सत्यता कसरी पछ्याउने (१०)

आज हामी हाम्रो पछिल्लो भेलाको विषयमै सङ्गति जारी राख्नेछौँ। हाम्रो पछिल्लो भेलाको सङ्गति केबारे थियो? (पछिल्लोपटक, परमेश्‍वरले मुख्यगरी दुई वटा विषयमा सङ्गति गर्नुभयो। पहिलो, परमेश्‍वरले मानिसले उठाउने यो प्रश्‍नबारे सङ्गति गर्नुभयो: “यदि मानवजातिले आफ्ना आदर्श र इच्छाहरू नपछ्याएका भए, के संसार अहिलेको जस्तो विकसित हुनेथियो?” अर्को, परमेश्‍वरले विवाहबारे मानिसका केही गलत दृष्टिकोण र विचारबारे सङ्गति गर्नुभयो, र त्यसपछि विवाहको सही अवधारणा र परिभाषाबारे सङ्गति गर्नुभयो।) पछिल्लोपटक मैले एउटा एकदमै बृहत्‌ शीर्षक अर्थात् विवाहबारे सङ्गति गरेँ। विवाह एउटा यस्तो बृहत्‌ शीर्षक हो जसले सम्पूर्ण मानवजातिलाई छुन्छ र मानव विकासको इतिहास पुरैलाई समेट्छ। यो शीर्षकले मानिसको दैनिक जीवन समेट्छ, र यो हरव्यक्तिको लागि महत्त्वपूर्ण हुन्छ। पछिल्लोपटक हामीले यो शीर्षकले समेट्ने केही विषय, मुख्यगरी विवाहको उत्पत्ति र निर्माण, साथै विवाहका दुवै पक्षलाई परमेश्‍वरले दिनुभएका निर्देशन र आदेशहरू, र यी दुवै पक्षले लिनुपर्ने जिम्मेवारी र दायित्वहरूबारे सङ्गति गर्‍यौँ। मूलतः यो विषय केमा आधारित थियो? (बाइबलको अभिलेखमा।) यो सङ्गति बाइबलमा अभिलेख गरिएका वचन र पदहरूमा आधारित थियो, जसमा परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएपछि, उहाँले तिनीहरूको लागि विवाह तोक्नुभएको कुरा थियो, होइन र? (हो।) हाम्रो पछिल्लो सङ्गतिमार्फत, र बाइबलमा अभिलिखित मानव विवाहसम्बन्धी परमेश्‍वरका केही भनाइ र गराइहरू पढेर, के अब तिमीहरूसँग विवाहको सही परिभाषा आएको छ? कतिपय मानिसहरू भन्छन्: “हामी सानै छौँ, हामीमा विवाहको अवधारणा नै छैन, न त हामीसँग कुनै अनुभव नै छ। हामीलाई विवाहको परिभाषा दिन कठिन छ।” के यो कठिन छ र? (छैन।) यो कठिन छैन। त्यसोभए, हामीले विवाहलाई कसरी परिभाषित गर्नुपर्छ? मानव विवाहसम्बन्धी परमेश्‍वरका भनाइ र गराइहरूको आधारमा भन्नुपर्दा, के तिमीहरूमा विवाहको सही परिभाषा हुनुपर्ने होइन र? (हुनुपर्ने हो।) विवाहको सन्दर्भमा, तँ आफू विवाहित भए पनि नभए पनि, तैँले मेरो अहिलेको सङ्गतिका वचनहरूबारे सही ज्ञान राख्नु आवश्यक छ। यो तैँले बुझ्नुपर्ने सत्यताको एउटा पक्ष हो। यो दृष्टिकोणबाट बोल्नुपर्दा, तँसित विवाहको कुनै अनुभव होस् वा नहोस्, र तँलाई विवाहमा कुनै रुचि लागोस् वा नलागोस्, र विगतमा विवाहको सन्दर्भमा तँसित जेजस्ता आकलन र योजनाहरू भएका भए पनि, जबसम्‍म यो मामलाले तेरो सत्यता पछ्याइलाई छुन्छ, तबसम्‍म तैँले यसबारे जान्‍नैपर्छ। यो तैँले प्रस्ट बुझ्नुपर्ने मामला पनि हो, किनभने यसले सत्यता, मानव विचार र दृष्टिकोण, मानिसहरूको सत्यता पछ्याइ, र सत्यता पछ्याउने बाटोमा रहेका तेरा अभ्यासका सिद्धान्त र मार्गहरू समेट्छ। त्यसैले, तैँले पहिले विवाह अनुभव गरेको होस् वा नहोस्, तँलाई विवाहमा रुचि होस् वा नहोस्, वा तेरो वैवाहिक अवस्था जेसुकै होस्, यदि तँ सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न चाहन्छस् भने, तँसित सत्यता समेट्ने जुनसुकै मामलामा जस्तै गरी विवाहको सन्दर्भमा पनि सही ज्ञान अनि सही विचार र दृष्टिकोणहरू हुनु आवश्यक छ; तैँले हृदयमा त्यसको प्रतिरोध गर्नु हुँदैन, वा कुनै रङ्गको चस्मा लगाएर त्यसबारे धारणाहरू बनाउनु, वा तेरो आफ्नै पृष्ठभूमि र परिस्थितिको आधारमा त्यसलाई सम्हाल्नु, वा त्यसबारे कुनै निर्णय लिनु हुँदैन। यी सबै गलत दृष्टिकोणहरू हुन्। अरू जुनसुकै मामलाजस्तै, विवाहले पनि मानिसहरूका दृष्टिकोण, अडान र रायहरू समेट्छ। यदि तँ विवाहको मामलामा सही र सत्यतासँग मिल्ने विचार, दृष्टिकोण, राय र अडानहरू बोक्न चाहन्छस् भने, तँसित उक्त मामलाको सही ज्ञान र परिभाषा हुनुपर्छ, जसले सत्यतालाई पूरै समेटेको होस्। त्यसैले, विवाहको सन्दर्भमा भन्नुपर्दा, तँसित सही ज्ञान हुनुपर्छ र यस मामलामा परमेश्‍वरले मानिसहरूले बुझून् भनेर चाहनुभएको सत्यता तैँले बुझ्नुपर्छ। यसबारेको सत्यता बुझेर मात्र, तैँले तेरो विवाह हुँदा, वा तेरो जीवनमा विवाहसम्बन्धी विभिन्‍न मामला उत्पन्न हुँदा, सही विचार र दृष्टिकोणहरू राख्न सक्छस्; त्यसपछि मात्र तैँले त्यसबारे सही विचार र दृष्टिकोणहरू राख्‍न सक्छस्, अनि अवश्यै, विवाहसम्बन्धी समस्याहरू समाधान गर्नको लागि सही मार्ग प्राप्त गर्न पनि सक्छस्। कतिपय मानिसहरू “म विवाहमा कहिल्यै पाइला टेक्नेछैन” भनेर भन्छन्। सायद तैँले त्यसमा कहिल्यै पाइला टेक्नेछैनस् होला, तर तँसित अनिवार्य रूपमा विवाहबारे केही ठूला वा साना र सही वा गलत विचार र दृष्टिकोणहरू हुनेछन्। यसअतिरिक्त, तैँले आफ्नो जीवनमा अनिवार्य रूपमा केही मानिस र परिस्थितिहरू पनि सामना गर्नेछस् जसले तँलाई विवाहसम्बन्धी समस्याहरू दिनेछन्, तब यी समस्याहरूलाई तैँले कसरी हेर्नेछस् र समाधान गर्नेछस्? विवाहलाई समेट्ने यी समस्याहरू देखा पर्दा, सही विचार, दृष्टिकोण, अडान, र अभ्यासका सिद्धान्तहरू प्राप्त गर्न तैँले के गर्नुपर्छ? परमेश्‍वरका अभिप्रायसँग मिल्दो हुन तैँले कस्तो व्यवहार गर्नुपर्छ? यो तैँले बुझ्नुपर्ने, र अगाडि बढ्ने क्रममा पछ्याउनुपर्ने कुरा हो। मैले त्यसो भन्नुको अर्थ के हो? मेरो मतलब, कतिपय मानिसहरूले आफूसँग विवाहको कुनै सम्बन्ध छैन भन्‍ने सोच्न सक्छन्, त्यसैले तिनीहरूले ध्यानपूर्वक सुन्दैनन्। के यो सही दृष्टिकोण हो त? (होइन।) होइन। मैले सङ्गति गर्ने शीर्षक जेसुकै होस्, यदि त्यसले सत्यता, सत्यताको पछ्याइ, र मानिसहरू र कामकुराहरूलाई हेर्ने र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने आधार र मापदण्डलाई समेट्छ भने, तैँले त्यसलाई स्विकार्नुपर्छ र गम्भीरतासाथ र ध्यानपूर्वक सुन्नुपर्छ। किनभने यो सामान्य सुझबुझ होइन, यो न त ज्ञान हो, न त पेसागत बुझाइ नै हो—यो सत्यता हो।

फेरि पनि विवाहको विषयमै फर्केर सङ्गति जारी राखौँ। विवाहको परिभाषा कस्तो हुनुपर्छ? विवाहबारेको परमेश्‍वरको पूर्वनिर्धारण र बन्दोबस्तहरू, साथै मैले पछिल्लोपटक सङ्गति गरेको विवाहका दुवै पक्षप्रतिका उहाँका अर्ती र निर्देशनहरूको आधारमा भन्नुपर्दा, विवाहबारे तिमीहरूको बुझाइ र परिभाषा भ्रमपूर्ण हुनु हुँदैन; बरु, त्यो प्रस्ट र विवादरहित हुनुपर्छ। विवाह भनेको परमेश्‍वरको पूर्वनिर्धारण र बन्दोबस्तमा एउटा पुरुष र एउटी महिलाबीच हुने एकता हुनुपर्छ। विवाहको संरचना यही हो, र यसका पूर्वसर्तहरू छन्। परमेश्‍वरको पूर्वनिर्धारण र बन्दोबस्तमा, एउटा पुरुष र एउटी महिलाको एकताले नै विवाह बन्छ। के यथार्थ यही होइन र? (हो।) के विवाहको यस्तो परिभाषा सैद्धान्तिक रूपमा सही होइन र? (हो।) यो सही हो भनेर किन भन्‍ने? तिमीहरू कसरी यो सही हो भनेर निश्‍चित हुन सक्छौ? किनभने यो बाइबलको अभिलेखमा आधारित छ, र यसमा पछ्याउन सकिने सङ्केतहरू छन्। बाइबलको अभिलेखमा विवाहको उत्पत्तिबारे प्रस्ट वर्णन गरिएको छ। विवाहको परिभाषा यही हो। विवाहको यो प्रस्ट परिभाषाको जगमा, अब हामी विवाहको प्रत्येक पक्षले निभाउने कर्तव्यहरू के-के हुन् भनेर हेरौँ। के हामीले पछिल्लो भेलामा पढेका बाइबलका खण्डहरूमा यसको प्रस्ट अभिलेख थिएन र? (थियो।) विवाहको प्रत्येक पक्षले निभाउनुपर्ने कर्तव्यहरूमध्ये सबैभन्दा सरल कर्तव्य भनेको एकअर्कालाई साथ र मदत दिनु हो। त्यसोभए, महिलालाई परमेश्‍वरको निर्देशन के थियो? (परमेश्‍वरले महिलालाई भन्नुभयो: “म तेरा कष्ट र तेरो सुत्केरी-वेदनालाई ज्यादै बढाइदिनेछु; तैँले कष्टमा नै बच्चाहरू जन्माउनेछेस्; र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ” (उत्पत्ति ३:१६)।) यो बाइबलमा बोलिएको मूल शैली हो। हाम्रा आधुनिक शब्दहरू प्रयोग गर्नुपर्दा, महिलाप्रति परमेश्‍वरको निर्देशन नै उसको कर्तव्य थियो। त्यो कर्तव्य के थियो? बच्चा जन्माउनु, तिनीहरूलाई हुर्काउनु, र आफ्नो श्रीमानको हेरचाह र आदर गर्नु। महिलाप्रति परमेश्‍वरको निर्देशन यही थियो। अनि, पुरुषलाई परमेश्‍वरले कस्तो कर्तव्य गर्न निर्देशन दिनुभयो? घरमुलीको रूपमा, पुरुषले पारिवारिक जीवनको बोझ बोक्नुपर्छ र परिश्रम गरेर परिवारको भरणपोषण गर्नुपर्छ। उसले परिवारका सदस्यहरू, उसकी श्रीमती, र उसको आफ्नै जीवन व्यवस्थापन गर्ने बोझ पनि बोक्‍नुपर्छ। यो महिला र पुरुषबीच परमेश्‍वरले गर्नुभएको कार्य विभाजन हो। तँ पुरुष र महिलाका कर्तव्यहरूबारे प्रस्ट र निश्‍चित हुनुपर्छ। यो विवाहको परिभाषा र संरचना हो, र साथै यो दुवै पक्षले ग्रहण गर्नुपर्ने जिम्मेवारी र पूरा गर्नुपर्ने दायित्व हो। यही नै विवाह हो र यही नै यसको विषयवस्तु हो। के विवाहको सन्दर्भमा हामीले छलफल गरेको विषयवस्तुमा कुनै नकारात्मक कुराहरू छन्? (छैनन्।) यसमा कुनै नकारात्मक कुराहरू छैनन्। यो सबै पूर्ण रूपमा शुद्ध, सत्यताअनुरूप, तथ्यअनुरूप, र परमेश्‍वरका वचनहरूको आधारअनुरूप छ। बाइबलका अभिलेखहरूलाई आधार बनाए, विवाहको मामला आधुनिक मानिसहरूको लागि अत्यन्तै निश्‍चित र प्रस्ट बन्छ; विवाहको उत्पत्तिबारे बोल्नलाई हामीले अत्यन्तै धेरै पूर्वसर्तहरू देखाउन वा अति धेरै वचनहरू प्रयोग गर्न जरुरी छैन। त्यसको कुनै आवश्यकता छैन। विवाहको परिभाषा प्रस्ट छ, र विवाहका दुवै पक्षले निभाउनुपर्ने कर्तव्यहरू, र पूरा गर्नुपर्ने दायित्वहरू प्रस्ट र निश्‍चित छन्। एकपटक यी कुराहरूबारे व्यक्ति प्रस्ट र निश्‍चित भइसकेपछि, त्यसले उसको सत्यता पछ्याइमा कस्तो प्रभाव पार्छ? विवाहको परिभाषा र बनोट र दुवै पक्षका कर्तव्यहरू बुझ्नुपछाडिको अर्थ के हो? त्यसको मतलब, यो विषयमा सङ्गति गर्दा मानिसहरूमाथि त्यसका परिणामहरू कस्ता हुन्छन्, र त्यसले पार्ने असरहरू के-के हुन्? बोलीचालीको भाषामा भन्नुपर्दा, यो कुरा सुन्दा त्यसले तिमीहरूलाई के राम्रो गर्छ? (त्यसले हामीलाई विवाह सामना गर्दा वा विवाहलाई हेर्दा, तत्सम्बन्धी कुराहरू हेर्ने सही र सत्यताअनुरूपको दृष्टिकोण धारण गर्न मद्दत गर्छ; हामी दुष्ट प्रवृत्तिहरू वा शैतानले हालिदिएका विचारहरूबाट प्रभावित हुने वा बरालिने छैनौँ।) यो एउटा सकारात्मक प्रभाव हो। के विवाहको परिभाषा र संरचना अनि दुवै पक्षका कर्तव्यहरूबारे सङ्गति गर्दा मानिसहरूलाई विवाहबारे सही विचार र दृष्टिकोण राख्न मद्दत पुग्छ? (पुग्छ।) जब कुनै व्यक्तिमा सही विचार र दृष्टिकोणहरू हुन्छन्, के यसका लाभ र सकारात्मक प्रभावहरूले उसलाई आफ्नो चेतनामा विवाहबारे सही विचार स्थापित गर्न मद्दत गर्छन्? कुनै व्यक्तिमा विवाहबारे सही राय अनि सही विचार र दृष्टिकोणहरू आइसकेपछि, के ऊसँग दुष्ट प्रवृत्तिका विरोध र नकारात्मक विचार र दृष्टिकोणहरूविरुद्ध निश्‍चित प्रतिरोध र प्रतिरक्षा क्षमता हुन्छ? (हो, हुन्छ।) यो प्रतिरोध र प्रतिरक्षा क्षमताले के जनाउँछ? त्यसको अर्थ के हो भने, कम्तीमा पनि, तैँले विवाहबारे संसार र समाजका केही दुष्ट विचार र दृष्टिकोणहरू खुट्ट्याउन सक्छस्। अनि, तँसित खुट्ट्याउने क्षमता भएपछि, तैँले संसारका दुष्ट प्रवृत्तिबाट आउने विचार र दृष्टिकोणको आधारमा विवाहलाई हेर्न छोड्नेछस्, र तैँले ती विचार र दृष्टिकोणहरू स्विकार्ने पनि छैनस्। त्यसोभए तैँले ती विचार र दृष्टिकोणहरू नस्विकार्दा के फाइदा हुन्छ त? यो कि, ती विचार र दृष्टिकोणहरूले विवाहसम्बन्धी तेरा दृष्टिकोण र व्यवहारहरू नियन्त्रण गर्नेछैनन्, र तिनले तँलाई भ्रष्ट तुल्याउन छोड्नेछन्, र तँभित्र ती दुष्ट विचार र दृष्टिकोणहरूको बीउ छर्नेछैनन्; त्यसकारण, तैँले संसारका दुष्ट प्रवृत्तिहरू पछ्याएर विवाहलाई हेर्नेछैनस्, र तँ ती दुष्ट प्रवृत्तिद्वारा बहकिनेछैनस्, त्यसैले तँ विवाहको मामलामा तेरो गवाहीमा खरो उत्रिन सक्षम हुनेछस्। त्यसैले केही निश्‍चित अर्थमा, के तैँले विवाहसम्बन्धी ती शैतानी, सांसारिक विचार, दृष्टिकोण र रायहरूमध्ये केही त पहिल्यै त्यागिसकेको हुनेछैनस् र? (हो।) मानिसहरूमा विवाहबारे सही परिभाषा भएपछि, तिनीहरू विवाहसम्बन्धी आफ्ना केही खोज, आदर्श र इच्छाहरू त्याग्न सक्षम हुन्छन्, तर के त्यतिमै रोकिएर पुग्छ त? के तिनीहरूले विवाहसम्बन्धी आफ्ना खोज, आदर्श र इच्छाहरू पूर्ण रूपमा त्याग्न सक्छन् त? त्यो पर्याप्तको छेउछाउ पनि पुग्दैन। तिनीहरूमा विवाहको सही परिभाषा र अवधारणाबाहेक अरू केही हुँदैन, र तिनीहरूको सोचमा त बस विवाहको सुरुवाती, आधारभूत अवधारणा र ज्ञान मात्र हुन्छ। तर विवाहको सम्बन्धमा संसार र समाजले फैलाउने विविध विचार, दृष्टिकोण र विषयवस्तुहरूले अझै पनि तेरा विचार र दृष्टिकोणहरू प्रभावित पार्न जारी नै राख्‍नेछन्, र तिनले विवाहसम्बन्धी तेरा राय र तेरा कार्यहरूमा समेत असर पारी नै रहनेछन्। त्यसैले, हालसम्म, विवाहको सही परिभाषा भएपछि पनि, मानिसहरू अझै पनि विवाहको सम्बन्धमा आफ्ना खोज, आदर्श र इच्छाहरू सम्पूर्ण रूपले र पूरै त्याग्न असक्षम रहेका छन्। त्यसकारण, के यसपछि हामीले विवाहको सम्बन्धमा मानिसहरूमा उत्पन्न हुने विविध खोज, आदर्श र इच्छाहरूबारे सङ्गति गर्नुपर्दैन र? (हो, पर्छ।)

म विवाहको परिभाषाबारेको यो सङ्गति यहीँ टुङ्ग्याउँछु। यसपछि, हामी विवाहको कारण उत्पन्न हुने विविध खोज, आदर्श र इच्छाहरू कसरी त्याग्ने भन्‍नेबारे सङ्गति गर्नेछौँ। सुरुमा, हामी विवाहको सम्बन्धमा मानिसहरूमा हुने विविध मनोकल्पनाबारे सङ्गति गरौँ। मैले मनोकल्पना भन्नुको अर्थ, मानिसहरूले आफ्नो दिमागमा कल्पना गर्ने चित्रहरू हो। यी चित्रहरू अझै तथ्य बनेका हुँदैनन्; ती मानिसहरूका दैनिक जीवन वा तिनीहरूले सामना गर्ने परिस्थितिहरूले जगाएका कल्पनाहरू मात्र हुन्। यी कल्पनाहरूले मानिसहरूको दिमागमा विभिन्‍न चित्र र भ्रमहरू निर्माण गर्छन्, र ती विवाहसम्बन्धी तिनीहरूका खोज, आदर्श र इच्छाहरूसमेत बन्छन्। त्यसैले, विवाहको सम्बन्धमा तेरा खोज, आदर्श र इच्छाहरू त्याग्नको निम्ति, सुरुमा तैँले तेरो दिमागमा र तेरो हृदयको गहिराइमा कुनै बेला रहेका वा गाडिएर बसेका मनोकल्पनाहरू त्याग्नुपर्छ। विवाहको सम्बन्धमा आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्न—अर्थात्, विवाहबारेका विविध मनोकल्पनाहरू त्याग्न तिमीहरूले गर्नुपर्ने पहिलो काम यही हो। त्यसैले पहिला विवाहबारे मानिसहरूमा कस्ता मनोकल्पनाहरू हुन्छन् भन्‍नेबारे कुरा गरौँ। विवाहबारे सयौँ वा हजारौँ वर्ष पहिलेका प्राचीन मानिसहरूका रायहरू अहिले निकै पुराना भइसकेका छन्, त्यसैले हामी तीबारे कुरा गर्नेछैनौँ। हामी बरु विवाहको सम्बन्धमा आधुनिक मानिसहरूका ताजा, प्रख्यात, चलनचल्तीका, र मूलधारका राय र व्यवहारहरू कस्ता छन् भन्‍नेबारे कुरा गर्नेछौँ; यी कुराहरूले तिमीहरूलाई प्रभाव पार्छन्, र तिमीहरूलाई निरन्तर आफ्नो हृदयको गहिराइमा वा मनमस्तिष्कमा विवाहबारे हरप्रकारका मनोकल्पना धारण गर्ने तुल्याउँछन्। सबभन्दा पहिला, विवाहको सम्बन्धमा केही रायहरू समाजमा चर्चित बन्छन्, र त्यसपछि साहित्यका विविध कृतिहरूले विवाहबारे लेखकका विचार र रायहरू बोक्‍ने गर्छन्; जब यी साहित्यिक कृतिहरूलाई टेलिभिजन कार्यक्रम र ठूला पर्दाका चलचित्रमा रूपान्तरित गरिन्छ, तिनीहरूले विवाहबारेका मानिसहरूका विविध रायहरू, त्यसबारेका तिनीहरूका विविध खोज, आदर्श र इच्छाहरू झन्‌ प्रस्ट रूपमा वर्णन गर्छन्। धेरै होस् वा थोरै, देखिनेगरी होस् वा नदेखिनेगरी, यी कुराहरू निरन्तर तिमीहरूभित्र हालिन्छ। तिमीहरूमा विवाहको कुनै सही अवधारणा हुनुपहिले नै, विवाहबारेका यी सामाजिक राय र सन्देशहरूले तिमीहरूमा पूर्व-अवधारणाहरू सिर्जना गर्छन् र तिमीहरू तिनलाई स्विकार्छौ; त्यसपछि तिमीहरू आफ्नो विवाह कस्तो होला, र जीवनसाथी कस्तो हुने हो भनेर मनोकल्पना गर्छौ। चाहे तैँले यी सन्देशहरू चाहे टेलिभिजन कार्यक्रम, चलचित्र, र उपन्यासमार्फत स्विकारे पनि, वा तेरो सामाजिक वृत्त र तेरो जीवनका मानिसहरूमार्फत स्विकारे पनि—यसको स्रोत चाहे जेसुकै भए पनि, यी सबै सन्देशहरू मानव, समाज, र संसारबाट आउँछन्, वा ठ्याक्‍कै भन्नुपर्दा, ती दुष्ट प्रवृत्तिहरूबाट क्रमिक रूपमा उत्पन्‍न र विकास हुन्छन्। अझै ठ्याक्‍कैसँग भन्नुपर्दा, ती अवश्य नै शैतानबाट आउँछन्। के यस्तै होइन र? (हो।) यस क्रममा, तिमीहरूले विवाहबारे जे-जस्ता विचार र दृष्टिकोणहरू स्विकारेका भए पनि, तथ्य के हो भने, विवाहबारे विविध विचार र दृष्टिकोणहरू स्विकार्दा, तिमीहरूले आफ्नो मनभित्र विवाहबारे निरन्तर मनोकल्पना गरिरहेका हुन्छौ। यी सबै मनोकल्पनाहरू एउटै कुरामा केन्द्रित हुन्छन्। त्यो के हो, के तिमीहरूलाई थाहा छ? (रोमान्टिक प्रेम।) अहिले समाजमा, चर्चित वा मूलधारका सन्देशहरू विवाहबारे रोमान्टिक प्रेमको हिसाबले कुरा गर्न केन्द्रित छन्; कुनै पनि विवाहको खुसी रोमान्टिक प्रेम विद्यमान छ छैन र श्रीमान्‌-श्रीमती एकअर्काको प्रेममा छन् छैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। विवाहसम्बन्धी समाजका यी रायहरू—मानिसहरूको सोच र तिनीहरूको प्राणका गहिराइमा रहेका यी कुराहरू—मूलतः रोमान्टिक प्रेमबारे नै हुन्छन्। यी रायहरू मानिसहरूमा हालिन्छ, र यसकारण तिनीहरूले हरप्रकारका मनोकल्पनाहरू विकास गर्छन्। उदाहरणको लागि, तिनीहरू आफूले प्रेम गर्ने व्यक्ति को होला, ऊ कस्तो व्यक्ति हुने हो, र वैवाहिक जोडीमा तिनीहरूका अपेक्षाहरू केके हुन् भन्‍नेबारे मनोकल्पना गर्छन्। खासगरी, समाजबाट बहुआयामी सन्देशहरू आएका छन् जसले भन्छन्, तिनीहरूले निश्‍चित रूपमा उक्त व्यक्तिलाई प्रेम गर्नुपर्छ र त्यस व्यक्तिले पनि तिनीहरूलाई प्रेम गर्नुपर्छ, त्यस्तो प्रेम मात्र साँचो रोमान्टिक प्रेम हो, साँचो रोमान्टिक प्रेम मात्र विवाहसम्म पुग्न सक्छ, रोमान्टिक प्रेममा आधारित विवाह मात्र राम्रो र सुखी हुन्छ, र रोमान्टिक प्रेमविनाको विवाह अनैतिक हुन्छ। त्यसैले, आफूले प्रेम गर्ने व्यक्ति नभेटीकनै, हरव्यक्तिले रोमान्टिक प्रेम भेट्टाउने तयारी गर्छ, विवाहको लागि अग्रिम बन्दोबस्तहरू मिलाउँछ, र मायालु भेट्ने दिनको तयारी गर्छ ताकि उसले बेपर्बाह आफ्नो प्रेम पछ्याउन र साकार पार्न सकोस्। होइन त? (हो।) विगतमा, मानिसहरू रोमान्टिक प्रेमबारे कुरा गर्दैनथे, न त तथाकथित वैवाहिक स्वतन्त्रताबारे, वा प्रेम दोषरहित हुन्छ, प्रेम सर्वोच्च हुन्छ भनेर नै कुरा गर्थे। त्यो बेला, मानिसहरू विवाह, प्रेम र रोमान्सबारे कुरा गर्न लजाउँथे। विशेषगरी विपरीत लिङ्गीको कुरा चल्दा, मानिसहरू लज्जित हुन्थे, तिनीहरू लाजले रातोपिरो हुन्थे र तिनीहरूको मुटु ढकढकिन्थ्यो, वा तिनीहरूलाई बोल्न कठिन हुन्थ्यो। आज, मानिसहरूको मनोवृत्ति परिवर्तित भएको छ। जब तिनीहरू अरू मानिसहरूले रोमान्स र विवाहबारे ढुक्क र आत्मविश्‍वाससाथ कुरा गरिरहेका देख्छन्, तिनीहरू पनि त्यस्तै व्यक्ति हुन चाहन्छन्, र रोमान्स र विवाहबारे स्वतन्त्र र खुला रूपले, रातोपिरो नभई वा धड्कन नबढाई, कुराकानी गर्न चाहन्छन्। अझ भन्‍ने हो भने, तिनीहरू आफूले पाउन चाहेको व्यक्ति भेट्दा खुलेर आफ्ना भावनाहरू व्यक्त गर्न र हृदय खोल्‍न सक्ने हुन चाहन्छन्; तिनीहरू एकअर्काप्रति प्रेम देखाइएको हरप्रकारका दृश्यहरूसमेत मनोकल्पना गर्छन्, र अझै बढी रूपमा, तिनीहरू आफूले प्रेम गर्ने र पछ्याउने व्यक्ति कस्तो होला भनेर मनोकल्पना गर्छन्। महिलाहरू तिनीहरूले खोज्ने व्यक्ति कम्तीमा १.८ मिटर अग्लो, बोल्न सिपालु, परिष्कृत, सुशिक्षित, र राम्रो पारिवारिक पृष्ठभूमि भएको सुन्दर राजकुमार होस्, र अझै राम्रो त, ऊसँग गाडी र घर, सामाजिक हैसियत, निश्‍चित मात्रामा सम्पत्ति, र आदि इत्यादि कुरा होस् भन्‍ने मनोकल्पना गर्छन्। पुरुषहरूको कुरा गर्नुपर्दा, तिनीहरू आफ्नो जीवनसाथी गोरी र सुन्दर, अनि सामाजिक भेलाहरू र भान्सा दुवैमा सफल महान्‌ नारी होस् भन्‍ने मनोकल्पना गर्छन्। तिनीहरू आफ्नो जीवनसाथी सुन्दर र धनी महिला होस्, र उसको बलियो पारिवारिक पृष्ठभूमि भए त झन् अत्यन्तै राम्रो भनेर समेत मनोकल्पना गर्छन्। त्यसपछि मानिसहरूले भन्‍नेछन्, ती दुई जोडी त रोमियो र जुलिएटजस्तै हुन्, स्वर्गमै बनेको मेलजस्तै सिद्ध जोडी हुन्, देख्नेहरूलाई ईर्ष्या लाग्‍ने, एकअर्कासँग कहिल्यै विवाद नगर्ने वा नरिसाउने, कहिल्यै कुनै कारणले भनावैरी नगर्ने, बरु एकअर्कालाई गहिरो प्रेम गरिरहने जोडी हुन्—ती दुई त चलचित्रका जोडीजस्तै हुन् जसले समुन्द्र सुकुन्जेल र चट्टान धूलो हुन्‍जेलसम्‍म एकअर्कालाई प्रेम गर्ने, सँगसँगै वृद्ध हुने, एकअर्कालाई कहिल्यै घृणा नगर्ने वा नपन्छाउने, एकअर्कालाई कहिल्यै नत्याग्ने, र एकअर्कालाई कहिल्यै एक्‍लो नपार्ने कसम खान्छन्। महिलाहरू आफू कुनै दिन आफ्नो प्रेमीसँग विवाह हलभित्र प्रवेश गर्ने, र त्यसपछि पुरोहितको आशिष् लिँदै औँठी साट्ने, प्रतिज्ञा गर्ने, प्रेमको गम्भीर कसम खाने, र यो जुनी एकअर्कासँगै जिउने, रोग वा गरिबीको बाबजुद पनि एकअर्कालाई नछोड्ने वा नत्याग्ने प्रतिबद्धता जनाउने मनोकल्पना गर्छन्। पुरुषहरूले पनि कुनै दिन तिनीहरू आफ्नी प्रेमिकासँग विवाह हलमा प्रवेश गर्ने, र पुरोहितको आशिष् लिँदै औँठी साट्ने र प्रतिज्ञा गर्ने, आफ्नी नवदुलही जति बुढी वा कुरूप बने पनि, उसलाई नछोड्ने वा नत्याग्ने, र उसलाई सबैभन्दा अद्‌भूत र खुसीयालीपूर्ण वैवाहिक जीवन दिने, र उसलाई संसारकै सबैभन्दा खुसी महिला बनाउने मनोकल्पना गर्छन्। पुरुष र महिला सबैले यस्तै मनोकल्पना गर्छन्, यस्तै खोजी गर्छन्, र तिनीहरूले आफ्नो वास्तविक जीवनमा विवाहबारे निरन्तर हरप्रकारका खोज, आदर्श र इच्छाहरू सिक्छन्। त्यो सँगसँगै, तिनीहरू आफ्नो हृदयको गहिराइमा यी मनोकल्पनाहरू अनवरत दोहोर्‍याइरहन्छन्, र कुनै दिन आफ्ना मनोकल्पनाहरू वास्तविक जीवनमा देखिने, र यी कुनै प्रकारको आदर्श वा चाहनामा सीमित नरहने, बरु वास्तविक कुरा बन्‍ने आशा गर्छन्। आधुनिक जीवनको प्रभाव र हरप्रकारका सामाजिक सन्देश र जानकारीको अभ्यस्तीकरणले गर्दा, हरेक महिलाले विवाहमा सेतो पोसाक लगाउने र संसारकी सबैभन्दा सुन्दर दुलही र संसारकी सबैभन्दा खुसी महिला बन्ने आशा राख्छे; उसले आफ्नै हिराको औँठी लगाउने पनि आशा गर्छे, र त्यो एक क्यारेटभन्दा बढी र सबैभन्दा शुद्ध हुनुपर्नेछ। त्यसमा कुनै खोट हुनु हुँदैन, र उसको सबैभन्दा प्रिय पुरुषले नै त्यो उसको औँलामा लगाइदिनुपर्नेछ। यो एउटी महिलाको विवाहबारेको मनोकल्पना हो। एकातिर, ऊसँग विवाहको स्वरूपबारे केही मनोकल्पनाहरू हुन्छन् भने, अर्कोतिर उसले वैवाहिक जीवनबारे पनि हरप्रकारका मनोकल्पना गरेकी हुन्छे, र उसले आफूले प्रेम गर्ने पुरुष उसका अपेक्षाहरू पूरा गर्न चुक्नेछैन, उसले उसलाई वैवाहिक जीवनमा पनि पहिलोपटक प्रेममा पर्दाजतिकै गहिरो प्रेम गर्नेछ, अर्की महिलालाई प्रेम गर्नेछैन, उसलाई खुसीको जीवन दिनेछ, उसको प्रतिबद्धता पूरा गर्नेछ, अनि समुन्द्र सुकुन्जेल र चट्टान धूलो हुन्‍जेलसम्म तिनीहरू यो र अर्को जुनीमा पनि सँगै रहनेछन् भन्‍ने आशा गर्छे। अझै अर्को कुरा, उसले आफू जोसित प्रेममा परेकी छे त्यो व्यक्तिबारे पनि हरप्रकारका मनोकल्पना र अपेक्षाहरू गरेकी हुन्छे। कम्तीमा पनि, ऊ सेतो घोडामै नभए नि कालो घोडा चढ्ने सुन्दर राजकुमार नै हुनुपर्छ। एउटी महिलाले मनभित्र उसको आदर्श पुरुषको लागि निश्‍चय नै यो स्तरको राजकुमारको गुण हुनुपर्ने मनोकल्पना गरेकी हुन्छे—त्यस्तो भए, त्यो कति रोमान्टिक र भव्य हुन्थ्यो होला, उसको जीवन कति सुखी बन्थ्यो होला। विवाहबारे मानिसहरूले विकास गर्ने यी मनोकल्पनाहरूको आधार समाज, तिनीहरूका सामाजिक समूह, वा हरप्रकारका सन्देशहरू, हरप्रकारका पुस्तकहरू, साहित्यिक कृतिहरू, र चलचित्रहरूमा हुन्छ; यसको साथै तिनीहरूका हृदयमा थोरथोरै बुर्जुवा तत्त्वहरू पनि हुन्छन् जुन तिनीहरूका आफ्नै रुचिसँग मिल्छन्, र त्यसैले तिनीहरू हरप्रकारका मानिसहरूसँग प्रेम गर्नेबारे, र हरप्रकारका मायालुहरू र हरप्रकारका विवाहका स्वरूप र जीवनबारे मनोकल्पना गर्छन्। छोटकरीमा भन्दा, मानिसहरूका सबै विविध मनोकल्पनाहरू विवाहबारे समाजको बुझाइ, व्याख्या, र विविध रायहरूमा आधारित हुन्छन्। महिलाहरू यस्तै हुन्छन्, र पुरुषहरू पनि उस्तै हुन्छन्। विवाहबारे पुरुषका विविध खोजहरू महिलाकाभन्दा कम हुँदैनन्। पुरुषले पनि उसले मन पराउने त्यस्ती केटी पाउने आशा गर्छ, जो सद्‌गुणी, सुशील, असल, र विचारशील छे, जो उसलाई ध्यानपूर्वक र स्नेहसाथ व्यवहार गर्छे, जो सानो चराजस्तै ऊमाथि निर्भर हुन्छे, जो ऊप्रति अटल रूपमा समर्पित बन्छे, जो उसका कुनै खोट वा कमीकमजोरी तिरस्कार गर्दिन, जो उसका कमीकमजोरी र खोट स्वीकारसमेत गर्छे, जो ऊ निराश र कुण्ठित, र असफल हुँदा, उसलाई साथ र सहयोगको हात दिन्छे, र उसलाई यसो भन्छे: “प्रिय, केही फरक पर्दैन, म छु नि। हामीले मिलेर पार गर्न नसक्ने केही छैन। नडराऊ। जहिलेसुकै होस्, म सधैँ तिम्रो छेउमै हुनेछु।” महिलाहरूमा पुरुषबारे हरप्रकारका अपेक्षाहरू हुन्छन्, र त्यसैगरी पुरुषहरूमा पनि महिलाबारे हरप्रकारका अपेक्षाहरू हुन्छन्, त्यसैले पुरुष होस् वा महिला, तिनीहरू भीडमा आफ्नै जीवनसाथी खोजिरहेका हुन्छन्, र तिनीहरू विवाहबारे आफ्ना विविध मनोकल्पनाहरूको आधारमा जीवनसाथी खोजिरहेका हुन्छन्। अवश्य नै, एउटा पुरुषले बढीजसो समाजमा दरिलो आधार बनाउने, करियर बनाउने, निश्‍चित मात्रामा धन बटुल्ने, र निश्‍चित तहको पुँजी जम्मा गर्ने, र त्यसपछि आफ्नो समान हैसियत, पहिचान, रुचि र प्राथमिकता भएकी जीवनसाथी खोज्न सकिने मनोकल्पना गर्छ। यदि उसलाई ऊ मन पर्छे र ऊ उसले अपेक्षा गरेजस्तै छे भने, ऊ उसको लागि जे पनि गर्न तयार हुन्छ, उसको लागि बलिरहेको आगोमा हिँड्न पनि तयार हुन्छ। अवश्य नै, अलि वास्तविक रूपमा भन्नुपर्दा, उसले उसलाई केही राम्रा कुराहरू किनिदिनेछ, उसका भौतिक आवश्यकताहरू पूरा गरिदिनेछ, र उसलाई गाडी, घर, हिराको औँठी, ब्राण्डेड ह्याण्डब्याग र कपडाहरू किनिदिनेछ। ऊसँग पैसा भए, उसले एउटा निजी पानीजहाज र हवाईजहाज पनि किन्नेछ, र उसकी प्रिय महिलासँग दुई जना मात्रै समुद्र घुम्‍न जानेछ, वा उसलाई संसार देखाउन, संसारका सबैभन्दा चर्चित हिमाल, भूमि, र रमाइला ठाउँ लैजानेछ। यस्तो जीवन कति रमाइलो हुन्थ्यो होला। महिलाहरू आफ्ना विविध वैवाहिक मनोकल्पना पूरा गर्न हरप्रकारका मूल्य चुकाउँछन्, र त्यसरी नै, पुरुषहरू पनि आफ्ना विविध वैवाहिक मनोकल्पनाहरू पूरा गर्न मेहनत र परिश्रम गर्छन्। विवाहबारे तँसित जे-जस्तो मनोकल्पना भए पनि, यदि त्यो संसारबाट, विवाहबारे भ्रष्ट मानवजातिमा रहेका बुझाइ र विचारबाट, वा विवाहबारे संसार र भ्रष्ट मानवजातिले तँभित्र हालिदिने जानकारीबाट आउँछ भने, यी विचार र दृष्टिकोणले केही हदसम्म र केही मात्रामा तेरो जीवन र आस्थामा प्रभाव पार्नेछन्, र तेरो जीवन दृष्टिकोण र जीवनमा तैँले हिँड्ने मार्गमा प्रभाव पार्नेछन्। यस्तो किन हुन्छ भने, विवाह भनेको कुनै पनि वयस्क व्यक्तिले पन्छाउन नसक्ने कुरा हो, र यो अपरिहार्य विषय पनि हो। यदि तैँले जीवनभर एक्लो रहने र कहिल्यै विवाह नगर्ने निर्णय गरिस् भने पनि, विवाहबारे तेरा मनोकल्पनाहरू रहिरहनेछन्। तैँले एक्लै रहने निर्णय त गर्लास्, तर विवाहबारे तँमा सबैभन्दा प्राथमिक अवधारणा र सोच आएदेखि नै तँमा त्यसबारे हरप्रकारका मनोकल्पनाहरू थिए। यी मनोकल्पनाहरू तेरा सोचहरूमा मात्र होइन, तेरो दैनिक जीवनमा पनि व्याप्त छन्, र तैँले हरप्रकारका कुराहरू सम्हाल्ने क्रममा तिनले तेरा विचार, दृष्टिकोण र छनोटहरूमा प्रभाव पार्छन्। सरल भाषामा भन्नुपर्दा, यदि कुनै महिलासँग आफू प्रेममा पर्ने व्यक्तिबारे कुनै मापदण्ड छ भने, उक्त मापदण्डको परिपक्वता वा वैद्यता जेजस्तो भए पनि, उसले त्यसलाई प्रयोग गरेर विपरीत लिङ्गीको मानवता र चरित्रको असलपन वा खराबपन, साथै त्यो व्यक्ति आफूले सँगै समय बिताउन चाहेको व्यक्ति हो होइन भनेर जोख्ने गर्छे। यो मापदण्डलाई उसको वैवाहिक जोडी छान्ने मापदण्डबाट छुटाउन सकिँदैन। उदाहरणको लागि, मानौँ उसलाई मनपर्ने पुरुषमा स्पष्ट विशेषताहरू छन्, उसको ठूलो र वर्गाकार अनुहार, अनि सफा त्वचा छ; ऊ अत्यन्तै राम्ररी बोल्छ, अलि विद्वान भावको छ, र ठिकै रूपमा नम्र छ। प्रेमबारे सोच्दा, उसलाई यस्तो खालको पुरुष राम्रो लाग्छ, र ऊ यसप्रकारको पुरुषप्रति बढी झुकाव राख्छे। त्यसैले जीवनमा ऊ यस्तो व्यक्तिको प्रेममा परे नि नपरे नि, उसलाई यस्तो व्यक्ति निश्‍चय नै राम्रो लाग्नेछ। मेरो मतलब के हो भने, जब उसले यस्तो व्यक्ति भेट्छे, त्यो व्यक्तिको मानवता असल होस् वा खराब, र त्यसको चरित्र जस्तोसुकै होस्, चाहे त्यो विश्‍वासघाती होस् वा दुष्ट व्यक्ति, यी सबै कुराहरू गौण हुन्छन्; यी कुराहरू विपरीत लिङ्गीहरूलाई हेर्न उसले प्रयोग गर्ने मापदण्ड हुँदैनन्। त्यसोभए, केचाहिँ उसको मापदण्ड हुन्छ त? श्रीमान्‌ छनौट गर्ने मापदण्डचाहिँ उसको मापदण्ड हुन्छ। यदि उसको समकक्षी उसको श्रीमान्‌ छनौट गर्ने मापदण्डसँग मिल्छ भने, त्यो व्यक्ति वास्तवमा उसले श्रीमान्‌को रूपमा छानेको व्यक्ति नभए पनि, उसले सँगै समय बिताउन चाहेको व्यक्ति हुन्छ। यो मामलाले के कुरा चित्रण गर्छ? प्रेमसम्बन्धी व्यक्तिको विचारले—अझ किटेरै भन्नुपर्दा, प्रेम वा विवाहको लागि उपयुक्त जोडीबारेको व्यक्तिको मापदण्डले—सम्पूर्ण विपरीत लिङ्गी मानिसहरूबारेको उसको विचारलाई धेरै हदसम्म प्रभाव पार्ने गर्छ। जब त्यो महिलाले उसको श्रीमान्‌ छनोट गर्ने मापदण्ड पुगेको पुरुष भेट्छे, उसलाई त्यो पुरुषको हरेक पक्ष आकर्षक लाग्छ, त्यसको आवाज सुन्दा मिठो, अनि त्यसका वचन र व्यवहार हेर्दा आनन्द लाग्छ। त्यो उसले प्रेम गर्न र पछ्याउन चाहेको व्यक्ति नभए पनि, उसको नजरमा त्यो व्यक्ति आकर्षक नै लाग्छ। अनि, यही आकर्षकताबाटै समस्या उत्पन्न हुन्छ। त्यो व्यक्तिले जे भने पनि, त्यो ठिक हो कि बेठिक भनेर तैँले खुट्ट्याउँदैनस्; तँलाई त्यसको हरेक पक्ष असल र ठिक लाग्छ, र त्यसले जे काम पनि राम्रो तरिकाले गर्छ भन्‍ने लाग्छ। त्यसको बारेमा तँसित भएका यी असल भावनाबाट, तैँले बिस्तारै त्यसको कदर र आराधना गर्न सुरु गर्छेस्। अनि, यो कदर र आराधना कहाँबाट आउँछ? तैँले प्रेम र विवाहको लागि जोडी छान्‍ने मापदण्ड नै यसको स्रोत हो। निश्‍चित स्तरमा, यो मापदण्डले तँलाई अरू मानिसहरूलाई कसरी हेर्ने भन्‍नेबारेमा भ्रमित तुल्याउँछ; अझै ठ्याक्‍कै भन्नुपर्दा, यसले विपरीत लिङ्गीहरूलाई हेर्न तैँले प्रयोग गर्ने मापदण्ड र आधार धमिल्याइदिन्छ। त्यो व्यक्तिको बाहिरी रूप तेरो सौन्दर्य मापदण्डबमोजिम छ, त्यसैले उसको चरित्र जे-जस्तो भए पनि, उसका व्यवहारहरू सिद्धान्तबमोजिम भए नि नभए नि, उसमा सत्यता सिद्धान्तहरू भए नि नभए नि, उसले सत्यता पछ्याए नि नपछ्याए नि, उसमा परमेश्‍वरप्रति साँचो आस्था र समर्पण भए नि नभए नि—यी कुराहरू तेरो लागि निकै अस्पष्ट बन्छन्, र तँ त्यो व्यक्तिलाई हेर्ने तरिकामा भावनात्मक रूपमा बहकिने सम्भावना अधिक हुन्छ। तँसित त्यो व्यक्तिप्रति असल भावना भएकोले, र भावनात्मक तवरमा उसले तेरो मापदण्ड पूरा गर्ने भएकोले, उसले गर्ने सबै कुरा तँ असल र निकै राम्रो देख्छेस्; तैँले उसको रक्षा र आराधना गर्छेस्, यतिसम्म कि उसले कुनै दुष्टता गर्दा तैँले त्यो खुट्ट्याउँदैनस्, न त उसलाई खुलासा र त्याग नै गर्छेस्। यस्तो किन हुन्छ? किनभने तेरो भावनाले काम गरिरहेको हुन्छ, र त्यसले तेरो हृदय नियन्त्रित पारेको हुन्छ। तेरा भावनाहरूले काम गर्नेबित्तिकै, के तँलाई सिद्धान्तअनुसार काम गर्न सजिलो हुन्छ र? तेरा भावनाहरूकै जित हुन्छ, त्यसैले तँसित सिद्धान्तहरू नै हुँदैनन्। त्यसैले, यस मामलाले ल्याउने परिणामहरू निकै गम्भीर हुन्छन्। तँ ऊसित प्रेममा नभए पनि, वा तैँले विवाह गर्न चाहेको व्यक्ति ऊ नभए पनि, ऊ अझै तेरो सौन्दर्य र भावनात्मक आवश्यकताअनुरूपको हुन्छ; यो पूर्वसर्तअन्तर्गत, तँ अपरिहार्य रूपमै तेरा भावनाहरूबाट प्रभावित र नियन्त्रित हुन्छेस्, र यो व्यक्तिलाई हेर्न, यो व्यक्तिमा देखिने समस्या सामना गर्न, र तेरा आफ्नै समस्या परमेश्‍वरका वचनका आधारमा सामना गर्न तँलाई निकै कठिन हुन्छ। तेरा भावनाहरू तँलाई नियन्त्रण गर्ने र तँभित्र हाबी हुने शक्ति बनेलगत्तै, तँलाई त्यो आफूलाई बाँध्ने भावनात्मक जन्जिरबाट मुक्त हुन, र सत्यता अभ्यास गर्ने वास्तविकतामा प्रवेश गर्न निकै कठिन हुन्छ। अनि, मैले यो सब भन्नुको मतलब के हो? मेरो मतलब के हो भने, प्रत्येक व्यक्तिमा विवाहबारे हरप्रकारका मनोकल्पनाहरू हुन्छन्। यस्तो किन हुन्छ भने, तँ शून्यतामा वा अर्को ग्रहमा बस्दैनस्, र तँ अवश्यै नाबालिग पनि होइनस्, मानसिक कमजोरी भएको वा मूर्ख व्यक्ति त झनै होइनस्; तँ वयस्क होस्, र तँसित वयस्क व्यक्तिमा हुने विचारहरू छन्। सँगसँगै, तैँले अनजानमै विवाहबारे समाजका विविध रायहरू स्विकारेकी छेस्, र विवाहबारे समाज र दुष्ट मानवजातिबाट आउने जानकारी स्विकारेकी छेस्। यी कुराहरू स्विकारेपछि, तैँले अनजानमै तेरो रोमान्टिक जोडी को हुनेछ भनेर मनोकल्पना गर्छेस्। यो मनोकल्पना गर्नुले के जनाउँछ? यसको अर्थ अवास्तविक र खोक्रा सोचहरू बोक्नु हो। अहिले हामीले सङ्गति र खुलासा गरेको कुराको आधारमा भन्नुपर्दा, यो मुख्यगरी विवाहबारे समाजबाट र दुष्ट मानवजातिबाट आउने विविध रायहरूप्रति लक्षित छ। तँसित विवाहबारे सही र सत्यताबमोजिमको विचार नभएकोले, तँ अपरिहार्य रूपमै विवाहबारे समाजबाट र दुष्ट मानवजातिबाट आउने विविध रायहरूद्वारा प्रभावित, क्षयीकृत र भ्रष्ट पारिएको हुन्छेस्, तर तँलाई त्यो थाहै हुँदैन र तँ त्यसबारे सचेतै हुँदिनस्। तैँले त्यो क्षयीकरण वा भ्रष्टता हो भनेर महसुसै गर्न सक्दिनस्। तैँले अनजानमै यो प्रभाव स्विकार्छेस्, र अनजानमै यो अत्यन्तै जायज र उचित हो भन्‍ने सोच्छेस्, र तैँले त्यसलाई अपेक्षित कुराको रूपमा लिन्छेस्, र यी सबै वयस्कहरूमा हुनुपर्ने विचारहरू नै हुन् भन्ठान्छेस्। तैँले स्वतः यी सबै कुरालाई तेरा आफ्नै उचित अपेक्षा र उचित आवश्यकताहरू—अर्थात् वयस्क व्यक्तिमा हुनुपर्ने उचित विचारहरू बनाउँछेस्। त्यसैले, तैँले यी सन्देशहरू प्राप्त गर्ने थालेदेखि नै, विवाहबारे तेरा मनोकल्पनाहरू झन्झन् बढ्नेछन् र झन्झन् गहन बन्नेछन्। सँगसँगै, विवाहबारे तेरो लाजको भावना पनि निरन्तर घट्नेछ, र यो भन्‍न सकिन्छ कि तैँले विवाहबारे यी मनोकल्पनाहरू सक्रिय रूपमा नकार्न झन्झन् अनकनाउनेछेस्। अर्को शब्दमा भन्नुपर्दा, तेरो प्रेमजोडी वा विवाहसम्बन्धी विविध परिदृश्य र परिस्थितिबारे तेरा मनोकल्पनाहरू झन्झन् स्वस्फूर्त र दुस्‍साहसी बन्नेछन्। के कुरा यही होइन र? (हो।) जति धेरै मानिसहरूले विवाहबारे समाज र दुष्ट मानवजातिबाट आउने राय र जानकारी स्विकार्छन्, त्यति नै धेरै तिनीहरू आफ्नो विवाहबारे कल्पना गर्नमा, प्रेम गर्ने जोडी खोज्‍नमा, र त्यो जोडीलाई पछ्याउनमा दुस्‍साहसी र अनियन्त्रित बन्छन्। सँगसँगै, तिनीहरूले आफ्नो प्रिय कुनै रोमान्स उपन्यास, टेलिभिजन नाटक, वा रोमान्टिक चलचित्रमा चित्रित पात्रजस्तै हुने—र समुद्र सुकुन्जेल र चट्टान धूलो हुन्‍जेलसम्‍मै उसले आफूलाई निसर्त प्रेम गर्ने र ऊ मृत्युपर्यन्त इमानदार रहने आशा गर्छन्। तिनीहरूकै कुरा गर्नुपर्दा, तिनीहरूले पनि टेलिभिजन नाटक र रोमान्स उपन्यासले चित्रण गरेजस्तै, समुद्र सुकुन्जेल र चट्टान धूलो हुन्‍जेलसम्‍मै आफ्नो जोडीलाई गहिरो प्रेम गर्नेछन्, र मृत्युपर्यन्त इमानदार रहनेछन्। छोटकरीमा भन्दा, यी मनोकल्पनाहरू मानवत्व र जीवनका वास्तविक आवश्यकताभन्दा अलग छन्। यी मनोकल्पनाहरू अवश्य नै मानवत्वको सारबाट पनि अलग छन्; यी वास्तविक जीवनसँग कहीँकतै मिल्दैनन्। यी त मानिसहरूले राम्रो भन्ठान्ने जुनसुकै कुराजस्तै तिनीहरूका कल्पनाबाट सिर्जित मिठा सोच मात्र हुन्। यी सोचहरू विवाहबारे परमेश्‍वरका परिभाषा र उहाँका बन्दोबस्तहरूसित नमिल्ने देखेपछि, मानिसहरूले तथ्यसँग मिल्दै नमिल्ने यी विचार र दृष्टिकोणहरू त्याग्नुपर्छ, र सबैभन्दा पहिलो कुरा त तिनीहरूले यी कुराहरू पछ्याउनै हुँदैन।

मानिसहरूले विवाहबारेका यी अवास्तविक मनोकल्पनाहरू कसरी त्याग्नुपर्छ? तिनीहरूले रोमान्स र विवाहबारे आफ्ना सोच र विचारहरू सच्याउनुपर्छ। सबभन्दा पहिला, मानिसहरूले प्रेमबारेका आफ्ना तथाकथित विचारहरू त्याग्नुपर्छ, कसैलाई समुद्र सुकुन्जेल र चट्टान धूलो हुन्‍जेल प्रेम गर्ने, मृत्युपर्यन्तको अटल प्रेम, र जन्मौँजन्म टिक्ने प्रेमजस्ता भ्रमपूर्ण कुरा र भनाइहरू त्याग्नुपर्छ। मानिसहरूलाई आफ्नो जीवनभर त्यो प्रेम रहनेछ कि रहनेछैन भन्‍नेसमेत थाहा हुँदैन, भावी जीवनमा वा समुद्र सुकुन्जेल र चट्टान धूलो हुन्‍जेल प्रेम गर्ने त कुरै छोडौँ। समुद्र सुक्न र चट्टान धूलो हुन कति वर्ष लाग्छ? मानिसहरू त्यति लामो समय जिउन सक्ने भए के तिनीहरू राक्षस हुन्थेनन् र? यही जुनी राम्रोसित, चेतना र स्पष्टतासाथ जिए पुग्छ। विवाहमा आफ्नो भूमिका राम्ररी निभाए, एउटा पुरुष र एउटी महिलाले गर्नुपर्ने काम गरे, एउटा पुरुष र एउटी महिलाले निभाउनुपर्ने दायित्व र जिम्मेवारीहरू निभाए, आफ्ना पारस्परिक जिम्मेवारीहरू पूरा गरे, एकअर्कालाई साथ र सहयोग दिए, र जीवनभर एकअर्कासँगै भइदिए पुग्छ। यो सिद्ध र उचित विवाह हो, अनि अरू सबै कुराहरू, तथाकथित प्रेम, ती प्रेमका तथाकथित प्रतिज्ञाका कुराहरू, जन्मौँजन्म टिक्ने त्यो प्रेम—यी सबै कुराहरू बेकार हुन्, यी कुराको परमेश्‍वरले तोक्नुभएको विवाहसँग कुनै सम्बन्ध छैन, र पुरुष र महिलाप्रतिका परमेश्‍वरका निर्देशन र अर्तीसँग पनि कुनै सम्बन्ध छैन। यस्तो किन हुन्छ भने, कुनै पनि विवाहको आधार जे भए पनि, वा श्रीमान्‌ वा श्रीमतीको व्यक्तिगत अवस्था जस्तोसुकै भए पनि, तिनीहरू गरिब भए पनि धनी भए पनि, वा तिनीहरूसित जस्तोसुकै प्रतिभा, सामाजिक हैसियत र सामाजिक पृष्ठभूमि भए पनि, वा चाहे तिनीहरू सिद्ध जोडी वा सिद्ध दम्पती नै भए पनि; चाहे त्यो विवाह पहिलो हेराइमै प्रेम बसेर भएको होस् वा आमाबुबाले जुराएर भएको होस्, चाहे त्यो अचानक भएको होस् वा लामो समय प्रेम गरेर भएको होस्—त्यो जे-जस्तो प्रकारको विवाह भए पनि, यदि दुई जना विवाह बन्धनमा बाँधिन्छन् र वैवाहिक जीवनमा प्रवेश गर्छन् भने, त्यो विवाह वास्तविकतामा, अर्थात् दैनिक आवश्यकताहरूले भरिएको वास्तविक जीवनमा फर्कन आवश्यक छ। वास्तविक जीवनबाट कोही पनि उम्किन मिल्दैन, र हरेक विवाह, चाहे त्यसमा प्रेम होस् वा नहोस्, त्यो अन्ततः दैनिक जीवनमा फर्कनैपर्छ। उदाहरणको लागि, उपयोगिता बिल तिर्नुपर्ने हुन्छ र श्रीमतीले गुनासो गर्छे, “हरे, बिल त फेरि बढेछ। सबको मूल्य बढिरहेको छ, तर ज्याला बढेको छैन। वस्तुको मूल्य यसरी बढ्दा मानिसहरू कसरी जिउन सक्छन्?” तर गुनासो गर्दागर्दै पनि उसले पानी र बत्ती त प्रयोग गर्नैपर्छ, ऊसँग कुनै विकल्प छैन। त्यसैले उसले बिल तिर्छे, र त्यो तिरिसकेपछि उसले खाना र अरू खर्चबाट पैसा जोगाउनुपर्ने हुन्छ, बिल बढेकोले उसले तिर्नुपरेको अतिरिक्त शुल्क बचाउनुपर्ने हुन्छ। बजारमा छूटको सागसब्जी देखेर श्रीमान्‌ले भन्छ, “आज सिमी बिक्रीमा रहेछ। दुई हप्ता पुग्ने गरी, अलि धेरै किन।” श्रीमतीले भन्छे, “कति किन्‍ने हो र? धेरै किनेर खान सकेनौँ भने त्यो बिग्रिन्छ। अनि त्यत्रो किनेर त्यो सबै फ्रिजमा अट्न पनि त सक्दैन!” श्रीमान्‌ले जवाफ दिन्छ, “त्यो सबै अटेन भने, हामीले त्यो अलि धेरै खाए हुन्‍न र? हामीले दिनको दुईपटक सिमी खान सक्छौँ। खानलाई सधैँ महँगो कुरा किन्‍नुपर्छ भनेर चिन्‍ता नगर!” श्रीमान्‌ले उसको ज्याला पाउँछ र भन्छ, “मैले यो महिना फेरि बोनस पाएँ। यदि वर्षको अन्त्यमा मलाई ठूलो बोनस मिल्यो भने, हामी छुट्टी मनाउन जान सक्छौँ। सबैजना छुट्टी मनाउन मालदिभ्स वा बाली जाँदै छन्। म तिमीलाई पनि त्यतै घुमाउन लानेछु, र तिमीले पनि रमाइलो गर्न सक्‍नेछौ।” तिनीहरूको घरवरिपरिका फलफूलका रूखमा प्रशस्त फलफूल फल्छन्, अनि श्रीमान्‌ र श्रीमतीले सल्लाह गर्छन्: “गत वर्ष हाम्रो बाली राम्रो भएन। यो वर्ष धेरै फलफूल फलेका छन्, त्यसैले हामीले केही बेचेर केही पैसा कमाउन सक्छौँ। केही पैसा कमाइसकेपछि, सायद हामी हाम्रो घर मर्मत गर्न सक्छौँ कि? हामीले योभन्दा ठूलो आल्मोनियमको झ्याल र ठूलो नयाँ फलामे ढोका हाल्न सक्छौँ।” जब जाडो याम सुरु हुन्छ, तब श्रीमतीले भन्छे, “मैले यो कटनको ज्याकेट सात-आठ वर्षदेखि ओढ्दै आएकी छु, र यो झन्झन् पातलो बन्दै गएको छ। ज्याला पाएपछि तिमीले अलि कम खर्च गरेर जाडो यामको लागि मलाई ज्याकेट किन्ने पैसा बचाउनुपर्छ। एउटा डाउन ज्याकेटलाई कम्तीमा तीन-चार सय वा पाँच-छ सय युआन पर्छ।” श्रीमान्‌ले भन्छ, “हुन्छ। म केही पैसा बचाएर तिमीलाई एउटा राम्रो र न्यानो फेदर डाउन ज्याकेट किनिदिनेछु।” श्रीमतीले भन्छे, “तिमी मलाई किनिदिन चाहन्छौ, तर तिम्रो पनि त छैन। तिम्रो लागि पनि एउटा किन।” श्रीमान्‌ले जवाफ दिन्छ, “पैसाले पुग्यो भने किनुँला। पुगेन भने, म यो वर्ष पनि अहिलेको मेरै ज्याकेटले काम चलाउनेछु।” अर्को श्रीमान्‌ले उसकी श्रीमतीलाई भन्छ, “यता नजिकै हरप्रकारको सि-फुड पाइने ठूलो रेस्टुराँ खुलेको छ रे भन्‍ने सुन्छु। जाने हो?” श्रीमतीले भन्छे, “जाऔँ न। हामीसँग पुग्दो पैसा छ, त्यहाँ गएर खान सक्छौँ।” तिनीहरू त्यहाँ गएर सि-फुड खान्छन् र प्रसन्न भएर घर फर्कन्छन् अनि निकै खुसी महसुस गर्छन्। श्रीमतीले सोच्छे, “अहिले मेरो जीवन कति आरामदायी छ। मैले सही व्यक्तिसँग विवाह गरेछु। म ताजा सि-फुड खाना सक्छु। हाम्रा छिमेकीहरू त ताजा सि-फुड किनेर खानै सक्दैनन्। मेरो जिन्दगी अत्यन्तै सानदार छ!” के विवाहित जीवन यही होइन र? (हो।) तिनीहरूको जीवन आकलन र विवाद गर्दै बित्छ। तिनीहरू हरदिन बिहानदेखि बेलुकासम्म काम गर्छन्, आठ बजे काममा जानुपर्ने भएकोले पाँचै बजे उठ्छन्। अलार्म बजेपछि तिनीहरू सोच्छन्, “ओहो, मलाई उठ्नै मन छैन, तर नउठेर उपायै छैन। घरपरिवार धान्न र जिउनको लागि म उठ्नैपर्छ,” र तिनीहरू बल्लतल्ल ओछ्यानबाट निस्कन्छन्। “भाग्यवश आज म ढिला भइनँ, त्यसैले तिनीहरूले मेरो बोनस घटाउनेछैन।” तिनीहरू काम सकेर घर फर्कन्छन्, अनि भन्छन्, “कस्तो कठिन दिन, निकै गाह्रो भयो! मैले काम गर्नुनपर्ने दिन कहिले आउला?” तिनीहरूले ज्याला कमाएर घरपरिवार धान्नको लागि आफूलाई अत्यन्तै व्यस्त राख्नुपर्छ; राम्रो तरिकाले जिउनको निम्ति, विवाहको संरचनाभित्र दुई जनाको जीवन कायम राख्नको निम्ति, वा स्थिर जीवन पाउनको निम्ति तिनीहरूले यसैगरी जिउनुपर्छ। तिनीहरू उमेर ढल्केर जीवनको उत्तरार्धमा पुगुञ्जेल यही तरिकाले नै जीवन बिताउँछन्, र वृद्धा श्रीमतीले भन्छे, “हरे, हेर त बुढो, मेरो त कपाल फुलेछ! मेरा आँखा वरिपरि चाउरी परेको छ र घाटीमा पनि मासु थुप्रिन थालेको छ। के म अब बुढी भएकी हुँ? के तिमीले मलाई बुढी देखेर मलाई मन नपराउने र अर्की महिला त खोज्नेछैनौ?” उसको श्रीमान्‌ले जवाफ दिन्छ, “त्यस्तो गर्दै गर्दिनँ, मूर्ख बुढी प्यारी। मैले मेरो सम्पूर्ण जीवन तिमीसँगै बिताएको छु तर तिमी अझै पनि मलाई चिन्दैनौ। के तिमीलाई साँच्चिकै म त्यस्तो मान्छे हुँ जस्तो लाग्छ?” तर उसकी श्रीमती आफू बुढी भएको उसलाई मन नपर्ला भनेर लगातार चिन्ता गरिरहन्छे र उसले आफूलाई नचाहला भनेर डराइरहन्छे। ऊ झन्झन् कचकच गर्दै जान्छे, र उसको श्रीमान्‌ले झन्झन् कम बोल्दै जान्छ, अनि तिनीहरू एकअर्कासँग झन्झन् कम कुरा गर्दै जान्छन्, र टेलिभिजनमा आ-आफूलाई मनपर्ने कार्यक्रमहरू हेर्ने र एकले अर्कोलाई ध्यानै नदिने गर्दै जान्छन्। अनि, एकदिन श्रीमतीले भन्छे, “बुढा, हामीले जीवनमा धेरै झगडा गरेका छौँ। यतिका वर्ष तिमीसँग जिउनु अत्यन्तै कठिन भयो। म अर्को जुनीचाहिँ तिमीसँग बिताउनेछैनँ। खाना खाएपछि, सफा गर्न तिमीले मलाई कहिल्यै सघाउँदैनौ, तिमी बसि मात्र रहन्छौ र केही पनि गर्दैनौ। तिमीले आफ्नो यो गल्ती जीवनभर कहिल्यै सुधारेका छैनौ। कपडा फेरेपछि तिमीले तिम्रो कपडा कहिल्यै आफै धुँदैनौ, सधैँ मैले नै धोएर राख्दिनुपर्छ। यदि म मरेँ भने त्यसपछि तिमीलाई कसले मद्दत गर्छ?” अनि, उसको श्रीमान्‌ले भन्छ, “के म तिमीविना बाँच्न सक्दिनँ होला त? मेरो पछाडि कैयौँ भर्खरका महिलाहरू लागिरहेका छन् र तिनीहरूलाई म पन्छाउन पनि सक्दिनँ।” उसकी श्रीमतीले जवाफ फर्काउँछे, “कस्तो ठूलो कुरा गरेको! तिमी कति फोहोरी छौ, हेर। तिमी मबाहेक अरू कसैसित रहन पनि सक्दैनौ।” उसको श्रीमान्‌ले भन्छ, “रिसाउन मन लागे रिसाऊ, तर मलाई मन पराउने थुप्रै मानिसहरू छन्। तिमीले मात्र मलाई हेप्छौ र गम्भीरतासाथ लिँदैनौ।” यो तिनीहरूको वैवाहिक जीवन कस्तो हो त? श्रीमतीले भन्छे, “ओहो, जीवनभर तिमीसँगै बसेपछि मैले खुसी मान्नुपर्ने केही नभए पनि र मसित कुनै सुखद यादहरू नभए पनि, अब त म बुढी भएँ र मैले सोच्दै आएकी छु: यदि तिमी मसँग भएनौ भने, मलाई मसँग केही कुरा नभएजस्तो लाग्नेछ। यदि मभन्दा पहिले तिमी गयौ भने, म दुःखी हुनेछु र मेरो कुरा सुन्ने पनि कोही हुनेछैन। म एक्लो हुन चाहन्नँ। त्यसैले, म तिमीभन्दा पहिला मर्नुपर्छ ताकि तिमीले एक्लो जीवन जिउनुपरोस् र तिमीलाई लुगा धोइदिने वा खाना बनाइदिने कोही नहोस्, दैनिक जीवनमा तिमीलाई हेरचाह गर्ने कोही नहोस्, र ताकि तिमीले मेरो माया सम्झनुपरोस्। तिमीले तिम्रो पछाडि थुप्रै भर्खरका महिलाहरू लागेका छन् भनेको होइन? म मरेपछि तिमीले तुरुन्तै एउटी ल्याइहाल्न सक्छौ।” उसको श्रीमान्‌ले भन्छ, “चिन्ता नलेऊ, म तिमी नै मभन्दा चाँडो मर्ने सुनिश्‍चित गर्नेछु। अनि, तिमी गइसकेपछि म पक्कै पनि तिमीभन्दा राम्री जोडी खोज्‍नेछु।” तर उसले हृदयमा साँच्चिकै के सोचेको हुन्छ? “तिमी नै पहिला मर, र तिमी मरिसकेपछि म नै एक्लोपन सहनेछु। म तिमीलाई दुःख भोगाउनुभन्दा बरु म आफै यो कठिनाइ र दुःख सहनेछु।” तर त्यो वृद्धा श्रीमतीले सधैँ श्रीमान्‌को बारेमा उसले यो गल्ती गर्छ र त्यो गल्ती गर्छ, उसमा यो कमजोरी छ वा त्यो कमजोरी छ भनेर गुनासो गरिरहन्छे, र श्रीमान्‌ले उसका कमजोरीहरू नसच्याए पनि, तिनीहरू यसैगरी निरन्तर जिइरहन्छन्, र समय बित्दै जाँदा उसलाई त्यसैमा बानी पर्छ। अनि अन्त्यमा, उक्त महिलाले त्यो स्विकार्छे, र पुरुषले पनि त्यो सहन्छ, र यसरी नै तिनीहरू जीवनभर सँगै जिउँछन्। विवाहित जीवन भनेको यही हो।

विवाहमा व्यक्तिको रुचिविपरीतका थुप्रै कुराहरू र धेरै झगडा हुने भए पनि, र दम्पतीले जीवनमा रोग, गरिबी र आर्थिक कठिनाइहरू भोग्ने, र अत्यन्तै सुखद र दुःखद घटनाका साथै अन्य परिस्थितिहरूसमेत भोग्ने भए पनि, तिनीहरूले सबै अवरोधहरू सँगै पार गर्छन्, र आफ्नो जोडीलाई कहिल्यै छोड्न सक्दैनन्, र मृत्यु हुनुअघिसम्‍मै आफ्नो जोडीलाई कहिल्यै त्याग्न सक्दैनन्। यो जोडी भनेको के हो? यो भनेको श्रीमान्‌ वा श्रीमती हो। पुरुषले महिलाप्रति जीवनभर जिम्मेवारीहरू पूरा गर्छ, र त्यसैगरी महिलाले पनि पुरुषप्रति जीवनभर जिम्मेवारीहरू पूरा गर्छे; महिलाले पुरुषलाई जीवनभर साथ दिन्छे, र पुरुषले पनि त्यो महिलालाई जीवनभर साथ दिन्छ। ती दुईमध्ये कुनैले पनि कसले कसलाई बढी साथ दिन्छ भनेर प्रस्ट रूपमा भन्न सक्दैन; कुनैले पनि कसले बढी योगदान गरेको छ, कसले धेरै गल्तीहरू गरेको छ, वा को बढी दोषी छ भनेर प्रस्ट रूपमा भन्न सक्दैन; कुनैले पनि तिनीहरूमध्ये कोचाहिँ प्रमुख आधार वा दुवैका जीवनको मुख्य कमाउने व्यक्ति हो भनेर प्रस्ट रूपमा भन्न सक्दैन; कुनैले पनि घरमूली को हो वा कसको शक्ति चल्छ वा को सहायक हो भनेर प्रस्ट रूपमा भन्न सक्दैन; कुनैले पनि कसले कसलाई छोड्न सक्दैन, पुरुषले महिलालाई छोड्न सक्दैन, कि महिलाले पुरुषलाई छोड्न सक्दैन भनेर प्रस्ट रूपमा भन्न सक्दैन; र तिनीहरू झगडा गर्दा कुनैले पनि को सही र को गलत हो भनेर प्रस्ट रूपमा भन्न सक्दैन: यही नै जीवन हो, यही नै विवाहको संरचनाभित्रका एउटा पुरुष र एउटी महिलाको सामान्य जीवन हो, र यो मानवजातिको सबैभन्दा सामान्य र साझा जियाइको परिस्थिति हो। जीवन यस्तै नै हो, यो मानवत्वका सबै स्वरूपका गल्ती र पूर्वाग्रहसँग जोडिएको हुन्छ, र अझै बढी रूपमा, मानवत्वका सबै स्वरूपका आवश्यकताहरू, साथै व्यक्तिको विवेक र समझको प्रभुत्वमा मानवत्वका सम्पूर्ण सही वा गलत, विवेकपूर्ण वा अविवेकी निर्णयहरूसँग जोडिएको हुन्छ। यही नै जीवन हो, यही नै सबैभन्दा सामान्य जीवन हो। यसमा सही र गलतको कुरै आउँदैन, यो तुलनात्मक रूपले उचित र प्रचलित जियाइको परिस्थिति र जीवनको वास्तविकता मात्र हो। अब, विवाहको संरचनाभित्रको यो जीवनको वास्तविकता र जियाइको परिस्थितिले मानिसहरूलाई के तथ्य बताउँछ? यसले मानिसहरूलाई तिनीहरूले विवाहबारेका आफ्ना सबै विविध अवास्तविक मनोकल्पनाहरू त्याग्नुपर्छ, र विवाहको सही परिभाषा अनि परमेश्‍वरको पूर्वनिर्धारण र बन्दोबस्तहरूसित कुनै सम्बन्ध नराख्ने सबै विचारहरू त्याग्नुपर्छ भनेर बताउँछ। यी सबै नै मानिसहरूले त्याग्नुपर्ने कुराहरू हुन्, किनकि सामान्य मानवत्वको जीवनसँग वा सामान्य व्यक्तिले जीवनमा पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीहरूसँग यी कुराहरूको कुनै सम्बन्ध छैन। त्यसकारण, मानिसहरूले विवाहबारे समाजबाट र दुष्ट मानवजातिबाट आउने ती विविध परिभाषा र भनाइहरू त्याग्नुपर्छ, विशेषगरी वास्तविक विवाहित जीवनसँग कुनै सम्बन्ध नरहेको त्यो तथाकथित प्रेमका कुराहरू त्याग्नुपर्छ। विवाह जीवनभरको प्रतिबद्धता होइन, न त यो प्रेमको जीवनभरको प्रतिज्ञा हो, झन् यो प्रतिज्ञाहरूको जीवनभरको परिपूर्ति हुने त कुरै छैन। बरु, यो त विवाह गरेका एउटा पुरुष र एउटी महिलाको वास्तविक जीवन हो, यो तिनीहरूलाई वास्तविक जीवनमा चाहिने कुरा हो र यो तिनीहरूको वास्तविक जीवनको अभिव्यक्ति हो। कतिपय मानिसहरू भन्छन्, “यदि तपाईं विवाहको शीर्षकमा सङ्गति गर्दै हुनुहुन्छ र तपाईं प्रेमबारे कुरा गर्नुहुन्न, र प्रेमको गम्भीर प्रतिज्ञा, समुद्र सुकुन्जेल र चट्टान धूलो हुन्जेल टिक्ने प्रेम, वा विवाहित दम्पतीले एकअर्काप्रति गर्ने प्रतिज्ञाहरूबारे कुरा गर्नुहुन्न भने, तपाईं केको बारेचाहिँ कुरा गर्दै हुनुहुन्छ?” म मानवताबारे, जिम्मेवारीबारे, परमेश्‍वरका अर्ती र निर्देशनहरूबमोजिम पुरुष र महिलाले गर्नुपर्ने काम गर्नेबारे, एउटा पुरुष र एउटी महिलाले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीहरू पूरा गर्नेबारे, एउटा पुरुष र एउटी महिलाले बोक्नुपर्ने दायित्व र जिम्मेवारीहरू बोक्नेबारे कुरा गरिरहेको छु—यस तरिकाले, तेरो दायित्व, जिम्मेवारी, वा मिसन पूरा हुनेछ। अनि जुनसुकै अवस्थामा पनि, विवाहबारेका विविध मनोकल्पनाहरू त्याग्ने सम्बन्धमा अभ्यास गर्नुपर्ने सही तरिकाचाहिँ के हो जसबारे हामीले सङ्गति गर्नु आवश्यक छ? त्यो के हो भने, तैँले दुष्ट मानवजाति र दुष्ट प्रवृत्तिहरूबाट आउने विविध विचारहरूलाई तेरा सोच र व्यवहारहरूको आधार बनाउनु हुँदैन, बरु तैँले परमेश्‍वरका वचनहरूलाई तिनको आधार बनाउनुपर्छ। विवाहको मामलाबारे परमेश्‍वरले जे-जसरी बोल्नुभएको भए पनि, तैँले उहाँका वचनहरूलाई नै तेरा सोच र व्यवहारहरूको आधार बनाउनुपर्छ। यो सिद्धान्त सही हो नि, होइन र? (हो।) के अब हामीले विवाहबारेका विविध मनोकल्पनाहरू त्याग्ने शीर्षकमा सङ्गति गरेर लगभग सकेका छौँ? के तिमीहरूलाई यो कुरा मूलभूत रूपमा अब प्रस्ट भयो? (हो, अब प्रस्ट भयो।)

हामीले भर्खरै विवाहबारेका विविध मनोकल्पनाहरू त्याग्नेबारे सङ्गति गर्‍यौँ, र कतिपय मानिसहरूले यसो भने, “यदि मैले एकल रहन चाहिनँ र कोहीसँग डेट गर्ने र विवाहको लागि कोही भेट्टाउने योजना बनाएँ भने, मैले कसरी परमेश्‍वरका वचनहरू अभ्यास गर्नुपर्छ ताकि मैले विवाहबारेका मेरा विविध मनोकल्पनाहरू त्याग्न सकूँ? मैले यो सिद्धान्त कसरी अभ्यास गर्नुपर्छ?” के यो श्रीमान्‌ वा श्रीमती छनोट गर्ने सिद्धान्त, अर्थात् विवाहको लागि जोडी छान्‍ने सिद्धान्तसँग सम्बन्धित छैन र? श्रीमान्‌ वा श्रीमती छनोट गर्नेबारेमा संसारले तँभित्र हालिदिएका सिद्धान्तहरू के-के हुन्? सुन्दर राजकुमार, गोरी राम्री सुन्दरी, सुन्दर एवं धनी पुरुष, सुन्दर एवं धनी महिला, र तिनीहरू धनाढ्य परिवारका दोस्रो पुस्ताका भए झनै राम्रो। यस्तो व्यक्तिसँग विवाह गरिस् भने, तैँले तेरो जीवनबाट २० वर्षको सङ्घर्ष कटौती गर्छस्। पुरुष तँलाई हिराको औँठी, विवाहको पहिरन, र आकर्षक वैवाहिक जीवन दिन सक्ने हुनुपर्छ। ऊ करियरको महत्त्वाकाङ्क्षा भएको, टन्नै धन कमाउन सक्ने, वा पहिल्यै निश्‍चित मात्रामा सम्पत्ति भएको हुनुपर्छ। के यी कुराहरू संसारले तँभित्र हालिदिएका सोच र विचारहरू होइनन् र? (हुन्।) त्यसपछि “मैले प्रेम गर्ने व्यक्ति नै मेरो जोडी हुनुपर्छ” भन्‍ने मानिसहरू पनि छन्। अनि, अरू कसैले भन्छ, “त्यो ठिक होइन। तिमीले जसलाई प्रेम गर्छौ उसले पनि तिमीलाई प्रेम गर्नेछ भन्‍ने छैन। प्रेम भनेको त पारस्परिक हुनुपर्छ; तिमीले जसलाई प्रेम गर्छौ उसले पनि तिमीलाई प्रेम गर्नुपर्छ। यदि उसले तिमीलाई प्रेम गर्छ भने, उसले तिमीलाई कहिल्यै छोड्ने वा त्याग्ने निर्णय गर्नेछैन। यदि तिमीले प्रेम गर्ने व्यक्तिले तिमीलाई प्रेम गर्दैन भने, कुनै दिन अचानक ऊ उठ्नेछ र तिमीलाई छोडिजानेछ।” के यी विचारहरू सही छन्? (छैनन्।) त्यसोभए ल भन त, तिमीहरूले श्रीमान्‌ वा श्रीमती छनोट गर्दा पालना गर्नुपर्ने त्यो कुन सिद्धान्त हो जुन परमेश्‍वरका वचनहरूमा आधारित छ र जसले सत्यतालाई मापदण्डको रूपमा लिन्छ? अहिले तिमीहरूमा भएका सही सोच र विचारअनुसार यो शीर्षकबारे कुरा गर त। (यदि मैले जोडी भेट्टाउन चाहेँ भने, कम्तीमा पनि ऊ परमेश्‍वरमा विश्‍वास गर्ने, सत्यता पछ्याउन सक्ने, मेरा जस्तै जीवनका खोजहरू भएको र मैले पछ्याउने मार्गहरू नै पछ्याउने व्यक्ति हुनुपर्छ।) तेरो जस्तै आकाङ्क्षा भएको र तैँले पछ्याउने मार्ग नै पछ्याउने अनि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति—तैँले जोडी छनोट गर्ने केही विशिष्ट मापदण्डहरू उल्लेख गरिस्। अरू कसलाई बोल्न मन छ? (हामीले ऊ मानवता भएको व्यक्ति हो कि होइन, र वैवाहिक परिवारमा उसले आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा पनि हेर्नुपर्छ। अनि, अर्को कुरा पनि छ: कसैले अहिले विवाहको लागि जोडी भेट्टाउन चाहेकै कारण उसले पक्कै भेटाउनेछ भन्‍ने हुँदैन। यो कुरा अन्ततः परमेश्‍वरले नै बन्दोबस्त गर्नुपर्छ, र व्यक्तिले समर्पित भएर प्रतीक्षा गर्नैपर्छ।) यसमा एउटा विशिष्ट अभ्यास छ, अनि सोच र सिद्धान्तको एउटा विशिष्ट आधार पनि छ। त्यसैले तैँले समर्पित भएर प्रतीक्षा गर्नैपर्छ, यो मामला परमेश्‍वरको जिम्मामा छोड्नुपर्छ र उहाँलाई नै तेरो लागि बन्दोबस्त गर्न दिनुपर्छ, र सँगसँगै तैँले यस मामलालाई सिद्धान्तद्वारा हेर्नुपर्छ। अरू कसलाई बोल्न मन छ? (परमेश्‍वर, मेरो पनि उनीहरूको जस्तै विचार छ, मतलब, व्यक्तिले आफ्नो जस्तै आकाङ्क्षाहरू बोक्ने र आफूले जस्तै मार्ग पछ्याउने, मानवता भएको र जिम्मेवारी बहन गर्न सक्ने व्यक्ति खोज्नुपर्छ। व्यक्तिले विवाहबारे शैतानले आफूभित्र हालिदिएका गलत विचारहरू त्याग्नुपर्छ, आफ्नो कर्तव्यमा हृदय लगाउनुपर्छ, परमेश्‍वरको सार्वभौमिकताको अधीनमा बस्नुपर्छ र परमेश्‍वरका बन्दोबस्तहरूको प्रतीक्षा गर्नुपर्छ।) यदि उसले तँलाई हिराको औँठी किनेर दिन सक्दैन भने, के तैँले ऊसित विवाह गर्थिस्? (यदि ऊ मानवता भएको पुरुष हो भने, उसले मलाई हिराको औँठी किनेर दिन नसके पनि म उसलाई स्विकार्थेँ।) मानिलिऊँ, ऊसित केही पैसा छ र ऊसित तँलाई एक क्यारेटको हिराको औँठी किनिदिने क्षमता छ, तर उसले तँलाई ०.३ क्यारेटको हिराको औँठी किनिदिन्छ भने—के तँ ऊसित विवाह गर्न इच्छुक हुन्थिस्? (म ऊसित त्यस्तो कुराको माग गर्दिनथेँ।) त्यस्तो कुराको माग नगर्नु ठिक हो। पैसा बचत गरिस् भने, तैँले त्यो पैसा बिस्तारै खर्चन सक्छेस्, र यो दीर्घकालीन रूपमा सोच्नु हो। जोडी भेट्टाउनुभन्दा पहिले नै तँसित राम्रोसित जिउने मानसिकता रहेछ—यो निकै व्यावहारिक कुरा हो। अरू कोही छ? (परमेश्‍वर, मलाई लाग्छ कि सर्वप्रथम मैले जोडी छनोट गर्ने ती सांसारिक मापदण्डहरू त्याग्नुपर्छ। मतलब, मैले सधैँ सुन्दर राजकुमार, वा सुन्दर एवं धनाढ्य पुरुष, वा रोमान्टिक व्यक्ति भेट्टाउने मनोकल्पना गर्नु हुँदैन। अनि यी कुराहरू त्यागिसकेपछि, मैले विवाहलाई सही विचारले हेर्नुपर्छ, र त्यसपछि परमेश्‍वरमा समर्पित भएर उहाँको समय प्रतीक्षा गर्नुपर्छ। यस्तो कोही व्यक्ति देखा पर्न सक्ने भए पनि, उसका आकाङ्क्षाहरू मेरा जस्तै हुनुपर्छ र उसले पनि मैले पछ्याउने मार्गै पछ्याउनुपर्छ। मैले मेरा सांसारिक विचारहरूमाथि भर परेर उक्त पुरुष मप्रति विचारशील होस् भन्‍ने माग गर्नु हुँदैन। उसले सत्यता पछ्याउन सक्‍नु र परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।) यदि ऊ सत्यता पछ्याउँछ, परमेश्‍वरका अभिप्रायप्रति विचारशील छ, आफ्नो कर्तव्य निभाउन बाहिर जान्छ र ऊ कहिल्यै घरमा हुँदैन र पारिवारिक बोझ तँ एक्लैले बोक्नुपर्छ, र ग्याँसको सिलिण्डर रित्तिन्छ र तैँले आफैले त्यसलाई माथिल्लो तलासम्म बोकेर पुर्‍याउनुपर्छ भने—तैँले के गर्नेछेस्? (म त्यो आफै बोक्नेछु।) अनि, यदि तैँले त्यो बोक्न सकिनस् भने, कसैसित मद्दत माग्न सक्छेस्। (अथवा मैले कुनै दाजुभाइ वा दिदीबहिनीलाई मद्दत माग्न सक्छु।) हो, यी सबै कुरा यो परिस्थिति सम्हाल्ने तरिकाहरू हुन्। त्यसोभए, यदि ऊ एकदुई वर्षसम्म, वा तीनदेखि पाँच वर्षसम्म घर आएन भने, के तँ रिसाउनेथिस्? “के यो विधवा भएर जिउनुजस्तै होइन र? ऊसित विवाह गर्नुको के अर्थ भयो र? के यो विवाह गर्नुअघिको जस्तै र एक्लै बस्दाको समय जस्तै भएन र? सबथोक आफैले सम्हाल्नुपर्छ। ऊसित विवाह गरेर कति अभागी भइयो!” के तैँले यस्तो सोच्थिनस् र? (अहँ, मैले यस्तो सोच्नुपर्दैन, किनकि ऊ आफ्नो कर्तव्य निभाइरहेको र जायज उद्देश्यको लागि काम गरिरहेको हुन्छ। मैले त्यसैको कारण मुड बिगार्नु हुँदैन।) ती उत्तम सोचहरू हुन्, तर के तैँले वास्तविक जीवनमा यी सबै कुराहरूबाट पार पाउन सक्छेस्? यदि तैँले भेट्टाएको त्यो मान्छे अत्यन्तै इमानदार थियो रे, प्राय: खुलेर बोल्ने र व्यवहार गर्ने गर्दैनथ्यो, रोमान्टिक थिएन, र उसले तँलाई कहिल्यै राम्रा कपडा किनिदिँदैनथ्यो, फूलहरू दिँदैनथ्यो, र विशेषगरी “म तिमीलाई माया गर्छु” वा त्यस्तो कुनै कुरा भन्दैनथ्यो, त्यसैले तँलाई हृदयमा उसले तँलाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरा थाहा हुँदैनथ्यो, तैपनि ऊ मान्छेचाहिँ अत्यन्तै असल थियो जो तँप्रति अत्यन्तै विचारशील थियो र उसले जीवनमा तेरो ख्याल राख्थ्यो, तर बस उसले त्यस्ता कुरा भन्दैनथ्यो र कुनै रोमान्टिक व्यवहार गर्दैनथ्यो, र तँ खराब मुडमा हुँदा उसले तँलाई फकाउने वा शान्त पार्ने कोसिससमेत गर्दैनथ्यो भने—के तैँले हृदयमा ऊप्रति कुनै द्वेष पाल्थिनस् र? (मैले परमेश्‍वरमा विश्‍वास नगर्दा र सत्यता नबुझ्दा मलाई सायद द्वेष महसुस हुनेथ्यो, तर परमेश्‍वरको सङ्गति सुनेपछि, मलाई थाहा छ कि उसले ती कुराहरू भनोस् वा नभनोस् र ती रोमान्टिक व्यवहार गरोस् वा नगरोस्, त्यसले फरक पार्नेछैन। यी त सांसारिक मानिसहरूका विचार हुन् र यी सामान्य मानवता भएका मानिसहरूले पछ्याउनुपर्ने कुरा होइनन्। मैले यी कुराहरू त्याग्नुपर्छ र त्यसैले मैले गुनासो गर्दिनथेँ।) तैँले गुनासो गर्नु हुँदैन, होइन त? (हो।) तर यतिखेर, तँ त्यो परिस्थितिमा छैनस्, र त्यो परिस्थितिमा तैँले कस्तो महसुस गर्थिस्, वा तेरो मुड कति तलमाथि वा परिवर्तन हुनेथ्यो भन्‍ने कुरा थाहा छैन। तैपनि, यतिखेर सिद्धान्तको हिसाबमा, तिमीहरू सबैलाई थाहा छ कि तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले, तिमीहरूले आफ्नो जोडीप्रति त्यस्ता अनुचित मागहरू राख्नु हुँदैन, र ती परिस्थिति आइपर्दा तिमीहरूले आफ्नो जोडीविरुद्ध गुनासो पनि गर्नु हुँदैन, किनभने यी तिमीहरूले चाहने कुराहरू होइनन्। तँसित अहिले यी विचारहरू छन्, तर के तँ यी कुरा हासिल गर्न सक्छेस्? के यी कुरा हासिल गर्न सजिला छन्? (हामीले हाम्रा रुचि र सांसारिक विचारहरूविरुद्ध विद्रोह गर्नुपर्छ; त्यसपछि यी कुराहरू त्याग्न तुलनात्मक रूपमा सजिलो हुनेछ।) म तँलाई यो मामला कसरी सम्हाल्ने भनेर बताउनेछु। पुरुष र महिला सबैले विवाहित जीवनमा यी समस्याहरू भोग्नेछन् र तिनीहरूसित यी सोच र मुडहरू हुनेछन्, र तिनीहरू सबैमा यी आवश्यकताहरू हुनेछन्। तर तैँले बुझ्‍नुपर्ने सबैभन्दा आधारभूत कुरा के हो भने, यदि तैँले छनोट गर्ने जोडी तेरो हृदयले चाहेको हो भने—र यो परमेश्‍वरले बन्दोबस्त गर्नुभएको हो भन्‍ने तथ्यलाई एकछिन भुलेर—उसलाई तँ आफैले छनोट गरिस् र ऊबारे सबथोकमा तँ सन्तुष्ट भइस्, र विशेषगरी, उसका र तेरा आकाङ्क्षाहरू उही छन् र उसले तैँले पछ्याउने मार्गै पछ्याउँछ, उसले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निभाउँछ, र उसले गर्ने सबथोक न्यायोचित छ भने, तैँले तर्कसङ्गत दृष्टिकोण अपनाएर उसलाई त्यो काम गर्न, तेरा भावना बेवास्ता गर्न, र तेरो अस्तित्व बेवास्ता गर्न दिनुपर्छ—सिद्धान्तको हिसाबमा, यो तैँले हासिल गर्नुपर्ने कुरा हो। अझ भन्‍ने हो भने, यदि कुनै विशेष परिस्थिति वा विशेष घटनाबाट प्रेरित भएर तँभित्र त्यस्तो आवश्यकता वा मुड पैदा भयो भने, तैँले परमेश्‍वरसामु आएर प्रार्थना गर्नुपर्छ। के प्रार्थना गरेपछि तैँले यी कुराहरू पूर्ण रूपमा त्याग्न सक्नेछेस्? त्यो असम्भव छ। मानिसहरू अन्ततः तिनीहरूको सामान्य मानवतामै जिउँछन्, तिनीहरूको मन हुन्छ, र त्यो मनले तिनीहरूमा हरप्रकारका मुडहरू उत्पन्न गराउनेछन्। अहिले हामी यी मुडहरू सही हुन् वा गलत भनेर छलफल गर्नेछैनौँ। अहिलेको लागि, सबैभन्दा व्यावहारिक समस्या भनेको तँलाई यी मुडहरू त्याग्न कठिन लाग्नु हो। तैँले अहिले एकपटक यी मुड त्यागे पनि, ती फेरि पनि कुनै वस्तुगत परिस्थितिमा देखा पर्न सक्छन्। त्यसकारण, तैँले के गर्नुपर्छ? तैँले तीबारे चिन्ता लिनु जरुरी छैन, किनभने सैद्धान्तिक रूपमा अनि स्वरूप र चेतनाको हिसाबमा, तैँले यो खोज वा आवश्यकता पहिल्यै त्यागिसकेको छेस्। तर कुरा के मात्र हो भने, फरक-फरक उमेरका मानिसहरूसँग तिनीहरूको मानवताको कारण यी आवश्यकताहरू हुनेछन् र तिनीहरूले फरक-फरक मात्रामा र धेरै वा थोरै हदसम्म यी मुडहरू अनुभव गर्नेछन्। तँ यी वास्तविक परिस्थितिहरूबारे प्रस्ट छस् र तैँले परमेश्‍वरलाई प्रार्थना गरेको छेस्, यसपटक तैँले तेरो मुड त्यागिस्, वा तैँले अनुभव गरिरहेको मुड खासै गम्भीर छैन र तैँले त्यसलाई अत्यन्तै गम्भीर रूपमा लिँदैनस्। तथापि, तैँले अर्कोपटक फेरि यो मुड अनुभव गर्नेछस्। त्यसोभए तैँले गर्ने विशिष्ट अभ्यासचाहिँ के हो त? त्यो तैँले “ओहो, मेरो स्वभावको यो पक्ष अझै परिवर्तन भएको रहेनछ” भन्दै, त्यसबारे कुनै चासो राख्नु वा त्यसलाई गम्भीरतासाथ लिनु आवश्यक नहुनु हो। यो कुनै प्रकारको स्वभाव नै होइन; यो क्षणिक मुड मात्र हो र तेरा स्वभावहरूसँग यसको कुनै सम्बन्ध छैन। अनि, तैँले तिललाई पहाड बनाउनु जरुरी छैन र तैँले यसो भन्नुपर्दैन, “ओहो, म किन अझै यस्तै छु? के म सत्यता पछ्याउँदिनँ र? म कसरी यस्तो व्यवहार गरिरहेको छु? यो डरलाग्दो छ!” तिललाई पहाड बनाउनु जरुरी छैन; यो तेरो सामान्य मानवताका विविध संवेगहरूको मुडको अभिव्यक्ति मात्र हो। त्यसतिर ध्यानै नदे। यो मुड सम्हाल्ने एउटा मनोवृत्ति हो। यसको साथै, यदि त्यसले तेरो सामान्य जीवन, तेरो आत्मिक जीवन वा तेरो कर्तव्यपालनको क्रम र नियमिततामा असर गर्दैन भने, त्यो ठिक हुन्छ। उदाहरणको लागि, तेरो श्रीमान्‌ (वा श्रीमती) आफ्नो कर्तव्य निभाउनमा व्यस्त भएकोले, तिमीहरूले एकअर्कालाई नदेखेको लामो समय भएको छ, र तिमीहरूलाई सँगै बसेर कुराकानी गर्ने समय नै छैन। कुनै दिन तैँले अचानक एउटी सिस्टरलाई उसको श्रीमान्‌सँग-सँगै कुराकानी गरिरहेको देख्छेस्, अनि तेरो हृदयमा एउटा मुड उत्पन्न हुन्छ, र तैँले सोच्छेस्, “हेर त, उनले श्रीमान्‌सँगै बसेर आफ्नो कर्तव्य निभाउन सक्छिन्। तिनीहरू अत्यन्तै खुसी र आनन्दित छन्। तर मेरो श्रीमान्‌ किन त्यस्तो वैरागी भएको? किन उसले मलाई ‘आजकाल तिमीलाई कस्तो छ? के तिमी सन्चै छौ?’ भनेर सोध्दैन? किन उसले मबारे चिन्ता लिँदैन? किन उसले मलाई प्रिय ठान्‍ने वा प्रेम गर्ने गर्दैन?” तैँले यसप्रकारको मुड अनुभव गर्छेस्, र केही बेरपछि “ओहो, खिन्न महसुस गर्नु राम्रो होइन” भन्‍ने सोच्छेस्। तँलाई त्यस्तो महसुस गर्नु राम्रो होइन भन्‍ने थाहा छ तर तँ अझै अलि रिसाउँछेस् र आफैसित विवाद गर्छेस् र भन्छेस्, “म उसको बारेमा चिन्ता लिनेछैन, म उसले नै सुरुमा मप्रति ध्यान देओस् भन्‍ने प्रतीक्षामा हुनेछु। यदि उसले ध्यान दिएन भने, म ऊसित रिसाउनेछु। हामीले विवाह गरेको यतिका वर्ष भइसक्यो, हामीले यति समयसम्म एकअर्कालाई भेटेका छैनौँ तर उसले अझै पनि मेरो याद आउँछ भन्दैन। के उसलाई मेरो याद आउँछ कि आउँदैन? उसले मेरो बारेमा चिन्ता लिँदैन, त्यसैले म पनि उसको बारेमा चिन्ता लिन्नँ!” तँ आफैसित विवाद गर्छेस् र यही मुडमा बस्छेस्। केही क्षणको लागि, रिस र मुडको वेग चल्छ। तर जबसम्‍म तँ सामान्य तरिकाले सुत्न र खान, परमेश्‍वरका वचनहरू पढ्न, भेलामा सहभागी हुन, कर्तव्य सामान्य तरिकाले निर्वाह गर्न, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसित सामान्य रूपले घुलमिल हुन सक्छेस्, तबसम्म तैँले त्यस्ता मुडहरूबारे चिन्ता लिनु जरुरी छैन, र तैँले आफूले हृदयमा जे चाहन्छेस् त्यही सोच्न सक्छेस्। अनि, तैँले जे सोचे पनि, जबसम्‍म तेरो समझको भावना सामान्य हुन्छ र तँ तेरो कर्तव्य सामान्य तरिकाले निभाइरहेकी हुन्छेस्, तबसम्‍म त्यो त्यो ठिकै हुन्छ। तैँले त्यसलाई जबरजस्ती दबाउनु आवश्यक छैन, र तैँले जबरजस्ती परमेश्‍वरसित प्रार्थना गर्नु र उहाँलाई तँलाई अनुशासनमा राख्‍न र ताडना दिन अनुरोध गर्नु वा आफू पापी भएको महसुस गर्नु आवश्यक छैन। तिललाई पहाड बनाउनु आवश्यक छैन, किनकि यो मुड चाँडै हराउनेछ। यदि तँलाई साँच्चिकै तेरो श्रीमान्‌को त्यति धेरै याद आउँछ भने, तैँले उसलाई कल गरेर हालखबर सोध्न सक्छेस्, तिमीहरू दुवैले एकअर्कासँग मनको कुरा खोलेर कुरा गर्न सक्छौ, अनि के ती क्षणिक मुड र गलत बुझाइहरू हट्नेछैनन् र? वास्तवमा, उसले तेरो लागि केही गर्नै पर्दैन। कहिलेकाहीँ तँमा क्षणिक भावना आउनेछ र तँलाई उसको स्वर सुन्‍ने चाह हुनेछ, वा तँलाई क्षणिक एक्लोपन, वा छोटो अवधिको असन्तुष्टि महसुस हुन सक्छ, वा तँलाई बेखुसी लाग्‍न सक्छ, त्यसपछि तैँले उसलाई कल गर्छेस् र उसले बोलेको सुन्छेस्। त्यसपछि तैँले उसलाई ठिकै रहेछ, उसले तँलाई पहिलेजस्तै अत्यन्तै प्रेम गर्दो रहेछ र उसले तेरो बारेमा सोचिरहेको हुँदो रहेछ भन्‍ने बुझ्छेस्। ऊ बस काममा व्यस्त भएको मात्र हो, वा पुरुषहरू ससाना कुराहरू अलि बेवास्ता गर्ने खालका हुने गरेको, र ऊ आफ्नो कर्तव्यमा व्यस्त भएर उसलाई त्यति लामो समय बितेजस्तो नलागेको हो, र यही कारणले उसले तँलाई सम्पर्क नगरेको मात्र हो। के ऊ व्यस्त हुनु र सामान्य रूपमा आफ्नो कर्तव्य निभाइरहेको हुनु राम्रो कुरा होइन र? के यो तैँले चाहेकै कुरा होइन र? यदि उसले दुष्कर्म गर्‍यो, बाधा र अवरोध पुर्‍यायो, र उसलाई हटाइयो भने, के तैँले उसको बारेमा चिन्ता लिँदैनथिस् र? अहिले उसको सबथोक सामान्य छ, र सबथोक पहिलेकै जस्तो छ—के त्यसपछि तेरो मन ढुक्क हुँदैन र? तँ अझै अरू के चाहन्छेस् र? हुनुपर्ने नै यस्तै होइन र? (हो, यस्तै हो।) गैरविश्‍वासीहरूले भनेजस्तै यस तरिकाले कल गरेर एकअर्कासित एकदुई शब्द बोल्दा, हृदयको एक्लोपन र तड्पनको अनुभूतिबाट मुक्ति पाइन्छ, र के त्यसपछि यो समस्या हल हुँदैन र? के यसमा कुनै कठिनाइ छ र? आफ्नो श्रीमान्‌लाई कल गर्नु र एकअर्काप्रति चासो देखाउनु—ल भन् त, के परमेश्‍वरले यस्तो कुरालाई निन्दा गर्नुहुन्छ त? (गर्नुहुन्न।) तिमीहरू विधिवत्‌ रूपमा श्रीमान्‌-श्रीमती हौ, र तैँले कल गरेर ऊसित कुराकानी गर्नु र एकअर्काप्रतिको तड्पन् व्यक्त गर्नु पूर्णतया उचित कुरा हो, यो सामान्य मानव भावना हो, र यो तैँले मानवताको दायराभित्रै गर्नुपर्ने कुरा हो। अझ भन्‍ने हो भने, यो त मानवजातिको विवाहबारे परमेश्‍वरको पूर्वनिर्धारणमै समाविष्ट कुरा हो—एकअर्काको साथ रहनु, एकअर्काप्रति सहानुभूति देखाउनु र एकअर्कालाई आड दिनु। यदि उसले यी जिम्मेवारीहरू पूरा गर्दैन भने, के तैँले उसलाई ती पूरा गर्नमा मद्दत गर्न सक्दैनस् र? यो अत्यन्तै सरल मामला हो जसलाई सम्हाल्न निकै सजिलो छ। के यस तरिकाले अभ्यास गरेर यो समस्या हल हुँदैन र? के तेरो हृदयमा नानाथरि मुड उत्पन्न गर्नु जरुरी छ? अहँ, छैन। यसलाई अभ्यास गर्न सजिलो छ।

अब हामी मैले भर्खरै उठाएको प्रश्‍नमै फर्कौँ: “मानिसहरूले विवाहबारेका आफ्ना विविध मनोकल्पनाहरू कसरी त्याग्नुपर्छ?” तिमीहरू सबैले यो प्रश्‍नको जवाफमा केही विचारहरू बोलेका छौ। यदि मानिसहरूले विवाहबारेका आफ्ना विविध मनोकल्पनाहरू त्याग्न चाहन्छन् भने, सबभन्दा पहिले त तिनीहरूमा आस्था हुनुपर्छ, अनि तिनीहरू परमेश्‍वरका बन्दोबस्त र पूर्वनिर्धारणप्रति समर्पित हुनुपर्छ। तँमा विवाहबारे, र तेरो जोडी को हो वा तेरो जोडी कस्तो खालको व्यक्ति हो भन्‍नेबारे कुनै व्यक्तिपरक वा अवास्तविक मनोकल्पनाहरू हुनु हुँदैन; तँमा परमेश्‍वरप्रति समर्पणताको मनोवृत्ति हुनुपर्छ, तँ परमेश्‍वरका बन्दोबस्त र पूर्वनिर्धारणप्रति समर्पित हुनुपर्छ, र तैँले तेरो लागि परमेश्‍वरले सबैभन्दा सुहाउँदो व्यक्ति तयार गर्नुहुनेछ भनेर भरोसा राख्नुपर्छ। के समर्पित मनोवृत्ति राख्नु जरुरी छैन र? (छ।) दोस्रोमा, तैँले समाजका दुष्ट प्रवृत्तिहरूले तँभित्र हालिदिएका जोडी छनोट गर्ने ती मापदण्डहरू त्याग्‍नुपर्छ र त्यसपछि जोडी छनोट गर्ने सही मापदण्ड स्थापित गर्नुपर्छ, अर्थात्, कम्तीमा पनि तेरो जोडी तैँले जस्तै परमेश्‍वरमा विश्‍वास गर्ने र तेरो जस्तै मार्ग हिँड्ने व्यक्ति हुनुपर्छ—यो आम दृष्टिकोणको कुरा हो। यसको साथै, तेरो जोडी वैवाहिक सम्बन्धमा पुरुष वा महिलाका जिम्मेवारीहरू पूरा गर्न सक्ने हुनुपर्छ; ऊ एउटा जोडीका जिम्मेवारीहरू पूरा गर्न सक्ने हुनुपर्छ। तैँले यो पक्षबारे कसरी मूल्याङ्कन गर्न सक्छस्? तैँले उसको मानवताको गुण कस्तो छ, उसमा जिम्मेवारीको भावना छ छैन, र उसको विवेक छ छैन भनेर हेर्नुपर्छ। अनि कुनै व्यक्तिमा विवेक र मानवता छ छैन भनेर तैँले कसरी मूल्याङ्कन गर्छस्? यदि तैँले उसको सङ्गत गरिनस् भने, तँसँग उसको मानवता कस्तो छ भनेर जान्‍ने कुनै उपाय हुनेछैन, र तैँले उसको सङ्गत गरिस् नै भने पनि, यदि त्यो छोटो समयको लागि मात्र थियो भने, तैँले अझै पनि ऊ कस्तो व्यक्ति हो भनेर थाहा नपाउन सक्छस्। त्यसैले, कुनै व्यक्तिमा मानवता भएको वा नभएको कुरा तँ कसरी मूल्याङ्कन गर्छस्? उसले आफ्नो कर्तव्य, परमेश्‍वरको आज्ञा, र परमेश्‍वरको घरको कामको जिम्मेवारी लिन्छ लिँदैन भनेर हेर्, अनि उसले परमेश्‍वरको घरका हितहरू रक्षा गर्न सक्छ सक्दैन र ऊ आफ्नो कर्तव्यप्रति इमानदार छ छैन भनेर हेर्—यो नै कसैको मानवताको गुण मूल्याङ्कन गर्ने उत्तम उपाय हो। मानौँ, यो व्यक्तिको चरित्र निकै इमानदार छ र, परमेश्‍वरको घरले उसलाई जिम्मा लगाउने काममा, ऊ अत्यन्तै समर्पित, जिम्मेवार, गम्भीर र सच्चा, र अत्यन्तै सावधान छ, बिलकुलै लापरवाह छैन, र कहिल्यै हेलचेक्र्याइँ गर्दैन, र उसले सत्यता पछ्याउँछ र परमेश्‍वरको सबै कुरा ध्यानपूर्वक र सचेत भएर सुन्छ। जब त्यो कुरामा ऊ प्रस्ट हुन्छ र उसले त्यो बुझ्छ, उसले त्यसलाई तुरुन्तै अभ्यास गर्छ; यस्तो व्यक्तिमा उच्च क्षमता नहुन सक्ने भए पनि, ऊ कम्तीमा पनि आफ्नो कर्तव्य र मण्डलीको काममा लापरवाह नहुने, बरु सच्चा रूपले आफ्नो जिम्मेवारी लिन सक्ने व्यक्ति हो। यदि ऊ आफ्नो कर्तव्यप्रति इमानदार र जिम्मेवार छ भने, ऊ निश्‍चय नै आफ्नो जीवन सम्पूर्ण हृदयले तँसित जिउनेछ र अन्त्यसम्मै तेरो जिम्मेवारी लिनेछ—यस्तो व्यक्तिको चरित्रले परीक्षाहरू सहन सक्छ। यदि तँ बिरामी परिस्, वृद्ध भइस्, कुरूप भइस् भने पनि, वा तँमा गल्ती र कमजोरीहरू भए पनि, यो व्यक्तिले तँलाई सधैँ सही व्यवहार गर्नेछ र तँलाई सहनेछ, र उसले सधैँ तेरो र तेरो परिवारको रक्षा गर्न, तँलाई सुरक्षा दिन, र तँलाई स्थिर जीवन दिलाउन सक्दो प्रयास गर्नेछ, ताकि तैँले मनमा शान्ति बोकेर जिउन सक्। विवाहित जीवनमा कुनै पुरुष वा महिलाको लागि यो नै सबैभन्दा खुसीको कुरा हो। उसले तँलाई सम्पन्न, विलासी, वा रोमान्टिक जीवन दिनेछ नै त भन्न सकिन्न, र उसले तँलाई स्नेह वा अरू कुनै पनि पक्षमा कुनै फरक कुरा दिन सक्नेछ नै पनि भन्न सकिन्न, तर कम्तीमा पनि, उसले तँलाई सहज महसुस गराउनेछ र ऊसित तेरो जीवन व्यवस्थित हुने, कुनै खतरा वा असहजता नहुने महसुस गराउनेछ। जब तँ त्यो व्यक्तिलाई हेर्छस्, तैँले उसको जीवन अबको २०-३० वर्षमा र वृद्धावस्थामा समेत कस्तो हुनेछ भनेर बुझ्न सक्नेछस्। यस्तो व्यक्ति नै जोडी छनोट गर्ने तेरो मापदण्ड हुनुपर्छ। अवश्य नै, जोडी छनोट गर्ने यो मापदण्ड अलि उच्चस्तरको छ र आधुनिक मानिसहरूमाझ यस्तो व्यक्ति भेट्टाउनु सजिलो छैन, हैन र? कसैको चरित्र कस्तो छ र उसले वैवाहिक जीवनमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छ सक्दैन भनी मूल्याङ्कन गर्नको लागि तैँले कर्तव्यप्रतिको उसको मनोवृत्ति हेर्नुपर्छ—यो एउटा पक्ष हो। अर्को पक्ष भनेको तैँले उसमा परमेश्‍वरको डर मान्ने हृदय छ छैन भनेर हेर्नुपर्छ। यदि छ भने, उसले कम्तीमा पनि कुनै अमानवीय वा अनैतिक वा बेइमान काम गर्नेछैन, र उसले निश्‍चित रूपमा तँलाई राम्रो व्यवहार नै गर्नेछ। यदि उसमा परमेश्‍वरको डर मान्ने हृदय छैन, र ऊ निर्लज्ज र मनमौजी छ, वा उसमा क्रूर, छली, र अहङ्कारी मानवता छ भने; यदि उसको हृदयमा परमेश्‍वर नै हुनुहुन्‍न र उसले आफूलाई अरूभन्दा उच्च ठान्छ भने; यदि उसले काम, कर्तव्य, र परमेश्‍वरको आज्ञासमेत र परमेश्‍वरको घरको कुनै पनि ठूलो मामलालाई लापरवाहीपूर्वक उसको आफ्नै इच्छाअनुसार सम्हाल्छ, बेकाबु व्यवहार गर्छ, कहिल्यै सचेत हुँदैन, सिद्धान्तहरू खोज्दैन, र विशेषगरी भेटीको सम्बन्धमा उसले त्यो लापरवाहीपूर्वक लिन्छ र हिनामिना गर्छ, र केही कुराको डर मान्दैन भने, तँ त्यस्तो व्यक्तिको खोजीमा कदापि लाग्नु हुँदैन। परमेश्‍वरको डर मान्ने हृदय छैन भने, उसले जे पनि गर्न सक्छ। यतिखेर, त्यस्तो मानिसले तँसँग मिठा-मिठा कुरा गरिरहेको र अमर प्रेमको वाचा गरिरहेको हुन सक्छ, तर जब कुनै दिन ऊ खुसी हुँदैन, जब तैँले उसका आवश्यकताहरू पूरा गर्न सक्दैनस् र तँ उसको प्रिय व्यक्ति हुँदैनस्, तब उसले तँलाई म तिमीलाई प्रेम गर्दिनँ र ममा तँप्रति कुनै भावना बाँकी छैन भन्‍नेछ, अनि उसले जतिखेर मन लाग्यो त्यतिखेरै तँलाई अचानक छोड्नेछ। तिमीहरूको सम्बन्धविच्छेद भइसकेको नभए पनि, ऊ अरू कसैको खोजीमा लाग्नेछ—र यो सबै सम्भव छ। उसले तँलाई जुनसुकै बेला र जुनसुकै स्थानमा त्याग्न सक्छ, र उसले जे पनि गर्न सक्छ। यस्ता मानिसहरू निकै खतरनाक हुन्छन् र तैँले आफ्नो सम्पूर्ण जीवन सुम्पन लायकका हुँदैनन्। यदि तैँले तेरो प्रेमी, तेरो प्रियतम, वा तेरो चुनिएको जोडीको रूपमा यस्तो मान्छे भेटिस् भने, तँ समस्यामा पर्नेछेस्। ऊ अग्लो, धनी, आकर्षक र अत्यन्तै प्रतिभावान् छ र उसले तेरो राम्रो ख्याल राख्छ र ऊ तँप्रति विचारशील छ भने पनि, र सतही रूपमा भन्नुपर्दा, ऊ तेरो ब्वाइफ्रेण्ड वा श्रीमान्‌ जे भए पनि उसले त्यो मापदण्ड पूरा गर्छ, तर उसमा परमेश्‍वरको डर मान्ने हृदय छैन भने, त्यो व्यक्ति तेरो चुनिएको जोडी हुन सक्दैन। यदि तैँले ऊप्रति आकर्षित भएर ऊसँग डेट गर्न थालिस् र त्यसपछि विवाह गरिस् भने, ऊ तेरो लागि जीवनभर अभिशाप र विनाश बन्नेछ। तँ “मलाई डर छैन, म सत्यता पछ्याउँछु” भनेर भन्छेस्। तर तँ दियाबलसको हातमा परेकी छेस् र उसले परमेश्‍वरलाई घृणा गर्छ, परमेश्‍वरको अवज्ञा गर्छ, र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा पुर्‍याउन हरतरिका लगाउँछ—के तँ यसबाट पार पाउन सक्छेस् त? तेरो सानो कद र आस्थाले उसको सतावट सहन सक्दैन, र केही दिनभित्र नै तँ यति सताइएकी हुन्छेस् कि तैँले कृपा माग्छेस् र परमेश्‍वरमा विश्‍वास गरिरहन सक्दिनस्। तैँले तेरो भरोसा गुमाउँछेस् र तेरो मनमा यो द्वन्द्व चलिरहन्छ। यो त मिलको जाँतोमा पिसिएर धूलो हनुजस्तै हो, जहाँ कुनै मानव झल्कोसमेत हुँदैन, तँ त्यसमै पूरै डुबेकी हुन्छेस्, र अन्ततः तैँले पनि आफूले विवाह गरेको त्यो दियाबलसको जस्तै नियति भोग्छेस्, र त्यसरी नै तेरो जीवन सकिनेछ।

हामीले भर्खरै कुनै व्यक्तिले वैवाहिक जीवनमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छ सक्दैन भनेर कसरी मूल्याङ्कन गर्ने भन्‍ने सम्बन्धमा दुईवटा मापदण्डहरू सङ्गति गर्‍यौँ। ती के-के हुन्, के तँलाई याद छ? (छ।) यी दुई मापदण्डहरू मानिसहरूको मानवताको गुणस्तरसँग सम्बन्धित छन्। एउटा मापदण्ड भनेको तिनीहरूले आफ्नो कर्तव्य सचेत रूपमा र जिम्मेवारीपूर्वक निभाउन सक्छन् सक्दैनन्, र तिनीहरूले मण्डलीको काम र परमेश्‍वरको घरका हित रक्षा गर्न सक्छन् सक्दैन भनी हेर्नु हो। कतिपय मानिसहरूलाई तैँले हेरेरै मात्र प्रस्ट रूपमा मूल्याङ्कन गर्न नसक्‍ने हुन सक्छ; तिनीहरूले हैसियत खोजी गर्नको निम्ति वा आफूसँग हैसियत हुँदा, आफ्नो कर्तव्य निभाउन र मण्डलीको काम रक्षा गर्न सक्छन्, तर तिनीहरूसँग हैसियत बाँकी नहुँदा तिनीहरू कस्ता हुनेछन् भन्‍ने कुरा तैँले अझै प्रस्टसित बुझेकी छैनस्। यो बेलामा, तैँले कसैगरी तिनीहरूको सही मूल्याङ्कन गर्नै सक्दैनस्। तर जब तैँले तिनीहरूले हैसियत गुमाउँदा परमेश्‍वरलाई सराप्दै र परमेश्‍वरको निन्दा गर्दै तमासा देखाएको र परमेश्‍वर धर्मी हुनुहुन्न भनेको देख्छेस्, तैँले त्यतिखेर मात्र तिनीहरूलाई खुट्ट्याउन सक्छेस्, र सोच्नेछेस्, “यो मान्छेमा परमेश्‍वरको डर मान्ने हृदय छँदै छैन। भाग्यवश उसले समयमै आफ्नो साँचो रङ्ग देखायो। नदेखाएको भए त, मैले उसलाई मेरो विवाहको जोडीको रूपमा छनोट गरेकी हुन्थेँ।” जोडी छनोट गर्ने अर्को मापदण्ड—उसमा परमेश्‍वरको डर मान्ने हृदय भएको वा नभएको कुरा—पनि महत्त्वपूर्ण छ। यदि तैँले यो मापदण्ड प्रयोग गरेर मानिसहरूलाई मूल्याङ्कन र मापन गर्छेस् भने, त्यसले तँलाई विवाहको त्यो अभिशापबाट बचाउनेछ। के जोडी छनोट गर्ने यी दुई मापदण्डहरू महत्त्वपूर्ण छैनन् र? (महत्त्वपूर्ण छन्।) के तँ ती मापदण्डहरू बुझ्छेस्? (बुझ्छु।) कतिपय महिलाहरू पैसालाई अत्यन्तै धेरै प्रेम गर्छन्। त्यसैले कुनै पुरुषसँग भेट्न सुरु गर्दा, तिनीहरू अत्यन्तै कोमल र समझदार हुन्छन्, र उक्त पुरुषले सोच्छ, “यो महिला आकर्षक छे! ऊ सानी चरीजस्तै छे, दिनभरि मसितै बस्छे र गमजस्तै ममा टाँसिन्छे। ऊ ठ्याक्कै एउटा पुरुषले सपना देख्ने र पछ्याउने खालकी महिला हो। पुरुषलाई यस्तै महिलाको आवश्यकता हुन्छ, जो कोमलतापूर्वक बोल्छे, जो आफ्नो लोग्नेमाथि भर पर्छे, र जसले आफ्नो लोग्नेलाई साँच्चिकै आवश्यक महसुस गराउँछे। यस्ती महिला आफूसँग जोडिए, र आफूसँगै भए, जीवन अत्यन्तै खुसीपूर्ण हुनेछ।” त्यसैले, तिनीहरू विवाह गर्छन्, तर त्यसपछि उसले त्यो महिलाले परमेश्‍वरमा विश्‍वास त गर्छे तर सत्यता पछ्याउन ठूलो प्रयास गर्दिन भन्‍ने बुझ्छ। जब-जब उसले कर्तव्य निभाउने कुरा निकाल्छ, त्यसले आफूसँग समय छैन भन्छे, सधैँ बहानाहरू बनाउँछे र थकित छु भन्छे, र हर कुनै दुःख भोग्न अनिच्छुक हुन्छे। घरमा त्यसले खाना बनाउने वा सरसफाइ गर्ने गर्दिन, बरु जतिबेला पनि टिभी हेरेर बस्छे; जब त्यसले कसैले कुनै डिजाइनर ब्याग किनेको वा कसैको परिवार कुनै विलासी महलमा बसिरहेको र महँगो गाडी किनेको देख्छे, तब त्यो परिवारको लोग्ने कति सक्षम होला भनेर भन्छे; त्यसले प्राय: अनावश्यक खर्च गर्छे, र जहिले पनि सुन पसल, गहना पसल, वा विलासी सामाग्री पसलमा जाँदा पैसा खर्च गरेर राम्रा-राम्रा कुरा किन्न चाहन्छे। तैँले त्यो कुरा बुझ्दैनस् र सोच्छस्, “ऊ अत्यन्तै आकर्षक हुने गर्थी। कसरी ऊ यस्ती महिला बन्‍न सकेकी होला?” देखिस् त? त्यो बदलिसकेकी छे, हैन त? जब तिमीहरू पहिले एकअर्कालाई भेटिरहेका थियौ, त्यसले आफ्नो कर्तव्य निभाउन र थोरै दुःख भोग्न सक्थी, तर त्यो सबै नै सतही कुरा मात्र थियो। अब त तिमीहरूले विवाह गरिसकेका छौ, तर त्यो बिलकुलै त्यस्ती रहिन। तैँले त्यसका भौतिक मागहरू पूरा गर्न सक्दैनस् भन्‍ने कुरा त्यसले बुझ्छे र तँलाई यसो भन्दै दोष लाउन थाल्छे, “तिमी किन पैसा कमाउन नगएको? परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्य निभाउनुको के अर्थ छ? के परमेश्‍वरमा विश्‍वास गरेर घर चल्छ? के परमेश्‍वरमा विश्‍वास गरेर तिमी धनी हुन सक्छौ?” त्यसले गैरविश्‍वासीहरूले बोल्‍ने कुराहरूसमेत बोल्छे—के त्यो महिलाले परमेश्‍वरमा साँच्चै विश्‍वास गर्छे त? (गर्दिन।) त्यसले कहिल्यै आफ्नो कर्तव्य निभाउन चाहँदिन, त्यसले परमेश्‍वरमाथिको आस्था र सत्यता पछ्याउने वा मुक्ति पाउने खोजीबारे केही सोच्दिन, र अन्त्यमा त्यसले अत्यन्तै विद्रोही कुराहरूसमेत बोल्छे र त्योसित परमेश्‍वरको डर मान्ने कुनै हृदय हुँदैन। त्यसोभए, त्यो महिलाले हरपल सोचिरहने कुरा के हो? (खाना, कपडा, र मोजमस्ती।) त्यसले पैसा र भौतिक सुखबारे मात्र सोच्छे, अरू केही सोच्दिन। त्यो त पैसामै मर्ने पैसाकी किरी हो। यदि तैँले त्यसलाई विवाह गरिस् र त्यसले परमेश्‍वरमाथिको तेरो आस्थामा बाधा पुर्‍याउँछे र तँलाई कर्तव्य त्याग्न र सांसारिक कुराहरू पछ्याउन उक्‍साउँछे भने, तँ के गर्नेछस्? तँ अझै सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न चाहन्छस्, तर यदि त्यसलाई पछ्याइस् भने, तैँले मुक्ति प्राप्त गर्न सक्नेछैनस्। यदि तैँले त्यसलाई पछ्याइनस् भने, त्यसले तँसित विवाद गर्दै तँसित सम्बन्धविच्छेद गर्नेछे। सम्बन्धविच्छेद भइसकेपछि, तँ विनाजोडी एक्लै बस्नेछस्—तर के तैँले यसबाट पार पाउन सक्नेछस् त? यदि तँसित कहिल्यै कुनै जोडी नभएको भए त्यो ठिक हुनेथ्यो, तर अब त तँ तेरी जोडीसँग धेरै वर्ष बसेको छस् र तँलाई त्यससँग बस्ने बानी परेको छ। अचानक तँ सम्बन्धविच्छेद भएर जोडीहीन हुन्छस्—के तैँले यसबाट पार पाउन सक्छस्? यसबाट पार पाउन सजिलो छैन, छ र? चाहे त्यो तेरो जीवनका आवश्यकता र भावनात्मक आवश्यकताको सन्दर्भमा होस्, वा तेरो भित्री आत्मिक संसारको सन्दर्भमा होस्, तैँले त्यसबाट पार पाउन सक्दैनस्। तेरो जीवन जिउने तरिका बदलिएर पहिलेको भन्दा अर्कै भएको छ, र तेरो पहिलेको जीवनको शैली, लय र तरिका पूरै लथालिङ्ग बनेको छ। तैँले कस्तो खालको विवाह गरिस्? यो विवाहले तँमा के ल्याएको छ? खुसी कि विपत्ति? (विपत्ति।) त्यसले विपत्ति ल्यायो। त्यसकारण, यदि तँलाई मानिसहरूको मूल्याङ्कन कसरी गर्ने भन्‍ने थाहा छैन र तँ सही सिद्धान्त र परमेश्‍वरका वचनहरूमा आधारित नभई मानिसहरूको मापन गर्छस् भने, तैँले त्यतिकै डेटिङमा जाने वा डेट गर्ने, बिहे गर्ने, वा वैवाहिक जीवनमा प्रवेश गर्नेबारे कुनै सोच वा योजना नबनाउन सक्दो प्रयास गर्नुपर्छ। किनभने आजकाल यो संसारका दुष्ट प्रवृत्तिहरूले मान्छेलाई भयङ्कर लोभ देखाउँछन्, र हरव्यक्तिले जीवनमा धेरै प्रलोभनहरू र तिनका हरप्रकारहरू सामना गर्छ; कसैले पनि तीबाट पार पाउन सक्दैन, र तँ सत्यता पछ्याउँछस् भने पनि, तँलाई तीबाट पार पाउन कठिन नै लाग्नेछ। यदि तँ सत्यता पछ्याउँछस् र सत्यताबारे बुझाइ हासिल गर्छस् र सत्यता प्राप्त गर्छस् भने, तैँले तीबाट पार पाउन सक्नेछस्। तर तैँले सत्यता बुझ्नु र प्राप्त गर्नुअघि, प्रलोभनले तँलाई सधैँ लोभ्याइरहेको हुनेछ, र त्यो तेरो लागि सधैँ खतरा हुनेछ। यसबाहेक, तिमीहरूको लागि अर्को एउटा ठूलो समस्या छ, र त्यो के हो भने तिमीहरूलाई मानिसहरूको मूल्याङ्कन कसरी गर्ने भन्‍ने नै थाहा छैन र तिमीहरू मानिसहरूको सार प्रस्ट रूपमा बुझ्न सक्दैनौ—र यही नै सबैभन्दा ठूलो समस्या हो। तिमीहरूलाई के मात्रचाहिँ मूल्याङ्कन गर्न आउँछ? पुरुषहरूलाई महिला राम्री छ छैन, कलेज पढेकी छ छैन, उसको परिवार धनी छ छैन, उसले कपडा मिलाएर लाउन सक्छे सक्दिन, उसलाई रोमान्टिक हुन आउँछ आउँदैन, र ऊ स्नेही बन्न सक्छे सक्‍दिन भन्‍ने कुरा मात्र मूल्याङ्कन गर्न आउँछ। थप विस्तारमा भन्नुपर्दा, पुरुषहरूले त्यो महिला असल श्रीमती र आमा होली नहोली, र भविष्यमा त्यसले छोराछोरी राम्ररी पढाउन र घर चलाउन सक्ली नसक्ली भनेर जान्न कोसिस गर्न सक्छन्। पुरुषहरूले सबैभन्दा बढी मूल्याङ्कन गर्न सक्ने कुराहरू यिनै हुन्। अनि महिलाहरूले पुरुषबारे के मूल्याङ्कन गर्न सक्छन्? तिनीहरूले त्यो पुरुषलाई रोमान्टिक हुन आउँछ आउँदैन, त्यो सक्षम छ छैन, त्यसले परिवारमा आर्थिक योगदान गर्छ गर्दैन, त्यसको योग धनी हुने छ कि गरिब, र त्योसँग समयसँगै चल्ने कुनै सूत्र छ छैन भन्‍ने कुरा मूल्याङ्कन गर्न सक्छन्। अझै राम्ररी भन्नुपर्दा, महिलाहरूले त्यो पुरुषले दुःख भोग्न सक्छ सक्दैन, त्यसले परिवार राम्ररी व्यवस्थापन गर्न सक्छ सक्दैन, त्योसित लागेमा उसले राम्रो खान-लाउन पाउँछे पाउँदिन, त्यसको पारिवारिक पृष्ठभूमि कस्तो छ, त्यसको परिवार सम्पन्न छ छैन, तिनीहरूको घर, गाडी र व्यवसाय छ छैन, तिनीहरू व्यवसायी हुन् कि किसान वा श्रमिक, अहिले त्यसको परिवारको आर्थिक स्थिति कस्तो छ, र त्यसका आमाबुबाले त्यसको बिहेको लागि पैसा जोगाएका छन् छैनन् भन्‍ने कुराहरू मूल्याङ्कन गर्न सक्छन्। महिलाहरूले जान्न कोसिस गर्ने कुराहरू बढीमा यिनै हुन्। सम्भावित जोडीको मानवता सार कस्तो छ, वा परमेश्‍वरमाथिको आस्थाको सम्बन्धमा उसले के निर्णय गर्नेछ भन्‍नेसम्बन्धमा, के तिमीहरूले प्रस्टसित कुरा बुझ्न सक्छौ? (सक्दैनौँ।) अझ ठ्याक्‍कैसित भन्नुपर्दा, के यो व्यक्तिले ख्रीष्टविरोधी मार्ग पछ्याउन सक्छ? के ऊ दुष्ट छ? उसको मानवताको गुणका प्रकटीकरण र अभिव्यक्तिको सार-सङ्क्षेपद्वारा मूल्याङ्कन गर्दा, के ऊ सत्यता पछ्याउने व्यक्ति हो कि सत्यताप्रति वितृष्णा राख्ने व्यक्ति हो? के ऊ सत्यता खोजी गर्ने मार्ग पछ्याउन सक्षम छ? के ऊ मुक्ति प्राप्त गर्न सक्षम छ? अनि, यदि तैँले ऊसित विवाह गरिस् भने, के तिमीहरू दुवैजना श्रीमान्‌ र श्रीमतीको रूपमा राज्यमा प्रवेश गर्न सक्नेछौ? तैँले यी कुराहरू प्रस्ट बुझ्न सक्दैनस्, सक्छस् र? कतिपय मानिसहरू भन्छन्, “हामीले किन यी कुराहरू प्रस्ट बुझ्‍नुपर्‍यो? संसारमा कति हो कति विवाहित मानिसहरू छन्। तिनीहरूले पनि त यी कुराहरू प्रस्ट बुझ्न सक्दैनन्, तैपनि तिनीहरूको जीवन चलेकै छ त, छैन र?” धेरै मानिसहरूले विवाहलाई प्रस्ट बुझ्दैनन्। यदि तैँले कुनै असल व्यक्तिलाई भेटिस् जो शालीनतापूर्वक जिउँछ र जोसँग तैँले कुनै ठूला निराशा वा उतारचढावरहित जीवन जिउन सक्छस्, र जोसँग कुनै ठूलो दुःख छैन भने, यसलाई राम्रो जीवन र राम्रो विवाह मान्न सकिन्छ। तर कतिपय मानिसहरू अरूलाई प्रस्ट बुझ्दैनन् र त्यो व्यक्ति कस्तो देखिन्छ र उसको हैसियत के छ भन्‍नेमा मात्र ध्यान दिन्छन्। अनि, तिनीहरूलाई मिठा-मिठा कुरा सुनाएर मक्ख पारिन्छ, र विवाहपछि तिनीहरूले आफ्नो जोडी दुष्ट व्यक्ति र दियाबलस रहेको थाहा पाउँछन्, र त्यस्तो व्यक्तिसँग बिताएको हरदिन एक वर्षजस्तो लाग्छ। महिलाहरू प्राय: आँसु झार्छन्, र पुरुषहरूले पनि ठूलो धोका र पीडा पाउँछन्, र केही वर्षपछि सम्बन्धविच्छेद हुन्छ। कतिपय दम्पतीहरू छोराछोरी तीन-चार वर्ष वा किशोरावस्थामा हुँदा सम्बन्धविच्छेद गर्छन्, र कतिपयले त नातिनातिना पाइसकेपछि अबउप्रान्त सँगै जिउन नसक्ने थाहा पाउँछन्, र सम्बन्धविच्छेद गर्छन्। यी मानिसहरूले अन्त्यमा के भन्छन्? “विवाह एक चिहान हो,” र “विवाह एक मसानघाट हो।” त्यसोभए, यो परिणाम ल्याउने गल्ती महिलाको थियो कि पुरुषको? दुवैले गल्ती गरे, र कोहीभन्दा कोही कम थिएन। तिनीहरूलाई विवाह वा विवाहित जीवनको प्रकृति के हो भन्‍ने थाहै छैन। विवाहको प्रकृति त एकअर्काको लागि जिम्मेवारी लिनु, वास्तविक जीवनमा प्रवेश गर्नु र एकअर्कालाई साथ दिनु हो। यो दुवै जोडीको सामान्य[क] मानवतामा भर पर्छ ताकि तिनीहरू वृद्ध-वृद्धा हुन्जेल खुसी र स्थिरतासाथ जिउन र अन्त्यसम्मै सँगै रहन सकून्। अनि विवाहित जीवनको प्रकृति के हो? त्यो पनि दुवै जोडीको सामान्य[ख] मानवतामै भर पर्छ, र यस तरिकाले मात्र तिनीहरू शान्तिपूर्वक, व्यवस्थित र खुसी भएर जिउन सक्छन्। दुवै जोडीले एकअर्काको जिम्मेवारी लिनुपर्छ, तब मात्र तिनीहरूले अन्त्यसम्मै मिलेर बुढ्यौली पार गर्न सक्छन्। तथापि, त्यो राज्य प्रवेश गर्नु होइन; विवाहित दम्पतीले सँगै राज्य प्रवेश गर्नु सजिलो छैन। तर राज्य प्रवेश गर्न नसके पनि, विवाहित दम्पतीले अन्त्यमा वृद्धावस्थासम्म सँगसँगै जिउनको लागि तिनीहरूमा कम्तीमा पनि विवेक र समझ, अनि मापदण्डस्तरको मानवता हुनुपर्छ। के कुरा यही होइन र? (हो।) के यसरी सङ्गति गर्दा तिमीहरूको विवाहप्रतिको आस्था बढ्छ कि घट्छ, र के त्यसले तिमीहरूलाई सही मनोवृत्ति र विचार विकास गर्न मद्दत गर्छ? (त्यसले हामीलाई सही मनोवृत्ति र विचार विकास गर्न मद्दत गर्छ।) आस्था बढी वा कम हुनुसित यसरी सङ्गति गर्नुको कुनै सम्बन्ध छैन, हैन त? मैले विवाहबारेका विविध मनोकल्पनाहरू त्याग्नेबारे कुरा गर्नुको उद्देश्य तँलाई विवाह त्याग्न वा अस्वीकार गर्न लगाउनु होइन, बरु तैँले यस मामलाप्रति सही र तर्कसङ्गत विधि अपनाउन सक् भनेर हो। थप प्रस्ट्याउनुपर्दा, तैँले यो मामलालाई परमेश्‍वरका वचनअनुसार मनन गर्न, हेर्न र समाधान गर्न सक् भनेर हो। यो तैँले विवाहबारे सोच्न पूर्ण रूपमा छोड् भनेर होइन—नसोच्नु भनेको त्याग्नु होइन। साँचो रूपमा त्याग्नु भनेको ठिक र सही सोच र विचारहरू बोक्नु हो। अब, यसरी सङ्गति गर्दा, के तिमीहरूले विवाहबारेका आफ्ना विविध मनोकल्पनामध्ये केही त्यागिसकेका हुँदैनौ र? (हुन्छौँ।) के अब तिमीहरूमा विवाहको डर बढेको छ कि चाह? वास्तवमा, यी दुवै होइनन्। त्यसको त्यति धेरै डर मान्नुपर्ने वा चाह राख्‍नुपर्ने आवश्यकता छैन। यदि तँ अहिले एकल छस् र यसो भन्छस् रे, “म सत्यता पछ्याउन र आफूलाई परमेश्‍वरमा अर्पित गर्न चाहन्छु। म यतिखेर विवाहबारे सोचिरहेको छैन र विवाह गर्ने मेरो कुनै योजना छैन, त्यसैले विवाहलाई म हृदयको खाली ठाउँको रूपमा राख्नेछु, त्यसलाई खाली पानाको रूपमा छोड्नेछु।” के यो विचार ठिक हो? (होइन, परमेश्‍वरले हामीलाई यो सत्यता सङ्गति गरिरहनुभएको छ किनभने हामीले आफूलाई त्यसद्वारा सुसज्जित गर्नुपर्छ, र त्यसलाई बुझ्नु र अभ्यास गर्नुपर्छ। हामीले परमेश्‍वरले भन्नुभएअनुसार व्यवहार पनि गर्नुपर्छ, पूर्णतया परमेश्‍वरका वचनअनुसार र सत्यतालाई आफ्नो मापदण्डका रूपमा लिएर मानिसहरू र विभिन्न कामकुराहरूलाई हेर्नुपर्छ, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नुपर्छ। यतिखेर हामीले विवाहबारे सोचविचार गरिरहेका भए पनि नभए पनि, हामीले यो सत्यता बुझ्नैपर्छ, त्यसपछि मात्र हामी गल्ती गर्नबाट जोगिनेछौँ।) के यो बुझाइ ठिक छ? (ठिक छ।)

कोही छ, जो अहिले यसो भन्छ, “हामी एकल हौँ र गैरविश्‍वासीहरूको संसारले एकल हुनुलाई आदर्श भन्छ, त्यसैले के परमेश्‍वरको घरमा एकल मानिसहरू पवित्र र विवाहित मानिसहरू अपवित्र हुन् भन्न मिल्दैन र?” के यस्ता कुराहरू भन्‍ने कोही छ? कतिपय विवाहित मानिसहरू छन् जो सधैँ विवाहसम्बन्धी बुझाइमा गलत धारणा बोक्छन्। तिनीहरू विवाह गरेपछि आफ्ना सोचहरू पहिलेजस्तो शुद्ध, सरल वा सफा हुँदैनन्, विवाह गरेपछि ती सोचहरू जटिल बन्छन्, र खासगरी विवाहित मानिसहरूले विपरीत लिङ्गीसँग सम्बन्ध राख्छन् र त्यसउप्रान्त तिनीहरू पवित्र रहँदैनन् भन्‍ने विश्‍वास गर्छन्। त्यसैले, परमेश्‍वरको काम स्विकारेपछि, तिनीहरूले दृढतापूर्वक आफ्नो जोडीलाई भन्छन्, “मैले परमेश्‍वरको काम स्विकारेको छु, र आजको दिनदेखि मैले पवित्रता पछ्याउनुपर्छ। अबदेखि म तिमीसँग सुत्‍न सक्दिनँ। तिमी एक्लै सुत, म अर्को कोठामा गएर सुत्नुपर्छ।” तबदेखि, तिनीहरू छुट्टै सुत्छन् र तिनीहरूको जोडी छुट्टै सुत्छ, तर अझै पनि तिनीहरू सँगैचाहिँ सँगै नै जिउँछन्। यस्ता मानिसहरू के पछ्याइरहेका हुन्छन्? तिनीहरू एक प्रकारको दैहिक पवित्रता पछ्याइरहेका हुन्छन्। के यो विवाहबारेको गलत बुझाइ होइन र? (हो।) के यो गलत बुझाइ समाधान गर्न सजिलो छ? कतिपय विवाहित मानिसहरू छन्, जो विपरीत लिङ्गीसँग सम्बन्ध राखेपछि आफू पवित्र छैन भन्‍ने विश्‍वास गर्छन्। यसको अन्तर्निहित अर्थ त, यदि तिनीहरूले विपरीत लिङ्गीसँग सम्बन्ध राखेनन् र वैवाहिक जीवन छोडेर सम्बन्धविच्छेद गरे भने, तिनीहरू पवित्र बन्नेछन् भन्‍ने हुन्छ। यदि कोही व्यक्ति त्यसरी पवित्र बन्छ भने, के त्यसको मतलब अविवाहित मानिसहरू झनै बढी पवित्र हुन्छन् भन्‍ने होइन र? यस्ता विकृत बुझाइहरू बोकेपछि, मानिसहरूले गर्ने निर्णय र व्यवहारहरूले तिनीहरूका जोडीलाई अन्योल पार्छन् र रिस उठाउँछन्। कतिपय गैरविश्‍वासी श्रीमान्‌ वा श्रीमतीहरूले आस्थालाई गलत बुझ्छन् र त्यसप्रति घृणाभाव राख्छन्, र कतिपयले परमेश्‍वरबारे ईशनिन्दासमेत गर्छन्। ल भन् त, के “पवित्रता” पछ्याउने यी मानिसहरूले गर्ने काम ठिक हो त? (अहँ, होइन।) किन होइन? सबभन्दा पहिला त, तिनीहरूको सोचमा समस्या छ। त्यो कस्तो समस्या हो? (तिनीहरू परमेश्‍वरका वचनहरूलाई गलत बुझ्छन्।) पहिलो कुरा, विवाहसम्बन्धी तिनीहरूका विचार विकृत हुन्छन्; दोस्रो कुरा, पवित्रता र अपवित्रताबारे तिनीहरूका परिभाषा र बुझाइहरू विकृत हुन्छन्। तिनीहरू विपरीत लिङ्गीसँग सम्बन्ध नराख्दा पवित्र भइन्छ भन्‍ने विश्‍वास गर्छन्, त्यसोभए अपवित्रता भनेको के हो? पवित्रता भनेको के हो? के पवित्रताको अर्थ भ्रष्ट स्वभावरहित हुनु हो? जब कसैले सत्यता प्राप्त गर्छ र जब उसको स्वभाव परिवर्तन हुन्छ, त्यसपछि उसमा कुनै भ्रष्ट स्वभाव बाँकी रहँदैन। के विपरीत लिङ्गीसँग सम्बन्ध नराखेको व्यक्तिमा कुनै भ्रष्ट स्वभाव हुँदैन र? के मानिसहरूको भ्रष्ट स्वभाव तिनीहरूले विपरीत लिङ्गीसँग सम्बन्ध राख्दा मात्र उत्पन्न हुने हो र? (होइन।) प्रस्ट रूपमा भन्नुपर्दा, यो बुझाइ गलत छ। तैँले विवाह गरेर विपरीत लिङ्गीसँग सम्बन्ध राखिसकेपछि, तेरा भ्रष्ट स्वभावहरू त्योभन्दा खराब बन्दैनन्, ती पहिलेजस्तै नै रहन्छन्। यदि तैँले विवाह गरेको छैनस् र विपरीत लिङ्गीसँग सम्बन्ध राखेको छैनस् भने, के तँमा कुनै भ्रष्ट स्वभाव हुँदैनन् र? हुन्छन्, कैयौँ हुन्छन्। त्यसकारण, चाहे पुरुष होस् वा महिला, त्यस्तो व्यक्तिमा भ्रष्ट स्वभावहरू हुने वा नहुने कुरा उसको वैवाहिक स्थितिको आधारमा, र उसले विवाह गरेको वा विपरीत लिङ्गीसँग सम्बन्ध राखेको छ छैन भन्‍ने आधारमा मापन गरिँदैन। अनि, यस तरिकाले सोच्ने र व्यवहार गर्ने मानिसहरूमा किन विवाहबारे यसप्रकारको गलत धारणा हुन्छ? तिनीहरू किन यस्तो व्यवहार गर्छन्? के यो समाधान गर्नुपर्ने समस्या होइन र? (हो।) के तिमीहरू यसलाई हल गर्न सक्छौ? कसैले विपरीत लिङ्गीको सम्पर्कमा आएर तिनीहरूसँग सम्बन्ध राखेमा मात्र पनि ऊ अपवित्र र पूर्ण रूपले भ्रष्ट भइहाल्‍नु—के यस्तो हुन्छ र? (हुँदैन।) यदि त्यस्तो हुन्थ्यो भने, परमेश्‍वरले पुरुष र महिलाको मिलन तोक्नु नै गल्ती हुनेथ्यो। त्यसैले, हामी कसरी यो समस्या हल गर्न सक्छौँ? यो समस्याको स्रोत के हो? यो समस्याको स्रोत विश्‍लेषण गरेर र बुझेर यो हल गर्न सकिन्छ। के तिमीहरूमा पनि यो विचार छैन र? के विवाहबारे विवाहित वा अविवाहित सबैमा यो विचार हुँदैन र? (हुन्छ।) मलाई थाहा छ, तिमीहरू यो समस्याबाट उम्कन सक्दैनौ। त्यसकारण, यो विचार कहाँबाट आउँछ? (मानिसहरू पवित्रता के हो र अपवित्रता के हो भन्‍नेबारे प्रस्ट छैनन्।) अनि मानिसहरूले पवित्रता के हो र अपवित्रता के हो भनी नजान्नुको कारण के हो? (मानिसहरूले विशुद्ध रूपमा परमेश्‍वरका वचन वा सत्यता बुझ्न सक्दैनन्।) तिनीहरूले परमेश्‍वरका वचनहरूको कुन पक्ष विशुद्ध रूपमा बुझ्न सक्दैनन्? (विवाह भनेको मानिसहरूले आफ्नो जीवनमा सामान्य रूपले अनुभव गर्नुपर्ने कुरा हो र यो परमेश्‍वरले तोक्नुभएको कुरा पनि हो, तर मानिसहरू विवाह गरेर विपरीत लिङ्गीसँग सम्बन्ध राख्नुलाई पवित्र हुनु वा नहुनुसित जोड्छन्, जबकि साँच्चिकै पवित्र हुनुको अर्थ व्यक्ति भ्रष्ट स्वभावरहित छ भन्‍ने हुन्छ, र ऊ विवाहित हो वा होइन भन्‍ने कुरासित यसको कुनै सम्बन्ध छैन। क्याथोलिक मण्डलीका भिक्षुणीहरूको उदाहरण लिऔँ। यदि तिनीहरूले आखिरी दिनहरूको परमेश्‍वरको काम स्विकारेनन् र सत्यता बुझेनन् भने, तिनीहरूले अविवाहित भएरै पूरै जीवन बिताए पनि, अझै तिनीहरू पवित्र हुन् भन्न सकिन्न, किनकि तिनीहरूका भ्रष्ट स्वभावहरू सुल्झेकै हुँदैनन्।) के यसले यो मामलाको प्रस्ट वर्णन गर्छ? के पवित्रता र अपवित्रताबीचको भिन्नता कोही व्यक्ति विवाहित हुनु वा नहुनुमा हुन्छ? (हुँदैन।) अहँ, हुँदैन, र यसलाई प्रमाणित गर्ने पर्याप्त प्रमाण छ। उदाहरणको लागि, मानसिक असक्षमता भएकाहरू, मानसिक वृद्धि नभएकाहरू, मानसिक बिरामीहरू, क्याथोलिक भिक्षुणी, बौद्ध भिक्षुणी, र बौद्ध भिक्षुहरू सबै अविवाहित हुन्छन्, तर के तिनीहरू पवित्र हुन् त? (होइनन्।) मानसिक असक्षमता भएका, मूर्ख र मानसिक बिरामीहरूमा सामान्य समझ हुँदैन; तिनीहरूको विवाह हुँदैन, तिनीहरूमध्ये कुनै पनि पुरुषले श्रीमती भेट्टाउँदैन, र कुनै पनि महिलाले श्रीमान्‌ भेटाउँदिन, र तिनीहरू पवित्र हुँदैनन्। क्याथोलिक भिक्षुणी, बौद्ध भिक्षुणी, र बौद्ध भिक्षुहरू, साथै अन्य केही विशेष समूहका मानिसहरूले विवाह गर्दैनन्, र तिनीहरू पनि पवित्र होइनन्। यहाँ “पवित्र होइनन्” भन्नुको अर्थ के हो? मेरो मतलब तिनीहरू अपवित्र हुन्। अनि, “अपवित्र” भन्नुको अर्थ के हो? (तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ।) ठिक भनिस्, त्यसको अर्थ तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ। यी सबै अविवाहित मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र यिनीहरू कोही पनि पवित्र हुँदैनन्। त्यसोभए, विवाहित मानिसहरू कस्ता हुन्छन्? के सारभूत रूपमा ती विवाहित मानिसहरू र यी अविवाहित मानिसहरूबीच कुनै भिन्नता हुन्छ? (हुँदैन।) सारभूत रूपमा, तिनीहरूबीच कुनै भिन्नता हुँदैन। मैले तिनीहरूबीच कुनै भिन्नता हुँदैन भन्नुको अर्थ के हो? (तिनीहरू सबै शैतानद्वारा भ्रष्ट तुल्याइएका हुन्छन् र तिनीहरू सबैमा भ्रष्ट स्वभावहरू हुन्छन्।) ठिक भनिस्, तिनीहरू सबै शैतानद्वारा भ्रष्ट तुल्याइएका हुन्छन् र तिनीहरू सबैमा भ्रष्ट स्वभावहरू हुन्छन्। तिनीहरू परमेश्‍वरप्रति वा सत्यताप्रति समर्पित हुन सक्दैनन्, र तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग पछ्याउन सक्दैनन्। तिनीहरूलाई परमेश्‍वरले सराहना गर्नुहुन्न, तिनीहरूले मुक्ति पाउँदैनन् र तिनीहरू सबै अपवित्र हुन्छन्। त्यसैले, कुनै व्यक्ति पवित्र हो कि अपवित्र भन्‍ने कुरा ऊ विवाहित हो होइन भन्‍ने कुराद्वारा मापन गर्न सकिँदैन। त्यसोभए मानिसहरू किन विवाहबारे यस्तो गलत धारणा राख्छन्, र विवाह गर्ने मानिसहरू पवित्र हुँदैनन्, अपवित्र हुन्छन् भन्‍ने विश्‍वास गर्छन्? यो गलत धारणाको केन्द्रबिन्दु के हो? (विवाहबारे तिनीहरूका विचारहरू विकृत हुन्छन्।) के विवाह र विवाहित जीवनबारे तिनीहरूका विचार विकृत भएका हुन्, कि अरू नै केही कुराबारे तिनीहरूका विचारहरू विकृत भएका हुन्? के यो कुरा कसैले प्रस्ट व्याख्या गर्न सक्छ? हामीले पहिले भनेझैँ जुनसुकै विवाह पनि अन्ततः वास्तविक जीवनमा फर्कनेछ। त्यसैले, के मानिसहरूले अपवित्र भनी विश्‍वास गर्ने कुरा यही विवाहित जीवनबाट आउने हो त? (होइन।) मानिसहरूले अपवित्र भनी विश्‍वास गर्ने कुराको स्रोत त्यो होइन। आफूले अपवित्र भनी विश्‍वास गर्ने कुराहरूको स्रोत मानिसहरूलाई मनमस्तिष्क र भित्री हृदयमा थाहा हुन्छ: त्यो तिनीहरूको यौन चाहना हो, र गलत धारणा यसैमा हुन्छ। व्यक्ति विवाहित हो कि अविवाहित भन्‍ने आधारमा पवित्र वा अपवित्र भनी उसको परिभाषा दिनु र भिन्‍नता छुट्याउनु एक गलत बुझाइ र गलत धारणा हो, र यसको स्रोत मानिसहरूमा आफ्नो देहको यौन चाहनाप्रति हुने मिथ्या र बेठिक बुझाइ हो। म किन यो बुझाइ मिथ्या हो भन्छु? मानिसहरू आफूलाई यौन चाहना भएपछि विवाह गर्ने र विपरीत लिङ्गीसँग सम्बन्ध राख्ने र, विपरीत लिङ्गीसँग सम्बन्ध राखेपछि, तिनीहरूले तथाकथित दैहिक यौन चाहनाले भरिएको जीवन जिउन थाल्ने, र त्यसपछि तिनीहरू अपवित्र हुने विश्‍वास गर्छन्। के तिनीहरूले यस्तै विश्‍वास गर्दैनन् र? (हो, गर्छन्।)

त्यसोभए, अब यौन चाहना ठ्याक्कै कस्तो कुरा हो भनी छलफल गरौँ। जबसम्म तैँले त्यसलाई सही रूपमा बुझ्छस् र जबसम्‍म तँमा त्यसबारे सही, ठिक र वस्तुगत बोध र बुझाइ हुन्छ, तबसम्‍म तैँले यो समस्या र अपवित्रता र पवित्रताबारे यो गलत धारणा सुल्झाउनेछस्। के यस्तै हुन्‍न र? मानिसहरूले विवाह गरेपछि, तिनीहरूको यौन चाहना पूरा हुन्छ र तिनीहरू आफ्ना यौन र शारीरिक चाह प्रस्फुटित गर्छन्, र तिनीहरू यस्तो सोच्छन्, “हामी विवाहित मानिसहरू पवित्र हुँदैनौँ, हामी अपवित्र हुन्छौँ। ती भर्खरका अविवाहित पुरुष र महिलाहरू पवित्र हुन्छन्।” यो प्रस्ट रूपमै विकृत बुझाइ हो, र यो यौन चाहना ठ्याक्कै के हो भनी नजानेकोले आउने कुरा हो। अब सबैभन्दा पहिलो मान्छेलाई नै हेरौँ न: के आदममा यौन चाहना थियो? परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिमा सोच, भाषा, इन्द्रिय बोध, साथै स्वतन्त्र इच्छा र संवेगात्मक आवश्यकताहरू हुन्छन्। यो “संवेगात्मक आवश्यकताहरू” को अर्थ के हो? यसको अर्थ मानिसलाई साथ र समर्थन, अनि बोल्नको लागि एउटा जोडी, अर्थात् आफूलाई वास्ता गर्ने, हेरविचार गर्ने, र प्रिय ठान्ने कोही चाहिन्छ भन्‍ने हो—यी संवेगात्मक आवश्यकताहरू हुन्। अर्को पक्ष के हो भने, मानिसहरूमा यौन चाहना पनि हुन्छ। यसो भन्नुको आधार के हो? त्यो आधार के हो भने, परमेश्‍वरले आदमलाई सृष्टि गर्नुभएपछि, उहाँले उसलाई एउटी जोडी चाहियो, उसको जीवनका आवश्यकता र संवेगात्मक आवश्यकताहरूको लागि मात्र एउटी जोडी चाहियो भनेर भन्नुभयो। तर अर्को पनि आवश्यकता थियो जसबारे परमेश्‍वरले बोल्नुभयो। परमेश्‍वरले के भन्नुभयो? उत्पत्ति, पाठ २, पद २४: “त्यसकारण, पुरुष आफ्ना बुबा र आमालाई छोडिजानेछ, र आफ्नी श्रीमतीसँग जोडिनेछ: अनि उनीहरू एउटै देह बन्नेछन्।” यी वचनहरूको अर्थ एकदमै प्रस्ट छ; हामीले यसबारे यति सिधै भन्नुपर्दैन। तैँले यी वचनहरू बुझ्छस्, हैन र? प्रस्टै छ, परमेश्‍वरले आदम अर्थात् मानवजातिको पुर्खा सृष्टि गर्नुहुँदा, आदममा यो चाहना थियो। अवश्य नै, यो वस्तुगत व्याख्या हो। अझै महत्त्वपूर्ण कुरा, परमेश्‍वरले उसको सृष्टि गर्नुहुँदा नै उसमा यो संवेदना अङ्ग थियो, र ऊसँग यी शारीरिक अवस्था र विशेषताहरू थिए—परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको पहिलो पुर्खा र पहिलो दैहिक प्राणी आदमको वास्तविक स्थिति यही थियो। ऊसँग भाषा थियो, उसले सुन्न, देख्न, स्वाद लिन सक्थ्यो, र ऊसँग संवेदना अङ्गहरू र संवेगात्मक आवश्यकताहरू, यौन इच्छा, मनोवैज्ञानिक आवश्यकताहरू थिए, अनि अवश्यै भर्खरै हामीले भनेझैँ ऊसँग स्वतन्त्र इच्छा पनि थियो। यी सबै कुराहरू मिलेर परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजाति बन्छ। के वास्तविक अवस्था यही होइन र? (हो।) यो पुरुषहरूको शारीरिक बनोट हो। अनि, महिलाहरूको चाहिँ कस्तो हुन्छ? परमेश्‍वरले महिलाहरूको शारीरिक बनोट पुरुषकोभन्दा भिन्न सृष्टि गर्नुभयो, र अवश्यै पुरुषकै जस्तो यौन चाहना सृष्टि गर्नुभयो। यसो भन्नुको आधार के हो? उत्पत्ति, पाठ ३, पद १६ मा परमेश्‍वरले भन्‍नुभयो: “म तेरा कष्ट र तेरो सुत्केरी-वेदनालाई ज्यादै बढाइदिनेछु; तैँले कष्टमा नै बच्चाहरू जन्माउनेछेस्।’” यो “बच्चाहरू जन्माउनेछेस्” भन्‍ने वाक्यांशमा उल्लिखित बच्चाहरू कहाँबाट आउँछन्? मानिलिऊँ यस्तो शारीरिक चाहना नभएकी एउटी महिला छे, वा अझै प्रस्ट भन्नुपर्दा, उसमा महिलामा हुने यौन चाहना छैन रे—के ऊ गर्भधारण गर्न सक्षम हुनेछे त? अहँ, र यो एकदमै प्रस्ट छ। त्यसैले, अब परमेश्‍वरका यी दुई हरफहरू हेर्दा, परमेश्‍वरले सृष्टि गर्नुभएका पुरुष र महिलाका भिन्नाभिन्नै शारीरिक बनोट हुन्छन्, तैपनि ती दुवैको उस्तै यौन चाहना भएको शारीरिक विशेषता हुन्छ। परमेश्‍वरले गर्नुभएका यी कार्यहरू र मानवजातिलाई दिनुभएका निर्देशनका हरफहरूमा अन्तर्निहित सन्देशद्वारा यो कुरा पुष्टि हुन्छ। परमेश्‍वरले सृष्टि गर्नुभएका मानवजातिमा शारीरिक बनोट पनि हुन्छ र तिनीहरूमा आफ्ना शारीरिक बनोटका चाहनाहरू पनि हुन्छन्। त्यसैले, हामीले अहिले यो मामलालाई कसरी लिनुपर्छ? यौन चाहना भन्‍ने कुरो देहकै पाटो हो, यो मानव अङ्गजस्तै हो। उदाहरणको लागि, तैँले बिहान ६ बजे नास्ता खान्छस्, र मध्याह्नसम्ममा लगभग त्यो सबै पचाएको हुन्छस् र तेरो पेट खाली हुन्छ। पेटले यो सूचना दिमागमा पठाउँछ, अनि दिमागले तँलाई भन्छ, “तेरो पेट खाली छ; खाने बेला भयो।” पेटमा हुने यो कस्तो महसुस हो? पेट अलि खाली र असहज महसुस हुन्छ, र तँलाई केही खान मन लाग्छ। अनि केही खाने यो चाहना कसरी उत्पन्न हुन्छ? यो तेरो पूरै स्नायु प्रणाली र अङ्गहरूको कार्य र पाचन-प्रणालीको नतिजा हो—यो त्यति सरल छ। यौन चाहनाको प्रकृति पनि शरीरको अरू कुनै अङ्गको जस्तै हुन्छ; हरेक अङ्ग स्नायु प्रणालीसँग जोडिएको हुन्छ, जसले तेरा विविध अङ्गहरूमा आदेशहरू पठाउँछ। उदाहरणको लागि, तेरो नाकले गन्ध थाहा पाउँछ, र त्यसलाई नराम्रो गन्ध आउँदा यो गन्ध तेरो स्नायु प्रणालीमा प्रवेश गर्छ, र तेरो स्नायु प्रणालीले तेरो दिमागलाई भन्छ, “यो गन्ध नराम्रो छ, यो राम्रो गन्ध होइन।” त्यसले यो सूचना तँसम्म पुर्‍याउँछ, र त्यसपछि तैँले तुरुन्तै नाक छोप्छस् वा नाकअगाडि हात हल्लाउँछस्—यो क्रम चलिरहन्छ। यो क्रमिक चाल र कार्य, र यस्तो अनुभूति र चेतना सबै तेरो शरीरका निश्‍चित अङ्ग र स्नायु प्रणालीले चलाउँछन्। उदाहरणको लागि, तैँले अत्यन्तै चर्को, कानको जाली फुट्ने आवाज सुन्छस्, र तेरा कानले यो सूचना पाइसकेपछि, तँलाई घबराहट वा घृणा महसुस हुन्छ, र तैँले आफ्नो कान छोप्छस्। वास्तवमा, तेरो कानले प्राप्त गरेको कुरा त एउटा आवाज, अर्थात् एउटा सूचना मात्र हो, तर यो आवाज तेरो लागि लाभदायक छ छैन भन्‍ने कुरा तेरो दिमागले थाहा पाउँछ। यदि त्यसले तँमाथि कुनै ठूलो असर पार्दैन भने, तैँले केवल त्यसलाई सुन्छस् र खुट्याउँछस्, र त्यसपछि तैँले खासै ध्यान नदिईकनै त्यो गइहाल्छ; यदि त्यसले तेरो हृदय वा शरीरमा नकारात्मक असर पार्छ भने, तेरो दिमागले त्यो थाहा पाउनेछ र तँलाई कान छोप्‌ वा मुख खोल् भनेर भन्‍नेछ—यस्तै कार्य र सोचहरूको क्रम चलिरहन्छ। मानव यौन चाहना पनि त्यस्तै नै हो, यसमा सम्बन्धित अङ्गहरूले सम्बन्धित स्नायुहरूको नियन्त्रणमा रही भिन्नाभिन्नै मूल्याङ्कन र व्याख्या गर्छन्। मानव यौन चाहना यति सामान्य कुरा हो। यो कुरा मानव शरीरको अरू कुनै पनि अङ्गको झैँ उही स्तरमा र सोसरह नै हुन्छ, तर यसको आफ्नै विशिष्टता हुन्छ, त्यसैले मानिसहरूमा सधैँ यसबारे विविध र भिन्नाभिन्नै विचार, राय वा सोचहरू हुन्छन्। त्यसैले, यस तरिकाले सङ्गति गर्दा, के अब तिमीहरूमा सही बुझाइ हुनुपर्ने होइन र? (हो।) मानव यौन चाहना कुनै रहस्यमयी कुरा होइन; यो परमेश्‍वरले सृष्टि गर्नुभएको कुरा हो र मान्छेको सृष्टि भएदेखि नै यो अस्तित्वमा रहिआएको छ। यो परमेश्‍वरले तोक्नुभएको र परमेश्‍वरले सृष्टि गर्नुभएको कुरा भएकोले, यसबारे मानिसहरूमा हरप्रकारका गलत बुझाइ र धारणाहरू भएकै कारण यो नकारात्मक वा अपवित्र कुरा बन्न सक्दैन। यो अरू कुनै पनि मानव संवेदना अङ्गको कुराजस्तै हो; यो मानव शरीरभित्रै हुन्छ, र यदि यो परमेश्‍वरले बन्दोबस्त गर्नुभएको र तोक्नुभएको उचित विवाहभित्रै हुन्छ भने, यो उचितै कुरा हो। तर यदि मानिसहरू त्यसमा लीन हुन्छन् र त्यसलाई दुरुपयोग गर्छन् भने, त्यो नकारात्मक कुरा बन्छ। यौन चाहना आफैमा अवश्य नै नकारात्मक कुरा होइन, तर त्यसलाई प्रयोग गर्ने मानिसहरू वा ती सोचहरू नकारात्मक हुन्। उदाहरणको लागि, त्रिकोणात्मक प्रेम, व्यभिचार, हाडनाता करणी, साथै बलात्कार र यौन दुर्व्यवहार, आदि इत्यादि—यौन चाहनासँग सम्बन्धित यी कुराहरू नकारात्मक कुरा हुन् र मानव देहको मौलिक यौन चाहनासँग यिनको कुनै सम्बन्ध हुँदैन। देहको यौन चाहना शरीरको कुनै पनि अङ्गको कुराजस्तै हो: यो परमेश्‍वरले सृष्टि गर्नुभएको हो। तर मानवजातिको दुष्टता र भ्रष्टताको कारण, यौन चाहनासम्बन्धी हरखालका दुष्ट कुराहरू देखा पर्छन्, र ती कुराहरूको उचित र सामान्य यौन चाहनासँग कुनै सम्बन्ध हुँदैन—यी त दुई फरक-फरक प्रकृतिका मामलाहरू हुन्। यस्तै हो नि, होइन र? (हो।) त्रिकोणात्मक प्रेम, अनैतिक सम्बन्ध, साथै हाडनाता करणी र यौन दुर्व्यवहार—यी सबै भ्रष्ट मानवजातिमा देखा पर्ने यौन चाहनाका दुष्ट कुराहरू हुन्। उचित यौन चाहना र विवाहसँग यी कुराहरूको कुनै सम्बन्ध हुँदैन; यी अपवित्र र अनुचित कुरा हुन्, सकारात्मक होइनन्। के तँ अब प्रस्टसित बुझ्छस्? (बुझ्छु।)

यस तरिकाले सङ्गति गर्दा, के अब तैँले विवाहित मानिसहरूका ती विकृत बुझाइ र कार्यहरू प्रस्टसित बुझ्न, र तिनका सही र गलत पाटाहरू खुट्याउन सक्छस्? (सक्छु।) जब तैँले भर्खरै आस्थामा लागेको व्यक्तिलाई भेट्छस् र जब उसले यसो भन्छ, “हामीले परमेश्‍वरको काम स्विकारेका छौँ, त्यसैले के अब विवाहित दम्पतीको नाताले हामीले छुट्टाछुट्टै बस्नुपर्छ?” तब तैँले के भन्‍नेछस्? (हामी पर्दैन भन्‍नेछौँ।) तैँले उसलाई यसरी सोध्न सक्छस्, “तिमीहरू किन छुट्टै बस्नुपर्‍यो र? के तिमीहरूको झगडा परेको छ? के तिमीहरूमध्ये एकजनाले धेरै घुरेर अर्कोलाई निन्द्रा पुगिरहेको छैन? यदि त्यसो हो भने, त्यो तिमीहरूको समस्या हो र तिमीहरू छुट्टै बस्न सक्छौ। यदि अरू नै कारणले हो भने, पर्दैन, छुट्टै बस्नु आवश्यक छैन।” अनि, अरू कसैले भन्छ, “ओहो, हामी विवाहित दम्पतीको रूपमा करिब चालिस वर्ष सँगै जिएका छौँ। हामी पाका भएका छौँ, हाम्रा सबै बच्चाहरू हुर्केका छन्, त्यसैले के अब हामी छुट्टाछुट्टै ओछ्यानमा सुत्नुपर्छ? हामीले अबउप्रान्त सँगै सुत्नु हुँदैन, बच्चाहरू हामीलाई हेरेर हाँस्नेछन्। यो वृद्धावस्थामा त हामीले आफ्नो निष्ठा कायम राख्नुपर्छ।” के यसो भन्नु मान्य कुरा हो? (होइन।) अहँ, होइन। यो वृद्धावस्थामा तिनीहरू आफ्नो निष्ठा कायम राख्न चाहन्छन्; यो निष्ठा भनेको कस्तो कुरा हो? जवानीमा तिनीहरू के गरिरहेका थिए? के तिनीहरू बहाना मात्र बनाइरहेका छैनन् र? के यस्ता मानिसहरू घृणाका लायक हुँदैनन् र? (हुन्छन्।) तैँले यस्ता मानिसहरू भेट्दा यसो भन्, “परमेश्‍वरमाथिको विश्‍वासमा हामी यस्ता कुराहरू बोल्दैनौँ, न त परमेश्‍वरको घरसित यस्ता मापदण्ड वा नियमहरू नै छन्। समयसँगै तिमीले यो कुरा सिक्नेछौ। तिमी जसरी चाहन्छौ त्यसरी जिउन सक्छौ; त्यो तिम्रो कुरा हो, र परमेश्‍वरमाथिको आस्था, सत्यता पछ्याइ, र मुक्ति प्राप्तिसँग त्यसको कुनै सम्बन्ध छैन। तिमीले यी कुराहरूबारे सोध्नु आवश्यक छैन, न त कुनै त्याग नै गर्नुपर्छ।” के त्यसपछि यो मामला सुल्झिँदैन र? (सुल्झिन्छ।) त्यसपछि यो विवाहसँग सम्बन्धित मानव यौन चाहनाको समस्या सुल्झिन्छ—सबैभन्दा ठूलो कठिनाइ पार हुन्छ। के यसरी सङ्गति गरेपछि यसबारे तिमीहरू सबैजना प्रस्ट छौ? के तिमीहरूलाई अझै पनि यौन चाहना रहस्यमयी कुरा हो भन्‍ने लाग्छ? (लाग्दैन।) के तिमीहरूलाई अझै पनि यौन चाहना अपवित्र वा फोहोरी कुरा हो भन्‍ने लाग्छ? (लाग्दैन।) यौन चाहनाको सम्बन्धमा भन्नुपर्दा, यो अपवित्र पनि हुँदैन र फोहोरी पनि हुँदैन; यो त उचितै कुरा हो। तर यदि मानिसहरूले यससम्बन्धमा खेल खेल्छन् भने, त्यसउप्रान्त यो बिलकुलै उचित रहँदैन, र यो पूर्णतया अर्कै कुरा बन्छ। जे होस्, यसरी सङ्गति गरेपछि, के मानिसहरूका विविध वास्तविक र अवास्तविक मनोकल्पनाहरू हल हुँदैनन् र? (हुन्छन्।) विवाहका परिभाषा र अवधारणामाथि सङ्गति गरेपछि, तिमीहरूको मस्तिष्कले मूलभूत रूपमा विवाहसम्बन्धी विकृत र बाङ्गाटिङ्गा खोज, आदर्श र इच्छाहरू केही हदसम्म त्यागेका हुन्छन्। बाँकी रहेकाहरूलाई तिमीहरूले आफूभित्रबाट बिस्तारै पहिचान गर्नुपर्ने हुन्छ र वास्तविक जीवनमा व्यक्तिगत अभ्यासमार्फत बिस्तारै अनुभव गर्नुपर्ने र सिक्नुपर्ने हुन्छ। अनि अवश्य नै, सबैभन्दा महत्त्वपूर्ण कुरा त मानिसहरूमा विवाहबारे सही बुझाइ र दृष्टिकोण हुनुपर्छ—यो अत्यन्तै महत्त्वपूर्ण छ। तँ भविष्यमा विवाह गर्ने योजना गरिरहेको भए पनि नभए पनि, विवाहप्रतिको तेरो मनोवृत्ति र दृष्टिकोणले तेरो सत्यता पछ्याइमा प्रभाव पार्नेछ, र त्यसैले तैँले यो विषयमा परमेश्‍वरका वचनहरू विस्तारमा पढ्नुपर्छ, र अन्त्यमा विवाहबारे सही दृष्टिकोण र बुझाइ हासिल गर्नुपर्छ, र त्यो कम्तीमा पनि सत्यतासँग मेल खाने हुनैपर्छ। हामीले यो मामलामाथि सङ्गति गरिसकेपछि, के तेरो ज्ञान फराकिलो हुनेछैन र? (हुनेछ।) तैँले बच्चाजस्तो व्यवहार गर्न र सङ्कुचित सोच राख्न छोड्नेछस्, होइन त? तैँले भविष्यमा मानिसहरूसँग यो मामलाबारे छलफल गर्दा, तिनीहरूले तँ सानै रहेको तैपनि तँमा त्यो कुराको बुझाइ रहेको देख्‍नेछन्, र तिनीहरूले तँलाई “तिमीले विवाह गरेको कति समय भयो?” भनेर सोध्नेछन्। तैँले “मैले अझै विवाह गरेको छैन” भन्‍नेछस्। अनि, तिनीहरूले भन्‍नेछन्, “त्यसोभए तिमीमा विवाहबारे कसरी यस्तो परिपक्व बुझाइ भयो? तिम्रो बुझाइ त वयस्कहरूको भन्दा नि परिपक्व देखिन्छ त?” तैँले यस्तो जवाफ दिनेछस्, “म सत्यता बुझ्छु, र मैले बुझेका यी सत्यताको एउटा आधार छ। यदि तपाईं मलाई विश्‍वास गर्नुहुन्‍न भने, म मेरो बाइबल ल्याएर तपाईँलाई परमेश्‍वरले आदम सृष्टि गर्नुहुँदाको अवस्था देखाउनेछु, अनि तपाईंले म सही छु छैनँ भनेर देख्‍नुहुनेछ।” अन्त्यमा, तैँले तिनीहरूलाई हृदयमा विश्‍वास दिलाउँछस्, किनभने तैँले बोलेको सबथोक तेरो शुद्ध बुझाइ र बोधबाट आएको हुन्छ, र त्यसमा कुनै मानव कल्पना वा धारणा वा कुनै विकृत मानव विचार मिसिएको हुँदैन—तैँले बोलेको सबथोक सत्यता र परमेश्‍वरका वचनहरूबमोजिम हुन्छ।

हामीले विवाहित मानिसहरूका विकृत बुझाइ र अभ्यासहरूबारे सङ्गति गरिसकेका छौँ, अब हामी “वैवाहिक सुखको पछि लाग्नु तेरो मिसन होइन” भन्‍ने शीर्षकमा सङ्गति गरौँ। मानिसहरूले विवाहबारेका विविध मनोकल्पनाहरू त्याग्नु भनेको विवाहका अवधारणा र परिभाषाको सन्दर्भमा तिनीहरूले तुलनात्मक रूपले सत्यताबमोजिमका केही सही बुझाइ र विचारहरू प्राप्त गर्न पुग्छन् भन्‍ने हो; तर त्यसको अर्थ विवाहबारे तिनीहरूले आफ्ना खोज, आदर्श र इच्छाहरू पूर्णतया त्याग्न सक्छन् भन्‍ने होइन। विवाहमा प्रवेश गरेकाहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले कसरी आफ्नो वैवाहिक सुख कायम राख्छन्? यो भन्‍न सकिन्छ कि धेरै मानिसहरूले वैवाहिक सुखलाई, वा वैवाहिक सुख र मान्छेको मिसनबीचको सम्बन्धलाई सही रूपमा हेर्न सक्दैनन्। के यो पनि समस्या होइन र? (हजुर, हो।) विवाहित मानिसहरू सधैँ विवाहलाई जीवनको कोसेढुङ्गा ठान्छन् र विवाहमाथि ठूलो जोड दिन्छन्। त्यसकारण तिनीहरू आफ्नो जीवनको खुसीलाई आफ्नो वैवाहिक जीवन र आफ्नो जोडीको जिम्मामा छोड्छन्, र वैवाहिक सुख यो जुनीमा पछ्याउनुपर्ने एकमात्र लक्ष्य हो भन्‍ने विश्‍वास गर्छन्। त्यसैले धेरै मानिसहरूले वैवाहिक सुखको निम्ति ठूलो प्रयत्न गर्छन्, ठूलो मूल्य चुकाउँछन्, र ठूलो त्याग गर्छन्। उदाहरणको लागि, कुनै व्यक्तिको विवाह हुन्छ, र त्यसपछि उसले आफ्नो जोडीलाई आकर्षित गर्न र आफ्नो विवाह र प्रेमलाई “ताजा” राख्न, धेरै कामकुराहरू गर्नेछ। कुनै महिलाले “लोग्नेको प्रेम पाउन मिठो खाना दिनुपर्छ” भनेर भन्छे, र त्यसैले उसले कसरी पकाउने, कसरी राम्रो भोजन र पेस्ट्री बनाउने भनेर आफ्नी आमा वा आफूभन्दा ठूलाहरूबाट सिक्छे, उसको श्रीमान्‌लाई खान मनपर्ने हरप्रकारका कुराहरू बनाउँछे र उसलाई स्वादिष्ट र मनपर्ने खाना दिने प्रयत्न गर्छे। त्यो श्रीमान्‌लाई भोक लाग्दा श्रीमतीको मिठो भोजनको याद आउँछ, त्यसपछि घरको याद आउँछ, त्यसपछि श्रीमतीको याद आउँछ, अनि ऊ हतार-हतार घरतिर लाग्छ। यसरी, ऊ घरमा प्राय: एक्लै हुँदिन, बरु उसको श्रीमान्‌ प्राय: ऊसँगै हुन्छ, त्यसैले ऊ आफ्नो श्रीमान्‌लाई मिठो खाना दिएर उसको प्रेम पाउन केही स्वादिष्ट खानाहरू बनाउन सिक्नु निकै महत्त्वपूर्ण रहेको महसुस गर्छे। यो वैवाहिक सुख कायम राख्ने एउटा विधि भएकोले र यो आफ्नो वैवाहिक सुखको निम्ति एउटी महिलाले चुकाउनुपर्ने मूल्य र उसले पूरा गर्नुपर्ने जिम्मेवारी भएकोले, ऊ आफ्नो विवाहलाई जोगाइराख्न यसरी नै मेहनत गरिरहन्छे। कतिपय यस्ता महिलाहरू पनि छन् जो आफ्नो विवाहबारे असुरक्षित महसुस गर्छन्, र तिनीहरू आफ्नो श्रीमान्‌लाई खुसी पार्न, आकर्षित गर्न, र उक्साउन प्राय: विविध विधिहरू प्रयोग गरिरहन्छन्। उदाहरणको लागि, यस्ती महिलाले प्राय: आफ्नो श्रीमान्‌लाई तिनीहरूको पहिलो डेट, तिनीहरूको पहिलो भेट, तिनीहरूको विवाह वार्षिकोत्सव, र अरू यस्तै मितिहरू याद छ छैन भनेर सोधिरहन्छे। यदि उसको श्रीमान्‌लाई याद छ भने, उसले श्रीमान्‌ले आफूलाई प्रेम गर्छ, र ऊ श्रीमान्‌को हृदयमा रहिछे भन्‍ने महसुस गर्छे। यदि श्रीमान्‌लाई ती कुरा याद छैन भने, ऊ निराश हुन्छे र यसरी गुनासो गर्छे, “तिमीलाई यत्ति महत्त्वपूर्ण मितिसमेत याद हुँदैन। के तिमीले मलाई प्रेम गर्न छोडेको हो?” यसरी निरन्तर आफ्नो जोडीलाई आकर्षित गर्न, उसको ध्यान खिच्‍न र आफ्नो वैवाहिक सुख कायम राख्‍न खोज्दै, पुरुष र महिला दुवैले आफ्नो जोडीलाई उक्साउन सांसारिक उपायहरू प्रयोग गर्छन्, र तिनीहरू सबैले अर्थहीन र बच्चाको जस्तै काम गर्छन्। कतिपय महिलाहरू यस्ता पनि छन् जो आफ्नै स्वास्थ्यको लागि हानिकारक कुराहरू गर्न जुनसुकै मूल्य पनि तिर्छन्। उदाहरणको लागि, उमेरले तीस कटेका कतिपय महिलाहरू आफ्नो त्वचा पहिलेजस्तो सुन्दर र सफा नभएको र आफ्नो मुहारको चमक र सुन्दरता हराएको देखेर फेसलिफ्ट सर्जरी गराउने वा ह्यालुरोनिक एसिड खोप लगाउने गर्छन्। कतिपय महिलाहरू यस्ता छन्, जो थप सुन्दर देखिन दुवै पलकको सर्जरी गराउँछन् र आँखीभौँमा ट्याटु खोप्छन्, श्रीमान्‌लाई आकर्षित गर्न प्राय: अत्यन्तै सुन्दर र कामुक पहिरन लगाउँछन्, र आफ्नो वैवाहिक सुखको लागि अरूले गर्ने गरेका रोमान्टिक कुराहरू गर्नसमेत सिक्छन्। उदाहरणको लागि, कुनै विशेष दिनमा, यस्ती महिलाले टेबलमा क्यान्डल र रेड वाइनसहित भव्य भोजन पेस गर्न सक्छे। त्यसपछि उसले बत्तीहरू निभाउँछे र श्रीमान्‌ घर आउँदा, उसलाई आँखा बन्द गर्न लगाउँछे र “आज कुन दिन हो?” भनेर सोध्छे। श्रीमान्‌ले निकै बेर अनुमान गर्ने कोसिस गर्छ तर त्यो कुन दिन हो भनेर सोच्न सक्दैन। उसले क्यान्डल बाल्छे र श्रीमान्‌ले आँखा खोलेर हेर्छ, त्यो उसको आफ्नै जन्मदिन परेको हुन्छ र उसले यसो भन्छ, “ओहो, कस्तो राम्रो! आई लभ यु सो मच! मलाई मेरो आफ्नै जन्मदिनसमेत याद थिएन। तिमीले मेरो जन्मदिन याद गर्‍यौ, तिमी कति प्यारी छौ!” त्यसपछि त्यो महिलाले खुसी र मिठास महसुस गर्छे। श्रीमान्‌बाट यी थोरै शब्दहरू सुनेर उसले सन्तुष्ट र ढुक्क महसुस गर्छे। पुरुष र महिलाहरू दुवैले आफ्नो वैवाहिक सुख कायम राख्ने उपायहरूमा दिमाग खियाउँछन्। श्रीमतीले ठूलो बदलाव ल्याउँछे र त्यागहरू गर्छे, अत्यन्तै धेरै समय र प्रयत्नहरू खर्चन्छे, र श्रीमान्‌ले पनि त्यसै गर्छ, बाहिरी दुनियाँमा कठोर मेहनत गर्छ र पैसा कमाउँछ, आफ्नो थैलो भर्छ, घरमा धेरैभन्दा धेरै पैसा ल्याउँछ, र जीवनलाई झन्झन् राम्रो बनाएर श्रीमतीलाई आनन्दित तुल्याउँछ। वैवाहिक सुख कायम राख्नको निम्ति, उसले पनि अरूले के गर्छन् भनेर सिक्नुपर्छ र गुलाफ, जन्मदिनका उपहार, क्रिस्मस उपहार, प्रणय दिवसका चक्लेटजस्ता कुराहरू किन्नुपर्छ, र श्रीमतीलाई खुसी पार्ने उपायबारे सोच्दै दिमाग खियाउनुपर्छ, र यी सबै अर्थहीन कामहरू गर्न सक्दो गर्नुपर्छ। त्यसपछि एकदिन उसले जागिर गुमाउँछ तर त्यो कुरा श्रीमतीलाई भन्‍ने आँट गर्दैन, किनकि उसलाई श्रीमतीले सम्बन्धविच्छेद गर्ली वा तिनीहरूको वैवाहिक जीवन पहिलेजस्तो खुसीपूर्ण नहोला भन्‍ने डर हुन्छ। त्यसैले उसले हरेक दिन काममा गएको र समयमै काम सकाएको बहाना गर्छ, र सँगसँगै जागिरको आवेदन दिन पनि सबैतिर धाउँछ, र काम खोजिहिँड्छ। अनि, उसले तलब पाउनुपर्ने दिन कुनै पैसा नपाउँदा के गर्छ? उसले श्रीमतीलाई खुसी पार्न भएभरका मानिसहरूबाट पैँचो लिन्छ, अनि यसो भन्छ, “हेर, मैले यो महिना २,००० युआन बोनस पाएँ। आफ्नो लागि केही राम्रो कुरा किन।” खास कुरा के हो भन्‍नेबारे उसकी श्रीमतीले सुइँकोसम्‍म पाउँदिन, र साँच्चिकै गएर केही विलासी सामान किन्छे। अनि, उसको मन चिन्ताले भरिन्छ र उसलाई कतै जाने ठाउँ नभएको महसुस हुन्छ, अनि उसको चिन्ता बढ्छ। चाहे पुरुष होस् वा महिला, तिनीहरू सबैले वैवाहिक सुख कायम राख्न थुप्रै कदमहरू चाल्छन् र धेरै समय र प्रयत्न खर्चन्छन्, र आफ्नै समझविरुद्ध काम गर्नेसम्म गर्छन्। अत्यन्तै धेरै समय र प्रयत्न खेर फालेर पनि, त्यसमा संलग्न मानिसहरूलाई अझै पनि यी कुराहरू कसरी सही ढङ्गले सामना गर्ने वा सम्हाल्ने भनेर थाहा हुँदैन, र वैवाहिक सुख कायम राख्नको निम्ति तिनीहरूले अरूबाट सिक्न, अध्ययन गर्न, र परामर्श लिन दिमाग खियाउनेसमेत गर्छन्। कतिपय त्यस्ता मानिसहरू पनि छन्, जो परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि आफूलाई परमेश्‍वरको घरले दिएको कर्तव्य र आज्ञा स्विकार्छन्, तर आफ्नो वैवाहिक सुख र सन्तुष्टि कायम राख्नको निम्ति कर्तव्य निभाउनमा धेरै नै चुक्छन्। खासमा तिनीहरूले टाढाको ठाउँ गएर सुसमाचार प्रचार गर्नुपर्ने, र हप्तामा एकपटक वा लामो समयको अन्तरालमा घर फर्कनुपर्ने हुन्छ, वा घर छोडेर आफ्नो विविध क्षमता र अवस्थाअनुसार पूर्णकालीन रूपमा कर्तव्य निभाउनुपर्ने हुन सक्छ, तर तिनीहरू आफ्नो जोडी आफूबाट बेखुसी होला, आफ्नो वैवाहिक जीवन खुसीपूर्ण नहोला, वा आफ्नो वैवाहिक जीवन पूर्णतया गुम्ला भन्‍ने डर मान्छन्, र कर्तव्य निभाउनमा खर्चनुपर्ने धेरै समय वैवाहिक सुख कायम राख्नको निम्ति बलि चढाउँछन्। विशेषगरी जब तिनीहरूले आफ्नो जोडीले गुनासो गरेको, र बेखुसी वा बिलौना प्रकट गरेको सुन्छन्, तिनीहरू वैवाहिक जीवन कायम राख्नमा झनै बढी सचेत बन्छन्। तिनीहरूले आफ्नो जोडीलाई सन्तुष्ट पार्न आफूले सकेको सबै गर्छन् र आफ्नो वैवाहिक जीवन खुसीपूर्ण बनाउन मेहनत गर्छन् ताकि त्यो नटुटोस्। अनि अवश्य नै, योभन्दा गम्भीर कुरा के छ भने, कतिपय मानिसहरूले परमेश्‍वरको घरको बोलावट अस्वीकार गर्छन् र आफ्नो वैवाहिक सुख कायम राख्नको निम्ति कर्तव्य निभाउन इन्कार गर्छन्। जब तिनीहरूले आफ्नो कर्तव्य निभाउन घर छोड्नुपर्ने हुन्छ, तब तिनीहरू आफ्नो जोडीसँग छुट्न नसक्ने भएर वा सासू-ससुराले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको र जागिर त्यागी कर्तव्य निभाउन घर छोड्ने कुराको विरोध गर्ने भएर, तिनीहरूले सम्झौता गर्छन् र कर्तव्य त्याग्छन्, र आफ्नो वैवाहिक सुख र विवाहको पूर्णता कायम राख्ने निर्णय गर्छन्। वैवाहिक सुख र विवाहको पूर्णता कायम राख्नको निम्ति, र आफ्नो विवाह टुट्न र अन्त्य हुनबाट जोगाउनको लागि, तिनीहरू विवाहित जीवनका जिम्मेवारी र दायित्वहरू पूरा गर्न मात्र खोज्छन् र सृष्टि गरिएको प्राणीको मिसन त्याग्छन्। तैँले यो कुरा महसुसै गर्दैनस्: परिवार वा समाजमा तेरो भूमिका जे भए पनि—चाहे त्यो श्रीमती, श्रीमान्‌, बच्चा, अभिभावक, कामदार, वा अरू जेसुकै होस्—र विवाहित जीवनमा तेरो भूमिका महत्त्वपूर्ण होस् वा नहोस्, परमेश्‍वरको अगाडि तेरो एउटा मात्र परिचय छ र त्यो सृष्टि गरिएको प्राणीको परिचय हो। परमेश्‍वरको अगाडि तेरो दोस्रो परिचय छैन। त्यसकारण, जब परमेश्‍वरको घरले तँलाई बोलाउँछ, तैँले तेरो मिसन पूरा गर्नुपर्छ। मतलब, सृष्टि गरिएको प्राणीको नाताले, तैँले तेरो वैवाहिक सुख र तेरो विवाहको पूर्णता कायम राख्ने सर्त पूरा भए मात्र तेरो मिसन पूरा गर्नुपर्छ भन्‍ने होइन, बरु जबसम्‍म तँ सृष्टि गरिएको प्राणी रहन्छस्, तबसम्‍मै तैँले परमेश्‍वरले दिनुभएको र सुम्पनुभएको मिसन निसर्त पूरा गर्नुपर्छ; परिस्थिति जेजस्ता भए पनि, परमेश्‍वरले तँलाई दिनुभएको मिसनलाई प्राथमिकता दिनु सधैँ तेरो कर्तव्य हो, जबकि विवाहले दिएको तेरो मिसन र जिम्मेवारी गौण कुरा हो। सृष्टि गरिएको प्राणीको रूपमा तैँले पूरा गर्नुपर्ने र तँलाई परमेश्‍वरले दिनुभएको मिसन हरअवस्था र हरपरिस्थितिमा सधैँ तेरो पहिलो प्राथमिकता हुनुपर्छ। त्यसैले, तँलाई आफ्नो वैवाहिक सुख कायम राख्न जति नै इच्छा भए पनि, वा तेरो वैवाहिक परिस्थिति जेजस्तो भए पनि, वा तेरो विवाहको लागि तेरो जोडीले जति ठूलो मूल्य चुकाए पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरले तँलाई दिनुभएको मिसन अस्वीकार गर्ने कारण बन्नु हुँदैन। मतलब, तेरो विवाह जति खुसीपूर्ण भए पनि वा त्यसको पूर्णता जति दह्रिलो भए पनि, सृष्टि गरिएको प्राणीको रूपमा तेरो परिचय परिवर्तन हुँदैन, र यसरी परमेश्‍वरले तँलाई सुम्पनुभएको मिसन नै तैँले सबभन्दा पहिला पूरा गर्नुपर्ने कर्तव्य हुन्छ, र यो कुनै सर्तयुक्त कुरा होइन। त्यसैले, जब परमेश्‍वरले तँलाई तेरो मिसन सुम्पनुहुन्छ, र जब तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य र मिसन पाउँछस्, तब तैँले सुखी वैवाहिक जीवनको खोज त्याग्नुपर्छ, पूर्ण विवाह कायम राख्ने तेरो खोज त्याग्नुपर्छ, परमेश्‍वरलाई र परमेश्‍वरको घरले तँलाई सुम्पेको मिसनलाई पहिलो प्राथमिकता बनाउनुपर्छ, र मूर्खतापूर्ण व्यवहार गर्नु हुँदैन। वैवाहिक सुख कायम राख्नु भनेको त विवाहको संरचनाभित्र तैँले श्रीमान्‌ वा श्रीमतीको रूपमा निभाउने जिम्मेवारी मात्र हो; त्यो सृष्टिकर्तासामु रहेको सृष्टि गरिएको प्राणीको जिम्मेवारी वा मिसन होइन, त्यसैले तैँले वैवाहिक सुख कायम राख्नको निम्ति सृष्टिकर्ताले तँलाई सुम्पनुभएको मिसन त्याग्नु हुँदैन, र तैँले श्रीमती वा श्रीमान्‌ हुनुका जिम्मेवारीहरूसँग कुनै सम्बन्ध नहुने अत्यन्तै धेरै मूर्खतापूर्ण, अपरिपक्व, र बच्चाले गर्नेजस्ता कामहरू गर्नु हुँदैन। तैँले गर्नुपर्ने भनेको त श्रीमती वा श्रीमान्‌को रूपमा परमेश्‍वरका वचन र परमेश्‍वरका मापदण्डहरूबमोजिम—अर्थात्, परमेश्‍वरका सबैभन्दा पहिलेका निर्देशनहरूबमोजिम—तेरा जिम्मेवारी र दायित्वहरू पूरा गर्नु मात्र हो। कम्तीमा तैँले सामान्य मानवताको विवेक र समझद्वारा श्रीमती वा श्रीमान्‌का जिम्मेवारीहरू पूरा गर्नुपर्छ, र यति गरे पुग्छ। जहाँसम्म “लोग्नेको प्रेम पाउन मिठो खाना दिनुपर्छ” भन्‍ने तथाकथित भनाइ, वा रोमान्स, वा निरन्तर सबैखाले वार्षिकोत्सवहरू मनाउने काम, वा दुई जनाको संसार, वा “जीवनभर सँगै यात्रा गर्नु,” वा “म तिमीलाई सधैँभरि एकनासले प्रेम गर्नेछु,” र यस्तै अन्य अर्थहीन कुराहरूको कुरा छ, यी सामान्य पुरुष वा महिलाका जिम्मेवारीहरू होइनन्। अझ प्रस्टसित भन्नुपर्दा, यी कुराहरू अवश्य नै सत्यता पछ्याउने व्यक्तिका वैवाहिक संरचनाभित्रका जिम्मेवारी र दायित्वहरू होइनन्। सत्यता पछ्याउने व्यक्ति यस्ता शैलीका जियाइ र जीवन खोजमा संलग्न हुनु हुँदैन, त्यसैले तैँले सर्वप्रथम यी निरस, मूर्ख, अपरिपक्व, सतही, र वाकवाकी र घिनलाग्दा भनाइ, दृष्टिकोण र अभ्यासहरूलाई मनको गहिराइबाटै त्याग्नुपर्छ। त्यसैले तेरो विवाहलाई खराब हुन नदे, र तेरो वैवाहिक सुखको खोजलाई तेरा हात, खुट्टा, सोच, र कदमहरू बाँध्न दिएर तँलाई अपरिपक्व, मूर्ख, उच्छृङ्खल, र दुष्टसमेत तुल्याउन नदे। यी सुखी विवाहका सांसारिक खोजहरू सामान्य समझ भएको व्यक्तिले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीहरू होइनन्, ती त विशुद्ध रूपमा यो दुष्ट संसार र भ्रष्ट मानवजातिबाट क्रमिक रूपमा विकास भएका हुन्, र तिनले सबै मानिसहरूको मानवता र सोचमाथि विनाशकारी असर पुर्‍याउँछन्। तिनले तेरो मन पतन गराउनेछन्, तेरो मानवता विकृत पार्नेछन्, र तेरा सोचहरू दुष्ट, जटिल, अव्यवस्थित, र चरम तुल्याउनेछन्। उदाहरणको लागि, कतिपय महिलाहरूले अन्य पुरुषहरू रोमान्टिक भएको, तिनीहरूले विवाहको वार्षिकोत्सवमा श्रीमतीलाई गुलाफको फूल दिएको, वा श्रीमतीलाई किनमेलमा लगेको वा अङ्कमाल गरेको वा ऊ रिसाउँदा वा बेखुसी हुँदा विशेष उपहारहरू दिएको, वा सर्प्राइज दिएर उसलाई खुसी पार्ने कोसिस गरेको, र आदि इत्यादि गरेको देख्छन्। एकपटक आफूभित्र यी भनाइ र अभ्यासहरू ग्रहण गरिसकेपछि, तैँले पनि आफ्नो जोडीले ती कुराहरू गरेको चाहनेछेस्, तैँले पनि त्यस प्रकारको जीवन र ती खालका व्यवहारहरू चाहनेछेस्, र त्यसैले तेरो समझको भावना असामान्य बन्नेछ र त्यस्ता भनाइ, विचार र अभ्यासहरूद्वारा खलबल र क्षयीकृत हुनेछ। यदि तेरो जोडीले तँलाई गुलाफका फूलहरू किनेर दिँदैन, तँलाई खुसी पार्ने कोसिस गर्दैन, वा तेरो लागि कुनै रोमान्टिक काम गर्दैन भने, तँलाई, रिस, आक्रोश र असन्तुष्टि महसुस हुनेछ—तँलाई नानाथरी कुराहरू अनुभूति हुनेछ। जब तेरो जीवन यी कुराहरूले भरिएको हुन्छ, तब एउटी महिलाको रूपमा तैँले पूरा गर्नुपर्ने दायित्वहरू र सृष्टि गरिएको प्राणीको रूपमा तैँले परमेश्‍वरको घरमा पूरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारीहरू सबै अस्तव्यस्त बन्‍नेछ। तँ असन्तुष्टिको स्थितिमा जिउनेछेस्, अनि तेरो सामान्य जीवन र दिनचर्या यी असन्तुष्टिका भावना र सोचले बाधित हुनेछन्। त्यसकारण, तेरा खोजहरूले तेरो सामान्य मानवताको तार्किक सोचाइ, तेरो सामान्य निर्णय-क्षमता, अनि अवश्य नै, सामान्य व्यक्तिको रूपमा तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरूमा प्रभाव पार्नेछन्। यदि तँ सांसारिक कुराहरू र वैवाहिक सुखको पछि लाग्छेस् भने, तँ अपरिहार्य रूपमै “अधर्मी” बन्नेछेस्। यदि तँ वैवाहिक सुख मात्र खोज्छेस् भने, निश्‍चय नै तँलाई तेरो श्रीमान्‌ले सधैँ “म तिमीलाई माया गर्छु” जस्ता कुराहरू भन्नुपर्ने आवश्यकता हुनेछ, र यदि तेरो श्रीमान्‌ले तँलाई कहिल्यै “म तिमीलाई माया गर्छु” भनेर भनेको छैन भने, तैँले सोच्नेछेस्, “ओहो, मेरो वैवाहिक जीवन अत्यन्तै बेखुसीपूर्ण छ। मेरो श्रीमान्‌ काठजतिकै भावशून्य र मूर्ख छ। बढीमा, उसले घरमा केही पैसा ल्याउँछ, केही प्रयत्न लगाउँछ, र केही शारीरिक काम गर्छ। खाना खाने बेलामा उसले ‘ल खाऔँ’ भन्छ, र सुत्ने समय भएपछि ‘सुत्ने बेला भयो, राम्ररी सुत, शुभरात्री’ भन्छ, त्योबाहेक केही भन्दैन। उसले किन कहिल्यै ‘म तिमीलाई माया गर्छु’ भन्न सक्दैन? के उसले यति एउटा रोमान्टिक कुरासमेत भन्न नसक्‍ने हो र?” के तेरो हृदय यस्ता कुराले भरिँदा तँ सामान्य व्यक्ति हुन सक्छेस्? के तँ सधैँ असामान्य र भावुक स्थितिमा हुँदिनस् र? (हुन्छु।) कतिपय मानिसहरू संसारका यी दुष्ट प्रवृत्तिहरू खुट्ट्याउन सक्दैनन्; तिनीहरूमा कुनै प्रतिरोध हुँदैन, कुनै प्रतिरक्षा शक्ति हुँदैन। यस्ती महिलाले यो मामला, अर्थात् रोमान्टिक शब्दहरू व्यक्त गर्ने कुरालाई वैवाहिक सुखको सङ्केत मान्छे, र त्यही कुरा खोज्न, नक्कल गर्न, र प्राप्त गर्न चाहन्छे, र त्यो प्राप्त गर्न नसक्दा रिसाउँछे, र प्राय: आफ्नो श्रीमान्‌लाई “भन त, तिमी मलाई माया गर्छौ कि गर्दैनौ?” भनेर सोधिरहन्छे। धेरै पटक सोधेपछि, श्रीमान्‌लाई रिस उठ्छ र, रातोपिरो हुँदै फ्याट्टै “आई लभ यु, बेबी” भन्दिन्छ। अनि उसले भन्छे, “ओहो, फेरि भन त।” श्रीमान्‌ले आफूलाई यति धेरै रोक्न खोज्छ कि उसको अनुहार र घाँटी दुवै रातो हुन्छ, अनि सोच्दै “बेबी, आई लभ यु” भन्छ। देखिस्, यो शालीन मान्छेले यस्तो घृणित कुरा भन्छ, तर त्यो उसको हृदयबाट आएको हुँदैन, त्यसैले उसलाई असहज महसुस हुन्छ। जब श्रीमतीले उसले यसो भनेको सुन्छे, ऊ अत्यन्तै खुसी हुन्छे, र भन्छे, “यति भए पुग्छ!” अनि त्यो श्रीमान्‌ले के भन्छ? “हेर त। के अब तिमीलाई खुसी लाग्यो? तिमी आफूले आफैलाई समस्यामा पार्न खोजिरहेकी छ्यौ।” ल भन् त, एउटी महिला र एउटा पुरुष यस्तो विवाहित जीवन जिउँछन् भने, के यो खुसी हो त? (होइन।) के तँ “आई लभ यु” भन्‍ने वाक्य सुन्दा खुसी हुन्छस्? के यसले वैवाहिक सुख जनाउँछ? के यो यति सरल छ? (छैन।) कुनै महिलाले सधैँ आफ्नो श्रीमान्‌लाई सोधिरहेकी हुन्छे, “सुन त, के तिमीलाई म बुढी देखिन्छु जस्तो लाग्छ?” श्रीमान्‌ इमानदार हुन्छ र इमानदारीसाथ भन्छ, “हो, अलिअलि। चालिस् वर्ष पुगेपछि को पो बुढी देखिँदैन र?” जवाफमा उसले भन्छे, “ओहो, के तिमी मलाई माया गर्दैनौ र? तिमी किन म जवान देखिन्छु भनेर भन्दैनौ? के तिमीलाई म बुढी भएको मन पर्दैन? के तिमी अर्की खोज्न चाहन्छौ?” श्रीमान्‌ले भन्छ, “कस्तो कुरा गरेको! मैले इमानदारीपूर्वक कुनै कुरा भन्नसमेत पाउँदिनँ। तिमीलाई के भएको छ? मैले त साँचो भनेको हो। को पो बुढी हुँदैन र? के तिमी राक्षस हुन चाहन्छ्यौ र?” यस्ता महिलाहरू अविवेकी हुन्छन्। यस्तो तथाकथित वैवाहिक सुख खोज्ने यस्ता मानिसहरूलाई के भन्‍ने? भद्दा शब्दमा भन्नुपर्दा, तिनीहरू फोहोर हुन्। अनि भद्दा शब्द प्रयोग नगर्दा, हामी तिनीहरूलाई के भन्‍न सक्छौँ? तिनीहरू मानसिक रोगी हुन्। मैले “मानसिक रोगी” भन्नुको अर्थ के हो? मैले के भन्न खोजेको हो भने तिनीहरू सामान्य मानवताको सोचाइरहित हुन्छन्। चालिस-पचास वर्षको उमेरमा, तिनीहरू बुढ्यौलीमा लागिरहेका हुन्छन्, तर अझै पनि जीवन के हो र विवाह के हो भनेर प्रस्टसित बुझ्न सक्दैनन्, र तिनीहरू सधैँ बेकारका घिनलाग्दा काम गर्न रुचाउँछन्। तिनीहरू यो नै वैवाहिक सुख हो, यो नै तिनीहरूको स्वतन्त्रता र अधिकार हो, र तिनीहरूले यसरी नै खोजी गर्नुपर्ने, यसरी नै जिउनुपर्ने, र यसरी नै विवाहलाई हेर्नुपर्ने हो भन्‍ने विश्‍वास गर्छन्। के यो तिनीहरूले उचित व्यवहार नगरेको होइन र? (हो।) के उचित व्यवहार नगर्ने मानिसहरू धेरै छन्? (छन्।) गैरविश्‍वासीहरूको संसारमा धेरै छन्, तर के परमेश्‍वरको घरमा त्यस्तो कोही छ? के त्यस्ताहरू धेरै छन्? रोमान्स, उपहार, अङ्कमाल, सरप्राइज, र “म तिमीलाई माया गर्छु” भन्‍ने वाक्य, र आदि इत्यादि कुराहरू सबै तिनीहरूले खोज्ने वैवाहिक सुखका सङ्केतहरू हुन् र ती तिनीहरूको वैवाहिक सुखप्रतिको खोजका लक्ष्यहरू हुन्। परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू यस्तै हुन्छन्, र अवश्य नै परमेश्‍वरमा विश्‍वास गर्नेहरू पनि धेरै यस्ता छन्, जो अहिले यस्तै खोजमा संलग्न छन् र यस्तै विचारहरू बोकिहिँड्छन्। त्यसैले, त्यस्ता धेरै मानिसहरू छन् जसले दस वर्ष वा सोभन्दा बढी समय परमेश्‍वरमा विश्‍वास गरेका छन्, जसले केही प्रवचनहरू सुनेका र केही सत्यताहरू बुझेका छन्, तर तिनीहरूले आफ्नो वैवाहिक सुख कायम राख्न, आफ्नो श्रीमान्‌ वा श्रीमतीको साथ रहन, र आफ्नो वैवाहिक सम्बन्धमा गरिएका वाचा र आफूले पछ्याउने भनी प्रतिज्ञा गरेका वैवाहिक सुखका लक्ष्यहरू पूरा गर्नको निम्ति, सृष्टिकर्तासामु आफ्ना जिम्मेवारी र कर्तव्यहरू कहिल्यै पूरा गरेका छैनन्। बरु, तिनीहरूले आफ्नो घरभन्दा बाहिर खुट्टै टेक्दैनन्, परमेश्‍वरको घरको काममा जति नै व्यस्तता बढे पनि तिनीहरूले घर छोड्दैनन्, र तिनीहरूले कर्तव्य निभाउनको निम्ति आफ्नो श्रीमान्‌ वा श्रीमतीलाई त्याग्दैनन्, तिनीहरूले त वैवाहिक सुख खोज्नु र कायम राख्नुलाई नै आजीवन लक्ष्य ठान्छन् र त्यसैको लागि तिनीहरू सङ्घर्ष र अनवरत प्रयास गर्छन्। यस्तो खोजमा संलग्न भएर, के तिनीहरू सत्यता पछ्याउनमा लागेका हुन्छन् र? निश्‍चय नै हुँदैनन्। किनभने तिनीहरूले आफ्नो मनमा, आफ्नो भित्री हृदयमा, र आफ्नो व्यवहारमा समेत, वैवाहिक सुखप्रतिको खोज त्यागेका हुँदैनन्, न त “वैवाहिक सुखको खोजी व्यक्तिको जीवनको मिसन हो” भन्‍ने विचार, राय र जीवन दृष्टिकोण नै त्यागेका हुन्छन्, त्यसकारण तिनीहरू सत्यता प्राप्त गर्न पूर्णतया असक्षम हुन्छन्। तिमीहरू अझै अविवाहित छौ र विवाहमा प्रवेश गरेका छैनौ। यदि तिमीहरू विवाहमा प्रवेश गर्दा पनि यही विचार बोक्छौ भने, तिमीहरूले पनि सत्यता प्राप्त गर्न सक्नेछैनौ। तैँले वैवाहिक सुख प्राप्त गरिसकेपछि पनि सत्यता प्राप्त गर्न सक्नेछैनस्। तँ वैवाहिक सुखलाई तेरो जीवनको मिसन ठान्छस्, त्यसैले तैँले सृष्टिकर्तासामु आफ्नो मिसन पूरा गर्ने तेरो अवसर पनि अवश्यै छोड्‍नेछस् र त्याग्नेछस्। यदि तैँले सृष्टिकर्तासामु सृष्टि गरिएको प्राणीको मिसन पूरा गर्ने अवसर र अधिकार त्याग्छस् भने, तैँले सत्यता पछ्याउने काम त्याग्छस्, र अवश्य नै, तैँले मुक्ति प्राप्त गर्ने काम पनि त्याग्छस्—तेरो रोजाइ नै यही हो।

हामी वैवाहिक सुखप्रतिको खोज त्याग्ने विषयमा सङ्गति गरिरहेका छौँ, तर यसको उद्देश्य तैँले विवाहको औपचारिकता त्याग् भनेर होइन, न त यो तँलाई सम्बन्धविच्छेद गर्न उक्‍साउन भनेर नै हो, बरु तैँले वैवाहिक सुखप्रतिका ती खोजहरू त्याग्‌ भनेर हो। सर्वप्रथम, तैँले वैवाहिक सुखप्रतिको खोजमा तँभित्र हाबी हुने ती विचारहरू त्याग्नुपर्छ, त्यसपछि तैँले वैवाहिक सुख खोजिहिँड्ने अभ्यास त्याग्नुपर्छ र तेरो अधिकांश समय र शक्ति सृष्टि गरिएको प्राणीको कर्तव्यपालन र सत्यता पछ्याउनमा समर्पित गर्नुपर्छ। विवाहको सन्दर्भमा भन्नुपर्दा, जबसम्‍म त्यो तेरो सत्यता पछ्याइसँग जुध्‍ने वा बाझिने गर्दैन, तबसम्‍म विवाहको संरचनाभित्र तैँले पूरा गर्नुपर्ने दायित्वहरू, तैँले हासिल गर्नुपर्ने मिसन, र तैँले खेल्नुपर्ने भूमिका परिवर्तन हुनेछैनन्। त्यसकारण, तँलाई वैवाहिक सुखप्रतिको खोज त्याग् भन्नुको अर्थ तँलाई औपचारिक रूपमा विवाहलाई त्यागिदे वा सम्बन्धविच्छेद गर् भनेको होइन, बरु त्यसको अर्थ तँलाई सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो मिसन पूरा गर् र विवाहमा निभाउनुपर्ने जिम्मेवारीहरू ध्यानमा राख्दै आफूले निभाउनुपर्ने कर्तव्य राम्ररी निर्वाह गर् भनेको हो। तर अवश्य नै, यदि तेरो वैवाहिक सुखप्रतिको खोजले सृष्टि गरिएको प्राणीको तेरो कर्तव्यपालनमा असर, अवरोध, र बरबादी ल्याउँछ भने, तैँले तेरो वैवाहिक सुखप्रतिको खोज मात्र नभई पूरै वैवाहिक जीवनलाई नै त्याग्नुपर्छ। अनि, यी मामलाहरूमा सङ्गति गर्नुको अन्तिम उद्देश्य र अर्थ के हो? यसको उद्देश्य वैवाहिक सुखले तेरा कदममा ढिलाइ नपुर्‍याओस्, तेरा हातहरू नबाँधोस्, तेरा आँखा नछोपोस्, तेरो दृष्टि नबिगारोस्, तेरो मनमस्तिष्क बाधा र कब्जामा नपारोस् भन्‍ने हो; यसको उद्देश्य वैवाहिक सुखप्रतिको खोजले तेरो जीवन मार्ग र तेरो जीवन नभरोस्, र तैँले तेरो वैवाहिक जीवनमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरूलाई सही ढङ्गले ली र आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वबारे सही निर्णय गर् भन्‍ने हो। अझ राम्ररी अभ्यास गर्ने तरिकाचाहिँ आफ्नो कर्तव्यमा बढी समय र शक्ति समर्पित गर्नु, आफूले निभाउनुपर्ने कर्तव्य निभाउनु, र परमेश्‍वरले तँलाई सुम्पनुभएको मिसन हासिल गर्नु हो। तैँले आफू सृष्टि गरिएको प्राणी हो, परमेश्‍वरले नै तँलाई जीवनमा यो क्षणसम्म अगुवाइ गर्नुभएको हो, परमेश्‍वरले नै तँलाई वैवाहिक जीवन र परिवार दिनुभएको हो, र परमेश्‍वरले नै तँलाई विवाहको संरचनाभित्र तैँले पूरा गर्नुपर्ने जिम्मेवारीहरू प्रदान गर्नुभएको हो, अनि विवाह तैँले आफै रोजेको होइन, तेरो विवाह अचानक भएको होइन, वा तैँले तेरा आफ्नै क्षमता र शक्तिमा भर परेर वैवाहिक सुख कायम राख्न सक्ने होइन भन्‍ने कुरा कहिल्यै बिर्सनु हुँदैन। के अब मैले भनेको कुरा प्रस्ट भयो? (भयो।) के अब तँ आफूले के गर्नुपर्ने हो भनेर बुझ्छस्? के अब तँ मार्गबारे प्रस्ट छस्? (प्रस्ट छु।) यदि तैँले वैवाहिक जीवनमा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू अनि सृष्टि गरिएको प्राणीको तेरो कर्तव्य र मिसनबीच कुनै मतभेद वा विरोधाभास छैन भने, यस्ता परिस्थितिहरूमा, तैँले तेरा जिम्‍मेवारीहरू विवाहको संरचनाभित्र जे-जसरी पूरा गर्नुपर्ने हो त्यसरी नै पूरा गर्नुपर्छ, र तैँले तेरा ती जिम्मेवारीहरू राम्ररी पूरा गर्नुपर्छ, र आफूले वहन गर्नुपर्ने जिम्मेवारीहरू वहन गर्नुपर्छ, तिनलाई पन्छाउने कोसिस गर्नु हुँदैन। तैँले आफ्नो जोडीको जिम्मेवारी लिनुपर्छ, र तैँले आफ्नो जोडीको जीवन, भावना, र उसको सब थोकको जिम्मेवारी लिनुपर्छ। तथापि, जब विवाहको संरचनाभित्र तैँले बोक्ने जिम्मेवारी अनि दायित्वहरू र सृष्टि गरिएको प्राणीको तेरो मिसन अनि कर्तव्यबीच मतभेद हुन्छ, तब तैँले त्याग्‍नुपर्ने कुरा भनेको तेरो कर्तव्य वा मिसन होइन, विवाहको संरचनाभित्रका तेरा जिम्मेवारीहरू हुन्। परमेश्‍वरले तँबाट यही अपेक्षा गर्नुहुन्छ, यही नै तेरो लागि परमेश्‍वरको आज्ञा हो, र अवश्यै यही नै परमेश्‍वरले कुनै पनि पुरुष वा महिलाको लागि तोक्‍नुभएको मापदण्ड पनि हो। यसो गर्न सके मात्र, तैँले सत्यता पछ्याइरहेको र परमेश्‍वरलाई अनुसरण गरिरहेको हुनेछस्। यदि तँ यसो गर्न सक्षम छैनस् र तैँले यस तरिकाले अभ्यास गर्न सक्दैनस् भने, तँ नाममात्रको विश्‍वासी होस्, तँ साँचो हृदयले परमेश्‍वरलाई पछ्याउँदैनस्, र तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। अहिले तँसित चीन छोडेर आफ्नो कर्तव्य निभाउने अवसर र अवस्था छ, तर कतिपय मानिसहरू भन्छन्, “यदि मैले आफ्नो कर्तव्य निभाउन चीन छोडेँ भने, मैले मेरो जीवनसाथीलाई घरमै छोड्नुपर्ने हुन्छ। कतै हामी फेरि कहिल्यै नभेट्ने त हैनौँ? कतै हामीले छुट्टाछुट्टै बस्नुपर्ने त होइन? कतै हामीसँग वैवाहिक जीवन नै बाँकी नरहने त होइन?” कतिपय मानिसहरू सोच्छन्, “ओहो, मेरो जीवनसाथी मविना कसरी जिउँछ होला? यदि म बसिनँ भने हाम्रो विवाह टुट्नेछैन र? के हाम्रो विवाह सक्किने त होइन? भविष्यमा म के गर्ने होला?” के तैँले भविष्यबारे सोच्नुपर्छ र? तैँले सबैभन्दा धेरै के कुराबारे सोच्नुपर्ने हो? यदि तँ सत्यता पछ्याउने व्यक्ति हुन चाहन्छस् भने, तैँले सबैभन्दा बढी सोच्‍नुपर्ने भनेको परमेश्‍वरले तँलाई त्याग्न लगाउनुभएका कुराहरू कसरी त्याग्ने र परमेश्‍वरले तँलाई हासिल गर्न लगाउनुभएका कुराहरू कसरी हासिल गर्ने भन्‍नेबारे हो। यदि भविष्यमा तेरो वैवाहिक जीवन र जीवनसाथी तेरो साथ नहुने नै हो भने पनि, आउने दिनहरूमा तँ वृद्धावस्थासम्‍मै जिउन सक्‍नेछस् र पहिलेजतिकै राम्ररी नै जिउन सक्‍नेछस्। तर यदि तैँले यो अवसर त्यागिस् भने, त्यो तैँले आफ्नो कर्तव्य र परमेश्‍वरले तँलाई दिनुभएको मिसन त्याग्नुसरह हो। परमेश्‍वरको नजरमा, त्यसपछि तँ सत्यता पछ्याउने, परमेश्‍वरलाई साँच्चिकै चाहने, वा मुक्तिको खोजमा रहेको व्यक्ति हुनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने र तेरो मिसन पूरा गर्ने अवसर र अधिकार सक्रिय रूपले त्याग्ने इच्छा गर्छस् र त्यसको साटो विवाह रोज्छस्, श्रीमान्‌ र श्रीमती एक भएर रहने, जीवनसाथीसँगै रहेर उसलाई सन्तुष्ट तुल्याउने, र आफ्नो विवाहलाई अटुट राखिराख्ने निर्णय गर्छस् भने, अन्त्यमा तैँले केही कुरा प्राप्त गर्नेछस् र केही कुरा गुमाउनेछस्। तैँले के गुमाउनेछु भनेर बुझ्छस् नि, होइन? विवाह तेरो सबथोक होइन, न त वैवाहिक सुख नै तेरो सबथोक हो—यसले तेरो भाग्य र भविष्य निर्धारण गर्न सक्दैन, र यसले तेरो गन्तव्य निर्धारण गर्न त झनै सक्दैन। त्यसैले, मानिसले के-कस्ता विकल्पहरू रोज्‍नुपर्छ, र तिनीहरूले वैवाहिक सुखप्रतिको खोज त्यागेर सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनुपर्छ कि पर्दैन भनेर तिनीहरूले नै निर्णय गर्ने कुरा हो। के अब हामीले “वैवाहिक सुखको पछि लाग्नु तेरो मिसन होइन” भन्‍ने शीर्षकमा प्रस्टसित सङ्गति गरेका छौँ? (हजुर।) के तिमीहरूलाई कठिन र चिन्ताजनक लाग्ने कुनै विषय छ जुन मेरो सङ्गति सुनेपछि पनि तिमीहरूलाई अभ्यास गर्न आउँदैन? (छैन।) यो सङ्गति सुनेपछि, के अब तिमीहरूलाई आफूमा अभ्यासको सही मार्ग छ र अभ्यास गर्नको लागि सही लक्ष्य छ भनेर पहिलेभन्दा बढी प्रस्ट भएको महसुस हुन्छ? के अब तिमीहरूलाई अबदेखि आफूले कसरी अभ्यास गर्नुपर्छ भनेर थाहा भएको छ? (छ।) त्यसोभए अब यो सङ्गतिलाई यहीँ अन्त्य गरौँ। फेरि भेटौँला!

जनवरी १४, २०२३

फूटनोटहरू:

क. मूल पाठमा “सामान्य” भन्‍ने शब्‍द समावेश छैन।

ख. मूल पाठमा “सामान्य” भन्‍ने शब्‍द समावेश छैन।

अघिल्लो: सत्यता कसरी पछ्याउने (९)

अर्को: सत्यता कसरी पछ्याउने (११)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्