२. सर्वशक्तिमान् परमेश्वरको मण्डली हालैका वर्षहरूमा चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायको उन्मत्त विरोध र निन्दाबाट पीडित भए पनि, यो मण्डलीले धेरैभन्दा धेरै अनलाइन फिल्महरू र परमेश्वरको गवाही दिने भिडियोहरू उत्पादन गरिरहेको छ भन्ने म देख्छु। यी चलचित्रहरू र भिडियोहरूको सामग्री वृद्धि भइरहेका छन्, र प्राविधिक रूपमा ती अझ बढी उत्कृष्ट हुँदैछन्। यी उत्पादन गरिएका सङ्गतिका सत्यताहरूले मानिसहरूलाई अविश्वसनीय रूपमा वृद्धि गराउँछन्। सम्पूर्ण धार्मिक समुदायले हालैका वर्षहरूमा परमेश्वरको कामको गवाही दिने यतिको कुनै असल फिल्महरू उत्पादन गरेका छैनन्। अहिले सबै धर्महरू र सम्प्रदायहरूबाट परमेश्वरमा साँचो विश्वास गर्ने धेरैभन्दा धेरै मानिसहरू सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा सामेल भएका छन्। अरू सबै धार्मिक समुदायहरू यति उजाड भइरहेको बेला सर्वशक्तिमान् परमेश्वरको मण्डली किन बढ्दै गइरहेको छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“अनि कटनी गर्ने समय तीन महिना बाँकी छँदै मैले तिमीहरूदेखि वर्षा पनि रोकेको छु: र मैले एउटा सहरमा पानी पारेँ र अर्को सहरमा पानी पारिनँ: एक ठाउँमा पानी पर्यो र पानी परेको ठाउँ सुकेन। यसरी दुई वा तीन सहरहरू एउटा सहरमा पानी पिउनलाई भौतारिए; तर तिनीहरू तृप्त भएनन्: तापनि तिमीहरू मकहाँ फर्केनौ, यहोवाले भन्नुभयो” (आमोस ४:७-८)।
“हेर, ती दिनहरू आउँछन्, परमप्रभु यहोवाले भन्नुभयो, म मुलुकभरि अनिकाल ल्याउनेछु, त्यो रोटीको अनिकाल हुनेछैन, न त पानीको हाहाकार नै हुनेछ, तर त्यो यहोवाको वचन सुन्न नपाउने अनिकाल हुनेछ” (आमोस ८:११)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
मेरो महिमा देख्ने विश्वास कसैमा पनि छैन, र म तिनीहरूलाई बाध्य पार्दिनँ, बरु मेरो महिमालाई मानवजातिमाझबाट हटाउँछु र यसलाई अर्को संसारमा लैजान्छु। जब मानिसहरूले फेरि एकपटक पछुतो महसुस गर्छन्, तब म मेरो महिमा लिनेछु र यसलाई विश्वास भएका अझ धेरै मानिसलाई देखाउनेछु। मैले काम गर्ने सिद्धान्त यही हो। किनभने मेरो महिमाले कनानलाई छोड्ने एउटा समय हुन्छ, र मेरो महिमाले चुनिएका मानिसहरूलाई छोड्ने पनि एउटा समय हुन्छ। यसबाहेक, मेरो महिमाले सम्पूर्ण पृथ्वीलाई छोड्ने एउटा समय हुन्छ, जसले गर्दा यो धमिलो बन्छ र अन्धकारमा डुब्छ। कनानको भूमिले समेत सूर्यको प्रकाश देख्नेछैन; सबै मानिसले आफ्नो विश्वास गुमाउनेछन्, तर कनानको भूमिको सुगन्ध छोड्न कसैले पनि सक्नेछैन। जब म नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्छु, तब मात्र म मेरो महिमाको अर्को भाग लिन्छु र यसलाई पहिले कनानको भूमिमा प्रकट गर्छु, जसले गर्दा सम्पूर्ण अन्धकारमय पृथ्वीमा ज्योतिको किरण चम्किन्छ। यो सम्पूर्ण पृथ्वी ज्योतिमा आओस् भनेर हो। यो पृथ्वीभरिका मानिसहरू ज्योतिको शक्ति प्राप्त गर्न आऊन्, जसको फलस्वरूप मेरो महिमालाई अझ बढोस् र हरेक राष्ट्रमा नयाँ रूपमा देखा परोस्, र सम्पूर्ण मानवजातिले म धेरै अघि नै मानव संसारमा आइसकेको छु र धेरै अघि नै मेरो महिमा इस्राएलबाट पूर्वमा ल्याइसकेको छु, किनभने मेरो महिमा पूर्वबाट चम्किन्छ र यो अनुग्रहको युगदेखि आजको दिनसम्म ल्याइएको थियो भन्ने महसुस गरून् भनेर हो। तर म