ्छ। नत्र, उसले यो अरू कसैको समस्या हो, यो आफूसँग सम्बन्धित छैन भनेर मानिलिन्छ, र आफूले ठीकै गरिरहेको छु भन्‍ने सोच्छ। के यो भावशून्यता होइन र? (हो।) तैँले यो कुरा उसको नाककै अगाडि राखिदिएपछि मात्र उसले अलिकति प्रतिक्रिया जनाउँछ। त्यसोभए, के उसले सत्यता बुझ्न सक्छ? (सक्दैन।) उसले सत्यता किन बुझ्न सक्दैन? (किनभने ऊ प्रतिक्रिया दिन सुस्त हुन्छ र उसले परमेश्‍वरका वचनहरूको अर्थ बुझ्न सक्दैन। जब अरूले उसका समस्याहरू औँल्याउँछन्, तब उसले एउटा धर्मसिद्धान्त वा एउटा प्रावधान मात्रै बुझ्छ; उसले यसलाई सकारात्मक दृष्टिकोणबाट बुझ्न सक्दैन, र यसरी उसले सकारात्मक प्रवेश पाउन असम्भव हुन्छ।) यो बुझ्ने क्षमताविहीन हुनु हो। भावशून्यताको हिसाबमा भन्दा, जब कसैले एक प्रकारको स्थितिलाई औँल्याउँछ, तब उसले यो आफूसँग कसरी सम्बन्धित छ, आफूमा साँच्चै यस प्रकारको स्थिति छ कि छैन, र आफूमा साँच्चै त्यस प्रकारको समस्या छ कि छैन भनेर बुझ्नै सक्दैन—उसले यी कुराहरू बुझ्न सक्दैन न त अर्को व्यक्तिले के भनिरहेको छ भनेर बुझ्न नै सक्छ। तैँले उसले कुन दिन कुन काम गर्‍यो, कुन शब्दहरू बोल्यो, वा कुन प्रकटीकरण देखायो भनेर तोकेर बताए पनि, र उसलाई तँ उसकै बारेमा कुरा गर्दैछस् भन्‍ने थाहा भए पनि, उसले बुझ्ने भनेको एउटा मामिला, एउटा अभिव्यक्ति, वा एउटा वाक्य मात्रै हो, र उसले त्यसलाई अस्पष्ट, र सतही तरिकाले कण्ठस्थ गर्छ। त्यसलाई कण्ठस्थ गरेपछि, ऊ एउटा प्रावधानमा मात्रै टाँसिन्छ: ती शब्दहरू नभन्नू, र ती कामहरू नगर्नू; यी कामहरू गर्नू, र त्यसरी काम गर्नू। ऊ जीवनभर यही प्रावधानमा टाँसिन सक्छ, उसले कसैको सङ्‍गति स्वीकार गर्न मान्दैन, र दश वटा साँढेले ताने पनि उसलाई छुटाउनउन सकिँदैन। समय, भौगोलिक वातावरण, मानिस, घटना, र कामकुराहरू, इत्यादिमा परिवर्तनहरूका कारण परिस्थिति विकसित हुँदै जाँदा, तैँले उसलाई अब पहिले जसरी चलेर हुँदैन र उसले आफ्नो शैली वा रणनीति समायोजन गर्नुपर्छ—यद्यपि सिद्धान्त वास्तवमा परिवर्तन भएको छैन—भनेर भन्छस्, तर उसले त्यो कुरा बुझ्न सक्दैन। उसले भन्छ, “मैले यति धेरै वर्षदेखि यसरी नै अभ्यास गर्दै आएको छु, र मलाई यो ठीकै लाग्छ। मैले धेरै वर्षअघि अगुवा र कामदारहरूले सङ्गति गरेको कुराकै आधारमा अभ्यास गर्दै आएको छु। मैले आफ्नो अभ्यास गर्ने तरिका किन परिवर्तन गर्नुपर्‍यो?” ऊसँग आधार समेत हुन्छ, तर वास्तवमा, ऊ वर्षौँदेखि एउटा प्रावधानमा मात्रै टाँसिरहेको हुन्छ र ऊ आफैले यो कुरा थाहा पाएको वा महसुस गरेको हुँदैन।

विकृत बुझाइ हुनुको विशेषताको हिसाबमा भन्दा, पशुहरूबाट पुनर्जन्म लिएका अधिकांश मानिसहरूले विकृत बुझाइका प्रकटीकरणहरू देखाउँछन्। तिनीहरूको सोच्ने तरिका सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। तिनीहरूका विचारहरू धेरै विलक्षण, अनौठा, र कहिलेकाहीँ आश्‍चर्यजनक रूपमा अप्रत्याशित हुन्छन्—तैँले तिनीहरूले किन त्यसरी सोच्छन् भनेर कल्पना गर्नै सक्दैनस्, र तैँले यस संसारमा कसैले यस्तो अनौठो तरिकाले मामिलाहरूबारे विचार गर्छ भनी कहिल्यै कल्पना गरेको हुँदैनस्। तिनीहरूका विचारहरूले तँलाई अवाक् बनाउन सक्छन्। किनभने सामान्य सोचाइ भएका मानिसहरूले सामान्यतया सामान्य सोच्ने तरिकाअनुसार मामिलाहरूबारे विचार गर्छन्, जबकि पशुहरूबाट पुनर्जन्म लिएकाहरूको सोच्ने तरिका अत्यन्तै विचित्र किसिमको हुन्छ। तिनीहरूले बारम्बार केही अनौठा र विलक्षण अभिव्यक्तिहरू व्यक्त गर्छन्, र जब सामान्य सोचाइ भएको कसैले ती सुन्छ, तब त्यो व्यक्ति चकित हुन्छ। यदि तैँले कुनै मामिलालाई विचार गर्न तिनीहरूको सोच्ने तरिका अपनाउने प्रयास गरिस् भने, तैँले यो धेरै अनौठो छ र यो गतिरोधमा पुग्छ भन्‍ने कुरा पत्ता लगाउनेछस्। तिनीहरूमा यो सोच्ने तरिका हुने भएकाले, वास्तविक जीवनमा—चाहे तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गरिरहेका होऊन्, अरूसँग अन्तरक्रिया गरिरहेका होऊन्, वा निश्‍चित परिस्थिति, मानिस, घटना, र कामकुराहरूको सामना गरिरहेका होऊन्—तिनीहरूका विचारहरू सधैँ अत्यन्तै अनौठा हुन्छन्, र तिनीहरू धेरैजसो मानिसहरूसँग मिल्न सक्दैनन्। तिनीहरू मानव संसारमा बस्ने प्राणीहरू जस्ता देखिँदैनन्, बरु तिनीहरू अर्को संसारमा बाँचिरहेका जस्ता देखिन्छन्। तैँले तिनीहरूले किन त्यसरी सोच्छन् वा तिनीहरूमा किन त्यस्ता विचारहरू पलाउँछन् भनेर कहिल्यै बुझ्न सक्दैनस्। तिनीहरूले मामिलाहरूबारे विचार गर्ने तरिकाले अक्सर सामान्य मानवताको सोचाइको दायरा नाघ्छ र त्यो सामान्य सोचाइको सही मार्गबाट बाहिर जान्छ। अन्तिम परिणाम के हुन्छ भने, मामिलाहरूबारे विचार गर्ने तिनीहरूको तरिका, अडान, र सिद्धान्तहरू सबैलाई धेरै अनौठो लाग्छ। यदि सबैले कुनै मामिलामा विचार गरिरहेको वा सङ्गति गरिरहेको बेला यस्तो व्यक्ति उपस्थित छ, र त्यहाँका धेरैजसो मानिसहरूमा खुट्ट्याउने क्षमताको कमी छ, आफ्नै रायहरूको कमी छ, वा तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन् भने, प्रायजसो त्यस व्यक्तिको कुनै एउटा विकृत विचार र दृष्टिकोणहरूका कारण तिनीहरूको सोचाइको प्रवाह ठप्प हुन्छ वा सामान्य छलफलमा बाधा पुग्छ र रोकावट हुन्छ। अनि अन्तिम परिणाम के हुन्छ? पटक-पटकको छलफलपछि, मानिसहरूले त्यस व्यक्तिले अघि सारेको दृष्टिकोण सही मार्गबाट भड्किएको छ, त्यो न त वस्तुगत छ न त व्यावहारिक नै, र यसबाहेक, त्यो अत्यधिक विलक्षण छ, र मामिलाहरूलाई विचार गर्ने उसको तरिका समेत अत्यन्तै अनौठो छ भन्‍ने पत्ता लगाउँछन्। जब सामान्य मानिसहरू गफगाफ र कुराकानी गर्छन्, तब कुराकानी जीवन्त हुँदै जान्छ, सबै जना प्रश्‍नमा रहेका मामिलाहरूमा अझ स्पष्ट हुँदै जान्छन्, र तिनीहरूले जति धेरै कुरा गर्छन् विषय त्यति नै अगाडि बढ्छ। तर यदि यो व्यक्तिले बीचमा बोल्यो भने, कुराकानी विषयबाट बाहिर जान्छ। अरू मानिसहरू निःशब्द हुन्छन्, तिनीहरू सबैलाई यो व्यक्तिका कुराहरू निकै अनौठा लाग्छ, र तिनीहरूले जवाफ दिन सक्दैनन्। छलफलको विषय यसरी अवरुद्ध हुन्छ। यस प्रकारको व्यक्तिसँग “अद्वितीय” विचार र दृष्टिकोणहरू हुने भए पनि, ती सामान्य सोचाइ भएकाहरूले अघि सार्ने दृष्टिकोणहरूभन्दा निरन्तर फरक हुन्छन्। तिनीहरूका विचार र दृष्टिकोणहरू सामान्य मानवतामा हुनुपर्ने खालका हुँदैनन्, र ती सामान्य मानवताको सोचाइको दायराभित्र पर्दैनन्, त्यसैले तिनीहरूले भन्ने कुराहरू अरू मानिसहरूलाई अनौठा वा अकल्पनीय समेत लाग्छ, र तिनीहरूका समाधान र मार्गहरूले मानिसहरूलाई अलिकति पनि मद्दत गर्दैनन्, र यसबाहेक तिनमा अवरोध गर्ने, बाधा दिने, कमजोर पार्ने, र अन्तर्ध्वंस गर्ने प्रकृति हुन्छ। तिनीहरू चुप लागे भने ठीकै हुन्छ, र सबैको सोचाइको प्रवाह केही हदसम्म स्पष्ट रहन्छ, तर जब तिनीहरूले बीचमा बोलेर आफ्नो राय व्यक्त गर्छन् वा सुझाव दिन्छन्, तब सबैले त्यो सुन्दा बाधा र अवरोध महसुस गर्छन्, छलफल भइरहेको विषयमा विचलनहरू उत्पन्न हुन्छन्, र राम्रा परिणामहरू हासिल गर्न गाह्रो हुन्छ। तर, साँच्चै राम्रो क्षमता भएको व्यक्तिले मामिलाको जड तोकेरै पत्ता लगाउन सक्छ, र उसले त्यसको महत्त्वपूर्ण बुँदा बुझ्न र समस्या समाधान गर्न सही मार्ग बाँड्न सक्छ। कम्तीमा पनि, उसले अरू मानिसहरूको सोचाइको प्रवाहमा आधारित भएर केही अर्थपूर्ण र मूल्यवान् सुझावहरू प्रदान गर्न सक्छ। यदि उसले कुनै सुझाव अघि सार्‍यो, र सबैलाई त्यो उपयुक्त लाग्यो र तिनीहरू त्यसलाई स्वीकार गर्न इच्छुक भए भने, यसको अर्थ राम्रो क्षमता भएको यो व्यक्तिले अघि सारेको सुझावले महत्त्वपूर्ण बिन्दु भेट्टाएको छ भन्‍ने हुन्छ, किनभने यो व्यक्तिले कुराहरू छर्लङ्गै देख्न सक्छ। यदि उसले बोलेन भने, सबैले तीन दिनसम्म छलफल गरे पनि तिनीहरू निष्कर्षमा पुग्न सक्दैनन्। हेर् त, यी दुवै प्रकारका मानिसहरूसँग अद्वितीय दृष्टिकोणहरू हुन्छन्, जुन अरू मानिसहरूका भन्दा फरक हुन्छन्, तर राम्रो क्षमता भएको व्यक्तिले अघि सार्ने दृष्टिकोणहरूले अरूलाई मामिलाको सार छर्लङ्गै देख्न मद्दत गर्न सक्छन्, र मानिसहरू हराएको बेला सही दिशा र अभ्यासको मार्ग भेट्टाउन सहयोग गर्न सक्छन्। विकृत बुझाइ भएको व्यक्ति फरक हुन्छ। मानिसहरूले मामिलाहरूबारे छलफल गरिरहेका वा सामान्य कुराकानी गरिरहेका बेला उसको दृष्टिकोण र उसको विकृत सोच्ने तरिकाले प्रायजसो भत्काउने र बाधा दिने असर गर्छ। त्यसैले, यदि पशुबाट पुनर्जन्म लिएको विकृत बुझाइ भएको कुनै व्यक्ति कुनै मण्डली वा कामको कुनै पक्षमा संलग्न छ भने, उसले बाधा र अवरोधहरू ल्याउने सम्भावना हुन्छ, र सबैले ऊदेखि अत्यन्तै दिक्क भएको महसुस गर्नेछन्, र मनमनै यस्तो सोच्नेछन्, “यसलाई छिटो पठाइदेऊ—यो मान्छे साह्रै झर्कोलाग्दो छ! यो मान्छेले हरेक दिन अप्रासङ्गिक बकवास गर्छ र अझै पनि आफूलाई धेरै गहन ठान्छ, जबकि वास्तवमा, यसले भन्ने कुराहरू सबै भ्रमहरू हुन्।” सुरुमा, कतिपय मानिसहरूले उसलाई आदर्श मान्न सक्छन्, तर समय बित्दै जाँदा, तिनीहरूले उसलाई छर्लङ्गै देख्नेछन् र भन्नेछन्, “यो व्यक्तिसँग कुनै गहन अन्तर्दृष्टि छैन। ऊ दिनभरि बनावटी तरिकाले एक बुद्धिमान् व्यक्ति भएको नाटक मात्रै गरिरहेको हुन्छ। वास्तवमा, उसले अघि सार्ने दृष्टिकोण र विचारहरू पूर्ण रूपमा बेतुके हुन्छन् र तिनले सम्हाल्नुपर्ने मामिलाहरूसँग कुनै सरोकार नै राख्दैनन्।” तिनीहरूलाई ऊ झर्कोलाग्दो लाग्न थाल्नेछ र ऊप्रति घृणा महसुस हुनेछ। त्यसैले, यदि यस प्रकारको व्यक्ति आफ्नो कर्तव्य पूरा गर्दा केही अत्यधिक प्राविधिक वा पेसागत कामका लागि जिम्मेवारी हुन्छ वा केही महत्त्वपूर्ण काम आफ्नो हातमा लिन्छ भने, उसले तुरुन्तै अरूमा रिस उत्पन्न गराउँछ किनभने उसले अघि सार्ने दृष्टिकोण र मागहरूले सधैँ मानिसहरूलाई अविश्‍वासपूर्ण बनाउँछ र कार्य गर्ने उचित तरिकाबारे अनिश्‍चि बनाउँछ। यदि ऊ केवल एक साधारण अनुयायी हो, उसले निर्देशन र आज्ञाहरू मात्रै पालन गर्छ भने, उसले गर्ने कामहरूमा बारम्बार केही विचलनहरू देखा पर्नेछन्। अगुवा, कामदार, र तिनीहरू वरपरकाहरूले उसको निरन्तर अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने हुन्छ। उनीहरूले ऊबाट आँखा हटाउनेबित्तिकै, उसले गल्ती गर्नेछ, र अरूले सधैँ उसलाई उसका त्रुटिहरू सच्याउन र समाधान गर्न, र उसले गरेको गडबडी मिलाउन मद्दत गर्नुपर्ने हुन्छ। अन्त्यमा, जब सबैले यस प्रकारको व्यक्तिलाई मद्दत गर्न सकिँदैन भन्‍ने देख्छन्, तब तिनीहरूले भन्नेछन्, “उसले यहाँ सधैँ बाधा उत्पन्न गरिरहेको हुन्छ, र कसैले पनि शान्ति पाउन सकेको छैन। के उसलाई अन्तै पठाउन सकिँदैन? ऊ जहाँ जान चाहन्छ त्यहीँ जाओस्!” सबैको प्रतिक्रिया यस्तै हुनेछ। सुरुमा, तिनीहरूले ऊप्रति धैर्य गर्नेछन्, र यस्तो सोच्नेछन्, “हामी सबै दाजुभाइ-दिदीबहिनी हौँ, हामीमध्ये कसैको पनि कद ठूलो छैन, र सत्यतासम्बन्धी हाम्रो बुझाइ सतही छ—हामी एक-अर्कालाई समर्थन र मद्दत गरौँ।” तर ऊसँग लामो समयसम्म सम्पर्कमा रहेपछि, तिनीहरूले उसलाई छर्लङ्गै देख्नेछन्। उसको समस्या सानो कद हुनु होइन रहेछ—उसको क्षमता र बुझाइमा समस्या रहेछ भन्‍ने कुरा पत्ता लाग्छ। उसको बुझाइ सतही वा उसको सोचाइ केटाकेटीको जस्तो हुन्छ भन्ने होइन; बरु, उसको बुझाइ विकृत हुन्छ। कामकुराहरूलाई हेर्ने उसको तरिका र उसका विचार र दृष्टिकोणहरू सामान्य सोचाइको दायराभन्दा बाहिर पर्छन्, र उसका विचारहरू प्रायजसो अरू सबैको भन्दा फरक हुन्छन्। अरूले भनेको कुरा सही हुँदा पनि उसले स्वीकार गर्न मान्दैन, र उसले कुनै पनि प्रकारको स्पष्टीकरण सुन्दैन। ऊ आफ्नै विचारमा दृढ भएपछि, दश वटा साँढेले ताने पनि उसलाई त्यसबाट टसमस गराउन सक्दैनन्। अर्थात्, उसले असल र खराब छुट्याउन सक्दैन। उसले आफ्ना विचार र दृष्टिकोणमा असल ठानेका कुराहरू, सामान्य मानवताको सोचाइ भएका मानिसहरूका लागि विकृत कुराहरू—खुला रूपमा प्रस्तुत गर्न नसकिने कुराहरू बाहेक केही हुँदैनन्। उसका दृष्टिकोणहरू केवल केटाकेटीको जस्तो वा नीच र मूल्यहीन मात्रै हुँदैनन्; ती सामान्य मानवताको सोचाइले उत्पादन गर्ने विचार वा दृष्टिकोणहरू हुँदै हुँदैनन्। त्यसैले, यस प्रकारको व्यक्ति धेरैजसो मानिसहरूसँग मिल्न सक्दैन। यो भ्रष्ट स्वभावका कारण, वा जीवनका बानीबेहोरा वा भाषिक अड्चनहरूका कारण भएको हुँदैन, र यो उसले केही दुष्ट कार्यहरू गर्ने वा अनौठो व्यवहारमा संलग्न हुने कारणले त पक्कै पनि भएको हुँदैन। यो मुख्यतया उसको मानवताले प्रदर्शन गर्ने यी विशेषताहरू—विकृत बुझाइ, भावशून्यता, अन्योलता, र मूर्खताका कारण भएको हुन्छ, जसले गर्दा उसलाई धेरैजसो मानिसहरूसँग मिल्न असम्भव हुन्छ। अवश्य पनि, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू पनि धेरैजसो मानिसहरूसँग मिल्न सक्दैनन्, तर तिनीहरूमा यो एउटै लक्षण भए पनि, तिनीहरू अरूसँग मिल्न नसक्नुको सार वा घटना पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूको भन्दा फरक हुन्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू अरूसँग मिल्न सक्दैनन् किनभने तिनीहरू सारमा दियाबलसहरू हुन्, जबकि पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूमा सामान्य मानवताको सोचाइ र बुद्धिमत्ताका साथै सामान्य मानवताको विवेक र समझको पूर्ण रूपमा कमी हुन्छ, त्यसैले सामान्य मानिसहरूलाई तिनीहरूसँग कुराकानी गर्न निकै गाह्रो हुन्छ—तिनीहरूले सिद्धान्तहरू समावेश नहुने सानातिना, घरेलु मामिलाहरूका बारेमा मात्रै कुरा गर्न सक्छन्, जसले गर्दा कुराकानीको दायरा धेरै सीमित हुन्छ। आखिरमा, पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरू दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू होइनन्, तिनीहरू त्यस प्रकारका मानिसहरूभन्दा फरक हुन्छन्, र तिनीहरू पनि जीवित प्राणीहरूको एउटा वर्गमा पर्छन्। त्यसैले, जबसम्म प्रमुख सिद्धान्तहरू संलग्न हुँदैनन्, तबसम्‍म तिनीहरूले अझै पनि आफ्नो दैनिक जीवनमा वा आफ्ना कर्तव्यहरू पूरा गर्दा अरूसँग घुलमिल हुन, बोलचाल गर्न, र अन्तरक्रिया गर्न सक्छन्। तर, जब प्रमुख सत्यता सिद्धान्तहरू वा कुन मार्ग लिने भन्नेबारेका छनौटहरू संलग्न हुन्छन्, तब यस प्रकारको व्यक्ति धेरैजसो मानिसहरूसँग पूर्ण रूपमा अमिल्दो हुन्छ र तिनीहरूसँग त्यसउप्रान्त मिल्न सक्दैन। उदाहरणका लागि, तैँले यस प्रकारको व्यक्तिसँग दैनिक जीवनका विषयहरू—तँलाई कुन-कुन खानेकुरा र परिकारहरू मन पर्छ, तिनलाई राम्ररी पकाउने तरिका, तेरो गृहनगरबारेका कुराहरू, इत्यादिबारे कुराकानी गर्छस्। तैँले जति धेरै कुरा गर्छस्, तँसँग भन्नुपर्ने कुरा त्यति नै धेरै हुन्छ र कुराकानी त्यति नै सहज हुन्छ। के यसको अर्थ तिमीहरू दुई जना मिल्ने खालका छौ भन्‍ने हो? के यसको अर्थ तिमीहरू एउटै वर्गमा पर्छौ भन्‍ने हो? (होइन।) तैँले यस प्रकारको कुराकानीका आधारमा मात्रै ती कुराहरू भन्न सक्दैनस्। तर जब तँ आफूले परमेश्‍वरमा विश्‍वास गर्ने कारण र परमेश्‍वरमाथिको विश्‍वासबारे तेरा दृष्टिकोणहरू, साथै विचार र दृष्टिकोणहरू, सत्यता सिद्धान्तहरू, जीवनप्रतिका दृष्टिकोण,हरू मूल्यमान्यताहरू, मानिसहरूले हिँड्ने मार्गहरू, मानिसहरूका पछ्याइहरू, इत्यादि संलग्न विषयहरूका बारेमा कुरा गर्छस्, तब तिमीहरूका विचार र दृष्टिकोणहरू र तिनीहरूका सोच्ने तरिकाहरू झन्-झन् फरक हुँदै जान्छन्, र ती उप्रान्त एउटै एकैनासका हुँदैनन्, र कुराकानीमा गतिरोध उत्पन्न हुन्छ। अनि किन त्यसो हुन्छ? किनभने उसको बुझाइ विकृत छ। जब तैँले उसलाई पहिलो पटक बोल्दै गरेको सुन्छस्, तब तँलाई ऊ निकै चतुर छ भन्‍ने लाग्छ, तर समय बित्दै जाँदा तैँले उसले शब्द र धर्मसिद्धान्तहरू मात्रै बोल्छ र ऊ निकै अहङ्कारी छ भन्‍ने पत्ता लगाउँछस्। ऊप्रतिको तेरो भावना बदलिन्छ, त्यो उप्रान्त त्यति सहज रहँदैन, तगारोहरू उत्पन्न हुन्छन्, र तिमीहरू प्रत्येक जुन-जुन वर्गमा पर्छौ ती वर्गहरू छुट्टिन्छन्। हेर् त, जब तिमीहरूले पारिवारिक जीवन वा आफ्नो व्यक्तिगत विगतबारे छलफल गर्छौ, वा खानपिन, मनोरञ्जन, रुचि, र सोखहरू जस्ता दैनिक जीवनको दायराभित्रका विषयहरूमा कुराकानी गर्छौ, तब तिमीहरू अझै पनि कुराकानी गर्न सक्छौ। तर जब कुराकानीले विचार र दृष्टिकोण, सत्यता सिद्धान्तहरू, जीवनप्रतिको दृष्टिकोण, मूल्यमान्यताहरू, जीवन मार्गहरू, वा परमेश्‍वर र कर्तव्यप्रतिको मनोवृत्तिलाई छुन्छ, तब त्यो रोकिन्छ। ऊप्रतिको तेरो दृष्टिकोण बदलिन्छ, र तँप्रतिको उसको दृष्टिकोण पनि बदलिन्छ। तैँले आफ्नो हृदयमा ऊप्रति केही रिस महसुस गर्न थाल्छस्, र उसको हृदयमा तँप्रति तगारोहरू उत्पन्न हुन्छन्। उसले तँलाई मन पराउँदैन, र तैँले उसलाई मन पराउँदैनस्। बिस्तारै, तिमीहरू टाढा हुन्छौ र उप्रान्त तिमीहरूको बोल्‍ने भाषा एउटै हुँदैन। मानिसहरूका विभिन्न वर्गहरू यसरी छुट्टिन्छन्। त्यसकारण, कुन व्यक्ति कुन वर्गमा पर्छ भनी छुट्टयाउनका लागि, उसको बुझ्ने क्षमता कस्तो छ, ऊसँग सामान्य व्यक्तिको विवेक र समझ छ कि छैन, र ऊसँग सामान्य सोचाइ र बुद्धिमत्ता छ कि छैन भनेर हेर्नुपर्छ। पशुबाट पुनर्जन्म लिएको यस प्रकारको व्यक्तिको हकमा भन्दा, हामी अब उसमाथि विशेष रूपमा सङ्गति गर्नेछैनौँ। यसपछि, हामी अन्य दुई प्रकारका मानिसहरूका बारेमा सङ्गति गरेर अगाडि बढ्नेछौँ। त्यो सकिसकेपछि, हामी फर्केर आउनेछौँ र यी तीन प्रकारहरूको तुलना गर्नेछौँ। यस तुलनामार्फत, यी तीन प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने भन्‍ने कुरा झन्-झन् स्पष्ट र फरक हुँदै जानेछ।

पछिल्लो पटक, हामीले मानिसहरूलाई मोटामोटी रूपमा तीन वर्गमा विभाजन गरिन्छ भनी उल्लेख गर्‍यौँ। यी तीन वर्गहरूलाई कसरी छुट्टयाइन्छ? तिनलाई तिनको उत्पत्तिका आधारमा छुट्टयाइन्छ। पहिलो वर्ग पशुहरूबाट पुनर्जन्म लिएकाहरू हुन्, दोस्रो वर्ग दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू हुन्, र तेस्रो वर्ग मानिसहरूबाट पुनर्जन्म लिएकाहरू हुन्। हामीले पशुहरूबाट पुनर्जन्म लिएकाहरूका विशेषताहरूबारे छलफल गरिसकेका छौँ, र अब दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूका विशेषताहरूबारे कुरा गरौँ। दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका कुन-कुन मुख्य विशेषताहरूबारे तिमीहरूले सोच्न सक्छौ? (तिनीहरू सत्यता र परमेश्‍वरको विरोधी हुन्छन्।) यो निकै सामान्य अभिव्यक्ति हो; तिमीहरूले तिनीहरूका सारभूत प्रकटीकरणहरू वर्णन गर्नुपर्छ, र तिमीहरूले यस प्रकारका मानिसहरूका दैनिक प्रकाशहरू र जीवनमा तिनीहरूले देखाउने विशिष्ट प्रकटीकरणहरू प्रयोग गरेर तिनीहरूका विशेषताहरूको सारांश निकाल्नुपर्छ। के तिमीहरूलाई विशेषता भनेको के हो भन्‍ने थाहा छ? विशेषता भनेको एक प्रकारको व्यक्तिको सारलाई प्रतिनिधित्व गर्ने प्रकटीकरण हो। यदि कसैमा कुनै निश्‍चित प्रकारको व्यक्तिका विशेषताहरू छन् भने, ऊसँग त्यस प्रकारको व्यक्तिको सार हुन्छ, र यदि कुनै व्यक्ति त्यस प्रकारको व्यक्ति हो भने, उसमा स्वाभाविक रूपमै ती विशेषताहरू हुनेछ—कोही पनि अपवाद हुँदैन। विशेषता भनेको यही हो। के तिमीहरूले दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका विशेषताहरूबारे सोच्न सक्छौ? (तिनीहरू सत्यताप्रति निकै वितृष्ण हुन्छन् र सत्यतालाई घृणा गर्छन्। तिनीहरूले सत्यता सुनेपछि क्रोध र घृणाका साथ प्रतिक्रिया जनाउँछन्।) सत्यता देखेपछि क्रोध र घृणाका साथ प्रतिक्रिया जनाउनु एक निश्‍चित प्रकटीकरण हो। तिमीहरूले अरू के सोच्न सक्छौ? (तिनीहरू दुष्ट र कपटी हुन्छन्। मलाई थाहा छैन, त्यसलाई विशेषता मानिन्छ कि मानिँदैन?) त्यो केही हदसम्म सान्दर्भिक छ। (तिनीहरू निर्दयी र अहङ्कारी पनि हुन्छन्।) निर्दयीता अर्को निश्‍चित प्रकटीकरण हो। अहङ्कार भ्रष्ट मानिसहरूमा हुने एक आम विशेषता हो, र यो दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूमा मात्रै हुँदैन; पशुहरूबाट पुनर्जन्म लिएकाहरू र मानिसहरूबाट पुनर्जन्म लिएकाहरू—यी दुई प्रकारका मानिसहरूमा पनि यो हुन्छ। ती निश्‍चित शैतानी भ्रष्ट स्वभावहरूबाहेक, दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूको मानवताको हिसाबमा के-कस्ता निश्‍चित विशेषताहरू हुन्छन्? अर्थात्, तिनीहरूले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने, बोल्ने, र गर्ने कुराहरूका मुख्य विशेषताहरू के-के हुन्? (क्रूरता।) यो एउटा विशेषता हो। अरू के-कस्ता विशेषताहरू छन्? दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू र पशुहरूबाट पुनर्जन्म लिएकाहरू दुवैमा केही खास र सारभूत विशेषताहरू हुन्छन्, तर यी दुई प्रकारका मानिसहरूका विशेषताहरू पूर्ण रूपमा फरक हुन्छन्। पशुहरूबाट पुनर्जन्म लिएकाहरूका विशेषताहरू विकृत बुझाइ, भावशून्यता, अन्योलता, र मूर्खता हुन्। किन यी विशेषताहरू हुन्छन्? यस प्रकारको व्यक्ति सारको हिसाबमा मानवीय विशेषताहरूदेखि टाढा हुन्छ, र मानिसहरूमा हुनुपर्ने उचित बुद्धिमत्ता र सोच्ने तरिकादेखि टाढा हुन्छ भनी प्रमाणित गर्न यी विशेषताहरू नै पर्याप्त हुन्छन्। त्यसकारण, यिनै विशिष्ट विशेषताहरूले यस प्रकारका मानिसहरूले पशुहरूबाट पुनर्जन्म लि एका हुन् भनेर प्रमाणित गर्छन्। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू पशुहरूबाट पुनर्जन्म लिएकाहरूभन्दा फरक हुन्छन्। तिनीहरूका विशेषताहरू के-के हुन्? तिनीहरूले दियाबलसहरूबाट पुनर्जन्म लि एका हुनाले, तिनीहरू मानव बनेका दियाबलसहरू हुन्। तिनीहरूको भित्री सार दियाबलसको हुन्छ। तिनीहरू पशु नभए पनि—तिनीहरू मूर्ख, वा भावशून्यनभए पनि, र सायद तिनीहरूमा विकृत बुझाइ नभए पनि—तिनीहरू मानव पनि होइनन्, र तिनीहरूमा मानिसहरूको सामान्य सोचाइ हुँदैन। तिनीहरूले दियाबलसहरूबाट पुनर्जन्म लिएका हुनाले, सार र साँचो रूपको हिसाबमा, तिनीहरू कुनै पनि भिन्नताविना दियाबलसहरूसँग निश्‍चय नै पूर्ण रूपमा मिल्दाजुल्दा र समान हुन्छन्। त्यसोभए, दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूका विशेषताहरू के-के हुन्? पहिलो विशेषता हो, तिनीहरूको झूट बोल्‍ने बानी नै हुन्छ। तिनीहरूले जसरी झूट बोले पनि, तिनीहरूको अनुहार रातो हुँदैन, तिनीहरूको मुटु काँप्दैन, र तिनीहरूले कुनै कुरा नखुस्काई वा कुनै कमजोरी नदेखाई, अत्यन्तै सामान्य र स्वाभाविक रूपमा व्यवहार गर्छन्। तिनीहरूका कुन-कुन शब्दहरू साँचो हुन् र कुन-कुन झूटा हुन् भनेर कसैले खुट्ट्याउन सक्दैन। दोस्रो विशेषता विचलन हो। तिमीहरूले भर्खरै तेस्रो विशेषता उल्लेख गर्‍यौ, जुन दुष्टता हो। दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका तीन वटा विशेषताहरू हुन्छन्—पशुहरूबाट पुनर्जन्म लिएकाहरूको भन्दा एउटा विशेषता कम भए पनि, तिनीहरूले मानिसहरूलाई पुर्‍याउने गम्भीर हानिको विनाशकारी शक्ति र मात्रा पशुहरूबाट पुनर्जन्म लिएकाहरूले पुर्‍याउने चोट वा क्षतिभन्दा धेरै बढी हुन्छ, किनभने तिनीहरू दियाबलसहरू हुन्। कठोरताको हिसाबमा भन्दा, मानिसहरूलाई गम्भीर रूपमा हानि पुर्‍याउने दियाबलसहरूका माध्यमहरू मानिसहरूलाई चोट पुर्‍याउने पशुहरूका माध्यमभन्दा धेरै कडा हुन्छन्। मानिसहरूलाई फसाउनु, कुल्चनु, भावशून्य बनाउनु, भ्रमित पार्नु, र गम्भीर रूपमा हानि पुर्‍याउनु दियाबलसहरूको जन्मजात गुण हो; यो तिनीहरूको प्रकृति सार हो। पशुहरूको हकमा भन्दा, तिनीहरू डरलाग्दा छैनन् भने, तिनीहरूमा सामान्यतया मानिसहरूप्रति ठूलो विनाशकारी शक्ति हुँदैन; केही निश्‍चित पशुहरूले मात्रै मानिसहरूलाई केही हदसम्म गम्भीर रूपमा हानि पुर्‍याउँछन्, मान्छेको मासु खान्छन् वा जन्मजात प्रवृत्तिले गर्दा मानिसहरूलाई चोट पुर्‍याउँछन्। दियाबलसहरू फरक हुन्छन्। तिनीहरू ठूला दियाबलस भए पनि वा साना दियाबलस भए पनि फरक पर्दैन—विभिन्न प्रकारका दियाबलसहरूबीच भिन्‍नता छुट्टउनु आवश्यक छैन—तिनीहरू सबैले मानिसहरूलाई उस्तै चोट र गम्भीर हानि पुर्‍याउँछन्। कुनै पनि तथाकथित भिन्नताहरू माध्यम वा विधिहरूमा मात्रै प्रकट हुन्छन्, तर दियाबलसहरूको सारको हिसाबमा भन्दा, यो सधैँ मानिसहरूलाई गम्भीर रूपमा हानि पुर्‍याउने नै हुन्छ। तैँले तिनीहरूलाई उक्साएको भए पनि वा नभए पनि, तिनीहरूको प्रकृति सार सधैँ मानिसहरूलाई चोट पुर्‍याउने नै हुन्छ। जबसम्म तँ तिनीहरूको नजिक हुन्छस्, जबसम्म तेरो जीवनका ठूला वा साना मामिलाहरूमा तिनीहरू संलग्न हुन्छन्, तबसम्म तँलाई तिनीहरूबाट हानि हुने सम्भावना हुन्छ। यदि तैँले केही सत्यताहरू बुझ्छस्, तँसँग केही सत्यता वास्तविकताहरू छ, र यी दियाबलसहरूलाई खुट्ट्याउने क्षमता छ भने, तँलाई तिनीहरूबाट हुने हानिको मात्रा तुलनात्मक रूपमा कम हुन्छ वा घट्छ। तर यदि तेरो कद सानो छ, तैँले सत्यता बुझ्दैनस्, र तँ सत्यता र जीवनविनाको व्यक्ति होस् भने, तँलाई हुने हानिको मात्रा कति हुन्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ—तिनीहरूले तँलाई जसरी हानि गर्न चाहन्छन्, त्यसरी नै हानि गर्नेछन्, र तिनीहरूले तँलाई जुन हदसम्म हानि गर्न चाहन्छन्, तँलाई त्यति नै हदसम्म हानि हुनेछ। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूले मानिसहरूलाई पुर्‍याउने हानि यही हो। हेर् त, जब दियाबलसहरू शक्तिमा हुन्छन्, तब तैँले तिनीहरूलाई समर्थन गरे पनि, तँलाई तिनीहरूबाट अझै पनि हानि हुनेछ, र यदि तैँले तिनीहरूलाई समर्थन गरिनस् वा तिनीहरूको विरोध गरिस् भने पनि, तँलाई हानि नै हुनेछ। जबसम्म तँ तिनीहरूद्वारा शासित हुन्छस्, जबसम्म तँ तिनीहरूको शक्तिको अधीनमा हुन्छस्, जबसम्म तैँले परमेश्‍वरलाई पछ्याउँछस् तर सत्यता प्राप्त गरेको हुँदैनस् वा परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिएको हुँदैनस्, तबसम्म तँ पूर्ण रूपमा, दियाबलसहरूको पराजित विरोधी, तिनीहरूको सिकार रहन्छस्, कोही पनि यसको अपवाद हुँदैन। यसले ठूला दियाबलसहरूलाई जनाउँछ। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूको हकमा भन्दा, तिनीहरू वास्तविक जीवनका साना दियाबलसहरू हुन्, तिनीहरू विभिन्न प्रकारका दियाबलसहरू हुन्। यदि तँ तिनीहरूसँगै बसिस् भने, एउटा सबैभन्दा आम घटना के हुनेछ भने, तिनीहरूले आफ्नो बानीले नै झूट बोल्नेछन्। तँ सधैँ तिनीहरूबाट ठगिनेछस् र तैँले सधैँ तिनीहरूबाट धोका पाउनेछस्; तँलाई तिनीहरूका कुन शब्दहरू साँचो हुन् र कुन झूटा हुन् भन्‍ने थाहा हुनेछैन, र तेरो मन बेचैन हुने गरी तँलाई बाधा पुग्नेछ। “तिनीहरूले भनेको यो कुरा साँचो हो कि झूटो हो? के तिनीहरूले मलाई फेरि धोका दिने प्रयास गरिरहेका छन्? तिनीहरूले भनेको कुरा सही हो कि गलत हो भनेर मैले कसरी खुट्ट्याउन सक्छु?” हेर् त, यदि तँ तिनीहरूसँगै बस्छस् भने, तैँले तिनीहरूको हानिबाट गहिरो कष्ट भोग्नेछस्। तिनीहरूको निरन्तर झूट बोल्ने यो मामिलाले मात्रै तँलाई यतिसम्म बाधा पुर्‍याउनेछ कि तँ पूर्ण रूपमा अस्तव्यस्त हुनेछस्, र हरेक दिन तेरो हृदयमा कुनै शान्ति, चैन, वा आनन्द हुनेछैन।

