३. यदि हामीले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्‍यौं भने, अनन्त जीवनको बाटो प्राप्त गर्नका लागि हामीले के गर्नुपर्छ?

परमेश्वरका सान्दर्भिक वचनहरू:

आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्राय, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्वपूर्ण ठानिनस्, यदि तैँले अरू कुराहरू विचार नै नगरी तिनीहरूलाई कसरी बेवास्ता गर्ने, वा तिनीहरूलाई संलग्न नगर्ने नयाँ उपाय कसरी भेट्टाउने भन्‍ने कुरा मात्र तैँले विचार गरिस् भने, तँ डरलाग्दो पापी हो भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली र धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र साथै शुद्ध बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्‍वरको आराधना गर्ने बनाउनु हो, ताकि सृजित प्राणीहरूका माझमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा विश्‍वास दिलाउन यस चरणमा वचनहरूको काम प्रयोग गरेर; उसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन खुलासा, न्याय, सजाय र निर्दयी श्राप प्रयोग गरेर; मानिसको विद्रोहीपनलाई खुलासा गरेर अनि उसको प्रतिरोधको न्याय गरेर ताकि उसले मानवजातिको अधार्मिकता र फोहोर चिन्‍न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्‍वरको धर्मी स्वभावको प्रतिभारको रूपमा प्रयोग गरेर। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिसउपर विजय प्राप्त गर्न र उसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सकिन्छ। वचनहरू मानवजातिलाई अन्तिम विजय गरिने माध्यम हुन्, र परमेश्‍वरको विजयलाई स्वीकार गर्ने सबैले उहाँको वचनको प्रहार र न्यायलाई स्वीकार गर्नुपर्दछ। आजको बोल्ने प्रक्रिया ठ्याक्‍कै जित्‍ने प्रक्रिया हो। अनि मानिसहरूले कसरी सहयोग गर्नुपर्छ? यी वचनहरू कसरी खाने र पिउने भनी जानेर, र ती बुझ्ने समझ प्राप्त गरेर। जहाँसम्म मानिसहरूलाई कसरी जित्‍ने भन्‍ने सवाल छ, यो तिनीहरू आफैँले गर्न सक्‍ने कुरा होइन। तैँले गर्न सक्‍ने भनेको यी वचनहरू खाएर अनि पिएर आफ्नो भ्रष्टता र फोहोर, आफ्नो विद्रोहीपन र अधार्मिकता थाहा पाउने, र परमेश्‍वरको अगाडि लम्पसार पर्ने मात्र हो। यदि, परमेश्‍वरका अभिप्रायहरू बोध गरेपछि, तैँले अभ्यास गर्न सक्छस्, र यदि तँसँग दर्शनहरू छन् र यी वचनहरूप्रति तँ पूर्ण रूपमा समर्पित हुन सक्छस्, र आफैले कुनै छनौट गर्दैनस् भने, तँमाथि विजय भएको हुनेछ—र त्यो विजय यी वचनहरूकै फलस्वरूप भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)

परमेश्‍वरले बोल्‍नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, ती वचनहरू मानिसको जीवन प्रवेशको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता हुन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन चाहिने खाँचोहरू आपूर्ति गर्छन्; उसको दैनिक जीवनको आत्म-आचरणका सिद्धान्तहरू र मान्यताहरू आपूर्ति गर्छन्; मुक्तिसम्म उसले लिनुपर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्नका लागि चाहिने लक्ष्य र निर्देशन आपूर्ति गर्छन्; परमेश्‍वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता आपूर्ति गर्छन्; र मानिस कसरी