म्यानमारकी इसाईको मृत्युपछि नरकमा पुगेको अनुभव

3 अप्रिल 2023

सानो छँदा मलाई इसाई धर्ममा लाग्‍ने इच्‍छा हुन्थ्यो, तर मेरो परिवारले बुद्ध धर्म मान्‍ने हुनाले, म इसाई भइनँ। मैले त्यो बेला नरकबारे सुनेकी थिएँ, तर यसमा पटक्कै विश्‍वास गरिनँ।

अप्रिल २०२२ मा, एक जना साथीले मलाई अनलाइन भेलामा सहभागी हुन अनुरोध गरिन्, र यस बेला नै मैले पहिलोपटक सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेकी थिएँ। मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू स्वर्गमा हुनुहुने सृष्टिकर्ताले सिधै मानवजातिसँग बोलेको जस्ता लाग्यो। त्यसपछि मैले अनलाइनमा सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वर नै एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर मानवजातिलाई मुक्ति दिन पृथ्वीमा ओर्लनुभएको छ भन्‍ने सिकेँ। तर मेरो परिवारले मलाई बाधा दिएको हुनाले, र म पनि सांसारिक कुराहरूमा टाँसिरहेको हुनाले, भेलाहरूमा नियमित सहभागी भइनँ र केही समयसम्‍म भेलाबाट पनि निस्किएँ।

त्यसपछि, २०२३ फेब्रुअरी ३ को बिहान ९:३० बजेतिर, भेलापछि मलाई अलिक थकाइ लाग्यो, त्यसकारण म आराम गर्न ढल्‍केँ। पछि मेरो भाइले मलाई, मेरो परिवारले मलाई जति नै प्रयास गरे पनि निद्राबाट बिउँझाउन सकेनन्, त्यसकारण तिनीहरूले मलाई आपतकालीन उपचारको लागि अस्पताल लगिहाले भनेर बताए। डाक्टरले मलाई जाँचे र मैले सास फेर्न छोडेकी छु भनेर भने, त्यसकारण तिनले मृत्यु प्रमाणपत्र दिए। मलाई घर फर्काएर लानेबाहेक मेरो परिवारसँग कुनै विकल्‍प थिएन। तिनीहरूले हाम्रा आफन्त र छिमेकीहरूलाई जानकारी दिए, र अन्त्येष्टि गरेर तीन दिनपछि मलाई दफन गर्ने तयारी गरे।

त्यो बेला मलाई घरमा के भइरहेको छ भन्‍ने थाहा भएन। म अर्को संसारमा गएकी थिएँ भन्‍ने मात्र मलाई थाहा छ। मैले सेतो वस्‍त्र लगाएकी थिएँ, उज्यालो नभएको र धुवाँले भरिएको सानो बाटोमा हिँडिरहेकी थिएँ। मैले आकाश वा मेरो अगाडि के छ त्यो देख्‍न सकिनँ। बाटो ओरालो, खाल्टाखुल्टी र दुलैदुलो भएको, कच्ची र घुमाउरो थियो। दुवैतिर, पहिले कहिल्यै नदेखेका र काँडैकाँडा भएका अनेक किसिमका अचम्मलाग्दा बोटबिरुवा मात्र देख्न सक्थेँ। म चारैतिर पशुहरूको आवाज पनि सुन्न सक्थेँ…। बाटोमा म खाली खुट्टा हिँडिरहेकी थिएँ, र यसले मेरो खुट्टा बिझाइरहेको थियो। मेरो पूरै शरीर पोलिरहेको थियो र मलाई सास फेर्न अलिक गाह्रो भयो। जाँदा-जाँदा, मैले कालो वस्‍त्र लगाएको एउटा पिशाचलाई भेटेँ। त्यो शिरदेखि पाइतालासम्‍मै कालो थियो—मैले त्यसको अनुहार वा खुट्टा देख्‍न सकिनँ। त्यसले भन्यो, “मसँग आइज!” त्यसको आवाज साह्रै डरलाग्दो थियो। मैले डराउँदै भनेँ, “मलाई कहाँ लगेको? म कहिल्यै गएकी छैनँ—म जान्‍नँ। म घर जान चाहन्छु।” मलाई भाग्‍न मन लाग्यो। ठिक त्यही बेला, कालो-नीलो वस्‍त्र लगाएका चार-पाँच जना पिशाचहरू उड्दै आए, र मलाई पक्रेर भने, “तँ मरिसकिस्—तँ फर्केर जान सक्दैनस्। तैँले धेरै पाप गरेकी छेस्, र तँलाई तैँले जीवनमा गरेका पापहरूका निम्ति दण्ड दिइनुपर्छ।”

त्यसपछि तिनीहरूले मलाई एउटा ठूलो ढोकाको अगाडि पुऱ्याए जहाँ धेरै जना पिशाचहरू गार्ड बसिरहेका थिए। तिनीहरू सबै अल्गा र ठूला-ठूला आँखा र कान भएका थिए, र कतिको त हेर्दा नै डरलाग्दा तीखा दाँतहरू बाहिर निस्किरहेका थिए। तिनीहरूले हतियार बोकिरहेका थिए र कम्‍मरमाथि लुगा लगाएका थिएनन्, अनि हड्डीका माला लगाएका थिए र तिनीहरूको शरीरमा मरेकाहरूका खोपडीहरू झुन्डिरहेका थिए। तिनीहरूको जीउभरि चोटै-चोट थिए। ढोकाका गार्डहरूले ढोका खोल्‍नेबित्तिकै मैले एकदमै धेरै दर्दनाक चिच्याहट सुनेँ। त्यो ठाउँ टाढा-नजिक जताततै भयानक पीडादायी आवाजले भरिएको थियो। त्यहाँ भतभत पोल्ने उखरमाउलो तातो थियो। मलाई साह्रै डर लाग्यो, र मैले पिशाचहरूलाई सोधेँ, “मैले के गल्ती गरेँ? म यहाँ हुनु हुँदैन।” तिनीहरूले मलाई मैले जीवनकालमा गरेका सबै पाप अनि ती पाप कुन दिन, कुन समयदेखि लिएर कति मिनेट र कति सेकन्डमा गरेँ भनेर एक-एक गरीसमेत देखाए। मैले झूट बोलेर बिर्सेको समेत स्पष्टरूपमा विवरण राखिएको रहेछ। केही उदाहरणहरू यसप्रकार छन्: सेप्टेम्‍बर ५, २०२२ मा, ब्रदर-सिस्टरहरूले मलाई भेलामा बोलाउन कल गरेका थिए, तर मेरो परिवारको दबाबले म निराश थिएँ, र मैले सहभागिता जनाइनँ। सेप्टेम्‍बर १०, २०२२ मा, मैले भेला छुटाएँ र ब्रदर-सिस्टरहरूसँग कुरा गर्न मन नलागेर तिनीहरूको कल उठाइनँ। अक्टोबर ५, २०२२ मा, म सबै भेला समूहहरूबाट निस्केँ र मैले अरू मण्डली सदस्यहरूसँग सम्पर्क तोडेँ। अक्टोबर ६, २०२२ मा, सांसारिक प्रचलनहरूमा लाग्‍न र रमाइलो गर्न म परमेश्‍वरबाट टाढा भएँ। म छक्‍क परेँ। मैले कति धेरै पाप गरेकी रहेछु भन्‍ने देख्दा मलाई साह्रै डर लाग्यो।

त्यसपछि, कालो वस्‍त्र लगाएका पिशाचले मलाई काठको चिन्‍ह भएको ठाउँमा लगे, जसमा परमेश्‍वरलाई छल्‍ने, आलोचना गर्ने, वा निन्दा गर्ने मानिसहरूलाई दण्ड दिइने ठाउँ यही हो भनिएको रहेछ। यहीँ नै सबैभन्दा कडा सजाय दिइँदो रहेछ भन्‍ने मैले देखेँ। पहिलो प्रकारको दण्डमा दण्ड पाउनेहरूको मुख र छालाबाट किरा निस्कन लगाएर तिनीहरूलाई टोकाइँदो रहेछ, त्यसले गर्दा किराहरूले तिनीहरूलाई जीउभरि टोकिरहेका थिए—यो साह्रै डरलाग्दो थियो। दोस्रो प्रकारको दण्डमा, दण्ड पाउने मानिसहरू नाङ्गै थिए, र तिनीहरूलाई एउटा लामो फल्याकमा एक-एक गरी लगिन्थ्यो, जहाँ १० जनालाई एकैपटक दण्ड दिन सकिन्थ्यो। तिनीहरूले घुँडा टेक्‍नुपर्थ्यो, तिनीहरूको हात पछाडी बाँधिएको थियो, र तिनीहरूको चिउँडो फल्याकमा राखिएको थियो। तिनीहरूको घाँटीमा डोरी बाँधिएको थियो, र डोरी पछाडि तान्दा, तिनीहरूको जिब्रो बाहिर निस्कन्थ्यो। फल्याकको अर्कोपट्टिबाट, सिङ भएको हेर्दै घिनलाग्दो पिशाचले तिनीहरूको जिब्रो बल्छीले उनेर जोरले झट्काउँथ्यो; कतिको जिब्रो सामान्य लम्बाइभन्दा दुईगुणा तन्किन्थ्यो। त्यसपछि, त्यो पिशाचले कलम जत्तिकै लामो काँटीले तिनीहरूको जिब्रोलाई फल्याकमा ठोक्थ्यो, जसको मुनि आगो बलिरहेको थियो। त्यो पिशाचले जिब्रोमा उम्‍लिरहेको अग्निमय पानी पनि निरन्तर खनाइरहेको थियो। यो आगोरूपी पानी टाढाको जलकुण्डबाट ल्याउँदै निरन्तर सबै पिशाचहरूलाई दिइन्थ्यो। यसलाई कसैको जिब्रोमा खन्याइनेबित्तिकै, जिब्रो पूरै नष्ट हुन्थ्यो। कतिको त आँखाको गेडीसमेत बाहिर निस्किन्थ्यो। त्यसपछि, पिशाचहरूले आग्निमय पानी तिनीहरूको पूरै शरीरमा खन्याउँथे, ताकि तिनीहरू पूरै नष्ट होऊन्। दण्ड पाउनेहरू ज्यान नगइञ्जेल कष्टले चिच्याउँथे। यो साह्रै डरलाग्दो दृश्य थियो। कतिपय मानिसहरू त सहन नसकेर केही क्षणमै मरे, तर यदि तिनीहरूलाई थप पापको लागि दण्ड दिइनुपर्‍यो भने, तिनीहरूलाई निरन्तर दण्ड दिन जगाइन्थ्यो। तिनीहरू दण्ड पूरा भएपछि पनि मरेका छैनन् भने, तिनीहरूको शरीरबाट किराहरू निस्केर तिनीहरूलाई खान्थे, त्यसपछि तिनीहरूलाई फेरि जगाएर अर्को तरिकाले दण्ड दिइन्थ्यो।

तेस्रो प्रकारको दण्डमा चाहिँ अग्निमय पानीको कुण्डमा फ्याँकिन्थ्यो। मैले चारतिर डोरी बाँधिएको फलामको एउटा विशाल गोलो पातो देखेँ। दण्ड दिइने अर्को ठाउँबाट केही सेकेन्डभित्रै एक-दुई सय मानिसहरू पातोमा देखा परे। तिनीहरूले नाङ्गै तातो रन्किरहेको तातो पातोमा घुँडा टेके र काँडादार डोरीले तिनीहरूको हात र शरीरको माथिल्‍लो भागलाई आफै बाँध्यो। यी मानिसहरू विभिन्‍न धर्म र सम्प्रदायबाट आएका थिए। कतिले परमेश्‍वरमा विश्‍वास गर्दैनथे, र कति इसाई वा बौद्ध थिए। तिनीहरूलाई परमेश्‍वरको नयाँ काम ग्रहण नगरेको, अनि परमेश्‍वरको निन्दा र आलोचना गरेको हुनाले दण्ड दिइँदैथ्यो। तिनीहरू कतिले परमेश्‍वरको नयाँ काम ग्रहण गरेको भए पनि, तिनीहरूको विश्‍वास सतही, झारा टार्ने, र परमेश्‍वरलाई छल गर्ने किसिमको थियो। त्यस्तो व्यक्तिलाई पनि परमेश्‍वरले दण्ड दिनुभयो। तिनीहरू सबैले आफूले विश्‍वास गरेका ईश्‍वरलाई पुकारिरहेका थिए। कतिले यो ईश्‍वर र त्यसपछि त्यो ईश्‍वरलाई पुकारिरहेका थिए। यो कान खाने आवाज थियो, र मैले ती स्पष्टसित सुन्‍न सकिनँ। तिनीहरूले जसरी चिच्याए पनि केही लागेन; तिनीहरूको पुकारा कसैले सुनेन। त्यसपछि, ती मानिसहरूलाई एउटा ठूलो जलकुण्डमा लगियो, र त्यो जलकुण्डमा उम्‍लिरहेको अग्‍निमय पानी थियो। तिनीहरूको डोरी आफै खुस्कियो, फलामको पातो एकातिर ढल्कियो, र तिनीहरू तल खसे। तिनीहरू उम्लिँदै पाकिरहेका थिए, तिनीहरूलाई यति हदसम्म पोलिरहेको थियो कि तिनीहरू भयानक पीडाले चिच्याए। कतिपय मानिस किनारमा थिए र जलकुण्डबाट घस्रिएर निस्कन सक्दो बल गरिरहेका थिए, तर तिनीहरू फेरि खसिहाल्थे। केही समयपछि नै, चिच्याहट बन्द भयो। सबै जना मरेका थिए, र अग्‍निमय जलकुण्डको सतहमा तैरिरहेका थिए। तिनीहरू सबै मरेपछि, विशाल जालले तिनीहरूलाई सोहोरेर निकालियो, र अर्को दण्डको लागि तिनीहरूलाई फेरि जगाइयो।

त्यसपछि मलाई अर्कै ठाउँमा लगियो। त्यहाँ मानिसहरूलाई आफ्‍ना आमाबुबा, अग्रज, वा शिक्षकहरूलाई अपमान गरेकोमा अनेक किसिमका दण्ड दिइँदै थियो। कति जना नाङ्गै थिए, र घाँटी र हात खुट्टा काँडे साङ्‍लाले बाँधिएका थिए। तिनीहरूलाई यति साह्रो चाबुक हानियो कि तिनीहरूको मासु र रगत बगिरहेको थियो। तिनीहरू पीडाले तड्पिरहेका र चिच्याइरहेका थिए। नरकका पिशाचहरूले तिनीहरूको हातखुट्टा काट्न बन्चरो प्रयोग गरे, र तिनीहरूलाई किच्याउन हम्मरजस्तो वस्तु प्रयोग गरे। दण्ड दिइँदा तिनीहरूलाई यसो भनेर सोधिन्थ्यो, “त्यो बेला तैँले यो पाप गर्नुहुँदैन भन्‍ने सोचिस्?” तिनीहरूले पश्‍चात्ताप गरे, तर कसैले तिनीहरूलाई बचाउन सकेन, र तिनीहरूलाई यातना दिएर मारियो। त्यसपछि, तिनीहरू फेरि जागे र अर्को दण्ड पाए। कतिलाई जिउँदै गाडियो। त्यहाँको जमिन चलिरहेको, हल्लिरहेको थियो, र माटोमा आगो बलिरहेको थियो। दण्ड पाउने मानिसहरूलाई बिस्तारै जमिनले निल्थ्यो, तिनीहरू जमिनमा भासिएर मर्थे।

त्यसपछि मलाई व्यभिचारीहरूलाई दण्ड दिइँदै गरेको ठाउँमा लगियो। तिनीहरू ज्यान जोगाउन भागिरहेका थिए। कतिलाई वाणले हानेर मारिन्थ्यो, र कतिलाई घोचेर मारिन्थ्यो। कतिलाई पशुहरूले खेदेर टोकी-टोकी मार्थे। अन्तिममा, कोही पनि उम्कन पाउँदैनथे, र तिनीहरू सबै मर्थे। मरेकाहरू अर्को दण्ड पाउन जाग्थे।

मैले अर्को ठाउँ देखेँ जुन ठाउँमा ठगी गर्ने वा अरूको खराब चिताउने, मानिसहरूको फाइदा लुट्ने, वा धूर्त वा अरूको डाहा गर्नेहरूलाई दण्ड दिइन्थ्यो। त्यहाँ काठ छापिएको र दुवैतिर काँडादार डोरी टाङ्गिएको झोलुङ्गे पुल थियो। काँडादार डोरी पक्रिँदा रगत आउँथ्यो, तर त्यसमा पक्रेन भने तिनीहरू खसिहाल्थे, अनि त्यसको मुनि अग्‍निकुण्ड थियो। तिनीहरू खसेनन् भने पनि, मासु पेल्‍ने मिलमा पिसिनुपर्थ्यो, त्यसपछि अझै पिसिँदै अग्‍निकुण्डमा झर्थे।

कतिपय मानिसहरू साह्रै चिन्तित देखिन्थे र राम्ररी वस्‍त्र लगाउने प्रयास गर्दै समय बरबाद गरिरहेका थिए, तर परमेश्‍वरमा पटक्‍कै विश्‍वास गर्दैनथे, र उहाँको आलोचना र निन्दासमेत गर्थे। तिनीहरूको अनुहार अलिअलि गर्दै किरा-फट्याङ्ग्राले खाइरहेका थिए। तिनीहरूबाहेक, अरूलाई सराप्‍ने, चोर्ने इत्यादि काम गर्ने मानिसहरूलाई पनि दण्ड दिइँदै थियो। मानिसहरूले गरेका पापहरूको आधारमा तिनीहरूलाई एक तरिकाले बारम्बार दण्ड दिइएपछि अर्को तरिकाको दण्ड दिन लगिन्थ्यो। यो दृश्य देख्दा मेरो पूरै जिउ डरले थरथर काम्यो। वास्तवमा त्यसरी दण्डित हुनु साह्रै भयानक हुनेथ्यो! मलाई आफूले गरेका पापहरूप्रति पछुतो भयो, तर कसलाई बिन्ती गर्ने, कसले मलाई बचाउन सक्छ भनेर मलाई थाहा थिएन। त्यो बेला, मैले अलमल्ल अवस्थामा नै केही बौद्ध सूत्रहरू जपेँ तर कुनै प्रतिक्रिया आएन, र मेरो डर पनि कम भएन। मलाई अचानक आफूले एकमात्र साँचो परमेश्‍वर अर्थात् सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेकी छु भन्‍ने याद आयो। सर्वशक्तिमान् परमेश्‍वरले भन्‍नुभएको कुरा मनमा आयो। “आफ्‍नो दैनिक जीवनमा, तैँले जे-जस्ता कठिनाइहरू सामना गरे पनि, तँ परमेश्‍वरको अघि आउनैपर्छ; तैँले गर्नुपर्ने पहिलो कुरा प्रार्थनामा परमेश्‍वरसामु घुँडा टेक्‍नु हो, यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र मैले सामना गरिरहेका कुरा उहाँकै अनुमतिमा भइरहेका छन्, त्यसैले मैले उहाँलाई पुकार्नुपर्छ भन्‍ने मलाई थाहा भयो। मलाई आफ्ना विभिन्‍न पापहरू सम्झना भयो। मैले परमेश्‍वरसँग झारा टार्ने व्यवहार गरेकी थिएँ र उहाँलाई बेवास्ता गरेकी थिएँ। मलाई राम्रो लाग्दा म आफ्नो विश्‍वास अभ्यास गर्थेँ र भेलाहरूमा सहभागी हुन्थेँ, तर राम्रो नलाग्दा म भेलाहरू छुटाउँथेँ। म इसाई त थिएँ, तर परमेश्‍वरमाथि ममा साँचो विश्‍वास थिएन। म उहाँप्रति लापरवाह र छली थिएँ। म रमाइलो गर्न खुसीसाथ समय खर्चिन्थेँ, तर परमेश्‍वरको आराधनामा समय बिताउँदिनथेँ। त्यो सब सोच्दा मलाई साह्रै पछुतो भयो र मैले हृदयदेखि परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, मैले धेरै पाप गरेकी छु। मैले उदासीन भएर तपाईंलाई बेवास्ता गरेँ र पाप गर्नमा रमाएँ अनि आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिनँ। अहिले मलाई साह्रै डर र पछुतो लागेको छ। म यहाँ आएर ती पापको लागि दण्डित हुन चाहन्‍नँ। म पश्‍चात्ताप गर्न तयार छु—बिन्ती छ मलाई यसो गर्ने मौका दिनुहोस्। म तपाईंका बन्दोबस्तमा समर्पित भएर तपाईंको इच्‍छाअनुसार सबै कुरा गर्न चाहन्छु।” मैले यसरी बारम्‍बार प्रार्थना गरेँ र पाप स्वीकार गरेँ, आफूले गरेका पापहरूका लागि एक-एक गरी परमेश्‍वरसामु पश्‍चात्ताप गरेँ। म क्रमिकरूपमा शान्त हुँदै गएँ र मलाई त्यति डर लाग्न छोड्यो। पछि, मलाई एउटा आवाजले मेरो नाम बोलाइरहेको जस्तो लाग्यो। त्यसपछि मैले ज्योतिको किरण देखेँ, र ज्योतिबाट एउटा आवाज आएर मलाई भन्यो, “डेनी, पश्‍चात्ताप गरिस्? तैँले धेरै पाप गरेकी छेस्। तैँले परमेश्‍वरमा भरोसा गर्नुपर्छ र यी पापहरू गर्न छोड्नुपर्छ—तैँले दण्ड नपाइञ्जेल पश्‍चात्ताप गर्न पर्खनु हुँदैन। परमेश्‍वरका वचनहरू आफ्‍नो हृदयमा खोपेर राख् र सत्यताको पछि लाग्। तैँले बुझ्‍ने र अभ्यास गर्ने कुरा सही हुनैपर्छ। यो तेरो लागि अन्तिम मौका हो, र अर्कोपटक तैँले मुक्ति पाउनेछैनस्। जिउँदो हुँदा नै, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न कडा परिश्रम गर् र परमेश्‍वरको राज्यमा प्रवेश गर्। आफ्‍ना पाप वा गल्तीहरू नदोहोर्‍याउनू, र पछुताउनुपर्ने कामहरू नगर्नू। तैँले आफ्‍नो कर्तव्य पूरा गरिनसकेकी हुनाले, तँ मर्नेछैनस्। तैँले विपत्तिमा पर्नेहरूलाई उद्धार गर्नेछस्।”

त्यो आवाज मैले चिनेको कुनै व्यक्तिको थिएन। यो बतासको आवाज जस्तो लाग्थ्यो। यो एकदम राम्ररी सुनिँदैनथ्यो, तर म बुझ्नचाहिँ सक्थेँ। ती वचनहरू रूखो भए पनि, प्रोत्साहनदायी थिए र तिनले मलाई शान्ति महसुस गराए। तिनमा सुरक्षाको आभास दिने न्यानोपन थियो। मलाई आफूले पहिले कहिल्यै थाहा नपाएको खुसी मिल्यो। परमेश्‍वरले मलाई बचाइरहनुभएको छ र जीवनमा दोस्रो मौका दिइरहनुभएको छ भन्‍ने मलाई थाहा भयो। यो आवाज सुनेपछि मेरो होस बिस्तारै खुल्यो।

बिउँझँदा, म अझै डरले कामिरहेकी थिएँ। यति धेरै पाप गरेकोमा मलाई साह्रै नरमाइलो र खेद लागिरहेको थियो। यो मलाई परमेश्‍वरको चेतावनी हो भन्‍ने थाहा भयो। परमेश्‍वरले भन्‍नुभएको सबै कुरा साँचो थियो। मैले उहाँले भन्‍नुभएको कुरामा विश्‍वास गर्नुपर्थ्यो र उहाँको कुरा सुन्‍नुपर्थ्यो। म उहाँलाई बेवास्ता गर्दै बेपरवाह भइरहनु हुँदैनथ्यो। परमेश्‍वरले मलाई एउटा मौका दिँदै हुनुहुन्थ्यो जसलाई मैले फेरि लत्याउनु हुँदैनथ्यो। मैले मेरो भाइलाई भनेँ, “म सिस्टर समरसँग कुरा गर्न चाहन्छु।” सिस्टर समर सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीकी मलजलकर्ता थिइन्, जो मसँग प्रायः अनलाइन भेला हुन्थिन्। समरले मेरो अवस्थाबारे थाहा पाएपछि मलाई परमेश्‍वरका केही वचनहरू पठाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वर प्रत्येक मानव जीवनको लागि उत्तरदायी हुनुहुन्छ र उहाँ अन्त्यसम्मै उत्तरदायी हुनुहुन्छ। परमेश्‍वरले तेरो भरणपोषण गर्नुहुन्छ, र यदि शैतानद्वारा विनाश गरिएको यो वातावरणमा तँलाई बिरामी पारिएको वा प्रदूषित गरिएको, वा अपवित्र तुल्याइएको भए पनि—परमेश्‍वरले तेरो भरणपोषण गर्नुहुन्छ, र तँलाई निरन्तर जिउन दिनुहुन्छ। तँलाई यस कुरामा विश्‍वास हुनुपर्छ। परमेश्‍वरले हल्का रूपले कुनै पनि मानिसलाई मर्न दिनुहुन्‍न(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७)। “तँ जन्‍मेको समयदेखि अहिलेसम्‍म, परमेश्‍वरले तँमा धेरै काम गरिसक्‍नुभएको छ, तर उहाँले आफूले गर्नुभएको सबै कुराको विस्तृत विवरण तँलाई दिनुहुन्‍न। परमेश्‍वरले तँलाई सो कुरा जान्‍न दिनुभएन, न त उहाँले तँलाई यसबारे भन्‍नु नै भयो। तैपनि, मानवजातिको लागि, उहाँले गर्नुहुने सबै कुरा महत्त्वपूर्ण छन्। परमेश्‍वरको लागि त, यो उहाँले गर्नैपर्ने कुरा हो। उहाँको हृदयमा उहाँले गर्न आवश्यक रहेको कुनै महत्त्वपूर्ण कुरा छ जुन यी सबै कुराभन्दा अत्यन्तै बढी महत्त्वपूर्ण छ। अर्थात्, व्यक्ति जन्‍मेको समयदेखि वर्तमान दिनसम्‍म, परमेश्‍वरले तिनीहरूको सुरक्षाको प्रत्याभूति दिनु नै हुन्छ। … यो ‘सुरक्षा’ को अर्थ तँलाई शैतानले निल्‍नेछैन भन्‍ने हो। के यो महत्त्वपूर्ण छ? शैतानले ननिल्‍नु—के यो तेरो सुरक्षासँग सम्‍बन्धित छ कि छैन? छ, यो तेरो व्यक्तिगत सुरक्षासँग सम्‍बन्धित छ, र त्योभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुन सक्दैन। शैतानले तँलाई निलिसकेपछि, तेरो प्राण र तेरो देह अबउप्रान्त परमेश्‍वरको स्वामित्वमा हुनेछैन। परमेश्‍वरले अबउप्रान्त तँलाई मुक्ति दिनुहुनेछैन। शैतानले निलेका प्राण र मानिसहरूलाई परमेश्‍वरले त्याग्‍नुहुन्छ। त्यसकारण म भन्छु, परमेश्‍वरले गर्नुहुने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो यस सुरक्षाको प्रत्याभूति दिनु, तँलाई शैतानले निल्‍नेछैन भनेर प्रत्याभूति दिनु हो। यो अत्यन्तै महत्त्वपूर्ण छ, होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्दा, मलाई सुरक्षाको आभास भयो, मानौँ मैले भरोसा गर्ने कुरा रहेछ। यो अनुभवले मलाई अझै स्पष्टरूपमा के देखायो भने, जन्‍मेदेखि अहिलेसम्‍म, परमेश्‍वरले हामीलाई डोऱ्याइरहनुभएको छ, हरेक पल हामीलाई देखरेख गर्दै रक्षा गरिरहनुभएको छ। मैले परमेश्‍वरसामु आएर आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ, र उहाँको अपार अनुग्रहको ऋण तिर्नुपर्छ। हामीले देख्न नसक्ने अदृश्य आत्मिक संसारलगायत सबै कुरामाथि साँच्‍चै परमेश्‍वरले नै शासन गर्नुहुन्छ भन्‍ने कुराको गवाही मैले दिनुपर्छ। नरक साँच्चै छ। मैले नरकको दण्डको कष्ट अनुभव गरिनँ, तर नरकमा मानिसहरूले दण्ड पाएको दृश्य देखेँ। मेरो वरिपरि शैतानलाई पछ्याउँदै सांसारिक प्रचलनहरूको पछि लाग्‍ने धेरै मानिस छन्। तिनीहरू परमेश्‍वरको अघि आएका छैनन्। मलाई तिनीहरूको एकदमै चिन्ता लाग्छ, र म आफूले चिनेका मानिसहरूले नरकमा गएर त्यसरी कष्ट भोगून् भन्‍ने चाहन्‍नँ। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम ग्रहण गरे पनि नगरे पनि, म आफ्‍नो जिम्‍मेवारी पूरा गर्नेछु अनि नरक छ, र परमेश्‍वरको अख्तियार पनि वास्तवमै छ भनेर तिनीहरूलाई गवाही दिनेछु। सर्वशक्तिमान्‌ परमेश्‍वरले मात्रै हामीलाई नरकको कष्टबाट जोगाउन सक्‍नुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरसामु नआएका मानिसहरूका लागि, र उहाँलाई ग्रहण गरेका, तर उहाँको मुक्तिलाई बहुमूल्य नठान्‍नेहरूका लागि म उहाँका वचनहरूको एउटा खण्ड पढ्न चाहन्छु।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नु पनि हो। यसका अतिरिक्त, यो कार्य मानिसले मेरो व्यवहार र कार्यहरूप्रति कृतज्ञ रहून् भन्नका लागि हो। मैले गरेका सबै कार्य सही छन् र मैले गरेका सबै कार्य मेरो स्वभावको अभिव्यक्ति हुन् भनेर प्रत्येक व्यक्तिले देखून् भन्‍ने मेरो चाहना हो। मानिसजातिलाई जन्माएको मानिसले होइन, प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जीवित प्राणीको पालनाहार मैले जन्माएको हुँ। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपदको अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातिले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातिले कठ्याङ्ग्रिँदो चिसो रात र मृत्युको निर्मम कुवाको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र मुक्ति हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजातिको गति तत्कालै रोकिनेछ। मविना मानवजातिले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्‍ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र खुलासा गर्ने मेरो कार्यको अर्को कदम प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्‍ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरूमाथि आइपर्ने विपत्तिबाट तिमीहरू कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै व्यवस्थित हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिबाट उम्कन सक्नेछैनौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

नाम र लाभ खोज्नेबारे आत्मसमीक्षा

सन् २०२१ को मे महिनामा मैले मलजल टोली अगुवाको रूपमा जिम्मेवारी सम्हालेँ। ब्रदर-सिस्टरहरूको दुई समूहलाई मलजल गर्ने जिम्मेवारी मेरो थियो, र...

मेरो छलीपनको समाधान

म सधैँ आफूलाई इमानदार व्यक्ति ठान्थेँ। म बोली र काममा भरपर्दो छु भनेर सोच्थेँ, अनि मलाई चिन्ने मानिसहरूले पनि मेरो बारेमा त्यसै भन्थे। मलाई...

मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन“आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्