प्रभुको पुनरागमनको सम्बन्धमा कसलाई सुन्‍नुपर्छ?

14 नोभेम्बर 2022

ह्यान्मियाइ, बर्मा

प्रभुको आगमनलाई स्वागत गर्ने मुख्य कुरा के हो? प्रभु येशूले भन्नुभयो, “मेरो भेडाले मेरो सोर सुन्छ(यूहन्‍ना १०:२७)। “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। प्रकाशको पुस्तकले अगमवाणी गरेको छ: “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश २:७)। यी अगमवाणीहरूले परमेश्‍वरको आवाज सुन्‍नु नै प्रभुलाई स्वागत गर्ने मुख्य कुरा हो भनी देखाउँछन्। परमेश्‍वरको आवाज सुन्‍नु एक मात्र उपाय हो। तर धेरै विश्‍वासीहरू पादरीवर्गले बाइबललाई जान्‍ने र सधैं यसलाई व्याख्या गर्ने भएकाले तिनीहरू नै योजस्तो महत्त्वपूर्ण कुराको लागि द्वारपाल हुनुपर्छ भन्‍ने सोच्छन्। त्यसैले, जब तिनीहरूले प्रभु फर्किनुभएको छ भनी गवाही सुन्छन्, तिनीहरूले त्यसलाई जाँच गर्दैनन् र जब तिनीहरूले सर्वशक्तिमान परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी बुझ्छन्, तिनीहरू अझै पनि तिनलाई बेवास्ता गर्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् कि पादरीवर्गमा विश्‍वास गर्छन्? प्रभुको आगमनको बारेमा हामीले कसको कुरा सुन्‍नुपर्छ? हामीले परमेश्‍वरको वा हाम्रा पाष्टरहरूको आवाज सुन्‍नुपर्छ? मैले मेरो विश्‍वासमा यो कुरा पहिले कहिल्यै बुझिनँ, आँखा चिम्लेर मेरो पाष्टरको कुरा सुनें र प्रभुको पुनरागमनलाई स्वागत गर्ने मौका झन्डै गुमाएँ।

जून २०१७ मा, मैले जर्मनीका सिस्टर लिउ र ब्रदर डुआनलाई फेसबुकमा भेटें। हाम्रो सञ्‍चारमार्फत, तिनीहरू नम्र र भरपर्दा रहेका, बाइबलको शुद्ध बुझाइ र अन्तर्दृष्टिपूर्ण सङ्गति भएका पाएँ। मैले धेरै ज्ञान हासिल गरें। हामीले केही भेला गर्यौं, र मैले पहिले कहिल्यै नबुझेको धेरै सत्यहरू सिकें, जस्तै साँचो विश्‍वास र साँचो पश्‍चात्ताप के हो, परमेश्‍वरलाई पछ्याउनु र उहाँमा समर्पित हुनु भनेको के हो, मानिसलाई पछ्याउनु र मानिसको अघि नतमस्तक हुनु भनेको के हो, प्रभु येशूको विरोध गर्ने फरिसीहरूको सार र जड, परमेश्‍वरको आवाज कसरी सुन्‍ने र प्रभुलाई कसरी स्वागत गर्ने आदि। यसबाट मैले धेरै पोषण पाएजस्तो लाग्यो र यसले मेरो हृदय उज्यालो बनायो। मैले यी भेलाहरूमा धेरै आनन्द पाएँ। एउटा भेलामा, ब्रदर डुआनले बाइबलका केही पदहरू पढे: “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। उनले भने, आखिरी दिनहरूमा प्रभु पुन: मानिसको पुत्रको रूपमा आएर काम गर्न देहधारी बन्‍नुहुन्छ र यो अगमवाणी केही समयअघि पूरा भएको थियो। उनले भने, “परमप्रभु देहधारी सर्वशक्तिमान परमेश्‍वर भएर फर्कनुभएको छ, र उहाँले सत्यता व्यक्त गर्दै हुनुहुन्छ र न्यायको काम परमेश्‍वरको घरबाट सुरु गर्दै हुनुहुन्छ। सर्वशक्तिमान परमेश्‍वरले मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यता व्यक्त गर्नुभएको छ र यो पूर्वबाट चम्किरहेको ठूलो ज्योति जस्तै छ, र यो पूर्वको ‘ज्योति’ हो।” यो सुनेर म अलि छक्‍क परें। मैले सोचें, “प्रभु येशू पहिले नै फर्कनुभयो?” त्यसपछि मलाई पादरीले भनेका यी कुरा याद आयो, परमेश्‍वर देहमा फर्किनुभएको छ भनेर केवल पूर्वीय ज्योतिले गवाही दिन्छ र हामीले यसलाई विश्‍वास गर्नु हुँदैन किनभने प्रभु येशू मात्र ख्रीष्ट हुनुहुन्छ। त्यसपछि म साँच्‍चै अधीर भएँ र ब्रदर डुआनको सङ्गतिमा ध्यान केन्द्रित गर्न सकिनँ। मैले सोचें, “पाष्टर र एल्डरहरूले प्रभुको सेवा गर्छन् र बाइबललाई राम्ररी जान्दछन्। तिनीहरूले यस्तो महत्त्वपूर्ण कुराको बारेमा सबै जानेको हुनुपर्छ, त्यसैले म पहिले उनीहरूलाई सोध्छु।”

म त्यो आइतबार मण्डली गएँ र पाष्टरलाई सोधें, अनि उनले भने, “सर्वशक्तिमान् परमेश्‍वरका विश्‍वासीहरूले जे प्रचार गर्छन् त्यो मूल्यवान् होला तर तिनीहरूले प्रभु देहधारी सर्वशक्तिमान परमेश्‍वरको रूपमा फर्किनुभएको छ भन्‍ने गवाही दिन्छन्। त्यो सम्भव छैन। प्रभु येशु मात्र देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, त्यसैले तिनीहरू मानिसमा विश्‍वास गर्छन्। तिनीहरूको मण्डलीलाई चिनियाँ कम्युनिष्ट सरकारले दमन गर्छ र पूर्वीय ज्योतिमा विश्‍वास गर्नु प्रभु येशूप्रतिको विश्‍वासघात हुन्छ।” यो सुनेर मेरो मनमा डरको तरङ्ग फैलियो। मैले सोचेँ, यदि मामला यस्तो हो भने सिस्टर लिउ र ब्रदर डुआन प्रभुबाट टाढा गएका हुनुपर्छ। मलाई तिनीहरूबारे शंका उब्जन थाल्यो र सतर्क हुन थालें र उनीहरूसँग अबउप्रान्त भेट्न चाहिनँ। तर प्रभु येशू फर्किनुभएको छ भन्‍ने तिनीहरूको गवाहीको बारेमा सोच्दा म हिचकिचाएँ। यदि यो सत्य थियो भने र त्यसमा मैले ध्यान दिइनँ भने, के परमप्रभुले मलाई बाहिर फाल्नुहुन्‍न र? तर फेरि, यदि सर्वशक्तिमान परमेश्‍वर देहधारी परमेश्‍वर हुनुभएको भए, किन पाष्टरले यसलाई स्वीकार गर्दैनन्, किन तिनीहरूले एउटा व्यक्तिमा विश्‍वास गर्छन् भनेर भन्छन्? मैले सोचें, पाष्टरले बाइबलको बारेमा जान्दछन् र म भन्दा बढी बुझेका छन् त्यसैले बहकिनबाट बच्न म यी कुराबाट टाढा बस्‍नुपर्छ। तर घर पुगेपछि मैले साँच्‍चै बेचैन र अहसज महसुस गरें। म दु:खी थिएँ र मलाई उदास महसुस भयो। मैले प्रभुलाई प्रार्थना गरें: “हे प्रभु, मैले आज पाष्टरको कुरा सुनें र अब मैले सिस्टर लिउ र ब्रदर डुआनलाई शंका गर्न थालेको छु। मलाई अब पूर्वीय ज्योतिको बारेमा जाँचेर हेर्न डर लाग्छ। हे प्रभु, म तपाईंको पुनरागमनको लागि तृषित छु, तर गलत बाटो लिएर तपाईंलाई धोका दिने हुँ कि भन्‍ने डर छ। मैले के गर्नुपर्छ मलाई साँच्‍चै थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि र मार्गनिर्देशन दिनुहोस् ताकि म सही र गलतको भेद जान्‍न सकूँ।”

मेरो प्रार्थनापछि मैले बिस्तारै शान्ति प्राप्त गरे र त्यसपछि सिस्टर लिउले एकपटक गरेको सङ्गति याद आयो: “हाम्रो विश्‍वासमा परमेश्‍वर सर्वोपरि हुनुहुन्छ र सबै कुरा परमेश्‍वरका वचनमा आधारित हुनुपर्छ, विशेष गरी साँचो तरिकाको अनुसन्धानजस्तो महत्त्वपूर्ण कुराको लागि। यदि हामीले सबै कुरामा अरूको कुरा मात्र सुन्यौं भने, हामी मानिसलाई विश्‍वास गर्छौं र मानिसलाई पछ्याउँछौं भने, हामी प्रभुको मार्गबाट टाढा हुनेछौं।” म आत्मसमीक्षा गर्न थालें। जब मैले प्रभु फर्किनुभएको सुने, मैले सुरुमा प्रभुको इच्छा खोजिनँ वा प्रभुका वचनले यसबारेमा के भन्छन् वा यो परमेश्‍वरबाट आएको हो कि होइन भन्‍ने हेरिनँ। बरु मैले पाष्टरको आराधना गरें र उनको कुरा सुनें। त्यो त प्रभुको इच्छा होइन। हरेक भेलामा म सर्वशक्तिमान परमेश्‍वरका मण्डलीका सदस्यहरूसँग-सँगै थिएँ, तिनीहरूको सङ्गति अन्तर्दृष्टिपूर्ण र बाइबलअनुरूप थियो र परमेश्‍वरको इच्छाको बारेमा तिनीहरूले व्याख्या स्पष्ट थियो। मैले थोरै भेलाहरूबाट नै पहिले कहिल्यै थाहा नपाएका धेरै सत्यता बुझेको थिएँ अनि मलाई परमेश्‍वरसँग नजिक भएको र मेरो विश्‍वास बढेको महसुस भयो। यो स्पष्ट रूपमा परमेश्‍वरबाट आएको थियो र पवित्र आत्माको काम थियो। तर मैले मण्डलीमा पवित्र आत्माको काम वा सत्यताको पोषण छ कि छैन भनी हेरिनँ। मैले पाष्टरलाई बाइबलको राम्रो ज्ञान छ भन्‍ने मात्रै सोचें त्यसैले प्रभु फर्कनुभएको छैन भन्‍ने कुरामा उनको विश्‍वास गरें। सर्वशक्तिमान परमेश्‍वरको मण्डलीमा सत्यता र पवित्र आत्माको काम रहेकोमा म विश्‍वस्त थिएँ तर मैले अझै त्यसमा जाँचबुझ गरिनँ। के त्यो पाष्टरमाथिको विश्‍वास थिएन र? त्यो कसरी परमेश्‍वरमा विश्‍वास गर्नु वा उहाँलाई पछ्याउनु थियो र? प्रभु येशू कहिले देखा पर्नुभयो र काम गर्नुभयो भनेर मैले सोचें। मन्दिरमा परमेश्‍वरको सेवा गर्ने मुख्य पुजाहारी, शास्त्री र फरिसीहरू सबैलाई धर्मशास्त्र र नियमहरू राम्रोसँग थाहा थियो तर तिनीहरूले प्रभु येशूलाई मसीहको रूपमा पहिचान गरेनन्। बरु, तिनीहरूले उन्मत्त भई उहाँको विरोध र निन्दा गरे र उहाँलाई क्रुसमा टाँगे। बाइबलको राम्रो ज्ञान हुनु भनेको परमेश्‍वरलाई चिन्‍नुजस्तै होइन भन्‍ने मैले बुझें, र यो पनि बुझें कि यदि मैले पाष्टरको कुरा आँखा चिम्लेर सुनें भने त्यो परमेश्‍वरको इच्छाविरुद्ध हुन्छ र मैले उहाँको विरोध गर्न सक्छु! मैले निर्णय गरें, म सिस्टर लिउ र ब्रदर डुआनसँग भेलाहरूमा उपस्थित भइरहनेछु र सर्वशक्तिमान परमेश्‍वर नै प्रभु हुनुहुन्छ भन्‍ने मलाई निर्क्यौल भयो भने, म उहाँलाई स्वीकार र अनुसरण गर्नेछु।

अर्को भेलामा मैले मेरा दुविधाहरू उनीहरूलाई बताएँ। ब्रदर डुआनले भने, “सर्वशक्तिमान परमेश्‍वरको मण्डलीले एउटा व्यक्तिमा विश्‍वास गर्छ भनेर तपाईंको पाष्टरले भनेको कुराको कुनै आधार छ? के उनले सर्वशक्तिमान् परमेश्‍वरका वचन पढेका छन् वा उहाँको कामलाई जाँचेर हेरेका छन्? के उनी यसरी मण्डलीको निन्दा गरेर परमेश्‍वरको प्रतिरोध गर्न डराउँदैनन्? फरिसीहरूले प्रभु येशूलाई एउटा नियमित व्यक्ति मात्र हुन् भने। तिनीहरूले उहाँले व्यक्त गर्नुभएको सत्यताहरू सुनेनन्, उहाँको अन्धाधुन्ध विरोध र निन्दा गरे र षडयन्त्र गरी परमेश्‍वरलाई क्रुसमा टाँगे, र उहाँको दण्ड पाए। आजका पादरीहरूले सर्वशक्तिमान परमेश्‍वरका वचन सत्य छन् कि छैनन्, ती परमेश्‍वरका आवाज हुन् कि होइनन् भनेर हेर्दैनन्, उहाँलाई इन्कार र निन्दा मात्र गर्छन्। फरिसीहरूले पनि त्यही गल्ती गरेका होइनन् र? सर्वशक्तिमान परमेश्‍वर वास्तवमा देहधारी परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न, उहाँ फर्कनुभएको प्रभु येशू हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरा धार्मिक संसार वा सरकारको स्वीकृतिद्वारा निर्धारित हुँदैन। हामीले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता हुन् कि होइनन् र उहाँले परमेश्‍वरको काम गर्नुहुन्छ कि हुन्‍न भनी हेर्नुपर्छ। यो नै मुख्य कुरा हो।” देहधारणको बारेमा राम्रोसँग व्याख्या गर्न ब्रदर डुआनले मलाई सर्वशक्तिमान परमेश्‍वरका वचनका केही खण्ड पढेर सुनाए। “त्यो ‘देहधारण’ परमेश्‍वर देहमा देखा पर्ने घटना हो; परमेश्‍वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवता सहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्‍नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)। “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार छ, र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भनी भन्‍ने, तैपनि परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्‍ने देह होइन, तर पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्‍वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्‍ने देह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। “जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

त्यसपछि ब्रदर डुआनले सङ्गति गर्दै यसो भने: “देहधारी परमेश्‍वर देहको वस्त्र लगाउनुभएका परमेश्‍वरका आत्मा हुनुहुन्छ। उहाँ एक नियमित व्यक्ति बन्‍नुहुन्छ, र मानवजातिलाई मुक्ति दिन पृथ्वीमा बोल्नुहुन्छ र काम गर्नुहुन्छ। देहधारी परमेश्‍वर धेरै सामान्य, धेरै साधारण देखिनुहुन्छ। उहाँसँग सामान्य मानवता छ र उहाँ जोकोहीले जस्तै खानुहुन्छ र लुगा लगाउनुहुन्छ, र उहाँसँग सामान्य मानवजातिका भावना छन्। यद्यपि, उहाँको सार ईश्‍वरीय छ। उहाँले जुनसुकै बेला र जुनसुकै ठाउँमा मानिसलाई पोषण गर्न सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ। उहाँले परमेश्‍वरको आफ्नै काम गर्नुहुन्छ उहाँले परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ सो कुरा व्यक्त गर्नुहुन्छ। यो यस्तो कुरा हो जुन सृष्टिका कुनै प्राणीले गर्न सक्दैन। त्यो त प्रभु येशू जस्तै हो, उहाँ एक सामान्य व्यक्ति जस्तै देखिनुहुन्थ्यो, तर उहाँले सत्य व्यक्त गर्नुभयो र पश्‍चात्तापको मार्ग ल्याउनुभयो। उहाँले मानिसका पापहरू क्षमा गर्नुभयो र परमेश्‍वरको कृपा र प्रेमको स्वभाव व्यक्त गर्नुभयो। उहाँले बिरामीहरू निको पार्नुभयो, भूतहरू धपाउनुभयो, र धेरै चिन्ह र अचम्मका कामहरू देखाउनुभयो, जस्तै पाँचवटा रोटी र दुईवटा माछाले पाँच हजारलाई खुवाउने, एउटै वचनले समुद्र शान्त पार्ने, मरेकालाई ब्यूँताउने, आदि इत्यादि। उहाँले परमेश्‍वरको शक्ति र अख्तियार देखाउनुभयो। मानवजातिलाई पापबाट छुटकारा दिने काम पूरा भएपछि उहाँलाई अन्ततः क्रुसमा टाँगियो। हामी प्रभुको काम, वचन र उहाँले प्रकट गर्नुभएको स्वभावबाट उहाँ देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, उहाँ ख्रीष्ट हुनुहुन्थ्यो भन्‍ने कुरा देख्‍न सक्छौं। परमेश्‍वर आखिरी दिनहरूमा सर्वशक्तिमान परमेश्‍वरको रूपमा फेरि एकपटक देहधारी हुनुभएको छ। प्रभु येशुजस्तै उहाँ बाहिरबाट सामान्य मानिस देखिनुहुन्छ। उहाँ वास्तवमा मानवजातिको बीचमा बस्‍नुहुन्छ र अलिकति पनि अलौकिक हुनुहुन्‍न, तर सर्वशक्तिमान परमेश्‍वरले सबै सत्यता व्यक्त गर्नुहुन्छ जसले मानवजातिलाई धुने र मुक्ति दिने काम गर्छ। उहाँले मानवजातिलाई शुद्ध पारी पापबाट मुक्ति दिन र परमेश्‍वरको राज्यमा लैजान परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ। सर्वशक्तिमान परमेश्‍वरका वचनहरूले मानवजातिलाई मुक्ति दिन परमेश्‍वरको व्यवस्थापन योजनाका सबै रहस्य खोल्छन्। यसमा व्यवस्था, अनुग्रह र राज्यको युगमा परमेश्‍वरले गर्नुभएको कार्यको तीन चरणका सत्यता र तिनले के हासिल गर्छन्, परमेश्‍वरको नाम र देहधारणको रहस्य, आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको महत्त्व, कसरी परमेश्‍वरले एक युगको अन्त्य गर्नुहुन्छ र मानिसलाई प्रकारअनुसार छुट्ट्याउनुहुन्छ, विभिन्‍न मानिसहरूका परिणामहरू, पृथ्वीमा ख्रीष्टको राज्य कसरी साकार हुनेछ र अन्य धेरै कुरा समावेश हुन्छन्। सर्वशक्तिमान परमेश्‍वरले शैतानद्वारा हामीलाई भ्रष्ट पारिएको सत्यता र हाम्रो परमेश्‍वर-प्रतिरोधी शैतानी प्रकृति पनि प्रकट गर्नुभएको छ, ताकि हामीले आफ्ना अहङ्कार, छल, र सत्यतालाई घृणा गर्नेजस्ता शैतानी स्वभावहरू देख्‍न सकौं। उहाँले हामीलाई परमेश्‍वरको धार्मिक र उल्लङ्घन गर्न नसकिने स्वभाव पनि प्रकट गर्नुभएको छ र हाम्रो स्वभाव परिवर्तन गर्नको लागि विशिष्ट मार्ग र अन्य धेरै कुरा देखाउनुभएको छ। परमेश्‍वरबाहेक कसले सत्यता व्यक्त गर्न र परमेश्‍वरको व्यवस्थापन योजनाको रहस्य प्रकट गर्न सक्छ? मानवजातिलाई धुन र मुक्ति दिन न्यायको काम अरू कसले गर्न सक्छ? परमेश्‍वरको धर्मी र उल्लङ्घन गर्न नसकिने स्वभाव अरू कसले प्रकट गर्न सक्छ? र अरू कसले मानिसको परिणाम निर्धारण गर्न सक्छ? मानवजातिको मुक्तिको लागि यस प्रकारको व्यावहारिक काम देहधारी परमेश्‍वरले मात्र गर्न सक्‍नुहुन्छ। सर्वशक्तिमान परमेश्‍वरको काम र वचनहरू सबै प्रभुको छुटकाराको कामको जगमा गरिएको छ। यो कामको नयाँ, उच्‍च चरण हो। यसले प्रभुका अगमवाणीहरू पूरा गर्दछ: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। ‘म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। सर्वशक्तिमान परमेश्‍वरद्वारा व्यक्त गरिएका सत्यता, उहाँको न्यायको कार्य, र उहाँले देखाउनुहुने स्वभाव सबैले सर्वशक्तिमान परमेश्‍वर नै देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ। उहाँ आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ। उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर निर्धारण गर्दा हामीले रूपलाई हेर्न सक्दैनौं। मुख्य कुरा के हो भने उहाँले सत्यता व्यक्त गर्नुहुन्छ कि हुन्‍न, मानवजातिलाई छुटकारा र मुक्ति दिन सक्‍नुहुन्छ कि हुन्‍न।”

ब्रदर डुआनको सङ्गति मेरो लागि साँच्‍चै उत्थानदायी थियो। देहधारण भनेको नियमित व्यक्तिको देहमा रहनुभएका स्वर्गका परमेश्‍वर हुनुहुन्छ। ऊहाँ जोकोही जस्तै देखिनुहुन्छ, तर उहाँमा परमेश्‍वरको सार छ। उहाँले सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ र परमेश्‍वर स्वयंको काम गर्न सक्‍नुहुन्छ। यो कुनै मानिसले गर्न नसक्‍ने कुरा हो। यसले मलाई बाइबलको यो पद स्मरण गरायो: “परमेश्‍वरका आत्माबाहेक, कुनै पनि मानिसलाई परमेश्‍वरका कुराहरू थाहा हुँदैन” (१ कोरिन्थी २:११)। परमेश्‍वरबाहेक अरू को होला जसले देहधारणको रहस्यको स्पष्ट व्याख्या गर्न सक्छ? सर्वशक्तिमान परमेश्‍वरको सत्यता नपढी बाहिरबाट तपाईंले ख्रीष्टलाई सामान्य व्यक्तिको रूपमा लिने गल्ती गर्नुभयो भने तपाईंले परमेश्‍वरलाई पनि इन्कार र विरोध गर्न सक्‍नुहुन्छ!

त्यसपछि सिस्टर लिउले केही सङ्गति बाँडिन्। उनले भनिन्, “सर्वशक्तिमान परमेश्‍वरको देखा पराइ र कामले बाइबलका अगमवाणीहरूलाई सम्पूर्ण रूपमा पूरा गर्दछ। उहाँ फर्कनुभएका प्रभु येशु हुनुहुन्छ। विभिन्‍न सम्प्रदायका धेरै साँचो विश्‍वासीहरूले सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढेका छन् र ती सत्यता र परमेश्‍वरको आवाज हुन् भनेर बुझेका छन्, र तिनीहरू सर्वशक्तिमान परमेश्‍वरतिर फर्केका छन्। उहाँको काम र वचनहरूले सम्पूर्ण धार्मिक जगतलाई हल्लाएको छ। पादरी सदस्यहरूले निश्‍चिय नै यसबारे सुनेका छन्, अनि किन तिनीहरूले यसलाई जाँचेर हेर्दैनन् र सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढ्दैनन्? तिनीहरू किन जिद्दी भई यसको प्रतिरोध गर्छन्? फरिसीहरूलाई थाहा थियो प्रभु येशूले बिरामी निको पार्नुभयो, भूतहरू भगाउनुभयो, पश्‍चात्तापको मार्ग प्रचार गर्नुभयो, र यो कुरा परमेश्‍वरबाट आएको हो, तर तिनीहरूले जानाजान उहाँलाई इन्कार गरे र, तिनी नाजरी हुन्, सिकर्मीको छोरा हुन् भने। तिनीहरूले उहाँको घोर विरोध र निन्दा गरे र उहाँलाई क्रूसमा टाँग्‍न रोमी सरकारसँग साँठगाँठ गरे। तिनीहरूले ख्रीष्टलाई इन्कार र निन्दा गरे। तिनीहरू उहाँका शत्रुहरू थिए। तिनीहरू परमेश्‍वरको कामबाट खुलासा भएका ख्रीष्टविरोधी थिए। सर्वशक्तिमान परमेश्‍वर आखिरी दिनहरूमा देखा पर्नुभएको छ र अहिले पाष्टर र एल्डरहरूलाई उहाँले न्यायको काम गर्न सत्यता व्यक्त गर्नुहुन्छ भन्‍ने थाहा छ। तिनीहरूले यसबारे अनुसन्धान गर्न अस्वीकार मात्र गर्दैनन्, सर्वशक्तिमान परमेश्‍वरलाई इन्कार र निन्दा गर्न अफवाह समेत फैलाउँछन्। तिनीहरूका मण्डलीमा तिनीहरूले सर्वशक्तिमान परमेश्‍वरको मण्डलीको निन्दा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको अफवाह र झुट फैलाउँछन् र उहाँको विरोध गर्न त्यो नास्तिक पार्टीसँग हात मिलाउँछन्। प्रभु येशूको विरोध गर्ने फरिसीहरूभन्दा तिनीहरू कसरी फरक छन् र? बाइबलमा भनिएको छ ‘किनकि धेरै छलीहरू संसारमा प्रवेश गरेका छन्, जसले येशू ख्रीष्ट देहमा आउनुभएको हो भन्‍ने स्वीकार गर्दैनन्। छली र ख्रीष्ट विरोधी यही हो’ (२ यूहन्‍ना १:७)। ‘अनि येशू ख्रीष्ट देहमा आउनुभएको हो भनेर स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन: र यो ख्रीष्ट विरोधीको आत्मा हो, जुन आउनुपर्छ भनेर तिमीहरूले सुनेका छौ; र यो अहिले पनि संसारमा आइसकेको छ’ (१ यूहन्‍ना ४:३)। पादरीहरूले ख्रीष्टलाई इन्कार गर्छन्, आखिरी दिनहरूको ख्रीष्टको निन्दा गर्छन् र जिद्दीपूर्वक परमेश्‍वरको प्रतिरोध गर्छन्। के तिनीहरू परमेश्‍वरको आखिरी दिनहरूको कामबाट खुलासा भएका ख्रीष्टविरोधीहरू होइनन् र?”

मेरो भ्रम अन्ततः सिस्टर लिउको सङ्गतिले हट्यो। पादरी सदस्यहरूलाई ख्रीष्ट वा देहधारणको बारेमा केही थाहा नभएको मैले बुझें। तिनीहरू प्रभु येशूमा विश्‍वास गर्छन्, तर तिनीहरूलाई उहाँको सार कत्ति पनि थाहा छैन। प्रभु येशू काम गर्न देहमा फर्कनुभएको छ, धेरै सत्यता व्यक्त गर्दै हुनुहुन्छ, तर तिनीहरूले यसलाई जाँचेर हेर्दैनन् वा उहाँलाई स्वीकार गर्दैनन्। तिनीहरूले केवल लापरवाहीपूर्वक उहाँको निन्दा र विरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्! अब तिनलाई पछ्याउन सक्दिनँ, बरु सर्वशक्तिमान परमेश्‍वरको कामलाई स्वीकार गर्नुपर्छ र परमेश्‍वरको पाइलामा हिंड्नुपर्छ भन्‍ने मलाई थाहा भयो। मेरो पाष्टरले जे-जे गरे पनि सर्वशक्तिमान परमेश्‍वरलाई पछ्याउने संकल्प गरें।

चाँडै नै मेरो पाष्टरले सर्वशक्तिमान परमेश्‍वरमा मेरो विश्‍वास रहेको कुरा थाहा पाए। उनी रिसले आगो भए सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गरेकोमा मलाई गाली गरे। म एउटा व्यक्तिमा विश्‍वास गर्दै छु, यो गलत हो भने, र मेरो श्रीमान्‌लाई मेरो मन बदल्ने प्रयास गर्न लगाए। मेरो श्रीमान्‌मा पाष्टरको झूट छुट्याउने भेदशक्ति थिएन, त्यसैले उनी मेरो विश्‍वासको बाटोमा खडा हुन थाले। उनी अर्कै मान्छे जस्तो देखिन थाले। म भेलामा गएर आएको भन्‍ने थाहा पाउँदा उनी ठूलो स्वरले कराउँथे र सरसामान छरपस्ट हुने गरी फ्याँक्थे र मलाई मेरो विश्‍वास त्याग्‍न बाध्य पार्न हाम्रो पारिवारिक व्यवसायलाई समेत बेवास्ता गरे। त्यो मेरो लागि साँच्‍चै पीडादायी थियो। पाष्टरकी श्रीमतीले पनि मलाई रोक्‍न खोज्दै थिइन्। उनी हाम्रो घरमा घण्टौंसम्म बस्थिन् र मैले परमेश्‍वरका वचन पढ्न सक्दिनथेँ किनभने मैले उनको साथ दिनुपर्थ्यो। घरको काम पनि गर्न सक्दिनथेँ। यो सब मेरो लागि साँच्‍चै असहज थियो।

पाष्टरको कार्यले मलाई साँच्‍चै पागल बनायो। उनले प्रभु येशूको पुनरागमनलाई जाँचेर हेरेनन् र मलाई साँचो मार्ग स्वीकार गर्नबाट रोक्‍न झूटको सहाराले छल गर्न खोजे। उनले मेरो बाटोमा अवरोध बन्‍न मेरो श्रीमान्‌लाई समेत प्रयोग गरे ताकि मैले परमेश्‍वरको मुक्ति गुमाऊँ। कति निन्दनीय! मैले प्रभु येशूले फरिसीहरूलाई खुलासा र निन्दा गर्नुभएको कुरा सोचें: “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। मलाई आधुनिक समयका पाष्टर र एल्डरहरू त्यस्तै छन् जस्तो लाग्यो। तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍नेछैनन् र प्रभुलाई स्वागत गर्नेछन् अनि प्रभुलाई स्वागत गर्न र परमेश्‍वरको राज्यमा प्रवेश गर्न चाहने हामीहरूलाई रोक्‍नको लागि झूटहरू फैलाउँछन्। तिनीहरू हामी पनि तिनीहरूसँगै नरकमा जाऔं, दण्डित होऔं, तिनीहरूसँगै गाडियौँ भन्‍ने चाहन्छन्। तिनीहरू राज्यको बाटोमा हामीलाई अल्झाउने बाधाहरू हुन्। तिनीहरू प्राण-निल्ने ख्रीष्टविरोधी र प्रेतहरू हुन्! सर्वशक्तिमान परमेश्‍वरले भन्‍नुभएझैं: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। मैले ती पाष्टरको वास्तविक पाखण्डीपन र सत्यतालाई घृणा गर्ने सार देखें र सर्वशक्तिमान परमेश्‍वरलाई पछ्याउन अझ उत्प्रेरित भएँ। म सधैं पाष्टरहरूलाई आदर्श मान्थें, तर मैले कल्पना पनि गरेको थिइनँ कि यी मानिसहरू जो बाइबलका ज्ञाता हुन् र परमेश्‍वरको सेवा गर्छन् तिनीहरू वास्तवमा सत्यता घृणा गर्ने ख्रीष्टविरोधीहरू हुन् जसले विश्‍वासीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नबाट रोक्छन्। यदि सर्वशक्तिमान परमेश्‍वरले देहधारण गरी देखा नपर्नुभएको र काम नगर्नुभएको भए, मण्डलीहरूमा लुकेका यी दुष्ट सेवकहरू र ख्रीष्टविरोधीहरूलाई खुलासा नगर्नुभएको भए, मैले थाहा नपाईकनै पाष्टरले मलाई बर्बाद गरिसकेका हुन्थे। परमेश्‍वरको कृपा र मुक्तिले गर्दा नै मैले आखिरी दिनहरूको सर्वशक्तिमान परमेश्‍वरको कामलाई स्वीकार गरेको छु!

त्यसपछि, मैले परमेश्‍वरमा भरोसा गरें, साक्षी भई खडा भएँ, र मेरो श्रीमान्‌ मेरो बाटोमा उभिन छोडे। अहिले म दाजुभाइ-दिदीबहिनीसँग भेलामा जान्छु र मण्डलीमा मेरो कर्तव्य निर्वाह गर्छु। म शान्ति र आनन्दले भरिएको छु। सर्वशक्तिमान परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्‍नै परिवारको कैदी

मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई २०१९ मा स्वीकार गरेँ। परमेश्‍वरको वचन पढेर, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने...

आजका फरिसीहरू को हुन्?

जिङ्मो, मलेशिया म इसाई भएको २२ वर्ष भयो, मुख्यतः मण्डलीका वित्तीय मामिला र बाल-सङ्गति सम्हाल्छु। मेइ २०१७ मा मैले फ्रान्सकी सिस्टर जेनलाई...

घरमा आत्मिक युद्ध

By Ruth, the United States अगष्ट २०१८ मा, एक मित्रले मलाई प्रभु येशू फर्किसक्नुभएको छ र उहाँले परमेश्‍वरको घरबाट सुरु गरी न्यायको कार्य...

एक डाक्टरको निर्णय

म सानो छँदा, मेरो परिवार निकै गरिब थियो। मेरी आमा पक्षाघातले ओछ्यान पर्नुभएको थियो, र वर्षभरि औषधि खानुपर्थ्यो, अनि मेरा बुबाले गाउँबाहिर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्