परमेश्‍वरप्रति समर्पित हुन्छ र उहाँको आराधना गर्छ भन्नेबारे हरेक सत्यता आपूर्ति गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्‍चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा पनि हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्। परमेश्वरका वचनहरू सत्यता वास्तविकतामा प्रचुर हुन्छन् जसद्वारा सृजित मानवजातिले सामान्य मानवता जिउँछ, मानिसलाई भ्रष्टताबाट उम्कने र शैतानका पासोबाट निस्किहिँड्ने तुल्याउने सत्यतामा ती प्रचुर हुन्छन्, सृष्‍टिकर्ताले सृजित मानवजातिलाई दिनुहुने निष्कपट र धैर्यवान् शिक्षण, अर्ती, उत्साह, र सान्त्वनाले ती भरिपूर्ण हुन्छन्। ती सङ्‍केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्‍न मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन्, ती प्रत्याभूति हुन् जसले मानिसहरूले सबै न्यायोचित, सुन्दर र असल कुराहरू जिउनेछन् र मानिसहरूसँग ती कुरा हुनेछन् भन्‍ने सुनिश्‍चित गर्छन्, ती मापदण्डहरू हुन् जसद्वारा सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गरिन्छन्, र तिनीहरू नौपरिवहन सङ्केत पनि हुन् जसले मानिसहरूलाई मुक्तिमा र ज्योतिको मार्गमा डोर्‍याउँछन्। परमेश्‍वरका वचनहरूको व्यावहारिक अनुभवले मात्र मानिसले सत्यता र जीवनको आपूर्ति प्राप्त गर्न सक्छ; यसरी मात्र मानिसले सामान्य मानवता के हो, अर्थपूर्ण जीवन के हो, सृष्‍टि गरिएको साँचो प्राणी के हो, परमेश्‍वरप्रतिको वास्तविक समर्पण के हो भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले आफूले परमेश्‍वरको कसरी वास्ता गर्नुपर्छ, सृष्‍टि गरिएको प्राणीको कर्तव्य कसरी पूरा गर्नुपर्छ, र वास्तविक मानिसको स्वरूप कसरी प्राप्‍त गर्नुपर्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले साँचो विश्‍वास र साँचो आराधनाको अर्थ के हो भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले स्वर्ग, पृथ्‍वी र सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले सारा सृष्‍टिमाथिका सार्वभौम एउटै उहाँले कुन माध्यमद्वारा सृष्‍टि गरिएकाहरूलाई शासन गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र भरणपोषण गर्नुहुन्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले सारा सृष्‍टिका सार्वभौम एउटै कुन माध्यमहरूद्वारा अस्तित्वमा रहनुहुन्छ, प्रकट हुन आउनुहुन्छ, र काम गर्नुहुन्छ भनी मानिसले बुझ्‍न र बोध गर्न सक्छ। परमेश्‍वरका वचनहरूको वास्तविक अनुभवबाट अलग बसेर मानिसले परमेश्‍वरका वचनहरू र सत्यताप्रति वास्तविक ज्ञान वा अन्तर्दृष्‍टि प्राप्त गर्दैन। यस किसिमको मानिस जीवित लास हो, खोक्रो खबटा मात्र हो, र यस किसिमको मानिससँग सृष्‍टिकर्तासँग सम्बन्धित सबै ज्ञानहरूको कुनै काम हुँदैन। परमेश्‍वरको दृष्‍टिमा, यस किसिमको मानिसले कहिल्यै पनि उहाँमा विश्‍वास गरेको हुँदैन, न त कहिल्यै पनि उहाँलाई पछ्याएको नै हुन्छ, त्यसैले परमेश्‍वरले त्यसलाई न त आफ्नो विश्‍वासीको रूपमा पहिचान गर्नुहुन्छ न त आफ्नो अनुयायीको रूपमै। उहाँले त्यसलाई सृष्‍टि गरिएको साँचो प्राणीको रूपमा स्वीकार गर्नुहुने त कुरै छाडौं।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

जीवन पछ्याउने क्रममा, तैँले दुईवटा कुरालाई ध्यान दिनुपर्छ: पहिलो, परमेश्‍वरका वचनहरूभित्रको सत्यतालाई बुझ्‍नु; दोस्रो, परमेश्‍वरका वचनहरूभित्र आफैलाई बुझ्‍नु। यी दुई कुराहरू सबैभन्दा आधारभूत कुराहरू हुन्। परमेश्‍वरको वचनभन्दा बाहिर कुनै जीवन वा सत्यता छैन। यदि तैँले परमेश्‍वरको वचनभित्र सत्यता खोजी गर्दैनस् भने, यसको खोजी गर्न तँ कहाँ जान सक्छस्? संसारमा कहाँ सत्यता छ? के संसारका समाचारपत्र र मिडियाहरूले परमेश्‍वरको वचनबारे रिपोर्ट गर्छन्? के संसारका राजनीतिक दलहरूले परमेश्‍वरको गवाही दिन्छन्? के संसारको कुनै पनि देशमा खुल्लमखुल्ला परमेश्‍वरको वचन प्रचार गर्नु सम्भव कुरा हो? बिलकुलै होइन। त्यसैले संसारमा कुनै सत्यता छैन र यो संसारमा दियाबलस शैतानले शासन गर्छ र यसै कारण यो संसार अँध्यारो र दुष्ट छ। सत्यताको एक त्यान्द्रो पनि कहाँ छ र? परमेश्‍वरका वचनहरूको सत्यता बुझ्‍नुका सबैभन्दा महत्त्वपूर्ण भागहरू यी हुन्: उहाँका वचनहरूभित्र परमेश्‍वरलाई बुझ्‍नु, उहाँका वचनहरूभित्र मानव जीवनलाई बुझ्‍नु, र उहाँका वचनहरूभित्र आफूलाई साँचो साँचो रूपमा बुझ्नु र मानव अस्तित्वको अर्थको बारेमा पत्ता लगाउनु, र सत्यताका अन्य पक्षहरू बुझ्‍नु। सबै सत्यता परमेश्‍वरका वचनहरूभित्र नै छन्। परमेश्‍वरका वचनहरूबाहेक अन्य कुराहरूमार्फत सत्यतामा प्रवेश गर्न सकिँदैन। परमेश्‍वरका वचनहरू अनुभव र अभ्यास गरेर मात्र तैँले सत्यताको बुझाइ हासिल गर्न सक्छस्, र साँचो रूपमा सत्यता बुझ्नु भनेकै परमेश्‍वरका वचनहरू बुझ्नु हो। सबैभन्दा आधारभूत कुरा यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

परमेश्‍वरका वचनहरूभित्र, मानिसले धारण गर्नुपर्ने सत्यताहरू हुन्छन्, मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुने कुराहरू हुन्छन्, तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हुन्छन्, मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्ने कुराहरू हुन्छन् र मानिस सुसज्जित हुनुपर्ने सत्यताहरू हुन्छन्। तिमीहरू जति बढी परमेश्‍वरको वचनलाई अभ्यास गर्छौ, त्यति नै चाँडै तिमीहरूको जीवन फक्रनेछ अनि त्यति नै धेरै सत्यता स्पष्ट हुनेछ। तिमीहरू कदमा बढ्दै जाँदा तिमीहरूले आत्मिक क्षेत्रका कुराहरूलाई बढी स्पष्टतापूर्वक देख्नेछौ अनि शैतानमाथि विजय प्राप्त गर्न तिमीहरूले बढी शक्ति पाउनेछौ। तिमीहरूले परमेश्‍वरको वचनलाई अभ्यास गर्दा तिमीहरूले नबुझेका सत्यताको धेरै कुराहरू स्पष्ट हुनेछन्। धेरै मानिसहरू परमेश्‍वरको वचनको पाठलाई बुझे मात्र पनि सन्तुष्ट हुन्छन् र अभ्यासमा आफ्नो अनुभव गहिर्‍याउनुभन्दा सिद्धान्तहरूले आफूलाई सुसज्जित बनाउने कुरामा ध्यान दिन्छन् तर के त्यो फरिसीहरूको तरिका होइन र? त्यसैले यसो गरेर तिनीहरूले कसरी “परमेश्‍वरको वचन जीवन हो” भन्‍ने वाक्यांशको वास्तविकता प्राप्त गर्न सक्छन्? परमेश्‍वरको वचन पढ्दैमा व्यक्तिको जीवन बढ्न सक्दैन, परमेश्‍वरको वचनलाई अभ्यास गरेर मात्रै व्यक्तिको जीवन बढ्न सक्छ। यदि जीवन र कद पाउनको निम्ति मात्र परमेश्‍वरको वचनलाई बुझ्नु आवश्यक छ भन्‍ने तेरो विश्‍वास हो भने तेरो बुझाइ त्रुटिपूर्ण छ। साँचो प्रकारले परमेश्‍वरको वचन बुझ्ने काम तब हुन्छ जब तैँले सत्यतालाई अभ्यास गर्छस् अनि तैँले बुझ्नुपर्छ कि “सत्यतालाई अभ्यास गरेर मात्रै यसलाई बुझ्न सकिन्छ”। आज परमेश्‍वरको वचन पढेर तैँले परमेश्‍वरको वचनलाई चिन्छु भनेर मात्र भन्न सक्छस् तर यसलाई बुझ्छु भनेर तैँले भन्न सक्दैनस्। कोही भन्छन्, व्यक्तिले सत्यता अभ्यास गर्न सक्नुअघि पहिले यसलाई बुझ्नैपर्छ, तर यो आंशिक रूपले मात्रै सही हो र निश्चय नै पूर्ण रूपले चाहिँ साँचो होइन। तैँले सत्यताको ज्ञान पाउनुअघि तैँले त्यो सत्यतालाई अनुभव गरेको हुँदैनस्। तैँले सुनेको कुनै उपदेशमा केही बुझेको अनुभूति गर्नु साँचो प्रकारले बुझ्नु होइन—यो त केवल सत्यताको शाब्दिक अर्थहरूलाई मात्रै ग्रहण गर्नु हो र यो भित्री साँचो अर्थलाई बुझ्नु जस्तै होइन। सत्यताको सतही ज्ञान हुँदैमा तँ वास्तवमै त्यसलाई बुझ्छस् वा तँसित त्यसको बारेमा ज्ञान छ भन्‍ने अर्थ लाग्दैन; सत्यताको साँचो अर्थ त त्यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, तैँले सत्यतालाई अनुभव गरेपछि मात्रै तैँले त्यसलाई बुझ्न सक्छस्, अनि मात्रै तैँले त्यसका लुकेका भागहरूलाई राम्ररी बुझ्न सक्छस्। शब्दमा लुकेको अन्य अर्थलाई राम्ररी बुझ्ने र सत्यताको सारलाई बुझ्ने एउटै उपाय भनेको अनुभवलाई गहिर्‍याउनु हो। त्यसकारण, तँ सत्यतासित जहाँ पनि जान सक्छस् तर यदि तँमा सत्यता छैन भने तेरो आफ्नो परिवारका सदस्यहरूलाई समेत तैँले विश्‍वस्त तुल्याउने प्रयास गर्ने कुरा सोच्दै नसोचे हुन्छ, धर्मी मानिसहरूको त कुरै छाडिदे। सत्यताविना तँ हावामा उडिरहेको हिमकण मात्रै होस्, तर सत्यताको साथले तँ खुशी र स्वतन्त्र हुन सक्छस् अनि कसैले तँलाई आक्रमण गर्न पनि सक्दैन। सिद्धान्त जतिसुकै बलियो भएतापनि त्यसले सत्यतामाथि विजय पाउन सक्दैन। सत्यताले संसार आफै झुल्न सक्छ अनि पहाडहरू र समुद्रहरू हल्लन सक्छन् जबकि सत्यताको कमीले बलियो शहरका पर्खालहरू पनि किराहरूद्वारा भग्नावशेषमा बदलिनसक्छ। यो एउटा स्पष्ट तथ्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

ठ्याक्‍कैसित भन्‍नुपर्दा, आफ्नो विश्‍वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्‍ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्‍वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्‍ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिला त व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; त्यसको मतलब व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्‍वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्‍वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्‍वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्‍वरको अभिप्राय बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्‍वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणमा मुख्यतया परमेश्‍वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्ने, परमेश्‍वरका अभिप्राय बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्‍वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। परमेश्‍वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धार्मिक ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनी सत्यता बोध गर्न र परमेश्‍वरको अभिप्राय बुझ्न, साथसाथै परमेश्‍वरको स्वभाव र प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्‍वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथमा मानिसको प्रकृति सार र वास्तविक कमीहरू बुझ्न पनि प्रयास गरे र यसमार्फत तिनले परमेश्‍वरलाई सन्तुष्ट पार्न उहाँका मापदण्डहरूका सबै पक्षहरू सजिलै पूरा गरे। पत्रुससँग परमेश्‍वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए। यो कुरा परमेश्‍वरका अभिप्राय अनुरूपको थियो र व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्‍ने सर्वोत्तम शैली यही नै थियो। परमेश्‍वरले पठाउनुभएका सयौँ परीक्षाहरू भोग्दा, पत्रुसले आफूलाई मानिसको न्याय र खुलासा गर्ने परमेश्‍वरको हरेक वचन—अनि मानिसबाट उहाँले माग गर्नुहुने हरेक वचनसँग कडाइका साथ मिलाए—आफूलाई जाँचे, र परमेश्‍वरका वचनहरूको अर्थ सही रूपमा बोध गर्न लागिपरे। येशूले तिनलाई भन्‍नुभएका सब थोकबारे तिनले गम्भीरतासाथ मनन गरे, र हरेक वचनलाई आफ्नो मनमा दृढ रूपमा राखे—यो तरिका अपनाउँदा निकै राम्रा नतिजा हासिल भए। यसरी अभ्यास गरेर तिनले परमेश्‍वरका वचनहरूमार्फत आफैलाई चिन्‍न सके, र तिनी मानिसका विविध भ्रष्ट स्थिति र कमीकमजोरीहरू मात्र होइन, मानिसको सार र प्रकृति पनि चिन्‍न पुगे। यसले पत्रुसले आफूलाई साँचो रूपमा चिन्दथे भन्‍ने कुरा देखाउँछ। परमेश्‍वरका वचनहरूबाट, पत्रुसले एक हिसाबमा आफूबारे साँचो बुझाइ हासिल गरे, अनि अर्को हिसाबमा, तिनले परमेश्‍वरले व्यक्त गर्नुभएको धर्मी स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरा, परमेश्‍वरको कामका लागि उहाँका अभिप्राय, र मानवजातिप्रति परमेश्‍वरका मागहरू बुझे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्‍वरलाई चिने। तिनले परमेश्‍वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्‍वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्‍ने कुरा, र साथसाथै परमेश्‍वरको प्रेमिलो स्वभाव र मानिसप्रतिका उहाँका मागहरू जाने र बुझे। त्यतिखेर परमेश्‍वर आजभोलि बोल्नुभए जति बोल्नुहुन्‍नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै बिरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौँ परीक्षाहरू भोगे; तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्‍वरका वचनहरू र कामबाट आफैलाई चिन्न पुगेका मात्रै होइन, परमेश्‍वरलाई पनि चिन्न पुगे। यसको साथै, तिनले परमेश्‍वरका वचनहरूभित्र विशेष गरी परमेश्‍वरले मानिसहरूबाट गर्नुहुने मागहरू र परमेश्‍वरका अभिप्रायअनुरूप हुनका लागि मानिसले परमेश्‍वरलाई कुन पक्षहरूमा सन्तुष्ट पार्नुपर्छ भन्‍ने कुरालाई ध्यान दिए, र तिनी यी कुराहरूमा ठूलो प्रयत्न लागु गरेर पूर्ण स्पष्टता हासिल गर्न सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्‍वरका वचनहरूको जुनै पक्ष भए पनि, ती वचनहरूले जीवनका रूपमा काम गर्न सकुन्जेल र ती सत्यता हुन्जेल, पत्रुसले तिनलाई आफ्नो हृदयमा कुँदेर राखे, जहाँ तिनले तीबारे बारम्बार मनन गरे र तिनलाई बोध गरे। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्‍न सके, जसले तिनले विशेष रूपमा परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्‍ने देखाउँछ र तिनले अन्त्यमा सच्‍चा रूपमै नतिजा हासिल गरे। अर्थात्, तिनले परमेश्‍वरका वचनहरू कुशलतापूर्वक अभ्यास गर्न, सत्यतालाई सही रूपमा अभ्यास गर्न अनि परमेश्‍वरका अभिप्रायअनुरूप कार्य गर्न, सम्पूर्ण रूपले परमेश्‍वरका चाहनाअनुरूप कामकुरा गर्न, र आफ्ना व्यक्तिगत दृष्टिकोण र कल्पनाहरू त्याग्‍न सके। यसरी, पत्रुस परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

यदि व्यक्तिले आफ्नो कर्तव्य निभाउँदै परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र कार्यहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षहरूमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्‍वरले सिद्ध तुल्याउनुहुने व्यक्ति हो। यो भन्‍न सकिन्छ कि परमेश्‍वरको काम र वचनहरूले तिनीहरूमा पूर्ण रूपले प्रभाव पारेका छन्, र परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन बनेका छन्, तिनीहरूले सत्यता हासिल गरेका छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू अनुरूप जिउन सक्षम छन्। यसपछि, तिनीहरूको देहको प्रकृति—अर्थात्, तिनीहरूको मौलिक अस्तित्वको आधार—थर्किँदै भत्कनेछ र एकाएक ढल्नेछ। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वरका वचनहरू तिनीहरूको जीवन बन्छ भने, यदि परमेश्‍वरको कामको दर्शन, मानवजातिको लागि उहाँका खुलासा र मापदण्डहरू, परमेश्‍वरले मानिसले पूरा गर्नैपर्ने भनी तोक्‍नुभएको मानव जीवनका स्तरहरू तिनीहरूको जीवन बन्छ भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्‍वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्‍वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले जुन मार्गद्वारा सत्यता खोजी गरे त्यो मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। परमेश्‍वरका वचनहरूद्वारा पत्रुस सिद्ध तुल्याइए, र तिनले परमेश्‍वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू तिनको जीवन बन्यो, अनि तिनी सत्यताप्राप्त व्यक्ति बने।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

अघिल्लो: २. प्रभु येशू र सर्वशक्तिमान् परमेश्‍वर एउटै परमेश्‍वर हुनुहुन्छ। उहाँहरूले फरक-फरक युगमा फरक-फरक काम गर्नुहुन्छ। प्रभु येशूले छुटकाराको काम गर्नुभयो र पश्चातापको बाटोको प्रचार गर्नुभयो, र सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनहरूको न्याय र शुद्धीकरणको काम गर्नुहुन्छ, र अनन्त जीवनको बाटो ल्याउनुहुन्छ। त्यसो भए पश्चात्तापको बाटो र अनन्त जीवनको बाटोको बीचमा के भिन्नता छ?

अर्को: १. प्रभु येशूले भन्नुभयो, “मेरा भेडाले मेरो आवाज सुन्छन्(यूहन्‍ना १०:२७)। जब प्रभु फर्केर आउनुहुन्छ, उहाँले आफ्ना वाणीहरू बोल्नुहुनेछ र आफ्‍ना भेडाको खोजीमा जानुहुनेछ। प्रभुको पुनरागमनको प्रतीक्षा गर्नका लागि परमेश्‍वरको आवाजको खोजी गर्नु महत्त्वपूर्ण हुन्छ, तर हामी परमेश्‍वरको आवाज र मानिसको आवाज बीचको भेद छुट्ट्याउन असमर्थ छौं। कृपया यस विषयमा हामीसँग सङ्गति गर्नुहोस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्