हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ

तिमीहरू आज कस्ता परीक्षाहरू थेग्‍न सक्षम छौ? के तिमीहरू आफूसँग जग छ भन्‍ने हिम्मत गर्छौ, र के तिमीहरू परीक्षा सामना गर्दा खरो उत्रन सक्षम छौ? उदाहरणको लागि, शैतानद्वारा खेदो गरिने र सतावटमा पारिने परीक्षाहरू, वा पद र प्रतिष्ठा, विवाह वा धनका परीक्षाहरू, के तिमीहरू यी परीक्षाहरू पार गर्न सक्षम छौ? (हामी लगभग तीमध्ये केही पार गर्न सक्छौँ।) परीक्षाका कतिवटा श्रेणीहरू छन्? अनि तिमीहरू कुन-कुन श्रेणी पार गर्न सक्छौ? उदाहरणको लागि, परमेश्‍वरमा विश्‍वास गरेको कारण कोही गिरफ्तार भएको सुन्दा तँ डराउँदैनस् होला, र अरूलाई गिरफ्तार गरिएको र यातना दिइएको देख्दा तँ डराउँदैनस् होला—तर जब तँ पक्राउ पर्छस्, जब तैँले आफैलाई यो अवस्थामा पाउँछस्, के तँ दृढ भई खडा रहन सक्षम हुन्छस्? यो ठूलो परीक्षा हो, हैन र? उदाहरणको लागि, मानौँ तँ असल मानवत्व भएको कसैलाई चिन्छस् रे, जो परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा उत्कट छ, जसले आफ्नो कर्तव्य पूरा गर्न परिवार र करियर त्यागेको छ र धेरै कठिनाइ भोगेको छ: एक दिन अचानक उसलाई परमेश्‍वरमाथिको उसको विश्‍वासको लागि गिरफ्तार गरिन्छ र उसले जेल सजाय पाउँछ, र तैँले सुन्छस् कि पछि उसलाई कुटपिट गरेर मारियो रे। के यो तेरो परीक्षा होइन र? यदि तँलाई यस्तो हुन्थ्यो भने, तैँले कस्तो प्रतिक्रिया जनाउनेथिस्? तैँले यसलाई कसरी अनुभव गर्नेथिस्? के तैँले सत्यता खोज्नेथिस्? तैँले सत्यता कसरी खोज्नेथिस्? यस्तो परीक्षाको दौरान, के तैँले आफैलाई दृढ भई खडा हुने र परमेश्‍वरको अभिप्राय बुझ्ने बनाउन सक्थिस्, र के यसबाट सत्यता प्राप्त गर्थिस्? के तैँले कहिल्यै यस्ता कुराहरू विचार गरेको छस्? के यस्ता परीक्षाहरू पार गर्न सजिला छन्? के ती असाधारण छन्? असाधारण अनि मानव धारणा र कल्पनाविपरीत हुने कुराहरूलाई कसरी अनुभव गरिनुपर्छ? यदि तँसँग कुनै मार्ग छैन भने, के तैँले गुनासो गर्ने सम्भावना हुन्छ? के तँ परमेश्‍वरका वचनहरूमा सत्यता खोज्न र समस्याहरूको सार देख्न सक्षम छस्? के तँ अभ्यासका सही सिद्धान्तहरू निर्धारण गर्नको लागि सत्यता प्रयोग गर्न सक्षम छस्? सत्यता पछ्याउनेहरूमा यही कुरा पाइनुपर्दैन र? तैँले परमेश्‍वरको काम कसरी जान्‍न सक्छस्? तैँले यसलाई परमेश्‍वरको न्याय, शुद्धीकरण, मुक्ति र सिद्धताका फलहरू हासिल गर्न कसरी अनुभव गर्नुपर्छ? मानिसहरूका परमेश्‍वरविरुद्धका असंख्य धारणा र गुनासोहरू समाधान गर्न के-के सत्यताहरू बुझ्नुपर्छ? तैँले आफूलाई सुसज्जित पार्नुपर्ने सबैभन्दा उपयोगी सत्यताहरू, अर्थात् तँलाई विभिन्न परीक्षाहरूमाझ दृढ खडा रहन मदत गर्ने सत्यताहरू के-के हुन्? अहिले तेरो कद कति ठूलो छ? तँ कुन हदका परीक्षाहरू पार गर्न सक्षम छस्? तँलाई केही अनुमान छ? छैन भने, यो सन्देहयुक्त छ। तिमीहरूले भर्खरै “लगभग तीमध्ये केही पार गर्न सक्छौँ” भनेका थियौ। यी अन्योलपूर्ण कुरा हुन्। तँलाई आफूसँग कस्तो प्रकारको कद छ त्यो थाहा हुनुपर्छ, र तैँले कुन सत्यताहरूले आफूलाई सुसज्जित गरिसकिस्, तँ कुन परीक्षाहरू पार गर्न सक्छस्, तँ कुन जाँचहरू स्वीकार गर्न सक्षम छस्, र कुन जाँचहरूको दौरान तँसँग कुन सत्यता हुनुपर्छ, तँसँग परमेश्‍वरको कामबारे के ज्ञान हुनुपर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न तैँले कुन बाटो रोज्नुपर्छ भनेर तँ स्पष्ट हुनैपर्छ—यी सबैबारे तँलाई राम्ररी थाहा हुनैपर्छ। जब तँ तेरा धारणा र कल्पनाहरूसँग मेल नखाने केही कुरा सामना गर्छस्, तब तँ त्यसलाई कसरी अनुभव गर्छस्? त्यस्ता मामिलाहरूमा, आफ्ना धारणाहरू समाधान गरेर मात्र होइन, परमेश्‍वरको साँचो ज्ञान प्राप्त गरेरसमेत सहज रूपमा पार पाउनको लागि, तैँले आफूलाई सत्यताले कसरी र सत्यताका कुन पक्षहरूले सुसज्जित पार्नुपर्छ—के तैँले खोज्नुपर्ने यही होइन र? तिमीहरूले सामान्यतया कस्ता प्रकारका परीक्षाहरू अनुभव गर्छौ? (हैसियत, ख्याति, लाभ, पैसा, पुरुष र महिलाबीचका सम्बन्धहरू।) यी मूलतः आम परीक्षाहरू हुन्। अनि, आज तिमीहरूको कदको सन्दर्भमा, तिमीहरू कुन परीक्षाहरूमा आफूलाई कायम राख्न र दृढ खडा रहन सक्षम छौ? के तिमीहरूसँग यी परीक्षाहरू पार गर्ने वास्तविक कद छ? के तिमीहरू आफ्नो कर्तव्य ठीकसँग पूरा गर्नेछौ, र सत्यता उल्लङ्घन गर्ने, वा अवरोध र बाधा पुऱ्याउने, वा अवज्ञाकारी र विद्रोही, वा परमेश्‍वरलाई दुखी तुल्याउने कुनै पनि काम गर्दैनौ भनी साँच्चै ठोकुवा गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए तैँले आफ्नो कर्तव्य सही रूपमा पूरा गर्न के गर्नुपर्छ? एउटा त, तेरा कार्यहरू सत्यता सिद्धान्तहरूअनुसार छन् वा छैनन्, लापरवाह छन् वा छैनन्, त्यसमा विद्रोही वा प्रतिरोधी तत्वहरू छन् वा छैनन् भनेर हेर्नको निम्ति, तैँले सबै कुरामा आफैलाई जाँच्नैपर्छ। यदि छन् भने, तैँले तिनलाई समाधान गर्न सत्यता खोजी गर्नैपर्छ। यसको साथै, यदि तँलाई थाहा नभएका केही कुराहरू भएमा, तैँले तिनलाई समाधान गर्न पनि सत्यता खोजी गर्नैपर्छ। यदि तँलाई काँटछाँट गरिएको छ भने, तैँले त्यसलाई स्वीकार गरेर समर्पित हुनुपर्छ। जबसम्म मानिसहरू तथ्यहरूअनुसार बोल्छन्, तबसम्म तैँले तिनीहरूसँग बिलकुलै तर्कवितर्क गर्नु र शब्दजालमा संलग्न हुनु हुँदैन; तब मात्र तैँले आफैलाई चिन्न सक्छस् र साँच्चै पश्चात्ताप गर्न सक्छस्। मानिसहरूले यी कुराहरूका यी दुई पक्षहरूको मापदण्ड पूरा गर्नुपर्दछ र वास्तविक प्रवेश हासिल गर्नुपर्छ। यस तरिकाले, तिनीहरूले सत्यताको बुझाइ प्राप्त गर्न र वास्तविकतामा प्रवेश गर्न सक्छन्, अनि तिनीहरूले स्वीकार्य मापदण्डअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्छन्।

केही मानिसहरू भन्छन्, “धेरैजसो जब ममाथि केही आइपर्छ, मलाई सत्यता कसरी खोजी गर्ने भनी थाहा हुँदैन र थाहा पाइसकेपछि पनि, म कुनै जवाफ पाउँदिनँ। मैले प्रार्थना, खोजी र प्रतीक्षा गरेको छु, तर कुनै परिणाम आएन। मलाई के गर्ने थाहा छैन। म यसको समाधान गर्न परमेश्‍वरका वचनहरू भेट्टाउन चाहन्छु, तर ती अति धेरै छ्न्, परमेश्‍वरका वचनहरूको कुन खण्ड लागू हुन्छ, र यो समस्या समाधान हुन सक्छ, मलाई थाहा छैन।” तब तिनीहरूले के गर्नुपर्छ? यसको लागि न्यूनतम मापदण्ड छ: जब तँमाथि केही आइपर्छ र तँलाई के गर्ने भनी थाहा हुँदैन, तैँले गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा भनेको आफ्नो विवेक पछ्याउनु हो; यो एक जीवनबुटी हो, यो एक आधाररेखा हो, जुन सबैभन्दा माथि राखेर पालना गरिनुपर्छ, र यो अभ्यासको एक सिद्धान्त पनि हो। त्यसोभए हरेक व्यक्तिमा विवेकले कत्तिको प्रभुत्व राख्छ त? जब व्यक्तिले सत्यता बुझ्दैन, उसको विवेकले कति ठूलो भूमिका खेल्‍न सक्छ त्यो कुरा उसको मानवत्व कस्तो छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि यस व्यक्तिले सत्यता बुझ्दैन र आफ्‍नो विवेकअनुसार काम गर्दैन भने, र यदि तैँले उसको कार्यहरूको कुनै पनि पक्षले परमेश्‍वरका अभिप्रायहरूलाई ध्यान दिएको वा उसमा परमेश्‍वरको डर मान्ने कुनै हृदय भएको देख्न सक्दैनस् भने—यदि तैँले यीमध्ये केही पनि देख्दैनस् भने, के यो व्यक्तिलाई विवेक र मानवत्व भएको व्यक्तिको रूपमा गन्ती गर्न सकिन्छ त? (सकिँदैन।) यो कस्तो प्रकारको व्यक्ति हो? यस प्रकारको व्यक्तिलाई नै मानवत्वहीन व्यक्तिको रूपमा पारिभाषित गरिन्छ। उसले न त समझको आधारमा न त विवेकको आधारमा काम गर्छ, उसले त मानवीय आचरणको आधाररेखा नै नाघेर काम गर्छ। कतिपय मानिसहरूले कैयौँ सत्यताहरू बुझ्दैनन्। तिनीहरूले आफूले गर्ने कुनै पनि कामका सिद्धान्तहरू बुझ्दैनन्, र समस्याहरू सामना गर्दा तिनलाई उचित रूपमा कसरी सम्हाल्ने भनेर तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले यो परिस्थितिमा कसरी अभ्यास गर्नुपर्छ? न्यूनतम मापदण्ड भनेको विवेकअनुसार काम गर्नु हो—आधाररेखा यही हो। अनि, तैँले विवेकअनुसार कसरी काम गर्नुपर्छ? तैँले इमानदारीसाथ काम गर्नुपर्छ, र तँ परमेश्‍वरको दया, परमेश्‍वरले दिनुभएको यो जीवन, र परमेश्‍वरप्रदत्त यो मुक्ति पाउने अवसरको योग्य बन्‍नुपर्छ। के त्यो तेरो विवेकको प्रभाव होइन र? तैँले यो न्यूनतम मापदण्ड पूरा गरेपछि, तैँले सुरक्षा प्राप्त गरेको हुनेछस् र तैँले गम्भीर गल्तीहरू गर्नेछैनस्; तैँले सहजै परमेश्‍वरविरुद्ध विद्रोह गर्ने कुराहरू गर्नेछैनस् वा आफ्नो कर्तव्य त्याग्नेछैनस्, न त तँ त्यसरी झारा टार्ने तरिकाले काम गर्ने जिम्मेवार हुनेछस्। तँ आफ्‍नो हैसियत, ख्याति, लाभ, र भविष्यको लागि षड्यन्त्र गर्नतिर ढल्कनेछैनस्। विवेकले खेल्‍ने भूमिका यही हो। विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवत्वका तत्वहरू हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण, दुवै हुन्। अनि, अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवत्वको कमी भएको, अत्यन्तै कमजोर मानवत्व भएको व्यक्ति हो। यसलाई अलि विस्तारमा हेर्दा, यस व्यक्तिले पतित मानवत्वका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छ? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् र तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर विश्‍लेषण गरी हेर्। (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र आफूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूबारे कुनै वास्ता नै राख्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने कुनै पनि भार बोक्ने वा परमेश्‍वरको गवाही दिने काम गर्दैनन् र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। अनि, तिनीहरूले जब केही गर्छन्, तब के सोच्छन्? तिनीहरूको पहिलो विचार यस्तो हुन्छ, “यदि मैले यो गरें भने, के परमेश्‍वरले थाहा पाउनुहुनेछ? के यसलाई अरू मानिसहरूले देख्न सक्नेछन्? यदि अरू मानिसहरूले मैले सारा प्रयत्‍न लगाएको र परिश्रमी रूपमा काम गरेको देख्दैनन् भने, र यदि परमेश्‍वरले पनि यो देख्नुहुन्न भने, मैले त्यस्तो प्रयत्‍न गर्दा वा त्यसको लागि कष्ट भोग्दा कुनै फाइदा हुँदैन।” के यो हदैसम्मको स्वार्थीपन होइन र? यो अत्यन्तै नीच शैलीको आशय पनि हो। जब तिनीहरूले यसरी सोच्छन् र काम गर्छन्, के तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुन्छ? के यसमा तिनीहरूको विवेकले घोच्छ? अहँ, तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुँदैन, र यसले कहीँकतै घोच्दैन। कतिपय मानिसहरूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको हुँदा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरूले आफूले पत्ता लगाएका समस्याहरूबारे आफ्ना वरिष्ठहरूलाई तुरुन्तै रिपोर्ट पनि गर्दैनन्। मानिसहरूले अवरोध र बाधा पुऱ्याइरहेको तिनीहरूले देख्दा, तिनीहरू आँखा चिम्लन्छन्। दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेको देख्दा पनि तिनीहरू उनीहरूलाई रोक्‍ने प्रयास गर्दैनन्। तिनीहरू परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्दैनन्, न त आफ्नो कर्तव्य र जिम्मेवारी के हुन् भनेर ख्याल नै गर्छन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै वास्तविक कार्य गर्दैनन्; तिनीहरू मान्छे खुसी पार्दै हिँड्नेहरू र आरामको लालसा गर्नेहरू हुन्; तिनीहरू आफ्नै आडम्बर, इज्‍जत, हैसियत र हितको लागि मात्र बोल्छन् र काम गर्छन्, अनि आफूलाई फाइदा हुने कुराहरूमा मात्र आफ्नो समय र प्रयास समर्पण गर्न इच्छुक हुन्छन्। त्यस किसिमको व्यक्तिका कार्य र उद्देश्यहरू सबैलाई स्पष्ट हुन्छ: जब मुख देखाउने वा केही आशिष्‌ पाउने अवसर हुन्छ, तब तिनीहरू देखा परिहाल्छन्। तर जब मुख देखाउन पाउने कुनै अवसर हुँदैन, वा जब पीडा भोग्ने समय हुन्छ, तब कछुवाले टाउको लुकाएजस्तै तिनीहरू दृश्यबाट हराइजान्छन्। के यस प्रकारको मानिसमा विवेक र समझ हुन्छ? (हुँदैन।) के यस्तो व्यवहार गर्ने विवेक र समझहीन व्यक्तिले स्व-निन्दा महसुस गर्छ? यस्ता मानिसहरूमा स्व-निन्दाको कुनै बोध हुँदैन। यस प्रकारको व्यक्तिको विवेकले केही काम गर्दैन। यस्ताहरूले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसैले के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासन ताडना महसुस गर्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्।

पवित्र आत्माको काम सिद्धान्तपरक छ, र यसका पूर्वशर्तहरू छन्। पवित्र आत्माले सामान्यतया कुन किसिमको व्यक्तिमा आफ्नो काम गर्नुहुन्छ? पवित्र आत्माको काम प्राप्त गर्नको लागि व्यक्तिले के-कस्ता पूर्वशर्तहरू पूरा गर्नुपर्छ? परमेश्‍वरमा विश्‍वास गर्नेहरूले पवित्र आत्माको काम प्राप्त गर्नको लागि आफूसँग हुनैपर्ने न्यूनतम कुराहरू बुझ्नैपर्छ। कम्तीमा, तिनीहरूसँग विवेक र इमानदार हृदय हुनैपर्छ, र तिनीहरूको विवेकमा इमानदारीको तत्व हुनैपर्छ। तेरो हृदय इमानदार हुनैपर्छ र त्यसले परमेश्‍वरको जाँच स्वीकार गर्नैपर्छ। परमेश्‍वरको जाँच स्वीकार गर्ने साहस नगर्नेहरू इमानदार मानिसहरू होइनन्, र तिनीहरूले परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्दैनन्। मानिसहरू सधैँ के भन्छन् भने परमेश्‍वरले मानिसहरूको भित्री हृदय जाँच्नुहुन्छ, उहाँ सबै नियाल्नुहुन्छ र मानिसले बाहिरी कुरा देख्छ, जबकि परमेश्‍वरले हृदय देख्नुहुन्छ, तैपनि किन तिनीहरू परमेश्‍वरको जाँच स्वीकार गर्न सक्दैनन्? किन तिनीहरू परमेश्‍वरको वचन सुन्न र उहाँमा समर्पित हुन सक्दैनन्? यसको स्पष्टीकरण के हो भने, मानिसहरूले शब्द र सिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यतालाई प्रेम गर्दैनन्। किन केही मानिसहरू पवित्र आत्माको काम कहिल्यै प्राप्त गर्न सक्षम हुँदैनन्, सधैँ नकारात्मक, निराश स्थितिमा, कुनै आनन्द वा शान्तिविहीन हुन्छन्? यदि तैँले तिनीहरूको स्थितिलाई ध्यानपूर्वक जाँचिस् भने, तिनीहरू सामान्यतया विवेकको चेतनारहित, इमानदार हृदयरहित, र कमजोर क्षमताका हुन्छन्, र तिनीहरूले सत्यताको लागि कुनै प्रयास गर्दैनन्, त्यसैले तिनीहरूको स्थिति विरलै मात्र सामान्य हुन्छ। सत्यतालाई प्रेम गर्नेहरू फरक हुन्छन्। तिनीहरूले सँधै सत्यताको लागि प्रयास गर्छन्, जब तिनीहरूले सत्यताका अंशहरू बुझ्छन्, तब तिनीहरूको स्थिति सुधार हुन्छ, र जब तिनीहरू सत्यताका अंशहरू बुझ्छन्, तब तिनीहरूले केही वास्तविक समस्याहरू समाधान गर्न सक्षम हुन्छन्, र त्यसैले तिनीहरूको स्थिति निरन्तर सुध्रँदै र झन्झन् सामान्य बन्दै जान्छ। तिनीहरू आफूलाई जे आइपरे पनि विरलै नकारात्मक हुन्छन्, र तिनीहरू परमेश्‍वरको उपस्थितिमा बाँच्न सक्षम हुन्छन्। अनुभवको जुनसुकै समयावधिमा, तिनीहरूले सधैँ लाभ र ज्ञान हासिल गर्छन्, र आफ्नो कर्तव्य पूरा गर्दा सधैँ उपलब्धिहरू हासिल गर्छन्। तिनीहरू सुसमाचार फैलाउँदा मानिसहरूलाई आफ्नो पक्षमा ल्याउन सक्षम हुन्छन्, र तिनीहरूको कर्तव्य जेसुकै भए पनि, तिनीहरू यसलाई सिद्धान्तपरक तवरले निर्वाह गर्छन्। यी लाभहरू कहाँबाट आउँछन्? यी कुराहरू परमेश्‍वरका वचनहरू बारम्बार पढेर, अनि अन्तर्दृष्टि, ज्योति, र सत्यताको बुझाइ प्राप्त गरेर हासिल गरिएका परिणामहरू हुन्, यी पवित्र आत्माको कामद्वारा हासिल गरिएका परिणामहरू हुन्। जब तँसँग इमानदार हृदय, र मानवजातिसँग हुनुपर्ने विवेक र समझ हुन्छ, तब मात्र पवित्र आत्माले तँमा आफ्नो काम गर्न सक्नुहुन्छ। के तिमीहरू सबैमा पवित्र आत्माको कामसम्बन्धी नियमहरूको बोध छ? पवित्र आत्माले कस्तो प्रकारको व्यक्तिमा आफ्नो काम गर्नुहुन्छ? पवित्र आत्माले सामान्यतया इमानदार हृदय हुनेहरूमाथि आफ्नो काम गर्नुहुन्छ। उहाँले कठिनाइहरू भएका र सत्यता खोजी गर्नेहरूमा काम गर्नुहुन्छ। कुनै पनि मानवता, विवेक वा समझ नभएकाहरूलाई परमेश्‍वरले ध्यान दिनुहुन्न। यदि कोही इमान्दार छ, तर उसको हृदय अस्थायी रूपमा परमेश्‍वरबाट टाढा जान्छ, ऊ राम्रो बन्ने प्रयास गर्न चाहँदैन, र ऊ नकारात्मक स्थितिमा अड्किएको छ, न प्रार्थना गर्छ, न यो सबथोक समाधान गर्न सत्यता खोज्‍ने काम नै गर्छ, अनि ऊ सहकार्य गर्न इच्छुक छैन भने—यो अस्थायी अन्धकार, अस्थायी पतनको स्थितिमा, पवित्र आत्माले आफ्नो काम गर्नुहुन्न। झन् आधारभूत रूपमा मानवताको केही चेतना नभएको व्यक्तिको लागि त उहाँले यो कति कम