२. सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली हालैका वर्षहरूमा चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायको उन्मत्त विरोध र निन्दाबाट पीडित भए पनि, यो मण्डलीले धेरैभन्दा धेरै अनलाइन फिल्महरू र परमेश्‍वरको गवाही दिने भिडियोहरू उत्पादन गरिरहेको छ भन्‍ने म देख्छु। यी चलचित्रहरू र भिडियोहरूको सामग्री वृद्धि भइरहेका छन्, र प्राविधिक रूपमा ती अझ बढी उत्कृष्ट हुँदैछन्। यी उत्पादन गरिएका सङ्गतिका सत्यताहरूले मानिसहरूलाई अविश्‍वसनीय रूपमा वृद्धि गराउँछन्। सम्पूर्ण धार्मिक समुदायले हालैका वर्षहरूमा परमेश्‍वरको कामको गवाही दिने यतिको कुनै असल फिल्महरू उत्पादन गरेका छैनन्। अहिले सबै धर्महरू र सम्प्रदायहरूबाट परमेश्‍वरमा साँचो विश्‍वास गर्ने धेरैभन्दा धेरै मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा सामेल भएका छन्। अरू सबै धार्मिक समुदायहरू यति उजाड भइरहेको बेला सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली किन बढ्दै गइरहेको छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“अनि कटनी गर्ने समय तीन महिना बाँकी छँदै मैले तिमीहरूदेखि वर्षा पनि रोकेको छु: र मैले एउटा सहरमा पानी पारेँ र अर्को सहरमा पानी पारिनँ: एक ठाउँमा पानी पर्‍यो र पानी परेको ठाउँ सुकेन। यसरी दुई वा तीन सहरहरू एउटा सहरमा पानी पिउनलाई भौतारिए; तर तिनीहरू तृप्त भएनन्: तापनि तिमीहरू मकहाँ फर्केनौ, यहोवाले भन्‍नुभयो” (आमोस ४:७-८)

“हेर, ती दिनहरू आउँछन्, परमप्रभु यहोवाले भन्‍नुभयो, म मुलुकभरि अनिकाल ल्याउनेछु, त्यो रोटीको अनिकाल हुनेछैन, न त पानीको हाहाकार नै हुनेछ, तर त्यो यहोवाको वचन सुन्‍न नपाउने अनिकाल हुनेछ” (आमोस ८:११)

परमेश्वरका सान्दर्भिक वचनहरू:

मेरो महिमा देख्नेछन् भन्‍ने विश्‍वास तिनीहरू कसैसँग पनि विश्‍वास छैन र म तिनीहरूलाई बाध्य बनाउँदिनँ, बरु मानवजातिबाट मेरो महिमा हटाउनेछु र यसलाई अर्कै संसारमा लैजानेछु। जब मानिसहरूले पश्‍चात्ताप गर्छन्, तब म मेरो महिमा लिनेछु र विश्‍वास भएकाहरूलाई यो देखाउनेछु। मैले काम गर्ने सिद्धान्त यही हो। किनभने मेरो महिमाले कनान छोड्ने समय छ र मेरो महिमाले चुनिएकाहरूलाई छोड्ने समय पनि छ। यसको अतिरिक्त, मेरो महिमाले पृथ्वी छोड्ने, यसलाई मधुरो गराउने र यसलाई अन्धकारमा डुबाउने एउटा समय छ। कनानको मुलुकले पनि सूर्यको उज्यालो देखिनेछैन; सबै मानिसहरूले विश्‍वास गुमाउनेछन्, तर कनानको मुलुकको सुगन्ध कसैले पनि त्याग्‍न सक्दैनन्। म नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्दा मात्र, म मेरो महिमाको अर्को भागलाई सुरुमा कनानको भूमिमा प्रकट गर्छु, सारा निस्पट्ट अँध्यारो पृथ्वीभर ज्योतिको झिलमिल चम्किने तुल्याउँछु, ताकि सारा पृथ्वी ज्योतिमा आउन सकोस्, ताकि सारा पृथ्वीभरिका मानिसहरूले ज्योतिको शक्तिबाट लाभ लिन सकून्, जसले गर्दा मेरो महिमा अझ बढोस् र हरेक राष्ट्रमा नयाँ देखियोस्, र म मानव संसारमा आएको लामो समय भइसक्यो र मैले मेरो महिमालाई इस्राएलबाट पूर्वतिर लामो समय अघि नै ल्याएको छु भन्‍ने कुरा सारा मानवजातिले महसुस गर्न सकून्, किनभने मेरो महिमा पूर्वबाट चम्किन्छ, र यसलाई अनुग्रहको युगदेखि यस दिनसम्म ल्याइएको छ। तर म इस्राएलबाट निस्केको थिएँ र त्यहाँबाट म पूर्वमा आइपुगेँ। जब पूर्वको ज्योति बिस्तारै सेतो हुँदै जान्छ तब मात्र पृथ्वीभरको अँध्यारो ज्योतिमा परिणत हुन थाल्छ, तब मात्र म लामो समयअघि नै इस्राएलबाट गएको थिएँ र म पूर्वमा नयाँ भएर उदाइरहेको छु भन्‍ने कुरा मानिसहरूले पत्ता लगाउनेछन्। एक पटक इस्राएलमा ओर्लेर पछि यसबाट प्रस्थान गरेपछि, म फेरि इस्राएलमा नै जन्मिनेछु भन्ने हुन सक्दैन, किनभने मेरो कामले सारा ब्रह्माण्डलाई नै अगुवाइ गर्छ र अझ के भने, बिजुली पूर्वदेखि आउँछ र पश्‍चिमसम्म नै चम्किन्छ। यसैले, म पूर्वमा ओर्लेको छु, र मैले कनानलाई पूर्वमा मेरा चुनिएका मानिसहरूकहाँ ल्याएको छु। म सारा पृथ्वीभरिका मेरा चुनिएका मानिसहरूलाई कनानको भूमिमा ल्याउनेछु, त्यसैले सारा ब्रह्माण्डलाई नियन्त्रण गर्न, म कनानको भूमिमा वाणी जारी गर्ने कामलाई निरन्तरता दिन्छु। यस बेला, सारा पृथ्वीमा कुनै ज्योति छैन। कनानमा भएकाहरू बाहेक, सबै मानिसहरू भोक र ठन्डिको जोखिममा छन्। मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई, र सारा मानिसलाई पूर्वतिर पनि ल्याएँ, तिनीहरू सबैलाई ज्योतिमा ल्याएँ, ताकि तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस्, तिनीहरू यससँगै संलग्न होऊन् र तिनीहरूले उपरान्त खोज्न नपरोस्। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्ने, मसँग इस्राएलमा भएको महिमा देख्ने, तिनीहरूलाई लामो समयअघि नै म मानवजातिमाझ सेतो बादलमा ओर्लेको कुरा देख्ने, र तिनीहरूलाई सेता बादलहरूका गुच्छा र झुप्पा-झुप्‍पा प्रशस्त फलहरू देख्ने तुल्याउनेछु। यसभन्दा पनि बढी, मैले तिनीहरूलाई इस्राएलको यहोवा परमेश्‍वर देख्ने, यहूदीहरूको “मालिक”, प्रतीक्षा गरिएको मसीह, र सारा युगभरि राजाहरूद्वारा सताइएको मेरो पूर्ण देखापराइ देख्ने तुल्याउनेछु। म सारा ब्रह्माण्डभरि काम गर्नेछु र महान् काम निर्वाह गर्नेछु, र आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कार्य मानिसलाई प्रकट गर्नेछु, अनि मलाई वर्षौँदेखि प्रतीक्षा गरिरहेकाहरूलाई, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म फेरि देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई मेरो सारा महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा धेरै पहिले नै लिएको छु र मैले यसलाई पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन भन्‍ने कुरा सबैले जानून्, किनभने आखिरी दिनहरू आइसकेका छन्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

परमेश्‍वरले ब्रह्माण्डभरि आफ्नो कामको सम्पूर्ण ध्यान मानिसहरूको यस समूहमा लगाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। परमेश्‍वरका कार्यहरू प्रकट हुने र परमेश्‍वरले महिमा प्राप्त गर्ने समय त्यही नै हुनेछ; ब्रह्माण्डका सारा मानिसहरूले यस साधारण “मानव” को आराधना गर्नेछन्। के यो परमेश्‍वरको महिमाको दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जीवित पानीको मुहानबाट पानी खोज्न टेलिग्राम पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू यस व्यक्तिलाई आराधना गर्न आउनेछन्, जसलाई उनीहरूले घृणा गर्थे। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्ना हृदयले उहाँलाई भरोसा गर्नेछन्—के यो कुनै चिन्‍ह र अचम्‍मको काम होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

परमेश्‍वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्‍वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्‍ने हो: तैँले जीवन प्रवेश वा परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न खोजिरहेको भए तापनि, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तैँले जेबारे सङ्गति गर्छस् र जे कुरामा प्रवेश गर्न खोज्छस् ती परमेश्‍वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ। परमेश्‍वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले त्यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्‍याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरका अभिप्रायअनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूमाझ जिउँछन् भने, तिनीहरूले परमेश्‍वरका अभिप्राय अनुसार केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूमाझ सेवा गर्छन्, अनि परमेश्‍वरको अभिप्रायहरूअनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरका अभिप्रायलाई बुझ्‍दैनन्, र परमेश्‍वरका अभिप्रायहरूलाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वर उहाँका आफ्‍नै अभिप्राय अनुसारको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूमाझ जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध पुऱ्याउँछ र बाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण, परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ परमेश्‍वरको आजका अभिप्रायहरूलाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरमा समर्पित हुन र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्‍ने मात्रै होइनन्, तिनीहरूले त परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई पनि जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र विद्रोहीपनलाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्। पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू परमेश्‍वरको हालैको कामलाई पछ्याउन नसक्‍ने, र परमेश्‍वरको हालैको कामको विरुद्ध विद्रोह गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरलाई खुल्‍लमखुल्‍ला विरोध गर्नुको कारण, परमेश्‍वरले नयाँ काम गर्नुभएकोले, र परमेश्‍वरको स्वरूप तिनीहरूको धारणामा भएको जस्तो नभएकोले गर्दा हो—यसको परिणामस्वरूप, तिनीहरूले खुल्‍लमखुल्‍ला परमेश्‍वरको विरोध गर्छन्, र परमेश्‍वरको आलोचना गर्छन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्‍वरको हालैको कामको ज्ञान प्राप्त गर्नु त्यति सजिलो विषय होइन, तर यदि मानिसहरूमा परमेश्‍वरको काममा समर्पित हुने र परमेश्‍वरको कामको खोजी गर्ने मनमस्तिष्क छ भने, तिनीहरूले परमेश्‍वरलाई देख्‍ने मौका पाउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको सबैभन्दा नयाँ अगुवाइ प्राप्त गर्ने मौका पाउनेछन्। परमेश्‍वरको कामलाई जानीजानी विरोध गर्नेहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि वा परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्दैनन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरको हालैको काम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा परमेश्‍वरको अनुग्रहमा निर्भर हुन्छ, यो तिनीहरूको खोजीमा निर्भर हुन्छ, र यो तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

पवित्र आत्माका वर्तमान वाणीहरूमा समर्पित हुन सक्‍नेहरू सबै आशिषितहरू हुन्। तिनीहरू पहिले जस्तो हुने गरेको भए तापनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गर्नुभएको भए तापनि—परमेश्‍वरको हालैको कामलाई प्राप्त गर्नेहरू नै सबैभन्दा बढी आशिषित हुनेहरू हुन्, र आज हालैको कामलाई पछ्याउन नसक्‍नेहरूलाई हटाइन्छ। परमेश्‍वर नयाँ ज्योति स्वीकार गर्न सक्‍नेहरूलाई नै चाहनुहुन्छ, र उहाँले उहाँको हालैको कामलाई स्वीकार गर्ने र चिन्‍नेहरूलाई चाहनुहुन्छ। तँ विशुद्ध कन्या हुनुपर्छ भनेर किन भनिन्छ? विशुद्ध कन्याले पवित्र आत्‍माको कामलाई खोज्न र नयाँ कुराहरूलाई बुझ्‍न सक्छ, यति मात्र होइन, उसले पुराना धारणाहरूलाई पन्छाएर, परमेश्‍वरको आजको काममा समर्पित हुन सक्‍छ। आजको सबैभन्दा नयाँ कामलाई स्वीकार गर्ने मानिसहरूको यो समूहलाई युगौंयुग पहिले नै परमेश्‍वरले पूर्वनिर्धारित गरिसक्‍नुभएको थियो, र तिनीहरू सबैभन्दा आशिषित मानिसहरू हुन्। तिमीहरूले परमेश्‍वरको आवाज प्रत्यक्ष रूपमै सुन्छौ, र परमेश्‍वर देखा पर्नुभएको घटनालाई देख्छौ, र त्यसकारण, स्वर्ग र पृथ्वीभरि, र युगौँयुगभरि नै, तिमीहरू अर्थात् मानिसहरूको यो समूहभन्दा बढी कोही पनि आशिषित भएको छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

परमेश्‍वरको सारा काममा, यदि मानिसले सँधै यहोवाको व्यवस्थालाई नै पालन गरिरहन्थ्यो भने, परमेश्‍वरको काम अघि बढ्न सक्दैनथियो, सम्पूर्ण युगलाई समाप्त गर्न सम्‍भव हुने त परै जाओस्। यदि मानिसले सँधै क्रूसलाई नै पक्रिराख्यो र धैर्यता र नम्रतालाई अभ्यास गर्‍यो भने, परमेश्‍वरको काम निरन्तर अघि बढ्नु असम्‍भव हुनेथियो। व्यवस्थालाई मात्रै पालन गर्ने वा क्रूसलाई मात्रै पक्रिने र धैर्यता र नम्रताको अभ्यास गर्ने मानिसहरूका बीचमा छ हजार वर्षको व्यवस्थापनलाई समाप्त गर्न सकिँदैन। बरु, परमेश्‍वरको व्यवस्थापनको सम्पूर्ण कार्यलाई आखिरी दिनहरूका तिनीहरूकै बीचमा समाप्त गरिन्छ, जसले परमेश्‍वरलाई चिन्छन्, जो शैतानका पकडबाट उम्केका छन्, जसले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गरेका छन्। परमेश्‍वरको कार्यको अपरिहार्य दिशा यही नै हो। धार्मिक मण्डलीहरूको अभ्यास पुरानो भइसकेको छ भनेर किन भनिन्छ? किनभने तिनीहरूले जे अभ्यास गर्छन् त्यो आजको कामभन्दा अलग छ। अनुग्रहको युगमा, तिनीहरूले जे अभ्यास गर्थे त्यो सही थियो, तर युग बितिसकेको र परमेश्‍वरको काम परिवर्तन भइसकेको हुनाले, तिनीहरूको अभ्यास क्रमिक रूपमा पुरानो भइसकेको छ। यसलाई नयाँ कार्य र नयाँ ज्योतिले पछाडि छोडिसकेको छ। आफ्‍नो मूल जगको आधारमा, पवित्र आत्माको काम धेरै चरण गहिरो गरी अघि बढिसकेको छ। तैपनि ती मानिसहरू परमेश्‍वरको कार्यको मूल चरणमा नै अझै पनि अड्किएर बसेका छन् र अझै पनि तिनीहरू पुराना अभ्यासहरू र पुरानो ज्योतिमा नै टाँसिन्छन्। तीन वा पाँच वर्षमा नै परमेश्‍वरको काम निकै परिवर्तन हुन सक्छ, त्यसकारण २,००० वर्षको अवधिमा के अझै ठूलो परिवर्तन आउनेथिएन र? यदि मानिसमा कुनै नयाँ ज्योति वा अभ्यास छैन भने, यसको अर्थ उसले पवित्र आत्माको कार्यलाई पछ्याएको छैन भन्‍ने हुन्छ। यो मानिसको असफलता हो; परमेश्‍वरको नयाँ कार्यको अस्तित्वलाई इन्कार गर्न सकिँदैन किनभने आज यसभन्दा पहिले पवित्र आत्माको काम पाएकाहरू अझै पनि पुरानो अभ्यासहरूलाई नै पालन गर्छन्। पवित्र आत्माको काम सँधै अघि बढिरहेको छ र पवित्र आत्माको प्रवाहमा हुनेहरू सबैले गहन रूपमा प्रगति गरिरहेको र चरणबद्ध रूपमा परिवर्तन भइरहेको हुनुपर्छ। तिनीहरू एउटा चरणमा रोकिनुहुँदैन। पवित्र आत्‍माको कार्यलाई नजान्‍नेहरू मात्रै उहाँको मूल कार्यमा रहने थिए र पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्दैन थिए। विद्रोहीहरू मात्रै पवित्र आत्माको कार्यलाई प्राप्त गर्न असमर्थ हुने थिए। यदि मानिसको अभ्यासले पवित्र आत्माको नयाँ कार्यको गतिलाई पछ्याउन सक्दैन भने, मानिसको अभ्यास निश्‍चित रूपमा नै आजको कामबाट अलग हुन्छ र आजको कामसँग मिल्दैन। यीजस्ता पुराना भइसकेका मानिसहरू परमेश्‍वरको इच्‍छा पूरा गर्न असमर्थ छन्, तिनीहरू आखिरमा परमेश्‍वरका गवाहीको रूपमा खडा हुन सक्‍ने मानिसहरू बन्‍नु त परै जाओस्। यसको साथै, सम्पूर्ण व्यवस्थापन कार्यलाई त्यस्ता मानिसहरूको समूहमा समाप्त गर्न सकिँदैन। कुनै बेला यहोवाको व्यवस्थालाई पक्रिनेहरू र कुनै बेला क्रूसको लागि कष्ट भोग्‍नेहरूका लागि, यदि तिनीहरूले आखिरी दिनहरूका कार्यको चरणलाई स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूले गरेका सबै कुरा व्यर्थ र बेकामको हुनेछन्। पवित्र आत्माको कामको सबैभन्दा स्पष्ट अभिव्यक्ति भनेको विगतमा लुप्त नभई, यहाँ र अहिलेलाई अङ्गाल्‍नु हो। आजको कार्यको गतिलाई पछ्याउन नसक्‍नेहरू, र आजको अभ्यासबाट अलग भएकाहरू नै पवित्र आत्माको कार्यलाई विरोध गर्ने र स्वीकार नगर्नेहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको वर्तमान कामलाई अवहेलना गर्छन्। तिनीहरू विगतको ज्योतिलाई पक्रेर बस्‍ने भए तापनि, तिनीहरूले पवित्र आत्माको कामलाई जान्दैनन् भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन। मानिसको अभ्यासको परिवर्तनबारे, विगत र आजको अभ्यासका भिन्‍नताहरूबारे, अघिल्‍लो युगमा अभ्यासलाई कसरी अघि बढाइन्थ्यो भन्‍ने बारेमा र आज यो कसरी गरिन्छ त्यसबारे किन यति धेरै कुरा भएका छन्? मानिसको अभ्यासका त्यस्ता विभाजनहरूबारे सँधै बताइन्छ किनभने पवित्र आत्माको काम निरन्तर रूपमा अघि बढिरहेको छ र मानिसको अभ्यास पनि निरन्तर रूपमा परिवर्तन हुनु आवश्यक छ। यदि मानिस एउटै चरणमा अड्केर बस्‍छ भने, यसले परमेश्‍वरको नयाँ कार्य र नयाँ ज्योतिको गतिलाई पछ्याउन ऊ असक्षम छ भन्‍ने कुरालाई प्रमाणित गर्छ; व्यवस्थापनसम्‍बन्धी परमेश्‍वरको योजना परिवर्तन भएको छैन भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। पवित्र आत्‍माको प्रवाहबाट बाहिर हुनेहरूले तिनीहरू सही छन् भन्‍ने सँधै विचार गर्छन् तर वास्तवमा, तिनीहरूमा धेरै पहिले नै परमेश्‍वरको काम रोकियो र पवित्र आत्‍माको कार्य तिनीहरूमा छैन। परमेश्‍वरको कामलाई धेरै पहिले नै अर्को समूहका मानिसहरूमा स्थानान्तर गरिएको छ, जुन समूहमा उहाँले आफ्‍नो नयाँ कार्यलाई पूरा गर्ने अभिप्राय राख्‍नुहुन्छ। धर्ममा हुनेहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्न असमर्थ छन् र तिनीहरू विगतका पुरानो कार्यलाई मात्रै पक्री राख्छन्, त्यसैले परमेश्‍वरले यी मानिसहरूलाई त्याग्‍नुभएको छ र यो नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूमा नै उहाँले आफ्‍नो काम गर्नुहुन्छ। यी मानिसहरू उहाँको नयाँ कार्यमा सहकार्य गर्ने मानिसहरू हुन् र यसरी मात्रै उहाँको व्यवस्थापनलाई पूरा गर्न सकिन्छ। परमेश्‍वरको व्यवस्थापन सँधै अघि बढिरहन्छ र मानिसको अभ्यास सँधै माथि उठिरहेको छ। परमेश्‍वरले सँधै काम गरिरहनुहुन्छ र मानिस सँधै खाँचोमा हुन्छ, त्यसरी दुवै आ-आफ्‍नो शीर्ष विन्दुमा पुग्‍छन् र परमेश्‍वर र मानिसले पूर्ण एकतालाई हासिल गर्छन्। परमेश्‍वरको कार्यको पूर्णताको अभिव्यक्ति यही हो र परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको अन्तिम परिणाम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन् र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा र पवित्र आत्‍माको कुनै पनि कार्यविहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन् र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन् र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ र दण्डसमेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नाम महिमित पार्ने र उहाँको वचन अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरू प्राप्त गर्नेछन्; उहाँविरुद्ध विद्रोह गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन् र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नुहुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन् र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन् र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्तअनुसार गर्नेबाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

अघिल्लो: १. विगत केही वर्षदेखि हाम्रो मण्डली झन्-झन् उजाड हुँदै गएका छन्। दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो विश्‍वास र प्रेम गुमाइरहेका छन्, तिनीहरू झन्-झन् बढी नकारात्मक र कमजोर बन्दै गएका छन्, र प्रचारकहरू आत्मिक रूपमा बाँझो बनेका छन्; तिनीहरूसँग प्रचार गर्न केही पनि छैन। हामी सबैलाई हामीले पवित्र आत्माको काम गुमाएका छौं भन्‍ने लाग्छ। हामीले पवित्र आत्माको काम हुने मण्डली सबैतिर खोजेका छौं, तर हामीले प्रत्येक मण्डली उजाड पाएका छौं। किन हरेक सम्प्रदाय यस्तो अनिकालमा परेको छ?

अर्को: १. दुई हजार वर्षदेखि सम्पूर्ण धार्मिक समुदायले त्रिएक परमेश्‍वरमा विश्‍वास गरेको छ: पवित्र पिता, पवित्र पुत्र, र पवित्र आत्मा। त्रिएक परमेश्‍वर सम्पूर्ण इसाई जगतको मुख्य सिद्धान्तहरू मध्ये एउटा हो, त्यसैले तपाईं किन त्रिएक परमेश्‍वर धार्मिक संसारको सबैभन्दा ठूलो भ्रम हो, र त्रिएक परमेश्‍वरको कुनै अस्तित्व छैन भनी भन्नुहुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्