८. तपाईं सर्वशक्तिमान् परमेश्वर आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ, देखा पर्नुभएका मुक्तिदाता हुनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्दैहुनुहुन्छ र मानिसलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन अनि मानिसलाई शैतानको अँध्यारो प्रभावबाट छुटकारा दिन परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। सर्वशक्तिमान् परमेश्वरले कसरी मानिसलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
वर्तमान देहधारणमा परमेश्वरको काम मुख्यतः सजाय र न्यायमार्फत उहाँको स्वभाव व्यक्त गर्नु, र यही जगका आधारमा, मानिसकहाँ अझ धेरै सत्यता ल्याउनु, र उसलाई अभ्यासका अझ धेरै तरिका देखाउनु हो, त्यसरी उहाँ मानिसलाई विजय गर्ने र उसका भ्रष्ट स्वभावहरूबाट उसलाई मुक्त गर्ने उहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यको युगमा परमेश्वरको कामको पछाडि यही नै हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्वरविरुद्धको विरोधी शक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
परमेश्वरले मानिसलाई सिद्ध पार्ने कार्य कुन माध्यमबाट पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्वरको स्वभावमा मुख्य रूपमा धार्मिकता, क्रोध, प्रताप, न्याय र सराप समावेश हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध पार्नुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध पार्न सक्नुहुन्छ भनी प्रश्न गर्छन्। तिनीहरू भन्छन्, “यदि परमेश्वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्वरले मानिसलाई न्याय गर्नुभयो भने, के मानिस निन्दित हुनेथिएन? त्यसो भए ऊ कसरी अझै पनि सिद्ध पारिन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्वरको कामलाई जान्दैनन्। परमेश्वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको विद्रोहीपन हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ कठोर रूपमा र मानिसका भावनालाई बिलकुलै ख्याल नगरी बोल्ने भए पनि, उहाँले मानिसभित्रका सबै कुरा खुलासा गर्नुहुन्छ, उहाँले केही कठोर वचनद्वारा मानिसभित्र हुने सारगत कुराहरू खुलासा गर्नुहुन्छ, तैपनि त्यस्तो न्यायद्वारा, उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्वरको सामु समर्पित हुन्छ। मानिसको देह पापको र शैतानको हो, यो विद्रोही छ, र यो परमेश्वरको सजायको पात्र हो। यसैले, मानिसलाई आफैलाई चिन्न लगाउनका लागि परमेश्वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्वरको काम प्रभावकारी हुन सक्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
परमेश्वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ, र तिमीहरूलाई उहाँको बुद्धिको कदर गराउनुहुन्छ। तिमीहरूले भित्री रूपमा केही पीडा भोगेको भए पनि, तिमीहरूको हृदयले सधैँ स्थिरता र शान्ति महसुस गर्छ; परमेश्वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि तिमीहरूले आज परमेश्वरले तिमीहरूमा गर्नुहुने सबै काम प्रेम नै हो भनी देख्छौ। यदि मानिसले परमेश्वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्वरले तँलाई मुक्ति दिनको लागि तँलाई काटछाँट गर्नुहुन्छ, अनि तैँले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैँले पछि फर्केर हेर्नेछस्, र परमेश्वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैँले परमेश्वरका अभिप्रायहरूलाई साँच्चै बुझ्न सक्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
यदि तँ परमेश्वरको स्वभाव जान्दैनस् भने, तँ परीक्षाहरूका दौरान अनिवार्य रूपमा लड्नेछस्, किनभने परमेश्वर कसरी मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँ कुन माध्यमद्वारा तिनीहरूलाई सिद्ध पार्नुहुन्छ भन्नेबारे तँ अनजान हुन्छस्, अनि जब तँमाथि परमेश्वरका परीक्षाहरू आइपर्छन् र ती तेरा धारणाहरूसँग मिल्दैनन्, तब तँ दृढ रहन असक्षम हुनेछस्। परमेश्वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो, अनि जब परमेश्वरको सम्पूर्ण स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, तब तिनीहरूको देहलाई के हुन्छ? जब परमेश्वरको धर्मी स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, तब तिनीहरूको देहलाई अनिवार्य रूपमा धेरै पीडा हुनेछ। यदि तैँले यो पीडा भोगिनस् भने, तँ परमेश्वरद्वारा सिद्ध पारिन सक्दैनस्, न त तैँले परमेश्वरप्रति साँचो प्रेम अर्पण गर्न नै सक्नेछस्। यदि परमेश्वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले आफ्नो सम्पूर्ण स्वभाव तँकहाँ प्रकट गर्नैपर्छ। सृष्टिको समयदेखि आजसम्म, परमेश्वरले आफ्नो सम्पूर्ण स्वभाव मानिसकहाँ कहिल्यै प्रकट गर्नुभएको छैन—तर आखिरी दिनहरूमा उहाँ यसलाई उहाँले पूर्वनिर्धारित गर्नुभएका र छान्नुभएका मानिसहरूको यस समूहकहाँ प्रकट गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पारेर, उहाँ आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ, जसको माध्यमबाट उहाँ मानिसहरूको एउटा समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूप्रति परमेश्वरको साँचो प्रेम यस्तो हुन्छ। परमेश्वरको साँचो प्रेम अनुभव गर्न मानिसहरूले चरम पीडा सहनु, र उच्च मूल्य चुकाउनु आवश्यक हुन्छ। तब मात्रै मानिसहरू अन्ततः परमेश्वरद्वारा प्राप्त गरिन सक्छन्, र बल्ल आफ्नो साँचो प्रेम परमेश्वरलाई फिर्ता दिन सक्षम हुन्छन्, र तब मात्रै परमेश्वरको हृदय सन्तुष्ट हुनेछ। यदि मानिसहरू परमेश्वरद्वारा सिद्ध पारिने चाहना गर्छन् भने र यदि उनीहरू उहाँको इच्छा पछ्याउने, र उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्वरलाई अर्पण गर्ने चाहना राख्छन् भने, उनीहरूले धेरै कष्ट र उनीहरूको परिस्थितिबाट धेरै सास्ती भोग्नैपर्छ, र यसरी मृत्युको मुखमै पुगेजस्तो गरी वेदनाबाट गुज्रनैपर्छ, जसले अन्ततः उनीहरूलाई आफ्नो साँचो हृदय परमेश्वरलाई फिर्ता दिन बाध्य पार्नेछ। कसैले परमेश्वरलाई साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा कष्ट र शोधनको दौरान प्रकट हुन्छ। परमेश्वरले गर्नुहुने मानिसहरूको प्रेमको शुद्धिकरण पनि कष्ट र शोधनमार्फत मात्रै हासिल हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
