262  इमानदार मानिसहरू ज्योतिमा जिउँछन्

सत्यता पछ्याउन, हामी इमानदार मानिस बन्नैपर्छ,

हामीले आफैलाई उदाङ्गो पार्ने र आफ्नो भ्रष्टता चिरफार गर्ने आँट गर्नुपर्छ।

अरूले हाम्रोबारे जे सोचे पनि, हामीसँग परमेश्‍वरसामु जिउने हृदय हुनुपर्छ।

हामी सबथोकमा सत्यता खोज्छौँ, र सत्यता बुझ्दा स्वतन्त्र महसुस गर्छौँ।

सत्यतालाई प्रेम गर्नेहरू र शुद्ध हृदय हुनेहरूले परमेश्‍वरका आशिष् पाउँछन्,

तर सधैँ आफ्नो भेष बदल्नेहरूले आफैलाई हानि मात्र पुऱ्याउँछन्।

म किन इमानदार व्यक्तिका रूपमा जिउन रोज्छु भनेर तिमी मलाई सोध्छौ।

इमानदार मानिसहरूलाई परमेश्‍वरले मन पराउनुहुन्छ,

र मुक्ति पाउन अनि ज्योतिमा जिउन सक्छन्।


आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, हामी इमानदार मानिस हुनुपर्छ,

सबथोकमा परमेश्‍वरको हृदयलाई ख्याल गर्नुपर्छ, र सिद्धान्तका साथ कार्य गर्नुपर्छ।

आफूले बुझेको सत्यता अभ्यास गर्नुपर्छ,

सबथोकमा परमेश्‍वरको छानबिन स्विकार्नुपर्छ,

आफ्नो कर्तव्य लगनशीलता र विवेकशीलताका साथ निर्वाह गर्नुपर्छ,

र परमेश्‍वरप्रति कहिल्यै लापरवाह हुनुहुँदैन।

हामीले परमेश्‍वरलाई आराम दिन सत्यता पछ्याउनुपर्छ

र उचित कर्तव्यहरू निर्वाह गर्नुपर्छ,

र परमेश्‍वरको आज्ञालाई आफ्नो प्राथमिकताका रूपमा लिनुपर्छ।

परमेश्‍वरले हामीलाई अत्यन्तै धेरै सत्यता दिनुभएको छ,

त्यसैले हामीले कसरी उहाँलाई निराश पार्न सक्छौँ?

हामीले परमेश्‍वरको प्रेम चुक्ता गर्न आफ्नो कर्तव्य पूरा गर्नैपर्छ।


परमेश्‍वरलाई साँच्चै प्रेम गर्न, हामी इमानदार मानिस हुनैपर्छ,

उहाँबाट केही माग गर्नुहुँदैन, उहाँसँग लेनदेन गर्नुहुँदैन।

चाहे हामी आशिषित भए पनि वा हामीले दुर्भाग्य सामना गरे पनि,

हामी परमेश्‍वरका प्रबन्धहरूमा पूर्ण रूपमा समर्पित हुनैपर्छ।

यदि हामीले सत्यता स्विकार्छौँ र हामी परमेश्‍वरमा समर्पित हुन्छौँ भने,

हामी उहाँको गवाही दिन सक्षम हुनेछौँ।

न्याय भोगेर हामी शुद्ध पारिन्छौँ र हाम्रो स्वभाव रूपान्तरित हुन्छ।

हृदयमा परमेश्‍वरलाई प्रेम गर्दै, म आफ्नो जीवन उहाँका लागि जिउन इच्छुक छु;

म मेरो बाँकी रहेको सारा समय उहाँलाई अर्पण गर्नेछु।

इमानदार मानिसहरूले साँच्चै आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न,

आफ्ना कर्तव्य राम्ररी पूरा गर्न र परमेश्‍वरको अनुमोदन पाउन सक्छन्।

अघिल्लो: 261  म मेरो सम्पूर्ण जीवन परमेश्‍वरलाई समर्पण गर्न चाहन्छु

अर्को: 263  मैले सजाय र न्यायमा परमेश्‍वरको प्रेम देखेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्