७. तपाईं वचन देहमा देखा पर्नुहुन्छमा परमेश्‍वरका नयाँ वचनहरू छन् भनी गवाही दिनुहुन्छ, तर प्रकाशको पुस्तकले स्पष्ट रूपमा बताउँछ, “यस पुस्तकका अगमवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म गवाही दिन्छु, यदि कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्‍वरले यस पुस्तकमा लेखिएका विपत्तिहरू त्यसलाई थपिदिनुहुनेछ(प्रकाश २२:१८)। के त्यसो गर्नु बाइबलमा थप्नु होइन र?

सन्दर्भका लागि बाइबलका पदहरू:

“अझै पनि मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्। जित्नेलाई म गुप्‍त मन्न खान दिनेछु” (प्रकाश २:१७)

“अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातमा बाहिर र भित्र लेखेर सात वटा मोहोरहरू लगाइएको एउटा पुस्तक मैले देखेँ। र एउटा शक्तिशाली स्वर्गदूतले ‘यो पुस्तक खोल्न र यी मोहोरहरू हटाउन को योग्य छ?’ भनेर उच्‍च सोरमा भनिरहेको मैले देखेँ। र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि कतै पनि त्यो पुस्तक न त खोल्न सक्ने कुनै मानिस थियो न त हेर्न सक्ने नै। अनि म निकै रोएँ, किनभने न त त्यो पुस्तकलाई खोल्‍न र पढ्न योग्य कुनै मानिस भेटियो न त त्यसलाई हेर्ने। अनि धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, नरोऊ: हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्” (प्रकाश ५:१-५)

परमेश्वरका सान्दर्भिक वचनहरू:

बाइबलमा लेखिएका कुराहरू सीमित छन्; तिनले परमेश्‍वरको पूरै कामको प्रतिनिधित्व गर्न सक्दैनन्। सुसमाचारका चार वटा पुस्तकहरूमा जम्मा एक सयभन्दा कम अध्यायहरू छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू छन्, जस्तै येशूले अञ्‍जीरको रूखलाई सराप दिनुभएको, पत्रुसले प्रभुलाई तीन पल्ट इन्कार गरेको, येशू क्रूसको मृत्यु र पुनरुत्थानपछि चेलाहरूकहाँ देखापर्नुभएको, उपवासको बारेमा सिकाउनुभएको, प्रार्थनाको बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदको बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरू नियुक्त गर्नुभएको, र यस्तै अरू। तर, मानिसले ती कुरालाई खजानाजत्तिकै महत्त्व दिन्छ, तिनलाई आजको कामको विरुद्ध तुलना पनि गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएका सबै कामहरू यति मात्र थिए, मानौँ परमेश्‍वरले यति मात्र गर्न सक्‍नुहुन्थ्यो, त्योभन्दा बढी केही पनि गर्न सक्‍नुहुन्‍नथियो भनी विश्‍वास गर्छन्। के यो हास्यास्पद छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो करार पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्छस् त? तैँले आज परमेश्‍वरको अगुवाइलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनमा अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामलाई अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामलाई निरन्तरता दिँदै अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो पृथ्वीमा परमेश्वरको नवीनतम काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वीमा र इस्राएलदेखि बाहिर अझ ठूलो, अझ नयाँ काम गर्नुभएको छ, त्यो इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो भन्ने कुरा मानिसहरूलाई थाहा छैन, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बोध गर्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामका बारेमा एउटै कुरा पनि नछुटाई अग्रिम रूपमा कसले लेखेको हुन सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ ठूलो, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्‍वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। तिमीहरूले बुझ्नुपर्ने सबै कुरा यही हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन पुरानो ऐतिहासिक विवरणहरूको बीचमा जिउनु? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

येशूको काम मानिसको छुटकारा र उहाँको क्रूसीकरणको निम्ति मात्र थियो, यसैले उहाँले कुनै मानिसलाई जित्नका निम्ति धेरै कुराहरू भन्नु आवश्यक थिएन। उहाँले मानिसलाई सिकाउनुभएका धेरै कुरा पवित्रशास्त्रका वचनहरूबाट लिइएका थिए अनि उहाँका कामहरू पवित्रशास्त्रका वचनहरूभन्दा उत्तम नभए पनि उहाँले क्रूसीकरणको कामलाई पूरा गर्न सक्नुभयो। उहाँको काम वचनको थिएन, न त मानवजातिलाई जित्नु नै थियो, तर मानव जातिलाई छुटकारा दिनका निम्ति गरिएको काम थियो। उहाँले मानवजातिका निम्ति पापबलिको रूपमा मात्र काम गर्नुभयो अनि मानव जातिका निम्ति वचनको स्रोतको रूपमा काम गर्नुभएन। उहाँले अन्यजातिहरूको काम गर्नुभएन, जुन मानिसहरूलाई जित्ने काम थियो, तर क्रूसमा टाँगिने काम गर्नुभयो, यो काम तिनीहरूको माझमा गरियो जसले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गरे। उहाँको काम पवित्रशास्त्रको आधारमा गरिएको भए पनि, अनि फरिसीहरूलाई दोषी ठहऱ्याउन उहाँले प्राचीन अगमवक्ताहरूले भविष्यवाणी गरेका वचनहरू प्रयोग गर्नुभए पनि, क्रूसीकरणको काम पूरा गर्न यो नै पर्याप्त थियो। यदि आजको काम पवित्रशास्त्रमा प्राचीन अगमवक्ताहरूले गरेका भविष्यवाणीहरूको आधारमा गरिन्थ्यो भने, तिमीहरूलाई जित्न असम्भव हुने थियो, किनकि पुरानो करारमा तिमी चिनियाँ मानिसहरूका विद्रोहीपन र पापको बारेमा उल्लेख छैन अनि तिमीहरूका पापको कुनै इतिहास छैन। यसैले, यदि बाइबलमा यो काम अझै रहिरहन्थ्यो भने, तिमीहरूले कहिल्यै पनि समर्पण गर्ने थिएनौ। बाइबलले इस्राएलीहरूको सीमित इतिहास मात्र उल्लेख गर्दछ, जसले तिमीहरू खराब कि असल छौ भनी प्रमाणित गर्न वा तिमीहरूको न्याय गर्न सक्दैन। कल्पना गर, यदि मैले इस्राएलीहरूको इतिहासअनुसार तिमीहरूको न्याय गर्नु पऱ्यो भने, के तिमीहरू आज जस्तै मेरो पछि लाग्नेछौ? तिमीहरू कति कठोर छौ भन्‍ने कुरा के तिमीहरू जान्दछौ? यदि यो चरणमा कुनै वचन बोलिएन भने, विजयको काम पूरा गर्न असम्भव हुनेछ। म क्रूसमा टाँगिन आएको होइन, त्यसैले मैले ती वचनहरू बोल्नैपर्छ, जुन बाइबलको भन्दा अलग छन्, ताकि तिमीहरूलाई जित्न सकियोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (१)

यस युगमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू व्यवस्थाको युगमा बोलिएका वचनहरूभन्दा फरक छन्, साथै ती अनुग्रहको युगमा बोलिएका वचनहरूभन्दा पनि फरक छन्। अनुग्रहको युगमा, परमेश्‍वरले वचनको काम गर्नुभएन, तर सारा मानव जातिलाई छुटकारा दिनका निम्ति उहाँले क्रूसीकरणको वर्णन मात्र गर्नुभयो। बाइबलले येशू किन क्रूसमा टाँगिनुभएको र क्रूसमा उहाँले भोग्‍नुभएको दुःखको बारेमा र मानिस कसरी परमेश्‍वरको निम्ति क्रूसमा टाँगिनुपर्छ भन्‍ने कुरा मात्र वर्णन गर्दछ। त्यस युगको अवधिमा, परमेश्‍वरले गर्नुभएका सबै काम क्रूसीकरणबाट केन्द्रित थियो। राज्यको युगमा, देहधारी परमेश्‍वरले उहाँमा विश्‍वास गर्ने सबैलाई विजय गर्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्‍वर आउनुभएको छ, भन्‍नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छ। वचन देहमा देखा पर्नुको सार यही हो र जब देहधारी परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुहुन्छ, त्यो देहमा वचनको देखा पराइ, र देहमा वचनको आगमन हो। “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो, र वचन देह बन्‍नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्‍वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्‍वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्‍वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्‍वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्‍वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्‍ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्‍वरको कामको गति बढिरहेको छ। परमेश्‍वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्‍वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका माध्यमहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्‍नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, मानिसले वचन देहमा देखा पर्नुभएका परमेश्‍वरलाई साँच्चै देख्ने तुल्याउनुहुन्छ, र उहाँको बुद्धि र अद्भुतता देख्ने तुल्याउनुहुन्छ। मानिसहरूलाई विजय गर्ने, मानिसहरूलाई सिद्ध पार्ने, र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझै राम्ररी हासिल गर्न परमेश्वर यसरी काम गर्नुहुन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। वचनहरूद्वारा मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो, त्यो थाहा पाउन पुग्छन्। वचनहरूद्वारा, परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको सबै काम हासिल हुन्छन्। वचनहरूद्वारा, मानिसहरूलाई प्रकाश गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरू परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धिमा, र मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्‍वरको हृदयमा विश्‍वास गर्न पुगेका छन्। “वचनहरू” भन्‍ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनले मानिसहरूका हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यसरी काम गर्नुहुन्छ, र केवल उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यस प्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयदेखि, मानिस परमेश्‍वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको खुवाइ र आपूर्तिमाझ जिउँछ; मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूका श्रापहरू र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिसहरू त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी सबै वचनहरू र यो काम मानिसको मुक्तिका खातिर, परमेश्‍वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले ब्रह्माण्डका सबै मानिसहरूलाई अगुवाइ गर्नुहुन्छ, वचनहरू प्रयोग गरेर नै उहाँ उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

यदि मानिसहरू अनुग्रहको युगमा अल्झिरहन्छन् भने, तिनीहरू आफ्नो भ्रष्ट स्वभावबाट कहिल्यै पनि मुक्त हुनेछैनन्, परमेश्‍वरको अन्तर्निहित स्वभाव जान्ने कुरा त परै जाओस्। यदि मानिसहरू जहिले पनि अनुग्रहको प्रशस्तताको बीचमा जिउँछन्, तर तिनीहरूसँग परमेश्‍वरलाई चिन्‍ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको बाटो छैन भने, तिनीहरूले उहाँमाथिको आफ्नो विश्‍वासमा उहाँलाई साँच्चिकै प्राप्त गर्न सक्नेछैनन्। यस किसिमको विश्‍वास वास्तवमै दयनीय हुन्छ। जब तैँले यो पुस्तक पढिसक्छस्, जब तैँले राज्यको युगको देहधारी परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गरेको हुनेछस्, तब धेरै वर्षदेखि तँमा भएका कामनाहरू अन्त्यमा साकार भएको महसुस गर्नेछस्। तैँले अहिले मात्र साँच्चै परमेश्‍वरलाई आमनेसामने देखेको, अहिले मात्र उहाँको मुहार एक टक लाएर हेरेको, उहाँको व्यक्तिगत वाणी सुनेको, उहाँको कामको बुद्धिलाई कदर गरेको र उहाँ कति व्यावहारिक र सर्वशक्तिमान् हुनुहुन्छ भनी जानेको महसुस गर्नेछस्। तैँले विगतका मानिसहरूले नदेखेका र उनीहरूसित नभएका धेरै थोकहरू प्राप्त गरेको महसुस गर्नेछस्। यस बेला, तैँले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुनु भनेको के हो त्यो स्पष्ट रूपमा जान्नेछस्। निश्चय नै, यदि तँ विगतका दृष्टिकोणहरूमा अल्झिबसिस्, र परमेश्‍वरको दोस्रो देहधारणको तथ्यलाई इन्कार वा अस्वीकार गरिस् भने, तँ खाली हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र अन्त्यमा तँ परमेश्‍वरको विरोध गरेकोमा दोषी ठहरिनेछस्। सत्यतामा समर्पित हुन र परमेश्‍वरको कामको अधीनमा बस्न सक्‍नेहरूलाई दोस्रो देहधारी परमेश्‍वर—सर्वशक्तिमानको नाउँमा दाबी गरिनेछ। तिनीहरूले परमेश्‍वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न, अझ धेरै र उच्च सत्यताहरू, साथै वास्तविक जीवन पनि प्राप्त गर्न सक्नेछन्। तिनीहरूले विगतका कुनै मानिसहरूले नदेखेको दर्शन देख्नेछन्: “अनि मसँग बोल्‍ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्‍नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो, र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा प्रकट हुने परमेश्‍वरको कार्यको अभिव्यक्ति पनि हो। सजाय र न्यायको प्रवाहमा, मानिसको पुत्रले वाणीहरूका माध्यमद्वारा आफ्नो अन्तर्निहित स्वभाव प्रकट गर्नुहुन्छ, उहाँको सजाय र न्यायलाई स्वीकार गर्ने सबैलाई मानिसको पुत्रको वास्तविक अनुहार देखाउनुहुन्छ, जुन यूहन्नाले देखेको मानिसको पुत्रको अनुहारको एक विश्‍वसनीय अनुहारको चित्रण हो। (निस्सन्देह, यी सबै कुरा तिनीहरूका निम्ति अदृश्य हुनेछन् जसले राज्यको युगमा हुने परमेश्‍वरको कामलाई स्वीकार गर्दैनन्।) परमेश्‍वरको वास्तविक अनुहार मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्‍वरले मानिसलाई उहाँको वास्तविक अनुहार देखाउन उहाँको अन्तर्निहित स्वभाव व्यक्त गर्ने विधि प्रयोग गर्नुहुन्छ। भन्न खोजेको के हो भने, मानिसको पुत्रको अन्तर्निहित स्वभावको कदर गर्ने सबैले मानिसको पुत्रको वास्तविक अनुहार देखेका हुन्छन्, किनकि परमेश्‍वर अति महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर उहाँलाई पूर्ण रूपमा बुझ्‍न सकिँदैन। मानिसले राज्यको युगको परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गरेपछि, उसले यूहन्नाले सामदानहरूको माझमा हुनुभएको मानिसको पुत्रको बारेमा भनेका कुराहरूको सही अर्थ बुझ्नेछ: “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

अघिल्लो: ६. तपाईं वचन देहमा देखा पर्नुहुन्छ प्रकाशको पुस्तकमा अगमवाणी गरिएको थुमाद्वारा खोलिएको चर्मपत्रको सानो मुट्ठो हो भनी गवाही दिनुहुन्छ। हामी त्यो कुरामा विश्‍वास गर्दैनौं। हामी विश्‍वास गर्छौं, “चर्मपत्रको सानो मुट्ठो” ले बाइबललाई बुझाउँछ, बाइबल चर्मपत्रको सानो मुट्ठो हो, र हामीले बाइबल मात्र पढ्नु नै पर्याप्त छ।

अर्को: ८. दुई हजार वर्षदेखि प्रभुमाथिको मानिसको विश्‍वास बाइबलमा आधारित छ। सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनको न्यायको काम सुरु गर्नुभएपछि, सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्ने सबैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नमा ध्यान केन्द्रित गर्छन्, र बाइबल बिरलै मात्र पढ्छन्। म के जान्न चाहन्छु भने, सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, मानिसहरूले बाइबललाई कसरी सही तरिकाले हेर्न र प्रयोग गर्न सक्छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्