541 अन्धकारको प्रभावहरू हटाउन परमेश्वका वचन पछ्याऊ
पद १
अन्धकारको प्रभावबाट उम्किन,
तिमी परमेश्वरप्रति वफादार हुनैपर्छ,
उत्सुक भई सत्यताको खोजी गर्नैपर्छ,
अनि सही स्थितिमा बाँच्नेछौ।
सही स्थितिमा नहुँदा,
तिमी उहाँप्रति वफादार छैनौ,
सत्यता खोज्न उत्सुक छैनौ,
त्यसैले अन्धकारको प्रभावबाट उम्किन सक्तैनौ।
कोरस
उहाँका वचन मानिसको लागि
अन्धकारको प्रभावबाट उम्किने आधार हुन्।
उहाँका वचन अभ्यास गर्न नसकेमा,
मानिस अन्धकारको बन्धनबाट उम्किनेछैनन्।
पद २
सही स्थितिमा जिउनु उहाँका
वचनको मार्गदर्शनमा जिउनु हो,
उहाँप्रति वफादार हुनु, सत्यता खोज्नु,
प्रेम गर्नु, आफूलाई समर्पित गर्नु हो।
सही स्थितिकाहरू, सत्यताको गहिराइमा पस्दा
र काम गहिरो हुँदै जाँदा रुपान्तरण हुनेछन्।
उहाँद्वारा लिइनेछन्, उहाँलाई साँच्चै प्रेम गर्नेछन्।
कोरस
उहाँका वचन मानिसको लागि
अन्धकारको प्रभावबाट उम्किने आधार हुन्।
उहाँका वचन अभ्यास गर्न नसकेमा,
मानिस अन्धकारको बन्धनबाट उम्किनेछैनन्।
ब्रिज
अन्धकारबाट उम्किनेहरूले उहाँको इच्छा बोध गर्नेछन्।
उहाँका विश्वासपात्र बन्नेछन्।
उहाँबारे धारणा राख्ने, विद्रोह गर्ने छैनन्।
यी कुरालाई घृणा र उहाँलाई साँचो प्रेम गर्नेछन्।
मानिस वचन र उहाँप्रतिको प्रेमले भरिऊन्
र उहाँलाई अद्वितीय प्रेम गरून् भनी चाहनुहुन्छ।
मानिसले उहाँको वचनमा जिउनु, खोजी गर्नु,
वचनकै कारण दौडनु र उहाँलाई प्रेम गर्नुपर्छ।
कोरस
उहाँका वचन मानिसको लागि
अन्धकारको प्रभावबाट उम्किने आधार हुन्।
उहाँका वचन अभ्यास गर्न नसकेमा,
मानिस अन्धकारको बन्धनबाट उम्किनेछैनन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्वरद्वारा प्राप्त गरिन सक्नेछस्” बाट परिमार्जित