परमेश्वरसँग मानिसलाई सिद्ध पार्ने धेरै वटा उपाय छन्। उहाँ मानिसका भ्रष्ट स्वभावहरूलाई काटछाँट गर्न हरेक किसिमको वातावरण प्रयोग गर्नुहुन्छ, र मानिसलाई प्रकाश गर्न विभिन्न कुरा प्रयोग गर्नुहुन्छ; एकातिर, उहाँ मानिसलाई काटछाँट गर्नुहुन्छ, अर्कोतिर उहाँ मानिसलाई प्रकाश गर्नुहुन्छ, र अर्कोतिर उहाँ मानिसलाई खुलासा गर्नुहुन्छ, मानिसको हृदयको गहिराइमा रहेका “रहस्यहरू” खोतलेर निकाल्नुहुन्छ र खुलासा गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा स्थिति खुलासा गरेर उसको प्रकृति देखाउनुहुन्छ। परमेश्वर मानिसलाई धेरै वटा विधिमार्फत—खुलासामार्फत, मानिसलाई काटछाँट गरेर, शोधनमार्फत, र सजायमार्फत—सिद्ध पार्नुहुन्छ, ताकि मानिसले परमेश्वर व्यावहारिक हुनुहुन्छ भनेर थाहा पाओस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ
अहिले भइरहेको काम मानिसहरूलाई शैतान र तिनीहरूको पुरानो पुर्खाविरुद्ध विद्रोह गर्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्नु र तिनीहरूलाई जीवनको सार बुझ्न सक्षम तुल्याउनु हो। यी बारम्बारका न्यायहरूले मानिसहरूको हृदय छेड्छन्। प्रत्येक न्याय तिनीहरूको नियतिसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ र त्यसको उद्देश्य तिनीहरूको हृदयमा चोट पुर्याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न सकून् र यसरी जीवनलाई चिनून्, यो फोहोरी संसारलाई चिनून्, परमेश्वरको बुद्धि र सर्वशक्तिमान्तालाई चिनून्, साथै शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिलाई पनि चिनून्। यस प्रकारको सजाय र न्याय जति बढी हुन्छ, मानिसको हृदयमा त्यति नै बढी चोट पुग्न सक्छ र उसको आत्मालाई त्यति नै बढी जागृत गर्न सकिन्छ। यस प्रकारको न्यायको लक्ष्य यी अत्यन्त भ्रष्ट पारिएका र सबैभन्दा गहन रूपमा भ्रममा परेका मानिसहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्ने कुरा थाहै छैन, परमेश्वर हुनुहुन्छ भन्ने थाहै छैन, र निश्चय नै ऊ मृत्युको रसातलमा सङ्घर्ष गरिरहेको छ भन्ने पनि थाहै छैन; ऊ आफू यस दुष्ट मानव नरकमा जिइरहेको कसरी थाहा पाउन सक्थ्यो र? ऊ आफ्नो यो दुर्गन्धित लास शैतानद्वारा भ्रष्ट पारिएपछि मृत्युको पातालमा खसेको कुरा कसरी थाहा पाउन सक्थ्यो? ऊ पृथ्वीमा रहेका सबै कुरा मर्मत गर्नै नसकिने गरी मानवजातिद्वारा धेरै पहिले बरबाद पारिएका छन् भनेर कसरी थाहा पाउन सक्थ्यो? अनि ऊ सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र आफूले मुक्ति दिन सक्ने भ्रष्ट तुल्याइएका मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर कसरी थाहा पाउन सक्थ्यो? मानिसले हरसम्भव शोधन र न्याय अनुभव गरेको भए पनि, उसको बोधो चेतना पूर्णतया अपरिवर्तित रहेको छ र त्यसले लगभग कुनै प्रतिक्रिया जनाएको छैन। मानिस कत्ति पतित छ! अनि यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो भए पनि, यो मानिसका लागि सबैभन्दा लाभदायक कुरा हो। मानिसहरूलाई यसरी न्याय गरिएन भने, नतिजा हासिल गर्न सकिनेथिएन, र मानिसहरूलाई दुःखको रसातलबाट मुक्ति दिन पूर्णतया असम्भव हुनेथ्यो। यस तरिकाले काम गरिएन भने, मानिसहरूलाई पातालबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथ्यो किनभने तिनीहरूको हृदय धेरै अघि मरिसकेको छ र तिनीहरूको आत्मालाई शैतानले धेरै पहिले कुल्चिएको छ। पतनको सबैभन्दा गहिरो तहमा डुबेका तिमीहरूलाई मुक्ति दिन तिमीहरूलाई जोडजोडले बोलाउनु आवश्यक हुन्छ, तिमीहरूलाई धेरै मेहनतका साथ न्याय गरिनुपर्छ; त्यसपछि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सकिनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्
