303 ख्रीष्टलाई पछ्याउनु परमेश्‍वरद्वारा पूर्वनिर्धारित छ

पद १

जब हामी संकष्ट, जाँच सामना गर्छौँ,

साँच्चै परमेश्‍वरद्वारा आशिषित छौँ।

उहाँ भन्नुहुन्छ, हिँड्ने बाटो अप्ठ्यारो भएमा,

त्यसले हाम्रो प्रेम अझ धेरै देखाउँछ।

उहाँद्वारा निर्धारित बाटोमा हिँड्छौँ।

आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउनु सर्वोत्तम आशिष् हो।


कोरस

उहाँद्वारा पूर्वनिर्धारित छ कि

हामी ख्रीष्टलाई पछ्याऔँ, जाँच, संकष्ट सहौँ।

उहाँलाई प्रेम गर्छौँ भने,

उहाँको सार्वभौमिकता र योजना पालन गर्नुपर्छ।


पद २

जाँच र संकष्टका दुःख सहन्छु;

उहाँका वचनको न्याय महसुस गर्छु, तैपनि तिनले सान्त्वना ल्याउँछन्,

मैले उहाँको प्रेम र आशिष् देखेको छु।

उहाँको उपस्थितिको आनन्द लिन्छु, शान्ति पाउँछु।

उहाँका वचनबाट विश्‍वास पाउँछु,

त्यसैले साक्षीमा दृढ खडा हुन सक्छु।


कोरस

उहाँद्वारा पूर्वनिर्धारित छ कि

हामी ख्रीष्टलाई पछ्याऔँ, जाँच, संकष्ट सहौँ।

उहाँलाई प्रेम गर्छौँ भने,

उहाँको सार्वभौमिकता र योजना पालन गर्नुपर्छ।


पद ३

खतराको बेला, जब शान्त भई मृत्यु सामना गर्छु,

उहाँका हात देख्छु; सधैँ मेरो साथमा हुनुहुन्छ।

मेरो बल उहाँका वचनबाट आउँछ;

आजसम्म तिनले मलाई वफादार राखेका छन्।

निकै प्रेमिलो ख्रीष्ट; मेरो परमेश्‍वर हुनुहुन्छ।

मानिसलाई मुक्ति दिन निकै कष्ट भोग्नुहुन्छ।


ब्रिज

मानव भएकोले, जीवन उहाँको लागि जिउनुपर्छ।

उहाँलाई प्रेम गर्ने, उहाँको साक्षी दिने—

मैले लिनुपर्ने मार्ग यही हो।

उहाँलाई प्रेम गर्ने पछ्याइमा,

कुनै पनि कष्ट सार्थक छ।

ख्रीष्टलाई पछ्याउँदै जाँदा परमेश्‍वर सामु पुग्छु।

ख्रीष्ट व्यावहारिक परमेश्‍वर र सत्य हुनुहुन्छ।

म उहाँको साक्षी दिनेछु र सदैव प्रेम गर्नेछु।


कोरस

उहाँद्वारा पूर्वनिर्धारित छ कि

हामी ख्रीष्टलाई पछ्याऔँ, जाँच, संकष्ट सहौँ।

उहाँलाई प्रेम गर्छौँ भने,

उहाँको सार्वभौमिकता र योजना पालन गर्नुपर्छ।

अघिल्लो: 301 तपाईँ सधैँ मेरो हृदयमा रहनुहोस्

अर्को: 304 म केवल सत्यता प्राप्त गर्न चाहन्छु र अब पतित हुनेछैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्