130 हरेक युगमा परमेश्वरको काम फरक हुन्छ
शुरुवात
आखिरी दिनहरूमा परमेश्वरले
मुख्यत: “वचन देह बन्नुहुन्छ”
भन्ने तथ्य पूरा गर्नुहुन्छ।
पद १
पृथ्वीमा उहाँको वास्तविक कामद्वारा
मानिसलाई, उहाँलाई चिन्ने,
उहाँसँग संलग्न हुने र
उहाँको वास्तविक कामहरू देख्ने तुल्याउनुहुन्छ।
मानिसलाई स्पष्ट देखाउनुहुन्छ कि उहाँ
कहिलेकाहीँ चिन्ह र चमत्कार प्रदर्शन
गर्नुहुन्छ भने कहिलेकाहीँ गर्नुहुन्न,
यो युगमा भर पर्छ।
यसले देखाउँछ कि उहाँ चिन्ह र चमत्कार
प्रदर्शन गर्न सक्षम हुनुहुन्छ तर
काम र युग अनुसार उहाँ आफ्नो
कामको तरिका बदल्नुहुन्छ।
कोरस
यो फरक युग हो
र यो उहाँको कामको फरक चरण हो,
उहाँले दर्शाउनुहुने काम फरक छन्।
मानिसको परमेश्वरमा विश्वास चिन्ह र चमत्कारमा नभई,
नयाँ युगमा उहाँले गर्नुहुने वास्तविक काममा हो, वास्तविक काममा हो।
पद २
कामको वर्तमान चरणमा,
उहाँले येशूको युगमा देखाउनुभएको
चिन्ह र चमत्कार देखाउनुहुन्न
किनकि त्यो युगमा उहाँको काम फरक थियो।
उहाँले आज त्यो काम गर्नुहुन्न।
कोही सोच्छन् कि उहाँले त्यो गर्न सक्नुहुन्न
वा नगर्नुभएकोले परमेश्वर हुनुहुन्न।
के यो मूर्खता होइन र?
उहाँ चिन्ह र चमत्कार देखाउन सक्षम हुनुहुन्छ
तर फरक युगमा काम गरिरहनुभएको छ,
त्यसैले उहाँ त्यस्तो काम गर्नुहुन्न।
कोरस
यो फरक युग हो
र यो उहाँको कामको फरक चरण हो,
उहाँले दर्शाउनुहुने काम फरक छन्।
मानिसको परमेश्वरमा विश्वास चिन्ह र चमत्कारमा नभई,
नयाँ युगमा उहाँले गर्नुहुने वास्तविक काममा हो, वास्तविक काममा हो।
ब्रिज
ओहो, परमेश्वरको कामको
तरिकाबाट मानिसले उहाँलाई जान्दछ।
यो ज्ञानले मानिसमा उहाँप्रति,
उहाँका कामप्रति विश्वास सिर्जना गर्छ।
कोरस
यो फरक युग हो
र यो उहाँको कामको फरक चरण हो,
उहाँले दर्शाउनुहुने काम फरक छन्।
मानिसको परमेश्वरमा विश्वास चिन्ह र चमत्कारमा नभई,
नयाँ युगमा उहाँले गर्नुहुने वास्तविक काममा हो,
वास्तविक काममा हो, नयाँ युगमा।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “आज परमेश्वरको कामलाई बुझ्नु” बाट परिमार्जित