सत्यता कसरी पछ्याउने (१०)
हालै, हामीले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावका समस्याहरूसँग सम्बन्धित केही सङ्गतिहरू गरेका छौँ; मुख्य रूपमा, हामीले यी तीन वटा पक्षहरूका केही प्रकटीकरणहरूका बारेमा विस्तृत रूपमा र निर्दिष्ट रूपमा सङ्गति गरेका छौँ। यस्तो विस्तृत सङ्गतिद्वारा, के तिमीहरूले यी प्रकटीकरणहरूको विशिष्ट वर्गीकरणबारे केही बुझाइ प्राप्त गरेका छौ? (छौँ।) यी तीन वटा पक्षका निर्दिष्ट प्रकटीकरणहरूका बारेमा बुझाइ प्राप्त गरेपछि, के मानिसहरूले किन आफ्ना भ्रष्ट स्वभावहरू फाल्नुपर्छ वा मानिसहरूले आफूमा रहेका के-कस्ता कुराहरू परिवर्तन गर्नुपर्छ र फाल्नुपर्छ भन्ने कुरा अब तिमीहरूलाई स्पष्ट भएको छ? कुन-कुन पक्षहरूलाई परिवर्तन गर्नुपर्ने हुन्छ, कुन-कुन पक्षहरूलाई परिवर्तन गर्नु पर्दैन, कुन-कुन पक्षहरूलाई सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नुपर्छ, र कुन-कुन जन्मजात अवस्थाहरू परमेश्वरले पूर्वनिर्धारित र प्रबन्ध गर्नुभएको हुन्छ, ती भ्रष्ट स्वभावहरूसँग सम्बन्धित हुँदैनन् र जसमा मानिसहरूले मेहनत लगाउनु वा कुनै परिवर्तन गर्नु पर्दैन—के यी मामलाहरू अहिले स्पष्ट भएका छन्? (हामी ती कुराबारे पहिले भन्दा अलिक स्पष्ट भएका छौँ जस्तो लाग्छ।) स्पष्टता प्राप्त गरेपछि, के तिमीहरूले मानिसहरूलाई शुद्ध गर्ने, तिनीहरूका स्वभाव रूपान्तरण गर्ने, र तिनीहरूलाई शैतानको प्रभावबाट मुक्ति दिने परमेश्वरको कामको महत्त्वलाई बुझ्यौ? के अब मानिसहरूमा सत्यता प्रदान गर्न र विभिन्न समस्याहरू खुलासा गर्नका लागि परमेश्वरले काम र बोली कुन कुराप्रति लक्षित छ भन्ने कुरा स्पष्ट भएको छ? के परमेश्वरले मानिसहरूमा रहेका सबै समस्याहरूलाई खुलासा गर्ने कार्य तिनीहरूका जन्मजात अवस्थाहरूमा लक्षित हुन्छ? (हुँदैन।) के यो मानवतामा रहेका मानिसहरूका प्राकृतिक खराबीहरूप्रति लक्षित हुन्छ? (हुँदैन।) त्यसोभए यो केमा लक्षित हुन्छ? (मुख्य रूपमा मानिसहरूका भ्रष्ट स्वभावप्रति।) यो मुख्य रूपमा मानिसहरूले आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने सिद्धान्तहरू, परमेश्वर, सत्यता, सकारात्मक कुराहरू, र अरू त्यस्ता मामलाहरूप्रतिको तिनीहरूको दृष्टिकोण र मनोवृत्तिमा लक्षित हुन्छ। भ्रष्ट स्वभावहरू के हुन्? भ्रष्ट स्वभावहरू शैतानको प्रकृतिबाट उत्पन्न हुन्छन् र ती शैतानको प्रकृतिबाट प्रकाश हुन्छन्। यी सबै कुराहरू सत्यता सिद्धान्तहरू विपरीत जान्छन्, ती भ्रमपूर्ण हुन्छन्, र परमेश्वरको प्रतिरोध गर्ने कार्य र प्रकटीकरणहरू हुन्। यी कुराहरू परमेश्वरको प्रतिरोध गर्ने प्राथमिक कुराहरू हुन् र मानिसहरू सत्यताविरुद्ध जान, सत्यतालाई विश्वासघात गर्न, परमेश्वरका अभिप्रायहरूका विरुद्धमा जान, र परमेश्वरका मागहरूका विरुद्धमा जान सक्नुका जड कारणहरू यिनै हुन्। अर्कोतर्फ, जन्मजात अवस्थाहरू मानिसहरूले जन्मँदा नै लिएर आउने केही आधारभूत, केही अन्तर्निहित कुराहरू मात्रै हुन्; तर मानवजाति अस्तित्वका लागि अहिले भर पर्ने जीवन त भ्रष्ट स्वभावहरू नै हो। त्यसकारण, परमेश्वरको कामले परिवर्तन गर्ने उद्देश्य राख्ने भनेको मानिसहरूका भ्रष्ट स्वभाव हुन्। भ्रष्ट स्वभावहरूले परमेश्वरलाई प्रतिरोध गर्ने हुनाले र ती शैतानका कुराहरू भएका हुनाले, र तिनलाई सबै नकारात्मक कुराहरूका समग्र प्रकटीकरणहरू भन्न सकिने हुनाले—मानिसहरूमा प्रकट हुने विभिन्न भ्रष्ट स्वभावहरू, वा भ्रष्ट स्वभावहरूसँग सम्बन्धित विभिन्न स्थितिहरू र विस्तृत प्रकाश र प्रकटीकरणहरू सबै नकारात्मक कुराहरूसँग सम्बन्धित हुन्छन्—मानिसहरूले परमेश्वरलाई प्रतिरोध गर्नुको मूल कारण भनेको, तसर्थ, तिनीहरूका जन्मजात अवस्था वा तिनीहरूको मानवतामा रहेका निश्चित खराबीहरू होइनन्, तर भ्रष्ट स्वभावहरूलाई बाँच्ने जगका रूपमा लिने जीवन हो। यो जीवन ठ्याक्कै शैतानबाट नै उत्पन्न हुन्छ। त्यसकारण, अन्ततः रूपान्तरण गरिनुपर्ने कुरा भनेको मानिसहरूका भ्रष्ट स्वभाव हुन्, र फाल्नुपर्ने कुरा भनेको मानिसहरूका भ्रष्ट स्वभाव नै हुन्। अवश्य नै, मानिसहरूका भ्रष्ट स्वभाव परिवर्तन भएपछि मात्रै तिनीहरूले परमेश्वरको प्रतिरोध गर्न छोड्न सक्छन् भनेर पनि भन्न सकिन्छ। अर्को शब्दमा भन्दा, मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव फालेपछि मात्रै तिनीहरूले मुक्ति पाएका छन् भन्ने हुन्छ, र मानिसहरूले मुक्ति पाएपछि मात्रै तिनीहरूले परमेश्वरको प्रतिरोध गर्न छोड्न र तिनीहरू परमेश्वरमा पूर्ण रूपमा समर्पित हुन सक्छन्। त्यसकारण, मानिसहरूलाई मुक्ति दिने परमेश्वरको कामको साँचो अर्थ भनेको तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभाव फाल्न सक्षम तुल्याउनु हो। परमेश्वरले मानिसहरूलाई सत्यता पछ्याउनु भनेको परमेश्वरका वचनहरू अनुसार र सत्यतालाई आफ्नो मापदण्डका रूपमा लिएर मानिसहरू र कामकुराहरूलाई हेर्नु, र आफूलाई आचरणमा ढाल्नु र व्यवहार गर्नु हो भनेर भन्नुको साँचो अर्थ र त्यसबाट पाउने अभिप्राय राखिएको नतिजा भनेको मानिसहरूलाई आफ्ना भ्रष्ट स्वभाव फाल्न र परमेश्वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा लिएर मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्न र व्यवहार गर्न सक्षम तुल्याउनु हो। बुझ्यौ? (बुझ्यौँ।)
यसअघि हामीले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूसँग सम्बन्धित केही निश्चित प्रकाश र प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका थियौँ। कतिपय प्रकटीकरणहरू जन्मजात अवस्थाहरूसँग सम्बन्धित हुन्छन्, कतिपयचाहिँ मानवताका खराबीहरूसँग सम्बन्धित हुन्छन्, कतिपयचाहिँ दुष्ट चरित्रका प्रकटीकरणहरू हुन्छन्, र कतिपयचाहिँ भ्रष्ट स्वभावका विशिष्ट प्रकटीकरणहरू हुन्छन्। व्यक्तिको मानवताका खराबीहरू र व्यक्तिको मानवताको दुष्ट सार नै मानिसहरूलाई सबैभन्दा सजिलै अलमल्ल पार्ने कुराहरू हुन्। मानवताका खराबीहरू प्रायजसो जन्मजात अवस्थाहरू अन्तर्गत पर्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू बोल्दा भकभकिन्छन्, र कतिपय मानिसहरूको स्वभाव द्रुत वा सुस्त हुन्छ। मानवताका यी खराबीहरू, दुष्ट चरित्रको वर्गमा नपरेसम्म, ती आधारभूत रूपमा जन्मजात अवस्थाहरूको दायराभित्रै पर्छन्। तर, दुष्ट चरित्र जन्मजात अवस्थाहरूसँग सम्बन्धित हुँदैन; यो भ्रष्ट स्वभावको प्रकटीकरण हो र यो जन्मजात अवस्थाहरूमा होइन, भ्रष्ट स्वभावहरू अन्तर्गत पर्नु पर्छ। किनभने, व्यक्तिको चरित्रभित्र, परमेश्वरले उसलाई दुई वटा आधारभूत कुराहरू दिनुभएको हुन्छ: विवेक र समझ। यदि कसैको चरित्र दुष्ट छ भने, यसमा उसको विवेक र समझका समस्याहरू समावेश हुन्छन्। यो निश्चित रूपमा उसका जन्मजात अवस्थासँग सम्बन्धित हुँदैन। यो निश्चय नै भ्रष्ट स्वभावको दायरामा पर्छ; यो निश्चित भ्रष्ट स्वभावको निर्दिष्ट प्रकटीकरण हो। शैतानले कसैलाई भ्रष्ट तुल्याएपछि, उसले आफ्नो विवेक र समझ गुमाउँछ भन्ने कुरा देखाउनका लागि तथ्यहरू पर्याप्त छन्। उसको हृदय शैतानले पूर्ण रूपमा बहकाएको हुन्छ, र उसले शैतानबाट आउने धेरै विचार र दृष्टिकोणहरू, साथै दुष्ट प्रचलनहरूबाट आउने केही भनाइ र रायहरू स्वीकार गर्छ। जब कामकुराहरू यो अवस्थामा पुग्छन्, तब उसको विवेक र समझ पूर्ण रूपमा भ्रष्ट तुल्याइएको र क्षय भएको हुन्छ—यस बेला उसको विवेक र समझ पूर्ण रूपमा गुमेको हुन्छ भनेर भन्न सकिन्छ। उसको चरित्र अत्यन्तै कमजोर र दुष्ट छ भन्ने कुरा प्रदर्शन हुन्छ। अर्थात्, उसले सकारात्मक कुराहरूलाई स्वीकार गर्नुभन्दा पहिले, उसले आफ्नो हृदयमा शैतानबाट आउने धेरै भ्रमपूर्ण कुराहरूलाई स्वीकार गरिसकेको हुन्छ। यी कुराहरूले उसको मानवतालाई गम्भीर रूपमा भ्रष्ट तुल्याएका हुन्छन्, नतिजास्वरूप उसको मानवता अत्यन्तै कमजोर हुन्छ। उदाहरणका लागि, उसले “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने संसारको शैतानी विचार र दृष्टिकोणलाई स्वीकार गरेपछि, उसको विवेक सुध्रिनेछ कि उस्तै रहनेछ, कि यो बिग्रिनेछ? (यो बिग्रिनेछ।) अनि यो बिग्रनुका निर्दिष्ट प्रकटीकरणहरू के-के हुन्? (उसले आफूले गर्ने सबै कुरामा आफ्नै हितहरूका बारेमा मात्रै ख्याल गर्छ।) आफ्नै उद्देश्य र हितहरूका खातिर, ऊ कुनै पनि कुरा गर्न हिचकिचाउँदैन। उसले अरूलाई धोका दिन र हानि गर्न र नैतिकता र विवेकविरुद्ध जाने कुनै पनि कुरा गर्न सक्छ। उसले जति धेरै यसो गर्छ, उसका कार्य त्यति नै निर्दयी बन्छन्, उसको हृदय त्यति नै अन्धकारमय बन्छ, ऊसँग विवेकको बोध त्यति नै कम हुन्छ, र उसले त्यति नै कम मानवता कायम राख्छ। आफ्नै हितहरूका लागि, उसले जोसुकैलाई धोका दिनेछ र छल गर्नेछ, आफूले चिनेका र नचिनेका मानिसहरूलाई उसै गरी धोका दिनेछ—उसले आफ्ना सहकर्मी, परिवारका सदस्यहरू, र आफ्नो वरिपरिका सबैभन्दा नजिकका मानिसहरूलाई समेत धोका दिनेछ, जसले गर्दा उसलाई सबैभन्दा बढी भरोसा गर्ने मानिसहरूलाई हानि हुनेछ। सुरुमा, जब उसले यी कुराहरू गर्छ, तब उसले आफ्नो विवेकमा केही भित्री द्वन्द्व र थोरै भावना अनुभव गर्छ। पछि, उसले कार्य कसरी गर्ने भनेर सोच्न थाल्छ, सुरुमा अपरिचित मानिसहरूबाट सुरु गर्छ, र अन्तमा आफ्ना आफन्तहरूलाई समेत कुनै कृपा देखाउँदैन। हेर् त, उसको मानवता बिस्तारै भ्रष्ट भइरहेको हुन्छ, त्यसले शैतानका विचार र दृष्टिकोणहरूले बिस्तारै क्षय भोगिरहेको हुन्छ, जस्तै “आफ्ना हितहरू सबैभन्दा माथि हुन्छन्” र “ अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”। यो बिस्तारै क्षय हुने प्रक्रिया भनेको उसको विवेकले बिस्तारै सचेतना गुमाउने र काम गर्न छोड्ने प्रक्रिया हो, र यो अन्ततः पूर्ण रूपमा गुम्ने अवस्थामा पुग्छ। अन्त्यमा, उसका व्यवहारमा कुनै नैतिक सीमा वा विवेकको बोध हुँदैन, र उसले जोसुकैलाई छल गर्न सक्छन्। उसले जोसुकैलाई छल गर्न सक्नुको कारण के हो? यसको मूल कारण के हो? किनभने उसले शैतानका विचार र दृष्टिकोणहरूलाई स्वीकार गरेको हुन्छ, र उसले शैतानका विचार र दृष्टिकोणहरूका प्रभुत्व अन्तर्गत रहेर काम गर्छ। अन्ततः, उसको मानवताका विवेक र समझले उप्रान्त काम गर्दैन; अर्थात्, मानवतामा हुनुपर्ने आधारभूत कुराहरूले पूर्ण रूपमा काम गर्न छोड्छन्, र तिनलाई शैतानका दुष्ट विचारहरूले पूर्ण रूपमा क्षय गर्छन् र नियन्त्रण गर्छन्। क्षय र नियन्त्रणको प्रक्रिया भनेको उसले यी विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्ने प्रक्रिया हो, र अवश्य नै, यो ती भ्रष्ट हुने प्रक्रिया पनि हो। उसको मानवताको विवेक र समझ भ्रष्ट हुँदै गर्दा, अन्ततः उसमा प्रदर्शन हुने कुरा के हो भने उसको मानवता अत्यन्तै कमजोर बन्छ, र अझै गम्भीर अवस्थामा, उसले आफ्नो मानवता गुमाउँछ। यी सामान्य भ्रष्ट मानिसहरूको मानवताका केही प्रकटीकरणहरू हुन्।
कतिपय विशेष मामलाहरू पनि हुन्छन्, जहाँ कतिपय मानिसहरू मानव रूपमा समेत जमेका हुँदैनन्, त्यसकारण तिनीहरूसँग विवेक र समझ छ भनेर भन्न सकिँदैन। यसलाई अमूर्त रूपमा भन्दा, तिनीहरू मानिसहरूबाट पुनर्जन्म लिएकाहरू होइनन्। पुनर्जन्म, पुनः जन्म, र देह स्थानान्तरको मामला मानिसहरूका लागि अमूर्त र अदृश्य भए पनि, मानिसहरूले यसलाई सजिलै बुझ्न सक्नुपर्छ; यो मानिसहरूले पत्ता लगाउन र बुझ्न सक्ने कुरा हो। त्यस्ता मानिसहरूले मानवबाट पुनर्जन्म लिएका हुँदैनन्, त्यसोभए तिनीहरूले केबाट पुनर्जन्म लिएका हुन्छन् त? कतिपय मानिसहरूले पशुहरूबाट पुनर्जन्म लिएका र देह स्थानान्तर गरेका हुन्छन्, र कतिपय मानिसहरूले दियाबलसहरूबाट पुनर्जन्म लिएका हुन्छन्; तिनीहरू मानवताविना जन्मिन्छन्। मानवताविनाका मानिसहरू विवेक वा समझविना जन्मिन्छन्; यो पूर्ण रूपमा भ्रष्टताले पैदा गरेको हुँदैन। तिनीहरू अन्तर्निहित रूपमा नै जीवित शैतान र जीवित दियाबलसहरू हुन्। तिनीहरूले दियाबलसहरूबाट पुनर्जन्म लिएका हुन्छन्। उदाहरणका लागि, ख्रीष्ट-विरोधीहरू दुष्ट मानिसहरू हुन्; तिनीहरूले दुष्ट मानिसहरूबाट पुनर्जन्म लिएका हुन्छन्। पछि जीवनमा, तिनीहरूले शैतानका अझै धेरै विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्छन्। तिनीहरूसँग मौलिक रूपमा भएको कुरा, पछि हासिल गरिने कुरासँग जोडिँदा, यसले तिनीहरूलाई झन्-झन् खराब तुल्याउँछ। त्यस्ता मानिसहरू सकारात्मक कुराहरूलाई प्रेम नगरी जन्मिन्छन्; तिनीहरू अन्तर्निहित रूपमा सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन्, र सकारात्मक कुराहरूलाई गम्भीर रूपमा प्रतिरोध र घृणा गर्छन्। त्यसकारण, त्यस्ता मानिसहरूमा हुने मानवताको प्रकटीकरण के हो भने तिनीहरूसँग अलिकति पनि विवेक वा समझ हुँदैन। तिनीहरूमा मानवताको कुनै पनि असल गुण वा सबल पक्षहरू देख्न पूर्ण रूपमा असम्भव हुन्छ। अवश्य नै, यो असल गुणले निश्चय नै गायनमा सिपालु हुनु, आफ्ना दृष्टिकोण व्यक्त गर्नमा सिपालु हुनु, वा निश्चित प्राविधिक सीप वा पेसामा सिपालु हुनुलाई जनाउँदैन। उल्लेख गरिएका असल गुणहरू यी होइनन्। बरु, यसले मानवताका असल गुणहरूलाई जनाउँछ, जस्तै दयालु र असल प्रकृतिको हुनु, अरूलाई बुझ्नु, वा सहानुभूति देखाउनु। मानवताको विवेक र समझको दायराभित्र हुने यी विशिष्ट प्रकटीकरणहरू तिनीहरूमा पटक्कै हुँदैनन्। त्यसोभए त्यस्ता मानिसहरूको मानवताका मुख्य विशेषताहरू के-के हुन्? अनाचार र दुष्टता। मुख्य दुई विशेषताहरू यिनै हुन्। तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्; जब तिनीहरू सकारात्मक कुराहरूबारे सुन्छन्, तब तिनीहरू ती सही छन् भनेर मान्न त सक्छन् तर तिनलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूको हृदयमा हुने सबै कुरा र तिनीहरूले प्रकाश गर्ने सबै कुरा अनाचार र दुष्टतासँग सम्बन्धित हुन्छ। अन्तर्निहित मानवताको सार दुष्ट हुने मानिसहरूको मुख्य विशेषतामध्ये एउटा यही हो। त्यस्ता मानिसहरू दियाबलसहरू र शैतानहरूबाट पुनर्जन्म लिएका र देह स्थानान्तरण गरेका हुन्छन्। पछि जीवनमा कृत्रिम रूपमा मगज परिवर्तन नगरी, शिक्षा नदिई, प्रभाव नपारी, वा मानसिकता नबसाई पनि, तिनीहरू पहिले नै अत्यन्तै दुष्ट हुन्छन्। तिनीहरू अन्तर्निहित रूपमा नै यस्ता खालका प्राणीहरू हुन्। तिनीहरूका विचार र दृष्टिकोणमा अन्तर्निहित रूपमा नै शैतानका धेरै सारगत कुराहरू हुन्छन्। त्यसमाथि, तिनीहरूले जन्म लिएपछि शैतानका दुष्ट प्रचलनहरूबाट अझै भ्रमपूर्ण विचार र दृष्टिकोणहरू स्वीकार गर्छन्। त्यसकारण, त्यस्ता मानिसहरूको प्रकृति सारका आगोमा इन्धन थपिन्छ, यो अझै दुष्ट र खराब बन्छ, अर्थात्, यसमा कल्पना गर्न सकिने हरेक विषालु गुण हुन्छ र यो अझै गम्भीर बन्छ भनेर भन्न सकिन्छ। पशुबाट पुनर्जन्म लिएका मानिसहरू र दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका दुई वटा विशेष मामलाहरू यिनै हुन्। सामान्य परिस्थिति के हुन्छ भने व्यक्तिले मानवतामा जेसुकै खराबी लिएर जन्म लिए पनि, उसले दुष्ट चरित्रका केही प्रकटीकरणहरू प्रदर्शन गरेसम्म, यो भ्रष्ट स्वभावको दायरामा पर्छ। यदि ऊ सत्यता स्वीकार गर्न, सत्यता अभ्यास गर्न, र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ भने, अन्ततः उसका सबै भ्रष्ट स्वभाव फाल्न सकिन्छ। जब उसका भ्रष्ट स्वभाव फालिन्छन्, तब उसको चरित्रका दुष्ट पक्षहरू पनि त्यसै अनुरूप परिवर्तन हुनेछन्। त्यस्ता मानिसहरू मुक्ति दिइन सक्ने मानिसहरू हुन्; तिनीहरू सामान्य भ्रष्ट मानिसहरू हुन्। तैँले खराब चरित्रका केही प्रकटीकरणहरू प्रदर्शन गरे पनि, वा तँमा निष्ठाको कमी भए पनि, वा तेरो मानवताका केही प्रकटीकरणहरू सत्यता अनुरूप नभए पनि र अरूका लागि तिरस्कारयोग्य भए पनि, तेरो विवेक र समझ अझै अस्तित्वमा भएसम्म र तैँले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छस् र आफूलाई कसरी आचरणमा ढाल्छस् र व्यवहार गर्छस् भन्ने कुराका आधारभूत सर्तहरूका रूपमा तिनले काम गर्न सकेसम्म—अर्थात् तेरो विवेक र समझले अझै पनि तैँले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छस् र आफूलाई कसरी आचरणमा ढाल्छस् र व्यवहार प्रस्तुत गर्छस् भन्ने कुरामा प्रभाव पार्न सक्छन्, र तेरो विवेक र समझले अझै पनि तँमा काम गर्न सक्छन् भने—अन्ततः तेरा भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छन्। यदि व्यक्तिको विवेक र समझले उसले गर्ने कुनै पनि कुरालाई नियन्त्रण गर्न वा निर्देशित गर्न सक्दैनन् भने, यस्तो व्यक्ति सत्यता स्वीकार गर्न असमर्थ हुन्छ र यसलाई अभ्यास गर्न झनै असमर्थ हुन्छ भनेर भन्न सकिन्छ। त्यसकारण त्यस्ता मानिसहरूका भ्रष्ट स्वभावलाई फाल्न सहज हुनेछैन। किन यस्तो हुन्छ? किनभने त्यस्ता मानिसहरूको विवेक र समझले पटक्कै काम गर्दैनन्। तिनीहरूसँग उप्रान्त सत्यता स्वीकार गर्ने मौका हुँदैन र तिनीहरूसँग उप्रान्त सत्यता स्वीकार गर्ने आधारभूत सर्तहरू हुँदैनन्। यी मानिसहरूलाई आफ्ना भ्रष्ट स्वभाव फाल्न निकै गाह्रो हुन्छ। त्यसकारण, तेरो मानवतामा जेसुकै समस्याहरू भए पनि, जब तैँले मानवता वा सत्यताविरुद्ध जाने तरिकामा काम गर्न लागेको हुन्छस्, तब तैँले तेरो विवेकमा कुनै कुरा महसुस गर्छस् कि गर्दैनस् वा हृदयमा पीडा वा हप्की महसुस गर्छस् कि गर्दैनस्, र यो मामला गर्नुपर्छ कि गर्नुहुँदैन भनेर मापन गर्नका लागि तेरो हृदयमा सीमा वा मानक छ कि छैन, यो मामला नैतिकता वा विवेकविरुद्ध जान्छ कि जान्दैन, र अझै गहन रूपमा, यसले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छ कि गर्दैन भन्ने कुरा हेर्न आफैलाई जाँच्। यदि तँसँग विवेकको बोध छ, यो मामला मानवता र सत्यताविरुद्ध जान्छ भन्ने कुरा मापन गर्न सक्छस्, र तेरो विवेक र समझले काम गर्दा, आफूलाई रोक्न र आफ्ना व्यवहारहरूलाई नियन्त्रण गर्न सक्छस् भने, तँसँग सत्यता स्वीकार गर्न र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सक्ने अवसर वा सम्भावना हुन्छ। तर यदि, कुनै कुरा गर्दा, तैँले आफ्नो विवेकमा केही महसुस गर्दैनस्, यस मामलाको मानक के हो वा तैँले त्यो गर्नुपर्छ कि गर्नु पर्दैन भनेर मापन गर्न सक्दैनस्, र तँलाई यो काम गर्नु मानवता, नैतिक इन्साफ, वा सत्यता सिद्धान्तहरू अनुरूप छ कि छैन भन्ने थाहा छैन भने—र, त्यसका साथै, यो काम गर्दा यो विवेक, मानवता, वा सत्यता सिद्धान्तहरू विपरीत जान्छ, तर तेरो विवेकले तँलाई यो गलत र नकारात्मक कुरा गर्नबाट रोक्ने काम गर्न सक्दैन भने—तँ जस्तो मानिसहरूसँग मूलतः सत्यता स्वीकार गर्ने कुनै अवसर हुँदैन। यसपछि के हुन्छ भने तँसँग आफ्ना भ्रष्ट स्वभाव फाल्ने कुनै अवसर हुँदैन।
मानिसहरूले भ्रष्ट स्वभावहरू फाल्न सक्छन् कि सक्दैनन् भन्ने कुरा तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ—यो निकै स्पष्ट कुरा हो। अनि मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा तिनीहरूसँग विवेकको बोध छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। त्यसोभए कुनै व्यक्तिमा विवेकको बोध छ कि छैन भनेर कसरी खुट्ट्याउन सकिन्छ? कामकुरा गर्दा, तिनीहरूमा मानवतामा हुनुपर्ने सबैभन्दा आधारभूत विवेक हुन्छ कि हुँदैन, र तिनीहरूले कुनै काम गर्दा वा कुनै कुरा भन्दा, तिनीहरूको विवेकले काम गर्छ कि गर्दैन भनेर हेर्नुपर्छ। उदाहरणका लागि, जब तँ कसैलाई बदनाम गर्न आफ्नो विवेक र तथ्यहरूको विरुद्धमा जाने कुनै कुरा भन्न चाहन्छस्, वा जब तँ झूट बोल्न चाहन्छस्, तब तेरो विवेकले तँलाई हप्काउँछ: “मैले यसो भन्नु हुँदैन। यसो भन्नु झूट बोल्नु र छल गर्नु हो, जसको अर्थ म इमानदार व्यक्ति होइनँ। परमेश्वरले छानबिन गरिरहनुभएको छ, र मेरो आफ्नै विवेकले मलाई यसो गर्न दिनेछैन। यसो भन्नु उचित हुँदैन।” यी विचारहरू आउनुको अर्थ तेरो विवेकले काम गरिरहेको छ। जब तेरो विवेकले काम गरिरहेको हुन्छ, तब तैँले बोल्ने शब्दहरूमा अझै पनि मानव अभिप्रायका केही दूषण वा तत्त्वहरू समावेश हुन सक्छन् र ती १००% सही नहुन सक्छन्। तर, तेरो विवेकको प्रभावमा, तैँले बोल्ने शब्दहरू पहिले नै तुलनात्मक रूपमा उचित हुन्छन्। यदि तँ सत्यता अभ्यास गर्न र सिद्धान्तहरूका आधारमा बोल्न अझै बढी सक्छस् भने, तैँले भन्ने शब्दहरू पूर्ण रूपमा उचित हुनेछन्, र तँ इमानदार व्यक्ति बन्नेछस्। तर यदि कुनै व्यक्ति विवेकको कामको अधीनमा छैन भने, ऊ इमानदार व्यक्ति बन्न वा इमानदार शब्दहरू बोल्न सक्षम हुन सक्छ भन्ने छैन। उदाहरणका लागि, जब माथिले उसलाई कसैबारे सोध्छन्, तब उसले यस्तो सोच्न सक्छ, “त्यो व्यक्ति वास्तवमा खराब छैन। उसको क्षमता असल छ, र उसको मानवता पनि निकै असल छ। के माथिले उसलाई बढुवा दिनका लागि उसको बारेमा सोधिरहेका हुन्? यदि उसलाई बढुवा दिइयो भने, यसको अर्थ मैले बढुवा पाउनेछैन। मैले सत्य बोल्न मिल्दैन; म ऊ औसत छ भनेर मात्रै भन्नेछु”—उसले आफूलाई फाइदा हुने तरिकाले कसरी बोल्ने भनेर सोच्न थाल्छन्। जब उसले यसरी सोच्छ, तब के उसको विवेकले काम गरिरहेको हुन्छ? ऊसँग कुनै विवेक हुँदैन, र ऊ विवेकको कामका अधीनमा हुँदैन। विवेकविनाका मानिसहरूमा कुनै मानवता हुँदैन। तिनीहरूले मनपरी बोल्छन् र झूट बोल्न चाहेको बेला झूट बोल्छन्। झूट बोल्दा किन तिनीहरूलाई नराम्रो महसुस हुँदैन? किनभने तिनीहरू विवेकको कामका अधीनमा हुँदैनन्। त्यसकारण, तिनीहरूको हृदयमा विवेक र समझको कुनै रोकटोक हुँदैन, न त कुनै प्रतिबन्धात्मक शक्ति नै हुन्छ। अन्ततः, तिनीहरूले झूट बोल्न र आफ्नै इच्छा अनुसार झूट बोल्ने आफ्नो व्यक्तिगत कामना पूरा गर्न सक्छन्। अन्त्यमा, त्यस्ता मानिसहरूले प्रकट गर्ने सार के हो? यो विवेकको प्रतिबन्धात्मक शक्तिविना कामकुरा गर्नु हो, जसको अर्थ तिनीहरू विवेकको कामको अधीनमा हुँदैनन्। विवेकको कामको अधीनमा नहुने मानिसहरूले हृदयमा दोष वा असहजता महसुस नगरी गल्ती गर्छन् र दुष्कर्म गर्छन्। त्यसकारण, तिनीहरू सबै कुरा आफ्नै हितहरूलाई मापदण्डका रूपमा प्रयोग गरेर गर्छन्। त्यस्ता मानिसहरूमा कुनै प्रतिबन्धात्मक शक्ति हुँदैन र तिनीहरू विवेकको कामको अधीनमा हुँदैनन्, त्यसोभए के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्। तँसँग कस्तो मानवता छ भनेर मापन गर्नका लागि, तैँले मुख्य रूपमा तेरा बोलीवचन र कार्यहरू विवेक र समझद्वारा निर्देशित छन् कि छैनन्, र तँ सत्यता अभ्यास गर्न, भ्रष्ट स्वभावहरू फाल्न, र मुक्ति हासिल गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा हेर्नुपर्छ। यदि तेरो विवेक र समझले अझै पनि सामान्य रूपमा काम गर्न सक्छन् भने, तँ विवेक र समझ भएको व्यक्ति होस्। यदि तेरा बोलीवचन र कार्यहरूलाई विवेक र समझले नियन्त्रण गर्दैन, र तैँले कुनै संयमविना पूर्ण रूपमा स्वेच्छाचारी र बेइमानीका साथ काम समेत गर्न सक्छस् भने, तँमा विवेक र समझको कमी मात्रै हुँदैन तर तँमा मानवताको कमी पनि हुन्छ। यदि व्यक्तिको मानवतामा प्रदर्शित हुने सबै कुरा आधारभूत रूपमा दुष्ट चरित्रको दायरामा पर्न सक्छ भने, यो व्यक्तिसँग आधारभूत रूपमा कुनै मानवता हुँदैन। कुनै मानवता नहुनुको चिनारी भनेको विवेक र समझको कमी हुनु, र विवेकको कामविना कामकुरा गर्नु हो। उदाहरणका लागि, यदि तैँले उसलाई विवेक र मानवता अनुसार व्यवहार गर्नुपर्छ भनेर भनिस् भने, उसले यसो सोच्छ: “विवेकको मूल्य कति हुन्छ? के विवेक हुनुले पैसा ल्याउन सक्छ? के विवेक हुनुले मेरो पेट भर्न सक्छ?” तर विवेक भएका मानिसहरूका हकमा भन्दा, यो फरक हुन्छ। यदि तिनीहरूले लोभका कारण कहिलेकहीँ कुनै खराब काम गर्छन्, जसले गर्दा अरूलाई हानि हुन्छ भने, पछि तिनीहरूलाई आत्म-निन्दा र पछुतो हुनेछ, र तिनीहरूले यसो सोच्नेछन्, “मैले मानिसहरूलाई यसो गरेर तिनीहरूलाई साँच्चै अन्याय गरेको छु। के यो दुष्टता गर्नु होइन र? त्यो बेला म कसरी यति भ्रमित हुन सकेँ? मैले किन आफूलाई रोक्न सकिनँ? मैले प्रायश्चित गर्ने उपाय खोज्नुपर्छ।” हेर् त, तिनीहरूले त्यो बेला कसैलाई छल गरे, र तिनीहरूले केही फाइदा प्राप्त गरे पनि, जब तिनीहरूले यो फाइदाबारे विचार गर्छन्, तब तिनीहरूलाई हृदयमा असहज महसुस हुन्छ र तिनीहरूले आफैलाई घृणा गर्छन्, र सोच्छन्, “मैले कसरी यस्तो काम गर्न सकेँ? मैले भविष्यमा फेरि यस्तो कुरा पटक्कै गर्नु हुँदैन। मैले फेरि यसो गर्नुभन्दा त गरिबीमा जिउनु वा भोकै बस्नु नै बेस हुनेथियो। त्यो व्यक्तिले गर्नु हुने कुरा होइन—यसो गरियो भने यसले गर्दा जीवनभरि पछुतो हुनेछ!” एक पटक यस्तो काम गर्नु तिनीहरूका लागि मरेको मुसा निल्नु जस्तै घिनलाग्दो हुन्छ। त्यसकारण तिनीहरू फेरि कहिल्यै त्यसो गर्दैनन्। तिनीहरूलाई हृदयमा पछुतो र व्याकुलता हुन्छ। अर्कोतर्फ, मानवताविनाका मानिसहरू आफ्नो दिमाग खियाउँछन् र अरूलाई छल गर्नमा पूर्ण रूपमा केन्द्रित हुन्छन्, कुनै कसर बाँकी नराखी तिनीहरूलाई पूर्ण रूपमा छल गर्छन्; तिनीहरूको विवेकले तिनीहरूलाई दोष दिँदैन, र तिनीहरूले कुनै कृपा देखाउँदैनन्। तिनीहरू अरूलाई भयानक रूपमा हानि गर्छन् र यस्तो सोच्दै खुसी समेत महसुस गर्छन्, “ठिक्क पर्यो! तिनीहरूलाई मेरो हातमा पर्न कसले भनेको थियो र? यदि मैले तिनीहरूलाई छल गरिनँ भने, मैले अरू कसलाई छल गर्ने र? मेरो फेला पर्नु तिनीहरूको दुर्भाग्य मात्रै हो!” के त्यस्ता मानिसहरूमा कुनै विवेकको बोध हुन्छ? (हुँदैन।) तिनीहरूले अरूलाई जति नै भयानक रूपमा छल गरे पनि वा उनीहरूलाई जुन हदसम्म हानि गरे पनि, तिनीहरूले कहिल्यै माफीको एउटा शब्द पनि बोल्दैनन् र तिनीहरूलाई कुनै ग्लानि वा पछुतो हुँदैन। बरु, तिनीहरूलाई हृदयमा गर्व र सौभाग्य महसुस हुन्छ। तिनीहरूले छलद्वारा प्राप्त गरेको कुराको हरेक पटक आनन्द लिँदा, तिनीहरूलाई व्याकुलता हुँदैन तर यो पूर्ण रूपमा उचित छ भन्ने तिनीहरू विश्वास गर्छन्। तिनीहरू आफू सक्षम, सिपालु, र चलाख भएको, त्यो बेला तिनीहरूले सोचेको र गरेको कुरा सही भएको, र तिनीहरूले आफ्नो छलबाट अझै बढी कुरा प्राप्त गर्नुपर्थ्यो भन्ने सोच्छन्। मलाई भन, के त्यस्ता मानिसहरूमा मानवता हुन्छ? (हुँदैन।) दुष्टता गरेपछि पनि, तिनीहरू अझै पनि यसरी सोच्न र यस्तो व्यवहार प्रदर्शन गर्न सक्छन्। के यस्तो प्रकारको व्यक्तिले मुक्ति पाउन सक्छ भन्ने तँलाई लाग्छ? के यस्तै परिस्थितिहरू सामना गर्दा उसले फेरि छल गर्नेछ? (गर्नेछन्।) ऊ छल गर्नमा झनै सिपालु बन्नेछ, आफूप्रति अझै खुसी हुनेछ, र उसले जति धेरै छल गर्छ उसलाई आफू त्यति नै चलाख भएको महसुस हुनेछ। हरेक छलसँगै, उसको हृदय अँध्यारो बन्दै जान्छ, उसका कार्य अझै निर्दयी हुन्छ, र उसका विधिहरू अझै निर्मम बन्दै जान्छन्। त्यस्ता मानिसहरू मुक्ति पाउन नसक्ने मानिसहरू हुन्। तिनीहरूलाई शैतानले पूर्ण रूपमा कैदी बनाएको छ भनेर भन्न सकिन्छ। तिनीहरू पूर्ण रूपमा दुष्ट मानिसहरू, दियाबलसहरू, र बदमासहरू हुन्। यदि तैँले त्यस्ता मानिसहरूसँग विवेक र मानवताबारे कुरा गरिस् भने, तिनीहरूले तँलाई गिल्ला गर्नेछन् र भन्नेछन्, “तिमी विवेक र मानवता अनुसार काम गर्ने पटमूर्ख हौ—त्यसका लागि तँलाई कसले पैसा दिनेछ? के तिमी गरिब मात्रै बन्न पुग्नेछैनौ र? मैले कति राम्रो गरिरहेको छु हेर त, र तिमीलाई हेर त—बिचरा!” तिनीहरूले तँलाई गिल्ला गर्नेछन् र घृणा गर्नेछन्। त्यस्तो मानवतामा विवेकको पूर्ण कमी हुन्छ—यस्ता मानिसहरूको विवेक पूर्ण रूपमा गुमेको हुन्छ; तिनीहरूलाई दियाबलसहरूले पूर्ण रूपमा नियन्त्रण गरेका हुन्छन्, र तिनीहरू पूर्ण रूपमा जीवित दियाबलसहरू बनेका हुन्छन्। त्यसकारण, त्यस्ता मानिसहरूसँग सत्यताबारे कुरा नगर्—तिनीहरूले त्यसलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूमा सामान्य मानवता समेत हुँदैन, त्यसोभए तिनीहरूले कसरी सत्यता स्वीकार गर्न सक्छन् त? सत्यतालाई स्वीकार गर्न सक्ने मानिसहरूसँग, मानिसहरू र मामलाहरूलाई हेर्ने, र आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने कुरामा, सीमा हुन्छ, विशेष गरी जब त्यसमा तिनीहरूका आफ्नै हितहरूसँग समावेश हुन्छन्। यो सीमा के हो? यो तिनीहरूको विवेकको बन्धन र नियन्त्रणमा बस्नु हो। यदि तिनीहरूलाई तिनीहरूको विवेकले बन्धनमा राख्न र नियन्त्रण गर्न सक्छ भने, त्यस्ता मानिसहरूमा अझै पनि निश्चित हदसम्म मानवता हुन्छ र तिनीहरूको आत्म-आचरणमा सीमा हुन्छ भनेर भन्न सकिन्छ। यसको अर्थ तिनीहरूले निश्चित स्तरको शिष्टताका साथ व्यवहार गर्छन्। अरूसँग सङ्गत गर्दा वा कुनै पनि काम गर्दा, तिनीहरूले सत्यता सिद्धान्तहरू नबुझेमा वा सत्यता अनुसार कसरी काम गर्ने भन्ने तिनीहरूलाई थाहा नभएमा, तिनीहरूले कम्तीमा पनि विवेकका सीमाहरू अवलोकन गर्न सक्छन्। अर्को शब्दमा भन्दा, तिनीहरूको विवेकमा अझै पनि सचेतना हुन्छ र यसले काम गर्न सक्छ। यदि तिनीहरूको विवेकले काम गर्न सक्छ भने, तिनीहरूसँग सत्यता स्वीकार गर्ने अवसर हुन्छ। तिनीहरूको विवेक सकारात्मक दिशामा विकास हुनेछ, र अन्ततः तिनीहरूको चरित्रका खराब भागहरू अलिक परिवर्तन हुनेछन्। तिनीहरूको चरित्र बिस्तारै रूपान्तरण हुँदै जाँदा, तिनीहरूका विभिन्न भ्रष्ट स्वभाव पनि चरणबद्ध रूपमा फालिनेछन्। के अहिले यो कुरा स्पष्ट भएको छ? (छ।)
परमेश्वरले कसलाई मुक्ति दिनुहुन्छ र परमेश्वरले मानिसहरूका कुन-कुन भागलाई मुक्ति दिनुहुन्छ र रूपान्तरण गर्नुहुन्छ भन्ने कुरा मानिसहरूले स्पष्ट रूपमा देख्नुपर्छ। एक हिसाबमा, तिनीहरूसँग आफूबारे स्पष्ट बुझाइ हुनुपर्छ, र अर्को हिसाबमा, तिनीहरूसँग आफ्नो वरिपरिका मानिसहरूका बारेमा पनि सुझबुझ हुनुपर्छ। दुष्ट चरित्रका प्रकटीकरणहरूका हकमा भन्दा, यीमध्ये केही भ्रष्ट स्वभावका प्रकटीकरणहरूसँग सम्बन्धित हुन्छन्। यिनले मुख्य रूपमा सत्यतालाई उल्लङ्घन गर्ने र परमेश्वरको विरुद्धमा विद्रोही र परमेश्वरप्रति प्रतिरोधी प्रकटीकरणहरूलाई जनाउँछन्। मानिसहरूका नजरमा, त्यस्ता कार्यहरूले कानुन उल्लङ्घन गर्दैनन् र तिनलाई कानुनले निन्दा गर्दैन, तर परमेश्वरले तिनलाई निन्दा गर्नुहुन्छ। यी भ्रष्ट स्वभावअन्तर्गत पर्छन्। दुष्ट चरित्रका अरू प्रकटीकरणहरूमा भ्रष्ट स्वभावहरू मात्रै समावेश हुँदैनन् तर ती क्रूर मानवता सारको समस्यासँग पनि सम्बन्धित हुन्छन्। त्यस्ता मानिसहरूले कुनै पनि प्रकारको खराब कार्य गर्न सक्छन् र तिनीहरू पूर्ण रूपमा दुष्ट मानिसहरू हुन्। यदि कुनै व्यक्तिको चरित्रको एउटा पक्षमा मात्रै समस्याहरू छन्, तर उसले अझै पनि विवेक र समझको साथ बोल्छ र व्यवहार गर्छ, र उसले विशेष परिस्थितिहरूमा मात्रै केही दुष्टता गर्छ भने, ऊ दुष्ट व्यक्ति होइन। दुष्ट मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन। के विवेक र समझविनाका मानिसहरूले असल कुराहरू गर्न सक्छन्? अवश्य नै सक्दैनन्। के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? त्यो त झनै सक्दैनन्। यदि व्यक्तिको विवेकले काम गरिरहेको छ र उसलाई प्रतिबन्ध गर्ने शक्ति राख्छ भने, उसको चरित्र र व्यवहार केही हदसम्म सुधार हुन सक्छन्। यदि व्यक्तिमा कुनै विवेक छैन र उसले जे गरे पनि उसमा विवेकको कामको कमी हुन्छ भने, उसको चरित्र र व्यवहारमा सुधार आउनेछैन। त्यसकारण, कुनै व्यक्तिलाई खुट्ट्याउने कार्य पूर्ण रूपमा उसको चरित्र वा निष्ठाका आधारमा गर्न सकिँदैन; मुख्य कुरा भनेको ऊसँग विवेक र समझ छ कि छैन, र उसको विवेक र समझले काम गरिरहेको छ कि छैन भनेर हेर्नु हो। यदि ऊसँग विवेक र समझ छ, र उसले कार्य गर्दा उसको विवेक र समझले काम गर्न सक्छ भने, ऊसँग अझै पनि आधारभूत मानवता हुन्छ। यदि उसको कार्यमा विवेक र समझको कामको कमी छ भने, ऊसँग आधारभूत मानवता हुँदैन—ऊ मानवता रहित हुन्छ। विवेकको आधारभूत काम र आधारभूत मानवताको भएका मानिसहरूसँग मुक्तिको अवसर हुन्छ, जबकि आधारभूत मानवताको कमी भएका मानिसहरूसँग मुक्तिको कुनै अवसर हुँदैन। कसैले मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुराको मुख्य कारक के हो? (मुख्य कारक भनेको ऊसँग विवेक र समझ छ कि छैन भन्ने कुरा नै हो।) ठीक भन्यौ। त्यसोभए, के तिमीहरूले कुनै व्यक्तिमा विवेक र समझ छ कि छैन भनेर खुट्ट्याउन सक्छौ? (हामीले थोरै मात्रामा खुट्ट्याउन सक्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले काम गर्दा उसलाई आन्तरिक रूपमा विवेक र समझले रोक्छ कि रोक्दैन, र उसमा नैतिक सीमाहरू छन् कि छैनन् भनेर हेर्नु हो।) धर्मसिद्धान्त र सिद्धान्तका हिसाबमा भन्दा, यसलाई यसरी व्याख्या गरिन्छ—के तिमीहरूसँग कुनै ठोस उदाहरणहरू छन्? (उदाहरणका लागि, कतिपय मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा, सिद्धान्तहरू उल्लङ्घन गर्छन् र लापरवाह दुष्कर्म गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको समस्याहरू औँल्याउँछन् वा तिनीहरूलाई काट-छाँट गर्छन्। त्यस्ता परिस्थितिहरूमा, यदि ती मानिसहरूसँग विवेक र समझ छ भने, तिनीहरूले सक्रिय रूपमा आत्म-चिन्तन गर्नेछन् र आफूलाई चिन्ने प्रयास गर्नेछन्। तर, यदि तिनीहरूमा विवेक र समझको कमी छ भने, तिनीहरूले घृणा विकास गर्न वा आक्रमण गरेर प्रतिकार गर्न समेत सक्छन्।) यो राम्रो उदाहरण हो। जब विवेक र समझ भएका मानिसहरूलाई अरूले कुनै गलत काम गरेकोमा आलोचना गर्छन्, तब तिनीहरूलाई लाज र ग्लानि महसुस हुन्छ। तिनीहरूले हृदयमा पछुतो विकास गर्छन्, र पछुतोले गर्दा, तिनीहरूमा पश्चात्तापका प्रकटीकरणहरू देखा पर्नेछन् र तिनीहरू अझै राम्रो गर्न इच्छुक हुनेछन्। विवेक र समझ नभएका मानिसहरूका हकमा भन्दा, तिनीहरूले जति नै ठूला दुष्कर्म वा गल्तीहरू गरे पनि, तिनीहरूले मण्डलीको काममा जति नै धेरै घाटा ल्याए पनि वा तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई जति नै धेरै समस्या र बाधा दिए पनि, आलोचना गर्दा, तिनीहरूसँग आफूलाई सही साबित गर्ने र आफ्नो प्रति रक्षा गर्ने सय वटा कारण हुन्छ, तिनीहरू आफ्ना अपराधहरूलाई अलिकति पनि स्वीकार गर्न मान्दैनन्। तिनीहरूले काममा घाटा पुऱ्याउँछन् भन्ने कुरा स्पष्टै छ, तैपनि तिनीहरूलाई हृदयमा कुनै ग्लानि हुँदैन। मलाई भन, के तिनीहरूलाई पछुतो हुनेछ? (हुनेछैन।) तिनीहरूलाई पछुतो हुनेछैन। के पछुतोविनाका मानिसहरूले पश्चात्ताप गर्न सक्छन्? (सक्दैनन्।) के पश्चात्ताप गर्न नसक्ने मानिसहरू सत्यता स्वीकार गर्ने मानिसहरू हुन्? (होइनन्।) के तिनीहरूले अझै पनि उही कुराहरू गर्न जारी राख्नेछन्? (राख्नेछन्।) कहिलेसम्म? (तिनीहरूमा विवेकको बोध नहुने हुनाले, तिनीहरूले त्यसो गरिरहनेछन्।) ठीक भन्यौ। तिनीहरूले त्यसो गरिरहनेछन्। अरूले जे भने पनि, तिनीहरूले सुन्नेछैनन्: “म यसरी नै काम गर्छु—मन पराऊ कि नपराऊ! मण्डलीको काममा घाटा हुनुसँग मेरो के सम्बन्ध छ र? महत्त्वपूर्ण कुरा के हो भने मैले आफै कुनै घाटा नभोग्नु नै हो।” तिनीहरूको दृष्टिकोण यही हो। ठीक छ, यस विषयको हाम्रो सङ्गति यति हो। हामीले सङ्गति गरेको कुराबारे मनन गर, यसलाई आफू र आफ्नो वरिपरिका कामकुरा र मानिसहरूसँग तुलना गर, बिस्तारै बुझ, र अरूलाई हेर्न, कामकुराहरूलाई हेर्न, र आफैलाई हेर्नका लागि यी वचनहरू प्रयोग गर। अलि-अलि गर्दै, तिमीहरूले यी कुराहरूका बारेमा बुझाइ प्राप्त गर्नेछौ।
यसभन्दा पहिले हामीले मानवता, जन्मजात अवस्थाहरू, र भ्रष्ट स्वभावहरूसँग सम्बन्धित धेरै वटा विशिष्ट प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका थियौँ। आज, हामी यी तीन पक्षहरूसँग सम्बन्धित केही विशिष्ट प्रकटीकरणहरूको सङ्गतिलाई जारी राख्नेछौँ। हामी पहिलो प्रकटीकरणबाट सुरु गर्नेछौँ: घटियापन। यो शब्दको अर्थ के हो? (यसको अर्थ कुनै व्यक्ति शालीन छैन, ऊ सीधा र उचित छैन, र ऊ घुसघुसे र धूर्त छ भन्ने हुन्छ।) (यसको अर्थ कसैको व्यवहार र हाउभाउ तुलनात्मक रूपमा दुष्ट देखिन्छ भन्ने हुन्छ।) तुलनात्मक रूपमा दुष्ट—त्यो अलिक अमूर्त सुनिन्छ। धेरैजसो मानिसहरूले यो दुष्टता ठ्याक्कै केका रूपमा प्रकट हुन्छ भनेर कल्पना गर्न सक्दैनन्। थप अरू छन् कि? (घटियापनको अर्थ व्यक्तिको व्यवहार र हाउभाउ तुलनात्मक रूपमा नीच छ भन्ने हुन्छ।) तैँले कति वटा पक्षहरू उल्लेख गरिस्? घुसघुसे र धूर्त हुनु, दुष्ट, नीच, घृणास्पद, लाजमर्दो हुनु—के प्रकटीकरणहरू यिनै होइनन् र? (हुन्।) त्यसोभए के घटियापनको अवधारणालाई घृणास्पद र नीच वर्गको अवधारणाले प्रतिस्थापन गर्न सकिन्छ? (सकिन्छ।) घटियापनका यी प्रकटीकरणहरूलाई कुन पक्षअन्तर्गत वर्गीकरण गरिन्छ? (दुष्ट चरित्र।) के यो मानवताको खराबी हो? (होइन।) यो प्रकटीकरण प्रकृतिमा मानवताको खराबीभन्दा निकै गम्भीर हुन्छ, त्यसकारण यसलाई मानवताको खराबीका रूपमा वर्गीकरण गर्न सकिँदैन। घटियापन दुष्ट चरित्रको प्रकटीकरण हो। यदि कसैले घटिया व्यवहार गर्छ भने, यो व्यक्ति दुष्ट व्यक्ति हो भनेर भन्न नसकिने भए पनि, घटियापनका प्रकटीकरणहरूबाट हेर्दा तिनीहरू सधैँ मानिसहरूलाई वितृष्ण र घिन महसुस गराउँछन्। घटियापन देखाउने त्यस्ता मानिसहरूले निश्चय नै घुसघुसे र धूर्त तरिकाले कामकुरा गर्छन्, तिनीहरू पटक्कै इमानदार हुँदैनन्, तिनीहरू तुलनात्मक रूपमा नीच शैलीले व्यवहार गर्छन्, र सधैँ घृणास्पद कुराहरू गर्छन्। अर्थात्, तिनीहरूले कामकुराहरू गर्दा घृणास्पद, लाजमर्दा, र अपमानजनक विधिहरू, सीधा वा खुलस्त नहुने विधिहरू प्रयोग गर्छन्। धेरैजसो मानिसहरूले यो देख्दा घृणा र तिरस्कार महसुस गर्छन्। यसले तिनीहरू घृणास्पद र नीच छन् भन्ने देखाउँछ। तिनीहरूको सबैभन्दा प्रमुख विशेषता भनेको निकै दुष्ट, नीच, र घृणास्पद हुनु हो। तिनीहरूले जे गरे पनि वा जे भने पनि, तिनीहरू सीधा र खुलस्त हुन सक्दैनन्; तिनीहरूले सधैँ केही लज्जास्पद युक्तिहरू प्रयोग गर्छन् र तिनीहरू केही लाजमर्दा कुराहरूमा संलग्न हुन्छन्। उदाहरणका लागि, परमेश्वरमा विश्वास गर्नुलाई विश्वव्यापी रूपमा अत्यन्तै उचित कुराका रूपमा, मानिसहरूले बुझ्न र अनुमोदन गर्न सक्ने कुराका रूपमा पहिचान गरिन्छ। तर जब यी मानिसहरू परमेश्वरमा विश्वास गर्छन्, तब तिनीहरूले गलत मार्ग लिएका जस्तो व्यवहार गर्छन्, मानौँ यो कुनै लाजमर्दो कुरा हो। तिनीहरू घृणास्पद र घटिया मानिसहरू हुन्। घटिया मानिसहरूले सामान्यतया अरूका बीचमा कस्तो भूमिका खेल्छन्? (तिनीहरू नकारात्मक पात्रहरू, घृणायोग्य मानिसहरू हुन्।) तिनीहरूले नकारात्मक भूमिका खेल्छन्। त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन्? सायद, तिनीहरूको रूप हेर्दा, तैँले तिनीहरू अत्यन्तै खराब छन् भनेर भन्न सक्दैनस्, वा तिनीहरूले गर्ने कुरामा तिनीहरूसँग खराब अभिप्रायहरू छन् भन्ने कुरा देख्न सक्दैनस् होला। तर, तिनीहरूसँग केही समयसम्म अन्तरक्रिया गरेपछि, तँलाई तिनीहरू सधैँ सीधा र खुलस्त नहुने तरिकामा बोल्छन् र व्यवहार गर्छन् भन्ने लाग्छ। तिनीहरूले भन्ने कुरा राम्रो सुनिन्छ, तर तिनीहरूले पर्दा पछाडि गर्ने कुरा फरक हुन्छ। तँलाई सधैँ तिनीहरूका अभिप्राय सही छैनन्, वा तिनीहरू आफूले गर्ने अभिप्राय राखेका कुराहरूका बारेमा कुरा गर्दैनन् भन्ने लाग्छ, जसले तँलाई अन्योलमा पार्छ। अन्त्यमा, तँ त्यस्ता मानिसहरू पटक्कै भर पर्दा हुँदैनन् र तिनीहरूले घृणास्पद, गोप्य कुराहरू मात्रै गर्छन् र सधैँ तेरा मामलाहरू बरबाद गर्छन् भन्ने लाग्छ। यिनीहरू घटिया मानिसहरू हुन्। तैँले यी मानिसहरूले आफ्ना फरक दृष्टिकोणहरू खुलस्त व्यक्त गरेका वा आपत्तिहरू खुलस्त व्यक्त गरेका देख्नेछैनस्। अरूका अगाडि, तिनीहरूले यस्तो राम्रो सुनिने कुरा समेत भन्न सक्छन्, जस्तै, “हामीले त्यसो गर्न सक्दैनौँ; हामीले विवेकको साथ काम गर्नुपर्छ।” तर, पर्दा पछाडि, तिनीहरूले परिस्थितिहरूलाई चालबाजी गर्छन्, र केही सुझबुझहीन, मूर्ख, र अज्ञानी मानिसहरूलाई तिनीहरूका अभिप्रायहरू अनुसार काम गर्न उक्साउँछन्। अन्त्यमा, तिनीहरूले हासिल गर्न चाहेको मामला पूरा हुन्छ, तिनीहरूले यो उपलब्धिका नतिजाहरूको आनन्द उठाउँछन्, र तैपनि यो तिनीहरूको कार्य हो भन्ने कसैलाई थाहा हुँदैन। तैँले के देख्छस् भने तिनीहरूले अरूका उपस्थितिमा केही पनि भन्ने वा गर्ने गर्दैनन्, तैपनि घटनाहरूको बहाव अन्ततः तिनीहरूले चालबाजी गरेको दिशामा नै अघि बढ्छ। यस दृष्टिकोणबाट हेर्दा, त्यस्ता मानिसहरू अलिक धूर्त पनि हुन्छन्। के तिमीहरूको वरिपरि घटिया मानिसहरू छन्? के घटिया मानिसहरूलाई खुट्ट्याउन वा छर्लङ्ग देख्न सामान्यतया अरूलाई सजिलो हुन्छ? (हुँदैन।) यी मानिसहरूले आफूलाई निकै गहन रूपमा लुकाउँछन्। तिनीहरूको समस्या चरित्रको समस्या हो; तिनीहरूको मानवता सार कमजोर हुन्छ। के तिमीहरूले घटिया मानिसहरू भेटेका छौ? के त्यस्ता मानिसहरूका मुख्य प्रकटीकरणहरूका बारेमा तिमीहरूलाई स्पष्ट भयौ? (त्यति धेरै भएनौँ।) अबदेखि, तिमीहरूले आफ्नो वरिपरिका कस्तो प्रकारका मानिसहरूले घटियापनका विभिन्न प्रकटीकरणहरू प्रायजसो प्रकाश गर्छन् भन्ने कुरालाई ध्यान दिनुपर्छ र अवलोकन गर्नुपर्छ। के यस सन्दर्भमा देखा पर्ने प्रकटीकरणहरू तुलनात्मक रूपमा अमूर्त र गुप्त हुन्छन्? (हुन्छन्।) तेरो वरिपरि त्यस्ता मानिसहरू भए पनि, तिनीहरूलाई खुट्ट्याउन गाह्रो हुने हुनाले, तिनीहरूलाई याद गर्न तँलाई सजिलो हुनेछैन। जब कुनै दिन तिमीहरूले त्यस्तो व्यक्तिलाई पहिचान गर्छौ, तब तिमीहरूले उसको विशेषता र सार वास्तवमा के हुन् भनेर हेर्नका लागि उसलाई सुरुदेखि अन्त्यसम्म अवलोकन गर्न र उसका प्रकटीकरणहरू टिपोट गर्न सक्छौ, त्यसपछि तिनलाई संक्षेप गर्न सक्छौ। हामी अहिलेका लागि घटियापनको प्रकटीकरणको विषयलाई यहीँ रोक्नेछौँ।