तँलाई थाहा हुनुपर्छ कि परमेश्वरले मानिसहरूलाई सिद्ध पार्ने, पूर्ण पार्ने र प्राप्त गर्ने कार्यले तिनीहरूको देहमा तरवार र चोटहरू, साथै अन्त्यहीन कष्ट, आगोको जलन, निर्दयी न्याय, सजाय, र श्रापहरू अनि असीम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानव व्यवस्थापन गर्ने कामको वास्तविक कथा र वास्तविकता यही हो। तर, यी सबै कुरा मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाण निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका खातिर हो। किनभने उहाँको काम मानवजातिका खातिर मात्र होइन, यो त सम्पूर्ण योजनाका खातिर पनि हो, साथै उहाँले मानवजाति सृष्टि गर्नुहुँदाको उहाँको मौलिक अभिप्राय पूरा गर्न पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभव कष्ट र आगोका परीक्षा हुन्, र मानिसको देहले तृष्णा गरेका मीठा र खुसीयालीका दिनहरू या त थोरै हुन्छन्, या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्वरसित सुन्दर समय बिताउने खुसीका क्षणहरूको आनन्द लिन त झनै सक्दैन। देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा जे उपभोग गर्छ त्यो परमेश्वरको सजायबाहेक अरू केही होइन, जसलाई मानिसले असंवेदनशील पाउँछ, मानौँ त्यसमा सामान्य समझ नै छैन। किनभने परमेश्वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुनेछ, जुन “मानिसप्रति असंवेदनशील हुन्छ”, र जसले मानिसका उल्लङ्घनहरू सहँदैन, र शत्रुहरूलाई घृणा गर्छ। परमेश्वरले कुनै पनि आवश्यक माध्यमद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँको काम अर्थात्, सारा मानवजातिको मुक्तिको काम, र पुरानो शैतानलाई नष्ट गर्ने काम समाप्त गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसलाई व्यवस्थापन गर्नुको उद्देश्य
परमेश्वरको हरेक वचनले हाम्रा मुख्य कमजोरीहरूमा प्रहार गर्छ, जसले हामीलाई चोट पुर्याउँछ र हामीमा भय पैदा गराउँछ। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रा भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ। हाम्रा हरेक वचन र कार्य, हाम्रा हरेक चालदेखि लिएर हाम्रा हरेक सोच र विचारसम्म, हाम्रो प्रकृति सार उहाँका वचनहरूमा प्रकट हुन्छ, जसले हामीलाई डर र कम्पनको स्थितिमा पुर्याउँछ र हाम्रो लाज लुकाउने कुनै ठाउँ हुँदैन। एक-एक गर्दै, उहाँले हामीलाई हाम्रा सबै कार्य, हाम्रा लक्ष्य र अभिप्रायहरू, र हामी आफैले कहिल्यै पत्ता नलगाएका भ्रष्ट स्वभावहरू समेतका बारेमा बताउनुहुन्छ, जसले हामीलाई हाम्रो सारा दयनीय अपूर्णता खुलासा भएको महसुस गराउँछ र, अझ बढी, पूर्ण रूपमा कायल तुल्याउँछ। उहाँको विरोध गरेकोमा उहाँ हाम्रो न्याय गर्नुहुन्छ, उहाँलाई ईशनिन्दा गरेको र दोषी ठहराएकोमा उहाँ हामीलाई सजाय दिनुहुन्छ, र उहाँका नजरमा, हामीमा एउटा पनि असल गुण छैन, हामी जीवित शैतान हौँ भन्ने महसुस गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचुर हुन्छन्; अब हामी उहाँसँग कुनै अत्यधिक मागहरू गर्ने वा उहाँबारे