इस्राएलबाट प्रस्थान गरेको थिएँ र त्यहीँबाट म पूर्वमा आइपुगेँ। जब पूर्वको ज्योति बिस्तारै सेतो बन्छ, तब मात्र पृथ्वीभरिको अन्धकार ज्योतिमा परिणत हुन थाल्नेछ, र त्यसपछि मात्र मानिसले म धेरै अघि नै इस्राएलबाट गइसकेको छु र पूर्वमा नयाँ रूपमा उदाइरहेको छु भन्ने पत्ता लगाउनेछ। म एकपटक इस्राएलमा ओर्लिसकेपछि र पछि त्यहाँबाट प्रस्थान गरिसकेपछि, फेरि एकपटक इस्राएलमा नै जन्मनेछु भन्ने हुन सक्दैन, किनभने मेरो कामले सम्पूर्ण ब्रह्माण्डलाई डोर्याउँछ र, अझ भन्नुपर्दा, बिजुली पूर्वबाट आउँछ र पश्चिमसम्मै चम्किन्छ। यसैकारण म पूर्वमा ओर्लेको छु र पूर्वमा रहेका मेरा चुनिएका मानिसहरूकहाँ कनान ल्याएको छु। म पृथ्वीभरिका मेरा चुनिएका मानिसहरूलाई कनानको भूमिमा ल्याउनेछु, र त्यसैले म सम्पूर्ण ब्रह्माण्डलाई नियन्त्रण गर्न कनानको भूमिमा निरन्तर वाणीहरू जारी गर्छु। यस समयमा, सम्पूर्ण पृथ्वीमा कुनै ज्योति छैन। कनानमा भएकाहरूबाहेक, सबै मानिस भोक र चिसोको खतरामा छन्। मैले मेरो महिमा इस्राएललाई दिएँ र त्यसपछि त्यो खोसेँ, जसद्वारा इस्राएलीहरूलाई पूर्वमा ल्याएँ, र सबै मानिसलाई पनि पूर्वमा ल्याएँ, तिनीहरू सबैलाई ज्योतिमा ल्याएँ ताकि यससँग तिनीहरूको पुनर्मिलन हुन सकोस्, र तिनीहरू यससँग सम्बद्ध रहन सकून्, र उप्रान्त खोजी नगरून्। म खोजी गर्ने सबैलाई फेरि ज्योति देख्न सक्ने, इस्राएलमा मसँग भएको महिमा देख्न सक्ने, म धेरै अघि नै सेतो बादलमा मानिसहरूमाझ ओर्लिसकेको छु भनी देख्न सक्ने, र सेता बादलका गुच्छाहरू र प्रशस्त झुप्पामा भएका फलहरू देख्न सक्ने तुल्याउनेछु। त्यसभन्दा पनि बढी, म तिनीहरूलाई इस्राएलका यहोवा परमेश्वरलाई देख्न सक्ने, यहूदीहरूका “मालिक” लाई देख्न सक्ने, तिर्सना गरिएका मसीहलाई देख्न सक्ने, र मेरो पूर्ण देखापराइ देख्न सक्ने तुल्याउनेछु, म, जसलाई युगौँयुगभरि राजाहरूले सताएका छन्। म सम्पूर्ण ब्रह्माण्डमा काम गर्नेछु र म महान् काम गर्नेछु, आखिरी दिनहरूमा मानिसलाई मेरो सम्पूर्ण महिमा र मेरा सबै कार्य देखाउनेछु, र धेरै वर्षदेखि मेरो प्रतीक्षा गरिरहेकाहरूलाई, म सेतो बादलमा आउने तिर्सना गरेकाहरूलाई, म फेरि एकपटक देखा पर्ने तिर्सना गरेको इस्राएललाई, र मलाई सताउने सम्पूर्ण मानवजातिलाई मेरो सम्पूर्ण महिमामय मुहार देखाउनेछु, ताकि मैले धेरै अघि नै मेरो महिमा लगिसकेको छु र यसलाई पूर्वमा ल्याएको छु, र यो अब यहूदियामा छैन, किनभने आखिरी दिनहरू आइसकेका छन् भन्ने कुरा सबैले जानून्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी
परमेश्वरले ब्रह्माण्डमा आफ्नो कामको सम्पूर्ण ध्यान मानिसहरूको यस समूहमा लगाउनुभएको छ। उहाँले तिमीहरूका लागि आफ्नो सारा रगत-पसिनाको बलिदान गर्नुभएको छ; उहाँले ब्रह्माण्डमा रहेको आत्माको सबै काम फिर्ता लिएर तिमीहरूलाई दिनुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि, उहाँका चुनिएका मानिसहरूदेखि, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहमार्फत पूर्ण रूपमा प्रकट गर्नुहुनेछ। त्यसकारण, परमेश्वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, र त्योभन्दा पनि बढी, तिमीहरू परमेश्वरको महिमाको उत्तराधिकार प्राप्त गर्ने मानिस हौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
