मैले कसरी मेरो परिवारको सतावटलाई सामना गरेँ

25 फेब्रुअरी 2023

म सानो छँदा, मेरी आमाले मलाई प्रायजसो यसो भन्‍नुहुन्थ्यो: “छोरी मान्छेको लागि, राम्रो श्रीमान खोजेर सुखी परिवार बनाउनु जत्तिको राम्रो कुरा अरू हुँदैन। यी कुराहरू पाएर मात्रै छोरी मान्छे खुशीसाथ बाँच्‍न सक्छिन्।” यस्तो सोचाइ मेरो मगजमा गहिरो जरा गाडी बसेको थियो, र म ठूलो भएपछि मलाई हेरचाह गर्ने असल श्रीमानको खोजी गर्ने मलाई ठूलो इच्‍छा थियो। तर मैले चाहेको जस्तो भएन। पहिलो विवाह निकै दुःखद किसिमको भयो, जसले गर्दा मैले प्रभु येशूलाई विश्‍वास गर्न पुगेँ। प्रभुको अनुग्रहद्वारा, मैले हृदयमा केही सान्त्वना प्राप्त गरेँ, तर मेरो विश्‍वासको कारण मेरो श्रीमानले मलाई बारम्‍बार कुटपिट गरिरहन्थे, र मैले आफ्‍नो विश्‍वासलाई कायम राख्‍नको लागि तिनलाई डिभोर्स गर्ने बाहेक मसँग अरू कुनै उपाय थिएन। पछि, याङ नामक मण्डली सहकर्मीले चिनाइदिएपछि, मैले ब्रदर वाङसँग सम्‍बन्ध कायम गरेँ। उनका सम्पूर्ण परिवारले प्रभुमा विश्‍वास गर्छन् भन्‍ने अनि तिनीहरूले मसँग राम्रो व्यवहार गरेको देख्दा, मलाई निकै खुशी लाग्थ्यो। ब्रदर वाङ र मैले प्रभुको लागि धेरै परिश्रम गर्ने अनि सँगै उहाँको प्रतीक्षा गर्ने सङ्कल्‍प गर्‍यौँ।

एक वर्षपछि, एक जना सिस्टरले मलाई एउटा प्रवचन सुन्‍न निमन्त्रणा गरिन्। हामीले केही दिनसम्‍म सङ्गति गर्‍यौँ र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचन पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको रहेछ, परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाका रहस्यहरू प्रकट गर्नुभएको रहेछ, र अहिले आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको रहेछ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा म निश्‍चित भएँ। म निकै उत्साहित थिएँ, र घर फर्केर आएपछि, मैले मेरो श्रीमानलाई हतार-हतार यो खुशीको खबर सुनाएँ, र तिनले पनि खुशीसाथ स्वीकार गरे। यसपछि, हामीले हाम्रो मण्डलीका ब्रदर-सिस्टरहरूलाई सुसमाचार सुनायौँ, र तिनीहरूमध्ये धेरै जना सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढेपछि, यो परमेश्‍वरको आवाज हो भन्‍ने कुरामा निश्‍चित भए, अनि परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरे।

तर अचम्‍मको कुरो, याङले यो कुरा थाहा पाएपछि, त्यो रात अरू सहकर्मीहरूसँग नजिकका धेरै मण्डलीहरूमा गएछिन्, र परमेश्‍वरको आखिरी दिनहरूको कामलाई भर्खरै स्वीकार गरेका धेरैलाई तिनीहरूको विश्‍वासबाट तर्साएछिन्। भोलि बिहान सबेरै, खलबली मच्‍चाउन उनी मेरो घरमा आइन्, र मलाई रूखो शैलीमा सोधिन्: “तपाईंले पूर्वीय ज्योतिलाई स्वीकार मात्रै गर्नुभएन, तर अरू ब्रदर-सिस्टरहरूलाई पनि यसमा विश्‍वास गर्न लगाउनुभयो। के तपाईंले प्रभुलाई धोका दिइरहनुभएको छैन र?” मैले जवाफ दिएँ: “सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्नु भनेको प्रभुलाई स्वागत गर्नु हो। प्रभु फर्केर आइसक्‍नुभएको छ भन्‍ने जानेर पनि उहाँलाई स्वीकार नगर्नु—त्यो चाहिँ प्रभुलाई धोका दिनु हो।” तर तिनीहरूले मेरो कुरा पटक्‍कै सुनेनन्, तर यसो भन्दै मलाई निन्दा गरे: “तपाईंले हाम्रो मण्डलीका भेडालाई चोर्नुभएको छ। तपाईंले तुरुन्तै प्रभुको सामने आफ्‍नो पाप स्वीकार गर्नुपर्छ, नत्र भने प्रभुले तपाईंलाई सराप र दण्ड दिनुहुनेछ।” मैले आफ्‍नो सङ्कल्‍पको बलमा, जोडदार भनेँ: “प्रभु येशूले भन्नुभयो, ‘म असल गोठालो हुँ, र म मेरा भेडालाई चिन्छु, र मलाई मेराहरूले चिन्छन्(यूहन्‍ना १०:१४)। भेडाहरू परमेश्‍वरका हुन्, कुनै पनि मानिसको होइन। सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरको सोर सुनेका छन्, र तिनीहरूले प्रभुलाई स्वागत गरिरहेका, र परमेश्‍वरका पाइलाहरूलाई पछ्याइरहेका छन्।” तिनीहरूले मसँग तर्क गरेर सक्दैनन् भन्‍ने देखेपछि, तिनीहरूले क्रोधित हुँदै भने: “हामीले यी मण्डलीहरू स्थापना गरेका हौँ, हामीले नै यी मानिसहरूलाई प्रभुमा विश्‍वास गर्न लगाएका हौँ। यिनीहरू हाम्रा भेडा हुन्, र तपाईंसँग सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नबाट म जोकोहीलाई निषेध गर्छु!” तिनीहरूले मेरो श्रीमान र सासू आमालाई पनि धम्की दिए: “तपाईंहरूलाई समस्या पार्दा हाम्रो मण्डलीले सधैँ सहयोग गर्दै आएको छ, तर यदि झेङ लानले पूर्वीय ज्योतिमा विश्‍वास गरिरहन्छिन् भने, हामी सम्‍बन्ध तोड्नेछौँ र तपाईंहरूलाई फेरि कहिल्यै सहयोग गर्नेछैनौँ।” यो सुन्दा मेरी सासू आमा तर्सिइन्, र यसो भन्दै सहमतिमा टाउको हल्‍लाइन्: “चिन्ता नगर्नुहोस्! मैले पूर्वीय ज्योतिमा विश्‍वास गरेकी छैनँ, र म झेङ लानलाई पनि विश्‍वास गर्न दिँदिन।” त्यसपछि उनले मलाई भनिन्: “मलाई प्रभुमा विश्‍वास गराउने याङ नै हुन्, र उनले हामीलाई धेरै पटक सहयोग गरेकी छिन्। हामीले उनले भनेको मान्‍नुपर्छ। हामीले उनलाई निराश तुल्याउनु हुँदैन। जेसुकै भए पनि, तिमीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन। यो परिवारमा, मैले भनेको हुनुपर्छ, त्यसकारण तिमीहरू सबैले मैले जेमा विश्‍वास गर्छु त्यसैमा विश्‍वास गर्नुपर्छ!” तिनीहरूको कुरा सुनेर, तिनले लुरुक्‍क परेर भने: “म अबदेखि तिमिसँग सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न सक्दिनँ। याङले हामीलाई धेरै सहयोग गरेकी छिन्, र तिनले भेट्टाइदिएकी हुनाले नै हामीले विवाह गरेका हौँ। सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेँ भने मैले तिनलाई निराश तुल्याइरहेको हुनेछु, र मेरी आमा यसको विरुद्धमा हुनुभएकोले, म यसको बारेमा हरेक दिन कलह मच्‍चाउन चाहन्‍नँ।” यो कुरा सुन्दा म मलाई अत्यन्तै रिस उठ्यो र मैले भनेँ: “तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरको धेरै वचन पढ्नुभएको छ, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने तपाईंलाई थाहा छ, तर पनि तपाईं याङसँगको सम्‍बन्ध बचाउनको लागि मात्रै उहाँलाई पछ्याउन अनिच्‍छुक हुनुहुन्छ। तपाईंले मानिसहरूमा विश्‍वास गर्नुहुन्छ कि परमेश्‍वरमा?” मेरो श्रीमान हिचकिचाए, र भने: “यो साँचो मार्ग हो भन्‍ने कुरा म स्वीकार गर्छु, तर हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्‍यौँ भने, तिनीहरूले हामीलाई सहयोग गर्न छोड्नेछन् भनेर याङले भनेकी छिन्। म यसमा विश्‍वास गर्न सक्दिनँ।”

यसपछि, मेरी सासूले मलाई धेरै बाधा दिन थालिन्। एक पटक, उनले मलाई भनिन्: “यदि हामीले सँगै प्रभुमा विश्‍वास गर्‍यौँ भने हाम्रो परिवार खुशी हुनेछ। यदि तिमीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न जिद्दी गर्छ्यौ, र म र मेरो छोराले प्रभु येशूमा विश्‍वास गर्छौँ भने, फरक विचार र फरक बाटोमा हिँड्ने क्रममा के तिमीहरू दुई जना सँगै बस्‍न सक्छौ? के छोरी मान्छेले निश्‍चित उमेरमा पुगेपछि परिवार स्थापना गर्नु पर्दैन र? तिमी बुढी भएपछि कसले तिम्रो हेरचाह गर्नेछ? तिमीलाई टाउको दुख्यो वा ज्वरो आयो भने, तिमीलाई कसले हेरचाह गर्नेछ? मेरो छोराले तिमीलाई धेरै माया गर्छ, तर तिमीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न जिद्दी गर्‍यौ भने, तिमीहरूले डिभोर्स गर्नुपर्नेछ, र त्यसो भयो भने, तिमी घरबाट निस्केर जानुपर्छ। मैले तिम्रै भलाइको लागि यो सब भनिरहेकी छु। यसको बारेमा विचार गर!” त्यो बेला, मलाई अलिक दोधार भयो। के मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरिरहेँ भने हाम्रो परिवार तोडिन्छ? छोरी मान्छेको जीवनको सबैभन्दा ठूलो खुशी भनेको राम्रो श्रीमान खोजेर सुखी परिवार बनाउनु हो। मलाई यो परिवार गुमाउन मन छैन, त्यसकारण के मैले मेरी सासूको कुरा सुनेर सर्वशक्तिमान्‌ परमेश्‍वरमाथि विश्‍वास गर्न छोड्नुपर्छ? यसरी सोच्दा मलाई निकै ग्‍लानि भयो। के मैले प्रभुमाथि विश्‍वास गरेको वर्षौँको अवधिमा प्रभुको पुनरागमनको प्रतीक्षा गरिरहेकी थिइनँ र? प्रभु येशू फर्केर आइसक्‍नुभएको थियो, त्यसकारण मैले उहाँलाई पछ्याइनँ भने, के म अझै विश्‍वासीको रूपमा गनिनेथिएँ र? मैले परमेश्‍वरलाई पछ्याउन छोड्नु हुँदैनथियो। त्यो बेला, मलाई मेरो श्रीमानप्रति थोरै भए पनि आशा थियो। मैले उनलाई हरेक दिन परमेश्‍वरको वचन पढेर सुनाइरहेँ भने, उनको बुझाइ परिवर्तन हुनेछ र उनले मसँगै विश्‍वास गरिरहनेछन् भन्‍ने मलाई लागेको थियो। यसपछि, समय हुँदा म मेरो श्रीमानलाई परमेश्‍वरको वचन पढेर सुनाउँथेँ। म सधैँ परिवारको लागि मीठो खाना बनाउँथेँ, र पूरै घर सफा र सुग्घर राख्थेँ। मेरी सासूले मलाई जे भने पनि, म उनलाई पहिलेकै जस्तो आदर गर्थेँ, किनभने यसले मेरो श्रीमानको मन पग्‍लनेछ, र हामीले सँगै सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गरिरहन पाउँछौँ भन्‍ने मलाई आशा थियो। तर मैले जति प्रयास गरे पनि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको कुरा उठाउँदा मेरो श्रीमानले झर्को मान्थे, र मैले तिनलाई परमेश्‍वरको वचन पढेर सुनाउँदा निदाउँथे। मेरो श्रीमानलाई यस्तो अवस्थामा देख्दा मेरो हृदयमा चिसो पस्यो। यस बेला, मैले के महसुस गरेँ भने परमेश्‍वरको भेडाले उहाँको आवाज सुन्छ, र मेरो श्रीमानको विश्‍वास साँचो विश्‍वास थिएन, तिनी सत्यताको खोजी गर्ने व्यक्ति होइनन्, र म तिनीसँग घिस्सिरहनको लागि मेरा भावनाहरूमा भर पर्नु हुँदैन, किनभने यसो गर्नु परमेश्‍वरको इच्‍छा अनुरूप हुँदैन। यदि कुनै व्यक्ति परमेश्‍वरको भेडा होइन र उसले सत्यतालाई प्रेम गर्दैन भने, जति प्रयास गरे पनि, त्यो प्रयास व्यर्थ हुन्छ। सम्पूर्ण परिवारले विश्‍वास गर्न सक्थ्यो, तर तिनीहरू उठाइलगिनेछन् भन्‍ने कुनै ग्यारेन्टी थिएन। यसले प्रभु येशूको यो अगमवाणीलाई पनि पूरा गर्छ: “राती एउटै ओछ्यानमा दुई जना हुनेछन्; एक जनालाई लगिनेछ, र अर्कोलाई छोडिनेछ(लूका १७:३४)। “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ(मत्ती २४:४०)

केही समयपछि, मेरो श्रीमान र सासूको सतावट झन्-झन् तीव्र हुँदै गयो। एक दिन, सिस्टर ली मलाई परमेश्‍वरको वचनका केही पुस्तकहरू दिन आएकी थिइन्, र मेरी सासूले आँगनमा बसेर उनलाई अनेक गाली गर्न थालिन्, जसले गर्दा धेरै मानिसहरू झुमिए। मैले सिस्टर लीलाई पठाउन लागेकी थिएँ त्यस बेला मेरी सासूले यसो भन्दै मेरो श्रीमानलाई हप्काइन्: “झेङ लानलाई हान्!” त्यसपछि मेरो श्रीमानले एउटा कुखुरा उठाएर पागलले जस्तै मलाई झट्टारो हाने। म तर्किएँ र त्यो कुखुरा मेरो पछाडिको फलामको ढोकामा ठोक्‍कियो, भुइँमा पछारियो अनि मर्‍यो। मेरो श्रीमानले मलाई नकुटेको देखेर, सासू ठूलो सोरमा चिच्याइन्: “त्यसलाई कुट्! त्यसलाई कुट्!” मेरो श्रीमानको आँखा राता-राता भएका थिए, र तिनी चिच्याउँदै मतिर आए: “तँलाई कुटाइ नपुगेको रहेछ! आज तँलाई ठीक पार्छु! तैँले सर्वशक्तिमान्‌ परमेश्‍वर नै विश्‍वास गरिरहिस् भने, तँ यहाँबाट गइहाल्!” सधैँ मसँग नरम व्यवहार गर्ने मेरो श्रीमान अचानक त्यति आक्रमक र दुष्ट देख्दा मलाई निकै डर लाग्यो। तिनले मलाई कसरी शत्रु जस्तो यति घृणा गर्न सके? आफूभित्रको घृणा पोखाउन मलाई मार्न इच्छुक भएको देख्दा मलाई निकै खिन्‍न लाग्यो। तिनले मलाई हान्‍न मुक्‍का उठाएको देख्दा, मैले तुरुन्तै परमेश्‍वरलाई सुरक्षाको लागि हृदयमा पुकारेँ। मैले मेरो श्रीमानलाई शान्त हुँदै भनेँ: “प्रभु येशूले हामीलाई आफ्‍नो शत्रुलाई समेत प्रेम गर भनेर सिकाउनुभएको छ। म तपाईंको शत्रु होइन, र मैले तपाईंलाई कुनै पनि किसिमले अन्याय गरेकी छैनँ, र पनि किन तपाईंले मलाई कुटिरहनुभएको छ? के यसो गरेर, तपाईं अझै पनि प्रभुको विश्‍वासी हुनुहुन्छ र?” मैले त्यसो भनेपछि तिनले मलाई हिर्काउन छोडे। तैपनि, मेरी सासूले कठोरताको साथ भनिन्: “झेङ लानले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरिरहिन् भने म रिसले मर्छु। यो परिवारमा कि त्यो छैन, कि म छैनँ। तँलाई तेरो बुढी चाहिन्छ कि म?” पछि, मेरो श्रीमानले मेरो अघि घुँडा टेकेर आँसु झार्दै भने: “बिन्ती छ, सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न छोडिदेऊ। मैले त्यसरी रिस पोखाउनु हुँदैनथियो र म तिमीलाई फेरि कहिल्यै पनि कुट्नेछैनँ। यस पटक मेरो कुरा मानिदेऊ, र ती किताबहरू फर्काइदेऊ। यदि तिमीले साँच्‍चै मेरी आमालाई रिस उठाएर मार्‍यौ भने, हामी आमाबुबालाई प्रेम नगर्ने ठहरिन्छौँ, र हामी हाम्रो बाँकी जीवनभरि अपमानमा जिउनु पर्नेछ। तिमीले मेरी आमालाई रिस उठाएनौ भने, एक दिन म तिमीलाई सहरमा बस्‍न लैजान्छु, र हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा सँगै विश्‍वास गर्न सक्छौँ।” मेरो श्रीमान त्यति व्याकुल भएको देख्दा, के गर्ने मलाई थाहा थिएन। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसलाई मुक्ति दिन धेरै सत्यता व्यक्त गर्नुभएको छ, र मैले उहाँमा नै विश्‍वास गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। तर मलाई यो परिवार गुमाउने मन थिएन। मैले आँसु रोक्‍नै सकिनँ। यदि तिनले मन परिवर्तन गरेर मसँगै सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गर्न सके भने, कति राम्रो हुनेथियो। तर मैले तिनको कुरा मानिनँ, र तिनी कठोर भए अनि केही नराम्रो घटना घट्यो भने के गर्ने? यति मात्र होइन, मैले मेरी सासूलाई साँच्‍चै क्रोधित तुल्याएँ भने मलाई आमाबुबालाई प्रेम नगर्ने भनेर मात्रै भनिनेथिएन, तर मेरो श्रीमानले मलाई निकालिदिनेथियो। यी परिणामहरूको बारेमा विचार गर्दा म लखतरान र कमजोर भएँ। मलाई त म बन्धनमा परेकी छु, र मैले यो परिस्थितिलाई जित्‍न सक्दिनँ जस्तो लाग्यो। त्यसपछि मैले एउटा निर्णय गरेँ, जसको पछुतो आजको दिनसम्‍म पनि लाग्छ।

केही दिनपछि, एक जना सिस्टर मसँग भेला हुन आइन् र विवश हुँदै मैले उनलाई भनेँ: “मेरी सासूलाई शान्त पार्न तपाईंले परमेश्‍वरको वचनका यी पुस्तकहरू फर्काएर लैजानुपर्छ। हामी छुटिएर गएपछि मेरो श्रीमान र मैले हाम्रो विश्‍वासलाई अभ्यास गर्न जारी राख्‍नेछौँ।” सिस्टरले मलाई यसको बारेमा फेरि विचार गर्नुहोस् भनी अनुरोध गरिन्, तर परिवार जोगाउन, धेरै दोधारपछि, मैले उनलाई परमेश्‍वरको वचनका पुस्तकहरू फर्काउन लगाएँ। पुस्तकहरू लगिएपछि, मैले असहज र निराश भएर दिनहरू बिताउन थालेँ, मानौँ मेरो हृदय रित्तो भएको छ। मलाई खान वा सुत्‍न मन हुँदैनथियो र मेरो हृदयमा साँच्‍चै पीडा भइरहन्थ्यो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढ्न छोडेको वा भेलाहरूमा जान छोडेको देखेर मेरी सासू निकै खुशी भइन्, र उनी आँगनमा बसेर गीत गाउँदै बस्थिन्, र मलाई देख्दा उनी अझै उच्‍च सोरमा गाउँथिन्। मलाई त शैतानले मेरो उपहास गर्दैछ जस्तो लाग्थ्यो। मलाई निकै पछुतो लाग्यो, र मैले परमेश्‍वरको वचन फर्काएकोमा आफैप्रति घृणा लाग्यो। म हरेक दिन निराश भएको देख्दा, मेरो श्रीमानले मलाई सपिङ गर्न र आफन्तहरूलाई भेट्न लैजान्थे। मेरो श्रीमानले विश्‍वासीको जस्तो अलिकति पनि व्यवहार नगरी अविश्‍वासीहरूसँग धुम्रपान, जाँडरक्सी सेवन, जुवातास खेल्‍ने, अनि मात्‍ने गरेको देख्दा, मलाई निकै खिन्‍न लाग्थ्यो। बल्‍ल मेरो होस खुल्यो। मेरो श्रीमानलाई सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने स्पष्‍ट थाहा थियो तर तिनले अझै पनि याङ र मेरी सासूको कुरा सुन्‍ने निर्णय गरे। तिनले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास नगरेका मात्र होइनन्, तर तिनले मलाई सताएका र विश्‍वास गर्नबाट रोकेका पनि थिए। तिनले प्रभु येशूका वचनहरू पालन गर्न पनि छोडेका थिए, तिनले प्रभुलाई प्रार्थना गर्ने वा बाइबल पढ्ने गर्दैनथिए, तर तिनले धुम्रपान गर्न र जाँड-रक्सी पिउन थालेका थिए। तिनको बोली-वचन र व्यवहार पूर्ण रूपमा गैर-इसाईको जस्तो थियो। तिनी गैर-विश्‍वासी थिए, त्यसकारण तिनले कसरी मसँग सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गर्न सक्थे र? मैले अचानक के महसुस गरेँ भने मेरो श्रीमानले मलाई एक दिन मसँगै सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छु भनी भनेको त मलाई परमेश्‍वरको वचन फर्काउन लगाउन, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउन छोड्न लगाउन, तिनको आमालाई खुशी पार्न, र तिनको परिवारलाई पूर्ण हृदयले सेवा गर्न लगाउनको लागि रहेछ। के यो मलाई परमेश्‍वरबाट अलग गर्न र उहाँलाई धोका दिन लगाउने शैतानको चलाकी थिएन र? मैले यति अन्धो र अज्ञानी भएर शैतानका चलाकीहरूलाई सफल हुन दिइरहेकी रहेछु। मलाई ब्रदर-सिस्टरहरूसँग भेला हुने र परमेश्‍वरको वचन पढ्ने गरेका ती दिनहरूको धेरै याद आयो, र परमेश्‍वरको वचनको साथ पाउँदा प्राप्त हुने आनन्दको याद आयो। पछि, मसँग भेला हुने गरेकी सिस्टरलाई खोज्‍न गएँ, तर उनी पहिले नै अर्को ठाउँमा गइसकेकी रहेछिन्, र अरू ब्रदर-सिस्टरहरू कहाँ बस्छन् मलाई थाहा थिएन। रुँदै, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई बाटो देखाउनुहोस् भनेर अनुरोध गरेँ। मलाई घरमा परमेश्‍वरको वचनका भजनहरूको टेप रेकर्ड अझै छन् भन्‍ने याद आयो। म निकै हर्षित भएँ र परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिएँ। त्यसमा बजेको गीतको बोल “परमेश्‍वरविनाका दिनहरू कष्टले भरिएका हुन्छन्” भन्‍ने थियो। “जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्‍न, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, उसको जागिर जे भए पनि, उसको दिनचर्याका माध्यमहरू र लक्ष्यहरूको खोजी कार्यले उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्टबाहेक अरू केही दिँदैनन्, यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर हेर्नसमेत सक्दैन। व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै, ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै, र उसले साँचो मानव जीवनको खोजी गरेपछि मात्रै, क्रमिक रूपमा ऊ हृदयको सबै चोट र कष्टबाट स्वतन्त्र हुन, र जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो सुन्दा म आँसु नझारी बस्‍नै सकिनँ। मैले घुँडा टेकेँ र परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर! तपाईं विनाका मेरा दिनहरू साँच्‍चै कति अँध्यारा र पीडादायी थिए। मेरो जीवन पूर्ण रूपमा आशा विहीन बनेको छ, र मलाई त मर्दा नै ठीक हुन्छ जस्तो लाग्छ। तपाईंले मप्रति अनुग्रह देखाउनुभयो ताकि म तपाईंसामु आउन सकूँ, अनि मलाई मलजल गर्न र साथ दिइरहन तपाईंले ब्रदर-सिस्टरहरूलाई लगाउनुभयो। त्यो सबै तपाईंको प्रेम हो! तर मैले यो कुरालाई कदर गर्न जानिनँ र मैले आफ्‍नो परिवार जोगाउन तपाईंलाई धोका दिएँ। ममा साँच्‍चै नै विवेकको कमी रहेछ। हे परमेश्‍वर, म कति विद्रोही थिएँ, र पनि तपाईंले मलाई अन्तर्दृष्टि दिनुभयो, र तपाईंका वचनहरूद्वारा मेरो हृदय छुनुभयो। म साँच्‍चै तपाईंप्रति ऋणी छु। म मेरा मार्गहरू परिवर्तन गर्न चाहन्छु। मेरो परिवारले मलाई जसरी सताए पनि, म मेरो सारा हृदयले तपाईंलाई पछ्याउनेछु।” प्रार्थना गरिसकेपछि, मलाई निकै शान्ति र सहजताको महसुस भयो। अचम्‍मको कुरा, भोलिपल्‍ट मैले एक जना सिस्टरलाई सडकमा भेटेँ। मलाई एकदमै खुशी लाग्यो, र धेरै समयपछि आफन्तलाई भेटेझैँ लाग्यो। यो मेरो निम्ति परमेश्‍वरको प्रेम हो भन्‍ने मलाई थाहा थियो, र मैले मेरो हृदयको अन्तस्करणबाट नै परमेश्‍वरलाई धन्यवाद दिएँ।

म फेरि पनि भेलाहरूमा जान थालेँ भन्‍ने थाहा पाएपछि, मेरो श्रीमानले मेरो बाइक पछारेर तोड्न चाहन्थे र तिनले मलाई कुट्ने पनि धम्की दिए। मेरी सासूले पनि फेरि मलाई पहिलेको जस्तै सताउन थालिन्, तर तिनीहरूले जति नै सताए पनि, म तिनीहरूको अघि झुक्‍नेवाला थिइनँ। सामान्य रूपमा भेलामा सहभागी हुनको लागि, म भेलामा सहभागी हुने र परमेश्‍वरको वचन पढ्ने समय निकाल्‍न हरेक दिन मैले बिहान सबेरै उठेर जति सक्दो चाँडो आफ्‍नो घरको काम सिध्याउनुपर्थ्यो। मैले घरको सबै कामको बोझ लिइरहेकी हुन्थेँ र कहिलेकहीँ म अत्यन्तै थाक्थेँ, र पनि मेरो श्रीमान र सासूको मप्रतिको आचरण अलिकति पनि परिवर्तन भएन। वास्तवमा सतावट झन्-झन् खराब हुँदै गयो। मैले परमेश्‍वरको वचन पढिरहेकी छु भन्‍ने थाहा पाउँदा, तिनीहरूले यसो भन्दै मलाई गिल्‍ला गर्थे: “के किताब पढेर खान पाइन्छ? तँ अल्छी भएर काम गर्दैनस् भने कसले काम गर्छ?” एक पटक, पेट दुखेर काम गर्न नसक्‍ने भएकोले मैले एक दिन आराम गर्नुपर्‍यो भनेको थिएँ, तब मेरो श्रीमानले रिसाउँदै भने: “अनि मैले तँलाई अह्राएको काम कसले गर्छ? तैँले गरिनस् भने, कसले गर्छ?” त्यसपछि मेरी सासूले मलाई केही पेनकिलर ल्याइदिइन्, र मलाई ती खान लगाइन् र काममा लाग्‍न भनिन्। तिनीहरूले मलाई यस्तो व्यवहार गरेको देख्दा मेरो हृदय तोडियो। मैले यो परिवारको लागि कुकुरले जस्तो दिन-रात कष्ट भोग्थेँ र काम गर्थेँ, र पनि तिनीहरूले मलाई अलिकति पनि वास्ता वा फिक्री गर्दैनथिए। मैले यो घरमा बसेर परमेश्‍वरको वचन पढ्न पाउँदिनथिएँ र बिरामी हुँदा समेत आराम गर्ने अधिकार मलाई थिएन। के यो मैले चाहेको परिवार हो त? के यो “सुख” थियो? यसरी जिउनु अत्यन्तै दबाबपूर्ण र पीडादायी हुन्छ। मैले परमेश्‍वरको यो वचन पढेँ: “हजारौं वर्षदेखिको ‘राष्ट्रियताको उच्‍च भावना’ का हानिकारक प्रभावहरूका साथै सामन्ती सोच मानिसको हृदयको गहिराइमा छोडिएका छन्, जसद्वारा मानिसहरू बन्धन र साङ्लामा परेका छन्, उनीहरूसँग अलिकति पनि स्वतन्त्रता छैन, आकांक्षा राख्‍ने र दृढ रहने कुनै चाहना छैन, प्रगति गर्ने कुनै इच्छा छैन, बरु निष्क्रिय र प्रतिगामी भई दास मानसिकता र अन्य यस्तै कुराहरूमा डुबेका छन्—र यी वस्तुगत तत्वहरूले मानवजातिको वैचारिक दृष्टिकोण, आदर्श, नैतिकता र स्वभावमा एक अमेट फोहोर र घिनलाग्दो कुरा हालिदिएका छन्। यस्तो लाग्छ, मानिसहरू आतङ्कवादको अन्धकार संसारमा बाँचिरहेका छन्, जसलाई तिनीहरूमध्ये कसैले पनि पार गर्न खोज्दैन, र तिनीहरूमध्ये कसैले पनि आदर्श संसारमा जाने विचार गर्दैन; बरु, तिनीहरू आफ्नो जीवनको नियतिसित सन्तुष्ट छन्, आफ्ना दिनहरू बच्‍चा जन्माउँदै र हुर्काउँदै, पसिना बगाउँदै, घरको कामकाज गर्दै, एक आरामदायी र सुखी परिवारको सपना देख्दै, र शान्तिसित जीवन बिताउने क्रममा वैवाहिक स्‍नेह, छोराछोरीको आदर र जीवनको उत्तरार्धको खुसी पाउने सपना बुन्दै जिउँछन्…। दसौं, हजारौं वर्षदेखि अहिलेसम्‍म मानिसहरूले आफ्नो समय यसरी नै नष्ट पारिरहेका छन्, कसैले पनि सिद्ध जीवन सिर्जना गरेको छैन, सबै जना यस अन्धकार संसारमा प्रसिद्धि र धनको पछि दौडँदै र एकअर्काको विरुद्ध षड्यन्त्र गर्दै एकअर्काको हत्या गर्न तत्पर रहेका छन्। के कहिल्यै कसैले परमेश्‍वरको इच्छा खोजेको छ? के कसैले कहिल्यै परमेश्‍वरको काममा ध्यान दिएको छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३))। परमेश्‍वरको वचन पढि सक्दा, मेरो गलाभरि आँसु बगिरहेका रहेछन्। परमेश्‍वरको वचनले मेरो स्थितिलाई प्रकट गरिरहेको थियो। मसँग कुनै स्वतन्त्रता छैन भन्‍ने यो सामन्ती सोचको बन्धनमा परेकी रहेछु, म। म सानै उमेरदेखि म यस्ता विचारहरूको बसमा परेकी रहेछु, “वृद्ध अवस्थामा साथ पाउन जवान अवस्थामा नै विवाह गर्नुपर्छ” र “तिम्रो श्रीमान तिम्रो चट्टान हो र परिवार तिम्रो शरण स्थान हो,” जसले गर्दा म सधैँ सुखी परिवार, वैवाहिक सुख, मैत्रीपूर्ण परिवार, र आनन्दको जीवन पाउने सपना देख्थेँ। तर वास्तविकता मैले चाहेको भन्दा पूर्ण रूपमा फरक थियो। मेरो पहिलो विवाह दुःखद रह्यो, र मेरो श्रीमानले मलाई विश्‍वास गरेको कारण दमन गर्थे र धेरै कुटपिट गर्थे। अर्को श्रीमानसँग घरजम बसालेपछि, मलाई यो परिवार निकै बहुमूल्य लाग्थ्यो, र सुखी जीवन जिउनको लागि घरको काम सम्‍हाल्‍न म कुनै गुनासो नगरी बिहानदेखि बेलुकासम्‍मै काम गर्थेँ, र थाकेर ढाड दुखिञ्‍जेल हुन्थेँ। तर मेरो श्रीमान र सासूले मेरो वास्ता नगर्ने मात्र होइन, तर तिनीहरूले मलाई सताउँथे, बाधा दिन्थे, सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढ्न समेत दिँदैनथिए, अनि मलाई बिरामी हुँदा पनि काम गर्न जबरजस्ती लगाउँथे। म त नोकर जस्तै भएकी थिएँ। यो परिवार थिएन! यो परिवारविना, कम्तीमा पनि मैले स्वतन्त्र रूपमा परमेश्‍वरमा विश्‍वास गर्न, उहाँको वचन पढ्न, अनि ब्रदर-सिस्टरहरूसँग नियमित भेला भएर सङ्गति गर्न पाउँथेँ। यो परिवारले मलाई घाँटी ङ्याकेर मेरो जीवन खोस्‍न लागेको थियो, र यो मेरो पासो र बन्धन बनेको थियो। यो मेरो विश्‍वास वा मेरो कर्तव्यको लागि फाइदाजनक थिएन। यो परिवारले मेरो जीवन बरबाद गर्नेथियो। बल्‍ल मेरो होस खुल्यो। म सधैँ सुखी परिवार पाउने सपना देख्थेँ, तर मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको छ र तिनीहरू भ्रष्ट स्वभावले भरिएका छन्। मानिसहरू अत्यन्तै अहङ्कारी, छली, कुटिल, धोकेबाज र स्वार्थी छन्। मैले कुनै बेला चाहेको सुखी वैवाहिक जीवन यो संसारमा हुने सम्‍भावना पटक्‍कै थिएन। “वृद्ध अवस्थामा साथ पाउन जवान अवस्थामा नै विवाह गर्नुपर्छ” र “तिम्रो श्रीमान तिम्रो चट्टान हो र परिवार तिम्रो शरण स्थान हो” भन्‍ने जस्ता विचारहरू मानिसहरूलाई छल गर्न शैतानले प्रयोग गर्ने झूट र मानिसहरूलाई हानि गर्न प्रयोग गर्ने चलाकी मात्र हुन्! परमेश्‍वरको वचनको प्रकाशद्वारा, मैले मेरो परिवारको सारको बारेमा केही समझ प्राप्त गरेँ। म पहिले कति दृष्टिविहीन र अनजान रहेछु! परमेश्‍वरमा विश्‍वास गरेपछि, म जीवनको सही मार्गमा थिएँ र म तिनीहरूको बन्धनमा पर्नु हुँदैनथियो। मैले भेला हुने र आफ्‍नो कर्तव्य पूरा गर्ने कार्यलाई सधैँ जोड दिइरहनुपर्थ्यो। त्यसकारण मैले मेरो श्रीमानलाई भनेँ: “परमेश्‍वरमा विश्‍वास गर्नुहुन्थ्यो र मात्रै म तपाईंसँग आएकी थिएँ। अहिले प्रभुको पुनरागमनलाई स्वागत गरेकी छु, र तपाईंले विश्‍वास नगरे पनि, मैले यसमा विश्‍वास गर्नैपर्छ। हामीले डिभोर्स नै गरे पनि, म भेलामा सहभागी हुने र सुसमाचार फैलाउने कामलाई जारी राख्‍नेछु।” मेरो सङ्कल्प देखेर, तिनले अबदेखि मलाई बाधा नदिने सहमति जनाए। तर राम्रो कुरा धेरै समय टिकेन, र केही समयपछि नै तिनले मलाई सताउन थाले।

एक पटक, केही ब्रदर-सिस्टरहरू भेलाको लागि मेरो घरमा आएका थिए। एक जना सिस्टरको बाइकको टायरबाट हावा गएको थियो, त्यसकारण मैले त्यसमा हावा भर्न पम्प निकालेँ। तर यो देखेर मेरी आमा हतार-हतार आइन् र मलाई खाउँला झैँ हेर्दै मेरो हातबाट पम्प खोसिन्। सिस्टरले डरले थरथर कामिन् र मेरी सासूले मलाई दारा किट्दै हप्काइन्: “मैले तँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास नगर् भनेको थिएँ, तर तँ जबरजस्ती गर्छस्। कुन कुरा के हो म तँलाई देखाउँछु। तँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न दिनुभन्दा तँ यहाँबाट निस्केर जा…” यसो भन्दै तिनले मलाई चिच्याउँदै कुट्न थालिन्। तिनले कुटेर मेरो टाउको बज्‍न थाल्यो। मलाई कुटेको देखेर ब्रदर-सिस्टरहरू मेरी सासूलाई रोक्‍ने प्रयास गर्न आए, तर तिनले तिनीहरूलाई हकारिन्: “म तिमीहरू सबैलाई सार्वजनिक सुरक्षा ब्यूरोमा पठाउँछु, त्यसपछि तिमीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न सक्छौ कि सक्दैनौ हेरौँ!” यस बेलासम्‍म, यो घटना हेर्न सडकमा भीड जम्‍मा भइसकेको थियो। मेरो श्रीमानले उनलाई सम्झाएर शान्त पार्छन् भन्‍ने सोचेकी थिएँ, तर अचम्‍मको कुरा, आमा रिसाएकी देख्दा, तिनले मलाई घुच्‍चुकमा हानेर ढाले। मेरो श्रीमानले हान्दा मेरो हृदय चीसो भयो र मैले आफ्‍नो बारेमा मनन गर्न थालेँ: मैले यो परिवारलाई सम्‍हाल्‍नुको अर्थ के छ र?

पछि, मलाई परमेश्‍वरको यो वचन याद आयो: “पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र? … अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरको वचनले प्रकाशद्वारा मैले सबै मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको छ र सबै मानिसहरू स्वार्थी छन् भन्‍ने बुझेँ। श्रीमान-श्रीमती आफ्‍नो स्वार्थी इच्‍छा पूरा गर्न र एक-अर्कालाई प्रयोग गर्नको लागि मात्रै सँगै बस्छन्। मेरो श्रीमानको मीठो कुरा र मप्रतिको वास्ता मैले छोरा-छोरी र वृद्ध आमालाई हेरचाह गर्न सकूँ, र तिनको लागि घर सम्‍हालिदिन सकूँ भनेर मलाई प्रयोग गर्नको लागि मात्रै थियो, र तिनले मेरो छाताको काम गर्न सकून् भनेर मैले तिनीसँग विवाह गरेकी थिएँ। त्यस्तो सम्‍बन्धमा कसरी साँचो प्रेम रहन सक्छ? यो साँचो प्रेम होइन। मैले परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँको वचन पढ्दा मेरो श्रीमानले सधैँ मलाई बाधा दिइरहेका हुन्थे, र तिनी परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइनन् भनेर परमेश्‍वरले धेरै पहिले नै खुलासा गरिसक्‍नुभएको थियो। परमेश्‍वरको वचनले यो कुरा खुलासा गरेको छ: “विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्।” तर मैले कहिल्यै पनि तिनलाई त्याग्‍न सकेकी थिइनँ, र मैले सधैँ यो परिवारलाई अघि बढाइरहन चाहेकी थिएँ। म साँच्‍चै नै मूर्ख थिएछु। मैले परमेश्‍वरको अझै धेरै वचन पढेँ: “परमेश्‍वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरको वचन पढेपछि, मैले मेरो श्रीमानको सारलाई अझै स्पष्ट रूपमा देख्‍न सकेँ। मेरो श्रीमानले प्रभु येशूलाई नामको मात्र विश्‍वास गर्थे, तर सारमा, तिनले परमेश्‍वरबाट अनुग्रह र आशिषहरू मात्र चाहन्थे। केही कुरा पाउनु छ भने तिनले विश्‍वास गर्थे, नत्र विश्‍वास गर्दैनथिए। तिनले प्रभुको पुनरागमनको बारेमा सुन्दा, तिनलाई तिनी स्वर्गको राज्यमा प्रवेश गरेर बाँचिरहन सक्छु भन्‍ने लागेको थियो, त्यसकारण तिनले खुशीसाथ स्वीकार गरेका थिए। तर धर्मका मानिसहरूले तिनलाई बाधा दिँदा र इन्कार गर्दा, तिनले विश्‍वास गर्न मात्र छोडेनन्, तर मलाई सताए र बाधा पनि दिए। तिनमा दियाबलस शैतानको सार थियो—जुन परमेश्‍वरको शत्रु हो। मानिसहरूको सार, अनि तिनीहरूले लिने मार्ग फरक-फरक हुन्छन्, र परिवारका मानिसहरू समेत शत्रु बन्‍न सक्छन्। यो कुराले प्रभु येशूले भन्‍नुभएको यो वचनलाई साँचो रूपमा पुष्टि गर्छ: “मानिसका शत्रुहरू उसको आफ्‍नै परिवारकाहरू हुनेछन्(मत्ती १०:३६)। मैले परमेश्‍वरको अझै धेरै वचन पढेँ। “ऊ किन परमेश्‍वरको हृदयको बारेमा यति बेपर्बाह छ? के उसले चुपचाप यस उत्पीडन र कठिनाइको सहन गर्दछ? के उसले त्यो दिनको लागि आशा गर्दैन जब उसले अन्धकारलाई उज्यालोमा बदल्न सक्छ? के उसले धार्मिकता र सत्यताप्रति भएको अन्यायलाई फेरि समाधान गर्न चाहँदैन? के ऊ मानिसहरूले सत्य त्यागेर र तथ्यहरू बङ्ग्याएको हरेर केही नगरी बस्‍न तयार छ? के ऊ यो दुर्व्यवहार सहिरहनु पर्दा खुसी छ? के ऊ दास हुन राजी छ? के ऊ यस असफल राज्यका दासहरूको साथमा परमेश्‍वरको हातमा नाश हुन तयार छ? तेरो संकल्प कहाँ छ? तेरो महत्वाकांक्षा कहाँ छ? तेरो मर्यादा कहाँ छ? तेरो सत्यनिष्ठा कहाँ छ? तेरो स्वतन्त्रता कहाँ छ? … किन उसले सकेसम्म चाँडो परमेश्‍वरलाई आफ्नो जीवन दिन सक्दैन? ऊ किन अझै पनि डगमगाउँछ? उसले परमेश्‍वरको काम कहिले समाप्त गर्न सक्छ? त्यसरी, उद्देश्यहीन रूपमा धम्काइए पनि र थिचोमिचो गरिए पनि, उसको सम्पूर्ण जीवन अन्ततः व्यर्थमा व्यतीत हुनेछ; ऊ पुग्न किन हतार गर्छ, र प्रस्थान गर्न किन त्यत्ति हतार गर्छ? किन उसले परमेश्‍वरलाई दिन मूल्यवान्‌ थोकहरू राख्दैन? के उसले घृणाको सहस्राब्दीलाई बिर्सेको छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्‍वरको वचनले मलाई उहाँको तत्काल अभिप्रायहरू बुझ्‍न सहयोग गर्‍यो। परमेश्‍वरले मानवजातिको चिन्ता गर्नुहुन्छ, र हामी शैतानको बन्धन र सतावटमा रहेर अनन्त रूपमा जिएको उहाँ चाहनुहुन्‍न। हामीले अन्धकारका शक्तिहरूका बन्धनहरूलाई तोडेको, हाम्रो जीवन उहाँमा समर्पित गरेर ज्योतिमा जिएको चाहनुहुन्छ। तर म कति कायर भएछु। मेरो श्रीमान र सासू दियाबलस थिए, र तिनीहरूले मेरो विश्‍वासमा मलाई बाधा दिँदै आएका थिए, मलाई कुट्थे, हप्काउँथे, र सताउँथे, तर म यो परिवारबाट अलग हुन चाहँदिनथिएँ। त्यसकारण मैले अन्याय र अपमानलाई सहेँ, र दासले जस्तै मेरो जीवन मेरो श्रीमान र परिवारमा केन्द्रित भयो, र मैले अर्थ विहीन कुराहरूको खोजी गरेँ। परमेश्‍वरले मलाई सही मार्गमा हिँड्न डोर्‍याइरहनुभएको थियो, उहाँले मलाई मानव जीवनको अर्थ र मूल्य बुझ्‍न सहयोग गर्ने सत्यताहरू व्यक्त गर्नुभएको थियो, तर ममा त्यसको पछि लाग्‍ने अठोट थिएन। म साँच्‍चै नै व्यर्थको मूर्ख थिएँ। प्रभु येशूले भन्नुभयो, “मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन: अनि मलाईभन्दा बढी छोरा वा छोरीलाई माया गर्ने मेरो लायक हुँदैन(मत्ती १०:३७)। परमेश्‍वरले मलाई चुनेर मुक्ति दिनुभएको थियो—मलाई सत्यता र जीवन दिनुभएको थियो। मैले परमेश्‍वरलाई खोजी र प्रेम गर्नुपर्थ्यो। मेरो श्रीमान र सासू दुवैले परमेश्‍वरको विरोध गर्थे र तिनीहरू मेरो प्रेम वा ऊर्जाको निम्ति योग्य थिएनन्। म अन्त्यन्तै अज्ञानी र अन्धो थिएँ। म सधैँ वैवाहिक सद्भाव र पारिवारिक सुखको पछि लाग्थेँ। मैले मेरो जीवनको आधा भाग व्यर्थमा बिताएँ। मैले मेरो बाँकी दिनहरू परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन प्रयोग गर्नुपर्छ। अहिले हामी राज्यको सुसमाचार फैलाउने महत्त्वपूर्ण समयमा छौँ, र परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिनको लागि धेरैभन्दा धेरै मानिसहरूको खाँचो छ ताकि अझै धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति प्राप्त गर्न सकून्। मैले परमेश्‍वरसँग सहकार्य गरेर मेरो क्षमताले भ्याइञ्‍जेल आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। अर्थपूर्ण र मूल्यवान् जीवन जिउने एउटै मात्र उपाय यही हो।

त्यसको केही समयपछि, म घर छोडेर सुसमाचार प्रचार गर्न हिँडेँ। मैले हरेक दिन परमेश्‍वरको वचनमा सङ्गति गर्न अनि ब्रदर-सिस्टरहरूसँग आफ्‍नो कर्तव्य पूरा गर्न थालेँ र मेरो हृदयमा निर्धक्‍क र स्वतन्त्रताको अनुभव हुन थाल्यो। अहिले कहिलेकहीँ मैले आफ्‍नो कर्तव्यमा कठिनाइहरूको सामना गर्दा वा म बिरामीमा पर्दा, सिस्टरहरूले सधैँ मलाई सहयोग गर्छन् र मेरो हेरचाह गर्छन्। तिनीहरूले मलाई परिवारलाई जस्तो व्यवहार गर्छन्। यो सबै परमेश्‍वरको प्रेम हो! मैले के महसुस गरेँ भने, मेरो वास्तविक चट्टान त परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरको घर नै मेरो वास्तविक परिवार हो। म परमेश्‍वरलाई मेरो हृदयदेखि धन्यवाद दिन्छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

ढोँगीपनको बोझ

सन् २०२० को अगस्टमा, मलाई मेरो नेतृत्वको पदबाट बर्खास्त गरियो किनकि मैले ओहोदालाई पछ्याउँदै र लटरपटर काम मात्र गर्दै आइरहेकी थिएँ। मलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्