दियाबलसबाट पुनर्जन्म लिएको प्रकारको व्यक्तिको हकमा भन्दा, उसले बानीले नै झूट बोल्छ, र उसले गर्ने सबै कुरा अत्यन्तै कुटिल हुन्छ। तिनीहरूले गोप्य रूपमा अरूलाई जे भने पनि वा पर्दा पछाडि जे गरे पनि, तिनीहरूले पछि त्यसबारे सत्य बोल्दैनन्; बरु, तिनीहरूले फरक कथा प्रस्तुत गर्छन्। तिनीहरूले तेरो अगाडि अरू मानिसहरूको कुरा काट्छन्, र तिनीहरूले अरू मानिसहरूका अगाडि तेरो कुरा काट्छन्। फलस्वरूप, तँ र ती अरू मानिसहरूका बीचमा तगारोहरू उत्पन्न हुन्छन्, र तिमीहरूले एक-अर्काका बारेमा नराम्रो सोच्छौ। वास्तवमा, तिमीहरू एक-अर्कासँग पटक्कै परिचित हुँदैनौ, र तिमीहरूले एक-अर्काका बारेमा त्यति धेरै जान्दैनौ। खासमा यो दियाबलसले तिमीहरूका बीचमा फाटो ल्याउन कुराहरू बनाएकाले नै तिमीहरू शत्रु बनेका हौ। तँलाई दियाबलसले खेलाएको छ तैपनि तँलाई के भइरहेको छ भन्‍ने अझै थाहा हुँदैन, र तँ दियाबलसले भनेको कुरा साँचो हो र ऊ तेरा लागि असल छ भन्‍ने सोच्छस्। हेर् त, बानीले नै झूट बोल्ने व्यक्तिले मानिसहरूलाई यो हदसम्म खेलाउन सक्छ। तिनीहरूले निरन्तर झूट बोल्छन्; तिनीहरूले तँसँग हुँदा प्रायजसो कुरा काट्छन्, फाटो ल्याउँछन्, र कथाहरूलाई बढाइचढाइ गरेर र रङ्ग भरेर अनि निराधार दाबीहरू गरेर मनमानी ढङ्गमा अफवाहहरू फैलाउँछन्। यसले तँलाई यति बाधा दिन्छ कि तँलाई असहज महसुस हुन्छ, र तैँले निरन्तर खुट्ट्याउनुपर्छ र तँ सतर्क रहनुपर्छ: “फलानोले मेरो बारेमा के नराम्रो कुरा भन्यो? मैले फलानोलाई कस्तो व्यवहार गर्नुपर्छ?” तिनीहरूले तँलाई पूर्ण रूपमा अस्तव्यस्त हुने हदसम्म बाधा दिन्छन्, र तेरा जीवनको लय, तेरा जिउने ढाँचा, र तेरो वर्तमान अवस्थालाई बिथोल्छन्। जब तेरो कद सानो हुन्छ र तैँले सत्यता बुझ्दैनस्, र जब तैँले सत्यता प्राप्त गरिसकेको हुँदैनस्, तब तँ प्रायजसो तिनीहरूको प्रभावमा पर्छस्, र तिनीहरूका केही झूटहरूद्वारा भ्रमित भएको, बाधित बनेको, र बन्धनमा परेको समेत हुन्छस्। उदाहरणका लागि, मानौँ तँ मण्डली अगुवाका रूपमा चुनिएको छस्, र तिनीहरूले तँलाई यसो भन्छन्, “फलानोले तिम्रो बारेमा यसो भन्यो: ‘त्यस व्यक्तिलाई आफू अगुवा हुन सक्छु भन्‍ने लाग्छ? ऊ वास्तवमा केही पनि होइन, तैपनि उसले मानिसहरूलाई सत्यतामा सङ्गति गर्ने आँट गर्छ!’” वास्तवमा, त्यो व्यक्तिले यो कुरा पटक्कै भनेको हुँदैन; यो त यो दियाबलसले भन्न चाहेको कुरा हुन्छ, र तिनीहरूले यसको दोष अरू कसैमाथि थोपरिरहेका हुन्छन्। तिनीहरूको यही एउटा टिप्पणीले तँलाई कमजोर महसुस गराउँछ, र तँ परमेश्‍वरको सामु आएर प्रार्थना गर्छस्, “हे परमेश्‍वर, मेरो कद साँच्चै सानो छ र म यो कामको भार बोक्न सक्दिनँ। म तपाईँप्रति ऋणी छु, मैले आफ्नो काम राम्ररी गरेको छैनँ। म राजीनामा दिन चाहन्छु, तर मलाई यसो गर्नु भनेको बफादार नहुनु हो कि भन्‍ने डर लाग्छ। मैले के गर्ने?” तिनीहरूले तँलाई यति बाधा दिएका हुन्छन् कि तैँले आफ्नो काम जारी राख्नै सक्दैनस्; यदि तैँले जारी राखिहालिस् भने पनि, तैँले एक प्रकारको नकारात्मक भावनाका साथ त्यसो गर्छस्, र बिस्तारै मण्डलीको कामका लागि आफ्नो बोझको बोध गुमाउँदै जान्छस्, अनि अन्त्यमा, काम ठप्प हुन्छ। तँलाई बाधा पुगेको हुन्छ, होइन र? (हो।) यस प्रकारको व्यक्तिसँग जिउनु, अन्तरक्रिया गर्नु, र काम गर्नु साँच्चै कष्टकर हुन्छ। तिनीहरूका शब्दहरूमा धेरै असत्यता, धेरै मिसावट, तिनीहरूको आफ्नै धेरै इच्छा, र तिनीहरूका आफ्नै धेरै मनसायहरू हुन्छन्; तिनीहरूले भन्ने सबै कुरा झूट हुन्छन्। तैँले निरन्तर खुट्ट्याउनुपर्छ: “तिनीहरूका कुन शब्दहरू साँचो हुन् र कुन झूटा हुन्? तिनीहरूले पर्दा पछाडि वास्तवमा के गरेका छन् र के गरेका छैनन्? के तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासी हुन्? तिनीहरूले भविष्यमा आफ्नो कर्तव्य निश्‍चय नै राम्ररी पूरा गर्नेछु र परमेश्‍वरको घरले तिनीहरूलाई दिएको यो पदोन्नतिमा खरो उत्रनेछु भनी भन्छन्—के यी शब्दहरू साँच्चै हृदयदेखिका हुन्छन्? के तिनीहरूले खाएको शपथ र व्यक्त गरेको सङ्कल्पअनुसार काम गर्नेछन्?” जब तैँले तिनीहरूको व्यवहार देख्छस्, तब तेरो दिमागमा प्रश्‍नहरूको बाढी आउँछ। तँलाई प्रायजसो तिनीहरू डरलाग्दा छन् भन्‍ने लाग्छ, तर तिनीहरूका शब्दहरू निकै विश्‍वसनीय र तर्कसङ्गत सुनिन्छन्। तैपनि, राति सपनामा, तैँले तिनीहरूको अनुहार दियाबलसको अनुहारमा परिणत भएको, तिनीहरूले आफ्ना दाह्रा किट्दै र नङ्ग्रा चलाउँदै गरेको देख्छस्, र तैँले सोच्छस्, “के तिनीहरू वास्तवमै मानव हुन्? तिनीहरूका कुन शब्दहरू साँचो हुन् र कुन झूटा हुन्? मैले तिनीहरूलाई किन छर्लङ्गै देख्न सकिरहेको छैनँ? यस प्रकारको व्यक्ति अति डरलाग्दो हुन्छ!” तँलाई तिनीहरू डरलाग्दा र अविश्‍वासिला छन् भन्‍ने लाग्छ, तर जब तैँले तिनीहरूको कामको जाँच गर्छस्, तब त्यो आधारभूत रूपमा ठीकै हुन्छ, र जब तैँले तिनीहरूले बोलेको सुन्छस्, तब तैँले कुनै गल्तीहरू भेट्दैनस्। तर, तैँले तिनीहरूलाई छर्लङ्ग देख्नै सक्दैनस्—तेरो आत्मामा एक बेनामी शङ्का हुन्छ, र तँलाई आफ्नो हृदयमा सधैँ तिनीहरूले समस्या खडा गर्न सक्छन् भन्‍ने लाग्छ, सधैँ तिनीहरूका शब्दहरू जाली छन् र पूर्ण रूपमा सत्य छैनन् भन्‍ने लाग्छ। सायद एक दिन तिनीहरूको झूट बोल्ने प्रकृति खुलासा हुन्छ, र तिनीहरूबारेको तेरो भावना पुष्टि हुन्छ: तैँले त्यतिबेला तिनीहरूबारेको तेरो शङ्का र भावना सही थियो, र तिनीहरूले बोलेका शब्दहरू धेरै राम्रा र विश्‍वसनीय सुनिए तापनि, ती सबै झूटा र छली थिए भन्ने कुरा पत्ता लगाउँछस्; पर्दा पछाडि, तिनीहरूले कुनै वास्तविक काम गरेकै थिएनन्। त्यसोभए, के यस प्रकारको व्यक्तिलाई अझै पनि भरोसा गर्न सकिन्छ? (सकिँदैन।) तेरो हृदयमा तँलाई तिनीहरूलाई अब भरोसा गर्न सकिँदैन भन्‍ने लागे तापनि, जब तैँले तिनीहरूलाई फेरि भेट्छस् र तिनीहरू बोलेको सुन्छस्, तब तिनीहरूको बोध निकै शुद्ध देखिन्छ, तिनीहरूले भन्ने कुरा राम्रा सुनिन्छन्, र तैँले तिनीहरूका शब्दहरूमा कुनै समस्या भेट्टाउन सक्दैनस्, र तिनीहरूले बाहिरी रूपमा कष्ट सहन र मूल्य चुकाउन पनि सक्छन्। तैँले यस्तो सोच्छस्, “यहाँ के भइरहेको छ? सायद मैले तिनीहरूलाई गलत ठानेँ, सायद मैले छुद्र व्यवहार गरेँ। म तिनीहरूलाई फेरि एक पटक भरोसा गर्छु। जे होस्, अहिले मैले यो काममा तिनीहरूको ठाउँ लिन सक्ने उपयुक्त व्यक्ति भेट्टाउन सकेको छैनँ, त्यसैले म तिनीहरूलाई फेरि एक पटक प्रयोग गर्नेछु।” त्यसपछि तैँले तिनीहरूलाई प्रयोग गर्न जारी राख्छस्, र अन्तिम परिणाम अझै पनि उस्तै हुन्छ: तैँले आफूलाई तिनीहरूले फेरि धोकामा पारेको पत्ता लगाउँछस्। तिनीहरू राम्रो बोल्छन्, तर वास्तवमा, पर्दा पछाडि, तिनीहरू आफ्नै उद्यममा लाग्छन् र केही वास्तविक काम गर्दैनन्। यदि तिनीहरूले एक महिना सुसमाचार प्रचार गरेर दश जना मानिसहरू प्राप्त गरे भने, तिनीहरूले पचास जना प्राप्त गरेको भनेर जिद्दी गर्छन्। तिनीहरूले सत्य बोल्दै बोल्दैनन्। तिनीहरू बानीले नै झूट बोल्ने हुन्छन्, तिनीहरू झूट बोल्नमा विशेषज्ञ हुन्छन्। तैँले तिनीहरूलाई बारम्बार भरोसा गर्छस् र प्रयोग गर्छस्, र फलस्वरूप, तँ बारम्बार मूर्ख बन्छस्। अनि अन्त्यमा घाटा कसलाई हुन्छ? अवश्य पनि, यी कुराहरू अनुभव गरेर, मानिसहरूले अरूलाई खुट्ट्याउने क्षमता विकास गर्छन्, तिनीहरूको अन्तर्दृष्टि बढ्छ, तिनीहरूको अनुभव बढ्छ, र तिनीहरू मानिसहरूलाई जाँच्नमा अझ राम्रो हुन्छन्, तर वास्तवमा घाटा केलाई हुन्छ? त्यो मण्डलीको कामलाई हुन्छ। त्यसैले मलाई भन, दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको यो एउटै प्रकृति सारले—अर्थात् बानीले नै झूट बोल्ने गर्नालेले—अरूलाई ठूलो हानि गर्छ कि गर्दैन? (गर्छ।) यो हानि कति ठूलो हुन्छ? के तिनीहरूले तँलाई बहकाउन सक्छन्? (सक्छन्, हामी बहकाउमा पर्न र शोषित हुन सक्छौँ।) तँ बहकाउमा पर्न, शोषित, र बाधित हुन सक्छस्—के यो कुरा तँ तिनीहरूको चालबाजीमा पर्ने हदसम्म पुग्न सक्छ? (सक्छ।) यदि तँ जवान छस् र तँसँग अनुभवको कमी छ, र तैँले सत्यता बुझ्दैनस् र कामकुराहरूलाई छर्लङ्गै देख्न सक्दैनस् भने, तँ तिनीहरूको चालबाजीमा पर्न सक्छस्। तिनीहरूको चालबाजीमा पर्नुको अर्थ के हो? यसको अर्थ, तँ तिनीहरूको विरुद्धमा असहाय हुन्छस्, तँ तिनीहरूद्वारा नियन्त्रित हुन्छस्, तेरा हातखुट्टा तिनीहरूद्वारा बाँधिएका हुन्छन्, कामकुराहरूबारे सोच्ने तेरो तरिका र तेरा विचार र दृष्टिकोणहरू तिनीहरूद्वारा प्रभावित र उत्प्रेरित हुन्छन्, तैँले यसपछि के गर्छस् भन्‍ने कुरा पूर्ण रूपमा तिनीहरूको योजनाअनुसार अघि बढ्छ, र तँ तिनीहरूले तेरा लागि बनाएको पासोमा पूर्ण रूपमा फस्छस्—चालबाजीमा पर्नुको अर्थ यही हो। तिनीहरूले पर्दा पछाडि पहिले नै सबै योजना बनाउँछन्, र तँविरुद्ध षड्यन्त्र रच्न सबै प्रकारका युक्तिहरू प्रयोग गर्छन्। तिनीहरूले तँलाई छर्लङ्गै देख्छन्—तैँले के बुझ्छस् र के छर्लङ्गै देख्न सक्दैनस्, तैँले कुन कुराहरूलाई खुट्ट्याउन सक्छस् र कुनलाई सक्दैनस्, तेरा सीमाहरू के हुन्, तँलाई कसरी शोषण गर्न सकिन्छ, र कुन शब्दहरूले तँलाई भ्रमित पार्न सक्छन् भन्‍ने कुराहरू राम्रोसँग बुझ्छन्। अन्त्यमा, तिनीहरूले तेरा कमीकमजोरीहरू र विभिन्न दुर्बलताहरूको फाइदा उठाएर शोषण झूटहरूको रचना गर्छन् र तँलाई मूर्ख बनाउँछन्। तेरो हृदयमा, तैँले तिनीहरूले गरेको काम गलत थियो, वा तिनीहरूले भनेको कुरामा समस्या थियो र तिनीहरूले झूट बोलिरहेका थिए भनेर स्पष्ट रूपमा जानेको हुन्छस्, तर तँसँग त्यसलाई सम्हाल्ने बुद्धि हुँदैन; तँलाई दुःख लाग्छ तर तँ तिनीहरूको विरुद्धमा असहाय हुन्छस्, र तँ तिनीहरूले जता डोऱ्यायो त्यतै जान बाध्य हुन्छस्। के यो तिनीहरूको चालबाजीमा पर्नु होइन र? (हो।) अन्ततः, परिस्थितिको विकास हुने दिशा, ठीक अन्तिम परिणामसम्म नै तिनीहरूको योजनाअनुसार अघि बढ्छ—यसको अर्थ तँ तिनीहरूको चालबाजीमा परेको हुन्छस्। अर्थात्, तैँले परिस्थितिको विकासको दिशालाई नियन्त्रण गर्ने क्षमता पूर्ण रूपमा गुमाउँछस्, र तँ पूर्ण रूपमा तिनीहरूले जता डोऱ्यायो त्यतै जान्छस्। तिनीहरूले जुन लक्ष्य हासिल गर्न चाहे पनि, जे पूरा गर्न चाहे पनि, जसलाई शोषण गर्न चाहे पनि, र जसरी काम गर्न चाहे पनि, तिनीहरूले अन्ततः आफूले चाहेको कुरा गरिछाड्छन्। मलाई भन, के यो तिनीहरूको चालबाजीमा पर्नु होइन र? (हो।)

मलाई भन, दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको बानीले नै झूट बोल्ने प्रकृतिको हिसाबमा मात्रै हेर्दा, के तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई, र विशेष गरी मण्डलीको कामलाई गर्ने हानि ठूलो हुन्छ कि हुँदैन? (हुन्छ।) हानि निकै ठूलो हुन्छ! त्यसोभए कतिपय व्यक्तिहरूको दैनिक जीवनलाई असर गर्नु बाहेक, तिनीहरूले मानिसहरूलाई अरू के-कस्ता ठूला हानि गर्छन्? (दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका कार्यहरूले तिनीहरूका वरपरका मानिसहरूलाई दिने बाधा अत्यन्तै गम्भीर हुन्छ। मैले पहिले यस्तै एक जना व्यक्तिलाई भेटेको थिएँ; ऊ जहाँ भए पनि, त्यो ठाउँ छलछाम र शक्ति र हैसियतका लागि प्रतिस्पर्धाले भरिएको हुन्थ्यो, मानिसहरूका बीचमा तगारोहरू उत्पन्न हुन्थे, र दाजुभाइ-दिदीबहिनीहरूले पनि आफ्नो हृदयमा अन्धकार महसुस गर्थे।) यसले अराजकता सृजना गर्‍यो, होइन र? (हो।) मानिसहरूलाई एक-अर्काप्रति शङ्कालु बनाउनु र एक-आपसमा झगडा गर्ने तुल्याउनु, र अराजकताको स्थितिमा प्रवेश गराउनु—यो निकै ठूलो हानि हो छ! त्यसोभए, पछि, सबैले यो दियाबलसलाई खुट्ट्याए त? (खुट्ट्याए।) के उसलाई पखालेर फालियो? (उसलाई पखालेर फालियो।) उसलाई पखालेर फालिएपछि, के सबैले सारांश निकाले? उसको झूटका मुख्य निश्‍चित प्रकटीकरणहरू, उसले बोलेका झूटहरू, उसले जुन कुराहरूका खातिर झूट बोल्यो ती कुराहरू, उसले झूट बोल्दा प्रयोग गरेका विधिहरू र उसको आवाजको लय, उसले हासिल गर्न चाहेको उद्देश्य—के तिमीहरू सबैले यी निश्‍चित विधि र प्रकटीकरणहरूको सार निकाल्यौ? (निकाल्यौँ। उदाहरणका लागि, ऊ बानीले नै झूट बोल्ने व्यक्ति हो; उसका शब्दहरूमा सही र गलतलाई गोलमाल गर्ने र कालोलाई सेतो भन्‍ने प्रकृति हुन्छ, जसले सकारात्मक व्यक्तिहरूलाई नकारात्मक र नकारात्मक व्यक्तिहरूलाई सकारात्मक बनाउँछ। आफूले डाहा गर्ने वा घृणा गर्ने जोकोहीमाथि उसले निराधार आरोपहरू लगाउँथ्यो, र दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको विरोध गर्न उक्साउँथ्यो, र अराजकता सृजना गर्थ्यो। उसले केही असल मानिसहरू वा आफ्नो कर्तव्यमा परिणाम ल्याउनेहरूलाई दमन पनि गर्‍यो, जबकि उसले मन पराएका र उसको चापलुसी गर्नेहरूलाई प्रवर्धन गर्‍यो।) यो ख्रीष्टविरोधी हो, होइन र? (हो।) यस प्रकारको व्यक्तिले झूट बोल्न प्रयोग गर्ने मुख्य विधिहरू के-के हुन्? नभएको कुरा बनाउनु, कथाहरूमा रङ्ग भर्नु र त्यसलाई बढाइचढाइ गर्नु, अरूमाथि दोष थोपर्नु, द्वन्द्व सृजना गर्न कथाहरू सुनाउनु, र फाटो ल्याउनु—अरू के छ? (आगोमा घिउ थप्‍नु।) आगोमा घिउ थप्‍नु र द्वन्द्वहरूलाई तीव्र पार्नु। उदाहरणका लागि, दुई जना मानिसहरू निकै राम्ररी मिलिरहेका हुन्छन्, तिनीहरूले कुनै पनि कुरामा बहस गर्न वा कसैसँग शत्रुता मोल्न चाहँदैनन्, तर यस प्रकारको व्यक्तिले तिनीहरूलाई झगडा गर्न लगाउन तिनीहरूका बीचमा आगोमा घिउ थप्‍छ। यदि उसले ती दुई जनाले झगडा गरेको देख्यो भने, ऊ खुसी हुन्छ, र उसको षड्यन्त्र सफल हुन्छ। हरेक समूहमा यस प्रकारका केही मानिसहरू हुन्छन्। सबैमा भ्रष्ट स्वभावहरू हुन्छन्, तर के मानवहरूबाट पुनर्जन्म लिएका मानिसहरूले यी कामहरू गर्छन्? (गर्दैनन्।) किन गर्दैनन्? तिनीहरू र दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका बीचमा के भिन्नता हुन्छ? (सामान्य मानिसहरूसँग विवेकको न्यूनतम मानक हुन्छ।) ठीक भनिस्। तिनीहरूसँग विवेकको न्यूनतम मानक हुन्छ; आत्मआचरणमा, तिनीहरू विवेकद्वारा बाँधिएका हुन्छन्। तिनीहरूले यी नैतिक रूपमा भ्रष्ट कामहरू, निष्ठा र इज्जत गुमाउने यी कामहरू, वा अरूलाई हानि गर्ने र आफूलाई फाइदा हुने यी कामहरू गर्दैनन्। विवेक हुनुको अर्थ तिनीहरूसँग न्यूनतम मानक हुन्छ, र फलतः तिनीहरूका कार्यहरू बाँधिएका हुन्छन्। त्यसोभए, के दियाबलसहरूबाट पुनर्जन्म लिएका यी मानिसहरूसँग विवेक हुन्छ? (हुँदैन।) त्यसोभए तिनीहरूसँग कस्तो प्रकारको हृदय हुन्छ? (दुर्भावनापूर्ण हृदय।) तिनीहरूसँग दुर्भावनापूर्ण र दुष्ट हृदय हुन्छ, र त्यसैले तिनीहरूले बानीले नै झूट बोल्न सक्छन्, र तिनीहरूले जसरी झूट बोले पनि, तिनीहरूले भित्रभित्रै असहज महसुस गर्दैनन्। तिनीहरूले किन असहज महसुस गर्दैनन्? किनभने तिनीहरू दियाबलसहरू हुन् र तिनीहरूसँग विवेक हुँदैन, त्यसैले जब तिनीहरूले झूट बोल्छन् र दुष्टता गर्छन्, तब तिनीहरूले असहज महसुस गर्दैनन्, न त तिनीहरूले निन्दित भएको नै महसुस गर्छन्। यसको विपरीत, यदि तिनीहरूले झूट बोलेनन् भने, र यदि—तिनीहरू जहाँ छन्—त्यहाँ तिनीहरूले केही दुष्टता गरेनन् वा केही हङगामा र अराजकता सृजना गरेनन् भने, र सबै जना शान्तिपूर्वक र खुसीसाथ जिउँछन्, र सबै जना परमेश्‍वरसामु जिउँछन् भने, तिनीहरूले भित्रभित्रै निराश र असहज महसुस गर्छन्। तिनीहरूले किन असहज महसुस गर्छन्? किनभने सबै जना परमेश्‍वरसामु आउँछन्, उनीहरूले उहाँका वचनहरू मनन गर्छन्, उहाँका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्छन्, सामान्य मानवताभित्र जिउँछन्, र तिनीहरूको आराधना गर्दैनन्; तिनीहरू मानिसहरूका बीचमा अलग देखिँदैनन् वा आफू महत्त्वपूर्ण भएको महसुस गर्दैनन्, त्यसैले तिनीहरूले यस्तो सोच्छन्, “यसरी जिउनु त कति पट्यारलाग्दो छ, यसमा कुनै रमाइलो नै छैन!” रमाइलो गर्न, जीवनलाई रोचक बनाउन, सम्मानपूर्वक र आफू महत्त्वपूर्ण भएको भावनाका साथ जिउनका लागि, तिनीहरूले केही समस्या सिर्जना गर्नुपर्छ र केही समस्या निम्त्याउनुपर्छ, मानिसहरूका बीचमा केही तरङ्गहरू र केही अशान्ति र अराजकता उत्पन्न गर्नुपर्छ। त्यो भनाइ के पो हो अरे? आँधीबेहरी मच्चाउनु। यस प्रकारको व्यक्ति जहाँ भए पनि उसलाई आँधीबेहरी मच्चाउन मन पराउँछ; उसलाई आफ्नो उचित स्थानमा बस्न मन पर्दैन। सामान्य मानिसहरू आफ्नो उचित स्थानमा बस्न चाहन्छन्—स्थिर जीवन जिउन, र आफूले गर्नुपर्ने काम नियमित रूपमा गर्न चाहन्छन्—तिनीहरूलाई आँधीबेहरी मच्चाउन मन पर्दैन। तर दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरू आफ्नो उचित स्थानमा बस्दैनन्। तिनीहरू किन आफ्नो उचित स्थानमा बस्दैनन्? किनभने यस प्रकारको व्यक्तिभित्र एक दियाबलस बसेको हुन्छ, र दियाबलसहरू आफू भएको कुनै पनि समूहमा समस्याहरू सृजना गर्न मन पराउँछन्। यदि तैँले तिनीहरूलाई उक्साएको वा दिक्क लगाएको छैनस् भने पनि, तिनीहरूले आफै समस्या सुरु गर्छन्—यो आँधीबेहरी मच्चाउनु हो। यस प्रकारको व्यक्ति जुनसुकै समूहमा भए पनि, चाहे तैँले त्यसलाई टाढाबाट हेरे पनि वा त्यसका सदस्यहरूको परिस्थितिका बारेमा सोधपुछ गरे पनि, तँलाई त्यहाँको वातावरण दानवी छ भन्‍ने सधैँ महसुस हुन्छ। समय-समयमा, तैँले फलानो व्यक्तिको फलानो व्यक्तिसँग द्वन्द्व छ, फलानो व्यक्ति फलानो व्यक्तिसँग मिलिरहेको छैन र तिनीहरूले एक-अर्कालाई बेवास्ता गरिरहेका छन्, काममा फलानो व्यक्तिको फलानो व्यक्तिसँग विवाद छ, फलानो व्यक्तिले सधैँ हैसियतका लागि प्रतिस्पर्धा गरिरहेको हुन्छ, र उसको काम सधैँ दोहोर्‍याएर गर्नुपर्छ भन्‍ने सुन्छस्। यदि तैँले सधैँ अराजक र दूषित वातावरण भएको, शान्ति नभएको, मानिसहरू सधैँ मिल्न वा सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न असमर्थ हुने कुनै मण्डली देखिस् भने, त्यसभित्र एक जना वा धेरै जना दियाबलसहरूले बाधा दिइरहेका हुन्छन्। एउटा मण्डलीमा जतिसुकै दियाबलसहरूले बाधा दिइरहेका भए पनि, विवेकको केही न्यूनतम मानक भएका र सत्यता सिद्धान्तहरूअनुसार काम गर्न चाहने ती अरू मानिसहरू सबैलाई तिनीहरूले गहिरो रूपमा हानि गर्छन्। जब सबै प्रकारका दियाबलसहरूलाई सफा गरेर निकालिन्छ, र सबै जनाले फेरि सँगै मण्डली जीवन जिउँछन् र आफ्नो कर्तव्य पूरा गर्छन्, तब वातावरण फरक हुन्छ। सबै जना जोसले उम्लिरहेका हुन्छन् भनेर भन्‍न नसकिए पनि, कम्तीमा सबैले त्यहाँका मानिसहरूमा मानवीय न्यानोपन छ र तिनीहरूले समस्या सिर्जना गर्दैनन् भन्‍ने महसुस गर्छन्; त्यहाँको वातावरण दानवी हुँदैन, त्यहाँ मानवीय वातावरण हुन्छ। जहाँको वातावरण दानवी हुन्छ, त्यहाँ मानिसहरू सँगै कुरा गर्दा, तिनीहरूको आँखाको हेराइमा, साथै तिनीहरूको आवाजको लय र तिनीहरू बोल्दाको वातावरणमा केही गडबडी हुन्छ। तिनीहरूले कुरा गर्दा आँखा जुधाउँदैनन्; यसबाहेक, तिनीहरूले भन्ने कुरा धेरै सरल हुन्छ, तिनीहरूमध्ये कोही पनि हृदयदेखि बोल्न इच्छुक हुँदैनन्, र त्यहाँ कुनै मौखिक कुराकानी हुँदैन। तिनीहरूका बीचमा एउटा पर्खाल भएजस्तो हुन्छ। तिनीहरूका बीचमा कुनै कुराकानी हुँदैन; तिनीहरूले आफ्नो हृदयमा घृणा पालेका हुन्छन्। यी मानिसहरू हुने सम्भवना पनि हुन्छ। यी मानिसहरू पीडित भए पनि वा पीडक भए पनि, छोटकरीमा भन्दा, यस समूहभित्र दियाबलसहरू मिसिएका हुन्छन् र तिनीहरूले बाधा दिइरहेका हुन्छन्, तिनीहरूले मानिसहरूको हृदयलाई यति बाधा दिन्छन् कि ती मानिसहरूको अवस्था अस्तव्यस्त हुन्छ र उनीहरूले कुनै शान्ति पाउन सक्दैनन्। जब यस समूहका मानिसहरू सँगै बस्छन्, तब तिनीहरूलाई सधैँ कुराहरू असन्तोषजनक भएको र सहज रूपमा अघि नबढेको महसुस हुन्छ, तिनीहरू सामञ्जस्यपूर्ण रूपमा सँगै बस्न सक्दैनन्, र अवश्य पनि, सामञ्जस्यपूर्ण सहकार्य त झन् असम्भव हुन्छ। यस समूहमा बोल्दा, काम गर्दा, र आफ्नो कर्तव्य पूरा गर्दा, मानिसहरूले भित्री रूपमा सधैँ अप्रसन्न महसुस गर्छन्, र तिनीहरूका बीचमा तगारोहरू पनि हुन्छन्। किनभने यस समूहमा दियाबलसहरूले बाधा दिइरहेका हुन्छन्, र त्यसैले सबै जना बाँधिएका हुन्छन् र तिनीहरूले दुःखी महसुस गर्छन्।

