३. प्रभु येशूको काम नै साँचो बाटो हो भनी हामीले विश्‍वास गर्नुको कारण के हो भने, प्रभु येशूले हामीलाई छुटकारा दिन सक्नुहुन्छ र हाम्रा पापहरू क्षमा गर्न सक्नुहुन्छ। यसैले “पूर्वको ज्योति” साँचो बाटो हो भन्ने तपाईंको गवाहीको के प्रमाण छ?

परमेश्‍वरका प्रासंगिक वचनहरू:

साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? यस मार्गमा पवित्र आत्माको कार्य छ कि छैन, यी शब्दहरू सत्यताको अभिव्यक्ति हुन्‌ कि होइनन्‌, को प्रमाणित भएको छ, र यसले तेरो लागि के ल्याउँछ भनी तैँले हेर्नुपर्छ। साँचो मार्ग र झूटो मार्गबीचको भिन्नता छुट्ट्याउनको लागि आधारभूत ज्ञानका धेरै पक्षहरू चाहिन्छ, जसको सबैभन्दा आधारभूत पक्ष भनेको त्यसमा पवित्र आत्माको कार्य उपस्थित छ कि छैन भनी बताउनु हो। किनकि परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सारतत्त्व भनेको परमेश्‍वरका आत्मामाथिको विश्‍वास हो, र यो देह नै परमेश्‍वरका आत्माको वासस्थान भएकोले, देहधारी परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास पनि हो, जसको अर्थ यो हो कि यस्तो विश्‍वास भनेको अझै आत्मामाथिको विश्‍वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्‍वास गरेपनि त्यो परमेश्‍वरको अन्तर्निहित सारतत्त्व नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनेर छुट्ट्याउँदा, सबैभन्दा मुख्य कुरा तैँले यसमा पवित्र आत्माको कार्य छ कि छैन भन्ने कुरा हेर्नुपर्छ, त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ। सत्यता भनेको सामान्य मानवत्वको जीवन स्वभाव हो, भन्नुको मतलब, यो त्यो कुरा हो जुन परमेश्‍वरले सुरुमा मानिसलाई सृष्टि गर्नुहुँदा उबाट माग गर्नुभएको थियो, जस्तो कि, (मानव भाव, अन्तर्दृष्टि, बुद्धि, र मानिस हुनुको आधारभूत ज्ञान लगायत) सामान्य मानवत्वको सम्पूर्णता। अर्थात्‌, यस मार्गले मानिसहरूलाई सामान्य मानवत्वको जीवनमा डोर्याउन सक्छ कि सक्दैन, बोलिएको सत्यता सामान्य मानवत्वको यथार्थअनुसार माग गरिएको छ कि छैन, यस सत्यता व्यवहारिक र वास्तविक छ कि छैन, र यो सर्व समय सापेक्षिक छ कि छैन भनी तैँले हेर्नुपर्छ। यदि सत्यता छ भने, यसले मानिसलाई सामान्य र वास्तविक अनुभवहरूमा अग्रसर गराउन समर्थ हुन्छ; यसको साथै, मानिसहरू पहिलाभन्दा अझै सामान्य हुन्छन्‌, तिनीहरूको मानव भाव पहिलाभन्दा अझ पूर्ण हुन्छ, शरीरमा तिनीहरूको जीवन र आत्मिक जीवन पहिलाभन्दा अझ व्यवस्थित हुन्छन्‌, र तिनीहरूको भावनाहरू पहिलाभन्दा अझ सामान्य हुन्छ। यो दोस्रो सिद्धान्त हो। एउटा अर्को सिद्धान्त छ, जुन मानिसहरूसँग परमेश्‍वरको बारेमा बढ्दो ज्ञान छ कि छैन, र यस्तो कार्य र सत्यता अनुभव गर्दा यसले तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेमको निम्ति प्रेरणा दिन सक्छ कि सक्दैन र तिनीहरूलाई पहिलाभन्दा अझ परमेश्‍वरको नजिक ल्याउँछ कि ल्याउँदैन भन्ने हो। यसमा यो नै साँचो मार्ग हो कि होइन भनी यसलाई मापन गर्न सकिन्छ। सबैभन्दा आधारभूत कुरा यो मार्ग अलौकिकभन्दा पनि व्यावहारिक छ कि छैन, र यसले मानिसको जीवन प्रदान गर्न समर्थ छ कि छैन भन्ने हो। यदि यो यी सिद्धान्तहरूसँग मिल्छ भने, यही मार्ग सत्य मार्ग हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यता जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्‍ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्‍नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

अघिल्लो: २. तपाईं सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्दैहुनुहुन्छ र आखिरी दिनहरूको न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। तपाईंले जे कुराको गवाही दिनुहुन्छ त्यो बाइबलसँग मिल्दो भए पनि हाम्रो मण्डलीका धेरै मानिसहरूले यसलाई स्वीकार गर्दैनन्। हामी विश्‍वास गर्छौं, साँचो बाटो हुनका निम्ति त्यसलाई धेरै मानिसले स्वीकार गरेको हुनुपर्छ, र थोरै मानिसले स्वीकार गरेको बाटो गलत हुन्छ। हामी प्रतीक्षा गर्नेछौं र हाम्रो मण्डलीका धेरै मानिसहरूले त्यसलाई स्वीकार गरेपछि मात्र हामी यसमा विश्‍वास गर्नेछौं।

अर्को: १. आज, धार्मिक संसारका धेरै मानिसहरू पाष्टरहरूका प्रचारहरूमा कुनै प्रकाश छैन भन्‍ने महसुस गर्छन्। तिनीहरू विश्‍वासीहरूको विश्‍वास बिस्तारै घट्दै गएको, र मानिसहरू भौतिक सुखको मात्र कुरा गरेका र संसारका प्रवृत्तिहरूको पछि लागेका, र कसै-कसैले मण्डलीहरूमा व्यापार चलाएका देख्छन्। तिनीहरू आफ्नो मण्डली एउटा झूटो मण्डली हो भनी चिन्ता गर्छन्, र प्रभु आउनुहुँदा उहाँले तिनीहरूलाई त्याग्‍नुहुनेछ भनी डराउँछन्। तर त्यस्ता व्यक्तिहरू छन्, जसले तिनीहरूका मण्डली झूटा मण्डली हुन सक्दैन भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू बाइबल प्रतियोगिताहरू, पवित्र प्रभु-भोज, र विभिन्न चाडपर्वहरू जस्ता जीवन्त घटनाहरूको पालन गर्छन्। त्यसो भए हामीले कसरी झूटा मण्डलीहरूलाई पहिचान गर्नुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्