जीवनमा प्रवेश (५)

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२०

पत्रुसले येशूलाई पछ्याउँदै गरेको समयमा, उनले उहाँको बारेमा धेरै किसिमका विचारहरू गर्ने र सधैं उनको आफ्नै दृष्टिकोणबाट उहाँको बारेमा न्याय गर्ने गर्दथे। आत्माको बारेमा पत्रुसको छुट्टै खालको बुझाई रहेको भए तापनि, केही हदसम्म उनको बुझाई स्पष्ट भने थिएन, त्यसैले गर्दा उनले यसो भनेः “स्वर्गीय पिताले पठाउनुभएको व्यक्तिलाई मैले पछ्याउनुपर्छ। पवित्र आत्माले चुन्नुभएको व्यक्तिलाई मैले चिन्नैपर्छ।” येशूले गर्नुभएका कामहरूलाई उनले बुझेका थिएनन् र ती कुराहरूको बारेमा उनलाई स्पष्ट भएको थिएन। उनले उहाँलाई पछ्याएको केही समयपछि, उहाँले गर्नुभएका कामहरू र भन्नुभएका कुराहरूप्रति साथै येशूमा समेत उनको चाख बढ्यो। येशूले माया र आदर दुवै गरेर प्रेरित गर्नुहुन्छ भन्ने कुरा उनले महशुस गरे; उनी उहाँसँग संगत गर्न र उहाँको छेउमा बस्न रुचाउँथे, र येशूका वचनहरू सुन्दा उनलाई आफ्नो खाँचो पूरा भएको र धेरै सहायता भएको महशुस हुन्थ्यो। उनले येशूलाई पछ्याएको समय अवधिमा, पत्रुसले उहाँको जीवनको बारेमा हरेक कुराहरू अवलोकन गर्थे र ती कुराहरूलाई आफ्नो हृदयमा लिन्थेः उहाँले गरेका कामहरू, वचनहरू, चालहरू, र अभिव्यक्तिहरू। येशू साधारण मानिसजस्तो हुनुहुन्नथ्यो भन्ने कुराहरूलाई उनले गहन रूपमा बुझेका थिए। उहाँको मानव स्वरूप एकदम सामान्य किसिमको भए तापनि, उहाँ मानिसका लागि प्रेम, दया, र सहिष्णुताले पूर्ण हुनुहुन्थ्यो। उहाँले गर्नुभएको वा भन्नुभएको हरेक कुरा अरु मानिसहरूको लागि ठूलो सहायता हुन्थ्यो, अनि पत्रुसले यो भन्दा अगाडि कहिल्यै पनि येशूबाट यस्तो कुरो देखेको र पाएको अनुभव गरेका थिएनन्। येशूको न त कुनै ठूलो कद थियो न त कुनै असामान्य मानवता नै थियो भन्ने कुरा उनले देखे तापनि, उहाँमा असाधारण र असामान्य आभास थियो। पत्रुसले यस कुरालाई पूर्ण रूपले वर्णन गर्न नसके तापनि, उनले अरु कुनै मानिसले गरेका कार्यहरू भन्दा भिन्दै किसिमले येशूले गर्नुभएको कार्यहरू देख्न सकेका थिए, किनकि उहाँले गर्नुभएका कार्यहरू सामान्य मानिसहरूले गरेका कार्यहरूभन्दा फरक खालका हुन्थे। येशूसँग सम्पर्कमा आएको यस समयदेखि, पत्रुसले उहाँको चरित्र अरु सामान्य मानिसको भन्दा भिन्दै खालको भएको पनि देखेका थिए। उहाँ सधैं दृढ भएर आफ्नो काम गर्नुहुन्थ्यो, उहाँ कहिल्यै पनि हतार गर्ने, बढाईचढाई गर्ने, र कुनै विषयलाई लुकाउने काम गर्नुहुन्नथियो, अनि उहाँले आफ्नो जीवनलाई त्यस्तो ढंगले सञ्चालन गर्नुभयो, जसले एउटा चरित्रलाई प्रकट गर्दछ, जो सामान्य र प्रशंसनीय पनि थियो। कुराकानीमा, येशूले स्पष्ट र अनुग्रहका साथ बोल्नुहुन्थ्यो, उहाँ सधैं हँसिलो र शान्त ढंगमा कुराकानी गर्नुहुन्थ्यो—तर उहाँले आफ्नो काम गरिरहँदा कहिले पनि आफ्नो इज्जत गुमाउनुभएन। येशू कहिले पनि जिस्कनुहुन्न थियो, तर उहाँ सधैं निर्धक्क साथ बोल्नुहुन्थ्यो भन्ने कुरा पत्रुसले देखेका थिए। कहिलेकाहीँ उहाँ यति प्रसन्न बन्नुहुन्थ्यो कि उहाँ उल्लासी ढुकुर जस्तो भएर देखा पर्नुहुन्थ्यो, र अरु कतिबेलाचाहिँ उहाँ यति धेरै दुःखित बन्नुहुन्थ्यो कि उहाँ थकित र चिन्तित आमाझैं शोकले ओतप्रोत भएर केही पनि नबोली बस्नुहुन्थ्यो। कहिलेकाहीँ उहाँ आफ्नो शत्रुसँग रिसाएर त्यसलाई मार्न खोज्ने बहादुर सिपाहीँ र गर्जने सिंह झैं रिसले भरिनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ हाँस्नुहुन्थ्यो; अरुबेला उहाँ प्रार्थना गर्नुहुन्थ्यो, र रुनुहुन्थ्यो। येशूले जस्तोसुकै व्यवहार गर्नुभएता पनि, पत्रुसले उहाँप्रति असीमित प्रेम र आदर देखाए। येशूको हाँसोले उनलाई खुशीले भरिदिएको थियो, उहाँको दुःखले उनलाई शोकमा डुबाएको थियो, उहाँको क्रोधले उनलाई डर लाग्थ्यो, उहाँको दया, क्षमा, र मानिसहरूलाई गरेको कडा मागहरूले गर्दा येशूलाई साँच्चै प्रेम गर्न र साँचो श्रद्धा गर्न उनलाई उत्कट चाहना गरायो। वास्तवमा, येशूसँग धेरै वर्ष विताई नसक्दै उनले विस्तारै यी सबै कुरा महशुस गरे।

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसले येशूलाई कसरी चिने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२१

पत्रुसका अनुभवहरूमा चरम विन्दु आयो, जुन बेला तिनको शरीर लगभग पूर्ण रूपमा तोडिएको थियो, तर अझै पनि येशूले तिनलाई भित्रैबाट प्रोत्साहन दिनुभयो। अनि एक पटक, येशू पत्रुसकहाँ देखा पर्नुभयो। पत्रुस अत्यन्तै कष्टमा भएको बेलामा र तिनले आफ्‍नो हृदय तोडिएको अनुभव गरेको बेलामा, येशूले तिनलाई निर्देशन दिनुभयो: “पृथ्वीमा तँ मसँग थिइस्, र म तँसँग यहाँ थिएँ। तर पहिले हामी स्वर्गमा एकसाथ भएको भए पनि, आखिर यो आत्मिक संसारको कुरा थियो। अब म आत्मिक संसारमा फर्केको छु, र तँ पृथ्वीमा छस्, किनभने म पृथ्वीको होइन, र तँ पनि पृथ्वीको नभए तापनि, तैँले पृथ्वीमा आफ्‍नो काम पूरा गर्नुपर्छ। तँ एक सेवक भएको हुनाले, तैँले आफ्‍नो कर्तव्यलाई पूरा गर्नैपर्छ।” तिनी परमेश्‍वरको पक्षमा फर्कन सक्‍छन् भन्‍ने सुनेपछि यसले पत्रुसलाई सान्त्वना दियो। आफू यति धेरै वेदनामा थिए कि लगभग तिनी ओछ्यानग्रस्त थिए; तिनलाई यति हदसम्‍म ग्‍लानि महसुस भयो कि तिनले भने: “म यति भ्रष्ट छु कि म परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन असक्षम छु।” येशू तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो: “पत्रुस, के यस्तो हुन सक्छ कि तैँले एक पटक मेरो अगाडि गरेको संकल्पलाई बिर्सेका छस्? के मैले भनेका सबै कुरा तैँले साँच्‍चै बिर्सेको छस? के तैँले मसँग गरेको संकल्पलाई बिर्सेको छस्?” यो येशू नै हुनुहुन्छ भन्‍ने देखेपछि, पत्रुस आफ्‍नो ओछ्यानबाट उठे, र येशूले तिनलाई सान्त्वना दिनुभयो: “म पृथ्वीको होइन, मैले तँलाई पहिले नै भनिसकेँ—तैँले यो कुरालाई बुझ्‍नैपर्छ, तर के मैले तँलाई बताएको अर्को कुनै कुरा बिर्सेको छस्? ‘तँ पनि पृथ्वीको होइनस्, संसारको होइनस्।’ अहिले, तैँले गर्नुपर्ने काम छ। तँ यसरी दुःखी हुनु हुँदैन। तैँले यसरी कष्ट भोग्‍नु हुँदैन। मानिसहरू र परमेश्‍वर एउटै संसारमा सह-अस्तित्वमा रहन नसके तापनि, मेरो आफ्‍नै काम छ र तेरो पनि आफ्‍नै काम छ, अनि एक दिन तेरो काम पूरा भएपछि, हामी एउटै संसारमा एकसाथ हुनेछौं, र म तँलाई सदासर्वदा मसँग रहनको लागि अगुवाइ गर्नेछु।” यी वचनहरू सुनिसकेपछि, पत्रुसलाई सान्त्वना मिल्यो र तिनी ढुक्क भए। यो कष्ट तिनले सामना गर्नुपर्ने र अनुभव गर्नुपर्ने कुरा थियो भन्‍ने कुरा तिनलाई थाहा थियो, र त्यसपछि, तिनी उत्प्रेरित भए। तिनलाई विशेष अन्तर्दृष्टि र मार्गनिर्देशन दिँदै येशू तिनीकहाँ तिनको हरेक महत्त्वपूर्ण क्षणमा देखा पर्नुभयो, र उहाँले तिनीमाथि धेरै काम गर्नुभयो। अनि पत्रुसले सबैभन्दा बढी के कुरामा पछुतो गरे? पत्रुसले “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ” भनेर भनेको केही समयपछि नै, येशूले पत्रुसलाई अर्को प्रश्‍न गर्नुभयो (यद्यपि यसको बारेमा बाइबलमा यसरी विवरण दिइएको छैन)। येशूले तिनलाई सोध्‍नुभयो: “पत्रुस! के तैँले मलाई कहिल्यै प्रेम गरेको छस्?” उहाँले के भन्‍न खोज्‍नुभएको हो सो पत्रुसले बुझे, र भने: “प्रभु! मैले स्वर्गमा हुनुहुने पितालाई एक पटक प्रेम गरेको थिएँ, तर मैले तपाईंलाई कहिल्यै प्रेम गरेको छैन भन्‍ने कुरालाई म स्वीकार गर्छु।” त्यसपछि येशूले भन्‍नुभयो: “यदि मानिसहरूले स्वर्गमा हुनुहुने पितालाई प्रेम गर्दैनन् भने, तिनीहरूले पृथ्वीमा हुने पुत्रलाई कसरी प्रेम गर्न सक्छन्? र यदि परमेश्‍वर पिताले पठाउनुभएका पुत्रलाई मानिसहरूले प्रेम गर्दैनन् भने, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई कसरी प्रेम गर्न सक्छन्? यदि मानिसहरूले पृथ्वीमा हुने पुत्रलाई साँच्‍चै प्रेम गर्छन् भने, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई साँचो रूपमा प्रेम गर्छन्।” जब पत्रुसले यी वचनहरू सुने, तब तिनले आफूमा के कमी छ भन्‍ने कुरालाई महसुस गरे। “मैले स्वर्गमा हुनुहुने पितालाई एक पटक प्रेम गरेको थिएँ, तर मैले तपाईंलाई कहिल्यै प्रेम गरेको छैन” भन्‍ने आफ्‍नो वचनहरूप्रति तिनी सँधै यति हदसम्‍म पछुताउँथे कि तिनले आँसु नै झार्थे। येशूको पुनर्जागरण र स्वर्ग आरोहणपछि, तिनले यी वचनहरूप्रति अझै ग्‍लानि र शोक महसुस गरे। आफ्‍नो विगतको कार्य र आफ्‍नो वर्तमानको कदको बारेमा स्मरण गर्दै, तिनी धेरै पटक प्रार्थनामा येशूको सामने जान्थे, परमेश्‍वरको इच्‍छालाई पूरा गर्न नसकेको र परमेश्‍वरको मापदण्डहरू अनुसार हुन नसकेको कारण सँधै अफसोस र ऋणी महसुस गरिरहन्थे। यी समस्याहरू तिनको लागि सबैभन्दा ठूलो भारी बन्यो। तिनले भने: “एक दिन मसँग भएको सबै कुरा र म जे छु सबै कुरा तपाईंमा समर्पित गर्नेछु, र जे बहुमूल्य छ म तपाईंलाई त्यही दिनेछु।” तिनले भने: “परमेश्‍वर! मेरो एउटै मात्र विश्‍वास छ र एउटै मात्र प्रेम छ। मेरो जीवनको केही मूल्य छैन, र मेरो शरीरको केही मूल्य छैन। मेरो एउटै मात्र विश्‍वास छ र एउटै मात्र प्रेम छ। मेरो मनमा तपाईंप्रति विश्‍वास छ र मेरो हृदयमा तपाईंप्रति प्रेम छ; तपाईंलाई दिनका लागि मसँग यी दुई कुराहरू मात्रै छन्, अरू केही पनि छैन।” येशूको वचनद्वारा पत्रुस अत्यन्तै बढी प्रोत्साहित भए, किनभने येशू क्रूसमा टाँगिनुभन्दा पहिले, उहाँले पत्रुसलाई भन्‍नुभएको थियो: “म यस संसारको होइन, र तँ पनि यस संसारको होइनस्।” पछि, जब पत्रुस ठूलो पीडाको बिन्दुमा पुगे, तब येशूले तिनलाई स्मरण गराउनुभयो: “पत्रुस, के तैँले बिर्सिस्? म यो संसारको होइन, र मैले मेरो कामको लागि मात्रै पहिले प्रस्थान गरेँ। तँ पनि यो संसारको होइनस्, तैँले साँच्‍चै बिर्सिस्? मैले तँलाई दुई पटक भनेको छु, के तँलाई याद छैन?” यो सुनेर, पत्रुसले भने: “मैले बिर्सेको छैन!” त्यसपछि येशूले भन्‍नुभयो: “एक पटक तैँले स्वर्गमा मसँग एकसाथ खुशीको समय बिताइस् र मसँगै केही समय बसिस्। तँ मेरो सम्झना गर्छस्, र म तेरो सम्झना गर्छु। मेरो नजरमा सृष्टि गरिएका वस्तुहरूलाई उल्‍लेख गर्न योग्य नभए तापनि, निर्दोष र प्रेमिलोलाई म प्रेम नगरी कसरी बस्न सक्छु र? के तैँले मेरो प्रतिज्ञालाई बिर्सेको छस्? तैँले पृथ्वीमा मेरो आज्ञालाई स्वीकार गर्नैपर्छ; मैले तँलाई सुम्पेको कार्यलाई तैँले पूरा गर्नैपर्छ। एक दिन म तँलाई अवश्य नै मेरो नजिक बस्‍नको लागि डोर्याउनेछु।” यो सुनेपछि, पत्रुस अझै बढी उत्साही बने र तिनले अझै ठूलो उत्प्रेरणा प्राप्त गरे, यतिसम्म कि क्रूसमा हुँदा तिनले भन्‍न सके: “परमेश्‍वर! म तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिन। तपाईंले मलाई मर्न लगाउनुभयो भने पनि, म तपाईंलाई अझै पर्याप्त प्रेम गर्न सक्दिन। तपाईंले मेरो प्राणलाई जहाँ पठाउनुभए तापनि, तपाईंले तपाईंका विगतका प्रतिज्ञाहरूलाई पूरा गर्नुभए पनि वा नगर्नुभए पनि, त्यसपछि तपाईंले जे गर्नुभए पनि, म तपाईंलाई प्रेम गर्छु र तपाईंमा विश्‍वास गर्छु।” तिनी जे कुरामा अटल रहे त्यो तिनको विश्‍वास, र साँचो प्रेम थियो।

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसले येशूलाई कसरी चिने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२२

अब पत्रुसले हिँडेको त्यही मार्गलाई तैँले स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, आज गरिने कामको बारेमा तँ निश्‍चित हुनेछस्, ताकि तैँले कुनै गुनासो गर्ने छैनस्, वा निष्क्रिय बस्ने छैनस्, वा कुनै कुराको तृष्णा गर्नेछैनस्। त्यो समयको पत्रुसको भावनालाई तैँले अनुभव गर्नुपर्छ: तिनी शोकले ग्रस्त थिए; तिनले भविष्य वा आशीषहरूको लागि अनुरोध गर्न छाडे। तिनले संसारमा लाभ, खुशी, ख्याति, वा सम्पत्तिको खोजी गरेनन्; तिनले सबैभन्दा अर्थपूण जीवन मात्रै जिउन खोजे, जुन परमेश्‍वरको प्रेमको ऋण तिर्नु र आफूले सबैभन्दा बहुमूल्य ठानेको कुरा परमेश्‍वरलाई सुम्पनु थियो। त्यसपछि तिनी आफ्‍नो हृदयमा सन्तुष्ट हुन्थे। तिनले धेरै पटक येशूलाई यी शब्‍दहरूद्वारा प्रार्थना गर्थे: “प्रभु येशू ख्रीष्ट, एक पटक मैले तपाईंलाई प्रेम गरेँ, तर मैले तपाईंलाई साँचो रूपमा कहिल्यै प्रेम गरिन। तपाईंप्रति ममा विश्‍वास छ भनेर मैले भनेको भए तापनि, मैले तपाईंलाई साँचो हृदयले कहिल्यै प्रेम गरिन। मैले तपाईंलाई सराहना मात्र गरेँ, तपाईंलाई आदरपूर्वक प्रेम गरेँ, र तपाईंको याद गरेँ, तर मैले तपाईंलाई न त साँचो रूपमा कहिल्यै प्रेम गरेँ, नत तपाईंमा कहिल्यै साँचो विश्‍वास नै राखेँ।” संकल्प गर्नको लागि तिनले निरन्तर प्रार्थना गरे, र तिनी येशूको वचनद्वारा सँधै उत्साहित हुन्थे र तिनबाट उत्प्रेरणा लिन्थे। पछि, अनुभवको एक अवधिपछि, येशूले तिनलाई उहाँप्रति अझै तड्पिन बाध्य तुल्याउँदै तिनको जाँच गर्नुभयो। तिनले भने: “प्रभु येशू ख्रीष्ट! म कति धेरै तपाईंको याद गर्छु, र तपाईंलाई हेर्ने तृष्णा गर्छु। ममा धेरै कुराको कमी छ, र तपाईंको प्रेम जति म तपाईंलाई दिन सक्दिन। मलाई चाँडै नै लैजानुहोस् भनेर म तपाईंलाई बिन्ती गर्छु। तपाईंलाई कहिले मेरो खाँचो पर्नेछ? तपाईंले मलाई कहिले लैजानुहुनेछ? कहिले फेरि मैले तपाईंको मुहार हेर्नेछु? यो शरीरमा जिउन, निरन्तर भ्रष्ट भइरहन म चाहन्‍नँ, नत अब उप्रान्त म विद्रोह नै गर्न चाहन्छु। सकेसम्‍म चाँडो मसँग भएको सबै कुरा तपाईंलाई समर्पित गर्न म तयार छु, र अब उप्रान्त म तपाईंलाई दुःखित तुल्याउन चाहन्‍नँ।” तिनले यसरी नै प्रार्थना गरे, तर येशूले तिनलाई सिद्ध पार्नुहुनेछ भन्‍ने बारेमा तिनलाई त्यो बेला थाहा थिएन। तिनको परीक्षाको वेदनाको बेला, येशू फेरि तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो: “पत्रुस, म तँलाई सिद्ध बनाउन चाहन्छु, ताकि तँ एक फलको टुक्रा बन्छस्, जुन तँलाई मैले बनाएको सिद्धताको हिरा हुन्छ, र जसप्रति म आनन्दित हुनेछु। के तैँले मेरो लागि साँचो रूपमा गवाही दिन सक्छस्? के तैँले तँलाई मैले जे गर्न भनेको छु सो गरेको छस्? के मैले बोलेको वचनमा तँ बाँचेको छस? एक पटक तैँले मलाई प्रेम गरिस, तर तैँले मलाई प्रेम गरे पनि, के तैँले म भएर बाँचेको छस? तैँले मेरो लागि के गरेको छस्? तँ मेरो प्रेमको लागि अयोग्य छस् भन्‍ने कुरालाई तैँले पहिचान गरिस्, तर तैँले मेरो लागि के गरेको छस?” आफूले येशूको लागि केही पनि गरेको छैन भन्‍ने पत्रुसले देखे र आफ्‍नो जीवन परमेश्‍वरलाई दिन्छु भनी गरेको आफ्‍नो पहिलेको शपथलाई स्मरण गरे। अनि त्यसैले, तिनले फेरि गुनासो गरेनन्, त्यसपछिको तिनको प्रार्थना अझै उत्तम हुँदै गयो। तिनले यसो भन्दै प्रार्थना गरे: “प्रभु येशू ख्रीष्ट! एक पटक मैले तपाईंलाई छोडेँ, र तपाईंले पनि मलाई एक पटक छोड्नुभयो। हामीले एक-अर्काबाट अलग बसेर, अनि सँगै बसेर समय बिताएका छौं। तैपनि तपाईंले अरू सबैले भन्दा बढी प्रेम गर्नुहुन्छ। मैले तपाईंको विरुद्धमा बारम्‍बार विद्रोह गरेको छु र तपाईंलाई बारम्‍बार दुःखी तुल्याएको छु। म यस्ता कुराहरूलाई कसरी बिर्सन सक्छु र? तपाईंले मेरो जीवनमा गर्नुभएको कामलाई र तपाईंले मलाई सुम्पनुभएको कुरालाई म सँधै मनमा राख्छु र कहिल्यै बिर्सँदिन। तपाईंले ममा गर्नुभएको कामको लागि मैले आफूले सकेजति सबै कुरा गरेको छु। मैले के गर्न सक्छु त्यो तपाईंलाई थाहा छ, र मैले कुन भूमिका निर्वाह गर्न सक्छु त्यो पनि तपाईंले जान्‍नुहुन्छ। म तपाईंको योजनाबद्ध कार्यमा समर्पित हुन चाहन्छु, र मसँग भएको सबै कुरा तपाईंमा समर्पित गर्नेछु। मैले तपाईंको लागि के गर्न सक्छु त्यो तपाईंलाई मात्र थाहा छ। शैतानले मलाई धेरै झुक्‍काएको भए तापनि र मैले तपाईंको विरुद्ध विद्रोह गरेको भए तापनि, ती अपराधहरूका निम्ति मलाई तपाईंले याद गर्नुहुन्‍न र तिनीहरूको आधारमा तपाईंले मलाई व्यवहार गर्नुहुन्‍न भनी म विश्‍वास गर्छु। म मेरो सम्पूर्ण जीवन तपाईंमा नै समर्पित गर्न चाहन्छु। म केही कुरा पनि माग्दिन, नत मसँग अरू आशा वा योजना नै छ; तपाईंको अभिप्राय अनुसार काम गर्ने र तपाईंको इच्‍छा अनुसार गर्ने मात्रै मेरो इच्‍छा छ। तपाईंको तीतो कचौराबाट म पिउनेछु, र आज्ञा गर्नलाई म तपाईंकै हुँ।”

तिमीहरूले हिँड्ने बाटोको बारेमा तिमीहरू स्पष्ट हुनैपर्छ; तिमीहरूले भविष्यमा हिँड्ने बाटोको बारेमा, परमेश्‍वरको इच्‍छाले सिद्ध पार्ने जे कुरा हो त्यसको बारेमा, र तिमीहरूलाई जे सुम्पिइएको छ त्यसको बारेमा तिमीहरू स्पष्ट हुनैपर्छ। सायद, एक दिन तिमीहरू जाँचिनेछौ र, जब त्यो समय आउँछ, तब यदि तिमीहरूले पत्रुसको अनुभवहरूबाट उत्प्रेरणा प्राप्त गर्न सक्षम भयौ भने, यसले तिमीहरू साँच्‍चै नै पत्रुसको मार्गमा हिँडिरहेका छौ भन्‍ने देखाउनेछ। पत्रुसलाई तिनको साँचो विश्‍वास र प्रेम अनि परमेश्‍वरप्रतिको वफादारिताको लागि परमेश्‍वरद्वारा नै तारिफ गरियो। अनि परमेश्‍वरप्रतिको उनको हृदयमा भएको इमानदारिता र आकांक्षाको लागि परमेश्‍वरले तिनलाई सिद्ध तुल्याउनुभयो। यदि तँसँग पत्रुसको जस्तै प्रेम र विश्‍वास छ भने, येशूले तँलाई अवश्य नै सिद्ध तुल्याउनुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसले येशूलाई कसरी चिने” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२३

परमेश्‍वरद्वारा सजाय प्राप्त गर्दा, पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! मेरो देह अनाज्ञाकारी छ, र तपाईंले मलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ। म तपाईंको सजाय र न्यायमा आनन्द मनाउँछु, र तपाईंले मलाई नचाहनुभए तापनि, तपाईंको न्यायमा म तपाईंको पवित्र र धर्मी स्वभावलाई देख्छु। अरूहरूले तपाईंको न्यायमा तपाईंको धर्मी स्वभावलाई देख्न सकून् भनेर, जब तपाईंले मलाई न्याय गर्नुहुन्छ, तब म सन्तुष्टिको आभास गर्छु। यदि यसले तपाईंको स्वभावलाई व्यक्त गर्न सक्छ र तपाईंको धर्मी स्वभावलाई सबै प्राणीहरूद्वारा देख्न सक्‍ने तुल्याउँछ भने, र यदि यसले तपाईंप्रतिको मेरो प्रेमलाई अझै शुद्ध तुल्याउन सक्छ, कि जो धर्मी हुनुहुन्छ म उहाँजस्तै बन्‍न सक्‍छु भने, तपाईंको न्याय असल छ, किनभने तपाईंको अनुग्रही इच्‍छा त्यस्तै छ। मभित्र अझै धेरै विद्रोही कुराहरू छन्, र तपाईंको सामु आउनको लागि म अझै पनि योग्यको छैन भन्‍ने कुरा मलाई थाहा छ। तपाईंले मलाई अझै बढी न्याय गर्नुभएको होस् भन्‍ने मेरो कामना छ, चाहे त्यो विषम परिस्थितिद्वारा होस् या महासंकष्टहरूद्वारा होस्; तपाईंले जे गर्नुहुन्छ, त्यो मेरो लागि बहुमूल्य छ। तपाईंको प्रेम अति नै प्रगाढ छ, र म अलिकति पनि गुनासो नगरिकन आफूलाई तपाईंको कृपामा समर्पित गर्न इच्‍छुक छु।” यो परमेश्‍वरको कार्यलाई अनुभव गरिसकेपछिको पत्रुसको बोध हो, र यो परमेश्‍वरप्रतिको तिनको प्रेमको गवाही पनि हो। आज, तिमीहरूलाई पहिले नै विजय गरिएको छ—तर तिमीहरूमा कसरी यो विजय व्यक्त गरिएको छ? कतिपय मानिसहरू भन्छन्, “मेरो विजय भनेको परमेश्‍वरको सर्वोच्‍च अनुग्रह र उच्चता हो। अहिले मात्रै म मानिसको जीवन खोक्रो र महत्त्वहीन छ भन्‍ने कुरालाई महसुस गर्छु। मानिसले एकपछि अर्को पुस्ताको सन्तान पैदा गर्दै र हुर्काउँदै दौडधूपमा आफ्‍नो जीवन बिताउँछ, र अन्त्यमा केही पनि बाँकी रहँदैन। आज, परमेश्‍वरद्वारा विजय गरिएपछि मात्रै यसरी जिउनुको कुनै मूल्य छैन भन्‍ने कुरालाई मैले देखेको छु; यो साँच्‍चै नै एउटा अर्थहीन जीवन हो। म पनि मर्न सक्छु र यससँग कुरै सकिन सक्छ!” विजय गरिएका त्यस्ता मानिसहरू के परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छन्‌? के तिनीहरू आदर्शहरू र नमुनाहरू बन्‍न सक्छन्? त्यस्ता मानिसहरू निष्क्रियताको एउटा पाठ हुन्; तिनीहरूसँग कुनै आकांक्षा छैन, र तिनीहरूले आफूलाई सुधार गर्ने प्रयास गर्दैनन्। तिनीहरू विजय गरिएकाहरूको रूपमा गन्ती हुन्छन्‌ तापनि, त्यस्ता निष्क्रिय मानिसहरू सिद्ध पारिनको लागि असक्षम हुन्छन्। उनलाई सिद्ध बनाइएपछि, आफ्‍नो जीवनको अन्त्यतिर, पत्रुसले भने, “हे परमेश्‍वर! यदि मैले थप केही वर्ष जिउनु पर्थ्यो भने, म तपाईंको अझ शुद्ध र अझ गहन प्रेमलाई प्राप्त गर्ने कामना गर्नेथिएँ।” उनी क्रूसमा टाँगिन लागेको बेला, उनले आफ्‍नो हृदयमा यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंको समय अब आइपुगेको छ; तपाईंले मेरो लागि तयार पार्नुभएको समय आइपुगेको छ। म तपाईंको लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईंलाई यो गवाही दिनैपर्छ, र मेरो प्रेमले तपाईंका मागहरूलाई पूरा गर्न सक्छ, र यो अझै शुद्ध हुन सक्छ भन्‍ने म आशा गर्छु। आज, तपाईंको लागि मर्न सक्नु, र तपाईंको लागि क्रूसमा टाँगिन सक्नु, मेरो लागि सान्त्वना दिने र आश्‍वासन दिने किसिमको छ, किनभने तपाईंको लागि क्रूसमा मर्न सक्नु र तपाईंका इच्‍छाहरूलाई पूरा गर्नु, र आफैलाई तपाईंमा दिन सक्नु, तपाईंलाई आफ्‍नो जीवन चढाउनु जत्तिको आनन्दको कुरा मेरो लागि अरू केही छैन। हे परमेश्‍वर! तपाईं कति प्रेमिलो हुनुहुन्छ! यदि तपाईंले मलाई जिउन दिनुभएको भए, तपाईंलाई म अझै बढी प्रेम गर्न इच्‍छुक हुनेथिएँ। जबसम्‍म म जीवित रहन्छु, तबसम्‍म म तपाईंलाई नै प्रेम गर्नेछु। म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहुन्छ, र मलाई सजाय दिनुहुन्छ, र मलाई जाँच्‍नुहुन्छ किनभने म धर्मी छैन, किनभने मैले पाप गरेको छु। अनि तपाईंको धर्मी स्वभाव मेरो लागि अझै स्पष्ट हुन्छ। यो मेरो लागि एउटा आशिष्‌ हो, किनभने म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न सक्छु, र तपाईंले मलाई प्रेम गर्नुभएन भने पनि म तपाईंलाई यसरी नै प्रेम गर्न इच्‍छुक छु। तपाईंको धर्मी स्वभावलाई हेर्न म इच्‍छुक छु, किनभने यसले मलाई अर्थपूर्ण जीवन जिउनको लागि अझै सक्षम तुल्याउँछ। मेरो जीवन अहिले अझै अर्थपूर्ण भएको छ भन्‍ने मलाई आभास हुन्छ, किनभने म तपाईंको लागि क्रूसमा टाँगिएको छु, र तपाईंको लागि मर्नु अर्थपूर्ण छ। तैपनि, मलाई अझै पनि सन्तुष्टिको आभास छैन, किनभने मलाई तपाईंको बारेमा अत्यन्तै थोरै मात्रै थाहा छ, तपाईंका इच्‍छाहरूलाई पूर्ण रूपमा पूरा गर्न म सक्दिनँ भन्‍ने मलाई थाहा छ, र तपाईंलाई थोरै मात्रै फिर्ता दिएको छु। मेरो जीवनमा, तपाईंलाई मैले मेरो सम्पूर्णता फिर्ता दिन असक्षम रहेको छु; म त्योबाट धेरै टाढा छु। यस क्षणमा फर्केर हेर्दा, म तपाईंप्रति अत्यन्तै ऋणी भएको आभास गर्छु, र मेरा सबै गल्तीहरूको निम्ति र मैले तपाईंलाई फिर्ता नदिएको सबै प्रेम चुकाउन मसँग यो बाहेक अरू क्षण छैन।”

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२४

मानिसले अर्थपूर्ण जीवन जिउने प्रयास गर्नुपर्छ, र आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति ऊ सन्तुष्ट हुनुहुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि, उसले पत्रुसको ज्ञान र अनुभवहरूलाई प्राप्त गर्नैपर्छ। मानिसले अझै उच्‍च र अझै प्रगाढ कुराहरूको खोजी गर्नुपर्छ। मानिसले अझै गहन, अझै शुद्ध परमेश्‍वरप्रतिको प्रेम, र मूल्य र अर्थ सहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्रै जीवन हो; तब मात्र मानिस पत्रुसजस्तै हुनेछ। तैँले सकरात्मक पक्षमा आफ्‍नो प्रवेशप्रति कर्मठ हुनमा ध्यान दिनुपर्छ, र अझै प्रगाढ, अझै निर्दिष्ट र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्दै क्षणिक सुखको खातिर आफूलाई विवश रूपमा विश्‍वासत्याग गर्न दिनु हुँदैन। तेरो प्रेम व्यवहारिक हुनुपर्छ, र तैँले पशुको भन्दा फरक नभएको यो भ्रष्ट, लापरवाही जीवनबाट आफूलाई स्वतन्त्र पार्ने उपायहरू पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्य भएको जीवन जिउनुपर्छ, र तैँले आफैलाई मूर्ख तुल्याउने वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नुहुँदैन। परमेश्‍वरलाई प्रेम गर्न इच्‍छा गर्ने हरेकको लागि, प्राप्त गर्न नसक्‍ने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने त्यस्तो कुनै न्याय छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ, र उहाँको इच्‍छालाई पूरा गर्नको लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र मेरुदण्ड नभएकाहरू, दुर्बल व्यक्तिहरू जस्ता तँ बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन। तैँले महसुस नै गर्न नपाइ, तेरो जीवनले तँलाई छोडेर जानेछ; त्यसपछि, के तैँले परमेश्‍वरलाई प्रेम गर्ने अर्को मौका पाउनेछस्‌? के मरेपछि मानिसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ र? तँसँग पनि पत्रुसको जस्तै आकांक्षाहरू र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन। एक मानव भएको हुनाले, र परमेश्‍वरको खोजी गर्ने एक व्यक्ति भएको हुनाले, तैँले आफ्‍नो जीवनलाई कस्तो व्यवहार गर्छस्‌, तैँले आफैलाई परमेश्‍वरमा कसरी समर्पण गर्नुपर्छ, परमेश्‍वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्‍वास राख्नुपर्छ, र परमेश्‍वरलाई तैँले प्रेम गर्ने हुनाले, तैँले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले कसरी प्रेम गर्नुपर्छ सो बारेमा होसियारीसाथ विचार गर्न सक्षम हुनुपर्छ। आज, तँलाई कसरी विजय गरिएको छ त्यसप्रति मात्रै तँ सन्तुष्ट हुन सक्दैनस्‌, तर भविष्यमा तँ हिँड्ने मार्गको बारेमा पनि तैँले विचार गर्नैपर्छ। शुद्ध पारिनको लागि तँसँग आकांक्षाहरू र साहस हुनैपर्छ, र तैँले आफूलाई सँधै असक्षम ठान्‍नु हुँदैन। के सत्यताका मन पर्ने कुराहरू हुन्छन्? के सत्यताले मानिसहरूलाई जानी-जानी विरोध गर्न सक्छ? यदि तैँले सत्यताको खोजी गरिस्‌ भने, के यसले तँलाई व्याकुल बनाउन सक्छ? यदि तँ न्यायको लागि दह्रिलो गरी खडा भइस्‌ भने, के यसले तँलाई ढाल्‍नेछ? यदि जीवनको खोजी गर्ने तेरो आकाङ्क्षा साँचो हो भने, के जीवनले तँलाई छल्‍न सक्छ? यदि तँ सत्यविहीन छस्‌ भने, सत्यताले तँलाई बेवास्ता गरेको कारणले होइन, तर तँ सत्यताबाट टाढा बस्‍ने हुँदा त्यसो भएको हो; यदि तँ न्यायको लागि दृढ रूपमा खडा हुन सक्दैनस्‌ भने, न्यायमा कुनै गल्ती भएको कारणले होइन, तर यो तथ्यहरूसँग मिल्दैन भनेर तैँले ठानेको कारणले गर्दा यसो भएको हो; धेरै वर्षसम्‍म जीवनको खोजी गरेर पनि तैँले जीवन प्राप्त गरेको छैनस्‌ भने, तँप्रति जीवनको कुनै विवेक नभएर होइन, तर जीवनप्रति तँसँग कुनै विवेक नभएकोले र तैँले जीवनलाई धपाएको हुनाले यसो भएको हो; यदि तँ ज्योतिमा जिउँछस्‌, र ज्योति प्राप्त गर्न असमर्थ भएको छस्‌ भने, ज्योतिले तँलाई प्रकाश दिन नसकेकोले होइन, तर ज्योतिको अस्तित्वलाई तैँले कुनै पनि ध्यान नदिएको कारण, र यसैले ज्योति तँबाट चुपचाप टाढा गएकोले यसो भएको हो। यदि तैँले खोजी गर्दैनस्‌ भने, तँ मूल्यहीन रद्दी होस्‌, र तेरो जीवनमा कुनै साहस छैन, र अन्धकारको शक्तिलाई विरोध गर्ने आत्मा तँमा छैन भनेर मात्रै भन्‍न सकिन्छ। तँ अत्यन्तै कमजोर छस्‌! तँलाई घेरेर राखेको शैतानका शक्तिहरूबाट तँ उम्कन सक्दैनस्‌, र यस प्रकारको सुरक्षित र निश्‍चिन्त जीवन जिउन र अज्ञानतामा मर्न मात्रै तँ इच्‍छुक छस्‌। तैँले हासिल गर्नुपर्ने कुरा भनेको विजय गरिने तेरो खोजी हो; यो तेरो अपरिहार्य कर्तव्य हो। यदि तँ विजय गरिनुमा नै सन्तुष्ट छस्‌ भने, तैँले ज्योतिको अस्तित्वलाई धपाउँछस्‌। तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यतालाई प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टबाट भएर जानैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन, र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌, र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्नसक्छस्‌? एउटा सत्यताको खातिर तैँले पापमय स्वभावका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२५

परमेश्‍वरले मानिसलाई सजाय दिनुहुन्छ र उसको न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यको लागि आवश्यक छ, र, यति मात्र होइन, किनभने मानिसलाई यसको आवश्यक छ। मानिसलाई सजाय दिइनुपर्छ र न्याय गरिनुपर्छ, त्यसपछि मात्रै उसले परमेश्‍वरको प्रेम प्राप्त गर्नसक्छ। आज, तिमीहरू पूर्ण रूपमा विश्‍वस्त भएका छौ, तर जब तिमीहरूले अलिकति बाधाको सामना गर्छौ, तिमीहरू कष्टमा पर्छौ; गहन ज्ञान प्राप्त गर्नको लागि तिमीहरूको कद अझै पनि अत्यन्तै सानो छ, र तिमीहरूले अझै त्यस किसिमको सजाय र न्यायको अनुभव गर्नुपर्छ। आज, परमेश्‍वरप्रति तिमीहरूसँग केही श्रद्धा छ, र तिमीहरूले परमेश्‍वरको भय मान्छौ, र उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने तिमीहरूलाई थाहा छ, तर तिमीहरूसँग उहाँप्रतिको महान् प्रेम छैन, तिमीहरूले शुद्ध प्रेम प्राप्त गर्ने कुरा त परै जाओस्; तिमीहरूको ज्ञान अत्यन्तै सतही छ, र तिमीहरूको कद अझै अपर्याप्त छ। जब तैँले साँचो रूपमा एउटा परिस्थितिको सामना गर्छस् र जसमा तैँले अझै साक्षी दिएको छैनस्, तेरो प्रवेश अत्यन्तै थोरै सक्रिय हुन्छ, र कसरी अभ्यास गर्ने सो तँलाई केही पनि थाहा हुँदैन। धेरैजसो मानिसहरू निष्क्रिय र सुस्त छन्; तिनीहरूले परमेश्‍वरलाई आफ्‍नो हृदयमा गोप्य रूपमा मात्र प्रेम गर्छन्, तर तिनीहरूमा अभ्यास गर्ने कुनै उपाय हुँदैन, न त आफ्‍ना उद्देश्यहरू के हुन् भन्‍ने विषयमा नै तिनीहरू स्पष्ट छन्। सिद्ध पारिएकाहरूमा सामान्य मानवता मात्रै हुँदैन, तर विवेकका नापहरूभन्दा माथिका सत्यताहरू तिनीहरूमा हुन्छ, जुन विवेकका मापदण्डहरूभन्दा माथि हुन्छ; तिनीहरूले परमेश्‍वरको प्रेमको ऋण तिर्न विवेकको प्रयोग गर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्, र परमेश्‍वर प्रेमिलो हुनुहुन्छ, र मानिसको प्रेमको योग्य हुनुहुन्छ, अनि परमेश्‍वरमा प्रेम गर्नुपर्ने कुरा धेरै छन् भन्‍ने कुरालाई देखेका छन्; मानिसले उहाँलाई प्रेम नगरिकन बस्‍न सक्दैन! सिद्ध पारिएकाहरूको परमेश्‍वरप्रतिको प्रेम भनेको तिनीहरूका आफ्‍नै आकांक्षाहरूलाई पूरा गर्नको लागि हो। तिनीहरूको प्रेम स्वाभाविक प्रेम हो, जुन प्रेमले यसको सट्टामा केही पनि माग्दैन, र जुन कारोबार होइन। अरू केही कारणले होइन तर उहाँप्रतिको तिनीहरूको ज्ञानको कारणले मात्रै तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्। परमेश्‍वरले तिनीहरूलाई अनुग्रह गर्नुहुन्छ कि गर्नुहुन्‍न त्यस कुरालाई त्यस्ता मानिसहरूले वास्ता गर्दैनन्, र परमेश्‍वरलाई सन्तुष्ट दिने बाहेक अरू केही कुराद्वारा तिनीहरू सन्तुष्ट हुँदैनन्। तिनीहरूले परमेश्‍वरसँग मोलतोल गर्दैनन्, न त परमेश्‍वरप्रतिको आफ्‍नो प्रेमलाई नै तिनीहरूले विवेकको आधारमा मापन गर्छन्: “तपाईंले मलाई दिनुभएको छ, त्यसैले यसको सट्टामा म तपाईंलाई प्रेम गर्छु; यदि तपाईंले मलाई दिनुहुन्‍न भने, यसको सट्टामा मसँग तपाईंको लागि केही पनि हुँदैन।” सिद्ध पारिएकाहरूले सँधै नै यस्तो विश्‍वास गर्छन्: “परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ, र उहाँले हामीमा आफ्‍नो कामलाई अघि बढाउनुहुन्छ। सिद्ध पारिनको लागि मसँग यो मौका, अवस्था, र योग्यता भएको हुनाले, मेरो उद्देश्य भनेको अर्थपूर्ण जीवन जिउने हुनुपर्छ, र मैले उहाँलाई सन्तुष्ट पार्नुपर्छ।” यो पत्रुसले अनुभव गरेको जस्तै छ: तिनी सबैभन्दा कमजोर अवस्थामा हुँदा, तिनले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! समय वा स्थान जेसुकै भए तापनि, म तपाईंलाई सँधै सम्‍झन्छु भन्‍ने तपाईंलाई थाहा छ। समय वा स्थान जेसुकै भए तापनि, म तपाईंलाई प्रेम गर्न चाहन्छु भन्‍ने तपाईं जान्‍नुहुन्छ, तर मेरो कद निकै सानो छ, म निकै कमजोर र शक्तिहीन छु, मेरो प्रेम अत्यन्तै सीमित छ, र तपाईंप्रतिको मेरो इमानदारीता अत्यन्तै थोरै छ। तपाईंको प्रेमको तुलनामा, म जिउन समेत योग्य छैन। मेरो जीवन व्यर्थ नहोस्, र मैले तपाईंको प्रेमको ऋण तिर्न मात्र होइन, तर मसँग भएको सबै कुरा म तपाईंलाई समर्पण गर्न सकूँ भन्‍ने यही नै मेरो कामना छ। यदि मैले तपाईंलाई सन्तुष्ट पार्न सक्‍छु भने, एक प्राणीको रूपमा, मैले मनमा शन्ति पाउनेछु, र अरू केही पनि माग्‍नेछैन। अहिले म कमजोर र शक्तिहीन भए तापनि, म तपाईंका अर्तीहरूलाई बिर्सनेछैन, र म तपाईंको प्रेमलाई बिर्सनेछैन। अहिले मैले तपाईंको प्रेमको ऋण तिर्ने बाहेक अरू केही पनि गरिरहेको छैन। हे परमेश्‍वर, मलाई कति नराम्रो लाग्छ! म मेरो हृदयमा भएको प्रेम तपाईंलाई कसरी दिन सक्छु, मैले गर्न सक्ने जति सबै कसरी गर्न सक्छु, तपाईंका इच्‍छाहरूलाई पूरा गर्न सक्छु, र मसँग भएका सबै कुरा तपाईंलाई अर्पण गर्न सक्छु? मानिसको कमजोरी तपाईंलाई थाहा छ; तपाईंको प्रेमको लागि म कसरी योग्य बन्‍न सक्छु? हे परमेश्‍वर! म सानो कदको छु, मेरो प्रेम अत्यन्तै थोरै छ भन्ने तपाईंलाई थाहा छ। यस किसिमको वातावरणमा सक्दो मैले कसरी गर्न सक्छु? मैले तपाईंको प्रेमको ऋण तिर्नुपर्छ भन्‍ने मलाई थाहा छ, मसँग भएको सबै कुरा मैले तपाईंलाई दिनुपर्छ भन्‍ने मलाई थाहा छ, तर आज मेरो कद अत्यन्तै सानो छ। मलाई शक्ति र आत्मबल दिनुहोस् भनी म बिन्ती गर्छु, ताकि तपाईंलाई समर्पण गर्नको लागि मैले अझै बढी शुद्ध प्रेम प्राप्त गर्न सकूँ, र मसँग भएका सबै कुरालाई अझै बढी तपाईंमा समर्पण गर्न सकूँ; म तपाईंको प्रेमको ऋण तिर्न सक्‍ने मात्रै होइन, तर तपाईंको सजाय, न्याय र परीक्षाहरूलाई, र अझै बढी गम्‍भीर श्रापहरूलाई म अझै बढी अनुभव गर्न सक्‍नेछु। तपाईंले मलाई तपाईंको प्रेम हेर्न दिनुभएको छ, र तपाईंलाई प्रेम नगरी बस्‍न म असक्षम छु, र म आज कमजोर र शक्तिहीन भए तापनि, म तपाईंलाई कसरी बिर्सन सक्थेँ र? तपाईंको प्रेम, सजाय र न्याय सबैले मलाई तपाईंलाई जान्ने तुल्याएको छ, तैपनि तपाईंको प्रेमलाई पूरा गर्नको लागि म असक्षम छु भन्‍ने मलाई लाग्छ, किनभने तपाईं अत्यन्तै महान् हुनुहुन्छ। मसँग भएको सबै कुरालाई मैले सृष्टिकर्तालाई कसरी समर्पण गर्न सक्छु?” पत्रुसको अनुरोध यस्तै थियो, तैपनि तिनको कद अत्यन्तै अपर्याप्त थियो। यस क्षणमा, उनले यस्तो महसुस गरे मानौं उसको हृदयमा छुरी चलाइएको छ। उनी वेदनामा थिए; यस्तो अवस्थामा के गर्ने हो उनलाई केही थाहा थिएन। तैपनि उनले प्रार्थनालाई जारी नै राखे: “हे परमेश्‍वर! मानिस बालकको जस्तो कदमा छ, उसको विवेक दुर्बल छ, र मैले पूरा गर्न सक्‍ने एउटै मात्र कुरा भनेको तपाईंको प्रेमको ऋण तिर्नु मात्रै हो। आज, तपाईंका इच्‍छाहरूलाई कसरी सन्तुष्ट पार्ने त्यो कुरा मलाई थाहा छैन, र मैले गर्न सक्‍ने सबै कुरा गर्न, मसँग भएको सबै कुरा दिन, र मसँग भएको सबै कुरा तपाईंमा समर्पित गर्ने एउटै इच्‍छा मसँग छ। तपाईंको न्यायको बाबजुत पनि, तपाईंको सजायको बाबजुत पनि, तपाईंले मलाई जे दिनुहुन्छ त्यसको बाबजुत पनि, तपाईंले मबाट जे लिनुहुन्छ त्यसको बाबजुत पनि, तपाईंप्रति गर्ने सानोभन्दा सानो गुनासोबाट मलाई स्वतन्त्र गर्नुहोस्। तपाईंले मलाई सजाय दिनुहुँदा र मेरो न्याय गर्नुहुँदा धेरै पटक मैले आफैसँग गनगन गरेँ, र शुद्धतालाई प्राप्त गर्न, वा तपाईंका इच्‍छाहरूलाई पूरा गर्न म असक्षम रहेँ। तपाईंको प्रेमको ऋण तिर्ने मेरो कार्य बाध्यताद्वारा पैदा भएको थियो, र यो क्षणमा म आफैलाई अझै बढी घृणा गर्छु।” परमेश्‍वरको अझ शुद्ध प्रेमको खोजी गरेको कारणले पत्रुसले यसरी प्रार्थना गरे। तिनले खोजी गरिरहेका थिए, र तिनी बिन्ती गरिरहेका थिए, र, यसको साथै, तिनले आफैलाई दोषी ठहराइरहेका थिए, र परमेश्‍वरसँग आफ्‍नो पाप स्वीकार गरिरहेका थिए। आफू परमेश्‍वरप्रति ऋणी भएको उनलाई महसुस भयो, र आफैप्रति घृणाको महसुस भयो, तैपनि केही हिसाबले उनी दुःखित र निष्क्रिय पनि थिए। उनी परमेश्‍वरका इच्छाहरू पूरा गर्न पर्याप्त थिएनन् र उनको सक्दो गर्न असक्षम थिए झैँ गरी उनले सँधै यस्तै महसुस गर्थे। त्यस्ता अवस्थाहरूमा पनि पत्रुसले अय्यूबको जस्तो विश्‍वासको अनुसरण गरे। अय्यूबको विश्‍वास कति महान् थियो भन्‍ने कुरालाई उनले देखेका थिए, किनभने उनले आफूसँग सबै थोक परमेश्‍वरले दिनुभएको हो, र तिनीबाट सबै कुरा परमेश्‍वरले लानु स्वभाविकै हो, परमेश्‍वरले जसलाई चाहनुहुन्छ त्यसलाई दिनुहुन्छ भन्‍ने कुरा अय्यूबले देखेका थिए—परमेश्‍वरको धर्मी स्वभाव त्यस्तो थियो। आय्‍यूबसँग कुनै गुनासो थिएन, र उनले अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्थे। पत्रुसले आफैलाई चिनेका थिए, र आफ्‍नो हृदयमा तिनले यसो भन्दै प्रार्थना गरे, “आज, मेरो विवेकको प्रयोग गरेर तपाईंको प्रेमको ऋण तिरेर अनि मैले तपाईंलाई जति नै धेरै प्रेम फिर्ता दिए पनि, त्यसमा मात्रै म सन्तुष्ट हुनुहुँदैन, किनभने मेरा विचारहरू अत्यन्तै भ्रष्ट छन्, र तपाईंलाई सृष्टिकर्ताको रूपमा हेर्न म असक्षम छु। तपाईंलाई प्रेम गर्नको निम्ति म अझै पनि अयोग्य भएको हुनाले, मैले मसँग भएको सबै कुरा तपाईंलाई समर्पण गर्ने क्षमताको विकास गर्नुपर्छ, जुन म स्वेच्छाले गर्नेछु। तपाईंले गर्नुभएका सबै कुरा मैले जान्‍नैपर्छ, र मसँग कुनै विकल्‍प छैन, र मैले तपाईंको प्रेमलाई हेर्नैपर्छ, र तपाईंको प्रशंसा गर्नैपर्छ र तपाईंको पवित्र नाउँको बढाइ गर्नुपर्छ, ताकि तपाईंले मबाट महान् महिमा प्राप्त गर्नुभएको होस्। तपाईंप्रतिको यो साक्षीमा म दह्रिलो गरी खडा हुन तत्पर छु। हे परमेश्‍वर! तपाईंको प्रेम कति बहुमूल्य र सुन्दर छ; म कसरी दुष्टको हातमा जिउने इच्‍छा गर्न सक्छु र? के मलाई तपाईंले बनाउनुभएको होइन र? म कसरी शैतानको अधिकार क्षेत्रमा जिउन सक्छु? मेरो सम्पूर्णता नै तपाईंको सजायमा जिओस् भन्‍ने मेरो चाहना छ। दुष्टको अधिकार क्षेत्रमा जिउन मलाई मन छैन। यदि म शुद्ध बनाइन सक्छु भने, र मसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न सक्छु भने, म मेरो शरीर र मन तपाईंको न्याय र सजायको निम्ति समर्पित गर्न तत्पर छु, किनभने म शैतानलाई घृणा गर्छु, र म त्यसको अधिकार क्षेत्रमा जिउन चाहन्‍नँ। मलाई तपाईंले गर्नुहुने न्यायद्वारा, तपाईंले आफ्‍नो धर्मी स्वभावलाई देखाउनुहुन्छ; म खुशी छु, र मसँग अलिकति पनि गुनासो छैन। यदि मैले एउटा प्राणीको दायित्वलाई पूरा गर्न सक्छु भने, मेरो सम्पूर्ण जीवनमा नै तपाईंको न्यायको साथ होस् भन्‍ने म चाहन्छु, जसद्वारा म तपाईंको धर्मी स्वभावलाई जान्‍नेछु, र दुष्टको प्रभावबाट आफैलाई म मुक्त गर्नेछु।” पत्रुसले सँधै यसरी प्रार्थना गर्थे, सँधै यसरी खोजी गर्थे, र तुलनात्मक रूपमा भन्दा, उनी उच्‍च क्षेत्रमा पुगे। उनले परमेश्‍वरको प्रेमको ऋण तिर्न मात्र सकेनन्, तर, अझै महत्वपूर्ण कुरा त, एक प्राणीका रूपमा आफ्‍नो कर्तव्यलाई पनि उनले पूरा गरे। उनलाई उनको विवेकले दोष मात्रै दिएन, तर उनले विवेकका मापदण्डहरूलाई नाघ्‍न सके। उनको प्रार्थनाहरू निरन्तर रूपमा माथि परमेश्‍वरकहाँ गए, जसले गर्दा उनका आकांक्षाहरू सँधै उच्‍च थिए, र परमेश्‍वरप्रतिको उनको प्रेम सँधै महान् थियो। उनले वेदनापूर्ण पीडा सहे तापनि, उनले परमेश्‍वरलाई प्रेम गर्न भुलेनन्, र उनले परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सक्‍ने क्षमतालाई प्राप्त गर्ने प्रयास गरे। आफ्‍नो प्रार्थनाहरूमा उनले निम्‍न शब्‍दहरूको उच्‍चारण गरे: “तपाईंको प्रेमको ऋण तिर्ने बाहेक मैले अरू केही पनि गरेको छैन। मैले शैतानको अघि तपाईंको साक्षी दिएको छैन, मैले आफैलाई शैतानको प्रभावबाट मुक्त गरेको छैन, र म अझै पनि शरीरमा जिउँछु। म शैतानलाई हराउनको लागि, यसलाई लाजमा पार्नको लागि मेरो प्रेम प्रयोग गर्न, र यसरी तपाईंको इच्‍छालाई पूरा गर्न चाहन्छु। म मेरो सम्पूर्णता तपाईंलाई दिन चाहन्छु, म आफैलाई अलिकति पनि शैतानलाई दिन चाहन्‍नँ, किनभने शैतान तपाईंको शत्रु हो।” तिनले यो दिशामा जति खोजी गरे, त्यति नै तिनी उत्तेजित भए, र यी विषयहरूमा तिनको ज्ञान त्यति नै उच्‍च भयो। यसलाई महसुस नगरिकन नै, उनले आफैलाई शैतानको प्रभावबाट मुक्त गर्नुपर्छ, र आफैलाई पूर्ण रूपमा परमेश्‍वर फर्काउनुपर्छ भन्‍ने कुरा जाने। उनले प्राप्त गरेको क्षेत्र यस्तो थियो। उनले शैतानको प्रभावलाई नाघ्दैथिए, र शरीरको सुख-चैन र आनन्दहरूबाट आफैलाई मुक्त गर्दैथिए, र परमेश्‍वरको सजाय र उहाँको न्याय दुवैलाई अझै गहन रूपमा अनुभव गर्न इच्‍छुक हुँदैथिए। उनले भने, “म तपाईंको सजायको माझमा छु, र तपाईंको न्यायको माझमा छु तापनि, त्यसले ल्याउने कठिनाइको बाबजुत पनि, म शैतानको अधिकार क्षेत्रमा जिउन अनिच्‍छुक छु, शैतानको चलाकीको कष्ट भोग्‍न म अनिच्‍छुक छु। तपाईंका श्रापहरूमा जिउन म आनन्द मान्छु, र शैतानको आशीर्वादहरूमा जिएर म पीडित छु। तपाईंको न्यायमा जिएर म तपाईंलाई प्रेम गर्छु, र यसले मलाई निकै ठूलो आनन्द दिन्छ। तपाईंका सजाय र न्याय धार्मिक र पवित्र छन्; यो मलाई शुद्ध पार्नको लागि हो, र त्योभन्दा पनि बढी, यो मलाई मुक्ति दिनको लागि हो। म मेरो सम्पूर्ण जीवन तपाईंको न्यायमा नै बिताउन इच्‍छा गर्छु ताकि म तपाईंको हेरचाहमा रहन सकूँ। म एक क्षण पनि शैतानको अधिकार क्षेत्रमा जिउन चाहन्‍नँ; म तपाईंबाट शुद्ध पारिन चाहन्छु; कष्ट नै भोग्‍नु परे तापनि, म शैतानद्वारा शोषित हुन र त्यसको छलमा पर्न चाहन्‍नँ। म, अर्थात् यस प्राणीलाई तपाईंद्वारा प्रयोग गरिनुपर्छ, तपाईंद्वारा स्वामित्वमा राखिनुपर्छ, तपाईंद्वारा न्याय गरिनुपर्छ, र तपाईंद्वारा सजाय दिइनुपर्छ। म तपाईंद्वारा श्रापित समेत हुनुपर्छ। जब तपाईं मलाई आशिष दिन इच्‍छुक हुनुहुन्छ तब मेरो हृदय आनन्दित हुन्छ, किनभने मैले तपाईंको प्रेम देखेको छु। तपाईं सृष्टिकर्ता हुनुहुन्छ, र म एक प्राणी हुँ: तपाईंलाई धोका दिएर म शैतानको अधिकार क्षेत्रमा जिउनु हुँदैन, न त म शैतानद्वारा शोषित हुनुपर्छ। शैतानको लागि जिउनुभन्दा त म तपाईंको घोडा, वा गोरु हुनु परोस्। बरु म कुनै पनि शारीरिक आनन्दविना नै तपाईंको सजाय सहेर बस्छु, र मैले तपाईंको अनुग्रहलाई गुमाउनु परे तापनि यसले मलाई आनन्द दिन्छ। तपाईंको अनुग्रह मसँग नभए पनि, तपाईंको सजाय र न्यायमा म आनन्द लिन्छु; तपाईंको सबैभन्दा उत्तम आशिष, तपाईंको महान् अनुग्रह यही नै हो। मप्रति तपाईं सँधै प्रतापी र क्रोधित हुनुभए तापनि, म तपाईंलाई छोड्न असक्षम छु, र तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिन। म तपाईंको घरमा बस्‍न रुचाउँछु, म तपाईंद्वारा श्रापित हुन, सजाय दिइएको, र प्रहार गरिएको चाहन्छु, र म शैतानको अधिकार क्षेत्रमा जिउन इच्‍छुक छैन, न त म शरीरको लागि मात्रै दौडधूप गर्न र व्यस्त हुन इच्‍छुक छु, शरीरको लागि जिउने कुरा त परै जाओस्।” पत्रुसको प्रेम एउटा शुद्ध प्रेम थियो। सिद्ध बनाइनुको अनुभव, र सिद्ध बनाइनुको सबैभन्दा उच्‍च क्षेत्र यही नै हो; योभन्दा अर्थपूर्ण जीवन अरू छैन। उनले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरे, उनले परमेश्‍वरको धर्मी स्वभावलाई बहुमूल्य ठाने, र पत्रुसको बारेमा अझै बहुमूल्य केही पनि थिएन। उनले भने, “शैतानले मलाई भौतिक आनन्दहरू दिन्छ, तर म तिनलाई बहुमूल्य ठान्दिनँ। ममाथि परमेश्‍वरको सजाय र न्याय आउँछ—यसमा मैले अनुग्रह पाउँछु, यसमा मैले आनन्द पाउँछु, र यसमा म आशिषित छु। परमेश्‍वरको न्याय नभएको भए, मैले परमेश्‍वरलाई कहिल्यै पनि प्रेम गर्ने थिइन, म अझै पनि शैतानको अधिकार क्षेत्रमा हुने थिएँ, अझै पनि यसद्वारा नियन्त्रित र यसकै आज्ञामा हुने थिएँ। त्यस्तो भएको भए, म कहिल्यै पनि वास्तविक मानव बन्‍ने थिइन, किनभने परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन म असक्षम हुन्थें, र मेरो सम्पूर्णता परमेश्‍वरलाई समर्पित गर्ने थिइन। ममा कुनै भित्री सान्त्वना नछोडी मभित्र आगो नै बलिरहेको जस्तो गरी मलाई छोडेर, र शान्ति वा आनन्दविना मलाई छोडेर, परमेश्‍वरले मलाई आशिष नदिनुभए तापनि, साथै परमेश्‍वरको सजाय र अनुशासन मबाट कहिल्यै टाढा नगए तापनि, परमेश्‍वरको सजाय र न्यायमा म उहाँको धर्मी स्वभावलाई हेर्न सक्षम हुन्छु। म यसमा आनन्दित हुन्छु; जीवनमा योभन्दा बढी बहुमूल्य वा अर्थपूर्ण कुरा केही पनि छैन। उहाँको सुरक्षा र हेरचाह निर्दयी सजाय, न्याय, श्रापहरू, र प्रहार बनेको भए तापनि, म यी कुराहरूमा आनन्द लिन्छु, किनभने यी कुराहरूले मलाई अझै राम्ररी शुद्ध पार्न र परिवर्तन गर्न सक्‍छन्, मलाई परमेश्‍वरको नजिकमा ल्याउन सक्छ, परमेश्‍वरलाई प्रेम गर्न मलाई अझै सक्षम तुल्याउन सक्छ, र परमेश्‍वरप्रतिको मेरो प्रेमलाई अझै शुद्ध बनाउन सक्छ। यसले मलाई एक प्राणीको रूपमा मेरो कर्तव्यलाई पूरा गर्न सक्षम तुल्याउँछ, र मलाई परमेश्‍वरको सामु लैजान्छ अनि शैतानको प्रभाबाट टाढा लैजान्छ, ताकि मैले त्यस उप्रान्त शैतानको सेवा गर्नु नपरोस्। जब म शैतानको अधिकार क्षेत्रमा जिउँदिन, र जब कुनै पनि कुरा बाँकी नराखिकन मसँग भएका सबै कुरा र मैले परमेश्‍वरको लागि गर्न सक्‍ने सबै कुरा परमेश्‍वरलाई समर्पण गर्न सक्छु—त्यो नै म पूर्ण रूपमा सन्तुष्ट हुने क्षण हुनेछ छु। मलाई मुक्ति दिने परमेश्‍वरको सजाय र न्याय नै हो, र मेरो जीवनलाई परमेश्‍वरको सजाय र न्यायबाट अलग गर्न सकिँदैन। संसारमा रहेको मेरो जीवन शैतानको अधिकार क्षेत्रमा रहेको छ, र परमेश्‍वरको सजाय र न्यायको वास्ता र सुरक्षा नभएको भए, म सँधै शैतानको अधिकार क्षेत्रमा जिउनेथिएँ, र, यति मात्रै होइन, मैले अर्थपूर्ण जीवन जिउने मौका वा माध्यमहरू पाउने थिइनँ। परमेश्‍वरको सजाय र न्यायले मलाई कहिल्यै छोडेन भने मात्रै परमेश्‍वरद्वारा म शुद्ध पारिन सक्षम हुनेछु। परमेश्‍वरको कठोर वचन र धर्मी स्वभाव, अनि परमेश्‍वरको प्रतापी न्यायद्वारा मात्रै, मैले सर्वोच्‍च सुरक्षा पाएको छु र म ज्योतिमा जिएको छु, र मैले परमेश्‍वरका आशिषहरू प्राप्त गरेको छु। आफैलाई शुद्ध पारिनु, र शैतानबाट स्वतन्त्र पारिनु, साथै परमेश्‍वरको प्रभुत्वमा जिउनु—आज यो नै मेरो जीवनको सबैभन्दा महान् आशिष हो।” पत्रुसले अनुभव गरेको सबैभन्दा उच्‍च क्षेत्र यही नै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२६

मानिस शरीरमा जिउँछ, जसको अर्थ ऊ मानव नरकमा, अनि परमेश्‍वरको न्याय र सजायविना मानिस शैतानजस्तै अशुद्ध छ। मानिसलाई कसरी पवित्र पार्न सकिन्थ्यो? परमेश्‍वरद्वारा दिइने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा महान् अनुग्रह हो भन्‍ने विश्‍वास पत्रुसको थियो। परमेश्‍वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले शरीरलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्‍वरको कठोर अनुशासनले मात्रै मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई आफ्‍नै सानो संसारबाट मुक्त गर्छ, र उसलाई परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउन दिन्छ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! जबसम्‍म तपाईंले मलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, तबसम्‍म म तपाईंले मलाई छोड्नुभएको छैन भन्‍ने थाहा गर्नेछु। तपाईंले मलाई आनन्द वा शान्ति नदिनुभए तापनि, र मलाई कष्टमा जिउन दिनुभए तापनि, र ममाथि अनगन्ती सजायहरू दिनुभए तापनि, जबसम्‍म तपाईं मलाई छोड्नुहुन्‍न, तबसम्‍म मेरो हृदय सहजतामा हुनेछ। आज, तपाईंको सजाय र न्याय मेरो सबैभन्दा उत्तम सुरक्षा र मेरो सबैभन्दा महान् आशिष बनेका छन्। तपाईंले दिनुहुने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईंले मलाई दिनुहुने अनुग्रह तपाईंको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; यसको साथै, यो एउटा परीक्षा हो, र, त्योभन्दा पनि बढी, यो कष्टको जीवन हो।” पत्रुसले आफ्‍ना शरीरका सुख-चैनहरूलाई पन्छ्याएर गहन प्रेम र महान् सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्‍वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस्, र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। परमेश्‍वरको सजाय र न्याय नै ज्योति, र मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन भन्ने जान। मानिस शैतानको प्रभावमा जिउँछ, र शरीरमा अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिएको छैन र उसले परमेश्‍वरको सुरक्षालाई प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्‍नेछ। यदि उसले परमेश्‍वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ। पत्रुसले प्रार्थना गरे, “परमेश्‍वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्‍न हुन्छु, र सान्त्वनाको महसुस गर्छु; जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्दको महसुस गर्छु। म कमजोर भए पनि, र मैले असीमित कष्ट सामना गरे तापनि, त्यहाँ आँसु र दु:ख भएतापनि, यो दु:खको कारण मेरो अनाज्ञाकारीता, र मेरो कमजोरी नै हो भन्ने तपाईं जान्नुहुन्छ। म बिलौना गर्छु किनभने म तपाईंका इच्‍छाहरूलाई पूरा गर्न सक्दिनँ, म शोक र अपसोसको महसुस गर्छु किनभने तपाईंका मापदण्डहरूका लागि म अपर्याप्त छु, तर यो क्षेत्र प्राप्त गर्न म इच्‍छुक छु, तपाईंलाई सन्तुष्ट गर्नको लागि मैले सक्‍ने सबै गर्न म इच्‍छुक छु। तपाईंको सजायले मलाई सुरक्षा दिएको छ, र मलाई उत्तम मुक्ति दिएको छ; तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई ढाकेको छ। तपाईंको सजाय र न्यायविना, म तपाईंको कृपा र दयामा रमाउने थिइनँ। आज, तपाईंको प्रेमले स्वर्गहरूलाई माथ गरेको छ र अरू सबै थोकहरूलाई उछिनेको म अझै बढी देख्‍छु। तपाईंको प्रेम त कृपा र दया मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। तपाईंको सजाय र न्यायले मलाई धेरै कुरा दिएको छ। तपाईंको सजाय र न्यायविना, एक जना व्यक्तिलाई पनि शुद्ध पारिँदैनथ्यो, र एक जना व्यक्तिले पनि सृष्टिकर्ताको प्रेमलाई अनुभव गर्नेथिएन। मैले सयौं परीक्षाहरू र संकष्टहरूको सामना गरेको, र म मृत्युको नजिक पुगेको भए तापनि, ती सबैले मलाई साँचो रूपमा तपाईंलाई जान्‍न र सर्वोच्‍च मुक्ति प्राप्त गर्न दिएको छ। यदि तपाईंको सजाय, न्याय र अनुशासन मबाट टाढा भएको भए, म अन्धकारमा, शैतानको अधिकार क्षेत्रमा जिउनेथिएँ। मानिसको शरीरसँग के लाभहरू छन् र? यदि तपाईंको सजाय र न्यायले मलाई छोडेको भए, यो तपाईंको आत्माले मलाई बिर्सिनुभएको जस्तो हुनेथियो, तपाईं मसँग त्यस उप्रान्त नहुनुभएको जस्तो हुनेथियो। त्यसो भएको भए, म कसरी जिइरहन सक्थेँ र? यदि तपाईंले मलाई रोग दिएर मेरो स्वतन्त्रतालाई लिनुभएको भए, म जिइरहन सक्थेँ, तर तपाईंको सजाय र न्यायले मलाई कहिल्यै छोडेको भए, म जिइरहने कुनै उपाय थिएन। यदि म तपाईंको सजाय र न्यायविना थिएँ भने, मैले तपाईंको प्रेमलाई गुमाउनेथिएँ, जुन प्रेम मेरो यति गहन् छ कि म त्यसलाई शब्‍दमा भन्‍न सक्‍दिनँ। तपाईंको प्रेमविना, म शैतानको अधिकार क्षेत्रमा जिउनेथिएँ, र तपाईंको महिमित अनुहारलाई देख्‍न असमर्थ हुनेथिएँ। म कसरी निरन्तर जिउन सक्थेँ र? मैले त्यस्तो अन्धकार, त्यस्तो जीवनलाई सहन सक्‍दिनँ थिएँ। तपाईं मसँग हुनु भनेको तपाईंलाई हेर्नु जस्तै हो, त्यसकारण म तपाईंलाई कसरी छोड्न सक्थेँ र? मेरो सबैभन्‍दा महान् सान्त्वनालाई मबाट नलैजानुहोस् भनेर म तपाईंलाई अनुरोध गर्छु, बिन्ती गर्छु, चाहे यो एक-दुई शब्‍दको निश्‍चयता नै किन नहोस्। मैले तपाईंको प्रेमको आनन्द लिएको छु, र आज म तपाईंबाट टाढा हुन सक्दिन; म तपाईंलाई प्रेम नगरिकन कसरी बस्‍न सक्थेँ र? तपाईंको प्रेमको खातिर मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि यस्तो जीवन अझै अर्थपूर्ण छ, यसले मलाई अझै समृद्ध तुल्याउनसक्छ, मलाई अझै बढी परिवर्तन गर्नसक्छ, र सृष्टि गरिएका प्राणीहरूले प्राप्त गर्नुपर्ने सत्यतालाई प्राप्त गर्न यसले मलाई अझै बढि सक्षम तुल्याउँछ भन्‍ने कुरालाई मैले सँधै अनुभव गरेको छु।”

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२७

मानिसले सम्पूर्ण जीवन शैतानको अधिकार क्षेत्रमा जिउँछ, र आफ्‍नै प्रयासद्वारा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍ने एक जना पनि छैन। सबै नै अलिकति अर्थ वा मूल्य नै नभएको अशुद्ध संसारमा, भ्रष्टतामा र रिक्ततामा जिउँछन्; तिनीहरू शरीरको लागि, अभिलाषाको लागि, अनि शैतानको लागि त्यस्तो लापरवाही जीवन जिउँछन्। तिनीहरूको अस्तित्वमा अलिकति पनि मूल्य छैन। शैतानको प्रभावबाट आफूलाई मुक्त गराउने सत्यतालाई भेट्टाउन मानिस असक्षम छ। मानिसले परमेश्‍वरलाई विश्‍वास गर्ने र बाइबल पढ्ने गर्छ, तैपनि शैतानको प्रभावको नियन्त्रणबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसले बुझ्‍दैन। युगौँ-युगदेखि, अत्यन्तै थोरै मानिसहरूले मात्रै यो रहस्यलाई पत्ता लगाएका छन्, अत्यन्तै थोरैले मात्रै यसलाई बुझेका छन्। त्यसैले, मानिसले शैतानलाई घृणा गरे पनि, र शरीरलाई घृणा गरे पनि, शैतानको षड्यन्त्रपूर्ण प्रभावबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसलाई थाहा हुँदैन। आज, के तिमीहरू अझै पनि शैतानको अधिकार क्षेत्रमा छैनौ र? तिमीहरूले आफ्‍नो अनाज्ञाकारीताको कार्यहरूमा पछुतो गर्दैनौ, तिमीहरू अशुद्ध र अनाज्ञाकारी छौ भन्‍ने कुराको महसुस गर्नु त परै जाओस्। परमेश्‍वरको विरोध गरिसकेपछि, तिमीहरूको मनमा शान्ति हुन्छ र तिमीहरू ठूलो शान्ति महसुस गर्छौ। के तिमीहरूका शान्ति तिमीहरू भ्रष्ट भएकोले प्राप्त गरेका होइनौ र? के यो मनको शान्ति तिमीहरूको अनाज्ञाकारीताबाट आउँदैन र? मानिस मानव-नरकमा जिउँछ, ऊ शैतानको गाढा प्रभावमा जिउँछ; सारा मुलुकभरि, मानिसको शरीरलाई अतिक्रमण गर्दै भूतहरू मानिससँग जिउँछन्। पृथ्वीमा, तँ सुन्दर स्वर्गलोकमा जिउँदैनस्। तिमीहरू जिउने संसार दियाबलसको राज्य हो, यो एउटा मानव-नरक, मृतकहरूको संसार हो। यदि मानिसलाई शुद्ध पारिएन भने, ऊ अशुद्ध हुन्छ; यदि उसलाई परमेश्‍वरले सुरक्षा दिनुभएन र हेरचाह गर्नुभएन भने, ऊ अझै शैतानकै कैदी हुन्छ; उसलाई न्याय गरिएन र सजाय दिइएन भने, शैतानको गाढा प्रभावको दमनबाट उम्कने कुनै पनि माध्यम उसँग हुनेछैन। तैँले देखाउने भ्रष्ट आचरण र तैँले जिउने अनाज्ञाकारी आचरण नै तँ अझै पनि शैतानको अधिकार क्षेत्रमा छस् भन्‍ने कुरालाई प्रमाणित गर्नको लागि पर्याप्त छन्। यदि तेरो मन र विचारहरू शुद्ध पारिएका छैनन् भने, र तेरो स्वभावलाई न्याय गरिएको छैन र सजाय दिइएको छैन भने, तेरो समग्र अस्तित्व नै शैतानको अधिकार क्षेत्रद्वारा नियन्त्रित छ, तेरो मन शैतानको नियन्त्रणमा छ, तेरा विचारहरू शैतानको चालबाजीमा परेको छ, र तेरो सम्पूर्ण अस्तित्व शैतानका हातहरूको नियन्त्रणमा छ। तँ अहिले पत्रुसको मापदण्डहरूबाट कति टाढा छस् भन्‍ने कुरा के तँलाई थाहा छ? के तँमा त्यो क्षमता छ? आज तँलाई सजाय र न्यायको बारेमा कति थाहा छ? पत्रुसले जुन कुरालाई जाने त्यो तँमा कति छ? यदि तँ आज यसलाई जान्‍न सक्दैनस् भने, के तैँले भविष्यमा यो ज्ञान हासिल गर्न सक्‍नेछस् र? तँजस्तो अल्छी र कायर मानिस सजाय र न्यायको बारेमा जान्‍न असक्षम हुन्छ। यदि तैँले शरीरको शान्ति, र शरीरका सुख-चैनहरूलाई खोज्छस् भने, शुद्ध पारिन तँसँग कुनै माध्यम हुनेछैन, र अन्त्यमा तँ शैतानकहाँ नै फर्कनेछस्, किनभने तँ जे जिइरहेको छस् त्यो शैतान हो, र त्यो शरीर नै हो। आजको यस्तो अवस्थामा, धेरै मानिसहरूले जीवनको खोजी गर्दैनन्, जसको अर्थ तिनीहरूले शुद्ध पारिने बारेमा, वा जीवनको अझै गहन अनुभवमा प्रवेश गर्ने बारेमा तिनीहरू वास्ता गर्दैनन्। परिणामस्वरूप, तिनीहरूलाई कसरी सिद्ध पार्न सकिन्छ? जीवनको खोजी नगर्ने मानिसहरूसँग सिद्ध पारिने मौका छैन, र परमेश्‍वरको ज्ञानलाई खोजी नगर्नेहरू, आफ्‍नो स्वभावलाई परिवर्तन गर्ने कार्यको खोजी नगर्नेहरू, शैतानको गाढा प्रभावबाट उम्कन सक्दैनन्। तिनीहरू विधि मात्र अनुसरण गर्ने र नियमित सेवाहरूमा सहभागी हुनेहरू जस्तै परमेश्‍वरसम्‍बन्धी आफ्‍नो ज्ञान र आफ्‍नो स्वभावको परिवर्तनमा हुने प्रवेशको बारेमा तिनीहरू गम्‍भीर छैनन्। के त्यो समयको बरबादी होइन र? परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा, यदि ऊ जीवनका मामलाहरूप्रति गम्‍भीर छैन, उसले सत्यतामा प्रवेश गर्ने कार्यको खोजी गर्दैन, आफ्‍नो स्वभावमा परिवर्तन ल्याउने कार्यको खोजी गर्दैन, परमेश्‍वरको कार्यको ज्ञानको खोजी त झन् गर्दै गर्दैन भने, उसलाई सिद्ध पारिन सकिँदैन। यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ। निश्‍चित रूपमा भन्दा, उहाँको सजाय र न्यायको महत्त्वलाई र किन मानिसमा यो कार्य गरिन्छ भन्‍ने कुरालाई तैँले बुझ्‍नैपर्छ। के तँ स्वीकार गर्न सक्छौ? यस प्रकारको सजायको बेला, के तँ पत्रुसको जस्तै अनुभवहरू र ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्? यदि तैँले परमेश्‍वरको ज्ञान र पवित्र आत्माको कार्यको खोजी गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावलाई परिवर्तनको खोजी गर्छस् भने, तँसँग सिद्ध पारिने मौका छ।

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२८

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई एक पटक मात्र विजय गरिएपछि उसले सिद्ध पारिने कार्यलाई अनुभव गर्न सक्छ। विजय गरिएको भूमिकालाई निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, जसले तपाईंलाई परमेश्‍वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्‍नो भूमिका निर्वाह गर्ने कुनै माध्यमहरू तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूमा परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवन सम्‍बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एक पटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर अन्तिममा पत्रुसजस्तै बन्‍ने प्रयास गर्दैनस् भने, र जुन तरिकाद्वारा पत्रुस सिद्ध पारिए तेरो प्रयास त्यस अनुसार छैन भने, स्वाभाविक रूपमा नै, तैँले आफ्‍नो स्वभावमा परिवर्तनहरूको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छ, र मैले ठूलो कष्ट भोगेको भए तापनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ सो कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु, र उहाँको सजायले मलाई मुक्त गरेको छ। उहाँको धर्मी स्वभाव ममा आएको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको छ र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई दण्ड दिइएको थिएन र न्याय गरिएको थिएन, र परमेश्‍वरको कठोर वचन मकहाँ नआएको भए, मैले परमेश्‍वरलाई चिन्‍ने थिइन, न त मैले मुक्ति नै पाउन सक्‍नेथिएँ। आज म देख्‍छु: एक प्राणीको रूपमा, उसले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्रै होइन, तर, अझै महत्त्वपूर्ण कुरा त, सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसको आनन्दको योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको एक प्राणीको रूपमा, उसले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र, त्यति मात्र होइन, त्यहाँ महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए तापनि, यसलाई हेर्ने असल मौका मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही नै हो, र तिनीहरूले बताउने ज्ञान यही नै हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, जससँग सत्यता छ। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५२९

सुरुमा परमेश्‍वरद्वारा सृष्टि गरिएका आदम र हव्‍वा पवित्र मानिसहरू थिए, अर्थात्, अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र, अशुद्धताले दूषित नभएका थिए। तिनीहरू यहोवाप्रति विश्‍वासयोग्य थिए, र यहोवालाई धोका दिने बारेमा तिनीहरूलाई केही पनि थाहा थिएन। तिनीहरू शैतानको प्रभावको बाधारहित, शैतानको विषरहित थिए, र सारा मानवजातिमध्ये सबैभन्दा शुद्ध थिए, त्यही कारणले यसो भएको हो। तिनीहरू कुनै पनि अशुद्धताद्वारा अशुद्ध नपारिएका, शरीरको बसमा नपरेका अवस्थामा अदनको बगैंचामा बस्थे, र तिनीहरूले यहोवाको श्रद्धामा बस्थे। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूमा सर्पको विष पर्‍यो, र यहोवालाई धोका दिने इच्‍छा जाग्यो, र तिनीहरू शैतानको प्रभावमा जिए। सुरुमा, तिनीहरू पवित्र थिए र तिनीहरूले यहोवाको श्रद्धा गर्थे; यो अवस्थामा मात्रै तिनीहरू मानव थिए। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूले असल र खराबको ज्ञानको रूखको फल खाए, र शैतानको प्रभावमा जिए। तिनीहरूलाई शैतानले बिस्तारै भ्रष्ट बनाउँदै लग्यो, र तिनीहरूले मानिसको मूल स्वरूपलाई गुमाए। सुरुमा, मानिसमा यहोवाको सास थियो, ऊ अलिकति पनि अनाज्ञाकारी थिएन, र उसको हृदयमा कुनै दुष्टता थिएन। त्यो समयमा, मानिस साँच्चै मानव थियो। शैतानद्वारा भ्रष्ट गरिएपछि, मानिस जनावर बन्यो। उसका विचारहरू दुष्टता र अशुद्धताद्वारा भरिएका थिए, त्यसमा कुनै असल कुरा वा पवित्रता थिएन। के यो शैतान होइन र? तैँले परमेश्‍वरको कार्य धेरै अनुभव गरेको छस्, तैपनि तँ परिवर्तन वा शुद्ध भएको छैनस्। तँ अझै पनि शैतानको अधिकार क्षेत्रमा जिउँछस्, र परमेश्‍वरमा अझै पनि समर्पित छैनस्। यो विजय गरिएको तर सिद्ध नतुल्याइएको व्यक्ति हो। र त्यस्तो व्यक्तिलाई सिद्ध तल्याइएको छैन भनेर किन भनिएको? किनभने यस्तो व्यक्तिले जीवनलाई वा परमेश्‍वरको कार्य सम्‍बन्धी ज्ञानलाई खोजी गर्दैन, र शरीरको सुख-चैन र क्षणिक सहजताको मात्रै लोभ गर्छ। परिणामस्वरूप, तिनीहरूको जीवनको स्वभावमा कुनै परिवर्तन हुँदैन, र परमेश्‍वरले सृष्टि गर्नुभएको जस्तो तिनीहरूको मूल स्वरूपलाई तिनीहरूले पुनः प्राप्त गरेका छैनन्। त्यस्ता मानिसहरू जिउँदो लासहरू हुन्, तिनीहरू आत्मा नै नभएका मृतक मानिसहरू हुन्! आत्ममा तत्वहरूको ज्ञान खोजी नगर्नेहरू, पवित्रता खोजी नगर्नेहरू, र सत्यता अनुरूप जिउन नखोज्नेहरू, नकरात्मक पक्षमा मात्रै विजय गरिएकोमा सन्तुष्ट हुनेहरू, र परमेश्‍वरको वचनअनुसार जिउन र पवित्र मानिसहरू बन्‍न नसक्‍नेहरू—यिनीहरू त्यस्ता मानिसहरू हुन् जसलाई मुक्ति दिइएको छैन। किनभने, यदि ऊ सत्यविहीन छ भने, परमेश्‍वरका जाँचहरूको अवधिमा त्यो मानिस दह्रिलो गरी खडा हुन सक्दैन; परमेश्‍वरका जाँचहरूको अवधिमा दह्रिलो गरी खडा हुन सक्‍नेहरू मात्रै मुक्ति पाएकाहरू हुन्। म पत्रुसजस्ता मानिसहरू, सिद्ध तुल्याइन खोज्ने मानिसहरू चाहन्छु। आजको सत्यता तिनीहरूलाई नै दिइन्छ जो यसको लागि उत्कट इच्छा गर्छन् र यसको खोजी गर्छन्। परमेश्‍वरबाट मुक्ति पाउन इच्छा गर्नेहरूलाई नै यो मुक्ति दिइन्छ, र यो तिमीहरूले मात्रै प्राप्त गर्नुपर्छ भन्‍ने छैन। यसको उद्देश्यचाहिँ तिमीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुभएको होस् भन्ने हो; तिमीहरूलाई परमेश्‍वरले प्राप्त गर्न सक्‍नुभएको होस् भनेर तिमीहरूले परमेश्‍वरलाई प्राप्त गर्छौ। आज मैले यी वचनहरू तिमीहरूलाई बताएको छु, र तिमीहरूले ती सुनेका छौ, र तिमीहरूले यी वचनहरू अनुसार अभ्यास गर्नुपर्छ। अन्त्यमा, तिमीहरूले यी वचनहरूलाई अभ्यास गर्ने समय नै मैले यी वचनहरूद्वारा तिमीहरूलाई प्राप्त गरेको क्षण हुनेछ; यसको साथै, तिमीहरूले यी वचनहरूलाई पनि प्राप्त गरेका हुनेछौ, अर्थात्, तिमीहरूले यो सर्वोच्‍च मुक्तिलाई प्राप्त गरेका हुनेछौ। तिमीहरूलाई एक पटक शुद्ध पारिएपछि, तिमीहरू वास्तविक मानव बनेका हुनेछौ। यदि तँ सत्यतामा जिउन, वा सिद्ध पारिएकोजस्तो गरी जिउन सक्दैनस् भने, तँ मानिस होइनस्, तर एउटा जिउँदो लास, पशु होस्, किनभने तँ सत्यविहीन छस्, जसको अर्थ के हो भने तँ यहोवाको सासविहीन छस्, त्यसैले तँ आत्मा नभएको मृतक मानिस होस् भनी भन्‍न सकिन्छ! विजय गरिएपछि साक्षी दिनु सम्‍भव भए तापनि, तैँले थोरै मुक्ति बाहेक केही पनि प्राप्त गर्दैनस्, र तँ आत्मा भएको जीवित प्राणी बनेको छैनस्। तैँले सजाय र न्यायको अनुभव गरेको भए तापनि, यसको परिणामस्वरूप तेरो स्वभाव नवीकरण वा परिवर्तन भएको छैन; तँ अझै पनि तेरो पुरानो मनुष्यत्व होस्, तँ अझै पनि शैतानको स्वामित्वमा छस्, र तँ शुद्ध पारिएको मानिस होइनस्। सिद्ध बनाइएकाहरू मात्रै मूल्यवान् छन्, र यस्ता मानिसहरूले मात्रै साँचो जीवन प्राप्त गरेका छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३०

आज, कतिपय मानिसहरू परमेश्‍वरद्वारा प्रयोग गरिएको खोजी गर्छन्, तर विजय गरिसकेपछि तिनीहरूलाई सोझै प्रयोग गर्न सकिँदैन। आज बोलिएका शब्दहरूका विषयमा भन्दा, यदि, जब परमेश्‍वरले मानिसहरूलाई प्रयोग गर्नुहुन्छ, तँ तिनलाई पूरा गर्न असमर्थ छस्, तब तँ अझै पनि सिद्ध पारिएको छैनस्। अर्को शब्‍दमा भन्दा, मानिसलाई सिद्ध बनाइने युगको अन्त्यको आगमनले नै मानिसलाई परमेश्‍वरले हटाउनुहुन्छ कि प्रयोग गर्नुहुन्छ भन्‍ने कुरालाई निर्धारण गर्नेछ। विजय गरिएकाहरू निष्क्रियता र नकारात्मकताका उदाहरणहरू बाहेक अरू केही होइनन्; तिनीहरू आदर्शहरू र नमुनाहरू हुन्, तर तिनीहरू पूरक बाहेक केही पनि होइनन्। मानिसको जीवनको स्वभाव परिवर्तन भएपछि मात्रै, र उसले भित्र र बाहिर नै परिवर्तन प्राप्त गरेको छ भने मात्रै, उसलाई पूर्ण रूपमा सिद्ध बनाइएको हुनेछ। आज, तिमीहरू कुन चाहन्छौ: विजय गरिनु, वा सिद्ध पारिनु? तँ कुन कुरालाई प्राप्त गर्न चाहन्छस्? के तैँले सिद्ध पारिनुका लागि पूरा गर्नुपर्ने सर्तहरूलाई पूरा गरेको छस्? तँमा अझै कुन-कुन सर्तहरूको कमी छ? तैँले आफैलाई कसरी सुसज्जित बनाउनुपर्छ, र आफ्‍ना त्रुटिहरूको लागि तैँले कसरी हर्जाना भर्नुपर्छ? तँ सिद्ध पारिने मार्गमा कसरी प्रवेश गर्नुपर्छ? तँ कसरी पूर्ण रूपमा समर्पित हुनुपर्छ? तँ सिद्ध पारिनको लागि अनुरोध गर्छस्, त्यसैले के तँ पवित्रताको खोजी गर्छस्? के तँ त्यस्तो व्यक्ति होस् जसले सजाय र न्यायको अनुभव गर्न खोजी गर्छ ताकि तँ शुद्ध हुन सक्? तँ शुद्ध पारिन चाहन्छस्, त्यसैले के तँ सजाय र न्यायलाई स्वीकार गर्न इच्‍छुक छस्? तँ परमेश्‍वरलाई जान्‍नको निम्ति आग्रह गर्छस्, तर के तँसँग उहाँको सजाय र न्यायको ज्ञान छ? आज, उहाँले तँमा गर्ने धेरैजसो कार्य सजाय र न्याय नै हो; तँमा गरिएको यो कार्य सम्‍बन्धी तेरो के ज्ञान छ? के तैँले अनुभव गरेको सजाय र न्यायले तँलाई शुद्ध पारेको छ? के यसले तँलाई परिवर्तन गरेको छ? के यसले तँमा कुनै प्रभाव पारेको छ? के तँ आजका धेरै कामद्वारा थकित छस्—श्रापहरू, न्यायहरू, र भन्डाफोरहरू—वा यी कुराहरू तेरो लागि निकै लाभदायक छन् भन्‍ने तँलाई लाग्छ? तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तर तँ किन उहाँलाई प्रेम गर्छस्? के तैँले थोरै अनुग्रह प्राप्त गरेको हुनाले परमेश्‍वरलाई प्रेम गर्छस्? वा शान्ति र आनन्द प्राप्त गरिसकेको हुनाले तैँले परमेश्‍वरलाई प्रेम गर्छस्? वा उहाँको सजाय र न्यायले शुद्ध पारिएपछि तँ परमेश्‍वरलाई प्रेम गर्छस्? वास्तवमा के कुराले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने तुल्याउँछ? सिद्ध पारिनको लागि पत्रुसले कुन-कुन सर्तहरूलाई पुरा गरे? उनलाई सिद्ध पारिएपछि, यसलाई व्यक्त गरिएको अत्यन्तै महत्त्वपूर्ण तरिका के थियो? के तिनी उहाँको लागि तृषित भएकाले हो कि तिनले उहाँलाई देख्‍न नसकेकोले, अथवा तिनलाई तिरस्कार गरिएको कारणले तिनले प्रभु येशूलाई प्रेम गरेका थिए? वा के तिनले कष्टहरूका संकष्टहरूलाई स्वीकार गरेका हुनाले, र आफ्‍नै अशुद्धता र अनाज्ञाकारीतालाई जानेकाले, प्रभुको पवित्रतालाई जानेको कारणले तिनले प्रभु येशूलाई प्रेम गरेका थिए? के परमेश्‍वरको सजाय र न्यायले गर्दा परमेश्‍वरप्रतिको उसको प्रेम अझै शुद्ध भयो कि अन्य कुनै कुराले गर्दा? यो कुनचाहिँ हो? परमेश्‍वरको अनुग्रहको कारणले, र आज उहाँले तँलाई केही सानो आशिष् दिनुभएको हुनाले तँ परमेश्‍वरलाई प्रेम गर्छस्। के यो साँचो प्रेम हो? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? के तैँले उहाँको सजाय र न्यायलाई स्वीकार गर्नुपर्छ, र, उहाँको धर्मी स्वभावलाई अवलोकन गरिसकेपछि, उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्षम हुनुपर्छ, जसले गर्दा तँ पूर्ण रूपमा विश्‍वस्त हुन्छस्, र उहाँको बारेमा ज्ञान पाउँछस्? पत्रुसले जस्तै, के तैँले परमेश्‍वरलाई पर्याप्त रूपमा प्रेम गर्न सक्दैनस् भनेर तँ भन्‍न सक्छस्? तैँले खोजी गर्ने कुरा सजाय र न्यायपछि विजय गरिनु हो कि, वा सजाय र न्यायपछि शुद्ध पारिनु, सुरक्षित गरिनु र वास्ता गरिनु हो? यीमध्ये कुनको खोजी तँ गर्छस्? के तेरो जीवन अर्थपूर्ण छ, वा यो अर्थहीन र मूल्यहीन छ? तँ देह चाहन्छस् कि सत्यता चाहन्छस्? तँ न्यायको कामना गर्छस् कि सहजताको? परमेश्‍वरको धेरै कार्यलाई अनुभव गरिसकेपछि, र परमेश्‍वरको पवित्रता र धार्मिकतालाई अवलोकन गरिसकेपछि, तैँले कसरी खोजी गर्नुपर्छ? तैँले यो मार्गमा कसरी हिँड्नुपर्छ? तैँले परमेश्‍वरको प्रेमलाई कसरी व्यवहारमा लागू गर्नुपर्छ? के परमेश्‍वरको सजाय र न्यायले तँमा कुनै प्रभाव पारेको छ? तँमा परमेश्‍वरको सजाय र न्यायको ज्ञान छ कि छैन भन्‍ने कुरालाई तँ कस्तो जीवन जिउँछौ, र तैँले परमेश्‍वरलाई कुन हदसम्‍म प्रेम गर्छस् भन्ने कुरामा निर्भर हुन्छ! तँ परमेश्‍वरलाई प्रेम गर्छस् भनेर तेरो ओठले भन्छ, तैपनि तँ जुन जीवन जिउँछस् त्यो पुरानो, भ्रष्ट स्वभाव हो; तँमा परमेश्‍वरको कुनै डर छैन, तँमा विवेक हुने कुरा त परै जाओस्। के त्यस्ता मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्छन्? के त्यस्ता मानिसहरू परमेश्‍वरप्रति निष्ठावान हुन्छन्? के तिनीहरू परमेश्‍वरका सजाय र न्यायलाई स्वीकार गर्नेहरू हुन्? परमेश्‍वरलाई प्रेम गर्छु र उहाँलाई विश्‍वास गर्छु भनेर तँ भन्छस्, तैपनि तँ आफ्‍ना विचारहरूलाई छोड्दैनस्। तेरो काममा, प्रवेशमा, तैँले बोल्‍ने वचनमा, र तेरो जीवनमा, परमेश्‍वरप्रतिको तेरो प्रेमको कुनै प्रकटीकरण छैन, र परमेश्‍वरप्रतिको कुनै श्रद्धा छैन। के सजाय र न्याय प्राप्त गरेको व्यक्ति यही हो? के यस्तो व्यक्ति पत्रुस हुन सक्छ? के पत्रुसजस्ता मानिसहरूमा ज्ञान मात्रै हुन्छ, तर जीवन जियाई हुँदैन? आज, वास्तविक जीवन जिउनको लागि मानिसलाई चाहिने सर्त के हो? के पत्रुसका प्रार्थनाहरू उसको मुखबाट आएका शब्‍दहरूभन्दा बढी केही पनि थिएनन् त? के ती उनको हृदयको अन्तस्करणबाट आएका शब्‍दहरू थिएनन् र? के पत्रुसले प्रार्थना मात्रै गर्थे, र सत्यतालाई अभ्यास गर्दैनथे? तेरो खोजी कसको लागि हो? परमेश्‍वरको सजाय र न्यायको बेला कसरी तैँले आफूलाई परमेश्‍वरको सुरक्षा र शुद्धीकरणलाई प्राप्त गर्ने तुल्याउँछस्? के परमेश्‍वरको दण्ड सजाय र न्याय मानिसको लागि कुनै लाभ छैन? के सबै न्याय दण्ड नै हो? के शान्ति र आनन्द, भौतिक आशिष्‌हरू र क्षणिक सहजता मात्रै मानिसको जीवनको लागि लाभदायक हुनसक्छ? यदि मानिस सुखद र सहज परिस्थितिमा, न्यायको जीवन विहीन भएर जिउँछ भने, के उसलाई शुद्ध पारिन सक्छ? यदि मानिसले परिवर्तन हुन र शुद्ध पारिन चाहन्छ भने, उसले सिद्ध पारिनुलाई कसरी स्वीकार गर्नुपर्छ? आज तैँले कुन मार्गलाई छनौट गर्नुपर्छ?

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३१

पत्रुसको बारेमा उल्लेख गर्दा, मानिसहरूले उसको बारेमा भन्ने असल कुराहरूको अन्त हुँदैन। तिनीहरू तुरुन्तै उसले परमेश्‍वरलाई तीन पटक इन्कार गरेको, उसले शैतानको सेवा गरेर कसरी परमेश्‍वरको परीक्षा गरेको, र आखिरीमा ऊ परमेश्‍वरको खातिर कसरी क्रूसमा उँधोमुन्टो पारी झुन्ड्याइएको, आदि कुराहरू सम्झन्छन्। अब म तिमीहरूलाई पत्रुसले मलाई कसरी चिने र उसको अन्तिम अवस्था कस्तो थियो भन्ने कुरामा जोड दिन जाँदैछु। पत्रुस असल क्षमता भएको व्यक्ति थियो, तर उसका परिस्थितिहरू पावलका जस्तै थिएनन्: उसका बाबुआमाले मलाई सताए, उनीहरू शैतानको अधिकारमुनि रहने भूतात्माहरू थिए, त्यसैको फलस्वरूप, उनीहरूले पत्रुसलाई परमेश्‍वरको बारेमा कुनै शिक्षा दिएनन्। पत्रुस बुद्धिमान्, प्रतिभाशाली, र सानै उमेरदेखि उसका बाबुआमाद्वारा पुलपुलाइएको थियो। तापनि वयस्क बनेपछि, ऊ उनीहरूका शत्रु बने, किनकि उसले मेरो बारेमा ज्ञानको खोजी गर्न कहिल्यै छोडेन, र फलतः उनीहरूलाई त्यागे। यस्तो किन भयो भने, सबै कुराहरूभन्दा माथि, उसले स्वर्ग र पृथ्वी र त्यसमा भएका सबै थोकहरू सर्वशक्तिमानको हातमा छन् र सबै सकारात्मक कुराहरू परमेश्‍वरबाट आउँछन् र शैतानद्वारा प्रक्रिया नचलाइ सीधै उहाँबाट जारी हुन्छन्‌ भनी विश्‍वास गर्यो। पत्रुसका बाबुआमाको विरोधाभासले उसलाई मेरो दया र कृपाको अझ ठूलो ज्ञान दियो, यसरी मलाई खोज्ने उसको चाहना अझ बढ्यो। उसले मेरो वचन केवल खाने र पिउनेमा मात्र होइन, तर त्यसबाहेक, मेरो इच्छा बुझ्नमा पनि ध्यान दियो, र ऊ आफ्नो हृदयमा सधैँ सतर्क थियो। फलस्वरूप, आफ्नो आत्मामा ऊ सधैँ संवेदनशील थियो, र यसरी, उसले गर्ने सबै कार्यमा ऊ मेरो हृदयअनुसारको व्यक्ति थियो। आफैलाई प्रोत्साहन दिनका निम्ति उसले विगतमा मानिसहरूको असफलताहरूलाई निरन्तर ध्यान दिने काम गर्थ्यो, असफलताको पासोमा परिएला भनी धेरै डराउथ्यो। त्यसैगरी, उसले सबै युगहरूभरि परमेश्‍वरलाई प्रेम गर्ने सबै मानिसहरूको विश्‍वास र प्रेम आत्मसात् गर्ने कुरामा पनि ध्यान दियो। यसरी—नकारात्मक पक्षहरूमा मात्र होइन, तर अझ महत्त्वपूर्ण रूपमा, सकारात्मक पक्षहरूमा पनि—ऊ धेरै चाँडो वृद्धि भयो, यहाँसम्म कि मेरो उपस्थितिमा उसको ज्ञान सबैभन्दा महान् बन्यो। तब, उसले आफूसँग भएका सबै थोकहरू कसरी मेरो हातमा दियो, खाने, लाउने, सुत्ने र ऊ कहाँ बस्ने भन्ने विषयमा लिने निर्णय समेत पनि कसरी समर्पण गर्यो, र त्यसको साटो, सबै कुराहरूमा मलाई सन्तुष्ट पार्ने आधारमा मेरा सम्पत्तिहरूको आनन्द उपभोग गर्यो भन्ने कुरा कल्पना गर्नु गाह्रो छैन। मैले उसलाई अनगन्ती परीक्षाहरू अनुभव गर्न लगाएँ—त्यस्ता परीक्षाहरू, जसले स्वाभाविक रूपमा उसलाई अर्ध मृत बनायो—तर यी सयौं परीक्षाहरूको बीचमा पनि उसले मप्रतिको आफ्नो विश्‍वास कहिल्यै एक पटक पनि गुमाएन वा ममा कहिल्यै निराश भएन। मैले उसलाई त्यागिदिएको छु भन्दा समेत पनि ऊ निरुत्साहित भएन, र व्यावहारिक रूपमा र विगतको अभ्यासको सिद्धान्तहरू अनुसार मलाई प्रेम गरिरह्यो। उसले मलाई प्रेम गरे तापनि म उसको प्रशंसा गर्दिनँ, अन्त्यमा म उसलाई शैतानको हातमा सुम्पिदिनेछु भनेर मैले उसलाई भनेँ। तर त्यस्ता परीक्षाहरूको बीचमा पनि, उसको शरीरमा आएका परीक्षाहरू त होइनन्‌, तर वचनका परीक्षाहरूको बीचमा, उसले अझै पनि मसँग प्रार्थना गर्दै भन्यो, “हे परमेश्‍वर! स्वर्ग र पृथ्वी र सबै थोकहरूको माझमा, तपाईंको हातमा नभएको के कुनै यस्तो मानिस, कुनै प्राणी वा कुनै थोक छ र, हे सर्वशक्तिमान्‌? जब तपाईं मप्रति कृपालु बन्नुहुन्छ, तब तपाईंको कृपाले गर्दा मेरो हृदय अति आनन्दित हुन्छ। जब तपाईंले मेरो न्याय गर्नुहुन्छ, तब म जत्ति नै अयोग्य भएतापनि तपाईंका कामहरूको बुझ्‍न नसकिने अवस्थाको अझ अधिक ज्ञान प्राप्त गर्छु, किनकि तपाईं अधिकार र बुद्धिले भरिनुभएको छ। मेरो शरीरले कष्टहरू भोगे तापनि मेरो आत्माले सान्त्वना पाएको छ। म तपाईंको बुद्धि र कार्यहरूलाई प्रशंसा नगरी कसरी रहन सकुँला र? तपाईंलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म खुसी र आनन्दसाथ किन त्यसो गर्न नसकुँला र? हे सर्वशक्तिमान्! मैले तपाईंलाई देखेको के तपाईं साँच्चै चाहनुहुन्न र? के म साँच्चै तपाईंको न्याय पाउन योग्य छैन र? के ममा कुनै यस्तो कुरा छ जुन तपाईं देख्न चाहनुहुन्न?” त्यस्ता परीक्षाहरूको समयमा, पत्रुस मेरो इच्छा विशुद्ध प्रकारले बुझ्न सक्षम नभए पनि, यो स्पष्ट थियो कि (उसले मेरो इन्साफ प्राप्त गरेको भएतापनि मानव जातिले मेरो प्रताप र क्रोध देख्न सकोस्‌ भनेर) मद्वारा प्रयोग हुने कुरामा ऊ गौरवान्वित र सम्मानित भयो, र ती परीक्षाहरूद्वारा ऊ दुःखी भएन। मेरो सामुन्ने उसको निष्ठाको कारण र मैले उसमाथि राखिदिएको मेरो आशीषको कारण ऊ हजारौं वर्षसम्म मानिसको निम्ति एउटा उदाहरण र नमुना बनेको छ। के तिमीहरूले अनुकरण गर्नुपर्ने कुरा पनि बिलकुल यही होइन र? मैले पत्रुसको बारेमा यति लामो वृत्तान्त किन बताएँ, त्यसबारे राम्ररी र घनीभूत विचार गर; तिमीहरू जिउनु पर्ने सिद्धान्तहरू यी नै हुनुपर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ६” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३२

पत्रुसले धेरै वर्षसम्म येशूलाई पछ्याए र उहाँमा धेरै कुराहरू देखे जुन अन्य मानिसहरूमा थिएनन्। एक वर्षसम्म उहाँलाई पछ्याएपछि, येशूले पत्रुसलाई बाह्र चेलाहरूमध्येबाट चुन्‍नुभयो। (अवश्य पनि येशूले यो कुरालाई उच्‍च स्वरमा बोल्‍नुभएन र अरूले यसबारेमा बिलकुलै थाहा पाएनन्।) जीवनमा, पत्रुसले आफूलाई येशूले गर्नुभएका हरेक कुराद्वारा मापन गरे। सबैभन्दा महत्वपूर्ण रूपमा, येशूले प्रचार गर्नुभएका सन्देशहरू तिनको हृदयमा गढेर बसे। तिनी सम्पूर्ण रूपले समर्पित र बफादार थिए, र तिनले उहाँविरुद्ध कहिल्यै कुनै पनि गुनासो व्यक्त गरेनन्। परिणामस्वरूप, तिनी येशू जानुहुने हरेक ठाउँमा उहाँको विश्‍वासयोग्य साथी बने। पत्रुसले येशूका शिक्षाहरू, उहाँका भद्र वचनहरू, उहाँले आफ्नो भोजनमा खानुहुने कुराहरू, उहाँका वस्त्रहरू, उहाँको आश्रय, र उहाँको यात्राको तौरतरिका अवलोकन गरे। तिनले सबै कुरामा येशूको अनुकरण गरे। तिनी कहिल्यै पनि स्व-धर्मी बनेनन्, बरु तिनले त पुराना भइसकेका सबै कुराहरूलाई फालिदिए, र वचन र कर्म दुवैमा येशूको उदाहरणलाई पछ्याए। यसै समयमा पत्रुसले स्वर्ग र पृथ्वी अनि सबै थोक सर्वशक्तिमान्‌को हातमा छन् र यही कारणले गर्दा तिनले आफूसँग कुनै व्यक्तिगत विकल्प छैन भन्‍ने अनुभूति गरे। पत्रुसले येशू जे हुनुहुन्थ्यो त्यो सबै आफूमा समाहित गरे र त्यसलाई एक उदाहरणको रूपमा प्रयोग गरे। येशूको जीवनले उहाँले गर्नुभएका काम-कुराहरूमा स्व-धर्मी हुनुहुन्नथ्यो भन्ने देखाउँछ; उहाँले आफ्नै बारेमा ठूलाठूला कुरा गर्नुको साटो मानिसहरूलाई प्रेमद्वारा प्रेरणा दिनुहुन्थ्यो। विविध काम-कुराहरूले येशू जे हुनुहुन्थ्यो त्यो देखायो, र यही कारणले गर्दा, पत्रुसले उहाँसम्बन्धी हरेक कुराहरू अनुसरण गरे। पत्रुसलाई आफ्ना अनुभवहरूले येशूको प्रमिलोपनको झन्-झन् बढी बोध गराए, र तिनले यस्ता कुराहरू भने, “मैले सारा ब्रह्माण्डभरि सर्वशक्तिमान्‌लाई खोजेको छु, र मैले स्वर्गमा र पृथ्वीमा अनि सबै थोकमा अचम्मका कामहरू देखेको छु, यसरी मैले सर्वशक्तिमान्‌को प्रेमिलोपनको गहन बोध हासिल गरेको छु। तर, मेरो आफ्नै हृदयमा यति साँचो प्रेम कहिल्यै थिएन, र मैले सर्वशक्तिमान्‌को प्रेमिलोपनलाई आफ्नै आँखाले कहिल्यै देखेको थिइन। आज सर्वशक्तिमान्‌का नजरहरूमा, उहाँले मलाई निगाहको साथ हेर्नुभएको छ, र मैले बल्‍ल परमेश्‍वरको प्रेमिलोपन अनुभूति गरेको छु। मैले अन्त्यमा के पत्ता लगाएको छु भने, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको तथ्यले मात्र मानवजातिलाई उहाँलाई प्रेम गर्ने तुल्याउँदैन; मैले त मेरो दैनिक जीवनमा उहाँको असीमित प्रेमिलोपन भेटेको छु। कसरी यो अहिले तत्काल देख्न सकिने कुराहरूमा मात्र सीमित हुन सक्छ र?” समय बित्दै जाँदा, धेरै प्रेमिलो कुराहरू पत्रुसमा देखा पर्दै गए। तिनी येशूप्रति एकदमै आज्ञाकारी बने, र अवश्य नै, तिनले केही धक्का पनि खाए। जब येशूले तिनलाई विभिन्‍न स्थानहरूमा प्रचार गर्नको लागि लैजानुहुन्थ्यो, तब पत्रुसले आफूलाई सधैँ विनम्र तुल्याएर येशूका उपदेशहरू सुन्थे। वर्षौंसम्म येशूलाई पछ्याएको कारणले तिनी कहिल्यै पनि अहङ्कारी बनेनन्। येशूले उहाँ आउनुको कारण भनेको उहाँको काम सम्पन्न गर्नको खातिर क्रूसमा टाँगिनको लागि हो भनी भन्नुभएपछि पत्रुसले आफ्नो हृदयमा धेरै पटक पीडा अनुभूति गर्थे र एकान्तमा एकलै रुन्थे। तैपनि, अन्तमा त्यो “दुर्भाग्यपूर्ण” दिन आयो। येशू पक्राउ पर्नुभएपछि, पत्रुस माछा मार्ने आफ्नो डुङ्गामा गएर एकलै रोए र यसको लागि धेरै प्रार्थनाहरू गरे। तर तिनलाई आफ्नो हृदयमा यो परमेश्‍वर पिताको इच्छा हो र यसलाई कसैले पनि बदल्न सक्दैन भन्ने थाहा थियो। तिनी आफ्नो प्रेमको कारण पीडामै रहिरहे र तिनले आँखाभरि आँसु बोकिरहे। यो अवश्य पनि मानवीय कमजोरी हो। यसरी, जब तिनले येशूलाई क्रूसमा टाँगिँदैछ भन्ने थाहा पाए, तब तिनले येशूलाई सोधे, “तपाईंले संसार छाड्नुभएपछि, के तपाईं हामीमाझ हाम्रो रखवाली गर्न फर्कनुहुनेछ त? के हामी अझै पनि तपाईंलाई देख्न सक्‍नेछौं त?” यी वचनहरू एकदमै अज्ञानतापूर्ण र मानव धारणाहरूले भरिएको भए तापनि, येशूले पत्रुसको पीडाको तिक्तता बुझ्नुभयो, यसकारण उहाँको प्रेममार्फत पत्रुसको कमजोरीलाई वास्ता गर्नुभयो: “पत्रुस, मैले तँलाई प्रेम गरेको छु। के त्यो तँलाई थाहा छ? तैँले जे भन्छस् त्यसको पछाडि कुनै कारण नभएको भए तापनि, पिताले के प्रतिज्ञा गर्नुभएको छ भने म ४० दिनमा मानिसहरूसमक्ष देखा पर्नेछु। के तँ मेरो आत्माले तिमीहरू सबैलाई बारम्बार अनुग्रह प्रदान गर्नेछ भनी विश्‍वास गर्दैनस् र?” पत्रुसले यसबाट केही सान्त्वना महसुस गरेको भए तापनि, तिनले अझै पनि एउटा कुरा छुटेको महसुस गरे, त्यसैले पुनरुत्थान हुनुभएपछि, येशू तिनीकहाँ पहिलोपल्ट खुला रूपमा देखा पर्नुभयो। तथापि, पत्रुसलाई निरन्तर आफ्ना धारणाहरूमा अल्झिनबाट रोक्नको लागि येशूले उहाँको लागि पत्रुसले तयार पारेको खर्चिलो खाना अस्वीकार गर्नुभयो र एकै निमेषमा बिलाउनुभयो। त्यस क्षणपछि, पत्रुसले अन्ततः प्रभु येशूको बारेमा गहन बुझाइ प्राप्त गरे र उहाँलाई अझ बढी प्रेम गरे। उहाँको पुनरुत्थानपश्चात, येशू बारम्बार पत्रुसकहाँ देखा पर्नुभयो। त्यो चालीस दिन बितेपछि र उहाँले स्वर्ग-आरोहण गर्नुभएपछि, उहाँ फेरि तीन पटक पत्रुसकहाँ देखा पर्नुभयो। हरेक देखा पराइ ठीक त्यो बेलामा हुन्थ्यो जुन बेलामा पवित्र आत्माको एउटा काम पूरा हुन लागेको हुन्थे अनि नयाँ कामको सुरुवात हुन लागेको हुन्थ्यो।

पत्रुसले जीवनभरि नै जीविकाको लागि माछा मार्ने काम गरे, तर त्योभन्दा पनि बढी तिनी प्रचार गर्नलाई जिए। आफ्ना पछिल्ला दिनहरूमा, तिनले पत्रुसका पहिलो र दोस्रो पत्रहरूका साथै तत्कालीन फिलाडेल्फियाको मण्डलीका लागि धेरै पत्रहरू लेखे। त्यो समयका मानिसहरू तिनीद्वारा गहन रूपमा प्रभावित भएका थिए। आफ्नै योग्यताको प्रयोग गरी मानिसहरूलाई प्रवचन सुनाउनुको सट्टा, तिनले तिनीहरूलाई जीवनको सुहाउँदो आपूर्ति प्रदान गरे। तिनले येशूले संसार छाड्नुअघि उहाँले दिनुभएका शिक्षाहरूलाई कहिल्यै भुलेनन्, र आफ्नो जीवनभरि नै तिनै शिक्षाहरूद्वारा प्रेरणा प्राप्त गरिरहे। येशूलाई पछ्याउँदाको समयमा, तिनले प्रभुको प्रेमको पैँचो मृत्युले तिर्ने र सबै काम-कुराहरूमा उहाँको उदाहरण अनुसरण गर्ने संकल्प लिए। येशूले यो कुरामा सहमति जनाउनुभयो, त्यसकारण पत्रुस ५३ वर्षको हुँदा (येशूले स्वर्ग-प्रस्थान गर्नुभएको २० वर्षन्दा पछि), तिनलाई तिनको आकांक्षा पूरा गर्न मद्दत गर्नको लागि येशू तिनीकहाँ देखा पर्नुभयो। त्यसपछिका सात वर्षहरूमा, पत्रुसले आफैलाई चिन्ने प्रयास गर्दै समय बिताए। ती सात वर्षहरूपछि एक दिन, तिनलाई उँधोमुन्टो पारी क्रूसमा टाँगियो, यसरी तिनको असाधारण जीवनको अन्त्य भयो।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “पत्रुसको जीवनको बारेमा” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३३

अन्धकारको प्रभाव के हो? यो कथित “अन्धकारको प्रभाव” शैतानको छल, भ्रष्टता, बन्धन र मानिसहरूलाई नियन्त्रण गर्ने प्रभाव हो; शैतानको प्रभाव एउटा प्रभाव हो जसमा मृत्युको वातावरण हुन्छ। शैतानको राज्य-क्षेत्रमा जिउने सबै विनाशतिर उन्मुख हुन्छन्।

परमेश्‍वरप्रतिको विश्‍वास हासिल गरिसकेपछि तँ कसरी अन्धकारको प्रभावदेखि उम्कन सक्छस् त? तैँले एकपल्ट परमेश्‍वरलाई इमान्दारितापूर्वक प्रार्थना गरिसकेपछि आफ्नो हृदयलाई पूर्णरीतिले उहाँतर्फ फर्काउँछस्, जुन बिन्दुमा तेरो हृदय परमेश्‍वरको आत्माद्वारा उत्प्रेरित हुन्छ। तँ आफैलाई पूर्ण रीतिले उहाँलाई दिन इच्छुक हुन्छस्, अनि यसै क्षणमा, तँ अन्धकारको प्रभावदेखि उम्केको हुनेछस्। यदि मानिसले गर्ने हरेक कुराले परमेश्‍वरलाई खुशी तुल्याउँछ र उहाँका मागहरूसित मेल खान्छ भने, ऊ परमेश्‍वरका वचनहरूभित्र र उहाँको हेरविचार तथा सुरक्षाको अधीनमा जिउने व्यक्ति हुन्छ। यदि मानिसहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्दैनन्, यदि तिनीहरूले उहाँप्रति लापरवाहीपूर्ण व्यवहार देखाउँदै अनि उहाँको अस्तित्वमा अविश्‍वास गर्दै, सधैं उहाँलाई मूर्ख बनाउने प्रयास गरिरहन्छ भने—ती सबै मानिसहरू अन्धकारको प्रभावमुनि जिइरहेका हुन्छन्। परमेश्‍वरको मुक्ति नपाएका मानिसहरू शैतानको राज्य-क्षेत्रमा जिइरहेका हुन्छन्; यसको अर्थ, तिनीहरू सबै अन्धकारको प्रभावमुनि जिउँछन्। परमेश्‍वरमा विश्‍वास नगर्नेहरू शैतानको राज्य-क्षेत्रमा जिइरहेका हुन्छन्। परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नेहरू पनि उहाँको ज्योतिमा नै जिइरहेका हुन्छ भन्ने कुनै जरुरी छैन, किनकि उहाँमा विश्‍वास गर्नेहरू वास्तवमै उहाँका वचनहरूमा जिइरहेका नहुन सक्छन्, न त तिनीहरू परमेश्‍वरमा समर्पित हुन सकेका नै हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने कुरामा मानिस सीमित छ, अनि ऊसित परमेश्‍वरको ज्ञान नभएको कारणले, ऊ अझै पनि पुराना नियमहरूमा, मृत शब्दहरूको माझमा, एउटा यस्तो जीवन जिइरहेको छ जुन अँध्यारो र अनिश्चित छ, जुन न त परमेश्‍वरद्वारा पूर्णरुपले शुद्ध गरिएको छ, न त उहाँद्वारा पूर्ण रुपले हासिल गरिएकोछ। त्यसैकारण, यो स्पष्ट नै छ कि परमेश्‍वरमा विश्‍वास नगर्नेहरू अन्धकारको प्रभावमुनि जिइरहेका हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नेहरू पनि अझै त्यसको प्रभावमुनि हुन सक्छन्, किनकि तिनीहरूसित पवित्रआत्माको कार्यको कमी छ। परमेश्‍वरको अनुग्रह वा कृपा प्राप्त नगरेकाहरू र पवित्र आत्माको कार्य देख्न नसक्नेहरू सबै अन्धकारको प्रभावमुनि जिइरहेका छन्; अनि धेरैजसो समय, परमेश्‍वरको अनुग्रहको मात्रै आनन्द लिने, तैपनि उहाँलाई भने नचिन्ने मानिसहरू पनि त्यस्तै हुन्छन्। यदि एउटा मानिसले परमेश्‍वरमा विश्‍वास गर्दछ, तापनि आफ्नो अधिकांश जीवन अन्धकारको प्रभावमुनि जिइरहेको छ भने, यस मानिसले आफ्नो अस्तित्वको अर्थ नै गुमाएको छ—अनि परमेश्‍वरको अस्तित्वछ भन्ने विश्‍वास नगर्ने मानिसहरूको बारेमा उल्लेख गर्नु के खाँचो छ र?

परमेश्‍वरको कार्यलाई स्वीकार गर्न नसक्नेहरू, अथवा परमेश्‍वरको कार्यलाई स्वीकार गर्ने तर उहाँका मागहरूलाई पूरा गर्न असक्षम हुनेहरू सबै अन्धकारको प्रभावमुनि जिइरहेका मानिसहरू हुन्। सत्यतालाई अनुसरण गर्नेहरू र परमेश्‍वरका मागहरू पूरा गर्न सक्षम हुनेहरूले मात्रै उहाँबाट आशिषहरू प्राप्त गर्नेछन्, र तिनीहरू मात्रै अन्धकारको प्रभावदेखि उम्किनेछन्। तिनीहरू जो स्वतन्त्र भएका छैनन्, जो सधैँ केही निश्चित कुराहरूद्वारा नियन्त्रित हुन्छन्, अनि जसले आफ्नो हृदय परमेश्‍वरलाई दिन असक्षम हुन्छन्, तिनीहरू मृत्युको वातावरणमा जिउने शैतानको बन्धनमुनि रहने मानिसहरू हुन्। तिनीहरू जो आफ्नै कर्तव्यहरूप्रति अविश्‍वासयोग्य छन्, जो परमेश्‍वरको आज्ञाप्रति अविश्‍वासयोग्य छन् अनि जसले मण्डलीमा आफ्ना काम-कर्तव्यहरू पूरागर्न चुक्छन्, तिनीहरू अन्धकारको प्रभावमुनि जिउने मानिसहरू हुन्। तिनीहरू जसले जानाजान मण्डली-जीवनलाई बिथोल्छन्, तिनीहरू जसले जानीबुझी आफ्ना दाजुभाइहरू तथा दिदीबहिनीहरूको माझमा बेमेलको बीउ रोप्छन् वा जसले गुट निर्माण गर्छन्, तिनीहरू अझै गहिरो अन्धकारको प्रभावमुनि, शैतानको बन्धनमा जिउने मानिसहरू हुन्। तिनीहरू जसको परमेश्‍वरसित असामान्य सम्बन्ध हुन्छ, जसको सधैँ अत्यधिक चाहनाहरू हुन्छन्, जसले सधैँ लाभ हासिल गर्न चाहन्छन्, र जसले आफ्नो स्वभावमा कहिल्यै रूपान्तरण खोजी गर्दैनन्, तिनीहरू अन्धकारको प्रभावमुनि जिउने मानिसहरू हुन्। तिनीहरू जो सधैँ बेहोशियार छन् अनि सत्यताको तिनीहरूको अभ्यासमा कहिल्यै गम्भीर हुँदैनन् परमेश्‍वरको इच्छा पूरा गर्ने कुरा खोजी गर्नुको सट्टामा तिनीहरूका आफ्नै देहलाई सन्तुष्ट गर्न खोज्दछन्, तिनीहरू पनि मृत्युको आवरणले ढाकिएको अन्धकारको प्रभावमुनि जिउने मानिसहरू हुन्। परमेश्‍वरको निम्ति काम गर्दा जो कुटिलता र छलमा संलग्न हुन्छन्, जसले परमेश्‍वरसित लापरवाहीपूर्ण ढङ्गले व्यवहार गर्छन्, जसले परमेश्‍वरलाई ठग्छन् अनि जसले सधैँ आफ्नै निम्ति योजना बनाउँछन्, तिनीहरू अन्धकारको प्रभावमुनि जिउने मानिसहरू हुन्। तिनीहरू जसले परमेश्‍वरलाई साँचो रीतिले प्रेम गर्न सक्दैनन्, जसले सत्यताको अनुसरण गर्दैनन्, अनि जो आफ्नो स्वभावलाई रूपान्तरण गर्ने कुरामा केन्द्रित हुँदैनन्, तिनीहरू सबै अन्धकारको प्रभावमुनि जिउने मानिसहरूहुन्।

— वचन देहमा देखा पर्नुहुन्छको “अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३४

यदि तँ परमेश्‍वरद्वारा प्रशंसित हुने चाहना गर्छ भने, तैँले पहिले आफ्नो हृदय परमेश्‍वरतर्फ खोलेर यसलाई पूर्णरूपले उहाँतर्फ फर्काउँदै शैतानको अन्धकारपूर्ण प्रभावदेखि उम्कनुपर्छ। अहिले तैँले गरिरहेको कुराहरूको निम्ति के परमेश्‍वरले तँलाई प्रशंसा गर्नुहुन्थ्यो? के तैँले आफ्नो हृदय परमेश्‍वरतिर फर्काएको छस्? के तैँले गरेका कुराहरू परमेश्‍वरले तँबाट माग गर्नुभएका कुरा हुन् र? के ती सत्यतासित मेल खान्छन्? सबै समय आफैलाई जाँच् र परमेश्‍वरको वचन खाने र पिउनेमा ध्यान केन्द्रितगर्; उहाँको सामु आफ्नो हृदयलाई फिँजा, उहाँलाई इमान्दारितापूर्वक प्रेम गर् र भक्तिपूर्वक परमेश्‍वरको निम्ति आफैलाई समर्पित गर्। यस्तो गर्ने मानिसहरूलाई परमेश्‍वरले निश्चय नै प्रशंसा गर्नुहुनेछ।

तिनीहरू सबै जसले परमेश्‍वरमा विश्‍वास गर्छन्, तापनि सत्यताको अनुसरण गर्दैनन्, तिनीहरूसँग शैतानको प्रभावदेखि उम्कने कुनै उपाय छैन। तिनीहरू जो इमान्दारितासहित आफ्नो जीवन जिउँदैनन्, जसले अरूको सामु एउटा प्रकारले व्यवहार गर्छन् तर तिनीहरूको पछाडि अर्कै प्रकारले व्यवहार गर्छन्, जसले नम्रता, धैर्यता तथा प्रेमको बाह्य रुप मात्रै देखाउँछन्, यद्यपि तिनीहरूको सार घातक, धूर्त र परमेश्‍वरप्रति वफादाररहित हुन्छ—त्यस्ता मानिसहरू अन्धकारको प्रभावमुनि जिउनेहरूका खास प्रतिनिधिहरू हुन्; तिनीहरू सर्पका वर्गका हुन्। तिनीहरू जसले सधैँ तिनीहरूका आफ्नै फाइदाको निम्ति मात्रै परमेश्‍वरमा विश्‍वास गर्छन्, जो स्वधर्मी र अभिमानी छन्, जसले देखावटी गर्छन्, अनि जसले आफ्नै हैसियतलाई रक्षा गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू हुन् जसले शैतानलाई प्रेम गर्छन्, सत्यतालाई विरोध गर्छन्। यी मानिसहरूले परमेश्‍वरलाई विरोध गर्छन् तिनीहरू पूर्णरुपले शैतानका हुन्। तिनीहरू जसले परमेश्‍वरका बोझहरूलाई ध्यान दिँदैनन्, जसले सम्पूर्ण हृदयले परमेश्‍वरको सेवा गर्दैनन्, जोसित सधैँ तिनीहरूका आफ्नै स्व-रुचिहरू र आफ्नै परिवारका रुचिहरूको चासो हुन्छ, जो परमेश्‍वरको निम्ति तिनीहरू स्वयम्लाई समर्पित गर्न हरेक कुरा त्याग्न असक्षम हुन्छन्, र जो कहिल्यै परमेश्‍वरको वचनद्वारा जिउँदैनन्, तिनीहरू परमेश्‍वरको वचनबाट बाहिर रहने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सक्दैनन्।

जब परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्नुभयो, उहाँले यस कारणले गर्नुभयो ताकि उनीहरूले उहाँको प्रशस्तताको आनन्द लिऊन् र उहाँलाई साँचो रीतिले प्रेम गरून्; यसप्रकारले मानिसहरू उहाँको ज्योतिमा जिउन सक्नेथिए। आज, ती सबै मानिसहरू जसले परमेश्‍वरलाई प्रेम गर्न सक्दैनन्, तिनीहरू उहाँका बोझहरूप्रति सावधान छैनन्, तिनीहरूले आफ्नो हृदयलाई पूर्ण रीतिले उहाँलाई दिनसक्दैनन्, उहाँको हृदयलाई तिनीहरूका आफ्नै हृदय जस्तै गरी ग्रहण गर्न सक्दैनन् उहाँका बोझहरूलाई आफ्नै जस्तै गरी काँध थाप्न सक्दैनन्—त्यस्ता कुनै पनि मानिसहरूमाथि परमेश्‍वरको ज्योति चम्कदैन र त्यसैकारण तिनीहरू सबै अन्धकारको प्रभावमुनि जिइरहेका छन्। तिनीहरू एउटा यस्तो बाटोमा छन् जुन पूर्णतया परमेश्‍वरको इच्छाको विपरीत छ, र तिनीहरूले गर्ने कुनै पनि कुरामा सत्यताको एउटा टुक्रा पनि छैन। तिनीहरू शैतानसितै हिलोमा लडिबुडी गरिरहेका छन्; तिनीहरू त्यस्ता मानिसहरू हुन् जो अन्धकारको प्रभावमुनि जिउँछन्। यदि तैँले सधैँ परमेश्‍वरका वचनहरू खान र पिउन सक्छस् उहाँको इच्छाप्रति सावधान छस् अनि उहाँका वचनहरूलाई अभ्यासमा लगाउँछस् भने, तँ परमेश्‍वरको होस्, तँ उहाँको वचनहरूमा जिउने व्यक्ति होस्। के तँ शैतानको राज्य-क्षेत्रदेखि उम्किने र परमेश्‍वरको ज्योतिमा जिउने इच्छा गरिरहेको छस्? यदि तँ परमेश्‍वरका वचनहरूमा जिउँछस् भने, पवित्रआत्माले आफ्नो काम गर्ने अवसर पाउनुहुनेछ; यदि तँ शैतानको प्रभावमुनि जिउँछस् भने, तैँले पवित्रआत्मालाई त्यस्तो कुनै अवसर दिने छैनस्। पवित्रआत्माले जुन काम मानिसहरूमा गर्नुहुन्छ, जुन ज्योति उहाँले तिनीहरूमाथि चम्काउनुहुन्छ र जुन निर्धक्कता उहाँले तिनीहरूलाई दिनुहुन्छ, त्यो केवल एकक्षणको लागि रहन्छ; यदि मानिसहरू सावधान छैनन्, तिनीहरूले ध्यान दिँदैनन् भने, पवित्र आत्माको कामले तिनीहरूलाई छोडिदिनुहुनेछ। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँछन् भने, पवित्र आत्मा तिनीहरूसित रहनुहुनेछ र तिनीहरूमा काम गर्नुहुनेछ। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँदैनन् भने, तिनीहरू शैतानको बन्धनमा जिउँछन्। यदि मानिसहरू भ्रष्ट स्वभावसहित जिउँछन् भने, तिनीहरूसित पवित्रआत्माको उपस्थिति वा काम हुँदैन। यदि तँ परमेश्‍वरका वचनहरूको सीमाहरूमा जिउँछस्, र यदि तँ परमेश्‍वरले माग गर्नुभएको अवस्थामा जिउँछस् भने, तँ यस्तो व्यक्ति होस् जो उहाँकै हो, अनि उहाँको काम तँ मा सम्पन्न हुनेछ; यदि तँ परमेश्‍वरका मागहरूको सीमाहरूमा जिइरहेको छैन तर शैतानको राज्य-क्षेत्रमुनि जिइरहेको छस् भने, तँ निश्चय नै शैतानको भ्रष्टतामा जिइरहेको छस्। केवल परमेश्‍वरका वचनहरूमा जिएर अनि उहाँलाई आफ्नो हृदय दिएर तैँले उहाँका मागहरू पूरा गर्न सक्छस्; तैँले परमेश्‍वरका वाणीहरूलाई आफ्नो अस्तित्वको जग र आफ्नो जीवनको वास्तविकता बनाउँदै उहाँले भन्नुभएको अनुसार गर्नैपर्छ; तब मात्रै तँ परमेश्‍वरको हुनेछस्। यदि तैँले वास्तवमै परमेश्‍वरको इच्छाअनुरूप अभ्यास गर्छ भने, उहाँले तँमा काम सम्पन्न गर्नुहुनेछ, अनि तँउ हाँका आशिषहरूमुनि, उहाँको मुहारको ज्योतिमा जिउनेछस्; पवित्र आत्माले गर्नुहुने काम तैँले बुझ्ने छस्, परमेश्‍वरको उपस्थितिको आनन्द तैँले अनुभव गर्नेछस्।

— वचन देहमा देखा पर्नुहुन्छको “अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३५

अन्धकारदेखि उम्किन तँ परमेश्‍वरप्रति पहिले वफादार हुनैपर्छ र सत्यतालाई अनुसरण गर्न हृदयदेखि नै इच्छुक हुनुपर्छ; तब मात्रै तैँले सही अवस्था प्राप्त गर्न सक्छस्। सही अवस्थामा जिउनु अन्धकारको प्रभावदेखि उम्किनको निम्ति पूर्वआवश्यकता हो। सही अवस्थामा नहुनु परमेश्‍वरप्रति वफादार नहुनु हो, र सत्यता खोजी गर्न हृदयदेखि नै इच्छुक नहुनु हो; अनि तँ अन्धकारको प्रभावदेखि उम्कनु सवाल बाहिरको कुरा हुन्छ। अँध्यारो प्रभावहरू देखि मानिस उम्किनको लागि मेरा वचनहरू आधार हुन्, अनि मेरा वचनहरू अनुसार अभ्यास गर्न नसक्ने मानिसहरू अन्धकारको प्रभावको बन्धनदेखि उम्कन सक्ने छैनन्। सही अवस्थामा जिउनु भनेको परमेश्‍वरका वचनहरूको अगुवाइमुनि जिउनु, परमेश्‍वरप्रति वफादारिताको अवस्थामा जिउनु, सत्यताको खोजी गर्ने अवस्थामा जिउनु, परमेश्‍वरको खातिर इमान्दारितापूर्वक आफैलाई समर्पित गर्ने वास्तविकतामा जिउनु र परमेश्‍वरलाई साँचो रीतिले प्रेम गर्ने अवस्थामा जिउनु हो। जो यस्तो अवस्थाहरूमा र यस वास्तविकतामा जिउँछन्, तिनीहरू सत्यताको गहिराइभित्र प्रवेश गरिदै गर्दा विस्तारै रुपान्तरण हुनेछन्, अनि काम गहिरो हुँदै जाँदा तिनीहरू रुपान्तरण हुनेछन्; अनि अन्त्यमा तिनीहरू निश्चय नै त्यस्ता मानिसहरू हुनेछन् जो परमेश्‍वरद्वारा हासिल गरिएका हुन्छन् जसले उहाँलाई साँचो प्रकारले प्रेम गर्छन्। तिनीहरू जो अन्धकारको प्रभावदेखि उम्केका छन्, तिनीहरूले विस्तारै परमेश्‍वरको इच्छालाई सुनिश्चित गर्न सक्छन् विस्तारै त्यसलाई बुझ्न थाल्छन्, अन्ततः तिनीहरू परमेश्‍वरका विश्‍वासपात्रहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा कुनै धारणा मनमा नराख्ने र उहाँको विरुद्धमा कुनै विद्रोह नगर्ने मात्र होइन, तर तिनीहरूले अगि तिनीहरूलाई प्रभुत्व गरेको त्यस्ता धारणा तथा विद्रोहहरूलाई झन् बढी घृणा पनि गर्छन्, अनि परमेश्‍वरको निम्ति साँचो प्रेम तिनीहरूको हृदयमा उदय हुन्छ। मानिसहरू जो अन्धकारको प्रभावदेखि उम्कन असक्षम हुन्छन्, तिनीहरू सबै देहद्वारा पूर्णरूपमा भरिएका हुन्छन् विद्रोहले भरिपूर्ण हुन्छन्; तिनीहरूका हृदयहरू जीविकाको निम्ति मानव धारणा तथा दर्शनशास्त्रहरू, साथै तिनीहरूका आफ्नै अभिप्राय तथा सोचविचारहरूले भरिएका हुन्छन्। परमेश्‍वरले चाहनुभएको कुरा मानिसबाटको अद्वितीय प्रेम हो; उहाँले चाहना गर्नुभएको कुरा मानिस उहाँका वचनहरूद्वारा र उहाँप्रतिको प्रेमले पूर्ण भएको हृदयद्वारा भरपूर भएको होस् भन्ने नै हो। परमेश्‍वरका वचनहरूमा जिउन, तिनीहरूले खोजतलास गर्नुपर्ने उहाँका वचनहरूमा खोज्न, उहाँका वचनहरूका निम्ति परमेश्‍वरलाई प्रेम गर्न, उहाँका वचनहरूका निम्ति दौडन, उहाँका वचनहरूका निम्ति जिउन—मानिसले हासिल गर्न प्रयास गर्नुपर्ने लक्ष्यहरू यिनै हुन्। हरेक कुराप रमेश्‍वरका वचनहरूमाथि निर्माण हुनुपर्छ; तब मात्रै मानिसले परमेश्‍वरका मागहरूलाई पूरा गर्न सक्नेछ। यदि मानिस परमेश्‍वरका वचनहरूले सुसज्जित छैन भने, ऊ केही होइन, केवल शैतानको कब्जामा परेको भुसुना हो! यसलाई तौल्: परमेश्‍वरको वचनले कतिसम्म तँ भित्र जरा गाडेको छ? कुन कुराहरूमा तँ उहाँको वचनहरू अनुसार जिइरहेको छस्? कुन कुराहरूमा तँ उहाँको वचनहरू अनुसार जिइरहेको छैनस्? यदि परमेश्‍वरका वचनहरूले तँलाई पूर्णरूपले पक्रेको छैन भने, कुन कुराले यथार्थमा तेरो हृदयलाई ओगटेको छ? तेरो दिनदिनको जीवनमा, तँ शैतानद्वारा नियन्त्रित भइरहेको छ कि परमेश्‍वरको वचनहरूद्वारा ओगटिएको छस्? के उहाँको वचनहरूको जगमाथि तेरा प्रार्थनाहरू आधारित भएका छन्? के परमेश्‍वरका वचनहरूद्वारा अन्तर्दृष्टि पाएर तँ आफ्नो नकारात्मक अवस्थादेखि बाहिर आएको छस्? परमेश्‍वरको वचनहरूलाई तेरो अस्तित्वको जगको रुपमा लिनु—यही नै हरेक जना प्रवेश गर्नुपर्ने कुराहो। यदि उहाँका वचनहरू तेरो जीवनमा उपस्थित छैन भने, तँ अन्धकारको प्रभावमुनि जिइरहेको छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गरिरहेको छस्, तैँले उहाँको प्रतिरोध गरिरहेको छस् तैँले उहाँको नाउँलाई अनादर गरिरहेको छस्। परमेश्‍वरप्रतिको त्यस्ता मानिसहरूको विश्‍वास पूर्ण रूपमा हानि र खल्बली मात्रै हो। तेरो जीवनको कति भाग उहाँको वचनहरूअनुसार जिइएकोछ? तेरो जीवनको कति भाग उहाँको वचनहरूअनुसार जिइएको छैन? परमेश्‍वरको वचनले तँबाट माग गरेको कति जति तँमा पूरा भएको छ? कति जति तँमा हराएको छ? के तैँले त्यस्ता कुराहरूलाई नजिकबाट नियालेको छस्?

अन्धकारको प्रभावदेखि उम्किनुको निम्ति पवित्र आत्माको काम र मानिसको समर्पित सहकार्य दुवै आवश्यक हुन्छ। मानिस ठीक मार्गमा छैन भनी म किन भन्छु? ठीक मार्गमा भएका मानिसहरूले पहिले आफ्नो हृदय परमेश्‍वरलाई दिनसक्छन्। यो एउटा कार्य हो जसभित्र प्रवेश गर्न निकै लामो समय लाग्छ, किनकि मानवजाति सधैँ अन्धकारको प्रभावमुनि बाँचेको छ र हजारौँ वर्षदेखि शैतानको बन्धनमुनि रहेको छ। त्यसैकारण, यसभित्रको प्रवेश एक वा दुई दिनमा हासिल गर्न सकिँदैन। मानिसहरूले तिनीहरूका आफ्नै अवस्थालाई बुझ्न सकून् भनेर मैले यो विषय उठाएँ; जब मानिसले अन्धकारको प्रभाव के हो र ज्योतिमा जिउनु के हो भनी बुझ्दछ, तब प्रवेश गर्ने कुरा धेरै सजिलो हुन्छ। यो किनभने शैतानको प्रभावदेखि उम्किनुअघि यो के हो भनी तैँले जान्नुपर्छ; त्यसपछि मात्रै त्यसलाई फ्याँक्न तँसित उपाय हुनेछ। त्यसपछि के गर्ने भन्ने सम्बन्धमा, त्यो चाहिँ मानिसहरूको आफ्नै काम हो। हरेक कुराभित्र सकारात्मक पक्षबाट प्रवेश गर् र कहिल्यै निष्क्रिय भएर नपर्खि। केवल यस तरिकाबाट मात्रै तँ परमेश्‍वरबाट हासिल गरिन सक्नेछस्।

— वचन देहमा देखा पर्नुहुन्छको “अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३६

परमेश्‍वरका वचनहरूमध्ये प्रत्येकले हामीलाई घाइते बनाएर डरले भरेर छोडिदिँदै, हाम्रा मरणशील बिन्दुहरू मध्ये एउटामा प्रहार गर्छन्। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रा भ्रष्ट स्वभावलाई खुलासा गर्नुहुन्छ। हाम्रो लाज लाई कुनै लुक्ने ठाउँ नराखिकन हामीलाई डर र त्रासको अवस्थामा राखेर, हामीले भन्ने र गर्ने कुराहरूदेखि, हाम्रा प्रत्येक विचारहरू र धारणाहरूसम्म, हाम्रा प्रकृति र सार उहाँका वचनहरूमा प्रकट हुन्छन्। हाम्रा सबै दयनीय असिद्धतालाई खुलासा भएको महसुस गराएर र पूर्ण रूपमा राजी गराएर, उहाँले हाम्रा सबै कार्यहरू, हाम्रा लक्ष्यहरू, र नियतहरू, र हामीले कहिल्यै पत्ता नलगाएका हाम्रा भ्रष्ट स्वभावका बारेमा पनि एक-एक गरेर बताउनुहुन्छ। उहाँको विरोध गरेकामा उहाँले हाम्रो न्याय गर्नुहुन्छ, उहाँको निन्दा गरेकोमा र उहाँलाई दोष लगाएकोमा हामीलाई सजाय दिनुहुन्छ, अनि उहाँका नजरमा हामीसँग मुक्ति पाउने एउटा पनि विशेषता छैन, कि हामी जीवित शैतान हौँ भन्ने हामीलाई अनुभूत गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचूर हुन्छन्, कुनै पनि अनुचित मागहरू गर्ने आँट पनि हामी गर्दैनौं वा उहाँको कुनै आशा ग्रहण गर्दैनौं, अनि हाम्रा सपनाहरू पनि रातारात हराउँछन्। हामी कसैले पनि कल्पना गर्न नसक्ने र हामी कसैले पनि स्वीकार गर्न नसक्ने तथ्य यही हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलनलाई गुमाउँछौं र अगाडि अवस्थित बाटोमा कसरी निरन्तरता दिने भनी वा हाम्रो विश्‍वासमा कसरी अघि बढ्ने सो जान्दैनौं। हाम्रो विश्‍वास पहिलेकै क्षेत्रतिर फर्केर गएको जस्तो देखिन्छ, र हामीले कहिल्यै प्रभु येशूलाई नभेटेको वा उहाँलाई नचिनेको जस्तो देखिन्छ। हाम्रा आँखा अगाडिका सबै कुराहरूले हामीलाई अन्योलताले भर्छ र हामीलाई अनिर्णायक किसिमले ढुलमुले बनाउँछ। हामी उदास हुन्छौं, हामी निराश हुन्छौं, र हाम्रा हृदयहरूका गहिराइमा अदम्य रीस र अपमान हुन्छ। हामीले निकाल्ने प्रयास गर्छौं, निकास दिन खोज्छौं र, यसको अलाबा, हामी हाम्रा मुक्तिदाता येशूलाई निरन्तर पर्खिरहन्छौँ ताकि हामीले हाम्रा हृदयका कुराहरू उहाँमा पोखाउन सकौं। हामी बाहिरपट्टि सहज भएको देखिने समयहरू भए पनि, न त घमण्डी, न नम्र, हामीले पहिले कहिल्यै अनुभूति नगरेका हारको भावनाले हाम्रा हृदयमा हामी ग्रसित हुन्छौं। कहिलेकाहीँ हामी बाहिरपट्टि असामान्य रूपमा शान्त देखिए तापनि, हाम्रा मनहरू समुद्री आँधी जस्तै पीडाले मडारिरहेका हुन्छन्। उहाँका न्याय र सजाय ले हाम्रा फजुल चाहनाहरूलाई अन्त्य गर्दै र उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ र हामीलाई मुक्त गर्न सक्षम हुनुहुन्छ भनी विश्‍वास गर्न हामीलाई अनिच्छुक छोडिदिँदै, हाम्रा सबै आशाहरू र सपनाहरूबाट हामीलाई वञ्चित गर्छन्। उहाँका न्याय र सजायले हामी र उहाँका बीचमा एक खाल्डो बनाएका छन्, यो यति गहिरो छ कि कोही पनि यसलाई नाघेर जान इच्छुक हुँदैन। उहाँका न्याय र ताडनालाई हामीले हाम्रा जीवनमा पहिलो पल्ट यति ठूलो अवरोध, यति ठूलो अपमानको रूपमा भोगेका छौँ। उहाँका न्याय र सजायले हामीलाई परमेश्‍वरको सम्मान र मानिसको अपमानको असहिष्णुताको सराहना गर्ने बनायो, यसको तुलनामा हामी अत्यन्त तुच्छ र अशुद्ध छौ। हामी कति घमण्डी र अहङ्कारी छौँ, र मानिस कसरी कहिल्यै परमेश्‍वरको बराबरी हुन सक्दैन, वा परमेश्‍वरसँग समान हुन सक्दैन भनी उहाँका न्याय र सजायले हामीलाई सर्वप्रथम महसुस गर्ने बनाएको छ। उहाँका न्याय र सजायले यस्तो भ्रष्ट स्वभावमा अझै नजिउन, यस प्रकृति र सारबाट जतिसक्दो चाँडो आफैलाई स्वतन्त्र पार्न, र उहाँप्रति दुष्ट र घृणित नहुनका लागि हामीलाई इच्छुक नहुने बनाएको छ। उहाँका न्याय र सजायले उहाँका योजनाहरू र प्रबन्धहरूका विरुद्धमा अब कुनै विद्रोह नगरीकन उहाँका वचनहरूलाई पालना गर्न हामीलाई खुशी पारेको छ। उहाँका न्याय र सजायले फेरि एक पल्ट हामीलाई बाँच्ने इच्छा दिएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न हामीलाई खुशी बनाएको छ…। हामी विजयको कामबाट बाहिर, नरकबाट बाहिर, मृत्युको छायाको घाटीबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई, मानिसहरूका यो समूहलाई पाउनु भएको छ! उहाँले शैतानलाई जित्नुभएको छ र उहाँका शत्रुहरूका भीडलाई हराउनु भएको छ!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३७

तैँले तेरो भ्रष्ट स्वभावलाई फालिसकेपछि अनि सामान्य मानवताले जिउने उपलब्धि हासिल गरिसकेपछि मात्र तँलाई पूर्ण बनाइनेछ। तैँले अगमवाणी बोल्न नसके पनि, अनि कुनै पनि रहस्यहरू बोल्न नसके पनि, तँ मानवको प्रतिरूपमा बाँचिरहेको र त्यसलाई प्रकट गरिरहेको हुनेछस्। परमेश्‍वरले मानिसको सृष्टि गर्नुभयो तर त्यसपछि मानिसलाई शैतानले भ्रष्ट बनायो, यसरी भ्रष्ट बनायो कि मानिसहरू “मृत मानवहरू” बने। तसर्थ तँ बदलिसकेपछि अब फेरि यी “मृत मानवहरू” जस्तो रहनेछैनस्। मानिसहरूका आत्मालाई जलाउने र पुनर्जन्म लिने तुल्याउने परमेश्‍वरका वचनहरू नै हुन् र जब मानिसहरूका आत्माको पुनर्जन्म हुन्छ तब तिनीहरू जीवित भएका हुनेछन्। जब म “मृतक मानवहरू” को बारेमा कुरा गर्छु, मैले आत्मा नभएका लासहरूको बारेमा, जसका आत्माहरू तिनीहरूभित्र मरिसकेका हुन्छन् त्यस्ता मानिसहरूका बारेमा कुरा गरिरहेको हुन्छ। जब मानिसहरूका आत्मामा जीवनको झिल्का बल्छ, तब मानिसहरू जीवित हुन्छन्। पहिले कुरा गरिएका सन्तहरूले ती मानिसहरूलाई जनाउँछ जो जीवित भएका छन्, ती व्यक्तिहरू जो शैतानको प्रभावमा थिए तर तिनीहरूले शैतानलाई पराजित गरे। चीनका चुनिएका मानिसहरूले रातो अजिङ्गरको क्रूर र अमानवीय सतावट र छल सहेका छन् जसले तिनीहरूलाई मानसिक रूपमा तहसनहस पारी छाडेको छ अनि जिउनको लागि साहसशून्य तुल्याइदिएको छ। यसरी तिनीहरूका आत्माको जागरण तिनीहरूका सारसँगै सुरु हुनुपर्छ: अलिअलि गरेर, तिनीहरूका सारमा, तिनीहरूका आत्मालाई जागृत गरिनैपर्छ। जब एक दिन तिनीहरू जीवित हुन्छन् तब कुनै पनि अवरोधहरू हुनेछैनन् र सबै जना निर्बाध रूपमा अघि बढ्नेछन्। हाल यो कुरा अप्राप्य छ। धेरैजसो मानिसहरू यस्तो तरिकाले जिउँछन् कि त्यसले धेरै प्राणघातक धारहरू निम्त्याउँछ; तिनीहरू मृत्युको प्रभामण्डलमा बेरिएका हुन्छन् र तिनीहरूका अभाव अनेक हुन्छन्। केही मानिसहरूका शब्दहरूले मृत्यु बोक्छन्, तिनीहरूका कार्यहरूले मृत्यु बोक्छन्, अनि तिनीहरूले तिनीहरू जिउने तरिकामा ल्याउने हरेक कुरामा मृत्यु रहेको हुन्छ। यदि आज मानिसहरूले सार्वजनिक रूपमा परमेश्‍वरको साक्षी दिने हो भने, तिनीहरू यस कार्यमा असफल हुनेछन् किनभने तिनीहरू अझै पनि पूर्ण रूपमा जीवित हुनु बाँकी हुन्छ र तिमीहरूका बीचमा अत्यन्तै धेरै मृत मानवहरू छन्। आज, केही मानिसहरूले किन परमेश्‍वरले अन्यजातिहरूका बीचमा उहाँको काम शीघ्र रूपमा गर्न किन केही चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्न भनेर सोध्छन्। मृतकहरूले परमेश्‍वरको साक्षी दिन सक्दैनन्; यो त जीवित व्यक्तिहरूले मात्र गर्न सक्ने कुरा हो, तर पनि आजका धेरैजसो मानिसहरू “मृत मानवहरू” हुन्; अत्यन्तै धेरै व्यक्तिहरू मृत्युको कात्रोमुनि, शैतानको प्रभावमा बाँच्छन् र विजय प्राप्त गर्न सक्दैनन्। यस्तो भएको हुँदा, कसरी तिनीहरूले परमेश्‍वरको साक्षी दिन सक्छन्? कसरी तिनीहरूले सुसमाचार फैलाउन सक्छन्?

अँध्यारोको प्रभावमा जिउने व्यक्तिहरू ती व्यक्तिहरू हुन जो मृत्युको बीचमा जिउँछन्, र जसलाई शैतानद्वारा काबूमा राखिएको हुन्छ। परमेश्‍वरद्वारा मुक्त नगरिएमा र परमेश्‍वरद्वारा न्याय नगरिएमा र सजाय नदिइएका मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यी “मृतक मानवहरू” परमेश्‍वरको साक्षी बन्न सक्दैनन्, न त तिनीहरूलाई परमेश्‍वरले प्रयोग नै गर्न सक्नुहुन्छ, तिनीहरूले राज्यमा प्रवेश गर्ने कुरा त परै जाओस्। परमेश्‍वरले जीवितहरूको साक्षी चाहनुहुन्छ, मृतहरूको होइन, र उहाँले जीवितहरूले उहाँको काम गरून् भन्नुहुन्छ, मृतकहरूले होइन। “मृत व्यक्तिहरू” ती व्यक्तिहरू हुन् जसले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो आत्मामा चेतनाशून्य छन् र परमेश्‍वरको वचनहरू बुझ्दैनन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो सत्यताको अभ्यास गर्दैनन् र जोसँग परमेश्‍वरप्रति रत्तीभर बफादारीता छैन, र तिनीहरू ती व्यक्तिहरू हुन् जो शैतानको अधिकार क्षेत्र अन्तर्गत जिउँछन् र शैतानद्वारा शोषित हुन्छन्। मृत व्यक्तिहरूले सत्यताको विरोधमा उभिएर, परमेश्‍वरको विरुद्ध विद्रोह गरेर अनि तुच्छ, घृणायोग्य, दुष्ट, पाशविक, छली तथा धोखेबाज बनेर आफूलाई प्रकट गर्छन्। त्यस्ता व्यक्तिहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने गरे तापनि तिनीहरू परमेश्‍वरको वचनहरू अनुरूप जिउन सक्दैनन्; तिनीहरू जीवित भए तापनि तिनीहरू केवल हिँड्ने र सास फेर्ने लासहरू हुन्। मृत व्यक्तिहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न पूर्ण रूपमा असक्षम हुन्छन्, पूर्ण रूपमा उहाँको आज्ञापालन गर्ने कुरा त परै जाओस्। तिनीहरूले उहाँ विरुद्ध छल गर्न, उहाँको निन्दा गर्न, उहाँलाई धोखा दिन मात्रै सक्छन्, र तिनीहरूले आफू जिउने तरिका मार्फत जे ल्याउँछन् ती सबैले शैतानको प्रकृति प्रकट गर्छन्। यदि मानिसहरूले जीवित प्राणीहरू बन्न र परमेश्‍वरको साक्षी बन्न अनि परमेश्‍वरद्वारा स्वीकृत हुन चाहन्छन् भने तिनीहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्नुपर्छ; तिनीहरू खुशीसाथ उहाँको न्याय र सजायको अधीनमा रहनुपर्छ र परमेश्‍वरको काटछाँट र उहाँको निराकरणलाई खुशीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि मात्र परमेश्‍वरले अनिवार्य गर्नुभएको सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्‍नेछन्, अनि त्यसपछि तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ; तिनीहरूलाई परमेश्‍वरले न्याय र सजाय गरिसक्‍नुभएको हुन्छ, तिनीहरू आफूलाई समर्पित गर्न इच्छुक हुन्छन् र परमेश्‍वरको लागि आफ्नो जीवन त्याग्न खुशी हुन्छन् र तिनीहरूले खुशीसाथ आफ्नो पूरा जीवन परमेश्‍वरमा समर्पित गर्छन्। जब जीवितहरूले परमेश्‍वरको साक्षी दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचार कार्य फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरको हृदय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्। मौलिक रूपमा परमेश्‍वरद्वारा सृजित मानिस जीवित थियो तर शैतानको भ्रष्टताको कारण मानिस मृत्युको बीचमा अनि शैतानको प्रभावमा रहेर जिउँछ, र त्यसैले यसप्रकार मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्‍वरको विरोध गर्ने शत्रुहरू बनेका छन्, तिनीहरू शैतानका औजारहरू बनेका छन् अनि तिनीहरू शैतानका बन्दीहरू बनेका छन्। परमेश्‍वरद्वारा सृजित सबै जीवित मानिसहरू मृत मानिसहरू बनेका छन् र त्यसरी परमेश्‍वरले उहाँको साक्षी गुमाउनुभएको छ र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्‍वरले उहाँको साक्षी फिर्ता लिनु परेमा र उहाँको आफ्नै हातद्वारा सृजित भएका तर शैतानद्वारा बन्दी बनाइएका व्यक्तिहरूलाई फिर्ता लिनु परेमा, उहाँले तिनीहरूलाई पुनर्जीवित गर्नुपर्छ ताकि तिनीहरू जीवित प्राणीहरू बनून् र उहाँले तिनीहरूलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा बाँच्न सकून्। मृतकहरू ती हुन् जोसँग आत्मा हुँदैन, ती व्यक्तिहरू जो अत्याधिक रूपमा चेतनाशून्य छन् र जसले परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू सबैभन्दा बढी परमेश्‍वरलाई नचिन्‍ने व्यक्तिहरू हुन्। यी मानिसहरूमा परमेश्‍वरको आज्ञापालन गर्ने रत्तीभर मनसाय हुँदैन; तिनीहरूले केवल उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर पनि बफादारीता हुँदैन। जीवित व्यक्तिहरू ती व्यक्तिहरू हुन् जसका आत्माले पुनर्जन्म पाएका छन्, जसले परमेश्‍वरको आज्ञापालन गर्न जान्दछन् र जो परमेश्‍वरप्रति बफादार छन्। तिनीहरू सत्यता र साक्षी युक्त हुन्छन् र ती व्यक्तिहरू मात्र परमेश्‍वरको लागि उहाँको घरमा प्यारा हुन्छन्। परमेश्‍वरले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो जीवित हुन सक्छन्, जसले परमेश्‍वरको मुक्ति देख्न सक्छन्, जो परमेश्‍वरप्रति बफादार हुन सक्छन् र जो परमेश्‍वरको खोजी गर्न इच्छुक छन्। उहाँले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो परमेश्‍वरको देहधारण अनि उहाँ देखा पर्नुभएको घटनामा विश्‍वास गर्छन्। केही मानिसहरू जीवित हुन सक्छन् र केही मानिसहरू सक्दैनन्; यो कुरा तिनीहरूको प्रकृति बचाउन सकिन्छ कि सकिँदैन भन्ने कुरामा भर पर्छ। धेरै मानिसहरूले परमेश्‍वरका धेरै वचनहरू सुनेका हुन्छन् तैपनि तिनीहरूले परमेश्‍वरको इच्छा बुझ्न सक्दैनन् र अझै पनि तिनीहरूले तिनलाई अभ्यास गर्न सक्दैनन्। यस्ता व्यक्तिहरू सत्यतामा जिउन सक्षम हुँदैनन् र जानाजान तिनीहरूले परमेश्‍वरको काममा हस्तक्षेप गर्छन्। तिनीहरू परमेश्‍वरको लागि कुनै काम गर्न पनि सक्षम हुँदैनन्, तिनीहरूले उहाँप्रति कुनै कुरा पनि समर्पित गर्न सक्दैनन्, र तिनीहरूले गोप्य रूपमा मण्डलीको पैसा खर्च गर्छन् र परमेश्‍वरको घरमा सित्तैँमा खाना खान्छन्। यी व्यक्तिहरू मृत व्यक्तिहरू हुन् र यिनीहरूलाई बचाउन सकिँदैन। परमेश्‍वरले ती सबैलाई मुक्ति दिनुहुन्छ जो उहाँको कामको बीचमा छन्, तर त्यहाँ एक भाग मानिसहरू छन् जसले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्; थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्न सक्छन्। यो किन हुन्छ भने धेरैजसो मानिसहरू अति गहन रूपमा भ्रष्ट भइसकेका अनि मृत बनिसकेका छन्, र तिनीहरू मुक्तिभन्दा पर पुगिसकेका छन्; तिनीहरू पूर्ण रूपमा शैतानद्वारा शोषित भइसकेका छन्, र तिनीहरू तिनीहरूको प्रकृतिमा अति नै दुष्ट छन्। त्यस अल्पसंख्यक मानिसहरू पनि पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न असक्षम छन्। तिनीहरू ती व्यक्तिहरू होइनन् जो सुरुदेखि नै परमेश्‍वरप्रति बफादार थिए वा जोसँग सुरुदेखि नै परमेश्‍वरप्रति अत्याधिक प्रेम थियो; बरु तिनीहरू उहाँको विजयको कामको कारण परमेश्‍वरप्रति बफादार बनेका छन्, उहाँको सर्वोच्च प्रेमको कारण तिनीहरूले परमेश्‍वरलाई देख्छन्, परमेश्‍वरको धर्मी स्वभावको कारण तिनीहरूको स्वभावमा परिवर्तनहरू आएका छन्, र उहाँको त्यो काम जुन वास्तविक र सामान्य दुवै हो, त्यसको कारण तिनीहरूले परमेश्‍वरलाई चिन्छन्। परमेश्‍वरको यो कामविना यी मानिसहरू जति नै असल भए पनि, तिनीहरू अझै पनि शैतानकै हुन्छन्, तिनीहरू अझै पनि मृत्युकै हुन्छन्, अनि तिनीहरू अझै पनि मृत नै हुन्छन्। तिनीहरूले आज परमेश्‍वरको छुटकारा प्राप्त गर्न सक्छन् भन्ने तथ्य विशुद्ध रूपमा तिनीहरू परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक भएको कारणले गर्दा मात्र हो।

परमेश्‍वरप्रति तिनीहरूको वफादारीताको कारण, जीवितहरूलाई परमेश्‍वरद्वारा प्राप्त गरिनेछ र तिनीहरू उहाँका प्रतिज्ञाहरूका बीचमा जिउनेछन्, र तिनीहरूले परमेश्‍वरको विरोध गरेको कारण, मृतक व्यक्तिहरूलाई परमेश्‍वरले घृणा र तिरस्कार गर्नुहुनेछ र तिनीहरू उहाँको दण्ड र श्रापहरूका बीचमा जिउनेछन्। यही नै परमेश्‍वरको धर्मी स्वभाव हो जसलाई कुनै पनि मानिसद्वारा परिवर्तन गर्न सकिँदैन। मानिसहरूले तिनीहरूको आफ्नै खोजीको कारण परमेश्‍वरको स्वीकृति प्राप्त गर्छन् र तिनीहरू ज्योतिमा जिउँछन्; मानिसहरूले तिनीहरूकै धूर्त षडयन्त्रहरूको कारण परमेश्‍वरको श्राप पाउँछन् र दण्डमा धकेलिन्छन्; मानिसहरूले तिनीहरूको दुष्कर्मको कारण परमेश्‍वरबाट दण्ड पाउँछन्, र मानिसहरूले तिनीहरूको उत्कण्ठा र वफादारीताको कारण परमेश्‍वरबाट आशीर्वादहरू प्राप्त गर्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ: उहाँले जीवितहरूलाई आशीर्वाद दिनुहुन्छ र मृतकहरूलाई श्राप दिनुहुन्छ ताकि तिनीहरू सधैँ मृत्युको बीचमा जिऊन् र कहिल्यै पनि परमेश्‍वरको ज्योतिमा नजिऊन्। परमेश्‍वरले जीवितहरूलाई सँधै उहाँसँगै हुनको लागि उहाँको राज्यमा र उहाँको आशीर्वादहरूमा लैजानुहुन्छ। तर मृतहरूको हकमा भने, उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ र अनन्त मृत्युको हात लगाइदिनुहुन्छ; तिनीहरू उहाँको विनाशको पात्र हुन् र तिनीहरू सधैँ शैतानकै हुनेछन्। परमेश्‍वरले कसैलाई पनि अन्याय पूर्वक व्यवहार गर्नुहुन्न। परमेश्‍वरको खोजी गर्ने सबै जना अवश्य पनि परमेश्‍वरको घरमा रहनेछन्, र परमेश्‍वरको अवज्ञा गर्ने र उहाँसँग मेल नखानेहरू सबै जना अवश्य पनि उहाँको दण्डमा जिउनेछन्। शायद तैँले परमेश्‍वरले देहमा गर्नुभएको कार्यको बारेमा निश्चित रूपमा थाहा पाएको छैनस् होला—तर एक दिन परमेश्‍वरको देहले सोझै मानिसको अन्त्यको व्यवस्था गर्नेछैन; बरु, उहाँको आत्माले मानिसको गन्तव्यको व्यवस्था गर्नेछ, र सोही समयमा मानिसहरूले परमेश्‍वरको देह र उहाँको आत्मा एउटै हो रहेछ भनेर थाहा पाउनेछन् अनि उहाँको देहले गल्ती गर्न सक्दैन र उहाँको आत्माले त झन् गल्ती गर्ने कुरै भएन भन्ने कुरा थाहा पाउनेछन्। अन्त्यमा, उहाँले जीवित भएकाहरूलाई निश्चित रूपमा उहाँको राज्यमा लैजानुहुनेछ; न त एक जना बढी न त एक जना कम। जीवित नभएका मृतकहरूको हकमा भने, तिनीहरूलाई शैतानको कालकोठरीमा हुत्याइफालिनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “के तँ जीवित भएको व्यक्ति होस्?” बाट

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३८

मानिसमा पवित्र आत्माको मार्गको पहिलो पाइला भनेको मानिसको हृदयलाई मानिसहरू, घटनाहरू, र थोकहरूबाट टाढा राखेर र परमेश्‍वरको वचनमा आकर्षित गर्नु हो, जसले गर्दा मानव हृदयले कुनै शङ्का नगरी परमेश्‍वरका वचनहरू पूर्ण रूपमा सत्य छन् भनी विश्‍वास गर्दछ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैंले उहाँका वचनहरूमा विश्‍वास गर्नैपर्छ; यदि धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, तँलाई पवित्र आत्माले लिनुभएको मार्गबारे थाहा हुँदैन भने, के तँ साँच्‍चै विश्‍वासी होस् त? एक सामान्य मानव जीवन, अर्थात्, परमेश्‍वरसित सामान्य सम्बन्ध भएको सामान्य मानव जीवन प्राप्त गर्न, तैंले पहिले उहाँका वचनहरूमा विश्‍वास गर्नुपर्दछ। यदि तैंले मानिसहरूमा पवित्र आत्माले गर्नुहुने कामको पहिलो चरण प्राप्त गरेको छैनस् भने, तँसँग कुनै जग छैन। यदि सिद्धान्तहरूमध्ये सबैभन्दा कम महत्त्वपूर्ण सिद्धान्त पनि तँदेखि टाढा छ भने, तँ अगाडिको बाटोमा कसरी हिंड्नेछस्? परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुने सही बाटोमा खुट्टा टेक्नुको अर्थ पवित्र आत्माको वर्तमान कामको सही बाटोमा प्रवेश गर्नु हो; यसको अर्थ पवित्र आत्माले लिनुभएको मार्गमा खुट्टा टेक्नु हो। अहिले, पवित्र आत्माले लिनुभएको बाटो भनेको परमेश्‍वरका वर्तमान वचनहरू हुन्। त्यसरी नै, यदि मानिसहरू पवित्र आत्माको बाटोमा खुट्टा टेक्नु छ भने, तिनीहरूले देहधारी परमेश्‍वरका वर्तमान वचनहरू पालन गर्नुपर्छ, खानुपर्छ र पिउनुपर्छ। उहाँले गर्नुहुने काम भनेको वचनहरूको काम हो; सबै कुरा उहाँका वचनहरूबाट सुरु हुन्छ, र सबै कुरा उहाँका वचनहरूमाथि, उहाँका वर्तमान वचनहरूमाथि निर्माण हुन्छन्। चाहे देहधारी परमेश्‍वरको बारेमा निश्चित हुने कुरा होस्, वा देहधारी परमेश्‍वरलाई चिन्ने कुरा होस्, यी दुई मध्ये, प्रत्येकको लागि उहाँका वचनहरूमा धेरै प्रयास गर्नु आवश्यक हुन्छ। नत्र भने, मानिसहरूले केही पनि पूरा गर्न सक्दैनन् र खाली हात हुनेछन्। परमेश्‍वरको वचन खाने र पिउने जगमाथि निर्माण गरेर, अनि त्यसरी उहाँलाई चिनेर र उहाँलाई सन्तुष्ट पारेर मात्र, मानिसहरूले बिस्तारै परमेश्‍वरसँग सामान्य सम्बन्ध निर्माण गर्न सक्छन्। मानिसका लागि, परमेश्‍वरका वचनहरू खानु र पिउनु अनि उहाँका वचनहरूलाई अभ्यास गर्नुभन्दा अझ राम्रो सहकार्य अर्को कुनै छैन। यस्तो अभ्यासद्वारा तिनीहरू परमेश्‍वरका मानिसहरूको रूपमा रहेको तिनीहरूको साक्षीमा राम्ररी दृढ रहन सक्छन्। जब मानिसहरूले परमेश्‍वरको वर्तमान वचनको सार बुझ्‍न र पालन गर्न सक्छन्, तब तिनीहरू पवित्र आत्माले डोऱ्याउनुभएको मार्गमा जिउँछन् र मानिसलाई सिद्ध पार्ने परमेश्‍वरको सही मार्गमा खुट्टा टेकेका हुन्छन्। यसभन्दा पहिले, मानिसहरूले परमेश्‍वरको अनुग्रह खोजेर, वा शान्ति र आनन्द खोजेर मात्रै परमेश्‍वरको काम प्राप्त गर्न सक्थे, तर अहिले स्थितिहरू फरक छन्। देहधारी परमेश्‍वरका वचनहरूविना, उहाँका वचनहरूको वास्तविकताविना, मानिसहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन् र सबै जनालाई परमेश्‍वरले हटाउनुहुनेछ। एक सामान्य आत्मिक जीवन हासिल गर्नको लागि, मानिसहरूले पहिले परमेश्‍वरका वचनहरू खानु र पिउनु पर्छ र तिनलाई अभ्यास गर्नुपर्छ, अनि त्यसपछि त्यही जगमाथि परमेश्‍वरसित एउटा सामान्य सम्बन्ध स्थापित गर्नुपर्दछ। तैँले कसरी सहकार्य गर्छस्? परमेश्‍वरका मानिसहरूको गवाहीमा तँ कसरी दृढ भई खडा हुन्छस्? तैँले परमेश्‍वरसित कसरी सामान्य सम्बन्ध निर्माण गर्छस्?

तेरो दैनिक जीवनमा परमेश्‍वरसित तेरो सामान्य सम्बन्ध छ कि छैन भनी कसरी हेर्ने:

१. के तँ परमेश्‍वरको आफ्नै गवाहीमा विश्‍वास गर्छस्?

२. के तँ परमेश्‍वरका वचनहरू सत्य र त्रुटिहीन छन् भनी आफ्नो हृदयमा विश्‍वास गर्छस्?

३. के तँ उहाँका वचनहरू अभ्यास गर्ने व्यक्ति होस्?

४. के तँ उहाँको आदेशप्रति विश्‍वासयोग्य छस्? उहाँको आदेशप्रति विश्‍वासयोग्य हुन तँ के गर्छस्?

५. के तैंले गर्ने सबै कुरा परमेश्‍वरलाई प्रसन्न तुल्याउन र उहाँप्रति विश्‍वासयोग्य हुनका लागि हुन्?

माथि सूचीबद्ध गरिएका कुराहरूद्वारा, तैँले वर्तमान चरणमा परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध छ कि छैन सो जाँच्न सक्छस्।

यदि तँ परमेश्‍वरको आदेश स्वीकार्न, उहाँको प्रतिज्ञा स्विकार्न र पवित्र आत्माको मार्गलाई पछ्याउन सक्छस् भने, तँ परमेश्‍वरको इच्छामा हिँडिरहेको छस्। तेरो मनभित्र, के तैंले पवित्र आत्माको बाटोलाई स्पष्ट रूपमा बुझेको छस्? अहिले, के तँ पवित्र आत्माको मार्ग अनुरूप काम गर्छस्? के तेरो हृदय परमेश्‍वरसँग नजिक हुन्छ? के तँ पवित्र आत्माको सबैभन्दा नयाँ ज्योतिसँग कदम मिलाएर हिँड्ने इच्छा गर्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिने इच्छा गर्छस्? के तँ पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्न चाहन्छस्? के तँसँग परमेश्‍वरले तँबाट माग गर्नुभएको कुरा पूरा गर्ने संकल्प छ? यदि, जब परमेश्‍वरका वचनहरू बोलिन्छ तब तँभित्र सहकार्य गर्ने संकल्प हुन्छ, र परमेश्‍वरलाई सन्तुष्ट पार्ने संकल्प हुन्छ भने—यदि यो तेरो मानसिकता हो भने—त्यसको अर्थ परमेश्‍वरको वचनले तेरो हृदयमा फल फलाएको छ भन्‍ने हुन्छ। यदि तँमा त्यस्तो संकल्पको अभाव छ भने, यदि तँसँग तैँले पछ्याउनु पर्ने कुनै लक्ष्य छैन भने, त्यसको अर्थ यो हो कि तेरो हृदय परमेश्‍वरद्वारा प्रभावित भएको छैन।

— वचन देहमा देखा पर्नुहुन्छको “जुन मानिसहरूको स्वभाव परिवर्तन भएका छन् तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५३९

जीवनको स्वभाव परिवर्तन गर्न खोजको क्रममा, अभ्यासको मार्ग सरल छ। यदि तेरो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माको वर्तमान वचनहरू पालन गर्न र परमेश्‍वरको काम अनुभव गर्न सक्छस् भने, तेरो स्वभाव परिवर्तन हुन सक्छ। यदि तँ पवित्र आत्माले जे भन्नुहुन्छ ती सबै पालन गर्छस् भने, र पवित्र आत्माले जे भन्नुहुन्छ त्यसको खोजी गर्छस् भने, तँ उहाँको आज्ञापालन गर्ने व्यक्ति होस्, र तेरो स्वभावमा परिवर्तन हुनेछ। पवित्र आत्माको वर्तमान वचनहरूद्वारा मानिसहरूका स्वभाव परिवर्तन हुन्छन्; यदि तँ सधैँ तेरो पुरानो अनुभव र विगतका नियमहरूमा टाँसिरहन्छस् भने, तेरो स्वभाव परिवर्तन हुन सक्दैन। यदि पवित्र आत्माको आजका वचनहरूले सबै मानिसहरू सामान्य मानवतामा प्रवेश गर्नुपर्छ भन्छ, तर तँ बाहिरी थोकहरूको मोहमा अल्झिरहन्छस् भने, र वास्तविकताको बारेमा अलमल्ल पर्छस् र त्यसलाई गम्भीरतासाथ लिँदैनस् भने, तँ त्यस्तो व्यक्ति होस् जो पवित्र आत्माको काम गतिमा हिँड्न सक्दैन, जो पवित्र आत्माको मार्गनिर्देशनको मार्गमा प्रवेश गरेको छैन। तेरो स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्ने कुरा, तँ पवित्र आत्माको वर्तमान वचनहरूको गतिलाई पछ्याउन सक्छस् कि सक्दैनस् र तँसँग साँचो ज्ञान छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यो तिमीहरूले पहिले जे बुझेका थियौ त्यस्तो होइन। तैंले पहिले स्वभावमा परिवर्तन हुनु भनेको कुरै नबुझी हतारमा दोष दिने तिमीहरू परमेश्‍वरको अनुशासनमा परेर विचार नगरी बोल्न छाड्नु हो भनी बुझेको थिइस्; तर त्यो परिवर्तनको एउटा पक्ष मात्र हो। अहिले, सबैभन्दा महत्त्वपूर्ण कुरा पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउनु हो: परमेश्‍वरले जे भन्नुहुन्छ त्यो मान्नु र उहाँले जे भन्नुहुन्छ त्यो पालन गर्नु हो। मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुँदछ। उहाँका वचनहरूको प्रकटीकरण, न्याय, अनुशासन, र निराकरणद्वारा मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् तर त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, कि परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको काम मानिसहरूका विचारसँग मेल खाँदैनन् भने पनि तिनीहरू ती कुराको अधीनमा बस्न सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले अधीनमा बस्न सक्छन्। विगतमा, स्वभाव परिवर्तनको कुराले मुख्य रूपमा आफैलाई त्याग्न सक्ने हुनु, देहलाई दुःख भोग्न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्नु, र आफैलाई शारीरिक अभिलाषाहरूबाट मुक्त गर्नु भन्ने कुरालाई बुझाउथ्यो, जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, स्वभाव परिवर्तनको साँचो अभिव्यक्ति परमेश्‍वरका वर्तमान वचनहरू पालन गर्नु र उहाँको नयाँ कामलाई साँचो रूपमा जान्‍नु हो। यस तरिकाले, मानिसहरूका आफ्‍नै धारणाहरूले रङ्गिएका तिनीहरूका परमेश्‍वरसम्‍बन्धी पहिलेको बुझाइलाई हटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको आज्ञापालन प्राप्त गर्न सक्छन्—स्वभावमा परिवर्तनको सच्‍चा अभिव्यक्ति यही नै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “जुन मानिसहरूको स्वभाव परिवर्तन भएका छन् तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४०

जीवनमा प्रवेश गर्ने मानिसहरूको खोजी परमेश्‍वरको वचनमा आधारित हुन्छ। यसभन्दा पहिले, सबै कुरा उहाँको वचनद्वारा पूरा गरिन्छ भनेर भनिन्थ्यो, तर यो तथ्य कसैले पनि देखेन। यदि तँ वर्तमान चरणको अनुभवमा प्रवेश गर्छस् भने, तँलाई सबै कुरा स्पष्ट हुनेछ, र तैंले भविष्यका परीक्षाहरूका लागि राम्रो आधार निर्माण गरिरहेको हुनेछस्। परमेश्‍वरले जे भन्नु भए पनि, उहाँको वचनमा प्रवेश गर्नुमा ध्यान दे। जब परमेश्‍वर उहाँले मानिसहरूलाई सजाय दिन थाल्नुहुनेछ भनी भन्नुहुन्छ, उहाँको सजायलाई स्वीकार गर्। जब परमेश्‍वर मानिसहरूलाई मर भनी भन्नुहुन्छ, त्यो परीक्षालाई स्वीकार गर्। यदि तँ सधैँ उहाँको सबैभन्दा नयाँ वाणीहरूमा जिउँछस् भने, आखिरमा परमेश्‍वरका वचनहरूले तँलाई सिद्ध पार्नेछ। तँ जति धेरै परमेश्‍वरका वचनहरूमा प्रवेश गर्छस्, त्यति नै चाँडो तँ सिद्ध पारिनेछस्। म किन एकपछि अर्को सङ्गतिमा तिमीहरूलाई परमेश्‍वरका वचनहरू जान्ने र तिनमा प्रवेश गर्ने आग्रह गर्दछु? जब तँ परमेश्‍वरका वचनहरूको पछि लाग्छस् र ती अनुभव गर्छस्, र उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गर्छस्, तब मात्र पवित्र आत्माले तँभित्र काम गर्ने मौका पाउनुहुन्छ। त्यसकारण, परमेश्‍वरले काम गर्ने हरेक विधिमा तिमीहरू सबै सहभागीहरू हौ, र तिमीहरूको पीडा जुनसुकै हदको भए पनि, आखिरमा तिमीहरू सबैले “निशानी” प्राप्त गर्नेछौ। तिमीहरूको अन्तिम सिद्धता प्राप्त गर्नको लागि, तिमीहरू परमेश्‍वरका सम्पूर्ण वचनहरूमा प्रवेश गर्नुपर्छ। पवित्र आत्माले मानिसहरूलाई पवित्र पार्ने काम एकतर्फी हुँदैन; उहाँलाई मानिसहरूको सहकार्य चाहिन्छ, उहाँलाई सबैको विवेकशील सहकार्य चाहिन्छ। परमेश्‍वरले जे भन्नुभए पनि, उहाँका वचनहरूमा प्रवेश गर्नमा ध्यान देओ—यो तिमीहरूको जीवनका लागि अझै बढी लाभदायक हुनेछ। सबै कुरा तिमीहरूको स्वभावमा परिवर्तन हासिल गर्नका लागि हो। जब तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गर्छस्, तेरो हृदय उहाँद्वारा प्रभावित हुनेछ, र तँ परमेश्‍वरले उहाँको कामको यस चरणमा प्राप्त गर्न चाहनुभएको सबै कुरा जान्न तँ सक्षम हुनेछस्, र तँमा त्यो हासिल गर्ने संकल्प हुनेछ। सजाय दिइएको समयमा, केही मानिसहरू थिए जसले यो काम गर्ने एउटा तरिका हो भनी विश्‍वास गरे, र परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन्। फलस्वरूप, तिनीहरू शोधनबाट भएर गएनन्, र केही प्राप्त नगरी र नबुझी सजायको समयबाट बाहिर निस्के। केही मानिसहरू यस्ता थिए जो रत्तीभर पनि शङ्का नगरी यी वचनहरूमा प्रवेश गरे, जसले परमेश्‍वरका वचनहरू त्रुटिहीन सत्य हो र मानवजातिलाई सजाय दिइनुपर्छ भनी भने। तिनीहरूले केही समयसम्म त्यहाँ संघर्ष गरे, आफ्नो भविष्य र आफ्नो गन्तव्यलाई त्यागे, र जब तिनीहरू देखा परे, तिनीहरूका स्वभावमा केही परिवर्तन आएको थियो र तिनीहरूले परमेश्‍वरबारे गहिरो बुझाइ प्राप्त गरेका थिए। सजायबाट भएर आउने सबैले परमेश्‍वरको प्रेमिलोपन महसुस गरे, र यस चरणको काममा परमेश्‍वरको महान् प्रेम तिनीहरूमाथि आएको, साथै त्यो परमेश्‍वरको प्रेमको विजय र मुक्ति हो भन्‍ने थाहा पाए। तिनीहरूले परमेश्‍वरका विचारहरू सधैँ असल हुन्छन्, र परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कुरा घृणाबाट होइन, तर प्रेमबाट आउँदछ भनेर पनि भने। जसले परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन्, जसले उहाँका वचनहरूमा चासो दिएनन्, तिनीहरू सजायको समयमा शोधनबाट भएर गएनन्, फलस्वरूप, पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्नथ्यो र तिनीहरूले केही पनि प्राप्त गरेनन्। जुन मानिसहरू सजायको समयमा प्रवेश गरे, तिनीहरू शोधनबाट भएर गए पनि, पवित्र आत्माले लुकेर तिनीहरूभित्र काम गर्दैहुनुहुन्थ्यो र यसको फलस्वरूप तिनीहरूका जीवनको स्वभाव परिवर्तन भयो। सबै बाहिरी रूपरङ्ग हेर्दा कोही-कोही अति सकारात्मक, सारा दिन प्रसन्नताले भरिएका देखिन्थे, तर तिनीहरू परमेश्‍वरका वचनहरूको शोधन हुने स्थितिभित्र प्रवेश गरेनन् र यसैले अलिकति पनि परिवर्तन भएनन्, जुन परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्नुको परिणाम थियो। यदि तँ परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछैन। उहाँका वचनहरूमा विश्‍वास गर्ने सबैकहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र उहाँका वचनहरूमा विश्‍वास गर्ने र तिनलाई स्वीकार गर्नेहरूले उहाँको प्रेम प्राप्त गर्न सक्‍नेछन्!

परमेश्‍वरको वचनहरूको वास्तविकतामा प्रवेश गर्नका निम्ति, तैंले अभ्यासको मार्गलाई भेट्टाउनुपर्छ र परमेश्‍वरका वचनहरूलाई कसरी अभ्यास गर्ने सो जान्नुपर्छ। यसरी मात्र तेरो जीवनको स्वभावमा परिवर्तन हुनेछ, यस मार्गद्वारा मात्र तँ परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छस्, र परमेश्‍वरद्वारा यस प्रकारले सिद्ध पारिएका मानिसहरू मात्र उहाँको इच्छाअनुरूप हुन सक्छन्। नयाँ ज्योति प्राप्त गर्न, तँ उहाँका वचनहरूभित्र जिउनुपर्छ। पवित्र आत्माद्वारा एक पटक मात्र उत्प्रेरित भएर यो हुँदैन, तँ अझ गहिराइमा जानुपर्छ। जो मात्र एक पल्ट प्रभावित भएका छन्, तिनीहरूको भित्री उत्साह जागृत हुन्छ, र तिनीहरू खोजी गर्न चाहन्छन्, तर यो खोजी लामो समयसम्म रहन सक्दैन; तिनीहरू निरन्तर पवित्र आत्माद्वारा उत्प्रेरित हुनुपर्दछ। विगतमा धेरै चोटि मैले परमेश्‍वरका आत्माले मानिसहरूका आत्माहरूलाई प्रभावित गर्न सक्नुभएको होस् भन्ने मेरो आशा व्यक्त गरेको छु, ताकि तिनीहरूले तिनीहरूको जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गरून्, र परमेश्‍वरद्वारा प्रभावित हुन खोज्‍ने क्रममा, त्यसद्वारा तिनीहरूले आफ्नै अपर्याप्तताहरू बुझ्न सकून्, र उहाँका वचनहरू अनुभव गर्ने प्रक्रियामा, तिनीहरू आफैले आफ्ना अशुद्धताहरूलाई (स्व-धार्मिकता, अहङ्कार, धारणाहरू, इत्यादिलाई) हटाउन सकून्। नयाँ प्रकाश प्राप्त गर्न सक्रिय भएर मात्र पर्याप्त हुन्छ भनी नसोच—तिमीहरूले सबै नकारात्मक कुराहरूलाई पनि फाल्नुपर्छ। एकातिर, तिमीहरू सकारात्मक पक्षबाट प्रवेश गर्नु आवश्यक छ, र अर्कोतिर, तिमीहरूले नकारात्मक पक्षबाट आएका सबै अशुद्ध कुराहरूबाट आफैलाई छुटाउनुपर्छ। तैंले आफूभित्र अझै कुन-कुन अशुद्धताहरू छन् सो बुझ्नका निम्ति निरन्तर आफैलाई जाँच्नुपर्छ। मानवजातिको धार्मिक विचारहरू, अभिप्रायहरू, आशाहरू, स्व-धार्मिकता र अहङ्कार सबै अशुद्ध थोकहरू हुन्। आफैभित्र हेर र तँमा कुन धार्मिक धारणाहरू छन् कि भनी बुझ्न सबै कुरालाई परमेश्‍वरको प्रकाशका वचनहरूसँग तुलना गर्। जब तैंले ती कुराहरूलाई साँचो रूपमा बुझ्छस्, तब मात्र तैँले तिनलाई हटाउन सक्छस्। कतिपय मानिसहरू भन्छन्: “अहिले पवित्र आत्माको वर्तमान कामको ज्योतिलाई पछ्याउनु मात्रै पनि पर्याप्त छ। अरू कुनै कुराको झमेलामा पर्नु आवश्यक छैन।” तर त्यसपछि, जब तेरा धार्मिक विचारहरू जाग्छन्, तैँले तीबाट कसरी छुटकारा पाउँछस्? के तँलाई आज परमेश्‍वरका वचनहरू पालन गर्नु साधारण कुरा हो भन्‍ने लाग्छ? यदि तँ धर्मको मानिस होस् भने, तेरा धार्मिक विचारहरू र तेरो हृदयमा भएका परम्परागत धार्मिक सिद्धान्तहरूबाट नै बाधाहरू उत्पन्न हुन सक्छन्, र जब यी कुराहरू उत्पन्न हुन्छन्, त्यसले तँलाई नयाँ कुराहरूको स्वीकार गर्नमा बाधा दिन्छ। यी सबै वास्तविक समस्याहरू हुन्। यदि तैंले पवित्र आत्माको हालका वचनहरूलाई मात्र पालन गरिस् भने, तैँले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैनस्। तैँले पवित्र आत्माको वर्तमान ज्योतिको खोजी गर्ने क्रममा तेरो मनमा कुन धारणा र अभिप्रायहरू छन्, र तँमा कुन-कुन मानवीय स्व-धार्मिकता छन्, र कुन-कुन व्यवहारहरू परमेश्‍वरको निम्ति अनाज्ञाकारी छन् त्यो थाहा पाउनुपर्छ। यी सबै कुरा बुझेपछि, तैंले ती सबैलाई फाल्नुपर्छ। तैंले आफ्नो पहिलेका कार्यहरू र व्यवहारहरू त्याग्नु भनेको तैंले आज पवित्र आत्माले बोल्नुहुने वचनहरू पालन गर्न आफैलाई सक्षम तुल्याउनका निम्ति हो। अर्कोतिर, स्वभावमा परिवर्तन गर्ने कार्य परमेश्‍वरका वचनहरूद्वारा हासिल हुन्छ, अर्कोतिर, यसको निम्ति मानिसको तर्फबाट सहकार्यको आवश्यकता पर्छ। एकतिर परमेश्‍वरको काम छ र अर्कोतिर मानव अभ्यास छ, र दुवै अनिवार्य छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “जुन मानिसहरूको स्वभाव परिवर्तन भएका छन् तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४१

तिमीहरूको भविष्यको सेवाको मार्गमा, तिमीहरूले कसरी परमेश्‍वरको इच्छा पूरा गर्न सक्छौ? एउटा महत्त्वपूर्ण बुँदा भनेको जीवनमा प्रवेश गर्नु, स्वभाव परिवर्तन गर्नु र सत्यमा गहिरो रूपले प्रवेश गर्न खोजी गर्नु हो—सिद्धता प्राप्त गर्ने र परमेश्‍वरद्वारा प्राप्त हुने मार्ग यही हो। तिमीहरू सबै परमेश्‍वरको आज्ञा प्राप्त गर्नेहरू हौ, तर कस्तो प्रकारको आज्ञा? यो कामको अर्को चरणसँग सम्बन्धित छ; कार्यको अर्को चरण सम्पूर्ण ब्रह्माण्डमा गरिने अझ ठूलो कार्य हुनेछ, त्यसैले आज, तिमीहरूले आफ्नो जीवन स्वभाव परिवर्तन गर्न खोज्‍नुपर्छ, यसैले कि भविष्यमा तिमीहरू साँच्चै परमेश्‍वरले उहाँको कामद्वारा महिमा प्राप्त गर्ने प्रमाण बन्नेछौ, जसले तिमीहरूलाई उहाँको भविष्यको कामको उदाहरण बनाउँछ। आजको खोजी पूर्ण रूपमा भविष्यको कामका लागि जग बसाल्नका निम्ति नै हो, यसैले कि तिमीहरू परमेश्‍वरद्वारा प्रयोग हुन सक र उहाँको साक्षी दिन सक। यदि तिमीहरूले यसलाई आफ्नो खोजीको लक्ष्य बनाउँछौ भने, तिमीहरू पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्षम हुनेछौ। तैँले आफ्नो खोजको लक्ष्य जति उच्च राख्छस्, तँ त्यति नै बढी सिद्ध पारिन सक्छस्। तँ सत्यको पछि जति धेरै लाग्छस्, पवित्र आत्माले त्यति नै धेरै काम गर्नुहुन्छ। तैँले आफ्नो खोजमा जति धेरै ऊर्जा लगाउँछस्, तैँले त्यत्ति नै बढी प्राप्त गर्नेछस्। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको भित्री अवस्थाअनुसार सिद्ध पार्नुहुन्छ। केही मानिसहरू तिनीहरू परमेश्‍वरद्वारा प्रयोग हुनु वा उहाँद्वारा सिद्ध हुनु इच्छुक छैनन्, तिनीहरू आफ्नो देह सुरक्षित होस् र कुनै किसिमको दुर्भाग्य भोग्नु नपरोस् मात्र भन्छन्। केही मानिसहरू राज्यमा प्रवेश गर्न अनिच्छुक हुन्छन् तापनि अतल कुण्डमा खसालिन तयार हुन्छन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले तेरो त्यो इच्छा पनि पूरा गरिदिनुहुनेछ। तँ जुन कुराको पछि लाग्छौ परमेश्‍वरले त्यो पूरा गराइदिनुहुनेछ। त्यसैले अहिले तँ कुन कुराको पछि लाग्दैछस्? के यो सिद्ध पारिनु हो? के तेरा वर्तमान कार्य र व्यवहारहरू परमेश्‍वरद्वारा सिद्ध हुन र उहाँद्वारा प्राप्त गरिनका लागि हुन्? तैँले यसरी नै दिनहुँ निरन्तर आफैलाई मापन गर्नुपर्छ। यदि तँ आफ्नो सम्पूर्ण हृदयले एउटै लक्ष्यको पछि लाग्छस् भने, परमेश्‍वरले निश्चित रूपमा तँलाई सिद्ध बनाउनुहुनेछ। पवित्र आत्माको बाटो यस्तै हुन्छ। पवित्र आत्माले मानिसहरूलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो तिनीहरूको खोजको माध्यमबाट प्राप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध हुन र प्राप्त गरिनको लागि तैँले जति धेरै तृष्णा गर्छस्, पवित्र आत्माले तँभित्र त्यत्ति नै बढी काम गर्नुहुनेछ। तँ खोजी गर्न जति असफल हुन्छस्, र तँ जति धेरै नकारात्मक र पतनतर्फ बढ्छस्, तैँले पवित्र आत्मालाई काम गर्ने अवसरहरूबाट त्यति नै वञ्चित गर्छस्; समय बित्दैजाँदा, पवित्र आत्माले तँलाई त्याग्नुहुनेछ। के तँ परमेश्‍वरद्वारा सिद्ध हुने इच्छा गर्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिने इच्छा गर्छस्? के तँ परमेश्‍वरद्वारा प्रयोग गरिने इच्छा गर्छस्? परमेश्‍वरद्वारा सिद्ध पारिन, प्राप्त गरिन, र प्रयोग गरिनका निम्ति तिमीहरूले सबै कुरा गर्दै पछि लाग्नुपर्छ, यसैले कि ब्रह्माण्डमा भएका सबै थोकहरूले तिमीहरूमा परमेश्‍वरका कार्यहरू प्रकट भएका देखून्। सबै थोकको बीचमा तिमीहरू मालिक हौ, र अस्तित्वमा भएका सबै कुराको बीचमा तिमीहरूले आफूद्वारा परमेश्‍वरलाई गवाही र महिमाको आनन्द लिन दिनेछौ—तिमीहरू सबै पुस्ताहरूमा सबैभन्दा धन्यका हौ भन्ने कुराको प्रमाण यही हो!

— वचन देहमा देखा पर्नुहुन्छको “जुन मानिसहरूको स्वभाव परिवर्तन भएका छन् तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४२

तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ। जब तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, तब उहाँले तँलाई सुम्पिनुभएका बोझहरूको सम्बन्धमा उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब परमेश्‍वरले तँलाई यो बोझ दिनुहुन्छ, तब परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले सबै सम्बन्धित सत्यताहरूलाई ध्यान दिनेछस्। यदि तँसित तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सम्बन्धी बोझ छ भने, यो परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ हो, अनि तैँले सधैँ आफ्नो दैनिक प्रार्थनाहरूमा यो बोझ उठाउनेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ, अनि परमेश्‍वरले जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक हुन्छस्; परमेश्‍वरको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही नै हो। यस अवस्थामा, परमेश्‍वरको वचनबाट तैँले खाँदा र पिउँदा, तँले यस्तै प्रकारका विषयहरूमा ध्यान दिनेछस्, अनि तैँले कसरी यी समस्याहरू समाधान गर्नेछस् तँ त्यो जान्‍न उत्सुक हुनेछस्? मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले छुटकारा हासिल गर्न तथा आत्मिक आनन्द पाउन कसरी म तिनीहरूलाई सक्षम तुल्याउन सक्छु? सङ्गति गर्दै गर्दा तँले यी समस्याहरू समाधान गर्ने कुरामाथि पनि ध्यान दिनेछस्, अनि परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले यी विषयहरूसँग सम्बन्धित वचनहरू खाने र पिउने कुरामाथि ध्यान दिनेछस्। उहाँको वचनहरूबाट खाँदै र पिउँदै गर्दा तैँले एउटा बोझ पनि बोक्नेछस्। परमेश्‍वरको मागहरूबारे तैँले बुझिसकेपछि, कुन मार्ग लिनुपर्ने हो त्यस बारेमा तँलाई अझ स्पष्ट हुनेछ। तेरो बोझले ल्याएको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश यही हो, अनि यो तँलाई प्रदान गरिएको परमेश्‍वरको निर्देशन पनि हो। किन म यसो भन्छु? यदि तँसित कुनै बोझ छैन भने, परमेश्‍वरको वचनहरू खाँदा र पिउँदा तैँले ध्यान दिनेछैनस्; बोझ बोक्दै गर्दा जब तैँले परमेश्‍वरको वचनहरू खान्छस् र पिउँछस्, तब तैँले त्यसको सारलाई राम्ररी बुझ्न सक्छस्, तेरो मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको मार्गलाई ध्यान दिन सक्छस्। त्यसैकारण, तेरा प्रार्थनाहरूमा, परमेश्‍वरले तँमाथि अझै बोझहरू राखिदिनुभएको अनि तँलाई अझै ठूलठूला कामहरू सुम्पिनुभएको होस् भनेर तैँले चाहना गर्नुपर्छ, ताकि तेरो अगाडि अभ्यास गर्नका निम्ति तँसित धेरै मार्ग होस्; ताकि परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा त्यसले तँमा अझ ठूलो प्रभाव पार्न सकोस्; ताकि उहाँको वचनहरूको सारलाई राम्ररी बुझ्न सक्षम भएर तँ बढ्न सक्; ताकि पवित्र आत्माद्वारा प्रभावित भएर तँ अझै बढी सक्षम हुन सक्।

परमेश्‍वरका वचनहरू खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु, परमेश्‍वरको बोझलाई स्वीकार गर्नु अनि उहाँले तँलाई सुम्पिनुभएका कामहरूलाई स्वीकार गर्नु—यो सबैको उद्देश्य तेरो सामु बाटो होस् भन्ने हो। परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ तँ माथि जति बढी भारको रूपमा रहन्छ, उहाँद्वारा तँ सिद्ध हुने कुरा तेरो निम्ति त्यति नै सजिलो हुनेछ। अरूलाई बोलाइएको हुँदा पनि केही व्यक्तिहरू परमेश्‍वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमान्दारिताका साथ तैँले परमेश्‍वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्‍वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्‍वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याँइदैछन्। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्‍वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्‍वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने तैँले कुनै पनि बोझ बोक्नेछैनस्। तँ जति बढी परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुर्‍याइरहेको छैनन् र? यदि तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवनमा प्रवेश गर्नको निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ जुन मण्डलीसित छस्, त्यो बालुवा जस्तै छरिएको छ, तर तँ न त चिन्तित हुन्छस्, न त बेचैन नै, अनि तेरा दाजुभाइहरू तथा दिदीबहिनीहरूले सामान्य रूपले परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका नहुँदा पनि तँले आँखा चिम्लिन्छस् भने तैँले कुनै बोझहरू बोकिरहेको हुँदैनस्। त्यस्ता मानिसहरू परमेश्‍वरले आनन्द लिने प्रकारका मानिसहरू होइनन्। जुन प्रकारका मानिसहरूमा परमेश्‍वरले आनन्द लिनुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छन्। यसरी, तिमीहरू परमेश्‍वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफूहरू परमेश्‍वरको बोझप्रति सचेत हुनुअघि परमेश्‍वरले सम्पूर्ण मानवजातिप्रति आफ्नो धार्मिक स्वभाव प्रकट गर्नुहुन्जेलसम्म पर्खिनुहुँदैन। के त्यतिबेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्‍वरद्वारा सिद्ध हुनका निम्ति राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै सोही खेदले मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्। जब परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई आफ्नो धार्मिक स्वभाव प्रकट गर्नुभएको हुन्छ, तब तँ अफसोसले भरिनेछस्। परमेश्‍वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसले भरिएर तैँले आफूलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्‍वस्त हुँदैनन् तर यदि तैँले विश्‍वास गर्दैनस् भने, केवल पर्खेर हेर्। केही मानिसहरू यस्ता छन् जसको प्रमुख उद्देश्य यी वचनहरू पूरा गर्नु हो। के तँ यी वचनहरूको खातिर आफैलाई बलिदान गर्न तयार छस्?

यदि तँ परमेश्‍वरद्वारा सिद्ध हुने अवसरहरू खोज्दैनस्, अनि यदि सिद्धताको तेरो खोजीमा त्यही उद्देश्य राख्ने अरूभन्दा बढी सफल हुनको निम्ति तैँले संघर्ष गर्दैनस् भने, अन्ततः तँ अफसोसले भरिनेछस्। सिद्धता हासिल गर्ने सर्वोत्तम अवसर अहिले नै हो। अत्यन्तै राम्रो समय अहिले नै हो। यदि परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि तैँले गम्भीरतापूर्वक खोजी गर्दैनस् भने, उहाँको काम पूरा भएपछि, धेरै ढिलो भइसक्नेछ—तैँले अवसर गुमाइसकेको हुनेछस्। तेरा आकांक्षाहरू जतिसुकै ठूलो भए तापनि, यदि परमेश्‍वरले उप्रान्त काम गरिरहनुभएको छैन भने, तैँले जतिसुकै प्रयास गरे पनि, तँले कहिल्यै सिद्धता हासिल गर्न सक्नेछैनस्। तैँले यो अवसरको फाइदा उठाउनैपर्छ अनि पवित्र आत्माले आफ्नो महान् काम गर्नुहुँदा उहाँसित सहकार्य गर्नैपर्छ। यदि तैँले यो अवसर गुमाइस् भने, तैँले जतिसुकै प्रयासहरू गरे तापनि तँलाई कहिल्यै अर्को अवसर दिइनेछैन। तिमीहरूमध्ये कतिपय यसो भन्दै चिच्याउँछौ, “परमेश्‍वर, म तपाईंको बोझलाई ध्यान दिन इच्छुक छु, म तपाईंको इच्छालाई सन्तुष्ट तुल्याउन इच्छुक छु।” तैपनि, अभ्यास गर्नको निम्ति तँसित कुनै मार्ग छैन, त्यसैले तेरा बोझहरू टिक्नेछैनन्। यदि तेरो अगाडि मार्ग छ भने, तैँले एक पल्टमा एउटा कदमको अनुभव हासिल गर्नेछस्, अनि तेरो अनुभव संरचित र व्यवस्थित हुनेछ। एउटा बोझ पूरा भइसकेपछि, तँलाई अर्को दिइनेछ। जब तेरो जीवनको अनुभव गहिरो हुँदै जान्छ, तेरा बोझहरू पनि अझ गहन हुनेछन्। कोही-कोही मानिसहरू केवल पवित्र आत्माले तिनीहरूलाई स्पर्श गर्नुभएको बेला मात्रै बोझ बोक्छन्; केही समयपछि, जब अभ्यास गर्नका निम्ति तिनीहरूसित मार्ग हुँदैन, तिनीहरूले कुनै पनि बोझहरू बोक्न छोड्छन्। केवल परमेश्‍वरको वचनहरू खाएर अनि पिएर मात्रै तैँले आफ्ना बोझहरूलाई विकसित गर्न सक्दैनस्। धेरै सत्यताहरू बुझेर, तँले ठम्याउने ज्ञान हासिल गर्नेछस्, सत्यतालाई प्रयोग गरेर समस्याहरू समाधान गर्न सिक्नेछस्, अनि परमेश्‍वरका वचनहरू तथा परमेश्‍वरको इच्छाको अझ सटीक बुझाइ हासिल गर्नेछस्। यी कुराहरूद्वारा, तैँले बोक्नका निम्ति बोझहरूको विकसित गर्नेछस् अनि तब मात्रै तैँले उचित प्रकारले काम गर्न सक्नेछस्। यदि तँसित बोझ छ तर सत्यताको स्पष्ट बुझाइ छैन भने, त्यसले पनि काम गर्नेछैन; तैँले व्यक्तिगत रूपले परमेश्‍वरका वचनहरू अनुभव गर्नुपर्छ र त्यसलाई कसरी अभ्यास गर्ने हो सो जान्नुपर्छ। तँ आफै वास्तविकताभित्र प्रवेश गरिसकेपछि मात्रै तैँले अरूको निम्ति जुटाउन, अरूलाई डोर्‍याउन सक्‍नेछस्, र तँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइन सक्नेछस्।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४३

यस क्षणमा, परमेश्‍वरको काम भनेको प्रत्येकलाई ठीक बाटोमा प्रवेश गर्न लगाउनु, सामान्य आत्मिक जीवन तथा साँचो अनुभवहरू प्राप्त गर्न लगाउनु, पवित्र आत्माद्वारा सञ्चालित हुन लगाउनु हो, अनि—यी कुराहरूलाई जग बनाई परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्नु हो। राज्यको तालीमभित्र प्रवेश गर्नुको उद्देश्य तिमीहरूको प्रत्येक बोलीवचन, कार्य, चाल, विचार तथा धारणालाई परमेश्‍वरको वचनहरूभित्र प्रवेश गर्न लगाउनु हो; परमेश्‍वरद्वारा बारम्बार स्पर्श पाउन लगाउनु हो अनि त्यसद्वारा उहाँको निम्ति प्रेमको हृदय विकास गर्नु हो; अनि तँलाई परमेश्‍वरको इच्छाको धेरै बोझ सम्हाल्न लगाउनु हो, ताकि प्रत्येक व्यक्ति परमेश्‍वरद्वारा सिद्ध तुल्याइने मार्गमा हुन सकोस्, ताकि प्रत्येक व्यक्ति ठीक मार्गमा होस्। तँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने यस मार्गमा आएपछि, तँ ठीक मार्गमा हुन्छस्। तेरा विचारहरू तथा धारणाहरू, साथै तेरा गलत मनसायहरूलाई सच्याउन सकिएपछि, अनि तँ देहप्रति ध्यान दिने व्यक्तिबाट परमेश्‍वरको इच्छाप्रति ध्यान दिने व्यक्तिमा परिवर्तन भएपछि, अनि तँ गलत मनसायहरूको उदय हुँदा त्यसले ल्याउने विकर्षणहरूलाई रोक्न सक्षम भएर परमेश्‍वर इच्छाअनुरूप चल्ने भएपछि—यदि तैँले यो रूपान्तरण हासिल गर्न सक्छस् भने तँ जीवन अनुभवको ठीक मार्गमा छस्। तेरो प्रार्थनाका अभ्यासहरू ठीक मार्गमा भएपछि, तेरा प्रार्थनाहरूमा तँ पवित्र आत्माद्वारा छोइनेछस्। जब-जब तैँले प्रार्थना गर्छस्, तँलाई पवित्र आत्माले छुनुहुनेछ; जब तैँले हरेक पल्ट प्रार्थना गर्छस्, तैँले परमेश्‍वरको सामु आफ्नो हृदयलाई शान्त तुल्याउन सक्नेछस्। जब तैँले हरेक पल्ट प्रार्थना गर्छस्, तैँले परमेश्‍वरको सामु आफ्नो हृदयलाई शान्त तुल्याउन सक्नेछस्। तैँले हरेक पल्ट परमेश्‍वरका वचनहरूको अध्याय खाएपछि र पिएपछि, यदि तैँले उहाँले अहिले गरिरहनुभएको कामलाई बुझ्न सक्छस् अनि कसरी प्रार्थना गर्ने, कसरी सहकार्य गर्ने, कसरी प्रवेश हासिल गर्ने सो सिक्‍न सक्छस् भने, तब मात्रै परमेश्‍वरका वचनहरूको तेरो खुवाई र पियाईले परिणामहरू उत्पन्न गर्नेछन्। जब, परमेश्‍वरका वचनहरूद्वारा तैँले प्रवेशको मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको कामको वर्तमान गतिशीलता, साथै पवित्र आत्माको कामको दिशालाई ठम्याउन सक्छस्, तब तँ ठीक मार्गमा प्रवेश गरेको हुनेछस्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा यदि तैँले मुख्य बुँदाहरूलाई बुझेको छैनस् अनि त्यसपछि अभ्यास गर्नका लागि बाटो भेट्टाउन अझै असक्षम छस् भने, यसले परमेश्‍वरका वचनहरू कसरी ठीक प्रकारले खाने र पिउने भन्‍ने तँलाई अझै थाहा छैन, अनि तैँले त्यसो गर्ने विधि वा सिद्धान्त पत्ता लगाएको छैनस् भन्‍ने देखाउँछ। परमेश्‍वरले हाल गरिरहनुभएको कामलाई यदि तैँले राम्ररी बुझेको छैनस् भने, उहाँले तँलाई सुम्पिनुहुने कामहरू तैँले स्वीकार गर्न सक्‍नेछैनस्। परमेश्‍वरले हाल गर्नुहुने काम मानिसहरू प्रवेश गर्नैपर्ने र तिनीहरूले अहिले नै बुझ्नुपर्ने काम हो। के तिमीहरूले यी कुराहरूलाई राम्ररी बुझेका छौ?

यदि तँले परमेश्‍वरका वचनहरूलाई प्रभावकारी रुपले खान्छस् र पिउँछस् भने, तेरो आत्मिक जीवन सामान्य हुन्छ, अनि तैँले जस्तोसुकै परीक्षाहरूको सामना गरे तापनि, जस्तोसुकै परिस्थितिहरूसित जम्काभेट गर्नुपरे तापनि, तैँले जस्तोसुकै शारीरिक रोगव्याधिहरू सहनु परे तापनि, तँ दाजुभाइ तथा दिदीबहिनीहरूबाट विमुख हुनुपरे तापनि वा तैँले पारिवारिक समस्याहरू सामना गर्नु परे तापनि, तैँले परमेश्‍वरको वचन सामान्य रुपमा खान र पिउनसक्छस्, सामान्य रुपले प्रार्थना गर्न सक्छस्, सामान्य रुपले मण्डली जीवनलाई निरन्तरता दिन सक्छस्; यदि तैँले यी सबै हासिल गर्न सक्छस् भने, यसले तँ ठीक मार्गमा छस् भन्‍ने देखाउनेछ। कोही मानिसहरू धेरै नै कमजोर हुन्छन् अनि तिनीहरूसित दृढताको कमी हुन्छ। सानो बाधाको सामना गर्नुपर्दा पनि तिनीहरू बच्चा जस्तो रुन्छन् अनि नकारात्मक हुन्छन्। सत्यताको खोजी गर्नको लागि दृढता तथा संकल्पको आवश्यकता पर्छ। यदि तँ यस पटक परमेश्‍वरको इच्छालाई सन्तुष्ट तुल्याउन असफल भएको छस् भने, तैँले आफैलाई घृणा गर्न सक्‍नुपर्छ, अनि अर्कोपल्ट सफल हुन चुपचाप अठोट गर्नुपर्छ। यदि यस पटक, तँ परमेश्‍वरको बोझप्रति सचेत भएको थिइनस् भने, भविष्यमा त्यस्तै बाधा सामना गर्नुपर्दा देहको विरुद्धमा विद्रोह गर्न तैँले निश्चय गर्नुपर्छ अनि परमेश्‍वरको इच्छालाई सन्तुष्ट तुल्याउन संकल्प गर्नुपर्छ। यसरी नै तँ प्रशंसायोग्य हुनेछस्। कोही मानिसहरू आफ्ना विचारहरू वा धारणाहरू ठीक छन् कि छैनन् भनेर समेत जान्दैनन्। ती मानिसहरू मूर्खहरू हुन्। यदि तँ आफ्नो हृदयलाई काबू गर्न अनि देहको विरुद्धमा विद्रोह गर्न चाहन्छस् भने, पहिले तैँले तेरा मनसायहरू ठीक छन् कि छैनन् भनी जान्नैपर्छ, तब मात्र तैँले तेरो हृदयलाई काबूमा राख्‍न सक्छस्। यदि तेरा मनसायहरू ठीक छन् वा छैनन् भनी तँलाई थाहा छैन भने तेरो हृदयलाई काबू गर्न र देहको विरुद्धमा विद्रोह गर्न तँलाई सम्भव होला त? यदि तैँले विद्रोह गर्छस् भने पनि, तैँले अन्यौल तरिकाले त्यसो गर्नेछस्। तेरा पथभ्रष्ट मनसायहरूको विरुद्धमा कसरी विद्रोह गर्ने भनी तैँले जान्नुपर्छ। देहको विरुद्धमा विद्रोह गर्नुको अर्थ यही नै हो; आफ्ना मनसायहरू, विचारहरू तथा धारणाहरू गलत छन् भन्‍ने जानीसकेपछि, तैँले तुरुन्तै आफ्‍नो मार्ग बदल्‍नुपर्छ र ठीक मार्गमा हिँड्नुपर्छ। यो विषयलाई पहिले समाधान गर्, अनि यस सम्बन्धमा प्रवेश हासिल गर्न आफैलाई तालीम दे, किनभने आफ्ना मनसायहरू ठीक छन् कि छैनन् भन्‍ने तँलाई नै राम्रोसित थाहा छ। तेरा गलत मनसायहरू सधार गरिसकेपछि अनि ती अब परमेश्‍वरको प्रयोजनको निम्ति भइसकेपछि, तैँले आफ्नो हृदयलाई काबू राख्ने लक्ष्य हासिल गरिसकेको हुनेछस्।

तिमीहरूले अहिले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा परमेश्‍वरको ज्ञान र उहाँको काम प्राप्त गर्नु हो। मानवजातिमाथि पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने पनि तैँले जान्नैपर्छ; ठीक मार्गमा प्रवेश गर्नको लागि यी कार्यहरू अत्यावश्यक छन्। तैँले यो महत्वपूर्ण बूँदा बुझिसकेपछि सो गर्न तेरो लागि सजिलो हुनेछ। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, अनि तँ परमेश्‍वरलाई चिन्छस्, यसले तेरो विश्‍वास साँचो हो भनी देखाउँदछ। यदि तैँले अनुभव प्राप्त गर्न जारी राख्छस् तापनि तैँले अझै परमेश्‍वरलाई चिन्न सक्दैनस् भने, तँ निश्चय नै यस्तो व्यक्ति होस् जसले परमेश्‍वरको विरोध गर्दछ। आजको देहधारी परमेश्‍वरलाई विश्‍वास नगरी जसले येशूलाई मात्र विश्‍वास गर्छन्, तिनीहरू सबै दोषी ठहरिन्छन्। तिनीहरू सबै पछिल्ला दिनका फरिसीहरू हुन्, किनभने तिनीहरूले आजको परमेश्‍वरलाई स्वीकार गर्दैनन्; तिनीहरू सबै परमेश्‍वरको विरोधमा छन्। येशूप्रतिको तिनीहरूको आराधना जतिसुकै समर्पित भए तापनि, यो सबै व्यर्थमा हुनेछ; परमेश्‍वरलाई तिनीहरूलाई प्रशंसा गर्नुहुनेछैन। परमेश्‍वरमा विश्‍वास गर्छु भनी दाबी गर्नेहरू तापनि आफ्नो हृदयमा परमेश्‍वरको साँचो ज्ञान नबोक्‍नेहरू सबै ढोङ्गीहरू हुन्!

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४४

परमेश्‍वरद्वारा सिद्ध तुल्याइने कुराको खोजी गर्नको लागि व्यक्तिले पहिले उहाँद्वारा सिद्ध तुल्याइनुको अर्थ के हो, साथै सिद्ध तुल्याइनका निम्ति कस्ता शर्तहरू पालना गर्नुपर्छ भनी बुझ्नुपर्छ। जब व्यक्तिले त्यस्ता विषयहरूलाई राम्ररी बुझ्छ, तब उसले अभ्यासको बाटो खोजी गर्नुपर्छ। सिद्ध तुल्याइनका निम्ति, व्यक्ति एउटा निश्चित गुणस्तरको हुनुपर्छ। धेरै मानिसहरू जन्मजातै पर्याप्त रूपले उच्च गुणस्तरका हुँदैनन्, यस्तो अवस्थामा तैँले मूल्य चुकाउनुपर्छ र व्यक्तिपरक ढङ्गले कडा परिश्रम गर्नुपर्छ। जति खराब तेरो गुणस्तर हुन्छ, त्यति नै बढी तँले व्यक्तिपरक ढङ्गले प्रयत्न गर्नुपर्छ। परमेश्‍वरको वचनको तेरो बुझाइ जति बढी हुन्छ र जति बढी तैँले त्यसलाई अभ्यास गर्छस्, त्यति नै चाँडै तैँले सिद्धताको बाटोमा आफ्नो पाइला राख्न सक्छस्। प्रार्थनाद्वारा तँलाई प्रार्थनाको क्षेत्रमा सिद्ध तुल्याइन सकिन्छ, परमेश्‍वरका वचनहरू खाएर अनि पिएर, तिनीहरूको सारलाई राम्ररी बुझेर, तिनीहरूको वास्तविकतालाई बाँचेर पनि तँलाई सिद्ध तुल्याइन सकिन्छ। परमेश्‍वरका वचनहरूलाई दैनिक रूपमा अनुभव गरेर तैँले आफूमा के कमी छ जान्नुपर्छ, अझ भन्ने हो भने, तैँले तेरो घातक दोषहरू तथा तेरा कमजोरीहरू के-के हुन् भनी चिन्नुपर्छ र परमेश्‍वरलाई प्रार्थना तथा बिन्ती गर्नुपर्छ। यसो गरेर, तँलाई क्रमिक रूपले सिद्ध तुल्याइनेछ। सिद्धतातर्फको बाटो यस्तो हुन्छ: प्रार्थना गर्नु; परमेश्‍वरको वचनहरूलाई खानु र पिउनु; परमेश्‍वरको वचनहरूका सारलाई राम्ररी बुझ्नु, परमेश्‍वरका वचनहरूको अनुभवमा प्रवेश गर्ने कुरा हासिल गर्नु, तँ आफैमा के कमी छ भनी जान्नु, परमेश्‍वरको कामप्रति समर्पित हुनु; परमेश्‍वरको बोझप्रति सचेत हुनु अनि परमेश्‍वरको निम्ति तेरो प्रेमद्वारा देहलाई परित्याग गर्नु; अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति निरन्तर सङ्गतिमा सामेल हुनु जसले तेरा अनुभवहरूलाई समृद्ध बनाउन सक्दछ। चाहे त्यो सामुदायिक जीवन होस् वा तेरो व्यक्तिगत जीवन, चाहे त्यो ठूलो भेला होस् वा सानो, तिनीहरू सबैले तँलाई अनुभव र तालिम प्राप्त गर्न दिन सक्छन् ताकि तेरो हृदय परमेश्‍वरको सामु शान्त हुन र उहाँमा फर्किन सकोस्। यो सबै सिद्ध तुल्याइने प्रक्रियाको भाग हो। अघि उल्लेख गरिए झैँ परमेश्‍वरका वचनहरू अनुभव गर्नु भनेको वास्तवमा तिनीहरूलाई चाख्न सक्षम हुनु र आफूलाई ती वचनहरू जिउन दिनु हो ताकि तैँले परमेश्‍वरप्रति अझ ठूलो विश्‍वास र प्रेम हासिल गर्न सक्। यस प्रकारले, तैँले क्रमिक रूपमा आफ्नो भ्रष्ट, शैतानी स्वभावलाई छोडिदिनेछस्; अनुचित अभिप्रायहरूदेखि आफैलाई स्वतन्त्र तुल्याउनेछस्; अनि सामान्य व्यक्तिको स्वरूपमा जिउनेछस्। परमेश्‍वरको निम्ति तँभित्र जति ठूलो प्रेम हुन्छ—भनाइको अर्थ, तेरो जति बढी भाग परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको हुन्छ—त्यति नै कम मात्र तँ शैतानी भ्रष्टताको काबूमा हुनेछस्। तेरा व्यवहारिक अनुभवहरूद्वारा तैँले क्रमिक रूपमा सिद्धताको बाटोमा आफ्नो पाइला राख्नेछस्। यसरी, यदि तँ सिद्ध तुल्याइने चाहना गर्छस् भने तैँले परमेश्‍वरको इच्छाप्रति सचेत हुनु र उहाँका वचनहरू अनुभव गर्नु विशेष रूपले महत्वपूर्ण छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४५

परमेश्‍वर अहिले मानिसहरूको एउटा निश्चित समूहलाई प्राप्त गर्न चाहनुहुन्छ, यस्ता मानिसहरूको एउटा यस्तो झुन्ड जो उहाँसँग सहकार्य गर्न मेहनत गर्छन्, जसले उहाँका काम पालना गर्न सक्छन्, जसले परमेश्‍वरले बोल्नुभएका वचनहरू सत्य छन् भनी विश्‍वास गर्छन्, र जसले परमेश्‍वरका आवश्यकताहरूलाई व्यवहारमा लागू गर्न सक्छन्; तिनीहरू हृदयमा साँचो समझ भएकाहरू हुन्, तिनीहरू सिद्ध तुल्याइन सक्‍नेहरू हुन्, र तिनीहरू अनिवार्य रूपमा पूर्णताको बाटोमा हिँड्न सक्‍नेछन्। जो सिद्ध तुल्याइन सक्दैनन् तिनीहरू ती मानिसहरू हुन् जसमा परमेश्‍वरको कामको स्पष्ट ज्ञान हुँदैन, जसले परमेश्‍वरका वचनहरू खाँदैनन् र पिउँदैनन्, जसले उहाँको वचनमा ध्यान दिँदैनन्, र जसको हृदयमा परमेश्‍वरको निम्ति कुनै प्रेम हुँदैन। जसले देहधारी परमेश्‍वरमा शङ्का गर्छन्, तिनीहरू उहाँको बारेमा सधैँ अनिश्चित हुन्छन्, उहाँको वचनलाई कहिल्यै पनि गम्भीरतासित लिँदैनन् र उहाँलाई सधैँ धोका दिन्छन्, जसले परमेश्‍वरको विरोध गर्छन् र जो शैतानका हुन्; त्यस्ता व्यक्तिहरूलाई सिद्ध गर्ने कुनै उपाय हुँदैन।

यदि तँ सिद्ध पारिन चाहन्छस् भने, पहिले तैंले परमेश्‍वरद्वारा निगाह पाउनुपर्दछ, किनकि उहाँले जसलाई निगाह गर्नुहुन्छ र जो उहाँको हृदय अनुसारका छन् तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ। यदि तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न चाहन्छस् भने, तँसँग त्यो हृदय हुनुपर्दछ जसले उहाँको कामको पालना गर्दछ, तैंले सत्यको पछि लाग्ने कोसिस गर्नुपर्दछ, र तैंले सबै कुरामा परमेश्‍वरको जाँच स्वीकार्नु पर्दछ। के तैँले गर्ने सबै कुरा परमेश्‍वरको जाँचबाट भएर गएका छन्? के तेरो अभिप्राय सही छ? यदि तेरो अभिप्राय सही छ भने, परमेश्‍वरले तँलाई स्याबासी दिनुहुनेछ; यदि तेरो अभिप्राय गलत छ भने, तेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्दैन, तर शरीर र शैतानलाई प्रेम गर्दछ भन्‍ने त्यसले देखाउँछ। त्यसकारण, तैंले सबै कुरामा परमेश्‍वरको जाँचलाई स्वीकार गर्ने तरिकाको रूपमा प्रार्थनालाई प्रयोग गर्नुपर्छ। जब तैंले प्रार्थना गर्छस्, म त्यस बेला व्यक्तिगत रूपमा तेरो सामु खडा नभए पनि पवित्र आत्मा तेरो साथमा हुनुहुन्छ, र तैंले म र पवित्र आत्मा दुवैसँग नै प्रार्थना गरिरहेको हुन्छस्। तँ यो देहमा किन विश्‍वास गर्छस्? उहाँसित परमेश्‍वरका आत्मा हुनुहुन्छ त्यसकारण तँ विश्‍वास गर्छस्। यदि उहाँ परमेश्‍वरका आत्मा विहीन हुनुहुन्थ्यो भने के तँ यस व्यक्तिमा विश्‍वास गर्ने थिइस्? जब तँ यस व्यक्तिमा विश्‍वास गर्छस् तब तँ परमेश्‍वरका आत्मामा विश्‍वास गर्छस्। जब तँ यो व्यक्तिमा डर मान्छस्, तब तँ परमेश्‍वरका आत्मासँग डराउँछस्। परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु भनेको यो व्यक्तिमा विश्‍वास गर्नु हो, र यस व्यक्तिमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका आत्मामा विश्‍वास गर्नु हो। जब तँ प्रार्थना गर्छस्, तैँले परमेश्‍वरका आत्मा तेरो साथमा भएको र परमेश्‍वर तेरो सामु भएको महसुस गर्छस्, र यसैले तँ उहाँका आत्मालाई प्रार्थना गर्छस्। आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैंले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तैँले आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैंले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैंले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ। जब तँ प्रार्थना गर्छस्, यदि तेरो हृदयमा परमेश्‍वरका निम्ति प्रेम छ र परमेश्‍वरको वास्ता, सुरक्षा र जाँचको खोजी गर्छस् भने, यदि यी कुराहरू तेरो उद्देश्य हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, जब तँ सभाहरूमा प्रार्थना गर्छस्, यदि तैंले आफ्नो हृदय खोल्छस् र परमेश्‍वरसँग प्रार्थना गर्दै कुनै झूटो नबोली आफ्नो हृदयको कुरा उहाँलाई बताउँछस् भने तेरा प्रार्थनाहरू निश्चय प्रभावकारी हुनेछन्। यदि तैंले गम्भीर हृदयले परमेश्‍वरलाई प्रेम गर्छस् भने, परमेश्‍वरसँग यो शपथ खा: “हे परमेश्‍वर, जो स्वर्गमा, पृथ्वीमा र सबै थोकहरूमा हुनुहुन्छ, म तपाईंसँग शपथ खान्छु: तपाईंका आत्माले मैले गर्ने सबै कामको जाँच गरून् र हरसमय मलाई रक्षा र वास्ता गरून्, र मैले गर्ने सबै कुरा तपाईंको उपस्थितिमा खडा हुन सकोस्। यदि मेरो हृदयले तपाईंलाई प्रेम गर्न छोड्छ वा यसले तपाईंलाई धोका दिन्छ भने मलाई दण्ड दिनुहोस् र कठोर सराप दिनुहोस्। मलाई यस संसार वा अर्को संसारमा पनि क्षमा दिनुहोस्!” के तँ यस्तो शपथ खाने हिम्मत गर्छस्? यदि तँ हिम्मत गर्दैनस् भने त्यसले तँ कायर छस् र तँ अझै पनि आफैलाई प्रेम गर्छस् भन्ने देखाउँछ। के तिमीहरूमा यस्तो सङ्कल्‍प छ? यदि यो साँच्‍चै तेरो सङ्कल्‍प हो भने तैँले यो शपथ खानुपर्छ। यदि तँमा यस्तो शपथ खाने सङ्कल्प छ भने परमेश्‍वरले तेरो संकल्प पूरा गर्नुहुनेछ। जब तँ परमेश्‍वरसित शपथ खान्छस्, उहाँले त्यो सुन्नुहुन्छ। परमेश्‍वरले तेरो प्रार्थना र तेरो अभ्यासको मापनद्वारा नै तँ पापी होस् कि धर्मी होस् भन्ने निश्चित गर्नुहुन्छ। यो अहिले तिमीहरूलाई सिद्ध बनाउने प्रक्रिया हो र यदि आफू सिद्ध भएकोमा तँमा साँच्‍चै विश्‍वास छ भने तैंले गरेका सबै कुराहरू परमेश्‍वर सामु ल्याउनेछस् र उहाँको जाँच स्वीकार गर्नेछस्; यदि तँ अति नै विद्रोही बनेर केही गर्छस् भने वा यदि तँ परमेश्‍वरलाई धोका दिन्छस् भने, तब उहाँले तेरो शपथलाई फलदायी बनाउनुहुनेछ, र यसैले तेरो विनाश वा दण्ड जे नै भए पनि त्यो तेरो आफ्नै कामले गर्दा हुन्छ। तैंले शपथ खाइस्, त्यसैले तैँले त्यसलाई पूरा गर्नुपर्छ। यदि तँ शपथ खान्छस्, तर त्यसलाई पूरा गर्दैनस् भने, तैंले विनाश भोग्नुपर्नेछ। शपथ तैंले नै खाएको थिइस्, त्यसैले परमेश्‍वरले तेरो शपथलाई सफल तुल्याउनुहुनेछ। कोही-कोही प्रार्थना गरिसकेपछि डराउँछन्, र विलाप गर्छन्, “सबै खत्तम भयो! अनैतिक कार्य गर्ने मेरो सबै मौका गयो; दुष्कर्म गर्ने मेरो मौका गएको छ; सांसारिक लालसाहरूमा लिप्त हुने मेरो मौका सकियो!” यी मानिसहरूले अझै पनि सांसारिकता र पाप मन पराउँछन्, र तिनीहरूले विनाश भोग्ने निश्चित छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४६

परमेश्‍वरको विश्‍वासी हुनु भनेको तैंले गर्ने सबै कुरा उहाँको सामु ल्याउनु र उहाँको जाँचको अधीनमा राख्नु हो। यदि तैंले जे गर्छस् त्यो परमेश्‍वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्‍वरको शरीरको अगाडि ल्याउन सकिँदैन भने, त्यसले तँ उहाँको आत्माको जाँचको अधीनमा नआएको देखाउँछ। परमेश्‍वरको आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्‍वरले साक्षी दिनुहुन्छ? के तिनीहरू एउटै र उही होइनन् र? धेरैले उहाँहरूलाई दुई अलग प्राणीको रूपमा हेर्छन्, र परमेश्‍वरका आत्मा भनेको परमेश्‍वरका आत्मा नै हो, र परमेश्‍वरले जसको साक्षी दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्‍ने विश्‍वास गर्छन्। तर के तँ गलत हुँदैनस्? यो व्यक्तिले कसको तर्फबाट काम गर्दछ? जसले देहधारी परमेश्‍वरलाई चिन्दैनन् उनीहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्‍वरका आत्मा र उहाँको देहधारी शरीर एक हुनुहुन्छ, किनकि परमेश्‍वरको आत्मा शरीरमा परिणत भएको छ। यदि यो व्यक्ति तँप्रति निष्ठुर छ भने, के परमेश्‍वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्‍वरको जाँच स्वीकार नगर्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्‍वरलाई नचिन्नेहरू सिद्ध हुन सक्दैनन्। तैंले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्‍वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैंले गरेका सबै कुराहरू परमेश्‍वरको अगि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैंले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, तँ परमेश्‍वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्‍वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्‍वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र जति धेरै तँ परमेश्‍वरको इच्छाअनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र शरीरलाई छोड्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैंले तेरा भाइबहिनीहरूसित बातचित गर्दा समेत तैंले आफ्ना कार्यहरू परमेश्‍वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्; यसले तैंले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैंले गर्ने सबै कुराहरू परमेश्‍वरको सामु ल्याइस् र परमेश्‍वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्‍वरको उपस्थितिमा जिउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४७

परमेश्‍वरलाई नबुझ्नेहरूले कहिल्यै पनि पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्। यस्ता मानिसहरू अनाज्ञाकारिताका छोराहरू हुन्। तिनीहरू अति महत्त्वाकांक्षी हुन्छन्, र तिनीहरूभित्र धेरै नै विद्रोह हुन्छ, यसैले तिनीहरू आफूलाई परमेश्‍वरबाट टाढा राख्छन् र उहाँको जाँच स्वीकार्न इच्छुक हुँदैनन्। यस्ता मानिसहरू सजिलै सिद्ध हुन सक्दैन। केही मानिसहरू परमेश्‍वरका वचनहरू चुनी चुनी खान्छन् र पिउँछन् र तिनलाई स्वीकार गर्छन्। तिनीहरू आफ्ना धारणाहरूसँग मिल्दोजुल्दो परमेश्‍वरका वचनहरूका केही भागहरू स्वीकार गर्दछन् र नमिल्‍ने भागहरूलाई इन्कार गर्छन्। के यो परमेश्‍वर विरुद्ध सबैभन्दा स्पष्ट विद्रोह र विरोध होइन? यदि कसैले परमेश्‍वरलाई अलिकति पनि नबुझी धेरै वर्षसम्म उहाँमाथि विश्‍वास गर्दछन् भने तिनीहरू अविश्‍वासी हुन्। जुन मानिसहरू परमेश्‍वरको जाँच स्वीकार्न इच्छुक हुन्छन् तिनीहरू ती हुन् जो उहाँलाई बुझ्न खोज्छन्, जो उहाँका वचनहरू स्वीकार गर्न इच्छुक हुन्छन्। तिनीहरू ती हुन् जसले परमेश्‍वरको उत्तराधिकार र आशिषहरू प्राप्त गर्नेछन्, र तिनीहरू सबैभन्दा आशिषित मानिसहरू हुन्। परमेश्‍वर तिनीहरूलाई सराप दिनुहुन्छ जसको हृदयमा उहाँको निम्ति कुनै ठाउँ छैन र त्यस्ता मानिसहरूलाई उहाँले सजाय दिनुहुन्छ र त्याग्नुहुन्छ। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने उहाँले तँलाई त्याग्नुहुनेछ, र यदि तँ मैले भनेको कुरा सुन्दैनस् भने, म वचन दिन्छु, कि परमेश्‍वरका आत्माले तँलाई त्याग्नुहुनेछ। यदि तँलाई विश्‍वास लाग्दैन भने कोसिस गरेर हेर्। आज म तँलाई अभ्यासको मार्गबारे स्पष्ट बताउँछु, तर यसलाई अभ्यास गर्ने कुरा तँमाथि निर्भर हुन्छ। यदि तँ यसमा विश्‍वास गर्दैनस् भने, यदि तैंले यो अभ्यास गर्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुन्छ कि गर्नुहुन्न भन्‍ने तँ आफैले देख्नेछस्! यदि तँ परमेश्‍वरको ज्ञानको पछि लाग्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुन्न। परमेश्‍वरले ती मानिसहरूमा काम गर्नुहुन्छ जसले उहाँका वचनहरू अनुसरण गर्छन् र तिनलाई सम्हालेर राख्छन्। तँ जति धेरै परमेश्‍वरका वचनहरू सम्हालेर राख्छस्, उहाँका पवित्र आत्माले त्यत्ति नै बढी तँभित्र काम गर्नुहुन्छ। कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू जति धेरै मनमा सम्हालेर राख्छ ऊ परमेश्‍वरद्वारा सिद्ध पारिने त्यति नै बढी सम्भावना हुन्छ। परमेश्‍वरले तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ जसले साँच्चै उहाँलाई प्रेम गर्छन्, र जसको हृदय उहाँको अघि शान्तिमा हुन्छ तिनीहरूलाई उहाँले सिद्ध पार्नुहुन्छ। परमेश्‍वरका सबै कामलाई कदर गर्न, परमेश्‍वरको ज्ञानलाई कदर गर्न, परमेश्‍वरको उपस्थितिलाई कदर गर्न, परमेश्‍वरको वास्ता र सुरक्षालाई कदर गर्न, परमेश्‍वरका वचनहरू कसरी तेरो निम्ति वास्तविकता बन्छ र तिनले तेरो जीवनका निम्ति कसरी प्रबन्ध गर्छ त्यसलाई कदर गर्न—यी सबै परमेश्‍वरको हृदयसित राम्ररी मेल खान्छ। यदि तँ परमेश्‍वरको कामको कदर गर्छस् भने, अर्थात्, यदि उहाँले तँमाथि गर्नुभएका सबै कामलाई कदर गर्छस् भने उहाँले तँलाई आशिष् दिनुहुनेछ र तँसित भएका सबै कुरालाई बढाउनुहुनेछ। यदि तँ परमेश्‍वरका वचनहरूको कदर गर्दैनस् भने, उहाँले तँमा काम गर्नुहुनेछैन, तर उहाँले तँलाई नगण्य अनुग्रह मात्र प्रदान गर्नुहुनेछ, वा तँलाई थोरै धन र तेरो परिवारलाई थोरै सुरक्षाले आशिष् दिनुहुनेछ। तैंले परमेश्‍वरका वचनहरूलाई तेरो वास्तविकता बनाउन प्रयास गर्नुपर्दछ, र उहाँलाई सन्तुष्ट पार्न र उहाँको आफ्नै हृदय अनुसारको हुन सक्नुपर्छ; तैंले उहाँको अनुग्रहको आनन्द लिने प्रयास मात्र गर्नुहुँदैन। विश्‍वासीहरूका लागि परमेश्‍वरको काम प्राप्त गर्नु, सिद्धता प्राप्त गर्नु, र परमेश्‍वरको इच्छाबमोजिम गर्नेहरू हुनुभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तँ यही लक्ष्यको पछि लाग्नुपर्छ।

अनुग्रहको युगमा मानिसले पछ्याउने सबै कुरा अहिले अप्रचलित भएका छन्, किनकि अहिलेको खोजीको स्तर उच्च छ; जुन कुरा खोजिन्छ त्यो अझ उच्च र अझ बढी व्यावहारिक दुवै छ। जुन कुरा खोजिन्छ त्यसले मानिसले भित्रबाट चाहेको कुरा राम्ररी पूरा गर्न सक्छ। विगतका युगहरूमा परमेश्‍वरले मानिसहरूमाथि त्यसरी काम गर्नुभएन जसरी आज उहाँले गर्नुहुन्छ; अनि आज उहाँ तिनीहरूसित जति धेरै बोल्नुहुन्छ त्यति त्यसबेला बोल्नुभएन, न त उहाँका मागहरू आजका जस्तै उच्च नै थिए। आज परमेश्‍वरले तिमीहरूलाई यी कुराहरू बताउनुभएको कुराले परमेश्‍वरको मूल अभिप्राय तिमीहरूमा, मानिसहरूको यो झुन्डमा केन्द्रित छ देखाउँछ। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध हुन चाहन्छस् भने त्यसलाई आफ्नो मुख्य लक्ष्य बनाएर त्यसको पछि लाग्। तँ यताउति दगुरिरहेको, आफैलाई खर्च गरिरहेको, एउटा काम गरिरहेको वा तैंले परमेश्‍वरको आदेश पाएको भए पनि उद्देश्यचाहिँ सधैँ सिद्ध हुनु र परमेश्‍वरको इच्छा पूरा गर्नु, यी उद्देश्यहरूलाई हासिल गर्नु नै हो। यदि कसैले तिनीहरू परमेश्‍वरद्वारा सिद्ध हुन वा जीवनमा प्रवेश गर्न खोज्दैनन्, तर शरीरको शान्ति र आनन्दको पछि मात्र लाग्छन् भनी भन्छन् भने तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। जुन मानिसहरू जीवनको वास्तविकताको पछि लाग्दैनन्, तर आउनेवाला संसारको अनन्त जीवनको र यस संसारमा सुरक्षाको पछि मात्र लाग्छन् तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। यसैले, तैंले गर्ने सबै कुरा सिद्ध हुने र परमेश्‍वरद्वारा प्राप्त गरिने उद्देश्यले गर्नुपर्छ।

परमेश्‍वरले मानिसहरूका निम्ति प्रबन्ध गर्नलाई गर्नुहुने काम तिनीहरूका विभिन्न आवश्यकतामा आधारित हुन्छ। एक व्यक्तिको जीवन जति ठूलो हुन्छ, तिनीहरूको आवश्यकता त्यत्ति नै धेरै हुन्छ र तिनीहरू धेरै कुराको पछि लाग्छन्। यदि यस चरणमा तँ कुनै कुराको पछि लागेको छैनस् भने पवित्र आत्माले तँलाई छोड्नुभएको छ भन्ने त्यसले प्रमाण दिन्छ। जीवनको पछि लाग्नेहरू सबैलाई पवित्र आत्माले कहिल्यै पनि त्याग्नुहुन्न; त्यस्ता मानिसहरू सधैँ पछि लाग्छन् र तिनीहरूका हृदयमा सधैँ तृष्णा हुन्छ। त्यस्ता मानिसहरू आफूसँग वर्तमानमा जे छ ती कुनै पनि कुरामा सन्तुष्ट हुँदैनन्। पवित्र आत्माको कामको प्रत्येक चरणले तँमा प्रभाव पार्ने लक्ष्य राख्छ, तर यदि तँ सुस्त भइस् भने, यदि तँसित अब कुनै आवश्यकता छैन भने, यदि तँ पवित्र आत्माको कामलाई स्वीकार्दैनस् भने, उहाँले तँलाई त्याग्नुहुनेछ। मानिसहरूलाई हरेक दिन परमेश्‍वरको जाँचको आवश्यकता पर्छ; तिनीहरूलाई दिनदिनै परमेश्‍वरका प्रशस्त प्रबन्धहरूको आवश्यकता पर्छ। के मानिसहरूले दिनदिनै परमेश्‍वरको वचन नखाई र नपिई सफलतापूर्वक काम गर्न सक्छन्? यदि कुनै व्यक्तिले सधैँ परमेश्‍वरको वचन पर्याप्त मात्रामा खान वा पिउन सकिँदैन भन्‍ने ठान्छ भने, यदि तिनीहरू सधैँ यसको खोजी गर्छन् र यसका लागि भोकाउँछन् र तिर्खाउँछन् भने, पवित्र आत्माले सधैँ तिनीहरूमा काम गर्नुहुन्छ। कुनै व्यक्तिले जति धेरै तृष्णा गर्छ उनीहरूको सङ्गतिबाट उत्ति नै बढी व्यावहारिक कुराहरू बाहिर निस्कन्छन्। कसैले जति जोडदारसाथ सत्यताको खोजी गर्छ, तिनीहरूले उति नै चाँडो जीवनको वृद्धि प्राप्त गर्छन्, यसले तिनीहरूलाई अनुभवमा धनी र परमेश्‍वरको घरको धनी बासिन्दाहरू बनाउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४८

पवित्र आत्मासँग प्रत्येक व्यक्तिभित्र आउने मार्ग छ, र उहाँले प्रत्येक व्यक्तिलाई सिद्ध हुने मौका दिनुहुन्छ। तेरो नकारात्मकताद्वारा तँलाई आफ्नै भ्रष्टता चिन्न दिइन्छ, र त्यसपछि नकारात्मकता फाल्दा तैँले अभ्यास गर्ने बाटो पाउनेछस्; यी सबै ती तरिकाहरू हुन् जसबाट तँलाई सिद्ध तुल्याइन्छ। यसको अतिरिक्त, निरन्तर मार्गदर्शन र तँभित्रका केही सकारात्मक कुराहरूको ज्योतिमार्फत तैँले सक्रिय रूपमा आफ्नो काम पूरा गर्नेछस्, तेरो अन्तर्दृष्ट अभिवृद्धि हुनेछ र तैँले विवेक प्राप्त गर्नेछस्। जब तेरा अवस्थाहरू राम्रा हुन्छन्, तब तँ विशेष गरी परमेश्‍वरको वचन पढ्न इच्छुक हुन्छस्, र विशेष गरी परमेश्‍वरसँग प्रार्थना गर्न इच्छुक हुन्छस्, र तैँले सुनेका उपदेशहरूलाई आफ्नै अवस्थासँग जोड्न सक्छस्। यस्तो समयमा परमेश्‍वरले तँलाई सकारात्मक पक्षका केही कुराहरू महसुस गराउँदै तँभित्र अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यसरी नै तँलाई सकारात्मक पक्षमा सिद्ध तुल्याइन्छ। नकारात्मक अवस्थाहरूमा, तँ कमजोर र निष्क्रिय हुन्छस्; तँलाई तेरो हृदयमा परमेश्‍वर नभएको महसुस हुन्छ, तैपनि परमेश्‍वरले तँलाई ज्योति प्रदान गर्नुभई अभ्यासको बाटो प्राप्त गर्न सहयोग गर्नुहुन्छ। यसबाट बाहिर आउनु भनेको नकारात्मक पक्षमा सिद्धता हासिल गर्नु हो। परमेश्‍वरले मानिसलाई सकारात्मक र नकारात्मक दुवै पक्षमा सिद्ध तुल्याउन सक्नुहुन्छ। यो कुरा तँ परमेश्‍वरद्वारा सिद्ध भएको अनुभव गर्न सक्षम छस् कि छैनस् अनि तैँले परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् कि खोज्दैनस् भन्ने कुरामा निर्भर गर्दछ। यदि तैँले साँच्चै परमेश्‍वरद्वारा आफूलाई सिद्ध तुल्याउन खोज्छस् भने, नकारात्मकताले तेरो हानि गर्न सक्दैन, बरु त्यसले तँमा ती कुराहरू ल्याउन सक्छ जुन अझ बढी वास्तविक छन्, र तँमा जुन कुराको कमी छ त्यो कुरा जान्न, तेरो वास्तविक अवस्थालाई बुझ्न, अनि मानिससँग केही छैन, र मानिस केही पनि होइन भन्ने कुरा बुझ्न तँलाई अझ बढी सक्षम बनाउँछ; यदि तैँले परीक्षाहरूको अनुभव गर्दैनस् भने, तँलाई ज्ञान नै हुँदैन, र तैँले जहिले पनि आफूलाई अरूभन्दा माथि र सबैभन्दा उत्तम महसुस गर्नेछस्। यी सबै कुराहरूबाट तैँले पहिले आएका सबै कुरा परमेश्‍वरद्वारा गरिएका अनि परमेश्‍वरद्वारा संरक्षित थिए भनी बुझ्नेछस्। परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा विश्वासरहित अवस्थामा छोडिन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ अनि तँ भजन गाउन असमर्थ हुन्छस्, र यसैबीच तैँले महसुसै नगरी आफैलाई जान्न थालिसकेको हुन्छ। परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको निराकरण गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई नाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई निराकरण गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई नाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरैवटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई निराकरणगरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५४९

तिमीहरूले अहिले के खोज्छौ? परमेश्‍वरद्वारा सिद्ध हुनु, परमेश्‍वरलाई चिन्नु, परमेश्‍वरलाई प्राप्त गर्नु—वा सायद तँ ९० को दशकको पत्रुसको तरिकाले आफैलाई अगि बढाउन चाहन्छस्, वा अय्यूबको भन्दा ठूलो विश्‍वास प्राप्त गर्न चाहन्छस्, वा सायद तँ परमेश्‍वरद्वारा धर्मी कहलिन र परमेश्‍वरको सिंहासनको सामु आउन खोज्छस्, वा पृथ्वीमा परमेश्‍वरलाई प्रकटीकरण गर्न र परमेश्‍वरका निम्ति शक्तिशाली र सानदार रूपमा साक्षी दिने प्रयास गर्न खोज्छस्। तिमीहरूले जे गर्न खोजे पनि समग्रमा, तिमीहरू परमेश्‍वरद्वारा मुक्ति पाउनका निम्ति नै खोजी गर्छौ। तँ धर्मी हुन खोजे पनि, पत्रुसको बानीव्यहोरा, वा अय्यूबको विश्‍वासको खोजी गरे पनि, वा परमेश्‍वरद्वारा सिद्ध पारिन खोजे पनि, यो सब परमेश्‍वरले मानिसमा गर्नुहुने काम हो। अर्को शब्दमा भन्दा, तैंले जे खोजे पनि ती सबै परमेश्‍वरद्वारा सिद्ध पारिनका निम्ति, सबै परमेश्‍वरको वचन अनुभव गर्न, परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्नका लागि नै हो; तैंले जे खोजे पनि, त्यो सब परमेश्‍वरको प्रेमिलोपन पत्ता लगाउनका लागि, आफ्नै विद्रोही स्वभावलाई फाल्न सक्षम हुने उद्देश्यसहित वास्तविक अनुभवमा अभ्यास गर्ने मार्ग खोज्‍नको लागि, आफैभित्र सामान्य अवस्था हासिल गर्न, पूर्ण रूपमा परमेश्‍वरको इच्छाअनुरूप हुनु, एक सही व्यक्ति बन्‍न र तैंले गर्ने सबै कुरामा सही अभिप्राय राख्‍नको लागि हो। तैंले यी सबै कुराहरूको अनुभव गर्नुको कारण भनेको परमेश्‍वरलाई चिन्नु र जीवनको वृद्धि हासिल गर्नु हो। तैंले अनुभव गर्ने कुरा परमेश्‍वरको वचन र वास्तविक घटनाहरू, साथसाथै तेरो वरिपरिका मानिसहरू, वस्तुहरू र स्थितिहरू भए पनि, अन्ततः तँ परमेश्‍वरलाई चिन्न र परमेश्‍वरबाट सिद्ध हुन सक्छस्। एक धर्मी व्यक्तिको मार्गमा हिँड्न खोज्नु वा परमेश्‍वरको वचन अभ्यास गर्न खोज्‍नु: यी चालू मार्ग हुन्, जबकि परमेश्‍वरलाई चिन्नु र परमेश्‍वरबाट सिद्ध हुनु भनेको चाहिँ गन्तव्य हो। यदि तैँले अहिले परमेश्‍वरबाट सिद्धता खोजे पनि वा परमेश्‍वरका लागि साक्षी दिन खोजे पनि, त्यो सबै आखिर परमेश्‍वरलाई जान्‍नका निम्ति नै हो; यो उहाँले तँभित्र गर्नुभएको काम व्यर्थ नहोस् भनेर हो, यसरी तँ अन्ततः परमेश्‍वरको वास्तविकता जान्न, उहाँको महानता थाहा पाउन, र अझ बढी परमेश्‍वरको नम्रता र गोप्यता जान्न, र परमेश्‍वरले तँमा गर्नुहुने धेरै कामको बारेमा जान्न सक्। परमेश्‍वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वर मानिसहरूको माझमा जिउन र खानका निम्ति, मानिसहरूको गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्नको निम्ति मात्र देह बन्नुभएन। बरु त्योभन्दा महत्त्वपूर्ण कुरा त यो छ कि उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय तवरमा भ्रष्ट रहेका मानिसहरूका निम्ति गर्नुहुन्छ। उहाँले यी अति भ्रष्ट मानिसहरूलाई मुक्त गर्नको लागि ठूलो रातो अजिङ्गरको केन्द्रमा आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्‍वरले सहनुहुने विशाल कठिनाइ देहधारी परमेश्‍वरले भोग्ने कठिनाइ मात्र होइन, बरु सबैभन्दा बढी त परमेश्‍वरको आत्माले अत्यधिक अपमान सहनुपर्दछ—उहाँले आफैलाई यत्ति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एक साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू रहेछन् भनी देख्न सकून। यो कुरा परमेश्‍वरले आफूलाई हदैसम्म विनम्र तुल्याउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्‍वरको आत्मालाई देहमा अनुभव गरिन्छ। उहाँको आत्मा यति उच्च र महान् छ, तापनि उहाँले उहाँको आत्माको काम गर्नको लागि एक सामान्य मानिसको, एक नगण्य मानिसको रूप धारण गर्नुहुन्छ। योग्यता, अन्तरदृष्टि, चेतना, मानवता, र तिमीहरू प्रत्येकको जीवनले तिमीहरू परमेश्‍वरको यस प्रकारको कामलाई स्वीकार गर्न साँच्चै लायक छैनौ भन्ने देखाउँछ। तिमीहरू आफ्नो खातिर परमेश्‍वरलाई यस्तो कठिनाइ सहन दिनको लागि साँच्चै लायक छैनौ। परमेश्‍वर धेरै महान् हुनुहुन्छ। उहाँ अति नै सर्वोच्च हुनुहुन्छ, तर मानिसहरू अति नै तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति प्रबन्ध गर्न, मानिसहरूसँग बोल्न मात्र देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरूसँगसँगै बस्नुहुन्छ। परमेश्‍वर औधि नम्र, औधि प्रेमिलो हुनुहुन्छ। यदि, परमेश्‍वरको प्रेम उल्लेख गर्ने बित्तिकै, परमेश्‍वरको अनुग्रहको बारेमा उल्लेख गर्ने बित्तिकै, तँ ठूलो प्रशंसा गर्दै आँसु झार्छस् भने, यदि तँ यस्तो स्थितिमा आइपुगिस् भने, तैंले परमेश्‍वरको बारेमा साँचो ज्ञान प्राप्त गरेको छस्।

— वचन देहमा देखा पर्नुहुन्छको “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५५०

हिजोआज मानिसहरूको खोजमा विचलन छ; तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्र खोज्छन्, तर तिनीहरूमा परमेश्‍वरको कुनै ज्ञान हुँदैन, र तिनीहरूले आफूभित्रको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाशलाई बेवास्ता गरेका छन्। तिनीहरूसँग परमेश्‍वरको साँचो ज्ञानको जग हुँदैन। यस तरिकाले, तिनीहरूको अनुभव बढ्दै जाँदा तिनीहरूको उत्साह हराउँदै जान्छ। परमेश्‍वरबारे साँचो ज्ञान प्राप्त गर्न खोज्‍नेहरू, विगतमा राम्रो स्थितिमा नभएको, र नकारात्मकता र कमजोरीतिर ध्यान दिने, र प्रायजसो आँसु बगाउने, निराशामा पर्ने, र आशा गुमाउने गरेको भए पनि—अब, तिनीहरूले धेरै अनुभव प्राप्त गरेपछि, तिनीहरूको अवस्थामा सुधार भएको छ। निराकरण गरिएको र तोडिएको अनुभवपछि, र परीक्षा र शोधनको चक्रबाट भएर गएपछि तिनीहरूले ठूलो प्रगति गरेका छन्। नकारात्मक अवस्था घटेको छ, र तिनीहरूको जीवनको स्वभावमा केही परिवर्तन भएको छ। तिनीहरू अझ बढी परीक्षामा पर्दै जाँदा, तिनीहरूका हृदयले परमेश्‍वरलाई प्रेम गर्न थाल्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्ध तुल्याउने एउटा नियम छ, जुन यो हो कि उहाँले तेरो वाञ्छनीय पक्षलाई प्रयोग गरेर तँलाई ज्ञान दिनुहुन्छ ताकि तँसँग अभ्यास गर्ने मार्ग होस् र तैँले आफूलाई नकारात्मक अवस्थाहरूबाट अलग गर्न सक् र यसरी तैँले आफ्नो आत्मालाई छुटकारा पाउन सहायता गर्न सक् र तैँले आफूलाई परमेश्‍वरलाई अझ बढी प्रेम गर्न सक्षम तुल्याउन सक्। यस्तो प्रकारले तैँले शैतानको भ्रष्ट स्वभावलाई फाल्न सक्षम हुन्छस्। तँ निष्कपट र खुला छस्, आफैलाई चिन्न र सत्यतालाई व्यवहारमा अपनाउन इच्छुक छस्। परमेश्‍वरले निश्चय नै तँलाई आशिष दिनुहुनेछ, त्यसैले जब तँ कमजोर र नकारात्मक हुन्छस्, तब उहाँले तँलाई दोब्बर ज्ञान दिनुहुन्छ, तँलाई अझ बढी आफैलाई जान्न, आफ्नै निम्ति पश्चात्ताप गर्न अझ बढी इच्छुक बन्न र आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न अझ बढी सक्षम हुन सहयोग गर्नुहुन्छ। केवल यस तरिकाले तेरो हृदय शान्त र सहज हुन सक्छ। साधारणतः परमेश्‍वरलाई चिन्ने कुरामा ध्यान लगाउने, आफैलाई चिन्ने कुरामा ध्यान लगाउने, अनि आफ्नै अभ्यासमा ध्यान दिने व्यक्ति बारम्बार परमेश्‍वरको काम, साथसाथै उहाँको मार्गदर्शन र ज्ञान प्राप्त गर्न सक्षम हुनेछन्। यदि त्यस्तो व्यक्ति नकारात्मक अवस्थामा छ भने पनि ऊ विवेकको कार्य वा परमेश्‍वरको वचनको ज्ञानको कारण परिस्थितिहरू तुरुन्तै बदल्न सक्षम हुन्छ। कुनै व्यक्तिको स्वभावको परिवर्तन सधैं तब हासिल हुन्छ जब उसले आफ्नो वास्तविक अवस्था अनि परमेश्‍वरको स्वभाव र कार्यको बारेमा जान्दछ। आफैलाई चिन्न र आफै खुल्न इच्छुक व्यक्ति सत्यतालाई अभ्यास गर्न सक्षम हुनेछन्। यस प्रकारको व्यक्ति त्यो व्यक्ति हो जो परमेश्‍वरप्रति बफादार छ अनि जुन व्यक्ति परमेश्‍वरप्रति बफादार हुन्छ ऊसित परमेश्‍वरप्रतिको बुझाइ हुन्छ, त्यो बुझाइ चाहे गहिरो होस् वा सतही, थोरै होस् वा प्रशस्त। यो परमेश्‍वरको धार्मिकता हो, र यो त्यस्तो कुरा हो जुन मानिसहरूले प्राप्त गर्छन्; यो उनीहरूको आफ्नै लाभ हो। जुन व्यक्तिमा परमेश्‍वरको ज्ञान हुन्छ ऊ त्यो व्यक्ति हो जोसँग आधार हुन्छ, जोसँग दर्शन हुन्छ। यस प्रकारको व्यक्ति परमेश्‍वरको देहको बारेमा निश्चित हुन्छ, र परमेश्‍वरको वचन र परमेश्‍वरको कामको बारेमा निश्चित हुन्छ। परमेश्‍वरले जसरी काम गर्नुभए पनि वा बोल्नुभए पनि, वा अरू मानिसहरूले जस्तै बाधा दिए पनि ऊ अडिग रहन सक्छ र उसले परमेश्‍वरको लागि साक्षी दिन सक्छ। कुनै व्यक्ति जति बढी यस प्रकारको हुन्छ उसले आफूले बुझेको सत्यलाई त्यत्ति नै बढी अघि बढाउन सक्छ। उसले सधैं परमेश्‍वरको वचनको अभ्यास गरिरहेको हुनाले उसले परमेश्‍वर सम्बन्धी अझ बढी बुझाइ प्राप्त गर्छ, अनि उसँग सदासर्वदा परमेश्‍वरको लागि साक्षी बनेर खडा हुने दृढ संकल्प हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५५१

समझशक्ति हुनु, अधीनता हुनु, र तँ आत्मामा तीक्ष्ण हुन सक्‍ने गरी स्थितिहरूलाई बुझ्ने क्षमता प्राप्त गर्नु भनेको तैंले कुनै कुराको सामना गर्नेबित्तिकै तँभित्र परमेश्‍वरका वचनहरूको ज्योति र अन्तर्दृष्टि आउँछ भन्ने हो। आत्मामा तीक्ष्ण हुनु भनेको यही हो। परमेश्‍वरले सबै कुरा मानिसहरूका आत्मालाई पुनर्जीवित पार्नका लागि गर्नुहुन्छ। किन परमेश्‍वरले सधैँ मानिस बोधो र मन्द-बुद्धिका छन् भनी भन्नुहुन्छ? किनभने मानिसहरूका आत्माहरू मरेकाले गर्दा, र ती यति बोधो बनेका छन् कि आत्मिक कुराहरूका निम्ति ती पूर्ण रूपले अनजान छन्। परमेश्‍वरको काम भनेको मानिसको जीवनलाई उन्नति गराउनु र मानिसहरूको आत्मालाई फेरि जीवित पार्न सहायता गर्नु हो, यसरी तिनीहरू आत्माका कुराहरू देख्न सक्छन्, र तिनीहरू आफ्नो हृदयमा सधैँ परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्। यस चरणमा पुग्नुले त्यस व्यक्तिको आत्मा पुनर्जीवित भएको छ भन्ने देखाउँछ, र अर्को चोटि उसले कुनै कुराको सामना गर्दा उसले तुरुन्तै प्रतिक्रिया दिन सक्छ। उसले प्रवचनहरूप्रति प्रतिक्रिया दिन सक्छ, र अवस्थाहरूप्रति तुरुन्तै प्रतिक्रिया दिन्छ। आत्माको तीक्ष्णता प्राप्त गर्नु भनेको यही हो। धेरै मानिसहरू यस्ता हुन्छन्, जसले बाहिरी घटनामा तुरुन्तै प्रतिक्रिया गर्छन्, तर वास्तविकतामा प्रवेश गर्ने बारेमा वा आत्माका सबै कुराहरूको बारेमा सम्पूर्ण विवरण बताउनसाथ तिनीहरू बोधो र मन्द बुद्धिका बन्छन्। यदि कुनै कुरा तिनीहरूकै अगाडि छ भने मात्र तिनीहरू त्यसलाई बुझ्छन्। यी सबै आत्मिक रूपमा बोधो र मन्द-बुद्धि हुनुका, आत्माका कुराहरूको थोरै अनुभव प्राप्त गर्नुका चिह्नहरू हुन्। केही मानिसहरू आत्मामा तीक्ष्ण हुन्छन् र तिनीहरूमा समझशक्ति हुन्छ। तिनीहरूको अवस्था देखाउने वचनहरू सुन्नेसाथ, कुनै समय खेर नफाली तिनीहरू ती कुरा लेख्छन्। तिनीहरूले अभ्यासका सिद्धान्तहरूको बारेमा वचनहरू सुनेपछि, तिनीहरू तिनलाई स्वीकार्न गर्न र पछिको आफ्नो अनुभवमा लागू गर्न सक्छन्, र त्यसरी आफैलाई परिवर्तन गर्न सक्छन्। यो त्यस्तो व्यक्ति हो, जो आत्मामा तीक्ष्ण छ। तिनीहरूले किन यति छिटो प्रतिक्रिया दिन सक्छन्? किनकि तिनीहरू दैनिक जीवनमा यी कुराहरूमा ध्यान दिन्छन्। जब तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरूले ती वचनको आधारमा आफ्ना अवस्थाहरूलाई जाँच्न र तिनीहरूका आफ्नै बारेमा विचार गर्न सक्छन्। जब तिनीहरू तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिने सङ्गति गर्छन् र वचनहरू सुन्छन्, तब तिनीहरू तुरुन्तै तिनलाई स्वीकार गर्न सक्छन्। यो भोको मानिसलाई भोजन दिनुजस्तै हो; तिनीहरूले त्यो तुरुन्तै खाइहाल्न सक्छन्। यदि तँ नभोकाएको मानिसलाई भोजन दिन्छस् भने तिनीहरूले तुरुन्तै प्रतिक्रिया गर्दैनन्। तँ प्रायजसो परमेश्‍वरसँग प्रार्थना गर्छस्, र त्यसपछि तैंले कुनै कुराको सामना गर्नुपर्‍यो भने, तैँले तुरुन्तै प्रतिक्रिया दिन सक्छस्: यस विषयमा परमेश्‍वरले के चाहनुहुन्छ, र तैंले कसरी व्यवहार गर्नुपर्छ। पछिल्लो समय परमेश्‍वरले तँलाई यस विषयमा डोऱ्याउनुभयो; जब आज तँ यस्तै प्रकारको कुराको सामना गर्छस्, तब परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रकारले कसरी अभ्यास गर्नुपर्छ भन्‍ने कुरा तैँले प्राकृतिक रूपमै जान्दछस्। यदि तँ सधैँ यस तरिकाले अभ्यास गर्छस् भने र सधैँ यस तरिकाले अनुभव गर्छस् भने, कुनै बेला यो तेरो स्वभाव नै बन्‍नेछ। परमेश्‍वरको वचन पढ्दा, परमेश्‍वरले कस्तो प्रकारको मानिसलाई सङ्केत गर्दैहुनुहुन्छ भन्‍ने तँलाई थाहा हुन्छ, उहाँले आत्माको कस्ता अवस्थाहरूको कुरा गर्दैहुनुहुन्छ सो तँलाई थाहा हुन्छ, र तैँले मुख्य बुँदालाई बुझ्न र त्यसलाई अभ्यास गर्न सक्नेछस्; यसले तँ अनुभव गर्न सक्षम छस् भन्ने देखाउँछ। कतिपय मानिसहरूमा किन यस कुराको कमी छ? किनकि तिनीहरूले अभ्यासको पक्षमा धेरै प्रयास गर्दैनन्। तिनीहरू सत्यको अभ्यास गर्न इच्छुक भए पनि, उनीहरूमा सेवाको सबै कुराहरू, तिनीहरूका जीवनका सबै सत्यताहरूको वास्तविक अन्तर्ज्ञान हुँदैन। केही भयो भने तिनीहरू अलमल्ल पर्छन्। यस्तो हुँदा, जब झूटो अगमवक्ता वा झूटो प्रेरित आउँछ तब तँ बहकिन सक्छस्। तैंले परमेश्‍वरको वचन र कामको बारेमा नियमित सङ्गति गर्नुपर्दछ—यस तरिकाले मात्र तैँले सत्यता बुझ्न र भेदज्ञान विकास गर्न सक्नेछस्। यदि तँ सत्यतालाई बुझ्दैनस् भने, तँसँग कुनै भेदज्ञान हुनेछैन। उदाहरणको लागि, परमेश्‍वरले के बोल्नुहुन्छ, परमेश्‍वरले कसरी काम गर्नुहुन्छ, उहाँले मानिसहरूबाट के माग गर्नुहुन्छ, तँ कस्तो प्रकारका मानिसहरूको सम्पर्कमा आउनुपर्छ, र तैंले कस्तो किसिमका मानिसहरू इन्कार गर्नुपर्छ—तैँले यी कुराहरूको विषयमा तैंले नियमित सङ्गति गर्नुपर्दछ। यदि तैंले सधैँ यस प्रकारले परमेश्‍वरको वचनको अनुभव गर्नेछस् भने, तैँले सत्यतालाई बुझ्नेछस् र धेरै कुरा राम्ररी बुझ्नेछस्, र तँसित भेदज्ञान पनि हुनेछ। पवित्र आत्माद्वारा अनुशासन गरिनु भनेको के हो, मानव इच्छाबाट जन्मेको दोष के हो, पवित्र आत्माको अगुवाइ के हो, वातावरणको बन्दोबस्त भनेको के हो, भित्री अन्तर्दृष्टि दिने परमेश्‍वरका वचनहरू के हो? यदि तँ यी कुराहरूको बारेमा स्पष्ट छैनस् भने, तँसँग कुनै भेदज्ञान हुनेछैन। पवित्र आत्माबाट के आउँछ, विद्रोही स्वभाव भनेको के हो, परमेश्‍वरको वचन कसरी पालन गर्ने र तेरो विद्रोहीपनलाई कसरी फाल्ने त्यो तँलाई थाहा हुनुपर्छ; यदि तँसँग यी कुराहरूको अनुभवपूर्ण ज्ञान छ भने, तँसँग एउटा जग हुनेछ; जब केही हुन्छ, तब तँसँग त्यसलाई नाप्ने एउटा उचित सत्यता र जगको रूपमा उपयुक्त दर्शनहरू हुनेछ। तैंले गर्ने सबै कुरामा तँसँग सिद्धान्तहरू हुनेछन्, र तैँले सत्यको आधारमा काम गर्न सक्नेछस्। तब तेरो जीवन परमेश्‍वरको अन्तर्दृष्टिले भरिपूर्ण, परमेश्‍वरका आशिषहरूले भरिपूर्ण हुनेछ। परमेश्‍वरले इमानदारीसाथ उहाँलाई खोज्ने व्यक्तिसित वा उहाँमा जिउने र उहाँको निम्ति साक्षी दिने व्यक्तिसँग अनुचित व्यवहार गर्नुहुनेछैन, र सत्यका लागि साँच्चै तिर्खाउन सक्ने कुनै पनि व्यक्तिलाई उहाँले सराप दिनुहुनेछैन। यदि, तैंले परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै गर्दा तैँले आफ्नै वास्तविक अवस्थालाई जान्नका निम्ति ध्यान दिन सक्छस्, तेरो आफ्नै अभ्यासमा ध्यान दिन सक्छस्, र तेरो आफ्नै बुझाइमा ध्यान दिन सक्छस् भने, जब तैंले कुनै समस्याको सामना गर्छस्, तैंले अन्तर्दृष्टि पाउनेछस् र व्यावहारिक बुझाइ प्राप्त गर्नेछस्। तब तँसित सबै कुरामा अभ्यास गर्ने मार्ग र भेद-ज्ञान पाउनेछस्। जुन व्यक्तिसित सत्य हुन्छ ऊ धोकामा पर्ने सम्भावना हुँदैन, विघटनकारी व्यवहार गर्ने वा अत्याधिक किसिमको व्यवहार गर्ने सम्भावना हुँदैन। सत्यको कारण, ऊ सुरक्षित हुन्छ, र साथै सत्यको कारण नै उसले अझ अरू बुझाइ प्राप्त गर्दछ। सत्यको कारण ऊसँग अभ्यासका अझ धेरै मार्ग हुन्छन्, पवित्र आत्माले ऊभित्र काम गर्ने धेरै मौकाहरू पाउनुहुन्छ, र उसले सिद्ध पारिने धेरै मौका पाउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५५२

यदि तँ सिद्ध हुन चाहन्छस् भने, त्यसका लागि पुरा गर्नुपर्ने मापदण्ड छन्। तेरो संकल्प, तेरो लगनशीलता र तेरो विवेकमार्फत र तेरो खोजमार्फत, तँ जीवनको अनुभव लिन र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न सक्षम हुनेछस्। यो तेरो प्रवेश हो, र सिद्धताको बाटोका लागि चाहिने कुराहरू यी हुन्। सिद्धताको काम सबै मानिसहरूमा गर्न सकिन्छ। परमेश्‍वरलाई खोज गर्ने जोसुकै पनि सिद्ध हुन सक्छ र उनीहरूसँग सिद्ध हुनका लागि चाहिने अवसर र योग्यताहरू हुन्छन्। यसको कुनै निश्चित नियम छैन। कोही व्यक्ति सिद्ध हुन सक्छ कि सक्दैन भन्ने कुरा मुख्यतया उसले के कुरा खोज गर्ने लक्ष्य राख्छ भन्ने कुरामा भर पर्छ। सत्यलाई प्रेम गर्ने र सत्यमा जिउन सक्ने मानिसहरू पक्कै पनि सिद्ध हुन सक्छन्। सत्यलाई प्रेम नगर्ने मानिसहरूलाई परमेश्‍वरले सराहना गर्नुहुन्न; उनीहरूले परमेश्‍वरले खोज्नुभएको जीवनलाई स्वामित्व गर्दैनन् र तिनीहरू सिद्ध हुन सक्दैनन्। सिद्धताको काम भनेको मानिसहरू प्राप्त गर्नका लागि हो र यो शैतानको विरुद्धमा लड्ने कामको भाग होइन; विजयको काम भनेको शैतानको विरुद्धमा लड्ने मात्र हो जसको अर्थ मानिसको विजयलाई शैतानलाई पराजय गर्नका लागि प्रयोग गर्नु हो भन्ने हुन्छ। विजयको काम मुख्य काम, सबैभन्दा नयाँ काम, सबै युगहरूमा नभएको काम हो। कोही व्यक्तिले भन्न सक्छ कि यो चरणको कामको लक्ष्य भनेको मुख्यतया सबै मानिसलाई जित्नु र शैतानलाई हराउनु हो। मानिसहरूलाई सिद्ध बनाउने काम—यो नयाँ काम होइन। देहमा परमेश्‍वरको कामको दौरान सबै कामको लक्ष्यको सारतत्व भनेको मानिसहरूलाई जित्नु हो। यो अनुग्रहको युगमा भएको जस्तै हो, जुन बेलाको मुख्य काम भनेको क्रूसीकरणद्वारा सबै मानवजातिलाई छुटकारा दिनु थियो। “मानिसहरूलाई प्राप्त गर्नु” देहमा हुने कामको अतिरिक्त थियो र यो क्रुसीकरण पछि मात्र गरिन्थ्यो। जब येशू आउनुभयो र उहाँको काम गर्नुभयो, उहाँको लक्ष्य भनेको मुख्यतया मृत्यु र पातालको दासत्वमाथि विजय प्राप्त गर्नु, शैतानको प्रभावमाथि विजय प्राप्त गर्नु—अर्थात्, शैतानलाई पराजित गर्न उहाँको क्रसीकरण प्रयोग गर्नु थियो। येशूलाई क्रूसमा टाँगिएपछि मात्र पत्रुस एक पटकमा एक कदम चाल्दै सिद्धताको बाटोमा आएका थिए। अवश्य पनि, येशूले काम गरिरहेका बेलामा येशूलाई पछ्याइरहेका व्यक्तिहरूमध्ये पत्रुस पनि एक जना थिए, तर त्यो समयमा उनी सिद्ध भइसकेका थिएनन्। बरु, येशूले उहाँको काम पुरा गरेपछि मात्र पत्रुसले विस्तारै सत्य बुझे र त्यसपछि सिद्ध भए। परमेश्‍वर छोटो समयमा कुनै कामको प्रमुख, महत्वपूर्ण चरण पुरा गर्नका लागि मात्र धर्तीमा देहधारी भई आउनुहुन्छ, धर्तीका मानिसहरूलाई सिद्ध गर्नका लागि लामो समयसम्म जिउनका लागि होइन। उहाँले त्यो काम गर्नुहुन्न। उहाँले उहाँको काम समाप्त गर्नका लागि मानिस पूर्ण रूपमा सिद्ध हुने समयसम्म पर्खनुहुन्न। त्यो उहाँको देहधारणको लक्ष्य र महत्त्व होइन। उहाँ मानवता मुक्त गर्नको लागि गर्नुपर्ने छोटो समयको कामका लागि मात्र आउनुहुन्छ, मानवतालाई सिद्ध गर्ने लामो समयको कामका लागि होइन। मानवता मुक्त गर्ने काम एक प्रतिनिधिमूलक र नयाँ युग सुरु गर्ने क्षमता राख्ने खालको हुन्छ। यो छोटो समय अवधिमा पुरा हुन सक्छ। तर मानवतालाई सिद्ध गराउने कामले मानिसलाई एउटा निश्चित तहसम्म पुर्याउने माग गर्दछ; यस्तो कामका लागि लामो समय लाग्छ। यो काम परमेश्‍वरको आत्माले गर्नुपर्छ, तर यो देहको कामको समयमा बोलिएको सत्यको जगमा गरिन्छ। उहाँले मानवतालाई सिद्ध गर्ने उहाँको लक्ष्य हासिल गर्नका लागि प्रेरितहरूलाई खडा गरेर लामो समय अवधिको गोठालो गर्ने काम मार्फत पनि गर्नुहुन्छ। देहधारी परमेश्‍वरले यो काम गर्नुहुन्न। उहाँले मानिसहरूले बुझ्ने जीवनको बाटोको बारेमा मात्र बोल्नुहुन्छ र उहाँले मानवतालाई सत्यको अभ्यास गर्नका लागि निरन्तर साथ दिने भन्दा पनि मानवतालाई सत्य मात्र दिनुहुन्छ किनभने यो उहाँको सेवकाइमा छैन। त्यसैले, उहाँले मानिसले पूर्ण रूपमा सत्य बुझेको र पूर्ण रूपमा सत्य प्राप्त गरेको दिनसम्म मानिसलाई साथ दिनुहुनेछैन। जब मानिस परमेश्‍वरको विश्‍वासको सही बाटोमा औपचारिक रूपमा प्रवेश गर्छ, जब मानिसले सिद्ध हुने सही बाटोमा पाइला चाल्छ, तब देहमा हुने उहाँको काम पुरा हुन्छ। यो पक्कै पनि उहाँले पूर्ण रूपले शैतानलाई पराजय गरी संसारमाथि विजय प्राप्त गर्दा मात्र हुन्छ। उहाँले न मानिस अन्ततः त्यो समयमा सत्यमा प्रवेश गर्यो कि गरेन भन्ने कुराको ख्याल राख्नुहुन्छ, न त उहाँले मानिसको जीवन महान वा हस्तलेख हो भन्ने कुरामा वास्ता गर्नुहुन्छ। यीमध्ये कुनै पनि देहमा हुने उहाँले व्यवस्थापन गर्नुपर्ने कुरा होइनन्; यीमध्ये कुनै पनि देहधारी परमेश्‍वरको सेवकाइभित्र पर्दैनन्। जब उहाँले उहाँको अभिप्रायको काम पुरा गर्नुहुन्छ, उहाँले देहमा हुने उहाँको काम समाप्त गर्नुहुनेछ। त्यसैले, देहधारी परमेश्‍वरले गर्ने काम भनेको परमेश्‍वरको आत्माले सीधै गर्न नसक्ने काम हो। साथै, यो मुक्तिको छोटो समयको काम हो, उहाँले धर्तीमा लामो समयसम्म पुरा गर्ने काम होइन।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध भएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५५३

तिमीहरूको बीचमा भइरहेको यो काम के काम गरिनुपर्छ भन्ने अनुसार नै तिमीहरूमा गरिएको हुनुपर्दछ। यी मानिसहरूलाई विजय गरेपछि, मानिसहरूको एउटा समूह सिद्ध हुनेछ। त्यसैले, अहिलेको धेरै काम तिमीहरूलाई सिद्ध बनाउने लक्ष्यको तयारीका लागि पनि हो, किनभने सिद्ध हुन सक्ने धेरै मानिसहरू सत्यको निम्ति भोकाइरहेका छन्। यदि विजयको काम तिमीहरूमा गरिन्छ र त्यसपछि थप काम केही पनि गरिँदैन भने, त्यसपछि के यो सत्यको खोजी गरिरहेको व्यक्तिले यसलाई प्राप्त गर्ने घटना बन्दैन? अहिलेको कामले पछि मानिसहरूलाई सिद्ध गर्ने बाटो खोल्ने लक्ष्य राख्दछ। यद्यपि मेरो काम भनेको विजयको काम मात्र हो, मैले भन्ने जीवनको बाटो मानिसहरूलाई सिद्ध गर्ने तयारीका लागि हो। विजयपछि आउने काम मानिसहरूलाई सिद्ध गर्ने काममा केन्द्रित हुन्छ, र जित्ने काम सिद्ध गर्ने कामको जग बिछ्याउनका लागि गरिन्छ। मानिस विजय प्राप्त गरेपछि मात्र सिद्ध हुन्छ। अहिले, मुख्य काम भनेको जित्नु हो; पछि, सत्य खोज्ने र त्यसको पछि लाग्नेहरू सिद्ध हुनेछन्। सिद्ध हुनुले मानिसहरूको प्रवेशको सक्रिय पक्षहरू समावेश गर्दछ: के तिमीहरूसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ? तिमीहरूले यो बाटो हिँड्दै गर्दा तिमीहरूको अनुभवको गहिराइ के भएको छ? परमेश्‍वरप्रतिको तिमीहरूको प्रेम कत्तिको चोखो छ? तिमीहरूको सत्यको अभ्यास कत्तिको सही छ? सिद्ध हुनका लागि, कुनै व्यक्तिसँग मानवताको सबै पक्षहरूको आधारभूत ज्ञान हुनुपर्छ। यो एउटा आधार रेखा आवश्यकता हो। तिनीहरू सबै जो विजय गरेर पनि सिद्ध हुन सक्दैनन्, सेवा गर्ने पात्रहरू बन्छन् र अन्ततः अझै पनि आगो र गन्धकको कुण्डमा फ्याँकिन्छन् र अझै पनि अतल खाडलमा खस्नेछन्, किनभने तिमीहरूको स्वभाव परिवर्तन भएको छैन र तँ अझै पनि शैतानकै हुनुहुन्छ। यदि कुनै मानिसमा सिद्धताका लागि सर्तहरूको कमी छ भने, त्यो व्यक्ति बेकम्मा हो—ऊ फोहोर, एक औजार हो, जुनले आगोको परीक्षणको सामना गर्न सक्दैन! अहिले परमेश्‍वरप्रति तेरो प्रेम कत्तिको ठूलो छ? तेरो आफ्नो घृणा कत्तिको ठूलो छ? तैँले शैतानलाई वास्तवमा कत्तिको गहन रूपमा चिनेको छस्? के तेरो आफ्नो संकल्प बलियो छ? के तेरो मानवताभित्रको तेरो जीवन सहिसँग नियमन भएको छ? के तेरो जीवन बदलिएको छ? के तँ नयाँ जीवन बाँचिरहेको छस्? के तिमीहरूको जीवनको दृष्टिकोण बदलिएको छ? यदि यी कुराहरू परिवर्तन भएका छैनन् भने, तिमीहरू पछि नहटे पनि सिद्ध हुन सक्दैनौ; बरु, तँलाई विजय गरिएको मात्र छ। जब तँलाई परीक्षण गर्ने समय आउँछ, तँमा सत्यको अभाव हुनेछ, तेरो मानवता असामान्य हुनेछ, र तँ बोझको जनावर जत्तिकै निम्न हुनेछस्। तेरो एक मात्र प्राप्ति विजय गरिएको हुनु थियो—तँ मैले विजय गरेको केवल एक चीज हुन सक्छस्। जसरी गधा एक पटक मालिकको कुटाइको अनुभव गरेपछि, डराउँछ र मालिकलाई हरेक पटक देख्दा केही गर्न डराउँछ, तँ केवल विजय गरिएको गधा मात्र हुनेछस्। यदि कुनै व्यक्तिसँग ती सकारात्मक पक्षहरू छैनन् र त्यसको सट्टामा निष्क्रिय र डरलाग्दो, डरपोक र सबै कुरामा हिचकिचाहट, स्पष्ट रूपमा कुनै कुरा बुझ्न असमर्थ, सत्यलाई स्वीकार गर्न असमर्थ, अभ्यासको लागि कुनै मार्ग विनाको, र त्यो भन्दा पनि परमेश्‍वरलाई प्रेम गर्ने हृदय विनाको हुन्छ—यदि एक व्यक्तिले परमेश्‍वरलाई कसरी प्रेम गर्ने, कसरी अर्थपूर्ण जीवन बिताउने वा कसरी वास्तविक व्यक्ति बन्ने भन्ने कुरा बुझेको छैन भने—त्यस्तो व्यक्तिले कसरी परमेश्‍वरको साक्षी दिन सक्छ? यसले तेरो जीवनको थोरै मूल्य छ र तँ विजय गरिएको गधा होस् भन्ने देखाउँछ। तँलाई जित्नेछ, तर यसको केवल अर्थ यो हो कि तैँले ठूलो रातो अजिङ्गर त्यागेर यसको अधिकार क्षेत्रमा आज्ञापालन गर्न अस्वीकार गर्यौ; यसको मतलब तँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस्, परमेश्‍वरको सबै योजनाहरू पालना गर्न चाहन्छस्, र तँसँग कुनै गुनासो छैन भन्ने हुन्छ। तर सकारात्मक पक्षहरूका लागि, के तँ परमेश्‍वरको वचनमा जिउन र परमेश्‍वरलाई प्रकट गर्न सक्छस्; यदि तँमा यीमध्ये कुनै पनि पक्षहरू छैनन् भने, यसको अर्थ तँलाई परमेश्‍वरले हासिल गर्नुभएको छैन र तँ केवल विजय गरिएको गधा होस् भन्ने हुन्छ। तँमा केही कुरा इच्छित छैन र पवित्र आत्माले तँमा काम गरिरहनुभएको छैन। तँमा मानवताको पनि कमी छ; परमेश्‍वरले तँलाई प्रयोग गर्न असम्भव छ। तँलाई परमेश्‍वरले अनुमोदन गर्नुपर्नेछ र तँ अविश्‍वासी जनावरहरू र हिँड्ने मृत मानिसहरू भन्दा सय गुणा राम्रो हुनुपर्दछ—यस स्तरमा पुग्ने व्यक्तिहरू मात्र सिद्ध हुन योग्य छन्। यदि कसैसँग मानवता छ र विवेक छ भने मात्र यो परमेश्‍वरको प्रयोगको लागि उपयुक्त व्यक्ति हो। तँ सिद्ध भएमा मात्र तँलाई मानवको रूपमा लिइन्छ। सिद्ध भएकाहरू मात्र अर्थपूर्ण जीवन बाँच्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरू ले मात्र परमेश्‍वर सामु अझ ठूलो स्वरले साक्षी दिन सक्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध भएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५५४

परमेश्‍वरले मानिसलाई सिद्ध पार्ने मार्ग के हो? यसमा के-के कुराहरू पर्छन्? के तँ परमेश्‍वरद्वारा सिद्ध पारिन तत्पर छस्? के तँ उहाँको न्याय र सजायलाई स्वीकार गर्न तत्पर छस्? तैँले यी प्रश्‍नहरूका बारे के जान्दछस्? यदि तैँले यी कुराहरू बारे भन्ने कुनै कुरा छैन भने, तँ परमेश्‍वरको काम थाहा पाउँदैनस् र पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएको छैन भन्ने प्रमाण यही हो। यस्ता मानिसहरूलाई सिद्ध पारिन असम्भव छ। तिनीहरूलाई केवल थोरै आनन्द गर्नलाई अनुग्रहको सानो अंश मात्र दिइएको छ र यो लामो समयसम्म रहनेछैन। यदि मानिसहरूले परमेश्‍वरको अनुग्रहको आनन्द मात्र मनाउँछन् भने, तिनीहरूलाई सिद्ध पारिन सकिँदैन। कोही तिनीहरूको देहमा शान्ति र आनन्द हुँदा, तिनीहरूको जीवन सहज र आपद् वा दुर्भाग्य विनाको हुँदा, तिनीहरूको पूरा परिवार कलह वा झमेलारहित मिलापमा रहँदा सन्तुष्ट हुन्छन्—र तिनीहरूले यसलाई परमेश्‍वरको आशिष्‌ हो भनी विश्‍वास गर्न पनि सक्छन्। खासमा, यो परमेश्‍वरको अनुग्रह मात्र हो। परमेश्‍वरको अनुग्रहमा आनन्द मनाउँदा मात्र तिमीहरू सन्तुष्ट हुनुहुँदैन। यस्तो सोचाइ अत्यन्त अधम सोचाइ हो। तैँले हरेक दिन परमेश्‍वरको वचन पढे पनि, हरेक दिन प्रार्थना गरे पनि, तेरो आत्मामा ठूलो आनन्द महसुस भए पनि र विशेष गरी शान्तिमा भए पनि, यदि तँसँग परमेश्‍वर र उहाँको कामको बारे तेरो ज्ञानको बारेमा बताउने कुनै कुरा छैन, र कुनै पनि कुरा अनुभव गरेका छैनस् भने, तैँले परमेश्‍वरको वचन जति धेरै खाएको र पिएको भए पनि, यदि तैँले महसुस गर्ने कुरा भनेको आत्मिक शान्ति र आनन्द मात्र हो र तैँले परमेश्‍वरको वचनलाई पर्याप्‍त मात्रामा आनन्द मनाउन नसके जति नै, अतुलनीय मिठास छ भने पनि, तर परमेश्‍वरको वचनहरूको कुनै व्यवहारिक अनुभव छैन र उहाँका वचनहरूको वास्तविकतामा पूर्ण रूपमा खाली छस् भने, तैँले परमेश्‍वरको यस्तो विश्‍वासबाट के प्राप्‍त गर्न सक्छस् र? यदि तैँले परमेश्‍वरको वचनहरूको सारलाई जीवनमा उतार्न सकिनस् भने, तैँले परमेश्‍वरका यी वचनहरू खाने र पिउने काम अनि तेरो प्रार्थनाहरू धार्मिक आस्था बाहेक अरू केही पनि होइन। यस्तो मानिसहरूलाई परमेश्‍वरले सिद्ध पारिन सक्नुहुन्न र उहाँले हासिल गर्न सक्नुहुन्न। परमेश्‍वरले हासिल गरिएका मानिसहरू सत्यता अनुसरण गर्नेहरू हुन्। परमेश्‍वरले हासिल गर्नुहुने कुरा मानिसको देह होइन, उसको अधीनमा रहेको कुराहरू होइन, तर परमेश्‍वरको स्वामित्वमा रहेको ऊभित्रको भाग हो। यसैले, परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुँदा तिनीहरूको देहलाई होइन, तर परमेश्‍वरद्वारा तिनीहरूको हृदयहरूलाई हासिल गर्न दिएर, तिनीहरूको हृदयहरूलाई सिद्ध पार्नुहुन्छ; सारमा भन्ने हो भने, परमेश्‍वरले मानिसलाई सिद्ध पार्नु भनेको यो हृदय परमेश्‍वरतर्फ फर्कोस्‌ र उहाँलाई प्रेम गरोस् भनी मानिसको हृदयलाई सिद्ध पार्नु हो।

मानिसको देह मरणशील छ। मानिसको देह हासिल गर्नुले परमेश्‍वरको उद्देश्य पूरा हुँदैन, किनभने मानिसको देह निश्चय नै सडेर जान्छ र उहाँको उत्तराधिकार वा आशिष्‌हरू प्राप्‍त गर्न सक्दैन। यदि मानिसको देह प्राप्‍त गर्नु थियो भने र यस प्रवाहमा मानिसको देह मात्र थियो भने, तब मानिस यस प्रवाहमा नामधारी रूपमा मात्र थियो भने पनि, उसको हृदय शैतानको अधीनमा हुन्थ्यो। त्यसो भएको हुनाले, मानिसहरू परमेश्‍वरको प्रकटीकरण हुन असक्षम हुने मात्र होइन, तर तिनीहरू उहाँको बोझ पनि बन्थे र परमेश्‍वरका चुनिएका मानिसहरू निरर्थक हुन्थे। परमेश्‍वरले सिद्ध पारिन इच्छा गरेकाहरूले उहाँको आशिष्‌हरू र उत्तराधिकार प्राप्‍त गर्छन्। अर्थात्, तिनीहरूले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही नै तिनीहरूभित्र जे छ सो बन्छ; तिनीहरूसँग तिनीहरूभित्र काम गरिएको परमेश्‍वरको वचनहरू हुन्छ; परमेश्‍वर जस्तो हुनुहुन्छ तिमीहरूले दुरुस्तै रूपमा ती सबै लिन सक्छौ र त्यसै मार्फत सत्यतालाई जीवनमा सक्छौ उतार्छौ। परमेश्‍वरले हासिल गर्नुभएको र सिद्ध पार्नुभएको व्यक्ति यस्तो हुन्छ। यस्ता व्यक्ति मात्र परमेश्‍वरबाट आउने आशिष्‌हरू प्राप्‍त गर्न योग्यका हुन्छन्:

१. परमेश्‍वरको पूरा प्रेम हासिल गर्ने।

२. सबै कुरामा परमेश्‍वरको इच्छाअनुसार काम गर्ने।

३. परमेश्‍वरको मार्गदर्शन हासिल गर्ने, परमेश्‍वरको ज्योतिमा जिउने र परमेश्‍वरको ज्योति हासिल गर्ने।

४. पृथ्वीमा परमेश्‍वरलाई मन पर्ने स्वरूप जीवनमा उतार्ने; परमेश्‍वरको निम्ति क्रूसमा टाँगिएर परमेश्‍वरको प्रेमको बदलामा मर्न योग्य पत्रुसले गरेझैँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने; पत्रुसको जस्तै महिमा हासिल गर्ने।

५. पृथ्वीमा सबैले प्रेम गर्ने, आदर गर्ने र सराहना गर्ने हुने।

६. शैतानलाई त्यसको काम गर्न नै नदिइकन मृत्यु र पातालको बन्धनको हरेक पक्षमाथि विजयी हुने, परमेश्‍वरको अधीनमा भएर, ताजा र जीवन्त आत्माभित्र जिउने र नथाकिने।

७. कसैले परमेश्‍वरको महिमाको दिनको आगमन देखे झैँ गरी सारा जीवनभरि नै उल्लास र जोशको अवर्णनीय भाव हुने।

८. परमेश्‍वरसँग-सँगै महिमा जित्ने र परमेश्‍वरका प्रिय सन्तहरूसँग मिल्ने मुहार हुने।

९. पृथ्वीमा परमेश्‍वरले प्रेम गर्ने व्यक्ति अर्थात् परमेश्‍वरको प्रिय पुत्र बन्ने।

१०. स्वरूप परिवर्तन गर्ने र परमेश्‍वरसँगै तेस्रो स्वर्गसम्म आरोहण गर्ने र देहलाई माथ गर्ने।

परमेश्‍वरका आशिष्‌हरू प्राप्‍त गर्ने मानिसहरूलाई मात्र परमेश्‍वरले सिद्ध पार्नुहुन्छ र हासिल गर्नुहुन्छ। के तैँले हाल कुनै कुरा प्राप्‍त गरेको छस्? परमेश्‍वरले तँलाई कुन हदसम्म सिद्ध पार्नुभएको छ? परमेश्‍वरले मानिसलाई जथाभाबी सिद्ध पार्नुहुन्न; उहाँले मानिसलाई सिद्ध पार्नुहुने कुरा सर्तात्मक हुन्छ, र जसको स्पष्ट, देख्न सकिने परिणामहरू हुन्छन्। कुनै मानिसले सोचे जस्तो उसले परमेश्‍वरमा विश्‍वास गरेसम्म परमेश्‍वरले उसलाई सिद्ध पार्नुहुने र हासिल गर्नुहुने मात्र होइन, उसले पृथ्वीमा परमेश्‍वरको आशिष्‌हरू र उत्तराधिकार प्राप्‍त गर्न सक्छ। यस्ता कुराहरू अत्याधिक कठिन छन्—मानिसहरूको स्वरूप परिवर्तनबारे केही नभन्नू। हाल, तैँले मुख्यतया खोज्नु पर्ने कुराचाहिँ सबै कुरामा परमेश्‍वरले तँलाई सिद्ध पार्नु र तैँले सामना गर्ने सबै मानिसहरू, वस्तुहरू र थोकहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध पार्नु हो, ताकि परमेश्‍वर जे हुनुहुन्छ सो तँभित्र बनियोस्। तैँले पहिले पृथ्वीमा परमेश्‍वरको उत्तराधिकार प्राप्‍त गर्नुपर्छ; अनि मात्र तैँले परमेश्‍वरबाट आउने अझ धेरै र ठूलो आशिष्‌हरू प्राप्‍त गर्न योग्यको ठहरिनेछस्। तैँले खोजी गर्नुपर्ने सारा कुराहरू र सबै थोकभन्दा अघि बुझ्नुपर्ने कुराहरू यी नै हुन्। जति धेरै तँ आफूलाई परमेश्‍वरद्वारा सिद्ध पारिन सबै कुराहरूमा खोजी गर्छस्, उति नै धेरै सबै थोकमा परमेश्‍वरको बाहुली देख्न सक्छस्, जसको परिणाममा, तँ विविध दृष्टिकोणहरू र विभिन्न कुराहरूद्वारा परमेश्‍वरको वचनको अस्तित्वभित्र प्रवेश गर्न र उहाँको वचनको वास्तविकताभित्र प्रवेश गर्न सक्रिय पूर्वक खोजी गर्नेछस्। पापहरू मात्र नगर्ने, वा कुनै रायहरू नै नभएको, जिउनको लागी कुनै दर्शनशास्‍त्रविनाको र कुनै मानव इच्छाविनाको हुने गरी तँ यस्तो निष्क्रियताको अवस्थामा सन्तुष्ट हुन सक्दैनस्। परमेश्‍वरले मानिसलाई कयौं तरिकाले सिद्ध पार्नुहुन्छ; सबै कुरामा सिद्ध पार्ने सम्भावना हुन्छ, अनि उहाँले तँलाई अझ धेरै प्रशस्त हासिल गर्ने पारिन उहाँले तँलाई सकारात्मक ढाँचामा मात्र होइन नकारात्मक ढाँचामा पनि सिद्ध पारिन सक्नुहुन्छ। हरेक दिन सिद्ध पार्ने अवसरहरू र परमेश्‍वरद्वारा हासिल गर्न सक्ने समयहरू हुन्छन्। केही समयको निम्ति यस्ता कुरा भोगेपछि, तँमा ठूलो परिवर्तन आउनेछ र यसअघि अज्ञात रहेको धेरै कुराहरू तैँले स्वभाविक रूपमा बुझ्नेछस्। अरूबाटको शिक्षा आवश्यक पर्दैन; तँलाई थाहा नभइकन नै, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, ताकि तैँले सबै कुराहरूमा अन्तर्दृष्टि प्राप्‍त गर्न सकेको होस् र तँ आफ्नो सबै अनुभवभित्र विस्तृत रूपमा प्रवेश गर्न सकेको होस्। परमेश्‍वरले निश्‍चय नै मार्गदर्शन गर्नुहुनेछ, ताकि तँ दायाँ वा बायाँतिर मोडिनेछैनस् र यसरी, तैँले उहाँद्वारा सिद्ध तुल्याइने मार्गमा कदम राख्नुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५५५

परमेश्‍वरबाट सिद्ध पारिने काम परमेश्‍वरको वचन खाएर र पिएर प्राप्त हुने सिद्धतामा सीमित हुन सक्दैन। यस्तो अनुभव ज्यादै एकतर्फी हुनेथियो, यसले सिद्धतालाई एकदम थोरै समावेश गर्ने थियो र मानिसलाई केवल एउटा सानो दायरामा प्रतिबन्धित गर्न सक्थ्यो। यस्तो भएकाले, यसमा मानिसलाई चाहिने आत्मिक पोषणको धेरै अभाव हुने थियो। यदि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले सबै विषयमा कसरी अनुभव प्राप्त गर्ने भन्ने सिक्नै पर्दछ, र तिमीहरूलाई आइपर्ने हरेक कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनुपर्दछ। यो राम्रो होस वा नराम्रो, यसले तँलाई फाइदा पुर्याउनुपर्छ, र तँलाई नकारात्मक बनाउनु हुँदैन। जेसुकै होस, तँ परमेश्‍वरको पक्षमा उभिएर मामिलाहरू विचार गर्न सक्षम हुनुपर्दछ, र तिनीहरूको विश्लेषण वा अध्ययन मानिसको परिप्रेक्ष्यबाट गर्नुहुँदैन (यो तेरो अनुभवमा एउटा विचलन हुने थियो)। यदि तैँले यस्तो अनुभव गरिस् भने तेरो हृदय तेरो जीवनको बोझले भरिनेछ; तँ तेरो अभ्यासलाई सजिलै विचलित हुन नदिई सधैँ परमेश्‍वरको अनुहारको ज्योतीमा बस्‍नेछस्। त्यस्तो मानिसको अगाडि उज्वल भविष्य हुन्छ। परमेश्‍वरद्वारा सिद्ध हुने धेरै अवसरहरू छन्। यी सबै कुरा तिमीहरू साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हौ कि होइनौ र तिमीहरूसँग परमेश्‍वरद्वारा सिद्ध पारिन, परमेश्‍वरद्वारा हासिल गरिन र उहाँको आशिष र उत्तराधिकार प्राप्त गर्न दृढ संकल्प छ कि छैन भन्‍ने कुरामा भर पर्छ। दृढ संकल्प मात्र पर्याप्त छैन; तिमीहरूसँग धेरै ज्ञान हुनुपर्दछ, अन्यथा तिमीहरू सधैँ आफ्नो अभ्यासमा विचलित भइरहेका हुनेछौ। परमेश्‍वर तिमीहरू प्रत्येक र हरेकलाई सिद्ध गर्न इच्छुक हुनुहुन्छ। यथार्थमा भन्ने हो भने, धेरै जसो मानिसले लामो समयदेखि परमेश्‍वरको कामलाई स्वीकार गरिसके तापनि, उनीहरूले आफूलाई केवल परमेश्‍वरको अनुग्रहमा आनन्दित तुल्याउन सीमित गरेका छन् र उनीहरू परमेश्‍वरबाट थोरै देहको आनन्द प्राप्त गर्न मात्र राजी छन्, अझै धेरै र अझ उच्च प्रकाशहरू प्राप्त गर्न तयार छैनन्। यसले मानिसको हृदय अझै पनि सँधै झैँ बाहिर छ भन्ने देखाउँछ। मानिसको काम, उसको सेवा र परमेश्‍वरलाई प्रेम गर्ने उसको हृदयमा थोरै अशुद्धताहरू भए पनि, जहाँसम्म उसको भित्री सार र पिछडिएको सोचाइको सवाल छ, मानिसले अझै पनि निरन्तर देहको शान्ति र आनन्दको खोजी गर्दछ, र परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुका सर्तहरू र त्यसका उद्देश्यहरू के हुन सक्छन् भन्‍ने बारेमा उसले कुनै वास्ता गर्दैन। र तसर्थ, धेरैजसो मानिसको जीवन अझै असभ्य र पतित छ। तिनीहरूको जीवन थोरै परिवर्तन समेत भएको छैन; तिनीहरू परमेश्‍वरप्रतिको विश्‍वासलाई महत्वपूर्ण मामिलाका रूपमा हेर्दैनन्, यस्तो लाग्छ कि उनीहरूको विश्‍वास अरूको भलाइका लागि हो, चालमा चलिरहेको छ बेपर्बाहसँग, व्यर्थ उद्देश्य विहीन अस्तित्वमा व्यस्त भएर। थोरै मानिस मात्र अझ धेरै र मूल्यवान् चीजहरू प्राप्त गर्दै, सबै चीजमा परमेश्‍वरको वचनमा प्रवेश गर्न सक्षम भएका छन्, आज उनीहरू परमेश्‍वरको घरमा अझ धेरै मूल्यवान् मानिस बनेका छन् र परमेश्‍वरबाट धेरै आशिष पाइरहेका छन्। यदि तँ सबै कुरामा परमेश्‍वरबाट सिद्ध पारिन खोज्छस् र पृथ्वीमा परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्यो कुरा प्राप्त गर्न सक्षम छस् भने, यदि तँ सबै कुरामा परमेश्‍वरद्वारा अन्तर्दृष्टि पाउन खोज्छस् र वर्षहरू निष्क्रिय रूपमा बित्न दिँदैनस् भने, यो सक्रिय भएर प्रवेश गर्ने आदर्श मार्ग हो। केवल यसरी तँ परमेश्‍वरबाट सिद्ध पारिन योग्य र उपयुक्त हुनेछस्। के तँ साँच्चिकै त्यही मानिस होस् जो परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छ? के तँ साँच्चिकै त्यही मानिस होस् जो सबै कुरामा व्यग्र छ? के तँसँग पत्रुसको जस्तै परमेश्‍वरप्रति प्रेमको आत्मा छ? के तँसँग येशूले गर्नु भए जस्तै परमेश्‍वरलाई प्रेम गर्ने इच्छा छ? तैँले धेरै वर्षदेखि येशूमा विश्‍वास गरिस्; के तैँले येशूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुभयो भन्ने देखिस्? के तैँले साँचो विश्‍वास येशूमै गर्छस्? तँ आजका व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्छस्; के तैँले देहमा हुनुभएको व्यावहारिक परमेश्‍वरले स्वर्गमा रहेको परमेश्‍वरलाई कसरी प्रेम गर्नुहुन्छ भनेर देखेको छस्? तँ प्रभु येशू ख्रीष्टमा विश्‍वास गर्छस्; त्यो यसैले हो किनभने मानवजातिलाई छुटकारा दिन येशू क्रूसमा टाँगिनुभयो र उहाँले गर्नुभएका आश्‍चर्यकर्म सामान्यतया स्वीकारिएका तथ्य हुन्। यद्यपि मानिसको विश्‍वास येशू ख्रीष्टको ज्ञान र सत्य बुझाइबाट आउँदैन। तँ केवल येशूको नाममा विश्‍वास गर्छस्, तर तँ उहाँको आत्मामा विश्‍वास गर्दैनस्, किनकि तँ येशूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुभयो भन्ने कुरामा कुनै ध्यान दिँदैनस्। तेरो परमेश्‍वरप्रतिको विश्‍वास धेरै अपरिपक्व छ। धेरै वर्षसम्म येशूमा विश्‍वास गरे पनि, परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्ने तँलाई थाहा छैन। के यसले तँलाई विश्‍वको सबैभन्दा ठूलो मूर्ख बनाउँदैन? यो तैँले वर्षौंदेखि प्रभु येशू ख्रीष्टको खाना बेकारमा खाइरहेका छस् भन्ने प्रमाण हो। म त्यस्ता मानिसलाई मन नपराउने मात्र होइन, मलाई भरोसा छ प्रभु येशू ख्रीष्टमा—जसलाई तँ आदर गर्छस्—उहाँले पनि तिनीहरूलाई मन पराउनुहुन्न। त्यस्ता मानिस कसरी सिद्ध हुन सक्छन्? के तेरो मुख लाजले रातो हुँदैन? के तँलाई लाज लाग्दैन? के तँसँग तेरो प्रभु येशू ख्रीष्टको सामना गर्ने आँट छ? के तिमीहरू सबैले मैले भनेको कुराको अर्थ बुझ्छौ?

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू” बाट उद्धृत गरिएको

अघिल्लो: जीवनमा प्रवेश (४)

अर्को: जीवनमा प्रवेश (६)

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

देहधारणको रहस्य (२)

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु।...

जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?

तँ आजको बाटोमा हिँड्ने क्रममा सबैभन्दा उपयुक्त किसिमको खोजी के हो? तेरो खोजीमा, तैँले आफैलाई कस्तो किसिमको व्यक्तिको रूपमा हेर्नुपर्छ? यसले...

“सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्ने विषयमा संक्षिप्त चर्चा

तिमीहरूलाई सहस्राब्दीय राज्यको दर्शनको बारेमा के लाग्छ? कतिपय मानिसहरू यस विषयमा धेरै सोच्छन्, र तिनीहरू भन्छन्: “सहस्राब्दीय राज्य...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्