उपेक्षा गर्न नसकिने कर्तव्य

30 अप्रिल 2025

सन् २०१९ मा मैले सर्वशक्तिमान परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ र केही महिनापछि सुसमाचार फैलाउन थालेँ। आफ्नो कर्तव्य गर्न सकेकोमा म धेरै खुसी थिएँ। पछि, म पारिवारिक समस्यामा अल्झिएँ र सुसमाचारको कामको बोझ कम लिन थालेँ। समय टन्नै छ, बिस्तारै गर्दा हुन्छ भन्ने सोचेँ, त्यसैले काम खोज्ने र सुसमाचार फैलाउनेबीच समय छुट्याएँ। काम थालेको बीस दिन मात्र भएको थियो, कोभिड आयो। यो निकै छिटो फैलियो र वा राज्यमा लकडाउन भयो। पसल र कम्पनी बन्द गरिए, सडक सील गरियो। यो घटनाले म अलिक आत्तिएँ; मैले पर्याप्त समय छ र बिस्तारै गर्न सक्छु भनी सोचेकी थिएँ, त्यसैले सुसमाचार सुनाउन हतारो गरिनँ। तर विपद्हरू बढ्दै थिए र परमेश्वरको आवाज सुन्न नपाएका मानिस अझैपनि धेरै थिए, मैले आफ्नो कर्तव्य पूरा नगरेको पाएँ, र परमेश्वरप्रति ऋणी रहेको अनुभूत गरेँ। पछि, मैले परमेश्वरका वचनको यो खण्ड देखेँ: “अब, तिमीहरूको जिम्मेवारी के हो? तिनीहरूलाई अनुग्रहको युगबाट बाहिर अनि नयाँ युगभित्र ल्याउनु हो। के तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गरेर र उहाँको नाम पुकारेर मात्रै परमेश्‍वरको आज्ञा पूरा गर्न सक्छौ? के परमेश्‍वरका केही वचनहरू प्रचार गर्नु मात्रै पर्याप्त हुन्छ? अवश्य नै हुँदैन। यसका लागि तिमीहरूले सबैले सुसमाचार प्रचार गर्ने यो आज्ञा लिने, परमेश्‍वरका वचनहरू व्यापक रूपमा फैलाउने, विभिन्‍न तरिकाले परमेश्‍वरका वचनहरू फैलाउने, र राज्यको सुसमाचार प्रचार र विस्तार गर्ने बोझ लिनुपर्छ। विस्तार गर्नु भनेको के हो? यसको अर्थ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार नगरेका मानिसहरूमा परमेश्‍वरका वचनहरू पुऱ्याउनु, परमेश्‍वरले नयाँ काम गरिरहनुभएको छ भनेर अझै धेरै मानिसहरूलाई थाहा दिनु, त्यसपछि तिनीहरूलाई परमेश्‍वरका वचनहरूको गवाही दिनु, परमेश्‍वरको कामको गवाही दिनका लागि आफ्ना अनुभवहरू प्रयोग गर्नु, र तिनीहरूलाई नयाँ युगमा पनि ल्याउनु हो—त्यसरी तिनीहरू पनि तिमीहरू जस्तै नयाँ युगमा प्रवेश गर्नेछन्। परमेश्‍वरको अभिप्राय स्पष्ट छ। उहाँका वचनहरू सुनेका, तिनलाई स्वीकार गरेका, र उहाँलाई पछ्याएका तिमीहरूले मात्रै नयाँ युगमा प्रवेश गर्न पाउनुपर्छ भन्‍ने होइन, तर उहाँले सारा मानवजातिलाई यो नयाँ युगमा पुऱ्याउनुहुनेछ। यो परमेश्‍वरको अभिप्राय हो, र अहिले परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले बुझ्नुपर्ने एउटा सत्यता यही हो। परमेश्‍वरले मानिसहरूको एउटा समूह, सानो गुट, वा सानो जातीय समूहलाई नयाँ युगमा डोऱ्याइरहनुभएको छैन; बरु, उहाँले सारा मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्‍नुहुन्छ। यो उद्देश्य कसरी हासिल गर्न सकिन्छ? (सुसमाचार व्यापक रूपमा फैलाएर।) वास्तवमा, सुसमाचार व्यापक रूपमा प्रचार गरेर, व्यापक रूपमा सुसमाचार फैलाउन विभिन्‍न विधि र माध्यमहरू प्रयोग गरेर नै यसलाई हासिल गर्नुपर्छ। सुसमाचार व्यापक रूपमा प्रचार गर्ने बारेमा कुरा गर्नु सजिलो छ, तर यसलाई निश्‍चित रूपमा कसरी पूरा गर्ने? (यसका लागि मानव सहकार्य चाहिन्छ।) वास्तवमै हो, यसका लागि मानव सहकार्य चाहिन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरका वचन पढेर मैले उहाँले मानिसको सानो समूह वा कुनै खास देशलाई बचाउन मात्र काम गरिरहनुभएको होइन, उहाँले त मानवजातिलाई मुक्ति दिन र सारा मानवलाई नयाँ युगमा डोर्‍याउन काम गर्नुहुन्छ भन्ने बुझेँ; यो परमेश्वरको अभिप्राय हो। अझैपनि धेरैले परमेश्वरको आवाज सुन्न र उहाँको मुक्ति पाएका थिएनन्, अझैपनि पापमा, शैतानको भ्रष्टता र यातनामा जिएका थिए। तिनलाई राज्यको सुसमाचार सुनाउन, परमेश्वरको सुसमाचार सुन्ने मौका दिन र उहाँको मुक्ति पाउन हामी जस्ता परमेश्वरको नयाँ काम स्वीकारेका व्यक्तिको खाँचो थियो। यो हाम्रो सामूहिक मिसन थियो। विपद्हरू बढिरहेका र महामारी फैलिरहेका थिए। यदि मैले गम्भीर भएर सुसमाचार प्रचार नगरे, समय टन्नै छ भन्ने सोचिरहे, आफ्नै देहको ख्याल गरे, सुसमाचार फैलाउन मूल्य नचुकाए, विपद् बढ्दै जाँदा सुमाचार फैलाउन झन् कठिन हुनेछ। मेरो सहरका मानिसलाई अहिलेसम्म कसैले सुसमाचार सुनाएको थिएन, विपद् बढिरहेमा तिनीहरू परमेश्वरसामु आउन सक्ने निश्चित थिएन। मैले आफ्नो देहको ख्याल गर्न छोडेर परमेश्वरको अभिप्रायमा ध्यान दिँदै कर्तव्य गर्नु जरुरी थियो, त्यसैले, मैले परमेश्वरसामु आफ्नो सहरमा सुसमाचार फैलाउने सङ्कल्प गरेँ। सन् २०२१ मा, म आफ्नो सहर फर्कें र केही साथी र चिनजानकालाई सुसमाचार सुनाएँ। तिनीहरूले परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेपछि, मैले तिनीहरूसँग असल कार्यको तयारी गर्नेबारे सङ्गति गरेँ, तिनीहरूलाई परमेश्वरका वचन सुन्न आफन्त र साथीहरू ल्याउन भनेँ। तिनीहरू इच्छुक भए। यसरी नै हामीले धेरैभन्दा धेरै मानिसलाई सुसमाचार सुनायौँ र अन्तिममा एउटा मण्डली स्थापना गर्‍यौँ। म निकै खुसी थिएँ। त्यसबेला नै कर्तव्य लगनशील र जिम्मेवार भएर गर्नुको महत्त्व जानेँ। मैले पवित्र आत्माको मार्गदर्शन महसुस गरेँ र सुसमाचार फैलाउन झन् मन लाग्यो। नयाँ विश्वासीको उत्साह र भेलामा सहभागी हुने चाह देख्दा म विशेष रूपमा प्रोत्साहित भएँ।

एक दिन, यान्नी र मैले एउटा ठाउँमा भेला बोलाएका थियौँ तर कोही पनि समयमै नआएकाले, तिनीहरूलाई खोज्न यान्नीलाई पठाएँ। उनले फर्केपछि मलाई भनिन्: “नयाँ विश्वासी इमाको श्रीमान मोङ्गमाओबाट भर्खर फर्केका रहेछन् र हाम्रो सुसमाचारलाई झुटो भन्दैछन्। उनले सरकारले सुसमाचार प्रचारकलाई पक्रिरहेको र विश्वासी पनि पक्राउमा पर्नेछन् भने। उनले भने, उनी एउटा गाउँमा काम गर्न गएका थिए र त्यहाँ एक जनाले स्थानीय पाष्टर, गाउँको मुखिया वा गाउँ प्रमुखलाई थाहै नदिई गोप्य तरिकाले सुसमाचार प्रचार गर्दैथिए। राम्रो कुरा प्रचार गरिरहेको हो भने किन गोप्य राख्नु पर्‍यो? नबहकिनका लागि सुन्नुभन्दा पहिले मानिसले दुई पटक सोच्नुपर्छ। तिनीहरू सबै यति डराए कि भेलामा जाने आँट नै गरेनन्।” यो कुराले मलाई अलि खिन्न बनायो: नयाँ विश्वासीहरूले पहिले राम्रो गरिरहेका र उत्साहपूर्वक भेलामा सहभागी भइरहेका थिए। तर यो हल्लापछि सहभागी नै हुन छोडे। अनि, हामीले कसरी सुसमाचार फैलाइरहन सक्थ्यौँ र? कसरी अघि बढ्ने मलाई थाहै भएन। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ। पछि, मेरी सुपरभाइजर इसाले हामीसँग सङ्गति गरिन्: “जहाँ परमेश्वरको काम भइरहेको हुन्छ, त्यहाँ शैतान बिथोल्न आउँछ। यस्तो समस्या देखिएमा सँगै मिलेर परमेश्वरको अभिप्राय खोजौँ।” त्यसपछि उनले हामीलाई परमेश्वरका वचनको एउटा खण्ड पठाइन्: “जस्तोसुकै मामलाहरू उत्पन्न भए पनि, तैँले सधैँ पाठ सिक्न र समझशक्ति विकास गर्न जरुरी छ; तैँले तिनलाई उम्किन दिन मिल्दैन, न त तैँले पाठ सिक्ने र समझशक्ति विकास गर्ने कुनै अवसर गुमाउन नै मिल्छ। यो केही भइसकेको अवस्था हो, त्यसैले हामीले यसलाई नकारात्मक, अनि दोष लाउने मनोवृत्तिले हेर्नु हुँदैन; बरु, यसलाई सकारात्मक मनोवृत्तिले हेर्नुपर्छ। कसरी त्यसो गर्ने? समस्या समाधान गर्न सत्यता खोजी गरेर। सबै मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र तिनीहरूको मानवता कि त असल कि त दुष्टता हुन सक्छ, त्यसकारण मानिसहरू भेला हुँदा कसरी समस्याहरू देखा नपरून् त? परमेश्‍वरले तेरो लागि यो परिस्थिति तय गर्नुभएको छ, तेरो जीवनमा आएका यी मानिसहरू, घटनाहरू, र परिस्थितिहरू उहाँले तँलाई देखाइरहनुभएको छ भन्‍ने कुरालाई ध्यानमा राख्दा, तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? आफूअघि यी विभिन्‍न समस्याहरू ल्याइदिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। उहाँले तँलाई अभ्यास गर्ने र पाठहरू सिक्‍ने, अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने मौका दिइरहनुभएको छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२०))। परमेश्वरका वचन खाएर र पिएर मैले उहाँको अभिप्राय बुझेँ। यो परिस्थितिमा परमेश्वरको असल अभिप्राय थियो, त्यो हामीले सत्यता खोजौँ र खुट्टयाउन सकौँ भन्नका लागि थियो। नयाँ विश्वासीहरू यति उत्साहित हुने गर्दथे कि, दिउँसो होस् वा राति, भेलामा आउँथे, तर अहिले हल्ला सुनेपछि डराएर आउनै छोडे। परमेश्वरले मानिसलाई मुक्ति दिइरहनुभएको देखेर शैतानले भएभरको शक्ति लगाएर बिथोल्न र भत्काउन थालेको छ, मानिसलाई बहकाउन र छल गर्न हल्ला प्रयोग गर्दैछ, परमेश्वरबाट टाढा बनाउन खोज्दैछ, र मुक्ति पाउने मौका गुमाउने बनाउँदैछ। शैतान निकै दुष्ट र घृणास्पद छ! आत्मिक लडाइँ निकै उग्र हुन्छ भन्ने थाहा थियो, तर मैले अनुभव गरेकी थिइनँ, र शैतानको दुष्ट अभिप्राय बुझेकी थिइनँ, त्यसैले, यो परिस्थितिले मलाई अचम्मित तुल्यायो र अत्यायो, यो किन भइरहेको थियो भन्ने बुझिनँ। मैले तिनीहरूले परमेश्वरको आवाज सुनून् र मुक्ति पाऊन् भनेर सुसमाचार सुनाइरहेकी थिएँ। यो त राम्रो कुरा थियो। तिनीहरूले यी हल्ला किन फिँजाए? मैले यो हल्ला फिजाउने व्यक्ति र हल्लाले ल्याएको परिस्थितिको भर्त्सना गरेँ। परमेश्वरका वचन पढेपछि समस्या आउँदा म नकारात्मक र निन्दा गर्ने हुनुहुन्न, बरु समर्पणको मनोवृति राख्नुपर्छ भन्ने बुझेँ। परमेश्वरले मलाई अभ्यास गर्ने मौका दिनुभएको थियो र मैले यो परिस्थितिबाट सिक्नुपर्थ्यो। यो कठिन अवस्थामा मैले सत्यता खोज्नुपर्थ्यो र नयाँ विश्वासीलाई भेटेर परमेश्वरका वचन सङ्गति गर्नुपर्थ्यो, ताकि तिनले शैतानको झुट खुट्टयाउन सकून्, नबहकिऊन्। यो कुरा बुझेपछि म अघि बढ्न तयार भएँ।

त्यसपछि यान्नी र मैले नयाँ विश्वासीलाई एक-एक गरी खोज्यौँ। तिनीहरूलाई समूहमा राख्न सकेमा एकैचोटि सङ्गति गर्थ्यौँ, तर नसक्दा एक-एक गरी सङ्गति गर्थ्यौँ। एक पटक हामीले एउटा समूहसँग सङ्गति गर्दै गर्दा, एक जना पाष्टर पनि आए। ती पाष्टरले पहिले पनि प्रवचन सुनेका थिए, तर हल्ला सुनेदेखि आएका थिएनन्। यो पटक, भेलाबाट श्रीमतीलाई लैजान मात्र आएका थिए। उनी आएपछि म उनी नजिक गएर अभिवादन गरेँ। पाष्टरले आफ्नो बाइबल खोले र भने: “मत्ती अध्याय २४, पद २३-२४ मा भनिएको छ, आखिरी दिनहरूमा मानिसलाई बहकाउन झुटा ख्रीष्टहरू देखा पर्नेछन्। अहिले धेरै मानिसले सुसमाचार प्रचार गरिरहेका छन्, तर, कसले साँचो मार्ग र कसले झुटो मार्ग प्रचार गर्दैछ, हामीलाई थाहा छैन। हामीलाई बहकिन्छौँ कि भन्ने डर छ, त्यसैले भेलामा सहभागी हुने आँट छैन।” मैले उनलाई भनेँ: “प्रभुको आगमनलाई स्वागत गर्नु ठूलो कुरा हो, अरूले जे भनून्, हामी आफैले अनुसन्धान गर्नुपर्छ। मानौँ, एउटा निकै मिठो स्याउ छ, तर अरूले नमिठो छ भनिदिए, त्यसैले तपाईंले नचाख्ने निर्णय गर्नुभयो, के त्यो मूर्खता हुनेछैन र? साँचो मार्ग खोज्ने र अनुसन्धान गर्ने कुरामा पनि यही हुन्छ। तपाईं आफैले खोज्नु वा अनुसन्धान गर्नुहुन्न, अरूले भनेको पत्याउनु हुन्छ भने प्रभुलाई स्वागत गर्ने मौका गुमाएर सधैँ पछुतो हुन सक्नेछ। सर्वशक्तिमान परमेश्वरको काम साँचो मार्ग हो कि होइन, यो देहधारी परमेश्वरको काम हो कि होइन भन्ने थाहा पाउन चाहनुहुन्छ भने तपाईंले सर्वशक्तिमान परमेश्वरले व्यक्त गरेका वचन पढ्नुपर्छ, ती परमेश्वरका वचन र सत्यताको अभिव्यक्ति हुन् कि होइनन् भनी हेर्नुपर्छ।” मैले तिनीहरूलाई परमेश्वरका वचनको यो खण्ड पढेर सुनाएँ: “यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँगपरमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कामलाई ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग देखाउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरू निर्धारित गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। यो खण्ड पढेपछि, मैले तिनीहरूसँग सङ्गति गरें कि देहधारी परमेश्वरलाई चिन्ने सबभन्दा राम्रो तरिका भनेको उहाँले सत्यता व्यक्त गर्नु सक्नुहुन्छ, परमेश्वरको काम गर्न सक्नुहुन्छ, मानिसलाई सत्य, जीवन र बाटो दिन सक्नुहुन्छ भनी पक्का गर्नु हो। सत्यता व्यक्त गर्न नसक्ने व्यक्ति देहधारी परमेश्वर होइन, ख्रीष्ट होइन। ख्रीष्ट देहमा आउने परमेश्वरको आत्मा हुनुहुन्छ, उहाँमा इश्वरीय सार हुन्छ। ख्रीष्टले मात्र सत्यता व्यक्त गर्न र मुक्तिको काम गर्न सक्नुहुन्छ, उहाँको ठाउँ कसैले लिन सक्दैन। प्रभु येशूले छुटकाराको काम गर्नुभयो, सबै मानवजतिको पाप वहन गर्नुभयो, पश्चातापको तरिका बताउनुभयो, र धेरै आश्चर्यकर्म गर्नुभयो, अन्धालाई दृष्टि दिनुभयो, लङ्गडोलाई हिँड्ने बनाउनुभयो, मरेकालाई ब्युँताउनुभयो, यी सबैले परमेश्वरको अख्तियारलाई प्रकट गरे। परमेश्वर बाहेक अरू कसले सत्यता व्यक्त गर्न र मरेकालाई जिउँदो बनाउन सक्थ्यो? छुटकाराको काम कसले गर्न सक्थ्यो? त्यो स्तरको अख्तियार अरू कोसँग थियो? कोहीसँग थिएन! प्रभु येशूका वचन र कामबाट हामीले उहाँ ख्रीष्ट, परमेश्वर स्वयम् हुनुहुन्छ भनी चिन्छौँ। सर्वशक्तिमान परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, आखिरी दिनहरूको न्यायको काम गर्नुभएको छ, अनुग्रहको युगलाई समाप्त गरी राज्यको युग स्थापित गर्नुभएको छ। सर्वशक्तिमान परमेश्वरले परमेश्वरको मानवजाति व्यवस्थापन कार्यको रहस्य खोल्नुभएको छ, मानिसको पाप र परमेश्वरप्रतिको प्रतिरोधको स्रोतको न्याय र खुलासा गर्नुभएको छ, र मानवजातिलाई शुद्धीकरण र मुक्तिको मार्ग दिनुभएको छ, जसले अन्ततः तिनीहरूलाई सुन्दर गन्तव्यमा लैजानेछ। अरू कसैले यी वचन व्यक्त गर्न, यो काम गर्न सक्दैनथ्यो, परमेश्वर आफैले मात्र यस प्रकारको काम गर्न सक्नुहुन्थ्यो। यसबाट हामी पुष्टि गर्न सक्छौँ कि सर्वशक्तिमान परमेश्वर आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ, उहाँ प्रभु येशूको दोस्रो आगमन हुनुहुन्छ। परमेश्वर सधैँ नयाँ हुनुहुन्छ, कहिल्यै पुरानो हुनुहुन्न, र उही काम दुई पटक गर्नुहुन्न। सर्वशक्तिमान परमेश्वरले आखिरी दिनहरूमा प्रभु येशूको छुटकाराको कामको जगमा रहेर न्यायको काम गर्नुहुन्छ। उहाँले अनुग्रहको युगमा गरिएको बिरामी निको पार्ने र भूत भगाउने काम फेरि गर्नुभएको छैन। झुटा ख्रीष्टमा भने परमेश्वरको सार हुँदैन, सत्यता व्यक्त गर्न सक्दैनन्, परमेश्वरको विगतको कामको नक्कल र मानिसलाई बहकाउन केही सामान्य चमत्कार मात्र गर्न सक्छन्। चमत्कार गर्न सक्ने कोही देखा परेमा र आफूलाई प्रभु येशूको पुनरागमन भनेमा ऊ पक्कै पनि ठग हो, मानिसलाई बहकाउन खोज्ने झुटो ख्रीष्ट हो। त्यसैले, हामीले आखिरी दिनहरूमा झुटा ख्रीष्ट हुन्छन् भन्दैमा परमेश्वरको कामको अनुसन्धान गर्न छोड्नुहुन्न। हामीले परमेश्वरका वचन नपढी, उहाँको कामकोअनुसन्धान नगरी कसरी उहाँको आवाज सुन्नेछौँ र? परमेश्वरले उहाँमा इमानदार भई विश्वास गर्नेलाई मुक्ति दिइरहनुभएको छ। हामीले प्रभुको आगमनलाई छुटायौँ भने हामीलाई सधैँ पछुतो भइरहनेछ। मेरो सङ्गति सुनेपछि उनीहरूले भने: “म बुझ्छु, परमेश्वरले नयाँ काम थाल्नु भएको छ, अनुग्रहको युगमा झैँ बिरामी निको पार्ने, भूत भगाउने काम गरिरहनुभएको छैन, कसैले चमत्कार गर्छ तर सत्यता व्यक्त गर्न सक्दैन भने ऊ झुटो ख्रीष्ट हो।” हामीले परमेश्वरको कामको तीन चरण, परमेश्वरको देहधारण र उहाँले लिनुहुने नामको अर्थबारे पनि सङ्गति गर्‍यौँ। पाष्टरले हामीले भनेका कुरामा बाइबलीय आधार रहेको देखे, र हामीले परमेश्वरका वचन पढिरहेका छौँ, परमेश्वर नयाँ चरणको काम गर्न आउनुभएको छ भनी स्वीकार गरे।

पछि एक जना नयाँ विश्वासीले सोधे, “हामीले परमेश्वरको यो कामलाई किन खुला रूपमा प्रचार नगरेको?” मैले पहिले धर्मग्रन्थको दुई खण्ड पढेर सुनाएँ: “र हामी जान्‍दछौँ कि हामी परमेश्‍वरका हौँ, र सारा संसार दुष्टतामा छ(१ यूहन्‍ना ५:१९)। “अनि दण्ड यही हो, कि ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कार्यहरू दुष्ट थिए(यूहन्‍ना ३:१९)। त्यसपछि मैले यो सङ्गति गरेँ: यो संसार निकै दुष्ट छ, सबै मानवजाति शैतानको सत्तामा जिउँछन्। सत्यता र ज्योति मन पराउँदैनन्, दुष्ट कुरा र अँध्यारो मन पराउँछन्। परमेश्वर आफ्नो काम गर्न, मानवजातिलाई मुक्ति दिन देहमा आइसक्नुभएको भएपनि मानवजातिले उहाँलाई स्वीकार गरेको छैन, उल्टै प्रतिरोध र अस्वीकार गरेको छ। विशेषतः धार्मिक संसारको शैतानी शासन र ख्रीष्टविरोधी शक्तिले परमेश्वरको आगमनलाई मन पराउँदैनन्। आफ्नो शक्ति कायम राख्न, आफ्नो हैसियत र समृद्धि सुनिश्चित गर्न तिनीहरूले मानिसलाई परमेश्वरमा विश्वास गर्न, उहाँका वचन सुन्नबाट रोक्छन्, परमेश्वरमा विश्वास गर्ने र सुसमाचार फैलाउनेलाई सताउँछन्, पक्राउ गर्छन्, परमेश्वरको कामलाई पूर्ण रूपमा मेटाउन समेत चाहन्छन्। प्रभु येशूले काम गर्दा पनि यस्तै भएको थियो। हेरोदले नवजात प्रभु येशू यहुदीको राजा हुनुहुन्छ भन्ने सुनेपछि उहाँलाई मार्न खोज्यो, त्यसैले दुई वर्ष मुनिका सबै बालकलाई मार्ने आदेश दियो। धार्मिक संसारका फरिसीहरू सबै मानिसले प्रभु येशूमा विश्वास गर्नेछन्, उहाँका वचन सुन्नेछन्, आफूलाई पछ्याउन छोड्नेछन् भन्नेमा चिन्तित थिए, त्यसैले तिनले प्रभु येशूको प्रतिरोध र निन्दा गरे। अनुग्रहको युगमा प्रभु येशूले सभाघरहरूमा खुला रूपमा स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभएन। उहाँले आफ्ना चेलाहरूलाई पहाड र माछा मार्ने डुङ्गामा प्रवचन दिनुभयो। शैतान र भूतहरूले गर्नसक्ने बाधा र प्रलोभन छल्न यसो गरिएको थियो, यो उहाँको कामका लागि लाभकारी थियो। प्रभु येशूले चेलाहरूलाई यसो पनि भन्नुभयो: “तर जब तिनीहरूले तिमीहरूलाई यो सहरमा सताउँछन्, तिमीहरू अर्कोमा भाग(मत्ती १०:२३)। सर्वशक्तिमान परमेश्वरले आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुभएकोले उहाँलाई पनि धार्मिक संसारको शैतानी शासन र ख्रीष्टविरोधी शक्तिहरूले सताएका, निन्दा गरेका छन्। हामीले खुला रूपमा सुसमाचार प्रचार गर्ने हो भने गम्भीर बाधाहरूको सामना गर्नेछौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु। अन्यजातिहरू यसबारे पूर्ण रूपमा अनभिज्ञ छन्। तिमीहरूमाझको मेरो काम बाहिरियाहरूका लागि बन्द छ। यी वचनहरू, यी सजाय र न्यायहरू, तिमीहरूलाई मात्र थाहा छ, अरू कसैलाई थाहा छैन। यी सबै काम तिमीहरूको बीचमा गरिन्छ र तिमीहरूकै निम्ति मात्र अनावरण गरिन्छ; अन्यजातिहरू कसैलाई पनि यो कुरा थाहा छैन, किनकि समय अझै आइपुगिसकेको छैन। यहाँका यी मानिसहरू सजाय सहेपछि पूर्ण पारिइन लागेका छन्, तर बाहिरियाहरूलाई यसबारे केही पनि थाहा छैन। यो काम अत्यन्तै गुप्त रहेको छ! उनीहरूका लागि, देहधारी परमेश्‍वर गुप्त रहनुभएको छ, तर यस प्रवाहमा हुनेहरूका लागि भने उहाँ खुला हुनुहुन्छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरमा भएका सबै कुरा खुला छन्, सबै प्रकट भएका छन, र सबै स्वतन्त्र पारिएका छन्, तैपनि यो कुरा उहाँमा विश्‍वास गर्नेहरूका लागि मात्र सत्य छ; जहाँसम्म बाँकी मानिसहरू, अर्थात् अन्यजातिहरूको कुरा छ, उनीहरूलाई केही पनि थाहा दिइएको छैन। अहिले तिमीहरूको बीचमा र चीनमा भइरहेको काम तिनीहरूलाई थाहा नदिनका निम्ति कडाइका साथ ढोका बन्द गरिएको छ। यदि उनीहरूले यस कामको बारेमा थाहा पाए भने, उनीहरूले यसलाई निन्दा गर्नेछन् र सतावटमा पार्नेछन्। उनीहरूले यसमा विश्‍वास गर्नेथिएनन्। ठूलो रातो अजिङ्गरको देशमा, यो सबैभन्दा पछौटे स्थानमा काम गर्नु सजिलो छैन। यदि यो कामलाई खुला गरिएको भए, यसलाई अगाडि बढाउन असम्भव हुनेथियो। कामको यो चरण यस ठाउँमा पूरा गर्न सकिँदै सकिँदैन। यदि यो काम खुला रूपमा गरिएको भए, उनीहरूले यसलाई कसरी अगाडि बढ्न दिन सक्थे र? के त्यसले कामलाई अझ बढी जोखिममा पार्नेथिएन र? यदि यो काम लुकाएर नगरिएको भए, येशूको समयमा जस्तो उहाँले आश्‍चर्यजनक रूपमा बिरामीहरूलाई निको पारेको र दुष्टात्मा धपाएको जस्तै गरी गरिएको भए, के धेरै पहिले नै यो काम दियाबलसहरूद्वारा ‘कब्जा गरिएको’ हुनेथिएन र? के उनीहरूले परमेश्‍वरको अस्तित्वलाई सहन गर्न सक्‍नेथिए र? यदि त्यति बेला मैले सभाघरहरूमा पसेर मानिसहरूलाई प्रचार गर्थेँ र प्रवचन सुनाउँथेँ भने, के म धेरै पहिले नै टुक्रा-टुक्रा पारिइसकेको हुनेथिइनँ र? यदि त्यस्तो हुन्थ्यो भने, मेरो काम कसरी भइरहन सक्थ्यो र? खुल्लमखुल्ला कुनै चिन्ह र चमत्कारहरू प्रकट नगरिनुको कारण यसलाई लुकाउनका लागि नै हो। यसैले, अन्यजातिहरूले मेरो काम देख्‍न, जान्‍न, वा थाहा पाउन सक्दैनन्। यदि यो चरणको काम पनि अनुग्रहको युगमा येशूको जस्तै गरी गरिएको भए, यो अहिले जति स्थिर छ त्यति स्थिर हुन सक्दैनथियो। यसैले, यस तरिकाले गोप्य रूपमा काम गर्नु तिमीहरूका लागि र सम्पूर्ण कामका लागि फाइदाजनक छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (२))। परमेश्वरका वचन स्पष्ट छन्। साँचो मार्ग स्विकार्ने, परमेश्वरलाई पछ्याउनेका लागि आखिरी दिनहरूको कामका सबै पक्ष पूर्ण रूपमा खुला छन्, कुनै पक्ष लुकेको हुँदैन। तर गैरविश्वासी र परमेश्वरको प्रतिरोध गर्नेका लागि खुला हुँदैन—विशेष गरी परमेश्वरलाई सताइने ठाउँमा खुला रूपमा सुसमाचार प्रचार गर्न सकिन्न। जस्तै, अचेल केही सरकारहरूले कुनै मानिसले आस्थाको अभ्यास गर्दैछ र सुसमाचार प्रचार गर्दैछ भन्ने थाहा पाएमा पक्राउ गर्ने, सताउने आदेश दिन्छन्। त्यस्तै, धार्मिक संसारले हल्ला र झुट फिँजाएर मानिसलाई साँचो मार्ग खोज्न रअनुसन्धान गर्नबाट रोक्छन्। हामीले खुला रूपमा सुसमाचार प्रचार गर्ने हो भने हाम्रो काममा बाधा आउनेछ। अर्को कुरा, हामीले साँचो मार्गको खुला रूपमा प्रचार भएको छ कि छैन भन्ने आधारमा नभएर यसमा सत्यता छ कि छैन, परमेश्वरको आवाज हो कि होइन भन्ने आधारमा अनुसन्धान गर्नुपर्छ। यो नै सही तरिका हो। तिनीहरू हल्ला खुट्टयाउन सक्षम भए, साँचो मार्ग स्वीकार गर्नुको महत्त्व बुझे, प्रवचन सुन्न जारी राख्न तयार भए। मेरो सङ्गति सुनेपछि पाष्टरले पनि हामीले पढेका वचनमा सत्यता रहेको र ती परमेश्वरको आवाज भएको स्विकारे। त्यसपछि उनले कुनै अवरोध पुऱ्याएनन्। फुर्सदको समयमा भेलामा आउँथे। परमेश्वरको मार्गदर्शनका लागि म निकै आभारी भएँ।

तर हल्ला रोकिएनन्। इमा भेलामा आउन छाडिन्, र उनले श्रीमानसँग मिलेर अवरोध पुऱ्याउन थालिन्। उनी गाउँघर डुल्दै हामीले प्रचार गर्ने सुसमाचार चीनबाट आएको हो, हाम्रा सुसमाचार प्रचारकहरूले धेरै मानिस मारेका छन्, हामी संसारभर हाम्रो सुसमाचारले मानिसलाई बहकाउँदै हिँड्छौँ, र म्यानमारमा पनि त्यही गर्न आएका हौँ, त्यसैले मानिसहरूले हाम्रो कुरा सुन्नुहुँदैन भन्न थालिन्। केही नयाँ विश्वासीले उनको कुरामा विश्वास गरेनन्, हामी असल मानिस हौँ, छल गरिरहेका छैनौँ भन्ने तिनीहरूलाई थाहा थियो। उनले हामी पहिले दयालु भएजस्तो गर्छौं पछि पैसा माग्न थाल्छौँ, पैसा नभए छोराछोरी लैजान्छौँ, भेलामा सहभागी नभए तिनीहरूलाई मार्ने गर्छौँ पनि भन्दै हिँडिन्। त्योबेला, मलाई निकै रिस उठ्यो तिनीहरूले किन यस्तो हल्ला फिँजाइरहेका छन् भन्ने बुझिनँ। तर मलाई अलि डर पनि लाग्यो। म यो गाउँभन्दा बाहिरकी थिएँ, र नयाँ विश्वासीहरूले मलाई राम्रोसँग चिन्दैनथे। यदि कोही यो हल्लाबाट बहकियो र इमाले भनेझैँ म त्यस्तै गर्छु भन्ने सोच्यो भने, के मेरो उजुरी गरिदिनेछ? इमा र उनको श्रीमानले भेटेजति सबैलाई म हत्यारा हो भन्दै हिँडे र मलाई निकाल्दिनु भनेर घरबेटीलाई उक्साउन खोजे। एक रात, म नयाँ विश्वासीहरूलाई सुसमाचार सुनाउन र मलजल गर्न बाहिर गएकी थिएँ, मेरो घरबेटीले इमाको कुरा पत्याएर म बाहिर भएको बेला कोठामा चाबी लगाइदिए। सबै गाउँलेहरू पनि मसँग डराएका थिए, भेलामा आउँदैनथे र मलाई लखेट्न चाहन्थे। म निकै दुःखी भएँ। तिनीहरूले पनि परमेश्वरको मुक्तिको अनुग्रह पाउन सकून् भनेर म परमेश्वरको आखिरी दिनको मुक्तिको सुसमाचार सुनाउन आएकी थिएँ, तर तिनीहरूले हल्ला फिँजाए, मेरो बदनाम गरे, मलाई हत्यारा भने। मसँग सबै डराएका थिए, म गाउँ छोडेर गएको चाहन्थे। म गइनँ भने पक्राउ पर्न सक्नेथिएँ। म एकदमै डराएकी थिएँ। म पक्राउ परेर जेल परेँ भने के मलाई लामो जेल सजाय दिइनेछ र? मेरो परिवारले थाहा पाए भने के सोच्लान्? कस्तो बेइज्जत होला! पक्राउ परेर अपमानित हुने निकै डर लाग्यो, रातभरि निदाउन सकिनँ। यो परिस्थितिबाट कसरी निस्कने थाहै भएन, त्यसैले परमेश्वरलाई प्रार्थना गरेर मार्गदर्शन गर्न आग्रह गरेँ। भोलिपल्ट, मेरो सुपरभाइजरले यो कुरा थाहा पाइन्, तब उनले मलाई परमेश्वरका वचनको एउटा खण्ड पठाइन्: “सुसमाचार सुनाउने क्रममा, व्यक्तिले प्रायजसो गिल्‍ला, खिसी, खिसीटिउरी, र अपमान सामना गर्नुपर्छ, वा आफूलाई खतरनाक परिस्थितिहरूमा समेत पाउन सक्छन्। उदाहरणका लागि, सुसमाचार सुनाउँदा कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई दुष्ट मानिसहरूद्वारा सार्वजनिक रूपमै दोष लगाइन्छ वा अपहरण गरिन्छ, र कतिलाई भने प्रहरी बोलाएर सरकारको जिम्मा लगाइन्छ। कतिलाई पक्राउ गरेर जेल हालिन्छ भने, र कतिलाई कुटेर मारिन्छ। यी सबै भइरहेकै कुराहरू हुन्। तर अब हामीलाई यी कुरा थाहा छ, त्यसैले के हामीले सुसमाचार सुनाउने कामप्रतिको हाम्रो मनोवृत्तिलाई परिवर्तन गर्नुपर्छ? (पर्दैन।) सुसमाचार फैलाउनु सबैको कर्तव्य र दायित्व हो। हामीले जे सुने पनि, वा जे देखे पनि, वा हामीले जस्तोसुकै व्यवहारको सामना गर्न परे तापनि कुनै पनि समय हामीले सधैँ सुसमाचार फैलाउने यो जिम्मेवारी परिपालन गरिरहनुपर्छ। कुनै पनि परिस्थितिमा हामीले नकारात्मकता वा कमजोरीको कारण यो कर्तव्य छोड्न सक्दैनौँ। सुसमाचार फैलाउने कर्तव्य धेरै सजिलो हुँदैन, तर जोखिमले भरिएको हुन्छ। जब तिमीहरू सुसमाचार फैलाउँछौ, तिमीहरूले स्वर्गदूतहरू, वा एलियन्स, वा रोबोटहरूको सामना गर्दैनौ। तिमीहरूले दुष्ट र भ्रष्ट मानवजाति, जीवित भूतात्माहरू, पशुहरूको मात्रै सामना गर्नेछौ—तिनीहरू सबै यस दुष्ट ठाउँ, यस दुष्ट संसारमा जिइरहेका मानव हुन् जो शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका छन् र परमेश्‍वरको प्रतिरोध गर्छन्। त्यसैले सुसमाचार फैलाउने प्रक्रियामा निश्‍चय नै हरप्रकारका जोखिमहरू हुन्छन्, सानातिना निन्दा, खिसीटिउरी र गलत बुझाइहरूको कुरै छोडौँ, ती त सामान्य घटनाहरू हुन्। यदि तैँले सुसमाचार फैलाउने कार्यलाई साँच्चै नै एउटा जिम्मेवारी, आफ्‍नो एउटा दायित्व, तेरो कर्तव्य मान्छस् भने, तैँले यी कुराहरूलाई सही ढङ्गबाट सम्मान गर्न र तिनलाई सही ढङ्गले सम्हाल्न सक्नेछस्। तैँले कुनै पनि समय आफ्नो जिम्मेवारी र दायित्व छोड्नेछैनस्, न त यी कुराहरूको कारण तँ सुसमाचार फैलाउने र परमेश्‍वरलाई साक्षी दिने आफ्नो मूल उद्देश्यबाट तर्केर जान्छस्, र तैँले कहिल्यै पनि यस जिम्मेवारीलाई त्याग्नेछैनस्, किनकि यो तेरो कर्तव्य हो। यो कर्तव्यलाई कसरी बुझ्नुपर्छ? यो मानव जीवनको मूल्य-मान्यता र मूल दायित्व हो। आखिरी दिनहरूमा परमेश्‍वरको कामको शुभ समाचार र परमेश्‍वरको कामको सुसमाचार फैलाउनु मानव जीवनको मूल्य-मान्यता हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनबाट मैले बुझेँ कि हामीले सुसमाचार प्रचार गर्दा शैतानले भ्रष्ट तुल्याएका दुष्ट मानिसका साथै ख्रीष्टविरोधी, दुष्कर्मी र अविश्वासीका सबै प्रकारका निन्दा र आक्रमणको सामना गर्नुपर्छ। हामीलाई खिसी, बदनाम र अपमान गरिन सक्छ, उजुरी गरी पक्राउ गरिन सक्छ, हाम्रो जीवन खतरामा पर्न सक्छ। म हत्यारा हो, मैले दुष्कर्म गरेकी छु भनेर हल्ला फिँजाउनेहरूले मेरो प्रतिष्ठा धूमिल पारी मलाई सुसमाचार प्रचार गर्नबाट रोक्न मात्र खोज्दैथिए। मलाई गिराउन तिनीहरूले हल्ला र बदनामी प्रयोग गर्न चाहे, ताकि मैले सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिने आँट नगरूँ। यो शैतानको छली षडयन्त्र थियो। मैले यो गाउँ, अनि सुसमाचार प्रचार र नयाँविश्वासीलाई मलजल गर्न छाडेमा म शैतानको षडयन्त्रमा परेर यसको हाँसोको पात्र बन्नेथिएँ। उजुरी हुने र पक्राउ पर्ने डरले नयाँविश्वासी भेलामा आउन र परमेश्वरका वचन पढ्न डराएपछि, तिनीहरूलाई अझ धेरै मलजलको खाँचो छ भन्ने मलाई थाहा भयो, जसले तिनीहरूलाई सत्यता बुझ्न, शैतानको छली षडयन्त्र देख्न र नडराई जिउन सहयोग गर्नेथ्यो। तर कोठा बाहिरै थुनिएकोमा मलाई अन्याय महसुस भयो, मलाई पक्राउ र अपमान गरिन्छ भन्ने झन् चिन्ता लाग्यो, त्यसैले छोडेर घर जाऊँ जस्तो लाग्यो। मैले सुसमाचार फैलाउनुलाई मेरो जिम्मेवारी र दायित्व ठानेकी थिइनँ। मैले आफ्नो जिम्मेवारी पूरा नै गरेकी थिइनँ। यस्तो अवान्छित स्थितिमा मैले परमेश्वरको अभिप्राय खोजिनँ, नयाँ विश्वासीबारे विचार गरिनँ, केवल कर्तव्य त्याग्न चाहें। ममा किञ्चित् पनि जिम्मेवारी बोध थिएन! परिस्थिति जति कठिन हुन्छ, र शैतानको अँध्यारो शक्तिले जति आक्रमण र बाधा दिन्छ, त्यति नै परमेश्वरको अभिप्राय पछ्याउनेहरूले खडा हुने दायित्व महसुस गर्छन्, सत्यताबारे सङ्गति गर्छन्, शैतानको झुट र भ्रमलाई इन्कार र खुलासा गर्छन्, परमेश्वरको घरको कामलाई कायम राख्छन् र शैतानलाई अपमान गर्छन्। यसले मात्र परमेश्वरको हृदयलाई सान्त्वना दिन्छ र यो साँच्चै कर्तव्य पूरा गर्नु हो। मेरो जिम्मेवारी र कर्तव्य परमेश्वरको सुसमाचार फैलाउनु र सृष्टिकर्ताको गवाही दिनु थियो। यो नै अत्यन्त अर्थपूर्ण काम र परमेश्वरको जरुरी अभिप्राय थियो। यो सबै बुझेपछि, ममा काम गरिरहने आत्मविश्वास जाग्यो। शैतानले जसरी बाधा दिए पनि र नयाँ विश्वासीहरूले जसरी व्यवहार गरे पनि, मैले त्यहीं बसेर सुसमाचार फैलाउन र नयाँविश्वासीलाई मलजल गरिरहन चाहेँ।

त्यसपछि, हामीले ती नयाँ विश्वासी खोज्यौँ। तिनीहरूले हामीलाई भनिरहे: “हामी पनि भेला हुन चाहन्छौँ, तर बहकाउमा पारिने डर लाग्छ; इमाको श्रीमानले प्रहरी बोलाएर पक्रन लगाउने हो कि भन्ने झन् डर लाग्छ।” इसाले तिनीहरूलाई यसो भनेर सङ्गति गरिन्: “हामी सबैलाई थाहा छ, प्रभु येशू परमेश्वर हुनुहुन्थ्यो, अनि मानिसले किन त्यो बेला उहाँले विधर्म फैलाइरहेको भने? यसो भन्ने को थियो? ती धार्मिक संसारका पाष्टर र एल्डर थिए। तिनीहरू आफ्ना चेलाले प्रभु येशूलाई पछ्याउन थालेको देखेर आत्तिएका थिए। सबैले प्रभु येशूमा आस्था राखे भने कोही पनि तिनीहरूको प्रवचन सुन्न आउने छैनन् र कसैले पनि आदर गर्ने छैनन् भनी डराएका थिए। त्यसैले तिनीहरूले हल्ला फैलाउन थाले, उहाँलाई पछ्याउन मानिसलाई निषेध गरे। बाइबलमा, हामी देख्न सक्छौँ कि केही मानिसले उहाँलाई विधर्म फैलाएको आरोप लगाए, केहीले दियाबलसको राजकुमारको सहयोगले भूत भगाएको भने। क्रुसीकरणपछि प्रभु येशू बौरिनुभएपछि, चिहानको रखवाली गरिरहेका सिपाहीलाई तिनीहरूले घुस दिए र प्रभु येशूका चेलाहरूले उहाँको लाश चोरेर लगे र उहाँ बौरिनुभएको होइन भन्न लगाए। के तिनीहरूले हल्ला फिँजाइरहेका थिएनन् र? प्रभु येशू स्पष्ट रूपमा बौरिनुभएको थियो, तर तिनीहरूले यो स्वीकार गरेनन्। त्यो बेला धेरै हल्ला फैलिएका थिए, र यो सबै मानिसलाई प्रभु येशूमा विश्वास गर्नबाट रोक्न गरिएको थियो। तिनीहरूले उहाँलाई विधर्मी भनी निन्दा गरेका थिए भने, हामीले उहाँमा किन विश्वास गर्नुपऱ्यो?” नयाँ विश्वासी सबैले जवाफ दिए: “किनभने प्रभु येशू परमेश्वर हुनुहुन्छ, उद्धारक हुनुहुन्छ।” इसाले यसो भन्दै जारी राखिन्: “परमेश्वर देहधारी भएर काम गर्न र मानवजातिलाई मुक्ति दिन आउनुभयो। परमेश्वरले धेरै मानिसहरू प्राप्त गरिरहेको दियाबलसले सहन सकेन, र उहाँबारे हल्ला फिँजायो अनि उहाँका चेलालाई सताउन र परमेश्वरलाई पछ्याउनबाट रोक्न सरकारसँग मिल्यो। तर, इमानदार भएर परमेश्वरलाई पछ्याउनेहरू विचलित भएनन्। प्रभु येशूको एउटा चेलोलाई घोडाले घिसारेर मारियो, एउटालाई उँधोमुन्टो लगाएर क्रूसमा टाँगियो, केहीलाई जेल हालियो। तैपनि तिनीहरूले प्रभुमा विश्वास गरिरहे, पछ्याइरहे। यो सतावट र कठिनाइमार्फत परमेश्वरका साँचो विश्वासी प्रकट भएका थिएनन् र? ‘रोटी खाएर तृप्त हुने’ गैरविश्वासीले मात्र यी हल्लाहरूमा विश्वास गरे वा पक्राउ पर्ने वा सताइने डरले परमेश्वरमा विश्वास गर्ने आँट गरेनन्। यस्ता मानिस झारपात जस्तै हुन्। परमेश्वरको कामबाट तिनीहरू खुलासा भए र हटाइए। अन्तिममा तिनीहरू सबै हल्ला फैलाउनेसँगै नरक जानेछन्।” त्यसपछि, उनले परमेश्वरका वचनको एउटा खण्ड पढिन्: “ठूलो रातो अजिङ्गरको राष्ट्रमा, मैले मानवजातिमा अथाह कामको एउटा चरण पूरा गर्दै तिनीहरूलाई हावामा नै बहन लगाएको छु, त्यसपछि धेरै जना बिस्तार-बिस्तार हावाको बहावसँगै अलग हुन्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको ‘खलो’ हो; मैले उत्कट चाह गरेको कुरा यही हो र यो मेरो योजना पनि हो। किनकि म काममा हुँदा धेरै दियाबलसहरू गुप्‍त रूपमा पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतारमा छैनँ। बरु, उपयुक्त समयमा म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र, मलाई साँच्चै प्रेम गर्नेहरूलाई मबाट अञ्‍जीरको फल र लिलीको बास्ना प्राप्‍त गर्न दिएर म जीवनको मूल हुनेछु। शैतान बास बस्ने मुलुकमा, धूलोलो भूमिमा कुनै विशुद्ध सुन रहँदैन, त्यहाँ केवल बालुवा मात्र हुन्छ, र त्यसैले, यी परिस्थितिहरूको सामना गरेपछि म यस्तो चरणको काम गर्छु। मैले प्राप्‍त गर्ने कुरा भनेको शुद्ध र खारिएको सुन हो, बालुवा होइन भन्‍ने तिमीहरूले जान्नुपर्छ। मेरो घरमा दुष्ट कसरी रहन सक्छ? म फ्याउराहरूलाई मेरो स्वर्गमा परजीवीका रूपमा कसरी जिउन दिन सक्छु र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)। परमेश्वरका वचन पढिसकेपछि, इसाले फेरि भन्न थालिन्: “परमेश्वरले यस्ता हल्लालाई रहन किन दिनुहुन्छ? उहाँले मानिसको जाँच गर्न, तिनीहरूको आस्था इमानदार छ कि कपटपूर्ण भनी हेर्न यस्ता परिस्थितिहरूको प्रयोग गर्नुहुन्छ। परमेश्वरका साँचो विश्वासीले उहाँका वचन सुन्छन्, कठिन परिस्थितिमा पनि इमानदार आस्था देखाउँछन्, उहाँलाई पछ्याउँछन्। झुटा विश्वासीले हल्ला फिँजाउनेलाई विश्वास गर्छन्, डर र कायरताले परमेश्वरलाई पछ्याउने आँट गर्दैनन्। अन्तिममा, तिनीहरू शैतानको कब्जामा पर्छन्, मुक्तिको मौका गुमाउँछन्।” केही नयाँ विश्वासीले भने: “यी हल्ला फिँजाउनेहरूले आफ्नो अफवाहले हामीलाई बहकाउन खोजिरहन्छन्, निकै दुष्ट हुन्छन्! तिनीहरूले भन्ने कुरा हामीले किन सुनिरहने? हामी अब सुन्दैनौँ।” केहीले यसो भने: “हामी इमा र उनको श्रीमानको कुरा अब सुन्दैनौँ, हामी परमेश्वरका वचनहरू सुन्नेछौँ!” नयाँ विश्वासीहरूले यी कुरा भनेको सुनेर म परमेश्वरप्रति कृतज्ञ भएँ! शैतान जति निर्दयी भएपनि, यसले जस्तोसुकै दुष्ट षड्यन्त्र वा हल्ला प्रयोग गरेपनि, परमेश्वरको कामलाई रोक्न सक्दैन। त्यसपछि, मैले सुसमाचार फैलाउन जारी राखेँ। एक पटक, एक नयाँ विश्वासीसँग सुसमाचार स्विकार्ने सम्भावना भएकासँग कुरा गर्न गएकी थिएँ, ती सुसमाचार स्विकार्ने सम्भावना भएकाले अरू सात-आठजनालाई सुन्न बोलाए, र ती सबै निकै उत्साही थिए। मैले प्रभु येशू कसरी पहिल्यै फर्किसक्नुभएको छ, धेरै सत्यता व्यक्त गर्नुभएको छ, र आखिरी दिनहरूको न्यायको काम गर्दै हुनुहुन्छ भनेर गवाही दिएँ। त्यसपछि, परमेश्वरले मानवजातिलाई मुक्ति दिन कसरी तीन चरणको काम गर्नुहुन्छ भनेर बताएँ। सुनिसकेपछि, सबैजना अनुसन्धान गर्न तयार भए, र केहीले परमेश्वरका वचन सुन्न पाएकोमा धेरै खुशी लागेको बताए। मैले प्रवचन सुन्न साथी र आफन्तलाई पनि ल्याउनु भनी प्रोत्साहित गरेँ, र तिनीहरूले यसमा झनै इच्छा देखाए। केही दिन अझै सङ्गति गरेपछि मानिसको अर्को समूहले परमेश्वरको नयाँ काम स्वीकार गर्‍यो। त्यसपछि, हामीले निरन्तर सुसमाचार सुनाइरह्यौँ र गाउँका कुल चौसट्ठी जनाले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरे।

सुसमचार सुनाएको अनुभवलाई फर्केर हेर्दा, यो सहज यात्रा थिएन—हामीले धेरै खतरनाक परिस्थितिहरूको सामना गर्‍यौँ, हामीलाई सताइयो र पक्राउ पर्न सक्नेथियौँ, बदनामी र अपमान पनि खेप्नु पर्‍यो, तर परमेश्वरले मेरो आस्थालाई सिद्ध बनाउन र मेरो भ्रष्टता अनि कमीकमजोरी चिन्न लगाउन शैतानको बाधालाई प्रयोग गरिरहनुभएको मात्र थियो। यो अनुभवले मलाई अहिले सुसमाचार सुनाउन झन् आत्मविश्वास दिएको छ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रोगबाट आएका आशिषहरू

यो खण्ड पढ्दा मैले एक पटक अनुभव गरेको रोगको परीक्षा याद आउँछ। त्यसबेला केही पीडा र धेरै आँसु आएको थियो, तर मैले केही सत्यहरू बुझेँ, मैले आफ्नो विश्‍वासमा त्यति धेरै आशीर्वादहरू खोज्न छोडेँ र महसुस गरें कि परीक्षाहरू र शोधनहरू मानिसको लागि परमेश्‍वरका साँचो प्रेम र मुक्ति हुन्।

इर्ष्याको बन्धनबाट छुटकारा

जोयलिन, फिलिपिन्ससन् २०१८ को जनवरीमा मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेँ, र चाँडै नै मलाई मण्डलीमा भजनहरूको...

म भावनामा बहेँ

सन् २०१७ को मेमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि म बिरामीबाट निको भएर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्