गर्नुहोला? यो त उहाँले पक्‍कै गर्नुहुने नै छैन। यस प्रकारको विवेक र समझ नभएको, सत्यतालाई पटक्कै प्रेम नगर्ने व्यक्तिबारे परमेश्‍वर के गर्नुहुन्छ? उहाँ तिनीहरूलाई कुनै ध्यान दिनुहुन्न। के यी मानिसहरूको लागि कुनै आशा हुन्छ? तिनीहरूको लागि एउटा मात्र आशाको त्यान्द्रो हुन्छ। तिनीहरूको लागि पार पाउने एक मात्र उपाय भनेको साँच्चै पश्चात्ताप गर्नु, र इमानदार मानिसहरू बन्नु हो, र त्यसपछि मात्र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। अनि, व्यक्ति कसरी इमानदार बन्छ? सबैभन्दा पहिले त, तैँले परमेश्‍वरसामु आफ्नो हृदय खोलेर उहाँबाट सत्यता खोज्नुपर्छ, र जब तैँले सत्यता बुझ्छस्, तब तैँले त्यसलाई अभ्यास गर्न र परमेश्‍वरका बन्दोबस्तहरूमा आफूलाई समर्पित गर्न सक्नुपर्छ, र यो सब भनेको तैँले परमेश्‍वरलाई आफ्नो हृदय दिनुबराबर हो। तब मात्र तँ परमेश्‍वरद्वारा स्वीकार गरिन सक्छस्। तैँले पहिला आफ्नो देहविरुद्ध विद्रोह गर्नैपर्छ, आफ्नो आडम्बर र घमण्ड त्याग्नैपर्छ, आफ्नो हित त्याग्नैपर्छ, शारीरिक र मानसिक रूपले कर्तव्यमा होमिनैपर्छ, समर्पित हृदयले कर्तव्य निभाउनैपर्छ, र परमेश्‍वरलाई सन्तुष्ट पारुन्जेलसम्‍म आफूले जे कष्ट भोगे पनि फरक पर्दैन भनेर विश्‍वास गर्नैपर्छ। यदि तैँले कठिनाइहरू सामना गर्छस्, र परमेश्‍वरलाई प्रार्थना गर्छस्, अनि सत्यता खोज्छस् भने, परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्नुहुन्छ, तेरो हृदयमा शान्ति र खुसी छ छैन, तँसँग यो प्रमाण छ छैन भन्‍ने कुरा हेर्। यदि तँ पवित्र आत्माको काम प्राप्त गर्न चाहन्छ्स् भने, पहिला तैँले साँच्चै पश्चात्ताप गर्नैपर्छ, आफूलाई परमेश्‍वरमा समर्पित गर्नैपर्छ, उहाँको उपस्थितिमा हृदय खोल्नैपर्छ, र तैँले अति कदर गर्ने ख्याति, लाभ र हैसियतजस्ता फोहोरी कुराहरू त्याग्नैपर्छ। यदि तँ यी कुराहरू पछ्याउन जारी राख्छस्, तर अझै पनि परमेश्‍वरबाट ठूला आशिष्‌हरू माग गर्न चाहन्छस् भने, के उहाँले तँलाई स्वीकार गर्नुहुनेछ त? पवित्र आत्माको कामका पूर्वशर्तहरू हुन्छन्। परमेश्‍वर दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुनुहुन्छ, र उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ। यदि मानिसहरू सधैं ख्याति, लाभ र हैसियत पछ्याउँछन् भने, र सुरुदेखि अन्त्यसम्म, तिनीहरूले यी कुराहरू त्याग्न सक्दैनन् भने, यदि तिनीहरूको हृदय परमेश्‍वरको लागि बन्द छ भने, यदि तिनीहरू उहाँसामु खुल्ने हिम्मत गर्दैनन् भने, यदि तिनीहरूले सधैँ उहाँको काम र निर्देशन अस्वीकार गर्छन् भने, उहाँले केही गर्नुहुन्न। परमेश्‍वरले यो वा त्यो गर्न बाध्य पार्दै, प्रत्येक व्यक्तिमा आफ्नो काम गर्नु जरुरी छैन। परमेश्‍वरले तँलाई बाध्य पार्नुहुन्न। दुष्ट आत्माहरूले मात्र मानिसहरूलाई नियन्त्रण गर्न तिनीहरूमाथि बलजफती प्रभुत्व जमाउँदै, यो वा त्यो गर्न बाध्य पार्छन्। पवित्र आत्माको काम यति विशेष कोमल हुन्छ कि उहाँले तँलाई उत्प्रेरित गर्नुहुँदा, तैँले अनुभूतिसमेत गर्दैनस्। तँलाई आफूले अनजानमै बुझेको र सचेत बनेको जस्तो लाग्‍नेछ। यसरी पवित्र आत्माले मानिसहरूलाई उत्प्रेरित गर्नुहुन्छ। त्यसैले यदि कसैले पवित्र आत्माको काम प्राप्त गर्न चाहन्छ भने, तिनीहरूले साँच्चै नै पश्चात्ताप र सहकार्य गर्नैपर्छ।

तैँले आफ्नो हृदय परमेश्‍वरलाई कसरी दिने गर्छस्? जब तँमाथि केही आइपर्छन्, तैँले आफूमाथि भर पर्दिनँ भनेर परमेश्‍वरसामु घोषणा गर्नुपर्छ। आफ्नो हृदय परमेश्‍वरलाई दिनु भनेको परमेश्‍वरलाई तेरो घरको मालिक हुन दिनु हो। यसको साथै, तैँले आफूलाई सत्यता अभ्यास गर्नबाट बाधा पुर्‍याउने ख्याति, हैसियत, आडम्बर र घमण्डजस्ता चीजहरू त्याग्‍नुपर्छ, र परमेश्‍वरलाई तेरो अगुवाइ गर्न दिनुपर्छ, तेरो हृदयलाई परमेश्‍वरमा समर्पित हुन दिनुपर्छ, उहाँलाई तेरो हृदयमा शासन गर्न दिनुपर्छ, र उहाँका वचनहरूअनुसार कार्य गर्नुपर्छ। जब तँ देहले आनन्द लिने कुराहरू त्याग्न सक्षम हुन्छस् र जब परमेश्‍वरले तैँले अहिले बिलकुलै बोझहरू बोकिरहेको छैनस्, बरु उहाँसामु समर्पित हृदयसाथ आउँदै छस्, र तँ उहाँका वचनहरू सुन्न इच्छुक छस् र उहाँका प्रबन्ध र योजनाहरूमा समर्पित छस्, र तँ उहाँलाई कार्य गर्न, र उहाँलाई अगुवाइ गर्न दिन्छस् भनी देख्नुहुन्छ—जब परमेश्‍वरले तँ यसरी इमानदार भएको देख्नुहुन्छ, तब पवित्र आत्माले आफ्नो काम गर्नुहुनेछ। पहिला तैँले साँच्चै पश्चात्ताप गर्नैपर्छ, आफ्नो हृदय परमेश्‍वरतर्फ फर्काउनैपर्छ, उहाँका अभिप्रायहरूप्रति विचार पुर्‍याउनैपर्छ, र सत्यताको लागि प्रयास गर्नैपर्छ। तँ नकारात्मक वा अल्छी हुन मिल्दैन, झन् जिद्दी हुन मिल्ने त कुरै नगर्। यदि तँ सधैं जिम्‍मावाल हुन, र आफ्नो घरको मालिक बन्न चाहन्छस्, र आफ्नो प्राथमिकताअनुसार कार्य गर्न चाहन्छस् भने, यो कस्तो मनोवृत्ति हो? यो कस्तो स्थिति हो? यो विद्रोह र प्रतिरोध हो। के तँलाई लाग्छ कि परमेश्‍वरले तँलाई मुक्ति दिनैपर्छ, र उहाँ तँबिना रहनै सक्नुहुन्न? कुरा यही हो? आखिरी दिनहरूमा परमेश्‍वरको काम किन अन्यजातिहरूतिर सरेको छ? उहाँले इस्राएलमा किन काम गर्नुहुन्न? उहाँले धार्मिक संसारमा किन काम गर्नुहुन्न? तिनीहरू परमेश्‍वरप्रति निकै विद्रोही र प्रतिरोधी भएका कारण उहाँले यो काम अन्यजातिहरूमा सार्नुभएको हो। यो मामिलालाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? परमेश्‍वरले सत्यता स्वीकार गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। तिनीहरू धर्म भित्रैबाट परिवर्तन भएका हुन कि तिनीहरू यो काम स्वीकार गर्ने गैरविश्‍वासीहरू हुन् भन्‍ने कुराले फरक पार्दैन—सत्यता स्वीकार गर्नेहरूप्रति परमेश्‍वर अनुग्रही हुनुहुन्छ र तिनीहरूलाई उहाँले मुक्ति दिनुहुन्छ। के तिमीहरू सबै यी मामिलामा स्पष्ट छौ? परमेश्‍वरले गर्नुहुने हरेक काम सबैभन्दा अर्थपूर्ण हुन्छ, र त्यसभित्रै परमेश्‍वरको स्वभाव र बुद्धि हुन्छ। निस्सन्देह नै, मानिसहरूले परमेश्‍वरका चाहनाहरू बुझ्दा वा उहाँका बन्दोबस्तहरूमा समर्पित हुँदा त्यसमा घमण्ड गर्नुपर्ने केही कुरा हुँदैन। तैँले आफू चलाक छु, वा सत्यतालाई प्रेम गर्छु, वा अरू मानिसहरूभन्दा धेरै बलियो छु भनेर नसोच्। तँ एउटा मामिलामा चलाक छस् भन्दैमा अर्को मामिलामा पनि चलाक नै हुनेछस् भन्‍ने हुँदैन, त्यसैले तैँले प्रायः प्रार्थना गर्नुपर्छ र सबै कुरामा सत्यता खोजी गर्नुपर्छ। तैँले आफ्ना सबै कार्यहरू जाँचेर आफूमा परमेश्‍वरको डर मान्ने हृदय छ छैन, ती कार्य सत्यताअनुरूप छन् छैनन्, र ती परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न सक्षम छन् छैनन् भन्‍ने कुराहरू हेर्नुपर्छ।

तेरो मानवता स्वीकार्य मापदण्डअनुरूप होस् या नहोस्, वा त्यो सामान्य विवेक र समझको मापदण्डअनुरूप होस् या नहोस्, परमेश्‍वर केवल ती मानिसहरूसँग मात्र प्रसन्न हुनुहुन्छ जो सत्यता पछ्याउँछन्। सत्यता पछ्याइ र जीवन प्रवेश अनवरत भइरहने कुरा हुन्। यदि कसैसँग केवल विवेक छ, र ऊ आफ्नो विवेकअनुसार काम गर्छ भने, यो सिद्धान्त सत्यताको मापदण्डअनुरूप हुँदैन। तिनीहरूले सत्यताको लागि प्रयास गर्न, परमेश्‍वरको मापदण्डअनुसार व्यवहार गर्न, र उहाँको मापदण्डअनुसार कर्तव्य राम्रोसँग गर्नको लागि मूल्य पनि तिर्नैपर्छ। यसरी पछ्याएर मात्र तिनीहरूले जीवन प्रवेश प्राप्त गर्न, र सत्यता बुझ्न र प्राप्त गर्न, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्छन्। केही मानवता, विवेक र समझ भएका मानिसहरू छन्, जो यस्तो सोच्छन्: “मैले आफ्नो विवेकअनुसार कर्तव्य गर्नु परमेश्‍वरको अनुमोदनयोग्य हुनेछ।” के यो सही हो? के विवेकको मापदण्डले सत्यतालाई प्रतिस्थापन गर्न सक्छ? के तँ आफ्नो विवेकअनुसार कार्य गरेर परमेश्‍वरप्रति समर्पित हुन सक्छस्? के तँ परमेश्‍वरको इच्छा पालन गर्न सक्छस्? के तँ शैतानलाई घृणा गर्न र त्यसविरुद्ध विद्रोह गर्न सक्छस्? के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस्? के तँ शैतानलाई लज्जित पार्न सक्छस्? के तेरो विवेकअनुसार कार्य गर्नु साँचो गवाही हो? यीमध्ये कुनै कुरा पनि हासिल गर्न सकिँदैन। विवेकको मापदण्डमा के-के पर्छन्? विवेक भनेको हृदयको भावना हो, यो हृदयको मूल्याङ्कन् हो, र यसले सामान्य मानवताका प्राथमिकताहरू प्रतिनिधित्व गर्छ। प्रायजसो कानूनका धेरै लेखहरू र नैतिकताका धारणाहरू विवेकका भावनाहरूमा आधारित हुन्छन्, र यसरी विवेकका भावनाहरूले सजिलैसँग कानूनका लेखहरू र नैतिकताका धारणाहरूलाई मापदण्डको रूपमा प्रयोग गर्छन्। त्यसैले, विवेकका भावनाहरू धेरै हदसम्म सत्यताको मापदण्डभन्दा धेरै तल हुन्छन्, र अझ भन्‍ने हो भने, ती भावनात्मक अवरोधहरूको अधीनमा हुन्छन्, वा ती राम्रा सुनिने शब्दहरूको छल र बहकाउमा परेका हुन्छन्, र यसले कैयौँ त्रुटिहरू उत्पन्न गराउँछ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरू शैतानको छलमा पर्छन्, र तिनीहरूले शैतानलाई तिनीहरूबाट फाइदा उठाउन दिन्छन्। त्यसैले, तेरो विवेकअनुसार कार्य गर्नुले परमेश्‍वरका मापदण्डहरू पूरा गर्दैनन्। तैँले सत्यतातर्फ पनि प्रयत्‍न लगाउनैपर्छ। जब तैँले सत्यता बुझ्छस् र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य गर्छस्, तब मात्र तैँले परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्छस्। सत्यताको मापदण्ड विवेकको मापदण्ड भन्दा धेरै माथि हुन्छ। यदि तैँले आफ्नो विवेकअनुसार मात्रै आफ्नो कर्तव्य गर्छस् भने, के तैँले परमेश्‍वरको अनुमोदन पाउन सक्छस् त? सक्दैनस्। विवेकले सत्यतालाई प्रतिस्थापन गर्न नसक्ने हुनाले, र परमेश्‍वरका मापदण्डहरूलाई प्रतिस्थापन गर्न झनै नसक्ने हुनाले, तँ विवेकअनुसार आफ्नो कर्तव्य गरेर सन्तुष्ट हुन सक्दैनस्। यति गरेर तैँले परमेश्‍वरको अनुमोदन हासिल गर्न सक्दैनस्।

सत्यता पछ्याउनको लागि, तैँले कुन सत्यताको कमीले तँलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन, उहाँको डर मान्न र दुष्टताबाट टाढा रहन, र आफ्नो कर्तव्य बफादारीपूर्वक निर्वाह गर्नबाट रोकिरहेको छ भनी हेर्न सबै कुरामा आफूलाई जाँच्नैपर्छ। त्यसपछि तैँले आफूमा कमी भएका ती सत्यताहरूद्वारा आफूलाई तुरुन्तै सुसज्जित पार्नैपर्छ, जसले गर्दा तैँले स्वीकार्य मानकअनुसार व्यवहार मात्र गर्नेछैनस्, तर स्वीकार्य मानकअनुसार आफ्नो कर्तव्य पनि निर्वाह गर्नेछस्। केही मानिसहरू मान्छे खुसी पारिहिँड्ने मानिसहरू हुन्छन्, जो अरूले नराम्रो काम गरेको देख्दा पनि तिनीहरूको रिपोर्ट वा खुलासा गर्दैनन्। तिनीहरू अरूसँग मिलिहाल्छन् र सजिलै ढलपलिन्छन्। तिनीहरू मण्डलीको काममा बाधा पुऱ्याउने झूटा अगुवाहरू र ख्रीष्ट विरोधीहरूको आज्ञापालन गर्छन्, अनि कसैलाई चिढ्याउँदैनन्, र जहिले पनि सम्झौता गर्छन् र तिनीहरू दायाँ पनि ढल्कँदैनन् र बायाँ पनि ढल्कँदैनन्। यसो हेर्दा, तिनीहरूसँग मानवता छ जस्तो देखिन्छ—तिनीहरू हद नाघ्दैनन्, र तिनीहरूसँग थोरै विवेक र समझ हुन्छ—तर अधिकांश समय, तिनीहरू चुपचाप बस्छन् र आफ्ना विचारहरू व्यक्त गर्दैनन्। त्यस्ता मानिसहरूबारे तँ के सोच्छस्? के तिनीहरू चिप्ले र छली छैनन् र? छली मानिसहरू यस्तै हुन्छन्। केही आइपर्दा, तिनीहरूले केही नबोल्न सक्छन् वा हल्का रूपमा कुनै विचार व्यक्त नगर्न सक्छन्, बरु सधैँ मौन रहिरहन्छन्। यसको मतलब तिनीहरू उचित छन् भन्‍ने होइन; बरु, यसले त के देखाउँछ भने, तिनीहरूले राम्ररी नै भेष बदलेका छन्, तिनीहरूले कुरा लुकाएका छन्, र तिनीहरू साह्रै धूर्त छन्। अनि, यदि तँ अरू कसैसामु खुलस्त हुँदैनस् भने, के तँ परमेश्‍वरसामु खुलस्त हुन सक्छस् त? यदि तँ सच्चा छैनस्, परमेश्‍वरसित समेत सच्चा छैनस्, र उहाँसामु खुलस्त हुन सक्दैनस् भने, के तँ उहाँलाई आफ्नो हृदय सुम्पन सक्छस् त? पक्कै सक्दैनस्। तँ परमेश्‍वरसँग एकै हृदयको हुन सक्दैनस्, बरु तैँले आफ्नो हृदय उहाँको हृदयबाट अलग राख्दै छस्! अरूसँग सङ्गति गर्दा के तिमीहरूले खुलस्त भई साँच्‍चिकै हृदयमा भएको कुरा बताउन सक्छौ? यदि कसैले आफ्‍नो हृदयमा भएको कुरा सधैँ साँचो रूपमा बताउँछ भने, यदि ऊ इमानदार भई साधारण रूपमा बोल्छ, र ऊ इमानदार छ भने, र कर्तव्य निर्वाह गर्दा ऊ कदापि झारा टार्ने गर्दैन भने, र यदि उसले आफूले बुझेको सत्यता अभ्यास गर्न सक्छ भने, यस व्यक्तिले सत्यता प्राप्त गर्ने आशा हुन्छ। यदि कुनै व्यक्तिले उसलाई कसैले पनि स्पष्ट रूपमा नदेखोस् भनेर सधैँ आफूलाई ढाकछोप गर्छ र हृदयको कुरा लुकाउँछ, र अरूलाई छल गर्न झूटो छवि प्रकट गर्छ भने, ऊ गम्भीर खतरामा हुन्छ, ऊ ठूलो समस्यामा हुन्छ, र उसले सत्यता प्राप्त गर्न अत्यन्तै गाह्रो हुन्छ। व्यक्तिको दैनिक जीवन र उसको बोलीवचन र व्यवहारबाट तैँले उसको सम्‍भावना के छ भन्‍ने कुरा स्पष्ट देख्‍न सक्छस्। यदि यो व्यक्तिले सधैँ बहाना बनाइरहेको, सधैँ फाइँफुट्टी लगाइरहेको हुन्छ भने, ऊ सत्यता स्वीकार गर्ने व्यक्ति होइन, र ढिलोचाँडो उसलाई खुलासा गरी हटाइनेछ। तिमीहरू सबै जना कुन मार्ग हिँड्दै छौ? इमानदार व्यक्तिको मार्ग हिँड्नु कहिल्यै गलत हुँदैन! केही मानिसहरूले भन्लान्: “जब तिमी दाजुभाइ-दिदीबहिनीहरूसँग सत्यताबारे सङ्गति गर्छौ, तब तिमी किन तिनीहरूलाई आफ्नो हृदयका विचारहरू बताउँछौ? के त्यो मुर्खता होइन र?” वा, “के तिमीले दुष्ट मानिस र अविश्‍वासीहरूको खुलासा गरेर मानिसहरूलाई चिढ्याउँदै छैनौ र? परमेश्‍वरमा विश्‍वास गर्नेहरू यति मूर्ख हुन सक्दैनन्!” यी वचनहरू सुनेपछि तँलाई कस्तो महसुस हुन्छ? तैँले यसो भन्नुपर्छ: “इमानदार व्यक्ति बन्नु, सत्य बोल्नु, र सिद्धान्तहरू पालना गर्नु अक्कलमन्द हुनु हो, मूर्ख हुनु हुँदै होइन। परमेश्‍वरसित जोडिन आउनेहरूले अभ्यास गर्नुपर्ने सत्यता यही हो। परमेश्‍वरका विश्‍वासीहरूले सबै कुरामा परमेश्‍वरप्रति समर्पित हुनैपर्छ र उहाँलाई सन्तुष्ट पार्नैपर्छ। सत्यताबारे सङ्गति गर्नु र आफ्नो हृदय खोल्नु सही कुरा हो। सत्यताबारे सङ्गति गर्दा, आफ्नो वास्तविक स्थितिबारे बताउनैपर्छ। त्यो अरूका लागि उत्थानदायी र तेरा लागि लाभदायक हुनेछ। दुष्ट मानिस र अविश्‍वासीहरूको खुलासा गर्नु परमेश्‍वरका चुनिएका मानिसहरूको जिम्मेवारी हो। अरूलाई चिढ्याउन डराएमा के आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकिन्छ र? परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता सिद्धान्त पालना गर्नुपर्छ, दुष्ट मानिसहरूको खुलासा गर्नुपर्छ, र अविश्‍वासीहरूको खुलासा गर्नुपर्छ। इमानदार व्यक्ति हुनु भनेको सत्यता अभ्यास गर्नु र सिद्धान्तहरू पालना गर्नु हो। सत्यता अभ्यास नगर्नेहरू र सिद्धान्तहरू पालना नगर्नेहरू इमानदार मानिसहरू होइनन्।” तँलाई यो खण्डन कस्तो लाग्छ? अरू मानिसहरूले जे सोचे पनि, परमेश्‍वरमा विश्‍वास गर्नेहरूले इमानदार व्यक्ति हुनबाट वा सत्यता पछ्याउने मार्गबाट परिवर्तन हुन मिल्दैन। तिनीहरू झूटा अगुवाहरू, ख्रीष्टविरोधीहरू, वा अविश्‍वासीहरूद्वारा प्रभावित वा बाधित हुन मिल्दैन। हरसमय, तिनीहरूले परमेश्‍वरलाई पछ्याउनैपर्छ र उहाँका वचनहरू सुन्‍नैपर्छ, र परमेश्‍वरको मापदण्डअनुसार इमानदार व्यक्ति बन्नैपर्छ। यो सही हो। इमानदार व्यक्ति बन्न कसरी अभ्यास गर्नुपर्छ? तिनीहरूले कुन मामिलामा आफूले अझै पनि आफ्नो ढटुवा, धोखेबाज, र छली स्वभाव प्रकट गर्न सक्छु भनी हेर्न प्रायः आत्मचिन्तन गर्नैपर्छ। तिनीहरूले आफूलाई, आफ्नो झूटो अभिप्रायलाई, अनि छली र भ्रष्ट स्वभावलाई चिनेर मात्र आफ्नो देहविरुद्ध विद्रोह गर्दै बिस्तारै इमानदार व्यक्ति बन्न सक्छन्। कहिल्यै हृदय खुलस्त नबनाउने, कुरा ढाकछोप गर्ने र लुकाउन खोज्ने, आदरणीय भएको ढोँग गर्ने, अरूले आफ्नो बारेमा उच्च सोचून् भनी चाहने, अरूलाई आफ्नो पूर्ण मापन गर्न नदिने र अरूले आफ्‍नो आदर गरून् भनी चाहने मानिसहरू—के यी मानिसहरू मूर्ख हुँदैनन् र? यी मानिसहरू सबैभन्दा मूर्ख हुन्छन्! किनभने व्यक्तिको वास्तविकता ढिलोचाँडो खुलासा हुनेछ। यस्तो व्यवहार अँगालेर, तिनीहरू कुन मार्ग हिँड्छन्? यो फरिसीहरूको मार्ग हो। के ढोँगीहरू खतरामा हुँदैनन् र? यिनीहरू परमेश्‍वरले सबैभन्दा बढी तिरस्कार गर्नुहुने मानिसहरू हुन्, त्यसैले तिमीहरू के सोच्छौ, के तिनीहरू खतरामा छन्, कि छैनन्? जो फरिसीहरू हुन् तिनीहरू सबै विनाशको बाटो हिँड्छन्!

जब पवित्र आत्माले तँलाई तैँले केही बुझ्न सक् भनी अन्तर्दृष्टि दिन काम गर्नुहुन्छ, तब यो कहिलेकाहीँ यो अत्यन्तै चाँडो हुन्छ, जबकि अन्य समयमा पवित्र आत्माले तँलाई त्यो बिस्तारै बुझ्ने तुल्याउनुअघि केही समय कुनै अनुभव भोग्न लगाउनुहुन्छ। तैँले यो कुरा अनुभव गर्न केही गर्नुनपर्ने वा तँलाई शब्द र सिद्धान्त बुझ्न दिएपछि उहाँको काम समाप्त हुने भन्‍ने होइन। पवित्र आत्माले कुन सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ? पवित्र आत्माले तेरो वातावरण र मानिस, घटना र वस्तुहरू प्रबन्ध गरेर तँलाई तीद्वारा परिपक्व हुने अनि ती कुराहरू र ती अनुभवहरूमार्फत बिस्तारै सत्यता बुझ्ने तुल्याउन काम गर्नुहुन्छ। जब उहाँले तँलाई प्रेरणा वा अन्तर्दृष्टि दिन केही सरल वचनहरू दिनुहुन्छ, वा तँलाई थोरै ज्योति प्रदान गर्नुहुन्छ, तब उहाँको काम समाप्त भएको हुँदैन। बरु, उहाँले तँलाई पाठ सिक्न, अनि हरेक मामिला, विभिन्न वातावरण, र विभिन्न मानिस, घटना र वस्तुहरू अनुभव गरेर बिस्तारै बढ्न दिनुहुन्छ, ताकि तैँले क्रमिक रूपमा सत्यता बुझ्न र वास्तविकताभित्र प्रवेश गर्न सक्। त्यसकारण, पवित्र आत्मा एकदमै प्राकृतिक सिद्धान्तअनुसार काम गर्नुहुन्छ; उहाँले कुनै पनि किसिमको करकाप प्रयोग नगरी पूर्णतया मानव विकासको प्राकृतिक ढाँचाअनुरूप काम गर्नुहुन्छ। पवित्र आत्माको कामको सिद्धान्त र दायराअनुसार, यदि कुनै व्यक्तिसँग आफूमा हुनुपर्ने मानव समझ र विवेकको न्यूनतम मात्रा पनि छैन भने, के उसले पवित्र आत्माको काम प्राप्त गर्न सक्छ त? के उसले परमेश्‍वरको मार्गदर्शन र अन्तर्दृष्टि प्राप्त गर्न सक्छ त? सक्दै सक्दैन। मैले यसो भन्नुको अर्थ के हो? मानिसहरू सधैँ आफूले सत्यता पछ्याउँछु, र आफूले सत्यतालाई अझ राम्ररी बुझ्नैपर्छ भनी भन्छन्, तर तिनीहरूले एउटा कुरा बेवास्ता गरेका हुन्छन्, तिनीहरूले आफू परमेश्‍वरप्रति पूर्ण रूपले समर्पित हुनैपर्छ भन्‍ने कुरा बेवास्ता गरेका हुन्छन्। तिनीहरूले सोच्छन्: “मेरो मानवता जेजस्तो भए पनि, ममा विवेक भए पनि वा नभए पनि, मैले आफ्नो हृदय परमेश्‍वरलाई समर्पण गरेको भए पनि वा नगरेको भए पनि, म बस सत्यता अझ बढी खोजी गर्नेछु, प्रवचनहरू अझ धेरै सुन्नेछु, अझ धेरै परमेश्‍वरका वचनहरू पढ्नेछु, र सत्यताबारे बारम्बार सङ्गति गर्नेछु। त्यसपछि म आफ्नो कर्तव्य निर्वाह गर्दा, अझ बढी प्रयास गर्नेछु र अझ बढी कष्ट भोग्नेछु, अनि सबै कुरा ठिकै हुनेछ।” तर त्यस्तो व्यक्तिलाई सबैभन्दा आधारभूत कुराहरू नै महसुस हुँदैन, उसलाई त्यो थाहै हुँदैन। यदि कुनै व्यक्तिले सत्यता बुझ्न र प्राप्त गर्न चाहन्छ भने, उसँग हुनुपर्ने सबैभन्दा न्यूनतम कुरा के हो भनेर के अब तिमीहरूले बुझ्यौ? (विवेक र समझ।) सरल भाषामा भन्नुपर्दा, कम्तीमा पनि व्यक्तिमा इमानदार हृदय हुनैपर्छ। इमानदार हृदय हुनेहरूले मात्र सत्यता स्विकार्न, परमेश्‍वरका योजनाहरूमा समर्पित हुन र परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। यदि तँमा इमानदार हृदय छैन भने, तैँले परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्दैनस्, न त सृष्टि गरिएको प्राणीको कर्तव्य नै राम्ररी निभाउन सक्छस्। यदि तँमा इमानदार हृदय नै छैन भने, तँ के खाले होस्? यसको अर्थ हो, तँमा मानवता छैन—तँ दियाबलस होस्। इमानदार हृदय हुनुका प्रकटीकरणहरू के-के हुन्? कम्तीमा पनि, व्यक्तिमा राम्रो मानवता हुनैपर्छ। जब व्यक्तिमा असल मानवत्व, साँचो हृदय, विवेक, र तर्कशक्ति हुन्छ, तब यी देख्‍न वा छुन नसकिने खोक्रा वा अस्पष्ट कुराहरू होइनन्, बरु यी त दैनिक जीवनमा जहाँसुकै देख्‍न सकिने कुराहरू हुन्; यी सबै वास्तविकताका कुराहरू हुन्। मानौँ कुनै व्यक्ति महान् र सिद्ध छ रे: के त्यसमा तैँले देख्न सक्ने केही कुरा छ? तैँले सिद्ध वा महान्‌ हुनु भनेको के हो त्यस कुरालाई देख्‍न, छुन, वा कल्‍पना गर्नसमेत सक्दैनस्। तर तैँले कुनै व्यक्ति स्वार्थी छ भनेर भन्छस् भने, के तैँले त्यो व्यक्तिको व्यवहारलाई देख्‍न सक्दैनस् र—र के त्यो व्यक्ति उक्त व्याख्यासँग मिल्दैन र? यदि कुनै व्यक्ति साँचो हृदयसहितको इमानदार व्यक्ति हो भने, के तैँले यो बानीबेहोरालाई देख्‍न सक्दैनस् र? यदि कुनै व्यक्ति छली, कुटिल, र नीच छ भनेर भनिन्छ भने, के तैँले ती कुराहरूलाई देख्‍न सक्दैनस् र? तैँले आफ्‍नो आँखा बन्द नै गरिस् भने पनि, त्यो व्यक्तिको मानवत्व सामान्य छ कि घृणित छ भन्‍ने कुरालाई उसले के भन्छ र कसरी व्यवहार गर्छ त्यस कुराद्वारा बोध गर्न सक्छस्। त्यसकारण, “असल वा खराब मानवत्व” रित्तो वाक्यांश होइन। उदाहरणको लागि, स्वार्थीपन र नीचता, कुटिलता र छलिपन, वा अहङ्कार र आत्मधार्मिकता सबै तैँले जीवनमा कुनै व्यक्तिको सम्पर्कमा आएपछि बुझ्‍न सक्‍ने कुराहरू हुन्; यी मानवत्वका नकारात्मक तत्वहरू हुन्। तसर्थ, मानिसहरूमा हुनुपर्ने मानवत्वका सकारात्मक तत्वहरूलाई—जस्तै, इमानदारिता र सत्यताप्रतिको प्रेमलाई—के अब दैनिक जीवनमा अनुभूत गर्न सकिन्छ? कुनै व्यक्तिमा पवित्र आत्‍माको अन्तर्दृष्टि छ कि छैन; उसले परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्छ कि सक्दैन; उसमा पवित्र आत्‍माको काम छ कि छैन—के तैँले यी सबै कुरा देख्‍न सक्छस्? के तैँले यी सबै कुरा पत्ता लगाउन सक्छस्? पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्न, परमेश्‍वरको मार्गदर्शन पाउन, अनि सबै कुरामा सत्यता सिद्धान्तहरूअनुसार काम गर्न व्यक्तिले पूरा गर्नैपर्ने सर्तहरू के-के हुन्? उसमा इमानदार हृदय हुनैपर्छ, र उसले सत्यतालाई प्रेम गर्नैपर्छ, सबै कुरामा सत्यता खोजी गर्नैपर्छ, र एकपटक सत्यता बुझेपछि यसलाई अभ्यास गर्न सक्नैपर्छ। यी सर्तहरू पूरा गर्नुको अर्थ पवित्र आत्माको अन्तर्दृष्टि पाउनु, परमेश्‍वरका वचनहरू बुझ्‍न सक्‍नु, र सहजै सत्यता अभ्यास गर्न सक्‍नु हो। यदि कोही इमानदार व्यक्ति होइन र उसले आफ्‍नो हृदयमा सत्यतालाई प्रेम गर्दैन भने, उसलाई पवित्र आत्माको काम प्राप्त गर्न सङ्घर्ष गर्नुपर्नेछ, र तैँले तिनीहरूसित सत्यता सङ्गति गरिस् नै भने पनि, यसबाट केही परिणाम आउनेछैन। कुनै व्यक्ति इमानदार हो कि होइन भनेर तँ कसरी भन्‍न सक्छस्? यसमा तैँले ऊ झूट बोल्‍ने र छल गर्ने गर्छ कि गर्दैन भनेर मात्रै हेर्नु पटक्कै हुँदैन, बरु यसको साटो सबैभन्दा महत्त्वपूर्ण कुरा त उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नु हो। सबैभन्दा मुख्य कुरा त्यही हो। परमेश्‍वरको घरले सधैँ मानिसहरूलाई हटाउँदै आइरहेको छ, र यस घडीसम्‍ममा, धेरैलाई पहिले नै हटाइसकिएको छ। तिनीहरू इमानदार मानिसहरू थिएनन्, तिनीहरू सबै छली मानिसहरू थिए। तिनीहरू अधर्मी कुराहरूलाई प्रेम गर्थे, तिनीहरू सत्यतालाई पटक्‍कै प्रेम गर्दैनथे। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भएको भए पनि, सत्यता बुझ्न वा वास्तविकतामा प्रवेश गर्न सक्दैनथे। झन् त्यस्ता मानिसहरू साँचो रूपमा परिवर्तन हुन सक्नु त परको कुरा थियो। त्यसकारण, तिनीहरूलाई हटाइनु अपरिहार्य नै थियो। जब तँ कुनै व्यक्तिको सम्पर्कमा आउँछस्, सुरुमा के कुरा हेर्छस्? ऊ इमानदार छ कि छैन भनी हेर्न उसका बोलीवचन र कर्महरू हेर्, र उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन र सत्यतालाई स्वीकार गर्न सक्छ कि सक्दैन भनी हेर्। यी कुराहरू महत्त्वपूर्ण छन्। तैँले ऊ इमानदार छ कि छैन, उसले सत्यतालाई स्वीकार र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर निर्धारित गर्न सकुन्जेल, आधारभूत रूपमा तैँले उसको सार देख्‍न सक्‍नेछस्। यदि व्यक्तिको मुख मिठो बोलीले भरिएको छ, तर उसले कुनै वास्तविक काम गर्दैन भने—जब कुनै वास्तविक काम गर्ने बेला हुन्छ, ऊ आफ्‍नै बारेमा मात्रै सोच्छ र अरूको बारेमा कहिल्यै सोच्दैन भने—यो कस्तो प्रकारको मानवता हो? (स्वार्थी र नीच। उसँग कुनै मानवता नै छैन।) के मानवता नभएको व्यक्तिले सत्यता प्राप्त गर्न सजिलो छ? यो उसको लागि कठिन हुन्छ। आफूले कष्टपूर्ण समय सामना गर्नुपर्दा वा केही मूल्य चुकाउनुपर्दा, उसले सोच्छ, “तिमीहरू सुरुमा यो सबै कष्ट भोग्‍ने र मूल्य चुकाउने काममा अघि बढ, अनि परिणामहरू लगभग हासिल भइसकेपछि, म आइपुग्नेछु।” यो कस्तो प्रकारको मानवता हो? यस्तो बानीबेहोरालाई समग्रमा “मानवता नभएको” भनेर भनिन्छ। हरेकसँग भ्रष्ट स्वभाव हुन्छ, तर कुनै समस्या सामना गरेपछि, कतिपय मानिसहरूको विवेकले काम गर्छ र तिनीहरूले आत्मतिरस्कार महसुस गर्छन्, र त्यसैले तिनीहरू विवेकअनुसार कार्य गर्न सक्षम हुन्छन्। तिनीहरूले सचेत रूपमा “मैले सत्यता पछ्याइरहेको छु र म असल व्यक्ति बन्‍नैपर्छ” भनेर नभने पनि, तिनीहरूले विवेकलाई काम गर्न दिएर काम सुरु गर्छन्, र विवेकमा भर परेर “म परमेश्‍वरको अनुग्रह र छनौटको योग्य बन्‍नैपर्छ” भनेर भन्न सक्षम हुन्छन्। त्यसकारण, जब तिनीहरूको विवेकको प्रभाव आउँछ, तब के तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्‍ने छैन, तर यदि तिनीहरूमा कम्तीमा यो इच्छा छ भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुन्छ, जुन मानिसहरूको लागि सत्यता प्राप्त गर्ने सबैभन्दा आधारभूत जग हो। खतरा सामना गर्दा, केही मानिसहरू लुक्नेबारे मात्र ख्याल गर्छन्। केहीले अरूलाई जोगाउँछन् र आफ्नो वास्ता गर्दैनन्। जब आफूलाई केही आइपर्छ, केही मानिसहरूले सहन्छन्, र केहीचाहिँ लड्छन्। यी मानवत्वमा हुने भिन्नताहरू हुन्। त्यसोभए कुन प्रकारको व्यक्तिले सत्यता प्राप्त गर्ने सम्भावना छ? कैयौँ मानिसहरूले परमेश्‍वरको अगाडि दृढ संकल्पहरू गरेका छन्, र आफ्नो सम्पूर्ण जीवन उहाँलाई सुम्पने, उहाँको लागि आफूलाई अर्पित गर्ने, र बदलामा केही नखोज्ने कसम खाएका छन्। तर खराब मानवत्व भएका मानिसहरू सधैँ नाफाको लागि लडिरहेका हुन्छन्, तिनीहरू कहिल्यै पनि लचिलो वा सहिष्णु हुँदैनन्, र तिनीहरूले कहिल्यै पनि विवेकअनुसार काम गर्दैनन्। के यस्तो व्यक्तिले सत्यता प्राप्त गर्न सहज हुन्छ? के उसलाई परमेश्‍वरद्वारा सिद्ध पारिन सहज हुन्छ? (हुँदैन।) कस्तो प्रकारको व्यक्तिलाई परमेश्‍वरद्वारा सिद्ध पारिन र सत्यता प्राप्त गर्न सहज हुन्छ? (असल मानवत्व भएका मानिसहरूलाई।) असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरू नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? त्यो, परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्‍नु हो। त्यो, आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। त्यो सबैले स्पष्ट देख्‍ने कुरा हो; सबै नै त्यो कुराबारे हृदयमा स्पष्ट हुन्छन्। त्यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदयभित्र सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवत्व छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूका हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। अनि हितहरूको विषयमा विवाद हुँदा पनि, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तैपनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, र सधैँ आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितबारे सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई कहिल्यै जरुरी ठान्दैनन्, र परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले कहिल्यै सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्ना रुचिहरूलाई कहिल्यै पन्साउन सक्दैनन्। तिनीहरू आफ्ना रुचिहरू कहिल्यै त्याग्दैनन्। दुष्ट मानिसहरूले दुष्ट्याइँ गरिरहेको देख्दा पनि, तिनीहरूले ती दुष्टहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैनन्। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन। यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरको घरको हितप्रति भन्दा बढी छ भने, वा यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम तिनीहरूले परमेश्‍वप्रति देखाएको ख्यालभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवता हुन्छ? तिनीहरू मानवत्व भएका व्यक्ति होइनन्। तिनीहरूको व्यवहारलाई अरूले पनि देख्छन् र परमेश्‍वरले पनि देख्न सक्नुहुन्छ। त्यस्ता व्यक्तिहरूलाई सत्यता प्राप्त गर्न धेरै कठिन हुन्छ।

अहिले, कस्ता प्रकारका मानिसहरू सत्यता प्राप्त गर्न सक्षम हुन्छन् भनेर के तिमीहरू बुझ्छौ? सबैजना सत्यता पछ्याउन इच्छुक छन्, तिनीहरू सबै परमेश्‍वरमा विश्‍वास गर्छन्, भेला हुन्छन् र प्रवचनहरू सुन्छन्, कर्तव्य निर्वाह गर्छन्, र सत्यताबारे सङ्गति गर्छन्, तर किन केही वर्षपछि, केही मानिसहरू आफ्ना अनुभवात्मक गवाहीहरूबारे बोल्न र परमेश्‍वरको गवाही दिन सक्षम हुन्छन्, जबकि केही मानिसहरूसँग कुनै पनि अनुभवात्मक गवाही हुँदैन, न त तिनीहरूले कुनै कर्तव्य नै राम्रोसँग गर्न सक्छन्? यसमा फरक के छ? वास्तवमा, यो फरक तिनीहरूको मानवताबीचको भिन्नतामा छ। केही मानिसहरूसँग विवेक र समझ हुन्छ भने केहीसँग हुँदैन; केही मानिसहरूले सत्यतालाई प्रेम गर्छन्, जबकि अरूले गर्दैनन्। त्यसोभए कस्तो प्रकारको व्यक्तिले सत्यता सजिलै प्राप्त गर्न सक्छ? (परमेश्‍वरप्रति सच्‍चा, इमानदार, अनि मानवता भएका र विवेक र समझ भएका मानिसहरूले।) यो एकदमै महत्त्वपूर्ण छ। अब तिमीहरूले त्यो बुझ्छौ, त्यसैले यस्तो विचार गर्नुपर्छ: के सत्यताको बुझाइ र प्राप्ति मानिसहरूको रूप, क्षमता, शिक्षाको स्तर, तिनीहरूको जन्मको पृष्ठभूमि, उमेर, पारिवारिक वातावरण, प्रतिभा, वा तिनीहरूले निपुणता हासिल गरेको व्यावसायिक सीपसँग सम्बन्धित छ? तिमीहरू भन्न सक्छौ कि ती आधारभूत रूपमा असम्बन्धित छन्। कतिपय मानिसहरू कमजोर क्षमताका हुन्छन्, तर तिनीहरू धेरै भरपर्दा हुन्छन्। तिनीहरू बेइमान र छली नभई, आफूसँग भएजति सबै ऊर्जा प्रयोग गर्छन्, र तिनीहरू लगनशील हुन्छन् र आफूले गरेका कुराहरूको जिम्मेवारी लिन्छन्। यदि तिनीहरूले गल्ती गरे भने, तिनीहरू सत्यता स्वीकार गर्न र सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम हुन्छन्; जब तिनीहरू कठिनाइमा पर्छन्, तिनीहरू सत्यता खोज्न सक्षम हुन्छन्। तिनीहरूको कर्तव्य गराइको नतिजा झन्झन् राम्रो हुँदै जान्छ, र प्रतिभाशाली मानिसहरूले तिनीहरूलाई तुच्छ माने पनि, परमेश्‍वरले यस्तो व्यक्तिलाई मन पराउनुहुन्छ। जब परमेश्‍वरले मानिसहरूलाई अनुग्रह दिनुहुन्छ र जब तिनीहरूलाई सत्यता बुझ्ने तुल्याउनुहुन्छ, तब उहाँले तिनीहरूको रूप, तिनीहरूको शिक्षाको स्तर, तिनीहरूको क्षमताको गुणस्तर, वा तिनीहरूको वाक्पटुता हेर्नुहुन्न—परमेश्‍वरले यी कुनै पनि कुरा हेर्नुहुन्न। केही मानिसहरू भन्छन्: “मलाई प्रस्ट र निपुणतासाथ बोल्न कठिनाइ छ, तर म बोलीमा निपुण भएका मानिसहरू देख्छु। म अग्लो छुइनँ, न त म धेरै असाधारण नै देखिन्छु। म अशिक्षित छु, न त मेरो क्षमता नै धेरै राम्रो छ। के यसको मतलब म सक्किएँ भन्‍ने होइन र?” यो कस्तो सोच हो? के यो परमेश्‍वरबारे गलत बुझाइ होइन र? के यसको मतलब तिमीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनौ भन्‍ने होइन र? (हो।) के यस्तो दृष्टिकोण राख्ने मानिसहरू विद्रोही होइनन् र? तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू पटक्कै बुझ्दैनन्। तिनीहरू सोच्छन् कि परमेश्‍वरबाट मुक्ति पाएकाहरू र सिद्ध पारिएकाहरू, वा उहाँद्वारा अन्तर्दृष्टि दिइएकाहरू र अगुवाइ गरिएकाहरू सबैसँग वरदान छ, तिनीहरू राम्रोसँग बोल्न सक्छन्, तिनीहरूसँग महान् शिक्षा र ज्ञान छ, तिनीहरू सबै प्रतिभावान् छन्, र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्छ। के यो परमेश्‍वरको बदनाम गर्ने कार्य होइन र? तिनीहरूले परमेश्‍वरको मन पटक्कै बुझ्दैनन्! मानिसहरू सधैँ भन्‍ने गर्छन् कि परमेश्‍वर धर्मी हुनुहुन्छ, उहाँले मानिसहरूको हृदयको गहिराइ नियाल्नुहुन्छ, तर केही आइपर्दा, मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन्। के तिमीहरूले अब अलि राम्ररी बुझ्यौ? परमेश्‍वरले मानिसहरूलाई हेर्दा के हेर्नुहुन्छ? उहाँले तिनीहरूको हृदय हेर्नुहुन्छ। मानिसहरूले बोल्ने र गर्ने सबै कुरा तिनीहरूको हृदयद्वारा नियन्त्रित हुन्छ। यदि तेरो हृदय इमानदार छ भने, तेरो मानवता राम्रो हुनेछ। तँ बिस्तारै सत्यता बुझ्न सक्षम हुनेछस्, तँ एक निश्चित हदसम्म परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्षम हुनेछस्, र तँ परमेश्‍वरका अभिप्रायहरूप्रति विचार पुर्‍याउन सक्षम हुनेछस्। यदि तेरो हृदय अति छली छ, बन्द छ, र हठी छ भने, यदि तँ स्वार्थी छस्, तँमा असल मानवता छैन, र परमेश्‍वरले यसरी व्यवहार गर्नुपर्छ भनेर कल्पना गर्दै तँ सधैँ धारणाहरूमा अड्किएको हुन्छस् भने, यदि तैँले तेरो धारणाहरूसँग मेल नखाने कुनै कुरा सामना गर्नुपर्दा परमेश्‍वरलाई गलत बुझ्छस् र उहाँका अभिप्रायहरू कहिल्यै बुझ्दैनस् भने, के तँ सत्यता प्राप्त गर्न सक्षम हुनेछस्? अहँ, तँ सक्षम हुनेछैनस्। अनि अन्त्यमा, जब तँ सत्यता प्राप्त गर्न सक्दैनस्, के तैँले आफूलाई र अरूलाई दोष दिनेछस् कि परमेश्‍वर निष्पक्ष हुनुहुन्न भनेर परमेश्‍वरबारे गुनासो गर्नेछस्? (हामी आफैलाई दोष दिनेछौँ।) हो, तैँले आफैलाई दोष दिनेछस्। त्यसो भए यस्ता व्यक्तिहरूले सत्यता प्राप्त गर्न के गर्नुपर्छ? तिनीहरूले सत्यता खोज्नुपर्छ र सत्यता अभ्यास गर्नुपर्छ, र तिनीहरूले निश्चित तरिकामा व्यवहार र अभ्यास गर्नुपर्छ। यदि तिनीहरू अभ्यास नगरी बुझ्‍ने गर्छन् भने पनि तिनीहरूले अझै सत्यता प्राप्त गर्न सक्‍नेछैनन्। जब तँमा आफ्नै नाफाप्रतिका स्वार्थीपन र षड्यन्त्रहरू देखा पर्छन्, र तैँले यो कुरा महसुस गर्छस्, तब तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र यसलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। तँलाई थाहा हुनुपर्ने पहिलो कुरा के हो भने, यसरी व्यवहार गर्नु भनेको सारगत रूपमा सत्यता सिद्धान्तहरूको उल्लङ्घन गर्नु हो, यो मण्डलीको कामको लागि हानिकारक हुन्छ, यो स्वार्थी र घृणित व्यवहार हो, र यो विवेक र समझ भएको मानिसहरूले गर्न हुने कुरा होइन। तैँले आफ्‍ना हितहरू र स्वार्थ पन्छ्याउनुपर्छ, र मण्डलीको कामबारे सोच्‍नुपर्छ—यसो गर्नु परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। प्रार्थना र आत्मचिन्तन गरिसकेपछि, यदि तैँले साँच्‍चै नै त्यसरी व्यवहार गर्नु स्वार्थी र घृणित कार्य हो भनेर महसुस गरिस् भने, तँलाई आफ्‍नो स्वार्थ पन्छ्याउन सहज हुनेछ। जब तैँले आफ्नै नाफाप्रतिका स्वार्थीपन र षड्यन्त्रहरू पन्छ्याउँछस्, तब तँलाई आफू स्थिर भएको महसुस हुनेछ, तँ शान्त र आनन्दित हुनेछस्, र तैँले विवेक र समझ भएको मानिसले मण्डलीको कामबारे सोच्नुपर्छ, आफ्नै व्यक्तिगत हितहरूबारे सोचिरहनुहुँदैन, त्यसो गर्नु अति स्वार्थी, घृणित, अनि विवेक र समझहीन कुरा हुनेछ भनी महसुस गर्नेछस्। निःस्वार्थ काम गर्नु, मण्डलीको कामबारे सोच्‍नु, परमेश्‍वरलाई सन्तुष्ट पार्न काम गर्नु न्यायोचित र सम्‍मानजनक कार्य हो, र यसले मात्र तेरो अस्तित्वमा मोल थप्‍नेछ। पृथ्वीमा यस प्रकारले जिएर, तँ खुला र इमानदार भइरहेको हुनेछस्, तँ सामान्य मानवतामा, अनि मान्छेको साँचो स्वरूपमा जिइरहेको हुनेछस्, र तँमा शुद्ध विवेक हुनुका साथै तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूको निम्ति योग्य हुनेछस्। तैँले जति धेरै यस प्रकारले जिउँछस्, त्यति नै बढी स्थिर भएको महसुस गर्नेछस्, त्यति नै बढी शान्त र हर्षित बन्‍नेछस्, र त्यति नै बढी प्रफुल्लित अनुभूति गर्नेछस्। के यसरी तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा पाइला टेकेको हुँदैनस् र?

मानिसहरूको स्वार्थीपन, तुच्छता, छलीपन र झूटजस्ता भ्रष्ट स्वभावलाई समाधान गर्न सकिन्छ कि सकिँदैन भन्‍ने कुरा तिनीहरू सत्यता स्वीकार गर्न सक्षम छन् कि छैनन् भन्‍नेमा भर पर्छ। सत्यता स्वीकार गर्न सक्नेहरू सबैले आफ्नो भ्रष्ट स्वभावलाई घृणा गर्छन्, तिनीहरूले स्वार्थीपन र तुच्छता, र आफ्नो छलीपन र झूटहरूलाई घृणा गर्छन्। तिनीहरू यी कुराहरूले आफूलाई दूषित वा कुण्ठित बनाऊन् भन्‍ने चाहँदैनन्। सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो भ्रष्ट स्वभाव चिन्छन् भने, तिनीहरूलाई यो नकारात्मक फोहोर र रद्दी पन्छाउन सजिलो हुन्छ। सत्यतालाई प्रेम नगर्नेहरूले यी नकारात्मक कुराहरूलाई खजानाको रूपमा लिन्छन्। तिनीहरू आफ्नै नाफालाई अति प्रेम गर्छन्, तिनीहरू देहविरुद्ध विद्रोह गर्न अनिच्छुक हुन्छन्, र तिनीहरू अति हठी हुन्छन्। परिणामस्वरूप, तिनीहरू कहिल्यै पनि परमेश्‍वरका अभिप्रायहरू के हुन् भनी बुझ्न सक्षम हुँदैनन्, न त तिनीहरू उहाँमा समर्पित हुन नै सक्षम हुन्छन्। यस्तो किन हुन्छ भने, मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन् र वर्षौँसम्म आफूले अन्योलपूर्ण तरिकाले परमेश्‍वरमा विश्‍वास गर्दै आएको रहेछु भन्‍ने सत्य कुरा पनि स्वीकार गर्दैनन्। जब तिनीहरूको गवाही दिने समय आउँछ, तिनीहरू अवाक् हुन्छन्, र केही बोल्न सक्दैनन्। मानिसहरूले धेरै वर्षदेखि सत्यताबारे प्रवचनहरू सुनेका हुन्छन्, र परमेश्‍वरको स्वभावबारे तिनीहरूलाई सधैँ थाहा दिइएको हुन्छ, त्यसैले सत्यता पछ्याउनेहरूले यसलाई बुझिसकेको हुनुपर्छ, तर सत्यतालाई प्रेम नगर्नेहरू आफूलाई परमेश्‍वरको अगाडि खुलस्त पार्न इच्छुक हुँदैनन्। तिनीहरूको हृदयले देहका प्राथमिकताहरू त्याग्न चाहँदैन, त्यसैले तिनीहरूले आफूलाई परमेश्‍वरसामु सजिलै खुलस्त पार्ने अभ्यास गर्न हिम्मत गर्दैनन्। तिनीहरू परमेश्‍वरले मानिसहरूलाई दिनुभएको अनुग्रहको आनन्द खुलेर लिन मात्र चाहन्छन्, तर परमेश्‍वरलाई सन्तुष्ट पार्न सत्यता अभ्यास गर्न चाहँदैनन्। परमेश्‍वर भन्नुहुन्छ: “यदि तँ मेरो अनुग्रह प्राप्त गर्न चाहन्छ्स् भने, यदि तँ यी सत्यताहरू प्राप्त गर्न चाहन्छ्स् भने, त्यसको लागि एउटा मात्र शर्त छ—तैँले आफ्नो नाफा त्याग्नैपर्छ, र मलाई आफ्नो सच्चा हृदय दिनैपर्छ।” मानिसहरू यो एउटा शर्त पूरा गर्न पनि असक्षम छन्, र तैपनि अझै परमेश्‍वरको अनुग्रह माग गर्न, शान्ति र आनन्द माग गर्न, र सत्यता प्राप्त गर्न चाहन्छन्; तर तिनीहरू आफ्नो साँचो हृदय परमेश्‍वरलाई दिन चाहँदैनन्, त्यसैले तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? के तिनीहरू शैतानी प्रकारका होइनन् र? के तिनीहरूले एकै समयमा दुवै काम गर्न सक्छन्? वास्तवमा, तिनीहरूले सक्दैनन्। तैँले परमेश्‍वरका अभिप्रायहरू बुझे वा नबुझे पनि, उहाँको स्वभावबारे सधैँ खुलस्त रूपमा मानिसहरूलाई थाहा दिइन्छ। यदि व्यक्तिले सत्यता कहिल्यै स्वीकार गर्दैन, वा अभ्यास नगरी सत्यता बुझ्छ भने, त्यो ऊ अति हठी भएर उसले आफ्नो हृदय परमेश्‍वरलाई नदिएको कारणले गर्दा हो। यसरी, तिनीहरू कहिल्यै सत्यता प्राप्त गर्न सक्षम हुँदैनन्, न त तिनीहरू परमेश्‍वरको स्वभाव जान्न नै सक्षम हुन्छन्। यो परमेश्‍वरले मानिसहरूलाई पूर्वाग्रही व्यवहार गर्नुहुने भएकोले गर्दा होइन। मानिसहरूले प्रायः परमेश्‍वरलाई उद्धृत गर्दै भन्छन्: “परमेश्‍वर उहाँले चाहनुभएको हरकोहीसित अनुग्रही हुनुहुन्छ,” तर तिनीहरूले यस वाक्यांशको अर्थ बुझ्दैनन्। बरु, तिनीहरूले परमेश्‍वरलाई गलत बुझ्छन्। तिनीहरू सोच्छन् कि अनुग्रह परमेश्‍वरबाट आउँछ, उहाँले जसलाई चाहनुहुन्छ त्यसलाई अनुग्रह दिनुहुन्छ, र उहाँ जसलाई चाहनुहुन्छ उसलाई राम्रो गर्नुहुन्छ। कुरा यही हो त? के यी मानव धारणा र कल्पनाहरू होइनन् र? परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको सारको आधारमा व्यवहार गर्नुहुन्छ। जब मानिसहरू परमेश्‍वरका अभिप्रायहरूप्रति विचार पुर्‍याउन र सत्यता स्वीकार गर्न सक्षम हुन्छन्, तब तिनीहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्। यदि मानिसहरूले सत्यता स्वीकार गर्दैनन् र परमेश्‍वरको प्रतिरोध गर्छन् भने, परिणाम फरक हुन्छ। वास्तवमा, परमेश्‍वर सबैसँग निष्पक्ष हुनुहुन्छ र तिनीहरू सबैसँग सिद्धान्तहरूअनुसार व्यवहार गर्नुहुन्छ, कुरा यति मात्र हो कि, एकथरी मानवजाति अति कठोर हृदय भएकाहरू छन्, र त्यसैले परमेश्‍वरले तिनीहरूलाई फरक व्यवहार गर्नैपर्छ। परमेश्‍वरले प्रत्येक व्यक्तिमा गर्नुहुने कामहरू फरक-फरक हुन्छन्, जसले उहाँ सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ भन्‍ने बुझाउँछ। परमेश्‍वर हरेक व्यक्तिप्रति धर्मी हुनुहुन्छ। उदाहरणको लागि, धेरै मानिसहरू यस्ता छन् जो सत्यता खोज्न परमेश्‍वरसामु आउँदैनन्। तिनीहरू आफ्नो लागि राम्रो जीवन र भविष्य निर्माण गर्न आफ्नै दुई हातमा मात्र भर पर्न चाहन्छन्। तिनीहरू आफ्नो भाग्य र भविष्यको मालिक हुन चाहन्छन्, र सोच्छन् कि तिनीहरूको भाग्यको स्वामित्व तिनीहरूको आफ्नै हातमा छ। तिनीहरू परमेश्‍वरको सार्वभौमिकता वा योजनाहरू स्वीकार गर्दैनन्, न त तिनीहरू उहाँमा समर्पित नै हुन्छन्, र तिनीहरू परमेश्‍वरले तिनीहरूलाई सन्तुष्ट पार्नुपर्छ भन्‍ने चाहन्छन्। जब तिनीहरू ठेस खान्‍छन् र असफल हुन्छन्, तब परमेश्‍वर अन्यायी हुनुहुन्छ भनेर गुनासो गर्छन्‌। के यो मनासिब छ? तिनीहरू अति अज्ञानी र जिद्दी छन्, तर सधैँ आफू अक्कलमन्द छु भन्‍ने सोच्छन्। तिनीहरू सोच्छन्: “केही मानिसहरूले आफ्नो परिवार त्याग्छन्, र केही चाहँदैनन्। तिनीहरू पूरै समय कर्तव्य निभाउँदै, र साँचो हृदय परमेश्‍वरलाई दिँदै बिताउँछन्, अनि बदलामा के पाउँछन्? परमेश्‍वरले भविष्यमा के गर्नुहुनेछ, तिनीहरूलाई थाहै हुँदैन, तर आफ्नो सबथोक अर्पण गर्छन्, आफ्नो लागि कुनै निकास छोड्दैनन्। यी मान्छेहरू अति मुर्ख छन्! तर हेर त, म कति अक्कलमन्द छु, म त यो मार्ग पछ्याउँछु: दुईतिरै उभिने हो। अनि, मैले कुनै कुरा त्याग्नुपर्दैन, न त केही कुरा ढिलाइ नै गराउनुपर्छ, र अन्त्यमा मलाई मुक्ति पनि दिइनेछ।” के यो व्यक्ति अक्कलमन्द हो कि मूर्ख? (ऊ मूर्ख हो।) ऊ पक्कै पनि मूर्ख हो। एकअर्कासँग तुलना गर्दा, अक्कलमन्द मानिसहरू र अज्ञानी, जिद्दी मानिसहरू तिनीहरूको मानवतामा फरक हुन्छन्। अक्कलमन्द मानिसहरूमा असल मानवता हुन्छ, जबकि अज्ञानी, जिद्दी मानिसहरूमा खराब मानवता हुन्छ। अक्कलमन्द मानिसहरूले सत्यता स्वीकार गर्छन्, जबकि अज्ञानी, जिद्दी मानिसहरूले गर्दैनन्, र तिनीहरूको अन्तिम परिणाम फरक हुनेछ।

कर्तव्य निभाउँदा, मुख्यगरी दुईथरीका मानिसहरू हुन्छन्। एकथरीले इमानदारीपूर्वक आफूलाई परमेश्‍वरको लागि अर्पित गर्छन् भने अर्को थरीले सधैँ आफ्नो लागि उम्किने बाटो छोड्छन्। तिमीहरूलाई कुन थरीको व्यक्तिलाई परमेश्‍वरले अनुमोदन र मुक्ति प्रदान गर्नुहुनेछ जस्तो लाग्छ? (जसले इमानदारीपूर्वक परमेश्‍वरको लागि आफैलाई अर्पित गर्छ तिनीहरूलाई।) परमेश्‍वरले ती मानिसहरूलाई प्राप्त गर्न चाहनुहुन्छ जसले उहाँको लागि इमानदारीपूर्वक आफैलाई अर्पित गर्छन्। वास्तवमा, परमेश्‍वरले मानिसहरूलाई धेरै मापदण्ड दिनुहुन्न। कर्तव्य निभाउँदा मानिसहरू इमानदार होऊन् भन्‍ने मात्र मापदण्ड दिनुहुन्छ; उहाँ तेरो व्यक्तिगत लाभ लैजान चाहनुहुन्न। परमेश्‍वरले तिमीहरूलाई कर्तव्य निभाउन तालिम लिने र सबै प्रकारका प्रतिभाहरू सदुपयोग गर्ने अवसरहरू दिनुभएको छ, र उहाँ मानिसहरूको इमानदारी चाहनुहुन्छ। तैँले कर्तव्य जहाँ निर्वाह गरे पनि वा तेरो कर्तव्य जे भए पनि, परमेश्‍वरले तँलाई आफ्नो प्रतिभा र सीप सदुपयोग गर्ने सम्भव भएको सबैभन्दा ठूलो ठाउँ दिनुभएको छ, र अन्त्यमा, परमेश्‍वरले तँलाई हरप्रकारका परिवेश र कर्तव्यहरूमा सत्यता प्राप्त गर्ने, उहाँका अभिप्रायहरू बुझ्ने, र मानव स्वरूप जिउने तुल्याउन चाहनुहुन्छ। परमेश्‍वरको अभिप्राय यही हो। परमेश्‍वरले तँबाट सबै कुरा लैजान चाहनुहुन्न, बरु उहाँ तेरो लागि सबै कुरा पूरा गर्न चाहनुहुन्छ—उहाँ तँलाई सबै कुरा दिन चाहनुहुन्छ। केही मानिसहरू सधैँ सङ्कीर्ण विचार राख्छन्; तिनीहरूले बाह्य संसारमा केही पेशागत ज्ञान अध्ययन गरेका हुन्छन्, तर तिनीहरू आफूले कर्तव्य निभाएमा, आफ्नो सम्पूर्ण व्यावसायिक ज्ञानलाई बेवास्ता गरेको हुनेछ भन्ठान्छन्। यदि त्यो ज्ञान प्रयोग भएन भने पनि, के त्यसबाट घाटा हुनेछ र? अहिले आफ्नो कर्तव्य निभाएर, तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। तुलना गर्दा, कुन बढी मूल्यवान छ: अलिकति बेकारको उपेक्षित ज्ञान कि सत्यता र जीवन? अझ भन्‍ने हो भने, तैँले सिकेका साँच्चै उपयोगी कुराहरूलाई कर्तव्य निभाउने क्रममा प्रयोग र उपयोग गर्न पनि सक्छस्। यदि तैँले कर्तव्य निभाउँदा ती प्रयोग गरेको छस् भने, के ती कुराहरूको स्मरण अझ बलियो हुनेछैन र? तैँले प्रयोग नगर्ने कुराहरू सम्झनु बाधा र असुविधा हो, त्यसैले तिनलाई प्रयोगहीन रहन दिनु त्यति दुर्भाग्यपूर्ण कुरा होइन। अहिले, तिमीहरू कर्तव्य निभाउँदा, तिमीहरूका सोख र सीपहरू सदुपयोग गर्छौ। साथै, यस अवधिमा तिमीहरू सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्छौ, र तिमीहरू सत्यता बुझ्न र जीवनको सही बाटोमा प्रवेश गर्न सक्षम हुन्छौ। कस्तो सुखद घटना, कस्तो राम्रो भाग्य! जताबाट हेरे पनि घाटा छैन। जब तिमीहरूले परमेश्‍वरलाई पछ्याउँछौ, तब आफूलाई पापका स्थानहरूबाट र दुष्ट मानिसका समूहहरूबाट टाढा राख, अनि कम्तीमा पनि तिमीहरूका विचार र हृदयले शैतानको भ्रष्टता र कुल्चिमिल्ची निरन्तर भोगिरहनेछैनन्। तिमीहरू शुद्ध भूमिको एउटा भागमा आएका छौ, परमेश्‍वरसामु आएको छौ। के यो ठूलो सौभाग्य होइन र? मानिसहरू एकपछि अर्को पुस्ता हुँदै, वर्तमानसम्म पुनर्जन्म भएका छन्, अनि तिनीहरूसँग कतिवटा यस्ता अवसरहरु हुन्छन्? के आखिरी दिनहरूमा जन्मेका मानिसहरूले मात्र यो अवसर पाएका होइनन् र? यो कति महान्‌ कुरा हो! यो घाटाको कुरा होइन, यो सबैभन्दा ठूलो सौभाग्य हो। यसमा तँ निकै खुसी हुनुपर्छ! सृष्टि गरिएका प्राणीहरूको रूपमा, सबै सृष्टिहरूमध्ये, पृथ्वीका केही अरब मानिसहरूमध्ये, कति मानिसहरू छन् जसले सृष्टि गरिएका प्राणीको रूपमा सृष्टिकर्ताका कार्यहरूको गवाही दिने, र परमेश्‍वरको कामको बीचमा आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्ने मौका पाएका छन्? यस्तो अवसर कोसँग छ? के यस्ता मानिसहरू धेरै छन्? निकै थोरै छन्! अनुपात के छ? दस हजारमा एकजना? अहँ, अझै कम छन्! विशेष गरी तिमीहरू जसले आफ्ना सीप र पढेको ज्ञानलाई कर्तव्य निभाउनमा प्रयोग गर्न सक्छौ, के तिमीहरू अति आशिषित छैनौ र? तँ कुनै मान्छेको गवाही दिँदैनस् र तैँले गर्ने कुरा जीवनवृत्ति होइन—तँ जसको सेवा गर्दैछस्, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। यो सबैभन्दा सुन्दर र अमूल्य कुरा हो! के तिमीहरूले गर्व महसुस गर्नुपर्दैन र? (गर्नुपर्छ।) तिमीहरूले आफ्नो कर्तव्य निभाउँदै गर्दा, परमेश्‍वरको मलजल र आपूर्ति प्राप्त गर्छौ। यति राम्रो वातावरण र अवसर पाएर पनि कुनै विशाल कुरा प्राप्त नगरेमा, सत्यता प्राप्त नगरेमा, के बाँकी जीवनभर पछुतो महसुस हुनेछैन र? त्यसैले, तिमीहरूले आफ्नो कर्तव्य निभाउने मौका छोप्नुपर्छ, र यसलाई उम्‍कन दिनुहुँदैन; आफ्नो कर्तव्य निभाउँदा निष्ठासाथ सत्यता पछ्या, र यसलाई प्राप्त गर्। यो तिमीहरूले गर्न सक्ने सबैभन्दा अमूल्य कुरा हो, यो सबैभन्दा अर्थपूर्ण जीवन हो! सबै सृष्टि गरिएका प्राणीहरूमध्ये कुनै पनि व्यक्ति वा मानिसहरूको समूह छैन जो तिमीहरूभन्दा आशिषित छ। गैरविश्‍वासीहरू केको लागि जिउँछन्? तिनीहरू पुनर्जन्म लिन र संसारको उत्साहको लागि जिउँछन्। तिमीहरू सबै केको लागि जिउँछौ? तिमीहरू सृष्टि गरिएको प्राणीको कर्तव्य गर्नको लागि जिउँछौ। यस्तो जीवनको मूल्य निकै ठूलो हुन्छ! तसर्थ, तिमीहरूले आफूले गर्ने कर्तव्यलाई तुच्छ ठान्नु हुँदैन, त्यसलाई त्याग्नु हुने त झन् कुरै छोड। आफ्नो कर्तव्य राम्ररी निभाउनु र परमेश्‍वरको आज्ञा पूरा गर्नु—त्यो मात्र सबैभन्दा अमूल्य र अर्थपूर्ण कुरा हो।

जुन २९, २०१५

अघिल्लो: परमेश्‍वरमाथिको विश्‍वास संसारका दुष्ट प्रचलनहरूलाई छर्लङ्गै देखेसँगै सुरु हुनुपर्छ

अर्को: आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्