परमेश्‍वरमाथिको विश्‍वास संसारका दुष्ट प्रचलनहरू चिन्‍ने कार्यबाट सुरु हुनुपर्छ

युवावर्गका कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले आफूलाई कम्प्युटर गेम खेल्न मनपराउने खराब बानीबाट मुक्त गर्न एकदमै गाह्रो हुन्छ। कम्प्युटर गेमहरूमा कुन प्रकारका कुराहरू हुन्छन्? तिनमा धेरै हिंसा हुन्छ। गेम खेल्नु—त्यो शैतानको क्षेत्र हो। यी खेलहरू लामो समयसम्म खेलेपछि धेरै जनाले कुनै वास्तविक काम गर्न सक्दैनन्; तिनीहरू उप्रान्त स्कूल जान, वा काम गर्न, वा आफ्नो भविष्यको बारेमा सोच्न चाहँदैनन्, तिनीहरूले आफ्नो जीवनको बारेमा त अझ कम ध्यान दिन्छन्। समाजका युवा मानिसहरूको हृदय अहिले कुन कुराहरूले भरिएको हुन्छ? खाने, पिउने, र रमाइलो गर्नेबाहेक, तिनीहरूको हृदय गेम खेल्ने चाहले भरिएको हुन्छ। तिनीहरूले बोल्ने र सोच्ने सबै कुरा अमानवीय हुन्छन्। तिनीहरूले सोच्ने कुराहरू वर्णन गर्न “फोहोर” वा “दुष्ट” भन्‍ने शब्दहरूसमेत प्रयोग गर्न सकिँदैन; ती कुराहरू सामान्य मानवता भएकाहरूमा हुनुपर्ने कुराहरू होइनन्, ती सबै निरर्थक, अमानव कुराहरू हुन्। यदि तैंले सामान्य मानवतासित सम्बन्धित मामला वा विषयमा कुरा गरिस् भने, तिनीहरू त्यो कुरा सुन्‍न सक्दैनन्; तिनीहरू न त चासो राख्छन् न सुन्‍न इच्छुक हुन्छन्, र तिनीहरूमा तँप्रति घृणासमेत जाग्‍नेछ। सामान्य मानिसहरूसँग तिनीहरूको साझा भाषा वा साझा विषय हुँदैन। तिनीहरूका सबै विषयहरू खाने, पिउने र रमाइलो गर्नेसँग सम्बन्धित हुन्छन्। तिनीहरूको हृदय सांसारिक प्रचलनहरूले भरिएको हुन्छ। के तिनीहरूले कुनै सम्भावना बोकेका छन्? के तिनीहरूको कुनै भविष्य छ त? (हुँदैन, यी मानिसहरू रद्दी हुनेछन्।) “रद्दी” निकै उपयुक्त शब्द हो। यसको अर्थ के हो? के तिनीहरू सामान्य मानवजाति संलग्न हुने क्रियाकलापहरूमा संलग्न हुन सक्छन्? (सक्दैनन्।) यी मानिसहरूले आफ्ना अध्ययनहरूमा कुनै मेहनत लगाउँदैनन् अनि यदि कसैले तिनीहरूलाई तिनीहरूका कामहरूमा कडा परिश्रम गर्न लगाए भने के तिनीहरू त्यसो गर्न इच्छुक हुनेछन्? (हुनेछैनन्।) तिनीहरूले के सोच्नेछन्? तिनीहरूले सोच्नेछन्, “काम गर्नुको के अर्थ छ? यो काम अति थकानपूर्ण छ। मैले यसबाट के पाउन सक्छु र? थकान र पीडाबाहेक केही मिल्नेछैन। गेमहरू खेल्नु कति मजा, आनन्द र रमाइलो हुन्छ! म कम्प्युटरको अगाडि हुँदा, र काल्पनिक संसारमा जिउँदा, मसँग सबै कुरा हुन्छ।” यदि तैँले तिनीहरूलाई नौ बजेदेखि पाँच बजेसम्म काम गर्न लगाइस्, निश्‍चित घण्टाहरू तोकेर समयमा नै काम गर्न लगाइस् भने तिनीहरूलाई त्यो कस्तो लाग्थ्यो? के तिनीहरू त्यो समयतालिकाअनुसार काम गर्न र त्यसरी बाँधिन इच्छुक हुनेछन्? (हुनेछैनन्।) जब मानिसहरू कम्प्युटरमा निरन्तर गेम खल्दै समय बरबाद गरिरहन्छन्, केही समयपछि तिनीहरूको इच्छाशक्ति हराएर जान्छ र तिनीहरू पतीत हुन्छन्। गैरविश्‍वासीहरूले प्रचलन पछ्याउनमा आनन्द लिन्छन् र तिनीहरू फेसनहरू मन पराउँछन्, विशेष गरी युवावर्गहरू, तिनीहरूमध्ये अधिकांश उचित काम गर्ने वा सही मार्गमा हिँड्ने गर्दैनन्; तिनीहरूका अभिभावकहरू तिनीहरूलाई सम्हाल्न असमर्थ हुन्छन्, शिक्षकहरूले तिनीहरूसँग केही गर्न सक्दैनन्, र यो प्रवृत्तिलाई देशको शिक्षा-प्रणालीले पनि केही गर्न सक्दैन। दियाबलसहरू र शैतानले मानिसहरूको परीक्षा गर्न र तिनीहरूको नैतिक पतन गराउन यी कुराहरू गर्छन्। जो काल्‍पनिक संसारमा जिउँछन् तिनीहरूमा सामान्य मानवताको जीवनप्रति कुनै पनि किसिमको चासो हुँदैन; तिनीहरू काम वा अध्ययन गर्ने मनस्थितिमै हुँदैनन्। तिनीहरूको एक मात्र चासो भनेको गेम खेल्नु हो, मानौं तिनीहरू कुनै कुराद्वारा लट्ठिएका छन्। वैज्ञानिकहरूले दाबी गरेका छन् कि गेम खेल्ने व्यक्तिहरू गेमको चरित्रमा पस्नेबित्तिकै तिनीहरूको दिमागले केही उत्सर्जनहरू गर्न थाल्छ जसले तिनीहरूलाई उत्साहित र केही हदसम्म दिग्भ्रमितसमेत पार्छ र त्यसपछि तिनीहरू गेम खेल्ने लतमा पर्छन् र सधैं गेम खेल्नेबारे सोचिरहन्छन्। जब तिनीहरू दिक्क हुन्छन् वा कुनै उचित काम गरिरहेको बीचमा हुन्छन्, तिनीहरू त्यसको साटो गेम खेल्न चाहन्छन्, र बिस्तारै, गेम खेल्नु नै तिनीहरूको सम्पूर्ण जीवन बन्छ। गेम खेल्नु एक किसिमको लागुपदार्थ सेवन गर्नुजस्तै हो: यसको लत लाग्यो भने, यसलाई छोड्नु र यसबाट मुक्त हुनु धेरै गाह्रो हुन्छ—यसले बर्बाद पार्छ। चाहे जवान होस् वा वृद्ध, मानिसहरूले यस्तो नराम्रो बानी बसालेपछि त्यो त्याग्‍न तिनीहरूलाई निकै गाह्रो पर्छ। कतिपय बच्चाहरू अबेरसम्म बसेर रातभरि गेम खेल्छन्, र हररात त्यसै गर्छन्, अनि तिनीहरूका आमाबाबुले तिनीहरूलाई न त नियन्त्रण गर्न सक्छन्, न त तिनीहरूलाई देखरेख नै गर्न सक्छन्, अनि ती बच्चाहरू कम्प्युटरको अगाडि बसेर गेम खेलिरहन्छन् र त्यही मर्छन्। तिनीहरू कसरी मर्छन्? वैज्ञानिक प्रमाणले तिनीहरूको मस्तिष्क क्षतिग्रस्त छ भन्छ—तिनीहरू नमरुञ्जेल गेम खेलिरहन्छन्। के गेम खेल्नु सामान्य मानिसहरूले गर्ने कुरा हो? यदि यो सामान्य मानवत्वको लागि आवश्यक कुरा हो भने—यदि यो सही मार्ग हो भने—मानिसहरू त्यो छोड्‍न किन असमर्थ छन्? तिनीहरू कसरी त्यो हदसम्म मोहित हुन सक्छन्? यसले एउटा कुरा प्रमाणित गर्छ: यसरी गेम खेल्नु सही मार्ग होइन। अनलाइनमा यो वा त्यो कुरा खोज्दै पूरै दिन इन्टर्नेटमा डुब्‍नु, अस्वस्थकर कुराहरू हेर्नु, र गेमहरू खेल्नु—पूरै दिन त्यस्ता कुराहरूमा खेल्दा मानिसहरूले अर्थहीन कुराहरूद्वारा आफ्नो नैतिक पतन गराउँछन् र अरू मानिसहरूलाई चोट र हानि पुर्‍याउँछन्। यी कुनै पनि सही मार्ग होइनन्। आजकल किशोरकिशोरी, युवायुवती र अधबैँसे अनि बुढाबुढीहरू पनि सबका सब भिडियो गेम खेलिरहेका हुन्छन्। झन्झन् धेरै मानिसहरू गेम खेल्दै छन्। धेरैजसो मानिसहरू यो राम्रो कुरा होइन भनेर सचेत त छन्, तर तिनीहरूले आफूलाई रोक्न सक्दैनन्। गेमिङले युवा पुस्तालाई हानि गरिरहेको छ, र धेरै मानिसहरूलाई पहिल्यै हानि गरिसकेको छ। यी गेमहरू कसरी आउँछन्? के ती शैतानबाट आउँदैनन् र? केही बेतुकका मानिसहरू भन्छन्, “भिडियोगेमहरू आधुनिक वैज्ञानिक प्रगतिका प्रतीक हुन्—ती वैज्ञानिक उपलब्धिहरू हुन्।” यो व्याख्यालाई के भन्ने? यो घिनलाग्दो छ! गेमिङ राम्रो बाटो होइन, यो सही छैन! गेमिङ भनेको सामाजिक प्रचलनहरू पछ्याउने कुरा मात्र होइन, गैरविश्‍वासीहरूसमेत गेमिङले उद्देश्यबोध मार्छ भनेर भन्छन्। यदि तँ योजस्तो सरल कुरा त्याग्न सक्दैनस् भने, यदि तँ यो विषयमा आफूलाई नियन्त्रण गर्न सक्दैनस् भने, तँ खतरामा छस्। आजकल मानिसहरू युवा होऊन् वा वृद्ध, भिडियो गेम खेल्ने र लागुऔषध सेवन गर्ने चलन सामान्य भइसकेको छ र सारा संसार यस्तै छ। तैँले परमेश्‍वरमा जति समयदेखि विश्‍वास गरिरहेको भए पनि, यदि तँ भिडियोगेम खेल्नेजस्ता कुरा पनि नियन्त्रित गर्न सक्दैनस् भने, एक दिन, जब तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु व्यर्थ, झ्याउ र निरस लाग्छ, के तैँले गैरविश्‍वासीहरूले जस्तै लागूऔषध र हरप्रकारका उत्तेजक पदार्थहरू प्रयोग गर्न थाल्नेछैनस् र? यो अति खतरनाक हुन्छ! तैँले परमेश्‍वरमा विश्‍वास त गर्लास्, तर तेरो कुनै जग हुँदैन र तैँले सत्यता प्राप्त गरेको हुँदैनस्, त्यसैले तँ अझै पनि उहाँलाई धोका दिने खतरामा हुन्छस्। तँमाथि आइपर्ने कुनै पनि कुरा सामना गर्दा तँ पछारिन सक्छस्। यो दुष्ट संसारमा कैयौँ प्रलोभनहरू छन्, र शैतानले परमेश्‍वरमाथि विश्‍वास गर्ने तर सत्यता नपछ्याउनेहरूलाई फुस्ल्याउन हरप्रकारका उपायहरू प्रयोग गर्छ। यदि तँ नियमित रूपमा परमेश्‍वरका वचनहरू खाने र पिउने गर्दैनस् र तेरो हृदय र दिमाग प्रायः खाली हुन्छ भने, तँ एकदमै धेरै खतरामा छस्। के तिमीहरूको हृदय प्रायजसो खाली हुन्छ? युवा उमेरकाहरू प्रायजसो खाली हुन्छन्! यो समस्या नसुल्झाई त्यतिकै छोड्नु निकै खतरनाक हुन्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँका झन् धेरै वचनहरू पढ्नुपर्छ, र जब तैँले केही सत्यता स्विकार्न सक्छस्, त्यो क्षण निर्णायक हुनेछ, र तँ यो खतरनाक समयबाट उम्कन र मण्डलीमा दृढ रहन सक्षम हुनेछस्।

धेरैभन्दा धेरै युवावर्गहरू परमेश्‍वरको घरमा सामेल भइरहेका छन् र तिनीहरूमध्ये धेरैजना बीस-पच्‍चिसका छन्। तिनीहरू आफ्नो जीवनको सर्वोत्तम समयमा छन्, तिनीहरूले अझै आफ्नो जीवन लक्ष्यहरू निर्धारण गरेका छैनन्, तिनीहरूसँग कुनै आकाङ्‍क्षाहरू छैनन्, र तिनीहरूले जीवन के हो भनेर अझै बुझेका छैनन्। अनि यी मानिसहरूमा के-कस्तो प्रकटीकरण हुन्छ? तिमीहरूको लागि मसँग दुइटा अभिव्यक्ति छन्: बैँसालु अत्याभिमान र समझहीनता। अनि, म किन यसो भन्छु त? पहिला “बैँसालु अत्याभिमान” भनेको के हो, त्यो छलफल गरौं। के तँ “बैँसालनु अत्याभिमान” के हो भनेर व्याख्या गर्न सक्छस्? यो कस्तो खालको स्वभाव हो? यसमा कस्ता खालका प्रकटीकरणहरू हुन्छन्? (यो तब हुन्छ जब मानिसहरू आफैलाई मनपर्ने कुराहरू नै सर्वोत्तम हुन्, आफ्नै कल्पना नै सही हो भन्ने सोच्छन्, र कसैको कुरा सुन्न इच्छुक हुँदैनन्।) एक शब्दमा भन्दा, यस प्रकारको स्वभाव “अहङ्कारी” हुन्छ। यो उमेर समूहका मानिसहरूको खाट्टी स्वभाव यही हो। तिनीहरूको जीवन परिवेश वा पृष्ठभूमि जस्तोसुकै भए पनि, वा तिनीहरू जुन पुस्ताका भए पनि, यो उमेर समूहका सबैमा बैँसालु अत्याभिमान हुन्छ। अनि म किन यसो भन्छु त? तिनीहरूविरुद्ध म पूर्वाग्रही भएको वा तिनीहरूलाई मैले तुच्छ ठानेको होइन, बरु कुरा के हो भने, यो उमेर समूहका मानिसहरूमा एक प्रकारको स्वभाव हुन्छ, र त्यो अत्यन्तै अहङ्कारी, लापरवाह र घमण्डी स्वभाव हो। तिनीहरूसँग धेरै सांसारिक अनुभव नभएकोले र तिनीहरूले जीवन निकै थोरै बुझेकोले, तिनीहरूले संसारमा वा जीवनमा केही कुरा सामना गर्नेबित्तिकै, तिनीहरू सोच्छन्, “म बुझ्छु, मैले पत्ता लगाइसकेँ, मलाई अब सबै कुरा थाहा छ! म बूढा मानिसहरूले के भनिरहेका छन् भनेर बुझ्न सक्छु र समाजमा चलेको कुरासँग कदममा कदम मिलाउन सक्छु। सेल फोनहरू अहिले कति छिटो विकसित भइरहेका छन् र तिनका सबै प्रकार्यहरू कति जटिल छन्। मलाई सबै थाहा छ, म तिमीहरूजस्तो केही नबुझेको बुढोहरू जस्तो छैन।” तिनीहरूले कुनै बूढो मान्छे केही कुरामा सहयोग माग्न आउँदा यसोसमेत भन्नेछन्, “मानिसहरू बुढो भएपछि बेकार हुन्छन्। तिनीहरूलाई कम्प्यूटर पनि चलाउन आउँदैन, तिनीहरू बाँचिरहनुको पनि के अर्थ?” यो के हो? यो बैँसालु अत्याभिमानको प्रकटीकरण हो। युवाहरूसँग राम्रो सम्झना शक्ति हुन्छ र तिनीहरू नयाँ विचारहरू छिटो स्विकार्छन्, र जबजब तिनीहरूले नयाँ कुरा सिक्छन्, तबतब वृद्ध मानिसहरूलाई अवहेलना गर्छन्। यो भ्रष्ट स्वभाव हो। अनि, के यस्तो स्वभाव सामान्य मानवताको स्वभाव हो? के यसलाई सामान्य मानवताको प्रकटीकरण मान्न सकिन्छ? (सकिँदैन।) त्यसैले यसलाई बैँसालु अत्याभिमान भनिन्छ। अनि, किन यसलाई “अहङ्कार” नभनेर “अत्याभिमान” भनिन्छ त? किनभने यो युवाहरूको खाट्टी स्वभाव हो—तिनीहरू एउटा सानो कुरा सिक्छन् र घमन्डी बन्छन्, तिनीहरूलाई ब्रह्माण्डमा आफ्नो स्थान के हो भन्‍ने थाहै हुँदैन, र आफूले सिकेको कुरालाई पुँजीको रूपमा व्यवहार गर्छन्। सबै मानिसहरू, युवा हुँदा, अलि ठूलो र अलि बढी बुझ्ने नहुँदासम्म अनि जीवनका उतारचढावहरू अनुभव नगरेसम्म यस्तै हुन्छन्। त्यसपछि तिनीहरू अझ परिपक्व र स्थिर हुन्छन्, र अझ विनम्र तरिकामा व्यवहार गर्न रुचाउँछन्—तिनीहरूले केही गर्न सिक्दा त्यसलाई ठूलो कुरा बनाउँदैनन्, र केही गर्न नसकेमा पनि निराश हुँदैनन्। युवाहरू अत्यन्तै सेखीवाल हुन्छन्: केही गर्न सिक्दा तिनीहरूलाई त्यो प्रदर्शन गर्नुपर्छ, अनि तिनीहरूमा दम्भ जाग्छ। कहिलेकाहीँ, उत्साहित हुँदा, तिनीहरू आफूले अरू सबैलाई उछिनिसकेको र आफ्नो लागि संसार पर्याप्त ठूलो नभएको महसुस गर्छन्, अनि अर्को ग्रहमा जिउने इच्छा गर्छन्। यो अभिमान हो। बैँसालु अत्याभिमानमा मुख्यतया ब्रह्माण्डमा रहेको आफ्नो स्थानप्रतिको अज्ञानता र मानिसहरूलाई के चाहिन्छ अनि तिनीहरूले जीवनमा कुन बाटो अपनाउनुपर्छ, कस्तो परिस्थितिमा जिउनु खतरनाक हुन्छ, र तिनीहरूले के गरिरहेको हुनुपर्छ भन्ने कुराको अज्ञानता तडकारो देखिन्छ। यो प्रायः मानिसहरूले यसो भनेजस्तै हुन्छ: “तिनीहरू समझहीन छन्, र तिनीहरूलाई जिन्दगी थाहै छैन।” यस उमेर समूहका मानिसहरूमा अभिमानी स्वभाव हुन्छ, त्यसैले तिनीहरू यी कुराहरू प्रकट गर्छन्। यस्ता युवाहरू धेरै छन् जो अरू सबै आफूभन्दा मुनि छन् भन्‍ने सोच्छन्, र तैँले तिनीहरूलाई मन नपर्ने कुरा भनिस् भने तँलाई सहजै बेवास्ता गर्नेछन्। आमाबाबुलाई युवाहरूले के सोचिरहेका छन् भनेर पत्ता लगाउनै गाह्रो हुन्छ—एउटा गलत शब्द बोलेमा पनि तिनीहरू रिसाउँछन् र झोक्किन्छन्। तिनीहरूसँग संवाद गर्नै गाह्रो हुन्छ। किन आजकाल आमाबाबुलाई आफ्ना छोराछोरीलाई सम्हाल्न र शिक्षा दिन गाह्रो भइरहेको छ? यो आमाबाबु कम शिक्षित भएर युवाहरूको मन नबुझेकोले गर्दा भएको होइन, बरु युवाहरूको सोच नै असामान्य भएको छ। सबै युवाहरू सांसारिक प्रचलन मन पराउँछन्, र तिनीहरूलाई ती प्रचलनले बन्धक बनाएका छन्; तिनीहरू सबका सब शैतानको बलिका शिकारहरू हुन्, तिनीहरू अत्यन्तै चाँडो पतित हुँदै छन्, र तिनीहरूलाई यसबाट जाग्‍न गाह्रो छ। त्यसैले अभिभावक बन्न सजिलो छैन—केही आमाबाबु त आफ्ना छोराछोरीहरूलाई शिक्षा दिन बालमनोविज्ञान पनि सिक्छन्। आजकल धेरै बालबालिकाहरू अटिजम र डिप्रेसनजस्ता अनौठो रोगहरूबाट ग्रसित भइरहेका छन्, र तिनीहरूलाई सम्हाल्न गाह्रो भइरहेको छ। यी समस्याहरू हल गर्न मानिसहरूसँग मार्ग वा स्पष्ट व्याख्या छैन, र विद्यालय र समाजका बुद्धिजीवीहरूले “विद्रोही मानसिकता” वा “विद्रोही अवस्था” जस्ता वाक्यांशहरू रचना गरेका छन्। यी वाक्यांशहरू पहिलेका पुस्ताहरूमा किन थिएनन्? आज विज्ञान धेरै अगाडि बढेको छ, र हरप्रकारका अजिब वाक्यांशहरू आएका छन्; यो मानवजाति झन्झन् पतित हुँदै गइरहेको छ, र सामान्य मानवताका कुराहरू झन्झन् घट्दै गइरहेका छन्—के यो समाजको दुष्ट प्रचलनले ल्याएको कुरा होइन र? (हो।) त्यसैले, तिमी युवाहरू, मैले बोलेको कुरा सुन्ने इमान्दार इच्छासाथ, मैले यसरी सङ्गति गरेको सुन्दै, अहिले यहाँ बस्न सक्षम हुनुको कारण, तिमीहरूमध्ये कोही महान्‌ भएकोले, र सत्यता पछ्याउने बाटो चुन्न इच्छुक भएकोले होइन—यो परमेश्‍वरको अनुग्रहको कारण हो, परमेश्‍वरले तिमीहरूलाई संसार वा शैतानलाई नसुम्पनुभएकोले हो। तैँले समाजमा जसले जति मनाउने प्रयास गरे पनि परमेश्‍वरमा विश्‍वास नगर्ने युवाहरू देख्छस्। मैले तिनीहरूसँग बोले पनि कुनै फाइदा हुनेछैन। के त्यो बैँसालु अत्याभिमानको कुरा मात्र हो? तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? यदि तिनीहरूमा विवेक र समझ छैन भने, तिनीहरू पशु र दियाबलसबाहेक अरू केही होइनन्! यदि तँ तिनीहरूसँग मानव शब्दहरूमा बोलिस् भने, के तिनीहरूले बुझ्न सक्‍नेछन्? यो अब तिनीहरूसँग संवाद गर्न गाह्रो छ भन्ने समस्या होइन, बरु तिनीहरूले सुन्‍नै अस्वीकार गर्नुको समस्या हो। तिमीहरू अहिले परमेश्‍वरको अनुग्रह र सुरक्षाले गर्दा उहाँको काम स्विकार्न, उहाँका वचनहरू बुझ्न र सत्यताको मार्गमा चासो राख्न सक्षम छौ! त्यसैले, तिमीहरूले आफ्नो कर्तव्य निभाउने यो मौकाको कदर गर्नुपर्छ, र यो बेला परमेश्‍वरमाथिको विश्‍वासमा दह्रिलो जग बसाल्ने प्रयास गर्नुपर्छ। तब तिमीहरू सुरक्षित हुनेछौ, र सजिलैसँग यी दुष्ट प्रचलनहरूद्वारा बहकिनेछैनौ। मानिसहरू यी दुष्ट प्रचलनहरूमा फस्‍नेबित्तिकै, तिनीहरू सजिलै बहकिन्छन्, र जब तँ बहकिन्छस्, के परमेश्‍वरले तँलाई चाहनुहुनेछ र? अहँ, उहाँले चाहनुहुनेछैन! उहाँले तँलाई पहिले नै मौका दिइसक्नुभएको छ, र अबउप्रान्त पक्कै तँलाई चाहनुहुनेछैन। परमेश्‍वरले तँलाई नचाहनुहुँदा, तँ खतरामा हुनेछस्, र तैँले जे पनि गर्न सक्नेछस्।

हामीले “बैँसालु अत्याभिमान” बारे छलफल गरिसकेका छौँ, आओ अब हामी “समझहीनता” बारे कुरा गरौं। “समझहीनता” केही हदसम्म औपचारिक शब्द हो। ल, यसको शाब्दिक अर्थ के हो व्याख्या गर त। (यो तब हुन्छ जब व्यक्तिले नराम्रोबाट राम्रो खुट्ट्याउन सक्दैन, र तिनीहरूले आफुलाई जे राम्रो लाग्छ त्यो सधैं राम्रो हुनेछ, र जे नराम्रो लाग्छ त्यो सधैं नराम्रो हुनेछ भन्ने सोच्छन्, र तिनीहरूलाई जसरी कुरा बुझाउन खोजे पनि, सुन्दैनन्।) (जब व्यक्तिलाई सही र गलत थाहा हुँदैन र तिनीहरूमा विवेकको कमी हुन्छ।) यसको शाब्दिक अर्थ धेरथोर यही हो—सहीबाट गलत खुट्ट्याउन सक्षम नहुनु, र कुन कुराहरू सकारात्मक र कुन कुराहरू नकारात्मक हुन् भनेर थाहा नहुनु हो। तिनीहरूको बैँसालु अत्याभिमानको कारण, मानिसहरूले भनेको कुनै पनि कुरा तिनीहरूभित्र छिर्दैन, तिनीहरू सोच्छन्: “अरूले जे भन्छन् त्यो गलत हो, र मैले भनेकै सही हो। कसैले मलाई कुनै कुरा कस्तो हो भनेर बताउन नखोजेकै राम्रो, म तिनीहरूको कुरा सुन्नेछैनँ। म साँच्‍चिकै जिद्दी हुनेछु, र जिद्दी गरिरहनेछु र गलत हुँदा पनि आफ्ना विचारहरूमै जोड दिनेछु।” तिनीहरूसँग हुने स्वभावको प्रकार यही हो—तिनीहरू समझहीन हुन्छन्। सतहमा, तिनीहरूले एकपछि अर्को गरी धर्मसिद्धान्तहरू भट्ट्याउन सक्छन्, र तीबारे अरूले भन्दा बढी स्पष्ट र बुझिने तरिकामा कुरा गर्न सक्छन्, तैपनि काम गर्ने समय आउँदा तिनीहरू किन सधैं अलमल्ल र अन्योलपूर्ण हुन्छन्? तिनीहरूलाई के सही हो भनेर राम्ररी थाहा छ, तर तिनीहरू सुन्दै सुन्दैनन्—तिनीहरू आफूलाई मन लागेअनुसार गर्छन्, र आफूले चाहेअनुसार व्यवहार गर्छन्। यो लहडेपन हो, र यो बेतुकको छ। संसारका प्रचलनहरू पछ्याउने मानिसहरू निकै बेतुकका हुन्छन्। तिनीहरू पार्कोर र बन्जी जम्पिङ गर्छन्, र हरप्रकारका चरम खेलकुदहरूमा उत्साह खोज्न मन पराउँछन्। के यो बेतुके कुरो होइन र? के तिमीहरू सबैजना पार्कोर गर्छौ? (पहिले गर्थेँ।) अनि, तँलाई त्यो किन मन पर्थ्यो? के तँलाई पार्कोर खतरनाक छ भन्ने थाहा थिएन? के तँलाई पार्कोर गर्दा आफ्नो ज्यान जोखिममा राख्दै छु भन्ने थाहा थिएन? मानिसहरू माकुरा वा माउसुली होइनन्। यदि तिनीहरू पर्खाल चढ्छन् भने, लड्ने निश्‍चित हुन्छ। मानिसमा त्यो क्षमता छैन, र यो सामान्य मानवता भएका मानिसहरूमा हुने कुरा होइन। तिमीहरू यसलाई कसरी मन पराउन सक्छौ? यी कुराहरूले मानिसहरूलाई एक प्रकारको दृश्यात्मक र भावनात्मक उत्तेजना दिन सक्छ, त्यसैले मानिसहरू पार्कोर गर्न चाहन्छन्। यो सोचलाई के कुराले नियन्त्रित गर्छ? के यो “स्पाइडरम्यान” बाट आएको हो? के मानिसभित्र संसारलाई बचाउने, महामानव बन्ने गहिरो मानसिकता र चाहना छैन र? धेरै फिल्म र टिभी कार्यक्रमहरूमा उड्ने नायकहरू हुन्छन् जो उड्छन् र छतछतमा हाम फाल्छन्, र मानिसहरू वास्तवमै तिनीहरूको प्रशंसा गर्छन्। यसरी नै युवाहरूको दिमागमा यी कुराहरू रोपिन्छ। अनि कसरी तिनीहरू यसरी विषाक्त हुन सक्छन्? यो मानिसहरूको प्राथमिकता र पछ्याइसँग सम्बन्धित हुन्छ। हरेक व्यक्ति नायक बन्न चाहन्छ, सुपरम्यान बन्न चाहन्छ, विशेष शक्ति पाउन चाहन्छ, त्यसैले तिनीहरू शैतानको पूजा गर्छन्। मलाई भन्, के सामान्य मानिसहरूलाई यी बेतुकका कुराहरू मन पर्छ? के सामान्य मानिसहरूसँग यी विशेष शक्तिहरू हुन्छन्? पक्कै हुँदैनन्। के यी सबै कुराहरू मानिसहरूले नै बनाएका र कल्पना गरेका थिएनन् र? यदि यी अनौठा कुराहरू वास्तवमै हुन्थे भने, के ती अनौठा कुराहरू भएकाहरूमा दुष्टात्माहरू चढेका हुँदैनथे र? के आदम र हव्वाको समयमा पार्कोर थियो? के बाइबलमा पार्कोरबारे केही लेखिएको छ? (छैन।) पार्कोर दुष्ट आधुनिक समाजको उपज हो; यो शैतानले मानिसहरूलाई बहकाउने र भ्रष्ट पार्ने एउटा तरिका हो। शैतानले अनौठोपन र रोमाञ्चकताप्रति ढल्कने युवाहरूको आवेगको फाइदा उठाउँछ, र केही कथाहरू बुन्छ, कल्पन्छ र मञ्‍चन गर्छ। यसरी त्यसले यी समझहीन किशोरहरूलाई बहकाउँछ, र तिनीहरूलाई शैतानको अनौठो र रोमाञ्चक विशेष शक्तिहरू पछ्याउन अगुवाइ गर्छ। के यो मानिसहरूलाई विषाक्त पार्नु होइन र? यी कुराहरू मानिसहरूको दिमागमा प्रवेश गर्नेबित्तिकै विष बन्छन्। अनि, यदि तैँले यो विष चिन्न सक्दैनस् भने, यसलाई पूर्ण रूपमा त्याग्‍न सक्दैनस्, र तँ यसको प्रभाव, बाधा र नियन्त्रणबाट कहिल्यै मुक्त हुनेछैनस्। के यो विष सजिलै हटाउन सकिन्छ त? (सजिलै सकिँदैन।) यो समस्या कसरी समाधान गर्न सकिन्छ? केही मानिसहरू यी कुराहरू त्याग्न मन पराउँदैनन्। तिनीहरू यी कुराहरू राम्रा छन् र विष होइनन् भन्ने सोच्छन्, र यस्तो सोचेर यी कुराहरू त्याग्न सक्दैनन्। तसर्थ, तेरो कद सानै हुँदा, तँसँग समझ नभएकोले, र तँ अझै पनि मूर्ख र अत्याभिमानले भरिएको हुनाले, शैतानको प्रलोभनमा फस्नबाट जोगिन, तैँले तेरो हृदय क्षय गर्न सक्‍ने र तँलाई विषाक्त पार्ने कुराहरूबाट टाढा रहन सक्दो प्रयास गर्नुपर्छ। तैँले आफूलाई पर्याप्त सकारात्मक कुराहरूले सुसज्जित गरेको छैनस्, र तँसँग सत्यता वास्तविकता छैन। विश्‍वासका शब्दहरूमा भन्नुपर्दा, तेरो कुनै जीवन र कद छैन। तँमा अलिकति तत्परता र परमेश्‍वरमा विश्‍वास गर्ने इच्छा मात्र छ। तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो, यो हिँड्ने सही बाटो हो र असल व्यक्ति बन्ने बाटो हो भन्ने लाग्छ, तैपनि तँ सोच्छस्: “म गैरविश्‍वासीहरूमध्येको खराब व्यक्ति होइन, मलाई पार्कोर मन पर्छ तर मैले केही गलत गरेको छैन, म अझै पनि राम्रो मान्छे हुँ।” के यो सत्यतासँग मेल खान्छ? के तैँले कुनै गल्ती नगरेकोले तँमा भ्रष्ट स्वभाव छैन जस्तो लाग्छ? तँ भ्रष्ट प्रचलनहरूभित्र जिउँछस्, र यो कुरा तेरो हृदय दुष्ट कुराहरूले भरिएको छ भनेर देखाउन पर्याप्त छ।

मलाई भन्, के व्यक्ति आफ्नो वातावरणबाट एकदमै धेरै प्रभावित हुन्छ? तैँले अहिले मण्डलीमा कर्तव्य निभाउँदै छस्, त्यो तेरो वातावरण हो; तँ हरदिन दाजुभाइ-दिदीबहिनीहरूसँग रहँदै परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूद्वारा घेरिएको हुन्छस्, र तँ परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा अटल पनि छस्। यदि तँलाई गैरविश्‍वासीहरूमाझ राखियो भने, यदि तँलाई तिनीहरूमाझ रहन लगाइयो भने, के तेरो हृदयमा परमेश्‍वर अझै पनि हुनुहुनेछ? यदि तँ तिनीहरूसँगको सम्पर्कमा रहिस् वा तिनीहरूमाझ जिइस् भने, के तिनीहरूजस्तै तैँले पनि प्रचलनहरू पछ्याउनेछैनस् र? कतिपय भन्छन्, “यो ठीकै छ, परमेश्‍वरले मेरो हेरचाह र सुरक्षा गरिरहनुभएको छ, त्यसैले म त्यो बाटोमा कहिल्यै हिँड्नेछैन।” के तँ त्यो वाचा गर्ने आँट गर्छस्? तैँले यी कुराहरूलाई प्रेम गरुन्जेल र पछ्याउन्जेल, तँ जानीजानी प्रचलनहरू पछ्याउन सक्‍ने हुन्छस्। तँलाई हृदयमा यो गलत हो भनेर थाहा भए पनि, तैँले गम्भीर नभई यसो भन्नेछस्, “मलाई माफ गर्नुहोस्, परमेश्‍वर, मैले गल्ती गरेँ।” समय बित्दै जाँदा, तैँले ग्‍लानि वा अरू कुनै पनि कुरा महसुस गर्न छोड्नेछस्, र तैँले यस्तो सोच्नेछस्: “आखिर, परमेश्‍वर कहाँ हुनुहुन्छ? मैले उहाँलाई किन देखेको छैन?” तैँले निरन्तर परमेश्‍वरलाई शङ्का गर्नेछस्, र तँसँग कुनै समय भएको विश्‍वास, अलिअलि गर्दै बिस्तारै हराउनेछ। तेरो हृदयले परमेश्‍वरलाई पूर्ण इन्कार गर्ने बेलासम्म, तैँले अबउप्रान्त उहाँलाई पछ्याउन वा कर्तव्यसँग कुनै सरोकार राख्न चाहनेछैनस्, र पहिले कर्तव्य निभाउन रोजेकोमा पछुतोसमेत गर्नेछस्। मानिसहरू किन यति सजिलै बदलिन सक्छन्? खासमा यो तँ बदलिएको कुरा होइन—सर्वप्रथम त तँसँग कहिल्यै सत्यता वास्तविकता कहिल्यै थिएन। सतही रूपमा त तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् र कर्तव्य निभाउँछस्, तर तँभित्रका सांसारिक र शैतानी विचार, दृष्टिकोण, मानिसहरूसित उठबस गर्ने तौरतरिका र भ्रष्ट स्वभावहरू कहिल्यै हटाइएका छैनन्, र तँ अझै पनि शैतानी कुराहरूले नै भरिएको छस्। तँ अझै पनि ती कुराहरूअनुसार नै जिउँछस्, त्यसैले तेरो कद अझै पनि सानो छ। तँ अझै पनि खतरनाक अवस्थामा छस्; तँ अझै पनि सुरक्षित वा संरक्षित छैनस्। तँमा शैतानी स्वभाव छउन्जेल, तैँले परमेश्‍वरलाई प्रतिरोध गर्न र धोका दिन जारी राख्नेछस्। यो समस्याको समाधान गर्न, तैँले पहिला कुन कुराहरू दुष्ट छन् र शैतानका हुन्, ती कसरी हानिकारक छन्, शैतानले ती कामहरू किन गर्छ, ती स्विकार्दा मानिसहरूले कस्तो खाले विष भोग्छन्, र ती व्यक्तिहरू के बन्नेछन्, साथै परमेश्‍वरले मानिसहरूलाई कस्तो खाले व्यक्ति हुन भन्नुहुन्छ, सामान्य मानवताका कुराहरू के-के हुन्, कुन कुराहरू सकारात्मक छन्, र कुन कुराहरू नकारात्मक छन् भनेर बुझ्‍नुपर्छ। यदि तँसँग समझ छ र तँ यी कुराहरू स्पष्ट देख्न सक्षम हुन्छस् भने मात्र तँसँग मार्ग हुनेछ। यसबाहेक, सकारात्मक पक्षमा, तैँले आफ्नो इमानदारी र बफादारी अर्पण गर्दै आफ्नो कर्तव्य सक्रिय रूपमा निभाउनु पनि पर्छ। छली वा सुस्त नहू, आफ्नो कर्तव्य वा परमेश्‍वरले तँलाई सुम्पनुभएको कुराप्रति गैरविश्‍वासीहरूको दृष्टिकोणबाट वा शैतानको दर्शनले व्यवहार नगर्। तैँले परमेश्‍वरका वचनहरू अझ बढी खानु र पिउनुपर्छ, सत्यताका सबै पक्षहरू बुझ्न खोज्‍नुपर्छ, र कर्तव्य निभाउनुको महत्त्व स्पष्ट रूपमा बुझ्‍नुपर्छ, र त्यसपछि आफ्नो कर्तव्य निभाउँदै सत्यताका सबै पक्षहरूमा अभ्यास र प्रवेश गर्नुपर्छ, अनि बिस्तारै परमेश्‍वर, उहाँको काम र उहाँको स्वभाव चिन्नुपर्छ। यसरी, तँलाई थाहै नभई तेरो भित्री अवस्था परिवर्तन हुनेछ, तँभित्र सकारात्मक र सक्रिय कुराहरू धेरै, अनि नकारात्मक र निष्क्रिय कुराहरू कम हुनेछन्, र तेरो समझ पहिलाभन्दा बलियो हुनेछ। जब तँ यो कदसम्म बढ्छस्, तैँले यस संसारका सबै प्रकारका मानिस, घटना र वस्तुहरूबारे समझ पाउनेछस्, र तँ समस्याहरूको सार चिन्न सक्षम हुनेछस्। यदि तैँले गैरविश्‍वासीहरूद्वरा निर्मित चलचित्र हेरिस् भने, त्यो हेरेपछि मानिसहरू के-के विषाक्तताबाट पीडित हुन सक्छन्, साथै शैतानले यी माध्यम र प्रचलनहरूमार्फत मानिसहरूमा के घुसाउन र रोप्न चाहन्छ, र त्यसले मानिसहरूको के कुरा क्षय गराउने अभिप्राय राख्छ भनेर बुझ्न सक्षम हुनेछस्। तँ बिस्तारै यी कुराहरू छर्लङ्गै देख्‍न सक्षम हुनेछस्। त्यो चलचित्र हेरेपछि तँ विषाक्त हुनेछैनस्, र तैँले यसबारे समझ पाउनेछस्—तब तँसँग साँच्चै कद हुनेछ।

केही सुपरहिरो र काल्पनिक चलचित्रहरू हेरेपछि, युवावर्गका केही मानिसहरू एउटा इच्छाले संक्रमित हुन्छन्—तिनीहरू आफूमा मुख्य पात्रहरूसँग भएजस्तै असाधारण क्षमताहरू होस् भन्ने इच्छा गर्छन्। के तिनीहरू यसरी नै विषाक्त हुँदैनन् र? यदि तैँले ती चलचित्रहरू नहेरेको भए के तँलाई त्यो विषले हानि पुर्‍याउन सक्थ्यो र? सक्थेन। मैले यसो भन्नुको अर्थ के हो? मैले के भन्न खोजेको हो भने, तँ दुष्ट समाजमा जिउँछस्, त्यसैले तँ सानो कदको हुँदा र तँमा समझको कमी हुँदा, तँमाथि दुष्ट प्रचलनका कुराहरू हाबी हुन सक्छन्, किनभने तैँले ती कुराहरूलाई सुरुमै सामना गरिस् र तिनलाई सकारात्मक, सामान्य र उचित कुराहरूको रूपमा व्यवहार गर्छस्। यो शैतानले मानिसहरूलाई विषाक्त पार्ने एउटा तरिका हो। मलाई भन्, के शैतान दुष्ट छैन र? शैतानसँग मानिसहरूलाई भ्रष्ट तुल्याउने थुप्रै तरिकाहरू छन्! यो भन्‍न सकिन्छ कि यसप्रकारका चलचित्र हेर्ने जोकोहीलाई यस्तै चाहना हुन्छ। एउटा केटो थियो जसले काल्पनिक चलचित्र हेऱ्यो र फुर्सद हुँदा जो झाडुमा सवार भएर आफ्नो आँगनमा दौडिन्थ्यो। सुरुमा, धेरै कोसिस गर्दा पनि, ऊ उड्न सकेन, तर ऊ एक दिन साँच्चै उड्न थाल्यो। ऊ आफै उडेको थिएन, एउटा बाहिरी शक्तिले उसलाई उडाइरहेको थियो। उड्न थालेपछि, ऊ चलचित्रको पात्रझैँ विचित्र रूपमा चिच्यायो। उसमा एक प्रकारको आत्मा प्रवेश गरेको थियो। के झाडुको सवारी सामान्य मानव जीवनको अंश हो त? तँ घोडा वा गधा चढ्न सक्छस्, तर झाडु चढेर किन उड्नुपऱ्यो? के यो सम्भव कुरा हो त? तैँले तुरुन्तै भन्न सक्छस्, यो सामान्य मानिसहरूले गर्ने कुरा होइन। झाडुहरू उड्न सक्दैनन्, तिनीहरू दुष्टात्माहरूको मद्दतले मात्र उड्न सक्छन्, त्यसैले यो शैतान र दुष्टात्माहरूको काम हो। शैतान र दुष्टात्माहरू आश्‍चर्यजनक, विचित्र र हास्यास्पद कामहरू गर्छन् जुन सामान्य मानिसहरूले गर्दैनन्। के तिमीहरूसँग शैतानले गर्ने कामहरूबारे अलिकति पनि समझ छ? ती कुराहरूप्रति तिमीहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? के तिमीहरुले ती कुराहरू त्याग्नुपर्दैन र? समय हुँदा तिमीहरूले आफैबारे मनन गर्नुपर्छ र आफ्नो मनभित्र के-के विचित्र कुराहरू बाँकी छन् भनेर जाँच गर्नुपर्छ। किन तिमीहरूको मनभित्र कैयौँ विचित्र कुराहरू हुन्छन्? किनभने तिमीहरूको पुस्ताका मानिसहरूलाई अत्यन्तै विषाक्त पारिएको छ—तिमीहरू सबैजना छतछतमा उफ्रन, स्पाइडरम्यान वा ब्याटम्यान बन्न, र अरूभन्दा उच्च प्राणी बन्न चाहन्छौ। यो सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने वा तिनीहरूले धारण गर्नुपर्ने कुरा होइन। यदि तँ सामान्य मानवता भएकाहरूलाई नचाहिने कुराहरू खोज्न जोड गर्छस् भने, र यदि निरन्तर रूपमा ती कुराहरू अनुभव गर्ने प्रयास गरिरहन्छस् भने, तैँले दुष्टात्माहरूको काम आकर्षित गर्न सक्छस्। मानिसहरूमा दुष्टात्माहरू चढ्दा तिनीहरू समस्यामा पर्छन्, अनि शैतानले तिनीहरूलाई बन्धक बनाउँछ, र त्यसपछि तिनीहरू खतरामा हुन्छन्। यो समस्या कसरी समाधान गर्न सकिन्छ? मानिसहरूले नियमित रूपमा परमेश्‍वरलाई पुकार्नुपर्छ। तिनीहरू शैतानको प्रलोभन वा बहकाउमा पर्नु हुँदैन। भुतपिशाच र अशुद्ध आत्माहरू कीरासरी र बेलगाम रहेको यो दुष्ट युगमा, यदि तँ उहाँको अनुग्रह र सुरक्षा सदा तँसँगै रहोस् भनी प्रार्थना गर्न सक्छस् भने, तेरो हृदय परमेश्‍वरबाट टाढा नजाओस् भनेर उहाँलाई तेरो हेरचाह र रक्षा गर्न अनुरोध गर्न सक्छस् भने, अनि इमानदारीसाथ र हृदयबाट उहाँको आराधना गर्न सक्षम हुन्छस् भने, के यो सही मार्ग होइन र? (हो।) र के तिमीहरू यो मार्ग हिँड्न इच्छुक छौ? के तिमीहरू सधैँ परमेश्‍वरको हेरचाह र सुरक्षा, अनि उहाँको अनुशासनमा जिउन इच्छुक छौ, कि आफ्नो स्वतन्त्र संसारमा जिउन चाहन्छौ? यदि परमेश्‍वरले तिमीहरूलाई अनुशासित गर्नुहुन्छ भने, यसले तिमीहरूलाई कहिलेकाहीँ अलिकति शारीरिक पीडा भोग्ने तुल्याउन सक्छ। के तिमीहरू त्यो भोग्न इच्छुक छौ? (छौँ।) तिमीहरू अहिले इच्छुक छौँ भन्छौ, तर यसको वास्तविकता सामना गर्दा गनगन गर्न थाल्न सक्छौ। दुःख भोग्न इच्छुक हुनु मात्र पर्याप्त हुँदैन, सत्यता पछ्याउने इच्छा पनि हुनुपर्छ। सत्यता बुझेपछि मात्रै तिमीहरू दृढ रहन सक्छौ। चिन्ताको कुरा के छ भने, केही युवावर्गहरू एकदमै अस्थिर छन्, तिनीहरू आफ्नो उचित कर्तव्यहरूप्रति ध्यान दिने वा मनमा सही कुराहरू राख्‍ने गर्दैनन्, र तिनीहरू परमेश्‍वरका वचनहरू पढ्न वा सत्यता पछ्याउन इच्छुक छैनन्—यो खतरनाक कुरा हो। तिनीहरूको परिणाम जीवन हुनेछ कि मृत्यु, भन्न गाह्रो छ। आज केही युवायुवतीहरू यस्ता पनि छन् जसले धेरै वर्षदेखि प्रवचन सुनेका छन्; तिनीहरूले सत्यतामा चासो लिन थालेका छन्, र प्रवचन सुन्दा नोट लिन इच्छुक हुन्छन्। तिनीहरू धार्मिकताप्रति एक प्रकारको भोक र तिर्खा महसुस गर्छन्, र सत्यता बुझ्न सक्षम छन्। यसको अर्थ तिनीहरूसँग पहिलादेखि नै जग छ, र सत्यताले तिनीहरूको हृदयमा जरा गाडेसम्म, तिनीहरू अझ बढी सुरक्षित हुनेछन्। यदि तिनीहरू सत्यता पछ्याइरहन्छन् भने, यसले तिनीहरू सत्यता बुझ्न, सत्यता वास्तविकतामा प्रवेश गर्न र मुक्ति प्राप्त गर्न सक्षम हुन्छन् भन्ने कुरा सुनिश्‍चित गर्नेछ।

के तिमीहरूलाई सबैभन्दा बुद्धिमानी कुरा के हो भन्ने थाहा छ? तिमीहरूको अहिलेको कदको आधारमा, के तिमीहरूलाई आफ्नो विश्‍वासमा के कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, अनि पछ्याउने र अभ्यास गर्नुपर्ने तरिकाको सन्दर्भमा सबैभन्दा बुद्धिमानी कुरा के हो भन्ने थाहा छ? कतिपय मानिसहरू बाहिरबाट धेरै दक्ष देखिँदैनन्, र सधैँ मौन र सङ्कोची रहन्छन्। तिनीहरू धेरै बोल्दैनन्, तर तिनीहरूको हृदयमा ठूलो बुद्धि हुन्छ जुन अरूमा हुँदैन। धेरैजसो मानिसहरूले त्यो देख्न सक्दैनन्, र देख्न सक्दा पनि, त्यो बुद्धि हो भनेर सोच्दैनन्। तिनीहरूले यो अनावश्यक कुरा हो र यसको कुनै मूल्य छैन भन्ने सोच्छन्। के तिमीहरू तिनीहरूको सबैभन्दा बुद्धिमानी कुरा के हो भनेर सोच्न सक्छौ? (परमेश्‍वरसामु सधैं शान्त हृदय धारण गर्नु, सधैं परमेश्‍वरलाई प्रार्थना गरिरहनु, र सधैं उहाँको नजिक गइरहनु।) तिमीहरूले सही जवाफमा अलिअलि छोयौ। परमेश्‍वरको नजिक हुनुको उद्देश्य के हो? (परमेश्‍वरका अभिप्रायहरू खोज्नु।) परमेश्‍वरका अभिप्रायहरू खोज्नुको उद्देश्य के हो? के यो उहाँमा भर पर्नको लागि हो? (हो।) यो परमेश्‍वरमा भर पर्नको लागि हो। यदि तँ सबै कुरामा परमेश्‍वरमा भर पर्छस् भने, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, अगुवाइ र मार्गदर्शन गर्नुहुनेछ। तैँले अन्धो मानिसजस्तै अँध्यारोमा बाटो छामछुम गर्नुपर्नेछैन, बस तैँले परमेश्‍वरको वचनअनुसार कार्य गर्न सक्छस्। के यो झन् सजिलो हुँदैन र? तैँले अबउप्रान्त डगमगाउनुपर्नेछैन, बस परमेश्‍वरले संकेत गर्नुभएअनुसार कार्य गर्न सक्छस्। यो सहज र द्रुत हुन्छ, र यसमा तैँले घुमाउरो बाटो लिएर आफैलाई थकाइरहनुपर्दैन। परमेश्‍वरले एकदमै स्पष्ट रूपमा आफ्ना वचनहरू बोल्नुभएको छ, त्यसैले तैँले कसरी व्यवहार गर्नुपर्छ भन्ने निर्णय गर्न चिन्ता लिनुपर्दैन। के यो बुद्धिमानी होइन र? के तैँले अब बुझिस्? म तिमीहरूलाई भन्छु: परमेश्‍वरतिर हेर्नु र सबै कुराहरूमा उहाँमाथि भर पर्नु नै सबैभन्दा बुद्धिमानी कुरा हो। सर्वसाधारण मानिसहरूले यसलाई चिन्दैनन्। सबै मानिसहरूले आफूले जति धेरै भेलाहरूमा सहभागिता जनायो, जति धेरै प्रवचनहरू सुन्यो, ब्रदर-सिस्टरहरूसँग जति धेरै सङ्गति गर्‍यो, जति धेरै त्याग गर्‍यो, जति धेरै कष्ट भोग्यो, र जति धेरै मूल्य चुकायो, तिनीहरूले त्यति नै परमेश्‍वरको अनुमोदन र मुक्ति प्राप्त गर्छन् भन्‍ने सोच्छन्। यसरी अभ्यास गर्नु नै सबैभन्‍दा बुद्धिमानी कुरा हो भन्‍ने तिनीहरूले सोच्छन्, तर तिनीहरूले सबैभन्‍दा ठूलो कुरा अर्थात् परमेश्‍वरको बाटो हेर्नु र उहाँको भरोसा गर्नुलाई बेवास्ता गर्छन्। तिनीहरूले सानातिना मानव चलाकीलाई बुद्धिको रूपमा हेर्छन्, तर तिनीहरूका कार्यहरूले हासिल गर्नुपर्ने सबैभन्दा ठूलो प्रभावलाई बेवास्ता गर्छन्। यो एउटा भूल हो। व्यक्तिले जति धेरै सत्यता बुझे पनि, व्यक्तिले जति नै धेरै कर्तव्य निर्वाह गरेको भए पनि, ती कर्तव्यहरू निर्वाह गर्ने क्रममा उसले जति धेरै अनुभव प्राप्त गरेको भए पनि, व्यक्तिको कद जति ठूलो वा सानो भए पनि, वा व्यक्ति जस्तोसुकै वातावरणमा भए पनि, व्यक्तिले परमेश्‍वरतर्फ नहेरी र उसले गर्ने सबै कुरामा उहाँमा भर नपरी केही पनि गर्न सक्दैन। यो सबैभन्दा बुद्धिमानी कुरा हो। म किन यसलाई सबैभन्दा बुद्धिमानी कुरा भन्छु त? यदि कसैले धेरै सत्यता बुझेको छ भने पनि, यदि उसले परमेश्‍वरमा भरोसा गर्दैन भने के त्यस कामद्वारा केही हुनेछ र? कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, र तिनीहरूले धेरै परीक्षा अनुभव गरेका हुन्छन्, तिनीहरूमा केही व्यावहारिक अनुभव हुन्छ, तिनीहरूले केही सत्यता बुझेका हुन्छन्, र तिनीहरूसँग सत्यताका केही व्यावहारिक ज्ञान हुन्छ, तर तिनीहरू परमेश्‍वरमा भर पर्न जान्दैनन्, न त तिनीहरूले कसरी उहाँतिर हेर्ने र उहाँमा कसरी भर पर्ने भन्‍ने नै जानेका हुन्छन्। के त्यस्ता मानिसहरूसँग बुद्धि हुन्छ? तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्, र आफैलाई बुद्धिमान् ठान्नेहरू हुन्; तिनीहरू परमेश्‍वरसित डराउँदैनन् र दुष्टतादेखि टाढा बस्दैनन्। कतिपय मानिसहरू भन्छन्, “मैले धेरै सत्यताहरू बुझेको छु र सत्यता वास्तविकता धारण गरेको छु। सिद्धान्तअनुसार काम गरे भइहाल्छ नि। म परमेश्‍वरप्रति बफादार छु, र उहाँको नजिक कसरी जानुपर्छ सो म जान्दछु। मेरो जीवनमा परिस्थितिहरू आइपर्दा मैले सत्यताको अभ्यास गर्नु नै पर्याप्त हुँदैन र? परमेश्‍वरलाई प्रार्थना गर्नु वा परमेश्‍वरको बाटो हेर्नु जरुरी छैन।” सत्यता अभ्यास गर्नु सही कुरा हो, तर त्यस्ता समय र परिस्थितिहरू धेरै हुन्छन् जहाँ मानिसहरूले कुन सत्यता वा के-कस्ता सत्यता सिद्धान्तहरूको कुरा छोइँदै छ भनी जान्दैनन्। व्यावहारिक अनुभव भएकाहरू सबैले यो जान्दछन्। उदाहरणको लागि, जब तैँले कुनै समस्याको सामना गर्छस्, त्यस बेला तँलाई त्यो समस्याले कुन सत्यतालाई छुन्छ वा सान्दर्भिक सत्यतालाई कसरी अभ्यास वा प्रयोग गर्नुपर्छ भन्‍ने थाहा नहुन सक्छ। यस्तो बेला तैँले के गर्नुपर्छ? तँसित व्यावहारिक अनुभव जति धेरै भए पनि, तैँले सबै परिस्थितिहरूमा सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनस्। तैँले जति धेरै समय परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तैँले जति धेरै कुराको अनुभव गरेको भए पनि, तैँले काटछाँट वा अनुशासनको जति धेरै अनुभव गरेको भए पनि, र तैँले सत्यतालाई बुझे पनि, के तैँले तँ नै सत्यता होस् भनेर भन्‍ने आँट गर्छस्? कतिपय मानिसहरू भन्छन्, “मलाई वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तकमा भएका प्रसिद्ध वाणीहरू र खण्डहरू सबै कण्ठ छ; मैले परमेश्‍वरमा भर पर्नु वा उहाँको बाटो हेर्नु आवश्यक छैन। जब समय आउँछ, म परमेश्‍वरका यी वचनहरूमा भर परेर नै सफल हुनेछु।” तैँले कण्ठ गरेका वचनहरू स्थिर छन्, तापनि तैँले सामना गर्ने वातावरणहरू साथै तेरा अवस्थाहरू गतिशील छन्। तैँले शब्‍द र सिद्धान्तहरू बोल्‍न सक्छस्, तर तेरो जीवनमा कुनै कुरा आइपर्दा तैँले त्यसबाट केही गर्न सक्दैनस्, जसले तैँले सत्यता बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। शब्द र सिद्धान्तहरू सुनाउन तँ जति नै सिपालु भए पनि, तैँले सत्यता बुझेको छस् भन्‍ने हुँदैन, तैँले सत्यताको अभ्यास गर्न सक्‍नु त परको कुरा हो। यसैले यहाँ सिक्नुपर्ने एउटा महत्त्वपूर्ण पाठ छ। अनि यो पाठ के हो त? त्यो यही हो कि मानिसहरूले सबै कुरामा परमेश्‍वरतर्फ फर्कर्नुपर्छ, र त्यसो गरेर तिनीहरूले परमेश्‍वरमाथिको निर्भरता हासिल गर्न सक्छन्। परमेश्‍वरको इच्‍छामा भरोसा गरेर मात्रै तिनीहरूले पछ्याउने मार्ग र पवित्र आत्‍माको काम प्राप्त गर्नेछन्। नत्र, तैँले केही कुरा सही रूपमा र सत्यताको उल्लङ्घन गरी गर्न सक्छस्, तर यदि तँ परमेश्‍वरमा भर पर्दैनस् भने, तेरा कार्यहरू केवल मानिसका असल कार्य मात्र हुन्छन् र ती कार्यहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍दैनन्। मानिसहरूमा सत्यताको त्यस्तो सतही बोध हुने भएकोले, विभिन्न परिस्थितिहरूको सामना गर्दा तिनीहरूले नियमहरू पालना गरिरहने र उही सत्यता प्रयोग गर्दै दृढतापूर्वक शब्द र सिद्धान्तहरूमै अल्झिरहने सम्‍भावना हुन्छ। तिनीहरूले सत्यता सिद्धान्तहरूसँग आम रूपमा मिल्‍ने गरी धेरै मामिलाहरू पूरा गर्न सक्छन्, तर त्यसमा परमेश्‍वरको मार्गनिर्देशन देख्न सकिँदैन, न त पवित्र आत्माको काम नै देख्न सकिन्छ। यहाँ एउटा गम्भीर समस्या छ, त्यो के हो भने, मानिसहरूले आफ्नो अनुभवमा र आफूले बुझेका नियमहरूमा र कुनै-कुनै मानवीय कल्पनाहरूमा भर परेर धेरै कुराहरू गर्छन्। परमेश्‍वरको निम्ति साँचो प्रार्थना हासिल गर्नु र तिनीहरूले गर्ने सबै कुरामा साँचो रूपमा परमेश्‍वरको बाटो हेर्नु र उहाँमा भर पर्नु कठिन हुन्छ। व्यक्तिले परमेश्‍वरका अभिप्रायहरू बुझे पनि, परमेश्‍वरको अगुवाइ र सत्यता सिद्धान्तहरूअनुसार काम गर्दा प्राप्त हुने प्रभाव हासिल गर्नु गाह्रो हुन्छ। यसैकारण म भन्छु कि सबैभन्दा बुद्धिमानी कुरा भनेको परमेश्‍वरतिर हेर्नु र सबै कुरामा उहाँमाथि भर पर्नु हो।

मानिसहरूले सबै कुरामा परमेश्‍वरतिर हेर्ने र उहाँमा निर्भर हुने अभ्यास कसरी गर्न सक्छन्? कतिपय मानिसहरू भन्छन्, “म जवान छु, मेरो कद सानो छ, र मैले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै समय भएको छैन। कुनै कुरा आइपर्दा परमेश्‍वरलाई हेर्ने र उहाँमा भरोसा गर्ने अभ्यास कसरी गर्ने मलाई थाहा छैन।” के यो समस्या हो? परमेश्‍वरमा विश्‍वास गर्दा सामना गर्नुपर्ने धेरै कठिनाइहरू छन्, र तैँले धेरै संकष्ट, परीक्षा, र पीडाहरू सामना गर्नुपर्ने हुन्छ। यी सबै कुराको लागि कठिनाइपूर्ण समयबाट पार पाउन परमेश्‍वरको बाटो हेर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको बाटो हेर्ने र उहाँमा भरोसा गर्ने अभ्यास गर्न सक्दैनस् भने, तैँले कठिनाइहरूबाट पार पाउन सक्‍नेछैनस्, र तैँले परमेश्‍वरलाई पछ्याउन सक्‍नेछैनस्। परमेश्‍वरको बाटो हेर्नु अनि उहाँमा भरोसा गर्नु खोक्रो सिद्धान्त होइन, न त यो परमेश्‍वरमा विश्‍वास गर्ने मन्त्र नै हो। बरु, यो त महत्त्वपूर्ण सत्यता हो, परमेश्‍वरमा विश्‍वास गर्न र पछ्याउनको लागि तँमा हुनैपर्ने सत्यता हो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरको बाटो हेर्ने र उहाँमा भरोसा गर्ने कुरा ठूलो घटना घट्दा मात्र लागू हुन्छ। उदाहरणको लागि, संकष्ट, परीक्षा, पक्राउ, र सतावट सामना गर्दा, वा कर्तव्यमा कठिनाइहरू झेल्दा, वा काटछाँट गरिँदा मात्रै परमेश्‍वरको बाटो हेर्नु र परमेश्‍वरमा भर पार्नुपर्छ। व्यक्तिगत जीवनका सानातिना कुराहरूका हकमा परमेश्‍वरको बाटो हेर्नु र परमेश्‍वरमा भर पर्नु जरुरी हुँदैन, किनभने परमेश्‍वरले ती कुरालाई वास्ता गर्नुहुन्‍न।” के यो अभिव्यक्ति सही छ? अवश्य छैन। यहाँ विचलन छ। ठूलाठूला मामलाहरूमा परमेश्‍वरको बाटो हेर्नु अत्यावश्यक हुन्छ, तर के तैँले सिद्धान्तहरूविना जीवनका नगन्य र सानातिना कुराहरूलाई सामना गर्न सक्छस्? लुगा लगाउने र खाना खानेजस्ता मामलाहरूमा, के तैँले सिद्धान्तहरूविना काम गर्न सक्छस्? अवश्य सक्दैनस्। के मानिसहरू र मामलाहरूलाई सामना गर्दा यो विना काम गर्न सक्छस्? अवश्य सक्दैनस्। दैनिक जीवन र नगन्य मामलाहरूमा समेत, मानव स्वरूपमा जिउनको लागि तँमा कम्तीमा पनि सिद्धान्तहरू हुनुपर्छ। सिद्धान्तहरू संलग्‍न हुने समस्याहरू सत्यतासँग सम्‍बन्धित समस्याहरू हुन्। के मानिसहरूले ती समस्याहरू आफै समाधान गर्न सक्छन्? अवश्‍य सक्दैनन्। त्यसकारण, तैँले परमेश्‍वरको बाटो हेर्नु र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। तैँले परमेश्‍वरको अन्तर्दृष्टि पाएपछि र सत्यता बुझेपछि मात्र यी सानातिना समस्याहरू समाधान गर्न सक्छस्। यदि तिमीहरूले परमेश्‍वरको बाटो हेरेनौ र परमेश्‍वरमा भरोसा गरेनौ भने, के तिमीहरूलाई सिद्धान्तहरूसँग सम्‍बन्धित यी समस्याहरू समाधान गर्न सकिन्छ जस्तो लाग्छ? सहजै त अवश्य सकिँदैन। के भन्‍न सकिन्छ भने मानिसहरूले स्पष्‍ट रूपमा देख्‍न नसक्‍ने र मानिसहरूले सत्यताको खोजी गर्नुपर्ने सबै कुरामा तिनीहरूले परमेश्‍वरको बाटो हेर्नु र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। सत्यताद्वारा समाधान गर्नुपर्ने कुनै पनि समस्या जति ठूलो होस् या सानो, त्यसको लागि परमेश्‍वरको बाटो हेर्नुपर्छ र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। यो अत्यावश्यक छ। मानिसहरूले सत्यता बुझे पनि र आफै समस्याहरू समाधान गर्न सके पनि, यी बुझाइ र समाधानहरू सीमित र सतही मात्र हुन्छन्। यदि मानिसहरूले परमेश्‍वरको बाटो हेर्दैनन् र परमेश्‍वरमा भरोसा गर्दैनन् भने, तिनीहरूको प्रवेश कहिल्यै पनि गहन हुन सक्दैन। उदाहरणको लागि, यदि तँ आज बिरामी छस्, र यसले तेरो कर्तव्यपालनमा असर गर्छ भने, तैँले यस विषयमा प्रार्थना गर्दै यसो भन्‍नुपर्छ, “हे परमेश्‍वर, आज मलाई सन्चो छैन, मलाई खान मन हुँदैन, र यसले मेरो कर्तव्यपालनमा असर गरिरहेको छ। मैले आफूलाई जाँच्‍नुपर्छ। म बिरामी हुनुको वास्तविक कारण के हो? के म आफ्‍नो कर्तव्यमा बफादार नभएकोले परमेश्‍वरले मलाई अनुशासनमा राखिरहनुभएको हो? हे परमेश्‍वर, बिन्ती छ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” तैँले यसरी पुकार्नैपर्छ। परमेश्‍वरको बाटो हेर्नु भनेको यही हो। तैपनि, जब तैँले परमेश्‍वरको बाटो हेर्छस्, तब तैँले औपचारिकता र नियमहरू मात्रै पछ्याउने गर्नु हुँदैन। समस्याहरू समाधान गर्न तैँले सत्यता खोजी गर्दैनस् भने, तैँले कामकुरामा ढिलाइ गराउनेछस्। परमेश्‍वरलाई प्रार्थना गरेपछि र परमेश्‍वरको बाटो हेरेपछि पनि तैँले बिनाकुनै ढिलाइ आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्दै आफ्‍नो जीवन जसरी जिउनुपर्ने हो त्यसरी जिउनुपर्छ। यदि तँ बिरामी छस् भने, तैँले डाक्टरलाई भेट्नुपर्छ, र यो उचित कुरा हो। यसको साथै, तैँले प्रार्थना गर्नुपर्छ, आफ्‍नो बारेमा मनन गर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी अभ्यास गर्नु मात्रै पूर्ण रूपमा उचित हुन्छ। कतिपय कुराहरूका हकमा, यदि मानिसहरूलाई ती काम उचित रूपमा कसरी गर्ने भन्‍ने थाहा छ भने, तिनीहरूले ती काम गर्नुपर्छ। मानिसहरूले यसरी नै सहकार्य गर्नुपर्छ। तैपनि, यी मामलाहरूमा चाहेको प्रभाव र उद्देश्य पूर्ण रूपमा हासिल गर्न सकिन्छ कि सकिँदैन भन्‍ने कुरा परमेश्‍वरको बाटो हेर्ने र उहाँमा भरोसा गर्ने कार्यमा निर्भर हुन्छ। मानिसहरूले स्पष्ट रूपमा देख्‍न नसक्‍ने र तिनीहरू आफैले सम्‍हाल्‍न नसक्‍ने समस्याहरूका हकमा, तिनीहरूले तिनलाई समाधान गर्न अझै बढी परमेश्‍वरको बाटो हेर्नुपर्छ र सत्यताको खोजी गर्नुपर्छ। यस्तो गर्नसक्‍ने क्षमता नै सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुरा हो। परमेश्‍वरको बाटो हेर्दा सिक्‍नुपर्ने पाठहरू धेरै छन्। परमेश्‍वरको बाटो हेर्ने प्रक्रियामा, तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गर्न सक्छस्, र तँसित मार्ग हुनेछ, वा यदि परमेश्‍वरको वचन तँकहाँ आयो भने, कसरी सहकार्य गर्ने भन्‍ने तँलाई थाहा हुनेछ, वा सायद परमेश्‍वरले तँलाई पाठहरू सिकाउन केही परिस्थितिहरू बन्दोबस्त गर्नुहुनेछ, अनि यी कुरामा परमेश्‍वरका असल इच्‍छाहरू हुन्छन्। परमेश्‍वरको बाटो हेर्ने प्रक्रियामा, तैँले परमेश्‍वरको मार्गदर्शन र अगुवाइ देख्‍नेछस्, र यी कुराहरूले तँलाई धेरै पाठहरू सिक्‍न र परमेश्‍वरबारे अझै राम्ररी बुझ्‍न सहयोग गर्नेछन्। परमेश्‍वरको बाटो हेरेर हासिल गरिने प्रभाव यही हो। त्यसकारण, परमेश्‍वरको बाटो हेर्नु भनेको परमेश्‍वरलाई पछ्याउने मानिसहरूले प्राय सिक्‍नुपर्ने पाठ हो, र यो तिनीहरूले आफ्‍नो जीवनकालमा अनुभव गरेर कहिल्यै नसकिने कुरा हो। अत्यन्तै सतही अनुभव भएका धेरै मानिसहरू छन् र तिनीहरूले परमेश्‍वरका कार्यहरू देख्‍न सक्दैनन्, त्यसकारण तिनीहरू सोच्छन्, “म आफैले गर्न सक्‍ने सानातिना कुराहरू धेरै छन् र ती काममा मैले परमेश्‍वरको बाटो हेर्नु पर्दैन।” यो गलत कुरा हो। कतिपय सानातिना कुराहरूले ठूला कुराहरू निम्त्याउँछन्, र कतिपय सानातिना कुरामा परमेश्‍वरका अभिप्रायहरू लुकेका हुन्छन्। धेरै मानिसहरूले सानातिना कुराहरू बेवास्ता गर्छन्, र परिणामस्वरूप, यिनै सानातिना कुराहरूको कारण तिनीहरूलाई ठूलो बाधा पुगेको हुन्छ। सानोठूलो दुवै कुरामा साँचो रूपमा परमेश्‍वरको डर मान्‍ने हृदय भएकाहरूले परमेश्‍वरको बाटो हेर्छन्, परमेश्‍वरलाई प्रार्थना गर्छन्, सबै कुरा परमेश्‍वरलाई सुम्पन्छन्, त्यसपछि तिनीहरूलाई परमेश्‍वरले कसरी अगुवाइ र मार्गदर्शन गर्नुहुन्छ त्यो हेर्छन्। यस्तो अनुभव प्राप्त गरेपछि, तैँले सबै कुरामा परमेश्‍वरको बाटो हेर्न सक्छस्, र तैँले यसको जति धेरै अनुभव गर्छस्, तँलाई त्यति नै बढी सबै कुरामा परमेश्‍वरको बाटो हेर्नु अत्यन्तै व्यावहारिक हुन्छ भन्‍ने लाग्छ। कुनै मामलामा जब तैँले परमेश्‍वरको बाटो हेर्छस्, तब सायद परमेश्‍वरले तँलाई भावना, स्पष्ट अर्थ, अथवा स्पष्ट निर्देशनहरू नदिन सक्‍नुहुन्छ, तर उहाँले तँलाई यस मामलासँग एकदमै मिल्ने सान्दर्भिक विचार बुझ्‍न सहयोग गर्नुहुनेछ, अनि यसरी परमेश्‍वरले तँलाई फरक तरिकाले अगुवाइ गरिरहनुभएको र तँलाई मार्ग दिइरहनुभएको हुन्छ। यदि तैँले यो कुरा अनुभूति गर्न र बुझ्‍न सक्छस् भने, तँलाई फाइदा हुनेछ। तैँले तुरुन्तै केही पनि बुझ्‍न सक्दैनस् होला, तर तैँले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहनुपर्छ र उहाँको बाटो हेरिरहनुपर्छ। यसो गर्नु गलत होइन, र ढिलोचाँडो तैँले अन्तर्दृष्टि पाउनेछस्। यसरी अभ्यास गर्नु भनेको नियमहरूको पालना गर्नु होइन। बरु, यो त आत्माका खाँचोहरू पूरा गर्नु हो, र मानिसहरूले यसरी नै अभ्यास गर्नुपर्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गर्दा र उहाँको बाटो हेर्दा हरेकपटक नै अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त नगर्न पनि सक्छस्, तर मानिसहरूले यसरी अभ्यास गर्नैपर्छ, अनि यदि तिनीहरूले सत्यता बुझ्‍न चाहन्छन् भने, तिनीहरूले यसरी नै अभ्यास गर्नुपर्छ। यो जीवन र आत्माको सामान्य स्थिति हो, र यसरी मात्रै मानिसहरूले परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सक्छन्, र त्यसरी तिनीहरूको हृदय परमेश्‍वरको नजिक हुन्छ। त्यसकारण के भन्‍न सकिन्छ भने परमेश्‍वरको बाटो हेर्नु भनेको मानिसहरूले हृदयमा परमेश्‍वरसँग गर्ने सामान्य अन्तरक्रिया हो। तैँले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सके पनि नसके पनि, तैँले सबै कुरामा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँको बाटो हेर्नुपर्छ। यो परमेश्‍वरको अघि जिउने अपरिहार्य तरिका पनि हो। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन्, तब तिनीहरूमा सधैँ परमेश्‍वरको बाटो हेर्ने मनस्थिति हुनुपर्छ। सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने मनस्थिति यही हो। कहिलेकाहीँ, परमेश्‍वरलाई हेर्नुको अर्थ निश्‍चित शब्दहरूको प्रयोग गरी परमेश्‍वरलाई केही गर्न अनुरोध गर्नु, वा उहाँलाई निश्‍चित अगुवाइ वा सुरक्षाको लागि अनुरोध गर्नु भन्‍ने हुँदैन। बरु, यसको अर्थ के हुन्छ भने जब मानिसहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले उहाँलाई इमानदारिताका साथ पुकार्न सक्छन्। त्यसो भए, मानिसहरूले उहाँलाई पुकार्दा परमेश्‍वरले त्यहाँ के गरिरहनुभएको हुन्छ त? जब कसैको हृदय उत्तेजित हुन्छ र तिनीहरूमा यस्तो विचार आउँछ: “हे परमेश्‍वर, म यो एक्लै गर्न सक्दिन, यो कसरी गर्ने मलाई थाहा छैन, र म कमजोर र नकारात्मक महसुस गर्छु…,” जब तिनीहरूमा यस्तो विचार उत्पन्न हुन्छ, के परमेश्‍वरलाई यसको बारेमा थाहा हुँदैन र? जब मानिसहरूमा यस्तो विचारहरू उत्पन्न हुन्छ, के तिनीहरूको हृदय इमानदार हुन्छ त? जब तिनीहरूले परमेश्‍वरलाई यसरी इमानदारिताका साथ पुकार्छन्, के परमेश्‍वर तिनीहरूलाई सहयोग गर्न ओर्लनुहुन्छ त? तिनीहरूले कुनै शब्‍द नबोलेको हुनसक्‍ने भए पनि, तिनीहरूले इमानदारिता देखाउँछन्, त्यसकारण तिनीहरूलाई सहायता गर्न परमेश्‍वर ओर्लनुहुन्छ। जब कसैले विशेष रूपमा कठिन समस्याको सामना गर्छ, जब तिनीहरूले शरण लिने कोही हुँदैन, र जब तिनीहरूले खास रूपमा विवश भएको महसुस गर्छन्, तिनीहरूले आफ्नो एउटै आशा परमेश्‍वरमा राख्छन्। तिनीहरूको प्रार्थना कस्तो हुन्छ? तिनीहरूको मनस्थिति कस्तो हुन्छ? के तिनीहरू इमानदार हुन्छन्? त्यो बेला कुनै अपमिश्रण भएको हुन्छ? अन्तिम आशा उहाँ मात्रै हुनुहुन्छ, अनि उहाँले तँलाई सहयोग गर्नुहुनेछ भनेर आशा गर्दै तैँले परमेश्‍वरमा भरोसा गरिस् भने मात्रै, तेरो हृदय इमानदार हुन्छ। तैँले त्यति धेरै कुरा नबताएको हुनसक्‍ने भए तापनि, तेरो हृदय पहिले नै उत्साहित भइसकेको हुन्छ। अर्थात्, तैँले तेरो इमानदार हृदय परमेश्‍वरलाई दिन्छस्, र परमेश्‍वरले तेरो कुरा सुन्‍नुहुन्छ। जब परमेश्‍वरले सुन्‍नुहुन्छ, उहाँले तेरा कठिनाइहरूलाई देख्‍नुहुनेछ, र उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तँलाई अगुवाइ गर्नुहुनेछ, र तँलाई सहयोग गर्नुहुनेछ। मानिसको हृदय कहिले सबैभन्दा इमानदार हुन्छ? उम्‍कने कुनै उपाय नहुँदा जब मानिसले परमेश्‍वरको बाटो हेर्छ तब यो सबैभन्दा बढी इमानदार हुन्छ। परमेश्‍वरको बाटो हेर्दा व्यक्तिमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा इमानदार हृदय हो। तँ साँचो रूपमा परमेश्‍वरको खाँचो पर्ने स्थितिमा हुनुपर्छ। भन्‍नुको अर्थ, मानिसहरूको हृदय कम्तीमा पनि इमानदार हुनुपर्छ, झाराटारुवा हुनु हुँदैन; तिनीहरूले मुख मात्र चलाउने, हृदय नचलाउने गर्नु हुँदैन। यदि तँ परमेश्‍वरसँग लटरपटर गर्दै जसोतसो कुराकानी त गर्छस्, तर तेरो हृदयमा स्पर्श भएको छैन भने, तैँले “मैले आफ्ना योजनाहरू बनाइसकेको छु, र परमेश्‍वर, म तपाईंलाई जानकारी मात्रै दिँदै छु। तपाईं सहमत भए पनि नभए पनि म ती लागू गर्ने नै छु। म अल्याङटल्याङ मात्रै गरिरहेको छु” भनेर भनिरहेको हुन्छस् भने, यो समस्या हो। तैँले परमेश्‍वरलाई धोका दिइरहेको र उहाँसँग खेल खेलिरहेको हुन्छस्, र यो परमेश्‍वरप्रतिको अनादरको अभिव्यक्ति हो। यसपछि परमेश्‍वरले तँलाई कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहुनेछ र पन्छाउनुहुनेछ, र तँ पूर्ण रूपमा अपमानित हुनेछस्। यदि तैँले सक्रिय रूपमा परमेश्‍वरको खोजी गर्दैनस् र सत्यता सम्बन्धमा प्रयास गर्दैनस् भने, तँलाई हटाइनेछ।

परमेश्‍वरमा विश्‍वास गर्ने अधिकांश मानिसहरू यो स्थितिमा हुन्छन्। धेरैजसो समय तिनीहरू सोचहीन र अचेतन अवस्थामा जिउँछन्, र केही असामान्य कुरा नहुँदा, र तिनीहरू कुनै ठूलो कठिनाइमा नपर्दा, परमेश्‍वरलाई प्रार्थना गर्न वा उहाँमा भर पर्न जान्दैनन्; तिनीहरू नियमित समस्याहरू सामना गर्दा सत्यता खोज्दैनन्, बरु आफ्नै ज्ञान, धर्मसिद्धान्त र झुकावअनुसार जिउँछन्। तिनीहरूलाई परमेश्‍वरमा भर पर्नु सही कुरा हो भन्‍ने थाहा हुन्छ, तर धेरैजसो समय तिनीहरू आफैमाथि भर पर्ने र आफ्नो वरपरको फाइदाजनक परिस्थितिहरू र वातावरणको साथसाथै आफूलाई फाइदा हुने कुनै पनि व्यक्ति, घटना र वस्तुहरूमा भर पर्ने गर्छन्। मानिसहरू यही कुरामा उत्तम हुन्छन्। तिनीहरू परमेश्‍वरमा भर पर्ने र नजर उठाएर उहाँलाई हेर्ने काममा सबैभन्दा नराम्रा हुन्छन्, किनकि तिनीहरूलाई नजर उठाएर परमेश्‍वरलाई हेर्ने काम दिक्‍कलाग्दो लाग्छ, परमेश्‍वरलाई जति प्रार्थना गरे पनि, कुनै अन्तर्दृष्टि, ज्योति वा तात्कालिक जवाफ मिल्दैन भन्ने महसुस गर्छन्; त्यसैले तिनीहरू यो कष्टमा नपर्ने, बरु समस्या हल गर्ने मान्छे खोज्‍न जाने निर्णय गर्छन्। यसैले, तिनीहरूका पाठहरूको यस पक्षमा, मानिसहरूले सबैभन्दा खराब प्रदर्शन गर्दछन्, र त्यसमा तिनीहरूको प्रवेश सबैभन्दा सतही हुन्छ। यदि तँ नजर उठाएर परमेश्‍वरलाई हेर्न र उहाँमा भरोसा गर्न सिक्दैनस् भने, परमेश्‍वरले तँभित्र काम गर्नुभएको, तँलाई डोऱ्याउनुभएको वा तँलाई ज्ञान दिनुभएको तैँले कहिल्यै पनि देख्‍नेछैनस्। यदि तैँले यी कुराहरू देख्‍न सक्दैनस् भने, “परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न र उहाँले मानवजातिको जीवनमा सबै कुरा निर्देशित गर्नुहुन्छ कि हुन्‍न” भन्‍ने कुरा तेरो हृदयको गहिराइमा एक पूर्णविराम वा विस्मयादिबोधक चिन्हभन्दा पनि प्रश्‍नचिन्हसँग अन्त्य हुनेछ। “के परमेश्‍वरले मानवजातिको जीवनका सबै कुरालाई अगुवाइ गर्नुहुन्छ?” “के परमेश्‍वरले मानिसको हृदयको गहिराइभित्र सूक्ष्म जाँच गर्नुहुन्छ?” यदि तँ यस्तो सोच्छस् भने, तँ समस्यामा छस्। तँ कुन कारणले यी कुरालाई प्रश्‍न बनाउँछस्? यदि तँ साँच्‍चै परमेश्‍वरमा भरोसा गर्दैनस् वा नजर उठाएर उहाँलाई हेर्दैनस् भने तैँले उहाँप्रति साँचो विश्‍वास उत्पन्‍न गर्न सक्‍नेछैनस्। यदि तैँले उहाँप्रति साँचो विश्‍वास उत्पन्‍न गर्न सक्दैनस् भने, तेरो निम्ति परमेश्‍वरले गर्नुहुने सबै कुराहरूको साथमा सधैंभरि ती प्रश्‍न चिह्नहरू हुनेछन्, र त्यहाँ कुनै पूर्णविराम हुनेछैन। तिमीहरू व्यस्त नहुँदा, आफैलाई सोध: “‘म विश्‍वास गर्छु, परमेश्‍वर सबैथोकमाथि सार्वभौम हुनुहुन्छ’—तर त्यसपछि प्रश्‍नचिन्ह छ कि पूर्णविराम छ, कि विस्मयादिबोधक चिन्ह छ?” यसबारे सोच्दा, तिमीहरू केही समयको लागि, ठ्याक्कै कुन स्थितिमा छौ भनेर भन्न सक्षम हुनेछैनौ। केही अनुभव प्राप्त गरिसकेपछि भने, तिमीहरूले परिस्थितिहरू स्पष्टसित देख्न र निश्‍चयसाथ भन्न सक्षम हुनेछौ: “परमेश्‍वर वास्तवमा सबैथोकमाथि सार्वभौम हुनुहुन्छ!!!” यसको पछाडि तीनवटा विस्मयादिबोधक चिन्हहरू हुनेछन्, किनभने तिमीहरूसँग निस्सन्देह नै परमेश्‍वरको सार्वभौमिकताबारे साँच्चै ज्ञान हुनेछ। तिमीहरू यीमध्ये कुन स्थितिमा छौ? तिमीहरूको हालको स्थिति र कद हेर्दा, यो स्पष्ट हुन्छ कि त्यहाँ प्राय: प्रश्‍नचिन्हहरू नै छन्, र ती निकै धेरै नै छन्। यसले तिमीहरू कुनै पनि सत्यता बुझ्दैनौ, र तिमीहरूको हृदयमा अझै पनि शङ्काहरू छन् भन्ने संकेत गर्छ। जब मानिसहरूमा परमेश्‍वरबारे एकदमै धेरै शङ्का हुन्छ, तिनीहरू खतराको मुखमा परिसकेका हुन्छन्। तिनीहरूले कुनै पनि बेला पतित भई परमेश्‍वरलाई धोका दिने सम्भावना हुन्छ। अनि, म किन मानिसहरू कदमा साना छन् भन्छु? व्यक्तिको कदको आकार के कुराको आधारमा निर्धारित गरिन्छ? त्यो तिमीहरूमा परमेश्‍वरमाथिको साँचो विश्‍वास र वास्तविक ज्ञान कति छ भन्ने आधारमा निर्धारित गरिन्छ। अनि, तिमीहरूसँग त्यो कति छ? के तिमीहरूले यी कुराहरू पहिला जाँचेका छौ? धेरै युवायवतीहरू यस्ता छन् जो आफ्ना आमाबुबामार्फत परमेश्‍वरमा विश्‍वास गर्न आइपुगेका छन्। तिनीहरूले आफ्ना आमाबुबाबाट परमेश्‍वरमाथिको विश्‍वासबारे केही धर्मसिद्धान्तहरू सिकेका छन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो, सकारात्मक कुरा हो भन्ने सोच्छन्, तर तिनीहरूले अझै पनि परमेश्‍वरका विश्‍वासीहरूले बुझ्नुपर्ने सत्यताहरू वास्तवमै बुझ्न, वा अनुभव र प्रमाणित गर्न बाँकी नै छ। त्यसैले, तिनीहरूसँग कैयौँ प्रश्‍नचिन्ह र धारणाहरू छन्। तिनीहरूको मुखबाट प्रायजसो निस्कने शब्दहरू स्वीकारात्मक वा विस्मयादिबोधक हुँदैनन्, बरु प्रश्‍नहरू हुन्छन्। यस्तो किन हुन्छ भने तिनीहरूमा धेरै कमीकमजोरीहरू छन्, र तिनीहरूले स्पष्टसित कुरा बुझ्न सक्दैनन्, र तिनीहरू दृढ रहन सक्षम हुनेछन् कि छैनन् त्यो भन्न गाह्रो छ। बीस वा तीसको तिमीहरूसँग धेरै प्रश्‍नचिन्हहरू हुनु सामान्य कुरा हो, तर केही समय आफ्नो कर्तव्य निभाइसकेपछि तिमीहरूले यीमध्ये कति प्रश्‍नचिन्हहरू मेटाउन सक्नेछौ? के तिमीहरू यी प्रश्‍नचिन्हहरूलाई विस्मयादिबोधकमा परिवर्तन गर्न सक्षम हुनेछौ? यो तिमीहरूको अनुभवमा निर्भर हुनेछ। यो महत्त्वपूर्ण छ कि छैन? (यो महत्त्वपूर्ण छ।) यो अत्यन्तै महत्त्वपूर्ण छ! मैले भर्खरै केचाहिँ सबैभन्दा बुद्धिमानी कुरा हो भनेर भनेँ? (परमेश्‍वरतर्फ हेर्नु र सबैकुरामा उहाँमा भर पर्नु।) यो सुन्दा, केही मानिसहरू यसो भन्छन्: “यो जवाफ एकदमै सरल र अति साधारण छ। यो खुइले कुरा हो, र आजकल कसैले पनि यसो भन्दैन।” परमेश्‍वरतर्फ हेर्नु भनेको अभ्यास गर्ने सामान्य तरिका हो जस्तो लाग्न सक्छ, तर यो एउटा पाठ हो जसबारे परमेश्‍वरका हरेक अनुयायीले आफ्नो जीवनकालमा अध्ययन र प्रवेश हासिल गर्नुपर्छ। के अय्यूबले ७० वर्ष कटेपछि परमेश्‍वरतर्फ हेरेको थिएन र? (थियो।) अनि उसले परमेश्‍वरतर्फ कसरी हेऱ्यो? उसको परमेश्‍वरतर्फ हेर्ने खास प्रकटीकरणहरू के-के थिए? जब उसको सम्पत्ति र छोराछोरीहरू ऊबाट खोसिए, उसले परमेश्‍वरतर्फ कसरी हेऱ्यो? उसले आफ्नो हृदयभित्र प्रार्थना गर्‍यो, अनि बाहिरी रूपमा केही कार्यहरू गऱ्यो, र यसबारे बाइबलमा के लेखिएको छ? (“त्यसपछि अय्यूबले … आफ्नो खास्टो च्याते, र आफ्नो कपाल खौरिए, र भुइँमा लम्पसार परे र आराधना गरे” (अय्यूब १:२०)।) ऊ भुइँमा लम्पसार पऱ्यो र उसले आराधना गऱ्यो। त्यो परमेश्‍वरतर्फ हेर्ने एक प्रकटीकरण हो! त्यो अविश्‍वसनीय भक्ति थियो। के यो तिमीहरूले गर्न सक्ने कुरा हो? (हामी अझै यस्तो गर्न सक्षम छैनौँ।) त्यसोभए के तिमीहरू यस्तो गर्न इच्छुक छौ? (छौँ।) यदि कोही अय्यूबको स्तरमा उठ्न सक्छ भने, परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट टाढा रहन, र एक निर्दोष व्यक्ति बन्न सक्छ भने, त्यस्ता व्यक्तिहरू सिद्ध छन्! तर तिमीहरूले आफ्नो कर्तव्य निभाउँदै गर्दा, तिमीहरूसँग कठिनाइ सहने इच्छा हुनुपर्छ। तिमीहरूले सत्यता पछ्याइरहनुपर्छ। तिमीहरू सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न सक्षम भएपछि, तिमीहरूले परमेश्‍वरको मापदण्डहरू पूरा गरेका हुनेछौ। तिमीहरूले बस यो कुरा याद राखिराख्नुपर्छ।

जनवरी १, २०१५

अघिल्लो: ख्रीष्टको सार प्रेम हो

अर्को: हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्