परमेश्वरको डर नमान्नु खतरनाक मार्ग हो
गत वर्षबाट सुरु गर्दै, मैले मण्डलीमा मलजल गर्ने कामको जिम्मेवारी लिएँ। एक पटक भेलामा, सुसमाचार कार्यको सुपरभाइजर ब्रदर वाङ्गले मलाई केही सुझाव दिए, र धेरै जना नयाँ विश्वासीहरू भेलाहरूमा सहभागी हुन छोडेका छन्, र हाम्रो मलजलको काममा समस्याहरू देखा परेका छन् र मैले तिनलाई तुरुन्तै सम्बोधन गर्नुपर्छ भनेर बताए। सुरुमा मैले तिनको सुझावलाई स्वीकार गर्न सकेँ। मैले ब्रदर-सिस्टरहरूसँग समस्याहरूका बारेमा छलफल गरेर आवश्यक परिवर्तनहरू गर्न सक्दो प्रयास गरेँ। तर हरेक महिना केही नयाँ विश्वासीहरूले विभिन्न कारण देखाई समूह त्याग्थे। ब्रदर वाङ्गले मलाई फेरि पनि म आफ्नो कर्तव्यमा जिम्मेवार भएकी छैन र मैले मलजल कार्यको समस्यालाई सम्बोधन गरेकी छैन भनेर बताए। मैले के सोचेँ भने मैले ती समाधान गर्न सक्दो प्रयास गरेकी छु र मैले गर्नुपर्ने कुरा गरेकी छु, तब किन तिनको ध्यान ममा मात्रै केन्द्रित छ? के तिनले मेरो गल्ती खोतलिरहेका छन्? यसको साथै, नयाँ विश्वासीहरूले भेलाहरू छोड्नुका विभिन्न कारणहरू थिए। कतिमा अझै पनि धार्मिक धारणाहरू थिए, जसको अर्थ तिनीहरूलाई स्पष्ट रूपमा सत्यताको बारेमा सङ्गति दिइएको छैन, तब किन तिनले आफ्नै समस्याहरूका बारेमा मनन गरिरहेका छैनन्? यदि तिनीहरूले राम्ररी सङ्गति गरेका भए, तिनीहरूमध्ये थोरैले मात्रै समूह छोड्नेथिए। त्यसकारण, मलाई ब्रदर वाङ्गप्रति ईख लाग्यो र तिनको सुझावलाई बेवास्ता गरेँ। अचम्मको कुरा, सुसमाचार प्रचार गर्ने केही ब्रदर-सिस्टरहरूले यो कुरा माथिल्लो तहको अगुवालाई रिपोर्ट गरेछन्। मैले यो थाहा पाउँदा आत्म-चिन्तन गरिनँ, तर अगुवाले यो कुरा सुनेपछि, उनले मैले व्यवहारिक काम गरिरहेकी छैन, म झूटो अगुवा हुँ भन्ने सोच्नेछिन् भन्ने मलाई चिन्ता लागेको थियो। यदि यो अवस्था खराब भयो भने, मलाई बर्खास्त समेत गरिने सम्भावना हुन्थ्यो, जुन लाजमर्दो कुरा हुनेथियो। के त्यो मेरो बारेमा अगुवालाई पोल लगाउनु थिएन र? मैले यसको बारेमा जति विचार गरेँ मलाई त्यति नै रिस उठ्यो र ममा तिनीहरूप्रति झन् तिरस्कार जाग्यो। जब तिनीहरूले पछि मलाई सुझाव दिए, तब मलाई तिनीहरूले सानो कुरालाई ठूलो बनाइरहेका छन् भन्ने लाग्यो र मैले तिनीहरूको कुरा वास्ता गरिनँ।
एक पटक भेलामा, एक जना मलजल गर्ने डिकनले सुसमाचार प्रचार गर्नेहरूको बारेमा निश्चित विचार व्यक्त गर्दै ठाडो तरिकाले के बताए भने तिनीहरूले नयाँ विश्वासीहरूको धार्मिक धारणाहरूलाई समाधान गरेका छैनन्, र त्यो गैरजिम्मेवार व्यवहार हो। यदि तिनीहरूको सङ्गति स्पष्ट भएको भए, नयाँ विश्वासीहरूले भेलाहरूमा सहभागिता जनाइरहेका हुन्थे। मलाई पनि त्यस्तै लागेको थियो, त्यसकारण मैले तुरुन्तै प्रतिक्रिया दिएँ, “हो, नयाँ विश्वासीहरूसँग अझै पनि धारणाहरू हुँदा नै तिनीहरूलाई मलजलको लागि हाम्रो हातमा सुम्पिइएको हो। हामीले कसरी त्यो काम सफलतापूर्वक गर्न सक्छौँ र?” त्यसपछि सबै मलजल गर्ने कर्मचारीहरूले एकपछि अर्को कुरा भन्न थाले। मलाई अलिक अप्ठ्यारो लाग्यो, र मैले आफ्नो जिम्मेवारीबाट पन्छिने र अरूलाई तिनीहरूको पछाडि आलोचना गरिरहेकी छु कि जस्तो लाग्यो। तर मैले भनेको कुरा पूर्ण रूपमा सही छ भन्ने सोचेँ। त्यसपछि यसको बारेमा थप विचार गरिनँ। पछि एक पटक मैले मलजल डिकनसँग कामको बारेमा छलफल गरिरहेकी बेला, तिनले अचानक म जान्छु भनेर भने, किनभने ब्रदर झाङ्गले केही सामग्रीहरू व्यवस्थित गर्न चाहेका थिए। मैले के सोचेँ भने सुसमाचार प्रचार गर्नेहरूले सधैँ हामीमा समस्या छ भनी भन्छन्, तब दस्तावेजहरू व्यवस्थित गर्ने जस्तो काममा पनि तिनीहरूलाई किन हाम्रो सहयोग चाहियो? मैले भनेँ, “आफै गर्न सक्दैन रे? किन तिनीहरूलाई सबै कुरामा तपाईंको सहयोग चाहिन्छ? तपाईंको आफ्नै काम छ। यदि तिनले आफै गर्न सक्दैन भने, तिनी अयोग्य छन्।” त्यसो भनेपछि मेरो मुटुको ढुकढुकी बढ्यो: मैले किन त्यसो भनेँ? ब्रदर झाङ्गलाई दस्तावेजहरूको काममा सहयोग चाहिएको थियो ताकि भेलाहरू प्रभावकारी हुन सकून्। त्यो सामान्य कुरा हो। मैले ब्रदर-सिस्टरहरूका बीचमा समस्या पैदा गरिरहेकी थिएँ। के त्यो परमेश्वरको घरको काममा बाधा दिनु होइन र? तुरुन्तै मैले आफ्नो कुरा सुधार गरेर भनेँ, “ठीक छ, जानुहोस्।” तर यसको बारेमा पछि विचार गर्दा, मलाई अलिक अप्ठ्यारो लाग्यो, त्यसकारण मैले परमेश्वरलाई म आफूलाई बुझ्न अगुवाइ गर्नुहोस् भन्दै प्रार्थना गरेँ।
भोलिपल्टको भेलामा मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “परमेश्वरले कसरी कुनै व्यक्तिको हृदय छानबीन गर्नुहुन्छ? उहाँ आफ्नो आँखाले मात्र हेर्नुहुन्न, उहाँ तेरा लागि वातावरण बनाउनुहुन्छ र तेरो हृदय आफ्नो हातले छुनुहुन्छ। म किन यो भन्छु? किनकी जब परमेश्वर तेरा लागि वातावरण बनाउनुहुन्छ, तब उहाँ तँ त्यसप्रति अप्रसन्न छस् र त्यसलाई घिनाउँछस् वा त्यसलाई मन पराउँछ्स र त्यसप्रति समर्पित हुन्छस्, तँ निष्क्रिय भएर पर्खिन्छस् कि सक्रिय रूपमा सत्यता खोजी गर्छस् भनेर हेर्नुहुन्छ। परमेश्वरले तेरो हृदय र विचार कसरी परिवर्तन हुन्छन्, र ती कुन दिशामा विकास हुन्छन् त्यो हेर्नुहुन्छ। तेरो हृदयभित्रको स्थिति कहिलेकाहीँ सकारात्मक र कहिलेकाहीँ नकारात्मक हुन्छ। यदि तैँले सत्यता स्वीकार गर्न सक्छस् भने, परमेश्वरले तेरा लागि मिलाउने मानिस, घटना अनि कामकुरा र विभिन्न वातावरणलाई उहाँबाट स्विकार्न सक्नेछस् र तिनलाई सही तरिकामा सम्हाल्न सक्नेछस्। परमेश्वरका वचनहरू पढेर, र मनन गरेर, तेरा सबै सोच र विचार, तेरा सबै राय, अनि तेरा सबै मुड परमेश्वरको वचनका आधारमा परिवर्तन हुनेछन्। तँ यसबारे स्पष्ट हुनेछन्, र परमेश्वरले पनि यी सबैको छानबीन गर्नुहुनेछ। तैँले यसबारे कसैलाई नबताएको हुने भए पनि, वा यसबारे प्रार्थना नगरेको हुने भए पनि अनि तैँले यो आफ्ना हृदयमा र आफ्ना संसारमा मात्र सोच्ने भए पनि, परमेश्वरको दृष्टिकोणबाट यो एकदमै स्पष्ट भएको हुनेछ—उहाँलाई यो स्पष्ट हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। “तँमाथि केही आइपर्दा सत्यताको अभ्यास नगर्नु भनेको अपराध हो। अनि, तँमाथि फेरि अर्कोपटक केही आइपर्दा पनि तँ अझै सत्यता अभ्यास गर्दैनस्— आफ्नै हितहरू, अभिमान र घमण्डलाई रक्षा गर्न सत्यता त्याग्छस् भने— यो कस्तो व्यवहार हो? के यो दुष्कर्म गर्नु हो? यदि तँ कुनै पनि अवस्थामा सत्यताको अभ्यास गर्दैनस् र तेरा अपराधहरूको सङ्ख्या झन्झन् बढ्दै जान्छन् भने, तेरो अन्त्य पहिले नै निर्धारित भइसकेको हुन्छ। यदि तेरा सबै अपराधहरू जोडेर त्यसलाई तेरा छनौटहरू, तैँले खोजी गर्ने कुराहरू, र तेरो व्यक्तिगत इच्छा, साथै काम गर्ने क्रममा तैँले लिने दिशा र हिँड्ने मार्गहरूमा थप्ने हो भने— यदि यी सबै कुराहरूलाई जोड्ने हो भने, तेरो अन्त्य निर्धारण गर्नु सम्भव हुन्छ: तँलाई नरकमै फ्याँकिनुपर्छ, जसको अर्थ तँ दण्डित हुनेछस्। तिमीहरू के भन्छौ, के यो सानोतिनो कुरा हो? सबैलाई जोड्ने हो भने, तेरा सबै अपराधहरूबाट दुष्कर्महरूको थुप्रो बन्छ, त्यसकारण तँलाई दण्ड दिइनैपर्छ, र परमेश्वरमा विश्वास गरेर पनि सत्यता स्वीकार नगर्दा आउने अन्तिम परिणाम यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यसले मलाई के सिकायो भने, परमेश्वरले हाम्रो हृदय अवलोकन गर्न, परिस्थिति आइपर्दा हामी झिजो मान्छौँ कि मान्दैनौँ, र विरोध गर्छौँ कि गर्दैनौँ, वा हामीले सत्यताको खोजी र अभ्यास गर्छौँ कि गर्दैनौँ भनेर हेर्न आफूले तय गरेका परिस्थितिहरूको प्रयोग गर्नुहुन्छ। यदि परमेश्वरले तय गर्नुभएका कुराहरूप्रति हामी सधैँ झिजो मान्छौँ र भ्रष्टताको आधारमा व्यवहार गर्छौँ भने, हामीले झन्-झन् धेरै अपराधहरू गर्नेछौँ र अन्तिममा हामी हटाइनेछौँ। केही समय अगाडिको कुरा सम्झिन्छु, र ब्रदर-सिस्टरहरूले सुझावहरू दिँदा, म सधैँ सही र गलतको बारेमा तल्लीन हुन्थेँ, र म तिनीहरूप्रति आलोचनात्मक व्यवहार गर्थेँ भन्ने देख्छु। म सत्यताको खोजी गर्दैगर्दिनथिएँ र मैले तिनीहरूको विरुद्धमा ईख समेत बोकेकी थिएँ। तिनीहरूको पिठ्यूँ पछाडि म तिनीहरूप्रति आलोचक हुन्थेँ। के विश्वासी भएर त्यसरी व्यवहार गरिन्छ? मैले परमेश्वरको घरको कामलाई कमजोर तुल्याइरहेकी थिएँ, जुन दुष्ट काम गर्नु हो। यो कुरा महसुस गर्दा म तर्सिएँ, त्यसकारण मैले मनमनै प्रार्थना गरेँ: “हे परमेश्वर, मैले आलोचक र फूट ल्याउने व्यवहार गरेँ र तपाईंको विरोध गरेँ। म आत्म-चिन्तन गर्न तयार छु—बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।”
पछि, मैले परमेश्वरको वचनका केही खण्डहरू पढेँ: “परमेश्वरमा विश्वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्वरको झन्डा फहराउँदै सेखी गर्दै र सबैतिर ठग्दै सबै ठाउँमा जथाभाबी भयानक प्रकारले दगुर्नुहुँदैन; यो सबैभन्दा विद्रोही आचरण हो। परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्वरको घरमा अझ बढी यस्तो हुँदैन र? के यसमा पहिलेभन्दा पनि कडा मापदण्डहरू छैनन् र? के त्यहाँ पहिलेभन्दा बढी प्रशासकीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्वर त्यो परमेश्वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै अपराध सहनुहुन्न; उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्। सत्यको अभ्यास नगर्ने योजना बनाउनेहरूलाई म उनीहरू अझ बढी पापहरू गर्नबाट जोगिनको निम्ति सम्भव भएसम्म चाँडोभन्दा चाँडो मण्डली छोडेर जाने सल्लाह दिन्छु। जब समय आउँछ, तब पछुतो गर्न धेरै ढिलो भइसकेको हुनेछ। विशेष गरी, गुट र सम्प्रदायहरू बनाउनेहरू र मण्डलीभित्रका स्थानीय बदमासहरूले तुरुन्तै मण्डली छोड्नुपर्छ। त्यस्ता मानिसहरू, जसका स्वभाव दुष्ट ब्वाँसाहरूको जस्तो छ, तिनीहरू परिवर्तन हुन असमर्थ हुन्छन्। तिनीहरूले सबैभन्दा पहिलो मौकामा नै यदि मण्डली छोडे भने त्यो राम्रो हुन्छ, यसैले कि दाजुभाइ, दिदी-बहिनीहरूको सामान्य जीवनलाई फेरि कहिल्यै पनि बाधा नपरोस्, र यसरी परमेश्वरको दण्डबाट बच्न सकून्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “म तिमीहरूलाई प्रशासनिक आदेशका विषयवस्तुहरूको बारेमा अझ राम्रो बुझाइ हासिल गर्न र परमेश्वरको स्वभावको बारेमा जान्ने प्रयास गर्न आग्रह गर्दछु। होइन भने, तिमीहरूले आफ्ना ओठहरू बन्द राख्न गाह्रो महसुस गर्नेछौ र तिमीहरूका जिब्राहरू ठूलठूला लाग्ने कुराहरूसँगै स्वतन्त्र रूपले चल्न थाल्नेछ र तिमीहरूले अविवेकपूर्ण तवरले परमेश्वरको स्वभावलाई अपमान गर्नेछौ र अँध्यारोमा खस्नेछौ, र पवित्र आत्मा र प्रकाशको उपस्थिति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएको कारण, तिमीहरूले आफूले गर्न र भन्न नहुने कुराहरू गर्ने र भन्ने गरेको कारण, तिमीहरूले सुहाउँदो दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन छस् तर पनि परमेश्वर यी दुवै कुरामा सिद्धान्तयुक्त हुनुहुन्छ भन्ने कुरा तैँले बुझ्नुपर्छ। तैँले दण्ड पाउने भनेको तैँले परमेश्वरको अपमान गरेको कारण हो, मानिसको अपमान गरेको कारण होइन। यदि तैँले तेरो जीवनमा परमेश्वरको स्वभाव विरुद्ध धेरै कसूरहरू गर्छस् भने तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्तापको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तेरो लागि नर्कभन्दा अन्य कुनै पनि सहारा छैन जहाँ परमेश्वरले मानिसलाई दण्डित गर्नुहुन्छ। … यदि आफ्ना कार्यहरूमा तैँले परमेश्वरको स्वभावलाई अपमान गर्दैनस्, र परमेश्वरका अभिप्राय खोज्छस्, र तँमा परमेश्वरको डर मान्ने हृदय छ भने तेरो विश्वास मापदण्ड अनुरूप छ। जसले परमेश्वरको डर मान्दैन र जोसँग त्रासमा काँप्ने हृदय छैन, उनीहरूले परमेश्वरको प्रशासनिक विधि उल्लंघन गर्ने सम्भावना धेरै हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्वरका वचनहरू पढेपछि म व्याकुल र भयभीत भएँ। परमेश्वरको स्वभावले कुनै पनि उल्लङ्घन सहँदैन। परमेश्वरको घरमा प्रशासनिक आदेशहरू हुन्छन्। परमेश्वरप्रति डर नमानी बोल्नु र काम गर्नु, अविश्वासीले जस्तै व्यवहार गर्नु, अरूलाई आलोचना र आक्रमण गर्नु, गुटबन्दी गरेर मण्डलीको कामलाई असर गर्नु भनेको शैतानको सहयोगी हुनु हो। परमेश्वरले त्यस्तो व्यक्तिलाई कहिल्यै पनि राख्नुहुन्न। तिनीहरूमा मानवताको कमी हुन्छ र तिनीहरूले मण्डलीको काममा साथ दिँदैनन्, त्यसकारण धेरै दुष्कर्म गरेकोमा तिनीहरूलाई अवश्य नै हटाइनेछ र दण्ड दिइनेछ। ब्रदर वाङ्गले मेरो कर्तव्यका केही समस्याहरू औँल्याइदिँदा, परमेश्वरले नै मेरो निराकरण गरिरहनुभएको थियो। तर यसलाई स्वीकार गर्नु, आत्म-चिन्तन गर्नु, र समयमा नै यसलाई समाधान गर्नुको सट्टा, मैले आलोचनात्मक र न्यायाधीश पल्टिने काम गरेँ किनभने तिनले गल्ती खोतलिरहेका छन् भन्ने सोचेर मलाई तिनीप्रति झर्को लागेको थियो। कतिपय ब्रदर-सिस्टरहरूले माथिल्लो स्तरको नेतृत्वलाई यी समस्याहरूका बारेमा बताएका छन् भन्ने सुन्दा, मैले पश्चात्ताप गर्ने प्रयास गरिनँ, तर तिनीहरूले मलाई आक्रमण गरिरहेका छन् भन्ने सोचेँ। त्यो सोचाइले गर्दा म तिनीहरूप्रति साँच्चै पूर्वाग्राही बनेकी थिएँ। एउटा भेलामा, एक जना मलजल डिकनले सुसमाचार प्रचार गर्नेहरूप्रति असन्तुष्टि व्यक्त गर्दा, तिनका आफ्नै समस्याहरूमा मनन गर्न तिनलाई सहयोग गर्नको लागि सङ्गति गर्नुको सट्टा, मैले आगोमा तेल हालेँ, अनि त्यसलाई अरूको विरुद्धमा गुटबन्दी गर्ने मौकाको रूपमा प्रयोग गरेँ, अनि नयाँ विश्वासीहरूको कमजोर उपस्थितिको जिम्मेवारी तिनीहरूको काँधमा हालिदिएँ। मलजल गर्ने कर्मचारी तिनीहरूप्रति पूर्वाग्राही बने, र तिनीहरूको बारेमा गुनासो र आलोचना गर्न थाले। र ब्रदर झाङ्गले दस्तावेजहरूको काममा मलजल गर्ने ब्रदरको सहयोग माग्दा, मैले मण्डलीका हितहरूको बारेमा विचार ने नगरी बाधा दिने, तिनको उपहास गर्ने मौका लिएँ। ममा परमेश्वरप्रति कुनै आदर थिएन वा मैले सत्यतालाई स्वीकार गरेकी थिइनँ। आफ्नै नाम र हैसियतको रक्षा गर्न, मैले समस्या निम्त्याइरहेकी र आलोचक व्यवहार गरिरहेकी थिएँ। मैले गुटबन्दी, दुष्कर्म गरिरहेकी र परमेश्वरको प्रतिरोध गरिरहेकी थिएँ। ब्रदर-सिस्टरहरूले मलाई समस्याहरू देख्न र तिनलाई तुरुन्तै समाधान गर्न सहयोग गर्नका लागि बारम्बार समस्याहरूको बारेमा उल्लेख गरेका थिए ताकि नयाँ विश्वासीहरू फेरि पनि सामान्य रूपमा नै भेलाहरूमा सहभागी हुन सकून्। त्यो मण्डलीको कामको लागि असल थियो। तर मैले परमेश्वरको इच्छालाई बुझेकी थिइन। म आफ्नो हैसियत र छविलाई रक्षा गर्न मात्र चाहन्थेँ, र वास्तविक समस्याहरूलाई समाधान गर्न चाहँदिनथिएँ, जसको अर्थ धेरै जना नयाँ विश्वासीहरू भेलाहरूमा आउनेथिएनन् भन्ने हुन्थ्यो। मेरो व्यवहारले त मलाई आफ्नो कर्तव्यबाट तुरुन्तै निकालिनुपर्थ्यो, तर मैले जे पाउनुपर्थ्यो त्यो नदिएर, परमेश्वरले आफ्ना वचनहरूद्वारा मलाई अन्तर्दृष्टि दिनुभयो, मेरा दुष्ट मार्गहरूमा मलाई रोक्नुभयो। यो देख्दा म पछुतोले भरिएँ। मैले साँचो रूपमा पश्चात्ताप गर्ने सङ्कल्प गर्दै परमेश्वरलाई प्रार्थना गरेँ।
पछि एउटा भेलामा, मैले अरूले पनि सिक्न सकून् भनेर मेरो आलोचक र कामलाई कमजोर तुल्याउने व्यवहारको बारेमा खुलस्त बताएँ। त्यसपछि, अरूले पनि आफ्नो बारेमा, आफूले हालै देखाएको भ्रष्टता र आलोचक व्यवहारको बारेमा अनि सुसमाचार प्रचार गर्नेहरूसँग सहकार्य नगर्दा त्यसले कसरी मलजलको काममा बाधा दिन्छ भन्ने बारेमा सिक्न थाले। तिनीहरू परिवर्तन हुन तयार भए। तिनीहरूको सङ्गति सुन्दा मलाई अझै नरमाइलो लाग्यो। अगुवाको रूपमा, मैले धेरै जना नयाँ विश्वासीहरूले भेलाहरूमा सहभागिता जनाउन छोडेको र कति त निस्केको देखेकी थिएँ। हामीले कहाँ गल्ती गरेका छौँ भनेर हेरी सत्यताको खोजी गर्दै मैले अरूलाई मनन गर्न अगुवाइ नगरेकी मात्र होइन, तर अरूलाई आलोचना गर्ने र जिम्मेवारी इन्कार गर्ने कार्यमा नेतृत्व गर्दै, मैले मण्डलीमा गुटबन्दी गरेकी थिएँ। मैले दुष्कर्म गरिरहेकी थिएँ र परमेश्वरको विरोध गरिरहेकी थिएँ, र अरूलाई समेत परमेश्वरको विरुद्धमा अगुवाइ गरिरहेकी थिएँ। म अगुवा हुन योग्यकी थिइनँ!
त्यसपछि मैले के कुराको बारेमा सोचविचार गर्न थालेँ भने म किन मण्डलीको काममा बाधा दिने यी कुराहरू गर्न सक्ने भएँ। यो कस्तो प्रकारको स्वभाव थियो? त्यसपछि एक दिन सत्यताप्रतिको ख्रीष्ट-विरोधीहरूको घृणाको बारेमा खुलासा गर्ने परमेश्वरका केही वचनहरू पढेँ, जुन वचनहरूले मलाई आफ्नो बारेमा बुझ्न सहायता गरे। परमेश्वरका वचनहरूले भन्छन्, “काटछाँटप्रति ख्रीष्टविरोधीहरूको चिरपरिचित मनोवृत्ति भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि, तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? पटक्कै हुँदैन। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन्, र मण्डलीको काममा क्षति पुर्याउँछन्—परमेश्वरका चुनिएका मानिसहरूले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्न सक्छन्, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्कर्महरूको श्रृङ्खला देख्न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् भन्ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू सत्यताप्रति यति हदसम्म वितृष्ण भइसकेका हुन्छन् कि तिनीहरूले जति धेरै दुष्टता गरेको भए पनि, तिनीहरू यसलाई जिद्दी भई स्वीकार गर्न मान्दैनन्, र अन्त्यसम्मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्वरको घरको कामलाई गम्भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्ने कुरा पर्याप्त रूपले प्रमाणित गर्छ। तिनीहरू परमेश्वरमा विश्वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका चाकरहरू हुन्, जो परमेश्वरको घरको काममा बाधा र व्यवधान ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्वास हुन्छ कि, यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्थे भने, तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो, र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप, तिनीहरूले ‘मरे पनि नस्विकार्ने’ मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि, तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि, एक हिसाब यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्ने तथ्यलाई देखाउँछ। यस क्रममा, मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा, जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने, अर्को हिसाबमा, तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि, तिनीहरूले धिक्कार अनुभूति गर्दैनन् र तिनीहरूलाई यो कुराले कति पनि चिन्तित गराउँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्तीको थोरै भाग मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण, तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलसहरू हुन्। आफूले परमेश्वरको घरको हितमा जति नै ठूलो हानि पुर्याए पनि तिनीहरूले त्यो देख्दैनन्। यसको कारण तिनीहरू हृदयमा अलिकति पनि दुःखी हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने त कुरै नगरौँ। यो सामान्य मानिसहरूमा देखिनुपर्ने कुरा हुँदै होइन। तिनीहरू दियाबलस हुन्, र दियाबलसहरूमा अलिकति पनि विवेक वा समझ हुँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। ख्रीष्ट-विरोधीहरूलाई खुलासा गर्ने परमेश्वरका वचनहरूबाट, मैले साँच्चै नै तिनीहरूले प्रकृतिले नै सत्यतालाई तिरस्कार र घृणा गर्छन् भन्ने देखेँ। तिनीहरूले परमेश्वरको घरको कामलाई जति नै धेरै हानि गरे पनि तिनीहरूले त्यो कुरा स्वीकार गर्न मान्दैनन्, र तिनीहरूलाई आलोचना गरिँदा तिनिहरूले सत्यतालाई स्वीकार नगर्ने र आत्म-चिन्तन नगर्ने मात्र होइन, तर आफ्नो नाम र हैसियतको रक्षा गर्न कुनै विवेकविना बहाना गर्ने र जिम्मेवारीलाई इन्कार गर्ने गर्छन्। तिनीहरू सारगत रूपमा दियाबलसहरू हुन्। मलाई परमेश्वरका वचनहरू अत्यन्तै मर्मस्पर्शी लाग्यो। अगुवाहरूले ब्रदर-सिस्टरहरूको रेखदेखलाई स्वीकार गरेर तुरुन्तै समस्याहरू समाधान गर्नुपर्छ। परमेश्वरले त्यही आज्ञा गर्नुहुन्छ र यो अगुवाको जिम्मेवारी र कर्तव्य हो। तैपनि, मैले मलजलको काम राम्ररी गरिरहेकी थिइनँ, र यसको बारेमा मलाई उल्लेख गरिँदा, मैले आफ्नो कर्तव्यमा गरेको लापरवाहीको बारेमा मलाई पछुतो वा ग्लानि भएन, तर मैले अरूलाई आलोचना गर्दै, तिनीहरूको सहयोगलाई ममा गल्ती खोतल्ने प्रयासको रूपमा हेरेँ। र तिनीहरूको सुझावले मेरो हैसियतमा असर गर्दा, म तिनीहरूको पिठ्यूँपछाडि तिनीहरूमाथि जाइलागेँ, र अरूलाई तिनीहरूको विरुद्धमा मेरो पक्षमा उभाउन गुटबन्दी गरेँ। मैले जानी-जानी गुटबन्दी, गिरोह निर्माण गरेर शैतानको दासको रूपमा काम गर्दै परमेश्वरको घरको काममा बाधा दिइरहेकी थिएँ। मैले कुनै व्यक्तिमाथि होइन, तर परमेश्वरको घरको काममाथि रिस पोखाएर, परमेश्वरको विरुद्धमा दुष्कर्म गरिरहेकी थिएँ! नयाँ विश्वासीहरूलाई राम्ररी मलजल नगरेको कारण, कतिपय मानिसहरू भेलाबाट निस्केको बारेमा आलोचना गर्दा कुनै पनि विवेकशील व्यक्तिले पछुतो र ऋणी भएको महसुस गर्नेथियो, र समर्पित भएर आत्म-चिन्तन गर्नेथियो। सुरुमा तिनीहरूलाई आफ्नो बारेमा प्रतिरक्षा गर्न मन लाग्न सक्छ, तर पछि तिनीहरू भनेको मानेर, समस्याहरूलाई हेर्छन्, र नयाँ विश्वासीहरूको हेरचाह गर्छन्। तर मैले मेरो कर्तव्यमा ठूलो समस्या देख्दा, मैले अरूको सहयोगलाई स्वीकार गरेर मेरो काममा मैले गरेका गल्तीहरूलाई मनन गरिनँ, अनि कसरी परिवर्तन हुने र त्यही अनुसार अभ्यास गर्ने भनेर खोजी गरिनँ। मैले बहाना बनाएर जिम्मेवारीलाई पन्छ्याएँ मात्रै। मैले अलिकति पनि जिम्मेवारी लिन चाहिनँ, तर आफ्नो रक्षा मात्रै गरेँ। मैले परमेश्वरको घरका हितहरूको बारेमा होइन, तर आफ्नै हितहरूको बारेमा मात्रै विचार गरेँ। ममा साँच्चै नै मानवताको कमी थियो। मैले पूर्ण रूपमा ख्रीष्ट-विरोधीको स्वभाव प्रकट गरिरहेकी थिएँ। म साँच्चै नै सत्यतालाई घृणा गर्थेँ। यो महसुस गर्दा म झनै अपसोसले भरिएँ।
मलाई परमेश्वरका केही वचनहरू पनि याद आयो। “निम्न खण्डलाई योनाको पुस्तक ४:१०-११ मा समावेश गरिएको छ: ‘त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसलाई माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाईवस्तुहरू भएको त्यो ठूलो सहर निनवेप्रति मैले माया गर्नु पर्दैन र?’ यी, परमेश्वर र योनाबीचको कुराकानीबाट अभिलेख गरिएका यहोवा परमेश्वरका वास्तविक वचन हुन्। यो कुराकानी छोटो भए तापनि, मानवजातिको निम्ति सृष्टिकर्ताको वास्ता अनि मानवजातिलाई त्याग्ने उहाँको अनिच्छाले भरिएको छ। यी वचनहरूले उहाँका सिर्जित प्राणीहरूका लागि परमेश्वरले आफ्नो हृदयमा राख्नुहुने साँचो मनोवृत्ति र भावनाहरू व्यक्त गर्छन्। यी वचन परमेश्वरले मानवजातिका निम्ति आफ्ना साँचो अभिप्रायहरूलाई मानिसले बिरलै सुनेको स्पष्ट भाषामा बताउने कार्य पनि हो। यो कुराकानीले निनवेका मानिसहरूप्रति परमेश्वरले राख्नुभएको मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ—तर यो कस्तो प्रकारको मनोवृत्ति हो? तिनीहरूले पश्चात्ताप गर्नुभन्दा पहिले र पछि निनवेका मानिसहरूप्रति उहाँले राख्नुभएको मनोवृत्ति, र उहाँले मानवजातिलाई व्यवहार गर्ने मनोवृत्ति यही नै हो। यी वचनभित्र उहाँका विचार र उहाँको स्वभाव छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। “योनालाई निनवेका मानिसहरूप्रति यहोवा परमेश्वरले दिनुभएका वचन घोषणा गर्ने जिम्मेवारी दिइएको भए तापनि, तिनले यहोवा परमेश्वरका अभिप्रायलाई बुझेका थिएनन्, न त तिनले त्यस सहरका मानिसहरूप्रति उहाँको चिन्ता र अपेक्षालाई नै बुझेका थिए। यस हप्कीद्वारा परमेश्वरले तिनलाई के बताउन चाहनुभएको थियो भने, मानवजाति परमेश्वरको आफ्नै हातका उपज हुन्, र हरेक व्यक्तिमा उहाँले कठोर प्रयत्न गर्नुभएको छ, हरेक व्यक्तिले आफ्नो काँधमा परमेश्वरका अपेक्षाहरू बोक्छन्, र हरेक व्यक्तिले परमेश्वरको जीवनको आपूर्ति प्राप्त गर्छन्; हरेक व्यक्तिको लागि परमेश्वरले कठिन प्रयासको मूल्य चुकाउनुभएको थियो। यो हप्कीले योनालाई उनले जसरी लौकाप्रति माया गर्छस्, त्यसरी नै परमेश्वरले पनि मानवजातिलाई, जुन उहाँको आफ्नै हातको काम हो, त्यसप्रति माया गर्नुहुन्छ भन्ने कुरा पनि बतायो। परमेश्वरले कुनै पनि हालतमा, वा सम्भव भएको अन्तिम क्षणसम्म मानवजातिलाई हल्का रूपमा त्याग्नुहुनेथिएन, वा कम्तीमा पनि सहरभित्र धेरै बालबालिका र निर्दोष चौपाया भएको कारण त्यसो गर्नुहुनेथिएन। आफ्ना दाहिने र देब्रे हात चिन्न नसक्ने यी साना र अज्ञानी सिर्जित मानवहरूसँग व्यवहार गर्ने क्रममा, परमेश्वरले त्यति हतार गरेर तिनीहरूको जीवन समाप्त गर्नुहुनेथियो र तिनीहरूको परिणामलाई निर्धारण गर्नुहुनेथियो भन्ने कुरा त अझै अपत्यारिलो हुनेथियो। परमेश्वरले तिनीहरू हुर्के-बढेको हेर्ने आशा गर्नुहुन्थ्यो; तिनीहरू आफ्ना अग्रजहरूकै मार्गमा नहिँडून्, तिनीहरूले फेरि यहोवा परमेश्वरको चेतावनी सुन्न नपरून्, र निनवेको विगतको गवाही दिऊन् भन्ने चाहना उहाँको थियो। त्यसरी नै, पश्चात्ताप गरेपछिको निनवेलाई हेर्ने, पश्चात्ताप पछिको निनवेको भविष्यलाई हेर्ने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, निनवे फेरि पनि परमेश्वरको कृपामा जिएको हेर्ने इच्छा परमेश्वरको थियो। त्यसकारण, परमेश्वरको नजरमा, दाहिने र देब्रे हात नचिन्ने ती सिर्जित मानवहरू नै निनवेको भविष्य थिए। जसरी तिनीहरूले परमेश्वरको अगुवाइमा निनवेको विगत र भविष्यको गवाही दिने महत्त्वपूर्ण कर्तव्यलाई काँधमा बोकेर हिँड्नेवाला थिए, तिनीहरूले निनवेको तुच्छ विगतको बोझलाई पनि काँधमा बोक्नेवाला थिए” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। यो पढेपछि मलाई दुःख लाग्यो। परमेश्वर र योनाको कुराकानीबाट, मैले मानवजातिप्रतिको परमेश्वरको प्रेम र कृपालाई देखेँ। परमेश्वरले निनवेको हरेक व्यक्तिलाई राम्ररी चिन्नुभएको थियो र उहाँले तिनीहरू हरेकको लागि वास्तविक मूल्य चुकाउनुभएको थियो। उहाँले तिनीहरूलाई अन्तिम क्षणसम्म त्याग्न चाहनुहुन्नथियो। मैले नयाँ विश्वासीहरूले भर्खरै परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेका हुन्छन्, धेरै सत्यता बुझेका हुँदैनन्, र आफ्नो जीवनमा कमजोर हुन्छन् भन्ने कुरा स्मरण गरेँ। तिनीहरूले धार्मिक संसारका ख्रीष्ट-विरोधीहरूको बाधाको सामना गर्दा तिनीहरूलाई हरेस खान मन लाग्छ। ब्रदर-सिस्टरहरू सबैले तिनीहरूलाई सहयोग गर्नको लागि कसरी मिलेर काम गर्ने भनेर सोचिरहेका थिए, ताकि तिनीहरूले साँचो मार्गमा जरा गाड्न सकून्। त्यसैले तिनीहरूले ती सुझावहरू दिइरहेका र समस्याहरू औँल्याइरहेका थिए। तर मैले स्वीकार गर्न मानिनँ। मेरो गैरजिम्मेवार व्यवहारको कारण धेरै जना नयाँ विश्वासीहरूले भेलामा सहभागिता जनाइरहेका थिएनन्, तर मलाई नरमाइलो लागेन—म मानव समेत थिएँ र! मैले प्रार्थना गरेँ: “हे परमेश्वर, म जिम्मेवारीबाट पछि हटिरहेकी छु, र म पश्चात्ताप गर्न, समाधानहरू पत्ता लगाएर यी नयाँ विश्वासीहरूलाई राम्ररी साथ दिन तपाईंमा भरोसा गर्न चाहन्छु।”
त्यसपछि, मैले हाम्रो मलजलको काममा आएका समस्याहरूका बारेमा अरूसँग छलफल गरेँ र धेरै जना नयाँ विश्वासीहरू परमेश्वरको कामको सत्यताको बारेमा स्पष्ट छैन रहेछन्, त्यसकारण पाष्टरहरूले धार्मिक धारणाहरू फैलाउन थालेपछि, तिनीहरूमा परमेश्वरको कामप्रति शङ्का जाग्यो र तिनीहरू डगमगाउन थालेका रहेछन् भन्ने मैले पत्ता लगाएँ। त्यसकारण हामीले यी समस्याहरूलाई सम्बोधन गर्दै तिनीहरूको लागि भेलाहरू आयोजना गर्यौँ र परमेश्वरको कार्यका तीन चरणहरू र उहाँको आखिरी दिनहरूको न्यायको कामको बारेमा, साथै परमेश्वर किन देहमा आएर काम गर्नु आवश्यक थियो भन्ने कुरालाई जोड दियौँ। हामीले यी सबै काम सकेपछि, एक जना नयाँ विश्वासीले भने, “ममा धेरै धारणाहरू थिए, तर तपाईंहरूको सङ्गतिको कारण, अब ममा कुनै धारणा छैन। हामीले तपाईंहरूसँग अझै धेरै सङ्गति गर्न पाउछौँ भन्ने आशा छ किनभने अरू धेरै जनाले अझै यस कुरालाई बुझ्दैनन्।” अनि एक जना दाइले भने, “म परमेश्वरको कामको बारेमा अत्यन्तै अन्योलमा थिएँ र म समूह भेलाबाट निस्कने बारेमा सोचिरहेको थिएँ। तर तपाईंहरूको सङ्गतिको कारण अहिले मलाई सबै कुरा स्पष्ट भयो। म निकै खुशी छु, र म अझै धेरै भेलाहरूमा सहभागी हुनेछु। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!” तिनीहरूले यस्तो कुरा भन्दा म निकै भावुक भएँ, तर मलाई नरमाइलो पनि लाग्यो। यदि मैले पहिले नै अरूको सुझाव स्वीकार गरेर अझै बढी व्यवहारिक काम गर्दै नयाँ विश्वासीहरूका कठिनाइहरूलाई सम्बोधन गरेकी भए, तिनीहरूमध्ये कति जना कमजोर बनेर निस्कनेथिएनन्। त्यसपछि, मैले आफूले देखाएको भ्रष्टताको बारेमा ब्रदर वाङ्गलाई खुलस्त बताएँ, र तिनले पनि आफ्नो सुसमाचारको काममा भोगेको आफ्नै स्थिति र समस्याहरूका बारेमा खुलेर बताए। तिनले आफू परिवर्तन हुन चाहेको कुरा बताए। हामी बीचको पर्खाल तुरुन्तै हटेर गयो र मलाई अत्यन्तै राहतको अनुभव भयो। मैले सुसमाचार प्रचार गर्नेहरूसँग समन्वय गर्ने प्रयास गर्न थालेँ, अनि कतिपय कुरा नमिले पनि, हामी सबैको एउटै साझे उद्देश्य थियो: नयाँ विश्वासीहरूलाई राम्ररी मलजल गर्नु, ताकि तिनीहरूले तुरुन्तै साँचो मार्गमा जगत बसाल्न सकून्।
त्यसपछि मैले परमेश्वरको इच्छा अनुसार भविष्यमा कसरी आलोचनालाई स्वीकार गर्ने भन्ने बारेमा सोचविचार गर्न थालेँ। परमेश्वरका वचनहरूमा मैले यो कुरा पढेँ: “काटछाँट हुने कुरा आउँदा, मानिसहरूले कम्तीमा पनि जान्नुपर्ने कुरा के हो? व्यक्तिले आफ्नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न काटछाँट अनुभव गर्नैपर्छ—यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा मुक्ति प्राप्त गर्नका निम्ति दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नुपर्ने कुरा हो। काटछाँट गरिनबाट कोही पनि टाढा हुन सक्दैन। के कसैको काटछाँट गर्नु उसका सम्भाव्यता र भवितव्यसँग सम्बन्धित कुरा हो? (होइन।) त्यसो भए, कसैलाई केको लागि काटछाँट गरिन्छ? के यो उसलाई दोष दिनको लागि गरिन्छ? (होइन, यो मानिसहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न मदत गर्नलाई गरिन्छ।) त्यो सही हो। यो यसको सबैभन्दा सही बुझाइ हो। कसैलाई काटछाँट गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो, र स्वाभाविक रूपमा यो मानिसहरूलाई सहायता गर्ने र उपचार गर्ने तरिका पनि हो। काटछाँट गरिँदा, तैँले समयमै तेरो गलत खोजीलाई परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई तुरुन्तै पहिचान गर्न, अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्न मदत गर्छ। जे-जस्तो नै भए पनि, काटछाँटले तँलाई तेरा गल्तीहरू चिन्न र सिद्धान्तअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न मदत गर्छ, यसले तँलाई विचलनहरू निम्त्याउन र बरालिनदेखि समयमै जोगाउँछ, र यसले तँलाई ठूला समस्याहरू पैदा गर्नदेखि बचाउँछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। मैले यहाँ के बुझेँ भने काट-छाँट र निराकरण गरिनु भनेको परमेश्वरले दिनुहुने अनुशासन हो, कुनै व्यक्तिले कठिनाइ ल्याउने वा आलोचना गर्ने प्रयास गर्नु होइन। यो त हामीलाई आफ्नो बारेमा मनन गर्न, हाम्रो स्थिति वा कर्तव्यमा आएका समस्याहरूलाई समाधान गर्न, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सहायता गर्नको लागि हो। परमेश्वरको कामले हामीलाई परिवर्तन गर्ने र धुने एउटा तरिका, र मुक्ति पाउनको लागि हामीले अनुभव गर्नुपर्ने कुरा हो। आलोचना र सुझाव पाउँदा मैले त्यसलाई परमेश्वरबाट आएको हो भनी स्वीकार गर्नुपर्छ, सही तरिकाले सम्हाल्नुपर्छ, र परमेश्वरका वचनहरूको आधारमा आत्म-चिन्तन गर्नुपर्छ। परमेश्वरको हृदयअनुसारको हुनु भनेको त्यही हो। यसले मलाई अन्तर्दृष्टि दियो, र भविष्यमा ब्रदर-सिस्टरहरूको आलोचनालाई कसरी लिने मलाई थाहा भयो।
त्यसपछि एक पटक, ब्रदर वाङ्गले मलाई एक-दुई जना नयाँ विश्वासीहरू भेलामा आएका छैनन् र तिनीहरूले सहयोग पाएका छैनन् भनेर बताए। यसको कारण के हो भन्ने तिनलाई थाहा थिएन। मैले यसको बारेमा खोजी-निधो गरेको तिनी चाहन्थे। मैले मनमनै के सोचेँ भने हामीले पहिले नै तिनीहरूलाई धेरै सहयोग र साथ दिइसकेका छौँ, र अगुवाहरूसँग सिद्धान्तहरू खोजी गरेका छौँ। तिनीहरू गैर-विश्वासीहरू हुन् भन्ने पुष्टि गरेपछि हामीले तिनीहरूलाई छोडिदिएका छौँ, तब बाँकी के पत्ता लगाउनु छ र? तर त्यसपछि मैले के सोचेँ भने तिनले परमेश्वरको घरका हितहरूलाई विचार गरिरहेका छन्, र नयाँ विश्वासीहरूको लागि जिम्मेवारी लिइरहेका छन्। मैले यो कुरा मानेर के भइरहेको छ भनेर हेर्नुपर्छ, अनि समस्याहरू छन् भने परिस्थिति बदल्नुपर्छ। मैले यसको बारेमा सोधखोज गर्दा, तिनीहरू साँच्चै नै गैर-विश्वासीहरू हुन् भन्ने थाहा पाएँ, तर हाम्रो मलजलको काममा पनि केही समस्याहरू रहेछन् भन्ने देखेँ। त्यसले मलाई सुझावहरू स्वीकार गर्दा धेरै कुरा प्राप्त गर्न सकिन्छ, अन्यथा मैले ती समस्याहरू देख्न वा तिनलाई सुधार गर्न सक्नेथिइनँ, र त्यो मण्डलीको कामको लागि खराब हुनेथियो भन्ने कुरा बुझ्न सहायता गर्यो।
यी अनुभवहरूले मलाई आफ्नो कर्तव्यमा ब्रदर-सिस्टरहरूको सुझाव स्वीकार गरेर, अनि खोजीको हृदयले काम गर्ने र बहाना बनाउनबाट टाढा बसेर, मैले आफ्नो भ्रष्टतालाई देख्न र मनन गर्न, अनि मेरो कर्तव्यमा भएका गल्तीहरूलाई तुरुन्तै पत्ता लगाउन सक्छु भन्ने देखाए। यदि मैले सधैँ सत्यतालाई घृणा गरेँ र इन्कार गरेँ भने, मैले आफ्नो भ्रष्टतालाई सुधार गर्न नसक्ने मात्र होइन, तर मैले परमेश्वरको घरको काममा पनि आघात पुर्याइरहेकी हुन्छ। त्यसपछि परमेश्वरले मलाई हटाउनुहुनेछ। मैले के पनि देखेँ भने मैले जे कुराको सामना गरे पनि, मलाई त्यो कुरा जति नै मन नपरे पनि, ममा परमेश्वरप्रति डर हुनुपर्छ र अन्धाधुन्ध काम गर्नु हुँदैन। थप दुष्ट काम गर्नबाट बच्नको लागि मैले परमेश्वरसँग प्रार्थना गरेर सिद्धान्तहरूको खोजी गर्नुपर्छ।