सत्यता कसरी पछ्याउने (१५)

के हालसालै हामीले समेट्दै आएका विषयहरूबारे तिमीहरूले आफ्‍ना भेलाहरूमा सङ्गति गरेका छौ? (परमेश्‍वर, हामीले हाम्रा भेलाहरूमा यी विषयहरूबारे सङ्गति गरेका छौँ।) तिमीहरूको सङ्गतिको के परिणाम आयो? के तिमीहरूले कुनै नयाँ कुरा वा बुझाइ प्राप्त गर्‍यौ? के हामीले सङ्गति गरेका यी विषयहरू मानिसहरूको दैनिक जीवनमा विद्यमान हुन्छन्? (ती सबै विद्यमान हुन्छन्। यी विषयहरूमा परमेश्‍वरले दिनुभएका सङ्गति एक-दुई पटक सुनेपछि, मैले के पत्ता लगाएँ भने, पुस्तौँ-पुस्तासम्‍म हाम्रा आमाबुबाले दिने शिक्षा र हाम्रो परिवारले सिकाउन कुराले हामीलाई गहन रूपमा भ्रष्ट बनाएको छ। बाल्यकालदेखि नै, हाम्रा आमाबुबाले “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्‍नेजस्ता विचारहरू हामीमा एकपछि अर्को गर्दै हालिदिएका छन्। यस्तो विचार आफूभित्र पसेपछि, मलाई पनि लाग्यो कि, हेपाइ र दमनमा पर्नबाट जोगिन व्यक्तिले जीवनमा अरूभन्दा माथि उठ्नुपर्छ र भीडबाट अलग हुनुपर्छ। म विगतमा आमाबुबाले हामीलाई हाम्रै भलाइ र सुरक्षाको लागि यी विचारहरू सिकाउनुभएको हो भन्‍ने सोच्थेँ। परमेश्‍वरले एक-दुई पटक दिनुभएको सङ्गति र विश्‍लेषण सुनेपछि, मैँले के महसुस गरेँ भने, यी विचारहरू नकारात्मक हुन्छन् र यी कुराहरू मानिसहरूलाई भ्रष्ट गर्ने शैतानका साधनहरू हुन्। तिनले हामीलाई परमेश्‍वरबाट झन्झन् टाढा लैजान्छन् र शैतानको भ्रष्टताको गहिराइतर्फ डोर्‍याउँछन्, अनि हामीलाई मुक्तिबाट झन्-झन् टाढा लैजान्छन्।) छोटकरीमा भन्दा, यी विषयहरूबारे सङ्गति गर्नु आवश्यक छ, होइन त? (हजुर, हो।) यी कुराहरूबारे एक-दुई पटक सङ्गति गरेपछि, मानिसहरूले तिनीहरूका परिवारले तिनीहरूमा हालिदिने विचार र दृष्टिकोणहरूबारे गहन बुझाइ प्राप्त गर्छन्, र तिनीहरूले ती कुरालाई अझ सही रूपमा बुझ्छन्। ती कुराहरूबारे सङ्गति गरेपछि, के आफ्‍नो परिवार र आमाबुबासँगको मानिसहरूको सम्बन्ध अझ टाढा हुन्छ त? (हुँदैन, हामी त्यसो गर्दैनौँ। पहिले, मलाई सधैँ मेरा आमाबुबाले मलाई माया गर्छन् भन्‍ने लाग्थ्यो, तर परमेश्‍वरको सङ्गति सुनेपछि, मलाई के थाहा भयो भने, मलाई जन्म दिनु र हुर्काउनु त मेरा आमाबुबाको मिसन नै थियो। यसबाहेक, उनीहरूले सानैदेखि ममा हालिदिएका विचारहरूले मलाई भ्रष्ट बनाइरहेका थिए। यो कुरा पहिचान गरिसकेपछि, मसँग उनीहरूप्रति त्यति धेरै स्‍नेही आशक्तिपन छैन।) सर्वप्रथम, मानिसहरूको सोचको हिसाबमा भन्दा, अहिले तिनीहरूले आफ्ना आमाबुबाको जिम्मेवारी र आमाबुबाले तिनीहरूलाई हुर्काउन देखाएको अनुग्रहबारे सही तरिकाले बुझेका छन्; तिनीहरू अहिले आमाबुबासँग व्यवहार गर्न स्‍नेह, आवेग, वा शारीरिक रक्तसम्बन्धमा भर पर्दैनन्। बरु यसको साटो, तिनीहरूले आफ्‍ना परिवार र आमाबुबासँग तर्कसङ्गत रूपमा सही दृष्टिकोण र स्थानमा रही व्यवहार गर्न सक्छन्। यस तरिकाले, मानिसहरूले यी मामिलाहरूलाई कसरी लिने भन्‍नेबारेमा महत्त्वपूर्ण रूपान्तरण हासिल गर्छन्, र यस रूपान्तरणले तिनीहरूलाई तिनीहरूको जीवन प्रवेश र परमेश्‍वरले तिनीहरूलाई दिनुभएका मापदण्डहरू सन्दर्भमा ठूलो फट्को मार्न सहयोग गर्छ। तसर्थ, यी विषयहरूबारे सङ्गति गर्नु मानिसहरूको लागि लाभदायक र आवश्यक दुवै छ, किनभने यी सबै कुराहरू मानिसहरूलाई चाहिने तर तिनीहरूमा अभाव रहेका कुराहरू हुन्।

परिवारले व्यक्तिलाई सिकाउने कुराका विषयमा यसभन्दा पहिले हामीले गरेका सङ्गतिहरू मुख्यतया व्यक्तिको स्वव्यवहारसम्बन्धी लक्ष्य र सिद्धान्तहरू, दुनियाँसित व्यवहार गर्ने तौरतरिका र माध्यमहरू, र जीवन र अस्तित्वसम्‍बन्धी व्यक्तिको दृष्टिकोण, र जीवित रहने विधि र नियमहरूलगायत अन्य कुराहरूमा केन्द्रित थिए। यी सबै विषयहरू व्यक्तिहरूलाई सिकाइने विचारहरू र तिनीहरूका विचार र दृष्टिकोणहरूसँग सम्‍बन्धित कुरा हुन्। समग्रमा भन्दा, परिवार र आमाबुबाले मानिसहरूमा हालिदिने कुनै पनि विचार र दृष्टिकोण सकारात्मक हुँदैनन्, र तीमध्ये कुनैले पनि व्यक्तिलाई सही मार्गमा डोऱ्याउन वा तिनीहरूलाई जीवनको सही दृष्टिकोण स्थापित गर्न सहयोग गरेर, सृष्टिकर्ताको उपस्थितिमा सृष्टि गरिएको प्राणी रूपमा आफ्नो जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्‍ने बनाउन सक्दैनन्। आमाबुबा र परिवारले तँलाई सिकाउने सबै कुरा सांसारिक दिशा र यसको खराब प्रवृत्तिमा डोर्‍याउनको लागि हो। यी विचार र दृष्टिकोणहरूद्वारा तँलाई अभ्यस्त पार्नुपछाडिको तिनीहरूको उद्देश्य तँलाई समाज र दुष्ट प्रवृत्तिहरूमा अझ सहज रूपमा घुलमिल हुन, र समाजका खराब प्रवृत्तिहरू र विभिन्‍न मापदण्डहरूअनुकूल हुन सक्षम हुन मदत गर्नु हो। यी शिक्षाहरूले तँलाई सुरक्षाका निश्‍चित माध्यम र विधिहरू साथै समाजमा र मानिसहरूका समूहहरूमा राम्रो हैसियत, प्रतिष्ठा, भौतिक आनन्द, र अन्य कुराहरू प्राप्त गर्ने निश्‍चित विधिहरू प्रदान गर्न सके पनि, तेरो परिवारले तँमा हालिदिएका यिनै विभिन्‍न विचारहरूले तँलाई एकपछि अर्को दुष्ट प्रवृत्तिमा घचेट्छन्, जसले तँलाई संसार, समाज र दुष्ट प्रवृत्तिहरूमा जरा गाड्न बाध्य तुल्याउँछन्, र अन्त्यमा त्यसबाट तैँले आफूलाई बाहिर निकाल्न सक्दैनस्। ती कुराहरूले तँलाई एकपछि अर्को समस्या दिन्छन् र तँलाई बारम्बार दुबिधामा पार्छन्, जसले गर्दा तँ मानव संसारको सामना कसरी गर्ने र कसरी ज्योतिमा जिउने साँचो व्यक्ति बन्‍ने, कसरी इमान्दार, दयालु, र न्याय बोध भएको व्यक्ति बन्‍ने भन्‍नेबारे अनिश्‍चित हुन्छस्। त्यसकारण, तेरो परिवारको सिकाइले तँलाई यस संसारमा अझै बढी मर्यादा, चरित्र र मानवीय स्वरूपमा बाँच्न सक्षम तुल्याउँदैन। बरु यसको साटो, यसले तँलाई विभिन्‍न जटिल द्वन्द्व र सङ्घर्षहरूमा, र विभिन्‍न जटिल पारस्परिक सम्बन्धमा बाँच्न लगाउँछ, र तँलाई असङ्ख्य सांसारिक जाल, बन्धन, र जटिलताहरूमा समेत पार्छ। जब तँ आफ्ना आमाबुबातिर फर्केर यी सबै कुराहरूबारे तिनीहरूसित भरोसासाथ कुरा गर्छस्, तब तिनीहरूले तँलाई मानिसहरूमाझ बस्दा कसरी अझै बढी धूर्त, कुटिल, सांसारिक समझदार, र मनको कुरा बाहिर नदेखाउने व्यक्ति बन्‍ने भनेर सल्‍लाह दिन विभिन्‍न किसिमका रणनीतिहरू प्रयोग गर्नेछन्, तर यसको साटो सही दिशा देखाउने काम गर्नेछैनन्, र यी सबै कुराहरू छोड्न र आफूलाई स्वतन्त्र पार्न, सृष्टिकर्ताको अगाडि आउन र उहाँका बन्दोबस्तहरूमा समर्पित हुन, र मानिसहरूको भाग्य र तिनीहरूको सबै कुरा परमेश्‍वरको हातमा छ, र तिनीहरू परमेश्‍वर, उहाँको सार्वभौमिकता र योजनाबद्ध कार्यहरूबाट आउने हरेक मापदण्डमा समर्पित हुनुपर्छ भनेर स्पष्ट रूपमा पहिचान गर्न मदत गर्नेछैनन्। आफ्‍नो परिवारद्वारा यी विभिन्‍न विचारहरू सिकाइएका मानिसहरूको जिउने अवस्था यस्तै हुन्छ। छोटकरीमा भन्दा, तेरो परिवारले तँलाई सिकाएका विचारहरूले चाहे प्रसिद्धि वा नाफामा जोड दिए पनि, चाहे अरूसँग प्रतिस्पर्धा गर्ने वा मित्रवत् बन्‍ने कुरामा जोड दिए पनि, वा चाहे अरू जेसुकैमा ध्यान केन्द्रित गरे पनि, ती कुराहरूले तँलाई अझै बढी इमान्दार, दयालु र सीधा बनाउनुको सट्टा, वा सृष्टिकर्ताका बन्दोबस्तहरूमा कसरी समर्पित हुने भनेर अझै बढी बुझ्‍न मदत गर्नुको सट्टा, मानव संसारमा जीवित रहने तेरा माध्यम, विधि र नियमहरूलाई झन्झन् जटिल, निर्दयी, धूर्त र द्वेषपूर्ण मात्रै बनाउँदै लैजान्छन्। त्यसकारण, तेरो परिवारको सिकाइले तँलाई परमेश्‍वरबाट, सत्यताबाट, र सकारात्मक कुराहरूबाट टाढा मात्रै लैजान सक्छ, र यसरी तँलाई मानिसहरूले इज्‍जतदार तरिकाले जे-जसरी जिउनुपर्ने हो त्यसरी कसरी जिउने भन्‍ने कुराप्रति अझै अनिश्‍चित बनाउँछ। यसको साथै, तेरो परिवारको सिकाइबाट आएका विचारहरूले तँलाई झन्झन् भावशून्य, झन्झन् स्तब्ध, वा अझै बोलचालको भाषामा भन्दा, झन्-झन् अबुझ बनाउँछन्। सुरुमा, आफ्ना सहकर्मीहरू, सहपाठीहरू, र साथीहरूसँग झूट बोल्दा तेरो अनुहार रातो हुन्छ, तेरो हृदयको ढुकढुकी बढ्छ, र तेरो विवेकले दोषी महसुस गर्नेछ। तर समय बित्दै जाँदा, यी सचेत प्रतिक्रियाहरू सबै हराउनेछन्: तेरो अनुहार रातो हुँदैन, तेरो हृदयको ढुकढुकी बढ्दैन, र तेरो विवेकले पनि तँलाई दोष दिन छोड्छ। जीवित रहनको लागि, तैँले हर कुनै माध्यमको सहारा लिनेछस्, चाहे त्यसको लागि तैँले आफ्‍ना आमाबुबा, दाजुभाइ वा दिदीबहिनी, र तेरा सबैभन्दा मिल्ने साथीहरू लगायतका तेरा सबैभन्दा नजिकका मानिसहरूलाई धोका दिनुसमेत किन नपरोस्। तैँले आफ्नो जीवन सुधार गर्न र आफ्नो सम्मान र आनन्द बढाउनको लागि तिनीहरूबाट लाभ उठाउन खोज्‍नेछस्—यो भावशून्यता हो। सुरुमा, तँलाई थोरै मात्रामा आत्म-दोषारोपण हुन सक्छ र तेरो विवेक अलिअलि काँप्‍न सक्छ। तर समय बित्दै जाँदा, यी अनुभूतिहरू हराउनेछन्, र तैँले आफूलाई शान्त पार्न अझै विश्‍वासलाग्दा कारणहरू प्रयोग गर्नेछस् र यसको भन्‍नेछस्, “मानिसहरू यस्तै हुन्छन्। यो संसारमा कोमल हृदयको भएर हुँदैन। अरूप्रति कोमल हृदयको हुनु भनेको आफैप्रति क्रूर हुनु हो। यो संसारमा कमजोरहरू बलियाहरूको सिकार बन्छन्। बलियाहरू फस्टाउँछन् र कमजोरहरू नष्ट हुन्छन्, विजेताहरू राजा बन्छन् र हार्नेहरू अपराधी ठहरिन्छन्। सफल भइयो भने, कसरी सफल भयो भनेर कसैले अनुसन्धान गर्दैन, तर असफल भइयो भने, आफूसँग केही बाँकी हुँदैन।” अनि अन्त्यमा, मानिसहरूले आफूलाई मनाउन यी विचार र दृष्टिकोणहरू प्रयोग गर्छन्, र यिनैलाई सबै कुरा पछ्याउने आधार, र अवश्य नै, आफ्‍नो उद्देश्य प्राप्त गर्ने साधनसमेत बनाउँछन्। त्यसोभए, तिमीहरू सबै अहिले कुन अवस्थामा छौ? के तिमीहरू अहिले भावशून्यताको अवस्थामा पुगेका छौ, कि छैनौ? मानौँ, तँ कुनै व्यवसायमा संलग्‍न थिइस्, र यो व्यवसाय तेरो भविष्य, तेरो जीवनस्तर, र समाजमा तैँले पाउने प्रतिष्ठासँग सम्बन्धित थियो। यदि तेरा तौरतरिकाहरू पर्याप्त रूपमा धूर्त थिए, र तैँले जोसुकैलाई धोका दिन सक्थिस् भने, तैँले अरूभन्दा माथिल्‍लो स्तरको जीवन जिउनेथिइस्, तँसँग थाकका थाक पैसा हुनेथियो, र तँ कसैको इच्छाको लागि झुक्‍नु पर्दैनथियो। त्यसपछि तैँले के गर्नेथिइस्? के तँ अति भावशून्य, र असंवेदनशील भएर जोसुकैलाई धोका दिन सक्‍ने र जोसुकैबाट पैसा ठग्‍न सक्‍ने बन्‍नेथिइनस् र? (पक्‍कै पनि त्यस्तै बन्‍नेथिएँ।) पक्‍कै पनि त्यस्तै बन्‍नेथिइस्। यो कुरा बदलिनुपर्छ; यो मानवजातिभित्र गहन रूपमा गढेर बसेको भ्रष्ट स्वभाव हो। जब मानवता विद्यमान हुँदैन, तब बाँकी रहने कुरा त आफ्नै भ्रष्ट स्वभावअनुसार बिताइएको जीवन, अनि शैतानले हालिदिएका विभिन्‍न विचार र दृष्टिकोणहरू मात्रै हो। विवेक, तर्क र लाजको बोधविना, व्यक्तिको जीवन केवल खाली खोल र रित्तो भाँडामा परिणत हुन्छ, र यसले आफ्‍नो मूल्य गुमाउँछ। यदि तँसँग अझै पनि लाजको केही बोध छ, र झूट बोल्दा, धोका दिँदा, वा अरूलाई नोक्सानी पुर्‍याउँदा, यसको चोट कसलाई दिने हो भनेर तैँले छनौट गर्न सक्छस्, र तैँले जो पायो त्यहीलाई हानि गर्दैनस् भने, तँसँग अझै पनि केही विवेक र मानवता छ। तर केही पर्बाह नगरी तैँले जोसुकैलाई धोका दिन वा हानि गर्न सक्छस् भने, तँ साँच्‍चै पूर्ण रूपमा जिउँदो शैतान होस्। यदि तँ “म मेरा आमाबुबा, आफन्तहरू, साथीहरू, निर्दोष मानिसहरू, र विशेष गरी परमेश्‍वरको घरका मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन सक्दिनँ, र म परमेश्‍वरका भेटीहरूमा ठगी गर्न सक्दिनँ” भनेर भन्छस् भने, तँसँग अझै केही नैतिक सीमाहरू छन्, र तँलाई अझै पनि केही मात्रामा विवेक भएको व्यक्तिको रूपमा गन्‍न सकिन्छ। तैपनि, यदि तँसित यति थोरै पनि विवेक र सीमा पनि छैन भने, तँ मानव भनिन लायक छैनस्। त्यसोभए, अहिले तिमीहरू कुन बिन्दुमा पुगेका छौ त? के तिमीहरूसँग सीमाहरू छन् त? के तिमीहरूले अवसर पायौ वा वास्तविक आवश्यकता आइपर्‍यो भने, आफ्ना आमाबुबा, आफ्ना दाजुभाइ-दिदीबहिनी र आफ्ना नजिकका साथीहरूलाई धोका दिन सक्छौ? के तिमीहरूले आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीलाई धोका दिन, तिनीहरूको शोषण गर्न, वा परमेश्‍वरका भेटीहरूमा ठगी गर्न सक्छौ? यदि यस्तो अवसर आयो भने, र कसैले पनि त्यो कुरा कहिल्यै पत्ता नलगाउने अवस्था भयो भने, के तिमीहरू यस्तो काम गर्न सक्छौ? (अहिले त मलाई म अब फेरि त्यस्तो काम गर्न सक्दिनँ जस्तो लाग्छ।) किन तैँले अब फेरि यस्तो काम गर्न सक्दैनस्? (किनकि मलाई परमेश्‍वरसँग डर लाग्छ, मसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ, र मेरो विवेकले पनि यसो गर्ने अनुमति दिँदैन।) तेरो मनोवृत्ति यस्तो रैछ कि, तँलाई हृदयमा डर लाग्छ र तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ, र तेरो विवेकले यसो गर्ने अनुमति दिँदैन। अरूले पनि भन त। के तिमीहरूसँग यसबारे कुनै मनोवृत्ति छ? यदि छैन भने, यदि तैँले यस विषयमा कहिल्यै विचार गरेको छैनस् र अरूले यस्तो काम गरेको देख्दा केही पनि महसुस गर्दैनस् भने, तँ खतरामा छस्। यदि तैँले कसैले त्यस्ता कामहरू गरिरहेको देख्छस्, तर तँलाई कुनै घृणा लाग्दैन, यसप्रति तँसित कुनै मनोवृत्ति हुँदैन, र तैँले भावशून्य महसुस गर्छस् भने, तँ तिनीहरूभन्दा फरक छैनस् र तैँले पनि त्यस्तै व्यवहार गर्न सक्छस्। तैपनि, यदि यसप्रतिको तेरो मनोवृत्ति स्पष्ट छ, यदि तैँले त्यस्ता मानिसहरूलाई घृणा र गाली गर्न सक्छस् भने, तैँले त्यस्ता कार्यहरू नगर्न सक्छस्। त्यसोभए, तिमीहरूको मनोवृत्ति के हो त? (मसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुनुपर्छ। परमेश्‍वरको भेटी पवित्र कुराको रूपमा छुट्याइएको हुन्छ र यसलाई जथाभाबी गर्ने वा व्यक्तिगत रूपमा प्रयोग गर्ने गर्नु हुँदैन।) भेटीहरूलाई व्यक्तिगत प्रयोगको लागि लिनु हुँदैन: यो सजायको डरले गरिन्छ। तर अन्य मामिलाहरूबारे के भन्छौ? यदि तँ पिरामिड योजनामा संलग्‍न भइस् भने, के तैँले आफ्ना नजिकका साथीहरूबाट फाइदा लिन, अनि तिनीहरूलाई लालच देखाउँदै धोका दिएर यसमा संलग्‍न गराउन, र यसबाट नाफा लिन र पैसा कमाउन सक्छस्? के तैँले आफ्ना नजिकका साथीभाइ, आफन्तहरू, आफ्ना आमाबुबा वा दाजुभाइ-दिदीबहिनीलाई पनि यसो गर्न सक्छस्? यदि तँलाई यो कुरा भन्‍न गाह्रो हुन्छ भने, जब तैँले व्यक्तिगत प्रयोगको लागि परमेश्‍वरको भेटी लिन्‍न भनेर भन्छस्, तब त्यो तेरो लागि सम्‍भव नहुन सक्छ, होइन र? अरू कसैलाई बोल्न देओ। (एक हिसाबले, हामीले यो विषयमा परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्नुपर्छ। परमेश्‍वरको भेटीमा कहिल्यै हात हाल्‍नु हुँदैन। अर्को हिसाबमा, हामीलाई के लाग्छ भने, यस्तो काम गर्नु मानवताको कमी हुनु हो। कम्तीमा पनि, व्यक्तिमा हुनुपर्ने सबैभन्दा तल्लो आधाररेखा भनेको उसको अन्तस्करणले यसलाई अनुमति दिने अवस्था हुनु हो।) यसमा तिमीहरूको मनोवृत्ति भनेको त्यस्ता कार्यहरूमा मानवता हुँदैन र व्यक्तिले आफ्नो विवेकले अनुमति दिने तरिकाले काम गर्नुपर्छ भन्‍ने रहेछ। अरू कोही छ? (मलाई के लाग्छ भने, कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्दैन भने पनि, यदि ऊ विवेक र नैतिक आधाररेखा भएको सांसारिक व्यक्ति हो भने, उसले आफ्नै परिवारलाई हानि गर्ने कामहरू गर्नु हुँदैन। अहिले हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ र हामीले केही सत्यताहरू बुझेका छौँ, त्यसकारण यदि कसैले अझै पनि आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीलाई हानि गर्ने, आफ्ना साथीहरूलाई हानि गर्ने, वा परमेश्‍वरका भेटीहरूमा ठगी गर्ने कामहरू गर्न सक्छ भने, त्यस्तो व्यक्ति गैरविश्‍वासीहरूभन्दा पनि खराब हुन्छ। अर्कोतर्फ, कहिलेकहीँ मानिसहरूले केही विचार र सोचहरू प्रकट गर्न सक्छन्, तर जब तिनीहरूले परमेश्‍वरको स्वभाव सारबारे सोच्छन्, तब यस्तो काम गरेको कसैले नदेखे पनि वा थाहा नपाए पनि, परमेश्‍वरले सबै कुरा जाँच्नुहुन्छ भन्‍ने तिनीहरूलाई महसुस हुन्छ, र तिनीहरूले यस्ता कुराहरू गर्ने हिम्मत गर्दैनन्—तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुनेछ।) एक हिसाबले, यस्तो व्यवहारले मानिसहरूमा परमेश्‍वरको डर मान्‍ने हृदयको कमी छ भन्‍ने देखाउँछ; अर्को हिसाबमा, यस्ता कुराहरू गर्न सक्‍ने मानिसहरूमा सबैभन्दा आधारभूत मानवता पनि हुँदैन। यस्तो किन हो भने, यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस् भने पनि, एक मानवको रूपमा, तैँले त्यस्ता कार्यहरू गर्नु हुँदैन। यो विवेक र मानवता भएको व्यक्तिमा हुनुपर्ने गुण हो। धोका दिनु, हानि गर्नु, र चोरी गर्नु भनेका स्वाभाविक रूपमा असल र सामान्य व्यक्तिले गर्न नहुने कुराहरू हुन्। परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूसँग पनि आफ्‍नो व्यवहारका सीमाहरू हुन्छन्, तर तैँले त परमेश्‍वरमा विश्‍वास गर्छस् र धेरै प्रवचनहरू सुनेको छस्: यदि तैँले अझै पनि यी कुराहरू गर्न सक्छस् भने, तँ छुटकारा पाउन नसक्‍ने अवस्थामा पुगेको छस्। यस्तो व्यक्ति मानवता नभएको व्यक्ति, अर्थात् दियाबलस हो। तैँले धेरै प्रवचन सुनेको भए पनि, तैँले धोखेबाज र ठगीसँग सम्बन्धित सबै प्रकारका खराब कामहरू गर्न सक्छस्—अविश्‍वासी हुनु भनेको यही हो। यो अविश्‍वासी भनेको के हो? त्यस्तो व्यक्ति जसले परमेश्‍वरले सबै कुरा देख्‍नुहुन्छ वा उहाँ धर्मी हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैन। यदि तँ परमेश्‍वरले सबै कुरा देख्‍नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनस् भने, के त्यसको मतलब तैँले उहाँको अस्तित्वमा विश्‍वास गर्दैनस् भन्‍ने हुँदैन र? तैँले भन्छस्, “परमेश्‍वरले मलाई हेरिरहनुभएको छ, तर परमेश्‍वर कहाँ हुनुहुन्छ? मैले किन उहाँलाई देखेको छैनँ? म किन उहाँलाई महसुस गर्दिनँ? मैले धेरै वर्षदेखि मानिसहरूलाई धोका दिँदै र ठग्दै आइरहेको छु; मलाई किन सजाय दिइएको छैन? मैले अझै पनि अरूभन्दा निकै आरामदायी जीवन बिताइरहेको छु।” यो अविश्‍वासीले गर्ने व्यवहारको एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तिनीहरूलाई जति धेरै सत्यता सङ्गति गरिए पनि, तिनीहरूले ती प्रत्येकलाई इन्कार गर्छन्। तिनीहरूले सत्यता कहिल्यै स्विकार्दैनन्, तर केचाहिँ स्विकार्छन् त? तिनीहरूले आफूलाई फाइदा गर्ने विचार र दृष्टिकोणहरू स्विकार्छन्। जुन कुराले तिनीहरूको फाइदा र हित रक्षा गर्छ, तिनीहरूले त्यही गर्छन्। तिनीहरूले तात्कालिक स्वार्थ-पूर्तिमा मात्र विश्‍वास गर्छन्, परमेश्‍वरले सबै कुरा देख्‍नुहुन्छ, र सजाय पाइन्छ भन्‍नेमा गर्दैनन्। अविश्‍वासी हुनु भनेको यही हो। अविश्‍वासीले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ हुन्छ? परमेश्‍वरको घरमा रहेका अविश्‍वासीहरूलाई चिनाउने एउटा कुरा छ: त्यो हो, दुष्कर्म गर्नु। तर यी मानिसहरूको आखिरी अन्त्यबारे छलफल नगरौँ; हामीले जुन विषयमा सङ्गति गरिरहेका थियौँ, त्यही विषयमा फर्कौँ।

परिवारले अभ्यस्त गराउँदै मानिसहरूमा हालिदिएका विविध विचारहरूले तिनीहरूलाई परमेश्‍वरको अघि ल्याउँदैनन्, न त तिनले तिनीहरूमा सकारात्मक विचारहरू नै हालिदिन्छन्। बरु यसको साटो, ती कुराहरूले विभिन्‍न नकारात्मक विचारहरू, र आफ्नो व्यवहार अँगाल्‍ने नकारात्मक माध्यम, सिद्धान्त, र विधिहरू हालिदिन्छन्, र यसरी अन्ततः मानिसहरूलाई फर्किनै नसकिने बाटोमा लैजान्छन्। छोटकरीमा भन्दा, परिवारले मानिसहरूमा हालिदिने विभिन्‍न विचारहरूले मानिसमा हुनुपर्ने मानवता, समझ र विवेकका आधारभूत मापदण्डहरू पनि पूरा गर्दैनन्। यदि कुनै व्यक्तिसँग अलिकति मात्र पनि विवेक र समझ छ भने, यही सानो कुरा मात्र बाँकी हुन्छ जसलाई शैतानले अझै पनि भ्रष्ट वा नष्ट पारेको हुँदैन। आफ्‍नो व्यवहार अँगाल्‍ने तिनीहरूका बाँकी विभिन्‍न माध्यम र तौरतरिकाहरू तिनीहरूको परिवारबाट, र समाजबाट पनि आएका हुन्छन्। त्यसकारण, व्यक्तिले मुक्ति पाउनुभन्दा पहिले, उसको परिवारले उसलाई अभ्यस्त गराएको कुनै पनि विचार वा दृष्टिकोण, चाहे त्यो जेसुकै नै किन नहोस्, त्यो परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने कुराहरूसँग बाझिन्छ। यसले तिनीहरूलाई सत्यता बुझ्न मदत गर्न सक्दैन, न त यसले तिनीहरूलाई मुक्तिको बाटोमा डोर्‍याउन नै सक्छ; यसले तिनीहरूलाई विनाशको बाटोमा मात्र डोर्‍याउन सक्छ। तसर्थ, जब व्यक्ति परमेश्‍वरको घरमा आउँछ, ऊ जतिसुकै उमेरको भए पनि, उसले जे-जस्तो शिक्षा प्राप्त गरेको भए पनि, उसको पारिवारिक पृष्ठभूमि जे-जस्तो भए पनि, र उसले आफ्‍नो हैसियत जति नै कुलीन छ भन्‍ने सोचे पनि, उसले आफूलाई के-कस्तो व्यवहारमा ढाल्ने, कसरी अरूसँग अन्तरक्रिया गर्ने, कसरी विभिन्‍न मामिलाहरू सम्हाल्ने, र विभिन्‍न मानिसहरू र परिस्थितिलाई कसरी लिने भन्‍ने कुरा सुरुबाटै सिक्‍नुपर्छ। यो सिकाइ प्रक्रियामा परमेश्‍वरबाट विभिन्‍न किसिमका सकारात्मक र सत्यताअनुरूपका विचार र दृष्टिकोणहरू, साथै विभिन्‍न मामिलाहरू अभ्यास गर्ने र सम्‍हाल्‍ने सिद्धान्तहरू ग्रहण गर्ने र बुझ्ने कार्य संलग्‍न हुन्छन्। यो पूराको पूरा तेरो सत्यता स्वीकार गर्ने कार्यमै आधारित हुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, तेरो पहिलेदेखिका विचार र दृष्टिकोणहरू अपरिवर्तित रहनेछन्। अनि, तैँले परमेश्‍वरबाट आएका सकारात्मक र सही विचार र दृष्टिकोणहरू स्वीकार नगर्ने हुनाले, दुनियाँसित व्यवहार गर्ने तेरा सिद्धान्त, माध्यम, र विधिहरू पुरानै र अपरिवर्तित नै रहनेछन्। मानिसहरूले जब सकारात्मक विचार र दृष्टिकोणहरू, सत्यता, अनि परमेश्‍वरका शिक्षाहरू स्विकार्न थाल्छन्, तब तिनीहरू वास्तविक व्यक्ति, सामान्य व्यक्ति, समझ र विवेक भएको व्यक्ति कसरी बन्‍ने भनेर सिक्‍न थाल्छन्। कतिपय मानिसहरू यसो भन्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको दश, बिस, वा तीस वर्ष भयो, र मैले अझैसम्म परमेश्‍वरको एउटै विचार वा दृष्टिकोण पनि स्वीकार गरेको छैनँ, न त मैले परमेश्‍वरका वचनहरूबाट कुनै सत्यता नै स्वीकार गरेको छु।” परमेश्‍वरमाथिको तेरो विश्‍वास निष्कपट छैन, तँलाई अझै पनि सत्यता के हो भन्‍ने थाहा छैन, र तैँले अझै पनि आफूलाई उचित व्यवहारमा कसरी ढाल्‍ने भनेर सिकेको छैनस् भन्‍ने कुरा प्रमाणित गर्न यो नै पर्याप्त छ। यदि तँ “मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेको क्षणदेखि नै, मानिसहरूको लागि तय गरिएका विभिन्‍न मापदण्डहरूबारे परमेश्‍वरले दिनुभएका शिक्षाहरू, र मानिसहरूमा हुनुपर्ने विभिन्‍न विचार, दृष्टिकोण, सिद्धान्त, र भनाइहरू औपचारिक रूपमा स्विकार्न थालेँ” भनेर भन्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्न थालेको दिनदेखि, तैँले वास्तविक व्यक्ति कसरी बन्‍ने भनेर सिक्‍न थालेको छस्, र तैँले वास्तविक व्यक्ति कसरी बन्‍ने भनेर सिक्‍न थालेको समयदेखि, मुक्तिको बाटोमा हिँड्न थालेको छस्। परमेश्‍वरबाट आएका विचार र दृष्टिकोणहरू स्विकार्न थालेको क्षणदेखि नै, तँ मुक्तिको बाटोमा हिँड्न थाल्छस्, होइन र? (हजुर, हो।) त्यसोभए, के तिमीहरू त्यो बाटोमा हिँड्न सुरु गरेका छौ त? पहिले नै सुरु गरिसक्यौ कि, अझै सुरु गरेका छैनौ, कि तिमीहरूले सुरु गरेको जुगै भइसक्यो? (पारिवारिक अभ्यस्तीकरणलगायत मानिसहरूमा रहने गलत विचार र दृष्टिकोणहरूबारे विगत दुई वर्षदेखि परमेश्‍वरले गर्नुभएको सङ्गति र चिरफारबाट मैले आफ्‍नो बारेमा मनन गर्न थालेँ र बिस्तारै ममा भएका ती शैतानी दर्शनहरू त्याग्‍न थालेँ, र म परमेश्‍वरका वचनहरूमा कसरी अघि बढ्नुपर्छ भनेर मनन गर्न थालेँ। मैले यस्तो गहन आत्मनिरीक्षणमा पहिले धेरै ध्यान दिएको थिइनँ।) यो भनाइ निकै यथार्थपरक छ। तैँले विगत दुई वर्षभित्र मात्र सुरु गरेको होस्; ठ्याक्‍कै वर्ष वा दिन तोक्‍न गाह्रो छ, तर जे भए पनि, यो गत वर्ष वा दुई वर्षअघिको कुरा हो। यो तुलनात्मक रूपमा वस्तुगत कुरा हो। अरूले के गर्‍यौ? (मैले मेरो परिवारले मलाई सिकाएका विचार र दृष्टिकोणहरू परिवर्तन गर्न कसरी प्रयास गर्ने भनेर वास्तवमा सोचेको थिइनँ। हालसालै, यो विषयमा परमेश्‍वरले दिनुभएको सङ्गति सुनेपछि, मेरा विचारहरू बिस्तारै केही हदसम्‍म परिवर्तन हुन थालेका छन्, तर मैले यस क्षेत्रमा परिवर्तन ल्याउन खोज्दै विशिष्ट रूपमा ध्यान भने दिएको छैनँ।) तेरो विवेक निकै सचेत भएको छ। आफ्‍नो दैनिक जीवनमा, यदि तैँले खोजीलाई निरन्तरता दिएर अझै गहन रूपमा प्रवेश गरिरहिस् भने, यदि तैँले खास मामिलाहरूमा अझै बढी सावधान र सटीक हुन सकिस् भने, र यदि तँ यसमा अझै सटीकतासाथ प्रवेश गरिस् भने, तँसँग परिवर्तनको आशा हुनेछ। के कुरा यही होइन र? (हजुर, हो।) यदि तँसँग पुरानो विचार र दृष्टिकोणहरू फ्याँक्‍ने आशा छ भने, तँ सही अडान र सही दृष्टिकोणबाट मानिसहरू र परिस्थितिलाई हेर्न, र आफूलाई उचित व्यवहारमा ढाल्न सक्‍ने बन्, अनि यसरी तैँले मुक्ति प्राप्त गर्न सक्‍नेछस्। दीर्घकालीन रूपमा, तैँले मुक्ति प्राप्त गर्न सक्‍नेछस्, तर अझै व्यावहारिक तवरले भन्दा, तत्कालीन अवस्थामा तँ आफ्नो कर्तव्य पूरा गर्न योग्य हुन सक्छस्, र विशेषगरी अगुवा र सेवक बन्‍न योग्य हुन सक्छस्; तर यो कुरा तँ सत्यताको प्रत्येक भागमा मेहनत गर्न इच्छुक छस् छैनस्, र तँ सकारात्मक कुरा र सिद्धान्तहरूसँग सम्‍बन्धित विभिन्‍न मामिलाहरूको लागि मेहनत गर्न र मूल्य चुकाउन तयार छस् छैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँ आफ्नो चेतनामा मात्रै आफूलाई परिवर्तन गर्न चाहन्छस् तर आफ्नो दैनिक जीवनमा सत्यताप्रति मेहनत गर्दैनस् र यसबारे गम्भीर हुँदैनस् भने, र यदि तँसँग सकारात्मक कुराहरूप्रति तृष्णा गर्ने हृदय छैन भने, यो चेतना चाँडै नै बिलाउने र हराउनेछ। मैले सङ्गति गरेको प्रत्येक विषयमा संलग्‍न हरेक विचार र दृष्टिकोण मानिसहरूको वास्तविक जीवनबाट अलग्‍याउन नसकिने छन्। यो कुनै सिद्धान्त वा नारा होइन; यो त तेरो दैनिक जीवनमा तैँले विभिन्‍न कुराहरू सम्हाल्ने तेरा विचार र दृष्टिकोणहरूसँग सम्‍बन्धित कुरा हो। तैँले कुनै काम गर्दा तँ कुन दिशातिर लाग्छस् भन्‍ने कुरा तेरा विचार र दृष्टिकोणले निर्धारित गर्छन्। यदि तेरा विचार र दृष्टिकोणहरू सकारात्मक छन् भने, विभिन्‍न कुराहरू सम्हाल्ने तेरा विधि र सिद्धान्तहरू सकारात्मक हुनेछन्, र त्यस्ता मामिलाहरू सम्हाल्दाको परिणाम पनि तुलनात्मक रूपमा राम्रो र परमेश्‍वरका अभिप्रायअनुरूप नै हुनेछ। तर यदि तेरा विचार र दृष्टिकोणहरू सत्यता र सकारात्मक कुराहरूको विरोधी छन् वा यी कुराहरूको विपरीत छन् भने, तैँले कुनै कुरा जे-जसरी सम्हाल्छस् त्यसपछाडि रहेको तेरो अभिप्राय नकारात्मक हुनेछ, र त्यो कुरा सम्हाल्दाको अन्तिम परिणाम पनि पक्‍कै राम्रो साबित हुनेछैन। तर तैँले त्यो मामिला सम्‍हाल्‍न जति मूल्य चुकाए पनि वा जति विचार गरे पनि, र तेरा अभिप्रायहरू जे-जस्ता भए पनि, परमेश्‍वरले त्यसको परिणामलाई कसरी हेर्नुहुनेछ? परमेश्‍वरले यो मामिलालाई कसरी चित्रण गर्नुहुनेछ? यदि परमेश्‍वरले यस कुरालाई विघटनकारी, अर्थात् परमेश्‍वरको घरभित्र अशान्ति, विनाश, वा नोक्सानी निम्त्याउने कुराको रूपमा चित्रण गर्नुहुन्छ भने, तेरा कार्यहरू दुष्ट प्रवृत्तिका छन्। यदि तेरा दुष्कर्महरू सानातिना हुन् भने तिनले सजाय, न्याय, गाली, र काटछाँट ल्याउन सक्छन्, जबकि ठूला दुष्कर्महरूले दण्ड निम्त्याउन सक्छन्। यदि तँ सत्यता सिद्धान्तहरूमा आधारित भएर कार्य गर्न चुक्छस्, र यसको साटो गैरविश्‍वासीहरूका गलत विचार र दृष्टिकोणहरूतर्फ झुकेर आफ्‍ना कार्यहरू तिनै कुराहरूमा आधारित बनाउँछस् भने, तेरो प्रयास व्यर्थ हुनेछ। यदि तैँले धेरै मूल्य चुकाइस् र धेरै मेहनत गरिस् नै भने पनि, तेरो अन्तिम परिणाम व्यर्थ नै हुनेछ। परमेश्‍वरले यो मामिलालाई कसरी हेर्नुहुन्छ? उहाँले यसलाई कसरी चित्रण गर्नुहुन्छ? उहाँले यसलाई कसरी सम्‍हाल्‍नुहुन्छ? कम्तीमा पनि, तेरा कामहरू असल छैनन्, तिनले परमेश्‍वरको गवाही दिने वा उहाँको महिमा बढाउने गर्दैनन्, र तैँले चुकाएको मूल्य र लगाएको मानसिक प्रयासलाई स्मरण गरिनेछैन; यो सबै व्यर्थ हुनेछ। कुरो बुझिस्? (बुझेँ।) तैँले कुनै काम गर्नुअघि, समय लिएर ध्यानपूर्वक विचार गर्, अरूसँग अझै बढी सङ्गति गर्, सुरु गर्नुपहिले सिद्धान्तहरूबारे स्पष्टता खोज्, र आफ्नो स्वार्थ र इच्छाहरूद्वारा प्रेरित भएर हतारमा वा आवेगमा काम नगर्। परिणाम जे भए पनि, अन्त्यमा त्यो तैँले आफै भोग्‍नुपर्छ, र नतिजा जे भए पनि, परमेश्‍वरबाट फैसला हुनेछ। यदि तँ तेरा कार्यहरू व्यर्थ नहोऊन्, ती कार्यहरू परमेश्‍वरद्वारा स्मरण गरिऊन्, वा अझ राम्रो त, ती कार्यहरू परमेश्‍वर प्रसन्‍न बन्‍नुहुने असल काम होऊन् भन्‍ने आशा गर्छस् भने, तैँले अझै बारम्बार सिद्धान्तहरू खोजी गर्नुपर्छ। यदि तँ यी कुराहरूबारे वास्ता गर्दैनस् भने, यदि तँलाई तेरा काम असल होऊन् नहोऊन् वा परमेश्‍वर ती कामप्रति प्रसन्‍न हुनुहोस् नहुनुहोस् मतलबै छैन, र तँ आफूलाई दण्ड पो हुने हो कि भनेर वास्तै गर्दैनस्, बरु “यसले केही फरक पार्दैन, आखिर अहिले मैले यसलाई देख्‍न वा महसुस पनि गर्न सक्दिनँ” भनेर भन्छस् भने, यदि तँमा यी विचार र दृष्टिकोणहरू छन् भने, जब तैँले कुनै काम गर्छस्, तब तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुनेछैन। तँ दुस्साहसी, अनियन्त्रित, र लापरवाह हुनेछस्, र तँमा कुनै पनि कुराप्रति चिन्ता वा संयम हुनेछैन। परमेश्‍वरको डर मान्‍ने हृदय नभएपछि, तैँले कार्य गर्दा लिने दिशा भड्किने हुन सक्छ। मानव स्वभाव र जन्‍मजात गुणअनुसार, अन्तिम परिणाम के हुन सक्छ भने, तेरा कार्यहरू परमेश्‍वरलाई प्रसन्‍न पार्ने वा उहाँद्वारा स्मरण गरिने कुरा हुन सक्दैनन्, बरु उल्टै ती कार्यहरू बाधा, अवरोध र दुष्कर्महरूसमेत बनिदिन्छन्। तसर्थ, तेरो अन्तिम परिणाम के हुनेछ, र परमेश्‍वरले यसलाई कसरी लिनुहुन्छ र सम्‍हाल्‍नुहुन्छ भन्‍ने कुरा स्पष्ट छ। त्यसकारण, जुनसुकै कुरा गर्नुअघि, र जुनसुकै कुरा सम्हाल्नुअघि, तैँले आफू के चाहन्छु भन्‍ने कुरा पहिले मनन गर्नुपर्छ, र यो कुराको अन्तिम परिणाम के हुनेछ भनेर राम्ररी विचार गर्नुपर्छ, र त्यसपछि मात्र अगाडि बढ्नुपर्छ। त्यसोभए, यो मामिला के कुरासँग सम्‍बन्धित छ? यो मामिला तैँले कुनै पनि काम गर्दा पछ्याउने मनोवृत्ति र सिद्धान्तहरूसँग सम्‍बन्धित छ। यसको लागि सबैभन्दा राम्रो मनोवृत्ति भनेको झन् बारम्बार सिद्धान्तहरू खोजी गरिरहनु हो अनि आफ्नो चैतन्य, प्राथमिकता, अभिप्राय, इच्छा, वा तात्कालिक चासोहरूलाई आफ्नो निर्णयको आधार नबनाउनु हो; बरु यसको साटो, तैँले सिद्धान्तहरू खोज्नुपर्छ, र अझै बारम्बार रूपमा परमेश्‍वरको अघि प्रार्थना र खोजी गर्नुपर्छ, आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीसामु यस्ता मामिलाहरू उठाउनुपर्छ, र आफूसँग काम गर्ने विश्‍वासी दाजुभाइ-दिदीबहिनीसँग कर्तव्य पूरा गर्नहेतु सङ्गति र खोजी गर्नुपर्छ। काम गर्नुअघि सिद्धान्तहरू ठिक पार्; आवेगमा काम नगर्, र भ्रमित नबन्। तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? तैँले पेट पाल्‍न, समय बिताउन, फेसन गर्न, वा आफ्ना आत्मिक आवश्यकताहरू पूरा गर्न त्यसो गर्दैनस्। तैँले मुक्ति पाउनको लागि त्यसो गर्छस्। अनि, तैँले कसरी मुक्ति पाउन सक्छस्? जब तैँले कुनै काम गर्छस्, तब त्यो काम मुक्ति, परमेश्‍वरका मापदण्डहरू, र सत्यतासँग जोडिएको हुनुपर्छ, होइन र?

परिवारको सिकाइ त्याग्‍ने विषयमा भन्दा, हाम्रो यसभन्दा अगाडिको सङ्गति आफ्‍नो व्यवहारसम्‍बन्धी नियमहरू र विभिन्‍न विचार र दृष्टिकोणहरूसँग सम्‍बन्धित थियो, जुन परिवारले मानिसहरूलाई सिकाउने विचारहरू हुन्। तथापि, परिवारले मानिसहरूमा प्रदान गर्ने विभिन्‍न प्रकारका शिक्षा र प्रभावहरूबाहेक, तिनीहरूलाई अझै बढी सिकाइइने गरिन्छ। अर्थात्, परिवारको सिकाइमा तिनीहरूलाई सिकाइएका विचारहरूबाहेक अरू कैयौँ कुराहरू पनि समावेश हुन्छन्। हामीले भर्खरै छलफल गरेको कुराबाहेक, यसमा परम्परागत, अन्धविश्‍वासी र धार्मिक सिकाइ पनि समावेश हुन्छन्, र हामी यिनै कुराहरूबारे सङ्गति गर्न लागेका छौँ। यी मामिलाहरूमा जीवनशैली, चलन, बानीबेहोरा, र जीवनका दैनिक क्रियाकलापहरू पर्छन्। मानिसहरूको दैनिक जीवनमा परिवारको सिकाइबारे कुरा गर्नुपर्दा, अब हामी हाम्रो छलफललाई परम्परामा केन्द्रित गर्नेछौँ। अनि, परम्पराका केही उदाहरणहरू के-के हुन्? उदाहरणको लागि, कुनै परिवार दैनिक जीवनका क्रियाकलापहरूसँग सम्बन्धित केही खास चिज, भनाइ, वा वर्जित कुराहरूमा अडिग रहिरहेको हुन सक्छ। के यसमा परम्परा समावेश हुन्छ? (हुन्छ।) परम्परा केही हदसम्म अन्धविश्‍वाससँग जोडिएको र सम्बन्धित रहेको हुन्छ, त्यसैले हामी ती दुवैबारे सँगै छलफल गर्नेछौँ। परम्पराभित्रका केही पक्षहरूलाई अन्धविश्‍वास मान्‍न पनि सकिन्छ, तर अन्धविश्‍वासभित्र त्यस्ता केही कुरा हुन्छन् जुन त्यति परम्परागत हुँदैनन्, बरु अलगअलग परिवार वा जातीय समूहहरूसँग सम्बन्धित बानीबेहोरा वा जीवनशैलीहरू मात्र हुन्छन्। अब, परम्परा र अन्धविश्‍वासमा के-के पर्छन् भनेर अन्वेषण गर्दै यो कार्य सुरु गरौँ। तिमीहरूलाई धेरै परम्परा र अन्धविश्‍वासहरूबारे पहिले नै थाहा छ किनभने तिमीहरूको दैनिक जीवनका धेरै पक्षहरू ती कुराहरूसँग सम्बन्धित छन्। ल एकदुई वटा भन त। (भाग्य हेर्ने, हात हेर्ने, र चिट्ठा तान्‍ने।) चिट्ठा तान्‍ने, भाग्य बताउने, भविष्य बताउने, हात हेर्ने, अनुहार हेरेर भाग्य बताउने, जन्मेको समयको आधारमा भाग्य बताउने, र धामी-झाँक्री लगाउने—यी कुराहरूलाई अन्धविश्‍वास भनिँदैन; यी सबै त अन्धविश्‍वासी क्रियाकलापहरू हुन्। अन्धविश्‍वासले यी क्रियाकलापहरूभित्र रहेका विशिष्ट व्याख्याहरूलाई जनाउँछ। उदाहरणको लागि, आजको लागि कुन क्रियाकलाप शुभ वा अशुभ छ भनेर निर्धारण गर्न, अर्थात् सबै क्रियाकलापहरू अशुभ छन् कि, ठाउँ सर्नु, विवाह गर्नु, र मलामी जानु सबै अशुभ छन् कि, वा सबै क्रियाकलापहरू आज शुभ छन् कि भनेर घरबाट हिँड्नुभन्दा पहिले पात्रो हेर्ने—त्यो अन्धविश्‍वास हो। कुरो बुझ्यौ? (हो, बुझेँ।) थप केही उदाहरणहरू बताओ त। (दाहिने आँखा फुर्फुराउँदा शुभ हुन्छ तर देब्रे आँखा फुर्फुराउँदा दुर्भाग्य हुन्छ भन्‍ने विश्‍वास।) “दाहिने आँखा फुर्फुराउँदा शुभ हुन्छ तर देब्रे आँखा फुर्फुराउँदा दुर्भाग्य हुन्छ”—यो के हो? (अन्धविश्‍वास।) यो एउटा अन्धविश्‍वास हो। भविष्य बताउने, चिट्ठा तान्‍ने, हात हेर्ने आदिजस्ता मैले भर्खरै उल्‍लेख गरेका कुराहरू अन्धविश्‍वासी क्रियाकलापहरूमा पर्छन्। “दाहिने आँखा फुर्फुराउँदा शुभ हुन्छ तर देब्रे आँखा फुर्फुराउँदा दुर्भाग्य हुन्छ” भन्‍ने भनाइ अन्धविश्‍वासी क्रियाकलापसँग सम्बन्धित एउटा विषयविशेष भनाइ हो। यो एउटा अन्धविश्‍वास हो। यी भनाइहरू कहाँबाट आएका हुन्छन्? यी सबै मुख्य रूपमा पुरानो पुस्ताबाट आएका हुन्छन्। केही भनाइहरू आमाबुबाले हस्तान्तरण गरेका हुन्छन्, र अरू भनाइहरू बाजे-बजू, जुजुबाजे-जुजुबजूबाट आएका हुन्छन्। अरू के छन्? (परमेश्‍वर, के चाडपर्वका रीतिरिवाज यसमा पर्छन्?) पर्छन्, चाडपर्वका रीतिरिवाज पनि पर्छन्: केही भनाइहरू परम्परासँग सम्बन्धित हुन्छन्, जबकि अरू भनाइहरू परम्परागत र अन्धविश्‍वासी दुवै खाले भनाइहरू हुन्। चीनको दक्षिणदेखि उत्तरसम्म, र पूर्वदेखि पश्‍चिमसम्म, धेरै चाडपर्वसम्‍बन्धी रीतिरिवाजहरू छन्। उदाहरणको लागि, दक्षिणी चीनको एक खास चाडलाई लिऊँ: चिनियाँ नयाँ वर्षको समयमा मानिसहरूले प्रायजसो चामलको केक खान्छन्। यसले के सङ्केत गर्छ? मानिसहरूले चामलको केक खानुपछाडिको उद्देश्य के हो? (तिनीहरूले के विश्‍वास गर्छन् भने, चामलको केक खाँदा तिनीहरूले वर्षैपिच्छे पदोन्‍नति पाउनेछन्।) चामलको केक खानुको उद्देश्य वर्षैपिच्छे पदोन्‍नति सुनिश्‍चित गर्नु हो। यहाँ चिनियाँ भाषामा “पदोन्‍नति” भन्‍ने शब्‍द “केक” भन्‍ने शब्‍दको श्रूतिभिन्‍नार्थक शब्‍द हो। त्यसकारण, चामलको केक खानुको उद्देश्य तैँले हरेक वर्ष पदोन्‍नति पाउँछस् भन्‍ने कुरा सुनिश्‍चित गर्नु हो। अब, के तैँले चामलको केक नखाएको र पदोन्‍नति नपाएको कुनै वर्ष छ? के त्यस्तो कोही छ जसले चामलको केक खाएर हरेक वर्ष बढुवा पाउँछ? के तैँले साँच्‍चै “पदोन्‍नति पाउन” सक्छस् त? मानिसहरूलाई थाहा हुन्छ, यसले गर्दा पदोन्‍नति पाइन्छ नै भन्‍ने हुँदैन, तर नपाए पनि, तिनीहरूलाई यसले कम्तीमा पनि असफल हुनबाट रोक्छ भन्‍ने लाग्छ। त्यसैले, तिनीहरूले त्यो खानैपर्छ। त्यो खाँदा तिनीहरूलाई सहज महसुस हुन्छ, तर नखाँदा असहज महसुस हुन्छ। यो अन्धविश्‍वास र परम्परा दुवै हो। छोटकरीमा भन्दा, तेरो परिवारबाट आएका यी बानीबेहोरा र परम्पराहरूले तँलाई प्रभाव पारेका छन्, र तैँले अनजानमा यी परम्परा र बानीबेहोरालाई केही हदसम्म अनुमोदन र स्वीकार गरेको छस्; यसरी, तैँले यी परम्पराहरूले प्रचार गर्ने अन्धविश्‍वास वा विचार र दृष्टिकोणहरूलाई पनि अनुमोदन र स्वीकार गरेको छस्। जब तँ आफै जीवन बिताउन थाल्छस्, तब तैँले यी परम्परा र बानीबेहोरालाई निरन्तरता दिन सक्छस्। यो इन्कार्न नसकिने तथ्य हो। अब, परम्परासँग सम्बन्धित केही भनाइहरूबारे छलफल गरौँ। त्यस्ता मामिलाहरूमा कतिपय मानिसहरू बारम्बार संलग्‍न हुन्छन्: यदि कोही लामो यात्रामा जाँदै छ भने, तिनीहरूले मःमः बनाउँछन्, र त्यो यात्री फर्किएपछि, नूडल्स बनाउँछन्। के यो परम्परा होइन र? (हो।) यो परम्परा हो, र यो अलिखित चलन हो। यसो गर्नुको उद्देश्यबारे अहिले नै छलफल नगरौँ। पहिले, यो कार्यको सटीक अभिव्यक्तिलाई जाँचौँ। (“घरबाहिर मःमः, घरभित्र नुडल।” अथवा यसो पनि भन्‍न सकिन्छ, “घरबाट छुटिँदा मःमः, घर आइपुग्दा नुडल।”) “घरबाट छुटिँदा मःमः, घर आइपुग्दा नुडल” भन्‍नुको अर्थ के हो? अर्थात्, यदि कोही आज जाँदै छ भने, तैँले तिनीहरूलाई मःमः पकाइदिनुपर्छ; यसको महत्त्व के हो? मःमलाई पोको पारिएको हुन्छ, र “पोको” भन्‍ने शब्द “सुरक्षा” अर्थ दिने चिनियाँ शब्दजस्तै सुनिन्छ। त्यसकारण, यसले तिनीहरूको जीवन रक्षा गर्छ, तिनीहरू बिदा भएपछि कुनै दुर्घटनामा पर्दैनन्, टाढा हुँदा तिनीहरू मर्दैनन्, र तिनीहरू अवश्य नै फर्केर आउनेछन् भन्‍ने अर्थ दिन्छ। यसले सुरक्षित प्रस्थानलाई जनाउँछ। “घरबाट छुटिँदा मःमः, घर आइपुग्दा नुडल” भनेर भन्‍नुको अर्थ तिनीहरू सुरक्षित रूपमा फर्कन्छन् र तिनीहरूको लागि सबै कुरा सहज रूपमा हुन्छ भन्‍ने हुन्छ—आधारभूत रूपमा यसको अर्थ यही हो। सामान्यतया, निश्‍चित परिवारहरूले यही परम्परा पछ्याउँछन्। यदि परिवारको कुनै सदस्य प्रस्थान गर्दै छ भने, तिनीहरूले उसको लागि मःमः बनाउँछन्, र ऊ फर्केपछि, उसलाई नूडल्स दिन्छन्। तँ यी खानेकुरा खाने व्यक्ति भए पनि वा तयार पार्ने व्यक्ति भए पनि, यो वर्तमान र भविष्यमा शुभ होस् भनेर, सबैको कल्याणको लागि गरिन्छ। के तिमीहरू यो परम्परा सकारात्मक कुरा हो, र मानिसहरूले जीवनमा अभ्यास गर्नुपर्ने र जारी राख्‍नुपर्ने कुरा हो भन्‍नेमा सहमत छौ? (म सहमत छैनँ।) केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बाहिर जानुपर्छ, र खानाको जिम्मा लिने व्यक्तिले तिनीहरूलाई मःमः बनाइदिन्छ, र उसलाई म सोध्छु, “तिनीहरू जान लाग्दा, मःम: पकाउनुको के सम्बन्ध छ?” अनि, उसले भन्छ, “अँ, कोही जान लागेको छ भने, हामीले मःमः बनाउनुपर्छ।” म जवाफ दिन्छु, “तिनीहरू जाँदा तँ मःमः बनाउँछस्; त्यसोभए, तिनीहरू फर्केर आउँदै छन् भने के पकाउँछस्?” उसले भन्छ, “तिनीहरूले फर्केपछि नूडल्स खानुपर्छ।” म भन्छु, “म यो कुरा पहिलो पटक सुन्दै छु। यो परम्परा कहाँबाट आएको हो?” उसले भन्छ, “मेरो घरतिर यस्तै चलन छ। यदि कोही बाहिर जाँदै छ भने, हामी तिनीहरूको लागि मःमः बनाउँछौँ, र जब तिनीहरू फर्कन्छन्, तिनीहरूलाई हामी नुडल दिन्छौँ।” यसपछि, यो कुराले मेरो हृदयमा कस्तो छाप छोड्यो होला? मैले सोचेँ: यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास त गरेका छन्, तर तिनीहरू परमेश्‍वरका वचनहरूअनुसार काम गर्दैनन्। बरु यसको साटो, तिनीहरू परम्परा र पुर्खाहरूले हस्तान्तरण गरेका कुरामा भरोसा गर्छन्। तिनीहरूलाई विश्‍वास हुन्छ कि, कुनै व्यक्तिको जीवन मःमःको बोक्राले रक्षा गर्न सकिन्छ, उसलाई केही भयो भने, त्यो कुरा परमेश्‍वरको हातमा हुँदैन; त्यो मानिसको हातमा हुन्छ। तिनीहरूलाई विश्‍वास हुन्छ कि, मःमः पोको पारेर, प्रस्थान गर्ने व्यक्तिलाई सुरक्षित बनाउन सकिन्छ, र यदि तिनीहरूले त्यो मःमः पोको पारेनन् भने, त्यो व्यक्ति सुरक्षित हुनेछैन र ऊ यात्रामा कतै मर्न सक्छ र कहिल्यै फर्केर नआउन सक्छ। तिनीहरूको विचार र दृष्टिकोणमा, व्यक्तिको जीवन मःमःको किमाजस्तै हो, यो मःमःको किमाजति नै मूल्य भएको कुरा हो। तिनीहरूको जीवन परमेश्‍वरको हातमा हुँदैन, र परमेश्‍वरले त्यस व्यक्तिको नियति नियन्त्रण गर्न सक्‍नुहुन्‍न। मःमः पोको पारेर मात्रै तिनीहरूले व्यक्तिको नियति नियन्त्रण गर्न सक्छन्। तिनीहरू कस्ता मानिसहरू हुन्? (अविश्‍वासीहरू।) तिनीहरू अविश्‍वासीहरू हुन्। मण्डलीमा त्यस्ता मानिसहरू धेरै हुन्छन्। तिनीहरू यसलाई अन्धविश्‍वास मान्दैनन्। तिनीहरू यसलाई आफ्नो बानीबेहोराको एउटा भागको रूपमा लिन्छन्, आफूले स्वाभाविक रूपमा सकारात्मक मान्‍नुपर्ने कुराको रूपमा लिन्छन्। तिनीहरू खुल्लमखुल्ला यस्तो काम गर्छन् र यी कुराहरू उचित छन् र तिनीहरूसँग यसो गर्ने आधार छ जस्तो व्यवहार गर्छन्। तैँले तिनीहरूलाई रोक्‍न सक्दैनस्: यदि तैँले तिनीहरूलाई यस्तो काम गर्नबाट रोकिस् भने, तिनीहरूलाई अप्ठ्यारो लाग्छ र तिनीहरूले यसो भन्छन्, “खाना बनाउने व्यक्ति म हुँ। आज कोही बाहिर जाँदै छ: यदि मैले उसको लागि मःमः पकाइनँ भने, उसको मृत्यु भयो भने को जिम्मेवार हुनेछ? के त्यो मेरो गल्ती हुँदैन र?” तिनीहरूलाई विश्‍वास हुन्छ कि तिनीहरूका पुर्खाहरूको परम्परा सबैभन्दा भरपर्दो कुरा हो: “यदि तिमीले परम्पराको पालना गरेनौ र यो वर्जित कुरा गरिदियौ भने, तिम्रो जीवन जोखिममा हुन्छ, र तिमी यसको कारणले मर्न सक्छौ।” के यो अविश्‍वासीको दृष्टिकोण होइन र? (हजुर, हो।) यस्ता विचार र दृष्टिकोणहरूले मानिसहरूको हृदयमा गहिरो जरा गाडेको अवस्थामा, के तिनीहरूले अझै सत्यता स्वीकार गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) तैँले परमेश्‍वरलाई पछ्याउँछु भन्छस्, तैँले परमेश्‍वरलाई सत्यताको रूपमा विश्‍वास गर्छु भनी भन्छस्, तर प्रमाण कहाँ छ? तैँले मुखले यसो भन्छस्, “म विश्‍वास गर्छु कि परमेश्‍वर सार्वभौम हुनुहुन्छ, र व्यक्तिको नियति परमेश्‍वरको हातमा हुन्छ।” तैपनि, जब कुनै व्यक्ति घरबाट बाहिर जान लागेको हुन्छ, तँ उसको लागि हतारहतार मःमः बनाउँछस्, र मासु किन्‍न भ्याइनस् भने पनि, तँलाई सब्जी हालेरै मःमः बनाउनुपर्ने हुन्छ—मःमः नबनाउने भनेर त तँ सोच्दै सोच्दैनस्। के यी कार्यहरू र यो व्यवहारले परमेश्‍वरको गवाही दिन्छन् र? के यी कुराले परमेश्‍वरलाई महिमित तुल्याइरहेका हुन्छन्? (हुँदैनन्।) स्पष्ट रूपमै, हुँदैनन्। यी कुराले परमेश्‍वर र उहाँको नामलाई अपमान गरिरहेका हुन्छन्। तैँले सत्यता स्वीकार गर्छस् गर्दैनस्, त्यो सानो कुरा हो। मुख्य कुरा त तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई पछ्याउँछु भनी दाबी गर्छस्, तर तँ अझै पनि शैतानले तँमा हालिदिएका परम्पराहरू पालना गर्छस्। तेरा दैनिक जीवनका यी सानातिना कुराहरूमा, तँ आफ्ना पुर्खाहरूले तँमा हालिदिएका विचार र बानीबेहोराहरू कडाइसाथ पालना गर्छस्, र ती कुरालाई कसैले परिवर्तन गर्न सक्दैन। के यो मनोवृत्ति सत्यता स्वीकार गर्ने व्यक्तिको मनोवृत्ति हो त? यो परमेश्‍वरको लागि अपमानजनक छ; यो परमेश्‍वरलाई विश्‍वासघात गर्नु हो। तेरा पुर्खाहरू को हुन्? तिनीहरूको परम्परा कहाँबाट आयो? यी परम्पराहरूले के प्रतिनिधित्व गर्छन्? के तिनले सत्यता प्रतिनिधित्व गर्छन्? के तिनले सकारात्मक कुराहरू प्रतिनिधित्व गर्छन्? यी परम्पराहरू कसले आविष्कार गरेका हुन्? के परमेश्‍वरले हो? परमेश्‍वरले परम्पराहरू पुनर्स्थापना गर्न होइन, बरु सबै परम्पराहरू हटाउन मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्छ। तर तैँले तिनलाई त्याग्‍न इन्कार मात्रै गर्दैनस्, तिनलाई सत्यताको रूपमा र परिपालन गर्नुपर्ने सकारात्मक कुराको रूपमा लिन्छस्। के यो मृत्यु चाहनु होइन र? के यो खुलेआम सत्यता र परमेश्‍वरको विरोध गर्नु होइन र? (हजुर, हो।) यो परमेश्‍वरविरुद्ध खुल्लमखुल्ला चिच्याउनु र विरोध गर्नु हो। कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “यदि मैले मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको लागि मःमः बनाइनँ तर मेरो आफ्नै परिवारका सदस्यहरूको लागि बनाएँ भने के हुन्छ? जब मेरो परिवारका सदस्यहरू घरबाट बाहिर जान्छन्, तब म तिनीहरूको लागि मःमः बनाउँछु, र जब तिनीहरू फर्कन्छन्, म तिनीहरूको लागि नूडल्स पकाउँछु। के त्यसो गर्नु ठीक हुन्छ?” के तिमीहरूलाई त्यसो गर्नु ठीक हो जस्तो लाग्छ? अनि, तिमीहरूले यसो भन्छौ भने के गर्ने: “यदि मैले कसैलाई धोका दिएँ भने, त्यो धोका पाउने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू हुनेछैनन्, त्यो मेरो आफ्‍नै परिवारका सदस्यहरू हुनेछन्। के त्यसो गर्नु ठीक हुन्छ?” के त्यो ठीक हुनेछ? (त्यो ठीक हुनेछैन।) तैँले कोसँग यस्तो व्यवहार गर्छन् भन्‍ने कुराले फरक पार्दैन; तँ के कुरा बाँचिरहेको छस् र आफ्नो बारे के प्रकट गरिरहेको छस्, त्यसले फरक पार्छ, र तैँले लिने दृष्टिकोणले फरक पार्छ। तैँले कसलाई धोका दिन्छस् त्यो महत्त्वपूर्ण होइन; तेरा व्यवहार र सिद्धान्तहरू के-के हुन्, त्योचाहिँ महत्त्वपूर्ण हो, होइन र? (हजुर, हो।)

कतिपय मानिसहरू चिनियाँ नयाँ वर्षको समयमा, आफ्‍ना दिनहरू पञ्चाङ्गहरू पल्टाउँदै, पात्रोको बाह्रौँ महिनाको ३० औं दिनबाट परम्परागत चाड सुरु गर्दै, आफ्‍नो खानपान, लुगा, र आफूले बार्नुपर्ने कुरामा यी परम्परागत चलनहरूले प्रदान गरेको जीवनशैली र निषेधहरू कडाइसाथ पालन गर्दै बस्छन्। तिनीहरूले कुनै कुरा भन्‍नु वा गर्नु जे निषेधित भए पनि, त्यो कुरा भन्‍न वा गर्नबाट आफूलाई परै राख्‍ने सुनिश्‍चित गर्छन्, र जुन कुरा खानु वा भन्‍नु शुभ हुन्छ तिनीहरू त्यही खान्छन् र त्यही भन्छन्। उदाहरणको लागि, कतिपयलाई विश्‍वास हुन्छ कि तिनीहरूले आगामी वर्ष पदोन्‍नति पाइने सुनिश्‍चित गर्न नयाँ वर्षको बेला चामलको केक खानैपर्छ। तिनीहरूले जुनसुकै महत्त्वपूर्ण कुराहरू सामना गर्नुपर्ने भए पनि, तिनीहरू जति नै व्यस्त वा थकित भए पनि, वा तिनीहरूको कर्तव्य निर्वाह गर्ने सम्बन्धमा जस्तोसुकै विशेष परिस्थिति रहेको भए पनि वा तिनीहरूले त्यसमा सहभागी हुन पर्याप्त समय निकाल्न सके पनि नसके पनि, तिनीहरूले आगामी वर्ष पदोन्‍नति पाउन चामलको केक खाने सुनिश्‍चित गरिछोड्नेछन्। यदि तिनीहरूसँग घरमा चामलको केक बनाउने समय छैन भने पनि, राम्रो भाग्य सुनिश्‍चित गर्न, तिनीहरूले बाहिर गएर किनेरै भए नि त्यो केक खाइछोड्नेछन्। अनि कतिपय मानिसहरूलाई नयाँ वर्षको समयमा माछा खानुपर्छ, किनकि त्यो वर्षौँवर्ष प्रशस्तता आउँछ भन्‍ने कुराको प्रतीक हो। यदि तिनीहरूले कुनै एक वर्ष माछा खाएनन् भने, तिनीहरूले आगामी बाह्र महिना गरिबी सामना गर्नेछन् भन्‍ने विश्‍वास गर्छन्। यदि माछा किन्‍न सकेनन् नै भने पनि, तिनीहरूले प्रतीकको रूपमा खाना खाने टेबलमा काठको माछा पनि राख्‍न सक्छन्। तिनीहरूले आगामी वर्ष पदोन्‍नति र प्रशस्तता दुवै पाइने सुनिश्‍चित गर्न चामलको केक र माछा खान्छन्। एक हिसाबमा, तिनीहरूले यो वर्षलाई अझ सहज बनाउन, र आफ्नो जीवनलाई अझ राम्रो र समृद्ध बनाउन यसो गर्छन्, र अर्को हिसाबमा, तिनीहरूले आफ्नो करियरमा सफलता आओस् वा आफ्नो व्यवसायबाट धेरै पैसा कमाउन सकियोस् भन्‍ने आशा पालिरहेका हुन्छन्। यसबाहेक, नयाँ वर्षको समयमा, तिनीहरूले भाग्यका वाक्यांशहरू प्रयोग गर्ने कुरा पनि सुनिश्‍चित गर्छन्। उदाहरणको लागि, तिनीहरूले चार र पाँच अङ्क भन्‍नबाट परै बस्छन्, किनभने चिनियाँ भाषामा “चार” अङ्क “मृत्यु” भनेजस्तो सुनिन्छ, र “पाँच” अङ्क “केही छैन” भनेजस्तो सुनिन्छ। बरु यसको साटो, तिनीहरूले छ र आठजस्ता सङ्ख्याहरू प्रयोग गर्न रुचाउँछन्, जहाँ “छ” ले सहज रूपमा जहाज अघि बढेको कुरा प्रतिनिधित्व गर्छ, र “आठ” ले सम्पत्ति कमाएको अवस्था प्रतिनिधित्व गर्छ। तिनीहरूले शुभ शब्द र वाक्यांशहरू मात्र प्रयोग गर्ने गर्दैनन्, तिनीहरूले त कर्मचारीहरू, परिवारका सदस्यहरू, नातेदारहरू र साथीहरूलाई रातो खाम दिने कामसमेत गर्छन्। रातो खाम दिनु भनेको सम्पत्ति कमाउनुको प्रतीक हो, र तिनीहरूले जति धेरै राता खामहरू दिन्छन्, त्यसले त्यति नै तिनीहरू समृद्ध हुनेछन् भन्‍ने सङ्केत गर्छ। तिनीहरूले मानिसहरूलाई मात्र होइन, तिनीहरूका घरपालुवा जनावरहरूलाई पनि राता खामहरू दिन्छन्, र यसले तिनीहरूले जोकोहीबाट सम्पत्ति कमाउन सक्छन्, र अर्को वर्ष व्यवसाय फस्टाउँछ र भरपुर सम्पत्ति आर्जित हुनेछ भन्‍ने कुरा जनाउँछ। तिनीहरूको हरेक कुरा, तिनीहरूले के खान्छन् भन्‍ने कुरादेखि के गर्छन् भन्‍ने कुरासम्‍म, तिनीहरूले के बोल्छन् भन्‍ने कुरादेखि तिनीहरूले कस्तो व्यवहार गर्छन् भन्‍ने कुरासम्‍म, ती सबै कुरा परम्पराले हस्तान्तरण गरेका बानीबेहोरा र भनाइहरू जारी राख्‍ने कार्यसँग सम्‍बन्धित हुन्छन्, र ती कुरा तिनीहरूले एकएक गरी दुरुस्तै अभ्यास गर्छन्। यदि तिनीहरूको बस्ने वातावरण वा तिनीहरू बस्ने समुदाय परिवर्तन भयो नै भने पनि, यी परम्परागत चलन र जीवनशैलीहरू परिवर्तन हुन सक्दैनन्। यी परम्पराहरूभित्र एक निश्‍चित अर्थ लुकेको हुन्छ, जसमा मानिसहरूका पुर्खाहरूले हस्तान्तरण गरेका सकारात्मक भनाइ र निषेधहरू दुवै समेटिएका हुन्छन्, त्यसकारण तिनीहरूले यी कुराहरू जारी राख्‍नैपर्छ। यदि यी परम्पराहरू उल्लङ्घन गरियो वा निषेधहरू तोडियो भने, आगामी वर्ष अनुकूल नहुन सक्छ, र यसले जताततै अवरोधहरू, र व्यापारमा गिरावट, वा दिवालियापन निम्त्याउन सक्छ। त्यसकारण यी परम्पराहरू कायम राख्‍नु एकदमै महत्त्वपूर्ण हुन्छ। अनि, चाडपर्वका अवसरहरूमा पालना गर्नैपर्ने परम्पराहरू पनि छन्, र आफ्‍नो दैनिक जीवनमा पालना गर्नैपर्ने परम्‍पराहरू पनि छन्। उदाहरणको लागि, कपाल काट्ने—यदि कसैले पात्रो हेरेर आज कपाल काट्नु वा घरबाहिर जानु अशुभ देख्यो भने, उसले बाहिर जाने आँटै गर्नेछैन। यदि तिनीहरूले पात्रो नहेरी गएर कपाल काटे भने, घरबाहिर जाने र कपाल काट्ने दुवैका निषेधहरू उल्लङ्घन हुनेछन्, र तिनीहरूले अप्रत्याशित परिणामहरू सामना गर्नुपर्ने हुन सक्छ—त्यसैले यी कुराहरू पालना गर्नैपर्छ। यी कुराहरू परम्परा र अन्धविश्‍वास दुवैसँग सम्बन्धित छन्। यदि कसैलाई बाहिर जानुपर्नेछ, तर उसले पात्रो हेर्दा आज सबै कुरा अशुभ हुन्छ भन्‍ने देख्छ, अर्थात् यो आराम गर्नुपर्ने दिन हो, फुर्सदमा बिताउनुपर्ने, ढुक्‍क बस्‍नुपर्ने दिन हो, र कुनै काम गर्नबाट पन्छिनुपर्ने दिन हो भने, उसले आज बाहिर गएर सुसमाचार सुनाउनुपर्छ भनेर भनियो भने पनि, उसले यी निषेधहरू उल्लङ्घन गर्दा कार दुर्घटना वा लुटपाटजस्ता अप्रत्याशित घटना घट्यो भने आफूलाई के होला भनेर चिन्ता गर्छ। उसले बाहिर जाने आँटै गर्दैन, बरु यसो भन्छ, “भोलि जाऔँ! हाम्रा पुर्खाहरूले भनेका कुराहरू हामीले बेवास्ता गर्नु हुँदैन। उनीहरूले भनेका छन्, हामीले बाहिर जानुअघि सधैँ पात्रो हेर्नुपर्छ। यदि पात्रोले सबै कुरा अशुभ छ भन्छ भने, हामी बाहिर जानु हुँदैन। यदि तिमी बाहिर गयौ र केही घटना घट्यो भने, त्यसको परिणाम तिमी आफैले भोग्‍नुपर्छ। तिमीलाई पात्रो नहेर्नू र यसमा लेखिएको कुरा नमान्‍नू भनेर कसले भन्यो?” यो परम्परा र अन्धविश्‍वास दुवैसँग सम्बन्धित छ, होइन र? (हो, सम्‍बन्धित छ।)

कतिपय मानिसहरू भन्छन्, “म यो साल २४ वर्ष पुगेँ; यो मेरो राशिचक्र पूरा हुने वर्ष हो।” अरूले भन्छन्, “म यो साल ३६ वर्ष पुगेँ; यो मेरो राशिचक्र पूरा हुने वर्ष हो।” तैँले आफ्नो राशिचक्र पूरा हुने वर्ष के गर्नुपर्छ? (रातो कट्टु र रातो पेटी लगाउनुपर्छ।) क-कसले पहिले रातो कट्टु लगाएका छौ? क-कसले रातो पेटी लगाएका छौ? रातो कट्टु र रातो पेटी लगाउँदा कस्तो महसुस भयो? के तँलाई आफ्नो त्यो वर्ष राम्रो भयो भन्‍ने लाग्यो? के यसले दुर्भाग्य हटायो? (मेरो राशिचक्र पूरा हुने वर्ष, मैले रातो मोजा लगाएँ। तैपनि, त्यो वर्ष, मेरो परीक्षाको नतिजा साह्रै खराब आयो। मानिसहरूले भनेजस्तो रातो लगाउँदा पनि भाग्यले साथ दिएन।) ती कुरा लगाउँदा तँलाई दुर्भाग्य भयो, होइन र? सायद तैँले रातो नलगाएको भए तैँले त्योभन्दा राम्रो गर्नेथिस् कि? (मैले ती लगाए नि नलगाए नि त्यसले कुनै असर गर्नेथेन।) त्यो सही दृष्टिकोण हो—त्यसले कुनै प्रभाव पार्नेथेन। यो परम्परा र अन्धविश्‍वास दुवै हो। तैँले अहिले राशिचक्र पूरा हुने वर्षको यो विचार स्वीकार गरे नि नगरे नि वा तैँले यो परम्परा जारी राख्‍न चाहे नि नचाहे नि, यससँग सम्बन्धित परम्परागत विचार र भनाइहरूले मानिसहरूको दिमागमा छाप छोडेका हुन्छन्। उदाहरणको लागि, जब तेरो राशिचक्र पूरा हुने वर्ष आउँछ, तब यदि तेरो जीवनमा अप्रत्याशित घटनाहरू वा विशेष परिस्थितिहरू आए र तेरो त्यो वर्ष कठिन र तेरो इच्छाविपरीत बन्यो भने, तँ यस्तो सोच्न बाध्य हुन्छस्, “यो वर्ष वास्तवमै खराब भएको छ। मलाई त यस्तो लाग्छ, यो मेरो राशिचक्र पूरा हुने वर्ष हो, र मानिसहरू भन्छन्, राशिचक्र पूरा हुने वर्ष, सावधान हुनुपर्छ किनकि यस्तो बेला वर्जित कुराहरू गर्नु सजिलो हुन्छ। परम्पराअनुसार, मैले रातो लगाउनुपर्छ, तर म परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, मैले त्यस्तो लगाएको छैनँ। म ती भनाइहरूमा विश्‍वास गर्दिनँ, तर जब म यस वर्ष मैले सामना गरेका चुनौतीहरूबारे विचार गर्छु, लाग्छ, परिस्थिति सहज रूपमा चलिरहेको छैन। म यी समस्याहरूबाट कसरी बच्न सक्छु? सायद अर्को वर्ष राम्रो हुनेछ।” तैँले वर्षभरि आफूले सामना गरेका असाधारण र प्रतिकूल घटनाहरूलाई तेरा पुर्खाहरू र परिवारले तँलाई अभ्यस्त गराएका राशिचक्र वर्षसम्‍बन्धी परम्परागत भनाइहरूसँग थाहै नपाई जोड्नेछस्। तैँले यो वर्ष सामना गरेका असाधारण घटनाहरूलाई प्रमाणित गर्न यी भनाइहरू प्रयोग गर्नेछस् र त्यसो गर्ने क्रममा, तैँले ती कुराहरूपछाडि रहेका तथ्यहरू र सार पन्छाइदिनेछस्। तैँले यी परिस्थितिहरूप्रति तँमा हुनुपर्ने मनोवृत्ति र ती कुराबाट सिक्नुपर्ने पाठहरू पनि पन्छाइदिनेछस्। तैँले स्वतः यो वर्षलाई एक विशेष वर्षको रूपमा सोच्‍नेछस्, र वर्षभरि भएका सबै घटनाहरूलाई अचेतन रूपमा आफ्‍नो राशिचक्र वर्षसँग जोड्छस्। तँलाई यस्तो लाग्‍नेछ, “यो वर्षले मेरो जीवनमा केही दुर्भाग्य ल्याएको छ, वा यो वर्षले मेरो जीवनमा केही आशिष् ल्याएको छ।” परिवारले तँमाथि गराउने अभ्यस्तीकरणसँग यी विचारहरूको ठोस सम्‍बन्ध हुन्छ। तर यी सही भए नि नभए नि, के यी तेरो राशिचक्र वर्षसँग सम्बन्धित हुन्छन् त? (अहँ, हुँदैनन्।) यी सम्बन्धित हुँदैनन्। त्यसोभए, के यी मामिलाहरूसम्‍बन्धी तेरो हेराइ र दृष्टिकोण सही छन् त? (अहँ, छैनन्।) किन यी सही छैनन्? के यो तेरो परिवारले तँमा हालिदिएका परम्‍परागत विचारहरूबाट तँ केही हदसम्म प्रभावित भएकोले हो? (हो।) यी परम्परागत विचारहरूले प्राथमिकता पाएर तेरो दिमाग कब्जा गरेका छन्। त्यसपछि, यी मामिलाहरू सामना गर्दा, तेरो तत्‍कालको प्रतिक्रिया भनेको यी कुरालाई परम्परागत विचार र दृष्टिकोणहरूको परिप्रेक्ष्यबाट हेर्दै, परमेश्‍वरले तँसँग जुन परिप्रेक्ष्य होस् भन्‍ने चाहनुहुन्छ वा तँमा जुन विचार र दृष्टिकोणहरू हुनुपर्ने हो त्यसलाई पन्छ्याइदिनु हो। अनि, तैँले यी मामिलाहरूलाई जसरी हेर्छस् त्यसको अन्तिम परिणाम के हुनेछ? तँलाई महसुस हुनेछ कि, यो वर्ष अनुकूल रहेन, यो वर्ष दुर्भाग्यपूर्ण र तेरो इच्छाविपरीत भएको छ, र त्यसपछि तैँले यी कुराहरूबाट बच्‍न, र यी कुरालाई विरोध, प्रतिरोध र अस्वीकार गर्न उदासीनता र नकारात्मकतालाई माध्यमको रूपमा अपनाउनेछस्। त्यसोभए, के तँमा यी भावना, विचार, र दृष्टिकोणहरूलाई पैदा हुनु तेरो परिवारले तँमा हालिदिएका परम्परागत विचारहरूसँग सम्बन्धित हुँदैन र? (हुन्छ।) त्यस्ता मामिलाहरूमा, मानिसहरूले के कुरा त्याग्‍नुपर्छ? तिनीहरूले यी कुराहरू मापन गर्ने दृष्टिकोण र अडान त्याग्‍नुपर्छ। तिनीहरूले यो वर्ष दुर्भाग्यपूर्ण, प्रतिकूल, र आफ्‍नो इच्छाविपरीत भएकोले, वा तिनीहरूले कुनै वर्जित कुरा गरेकाले वा परम्परागत अभ्यासहरू पालना नगरेकाले यी परिस्थितिहरू सामना गरेका हुन् भन्‍ने दृष्टिकोणबाट यी मामिलाहरू हेर्नु हुँदैन। बरु, तैँले यी प्रत्येक मामिलालाई एक-एक गरेर सम्हाल्नुपर्छ, र सबैभन्दा पहिले, तैँले कम्तीमा पनि यी कुरालाई सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट हेर्नुपर्छ। यी कुराहरू, चाहे राम्रो हुन् वा नराम्रो, चाहे तेरो इच्छाअनुरूप हुन् वा विपरीत, वा चाहे मानव नजरमा ती अनुकूल हुन् वा अशुभ, यी कुराहरू परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हो, यी कुराहरू परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत छन्, र यी कुराहरू परमेश्‍वरबाटै आएका हुन् भनेर भन्‍ने गर्। के यी मामिलाहरूमा यस प्रकारको दृष्टिकोण र अडान अपनाउनुको फाइदा हुन्‍न र? (हुन्छ।) अनि, पहिलो फाइदा के हो? तैँले यी कुराहरू परमेश्‍वरबाट आएका हुन् भनी ग्रहण गर्न सक्छस्, र यसको अर्थ, तैँले केही हदसम्म समर्पणको मानसिकता अपनाउन सक्छस्। दोस्रो फाइदा के हो भने, यी निराशाजनक मामिलाहरूबाट तैँले पाठ सिक्‍न र केही कुरा प्राप्त गर्न सक्छस्। तेस्रो फाइदा के हो भने, यी निराशाजनक मामिलाहरूबाट, तैँले आफ्नै कमजोरी र त्रुटिहरू, साथै तेरो आफ्नै भ्रष्ट स्वभाव चिन्‍न सक्छस्। चौथो फाइदा के हो भने, यी निराशाजनक मामिलाहरूमा, तैँले पश्‍चात्ताप गर्न र बाटो सच्याउन सक्छस्, तेरा विगतका विचार र दृष्टिकोणहरू, पहिलेको जीवनशैली, परमेश्‍वरबारेका तेरा विभिन्‍न गलतफहमीहरू त्याग्‍न सक्छस्, र समर्पणको मनोवृत्तिले उहाँका योजनाबद्ध कार्यहरूलाई स्वीकार गर्दै तँ परमेश्‍वरको अघि फर्कन सक्छस्, चाहे त्यसको लागि तैँले परमेश्‍वरको सजाय र न्याय, उहाँको ताडना र अनुशासन कारबाही, वा उहाँको दण्ड नै भोग्‍नु किन नपरोस्। तँ यी सबैमा समर्पित हुन इच्छुक हुनेछस् र तैँले स्वर्ग र अरू मानिसहरूलाई दोष दिनेछैनस्, न त परम्परागत विचारहरूले तँमा हालिदिएका दृष्टिकोण र अडानसँग नै सबै कुरालाई जोड्नेछस्, बरु यसको साटो तैँले प्रत्येक मामलालाई सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट हेर्नेछस्। यी कुरा कैयौँ तरिकाले तेरो लागि लाभदायक छन्। के यी सबै कुरा लाभदायक छैनन् र? (हो, छन्।) अर्कोतर्फ, यदि तँ तेरो परिवारले तँमा हालिदिएका परम्परागत विचारहरूको आधारमा यी मामिलाहरू हेर्छस् भने, तैँले यी कुराहरूबाट जोगिनको लागि हरसम्भव प्रयास गर्नेछस्। अनि, ती कुराबाट जोगिनुको अर्थ के हो? यसको अर्थ यी निराशाजनक, प्रतिकूल, अशुभ कुराहरूबाट बच्नको लागि, यी दुर्भाग्यहरूबाट जोगिनको लागि विभिन्‍न तरिकाहरू पत्ता लगाउनु हो। कसैले यसो भन्छ, “तपाईँलाई दुःख दिने ससाना भूतहरू हुन्। यदि तपाईँले रातो लुगा लगाउनुभयो भने, तपाईँ तिनीहरूबाट बच्न सक्‍नुहुन्छ। रातो लुगा लगाउनु भनेको बौद्ध धर्ममा सुरक्षा जन्तर दिइएको जस्तै हो। सुरक्षा जन्तर भनेको केही रातो अक्षर लेखिएको कागजको टुक्रा हो। तपाईँले यसलाई आफ्नो निधारमा टाँस्‍न, आफ्नो लुगाभित्र सिलाएर राख्‍न, वा आफ्नो सिरानीमुनि घुसाएर राख्‍न सक्नुहुन्छ, र यसले तपाईँलाई यी कुराहरूबाट परै बस्‍न मद्दत गर्छ।” जब मानिसहरूसँग अभ्यासको सकारात्मक मार्ग हुँदैन, तब तिनीहरूको एकमात्र उपाय यी कुटिल र दुष्ट मार्गहरूबाट मद्दत पाउन खोज्नु हो, किनभने कोही पनि अभागी हुन वा कुनै दुर्भाग्य सामना गर्न चाहँदैन। सबैजना अवस्था सहज रूपमा अघि बढोस् भन्‍ने चाहन्छन्। सांसारिक मामिलाहरू सामना गर्दा भ्रष्ट मानवजातिले जनाउने अन्तर्निहित प्रतिक्रिया यही हो। तँ यी मामिलाहरूबाट उम्कन चाहन्छस् वा यी मामला समाधान गर्न विभिन्‍न मानव माध्यमहरू प्रयोग गर्न चाहन्छस्, किनभने तँसँग यी मामलाहरूलाई न त सम्बोधन गर्ने सही मार्ग हुन्छ न त सामना गर्ने सही विचार र दृष्टिकोणहरू नै हुन्छन्। तैँले यी कुराहरूलाई एक गैरविश्‍वासीको दृष्टिकोणबाट मात्र हेर्न सक्छस्, त्यसैले तेरो पहिलो प्रतिक्रिया भनेको यी कुराहरूबाट पन्छिनु र यी कुराहरू सामना गर्न नचाहनु हो। तँ भन्छस्, “किन मेरो लागि परिस्थितिहरू यति प्रतिकूल छन्? म किन यति अभागी छु? किन म हरदिन काँटछाँट सामना गरिरहेको छु? म किन आफूले गर्ने सबै कुरामा म ठक्‍कर खाइरहन्छु र गल्तीहरू गरिरहन्छु? किन मेरा कार्यहरू सधैँ खुलासामा पर्छन्? किन मेरो वरपरका मानिसहरू सधैँ मेरो इच्छाविरुद्ध जान्छन्? किन तिनीहरूले मलाई निशाना बनाउँछन्, मलाई हेयको दृष्टिले हेर्छन्, र सबै कुरामा मेरो इच्छाविरुद्ध जान्छन्?” कतिपय मानिसहरू भन्छन्, “अभागीले त चिसो पानी खाँदासमेत दाँतमा अड्किन्छ।” के चिसो पानी तेरो दाँतमा अड्‍किन सक्छ? के तैँले चिसो पानी दाँतले चपाउँछस्? के यो बकवास होइन र? के यो स्वर्ग र अरू मानिसहरूलाई दोष दिनु होइन र? (हजुर, हो।) अभागी हुनुको अर्थ के हो? के त्यस्तो खाले कुनै कुरा वास्तवमै अस्तित्वमा हुन्छ र? (अहँ, हुँदैन।) यो अस्तित्वमा हुँदैन। यदि तैँले सबै कुरा परमेश्‍वरको हातमा छ, सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा छ भनेर साँच्‍चिकै पहिचान गर्थिस् भने, तैँले “अभागी” भन्‍नेजस्ता शब्दहरू प्रयोग गर्नेथिनस्, र तँ यस्ता मामिलाहरूबाट बच्ने प्रयास गर्नेथिनस्। जब मानिसहरूले आफ्नो इच्छाविपरीतका मामिलाहरू सामना गर्छन्, तब तिनीहरूको पहिलो प्रतिक्रिया ती कुराहरूबाट बच्नु हो, र त्यसपछि तिनीहरूले ती कुराहरूलाई इन्कार गर्छन्। यदि तिनीहरूले ती कुराहरूलाई इन्कार गर्न, र ती कुराबाट भाग्‍न वा लुक्‍न सक्दैनन् भने, तिनीहरूले ती कुराको प्रतिरोध गर्न थाल्छन्। प्रतिरोध भनेको आफ्ना विचारहरूमा मनन गर्नु वा यसबारेमा सोचविचार गर्नु मात्र होइन; यसमा कार्य पनि समावेश हुन्छ। गोप्य रूपमा, मानिसहरूले आफूलाई राम्रो देखाउनको लागि क्षुद्र चालबाजीमा संलग्‍न हुने, र उत्तेजना भड्काउने, आफूलाई सही साबित गर्ने, आत्मरक्षा गर्ने, आफ्नो बढाइचढाइ गर्ने, वा आफूलाई राम्रो देखाउने अभिव्यक्तिहरू दिन्छन्, ताकि तिनीहरू अशुभ घटनाबाट प्रभावित हुन वा त्यसमा फस्‍नबाट जोगिन सकून्। तर एक पटक व्यक्तिले प्रतिरोध गर्न थालेपछि, यो तिनीहरूको लागि खतरनाक बन्‍न सक्छ, होइन र? (हो, सक्छ।) मलाई भन त, जब कुनै व्यक्ति प्रतिरोध गर्न सुरु गर्ने अवस्थामा पुग्छ, तब के तिनीहरूमा सामान्य मानवताको विवेक र समझको कुनै काम बाँकी हुन्छ र? तिनीहरू पहिले नै विचार र दृष्टिकोणबाट अघि बढेर वास्तवमै काम गर्ने अवस्थामा पुगिसकेका हुन्छन्, र त्यसउप्रान्त तिनीहरूलाई समझ र विवेकले रोक्‍न सक्दैन। अनि, यसको मतलब के हो? यसको मतलब के हो भने, व्यक्तिका कार्य र विचारहरू परमेश्‍वरको विरोध गर्ने वास्तविकतामा परिणत हुन्छन्। तिनीहरूले केवल हृदयमा अस्वीकार गर्ने, अनिच्छुक बन्‍ने, वा दुःखी महसुस गर्ने मात्रै गरिरहेका हुँदैनन्; तिनीहरूले त प्रतिरोध गर्न आफ्‍ना कार्यहरू र वास्तविक व्यवहार प्रयोग गरिरहेका हुन्छन्। जब वास्तविक व्यवहारद्वारा नै प्रतिरोध गरिन्छ, तब के यो व्यक्ति मूल रूपमा समाप्त भइसकेको छ भन्‍ने हुँदैन र? जब परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँको विरोध गर्ने कार्यका वास्तविकताहरूले आकार लिइसकेका हुन्छन्, त्यसपछि त यो मानिसहरूले हिँडेको मार्गको मात्र समस्या रहँदैन—यसले त पहिले नै परिणाम उत्पन्‍न गरिसकेको हुन्छ। के यो एकदमै खतरनाक कुरा होइन र? (हजुर, हो।) त्यसैले, एकदमै सानो, महत्त्वहीन परम्परागत सांस्कृतिक विचार, परम्परागत सोच, वा अन्धविश्‍वसी भनाइले पनि धेरै गम्भीर परिणामहरू निम्त्याउन सक्छ। यो केवल साधारण जीवनशैलीको बानीबेहोरा मात्र होइन, र यो के खाने, के लगाउने, वा के भन्‍ने वा के नभन्‍ने भन्‍ने कुरासँग मात्र सम्‍बन्धित हुँदैन। यो त परमेश्‍वरले योजनाबद्ध गर्नुभएको वातावरण सामना गर्दा व्यक्तिले कस्तो मनोवृत्ति अपनाउँछ भन्‍ने हदसम्म जान सक्छ। त्यसकारणले गर्दा, यी कुराहरू पनि मानिसहरूले त्याग्‍नुपर्ने कुराहरू हुन्।

मुख्य चाडपर्वहरूको समयमा परम्परागत जीवनशैली र विचार तथा दृष्टिकोणहरू कायम राख्‍नुअलावा, मानिसहरूले केही ससाना चाडहरूमा पनि तिनै कुराहरू पालना गर्छन्। उदाहरणको लागि, तिनीहरूले नयाँ वर्षको १५ औँ दिनमा गुलियो मःमः खान्छन्। अनि, मानिसहरूले किन गुलियो मःमः खान्छन्? (त्यसले परिवारको पुनर्मिलन भएको छ भन्‍ने सङ्केत गर्छ।) परिवारको पुनर्मिलन भएको छ। के तिमीहरूले विगत केही वर्षमा गुलियो मःमः खाएका छौ? (मैले घरमा खाएको छु, तर मण्डलीमा कहिल्यै खाएको छैनँ।) के आफ्नो परिवारसँग पुनर्मिलन हुनु राम्रो कुरा हो? (अहँ, होइन।) के तेरो परिवारमा कुनै असल मानिसहरू छन्? तिनीहरूले तँलाई कि त पैसा माग्छन् कि त ऋण तिर्न लगाउँछन्; यदि तँसँग ख्याति र नाफा छ भने, तिनीहरूले तेरो चापलुसी गर्छन् र केही कुरा माग्छन्, र यदि तँसँग त्यस्तो कुनै कुरा छैन भने, तिनीहरूले तँलाई तुच्छ ठान्छन्। नयाँ वर्षको १५ औं दिनमा गुलियो मःमः खाइन्छ, साथै विभिन्‍न मितिहरूमा, जस्तै दोस्रो महिनाको दोस्रो दिन, तेस्रो महिनाको तेस्रो दिन, चौथो महिनाको चौथो दिन, पाँचौँ महिनाको पाँचौँ दिन…। अरू रीतिरिवाजहरू मनाइन्छ। अनगिन्ती थुप्रै विभिन्‍न कुराहरू छन्, र तीसँग सम्बन्धित हरप्रकारका खानेकुराहरू छन्। गैरविश्‍वासी र पिशाचहरूको संसारले गर्ने यी कुराहरू सबै हास्यास्पद छन्। यदि तँ चाडपर्वको समयमा उत्सव मनाउन र केही मीठा खानेकुराको आनन्द लिन चाहन्छस् भने, मीठो खानाको आनन्द लिन्छु भनेर भन्, त्यति भए पुग्छ। तैँले तेरो गच्छेअनुसार, आफूले चाहेको जुनसुकै कुरा खान सक्छस्। अब पुग्यो, यी सबै कुराहरू नगर्, वर्षैपिच्छे पदोन्‍नति पाउन चामलको केक खाने, प्रशस्तताको लागि माछा खाने, वा परिवारको पुनर्मिलन भएकोमा गुलियो मःमः खाने नगर्। चिनियाँ मानिसहरूले चामलको मःमः पनि बनाउँछन्, तर कुन उद्देश्यको लागि? हरेक वर्ष विभिन्‍न चाडपर्वहरूमा, चर्चका कतिपय समर्पित व्यक्तिहरूले प्रत्येक चाडपर्वसँग सम्बन्धित विभिन्‍न कुराहरू किन्छन्, जस्तै चामलको मःमः। मैले तिनीहरूमध्ये केहीलाई सोधेँ, “तिमीहरू किन चामलको मःमः खान्छौ?” तिनीहरूले भने, “यो पाँचौं महिनाको पाँचौं दिनको ड्र्यागन बोट फेस्टिभलको लागि हो।” चामलको मःमः एकदम मीठो हुन्छ, तर किन त्योसँग सम्बन्धित चाडपर्व प्रचलित छ वा त्यो मानिसहरूको जीवन र भाग्यसँग कसरी सम्बन्धित छ मलाई थाहा छैन। मैले कहिले पनि यसबारे कुनै अनुसन्धान वा सर्वेक्षण गरेको छैनँ, त्यसैले मलाई थाहा छैन। सायद, यो कसैको सम्झनाको लागि हो। तर हामीले किन कसैको सम्झनामा यी कुराहरू खानुपर्ने हो? त्यो व्यक्तिलाई नै चामलको मःमः दिँदा भयो त। जसले उसलाई स्मरण गर्न खोज्छ, उसले उसको चिहान वा फोटोअगाडि चामलको मःमः राख्‍नुपर्‍यो। यो मःमः जीवित मानिसहरूलाई दिनु हुँदैन: यो त जिउँदो मान्छेको मामिला होइन। त्यो व्यक्तिको तर्फबाट जिउँदाहरूले खान्छन्—त्यो हास्यास्पद कुरा हो। यी चाडपर्वहरू साथै यी अवधिमा के खाने भन्‍ने ज्ञान पनि गैरविश्‍वासीहरूबाट आएको हो: मलाई खास विवरणहरू त थाहा छैन, तर केही मानिसहरूको माध्यमबाट मण्डलीमा यसका केही कुराहरू हस्तान्तरित भएका छन्—ड्र्यागन बोट फेस्टिवलमा चामलको मःमः खाइन्छ र नयाँ वर्षको बेला चामलको केक खाइन्छ। पश्‍चिममा, मानिसहरूले थ्याङ्क्सगिभिङमा टर्की खान्छन्: तिनीहरूले किन टर्की खान्छन्? समाचार रिपोर्टहरूका अनुसार, धन्यवाद दिन तिनीहरूले थ्याङ्क्स्गिभिङमा टर्की खान्छन्—यो एउटा परम्परा हो। पश्‍चिममा ख्रीष्टमस भन्‍ने अर्को चाड पनि छ, र त्यो बेला मानिसहरूले ख्रीष्टमस ट्री सजाउँछन् र नयाँ लुगा लगाउँछन्—यो पनि एउटा परम्परा नै हो। यो चाडको बेला पश्‍चिमीहरूले मीठा शब्द र शुभकामनाहरू, साथै आशिष्‌हरू आदानप्रदान पनि गर्नुपर्छ। तिनीहरूले नराम्रा वा श्रापका शब्दहरू बोल्‍नु हुँदैन। यो सबै पूर्वी संस्कृतिहरूको शुभ भनाइहरूसँग मिल्दोजुल्दो छ, र तिनको उद्देश्य मानिसहरूलाई निषेध तोड्नबाट रोक्‍नु हो, अन्यथा अर्को वर्ष अनुकूल हुनेछैन। थ्याङ्क्स्गिभिङ र ख्रीष्टमसजस्ता पश्‍चिमी चाडपर्व विशेष रूपमा स्वादिष्ट खाना खाने कार्यसँग सम्‍बन्धित छन्, र यी खाना खानुको औचित्य पुष्टि गर्न कथाहरू सिर्जना गरिएका छन्। अन्त्यमा, के हुन्छ भनेर म सारांशित गर्छु: मानिसहरूले यी स्वादिष्ट खानाहरूमा रमाउन बहाना बनाउँछन्, र घरमा भोज खाँदै केही दिन बिदा लिने, पेट भरुन्जेल खाँदै बस्‍ने कार्यको औचित्य पुष्टि गर्छन्। अनि, जब रक्तदान गर्ने समय हुन्छ, तब नर्सले भन्छे, “तपाईँको रगतको लिपिड लेभल धेरै बढी छ, मापदण्डअनुसार छैन र यसले तपाईँलाई रक्तदान गर्न अयोग्य तुल्याउँछ।” मासु धेरै सेवन गरेको कारण यस्तो हुन्छ। यी परम्परागत चाडपर्व मनाउनुको प्राथमिक उद्देश्य राम्रो खाना र मद्यपानको आनन्द लिनु हो। यो एक पुस्ताबाट अर्को पुस्तामा, पुरानोबाट नयाँ पुस्तामा सर्छ, र परम्परा बन्छ। यी परम्पराहरूद्वारा हालिने अन्तर्निहित विचार र दृष्टिकोणहरू, साथै केही अन्धविश्‍वासी भनाइहरू पनि अघिल्‍लो पुस्ताबाट युवा पुस्तामा हस्तान्तरित हुन्छन्।

अन्धविश्‍वासका अरू के-कस्ता भनाइहरू छन्? के मैले भर्खरै उल्लेख गरेको आँखा फरफराउने घटना प्रायजसो हुन्छ? (हुन्छ।) तिमीहरू भन्छौ, “मेरो आँखा फरफराइरहन्छ।” कसैले सोध्छ, “कुन आँखा फरफरायो?” तैँले भन्छस्, “दाहिने आँखा।” तिनीहरू भन्छन्, “केही समस्या छैन, दाहिने आँखा फुर्फुराउँदा शुभ हुन्छ तर देब्रे आँखा फुर्फुराउँदा दुर्भाग्य हुन्छ।” के यो सत्य हो? के तँ दाहिने आँखा फरफराएर धनी भइस्? के तैँले पैसा पाइस्? (पाइनँ।) त्यसोभए तेरो देब्रे आँखा फरफराउँदा कुनै प्रकोप आयो? (त्यस्तो पनि भएन।) तेरो बायाँ आँखा फरफराउँदा विपत्ति आउने, खराब घटना घट्ने, वा दाहिने आँखा फरफराउँदा कुनै राम्रो घटना घट्नै कुनै अवस्था आयो? के तिमीहरू यी कुरामा विश्‍वास गर्छौ? (गर्दैनौँ।) तिमीहरूले यी कुराहरूमा कसरी विश्‍वास गर्न सकेनौ? तिमीहरूको आँखा किन फरफराउँछ? के लोक संस्कृतिमा आँखा फरफराउन रोक्‍ने कुनै उपायहरू छन्? के कुनै विधिहरू छन्? (मैले कतिपय मानिसहरूले आफ्नो परेलामा सेतो कागजको टुक्रा टाँसेको देखेको छु।) तिनीहरूले त्यसमा टाँस्‍नको लागि सेतो कागजको टुक्रा खोज्छन्। जुन आँखा फरफराए पनि, तिनीहरूले पात्रो वा सानो नोटबुकबाट सेतो कागजको टुक्रा च्यात्छन् र आफ्नो परेलामा टाँस्छन्—तर यो सेतोबाहेक अरू कुनै रङको हुनु हुँदैन। सेतो कागजले केलाई जनाउँछ? यसको अर्थ फरफराइ “व्यर्थ” भयो भन्‍ने हो, अर्थात् यसले केही नराम्रो हुन दिनेछैन भन्‍ने सङ्केत गर्छ। के यो शानदार तरिका हो? यो शानदार छ, होइन र? तर के यसको मतलब यो “व्यर्थमा” फरफराएको हुन्छ र? (कसैले आफ्नो परेलामा कागज टाँस्‍नु-नटाँस्‍नुसँग यसको कुनै सरोकार हुँदैन।) के तिमीहरूले यो कुरालाई स्पष्ट पार्न सक्छौ? “दाहिने आँखा फुर्फुराउँदा शुभ हुन्छ तर देब्रे आँखा फुर्फुराउँदा दुर्भाग्य हुन्छ”—तर यसको अर्थ सौभाग्य भए पनि वा प्रकोप भए पनि, के आँखा फरफराउनुको कुनै व्याख्‍या छ? कुनै परिस्थितिमा तेरो देब्रे आँखा फरफराउँछ, र तँलाई कुनै नराम्रो घटना घट्छ भन्‍ने लाग्छ, तैँले अशुभ कुराको पूर्वाभास पाउँछस्, र केही समयपछि आँखा फरफराउन छोड्छ, तैँले यो कुरा बिर्सन्छस्, तर त्यसको धेरै दिनपछि कुनै नराम्रो घटना घट्छ, र त्यो कुरा सम्हालेपछि, तैँले अचानक सम्झन्छस्, र विचार गर्छस्, “अहो, आँखा फरफराउनेसम्‍बन्धी भनाइ त सही रहेछ। तर किन? किनभने केही दिनअघि, मेरो देब्रे आँखा वास्तवमै फरफराएको थियो, र यो रोकिएपछि, यो घटना घट्यो। तर यो घटना घटेपछि, मेरो आँखा फरफराएको छैन।” के यस्तो कहिल्यै हुन्छ? जब तैँले कुनै कुरा बुझ्‍न सक्दैनस्, तब तैँले केही भन्‍ने हिम्मत गर्दैनस्, त्यसकारण तैँले न त यसलाई अस्वीकार गर्ने हिम्मत नै गर्छस् न साँचो भनेर नै स्विकार्छस्; तँ यो विषयबाट पन्छिन सक्दैनस्, तैँले यसलाई स्पष्टसित व्यक्त गर्न सक्दैनस्, तर तँ अझै पनि यो कुरा मान्य छ भनेर सोच्छस्। मुखले तैँले यसो भन्छस्, “त्यो अन्धविश्‍वास हो, म त्यसमा विश्‍वास गर्न सक्दिनँ, सबै कुरा परमेश्‍वरको हातमा छ।” तँ यसमा विश्‍वास गर्दैनस्, तर यो कुरा भइदियो त; यो एकदम सही भइदियो, र अब तँ यसलाई कसरी व्याख्या गर्छस्? तँ यसको सत्यता र सार बुझ्दैनस्, त्यसैले तँ यसलाई स्पष्टसित व्यक्त गर्न सक्दैनस्। तैँले यसलाई अन्धविश्‍वास भन्दै मुखले मात्र इन्कार गर्छस्, तर अन्तस्करणमा, तँलाई यस कुराप्रति अझै डर लाग्छ किनभने कहिलेकहीँ यस्तो कुरा भइदिन्छ। उदाहरणको लागि, कुनै व्यक्ति कार दुर्घटनामा परेर बित्छ। दुर्घटना हुनुअघि, त्यस व्यक्तिको श्रीमतीको देब्रे आँखा नराम्ररी फरफराउँछ: त्यो आँखा दिन र रात फरफराइरहन्छ—कति खराब रूपमा फर्फराउँछ? अरू मानिसहरूले पनि उसको आँखा फरफराएको देख्‍न सक्छन्। केही दिनपछि, उसको श्रीमान्‌ कार दुर्घटनामा परेर मर्छ। अन्त्येष्टि पूरा गरेपछि, ऊ बस्छे र बिस्तारै सोच्न थाल्छे, “अहो, अस्ति केही दिनसम्‍म मेरो आँखा यति नराम्रोसँग फरफराइरहेको थियो कि मैले यसलाई आफ्नो हातले समात्दा पनि रोक्‍न सकेकी थिइनँ। मैले त यो यसरी पूरा हुन्छ भन्‍ने आशा गरेकी थिइनँ।” पछि, उसले यस्तो सोच्दै यो भनाइमा विश्‍वास गर्न थाल्छे, “अहो, आँखा फरफराउँदा साँच्‍चै यस्ता घटनाहरू घट्ने रहेछन्। ती कुराहरू असल वा खराब नै हुन्छन् भन्‍ने त छैन, तर केही न केही हुनेचाहिँ निश्‍चित हुन्छ। यो एक प्रकारको प्रक्षेपण वा पूर्वाभास हो।” के यस्तो कहिल्यै हुन्छ? कतिपय मानिसहरू भन्छन्, “म यसमा विश्‍वास गर्दिनँ, यो अन्धविश्‍वास हो।” तर यो सही समयमा आउँछ, र यो वास्तवमै त्यति नै सटीक हुन्छ। लोक संस्कृतिमा उल्लेख गरिएका कुराहरू आधारहीन अफवाहहरू होइनन्; अन्धविश्‍वास परम्पराभन्दा फरक छ। केही हदसम्म यो मानिसहरूको जीवनमा रहन्छ, र यसले मानिसहरूको बस्‍ने वातावरण र तिनीहरूको जीवनमा हुने घटनाहरूलाई पनि प्रभावित र नियन्त्रित पार्छ। कतिपय मानिसहरू भन्छन्, “ठीक छ, यो अन्धविश्‍वास होइन, तर के यो परमेश्‍वरबाट आएको सङ्केत होइन र? यो अन्धविश्‍वास होइन, त्यसकारण हामीले यसलाई राम्ररी लिनु र बुझ्नुपर्छ। यो शैतानबाट आएको होइन, यो परमेश्‍वरबाट आएको—परमेश्‍वरको सङ्केत हुनसक्छ। हामीले यसको निन्दा गर्नु हुँदैन।” यो कुरालाई हामीले कसरी सही रूपमा हेर्ने? यसले विभिन्‍न कुरा हेर्ने तेरो क्षमता र सत्यतासम्‍बन्धी तेरो बुझाइको जाँच गर्छ। यदि तँ सबै कुराप्रति एकनासको व्यवहार गर्छस्, र “यो सबै अन्धविश्‍वास हो, त्यस्तो कुनै कुरा छैन र म यसमा विश्‍वास गर्दिनँ” भन्‍ने विश्‍वास गर्छस् भने, के यो विभिन्‍न कुराहरू हेर्ने सही तरिका हो? उदाहरणको लागि, जब गैरविश्‍वासीहरू घर सर्न चाहन्छन्, तब तिनीहरूले आफ्नो तिथि-पत्रमा “आजको दिन घर सर्न अशुभ छ” भन्‍ने लेखिएको देख्छन्, त्यसकारण तिनीहरूले यो निषेधित कुरालाई मान्छन् र त्यस दिन सर्ने हिम्मत गर्दैनन्। तिनीहरूले सर्नुभन्दा पहिले “घर सर्न शुभ छ” वा “सबै कुराहरू शुभ छन्” भनेर कुन दिन भनिएको छ त्यो हेर्छन्। सरेपछि, केही पनि नराम्रो हुँदैन, र यसले भविष्यमा तिनीहरूको सम्‍पत्तिमा असर गर्दैन। के यस्तो हुन्छ? कतिपय मानिसहरूले “घर सर्न अशुभ छ” भन्‍ने लेखिएको देख्छन्, तर यसमा विश्‍वास गर्दैनन्; जे भए नि तिनीहरू घर सर्छन्। परिणामस्वरूप, सरेपछि, केही नराम्रो हुन्छ: परिवारमा दुर्भाग्य हुन्छ, तिनीहरूको सम्पत्ति घट्छ, तिनीहरूको परिवारमा कसैको मृत्यु हुन्छ, र अर्को कोही बिरामी हुन्छ। खेती, काम, र व्यवसायदेखि तिनीहरूका बच्‍चाहरूको विद्यालयसम्मका सबै कुरामा समस्या हुन्छ। के भइरहेको हो, तिनीहरूलाई केही थाहै हुँदैन। अनि, तिनीहरूले भाग्य हेर्ने व्यक्तिसँग सल्लाह लिन्छन्, जसले भन्छ, “तपाईँहरूले त्यो बेला ठूलो वर्जित कुरा गर्नुभएछ। तपाईँहरू सरेको दिन सर्नको लागि अशुभ थियो, र त्यसो गरेर तपाईँले ताई सुईलाई चिढ्याउनुभयो।”[क] यहाँ, के भइरहेको छ? थाहा छ? यदि तिमीहरूले यो कुरा बुझ्न सक्दैनौ भने, यस्ता परिस्थितिहरू देखा पर्दा त्यसलाई कसरी सम्‍हाल्‍ने त्यो तिमीहरूलाई थाहै हुँदैन। यदि कुनै गैरविश्‍वासीले “सुन्‍नुस्, म घर सर्न अशुभ रहेको दिन सरेको थिएँ, र सरेपछि, मेरो परिवारले दिनप्रतिदिन समस्याहरू झेलिरहनुपर्‍यो, झन्-झन् अशुभ हुँदै गयो, र त्यहाँदेखि हामीले राम्रो दिन बिताएकै छैनौँ” भनेर भन्यो भने, यो सुनेर तेरो मुटु एकछिन रोकिन सक्छ। तँ सोच्दै डराउँछस्, “अहो, यस्तो निषेधित कुरा मानिएन भने त मलाई पनि त्यस्तै होला कि?” तैँले यो कुरा दिमागमा खेलाइरहन्छस्, र सोच्छस्, “म परमेश्‍वरमा विश्‍वास गर्छु, म डराउँदिनँ!” तर शङ्का अझै पनि तेरो दिमागमा रहिरहन्छ, र तैँले त्यो निषेधित कुरा नमान्‍ने हिम्मत गर्दैनस्।

हामीले यी अन्धविश्‍वासी भनाइहरूलाई कसरी हेर्नुपर्छ? आँखा फरफराउने विषयबाट सुरु गरौँ। के आँखा फरफराउनु भनेको के हो भनेर हामी सबैलाई थाहा छ? मानिसहरूको सबैभन्दा आधारभूत बुझाइ के हो भने यसले भविष्यमा के हुन सक्छ भनेर पूर्वानुमान गर्छ, चाहे त्यो कुरा राम्रो होस् वा नराम्रो। तर यो अन्धविश्‍वास हो कि होइन? भन त। (यो अन्धविश्‍वास हो।) यो अन्धविश्‍वास हो। अर्को प्रश्‍न, के परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले यस्तो भनाइमा विश्‍वास गर्नु हुन्छ? (गर्नु हुँदैन।) तिनीहरूले किन विश्‍वास गर्नु हुँदैन? (किनभने हाम्रो भाग्य र दुर्भाग्यहरू परमेश्‍वरको हातद्वारा व्यवस्थित र योजनाबद्ध हुन्छन् र ती कुराहरू हाम्रो आँखा फरफराउनु वा नफरफराउनुसँग सम्‍बन्धित हुँदैनन्। हामीले सामना गर्ने सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत हुन्छन्, र हामी यसमा समर्पित हुनुपर्छ।) मानौँ, एकदिन तेरो आँखा दिनभरि नराम्रोसँग फरफराउँछ, र यो भोलि बिहानसम्म जारी रहन्छ। त्यसपछि, कुनै घटना घट्छ, र तँलाई काटछाँट गरिन्छ। तँलाई काटछाँट गरिएपछि, तेरो आँखा फरफराउन छोड्छ। अनि, तैँले के सोच्छस्? “मेरो आँखा फरफराएको त म काटछाँटमा पर्न लागेको सङ्केत पो थिएछ।” के यो संयोग मात्र हो? के यो अन्धविश्‍वास हो? कहिलेकहीँ यो संयोग मात्र हुन्छ; कहिलेकहीँ त्यस्ता घटनाहरू घट्छन्। यहाँ, के भइरहेको हो? (परमेश्‍वर, मलाई लाग्छ, आँखा फरफराउनु सामान्य शारीरिक कम्पनको हिस्सा हुन सक्छ, र यसलाई काँटछाँटमा पर्नुसँग जोड्नु हुँदैन।) आँखा फरफराउनुलाई यसरी बुझ्नुपर्छ: मानिसहरूले एउटा आँखा फरफराउँदा भाग्य सङ्केत गर्छ र अर्कोले प्रकोप सङ्केत गर्छ भने पनि, परमेश्‍वरले मानव शरीरलाई धेरै रहस्यहरूसहित सृष्टि गर्नुभएको छ। यी रहस्यहरू कति गहिरा छन्, यसमा के-कस्ता विशिष्टीकृत कुराहरू समावेश छन्, मानव शरीरमा के-कस्ता अन्तर्निहित गुण, क्षमता र सम्भावनाहरू छन्—मानिसहरूले यो ज्ञान आफै प्राप्त गर्न सक्दैनन्। मानव शरीरले आत्मिक क्षेत्र बुझ्न सक्छ सक्दैन, कतिले छैटौँ इन्द्रिय भन्‍ने गरेको कुरा यसमा हुन्छ हुँदैन—मानिसहरूलाई केही थाहै हुँदैन। के मानिसहरूले मानव शरीरका यी अज्ञात पक्षहरू बुझ्ने कष्ट गर्नुपर्छ? (अहँ, गर्नुपर्दैन।) गर्नुपर्दैन—मानिसहरूले मानव शरीरभित्र के-कस्ता रहस्यहरू छन् भनेर बुझ्नु आवश्यक छैन। तर त्यो बुझ्न आवश्यक नभए पनि, तिनीहरूले मानव शरीर सरल छैन भन्‍ने कुराचाहिँ आधारभूत रूपमा बुझेको हुनुपर्छ। यो परमेश्‍वरले सृष्टि गर्नु नभएको कुनै पनि चीज वा वस्तु, जस्तै टेबल, कुर्सी, वा कम्प्युटरभन्दा आधारभूत रूपमा फरक छ। यी कुराहरूको प्रकृति मानव शरीरको भन्दा पूर्ण रूपमा फरक हुन्छ: यी निर्जीव वस्तुहरूसँग आत्मिक क्षेत्रबारे कुनै अनुभूति हुँदैन, जबकि मानव शरीर, अर्थात् परमेश्‍वरबाट आएको र परमेश्‍वरद्वारा सृष्टि गरिएको जीवित वस्तुले यसको छेउको वातावरण, वायुमण्डल, र केही विशेष वस्तुहरू महसुस गर्न, साथै वरपरको वातावरण र आगामी घटनाहरूप्रति कसरी प्रतिक्रिया दिने भनेर जान्‍न सक्छ। यो कुरा सरल छैन—यी सबै कुराहरू रहस्य हुन्। मानव शरीरले चिसो, तातो, वासना वा दुर्गन्ध, मीठो, अमिलो, र पिरो भनेर महसुस गर्ने मात्र होइन, तर व्यक्तिको आत्मगत चेतनाले महसुस गर्नै नसक्‍ने केही निश्‍चित रहस्यहरू पनि छन्। मानिसहरूलाई यी कुराहरू थाहै हुँदैन। त्यसैले, स्पष्टसित भन्‍नुपर्दा, आँखा फरफराउने कुरा व्यक्तिको स्नायुसँग वा उसको छैटौँ इन्द्रियसँग सम्‍बन्धित भए पनि, वा आत्मिक क्षेत्रसँग संलग्‍न कुनै कुरासँग सम्बन्धित भए पनि—हामी यो कुरा खोतल्‍नेछैनौँ। चाहे जे होस्, यो अवस्था विद्यमान रहेको छ, तर यो विद्यमान रहनुको उद्देश्य र अर्थबारे हामी अनुसन्धान गर्नेछैनौँ। यसको बाबजुद पनि, परिवार र लोक संस्कृति दुवैमा आँखा फरफराउनेबारे केही भनाइहरू विद्यमान रहेकै छन्। यी भनाइहरूमा अन्धविश्‍वास समावेश भए पनि नभए पनि, अन्ततः यो जीवित वातावरणमा हुने केही घटनाहरूबारे मानव शरीरमा अग्रिम रूपमा प्रकट हुने सङ्केत हो। अब, यसप्रकारको प्रकटीकरण अन्धविश्‍वाससँग सम्‍बन्धित छ कि, परम्परा वा विज्ञानसँग? यो अनुसन्धान गर्न नसकिने कुरा हो—यो एउटा रहस्य हो। छोटकरीमा भन्दा, वास्तविक जीवनभित्र, प्राचीन समयदेखि हालसम्मको हजारौँ वर्षको अवधिमा, मानवजातिले कसैको आँखा फरफरायो भने, त्यो कुनै न कुनै रूपमा तिनीहरूको वरिपरि हुने घटनाहरूसँग जोडिएको हुन्छ भन्‍ने निष्कर्ष निकालेको छ। यो सम्बन्ध चाहे धन, भाग्य, वा व्यक्तिको जीवनको कुनै अन्य पक्षसँग सम्बन्धित रहेको भए पनि, अनुसन्धान गर्न असम्भव छ। यो पनि एउटा रहस्य हो। तर यसलाई किन रहस्यको रूपमा लिइन्छ? कैयौँ कुराहरू भौतिक संसारभन्दा परको आत्मिक क्षेत्रसँग सम्‍बन्धित हुन्छन्, जुन कुराबारे तिमीहरूलाई बताइए पनि तिमीहरूले देख्‍न वा महसुस गर्न सक्दैनौ। त्यसैले यसलाई रहस्यको रूपमा लिइन्छ। यी कुराहरू रहस्यहरू हुन् र मानिसहरूले यी कुरालाई देख्‍न वा महसुस गर्न सक्दैनन्, तर मानिसहरूमा केही नराम्रो हुन्छ भन्‍ने भित्री डर र पूर्वानुभूतिचाहिँ हुने हुन्छ, त्यसैले मानिसहरूले यी कुराहरूलाई कसरी लिनुपर्छ? सबैभन्दा सरल नियम भनेको यी कुराहरू बेवास्ता गर्नु हो। तेरो धन वा भाग्यसँग यिनको कुनै सरोकार छ भनेर विश्‍वास नगर्। तेरो देब्रे आँखा फरफराउँदा नराम्रा कुराहरू हुन सक्छन् भनेर चिन्ता नगर्, र तेरो दाहिने आँखा फरफराउँदा तँ धनी हुनेछस् भनेर रमाउने अवश्यै नगर्। यी कुराहरूद्वारा आफूलाई असर पर्न नदे। मुख्य कारण के हो भने, तँसँग भविष्यको पूर्वानुमान गर्ने क्षमता छैन। सबै कुरा परमेश्‍वरद्वारा नै योजनाबद्ध र सञ्‍चालित छ; जे हुन गइरहेको छ त्यो राम्रो भए नि नराम्रो भए नि, त्यो सबै परमेश्‍वरको हातमा छ। तँमा हुनुपर्ने एकमात्र मनोवृत्ति भनेको परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। भविष्यवाणी गर्ने वा अनावश्यक बलिदान, तयारी, वा सङ्घर्ष गर्ने नगर्। जे हुनेवाला छ त्यो हुने नै छ, किनभने सबै कुरा परमेश्‍वरको हातमा छ। कसैले पनि परमेश्‍वरको विचार र उहाँका योजनाहरूलाई, वा उहाँले जे गराउने अठोट गर्नुभएको छ त्यो कुरालाई परिवर्तन गर्न सक्दैन। तैँले आफ्नो परेलामा सेतो कागजको टुक्रा टाले पनि, आफ्नो हातले परेला थिचे पनि, वा विज्ञान वा अन्धविश्‍वासमा भर परे पनि, यसले कुनै फरक पार्नेछैन। जे हुनेवाला छ त्यो हुने नै छ, त्यो वास्तविकतामा बदलिने नै छ, र तैँले त्यसलाई परिवर्तन गर्न सक्दैनस् किनभने यो सबै परमेश्‍वरको हातमा छ। यसबाट बच्ने कुनै पनि प्रयास मूर्खतापूर्ण, व्यर्थ बलिदान र अनावश्यक कुरा हुनेछ। त्यसो गर्दा, त्यसले तँ विद्रोही र जिद्दी, र परमेश्‍वरप्रति समर्पित मनोवृत्ति नभएको व्यक्ति होस् भन्‍ने मात्रै देखाउँछ। कुरो बुझिस्? (हो, मैले बुझेँ।) त्यसैले, आँखा फरफराउनुलाई अन्धविश्‍वास मानिए पनि वा विज्ञान मानिए पनि, तिमीहरूको मनोवृत्ति यस्तो हुनुपर्छ: दाहिने आँखा फरफराउँदा खुसी नबन्‍नू, र देब्रे आँखा फरफराउँदा डराउने, तर्सिने, चिन्तित हुने, इन्कार गर्ने वा प्रतिरोध गर्ने नबन्‍नू। आँखा फरफराएपछि केही भयो नै भने पनि, यसलाई शान्त भएर सामना गर्नुपर्छ किनभने सबै कुरा परमेश्‍वरको हातमा छ। डराउनु वा चिन्ता लिनु जरुरी छैन। यदि कुनै राम्रो घटना घट्यो भने, परमेश्‍वरलाई उहाँको आशिष्‌को लागि धन्यवाद दे—यो परमेश्‍वरको अनुग्रह हो; यदि कुनै नराम्रो घटना घट्यो भने, अगुवाइ र सुरक्षाको लागि, र परीक्षामा पर्नबाट जोगिनको लागि प्रार्थना गर्। त्यो घटनाले जुनसुकै वातावरणमा लगे पनि, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन सक्‍ने बन्। तेरो जीवनमा जतिसुकै ठूलो प्रकोप आए पनि, वा तैँले जस्तोसुकै गम्‍भीर दुर्भाग्य भोगे पनि, परमेश्‍वरलाई त्याग्‍ने, उहाँसँग गुनासो गर्ने, र उहाँलाई दोष दिने नगर्‌। परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुन इच्छुक बन्। के त्यसपछि यो समस्या समाधान हुँदैन र? (हुन्छ।) यस्ता मामिलाहरूको सन्दर्भमा, मानिसहरूसँग यस्तो विचार र दृष्टिकोण हुनुपर्छ: “भविष्यमा जे भए पनि, म तयार छु, र ममा परमेश्‍वरप्रति समर्पित हुने मनोवृत्ति छ। मेरो देब्रे आँखा फरफराए पनि, मेरो दाहिने आँखा फरफराए पनि, वा दुवै आँखा एकैसाथ फरफराए पनि, म डराउँदिनँ। मलाई थाहा छ, भविष्यमा केही हुन सक्छ, तर मेरो विश्‍वास के छ भने, सबै कुरा परमेश्‍वरको हातमा छ। यो त परमेश्‍वरले मलाई केही हुन लागेको छ भनेर सूचित गर्नुभएको हुन सक्छ, वा यो मेरो भौतिक शरीरको अन्तर्निहित प्रतिक्रिया हुन सक्छ। चाहे जे भए पनि, म तयार छु, र परमेश्‍वरप्रति ममा समर्पित मनोवृत्ति छ। यो घटना घटेपछि मैले जतिसुकै ठूलो हानि वा नोक्सानी भोगे पनि, म परमेश्‍वरलाई दोष दिनेछैनँ। म समर्पित हुन तयार छु।” मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। तिनीहरूले यो मनोवृत्ति अपनाएपछि, परिवारद्वारा अभ्यस्त गराइएका आँखा फरफराउनेसम्‍बन्धी यी भनाइहरू अन्धविश्‍वास हुन् वा विज्ञान हुन्, अबउप्रान्त तिनीहरूले केही वास्ता गर्नेछैनन्। तिनीहरूले यसो भन्‍नेछन्, “यो अन्धविश्‍वास भए नि वा विज्ञान भए नि यसले केही फरक पर्दैन। तपाईंहरू के विश्‍वास गर्नुहुन्छ त्यो तपाईंहरूको कुरा हो। यदि तपाईँहरूले मलाई मेरो परेलामा सेतो कागजको टुक्रा टाँस्‌ भन्‍नुहुन्छ भने, म त्यसो गर्नेछुइनँ। यदि आँखा फरफराएर साह्रै असुविधा भयो भनेचाहिँ, म थोरै बेरको लागि त्यसो गर्नेछु।” यदि कसैले तँलाई “तपाईँको आँखा साह्रै फरफराइरहेको छ, एकदुई दिन सावधान रहनुहोस्” भनेर भन्छ भने, के सावधान भएर तँलाई कुनै कुराबाट बच्न मद्दत मिल्छ? (अहँ, जे हुनु छ त्यसबाट बच्‍न सकिँदैन।) यदि यो आशिष्‌ भए दुर्भाग्य हुन्‍न, तर यदि यो दुर्भाग्य भए उम्‍कन सकिन्‍न; चाहे यो आशिष् होस् वा प्रकोप, तैँले यसलाई स्विकार्नुपर्छ। यो अय्यूबको जस्तै मनोवृत्ति हुनु हो। यदि तैँले यो आशिष्‌ हुन्जेल स्विकार्छस्, र दाहिने आँखा फरफराउँदा खुसी हुन्छस्, तर देब्रे आँखा फरफराउँदा “किन यो फरफराइरहेको छ? बस फरफराई मात्र रहन्छ, कहिल्यै रोकिँदैन! म प्रार्थना गर्नेछु र देब्रे आँखा फरफराएको रोक्‍न र दुर्भाग्यलाई मबाट पन्छाउन श्राप दिनेछु” भन्दै रिसाउँछस् भने—परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने व्यक्तिमा यस्तो मनोवृत्ति हुनु हुँदैन। परमेश्‍वरको अनुमतिविना, परमेश्‍वरले यस्तो होस् भनेर निर्धारित नगर्नुभएसम्‍म, के दुर्भाग्य वा पिशाचहरू तेरो नजिक आउने हिम्मत गर्छन् र? (गर्दैनन्।) भौतिक संसार र आत्मिक क्षेत्र दुवै नै परमेश्‍वरको नियन्त्रण, सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत हुन्छन्। कुनै सानो भूतले जे गर्न चाहे पनि, परमेश्‍वरको अनुमतिविना के यसले तेरो रौँमा समेत हानि गर्ने हिम्मत गर्छ र? यसले हिम्मत गर्दैन, होइन र? (अहँ, गर्दैन।) यसले तँलाई छुन र हानि गर्न चाहन्छ, तर यदि परमेश्‍वरले अनुमति दिनुभएन भने, यसले हिम्मत गर्दैन। यदि परमेश्‍वरले “तिनीहरूको वरिपरि केही परिस्थितिहरू खडा गर् र तिनीहरूलाई दुर्भाग्य र समस्याहरू ल्याइदे,” भन्दै अनुमति दिनुभयो भने, त्यो सानो भूत खुसी हुनेछ र तेरो विरुद्ध काम गर्न थाल्नेछ। यदि तँमा परमेश्‍वरप्रतिको विश्‍वास छ र तैँले आफ्नो गवाहीमा अडिग रहेर, परमेश्‍वरलाई इन्कार वा विश्‍वासघात नगरेर, अनि त्यसलाई सफल हुन नदिएर त्यसलाई जितिस् भने, त्यसउप्रान्त त्यो सानो भूत परमेश्‍वरसामु आउँदा, त्यसले तँलाई दोष लगाउन सक्‍नेछैन, र परमेश्‍वरले तँबाट महिमा प्राप्त गर्नुहुनेछ, र उहाँले त्यो सानो भूतलाई थुनेर राख्‍नुहुनेछ। त्यसले तँलाई फेरि हानि गर्ने हिम्मत गर्नेछैन, र तँ सुरक्षित हुनेछस्। यो नै सबै कुरा परमेश्‍वरको हातमा छ भनी विश्‍वास गर्दै, तँमा हुनुपर्ने साँचो विश्‍वास हो। परमेश्‍वरको अनुमतिविना, कुनै पनि अशुभ वा नराम्रो कुरा तेरो जीवनमा आउनेछैन। मानिसहरूलाई आशिष् दिनेबाहेक, परमेश्‍वरले धेरै कुरा गर्न सक्‍नुहुन्छ; उहाँले तँलाई जाँच्‍न र खार्न, र पाठ सिकाउन विभिन्‍न परिस्‍थितिहरू मिलाउन सक्‍नुहुन्छ, र तँलाई सजाय र न्याय गर्न विभिन्‍न परिस्‍थितिहरू तय तर्न सक्‍नुहुन्छ। कहिलेकहीँ परमेश्‍वरले मिलाउनुहुने परिस्थितिहरू तेरा धारणाहरूसँग नमिल्‍न सक्छन् र तेरा कल्पनाहरूसँग पनि पक्‍कै नमिल्‍न सक्छन्। तर “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०) भनेर अय्यूबले भनेको कुरा नबिर्सी। यो परमेश्‍वरमाथिको तेरो साँचो विश्‍वासको स्रोत हुनुपर्छ। परमेश्‍वरले सबै कुरा नियन्त्रण गर्नुहुन्छ भनेर विश्‍वास गर्, अनि तँलाई साधारण रूपमा आँखा फरफराउँदा डर लाग्‍नेछैन, के त्यो सही होइन र? (अँ, हो।)

भर्खरै, हामीले आँखा फरफराउने समस्या कसरी सम्हाल्‍ने भन्‍नेबारेमा सङ्गति गर्‍यौँ। आँखा फरफराउनु दैनिक जीवनमा आउने सामान्य घटना हो, र यसलाई हल गर्न मानिसहरूले प्रायजसो मानव विधिहरू प्रयोग गर्छन्। तैपनि, यी विधिहरूले सामान्यतया चाहेका परिणामहरू हासिल गर्दैनन्, र अन्त्यमा, जे हुने हो त्यो हुनेछ, र कोही पनि यसबाट उम्कन सक्दैन। यो राम्रो भए नि नराम्रो भए नि, यो मानिसहरूले हेर्न चाहेको कुरा भए नि नभए नि, जे हुनुपर्ने हो त्यो अवश्यै हुनेछ। यसले थप रूपमा के कुरा पुष्टि गर्छ भने, यो व्यक्तिको नियति भए नि वा दैनिक जीवनका सानातिना कुराहरू भए नि, ती सबै कुरा परमेश्‍वरले योजनाबद्ध र व्यवस्थापन गर्नुभएको हुन्छ, र कोही पनि ती कुराहरूबाट उम्कन सक्दैन। त्यसकारण, बुद्धिमान्‌ व्यक्तिहरूले यी कुराहरूलाई सही र सकारात्मक मनोवृत्तिसाथ लिनुपर्छ, अनि कुनै पनि व्यर्थ बलिदान वा सङ्घर्ष गर्न मानव विधिहरूको सहारा लिनुको सट्टा सत्यता सिद्धान्तहरू र परमेश्‍वरको वचनको आधारमा यस्ता कुराहरूलाई हेर्ने र समाधान गर्ने गर्नुपर्छ, नत्र अन्त्यमा तिनीहरूले नै हानि भोग्‍नुपर्छ। यस्तो किन हुन्छ भने, जब सृष्टिकर्ताको सार्वभौमिकताको कुरा आउँछ, मानवजातिले छनौट गर्ने कुनै दोस्रो मार्ग हुँदैन। छनौट गर्नुपर्ने र पछ्याउनुपर्ने एउटै मात्र मार्ग यही हो। परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित बन्, परमेश्‍वरले योजनाबद्ध गर्नुभएका वातावरणबाट पाठहरू सिक्, र परमेश्‍वरमा समर्पित हुन, परमेश्‍वरका कामहरू बुझ्न, आफैलाई बुझ्न, र सृष्टि गरिएको प्राणीले कुन मार्ग रोज्नु र हिँड्नुपर्छ भन्‍ने कुरा सिक्, अनि अन्धविश्‍वास वा मानव विधिहरू प्रयोग गरेर परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्नुको सट्टा, मानिसहरूले हिँड्नुपर्ने जीवन मार्गमा राम्रोसित कसरी हिँड्नुपर्छ भन्‍ने कुरा सिक्।

हामीले आँखा फरफराउने समस्या कसरी सम्हाल्ने भन्‍नेबारेमा त हाम्रो सङ्गति समाप्त गरेका छौँ, तर मानिसहरूले दैनिक जीवनमा सपनालाई चाहिँ कसरी लिनुपर्छ? उदाहरणको लागि, यदि तैँले एक रात सपनामा तेरो दाँत झरेको देखिस् भने, तेरी आमाले सोध्‍न सक्छे, “दाँत खसेको बेला रगत बगेको थियो?” यदि तैँले “रगत बगेको हुँदा के हुन्छ?” भनेर सोधिस् भने, तेरी आमाले तँलाई यसको अर्थ परिवारको कसैको मृत्यु हुनेछ, वा कुनै अन्य दुर्भाग्यपूर्ण घटना घट्न सक्छ भनेर भन्‍नेछे। यो कुरापछाडिको खास भनाइ के हो मलाई थाहा छैन, किनभने एउटा परिवारले एउटा कुरा भन्छ, र अर्को परिवारले अर्कै कुरा भन्छ। कतिले यसले हजुरबा-हजुरआमा वा आमाबुबाजस्ता निकट आफ्नाजनको मृत्युको भविष्यवाणी गर्छ भनेर भन्‍न सक्छन्, जबकि अरूले यसले साथीसङ्गीको मृत्युको सङ्केत गर्छ भनेर भन्‍न सक्छन्। चाहे जे भए पनि, दाँत झरेको सपना देख्‍नुलाई सामान्यतया नराम्रो कुरा मानिन्छ। अनि, यो खराब कुरा भएकोले, र यो जीवन र मृत्युको मामिलासँग सम्बन्धित रहेकोले, यसले मानिसहरूलाई धेरै चिन्तित तुल्याउँछ। त्यसैले, जब-जब मानिसहरूले दाँत झरेको सपना देख्छन्, तब-तब तिनीहरू व्याकुल हुँदै बिउँझन्छन्। तिनीहरूलाई अन्तर्निहित रूपमै दुर्भाग्य आउन लागेको वा केही नराम्रो घटना घट्न लागेको महसुस हुन्छ, जसले तिनीहरूलाई चिन्तित, भयभीत र त्रसित तुल्याउँछ। तिनीहरूले आफूलाई यो भावनाबाट मुक्त गर्न चाहन्छन् तर सक्दैनन्, अनि तिनीहरू यो मामिला सुल्झाउन वा यसलाई सहज तुल्याउन मानिसहरू भेट्न चाहन्छन्, तर यसो गर्ने कुनै उपाय नै हुँदैन। संक्षेपमा भन्दा, तिनीहरू यो सपनाको बन्दी बन्छन्। विशेषगरी, जब सपनामा तिनीहरूको दाँतबाट रगत बगेको हुन्छ, तब तिनीहरूको चिन्ता अझै तीव्र हुन्छ। यस्तो सपना देखेपछि, मानिसहरू प्रायजसो धेरै दिनसम्म नराम्रो मुडमा हुन्छन्, र तिनीहरूलाई असहज महसुस हुन्छ, र यस्तो अवस्था कसरी सम्हाल्ने भन्‍ने नै थाहा हुँदैन। यी कुराहरूसँग परिचित नभएकाहरू भने अप्रभावित नै रहन सक्छन्, तर पहिले नै केही निश्‍चित विचार र दृष्टिकोणहरू अपनाइसकेका वा पुर्खाहरूले हस्तान्तरण गरेका यस मामिलासँग सम्बन्धित थप डरलाग्दा र सनसनीपूर्ण भनाइहरू सुनेका मानिसहरू भने बढी चिन्तित हुन्छन्। तिनीहरू त्यस्ता सपनाहरू देख्‍छु कि भनी डराउँछन् र जब देख्छन्, तिनीहरूले तुरुन्तै यस्तो प्रार्थनाको सहारा लिन्छन्, “हे परमेश्‍वर, बिन्ती छ, मलाई रक्षा गर्नुहोस्, मलाई सान्त्वना दिनुहोस्, मलाई शक्ति दिनुहोस्, र त्यस्ता घटनाहरू हुन नदिनुहोस्। यदि यो मेरो आमाबुबासँग सम्‍बन्धित छ भने, बिन्ती छ उहाँहरूलाई सुरक्षित राख्‍नुहोस् र कुनै पनि दुर्घटनाबाट बचाउनुहोस्।” स्पष्ट रूपमै, यी मनोवृत्तिहरू तिनीहरूका विचार र दृष्टिकोण वा परम्परागत भनाइहरूद्वारा प्रभावित रहेका हुन्छन्। परम्पराहरूको सन्दर्भमा भन्दा, केही परिवार वा व्यक्तिहरूसँग त्यस्ता कुराहरू कम गर्ने विशेष तरिकाहरू हुन सक्छन्, वा तिनीहरूले केही कुराहरू खान र पिउन सक्छन्, केही मन्त्र जप्‍न सक्छन्, वा खराब परिणामहरू हल गर्न वा रोक्‍नको लागि केही कुराहरू गर्न सक्छन्। लोक परम्पराहरूमा निश्‍चय नै त्यस्ता अभ्यासहरू छन्, तर हामी ती कुराहरू खोतल्नेछैनौँ। हामीले सङ्गति गर्न लागेको त सपनालाई कसरी हेर्ने र बुझ्ने भन्‍नेबारे हो। सपना देख्‍नु भनेको देहमा रहेको मानव अन्तर्प्रवृत्ति वा देहको अस्तित्वजीवी घटना-प्रक्रियाको एउटा भाग हो। तर जे भए पनि, यो एउटा रहस्यमयी कुरा हो। मानिसहरूले प्रायजसो “दिनमा जे सोचिन्छ, रातमा त्यसकै सपना देखिन्छ” भनिरहन्छन्। तैपनि, मानिसहरूले दिनको समयमा सामान्यतया आफ्नो दाँत गुमाउनेजस्ता कुराहरूबारे सोच्दैनन्, न त आफ्ना इच्छाहरू कल्पँदा यी कुराहरू नै कल्पना गरेका हुन्छन्। कोही पनि त्यस्ता मामिलाहरू सामना गर्न चाहँदैन, र कसैले पनि यी कुराहरूमा दिनरात ध्यान दिँदैन। त्यसको बाबजुद पनि, मानिसहरूले प्रायजसो आशै नगरेको बेला यस्ता घटनाहरू घट्ने गर्छन्। त्यसैले “दिनमा जे सोचिन्छ, रातमा त्यसकै सपना देखिन्छ” भन्‍ने भनाइसँग यसको कुनै सम्‍बन्ध हुँदैन। यो कुरा तैँले विचार गरेको कारण आएको हुँदैन। पश्‍चिममा फ्रायड वा चीनमा झोउका ड्यूकले सपनाहरूबारे जुनसुकै व्याख्या गरेका भए पनि, वा सपनाहरू अन्त्यमा पूरा भए नि नभए नि, छोटकरीमा भन्दा, सपना देख्‍नु मानव शरीरका केही अचेतन संवेदना र जागरूकतासँग सम्बन्धित कुरा, र यसका रहस्यहरूको एउटा भाग हो। पश्‍चिममा जीवविज्ञान र स्‍नायुविज्ञान अध्ययन गर्ने वैज्ञानिकहरूले यसबारे अनुसन्धान त गरिरहेका छन्, तर अन्ततः तिनीहरू मानव सपनाहरूको उत्पत्तिबारे पूर्ण बुझाइ हासिल गर्न असफल भएका छन्। तिनीहरूले त्यो पत्ता लगाउन सकेका छैनन्, त्यसैले के हामीले यसबारे अनुसन्धान गर्ने प्रयास गर्नुपर्छ? (हामीले गर्नु हुँदैन।) अनि, हामीले किन गर्नु हुँदैन? (यी कुराहरूको अनुसन्धान गर्नु व्यर्थ छ, र हामीले पनि यी कुराहरू बुझ्नेछैनौँ।) यो कुरा व्यर्थ भएर वा हामीले बुझ्दैनौँ भनेर होइन; यो त यसमा सत्यता समावेश छैन भनेर हो, र यो कुरा यति सरल छ। यसलाई अध्ययन गरेर र बुझेर तैँले के हासिल गर्न सक्छस्? के यसमा सत्यता संलग्‍न हुन्छ? (अहँ, हुँदैन।) यो त शरीर अस्तित्वमा रहने क्रममा देखा पर्ने एउटा घटना मात्र हो, र यो मानिसहरूको जीवनमा बारम्बार भइरहन्छ। तर मानिसहरूलाई यसको अर्थ के हो भन्‍ने थाहा हुँदैन। यो रहस्यको एउटा भाग हो। मानिसहरूले यसलाई अनुसन्धान वा अन्वेषण गर्नुपर्दैन किनभने यसमा सत्यता संलग्‍न छैन, र यो मानिसहरूले लिने मार्गसँग पनि सम्बन्धित छैन। तैँले राती दाँत झरेको सपना देखे नि नदेखे नि, वा भव्य भोजमा सहभागी भइरहेको वा रोलरकोस्टरमा चढेको सपना देखे नि, के त्यो तेरो जीवन दिउँसो कस्तो हुन्छ भन्‍ने कुरासँग सम्‍बन्धित छ र? (अहँ, छैन।) यदि कुनै रात तैँले कुनै व्यक्तिसँग लडाइँ गरेको सपना देखिस् भने, के यसको अर्थ तँ दिउँसो कुनै व्यक्तिसँग झगडा गर्नेछस् भन्‍ने हुन्छ र? यदि कुनै रात तैँले मीठो र सुखद सपना देखिस्, र खुसी भइरहेको अवस्थाबाट बिउँझिस् भने, के यसले दिनभरि सबै कुरा सहज र चाहेको जस्तो हुन्छ भन्‍ने ग्यारेन्टी दिन्छ र? के यसको मतलब दिनको समयमा तैँले विभिन्‍न कुराहरू गरिरहेको बेला सत्यता बुझ्न र सत्यता सिद्धान्तहरू प्राप्त गर्न सक्छस् भन्‍ने हुन्छ र? (अहँ, हुँदैन।) त्यसकारण, सपनाको सत्यतासँग कुनै सम्बन्ध हुँदैन। यसबारे अनुसन्धान गर्नु आवश्यक छैन। के तैँले तेरो दाँत झरेको र रगत बगेको सपना देख्दा त्यो निकट आफ्नाजनको मृत्युसँग सम्बन्धित हुन्छ र? (अहँ, हुँदैन।) तिमीहरू सधैँ किन यस्ता अज्ञानी कुराहरू बोल्छौ? तिमीहरू फेरि अज्ञानी भइरहेका छौ, होइन र? तिमीहरूमा अन्तर्ज्ञानको कमी छ। मानव शरीर एक रहस्य हो, र तैँले व्याख्या गर्न नसक्‍ने धेरै कुरा छन्। के तैँले सबै कुरा सजिलै “अहँ” भनेर समाधान गर्न सक्छस् र? विगतमा, अगमवक्ताहरू र परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले पनि भविष्यवाणीका सपनाहरू देख्थे। यी सपनाहरूको महत्त्व हुन्थ्यो। परमेश्‍वरले मानिसहरूलाई विभिन्‍न कुराहरू प्रकट गर्न सपनाहरू प्रयोग गर्नुहुन्थ्यो भन्‍ने कुरालाई तँ कसरी व्याख्या गर्छस्? अनि, परमेश्‍वर कसरी तिनीहरूको सपनामा प्रवेश गर्नुहुन्थ्यो? यी सबै कुरा रहस्यहरू हुन्। परमेश्‍वरले मानिसहरूलाई केही कुराहरू बताउन र तिनीहरूलाई केही कुराहरूबारे अन्तर्दृष्टि दिन पनि सपनाहरू प्रयोग गर्नुहुन्थ्यो, जसले गर्दा घटित हुनुअघि नै तिनीहरूले केही घटनाहरूबारे पहिले नै थाहा पाउन सक्थे। तँ यसलाई कसरी व्याख्या गर्छस्? के तिमीहरू यी कुराहरूप्रति अनभिज्ञ छौ? (हो।) अब, मुख्य कुरा भनेको तिमीहरूले बुझ्‍न नसक्‍ने रहस्यहरूसँग सम्‍बन्धित दैनिक जीवनमा भइरहने तर व्याख्या गर्न नसकिने विभिन्‍न घटनाहरूलाई अन्धाधुन्ध अस्वीकार गर्नु होइन, बरु तिनलाई सही रूपमा बुझ्नु र हेर्नु हो। ती कुराहरू अस्तित्वमा छैनन्, त्यस्तो कुनै कुरा छैन, वा ती असम्भव छन् भन्दै ती कुराहरूलाई निरन्तर इन्कार्ने होइन, बरु ती कुराहरूलाई सही रूपमा लिनुपर्छ। अनि, ती कुराहरूलाई सही रूपमा लिनु भनेको के हो? यसको अर्थ ती कुराहरूलाई सांसारिक मानिसहरूले जसरी अन्धविश्‍वास वा चरम विचार र दृष्टिकोणले नहेर्नु, र नास्तिकहरू वा कुनै विश्‍वास नै नभएकाहरूले जसरी पनि नहेर्नु हो। यसको उद्देश्य तिमीहरूलाई यी दुई चरमताहरूमा लैजानु होइन, बरु दैनिक जीवनमा हुने यी कुराहरूबारे सोचविचार गर्न सही अडान र दृष्टिकोण अपनाउन लगाउनु हो, अनि सांसारिक मानिसहरूको दृष्टिकोण, वा अविश्‍वासीहरूको दृष्टिकोण अपनाउन लगाउनु होइन, बरु परमेश्‍वरका विश्‍वासीहरूमा हुनुपर्ने दृष्टिकोण अपनाउन लगाउनु हो। त्यसैले, यी मामिलाहरूप्रति तेरो दृष्टिकोण कस्तो हुनुपर्छ? (चाहे जेसुकै भए पनि, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ—यसबारे अनुसन्धान गर्नु हुँदैन।) तैँले यसबारे अनुसन्धान गर्नु हुँदैन, तर के तैँले यसबारे केही बुझ्नुपर्छ? मानौँ, कसैले यसो भन्छ रे, “फलानोले दाँत झरेको र रगत आएको सपना देखेको थियो, र केही दिनमा, मैले उसको बुबा बित्यो भन्‍ने सुनेँ।” यदि तैँले यसलाई तुरुन्तै अस्वीकार गर्छस् र “असम्भव! त्यो अन्धविश्‍वास, र संयोग मात्र हो। अन्धविश्‍वास भनेको एकदमै आसक्त भएर कुनै कुरामा विश्‍वास गर्नु हो; यदि तपाईँ त्यसमा असक्त नहुनुभएको भए, त्यो अस्तित्वमै हुन्थेन” भनेर भन्छस् भने, के यसो भन्‍नु मूर्खता होइन र? (हो।) त्यसोभए, यो मामिलालाई तैँले कसरी हेर्नुपर्छ? (हामीले भौतिक शरीरका धेरै रहस्यहरू छन् भनेर मान्‍नुपर्छ, र दाँत झरेको र रगत बगेको सपनाले केही अप्रिय घटना हुने कुरा सङ्केत गर्न सक्छ भनेर मान्‍नुपर्छ। तर त्यस्तो घटना भए नि नभए नि, हामी परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित रहनुपर्छ।) तिमीहरूले भर्खरै आँखा फरफराउने कुराबाट केही कुरा सिकेका छौ, त्यसैले तिमीहरूले दाँत झरेको र रगत बगेको सपनालाई कसरी लिनुपर्छ? तिमीहरूले यस्तो भन्‍नुपर्छ, “यो कुरा हाम्रो समझभन्दा बाहिरको कुरा हो। वास्तविक जीवनमा, यस्तो कुरा वास्तवमै हुन्छ। यो पूरा हुन्छ हुँदैन वा यसले केही नराम्रो घटना पूर्वानुमान गर्छ गर्दैन भनेर हामी निर्धारण गर्न सक्दैनौँ, तर यस्ता नराम्रा कुराहरू साँच्‍चै नै जीवनमा आउँछन्। आत्मिक क्षेत्रका मामिलाहरू हाम्रो समझभन्दा बाहिरका कुराहरू हुन्, र हामीले जथाभाबी दाबी गर्ने दुस्‍साहस गर्नु हुँदैन। यदि मैले यस्तो सपना देखेँ भने, मेरो मनोवृत्ति कस्तो हुनुपर्छ? यो सपना जस्तोसुकै भए पनि, म यसको बन्धनमा रहनेछैनँ। यदि मानिसहरूले भनेझैँ यस्तो सपना पूरा हुन्छ नै भने पनि, यस्तो घटना हुन सक्छ भनेर मलाई मानसिक रूपमा तयार गराउनुभएकोमा, र मलाई जानकारी गराउनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु। यदि मेरो परिवारको सदस्यको मृत्यु भयो भने, यदि मेरा आमाबुबाको निधन भयो भने, म प्रभावित हुन्छु हुँदिनँ भन्‍नेबारेमा मैले कहिल्यै विचार गरेको छैनँ: मलाई प्रहार भएको जस्तो महसुस हुन्छ हुँदैन, मैले कर्तव्य निर्वाह गर्ने कार्यमा असर पुग्छ पुग्दैन, मैले कमजोर महसुस गरेर परमेश्‍वरविरुद्ध गुनासो गर्छु गर्दिनँ—मैले यसबारे कहिल्यै विचार गरेको छैनँ। तर आज, यस घटनाले मलाई यसको सङ्केत दियो, जसले गर्दा मैले मेरो वास्तविक कद देखेँ। जब म मेरा आमाबुबाको मृत्युबारे सोच्छु, मलाई भित्र कहीँ गहिरो पीडा हुन्छ; म यसबाट बाँधिएको महसुस गर्छु र ममा उदासी छाउँछ। अचानक, मलाई महसुस हुन्छ, मेरो कद अझै पनि धेरै सानो रहेछ। मसँग परमेश्‍वरमा समर्पित हुने एकदमै सानो हृदय रहेछ, र परमेश्‍वरमाथिको मेरो विश्‍वास औधी कम रहेछ। आजदेखि, मलाई लाग्छ मैले आफूलाई थप सत्यताद्वारा सुसज्जित पार्नुपर्छ, र म परमेश्‍वरमा समर्पित हुनुपर्छ, र यो मामिलाको बन्धनमा पर्नु हुँदैन। यदि साँच्‍चै निकट आफ्नोजनको मृत्यु वा देहान्त भयो भने पनि, म यो कुराको बन्धनमा रहनेछैनँ। म तयार छु र म परमेश्‍वरलाई मार्गदर्शन दिनुहोस् र मेरो शक्ति बढाइदिनुहोस् भनी अनुरोध गर्छु। अगाडि जे रहेको भए पनि, म आफ्नो कर्तव्य पूरा गर्ने निर्णयप्रति पछुताउनेछैनँ, न त परमेश्‍वरको लागि सम्पूर्ण तन र मनले आफूलाई समर्पित गर्ने निर्णय नै त्याग्‍नेछु। म दृढ रहनेछु, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा पहिलेजस्तै स्वेच्छाले समर्पित रहिरहनेछु।” त्यसपछि, तैँले आफ्नो हृदयमा बारम्बार प्रार्थना गरिरहनुपर्छ, परमेश्‍वरको मार्गदर्शन खोजिरहनुपर्छ र अबउप्रान्त यो मामिलाको बन्धनमा नपरूँ भनेर उहाँलाई तेरो शक्ति बढाइदिन अनुरोध गर्नुपर्छ। चाहे तेरो निकट आफ्नोजनको मृत्यु भए नि नभए नि, तैँले यसको लागि आफ्नो कदलाई पर्याप्त तयार पार्नुपर्छ, र यसरी यस्तो घटना घटे नि नघटे नि, तँ कमजोर नहुने, परमेश्‍वरविरुद्ध गुनासो नगर्ने, र तनमन दुवैले परमेश्‍वरको लागि आफूलाई समर्पित गर्ने तेरो दृढसङ्कल्प र इच्छा नबदल्ने कुरा सुनिश्‍चित गर्नुपर्छ। के तँमा हुनुपर्ने मनोवृत्ति यही होइन र? (हो।) तेरो दाँत झरेको सपनाजस्ता कुराहरूको हकमा भन्दा, तैँले यी कुराहरूको अस्तित्व इन्कार गर्ने वा यस्ता कुराहरू पन्छाउने र बेवास्ता गर्ने गर्नु हुँदैन, र यी कुराहरू सामना गर्न अवश्य नै कुनै अनौठो वा रक्षात्मक विधिहरू प्रयोग गर्नु हुँदैन। बरु, तैँले सत्यता खोजी गर्नुपर्छ, परमेश्‍वरका योजनाबद्ध कार्यहरू स्विकार्न उहाँको अघि आउनुपर्छ; व्यर्थ त्यागहरू वा मूर्ख निर्णयहरू नगर्। पहिले अनुभव नगरेका र बुझ्न नसक्‍ने कुराहरू सामना गर्दा, अज्ञानी र जिद्दी व्यक्तिहरूले यस्तो भन्छन्, “त्यस्तो कुनै कुरा छँदै छैन,” “यो केही पनि होइन,” “यो अस्तित्वमै छैन,” वा “यो अन्धविश्‍वास मात्र हो।” परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरूले समेत यस्तो भन्छन्, “म भूतहरूमा होइन, परमेश्‍वरमा विश्‍वास गर्छु,” वा “म शैतानमा होइन, परमेश्‍वरमा विश्‍वास गर्छु। शैतान भन्‍ने नै हुँदैन!” तिनीहरूले परमेश्‍वरमाथिको आफ्नो साँचो विश्‍वास प्रमाणित गर्न यी अभिव्यक्तिहरूको प्रयोग गर्छन्, र तिनीहरूले म परमेश्‍वरमा विश्‍वास गर्छु, तर भूतहरूमा, दुष्टात्माहरूमा, भूत लाग्‍ने कुरामा, र आत्मिक क्षेत्रको अस्तित्वमा समेत विश्‍वास गर्दिनँ भनेर भन्छन्। के तिनीहरू अविश्‍वासी मात्र होइनन् र? (हजुर, हो।) तिनीहरूले गैरविश्‍वासी संसारका परम्परागत विचारहरूका ती भनाइहरू स्विकार्दैनन्, न त तिनीहरूले अन्धविश्‍वासका व्याख्याहरू वा अन्धविश्‍वाससँग सम्बन्धित कुनै तथ्यहरू नै स्विकार्छन्। तर यी कुरामा विश्‍वास नगर्नुको मतलब यी कुरा अस्तित्वमा छैनन् भन्‍ने हुँदैन। अहिले, तँलाई यी कुराहरूमा विश्‍वास नगर्न, वा यी कुराहरूबाट उम्कन वा यिनलाई इन्कार्न भनिरहेको होइन। बरु, यी मामिलाहरू सामना गर्दा, कसरी सही विचार र दृष्टिकोणहरू अपनाउने, र कसरी सही निर्णय गर्ने र सही मनोवृत्ति राख्‍ने भनेर तँलाई सिकाइरहेको हो। यो तेरो साँचो कद हुनेछ, र तँ यही कुरामा प्रवेश गर्नुपर्छ। उदाहरणको लागि, कसैले आफ्नो कपाल झरेको सपना देख्छ। सपनामा कपाल झर्नुलाई पनि अशुभ मानिन्छ। सम्बन्धित व्याख्या वा पूरा भएका घटनाहरू जेसुकै भए पनि, छोटकरीमा भन्दा, मानिसहरूसँग त्यस्ता सपनाहरूबारे नकारात्मक व्याख्या नै हुन्छ, र तिनीहरू त्यस्ता सपनाहरूले कुनै नराम्रो वा दुर्भाग्यपूर्ण घटना घट्ने सङ्केत गर्छन् भन्‍ने विश्‍वास गर्छन्। महत्त्वपूर्ण मामिलाहरू संलग्‍न नरहेका साधारण सपनाहरूबाहेक, केही विशेष सपनाहरूका केही निश्‍चित व्याख्याहरू छन्, र यी व्याख्याहरूले निश्‍चित घटनाहरू पूर्वानुमान गर्छन्, र मानिसहरूलाई केही दूरदृष्टि, चेतावनी, वा भविष्यवाणीहरू प्रदान गर्छन्, र तिनीहरूलाई भविष्यमा के हुनेछ भनेर बताउँछन् वा तिनीहरूलाई निश्‍चित चेतना प्रदान गर्छन्, र यसले मानिसहरूलाई के हुन गइरहेको छ भनेर बताउँछ ताकि तिनीहरूले आफूलाई मानसिक रूपमा तयार पार्न सकून्। तर जेसुकै हुने भए पनि, तिमीहरूले त्यसबाट बच्ने, त्यसलाई अस्वीकार गर्ने, त्यसबाट प्रतिरक्षा गर्ने, वा त्यसको प्रतिरोध गर्ने मनोवृत्ति, वा ती अवस्थाहरू समाधान गर्न मानव विधिहरू प्रयोग गर्ने मनोवृत्ति अपनाउनु हुँदैन। त्यस्ता परिस्थितिहरू सामना गर्दा, तिमीहरू अझै तत्परतासाथ परमेश्‍वरको अगाडि आउनुपर्छ र उहाँसित अगुवाइ माग्‍नुपर्छ, ताकि आसन्‍न घटनाहरू सामना गर्दा, तिनलाई अस्वीकार र प्रतिरोध गर्नुको सट्टा, तिमीहरू आफ्नो गवाहीमा दृढ रहन र आफ्नो अभ्यासलाई परमेश्‍वरका अभिप्रायअनुरूप बनाउन सक। तँलाई यसरी अभ्यास गर्न लगाउनुको मतलब यो होइन कि तैँले यी कुराहरूमा ध्यान केन्द्रित गर्नु जरुरी छ; यसको अर्थ त तँलाई यस्तो कुरा अपरिहार्य रूपमा आइपर्दा, यसलाई सामना गर्न तैँले कस्तो मनोवृत्ति अपनाउने, र यसलाई समाधान गर्न तैँले कस्तो शैली अपनाउने भनेर सिकाउनु हो। तैँले बुझ्नुपर्ने कुरा यही हो। मलाई भन् त, तँलाई यी कुरामा ध्यान केन्द्रित गर्नू भनेर भनिएको छैन, तर के यी कुराहरू दैनिक जीवनमा आइपर्दैनन् र? (आइपर्छन्।) यदि यी कुरा अस्तित्वमा छैनन् भनेर भन्छस्, तर त्यसपछि यस्तो घटना घट्यो भने, तैँले यसबारे विचार गरेर यस्तो सोच्छस् होला, “अहो, मैले यो कुरामा विश्‍वास गर्नुपर्छ, किनभने यस्तो त साँच्‍चै नै भयो!” पूर्वतयारी र सही मनोवृत्तिबिना, जब यी कुराहरू आइपर्छन्, तँ चकित हुनेछस्, तँ कुनै पनि हिसाबले तयार भएको हुँदैनस्, तँलाई परमेश्‍वरसित कसरी प्रार्थना गर्ने वा परिस्थिति कसरी सामना गर्ने भन्‍ने थाहा हुँदैन, र तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास वा साँचो समर्पणता हुँदैन। अन्त्यमा तैँले डर मात्रै महसुस गर्नेछस्। अनि, तँ जति डराउँछस्, त्यति नै तैँले परमेश्‍वरको उपस्थिति गुमाउनेछस्; परमेश्‍वरको उपस्थिति गुमाएपछि, तैँले अरू मानिसहरूलाई मात्र सहयोग माग्‍न सक्छस् र तैँले उम्कनको लागि कल्‍पना गर्न सकिने हरेक मानव विधिबारे सोच्‍नेछस्। तर जब तँ उम्कन सक्दैनस्, तैँले परमेश्‍वर अब भरोसायोग्य वा भरपर्दो हुनुहुन्‍न भनेर विश्‍वास गर्न थाल्‍नेछस्; बरु, मानिसहरू नै भरपर्दा हुन्छन् भन्‍ने तँलाई लाग्छ। अनि, अवस्था अझै खराब हुँदै जानेछ; तैँले यसलाई अन्धविश्‍वासको रूपमा लिन छोड्ने मात्र होइन, तैँले त यसलाई डरलाग्दो कुरा, तेरो नियन्त्रणभन्दा बाहिरको अवस्थाको रूपमा समेत देख्‍न थाल्‍नेछस्। त्यो बेला, तैँले सायद यसो भन्‍नेछस्, “गैरविश्‍वासीहरू र बुद्ध धर्ममा विश्‍वास गर्नेहरू र बुद्धको पूजा गर्न धूप बाल्‍नेहरू निरन्तर मन्दिर जान्छन्, धूप बाल्छन्, आशिष्‌को लागि प्रार्थना गर्छन्, भाकल पूरा गर्छन्, शाकाहारी बन्छन्, र बौद्ध धर्मशास्‍त्र जप्छन्, र यी सबै कुरा स्वाभाविकै रहेछन्। यी कुराहरूले साँच्‍चै काम गर्ने रहेछन्!” तँमा परमेश्‍वरप्रति साँचो समर्पणता र विश्‍वासको कमी नहुने मात्र होइन, तँलाई त दुष्टात्माहरू र शैतानप्रति डर लाग्‍न समेत थाल्‍नेछ। त्यसपछि, केही हदसम्म तैँले तिनीहरूको आज्ञा पालन गर्न बाध्य भएको महसुस गर्नेछस् र तैँले भन्‍नेछस्, “यी दुष्टात्माहरूसँग निहुँ खोज्‍नु हुँदैन; तिनीहरूमा विश्‍वास गर्नु राम्रो होइन, तर तिनीहरूको वरिपरि सावधानीपूर्वक हिँड्नुपर्छ। तिनीहरूको पिठ्यूँपछाडि जे मन लाग्यो त्यही भन्‍नु हुँदैन: यहाँ, वर्जित कुराहरू छन्। यी दुष्टात्माहरूसँग निहुँ खोज्‍नु हुँदैन!” तैँले अचानक यी घटनाहरूपछाडि, तेरो अपेक्षा र भौतिक संसारभन्दा बाहिरका शक्तिले काम गरिरहेका हुन्छन् भन्‍ने महसुस गर्नेछस्। अनि, जब तैँले यी कुराहरू अनुभूति गर्न थाल्छस्, तब तेरो हृदय डरले भरिएर परमेश्‍वरविहीन हुनेछ, र परमेश्‍वरमाथिको तेरो विश्‍वास घट्नेछ। त्यसैले, दाँत झरेको वा कपाल झरेको सपनाजस्ता कुराहरूको हकमा, तैँले सही मनोवृत्ति अपनाउनुपर्छ। तेरो जीवनमा आइपर्ने यी घटनाहरूसँग सम्बन्धित विशेष व्याख्या वा भविष्यवाणीहरू जस्तोसुकै भए पनि, तैँले यति मात्र गर्नुपर्छ: सबै कुरा परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गर्नु र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक हुनु—यी सबै मामिलाहरू सामना गर्दा तैँले अपनाउनुपर्ने मनोवृत्ति यही हो। परमेश्‍वरलाई पछ्याउने व्यक्तिको रूपमा तैँले लिनुपर्ने अडान र तैँले दिनुपर्ने गवाही यही हो, होइन र? (हजुर, हो।) यी सबै कुराहरू हुन सक्छन् र हरेक कुरा परमेश्‍वरको हातमा हुन्छ भनी विश्‍वास गर्; तँमा हुनुपर्ने मनोवृत्ति नै यही हो।

कतिपय मानिसहरूले निश्‍चित सङ्ख्या वा विशेष दिनहरूबारे निषेधित कुराहरूको चलन मान्छन्। उदाहरणको लागि, धेरै वर्षदेखि व्यवसायमा संलग्‍न रहेका कतिपय मानिसहरूले सम्पत्ति कमाउने कुरालाई ठूलो महत्त्व दिन्छन्, त्यसैले तिनीहरूले व्यवसायमा सम्पत्ति कमाउनेसँग सम्बन्धित सङ्ख्याहरूलाई निकै मन पराउने र महत्त्व दिने गर्छन्, र तिनीहरू आफ्नो व्यवसायमा दुर्भाग्य ल्याउने सङ्ख्याहरूबाट अलग बस्छन्। उदाहरणको लागि, कतिपय व्यक्तिहरूले ६ र ८ अङ्कलाई धेरै मन पराउँछन्, र तिनीहरूको पसलको ढोका नम्बर १६८ हुन्छ, र त्यो पसललाई “यी लु फा” भनिन्छ, जसको अर्थ सबै किसिमले धनी हुनु भन्‍ने हुन्छ, र मन्डारिन भाषामा त्यसको उच्चारण १, ६, र ८ सँग मिल्दोजुल्दो हुन्छ,[ख] जुन चिनियाँ लोककथाअनुसार भाग्यका सङ्ख्याहरू हुन्। अर्कोतर्फ, चिनियाँ परम्‍परामा ४ र ५ अङ्कलाई खराब मानिन्छ, किनकि ४ को अर्थ मृत्यु हो र ५ को अर्थ केही नहुनु, र अभाव वा खालीपन हुनु हो, र त्यसको अर्थ आफ्नो मूल लगानी उठाउन वा पैसा कमाउन असफल हुनु भन्‍ने हुन सक्छ। कतिपय चिनियाँ मानिसहरूको कारको लाइसेन्स प्लेटहरूमा पनि सबै अङ्क ६ हुन्छ, र यदि तैँले ६ अङ्कहरूको पङ्क्ति देखिस् भने, त्यो लगभग सधैँ चिनियाँ व्यक्ति नै हुनेछ। तर तिनीहरूले यति धेरै ६ अङ्कको प्रयोग गरेर कति सम्पत्ति जम्मा गरेका हुन सक्छन् भनेर कसलाई थाहा हुन्छ र? एक पटक पार्किङ्ग स्थलमा, ६४ नम्‍बरको बाहेक लगभग सबै पार्किङ्ग स्थलहरू ओगटिएको थियो। किन कसैले पनि त्यो ठाउँमा पार्किङ्ग गरेन तँलाई थाहा छ? (६४ को अर्थ मृत्यु हुन सक्छ र यसलाई अशुभ मानिन्छ।) ६४ को अर्थ सडकमा मृत्यु हुने कुरा हो। त्यो बेला, किन कसैले पनि त्यो ठाउँमा पार्किङ्ग गरेन मलाई थाहा थिएन, तर पछि मैले यसबारे गैरविश्‍वासीहरूबाट सुनेँ र बुझेँ। मन्डारिन भाषामा ६ अङ्क “सडक” जस्तो सुनिन्छ र ४ अङ्क “मृत्यु” जस्तो सुनिन्छ, र ६४ अङ्क “सडकमा मृत्यु” भनेजस्तो सुनिन्छ, त्यसैले मानिसहरूले त्यहाँ पार्किङ्ग गरेनन्। मलाई लाग्छ, तिनीहरूले पक्‍कै पनि पछि त्यो पार्किङ स्थलको सङ्ख्या ६८ मा परिवर्तन गरे होला, जुन मन्डारिन भाषामा “सबै किसिमले धनी हुनु” भनेजस्तो देखिन्छ। मानिसहरू पैसाप्रति यति धेरै आसक्त छन् कि तिनीहरूको पूरै ध्यान नै पैसामा हुन्छ। के कुनै सङ्ख्याले वास्तवमै कुनै कुरा परिवर्तन गर्न सक्छ र? यी सङ्ख्याहरूबारेका चिनियाँ मानिसहरूको भनाइले विदेशीहरूलाई पनि प्रभाव पारेको छ। हामीले घर खोजिरहेको बेला, एक घरजग्गा एजेन्टले हामीलाई सोधेका थिए, “के तपाईँहरू निश्‍चित सङ्ख्यासम्‍बन्धी निषेधहरू मान्‍नुहुन्छ? उदाहरणको लागि, यदि घरको ढोका नम्बर १४ छ भने, के त्यो ४ सङ्ख्याको कारण खराब हुन्छ?” मैले भनेँ, “मैले यसबारे कहिल्यै सोचेको छैनँ। मलाई यो भनाइबारे थाहै थिएन।” उसले भन्यो, “धेरै चिनियाँहरूले ढोका नम्बरमा ४ भएकोले यो घरलाई घरको रूपमा सोच्‍न मान्दैनन्।” मैले भनेँ, “हामीसँग सङ्ख्याबारे कुनै त्यस्तो वर्जित मान्यता छैन। हामी त बनावट, स्थान, प्रकाश, भेन्टिलेसन, घरको संरचना, गुणस्तर, र त्यस्ता अन्य कुराहरू मात्रै विचार गर्छौँ। हामी सङ्ख्याबारे वास्ता गर्दैनौँ; हामीसँग कुनै त्यस्तो वर्जित मान्यता छैन।” त्यसोभए, तँलाई के लाग्छ, यदि गैरविश्‍वासीहरूले निश्‍चित सङ्ख्याहरूबारे वर्जित मान्यता राखेमा, निश्‍चय नै केही नराम्रो घटना घट्नेछ त? (घट्छ नै भन्‍ने छैन।) हामीलाई चीनबाहिरका अन्य देशहरूमा के छ भन्‍नेबारे थाहा छैन, जस्तै दक्षिण कोरिया, जापान, फिलिपिन्स, वा केही दक्षिण-पूर्वी एसियाली देशहरूमा सङ्ख्याहरूबारे कस्तो वर्जित मान्यता छ। छोटकरीमा भन्‍नुपर्दा, हरेक देशका मानिसहरूसँग निश्‍चित सङ्ख्याहरूबारे विशेष मान्यता हुन्छ। उदाहरणको लागि, अमेरिकीहरूले ६ अङ्कलाई एकदमै मन पराउँदैनन्। पश्‍चिमीहरूले एक किसिमको धार्मिक संस्कृतिको कारण ६ अङ्कलाई मन पराउँदैनन्, किनकि बाइबलको प्रकाशको पुस्तकमा ६ अङ्कबारे नकारात्मक अर्थ उल्लेख गरिएको छ। पश्‍चिमीहरूले १३ अङ्कलाई पनि मन पराउँदैनन्। कैयौँ एलिभेटरहरूमा १३ अङ्कको तला नै हुँदैन, किनभने तिनीहरूले १३ अङ्कलाई अशुभ ठान्छन्। अर्कोतर्फ, चिनियाँ मानिसहरूले ६ र ८ अङ्कलाई भाग्यशाली सङ्ख्याहरू हुन् भन्‍ने विश्‍वास गर्छन्। त्यसोभए, कुन भनाइचाहिँ सत्य हो त? (तीमध्ये कुनै पनि होइन।) के तिमीहरू कुनै निश्‍चित सङ्ख्याहरूबारे ख्याल गर्छौ? के तिमीहरूको आफ्नै भाग्यशाली नम्बर छ? (अहँ, छैन।) ठीक छ, त्यो राम्रो कुरा हो। दक्षिणी चीनका मानिसहरूले कुनै सङ्ख्या भाग्यशाली छ छैन भन्‍नेजस्ता कुराहरूमा धेरै ध्यान दिन्छन्, र तिनीहरूले जे गर्दा पनि सही मिति छनौट गर्छन्, र चाडपर्वको बेला खानपान बार्ने कुरामा विशेष ध्यान दिन्छन्—तिनीहरूले यो कुरामा विशेष ध्यान दिन्छन्। तर सङ्ख्याको कुराले पक्‍कै पनि केही कुरा पनि स्पष्ट पार्न सक्दैन। मानिसहरूले निश्‍चित सङ्ख्याहरूलाई मन नपराउनु केही हदसम्म तिनीहरूको विश्‍वास, कल्पना, र विचार र धारणाहरूसँग सम्बन्धित कुरा हो। यी सबै मूर्ख विचार र दृष्टिकोणहरू हुन्। यदि तेरो परिवारले तँमा यस्ता विचार र दृष्टिकोणहरू हालिदिएको छ भने, तैँले यी कुराहरू त्याग्‍नुपर्छ र यी कुरामा विश्‍वास गर्नु हुँदैन। यी विचारहरू त झनै हास्यास्पद छन्—यी त अन्धविश्‍वास पनि होइनन्—यी कुराहरू समाजका पैसा भनेपछि हुरुक्क हुने मानिसहरूका हास्यास्पद र निरर्थक भनाइहरू हुन्।

कतिपय मानिसहरूले राशिचिन्हहरूलाई ठूलो महत्त्व दिन्छन्, र यो कुरा अन्धविश्‍वाससँग सम्‍बन्धित छ। आजकल त, पश्‍चिमीहरूले पनि राशिचिन्हहरूबारे कुरा गर्छन्, त्यसैले एसियालीहरूलाई मात्र यी कुराहरू थाहा छ भनेर नसोच्। पश्‍चिमीहरूलाई पनि खरायो, गोरु, मुसा र घोडाबारे थाहा छ। अरू के छन्? सर्प, ड्रागन, भाले र भेडा, होइन र? उदाहरणको लागि, पुर्खाहरू र आमाबुबाले भेडाको राशि भएका मानिसहरूले अभिशप्त जीवन पाएका हुन्छन् भन्‍ने विश्‍वास हस्तान्तरण गरेका हुन्छन्। यदि तँ भेडा राशिको होस् भने, तैँले यस्तो सोच्‍न सक्छस्, “मेरो जीवन बरबाद छ, मैले सधैँ दुर्भाग्य सामना गर्नुपर्छ। मेरो जीवनसाथी खराब छ, बच्चाहरू अटेरी छन्, र मेरो काम राम्रो भइरहेको छैन। मैले कहिल्यै पनि बढुवा पाउँदिनँ, र मलाई कहिल्यै कुनै बोनस मिल्दैन। म सधैँ अभागी छु। यदि मेरो अर्को बच्चा भयो भने, भेडाको वर्षमा जन्‍माउनेछैनँ। परिवारको एक सदस्य पहिले नै भेडा राशिवाला छ, जसको जीवन पर्याप्त रूपमा बरबाद भइसकेको छ; यदि मैले भेडा राशिको अर्को बच्‍चा जन्‍माएँ भने, हामी दुई जना हुनेछौँ। त्यसरी त हामी कसरी जिउन सक्छौँ र?” तैँले यस्तो सोच्दै यो कुरा विचार गर्छस्, “मैले भेडाको वर्षमा त बच्चा जन्माउनु हुँदैन, तर मैले कुन वर्षको लागि लक्ष्य राख्‍नुपर्ला त? अजिङ्गर? सर्प? बाघ?” यदि तँ ड्रागनको वर्षमा जन्‍मिस् भने, के यसको मतलब तँ वास्तवमै ड्रागन होस् भन्‍ने हुन्छ र? के तँ साँच्चै सम्राट बन्‍न सक्छस् र? के यो बकवास होइन र? के तँ यी राशिहरू पाउन चाहन्छस्? कतिपय मानिसहरू भन्छन्, “खरायोको वर्ष र भालेको वर्षमा जन्मेका मानिसहरू एकअर्कासँग मिल्दैनन्। म एक खरायो राशिको हुँ, त्यसैले म भाले राशिको व्यक्तिसँग अन्तरक्रिया गर्नबाट बच्नुपर्छ। हाम्रो राशि मिल्दैन, र हाम्रो गन्तव्य बाझिन्छ। मेरा आमाबुबा भन्‍नुहुन्छ, हामीजस्ता मानिसहरू विवाह गर्न उपयुक्त हुँदैनौँ र हामी एकअर्कासँग मिल्न सक्दैनौँ। तिनीहरूसँग न्यूनतम रूपमा मात्रै सम्पर्क राख्‍नु, वा कुराकानी र अन्तरक्रिया नै नगर्नु राम्रो हुन्छ। हाम्रो गन्तव्य बाझिन्छ, र यदि हामी सँगै रहेछौँ भने, मैले तिनीहरूलाई जित्‍न सक्दिनँ, र मेरो जीवन छोटो हुनेछ, होइन र? म त्यस्ता मानिसहरूबाट टाढै बस्‍नुपर्छ।” यी मानिसहरू यी भनाइहरूद्वारा प्रभावित भएका हुन्छन्। के त्यो मूर्खता होइन र? (हजुर, हो।) छोटकरीमा भन्दा, तेरो भाग्य कुनै निश्‍चित राशि भएको व्यक्तिसँग बाझिए पनि नबाझिए पनि, के यसले वास्तवमै तेरो भाग्यमा प्रभाव पार्छ र? के यसले तँलाई जीवनको सही मार्ग हिँड्‍नमा असर पार्नेछ र? (अहँ, पार्नेछैन।) कतिपय मानिसहरू आफ्नो राशिसँग मिल्‍दो व्यक्तिसँग मात्रै काम गर्न, सहकार्य गर्न, र बस्‍न इच्छुक हुन्छन्। अवचेतन रूपमा, भित्री रूपमा तिनीहरू यी भनाइहरूद्वारा प्रभावित भएका हुन्छन्, र तिनीहरूका आमाबुबा वा पुर्खाहरूले हस्तान्तरण गरेका यी भनाइहरूले तिनीहरूको हृदयमा निश्‍चित स्थान ओगटेको हुन्छ। तँलाई थाहै छ, पूर्वका मानिसहरूले राशि चिन्हहरूमा ध्यान दिन्छन्, जबकि पश्‍चिमी मानिसहरूले ज्योतिष चिन्हहरूमा ध्यान दिन्छन्। अब, समयलाई ध्यानमा राख्दै पूर्वका मानिसहरूले पनि वृश्‍चिक, कन्या, धनु, आदिजस्ता ज्योतिष चिन्‍हहरूबारे कुरा गर्न थालेका छन्। उदाहरणको लागि, धनु राशि भएको व्यक्तिले उसको व्यक्तित्व कस्तो छ सिक्छ र ऊ निश्‍चित ज्योतिष चिन्ह भएका मानिसहरूसँग मिल्न सक्छ भन्‍ने कुरा थाहा पाउँछ। जब उसले कुनै व्यक्तिको ज्योतिष चिन्ह त्यो हो भन्‍ने थाहा पाउँछ, तब ऊ त्यो व्यक्तिसँग अन्तरक्रिया गर्न इच्छुक हुन्छ, उसले त्यो व्यक्ति निकै राम्रो छ भन्‍ने सोच्छ र उसमा त्यो व्यक्तिप्रति राम्रो छाप परेको हुन्छ। यस्ता व्यक्तिहरू परिवारले अभ्यस्त गराउने परम्‍पराहरूबाट पनि प्रभावित भएका हुन्छन्। चाहे त्यो पूर्वी राशिचिन्ह होस् वा पश्‍चिमी ज्योतिष चिन्‍ह होस्, चाहे भाग्य बाझिने वा चिन्‍हहरू मिल्‍ने कुरा वास्तविक होस् वा नहोस्, र यी कुराहरूले तँलाई कुनै प्रभाव पारून् वा नपारून्, तैँले यी कुराहरूबारे कस्तो दृष्टिकोण अपनाउनुपर्छ भन्‍ने कुरा बुझ्नुपर्छ। अनि, तैँले केचाहिँ बुझ्नुपर्छ त? व्यक्ति जन्मेको समय, उसको जन्म भएको दशक, उसको जन्म भएको महिना र समय—यी सबै एक व्यक्तिको नियतिसँग सम्बन्धित रहेको हुन्छ। तेरो नियतिबारे भाग्य हेर्ने वा अनुहार हेरेर भाग्य बताउने व्यक्तिले जेसुकै भने पनि, तेरो ज्योतिष चिन्ह वा राशि चिन्ह राम्रो भए नि नभए नि, ती जतिसुकै ट्वाक्‍कै मिल्ने भए पनि—के फरक पर्छ र? यसले के कुरा स्पष्ट पार्छ? के यसले तेरो नियति परमेश्‍वरले पहिले नै मिलाइसक्‍नुभएको छ भन्‍ने कुरा थप रूपमा प्रमाणित गर्दैन र? (गर्छ।) तेरो विवाह कस्तो हुनेछ, तँ कहाँ बस्‍नेछस्, तेरा वरिपरि कस्ता मानिसहरू हुनेछन्, तैँले आफ्नो जीवनमा कति धेरै भौतिक धनको आनन्द लिनेछस्, तँ धनी हुनेछस् कि गरिब हुनेछस्, तैँले कति कष्ट भोग्‍नेछस्, तेरा बालबच्‍चा कति हुनेछन्, र तेरो आर्थिक सम्पत्ति कति हुनेछ—यी सबै कुरा पहिले नै तोकिएको हुन्छ। तैँले विश्‍वास गर पनि नगरे नि, भाग्य बताउनेले तेरो लागि यो गणना गरेर निकाले नि ननिकाले नि, यो उही हुनेछ। के यी कुराहरू जान्नु महत्त्वपूर्ण छ र? कतिपय मानिसहरू जान्‍न एकदमै उत्सुक हुन्छन्, “मेरो भविष्यको श्रीसम्पत्ति कस्तो हुनेछ? म गरिब हुनेछु कि धनी? के मैले फाइदाजनक मानिसहरूलाई भेट्नेछु? के कुनै मानिसहरू छन् जोसँग मेरो भाग्य बाझिन्छ? के मैले मेरो जीवनमा कुनै प्रतिकूल मानिसहरूलाई भेट्नेछु? म कुन उमेरमा मर्नेछु? के म रोग, थकान, तिर्खा, वा भोकले मर्नेछु? म कसरी मर्नेछु? के यो पीडादायी वा लाजमर्दो हुनेछ?” के यी कुराहरू जान्‍नु उपयोगी हुन्छ? (हुँदैन।) सारांशमा भन्दा, यो विषयमा तँ एउटा कुराप्रति निश्‍चित हुनु आवश्यक छ: सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तेरो राशि चिन्‍ह वा ज्योतिष चिन्ह जे भए नि, वा तँ जन्मको समय र मिति जे भए नि, सबै कुरा परमेश्‍वरले पहिले नै निर्धारण गरिसक्‍नुभएको छ। अनि, सबै कुरा पहिले नै तोकिसकिएको हुनाले नै, तैँले आफ्नो जीवनमा अनुभव गर्ने समृद्धि र धन, साथै तँ बस्‍ने वातावरण तेरो जन्म हुनुअघि नै परमेश्‍वरले निर्धारित गरिसक्‍नुभएको थियो, र त्यसैले तैँले यी विषयहरूलाई अन्धविश्‍वाससाथ हेर्ने वा अशुभ क्षणहरूबाट बच्न वा भाग्यशाली क्षणहरू जोगाउन र कायम राख्‍न, निश्‍चित उपायहरू अपनाउँदै, सांसारिक व्यक्तिहरूको दृष्टिकोणबाट हेर्नु आवश्यक छैन। नियतिलाई लिने तेरो तरिका यस्तो हुनु हुँदैन। उदाहरणको लागि, यदि निश्‍चित उमेरमा तँलाई गम्भीर रोग लाग्‍नेबारेमा पहिले नै तोकिसकिएको छ रे, अनि अनुहार हेरेर भाग्य बताउने व्यक्तिले तेरो ज्योतिष चिन्ह, राशि चिन्ह, वा जन्मेको समयको आधारमा तँलाई यो कुरा औँल्याइदिन्छ भने, तब तैँले के गर्नेछस्? तँ डराउनेछस् कि समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास गर्नेछस्? (प्रकृतिलाई आफ्नो मार्ग लिन दिनेछु र परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुनेछु।) मानिसहरूले अपनाउनुपर्ने मनोवृत्ति यही हो। तेरो नियतिमा जे भए नि जे नभए नि, यो सबै परमेश्‍वरले पहिले नै पूर्वनिर्धारित गरिसक्‍नुभएको हुन्छ। तँलाई मन परे नि नपरे नि, तँ यसलाई स्वीकार गर्न इच्छुक भए नि नभए नि, र तँसँग यसलाई सामना गर्ने क्षमता भए नि नभए नि, यी सबै कुरा परमेश्‍वरले पहिले नै तोकिसक्नुभएको हुन्छ। तँमा हुनुपर्ने मनोवृत्ति भनेको यी तथ्यहरूलाई सृष्टि गरिएको प्राणीको रूपमा स्वीकार गर्नु हो। चाहे यस्तो कुरा भएको भए नि नभए नि, र तँ यसलाई सामना गर्न इच्छुक भए नि नभए नि, तैँले यसलाई सृष्टि गरिएको प्राणीको रूपमा स्वीकार र सामना गर्नुपर्छ, तर तैँले भविष्यमा के हुनेछ भनेर जान्‍न र त्यसलाई जतिसक्दो चाँडो रोक्‍न ज्योतिषविद्या, राशि चिन्हहरू, वा अनुहार हेरेर भाग्य बताउने मानिसहरूबाट सल्‍लाह लिने वा विभिन्‍न स्रोत-साधनहरू खोजी गर्ने गर्नु हुँदैन। परमेश्‍वरले तेरो लागि तय गर्नुभएको भाग्य र जीवनलाई यस्तो मनोवृत्तिले हेर्नु गलत हुन्छ। केही मानिसहरूका आमाबुबाले तिनीहरूको लागि भाग्य हेरिदिने मानिसहरू खोजिल्याउँछन् र भाग्य हेर्ने ती मानिसहरूले भन्छन्, “तपाईँको ज्योतिष चिन्ह, साथै तपाईँको चिनियाँ राशि चिन्ह र जन्म समयअनुसार, तपाईँ जीवनमा आगोबाट टाढा बस्‍नुपर्छ।” यो सुनेपछि, तिनीहरूले यसलाई सम्झन्छन् र यसमा विश्‍वास गर्छन्, र पछि यो कुरा तिनीहरूको दैनिक जीवनको एउटा सामान्य निषेध नै बन्छ। उदाहरणको लागि, यदि कसैको नाममा “आगो” अर्थ दिने अक्षर छ भने, तिनीहरू त्यो व्यक्तिसँग अन्तरक्रिया गर्दैनन्, र अन्तरक्रिया गरे नै भने पनि, तिनीहरू उनीहरूको नजिक जानेछैनन् वा उनीहरूसित नजिकबाट सम्पर्क गर्नेछैनन्। तिनीहरू आगोदेखि डराउँछन् र यसबाट जोगिएर बस्छन्। उदाहरणको लागि, यदि कसैको नाम ली क्यान छ भने, तिनीहरूले आफ्नो दिमागमा यो कुरा सोच्छन्, “‘क्यान’ अक्षरमा त एउटा धातु ‘आगो’ र एउटा ‘पहाड’ हुन्छ: यो नराम्रो हो, यसमा धातु ‘आगो’ छ, त्यसैले मैले तिनीहरूसँग अन्तरक्रिया गर्नु हुँदैन—मैले टाढै बस्‍नुपर्छ।” तिनीहरूलाई त्यो व्यक्तिसँग अन्तरक्रिया गर्न डर लाग्छ। अनि सकेसम्‍म, तिनीहरू घरको भान्सामा चुलाबाट टाढा बस्‍नेछन्, तिनीहरू मैनबत्ती बालिने रात्रि भोजमा सहभागी हुँदैनन्, आगो बालेर मनाइने पार्टीमा सहभागी हुनेछैनन्, वा फायरप्लेस राखिएको घरमा जाँदैनन्, किनकि यी सबैमा आगो हुन्छ। यदि तिनीहरू यात्रामा जान चाहन्छन्, र कुनै निश्‍चित ठाउँमा ज्वालामुखी छ भन्‍ने सुने भने, तिनीहरू त्यहाँ जाँदैनन्। जब तिनीहरू सुसमाचार सुनाउन कतै जान्छन्, तिनीहरूले सुसमाचार सुनाउन लागेका व्यक्तिहरूको नामथर सोधपुछ गर्छन्, र तिनीहरूको नाममा “आगो” अर्थ दिने अक्षर नहुने कुरा सुनिश्‍चित गर्छन्, र यदि त्यो व्यक्ति घरमा फलामको काम गर्ने लोहार हो भने त तिनीहरू त्यो व्यक्तिकहाँ कदापि जाँदै जाँदैनन्। तिनीहरूले आफ्नो चेतनामा सबै कुरा परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गरे पनि र तिनीहरूलाई आफू डराउनु हुँदैन भन्‍ने थाहा भए पनि, त्यस्ता वर्जित मामिलाहरू सामना हुनेबित्तिकै, तिनीहरू चिन्तित र भयभीत हुन थाल्छन्, र तिनीहरूले त्यो वर्जित मान्यता तोड्ने हिम्मत गर्दैनन्। तिनीहरू जहिले पनि सहन नसकिने दुर्घटना र प्रकोपहरू आउलान् कि भनेर डराइरहन्छन्। तिनीहरूसँग परमेश्‍वरमाथिको साँचो विश्‍वास हुँदैन। तिनीहरूले अन्य पक्षहरूमा आज्ञाकारी हुन, कठिनाइ सहन, र मूल्य चुकाउन सक्छन्, तर यो एउटा कुरालाई भने तिनीहरूले सहनै सक्दैनन्। उदाहरणको लागि, यदि कसैले तिनीहरूलाई “तिमीले आफ्नो सम्पूर्ण जीवनभरि कहिल्यै पुल तर्नु हुँदैन। यदि तिमीले पुल तर्‍यौ भने, दुर्घटना हुनेछ, र यदि तिमीले धेरै पुल तर्‍यौ भने, त्यो त अझै खतरनाक हुनेछ, र तिम्रो जीवन जोखिममा पर्नेछ” भनेर भन्यो भने, तिनीहरूले यी शब्दहरू स्मरण गर्नेछन्, र पछि, चाहे काम गर्न जाँदा होस् वा साथीहरूसँग भेटघाट गर्दा होस्, वा जमघटहरूमा जाँदा होस्, तिनीहरू पुलबाट जाँदैनन्, बरु घुमेर जान्छन्, किनभने तिनीहरूलाई यो वर्जित मान्यता तोडिएला कि भन्‍ने डर हुन्छ। तिनीहरूलाई आफू त्यसरी नै मरिएला कि भन्‍ने त विश्‍वास हुँदैन, तर यो कुराले तिनीहरूलाई चिन्तित तुल्याउँछ। कहिलेकाहीँ, पुल तर्नेबाहेक तिनीहरूसँग अरू कुनै विकल्प हुँदैन, र त्यो पुल तरेपछि, तिनीहरूले भन्छन्, “मलाई सबै कुरा परमेश्‍वरको हातमा छ भन्‍ने विश्‍वास छ। यदि परमेश्‍वरले मलाई मर्न दिनुभएन भने, म मर्नेछैनँ।” तैपनि, तिनीहरूको हृदय अझै पनि यो भनाइको कारण त्रसित नै रहन्छ, र तिनीहरूले यसलाई बिर्सन सक्दैनन्। कतिपय मानिसहरूले पानी तिनीहरूको भाग्यको विपरीत दिशामा बग्छ भनेर भन्छन्, त्यसैले तिनीहरू खोला वा इनारको नजिक जान मान्दैनन्। एउटी बहिनीको आँगनमा स्विमिङ पुल थियो, त्यसैले तिनीहरू भेलाको लागि उसको घरमा गएनन्, र जब तिनीहरूको खानपान र बसाइ बन्दोबस्त गर्ने मेजमान परिवर्तन गरियो, तर उक्त मेजमानको घरमा माछाको ट्याङ्की थियो र त्यहाँ पनि तिनीहरू गएनन्। तिनीहरू पानी भएको कुनै पनि ठाउँमा जाँदैनथे र बगेको होस् वा जमेको होस्, तिनीहरूले कहिल्यै पानी छुँदैनथे। दैनिक जीवनमा, पारिवारिक अभ्यस्तीकरणबाट आउने यी हास्यास्पद भनाइहरू परम्परागत संस्कृति र अन्धविश्‍वाससँग सम्‍बन्धित छन्। केही हदसम्म, यी भनाइहरूले केही मामिलाहरूसम्‍बन्धी मानिसहरूको दृष्टिकोण प्रभावित पार्छन् र तिनीहरूको दैनिक चलन वा जीवनशैलीमा असर पुर्‍याउँछन्। यो कुराले, केही हदसम्म, मानिसहरूका विचारहरू बाँध्छ र काम गर्ने तिनीहरूका सिद्धान्तहरू र सही विधिहरू नियन्त्रित पार्छ।

कतिपय मानिसहरू भन्छन्, “यदि यी परम्परा र अन्धविश्‍वासहरू इसाई धर्मबाहिरका निश्‍चित परम्परागत विचार र अन्धविश्‍वासहरूसँग सम्बन्धित छन् भने, हामीले आलोचना गर्दै यी कुराहरू त्याग्‍नुपर्छ। तर अर्थोडक्स धर्मका निश्‍चित विचार, दृष्टिकोण, परम्पराहरू, वा अन्धविश्‍वासहरूको कुरा आयो भने, के तिनलाई मानिसहरूले त्याग्‍नु आवश्यक हुँदैन होइन र? के तिनलाई हाम्रो दैनिक जीवनमा सम्झना गर्नुपर्ने र कायम राख्‍नुपर्ने चाडपर्व वा जीवनशैलीको रूपमा विचार गरिनुपर्दैन र?” (होइन, हामीले यी दुवै कुरा त्याग्‍नुपर्छ किनभने यी दुवै परमेश्‍वरबाट आएका होइनन्।) उदाहरणको लागि, इसाई धर्मको सबैभन्दा ठूलो चाड ख्रीष्टमस हो—के तिमीहरूलाई यसबारेमा केही थाहा छ? आजकल, पूर्वका केही प्रमुख सहरहरूले पनि ख्रीष्टमस मनाउँछन्, ख्रीष्टमस पार्टीहरू आयोजना गर्छन्, र ख्रीष्टमस पूर्वसन्ध्या मनाउँछन्। ख्रीष्टमसबाहेक, इस्टर र निस्तार चाड पनि छन्, र ती दुवै प्रमुख धार्मिक पर्वहरू हुन्। केही चाडमा टर्की र बारबेक्यू खाइन्छ, जबकि अरूमा रातो र सेतो क्यान्डी केन खाइन्छ, जुन मानिसहरूको पापबलि बन्‍नुभएका प्रभु येशूको अमूल्य रगतको प्रतीक हो, र यसले तिनीहरूलाई पवित्र तुल्याउँछ। रातो रङ्गले प्रभु येशूको बहुमूल्य रगत प्रतिनिधित्व गर्छ, सेतो रङ्गले पवित्रता प्रतिनिधित्व गर्छ, र मानिसहरूले यस्ता मिठाई खान्छन्। इस्टरको समयमा इस्टर अण्डा खाने परम्परा पनि छ। यी सबै चाडपर्वहरू ईसाई धर्मसँग सम्बन्धित छन्। केही ईसाई उपमाहरू पनि छन्, जस्तै मरियम, येशू र क्रूसका चित्रहरू। यी चीजहरू ईसाई धर्मबाट विकसित भएका हुन् र, मेरो विचारमा, ती पनि एक प्रकारका परम्परा नै हुन्। यी परम्पराहरूको पछाडि, केही अन्धविश्‍वासहरू अवश्य नै समावेश रहेको हुनुपर्छ। यी अन्धविश्‍वासी कुराहरूको विषयवस्तु जे भए पनि, छोटकरीमा भन्दा, जबसम्म यी कुराहरूमा सत्यता, मानिसहरूले लिने बाटो, वा सृष्टि गरिएका प्राणीहरूप्रतिका परमेश्‍वरका मापदण्डहरू समावेश हुँदैनन्, तबसम्‍म यी कुराहरूको तिमीहरू अहिले प्रवेश गर्नुपर्ने कुरासँग कुनै सरोकार हुँदैन, र तिमीहरूले यी कुराहरू त्याग्‍नुपर्छ। यी कुराहरूलाई पवित्र र अनुल्लङ्घनीय मान्‍नु हुँदैन, तर यिनलाई अवश्य नै तुच्छ ठान्‍नु पनि आवश्यक छैन—यिनलाई सही रूपमा लिए पुग्छ। के यी चाडपर्वसँग हाम्रो कुनै सम्बन्ध छ? (छैन।) हामीसँग यिनको कुनै सम्बन्ध छैन। एक पटक एक विदेशीले मलाई सोधेको थियो, “के तपाईँहरू ख्रीष्टमस मनाउनुहुन्छ?” मैले भने, “मनाउँदैनौँ।” “त्यसोभए के तपाईँहरू चिनियाँ नयाँ वर्ष मनाउनुहुन्छ? वसन्त पर्व?” मैले भने, “मनाउँदैनौँ।” “त्यसोभए तपाईँहरू कुन चाड मनाउनुहुन्छ?” मैले भनेँ, “हाम्रो कुनै चाड छैन। हाम्रो लागि हरेक दिन उस्तै हो। हामी आफूलाई मन लागेको जुनसुकै खानेकुरा जुनसुकै दिन खान्छौँ, तर त्यो चाड भएकोले होइन। मेरो कुनै परम्परा छैन।” उसले सोध्यो, “किन?” मैले भनेँ, “कुनै कारण छैन। यस्तो जीवन कुनै बाधाविनाको स्वतन्त्र जीवन हो। हामी कुनै पनि औपचारिकताबिना जिउँछौँ, हामी त बस नियमहरू पालना गर्दै, खानपान गर्दै, आराम गर्दै, काम गर्दै, र परमेश्‍वरले दिनुभएको समय र मापनअनुसार, प्राकृतिक र स्वतन्त्र रूपमा, बिनाऔपचारिकता अघि बढिरहन्छौँ।” अवश्य नै, विशेष धार्मिक वस्तु क्रूसलाई कतिपय मानिसहरू पवित्र मान्छन्। तर के क्रूस पवित्र छ? के यसलाई पवित्र भनी वर्णन गर्न सकिन्छ? के मरियमको चित्र पवित्र छ? (अहँ, पवित्र छैन।) के येशूको तस्बिर पवित्र छ? छ भन्‍ने हिम्‍मत तिमीहरू त्यति गर्दैनौ। येशूको तस्बिर किन पवित्र छैन? किनकि यो चित्र मानिसहरू बनाएका हुन्, यो परमेश्‍वरको साँचो रूपअनुसार छैन र परमेश्‍वरसँग यसको कुनै सम्बन्ध छैन। यो एउटा चित्र मात्र हो। मरियमको चित्र पनि उस्तै हो। येशू कस्तो देखिनुहुन्थ्यो कसैलाई थाहा छैन, त्यसैले तिनीहरू अन्धाधुन्ध उहाँको चित्र कोर्छन्, र चित्र बनाइसकेपछि, तँलाई त्यो चित्रतिर हेर्दै आराधना गर्न लगाउँछन्। के त्यो चित्रको आराधना गर्दा तँ मूर्ख हुँदैनस् र? तैँले आराधना गर्नुपर्ने त परमेश्‍वर हुनुहुन्छ। तैँले कुनै मूर्ति, चित्र वा तस्बिरको अघि झुक्‍ने औपचारिकता प्रदर्शन गर्नु हुँदैन; आराधना भनेको कुनै वस्तुअगाडि झुक्‍नु होइन। तैँले परमेश्‍वरको आराधना गर्नुपर्छ र हृदयमा उहाँलाई सम्‍मान गर्नुपर्छ। मानिसहरू परमेश्‍वरका वचनहरू र उहाँको वास्तविक व्यक्तित्वअघि लम्पसार पर्नुपर्छ, तर क्रूसअघि वा मरियम वा येशूका चित्रहरूअघि झुक्‍नु हुँदैन किनभने ती सबै मूर्तिहरू हुन्। क्रूस परमेश्‍वरको कामको दोस्रो चरणको एउटा प्रतीक मात्र हो। परमेश्‍वरको स्वभाव, सार, वा मानवजातिप्रतिका उहाँका मापदण्डहरूसँग यसको कुनै सम्बन्ध छैन। यसले परमेश्‍वरको स्वरूप प्रतिनिधित्व गर्दैन, उहाँको सार प्रतिनिधित्व गर्नु त परको कुरा हो। त्यसकारण, क्रूस लगाउँदैमा त्यसले परमेश्‍वरप्रतिको तेरो डर, वा तँसँग सुरक्षा जन्तर छ भन्‍ने कुरा प्रतिनिधित्व गर्दैन। मैले कहिल्यै क्रूसको प्रतिनिधित्व गरेको छैन। मेरो घरमा कुनै क्रूसको चिन्‍ह छैन, र यस्ता कुनै पनि कुराहरू छैनन्। त्यसकारण, जहाँसम्‍म ख्रीष्टमस र इस्टर नमान्‍ने कुरा छ, मानिसहरूले यी कुराहरू सजिलैसँग त्याग्‍न सक्छन्, तर यदि यी कुरा क्रूस, मरियम र येशूका चित्रहरू, वा बाइबलजस्ता धार्मिक पक्षहरूसँग सम्‍बन्धित छन् भने, जब तैँले तिनीहरूलाई क्रूस वा मरियम वा येशूको चित्र फ्याँक्‍न लगाउँछस्, तब तिनीहरूले यस्तो सोच्नेछन्, “अहो, यो त एकदमै, एकदमै अप्रासङ्गिक कुरा हो। तुरुन्तै परमेश्‍वरसँग क्षमा माग्‍नुहोस्, क्षमा माग्नुहोस्…।” मानिसहरूलाई यसका दुष्परिणामहरू हुनेछन् भन्‍ने लाग्छ। अवश्य नै, तैँले जानीजानी यी वस्तुहरू नष्ट गर्ने कुनै काम गर्नु हुँदैन, न त तँसँग यस्ता कुराहरूप्रति कुनै सम्‍मान नै हुनुपर्छ। यी त केवल वस्तुहरू हुन् र परमेश्‍वरको सार वा पहिचानसँग यिनको कुनै सम्बन्ध हुँदैन। यो तैँले जान्‍नुपर्ने कुरा हो। अवश्य नै, मानिसहरूले तोकेको ख्रीष्टमस र इस्टर चाडबारे भन्दा, परमेश्‍वरको पहिचान वा सार, उहाँको काम, वा मानिसहरूप्रतिका उहाँका मापदण्डहरूसँग यिनको कुनै सम्‍बन्ध छैन। यदि तैँले एक सय वा दश हजार ख्रीष्टमस मनाइस् भने पनि, र तैँले जति धेरै जुनीहरूमा ख्रीष्टमस वा इस्टर मनाए पनि, यो सत्यता बुझ्‍ने कार्यको विकल्प होइन। तैँले यी कुराहरूप्रति सम्‍मान प्रकट गर्दै यस्तो भन्‍नुपर्दैन, “मैले पश्‍चिमी देश जानैपर्छ। पश्‍चिममा मैले ख्रीष्टमस मनाउन पाउँछु। ख्रीष्टमस पवित्र छ। ख्रीष्टमस भनेको परमेश्‍वरको काम सम्झना गर्ने दिन हो। यो हामीले सम्झनुपर्ने दिन पनि हो। हामी यो दिन गम्भीर हुनुपर्छ। इस्टर पनि सबैको ध्यान आकर्षित गर्ने दिन हो। यो देहधारी परमेश्‍वर मृतबाट पुनरुत्थानित हुनुभएको सम्झना गर्ने दिन हो। यस्तो दिन हामी सँगै रमाउनुपर्छ, र उत्सव मनाउँदै एकअर्कालाई बधाई दिनुपर्छ, र यो दिनको सधैँ सम्झना गर्नुपर्छ।” यी सबै मानव कल्पनाहरू हुन्, र परमेश्‍वरलाई यी कुराको आवश्यकता छैन। यदि मानिसहरूले यी दिनहरू स्मरण गरेको परमेश्‍वर चाहनुहुन्थ्यो भने, उहाँले तँलाई वर्ष, महिना, दिन, घण्टा, मिनेट, र सेकेन्ड ठ्याक्‍कैसित बताउनुहुनेथ्यो। यदि उहाँले तँलाई वर्ष, महिना र दिन ठ्याक्‍कैसित बताउनुभएको छैन भने, यसले तँलाई मानिसहरूले यी दिनहरू मनाऊन् भनेर परमेश्‍वर चाहनुहुन्‍न भन्‍ने बताउँछ। यदि तैँले यी दिनहरू स्मरण गरिस् भने, तैँले परमेश्‍वरका बन्देजहरू उल्लङ्घन गर्नेछस् र यो कुरा उहाँले मन पराउनुहुनेछैन। परमेश्‍वरलाई यस्तो कुरा मन पर्दैन, तर तँ यसै गर्न जिद् कस्छस्, र परमेश्‍वरको आराधना गरिरहेको छु भनी दाबी गर्छस्। त्यसपछि परमेश्‍वरलाई तँप्रति अझै धेरै घृणा लाग्छ, र तँ मर्नलायक बन्छस्। कुरो बुझिस्? (बुझेँ।) यदि तँ अहिले यी चाडहरू मनाउन चाहन्छस् भने, परमेश्‍वरले तँलाई ध्यान दिनुहुनेछैन, र ढिलोचाँडो तैँले आफ्‍नो गलत कार्यको मूल्य चुकाउनेछस् र जिम्मेवारी बेहोर्नेछस्। तसर्थ, म तँलाई भन्छु, क्रूसको अगाडि धेरै पटक दण्डवत् गर्नु र आफ्नो शिर झुकाउनुभन्दा परमेश्‍वरको वचन साँचो रूपमा बुझ्नु र उहाँका वचनहरू पछ्याउनु नै तेरो लागि अझ महत्त्वपूर्ण हुन्छ। यस्तो दण्डवत् गर्ने र झुक्‍ने कार्य तैँले जति पटक गरे पनि, त्यो बेकार हुन्छ र त्यसको अर्थ तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको छस्, उहाँका वचनहरू स्विकारिरहेको छस्, वा उहाँले तोक्‍नुभएका सिद्धान्तहरूअनुसार काम गरिरहेको छस् भन्‍ने हुँदैन। परमेश्‍वरले यस्तो कार्य सम्झनुहुनेछैन। त्यसकारण, यदि तँलाई क्रूस निकै पवित्र छ जस्तो लाग्छ भने, आजैदेखि तैँले यो विचार र दृष्टिकोण त्याग्‍नुपर्छ र हृदयको गहिराइबाट तेरो त्यो प्रिय क्रूस फ्याँक्‍नुपर्छ। यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्दैन, र यसलाई आराधना गर्नु भनेको तँ भक्त हुनु होइन। यसलाई बहुमूल्य र प्रिय ठान्‍नु, वा यसलाई दिनभरि आफ्‍नो काँधमा बोक्‍नुको मतलब तैँले परमेश्‍वरको आराधना गरिरहेको छस् भन्‍ने हुँदैन। क्रूस त परमेश्‍वरको कामको एक चरणमा प्रयोग गरिएको एउटा औजार मात्र थियो, र परमेश्‍वरको सार, स्वभाव, वा पहिचानसँग यसको कुनै सम्बन्ध छैन। यदि तँ क्रूसलाई परमेश्‍वरलाई जस्तै आराधना गर्न जिद्दी गर्छस् भने, परमेश्‍वरले यस्तो कार्यलाई घृणा गर्नुहुन्छ। तँलाई परमेश्‍वरले स्मरण नगर्नुहुने मात्र होइन, उहाँले तँलाई तिरस्कार समेत गर्नुहुनेछ। यदि तैँले यस कुरामा जिद्दी गर्दै “म तपाईँको कुरा सुन्दिनँ। मेरो नजरमा क्रूस पवित्र र अटल छ। तपाईँले क्रूस महत्त्वपूर्ण छैन र यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्दैन भनेर बोल्नुभएका शब्‍दहरूमा म विश्‍वास वा स्वीकार गर्दिनँ” भनेर भन्छस् भने, तँलाई जे ठीक लाग्छ त्यही गर्न सक्छस् र यसले अन्त्यमा तँलाई कहाँ पुर्‍याउनेछ भनेर आफै हेर्न सक्छस्। परमेश्‍वर क्रूसबाट ओर्लनुभएको धेरै भइसक्यो। परमेश्‍वरको कामको एउटा चरणमा प्रयोग गरिएको सबैभन्दा अस्पष्ट उपकरण यही थियो। यो एउटा वस्तु मात्रै हो र परमेश्‍वरको नजरमा यसलाई प्रदान गर्नैपर्ने कुनै मूल्य छैन। अनि अवश्य नै, तैँले यसलाई कदर, प्रेम, सम्‍मान वा आदर गर्नुपर्ने कुनै आवश्यकता छैन। यो सबै अनावश्यक छ। बाइबललाई पनि मानिसहरू हृदयमा अत्यन्तै प्रिय ठान्छन्। तिनीहरूले बाइबल पढ्न छोडेका भए पनि, यसले अझै पनि तिनीहरूको हृदयमा एउटा निश्‍चित स्थान ओगटेको हुन्छ। तिनीहरूले अझै पनि आफ्ना परिवार वा पुर्खाहरूले हस्तान्तरण गरेका बाइबलसम्‍बन्धी दृष्टिकोणहरू पूर्ण रूपमा त्याग्‍न सक्दैनन्। उदाहरणको लागि, कहिलेकहीँ जब तँ बाइबल पन्छाउँछस्, तैँले यस्तो सोच्‍न सक्छस्, “अहो, म के गर्दै छु? यो त बाइबल पो हो त। मानिसहरूले यसको कदर गर्नुपर्छ! बाइबल पवित्र छ र यसलाई साधारण पुस्तकजस्तो लापरवाही गर्नु हुँदैन। यसमा यति धेरै धुलो जम्मा भएको छ र कसैले पनि यसलाई सफा गर्ने कष्ट गरेको छैन। यो पुस्तकका कुनाहरू दोब्रिएका छन् तर कसैले पनि ती सीधा पारेका छैनन्।” मानिसहरूले बाइबललाई पवित्र र अटल कुरा हो जस्तै गरी व्यवहार गर्ने यसप्रकारको विचार र दृष्टिकोण त्याग्‍नुपर्छ।

हामीले भर्खरै छलफल गरेको परिवारबाट आएका यी परम्परा र अन्धविश्‍वासहरू, र धर्मसँग सम्‍बन्धित विभिन्‍न विचार, दृष्टिकोण, र जीवनशैलीहरू, र मानिसहरूको अन्धविश्‍वास रहेका वस्तुहरू, वा तिनीहरूले कदर वा सम्‍मान गर्ने कुराहरू सबैले नै मानिसहरूमा निश्‍चित गलत जीवनशैली, विचार, र दृष्टिकोणहरू हालिदिएका हुन्छन्, र तिनीहरूको जीवन, जीविका र अस्तित्वलाई अदृश्य रूपमा पथभ्रष्ट पारेका हुन्छन्। यसरी आएको गलत दिशाले मानिसहरूलाई दैनिक जीवनमा थाहै नपाई सही कुरा, सकारात्मक विचार, र सकारात्मक कुराहरू स्विकार्ने प्रयासमा बाधा दिनेछ, र तिनीहरूले अनजानमै केही मूर्खतापूर्ण, तर्कहीन र केटाकेटी शैलीका कुराहरू गर्नेछन्। यही कारणले गर्दा नै, मानिसहरूसँग यी मामिलाहरूबारे सही हेराइ, र सही विचार र दृष्टिकोण हुनु आवश्यक छ। यदि कुनै कुरा सत्यतासँग सम्‍बन्धित छ र त्यससँग मेल खान्छ भने, तैँले यसलाई आफ्नो जीवन र अस्तित्वको लागि अनुसरण गर्ने सिद्धान्तको रूपमा स्वीकार र अभ्यास गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। तर यदि त्यो सत्यतासँग सम्‍बन्धित छैन र त्यो परम्परा वा अन्धविश्‍वास मात्र हो, वा त्यो धर्मबाट आएको कुरा मात्र हो भने, तैँले त्यसलाई त्याग्‍नुपर्छ। अन्त्यमा, आज हामीले सङ्गति गरेको विषयवस्तुमा एउटा विशिष्ट कुरा छ: परम्परा, अन्धविश्‍वास र धर्मको कुरा आउँदा, तैँले ती स्विकारे पनि नस्विकारे पनि, तैँले ती अनुभव गरेको भए पनि वा नभए पनि, वा तैँले तिनलाई जति नै मान्यता दिए पनि, छोटकरीमा भन्नुपर्दा, परम्परा र अन्धविश्‍वासमा निश्चित भनाइहरू छन्, जुन वस्तुगत रूपले, तथ्यगत रूपले अस्तित्वमा रहन्छन्, र निश्चित हदसम्म ती कुराले सबै मानिसको दैनिक जीवनमा असर पार्छन् र बाधा दिन्छन्। त्यसकारण, तिमीहरूले यस मामिलालाई कसरी हेर्नुपर्छ? कतिपय मानिसहरू भन्छन्, “तिमीले यसमा विश्‍वास गर्नुपर्छ। यदि तिमी यसले भनेको कुरा पालना गर्दैनौ भने, यसका परिणामहरू भोग्‍नुपर्नेछ—त्यसपछि तिमी के गर्नेछौ?” के तँलाई विश्‍वासी र अविश्‍वासीबीच रहेको सबैभन्दा ठूलो भिन्‍नता थाहा छ? (त्यो सबैभन्दा ठूलो भिन्‍नता के हो भने, विश्‍वासीहरूले सबै कुरा परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गर्छन्, जबकि अविश्‍वासीहरूले सधैँ आफ्नो भाग्य आफै परिवर्तन गर्ने प्रयास गर्छन्।) अर्को कुरा के हो भने, विश्‍वासीहरूसँग परमेश्‍वरको उपस्थिति र सुरक्षा हुन्छ, त्यसैले वास्तविक जीवनमा आउने यी विभिन्‍न अन्धविश्‍वासका घटनाहरूले तिनीहरूलाई असर गर्दैनन्। तर अविश्‍वासीहरूसँग परमेश्‍वरको सुरक्षा नहुने र तिनीहरूले उहाँको सुरक्षा वा सार्वभौमिकतामा विश्‍वास नगर्ने हुनाले, तिनीहरूलाई दैनिक जीवनमा विभिन्‍न अशुद्ध पिशाच र दुष्टात्माहरूले नियन्त्रण गर्छन्। त्यसकारण, तिनीहरूले आफूले गर्ने सबै कुरामा वर्जित मान्यताप्रति ध्यान दिनुपर्छ। यी वर्जित मान्यताहरू कहाँबाट आएका हुन्छन्? के ती परमेश्‍वरबाट आएका हुन्छन्? (अहँ, होइन।) तिनीहरू किन यी कुराहरूबाट जोगिनुपर्छ? तिनीहरू यी कुराबाट जोगिनुपर्छ भन्‍ने कुरा तिनीहरूलाई कसरी थाहा हुन्छ? किनभने केही निश्‍चित मानिसहरूले यी कुराहरू अनुभव गरेका छन्, यी कुराहरूबाट केही अनुभव र पाठहरू सिकेका छन्, र त्यसपछि मानिसहरूमाझ यी कुराहरू फैलाएका छन्। त्यसपछि यी अनुभव र पाठहरू व्यापक रूपमा प्रसारित गरिन्छन्, जसले मानिसहरूमा एक प्रकारको प्रचलन सिर्जना गर्छ, र सबैले सोहीअनुसार जिउन र व्यवहार गर्न थाल्छन्। यो प्रचलन कसरी आएको हुन्छ? यदि तैँले दुष्टात्माहरू र अशुद्ध पिशाचहरूले तोकेका नियमहरू पालना गरिनस् भने, तिनीहरूले तँलाई बाधा दिनेछन्, अवरोध गर्नेछन्, र तेरो सामान्य जीवनमा खलबली ल्याउनेछन्, र यसरी तँ यी वर्जित मान्यताहरू विद्यमान छन् र यी कुरा उल्लङ्घन गरे परिणामहरू भोग्‍नुपर्नेछ भनेर विश्‍वास गर्न बाध्य हुनेछस्। हजारौँ वर्षको अवधिमा, मानिसहरूले दैनिक जीवनमा यी अनुभवहरू बटुल्दै, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरेका छन्, र पृष्ठभूमिमा तिनीहरूलाई नियन्त्रण गर्ने अदृश्य शक्ति छ, र तिनीहरूले त्यसलाई सुन्‍नुपर्छ भन्‍ने थाहा पाएका छन्। उदाहरणको लागि, यदि तैँले चिनियाँ नयाँ वर्षको समयमा पटाकाहरू पड्काइनस् भने, त्यो साल तेरो व्यवसाय सहज रूपमा चल्नेछैन। अर्को उदाहरण के हो भने, नयाँ वर्षको समयमा पहिलो धूप बालिस् भने, वर्षभरि तेरो लागि सबै कुरा सहज हुनेछ। यी अनुभवहरूले मानिसहरूलाई लोक संस्कृतिबाट आएका यी अन्धविश्‍वास र यी भनाइहरूमा विश्‍वास गर्नुपर्छ भनेर बताउँछन्, र पुस्तौँपुस्ता मानिसहरू यसरी नै बाँचिरहन्छन्। यी घटनाहरूले मानिसहरूलाई के बताउँछन्? यी घटनाहरूले मानिसहरूलाई यी सबै निषेध र वर्जित कुराहरू मानिसहरूले जीवनभरि बटुलेका अनुभवहरू हुन्, र यी कुराहरू मानिसहरूले पालन गर्नैपर्ने र अनिवार्य रूपमा कार्यान्वयन गर्नैपर्ने कुराहरू हुन्, किनभने पर्दापछाडि सबै कुरा नियन्त्रण गर्ने केही अदृश्य शक्तिहरू हुन्छन् भनेर भन्छन्। अन्त्यमा, मानिसहरूले यी नियमहरू पुस्तौँपुस्ता पालना गरिरहन्छन्। परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूले सामाजिक समूहहरूमा तुलनात्मक रूपले सहज जीवन बिताउन यी अन्धविश्‍वास र परम्पराहरू पालना गर्नुपर्छ। तिनीहरू शान्ति, सहजता र आनन्द खोज्दै बाँचिरहेका हुन्छन्। त्यसोभए परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले यी अन्धविश्‍वास र परम्पराहरू पालना किन गर्नुपर्दैन? (किनभने तिनीहरूलाई परमेश्‍वरले रक्षा गर्नुहुन्छ।) तिनीहरूलाई परमेश्‍वरले रक्षा गर्नुहुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँलाई पछ्याउँछन्, र परमेश्‍वरले यी मानिसहरूलाई उहाँको उपस्थिति र उहाँको घरमा ल्याउनुहुन्छ। परमेश्‍वरको अनुमतिविना, शैतानले तँलाई हानि गर्ने हिम्मत गर्दैन। तैँले त्यसका नियमहरू पालन गरिनस् भने पनि, त्यसले तँलाई छुने हिम्मत गर्दैन। तर परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र उहाँलाई नपछ्याउनेहरूलाई शैतानले आफ्‍नो इच्छाअनुसार चलाउन सक्छ। मानिसहरूलाई चलाउने शैतानको तरिका भनेको तैँले पछ्याउनुपर्ने विभिन्‍न भनाइ र अनौठा नियमहरू स्थापित गर्नु हो। अनि, तैँले ती नियमहरू पछ्याइनस् भने, त्यसले तँलाई दण्ड दिनेछ। उदाहरणको लागि, तैँले बाह्रौँ महिनाको २३ गते भान्सा-देवलाई पूजा गरिनस् भने, दुष्परिणामहरू आइपर्नेछन्, होइन र? (हो।) दुष्परिणामहरू आइपर्नेछन्, र गैरविश्‍वासीहरूले यो संस्कार छुटाउने हिम्मत गर्दैनन्। त्यो दिन, तिनीहरूले भान्सा-देवको मुख ढाक्‍न र त्यसलाई तिनीहरूविरुद्ध स्वर्गमा कुरा लगाउनबाट रोक्‍न तिलको क्यान्डी खानुपर्छ। यी नियमहरू र अन्धविश्‍वासी भनाइहरू कसरी आए? शैतानले केही निश्‍चित कामकुराहरू गर्छ र परम्परामार्फत ती कुरा हस्तान्तरण गरिन्छन्। मूल रूपमा, ती शैतान र विविध अशुद्ध पिशाचहरू, दुष्टात्माहरू, र पिशाचे अगुवाहरूबाट उत्पन्‍न भएका हुन्छन्। तिनीहरूले यी नियमहरू स्थापना गर्छन् र यी अन्धविश्‍वासी भनाइ र नियमहरू प्रयोग गरेर मानिसहरूलाई नियन्त्रण गर्छन्, र मानिसहरूलाई तिनीहरूको कुरा सुन्‍न लगाउँछन्। यदि तैँले तिनीहरूको कुरा सुनिनस् भने, तिनीहरूले तँलाई भयङ्कर कुराले प्रहार गर्छन्—तिनीहरूले तँलाई दण्ड दिन्छन्। कतिपय मानिसहरूले यी अन्धविश्‍वासमा विश्‍वास गर्दैनन्, र तिनीहरूको घर सधैँ भताभुङ्ग हुन्छ। जब तिनीहरू भाग्य हेर्न गुम्बा जान्छन्, तब तिनीहरूलाई यसो भनिन्छ, “अहो, तपाईँले त यो-त्यो वर्जित कुराहरू गर्नुभएछ। तपाईँले घरमुनिको माटो भत्काउनुपर्छ, चिम्नी मिलाउनुपर्छ, घरका फर्निचरहरू बदल्‍नुपर्छ, र ढोकाको सङ्घारमा सुरक्षा मन्त्र लगाउनुपर्छ। त्यसपछि ती साना भूतहरूले वरिपरि आउने आँट गर्नेछैनन्।” त्यसरी सानो भूतलाई वशमा पार्ने त ठूलो भूत हो, त्यसैले त्यो सानो भूतले तँलाई दुःख दिनेछैन। यस तरिकाले, जीवन धेरै नै शान्तिपूर्ण हुन्छ। सुरुमा त यो व्यक्तिले विश्‍वास गर्थेन, तर अब यो देख्दा, उसले भन्छ, “अहो, सानो भूतले साँच्‍चै धेरै समस्या दिइरहेको रहेछ!” तिनीहरूसँग यसमा विश्‍वास गर्नेबाहेक अरू कुनै विकल्प हुँदैन। परमेश्‍वरमा विश्‍वास नगर्ने र यस संसारमा जसोतसो अघि बढ्न र बाँच्न चाहनेहरू पूरै दुष्टहरूको नियन्त्रणमा हुन्छन्, र तिनीहरूसँग आफ्नो लागि आफै छनौट गर्ने कुनै अधिकार वा ठाउँ हुँदैन—तिनीहरूले विश्‍वास गर्नैपर्छ। अर्कोतर्फ, परमेश्‍वरमा विश्‍वास गर्ने तिमीहरूमध्ये कोही यी अन्धविश्‍वासी वा परम्परागत विचार, दृष्टिकोण, वा धर्मका कुराहरूमा निरन्तर लागिरहन्छ भने, यदि तँ तिनीहरूका चाडहरू मनाउँछस्, तिनीहरूका भनाइहरूमा विश्‍वास गर्छस्, र तिनीहरूका परम्परा, जीवनशैली, र जीवनप्रतिको मनोवृत्ति जारी राख्छस्, र तेरो जीवनको आनन्दको स्रोत यी भनाइहरूमा आधारित छ भने, तैँले मौन भाषा प्रयोग गर्दै परमेश्‍वरलाई यसो भनिरहेको हुन्छस्, “म तपाईँका योजनाबद्ध कार्यहरूमा विश्‍वास गर्दिनँ, न त म तिनलाई स्विकार्न नै चाहन्छु” र तैँले दुष्टात्माहरू, अशुद्ध भूतहरू, र शैतानलाई पनि मौन भाषा प्रयोग गर्दै यसो भनिरहेको हुन्छस्, “आओ, म तिमीहरूका भनाइहरूमा विश्‍वास गर्छु, र म तिमीहरूसँग सहकार्य गर्न इच्छुक छु।” तैँले राख्‍ने विभिन्‍न मनोवृत्तिहरू, र तेरा विचार, दृष्टिकोण र अभ्यासहरूको हिसाबमा, तँ सत्यता स्विकार्दैनस्, बरु दुष्टात्माहरू, अशुद्ध पिशाचहरू, र शैतानका विचार र दृष्टिकोणहरूअनुरूप चल्छस्, र तैँले आफूलाई व्यवहारमा ढाल्दा र कार्य गर्दा तिनीहरूका विचार र दृष्टिकोणहरू पालना गरिरहेको हुन्छस्, त्यसकारण तँ तिनीहरूको सत्ताअन्तर्गत बाँचिरहेको हुन्छस्। यसरी तँ तिनीहरूको सत्ताअन्तर्गत बाँच्न इच्छुक भएकोले, र बाहिर जाँदा मःमः बनाउने र घर आउँदा नूडल्स खाने, र चिनियाँ नयाँ वर्षको समयमा चामलको केक र माछा खाने भएकोले, तँ तिनीहरूसँगै जा। तैँले परमेश्‍वरमा विश्‍वास गर्नु आवश्यक छैन, र तैँले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर पनि घोषणा गर्नुपर्दैन। तँ हरेक स्थान र हरेक मामिलामा शैतानले तँमा हालिदिएको जीवनशैली र विचार अनि दृष्टिकोणहरूअनुसार, वा धार्मिक धारणाहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने, अनि जिउने र अस्तित्वमा रहने गर्छस्, र तैँले जे गर्छस् त्यो परमेश्‍वरले तँलाई सिकाउनुभएको कुरासँग वा सत्यतासँग सम्‍बन्धित छैन। यसको अर्थ, तँ साँच्‍चै नै शैतानको अनुयायी होस्। तैँले हृदयमा शैतानलाई पछ्याउने हुनाले, तँ अझै किन यहाँ बसिरहेको छस्? तँ किन अझै पनि प्रवचन सुनिरहेको छस्? के यो छलमा संलग्‍न हुनु होइन र? के यो परमेश्‍वरविरुद्ध निन्दा गर्नु होइन र? शैतानले हालिदिएका परम्परा, अन्धविश्‍वास र धार्मिक धारणाहरूप्रति तँ यति धेरै लिप्त रहेकोले, तँ ती कुराको जालमा फसेकोले, र तैँले अझै पनि तिनीहरूसँग सम्‍बन्ध कायम राखिराखेकोले, तैँले अबदेखि परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन। तँ त गुम्‍बामा धूप बाल्दै, घोप्टिँदै, चिट्ठा तान्दै, र मन्त्र जप्दै बस्‍नुपर्छ। तँ परमेश्‍वरको घरमा बस्‍नु हुँदैन, तँ परमेश्‍वरका वचनहरू सुन्‍न वा परमेश्‍वरको मार्गदर्शन स्विकार्न योग्य छैनस्। तैँले आफू परमेश्‍वरको अनुयायी भएको दाबी गर्छस्, त्यसकारण तैँले यी पारिवारिक परम्परा, अन्धविश्‍वास र धार्मिक धारणाहरू त्याग्‍नुपर्छ। तेरो जीवनका आधारभूत तरिकाहरू पनि त्याग्‍नुपर्छ: परम्परा र अन्धविश्‍वाससँग सम्‍बन्धित रहुन्जेल तैँले ती कुराहरू त्याग्‍नुपर्छ, तिनलाई अङ्गालिराख्‍नु हुँदैन। परमेश्‍वरले सबैभन्दा बढी मानव परम्परा, चाडपर्वहरू, चलनहरू, र लोक संस्कृति र परिवारबाट आउने जीवनका निश्‍चित नियमहरूलाई घृणा गर्नुहुन्छ, जसको पछाडि केही अर्थहरू लुकेका हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूले घर बनाउँदा यसले दुष्टात्‍मा भगाउँछ भन्दै ढोकाको सङ्घारमा ऐना राख्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गरेर पनि तँ अझै पिशाचहरूसँग डराउँछस्? परमेश्‍वरमा विश्‍वास गरेर पनि तँलाई पिशाचहरूले कसरी यति सजिलै सताउन सक्छन्? के तँ साँच्‍चै परमेश्‍वरको साँचो विश्‍वासी होस् त? चिनियाँ नयाँ वर्षको बेला, यदि बच्चाले “यदि म मरेँ भने,” वा “यदि मेरी आमा मर्नुभयो भने” भन्‍नेजस्ता अशुभ शब्‍द बोल्यो भने, तिनीहरूले हतारहतार भन्छन्, “हे ईश्‍वर, बच्‍चाको बोली लाग्दैन, बच्‍चाको बोली लाग्दैन।” बच्‍चाको बोली लाग्‍ला भनेर तिनीहरूको सातोपुत्लो उड्छ। तँलाई केको डर? त्यो बोली लाग्यो नै भने पनि, के तैँले त्यो वास्तविकता स्विकार्न सक्दैनस् र? के तैँले प्रतिरोध गर्न सक्छस् र? के तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्दैन र? परमेश्‍वरका कुनै त्यस्ता वर्जित नियमहरू छैनन्, केवल सत्यतासँग मिल्‍ने वा नमिल्‍ने कुराहरू मात्र छन्। परमेश्‍वरको विश्‍वासीको रूपमा, तैँले कुनै पनि वर्जित नियम पालना गर्नु हुँदैन, र यी कुराहरू परमेश्‍वरको वचन र सत्यता सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्छ।

आजको सङ्गति कसरी परिवारले मानिसहरूलाई परम्परा, अन्धविश्‍वास र धर्ममा अभ्यस्त गराइदिन्छ भन्‍ने विषयहरूसँग सम्‍बन्धित छ। हामीलाई यी विषयहरूबारे धेरै थाहा नभए पनि, तैँले कस्तो मनोवृत्ति राख्‍नुपर्छ, र परमेश्‍वरका वचन र सिद्धान्तहरूअनुसार यी विषयहरूलाई कसरी लिनुपर्छ भनेर सङ्गतिमार्फत तँलाई बताउनु काफी छ। कम्तीमा पनि, तैँले अभ्यास गर्नुपर्ने कुरा भनेको यी विषयहरूसँग सम्बन्धित कुराहरू त्याग्‍नु, र यी कुरा हृदयमा नराख्‍नु वा यी कुरालाई जीवनको सामान्य तरिकाको रूपमा कायम नराख्‍नु हो। तैँले सबैभन्दा बढी गर्नुपर्ने कुरा भनेको यी कुरा त्याग्‍नु वा यी कुराद्वारा विचलित नहुनु वा नबाँधिनु हो। तैँले यी कुराको आधारमा आफ्नो जीवन र मृत्यु, र भाग्य र विपत्ति मूल्याङ्कन गर्नु हुँदैन, अनि यी कुराको आधारमा तैँले आफ्नो भविष्यको बाटो सामना गर्ने वा रोज्‍ने गर्नु पनि अवश्यै हुँदैन। यदि तँ बाहिर जाँदा कालो बिरालो देखिस्, अनि “आजको दिन बिग्रने हो कि? दुर्भाग्य पो हुने हो कि?” भनेर सोच्छस् भने, यो दृष्टिकोण कस्तो हो? (यो सही होइन।) बिरालोले तँलाई के गर्न सक्छ? यसबारे अन्धविश्‍वासी भनाइहरू रहेका भए पनि, तँसँग ती भनाइहरूको कुनै सम्बन्ध छैन, त्यसैले डराउनु पर्दैन। कालो बिरालोको त कुरै छोडौँ, तँ कालो बाघसँग समेत नडरा। सबै कुरा परमेश्‍वरको हातमा छ, र तँ शैतान वा कुनै पनि दुष्टात्माहरूदेखि डराउनु हुँदैन, कालो बिरालोको के कुरा गर्नु र। यदि तेरो हृदयमा कुनै वर्जित मान्यता छैन, र तँ सत्यता मात्रै पछ्याउँछस्, र सबै कुरा परमेश्‍वरको हातमा छ भन्‍ने विश्‍वास गर्छस् भने, यदि यसबारे निश्‍चित भनाइहरू रहेका भए पनि वा यसले तेरो जीवनमा दुर्भाग्य ल्याउन सक्‍ने भए पनि, तैँले चिन्ता गर्नु पर्दैन। उदाहरणको लागि, एक दिन तैँले अचानक आफ्नो ओछ्यानछेउ उल्लू कराएको सुन्छस्। चिनियाँ लोककथामा, “उल्लू करायो भने नडराऊ, तर हाँस्यो भने डराऊ” भनेर भनिएको छ। अनि, यो उल्लू कराइरहेको र हाँसिरहेकोले, तँ डराएर मरेतुल्य हुन्छस् र यसले तेरो हृदयमा अलिकति असर गर्छ। बरु एकछिन यस्तो विचार गर्, “जे हुने हो त्यो हुने नै छ, र जे हुनेवाला छैन, त्यसलाई परमेश्‍वरले अनुमति दिनुहुनेछैन। म परमेश्‍वरको हातमा छु, र अरू सबै कुरा पनि परमेश्‍वरकै हातमा छन्। म यसबाट डराउँदिनँ वा प्रभावित हुँदिनँ। म जसरी बाँच्नुपर्ने हो त्यसरी नै बाँच्‍नेछु, सत्यता पछ्याउनेछु, परमेश्‍वरका वचनहरू अभ्यास गर्नेछु, र परमेश्‍वरका सबै योजनाबद्ध कार्यहरूमा समर्पित हुनेछु। यो कहिल्यै बदलिन सक्दैन!” जब कुनै पनि कुराले तँलाई विचलित गर्न सक्दैन, तब त्यो अवस्था सही हुन्छ। यदि कुनै दिन तैँले नराम्रो सपना देखिस्, दाँत झरेको, कपाल झरेको, कचौरा फुटेको, आफू मरेको, र अरू अनेक नराम्रो कुरा एउटै सपनामा भएको देखिस् भने, यी कुनै पनि दृश्यहरू तेरो लागि शुभ हुँदैनन्—तब तैँले कस्तो प्रतिक्रिया दिन्छस्? के तँ उदास हुनेछस्? के तँ विचलित हुनेछस्? के तँमा असर पर्नेछ? विगतमा, तँ एकदुई महिनै विचलित हुन्थिस्, र अन्त्यमा केही नभएपछि, तैँले राहतको सास फेर्न सक्थिस्। तर अब त, तँ अलिअलि मात्र विचलित हुन्छस्, र सबै कुरा परमेश्‍वरको हातमा छ भनेर सोच्नेबित्तिकै, तेरो हृदय तुरुन्तै शान्त हुन्छ। तँ समर्पित मनोवृत्तिसाथ परमेश्‍वरसामु आउँछस्, र यो सही कुरा हो। यदि यी अशुभ सङ्केतहरूले नराम्रो घटना निम्त्याए भने पनि, त्यसलाई हल गर्ने तरिका छ। अनि, तैँले यसलाई कसरी हल गर्न सक्छस्? के खराब कुराहरू पनि परमेश्‍वरको हातमा हुँदैनन् र? परमेश्‍वरको अनुमतिविना, शैतान र दियाबलसहरूले तेरो शरीरको एउटा रौँमा पनि हानि गर्न सक्दैनन्। विशेष गरी जीवन र मृत्युसँग सम्बन्धित मामिलाहरू, त्यसले निर्णय गर्ने कुरा होइनन्। परमेश्‍वरको अनुमतिविना, यी ठूला र साना कुराहरू घटित हुनेछैनन्। त्यसकारण, कुनै रात तैँले सपनामा जे नराम्रो घटना देखे पनि, वा तैँले शरीरमा कुनै पनि असामान्य कुरा महसुस गरे पनि, चिन्ता नगर्, असहज महसुस नगर्, अनि अवश्यै पन्छिने, इन्कार्ने, वा प्रतिरोध गर्ने सोच नबना। यी जोखिमहरूबाट बच्न झारफुके गुडिया प्रयोग गर्ने, धूप बाल्‍ने, चिट्ठा तान्‍ने, भाग्य हेर्ने, वा अनलाइन जानकारी खोज्नेजस्ता मानव विधिहरू प्रयोग गर्ने प्रयास नगर्। त्यस्तो गर्नुपर्ने कुनै आवश्यकता छैन। सायद तेरो सपनाले वास्तवमै केही नराम्रो हुने सङ्केत गरेको हुन सक्छ, जस्तै टाट पल्टनु, तेरो शेयरको मूल्य घट्नु, तेरो व्यवसाय अरूले हडप्‍नु, भेलाको बेला सरकारद्वारा पक्राउ गरिनु, सुसमाचार प्रचार गर्दा उजुर गरिनु, आदि इत्यादि। तर के नै हुने हो र? सबै कुरा परमेश्‍वरको हातमा छ; नडरा। चिन्ता नगर्, शोक नगर्, र अहिलेसम्म नभएका कुनै पनि नराम्रा घटनाहरूप्रति नडरा, अनि आइपर्ने कुनै पनि नराम्रा कुराहरूको प्रतिरोध वा विरोध नगर्। सृष्टि गरिएको प्राणीले जे गर्नुपर्ने हो, त्यो गर्, सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरा जिम्मेवारी र दायित्वहरू पूरा गर्, र सृष्टि गरिएको प्राणीले लिनुपर्ने स्थान र दृष्टिकोण अपना—यस्ता कुराहरू सामना गर्दा हरेकले यही मनोवृत्ति अपनाउनुपर्छ; अर्थात्, उहाँका योजनाबद्ध कार्यहरू स्विकार्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ, र कुनै गुनासो नगरी सबै थोक तिनकै हातमा छोडिदिनुपर्छ। यस तरिकाले, कुनै पनि धार्मिक, परम्परागत, वा अन्धविश्‍वासी भनाइ वा परिणामहरू तेरो लागि समस्या हुनेछैनन्, र ती कुराहरूले कुनै बाधाव्यवधान ल्याउनेछैनन्; तँ शैतानको सत्ता र अन्धकारको प्रभावबाट साँच्‍चै बाहिर निस्‍कनेछस्, र अन्धकारको प्रभाव वा शैतानको कुनै पनि विचारद्वारा नियन्त्रित हुनेछैनस्। अनि, तेरा विचारहरू, तेरो प्राण, र तेरो सम्पूर्ण सत्त्व परमेश्‍वरका वचनहरूद्वारा प्राप्त गरिएका हुनेछन्। के यो स्वतन्त्रता होइन र? (हो।) यो पूर्ण स्वतन्त्रता हो, यो मुक्ति र स्वतन्त्रतामा बाँच्नु, र मानव स्वरूप प्राप्त गर्नु हो। त्यो कति सानदार कुरा हो!

आजको सङ्गतिको विषयवस्तु मूल रूपमा यही हो। दैनिक जीवनका बानीबेहोरासँग सम्‍बन्धित केही वर्जित मान्यताहरू, जस्तै कुनै रोग लाग्दा कुन खानेकुरा नखाने, र मसालादार खानाले जीउ तताउने हुनाले कतिपय मानिसहरूले त्यस्ता खाना खान नखानु भन्‍नेजस्ता कुराहरू व्यक्तिले आफूलाई के-कसरी व्यवहारमा ढाल्‍छ भन्‍ने कुरा वा कुनै पनि विचार र दृष्टिकोणसँग सम्‍बन्धित हुँदैन, व्यक्तिले लिने मार्गसँग सम्‍बन्धित हुनु त परको कुरा हो। यी कुराहरू हाम्रो सङ्गतिको दायराभित्र पर्दैनन्। पारिवारिक अभ्यस्तीकरणसम्‍बन्धी हाम्रो सङ्गतिको विषयवस्तु मानिसहरूको विचार र दृष्टिकोण, तिनीहरूको जीवनको सामान्य शैली र जीवन जिउने नियमहरू, साथै विभिन्‍न कुराहरूप्रतिको तिनीहरूको विचार, दृष्टिकोण, स्थान र दृष्टिकोणसँग सम्बन्धित छ। यी गलत विचार, दृष्टिकोण र मनोवृत्तिहरूलाई हरेक हिसाबमा हल गरिसकेपछि, मानिसहरू प्रवेश गर्नुपर्ने अर्को कुरा भनेको विभिन्‍न कुराहरूप्रतिको सही विचार, दृष्टिकोण, मनोवृत्ति, र हेराइहरू खोजी र स्वीकार गर्नु हो। ल ठीक छ, आजको विषयको सङ्गति यहीँ टुङ्गिन्छ। जयमसीह!

मार्च २५, २०२३

फूटनोटहरू:

क. ताई सुई भनेको ताई सुई परमेश्‍वरको छोटो नाम हो। चिनियाँ ज्योतिषशास्‍त्रमा, ताई सुईको अर्थ वर्षको संरक्षक परमेश्‍वर हो। कुनै वर्षविशेषको सबै सौभाग्य ताई सुईको नियन्त्रणमा रहेको हुन्छ।

ख. मूल पाठमा “सबै किसिमले धनी हुनु भन्‍ने हुन्छ, र मन्डारिन भाषामा त्यसको उच्चारण १, ६, र ८ सँग मिल्दोजुल्दो हुन्छ” भन्‍ने वाक्यांश समावेश छैन।

अघिल्लो: सत्यता कसरी पछ्याउने (१४)

अर्को: सत्यता कसरी पछ्याउने (१६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्