म र परमेश्‍वरको राज्यको बीचमा मेरो पाष्टर खडा भयो

14 नोभेम्बर 2022

नोभेम्बर २०२० मा, एक जना ब्रदरले मलाई अनलाइन भेलामा सहभागी हुन बोलायो। मलाई के लाग्यो भने म मेरो मण्डलीमा सधैँ उही पुरानै प्रवचनहरू सुन्छु, जसले कुनै आत्मिक भरणपोषण गर्दैन, सायद अनलाइन सेवा गर्ने विदेशी पाष्टर अझै राम्रो हुन सक्छ। मैले खुशीसाथ स्वीकार गरेँ। केही दिनको सङ्गतिपछि मैले प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, र उहाँले सत्यता व्यक्त गर्दै आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ भन्‍ने थाहा पाएँ। हामी शैतानका बन्धनहरूबाट मुक्त हुन सकौं भनी उहाँ मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन अनि हामीलाई परमेश्‍वरमा साँचो रूपमा समर्पित हुने र उहाँको आराधना गर्ने मानिसहरू बनाउन, र हामीलाई उहाँको राज्यमा लैजान आउनुभएको रहेछ। प्रवचनहरू एकदम राम्रा हुन्थे, र मैले पहिले कहिल्यै नसुनेका विषयहरू हुन्थे, जसमा मलाई साँच्‍चै भरणपोषण गर्ने धेरै नयाँ अन्तर्दृष्टि हुन्थ्यो। मैले यो सबै मेरो आफन्त पर्ने ब्रदरलाई सुनाएँ, तर अचम्‍मको कुरा, तिनले सुन्‍न इन्कार मात्रै गरेनन्, यो सबै कुरा मेरो पाष्टरलाई समेत बताए।

मेरो अनलाइन भेलाहरूका बारेमा पत्ता लगाउन, तिनीहरू कुन सम्प्रदायका हुन् र प्रचारक कहाँका हुन् भन्‍ने कुरा थाहा पाउन पाष्टरले मेरो घरमा तीन जना मण्डली अगुवाहरू पठाए। मैले तिनीहरूलाई भनेँ, “यो कुनै सम्प्रदाय योइन। प्रभु येशू फर्केर आइसक्‍नुभएको छ र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दै हुनुहुन्छ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेको छु। उहाँले हामीलाई मानिसको पापीपनको जडको बारेमा, पापबाट कसरी मुक्त हुने, कसरी शुद्ध हुने भन्‍नेबारेमा बताउनुभएको छ, र दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति पनि अन्तर्दृष्टिपूर्ण हुन्छन्।” तर अगुवाहरूले भने, “प्रवचनहरू जति राम्रो भए पनि त्यसले फरक पर्दैन। प्रभुको आगमनसम्‍बन्धी कुनै पनि खबर झूटो हो, किनभने बाइबलले यसो भनेको छ, ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। प्रभु येशूले हामीलाई स्पष्ट रूपमै आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्नेछन्, त्यसकारण प्रभुको पुनरागमन भएको दाबी गर्ने कुनै पनि विश्‍वास झूटो हो। तपाईंले कसरी तिनीहरूको कुरा सुन्‍न सक्‍नुभयो?” तिनीहरूले यसो भनेपछि, मैले हामीले झूटा ख्रीष्टहरूलाई चिन्‍न सकौं भनेर प्रभु येशूले त्यसो भन्‍नुभएको हो, हामीले प्रभुको पुनरागमनको स्वागत समेत नगर्ने गरी हामीलाई सचेत बनाउनको लागि होइन भन्‍ने सोचेँ। अनलाइन भेलाहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर चेनले झूटा ख्रीष्टहरूलाई चिन्‍नेसम्‍बन्धी केही सत्यताहरू र सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचन बताए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएका येशू मै हुँ भनी दाबी गर्छ भने, यो त येशूलाई नक्‍कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्परविरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथ्यो। येशू एकपटक पहिले नै आइसक्‍नुभएकोले, यदि येशू यो पटक फेरि आउनुभएको भए, यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु)। उनको सङ्गतिले मलाई प्रभु येशूले “झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्,” भन्‍नुहुँदा, उहाँले हामीलाई झूटा ख्रीष्टहरूले चिन्‍ह र अचम्‍मका कामहरू प्रयोग गरेर मानिसहरूलाई बहकाउँछन् भनेर बताइरहनुभएको थियो भन्‍ने बुझ्‍न मदत गर्‍यो। त्यसकारण चिन्‍ह र अचम्‍मका कामहरू देखाउने र आफूलाई परमेश्‍वर हुँ भनी भन्‍ने जोकोही व्यक्ति झूटो ख्रीष्ट, दुष्ट आत्मा हुन्छ। परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ, कहिल्यै पुरानो हुनुहुन्‍न, र उहाँले आफ्‍नो कामलाई कहिल्यै पनि दोहोर्‍याउनुहुन्‍न। जब प्रभुको पुनरागमन हुन्छ, उहाँले अनुग्रहको युगकै काम गर्नुहुनेछैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूमा चिन्‍ह र अचम्‍मका कामहरू गर्नुहुन्‍न, बरु उहाँले मानवजातिलाई शुद्ध गर्न र मुक्ति दिन परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्न सत्यताहरू व्यक्त गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ—उहाँ ख्रीष्‍ट, फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। त्यसकारण मैले यसो भन्दै प्रतिकार गरेँ, “हामीले झूटा ख्रीष्टहरूलाई चिन्‍न सकौं भनेर प्रभु येशूले त्यसो भन्‍नुभएको हो। ख्रीष्‍ट नै सत्यता व्यक्त गर्न र मुक्तिको काम गर्न सक्‍ने व्यक्ति हुनुहुन्छ, तर झूटा ख्रीष्टहरू दुष्ट आत्‍माहरू हुन् र तिनीहरूले सत्यता व्यक्त गर्न सक्दैनन्। तिनीहरूले मानिसहरूलाई मूर्ख बनाउन परमेश्‍वरको विगतको काम अनुकरण गर्न र केही सामान्य चिन्‍ह र अचम्‍मका कामहरू गर्न सक्छन्। प्रभु येशूले म फेरि आउनेछु भनी भन्‍नुभयो र हामीलाई सचेत रहेर प्रतीक्षा गर्नू भनी भन्‍नुभयो। उहाँको पुनरागमनको घोषणा गर्ने मानिसहरू अवश्य नै देखा पर्नेछन्, त्यसकारण तपाईंहरूले यो सबै गलत हो भनेर दाबी गर्नुहुन्छ भने, के तपाईंहरूले प्रभुको पुनरागमनलाई दोष लगाउन पुग्‍नुहुनेछैन र?” त्यसको प्रतिक्रियामा के भन्‍ने तिनीहरूलाई थाहा भएन, त्यसकारण तिनीहरूले मलाई यसो भन्दै धम्की दिए, यदि तपाईं ती अनलाइन भेलाहरूमा सहभागी भइरहनुभयो भने, तपाईंको परिवारले हामीबाट कुनै सहयोग पाउनेछैन। भियतनाममा, हामी ठूलो-सानो सबै कुराको लागि हाम्रा पाष्टरहरूलाई प्रार्थना गरिदिन अनुरोध गर्छौं। यदि कसैको मृत्यु भयो वा जीवनसम्‍बन्धी कुनै घटना घट्यो भने, पाष्टरहरूले सधैँ सहयोग गर्छन्। यदि तिनीहरू आएनन् भने, सहयोग गर्न कोही पनि आउँदैन। त्यसकारण तिनीहरूले मलाई अबदेखि सहयोग गर्दैनन् भनी भन्दा मलाई अलिक चिन्ता लाग्यो। हामीले हाम्रो पारिवारिक मामलाहरूलाई कसरी सम्‍हाल्‍ने? त्यो बेला, म सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा पूर्ण रूपमा निश्‍चित थिइनँ। मण्डलीका पादरीवर्ग गलत छन् भन्‍ने कुरा मलाई थाहा थियो, तर तिनीहरूले अझै पनि मलाई प्रभाव पार्थे किनभने मैले त्यति धेरै सत्यता बुझेको थिइनँ। मलाई पाष्टरको सहयोगविना जीवनका समस्याहरूको सामना कसरी गर्ने भन्‍नेबारेमा पनि चिन्ता लागेको थियो। तर त्यसपछि मैले के सोचेँ भने ती भेलाहरूबाट मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सबै सत्यता हुन्, ती सबै परमेश्‍वरबाट आएका हुन् भन्‍ने देखेको छु। मलाई उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने लाग्यो। यदि मैले अगुवाहरूको कुरा सुनेर प्रभुको आखिरी दिनहरूको मुक्तिलाई गुमाएँ भने के गर्ने? ममा साँच्‍चै द्वन्द्व भइरहेको थियो र अनलाइन भेलाहरूमा सहभागी हुन छोड्ने कि नछोड्ने मलाई थाहा थिएन।

तिनीहरू कति रिसाएका थिए म देख्‍न सक्थेँ। यदि मैले भेलाहरूमा सहभागी हुने र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका प्रवचनहरू सुन्‍ने कार्यलाई जारी राखेँ भने, तिनीहरू हरेस खाँदैनन् भन्‍ने मलाई थाहा थियो। मैले सहमत भएको बहाना गर्न सक्छु र तिनीहरू गएपछि गुप्त रूपमा सहभागी हुन सक्छु भन्‍ने लाग्यो, त्यसकारण मैले ती भेलाहरूमा सहभागिता जनाउन छोड्छु भनेर तिनीहरूलाई बताएँ। तर तिनीहरूलाई त्यतिले चित्त बुझेन। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको सम्पर्क विवरण डिलिट गर्नुपर्छ भनेर तिनीहरूले जोड दिए। म त्यसो गर्न चाहँदिनथेँ, त्यसकारण मैले जानीजानी अल्याङटल्याङ गरेँ, किनभने मैले मेरो फोन दिन इन्कार गरिरहेँ भने, छोडिदिनेछन् भन्‍ने सोचेको थिएँ। तर मेरी श्रीमतीले मलाई तिनीहरूको कुरा सुन्‍नुपर्छ, तिनीहरूले प्रेमको कारण त्यसो गरेका हुन् भनेर भनिन्। मलाई के लाग्यो भने यदि तिनीहरूले मलाई साँच्‍चै प्रेम गर्छन् भने, तिनीहरूले मलाई परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्न अगुवाइ गर्नुपर्थ्यो। तर तिनीहरूले परमेश्‍वरको नयाँ कामको आलोचना गर्ने र त्यसलाई दोष दिने गर्छन्, र मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न दिँदैनन्। के तिनीहरूलाई प्रभुलाई स्वागत गर्ने मेरो मौकालाई बरबाद गर्छु भन्‍ने डर थिएन? के त्यो प्रेम हो? झन्-झन् रात परिसकेको थियो र तिनीहरू अझै गएनन्, र मेरो फोन मागिरहे। अन्तिममा, कुनै विकल्‍प नभएपछि, मैले मेरो फोन दिएँ अनि तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सम्पूर्ण समूहलाई हटाए र तिनीहरू सबैलाई ब्‍लक गरे। यदि मैले तिनीहरूको विरुद्धमा गएर उनीहरूको प्रवचनहरू सुनिरहेँ भने, तिनीहरूले मलाई मण्डलीबाट निकाल्‍नेछन् भनी मलाई चेतावनी दिए। त्यो सुन्दा मलाई डर लाग्यो। यदि मैले ती भेलाहरूमा सहभागिता जनाइरहेँ, र मेरो परिवारलाई केही भयो भने, तिनीहरूको सहयोग र साथविना हामीले के गरौँला? मेरी श्रीमती यो कुराले मसँग रिसाइन्, र हाम्रो सम्बन्ध बिग्रियो भने हाम्रा बालबच्‍चालाई के होला? त्यो सुन्दा मलाई निकै अशान्ति भयो, त्यसकारण मैले जबरजस्ती भनेँ, “म भेला हुन छोड्छु।” एक जना अगुवाले मुस्कुराउँदै भन्यो, “स्याबास। हाम्रो सेवाहरूमा मात्रै सहभागी भइरहनुहोस्।”

अनलाइन समूह छोडेपछि, मसँग पुरानो मण्डली फर्केर जानेबाहेक केही विकल्‍प थिएन। मण्डलीमा, पाष्टरले सधैँ कि त अनुग्रह कि त भेटीका बारेमा कुरा गरिरहेका हुन्थे, नत्र तिनले कुनै पदहरू लिएर त्यसकै बारेमा कुरा गर्थे। तिनले कुनै नयाँ अन्तर्दृष्टि नदिई सधैँ पुरानै कुराहरू बताइरहेका हुन्थे। कहिलेकहीँ के भन्‍ने थाहा नहुँदा तिनले जोक भन्थे। यो मेरो जीवनको लागि अलिकति पनि फाइदाजनक थिएन, अनि कति विश्‍वासी त सेवामा नै झुल्थे। अनि पाष्टरले धेरै भेटी दिने विश्‍वासीहरूको लागि मात्रै प्रार्थना गर्थे, दिने कुरा केही नभएका मानिसहरूलाई बेवास्ता गर्थे, तिनीहरूको लागि प्रार्थना गर्दैनथे। यो देख्दा मलाई अनलाइन भेलाका दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति याद आउँथ्यो। तिनीहरू भन्थे, धार्मिक संसार निराशाजनक छ, र परमेश्‍वरले नयाँ काम गरिरहनुभएको हुनाले, पवित्र आत्‍माले अनुग्रहको युगका मण्डलीहरूमा काम गरिरहनुभएको छैन। पवित्र आत्‍माको कामविना, पाष्टरहरूका प्रवचनहरू सुक्‍खा र दोहोरिएका हुन्छन्, र तिनले मानिसहरूलाई भरणपोषण दिँदैनन्। यसबारेमा सोच्दा, मलाई मनमा के थाहा भयो भने मण्डलीमा साँच्‍चै पवित्र आत्‍माको काम छैन। हाम्रो मण्डलीमा सधैँ यस्तो जोस हुन्थ्यो, तर अहिले हामी सेवाहरूमा मन नलागीनलागी जाने गर्थ्यौं। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सदस्यहरूको सङ्गतिमा कति धेरै ज्योति हुन्थ्यो, मेरो लागि कति धेरै भरणपोषणयुक्त थियो भन्‍नेबारेमा म सोच्थेँ। मैले यतिका वर्षदेखि पाष्टरका प्रवचनहरू सुन्दै आएको थिएँ, तर मुक्तिसम्‍बन्धी परमेश्‍वरको योजना, उहाँले व्यवस्था र अनुग्रहको युगमा कसरी काम गर्नुभयो, उहाँको कामका फलहरू के थिए, वा परमेश्‍वरले आखिरी दिनहरूमा मानिसहरूलाई कसरी न्याय गर्नुहुन्छ भन्‍नेबारेमा म अझै स्पष्ट थिइनँ। मलाई विश्‍वास चाहिन्छ भन्‍ने मात्रै थाहा थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुनेपछि, मैले परमेश्‍वरको कामका सबै रहस्यहरूका बारेमा थाहा पाएँ, र अरूसँगको मेरो सङ्गतिले मलाई परमेश्‍वरको कामको बारेमा झन्-झन् बढी बुझ्‍न सहयोग गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीसँग साँच्‍चै नै पवित्र आत्‍माको काम छ र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् भन्‍ने मलाई थाहा भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर पक्‍कै पनि फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने म देख्‍न सक्थेँ। अनलाइन भेलाहरूमा मैले प्राप्त गरेको सबै कुराको बारेमा सोच्दा मेरो हृदयमा शान्ति मिल्यो। मैले मनमनै परमेश्‍वर नयाँ काम गर्न आउनुभएको छ भन्‍ने मलाई थाहा छ भन्‍ने सोचेँ। यदि अनुसन्धान गर्न म ती भेलाहरूमा सहभागी भइन भनेँ, मैले मुक्ति पाउने मौका गुमाउन सक्छु। मलाई ती दाजुभाइ-दिदीबहिनीहरूसँग अनलाइन भेलामा सहभागी हुन धेरै मन थियो, तर म सहभागी हुन सक्दिनथेँ, किनभने मैले तिनीहरूको सबै सम्पर्क विवरण हटाएको थिएँ। मेरो आत्मा तृषित थियो, र मैले संसारको सबैभन्दा बहुमूल्य कुरा गुमाएजस्तो लागेको थियो। मलाई अशान्ति, रित्तो, र पीडा अनुभव भयो। मलाई उम्कने उपाय देखाउनुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गर्दै मैले हरदिन प्रार्थना गरेँ। परमेश्‍वरलाई धन्यवाद होस्, उहाँले मेरा प्रार्थनाहरू सुन्‍नुभयो। केही समयपछि नै, लाओसका एक जना सिस्टर र फेसबुकका अर्का ब्रदर मेरो सम्पर्कमा आउनुभयो। म सम्पर्कविहीन भएको केही दिनको अवधिमा, तिनीहरू मेरो बारेमा अत्यन्तै चिन्तित भएको र मलाई खोज्ने प्रयास गरिरहेको कुरा तिनीहरूले बताए। यो कुराले मेरो मन छोयो र म परमेश्‍वरप्रति कृतज्ञ थिएँ। मैले परमेश्‍वरको प्रेम, र हाम्रो मुक्तिको लागि उहाँले सक्दो प्रयास गर्नुहुन्छ, र हामीलाई कहिल्यै त्याग्‍नुहुन्‍न भन्‍ने कुरा महसुस गर्न सकेँ! मैले नकरात्मक र कमजोर महसुस गरिरहेको छु भन्‍ने चिन्ताले, तिनीहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पठाए। एउटा खण्डले मलाई साँच्‍चै प्रभाव पार्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, परमेश्‍वरले एक व्यक्तिलाई वास्ता गर्नुहुन्छ, यो व्यक्तिलाई हेरचाह गर्नुहुन्छ, र त्यसै समयमा शैतानले उहाँको हरेक पाइलामा समस्या खडा गर्छ। परमेश्‍वरले जसलाई कृपा गर्नुहुन्छ, शैतानले पनि त्यसको पछिपछि लागेर त्यसलाई हेरिरहन्छ। यदि परमेश्‍वरले यो व्यक्तिलाई चाहनुहुन्छ भने शैतानले परमेश्‍वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, परीक्षा गर्न, बाधा दिन र परमेश्‍वरले गर्नुहुने कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएको सबैलाई त्यसले आफ्नो बनाउन चाहन्छ, त्यो तिनीहरूमा बास गर्न चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्‍ट कार्य गर्नमा तिनीहरू पनि त्यससँगै सहभागी होऊन्। के यो शैतानको दुष्‍ट आशय होइन र? … परमेश्‍वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्‍वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्‍वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्‍जा र नियन्त्रण गर्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। सिस्टरले सङ्गति दिँदै भनिन्, परमेश्‍वरका वचनहरूबाट हामी के देख्‍न सक्छौं भने, हामीलाई वाधा दिने र हाम्रो मार्गमा खडा हुने मानिसहरू देखा परे पनि, त्यसको पछाडि वास्तवमा परमेश्‍वर र शैतानको बीचमा लडाइँ भइरहेको हुन्छ। परमेश्‍वरले हामीलाई मुक्ति दिन काम गरिरहनुभएको छ जबकि शैतानले हामीलाई दमन गर्न र रोक्‍न हरप्रकारका मानिसहरू प्रयोग गरिरहेको छ ताकि हामीले परमेश्‍वरलाई इन्कार गरौं र धोका दिऊँ, र परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति गुमाऊँ। यो शैतानको कुटिल अभिप्राय हो। हामी यस्तै बेला खडा हुनुपर्छ र मानिसहरू र परिस्थिति चिनेर विश्‍वासको हाम्रो आफ्‍नै मार्ग रोज्‍नुपर्छ। हामीले परमेश्‍वरको आवाज सुनेका हुनाले, हामीले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याउनुपर्छ। साँचो मार्गमा खडा हुने एउटै तरिका यही मात्र हो। उनको सङ्गतिले मलाई अन्तर्दृष्टि दियो। मलाई बहकाउमा पर्नबाट रोक्‍ने नाममा अगुवाहरूले मलाई अनलाइन भेलाहरूमा सहभागी हुन दिएनन् र तिनीहरूले सबैको सम्पर्क जानकारी डिलिट गरिदिए, र यो प्रेम र सहयोगबाट आएको कुरा हो जस्तो देखिन्थ्यो। तर वास्तवमा, मलाई प्रभुलाई स्वागत गर्नबाट रोक्दै, मैले परमेश्‍वरको आखिरी दिनहरूको मुक्तिलाई गुमाऊँ भनेर मलाई धार्मिक संसारमै तानेर लैजाने प्रयास गर्दै तिनीहरू मेरो मार्गमा खडा भइरहेका थिए। पादरीवर्गका वाधाहरूले मेरो विश्‍वास कति सानो थियो, म कति कमजोर थिएँ भन्‍ने कुरालाई पनि प्रकट गर्‍यो। मैले पादरीहरूको हातमा मेरो फोन दिएँ र तिनीहरूलाई अरूको सम्पर्क हटाउन दिएँ, अनि म फर्केर फेरि पुरानै मण्डलीमा गएँ। म अन्धकारमा जिइरहेको थिएँ, मैले थोरै पनि आत्मिक भरणपोषण पाउन सकेको थिइनँ। मैले झण्डै पाष्टरको पछि लागेर साँचो मार्गलाई त्यागेँ—कस्तो डरलाग्दो कुरा! म फेरि शैतानको अघि झुक्‍नु हुँदैनथ्यो। पादरीवर्गले जे गरे पनि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू निरन्तर पढिरहने सङ्कल्प गरेँ। त्यसपछि एक जना ब्रदरले मलाई एकदुई वटा गवाहीका भिडियोहरू पठाए ती चिनियाँ सरकारले दाजुभाइ-दिदीबहिनीहरूमाथि गरेको सतावट, र तिनीहरू कसरी त्यस्तो भयानक यातनामा गवाही भई खडा भए भन्नेबारेमा थिए। त्यो साँचो विश्‍वास हो। यसको तुलनामा, पादरीले सानो बाधा दिँदा पनि म लुरुक्‍क भएँ। मैले हिँड्नुपर्ने मार्ग धेरै बाँकी थियो! मलाई थाहा थियो, त्यो सबैको सामना गर्नको लागि मैले परमेश्‍वरमा भरोसा गर्न सिक्‍नुपर्थ्यो र मेरो परिवारले मलाई जसरी इन्कार गरे पनि वा पादरीवर्गले मलाई दमन गरे पनि म दह्रिलो गरी खडा हुनुपर्थ्यो। मैले प्रवचन र भेलाहरूको लागि अनलाइन गइरहने सङ्कल्प गरेँ।

मलाई अनलाइन भेलाहरूमा सहभागी हुनबाट रोक्‍नको लागि पछि पादरीवर्गले धेरै कुरा गरे। तिनीहरूले मसँग यसो भन्दै झूट पनि बोले, “परमेश्‍वरले हामीलाई उहाँको भेडाको रेखदेख गर्न राख्‍नुभएको हो त्यसकारण व्यक्तिगत रूपमै हामी तपाईंको निम्ति जिम्‍मेवार छौं। त्यसैले हामीले तपाईंको अनलाइन भेलाहरूको बारेमा रेखदेख गर्नुपर्छ तपाईंकै हितको लागि ती सम्पर्कहरू डिलिट गरिएको थियो। हामीले परमेश्‍वरका भेडाहरूलाई रेखदेख गरेनौं भने, प्रभुले उहाँको आगमनपछि हाम्रो न्याय गर्नुहुनेछ।” पादरीहरूलाई परमेश्‍वरले नियुक्त गर्नुभएको हो, होइन भन्‍नेबारेमा अनलाइन भेलामा एक जना ब्रदरले भनेको कुरा मलाई याद आयो। उनले भने, “कुनै पनि व्यक्ति उहाँले नियुक्त गर्नुभएको हो भनेर आधारको रूपमा प्रयोग गर्न सकिने परमेश्‍वरका वचनहरू छन्। व्यवस्थाको युगमा, जब यहोवा परमेश्‍वरले मोशालाई इस्राएलीहरूको लागि नियुक्त गर्नुहुँदा, उहाँले व्यक्तिगत रूपमै मोशालाई भन्‍नुभयो, ‘निश्‍चय नै म तँसँग हुनेछु; र यो तेरो निम्ति चिन्‍ह हुनेछ: जब तैँले मानिसहरूलाई मिश्रबाट ल्याउँछस्, तिमीहरूले यस पर्वतमा परमेश्‍वरको सेवा गर्नेछौ(प्रस्थान ३:१२)। अनुग्रहको युगमा, प्रभु येशूले पत्रुसलाई मण्डलीहरूको गोठाला गर्ने काम दिनुहुँदा प्रमाणको रूपमा बोल्‍नुभयो: ‘र म तिमीलाई पनि भन्दछु, कि तिमी पत्रुस हौ र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु; र नरकका ढोकहरूले यसलाई जित्‍नेछैनन्। अनि म तिमीलाई स्वर्ग राज्यका चाबीहरू दिनेछु: र तिमीले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ: अनि तिमीले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ(मत्ती १६:१८-१९)। ‘मेरा भेडालाई खुवाऊ(यूहन्‍ना २१:१६)। हामी देख्‍न सक्छौं, परमेश्‍वरले स्थापत गर्नुहुने र प्रयोग गर्नुहुने मानिसहरूको लागि परमेश्‍वरले व्यक्तिगत रूपमै गवाही दिनुहुन्छ। तिनीहरूसँग प्रमाणको रूपमा परमेश्‍वरका वचनहरू हुन्छन्। त्योविना, कम्तीमा पनि पवित्र आत्‍माको कामको प्रमाण हुनुपर्छ। के पादरीहरूसँग तिनीहरूलाई परमेश्‍वरले नियुक्त गर्नुभएको हो भन्‍नेबारेमा उहाँका वचनहरूको कुनै प्रमाण छ? के पवित्र आत्‍माको काम छ?” यसले मलाई निश्‍चित आत्मविश्‍वास दियो। परमेश्‍वरले कहिल्यै पनि पादरीवर्गलाई नियुक्त गरेको छु भनेर भन्‍नुभएको छैन भन्‍ने मलाई थाहा थियो, पावलले “पवित्र आत्माले तपाईंहरूलाई निगरानीकर्ता बनाउनुभएको छ,” भनेर भनेका भए पनि पावलका वचनहरू परमेश्‍वरका वचनहरू थिएनन्, त्यसकारण तिनलाई आधारको रूपमा प्रयोग गर्न सकिँदैन। तिनीहरूको दाबी निराधार हुन्! मैले केही समयअघि थाहा पाएको थिएँ कि पादरीहरूको प्रवचनहरूमा पवित्र आत्‍माको अन्तर्दृष्टि छैन। तिनीहरूले परमेश्‍वरको इच्‍छाको बारेमा बताउने वा हामीलाई प्रभुका वचनहरू अभ्यास गर्न अगुवाइ गर्ने गर्दैनन्। तिनीहरूमा पवित्र आत्‍माको कामको पूर्ण अभाव छ। यसले तिनीहरूलाई परमेश्‍वरले नभई मानिसले नियुक्त गरेको हो भन्‍ने देखायो। विश्‍वासमा, मैले कुनै पनि मानिसको कुरा सुन्‍ने वा उसलाई पछ्याउने नभई प्रभुका वचनहरू सुन्‍ने र उहाँलाई पछ्याउने गर्नुपर्थ्यो। मैले कुनै प्रतिक्रिया नदिएको देख्दा, पाष्टरले रिसाएर मलाई हप्कायो: “जसले सुसमाचार प्रचार गर्न चाहन्छ, ऊ पहिले हामीकहाँ आउनुपर्छ। हाम्रो अनुमोदनविना, त्यो झूटो मार्ग हुन्छ। तपाईंले त्यस्ताको कुरा सुन्‍नु हुँदैन!” मैले जबाफ दिएँ, “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र उहाँले आफ्‍नो काम गर्नुहुन्छ। उहाँलाई कुनै मानिसको अनुमोदन चाहिँदैन। प्रभु फर्किसक्‍नुभएको छ। हामी परमेश्‍वरको आवाज सुनेर उहाँलाई पछ्याउँछौं—हामीलाई किन तपाईंको स्वीकृति चाहियो?” तिनीहरूले आफूलाई निकै उच्‍च ठान्दा रहेछन्, तिनीहरू साँच्‍चै अहङ्कारी रहेछन् भनेर मैले सोचिरहेको थिएँ! सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुन्‍न वा उहाँको कामको अनुसन्धान गर्न इन्कार गर्नु, बरु आलोचना मात्रै गर्नु प्रभु येशूको कामप्रति फरिसीहरूको मनोवृतिजस्तै थियो। तिनीहरूसँग परमेश्‍वरप्रति कुनै आदर थिएन र सत्यताप्रति तिनीहरूसँग कुनै प्रेम थिएन।

त्यसपछि तिनीहरूले मेरी श्रीमतीलाई म झूटो मार्गको बहकाउमा परेको छु भनी झूट बोले। उनले तिनीहरूको वास्तविकता देखेकी थिइनन्, त्यसकारण म अनलाइन भेलामा सहभागी हुँदा उनी अत्यन्तै रिसाउँथिन् र हामी दुई फरक मार्गमा छौं, यदि म भेलाहरूमा गइरहेँ भने उनले डिभोर्स दिने कुरा भनिन्। त्यो बेला मलाई अत्यन्तै कमजोर र दुःखी महसुस भइरहेको थियो। म सोच्थेँ, यदि मैले सम्झौता गरेँ र भेलाहरूमा सहभागी हुन छोडेँ भने, मैले परमेश्‍वरको मुक्ति गुमाउनेछु। तर यदि म भेलाहरूमा सहभागी भइरहेँ भने, उनले मलाई डिभोर्स दिनेछिन्, त्यसपछि हाम्रा साना छोराछोरीको अवस्था के होला? मैले विवश हुँदै परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, बिन्ती छ मेरो विश्‍वास दह्रिलो बनाउनुहोस्। मलाई यी परीक्षाहरूमाथि विजय पाउन सहयोग गर्नुहोस् र मेरो अगाडिको मार्गमा डोर्‍याउनुहोस्।” त्यसपछि मलाई प्रभु येशूले भन्‍नुभएको एउटा कुरा याद आयो: “मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन: अनि मलाईभन्दा बढी छोरा वा छोरीलाई माया गर्ने मेरो लायक हुँदैन(मत्ती १०:३७)। परमेश्‍वरका वचनहरूले मलाई मेरी श्रीमती र छोराछोरीप्रतिको मेरो प्रेम, परमेश्‍वरप्रतिको मेरो प्रेमभन्दा ठूलो छ, म उहाँको योग्य छैनँ भन्ने देखायो। मैले मनमनै मलाई श्रीमतीले डिभोर्स दिए पनि, म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याइरहनेछु भनेर सङ्कल्‍प गरेँ। त्यसपछि जब मेरी श्रीमतीले मलाई बाधा दिने प्रयास गर्थिन्, उनले कुनै प्रभाव ममा पर्दैनथ्यो।

मलाई भेलाहरूबाट रोक्‍नको लागि पाष्टरले पछि मेरो ससुरालाई पनि मुछ्यो। मेरो ससुरा अत्यन्तै पियक्‍कड थिए र मण्डली त्यति धेरै जाँदैनथे, तर पाष्टरले तिनलाई सेवामा बोलाएर यसो भन्दै झूटो कुरा बताए, कुनै व्यक्तिले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेपछि, उसले मण्डली छोड्ने प्रयास गरेमा तिनीहरूले उसको खुट्टा भाँच्नेछन्। आफ्‍नो बुबाबाट यो कुरा सुनेपछि, मेरी श्रीमती घर आएर मसँग चिच्याउन थालिन्। मैले उनलाई पादरीले भनेको कुराको कुनै आधार छैन भनेर भनेँ। परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार नगरेकोमा संसारमा कसैको पनि खुट्टा भाँचिएको छैन। यो चिनियाँ कम्युनिस्ट सरकारले सुरु गरेको अफवाह हो, र तिनीहरू परमेश्‍वरविरोधी, दमनकारी सरकार हुन्। एक पाष्टरले मलाई अर्का एक पाष्टरले अमेरिकाबाट केही बाइबल ल्याइरहेका थिए, र पुलिसले चिनियाँ सिमानाबाट ती जफत गर्‍यो भनेर बताएको थियो। चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वरमा विश्‍वास गर्न दिँदैन। अब प्रभु फर्किसक्‍नुभएको र उहाँ चीनमा देखा पर्नुभएको हुनाले, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरूलाई खेदो गर्ने र सताउने गरिरहेका छन्। हामीले त्यस्तो परमेश्‍वरविरोधी, नास्तिक सरकारको कुरामा कसरी विश्‍वास गर्न सक्छौं? मैले अनलाइन भेलाहरूमा सहभागिता जनाउँदै र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्दै आइरहेको छु, जुन सम्‍पन्‍न र प्रशस्त छन्, र तिनले परमेश्‍वरको कामका रहस्यहरूका साथै मानिसको भ्रष्टता र पापी प्रकृतिलाई खुलासा गर्छन्, ताकि हामीले आफूलाई चिन्‍न सकौं। मैले यी कुराहरू जति पढेँ, मलाई त्यति नै अन्तर्दृष्टि प्राप्त भयो र यो परमेश्‍वरको आवाज हो भन्‍ने मलाई त्यति नै अनुभव भयो। मैले उनलाई भनेँ, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा म निश्‍चित छु। प्रभु येशू फर्केर आइसक्‍नुभएको छ र हामीले परमेश्‍वरका पाइलाहरूलाई पछ्याउनुपर्छ। म किन पुरानो मण्डलीमा फर्केर जाने? मेरी श्रीमतीसँग त्यस विषयमा भन्‍ने कुरा केही थिएन, तर तिनले सेवाहरूमा सहभागिता जनाएर पाष्टरका अफवाहहरूलाई सुन्‍नेबित्तिकै, घर आएर मसँग तर्क गर्थिन्। पहिले म सधैँ पादरीहरू परमेश्‍वरलाई प्रेम गर्ने र मलाई माया गर्ने मानिसहरू हुन् भन्‍ने सोच्थेँ, तर परमेश्‍वरको नयाँ कामको बारेमा मैले खोजी गरिरहेको छु भन्‍ने थाहा पाउनेबित्तिकै, तिनीहरूले मलाई बाधा दिन सक्दो गर्न थाले, र मलाई तिनीहरूको धर्ममा घिस्याएर लैजाने प्रयास गरे। मैले बल्‍ल तिनीहरूको साँचो अनुहार देखेँ। प्रभु येशूले फरिसीहरूलाई सराप्‍नुभएका वचनहरू मलाई याद आयो: “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१५)। फरिसीहरूले मानिसहरूलाई आफ्‍नो पकडमा नियन्त्रण गरेर राख्‍न धर्ममा लोभ्याएर लैजान्थे, र जब प्रभु येशू आउनुभयो, तिनीहरूले उहाँका काम र वचनहरू कति शक्तिशाली र अख्तियारपूर्ण छन् भन्‍ने देखे, तर धर्मशास्‍त्रका शाब्दिक अर्थमा अल्झेर तिनीहरूले सत्यताको खोजी गरेनन्, किनभने मानिसहरूले येशूलाई पछ्याए भने तिनीहरूको आयआर्जन खतरामा पर्नेछ भन्‍ने तिनीहरूलाई डर थियो। त्यसकारण तिनीहरूले प्रभु येशूको निन्दा गर्ने र भर्त्सना गर्ने अफवाहहरू फैलाए अनि अन्तिममा उहाँलाई क्रूसमा टाँगे। के आजका पाष्टरहरू पनि फरिसीहरूजस्तै छैनन् र? तिनीहरूले विश्‍वासीहरूलाई आफ्‍नै मण्डलीमा सीमित पारी आफ्‍नै नियन्त्रणमा राखेका छन्, तिनीहरूलाई परमेश्‍वरको आवाज सुन्‍न र प्रभुलाई स्वागत गर्न दिएका छैनन्। यो अत्यन्तै दुष्ट कार्य हो! यसले मलाई भेलामा पढेको सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद दिलायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। परमेश्‍वरका वचनहरूले पादरीहरूको साँचो, परमेश्‍वरविरोधी अनुहार देखाइदिए। आखिरी दिनहरूमा परमेश्‍वर मानवजातिलाई मुक्ति दिन आउनुभएको छ, अनि पादरीहरूले खोजी र अनुसन्धान गर्न इन्कार मात्रै गर्दैनन्, तिनीहरूले त उहाँसँग लडाइ गर्ने र उहाँलाई दोष दिने समेत गर्छन्, तिनीहरूले अफवाह र झूटहरू फैलाउने, मण्डलीबाट मानिसहरूलाई बाहिरी जान नदिने, मानिसहरूलाई साँचो मार्ग खोज्‍नबाट रोक्‍ने समेत गर्छन्। तिनीहरू प्रभुलाई स्वागत गर्ने वा परमेश्‍वरको राज्यमा प्रवेश गर्ने गर्दैनन्, र तिनीहरूले हामीलाई परमेश्‍वरको मुक्ति स्वीकार गर्नबाट रोक्दै राज्यमा प्रवेश गर्ने हाम्रा अवसरहरू नाश गरिरहेका छन्। तिनीहरू परमेश्‍वरका वचनहरूमा उल्‍लेख गरिएका मानिसको मासु खाने र रगत पिउने भूतहरू, मानिसहरूलाई साँचो मार्गबाट रोक्‍ने राक्षसहरू हुन्।

मैले तिनीहरूको कुरा नमानेकोले तिनीहरूले मलाई मण्डलीबाट निकाले। म कुनै समस्यामा परेँ भने तिनीहरूले मलाई सहयोग गर्नेछैनन् भनेर अगुवाहरूले मलाई भने। त्यसपछि मैले ती पादरीहरूले सत्यतालाई प्रेम गर्ने वा परमेश्‍वरको आवाज सुन्‍ने गर्दैन रहेछन् भन्‍ने थाहा पाएँ। तिनीहरू परमेश्‍वरका भेडा होइनन्। मेरो विश्‍वासमा तिनीहरूलाई पछ्याउनु अन्धाले अन्धालाई डोर्‍याउनुजस्तै हुनेथियो, र म पूरै बरबाद हुनेथिएँ। म सौभाग्यले, ती झूटो गोठालाहरूबाट स्वतन्त्र हुन सकेँ र मैले परमेश्‍वरका पाइलाहरू भेट्टाउन सकेँ।

त्यसपछिका दिनहरूमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ र दाजुभाइ-दिदीबहिनीहरूका अझ बढी गवाहीहरू सुनेँ। मैले आत्मिक रूपमा यति तृप्त र सुधार अनुभव गरेँ कि, त्यस्तो अनुभव मैले मेरो १० वर्षको विश्‍वासमा कहिल्यै गरेको थिइनँ। मलाई आखिरी दिनहरूमा जन्‍मनु र प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्‍नु निकै ठूलो आशिष्‌ हो भन्‍ने लाग्यो! म यो सानदार समाचार परमेश्‍वरको अघि आउन बाँकी रहेका धेरै मानिसहरूलाई सुनाउन चाहन्थेँ, तर पादरीहरूले अरू मण्डली सदस्यहरूलाई सुसमाचार नसुनाउनू, नत्र अधिकारीहरूलाई रिपोर्ट गरेर पक्राउ गराउँछौं भनी धम्की दिए। मैले भनेँ, “के तपाईंहरूलाई परमेश्‍वरको विरुद्धमा जान डर लाग्दैन?” तिनीहरूमध्ये एक, मिष्टर झाओले कठोर शैलीमा प्रतिक्रिया दिए, “यदि यो साँच्‍चै परमेश्‍वरको काम हो भने, हामी यसपटक फरिसीहरू बन्‍नेछौं, हामीलाई पुस्तौंसम्‍म परमेश्‍वरले दण्ड दिऊन्।” यस्तो कुरा बोलेर के तिनीहरूले जानीजानी परमेश्‍वरको विरुद्ध गएर उहाँको स्वभावलाई उल्‍लङ्घन गरिरहेका थिएनन् र? तिनीहरूको अहङ्कार र परमेश्‍वरप्रतिको डरको अभावले मलाई तिनीहरूले सत्यतालाई घृणा गर्छन् र तिनीहरू परमेश्‍वरका शत्रु हुन् भन्‍ने कुरा स्पष्ट देखायो। त्यसरी परमेश्‍वरको विरुद्धमा काम गर्दा, तिनीहरूलाई पनि अन्तिममा परमेश्‍वरले फरिसीहरूलाई जस्तै दण्ड दिनुहुनेछ!

त्यसपछि मैले तिनीहरूको वास्तविकतालाई स्पष्ट रूपमा देखेँ। तिनीहरू अबदेखि मेरो मार्गमा खडा हुन सक्दैनथे, र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउने थप सङ्कल्‍प गरेको थिएँ। अहिले मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा कर्तव्य स्विकारेको छु। म मेरो विश्‍वासमा दह्रिलो भएको देख्दा मेरी श्रीमती जिज्ञासु भइन् र यसबारेमा आफै खोजी-निधो गर्न थालिन्। उहाँका वचनहरू पढेपछि उनले पनि सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरिन्, र अहिले उनले सुसमाचार प्रचार गर्ने गर्छिन्। म सर्वशक्तिमान्‌ परमेश्‍वरको मुक्तिको लागि अत्यन्तै कृतज्ञ छु र मेरो कर्तव्य पूरा गर्ने र परमेश्‍वरको प्रेमको ऋण तिर्ने कार्यमा म सर्वस्व सुम्‍पन चाहन्छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

साँचो मार्गको अनुसन्धान गर्दा मैले अनुभव गरेको कुरा

मैले बालक छँदा नै मेरा आमाबुबाको पछि लागेर प्रभुलाई विश्‍वास गरेकी थिएँ। पछि, म शिक्षक बनेँ, अनि इसाई र नैतिक शिक्षासम्‍बन्धी पाठ्यक्रमहरू...

मेरो परिवारको पिँजडाबाट उम्‍कँदा

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई २००५ मा स्वीकार गरेँ। त्यो अवधिमा, मैले भेलाहरूमा सहभागी भएर अनि परमेश्‍वरका वचनहरू...

सबैभन्दा अर्थपूर्ण निर्णय

बालक हुँदादेखि नै मैले मेरा आमाबुबासँग प्रभुमा विश्‍वास गरेँ। ठूलो भएपछि, मैले निर्माण क्षेत्रमा काम गरेँ र एउटा कराँते स्कूल खोलेँ।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्