साँचो मार्ग स्विकार्दा यति धेरै अवरोध किन हुन्छ?

25 फेब्रुअरी 2023

सन् २००८ मा मेरी आमासँगै मैले प्रभुमा विश्‍वास गरेँ, र त्यसपछि, म स्थानीय मण्डलीका भेलाहरूमा जान थालेँ। पछि, म मण्डली डिकनसमेत बनेँ। हाम्रो हरेक भेलामा, म सधैँ अझ धेरै परमेश्‍वरका वचनहरू पढ्न र उहाँको इच्छाबारे अझ राम्ररी बुझ्न चाहन्थेँ, तर समय बित्दै जाँदा, मैले पाष्टरका प्रवचनहरूबाट भरणपोषण नपाएको महसुस गरेँ। मलाई भेलाहरू रमाइलो लाग्दैनथ्यो र भित्रभित्र खोक्रो महसुस हुन्थ्यो। सन् २०२० को जूनमा, म थप अध्ययनको लागि धार्मिक स्कूलमा प्रवेश गरेको बेला, मैले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीकी सदस्य सिस्टर गार्सियालाई अनलाइन भेटेँ। उनले मलाई सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाइन् र भेला समूहमा आबद्ध हुन इन्भाइट गरिन्। मैले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेँ, र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू अख्तियारपूर्ण र शक्तिशाली छन् र ती परमेश्‍वरका आवाज हुन् भन्‍ने बुझेँ, र सर्वशक्तिमान् परमेश्‍वर नै हामीले सदैव पर्खिरहेका र हाल फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर म निश्‍चित भएँ। म यत्ति भावुक भएँ कि रुन थालेँ। मैले प्रभुको पुनरागमनलाई स्वागत गर्न र परमेश्‍वरका आखिरी दिनहरूको मुक्तिलाई ग्रहण गर्न सकेकोमा आफूलाई भाग्यशाली ठानेँ।

त्यसपछि, म मेरा ब्रदर-सिस्टरहरूलाई जतिसक्दो चाँडो प्रभुको पुनरामगनबारे थाहा दिन चाहन्थेँ। हाम्रो मण्डलीका प्रचारक एन्जेल हुन्, अनि उनी दयालु र जिम्मेवार छन्, र हामी सबैलाई सहयोग गर्छन् भन्‍ने थाहा भएकोले, म सर्वप्रथम प्रभुको पुनरागमनको खबर लिएर उनीकहाँ गएँ र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू उनलाई सुनाएँ, उहाँका वचनहरूबारे आफूले बुझेको कुरा सङ्गति गरेँ। तर अचम्म, एन्जेलले तुरुन्तै मेरो कुरा काट्दै, यसो भने: “त्यो हुनै सक्दैन। बाइबलमा मात्र परमेश्‍वरका वचनहरू छन्। यसभन्दा बाहिर परमेश्‍वरका वचनहरू देखा पर्न सम्भवै छैन। बाइबलमा नभएका कुरा पढ्नु प्रभुप्रतिको विश्‍वासघात हो!” मैले तुरुन्तै जवाफ दिएँ: “यो कसरी प्रभुप्रति विश्‍वासघात हुन सक्छ? तपाईंले परेश्‍वरका आखिरी दिनहरूको कामबारे अलिकति पनि बुझ्नुभएको छैन, त्यसैले कम्तिमा तपाईंले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू परमेश्‍वरका आवाज हुन् होइनन् भनेर अनुसन्धान गर्नुपर्छ—त्यसपछि निर्णय गर्न सक्‍नुहुन्छ।” तर उनले फेरि मेरो कुरा काटे र हठी हुँदै जवाफ दिए: “अनुसन्धान गर्नु आवश्यक छैन। यदि तपाईं प्रवचन सुन्‍न चाहनुहुन्छ भने, मेरो कुरा सुन्‍नुहोस्। तपाईंले के याद गर्नुपर्छ भने, बाइबलबाहेक अन्य पुस्तकहरू कुनै पनि हालतमा नपढ्नुहोस्—बाइबलबाट अलग्गिनु प्रभुप्रतिको विश्‍वासघात हो।” परमेश्‍वरका आखिरी दिनहरूको कामप्रतिको उनको मनोवृत्ति देखेर म त चकित र अलमल्ल भएँ: “विगतमा, उनले सधैँ हामीलाई बुद्धिमती कन्यहरूजस्तो हुनुपर्छ अनि एकचित्तले प्रभुको प्रतीक्षा गर्नुपर्छ, नत्र उहाँको पुनरागमन गुमाउनेछौँ भनेर भन्‍ने गर्थे। अहिले, प्रभु फर्केर आइसक्‍नुभएको छ, तब किन उनी खोजी र अनुसन्धान गर्न इच्छुक छैनन्, र किन मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सुन्‍न छोड्नुपर्छ भनेरसमेत भन्छन्? के उनी प्रभुको पुनरागमनलाई स्वागत गर्न चाहँदैनन्?” उनको मनोवृत्ति त्यस्तो हुनुको कारण मैले बुझ्दै बुझिनँ। उनले भनेको कुराबारे पनि मैले सोचेँ: “बाइबलमा परमेश्‍वरका सबै वचन छन्। परमेश्‍वरका वचनहरू बाइबलबाहिर देखा पर्दैनन्। बाइबलबाट तर्किनु प्रभुप्रतिको विश्‍वासघात हो।” मैले सर्वशक्तिमान् परमेश्‍वरलाई स्विकारेर प्रभुलाई विश्‍वासघात होइन, स्वागत गरिरहेकी छु भन्‍ने मलाई थाहा थियो, तर उनले भनेको कुराले म अझै अन्योलमै थिएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूका केही खण्ड पढेँ, र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूको सङ्गति सुनेँ, र यसले मलाई आफ्नो अन्योल हटाउन मदत गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “बाइबलमा लेखिएका कुराहरू सीमित छन्; तिनले पूर्ण रूपमा परमेश्‍वरको कामको प्रतिनिधित्व गर्न सक्दैनन्। सुसमाचारका चार वटा पुस्तकहरूमा जम्मा एक सयभन्दा कम अध्यायहरू छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू छन्, जस्तै येशूले अञ्‍जीरको रूखलाई सराप दिनुभएको, पत्रुसले प्रभुलाई तीन पल्ट इन्कार गरेको, येशू क्रूसको मृत्यु र पुनरुत्थानपछि चेलाहरूकहाँ देखापर्नुभएको, उपवासको बारेमा सिकाउनुभएको, प्रार्थनाको बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदको बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरू नियुक्त गर्नुभएको, र यस्तै अरू। तापनि, मानिसले ती कुरालाई धन जत्तिकै महत्त्व दिन्छ, तिनलाई आजको कामको विरुद्ध तुलना पनि गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएका सबै कामहरू यति मात्र थिए, परमेश्‍वरले यति मात्र गर्न सक्‍नुहुन्थ्यो, त्योभन्दा बढी केही पनि गर्न सक्‍नुहुन्‍नथियो भनी विश्‍वास गर्छन्। के यो हास्यास्पद छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१))। “त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। “बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणको गवाही भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै बुझाइ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको परमेश्‍वरको कामका दुई चरणहरू प्रस्तुत गर्छ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यलाई वर्णन गर्छ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामको अभिलेख गर्छ जुन सुसमाचारका चार पुस्तकहरूका साथै पावलको काममा पनि उल्लिखित छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वरको खोजी गर्नुको अर्थ के हो तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तँ परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने तर परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मृत अक्षर र धर्मसिद्धान्तहरू वा इतिहास बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा, र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४))। ब्रदर-सिस्टरहरूले बाइबल परमेश्‍वरको विगतको कामको ऐतिहासिक विवरण मात्र हो भनेर मसँग सङ्गति गरेको मलाई याद छ। यो परमेश्‍वरको कामका लिखित विवरणहरूको सङ्ग्रह हो। मानिसहरूले यसलाई सङ्कलन र सम्पादन गरेको हुनाले, अवश्य नै कतिपय कुराहरूलाई छानेर राखियो र अन्य कुराहरूलाई सम्पादित वा बेवास्ता गरी हटाइयो। परमेश्‍वरका सबै वचहरू र कामलाई बाइबलमा सङ्ग्रहित र अभिलिखित गर्नु सम्भव थिएन। प्रेरित यूहन्‍नाले भनेका छन्: “येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो” (यूहन्‍ना २१:२५)। यसले बाइबलमा अभिलिखित परमेश्‍वरका वचनहरू र काम एकदमै सीमित छन् भन्‍ने देखाउँछ। परमेश्‍वर सृष्टिका प्रभु र मानव जीवनका स्रोत हुनुहुन्छ। परमेश्‍वरले कैयौँ सहस्राब्दीदेखि काम गर्दै र बोल्दै, मानवजातिलाई चाहिएको कुरा अनन्त प्रवाहमा आपूर्ति गर्दै उनीहरूलाई अघिको मार्ग देखाउँदै आइरहनुभएको छ। परमेश्‍वरका वचनहरू निरन्तर बगिरहने जीवित पानीको जलधारजस्तै हुन्, त्यसैले कसरी परमेश्‍वरका सबै वचनहरू बाइबलमा अटाउन सक्छन् र? परमेश्‍वर सबै थोकमाथि सार्वभौम शासन गर्नुहुन्छ, उहाँ सबाथको मात्र प्रभु हुनुहुन्‍न, बाइबलका पनि प्रभु हुनुहुन्छ। उहाँ आफ्नो काम बाइबलअनुसार गर्नुहुन्‍न, न त उहाँ बाइबलद्वारा सीमित पारिनुहुन्छ। उहाँसँग बाइबलको हद पार गर्ने, अनि आफ्ना योजना र मानवजातिका आवश्यकताअनुसार अझ धेरै नयाँ काम गर्ने र अझ धेरै आफ्ना वचनहरू घोषणा गर्ने पूर्ण अख्तियार छ। उदाहरणका लागि, अनुग्रहको युगमा प्रभु येशूले आफ्नो काम त्यसरी गर्नुभएन जसरी व्यवस्थाको युगमा गरिएको कुरा पुरानो करारमा अभिलेख गरिएको छ। उहाँले झन् नयाँ र अझ उच्‍चकोटिको काम गर्नुभयो, र यसरी पश्‍चात्तापको मार्ग व्यक्त गर्नुभयो, क्रूसीकरणको काम गर्नुभयो, मानवजातिलाई उनीहरूको पापबाट छुटकारा दिनुभयो, ताकि अबउप्रान्त मानिसहरू व्यवस्थाद्वारा दोषी ठहरिएर मृत्युदण्डमा नपरून् र निरन्तर बाँच्न सकून्। अहिले परमेश्‍वर आखिरी दिनहरूको आफ्नो काम गर्न आउनुभएको छ, उहाँ बाइबलमा अभिलिखित विगतका आफ्नो काम दोहोऱ्याउनुहुन्‍न, बरु नयाँ वचनहरू व्यक्त गर्नुहुन्छ र नयाँ काम गर्नुहुन्छ। प्रभु येशूले ठीक यस्तै अगमवाणी गर्नुभयो: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। आखिरी दिनहरूमा, प्रभु येशू सर्वशक्तिमान् परमेश्‍वरको रूपमा फर्की आउनुभएको छ। उहाँले परमेश्‍वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन चाहिने सबै सत्यता व्यक्त गर्नुहुन्छ, यसरी उहाँले मानिसहरूलाई पापको बन्धनबाट पूर्ण मुक्त हुन, शुद्ध हुन, सिद्ध बन्‍न र परमेश्‍वरको राज्यमा प्रवेश गर्न दिनुहुन्छ। परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्ने सबैले उहाँका वचनहरूको मलजल र भरणपोषण प्राप्त गर्छन् र थुमाको विवाह भोजमा साहभागी हुन्छन्। उनीहरू प्रकाशको पुस्तकमा बताइएका जस्तै हुन्: “यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्(प्रकाश १४:४)। यो स्पष्ट छ कि उनीहरूले थुमाको पाइला पछ्याइरहेका छन् र प्रभुलाई धोका दिइरहेका छैनन्। त्यसैले “परमेश्‍वरले भन्‍नुभएका र गर्नुभएका सबै कुरा बाइबलमा छन्, र बाइबलबाट तर्किनु परमेश्‍वरप्रतिको विश्‍वासघात हो” भन्‍ने सोच भ्रम मात्र हो र यो परमेश्‍वरका वचन वा तथ्यहरूसँग मेल खाँदैन। ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेपछि, म अझ धेरै स्पष्ट भएँ र एन्जेलको भ्रामक भनाइको वास्तविकता बुझेँ।

त्यसपछि, म मेरो मूल मण्डलीकी एक सिस्टरलाई सुसमाचार सुनाउन गएँ। अचम्मको कुरा, एन्जेलले यो कुरा सुनेपछि ती सिस्टरलाई बाधा दिन गएछन्, र अरू सदस्यहरूले सुसमाचार स्वीकार नगरून् भनेर सुनिश्‍चित गर्न, सर्वशक्तिमान् परमेश्‍वरलाई दोषारोपण र निन्दा गरेछन् र मैले अर्कै सम्प्रदायमा लागेर प्रभुलाई विश्‍वासघात गरेँ भनेर भनेछन्। उनले र पाष्टरले मेरो बारेमा मण्डलीमा अफवाहहरू पनि फैलाउँदै, मैले नयाँ प्रेमी भेट्टाएकोले म भेलामा आउन छोडेँ, ममा प्रभुप्रति साँचो विश्‍वास छैन, र मण्डलीका अरू सदस्यहरू मदेखि टाढा बस्‍नुपर्छ भनेर भनेछन्। सबैले ती अफवाह सुनेपछि, मलाई नराम्रो ठाने र मदेखि टाढिन थाले। कतिपयले त मलाई अनौठो नजरले समेत हेरे, मानौँ म एक प्रकारको अनौठो व्यक्ति हुँ। केही दिनपछि नै, पाष्टरले मेरा आमाबुबालाई भेटेर म गलत मार्गमा लागेकी छु र भेलामा आउन छोडेकी छु भनेर भनेछन्। उनले मेरी आमालाई ममाथि नजर राख्‍न र कहीँ जान नदिन पनि भनेछन्। यी सब एकैचोटि हुँदा, मलाई अति नराम्रो लाग्यो, र मलाई उकुसमुकुस भएको भान भयो। तिनीहरूले मलाई किन त्यसरी व्यवहार गर्छन् भनेर मैले बुझिनँ। मैले त प्रभुको पुनरागमनबारे तिनीहरूलाई गवाही मात्रै दिएकी थिएँ, तर त्यसपछि तिनीहरूले मलाई बदनाम गर्न यी सबै अफवाहहरू फैलाए र मेरा आमाबुबालाई मलाई दमन गर्न प्रोत्साहितसमेत गरे। मलाई यो सब मुटुमा छुरा रोपेको जस्तो लाग्यो र असह्य पीडा भयो। मैले आँशु झार्दै परमेश्‍वरलाई प्रार्थना गरेर मदत मागेँ। एक सिस्टरले मेरो स्थितिबारे सुनेपछि, मलाई परमेश्‍वरका धेरै वचनहरू सुनाइन् र निकै प्रोत्साहन दिइन्।

मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ, जसले यसो भनेको छ: “हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्‍वरको प्रतिरोध मध्येको एक हो। … देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। ती सिस्टरसँग परमेश्‍वरका वचनहरूबारे सङ्गति गरेर मैले के थाहा पाएँ भने, प्रभु येशू आफ्नो काम गर्न आउनुहुँदा, मन्दिरमा यहोवा परमेश्‍वरको आराधना गर्ने फरिसीहरूलाई प्रभु येशूले भन्‍नुभएको कुरा अख्तियारपूर्ण र शक्तिशाली छ भन्‍ने स्पष्टै थाहा थियो, तर तिनीहरूले खोजी र अनुसन्धान गर्न त सकनेन् नै, उहाँको घोर विरोध र निन्दा पनि गरे, उहाँले बालजिबुलको शक्तिद्वारा भूत धपाउनुहुन्छ भनेर झूटो दाबी गरे। तिनीहरूले पवित्र आत्माको निन्दा गरे र परमेश्‍वरद्वारा श्रापित र दण्डित भए। फरिसीहरूले प्रभुलाई निन्दा र दोषारोपण मात्र गरेनन्, विश्‍वासीहरूलाई उहाँको विरोध गर्न लगाउन छल गरे, जसले गर्दा उनीहरूले परमेश्‍वरको मुक्ति गुमाए र उनीहरू फरिसीहरूको चिहानको सामग्री बने। त्यतिबेला प्रभु येशूले कसरी फरिसीहरूलाई श्राप दिनुभयो भनेर मैले सोचेँ: “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। अनि, “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१५)। हामी प्रभुका वचनहरूमार्फत फरिसीहरू परमेश्‍वरको विरोध गर्ने ख्रीष्टविरोधीहरू थिए भनेर देख्‍न सक्छौँ। तिनीहरू दयालु भएको ढोँग गर्थेँ, तर वास्तवमा तिनीहरू सत्यतालाई घृणा गर्थे र परमेश्‍वरलाई शत्रु ठान्थे। तिनीहरू प्राण निल्ने र मानिसहरूलाई फसाएर नरक लैजाने पिशाच थिए। प्रभु येशूले फरिसीहरूलाई तिनीहरूको दुष्कर्मको आधारमा सात “धिक्‍कार” गर्नुभयो। यसबाट हामी परमेश्‍वरको स्वभावले कुनै उल्लङ्घन सहँदैन भनेर बुझ्न सक्छौँ। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वर आफ्नो काम गर्न आउनुभएको छ। उहाँले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन चाहिने सबै सत्यता व्यक्त गर्नुभएको छ अनि विजेताहरूको समूह बनाएर धार्मिक संसारभरि आघातको भेल पठाउनुभएको छ। परमेश्‍वरले यस्तो विशाल काम गर्नुभए पनि, धार्मिक संसारका पाष्टर र प्रचारकहरूले यसको खोजी र अनुसनधान नगर्ने मात्र होइन, बरु अफवाह फैलाउन र विश्‍वासीहरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोक्‍न हदैसम्म जानेसमेत गर्छन्। तिनीहरू ठ्याक्‍कै फरिसीहरूजस्तै छन् जसको प्रकृति र सार सत्यतालाई घृणा गर्नु र परमेश्‍वरको विरोध गर्नु थियो। आखिरी दिनहरूमा, परमेश्‍वरले प्रत्येकलाई आ-आफ्नो प्रकारअनुसार छुट्याउने काम गर्दै हुनुहुन्छ, झूटा विश्‍वासीहरूलाई खुलासा र साँचो विश्‍वासीहरूलाई पहिचान गर्दै हुनुहुन्छ। परमेश्‍वरलाई विश्‍वास गरेको दाबी गर्ने तर सत्यता र देहधारी परमेश्‍वरलाई नस्विकार्नेहरू साँचो विश्‍वासी होइनन् र अन्त्यमा तिनीहरूलाई हटाइनेछ। खुल्ला मनले सत्यता खोजी गर्ने र परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्नेहरूले मात्र परमेश्‍वरबाट मुक्ति पाउने अवसर पाउनेछन्। एन्जेल दयालु, नम्र र सहयोगी व्यक्तिजस्तो देखिन्थे, तर उनले प्रभुको पुनरागमनबारे सुन्दा, खोजी र अनुसन्धान गर्दै गरेनन्, परमेश्‍वरका वचनहरू र कामको आलोचना र निन्दा गरे, र अफवाहसमेत फैलाए र अन्य विश्‍वासीहरूलाई साँचो मार्ग अनुसन्धान गर्नेदेखि रोके। उनमा अलिकति पनि परमेश्‍वरको डर थिएन। उनले प्रभुमा विश्‍वास गरेको र उहाँको सेवा गरेको भए पनि, उनको सार सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्ने भएको मैले देखेँ। उनी र पुरातन समयका परमेश्‍वरविरोधी फरिसीहरूबीच कुनै भिन्‍नता थिएन। यो सब थाहा पाएपछि, मैले एन्जेल र धार्मिक संसारका अगुवाहरूबारे केही समझ प्राप्त गरेँ, अनि तिनीहरू किन त्यसरी चलेका रहेछन् भनेर अझ स्पष्टसित बुझेँ। त्यसपछि मलाई त्यति नराम्रो लागेन।

त्यसको केही समयपछि मैले मण्डलीमा कर्तव्य निभाउन थालेँ। म भेलामा सहभागी हुन्थेँ र अरूसँग हरदिन परमेश्‍वरका वचनहरू पढ्थेँ र मलाई रमाइलो लाग्थ्यो। तर मेरा आमाबुबाले ती पाष्टर र प्रचारकले फैलाएका अफवाहरू सुनेपछि, मलाई रिसाएर गाली गर्नुभयो। उहाँहरूले मलाई पुरानै मण्डली फर्कन दबाब दिँदै सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्न निषेध गर्नुभयो। आमाबुबाको रोकावट र बाधाको कारण मैले आफ्नो कर्तव्य नियमित तवरमा निर्वाह गर्न सकिनँ र भेलामा सहभागी हुनसमेत सकिनँ। एक दिन, मेरा बुबाले मलाई अरू ब्रदर-सिस्टरहरूसँग अनलाइन भेलामा सहभागी भएको भेट्टाउनुभयो र यत्ति रिसाउनुभयो कि मलाई झण्डै हिर्काउनुभयो। भाग्यवश, ठिक समयमा मेरी आमा भित्र आएर बुबालाई रोक्‍नुभयो। त्यसपछि, आमाबुबाले मलाई झनै कडाइ गर्नुभयो। उहाँहरूले मलाई ताला लगाएर राख्‍नुहुन्थ्यो र घरबाहिर जान दिनुहुन्‍नथ्यो, त्यसपछिदेखि म भेलामा सहभागी हुन सकिनँ। त्यो बेला, साँच्‍चै मलाई अति नै भएको थियो। मलाई कमजोर महसुस भयो र ममा कर्तव्य निभाउने आत्मविश्‍वास रहेन। मैले परमेश्‍वरलाई प्रार्थना गर्दै विश्‍वास र बल मागेँ। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। मैले परमेश्‍वरका वचहरूमार्फत के बुझेँ भने, हालको परिस्थितिमा, मेरा आमाबुबाले मलाई सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउनदेखि रोकिरहनुभएझैँ देखिन्थ्यो, तर पर्दापछाडि त्यो रोकावट ल्याउने शैतान थियो। त्यो आत्मिक युद्ध थियो। परमेश्‍वरले हामीलाई हाम्रो शैतानी भ्रष्टताबाट मुक्त हुन र परमेश्‍वरबाट मुक्ति पाउन मदत गर्न आखिरी दिनहरूमा धेरै सत्यता व्यक्त गर्नुभएको छ। तर मैले परमेश्‍वरबाट मुक्ति पाएको शैतान चाहँदैनथ्यो, त्यसैले त्यसले मलाई आक्रमण गर्न अनि परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निभाउनदेखि रोक्‍न मेरा आमाबुबालाई प्रयोग गऱ्यो। मैले मुक्ति पाउने अवसर पूर्णतया गुमाएर त्योसँगै म नरकमा फालिएको शैतान चाहन्थ्यो। शैतान साँच्‍चै अति नीच र दुष्ट छ! मैले सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउन छोड्थेँ भने, के म यसको नीच षड्यन्त्रमा परेकी हुन्थिनँ र?

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड भेट्टाएँ: “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँड़ा टेकेर प्रार्थना गर्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही ठूलठूला शब्दहरू मेरा आशीर्वादहरू हुन्। तर पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्ने तिमीहरू जान्दैनौ। तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। सरवशक्तिमान् परमेश्‍वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, पाष्टरको दमन र आमाबुबाको रोकावटले गर्दा मैले अलिक कष्ट भोगे पनि, परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध पार्न यो परिस्थिति हुन दिनुभएको थियो। त्यो परमेश्‍वरको असल अभिप्राय थियो! तर म कमजोर थिएँ र केवल अलिकति कठिनाइको कारण आफ्नो कर्तव्य त्याग्‍न तयार थिएँ। ममा सत्यता प्राप्त गर्न कष्ट भोग्‍ने र मूल्य चुकाउने उत्साह रहेनछ भनेर मैले महसुस गरेँ। मसँग परमेश्‍वरप्रति इमानदार मनोवृत्ति थिएन र मेरो कद अझै पनि निकै सानो थियो। मैले परमेश्‍वरका अभिप्रायहरू बुझेँ र त्यसउप्रान्त नष्क्रिय र निराश भइनँ। मैले विश्‍वास र सामर्थ्य पनि अनुभूति गरेँ, र दमनअघि दृढ भई खडा रहन परमेश्‍वरमा भर पर्दै यो परिस्थितिलाई सोझै सामना गर्न तयार भएँ। पछि, म प्रायः परमेश्‍वरलाई प्रार्थना गर्थेँ, विश्‍वास दह्रिलो पार्न परमेश्‍वरका वचनहरू पढ्थेँ र उहाँलाई मेरो लागि मार्ग खुल्ला गरिदिन बिन्ती गर्थेँ, ताकि म निरन्तर भेलामा सहभागी हुन र कर्तव्य निभाउन सकूँ।

त्यसपछि, एन्जेल र अरूले मेरो बारेमा फैलाएका अफवाहरूले मेरा आमाबुबामा नराम्रो असर पार्न थाले, त्यसैले उहाँहरूले ती आफूलाई अफवाहको प्रभावबाट मुक्त राख्‍न मलाई बज्यैको घर पठाउनुभयो। त्यहाँ मैले इन्टरनेटमार्फत ब्रदर-सिस्टरहरूसँग सम्पर्क गर्न, र फेरि भेला हुन र कर्तव्य निर्वाह गर्न सकेँ। त्यो थाहा पाएर मेरा आमाबुबा रिसले चूर हुनुभयो, तर मलाई केही प्रभाव परेन र मैले उहाँहरूलाई दृढतासाथ भनेँ: “मैले प्रभुमा विश्‍वास गर्नुको सबभन्दा ठूलो आशा भनेकै उहाँको पुनरागमनलाई स्वागत गर्नु हो। अहिले प्रभु येशू सर्वशक्तिमान् परमेश्‍वरको रूपमा फर्कनुभएको छ, त्यसैले तपाईंहरू बुझ्नुहुन्‍न भने पनि, म अन्तिमसम्म सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउनेछु। तपाईंहरू अझै मलाई रोक्‍न जोड गर्नुहुन्छ भने, मैले यो परिवार छोड्नुबाहेक अरू विकल्प हुनेछैन।” म दृढ भएको देखेर, आमाबुबाले यस विषयमा अरू केही भन्‍नुभएन। त्यसपछि यता, उहाँहरूले अझै पनि प्रायः गुनासो गर्ने वा मेरो कर्तव्यमा बाधा दिने प्रयास गर्नुभए पनि, म उहाँहरूद्वारा विवश भइनँ र आफ्नो कर्तव्य निभाउन दृढ भएँ। मेरा पाष्टर र परिवारबाट बारम्बार दमन र रोकावट भोग्दा, मलाई अलिक कष्ट त भयो, तर मैले केही सत्यता बुझेँ, समझ प्राप्त गरेँ र परमेश्‍वरप्रतिको मेरो विश्‍वास गहिरियो। मैले भविष्यमा जुनसुकै परिस्थितिहरू सामना गरे पनि, ती पार गर्न परमेश्‍वरमा भर पर्न म तयार छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्य करियर होइन

काइली, फ्रान्सगत वर्ष म दुईटा मण्डलीहरूको कामको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, अर्को ठाउँमा कर्तव्य निर्वाह गर्नको लागि हाम्रा...

नयाँ विश्‍वासीहरूलाई मलजल गरेर सिकेको एउटा पाठ

यस वर्षको जनवरीमा, मैले मण्डलीका नवविश्‍वासीहरूलाई मलजल गरिरहेकी थिएँ। सिस्टर रन जिये र उनका श्रीमान्‌ मेरो जिम्‍मामा रहेकाहरूमध्येका दुई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्