आजका फरिसीहरू को हुन्?

14 नोभेम्बर 2022

जिङ्मो, मलेशिया

म इसाई भएको २२ वर्ष भयो, मुख्यतः मण्डलीका वित्तीय मामिला र बाल-सङ्गति सम्हाल्छु। मेइ २०१७ मा मैले फ्रान्सकी सिस्टर जेनलाई फेसबुकमा भेटेँ। उहाँले मलाई सर्वशक्तिमान परमेश्‍वरका आखिरी दिनहरूको कार्यबारे गवाही दिनुभयो अनि प्रभु येशू सत्यता व्यक्त गर्न, मानिसलाई न्याय गर्न र धुन देहमा फर्कनुभएको छ भनी भन्नुभयो। म त वर्णन नै गर्न नसक्नेगरि रोमाञ्चित भएँ। मैले यसबारे थाप अनुसन्धान गरेँ अनि के बुझेँ भने, सर्वशक्तिमान परमेश्‍वरद्वारा व्यक्त वचनहरू सत्यता हुन्, ती सिंहासनबाट बग्ने जीवित पानीको फोहोरा, परमेश्‍वरका आवाज हुन्। मेरो आत्मा पोषित र बलियो भयो। म र मेरा दुई छोरीहरूले सर्वशक्तिमान परमेश्‍वरका आखिरी दिनहरूको कार्यलाई खुसीसाथ स्वीकार गऱ्यौं।

एक दिन म एक जना सिस्टरसित कुरा गरिरहेकी थिएँ, त्यतिबेला उहाँले मलाई उहाँको पुरानो मण्डलीका अगुवालाई सुसमाचार सुनाउने बारेमा बताउनुभयो। उहाँले भन्नुभयो, ती पाष्टर बाइबलका शाब्दिक वचनहरूलाई ढिठ भई पक्रेर बसेका छन् अनि परमेश्‍वरका आखिरी दिनहरूको कार्य छानबिन गर्न मान्दैनन्। उहाँले सबै प्रकारका झूटहरू फैलाउनुभएको छ र मण्डली बन्द गर्नुभएको छ, यहाँसम्म कि विश्‍वासीहरूलाई धम्की समेत दिनुहुन्छ। यो कुराले म अचम्मित भएँ र अलमल्लमा परेँ। मैले सोचेँ, “पाष्टरहरू मण्डली अगुवाहरू हुन्। तिनीहरूले सधैँ हामीलाई प्रभुको आगमनको बाटो हेरिरहनू भन्छन्। अहिले तिनीहरूले प्रभु फर्कनुभएको छ भनेर सुन्छन्, किन तिनीहरूले विश्‍वासीहरूलाई यो जाँच गर्न डोऱ्याउँदैनन् तर उनीहरूलाई रोक्ने प्रयास गर्छन्? हाम्रो मण्डलीका पाष्टरहरूले धर्मशास्‍त्र पढेका छन् र तिनीहरूलाई बाइबलको राम्रो ज्ञान छ। तिनीहरू धर्मपरायण छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छन् अनि सधैँ हामीलाई प्रभुका शिक्षाहरू पालन गर्न र प्रभुको आगमनको बाटो हेरिरहन सिकाउँछन्। यदि तिनीहरूले सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढेका मात्र भए, ती प्रभुका आवाज हुन् भनेर जान्नेथिए र उहाँलाई खुसीसाथ स्वागत गर्नेथिए।” तर, मलाई अचम्म लागेको कुरा, १० महिनापछि एक दिन, म र मेरी कान्छी छोरीले एक जना सिस्टरलाई सुसमाचार प्रचार गऱ्यौं र हाम्रो पुरानो मण्डलीका पाष्टर लीले त्यो कुरा थाहा पाउनुभयो। उहाँले मलाई सर्वशक्तिमान परमेश्‍वरलाई पछ्याउनदेखि रोक्न झूटो बोल्नुभयो र मण्डलीबाट निष्कासित गर्ने धम्की दिनुभयो। त्यसपछि मात्र मैले उहाँको वास्तविक कपटी रूप देखेँ।

एक दिन उहाँले मलाई अचानक फोन गरेर मण्डलीमा भेट्नू भन्नुभयो। म त्यहाँ पुगेपछि, उहाँले मलाई हप्काएर सोध्नुभयो, “तपाईं २० वर्षदेखि विश्‍वासमा रहेका मण्डली डिकन हुनुहुन्छ। अहिले किन सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ? किन तपाईंले यसबारे पहिला मलाई सोध्नुभएन? तपाईंले पूर्ण रूपमा बाइबल बुझ्नुभएको छैन। हाम्रो देखरेखबिना तपाईं सजिलै भ्रमित हुनुहुनेछ। सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर कसरी जान्नुहुन्छ?” मलाई असाध्यै असहज महसुस भयो र मैले सोचेँ, “साँचो मार्ग जाँच्न पाउनु मेरो स्वतन्त्रता हो। किन मैले पहिला तपाईंलाई सोध्नुपर्छ? अनि अँ, म धेरै समयदेखि विश्‍वासमा छु, र तपाईंलाई जत्ति मलाई बाइबलबारे थाहा नभए तापनि, मैले आफ्नो मनलाई चिनेको छु। यस प्रकार मैले तीन महिनासम्म छानबिन गरें र सर्वशक्तिमान परमेश्‍वरका धेरै वचनहरू पढेँ। उहाँका वचनहरूमा अख्तियार र शक्ति छन्—ती सत्यता हुन् भनेर मैले बुझेँ। ती वचनहरूले बाइबलका सत्यताहरू र रहस्यहरूलाई मात्र उदाङ्गो पार्दैनन्, तर हामीलाई भ्रष्टता धुने मार्ग पनि देखाउँछन्। सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढेर, उहाँ नै फर्कनुभएका प्रभु हुनुहुन्छ भन्‍ने कुरामा म पक्का भएँ र त्यसैले उहाँलाई स्विकारेँ।” मैले पाष्टरलाई के भनें भने, “तपाईंले यसलाई राम्ररी जाँचेर र परमेश्‍वरका वचनहरू पढेर मात्र सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु हुनुहुन्छ कि हुनुहुन्न भनेर थाहा पाउनुहुनेछ।”

त्यसपछि मैले उहाँलाई मेरो फोनमा सर्वशक्तिमान परमेश्‍वरको मण्डलीको एप देखाएँ र परमेश्‍वरका वचनहरू वाचन गरिएको भिडियो देखाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा अत्यन्त अनिष्टपूर्ण घटनाहरू असीम रूपमा देखा पर्छ, जसले सारा जातिहरू र सम्प्रदायहरूलाई हल्लाइदिन्छ। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। म सबै मानिसहरूलाई मेरो आवाजद्वारा पराजित गराउँछु, यही प्रवाहमा गिर्न लगाउनेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? मेरो पुन: देखा पर्ने घटनाको तृष्णा गर्दैन? मेरो सुन्दरताको निम्ति कोचाहिँ लालयित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको प्रचुरतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले प्रशंसा गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलनेछ; म मेरा चुनिएका मानिसहरूलाई सामना गर्नेछु, र तिनीहरूसँग अझ धेरै वचनहरू बोल्नेछु। जसरी शक्तिशाली गर्जनहरूले पहाड़ र नदीहरू हल्लिन्छन्, त्यसरी नै म पनि मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बताउँछु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस त्याग्न अनिच्छुक हुन्छन्, र साथै तिनीहरूलाई अथाह पाउँछन्, तर तिनीहरूमा अझ धेरै आनन्दित हुन्छन्। मेरो आगमनको उत्सव मनाउँदै सबै मानिसहरू खुशी र आनन्दित हुन्‍छन्, मानौं नाबालक भर्खरै जन्‍मेको छ। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी)

भिडियो आधा हेरेपछि पाष्टर लीले तिरस्कारपूर्ण ढङ्गमा मुस्कुराउँदै यसो भन्नुभयो, “बन्द गर्नुहोस्। मैले यो एप वर्षौंअघि डाउनलोड गरेको र सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पहिल्यै पढिसकेको छु।” यो सुनेर म अचम्मित पनि भएँ, खुसी पनि भएँ र तुरुन्तै यसो भनें, “के तपाईंले साँच्चै सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पहिल्यै पढिसक्नुभएको छ? राम्रो लाग्यो? के तपाईंलाई ती परमेश्‍वरको आवाज हो जस्तो लाग्छ?” उहाँले ओठ लेब्राउँदै भन्नुभयो, “परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन्। परमेश्‍वरका वचनहरू बाइबलबाहिर छैनन्। ती वचनहरू राम्रो लागे तापनि म विश्‍वास गर्दिनँ!” यस कुराले म स्तब्ध भएँ र प्रत्युत्तरमा भनें, “पाष्टर ली, परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन् भनेर के तपाईं पक्का हुनुहुन्छ? तपाईंले जहिले पनि हामीलाई यो पद पढेर सुनाउनुहुन्छ: ‘अनि येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो’ (यूहन्‍ना २१:२५)। के त्यो सही होइन र? प्रभु येशूले आधिकारिक रूपमा साढे तीन वर्ष कार्य गर्नुभयो र यसरी उहाँले आफ्ना चेलाहरूलाई प्रचार र कार्य गर्न डोऱ्याउनुभयो। उहाँले धेरै कुराहरू भन्नुभयो र धेरै उपदेशहरू दिनुभयो, अनि बाइबलका चार वटा सुसमाचारहरूमा प्रभु येशूले भन्नुभएका कुराको एक सानो अंश मात्र रेकर्ड गरिएको छ। तसर्थ, परमेश्‍वरका वचनहरू बाइबलमा मात्र छन् भन्ने तपाईंको दाबी यी तथ्यहरूसित मेल खाँदैन। प्रभु येशूले पनि चर्मपत्रको मुट्ठो खोल्न र मण्डलीहरूलाई आफ्ना भनाइहरू दिन आखिरी दिनहरूमा फर्किआउँछु भनेर स्पष्टसित अगमवाणी गर्नुभयो। यी भनाइहरू आखिरी दिनहरूमा परमेश्‍वरद्वारा व्यक्त नयाँ वचनहरू हुन्। ती पहिल्यै बाइबलमा रेकर्ड गर्न सकिँदैनथिए। त्यसकारण, हामी परमेश्‍वरका वचनहरूलाई बाइबलमा सीमित गर्न सक्दैनौं। सर्वशक्तिमान परमेश्‍वरले मानिसलाई धुने र मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ। ती हुन् ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो(प्रकाश २:७)। हामीले विनम्र भई खोजी गर्नुपर्छ तब मात्र परमेश्‍वरको आवाज सुन्नेछौं र प्रभुलाई स्वागत गर्नेछौं।”

पाष्टर लीले मलाई तिरस्कारपूर्ण दृष्टिले हेर्नुभयो र रहस्यमय ढङ्गमा भन्नुभयो, “तपाईंलाई एक-दुई वटा कुरा थाहा रहेछ। सर्वशक्तिमान परमेश्‍वरका वचनहरू जतिसुकै महान् भए तापनि हामी इसाईहरू कुनै पनि हालतमा बाइबलबाट अलग्गिन सक्दैनौं, यदि ती वचनहरू बाइबलबाहिरका हुन भने, म ती स्वीकार्न सक्दिनँ। म तपाईंलाई उप्रान्त सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास नगर्न सुझाव दिन्छु, नत्र हाम्रो मण्डलीमा तपाईंको सेवा रद्द गरिनेछ र तपाईंले पछुताउनुहुनेछ!” मैले भनें, “के हामी इसाईहरू प्रभु येशूको पुनरागमनको तृष्णा गर्दैनौं र? अहिले सर्वशक्तिमान परमेश्‍वरको मण्डलीले मात्र उहाँ फर्किसक्नुभएको छ भनेर गवाही दिन्छ, त्यसकारण, के हामीले यसलाई जाँच्नुपर्दैन र? यदि हामी विनम्र भई खोजी गर्दैनौं तर आफ्ना धारणाहरू र कल्पनाहरूलाई पक्रिरहन्छौं भने, हामीले प्रभुको पुनरागमनलाई गुमाउनेछौं र त्यसपछि साँच्चै अफसोस गर्नेछौं!” मेरो कुरा सिद्धिन नपाउँदै, उहाँ बम्किनुभयो, “भयो! तपाईंको कुरा अति भयो। म सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नेछैन। म तपाईंलाई पुनर्विचार गर्न केही समय दिनेछु। यदि तपाईंले यो त्याग्नुहुन्न भने, तपाईंलाई निष्कासित गरिनेछ।” त्यसपछि उहाँ बाहिरिनुभयो। पाष्टर लीको प्रतिक्रियाले म स्तब्ध र हतोत्साहित भएँ। उहाँले सधैँ हामीलाई नम्रतापूर्वक खोजी गर्नेहरूलाई प्रभुले अनुमोदन गर्नुभयो भनेर भन्नुहुन्थ्यो। अहिले प्रभुको पुनरागमनको कुरा आउँदा, ठीक उल्टो उहाँले बाइबललाई र आफ्नै धारणाहरूलाई पक्रिरहेको देख्दा म त छक्क परेँ। उहाँले सर्वशक्तिमान परमेश्‍वरका वचनहरू समेत पढ्नुभयो तर त्यसबारे अझ धेरै जान्ने चाहना गर्नुभएन। उहाँ पूर्णतः दुईरूपी हुनुहुन्थ्यो। त्यो त कपटीपन हो।

त्यसपछिको आइतबार, म मण्डलीमा गएँ। सेवाअघि पाष्टर होङ मकहाँ आउनुभयो र भन्नुभयो, “मैले सुनेको तपाईंले सर्वशक्तिमान परमेश्‍वरको मण्डलीलाई जाँच गरिरहनुभएको छ अरे। मैले केही समयदेखि त्यस मण्डलीलाई चिनेको हुँ। तिनीहरूले बाइबलबाहिरका कुराहरू प्रचार गर्छन्। सर्वशक्तिमान् परमेश्‍वरमाथिको तपाईंको विश्‍वास प्रभु येशूप्रति धोका हो। त्यो विश्‍वास त्याग्नुहोस्, नत्र यत्तिका वर्षसम्म तपाईं विश्‍वासमा रहनुभएको व्यर्थ हुनेछ!” मैले सोचेँ, “मैले सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गरेको छु भनेर उहाँलाई कसरी थाहा भयो? पक्कै पनि पाष्टर लीले भन्नुभएको हुनुपर्छ।” तसर्थ, मैले उहाँलाई सोधेँ, “प्रभु काम गर्न आउनुहुँदा, के उहाँले पुरानो करारलाई पालन गर्नुभयो? उहाँले पश्चात्तापको मार्ग प्रचार गर्नुभयो र विश्राम दिन पालन गर्नुभएन। के यो कुरा पुरानो करारमा रेकर्ड गरिएको छ? प्रभुका वचनहरू र कार्य पुरानो करारबाहिरका थिए, त्यसैले, के तपाईं हामीले प्रभुमा विश्‍वास गरेर यहोवा परमेश्‍वरलाई धोका दिइरहेका छौं भन्ने आँट गर्नुहुन्छ त?” अप्ठ्यारो मान्दै उहाँले केही भन्नुभएन, त्यसैले मैले सोधेँ, “के तपाईंले सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढ्नुभएको छ? उहाँका वचनहरूले बाइबलका रहस्यहरूलाई उदाङ्गो पारेका छन्। उहाँले मानिसजातिले पाप गर्नु र परमेश्‍वरको विरोध गर्नुको जड कारणलाई प्रकट गर्नुहुन्छ। उहाँले मानिसलाई धुने र मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ। उहाँका वचनहरू प्रकाशको पुस्तकमा अगमवाणी गरिएका छन्, ती हुन् ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो(प्रकाश २:७)। मैले सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढेकी छु र परमेश्‍वरको आवाज सुनेकी छु अनि सर्वशक्तिमान परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने मलाई थाहा छ। उहाँमा विश्‍वास गरेर मैले परमेश्‍वरका पाइलाहरूलाई पछ्याइरहेकी छु। त्यो कसरी प्रभु येशूप्रति धोका हुन सक्छ?” पाष्टर होङले अधीर हुँदै मेरो कुरा काट्नुभयो र भन्नुभयो, “भयो। यदि तपाईं यही मार्गमा लागिरहनुहुन्छ भने, तपाईंले पछुताउनु नपरोस्, त्यति हो।” उहाँ बनावटी हाँसो हाँसेर जानुभयो। उहाँको अभिव्यक्तिले म काँपेँ र अब के गर्नुहुन्छ होला भनेर सोचेँ।

सेवा सुरु भयो अनि पाष्टर होङले सर्वशक्तिमान परमेश्‍वरको मण्डलीको निन्दा गरिएको झूटो भिडियो चालू गर्नुभयो। बनावटी र झूटो दोषहरू लगाइएको यो भिडियो हेरेर, म असाध्यै मुरमुरिएँ र सोचेँ, “सर्वशक्तिमान परमेश्‍वरको मण्डलीले मात्र प्रभु येशू आइसक्नुभएको छ भनेर गवाही दिन्छ। सर्वशक्तिमान परमेश्‍वरले एकदमै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, जुन खुल्लारूपमा अनलाइन उपलब्ध छन्। यसबारे जाँच गर्न विश्‍वासीहरूलाई डोऱ्याउनुको सट्टा, तपाईंले सर्वशक्तिमान परमेश्‍वरको मण्डलीलाई बदनाम गर्न यो झूटो भिडियो देखाइरहनुभएको छ। तपाईंले अरू केही होइन परमेश्‍वरको विरोध र निन्दा गरिरहनुभएको छ!”

त्यसपछि, पाष्टर होङले ठूलो सोरमा भन्नुभयो, “बाइबल भन्छ, ‘तिमीहरूलाई ख्रीष्‍टको अनुग्रहमा बोलाउनुहुनेबाट तिमीहरू त्यति चाँडै अलग भएर अर्को सुसमाचारमा जान्छौ भन्‍नेप्रति मलाई आश्‍चर्य लाग्छ: जुन अर्को सुसमाचार होइन; तर तिमीहरूलाई समस्या दिने, र ख्रीष्‍टको सुसमाचारलाई बिगार्ने कतिपय छन्। तर हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार हामीले, वा स्वर्गका दूतले तिमीहरूलाई प्रचार गर्छौं भने, ऊ श्रापित होस्’ (गलाती १:६-८)। हामी प्रभु येशूमा विश्‍वास गर्छौं अनि हामीले उहाँको नाम र उहाँको मार्गलाई कायम गर्नैपर्छ। हामीले कुनै पनि अनुचित कुरा सुन्‍नु हुँदैन वा अन्य सुसमाचारहरू स्वीकार गर्नु हुँदैन। विशेषगरी हामीले प्रभुको पुनरागमनको गवाही दिने सर्वशक्तिमान परमेश्‍वरको मण्डलीको कुरा सुन्‍नु हुँदैन, किनभने त्यो धर्मत्याग हुनेछ। यदि कसैले सर्वशक्तिमान परमेश्‍वरको मार्ग स्वीकारेको भेट्टाइएमा, तिनीहरूलाई तुरुन्तै निष्कासित गरिनेछ! यदि कसैले तपाईंहरूलाई सर्वशक्तिमान परमेश्‍वरबारे प्रचार गर्छ भने, मलाई भनिहाल्नुहोस् वा तपाईंहरूले प्रभुलाई धोका दिइरहनुभएको हुनेछ।” त्यसपछि पाष्टर होङले मलाई ताकेर हेर्नुभयो। उहाँलाई एकदमै विजयी भएको जस्तो उभेको देखेर म मन्दिरमा खडा भएर सामान्य मानिसहरूलाई प्रभु येशूलाई नकार्न लगाउन धोका दिइरहेका र उक्साइरहेका फरिसीहरूबारे नसोची बस्‍न सकिनँ।

मण्डलीका सबै दाजुभाइ-दिदीबहिनीहरू भयभीत देखिए। तिनीहरू सबैलाई पाष्टर होङले झुकाएको देखेर, मैले रिसाउँदै सोचेँ: “उहाँले हदै गर्नुभयो। उहाँले मानिसहरूलाई धोका दिन र साँचो मार्ग नजाँचून् भनी धम्की दिनका लागि जानाजानी बाइबलको गलत व्याख्या गरिरहनुभएको छ। यदि उहाँसित बाइबलको त्यत्ति राम्रो ज्ञान छ भने, के उहाँलाई पक्कै पनि पावलले भनेको प्रसङ्ग थाहा छ? पावलको भनाइको अर्थ, अनुग्रहको युगमा एउटा मात्र सुसमाचार थियो भन्ने हो, अर्थात् प्रभु येशूको छुटकाराको कामको सुसमाचार। अर्को सुसमाचार पालन गर्नु भनेको प्रभुलाई धोका दिनु थियो। तर पावलले प्रभुको पुनरागमन हुँदा प्रचार गरिने राज्यको सुसमाचार गलत हो, वा प्रभु येशूको पुनरागमनको गवाही दिनुको अर्थ अर्को सुसमाचार प्रचार गर्नु हो भनेर कहिल्यै भनेनन्।” पाष्टर होङले मनमानी ढङ्गमा पावलका शब्दहरूलाई सर्वशक्तिमान परमेश्‍वरका आखिरी दिनहरूको कार्यमा लागू गरिरहनुभएको थियो। उहाँले बाइबललाई प्रसङ्गबाहिर लगिरहनुभएको थियो। उहाँले मानिसहरूलाई धोका दिइरहनुभएको र साँचो मार्ग जाँच्नबाट रोकिरहनुभएको थियो, र यसरी परमेश्‍वरको राज्यमा प्रवेश गर्ने उनीहरूको मौकालाई बरबाद गरिरहनुभएको थियो! म साँच्चै उहाँका भ्रमहरूको खण्डन गर्न चाहन्थें ताकि मण्डलीका सबैले उहाँको वास्तविकतालाई देखून्। तर सोचेँ, यदि त्यसो गरें भने, म परिबन्धमा पर्नेछु। यसो गर्दा, यदि उहाँले मलाई निष्कासित गरिन्छ भनेर सार्वजनिक घोषणा गर्नुभयो भने, मैले अरूलाई सुसमाचार प्रचार गर्नु गाह्रो हुनेथियो। त्यसैले, मैले चुपचाप बस्ने निर्णय गरेँ।

सेवापछि, पाष्टर होङले मलाई अन्य सदस्यहरूलाई सर्वशक्तिमान परमेश्‍वरको सुसमाचार प्रचार नगर्न फेरि चेतावनी दिनुभयो। यसबेला मैले सोचेँ, “दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरका भेडा हुन् र परमेश्‍वर आफ्ना भेडाको खोजीमा आउनुभएको छ, तर पाष्टर होङले मलाई उनीहरूलाई प्रचार गर्न वा उनीहरूलाई परमेश्‍वरको आवाज सुन्न दिनुहुनेछैन। उहाँले सर्वशक्तिमान परमेश्‍वरको कार्य जाँच्नदेखि रोक्न उनीहरूलाई धोका र धम्की दिइरहनुभएको छ। यसो गरेर उहाँले परमेश्‍वरको राज्यको मार्ग बन्द गरिरहनुभएको छ।” प्रभुले फरिसीहरूलाई के भन्नुभयो, त्यसबारे मैले सोचेँ: “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१५)। पाष्टर होङले फरिसीहरूले जस्तै व्यवहार गरिरहनुभएको थियो। उहाँले प्रभु आइसक्नुभएको छ भनेर सुन्दा, त्यो सुन्न इन्कार गर्नुभयो अनि अरूलाई परमेश्‍वरको आवाज सुन्न र प्रभुलाई स्वागत गर्नबाट रोक्नुभयो। यो दुष्टता र परमेश्‍वरविरोधी कार्य थियो। यसले परमेश्‍वरको स्वभावलाई चिढायो र परमेश्‍वरबाट श्राप निम्तायो। पाष्टरका कुराले ममा केही प्रभाव परेन र मैले अरूलाई सुसमाचार प्रचार गरिरहेँ।

एक हप्तापछि, पाष्टर लीले मलाई मेरी छोरीसहित मण्डलीमा आउनू भन्नुभयो। त्यहाँ, पाष्टर लीसित अन्य चार जना डिकनहरू र परिषदका सदस्यहरू थिए। पाष्टर लीले मुस्कुराउँदै सोध्नुभयो, “के तपाईंले पुनर्विचार गर्नुभयो?” मैले इमानदारीसाथ भनें, “इसाईहरू भएर, हामीले केवल निरन्तर पाप गरिरहेका छौं अनि त्यसलाई स्वीकारिरहेका छौं अनि हामी पापबाट मुक्त हुन सक्दैनौं। अहिले सर्वशक्तिमान परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसलाई न्याय गर्ने र धुने कार्यहरू गर्नुहुन्छ। उहाँको कार्य स्वीकार गरेर अनि न्याय र सजाय भोगेर मात्र हामी पूर्णतया पापबाट धोइन सक्छौं र परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन सक्छौं। मैले प्रभुमा विश्‍वास गरेको वर्षौं भयो र अहिले उहाँको पुनरागमनको स्वागत गरेकी छु। जे जस्तो होस्, म सर्वशक्तिमान परमेश्‍वरलाई कहिल्यै धोका दिनेछैन।” एक जना डिकन अचानक उफ्रिनुभयो र मतिर औंला तेर्स्याएर रिसाउँदै भन्नुभयो, “तपाईंले सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गर्ने ढिपी कसेकोले भोलिदेखि तपाईं बाल सङ्गतिको शिक्षक रहनुहुनेछैन न त मण्डली वित्तीय मामिलाको इन्चार्ज नै हुनुहुनेछ!” नरम बोलेको बहाना गर्दै पाष्टर लीले भन्नुभयो, “प्रभुमाथिको हाम्रो विश्‍वासको अर्थ हाम्रा पापहरू क्षमा भएका छन् भन्‍ने हुन्छ। हामीलाई न्याय गर्न वा धुन प्रभुको पुनरागमनको आवश्यकता छैन। तपाईं भ्रमित हुनुभएको छ।” मैले भनें, “प्रभु क्रूसमा टाँगिनुहुँदा उहाँले हाम्रा पापहरू क्षमा गर्नुभयो, त्यो साँचो हो। तर हामीले के बुझ्नैपर्छ भने, हाम्रा पापहरू क्षमा गरिनुको अर्थ हामीले प्रभु येशूद्वारा छुटकारा पाएका छौं र उप्रान्त व्यवस्था अन्तर्गत निन्दित छैनौं। यसको अर्थ हामी शुद्ध भयौं र हामीले पूर्णतया मुक्ति पायौं भन्ने होइन। प्रभु येशूले हामीलाई हाम्रो पापी प्रकृतिबाट मुक्त गर्नुभएन। त्यसकारण, हामी यसबाट नियन्त्रित छौं अनि अहङ्कार, छल र दुष्टता जस्ता शैतानी भ्रष्ट स्वभावहरू प्रकट नगरी सक्दै सक्दैनौं। हिब्रू १२:१४ भन्छ: ‘सबै मानिसहरूसँग शान्ति र पवित्रता कायम राख, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन।’ प्रभु पवित्र हुनुहुन्छ, हामी प्रभुलाई हेर्ने योग्य नहुनेगरि अपवित्र भएका छौं, तब कसरी स्वर्गको राज्यको निम्ति योग्यका हुन सक्छौं? त्यसैकारण, प्रभु येशूले सत्यता व्यक्त गर्न अनि मानिसलाई न्याय गर्ने र धुने कार्य गर्न आखिरी दिनहरूमा फर्केर आउने प्रतिज्ञा गर्नुभयो। यसले प्रभुका यी अगमवाणीहरूलाई पूरा गर्छ: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)।”

पाष्टर लीले तिरस्कारपूर्ण ढङ्गमा भन्नुभयो, “हामी प्रभु येशू आफ्नो हातमा किला ठोकेको दागसहित हामीलाई उहाँको राज्यमा लैजान बादलमा आउनुहुने क्षणको प्रतिक्षा गर्छौं। सर्वशक्तिमान परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र पनि, हामी अझै उहाँलाई स्वीकार गर्नेछैनौं!” उहाँले सर्वशक्तिमान परमेश्‍वरको अरू निन्दा गर्नुहुँदा अरू पनि त्यसमा सामेल भए। तिनीहरूलाई त्यस्तो हठी भएको देखेर मैले कठोरतासाथ भनें, “तपाईंहरू सबै मण्डली अगुवाहरू हुनुहुन्छ, तपाईंहरूले प्रभुको पुनरागमनको गवाही मानिसहरूले दिएको सुन्नुभएको छ अनि तपाईंहरूले नम्रतापूर्वक खोजी त गर्नुहुन्न नै, तर अरूलाई साँचो मार्ग जाँच्नदेखि रोक्न सकेजति सबै गर्नुहुन्छ। तपाईंहरू सर्वशक्तिमान परमेश्‍वरको कामलाई नकार्न र निन्दा गर्न झूटहरू फैलाउनुहुन्छ। यी कुन प्रकारका कार्य हुन्? परमेश्‍वरको विरोध गर्ने र निन्दा गर्नेहरूलाई अन्त्यमा के हुन्छ? फरिसीहरू आफ्ना धारणाहरू र कल्पनाहरूलाई पक्रेर बसिरहे, र यसरी तिनीहरूले हठी भई प्रभु येशूको कार्यलाई विरोध गरे र दोष दिए अनि उहाँको निन्दा गरे। अन्त्यमा तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, त्यसरी परमेश्‍वरलाई चिढ्याए अनि उहाँको श्राप र सजाय भोगे। फरिसीहरू असफल भएको पाठले अवश्यै हामीलाई झस्काउनुपर्छ, होइन र? सर्वशक्तिमान परमेश्‍वरका वचनहरू सुन्नुहोस् र त्यसपछि निर्णय गर्नुहोस्!” त्यसपछि मैले आफ्नो फोन लिएँ र सर्वशक्तिमान परमेश्‍वरका वचनहरूको खण्ड पढेँ। “ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईश्‍वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्‍वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। मैले पढी सिध्याउनुअघि नै परिषदका एक सदस्य उफ्रिएर कराउनुभयो, “बन्द गर्नुहोस्! सर्वशक्तिमान परमेश्‍वरको मार्ग जत्तिसुकै साँचो भए तापनि हामी त्यसलाई स्वीकार्नेछैनौं!” मलाई रीस उठ्यो र भनें, “तपाईं अति अहङ्कारी हुनुहुन्छ! यी शब्दहरू पवित्र आत्माका वचनहरू, परमेश्‍वर स्वयम्‌का भनाइहरू हुन्। के तपाईंले साँच्चै चिन्‍न सक्‍नुभएन? के तपाईं परमेश्‍वरको आवाजलाई बुझ्न सक्नुहुन्न? तपाईं परमेश्‍वरको भेडा समेत हुनुहुन्छ के?” पाष्टर लीले दुष्ट मुस्कानसहित भन्नुभयो, “प्रभु येशूबाहेक सत्यता व्यक्त गर्ने अरू कसैलाई पनि हामी विश्‍वास गर्नेछैनौं!” सत्यता खोजी गर्ने तिनीहरूको चाहना छैन भन्‍ने मैले बुझेँ। तिनीहरू आफ्नै धारणाहरू मात्र पक्रेर बसिरहेका थिए अनि परमेश्‍वरको कामको बारेमा मनपरी आलोचना र निन्दा गरिरहेका थिए। तिनीहरूले पुरै अनुचित व्यवहार गरिरहेका थिए! मलाई तिनीहरूसित थप कुरा गर्न मन लागेन र छोरीलाई लिएर त्यहाँबाट हिँड्ने तरखर गरेँ। ठीक त्यसपछि, पाष्टर लीले यसो भन्दै हामीलाई धम्काउनुभयो, “म तपाईंलाई आफ्नो पदको बारेमा विचार गर्न एक महिना समय दिनेछु। यदि तपाईंले सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गरिरहनुहुन्छ भने, तपाईंलाई निष्कासित गरिनेछ!” मैले रिसाएर जवाफ दिएँ, “एक महिना पर्खनुपर्दैन। मलाई अहिले निष्कासित गर्नुहोस्! मलाई यस मण्डलीबाट निष्कासित हुनुमा कुनै डर छैन। मलाई परमेश्‍वरको आवाज नसुन्नुमा, प्रभुको आगमन नदेख्नुमा, प्रभुलाई स्वागत नगर्नुमा, अनि स्वर्गको राज्यका आशिषहरू गुमाउनुमा धेरै डर छ। अन्त्यमा हामीले परमेश्‍वरको आवाज सुनेका छौं अनि थुमाको विवाह भोजमा उपस्थित हुन परमेश्‍वरको सिंहासनअघि उठाइएका छौं। तपाईंले हामीलाई निष्कासित गर्नुहुन्न भने पनि, हामी यहाँ कहिल्यै फर्केर आउनेछैनौं!” पाष्टर लीले फेरि दुष्ट मुस्कानसहित भन्नुभयो, “अहिले हामी तपाईंलाई निष्कासित गर्न सक्दैनौं। यदि गऱ्यौं भने, तपाईं केवल अनलाइन भेलाहरूमा सामेल भएकोले गर्दा निष्कासित गरिएको हो भनेर अरूले भन्छन्। हामीले तपाईंलाई करुणा देखाएनौं भनेर तिनीहरूले भन्छन्। एक महिनामा हामी सबैलाई तपाईंले प्रभुलाई धोका दिनुभयो र मण्डली त्याग्न चाहनुहुन्छ भनेर बताउनेछौं। हामीले तपाईंलाई सक्नेजति सबै सुझाव दियौं तर तपाईंले सर्वशक्तिमान परमेश्‍वरमा विश्‍वास गर्ने ढिपी कस्नुभयो र हामीले तपाईंलाई अन्तिम उपायको रूपमा निष्कासित गर्नुपऱ्यो भनेर भन्नेछौं।”

उहाँको दुईरूपी व्यवहार मलाई असाध्यै घिनलाग्दो लाग्यो। प्रभु येशूले फरिसीहरूलाई हप्काउनुहुँदा, यसो भन्नुभयो: “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरू त सेता कब्र-स्थानहरू जस्तै छौ, जो बाहिरी रूपमा वास्तवमै सुन्दर देखिन्छन्, तर भित्र भने मरेका मानिसहरूका हाडहरू, र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। त्यसरी नै तिमीहरू पनि बाहिरी रूपमा मानिसहरूका अघि धर्मी देखिन्छौ, तर भित्री रूपमा तिमीहरू ढोङ्गीपन र अधर्मले भरिएका छौ(मत्ती २३:२७-२८)। विश्‍वासीहरूप्रतिको पाष्टर ली र अरूको चासो सबै बनावटी र झूटो भनेर प्रकट भयो। तिनीहरू केवल दाजुभाइ-दिदीबहिनीहरूको दृष्टिमा आफ्नो छवि र ओहोदा कायम राख्न चाहन्थे। दाजुभाइ-दिदीबहिनीहरूले वर्षौंदेखि प्रभुमा विश्‍वास गरेका थिए र उहाँको पुनरागमनको स्वागत गर्न तृषित थिए। तर तिनीहरू एक पाष्टरको कपटीपनको धोकामा परिरहेका थिए। तिनीहरूले यी झूटहरूलाई विश्‍वास गरे र प्रभुको आगमनको स्वागत गर्ने मौका गुमाइरहेका थिए। हामीलाई झूटा ख्रीष्टहरू र ख्रीष्टविरोधीहरूदेखि होशियार रहनू भन्ने यी पाष्टरहरू र अगुवाहरू आफै अन्त्यमा छली ख्रीष्टविरोधीहरूको रूपमा खुलासा हुन्छन् भनेर कसले सोचेको थियो र? तिनीहरू मानिसहरूलाई भ्रमित पारेर जो चोर उसैको ठूलो सोर गर्ने भएका थिए। तिनीहरू असाध्यै घृणित थिए!

मण्डली छोडेर आएपछि मेरी छोरीले रिसाउँदै भनिन्, “तिनीहरूले वर्षौंदेखि प्रभुको सेवा गरेका हुनाले र बाइबल बुझेका हुनाले प्रभु आउनुहुँदा खुसीसाथ उहाँको स्वागत गर्छन् भनेर मैले सोच्ने गर्थें। तिनीहरू त्यत्तिका अहङ्कारी हुन सक्छन् भनेर कहिल्यै सोचेकी थिइनँ। तिनीहरूले आफै त यसको खोजी गर्नेछैनन् नै र अरूलाई रोक्न र धोका दिन समेत प्रयास गर्छन्। तिनीहरूले खुल्लमखुल्ला परमेश्‍वरको विरोध गरिरहेका छन्!” त्यसपछि मैले एउटा भेलामा पढेका परमेश्‍वरका वचनहरू सम्झेँ: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। यी पाष्टरहरू र अगुवाहरूले सधैँ मञ्चमा उभिएर बाइबलको व्याख्या गर्थे, तर आफूले प्रचार गरेको कुरालाई अभ्यास गरेनन्। तिनीहरू बाहिर भक्त र प्रेमिलो देखिन्थे तर यो सबै बनावटी र कपटीपन थिए। तिनीहरूले आफ्नो ओहोदा र जीविका जोगाउन बाइबलको व्याख्या गर्थे र धर्म सिद्धान्तहरूमाथि भरोसा गर्थे। प्रभु फर्किसक्नुभएको छ भनेर कसैले गवाही दिएको सुन्दा तिनीहरूले त्यसको खोजी त गरेनन् नै, तर आफ्ना धार्मिक धारणाहरूलाई पक्रिरहे, बाइबलको गलत व्याख्या गरे र प्रभुको पुनरागमनको निन्दा गरे। विश्‍वासीहरूलाई कडाइकासाथ आफ्नो नियन्त्रणमा राख्नका लागि, तिनीहरूलाई धोका दिन र धम्काउन अपसिद्धान्तहरू र बनावटी झूटहरू समेत फैलाए। तिनीहरूले मानिसहरूलाई सर्वशक्तिमान परमेश्‍वरका आखिरी दिनहरूको कार्य जाँच्नदेखि रोक्न सक्नेजति सबै गरे। तिनीहरूले मेरो मण्डली सेवालाई बन्द गर्ने र हामीलाई मण्डलीबाट निष्कासित गर्ने जस्ता घृणित कुराहरू गरे। तिनीहरूले हामीलाई साँचो मार्ग त्याग्न लगाउन धम्काउने र भयभीत पार्ने प्रयास गरे। तिनीहरूले विश्‍वासीहरूको जीवन नै हृदयमा राखेका छन् भनेर खुब चिच्याउँदै भन्थे, तर हामीलाई परमेश्‍वरको आवाज सुन्न दिनुभन्दा बरु हामी सबै पवित्र आत्माको कार्यविनाको उजाड भूमिमा भोकाएको तिनीहरू चाहन्थे। विश्‍वासीहरू सधैँभरि आफ्नो नियन्त्रणमा भएको तिनीहरू चाहन्छन् ताकि उनीहरूले तिनीहरूलाई अनुदान दिऊन् र तिनीहरूको सेवा गरून्। तिनीहरू परमेश्‍वरका आखिरी दिनहरूको कार्यद्वारा खुलासा गरिएका दुष्ट दासहरू हुन, तिनीहरू सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्ने ख्रीष्टविरोधीहरू हुन्, तिनीहरू मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न रोक्ने आत्मा-भक्षक प्रेतहरू हुन्। मैले पाष्टरहरू र अगुवाहरूको कपटपूर्ण, परमेश्‍वरविरोधी वास्तविक रूप देखेँ। म धार्मिक ख्रीष्टविरोधीहरूको पन्जाबाट मुक्त भएँ र थुमाको पाइलाहरूलाई पछ्याउन सकेँ। मलाई मुक्ति दिनुभएकोमा सर्वशक्तिमान परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

शैतानको जाँचमाथि विजय

मेरो नाम डेभिड हो, र मेरो जन्‍म इसाई परिवारमा भएको हो। मैले सानैदेखि मेरो आमाबुबासँग प्रभुलाई विश्‍वास गर्दै आएको थिएँ। ठूलो भएपछि, मैले...

एक डाक्टरको निर्णय

म सानो छँदा, मेरो परिवार निकै गरिब थियो। मेरी आमा पक्षाघातले ओछ्यान पर्नुभएको थियो, र वर्षभरि औषधि खानुपर्थ्यो, अनि मेरा बुबाले गाउँबाहिर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्