कुनै योजना रच्ने आँट गर्दैनौँ, र हाम्रा सपनाहरू पनि रातारात बिलाएर जान्छन्। यो हामी कसैले पनि कल्पना गर्न र स्विकार्न नसक्ने तथ्य हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलन गुमाउँछौँ र अगाडिको बाटोमा कसरी हिँडिरहने, वा हाम्रो विश्वासलाई कसरी निरन्तरता दिने भन्ने जान्दैनौँ। यस्तो लाग्छ मानौँ हाम्रो विश्वास सुरुवाती अवस्थामै फर्केको छ, र मानौँ हामीले प्रभु येशूलाई कहिल्यै भेटेका वा चिन्न पाएका छैनौँ। हाम्रा आँखाअगाडिका सबै कुराले हामीमा अन्योल भरिदिन्छन् र हामीलाई निर्णय गर्न नसक्नेगरी डगमगाउने तुल्याउँछन्। हामी हतास हुन्छौँ, हामी निराश हुन्छौँ, र हाम्रो हृदयको गहिराइमा दबाउन नसकिने आक्रोश र अपमान हुन्छ। हामी कुरा पोख्ने, बाहिर निस्कने बाटो खोज्ने, र, अझ भन्नुपर्दा, हाम्रा मुक्तिदाता येशूको प्रतीक्षा गरिरहने प्रयास गर्छौँ, ताकि हामी उहाँसमक्ष आफ्ना हृदयका कुरा ओकल्न सकौँ। कहिलेकाहीँ हामी बाहिरी रूपमा न त अहङ्कारी न त विनम्र देखिए पनि, हृदयमा हामी पहिले कहिल्यै महसुस नगरेको शून्यताको बोध महसुस गर्छौँ। कहिलेकाहीँ हामी बाहिरी रूपमा असामान्य रूपमा शान्त देखिए पनि, हाम्रो मन आँधीबेहरी आएको समुद्र जस्तै पीडाले रन्थनिएको हुन्छ। उहाँको न्याय र सजायले हाम्रा सबै आशा र सपना खोसेका छन्, हाम्रा अत्यधिक चाहनाहरूको अन्त्य गरेका छन् र उहाँ नै हाम्रा मुक्तिदाता हुनुहुन्छ र उहाँले हामीलाई मुक्ति दिन सक्नुहुन्छ भनी विश्वास गर्न हामीलाई अनिच्छुक तुल्याएका छन्। उहाँको न्याय र सजायले हामी र उहाँका बीचमा एउटा खाडल खोलेका छन्, जुन यति गहिरो छ कि कोही पनि यसलाई पार गर्न चाहँदैन। उहाँको न्याय र सजाय हाम्रो जीवनमा हामीले यति ठूलो धक्का, यति ठूलो अपमान भोगेको पहिलो घटना हो। उहाँको न्याय र सजायले हामीलाई परमेश्वरको आदर र मानिसको उल्लङ्घनप्रति उहाँको असहिष्णुतालाई साँच्चै अनुभूत गराएका छन्, जसको तुलनामा हामी अत्यन्तै नीच, अत्यन्तै फोहोरी छौँ। उहाँको न्याय र सजायले हामीलाई पहिलो पटक हाम्रो अहङ्कार र अभिमानका बारेमा, र मानिस कसरी कहिल्यै परमेश्वरको बराबरी हुन सक्दैन, वा उहाँसँग तुलनीय हुन सक्दैन भन्ने कुराका बारेमा सचेत गराएका छन्। उहाँको न्याय र सजायले हामीलाई अब त्यस्ता भ्रष्ट स्वभावहरूमा नजिउने, आफूलाई यस प्रकृति सारबाट जतिसक्दो चाँडो मुक्त गर्ने, साथै उहाँद्वारा घृणित हुन र उहाँका लागि घिनलाग्दो हुन छोड्ने तृष्णा गराएका छन्। उहाँको न्याय र सजायले हामीलाई उहाँका वचनहरूप्रति समर्पित हुन र तिनलाई पालन गर्न इच्छुक बनाएका छन्, र अबदेखि उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूका विरुद्धमा विद्रोह नगर्ने तुल्याएका छन्। उहाँको न्याय र सजायले हामीलाई फेरि एक पटक बाँच्ने चाहना दिलाएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न खुसी तुल्याएका छन्…। हामी विजयको कामबाट, नरकबाट, मृत्युको छायाको उपत्यकाबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्वरले हामीलाई, मानिसहरूको यस समूहलाई प्राप्त गर्नुभएको छ! उहाँले शैतानमाथि विजय हासिल गर्नुभएको छ र आफ्ना असङ्ख्य शत्रुलाई पराजित गर्नुभएको छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु