१. प्रभुले यसो भन्दै हामीसँग प्रतिज्ञा गर्नुभयो, “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म आफै लिएर जानेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सकौ” (यूहन्ना १४:२-३)। प्रभु येशू पुनरुत्थान हुनुभयो र हाम्रो निम्ति ठाउँ तयार पार्न स्वर्गमा चढिजानुभयो, यसैले यो ठाउँ स्वर्गमा नै हुनुपर्दछ। तापनि तपाईं प्रभु येशू फर्केर आउनुभएको छ र पृथ्वीमा परमेश्वरको राज्य स्थापना गर्नुभएको छ भनी गवाही दिनुहुन्छ। मैले यो कुरा बुझिनँ: स्वर्गको राज्य स्वर्गमा छ कि पृथ्वीमा छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईँको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि तपाईंको इच्छा पूरा होस्” (मत्ती ६:९-१०)।
“अनि सातौँ स्वर्गदूतले तुरही फुके; र स्वर्गमा ठूला आवाजहरूले यसो भने, यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेका छन्; र उहाँले सदा-सदा राज्य गर्नुहुनेछ” (प्रकाश ११:१५)।
“अनि मैले यूहन्नाले पवित्र सहर, नयाँ येरुशलेम, परमेश्वरबाट आफ्नो दुलहाको निम्ति दुलहीझैँ सजिएर स्वर्गबाट तल आइरहेको देखेँ। अनि मैले स्वर्गबाट यसो भनिएको ठूलो आवाज सुनेँ, हेर, परमेश्वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्वर हुनुहुनेछ। अनि परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसुहरू पुछिदिनुहुनेछ; अनि त्यहाँ कुनै मृत्यु हुनेछैन, न शोक, न त रोदन नै हुनेछ, न त त्यहाँ कुनै पीडा नै हुनेछ: किनकि अगाडिका कुराहरू बितिगएका छन्” (प्रकाश २१:२-४)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वरले मानवलाई सृष्टि गर्नुभयो, र उहाँले उनीहरूलाई पृथ्वीमा राख्नुभयो र उनीहरूलाई त्यस बेलादेखि नै डोर्याउनुभएको छ, पछि उहाँले उनीहरूलाई मुक्ति दिनुभयो र मानवजातिका निम्ति पापबलिका रूपमा सेवा गर्नुभयो, र अन्तमा, उहाँले अझै मानवजातिलाई विजय गर्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्ति दिनुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि अन्त्यसम्म नै संलग्न हुनुहुन्छ। परमेश्वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्वरले पृथ्वीमा र सारा सृष्टि गरिएका प्राणीमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्ने हुन्छ। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानवजातिले परमेश्वरको डर मान्ने उनीहरूको हृदय, साथै सृजित प्राणीहरूमा हुनुपर्ने कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको चालबाजीको गोटी बन्यो; यसरी, परमेश्वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्यो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। अन्त्यमा विद्रोहका ती सन्तानहरूको पूर्ण विनाश पनि मानवलाई अझ राम्रोसँग परमेश्वरको आराधना गर्न र पृथ्वीमा अझ राम्रोसँग जिउन सक्षम हुन दिनका निम्ति हुनेछ। परमेश्वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजाति चाहिँ उहाँको आराधना गर्ने, उहाँप्रति पूर्ण रूपमा समर्पित हुने र उहाँको महिमा भएको मानवजाति हो। यदि परमेश्वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान् उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र विद्रोहीपन हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
जब परमेश्वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको सत्ताअन्तर्गत रहनेछैनन्। त्यसै गरी, परमेश्वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। परमेश्वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्वरसँग परमेश्वरकै गन्तव्य छ र मानवसँग मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्वरको आराधना गर्नेछन्। उप्रान्त, परमेश्वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्वर र मानव उही क्षेत्रभित्र रहन सक्नुहुन्न; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्वरको व्यवस्थापन कार्यको चरमता हो। नेतृत्व गरिनेहरू मानव नै हुन् र उनीहरू परमेश्वरकै सारका हुँदैनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्वर आफ्नो विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ आफ्नो मौलिक स्थानमा फर्कनुभएको छ भन्ने हुन्छ। उहाँ उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजातिमाझ रहनुहुनेछैन। जब मानवहरू विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो सृष्टि गरिएका प्राणी हुनेछन् भन्ने हो; तिनीहरूले पृथ्वीबाट नै परमेश्वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू उप्रान्त परमेश्वरविरुद्ध विद्रोह गर्नेछैनन् वा तिनीहरूले उहाँको प्रतिरोध गर्नेछैनन्, अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। विश्राममा प्रवेश गरेपछि परमेश्वर र मानवका आ-आफ्नै जीवन र गन्तव्यहरू यिनै हुनेछन्। शैतान र परमेश्वर बीचको युद्धमा शैतानको हार अपरिहार्य छ। यस्तै, परमेश्वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेशपछि विश्राममा हुने परमेश्वरको प्रवेश पनि अनिवार्य छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्वरको विश्रामको स्थान स्वर्ग हो। मानवले विश्राममा रहनुहुने परमेश्वरको आराधना गर्दा, तिनीहरू पृथ्वीमा बस्नेछन्, र परमेश्वरले बाँकी मानवलाई विश्राममा डोर्याउनुहुँदा, उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
विजयको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर संसारमा ल्याइनेछ। यो जीवन, अवश्य पनि, अझै यही पृथ्वीमा नै हुनेछ, तर त्यो आजको मानिसको जीवनभन्दा पूर्णतः फरक हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई विजय गरिएपछि मानवजातिसँग हुने जीवन हुनेछ, यो मानिसका निम्ति पृथ्वीमा एउटा नयाँ सुरुवात हुनेछ, अनि मानिसले यस्तो जीवन पाउनु मानवजाति एउटा नयाँ र सुन्दर क्षेत्रमा प्रवेश गरेको छ भन्ने कुराको प्रमाण हुनेछ। यो पृथ्वीमा मानिस अनि परमेश्वरको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको आधार मानिस शुद्ध पारिएपछि र विजय गरिएपछि, ऊ आफू सृष्टिकर्ताको सामु समर्पित हुन्छ भन्ने हुनुपर्छ। र त्यसैले, विजयको काम भनेको मानवजाति अद्भुत गन्तव्यमा प्रवेश गर्नुअघि परमेश्वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै पृथ्वीमा मानिसको भविष्यको जीवन हो, पृथ्वीमा अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने प्रकारको जीवन, संसारको इतिहासमा मानिसले यसभन्दा पहिले कहिल्यै हासिल नगरेको प्रकारको जीवन। ६,००० वर्षे व्यवस्थापनको कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्णा गर्ने कुरा यही हो, अनि मानिसलाई परमेश्वरको प्रतिज्ञा पनि यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
मेरा वचनहरू पूरा हुँदै गर्दा, पृथ्वीमा बिस्तारै राज्य निर्माण गरिन्छ र मानिसलाई बिस्तारै सामान्यतामा फर्काइन्छ, यसरी मेरो हृदयमा भएको राज्य पृथ्वीमा स्थापित हुन्छ। त्यस राज्यमा, परमेश्वरका सबै मानिसले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद गयो, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित भयो, जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। उप्रान्त मानिसहरूलाई मानवको संसारको उजाडता सामना गराइँदैन, र तिनीहरूले उप्रान्त मानिसको संसारको कठ्याङ्ग्रिँदो चिसो सहँदैनन्। मानिसहरू एकअर्कासँग झगडा गर्दैनन्, देशहरू एकअर्काविरुद्ध लडाइँ गर्दैनन्, उप्रान्त नरसंहार र नरसंहारबाट बग्ने रगत हुँदैन; सबै भूमि हर्षले भरिन्छन्, र सबै स्थान मानिसहरूबीचको न्यानोपनले भरिन्छ। म संसारभरि परिभ्रमण गर्छु, म मेरो सिंहासनमाथिबाट आनन्द लिन्छु, र म ताराहरूमाझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। उप्रान्त तिनीहरूको आफ्नै नाजुकताले तिनीहरूको अनुहारमा आँसु बगाउँदैन। उप्रान्त म आफ्नो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज सुन्दिनँ, र कसैले पनि मसँग कठिनाइको गुनासो गर्दैन। आज, तिमीहरू सबै मेरो सामु जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गर्ने सबैभन्दा ठूलो आशिष् यही होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २०