४७. के मानिसहरूलाई खुशी पार्ने व्यक्तिले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ?

हाओ झेङ्ग, चीन

म गरिब, पहाडको पछाडिएको ठाउँबाट आएको हुँ जहाँ सामन्ती प्रचलन र जटिल व्यक्तिगत सम्‍बन्धहरू रहेका छन्। त्यस वातावरण र मेरा बुबा-आमाले भन्‍ने गर्नुभएका “बोल्‍नुभन्दा पहिले सोच्नू र कुरा गर्दा पेट नरित्याउनू,” “मौनता सुन हो बोलाइ चाँदी, धेरै बोले हुन्छ गल्ती नानाभाँती,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” “अरूको भावना र तर्कसँग मिल्‍ने कुरा गर्नू, किनभने हकी कुरा गर्दा अरूलाई रिस उठ्छ” जस्ता भनाइहरूले मलाई निकै प्रभाव पारेको थियो। यो सबै दर्शनशास्‍त्रहरू मेरो जीवनको बुद्धिका वचनहरू बनेका थिए। म मेरा दाजुभाइ वा दिदीबहिनीसँग पनि, म सधैँ तिनीहरूको अवलोकन गरिरहेको हुन्थें, तिनीहरूलाई खुशी पार्न राम्रो, तारिफका कुराहरू गर्ने कोशिश गरिरहेका हुन्थें। यदि तीमध्ये कसैले गलत काम गर्‍यो र मेरा आमाबुबाले कसले यसो गर्‍यो भनेर सोध्दा म सधैँ मलाई थाहा छैन भनी भन्थें, ताकि मेरा दाजुभाइ वा दिदीबहिनीले मलाई धेरै मन पराऊन्। मेरी आमाले पनि मलाई सधैँ म असल बालक हुँ भनेर भन्‍नुहुन्थ्यो। म संसारमा निस्किआएपछि, म साथीहरूसँग हुँदा होस् वा बाहिरका फरक-फरक प्रकारका मानिसहरूसँग हुँदा होस्, म मेरा सम्‍बन्धहरूलाई बचाउन सधैँ अन्डामाथि हिँडे झैँ होसियार भइरहेको हुन्थें। म कसैलाई रिस उठाउने कुनै कुरा कहिल्यै भन्दिनथिएँ वा कसैसँग तर्क गर्दिनथिएँ। यदि अरू कसैले मलाई रिस उठायो भने, म साँच्‍चै माफी दिन्थें र सम्‍बन्धलाई ढलपलाउने काम गर्दिनथिएँ। मेरो सधैँ फाइदा उठाइन्थ्यो, र म केही बोल्‍न सक्दिनथिएँ र मलाई रिस उठ्थ्यो, तर म “मौनता एक गहना हो, धेरै बोले हुन्छ गल्ती नानाभाँती” भन्‍ने भनाइमा नै लागेर मेरा भावनाहरूलाई लुकाएर बस्थें। परिवार र इष्टमित्रको बीचमा म असल व्यक्तिको रूपमा चिनिएँ। त्यस्तो व्यवहार गरेकोमा सबैले मेरो तारिफ र प्रशंसा गर्थे, तर मेरो हृदयमा मलाई सधैँ दबाब र पीडाको महसुस हुन्थ्यो जसलाई म व्याख्या गर्न सक्दिन। म कसैलाई रिस नउठाउनको लागि सबैप्रति सचेत हुन्थें, र मैले कुनै पनि व्यक्तिसँग मन खोलेर कहिल्यै बोल्‍ने आँट गरिन। म सधैँ आफ्नै हितहरूलाई रक्षा गर्नको लागि झूटो बाहिरी आवरण अपनाएर लगाइरहेको हुन्थें। त्यो पीडादायी, थकाइलाग्दो, र तनावपूर्ण जिउने तरिका थियो। म सधैँ यस्तो विचार गर्ने गर्थेँ, “मेरो कष्टको अन्त्य कहिले हुनेछ? म कसरी सहज जीवन जिउन सक्छु?” जब म अन्योल र पीडामा थिएँ, सर्वशक्तिमान्‌ परमेश्‍वरले उहाँको मुक्तिको हात मतिर बढाउनुभयो।

१९९८ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई ग्रहण गर्ने सौभाग्य पाएँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट के सिकेँ भने मुख्य रूपमा हाम्रो भ्रष्ट स्वभावलाई समाधान गर्न र हामीलाई साँचो मानव स्वरूपमा जिउन दिनको लागि परमेश्‍वर देह बन्‍नुभएको छ र मानवजातिलाई मुक्ति दिन आउनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। “मेरो राज्यका निम्ति त्यस्ता मानिसहरू चाहिन्छ जो इमानदार छन्, जो पाखण्डी वा छली छैनन्। के इमानदार र निष्कपट मानिसहरू संसारमा अलोकप्रिय छैनन् र? म ठीक विपरीत छु। इमानदार मानिसहरू मकहाँ आउनु स्वीकार्य छ; म यस किसिमको व्यक्तिसँग खुशी हुन्छु, र मलाई यस किसिमको व्यक्ति चाहिन्छ। मेरो धार्मिकता ठीक यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३३)। परमेश्‍वरले हामीलाई इमानदार, सरल, र खुला मनको बन भनी भन्‍नुभएको छ, त्यो मात्रै स्वर्गको राज्यमा प्रवेश गर्ने एक मात्र मार्ग हो भनी भन्‍नुभएको छ। जब मैले यो पढेँ, मलाई साँच्‍चै नै सहज, खुशी जिउने तरिका त्यही हो भन्‍ने लाग्यो र मैले परमेश्‍वरले भन्‍नुभए जस्तै इमानदार बन्‍ने चाहना गरेँ। दाजुभाइ-दिदीबहिनीहरूसँगको अन्तरक्रिया र भेलाहरूमा, मैले तिनीहरू सबैले इमानदार भएर खुलस्त बोलेको देखेँ। तिनीहरू सबै इमानदार र सच्‍चा थिए। जब तिनीहरूसँग कसैको बारेमा विचारहरू हुन्थे वा कसैले भ्रष्टता प्रकट गरिरहेका देख्थे, तिनीहरूले ती कुराहरूलाई औँल्याएर तिनीहरूलाई सहयोग गर्न सक्थे, र तिनीहरूले मन खोलेर आफ्‍नै बारेको ज्ञानको बारेमा कुरा गर्न सक्थे। मलाई निकै अचम्‍म लाग्यो, किनभने मलाई सधैँ मानिसहरूसम्‍बन्धी आफ्‍नो विचारहरूको बारेमा कहिल्यै कुरा गर्न सकिँदैन, इमानदार बनेर, मैले अरूलाई रिस उठाउन र आफूलाई हानि गर्न सक्छु भन्‍ने लाग्थ्यो। तर यहाँ मैले त्यसको बारेमा चिन्ता गर्नु पर्दैनथियो। दाजुभाइ दिदीबहिनीहरू संसारका मानिसहरूजस्तो कपटी थिएनन्, र कसैलाई चोट पुर्याउँदा तिनीहरूले माफी माग्दा रहेछन्। तिनीहरूले सधैँ अरूको बारेमा विचार गर्दा रहेछन्। तिनीहरूले त्यसरी अभ्यास गर्न र जिउन सक्‍नुको कारण पूर्ण रूपमा सर्वशक्तिमान्‌ परमेश्‍वरको काम र वचनहरू नै थिए भन्‍ने मलाई थाहा थियो। त्यसले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, तिनले मानिसहरूलाई शुद्ध पार्छन् र परिवर्तन गर्छन् भन्‍ने कुरामा निश्‍चित गरायो, र म साँच्‍चै नै इमानदार व्यक्ति हुन चाहन्थेँ। तर शैतानको जीवन-दर्शन धेरै पहिले नै ममा गाडिसकेको थियो, जसले गर्दा यो मेरो अस्तित्वको नियम बनिसकेको थियो। दाजुभाइ-दिदीबहिनीहरूसँगको मेरा अन्तरक्रियाहरूमा, मलाई थाहै नभई, म अझै पनि यी शैतानी दर्शनशास्‍त्रहरूमा भर परिरहेको हुन्थें। म मन खोलेर हृदयबाट बोल्‍न डराउथें, किनभने यसले गर्दा कसैलाई रिस उठ्नेछ वा मेरो प्रतिष्ठामा क्षति पुग्‍नेछ भन्‍ने मलाई डर लाग्थ्यो। म तिनीहरूसँगको मेरा सम्‍बन्धहरूलाई रक्षा गर्नको लागि होसियार बनिरहेँ र मलाई इमानदार बन्‍नु निकै कठिन काम हो भन्‍ने लाग्थ्यो। त्यसपछि मलाई शुद्ध पार्न र परिवर्तन गर्नको लागि, परमेश्‍वरले मेरो भ्रष्टता र कमीकमजोरीहरूलाई प्रकट गर्न ठीक वातावरण मिलाउनुभयो, अनि मलाई इमानदार बन्‍नुको वास्तविकताभित्र डोर्‍याएर लानुभयो।

पछि, मैले ब्रदर लीसँग समूह अगुवाको रूपमा काम गर्न थालेँ। हामी राम्ररी मिल्थ्यौं र उनले मलाई धेरै कुरामा सहयोग गर्थे। तर हाम्रो कर्तव्यमा, मैले तिनी अहङ्कारी, स्वेच्छाचारी छन्, र सिद्धान्तहरूअनुसार काम गर्दैनन् भन्‍ने थाहा पाएँ। जब-जब म केही भन्‍न चाहेर आफ्‍नो मुख खोल्‍न लागेको हुन्थें, तब-तब म मेरा शब्‍दहरूलाई लुकाउन पुग्थें। मैले सोच्थें, “यदि मैले उसको आलोचना गरेँ भने, उसले मसँग विवेक छैन, ऊ मप्रति यति दयालु भएर पनि मैले सधैँ उसका समस्याहरूलाई औँल्याइरहेको हुन्छु भनी भन्‍नेछन्। यदि ऊ मप्रति पूर्वाग्रही बन्यो, र हामीले हाम्रो कर्तव्यमा एकसाथ काम गर्न सकेनौं भने के गर्ने?” मैले कहिल्यै पनि उनको अघि यो कुरा उठाइन ताकि मैले हाम्रो सम्‍बन्धलाई रक्षा गर्न सकूँ। ब्रदर लीले पछि गम्भीर रूपमा मण्डलीको काममा असर पार्‍यो किनभने तिनी अहङ्कारी थिए र तिनले आफ्‍ना कर्तव्यहरूलाई बेवास्ता गरेका थिए, र तिनलाई निष्कासन गरियो। यसको बाबजुद पनि, मैले आफ्‍नो बारेमा मनन गरिन। तर एक दिन म कुनै कामले ब्रदर लीको घरमा गएको थिएँ, त्यस बेला तिनकी श्रीमतीले मलाई भनिन्, “मेरो श्रीमानलाई हटाइनुको पछाडि तपाईंको हात छ। तपाईंले उहाँलाई चेतावनी दिएर सहयोग गर्न सक्‍नुभएको भए, सायद उहाँले आफ्‍नो कर्तव्यमा त्यति स्वेच्छाले र लापरवाही रूपमा काम गरेर मण्डलीको काममा वाधा पुर्‍याउनुहुनेथिएन। तपाईंले किन मण्डलीको काममा साथ दिन सक्‍नुहुन्‍न? तपाईं मानिसहरूलाई खुशी पार्दै हिँड्ने व्यक्ति हो, तपाईंले सत्यता अभ्यास गर्नुहुन्‍न!” उनले यसो भनेको सुन्दा मेरो लागि भयानक अनुभूति भयो, र मलाई सबैभन्दा बढी लाज नै लाग्यो। त्यहाँबाट आएपछि मैले आँसु रोक्‍नै सकिन। मैले मेरो पीडामा परमेश्‍वरसँग प्रार्थना गरेँ, र भनेँ, “हे परमेश्‍वर, तपाईंले आज मलाई निराकरण गर्न र मलाई हप्काउनको लागि यो सिस्टरलाई अनुमति दिनुभयो, तर मैले आफूलाई साँचो रूपमा चिनेको छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र अगुवाइ गर्नुहोस्।” मेरो प्रार्थनापछि म क्रमिक रूपमा शान्त हुँदै गएँ र ब्रदर लीसँग काम गर्दाको मेरो समयको बारेमा विचार गर्न थालेँ। मैले के देखेँ भने म शैतानको जीवन-दर्शनमा जिउँदै आइरहेको रहेछु। तिनी सिद्धान्तहरू विरुद्ध गएको मैले स्पष्ट रूपमा देखेको थिएँ तर मैले तिनलाई रोक्‍ने वा सहयोग गर्ने गरिन। उसलाई रिस उठाउँछु र काम गर्दाको हाम्रो सम्‍बन्ध बिग्रिन्छ भन्‍ने धेरै डर मलाई लागेको थियो। मसँग ब्रदर लीलाई त्यो अवस्थासम्‍म पुग्‍नबाट रोक्‍न म उम्किनै नसक्ने जिम्मेनवारी थियो। मलाई झन्-झन् दोषी र पछुतोको अनुभूति भयो।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “असल मानवता हुनका लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरूलाई नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गरेर कृपा पाउने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई राम्रो महसुस गराउने कुरा समावेश हुँदैन। यो त्यो मापदण्ड होइन। त्यसो भए मापदण्ड के हो? यसमा परमेश्‍वर, अन्य व्यक्तिहरू र घटनाहरूलाई साँचो हृदयले व्यवहार गर्ने, जिम्मेवारी उठाउन सक्‍ने, र सबै जनाले प्रत्यक्ष रूपमा देख्न र महसुस गर्न सक्ने प्रकारले कामहरू गर्ने कुराहरू सम्मिलित हुन्छन्। यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदय तलास गर्नुहुन्छ र तिनीहरू प्रत्येकलाई जान्नुहुन्छ। कतिपय मानिसहरूले आफूसँग असल मानवता भएकोमा जहिल्यै पनि घमन्ड गर्छन्, तिनीहरूले कहिल्यै नराम्रो काम नगरेका, अरूका सम्पत्तिहरू नचोरेका वा अरू मानिसहरूका थोकहरूको लालच नगरेका दाबी गर्छन्। जब रुचिहरूको विषयमा विवाद हुन्छ तब घाटा रोज्दै तिनीहरू अरूलाई फाइदा उठाउन दिने हदसम्‍म जान्छन्, अनि सबैले तिनीहरूलाई असल मानिसहरू ठानून् भनेर तिनीहरू कसैको बारेमा कहिल्यै नराम्रो कुरा गर्दैनन्। तापनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, सधैँ तिनीहरूका आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितको बारेमा सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई जरुरी ठान्दैनन् वा परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न आफ्ना रुचिहरूलाई पन्साउन सक्दैनन्। तिनीहरू कहिल्यै आफ्नो रुचिहरू त्याग्दैनन्। दुष्कर्मीहरूले दुष्कर्म गरिरहेका देखेर पनि तिनीहरूले तिनीहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैन। यो राम्रो मानवताको उदाहरण होइन। यस्तो व्यक्तिले के भन्छ त्यसमा ध्यान नदे; ऊ कसरी जिउँछ, उसले के प्रकट गर्छ, र उसले आफ्ना कर्तव्यहरू पूरा गर्दा उसको आचरण कस्तो हुन्छ, साथसाथै उसको आन्तरिक अवस्था कस्तो छ र उसले कुन कुरालाई प्रेम गर्छ त्यो तैँले हेर्नुपर्छ। यदि उसको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरप्रतिको उसको बफादारीभन्दा बढी छ भने, यदि उसको ख्याति वा सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरको रुचिभन्दा बढी छ वा यदि उसले आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरका निम्ति देखाएको सम्मानभन्दा बढी हुन्छ भने ऊ मानवता भएको व्यक्ति होइन। उसको व्यवहारलाई अरूले र परमेश्‍वरले देख्न सक्नुहुन्छ; त्यसकारण, त्यस्तो व्यक्तिले सत्यता प्राप्त गर्नु धेरै कठिन हुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले मलाई असल व्यक्ति हुनु भनेको राम्रो व्यवहार गर्नु होइन भन्‍ने देखायो। यो भनेको मानिसहरूसँग मिलेर बस्‍नु वा तिनीहरूको स्वीकृती प्राप्त गर्नु होइन। यो त आफ्‍नो हृदय परमेश्‍वरतर्फ फर्काउनु, निष्ठावान बन्‍नु, परमेश्‍वरको घरको काममा साथ दिनको लागि सत्यताको अभ्यास गर्नु, सत्यताका सिद्धान्तहरू मान्‍नु, र मानिसहरूलाई तिनीहरूको जीवनमा आत्मिकता रूपमा सहायता र समर्थन गर्नु हो। तर मैले ब्रदर ली धेरै पटक स्वेच्छाचारी भएर सत्यताको विरुद्धमा गएको, र अत्यन्तै अहङ्कारी भएर अरू मानिसहरूको सुझावहरूलाई स्वीकार नगर्ने गरेको देखे पनि, र यो तिनको लागि र परमेश्‍वरको घरको लागि खराब हो भन्‍ने जानेर पनि, म अझै पनि “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ” भन्‍ने शैतानी दर्शनशास्‍त्रमा नै लागिरहेँ। मैले आँखा चिम्लेँ। मैले तिनलाई सहयोग गरिन वा मण्डली अगुवालाई जानकारी दिइन। मैले मण्डलीको काममा हानि भएको मात्रै हेरिरहेँ। मैले सत्यताको अभ्यास गर्नको लागि र जिम्‍मेवार बन्‍नको लागि मेरो प्रतिष्ठालाई त्याग्‍नै सकिन। म स्वार्थी, घृणित, र छली थिएँ! के मैले तिनको पापलाई सक्रिय गरिरहेको थिइन र? के म शैतानको पक्षमा उभिरहेको थिइन र? म अरूलाई रिस उठाउँछु भन्‍ने मेरो डरको कारण घृणित, स्वार्थी मानिस बनेँ। ममा कुनै धार्मिकताको बोध थिएन। म असल मानिस अवश्य नै थिइन। असल व्यक्ति बन्‍ने मेरो प्रयासमा म मानिसहरूलाई खुशी पार्दै हिँड्ने र छलगर्ने व्यक्ति बनेँ, जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। बाहिरी संसारमा, त्यस्तो व्यक्ति बन्‍नु ठीकै हुनेथियो, तर परमेश्‍वरको घरमा, उहाँले त्यस्तो कुरालाई घिनाउनुहुन्छ। त्यसपछि मलाई सत्यता अभ्यास नगर्ने, तर सम्‍बन्धहरूलाई रक्षा गर्नको लागि असल बन्‍ने गर्नाले वास्तवमा मानिसहरूलाई हानि गर्दा रहेछ भन्‍ने थाहा भयो। पहिलो पटक, असल व्यक्ति बन्‍नेसम्‍बन्धी मेरो दृष्टिकोण परिवर्तन भयो। मैले के देखेँ भने मेरा सम्‍बन्धहरूमा शैतानी दर्शनशास्‍त्र पालन गर्नु पूर्ण रूपमा गलत छ, र यस पटक मलाई निराकरण गरिएको कारण त्यसले ममा कहिल्यै नबिर्सने गहन प्रभाव पार्यो। ब्रदर लिले अपराध गरेको छ भन्‍ने मलाई लागेको थियो, तर मलाई त यसले अनन्त ऋणी तुल्यायो। म परमेश्‍वरको न्याय र सजायद्वारा मैले वर्षौंदेखिको मेरो भ्रमित खोजीसम्‍बन्धी बुझाइ प्राप्त गरेँ र मैले उप्रान्त त्यसरी जिउन चाहिन। म परमेश्‍वरले तोक्‍नुभए जस्तै इमानदार, सीधा व्यक्ति बन्‍न इच्‍छुक भएँ। मसँग इमानदार व्यक्ति बन्‍ने इच्‍छा थियो, तर मेरो भ्रष्टता र शैतानी स्वभाव अत्यन्तै गहन थियो तर मैले मानिसहरूलाई खुशी पार्दै हिँड्ने मेरो प्रकृति र सारलाई मैले पूर्ण रूपमा बुझेको र घृणा नगरेको हुनाले, म साँचो रूपमा परिवर्तन भइन। चाँडै नै, म पुरानै कुराहरूमा फर्केको थिएँ।

सिस्टर झाङ्गको श्रीमान नजिकैको गाउँको एक जना एकदमै दुष्ट स्थानीय ठग थियो जो उनको विश्‍वासको मार्गमा खडा भएका थिए। जब-जब तिनले उनी भेलाको लागि जान लागेकी देख्थे तिनले अरू दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या दिन सुरु गर्थे यसले गर्दा तिनीहरू शान्तिमा बस्‍न सक्दैनथिए। एक पटक जब उनी भेलामा गएकी थिइन् उनको श्रीमानले एक जना ब्रदरले घर बनाउन भनी प्रयोग गर्न राखेको काठमा सबै आगो लगाइदियो। मण्डली अगुवाले उनलाई यसो भने, “भेलाहरूमा नआउनुहोस्—हामीले सबैलाई सुरक्षित राख्‍नुपर्छ। घरमा आफै भक्तिको समय बिताउनुहोस् र परमेश्‍वरका वचनहरू पढ्नुहोस्।” तर केही समयपछि, तिनलाई साँच्‍चै भेलामा जान मन लाग्यो र उनले आफूलाई रोक्‍न नसकेर हाम्रो गाउँमा आइ सिस्टर वाङ्गलाई भेटिन्। के गर्ने थाहा नभएकोले, सिस्टर वाङ्ग मकहाँ कुरा गर्न आइन्। मण्डलीका हितहरू पहिलो प्राथमिकता हुनुपर्छ, सिस्टर झाङ्गलाई घर पठाउनुपर्छ भन्‍ने मलाई राम्ररी नै थाहा थियो। तर त्यसपछि मलाई लाग्यो, “म मण्डली अगुवा होइन। यदि यो गलत कदम हो भने अरूले के सोच्‍नेछन्? यसको साथै, यदि सिस्टर झाङ्गले उनलाई भेलामा सहभागी हुन नदिने म नै हो भन्‍ने थाहा पाइन् भने, उनले मलाई के सोच्‍नेछिन्?” यो विचार गरेसँगै, म नम्रतापूर्वक यसो भन्दै कुरा टारेँ, “तपाईंले साँच्‍चै यसको बारेमा मण्डली अगुवासँग कुरा गर्नुपर्छ। गएर एक जना अगुवालाई भेट्नुहोस्।” उनले अन्त्यमा कुनै अगुवालाई भेट्टाउन सकिनन्, त्यसकारण उनले सिस्टर झाङ्गलाई बस्‍न दिइन्।

अर्को साँझ म मेरो भक्तिको समय बिताउँदै र परमेश्‍वरका वचनहरूको भजन सुनिरहेको बेला, कसैले जोर-जोरले ढोका ढकढक्याइरहेको मैले सुनेँ। मेरो छोराले घरको ढोका खोल्‍ने बित्तिकै, काठका लाठाहरू लिएर तीन-चार जना ठूला-ठूला ज्यान भएका पुरुषहरू हुर्रिँदै आए त्यसपछि चार-पाँच जना मेरो छानाबाट हामफालेर आए। तिनीहरूले मलाई केही नबोलीकन ओछ्यानमा थिचे र नराम्ररी कुटे। मलाई अत्यन्तै डर लागेको थियो। मैले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहेँ र पुकारिरहेँ। अत्यन्तै पीडा भइरहेको बेला खाटको फ्रेम फुत्कियो र म भूँइमा खसेँ। ती हेपाहाहरूले मलाई अत्यन्तै चोट पुगेको छ भन्‍ने ठाने र आत्तिएर भागे। त्यसरी कुटाइ खाएपछि मेरो केही हड्डीहरू अवश्य नै भाँचिएका छन् भन्‍ने मैले सोचेको थिएँ, तर अचम्‍मको कुरा के भयो भने, ती मासुमा लागेका घाउ-चोट मात्रै थिए, हाडमा कुनै चोट लागेको थिएन। त्यो परमेश्‍वरको वास्ता र सुरक्षा हो भन्‍ने मलाई थाहा थियो। एक दिनपछि मैले के पत्ता लगाएँ भने सिस्टर झाङ्गको श्रीमानले तिनी भेलाको लागि गएकी छिन् भन्‍ने थाहा भयो र यसको बन्दोबस्त गर्ने म नै हुँ भन्‍ने ठानेर, तिनले मलाई पिट्न ती मानिसहरू पठाएका थिए। मैले सिद्धान्तहरूलाई पालन नगरेको हुनाले त्यसो भएको हो भन्‍ने मलाई थाहा भयो। यदि मैले सिद्धान्त पालन गरेको भए, मैले सिस्टर झाङ्गलाई भेलामा सहभागी हुनबाट रोक्‍नेथिएँ, र अवस्था यस्तो स्थितिमा कहिल्यै पुग्‍नेथिएन। ती ठगहरूको कुटाइ खानुको कारण म पूर्ण रूपमा स्वार्थी र घृणित भएकोले नै हो। मैले आफ्‍नो हितहरूलाई मात्रै वास्ता गरेँ र म सत्यताको अभ्यास नगर्ने “असल व्यक्ति” थिएँ। मैले यो आफैले ल्याएको थिएँ।

पछि म परमेश्‍वरकहाँ खोजी र मननको लागि आएँ: मैले किन आफ्‍नै हितहरूलाई रक्षा गर्ने र मानिसहरूलाई खुशी पार्ने व्यक्ति बन्‍ने कार्यलाई रोक्‍न सकिन? मलाई सत्यता थाहा हुँदा पनि किन मैले यसलाई व्यवहारमा उतार्न सकिन? एक पटक, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। … मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्; तिनीहरूमा सत्यता लगभग हुँदैन। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानबाट आएका कुराहरू हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिक्रियावादी छ अनि शैतानका दर्शनहरूले भरिपूर्ण छ र ती दर्शनहरूमा डुबेको छ भन्‍ने देख्‍न सकिन्छ—यो यसको पूर्णतामा यस्तो प्रकृति हो जसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। यसको बारेमा विचार गर्ने क्रममा मैले समस्याको जड पत्ता लगाएँ। म सधैँ सत्यतालाई अभ्यास गर्न नसक्‍ने मानिसहरूलाई खुशी पार्दै हिँड्ने व्यक्ति थिएँ किनभने म शैतानका दर्शनशास्‍त्र र विषहरूले भरिएको थिएँ: “मौनता सुन हो बोलाइ चाँदी, धेरै बोले हुन्छ गल्ती नानाभाँती,” “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” “बोल्‍नुभन्दा पहिले सोच्नू र कुरा गर्दा पेट नरित्याउनू,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।” मैले यी शब्‍दहरूलाई जिउने आधार, मेरो व्यवहारका नियमहरूको रूपमा लिएको थिएँ र यी कुराहरूका आधारमा मैले असल व्यक्ति बन्‍नको लागि आफूले सक्‍ने सबै कुरा गरेँ। मेरा सबै अन्तरक्रियाहरूमा, मैले सधैँ मानिसहरूलाई रिस नउठाउने बारेमा, मानिसहरूलाई कसरी आफ्‍नो प्रशंसा गर्न र मलाई आदरको साथ हेर्न लगाउने भन्‍ने बारेमा मात्रै विचार गर्थेँ। मैले शैतानको चलाख र छली दर्शनशास्‍त्रहरूलाई सिद्ध तुल्याएको थिएँ र ती मैले प्राकृतिक रूपमा नै प्रकट गर्ने कुराहरू भए। संसारमा म असल व्यक्ति जस्तो देखिए पनि र मानिसहरूले मलाई असल व्यक्तिको रूपमा प्रशंसा गरे पनि, म साँचो रूपमा असल व्यक्ति हुनुभन्दा निकै टाढा थिएँ। मैले शैतानका यी विषहरूअनुसार जिएर वास्तवमा के नै प्राप्त गरिरहेको थिएँ र? म सानो हुँदा मैले बालकमा हुनुपर्ने निर्दोषतालाई गुमाएको थिएँ र मैले लगभग सबैसँग झूटो आवरणको प्रयोग गर्थेँ। म बोल्दा र काम गर्दा म अत्यन्तै होशियार हुन्थें र सधैँ अरूको अवलोकन गरिरहेको हुन्थें। म सबैप्रति सचेत हुन्थें। म कसैसँग कहिल्यै पनि मन खोलेर हृदयदेखि बोल्दिनथिएँ। मैले आफ्‍नै परिवारसँग समेत छली व्यवहार गर्थेँ। मैले धेरै नै आफ्‍नो विवेकको विरुद्ध काम गरेँ र मैले आफ्‍नो गरिमा र सत्यनिष्ठालाई बेचेँ, किनभने म अरूलाई रिस उठाउँछु कि भनेर डराउथें। मैले जुन कुरा उचित छ त्यसको पक्षमा कहिल्यै उभिने आँट गरिनँ र मैले आफ्‍नो छविलाई रक्षा गर्नकै लागि मेरो सत्यनिष्ठामा सम्झौता गरेँ। रिसाउँदा समेत म जबरजस्ती मुस्कुराउथें। यी शैतानी दर्शनहरूले मलाई सामान्य मानवता जिउनबाट रोकेका मात्र थिएनन्, तर म स्वार्थी, घृणित, छली थिएँ, र मैले असललाई खराबबाट छुट्याउन सक्दिनथिएँ। यी शैतानी दर्शनशास्‍त्रहरूको आधारमा जिएर मैले अरूबाट क्षणिक प्रशंसा त प्राप्त गर्थेँ, तर यो अदृश्य बन्धनले कसिलो गरी बाँधिएको अवस्थामा रहेको जस्तै थियो। मैले खुलस्त रूपमा बोल्‍न वा व्यवहार गर्न सक्दिनथिएँ। मसँग कुनै पनि स्वतन्त्रता थिएन, र म साँच्‍चै निराशा र पीडामा थिएँ। अब मैले के देख्‍न सकेँ भने मैले जुन किसिमले मानिसहरूलाई खुशी पार्ने व्यक्ति बन्‍ने प्रयास गर्थेँ त्यो वास्तवमा असल व्यक्ति बन्‍नु थिएन, तर त्यो त धूर्त, कालो मन भएको व्यक्ति बन्‍नु थियो, जसले सत्यताको खोजी गर्दैन। मैले परमेश्‍वरको विरोध गरिरहेको र उहाँलाई धोका दिइरहेको थिएँ। मैले परमेश्‍वरको न्याय र शुद्धीकरणविना कहिल्यै पनि मुक्ति पाउन सक्दिनथिएँ। त्यसपछि मलाई परमेश्‍वरले कसरी मलाई कुट्न ती गुन्डाहरूलाई अनुमति दिनुभएको थियो त्यो थाहा भयो। उहाँले मलाई चेतावनी दिइरहनुभएको थियो ताकि म परमेश्‍वरको अघि आएर आफ्‍नो बारेमा मनन गर्न सकूँ, मानिसहरूलाई खुशी पार्ने व्यक्ति बन्‍नुको सार र परिणामहरूलाई जानेर, पश्‍चात्ताप गर्न सकूँ।

परमेश्‍वरका वचनहरू पढेपछि मानिसलाई खुसी पार्न मानिस हुनुको प्रकृति र सारलाई साथै यसका खतरा र परिणामहरू देखेँ। साँचो रूपमा सत्यताको खोजी गर्ने, शैतानका दर्शनशास्‍त्रहरूका बन्धनहरूबाट मुक्त हुने, र परमेश्‍वरका वचनहरूअनुसार इमानदार व्यक्ति बन्‍ने इच्‍छा गर्दै मैले परमेश्‍वरसँग प्रार्थना गरेँ। एक पटक मैले सिस्टर लिनलाई अर्को मण्डलीमा स्थानान्तर गरेर डिकनको रूपमा छनौट गरिएको छ भन्‍ने थाहा पाएँ। तिनी अत्यन्तै छली व्यक्ति हुन् र यसभन्दा अघि उनले मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गर्दा सधैँ एउटा कुरा भन्‍ने र अर्को कुरा गर्ने गर्दै कपटी गरेकी थिइन् भन्‍ने मलाई थाहा थियो। त्यस्तो छली व्यक्ति मण्डलीको डिकन हुनु हुँदैन र मैले मण्डलीको काममा साथ दिनुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले अवस्थाको बारेमा व्याख्या गर्दै मण्डली अगुवालाई पत्र लेख्‍ने निर्णय गरेँ। तर कलम उठाएपछि म यस्तो सोच्दै हिचकिचाएँ, “यो तिनीहरूको मण्डलीको मामला हो। के तिनीहरूको अगुवाले म हदभन्दा बाहिर गइरहेको छु, आफ्‍नै कामकाजमा ध्यान दिइरहेको छैन भन्‍ने ठान्‍नेछ?” त्यसपछि मैले परमेश्‍वरका केही वचनहरू याद गरेँ। “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरका हरेक वचनहरूले मेरो हृदयमा बोल्यो र मैले परमेश्‍वरको आतुरी इच्‍छालाई अनुभव गर्न सकेँ जसमा मानिसहरूले सत्यता अभ्यास गरून् र धार्मिकताको समर्थन गरून्, परमेश्‍वरको काममा साथ दिन शैतानका शक्तिहरूलाई “हुँदैन” भनेर जिम्‍मेवारी लिने आँट गरून् भन्‍ने आशा गरेको थियो। हामीले हाम्रा नाफा र घाटाहरूको हिसाब गरेको होइन, तर मण्डलीका हितहरूलाई प्राथमिकता दिएको उहाँ चाहनुहुन्छ। मैले परमेश्‍वरको इच्‍छालाई बुझेपछि, मैले सत्यतालाई व्यवहारमा उतार्ने आत्मविश्‍वास पाएँ, त्यसकारण मैले सिस्टर लिनको बारेमा अर्को मण्डलीको अगुवालाई पत्र लेखेँ। केही दिनपछि, अगुवाले मलाई तिनीहरूले यस विषयमा अनुसन्धान गरेको र सिस्टर लिन छली व्यक्ति हुन् भन्‍ने प्रमाणित भएको हुनाले, तिनीहरूले उनको कर्तव्य परिवर्तन गरे भनेर बतायो। परिणाम यस्तो आएको देख्दा त्यसले मलाई सान्त्वना र सहजता दियो। मैले इमानदार व्यक्ति बन्‍नु सुन्दर कुरा रहेछ भन्‍ने देखेँ र मैले अर्थपूर्ण कुरा गर्न पाएँ। पछि केही दाजुभाइ-दिदीबहिनीहरूले मलाई मण्डलीका हितहरूलाई रक्षा गर्नको लागि त्यो पत्र लेखेको घटनाले म साँच्‍चै नै परिवर्तन भएको छु, मैले धार्मिकताको केही बोध प्राप्त गरेको छु भन्‍ने देखायो भनेर बताए। यो कुरा उनीहरूबाट सुन्दा मेरो मन छोयो। मैले मनैदेखि के थाहा पाएँ भने सत्यता अभ्यास गर्नु, थोरै परिवर्तन गर्नु सबै परमेश्‍वरको न्याय र सजायद्वारा हासिल गरिएको हो। मलाई मुक्ति दिनुभएकोमा म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो: ४६. के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

अर्को: ४८. एक मानवजस्तै जिउनको लागि सत्यताको अभ्यास गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५९. इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

१४. इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्