कतिपय मानिसहरूले दियाबलसहरूद्वारा गरिएको गम्भीर बाधा अनुभव गरेका थिए र तिनीहरू मूलतः तिनीहरूको चालबाजीमा परेका थिए। जब मैले तिनीहरूलाई एक-दुई महिनापछि देखेँ, तब तिनीहरूको अनुहार कता-कता मलिन देखिन्थ्यो, मानौँ तिनीहरूलाई मूर्ख बनाइएको थियो। के तिनीहरूमा पवित्र आत्माको काम र परमेश्‍वरको उपस्थितिको कमी भएको हुन सक्छ? तिनीहरू किन यति अनौठा देखिए? पछि, होसियारीसाथ सोधपुछ गरेपछि, मैले साँच्चै केही कुरा भएको रहेछ भन्ने थाहा पाएँ: दुई दियाबलसहरूले यी सबै मानिसहरूलाई नियन्त्रण गरेका रहेछन्। दियाबलसहरूले तिनीहरूलाई कुन हदसम्म नियन्त्रण गरे? दियाबलसहरूले जे चाहे त्यही गरे; माथिबाट जारी गरिएका कार्य प्रबन्धहरू र माथिबाट सङ्गति गरिएका सिद्धान्तहरू लागू हुन सकेनन्—ती सबै नाममा मात्रै अस्तित्वमा थिए। यी दुई दियाबलसहरूले बाटो छेकेकाले, कसैले पनि आफ्नो विचार व्यक्त गर्ने वा समस्याहरू रिपोर्ट गर्ने आँट गरेन। पछि, कतिपय मानिसहरू यी दुई दियाबलसहरूलाई उल्लेख गरिँदा यति रिसाए कि तिनीहरू भक्कानिएर रोए। त्यति बेला तैँले तिनीहरूलाई किन खुलासा गरिनस्? त्यहाँ यति धेरै मानिसहरू हुँदा पनि, कसैले पनि उभिएर दियाबलसहरूलाई खुलासा गर्ने आँट गरेन—ती दियाबलसहरूसँग कति शक्ति थियो होला? बाहिरी रूपमा तिनीहरू मानव जस्ता देखिन्छन्, तर तिनीहरूको सार वास्तवमा दियाबलसको सार हो। यस प्रकारको व्यक्ति जहाँ गए पनि अन्य मानिसहरू ऊसँग डराउँछन्। मानिसहरू तिनीहरूसँग सम्पर्कमा आउनेबित्तिकै डराउँछन्, तिनीहरूको आङ नै सिरिङ्ङ हुन्छ। यदि कुनै बच्चाले यस प्रकारको व्यक्तिलाई भेट्यो भने, ऊ डराएर रुनेछ। निष्कपट मानिसहरू यस प्रकारको व्यक्तिलाई भेट्दा कुन हदसम्म डराउँछन्? जब तिनीहरू उनीहरूको अगाडि हुन्छन्, तब तिनीहरूले ठूलो सास फेर्ने वा ठूलो स्वरमा बोल्ने आँट गर्दैनन्, र उनीहरूबाट टाढा रहनका लागि छिट्टै छेउको बाटो समात्छन्। कसैले यी दियाबलसहरूले कार्य प्रबन्धअनुसार काम लागू गरिरहेका छैनन् भनी देख्यो र भन्यो, “यसरी काम गर्नु ठीक होइन; यो माथिबाट सङ्गति गरिएका सिद्धान्तहरूअनुरूपको छैन।” तीमध्ये एक जना दियाबलसले जवाफ दियो, “यहाँ मैले भनेको चल्छ। यदि तिमीले सीमा नाघ्यौ भने, विश्‍वास गर वा नगर, म तिमीलाई अहिले नै निष्कासित गर्न सक्छु!” यसले त्यो व्यक्तिलाई यति तर्सायो कि उसको अनुहारको रङ्ग उड्यो, र उसले फेरि आफ्नो विचार व्यक्त गर्ने आँट गरेन, र उसले रुँदै भन्यो, “म गलत थिएँ। मैले केही पनि नभने जस्तो गरिदिनुहोस् न। बिन्ती छ, मलाई निष्कासित नगर्नुहोस्!” अरूले यो देखे र भने, “ऊ अति दह्रिलो छ, उसको शक्ति अति ठूलो छ! उसले आफ्नो आज्ञा नमान्ने जोकोहीलाई पनि निष्कासित गर्नेछ! हामीले परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्ने अवसर मुस्किलले पाएका थियौँ। यदि उसले हामीलाई निष्कासित गर्‍यो भने, हामीले हाम्रो गुनासो कहाँ सुनाउने? के हामी सकिनेछैनौँ र? के हाम्रो मुक्तिको आशा हराउनेछैन र? हामीले साँच्चै आफ्नो विचार व्यक्त गर्नु हुँदैन; हामी क्षणिक लापरवाहीले गर्दा निष्कासित हुनु हुँदैन।” हेर् त, तिनीहरू यो हदसम्म डराएका थिए। अन्तमा, जब दियाबलसहरूलाई खुलासा गरिँदै थियो, तब कतिपय मानिसहरूले दियाबलसहरूले कसरी फाटो ल्याएका थिए र गुटहरू बनाएका थिए भनी खुलासा गरे, जबकि अरूले दियाबलसहरूले मानिसहरूलाई बहकाउन फैलाएका भ्रामक कुराहरू खुलासा गरे। वास्तवमा, यी मानिसहरूले त्यति बेला दियाबलसहरूले गरेको दुष्टता स्पष्ट रूपमा देखेका थिए; यति मात्र हो कि, कसैले पनि एक शब्द बोल्ने वा प्रतिरोध गर्ने आँट गरेका थिएनन्। कतिपय त बोल्दा रुँदै पनि थिए, र निकै दयनीय देखिन्थे। तर दियाबलसहरूले तिनीहरूलाई चालबाजीमा पारिरहेको र नियन्त्रण गरिरहेको बेला, तिनीहरूले किन प्रतिरोध गरेका थिएनन्? त्यति बेला तिनीहरू किन शक्तिहीन भएका थिए? अहिले जब माथिले दियाबलसहरूलाई सम्हालिरहेका थिए, तब तिनीहरूमा बल आयो। मलाई भन, यदि परमेश्‍वरले सानो कद भएका र सत्यता नबुझ्ने यी मानिसहरूलाई हेरविचार नगर्नुभएको र सुरक्षा नदिनुभएको भए, र यदि तिनीहरूसँग परमेश्‍वरको सुरक्षा थिएन भने, के तिनीहरू समाप्त हुने हदसम्म गम्भीर रूपमा दियाबलसहरूको हानिमा पर्नेथिएनन् र? होइन र? (हो।) हेर् त, मानिसहरू परमेश्‍वरसँग त्यति डराउँदैनन्, तर जब दियाबलसहरू र शैतानहरूले मानिसहरूलाई सास्ती दिन्छन्, तब तिनीहरू यति डराउँछन् कि तिनीहरू थरथर काँप्छन् र ग्वाँग्वाँ रुन्छन्—तिनीहरू कति धेरै डराएका हुन्छन्! जब माथिले यी दुई दियाबलसहरूलाई खुलासा गरे र सम्हाले, तब ती मानिसहरूले यो खबर सुने र अन्ततः मुक्त भएको महसुस गरे। ती केही महिनाहरूमा, तिनीहरू दियाबलसहरूद्वारा नियन्त्रित गरिएका थिए र शैतानको शक्तिको अधीनमा बसेका थिए, तिनीहरू अन्धकारमा खसेका थिए, आशाको कुनै किरण थिएन, र तिनीहरूको पुकार सुन्‍ने कोही थिएन। तिनीहरूको जीवन अति दयनीय थियो! अन्ततः यी दुई दियाबलसहरूलाई निकालियो, र सबै जना मुक्त र खुसी भए। मैले सोचेँ, “माथिले यस पटक यी दुई दियाबलसहरूलाई निकालेका छन्, त्यसकारण यदि यी मानिसहरूले फेरि दुष्टता गरिरहेका र मानिसहरूलाई नियन्त्रण गरिरहेका दियाबलसहरूको सामना गरे भने, के तिनीहरूले उनीहरूलाई खुट्ट्याउन सक्नेछन्? के तिनीहरूले माथिले अघि सरेर यो मामिला समाधान गर्नु आवश्यक नपर्ने गरी दियाबलसहरूलाई पदबाट हटाउन सक्नेछन्? के तिनीहरू सबैले सामूहिक रूपमा दियाबलसहरूलाई खुलासा गर्न, उनीहरूका सबै दुष्ट कार्यहरूको सार निकालेर उनीहरूलाई उनीहरूको पदबाट हटाउन, र उनीहरूको कुरा नसुन्न, आफ्नो कर्तव्य पूरा गर्दा उनीहरूद्वारा नबाँधिन, र उनीहरूलाई मण्डलीबाट बाहिर निकाल्न सक्नेछन्?” तर तिनीहरूको कदलाई हेर्दा मलाई तिनीहरूले त्यो कुरा हासिल गर्न सक्छन् जस्तो लाग्दैन। यी मानिसहरूले परमेश्‍वरमा निष्कपट रूपमा विश्‍वास गरे तापनि, तिनीहरूसँग कष्ट भोग्ने सङ्कल्प भए तापनि, तिनीहरू आफ्नो कर्तव्य समर्पित भई पूरा गर्न इच्छुक भए तापनि, र सत्यता पछ्याउन इच्छुक भए तापनि, तिनीहरू अति कायर छन्। केवल एउटा सानो दियाबलस बाधा दिन बाहिर आउँदा यी मानिसहरू, जतिसुकै उमेरका भए पनि, पछि हटे र डराए, तिनीहरू सबैलाई उसले नियन्त्रण गर्न सक्यो र तिनीहरूले प्रतिरोध गर्ने आँट गरेनन्। यो देखेर, मैले यी मानिसहरू कति दयनीय रहेछन् भन्‍ने बुझेँ। यदि परमेश्‍वरले मानिसहरूलाई सुरक्षा दिनुभएन, वास्ता गर्नुभएन, र हेरविचार गर्नुभएन भने, यो मानवजातिसँग बाँच्ने कुनै उपाय हुनेछैन। वास्तविक जीवनमा हुने यी कुराहरूलाई हेर्: विभिन्न दियाबलसहरूको व्यवहार, तिनीहरूका उद्देश्यहरू, र तिनीहरूका काम गर्ने विधि र युक्तिहरू मूलतः एकनासका र खुट्ट्याउन सजिला हुन्छन्, तैपनि जब विभिन्न दियाबलसहरू अवरोध र बाधा दिन, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाँध्न, नियन्त्रण गर्न, बन्धनमा पार्न, र गम्भीर रूपमा हानि पुऱ्याउन बाहिर आउँछन्, तब थोरै मानिसहरूले मात्रै उभिएर प्रतिरोध गर्ने आँट गर्छन्, कसैले पनि यी दियाबलसहरूलाई खुलासा गर्ने, उनीहरूको पदबाट हटाउने, र उनीहरूलाई मण्डलीबाट निकाल्ने पहल गर्दैन; तिनीहरूले दियाबलसहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न र मण्डलीको कामलाई बाधा दिन र अन्तर्ध्वंस गर्न अनुमति दिन्छन्। यी दयनीय मानिसहरूले यो सबै सहन्छन्; तिनीहरूले आफ्नो हृदयमा निराश महसुस गर्छन्, र तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्दा तिक्त आँसु झार्दै रुन्छन्, तर तिनीहरूसँग कुनै समाधान हुँदैन; तिनीहरूसँग कुनै बुद्धिमानी विधिहरू हुँदैनन्, र तिनीहरूले दियाबलसहरूको प्रतिरोध गर्न र उनीहरूसँग लड्न, र उनीहरूलाई सम्हाल्न सत्यतालाई शक्तिशाली हतियारका रूपमा प्रयोग गर्दैनन्। कसैले यो गर्दैन, न त गर्ने आँट नै गर्छ; तिनीहरूसँग दियाबलसहरूसँग लड्ने साहस समेत हुँदैन। कुनै पनि मण्डलीमा, यदि दुष्ट मानिसहरू वा दियाबलसहरू मानिसहरूलाई नियन्त्रण गर्न र मण्डलीको काममा अवरोध गर्न र बाधा दिन देखा परे भने, धेरैजसो मानिसहरूले त्यो सहेर बस्छन्। अन्त्यमा, परमेश्‍वरको घर नै यी विभिन्न प्रकारका दियाबलसहरूलाई सम्हाल्न, मण्डलीमा उनीहरूको समयको अन्त्य गर्न, दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षित हुन सक्षम पार्न, सामान्य रूपमा मण्डली जीवन जिउन, सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन, र सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न, र मण्डलीका विभिन्न कामहरूलाई व्यवस्थित रूपमा अघि बढ्न सक्षम पार्न अघि सर्छ। पूर्ण रूपमा परमेश्‍वरले मानिसहरूलाई पठाउनुभएको, र परमेश्‍वरको घरले व्यक्तिगत रूपमा यो खास कामको कार्यसम्पादनलाई प्रबन्ध र मार्गदर्शन गरेको माध्यमबाट नै यी अपरिपक्व, अज्ञानी, र कमजोर मानिसहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको बहकाउ र गम्भीर हानिमा पर्नबाट सुरक्षित हुन्छन्। सत्यता नबुझ्ने यी मूर्ख र अज्ञानी मानिसहरू कति दयनीय छन्! बृहत् वातावरणमा, सम्पूर्ण मानवजातिलाई शैतानले भ्रष्ट पारेको छ; निश्‍चित जिउने वातावरणमा, मानिसहरू विभिन्न दियाबलसहरूको बन्धन, नियन्त्रण, र गम्भीर हानिमा परेका हुन्छन्। कतिपय मानिसहरूको कद सानो हुन्छ र तिनीहरूको जग कमजोर हुन्छ, त्यसैले जब तिनीहरूले दुष्ट मानिसहरूको बाधाको सामना गर्छन्, तब तिनीहरूले यी कुराहरूलाई छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूले सधैँ मण्डलीमा दुष्ट मानिसहरू हुनु हुँदैन भन्‍ने सोच्छन्, र मानिसहरूका बीचमा कुनै प्रेम वा मानवीय न्यानोपन छैन भन्‍ने सोच्छन्। कतिपयले त उप्रान्त आफ्नो कर्तव्य समेत पूरा गर्न चाहँदैनन्, र यसो भन्छन्, “घरमै परमेश्‍वरमा विश्‍वास गर्दा राम्रो हुनेथियो। मण्डलीमा यस्ता मानिसहरूलाई किन अस्तित्वमा रहन दिइन्छ?” सत्यता नबुझ्ने मानिसहरूले यी कुराहरूलाई छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूले यी मामिलाहरूबाट पाठ सिक्न सक्दैनन्; तिनीहरूलाई आफूले यस्ता कुराहरूको सामना गर्नुको पछाडि परमेश्‍वरका असल अभिप्राय हुन्छन् भन्‍ने थाहा हुँदैन; तिनीहरूलाई कसको पक्षमा उभिनुपर्छ वा सत्यता सिद्धान्तहरू प्रयोग गरेर यी मामिलाहरूलाई कसरी हेर्नुपर्छ भन्‍ने थाहा हुँदैन; तिनीहरू दियाबलसहरूको विरोध गर्न र उनीहरूसँग लड्न साँचो दाजुभाइ-दिदीबहिनीहरूसँग एकजुट हुन सक्दैनन्। के यो सानो कदको हुनु होइन र? के यो दयनीय कुरा होइन र? (हो।)

दियाबलसबाट पुनर्जन्म लिएको प्रकारको व्यक्तिको दैनिक जीवनमा प्रकट हुने पहिलो विशेषता भनेको बानीले नै झूट बोल्नु हो। उमेर, लिङ्ग, वा पृष्ठभूमि जेसुकै भए पनि, तिनीहरूले परमेश्‍वरमा जति वर्षदेखि विश्‍वास गरेका भए पनि, यदि कसैको बोलीमा सधैँ झूट हुन्छ, यदि ऊ झूटले भरिएको हुन्छ र उसले बानीले नै झूट बोल्छ भने, ऊ दियाबलसबाट पुनर्जन्म लिएको व्यक्ति हो; ऊ मानव होइन। मानवहरूले पनि झूट बोल्छन्, किनभने तिनीहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्; भ्रष्ट स्वभावहरूभित्रको छलीपन र दुष्टताले गर्दा मानवहरूले झूट बोल्न सक्छन्। तर मानवले झूट बोल्ने हद दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको भन्दा फरक हुन्छ। यदि कसैले बानीले नै झूट बोल्छ भने, उसको सारमा, ऊ मानव नभई दियाबलस हो भन्‍ने कुरालाई प्रमाणित गर्न यो तथ्य मात्रै पनि पर्याप्त हुन्छ। विवेकको प्रभावका कारण, मानवहरू बानीले नै झूट बोल्ने हदसम्म पुग्नु पूर्णतः असम्भव छ। कहिलेकाहीँ मानवहरूले झूट बोल्ने र छलमा संलग्न हुने भए तापनि, तिनीहरूले झूट बोल्नु भ्रष्ट स्वभावको सामान्य प्रकटीकरण मात्र हो; यसमा केही मामिलाहरूका बारेमा कहिलेकाहीँ बोलिने झूटहरू समावेश हुन्छन्। मानवहरूले झूट बोल्नु र दियाबलसहरूले झूट बोल्नु बाहिरी रूपमा उस्तै देखिए तापनि, सारमा, एउटा भिन्नता हुन्छ। जब दियाबलसहरूले झूट बोल्छन्, तब तिनीहरूले कहिल्यै आत्म-ग्लानि वा पछुतो महसुस गर्दैनन्। यसमाथि, तिनीहरूले आफूले बोलेका झूटहरू र आफूले गरेका छली कार्यहरूका बारेमा आफैसँग खुसी, सन्तुष्ट, र उपलब्धिबोध महसुस गर्छन्। यदि कुनै झूट असफल भयो भने, तिनीहरूले अझ धेरै झूटहरू बोल्न र अझ धेरै मानिसहरूलाई धोका दिनका लागि अझ उन्नत छली युक्तिहरू प्रयोग गर्ने आफ्नो प्रयासलाई अझ बढाउनेछन्। तर भ्रष्ट स्वभाव भएका सामान्य मानवहरूले झूट बोलेपछि, तिनीहरूको विवेक अशान्त हुन्छ र तिनीहरूले धिक्कारिएको महसुस गर्छन्, र तिनीहरूले यति अपमानित महसुस गर्छन् कि तिनीहरूलाई बाँच्न पनि लाज लाग्छ। यदि तिनीहरूले कसैलाई धोका दिएका छन् भने, तिनीहरूले उसलाई फेरि भेट्दा अलिकति लाज महसुस गर्छन्। यदि तिनीहरूलाई सार्वजनिक रूपमा आफूले झूट बोलेको स्वीकार गर्न र फेरि कहिल्यै झूट नबोल्ने बरु सत्य मात्र बोल्ने प्रतिज्ञा गर्न भनियो भने, तिनीहरूको वर्तमान कद त्यसका लागि पर्याप्त भइसकेको हुँदैन। तर, तिनीहरूसँग भित्री सचेतना हुन्छ; तिनीहरूले आफूले बोलेका झूटहरूका लागि लाज, दोष, र असहजता महसुस गर्छन्; तिनीहरूले भित्रभित्रै दोष लगाइएको महसुस गर्छन्। तर दियाबलसबाट पुनर्जन्म लिएको यस प्रकारको व्यक्तिले बानीले नै झूट बोल्छ। उसले झूट बोलेपछि, उसले कुनै भित्री दोषारोपण र कुनै दोषी भावना महसुस गर्दैन। उसले किन दोषी महसुस गर्दैन? किनभने ऊ दियाबलस हो। मानिसहरू वा परमेश्‍वरप्रति दोषी महसुस गर्नु, आफ्नो हृदयमा दोष लगाइएको महसुस गर्नु—त्यो एउटा मानवको सामान्य सचेतना हो। ऊ दियाबलस भएकाले, ऊ त्यस्तो सचेतनारहित हुन्छ। त्यसकारण, उसले झूट बोल्न जारी राख्न सक्छ, र आफ्नो प्रयासलाई अझ बढाउन पनि सक्छ; उसले झूट बोलिरहनेछ र ऊ कहिल्यै परिवर्तन हुनेछैन। अन्ततः, उसको झूट बोल्ने काम कहिले रोकिन्छ? उसको भौतिक जीवनको अन्तिम सासपछि मात्र, जब उसले उप्रान्त बोल्न सक्दैन, तब मात्र उसको झूट बोल्ने काम रोकिन्छ। तर ऊभित्रको झूट बोल्ने दियाबलसको आत्माले अर्को व्यक्तिमा पुनर्जन्म लिन्छ, र त्यो व्यक्तिले त्यसपछि झूट बोल्न जारी राख्नेछ। त्यसकारण, दियाबलसहरूको झूट बोल्ने प्रकृति कहिल्यै परिवर्तन हुँदैन। बानीले नै झूट बोल्नु भनेको यही हो। दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूले जोकोहीलाई पनि धोका दिन्छन् र कुनै पनि झूट बोल्न सक्छन्। तिनीहरूले कुनै पनि परिस्थितिमा र कुनै पनि मामिलाका बारेमा झूट बोल्न सक्छन्, र तिनीहरूका झूट बोल्ने युक्तिहरू निकै परिष्कृत हुन्छन्; कसैले पनि तिनीहरूले झूट बोलिरहेका छन् भनेर देख्न सक्दैन। हेर् त, जब प्रायजसो झूट बोल्ने मानिसहरूले झूट बोल्छन्, तब त्यो सामान्य व्यक्तिले सत्य बोलेको जस्तै हुन्छ—यो कुनै पनि खुट्ट्याउन सकिने त्रुटिहरूविहीन, अत्यन्तै स्वाभाविक देखिन्छ। तैँले तिनीहरूले सत्य बोलिरहेका छन् भनेर सोच्न सक्छस्। यदि तैँले तिनीहरूका झूटहरूलाई सत्यका रूपमा लिइस् भने, तिनीहरूले यस्तो सोच्दै आफ्नो हृदयमा तँलाई हाँसोमा उडाउनेछन्, “मूर्ख, मैले त ठट्टा मात्रै गरिरहेको थिएँ र तैँले त्यसलाई सत्यका रूपमा लिइस्? तँ त साँच्चै महामूर्ख रहेछस्!” अर्को पटक तिनीहरूले तँलाई देख्दा, झूट सुनेपछि तेरो प्रतिक्रिया के हुने रहेछ भनेर हेर्नका लागि मात्रै पनि तिनीहरूले अझै पनि झूट बोल्नेछन् र तँलाई खेलाउनेछन्। यदि तैँले फेरि त्यसलाई सत्यका रूपमा लिइस् भने, तिनीहरू अझ खुसी हुनेछन्, अझ ठूलो उपलब्धिबोध प्राप्त गर्नेछन्, र आफ्नो आत्मआचरणमा आफू सफल भएको अझ बढी महसुस गर्नेछन्। मलाई भन, के तिनीहरू मानव हुन्? के तिनीहरूसँग मानवीय सचेतना हुन्छ? के तिनीहरूसँग मानवीय विवेकको बोध हुन्छ? स्पष्ट रूपमा हुँदैन। तिनीहरूका झूटहरू जति प्रभावकारी हुन्छन्, तिनीहरू भित्रै त्यति नै खुसी र प्रसन्न हुन्छन्, तिनीहरूको उपलब्धिबोध त्यति नै ठूलो हुन्छ, र तिनीहरूले आफू त्यति नै सक्षम भएको महसुस गर्छन्। यदि कुनै दिन तिनीहरूले कसैलाई धोका दिन वा खेलाउनका लागि झूट बोलेनन् भने, तिनीहरूलाई त्यो दिन असहज भएको र खेर गएको महसुस हुन्छ, र तिनीहरूले मानिसहरूलाई धोका दिने अवसर खोज्नुपर्छ। उदाहरणका लागि, यदि कुनै दियाबलसले दुई जना मानिसहरूको राम्रो सम्बन्ध छ र तिनीहरूले आफ्नो कर्तव्यमा सामञ्जस्यपूर्ण रूपमा सहकार्य गरिरहेका छन् भनी देख्यो भने, उसले भित्र असहज महसुस गर्छ र सोच्छ, “म केही फाटो ल्याउँछु र केही अफवाहहरू सुरु गर्छु ताकि तिमीहरू दुई जना एक-अर्काको विरुद्धमा लाग, र तिमीहरूले चाहे पनि राम्रो सम्बन्धमा फर्कन नसक।” केही शब्दहरूले मात्र, यो दियाबलसले ती दुई जनालाई अन्यौलताको भूमरीमा पार्छ, र त्यसपछि तिनीहरूबीच असहमति र विवादहरू हुन्छन् र तिनीहरू पहिले जस्तो सामञ्जस्यपूर्ण रहँदैनन्, जसले यो दियाबलसलाई प्रसन्न पार्छ, र असाधारण रूपमा खुसी महसुस गराउँछ। मण्डलीमा लुकेका दियाबलसहरूले सधैँ यस्ता कामहरू गरिरहेका हुन्छन्। गैरविश्‍वासी संसारका दियाबलसहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई क्रूरतापूर्वक गिरफ्तार गर्छन्। तैँले अब परमेश्‍वरमा विश्‍वास गर्दिनँ वा उहाँलाई पछ्याउँदिनँ भनिस्, वा तैँले परमेश्‍वरबारे गुनासो गरिस् वा परमेश्‍वरलाई धोका दिइस् भने, तिनीहरू खुसी हुन्छन्। तैँले जे पनि गर्न सक्छस्—तैँले खान, पिउन, वेश्यावृत्ति गर्न, र जुवा खेल्न सक्छस्; तैँले आगजनी, हत्या, र लुटपाट गर्न सक्छस्; तैँले कुनै पनि अपराध गर्न सक्छस्—जबसम्म तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्, तबसम्‍म तिनीहरू खुसी नै हुन्छन्। के दियाबलसहरूले मानवहरूका बीचमा गर्ने कामहरू र शैतानले आत्मिक क्षेत्रमा गर्ने कामहरूका बीचमा कुनै सम्बन्ध छ? के कुनै समानताहरू छन्? यी दियाबलसहरूले विशेष गरी परमेश्‍वरमा विश्‍वास गर्ने र सही मार्गमा हिँड्ने जोकोहीलाई घृणा गर्छन्। सत्यता पछ्याने, वा सधैँ सिद्धान्तहरूअनुसार काम गर्न जिद्दी गर्ने, वा प्रायजसो परमेश्‍वरको गवाही दिने, वा आफ्नो कर्तव्य समर्पित भई पूरा गर्ने जोकोही—जब तिनीहरूले यस्ता मानिसहरूलाई देख्छन्, तब तिनीहरू रिसाउँछन् र उनीहरूलाई शत्रुका रूपमा लिन्छन्। यो डाहा होइन; यो घृणा हो। तहसनहस पार्ने उद्देश्य हासिल गर्न, तिनीहरूले अपनाउने एउटा विधि भनेको तँलाई बाधा दिन, तँलाई भ्रमित पार्न, र तँलाई तल तान्न झूट बोलेर धोका दिनु हो। यसो गर्दा तिनीहरूलाई कुनै फाइदा नहुन सक्छ, तर तैँले परमेश्‍वरमाथिको आस्था गुमा, तँ नकारात्मक र कमजोर बन् र आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हो, वा अरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न नसक् भनेर तिनीहरूले तँलाई तल तानेपछि, तिनीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुन्छन्, र तिनीहरू खुसी हुन्छन्, र तिनीहरूका चिन्ताहरू हराएर जान्छन्। के दियाबलसहरूले यही गर्दैनन् र? (हो।) दियाबलसहरू बानीले नै झूट बोल्नेहरू हुन् भन्‍ने कुरामा कुनै शङ्का छैन। कुनै पनि व्यक्तिलाई लिऊँ—उसको नश्‍ल, उसको रूप जस्तो भए पनि, ऊ अग्लो भए पनि वा होचो भए पनि, मोटो भए पनि वा दुब्लो भए पनि, कुरूप भए पनि वा सुन्दर भए पनि, उसको शिक्षाको स्तर वा व्यक्तित्व जस्तो भए पनि, उसका वरदानहरू ठूला भए पनि वा साना भए पनि, ऊसँग सामर्थ्यहरू भए पनि वा नभए पनि, उसका रुचि र सोखहरू जे-जस्ता भए पनि—उसमा एउटा मात्र विशेषता हुन आवश्यक छ, त्यो के हो भने, उसले बानीले नै झूट बोल्न सक्छ र ऊ कहिल्यै परिवर्तन हुँदैन। यो कहिलेकाहीँ झूट बोल्नु होइन, न त अरू कुनै विकल्प नहुनु नै हो, न त कुनै निश्‍चित मामिलामा बुद्धि प्रयोग गर्नुपर्ने आवश्यकता हुनु नै हो, बरु, आवश्यकता जेसुकै भए पनि, परिस्थिति वा पृष्ठभूमि जेसुकै भए पनि, मामिला जेसुकै भए पनि, तिनीहरूले झूट बोल्न, कुराहरू बनाउन, छलछाम गर्न, र सानातिना चालबाजीहरूमा संलग्न हुन जिद्दी गर्छन्। यदि तिनीहरूमा यो विशेषता छ भने, यस्तो किसिमको व्यक्ति शतप्रतिशत दियाबलस हो। तिनीहरू असल व्यक्ति बन्न सक्छन् भनेर पटक्कै विश्‍वास नगर्, र तिनीहरूको मुखबाट निस्कने कर्णप्रिय शब्दहरूलाई पटक्कै विश्‍वास नगर्। तिनीहरूले सङ्कल्प व्यक्त गरे पनि वा कडा शपथहरू खाए पनि, तिनीहरूलाई विश्‍वास नगर्, किनभने तिनीहरू दियाबलस हुन् र मानव होइनन्। दियाबलसहरूले कडा शपथहरू खाए पनि, त्यो परिस्थितिलाई निप्टाउनका लागि मात्रै भनिएको हुन्छ; त्यो सबै धोका हो। तिनीहरू आफूले खाएका शपथहरूअनुसार काम गर्न आधारभूत रूपमा असमर्थ हुन्छन्। यदि तैँले तिनीहरूलाई विश्‍वास गरिस् भने, तँ मूर्ख होस्; तैँले दियाबलसहरूको सारलाई छर्लङ्गै देख्न सक्दैनस्। तिनीहरूले कुनै पनि कुराका बारेमा झूट बोल्न सक्छन्, त्यसैले तिनीहरूले खाने कडा शपथहरू पनि झूट नै हुन्। तिनीहरूले परमेश्‍वरले सबै कुराको छानबिन गर्नुहुन्छ भनी कहिल्यै विश्‍वास गर्दैनन्, र परमेश्‍वरले प्रत्येक व्यक्तिको कार्यअनुसार प्रतिफल दिनुहुनेछ भनी विश्‍वास गर्दैनन्—तिनीहरूले परमेश्‍वरले यसरी काम गर्न सक्नुहुन्छ भनी विश्‍वास गर्दैनन्, त्यसैले तिनीहरूले आफ्ना कार्यमा आफ्नो इच्छालाई मात्र पछ्याउँछन्, आफूलाई मन लागेअनुसार झूट बोल्छन् र धोका दिन्छन्; तिनीहरू आफ्नो उद्देश्य हासिल गर्नका लागि कुनै पनि काम गर्न सक्षम हुन्छन्। यो दियाबलसहरूको विशेषता हो, र यो तिनीहरूको प्रकृति सार पनि हो। अब तैँले यो कुरा स्पष्ट रूपमा देखिस्, होइन र? (हो।)

पशुबाट पुनर्जन्म लिएका मानिसहरूले पनि दियाबलसहरूले जस्तै झूट बोल्छन् किनभने तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ, तर हप्की खाँदा, तिनीहरूले आफ्नो हृदयमा यस कुरालाई केही हदसम्म स्विकार्नेछन्। तिनीहरूले यो स्विकार्न सक्ने भए तापनि, तिनीहरूको पशुवत गुणका कारण तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, त्यसकारण तिनीहरूले झूट नबोल्नु भनेको के हो वा सिद्धान्तअनुसार कार्य गर्नु भनेको ठ्याक्कै के हो भनेर कहिल्यै बुझ्दैनन्। तिनीहरूले “म फेरि कहिल्यै झूट बोल्नेछैनँ, म सत्य बोल्न चाहन्छु” भनेर भने तापनि, जब तिनीहरूले यसलाई अभ्यासमा लागू गर्ने प्रयास गर्छन्, तब तिनीहरू निकै अनाडी र मूर्ख देखिन्छन्। अरूलाई यो दृश्य हाँसउठ्दो लाग्छ, र तिनीहरूले भन्छन्, “यसरी सत्यताको अभ्यास कसले गर्छ र? मैले त यो पहिलो पटक देखेको हुँ—यसले त मेरो हेराइलाई फराकिलो बनाइदिएको छ!” यो त कुनै पशु उभिएर मानिसजस्तै सीधा हिँड्नु जस्तै हो; यो हेर्दा निकै अप्ठ्यारो र अनौठो देखिन्छ। पशुबाट पुनर्जन्म लिएका कतिपय मानिसहरू इमानदार बन्न र केही असल कामहरू गर्न पनि चाहन्छन्, तर तिनीहरूले अभ्यासका सही सिद्धान्तहरू भेट्टाउन सक्दैनन्। जब तिनीहरूले अभ्यास गर्छन्, तब त्यो निकै बेतुके हुन्छ र त्यो ठट्टा बन्छ। अरूलाई यो दृश्य हाँसउठ्दो लाग्छ, तैपनि यी मानिसहरू अझै पनि आफू इमानदार बनिरहेको छु भन्‍ने सोच्छन्। के यो हाँसउठ्दो कुरा होइन र? मानौँ तैँले तिनीहरूलाई यसो भनिस्, “यदि तिमी इमानदार व्यक्ति बन्न चाहन्छौ भने, तिमीले झूट नबोल्ने, बहाना नबनाउने, आफूलाई सही ठहराउने प्रयास नगर्ने, वा नासमझ रूपमा बहस नगर्ने कुरा सुनिश्‍चित गर्नुपर्छ। यति गर्नु नै पर्याप्त छ। इमानदार हुनु भनेको यही हो। यदि तिमीले सत्यता उल्लङ्घन गर्ने कामहरू गर्‍यौ र फलतः अपराध गर्‍यौ भने, तिमीले खुलस्त बोल्‍न र आफूलाई उदाङ्गो पार्न सक्छौ। सत्यतासँग मेल खाने जुनसुकै कुरा जोसुकैले भने पनि त्यसलाई स्वीकार गर। समझहीन वा हाँसउठ्दा कामहरू नगर।” तर तिनीहरूले यो कुरा बुझ्दैनन्। जब तिनीहरूले यसलाई अभ्यासमा लागू गर्छन्, तब तिनीहरूले गल्ती गर्छन्। तिमीहरू यस्ता व्यक्तिको सबैभन्दा ठूलो समस्या के हो भनेर भन्छौ? त्यो के हो भने, तिनीहरूले सामान्य मानिसहरूको मानक पूरा गर्दैनन्। के पशुबाट पुनर्जन्म लिने मानिसहरू र दियाबलसबाट पुनर्जन्म लिने मानिसहरूबीच कुनै भिन्नता हुन्छ? (छ।) भिन्नता कहाँनिर हुन्छ? (तिनीहरूको विकृत अभ्यास तिनीहरू दियाबलस भएको र तिनीहरूमा दियाबलसको प्रकृति भएको कारणले नभई मुख्य रूपमा तिनीहरूमा क्षमताको कमी भएको र तिनीहरूले मानिसहरूमा हुनुपर्ने सामान्य सोचाइ र समझ हासिल गर्न नसक्ने कारणले गर्दा हुन्छ।) ठीक भन्यौ, तिनीहरूको क्षमता पर्याप्त पुग्दैन। कमजोर क्षमता भएका मानिसहरूले व्यक्तिपरक रूपमा सत्यता अभ्यास गर्ने चाहना गर्न सक्छन्, तर तिनीहरूले सिद्धान्तहरू बोध गर्न सक्दैनन्; तिनीहरूले प्रावधानहरूलाई पालना गर्न मात्रै सक्छन्। त्यसकारण तिनीहरूको अभ्यास कट्टरपन्थी, मूर्खतापूर्ण, र दुर्बुद्धिपूर्ण हुन्छ। मानिसहरूले तिनीहरूलाई मद्दत गर्न चाहन्छन्, तर तिनीहरूको स्वभाव काँडैकाँडाले ढाकिएको दुम्सीको जस्तै हुन्छ, जसले गर्दा मानिसहरू कहाँबाट सुरु गर्ने भन्‍नेमा नै अलमल्ल पर्छन्। तिनीहरूलाई जस्तोसुकै तरिकाले सत्यतामा सङ्गति गरिए पनि, तिनीहरूले त्यसलाई बुझ्न वा बोध गर्न नसक्ने जस्तो देखिन्छ। पाँच-छ वर्षको मद्दत र सहयोगपछि, तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू मात्रै बुझ्छन् र अझै पनि सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। तैपनि यी मूर्ख मानिसहरूले सधैँ घिनलाग्दा कामहरू गरिरहेका हुन्छन्। जब कुनै कुरा ठूला वा उचित मामिलाहरूसँग सम्बन्धित हुँदैन, तब शिष्टाचार वा इज्जतको ख्याल गरेर, तैँले अझै पनि तिनीहरूसँग कुरा गर्न सक्छस्। तर उदाहरणका रूपमा कर्तव्य निर्वाह वा कामसम्बन्धी छलफल जस्ता उचित मामलाहरू संलग्न हुँदा, तँलाई अप्ठ्यारो, असहज महसुस हुन्छ, र तँलाई तिनीहरूले कुनै तरिकाले प्रतिरोध गर्नेछन् वा आपत्ति जनाउनेछन् र तँलाई लज्जित पार्नेछन् भन्ने डर लाग्छ। यस्ता व्यक्तिहरूसँग उचित मामलाहरूबारे छलफल गर्नु नै व्यर्थ हुन्छ। तँ तिनीहरूसँग तर्कसङ्गत कुराकानी गर्नै सक्दैनस्; तिनीहरूसँग कुराकानी गर्दा धेरै समस्याहरू आउँछन् र यसले उचित मामलाहरूलाई पनि असर गर्नेछ। तिनीहरूले सधैँ विकृत तर्कहरू र विषय बाहिरका टिप्पणीहरू गर्छन्, जुन सुन्दा नै घिनलाग्दो हुन्छ। यस्तो व्यक्तिले अरू कस्ता विकृत कामहरू गरेको हुन्छ? यदि तिनीहरूले विपरीत लिङ्गको कसैलाई मन परायो र तिनीहरूमा दुष्ट कामवासना भयो भने, तिनीहरूले आफू इमानदार व्यक्ति हुनैपर्छ, र तिनीहरू यसबारे खुल्नैपर्छ र यसलाई मनमा दबाएर राख्नु हुँदैन भन्‍ने सोच्छन्, त्यसकारण भेलाको दौरान, तिनीहरूले सार्वजनिक रूपमा यस विषयमा कुरा गर्छन्। तिनीहरूले मन पराएका विपरीत लिङ्गको व्यक्तिले यो सुनेर अप्ठ्यारो र असहज महसुस गर्छ, र लज्जित हुन्छ। यदि तैँले तिनीहरूलाई रोक्ने प्रयास गरिस् भने, तिनीहरूले दुःखी हुँदै भन्छन्, “म हृदयदेखि बोल्दैछु र इमानदार बन्दैछु। तिमीसँग मलाई सत्यता अभ्यास गर्नबाट रोक्ने के अधिकार छ? यो मेरो अधिकारको कुरा हो! मैले बल्लतल्ल यसबारे बोल्ने आँट जुटाएको थिएँ, तैपनि तिमीले मलाई रोक्यौ! परमेश्‍वरले समेत मलाई रोक्नुहुन्न, त्यसकारण तिमीसँग त्यसो गर्ने के अधिकार छ? परमेश्‍वरले त मलाई इमानदार व्यक्ति बन्ने मौका समेत दिनुहुन्छ; तिमीले मात्रै मलाई हेयको नजरले हेर्छौ र मलाई इमानदार बन्न दिँदैनौ। यदि मैले यो कुरा मनमा दबाएर राखेँ र यसबारे बोलिनँ भने, के त्यो तथ्यहरू लुकाउनु होइन र? के त्यो छली व्यक्ति हुनु होइन र? त्यसपछि त म इमानदार व्यक्ति हुनेछैनँ। यदि म इमानदार व्यक्ति भइनँ भने, के परमेश्‍वरले अझै पनि मलाई मुक्ति दिनुहुनेछ?” तैँले देख्न सक्छस्, सुन्ने सबैलाई अप्ठ्यारो लाग्छ र लज्जित महसुस हुन्छ, तैपनि यो व्यक्तिले विस्तृत रूपमा बताउन जिद्दी गर्छ, र तैँले उसलाई रोक्न समेत सक्दैनस्। मलाई भन्, यस मामलाको हकमा, व्यक्ति सहनशील र धैर्यवान् हुनुपर्छ कि उसलाई रोक्नका लागि कसैले सत्यता सिद्धान्तहरूमा सङ्गति गर्नुपर्छ? (हामीले उसलाई रोक्नका लागि सत्यता सिद्धान्तहरूमा सङ्गति गर्नुपर्छ।) यदि कसैले सुरुमा प्रेमपूर्वक मद्दत गर्ने प्रयास गर्छ, र भविष्यमा अरूलाई शिक्षाप्रद नहुने यस्ता कुराहरू नभन्न अर्ती दिन्छ भने, के उसले यो कुरा बुझ्न र स्वीकार गर्न सक्नेछ? (सक्‍नेछैन।) त्यसोभए यस्तो व्यक्ति विकृतिहरूतिर ढल्किने सम्भावना हुन्छ, ऊ केही हदसम्म मूर्ख हुन्छ, र उसको समझ त्यति राम्रो हुँदैन, त्यसकारण उसलाई रोक्ने उपाय मात्रै अपनाउन सकिन्छ। सबैसँग दुष्ट कामवासना हुन्छ, र कहिलेकाहीँ कसैमा विपरीत लिङ्गको कुनै व्यक्तिप्रति केही भावना वा केही विचारहरू उत्पन्‍न हुन सक्छन्। यो कुरा गोप्य रूपमा आफैले चिन्नु नै पर्याप्त हुन्छ। यदि परिस्थितिहरू खराब दिशातिर जाँदैछन् भने, व्यक्तिले त्यस व्यक्तिसँगको सम्पर्क कम गर्नुपर्छ वा भविष्यमा ऊसँग एकलै हुनबाट जोगिनुपर्छ। सामान्य मानवता भएका मानिसहरूले यस्ता मामलाहरूलाई सम्हाल्दा बुद्धिमानी तरिकाहरू प्रयोग गर्नेछन् र सिद्धान्तअनुसार कार्य गर्नेछन्। तिनीहरूलाई यस्तो मामलालाई इमानदार व्यक्ति बन्नुका अभ्यासका सिद्धान्तहरू लागू गरेर मात्रै सम्हाल्न सकिँदैन, र बुद्धिका केही सिद्धान्तहरू पनि लागू गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ। तर पशुबाट पुनर्जन्म लिएका मानिसहरूलाई यस्ता मामलाहरू कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन, र तिनीहरूले यस्ता कुराहरूलाई सार्वजनिक रूपमा खोल्नुलाई इमानदार हुनु हो भन्ठान्छन्। तिनीहरूलाई यसले के-कस्ता परिणामहरू ल्याउनेछ भन्‍ने थाहा हुँदैन। जब तिनीहरूले इमानदार हुने प्रयास गर्छन्, तब तिनीहरू एउटा प्रावधान र औपचारिकता मात्रै पालन गर्छन्। अनि परिणाम के हुन्छ? तिनीहरूले आफूलाई, तिनीहरूले मन पराएको व्यक्तिलाई, र अरू सबैलाई समस्यामा पार्छन्। तिनीहरूले मन पराएको व्यक्ति यस मामलाबाट प्रभावित हुन्छ र बाँधिन्छ, र उसले परिस्थितिको सामना गर्न सक्दिनँ भन्‍ने महसुस गर्छ। अरू सबैले पनि यो सुनेर अलि लज्जित महसुस गर्छन्, र सोच्छन्, “यदि हामीले यस्तो कुरा सुन्यौँ भने, यो त हामीले कसैको गोपनीयतामा चियोचर्चो गरेजस्तो हुन्छ; तर यदि हामीले सुनेनौँ भने, तिनीहरूले आफू इमानदार बनिरहेको छु भन्‍ने विश्‍वास गर्दै, कुरा गर्न जिद्दी गरिरहनेछन्।” हेर् त, सबैलाई यो मामला काँडादार र झन्झटिलो लाग्छ। के तँ यस्तो व्यक्ति ठूलो समस्या छ भनेर भन्दैनस् र? यदि तैँले सिद्धान्तहरूमा सङ्गति गरिस् भने, तिनीहरूले ती स्वीकार गर्दैनन्, र भन्छन्: “जब तिमीहरू इमानदार बन्छौ र खुल्छौ, तब तिमीहरूले जे पनि भन्न सक्छौ, तर जब मैले केही भन्छु, तब त्यो चाहिँ ठीक हुँदैन। के म पनि इमानदार बनिरहेको छैन र? मसँग बोल्ने अधिकार किन छैन?” तिनीहरूले अरूले के भनिरहेका छन् भन्ने कुरालाई ध्यान समेत दिँदैनन्। के उसको त्यो मामलाबारे सार्वजनिक रूपमा सङ्गति गर्न उपयुक्त हुन्छ? यस्तो व्यक्तिले यो कुरालाई छर्लङ्ग देख्नै सक्दैन र उसले इमानदार हुनुका सिद्धान्तहरू बुझ्दैन। अन्तमा, उसले सबैलाई परिस्थिति सम्हाल्न निकै गाह्रो छ भन्‍ने महसुस गराउँछ। उस्तै प्रकारका मानिसहरूले उसको नक्कल गर्नेछन्, र भन्‍नेछन्, “हेर, तिनीहरूले त यस्ता कुराहरूका बारेमा समेत सङ्गति गर्न सक्छन्। तिनीहरूसँग साँच्चै नै सङ्कल्प छ, तिनीहरू साँच्चै इमानदार बनिरहेका छन्!” शुद्ध बुझाइ भएकाहरूले सुन्नेबित्तिकै उसको अभ्यास गलत छ, र यो अभ्यासमा विचलन भएको छ भन्‍ने थाहा पाउँछन्। यदि तैँले उसलाई मद्दत गर्न चाहिस् भने, उसले त्यसलाई स्वीकार नै गर्दैन। उसले के भन्छ? “तिमीले मलाई मद्दत गर्न सक्दैनौ। मेरो बुझाइ तिम्रोभन्दा फरक छ। म त यसरी नै अभ्यास गर्नेछु।” त्यसोभए के गर्न सकिन्छ? के तैँले उसलाई मद्दत गर्न सक्छस्? (सक्दिनँ।) यदि तैँले साँच्चै उसलाई मद्दत गर्ने प्रयास गरिस् भने, तैँले कुराहरूलाई झनै बिगार्नेछस्; उसले त्यो स्वीकार नगर्ने मात्र होइन, उसले तँसँग नहस गर्नेछ र उल्झनेछ। के यो झन्झटिलो कुरा होइन र? (हो।)

पशुबाट पुनर्जन्म लिएका मानिसहरूले पनि झूट बोल्ने प्रकटीकरणहरू देखाउँछन्, तर तिनीहरूको झूट दियाबलसबाट पुनर्जन्म लिएका मानिसहरूसँग ठ्याक्कै भने मिल्दैन। झूटको तिनीहरूको मनोवृत्ति र तिनीहरूले झूट बोल्दा अपनाउने तरिकाहरू पनि फरक हुन्छन्। जब दियाबलसहरूले बोलेका झूटहरू खुलासा गरिन्छन्, तब कुनै विकल्प नभएर तिनीहरूले बाहिरी रूपमा झूट बोलेको स्वीकार गरे तापनि, तिनीहरूले अझै पनि यो बिलकुलै न्यायोचित भएको महसुस गर्छन्। तिनीहरूले यो कुनै ठूलो कुरा होइन भन्‍ने सोच्छन्। वा तिनीहरूले सबैका अगाडि आफ्नो अडान व्यक्त गरे पनि र झूट बोल्नु गलत थियो भनेर स्वीकार गरे तापनि, तिनीहरूले पर्दा पछाडि अलिकति पनि परिवर्तन नभई, उही तरिकाले झूट बोल्छन् र धोका दिन्छन्। तिनीहरूले झूट बोल्नुलाई दुष्ट कार्य वा नकारात्मक कुरा मान्दै मान्दैनन्। यो त तिनीहरूका लागि बाँच्ने हतियार हो—तिनीहरूले यसलाई कसरी त्याग्न सक्छन् र? बानीले नै झूट बोल्नेहरूले यस्तो विश्‍वास गर्छन्, “यो मानव संसारमा जिउँदा, यदि कसैले झूट बोलेन भने, यदि उसले खुलेर अरूका अगाडि सबै कुरा उदाङ्गो पार्‍यो भने, र यदि सबै कुरा अरूले थाहा पाए र बोध गरे भने, के अझै पनि उसको आफ्नो सत्त्व रहन्छ र? के जीवनको अझै पनि कुनै अर्थ रहन्छ र? के तिनीहरूको अझै पनि इज्जत रहन्छ र? यसबाहेक, यदि कसैले सधैँ सबै कुराका बारेमा साँचो कुरा मात्रै बोल्यो भने, जीवन कति फिका र निरस हुनेथियो! कुनै कारण भए पनि वा नभए पनि, व्यक्तिले झूट बोल्नैपर्छ।” जुनसुकै दृष्टिकोणबाट हेरे पनि, चाहे तिनीहरूले जानाजानी झूट बोलून् वा नजानेरै, यो तिनीहरूको प्रकृतिको स्वाभाविक प्रकटीकरण हो। छोटकरीमा, बानीले नै झूट बोल्नु दियाबलसहरूको एउटा प्रमुख विशेषता हो—यो कुरा कुरामा कुनै शङ्कै छैन। यसै दृष्टिकोणबाट मात्रै विचार गर्दा पनि, यस्ता मानिसहरूले सत्यता स्वीकार गर्नु र तिनीहरू इमानदार मानिसहरू बन्नु पूर्ण रूपमा असम्भव छ; तिनीहरूले यो काम गर्नै सक्दैनन्। यसबाहेक, तिनीहरूले इमानदार व्यक्ति बन्नुपर्छ भन्ने परमेश्‍वरको मागलाई तिरस्कार गर्छन्। चाहे तिनीहरूले कुनै निश्‍चित मामलाको सामना गरून् वा नगरून्, मानिसहरू इमानदार हुनुपर्छ भन्ने परमेश्‍वरको मागप्रतिको तिनीहरूको मनोवृत्ति सधैँ तिरस्कार, उपहास, वितृष्णा, र घृणाको हुन्छ। तिनीहरूले इमानदार व्यक्ति बन्ने विषयसम्बन्धी परमेश्‍वरको माग र आत्मआचरणको सिद्धान्तलाई अवहेलनाको दृष्टिले हेर्छन्। आफ्नो हृदयको गहिराइबाट नै, तिनीहरू सत्यताप्रति वितृष्णा हुन्छन् र त्यसलाई अस्वीकार गर्छन्; तिनीहरूले इमानदार मानिसहरू बन्ने कार्यलाई ठाडै विरोध गर्छन् र अस्वीकार समेत गर्छन्।

बानीले नै झूट बोल्नु दियाबलसबाट पुनर्जन्म लिएका मानिसहरूको एउटा निकै स्पष्ट विशेषता हो। यदि तँ तिनीहरूसँग नजिकको सम्पर्कमा हुन्छस्, तैँले काम वा जीवनमा तिनीहरूसँग अन्तरक्रिया, कुराकानी, र सङ्गत गर्छस् भने, तिनीहरूको बानीले नै झूट बोल्ने यो विशेषता वा साँचो अनुहार बिस्तारै खुलासा हुनेछ। त्यसकारण, यस्ता व्यक्तिलाई खुट्ट्याउनु निकै सजिलो छ। तैँले अरू मानिस, घटना, वा कामकुराहरूका बारेमा रहेको कसैको विचार र दृष्टिकोणलाई हेरिरहनु आवश्यक छैन। यदि तैँले तिनीहरू बानीले नै झूट बोल्ने मानिसहरू हुन् भन्‍ने पत्ता लगाइस् भने, तैँले यस कुराका आधारमा नै तिनीहरू मानिस नभई दियाबलस हुन् भनेर शतप्रतिशत निश्‍चयताका साथ भन्न सक्छस्। कतिपय मानिसहरूले यस्तो सोध्छन्, “के बानीले नै झूट बोल्ने कुनै व्यक्ति दियाबलस नहुने र उसले अझै पनि मुक्ति प्राप्त गर्ने आशा हुने एक प्रतिशत पनि सम्भावना हुन्छ?” म तँलाई भन्छु, बिलकुलै कुनै पनि सम्भावना हुँदैन। बानीले नै झूट बोल्ने जो कोही व्यक्ति शतप्रतिशत दियाबलस हो; यसविपरित एक प्रतिशत पनि सम्भावना हुँदैन। बुझिस्? कतिपय मानिसहरूले भन्छन्, “कतिपय मानिसहरू बानीले नै झूट बोल्छन् किनभने तिनीहरू निकै गहिरो गरी भ्रष्ट पारिएका छन्, तिनीहरू समाजका दुष्ट प्रचलनहरूबाट निकै गम्भीर रूपमा प्रभावित भएका छन्, र तिनीहरूको मानवताको विवेक र समझ दबिएको छ, वा तिनीहरू पूर्ण रूपमा दियाबलसहरूद्वारा समायोजित भएका छन्, यसैकारण तिनीहरू बानीले नै झूट बोल्छन् भन्‍ने हुन सक्छ? यदि दाजुभाइ-दिदीबहिनीहरूबाट केही समयको मद्दत र सहयोगपछि, र परमेश्‍वरका वचनहरूद्वारा मलजल र खुवाइपियाइ गरिएपछि, तिनीहरूको विवेक बिस्तारै जाग्न सक्छ र तिनीहरूको समझ बिस्तारै निको हुन सक्छ भने, के तिनीहरू परिवर्तन भएर बानीले नै झूट बोल्न छोड्नेछैनन् त?” म तँलाई भन्छु, त्यस्तो कुनै सम्भावना छैन, एक करोडमा एउटा पनि सम्भावना छैन। त्यसकारण, बानीले नै झूट बोल्ने जोकोही पनि दियाबलस हो, मानिस बिलकुलै होइन, उसमा अलिकति पनि सामान्य मानवता हुँदैन। बुझ्यौ? (बुझ्यौँ।) यो निश्‍चित छ; त्यहाँ कुनै अपवाद र कुनै विशेष परिस्थितिहरू छैनन्। तिमीहरूले यस मामलामा स्पष्ट रूपमा देख्नैपर्छ। सायद तैँले कुनै मामला सम्हाल्दा, परमेश्‍वरको घरको हितको रक्षा गर्न र दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिनका लागि गैरविश्‍वासीहरूलाई कुनै असत्य कुरा—झूटजस्तै कुरा—भनेको देख्छस्। त्यसपछि तँलाई यस मामलाक बारेमा शङ्का लाग्छ, र सोच्छस्, “मैले पहिले ऊ सत्यता पछ्याउने व्यक्ति हो भन्‍ने सोचेको थिएँ, तर उसले यस्तो ठूलो मुद्दाबारे कसरी झूट बोल्न सक्यो? यदि उसले यो ठूलो मुद्दाबारे झूट बोल्न सक्छ भने, के ऊ दियाबलस हो? के उसको सत्यताको पछ्याइ देखावटी हो?” के यो बुझाइको तरिका सही छ? (छैन।) यसमा के गलत छ? यस मामलालाई कसरी सही रूपमा हेर्नुपर्छ? (तिनीहरूले त्यस व्यक्तिको कार्यपछाडिको अभिप्राय वा हासिल भएको प्रभावलाई खुट्ट्याएका छैनन्। यदि कसैले असत्य कुरा भन्छ, तर सकारात्मक प्रभाव हासिल गर्न—परमेश्‍वरको घरको हितको रक्षा गर्न र दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन—त्यसो गर्छ भने, यो झूट बोल्नु होइन; यो एक प्रकारको बुद्धि हो। तिनीहरूले झूट बोल्नु र बुद्धिको प्रयोग गर्नुबीचको भिन्नता खुट्ट्याएका छैनन्।) तैँले झूट बोल्नुको प्रकृतिलाई स्पष्ट रूपमा देख्नैपर्छ। कुनै झूट कुन सिद्धान्तमा आधारित छ र यसले कुन उद्देश्य हासिल गर्न खोज्छ भन्‍ने कुरालाई हेर्। यदि कसैले सकारात्मक प्रभाव हासिल गर्न र सिद्धान्तहरूलाई कायम राख्न कुनै असत्य कुरा भन्छ भने, यो झूट बोल्नु होइन—यो बुद्धि हो। यसका साथै, तिनीहरू दैनिक जीवनमा बानीले नै झूट बोल्ने व्यक्ति हुन् कि होइनन् भन्‍ने कुरालाई अवलोकन गर्। यदि तिनीहरूले एक पटक मात्रै झूट बोले भने, तँ तिनीहरू झूटा हुन् वा तिनीहरूले बानीले नै झूट बोल्छन् भनेर निर्धारण गर्न सक्दैनस्, होइन र? (हो।) यदि, कुनै ठूलो मामलामा, तिनीहरूले परमेश्‍वरको घरको हितको रक्षा गर्न कुनै असत्य कुरा भने, र तैँले तिनीहरूलाई बानीले नै झूट बोल्ने व्यक्तिका रूपमा परिभाषित गरिस् भने, यो विकृत हुनु हो। यसरी मानिसहरूलाई चित्रण गर्नु र हेर्नु सिद्धान्तहरूसँग मिल्दैन। यदि तिनीहरूले एक पटक आफ्नो इज्जत र प्रतिष्ठा बचाउन झूट बोले, तर तिनीहरू धेरैजसो मामलाहरूमा सामान्यतया झूट बोल्दैनन्, र तिनीहरूले झूट बोले तापनि, तिनीहरूले पछि त्यसलाई सच्याउन सक्छन् भने, त्यस्ता व्यक्तिलाई पनि बानीले नै झूट बोल्ने व्यक्ति भनेर निर्धारण गर्न मिल्दैन। दियाबलसबाट पुनर्जन्म लिएकाहरूले मात्रै बानीले नै झूट बोल्छन्। कतिपय मानिसहरूले यसो भन्छन्, “तिमीले तिनीहरू बानीले नै झूट बोल्छन् भनेर भन्यौ, तर कहिलेकाहीँ तिनीहरूले साँचो पनि बोल्छन्। उदाहरणका लागि, तिनीहरूले केही कुरा किने, र कसैले मूल्य सोध्दा, तिनीहरूले सत्य बोले; तिनीहरूले त्यसबारे झूट बोलेनन्। तिमी कसरी तिनीहरूले बानीले नै झूट बोल्छन् भनेर भन्न सक्छौ?” जब गोपनीयता, हित, हैसियत, वा इज्जत संलग्न हुँदैन, तब तिनीहरूले झूट बोल्नु आवश्यक हुँदैन। झूट बोल्नु तिनीहरूका लागि पनि थकाइलाग्दो कुरा हो, त्यसकारण झन्झटबाट बच्नका लागि, तिनीहरूले सानातिना कुराहरूबारे झूट बोल्दैनन्। तर, तिनीहरूले एउटा अवसरमा झूट नबोल्दैमा वा सानातिना कुराहरूबारे झूट नबोल्दैमा तिनीहरूले बानीले नै झूट बोल्दैनन् भन्‍ने हुँदैन। तैँले केवल तिनीहरूले अरूसँग कुराकानी गर्दा, ठूला घटनाहरूबारे व्याख्या गर्दा वा विवरण दिँदा, तिनीहरूको आफ्नै हित, ख्याति र प्राप्ति, हैसियत, सम्भाव्यता, वा जिम्मेवारीहरू संलग्न हुँदा, वा तिनीहरूको आफ्नै दृष्टिकोण संलग्न हुँदा, तिनीहरूले झूट बोल्छन् कि बोल्दैनन् भनेर अवलोकन गर्नुपर्छ। यस्तो अवस्थामा, तिनीहरूका शब्दहरूमा कति असत्यता छ, कति सत्यता छ, र कति विश्‍वसनीयता छ भन्ने कुरालाई अवलोकन गर्। यदि तिनीहरूका शब्दहरूमा धेरै असत्यता छ, तिनीहरूले व्यवहारिक रूपमा कालोलाई सेतोमा परिणत गर्छन्, हावाबाट कुराहरू बनाउँछन्, र अरूमाथि दोष थोपर्छन् भने; यदि तिनीहरूले आफूले गरेका खराब कामहरूको दोष अरूमाथि थोपर्छन्, र अरूले गरेका असल कामहरूको श्रेय लिन्छन् भने; यदि तिनीहरूले कुनै मामलामा गल्ती गरेकोमा जिम्मेवार हुनुपर्नेमा, कुरा बनाएर त्यसबाट पन्छिए, पूर्ण रूपमा आफ्नो जिम्मेवारीबाट पन्छिएर अरूमाथि यसको दोष थोपरे भने; यदि तिनीहरूले आफ्नो काम राम्ररी गरेनन्, वा मूल्य चुकाएनन् वा आफ्नो जिम्मेवारी पूरा गरेनन्, वा तिनीहरूले खतराको डरले त्यो गरेनन्, र तिनीहरूले झूट बोले, सत्यलाई लुकाउन र आफूलाई जिम्मेवारीबाट मुक्त गर्न तुलनात्मक रूपमा उचित देखिने बहाना दिए भने—के यी झूट होइनन् र? (हुन्।) यी सबै झूट हुन्। बानीले नै झूट बोल्नु भनेको यही हो। अर्थात्, जब-जब मामलाहरूमा तिनीहरूको व्यक्तिगत हित, जिम्मेवारी, इज्जत, हैसियत, इत्यादि संलग्न हुन्छन्, तब-तब तिनीहरूले ती सबैमा झूट बोल्छन्। उदाहरणका लागि, कसैले अतिथि सत्कारक परिवारका लागि सत्तरी युआन पर्ने एउटा कुर्सी किन्यो। फर्केर आएपछि खर्चको रिपोर्ट गर्दा, उसले सोच्यो, “यो यात्रा निकै थकाइलाग्दो थियो, र मैले व्यर्थैमा दौडधुप गरेको हुन सक्दैन। मैले कुनै न कुनै तरिकाले तीस युआन कमाउनैपर्छ। यो तीस श्रमका लागि, यो काम गरिदिएबापत हो।” त्यसकारण, उसले कुर्सीको मूल्य एक सय युआन पर्‍यो भनेर भन्यो। हेर्, उसले झूट बोल्यो, होइन र? उसले किन झूट बोल्यो? (उसले अलिकति फाइदा लिन चाहन्थ्यो।) उसले अलिकति नाफा कमाउन चाहन्थ्यो। मानौँ उसले दाजुभाइ-दिदीबहिनीहरूसँगै कर्तव्य पूरा गरिरहेको छ, र दुई जना मानिसहरू राम्ररी घुलमिल भएको देखेर, उसले सोच्छ, “मेरो कोही पनि साथी छैन, सबैले मलाई हेयको नजरले, र कोही पनि मसँग मिल्दैनन्। म तिमीहरू दुई जनाको बीचमा फाटो ल्याइदिन्छु र तिमीहरूको सम्बन्धमा केही मतभेद उत्पन्न गराइदिन्छु।” त्यसकारण, उसले एक जना व्यक्तिलाई भन्छ, “फलानोले त तिमी आफूलाई निकै पढेलेखेको ठान्छौ, र यदि तिमी त्यति धेरै पढेलेखेका हौ भने, तिमी किन लेखहरू लेख्न सक्दैनौ भनेर भन्यो।” त्यसपछि ऊ अर्को व्यक्तिकहाँ जान्छ र भन्छ, “फलानोले त तिमी अग्लो भए तापनि, तिम्रो शरीर मिलेको छैन, र तिम्रो शरीरको माथिल्लो र तल्लो भागको अनुपात मिलेको छैन भनेर भन्यो।” यी केही शब्दहरूले, उसले ती दुई जनाको बीचमा फाटो ल्याइदिन्छ। जब ती दुई जना फेरि भेट्छन्, तब ती विभाजनकारी शब्दहरू सम्झेर, तिनीहरू एक-अर्कालाई मन नपराउने दृष्टिले हेर्छन् र अप्ठ्यारो महसुस गर्छन्। उक्साउनेले के फाइदा पायो? बाहिरी रूपमा, उसले केही पनि पाएन जस्तो देखिन्छ, तर ती दुई टाढा भएको र तिनीहरूको सम्बन्ध बिग्रिएको देखेर उसलाई भित्रभित्रै सहज महसुस हुन्छ र उसले डाहा गर्न छोड्छ। त्यसपछि उसले आफूले फाइदा पाएको छु भन्‍ने विश्‍वास गर्छ। त्यसकारण, उसले यस मामलामा समेत झूट बोल्छ। कसैले यसो भन्ला, “के यो आफूलाई फाइदा नहुने गरी अरूलाई हानि गर्नु होइन र? यदि ती दुईले एक-अर्कासँग कुरा गरे भने, के तिनीहरूले तिमी नै तिनीहरूको बीचमा कुराहरू भड्काउने व्यक्ति हौ भन्‍ने थाहा पाउनेछैनन् र? के तिमीले आफैमाथि विपत्ति ल्याएका हुनेछैनौ र?” के उसले यसबारे वास्ता गर्छ? उसले वास्ता गर्दैन। जबसम्म ती दुई अलग हुन्छन्, तबसम्म उसले ईर्ष्या महसुस गर्दैन र उसले आफूले फाइदा पाएको छु भन्‍ने विश्‍वास गर्छ। के यो दियाबलसहरूले गर्ने काम होइन र? (हो।) दियाबलसहरूले यसरी नै काम गर्छन्।

दियाबलसबाट पुनर्जन्म लिएका मानिसहरूले सानातिना, महत्त्वहीन मामलाहरूमा साँचो बोल्न सक्छन्, तर यसको अर्थ तिनीहरूमा झूट बोल्ने प्रकृति हुँदैन भन्ने होइन। सबै मामलाहरूमा, चाहे ती महत्त्वपूर्ण होऊन् वा सामान्य, जबसम्म तिनीहरूले त्यसमा आफ्नो छवि संलग्न भएको विश्‍वास गर्छन्, जबसम्म तिनीहरूले असहज महसुस गर्छन्, वा तिनीहरूले केही लाभ प्राप्त गर्न वा केही लक्ष्य हासिल गर्न चाहन्छन्—जबसम्म तिनीहरूको कुनै अभिप्राय हुन्छ र तिनीहरूले कार्य गर्न चाहन्छन्—तब तिनीहरूको तौरतरिका निश्‍चित रूपमा त्यसलाई पूरा गर्न झूट प्रयोग गर्नु नै हुनेछ। बानीले नै झूट बोल्नु भनेको यही हो। सायद तिनीहरूले गाँस, बास, वा कपासको मामलामा झूट बोल्दैनन्; सामान्यतया, तिनीहरूले सानातिना कुराहरूका खातिर झूट बोल्नमा मानसिक ऊर्जा खर्च गर्ने झन्झट गर्दैनन्। यसबाहेक, तिनीहरूको नजरमा, कतिपय मानिसहरू तिनीहरूकै स्तर वा तहका हुँदैनन्, तिनीहरूले उनीहरूलाई स्वीकार गर्ने कुरालाई वास्ता समेत गर्दैनन्, र तिनीहरूले उनीहरूलाई खेलाएर वा चालबाजी गरेर कुनै उपलब्धिबोध प्राप्त गर्दैनन्, त्यसकारण तिनीहरूले कुनै पनि तरिकाले उनीहरूको विरुद्धमा कार्य गर्ने बारेमा वास्ता गर्दैनन्। यदि तिनीहरूले कसैको विरुद्धमा काम गर्ने हो भने, त्यो व्यक्ति तिनीहरूले आफ्नो स्तरको ठानेको, तिनीहरूले खेल खेल्न सक्ने, र तिनीहरूको प्रतिद्वन्द्वी हुनैपर्छ—त्यसपछि मात्रै तिनीहरूले त्यस व्यक्तिलाई स्विकार्नेछन्। यो दियाबलसहरूको अर्को विशेषता हो। यदि तँ साधारण व्यक्ति होस् भने, तिनीहरूले तँमा बुद्धिको कमी छ, तँ तिनीहरूसँग खेल खेल्न सक्षम वा योग्य छैनस् भन्‍ने सोच्छन्, र तिनीहरूलाई यो अरुचिकर लाग्छ, त्यसकारण तिनीहरूले तँलाई बेवास्ता गर्छन्। दियाबलसहरूले कसलाई खेलाउने भन्ने कुरामा मिहिन ढङ्गले छनौट गर्छन्। तिनीहरू तँसँगै बस्दा, सायद तैँले तिनीहरूले कहिल्यै झूट बोलेको देख्दैनस् वा कुनै पनि कुराबारे जानाजानी झूट बोलेको कहिल्यै याद गर्दैनस्, तर तिनीहरू दियाबलस हुन् भने, तिनीहरूले अवश्य नै झूट बोल्नेछन्; यो दियाबलसहरूको जन्मजात प्रकृति हो। यदि तिनीहरूले तँसँग झूट बोल्दैनन् भने, त्यो तिनीहरूले तँलाई योग्य नदेखेर हुन सक्छ। तिनीहरूले सोच्छन्, “हँ! म तँसँग झूट बोल्ने झन्झट समेत गर्दिनँ, तैपनि तँ म तँलाई खेलाउँछु कि भनेर डराउँछस्। तँ को होस् र? तँ आफू को हुँ भन्ने ठान्छस्?” तिनीहरूले तँलाई वास्तै गर्दैनन्; तँसँग झूट बोल्नु त परको कुरा, तिनीहरूले तँसँग बोल्ने झन्झट समेत गर्दैनन्। यो त अन्योलमा परेको व्यक्तिलाई कसैसँगको उसको सम्बन्धका बारेमा सोध्नु, र उसले भन्नु जस्तै हो, “म उसको स्तरको छैन। उसको क्षमता मेरोभन्दा राम्रो छ, उसको दिमाग तेज छ। म तुच्छ व्यक्ति हुँ, ऊजस्तो कुलीन छैन। ऊ मसँग सङ्गत गर्नचाहँदैन।” अन्योलमा परेका मानिसहरूले समेत यस्तो महसुस गर्छन्। अब हामी दियाबलसहरूले कसलाई खेलाउन मन पराउँछन्, कससँग प्रतिस्पर्धा गर्न मन पराउँछन्, कसलाई भ्रमित पार्न, शोषण गर्न, र चालबाजी गर्न मन पराउँछन् भन्‍ने कुरालाई हेरौँ। के तिनीहरूको पनि मानक र निश्‍चित दायरा हुँदैन र? (हुन्छ।) जब तिनीहरूले मानिसहरूको समूह छान्छन्, तब ती मानिसहरू तिनीहरूजस्तै दिमागी खेल खेल्ने र छलकपट गर्नेहरू हुनैपर्छ। यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्दा मात्रै तिनीहरूले खुसी महसुस गर्छन् र रमाइलो मान्छन्, र त्यसपछि मात्रै तिनीहरूले आफ्नो खेलबाट केही उपलब्धिबोध प्राप्त गर्न सक्छन्। त्यसकारण, जब दियाबलसबाट पुनर्जन्म लिएकाहरूको कुरा आउँछ, तब व्यक्तिले तिनीहरूको बानीले नै झूट बोल्ने कुराको विशेषता र सारलाई छर्लङ्ग देख्नैपर्छ। तिनीहरूले तँलाई झूट बोलेका छैनन् भन्दैमा तिनीहरूले झूट बोल्दैनन् भन्ने हुँदैन, र यसको अर्थ तिनीहरूमा झूट बोल्ने प्रकृति छैन भन्ने हुँदैन। यदि तिनीहरूले तँसँग नजिकबाट सङ्गत गरेका छैनन्, र तँलाई स्वीकार समेत गर्दैनन्, र तिनीहरूले तँ साधारण विश्‍वासी होस्, धेरै शिक्षित व्यक्ति होइनस्—एक गृहिणी वा किसान मात्रै होस्—भन्‍ने सोच्छन्, र तिनीहरूले तँलाई कुनै वास्ता गर्दैनन् भने, तिनीहरूले तँसँग झूट बोल्नु भनेको आफूलाई तल झार्नु हो, आफ्नो दिमाग खेर फाल्नु हो भन्‍ने सोच्नेछन्, र तिनीहरूले तँसँग झूट बोल्ने झन्झट समेत गर्नेछैनन्। त्यसोभए, तैँले यस्तो व्यक्तिलाई कसरी छर्लङ्ग देख्न सक्छस्? तिनीहरू बानीले नै झूट बोल्ने दियाबलसहरू भएकाले, तिनीहरूको प्रकृति यस परिस्थितिमा प्रकट नभए पनि अन्य उपयुक्त परिस्थितिहरूमा प्रकट हुनेछ। तिनीहरूले तँलाई झूट बोलेका छैनन् भन्दैमा तिनीहरूले झूट बोल्दैनन् भन्ने हुँदैन। तिनीहरूमा दियाबलसको सार छ भने, तिनीहरूको झूट बोल्ने प्रकृति निश्‍चित रूपमा खुलासा हुनेछ; यसलाई लुकाईरहन सकिँदैन। चाहे तिनीहरूले यसलाई राम्ररी लुकाऊन् वा नलुकाऊन्, यो जतिसुकै खुलासा भए पनि, तिनीहरूमा झूट बोल्ने प्रकृति छ, र तिनीहरूले बारम्बार झूट बोल्छन् भने, तिनीहरू दियाबलस हुन्; तिनीहरू मानिस बिलकुलै होइनन्। साँचो मानिसहरूले बारम्बार झूट बोल्दैनन्; अर्थात्, मानिसबाट पुनर्जन्म लिएकाहरूले बारम्बार झूट बोल्दैनन्। म तिनीहरूले बारम्बार झूट बोल्दैनन् भनेर किन भन्छु? किनभने तिनीहरूले झूट बोल्नेबित्तिकै, तिनीहरूको विवेकले तिनीहरूलाई हप्काउँछ र दोष लगाउँछ। यदि तिनीहरूले एउटा ठूलो झूट बोले र त्यसले परिणामहरू निम्त्यायो भने, तिनीहरूलाई आफ्नो सम्पूर्ण जीवनभरि आफैदेखि घिन लाग्नेछ; तिनीहरूले आफ्नो हृदयमा झूटप्रति वितृष्णा महसुस गर्न थाल्नेछन् र अनावश्यक कुराहरूबारे झूट बोल्नेछैनन्। यसरी, तिनीहरूले झन्-झन् कम झूट बोल्नेछन्। तिनीहरूको विवेकले तिनीहरूलाई हप्काउने हुनाले, तिनीहरूले आफूलाई रोक्नेछन्, जसले गर्दा तिनीहरूले त्यस्तै गल्तीहरू कम गर्नेछन्, र अन्ततः तिनीहरू ती गल्तीहरू गर्दै नगर्ने अवस्थामा नै पुग्नेछन्। यो मानिसहरूले हासिल गर्न सक्ने कुरा हो। तर दियाबलसहरूले यो हासिल गर्न सक्दैनन्। तिनीहरूले झूट बोलेपछि, तिनीहरूले कुनै हप्की महसुस गर्दैनन्, त्यसकारण तिनीहरूले झूट बोल्न चाहँदा कुनै रोकटोक हुँदैन; कुनै पनि कुराले तिनीहरूलाई रोक्न सक्दैन—कुनै वातावरणले तिनीहरूलाई रोक्न सक्दैन, न त कुनै प्रतिष्ठा वा हैसियत भएको व्यक्तिले, र सत्यतासँग पनि अवश्य नै तिनीहरूलाई रोक्ने कुनै शक्ति हुँदैन। अरू मानिसहरूले तिनीहरूलाई खुलासा गर्दा पनि त्यस कुराले तिनीहरूलाई रोक्न सक्दैन, झन् सत्यताको त कुरै नगरौँ, जुन तिनीहरूका लागि कागजमा लेखिएको अक्षर, धर्मसिद्धान्त र प्रावधानहरू मात्रै हो, र त्यसले तिनीहरूलाई बिलकुलै रोक्न सक्दैन। कुनै रोकटोकविना, तिनीहरूले झूट बोल्नु तिनीहरूको स्वाभाविक प्रकटीकरण हो; जुनसुकै बेला, जुनसुकै ठाउँमा, तिनीहरूले आवश्यकताअनुसार विभिन्न झूटहरू बोल्न सक्छन्। यो तिनीहरूको प्रकृति हो; यो कुनै पनि बेला कहिल्यै परिवर्तन हुनेछैन। त्यसोभए, कसैले तिनीहरूको प्रकृतिलाई कसरी छर्लङ्ग देख्न सक्छ? तिनीहरूका वरपरका मानिसहरूले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छन् भन्‍ने कुरालाई हेर्। यदि तिनीहरूसँग परिचित रहेका मानिसहरूले “त्यो मान्छे बानीले नै झूट बोल्छ, उसको मुखबाट निस्कने सबै कुरा झूट हुन्छ, उसले झूट बोले पनि उसको अनुहार रातो हुँदैन वा मुटुको धड्कन बढ्दैन, र उसले जुनसुकै कुराबारे पनि झूट बोल्न सक्छ; कसैले पनि उसको एक शब्द पनि विश्‍वास गर्ने आँट गर्दैन” भनेर बताए भने, ऊ मानिस नभई दियाबलस हो भनेर निर्धारण गर्न सकिन्छ। अब मैले यति धेरै भनिसकेपछि, के तिमीहरू दियाबलसबाट पुनर्जन्म लिएकाहरूमा रहेको बानीले नै झूट बोल्ने यो विशेषतालाई छर्लङ्ग देखेर तिनीहरूमा यो कुरा छ भन्‍ने कुरा पुष्टि गर्न सक्छौ? सबै समयमा, यो नियम, यो निष्कर्ष—“बानीले नै झूट बोल्नेहरू दियाबलसहरू बराबर हुन्”—भन्‍ने कुरा अपरिवर्तित रहन्छ। बुझ्यौ? (बुझ्यौँ।)

के दियाबलसबाट पुनर्जन्म लिएकाहरूको पहिलो विशेषताका बारेमा—बानीले नै झूट बोल्नुका बारेमा—स्पष्ट रूपमा सङ्गति गरिएको छ? (छ, यो स्पष्ट भयो।) यो विषयवस्तु स्वीकार गर्न र बुझ्न सजिलो हुनुपर्ने हो। किन? किनभने तैँले आफ्नो दैनिक जीवनमा यस्ता व्यक्तिहरूलाई प्रायः देख्ने गर्छस्; कुरा यति मात्र हो कि पहिले, तैँले तिनीहरूको झूट बोल्ने प्रकटीकरणहरूलाई भ्रष्टताको सामान्य प्रकटीकरणका रूपमा लिन्थिस्। अब, सङ्गतिमार्फत, तैँले तिनीहरूको झूट बोल्ने प्रकृति र झूट बोल्ने प्रकटीकरणहरू किन कहिल्यै परिवर्तन हुँदैनन् भन्‍ने कुरा जानेको छस्—यो त तिनीहरूको गुणद्वारा पो निर्धारित हुँदो रहेछ, त्यसकारण यस्तो व्यक्ति परिवर्तन हुन सक्दैन। भविष्यमा यस्ता मानिसहरूको सामना गर्दा के गर्नुपर्छ? (यस्ता मानिसहरूसँग सङ्गति गर्नु वा तिनीहरूलाई मद्दत गर्नु आवश्यक छैन। यदि तिनीहरू सुपरिवेक्षकहरू हुन् भने, तिनीहरूलाई बर्खास्त गरिनैपर्छ। यदि तिनीहरूले दुष्ट कार्यका केही प्रकटीकरणहरू देखाइसकेका छन् र मण्डलीको काममा अवरोध गर्न र बाधा दिन थालेका छन् भने, तिनीहरूलाई आवश्यकताअनुसार सफा गरेर निकाल्नुपर्छ, र मण्डलीमा एक दिन पनि बस्न दिनु हुँदैन।) दियाबलसहरू बानीले नै झूट बोल्छन्; तिनीहरू बदलिन सक्दैनन् भन्ने निश्‍चित छ। तर, एक प्रकारको दियाबलस हुन्छ जोसँग निश्‍चित क्षेत्रहरूमा केही वरदान वा सामर्थ्य हुन्छ। यदि तिनीहरू सेवा प्रदान गर्न इच्छुक छन् भने, तिनीहरूलाई सेवाका लागि उपयोग गर्न सकिन्छ। परमेश्‍वरले आफ्नो काममा लागि सेवा गर्न लगाउन सबै कुराहरू उपयोग गर्नुहुन्छ; ठूलो रातो अजिङ्गर त्यस्तै एउटा सेवा गर्ने वस्तु र प्रतिभार हो। परमेश्‍वरको घरमा काम गर्नका लागि, व्यक्तिमा बुद्धि हुनैपर्छ; यो पनि एउटा सिद्धान्त हो। यदि दियाबलसबाट पुनर्जन्म लिएकाहरू सेवा प्रदान गर्न इच्छुक वा उपयुक्त छन् भने, तिनीहरूलाई सेवाका लागि उपयोग गर्। यदि तिनीहरूले सेवा प्रदान गर्न समेत सक्दैनन्, वा तिनीहरूको सेवाले फाइदाभन्दा बढी हानि गर्छ र धेरै क्षति पुऱ्याउँछ, र परमेश्‍वरको घरले तिनीहरूलाई प्रयोग गरेर कुनै सकारात्मक प्रभाव प्राप्त गर्दैन, बरु तिनीहरूको बारेमा चिन्ता गर्नुपर्छ भने, तिनीहरू सेवा प्रदान गर्नका लागि उपयुक्त छैनन्, त्यसकारण तिनीहरूको सेवा गर्ने योग्यता रद्द गरिनुपर्छ। के यसो गर्नु उपयुक्त हुन्छ? (छ, यसो गर्नु सिद्धान्तनिष्ठ कुरा हो।) तिनीहरूलाई सिद्धान्तअनुसार व्यवहार गरिनुपर्छ। खुट्ट्याउनु एउटा कुरा हो, तर जब तिनीहरूलाई कसरी सम्हाल्ने भन्ने कुरा आउँछ, तब तँसँग बुद्धि र सिद्धान्तहरू हुनैपर्छ, र वास्तविक अवस्थाका आधारमा त्यो काम गर्नुपर्छ। यी मामलाहरूमा सङ्गति गर्नुको उद्देश्य तँलाई खुट्ट्याउने क्षमता प्राप्त गराउनु, विभिन्न प्रकारका मानिसहरूका सार के-के हुन् भन्‍ने कुरा स्पष्ट रूपमा जान्न लगाउनु, र व्यक्तिको सारद्वारा, तिनीहरूले सत्यता स्वीकार गर्न र मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा निर्धारण गर्न लगाउनु हो। तर, यो कुरा तँलाई सबैसँग एउटै तरिका अपनाउन लगाउन, दियाबलसका रूपमा चित्रण गरिएका सबैलाई निकालेर सम्हाल्न लगाउनका लागि होइन। बरु, यो तँलाई सिद्धान्तअनुसार र परमेश्‍वरको घरको कामका आवश्यकताहरूअनुसार दियाबलसहरूलाई सेवाका लागि प्रभावकारी रूपमा उपयोग गर्न लगाउनका लागि हो। मानौँ कतिपय दियाबलसहरूले यसो भन्छन्, “म दियाबलस हुँ भन्ने देखेर, तिमीहरूले मलाई सेवाका लागि उपयोग गर्न चाहन्छौ। यदि मैले मुक्ति प्राप्त गर्न सक्दिनँ भने, म सेवा प्रदान गर्नेछैनँ!” यस्तो अवस्थामा के गर्नुपर्छ? (यदि तिनीहरू सेवा प्रदान गर्न अनिच्छुक छन् भने, तिनीहरूलाई जान देऊ।) यदि तिनीहरू सेवा प्रदान गर्न समेत इच्छुक छैनन् भने, तिनीहरूलाई तुरुन्तै जान देऊ। कतिपय दियाबलसहरूले यसो भन्छन्, “तिमीहरू मलाई सेवाका लागि उपयोग गर्न चाहन्छौ? कुनै पनि हालतमा हुँदैन! म तिमीहरूका लागि सेवा प्रदान गर्नेछैनँ! म केही नराम्रो गर्नेछैनँ, म परमेश्‍वरको घरमा अलमलिएर बस्नेछु। जब काम गर्ने बेला हुन्छ, म झारा टार्नेछु, केवल देखावटी रूपमा गर्नेछु; म यो काम तिमीहरूका लागि इमानदारीपूर्वक गर्नेछैनँ!” यस्ता मानिसहरू पत्ता लाग्दा के गर्नुपर्छ? (तिनीहरूलाई सफा गरेर निकाल्नुपर्छ।) कुनै दियाबलस स्पष्ट रूपमा चिनिएपछि, उसलाई तुरुन्तै सफा गरेर निकाल्दे; कुनै कृपा नदेखा। यदि कतिपय दियाबलसहरू शिष्ट छन्, र तिनीहरूलाई आफूले बानीले नै झूट बोल्ने र आफू दियाबलस भएको र आफू इमानदार मानिसहरू हुन नसक्ने र आफ्नो प्रकृतिले निर्देश गर्ने हुनाले मुक्ति प्राप्त गर्न नसक्ने कुरा थाहा छ, तर यति धेरै वर्षसम्म सत्यता सुनेपछि, तिनीहरूले परमेश्‍वरलाई पछ्याउन र अन्ततः आशिष्‌हरू प्राप्त गर्न पनि चाहन्छन्, र तिनीहरूले परमेश्‍वरको घरले जे गर्नू भन्छ त्यही गर्छन् भने—यदि यस्ता मानिसहरूले बाधा उत्पन्न गर्दैनन् र तिनीहरूका लागि उपयुक्त काम छ भने, तिनीहरूलाई सेवा प्रदान गर्ने अवसर दिन सकिन्छ। जब सृष्टिकर्ताले दिनुभएको कर्तव्यको कुरा आउँछ, तब सबै सृजित प्राणीहरूले, तिनीहरूको वर्गको गुण जेसुकै भए तापनि, त्यसलाई आफ्नो कर्तव्यका रूपमा लिनुपर्छ; यो पन्छिन नसकिने कुरा हो। कुन व्यक्ति दियाबलस र शैतान नै भए पनि, यदि उसले स्वेच्छाले परमेश्‍वरका लागि सेवा प्रदान गर्छ भने, परमेश्‍वरले उसलाई अन्यायपूर्ण व्यवहार गर्नुहुनेछैन; सबै सृजित प्राणीहरूप्रति परमेश्‍वरले गर्नुहुने व्यवहारसम्बन्धी उहाँको सिद्धान्त यही हो। यदि तैँले आफूलाई सृजित प्राणी ठानिस्, र तेरो गुण जेसुकै भए तापनि, तँ सृष्टिकर्ताको आराधना गर्न इच्छुक छस्, सृष्टिकर्ताको प्रभुत्वमा समर्पित हुन इच्छुक छस्, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छस्, र अन्तमा तेरा लागि कुनै राम्रो परिणाम वा गन्तव्य नभए तापनि तँ सेवा प्रदान गर्न इच्छुक छस् भने, यो पनि स्वीकार्य नै हुन्छ। परमेश्‍वरले यसलाई अस्वीकार गर्नुहुन्न; परमेश्‍वरले मानिसहरूलाई सेवा प्रदान गर्ने अवसर दिनुहुन्छ। यो त मानिसहरूले यस मामलालाई कसरी हेर्छन् भन्ने कुरामा मात्रै निर्भर हुन्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “मेरो जन्मजात गुण राम्रो नभएकाले, र मैले जुनसुकै कर्तव्य पूरा गरे पनि मुक्ति प्राप्त गर्ने कुनै आशा नभएकाले, म उप्रान्त कर्तव्य पूरा गर्नेछैन, म सेवा प्रदान गर्नेछैन! तिमीहरू मलाई सेवाका लागि उपयोग गर्न चाहन्छौ, र अन्तमा, तिमीहरूले आशिष्‌हरू प्राप्त गर्नेछौ र स्वर्गको राज्यमा प्रवेश गर्नेछौ, तर मेरा लागि कुनै भाग हुनेछैन, त्यसकारण म अब उप्रान्त विश्‍वास गर्नेछैन!” त्यो त उत्तम कुरा हो। यदि दियाबलसहरू जान चाहन्छन् भने, तिनीहरूलाई जान देऊ। यदि तिनीहरू गएनन् भने, तिनीहरूलाई निकाल्नु पूर्ण रूपमा सिद्धान्तअनुसार नै हुन्छ। कतिपय दियाबलसहरूले यसो भन्छन्, “म बानीले नै झूट बोल्छु, म सबैसँग, परमेश्‍वरसँग समेत झूट बोल्छु भन्‍ने कुरालाई म इन्कार गर्न सक्दिनँ। तर, परमेश्‍वरको घरले मलाई सेवा प्रदान गर्न लगाए पनि, वा मलाई प्रतिभारका रूपमा काम गर्न लगाए पनि—मसँग जस्तोसुकै व्यवहार गरिए पनि, मलाई मानिसका रूपमा व्यवहार नगरिए तापनि, मलाई कुनै गुनासो छैन। म दियाबलस हुँ भन्ने तथ्यलाई केही गर्न सकिँदैन, होइन र? मलाई जुनसुकै सेवा प्रदान गर्न भनिए पनि, जतिसुकै मेहनत गर्न भनिए पनि, म त्यो गर्न इच्छुक छु।” के यस्ता मानिसहरूलाई स्वीकार गर्नुपर्छ? (पर्छ।) सिद्धान्तमा, तिनीहरूलाई पनि स्वीकार गर्न सकिन्छ। यदि तिनीहरूको मुक्तिका लागि आशाको किरण छ भने, तिनीहरूलाई स्वीकार गर्नुपर्छ। तिनीहरूले आफू दियाबलस हुँ भनेर स्वीकार गरे पनि वा नगरे पनि, तिनीहरूमा कम्तीमा केही आत्म-ज्ञान छ, तिनीहरू सेवा प्रदान गर्न इच्छुक छन्, र तिनीहरूमा थोरै समर्पणता छ; स्वीकार्यताका सर्तहरू पूरा गर्न यति नै पर्याप्त छ। तिनीहरूले आफ्नो कर्तव्य मानकअनुरूप पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको हकमा भन्दा, त्यो हेर्न बाँकी नै छ, होइन र? (हो।) छोटकरीमा, कुनै व्यक्ति जुनसुकै प्रकारको व्यक्ति भए पनि, उसको गुण खुट्ट्याइएको भए तापनि, जोसुकैले त्यस व्यक्तिप्रतिको आफ्नो व्यवहारमा अझै पनि सिद्धान्तअनुसार काम गर्नुपर्छ। अवश्य पनि, यहाँ एउटै मात्र सिद्धान्त छैन—सबै दियाबलसहरूलाई अस्वीकार गर्नुपर्छ र निकाल्नुपर्छ, सबै दियाबलसहरूलाई नरकमा फाल्नुपर्छ भन्ने होइन; त्यो एकमात्र सिद्धान्त होइन। परमेश्‍वरले सबै कुराहरूमाथि सार्वभौमिकता राख्नुहुन्छ र सेवा प्रदान गर्नका लागि सबै कुराहरू उपयोग गर्नुहुन्छ। कुन-कुन कुराले सेवा प्रदान गर्न सक्छन्, कुन-कुन कुराले के सेवा प्रदान गर्छन् र कसरी सेवा प्रदान गर्छन्, कुन चरणमा तिनीहरूले सेवा प्रदान गर्छन्, तिनीहरूले कति समयसम्म सेवा प्रदान गर्छन्, तिनीहरूले कति सेवा प्रदान गर्छन्, कुन परिस्थितिमा तिनीहरूलाई उप्रान्त प्रयोग गरिँदैन, र कुन परिस्थितिमा तिनीहरूलाई प्रयोग गरिरहन सकिन्छ—यी सबैका लागि सिद्धान्तहरू छन्, र यी सबैमा परमेश्‍वरको बुद्धि छ। मानिसहरूले यस मामलालाई हतार गर्दै हेर्नु हुँदैन; तिनीहरूले सिद्धान्तहरू खोज्नैपर्छ। यदि सबैले कुनै निश्‍चित तरिकाले काम गर्नु सही छ र सिद्धान्तअनुरूप छ भन्‍ने विश्‍वास गर्छन् भने, त्यसरी नै कार्य गर्; तैँले जसरी गर्नुपर्ने हो त्यसरी नै कार्य गर्। सिद्धान्तहरू उल्लङ्घन गर्नु, क्षणिक रिसका आधारमा अन्धाधुन्ध र विना कुनै आधार कुनै व्यक्तिलाई सम्हाल्नु भनेको सत्यता र परमेश्‍वरका वचनहरूलाई मिहिन ढङ्गले नहेर्ने मनोवृत्ति हो; कडाइका साथ भन्दा, यो परमेश्‍वरको डर मान्ने हृदयको कमी हुनुको प्रकटीकरण पनि हो, त्यसकारण यस्तो काम बिलकुलै नगर्। दियाबलसबाट पुनर्जन्म लिएकाहरूको पहिलो विशेषता—बानीले नै झूट बोल्नु—का बारेमा सङ्गति गर्नुपर्ने कुरा मूलतः यति नै हो; सबै पक्षका सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गरिएका छन्।

दियाबलसहरूबाट पुनर्जन्‍म लिएका मानिसहरूको दोस्रो विशेषता “अनाचार” हो। यो एउटा विशेषता भएकाले, यो अस्थायी प्रकटीकरण नभई तिनीहरूको प्रकृतिबाट अक्सर प्रकट हुने कुरा हो, र यसले तिनीहरूका विचार र दृष्टिकोण, अनि तिनीहरूका स्वभाव र सारलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्छ। त्यसोभए, जो दियाबलसहरू हुन्, तिनीहरूको “अनाचार” भन्‍ने विशेषताका खास प्रकटीकरणहरू के-के हुन्? अनाचार के हो? अनाचार शब्द प्रायः कुन शब्दसँग जोडिन्छ? (दुष्टता।) अरू केसँग? (अनाचारी प्रकृति।) अनाचारी प्रकृति, दुष्ट वासना। अरू कुन-कुन प्रकटीकरणहरू अनाचारी हुन्छन्? अनाचारपूर्ण र असामान्य हुनु, होइन र? (हो।) अनाचारपूर्ण र असामान्य हुनुबाहेक, अरू के छ? (साथै अत्यन्तै चलाख र कुटिल हुनु, अनुभवी षड्यन्त्रकारी हुनु, केही हदसम्म बुझ्न नसकिने व्यक्ति भएको अनुभूति दिनु पनि हो।) यी सबै मूलतः समावेश हुन्छन्। अनाचारपूर्ण, कपटी, धूर्त, चलाख र कुटिल, र अनुभवी षड्यन्त्रकारी हुनु—यी सबै अनाचारका निश्‍चित प्रकटीकरण र विशेषताहरू हुन्। त्यसोभए, दियाबलसहरूले कुन-कुन कुरामा यी विशेषताहरू प्रकट गर्छन्? सारमा, मानिसहरूले सोच्ने कुराहरू—स्वभावसँग सम्बन्धित वा आफूलाई आचरणमा ढाल्ने र मामलाहरूलाई सम्हाल्ने विधिहरूमा प्रकट हुने अनाचारीता, कपट, धूर्तता, इत्यादि बाहेक—अर्को प्रकारको अनाचार के हो? त्यो मानिसहरूको दुष्ट वासना हो; यस प्रकारको कुटिलतालाई कामुकता भनिनुपर्छ। “अनाचार” शब्द प्रयोग गरिएको हुनाले, हामी देहका सामान्य शारीरिक आवश्यकता वा प्रतिक्रियाहरूका बारेमा नभई कामुकताका बारेमा कुरा गरिरहेका छौँ—यसलाई अनाचार पनि भनिन्छ। भर्खरै उल्लेख गरिएका अनचारीता, कपट, इत्यादि कुरा स्वभावसँग सम्बन्धित छन्; कामुकता देहसँग सम्बन्धित अनाचार हो। के “कामुकता” भन्‍ने शब्द निकै उपयुक्त छैन र? (छ।) अर्को शब्द पनि छ, जुन अझ बढी उपयुक्त छ—यौन उत्तेजकता। गैरविश्‍वासीहरूले प्रायजसो कुनै व्यक्ति गोप्य रूपमा कामुक, वेश्या हो भनी भन्ने गर्छन्; यी सबै शब्दहरूले दुष्ट वासनाको पक्षलाई जनाउँछन्। कामुकता र यौन उत्तेजकताबाहेक, अरू पनि छन्? (के नीचता तीमध्ये एक हो?) नीचता होइन; नीचता कामुकताभन्दा फरक हुन्छ। नीचता व्यक्तिको इज्जत र निष्ठासँग सम्बन्धित हुन्छ, जबकि कामुकता र यौन उत्तेजकता मुख्यतया उसको अन्तरवैयक्तिक आचरणका समस्याहरूसँग सम्बन्धित हुन्छन्। हामीले भर्खरै कुरा गरेका कुराहरू अनाचारका दुई पक्षहरू हुन्: एउटा स्वभावसँग सम्बन्धित, अर्को दैहिक वासनासँग सम्बन्धित। अर्को एउटा पक्ष पनि छ, जुन के हो भने, यस प्रकारको व्यक्तिले अक्सर श्रवण र अन्य संवेदनसम्बन्धी मतिभ्रमहरू अनुभव गर्छ—उसमा सधैँ केही असामान्य प्रकटीकरणहरू हुन्छन्। उदाहरणका लागि, तिनीहरूले अक्सर यसो भन्ने गर्छन्, “परमेश्‍वरले मलाई आज बिहान छ बजे पूर्व जानैपर्छ भनेर प्रकाश गर्नुभयो; त्यहाँ एक जना सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिले मलाई भेट्न चाहन्छ।” “हिजो राती मैले एउटा सपना देखेँ; सायद दुई जना दाजुभाइ वा दिदीबहिनीहरू आज मेरो घरमा आउनेछन्।” तिनीहरूलाई बारम्बार श्रवण र अन्य संवेदनसम्बन्धी मतिभ्रमहरू हुन्छन्, तिनीहरूले सधैँ असामान्य सपना, दर्शन, वा वचनहरूको आकस्मिक झलक जस्ता कुराहरूका आधारमा आफ्नो जीवन जिउँछन्, र जब कुनै असामान्य कुरा हुन्छ, तब तिनीहरूले असामान्य तरिकाले व्यवहार गर्छन्—तिनीहरू निकै चरम हुन्छन्। कहिलेकाहीँ तिनीहरू प्रार्थना गर्न र परमेश्‍वरका वचनहरू पढ्न बिहान तीन वा चार बजे उठ्छन्; कहिलेकाहीँ राती अरू सबैजना आराम गरिरहेको बेला तिनीहरू परमेश्‍वरका वचनहरू पढ्न वा भजनहरू सिक्न जिद्दी गर्दै आधा रातसम्म जागा बस्छन्। अरू मानिसहरू खाने वा काम गर्ने बेलामा तिनीहरू सुत्छन्, र अरू आराम गर्ने बेलामा तिनीहरू ऊर्जावान् हुन्छन्; तिनीहरू सधैँ असामान्य, सधैँ सामान्य मानिसहरूभन्दा फरक हुन्छन्। के यसलाई पनि अनाचारको प्रकटीकरण मान्न सकिन्छ? (सकिन्छ।) के यो असामान्यताको वर्णन गर्नलाई कुनै उपयुक्त शब्द छ? मानौँ कुनै व्यक्ति बाहिरी रूपमा सामान्य देखिन्छ, तर उसले सधैँ निकै विकृत र चरम तरिकाले काम गर्छ र कुराहरू बुझ्छ; तैँले ऊसँग जतिसुकै सङ्गति गरे पनि, उसले बुझ्न सक्दैन। कहिलेकाहीँ उसले श्रवण र अन्य संवेदनसम्बन्धी मतिभ्रमहरू अनुभव गर्छ; अरू बेला, कुनै स्पष्ट आवाज वा अभिव्यक्ति नभए पनि, ऊभित्र उसलाई यो वा त्यो गर्नू भनी भन्ने अनौठा विचारहरू हुन्छन्। तर उसले जे गरे पनि, सत्यतासँग त्यसको कुनै सम्बन्ध हुँदैन, र त्यो प्रावधानहरू पालना गर्ने स्तरसम्म पनि पुग्दैन। तिमीहरूले यस प्रकारको व्यक्तिलाई वर्णन गर्न कुनै उपयुक्त शब्द सोच्न सक्दैनौ, होइन र? (अँ, सक्दैनौँ।) के तिमीहरूलाई “विचित्र” शब्द उपयुक्त छ जस्तो लाग्छ? उसको बाहिरी व्यवहार निकै अनौठो र असामान्य देखिन्छ, र ऊ सधैँ अस्थिर र छट्पटिँदो हुन्छ। तर यदि तैँले उसलाई निन्दा गरिस् भने, तैँले उसमा भएका कुनै पनि ठूला समस्याहरू औँल्याउन सक्दैनस्, र यदि तैँले उसलाई असल व्यक्तिका रूपमा हेरिस् भने, ऊ अझै पनि केही हदसम्म सनकी देखिन्छ—तँ उसलाई केही हदसम्म छर्लङ्गै देख्न असमर्थ हुन्छस्। जब तैँले कहिलेकाहीँ उसले बोलेको सुन्छस्, तब ऊ ठीकै देखिन्छ, तर यदि तैँले उसलाई गोप्य रूपमा अवलोकन गरिस् भने, तैँले उसका कार्यहरू धेरै सनकी, धेरै असङ्गत छन् भनी पत्ता लगाउनेछस्। यो राम्रो सङ्केत होइन; उसले के गर्न सक्छ भन्‍ने कुराको कुनै ठेगान हुँदैन। पछि, उसले प्रार्थनाको दौरान नबुझिने भाषाहरू बोल्न सक्छ भन्ने कुरा पत्ता लाग्छ; सामान्यतया, उसले निरन्तर आफैसँग पनि कुरा गर्छ, मानौँ ऊ कसैसँग कुरा गरिरहेको छ, यसो गर्दा ऊ हाँस्ने पनि गर्छ, जुन हेर्दा जीउ नै सिरिङ्ङ हुन्छ। यो पनि अनाचारको एउटा प्रकटीकरण हो। अहिलेका लागि यो पक्षको वर्णन गर्न “विचित्र” शब्द प्रयोग गरौँ। छोटकरीमा, हामीले जो दियाबलसहरू हुन्, तिनीहरूका अनाचारका प्रकटीकरणहरूलाई सारांशमा प्रस्तुत गरेका छौँ। जम्मा तीन वटा पक्षहरू छन्: एउटा शरीरको दुष्ट वासना हो; एउटा सधैँ केही असामान्य प्रकटीकरणहरू हुनु, विशेष गरी विचित्रको हुनु हो; र अर्को पक्ष स्वभावसँग सम्बन्धित छ—धेरै अनाचारपूर्ण हुनु। अनाचारीताको अर्थ यस प्रकारको व्यक्ति निश्‍चित हदसम्म विश्‍वासघाती र धूर्त हुन्छ, र साधारण मानिसहरूका लागि बुझ्न नसकिने किसिमको हुन्छ। जब मानिसहरू यस प्रकारको व्यक्तिसँग सङ्गत गर्छन्, तब तिनीहरूले अक्सर चिन्तित, व्यग्र, र भयभीत महसुस गर्छन्; तिनीहरूलाई अक्सर उसले तिनीहरूलाई घात गर्दा पनि उल्टै उसैलाई मद्दत गर्न पुग्छु कि भन्ने डर हुन्छ—तिनीहरूलाई उसको पासोमा पर्छु कि भन्‍ने डर हुन्छ। यस प्रकारको व्यक्ति निकै कपटी र धूर्त हुन्छ। उसले तेरो अगाडि अत्यन्तै विनम्र र परिष्कृत तरिकाले बोल्न सक्छ, तर तेरो पिठ्युँ पछाडि, उसले तँलाई थाहै नदिई लामो समयदेखि तेरो विरुद्धमा षड्यन्त्र रचिरहेको, तेरो विरुद्धमा लडिरहेको हुन्छ। जब तैँले यो कुरा पत्ता लगाउँछस्, तब तेरो शरीरभरि चिसो पसिना आउनेछ, र तैँले यस्तो सोच्नेछस्, “भाग्यवश, परमेश्‍वरले मलाई सुरक्षा दिनुभयो! यदि मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, मलाई उसले हानि पुर्‍याउनेथियो; मेरो ज्यान समेत जान सक्थ्यो!” यस प्रकारको दियाबलसको दुष्टता यही हो। म किन यस्ता मानिसहरू अनाचारी हुन्छन् भनी भन्छु? तिनीहरू बाहिरी रूपमा कस्ता देखिन्छन् भनी हेरेर यो कुरा भन्न साँच्चै सजिलो हुँदैन; तैँले तिनीहरूले गर्नका लागि योजना बनाएका कुराहरू र तिनीहरूले हरेक दिन प्रकट गर्ने शब्दहरूबाट यो काम सुरु गर्नुपर्छ—यस प्रकारको व्यक्तिको अनाचारी सार र प्रकृतिलाई स्पष्ट रूपमा हेर्नका लागि यति नै पर्याप्त हुन्छ।

दियाबलसबाट पुनर्जन्‍म लिएका मानिसहरूले हरेक दिन केबारे सोच्छन्? उदाहरणका लागि, मानौँ एक जना सिस्टरलाई अगुवाका रूपमा बढुवा गरियो। त्यसपछि तिनीहरूले मनन गर्छन्, “त्यो केटीलाई यति सानो उमेरमै अगुवामा बढुवा गरियो। ऊ कसरी मभन्दा राम्रो छे? म उसलाई हेयको नजरले हेर्थेँ, मैले उसको कहिल्यै चापलुसी गरिनँ, वा ऊसँग राम्रो सम्बन्ध स्थापित गरिनँ। अहिले ऊ अगुवा छे, मभन्दा माथि रहेकी उच्‍च पदस्थ व्यक्ति, त्यसैले मैले उसको चापलुसी गर्नैपर्छ। मैले उसको दैनिक जीवनमा, वा भौतिक वा आत्मिक रूपमा उसलाई मद्दत चाहिन्छ कि भनेर हेर्नुपर्छ। यदि उसले त्यसो गर्दा मानिन भने, यदि मैले उसलाई आफ्नो पक्षमा पार्न सकिनँ भने, म अरू नरम तरिकाहरू अपनाउनेछु—म उसको अगाडि केही नरम शब्दहरू, केही विनीत शब्दहरू, केही चापलुसीका शब्दहरू बोल्नेछु। मैले पहिले उसमा कुन तरिकाले काम गर्छ भनेर हेर्नुपर्छ। ऊ चापलुसीमा पर्छे कि दुष्ट मानिसहरूको कपटपूर्ण युक्तिमा पर्छे? उसलाई खानेकुरा मन पर्छ कि रमाइलो गर्न? उसलाई लुगा मन पर्छ कि गहना? उसलाई के मन पर्छ? मैले उसलाई बुझ्नैपर्छ, म उसको नजिक जानैपर्छ, मैले उसको चापलुसी गर्नैपर्छ, ऊसँग राम्रो सम्बन्ध स्थापित गर्नैपर्छ, र उसको मनको कुरा पत्ता लगाउने प्रयास गर्नैपर्छ।” जो अगुवा बने पनि, तिनीहरूले त्यो अगुवाको नजिक कसरी जाने र ऊसँग राम्रो सम्बन्ध कसरी स्थापित गर्ने भनेर मनन गर्छन्। पहिले, जब यो बहिनी अगुवा थिइन, तब उसले जे भने पनि तिनीहरूले अटेरी गर्थे। उदाहरणका लागि, यदि उसले “अबदेखि हप्तामा एक पटक भेला होऔँ” भनेर भनिन् भने, त्यो सुनेपछि, तिनीहरूले यस्तो मनन गर्थे, “अरू मण्डलीहरू हप्तामा दुई पटक भेला हुन्छन्, तर हामी एक पटक भेला हुन गइरहेका छौँ। हामीले तिमीले भनेअनुसार किन गर्नुपर्‍यो? तिमीले आफूलाई को ठान्छौ?” अहिले यी सिस्टर अगुवा भएकीले, जब उनी बोल्छिन् तब तिनीहरूको प्रतिक्रिया फरक हुन्छ; तिनीहरूले पहिलेको जस्तो खण्डनका शब्दहरू बोल्दैनन्, बरु तिनीहरूले यसो भन्छन्, “यो बहिनीले जे भन्छिन् त्यो सत्यता हो!” बाहिरी रूपमा तिनीहरूले निकै अधीनस्थ भएर व्यवहार गर्छन्, मानौँ तिनीहरू आज्ञापालन गर्न सक्ने व्यक्ति हुन्, तर भित्रभित्रै तिनीहरूले भन्छन्, “तँलाई के थाहा छ र? तँ केही दिनका लागि मात्रै अगुवा भएकी छेस्! पहिले यो काम म गर्थेँ, तर अहिले तँ अगुवा भएकी छेस्। ठीक छ, अगुवाले नै अन्तिम निर्णय गर्छ। म पहिले तँसँग सहमत हुनेछु, तर तेरो पिठ्युँ पछाडि कसरी काम गर्ने भन्ने कुराको निर्णय म गर्छु। म तँलाई खेलाउनेछु!” कतिपय मानिसहरू अगुवा चुनिन्छन्, र जब “के तिमीहरूको मण्डलीमा अगुवाहरूको चुनाव सिद्धान्तअनुसार गरिएको थियो?” भनेर सोधिन्छ, तब तिनीहरूले मनमनै सोच्छन्, “यदि यो सिद्धान्तअनुसार गरिएको भए, के म अझै पनि अगुवा बन्न सक्थेँ र? तर म तिमीलाई सत्य कुरा भन्न सक्दिनँ।” त्यसैले तिनीहरूले भन्छन्, “यो सिद्धान्तअनुसार नै गरिएको थियो। मैले दुई कार्यकालसम्‍म मण्डली अगुवाका रूपमा सेवा गरिसकेको छु। मैले सुरुमा फेरि यो गर्न चाहेको थिइनँ; यदि मैले फेरि यो काम गरेँ भने दाजुभाइ-दिदीबहिनीहरूले आपत्ति जनाउलान् भन्ने डर लागेको थियो, त्यसैले मैले मेरो उम्मेदवारी फिर्ता लिएँ। तर अन्त्यमा, दाजुभाइ-दिदीबहिनीहरूले अझै पनि मलाई नै चुने, त्यसैले मैले मन नलागीनलागी यो काम गरिरहेको छु। जब अगुवाका लागि नयाँ उम्मेदवार हुन्छ, तब म पद छोडिदिनेछु।” यो सुन्दा राम्रो लाग्छ, तर के तिनीहरूले वास्तवमा त्यसो गर्ने अभिप्राय राख्छन्? तिनीहरूको त्यसो गर्ने कुनै अभिप्राय नै हुँदैन। तिनीहरूले तँसँग झूट बोलिरहेका र तँलाई खेलाइरहेका मात्रै हुन्छन्, राम्रो सुनिने, तँलाई सन्तुष्ट पार्ने, तँलाई धोका दिन र भ्रममा पार्न सक्ने कुराहरू मात्रै भनिरहेका हुन्छन्। माथिल्लो तहका अगुवाहरूको हकमा, तिनीहरूले उनीहरूको चापलुसी कसरी गर्ने र उनीहरूलाई कसरी खुसी पार्ने, र उनीहरूलाई कसरी भ्रममा पार्ने भनेर सोचविचार गर्छन्, ताकि यी अगुवाहरूले तिनीहरूलाई महत्त्व दिऊन् र बढुवा गरून्। यदि तिनीहरूले बढुवा पाउन सकेनन् भने, तिनीहरूले पहिले काम गर्दा उत्पन्‍न गराएका त्रुटि, विचलन, र गल्तीहरू, साथै पर्दा पछाडि गरेका अपराध र छली व्यवहारहरूलाई अगुवाहरूबाट कसरी लुकाउन सकिन्छ ताकि उनीहरूले पत्ता नपाऊन्, कुनै पनि जिम्मेवारी नलिईकन कसरी छलछाम गरेर उम्कन सकिन्छ भनेर सोचविचार गर्छन्। के यी सामान्य मानवतामा हुनुपर्ने प्रकटीकरणहरू हुन्? ती सकारात्मक हुन्छन् कि नकारात्मक हुन्छन्? (नकारात्मक।) ती कुन हदसम्म नकारात्मक हुन्छन्? यस हदसम्म कि कसैले तिनीहरूको कामको अनुगमन वा निरीक्षण गर्नुभन्दा पहिले नै, तिनीहरूले आफ्नो मनमा यी कुराहरू पूर्वनियोजित गरिसकेका हुन्छन्, तिनीहरू लामो समयदेखि मानसिक रूपमा तयार भइसकेका हुन्छन्—तिनीहरूको मन लामो समयदेखि यी कुराहरूले भरिएको हुन्छ। मलाई भन्, के यो अनाचारपूर्ण हुनु होइन र? (हो।) यस प्रकारको व्यक्ति आफ्ना श्रोतालाई सुहाउने गरी धूर्ततासाथ बोल्छ, र फरक-फरक अगुवाहरूलाई फरक-फरक कुरा भन्छ। यदि अगुवा महिला हो भने, उसले उनलाई देवी भनेर प्रशंसा गर्छ; यदि अगुवा पुरुष हो भने, उसले त्यसलाई सुन्दर केटा, आकर्षक व्यक्ति भनेर प्रशंसा गर्छन्। के यो अनाचरपूर्ण हुनु होइन र? (हो।) यो अनाचारको एउटा प्रमुख विशेषता हो। अगुवाहरूप्रति तिनीहरूको मनोवृत्ति र प्रकटीकरणहरू यस्तै हुन्छन्—धेरै अनाचरपूर्ण र अत्यन्तै कपटी। तिनीहरूको भित्री संसार अत्यन्तै जटिल हुन्छ; त्यहाँ धेरै विचारहरू खाँदिएर बसेका हुन्छन्, तर तीमध्ये कुनै पनि सकारात्मक हुँदैनन्। तिनीहरूले मानवता, सत्यता, वा सही मार्गका बारेमा मनन गर्दैनन्; तिनीहरूले केवल अगुवाहरूको चापलुसी कसरी गर्ने र उनीहरूलाई कसरी खुसी पार्ने, आफ्नो हैसियत कसरी जोगाउने, कामकुराहरूका लागि आफू जिम्मेवार हुनबाट कसरी बच्ने, कसरी अल्छी गरेर दिन बिताइरहने, अरूले पत्तो नपाई, कुनै जिम्मेवारी वहन नगरी, खाँदै र पिउँदै कसरी मण्डलीको भरमा बाँचिरहने भनेर मात्रै मनन गर्छन्। तिनीहरूको दिमागमा, तिनीहरूले यी मुद्दाहरूका बारेमा मात्रै योजना बनाउँछन्, षड्यन्त्र रच्छन्, र सोच्छन्; तिनीहरूले अनेक जालझेल रच्छन्, र तिनीहरूको विवेकले कहिल्यै कुनै हप्की वा दोषारोपण महसुस गर्दैन। जब तिनीहरू मानिसहरूको कुनै समूहमा पुग्छन्, तब तिनीहरूले उनीहरूलाई आँखाले जाँच्छन्: “ती केही गृहिणीहरूमा अन्तज्ञानको कमी छ; तिनीहरूले मलाई खुट्ट्याउन सक्ने सम्भावना नै छैन। मैले खेल्ने चालहरूको तिनीहरूले छेउटुप्पो पत्ता लगाउन सक्दैनन्। यदि तिनीहरूले सके पनि, तिनीहरूले मलाई तल झार्न सक्दैनन्। साना माछाले ठूलो छाल ल्याउन सक्दैन; तिनीहरूबाट कुनै समस्या आउँदैन। तिनीहरूलाई वास्ता गर्न आवश्यक छैन। बाँकी रहेका केहीमध्ये, एक जना मण्डली अगुवा हो, अर्की एक जना धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्ने पाको दिदी हुन्, र अर्की एक जना जवान बहिनी हुन् जसले विश्‍वविद्यालयमा मनोविज्ञान पढेकी थिई अरे। यी केहीले मेरा लागि अलिकति खतरा उत्पन्न गर्छन्। मैले पहिले कसलाई सम्हाल्नुपर्छ? मैले पहिले कोसँग सङ्गत गर्नुपर्छ र कसलाई आफ्नो पक्षमा पार्नुपर्छ? म कसरी तिनीहरूमध्येको एक बन्न सक्छु? म कसरी प्रतिष्ठा स्थापित गर्न सक्छु? मेरो सहयोगी को हुनेछ, र मेरो विरोधी को हुनेछ? मैले कोसँग मित्रता गर्नुपर्छ, म कोबाट टाढा बस्नुपर्छ, र म कोबाट सावधान रहनुपर्छ? यी मामिलाहरूका लागि दीर्घकालीन योजना चाहिन्छ; मैले यी कुराहरूबारे सोच्नुपर्छ।” केही दिन अवलोकन गरेपछि, तिनीहरूले कोसँग सङ्गत गर्नुपर्छ र मिलेमतो गर्नुपर्छ, कसलाई आफूतिर तान्न र फाइदा उठाउन सकिन्छ, को उनीहरूको विरोधी शक्ति हो, र कसले सत्यता बुझ्छ र सिद्धान्तहरू पालन गर्छ र कोबाट सावधान रहनुपर्छ भनी पत्ता लगाउँछन्—तिनीहरूले यी सबै कुराहरू पत्ता लगाउँछन्। तिनीहरूले आफ्नो हृदयमा यस्तो मनन गर्छन्, “मलाई खुट्ट्याउने व्यक्तिहरूबाट सावधान रहनुपर्छ। मैले तिनीहरूलाई चिढ्याउनु हुँदैन, न त म तिनीहरूको नजिक नै हुनुपर्छ। म तिनीहरूबाट बिलकुलै टाढा बस्नुपर्छ, नत्र मेरो पोल खुल्नेछ र तिनीहरूले मलाई छर्लङ्गै देख्नेछन्। तिनीहरूको उपस्थितिमा, मैले लापरवाहीपूर्वक बिलकुलै बोल्नु हुँदैन, नत्र तिनीहरूले मेरो विरुद्धमा प्रयोग गर्न सक्ने केही कुरा भेट्टाएर मण्डलीमा मलाई खुलासा गर्नेछन् र मेरो चिरफार गर्नेछन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले खुट्ट्याउन सके भने, तिनीहरूले मलाई मण्डलीबाट सफा गरेर खेदाउनेछन्। त्यसरी हुँदैन!” हरेक दिन, तिनीहरूले यी कुराहरूका बारेमा मात्रै सोच्छन्। ख्याति कमाउन र आफूलाई राम्रो देखाउन कोसँग प्रतिस्पर्धा गर्ने र कसरी प्रतिस्पर्धा गर्ने, हानि नभोगीकन फाइदा पाउन कोसँग सङ्गत गर्ने, निश्‍चित मामिलाहरूमा भोगेका हानिहरूलाई कसरी पूर्ति गर्ने—तिनीहरू दिनभरि यी कुराहरूका बारेमा मात्रै मनन गर्छन्। तिनीहरू आफूप्रतिको कसैको हेराइका बारेमा समेत आधा दिनसम्म मनन गर्न सक्छन्: “हिजो, फलानोले मलाई निकै घोरिएर हेर्‍यो। त्यसको अर्थ के थियो? के उसले मलाई खुट्ट्यायो? यो राम्रो सङ्केत होइन। उसले मेरो कुन समस्या देखेको छ? म अबका केही दिन होसियार हुनुपर्छ, र कुनै कुरा पनि खुस्काउनु हुँदैन। साथै, मैले अरूको आँखाको नजरबाट कुराहरू पढ्न सिक्नुपर्छ, र म लापरवाह हुनु हुँदैन। विगत दुई दिनदेखि मेरो आँखा फरफराइरहेको छ; केही नराम्रो हुन लागेको जस्तो देखिन्छ। म होसियार हुनैपर्छ, म साँच्चै केही गलत नहोस् भन्‍ने आशा गर्छु; यदि म होसियार भइनँ भने मलाई मण्डलीबाट सफा गरेर हटाइन सक्छ।” मानिसहरूसँग अन्तरक्रिया गर्ने तिनीहरूको तरिकामा बाहिरबाट कुनै समस्या देखिँदैन। तिनीहरूको खान्की, सुताइ, र काम सबै सामान्य देखिन्छ। तर तिनीहरूको हृदय र दिमागमा भएको कुरा सामान्य हुँदैन। यो असामान्यताका प्रकटीकरणहरू के-के हुन्? त्यो के हो भने, तिनीहरूले सोच्ने कुराहरू सबै अत्यन्तै कुटिल, अरूका लागि बुझ्न नसकिने किसिमका हुन्छन्।

दियाबलसहरूबाट पुनर्जन्‍म लिएका मानिसहरू निकै संदिग्ध तरिकाले जिउँछन्। तिनीहरूका विचारमा भएका सबै कुरालाई अँध्यारा कुनाहरूमा मात्रै मनन गर्न, हिसाबकिताब गर्न, योजना बनाउन, र पूर्वनियोजित गर्न सकिन्छ। तिनीहरूको हृदय ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्नु, षड्यन्त्र रच्नु, तुलना गर्नु, ईर्ष्या गर्नु, विवाद गर्नु, प्रतिकार गर्नु, इत्यादि जस्ता कुराहरूले नै पूर्ण रूपमा भरिएका हुन्छन्। तिनीहरूले अलिकति पनि सत्यता खोज्दैनन्। तिनीहरूले जुनसुकै मामला सम्हालिरहेका भए पनि, तिनीहरूले खुला र स्पष्ट तरिकाले त्यसमाथि सङ्गति गर्न र त्यसबारे निर्णय गर्नका लागि त्यसलाई अघि सार्दैनन्; बरु, तिनीहरूले गोप्य रूपमा केही मानिसहरूलाई खोज्छन् र उनीहरूसँगै निर्णय गर्छन्। हरेक मण्डलीमा यस्ता केही मानिसहरू हुन्छन्। तिनीहरू घुसघुसे हुन्छन् र तिनीहरूले कुनै संवेग देखाउँदैनन्; तिनीहरूले जेसुकै सामना गरे पनि, तिनीहरू चुपचाप बस्न रोज्छन् र आफ्नो अडान सजिलै व्यक्त गर्दैनन्। बाहिरी रूपमा, तिनीहरू मानिसहरूसँग विनम्रतापूर्वक बोल्छन्, तर तिनीहरूले कहिल्यै सत्य बोल्दैनन् वा आफ्नो हृदयको वास्तविक कुरा खोल्दैनन्; तिनीहरूसँग कसैका लागि पनि इमानदार शब्दहरू हुँदैनन्। उदाहरणका लागि, कतिपय मानिसहरूले जोसँग सङ्गत गरे पनि आफ्ना भित्री विचारहरू कहिल्यै खोल्दैनन्; तिनीहरूका सबैभन्दा नजिकका पारिवारिक सदस्यहरूलाई पनि तिनीहरूले हरेक दिन के सोच्छन् भन्‍ने थाहा हुँदैन। तिनीहरूको परिवारले समेत तिनीहरूलाई बुझ्दैन, बाहिरी मानिसहरूको त कुरै छोडौँ। यदि तँ उसको सबैभन्दा मिल्ने साथी, बाल्यकालको साथी, धेरै वर्षदेखिको पुरानो साथी, वा कामको एक असल सहकर्मी भए पनि, तँलाई अझै पनि उसले के हिसाबकिताब गरिरहेको छ भन्‍ने थाहा हुँदैन; कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। तिनीहरूले जसरी बोले पनि वा व्यवहार गरे पनि, कसैले पनि तिनीहरूको छर्लङ्ग देख्न सक्दैन। तर कहिलेकाहीँ, तिनीहरूले केही शब्दहरू खुस्काउन सक्छन्: “फलानो मभन्दा असल छ, त्यसो भए के भो त! एक दिन म उसलाई उछिन्नेछु, हेर्दै जाऊ!” “हेर्दै जाऊ” भन्‍ने यी शब्दहरूको पछाडि गहिरो अर्थ छ; यसको अर्थ तिनीहरूले हरेक दिन आफ्नो हृदय र मनमा मनन र विचार गरिरहेका हुन्छन्। बाहिरी रूपमा, तिनीहरू शान्त र सौम्य देखिन्छन्, तर तिनीहरूको हृदयभित्र आँधी चलिरहेको हुन्छ र अशान्ति हुन्छ। तिनीहरूले सोच्ने कुराहरू के-के हुन्? यदि ती खुला र स्पष्ट मामलाहरू, जीवनको सही मार्ग, सत्यताको अभ्यास, विवेकअनुसार कार्य गर्ने, आफूलाई कसरी आचरणमा ढाल्ने, परमेश्‍वरलाई कसरी प्रेम गर्ने, र आफ्नो कर्तव्य कसरी निष्ठासाथ निर्वाह गर्ने जस्ता सकारात्मक कुराहरू हुन्थे—यदि तिनीहरूले बारम्बार आफ्नो हृदयमा यी कुराहरूका बारेमा सोच्ने, खोज्ने, मनन गर्ने, जाँच्ने, र बुझ्ने प्रयास गर्थे भने, तिनीहरूको भित्री हृदय धेरै शान्त हुनेथियो र त्यो शान्ति र हर्षले भरिएको हुनेथियो, र तिनीहरू अनाचारी रूपमा नभई झन्-झन् सामान्य रूपमा जिउनेथिए। समय-समयमा, आफ्नो वरपरका मानिसहरू र आफूसँग तुलनात्मक रूपमा नजिक भएका मानिसहरूसँग यी सकारात्मक स्थितिहरूमा जिउने मानिसहरूको आत्मिक प्रतिध्वनि र सञ्चार हुनेछ। तर दियाबलसहरूले आफ्नो हृदयमा मनन गर्ने र सोच्ने कुराहरू सबै अनाचारपूर्ण कुराहरू हुन्। अनाचारीताले सामान्य मानिसहरूले देख्न नसक्ने अमूर्त कुराहरू, निकै असामान्य कुराहरू, मानिसहरूलाई पत्ता लगाउन र महसुस गर्न गाह्रो हुने अँध्यारा कुनाहरूमा लुकेका कुराहरूलाई, अर्थात् सामान्य मानिसहरूलाई नचाहिने कुराहरूलाई जनाउँछ। यी अँध्यारा कुनाहरू दियाबलसहरूका भित्री संसार हुन्। तिनीहरूका हृदयहरू यी अनाचारपूर्ण कुराहरूले भरिएका हुन्छन्। हरेक दिन, तिनीहरूले अरूसँग तुलना गर्छन्, अरूसँग विवाद गर्छन्, अरूसँग जालझेल र चालबाजी गर्छन्, हैसियत, इज्जत, र अन्तिम निर्णयका लागि प्रतिस्पर्धा गर्छन्; तिनीहरूले यी मामिलाहरूका बारेमा मात्रै सोच्छन्। यदि तैँले तिनीहरूलाई अहिले तिनीहरूसँग इमानदार व्यक्ति बन्ने मार्ग छ कि छैन भनेर सोधिस् भने, तिनीहरूले तँलाई जवाफ दिनेछैनन्, तँलाई वास्ता गर्नेछैनन्, र यसलाई उल्लेख गर्न चाहनेछैनन्। किनभने तिनीहरूको हृदय यी नकारात्मक, अनाचारपूर्ण मामिलाहरूले भरिएका हुन्छन्; तिनीहरूले यी कुराहरूका बारेमा मात्रै सोच्छन्। जब तिनीहरूले कहिलेकाहीँ प्राविधिक वा पेसागत पक्षहरूसँग सम्बन्धित मुद्दाहरूका बारेमा अलिकति सोच्नुपर्छ, तब तिनीहरूले आफ्नो काम वा जीवनको आवश्यकताका कारण अस्थायी रूपमा मात्रै त्यसो गर्छन्। यस पक्षमा तिनीहरूको काम सकिएपछि, तिनीहरूले तुरुन्तै ती अनाचारपूर्ण मामिलाहरूका बारेमा फेरि सोच्न थाल्छन्, र यस्तो मनन गर्छन्, “कसको वरदान मेरोभन्दा ठूलो छ? कुन पक्षमा म तिनीहरूभन्दा बलियो छु, कुन पक्षमा तिनीहरू मभन्दा कमजोर छन्? फलानोले पछिल्लो पटक मसँग बोल्दा जानाजानी मलाई होच्याए जस्तो देखिएको थिएन र? ती दुई व्यक्तिले लामो समयदेखि सामान्य रूपमा कुराकानी गरेका छैनन् जस्तो देखिन्छ—तिनीहरूको बीचमा के भयो? यदि तिनीहरूको बीचमा कुनै द्वन्द्व वा समस्या उत्पन्न भएको छ भने, के मैले त्यसबाट केही लाभ उठाउन सक्छु? तिनीहरूमध्ये एक जना मेरा लागि लाभदायक छ र उसले मलाई मद्दत गर्न सक्छ, र म साँच्चै त्यो व्यक्तिसँग सङ्गत गर्न चाहन्छु, तर उसले मलाई कहिल्यै वास्ता गर्दैन। यदि ती दुईको बीचमा द्वन्द्व छ भने, के मैले यो छिद्रको फाइदा उठाएर अनि यो राम्रो अवसर प्रयोग गरेर त्यो व्यक्तिसँग सम्बन्ध स्थापित गर्न सक्छु?” तिनीहरूले आफ्नो हृदयमा मनन गर्ने र सोच्ने सबै कुराको सकारात्मक कुराहरूसँग कुनै सम्बन्ध हुँदैन, र परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने कार्यसँग कुनै सम्बन्ध हुँदैन। के यस प्रकारको व्यक्ति डरलाग्दो हुँदैन र? (हुन्छ।) यदि तैँले तिनीहरूसँग सङ्गत गरिस् भने, यो दियाबलससँग सङ्गत गर्नु बराबर हुन्छ। तैँले तिनीहरूका विरुद्धमा षड्यन्त्र रच्दैनस्, तर तिनीहरूले हरेक दिन तेरो विरुद्धमा षड्यन्त्र रचिरहेका हुन्छन् र तँलाई अवलोकन गरिरहेका हुन्छन्, तेरो पिठ्युँ पछाडि तेरो बारेमा मनन गरिरहेका हुन्छन् र तँलाई अध्ययन गरिरहेका हुन्छन्: “उसले त्यसो भन्नुको अर्थ के थियो? के यो मप्रति लक्षित छ? म कसरी जवाफ दिन सक्छु ताकि उसले मलाई छर्लङ्ग देख्न नसकोस्? म कसरी मेरा लागि लाभदायक हुने तरिकाले जवाफ दिन सक्छु? यदि मैले जवाफ दिइनँ भने, के उसले मलाई मूर्ख, हेप्न सजिलो व्यक्ति, वा साँच्चै परमेश्‍वरमा विश्‍वास नगर्ने व्यक्ति सोच्नेछ? के उसले त्यस्तो सोच्न सक्छ? मैले उसको दिमागमा साँच्चै के चलिरहेको छ भनी पत्ता लगाउनुपर्छ।” जब तँ निरन्तर तिनीहरूको षड्यन्त्रका बीचमा जिउँछस्, तब के तँलाई हृदयमा सहज महसुस हुन्छ? (हुँदैन।) यो तेरो छेउमा एक अदृश्य पिशाच हुनुजस्तै हो; तैँले शान्ति वा आनन्द महसुस गर्न सक्दैनस्। जब तैँले तिनीहरूसँग सङ्गत गर्छस्, तँमा एउटा मात्रै भावना हुन्छ: निरन्तर अशान्ति बोध। यो अशान्ति अत्यन्तै सामान्य कुरा हो, किनभने सामान्य मानिसहरूको अन्तर्ज्ञान वा छैठौँ इन्द्रियले तिनीहरूलाई दियाबलसहरूप्रति, तिनीहरूको वरपर रहेका असामान्य प्राणीहरूप्रति असहज महसुस गराउँछ। यदि तैँले तिनीहरूलाई साँच्चै राम्ररी चिन्दैनस्, र ठ्याक्कै के गलत छ भनी बताउन सक्दैनस् भने पनि, तँलाई तिनीहरूसँग हुँदा सधैँ असहज महसुस हुन्छ, मानौँ केही नराम्रो हुन लागेको छ। तिनीहरूले खराब अभिप्राय राख्छन्, तेरो विरुद्धमा षड्यन्त्र रचिरहेका छन्, र तेरो विरुद्धमा योजनाहरू बनाएका छन् भनेर प्रमाणित गर्न यति नै पर्याप्त हुन्छ। तँ तिनीहरूको जासुसी आँखाहरूमुनि रहेर जिउँछस्, र तिनीहरूले तँलाई हरेक दिन अध्ययन गर्छन्—यसले तँलाई तेरो छेउमा बाघ वा सिंह भएको भन्दा बढी असहज महसुस गराउँछ। यदि बाघ वा सिंहलाई तैँले पालेको भए, त्यो एक डरलाग्दो जनावर भए तापनि, तैँले कहिल्यै असहज महसुस गर्नेथिइनस्। तर यदि तेरो छेउमा दियाबलस छ भने, उसमा अनाचारी प्रकृति सार हुने हुनाले, तँलाई असहज महसुस हुन्छ। यो अशान्ति आत्मामा हुने एउटा अनुभूति हो; यो दियाबलसले काम गरिरहेको कारणले हुन्छ। सायद दियाबलसले तँलाई कुनै हदसम्म गम्भीर रूपमा हानि पुर्‍याउने मनसाय राख्दैन, तर उसले निरन्तर तेरो विरुद्धमा षड्यन्त्र रच्नु र तँमाथि जासुसी गर्नुले मात्रै पनि तेरो आत्मालाई असहज बनाउनेछ। तेरो छेउमा दियाबलस हुँदा, तँ शान्ति र हर्षसाथ बिलकुलै जिउनेछैनस्, तर त्यो दियाबलस होइन, वा तँसँग पर्याप्त कद र परमेश्‍वरमाथि पर्याप्त आस्था छ, वा तँसँग तेरो जीवनका रूपमा सत्यता छ—यी सर्तहरूमध्ये एउटा पूरा भएको अवस्थामा मात्र त्यसले तेरा लागि कुनै खतरा उत्पन्न गर्नेछैन वा तँलाई कुनै असर गर्नेछैन, र तँलाई असहज महसुस हुनेछैन। यदि यी सर्तहरूमध्ये कुनै पनि पूरा भएनन् भने, जब दियाबलसले निरन्तर तँमाथि जासुसी गर्छ, तब तँलाई असहज महसुस हुनेछ। यो बिस्तारै कुन हदसम्म विकसित हुनेछ? तँलाई तिनीहरूप्रति घृणा महसुस हुनेछ र तँ तिनीहरूबाट सावधान रहनेछस्, तँ भित्री रूपमा विचलित हुनेछस्, र तँ धेरै मामिलाहरूमा समस्यामा पर्नेछस्, नियन्त्रित हुनेछस्, र बन्धनमा पर्नेछस्। यदि तिनीहरू छेउछाउमै छन् भने, जब तैँले काम गर्छस् वा बोल्छस्, तब तैँले सधैँ तिनीहरूको आँखाको नजर, तिनीहरूको व्यवहार, वा तिनीहरूका विचारहरूलाई ध्यानमा राख्नुपर्ने हुन्छ। तैँले निरन्तर यो पत्ता लगाउने प्रयास समेत गर्न सक्छस्, “उसले मेरो बारेमा के सोच्नेछ? म किन उसलाई छर्लङ्ग देख्‍न सक्दिनँ? मलाई किन ऊ चलाख र घुसघुसे छ जस्तो लाग्छ? त्यो मुस्कान किन स्वीकृतिको मुस्कान होइन जस्तो लाग्छ? म किन यति डराएको? म किन ऊबाट यति प्रभावित भएको छु?” यदि तैँले सत्यता बुझ्दैनस्, र तँसँग खुट्ट्याउने क्षमता छैन भने, यस प्रकारको व्यक्तिसँग केही समय सङ्गत गरेपछि, तँ स्वाभाविक रूपमा ऊबाट प्रभावित हुनेछस् र यस्तो अवस्थामा पुग्नेछस्, जुन धेरै डरलाग्दो कुरा हो।

दियाबलसबाट पुनर्जन्‍म लिएका मानिसहरूले आफ्नो दैनिक जीवनमा स्वाभाविक रूपमा प्रकट गर्ने कुराहरू र आफ्नो हृदयमा सोच्ने कुराहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूलाई अनाचारी सार भएको भनेर चित्रण गर्न सकिन्छ। यदि तैँले तिनीहरूसँग गहन, र थप सम्पर्क राखेको छैनस् भने, तैँले सायद तिनीहरूको भित्री संसार बुझ्दैनस्, तर यस प्रकारको व्यक्तिलाई खुट्ट्याउने सबैभन्दा प्रत्यक्ष र सोझो तरिका भनेको तिनीहरूको बाहिरी स्वरूपमा रहेको एउटा विशेषता हो: तिनीहरूले अक्सर आफ्नो आँखामा दुष्ट हेराइ र धूर्त मुस्कान प्रकट गर्छन्। तिनीहरूको आँखामा भएको त्यो दुष्ट हेराइको अर्थ एक कुटिल नजर हो, जुन त्यति सफा र निर्मल, वा त्यति इमानदार र निष्कपट हुँदैन, बरु त्यो बुझ्न नसकिने देखिन्छ। तँलाई यो नजरमा एक लुकेको अर्थ छ जस्तो लाग्छ, तर तिनीहरूले तँलाई त्यो के हो भनी बताउँदै बताउँदैनन्। यसबाहेक, तिनीहरू बोल्दा सूक्ष्म रूपमा कुराहरू सङ्केत गरेर, तिनीहरूले तँलाई अनुमान गर्न लगाउँछन्, कुराहरू सङ्केत गर्न शब्दहरू प्रयोग गर्छन् र तिनीहरूले एक निश्‍चित तरिकाले सोच्छन् भनेर तँलाई गल्तीले विश्‍वास गराउँछन्, तर वास्तवमा, यो त एउटा छक्याउने चाल हो। तैँले बुझ्ने कुरा तिनको साँचो अर्थ हुँदै होइन; तिनीहरूले तँसँग चालबाजी गर्न र तेरो उपहास गर्न चाहन्छन्। तैँले तिनीहरूको आँखाको नजरमा कुनै निष्कपटता पाउन सक्दैनस्; यो नजर कुटिल र यताउता घुमिरहने हुन्छ, यसमा एक अस्पष्ट, बुझ्‍न नसकिने भावना हुन्छ। तैँले तिनीहरूको आँखाको नजर देख्नेबित्तिकै, तेरो हृदयमा अचानक आशङ्का उत्पन्न हुन्छ, र तैँले आफूले भनेको वा गरेको कुरा गलत थियो कि भनी शङ्का गर्छस्। यदि तैँले तिनीहरूको आँखाको नजर देख्दैनस् भने, तँलाई आफ्नो विचार सही छ, तेरो आफ्नै बुझाइ शुद्ध छ, यी कुराहरू सत्यता सिद्धान्तहरूअनुसारका छन्, र तैँले एक निश्‍चित तरिकाले कार्य गर्नुपर्छ भन्ने लाग्छ, र तँसँग त्यसो गर्ने दृढ विश्‍वास हुन्छ। तर तैँले तिनीहरूसँग आँखा जुधाउनेबित्तिकै वा तिनीहरूले तँलाई त्यो दुष्ट हेराइले हेर्नेबित्तिकै, तँलाई अनजानमै आफ्नो ढाडमा चिसो पसेको महसुस हुन्छ। कुनै स्पष्ट शब्दहरू नबोलिए पनि, तिनीहरूको आँखामा भएको त्यो दुष्ट हेराइले तँलाई एक मानसिक सङ्केत दिन्छ, यसले तँलाई भ्रमित पार्छ, र तँलाई तुरुन्तै आफैमाथि शङ्का गर्न लगाउँछ: “के मैले केही गलत भनेँ? केही गलत गरेँ? मैले कहाँ गलत गरेँ?” प्रश्‍नमा रहेको मामला र सिद्धान्त स्पष्ट रूपमा धेरै सफा र स्पष्ट हुन्छन्, र तँ यो त्यसरी नै गरिनुपर्छ र यो सही थियो भन्‍ने कुरामा निश्‍चित भएको हुन्छस्, तर तिनीहरूसँग आँखा जुधाएपछि, तँ शङ्कालु पो बन्छस्। यस प्रकारको नजर दियाबलसको नजर हो। यो एउटा पक्ष हो: तिनीहरूको आँखाको दुष्ट हेराइले तँलाई शङ्का गर्न लगाउँछ। अर्को पक्ष के हो भने, कहिलेकाहीँ, तिनीहरूको आँखाको त्यो दुष्ट हेराइभित्र एक निश्‍चित अर्थ हुन्छ—अवहेलना। तँ जवान छस्, तेरो अनुभव सतही छ, तँसँग जीवन अनुभवको कमी छ, र तँमा मानवताका केही त्रुटिहरू समेत हुन सक्छन्, त्यसैले जब तिनीहरूको आँखा तेरो आँखासँग जुध्छ, तब तैँले तुरुन्तै आत्मविश्‍वास गुमाउँछस्, तँ भताभुङ्ग हुन्छस्, र तुरुन्तै आफैमाथि शङ्का गर्छस्, आफूप्रति अत्यन्तै तुच्छ महसुस गर्छस्, तिनीहरूभन्दा आफू निम्न भएको महसुस गर्छस्, र तिनीहरूको अगाडि हीन बन्छस्। यो दियाबलसको नजर हो। यो दुष्ट नजरले कहिलेकाहीँ मानिसहरूको विचारलाई अलमल्लमा पार्छ, कहिलेकाहीँ मानिसहरूको आत्मविश्‍वासमा बाधा पुर्‍याउँछ, र कहिलेकाहीँ मानिसहरूलाई नकारात्मक र खिन्न पनि महसुस गराउँछ।

दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूलाई खुट्ट्याउने कुरामा, यदि तँमा अझै पनि तिनीहरूको आँखाको हेराइलाई अवलोकन गरेर तिनीहरूलाई खुट्ट्याउने अनुभवको कमी छ भने, तिनीहरूले हरेक दिन के सोच्छन् भनी हेर्, तिनीहरूले हरेक दिन मानिसहरूसँग कुन विषयमा कुराकानी गर्छन् भनी हेर्, र तिनीहरूले सामान्य रूपमा कुराकानी गर्छन् कि गर्दैनन् भनी हेर्। यदि तिनीहरूले सामान्य रूपमा कुराकानी गर्दैनन् भने, र अधिकांश मानिसहरूले तिनीहरूलाई बुझ्दैनन् भने, र धेरैजसो मानिसहरूसँग सङ्गत गर्ने तिनीहरूको सिद्धान्त भनेको मुख नखोली बस्‍नु हो भने, र तिनीहरूका सबैभन्दा नजिकका मानिसहरूलाई समेत तिनीहरूले हरेक दिन के सोच्छन् भन्‍ने थाहा हुँदैन भने, र तिनीहरूका सटीक विचार र दृष्टिकोणहरूलाई सजिलै बुझ्न वा तिनीहरूले वास्तवमा के सोचिरहेका छन् भनी थाहा पाउन सक्दैनन् भने, यस्ता मानिसहरू साँच्चै हिसाबी र बुझ्न नसकिने हुन्छन् भन्‍ने स्पष्ट हुन्छ। तिनीहरूको मौनताको अर्थ तिनीहरूसँग कुनै विचार र दृष्टिकोण छैन भन्‍ने होइन; वास्तवमा, तिनीहरूका वास्तविक विचारहरू तिनीहरूको मनमा लुकेका हुन्छन्, तिनीहरूले ती व्यक्त मात्रै गर्दैनन्। यदि तिनीहरूले ती व्यक्त गर्दैनन् भने, तैँले तिनीहरू धूर्त छन् भनी कसरी पत्ता लगाउन सक्छस्? तिनीहरूसँग एक प्रकारको कुटिल मुस्कान हुन्छ; तिनीहरूले अक्सर देखावटी मुस्कान देखाउँछन्। जब तिनीहरू तेरो सामु हुन्छन्, तब तिनीहरूले देखावटी मुस्कान देखाउँछन्, तर जब तिनीहरू अर्कोतिर फर्किन्छन्, तब तिनीहरूको अनुहार भावहीन हुन्छ, र त्यसमा कुनै मुस्कान हुँदैन। यस प्रकारको व्यक्ति डरलाग्दो, भयङ्कर हुन्छ; ऊ दियाबलस हो। बुझिस्? (बुझेँ।) उदाहरणका लागि, मानौँ तैँले तिनीहरूसँग कुनै कुराबारे छलफल गर्छस्। तैँले आफ्नो दृष्टिकोण बताएपछि, तिनीहरूले आफ्नो अडान व्यक्त गर्दैनन्, तर कुटिल मुस्कान देखाउँछन्। के तँलाई कुटिल मुस्कानको अर्थ के हो भन्‍ने थाहा छ? यसको अर्थ के हो भने, तँलाई यो मुस्कान स्वीकृतिको हो कि अस्वीकृतिको हो भन्‍ने कुरा थाहा हुँदैन, र तैँले भनेको कुरा तिनीहरूले वास्तवमा बुझे कि बुझेनन् भन्‍ने कुरा तँलाई थाहा हुँदैन। तिनीहरू केवल “हि हि” गर्दै हाँस्छन्। तैँले भनेको कुराका बारेमा, तिनीहरूले त्यो सही छ कि गलत छ भनेर भन्दैनन्, तिनीहरूले त्यो बुझे कि बुझेनन् भनेर भन्दैनन्, त्यसैले तैँले यो हाँसोको वास्तविक अर्थ के हो भनेर बुझ्न सक्दैनस्। तिनीहरूले तँलाई प्रतिक्रिया दिएका हुन्छन्, तर यो प्रतिक्रिया त प्रतिक्रिया नदिनु जस्तै हुन्छ। यदि तिनीहरूले प्रतिक्रिया नदिएका भए, तैँले तिनीहरूले सायद बुझेनन् होला भनी अनुमान गर्नेथिइस्; तिनीहरूले यसरी प्रतिक्रिया दिँदा त तँ अलमलमा पो पर्छस्। तँलाई यो हाँसोले उपहास, घृणा, खिल्लीलाई जनाउँछ कि सहमति र स्वीकृतिलाई जनाउँछ भन्‍ने थाहा हुँदैन। यदि तैँले तिनीहरूलाई तिनीहरूको दृष्टिकोण सोधिस् भने, तिनीहरू फेरि “हि हि” गर्दै हाँस्छन्, “ठीक छ, ठीक छ” भन्छन्, र बोलिसकेपछि, तिनीहरूको अनुहार अचानक अँध्यारो हुन्छ। यसले अदृश्य रूपमा तँमाथि ठूलो दबाब पारिदिन्छ। यदि तेरो कद सानो छ, र तँसँग वास्तविक अडान, वा सही विचार र दृष्टिकोण छैन भने, तँ तिनीहरूबाट दबिन सक्छस्। त्यसैले तिनीहरूको यो मुस्कानलाई कुटिल मुस्कान भनिन्छ—अनाचारपूर्ण र छली हुनुलाई नै कुटिल हुनु भनिन्छ। तिनीहरूले सजिलै आफ्नो दृष्टिकोण प्रकट गर्दैनन्। तिनीहरूले एउटा शब्द भन्नु थोरै हो, दुइटा शब्द भन्नु धेरै हो, र एक पटक कुनै दृष्टिकोण स्पष्ट रूपमा भनियो वा त्यसले कुनै निश्‍चित कुरालाई सङ्केत गर्‍यो भने, त्यो असफलता हो, गल्ती हो भन्ने विश्‍वास गर्छन्। त्यसैले तिनीहरूका लागि सबैभन्दा राम्रो विधि भनेको मुस्कुराउनु र तँलाई अनुमान गर्न दिनु नै हो—तैँले जुनसुकै अर्थ अनुमान गर्न सक्छस्, तैँले जसरी पनि अनुमान गर्न सक्छस्, तर कम्तीमा पनि तैँले तिनीहरू तँप्रति शत्रुवत् छैनन् भन्‍ने महसुस गर्छस्, र यसरी तिनीहरूको लक्ष्य पूरा हुन्छ। ती षड्यन्त्रकारी र अत्यन्तै धूर्त बूढा स्यालहरू, र कपटी र चलाख हुने, अनि निर्दयी युक्तिहरू प्रयोग गर्ने ती मानिसहरूलाई अवलोकन गर्: तिनीहरू धेरै बोल्दैनन्, न त तिनीहरूको अनुहार धेरै भावपूर्ण नै हुन्छ, तर तिनीहरूको आँखाको हेराइ र तिनीहरूको मुस्कान अनाचारी हुन्छ। सामान्य भ्रष्ट मानिसहरू र पशुहरूबाट पुनर्जन्म लिएकाहरू सबै जना दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूबाट भाग्छन्; तिनीहरू त्यस्ता मानिसहरूसँग सङ्गत गर्न इच्छुक हुँदैनन्, र त्यस्ता मानिसहरूसँग हुँदा तिनीहरूलाई डर लाग्छ, तिनीहरूको जीउ सिरिङ्ङ हुन्छ। तिनीहरूको जीउ किन सिरिङ्ङ हुन्छ? किनभने त्यस्ता मानिसहरू मानव होइनन्, तिनीहरू दियाबलसहरू हुन्, र दियाबलसहरूले जे पनि गर्न सक्छन्। जब सामान्य मानिसहरूले कसैसँग अन्तरक्रिया गर्छन्, तब त्यस व्यक्तिको जीउ सिरिङ्ङ हुँदैन। सामान्य मानिसहरूसँग विवेक र समझ हुन्छ, तिनीहरूले संयमता र नियन्त्रणका साथ काम गर्छन्, र तिनीहरूसँग न्यूनतम मानकहरू हुन्छन्। बढीमा, जब तिनीहरू रिसाउँछन्, तब तिनीहरूले तँलाई अलिकति सराप्न सक्छन्, र केही अप्रिय कुराहरू भन्न सक्छन् जसले तेरो आत्म-सम्मानमा केही चोट पुर्‍याउँछ। तर दियाबलसहरू फरक हुन्छन्; तिनीहरूले तँलाई सराप्दैनन् वा तेरो आत्म-सम्मानलाई चोट पुर्‍याउँदैनन्, तर तिनीहरूले तँलाई हानि गर्छन्। तिनीहरूले तँलाई कसरी बहकाउने भनेर तेरो पिठ्युँ पछाडि सोच्छन्; तिनीहरूले खाडल खन्छन् र तँलाई त्यसमा आफै हाम फाल्न लगाउँछन्। तँ हाम फालेपछि, तिनीहरूले माथिबाट तँलाई हेर्छन्, तेरो दुर्भाग्यमा रमाउँछन्, र साथै असल व्यक्ति भएको नाटक गर्दै यसो भन्छन्, “म तिमीलाई बचाउँछु! तिमी कसरी खस्यौ? मैले त धेरैजसो मानिसहरूलाई यहाँ खाडल छ भन्‍ने थाहा छ भन्ठानेको थिएँ।” तिनीहरूले असल मानिसको भूमिका समेत खेल्न चाहन्छन्, र तँलाई तिनीहरूको नाटक विश्‍वास गर्ने तुल्याउँछन्। के यस प्रकारको व्यक्ति डरलाग्दो हुँदैन र? त्यो खाडल तिनीहरूले खनेका थिए, र तिनीहरूले त्यो तेरा लागि नै बनाएका थिए; यदि तँ त्यसमा हाम फाल्दैनस् भने, को हाम फाल्छ र? तँ खाडलमा हाम फालेपछि, तिनीहरूले तँलाई बचाउन हात बढाउँछन्, र तिनीहरूले तँलाई बचाउँदै गर्दा, तिनीहरूले भन्छन्, “तिमी किन हाम फाल्यौ?” तेरो दुर्भाग्यमा रमाउँदै गर्दा, तिनीहरूले तँलाई त्यो खाडल तिनीहरूले खनेका हुन् भनेर महसुस समेत हुन दिँदैनन्। तँलाई हानि गर्ने स्पष्ट रूपमा तिनीहरू नै थिए, तैपनि तिनीहरूले तँलाई तिनीहरूप्रति गहिरो कृतज्ञता महसुस गराउँछन्। के यो अनाचार होइन र? (हो।) यो त सरासर अनाचार हो!

दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूले अक्सर गर्ने एउटा कुरा छ, जुन सबैले देखेका छन्: दियाबलसहरू मानिसहरूको खुसामद गर्नका लागि मीठा कुराहरू बोल्नमा सबैभन्दा सिपालु हुन्छन्। उदाहरणका लागि, जब त्यस्तो व्यक्तिले तँ काम गरिरहेको देख्छ, तब उसले भित्र लुकेर अवलोकन गर्छ। जब तैँले काम सिध्याउँछस्, तब उसले बाहिर आएर भन्छ, “ओहो, तिमी काम गरिरहेका रहेछौ! मलाई किन थाहा दिएनौ? मैले तिमीलाई मद्दत गर्न र बोझ बाँड्न सक्थेँ। यदि यो थकाइलाग्दो छ भने, हामी यसलाई सँगै सामना गर्न सक्छौँ। अर्को पटक काम गर्दा, मलाई थाहा मात्रै दिनु—यो सानो कुरा मात्रै हो। मसँग मद्दत माग्न लाज नमान्नू!” जब तैँले यो सुन्छस्, तब तेरो हृदय न्यानो हुन्छ, र तैँले उसले मद्दत नगरे पनि, उसको त्यसो गर्ने मनसाय थियो, र उसका शब्दहरू नै पर्याप्त छन् भन्‍ने सोच्छस्। उसले तँलाई आफ्ना मीठा कुराहरूले झुक्क्याउँछ। हेर् त, उसले वास्तवमा यस्ता कुराहरू भन्न सक्छ, र उसलाई ती कुरा भन्न लाज लाग्दैन। त्यसोभए तैँले उसका शब्दहरू झूटा हुन् भनी कसरी थाहा पाउन सक्छस्? अर्को पटक तैँले आफ्ना कामहरू सिध्याउँदा, ऊ आउँछ र उसले फेरि मीठा कुराहरू भन्छ: “तिमीले काम गरिरहेको छौ भन्ने कुरा मलाई किन थाहा दिएनौ? हरेक पटक, तिमीले मसँग मद्दत नै माग्दैनौ; तिमीले साँच्चै मलाई बाहिरी मान्छे जस्तो व्यवहार गरिरहेका छौ। तिमी मसँग किन यति औपचारिक भइरहेका छौ?” यो कुरा दुई-तीन पटक भएपछि, तैँले उसले वास्तवमा तँलाई काममा मद्दत गर्न चाहँदैन, र उसले तँलाई झुक्क्याउन र तेरो खुसामद गर्नका लागि केही मीठा कुराहरू मात्रै भनिरहेको छ भन्ने कुरा थाहा पाउँछस्। जब साँच्चै उसको मद्दत चाहिने केही कुरा हुन्छ, तब ऊ कहीँकतै भेटिँदैन। यो कस्तो प्रकारको व्यक्ति हो? यो दियाबलस हो, जो अवश्य नै मानव होइन। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूले आफूले भेट्ने जोकोहीलाई पनि भ्रमित पार्न र आफ्ना उद्देश्यहरू हासिल गर्न मीठा कुराहरू भन्नेछन्। तिनीहरू धूर्त युक्तिहरूले भरिएका हुन्छन्; तिनीहरू मानव नभई दियाबलसहरू हुन्। के यस्ता मानिसहरूसँग सङ्गत गर्नुको कुनै मूल्य हुन्छ? तैँले तिनीहरूलाई ध्यान समेत दिनु हुँदैन। के तेरो दैनिक जीवनमा यस्ता मानिसहरू छन्? (छन्।) यस मामिलामा यस्तो व्यक्तिले यसरी नै व्यवहार गर्छ, र अन्य मामिलाहरूमा पनि, उसले त्यसरी नै व्यवहार गर्छ—उसले सधैँ मानिसहरूलाई छल गर्छ। ऊ यति अनाचारी हुन्छ; ऊ मानिसहरूप्रति इमानदार हुँदैन।

के तिमीहरू सबैले दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूको “अनाचार” भन्ने विशेषताको एउटा प्रकटीकरण—अर्थात्, अनचारीतालाई केही हदसम्म खुट्ट्याउन सक्छौ? (सक्छौँ।) यस प्रकारको व्यक्ति निकै छली, निकै अनाचारपूर्ण, र निकै कपटी र धूर्त हुन्छ। यदि तैँले अझै पनि तिनीहरूका प्रकटीकरणहरूलाई भ्रष्टताका सामान्य प्रकाशहरूका रूपमा लिन्छस् र अझै पनि तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा मद्दत गर्छस् र साथ दिन्छस् भने, के यो मूर्खताको प्रकटीकरण होइन र? (हो।) तैँले भविष्यमा फेरि यी मूर्खतापूर्ण कामहरू गर्नु हुँदैन; तिनीहरू मानव नभई दियाबलसहरू हुन्, र तिनीहरू तैँले मद्दत गर्नुपर्ने र साथ दिनुपर्ने मानिसहरू होइनन्। तिनीहरूले आफ्नो हृदयमा सत्यता के हो भन्‍ने कुरा, अनि इमानदार व्यक्ति हुनु राम्रो हो भन्‍ने कुरा जान्दछन्। तर जान्नु एउटा कुरा हो; तिनीहरूले आफूबाट त्यस्तो कुनै माग गर्दैनन् र तिनीहरूले कहिल्यै इमानदार व्यक्ति हुने अभ्यास गर्दैनन्। तिनीहरूले यो अभ्यास गर्न त चाहन्छन् तर सक्दैनन् भन्‍ने होइन; बरु, तिनीहरूले कहिल्यै यसरी अभ्यास गर्ने अभिप्राय राख्दैनन्। यसबारे सोच त—तिनीहरूले आफ्नो हृदयमा के-कस्तो षड्यन्त्र रच्छन् र योजना बनाउँछन्? एउटै कुरा पनि सकारात्मक कुराहरूसँग सम्बन्धित हुँदैन, र एउटै विचार पनि सकारात्मक विचार र दृष्टिकोणहरूसँग सम्बन्धित हुँदैन। तिनीहरूले सत्यताको अभ्यास गर्ने अभिप्राय राख्दैनन्, न त तिनीहरूले सही मार्गमा हिँड्ने अभिप्राय नै राख्छन्, र त्यसैले तिनीहरूले कहिल्यै आफ्नो हृदयमा सत्यता सिद्धान्तहरू खोज्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूअनुसार कसरी कार्य गर्ने भन्ने कुराको खोजी गर्छन्। तिनीहरूले सृजित प्राणीको कर्तव्य पूरा गर्ने, वा अर्पित हुने र आफ्नो इमानदारी अर्पण गर्ने अभिप्राय पनि राख्दैनन्। तिनीहरूले अनाचारपूर्ण कुराहरूको मात्रै हिसाबकिताब गर्छन्। कतिपय मानिसहरूले भन्छन्, “तिनीहरूले हिसाबकिताब गर्ने कुरा तिनीहरूको भित्री संसारको मामिला हो—त्यो खुट्ट्याउन सजिलो छैन। तिनीहरूले खुलेर यसबारे सङ्गति गर्दैनन् भने, अरूले तिनीहरूले के सोचिरहेका छन् भनी कसरी थाहा पाउन सक्छन् र? तिनीहरूले बाहिरी रूपमा निकै राम्रो व्यवहार गर्छन्, र तिनीहरूले हातमा भएका कामहरूमा आफूलाई व्यस्त पनि राख्छन्। तपाईँ तिनीहरू अनाचारपूर्ण छन् भनी किन भन्‍नुहुन्छ र तिनीहरूलाई दियाबलसका रूपमा किन चित्रण गर्नुहुन्छ?” अरूले भन्छन्, “तिनीहरूले आफ्नो आँखामा अलिकति दुष्ट हेराइ, अलिकति कुटिल मुस्कान मात्रै प्रकट गर्छन्; हामीले अझै पनि तिनीहरूको भित्री संसारमा तिनीहरूले के सोचिरहेका छन् भन्ने कुरालाई छर्लङ्ग देख्न सक्दैनौँ।” त्यसोभए व्यक्तिले तिनीहरू दियाबलसहरू हुन् भनी कसरी खुट्ट्याउन सक्छ? व्यक्तिका विचारहरू अमूर्त हुन्छन्; यदि उसले ती व्यक्त गर्दैन भने, तैँले ती देख्न वा पत्ता लगाउन सक्दैनस्, र तैँले तिनलाई खुट्ट्याउन सक्नेछैनस्। तर, कुनै व्यक्तिसँग जुनसुकै विचार र दृष्टिकोण भए पनि, उसले आफ्नो भित्री संसारमा जेसुकै कुराको तृष्णा गरे पनि वा हिसाबकिताब गरे पनि, उसले आफ्ना उद्देश्यहरू हासिल गर्न पक्कै पनि काम गर्नेछ, र त्यसैले ऊसँग उसले जिउने केही कुराहरू, केही प्रकटीकरणहरू सधैँ नै हुनेछ। जबसम्म ऊ मानिसहरूको बीचमा जिउँछ, तबसम्म अरूले उसले गर्ने कामहरू देख्न वा तिनीहरू ती कुराहरूको सम्पर्कमा आउन सक्नेछन्। तैँले उसको हृदयको गहिराइमा उसले के हिसाबकिताब, षड्यन्त्र गरिरहेको छ, र योजना बनाइरहेको छ भनी थाहा नपाउन सक्छस्, तर उसले षड्यन्त्र गर्ने, योजना बनाउने, र हिसाबकिताब गर्ने कुराहरूलाई एक दिन उसले प्रकाश र प्रकट गर्नेछ; उसले तिनलाई वास्तविकतामा परिणत गर्नेछ, र उसले मानिसहरूका बीचमा केही कदम चाल्नेछ। जब यी कुराहरू तेरा आँखाअगाडि हुन्छन्, तब के तैँले तिनलाई देख्न सक्नेछैनस् र? के तैँले त्यस व्यक्तिलाई खुट्ट्याउन सक्नेछैनस् र? कतिपय मानिसहरूले यसो भन्छन्, “मैले उसको प्रकटीकरणहरू देखे पनि, मलाई अझै पनि यस प्रकारको व्यक्तिलाई कसरी खुट्ट्याउने वा चित्रण गर्ने भन्‍ने थाहा छैन।” त्यो कुरा सम्हाल्न सजिलो छ; यस प्रकारको व्यक्तिमा धेरै विशेषताहरू हुन्छन्, र तैँले यी विशेषताहरूमार्फत उसलाई खुट्ट्याउन सक्छस्। पहिलो विशेषता के हो भने, तिनीहरूले सधैँ आफ्नै इच्छाअनुसार काम गर्छन् र कहिल्यै सत्यता सिद्धान्तहरू खोज्दैनन्। तिनीहरूले जे गरे पनि, त्यसबारे आफै अग्रिम रूपमा योजना बनाउँछन् र पूर्ण रूपमा आफ्नै योजना, सोचाइको शैली, र अभिप्रायअनुसार, पूर्ण रूपमा आफ्नै इच्छाअनुसार कार्य गर्छन्। तिनीहरूले सबैको राय माग्दैनन्, र, अवश्य पनि, तिनीहरूले सत्यता सिद्धान्तहरू त झनै खोज्दैनन् वा कामका प्रबन्धअनुसार कार्य त झनै गर्दैनन्। यदि तैँले यी प्रकटीकरणहरू देख्न सक्छस् भने, के त्यसपछि त दियाबलसहरू पूर्ण रूपमा खुलासा हुँदैनन् र? (हुन्छन्।) कतिपय मानिसहरूले भन्छन्, “सायद तिनीहरूले सत्यता बुझ्छन् र सत्यता सिद्धान्तहरू जान्दछन्, त्यसैले तिनीहरूले अरूसँग छलफल नगरीकनै के गर्ने भनी जान्दछन्।” यो अभिव्यक्ति फेरि पनि गलत छ; यसले कामकुरालाई छर्लङ्ग देख्ने क्षमता नहुनुलाई प्रतिबिम्बित गर्छ। तिमीहरूका लागि त, दियाबलसहरूले भन्ने र गर्ने कुराहरू कठिन अड्चनहरूको एक शृङ्खला हो। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको राय मागेका भए पनि वा नभए पनि, तैँले तिनीहरूका कार्यहरूको उद्देश्य, मनसाय, सुरुवाती बिन्दु, र सिद्धान्त आफ्नै प्रतिष्ठा, हैसियत, र इज्जतको रक्षा गर्नु हो कि मण्डलीको कामको रक्षा गर्नु हो, र हासिल गरिएको अन्तिम प्रभावले परमेश्‍वरको घरको हितको रक्षा गर्छ कि गर्दैन, र यसले धेरैजसो मानिसहरूलाई हानि, नोक्सान, र अन्तर्ध्वंस गर्छ कि लाभ दिन्छ भन्‍ने कुरा स्पष्ट रूपमा देख्नुपर्छ। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूले जे गरे पनि, त्यो सधैँ आफ्नै हितको रक्षा गर्नका लागि हुन्छ; यो दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूको अर्को विशेषता हो। तिनीहरूको नजरमा, एक व्यापारीले व्यापार गरेझैँ, तिनीहरूको हित सबै कुराभन्दा माथि हुन्छ: हित नै सर्वोपरि हुन्छ। कसको हित सर्वोपरि हुन्छ? दियाबलसहरूको आफ्नै हित सर्वोपरि हुन्छ। यदि केही गर्दा तिनीहरूको हित, इज्जत, हैसियत, प्रतिष्ठा, वा भौतिक सम्पत्ति र पैसाको रक्षा हुन सक्छ भने, तिनीहरू पटक्कै पछि हट्नेछैनन्, बरु तिनीहरूले त्यसलाई अन्त्यसम्मै लैजानेछन्, त्यसलाई अन्तिमसम्मै गर्नेछन्। माथिल्लो तहका अगुवाहरू वा दाजुभाइ-दिदीबहिनीहरूले यसको विरोध गरे पनि र यसलाई थप अगाडि बढाउन नसकिए पनि, र तिनीहरूले रोकावटको सामना गरे पनि, तिनीहरूले आफूले गर्न चाहेको कुरालाई अगाडि बढाउनका लागि सबै विरोधीहरूलाई हटाउन र सबै अड्चनहरू हटाउन हरेक माध्यम प्रयोग गर्दै, घुमाउरा रणनीतिहरू प्रयोग गर्नेछन्। तिनीहरू पटक्कै पछि हट्नेछैनन्; तिनीहरूले रक्षा गर्ने कुरा भनेको आफ्नै हित मात्र हो। अब, तैँले यो स्पष्ट रूपमा देख्न सक्छस्: चाहे ती योजनाहरू हुन्, वा माध्यमहरू हुन्, वा उपायहरू हुन्, वा तिनीहरूले षड्यन्त्र गर्ने, योजना बनाउने, र तर्जुमा गर्ने चरणहरू हुन्, यी सबै कुराहरूका बारेमा तिनीहरूको दिमागमा हिसाबकिताब गरिएको हुन्छ; तिनीहरूले हितबारे मात्रै सोच्छन्, र तिनीहरूको दिमाग हितका विचारहरूले भरिएको हुन्छ; कसलाई प्रयोग गर्ने, कसको नजिक हुने, कोबाट टाढा रहने, कसलाई समर्थन गर्ने, कसको विरोध गर्ने, कसलाई बर्खास्त गराउने—तिनीहरूले यी सबै कुराहरूका बारेमा आफ्नै हितअनुसार रणनीति बनाउँछन्। यदि तिनीहरू काम गर्दा र आफ्नो कर्तव्य पूरा गर्दा यस बिन्दुमा पुग्छन् भने, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्, आफ्नो वास्तविक स्वरूप प्रकट गरिरहेका दियाबलसहरू हुन्। यस्ता मानिसहरू अत्यन्तै बुझ्न नसकिने र हिसाबी हुन्छन्; तिनीहरूले हरेक दिन यी कुराहरूबारे सोच्छन्। यदि तिनीहरूले मण्डलीका सबैलाई पूर्ण रूपमा बुझ्नुपर्‍यो भने, त्यसका लागि कति समय लाग्ला? तिनीहरूले मण्डलीका सबै सदस्यहरूको अवस्था, प्रत्येक व्यक्तिका वास्तविक समस्या र साँचो कठिनाइहरूका बारेमा स्पष्ट रूपमा बुझेपछि, र ठीक समय आएपछि मात्रै, आफूले चाहेको कुरा गर्न थाल्छन्—तिनीहरूले कसैप्रति पनि नरम व्यवहार गर्दैनन्, र कसैले पनि तिनीहरूलाई बाधा दिन सक्दैन। तिनीहरू मण्डलीको काम गर्ने बहानामा आफ्नै उद्यममा संलग्न हुन्छन्, र तिनीहरूले आफ्नै लागि लाभहरू प्राप्त गर्ने प्रयास गर्छन्। अन्ततः, मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा नै हानि पुग्छ। तिनीहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश र परमेश्‍वरको घरका हितहरूको बलिदानको मूल्यमा आफ्ना व्यक्तिगत हितहरूको पूर्तिलाई सर्वोपरि बनाउने आफ्नो लक्ष्य हासिल गर्छन्। यस बिन्दुमा, के तैँले तिनीहरूलाई स्पष्ट रूपमा देख्न सक्दैनस् र? तिनीहरूले काम गर्ने तरिका र अन्तिम परिणामहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू दियाबलसहरू हुन्; तिनीहरू मानव होइनन्। तिनीहरूले दिनभरि अत्यन्तै थोरै बोल्छन् र बिरलै आफ्नो दृष्टिकोण व्यक्त गर्छन् जस्तो देखिन्छ, तर तिनीहरूले वास्तवमा हरेक दिन लाभ प्राप्त गर्न सकियोस् भनेर कसरी कार्य गर्ने भनी हिसाबकिताब गरेर बिताउँछन्। बाहिरी रूपमा तिनीहरू निकै शान्त, निकै परिष्कृत, निकै कोमल, र निकै राम्रो शिष्ट, र धेरै नबोल्ने देखिए पनि, भित्री रूपमा तिनीहरूको हृदय उग्र समुद्रजस्तै अशान्त हुन्छ। तिनीहरूले यी कुराहरू पूर्ण रूपमा बुझ्छन्, र त्यसपछि तिनीहरूले सोचेका योजनाहरू लागू गर्छन्, र अन्तिम परिणाम के हुन्छ भने, तिनीहरू आफूले षड्यन्त्र गरेअनुसार नै सफल हुन्छन्। के यो दियाबलसको काम होइन र? (हो।) यो दियाबलसको काम हो। यस बिन्दुमा, के तैँले तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैनस् र?

गत वर्षको सुसमाचारको काममा यस्तो ठूलो समस्या उत्पन्न भएको घटना केही दियाबलसहरूसँग प्रत्यक्ष रूपमा सम्बन्धित थियो, दियाबलसहरूका कार्यहरूसँग प्रत्यक्ष रूपमा सम्बन्धित थियो। ती दियाबलसहरूले कार्य गर्दा कहिल्यै सत्यता सिद्धान्तहरू खोजेनन्। माथिबाट काममा खटाइएपछि, तिनीहरूले त्यो कुरा व्यक्तिगत रूपमा सजिलै स्वीकार गरे, तर जब तिनीहरू मण्डलीहरूमा काम गर्न गए, तब तिनीहरूले उन्मत्त हुँदै खराब कामहरू गरे। तिनीहरूले परमेश्‍वरको घरको हितको रक्षा गरेनन्, र फलस्वरूप परमेश्‍वरका भेटीहरूमा हानि भयो, सुसमाचारको काममा हानि भयो, र मण्डली जीवनमा हानि भयो; धेरै क्षेत्रहरूमा हानि भयो, र तिनीहरूले मण्डलीको काममा अराजकता पनि निम्त्याए। तैँले दियाबलसले के सोचिरहेको छ भन्ने कुरालाई छर्लङ्ग देख्न सक्दैनस् होला, न त तैँले उसले सिद्धान्तहरू खोजेको छ कि छैन भनेर नै जान्दछस्। तर जब उसले कार्य गर्छ, र तैँले पहिलो सङ्केतहरू देख्छस्, तब तँलाई उसका कार्यहरूको विधि र स्रोत गलत छन्, उसले पूर्ण रूपमा आडम्बर देखाइरहेको छ, आफ्नै इच्छाअनुसार कामकुरा गरिरहेको छ, र मनमानी र हठी रूपमा कार्य गरिरहेको छ र स्वतन्त्र राज्य स्थापना गरिरहेको छ भन्ने कुरा थाहा हुनेछ। यसबाहेक, दियाबलसहरूका गिरोहहरूले एक-अर्काको रक्षा गर्छन्; तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको घरको हितको रक्षा गर्दैनन्। ठूला दियाबलसहरूले जे गरे पनि, अनुयायीहरू र साना दियाबलसहरूले तिनीहरूको चापलुसी गर्न र चिल्लो घस्न सक्दो प्रयास गर्छन्। ठूला दियाबलसहरूले बेपरवाह र हठी रूपमा कार्य गर्छन्, र साना दियाबलसहरूले त्यसैको सिको गर्छन्, र तिनीहरूको जुत्ता चाट्छन्—तिनीहरू एक-अर्कासँग मिलोमतोमा काम गर्छन्। कतिपय मानिसहरूले आफूले अझै पनि कसैको सार दियाबलसको हो भन्‍ने तथ्यलाई छर्लङ्ग देख्न नसकेको भनेर भन्छन्। त्यसो हो भने, उसले गर्ने कुनै कामको प्रकृति र त्यसका परिणामहरूलाई हेर्। यदि प्रकृति र परिणामहरू धेरै गम्भीर छन् भने, त्यो दियाबलसको काम हो भनी निश्‍चित हुन सकिन्छ। उदाहरणका लागि, सुसमाचार प्रचारमा प्राप्त भएका मानिसहरूको झूटो सङ्ख्या रिपोर्ट गर्ने मामिलाका बारेमा, कतिपय मानिसहरूले यसो भने, “के झूटो सङ्ख्या रिपोर्ट गर्नु सिद्धान्तहरूको विरुद्धमा छैन र? हामीले वास्तविक सङ्ख्या रिपोर्ट गर्नैपर्छ; जति मानिसहरू प्राप्त हुन्छन्, हामीले त्यति नै रिपोर्ट गर्नुपर्छ। हामीले हाम्रो रिपोर्टमा कसरी झूट बोल्न सक्छौँ? सय जना प्राप्त हुँदा एक हजार, वा एक हजार प्राप्त हुँदा दश हजार भनेर हामीले कसरी रिपोर्ट गर्न सक्छौँ?” यी झूटा अगुवाहरूमध्ये एकले के भन्यो? “तिमीहरूले यसरी नै रिपोर्ट गर्नुपर्छ; सबैले यसरी नै रिपोर्ट गर्छन्। यो पवित्र आत्माको प्रवाह हो!” के तिमीहरूले यो अभिव्यक्ति खुट्ट्याउन सक्छौ? झूटो र बनावटी सङ्ख्या रिपोर्ट गर्नु स्पष्ट रूपमा परमेश्‍वरलाई धोका दिने प्रयास हो। यो कसरी पवित्र आत्माको प्रवाह हुन सक्छ र? यो एक दुष्ट प्रचलन हो। पवित्र आत्माले मानिसहरूलाई कहिल्यै झूट बोल्न वा झूटो सङ्ख्या रिपोर्ट गर्न भन्नुभएको छैन; दियाबलसहरूले मात्रै यस्ता कुराहरू भन्न सक्छन्। के तिमीहरूले यो कुरा खुट्ट्याउन सक्छौ? त्यो झूटा अगुवाले यस्ता बेतुके शब्दहरू बोल्न सकेको हुनाले, ऊ सामान्य व्यक्ति होइन; त्यो झूटा अगुवा पनि दियाबलसहरूको श्रेणीमा पर्छ। के तिमीहरूले यस मामिलालाई छर्लङ्ग सक्छौ? के तिमीहरूले यस्ता शब्दहरू दियाबलसहरूले बोल्छन् भनी खुट्ट्याउन सक्छौ? दियाबलसहरू र शैतानहरूले मात्रै यस्ता कुराहरू भन्न सक्छन्। यदि तिमीहरूले यस मामिलालाई छर्लङ्ग देख्न सक्दैनौ भने, तिमीहरूमा खुट्ट्याउने क्षमताको धेरै कमी छ। यदि पशुहरूबाट पुनर्जन्म लिएकाहरूले यसलाई छर्लङ्ग देख्न सक्दैनन् भने, त्यो केही हदसम्म क्षमायोग्य हुन्छ, किनभने तिनीहरू मानव होइनन्; तिनीहरूसँग मानव आत्मा हुँदैन। यदि तँसँग साँच्चै खुट्ट्याउने क्षमता छ र तैँले यस मामिलालाई छर्लङ्ग देख्न सक्छस् भने, के तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुन्छस्? के तँ यो मामिलालाई रोक्न र खुलासा गर्न खडा भएको हुन्छस्? मानौँ तैँले यसो भन्छस्, “मैले यसलाई छर्लङ्ग देखेको छु, तर मेरो सानो हैसियतका कारण मेरा शब्दहरूको कुनै महत्त्व छैन, र म कमजोर र एकलो छु; म यसलाई रोक्न वा खुलासा गर्ने हिम्मत गर्दिनँ!” त्यसो हो भने, तँ एक बेकम्मा काँतर होस्! तैँले अडान लिएको छैनस् र तँ आफ्नो गवाहीमा दृढ रहेको छैनस्; तँ परमेश्‍वरको बफादार सेवक होइनस्, तैँले व्यक्तिको जिम्मेवारी पूरा गरेको छैनस्। तँ केवल एक अन्योलमा परेको व्यक्ति, एक बेकम्मा काँतर होस्। मलाई भन्, के परमेश्‍वरले बेकम्मा काँतरहरूलाई मन पराउनुहुन्छ? (अहँ।) परमेश्‍वरले तँलाई जीवन दिनुहुन्छ, तँलाई सत्यता आपूर्ति गर्नुहुन्छ, र तेरो दैनिक जीवनमा शैतानको हानिबाट तँलाई सुरक्षा दिनुहुन्छ। तर तैँले त सत्यता स्वीकार गर्दो रहेनछस्, बरु दुष्ट काम गर्नमा शैतानलाई पछ्याउँदो रहेछस्, दियाबलसहरूमाझ जिउँदो रहेछस् र आफूलाई हानि गर्न शैतानलाई अनुमति दिँदो रहेछस्। तैँले शैतानहरूको वास्तविक अनुहार स्पष्ट रूपमा देख्छस्, तैपनि तिनीहरूलाई खुलासा गर्दैनस्। त्यो त समस्या निम्त्याउनु हो; तँ शैतानद्वारा मूर्ख बनाइनुको हकदार छस्। परमेश्‍वरले तेरो खुट्ट्याउने क्षमता वृद्धि हुन सकोस् भनेर तेरा लागि सत्यता आपूर्ति गर्नुहुन्छ। यदि तँसँग खुट्ट्याउने क्षमता छ तर अझै पनि बहिरो र लाटो भएको नाटक गर्छस्, झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न खडा हुँदैनस् भने, तँ एक बेकम्मा काँतर होस्! तैँले व्यक्तिले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गरेको छैनस्; तँ आफ्नो जिम्मेवारीच्युत छस्, तँ फोहोर होस्, बेकम्मा काँतर होस्, सित्तैमा खाने होस्, केही काम नलाग्‍ने व्यक्ति होस्! दियाबलसहरूले मानिसहरूलाई सुसमाचार प्रचारमा झूटो सङ्ख्या रिपोर्ट गर्न बाध्य पार्नु—यो अभ्यास निकै स्पष्ट हुनुपर्छ र खुट्ट्याउन गाह्रो हुनु हुँदैन। मानौँ कसैले तँलाई लात हान्छ वा मुक्का हान्छ। तँलाई उसले तँलाई किन यसरी व्यवहार गरिरहेको छ भनी थाहा हुँदैन र तैँले उसले यसबाट के भन्न खोजेको हो भनी खुट्ट्याउन सक्दैनस्। त्यसपछि उसले तेरो घाँटीमा छुरी रोप्छ, र त्यसपछि मात्रै तँलाई “यसले त मलाई मार्न पो खोजिरहेको रहेछ!” भन्‍ने महसुस हुन्छ। मलाई भन्, तँ कति मूर्ख छस्? उसले तँलाई दुर्भावनापूर्ण मनसायले लात हान्छ, तैपनि तैँले ऊ दुष्ट व्यक्ति हो भनेर समेत देख्न सक्दैनस्, र तँ अझै पनि ऊसँग तर्क गर्न खोज्छस्, “मैले तिमीलाई चिढ्याएको छैन, तैपनि तिमी मलाई किन लात हानिरहेका छौ? के तिमीसँग कुनै मानवता छ?” यदि उसले तँलाई विनाकारण लात हान्छ भने, के ऊ दुष्ट व्यक्ति होइन र? के दुष्ट व्यक्तिसँग तर्क गर्नुको कुनै अर्थ हुन्छ? यदि उसले तँलाई छुरीले आक्रमण गर्‍यो भने, पछुताउनका लागि धेरै ढिलो भइसकेको हुनेछ। तैँले मद्दतका लागि चिच्याउँदासम्म धेरै ढिलो भइसकेको हुनेछ; तेरो जीवन समाप्त भइसकेको हुनेछ। हेर् त, तँ कदमा कति सानो छस्, तँ कति मूर्ख छस्! शैतानहरूको सामना गर्दा, तैँले आक्रमण गर्न पहल गर्नुपर्छ, निष्क्रिय नबन्। यदि तँ सधैँ निष्क्रिय रहन्छस्, शैतानहरूले तेरो ज्यान लिन लाग्दा मात्रै तैँले प्रतिक्रिया दिन्छस् र मलाई बचाउनुहोस् भनी परमेश्‍वरलाई पुकार्छस् भने, त्यो धेरै निष्क्रिय हुनु, अत्यन्तै मन्द बुद्धिको हुनु हो! परमेश्‍वरले यस्ता मानिसहरूलाई मन पराउनुहुन्न।

कतिपय मानिसहरूले झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूसम्बन्धी समस्याहरू निकै घुमाउरो पाराले रिपोर्ट गर्छन्। तिनीहरूले ती कुराहरू आफ्नो स्थानीय मण्डलीमा रिपोर्ट गर्ने आँट गर्दैनन्, त्यसको साटो तिनीहरू त्यसो गर्न अन्य क्षेत्रका मण्डलीहरूमा जान्छन्, किनभने तिनीहरूलाई आफ्नो स्थानीय क्षेत्रको कसैले यो खबर फैलाइदेला, र दुष्ट मानिसहरूले थाहा पाऊलान् र आफूलाई सास्ती देलान् भन्‍ने डर हुन्छ। यी मानिसहरूको कद निकै सानो छ। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तैपनि तँ दुष्ट मानिसहरू र दियाबलसहरूदेखि यति धेरै डराउँछस्? के दियाबलसहरूसँग त्यति ठूलो शक्ति हुन्छ? के दियाबलसहरूले तेरो ज्यान लिन सक्छन्? के तेरो नियति दियाबलसहरूको हातमा हुन्छ? तँ तिनीहरूदेखि किन यति धेरै डराउँछस्? तिनीहरू दुष्ट मानिसहरू मात्रै हुन्; तिनीहरूले तँलाई के गर्न सक्छन् र? सबैभन्दा खराब अवस्थामा पनि, यो देशमा कानुनहरू छन्—तँलाई केको डर छ? यो ठाउँ दियाबलसहरूको बिगबिगी भएको चीन होइन; यो कानुनको शासन भएको एउटा प्रजातान्त्रिक देश हो। अनि मण्डलीमा तेरा दाजुभाइ-दिदीबहिनीहरू छन् भन्‍ने तथ्यलाई त उल्लेख नै नगरौँ—ती दुष्ट मानिसहरूले तँलाई के गर्न सक्छन् र? कतिपय मानिसहरू अगुवा र कामदारहरूका समस्याहरू रिपोर्ट गर्दा मात्रै पनि यति धेरै डराउँछन्। यो तिनीहरूमा थोरै आस्था हुनुको समस्या होइन; यिनीहरू त बेकम्मा कायरहरू र डरछेरुवाहरू हुन् जो बाँच्न लायक पनि छैनन्! परमेश्‍वरले तँलाई दिनुभएको सास तँमा खेर गएको छ; त्यो जनावरलाई दिइएको भए अझ राम्रो हुनेथियो। जनावरलाई दबाब दिइयो भने, त्यसले समेत मानिसलाई टोक्न सक्छ। तँ जीवित छस् तर तँमा यति थोरै दृढता पनि छैन; तँ साह्रै कायर छस्! कतिपय मानिसहरूले दुष्ट मानिसहरूको सामना गर्दा तिनीहरूसँग सीधै लड्ने आँट नगरे पनि, तिनीहरूले मण्डलीको कामको सुरक्षा गर्न बुद्धिको प्रयोग गर्छन्। तिनीहरूले दुष्ट मानिसहरूका समस्याहरू माथिल्ला अधिकारीहरूलाई रिपोर्ट गर्छन् र ती दुष्ट मानिसहरूलाई तिनीहरूको पदबाट हटाउन सत्यतालाई प्रेम गर्नेहरूसँग मिलेर काम गर्छन्। तिनीहरूसँग यस्तो सङ्कल्प हुन्छ: “तँ दुष्ट व्यक्ति होस्, तर म तँदेखि डराउँदिनँ। म तँलाई परमेश्‍वरको घरको काममा बाधा दिन र अन्तर्ध्वंस गर्नका लागि दुष्ट काम गर्न दिनेछैन। म तँलाई सफल हुन दिनेछैन। म तँसँग लड्न आफ्नो ज्यान जोखिममा हाल्नेछु—तैँले मलाई के गर्न सक्छस् र? बढीमा, तैँले मेरो ज्यान लिनेछस्, तर जबसम्म ममा सास रहन्छ, तबसम्‍म म अन्त्यसम्म तँसँग लड्नेछु!” के तिमीहरूमा यो आस्था छ? ती बेकम्मा कायरहरूमा यस्तो आस्था हुँदैन। जब तिनीहरूले दियाबलसहरूले मण्डलीको काममा बाधा दिइरहेको देख्छन्, तब तिनीहरूले आफ्नो हृदयमा यो गलत हो, यिनीहरू दुष्टता गरिरहेका दियाबलसहरू र ख्रीष्टविरोधीहरू हुन् भनी जान्दछन्। तर तिनीहरूले सोच्छन्, “म तिनीहरूलाई खुलासा गर्न वा रिपोर्ट गर्न सक्दिनँ; मैले आफ्ना लागि कुनै समस्या खडा गर्नु हुँदैन। जति कम समस्या, उति राम्रो; आफूलाई जोगाउनु अत्यावश्यक छ। यदि मैले दुष्ट मानिसहरूलाई खुलासा गरेको कारण तिनीहरूले मलाई मण्डलीबाट निष्कासित गरे, र मैले परमेश्‍वरमा विश्‍वास गर्ने र मुक्ति प्राप्त गर्ने मौकासमेत गुमाएँ, र मैले आफ्नो कर्तव्यसमेत पूरा गर्न सकिनँ भने, के म पूर्ण रूपमा हटाइको हुनेछैन र?” तिनीहरूले दुष्ट मानिसहरूलाई खुलासा गर्ने आँट गर्दैनन्, र उनीहरूले बदला लिन्छन् भनेर निकै डराउँछन्। त्यसैले, जब ठूलो रातो अजिङ्गरले उन्मत्त भएर परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन गर्छ र सताउँछ, तब तिनीहरू निश्‍चय नै डराउँछन्, र यदि तिनीहरू पक्राउ परे भने, तिनीहरू निश्‍चय नै यहूदा बन्नेछन् र परमेश्‍वरलाई धोका दिनेछन्। त्यसैले, यदि तँ मण्डलीमा दुष्ट मानिसहरूदेखि डराउँछस्, र तिनीहरूले दुष्टता गरिरहेको देख्दा तिनीहरूलाई खुलासा गर्ने आँट गर्दैनस् भने, के यो शैतानसामु आत्मसमर्पण गर्नु होइन र? परमेश्‍वरले तँलाई सत्यता प्रदान गर्नुहुन्छ, तँलाई आस्था दिनुहुन्छ, र तँलाई सुरक्षा दिनुभएको छ र अहिलेसम्म जीवित राख्नुभएको छ। तँ परमेश्‍वरले तँलाई दिनुभएको सास फेर्छस्, उहाँले तँलाई प्रदान गर्नुभएको सत्यताको आनन्द लिन्छस्, र उहाँको अनुग्रहको आनन्द लिन्छस्। तँसँग मण्डली जीवनका यति राम्रा अवस्थाहरू छन् र तँ निकै आरामदायी जीवन जिउँछस्। तर जब दुष्ट मानिसहरूले परमेश्‍वरको घरमा बाधा दिइरहेका हुन्छन्, तब तैँले यो देख्छस् र खुट्ट्याउँछस्, तैपनि तैँले एक शब्द बोल्ने आँट समेत गर्दैनस्, तैँले ठूलो सास फेर्ने आँटसमेत गर्दैनस्—तँ कस्तो किसिमको प्राणी होस्? तँ त बाँच्न पनि लायक छैनस्! तैँले आफ्नो स्थानीय मण्डलीका समस्याहरू स्थानीय अगुवाहरूलाई रिपोर्ट गर्दैनस्, बरु तँ ती रिपोर्ट गर्न अन्य क्षेत्रका मण्डलीहरूमा जान्छस्। यस्तो तुच्छ, कायर मानसिकताले, के तैँले ठूला कुराहरू हासिल गर्न सक्छस्? तैपनि तँ आफूले परमेश्‍वरको गवाही दिन र विजेता बन्न चाहेको भन्छस्—तँ केही पनि होइनस्, तँ जनावरभन्दा पनि खराब छस्। आफ्नो मालिकलाई कसरी जोगाउने भन्‍ने कुरा कुकुरलाई समेत थाहा हुन्छ। यदि कुनै अपरिचित व्यक्ति आयो भने, कुकुरले आफ्नो मालिकको सुरक्षामा खतरा महसुस गरेर आफ्नो सम्पूर्ण शक्तिले भुक्छ। कतिपय कुकुरहरू ठूला हुँदैनन् र त्यसलाई एकै लातले भुइँमा पछार्न सकिन्छ, तर त्यो डराउँदैन र अझै पनि आफ्नो सम्पूर्ण शक्तिले भुक्छ—त्यसले आफ्ना मालिकहरूलाई जोगाउन यसो गर्छ। कतिपय कुकुरहरूले आफ्ना मालिकहरूलाई जोगाउन आफ्नो ज्यानसमेत जोखिममा हाल्छन्। यी मानिसहरूमा यत्तिको आस्था पनि हुँदैन र तिनीहरू आफ्नो मालिकप्रति एउटा रक्षक कुकुरभन्दा पनि कम बफादार हुन्छन्—तिनीहरू सबै बेकम्मा हरामीहरू हुन्! तिनीहरूले सित्तैँमा परमेश्‍वरको अनुग्रह र प्रबन्धको आनन्द लिन्छन्, यसको सट्टामा केही पनि दिँदैनन्, र परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुपर्छ र मानिसहरूलाई कृपा देखाउनुपर्छ भन्‍ने कुरालाई समेत सामान्य रूपमा लिन्छन्। जब तिनीहरूले मण्डलीको काममा बाधा र अन्तर्ध्वंस भइरहेको देख्छन्, तब तिनीहरूलाई आफ्नो हृदयमा दुःख लाग्दैन। यसको अर्थ तिनीहरू जनावरभन्दा पनि खराब छन्, रक्षक कुकुरभन्दा धेरै खराब छन् भन्‍ने हुन्छ। भविष्यमा फेरि दियाबलसहरूको सामना गर्दा तैँले के गर्नुपर्छ? यदि तैँले तिनीहरूलाई छर्लङ्गै देख्न सक्दैनस्, र तिनीहरू मुस्कुराउँदा के-कस्ता खराब कामहरू गर्ने योजना बनाउँछन्, वा तिनीहरूको आँखाको हेराइमा के-कस्ता दुष्ट अभिप्रायहरू लुकेका छन् भन्ने कुरा जान्दैनस् भने, तैँले पहिले तिनीहरूलाई नियालेर हेर्न सक्छस्। तिनीहरूको सुपरिवेक्षण गर्न एक जना भरपर्दो व्यक्ति खोज्, र तिनीहरूले गोप्य रूपमा के भन्छन् र के गर्छन्, र तिनीहरूले आफ्ना साथीहरूसँग के षड्यन्त्र गर्छन् भनी हेर्। तैँले तिनीहरूका सबै षड्यन्त्र र युक्तिहरूलाई सुरुमै निस्तेज पार्नुपर्छ, तिनीहरूलाई सफल हुन दिनु हुँदैन, र परमेश्‍वरको घरको हितलाई हानि हुन दिनु हुँदैन। कतिपय मानिसहरूमा यस्तो सङ्कल्प हुन्छ: “मैले परमेश्‍वरको घरको ढोकामा राम्ररी पहरा दिनैपर्छ, म एक असल रक्षक कुकुर बन्‍नैपर्छ। अरूले यो मामिलालाई कसरी लिन्छन् भन्‍ने मलाई थाहा छैन, तर मेरो हकमा, म यसलाई त्यसै जान दिनेछैनँ; म अन्त्यसम्म दियाबलसहरूसँग लड्नेछु!” परमेश्‍वरप्रतिको बफादारी भनेको यही हो; यो तिनीहरूले आफू कति सक्षम छु भनी प्रमाणित गर्न खोजेको होइन। “म यो गर्न परमेश्‍वरमा भर पर्नेछु; म यहाँ हुँदा कुनै पनि दियाबलसले आफूले चाहेको गर्ने वा सफल हुने मौका पाउनेछैन! म परमेश्‍वरको घरका लागि ढोकाको पहरा दिनेछु, दाजुभाइ-दिदीबहिनीहरूलाई जोगाउनेछु, परमेश्‍वरको घरको हितको रक्षा गर्नेछु, र परमेश्‍वरको घरको कामको सुरक्षा गर्नेछु। कसैले पनि बाधा दिने वा अन्तर्ध्वंस गर्ने मौका पाउनेछैन—यदि मैले कसैले त्यसो गरिरहेको देखेँ भने, म तिनीहरूप्रति नरम हुनेछैन। यदि तिनीहरूलाई बर्खास्त गर्नुपर्छ भने, तिनीहरूलाई बर्खास्त गरिनेछ, यदि तिनीहरूलाई निष्कासित गर्नुपर्छ भने, तिनीहरूलाई निष्कासित गरिनेछ, र यदि तिनीहरूलाई निकाल्नुपर्छ भने, निकालिनेछ। म पटक्कै पछि हट्नेछैनँ!” के तिमीहरूमा यो आस्था छ? (छ।) यदि तँ मानिस वा जनावरहरूसँग लड्ने कुरामा निकै सक्षम छस्, तर जब तैँले दियाबलसहरूसँग लड्नुपर्छ, तब तँ काँतर र भयभीत हुन्छस्, र तँ कछुवाझैँ आफ्नो खपटाभित्र पस्छस् भने, परमेश्‍वरले तँ सिद्धिएको छस्, तँ केही काम नलाग्ने होस्, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भनी भन्नुहुन्छ। दियाबलसहरूसँग लड्नु साँचो लडाइँ हो; यो परमेश्‍वरका निम्ति गवाही दिने लडाइँ हो। यो यस्तो लडाइँ हो जसमा विजेताहरू, सन्तहरू, र परमेश्‍वरका अनुयायीहरू संलग्न हुनैपर्छ, यो उनीहरूले लिनैपर्ने अडान हो, र उनीहरूमा हुनैपर्ने दृढता र सङ्कल्प हो। “अन्त्यसम्मै दियाबलसहरूसँग लड्! कि त म छैनँ कि त तिनीहरू छैनन्! म पटक्कै डराउनेछैनँ, म पटक्कै पछि हट्नेछैनँ, र म पटक्कै निरुत्साहित हुनेछैनँ!” के तिमीहरूमा यो दृढता छ? (अहिले हामीमा छ।)

कतिपय व्यक्तिहरूको कद साह्रै सानो हुन्छ। जब तिनीहरूले शक्ति र हैसियत भएका मानिसहरू, विशेष गरी डरलाग्दो देखिने, अनुभवी र अत्यन्तै धूर्त, साथै कपटी र छली मानिसहरूको सामना गर्छन्, तब तिनीहरूले आफ्नो हृदयमा डर महसुस गर्छन्। यी मानिसहरू दियाबलसहरू हुन् भनी राम्ररी थाह भए तापनि, तिनीहरूले अझै पनि उनीहरूको चापलुसी गर्ने, उनीहरूलाई फकाउने, र उनीहरूलाई आड दिने जिद्दी गर्छन्, र उनीहरूलाई अलिकति पनि चिढ्याउने आँट गर्दैनन्, उनीहरूलाई खुलासा गर्ने कुरा त परै जाओस्। जब तिनीहरूले दियाबलसहरू र शैतानहरूलाई देख्छन्, तब तिनीहरूले कुनै पनि सिद्धान्तहरूलाई पालना गर्ने आँट गर्दैनन्, न त तिनीहरूमा सन्तको कुनै मर्यादा नै हुन्छ। कतिले त यसो पनि भन्छन्, “हामी यी मानिसहरूसँग घुलमिल हुनुपर्छ र हामीले उनीहरूसँग राम्रो सम्बन्ध बनाउनुपर्छ, नत्र मण्डलीको काम अघि बढ्न सक्दैन।” स्पष्ट रूपमा, यी मानिसहरूले परमेश्‍वरको घरमा कुनै राम्रो उद्देश्य पूरा गर्दैनन्, र स्पष्ट रूपमा, तिनीहरू दियाबलसहरू र ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिएका, र निष्कासित गरिनुपर्ने वा निकालिनुपर्ने मानिसहरू हुन्, तैपनि कतिपय व्यक्तिहरूले तिनीहरूलाई सहन गर्छन्। यी व्यक्तिहरूलाई आफूले ती मानिसहरूलाई जित्न सक्दिनँ भन्‍ने लाग्छ; तिनीहरू आफ्नो हृदयमा भयभीत र त्रसित हुन्छन्, आफ्नै अवस्थाका बारेमा चिन्तित हुन्छन्, र उनीहरूद्वारा एकल्याइने वा सताइने कुराबारे चिन्तित हुन्छन्। तिनीहरूमा उनीहरूसँग व्यवहार गर्ने बुद्धिको कमी हुन्छ, तिनीहरूमा उनीहरूसँग लड्ने पर्याप्त कदको कमी हुन्छ, र तिनीहरू बारम्बार पछि हट्छन्, र बारम्बार झुक्छन् र सम्झौता गर्छन्। फलस्वरूप, तीन महिना बित्छ, त्यसपछि छ महिना, अनि मण्डलीको काम गतिरोधको अवस्थामा पुग्छ, र मण्डली जीवन अस्तव्यस्त हुन पुग्छ। तिनीहरूले स्पष्ट रूपमा यी दुष्ट मानिसहरू र दियाबलसहरूले बाधा दिइरहेको देख्छन्, तिनीहरूले यी स्थानीय गुण्डाहरूले मण्डलीमा भाँडभैलो मच्चाइरहेको देख्छन्, तैपनि तिनीहरूले आफ्नो सुरक्षा, हैसियत, प्रतिष्ठा, र हितमा असर पर्ला कि भन्‍ने डरले उनीहरूलाई खुलासा गर्ने वा सम्हाल्ने आँट गर्दैनन्। तेरो हैसियत, प्रतिष्ठा, र व्यक्तिगत सुरक्षा कसरी यति महत्त्वपूर्ण हुन सक्छ? के परमेश्‍वरको घरको कुनै पनि काम तेरो त्यो सानो ज्यानभन्दा महत्त्वपूर्ण छैन र? सबैभन्दा खराब अवस्थामा पनि, यदि तैँले परमेश्‍वरप्रतिको बफादारीका कारण केही जोखिमहरू लिइस् भने, के परमेश्‍वरले तँलाई जोगाउनुहुन्न र? यदि तैँले परमेश्‍वरको घरको हितको रक्षा गर्न बुद्धि प्रयोग गरिस् र सिद्धान्तहरूअनुसार कार्य गरिस् भने, के परमेश्‍वरले तँलाई शैतानहरूको हातमा सुम्पिनुहुनेछ र तिनीहरूलाई आफ्नो इच्छाअनुसार तँलाई दुर्व्यवहार गर्न र गम्भीर रूपमा हानि गर्न दिनुहुन्छ? (दिनुहुन्न।) परमेश्‍वरले यस्तो व्यक्तिलाई अति कदर गर्नुहुन्छ, उहाँले उसलाई जति कदर गरे पनि पुग्दैन; उहाँले तँलाई कसरी शैतानहरूको हातमा सुम्पिन सक्नुहुन्छ र? तेरो आस्था साह्रै सानो छ। तँ त्यति बेलाको पत्रुसजस्तै छस्—प्रभु येशूले उसलाई समुद्रबाट बोलाउनुभयो, र “आऊ” भन्नुभयो, जसको अर्थ पत्रुसले समुद्रमा समतल भूमिमा जस्तै हिँड्नुपर्छ भन्‍ने थियो, तर पत्रुस जति हिँड्दै गयो, ऊ त्यति नै डरायो, र उसले परमेश्‍वरमाथिको आस्था गुमायो। यदि परमेश्‍वरले तँलाई आइज भन्नुहुन्छ भने, उहाँले तँसँग एउटा प्रतिज्ञा गर्नुभएको हुन्छ र उहाँले निश्‍चय नै तँलाई जोगाउन सक्नुहुन्छ; उहाँले तँलाई खतराको सामना गर्न दिनुहुनेछैन। तेरो ज्यान नै खतरामा परे पनि, तैँले यसलाई कसरी लिनुपर्छ? के तैँले स्वेच्छाले आफ्नो ज्यान परमेश्‍वरलाई सुम्पिनु पर्दैन र? यो कुन ठूलो कुरा हो र? के दियाबलसहरू साँच्चै त्यति डरलाग्दा हुन्छन्? ठूलो रातो अजिङ्गरले विश्‍वासीहरूलाई दमन गर्छ र पक्रन्छ, तैपनि तँ आफ्नो आस्थामा लागिरहन सक्षम हुन्छस्; यस्तो कठोर वातावरणले तँलाई तर्साउँदैन। तर, जब मण्डलीमा केही साना दियाबलसहरू देखा पर्छन्, तब तँ यति धेरै डराउँछस् कि तँ सोझै आफ्नो खपटाभित्र पस्छस्, र तैँले दुष्टता गर्ने कार्यमा तिनीहरूलाई पछ्याउन बाध्य महसुस गर्छस्। के यो आफ्‍नो गवाही गुमाउनु होइन र? (हो।) कतिपय मण्डलीहरू र नश्‍चित कार्य वातावरणहरूमा दियाबलसहरूले आफूले चाहेको गर्न पाउनु, मण्डलीको कामलाई यस्तो अराजकतामा पुर्‍याउनु र तिनीहरूले चाहे जस्तै गरी त्यसलाई भताभुङ्ग पार्नु, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न उपयुक्त वातावरण नपाउनुको पछाडि, यी दियाबलसहरूलाई छर्लङ्गै देख्ने तर तिनीहरूसँग लड्न खडा नहुने, बरु आफूलाई जोगाउन यी दियाबलसहरू र शैतानहरूसँग सम्झौता गर्ने कतिपय मानिसहरूको हात हुन्छ भनेर भन्न सकिन्छ। यी मानिसहरूले जानाजानी दियाबलसहरूलाई दुष्टता गर्न र मण्डलीको काममा बाधा दिन अनुमति दिन्छन् भनेर भन्न सकिन्छ। यदि तैँले दियाबलसहरूले मण्डलीको काममा बाधा दिइरहेको छर्लङ्गै देख्छस् तैपनि तँ तिनीहरूसँग लड्दैनस् वा तैँले तिनीहरूलाई खुलासा गर्दैनस् भने, के यो दियाबलसहरूलाई दुष्टता गर्न दिनु होइन र? दियाबलसहरूले दुष्ट काम गरिरहेको पत्ता लगाउनेबित्तिकै, यदि तैँले तुरुन्तै तिनीहरूलाई खुलासा गरिस्, सम्हालिस्, र रोकिस् भने, हानिहरूलाई कम गर्न सकिन्छ र अराजकतालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ। के यो परमेश्‍वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश दुवैका लागि लाभदायक हुँदैन र? त्यसोभए तैँले यो काम किन गर्दैनस्? यदि तैँले यो काम गर्दैनस् भने, तँमा परमेश्‍वरप्रति कुनै बफादारी छैन। तँ कुनै पनि तहको अगुवा वा कामदार भए पनि, वा एक साधारण अनुयायी भए पनि, जबसम्म तैँले दियाबलसहरूले दुष्टता गरिरहेको र मण्डलीको काममा बाधा दिइरहेको छर्लङ्गै देख्छस् तर परमेश्‍वरको घरको हितको रक्षा गर्न तिनीहरूलाई खुलासा गर्दैनस्, तबसम्‍म तँ आफ्नो गवाहीमा दृढतापूर्वक खडा भएको हुँदैनस्, तँ एक अन्योलमा परेको व्यक्ति हुन्छस्, र तँ बाँच्न लायक हुँदैनस्! तैँले एक मानवको जिम्मेवारी पूरा गरेको छैनस्, त्यसैले तँ परमेश्‍वरले तँलाई दिनुभएको सास फेर्न लायक छैनस्। बुझ्यौ? (बुझ्यौँ।) यस मामिलामा मानिसहरूले के गर्नुपर्छ? तैँले जस्तो प्रकारको दियाबलसको सामना गरे पनि—चाहे त्यो अनाचारी, दुष्ट, कपटी, निर्दयी होस्, वा धूर्त होस्—र तिनीहरूको उद्देश्य जेसुकै भए पनि, जबसम्म तैँले तिनीहरूले मण्डलीको काममा बाधा दिइरहेको देख्छस् र तैँले त्यो खुट्ट्याउँछस्, तबसम्‍म तँ तिनीहरूलाई खुलासा गर्न र रोक्न खडा हुनुपर्छ। तेरो जिम्मेवारी यहीँनिर छ। कतिपयले भन्छन्, “तिनीहरूलाई रोक्नका लागि के भन्ने, मलाई थाहा छैन।” त्यसोभए परमेश्‍वरलाई प्रार्थना गर् र तिनीहरूसँग बुद्धिमानी तरिकाहरू प्रयोग गरेर व्यवहार गर्। अहिलेका लागि, तिनीहरूलाई नउक्सा; तिनीहरूलाई सीधै खुलासा गरेर नउक्सा। बरु, तिनीहरूलाई तिनीहरूका योजना र उद्देश्यहरूमा तिनीहरूलाई सफल हुनबाट रोक्न हरसम्भव प्रयास गर्। पहिले, यथासम्भव अधिकतम हदसम्म मण्डलीको कामको सुरक्षा गर् र परमेश्‍वरको घरका हितहरू सुरक्षित भएको सुनिश्‍चित गर्। त्यसपछि, दियाबलसलाई सम्हाल्ने सबैभन्दा उपयुक्त तरिकाबारे सत्यता बुझ्नेहरू, वा अगुवा र कामदारहरूसँग परामर्श लिने मौका खोज्। यो काम बुद्धिसाथ गरिनुपर्छ। एकातिर, तैँले शैतानविरुद्ध लड्नुपर्छ, शैतानहरू र दियाबलसहरूका दुष्ट कार्यहरूलाई रोक्नुपर्छ, दाजुभाइ-दिदीबहिनीहरूलाई खुट्ट्याउने क्षमता प्राप्त गर्न मद्दत गर्नुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूका साथै परमेश्‍वरको घरको कामको रक्षा गर्नुपर्छ। अर्कोतिर, तैँले यथासम्भव अधिकतम हदसम्म आफूलाई पनि जोगाउनैपर्छ। यदि तँलाई खतरा वा प्रतिकूलताको सामना गर्न साँच्चै आवश्यक छ भने, तैँले आफ्नो लागि उम्कने बाटो वा सुरक्षाको विचार नगरी, आफ्नो परम कर्तव्यका रूपमा त्यो काम गर्नुपर्छ। यो मण्डलीको कामका आवश्यकताहरूका कारणले हो र तेरो जिम्मेवारी यहीँनिर हुन्छ। तैँले यो गर्नु नै पर्ने हुन्छ, र तैँले यो काम गर्नैपर्छ; नत्र, तँ परमेश्‍वरले तँलाई दिनुभएको जीवन, र उहाँले यति धेरै वर्षदेखि तँलाई प्रदान गर्नुभएको प्रबन्धका लागि अयोग्य हुनेछस्। होइन र? (हो।) दियाबलसहरूलाई गरिने व्यवहारको कुरामा सबैको अडान यस्तै हुनुपर्छ। तँ परमेश्‍वरको हातद्वारा बनाइएको एक सृजित प्राणी होस्। तँ मानवको वर्गमा परे पनि वा जीवित प्राणीहरूको अर्को वर्गमा परे पनि, जबसम्म तेरो हालको पहिचान मानव, एक सृजित मानव प्राणीको हो, तबसम्‍म तैँले एक सृजित मानवका जिम्मेवारीहरू काँधमा लिनुपर्छ, तँ त्यसबाट पन्छिनु हुँदैन। मानौँ, तैँले कसैले भेटीहरू चोरिरहेको छ भनी थाहा पाइस् तर तैँले न त वास्ता गर्छस् न त यसबारे सोध्छस्, बरु यसो भन्छस्, “मलाई त उसलाई चिढ्याउँछु कि भन्‍ने डर लाग्छ। यदि मैले उसलाई खुलासा गरेँ र चिढ्याएँ भने, उसले मेरो पिठ्युँ पछाडि मेरा लागि परिस्थितिहरू कठिन बनाउने मात्रै होइन, उसले यो कुरालाई कहिल्यै छोड्ने पनि छैन। ऊ दुष्ट व्यक्ति हो! म उसलाई खुलासा गर्ने वा रिपोर्ट गर्ने आँट गर्दिनँ!” त्यस्तो अवस्थामा, तँ सिद्धिन्छस्, तँ एक बेकम्मा कायर होस्, र तँ आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको हुन्छस्। त्यसोभए, यदि तँ आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्छस् भने, तैँले के गर्नुपर्छ? आफ्नो अगुवालाई एउटा नोट लेख्ने मौका खोज्, आफ्नो नाम नलेख्, र तथ्यहरू स्पष्ट रूपमा बता ताकि अगुवाले थाहा पाओस् र तुरुन्तै यसलाई सम्हाल्न र रोक्न सकोस्, र यसरी भेटीहरू हानिबाट जोगिऊन्। यो कसले रिपोर्ट गर्‍यो भनी अगुवाले जान्नु आवश्यक छैन; परमेश्‍वरले जान्नु नै पर्याप्त हुन्छ। त्यसोभए, भेटीहरू जोगाउने मामिलामा कुन सिद्धान्त पालन गर्नुपर्छ? सही मानसिकता के हो? त्यो मानसिकता भनेको भेटीहरूलाई हानिबाट जोगाउनु र दुष्ट मानिसहरूलाई सफल हुन नदिनु हो। यो तेरो जिम्मेवारी हो। परमेश्‍वरको घरले आफ्नो हितको रक्षा गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई जोगाउन, आफ्नो कामको सुरक्षा गर्न, र परमेश्‍वरका भेटीहरू जोगाउनका लागि सबैलाई जोखिम उठाउन भनिरहेको छैन; यसले यसका खातिर तिमीहरू सबैलाई अरू मानिसहरूलाई चिढ्याउन वा आफूलाई कठिन परिस्थितिहरूमा पार्न भनिरहेको छैन। परमेश्‍वरको घरको आशय त्यो होइन। यदि तँ दुष्ट मानिसहरूदेखि डराउँछस् वा मानिसहरूलाई चिढ्याउँछु कि भनेर डराउँछस् भने, तैँले गुमनाम रूपमा समस्याहरू रिपोर्ट गर्न सक्छस्; तैँले दुष्ट मानिसहरू र दियाबलसहरूलाई गुमनाम रूपमा खुलासा पनि गर्न सक्छस्। त्यसरी, तैँले आफ्नो नाम नलेखे पनि, तैँले अझै पनि आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको हुन्छस्, र तँ आफ्नो जिम्मेवारीबाट पन्छिएको हुँदैनस्। यदि तैँले यो गर्न सक्छस् भने, आफ्नो जिम्मेवारीबाट च्युत भएको हुँदैनस्। किनभने तँमा यो हृदय हुन्छ, तैँले तेरो जिम्मेवारी यहीँनिर छ, र तैँले यो जिम्मेवारी पूरा गर्नुपर्छ, परमेश्‍वरको घरको कामको सुरक्षा गर्नुपर्छ र यसका हितहरूको रक्षा गर्नुपर्छ भन्‍ने महसुस गरिरहेको हुन्छस्। यो एउटा असल कार्य हो, र परमेश्‍वरले यसलाई याद राख्नुहुनेछ। तिमीहरूका लागि स्पष्ट सत्यता यो हो: दियाबलसहरूविरुद्ध लड्ने कुनै निर्धारित तरिका छैन; दियाबलसहरूलाई हराउन सक्नु, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नु, मण्डलीका विभिन्‍न कामहरूको रक्षा गर्नु, मण्डली जीवनको रक्षा गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशको सुरक्षा गर्नु—यो नै सर्वोच्च सिद्धान्त हो। बुझ्यौ? (बुझ्यौँ।) दियाबलसहरूविरुद्ध लड्ने कुनै निर्धारित तरिका छैन; तिमीहरूले तिनीहरूलाई काटछाँट गर्ने विधि प्रयोग गर्न सक्छौ, तिमीहरूले तिनीहरूलाई खुलासा गर्ने विधि प्रयोग गर्न सक्छौ, र अवश्य पनि, तिमीहरूले तिनीहरूलाई बर्खास्त गर्ने र तिनीहरूका कर्तव्यहरू हेरफेर गर्ने विधि, साथै तिनीहरूलाई रोकेर राख्न तिनीहरूसँग कुराहरूबारे छलफल गर्ने र सान्त्वना दिने विधि पनि प्रयोग गर्न सक्छौ—दियाबलसहरूलाई सीमित गर्न विभिन्‍न बुद्धिमानी विधिहरू प्रयोग गर्ने र साथसाथै मण्डलीका विभिन्न कामहरूको सुरक्षा गर्ने कार्य गर्नुपर्छ। यो बुद्धिमानी हुनु हो। तँलाई यी मानिसहरू दियाबलसहरू हुन्, र तैँले तिनीहरूलाई जसरी व्यवहार गरे पनि, त्यो गलत हुँदैन, किनभने तिनीहरू साँचो दाजुभाइ वा दिदीबहिनीहरू होइनन्, तिनीहरू साँचो मानव होइनन्, र तिनीहरूलाई परमेश्‍वरले चुन्नुभएको छैन भन्‍ने कुरा आफ्नो हृदयमा थाहा हुन्छ। तिनीहरू मण्डलीमा बाधा दिन शैतानका नोकरहरूका रूपमा परमेश्‍वरको घरमा आएका हुन्। दियाबलसहरूप्रति तेरो यस्तो मनोवृत्ति हुनुपर्छ: “यदि तँ यहाँ बाधा दिन आएको होस् भने, म तँप्रति नरम हुनेछैन। यदि तँ यहाँ अन्तर्ध्वंसमा संलग्न हुन आएको होस् भने, त्यसो गर्न बिलकुलै अनुमति छैन! यदि तैँले बाधा दिँदैनस् वा तँ अन्तर्ध्वंसमा संलग्न हुँदैनस्, र तँ मण्डलीमा चुपचाप एकलै बस्छस् भने, म तँलाई बेवास्ता गर्नेछु। तर तैँले दुष्टता गर्ने अभिप्रायले कुनै कदम चालिस् वा केही भनिस् भने, म तँप्रति नरम हुनेछैन! तैँले जे-जस्ता खराब कामहरू गर्न चाहे पनि, तैँले जे-जस्ता भ्रामक कुराहरू फैलाउन चाहे पनि, तैँले पहिले मेरो सामना गर्नुपर्नेछ—म तँलाई बाँकी राख्छु कि राख्दिनँ, हेर्। नत्र, मण्डलीको काममा बाधा दिने बारेमा सोच्दै नसोच्!” मानिसहरूले दियाबलसहरूलाई व्यवहार गर्ने तरिकामा हुनुपर्ने मनोवृत्ति र सिद्धान्त यही हो, र यो मानिसहरूले बोक्नुपर्ने गवाही पनि हो।

परमेश्‍वरले किन सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्छ? परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गर्न सकून्, र मानिसहरूले दियाबलसहरूलाई खुट्ट्याउन, दियाबलसहरूबाट छुटकारा पाउन, र दुष्ट दियाबलस शैतानविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न सकून् भनेर उहाँले यस्तो गर्नुहुन्छ। मानिसहरूले यति धेरै सत्यताहरू सुनेका छन् र सत्यताको यति धेरै प्रबन्ध प्राप्त गरेका छन्, तैपनि अन्ततः, जब तिनीहरूले दियाबलसहरूले दुष्टता गरिरहेको र बाधा दिइरहेको देख्छन्, तब तिनीहरू उनीहरूलाई खुट्ट्याउन असफल हुन्छन्। कतिपय मानिसहरूले दियाबलसहरूलाई अलिकति खुट्ट्याएका हुन्छन् तर तिनीहरूले उनीहरूलाई खुलासा गर्ने आँट गर्दैनन्, र उनीहरूलाई सम्हाल्ने आँट त झनै गर्दैनन्—यस प्रकारका मानिसहरू केही काम नलाग्ने मानिसहरू हुन्। तँसँग कुनै गवाही छैन, र तँ परमेश्‍वरको पक्षमा खडा भएको छैनस्—तैँले परमेश्‍वरको हृदय तोडेको छस्। मानिसहरूले सत्यता पछ्याउनु र बुझ्नुको उद्देश्य तिनीहरू दियाबलसहरूबाट अलग बस्नु, दियाबलसहरूलाई इन्कार गर्नु, र परमेश्‍वरप्रतिको साँचो समर्पणता हासिल गर्न सक्नु, परमेश्‍वरको पक्षमा खडा हुनु, र परमेश्‍वरको आज्ञा पूरा गर्नु हो। दियाबलसहरूको कुरा आउँदा, जब यस्तो व्यक्ति पत्ता लाग्छ, तब त्यसलाई निकालिहाल्, र जब दुई जना व्यक्ति पत्ता लाग्छन्, ती दुईलाई नै निकालिहाल्, ताकि मण्डली चोखो रहोस्। यसरी, शैतान र दियाबलसहरू पूर्ण रूपमा लज्जित हुनेछन् र तिनीहरूले उप्रान्त मण्डलीको काममा बाधा दिन सक्नेछैनन्। तिनीहरूले अधार्मिक संसारमा कसरी बाधा दिन्छन् भन्‍ने कुरा हाम्रो सरोकारको विषय होइन; तिनीहरूले के-कस्ता अवैध कार्यहरू गर्छन्, के-कस्ता खराब कामहरू गर्छन्, र तिनीहरू अधार्मिक संसारमा कोसँग लड्छन् भन्‍ने कुरासँग हाम्रो कुनै सरोकार छैन। हामी न त यसमा हस्तक्षेप गर्छौँ न त यसबारे सोधपुछ नै गर्छौँ, र हामीलाई यसबारे वास्ता पनि छैन। तर एउटा मात्रै कुरा छ: तिनीहरूले परमेश्‍वरको घरमा यस्ता बाधाहरू दिनु स्वीकार्य हुँदैन, र तिनीहरूलाई सम्हाल्नैपर्छ, रोक्नैपर्छ, र निकाल्नैपर्छ। पहिलो कुरा, अगुवा र कामदारहरूले यो काम गर्नमा अगुवाइ लिनुपर्छ; तिनीहरूले यसलाई आफ्नो पन्छिन नसकिने जिम्मेवारीका रूपमा लिनुपर्छ। दोस्रो कुरा, सबै सुपरिवेक्षकहरू, टोली अगुवाहरू, र साधारण दाजुभाइ-दिदीबहिनीहरूमा यो कद हुनुपर्छ र यो गवाही पनि हुनुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “के परमेश्‍वरको घरले कुनै प्रकारको अभियान सुरु गरिरहेको छ? के यो मानिसहरूलाई सास्ती दिनु हो?” यो मानिसहरूलाई सास्ती दिनु होइन; यो त दियाबलसहरूलाई सास्ती दिनु हो। गर्नुपर्ने काम भनेकै दियाबलसहरूलाई सास्ती दिनु हो; हामी मानिसहरूलाई सास्ती दिँदैनौँ। दाजुभाइ-दिदीबहिनीहरूमा भ्रष्टताका प्रकटीकरणहरू हुन्छन्, तर तिनीहरू सामान्य मानिसहरू हुन्, र तिनीहरूमा विवेक र समझ हुन्छ, साथै तिनीहरूका कार्य र आत्मआचरणमा न्यूनतम मानकहरू हुन्छन्। तिनीहरूको सत्यताको पछ्याइ र जीवन प्रवेश केही हदसम्म कमजोर भए पनि, र तिनीहरू कदमा साना भए पनि र तिनीहरूमा धेरै सत्यता वास्तविकता नभए पनि, हामी तिनीहरूप्रति सहनशील र धैर्यवान् हुनुपर्छ, हामीले तिनीहरूसँग सही तरिकाले व्यवहार गर्नुपर्छ, र तिनीहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्छ। तर दियाबलसहरूसँग कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्त फरक छ। यदि तिनीहरू सेवा प्रदान गर्न इच्छुक छन् भने, हामीले तिनीहरूलाई सेवा प्रदान गर्नका लागि प्रयोग गर्न सक्छौँ। यदि तिनीहरू सेवा प्रदान गर्न इच्छुक छैनन् भने, हामीले तिनीहरूलाई निकालेर सम्हाल्नुपर्छ; हामी तिनीहरूप्रति पटक्कै नरम हुनु हुँदैन! दियाबलसहरूलाई गरिने व्यवहारको सिद्धान्त यही हो। जब दाजुभाइ-दिदीबहिनीहरूमा कमजोरीहरू वा भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन्छन्, तब तिनीहरूलाई क्षमा गर्न र माफी दिन सकिन्छ, र सहनशीलता र समझदारीसाथ व्यवहार गर्न सकिन्छ। तर दियाबलसहरू त दाजुभाइ-दिदीबहिनीहरू होइनन्। यदि तिनीहरूले केही नकारात्मक वा गैरजिम्मेवार कुराहरू मात्रै भन्छन्, तर तिनीहरूले मानिसहरूलाई भ्रमित पार्न विधर्म वा भ्रामक कुराहरू फैलाइरहेका छैनन्, र तिनीहरूले कुनै अवरोध वा बाधा दिएका छैनन् भने, तिनीहरूलाई छोड्न सकिन्छ, र तिनीहरूलाई देखे पनि नदेखेझैँ गर्न सकिन्छ। यदि तैँले तिनीहरूले केही समस्याहरू खडा गर्न लागेको र दुष्टता गर्न लागेको देखिस्, र यो एक निश्‍चित स्तरमा पुग्दैछ भने, तिनीहरूलाई खुलासा गर्नैपर्छ र प्रतिबन्धित गर्नैपर्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गर्न सकिँदैन भने, तिनीहरूलाई सीधै निकाल्दे। दियाबलसहरूले मण्डली त गडबडी गर्न सजिलो ठाउँ हो भन्‍ने सोच्छन्; तिनीहरू समाजमा जस्तै, मण्डलीमा पनि जोकोहीले हलचल मच्चाउन सक्छ भन्‍ने सोच्छन्। तिनीहरूले यसरी सोच्नु गलत हो। मण्डली परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने ठाउँ हो, दियाबलसहरूले हलचल मच्चाउने ठाउँ होइन, न त यो दियाबलसहरू आफ्नै उद्यमहरूमा संलग्न हुने वा आफ्नै सपनाहरू साकार पार्ने ठाउँ हो, न त यो दियाबलसहरूले आफ्ना महत्त्वाकाङ्क्षाहरू र चाहनाहरू पूरा गर्ने ठाउँ नै हो। दियाबलसहरूले आफूलाई उजागर गरेपछि र तिनीहरूले आफ्नै उद्यमहरू सञ्चालन गर्न लागेपछि, आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्न लागेपछि, र मण्डलीको काममा बाधा दिन र अन्तर्ध्वंस गर्न लागेपछि—तिनीहरूको वास्तविक रूप प्रकट भएपछि—त्यसबेला तैँले के गर्नुपर्छ? सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ; दाजुभाइ-दिदीबहिनीहरू खडा हुनैपर्छ र यी दियाबलसहरूविरुद्ध लड्नैपर्छ, र तिनीहरूले पटक्कै कृपा देखाउनु हुँदैन वा तिनीहरू नरम हुनै हुँदैन। यदि तँ सधैँ दियाबलसहरूप्रति नरम हुन्छस् भने, तँ आफैप्रति क्रूर भइरहेको हुन्छस्। तिनीहरूले सधैँ मण्डलीमा मानिसहरूलाई भ्रमित पारिरहेका र बाधा दिइरहेका हुन्छन्, र मण्डलीको काममा अन्तर्ध्वंस गरिरहेका हुन्छन्। यस्तो परिस्थितिमा तैँले धेरै वर्षको विश्‍वासबाट प्राप्त गरेको परमेश्‍वरप्रतिको आस्था र ज्ञान यी दियाबलसहरूको र बाधाका कारण केही दिनमै समाप्त हुनेछ। त्यसकारण, यदि तँ सत्यता प्राप्त गर्न चाहन्छस् भने, तैँले सक्रिय रूपमा खडा भएर दियाबलसहरूसँग लड्नैपर्छ र सङ्घर्ष गर्नैपर्छ। जब तैँले तिनीहरूको वास्तविक रूप पूर्ण रूपमा प्रकट भएको र तिनीहरूको घिनलाग्दो अनुहार प्रकाश भएको देख्छस्, तब तैँले तिनीहरूलाई खुलासा गर्नुपर्छ र तिनीहरूको सारलाई चित्रण गर्नुपर्छ, र त्यसपछि तिनीहरूलाई पखालेर धपाउनुपर्छ। के परमेश्‍वरका चुनिएका मानिसहरूले गर्नुपर्ने र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही होइन र? (हो।) विजेताहरूमा हुनुपर्ने गवाही ठ्याक्कै यही हो। सबैले यो कुरा बुझ्नुपर्छ र कहिल्यै बिर्सनु हुँदैन। शैतानहरू र दियाबलसहरूदेखि नडराउनुको अर्थ तिनीहरूबाट औपचारिकताका रूपमा अलग हुनु होइन, बरु यसको अर्थ सही र गलतका प्रमुख मुद्दाहरूको सामना गर्दा, सिद्धान्तका मामिलाहरूको सामना गर्दा, आफ्नो मार्ग छनौट गर्ने मामिलामा, र परमेश्‍वरको घरको हित संलग्न मामिलाहरूमा दियाबलसहरूविरुद्ध लड्न खडा हुनु, तिनीहरूका दुष्ट कार्यहरूलाई रोक्नु, परमेश्‍वरको घरको हितको रक्षा गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्नका लागि सामान्य वातावरणको सुरक्षा गर्नु हो। यो परमेश्‍वरका हरेक चुनिएका मानिसहरूको दायित्व हो।

के हामीले दियाबलसको सार भएकाहरूका यी दुई वटा प्रकटीकरणहरू—बानीले नै झूट बोल्‍नु र अनाचार—सम्बन्धी हाम्रो सङ्गति मोटामोटी रूपमा पूरा गरेका छैनौँ र? यस प्रकारको व्यक्तिप्रति मानिसहरूले राख्नुपर्ने दृष्टिकोण र अडान स्पष्ट छ, र मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पनि स्पष्ट छन्। त्यसोभए, यसपछितिमीहरूले कुन समस्याको सामना गर्छौ? त्यो समस्या भनेको हामीले कसरी सङ्गति गरेका प्रकटीकरण र प्रकाशहरूलाई लिने र तिनलाई यी मानिसहरूसँग तुलना गरेर हेर्ने, त्यसपछि तिनीहरूलाई खुट्ट्याउने, र यस प्रकारका व्यक्तिहरूको सारलाई छर्लङ्गै देख्ने भन्ने हो। तिमीहरूमा खुट्ट्याउने क्षमता भएपछि, तिमीहरूको हृदयमा विभिन्न प्रकारका मानिसहरूका गुणहरू वास्तवमा के हुन् भन्‍ने कुरा स्पष्ट हुनेछ, मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारेका तिमीहरूका सिद्धान्तहरू अझ सही हुनेछन्, र तिमीहरूले मूर्ख वा बेवकुफ कामहरू गर्नेछैनौ, वा तिमीहरूले त्यस्ता कामहरू त्यति धेरै गर्नेछैनौ। आजका लागि हाम्रो सङ्गति यति नै हो। अलबिदा।

जनवरी २७, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (१२)

अर्को: सत्यता कसरी पछ्याउने (१४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्