अर्को प्रकटीकरण गतिछाडापन हो। सुरुमा, हेर त—गतिछाडापन कुन पक्षअन्तर्गत पर्छ? (दुष्ट चरित्रअन्तर्गत।) यो दुष्ट चरित्रअन्तर्गत पर्छ। त्यसोभए गतिछाडापनले सामान्यतया कस्तो प्रकारका समस्याहरूलाई जनाउँछ? (व्यक्तिको अन्तरवैयक्तिक आचरणका समस्याहरू।) निकै सही भन्यौ—गतिछाडापनले सामान्यतया पुरुष र महिलाबीच हुने अन्तरवैयक्तिक आचरणका समस्याहरूलाई समावेश गर्छ। त्यसोभए गतिछाडापन पुरुषमा लागू हुन्छ कि महिलामा लागू हुन्छ? (पुरुष र महिला दुवैमा।) यो एउटा लैङ्गिकतामा मात्रै लागू हुँदैन। यस्ता पुरुषहरू हुन्छन्, र यस्ता महिलाहरू हुन्छन्। त्यसकारण, पुरुषहरू मात्रै गतिछाडा हुन सक्छन् भन्ने होइन। यदि महिलाहरूमा अन्तरवैयक्तिक आचरणका समस्याहरू छन् भने, यो पनि गतिछाडापन नै हो। त्यसोभए गतिछाडापनका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? सधैँ विपरीत लिङ्गी मानिसहरूसँग घुलमेल हुन र आफूलाई प्रदर्शन गर्न मन पराउनु—यो कस्तो समस्या हो? के यो अलिक गतिछाडा कुरा होइन र? (हो।) विपरीत लिङ्गी व्यक्तिलाई देख्दा तिनीहरू उत्तेजित हुन्छन्। विपरीत लिङ्गका मानिसहरू जति धेरै हुन्छन्, तिनीहरू त्यति उत्तेजित बन्छन्, र तिनीहरू आफ्नो प्रदर्शन गर्न त्यति नै चाहन्छन्। विशेष गरी कतिपय मानिसहरूका हकमा, तिनीहरूले कुन हदसम्म आफ्नो प्रदर्शन गर्छन्? आफ्नो छाती खुला राख्नु र आफ्नो ढाड देखाउनु, उत्तेजक इशाराहरू गर्नु, उत्तेजक शब्दहरू बोल्नु—के यी गतिछाडापनका प्रकटीकरणहरू होइनन् र? (हुन्।) छेउछाउमा विपरीत लिङ्गी मानिसहरू भएसम्म, तिनीहरूको उमेर जतिसुकै भए पनि वा तिनीहरू आफूले मन पराएका व्यक्ति भए पनि वा नभए पनि, विपरीत लिङ्गी मानिसहरूलाई आकर्षित गर्न तिनीहरूले तडकभडक रूपमा, मोहित पार्ने किसिमले, वा आकर्षक रूपमा लुगा लगाउँछन्। के यो गतिछाडापनको प्रकटीकरण होइन र? (हो।) यो सबैभन्दा आम प्रकटीकरण हो। यी घटनाहरू पहिले नै आम बनेका छन् र गैरविश्वासीहरूमाझ तिनलाई कुनै असामान्य कुराका रूपमा लिइँदैन। तिनीहरू यसलाई गतिछाडापन मान्दैनन् तर उल्टै यसलाई अत्यन्तै सामान्य र उचित मान्छन्। तिनीहरू विपरीत लिङ्गी मानिसहरूका अघि आफूलाई आकर्षक बनाउन र प्रशंसायोग्य बनाउनका लागि दुवै लिङ्गका मानिसहरूले सुन्दर रूपमा लुगा लगाउनुपर्छ भन्ने विश्वास गर्छन्, ताकि विपरीत लिङ्गी मानिसहरू तिनीहरूलाई पछ्याउन लोभिऊन्। के त्यस्ता विचार र दृष्टिकोणहरू गतिछाडा विचार र दृष्टिकोणहरू हुन्? (हुन्।) तिनीहरू सधैँ विपरीत लिङ्गी मानिसहरूको ध्यानको केन्द्र हुन चाहन्छन्, सधैँ तिनीहरूलाई आकर्षित गर्न र आफूप्रति रुचि राख्ने बनाउन चाहन्छन्; तिनीहरूको वैवाहिक स्थिति वा उमेर जेसुकै भए पनि, तिनीहरूसँग सधैँ यी विचार र व्यवहारहरू हुन्छन्, र तिनीहरूको जीवन त्यस्ता सोचाइले भरिएको हुन्छ—के यो गतिछाडापन होइन र? (हो।) यी धेरैजसो मानिसहरूले तुलनात्मक रूपमा स्वीकार्य ठान्ने र अत्यन्तै गतिछाडा नमान्ने केही प्रकटीकरणहरू हुन्—विपरीत लिङ्गी मानिसहरूका अघि आफूलाई प्रस्तुत गर्न र प्रदर्शन गर्न मात्र मन पराउनु। उदाहरणका लागि, राम्रा लुगा लगाउनु, केही अत्तर छर्नु, अलिक कामुक रूपमा लुगा लगाउनु, उत्तेजक शब्दहरू बोल्नु, वा आफ्नो मोहकता प्रदर्शन गर्नु—यी गतिछाडा प्रकटीकरणहरू धेरैजसो मानिसहरूले सहनीय ठान्ने कुराहरू हुन्। गतिछाडापनको अझै गम्भीर प्रकटीकरण के हो भने, त्यस्ता मानिसहरूले विपरीत लिङ्गी मानिसहरूलाई जस्तोसुकै वातावरणमा देखे पनि, छुट लिएर तिनीहरूलाई छुने आँट गर्छन्। अर्को व्यक्तिको सहमति छ कि छैन भनेर ख्याल नै नगरी तिनीहरू त्यत्तिकै नजिक जान्छन् र उनीहरूलाई छुन्छन्, सधैँ एक-अर्कासँग परिचित रहिआएकोझैँ व्यवहार गर्छन्। तिनीहरू अरूका हाउभाउ र प्रतिक्रियाहरूलाई अवलोकन गर्नमा निकै सिपालु हुन्छन्। यदि तिनीहरूले कुनै व्यक्ति तिनीहरूसँग विकर्षित भएको छैन र तुलनात्मक रूपमा विनम्र छ भन्ने देखे भने, तिनीहरू लापरवाह रूपमा उसको शिर वा ढाड छुने, वा उसको नजिक बस्ने समेत आँट गर्छन् वा, यदि अर्को व्यक्तिले प्रतिरोध गरेन भने, उसको हात समात्ने समेत गर्छन्। अरूले देख्दा कस्तो महसुस गर्लान् भन्ने बारेमा वास्ता नगरी कतिपय महिलाहरू सीधै पुरुषको काखमा बस्न सक्छन्। यो त साधारण प्रदर्शन गर्ने कार्यभन्दा बाहिर गएर अझै ठोस कुरामा विकसित भएको हुन्छ। के यो गतिछाडा हुनु होइन र? (हो।) के धेरैजसो मानिसहरू यस्तो गतिछाडापन स्वीकार गर्न सक्छन्? (तिनीहरू यसलाई स्वीकार गर्न सक्दैनन्।) कतिपय मानिसहरूले यो ठूलो कुरा होइन भन्ने सोच्छन् र यसोसमेत भन्छन्, “यो गतिछाडापन होइन। पुरुष र महिलाले एक-अर्काप्रति स्नेह देखाउनु अत्यन्तै सामान्य कुरा हो। नत्र भने, जिउनुको के अर्थ हुन्छ र? पुरुषले महिलामा आनन्द लिनुपर्छ, र महिलाले पुरुषमा आनन्द लिनुपर्छ—त्यसपछि मात्रै जीवनमा रोचकता हुन्छ।” यदि विपरीत लिङ्गी कसैले पनि तिनीहरूप्रति यस्तो गतिछाडा इशारा देखाएन भने, तिनीहरू यसो सोच्छन्, “के ममा कुनै मोहकता नभएर हो? म किन विपरीत लिङ्गी व्यक्तिलाई आकर्षित गर्न सक्दिनँ?” त्यसपछि तिनीहरू निराश हुन्छन्। जब त्यस्ता मानिसहरूले कुनै गतिछाडा व्यक्ति तिनीहरूसँग नजिकिरहेको देख्छन्, तब तिनीहरूलाई निकै सन्तुष्टि हुन्छ र भित्री रूपमा प्रसन्नता हुन्छ। कम्तीमा पनि, तिनीहरूलाई शारीरिक र मानसिक रूपमा सन्तुष्टि हुन्छ, र कसैले तिनीहरूमा रुचि देखाउनुले तिनीहरूको जीवनलाई सार्थक बन्छ भन्ने सोच्छन्। त्यसकारण, कतिपय मानिसहरू यस्तो गतिछाडापनलाई स्वीकार गर्न सक्छन्। उदाहरणका लागि, मानौँ कसैले कुनै व्यक्तिलाई मन पराउँछ र ऊप्रति उसमा प्रेमको भावना छ; यदि त्यो व्यक्तिले उसलाई सधैँ बेवास्ता गर्छ र उसलाई कुनै रुचि देखाउँदैन भने, उसलाई निकै निराश महसुस हुन्छ। तर यदि त्यो व्यक्तिले कहिलेकहीँ उसलाई छुन्छ, जिस्क्याउँछ, उसको हात सुमसुम्याउँछ, वा उसको शरीरको न्यानोपन महसुस गर्न सकिने गरी नजिक बस्छ भने—वा, अझै बढी, यदि यो महिलाको फाइदा उठाउने पुरुष हो भने, उसले सोच्छे, “अहो, राम्रो कुरा, उसले मलाई मन पराउँछ। हामी यस संसारमा एक हुन नसक्ने भए पनि, उसले यसरी कामुक व्यवहार गर्दा कम्तीमा पनि मेरो जीवन सार्थक हुन्छ!” हेर् त, कतिपय मानिसहरूले यस्तो गतिछाडापनलाई घृणा गर्नुको सट्टा हृदयको गहिराइबाट स्वीकार गर्छन्। तिनीहरूको मनोवृत्ति यी कुराहरू गर्ने विपरीत लिङ्गी व्यक्ति तिनीहरूले मन पराएको व्यक्ति हो कि होइन भन्ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूलाई त्यो व्यक्ति मन पर्छ र ऊप्रति विकर्षण महसुस हुँदैन, वा हृदयमा तिनीहरूले उसको तृष्णा समेत गर्छन् भने, तिनीहरूले त्यस्ता गतिछाडा मानिसहरूलाई वा गतिछाडा कार्यहरूलाई घृणा गर्दैनन्। बरु, तिनीहरूले उनीहरूलाई स्वीकार गर्न र हृदयमा स्वागत गर्न सक्छन्, उनीहरूलाई हृदयमा ठाउँ दिन्छन्। त्यसकारण, कतिपय मानिसहरूले यस्ता गतिछाडा व्यक्तिहरूलाई भित्री रूपमा स्वीकार गर्छन्। गतिछाडा मानिसहरू असल नहुने हुनाले, के यसको अर्थ त्यस्तो गतिछाडा व्यवहारलाई स्वीकार गर्न सक्नेहरू पनि गतिछाडा हुन्छन् भन्ने हुँदैन र? (हुन्छ।) तिनीहरू पनि गतिछाडा नै हुन्छन्। यस्तो प्रकारको गतिछाडापनभन्दा पनि गम्भीर केही प्रकटीकरणहरू छन्—हल्का प्रदर्शन गर्ने मात्र होइन, आँखा जुधाउने मात्र होइन वा केही शारीरिक स्पर्श गर्ने मात्रै होइन, तर अझै अघिसमेत बढ्ने प्रकटीकरणहरू। यी मानिसहरूको मनलाई त्यस्ता गतिछाडा कुराहरूले पूर्ण रूपमा ओगटेको हुन्छ। यदि कसैसँग प्रेम सम्बन्धमा रहँदा यस्तो भयो भने, यो सामान्य प्रकटीकरण हो। तर यदि कसैको उमेर र वास्तविक परिस्थितिले यसो गर्न दिँदैन, र उसले विपरीत लिङ्गी व्यक्ति देख्दा अझै पनि त्यस्ता कुराहरूका बारेमा पूर्ण रूपमा सोच्छ भने, यो प्रकटीकरणको सार के हो? यसको अर्थ विपरीत लिङ्गी व्यक्तिको सामना गर्दा, ऊसँग सधैँ एक प्रकारको कामना र तृष्णा हुन्छ, वा उसको मनमा कुनै उद्देश्य हुन्छ—उसले केही मानसिक आवश्यकतालाई सन्तुष्ट पार्न मात्रै चाहन्छ र कुरा त्यति मात्र हो भन्ने होइन; बरु, ऊ ठोस कार्यहरू गर्न र उल्लेखनीय रूपमा अगाडि बढ्न चाहन्छ। उसले हृदयमा निरन्तर यी कुराहरूको पछि लागिरहेको हुन्छ; ऊ आफ्नो मनमा गतिछाडा कुराहरूका बारेमा सोच्ने बाहेक, आफ्नो व्यवहारमा उसले आफ्नो यौन कामना पूरा गर्न र पोख्न विपरीत लिङ्गका उपयुक्त सदस्यहरूसँग सम्पर्क गर्न पनि थाल्छन्। के त्यस्ता मानिसहरू गतिछाडा होइनन् र? (हुन्।) अघिल्ला दुई प्रकारका गतिछाडा मानिसहरूका तुलनामा, के यस्तो गतिछाडा व्यक्ति अत्यन्तै खतरनाक र डरलाग्दो हुँदैन र? (हुन्छ।) त्यस्ता गतिछाडा मानिसहरूले कुनै पनि बेला त्यस्ता कार्य गर्न सक्छन्—यसले तिनीहरू अत्यन्तै दुष्ट र गतिछाडा छन् भन्ने कुरा पहिले नै देखाउँछ। यसभन्दा माथिका स्तरहरूमा पुगेकाहरूका हकमा भन्दा, हामी तिनीहरूका बारेमा थप छलफल गर्नेछैनौँ।
त्यसोभए, यी तीन प्रकारका गतिछाडापनहरूमध्ये, तिमीहरूले कुन चाहिँलाई स्वीकार गर्न सक्छौ? अर्थात्, कुनचाहिँले तिमीहरूलाई, कसैले त्यसरी व्यवहार गर्नु सामान्य हो, ठूलो समस्या होइन, र ऊ तिमीहरूलाई त्यति घिन वा तिरस्कार लाग्ने व्यक्ति होइन र तिमीहरूले केही हदसम्म स्वीकार गर्न सक्ने व्यक्ति हो भन्ने महसुस गराउँछ? तिमीहरूले कुन तहको गतिछाडापन स्वीकार गर्न सक्छौ? (हामी कुनै पनि तहलाई स्वीकार गर्न सक्दैनौँ।) तिमीहरूले किन कुनै पनि तहको गतिछाडापनलाई स्वीकार गर्न सक्दैनौ? (पछिल्लो प्रकारको गतिछाडापनको प्रकृति अलिक दुष्ट नै हुन्छ, र पहिलो प्रकारको गतिछाडापनमा विपरीत लिङ्गको अगाडि प्रदर्शन गर्ने कार्य मात्रै समावेश भए पनि, यसले वरिपरिका मानिसहरूलाई बाधा दिन्छ।) पहिलो प्रकारको व्यक्तिलाई हृदयमा लिङ्ग भिन्नताको स्पष्ट बोध हुँदैन। विपरीत लिङ्गी मानिसहरूसँग अन्तरक्रिया गर्दा धेरैजसो मानिसहरू पुरुष र महिलाबीच रहेका सीमाहरूलाई ध्यान दिन्छन्। विशेष गरी, जब महिलाहरूले पुरुषहरूसँग अन्तरक्रिया गर्ने कुरा आउँछ, तब तिनीहरू संयमी रहनुपर्छ र तिनीहरूले पुरुषहरूको अगाडि केही सीमाहरू कायम राख्नुपर्छ। तर, कतिपय महिलाहरूलाई विपरीत लिङ्गी मानिसहरूसँग अन्तरक्रिया गर्न मन पर्छ र आफूले मन पराएको व्यक्ति देख्दा तिनीहरू उत्साहित हुन्छन्। तिनीहरूले मौका पाउने बित्तिकै, सम्पर्क गर्ने बहाना खोज्छन्। विपरीत लिङ्गी व्यक्तिसँग जानी-जानी अन्तरक्रिया गर्न खोज्ने जोकोहीको हृदयमा केही असामान्य कुरा हुन्छ। पहिलो प्रकारको गतिछाडापनमा व्यवहार गर्ने ठोस गतिछाडा तरिकाहरू समावेश नभए पनि वा त्यसले कुनै ठोस घटनाहरूमा नडोऱ्याउने भए पनि, साथै यसमा यौन दुर्व्यवहार समावेश नहुने भए पनि, तर तिनको प्रकटीकरणका आधारमा, अन्तरवैयक्तिक आचरणका हिसाबमा, यी मानिसहरूमा पुरुष र महिलाबीचका स्पष्ट सीमाहरूको कमी हुन्छ। अर्थात्, हृदयमा, तिनीहरूसँग स्पष्ट सीमाहरू हुँदैनन् र सामान्य मानिसहरूमा लाजको बोध हुनुपर्छ र तिनीहरूले आफूलाई अरूको हेलाको पात्र बनाउनु हुँदैन भन्ने कुरा तिनीहरू बुझ्दैनन्। यदि कसैले यसबारे केही महसुस नगरी गतिछाडा प्रकटीकरणहरू प्रदर्शन गर्छ भने, ऊ सामान्य व्यक्ति होइन र उसमा कम्तीमा पनि सामान्य मानिसहरूको विवेक र समझको कमी हुन्छ। व्यक्ति पुरुष भए पनि वा महिला भए पनि, उसले लैङ्गिकताबीचका सीमाहरूलाई पालना गर्नुपर्छ, र यी सीमाहरूलाई पार गर्न सकिँदैन भन्ने कुरा उसलाई हृदयमा स्पष्ट हुनुपर्छ। परमेश्वरले पुरुष र महिलालाई अन्तर्निहित भिन्नताहरू सहित सृष्टि गर्नुभयो; तिनीहरू बीचको सीमालाई अस्पष्ट पार्न सम्भव हुँदैन। यदि कुनै व्यक्तिमा सधैँ पुरुष र महिलाबीचका स्पष्ट सीमाहरूको कमी हुन्छ र उसले विपरीत लिङ्गीको अगाडि निरन्तर प्रदर्शन गरिरहेको हुन्छ भने, यो सामान्य लम्पटपन वा संयमताको कमी मात्रै होइन—यसमा अन्तरवैयक्तिक आचरणको समस्या समावेश हुन्छ। तिनीहरूले गर्ने कामकुराहरूमा ठोस समस्याहरू समावेश भए पनि वा नभए पनि, यी प्रकटीकरणहरूमा अन्तरवैयक्तिक आचरणका समस्याहरू समावेश भएसम्म, ती मानवमा हुनुपर्ने लाजको बोधअनुरूप हुँदैनन्। विशेष गरी पुरुष र महिलाबीचका मामलाहरूमा, यदि व्यक्तिलाई लाज छैन वा उसमा लाजको बोधको कमी छ भने, ऊ ठूलो खतरामा हुन्छ। यदि तैँले जानी-जानी विपरीत लिङ्गीको अगाडि आफ्नो मोहकता प्रदर्शन गर्न सक्छस् र उसलाई आकर्षित गर्ने प्रयास गर्न सक्छस् भने, तँ अर्को तहको गतिछाडापनमा पुग्ने सम्भावना निकै हुन्छ। तैँले सुरुआत प्रदर्शन गरेर गर्न सक्छस्, तर त्यो सजिलै हात लगाउने अवस्थामा विकसित हुन सक्छ, र हात लगाउने अवस्थाबाट, यो सजिलै अझै ठोस कुरामा विकसित हुन सक्छ, र यो अन्ततः तेरो नियन्त्रणबाट बाहिर जान सक्छ। देखिस्, गतिछाडापनको तह जेसुकै भए पनि, यो गतिछाडापनको दायराभित्र परेसम्म, यसमा अन्तरवैयक्तिक आचरणको समस्या समावेश हुन्छ। यसमा अन्तरवैयक्तिक आचरणको समस्या समावेश भएपछि, गम्भीरताको तहहरूबीच कुनै भिन्नता हुँदैन। किनभने त्यस्ता समस्याहरू बढ्न सक्छन्—प्रदर्शन गर्ने अवस्था र लाजको बोधको अभावबाट सुरु भएर, यो सजिलै शारीरिक सम्पर्क गर्ने, स्नेह विकास हुने अवस्थामा पुग्न सक्छ, र त्यसपछि यो आपसी रूपमा अविभाज्य हुने अवस्थामा पुग्न सक्छ। त्यहाँबाट, यो अझै अगाडि बढ्न सक्छ, नियन्त्रणभन्दा बाहिर जान सक्छ, जसले गर्दा पछुतो गर्नका लागि ढिला भइसकेको हुन्छ। यो वास्तविकता बनेपछि, यसलाई उचित रूपमा अन्त्य गर्न गाह्रो हुन्छ। त्यसकारण, तैँले गतिछाडापनका जस्तोसुकै प्रकटीकरणहरू प्रदर्शन गरे पनि, ती कुराहरू अन्तरवैयक्तिक आचरणको समस्यासँग सम्बन्धित भएसम्म, यदि तैँले आफूलाई रोक्दैनस् र तँमा लाजको बोधको कमी छ भने—यदि अरूले तेरा बारेमा के भन्छन्, मानिसहरूले तँलाई कसरी मूल्याङ्कन गर्छन्, वा परमेश्वरले तँलाई कसरी हेर्नुहुन्छ भन्ने कुराप्रति तँ पूर्ण रूपमा उदासीन छस् भने—तँ ठूलो खतरामा छस्। ठूलो खतरामा हुनु भनेको के हो? यसको अर्थ आम छाडापनका कार्य र प्रकटीकरणहरूबाट सुरु गरेर, तँ सजिलै जीवनभरिलाई पछुतो हुने गरी पतित र हास्यास्पद कामकुराहरू गर्ने अवस्थामा पुग्नेछस्। बुझिस्? (बुझेँ।) त्यसकारण, यदि तँ गतिछाडापनको समस्याको सारलाई छर्लङ्ग देख्न सक्दैनस् र यसलाई समयमा नै समाधान गर्न असफल भइस् भने, तँ अत्यन्तै समस्याजनक छस्। यदि तैँले त्यस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छस् वा त्यस्ता कुराहरू पछ्याउनमा आनन्द लिन्छस् भने, यसले तेरो मानवतामा गम्भीर समस्या छ भन्ने कुरालाई प्रमाणित गर्छ। के समस्या? लाजको बोधको कमी हुनु। अन्तरवैयक्तिक आचरणको समस्या व्यक्तिको लाजको बोधसँग सम्बन्धित हुन्छ। यदि तँमा लाजको बोधको कमी छ भने, त्यस्ता कामकुराहरू गर्दा तँसँग कुनै सीमा हुँदैन। तैँले जेसुकै सोचे पनि, तैँले त्यो कार्य गर्न सक्छस्। तेरा विचार र कामनाहरू न त नियन्त्रण गरिनेछन् न त सीमित हुनेछन्। वातावरण उपयुक्त भएसम्म, तेरा विचार र कामनाहरू प्रकट हुने अवसर आउनेछ, ती बिस्तारै फुलेर विस्फोट हुने हदसम्म पुग्नेछन्। यसले भयानक परिणामहरू ल्याउनेछ।
यदि तिमीहरूका वरिपरि यस्ता गतिछाडा मानिसहरू छन्, जसको गतिछाडापनको समस्या कहिलेकहीँ एउटा उत्तेजक टिप्पणी गर्ने मात्र होइन, र जसको गतिछाडापन केही निश्चित व्यक्तिहरूप्रति मात्रै लक्षित हुँदैन भने—बरु, तिनीहरू प्रायजसो यसरी नै व्यवहार गर्छन्, र तिनीहरूसँग कुनै लाजको बोध हुँदैन, र अरूले तिनीहरूलाई घृणा गर्दा, सम्झाउँदा, वा चेतावनी दिँदासमेत समस्या समाधान हुँदैन, तिनीहरू अझै पनि गतिछाडा नै हुन जारी राख्छन् र तिनीहरूको गतिछाडापन झन्-झन् गम्भीर हुँदै जान्छ—अनि यदि तिमीहरूले त्यस्ता मानिसहरूलाई भेट्यौ भने, तिमीहरू तिनीहरूबाट जोगिनुपर्छ। तिमीहरू किन तिनीहरूबाट जोगिनुपर्छ? किनभने गतिछाडा मानिसहरूमा कुनै लाज हुँदैन। के लाजविनाका मानिसहरूको व्यवहारमा कुनै संयमता हुन्छ? के तिनीहरूले आफूलाई रोक्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले आफूलाई रोक्न सक्दैनन्, त्यसकारण तँ त्यस्ता मानिसहरूबाट जोगिनुपर्छ; तँ तिनीहरूसँग सङ्गत गर्नबाट जोगिन सक्दो प्रयास गर्। यदि कामले तँलाई तिनीहरूसँग सम्पर्क गर्नु माग गर्छ र तँ यो अवस्थाबाट जोगिन सक्दैनस् भने, यसलाई कडाइका साथ काममा नै सीमित राख्, तर तिनीहरूसँग अन्तरक्रिया गर्दा अरू धेरै मानिसहरू उपस्थित हुनु नै राम्रो हुन्छ। तिनीहरूसँग एकलै संलग्न नहो, र तिनीहरूलाई तेरो शोषण गर्ने कुनै अवसर नदे। परीक्षामा नपर्न र शैतानलाई शोषण गर्ने कुनै अवसर नदिनका लागि तिनीहरूसँग एकलै बस्नबाट जोगिन सक्दो गर्। यो जस्तोसुकै प्रकारको गतिछाडा व्यवहार भए पनि, तैँले त्यस्ता मानिसहरूसँग अन्तरवैयक्तिक व्यवहारमा कुनै लाज हुँदैन, तिनीहरू विपरीत लिङ्गी कुनै पनि व्यक्तिसँग जिस्किन सक्छन्, र तिनीहरूले विपरीत लिङ्गी धेरै मानिसहरूको उपस्थितिमा फोहोरी ठट्टा गर्न समेत सक्छन्, यो पूर्ण रूपमा सामान्य कुरा हो जसरी बोल्छन्, जसले गर्दा सुन्नेहरूको अनुहार रातो हुन्छ, तिनीहरूलाई लाज लाग्छ, तिनीहरू र यो कुरा सुन्न सहनै सक्दैनन्, जबकि तिनीहरूले आफै केही महसुस गर्दैनन्, तिनीहरूलाई यसबारे अचेत हुन्छन्, र वास्ता गर्दैनन् भन्ने कुरा तैँले पत्ता लगाएसम्म, तँ त्यस्ता मानिसहरूबाट जोगिनुपर्छ। बुझिस्? (बुझेँ।) विशेष गरी, तैँले तिनीहरूसँग एक्लै अन्तरक्रिया गर्दा, तिनीहरूले तँलाई विशेष वास्ता र ध्यान देखाउँछन्, र तेरा कमीकमजोरी र खराबीहरूप्रति अझै बढी सहनशील हुन्छन्, त्यसपछि तँलाई प्रायजसो छुने गर्छन्, वा बाहिरी रूपमा आफूलाई भद्र र शिष्ट पुरुषका रूपमा प्रस्तुत गर्छन्, तैपनि तिनीहरूको शब्दहरूमा सधैँ अश्लीलता लुकेको हुन्छ भने—यस्ता मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्, र तिमीहरू तिनीहरूबाट सतर्क रहनैपर्छ। कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जसले आफ्नै लिङ्गी व्यक्तिसँग नै सङ्गति गर्न वा सोधपुछ गर्न सकिने मामलाहरूका हकमा, वा आफ्नै लिङ्गी व्यक्तिसँग सम्हाल्न सकिने कामका हकमा पनि यसो गर्दैनन् तर उल्टै विपरीत लिङ्गी व्यक्ति खोज्ने जिद्दी गर्छन्। तिनीहरूले जुन विपरीत लिङ्गी व्यक्तिलाई आँखा लगाएका हुन्छन्, उसैलाई निरन्तर प्रश्नहरू गर्छन्, झर्को लगाउँछन्, अनावश्यक कुराकानीहरू सुरु गर्छन्, र उसलाई झिजो गर्नका लागि कुराहरू बनाउँछन्, सधैँ उसलाई सोध्नै नपर्ने व्यर्थका प्रश्नहरू सोध्छन् र यो व्यक्तिसँग एक्ला-एक्लै अन्तरक्रिया गर्ने अवसरहरू सिर्जना गर्न धेरै मेहनत गर्छन्। तिनीहरूले अवसरहरू खोज्नुको उद्देश्य भनेको आफ्नै कामनाहरू सन्तुष्ट पार्नका लागि हो। तँ पुरुष भए पनि वा महिला भए पनि, त्यस्ता मानिसहरूलाई भेट्दा तैँले के गर्नुपर्छ? (तिनीहरूबाट टाढा बस्नुपर्छ।) तैँले तिनीहरूलाई इन्कार गर्ने उपाय सोच्नुपर्छ; तिनीहरूलाई कुराहरू अत्यन्तै स्पष्ट रूपमा व्याख्या गर्। तिनीहरूबाट चुपचाप टाढा बस्ने र त्यो नै पर्याप्त हुन्छ भन्ने नसोच्। यदि तिनीहरूले कहिलेकहीँ तँलाई एकपटक झर्को लगाए भने, तैँले तिनीहरूले अनुचित व्यवहार गरिरहेका छन् कि छैनन् भनेर निर्धारित गर्न नसक्लास्। तर यदि तिनीहरूले तँलाई बारम्बार झर्को लगाए भने, तैँले तिनीहरूलाई यो कुरा स्पष्ट पार्नुपर्छ। तैँले के भन्नुपर्छ? तैँले तिनीहरूलाई यसो भन्न सक्छस्: “तिमीले मलाई एक-दुई पटकभन्दा बढी झर्को लगाएका छौ—तिमीले के गर्न खोजेको? आफ्नो कुरा स्पष्ट पार! के हाम्रो साँच्चै नै त्यस्तो किसिमको कामको सम्बन्ध छ? तिमीले सोध्न मिल्ने अत्यन्तै धेरै मानिसहरू छन्, तैपनि तिमी मलाई नै सोध्ने र मकहाँ नै आउने जिद्दी गर्छौ—के हामी साँच्चै नै यति नजिक छौँ? यसो नगर। मलाई रुचि छैन, र मलाई यसरी मानिसहरूसँग सङ्गत गर्न मन पर्दैन। भविष्यमा फेरि मलाई बाधा नदेऊ। मलाई तिमीमा पटक्कै रुचि छैन। यदि तिमीले भविष्यमा