261 म मेरो सम्पूर्ण जीवन परमेश्वरलाई समर्पण गर्न चाहन्छु
पद १
हे परमेश्वर, हामीले सँगसँगै अनि
अलग समय बिताएका छौँ।
तैपनि मलाई धेरै प्रेम गर्नुहुन्छ।
हे परमेश्वर, तपाईँलाई मेरो विद्रोहले,
बारम्बार दुःखी बनायो।
म कसरी बिर्सन सक्छु?
पद २
हे परमेश्वर, ममा गर्नुभएको काम र
मलाई सुम्पनुभएका कुराबारे म सचेत छु।
ममा गर्नुभएको कामको लागि, सक्दो गरेको छु।
म के गर्न सक्छु भनी तपाईँ जान्नुहुन्छ।
कोरस
पूरै जीवन तपाईँलाई समर्पण गर्न चाहन्छु।
केही माग्दिन, अरू आशा, योजना राख्दिन।
तपाईँको योजना अनुसार मात्र चल्न चाहन्छु।
तपाईँको तीतो कचौराबाट पिउनेछु।
तपाईँको योजनाबद्ध कार्यमा समर्पित हुन चाहन्छु।
पद ३
हे परमेश्वर, तपाईँको इच्छा मेरो आज्ञा हो,
तपाईँलाई मेरो सब समर्पित गर्नेछु।
मैले तपाईँको लागि के गर्न
सक्छु तपाईँ जान्नुहुन्छ।
म तपाईँको कृपामा छु।
कोरस
पूरै जीवन तपाईँलाई समर्पण गर्न चाहन्छु।
केही माग्दिन, अरू आशा, योजना राख्दिन।
तपाईँको योजना अनुसार मात्र चल्न चाहन्छु।
तपाईँको तीतो कचौराबाट पिउनेछु।
तपाईँको योजनाबद्ध कार्यमा समर्पित हुन चाहन्छु।
ब्रिज
शैतानले मलाई बारम्बार मूर्ख बनाए पनि,
मेरो विद्रोहीपनले तपाईँलाई दुःखी बनाए पनि,
ती अपराधका निम्ति मलाई याद गर्नुहुन्न,
तिनको आधारमा व्यवहार गर्नुहुन्न।
कोरस
पूरै जीवन तपाईँलाई समर्पण गर्न चाहन्छु।
केही माग्दिन, अरू आशा, योजना राख्दिन।
तपाईँको योजना अनुसार मात्र चल्न चाहन्छु।
तपाईँको तीतो कचौराबाट पिउनेछु।
तपाईँको योजनाबद्ध कार्यमा समर्पित हुन चाहन्छु।