परमेश्वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसलाई उहाँसामु आएर पृथ्वीमा हुनुभएको परमेश्वरको आराधना गर्न लगाउनुहुनेछ। अरू ठाउँको उहाँको काम अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराका लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालको कष्टबाट उम्कनका लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक संसारले गम्भीर अनिकाल भोग्नेछ, अनि आजका परमेश्वर मात्रै जिउँदो पानीको मूल हुनुहुन्छ, जोसँग मानिसको आनन्दका लागि प्रदान गरिएको सधैँ बगिरहने मूल छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। त्यो परमेश्वरका कार्यहरू प्रकट हुने र परमेश्वरले महिमा प्राप्त गर्ने समय हुनेछ; ब्रह्माण्डका सारा मानिस यो सामान्य “मानव” लाई दण्डवत् गर्न आउनेछन्। के यो परमेश्वरले महिमा प्राप्त गर्ने दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जिउँदो पानीको मूलबाट पानी खोज्दै टेलिग्रामहरू पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू आफूले तुच्छ ठानेको यस व्यक्तिको आराधना गर्न आउनेछन्। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्नो हृदयले उहाँमा विश्वास गर्नेछन्—के यो सङ्केत र आश्चर्यकर्म होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ
परमेश्वरलाई पछ्यानुमा प्रमुख महत्त्वको कुरा के हो भने सबै कुरा परमेश्वरका वर्तमान वचनहरूअनुसार हुनुपर्छ: तँ जीवन प्रवेश पछ्याइरहेको भए पनि वा परमेश्वरका अभिप्रायहरू पूरा गर्ने पछ्याइमा रहेको भए पनि, सबै कुरा परमेश्वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित हुनुपर्छ। यदि तैँले सङ्गति गर्ने र प्रवेश गर्न खोज्ने कुराहरू परमेश्वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्वरका वचनहरूभन्दा बाहिरको व्यक्ति होस्, र तँसँग पवित्र आत्माको काम बिलकुलै छैन। परमेश्वर उहाँका पदचापहरू पछ्याउने मानिसहरू चाहनुहुन्छ। तैँले पहिले बुझेको कुरा जतिसुकै अद्भुत र शुद्ध भए पनि, परमेश्वर त्यो चाहनुहुन्न, र यदि तँ त्यस्ता कुराहरू त्याग्न असमर्थ छस् भने, ती भविष्यमा तेरो प्रवेशका लागि ठूलो बाधा बन्नेछन्। पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउन सक्नेहरू सबै आशिषित हुन्छन्। युगौँयुग र पुस्तौँपुस्ताअघिका मानिसहरूले पनि परमेश्वरका पदचापहरूलाई पछ्याए, तर तिनीहरूले आजको दिनसम्म पछ्याइरहन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष् नै यही हो। पवित्र आत्माको वर्तमान कार्यलाई पछ्याउन सक्ने, र परमेश्वरका पदचापहरू पछ्याउन सक्नेहरू, परमेश्वरले तिनीहरूलाई जहाँ डोर्याउनुभए पनि उहाँलाई नै पछ्याउनेहरू—यिनीहरू परमेश्वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कामलाई नपछ्याउनेहरू परमेश्वरका वचनहरूको काममा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जतिसुकै काम गरे पनि, वा तिनीहरूको दुःख जतिसुकै ठूलो भए पनि, वा तिनीहरूले जतिसुकै दौडधुप गरे पनि, परमेश्वरका लागि त्यो कुनै पनि कुराको कुनै अर्थ हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्वरका वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबै पवित्र आत्माको प्रवाहमा छन्; परमेश्वरका वर्तमान वचनहरूभन्दा बाहिर हुनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र त्यस्ता मानिसहरू परमेश्वरद्वारा अनुमोदित हुँदैनन्। पवित्र आत्माका वर्तमान वचनहरूभन्दा बाहिरको सेवा भनेको देहको र धारणाहरूको सेवा हो, र यो परमेश्वरका अभिप्रायहरूअनुरूप हुन असम्भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरू परमेश्वरका अभिप्रायहरूअनुरूपको कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र तिनीहरूले परमेश्वरको सेवा गरे पनि, तिनीहरू आफ्ना कल्पना र धारणाहरूका बीचमा रहेर सेवा गर्छन्, र परमेश्वरका अभिप्रायहरूअनुरूप सेवा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्। जो पवित्र आत्माको कामलाई पालन गर्न असक्षम छन् तिनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, र जो परमेश्वरका अभिप्रायहरू बुझ्दैनन् तिनीहरू परमेश्वरको सेवा गर्न सक्दैनन्। परमेश्वर उहाँका अभिप्रायहरूअनुरूपको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरूको र देहको सेवा चाहनुहुन्न। यदि मानिसहरू पवित्र आत्माको कामका चरणहरू पालन गर्न असमर्थ छन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध र बाधा दिन्छ, र त्यस्तो सेवा परमेश्वरविपरीत हुन जान्छ। तसर्थ जो परमेश्वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू परमेश्वरको सेवा गर्न असक्षम हुन्छन्; जो परमेश्वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू पक्कै पनि परमेश्वरको विरोध गर्छन्, र पक्कै पनि परमेश्वरसँग मिल्ने हुन असक्षम हुन्छन्। “पवित्र आत्माको कामलाई पालन गर्नु” को अर्थ परमेश्वरका वर्तमान अभिप्रायहरू बुझ्नु, र परमेश्वरका वर्तमान मागहरूअनुसार चल्न, आजका परमेश्वरप्रति समर्पित हुन र उहाँलाई पछ्याउन, अनि परमेश्वरका नवीनतम वचनहरूअनुरूप प्रवेश गर्न सक्षम हुनु हो। यो मात्रै पवित्र आत्माको कामलाई पालन गर्ने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति हो। त्यस्ता मानिसहरू परमेश्वरको अनुमोदन प्राप्त गर्न र परमेश्वरलाई देख्न सक्षम हुने मात्र होइन, तिनीहरू परमेश्वरको नवीनतम कामबाट परमेश्वरको स्वभाव पनि जान्न सक्छन्, र उहाँको नवीनतम कामबाट मानिसका धारणाहरू र विद्रोहीपन, र मानिसको प्रकृति र सार जान्न सक्छन्; यसबाहेक, तिनीहरू आफ्नो सेवाको दौरान बिस्तारै आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरू मात्रै परमेश्वरलाई प्राप्त गर्न सक्षम रहेका, र साँच्चिकै साँचो मार्ग भेट्टाएका मानिस हुन्। जो पवित्र आत्माको कामद्वारा हटाइन्छन् तिनीहरू परमेश्वरको नवीनतम कामलाई पछ्याउन असक्षम रहेका, र परमेश्वरको नवीनतम कामको विरुद्धमा लाग्ने मानिस हुन्। त्यस्ता मानिसहरूले परमेश्वरको खुलेर विरोध गर्नुको कारण भनेको परमेश्वरले नयाँ काम गर्नुभएको हुनु, र परमेश्वरको स्वरूप तिनीहरूका धारणाहरूमा भएको जस्तो नहुनु हो—यसको परिणामस्वरूप, तिनीहरू परमेश्वरको खुलेर विरोध गर्छन् र परमेश्वरलाई गलत ठहराउँछन्, जसको परिणामस्वरूप परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्वरको नवीनतम कामको ज्ञान राख्नु कुनै सजिलो कुरा होइन, तर यदि मानिसहरू दृढताका साथ परमेश्वरको कामप्रति समर्पित हुन र परमेश्वरको काम खोज्न सक्छन् भने, तिनीहरूले परमेश्वरलाई देख्ने मौका पाउनेछन्, र पवित्र आत्माको नवीनतम मार्गदर्शन प्राप्त गर्ने मौका प्राप्त गर्नेछन्। परमेश्वरको कामलाई जानाजानी विरोध गर्नेहरू पवित्र आत्माको अन्तर्दृष्टि वा परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सक्दैनन्। तसर्थ, मानिसहरूले परमेश्वरको नवीनतम काम प्राप्त गर्न सक्नु वा नसक्नु परमेश्वरको अनुग्रहमा, साथै तिनीहरूको पछ्याइ र तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।
पवित्र आत्माका हालका वचनहरूप्रति समर्पित हुन सक्नेहरू सबै आशिषित् छन्। मानिसहरू पहिले जस्तो हुने गरेका भए पनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गरेको भए पनि—परमेश्वरको नवीनतम काम प्राप्त गर्नेहरू सबै नै सबैभन्दा बढी आशिषित् छन्, र आज नवीनतम कामलाई पछ्याउन नसक्नेहरू सबै हटाइनेछन्। परमेश्वर नयाँ ज्योति स्वीकार गर्न सक्नेहरूलाई चाहनुहुन्छ, र उहाँ आफ्नो नवीनतम कामलाई स्वीकार गर्ने र चिन्नेहरूलाई चाहनुहुन्छ। तँ एउटी शुद्ध कन्या हुनैपर्छ भनेर किन भनिएको हो? एउटी शुद्ध कन्याले पवित्र आत्माको काम खोज्न र नयाँ कुराहरू बुझ्न सक्छे, र यसबाहेक, पुराना धारणाहरू त्याग्न, र आजका परमेश्वरको कामप्रति समर्पित हुन सक्छे। आजको नवीनतम कामलाई स्वीकार गर्ने मानिसहरूको यो समूह युगौँअघि परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएका थिए, र मानिसहरूमा तिनीहरू सबैभन्दा बढी आशिषित् छन्। तिमीहरू परमेश्वरको आवाज सिधै सुन्छौ, र परमेश्वरको देखापराइलाई हेर्छौ, र त्यसैले, स्वर्ग र पृथ्वीभरि, साथै युगौँयुग र पुस्तौँपुस्ताभरि, तिमीहरू, अर्थात् मानिसहरूको यो समूहभन्दा बढी आशिषित् कोही पनि भएको छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ
परमेश्वरको सारा काममा, यदि मानिसले सँधै यहोवाको व्यवस्थालाई नै पालन गरिरहन्थ्यो भने, परमेश्वरको काम अघि बढ्न सक्दैनथियो, सम्पूर्ण युगलाई समाप्त गर्न सम्भव हुने त परै जाओस्। यदि मानिसले सँधै क्रूसलाई नै पक्रिराख्यो र धैर्यता र नम्रतालाई अभ्यास गर्यो भने, परमेश्वरको काम निरन्तर अघि बढ्नु असम्भव हुनेथियो। व्यवस्थालाई मात्रै पालन गर्ने वा क्रूसलाई मात्रै पक्रिने र धैर्यता र नम्रताको अभ्यास गर्ने मानिसहरूका बीचमा छ हजार वर्षको व्यवस्थापनलाई समाप्त गर्न सकिँदैन। बरु, परमेश्वरको व्यवस्थापनको सम्पूर्ण कार्यलाई आखिरी दिनहरूका तिनीहरूकै बीचमा समाप्त गरिन्छ, जसले परमेश्वरलाई चिन्छन्, जो शैतानका पकडबाट उम्केका छन्, जसले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गरेका छन्। परमेश्वरको कार्यको अपरिहार्य दिशा यही नै हो। धार्मिक मण्डलीहरूको अभ्यास पुरानो भइसकेको छ भनेर किन भनिन्छ? किनभने तिनीहरूले जे अभ्यास गर्छन् त्यो आजको कामभन्दा अलग छ। अनुग्रहको युगमा, तिनीहरूले जे अभ्यास गर्थे त्यो सही थियो, तर युग बितिसकेको र परमेश्वरको काम परिवर्तन भइसकेको हुनाले, तिनीहरूको अभ्यास क्रमिक रूपमा पुरानो भइसकेको छ। यसलाई नयाँ कार्य र नयाँ ज्योतिले पछाडि छोडिसकेको छ। आफ्नो मूल जगको आधारमा, पवित्र आत्माको काम धेरै चरण गहिरो गरी अघि बढिसकेको छ। तैपनि ती मानिसहरू परमेश्वरको कार्यको मूल चरणमा नै अझै पनि अड्किएर बसेका छन् र अझै पनि तिनीहरू पुराना अभ्यासहरू र पुरानो ज्योतिमा नै टाँसिन्छन्। तीन वा पाँच वर्षमा नै परमेश्वरको काम निकै परिवर्तन हुन सक्छ, त्यसकारण २,००० वर्षको अवधिमा के अझै ठूलो परिवर्तन आउनेथिएन र? यदि मानिसमा कुनै नयाँ ज्योति वा अभ्यास छैन भने, यसको अर्थ उसले पवित्र आत्माको कार्यलाई पछ्याएको छैन भन्ने हुन्छ। यो मानिसको असफलता हो; परमेश्वरको नयाँ कार्यको अस्तित्वलाई इन्कार गर्न सकिँदैन किनभने आज यसभन्दा पहिले पवित्र आत्माको काम पाएकाहरू अझै पनि पुरानो अभ्यासहरूलाई नै पालन गर्छन्। पवित्र आत्माको काम सँधै अघि बढिरहेको छ र पवित्र आत्माको प्रवाहमा हुनेहरू सबैले गहन रूपमा प्रगति गरिरहेको र चरणबद्ध रूपमा परिवर्तन भइरहेको हुनुपर्छ। तिनीहरू एउटा चरणमा रोकिनुहुँदैन। पवित्र आत्माको कार्यलाई नजान्नेहरू मात्रै उहाँको मूल कार्यमा रहने थिए र पवित्र आत्माको नयाँ कार्यलाई स्वीकार गर्दैन थिए। विद्रोहीहरू मात्रै पवित्र आत्माको कार्यलाई प्राप्त गर्न असमर्थ हुने थिए। यदि मानिसको अभ्यासले पवित्र आत्माको नयाँ कार्यको गतिलाई पछ्याउन सक्दैन भने, मानिसको अभ्यास निश्चित रूपमा नै आजको कामबाट अलग हुन्छ र आजको कामसँग मिल्दैन। यीजस्ता पुराना भइसकेका मानिसहरू परमेश्वरको इच्छा पूरा गर्न असमर्थ छन्, तिनीहरू आखिरमा परमेश्वरका गवाहीको रूपमा खडा हुन सक्ने मानिसहरू बन्नु त परै जाओस्। यसको साथै, सम्पूर्ण व्यवस्थापन कार्यलाई त्यस्ता मानिसहरूको समूहमा समाप्त गर्न सकिँदैन। कुनै बेला यहोवाको व्यवस्थालाई पक्रिनेहरू र कुनै बेला क्रूसको लागि कष्ट भोग्नेहरूका लागि, यदि तिनीहरूले आखिरी दिनहरूका कार्यको चरणलाई स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूले गरेका सबै कुरा व्यर्थ र बेकामको हुनेछन्। पवित्र आत्माको कामको सबैभन्दा स्पष्ट अभिव्यक्ति भनेको विगतमा लुप्त नभई, यहाँ र अहिलेलाई अङ्गाल्नु हो। आजको कार्यको गतिलाई पछ्याउन नसक्नेहरू, र आजको अभ्यासबाट अलग भएकाहरू नै पवित्र आत्माको कार्यलाई विरोध गर्ने र स्वीकार नगर्नेहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्वरको वर्तमान कामलाई अवहेलना गर्छन्। तिनीहरू विगतको ज्योतिलाई पक्रेर बस्ने भए तापनि, तिनीहरूले पवित्र आत्माको कामलाई जान्दैनन् भन्ने कुरालाई इन्कार गर्न सकिँदैन। मानिसको अभ्यासको परिवर्तनबारे, विगत र आजको अभ्यासका भिन्नताहरूबारे, अघिल्लो युगमा अभ्यासलाई कसरी अघि बढाइन्थ्यो भन्ने बारेमा र आज यो कसरी गरिन्छ त्यसबारे किन यति धेरै कुरा भएका छन्? मानिसको अभ्यासका त्यस्ता विभाजनहरूबारे सँधै बताइन्छ किनभने पवित्र आत्माको काम निरन्तर रूपमा अघि बढिरहेको छ र मानिसको अभ्यास पनि निरन्तर रूपमा परिवर्तन हुनु आवश्यक छ। यदि मानिस एउटै चरणमा अड्केर बस्छ भने, यसले परमेश्वरको नयाँ कार्य र नयाँ ज्योतिको गतिलाई पछ्याउन ऊ असक्षम छ भन्ने कुरालाई प्रमाणित गर्छ; व्यवस्थापनसम्बन्धी परमेश्वरको योजना परिवर्तन भएको छैन भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। पवित्र आत्माको प्रवाहबाट बाहिर हुनेहरूले तिनीहरू सही छन् भन्ने सँधै विचार गर्छन् तर वास्तवमा, तिनीहरूमा धेरै पहिले नै परमेश्वरको काम रोकियो र पवित्र आत्माको कार्य तिनीहरूमा छैन। परमेश्वरको कामलाई धेरै पहिले नै अर्को समूहका मानिसहरूमा स्थानान्तर गरिएको छ, जुन समूहमा उहाँले आफ्नो नयाँ कार्यलाई पूरा गर्ने अभिप्राय राख्नुहुन्छ। धर्ममा हुनेहरू परमेश्वरको नयाँ कार्यलाई स्वीकार गर्न असमर्थ छन् र तिनीहरू विगतका पुरानो कार्यलाई मात्रै पक्री राख्छन्, त्यसैले परमेश्वरले यी मानिसहरूलाई त्याग्नुभएको छ र यो नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूमा नै उहाँले आफ्नो काम गर्नुहुन्छ। यी मानिसहरू उहाँको नयाँ कार्यमा सहकार्य गर्ने मानिसहरू हुन् र यसरी मात्रै उहाँको व्यवस्थापनलाई पूरा गर्न सकिन्छ। परमेश्वरको व्यवस्थापन सँधै अघि बढिरहन्छ र मानिसको अभ्यास सँधै माथि उठिरहेको छ। परमेश्वरले सँधै काम गरिरहनुहुन्छ र मानिस सँधै खाँचोमा हुन्छ, त्यसरी दुवै आ-आफ्नो शीर्ष विन्दुमा पुग्छन् र परमेश्वर र मानिसले पूर्ण एकतालाई हासिल गर्छन्। परमेश्वरको कार्यको पूर्णताको अभिव्यक्ति यही हो र परमेश्वरको सम्पूर्ण व्यवस्थापनको अन्तिम परिणाम यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
परमेश्वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन् र पवित्र आत्माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा र पवित्र आत्माको कुनै पनि कार्यविहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू र परमेश्वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन् र यो समय अवधिमा परमेश्वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्नुहुनेछ। पवित्र आत्माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्माको प्रवाहभित्र नै जिउनेछन् र तिनीहरूले पवित्र आत्माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ र सत्यतालाई अभ्यास गर्न इच्छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ र दण्डसमेत दिन सक्नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्वरले जिम्मेवारी लिनुहुनेछ। उहाँको नाम महिमित पार्ने र उहाँको वचन अभ्यास गर्न इच्छुक हुनेहरूले उहाँका आशिषहरू प्राप्त गर्नेछन्; उहाँविरुद्ध विद्रोह गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन् र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्वरसँग सहकार्य गर्नुपर्छ र आफ्नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नुहुँदैन। परमेश्वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन् र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्नै मनभित्र जिउँछन् र आफ्नै मस्तिष्कको विश्लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्तअनुसार गर्नेबाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्न सकिन्छ र मण्डली भन्न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्माको उपस्थिति र काम छैन, पवित्र आत्माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्वरको सारा काम र परमेश्वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्वासी भन्न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्माको नयाँ कामसँग कुनै सम्बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्वरसँग सहकार्य गर्न नसक्नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्वरको विपरीत दौडने मानिसहरूले निश्चित रूपमा नै आफ्ना उचित दण्ड पाउनेछैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास