तँ तेरो भविष्यको मिसनलाई कसरी लिनुपर्छ?
के तँ हरेक युगमा परमेश्वरले व्यक्त गर्नुभएको स्वभावलाई युगको महत्त्व उचित रूपमा सम्प्रेषितगर्ने भाषामा ठोस तरिकाले संचार गर्नसक्छस्? के आखिरी दिनहरूका परमेश्वरको कार्यलाई अनुभव गर्ने तँ, परमेश्वरको धर्मी स्वभावलाई विस्तृत रूपमा व्याख्या गर्न सक्छस्? के परमेश्वरको स्वभावको बारेमा तैँले स्पष्ट र सटीक रूपमा गवाही दिन सक्छस्? धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने अनि तैँले तिनीहरूको गोठाला गरोस् भनी तँलाई प्रतीक्षा गरिरहेका दयनीय, गरिब, र भक्त धार्मिक विश्वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरू हस्तान्तरण गर्नेछस्? तैँले तिनीहरूको गोठालो गरोस् भनी कस्तो प्रकारका मानिसहरूले तँलाई प्रतीक्षा गरिरहेका छन्? के तँ कल्पना गर्न सक्छस्? के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकका रूपमा तैँले कसरी उचित रूपमा सेवा गर्नेछस्? के तँमा मालिक हुने बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूलाई गोठालो हुन प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्काझैँ अचानक ज्योति तल झरेर हटाओस् भनी ती मानिसहरु कति तड्पिन्छन्। तिनीहरू यसका लागि उत्सुकताका साथ दिन-रात आशा गर्छन्, र विलाप गर्छन्—यसबारे कसले पूर्ण हदसम्म जान्न सक्छ र? ज्योति चम्केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्वरको हृदय कति शोकित र व्याकुल छ भन्ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्न सक्नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्ने तैँले बिर्सिस्? के परमेश्वरप्रतिको तेरो प्रेमको कारण, सबै यी बाँचेकाहरूलाई मुक्ति दिने प्रयास गर्न तँ इच्छुक छैनस्? के तँ मानवजातिलाई आफ्नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्वरको ऋण तिर्न आफ्नो सारा ऊर्जा अर्पण गर्न इच्छुक छैनस्? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब तेरो असाधारण जीवन जिउनको लागि परमेश्वरद्वारा प्रयोग गरिनुलाई तैँले कसरी अर्थ लगाउँछस्? के तँसँग एक भक्त, परमेश्वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आत्मविश्वास साँच्चै छ त?