मलाई यसरी झर्को लगाइरह्यौ भने, म भद्र रहनेछैनँ!” त्यस्ता मानिसहरूप्रति कस्तो शैली अपनाउनुपर्छ? (तिनीहरूबाट टाढा बस्ने र तिनीहरूलाई इन्कार गर्ने।) यदि त्यस्ता मानिसहरूलाई बारम्बार हप्काउँदा पनि तिनीहरू सुधार गर्न नसक्ने अवस्थामा नै रहन्छन् भने, तिनीहरूलाई कसरी निराकरण गर्नुपर्छ? तिनीहरूलाई मण्डलीका प्रशासनिक प्रावधानहरू अनुसार, अलग गरेर वा निकालेर निराकरण गर्नुपर्छ। कतिपय व्यक्तिहरू मान्छे खुसी पारिहिँड्ने मानिसहरू हुन्छन्, जो अरूलाई चिढ्याउने आँट गर्दैनन् र तिनीहरूलाई यस्तो गतिछाडा व्यक्तिसँग भित्री रूपमा डराउँछन्। यो समस्याजनक कुरा हो। तिनीहरू उनीहरूको खेलौना मात्रै बन्न सक्छन्। त्यस्ता गतिछाडा मानिसहरूलाई गम्भीरताको साथ व्यवहार गरिनुपर्छ। तिनीहरूप्रति रहेको तेरो हाउभाउ अलिक कठोर हुनुपर्छ, तर झर्किनुपर्ने कुनै आवश्यकता छैन—बस शान्त भएर बोल्: “हामी यी बच्चाका खेल नखेलौँ। तिमीले के गर्न खोजिरहेको छौ म स्पष्ट देख्न सक्छु। मसँग यो खेल खेल्दा त्यसले काम गर्नेछैन। मलाई तिमी मन पर्दैन, त्यसकारण बिन्ती छ मलाई फेरि बाधा नदेऊ! यदि तिमीले मलाई बारम्बार झर्को लगायौ भने, मसँग तिमीलाई निराकरण गर्ने धेरै तरिकाहरू छन्!” के यो तिनीहरूलाई इन्कार गर्नु होइन र? (हो।) के तिमीहरूले तिनीहरूलाई यसरी इन्कार गर्न सक्नेछौ? (परमेश्वरका वचनहरू सुनेपछि, सक्नेछौँ। परमेश्वरले बोल्नुभन्दा पहिले, हामी तिनीहरूलाई यसरी इन्कार गर्ने आँट गर्नेथिएनौँ।) अवश्य नै, यो एउटा उदाहरण मात्रै हो। महिलाहरू पुरुषद्वारा दुर्व्यवहार गरिने कार्यमा मात्रै त्यस्ता परिस्थितिहरू सीमित हुँदैनन्; तिनमा पुरुषहरूलाई महिलाले दुर्व्यवहार गर्ने कार्य पनि समावेश हुन्छ। छोटकरीमा भन्दा, तँ दुर्व्यवहारमा परेको पुरुष भए पनि वा महिला भए पनि, यदि तैँले त्यस्ता गतिछाडा मानिसहरूले साँच्चै नै सामान्य रूपमा अन्तरक्रियामा संलग्न भइरहेका, हृदयदेखि कुराकानी गरिरहेका, वा तँसँग परामर्श गरिरहेका छैनन् भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छस् भने, तैँले तिनीहरूलाई इन्कार गर्न सक्छस्। त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूको अभिप्राय महसुस गर्न निकै सजिलो हुन्छ, र तँ सतर्क हुनुपर्छ। तैँले तिनीहरूलाई यसो भन्नुपर्छ: “हामी एक-अर्कासँग परिचित छैनौँ, त्यसकारण तिमीले मलाई दुर्व्यवहार नगर्नु नै राम्रो हुनेछ!” यदि तिनीहरूले तँलाई बारम्बार दुर्व्यवहार गर्छन् र तँलाई अझै पनि तिनीहरूलाई इन्कार गर्न अत्यन्तै लाज लाग्छ, तैँले तिनीहरूको भावनामा चोट पुऱ्याउनेछस् भन्ने चिन्ता गर्छस्, र दाजुभाइ-दिदीबहिनीहरूका रूपमा तँ तिनीहरूप्रति सहनशील हुनुपर्छ भन्ने सोच्छस् भने, तैँले त्यस्तो सहनशीलताले ल्याउन सक्ने परिणामहरू बुझ्नुपर्छ। यदि तँलाई तिनीहरू मनपर्छ र तँ तिनीहरूसँग सङ्गत गर्न इच्छुक छस् भने, त्यो तेरो स्वतन्त्रता हो। अवश्य नै, के गतिछाडा व्यक्तिलाई सहानुभूति जनाउनु वा उसलाई मन पराउनु समेत मूर्खता होइन र? यदि उसले तँसँग गतिछाडा व्यवहार गर्न सक्छ भने, उसले अरूसँग पनि त्यस्तै व्यवहार गर्न सक्छ। त्यस्ता मानिसहरूसँग सङ्गत गर्नु भनेको आफ्नो चिहान आफै खन्नु हो—मृत्युसँग खेलबाड गर्नु जस्तो हो। त्यसकारण, त्यस्ता मानिसहरूका हकमा, तैँले तिनीहरूलाई सीधै इन्कार गर्नुपर्छ; तिनीहरूसँग कुराहरू स्पष्ट पार्नुपर्छ, र तिनीहरूलाई दूरी कायम राख्न भन्नुपर्छ। के त्यो अत्यन्तै सरल कुरा होइन र? (हो।) साँच्चै नै गतिछाडा मानिसहरू भन्नाले आफ्नो मानवतामा लाज नै नभएका मानिसहरू हुन्। अवश्य नै, पुरुष भए पनि वा महिला भए पनि, विपरीत लिङ्गी मानिसहरू सामना गर्दा मानिसहरूले कहिलेकहीँ केही अलिक असामान्य प्रकटीकरणहरू प्रदर्शन गर्न सक्छन्। यो बानी नभएसम्म, यसले कार्य वा परिणामहरू ल्याउँदैन, र व्यक्तिलाई केही समयपछि यो अनुचित लागेर उसले यसलाई सुधार गर्न सक्छ भने, यसलाई गतिछाडापन भनेर वर्गीकरण गर्न सकिँदैन। यी अलिक असामान्य प्रकटीकरणहरूलाई सामान्यीकृत गर्नु हुँदैन। गतिछाडा हुनु भनेको व्यक्तिको मानवतामा लाजको कमी हुनुको प्रकटीकरण हो। त्यस्ता मानिसहरूको मुख्य प्रकटीकरण के हो भने तिनीहरूको अन्तरवैयक्तिक आचरणमा कुनै लाज हुँदैन—तिनीहरू बेलगाम, अनियन्त्रित, र निकै वासनाभोगी हुन्छन्। यसलाई व्यक्तिको मानवताभित्र रहेको गतिछाडापनको प्रकटीकरणका रूपमा वर्गीकरण गरिन्छ। अब, त्यस्ता मानिसहरूलाई कसरी निराकरण गर्ने र सम्हाल्ने भन्ने तँलाई थाहा भयो? (भयो।) गतिछाडापनको विषयको हाम्रो छलफलमा यतिमा नै समाप्त हुन्छ।
हामी अर्को प्रकटीकरणबारे कुरा गरौँ: घिनलाग्दोपन। यो कस्तो समस्या हो? (यो दुष्ट चरित्रको समस्या हो।) घिनलाग्दोपन दुष्ट चरित्रभित्र पर्छ र यसलाई मानवताअन्तर्गत वर्गीकरण गरिन्छ। के घिनलाग्दोपन केही हदसम्म घटियापन जस्तै हो? (हो।) यो पनि दुष्ट चरित्रको प्रकटीकरण हो। घिनलाग्दोपन भनेको नियमहरू पालन नगरी, धूर्त तरिकाले काम गर्नु, विवेक र नैतिकताका सिद्धान्तहरू वा सीमाहरूविना काम गर्नु मात्र होइन तर निकै घृणास्पद र नीच तरिकाले काम गर्नु पनि हो। घिनलाग्दोपनका प्रकटीकरणहरू के-के हुन्? उदाहरणका लागि, घिनलाग्दो व्यक्तिले आफूले किन्न नसक्ने राम्रो कार कसैले किनेको देख्छ। बाटो भएर जाँदा, उसले बाहिरी रूपमा त्यो व्यक्तिलाई यसो भन्दै अभिवादन गर्छ, “कस्तो राम्रो कार! तपाईं त धनी हुनुपर्छ!” उसका शब्दहरू मनमोहक सुनिन्छन्, तर कारको मालिक जाने बित्तिकै, उसले कारमा थुक्क गर्दै थुक्छ। के यो घिनलाग्दो हुनु होइन र? (हो।) थुक्नु कस्तो व्यवहार हो? (घिनलाग्दो हुनु।) घिनलाग्दो हुनु भनेको यही हो। घिनलाग्दोपन भनेको विशेष रूपमा घृणास्पद, फोहोरी, र नीच हुनु हो—यो लाजमर्दो व्यवहार गर्नु, अरूले तँलाई गिल्ला गर्ने र घृणा गर्ने तुल्याउनु, मानिसहरूलाई तेरो चरित्र नीच छ र तँ कलङ्क होस् भन्ने महसुस गराउनु हो। उदाहरणका लागि, कतिपय मानिसहरूले आफ्नो छिमेकीको कुकुर राम्रो छ भन्ने देख्छन् र भित्रभित्रै डाहा गर्छन्: “तिनीहरूको परिवारमा कति राम्रो कुकुर छ। मैले किन त्यो कुकुर किनिनँ?” त्यसकारण तिनीहरू त्यो कुकुर मार्ने उपाय खोज्छन्, र त्यसपछि, तिनीहरू खुसीले फुरुङ्ग हुन्छन्। तिनीहरू घर गएपछि उत्सव मनाउँछन्, श्याम्पेन फोड्छन् र भोज खान्छन्, पहिले कहिल्यै नभएझैँ गरी खुसी हुन्छन्। मलाई भन, यो व्यक्ति भयानक छ कि छैन? (छ।) यो घिनलाग्दो हुनु हो। अरूसँग कुनै असल घटना घटेसम्म र उनीहरू खुसी भएसम्म, तिनीहरू अप्रसन्न हुन्छन् र उनीहरूको कामकुरा बरबाद गर्ने उपायहरू सोच्छन्। जब तिनीहरूले अरूले प्रकोप सामना गरिरहेका देख्छन्, तब तिनीहरू उनीहरूको दुर्भाग्यमा आनन्दित हुन्छन्। त्यस्ता मानिसहरू अत्यन्तै घिनलाग्दा हुन्छन्।
घिनलाग्दा मानिसहरूका विचारहरू अत्यन्तै नकारात्मक हुन्छन्। तिनीहरू कसरी नकारात्मक हुन्छन्? उदाहरणका लागि, जब तँ कसैलाई कुनै कुरा दिन्छस्, तब सामान्य परिस्थितिहरूमा, उसलाई कृतज्ञता महसुस गर्नुपर्छ, उसले यसो भन्नुपर्छ, “यो कुरा निकै राम्रो छ। तिमीलाई पहिले यो निकै मन पर्थ्यो, तर अहिले तिमीलाई यसको खाँचो छैन। तिमीले यो अरू कसैलाई दिएनौ तर तुरुन्तै मलाई नै दियौ—हामी साँच्चै नै साथी हौँ!” विवेक र समझ भएको जोकोहीले यस्तो सोच्नेथियो; उसले यो मामलालाई सकारात्मक रूपमा बुझ्नेथियो। तर घिनलाग्दा मानिसहरूको सोचाइ विकृत हुन्छ। तिनीहरूले मनमनै यसो भन्नेथिए: “तिमीलाई उप्रान्त यो नचाहिने भएर मात्रै तिमीले मलाई यो दिएका हौ। यदि तिमीलाई अझै पनि यसको खाँचो थियो भने, के तिमीले मलाई दिनेथियौ त? तिमीले असल कुराहरू आफ्ना लागि राख्छौ र खराब कुरा मलाई दिन्छौ—त्यो कसले चाहन्छ र! के तिमीले मलाई भिखारीलाई जस्तो टारिरहेका छौ? के तिमीलाई मलाई के राम्रो हो भन्ने थाहा छैन जस्तो लाग्छ? तिमीलाई यो उप्रान्त नचाहिने हुनाले मात्रै मलाई दिएका हौ, र तिमी अझै म कृतज्ञ होऊँ भन्ने अपेक्षा गर्छौ। के तिमी मलाई मूर्ख ठान्छौ?” देखिस्, यस्तो सरल मामलामा, तिनीहरूले यस्तो घृणास्पद, फोहोरी, र नीच तरिकाले सोच्छन्। तिनीहरूलाई केही कुरा दिँदा यसले तँ आफैलाई समस्या दिन पुग्छ। यसले किन समस्या दिन्छ? किनभने तैँले यो कुरा दिएको व्यक्ति घिनलाग्दो व्यक्ति हो—घृणास्पद, फोहोरी, र नीच विचार भएको व्यक्ति। तिनीहरूले जोकोहीबारे नकारात्मक रूपमा सोच्छन्। जब तिनीहरूले कसैलाई हेर्छन्, तब तिनीहरूले उसलाई सिद्धान्तहरूका आधारमा हेर्दैनन्, न त त्यो व्यक्तिसँग धेरै वर्ष समय बिताएका कारण तिनीहरूलाई थाहा भएको त्यो व्यक्तिको चरित्र वा उसको आत्म-आचरणका सिद्धान्तहरूका आधारमा नै हेर्छन्। बरु, तिनीहरूले अरूलाई आफ्नै चरम र हठी विचार र दृष्टिकोणहरूका आधारमा हेर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै घिनलाग्दा हुन्छन्। यदि तँ तिनीहरूसँग सङ्गत गर्दैनस् वा तिनीहरूलाई केही पनि दिँदैनस् भने, कामकुरा शान्तिपूर्ण नै रहन्छन्। तर यदि तँ तिनीहरूसँग साँच्चै सङ्गत गर्छस् र तिनीहरूलाई सहयोग गर्छस् भने, तँ प्रायजसो तिनीहरूको मूल्याङ्कन र आलोचनामा पर्नेछस्। जब तैँले कुनै असल कुरा प्रयोग गरेको तिनीहरूले देख्छन्, तब तिनीहरू सधैँ त्यो कुरा चाहन्छन्। यदि तैँले तिनीहरूलाई यो कुरा दिइनस् भने, तिनीहरूले तँ लोभी र कन्जुस होस् भन्ने सोच्छन्। त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्, र तिनीहरूसँग मिलजुल हुन निकै गाह्रो हुन्छ। तिनीहरूले सीधै केही नबोल्न सक्छन्, तर भित्र गहिराइमा, सुटुक्क, तिनीहरू सधैँ तँसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र हृदयमा तेराबारे प्रतिकूल विचारहरू विकास गरिरहेका हुन्छन्। सरल रूपमा भन्दा, त्यस्ता मानिसहरूको हृदय र विचारहरू कुत्सित हुन्छन्। मलाई लाग्छ व्यक्तिको यस्तो फोहोरी विचार र हृदयलाई व्याख्या गर्नका लागि “कुत्सित” भन्ने शब्द निकै उपयुक्त छ—यसको अर्थ ऊ सफा, सकारात्मक, र दयालु छैन भन्ने हुन्छ। कुनै कुरा जति नै सकारात्मक भए पनि, जब तिनीहरू यसबारे कुरा गर्छन्, तब यो नकारात्मक कुरामा परिणत हुन्छ। तैँले तिनीहरूका लागि जति धेरै असल कुराहरू गरे पनि, तिनीहरूले यसको कदर नगर्ने मात्र होइन, तर तिनीहरूले तँसँग खराब अभिप्रायहरू छन् भन्दै तँलाई होच्याउने र फसाउने पनि गर्छन्। यदि तैँले तिनीहरूलाई केही फाइदा दिइस् भने, तैँले तिनीहरूलाई शोषण गर्ने प्रयास गरिरहेको छस् कि भनेर तिनीहरूले मनन गर्नेछन्। यदि तँ तिनीहरूप्रति उदासीन भइस् भने, तिनीहरूले तँ धनी र शक्तिशाली भएकाले, तैँले गरिबलाई हेला गर्छस् भन्ने सोच्नेछन्। तिनीहरूलाई तँमा मानव न्यानोपनको कमी छ, तँलाई मानिसहरूसँग कसरी मिलजुल हुने भन्ने थाहा छैन, र तँ अरूका भावनाहरूलाई ख्याल गर्न असमर्थ छस् भन्ने लाग्नेछ। यदि तैँले तिनीहरूबाट आफूलाई टाढा राखिस् भने, त्यसले पनि काम गर्नेछैन—तिनीहरूसँग यसबारे भन्नका लागि अझै पनि केही हुनेछ। त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्। तैँले तिनीहरूसँग जसरी सङ्गत गरे पनि, तैँले तिनीहरूलाई कहिल्यै सन्तुष्ट पार्न सक्दैनस्। तिनीहरूले के सोच्नेछन् तँलाई थाहा हुँदैन, र तैँले असल अभिप्रायका साथ गर्ने कुराहरूबाट के-कस्ता समस्याहरू पैदा हुनेछन् भन्ने तँलाई थाहा हुँदैन। त्यसकारण त्यस्ता मानिसहरूसँग व्यवहार गर्ने एउटै मात्र तरिका छ—तिनीहरूबाट टाढा बस् र तिनीहरूसँग संलग्न नहो। साथीहरू बनाउने क्रममा, त्यस्ता मानिसहरूलाई छनौट नगर्, किनभने तिनीहरू अत्यन्तै घिनलाग्दा हुन्छन्; तिनीहरूसँग सङ्गत गर्नाले तँलाई ठूलो समस्या र हैरानी दिनेछ, र यो सबै हैरानी र समस्या पूर्ण रूपमा अनावश्यक हुन्छ। के घिनलाग्दा मानिसहरूमा चेतना हुन्छ? (हुँदैन।) तिनीहरूसँग कुनै चेतना हुँदैन भनेर भन्नुको अर्थ के हो? (तिनीहरूसँग कुनै विवेक वा समझ हुँदैन, र कुनै नैतिक सीमाहरू हुँदैनन्।) यसका विवरणहरू के-के हुन्? (तिनीहरूसँग सामान्य मानिसहरूको सोचाइ हुँदैन।) सामान्य मानिसहरूको सोचाइ नहुनु एउटा पक्ष हो। मलाई भन, के त्यस्ता मानिसहरूमा कुनै लाज हुन्छ? (हुँदैन।) तिनीहरूमा कुनै लाज हुँदैन, तिनीहरूसँग सामान्य मानवताको सोचाइ हुँदैन, र तिनीहरूले विकृत र भ्रमपूर्ण तर्क मात्रै बोल्छन्। तिनीहरूको तर्क आफ्नै हितहरूको रक्षा गर्नमा लक्षित हुन्छ—यो सबै विकृत तर्क हो। यदि तैँले तिनीहरूलाई केही दिइस् भने, तैँले तिनीहरूलाई हेला गर्छस् र तँलाई नचाहिने कुराहरू मात्रै दिन्छस् भनेर भन्छन्। यदि तैँले तिनीहरूलाई केही दिइनस् भने, तिनीहरूले तँ अत्यन्तै कन्जुस छस् भनेर भन्छन्। के त्यस्ता शब्दहरू विकृत तर्क होइनन् र? (हो।) तिनीहरूले कुराहरूलाई सही रूपमा बस बुझ्नै सक्दैनन् र अत्यन्तै नकारात्मक तरिकाले सोच्छन्—यो विकृत तर्क हो। गैरविश्वासीहरूले प्रायजसो मानिसहरूले आफूलाई समझपूर्ण आचरणमा ढाल्नुपर्छ भनेर भन्छन्—यदि कुनै व्यक्ति असमझ छ र उसले विकृत तर्क मात्रै बोल्छ भने, ऊ पटक्कै असल हुँदैन। यदि कसैले तँलाई कुनै कुरा दियो भने, यसको अर्थ उसले तँलाई केही मात्रामा आदर गर्छ भन्ने हुन्छ; यदि उसले तँलाई त्यो कुरा दिएन भने, त्यो पनि सही नै हुन्छ—उसले आफ्नो सम्पत्ति आफूले चाहेको जोसुकैलाई दिन सक्छन्। यदि उसले तँलाई यो कुरा दिए पनि तँ अझै गल्ती खोज्छस् तर तिनीहरूले दिएनन् भने तिनीहरूलाई कन्जुस भन्छस् भने, के यो समझभन्दा बाहिर हुनु होइन र? के यस्तो विकृत तर्कमा संलग्न हुने मानिसहरू घिनलाग्दा हुँदैनन् र? (हुन्छन्।) तिनीहरू अत्यन्तै घिनलाग्दा हुन्छन्! फोहोरी मानिसहरू समझबाहिर हुन्छन्, त्यसकारण कुनै पनि तर्क तिनीहरूमा छिर्दैन। विवेक र समझ अनुसार, वा सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्नु, तिनीहरूका लागि अर्थहीन नै हुन्छ। घिनलाग्दोपन पनि अलिकति घटियापन जस्तै हो, होइन र? (हो।) उदाहरणका लागि, कतिपय मानिसहरूले कुनै कुरा किन्न पैसा खर्च गर्छन् र तिनीहरूले सधैँ मूल्य महँगो भयो भन्ने महसुस गर्छन्, मानौँ तिनीहरूले घाटा भोगेका छन्। त्यसपछि तिनीहरूले यस्तो मनन गर्छन्, “तिमीले मबाट फाइदा उठायौ, त्यसकारण मैले तिमीलाई घाटामा पार्ने उपाय खोज्नुपर्छ—त्यसपछि मात्रै मलाई भित्र सन्तुलित महसुस हुनेछ।” घृणास्पद र घिनलाग्दा यस्ता मानिसहरूले सधैँ अरूबाट कसरी फाइदा उठाउने भनेर मनन गरिरहेका हुन्छन्। यदि तिनीहरूलाई घाटा भोगेको छु भन्ने लाग्यो भने, तिनीहरूले अरूका लागि कामकुराहरू कठिन बनाइदिन्छन्; तिनीहरूले सधैँ तिनीहरूलाई घाटा नहोस् भन्ने कुरालाई सुनिश्चित गर्न चाहन्छन्, त्यसपछि मात्रै तिनीहरूलाई सन्तुष्ट हुन्छ। यदि तिनीहरूले अरू कसैबाट फाइदा उठाए भने, तिनीहरूले उत्सव मनाउँछन् र तिनीहरू यति खुसी हुन्छन् कि तिनीहरू सपनाबाट हाँस्दै बिउँझन्छन्। तैँले कुनै कुरामा कति पैसा खर्च गर्छस् त्यो तेरो आफ्नै निर्णय हो—कसैले पनि तँलाई तिनीहरूलाई पैसा दिन जबरजस्ती गरेको थिएन। तैँले स्वेच्छाले त्यो किनेकाले, तँ किन अझै पनि आक्रोशित छस् र अझै पनि अरूबाट फाइदा लिन र घाटा भोग्नबाट जोगिन खोजिरहेको छस्? के त्यस्ता मानिसहरू अत्यन्तै घिनलाग्दा हुँदैनन् र? (हुन्छन्।) जब तिनीहरू किरानाका सामान किन्न सुपरमार्केट जान्छन् र ती अत्यन्तै महँगा छन् भन्ने महसुस गर्छन्, तब घाटाबाट जोगिनका लागि, तिनीहरू थप केही प्लास्टिकको झोला उठाउँछन्। यदि नयाँ वर्ष वा चाडबाडको बेला छ र सुपरमार्केटले क्यालेन्डरहरू बाँडिरहेको छ भने, तिनीहरूलाई अझै धेरै वटा लिनुपर्छ, अनि मात्रै तिनीहरू सन्तुष्ट महसुस गर्छन्। जब तिनीहरूले अरूको फाइदा उठाउँछन्, तब तिनीहरूलाई प्रसन्न हुन्छन् र तिनीहरू कति सक्षम र सिपालु छन् भनेर प्रदर्शन गर्दै समेत हिँड्छन्। मलाई भन, त्यस्ता मानिसहरूमा कस्तो मानसिकता हुन्छ? जेसुकै भए पनि, तिनीहरूले सधैँ फाइदा उठाउन र घाटा भोग्नबाट जोगिन सक्छन् कि सक्दैनन् भन्ने कुराका आधारमा कामकुराहरूलाई मापन गर्छन्। यस्तो सोचाइ र दृष्टिकोण मात्रै पनि अत्यन्तै घिनलाग्दो र घृणास्पद हुन्छ। अवश्य नै, यसमा दुराग्रही पक्ष पनि हुन्छ, साथै दुष्ट पक्ष पनि हुन्छ। त्यस्ता मानिसहरूसँग व्यवहार गर्न गाह्रो हुन्छ र तिनीहरू किचकिचे हुन्छन्। त्यस्ता मानिसहरूमा मानवताका धेरै खराबीहरू प्रदर्शन हुन्छन्—मानवताको दृष्टिकोणबाट हेर्दा, तिनीहरूको सोचाइको तरिका सामान्य समझ वा व्यवहारका कुनै पनि नियमअनुरूप हुँदैन, र यो सामान्य मानवताको आधारभूत नैतिक आधाररेखाभन्दा तल हुन्छ; अवश्य नै, तिनीहरू मानवताको विवेक र समझसँग पनि मिल्दैनन्। तिनीहरू अत्यन्तै विकृत, अत्यन्तै नीच, र अत्यन्तै दुराग्रही पनि हुन्छन्। के त्यस्ता मानिसहरूलाई प्रायजसो मानिसहरूको समूहमा देखिँदैन र? (देखिन्छ।) घिनलाग्दा मानिसहरूको चरित्र दुष्ट हुन्छ र तिनीहरूसँग व्यवहार गर्न निकै गाह्रो हुन्छ। कुनै कुरा तिनीहरूको हितहरूसँग सम्बन्धित भएसम्म, चाहे त्यो भौतिक हितहरूसँग सम्बन्धित होस् वा तिनीहरूको अभिमान र हैसियतसँग सम्बन्धित होस्, यस विषयमा तिनीहरूको आचरण प्रकाश हुनेछ; यो निकै स्पष्ट रूपमा प्रदर्शन हुनेछ। तिनीहरूले विकृत र भ्रमपूर्ण तर्कहरू बोल्न थाल्छन्, र तिनीहरू समझप्रति पूर्ण रूपमा अभेद हुन्छन्। ठीक छ, घिनलाग्दा मानिसहरूका बारेमा रहेको हाम्रो छलफल यति नै हो।
अर्को प्रकटीकरण स्वार्थ हो। के स्वार्थ असल कुरा हो? (होइन।) त्यसोभए सुरुमा, मलाई भन, के स्वार्थ जन्मजात कुरा हो? (होइन।) स्वार्थ जन्मजात हुँदैन, त्यसोभए यो कस्तो प्रकारको समस्या हो? (यो मानवताको खराबी हो।) (मलाई लाग्छ यो चरित्रको समस्या हो।) स्वार्थलाई परिस्थितिका आधारमा वर्गीकरण गर्नुपर्छ। स्वार्थका केही घटनाहरू मानव जन्मजात प्रवृत्तिका प्रकटीकरणहरू हुन्; ती एक प्रकारका मानव जन्मजात प्रवृत्ति हुन्, जुन मानिसहरूमा हुनुपर्ने अधिकार, आफ्नै हितहरूको सुरक्षा गर्ने अधिकार हो। यदि यो मानव जन्मजात प्रवृत्तिको प्रकटीकरण हो भने, यो मानिसहरूसँग हुनुपर्ने कुरा हो। यस्तो स्वार्थ भनेको आफ्नो मानव अधिकार र आफ्नो वैध अधिकार र हितहरूको सुरक्षा गर्ने कार्यको प्रकटीकरण हो। यस्तो प्रकारको स्वार्थ उचित हुन्छ; यो मानवताको खराबी होइन। तर, अर्को प्रकारको प्रकटीकरण पनि छ जुन यस्तो प्रकारको स्वार्थभन्दा अझ गम्भीर हुन्छ—यसमा अरूका हितहरूमा हानि गर्ने कार्य समावेश हुन्छ, र यो मानवताको खराबी हो; यो चरित्रको समस्यामा आइपुगेको हुन्छ। यी समस्याहरूलाई खुट्ट्याउनु नै पर्ने हुन्छ: स्वार्थका कुन-कुन प्रकटीकरणहरू उचित छन्, स्वार्थका कुन-कुन प्रकटीकरणहरू मानवताको खराबी हुन्, र स्वार्थका कुन-कुन प्रकटीकरणहरूमा चरित्रको समस्या समावेश हुन्छ। यदि यी समस्याहरूलाई स्पष्ट रूपमा देख्न सकियो भने, सिद्धान्तहरूअनुसार कसरी अभ्यास गर्ने भन्ने कुरा व्यक्तिलाई थाहा हुनेछ। उदाहरणका लागि, मानिसहरूले आफ्नो जीवनको राम्रो हेरचाह गर्न, आफ्ना जिम्मेवारी र दायित्वहरू पूर्ण रूपमा पूरा गर्न, र अरूको मामलामा चासो नलिई आफूलाई राम्ररी व्यवस्थापन गर्न, अरूका हितहरूमा हस्तक्षेप नगरी आफूलाई राम्ररी व्यवस्थापन गर्न मात्र चाहन्छन्—मानवताको दृष्टिकोणबाट हेर्दा, यो पनि एक प्रकारको स्वार्थ हो, होइन र? तर, अर्को दृष्टिकोणबाट हेर्दा, यो मानिसहरूमा हुने जन्मजात प्रतिक्रिया पनि हो। अवश्य नै, यो परमेश्वरद्वारा मानिसहरूलाई दिइएको अन्तर्निहित अधिकार पनि हो—अर्थात्, अरूको मामलामा चासो नलिई सुरुमा आफ्नो ख्याल राख्ने अधिकार तँसँग हुन्छ। तैँले आफ्नो मानव जीवन कायम राखेर, आफ्नो जीवन टिकाइ कायम राखिरहेको हुन्छस्। यो उचित कुरा हो। अवश्य नै, मानवताको दृष्टिकोणबाट हेर्दा, आफ्ना बारेमा मात्रै वास्ता गर्नु र अरूबारे वास्ता नगर्नु पनि स्वार्थको प्रकटीकरण नै हो। तर, यस्तो प्रकारको स्वार्थ मानवताको सामान्य प्रकटीकरण हो र यो उचित छ। मानव दृष्टिकोणबाट हेर्दा, यसलाई मानवताको खराबीका रूपमा हेरिने भए पनि, वास्तवमा, यो मानवताको खराबीचाहिँ होइन। आफ्नो बारेमा मात्रै वास्ता गर्नु—अघाउञ्जेलखानु र न्यानो लुगा लगाउनु, आफ्नो काम राम्ररी गर्नु, आफ्ना दायित्वहरू पूरा गर्नु, र यति मात्रै हो—अरूको हेरचाह गर्न सक्षम नहुनु वा अरूको हेरचाह गर्न नचाहनु, तँसँग भएको अधिकार हो, र यो परमेश्वरले तँलाई दिनुभएको जन्मजात प्रवृत्ति पनि हो। जन्मजात अवस्थाहरूको दृष्टिकोणबाट हेर्दा, यदि व्यक्तिलाई कसरी आफ्नो हेरचाह गर्ने भन्ने समेत थाहा छैन, यदि उसमा यो जन्मजात प्रवृत्तिको कमी छ भने, उसले वयस्क बन्ने मानक पूरा गर्दैन। यस्तो प्रकारको स्वार्थ मानिसहरूसँग हुने प्रवृत्तिगत प्रतिक्रिया हो। तिनीहरूले आफ्नो बारेमा मात्रै वास्ता गर्ने भए पनि, आफ्नै अधिकार र हितहरूको मात्रै सुरक्षा गर्ने भए पनि, बाँच्नका लागि आफ्ना आधारभूत खाँचोहरू, साथै आफ्नो जीवन र कामको वृत्तभित्र रहेका मामलाहरूको मात्रै वास्ता गर्ने भए पनि, तिनीहरूले अरूका हितहरूमा हस्तक्षेप गर्दैनन् भने, यस्तो स्वार्थलाई निन्दा गरिँदैन। आफूलाई मात्रै वास्ता गर्ने भन्दा पनि साँच्चै नै दुष्ट चरित्रको तलमा पुग्ने यस प्रकारको स्वार्थमा अरूका हित र अधिकारहरूलाई अतिक्रमण गर्ने वा हानि गर्ने, अरूका मानव अधिकारहरूलाई हस्तक्षेप गर्ने कार्य पनि समावेश हुन्छ। यो साँचो स्वार्थ हो, र यो दुष्ट चरित्रको समस्या हो। यदि, तेरा हित, प्रतिष्ठा, हैसियत, र अभिमानको रक्षा गर्नका लागि, तैँले अरूका हितहरू हडप्न वा जबरजस्ती लिनका लागि कुनै कसर बाँकी राख्दैनस् भने—अरूका हितहरूलाई आफ्नै हितहरूका रूपमा लिन्छस्, अरूको नभई आफ्नै बारेमा मात्रै ख्याल गर्छस्, अरूलाई बाँच्ने कुनै मार्ग समेत छोड्दैनस् भने—यस्तो प्रकारको स्वार्थले दुष्ट चरित्र जनाउँछ। उदाहरणका लागि, राती, जब अरू सबै सुतिरहेका हुन्छन्, तब तँ उत्साहित हुन्छस् र तँ सुत्न सक्दैनस्, त्यसकारण तँलाई गीत गाउन मन लाग्छ। तँ बहकिएर, ठूलो स्वरमा गाउन थाल्छस्, र गाउँदा सङ्गीत लगाएर नाच्ने समेत गर्छस्। तेरो आफ्नै मुडमा सुधार आउँछ, र तँलाई खुसी लाग्छ, तर तैँले अरू सबैलाई बिउँझाउँछस्, तिनीहरूलाई निदाउनै सक्दैनन्। यसलाई के भनिन्छ? (स्वार्थ।) यस्तो प्रकारको व्यवहारलाई स्वार्थ भनिन्छ। के यो व्यवहारले दुष्ट चरित्र जनाउँछ? (जनाउँछ।) यो व्यवहार किन दुष्ट चरित्रको सङ्केत हो? (किनभने तिनीहरूले अरूलाई ख्याल गरिरहेका हुँदैनन्, र तिनीहरूले अरूको विश्राममा असर गरिरहेका हुन्छन्।) आफैलाई खुसी पार्नका लागि, तँ अरूको विश्राम गर्ने र निदाउने समयलाई बलिदान गर्न पनि हिचकिचाउँदैनस्, सबैलाई तेरो गीतमा साथ दिन र तेरो रमाइलोमा सामेल हुन बाध्य बनाउँछस्। आफ्ना उद्देश्यहरू हासिल गर्न र आफ्ना हितहरूको सुरक्षा गर्नका लागि, तैँले अरूका हित र अधिकारहरूलाई अतिक्रमण गर्छस्। अर्थात्, तेरा आफ्ना हितहरूको रक्षा गर्ने सर्त भनेको अरूका हित र अधिकारहरू बलिदान गर्नु हो। यस्तो प्रकारको प्रकटीकरणलाई स्वार्थ भनिन्छ। यस्तो प्रकारको स्वार्थले घृणास्पद र दुष्ट चरित्रलाई जनाउनुको कारण के हो भने यस्तो व्यवहारले अरूका हितहरूमा हानि गर्छ। तैँले अरूका हितहरूमा हानि गर्दै र त्यसलाई कमजोर पार्दै आफ्ना हितहरूको सुरक्षा गर्न अनुचित माध्यमहरू प्रयोग गर्छस्—स्वार्थ भनेको यही हो। उदाहरणका लागि, जब सबैले सँगै खाना खान्छन्, तब कतिपय मानिसहरूले आफूले मासु पाउँछु कि पाउँदिन भन्ने बारेमा मात्रै वास्ता गर्छन्, र अरूको भागको मासु समेत खान्छन्। के बढी मासु खाने त्यस्ता मानिसहरू स्वार्थी भइरहेका हुन्छन्? (हुन्छन्।) तिनीहरूको आफूलाई आचरणमा ढाल्ने तरिका अनुचित हुन्छ, तिनीहरूले आफ्नो बारेमा मात्रै ख्याल गर्छन् र अरूलाई बेवास्ता गर्छन्—स्वार्थ भनेको यही हो। यो परिस्थितिलाई किन स्वार्थ भनिन्छ? यसलाई किन दुष्ट चरित्र मानिन्छ? किनभने, आफ्ना हितहरूको सुरक्षा गर्नका लागि, तिनीहरूले अरूका हितहरूमा अतिक्रमण गर्छन्, अरूका सामानहरू हडप्छन् र ती आफ्नै जस्तो गरी लिन्छन्। यसलाई स्वार्थ भनिन्छ, र यस्तो प्रकारको स्वार्थले घृणास्पद मानवता र दुष्ट चरित्रलाई जनाउँछ। त्यसकारण, यदि तैँले अरूका हितहरूलाई अतिक्रमण गरेर अनि हानि गरेर आफ्ना अधिकार र हितहरूको सुरक्षा गर्छस् भने, तँ स्वार्थी व्यक्ति होस्, दुष्ट चरित्र भएको व्यक्ति होस्। तँ खराब मानवता भएको व्यक्ति होस् भनेर पनि भन्न सकिन्छ। तर, यदि तैँले अरूका हितहरूमा हानि गरेको छैनस्, अरूका सम्बन्धहरूलाई तोडेको वा क्षति गरेको छैनस्, र अरूको मामलामा चासो नदिइकन आफैबारे मात्रै ख्याल गरेको छस् भने, यस्तो प्रकारको स्वार्थ अझै पनि केही हदसम्म उचित हुन्छ। बढीमा, तँ त्यति दयालु छैनस्, र तँ सङ्कीर्ण र आत्म-केन्द्रित छस् भनेर भन्न सकिन्छ, तर तँ खराब व्यक्ति होइनस्; यो दुष्ट चरित्रको तहमा चाहिँ पुग्दैन। के यी दुई प्रकारका स्वार्थको प्रकृतिमा कुनै भिन्नता छ? (छ।) मानिसहरूको स्वार्थको हद र तिनीहरूले कसरी कार्य गर्छन् भन्ने कुराको सारका आधारमा तिनीहरूको चरित्रलाई खुट्ट्याएर, मानिसहरूभित्रको चरित्र फरक हुन्छ भन्ने कुरा देख्न सकिन्छ—भिन्नताहरू हुन्छन्।
कतिपय मानिसहरूले कहिल्यै अरूका मामलाहरूमा चासो दिँदैनन् र आफ्नै मामलाहरूमा मात्रै ध्यान दिन्छन्। त्यस्ता मानिसहरू अरूसँगको अन्तरक्रियामा त्यति न्यानो हृदयका, त्यति मित्रवत्, र त्यति मायालु देखिँदैनन् होला। तर, तिनीहरू कहिल्यै बाधाहरू पैदा गर्दैनन्, अरूका बारेमा कहिल्यै झूट वा अफवाहहरू बनाउँदैनन्, र अरूको सामानमा कहिल्यै हडप्ने वा त्यसलाई अतिक्रमण गर्ने गर्दैनन्। अवश्य नै, तिनीहरूले कहिल्यै अरूलाई आफ्नो सामान दिँदैनन्। तिनीहरू अत्यन्तै लोभी र अत्यन्तै कन्जुस देखिएलान्, तर तिनीहरूले अरूका हितहरूमा कहिल्यै हानि गर्दैनन्, र तिनीहरूले आफूलाई आचरणमा ढाल्ने तरिकामा तिनीहरू अत्यन्तै सिद्धान्तअनुरूप हुन्छन्। त्यस्ता मानिसहरूको आधाररेखा हुन्छ, जुन यस्तो हुन्छ: “म तिमीबाट फाइदा उठाउँदिन, र तिमीले मबाट फाइदा उठाउने बारेमा सोच्नु हुँदैन। म कहिल्यै तिमीलाई शोषण गर्दिनँ, र तिमीले मलाई शोषण गर्ने बारेमा सोच्नु हुँदैन।” तिनीहरू अत्यन्तै सिद्धान्तनिष्ठ हुन्छन्। त्यस्ता मानिसहरू अरूप्रति उदासीन भए पनि, अरूलाई सहयोग गर्न उत्कट नभए पनि, अरूसँग अन्तरक्रिया नगर्ने भए पनि, र अरूलाई त्यति धेरै मित्रता वा जोस नदेखाए पनि, तिनीहरू कहिल्यै अरूलाई हानि गर्दैनन्। तिनीहरूसँग कुनै कुरा धेरै भए पनि, तिनीहरू अरूलाई दिँदैनन्। जब तिनीहरूले अरूसँग असल कुराहरू देख्छन्, तब तिनीहरू कहिलेकहीँ डाहा वा ईर्ष्या महसुस गर्न सक्छन्, तर तिनीहरूसँग ती कुराहरू लोभी ढङ्गले लिने कुनै अभिप्राय हुँदैन; तिनीहरूले अरूबाट सुटुक्क फाइदा पनि उठाउँदैनन्, न त आफ्नै फाइदाका लागि अरूका हितहरूलाई अतिक्रमण नै गर्छन्। माथि उल्लेख गरिएका यी माथि उल्लेख बुँदाहरूबाट मूल्याङ्कन गर्दा, तिनीहरू दुष्ट हुँदैनन्। त्यसोभए, के यसको अर्थ तिनीहरूको मानवता असल छ भन्ने हुन्छ? तिनीहरूको मानवता असल छ कि छैन भन्ने कुरा तिनीहरूको विवेक र समझ, सत्यतालाई स्वीकृतिप्रतिको तिनीहरूको मनोवृत्ति, र सकारात्मक कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिमा निर्भर हुन्छ—यो अर्को मामला हो। तर कम्तीमा पनि, अरूसँग मिलजुल गर्दा तिनीहरूले अपनाउने मनोवृत्ति र शैलीबाट मूल्याङ्कन गर्दा, तिनीहरू अरूप्रति दुर्भावनापूर्ण हुँदैनन्। झट्ट हेर्दा, तिनीहरू अत्यन्तै स्वार्थी देखिन्छन्, तिनीहरूले आफ्नो बारेमा मात्रै ख्याल गर्छन्, आफ्नै सानो संसारमा जिउँछन् र अरूका मामलाहरूमा चासो दिँदैनन्। तर, तिनीहरूले कहिल्यै अरूका हितहरूमा हानि गर्दैनन्, त्यसकारण तिनीहरूको चरित्र अझै पनि स्वीकार्य नै हुन्छ। अर्थात्, जब तैँले तिनीहरूसँग अन्तरक्रिया गर्छस् वा तिनीहरूसँग भौतिक वा सामाजिक लेनदेन गर्छस्, तब तिनीहरूले कम्तीमा पनि तेरा हितहरूमा हानि गर्नेछैनन्। यदि तैँले तिनीहरूलाई सल्लाह मागिस् वा केही विचारहरू प्रदान गर्न आग्रह गरिनस् गरिस् भने, तिनीहरूले तँलाई सहयोग गर्नेछन्, तर यदि तैँले आग्रह गरिनस् भने, तिनीहरूले सहयोग गर्न पहल गर्नेछैनन्। यो प्रकटीकरणबाट मूल्याङ्कन गर्दा, त्यस्ता मानिसहरू निकै एकलकाँटे देखिन्छन् होला, तर तिनीहरूले कहिल्यै अरूको फाइदा उठाउँदैनन् वा अरूका हितहरूमा हानि गर्दैनन् भन्ने तथ्य मूल्याङ्कन गर्दा, तिनीहरूमा अझै पनि मानवता हुन्छ र तिनीहरू तुलनात्मक रूपमा सभ्य हुन्छन्। के यसलाई यसरी हेर्दा यो सही र वस्तुगत हुन्छ? (हुन्छ।) त्यसकारण, सबै स्वार्थी मानिसहरू दुष्ट मानिसहरू वा कमजोर चरित्र भएका मानिसहरू हुन्छन् भन्ने हुँदैन। तैँले तिनीहरूको स्वार्थ अरूका हितहरूमा हानि गर्ने वा अरूको सम्पत्ति हडप्ने बिन्दुसम्म पुगेको छ कि छैन, साथै आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने तिनीहरूको सिद्धान्तहरू के-के हुन्, तिनीहरूको चरित्रको सार के हो, र तिनीहरूले आफूलाई आचरणमा ढाल्ने तरिकामा तिनीहरूसँग सीमा र सिद्धान्तहरू छन् कि छैनन् भन्ने कुरालाई पनि हेर्नुपर्छ। सतहमा, कतिपय मानिसहरू, अरूसँग मिलजुल गर्दा अत्यन्तै उदार र हार्दिक देखिन्छन्। तिनीहरूले अरूलाई दिन्छन्, अरूलाई सहयोग गर्छन्, र अरूका लागि कामकुरा पनि गरिदिन्छन्। यदि तँलाई कुनै कुरामा सहयोग चाहिएको छ भने, तिनीहरूले यो कुरा देखे सम्म, तैँले आग्रह नै गर्नु नपरी तिनीहरूले हात बटाउँछन्। यी प्रकटीकरणहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू निकै दयालु देखिन्छन्। तर, यदि तैँले तिनीहरूलाई चिढ्याइस् वा अनजानमा तिनीहरूको हितमा हानि गर्ने कुनै कुरा गरिस् भने, तिनीहरूले यस कुरालाई छोड्न मान्नेछैनन्, ईख राख्नेछन्, पुराना कुराहरू उठाउनेछन्, र तँलाई चकनाचुर नपारेसम्म विश्राम लिनेछैनन्। यिनीहरू दुष्ट मानिसहरू हुन्—बाहिरी रूपमा स्वार्थी देखिने मानिसहरूभन्दा पनि मानवतामा निकै खराब। बुझ्यौ? (बुझ्यौँ।) मानिसहरूमध्ये, यी दुईमध्ये कुन प्रकार बढी आम हुन्छ? तिमीहरूलाई कुन प्रकारचाहिँ मन पर्छ? धेरैजसो मानिसहरूलाई उदासीन र स्वार्थी मानिसहरू मन पर्दैन। कतिपय मानिसहरूले, जब तँलाई कठिनाइमा परेको देख्छन्, तब सहयोग गर्न पहल लिनेछन्। तैँले आग्रह गरिनस् भने पनि, तिनीहरूले तँलाई सहयोग चाहिन्छ कि भनेर अझै पनि सोध्नेछन्। यदि तँलाई चाहिने रहेछ भने, तिनीहरूले तँलाई सहयोग गर्नेछन्। त्यस्ता मानिसहरूसँग अरूप्रतिको प्रेम हुन्छ र अरूलाई दिने र सहयोग गर्ने प्रवृत्ति हुन्छ। कतिपय अरूले, जब तँलाई कठिनाइमा परेको देख्छन्, तब तँलाई सहयोग गर्न पहल लिनेछैनन्, तर तैँले बोलेसम्म र तिनीहरूलाई अनुरोध गरेसम्म, तिनीहरूले अझै पनि सहयोग गर्नेछन्। त्यस्ता मानिसहरू अलिक निष्क्रिय हुने भए पनि, तिनीहरू अझै पनि खराब हुँदैनन् र तिनीहरूलाई असल मानिसहरू मान्न सकिन्छ। अर्को प्रकारको व्यक्ति पनि छ—तैँले जति नै ठूलो कठिनाइ सामना गरे पनि, उसले तँलाई सहयोग गर्नेछैन। तैँले उसलाई अनुरोध गरे पनि, उसले इन्कार गर्ने बहाना र कारणहरू खोज्नेछ। यस्तो प्रकारको व्यक्ति सबैभन्दा स्वार्थी हुन्छ। कतिपय मानिसहरूले प्रायजसो बाहिरी रूपमा भन्छन्, “यदि तिमीलाई कुनै सहयोग चाहिएको छ भने, बस मलाई भन।” जब केही भइरहेको हुँदैन, तब तिनीहरू विशेष रूपमा हार्दिक, सक्रिय, र सकारात्मक देखिन्छन्। तर जब तैँले तिनीहरूलाई कुनै कुरामा सहयोग गर्न साँच्चै आग्रह गर्छस्, तब सहयोग गरेपछि, तिनीहरूले भुक्तानीको सङ्केत दिन थाल्छन्, र यस्ता कुराहरू भन्छन्, “मैले त्यसका लागि मेरो मालिकलाई उपहार दिन यति धेरै पैसा खर्च गरेँ।” हेर् त, सतहमा, तिनीहरू निकै हार्दिक देखिन्छन्, र बदलामा केही नमागी तेरा लागि सेवाहरू प्रदान गरे र कामहरू गर्ने प्रस्ताव गर्छन्। तर तिनीहरूले सहयोग गरेपछि, तैँले व्यक्तिगत निगाहको ऋण कहिल्यै पूर्ण रूपमा तिर्न सक्नेछैनस्। त्यस्ता मानिसहरू कति धूर्त हुन्छन्! के तैँले त्यस्ता मानिसहरूसँग सङ्गत गर्नु हुन्छ? (हुँदैन।) म त्यस्ता मानिसहरूसँग बस सङ्गत नै गर्दिनँ। तिनीहरू मीठो बोल्छन्, निकै न्यानोपन र ख्याल देखाउँछन्। तिनीहरूले तेरो अगाडि राम्रा कुराहरू भन्छन्, तर तेरो पिठ्युँ पछाडि खराब कुराहरू गर्छन्। तिनीहरूले गर्ने कुरामा तिनीहरूसँग पटक्कै कुनै सिद्धान्त हुँदैन; तिनीहरू त मुखले रामराम बगलीमा छुरा जस्तो व्यवहार गर्ने, अनि मुस्कुराउने बाघहरू जस्ता मात्रै हुन्। जब केही भइरहेको हुँदैन, तब तिनीहरू सधैँ तँसँग हाँसो-ठट्टा गरिरहेका हुन्छन्, र तँ निकै नजिकको भएजस्तो व्यवहार गरिरहेका हुन्छन्। तर जब तँलाई साँच्चै नै तिनीहरूको सहयोग चाहिन्छ, तब तिनीहरूको अत्तोपत्तो हुँदैन। तिनीहरूलाई गर्न अत्यन्तै सजिलो हुने कुराहरूका हकमा समेत, तिनीहरू ती कुराहरूबाट जोगिनका लागि कारण र बहानाहरू खोज्छन्। थोरै मेहनत लाग्ने कुनै कुरा भए पनि, तिनीहरूले तँबाट अझै पनि व्यक्तिगत निगाहहरू माग्नेछन्। जब तिनीहरूले तेरा लागि कुनै काम गर्छन्, तब तिनीहरूले तँलाई बदलामा केही न केही दिन लगाउनका लागि हर-प्रकारका उपायहरू सोच्नेछन्। तैँले यो व्यक्तिगत निगाह कहिल्यै पूर्ण रूपमा चुकाउन सक्नेछैनस्। अर्कोतर्फ, बाहिरी रूपमा निकै निर्दयी देखिने र निकै स्वार्थी देखिने मानिसहरूका आचरणमा प्रायजसो सीमाहरू हुन्छन् र तिनीहरू आफ्नो व्यवहारमा अत्यन्तै होसियार हुन्छन्। तिनीहरूले तँप्रति मनतातो व्यवहार गरे पनि, तिनीहरूले कहिल्यै तेरो विरुद्ध षड्यन्त्र गर्नेछैनन्। यदि तैँले तिनीहरूलाई कुनै कुरामा साँच्चै सहयोग मागिस् भने, तिनीहरूले अवश्य नै ठूलो गम्भीरताका साथ सहयोग गर्नेछन्। त्यसपछि, यदि तैँले सानो व्यक्तिगत निगाह वा कुनै भौतिक कुराद्वारा तिनीहरूको गुन तिरिस् भने, तिनीहरूले यसलाई उचित रूपमा लिनेछन्। तर, यदि तैँले तिनीहरूलाई केही दिइनस् भने, तिनीहरूले तँलाई केही पनि माग्नेछैनन्, न त तिनीहरूले निगाह वा गुन फिर्ता लिनका लागि नै यो कुरा उठाइरहनेछन्। त्यस्ता मानिसहरू सच्चा हुन्छन्; बाहिरबाट तिनीहरू जस्ता देखिन्छन् भित्री रूपमा तिनीहरू ठ्याक्कै त्यस्तै हुन्छन्। तर, प्रायजसो, त्यस्ता मानिसहरूलाई कसैले पनि मन पराउँदैन, र उनीहरूले तिनीहरू स्वार्थी, मिलजुल हुन गाह्रो, कठोर छन्, र तिनीहरूमा मानव न्यानोपनको कमी छ भनेर भन्छन्, र तिनीहरूसँग कुनै सम्पर्क कायम गर्न चाहँदैन। वास्तवमा, यीमध्ये कतिपय मानिसहरूमा सभ्य मानवता हुन्छ। तिमीहरूको वरिपरि हेर अनि कोचाहिँ यस्तो प्रकारको हो भनेर हेर। तिनीहरू बोल्न कुशल नभए पनि, तिनीहरूको व्यक्तित्व निकै कठोर भए पनि, र बाहिरी रूपमा तिनीहरूमा मानव न्यानोपनको कमी छ जस्तो देखिए पनि र अरूसँग कसरी सङ्गत गर्ने वा कुराकानी कसरी सुरु गर्ने भन्ने तिनीहरूलाई थाहा नभए पनि, तिनीहरूको आफ्नो आचरणमा निकै सिद्धान्तअनुरूप हुन्छन्। तिनीहरू अत्यन्तै दयालु नहुने भए पनि, तिनीहरूको हृदयमा कुनै कुविचार हुँदैन; कम्तीमा पनि, धेरैजसो मानिसहरूप्रति तिनीहरूसँग कुनै खराब अभिप्रायहरू हुँदैनन्। तिनीहरू बाहिरी रूपमा जस्ता देखिन्छन् भित्री रूपमा ठ्याक्कै त्यस्तै हुन्छन्। तिनीहरूले मानिसहरूलाई जित्न संसारसँग व्यवहार गर्ने रणनीति वा दर्शनहरू प्रयोग गर्दैनन्। त्यस्ता मानिसहरू सरल हुन्छन्। के कुरा त्यही हो? (हो।) त्यसोभए अहिले, के तँसँग स्वार्थी मानिसहरूलाई सही रूपमा व्यवहार गर्ने आधार छैन त? तैँले तिनीहरूलाई केका आधारमा व्यवहार गर्नुपर्छ? यो तेरो भावना वा प्राथमिकताहरूमा आधारित हुनु हुँदैन, न त तँलाई यी मानिसहरू मन पर्छ कि पर्दैन, तँ तिनीहरूसँग मिलजुल गर्न सक्छस् कि सक्दैनस्, तिनीहरू तेरा लागि सहयोगी वा लाभदायी छन् कि छैनन्, वा तँप्रतिको तिनीहरूको मनोवृत्ति कस्तो छ त्यसमा नै यो आधारित हुनुपर्छ—यो यी कुराहरूमा आधारित हुनु हुँदैन। बरु, यो तिनीहरूको चरित्र, तिनीहरूको मानवता सार, र मानिसहरूप्रति, सत्यताप्रति, र सकारात्मक कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिमा आधारित हुनुपर्छ। तैँले स्वार्थी मानिसहरूसँग व्यवहार गर्ने तरिका यी तत्त्वहरूमा आधारित हुन्छ। यदि तिनीहरू साँच्चै नै दुष्ट मानिसहरू हुन् भने, तिनीहरूलाई त्यही अनुसार निराकरण गर्। यदि तिनीहरू बाहिरी रूपमा स्वार्थी देखिन्छन् तर तिनीहरूको मानवता दुष्ट छैन भने, तैँले तिनीहरूलाई दुष्ट मानिसहरू वा खराब मानवता भएका मानिसहरूका रूपमा व्यवहार गर्नु हुँदैन। तँलाई यी मानिसहरू मन पर्दैनन् भने पनि वा तिनीहरू अरूसँग सङ्गत गर्न वा सम्बन्धहरू कायम राख्न सिपालु छैनन् भने पनि, तैँले तिनीहरूलाई बाहिरी रूपमा स्वार्थी देखिएकै भरमा मात्रै दुष्ट मानिसहरू वा मानवताविनाका मानिसहरूका रूपमा लिनु हुँदैन। यो त यी मानिसहरूविरुद्ध पूर्वाग्रह राख्नु हो। त्यसोभए अहिले, के तँसँग स्वार्थी मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने बारेमा सिद्धान्त छैन र? यसलाई सामान्यीकरण गर्न सकिँदैन; बरु, यो तिनीहरूको मानवता सार र सत्यता अनि आफ्नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति र तिनीहरूले आफूलाई आचरणमा ढाल्ने मनोवृत्तिमा आधारित हुनुपर्छ—तैँले तिनीहरूलाई व्यवहार गर्नुपर्ने सिद्धान्त यही हो। स्वार्थको मामला सम्बन्धी हाम्रो सङ्गति यति नै हो।
अर्को प्रकटीकरण भनेको उच्च सुनिने कुराकानीमा संलग्न हुनु र कुनै वास्तविक कुरा नगर्नु हो। सुरुमा हामी यो कस्तो प्रकारको समस्या हो भनेर छलफल गरौँ। त्यस्ता मानिसहरू उच्च धर्मसिद्धान्तहरू बोल्नमा र उच्च सुनिने कुराकानीमा संलग्न हुनमा रमाइलो मान्छन्। भेलाहरूमा, तिनीहरूले प्रायजसो आफ्ना आकाङ्क्षा र सङ्कल्प, आफ्नै बुझाइ, र कामका लागि आफ्ना योजनाहरूका बारेमा छलफल गर्छन्। तर जब कुनै वास्तविक काम गर्ने समय आउँछ, तब तिनीहरूले कुनै ऊर्जा जुटाउन सक्दैनन्। त्यस्ता मानिसहरूमा कस्तो प्रकारको समस्या हुन्छ? के यो जन्मजात अवस्था, मानवता, वा भ्रष्ट स्वभावहरूको समस्या हो? (मलाई लाग्छ यो भ्रष्ट स्वभावहरूअन्तर्गत पर्छ।) के यो भ्रष्ट स्वभावहरूअन्तर्गत पर्छ? यहाँ दुई वटा समस्याहरू समावेश छन्, होइन र? एउटा मानवताको खराबी हो—तिनीहरू कुनै पनि वास्तविक काम गर्न अनिच्छुक हुन्छन्, किनभने तिनीहरूलाई यसका लागि तिनीहरूले चिन्ता गर्नुपर्छ, कठिनाइ सहनुपर्छ, मूल्य चुकाउनुपर्छ, र ऊर्जा खर्च गर्नुपर्छ भन्ने लाग्छ। के यहाँ अल्छीपनको सङ्केत छैन र? के अल्छीपन मानवताको खराबी हो? (हो।) यति अल्छी मानिसहरूले कुनै पनि वास्तविक कुरा गर्दैनन् र अझै पनि तिनीहरू उच्च सुनिने कुराहरूमा संलग्न हुन्छन्। तिनीहरूलाई अझै पनि आफूलाई उच्च स्थानमा राख्न र अरू मानिसहरूलाई उच्च धर्मसिद्धान्तहरू प्रचार गर्न मन पर्छ। के यसले खराब स्वभाव जनाउँछ? के यसमा भ्रष्ट स्वभावका तत्त्वहरू पनि समावेश हुन्छन्? (हुन्छन्।) यो कस्तो प्रकारको भ्रष्ट स्वभाव हो? (अहङ्कार।) यो अहङ्कारी भ्रष्ट स्वभाव हो। त्यसमाथि, तिनीहरू अल्छी हुन्छन्, तिनीहरूले सहजता मन पराउँछन् जबकि कामलाई घृणा गर्छन्, तिनीहरू स्थिर रूपमा काम गर्दैनन्, र तिनीहरू वास्तविक कार्यमा संलग्न हुन अनिच्छुक हुन्छन्, तैपनि तिनीहरू अझै पनि ठूला पल्टिन चाहन्छन्, आफ्नो हैसियत दाबी गर्न, र अरूलाई प्रचार गर्न चाहन्छन्—तिनीहरू मुख चलाउन मात्रै इच्छुक हुन्छन् तर औँलो उठाउँदैनन्। तिनीहरूको मानवताका कमीकमजोरीहरू निकै ठूला हुन्छन्, र तिनीहरूको भ्रष्ट स्वभाव अत्यन्तै स्पष्ट हुन्छ। के यी कुराहरू दुई वटा अत्यन्तै स्पष्ट समस्याहरू होइनन् र? (हुन्।) के त्यस्ता मानिसहरू धेरै छैनन् र? (छन्।) कामबारे छलफल गर्दा, तिनीहरू उच्च सुनिने कुरामा संलग्न हुन्छन् र तिनीहरू अटुट रूपमा बोलिरहन्छन्, तर कुनै वास्तविक काम गर्ने समय आउँदा, तिनीहरू एक कदम पनि चाल्न सक्दैनन्। हामी तिनीहरूको क्षमता कस्तो हुन्छ भन्ने बारेमा कुरा नगरौँ—तिनीहरू मुख मात्र चलाउने र वास्तविक काम केही नगर्ने मानिसहरू हुन् भन्ने तथ्यका आधारमा मात्रै, तिनीहरूलाई निकम्मा मानिसहरू भनेर चित्रण गर्न सकिन्छ। तिनीहरू कुनै वास्तविक कुरा गर्दैनन् तर पनि तिनीहरू ठूला पल्टिन र हैसियतका फाइदाहरूको आनन्द उठाउन चाहन्छन्—के तिनीहरू समझको अभाव हुने गरी अहङ्कारी हुँदैनन्? तिनीहरू मुख मात्रै चलाउँछन्, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, र तिनीहरू अल्छी र अहङ्कारी दुवै हुन्छन्—तिनीहरू निकम्मा मानिसहरू हुन्, होइन त? यदि तिनीहरूलाई कार्य गर्न र कुनै वास्तविक काम गर्न, कामको आयोजना गर्न, योजना बनाउन, र कार्यान्वयन गर्न आग्रह गरियो भने, तिनीहरू त्यसो गर्न अनिच्छुक हुन्छन्; तिनीहरूलाई यसबारे हृदयको गहिराइमा प्रतिरोध महसुस हुन्छ। त्यस्ता मानिसहरू कति अल्छी हुन्छन् होला त! तिनीहरू आफ्नो उचित काममा ध्यान नदिने कामचोरहरू हुन्। तिनीहरूलाई हावा गफ चुट्न मात्र आनन्द उठाउँछन्, तिनीहरू केही गर्न चाहँदैनन्, तिनीहरू जीवनभरि झारा टार्न, मीठो खान, राम्रो लुगा लगाउन मात्रै चाहन्छन्, र तैपनि तिनीहरूले अरूद्वारा उच्च मानिन, र उच्च स्तरको व्यवहारको र हैसियत भएकाहरूलाई दिइने जस्तो व्यवहारको आनन्द लिन पनि चाहन्छन्। तिनीहरूको मानवता कस्तो हुन्छ? (खराब।) के तिमीहरूलाई त्यस्ता मानिसहरू घिनलाग्दा लाग्छन्? (लाग्छन्।) जब कतिपय मानिसहरूले बोल्न सिपालु तर वास्तविक केही काम नगर्ने मानिसहरूलाई देख्छन्, तब तिनीहरूलाई उनीहरूप्रति डाहा लाग्छ। तिनीहरू सोच्छन्, “उनीहरू अनवरत रूपमा कुरा गर्न सक्छन्, र उनीहरूले भन्ने सबै कुरा सुसङ्गठित र व्यवस्थित हुन्छ—यसले उनीहरूसँग सत्यता वास्तविकता छ भन्ने देखाउँछ।” तिनीहरूले प्रायजसो भन्ने गरेका कुराहरू सबै नै तिनीहरूले परमेश्वरको घरका प्रवचन र सङ्गतिहरूबाट सिकेका हुन्छन् र ती तिनीहरूका आफ्नै अनुभवहरूबाट आएका हुँदैनन् भनेर सबै सुझबुझ भएका मानिसहरूले भन्न सक्छन्। त्यसकारण, तिनीहरूको प्रचार प्रभावशाली सुनिने भए पनि, तिनीहरूले कुनै पनि समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्। समय बित्दै जाँदा, मानिसहरूले त्यस्ता व्यक्तिहरू सधैँ नै ठगहरू थिए भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्। तैँले जुनसुकै प्रश्न अघि सारे पनि, तिनीहरूले त्यसको उत्तर दिन सक्दैनन्, न त तिनीहरूले कुनै सिद्धान्त वा अभ्यासका मार्गहरू नै साझा गर्न सक्छन्, तैपनि तिनीहरू अझै पनि तैँले तिनीहरूलाई उच्च मानोस् भन्ने चाहन्छन्। तिनीहरूले तँलाई कसरी तिनीहरूलाई उच्च मान्न लगाउँछन्? तिनीहरूले तेरो हृदयमा स्थान सुरक्षित गर्न, तँलाई तिनीहरूको डाहा गर्न लगाउन, तिनीहरूको सराहना गर्न लगाउन, र तिनीहरूलाई उच्च मान्न लगाउनका लागि तिनीहरूको प्रस्तुति र भाषणहरू प्रयोग गर्छन्। के त्यस्ता मानिसहरू लाज विहीन हुँदैनन् र? तिनीहरू कुनै वास्तविक काम गर्दैनन्, न त तिनीहरू वास्तविक काम गर्न सक्षम नै हुन्छन्, तैपनि तिनीहरू अझै पनि अरूले तिनीहरूलाई उच्च मानून् भन्ने चाहन्छन्, र तिनीहरू अझै पनि आफ्नो उच्च सुनिने कुराकानीले अरूको ऊर्जा र समय बरबाद गर्न चाहन्छन्, तर अन्त्यमा, तिनीहरू कुनै पनि समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्। परमेश्वरमा विश्वास गरेको एक-दुई वर्ष मात्रै भएका मानिसहरू अझै पनि तिनीहरूद्वारा बहकिन सक्छन्, तर परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएका र अलिकति सत्यता वास्तविकता बुझेका मानिसहरूले तिनीहरूको उच्च सुनिने कुराकानी सुन्न चाहँदैनन्। तैपनि यदि तैँले सुन्न मानिनस् भने, तिनीहरूले तँबारे नकारात्मक राय निर्माण गर्छन् र तँ सत्यतालाई प्रेम गर्दैनस् भनेर भन्छन्। के त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुँदैनन् र? (हुन्छन्।) तिनीहरूसँग सत्यताको कुनै पनि पक्षबारे आंशिक बुझाइ मात्रै हुन्छ, र जब तिनीहरूले केही धर्मसिद्धान्तहरू बुझ्छन्, तब तिनीहरू तिनलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्, र तैपनि तिनीहरू अझै पनि अरूलाई यी धर्मसिद्धान्तहरू प्रचार गर्न र अरूलाई ती स्वीकार गर्न लगाउन चाहन्छन्। यदि तैँले सुन्न मानिनस् भने, तिनीहरूले तँ सत्यतालाई प्रेम गर्दैनस् र तिनीहरूलाई आदर गर्दैनस् भनेर भन्छन्। तर यदि तैँले तिनीहरूको कुरा सुनिस् भने, तँलाई असहज महसुस हुन्छ र तँ चुपचाप बस्न सक्दैनस्। तँ किन चुपचाप बस्न सक्दैनस्? किनभने तँसँग समाधान गरिनुपर्ने धेरै समस्याहरू र गरिनुपर्ने धेरै काम हुन्छन्, र तँसँग तिनीहरूको उच्च सुनिने कुराकानी सुन्ने समय हुँदैन। यदि कसैले उच्च सुनिने कुराकानीमा संलग्न हुनेहरूलाई साँच्चै डाहा गर्छ भने, ऊ कस्तो प्रकारको व्यक्ति हो? ऊ निष्क्रिय व्यक्ति, मूर्ख व्यक्ति हो, र गर्नका लागि अरू केही काम नभएको व्यक्ति हो। कर्तव्य पूरा गर्ने कुरा आउँदा, त्यस्ता मानिसहरूमा कुनै भक्ति हुँदैन र तिनीहरूले कुनै बोझ वहन गर्दैनन्; तिनीहरू जीवनभरि झारा टार्न, सित्तैँमा पेट भर्न र मर्ने प्रतीक्षा गर्न मात्रै चाहन्छन्। हरेक दिन, तिनीहरू समय बिताउन केही गहन धर्मसिद्धान्तहरू सुन्छन्, तैपनि तिनीहरूले अझै पनि केही कुरा प्राप्त गरेका छन् र परमेश्वरमाथिको तिनीहरूको विश्वासमा प्रगति गरेका छन् भन्ने सोच्छन्: “तिनीहरूले प्रचार गरिरहेका सत्यताहरू दिन प्रतिदिन उच्च बन्दै गइरहेका हुन्छन्—तिनीहरूको प्रचार चाँडै तेस्रो स्वर्गको तलमा पुग्नेछ! यी सबै स्वर्गबाट आएका रहस्यहरू हुन्!” तिनीहरूले उच्च सुनिने कुराकानीमा संलग्न हुने मानिसहरूले बोल्ने धेरै धर्मसिद्धान्तहरू सुन्छन्, तर तिनीहरूले कर्तव्य पूरा गर्दा कसरी अर्पित हुने वा तिनीहरूले कर्तव्य पूरा गर्दा के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ भन्ने तिनीहरूलाई अझै थाहा हुँदैन। त्यसोभए के यी कुराहरू सुन्नु उपयोगी हुन्छ? (हुँदैन।) तिमीहरूले उच्च सुनिने कुराकानीमा संलग्न हुने र उच्च धर्मसिद्धान्तहरू प्रचार गर्ने मानिसहरूलाई भेट्दा के गर्नुपर्छ? तिमीहरूले तिनीहरूलाई नजिकबाट पछ्याउनुपर्छ कि इन्कार गर्नुपर्छ? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) तिमीहरूले तिनीहरूलाई कसरी इन्कार गर्छौ? तैँले तिनीहरूलाई कसरी इन्कार गर्ने र किन इन्कार गरिरहेको छस् भन्ने कुरा जान्नुपर्छ। यदि तँलाई यो थाहा छैन भने, जब तैँले तिनीहरूलाई इन्कार गर्छस्, तब तैँले अझै पनि हृदयमा यस्तो सोच्न सक्छस्, “के तिनीहरूलाई इन्कार गर्नुको अर्थ मैले सत्यतालाई प्रेम गर्दिनँ भन्ने हुन्छ?” यदि तँसँग यो विचार छ भने, यो समस्याजनक कुरा हो—यसले तँसँग कुनै सुझबुझ छैन र सत्यता वास्तविकता के हो भन्ने कुरा तैँले बुझेको छैनस् भनी प्रमाणित गर्छ। यदि तैँले तिनीहरूले धर्मसिद्धान्तहरू बोलेको सुन्छस् र अझै पनि तिनीहरूले सत्यताबारे सङ्गति गरिरहेका छन् भन्ने सोच्छस्, र आफ्नो हृदयमा तिनीहरूलाई अनुमोदन समेत गर्छस् भने, तँ पूर्ण रूपमा मूर्ख होस्। यदि तँसँग उच्च सुनिने कुराकानीमा संलग्न हुने त्यस्ता मानिसहरूले बोल्ने धर्मसिद्धान्तहरूका बारेमा सुझबुझ छ भने, तैँले तिनीहरूलाई इन्कार गर्नुपर्छ। यसको कारण के हो भने तिनीहरूले बोल्ने सबै कुरा धर्मसिद्धान्त र रित्ता शब्दहरू हुन्छन्—त्यो व्यर्थ हुन्छ। त्यो त भोक मेट्नका लागि केकको चित्र बनाउनु वा तिर्खा मेटाउनका लागि आलुबखडालाई हेर्नु जस्तै हो—यसले वास्तविक समस्याहरू पटक्कै समाधान गर्न सक्दैन। तिनीहरू धेरै धर्मसिद्धान्तहरू बोल्छन्, तर यी धर्मसिद्धान्तहरू मानिसहरूले कर्तव्य पूरा गर्दा तिनीहरूले सामना गर्ने वास्तविक समस्याहरूसँग मिल्दैनन्, र तिनलाई पटक्कै समाधान गर्न सक्दैनन्। तिनीहरूको कुरा सुन्नु, नसुन्नुभन्दा फरक हुँदैन। सुसमाचारको काम र मण्डली जीवनमा देखा पर्ने समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन; कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने, वा कुन-कुन काममा समाधान वा अनुगमन गर्नुपर्ने कमीकमजोरी र छुटफुटहरू छन् भन्ने तिनीहरूलाई थाहा हुँदैन; अनि अरूले विकृत धारणाहरू उठाउँदा तिनलाई कसरी समाधान गर्ने वा खण्डन गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूलाई यीमध्ये कुनै कुरा थाहा हुँदैन, त्यसकारण के तिनीहरूको उच्च सुनिने कुराकानी सुन्नु समयको बरबादी होइन र? तैँले तिनीहरूलाई इन्कार गर्नुपर्ने कारण यही हो। त्यसकारण, यो उच्च सुनिने कुराकानीलाई इन्कार गर्नुपर्छ किनभने यी मानिसहरूले बोल्ने कुरा सत्यता होइन बरु धर्मसिद्धान्तहरू हुन्। धर्मसिद्धान्तहरू के हुन्? धर्मसिद्धान्तहरूमा मानव धारणा र कल्पनाहरू अनुरूपका शब्दहरू समावेश हुन्छन्। यी मानिसहरूले समस्याको सारमा ध्यान दिँदै सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्दैनन्। तिनीहरूका शब्दहरू मनमोहक सुनिने भए पनि र स्पष्ट र तार्किक तरिकाले व्यक्त गरिए पनि, तिनले समस्याहरू पटक्कै समाधान गर्न सक्दैनन्। त्यसोभए, यी शब्दहरू धर्मसिद्धान्तहरू हुन्; ती जति नै सही देखिए पनि, ती सत्यता सिद्धान्तहरू होइनन्। कतिपय मानिसहरूका शब्दहरू सतही देखिएलान्, तर तिनले समस्याको जडलाई प्रहार गर्न र त्यसको सारलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छन्। तिनीहरूका कतिपय शब्दहरू अपमानझैँ अप्रिय सुनिने भए पनि, ती मानिसहरूले स्वीकार गर्न सक्ने शब्दहरू हुन्छन्, र तिनले वास्तविक समस्याहरू समाधान गर्न सक्छन्। निःसन्देह, यी वचनहरू सत्यता सिद्धान्तहरू अनुरूप हुन्छन्। कतिपय शब्दहरू मनमोहक, चलाख, परिष्कृत, र गहन सुनिएलान्, तर तिनले वास्तविक समस्याहरूलाई पटक्कै समाधान गर्न सक्दैनन्। ती सत्यता सिद्धान्तहरूसँग अलिकति पनि सम्बन्धित हुँदैनन्, न त तिनले मानिसहरूलाई मार्ग वा दिशा नै औँल्याउन सक्छन्। ती सबै सही देखिने धर्मसिद्धान्तहरू हुन्। त्यसकारण, यी शब्दहरूलाई इन्कार गरिनुपर्छ। त्यस्ता मानिसहरूलाई इन्कार गर्नुको कारण के हो भने तिनीहरूका उच्च सुनिने कुराकानीले तैँले आफ्नो कर्तव्य पूरा गर्न प्रयोग गर्नुपर्ने समय, सत्यता खोजी गर्न प्रयोग गर्नुपर्ने समय, र तेरो व्यक्तिगत ऊर्जा बरबाद गर्छन्—त्यसैले, तैँले तिनीहरूलाई इन्कार गर्नुपर्छ। तैँले तिनीहरूलाई कसरी इन्कार गर्नुपर्छ? “म गएँ है” भनेर मात्रै पनि, तैँले तिनीहरूलाई इन्कार गर्छस्, होइन र? वा तैँले यसो भन्न सक्छस्, “यस्तो कुरा नगर, मैले तिमीले भनेको सबै कुरा बुझेँ। मैले तिमीलाई सोधेको प्रश्नको उत्तर कहिले दिन्छौ? यदि तिमीले यसको उत्तर दिन सक्दैनौ भने, तुरुन्तै यहाँबाट जाऊ र मेरो समय बरबाद गर्न छोड।” के तिनीहरूलाई इन्कार गर्ने यो तरिका राम्रो छ? (छ।) मलाई त यो निकै राम्रो लाग्छ—नत्र भने, तैँले तिनीहरूलाई कसरी इन्कार गर्नेथिइस्? तिनीहरूको उच्च सुनिने कुराकानी, धर्मसिद्धान्तहरू, र नाराहरू इन्कार गर्नु भनेको फरिसीहरूलाई इन्कार गर्नु जस्तै हो। यस्ता मानिसहरूले कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरूको मानवता मानकअनुरूप हुँदैन, तिनीहरूको क्षमता कमजोर हुन्छ, र तिनीहरू आधारभूत रूपमा वास्तविक काम गर्न असमर्थ हुन्छन्। तैपनि, तिनीहरूले अझै पनि तँलाई बहकाउने प्रयास गर्न उच्च धर्मसिद्धान्तहरू प्रयोग गर्छन्। यदि तँ तिनीहरूलाई इन्कार गर्दैनस् भने, तँ पूर्ण रूपमा मूर्ख होस्। त्यस्ता मानिसहरूलाई भेट्दा तैँले इन्कार गर्नु सही हुन्छ। “गएँ ल” मात्रै भन् अनि हिँडिहाल्—यो कुरा समाधान गर्न निकै सजिलो कुरा हो, होइन र? उच्च सुनिने कुराकानी गर्ने तर कुनै वास्तविक काम नगर्नेहरूलाई ठ्याक्कै यसरी नै व्यवहार गर्नुपर्छ। यस्ता मानिसहरू उचित र गम्भीर तरिकाले कामकुरा गर्ने मानिसहरू होइनन्; तिनीहरू वास्तविक तरिकाले कामकुरा गर्ने मानिसहरू होइनन्। तिनीहरूले भन्ने कुरामा विश्वसनीयताको कमी हुन्छ, त्यो जोडिन लायक हुँदैन, र त्यो प्रभावकारी सल्लाह वा प्रभावकारी मार्ग भए झैँ गरी सुन्न लायक हुँदैन। त्यसकारण तिनीहरूको उच्च सुनिने कुराकानीको सन्दर्भमा, यसलाई सीधै इन्कार गर्—नोटहरू लिनु पर्दैन, र त्यो कदर गर्न लायक हुँदैन। उत्कृष्ट सुनिने कुराकानीबारे रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।
हामी अर्को प्रकटीकरणबारे कुरा गरौँ: राजनीतिबारे छलफल गर्न मन पराउनु। कतिपय मानिसहरूलाई आफ्नो देशको राजनीतिक परिस्थिति वा विश्वव्यापी राजनीतिक परिस्थिति, साथै उच्च तहका राजनीतिक व्यक्तित्वहरूका नीति र अभिव्यक्तिहरू, तिनीहरूको शासनको एजेन्डा र राजनीतिक रेखा, तिनीहरूले विभिन्न नीतिहरू कार्यान्वयन गर्ने तरिका र माध्यमहरू, र आदि-इत्यादि कुराबारे छलफल गर्न मन पर्छ। छोटकरीमा भन्दा, तिनीहरू राजनीतिसँग सम्बन्धित विषयहरूका बारेमा प्रायजसो छलफल गर्छन्; चाहे यी विषयहरू प्राचीन वा आधुनिक राजनीति, आन्तरिक वा अन्तर्राष्ट्रिय राजनीतिसँग सम्बन्धित हुन्, तिनीहरू ती कुराहरू बेला-बेलामा उठाउनमा आनन्द लिन्छन्। राजनीतिबारे छलफल गर्न मन पराउनु जन्मजात अवस्था, मानवता, वा भ्रष्ट स्वभावहरूअन्तर्गत पर्छ? तिमीहरूलाई थाहा छैन, होइन र? किनभने यो विषय अलिक विशेष छ। तिनीहरूलाई राजनीतिबारे छलफल गर्न मन पर्छ, र तिमीहरूको दृष्टिकोणमा, राजनीति सकारात्मक कुरा होइन। तिमीहरूले सोच्छौ: “यदि राजनीतिबारे छलफल गर्न मन पराउनु जन्मजात अवस्थाहरूभित्र पर्ने चासो र रुचि थियो भने, परमेश्वरले मानिसहरूलाई यस्तो प्रकारको चासो र रुचि दिनुहुनेथिएन; यदि यो खराब मानवताको समस्या थियो भने, कुनै नराम्रो काम नगरी यसबारे छलफल गर्नु मात्रै त खराब मानवतामा गनिनेथिएन, र यो भ्रष्ट स्वभावको स्तरमा पुग्नु त परको कुरा हो। त्यसोभए यसलाई कहाँ वर्गीकरण गर्ने?” अन्त्यमा, तँ निष्कर्षमा पुग्दैनस्। के कुरा यही हो? (हो।) त्यसोभए के तिमीहरूले यसरी सोच्दा तिमीहरू सही हुन्छौ? तिमीहरू किन अन्ततः निष्कर्षमा पुग्दैनौ? तिमीहरू कहाँ अड्किरहेका छौ? तिमीहरू “राजनीति” भन्ने शब्दमा अड्किरहेका छौ, होइन र? (हो।) यदि मैले ललितकला, सङ्गीत, नृत्य, डिजाइन, वा अर्थशास्त्रबारे छलफल गर्न मन पराउने बारेमा कुरा गरेँ भने, त्यो कहाँ वर्गीकरण गरिनेथियो? (यसलाई जन्मजात अवस्थाहरूभित्र पर्ने चासो र रुचिको रूपमा वर्गीकरण गरिनेथियो।) यदि मैले इतिहासबारे छलफल गर्न मन पराउने वा स्वादिष्ट खानाबारे छलफल गर्न मन पराउने बारेमा उल्लेख गरेँ भने, त्यसलाई कहाँ वर्गीकरण गर्नुपर्छ? (जन्मजात अवस्थाहरूमा।) जब कसैले कुनै कुराबारे छलफल गर्न मन पराउँछ, कुनै कुराको अनुसन्धान गर्न मन पराउँछ, वा ऊ कुनै कुरामा सिपालु छ भनेर भनिन्छ, तब यसको अर्थ उसलाई त्यो क्षेत्र मन पर्छ र उसलाई त्यसमा चासो छ भन्ने हुन्छ। त्यसकारण, यसलाई जन्मजात अवस्थाहरूअन्तर्गतका चासो र रुचिका रूपमा वर्गीकरण गरिन्छ। तर यी मानिसहरूले यस मामलामा छलफल गर्न मन पराउने विषय राजनीति भएकाले, तैँले यसलाई यसरी वर्गीकरण गर्ने आँट गर्दैनस्। तैँले किन यसलाई यसरी वर्गीकरण गर्ने आँट गर्दैनस्? किनभने राजनीति अत्यन्तै संवेदनशील विषय हो, र राजनीति त्यति सकारात्मक कुरा होइन, हो त? (होइन।) राजनीति त्यति सकारात्मक कुरा नभए पनि, राजनीतिबारे छलफल गर्न मन पराउने क्रियाकलाप, भर्खरै उल्लेख गरिए अनुसार, छलफल नै हो। त्यसकारण, यसलाई जन्मजात अवस्थाहरूअन्तर्गतको चासो र रुचिका रूपमा वर्गीकरण गर्नुपर्छ। त्यस्तो व्यक्तिको अन्तर्निहित चासो र रुचि भनेको तुलनात्मक हदसम्म, राजनीति पछ्याउन र छलफल गर्न मन पराउनु हो। तर के तिनीहरू राजनीतिमा सहभागी हुन्छन्? हामी त्यो कुरामा अझै पुगेका छैनौँ; अहिलेका लागि, हामीले हाम्रो ध्यान छलफलको कार्यमा मात्रै सीमित गरिरहेका छौँ, त्यसकारण यसलाई जन्मजात अवस्थाहरूअन्तर्गतको चासो र रुचिका रूपमा मात्रै वर्गीकरण गर्न सकिन्छ। के अब तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) यसरी भन्दा वस्तुगत हुन्छ; यो तथ्य हो, होइन र? (हो।) उदाहरणका लागि, मानौँ कसैले प्राचीन राजाहरूका बारेमा छलफल गर्न मन पराउँछ र निश्चित सम्राट्हरूले आफ्ना मन्त्रीहरू र जनताहरूलाई कसरी व्यवहार गर्थे, निश्चित शासकहरूले कसरी लगनशीलताको साथ शासन गर्थे र मानिसहरूको ख्याल गर्थे, र तिनीहरूको शासनकालमा देशको अनाजको भण्डार कसरी पर्याप्त थियो र जनसङ्ख्याको जीवनस्तर कुन तहसम्म पुगेको थियो भन्ने बारेमा प्रायजसो कुरा गर्छ। उसले कुन-कुन सम्राट्हरू निरङ्कुश थिए र ती सम्राट्हरू विलासी भोज र भोगविलासमा लिप्त हुँदै गर्दा र आफ्ना दरबारहरूमा ठूलो विलासितामा जिउँदै गर्दा तिनीहरूका शासनमुनि जनताहरू कसरी बेसहारा थिए भन्ने बारेमा पनि कुरा गर्छन्। त्यसपछि उसले समकालीन राजनीतिक व्यक्तित्वहरूका समस्याहरूका बारेमा छलफल गर्छ, कसले राम्रो कार्य गर्छ र कसले गर्दैन, र आदि-इत्यादि कुरा भन्छ। उसलाई यी कुराहरूका बारेमा छलफल गर्न मात्रै मन पर्छ। अर्को शब्दमा भन्दा, यो व्यक्तिले अन्तर्निहित रूपमा नै यस्ता प्रकारका विषय र मामलाहरूमा तुलनात्मक रूपमा चासो राख्छ। उसको दैनिक जीवनमा, उसले आराम गर्ने र मनोरञ्जन गर्ने तरिका भनेको यी राजनीतिक मामलाहरूका बारेमा छलफल गर्नु, यसलाई समय बिताउने माध्यमका रूपमा प्रयोग गर्नु हो—यो उसको जीवनको एउटा भाग हो। यदि उसलाई राजनीतिबारे छलफल गर्न मात्रै मन पर्छ भने, यो चासो र रुचि मात्रै हो। के यसमा उसको मानवता समावेश हुन्छ? यदि तैँले राजनीतिबारे छलफल गर्ने उसको मन पराइलाई मात्रै हेरिस् भने, तैँले उसको चरित्र कस्तो छ भनेर भन्न सक्दैनस्, किनभने तैँले राजनीतिप्रति उसको मनोवृत्ति र दृष्टिकोणहरू के छ भन्ने कुरा देख्न सक्दैनस्। ऊ केवल त्यस्ता विषयहरूका बारेमा छलफल गर्नमा आनन्द लिन्छ र उसलाई यी कुराहरूमा चासो हुन्छ; यसमा उसले आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू समावेश हुँदैनन्। यदि कसैलाई राजनीतिबारे छलफल गर्न मात्रै मन पर्छ र उसले आफ्नो दैनिक जीवनमा यसलाई मनोरञ्जनको विषय, कुराकानीको सामग्री, वा अरूसँग अन्तरक्रिया गर्दा र कामकुराहरू सम्हाल्दा छलफलको प्रायजसो केन्द्रका रूपमा लिन्छ भने, यो चासो र रुचि हो, र यो त्यस व्यक्तिको मानवतासँग सम्बन्धित हुँदैन। यो चासो र रुचि भएका मानिसहरू अरू रुचि भएका मानिसहरू जस्तै हुन्छन्—तिनीहरू समान हुन्छन्। यो व्यक्तिलाई राजनीतिबारे छलफल गर्न मन पर्छ भन्दैमा, उसलाई महत्त्वाकाङ्क्षी, खराब मानवता भएको, वा दुष्ट चरित्र भएको भनेर चित्रण गर्न सकिँदैन। परमेश्वरमा विश्वास गर्नेहरूले राजनीतिमा सहभागिता नजनाउने भए पनि, राजनीति स्वयम्को हकमा भन्दा, हरेक व्यक्तिसँग यसमा सहभागिता जनाउने अधिकार हुन्छ। राजनीति सकारात्मक कुरा होइन, तर यसलाई नकारात्मक पनि भन्न सकिँदैन—यो मानवको सामाजिक विकासको क्रममा अपरिहार्य रूपमा अस्तित्वमा रहने कुरा मात्रै हो। त्यसकारण, राजनीतिबारे छलफल गर्न मन पराउनुले मात्र व्यक्तिको चरित्र कस्तो छ भन्ने कुरा जनाउँदैन। यो त नृत्य गर्नमा आनन्द लिने व्यक्ति जस्तै हो—तैँले यो व्यक्ति अनाचारी छ वा ऊ उचित कार्यहरूमा संलग्न हुँदैन भनेर भन्न मिल्दैन। यदि कसैलाई विद्युतीय सामग्रीहरू मन पर्छ भने, तैँले यो व्यक्तिले ठूला कामकुराहरू गर्न सक्छ वा ऊ सकारात्मक व्यक्ति हो भनेर पनि भन्न मिल्दैन। के त्यस्तो मूल्याङ्कन सही हुनेथियो? (हुनेथिएन।) त्यसोभए यसलाई कसरी मूल्याङ्कन गरिनुपर्छ? यो तैँले आफ्ना चासो र रुचिहरूसँग के गर्छस् भन्ने कुरामा निर्भर हुन्छ। यदि तँ न्यायसङ्गत अभियानमा संलग्न हुन्छस् भने, तेरा चासो र रुचिहरूले फाइदाजनक मूल्य सिर्जना गर्न सक्छन्। यदि तैँले नकारात्मक कामकुराहरू गर्न, मानिसहरूलाई हानि गर्ने र तिनीहरूको हितहरूलाई हानि गर्ने कामकुराहरू गर्नका लागि आफ्ना चासो र रुचिहरू प्रयोग गर्छस् भने, अझै पनि तेरा चासो र रुचिहरू नकारात्मक छन् भनेर भन्न सकिँदैन—बरु, यसको अर्थ तेरो मानवता खराब छ र तैँले हिँड्ने मार्ग गलत छ भन्ने हुन्छ। तैँले आफ्ना चासो र रुचिहरूलाई खराब कामकुराहरू गर्न प्रयोग गर्न सक्छस्, तर तेरा चासो, रुचि, सबल पक्षहरू, र सम्बन्धित पेसागत सीप, प्राविधिक सीप, र ज्ञानहरू आफै भने नकारात्मक हुँदैनन्। तँसँग जुनसुकै चासो र रुचिहरू भए पनि, ती तैँले उपयोग गर्नका लागि हुन्। यदि तँ सही मार्गमा हिँड्छस् भने, तैँले आफ्ना चासो र रुचिहरूद्वारा गर्ने कार्य न्यायसङ्गत हुन्छ। यदि तँ सही मार्गमा हिँड्दैनस् भने, तैँले आफ्ना चासो र रुचिहरूलाई न्यायसङ्गत कुरा गर्न प्रयोग गर्दैनस्, तर दुष्टता गर्नका लागि प्रयोग गर्छस्। उदाहरणका लागि, कम्प्युटर त एउटा मेसिन मात्रै हो—यो प्राविधिक औजार हो। तैँले भेला, प्रवचन, र सुसमाचार प्रचार गर्नका लागि कम्प्युटर प्रयोग गर्न सक्छस्, तर यसका साथै, धेरै खराब मानिसहरू र दुष्ट मानिसहरूले दुष्ट कामकुराहरू गर्न पनि कम्प्युटर प्रयोग गर्न सक्छन्। त्यसकारण, जब कम्प्युटरलाई न्यायसङ्गत अभियानमा संलग्न हुनका लागि प्रयोग गरिन्छ, तब तैँले कम्प्युटर आफै न्यायसङ्गत छ भनेर भन्न सक्दैनस्; त्यसरी नै, जब कम्प्युटरलाई दुष्ट कामकुराहरू गर्नका लागि प्रयोग गरिन्छ, तब तैँले कम्प्युटर आफै दुष्ट छ भनेर भन्न सक्दैनस्। बुझिस्? (बुझेँ।) त्यसरी नै, राजनीतिबारे छलफल गर्न मन पराउने मानिसहरूका हकमा, राजनीतिबारे छलफल गर्न मन पराउने यो प्रकटीकरण एउटा चासो र रुचि हो—यो तिनीहरूको मानवता सारका समस्याहरूसँग सम्बन्धित हुँदैन। यसका साथै, राजनीतिबारे छलफल गर्न मन पराउनेहरूले राजनीतिक विषयहरू मन पराउँछन्। तिनीहरूलाई सधैँ सही र गलतका मामलाहरूबारे छलफल गर्न र राजनीतिक दृष्टिकोणहरूसँग सम्बन्धित केही विषयहरूका बारेमा अरूसँग बहस गर्न मन पर्छ। कतिपयलाई प्रसिद्ध मानिसहरू र ठूला व्यक्तित्वहरूसँग सम्बन्धित विषयहरूमा विशेष चासो हुन्छ, जबकि कतिलाई समाजका काला पक्षहरू खुलासा गर्ने विषयहरूमा विशेष चासो हुन्छ। तर जे भए पनि, राजनीतिबारे छलफल गर्न मन पराउनेहरूसँग सत्यता हुँदैन, र तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ हुँदैन—यो कुरा पूर्ण रूपमा निश्चित हुन्छ। ठीक छ, राजनीतिबारे छलफल गर्न मन पराउने विषयमा रहेको हाम्रो छलफल यति नै।
राजनीतिबारे छलफल गर्न मन पराउनु कतिपय मानिसहरूको चासो र रुचि हो। यसपछि, हामी यो छलफललाई एक कदम अगाडि बढाऔँ र राजनीतिमा सहभागी हुन मन पराउनुबारे कुरा गरौँ। राजनीतिमा सहभागी हुन मन पराउनु भनेको राजनीतिबारे छलफल गर्न मन पराउनु सरह होइन—यसमा कार्य समावेश हुन्छ। राजनीतिमा सहभागी हुन मन पराउनु रातीको खानापछि हुने कुनै प्रकारको कुराकानी वा मनोरञ्जन मात्रै होइन, न त यो हित र रुचिहरूका स्तरमा, वा राजनीतिबारे चासो राख्ने स्तरमा मात्रै सीमित रहन्छ; बरु, यो व्यक्तिले हिँड्ने मार्गसँग सम्बन्धित हुन्छ। त्यसोभए राजनीतिमा सहभागी हुन मन पराउनेहरू कुन मार्गमा हिँड्छन्? के यसमा तिनीहरूको मानवता समावेश हुन्छ? (हुन्छ।) त्यसोभए, राजनीतिमा सहभागी हुन मन पराउनुलाई केका रूपमा वर्गीकरण गर्नुपर्छ? यो तिमीहरू सबैका लागि गाह्रो प्रश्न हो—तिमीहरूले यसलाई छर्लङ्ग देख्न सक्दैनौ। त्यसोभए हामी यसबारे सङ्गति गरौँ। जीवनका सबै क्षेत्रमा त्यस्ता मानिसहरू हुन्छन् जसलाई राजनीतिबारे छलफल गर्न मन पर्छ। हेर् त, किसानहरू समाजको तल्लो स्तरमा जिए पनि, तिनीहरूमध्ये कतिपयलाई राजनीतिको माथिल्लो तहसँग सम्बन्धित मामलाहरूका बारेमा धेरै थाहा हुन्छ, र तिनीहरूले राजनीतिसँग सम्बन्धित निश्चित दृष्टिकोणहरू व्यक्त गर्न सक्छन्। व्यापार र अर्थतन्त्रमा संलग्न मानिसहरूले पनि राजनीतिबारे छलफल गर्छन्, र कला र शिक्षा क्षेत्रका मानिसहरूले समेत राजनीतिबारे छलफल गर्छन्। भन्नुको अर्थ, सबै प्रकारका क्षेत्रमा, राजनीतिबारे छलफल गर्न मन पराउने र राजनीतिक विषयहरूमा चासो राख्ने मानिसहरू हुन्छन्। व्यक्ति जुनसुकै क्षेत्रमा संलग्न भए पनि, यदि उसलाई राजनीतिबारे छलफल गर्न मन पर्छ भने, त्यो पूर्ण रूपमा राजनीतिमा उसको रुचि भएकोले नै हुन्छ। यो चासो उसको अन्तर्निहित क्षमता र उसको दृष्टिकोणको उचाइसँग केही मात्रामा सम्बन्धित हुन्छ। उसले राजनीतिक शक्तिको दायराभित्र रहेका मामलाहरूलाई बुझ्न सक्छ, त्यसकारण बेला-बेलामा, उसले आफ्नै दृष्टिकोणहरू व्यक्त गर्छ। उसको प्रकटीकरण जन्मजात अवस्थाहरूअन्तर्गतका चासो र रुचिका स्तरमा नै रहन्छ। तर, राजनीतिमा सहभागिता जनाउनुको अर्थ यस्तो चासो र रुचिप्रति सोचाइको स्तरमा सन्तुष्ट हुनु होइन; बरु, यसको अर्थ आफ्नो मूल क्षेत्रलाई त्यागेर राजनीतिक काममा संलग्न हुने, राजनीतिक मञ्चमा चढ्ने, र राजनीतिक व्यक्तित्वहरूसँग व्यवहार गर्ने निर्णय गर्नु हो। त्यसोभए त्यस्ता मानिसहरूको समस्या के हो त? राजनीतिमा सहभागी हुन मन पराउने यस्तो प्रकारको व्यक्तिले प्रायजसो राजनीतिबारे त्यति धेरै छलफल नगर्ला, तर उसले जुनसुकै करियर छनौट गरे पनि, ऊ राजनीतिमा सम्बन्धित नभएको काममा संलग्न भएसम्म, उसलाई यसमा कुनै चासो हुँदैन र आफ्ना सम्भाव्यताहरू अँध्यारा छन् भन्ने लाग्छ। तर जब राजनीतिमा सहभागी हुने मौका आउँछ, तब उसको आँखा चाहनाले चम्किन्छ, र उसको चासो जाग्छ। जब उसले कसैले मेयर, गभर्नर, विधायक, वा राष्ट्रपति पदका लागि उम्मेदवारी दिइरहेको सुन्छ, तब उसलाई हृदयमा रिक्तता महसुस हुन्छ र उसले आफै सहभागी हुने तरिकाहरूका बारेमा सोच्दै आफ्नो दिमाग खियाउँछन्। ऊ कस्तो प्रकारको व्यक्ति हो? के ऊ शक्तिको अत्यन्तै धेरै इच्छा भएको व्यक्ति होइन र? (हो।) त्यसोभए यस्तो व्यक्तिको मानवताभित्र थप के कुरा हुन्छ र? ऊ पैसाप्रति पूर्ण रूपमा उन्मत्त हुन्छ कि शक्तिप्रति पूर्ण रूपमा उन्मत्त हुन्छ? (ऊ शक्तिप्रति पूर्ण रूपमा उन्मत्त हुन्छ।) उसले शक्तिलाई अरू सबै कुराभन्दा माथि रहेको कुराका रूपमा हेर्छ, यसलाई आफ्नो जीवनका रूपमा लिन्छ, यसलाई आफ्नो सम्पूर्ण जीवनभरि पछ्याउने उद्देश्यका रूपमा लिन्छ। त्यसोभए, ऊ वास्तवमा कस्तो प्रकारको व्यक्ति हो? उसको मानवतामा आम मानिसहरूमा नहुने थप के कुरा हुन्छ र? (महत्त्वाकाङ्क्षा र चाहना।) ऊसँग के गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ? (शक्ति हातमा लिने।) शक्ति हातमा लिँदा यसले उसलाई सबैभन्दा प्रत्यक्ष रूपमा के फाइदा दिन्छ? (हैसियत प्राप्त गर्नु र अरूद्वारा उच्च मानिनु।) ती द्वितीय कुराहरू हुन्, सबैभन्दा महत्त्वपूर्ण फाइदा होइनन्। (उसले मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छ।) झण्डै मिल्यो। यदि कुनै व्यक्तिलाई पदमा रहन मन पर्छ, तर उसले लिने पद खोक्रो पद मात्रै हो, र उसको अधीनमा एक जना पनि अधीनस्थ व्यक्ति हुँदैन भने, के यसलाई शक्ति भएको मान्न सकिन्छ? (सकिँदैन।) यसलाई शक्ति भएको मान्न सकिँदैन। ऊसँग कुनै विशेष विशेषाधिकार हुँदैनन् र उसले पदमा हुनुको कुनै पनि फाइदाको आनन्द लिन सक्दैन। उसको दृष्टिकोणमा, के त्यस्तो पद धारण गर्नुको कुनै वास्तविक मूल्य हुन्छ? (हुँदैन।) त्यसकारण यस्तो व्यक्तिसँग अरूसँग नहुने एउटा कुरा हुन्छ—शक्तिप्रतिको अत्यन्तै तीव्र महत्त्वाकाङ्क्षा र चाहना। उसमा यस्तो महत्त्वाकाङ्क्षा र चाहना हुने हुनाले, उसले हासिल गर्न चाहने उद्देश्य अरूद्वारा उच्च मानिनु, आदर्श ठानिनु, वा डाहा गरिनु जत्तिको सरल कुरा हुँदैन, बरु उसले पद ओगट्न, हुकुम चलाउन, र अगुवाइ गर्न चाहन्छ। ऊसँग यो महत्त्वाकाङ्क्षा र कामना हुन्छ—यदि ऊसँग कुनै हैसियत छैन भने, के उसले आफ्नो उद्देश्य हासिल गर्न सक्छ? के कसैले उसको कुरा सुन्नेछ? अवश्य नै सुन्नेछैन। त्यसकारण ऊ हैसियत प्राप्त गर्ने सङ्कल्परत हुन्छ। उसले हैसियत पाएपछि, उसले बोल्दा सुन्ने मानिसहरू हुनेछन्, र जब उसले अरूलाई कुनै कुरा गर्न लगाउँछ, तब आज्ञाकारी हुने र पालना गर्ने मानिसहरू हुनेछन्—त्यसपछि उसको महत्त्वाकाङ्क्षा र कामना, उसले हासिल गर्न चाहेको कुरा, वास्तविकता बन्न सक्छ। राजनीतिमा सहभागी हुन मन पराउनेहरूलाई राम्रा शब्दले व्याख्या गर्दा कुलीन र आकाङ्क्षी भनेर व्याख्या गर्न सकिन्छ, तर यसलाई सरल रूपमा भन्दा, तिनीहरू पद धारण गर्नमा मात्रै उन्मत्त हुन्छन्—तिनीहरूलाई केवल पद धारण गर्न मन पर्छ। जब तिनीहरूसँग पद हुँदैन, तब तिनीहरूले हुकुम चलाउन सक्दैनन्, र तिनीहरूसँग नेतृत्व गर्नका लागि केही अधीनस्थहरू हुँदैनन्, त्यसकारण तिनीहरू निराश हुन्छन् र तिनीहरूलाई जीवन उदास लाग्छ। तर तिनीहरूले पद हातमा लिएपछि, तिनीहरूले बोलेको सुन्ने मानिसहरू हुन्छन् र तिनीहरूसँग अनुयायीहरू हुन्छन्, र परिणामस्वरूप तिनीहरूलाई जीवन रमाइलो लाग्छ। त्यसोभए, के तिनीहरूको मानवतामा समस्या हुन्छ? (हुन्छ।) के यसलाई तिनीहरूको मानवताको खराबी भन्न सकिन्छ? (सकिँदैन।) निश्चय नै यो त्यति सरल छैन। त्यसोभए यो कस्तो प्रकारको समस्या हो त? (भ्रष्ट स्वभावहरू।) तिनीहरूको मानवताका हिसाबमा भन्दा, के यस्तो व्यक्ति भरपर्दो हुन्छ? (हुँदैन।) त्यसोभए के उसको चरित्र असल हुन्छ? (हुँदैन।) किन असल हुँदैन? (ऊ सधैँ मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छ, र सधैँ हुकुम चलाउन चाहन्छ।) यस्तो प्रकारको व्यक्तिमा हैसियतको निकै प्रबल कामना हुन्छ—ऊ सधैँ हुकुम चलाउने विभिन्न अवसरहरू खोज्न चाहन्छ, र सधैँ नेतृत्वको भूमिकामा रहन र अरूलाई नियन्त्रण गर्न चाहन्छ। त्यस्ता मानिसहरू भर गर्न नसकिने मानिसहरू हुन्, र तिनीहरूको चरित्र पनि असल हुँदैन। परमेश्वरको घरमा यस्ता मानिसहरू निकै छन्। यदि परमेश्वरको घरले तिनीहरूलाई कुनै कामको प्रभारी बनायो भने, यसको अर्थ तिनीहरूले पद सम्हालिरहेका छन् र नेतृत्वको भूमिकामा सेवा गरिरहेका छन् भन्ने तिनीहरू विश्वास गर्छन्। के तिनीहरूले सत्यता सिद्धान्तहरू खोजी गर्नेछन्? के तिनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्नेछन्? (गर्नेछैनन्।) यदि तिनीहरूले सुपरिवेक्षक वा अगुवा बन्नुलाई पद सम्हाल्ने कार्यको रूपमा लिन्छन् भने, तिनीहरूले निश्चित रूपमा नै कामका प्रबन्धहरू लागू गर्नेछैनन् र तिनीहरूले अवश्य नै वास्तविक काम गर्नेछैनन्। तिनीहरूले के गर्नेछन्? तिनीहरू आफ्नै उद्यममा संलग्न हुनेछन्, आफ्नै अख्तियार निर्माण गर्नेछन्, आफ्नै हैसियतलाई दह्रिलो बनाउनेछन्, र आफूभन्दा मुनिका मानिसहरूलाई आफ्ना विचारहरू बताउनेछन् र मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउनेछन्—कामका प्रबन्धहरू, परमेश्वरका अभिप्रायहरू, र सत्यतालाई खारेज गर्नेछन् र शून्य तुल्याउनेछन्। त्यस्ता मानिसहरूको सार ठ्याक्कै यही हो। जब तिनीहरूसँग कुनै हैसियत हुँदैन, तब तिनीहरूले यसलाई आफ्नो सारा शक्ति लगाएर पछ्याउँछन्, र तिनीहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरूले अवसर भेट्टाएका छन् भन्ने तिनीहरूलाई लाग्छ। के गर्ने अवसर? आफ्ना महत्त्वाकाङ्क्षा सन्तुष्ट पार्ने र आफ्नो हैसियतलाई जति सक्दो हदसम्म दह्रिलो बनाउने; तिनीहरूले पद सम्हाल्ने आफ्नो महत्त्वाकाङ्क्षा र आफ्नो लतलाई सन्तुष्ट पार्न यस्तो अवसर प्रयोग गर्छन्।
राजनीतिमा सहभागी हुन मन पराउनु खराब चरित्र र भ्रष्ट स्वभावहरू दुवैसँग सम्बन्धित मामला हो। यहाँ कति वटा भ्रष्ट स्वभावहरू समावेश छन्? (अहङ्कार र क्रूरता।) अहङ्कार, क्रूरता, सत्यताप्रतिको वितृष्ण, र हठीपन—यी सबै भ्रष्ट स्वभावहरू हुन्छन्; तीमध्ये हरेक नै त्यहाँ हुन्छन्। त्यसोभए यहाँ सबैभन्दा गम्भीर भ्रष्ट स्वभाव के हो? यो क्रूरता हो—सबैभन्दा प्रबल खाँटी विशेषता भनेको क्रूरता हो। राजनीतिमा सहभागी हुन मन पराउने मानिसहरूका हकमा भन्दा, यदि तिनीहरू संसारमा निराश र असफल भएका छन्, तिनीहरू राजनीतिमा सहभागी हुन चाहन्छन् तर तिनीहरूसँग राजनीतिक वृत्तहरूमा प्रवेश गर्ने अवसर वा तरिका भेट्टाउने मौका पाएका छैनन् भने, जब तिनीहरू परमेश्वरको घरमा आउँछन्, तब तिनीहरूको महत्त्वाकाङ्क्षा मर्दैन—तिनीहरू अझै पनि राजनीतिमा सहभागी हुन चाहन्छन्। त्यसकारण, तिनीहरूले विभिन्न तहका अगुवाहरूको निर्वाचनलाई सरकारी अधिकारीहरूको निर्वाचन भए झैँ गरी व्यवहार गर्छन्। हरेक पटक त्यस्तो निर्वाचन हुँदा, तिनीहरू साह्रै उत्साहित हुन्छन्, तिनीहरूलाई भोट दिनका लागि जताततै मानिसहरूलाई पैरवी गरिरहेका हुन्छन्। तिनीहरू अगुवा बनेपछि, यसलाई पद धारण गर्नु, आफ्नै लागि हैसियतलाई पक्रिराख्नु, शक्ति हातमा लिनु, र आफूलाई जे मन लाग्यो त्यही गर्नुका रूपमा लिन्छन्। तिनीहरूले आफूलाई जसरी मन लाग्यो त्यसरी कार्य गर्छन् र परमेश्वरको घरले तिनीहरूलाई खटाएको काम र तिनीहरूले पूरा गर्नुपर्ने कर्तव्यलाई बेवास्ता गर्छन्, र हैसियतका फाइदाहरूमा लिप्त हुने बारेमा मात्रै वास्ता गर्छन्। तिनीहरू अगुवाको कर्तव्य पूरा गर्नुलाई पद धारण गर्नु, जे मन लाग्यो र जे चाह्यो त्यही गर्नुका रूपमा लिन्छन्, र आफ्नो अख्तियार निर्माण गर्न, आफ्नो हैसियतलाई दह्रिलो बनाउन, अरूलाई आफूले भनेको मान्न लगाउन, र पद धारण गर्ने आफ्नो लतलाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्षम तुल्याउने गरी व्यवहार गर्नुका रूपमा लिन्छन्। तिनीहरूले परमेश्वरको घरको काम वा कामका प्रबन्धहरूका मागहरूलाई विचार गर्दैनन्। यस प्रकारका मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्—तिनीहरूलाई अझै ख्रीष्ट-विरोधीहरूको रूपमा प्रकाश गरिएको छैन भने पनि, तिनीहरू बन्दै गरेका ख्रीष्ट-विरोधीहरू हुन्। के राजनीतिमा सहभागी हुन मन पराउनेहरूका बीचमा कोही असल मानिसहरू हुन्छन्? अहँ, कुनै असल मानिसहरू हुँदैनन्। शक्तिको तीव्र कामना भएका मानिसहरूले सत्यतालाई प्रेम गर्ने सम्भावना नै हुँदैन। तिनीहरूसँग शक्तिको अत्यन्तै प्रबल कामना हुने हुनाले, तिनीहरूको विवेक र समझले शक्तिको तिनीहरूको कामना र पछ्याइलाई दबाउन वा नियन्त्रण गर्न सक्दैन। यदि कुनै व्यक्तिलाई राजनीतिमा सहभागी हुन मन पर्छ वा ऊ त्यसो गर्नमा अत्यन्तै उन्मत्त छ, र उसमा त्यसो गर्ने प्रबल कामना छ भने, यसको अर्थ ऊसँग हैसियत र शक्तिको ठूलो महत्त्वाकाङ्क्षा हुन्छ। उसको आत्म-आचरण र कार्यहरूका अभिप्राय, उद्देश्य, र आधार विवेक र समझले निर्धारित गर्ने होइन, तर उसले शक्ति प्राप्त गर्न सक्छ कि सक्दैन र उसको महत्त्वाकाङ्क्षा पूरा हुन सक्छ कि सक्दैन भन्ने कुरामा नै पूर्ण रूपमा निर्भर हुन्छ। त्यसकारण त त्यस्ता मानिसहरूको मानवता भयानक हुन्छ। शक्तिको आफ्नो कामनालाई सन्तुष्ट पार्न र शक्ति प्राप्त गर्नका लागि, तिनीहरूले जेसुकै गर्न र कुनै पनि कुरा त्याग गर्न सक्षम हुन्छन्—तिनीहरू सबैभन्दा नजिक रहेका र सबैभन्दा बढी प्रेम गर्ने मानिसहरूलाई समेत त्याग गर्न सक्छन्। यसका आधारमा मूल्याङ्कन गर्दा, के त्यस्ता मानिसहरूमा मानवता हुन्छ? (हुँदैन।) उदाहरणका लागि, मानौँ कुनै व्यक्तिलाई राजनीतिमा सहभागी हुन मन पर्छ र उससँग शक्तिको अत्यन्तै प्रबल कामना छ। जब ऊ राजनीतिमा सहभागी हुने र उसले आकाङ्क्षा गरेको हैसियत र शक्ति प्राप्त गर्ने अवसर पैदा हुन्छ, तब यदि उसले आफूले पछ्याउने हैसियत प्राप्त गर्न आफूले प्रेम गर्ने महिलालाई त्याग गर्नु पर्यो भने पनि, ऊ त्यसो गर्न हिचकिचाउँदैन—ऊ पटक्कै नरम हृदयको हुनेछैन। कतिपय मानिसहरू हैसियत प्राप्त गर्नका लागि आफ्ना आमाबुबालाई त्याग गर्न समेत हिचकिचाउँदैनन्—तिनीहरूले जोसुकैलाई त्याग गर्न सक्छन्। तिनीहरूले कहिल्यै नत्याग्ने एउटै मात्र कुरा भनेको हैसियत हो। अर्को शब्दमा भन्दा, तिनीहरूले कुनै पनि व्यक्ति, घटना, वा कामकुरालाई हैसियतका बदलामा मोलतोल गर्ने आधार र मूल्यका रूपमा प्रयोग गर्न सक्छन्। त्यसोभए, त्यस्ता मानिसहरूको चरित्रका आधारमा मूल्याङ्कन गर्दा, के तिनीहरूसँग वास्तवमा विवेक र समझ हुन्छ? (हुँदैन।) त्यसकारण यस्ता प्रकारका मानिसहरू अत्यन्तै भयानक हुन्छन्। तिनीहरूको विवेक र समझ हराएको हुन सक्छ, वा तिनीहरूसँग कहिल्यै विवेक वा समझ हुँदै नभएको हुन सक्छ—दुवै कुरा सम्भव छन्। दुवै कुरा सम्भव छन् भनेर म किन भन्छु? जब यी मानिसहरूको कुनै हैसियत हुँदैन र जब राजनीतिक मामलाहरू समेटिएका हुँदैनन्, तब तिनीहरू अरूसँग निकै राम्ररी मिल्लान्, तिनीहरूले मानिसहरूलाई सहयोग गर्लान्, तिनीहरूले अरूबाट कहिल्यै फाइदा नलेलान्, र तिनीहरूले परोपकार गर्लान् र तिनीहरू अत्यन्तै सहनशील होलान्। सतहमा, तिनीहरूमा मानवता छ जस्तो देखिन्छ, र तिनीहरूको विवेक र समझ सामान्य देखिन्छ। तर तिनीहरूले भित्री रूपमा के कुरालाई प्रेम गर्छन् भन्ने तँलाई थाहा हुँदैन। जब तैँले तिनीहरूले भित्री रूपमा हैसियत र शक्तिलाई प्रेम गर्छन् भन्ने पत्ता लगाउँछस्, र तैँले फेरि तिनीहरूको मानवतालाई अवलोकन गर्छस्, तब तेरो दृष्टिकोण परिवर्तन हुन्छ, र तिनीहरूको मानवताको तेरो बुझाइ र मूल्याङ्कन पनि परिवर्तन हुन्छ। जब हैसियत र शक्ति संलग्न हुँदैनन्, तब तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा सामान्य रूपमा व्यवहार गर्छन्, र तिनीहरू सभ्य मानिसहरू जस्तै देखिन्छन्। तर तिनीहरूले हैसियत र शक्ति प्राप्त गरेपछि, तिनीहरूको व्यवहार उप्रान्त पहिलेको सरह रहँदैन—तैँले उप्रान्त तिनीहरूको विवेक वा समझ कहाँ छ भनेर देख्न सक्दैनस्। त्यसपछि मात्रै तैँले त्यस्ता मानिसहरू साँच्चै नै भयानक छन् भन्ने महसुस गर्छस्। तिनीहरूले देखाएको मानवता अस्थायी मात्रै थियो भन्ने कुरा देखिन्छ—निश्चित वातावरण र निश्चित फाइदाहरूको आवेगका कारण, तिनीहरूको प्रिय शक्ति र हैसियतसँग सम्बन्धित नभएका परिस्थितिहरूमा मात्रै यो प्रकाश भएको थियो। तर हैसियत र शक्ति संलग्न भएपछि, तिनीहरूको साँचो मानवता प्रकाश हुन्छ। जब तैँले तिनीहरूको साँचो मानवता देख्छस्, तब तैँले तिनीहरूलाई मानवता नभएका मानिसहरू भनेर परिभाषित गर्नेछस्। अर्थात्, तैँले तिनीहरूको हृदयको गहिराइमा रहेको सारगत कुरा देख्नुभन्दा पहिले, तँलाई के लाग्छ भने तिनीहरू अरूसँग तुलनात्मक रूपमा राम्ररी मिलजुल गर्न सक्छन् र तिनीहरू मानवता विहीन छैनन्। तर जब तैँले साँच्चै नै तिनीहरूको भित्री संसार र तिनीहरूको मानवता सारलाई बुझ्छस्, र तिनीहरूले त हैसियत र शक्तिलाई प्रेम गर्छन् भन्ने देख्छस्, तब तैँले त्यस्ता मानिसहरूमा कुनै मानवता हुँदैन भन्ने महसुस गर्नेछस्—तिनीहरू वेशधारी हुन्छन्। गैर-विश्वासीहरूले यस्तो प्रकारको प्रकटीकरणलाई के भन्छन्? के यसलाई विभाजित व्यक्तित्व भनिँदैन र? (भनिन्छ।) गैर-मानवले मानव देह धारण गर्छ—जब उसले अरूसँग अन्तरक्रिया गर्छ, तब उसको सत्त्वका गहिराइमा के छ भन्ने कुरा तैँले देख्न सक्दैनस्, त्यसकारण तँ उसलाई सामान्य व्यक्ति ठान्छस्—सायद तँ ऊ असल व्यक्ति हो भन्ने समेत विश्वास गर्छस्। तर जब तैँले उसको अर्को पक्ष देख्छस्, तब तैँले ऊ असल व्यक्ति हो भनेर सोच्न छोड्ने मात्र होइन, तर उसलाई भयानक पनि ठान्छस्। गैर-मानव हुनु भनेको यही हो। गैर-मानवहरू वास्तवमा के हुन्? तिनीहरूले प्रदर्शन गर्ने कुरामा अलिकति पनि मानव रूप भए पनि, यो सच्चा हुँदैन। तिनीहरूसँग सत्यता वास्तविकता नहुने हुनाले, तिनीहरूको कहिलेकहीँ देखा पर्ने असल प्रकटीकरणहरूले तिनीहरूको सार प्रतिनिधित्व गर्दैनन्। तिनीहरूले साँचो रूपमा आफ्नो मार्ग छनौट गर्दा प्रदर्शन गर्ने मानवता नै तिनीहरूको सार हो। त्यसकारण, तँ त्यस्ता मानिसहरूको बाहिरी स्वरूपद्वारा बहकाउमा पर्नु हुँदैन—मुख्य कुरा भनेको तिनीहरूले हिँड्ने मार्ग र तिनीहरूको सार हेर्नु हो। के मैले अब यो कुरालाई स्पष्ट रूपमा व्याख्या गरेको छु? (गर्नुभएको छ।) तिमीहरूले के बुझ्यौ? यदि कुनै व्यक्तिलाई राजनीतिबारे छलफल गर्न मन पर्छ र यो विचारको स्तरमा मात्रै रहन्छ, र यो चासो र रुचि मात्रै हो भने, यो समस्या होइन। तर यदि उसलाई राजनीतिमा सहभागी हुन मन पर्छ भने, उप्रान्त यो विचारको समस्या मात्रै रहँदैन—यसमा उसको आत्म-आचरण र ऊ हिँड्ने मार्गको समस्या समावेश हुन्छ। यो उसको आत्म-आचरण र ऊ हिँड्ने मार्गसँग सम्बन्धित भएपछि, यो उसको चरित्रसँग सम्बन्धित हुन्छ। अनि जब यसमा चरित्र समावेश हुन्छ, तब प्रायजसो यसमा भ्रष्ट स्वभावहरू समावेश हुन्छन्। होइन र? (हो।) ठीक छ, राजनीतिमा सहभागी हुन पन पराउनुको प्रकटीकरणबारे रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।
हामी अर्को प्रकटीकरणबारे, अर्थात् साहित्य मन पराउने बारेमा कुरा गरौँ। यो कस्तो प्रकटीकरण हो? (जन्मजात अवस्था।) अर्थात्, त्यस्ता मानिसहरूलाई अन्तर्निहित रूपमा नै साहित्य मन पर्छ। तिनीहरूलाई साहित्य मन पर्ने हुनाले, जब साहित्यसँग सम्बन्धित विषय, पुस्तक, र मामलाहरूको कुरा आउँछ, तब तिनीहरूले विशेष स्नेह र जिज्ञासा प्रकट गर्छन्, वा तिनीहरूले विशेष मनोवृत्ति प्रकट गर्छन्—यो जन्मजात अवस्था हो। त्यसोभए प्रविधि मन पराउने बारेमा के भन्ने? (यो जन्मजात अवस्था हो।) अर्थात्, बाहिरी संसारका कुराहरू बीचमा नआएको अवस्थामा वा तिनले हस्तक्षेप नगरेको अवस्थामा, मानिसहरूलाई निश्चित प्रकारका कुराहरूमा निकै रुचि हुन्छ, तिनीहरूलाई त्यस्ता प्रकारका पुस्तकहरू पढ्न मन पर्छ, र तिनीहरूलाई त्यस्ता प्रकारका विषयहरूमा ध्यान दिन र छलफल गर्न पनि मन पर्छ; साथसाथै, तिनीहरूको आकाङ्क्षा भनेको त्यस्ता प्रकारका कामकुराहरूसँग सम्बन्धित पेसा वा क्षेत्रमा संलग्न हुनु पनि हो। यो जन्मजात कुरा हो—यसका लागि अरूले हस्तक्षेप गर्नुपर्छ भन्ने हुँदैन, न त यो कुरा सिकाइनु नै पर्छ, र अवश्य नै, यसमा अरूले तिनीहरूलाई तिनीहरूको जीवनकालमा जानी-जानी प्रभाव पार्नु वा सैद्धान्तिकरण गर्नु नै आवश्यकता हुन्छ। तिनीहरू निश्चित कुराहरू मन पराएरै जन्मिएका हुन्छन्। प्रविधि मन पराउनु एउटा जन्मजात अवस्था हो, त्यसोभए वनस्पति र पशुहरू मन पराउनुका बारेमा के भन्ने? (यो पनि जन्मजात अवस्था नै हो।) वनस्पति र पशुहरू मन पराउनु—रुख-बिरुवा, कीरा, र चराचुरुङ्गीहरूको ख्याल गर्नु; विशेष गरी स-साना पशुहरूसँग अन्तरक्रिया गर्न, तिनीहरूसँग नजिकको सम्पर्कमा रहन, र तिनीहरूप्रति विशेष रूपमा प्रेमल र सहनशील बन्न मन पराउनु—जन्मजात अवस्था हो। हेर् त, जन्मजात अवस्थाहरूमा समावेश यी कुराहरू अत्यन्तै सामान्य छन्, होइन र? (हो।) ती कुराहरूमा अहङ्कार र दुष्टता जस्ता भ्रष्ट स्वभावहरूभित्र रहेका नकारात्मक कुराहरू समावेश हुँदैनन्। त्यसोभए, उड्डयन मन पराउनु, इतिहास मन पराउनु, खगोलशास्त्र र भूगोल मन पराउनु, पोषण विज्ञान र औषधिशास्त्र मन पराउनु, कानुन मन पराउनु, कृषि मन पराउनु जस्ता कुराहरू—यी कस्ता प्रकारका प्रकटीकरणहरू हुन्? (जन्मजात अवस्थाहरू।) कतिपय मानिसहरूलाई कृषि मन पर्छ; तिनीहरूलाई विभिन्न बोटबिरुवाहरूको कलमी गर्ने, सुधार गर्ने, र उपज प्राप्त गर्ने बारेमा अनुसन्धान गर्न मन पर्छ, तिनीहरूलाई बोटबिरुवाहरूमा मौसम र तापक्रमले पार्ने प्रभावहरूबारे अनुसन्धान गर्न मन पर्छ, तिनीहरूलाई सागसब्जी, बाली, रूख, र फूलहरू रोप्न मन पर्छ। तिनीहरूको हातमा हरेक दिन हिलो लागेको हुन्छ र श्रमले गर्दा ती खस्रा भएका हुन्छन्। यी मानिसहरू डाक्टर, वकील, वा अधिकारी बन्न चाहँदैनन्—तिनीहरूलाई बस खेती गर्न र बोटबिरुवासँग काम गर्न मन पर्छ, र यसरी जिउँदा निकै सहज लाग्छ। मानिसहरूलाई जे मनपर्छ, तिनीहरूसँग जे-जस्ता चासो र रुचिहरू हुन्छन्, के त्यसको तिनीहरूको मानवतासँग कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) के त्यसले तिनीहरूको मानवतामा असर गर्छ? (गर्दैन।) आधारभूत रूपमा, यसले त्यसमा असर गर्दैन। किसानहरूलाई अत्यन्तै कुलीन भन्न सकिँदैन; तिनीहरूमा पनि भ्रष्ट स्वभावहरू हुन्छन्। त्यसरी नै, प्रविधि, साहित्य, औषधि, वा कानुनजस्ता क्षेत्रहरूमा संलग्न मानिसहरू जस्ता ती उच्च स्तरका बुद्धिजीवीहरूमा किसानहरूमा भन्दा ठूलो मानवता हुँदैन। यति धेरै ज्ञान हासिल गरेपछि, यति धेरै पुस्तकहरू पढेपछि, र यति लामो समयसम्म शिक्षा पाएपछि पनि, अन्त्यमा, तिनीहरूसँग परमेश्वरबारे कुनै बुझाइ हुँदैन—तिनीहरूले पुस्तकहरूबाट केवल अलिक बढी सिकेका हुन्छन् र अलिक बढी ज्ञान र अन्तर्ज्ञान प्राप्त गरेका हुन्छन्। तर तिनीहरूले कसरी आफूलाई आचरणमा ढाल्ने कुरा आउँदा, तिनीहरूले कस्तो प्रकारको जीवन मार्ग पछ्याउनुपर्छ, तिनीहरूले कसरी परमेश्वरमा विश्वास गर्नुपर्छ र उहाँको आराधना गर्नुपर्छ, र जीवनका सबै प्रकारका मामलाहरूमा आत्म-आचरणका सिद्धान्तहरू अनुरूप हुन कसरी काम गर्नुपर्छ भन्ने कुराका हकमा भन्दा—तिनीहरूलाई यीमध्ये कुनै पनि कुराबारे केही थाहा हुँदैन। विभिन्न क्षेत्रहरूमा चासो र रुचिहरू भएका मानिसहरूको आम विशेषता के हो भने तिनीहरूलाई जे मन पर्छ, तिनीहरू त्यो गर्न इच्छुक हुन्छन्, र तिनीहरू त्यो क्षेत्रको काममा संलग्न हुन इच्छुक हुन्छन्, र त्यसपछि तिनीहरूले त्यो क्षेत्रमा आफूलाई अर्पित गर्छन्। तिनीहरूले आफूलाई जुनसुकै क्षेत्रमा अर्पित गरे पनि, तिनीहरू यो समाजभित्र भएसम्म, तिनीहरू शैतानद्वारा अभ्यस्त पारिएका र भ्रष्ट तुल्याइएक हुन्छन्। कुनै पनि व्यक्तिका चासो र रुचिहरू, वा ऊ संलग्न हुने क्षेत्र, अरूकाभन्दा कुलीन वा सम्माननीय छन् भन्दैमा उसको मानवता कुलीन हुन्छ भन्ने हुँदैन। त्यसरी नै, कुनै पनि व्यक्ति संलग्न हुने पेसा न्यून स्तरको, नीच छ, वा अरूले यसलाई हेला गर्छन् भन्ने तथ्यले मात्रै ऊ अरूभन्दा नीच वा भ्रष्ट छ भन्ने हुँदैन। यसको विपरीत, व्यक्तिका चासो र रुचिहरू जेसुकै भए पनि, ऊ कुनै पनि सबल पक्ष वा वरदान प्रयोग गरेर जुनसुकै क्षेत्रमा संलग्न भए पनि, अन्ततः, उसमा रहेका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुँदैनन्। सत्यता र परमेश्वरप्रतिको मनोवृत्ति सबै मानिसहरूको एउटै हुन्छ, र तिनीहरूले प्रकट गर्ने सबै कुरा भ्रष्ट स्वभावहरू नै हुन्छन्। मानिसहरूको आम कुरा के हो भने तिनीहरूले भ्रष्ट स्वभावहरूलाई आफ्नो जीवनका रूपमा लिएर जिउँछन्। त्यसकारण, तँसँग जुनसुकै चासो र रुचिहरू भए पनि र तँ जुनसुकै पेसामा संलग्न भए पनि, यसको अर्थ तेरो मानवतामा यसले असर गर्नेछ भन्ने हुँदैन, न त यसको अर्थ तेरो मानवता निश्चित हदसम्म उचालिनेछ वा क्षय हुनेछ भन्ने नै हुन्छ। यी तथ्यहरूबाट, के देख्न सकिन्छ भने परमेश्वरले मानिसहरूलाई दिनुहुने जन्मजात अवस्थाहरूले तिनीहरूको आत्म-आचरण र व्यवहारका मापदण्डहरूमा असर गर्दैनन्, वा तिनीहरूको कार्यको मार्ग र दिशालाई परिवर्तन गर्दैनन्। बढीमा, यी चासो र रुचिहरू तिनीहरू अस्तित्वमा रहनका लागि भर पर्ने औजार वा एक प्रकारको जन्मजात पूँजी मात्रै हुन्, ताकि, तिनीहरू संलग्न हुने क्षेत्रबाट, तिनीहरूले आम्दानी कमाउन र यसरी आफ्नो रोजी-रोटी कायम राख्न सकून्। तर, आफ्नो रोजी-रोटी कायम राख्ने प्रक्रियामा, मानिसहरूले विभिन्न क्षेत्रका मानिसहरूका समूहमाझ स्वीकार गर्ने विभिन्न विचार र दृष्टिकोणहरू उही हुन्छन्। त्यसकारण, अन्ततः, व्यक्ति जुनसुकै क्षेत्रमा भए पनि, ऊ समाजको जुनसुकै कुनामा भए पनि, वा ऊ मानिसहरूको जुनसुकै समूह वा ऊ जुनसुकै जातिको भए पनि, उसले प्राप्त गर्ने भ्रष्टता उही हुन्छ। तँ अलिक उच्च स्तरको जागिर वा पेसामा संलग्न भएकै कारण तँ अरूभन्दा कुलीन वा कम गहन रूपमा भ्रष्ट तुल्याइएको हुन्छस् भन्ने हुँदैन, न त तँ संलग्न हुने क्षेत्र न्यून स्तरको भएकै कारण तँ अरूभन्दा गहन रूपमा भ्रष्ट तुल्याइएको हुन्छस् भन्ने नै हुन्छ। छोटकरीमा भन्दा, तेरा जन्मजात चासो र रुचिहरू जेसुकै भए पनि, अन्त्यमा, तँलाई यो समाजमा र मानिसहरूका बीचमा शैतानले अपरिहार्य रूपमा र अनिवार्य रूपमा भ्रष्ट तुल्याउँछ।
यसपछि, हामी अर्को प्रकटीकरणबारे कुरा गरौँ। कतिपय मानिसहरूलाई आर्थिक र लेखाको काम मन पर्छ; तिनीहरूलाई सङ्ख्याहरूसँग काम गर्न मन पर्छ र तिनीहरूले आफ्नो सम्पूर्ण जीवन आर्थिक काममा संलग्न भएर बिताउँछन्। हरेक दिन, तिनीहरूले लेखाजोखा राखिरहेका हुन्छन्, लेखाजोखा मिलाइरहेका हुन्छन्, भुक्तानी र रकम प्राप्तिहरू सम्हालिरहेका हुन्छन्—तिनीहरूको मन सधैँ डाटाले भरिएको हुन्छ, तैपनि तिनीहरूलाई यो कहिल्यै थकाइलाग्दो लाग्दैन। आर्थिक र लेखाको काम मन पराउनु—यो कुन पक्षअन्तर्गत पर्छ? (जन्मजात अवस्थाहरू।) यो परमेश्वरले मानिसहरूलाई दिनुहुने सबल पक्ष हो। तँ यसमा सिपालु भएकाले, तैँले स्वतः यो पेसा लिन्छस्, र त्यसपछि आफ्नो सम्पूर्ण जीवनभरिको रोजी-रोटी सुरक्षित गर्छस्—तैँले यसरी नै आफूलाई भरणपोषण गर्छस्। यो त परमेश्वरले तँलाई स्वर्गबाट मन्न वा बट्टाई चराहरू पठाउनुभएको जस्तै हो, ताकि तँसँग खानका लागि केही होस्। यो चासो र रुचि त एउटा सुनको हाँस आकाशबाट खसेर तेरो हातमा पर्नु जस्तै हो, जसले तँलाई यो चासो र रुचि राख्ने तुल्याउँछ। त्यसपछि, तँ स्वतः आफ्नो चासो र रुचिसँग सम्बन्धित पेसामा संलग्न हुन्छस्, र आफ्नो रोजी-रोटीका रूपमा यसलाई लिँदै, तैँले अहिलेसम्म आफूलाई भरणपोषण गरेको छस्। तैँले यो काम राम्ररी गरे पनि वा नगरे पनि, तँ यसमा जतिसुकै वर्ष संलग्न भए पनि, यो तैँले जन्मँदा नै लिएर आएको कुरा भएसम्म, यो परमेश्वरले तेरा लागि निर्धारण गर्नुभएको कुरा हो—यो जन्मजात अवस्था हो। छोटकरीमा भन्दा, यो सबै परमेश्वरबाट आउँछ—मानिसहरूसँग घमण्ड गर्नका लागि यहाँ केही पनि छैन। होइन र? (हो।)
व्यापार गर्न मन पराउनु, व्यापार गर्न सिपालु हुनु—यो कुन पक्षअन्तर्गत पर्छ? (जन्मजात अवस्थाहरू।) व्यापार गर्न सिपालु हुनु भनेको आफ्नो व्यापार धेरैजसो मानिसहरूले भन्दा राम्ररी संचालन गर्नु हो। अरूले दुई-तीन महिनासम्म व्यापार संचालन गर्न सक्छन् र तिनीहरू टाट पल्टिन सक्छन्, र तिनीहरूले आफ्नो प्रारम्भिक पूँजी समेत गुमाउन सक्छन्, तर यिनीहरूले आफ्नो व्यापार दुई-तीन वर्षसम्म संचालन गर्छन् र काम झन्-झन् राम्रो भइरहेको हुन्छ। बिस्तारै, तिनीहरूको जीवन समृद्ध हुन्छ—तिनीहरूको परिवारले अझै राम्रो खान र लाउन पाउँछन्, तिनीहरूको सानो घरलाई अझ ठूलो घरले प्रतिस्थापन गर्छ, तिनीहरूको सानो कारलाई अझ ठूलो कारले प्रतिस्थापन गर्छ, र तिनीहरूको जीवन सुधार भइरहन्छ; तिनीहरू धनी व्यापारी बन्छन्। व्यापार गर्न सिपालु हुनु—के यो जन्मजात अवस्था हो? (हो।) व्यापार गर्न सिपालु हुनु, यो जन्मजात अवस्था, तिनीहरूको सबल पक्ष हो। तिनीहरूले कहिल्यै व्यापार कसरी गर्ने भनेर विशेष रूपमा अध्ययन गरेका हुँदैनन्, न त तिनीहरूलाई तिनीहरूका आमाबुबाले नै प्रभाव पारेका हुन्छन्, तैपनि तिनीहरू सजिलै स-साना व्यापार चलाउन र पैसा कमाउन सक्छन्। तँ तिनीहरूलाई सोध्छस्, “के तिमीलाई व्यापार गर्न गाह्रो लाग्छ?” तिनीहरू भन्छन्, “पटक्कै लाग्दैन। म केवल आफ्नो दिमाग प्रयोग गर्छु, र उपयुक्त र पैसा कमाउन सक्ने तरिकाले कसरी कामकुरा गर्ने भनेर विचार गर्छु, त्यसपछि म अघि बढेर त्यसरी काम नै गर्छु—र अन्तमा, पैसा मेरो हुन्छ।” तँ भन्छस्, “तिमीलाई त व्यापार गर्नु अत्यन्तै सहज र सजिलो लाग्ने रहेछ। म किन त्यसो गर्न सक्दिनँ?” किन? किनभने परमेश्वरले तँलाई त्यो सबल पक्ष दिनुभएन, त्यसकारण तँसँग बस यो सीप नै छैन। त्यसकारण, सबल पक्ष भएका मानिसहरू घमण्डी हुनु हुँदैन, र सबल पक्ष नभएका मानिसहरूले डाहा गर्नु हुँदैन। परमेश्वरले दिनुहुने कुरा, कसैले पनि खोस्न सक्दैन—तँ त्यो चाहँदैनस् भने पनि, तैँले त्यसलाई इन्कार गर्न मिल्दैन। परमेश्वरले तँलाई यस कुरामा सिपालु तुल्याउनुभएको मात्रै हो, र यो सबल पक्षमार्फत, उहाँले तँलाई तेरो जीवन कायम राख्नका लागि जीविकोपार्जनको माध्यम वा व्यवसाय क्षेत्र प्रदान गर्नुहुन्छ। यो परमेश्वरको अनुग्रह हो। अरूले सिक्छन्, सिकाइ लिन्छन्, र अभ्यास गर्छन्, तैपनि तिनीहरूले जसरी प्रयास गरे पनि, राम्रा नतिजाहरू हासिल गर्न सक्दैनन्। तर तँ नसिकिकन यो काम गर्न सक्छस्। तिनीहरूले जसरी सोचे पनि, तिनीहरूको मनले तेरो मनले जस्तो चाँडै काम गर्दैन, र तिनीहरूले तैँले जस्तो राम्ररी काम गर्न सक्दैनन्। त्यसोभए, तेरो यो सबल पक्ष कहाँबाट आएको हुन्छ? के यो जन्मजात होइन र? अनि के जन्मजात कुरा परमेश्वरले दिनुभएको कुरा होइन र? तैँले सधैँ आफूलाई जे मन पर्छ, तँ जे कुरामा सिपालु छस् त्यो कुरा भन्छस्—तर के त्यो तैँले आग्रह गरेको कुरा हो? कतिपय मानिसहरू यो कुरा आफ्ना आमाबुबाबाट वंशानुगत प्राप्त भएको हो भनेर भन्छन्। त्यसोभए तैँले किन वंशानुगत रूपमा अर्को कुनै कुरा प्राप्त गरिनस् त? यो सबल पक्षलाई आफ्नो अर्को पुस्तामा हस्तान्तरण गर्ने उपाय खोज्ने प्रयास गर्—के तँ त्यसो गर्न सक्छस्? के यस विषयमा निर्णय तेरो हुन्छ? (हुँदैन।) अवश्य नै हुँदैन। तँसँग भएको सबल पक्ष परमेश्वरले दिनुभएको हो—अरूले तँप्रति जति ईर्ष्यालु भए पनि, तिनीहरूले यसलाई हटाउन वा खोस्न सक्दैनन्, र तँ यो चाहँदैनस् भने पनि, परमेश्वरले अझै पनि तँलाई यो दिनु हुन्छ। परमेश्वरले तँलाई अनुग्रह देखाउनुभएको हुनाले, तैँले यसलाई उहाँबाट स्वीकार गर्नुपर्छ। घमण्डी नहो, र धाक नलगा। घमण्ड र धाक त मानव अज्ञानताका प्रकटीकरणहरू हुन्।
त्यसोभए तैँले परमेश्वरले तँलाई दिनुभएको सबल पक्षलाई कसरी सही रूपमा लिनुपर्छ? यदि परमेश्वरको घरलाई यस क्षेत्रमा कर्तव्य पूरा गर्नका लागि तेरो आवश्यकता पर्छ भने, तैँले आफ्नो कर्तव्यमा, मण्डलीको काममा आफ्नो सबल पक्ष प्रयोग गर्नुपर्छ। सबल पक्ष नलुका—यसलाई प्रयोग गर्, र सक्दो हदसम्म त्यसो गर्। यसरी, परमेश्वरले तँलाई दिनुभएको सबल पक्ष व्यर्थमा दिइएको हुनेछैन; तैँले परमेश्वरबाट प्राप्त गरेको अनुग्रह र विशेष व्यवहार उहाँलाई चुक्ता गरिनेछ। त्यसो गरेर, तँ विवेक भएको व्यक्ति हुन्छस्—तैँले आफ्ना लागि फाइदाहरू मात्रै खोजिरहेको हुँदैनस् तर परमेश्वरको ऋण पनि तिरिरहेको हुन्छस्। यो सही व्यवहार गर्नु हो। तैँले “मसँग यो सबल पक्ष, यो चासो र रुचि छ, र यो काम गर्नु मेरा लागि निकै सजिलो छ,” भनेर सोचे पनि, तैँले यसलाई आफ्नो कर्तव्यका रूपमा लिएसम्म, तँ आफ्नो सबल पक्ष, चासो, र रुचिमा मात्रै भर पर्नु हुँदैन। तैँले परमेश्वरले तँलाई बताउनुभएका सिद्धान्तहरू र परमेश्वरको घरका मागहरू अनुसार यो काम गर्नुपर्छ, र त्यसपछि त्यसलाई आफ्नो सबल पक्षसँग मिलाउनुपर्छ। यसरी, तेरो कर्तव्य उचित रूपमा पूरा हुनेछ, र तैँले आफ्नो बफादारिता चढाएको हुनेछस्। यो त परमेश्वरले अब्राहामलाई छोरा प्रदान गर्नुभएको जस्तै हो—जब परमेश्वरले अब्राहामलाई छोरा दिनुभयो तब ऊ अत्यन्तै प्रसन्न भयो, र जब परमेश्वरले त्यो छोरालाई ऊबाट लिन चाहनुभयो, तब अब्राहामले स्वेच्छाले र पूर्ण रूपमा त्यो छोरा परमेश्वरको अघि अर्पण गर्नुपऱ्यो। उसले पछि हट्ने वा सर्तहरू तय गर्ने प्रयास गर्न सक्दैनथियो, र यति मात्र होइन, उसले परमेश्वरबारे गुनासो गर्न वा उहाँलाई अपमान गर्न सक्दैनथियो—उसले पूर्ण हृदय र निष्कपट रूपमा आफ्नो छोरालाई अर्पण गर्नुपऱ्यो। जब परमेश्वरले तँलाई अनुग्रह दिनुहुन्छ, तब तँ अत्यन्तै खुसी र सन्तुष्ट हुन्छस्, र तैँले फाइदा प्राप्त गरेको छस् र परमेश्वरले तँलाई दया गर्नुहुन्छ भन्ने महसुस गर्छस्। तैँले परमेश्वरको धेरै अनुग्रहको आनन्द उठाएपछि, परमेश्वरले तँलाई कुनै कुरा चढाउन लगाउनुहुँदा तेरो मनोवृत्ति कस्तो हुन्छ? के तँ यसबाट अलग हुन सहन सक्छस्? के तैँले यसलाई परमेश्वरप्रति चढाएर कुनै कसर बाँकी नराखी उहाँलाई फर्काउन सक्छस्? यदि तैँले परमेश्वरले तँलाई दिनुभएको कुरा सम्झौताविना, उहाँले माग गर्नुभएका सिद्धान्तहरू अनुसार, गुनासो नगरी, कुनै कसर बाँकी नराखी, र यसलाई आफ्ना लागि नराखी, बरु यो परमेश्वरलाई चढाएर परमेश्वरलाई फर्काउन सक्छस् भने, तँ सृजित प्राणीका रूपमा मानकअनुरूप हुन्छस्; तैँले पूरा गरेको कर्तव्य पनि मानकअनुरूप हुन्छ, र परमेश्वर सन्तुष्ट हुनुहुनेछ। तँबाट परमेश्वरले गर्नुहुने मागहरू उच्च छैनन्, किनभने परमेश्वरले तँलाई दिनुभएको कुरा तैँले दिन सक्ने कुराभन्दा धेरै गुणा बढी छन्। परमेश्वरले तँलाई जीवन दिनुबाहेक, अस्तित्वका लागि तँ भर पर्ने पूँजी र अवस्थाहरू पनि दिनुभएको छ। तँसँग यो सबल पक्ष, चासो र रुचि भएको हुनाले, तैँले कति धेरै फाइदा प्राप्त गरेको छस्? तैँले परमेश्वरको कति धेरै अनुग्रहको आनन्द उठाएको छस्? अहिलेसम्म, तैँले परमेश्वरलाई कति ऋण तिरेको छस्? यदि तैँले अहिले मात्रै परमेश्वरलाई तिर्न थालेको छस् भने, तँ अलिक सुस्त छस्। यदि तैँले विगतमा राम्रो गरेको छैनस् भने, अबदेखि, तैँले कुनै कसर बाँकी नराखी परमेश्वरलाई चढाउनुपर्छ; तैँले आफ्नो कर्तव्यमा निपुणता हासिल गरेका तेरासबल पक्ष र पेसागत सीप र पेसाहरूका विभिन्न सिद्धान्तहरूलाई आफ्नो कर्तव्यमा प्रयोग गर्, र कुनै कसर बाँकी नराख्, किनभने तैँले चढाउने कुरा मौलिक रूपमा परमेश्वरको नै थियो—परमेश्वरले नै तँलाई यो दिनुभएको हो। जब तैँले यी कुराहरू चढाउँछस् र तिनलाई आफ्नो कर्तव्यमा प्रयोग गर्छस्, तब एक हिसाबमा, परमेश्वरले यसलाई स्वीकार गर्नुहुनेछ, र अर्को हिसाबमा, तैँले सत्यता प्राप्त गर्नेछस्, जीवन प्राप्त गर्नेछस्, र परमेश्वरको अनुमोदन प्राप्त गर्नेछस्—तैँले अत्यन्तै धेरै फाइदाहरू प्राप्त गर्नेछस् र घाटा पटक्कै भोग्नेछैनस्। यसका साथै, परमेश्वरले तेरो चासो, रुचि, र सबल पक्षको आनन्द लिने तेरो अधिकार खोस्नुभएको छैन। परमेश्वरले तँलाई यो चासो र रुचि दिनुभएको हुनाले, उहाँले ती कहिल्यै खोस्नुहुनेछैन। तैँले जति धेरै चढाए पनि, तँसँग ती कुराहरू अझै हुनेछन्—परमेश्वरले ती कुराहरू तँभित्र अनवरत रूपमा रहनेछन् भन्ने कुरा सुनिश्चित गर्नुहुन्छ; ती तेरो सत्वको भाग नै हुन्। यदि तँ परमेश्वरलाई चढाउँदैनस् भने, तँसँग कुनै विवेक छैन, तँ सृजित प्राणीको रूपमा मानकअनुरूप छैनस्, र तँसँग परमेश्वरप्रतिको कुनै निष्कपटता छैन भनेर मात्रै भन्न सकिन्छ। यदि तँसँग निष्कपटता छ भने, तैँले परमेश्वरबाट प्राप्त गरेको र तँसँग भएको कुरा परमेश्वरलाई तिर्नुपर्छ। तँसँग यो मनोवृत्ति हुनुपर्छ। परमेश्वरले तँलाई जति धेरै दिनुभएको भए पनि, तैँले जति धेरै बुझेको भए पनि, र तैँले जति धेरै कुरा गर्न सक्ने भए पनि, तैँले कुनै कसर बाँकी नराखी परमेश्वरलाई यो कुरा चढाउनुपर्छ। के परमेश्वरले तँलाई यो कुरा व्यर्थमा चढाउन लगाउनुहुनेछ भन्ने तँलाई लाग्छ? अब्राहामलाई हेर् त—जब परमेश्वरले उसलाई इसहाकलाई बलि चढाउन लगाउनुभयो, तब उसले इसहाकलाई वेदीमा चढायो। तर अब्राहामको निष्कपटता देखेपछि, के परमेश्वरले साँच्चै नै इसहाकलाई लिनुभयो त? परमेश्वरले उसलाई लिनुभएन—परमेश्वरले इसहाकलाई फर्काउनुभयो र नजिकै भेडा तयार गर्नुभयो। अब्राहामले इसहाकलाई परमेश्वरलाई फर्काउनु नपरेको मात्र होइन, बरु उसले पहिले नै तयार गरिसकिएको एउटा थुमा पनि प्राप्त गऱ्यो। अन्त्यमा, परमेश्वरले उसलाई दिनुभएको आशिष् उसले कल्पना गर्न सक्नेभन्दा अनगिन्ती गुणा बढी भयो। अवश्य नै, यो अब्राहामले कल्पना गर्न सक्ने कुरा थिएन, न त यो उसले मागेको कुरा नै थियो। तर परमेश्वरले मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्न; उहाँ केवल मानिसहरूलाई आशिष् यसरी नै दिनुहुन्छ—परमेश्वरले इच्छा गर्नुहुने कुरा यही हो। तैँले अझै परमेश्वरलाई केही पनि फर्काएको छैनस् भने पनि, उहाँले तँलाई अत्यन्तैधेरै कुरा दिइसक्नुभएको हुन्छ। त्यसकारण यदि तैँले साँच्चै नै परमेश्वरलाई ऋण तिरिस् भने, के उहाँले तँलाई थोरै दिनुहुनेछ भन्ने तँलाई लाग्छ? अवश्य नै होइन—परमेश्वरले तँलाई दिनुहुने आशिष् तैँले कल्पना गर्न सक्ने सबै कुराभन्दा बढी हुनेछ। त्यसोभए मलाई भन्, के परमेश्वरले तँलाई दिनुभएका सबै सबल पक्षहरू चढाएर आफ्नो कर्तव्यमा प्रयोग गर्न सजिलो छ? मानौँ तँ यस्तो सोच्छस्: “मसँग अन्तर्निहित रूपमा रहेका यी सबल पक्ष, चासो, र रुचिहरू मैले जन्मँदा नै लिएर आएका कुरा हुन्, र मैले ती कुराहरू मेरा आमाबुबाबाट वंशाणुगत रूपमा प्राप्त गरेको हुँ। ती मेरा असल जीन र अनुकूल पृष्ठभूमिले आएका हुन्। ती परमेश्वरले दिनुभएको हो कि होइन, मलाई थाहा छैन। जे भए पनि, मैले सौभाग्य मात्रै पाएको हुँ—यो मेरो आफ्नै भाग्य हो। मैले ती परमेश्वरलाई फर्काउँछु कि फर्काउँदिनँ भन्ने कुराका हकमा भन्दा, म त्यो कुराको निर्णय पछि गर्नेछु। अहिले त, मसँग त्यसो गर्ने कुनै योजना छैन।” मलाई भन्, के यसको अर्थ तँसँग विवेक छ भन्ने हुनेथियो? (हुनेथिएन।) यदि परमेश्वरले तँलाई दिनुभएका चासो, रुचि, सबल पक्ष, र अरू कुराहरू नलैजानुभएको भए पनि, तैँले परमेश्वरको आशिष् प्राप्त गर्नेथिइनस्। परमेश्वरका नजरमा, तँ मानकअनुरूपको सृजित प्राणी हुनेथिइनस्—कम्तीमा पनि, परमेश्वरले यस्ता मानिसहरूलाई मन पराउनुहुन्न। परमेश्वरले मानिसहरूलाई निश्चित चासो, रुचि, र सबल पक्षहरू दिनुहुन्छ, र उहाँले तिनीहरूबाट निश्चित मागहरू पनि गर्नुहुन्छ। मानिसहरूले यी चासो, रुचि, र सबल पक्षहरूलाई कसरी लिन्छन् भन्ने कुराका हकमा भन्दा, तिनीहरूमा सत्यता अनुरूपका सिद्धान्तहरू पनि हुनुपर्छ। एक हिसाबमा, यी कुराहरूलाई आफ्नो पूँजीका रूपमा नलिई; यसका साथै, यदि परमेश्वरको घरको कामले तँलाई तेरा चासो, रुचि, र सबल पक्षहरूसँग सम्बन्धित कर्तव्य पूरा गर्न माग गर्छ भने, तैँले यो कर्तव्यलाई आफ्नो व्यक्तिगत दायित्वका रूपमा लिन मानबद्ध महसुस गर्नुपर्छ। तैँले परमेश्वरले तँलाई दिनुभएको कुरालाई पूर्ण रूपमा र कुनै कसर बाँकी नराखी चढाउनुपर्छ, ताकि परमेश्वरले सृजित प्राणीले उहाँअघि देखाएको निष्कपटता र समर्पणको आनन्द लिन सक्नुहोस्। के यो गौरवशाली र महिमित कुरा होइन र? (हो।) यदि तैँले परमेश्वरलाई उहाँले तँलाई दिनुभएका वरदान र सबल पक्षहरू चढाउन सक्दैनस् भने, तँ परमेश्वरप्रति ऋणी हुन्छस्—त्यो लाजमर्दो कुरा हो। जब परमेश्वरले तँलाई यी वरदान र सबल पक्षहरू दिनुभयो, तब तँ निकै खुसी थिइस्, तर जब परमेश्वरले तँलाई ती कुराहरू उहाँको अघि चढाउन लगाउनुहुन्छ, तब तँ झोक्किन्छस्, र तैँले ती कुरा परमेश्वरद्वारा प्रयोग गरिऊन् भन्ने चाहँदैनस् र ती कुराहरू आफ्ना लागि मात्रै प्रयोग गर्न चाहन्छस्। के यसले समझ देखाउँछ? ती तेरा व्यक्तिगत सम्पत्तिहरू होइनन्—ती परमेश्वरले दिनुभएको हो। ती परमेश्वरले दिनुभएको हुनाले, जब उहाँले ती माग गर्नुहुन्छ, तब तैँले ती चढाउनुपर्छ। तिनलाई चढाउन सक्नुले तँसँग परमेश्वरप्रतिको समर्पण र निष्कपटता छ भन्ने देखाउँछ। यदि तँ तिनलाई चढाउन चाहँदैनस्, वा तँ मन नलागी-नलागी र जबरजस्ती त्यसो गर्छस् भने, यसले तँसँग परमेश्वरप्रति न त समर्पण छ न त निष्कपटता नै छ भन्ने कुरालाई प्रमाणित गर्छ। तेरो मानवता र चरित्रमा समस्या छ भनेर मात्रै भन्न सकिन्छ।
हुन्छ, आजको हाम्रो सङ्गति यति हो। बिदा!
डिसेम्बर २३, सन् २०२३