४. बाइबलमा जे लेखेको छ त्यसअनुसार, प्रभु येशू देह बन्नुभएका ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ। तैपनि तपाईं देहधारी ख्रीष्ट नै देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ भनी गवाही दिनुहुन्छ। यदि प्रभु येशू स्वयम् परमेश्‍वर हुनुहुन्छ भने प्रभु येशूले पितासँग कसरी प्रार्थनाहरू गर्न सक्नुहुन्छ? देहधारी ख्रीष्ट परमेश्‍वरका पुत्र हुनुहुन्छ कि परमेश्‍वर स्वयम् हुनुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“येशूले उसलाई भन्‍नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन। यदि तिमीहरूले मलाई चिनेका थियौ भने, तिमीहरूले मेरो पितालाई पनि चिनेका हुनेथियौ: अनि अबदेखि तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, प्रभु, हामीलाई पिता देखाउनुहोस् र यो हाम्रो लागि पर्याप्त हुन्छ। येशूले तिनलाई भन्‍नुभयो, फिलिप, म तिमीसँग लामो समयदेखि छु, तापनि तिमीले मलाई चिनेका रहनेछौ? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ; अनि हामीलाई पिता देखाइदिनुहोस् भनेर तिमीले कसरी भन्‍न सक्छौ? के म पितामा छु र पिता ममा हुनुहुन्छ भन्‍ने तिमी विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू मेरा आफ्नै होइनन्: तर ममा वास गर्नुहुने पिताका हुन्, उहाँले नै काम गर्नुहुन्छ। म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर ममा विश्‍वास गर: नत्र कामहरूकै खातिर मलाई विश्‍वास गर” (यूहन्‍ना १४:६-११)

“म र पिता एक हौँ” (यूहन्‍ना १०:३०)

परमेश्वरका सान्दर्भिक वचनहरू:

येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्‍वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्‍वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र उहाँबाहिर सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। उहाँभित्र परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो भने पनि, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ “मानिसका पुत्र” बन्नुभएको थियो, जसको बारेमा येशू आफै लगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र हुनुभएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्‍मनुभएको व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्‍वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। के तिमीहरूलाई प्रभुको त्यो प्रार्थना याद छ, जुन येशूले तिमीहरूलाई कण्ठ गर्न सिकाउनुभएको थियो? “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ…।” उहाँले सबै मानिसहरूलाई स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नू भनी भन्नुभयो। अनि उहाँ आफैले पनि उहाँलाई पिता भन्नुभएकोले, उहाँले तिमीहरू सबैको बराबर स्तरमा खडा हुने व्यक्तिको दृष्टिकोणबाट त्यसो भन्नुभएको थियो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्ने हुनाले, येशूले आफैलाई तिमीहरूसँग बराबर स्तरमा, र पृथ्वीमा परमेश्‍वरद्वारा चुनिएका एक मानिस (अर्थात् परमेश्‍वरका पुत्र) को रूपमा हेर्नुभयो। यदि तिमीहरू परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्छौ भने, के यो तिमीहरू एक सृष्टि गरिएको प्राणी भएकोले नै होइन र? तापनि क्रूसमा टाँगिनुभन्दा अघि पृथ्वीमा येशूको अधिकार जति नै महान् भए पनि, उहाँ पवित्र आत्मा (अर्थात्, परमेश्‍वर) द्वारा संचालित केवल मानिसका पुत्र र पृथ्वीको एक सृष्टि गरिएको प्राणी मात्र हुनुहुन्थ्यो, किनकि उहाँले आफ्नो काम पूरा गर्नु अझै बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नु पूर्ण रूपमा उहाँको नम्रता र समर्पणता थियो। तापनि, उहाँले परमेश्‍वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्‍ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो! उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि येशू देहका सीमाहरूमा सीमित रहनुभएका मानिसको पुत्र हुनुहुन्थ्यो, अनि उहाँसित पवित्र आत्माको पूर्ण अधिकार थिएन। त्यसकारण उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताका अभिप्रायहरू खोज्न मात्र सक्नुहुन्थ्यो। यसैले उहाँले गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभयो: “मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँ यहूदीहरूका मात्र राजा, मानिसका पुत्र, ख्रीष्ट हुनुहुन्थ्यो, र महिमित शरीर हुनुहुन्नथियो। त्यसैकारण, सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट उहाँले परमेश्‍वरलाई पिता भन्नुभयो। अब, तैँले परमेश्‍वरलाई पिता भन्‍नेहरू सबै पुत्र हुन् भन्न सक्दैनस्। यदि त्यस्तो हुने भए त, येशूले प्रभुको प्रार्थना सिकाउनुभएपछि के तिमीहरू सबै परमेश्‍वरका पुत्र बन्नेथिएनौ र? यदि तिमीहरू अझै पनि विश्‍वस्त भएका छैनौ भने मलाई भन, तिमीहरू कसलाई पिता भन्छौ? यदि तिमीहरू येशूलाई सङ्केत गर्दैछौ भने, येशूका पिताचाहिँ तिमीहरूका निम्ति को हुन्? येशू जानुभएपछि, पिता र पुत्रको यो धारणा अब उप्रान्त छैन। यो धारणा येशू देह बन्नुभएका वर्षहरूका लागि मात्र उपयुक्त थियो; यदि तिमीहरू परमेश्‍वरलाई पिता भन्छौ भने अन्य सबै परिस्थितिहरूमा त्यो सम्बन्ध सृष्टिका परमप्रभु र सृष्टि गरिएका प्राणी बीचको मात्र हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

यसो भन्‍नेहरू पनि छन्, “के परमेश्‍वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?” येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्‍वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्‍वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैँले बुझिस्? के येशूले “म पितामा छु र पिता ममा हुनुहुन्छ,” भनी भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी सङ्केत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्‍वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरू परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छन्। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा भनेर बोलाउन सकिन्थ्यो, जो इस्राएलीहरूका गोठालो हुनुहुन्थ्यो। दोस्रो चरणमा, देहधारी परमेश्‍वरलाई केवल प्रभु र ख्रीष्ट भनेर बोलाउन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ भनेर मात्र भन्नुभयो, र उहाँ परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्‍वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्‍वर मानिस बन्नुहुन्नथियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्‍वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयो: “मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि म देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।” यसकारण, उहाँले पिता परमेश्‍वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्‍वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्‍वर हुनुहुन्न भन्न सकिँदैन। उहाँलाई परमेश्‍वरका प्रिय पुत्रका रूपमा बोलाइएको भए पनि, उहाँ परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट दैहिक हुनुहुन्न, बरु आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिससँग छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई कायम राख्छ, जबकि उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को काम गर्दछ। चाहे उहाँको मानवता होस् वा ईश्‍वरत्व, यी दुवै नै स्वर्गमा हुनुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, अर्थात् ईश्‍वरत्व हो। त्यसकारण, उहाँको सार परमेश्वर स्वयम्‌को सार हो; यो सारले उहाँको आफ्नै कार्यमा अवरोध गर्दैन, र उहाँको आफ्नै कामलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छाविरुद्ध जाने कुनै पनि वचन नै उहाँले कहिल्यै बोल्‍नुहुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरले उहाँको आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्‍न। सबै मानिसहरूले यही कुरालाई बुझ्‍नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्‍वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसै गरी, ख्रीष्‍टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्‍वरको इच्छाकै खातिर हो। परमेश्‍वर देहधारी हुनुहुने हुँदा, उहाँले आफ्नो काम गर्नको लागि उहाँको देह पर्याप्‍त हुने गरी उहाँको सारलाई उहाँको देहभित्र साकार पार्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्‍टको कार्यले परमेश्‍वरका आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्रबिन्दु ख्रीष्‍टको कार्य हुन्छ। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। अनि, परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्‍वरका आत्मा हुन् वा ख्रीष्‍ट हुन्, दुवै नै परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले वहन गर्नुपर्ने सेवकाइ वहन गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्‍टको सार हो

देहधारी मानिसको पुत्रले परमेश्‍वरको ईश्‍वरत्वलाई आफ्नो मानवताद्वारा व्यक्त गर्नुभयो अनि मानवजातिकहाँ परमेश्वरका अभिप्रायहरू पुऱ्याउनुभयो। अनि परमेश्वरका अभिप्रायहरू तथा स्वभावलाई व्यक्त गरेर, उहाँले आत्मिक क्षेत्रमा बास गर्नुहुने परमेश्‍वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो। त्यसैले, देहधारी मानिसको पुत्रले परमेश्‍वर स्‍वयम्‌को पहिचान, परमेश्‍वरको हैसियत, स्वरूप, स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। परमेश्‍वरको प्रतिरूपको सम्बन्धमा मानिसको पुत्रको बाह्य रूपमा केही सीमितताहरू भएको भए तापनि, उहाँको सार अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसले परमेश्‍वर स्वयम्‌को पहिचान तथा हैसियतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थ्यो—व्यक्त गर्ने शैलीमा मात्र केही भिन्नताहरू थिए। मानिसको पुत्रले उहाँको मानवता र उहाँको ईश्वरत्व दुवैमा परमेश्‍वर स्‍वयम्‌को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गर्नुभएको थियो भन्‍ने कुरालाई हामी इन्कार गर्न सक्दैनौँ। तथापि, यस समयावधिमा परमेश्‍वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्‍वरले मानवजातिमाझ दिनुभएका व्यावहारिक वचनहरू तथा कामको सम्पर्कमा आउने र तिनलाई अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्‍वरत्व तथा उहाँको महानताको अन्तर्ज्ञान पाउने साथै परमेश्‍वरको प्रामाणिकता तथा व्यावहारिकताबारे प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्ने पनि तुल्यायो। प्रभु येशू ले पूरा गर्नुभएको काम, उहाँले काम गर्ने तरिकाहरू र उहाँले बोल्‍ने दृष्टिकोण, आत्मिक क्षेत्रमा रहेको परमेश्‍वरको वास्तविक व्यक्तित्वभन्दा फरक थियो, तैपनि उहाँको हरेक कुराले परमेश्‍वर स्वयम्‌लाई साँचो रूपमा प्रतिनिधित्व गर्‍यो, जसलाई मानवजातिले कहिल्यै देखेका छैनन्—यसलाई इन्कार गर्न सकिँदैन। भन्नुको अर्थ, परमेश्‍वर जुनसुकै रूपमा देखा पर्नुभए तापनि, उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि, अथवा उहाँले जुनसुकै स्वरूपमा मानवजातिको सामना गर्नुभए तापनि, परमेश्‍वरले अरू केहीलाई होइन, तर आफैलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले अरू कुनै मानवलाई प्रतिनिधित्व गर्नु, वा भ्रष्ट मानवजातिमध्ये कसैलाई प्रतिनिधित्व गर्नु असम्भव छ। परमेश्‍वर, परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ र यसलाई इन्कार गर्न सकिँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशूमा मात्र आउनुभएको आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हो भने, काम गर्न सकिनेथिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्‍वरका आत्मा, सात गुणा प्रबल आत्मा र सर्व-सम्मिलित आत्मा भनिन्छ। परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई छुटकारा दिन सक्नुहुन्छ, अझ, उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न झनै सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको सट्टामा परमेश्‍वरको कुनै व्यक्तित्वले गर्न सक्दैन। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र असङ्ख्य मानिसहरूको माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ नै हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको अन्तर्निहित आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हतकेलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिए पनि, उहाँ उहाँ नै हुनुहुन्छ, र उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हुनुहुन्छ। उहाँको क्रूसीकरणद्वारा सारा मानवजातिलाई गरिएको छुटकारा, उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र सबै जाति र सबै देशहरूका निम्ति आखिरी दिनहरूमा गरिएको घोषणा पनि त्यस्तै हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। उहाँ अलग-अलग व्यक्तित्वहरूमा बिलकुलै हुनुहुन्‍न, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

अघिल्लो: ३. मैले धेरै वर्षदेखि प्रभु येशूमा विश्‍वास गरेको छु, र प्रभु येशू देह बन्नुभएका परमेश्‍वर हुनुहुन्छ भन्ने मलाई थाहा भए पनि मैले देहधारणको कुरा पूर्ण रूपमा बुझेको छैन। यदि, प्रभु फर्केर आउनुहुँदा उहाँ साँच्चै नै प्रभु येशूजस्तै मानिसको पुत्रले गर्ने कामहरू गर्दै देखा पर्नुहुन्छ भने उहाँलाई चिन्न वा उहाँको आगमनलाई स्वागत गर्न हाम्रो निम्ति असम्भव हुनेछ। मलाई लाग्छ, कि देहधारण एउटा रहस्य हो, र थोरै मानिसहरूले मात्र देहधारणको कुरा बुझेका छन्। देहधारण वास्तवमा के हो भनी बुझ्ने बारेमा कृपया, मसँग सङ्गति गर्नुहोस्।

अर्को: ५. यहोवा परमेश्‍वरले मोशालाई प्रयोग गरेर व्यवस्थाको युगको काम गर्नुभयो। परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न किन कसैलाई प्रयोग गर्नुहुन्न? उहाँ किन देह बन्नैपर्छ र त्यो काम उहाँ आफैले गर्नैपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्