जीवनमा प्रवेश (४)

परमेश्‍वरका दैनिक वचनहरू अंश ४८३

तैँले किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै व्यक्तिहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका बारेमा तिनीहरूमा सधैँभरि दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोणहरू छन्, जसले के देखाउँछ भने तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्नका लागि होइन, तर अरू केही फाइदाहरू पाउन, वा विपत्तिले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्‍वास गरेका हुन्छन्। त्यसपछि मात्र तिनीहरू केही हदसम्म आज्ञाकारी भएका हुन्छन्। तिनीहरूको आज्ञाकारीता सर्तसहितको हुन्छ। यो तिनीहरूका आफ्नै व्यक्तिगत अपेक्षाहरूका खातिर गरिएको हुन्छ, र यो जबरजस्ती गरिएको आज्ञापालन मात्रै हुन्छ। यसैले, आखिर तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि यो तेरा अपेक्षाहरू र भवितव्यको खातिर मात्र हो भने, तैँले विश्‍वास नै नगरेको भए अझ असल हुनेथियो। यस किसिमको विश्‍वासचाहिँ आफैलाई धोका दिने, आफैलाई दृढ पार्ने, र आफैलाई बढाइचढाइ गर्ने कुरा हो। यदि तेरो विश्‍वास परमेश्‍वरमाथिको आज्ञाकारीतामा निर्माण भएको छैन भने, तैँले उहाँको विरोध गरेकोमा अन्त्यमा तँलाई दण्ड दिइनेछ। आफ्ना विश्‍वासमा परमेश्‍वरमा आज्ञाकारी हुन नखोज्नेहरूले उहाँको विरोध गरेका हुन्छन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँका वचनमा तिर्खाउन्, उहाँका वचनलाई खाऊन् र पिऊन्, र त्यसलाई व्यवहारमा प्रयोग गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, यसरी तिनीहरूले परमेश्‍वरप्रतिको आज्ञाकारीतालाई प्राप्त गर्न सक्नेछन्। यदि तेरा सच्चा अभिप्रायहरू यी नै हुन् भने, अवश्य पनि परमेश्‍वरले तँलाई माथि उठाउनुहुनेछ, र अवश्य पनि तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरको आज्ञा पालन नगर्ने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भनेका र गरेका सबै कुराहरू—परमेश्‍वरको सामु गरेका प्रार्थनाहरू, र तेरो प्रत्येक कार्य समेत—उहाँका विरोधमा हुनेछन्। सायद तँ नम्र भएर बोल्ने र सहज व्यवहार गर्ने व्यक्ति हुनसक्छस्, तेरो प्रत्येक कार्य र अभिव्यक्ति उचित देखिन सक्छ, अनि तँ आज्ञा पालन गर्ने व्यक्तिजस्तो देखिन्छस् होला, तर जब परमेश्‍वरमाथिको तेरो विश्‍वासका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछन्, तब तैँले गरेका ती सबै कुराहरू परमेश्‍वरका विरोधमा हुन्छन्। तैँले गरेका सबै कुराहरू दुष्ट हुन्छन्। भेडाजस्तै आज्ञाकारी देखिने, तर जसका हृदयमा भने दुष्ट उद्देश्यहरू बोकेर हिँड्ने, मानिसहरू भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई प्रकाश गर्नुहुनेछ र ढोङ्गीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ र इन्कार गर्नुहुनेछ भन्ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले तिनीहरू प्रत्येकबाट लेखा लिनुहुनेछ र तिनीहरू प्रत्येकलाई त्याग्नुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४८४

यदि तैँले परमेश्‍वरबाटको नयाँ ज्योति स्वीकार गर्न सक्दैनस्, र परमेश्‍वरले आज गर्नुहुने सबै कार्यलाई बुझ्न सक्दैनस् र तँ यसलाई खोजी गर्दैनस्, वा यसलाई तँ शङ्का गर्छस्, यसको न्याय गर्छस्, वा यसलाई जाँच र विश्लेषण गर्छस् भने, परमेश्‍वरको आज्ञापालन गर्ने मन तँसँग छैन। यहाँ र अहिलेको ज्योति प्रकट हुँदा, तैँले हिजोको ज्योतिलाई मात्र बहुमूल्य ठानिराख्छस् र परमेश्‍वरको नयाँ कार्यलाई विरोध गर्छस् भने, तँ मूर्खभन्दा बढी केही होइनस्—तँ जानी-जानी परमेश्‍वरलाई विरोध गर्ने व्यक्ति होस्। परमेश्‍वरको आज्ञाकारी हुने कार्यको चाबीचाँहि नयाँ ज्योतिप्रति कृतज्ञ हुनु, र यसलाई स्वीकार गर्न सक्नु र यसलाई व्यवहारमा लागू गर्न सक्नु हो। यही नै साँचो आज्ञाकारीता हो। परमेश्‍वरप्रति तृषित नहुनेहरू नै उद्देश्यका साथ उहाँमा समर्पित हुन नसक्ने मानिसहरू हुन्, र आफ्ना यथास्थितिमा सन्तुष्ट भएको फलस्वरूप तिनीहरूले परमेश्‍वरको विरोध मात्र गर्न सक्छन्। त्यस मानिसहरूले परमेश्‍वरको आज्ञालाई पालन गर्न नसक्नुको कारण के हो भने, ऊ पहिले आएको कुराको बन्धनमा बाँधिएको हुन्छ। पहिले आएका कुराहरूले मानिसहरूलाई परमेश्‍वरका बारेमा अनेक किसिमका धारणाहरू र अनुमानहरू प्रदान गरेका छन्, र तिनीहरूका मनमा यी कुराहरू परमेश्‍वरको स्वरूप बनेको छ। यसरी, तिनीहरूले विश्‍वास गर्ने कुराहरू आफ्नै धारणाहरू र तिनीहरूका आफ्नै कल्पनाका मापदण्डहरू हुन्। यदि तैँले आज वास्तविक काम गर्नुहुने परमेश्‍वरलाई तेरो कल्पनाको परमेश्‍वरसँग तुलना गर्छस् भने, तेरो विश्‍वास शैतानबाट आउँछ, र तेरा आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको हुन्छ, परमेश्‍वरले यस किसिमको विश्‍वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भएपनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भएपनि—यस किसिमको विश्‍वास भएको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस किसिमका व्यक्तिहरू सत्यतालाई व्यवहारमा लागू गर्न असक्षम हुन्छन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्‍वासमा परमेश्‍वरको आज्ञापालन नगर्ने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र बाधा दिने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्नेमा कुनै प्रश्न छैन। जो परमेश्‍वरप्रति अलिकति पनि आज्ञाकारी छैनन्, जसले उहाँको नामलाई त्यतिकै स्वीकार गर्छन्, र परमेश्‍वरको दयालुपन र प्रेमिलोपनको बारेमा केही जानेका हुन्छन्, र पनि पवित्र आत्माका कदमहरूलाई पछ्याउँदैनन्, र पवित्र आत्माका वर्तमान कार्य र वचनहरूलाई पालना गर्दैनन् भने—यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहले मात्र बाँचेका हुन्छन्, र तिनीहरूलाई उहाँले लिनुहुनेछैन वा सिद्ध पार्नुहुनेछैन। परमेश्‍वरले मानिसहरूका आज्ञाकारिताद्वारा, परमेश्‍वरको वचनलाई खाने, पिउने र यसमा आनन्द मनाउने, र तिनीहरूका कार्यद्वारा, र तिनीहरूका जीवनमा आउने दुःख र शोधनद्वारा परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्छ। यस किसिमको विश्‍वासद्वारा मात्र मानिसहरूका भित्री स्वभाव परिवर्तन हुनेछ, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्नेछन्। परमेश्‍वरको अनुग्रहमा बाँचेर मात्र सन्तुष्ट नभई, सक्रिय रूपमा सत्यतालाई चाहने र खोज्ने, र परमेश्‍वरद्वारा केही कुरा प्राप्तिका लागि खोजी गर्ने—सचेत भएर परमेश्‍वरको आज्ञा पालन गर्नु भनेको यही नै हो र उहाँले चाहनुहुने विश्‍वास पनि यही नै हो। परमेश्‍वरको अनुग्रहमा आनन्द गर्ने बाहेक अरू केही कुरा नगर्ने व्यक्तिहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन। अनि तिनीहरूका आज्ञाकारीता, भक्ति, प्रेम, र धैर्यता सबै सतही मात्र हुन्। परमेश्‍वरको अनुग्रहमा मात्र रमाउनेहरूले परमेश्‍वरलाई साँचो रूपमा चिन्न सक्दैनन्, अनि तिनीहरूले परमेश्‍वरलाई चिने भने पनि, तिनीहरूको ज्ञान सतही हुन्छ, र “परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्‍वर मानिसहरूप्रति करुणामय हुनुहुन्छ” भन्ने जस्ता कुराहरू तिनीहरू गर्छन्। यसले मानिसको जीवनलाई प्रतिनिधित्व गर्दैन, र मानिसहरूले साँच्चै परमेश्‍वरलाई चिनेका छन् भन्ने कुरालाई पनि देखाउँदैन। जब परमेश्‍वरको वचनले तिनीहरूलाई शोधन गर्छ, वा उहाँका जाँचहरू तिनीहरूमाथि आउँछन्, मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गर्न सक्दैनन्—बरु, तिनीहरू शङ्कालु हुन्छन्, र पतन हुन्छन्—तब तिनीहरू अलिकति पनि आज्ञाकारी भएका हुँदैनन्। तिनीहरूभित्र, परमेश्‍वरमा राखिएको विश्‍वास सम्बन्धी धेरै नियमहरू र प्रतिबन्धहरू, धेरै वर्षको विश्‍वासका नतिजा स्वरूप आएका पुराना अनुभवहरू, वा बाइबलमा आधारित विभिन्न सिद्धान्तहरू हुन्छन्। के यस किसिमका मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गर्नसक्छन्? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरूले कसरी परमेश्‍वरको आज्ञा पालन गर्नसक्छन्? तिनीहरूका “आज्ञाकारीता” व्यक्तिगत प्राथमिकता अनुसार हुन्छन्—के परमेश्‍वरले यस किसिमको आज्ञाकारीता चाहनुहुन्छ? यो परमेश्‍वरमा भएको आज्ञाकारीता होइन, तर सिद्धान्तप्रतिको भक्ति हो। यो आत्म-सन्तुष्टि र आत्म-कृतज्ञता हो। यदि तँ यो परमेश्‍वरप्रति गरिएको आज्ञाकारीता हो भनी भन्छस् भने, के तैँले उहाँको निन्दा गरिरहेको हुँदैनस् र? तँ मिश्री फारो जस्तो भइस्। तैँले दुष्ट काम गरिरहेको छस्, र तैँले विशेषगरी आफैलाई परमेश्‍वरको विरोध गर्ने काममा लगाएको छस्—के तैँले परमेश्‍वरलाई यसरी नै सेवा गरेको उहाँ चाहनुहुन्छ? तैँले तुरुन्तै पश्‍चाताप गरेर केही स्व-चेतना प्राप्त गर्ने प्रयास गर्नु नै राम्रो हुन्छ। यसमा तँ असफल भइस् भने, तँ टाढा जानु नै असल हुन्छ; परमेश्‍वरप्रतिको तेरो सेवा सम्बन्धी झूटो घोषणाले भन्दा त्यसले तँलाई बढी फाइदा गर्नेछ। तँ बाधा र अवरोध बन्‍नेछैनस्; तँलाई आफ्नो स्थान थाहा हुन्छ, र त्यहाँ राम्रोसँग जिउँछस्—के त्यो तेरो लागि अझै असल हुँदैन र? परमेश्‍वरको विरोध गरेकोमा तैँले दण्ड पनि पाउनेछैनस्!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४८५

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को कदम गर्दै अझ माथि चढ्दै जान्छ। परमेश्‍वरले जुन कामद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ त्यो यस्तै हुन्छ। यदि मानिसहरूले कदममा कदम मिलाउन सकेनन् भने, तिनीहरू जुनसुकै बेला परित्याग हुन सक्छन्। यदि तिनीहरूसँग आज्ञाकारी हृदय छैन भने तिनीहरूले आखिरीसम्म पछ्याउन सक्‍नेछैनन्। अघिल्लो युग समाप्त भइसकेको छ: यो नयाँ युग हो। अनि नयाँ युगमा नयाँ काम गरिनुपर्छ। खासगरी मानिसहरूलाई सिद्ध पारिने अन्तिम युगमा, परमेश्‍वरले अझ नयाँ काम, अझ छिटोसँग गर्नुहुन्छ, त्यसैले मानिसहरूलाई तिनीहरूको हृदयमा आज्ञाकारीता नभईकन परमेश्‍वरका कदमहरू पछ्याउन मुस्किल पर्नेछ। परमेश्‍वर कुनै पनि नियमहरूमा बाँधिनुहुन्न, न त उहाँले उहाँको कामको कुनै चरणलाई नै अपरिवर्तनीय रूपमा लिनुहुन्छ। बरु, उहाँले गर्नुहुने काम सधैँ नै पहिलेभन्दा नयाँ अनि पहिलेभन्दा उच्‍च हुन्छ। हरेक चरणमा, उहाँको काम झन्-झन् व्यावहारिक बन्छ, अनि झन्-झन् मानिसको वास्तविक आवश्यकताहरू अनुरूप हुँदै जान्छ। त्यस्तो कामको अनुभव गरिसकेपछि मात्र मानिसहरूले आफ्नो स्वभावको अन्तिम रूपान्तरण प्राप्त गर्न सक्छन्। जीवन सम्‍बन्धी मानिसको ज्ञान झन्-झन् उच्च स्तरमा पुग्छ, त्यसै गरी, परमेश्‍वरको काम पनि झन्-झन् उच्च स्तरमा पुग्छ। यसरी मात्र मानिस सिद्ध हुन र परमेश्‍वरको प्रयोगको लागि योग्य बन्‍न सक्छ। एकतर्फ मानिसका धारणाहरूको प्रतिरोध गर्न र तिनलाई उल्ट्याउनको लागि अनि अर्कोतर्फ मानिसलाई अझ उच्चस्तरीय र अझै वास्तविक स्थितितर्फ डोर्‍याउँदै परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा उच्च क्षेत्रभित्र लैजानको लागि परमेश्‍वरले यसप्रकारले काम गर्नुहुन्छ ताकि आखिरमा परमेश्‍वरको इच्छा पूरा गर्न सकियोस्। जानाजान विरोध गर्ने अवज्ञाकारी प्रकृति भएका सबै व्यक्तिहरूलाई परमेश्‍वरको छिटोछरितो अनि क्रोधपूर्ण अग्रगामी कामको यो चरणद्वारा परित्याग गरिनेछ; इच्छा पूर्वक आज्ञापालन गर्ने अनि खुशीसाथ आफूलाई विनम्र तुल्याउने व्यक्तिहरू मात्रै मार्गको अन्त्यसम्म पुग्न सक्छन्। यस प्रकारको काममा, तिमीहरू सबैले कसरी समर्पित हुने र कसरी आफ्ना धारणाहरूलाई पन्छाउने सो कुरा सिक्नुपर्छ। तिमीहरूले चाल्‍ने हरेक कदममा तिमीहरू सतर्क हुनुपर्छ। यदि तिमीहरू लापर्बाही भयौ भने अवश्य पनि तिमीहरू पवित्र आत्माद्वारा धिक्कारिने व्यक्ति बन्नेछौ, परमेश्‍वरको कामलाई भङ्ग गर्ने व्यक्ति। कामको यो चरणबाट भएर जानुभन्दा पहिले, मानिसका पुरानो नियम र कानुनहरू यति धेरै थिए कि ऊ बहकिएर गयो, अनि त्यसैको फलस्वरूप ऊ अभिमानी बन्यो र आफूले आफैलाई बिर्सियो। यी सबै कुराहरू मानिसलाई परमेश्‍वरको कामलाई स्वीकार गर्नबाट रोक्‍ने वाधाहरू हुन्; यी कुराहरू परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानका शत्रुहरू हुन्। आफ्नो हृदयमा आज्ञाकारीता पनि नहुनु अनि सत्यताको चाहना पनि नहुनु भनेको मानिसहरूको लागि खतरनाक कुरा हो। यदि तँ सरल काम र वचनहरूमा मात्र समर्पित हुन्छस् अनि कुनै पनि गहन कुराहरू स्वीकार गर्न असक्षम छस् भने, तँ त्यो व्यक्ति होस् जो पुराना तौरतरिकाहरूमा अल्झिन्छ र जो पवित्र आत्माको कामको गतिमा हिँड्न सक्दैन।

— वचन देहमा देखा पर्नुहुन्छको “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४८६

परमेश्‍वरले गर्नुहुने काम एक अवधिदेखि अर्को अवधिमा फरक-फरक हुने गर्छ। यदि तँ कुनै एक चरणमा परमेश्‍वरले गर्नुभएको कामप्रति एकदमै आज्ञाकारी हुन्छस् तर अर्को चरणमा उहाँको कामप्रति तेरो आज्ञाकारीता कमजोर छ भने, वा तैँले आज्ञापालन गर्न नै सक्दैनस् भने, परमेश्‍वरले तँलाई छाड्नुहुनेछ। यदि परमेश्‍वरले यो कदम चाल्नुहुँदा तैँले कदममा कदम मिलाउँछस् भने, परमेश्‍वरले अर्को कदम उठाउनुहुँदा पनि तैँले कदममा कदम मिलाउन जारी राख्नुपर्छ; त्यसपछि मात्र तँ पवित्र आत्माको आज्ञापालन गर्ने व्यक्ति हुन सक्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तँ आफ्नो आज्ञाकारीतामा अटल रहनुपर्छ। तैँले केवल आफूलाई मन लागेको बेलामा आज्ञापालन गर्ने अनि आफूलाई मन नलागेको बेलामा आज्ञापालन नगर्ने गर्नु हुँदैन। यस्तो प्रकारको आज्ञाकारीतालाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्‍न। यदि मैले सङ्गति गरेको नयाँ कामको गतिलाई तैँले पछ्याउन सक्दैनस् भने, र अघिल्‍ला कुराहरूमा अल्झिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुनसक्छ र? परमेश्‍वरको काम भनेको उहाँका वचनहरूद्वारा तँलाई आपूर्ति गर्नु हो। जब तैँले उहाँका वचनहरूको आज्ञापालन गर्छस् वा तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले अवश्य पनि तँमाथि काम गर्नुहुनेछ। पवित्र आत्माले मैले जे बोल्छु ठ्याक्कै त्यस्तै गर्नुहुन्छ; मैले भनेको जस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। तिमीहरूले हेर्नको लागि म एक नयाँ ज्योति छाड्छु र तिमीहरूलाई वर्तमानको ज्योतिभित्र ल्याउँछु, र जब तँ यो ज्योतिमा हिँड्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। केही अटेरी व्यक्तिहरू पनि छन् जो भन्छन्, “म तपाईंले जे भन्नुहुन्छ त्यो गर्दै गर्दिनँ।” यो अवस्थामा म तँलाई भन्छु कि तँ अब मार्गको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस् र तँसँग अब बाँकी जीवन नै छैन। तसर्थ, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा तैँले वर्तमान ज्योतिसँग कदममा कदम मिलाउनुभन्दा महत्वपूर्ण अरू केही छैन। पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैंले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो। पवित्र आत्माको कामप्रतिको तेरो आज्ञापालन मार्फत सिद्ध तुल्याइने मार्गमा पुगिन्छ। परमेश्‍वरले तँलाई सिद्ध तुल्याउन कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुन्छ भन्ने कुरा तँलाई थाहा हुँदैन, न त कस्तो प्रकारको व्यक्ति, घटना, वा वस्तुमार्फत उहाँले तँलाई वस्तुहरू प्राप्त गर्न वा हेर्न दिनुहुन्छ भन्ने कुरा नै तँलाई थाहा हुन्छ। यदि तैँले यो सही मार्गमा पाइला टेक्न सकिस् भने, परमेश्‍वरद्वारा तँलाई सिद्ध पारिने ठूलो आशा छ भन्ने कुरा यसले देखाउँछ। यदि तैँले सक्दैनस् भने, यसले तेरो भविष्य धमिलो, ज्योति विहीन छ भन्ने देखाउँछ। तैँले सही मार्गमा हिँड्न थालेपछि, तैँले सबै कुराहरूमा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानको आधारमा आफै अनुभव लिन अघि बढ्छस् भने, त्यो अनुभव तेरो जीवनको एक हिस्सा बन्नेछ र तैँले त्यो अनुभवको आधारमा अन्य व्यक्तिहरूलाई आपूर्ति गर्न सक्नेछस्। सुगारटाइ गरेर अन्य व्यक्तिहरूलाई वचन आपूर्ति गर्नेहरू त्यस्ता व्यक्तिहरू हुन जोसँग अनुभवहरू पटक्कै हुँदैन; तैँले तेरो आफ्नो वास्तविक अनुभव र ज्ञानको बारेमा बोल्न सुरु गर्नुअघि, अन्य व्यक्तिहरूको अन्तर्ज्ञान र ज्योतिमार्फत तैँले अभ्यासको तरिका पत्ता लगाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनको लागि ठूलो फाइदाको कुरो हुनेछ। तैँले परमेश्‍वरबाट आउने सबै कुराको आज्ञापालन गर्दै यसरी अनुभव गर्नुपर्छ। तैँले तेरो जीवन वृद्धि हुन सकोस् भनेर सबै कुराहरूमा परमेश्‍वरको इच्छा प्राप्त गर्ने प्रयास गर्नुपर्छ र सबै कुराहरूमा पाठ सिक्नुपर्छ। त्यस्तो अभ्यासले सबैभन्दा चाँडो प्रगति हासिल हुन्छ।

पवित्र आत्माले तेरा व्यावहारिक अनुभवहरूमार्फत तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र तेरो विश्‍वासमार्फत तँलाई सिद्ध तुल्याउनुहुन्छ। के तँ सिद्ध तुल्याइन साँच्चै नै इच्छुक छस्? यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन इच्छुक छस् भने तँमा आफ्नो देहलाई पन्छ्याउने साहस हुनेछ, तँ परमेश्‍वरका वचनहरू कार्यान्वयन गर्न सक्षम हुनेछस्, र तँ निष्क्रिय वा कमजोर हुनेछैनस्। तैँले परमेश्‍वरबाट आउने सबै कुराहरूको आज्ञापालन गर्न सक्नेछस् र सार्वजनिक वा निजी जुनसुकै रूपमा गरिएको भए तापनि तेरा सबै कार्यहरू परमेश्‍वरसमक्ष प्रस्तुतयोग्य हुनेछन्। यदि तँ इमान्दार व्यक्ति होस् अनि तैँले सबै कुराहरूमा सत्यताको अभ्यास गर्छस् भने तँलाई सिद्ध तुल्याइनेछ। मानिसहरूको अगाडि एक किसिमले कुरा गर्ने अनि तिनीहरूको पिठ्यूँपछाडि अर्कै किसिमले कुरा गर्ने कपटी व्यक्तिहरू सिद्ध तुल्याइन इच्छुक हुँदैनन्। तिनीहरू सबै बरबादी र विनाशका छोराहरू हुन्; तिनीहरू परमेश्‍वरको स्वामित्वमा होइन, तर शैतानको स्वामित्वमा हुन्छन्। तिनीहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू होइनन्! यदि तेरा कार्यहरू र व्यवहारलाई परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिँदैन वा परमेश्‍वरको आत्माले हेर्न सक्दैन भने यो तँमा केही खराबी छ भन्ने कुराको प्रमाण हो। यदि तैँले परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्छस् भने र तेरो स्वभावको रूपान्तरणको बारेमा ध्यान दिन्छस् भने मात्र तैँले सिद्ध तुल्याइने बाटोमा पाइला चाल्‍न सक्नेछस्। यदि तँ साँच्चै नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइन र परमेश्‍वरको इच्छा पूरा गर्न इच्छुक छस् भने, तैँले एक वचन पनि गुनासो नगरिकनै, परमेश्‍वरको कामको मूल्याङ्कन वा जाँच गर्ने विचार नगरिकन परमेश्‍वरका सबै कामको आज्ञापालन गर्नुपर्छ। परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको लागि न्यूनतम आवश्यकताहरू यिनै हुन्। परमेश्‍वरद्वारा सिद्ध तुल्याइन चाहने व्यक्तिहरूको लागि आवश्यक मापदण्ड यही हो: परमेश्‍वरलाई प्रेम गर्ने हृदयले सबै कुराहरूमा कार्य गर्नु। परमेश्‍वरलाई प्रेम गर्ने हृदयले कार्य गर्नु भनेको के हो? यसको अर्थ तेरा सबै कार्यहरू र व्यवहार परमेश्‍वरसमक्ष प्रस्तुत गर्न सकिन्छ भन्ने हो। अनि तेरा कार्यहरू सही वा गलत जे भए तापनि तँसँग सही आशयहरू भएकोले गर्दा, तैँले तिनलाई परमेश्‍वरसमक्ष वा तेरा दाजुभाइ र दिदीबहिनीहरूसमक्ष देखाउन डराउँदैनस्, र तैँले परमेश्‍वरसमक्ष शपथ लिने साहस गर्छस्। तैँले तेरा हरेक आशय, सोच र विचारलाई उहाँको अनुसन्धानको लागि परमेश्‍वरसमक्ष प्रस्तुत गर्नुपर्छ; यदि तैँले यस्तो तरिकाले अभ्यास र प्रवेश गर्छस् भने, तेरो जीवनको प्रगति छिटोछरितो रूपमा हुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४८७

तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले तैँले परमेश्‍वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्‍वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैंले उहाँको आज्ञापालन गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तैँले कहिल्यै पनि उहाँको आज्ञापालन गरेको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूको आज्ञापालन गर्न सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “सम्पत्तिहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-आज्ञाकारीहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर आज्ञाकारीता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र? मैले विजयको काम गर्नुको उद्देश्य केवल विजय गर्नको लागि विजय गर्ने होइन, बरु धार्मिकता र अधर्मलाई प्रकाश पार्न, मानिसको दण्डको लागि प्रमाण जुटाउन, दुष्टहरूलाई दोषी ठहराउनको लागि हो र यस बाहेक, जसले स्वेच्छाले आज्ञापालन गर्छन् उनीहरूलाई सिद्ध पार्नको लागि विजय गर्नु हो। आखिरमा, सबैलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ अनि सिद्ध पारिने व्यक्तिहरूमा ती व्यक्तिहरू हुनेछन् जसका सोचहरू र विचारहरू आज्ञाकारिताले भरिपूर्ण हुन्छन्। आखिरमा पूरा गरिनुपर्ने कार्य यही हो। यस बीच, ती व्यक्तिहरू जसका हरेक कार्य विद्रोही छन्, तिनीहरूलाई दण्ड दिइनेछ र आगोमा जल्न पठाइनेछ, अनन्त श्रापको पात्र बनाइनेछ। जब त्यो समय आउँछ, ती युगौँदेखिका “महान र अदम्य नायकहरू” सबैभन्दा क्षुद्र र सबैभन्दा बढी तिरस्कृत “कमजोर र नामर्दहरू” बन्नेछन्। यसले मात्र परमेश्‍वरको धार्मिकताको हरेक पक्ष र मानिसद्वारा अनुल्लंघनीय उहाँको स्वभावलाई चित्रण गर्छ, र यसले मात्र मेरो हृदयमा भएको घृणालाई शान्त पार्छ। के यो कुरा पूर्ण रूपमा तार्किक छ भन्ने कुरामा तिमीहरू सहमत छैनौं र?

पवित्र आत्माको कामको अनुभव गर्नेमध्ये सबै जनाले जीवन प्राप्त गर्न सक्छन् भन्‍ने छैन, न त यो प्रवाहमा भएका व्यक्तिहरूले नै जीवन प्राप्त गर्न सक्छन्। जीवन भनेको सबै मानव जातिको साझा सम्पत्ति होइन, अनि सबै मानिसहरूले स्वभावको परिवर्तन सहजै हासिल गर्न सक्छन् भन्‍ने छैन। परमेश्‍वरको कामप्रतिको समर्पणता यथार्थ र वास्तविक हुनुपर्छ, अनि यो समर्पणतामा जिउनुपर्छ। सतही समर्पणताले मात्रै परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्दैन, र आफ्नो स्वभाव परिवर्तन गर्न नखोजिकनै परमेश्‍वरका वचनहरूका सतही पक्षहरूको मात्र आज्ञापालन गर्नु ‍परमेश्‍वरको हृदय अनुसारको हुनु होइन। परमेश्‍वरको आज्ञापालन र परमेश्‍वरको कामप्रतिको समर्पणता दुवै एउटै र उस्तै कुरा हुन्। परमेश्‍वरप्रति मात्र समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुने व्यक्तिहरूलाई आज्ञाकारी मान्‍न सकिँदैन, सच्चा रूपमा समर्पित नहुने बरु बाहिरी रूपमा चापलुसी गर्ने व्यक्तिहरूलाई आज्ञाकारी मानिने त झन् कुरै नगरौं। परमेश्‍वरप्रति सच्चा रूपमा समर्पित हुने व्यक्तिहरू सबैले परमेश्‍वरको कामबाट फाइदा लिन सक्छन् र परमेश्‍वरको काम र स्वभावको बारेमा बुझाइ हासिल गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले मात्र आफूलाई सच्चा रूपमा परमेश्‍वरप्रति समर्पित गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले नयाँ ज्ञान प्राप्त गर्न सक्छन् अनि नयाँ कामबाट तिनीहरूमा नयाँ परिवर्तन आउन सक्छ। यी व्यक्तिहरूलाई मात्र परमेश्‍वरले स्याबासी दिनुहुन्छ, यी व्यक्तिहरूलाई मात्र सिद्ध तुल्याइन्छ, र यी व्यक्तिहरू मात्र स्वभाव परिवर्तन भएका व्यक्तिहरू हुन्। परमेश्‍वरले स्याबासी दिनुभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन् जो खुशीसाथ परमेश्‍वरप्रति र उहाँका वचन र कामप्रति समर्पित हुन्छन्। त्यस्ता व्यक्तिहरू मात्रै सही हुन्छन्, त्यस्ता व्यक्तिहरूले मात्रै इमान्दारीपूर्वक परमेश्‍वरलाई चाहन्छन् र इमान्दारीपूर्वक परमेश्‍वरको खोजी गर्छन्। जहाँसम्म परमेश्‍वरमाथिको आफ्नो विश्‍वासबारे मुखले मात्र बोल्ने तर सार रूपमा उहाँलाई सराप्ने व्यक्तिहरूको कुरा छ, ती व्यक्तिहरू मकुन्डो ओढ्ने व्यक्तिहरू हुन् जोसँग सर्पको विष हुन्छ; तिनीहरू सबैभन्दा बढी विश्‍वासघाती व्यक्तिहरू हुन्। ढिलो-चाँडो ती बदमासहरूले आफ्नो मकुन्डो उतारिएको पाउनेछन्। के यो आज गरिँदै गरिएको काम यही होइन र? दुष्ट मानिसहरू सधैँ दुष्ट नै हुन्छन्, र तिनीहरू कहिल्यै पनि दण्डको दिनबाट उम्कनेछैनन्। असल मानिसहरू सधैँ असल नै हुन्छन् र परमेश्‍वरको कामको अन्त्य हुँदा तिनीहरूलाई प्रकाश गरिनेछ। दुष्टहरूमध्धे एक जनालाई पनि धर्मी मानिनेछैन, न त एक जना पनि धर्मीलाई नै दुष्ट मानिनेछ। के मैले कुनै मानिसलाई गलत रूपमा आरोपित हुन दिनेछु र?

— वचन देहमा देखा पर्नुहुन्छको “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४८८

तेरो जीवन अघि बढ्दै जाँदा तैँले नयाँ प्रवेश र नयाँ, उच्च अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ जुन हरेक कदमसँगै अझ गहन हुँदै जान्छ। सबै मानव जाति प्रवेश गर्नुपर्ने यही नै हो। सङ्गति गरेर, धार्मिक उपदेशहरू सुनेर, परमेश्‍वरका वचनहरू पढेर वा केही कुराहरू सम्हालेर, तैँले नयाँ अन्तर्ज्ञान र अन्तर्दृष्टि प्राप्त गर्नेछस् अनि तँ पुराना नियमहरू र पुराना समयहरूमा बाँच्नेछैनस्; तँ सधैँ नयाँ ज्योतिमा जिउनेछस् र तँ परमेश्‍वरका वचनहरूबाट टाढा भट्किनेछैनस्। सही मार्गमा लाग्नु भनेकै यही हो। सतही तहमा कुनै मूल्य चुकाउँदैमा त्यसले केही काम गर्नेछैन; दिन प्रतिदिन परमेश्‍वरको वचन उच्च क्षेत्रमा प्रवेश गर्छ, र हरेक दिन नयाँ कुरा देखा पर्छ, र मानिसले पनि हरेक दिन नयाँ प्रवेश गर्नुपर्छ। परमेश्‍वरले बोल्नुभए जस्तै उहाँले आफूले बोल्नुभएका सबै कुराहरूलाई सफलतामा पुर्‍याउनुहुन्छ, र यदि तैँले त्यसलाई पछ्याउन सक्दैनस् भने तँ पछि पर्नेछस्। तँ तेरा प्रार्थनाहरूमा अझ गहिराइमा जानुपर्छ; परमेश्‍वरको वचन खाने र पिउने कार्य रोकी-रोकी गरिनु हुँदैन। तैँले प्राप्त गर्ने अन्तर्दृष्टि र ज्योतिलाई गहन पार्दै जा अनि तेरा धारणाहरू र कल्पनाहरू चाहिँ क्रमिक रूपले घट्दै जानुपर्छ। तैँले तेरो निर्णयको क्षमतालाई पनि दरिलो पार्नुपर्छ, र तैँले जेसुकै सामना गरे तापनि, यसको बारेमा तँसँग तेरा आफ्नै सोच अनि तेरा आफ्नै दृष्टिकोणहरू हुनुपर्छ। आत्मामा भएका केही कुराहरूलाई बुझेर तैँले बाह्य कुराहरूको बारेमा अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ र कुनै पनि विषयहरूको सार बुझ्नुपर्छ। यदि तँ यी कुराहरूले सुसज्जित छैनस् भने, तैँले कसरी मण्डलीको अगुवाइ गर्न सक्छस्? यदि तैँले कुनै वास्तविकता विना नै र अभ्यासको कुनै तरिका विना नै केवल अक्षरहरू र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् भने तँ छोटो अवधिको लागि मात्र अघि बढ्न सक्नेछस्। नयाँ विश्‍वासीहरूको अगाडि बोल्दा यो कुरा सीमित रूपमा स्वीकार्य हुनसक्छ, तर केही समयपछि, नयाँ विश्‍वासीहरूले केही वास्तविक अनुभवहरू प्राप्त गरिसकेपछि, तैँले तिनीहरूका निम्ति उप्रान्त आपूर्ति गर्न सक्नेछैनस्। तब तँ कसरी परमेश्‍वरको प्रयोगको लागि योग्य हुन्छस्? नयाँ अन्तर्दृष्टि विना, तैँले काम गर्न सक्दैनस्। नयाँ अन्तर्दृष्टि नभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन जसलाई कसरी अनुभव गर्ने भन्ने नै आउँदैन, र त्यस्ता व्यक्तिहरूले कहिल्यै पनि नयाँ ज्ञान वा नयाँ अनुभव प्राप्त गर्न सक्दैनन्। अनि, जीवनको आपूर्ति गर्ने कुरामा, तिनीहरूले कहिल्यै पनि आफ्नो कार्य गर्न सक्दैनन्, न त तिनीहरू परमेश्‍वरको प्रयोगको लागि नै योग्य हुन्छन्। यस प्रकारको व्यक्ति व्यर्थको हुन्छ, केवल रद्दीको टुक्रा मात्र हुन्छ। वास्तवमा, त्यस्ता मानिसहरू काम सम्‍बन्धी आफ्नो कार्य गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्, तिनीहरू सबै व्यर्थका हुन्छन्। तिनीहरू आफ्नो कार्य गर्न मात्र असफल हुँदैनन्, बरु वास्तवमा तिनीहरूले त मण्डलीमा अति नै अनावश्यक भार पनि पार्छन्। म यी “आदरणीय प्रौढ मानिसहरू” लाई चाँडो गरी मण्डली छाड्न आग्रह गर्दछु ताकि अन्य व्यक्तिहरूले तँलाई अब फेरि हेर्नु नपरोस्। त्यस्ता मानिसहरूसँग नयाँ कामको बारेमा कुनै बुझाइ हुँदैन र तिनीहरू अन्त्यहीन धारणाहरूले भरिपूर्ण हुन्छन्। तिनीहरूले मण्डलीमा केही पनि कार्य गर्दै-गर्दैनन्; बरु, तिनीहरूले जताततै बदमासी र नकारात्मकता फैलाउँछन्, यहाँसम्‍म कि तिनीहरू मण्डलीमा सबै प्रकारका खराब आचरण र बाधा-व्यवधानमा संलग्न समेत संलग्‍न हुन्छन्, र त्यसरी तिनीहरूले सही र गलत छुट्याउन नसक्नेहरूलाई अन्योलता र भद्रगोलतातर्फ धकेल्छन्। यी जीवित दियाबलसहरूले, यी दुष्ट आत्माहरूले, जतिसक्दो चाँडो मण्डली छाड्नुपर्छ, होइन भने तेरो कारण मण्डलीमा दाग लाग्छ। तँ आजको कामदेखि डराउँदैनस् होला, तर के तँ भोलिको धर्मी सजायदेखि पनि डराउँदैनस् त? मण्डलीमा यस्ता धेरै मानिसहरू छन् जो केवल भातमाराहरू हुन् र यस्ता धेरै ब्‍वाँसाहरू छन् जो परमेश्‍वरको सामान्य कामलाई ध्वंस गर्न खोज्छन्। यिनीहरू सबै भूतको राजाले पठाएका भूतहरू हुन्, यिनीहरू दुष्ट ब्‍वाँसाहरू हुन् जो निर्दोष थुमाहरूलाई निल्न चाहन्छन्। यदि यी तथाकथित मानिसहरूलाई निष्कासित गरिएन भने तिनीहरू मण्डलीका परजीवी बन्नेछन्, भेटीहरू खाइदिने कीराहरू बन्नेछन्। ढिलो-चाँडो, यी तिरस्कारयोग्य, मूर्ख, नीच र घृणित कीराहरूलाई दण्ड दिने दिन आउनेछ!

— वचन देहमा देखा पर्नुहुन्छको “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४८९

व्यावहारिकता र परमेश्‍वरको कामको पूर्ण बुझाइको ज्ञानको प्राप्त गर्नु—यी दुवै उहाँका वचनहरूमा देखिन्छन्, र यी वचनहरूद्वारा मात्र तैँले अन्तर्दृष्टि प्राप्त गर्न सक्छस्। यसैले परमेश्‍वरको वचनले सुसज्जित हुनका निम्ति तैंले धेरै कुरा गर्नुपर्छ। सङ्गतिमा परमेश्‍वरका वचनहरूबारे तेरो ज्ञानको बारेमा बता, र यसरी तँ अरूलाई ज्ञान दिन र तिनीहरू बाहिर निस्कने मार्ग दिन सक्छस्—यो एउटा व्यावहारिक मार्ग हो। परमेश्‍वरले तेरो लागि वातावरण मिलाउनुभन्दा अघि, तिमीहरू प्रत्येकले पहिले आफैलाई उहाँको वचनले सुसज्जित पार्नुपर्छ। यो हरेकले गर्नुपर्ने कुरा हो; यो एक जरुरी प्राथमिकता हो। पहिले, एउटा यस्तो स्थितिमा पुग् जहाँ तैँले परमेश्‍वरको वचन कसरी खाने र पिउने सो जान्नेछस्। तैंले गर्न नसक्ने कुनै पनि कुराका निम्ति अभ्यास गर्ने मार्ग भेट्टाउन उहाँका वचनहरूमा खोज्, र तैंले नबुझेका कुनै पनि विषयहरू वा तँमाथि आउन सक्ने कुनै कठिनाइहरूका लागि ती वाणीहरूलाई जाँचेर हेर्। परमेश्‍वरका वचनहरूलाई तेरो खाद्य भण्डार बना, र तेरा व्यावहारिक कठिनाइहरू र समस्याहरूको समाधान गर्न तिनको सहायता ली; साथै उहाँको वचनलाई तेरो जीवनको सहायता बना। यी कुराहरू गर्नको लागि तेरो तर्फबाटको कोसिसको आवश्यक पर्दछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा, तैंले परिणामहरू प्राप्त गर्नैपर्छ; तैंले उहाँको अघि आफ्नो हृदय शान्त बनाउन सक्नुपर्छ, र तैंले जब-जब समस्याहरूको सामना गर्छस् त्यसबेला तैंले उहाँका वाणीहरू अनुसार अभ्यास गर्नैपर्छ। जब तैँले कुनै समस्याहरूको सामना गरेको हुँदैनस्, त्यसबेला तैंले उहाँका वचनहरू खाने र पिउने कार्यमा ध्यान दिनुपर्छ। कहिलेकहीँ तैँले प्रार्थना गर्न र परमेश्‍वरको प्रेममाथि चिन्तन गर्न सक्छस्, सङ्गतिमा परमेश्‍वरको वचनबाट तैंले बुझेका कुराहरू बताउन सक्छस्, अनि तैंले आफूभित्र अनुभव गरेको अन्तर्दृष्टि र प्रकाशको बारेमा र ती वाणीहरू पढ्दा तँमा उत्पन्न भएका प्रतिक्रियाहरूको बारेमा बताउन सक्छस्। यसबाहेक, तैँले मानिसहरूलाई उम्कने मार्ग दिन सक्छस्। यो मात्र व्यावहारिक हुन्छ। यसो गर्नुको उद्देश्य भनेको परमेश्‍वरका वचनहरूलाई तेरो व्यावहारिक खाद्य भण्डार बनाउनु हो।

एक दिनको अवधिमा, तैंले कति घण्टा बिताउँछस्, जुन बेला तँ साँच्चै परमेश्‍वरको सामु हुन्छस्? तेरो दिनको कति समय वास्तवमा परमेश्‍वरलाई दिइन्छ? देहलाई कति समय दिइन्छ? व्यक्तिको हृदयलाई सधैँ परमेश्‍वरमा केन्द्रित गर्नु भनेको उहाँद्वारा सिद्ध पारिने सही बाटोमा हुनुको पहिलो कदम हो। यदि तैँले आफ्नो हृदय, शरीर, र तेरा सबै साँचो प्रेम परमेश्‍वरमा अर्पण गर्न सक्छस् भने, तिनलाई उहाँको सामु राख्, उहाँप्रति पूर्ण आज्ञाकारी बन् र उहाँको इच्‍छालाई पूर्ण रूपमा ध्यान दे—परमेश्‍वरको वचनलाई सबै कुराको सिद्धान्त र आधारको रूपमा लिँदै, देहको लागि होइन, परिवारका लागि होइन, र तेरा आफ्नै व्यक्तिगत चाहनाहरूका लागि होइन, तर परमेश्‍वरको परिवारको हितका लागि—त्यसो गर्दा तेरा अभिप्रायहरू र तेरा दृष्टिकोणहरू सबै सही ठाउँमा हुनेछन्, र तँ परमेश्‍वरको सामु त्यो व्यक्ति बन्‍नेछस् जसले उहाँको स्याबासी पाउनेछ। परमेश्‍वरले मन पराउनुहुने मानिसहरू ती हुन् जो पूर्ण रूपमा उहाँतर्फ छन्; तिनीहरू ती हुन् जो पूर्ण रूपमा उहाँमा समर्पित हुन सक्छन्। जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ तिनीहरू ती हुन् जो उहाँतर्फ आधा हृदयका हुन्छन् र जसले उहाँको विरुद्धमा विद्रोह गर्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ, जसले उहाँमा विश्‍वास गर्छन् र सधैँ उहाँबाट आनन्द लिन चाहन्छन्, तर उहाँका निम्ति आफूलाई समर्पित गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्छौं त भन्छन्, तर आफ्नो हृदयमा उहाँको विरुद्धमा विद्रोह गर्छन्; उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जो छलकपट गर्न प्रभावकारी र लोभ्याउने वचनहरूको प्रयोग गर्छन्। जो साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैनन् वा जो साँचो रूपले उहाँको अगि समर्पित हुँदैनन् तिनीहरू विश्‍वासघाती र स्वभावले अति नै अहङ्कारी हुन्छन्। जुन मानिसहरू सामान्य, व्यावहारिक परमेश्‍वरको अगाडि साँचो रूपले समर्पित हुन सक्दैनन्, तिनीहरू अझ बढी अहङ्कारी हुन्छन्, र तिनीहरू विशेष गरी प्रधान दूतको कर्तव्य पालन गर्ने सन्तान हुन्। जुन मानिसहरूले वास्तवमा परमेश्‍वरका लागि आफैलाई समर्पित गर्छन् तिनीहरूले आफ्नो सम्पूर्ण अस्तित्व उहाँको सामु राख्छन्; तिनीहरू साँचो रूपमा उहाँका वाणीहरूमा समर्पित हुन्छन्, र उहाँका वचनहरूलाई अभ्यास गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो अस्तित्वको आधार बनाउँदछन्, र तिनीहरूले कुन भागहरू अभ्यास गर्नुपर्छ भनी परमेश्‍वरका वचनहरूमा निरन्तर खोजी गर्न सक्छन्। साँचो रूपमा परमेश्‍वरको सामु जिउने मानिसहरू तिनीहरू नै हुन्। यदि तैँले जे गर्छस् त्यो तेरो जीवनको निम्ति फाइदाजनक छ भने, र तेरो जीवन स्वभाव रूपान्तरण होस् भनेर उहाँका वचनहरू खाएर अनि पिएर तँ आफ्ना आन्तरिक आवश्यकताहरू र कमीहरूलाई पूरा गर्न सक्छस् भने त्यसले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्दछ। यदि तँ परमेश्‍वरका आवश्यकताहरू अनुरूप काम गर्छस् र यदि तैँले शरीरलाई सन्तुष्ट पार्दैनस् तर उहाँको इच्छा पूरा गर्छस् भने, त्यसमा तँ उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गरेको हुन्छस्। जब परमेश्‍वरको वचनहरूमा वास्तविक रूपले प्रवेश गर्ने कुरा गरिन्छ, त्यसको अर्थ तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्छस् र परमेश्‍वरका मागहरूलाई पूरा गर्न सक्छस् भन्ने हुन्छ। यस प्रकारका व्यावहारिक कार्यहरूलाई मात्र उहाँको वचनको वास्तविकतामा प्रवेश गर्नु भनी भन्‍न सकिन्छ। यदि तँ यस वास्तविकतामा प्रवेश गर्न सक्छस् भने तँमा सत्यता हुन्छ। यो वास्तविकता प्रवेशको सुरुआत हो; तैँले पहिले यो तालीम लिनुपर्छ, त्यसपछि मात्र तँ अझ गहिरा वास्तविकताहरूमा प्रवेश गर्न सक्‍नेछस्। आज्ञाहरू कसरी पालन गर्नुपर्छ र परमेश्‍वरको सामु कसरी बफादार हुनुपर्छ त्यो विचार गर; तँ कहिले राज्यमा प्रवेश गर्न सक्षम हुनेछस् भन्नेबारे मात्र निरन्तर नसोच्। यदि तेरो स्वभाव परिवर्तन हुँदैन भने, तैंले जे सोचे पनि त्यो व्यर्थ हुनेछ! परमेश्‍वरको वचनहरूको वास्तविकता प्रवेश गर्नको निम्ति, पहिले तँ त्यस ठाउँमा पुग्नुपर्छ जहाँ तेरा सबै योजना र विचारहरू परमेश्‍वरका लागि नै हुन्छन्—यो सबैभन्दा मूल आवश्यकता हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९०

वर्तमानमा, त्यहाँ धेरै मानिसहरू छन् जो परीक्षाको बीचमा परेका छन् र जसले परमेश्‍वरको कामलाई बुझ्दैनन्, तर म तँलाई भन्छु: यदि तैंले यो बुझ्दैनस् भने, तैंले त्यसको बारेमा निर्णय नगर्नु नै राम्रो हुनेथियो। सायद सत्यता त्यसको सम्पूर्णतामा प्रकट हुने दिन आउनेछ, त्यसपछि तैँले बुझ्नेछस्। न्याय नगर्नु तेरो लागि लाभदायक हुन्छ, तैपनि तैँले निष्क्रिय बनेर पर्खनु हुँदैन। तैंले सक्रियता साथ प्रवेश गर्न खोज्नुपर्छ; तब मात्र तँ त्यो व्यक्ति बन्नेछस् जो साँच्चै प्रवेश गर्दछ। मानिसहरू तिनीहरूको विद्रोहको कारण, सधैँ व्यावहारिक परमेश्‍वरको बारेमा धारणाहरू बनाउँछन्। यसले गर्दा सबै मानिसहरूले कसरी समर्पित हुनुपर्छ सो सिक्‍नु आवश्यक छ, किनकि व्यावहारिक परमेश्‍वर मानवजातिका लागि एउटा ठूलो परीक्षा हुनुहुन्छ। यदि तँ दृढ रहन सक्दैनस् भने सबै समाप्त हुन्छ; यदि तँसँग व्यावहारिक परमेश्‍वरको व्यावहारिकताको बारेमा बुझाइ छैन भने, तब तँ परमेश्‍वरद्वारा सिद्ध पारिने योग्यको हुनेछैनस्। मानिसहरूले परमेश्‍वरको व्यावहारिकतालाई बुझ्नु नै तिनीहरू सिद्ध हुन सक्छन् कि सक्दैनन् भन्ने कुराको एउटा महत्त्वपूर्ण कदम हो। देहधारी परमेश्‍वर पृथ्वीमा आउनुभएको तथ्यको व्यावहारिकता प्रत्येक व्यक्तिका निम्ति परीक्षा हो; यदि तँ यस सम्बन्धमा दृढ रहन सक्छस् भने, तब तँ परमेश्‍वरलाई चिन्ने र उहाँलाई साँच्चै प्रेम गर्ने व्यक्ति हुनेछस्। यदि यस सम्बन्धमा तँ दृढ रहन सक्दैनस् र तैँले आत्मामा मात्र विश्‍वास गर्छस् र परमेश्‍वरको व्यावहारिकतामा विश्‍वास गर्न सक्दैनस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास जति नै ठूलो भए पनि त्यो व्यर्थ हुनेछ। यदि तँ देखिने परमेश्‍वरमा विश्‍वास गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरका आत्मामा विश्‍वास गर्न सक्छस्? के तैंले परमेश्‍वरलाई मूर्ख तुल्याउन खोजिरहेको छैनस् र? तँ देख्न र छुन सकिने परमेश्‍वरको अगि समर्पित हुँदैनस्, त्यसो भए के तँ आत्माको सामु समर्पित हुन सक्छस्? आत्मा अदृश्य र छुन नसकिने हुनुहुन्छ, त्यसैले जब तँ परमेश्‍वरको आत्माको अधीनमा छु भनी भन्छस्, तब तैंले मूर्ख कुरा गरिरहेको हुँदैनस् र? आज्ञाहरूलाई पालन गर्नुका निम्ति मुख्य कुरा भनेको व्यावहारिक परमेश्‍वरलाई बुझ्नु हो। तैंले व्यावहारिक परमेश्‍वरलाई बुझेपछि, तँ आज्ञाहरू पालन गर्न सक्षम हुनेछस्। ती पालन गर्नको निम्ति दुई वटा मुख्य तत्वहरू छन्: एउटा उहाँका आत्माको सारमा दृढ हुनु, र आत्माको सामु आत्माको परीक्षा स्वीकार्न सक्‍नु हो; अर्को, देहधारी शरीरको बारेमा सही बुझाइ प्राप्त गर्नु, र वास्तविक अधीनता हासिल गर्न सक्‍नु हो। चाहे देहको अगि होस् वा आत्माको अगि, व्यक्तिको मनमा सधैँ परमेश्‍वरप्रति समर्पण र आदर हुनुपर्छ। यस्तो व्यक्ति मात्र सिद्ध हुने योग्यको हुन्छ। यदि तँमा व्यावहारिक परमेश्‍वरको व्यावहारिकताको ज्ञान छ भने—अर्थात् यदि तँ यस परीक्षामा दृढ भएर खडा भइस् भने-तेरो निम्ति केही पनि अत्याधिक हुँदैन।

कतिपय मानिसहरू भन्छन्, “आज्ञाहरू पालन गर्नु सजिलो छ; परमेश्‍वरको सामु हुँदा खुल्ला रूपमा र भक्ति पूर्वक बोले पुग्छ, र कुनै इसारा गर्नु हुँदैन; आज्ञाहरू पालन गर्नु भनेको यही हो।” के यो सही कुरा हो? यसैले, यदि तँ परमेश्‍वरको पिठिउँ पछाडि उहाँको विरोध हुने केही कुराहरू गर्छस् भने के त्यसलाई आज्ञाहरू पालन गरेको मान्न सकिन्छ? आज्ञाहरू पालन गर्ने कार्यमा के-के कुरा समावेश हुन्छन् त्यसबारे तँमा पूरा ज्ञान हुनुपर्छ। यो कुरा तँमा परमेश्‍वरको व्यावहारिकताको वास्तविक बुझाइ छ कि छैन भन्ने कुरासित सम्बन्धित हुन्छ; यदि तँमा व्यावहारिकताको बुझाइ छ र यो परीक्षाको अवधिमा तँ डगमगाउँदैनस् र लड्दैनस् भने, तँमा बलियो गवाही छ भनेर मान्न सकिन्छ। परमेश्‍वरको लागि गुञ्जायमान गवाही दिने कुरा मुख्य रूपले तँसँग व्यावहारिक परमेश्‍वरको बारेमा बुझाइ छ कि छैन र तँ यो व्यक्तिमा समर्पित हुन, मृत्युसम्‍म समेत समर्पित हुन सक्छस् कि सक्दैनस् भन्ने कुरासँग सम्बन्धित हुन्छ, जो व्यक्ति साधारण मात्र हुनुहुन्‍न तर सामान्य पनि हुनुहुन्छ। यदि, समर्पणताद्वारा तैँले साँच्चै परमेश्‍वरको गवाही दिन्छस् भने, त्यसको अर्थ तँलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ भन्ने हुन्छ। यदि तँ मृत्युसम्‍मै अधीनमा बस्न सक्छस् र उहाँको अगि गुनासो मुक्त हुन्छस्, कुनै दोष लाउँदैनस्, कुनै निन्दा गर्दैनस्, कुनै धारणाहरू राख्दैनस् र कुनै गुप्त अभिप्रायहरू राख्दैनस् भने यसरी परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। एक सामान्य, मानिसद्वारा हेला गरिएको व्यक्तिको अगाडि समर्पित हुनु र कुनै धारणाहरू नराखी मृत्युसम्म समर्पित हुन सक्नु—साँचो गवाही यही हो। मानिसहरू जुन वास्तविकताभित्र पसून् भन्ने परमेश्‍वर चाहनुहुन्छ त्‍योचाहिँ तँ उहाँका वचनहरू पालन गर्न सक्ने, तिनलाई अभ्यास गर्न सक्ने, व्यावहारिक परमेश्‍वर अगाडि झुक्न र तेरा आफ्नै भ्रष्टतालाई जान्न सक्ने, उहाँको सामु तेरो हृदय खोल्‍न, र अन्त्यमा उहाँका यी वचनहरूमार्फत उहाँद्वारा प्राप्त हुन सक्‍ने व्यक्ति बन् भन्ने हो। जब यी वाणी हरूले तँलाई जित्दछ र तँलाई पूर्ण रूपमा उहाँको आज्ञाकारी बनाउँदछ तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ; यसद्वारा उहाँले शैतानलाई लाजमा पार्नुहुन्छ र उहाँको काम पूरा गर्नुहुन्छ। जब तँमा देहधारी परमेश्‍वरको व्यावहारिकताको बारेमा कुनै धारणा हुँदैन—अर्थात्, जब तँ यो परीक्षामा दृढ भएर खडा हुन्छस्—तब तैँले यो गवाही राम्रोसँग बोकेको हुन्छस्। यदि तैँले यस व्यावहारिक परमेश्‍वरलाई पूर्ण रूपमा बुझ्ने र पत्रुसजस्तै मृत्युसम्म समर्पित हुन सक्‍ने दिन आउँछ, तब तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछ र सिद्ध तुल्याउनुहुनेछ। परमेश्‍वरले गर्नुहुने कुनै पनि कुरा तेरा धारणाहरूसँग मेल खाँदैन भने त्यो तेरो लागि परीक्षा हो। यदि परमेश्‍वरको काम तिम्रो विचारसँग मेल खान्थ्यो भने त्यसका निम्ति तैँले दुःख भोग्नु वा तँलाई शुद्ध पारिनु आवश्यक हुँदैनथियो। उहाँको काम अति व्यावहारिक र तेरा धारणाहरू अनुरूप नभएकोले तैँले ती धारणाहरूलाई छोड्नुपर्छ। त्यसैकारणले गर्दा यो तेरो लागि एउटा परीक्षा हो। परमेश्‍वरको व्यावहारिकताको कारणले नै सबै मानिसहरू परीक्षाहरूका बीचमा छन्; उहाँको काम व्यावहारिक छ, अलौकिक होइन। कुनै पनि धारणाहरू नराखी उहाँका व्यावहारिक वचनहरू र उहाँको व्यावहारिक वाणीहरू पूर्ण रूपमा बुझेर, अनि उहाँको काम अझ बढी व्यावहारिक हुँदै जाँदा उहाँलाई साँचो रूपमा प्रेम गर्न सकेर, तँलाई उहाँले प्राप्त गर्नुहुनेछ। परमेश्‍वरद्वारा प्राप्त गरिने मानिसहरूको समूह ती हुन् जसले परमेश्‍वरलाई चिन्छन्; अर्थात्, तिनीहरू जसले उहाँको व्यावहारिकतालाई जान्दछन्। यसबाहेक, तिनीहरू ती हुन् जो परमेश्‍वरको व्यावहारिक कामप्रति समर्पित हुन सक्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९१

परमेश्‍वर देह मा हुनुभएको समयमा, उहाँले मानिसहरूबाट चाहनुभएको समर्पणमा, तिनीहरूले कल्पना गरेजस्तो, दोष लाउने वा विरोध गर्ने कार्यबाट अलग बस्ने कुराहरू छैनन्। बरु, उहाँ मानिसहरूले जिउनका निम्ति र तिनीहरू जीवित रहने जगको रूपमा उहाँका वचनहरूलाई सिद्धान्तको रूपमा प्रयोग गरून्, तिनीहरूले उहाँका वचनहरूको सारलाई पूर्ण रूपमा व्यवहारमा उतारून् र उहाँको इच्छा पूर्ण रूपमा पूरा गरून् भन्ने चाहनुहुन्छ। मानिसहरूलाई देहधारी परमेश्‍वरको अधीनमा बस्‍न लगाउने मागको एउटा पक्षले उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई जनाउँछ भने, अर्को पक्षले उहाँको सामान्यता र व्यावहारिकतामा समर्पित हुन सक्‍नुलाई जनाउँछ। यी दुवै ठोस् हुनुपर्दछ। यी दुवै पक्षहरू हासिल गर्न सक्‍नेहरू सबै आफ्नो हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम राख्‍नेहरू हुन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरद्वारा प्राप्त गरिएका छन्, र तिनीहरू सबैले परमेश्‍वरलाई आफ्नो जीवनलाई प्रेम गरेजस्तै प्रेम गर्दछन्। देहधारी परमेश्‍वरले उहाँको काममा सामान्य र व्यावहारिक मानवता धारण गर्नुहुन्छ। यसरी, उहाँको सामान्य र व्यावहारिक मानवताको दुवैको बाहिरी खोल मानिसहरूका निम्ति ठूलो परीक्षा बन्छ; त्यो तिनीहरूको सबैभन्दा ठूलो कठिनाइ बन्छ। तापनि, परमेश्‍वरको सामान्यता र व्यावहारिकतालाई हटाउन सकिँदैन। उहाँले समाधान खोज्न हरप्रकारको कोसिस गर्नुभयो, तर अन्त्यमा उहाँले आफूलाई सामान्य मानवताको बाहिरी खोलबाट मुक्त गर्न सक्नुभएन। किनभने आखिर जे भए पनि उहाँ मानिस बन्नुभएका परमेश्‍वर हुनुहुन्छ, स्वर्गमा हुनुहुने आत्माका परमेश्‍वर हुनुहुन्न। उहाँ मानिसहरूले देख्न नसक्ने परमेश्‍वर हुनुहुन्न, तर उहाँ सृष्टिको सदस्यको खोल ओढ्नुभएको परमेश्‍वर हुनुहुन्छ। यसैकारण उहाँले आफैलाई उहाँको सामान्य मानवताबाट अलग गर्नु कुनै पनि हालतमा सजिलो हुँदैन। त्यसकारण, चाहे जे भए पनि, उहाँले गर्न चाहनुभएको कामलाई उहाँले मानिसको दृष्टिकोणबाट नै गर्नुहुन्छ। यो काम सामान्य र व्यावहारिक परमेश्‍वरको अभिव्यक्ति हो, त्यसैले मानिसहरू अधीनमा नबस्नु कसरी उचित हुन्छ? मानिसहरूले परमेश्‍वरका कार्यहरूको बारेमा के पो गर्न सक्छन् र? उहाँले जे गर्न चाहनुहुन्छ त्यो गर्नुहुन्छ; उहाँ जुन कुरामा खुसी हुनुहुन्छ, त्यो त्यस्तै रहन्छ। यदि मानिसहरू अधीनमा बस्दैनन् भने, तिनीहरूसँग अर्को कुन राम्रा योजनाहरू हुन सक्छन्? अहिलेसम्म, केवल अधीनताले मात्रै मानिसहरूलाई मुक्ति दिन सकेको छ; कसैसँग पनि अरू कुनै राम्रा विचारहरू छैन। यदि परमेश्‍वरले मानिसहरूलाई जाँच गर्न चाहनुहुन्छ भने, तिनीहरूले यसको बारेमा के गर्न सक्छन् र? तापनि, यी सबै कुरा स्वर्गमा हुनुहुने परमेश्‍वरले सोच्नुभएको थिएन भने; यो देहधारी परमेश्‍वरले सोच्नुभएको कुरा थियो। उहाँले यो गर्न चाहनुहुन्छ, ताकि कुनै व्यक्तिले यसलाई परिवर्तन गर्न नसकोस्। स्वर्गका परमेश्‍वरले देहधारी परमेश्‍वरले गर्नुहुने कुनै पनि कार्यमा हस्तक्षेप गर्नुहुन्न, त्यसैले के यो मानिसहरू उहाँको अधीनमा बस्नुपर्ने अझ ठूलो कारण होइन र? उहाँ व्यावहारिक र सामान्य दुवै हुनुभए पनि उहाँ पूर्ण रूपमा देहधारी परमेश्‍वर हुनुहुन्छ। उहाँका आफ्नै विचारहरूको आधारमा उहाँले जे गर्न चाहनुहुन्छ त्यो गर्नुहुन्छ। स्वर्गका परमेश्‍वरले सबै काम उहाँलाई सुम्पनुभएको छ; उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ समर्पित हुनैपर्छ। उहाँसँग मानवता छ र धेरै सामान्य हुनुहुन्छ, तैपनि उहाँले जानेर नै यी सबै मिलाउनुभएको छ, त्यसैले मानिसहरूले कसरी अचम्मित बनी अस्वीकार गर्दै उहाँलाई हेर्न सक्छन्? उहाँ सामान्य हुन चाहनुहुन्छ, यसैले उहाँ सामान्य हुनुहुन्छ। ऊ मानवताभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ मानवताभित्र बस्नुहुन्छ। उहाँ ईश्‍वरत्वभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ ईश्‍वरत्वमा रहनुहुन्छ। मानिसहरूले यसलाई आफूले चाहेअनुसार हेर्न सक्छन्, तर परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुनेछ र मानिसहरू सधैँ मानिस नै हुनेछ। उहाँको सारलाई सानातिना कुराको कारण अस्वीकार गर्न सकिँदैन, न त उहाँलाई परमेश्‍वरको “व्यक्ति” बाट बाहिर धकेलेर निकाल्‍न नै सकिन्छ। मानिसहरूसँग मानवजातिको स्वतन्त्रता छ, र परमेश्‍वरसित परमेश्‍वरको मर्यादा छ; यी कुराले एकअर्कालाई हस्तक्षेप गर्दैनन्। के मानिसहरूले परमेश्‍वरलाई थोरै स्वतन्त्रता दिन सक्दैनन्? के तिनीहरूले परमेश्‍वर थोरै अनौपचारिक हुनुभएको सहन सक्दैनन्? परमेश्‍वरसित त्यस्तो कडा नहोओ! प्रत्येक व्यक्तिमा एक-अर्काप्रति सहिष्णुता हुनुपर्दछ; तब के सबै कुरा ठीक हुनेछैनन् र? के अझै पनि केही खिन्नता हुनेछ? यदि कसैले त्यस्तो सानोतिनो कुरालाई सहन सक्दैन भने, तिनीहरूले कसरी “प्रधानमन्त्रीको हृदय डुङ्गा खियाउनका निम्ति पर्याप्त छ” जस्तो कुरा भन्न सक्छन्? तिनीहरू कसरी साँचो मानिस हुन सक्छन्? मानवजातिका लागि कठिनाइ उत्पन्न गर्ने परमेश्‍वर हुनुहुन्न, तर मानवजातिले परमेश्‍वरका लागि कठिनाइ उत्पन्न गर्दछ। तिनीहरू सधैँ तिललाई पहाड बनाउँदै काम गर्छन्। तिनीहरूले साँच्चै शून्यताबाट कुनै कुरा बनाउँछन् र यो अत्यन्त अनावश्यक छ! जब परमेश्‍वरले सामान्य र व्यावहारिक मानवताभित्र काम गर्नुहुन्छ, तब उहाँले जे गर्नुहुन्छ त्यो मानवजातिको काम होइन, तर परमेश्‍वरको काम हो। तापनि मानिसहरूले उहाँको कामको सारलाई देख्दैनन्; तिनीहरू सधैँ उहाँको मानवताको बाहिरी खोललाई मात्र देख्छन्। तिनीहरूले त्यस्तो ठूलो काम देखेका छैनन्, तैपनि तिनीहरूले उहाँको सामान्य र साधारण मानवतालाई देखेको छौ भनी जोड दिन्छन्, र त्यो कुरालाई छोड्दै-छोड्दैनन्। यसलाई कसरी परमेश्‍वरको अधीनमा बसेको भन्न सकिन्छ? स्वर्गका परमेश्‍वर अब पृथ्वीका परमेश्‍वरमा “परिवर्तन” हुनुभएको छ, र पृथ्वीका परमेश्‍वर अब स्वर्गका परमेश्‍वर हुनुहुन्छ। उहाँहरूको बाहिरी रूपरङ्ग एक-समान भए पनि त्यसले फरक पार्दैन, न त उहाँहरूले वास्तवमा कसरी काम गर्नुहुन्छ भन्ने कुराले नै कुनै फरक पार्छ। अन्त्यमा, जसले परमेश्‍वरको आफ्नै काम गर्नुहुन्छ उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ। तैंले चाहे पनि वा नचाहे पनि तँ अधीनमा बस्नैपर्छ—यो तैँले छनौट गर्ने विषय होइन! मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ र मानिसहरू अलिकति पनि बहाना नबनाई पूर्ण रूपमा परमेश्‍वरको अधीनमा बस्नुपर्छ।

आज देहधारी परमेश्‍वरले प्राप्त गर्न चाहनुभएका मानिसहरू ती हुन् जो उहाँको इच्छाअनुरूप छन्। तिनीहरू केवल उहाँको कामप्रति समर्पित हुनुपर्छ, र तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरसम्बन्धी विचारहरू राख्दै अस्पष्टतामा जिउन र देहमा आउनुभएका परमेश्‍वरका निम्ति परिस्थिति कठिन बनाउन छोड्नुपर्छ। उहाँको आज्ञापालन गर्न सक्‍नेहरू तिनीहरू हुन् जो पूर्ण रूपमा उहाँको वचन सुन्छन् र उहाँको प्रबन्धहरूमा समर्पित हुन्छन्। त्यस्ता मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ वा अहिले स्वर्गमा हुनुहुने परमेश्‍वरले मानवजातिमाझ कस्तो किसिमको काम गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई कुनै वास्ता गर्दैनन्; तिनीहरूले पृथ्वीका परमेश्‍वरलाई पूर्ण रूपमा आफ्नो हृदय दिन्छन् र आफ्नो सम्पूर्ण अस्तित्व उहाँको सामु राखिदिन्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई कहिल्यै पनि कुनै ध्यान दिँदैनन्, न त तिनीहरूले देहमा हुनुहुने परमेश्‍वरको सामान्यता र व्यावहारिकताको बारेमा नै अनावश्यक ध्यान दिन्छन्। देहधारी परमेश्‍वरमा समर्पित हुने मानिसहरूलाई उहाँले सिद्ध पार्न सक्‍नुहुन्छ। स्वर्गका परमेश्‍वरमा विश्‍वास गर्नेहरूले केही पनि पाउनेछैनन्। किनकि स्वर्गका परमेश्‍वरले नभई पृथ्वीका परमेश्‍वरले मानिसहरूलाई प्रतिज्ञा र आशीर्वादहरू दिनुहुन्छ। मानिसहरूले स्वर्गका परमेश्‍वरलाई सधैँ ठूलो बनाउने र पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई सामान्य मानिसको रूपमा हेर्ने गर्नु हुँदैन; त्यसो गर्नु अनुचित हो। स्वर्गमा हुनुहुने परमेश्‍वर महान् र अद्भुत बुद्धिका हुनुहुन्छ, तर यसको कुनै अस्तित्वमा हुँदैन; पृथ्वीका परमेश्‍वर अति औसत र महत्त्वहीन हुनुहुन्छ, र सामान्य पनि हुनुहुन्छ। उहाँसँग असाधारण दिमाग छैन वा उहाँले पृथ्वी नै भत्काउन सक्‍ने कार्यहरू गर्नुहुन्‍न; उहाँले केवल सामान्य र व्यावहारिक ढङ्गले कार्य गर्नुहुन्छ र बोल्नुहुन्छ। उहाँले मेघगर्जनको माध्यमबाट बोल्‍ने वा हावा र वर्षालाई आज्ञा दिने नगर्नुभए तापनि, उहाँ साँच्‍चै नै स्वर्गका परमेश्‍वरका देहधारण हुनुहुन्छ, र उहाँ वास्तवमै मानवजातिमाझ बास गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। मानिसहरूले आफूले बुझ्न सक्‍ने र परमेश्‍वर भनी आफूले गरेका कल्पनाहरूसँग मेल खाने व्यक्तिलाई उच्‍च पार्नु हुँदैन र आफूले स्विकार्न र कल्पना गर्नै नसक्‍ने व्यक्तिलाई तुच्छ ठान्‍नु हुँदैन। यो सबै मानिसहरूको विद्रोहबाट आउँछ; यो सबै नै परमेश्‍वरप्रति मानवजातिको विरोधको स्रोत हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९२

यदि मानिसहरूले उनीहरूको विवेकका भावनाहरूलाई मात्र सुन्छन् भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलोपनलाई महसुस गर्न सक्दैनन्। यदि तिनीहरू पूर्ण रूपले आफ्नो विवेकमा मात्रै भर पर्छन् भने, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम कमजोर हुनेछ। यदि तँ परमेश्‍वरको अनुग्रह र प्रेमको ऋण तिर्ने कुरा मात्र गर्छस् भने, उहाँप्रतिको तेरो प्रेममा तँसित कुनै प्रेरणा हुनेछैन; उहाँलाई तेरो विवेकका भावनाहरूमा आधारित प्रेम गर्नु एउटा निष्क्रिय तरिका हो। म किन यो एउटा निष्क्रिय दृष्टिकोण हो भनी भन्दछु? यो एउटा व्यावहारिक विषय हो। परमेश्‍वरप्रति तिमीहरूको प्रेम कस्तो किसिमको प्रेम हो? के यो परमेश्‍वरलाई मूर्ख बनाउनु र उहाँका निम्ति झारा टार्नु होइन र? धेरै जना मानिसहरू के विश्‍वास गर्छन् भने, परमेश्‍वरलाई प्रेम गर्दा कुनै इनाम छैन र उहाँलाई प्रेम गर्नेले पनि उहाँलाई प्रेम नगर्नेले जस्तै दण्ड पाउनेछ, यसैले समग्रमा पाप नगर्नु नै पर्याप्त छ। त्यसैले व्यक्तिको विवेकका अनुभूतिहरूका आधारमा परमेश्‍वरलाई प्रेम गर्नु र उहाँको प्रेमको ऋण फर्काउनु निष्क्रिय तरिका हो, र यो व्यक्तिको हृदयबाट आउने परमेश्‍वरप्रतिको प्रेम होइन। परमेश्‍वरप्रतिको प्रेम व्यक्तिको हृदयको गहिराइबाट निस्केको सच्‍चा भावना हुनुपर्दछ। कतिपय मानिसहरू भन्छन्‌: “म आफै परमेश्‍वरलाई खोज्न र उहाँको पछि लाग्न इच्छुक छु। अहिले यदि परमेश्‍वरले मलाई त्याग्न चाहनुहुन्छ भने पनि, म उहाँलाई पछ्याइरहनेछु। उहाँले मलाई चाहनुभए पनि नचाहनुभए पनि, म अझै पनि उहाँलाई प्रेम गरिरहनेछु, अनि आखिरमा मैले उहाँलाई प्राप्त गर्नैपर्छ। म मेरो हृदय परमेश्‍वरमा अर्पण गर्दछु, र उहाँले जे गर्नुभए पनि, म मेरो सम्पूर्ण जीवनभरि उहाँलाई पछ्याउनेछु। चाहे जे भए पनि, मैले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ र मैले उहाँलाई प्राप्त गर्नैपर्छ; जबसम्म म उहाँलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।” के तँसँग यस प्रकारको संकल्प छ?

परमेश्‍वरमा विश्‍वास गर्ने बाटो एउटै छ र यो उहाँलाई प्रेम गर्ने बाटो नै हो। यदि तँ उहाँमा विश्‍वास गर्छस् भने तैंले उहाँलाई प्रेम गर्नैपर्छ; तापनि, उहाँलाई प्रेम गर्नु भनेको उहाँको प्रेमको ऋण चुकाउनु वा तेरो विवेकका भावनाहरूको आधारमा उहाँलाई प्रेम गर्नु मात्र होइन—यो परमेश्‍वरप्रतिको चोखो प्रेम हो। कहिलेकहीँ मानिसहरूले आफ्नो विवेकको आधारमा मात्र परमेश्‍वरको प्रेम महसुस गर्न सक्दैनन्। किन मैले सधैँ यसो भनेँ: “परमेश्‍वरका आत्माले हाम्रो आत्मालाई प्रभावित गर्नुभएको होस्”? मैले किन परमेश्‍वरलाई प्रेम गर्न मानिसहरूका विवेकलाई प्रभावित गर्ने बारेमा कुरा गरिनँ? किनकि मानिसहरूको विवेकले परमेश्‍वरको प्रेमिलोपन महसुस गर्न सक्दैन। यदि तँ यी वचनहरूद्वारा विश्‍वस्त हुँदैनस् भने, उहाँको प्रेम महसुस गर्न तेरो विवेकको प्रयोग गर्ने कोसिस गर्। तँमा केही समयका निम्ति उत्साह हुन सक्छ, तर त्यो चाँडै नै हराउनेछ। यदि तैंले आफ्नो विवेकले मात्र परमेश्‍वरको प्रेम महसुस गर्छस् भने, तैंले प्रार्थना गर्दा तँ उत्साहित हुनेछस्, तर त्यो उत्साह केही बेरपछि ओइलाउनेछ र हराउनेछ। त्यस्तो किन हुन्छ? यदि तैँले तेरो विवेक मात्र प्रयोग गर्छस् भने, तैँले परमेश्‍वरप्रतिको तेरो प्रेमलाई जगाउन सक्नेछैनस्; जब तँ आफ्नो हृदयमा साँच्चै परमेश्‍वरको प्रेम महसुस गर्छस्, तेरो आत्मा उहाँद्वारा प्रभावित हुनेछ, र यो समयमा मात्र तेरो विवेकले त्यसको मूल भूमिका खेल्न सक्‍नेछ। अर्थात्, जब परमेश्‍वरले मानिसका आत्मालाई प्रभावित गर्नुहुन्छ र जब मानिससँग ज्ञान हुन्छ र उसको हृदयमा उत्साहित हुन्छ, अर्थात्, जब उसले अनुभव प्राप्त गर्दछ, तब मात्र उसले आफ्नो विवेकले परमेश्‍वरलाई प्रभावकारी ढङ्गले प्रेम गर्न सक्‍नेछ। तेरो विवेकले परमेश्‍वरलाई प्रेम गर्नु गलत कुरा होइन—यो परमेश्‍वरप्रतिको सबैभन्दा तल्लो स्तरको प्रेम हो। “परमेश्‍वरको अनुग्रहको निम्ति उचित काम गरेर मात्र” प्रेम गरेर, यसले मानिसलाई सक्रिय रूपमा प्रवेश गर्न उत्प्रेरित गर्नेछैन। जब मानिसहरूले पवित्र आत्माका केही काम प्राप्त गर्दछन्, अर्थात्, जब तिनीहरूले आफ्नो व्यावहारिक अनुभवमा परमेश्‍वरको प्रेम देख्छन् र महसुस गर्छन्, जब तिनीहरूसँग परमेश्‍वरको बारेमा केही ज्ञान हुन्छ र परमेश्‍वर साँच्चै मानवजातिको प्रेमको योग्य हुनुहुन्छ र उहाँ धेरै प्रेमिलो हुनुहुन्छ भनी बुझ्छन्, तब मात्र तिनीहरूले साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्न सक्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वाभाविक हुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९३

जब मानिसहरू आफ्ना हृदयले परमेश्‍वरसँग सम्पर्क गर्छन्, जब तिनीहरूका हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छन्, परमेश्‍वरप्रतिको मानिसको प्रेमको पहिलो चरण यही हो। यदि तँ परमेश्‍वरलाई प्रेम गर्न चाहन्छस् भने, तैँले पहिले आफ्नो हृदय उहाँतिर फर्काउन सक्नुपर्छ। तेरो हृदय परमेश्‍वरतिर फर्काउनु भनेको के हो? यो भनेको तैँले आफ्नो हृदयमा खोजी गर्ने सबै कुरा परमेश्‍वरलाई प्रेम गर्न र प्राप्त गर्नका खातिर नै गर्नु हो। तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्काएको छस् भन्‍ने यस कुराले देखाउँछ। परमेश्‍वर र उहाँको वचनहरू बाहेक, तेरो हृदयमा (परिवार, धनसम्पत्ति, पति, पत्नी, छोराछोरी, आदि) अरू केही पनि हुँदैन। यदि केही छ भने पनि, त्यस्ता थोकहरूले तेरो हृदयमा ठाउँ ओगट्न सक्दैनन्, र तँ आफ्नो भावी सम्भावनाहरूको बारेमा सोच्दैनस्, तर केवल परमेश्‍वरलाई प्रेम गर्ने कार्यको पछि लाग्छस्। यस्तो समयमा तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरमा लगाएका हुनेछस्। मानौं, तैँले अझै पनि आफ्नो हृदयमा आफ्नो लागि योजना बनाउँदैछस् र सधैँ व्यक्तिगत फाइदाको पछि लागिरहेको छस्, र सधैँ यस्तो सोच्छस्: “मैले कहिले परमेश्‍वरसँग एउटा सानो बिन्ती गर्न सक्छु? मेरो परिवार कहिले धनी हुनेछ? मैले कसरी राम्रो लुगाफाटो पाउन सक्छु? …” यदि तँ त्यो स्थितिमा जिइरहेको छस् भने तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको छैन भन्ने यसले देखाउँदछ। यदि तँसँग हृदयमा परमेश्‍वरका वचनहरू मात्रै छन् र तैँले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छस् र हरसमय उहाँको नजिक हुन सक्छस् भने—मानौं उहाँ तेरो धेरै नजिक हुनुहुन्छ, मानौं परमेश्‍वर तँभित्र हुनुहुन्छ र तँ उहाँभित्र छस्—यदि तँ त्यस प्रकारको स्थितिमा छस् भने, त्यसको अर्थ तेरो हृदय परमेश्‍वरको उपस्थितिमा छ भन्ने हुन्छ। यदि तैँले हरेक दिन परमेश्‍वरसित प्रार्थना गर्छस् र प्रत्येक दिन उहाँका वचनहरू खान्छस् र पिउँछस्, सधैँ मण्डलीको कामको बारेमा सोचिरहेको हुन्छस् भने, र यदि तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिन्छस् भने, उहाँलाई सच्‍चा प्रेम गर्न र उहाँको हृदयलाई सन्तुष्ट पार्न आफ्‍नो हृदय प्रयोग गर्छस् भने, तेरो हृदय परमेश्‍वरको स्वामित्वमा हुनेछ। यदि तेरो हृदय अन्य थुप्रै कुराहरूले कब्जा गरेको छ भने, यो अझै पनि शैतानको कब्जामा छ र यो साँचो रूपले परमेश्‍वरतर्फ फर्केको छैन। जब कसैको हृदय साँच्चै परमेश्‍वरतर्फ फर्केको हुन्छ, तिनीहरूमा उहाँको निम्ति साँचो, स्वभाविक प्रेम हुन्छ, र तिनीहरूले परमेश्‍वरको कामलाई ध्यान दिन सक्‍नेछन्। तिनीहरूसँग अझै पनि मूर्खता र विवेकहीनताका क्षणहरू हुन सक्‍ने भए तापनि, तिनीहरूले परमेश्‍वरको घर, उहाँको काम, र तिनीहरूका आफ्नै स्वभावको परिवर्तनमा चासो देखाउँछन् र तिनीहरूका हृदय सही स्थानमा हुन्छ। केही मानिसहरूले जहिले पनि तिनीहरूले गरेका सबै कुराहरू मण्डलीका लागि हुन् भनी दाबी गरिरहेका हुन्छन्, तर वास्तवमा तिनीहरूले आफ्नो फाइदाका लागि काम गरिरहेका हुन्छन्। यस्ता किसिमका मानिसहरूसित गलत अभिप्राय हुन्छ। तिनीहरू कुटिल र छली हुन्छन् र तिनीहरूले गर्ने धेरैजसो कामहरू तिनीहरूका व्यक्तिगत फाइदाका लागि नै हुन्छन्। यस प्रकारको व्यक्तिले परमेश्‍वरको प्रेमको खोजी गर्दैन; तिनीहरूको हृदय अझै पनि शैतानको अधीनमा हुन्छ र परमेश्‍वरतर्फ फर्कन सक्दैनन्। त्यसैले यस प्रकारको व्यक्तिलाई प्राप्त गर्ने कुनै तरिका परमेश्‍वरसँग हुँदैन।

यदि तँ परमेश्‍वरलाई साँच्चै प्रेम गर्न र उहाँद्वारा प्राप्त हुन चाहन्छस् भने, पहिलो कदम तेरो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरतिर फर्काउनु हो। तैंले गर्ने प्रत्येक कार्यमा, आफैलाई जाँच् र सोध्: “के मैले परमेश्‍वरलाई प्रेम गर्ने हृदयको आधारमा यो गर्दैछु? के यसको पछि कुनै व्यक्तिगत अभिप्रायहरू छन्? यो गर्नुको मेरो वास्तविक लक्ष्य के हो?” यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई सुम्पन चाहन्छस् भने, तैंले पहिले आफ्नै हृदयलाई वशमा राख्नुपर्छ, तेरा सबै उद्देश्यहरूलाई त्याग्नुपर्छ, र पूर्ण रूपमा परमेश्‍वरको हुने अवस्था हासिल गर्नुपर्दछ। यो तेरो हृदय परमेश्‍वरलाई दिन अभ्यास गर्ने मार्ग हो। आफ्‍नो हृदयलाई वशमा पार्नु भनेको के हो? यसो गर्नु भनेको देहका अत्याधिक चाहनाहरूलाई छोडी दिनु, सुख-सुविधा वा हैसियतको आशिषको लालच नगर्नु हो। यो भनेको सबै कुरामा परमेश्‍वरलाई सन्तुष्ट पार्नु, र आफ्‍नो हृदय आफ्नै निम्ति होइन तर पूर्ण रूपले उहाँको निम्ति दिनु हो। यो पर्याप्त छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वाभाविक हुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९४

परमेश्‍वरप्रतिको साँचो प्रेम हृदयको अन्तस्करणबाट आउँछ; यो प्रेम परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानको आधारमा मात्र अस्तित्वमा हुन्छ। जब कसैको हृदय पूर्ण रूपमा परमेश्‍वरतिर फर्कन्छ, तब तिनीहरूमा परमेश्‍वरप्रति प्रेम हुन्छ, तर त्यो प्रेम चोखो नै हुन्छ र पूर्ण नै हुन्छ भन्ने हुँदैन। किनकि व्यक्तिको हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कनु र व्यक्तिमा परमेश्‍वरको साँचो ज्ञान हुनु र उहाँप्रति साँचो भक्ति हुनु बीच अझै केही दूरी हुन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरतिर लगाएर नै परमेश्‍वरको साँचो प्रेम हासिल गर्दछ र परमेश्‍वरको स्वभावलाई जान्दछ। जब मानिसले आफ्नो साँचो हृदय परमेश्‍वरमा सुम्पन्छ, तब ऊ जीवनको अनुभवमा प्रवेश गर्न थाल्छ। यसरी, उसको स्वभाव परिवर्तन हुन थाल्छ, परमेश्‍वरप्रतिको उसको प्रेम बिस्तारै बढ्दै जान्छ, र परमेश्‍वर सम्बन्धी उसको ज्ञान पनि बिस्तारै बढ्दै जान्छ। यसैले जीवनको अनुभवको सही मार्गमा प्रवेश गर्नुको एक मात्र पूर्वसर्त भनेको परमेश्‍वरतर्फ हृदय फर्काउनु हो। जब मानिसहरूले परमेश्‍वरको सामु आफ्नो हृदय राख्छन्, तब तिनीहरूमा उहाँको चाहना मात्र गर्ने, तर उहाँलाई प्रेम नगर्ने हृदय हुन्छ, किनकि तिनीहरूमा उहाँको बारेमा कुनै बुझाइ हुँदैन। यस्तो परिस्थितिमा तिनीहरूमा उहाँप्रति केही प्रेम हुने भए पनि, यो आफैआफ हुँदैन र यो सच्‍चा हुँदैन। किनकि मानिसको देहबाट उत्पन्न हुने जुनसुकै कुरा भावनाको उपज हो र त्यो सच्‍चा ज्ञानबाट आएको हुँदैन। यो केवल क्षणिक आवेग हो र दिर्घकालीन भक्तिको रूपमा रहँदैन। जब मानिसहरूमा परमेश्‍वर सम्बन्धी ज्ञान हुँदैन, तिनीहरूले आफ्नो रुचि र तिनीहरूका व्यक्तिगत धारणाहरूको आधारमा मात्र उहाँलाई प्रेम गर्न सक्छन्; यस प्रकारको प्रेमलाई स्वाभाविक प्रेम भन्न सकिँदैन, न त यसलाई सच्‍चा प्रेम नै भन्न सकिन्छ। कुनै मानिसको हृदय सच्‍चा रूपमा परमेश्‍वरतर्फ फर्कन सक्छ, र सबै कुरामा परमेश्‍वरको चासोको बारेमा सोच्न सक्छ, तर यदि उसमा परमेश्‍वरको बारेमा कुनै बुझाइ छैन भने, उसले सच्‍चा रूपले स्वाभाविक प्रेम प्राप्त गर्न सक्‍नेछैन। उसले गर्न सक्ने कुरा भनेको मण्डलीका लागि केही कार्यहरू गर्नु वा आफ्ना केही कर्तव्य पूरा गर्नु मात्र हो, तर उसले कुनै पनि आधारविना त्यसो गर्नेछ। यस प्रकारको व्यक्तिको स्वभाव परिवर्तन गर्न गाह्रो हुन्छ; त्यस्ता व्यक्तिहरू कि त सत्यको पछि लाग्दैनन्, वा त्यसलाई बुझ्दैनन्। यदि कुनै व्यक्तिले आफ्नो हृदय सम्पूर्ण रूपले परमेश्‍वरतिर फर्कायो भने पनि, त्यसको अर्थ परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूको हृदय पूर्ण रूपमा शुद्ध छ भन्ने हुँदैन, किनकि जुन मानिसहरूको हृदयमा परमेश्‍वर हुनुहुन्छ तिनीहरूको हृदयमा परमेश्‍वरप्रति प्रेम हुन्छ नै भन्ने हुँदैन। यो परमेश्‍वरको ज्ञानको पछि लाग्ने वा नलाग्ने व्यक्ति बीचको भिन्नतासित सम्बन्धित छ। कुनै व्यक्तिले उहाँलाई बुझेपछि, त्यसले तिनीहरूको हृदय पूर्ण रूपमा परमेश्‍वरतिर फर्केको छ भन्‍ने देखाउँदछ, यसले तिनीहरूको हृदयमा भएको परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वाभाविक हो भन्ने देखाउँदछ। यस प्रकारका मानिसहरूसँग मात्र तिनीहरूका हृदयमा परमेश्‍वर हुन्छ। सही बाटोमा लाग्नका निम्ति, परमेश्‍वरलाई बुझ्नका निम्ति र परमेश्‍वरको प्रेम हासिल गर्नका निम्ति पूरा गर्नुपर्ने पूर्वसर्त भनेको आफ्नो हृदय परमेश्‍वरतिर लगाउनु हो। यो परमेश्‍वरलाई प्रेम गर्ने कर्तव्य पूरा भएको कुराको चिह्न होइन, न त यो उहाँप्रति सच्‍चा प्रेम छ भन्‍ने कुराको चिन्‍ह नै हो। कसैले परमेश्‍वरप्रति साँचो प्रेम हासिल गर्ने एक मात्र तरिका भनेको तिनीहरूको हृदयलाई उहाँतिर फर्काउनु हो, जुन उहाँको सृष्टिको रूपमा एक व्यक्तिले गर्नुपर्ने पहिलो काम पनि हो। परमेश्‍वरलाई प्रेम गर्नेहरू सबै जीवनको पछि लाग्नेहरू हुन्, अर्थात् सत्यको पछि लाग्‍ने र साँचो रूपमा परमेश्‍वरको चाहना गर्नेहरू; तिनीहरू सबैमा पवित्र आत्माको अन्तर्दृष्टि हुन्छ र तिनीहरू सबै उहाँद्वारा प्रभावित भएका हुन्छन्। तिनीहरू सबैले परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वाभाविक हुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९५

आज तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने र जान्ने प्रयास गर्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधनलाई सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले मूल्य चुकाउनुपर्ने हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठभन्दा अर्को गहन पाठ छैन, र यसो पनि भन्‍न सकिन्छ कि जीवनभरिको विश्‍वासबाट मानिसहरूले सिक्ने पाठ भनेको परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्ने नै हो। यसो भन्नुको अर्थ, यदि तैँले परमेश्‍वरलाई विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्ने हुन्छ। यदि तँ परमेश्‍वरलाई विश्‍वास गर्छस् तर उहाँलाई प्रेम गर्दैनस् र तैँले परमेश्‍वरको ज्ञान हासिल गरेको छैनस्, र तेरो हृदयबाट निस्किने साँचो प्रेमले परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको छैनस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास निरर्थक छ; यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तँ व्यर्थमा जिउँछस्, र तेरो सम्पूर्ण जीवन सबैभन्दा नीच जीवन हो। यदि, तेरो सम्पूर्ण जीवनभरि, तैँले परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको छैनस् वा सन्तुष्ट बनाएको छैनस् भने, तँ जिउनुको के अर्थ? परमेश्‍वरमाथिको तेरो विश्‍वासको के अर्थ? के यो प्रयत्न खेर जानु होइन र? यसो भन्नुको अर्थ, यदि मानिसहरूले परमेश्‍वरलाई विश्‍वास र प्रेम गर्नुछ भने, उनीहरूले मूल्य चुकाउनैपर्छ। बाहिरी रूपमा कुनै निश्चित तरिकाले व्यवहार गर्नुभन्दा, उनीहरूले उनीहरूको हृदयको अन्तस्करणमा साँचो अन्तर्ज्ञान खोज्नुपर्दछ। यदि तँ गाउन र नाँच्न उत्सुक छस् तर साँचो कुरालाई अभ्यासमा ल्याउन असक्षम छस् भने, के तैँले परमेश्‍वरलाई प्रेम गरेको मानिन्छ त? परमेश्‍वरलाई प्रेम गर्नको लागि सबै कुराहरूमा परमेश्‍वरको इच्छा खोज्नु आवश्यक हुन्छ, र तँलाई केही हुन्छ तैँले परमेश्‍वरको इच्छा बुझ्न प्रयास गर्दै आफूभित्र गहिरो रूपमा खोज्नु, र उक्त विषयमा परमेश्‍वरको इच्छा के छ, उहाँले तँलाई के हासिल गर्न अह्राउनुहुन्छ, र तँ उहाँको इच्छाप्रति कसरी सचेत हुनुपर्छ भन्ने कुरा हेर्ने प्रयास गर्नु आवश्यक हुन्छ। उदाहरणको लागि: कठिनाइ सहनु पर्ने गरी तँलाई केही हुन्छ, उक्त समयमा परमेश्‍वरको इच्छा के हो र उहाँको इच्छाप्रति तँ कसरी सचेत हुनुपर्छ भनेर तैँले बुझ्नु पर्दछ। तैँले आफूलाई सन्तुष्ट बनाउने हुँदैन: सर्वप्रथम, आफूलाई किनारा लगा। देहभन्दा पतित कुरा अर्को छैन। तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन र आफ्नो कर्तव्य पूरा गर्न प्रयास गर्नुपर्दछ। यस्ता सोचले, यो विषयमा परमेश्‍वरले तँमा विशेष अन्तर्दृष्टि ल्याइदिनुहुन्छ र तेरो हृदयले पनि आराम पाउनेछ। सानो वा ठूलो जेसुकै भए पनि, जब तँलाई केही हुन्छ, सर्वप्रथम तैँले आफूलाई एकतर्फ राख्नुपर्छ र देहलाई सबैभन्दा नीच कुराको रूपमा व्यवहार गर्नुपर्दछ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहले त्यति नै धेरै स्वतन्त्रता लिन्छ; यदि तैँले यस पटक देहलाई सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले थप कुरा माग गर्नेछ। यो क्रम चलिरहँदा, मानिसहरू देहलाई अझै बढी प्रेम गर्न थाल्छन्। देहको लालसाहरू सधैँ अनावश्यक हुन्छन्; यसले तँलाई सधैँ यसलाई सन्तुष्ट बनाउन र तैँले यसभित्रै त्यसलाई तृप्त गर्न माग गर्दछ, चाहे त्यो तैँले खाने गरेको कुरामा होस्, तैँले लगाउने लुगामा होस्, वा आफूलाई रिस उठ्ने, वा आफ्नै अक्षमता र अल्छीपनलाई प्रश्रय दिने कुरामा होस्…। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, यसका लालसाहरू उति नै धेरै हुन्छन् र यो त्यति नै पथभ्रष्ट बन्छ, यहाँसम्‍म कि मानिसहरूका देहले अझ गहन धारणाहरूलाई आश्रय दिने, र परमेश्‍वरलाई अवज्ञा गर्ने, र आफ्नै प्रशंसा गर्ने, र परमेश्‍वरका कार्यहरूप्रति सशङ्कित हुनेसम्‍म हुन्छ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहको कमजोरी त्यति नै बढ्छ; तेरो कमजोरीप्रति कसैले सहानुभूति राख्दैन भन्‍ने सधैँ महसुस गर्छस्, परमेश्‍वरले अति गर्नुभएको छ भन्‍ने सधैँ विश्‍वास गर्छस् र तँ भन्छस्: “परमेश्‍वर कसरी यति कठोर बन्न सक्नुहुन्छ? उहाँले किन मानिसहरूलाई कठोर व्यवहार गर्न छोड्नुहुन्न?” जब मानिसहरूले देहलाई सन्तुष्ट बनाउँछन् र यसलाई अत्याधिक मात्रामा माया गर्छन्, उनीहरूले आफैलाई पतन गरिरहेका हुन्छन्। यदि तँ परमेश्‍वरलाई साँचो प्रेम गर्छस् र देहलाई सन्तुष्ट बनाउँदैनस् भने, परमेश्‍वरले गर्नुहुने सबै कुराहरूलाई तैँले एकदमै सही र एकदमै राम्रो देख्‍नेछस् र तेरो विद्रोहीपन प्रतिको उहाँको श्राप र तेरो अधार्मिकता प्रतिको उहाँको न्याय उचित हुन्छ। परमेश्‍वरले तँलाई ताडना दिने र तँलाई अनुशासित बनाउने र तँलाई सामान्य बनाउन कुनै वातावरणमा खडा गरी, तँलाई उहाँको सामु आउन बाध्य बनाउने समय आउनेछ—र परमेश्‍वरले गरिरहनुभएको कार्यलाई तैँले सधैँ अद्भुत देख्‍नेछस्। तसर्थ तैँले धेरै पीडा नै छैन र परमेश्‍वर कति प्यारो हुनुहुन्छ भन्ने महसुस गर्नेछस्। यदि तैँले देहको कमजोरीलाई आश्रय दिइस् भने र परमेश्‍वरले अति नै गर्नुहुन्छ भनेर भन्छस् भने तैँले सधैँ पीडाको महसुस गर्नेछस् र तँ सधैँ उदास बन्‍नेछस्, र तँ परमेश्‍वरका सबै कार्यका बारेमा अस्पष्ट हुनेछस्, र परमेश्‍वर मानिसको कमजोरी र मानिसका अप्ठ्याराप्रति पूर्ण रूपमा असंवेदनशील रहेको जस्तो हुन्छ। तसर्थ, तैँले ठूलो अन्याय भोगेजस्तो सधैँ हैरानी र एक्लो महसुस गर्नेछस्, र यस बेला तैँले गुनासो गर्न सुरु गर्नेछस्। यस तरिकाले तैँले देहलाई जति आश्रय दिन्छस्, त्यति नै परमेश्‍वरले तँलाई अति नै गर्नुभयो जस्तो लाग्छ, यहाँसम्‍म कि तैँले परमेश्‍वरको कार्यहरूलाई अस्वीकार गर्ने, र परमेश्‍वरको विरोध गर्न सुरु गर्ने, र पूर्ण रूपमा अवज्ञा गर्नेजस्ता गर्न थाल्छस्। तसर्थ, तैँले देहको विरुद्ध विद्रोह गर्नुपर्दछ, र यसलाई आश्रय दिनु हुँदैन: “मेरो श्रीमान् (श्रीमती), बालबच्चा, सम्भावना, विवाह, परिवार—यी केही कुराले पनि अर्थ राख्दैन! मेरो हृदयमा एकमात्र परमेश्‍वर हुनुहुन्छ, र मैले परमेश्‍वरलाई सन्तुष्ट राख्ने सक्दो प्रयास गर्नुपर्छ, देहलाई सन्तुष्ट राख्‍ने होइन।” तँमा यस्तो सङ्कल्प हुनैपर्छ। तँमा सधैँ यस्तो सङ्कल्प छ भने, जब तैँले सत्यलाई अभ्यास गर्छस् र आफूलाई पन्छ्याउँछस्, तैँले धेरै प्रयास नगरिकनै यसो गर्न सक्छस्। यस्तो भन्ने गरिन्छ कि एक जना किसान थिए जसले जाडोले जमेर कडा भएको सर्प बाटोमा देख्यो। उक्त किसानले सर्पलाई उठाए र आफ्नो छातीमा राख्यो, र जब सर्प बौरियो सर्पले किसानलाई टोकेर मार्‍यो। मानिसको देह त्यही सर्प जस्तै हो: यसको सार भनेको उनीहरूको जीवनमा हानि पुर्याउनु हो—र जब यसले सम्पूर्ण रूपमा आफ्नै बाटो समात्छ, तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र अनावश्यक आकांक्षाहरू छन्, यसले आफ्नो लागि मात्रै सोच्छ, यसले सुखचैन भोग गर्न र आनन्द लिन चाहन्छ, आलस्य र निष्क्रियतामा आनन्द उठाउन चाहन्छ, र कुनै विन्दुसम्म यसलाई सन्तुष्ट बनाएपछि अन्ततः तँ आफैँ यसको चारो बन्छस्। यसो भन्नुको अर्थ, यदि तैँले यसलाई यो पटक सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले अझ बढी माग गर्दै आउँछ। यसका सधैँ अनावश्यक आकांक्षा तथा नयाँ मागहरू हुन्छन्, यसलाई अझ धेरै प्यारो बनाउन र सुखशयलमा जिउन तैँले देहका लागि गरेको सहायताको फाइदा उठाउँछ—र यदि तैँले यसलाई परास्त गर्न सकिनस् भने, अन्ततः तैँले आफैलाई बरबाद बनाउनेछस्। तैँले परमेश्‍वरको सामु जीवन प्राप्त गर्छस् कि गर्दैनस् र आखिरमा तेरो अन्त्य के हुनेछ भन्‍ने कुरा, तैँले देहको विरुद्ध तेरो विद्रोह कसरी अघि बढाउँछस् भन्नेमा निर्भर रहन्छ। परमेश्‍वरले तँलाई बचाउनुभएको छ, छनौट गर्नुभएको छ र पूर्वनिर्धारित गर्नुभएको छ, यद्यपि यदि तँ उहाँलाई सन्तुष्ट बनाउन अनिच्छुक छस् भने, तँ सत्यलाई अभ्यास गर्न अनिच्छुक छस् भने, परमेश्‍वरलाई साँचो प्रेम गर्ने हृदयसहित तेरो आफ्नो देहसँग विद्रोह गर्न अनिच्छुक छस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस् र यसरी, तैँले अत्यन्तै ठूलो पीडाको सामना गर्नेछस्। यदि तैँले देहलाई सधैँ आश्रय दिइस् भने, शैतानले तँलाई बिस्तारै निल्नेछ र तँभित्रबाट पूरै अँध्यारो नहुञ्‍जेलसम्म तँलाई जीवन वा आत्माको स्पर्शरहित बनाउनेछ। जब तँ अँध्यारोमा जिउँछस्, तँलाई शैतानले कैदी बनाउनेछ, तेरो हृदयमा उप्रान्त परमेश्‍वर रहनुहुनेछैन, र त्यस बेला तैँले परमेश्‍वरको अस्तित्वलाई अस्वीकार गर्नेछैनस् र उहाँलाई छोड्नेछस्। तसर्थ, यदि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा राख्छन् भने, उनीहरूले पीडाको मूल्य चुकाउनुपर्दछ र कठिनाइ भोग्नुपर्दछ। बाहिरी जोश तथा कठिनाइ, थप पढाइ र थप भागदौडको आवश्यकता छैन; बरु उनीहरूले यी कुराहरूलाई किनारा लगाउनुपर्छ: अनावश्यक सोच, व्यक्तिगत रुचि, र उनीहरूको आफ्नै विचार, धारणा, र अभिप्रायहरू। परमेश्‍वरको इच्छा यस्तै छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९६

मानिसहरूको बाहिरी स्वभावलाई परमेश्‍वरले गर्नुहुने निराकरण पनि उहाँको कार्यको एक अंश हो; उदाहरणका लागि मानिसको बाहिरी, असामान्य मानवता वा उनीहरूको जीवनशैली र आनीबानी, उनीहरूको तरीका र रीतिका साथै उनीहरूको बाहिरी अभ्यासहरू तथा उनीहरूको उत्सुकताको निराकरण गर्नु। तर जब उहाँले मानिसहरूलाई सत्यताको अभ्यास गर्न र उनीहरूको स्वभाव परिवर्तन गर्न अह्राउनुभयो, मुख्यतया उनीहरूभित्र रहेका अभिप्रायहरू र धारणाहरूको निराकरण गरियो। तेरो बाहिरी स्वभावको निराकरण गर्नु मात्रै गाह्रो कुरो होइन; यो त तँलाई मन पर्ने कुरा नखा भनेर अह्राउनु जस्तै हो, जुन सजिलो हुन्छ। तैपनि, तँभित्रको धारणालाई छुने कुरालाई चाहिँ, छोड्न गाह्रो हुन्छ। यसका लागि मानिसहरूले देहको विरोध गर्नुपर्ने हुन्छ, र मूल्य चुकाउनु पर्ने हुन्छ र परमेश्‍वरको अगाडि कष्ट भोग्नुपर्ने हुन्छ। यो विशेषगरी मानिसहरूको धारणामा लागू हुन्छ। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई प्रश्रय दिएका हुन्छन्। जब तँ सत्यलाई अभ्यास गर्दैनस्, तँलाई तेरा सबै अभिप्रायहरू सही लाग्छन्, तर जब तँलाई केही हुन्छ, तँभित्र धेरै गलत अभिप्रायहरू रहेछन् भनेर तैँले देख्नेछस्। तसर्थ, जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई परमेश्‍वर सम्‍बन्धी उनीहरूको ज्ञानमा बाधा पुर्‍याउने धेरै अभिप्रायहरू उनीहरूभित्र रहेको अनुभव गर्न लगाउनुहुन्छ। जब तैँले तेरा अभिप्रायहरू गलत रहेछन् भनेर पहिचान गर्छस्, यदि तँ तेरो अभिप्राय र धारणाहरू अनुसार अभ्यास गर्न बन्द गर्न सक्छस्, र परमेश्‍वरको सामु साक्षी दिन सक्षम हुन्छस्, र तँलाई हुने सबै कुराहरूमा तँ तेरो स्थानमा दह्रिलो भएर खडा हुन्छस् भने, यसले तैँले देहको विरोध गरेको छस् भन्‍ने प्रमाणित गर्छ। जब तँ देहको विरोध गर्छस्, तँभित्र निःसन्देह लडाइँ हुन्छ। शैतानले मानिसहरूलाई जाँच्‍नेछ र त्यसमा विश्‍वास गराउन प्रयास गर्नेछ, देहका अभिप्रायहरूमा विश्‍वास गराउने र देहका रुचिहरू कायम राख्ने प्रयास गर्नेछ—तर परमेश्‍वरका वचनहरूले मानिसहरूलाई भित्रबाट ज्योति र अन्तर्दृष्टि दिनेछ, र यो समयमा परमेश्‍वरलाई विश्‍वास गर्ने कि शैतानलाई विश्‍वास गर्ने हो भन्ने कुरा तेरै हातमा हुन्छ। मुख्यतया मानिसहरूभित्र रहेका थोकहरूको निराकरण गर्न, परमेश्‍वरको हृदयअनुसारको नरहेका उनीहरूको सोच र अभिप्रायहरूको निराकरण गर्नका लागि परमेश्‍वरले उनीहरूलाई सत्यको अभ्यास गर्न अह्राउनुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई उनीहरूको हृदयमा छुनुहुन्छ र उनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। त्यसैले, हुने सबै कुराहरूका पछाडि लडाइँ हुन्छ: मानिसहरूले सत्यको, वा परमेश्‍वरको प्रेमको अभ्यास गर्दा हरेक पटक, त्यहाँ ठूलो लडाइँ हुन्छ, र उनीहरूका देहभित्र सबै ठीकै देखिए पनि, उनीहरूको हृदयको गहिराइमा, वास्तवमा, एक जीवन र मृत्युको लडाइँ चलिरहेको हुन्छ—र यो तीव्र लडाइँपछि, व्यापक समीक्षापछि मात्रै, जीत र हारको निर्णय हुन्छ। रुनु कि हाँस्नु भनेर थाहा हुँदैन। मानिसहरूभित्र भएका अभिप्रायहरू गलत हुने भएकाले, वा उनीहरूको अभिप्रायसँग परमेश्‍वरको कार्य बाझिने भएकाले, जब मानिसहरूले सत्यको अभ्यास गर्छन्, पर्दा पछाडि ठूलो लडाइँ हुन्छ। यो सत्यलाई अभ्यास गर्दा, पर्दा पछाडि, मानिसहरूले अन्ततः परमेश्‍वरलाई सन्तुष्ट बनाउने निर्णय गर्नअघि अनगन्ती दुःखका आँशु झारेका हुनेछन्। यही लडाइँको कारण मानिसहरूले कष्ट र शोधन सहन्छन्; साँचो कष्ट-भोग यही नै हो। जब तँमाथि लडाइँ आइपर्छ, यदि तँ परमेश्‍वरको पक्षमा साँचो रूपमा खडा हुन सक्छस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्छस्। सत्यको अभ्यास गरिरहँदा, व्यक्तिले अपरिहार्य रूपमै भित्र-भित्रै कष्ट पाउनेछ; यदि, उनीहरूले सत्यलाई अभ्यास गर्दा, मानिसहरूभित्रका सबै कुराहरू सही भएमा, उनीहरूलाई परमेश्‍वरले सिद्ध बनाइरहनु पर्दैन, र त्यहाँ कुनै लडाइँ हुँदैन, र उनीहरूले कष्ट भोग्‍नेछैनन्। यसो किन हुन्छ भने, मानिसहरूभित्र यस्ता धेरै थोकहरू हुन्छन् जुन परमेश्‍वरको प्रयोगका लागि उपयुक्त हुँदैनन्, र देहको विद्रोही स्वभाव धेरै हुने भएकाले, मानिसहरूले देहको विरोध गर्ने पाठ अझ गहन तरिकाले सिक्नु पर्छ। यसैलाई परमेश्‍वरले मानवलाई उहाँसँग भोग्नुपर्ने भनेर अह्राउनुभएको कष्ट भन्नुहुन्छ। जब तँलाई अप्ठ्याराहरू आइपर्छ, हतार गर् र परमेश्‍वरमा प्रार्थना गर्: “हे परमेश्‍वर! म हजुरलाई सन्तुष्ट बनाउन चाहन्छु, तपाईंको हृदयलाई सन्तुष्ट बनाउन म अन्तिम कठिनाइ सहन गर्न चाहन्छु, र मैले जतिसुकै ठूलो धक्का बेहोर्नु परे पनि, म अझै पनि हजुरलाई नै सन्तुष्ट बनाउन चाहन्छु। मैले मेरो सम्पूर्ण जीवन नै त्याग्‍नु परे पनि, मैले तपाईंलाई सन्तुष्ट पार्नैपर्छ!” यो सङ्कल्पका साथ, जब तँ यसरी प्रार्थना गर्छस्, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्षम हुन्छस्। प्रत्येक पटक उनीहरूले सत्यलाई अभ्यास गर्दा, प्रत्येक पटक उनीहरूको शोधन, प्रत्येक पटक उनीहरू थाक्दा, र प्रत्येक पटक परमेश्‍वरको कार्य उनीहरूमाथि आउँदा, मानिसहरूले असह्य पीडा सहनुपर्छ। यो सबै मानिसहरूका लागि जाँच हो, र त्यसैगरी ती सबैभित्र लडाइँ हुन्छ। उनीहरूले चुकाउने वास्तविक मूल्य यही हो। परमेश्‍वरको वचनहरू झनै धेरै पढ्नु र अझै धेरै दौडधूप गर्नु त्यही मूल्यको एक अंश हो। मानिसहरूले गर्नुपर्ने कुरा यही हो, यो उनीहरूको कर्तव्य हो, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर मानिसहरूले उनीहरूका पन्छाउनु पर्ने कुरालाई पन्छाउनु पर्छ। यदि तैँले त्यसो गरिनस् भने, तेरो बाहिरी कष्ट जतिसुकै ठूलो भए तापनि, तैँले जतिसुकै दौडधूप गरे पनि, सबै कुरा व्यर्थ हुनेछ! यसो भन्नुको अर्थ, तँभित्रको परिवर्तनले मात्रै तेरो बाहिरी कठिनाइको मूल्य छ कि छैन भनेर निर्धारण गर्न सक्छ। जब तेरो आन्तरिक स्वभाव परिवर्तन हुन्छ र तैँले सत्यको अभ्यास गर्छस्, तब तेरो सबै बाहिरी कष्टले परमेश्‍वरको स्वीकृति पाउनेछ; यदि तेरो आन्तरिक स्वभावमा कुनै परिवर्तन भएन भने, तैँले जतिसुकै कष्ट सहे पनि वा तैँले बाहिर जतिसुकै प्रयत्न गरे पनि, परमेश्‍वरबाट कुनै स्वीकृति हुनेछैन—र परमेश्‍वरले पुष्टि नगरेको कठिनाइ व्यर्थ हो। तसर्थ, तैँले चुकाएको मूल्य परमेश्‍वरबाट अनुमोदन हुन्छ हुँदैन भन्ने कुरा तँमा परिवर्तन आएको छ कि छैन र परमेश्‍वरको इच्छाको सन्तुष्टि, परमेश्‍वरको ज्ञान, र परमेश्‍वरप्रतिको निष्ठा हासिल गर्नका लागि तैँले सत्यको अभ्यास तथा आफ्नो अभिप्राय र धारणालाई विरोध गर्छस् कि गर्दैनस् भन्ने कुराले निर्धारित गर्छ। तैँले जतिसुकै प्रयत्न गरे पनि, यदि तँलाई आफ्नो अभिप्रायको विरुद्ध विद्रोहको बारेमा कहिल्यै थाहा छैन भने, तर बाहिरी कार्य तथा उत्सुकता मात्रै खोज्छस्, र आफ्नो जीवनप्रति कहिल्यै ध्यान दिँदैनस् भने, तेरो कठिनाइ व्यर्थ हुनेछ। यदि, केही निश्चित वातावरणमा, तँलाई भन्न मन लागेको केही कुरा छ भने, तर भित्र-भित्रै तँलाई यो कुरा भन्न सही होइन जस्तो लाग्छ, यस्तो भनाइले तेरो दाजुभाइ र दिदीबहिनीहरूलाई फाइदा पुग्दैन र उनीहरूलाई चोट पुर्‍याउन सक्छ भने, तैँले भित्र-भित्रै पीडा सहन रुचाउँदै यस्तो भन्दैनस्, किनभने यी वचनहरूले परमेश्‍वरको इच्छा पूरा गर्न सक्छस्। यस्तो समयमा, तँभित्र लडाइँ हुनेछ, तर तँ पीडा सहन र तैँले प्रेम गरेको वस्तु छोड्न इच्छुक हुनेछस्। परमेश्‍वरलाई सन्तुष्ट बनाउन तँ यो कठिनाइ सहन इच्छुक हुनेछस्, र तैँले भित्र-भित्रै पीडा सहे पनि, तैँले देहलाई आश्रय दिने छैनस्, र परमेश्‍वरको हृदय सन्तुष्ट भएको हुनेछ, त्यसैले तँलाई पनि भित्रैबाट आराम मिलेको हुनेछ। साँचो रूपमा मूल्य चुकाउनु भनेको यही हो, र परमेश्‍वरले चाहनुभएको मूल्य यही हो। यदि तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले पक्कै तँलाई आशीर्वाद दिनुहुनेछ; यदि तैँले यो हासिल गर्न सक्दैनस् भने, तैँले जतिसुकै धेरै बुझे पनि, वा तैँले जतिसुकै राम्ररी बोले पनि, यो सबै बेकाम हुनेछ! यदि, परमेश्‍वरलाई प्रेम गर्ने पथमा, परमेश्‍वरले शैतानसँग युद्ध गर्दा तँ उहाँको पक्षमा खडा हुन सकिस् भने, र तँ शैतानकहाँ फर्कँदैनस् भने, तैँले परमेश्‍वरको प्रेम हासिल गरेको हुनेछस्, र तँ तेरो साक्षीमा दह्रिलो भएर खडा भएको हुनेछस्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९७

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। उदाहरणको लागि, यदि तँ तेरा दाजुभाइ तथा दिदी-बहिनीप्रति पूर्वाग्रही छस् भने, तँलाई भन्न मन लागेका वचनहरू तँसँग हुनेछन्—यस्ता वचन जुन परमेश्‍वरलाई अप्रिय लाग्न सक्छ—तर यदि तैँले ती वचनहरू उनीहरूलाई भनिनस् भने, तँलाई आन्तरिक असुविधा हुनेछ, र यो क्षणमा, तँभित्र एउटा लडाइँ सुरु हुन्छ: “म बोलूँ कि नबोलुँ?” लडाइँ यही नै हो। तसर्थ, तैँले सामना गर्ने प्रत्येक कुरामा लडाइँ हुन्छ, र जब तँभित्र लडाइँ हुन्छ, तेरो वास्तविक सहकार्य र वास्तविक कष्टका कारण, परमेश्‍वरले तँभित्र कार्य गर्नुहुन्छ। अन्ततोगत्वा, तँ उक्त विषयलाई आफूभित्र पन्छाउन सक्षम हुन्छस् र रिस प्राकृतिक रूपमा हराएर जान्छ। परमेश्‍वरसँगको तेरो सहकार्यको प्रभाव यस्तो हुन्छ। मानिसहरूले गर्ने प्रत्येक कुराले उनीहरूलाई उनीहरूको प्रयासमा निश्चित मूल्य चुकाउन लगाउँछ। वास्तविक कठिनाइविना, उनीहरूले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्दैनन्; उनीहरू परमेश्‍वरलाई सन्तुष्ट बनाउने दिशामा नजिक पनि आउन सक्दैनन्, र उनीहरूले खोक्रा नाराहरू मात्रै भट्याइरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्छन्? जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ। यिनीहरू बाहिरबाट महत्वपूर्ण नदेखिए पनि, जब यी कुराहरू हुन्छन् तैँले परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा तिनले देखाउँछ। यदि तैँले प्रेम गर्छस् भने, तँ उहाँलाई साक्षी दिन दह्रिलो भएर खडा हुन सक्नेछस्, र यदि तैँले उहाँको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यलाई अभ्यास गर्न सक्ने व्यक्ति होइन, तँ सत्यविहीन छस्, र तँ जीवन विहीन छस्, कि तँ भुस होस् भन्ने देखाउँछ! मानिसहरूलाई हुने सबै कुराहरू त्यति बेला हुन्छ जति बेला दह्रिलो भएर साक्षी दिनका लागि खडा हुन परमेश्‍वरलाई उनीहरूको आवश्यकता पर्छ। उक्त क्षणमा तँलाई कुनै उल्लेखनीय कुरा भइरहेको हुँदैन र तैँले उत्कृष्ट साक्षी दिन सक्दैनस्, तैपनि तेरो दैनिक जीवनको प्रत्येक विवरण नै परमेश्‍वरलाई साक्षी दिने विषय हो। यदि तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरि भएका प्रत्येकको प्रशंसा हासिल गर्न सकिस् भने; यदि, कुनै दिन, अविश्‍वासीहरू आउँछन् र तैँले गरेका सबै कुराहरूको प्रशंसा गर्छन्, र परमेश्‍वरले गर्ने सबै कार्यहरू अद्भुत छन् भन्‍ने देख्छन् भने, तैँले साक्षी दिएको हुनेछस्। तँसँग कुनै अन्तर्ज्ञान छैन र तेरो क्षमता कमजोर भए तापनि, परमेश्‍वरले तँलाई दिनुभएको सिद्धतामार्फत, एकदमै कमजोर क्षमता भएका व्यक्तिहरूमा उहाँले गर्नुभएको महान् कार्यको बारेमा अरूलाई देखाउँदै तँ उहाँलाई सन्तुष्ट बनाउन सक्षम हुन्छस् र उहाँको इच्छा तेरो मनामा हुन्छ। जब मानिसहरू परमेश्‍वरलाई जान्न थाल्छन् र शैतानको अगाडि विजयी हुन्छन्, धेरै हदसम्म परमेश्‍वरप्रति निष्ठावान् हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी मेरुदण्ड हुँदैन, र यो नै सबैभन्दा महान् साक्षी हो। तँ महान् कार्य गर्न अक्षम भए तापनि, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्। अरूले आफ्ना धारणाहरूलाई पन्छाउन सक्दैनन्, तर तैँले सक्छस्; अरूले उनीहरूको वास्तविक अनुभवको दौरान साक्षी दिन सक्दैनन्, तर तैँले आफ्नो वास्तविक कद र कार्यहरूको प्रयोग गर्दै परमेश्‍वरको प्रेमको ऋण तिर्न र उहाँलाई सशक्त साक्षी दिन सक्छस्। यसलाई मात्रै परमेश्‍वरलाई वास्तवमा प्रेम गरेको रूपमा गणना गरिन्छ। यदि तँ यसो गर्न अक्षम छस् भने, तैँले तेरो परिवारका सदस्य, तेरा दाजुभाइ तथा दिदीबहिनीहरू वा संसारका मानिसहरूको माझमा साक्षी दिँदैनस्। यदि तैँले शैतानको सामु साक्षी दिन सक्दैनस् भने, शैतान तँप्रति हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा व्यवहार गर्नेछ, खेलौनाको रूपमा, यसले तँलाई प्रायः मूर्ख र पागल बनाउनेछ। भविष्यमा, तँमाथि ठूला जाँचहरू आइपर्नेछ—तर आज, यदि तैँले परमेश्‍वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने जाँचहरू जतिसुकै ठूलो भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन र परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम भइस् भने, तेरो हृदयलाई आराम हुनेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो जाँचको सामना गर्नु परे पनि, तँ डराउने छैनस्। तिमीहरूले भविष्यमा के हुन्छ भनेर देख्न सक्दैनौं, आजको परिस्थितिमा तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट मात्रै बनाउन सक्छौं। तिमीहरूले कुनै पनि महान् कार्य गर्न सक्दैनौ र तिमीहरूले वास्तविक जीवनमा परमेश्‍वरको वचनहरूको अनुभव गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनेमा ध्यान दिनुपर्छ, र शैतान तिरस्कृत हुने गरी बलियो र सशक्त साक्षी दिनुपर्छ। तेरो देह असन्तुष्ट नै रहनेछ र देहले कष्ट भोगेको हुनेछ, तैपनि तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाएको हुनेछस् र शैतानको तिरस्कार गरेको हुनेछस्। तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो जाँच आउँछ, अरू सबै ढल्नेछन्, तर तँ अझै पनि दह्रिलो भएर खडा हुन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्‍वरले तेरो रक्षा गर्नुहुनेछ ताकि तँ दह्रिलो भएर खडा हुन सक् र ढल्न नपरोस्। यदि, सामान्य रूपमा, सत्यलाई अभ्यास गर्न र परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने हृदयका साथ उहाँलाई सन्तुष्ट पार्न तँ सक्षम भइस् भने, परमेश्‍वरले तँलाई भविष्यमा आउने जाँचबाट पक्कै रक्षा गर्नुहुनेछ। तँ मूर्ख र सानो कदको र कमजोर क्षमताको भए तापनि, परमेश्‍वरले तँलाई भेदभाव गर्नुहुनेछैन। यो तेरो अभिप्रायहरू सही छन् कि छैनन् भन्नेमा निर्भर रहन्छ। आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्, जसमा तँ सानोभन्दा सानो विवरणमा पनि ध्यान पुर्‍याउँछस्, तैँले यावत् थोकमा परमेश्‍वरलाई सन्तुष्ट बनाउँछस्, तैँले तेरो साँचो हृदय परमेश्‍वरलाई दिन्छस्, र तैँले नबुझ्ने केही कुरा भए पनि, तँ तेरो अभिप्रायहरू सच्याउन परमेश्‍वरको सामु आउँछस् र परमेश्‍वरको इच्छाको खोजी गर्छस्, र परमेश्‍वरलाई सन्तुष्ट बनाउनका लागि आवश्यक पर्ने सबै कुराहरू गर्छस्। सायद तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई परित्याग गर्नेछन्, तर तेरो हृदयले परमेश्‍वरलाई सन्तुष्ट बनाउनेछ, र तैँले देहको सुखको लालसा गर्नेछैनस्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, ठूलो जाँच आउँदा तेरो रक्षा हुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९८

मानिसहरूको आन्तरिक अवस्थाको के कुरामा जाँचहरू लक्षित हुन्छन्? परमेश्‍वरलाई सन्तुष्ट गर्न नसक्ने मानिसहरूमा भएको विरोधी स्वभावप्रति नै जाँचहरू लक्षित हुन्छन्। मानिसहरूभित्र धेरै कुराहरू अशुद्ध छन्, र धेरै कुराहरू पाखण्डीपूर्ण छन्, र मानिसहरूलाई शुद्ध पार्न परमेश्‍वरले उनीहरूको जाँच लिनुहुन्छ। तर यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस् भने, भविष्यमा आउने जाँचहरू तेरो लागि सिद्धता हुनेछ। यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन असक्षम छस् भने, भविष्यका जाँचहरूले तँलाई परीक्षा गर्नेछन्, र तँ अनजानमै ढल्नेछस्, र उक्त क्षणमा तँ आफूलाई सहयोग गर्न असक्षम हुनेछस्, किनभने तँ परमेश्‍वरको कार्य सँगसँगै अगाडि बढ्न सक्नेछैनस् र तँमा वास्तविक कद निहित छैन। र त्यसैले, यदि तँ भविष्यमा दह्रिलो भएर खडा हुन, परमेश्‍वरलाई अझ राम्ररी सन्तुष्ट बनाउन, र उहाँलाई अन्त्यसम्मै विश्‍वास गर्न चाहन्छस् भने, आज तैँले बलियो जग बसाउनुपर्छ। तैँले यावत् थोकमा सत्यको अभ्यास गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनुपर्छ र उहाँको इच्छाप्रति सचेत हुनुपर्छ। यदि तैँले यसरी अभ्यास गरिस् भने, तँभित्र एउटा जग बस्नेछ, र परमेश्‍वरले तँभित्र उहाँलाई प्रेम गर्ने हृदय प्रेरित गर्नुहुनेछ, र उहाँले तँलाई विश्‍वास दिनुहुनेछ। जब कुनै दिन तेरो वास्तविक जाँच हुन्छ, तैँले केही पीडा सहनु पर्ने हुनसक्छ र कुनै निश्‍चित विन्दुसम्म तँलाई दुःख महसुस हुनसक्छ, र कठोर शोक सहनु पर्ने हुनसक्छ, मानौं तेरो मृत्यु नै भएको छ—तर परमेश्‍वरका लागि तेरो प्रेममा परिवर्तन हुनेछैन, र यो झनै गहिरो हुनेछ। परमेश्‍वरको आशीर्वाद यस्तो हुन्छ। यदि तँ परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै कुराहरू आज्ञाकारी हृदयका साथ स्वीकार गर्न सक्षम हुन्छस् भने, तैँले परमेश्‍वरबाट पक्कै पनि आशीर्वाद पाउनेछस्, र तँ परमेश्‍वरबाट आशीर्वाद प्राप्त गर्ने व्यक्ति बन्‍नेछस् र उहाँको प्रतिज्ञा पाउनेछस्। यदि, आज, तैँले अभ्यास गरिनस् भने, जब कुनै दिन तेरो जाँच हुनेछ, तँ आस्था वा प्रेमिलो हृदय विहीन हुनेछस्, र उक्त समयमा जाँचहरू नै परीक्षा बन्नेछन्, तँ शैतानको परीक्षा बीचमा भासिएको हुनेछस् र उम्किने कुनै बाटो हुनेछैन। आज, तँमाथि सानो जाँच आउँदा तँ दह्रिलो भएर खडा हुन सक्षम हुन सक्छस्, तर कुनै दिन तँमाथि ठूलो जाँच आइपर्दा तँ दह्रिलो भएर खडा हुन्छस् नै भन्ने जरुरी छैन। केही व्यक्तिहरू घमण्डी हुन्छन् र उनीहरू पहिले नै सिद्धताको नजिक छन् भनेर सोच्छन्। यस्तो समयमा तँ यदि गहिराइमा गइनस् र आत्मसन्तुष्ट नै भइरहिस् भने, तँ खतरामा हुनेछस्। आज, परमेश्‍वरले ठूला जाँचहरूको कार्य गर्नुहुन्न र सबै कुराहरू ठीकै रहेको जस्तो हुन्छ, तर जब परमेश्‍वरले तँलाई जाँच्नुहुन्छ, तँमा पनि कमजोरी रहेछन् भनेर तँलाई थाहा हुन्छ, किनभने तेरो कद एकदमै सानो छ र तैँले ठूलो जाँच सहन सक्दैनस्। यदि तँ अहिले जस्तो छस् त्यस्तै रहिस् र तँ निष्क्रियताको अवस्थामा छस् भने, जब जाँच आउँछ, तँ पतन हुनेछस्। तिमीहरूले तिमीहरूको कद कति सानो छ भनेर प्रायजसो हेर्नुपर्छ; यसरी मात्रै तिमीहरूले प्रगति गर्न सक्छौ। यदि जाँचको दौरान मात्रै तैँले तेरो कद एकदमै सानो छ, कि तँभित्रको सानो कुरा मात्रै वास्तविक छ, र त परमेश्‍वरको इच्छाका लागि अपर्याप्त छस् भनेर देखिस् भने—यदि तैँले उक्त क्षणमा मात्रै यी कुराहरू बोध गरिस् भने, त्यति बेला एकदमै ढिलो भएको हुनेछ।

यदि तँलाई परमेश्‍वरको स्वभाव थाहा छैन भने, तँ जाँचको दौरान अवश्य ढल्नेछस्, किनभने परमेश्‍वरले मानिसहरूलाई कसरी सिद्ध बनाउनुहुन्छ, उहाँले उनीहरूलाई कुन माध्यमबाट सिद्ध बनाउनुहुन्छ भन्ने विषयमा तँ अनभिज्ञ छस्, र जब परमेश्‍वरको जाँचहरू तँमाथि आउँछ र तिनीहरू तेरो अभिप्रायसँग मिल्दैनन्, तँ दह्रिलो भएर खडा हुन असक्षम हुन्छस्। परमेश्‍वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो, र जब परमेश्‍वरको सम्पूर्ण स्वभाव मानिसहरूलाई देखाइन्छ, यसले तेरो देहका लागि के लिएर आउँछ? जब परमेश्‍वरको धर्मी स्वभाव मानिसहरूलाई देखाइन्छ, उनीहरूको देहले अवश्य धेरै पीडा सहनेछ। यदि तैँले यो पीडा सहिनस् भने, तँलाई परमेश्‍वरले सिद्ध पार्न सक्‍नुहुन्‍न, न तँ परमेश्‍वरलाई साँचो प्रेम समर्पित गर्न नै सक्षम हुनेछस्। यदि परमेश्‍वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले तँलाई पक्कै पनि उहाँको सम्पूर्ण स्वभाव देखाउनुहुनेछ। सृष्टिको समयदेखि आजसम्म, परमेश्‍वरले उहाँको सम्पूर्ण स्वभाव मानिसलाई कहिल्यै देखाउनुभएको छैन—तर आखिरी दिनहरूमा उहाँले यसलाई पूर्वनिश्चित गर्नुभएको र छान्नुभएको मानिसहरूको यो समूहका सामु खुलासा गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पार्दै, उहाँले उहाँको स्वभावलाई खुलासा गर्नुहुन्छ, जसमार्फत उहाँले मानिसहरूको एउटा पूर्ण समूह बनाउनुहुन्छ। मानिसहरूका लागि परमेश्‍वरको साँचो प्रेम यस्तै छ। परमेश्‍वरको साँचो प्रेमको अनुभवका लागि मानिसहरूले अत्यन्तै पीडा सहनुपर्छ, र उच्च मूल्य चुकाउनुपर्छ। यसपछि मात्रै उनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुन्छ र परमेश्‍वरलाई उनीहरूले आफ्‍नो साँचो प्रेम फर्काउन सक्षम हुन्छन्, अनि मात्रै परमेश्‍वरको हृदय सन्तुष्ट हुनेछ। यदि मानिसहरू परमेश्‍वरबाट सिद्ध हुने चाहना छ भने र यदि उनीहरूले उहाँको इच्छाअनुसार काम गर्न चाहना राख्छन् भने, र उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्‍वरलाई दिन्छन् भने, उनीहरूले मृत्युभन्दा पनि कठोर पीडा सहनका लागि उनीहरूको परिस्थितिबाट धेरै कष्ट र यातना भोग्नुपर्ने हुन्छ। अन्ततोगत्वा उनीहरू आफ्नो साँचो हृदय परमेश्‍वरलाई दिन बाध्य हुन्छन्। परमेश्‍वरलाई कसैले साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा कठिनाइ र शोधनको समयमा खुलासा हुन्छ। परमेश्‍वरले मानिसहरूको प्रेमलाई शुद्ध बनाउनुहुन्छ, र यो कठिनाइ र शोधनबाट मात्रै हासिल गर्न सकिन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ४९९

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक सङ्कल्प हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र परमेश्‍वरलाई केवल यान्त्रिक मानवले झैँ अनुसरण गर्न सक्छन्‌, परमेश्‍वरको लागि साँच्चै तृष्णा गर्न वा उहाँलाई श्रद्धा गर्न असमर्थ हुन्छन्‌। तिनीहरूले उहाँलाई केवल चुपचाप पछ्याउँछन्‌। धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्‌, तर परमेश्‍वरलाई प्रेम गर्नेहरू थोरै मात्र छन्‌; तिनीहरू विपत्तिसँग डराउने भएका हुनाले मात्र तिनीहरूले परमेश्‍वरलाई “श्रद्धा” गर्छन्‌, अन्यथा उहाँ उच्च र शक्तिशाली हुनुभएको हुनाले तिनीहरूले परमेश्‍वरलाई “सराहना” गर्छन्‌—तर तिनीहरूको श्रद्धा र सराहनामा, प्रेम वा साँचो तृष्णा हुँदैन। आफ्ना अनुभवहरूमा तिनीहरूले सत्यताका सानातिना विवरणहरू, वा अन्यथा, केही महत्त्वहीन रहस्यहरू खोज्छन्‌। अधिकांश मानिसहरूले केवल आशिषको लागि फाइदा लुट्न पछि लाग्छन्; तिनीहरूले सत्यतालाई खोज्दैनन्, न त तिनीहरूले परमेश्‍वरको आशिष पाउनको लागि साँचो रूपमा परमेश्‍वरको आज्ञा नै पालन गर्छन्‌। सबै मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको जीवन अर्थहीन छ, यो मूल्य विहीन छ, र यसमा तिनीहरूका व्यक्तिगत विचारहरू र खोजीहरू छन्‌; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्नको लागि विश्‍वास गर्दैनन्‌, तर आशिषित हुनको खातिर मात्र गर्छन्‌। धेरै मानिसहरू आफूलाई खुसी लागे अनुसार काम गर्छन्‌; तिनीहरू आफू जे चाहन्छन्‌ त्यही गर्छन्‌ र कहिल्यै परमेश्‍वरको रुचिहरूको बारेमा, वा तिनीहरूले जे गर्छन्‌ त्यो परमेश्‍वरको इच्छाअनुसार छ कि छैन भन्ने बारेमा विचार गर्दैनन्‌। यस्ता मानिसहरूले साँचो विश्‍वास समेत प्राप्त गर्न सक्दैनन्‌, परमेश्‍वरप्रतिको प्रेम त परै जाओस्‌। परमेश्‍वरको सारतत्त्व मानिसले विश्‍वास गर्नको लागि मात्र होइन; अझ अधिक, यो त मानिसले प्रेम गर्नको लागि हो। तर परमेश्‍वरमाथि विश्‍वास गर्ने धेरैजसो यो “गोप्य कुरा” पत्ता लगाउन असक्षम छन्‌। मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने आँट गर्दैनन्‌, न त तिनीहरूले उहाँलाई प्रेम गर्ने प्रयत्न नै गर्छन्‌। परमेश्‍वरको बारेमा प्रेम गर्न योग्य कुराहरू यति धेरै छन्‌ भन्ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्‌; परमेश्‍वर त मानिसहरूलाई प्रेम गर्नुहुने परमेश्‍वर हुनुहुन्छ, र उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसलाई मानिसले प्रेम गर्छ भन्ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्‌। परमेश्‍वरको प्रेमिलोपन उहाँको काममा व्यक्त गरिएको छ: मानिसहरूले उहाँको कामलाई अनुभव गर्दा मात्र तिनीहरूले उहाँको प्रेमिलोपन पत्ता लगाउन सक्छन्‌; तिनीहरूको वास्तविक अनुभवहरूमा मात्र तिनीहरूले परमेश्‍वरको प्रेमिलोपनलाई सराहना गर्न सक्छन्‌; र यसलाई वास्तविक जीवनमा अवलोकन नगरी, कसैले पनि परमेश्‍वरको प्रेमिलोपनलाई पत्ता लगाउन सक्दैन। परमेश्‍वरको बारेमा प्रेम गर्ने कुरा धेरै छन्, तर उहाँसँग वास्तविक रूपमा तल्लीन नभई मानिसहरू यसलाई पत्ता लगाउन असक्षम हुन्छन्‌। भन्नुको अर्थ, यदि परमेश्‍वर देह नबन्नुभएको भए, मानिसहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असक्षम हुनेथिए, र यदि तिनीहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असमर्थ भएका भए, तिनीहरू उहाँको काम अनुभव गर्न पनि समर्थ हुनेथिएनन्‌—र यसरी परमेश्‍वरप्रतिको तिनीहरूको प्रेममा अधिक असत्यता र मनगढन्तको धब्बा लाग्ने थियो। स्वर्गमा भएको परमेश्‍वरप्रतिको प्रेम पृथ्वीमा भएको परमेश्‍वरप्रतिको प्रेम जस्तै वास्तविक छैन, किनभने स्वर्गमा हुनुहुने परमेश्‍वरको बारेमा मानिसहरूको ज्ञान तिनीहरूको आफ्नै आँखाले देखेका र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरेका कुराहरूमाथि भन्दा पनि तिनीहरूको कल्पनाहरूमाथि निर्माण भएको छ। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, मानिसहरूले उहाँको वास्तविक कामहरू र उहाँको प्रेमिलोपन देख्न समर्थ हुन्छन्‌, र तिनीहरूले उहाँको व्यावहारिक र सामान्य स्वभाव देख्न सक्छन्‌, यी सबै नै स्वर्गमा हुनुहुने परमेश्‍वर सम्बन्धी ज्ञानभन्दा हजारौं गुना बढी वास्तविक हुन्छन्‌। मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जतिसुकै प्रेम गरे तापनि यो प्रेम खासै वास्तविक छैन, र यो मानवीय विचारहरूले भरिएको छ। पृथ्वीमा परमेश्‍वरको निम्ति तिनीहरूको प्रेम जतिसुकै थोरै भएतापनि यो प्रेम वास्तविक हुन्छ; यो थोरै मात्र भए तापनि फेरि पनि यो वास्तविक हुन्छ। परमेश्‍वरले मानिसहरूलाई वास्तविक काममार्फत उहाँलाई चिन्न लगाउनुहुन्छ, र यही ज्ञानमार्फत उहाँले तिनीहरूको प्रेम प्राप्त गर्नुहुन्छ। यो पत्रुसको जस्तै हो: यदि उनी येशूसँग नजिएका भए, उसले येशूलाई श्रद्धा गर्नु असम्भव हुनेथियो। यसै गरी, येशूप्रतिको उसको निष्ठा पनि येशूसँग उसको तल्लीनतामा आधारित थियो। मानिसले परमेश्‍वरलाई प्रेम गर्न लगाउनको लागि उहाँ मानिसको बीचमा आउनुभएको छ र मानिससँग सँगै जिउनुहुन्छ, र उहाँले मानिसलाई देख्न र अनुभव गर्न लगाउन खोज्नुभएको एउटै कुरा भनेको परमेश्‍वरको वास्तविकता हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५००

परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाउनको लागि वास्तविकतालाई र तथ्यहरूको प्रादुर्भावलाई प्रयोग गर्नुहुन्छ; परमेश्‍वरका वचनहरूले मानिसहरूलाई सिद्ध बनाउने उहाँको आंशिक भागलाई पूरा गर्छन्‌, र यो अगुवाइ गर्ने र बाटो खोल्ने काम हो। भन्नुको अर्थ, परमेश्‍वरका वचनहरूमा तैँले अभ्यासको मार्ग र दर्शनहरूको ज्ञान भेट्नुपर्छ। यी कुराहरू बुझेर, मानिसले उसको वास्तविक अभ्यासमा एउटा मार्ग र दर्शनहरू पाउनेछ, र परमेश्‍वरका वचनहरूमार्फत अन्तर्दृष्टि पाउन ऊ समर्थ हुनेछ; यी कुराहरू परमेश्‍वरबाट आएका हुन्‌ भन्ने कुरा उसले बुझ्न र धेरै कुरा छुट्याउन ऊ समर्थ हुनेछ। बुझिसकेपछि, मानिस तुरुन्तै यस वास्तविकताभित्र प्रवेश गर्नुपर्छ र उसको वास्तविक जीवनमा परमेश्‍वरलाई सन्तुष्ट पार्न परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्नुपर्छ। परमेश्‍वरले तँलाई सबै कुराहरूमा अगुवाइ गर्नुहुनेछ र तँलाई अभ्यासको मार्ग दिनुहुनेछ, र उहाँ विशेष रूपमा प्रेमिलो हुनुहुन्छ भन्ने कुरा आभास गराउनुहुनेछ, र तँमा गरिएको परमेश्‍वरको कामको हरेक कदम तँलाई नै सिद्ध बनाउनको लागि हो भन्ने कुरा देख्न दिनुहुनेछ। यदि तैँले परमेश्‍वरको प्रेम देख्न चाहन्छस्‌ भने, यदि तैँले परमेश्‍वरको प्रेम साँच्चै अनुभव गर्न चाहन्छस् भने, तँ वास्तविकताभित्रको गहिराइमा जानुपर्छ, तँ वास्तविक जीवनभित्रको गहिराइमा जानुपर्छ र परमेश्‍वरले गर्नुहुने हरेक कुरा प्रेम र मुक्ति हो भन्ने कुरा देख्नुपर्छ, कि उहाँले जे अशुद्ध छन्‌ ती पछाडि छोड्नको लागि मानिसहरूलाई सक्षम पार्नुहुन्छ, र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न असमर्थ भएका मानिसभित्रकै कुराहरूलाई शोधन गर्नुहुन्छ। परमेश्‍वरले मानिसको निम्ति जुटाउन वचनहरू प्रयोग गर्नुहुन्छ; उहाँले मानिसहरूलाई वास्तविक जीवनका परिस्थितिहरू अनुभव गर्ने प्रबन्ध मिलाउनुहुन्छ, र यदि मानिसहरूले धेरैजसो परमेश्‍वरका वचनहरूबाट खान्छन्‌ र पिउँछन्‌ भने, तिनीहरूले वास्तविक रूपमा तिनलाई अभ्यासमा लगाउँदा, तिनीहरूले धेरैजसो परमेश्‍वरका वचनहरूलाई प्रयोग गरेर तिनीहरूका जीवनहरूमा हुने सबै कठिनाइहरूलाई समाधान गर्न सक्छन्‌। भन्नुको अर्थ, वास्तविकताभित्रको गहिराइमा जानको निम्ति तँसँग परमेश्‍वरका वचनहरू हुनुपर्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाँदैनस्‌ र पिउँदैनस्‌ र तँ परमेश्‍वरको कामरहित छस्‌ भने, वास्तविक जीवनमा तँसँग कुनै मार्ग हुनेछैन। यदि तैँले कहिल्यै परमेश्‍वरका वचनहरू खाँदैनस्‌ वा पिउँदैनस्‌ भने, तँमाथि केही कुरा आइपर्दा तँ हक्‍का न बक्‍क हुनेछस्‌। तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ भन्ने कुरा मात्र तँलाई थाहा छ, तर तँ कुनै भिन्नता छुट्याउन असमर्थ छस्‌ र तँसँग अभ्यासको मार्ग छैन; तँ भ्रमित र अन्योलग्रस्त छस्‌, पापमय स्वभावलाई सन्तुष्ट पारेर परमेश्‍वरलाई सन्तुष्ट पार्दैछु भन्ने समेत कहिलेकाहीँ तँ विश्‍वास गर्छस्‌—यो सबै नै परमेश्‍वरका वचनहरू नखानु र नपिउनुको परिणाम हो। भन्नुको अर्थ, यदि तँ परमेश्‍वरका वचनहरूको सहायता विहीन छस्‌ र वास्तविकताभित्र छामछुम मात्र गर्छस्‌ भने, तँ आधारभूत रूपमा अभ्यासको मार्ग पत्ता लगाउन असक्षम छस्‌। यस्ता मानिसहरूले परमेश्‍वरमाथि विश्‍वास गर्नुको अर्थ के हो भन्ने कुरा बुझ्दै-बुझ्दैनन्‌, परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ के हो भन्ने कुरा तिनीहरूले बुझ्ने कुरा त परै जाओस्‌। यदि, परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइ प्रयोग गरेर, तैँले धेरै पटक प्रार्थना गर्छस्‌, र उत्खनन‌ गर्छस्‌, र खोज्छस्‌, र यसद्वारा तैँले अभ्यास गर्नु पर्ने कुरा के हो भन्ने कुरा पत्ता लगाउँछस्, पवित्र आत्माको कामको निम्ति अवसरहरू पत्ता लगाउँछस्‌, परमेश्‍वरसँग साँच्चै सहकार्य गर्छस्‌, र भ्रमित र अन्योलग्रस्त हुँदैनस्‌ भने, तैँले वास्तविक जीवनमा एउटा मार्ग पाउनेछस्‌, र साँच्चै परमेश्‍वरलाई सन्तुष्ट पार्नेछस्‌। जब तैँले परमेश्‍वरलाई सन्तुष्ट पारेको हुन्छस्‌, तँभित्र परमेश्‍वरको अगुवाइ हुनेछ, र तँ परमेश्‍वरद्वारा विशेष रूपमा आशिषित गरिएको हुनेछस्‌, जसले तँलाई आनन्दको आभास दिनेछ: तैँले परमेश्‍वरलाई सन्तुष्ट पारेको छस्‌ भन्‍ने कुराप्रति तैँले विशेष रूपमा सम्मानित भएको आभास गर्नेछस्‌, तैँले विशेष रूपमा भित्र उज्ज्वल भएको आभास गर्नेछस्‌, र तेरो हृदयमा तँ प्रस्ट र शान्त हुनेछस्‌। तेरो विवेक आरोपहरूबाट साम्य र मुक्त पारिनेछ, र तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई देख्दा भित्री रूपमा आनन्दको आभास गर्नेछस्‌। परमेश्‍वरको प्रेमको आनन्द उपभोग गर्नु भनेकै यही हो, र यही मात्र साँच्चै परमेश्‍वरप्रति आनन्दित हुनु हो। परमेश्‍वरको प्रेमबाट आउने मानिसहरूको आनन्द अनुभवमार्फत प्राप्त गरिन्छ: कठिनाइ अनुभव गरेर, र सत्यतालाई अभ्यास गर्नुलाई अनुभव गरेर, तिनीहरूले परमेश्‍वरका आशिषहरू प्राप्त गर्छन्‌। यदि परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्छ, परमेश्‍वरले मानिसहरूको खातिर ठूलो मूल्य चुकाउनुभएको छ, उहाँले धैर्यपूर्वक र दयापूर्वक धेरै वचनहरू बोल्नुभएको छ र सदैव मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर मात्रै भन्छस् भने, तेरा कुराहरूका यी उच्चारण त परमेश्‍वरप्रतिको आनन्दको एउटा मात्र पाटो हो। तथापि, अझ उच्च आनन्द—साँचो आनन्द—तब हुन्छ जब मानिसहरूले आफ्नो वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्छन्‌, तब तिनीहरू आफ्नो हृदयमा शान्त र प्रस्ट हुन्छन्‌। तिनीहरू भित्र असाध्यै अभिप्रेरित भएको आभास गर्छन्‌ र परमेश्‍वर अति प्रेमिलो हुनुहुन्छ भनी आभास गर्छन्‌। तैँले आभास गर्नेछस्‌ कि तैँले चुकाएको मूल्य न्यायसङ्गत मात्रै छैन। आफ्ना प्रयासहरूमा ठूलो मूल्य चुकाएको हुनाले, तँ विशेष रूपमा भित्र उज्ज्वल हुनेछस्‌: तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाउँदैछस्‌ भनी आभास गर्नेछस्‌ र परमेश्‍वरले मानिसहरूमा मुक्तिको काम गर्नुभएको छ, मानिसहरूलाई उहाँले शोधन कामको आशय तिनीहरूलाई शुद्ध गर्नु हो, र तिनीहरूले साँच्चै उहाँलाई प्रेम गर्छन्‌ कि गर्दैनन्‌ भनी परमेश्‍वरले मानिसहरूलाई जाँच गर्नुहुन्छ भन्‍ने कुरा तैँले बुझ्‍नेछस्। तैँले सदैव यसरी सत्यतालाई अभ्यास गरिस्‌ भने, तैँले विस्तारै परमेश्‍वरको धेरैजसो कामको बारेमा प्रस्ट ज्ञान वृद्धि गर्दै जानेछस्‌, र त्यस समयमा तेरो सामुन्ने परमेश्‍वरका वचनहरू घाम जत्तिकै छर्लङ्ग भएको तैँले आभास गर्नेछस्‌। यदि तैँले धेरै सत्यताहरूलाई प्रस्ट रूपमा बुझ्न सकिस्‌ भने, तैँले आभास गर्नेछस्‌ कि सबै कुराहरूलाई अभ्यासमा लगाउनु सजिलो छ, कि तैँले कुनै पनि विषयमाथि विजय हासिल गर्न र कुनै पनि परीक्षामाथि विजय हासिल गर्न सक्छस्, र कुनै पनि कुरा तेरो लागि समस्या होइन भन्ने कुरा तैँले देख्नेछस्‌, जसले तँलाई अत्यन्तै स्वतन्त्र र मुक्त गर्नेछ। यस क्षणमा, तैँले परमेश्‍वरको प्रेमको आनन्द मनाउँदै गर्नेछस्‌, र परमेश्‍वरको साँचो प्रेम तँमाथि आएको हुनेछ। परमेश्‍वरले तिनलाई आशिष दिनुहुन्छ जससँग दर्शनहरू छन्‌, जससँग सत्यता छ, जोसँग ज्ञान छ, र जसले साँच्चै उहाँलाई प्रेम गर्छन्‌। यदि मानिसहरूले परमेश्‍वरको प्रेम देख्ने इच्छा गर्छन्‌ भने, तिनीहरूले वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्नुपर्छ, तिनीहरूले पीडा सहन गर्ने इच्छा गर्नुपर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न तिनीहरूले प्रेम गर्ने थोकलाई त्याग्नुपर्छ, र तिनीहरूको आँखामा आँसुको बाबजुद पनि, तिनीहरूले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न अझै समर्थ हुनुपर्छ। यसरी परमेश्‍वरले तँलाई निश्चय नै आशिष दिनुहुनेछ, र यदि तैँले यस्तो किसिमको कठिनाइलाई सहिस्‌ भने, पवित्र आत्माको कामद्वारा यसलाई पछ्याइनेछ। साँचो जीवनमार्फत, र परमेश्‍वरका वचनहरूलाई अनुभव गरेर, मानिसहरू परमेश्‍वरको प्रेमिलोपनलाई हेर्न समर्थ हुन्छन्‌, र यदि तिनीहरूले परमेश्‍वरको प्रेमलाई चाखेका छन्‌ भने मात्र तिनीहरूले उहाँलाई साँच्चै प्रेम गर्न सक्छन्‌।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५०१

जति धेरै सत्यतालाई तैँले अभ्यास गर्छस्‌, त्यत्ति नै धेरै सत्यता तँसँग हुन्छ; जति धेरै सत्यतालाई तैँले अभ्यास गर्छस्‌, त्यत्ति नै धेरै परमेश्‍वरको प्रेम तँसँग हुन्छ; र जति धेरै सत्यतालाई तैँले अभ्यास गर्छस्‌, त्यत्ति नै धेरै तँ परमेश्‍वरद्वारा आशिषित हुन्छस्‌। यदि तैँले सदैव यसै गरी अभ्यास गरिस्‌ भने, तेरो लागि दिइने परमेश्‍वरको प्रेमले विस्तारै तँलाई देख्न सक्षम तुल्याउनेछ, जसरी पत्रुसले परमेश्‍वरलाई जाने: परमेश्‍वरसँग स्वर्ग र पृथ्वी सृष्टि गर्ने बुद्धि मात्र होइन, तर, त्योभन्दा पनि बढी, उहाँसँग मानिसहरूमा साँचो काम गर्ने बुद्धि पनि छ भनेर पत्रुसले भने। उहाँले स्वर्ग र पृथ्वीको र सबै कुराहरूको सृष्टि गर्नुभएको कारणले गर्दा मात्र मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, तर, त्योभन्दा पनि बढी, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई पूर्ण बनाउने, र मानिसलाई आफ्नो प्रेम हस्तान्तरण गर्ने उहाँको क्षमताको कारणले गर्दा पनि उहाँ योग्य हुनुभएको हो भनेर पत्रुसले भने। त्यसैले पनि पत्रुस भन्छन्‌ कि मानिसको प्रेमको निम्ति उहाँमा योग्य कुराहरू धेरै छन्‌। पत्रुसले येशूलाई भने: “के स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्नु नै मानिसहरूको प्रेम पाउन योग्य हुनुको एउटै कारण हो र? तपाईंमा अरू पनि धेरै कुराहरू छन्‌ जुन प्रेमिलो छन्‌। तपाईं वास्तविक जीवनमा कार्यरत र चलायमान हुनुहुन्छ, तपाईंको आत्माले मलाई भित्र स्पर्श गर्नुहुन्छ, तपाईंले मलाई ताडना दिनुहुन्छ, तपाईंले मलाई हप्काउनुहुन्छ—यी कुराहरू मानिसहरूको प्रेम पाउन अझ धेरै योग्य छन्‌।” यदि तँ परमेश्‍वरको प्रेम हेर्ने र अनुभव गर्ने इच्छा राख्छस्‌ भने, तैँले वास्तविक जीवनमा उत्खनन र खोजी गर्नुपर्छ र तेरो आफ्नै पापमय स्वभावलाई पन्साउने इच्छा राख्नुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ यस्तो सङ्कल्प भएको व्यक्ति हुनुपर्छ जसले अल्छी नबनी वा पापमय स्वभावका आनन्दहरूको लालसा नगरी, पापमय स्वभावको लागि नभएर परमेश्‍वरको लागि जिएर सबै कुराहरूमा परमेश्‍वरलाई सन्तुष्ट पार्न समर्थ हुन्छ। यस्ता समयहरू हुन सक्छन्‌ जब तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्दैनस्‌। त्यो तैँले परमेश्‍वरको इच्छा नबुझेको कारणले हो; अर्को पटक, अझ धेरै प्रयास चाहिने भए पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नुपर्छ र पापमय स्वभावलाई सन्तुष्ट पार्ने होइन। जब तैँले यस्तो प्रकारले अनुभव गर्छस्‌, तैँले परमेश्‍वरलाई चिन्न आएको हुनेछस्‌। तैँले देख्नेछस्‌ कि परमेश्‍वरले स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्न सक्नुहुन्छ, कि उहाँ देह बन्नुभएको छ ताकि मानिसहरूले वास्तवमा उहाँलाई देख्न सकून्‌ र वास्तवमा उहाँसँग तल्लीन हुन सकून्‌; तैँले के देख्नेछस्‌ भने उहाँ मानिसहरूको माझमा हिँडडुल गर्न समर्थ हुनुहुन्छ, र उहाँको आत्माले वास्तविक जीवनमा मानिसहरूलाई उहाँको प्रेमिलोपन देख्न र उहाँको ताडना, उहाँको सजाय, र उहाँका आशिषहरू अनुभव गर्न दिँदै पूर्ण बनाउन सक्नुहुन्छ। यदि तैँले सदैव यसरी अनुभव गरिस्‌ भने, वास्तविक जीवनमा तँ परमेश्‍वरबाट अलग्याउन नसकिने हुनेछस्‌, र यदि कुनै दिन परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन छोड्छ भने, तँ सङ्घर्ष गर्न र पछुतो गर्न समर्थ हुनेछस्‌। जब परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन्छ, तैँले परमेश्‍वरलाई त्याग्ने इच्छा कहिल्यै गर्नेछैनस्‌, र यदि कुनै दिन परमेश्‍वरले तँलाई त्याग्‍नेछु भनी भन्नुहुन्छ भने, तँ भयभीत हुनेछस्‌, र परमेश्‍वरद्वारा त्यागिइनुभन्दा बरु मरुँला भनी तैँले भन्‍नेछस्‌। यी भावनाहरू तँसँग हुनेबित्तिकै, तैँले परमेश्‍वरलाई त्याग्न असक्षम छस् भन्ने तैँले आभास गर्नेछस्‌, र यसरी, तँसँग एउटा जग हुनेछ, र तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाउनेछस्‌।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५०२

मानिसहरू अक्सर परमेश्‍वरलाई तिनीहरूको आफ्नो जीवन हुन दिने कुरा गर्छन्‌, तर तिनीहरूको अनुभव त्यो बिन्दुसम्म अझै आइपुगेको हुँदैन। परमेश्‍वर नै तेरो जीवन हुनुहुन्छ, उहाँले हरेक दिन तँलाई अगुवाइ गर्नुहुन्छ, हरेक दिन तँ उहाँका वचनहरू खान्छस्‌ र पिउँछस्‌, र तैँले हरेक दिन उहाँसित प्रार्थना गर्छस्‌, त्यसैले उहाँ तेरो जीवन बन्नुभएको छ भनेर मात्रै तँ भनिरहेको छस्। यस्तो भन्नेहरूको ज्ञान अत्यन्तै सतही छ। धेरै मानिसहरूमा कुनै जग छैन; परमेश्‍वरका वचनहरू तिनमा रोपिएका छन्‌, तर ती उम्रिएका छैनन्‌, तिनीहरूले कुनै फल फलाउने कुरा त परै जाओस्‌। आज, तैँले कुन हदसम्म अनुभव गरेको छस्‌? यहाँसम्म आइपुग्नलाई परमेश्‍वरले तँलाई बलजफती गर्नुभएपछि, बल्ल तैँले परमेश्‍वरलाई त्याग्न सक्दैनस्‌ भनी आभास गर्छस्‌। कुनै दिन, जब तेरो अनुभव एउटा निश्चित बिन्दुमा आइपुगेको हुनेछ, तब यदि परमेश्‍वरले तँलाई त्याग्ने बनाउनुभयो भने, तैँले त्यसो गर्न समर्थ हुन्थिनस्‌। तैँले आफूभित्र परमेश्‍वर बिना हुन सक्दैनस्‌ भनी सदैव आभास गर्नेछस्; तँ पति, पत्नी, वा बालबच्चा बिना, परिवार बिना, आमा वा बुवा बिना, पापमय स्वभावका आनन्दहरू बिना हुन सक्छस्‌, तर तँ परमेश्‍वर बिना हुन सक्दैनस्‌। परमेश्‍वर बिना हुनु भनेको तेरो जीवन गुमाउनु जस्तै हुनेथियो; तँ परमेश्‍वर बिना जिउन समर्थ हुने थिइनस्। जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्‌, तब तैँले परमेश्‍वरमाथि तेरो विश्‍वासको निशानालाई लगाएको हुनेछस्‌, र यसरी परमेश्‍वर तेरो जीवन बन्नुभएको हुनुहुनेछ, उहाँ तेरो अस्तित्वको जग बन्नुभएको हुनुहुनेछ। तैँले फेरि कहिल्यै परमेश्‍वरलाई त्याग्न समर्थ हुनेछैनस्‌। जब तैँले यो हदसम्म अनुभव गरेको हुन्छस्‌, तब तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाएको हुनेछस्‌, र जब परमेश्‍वरसँग तेरो चाहिँदो घनिष्ठ सम्बन्ध हुन्छ, तब उहाँ तेरो जीवन, तेरो प्रेम हुनुहुनेछ र त्यही समयमा तैँले परमेश्‍वरसित प्रार्थना गर्नेछस्‌ र भन्‍नेछस्‌: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। तपाईं नै मेरो जीवन हुनुहुन्छ। म अरू हरेक कुरा बिना अघि बढ्न सक्छु—तर तपाईं बिना जिएर म अघि बढ्न सक्दिनँ।” यो नै मानिसहरूको साँचो कद हो; यही नै वास्तविक जीवन हो। केही मानिसहरू आज आइपुगेको ठाउँसम्म आइपुग्‍न बाध्य पारिएका हुन्‌: तिनीहरूले चाहे पनि नचाहे पनि तिनीहरू अघि बढ्नुपर्छ, र तिनीहरूले सदैव यस्तो आभास गर्छन्‌ मानौं तिनीहरू दुई ढुङ्गा बीचको तरुल बनेको स्थितिमा छन्‌। तैँले यस्तो अनुभव गर्नुपर्छ कि परमेश्‍वर तेरो जीवन हुनुहुन्छ, यदि परमेश्‍वर तेरो हृदयबाट निकालिनुभयो भने, यो तेरो जीवन गुमाएको जस्तै हुन्थ्यो; परमेश्‍वर तेरो जीवन हुनुपर्छ, र तँ उहाँलाई त्याग्नको लागि असक्षम हुनुपर्छ। यसरी, तैँले परमेश्‍वरलाई वास्तवमा अनुभव गरेको हुनेछस्‌, र यस समयमा, जब तैँले परमेश्‍वरलाई प्रेम गर्छस्‌, तैँले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेछस्‌, र यो एकल, शुद्ध प्रेम हुनेछ। कुनै दिन, जब तेरा अनुभवहरू यस्ता हुन्छन्‌ कि तेरो जीवन एउटा निश्चित बिन्दुमा आइपुगेको छ, जब तैँले परमेश्‍वरसित प्रार्थना गर्छस्‌, र परमेश्‍वरका वचनहरू खान्छस्‌ र पिउँछस्‌, तब तँ परमेश्‍वरलाई त्याग्न भित्र असमर्थ हुनेछस्‌, न त तैँले चाहेर पनि उहाँलाई बिर्सन समर्थ हुनेछस्‌। परमेश्‍वर तेरो जीवन बन्नुभएको हुनेछ; तैँले संसारलाई बिर्सन सक्छस्‌, तैँले तेरो पत्नी, पति, वा बालबच्चा बिर्सन सक्छस्‌, तर तैँले परमेश्‍वरलाई बिर्सन कठिन हुनेछ—यसो गर्नु असम्भव हुनेछ, यो नै तेरो साँचो जीवन र परमेश्‍वरको निम्ति तेरो साँचो प्रेम हो। जब परमेश्‍वरप्रतिको मानिसहरूको प्रेम एक निश्चित बिन्दुमा आइपुगेको हुन्छ, तब अरू कुनै कुराप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरप्रतिको तिनीहरूको प्रेमको बराबरी हुँदैन; परमेश्‍वरप्रतिको तिनिहरूको प्रेम पहिला आउँछ। यसरी तैँले अन्य हरेक कुरा त्याग्न समर्थ हुन्छस्‌, र परमेश्‍वरबाटको सबै निराकरण र छिँवल्ने कार्यलाई स्विकार गर्न इच्छुक हुन्छस्‌। जब तैँले अन्य सबै कुराहरूलाई नाघ्‍ने परमेश्‍वरप्रतिको प्रेम हासिल गरेको हुन्छस्‌, तँ वास्तविकतामा र परमेश्‍वरको प्रेममा बाँच्नेछस्‌।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५०३

जब मानिसहरूभित्र परमेश्‍वर जीवन बन्नुहुन्छ तब तुरुन्तै मानिसहरू परमेश्‍वरलाई त्याग्न असमर्थ हुन्छन्‌। के यो परमेश्‍वरको काम होइन र? योभन्दा महान्‌ साक्षी अरू केही छैन। परमेश्‍वरले एक निश्चित बिन्दुसम्म काम गर्नुभएको छ; उहाँले मानिसहरूलाई सेवा गर्न, सजाय पाउन वा मर्न भन्नुभएको छ, र मानिसहरू तर्किएका छैनन्‌, जसले देखाउँछ कि तिनीहरू परमेश्‍वरद्वारा जितिएका छन्‌। सत्यता भएका मानिसहरू ती हुन्‌ जो, तिनको वास्तविक अनुभवहरूमा, कहिल्यै पछि नहटी, आफ्नो साक्षीमा दृढ खडा हुन, आफ्नो स्थितिमा दृढ खडा हुन‌, परमेश्‍वरको पक्षमा खडा हुन सक्छन्‌, र जसले परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूसँग सामान्य सम्बन्ध राख्न सक्छन्‌, जो, जब परिस्थितिहरू तिनीहरूमाथि आइलाग्छन्‌, परमेश्‍वरलाई पूर्ण रूपमा आज्ञापालन गर्न समर्थ हुन्छन्‌, र मृत्युसम्मै परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्‌। वास्तविक जीवनमा तेरा अभ्यास र प्रकाशहरू परमेश्‍वरको साक्षी हुन्‌, ती मानिसको जियाइ र परमेश्‍वरको गवाही हुन्‌, र यो साँच्चै परमेश्‍वरको प्रेमको आनन्द उपभोग गर्नु हो; जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्‌, तब चाहिने प्रभाव हासिल गरिएको हुनेछ। तँसँग वास्तविक जियाइ छ र तेरो हरेक कार्यलाई अरूहरूद्वारा सराहनासहित हेरिन्छ। तेरो पहिरन र बाहिरी रूप अउल्लेखनीय छन्‌, तर तैँले सर्वोत्कृष्ट पवित्र जीवन जिउँछस्‌, र जब तैँले परमेश्‍वरका वचनहरू बोल्छस्‌, तँ उहाँद्वारा निर्देशित र अन्तर्दृष्टि प्रदान गरिएको हुन्छस्‌। तैँले आफ्ना वचनहरूमार्फत परमेश्‍वरको इच्छा बोल्न, वास्तविकता सञ्चार गर्न समर्थ हुन्छस्‌, र तैँले आत्मामा सेवा गर्नेबारे धेरै कुरा बुझ्छस्‌। तँ तेरो बोलीमा प्रस्ट छस्‌, तँ शिष्ट र सदाचारी, मुकाबिला-नगर्ने र मर्यादाशील छस्‌, आफूमाथि विपत् आइलाग्दा परमेश्‍वरका प्रबन्धहरूको पालन गर्न र आफ्नो साक्षीमा दृढ खडा हुन समर्थ छस्‌, र जेसुकैको सामना गरेको भएतापनि तँ शान्त र सौहार्द छस्‌। यस प्रकारको व्यक्तिले साँच्चै परमेश्‍वरको प्रेम देखेको हुन्छ। केही मानिसहरू अझै पनि जवान छन्, तर तिनीहरूले कुनै अर्ध-बैँसे व्यक्तिले जस्तो व्यवहार गर्छन्‌; तिनीहरू परिपक्‍व, सत्यताले भरिएका, र अरूहरूले सराहना हुन्छन्‌—अनि यी त्यस्ता मानिसहरू हुन्‌ जससँग साक्षी छ र जो परमेश्‍वरको प्रकटीकरण हुन्‌। भन्नुको अर्थ, जब तिनीहरूले एउटा निश्चित बिन्दुसम्‍म अनुभव गरेका हुन्छन्‌, तब भित्र तिनीहरूसँग परमेश्‍वरप्रतिको अन्तर्दृष्टि रहनेछ‌, र तिनीहरूको बाहिरी स्वभाव पनि स्थिर हुनेछ। धेरै मानिसहरूले सत्यतालाई अभ्यास गर्दैनन्‌ र आफ्नो साक्षीमा दृढ खडा हुँदैनन्‌। यस्ता मानिसहरूमा परमेश्‍वरको प्रेम, वा परमेश्‍वरप्रतिको साक्षी हुँदैन, र यी यस्ता मानिसहरू हुन्‌ जो परमेश्‍वरद्वारा घिनाइएका हुन्छन्‌। तिनीहरूले भेलाहरूमा परमेश्‍वरका वचनहरू पढ्छन्‌, तर तिनीहरूले जे जिउँछन्‌ त्यो शैतान हो, र यसले परमेश्‍वरको अनादर गर्ने, परमेश्‍वरको बदख्वाइँ गर्ने, र परमेश्‍वरको निन्दा गर्ने गर्छ। यस्ता मानिसहरूमा परमेश्‍वरको प्रेमको कुनै सङ्केत हुँदैन, र तिनीहरूसँग पवित्र आत्माको काम हुँदै हुँदैन। त्यसैले, मानिसहरूका वचनहरू र कार्यहरूले शैतानको प्रतिनिधित्व गर्छन्‌। यदि तेरो हृदय सदैव परमेश्‍वरको सामुन्ने शान्तिमा छ भने, र तैँले तेरो वरिपरि भएका मानिसहरू र कुराहरूमा, र तेरो वरिपरि के हुँदैछ त्यसमा, सदैव ध्यान दिन्छस्‌ भने, र यदि तँ परमेश्‍वरको बोझप्रति विवेकी हुन्छस्‌ भने, र तँसँग सदैव परमेश्‍वरलाई श्रद्धा गर्ने हृदय छ भने, परमेश्‍वरले अक्सर तँलाई भित्रै अन्तर्दृष्टि दिनुहुनेछ। मण्डलीमा मानिसहरू हुन्छन्‌ जो “निरीक्षकहरू” हुन्‌: तिनीहरू अरूहरूको कमजोरीहरू हेर्न निस्कन्छन्‌ र त्यसपछि तिनैलाई नक्कल र अनुसरण गर्छन्‌। तिनीहरू फरक छुट्याउन असमर्थ हुन्छन्‌, तिनीहरूले पापलाई घृणा गर्दैनन्‌ र शैतानका कुराहरूद्वारा घिनाउँदैनन्‌ वा दिगमिगाउँदैनन्‌। यस्ता मानिसहरू शैतानका कुराहरूले भरिएका हुन्छन्‌, र तिनीहरू अन्ततः परमेश्‍वरद्वारा पूर्ण रूपमा त्यागिएका हुनेछन्‌। परमेश्‍वरको सामुन्ने तेरो हृदय सदैव श्रद्धालु हुनुपर्छ, तँ आफ्नो वचनहरू र कार्यहरूमा शिष्ट हुनुपर्छ र कहिल्यै परमेश्‍वरलाई विरोध गर्ने वा रिस उठाउने इच्छा गर्नुहुँदैन। तँमा परमेश्‍वरको कामलाई व्यर्थ बनाउन तँ कहिल्यै इच्छुक हुनुहुँदैन, वा तैँले सहेका सबै कठिनाइहरूलाई र तैँले अभ्यास गरेका सबै कुराहरूलाई बिना अर्थको हुन दिनु हुँदैन। तँ अघि बढ्ने मार्गमा अझ कठोर काम गर्न र परमेश्‍वरलाई प्रेम गर्न इच्छुक हुनुपर्छ। यी यस्ता मानिसहरू हुन् जससँग दर्शन तिनीहरूको जगको रूपमा हुन्छ। यी यस्ता मानिसहरू हुन्‌ जसले प्रगति खोज्छन्‌।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५०४

यदि मानिसहरूले परमेश्‍वरलाई श्रद्धा गर्ने हृदयले परमेश्‍वरमा विश्‍वास गर्छन्‌ र परमेश्‍वरका वचनहरूको अनुभव गर्छन्‌ भने, यस्ता मानिसहरूमा परमेश्‍वरको मुक्ति र परमेश्‍वरको प्रेम देख्न सकिन्छ। यी मानिसहरू परमेश्‍वरलाई प्रमाणित गर्नको लागि समर्थ छन्; तिनीहरूले सत्यतालाई अभ्यास गर्छन्‌, र तिनीहरूले जे प्रमाणित गर्छन् त्यो पनि सत्यता, परमेश्‍वर जे हुनुहुन्छ र परमेश्‍वरको स्वभाव जे छ त्यो नै हो। तिनीहरू परमेश्‍वरको प्रेमको माझमा जिउँछन्‌ र तिनीहरूले परमेश्‍वरको प्रेमलाई देखेका छन्‌। यदि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा राख्छन्‌ भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलोपनको स्वाद लिनुपर्छ र परमेश्‍वरको प्रेमिलोपनलाई देख्नुपर्छ; तब मात्र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय जगाउन सकिन्छ, एउटा यस्तो हृदय जसले परमेश्‍वरको निम्ति आफैलाई निष्ठा पूर्वक दिनको लागि मानिसहरूलाई प्रेरणा दिन्छ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको वचनहरू र अभिव्यक्तिहरूमार्फत वा तिनीहरूको कल्पनामार्फत उहाँलाई प्रेम गर्न लगाउनुहुन्न, र उहाँले मानिसहरूलाई उहाँलाई प्रेम गर्न लगाउनको लागि बलजफती गर्नुहुन्न। बरु, उहाँले तिनीहरूलाई तिनीहरूको आफ्नै इच्छाले उहाँलाई प्रेम गर्न दिनुहुन्छ, र उहाँले तिनीहरूलाई उहाँको काम र उच्चारणहरूमा आफ्नो प्रेमिलोपन हेर्न दिनुहुन्छ, जसपछि तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेम जन्मिन्छ। यसरी मात्र मानिसहरूले साँच्चै परमेश्‍वरको साक्षी दिन सक्छन्‌। अरूहरूद्वारा त्यसो गर्नलाई भनिएकोले गर्दा मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्दैनन्‌, न त यो कुनै क्षणिक भावनात्मक आवेग हो। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्‌ किनभने तिनीहरूले उहाँको प्रेमिलोपन देखेका छन्‌ कि मानिसहरूको प्रेमको योग्यको उहाँमा अति धेरै कुराहरू छन्‌, तिनीहरूले परमेश्‍वरको मुक्ति, बुद्धि, र अचम्मका कार्यहरू देखेका हुनाले, र यसको परिणाम स्वरूप, तिनीहरूले परमेश्‍वरलाई साँच्चै प्रशंसा गर्छन्‌ र साँच्चै उहाँको तृष्णा गर्छन्‌, र तिनीहरूमा यस्तो उत्कण्ठा जाग्छ कि परमेश्‍वरलाई प्राप्त नगरी तिनीहरू बाँच्न सक्दैनन्‌। परमेश्‍वरको साँच्चै गवाही दिनेहरूले किन सानदार साक्षी दिन समर्थ हुन्छन्‌ भन्ने कुराको कारण यही हो कि तिनीहरूको साक्षी साँचो ज्ञान र परमेश्‍वरको लागि साँचो तृष्णाको जगमाथि खडा छ। यस्तो साक्षी कुनै भावनात्मक संवेगअनुसार प्रदर्शन गरिएको होइन, तर परमेश्‍वरको ज्ञान र उहाँको स्वभावअनुसार हो। तिनीहरूले परमेश्‍वरलाई चिन्न आएका हुनाले, तिनीहरूले आभास गर्छन्‌ कि तिनीहरूले निश्चय नै परमेश्‍वरको गवाही दिनुपर्छ र परमेश्‍वरको लागि तृष्णा राख्नेहरू सबैलाई नै परमेश्‍वरलाई चिन्न लगाउनुपर्छ, र परमेश्‍वरको प्रेमिलोपन र उहाँको वास्तविकताको बारेमा सचेत हुनुपर्छ‌। परमेश्‍वरको लागि मानिसहरूको प्रेम जस्तै, तिनीहरूको गवाही स्वतःस्फूर्त हुन्छ; यो वास्तविक हुन्छ र यसको वास्तविक महत्त्व र मूल्य हुन्छ। यो निष्क्रिय वा खोक्रो र अर्थहीन छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूसँग मात्र आफ्नो जीवनमा सर्व मूल्य र अर्थ हुनुको कारण, तिनीहरूले मात्र परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने कारण यही हो कि यी मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउन समर्थ हुन्छन्‌ र परमेश्‍वरको काम र व्यवस्थापनको लागि जिउन समर्थ हुन्छन्‌। यस्तो किन हुन्छ भने तिनीहरू अन्धकारमा जिउँदैनन्‌, तर ज्योतिमा जिउँछन्‌; तिनीहरूले अर्थहीन जीवन जिउँदैनन्‌, तर परमेश्‍वरद्वारा आशिषित गरिएको जीवन जिउँछन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका साक्षीहरू हुन्‌, तिनीहरूले मात्र परमेश्‍वरद्वारा आशिष पाएका हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका हितैषीहरू हुन्‌; ती परमेश्‍वरद्वारा प्रेम गरिएका व्यक्तिहरू हुन्‌, र तिनीहरूले परमेश्‍वरसँग सँगै आशिषहरूको आनन्द उपभोग गर्न सक्छन्‌। यस्ता मानिसहरू मात्र अनन्तसम्म जिउनेछन्‌, र तिनीहरू मात्र सदाको लागि परमेश्‍वरको स्याहार र सुरक्षा अन्तर्गत जिउनेछन्‌। मानिसहरूले प्रेम गरून्‌ भन्ने पक्षमा परमेश्‍वर हुनुहुन्छ, र उहाँ सबै मानिसहरूको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदैनन्‌, र सबै मानिसहरू परमेश्‍वरको गवाही दिन सक्दैनन्‌ र परमेश्‍वरसँगै शक्ति कायम राख्न सक्दैनन्‌। तिनीहरूले परमेश्‍वरको साक्षी दिन समर्थ हुने भएकाले र तिनीहरूले परमेश्‍वरको काममा आफ्ना सबै प्रयासहरू लगाएका हुनाले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू स्वर्गमुनि जुनसुकै ठाउँमा कसैले तिनीहरूलाई विरोध गर्न आँट नगर्ने गरी हिँड्न सक्छन्‌, र तिनीहरूले पृथ्वीमा शक्ति अभ्यास गर्न सक्छन्‌ र परमेश्‍वरका सारा मानिसहरूमाथि शासन गर्न गर्छन्‌। यी मानिसहरू संसारभरिबाट आएका छन्‌। तिनीहरूले विभिन्न भाषा बोल्छन्‌ र तिनीहरूका वर्णहरू फरक-फरक छन्‌, तर तिनीहरूको अस्तित्वको एउटै अर्थ छ; तिनीहरू सबैसँग एउटै हृदय छ जसले परमेश्‍वरलाई प्रेम गर्छ, तिनीहरू सबैले एउटै साक्षी प्रदान गर्छन्‌, र तिनीहरूसँग एउटै सङ्कल्प, र एउटै इच्छा छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र हिँडडुल गर्न सक्छन्‌, र परमेश्‍वरको साक्षी दिनेहरू ब्रह्माण्डभरि नै यात्रा गर्न सक्छन्‌। यी मानिसहरू परमेश्‍वरद्वारा प्रेम गरिएका हुन्छन्‌, तिनीहरू परमेश्‍वरद्वारा आशिषित गरिएका हुन्छन्‌, र तिनीहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५०५

आज तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? र परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले कति धेरै जान्दछस्? तैंले सिक्नुपर्ने कुराहरू यिनै हुन्। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले मानिसमा जे गर्नुभएको छ र मानिसलाई जे देखाउनुभएको छ त्यो मानिसले उहाँलाई प्रेम गरोस् र साँच्चै उहाँलाई चिनोस् भनेर नै हो। मानिसले परमेश्‍वरका लागि कष्ट भोग्न सक्‍नुको कारण र यति टाढासम्‍म आउन सक्‍नुको कारण एक हिसाबमा परमेश्‍वरको प्रेमको कारणले हो र अर्को हिसाबमा परमेश्‍वरको उद्धारको कारणले गर्दा हो। यसबाहेक, परमेश्‍वरले मानिसमा गर्नुभएको सजाय र दण्डको कामको कारणले गर्दा हो। यदि तिमीहरू न्याय, सजाय, र परमेश्‍वरको जाँचरहित छौ भने, यदि परमेश्‍वरले तिमीहरूलाई दुःखमा पार्नुभएको छैन भने तिमीहरूले पूर्ण इमानदारीसाथ परमेश्‍वरलाई प्रेम गर्नेछैनौ। मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, परमेश्‍वरको काम कति अर्थपूर्ण छ त्यो त्यत्ति नै स्पष्ट हुन्छ, अनि मानिसको हृदय परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्ने कुरा तँ कसरी सिक्छस्? कुनै पीडा र शोधनविना, कष्टपूर्ण परीक्षाहरूविना—र यदि यसबाहेक, परमेश्‍वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेम, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्ने ठाउँमा पुग्न सक्थिस्? एकातिर, परमेश्‍वरले जाँच गर्नुहुँदा मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ महत्त्वहीन, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ, अर्कोतिर, उहाँले परीक्षा गर्नुहुँदा परमेश्‍वरले मानिसका लागि विभिन्न वातावरणहरू सृजना गर्नुहुन्छ, जसले मानिसलाई परमेश्‍वरको प्रेमिलोपनको अनुभव गर्न अझ बढी सक्षम बनाउँदछ। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ समाधान गर्न नसकिने भए तापनि—चकनाचूर पार्ने दुःखको तहसम्म पनि पुग्‍ने भए तापनि—यस्तो अनुभव गरिसकेपछि मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी बुझ्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरको निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्‍वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको अस्तित्व बुझ्‍ने बारेमा त कुरै नगरौं। केवल परमेश्‍वरको ‍शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र ऊ केही पनि होइन भनी जान्न सक्छ। यसरी, परमेश्‍वरप्रतिको मानिसको प्रेम परमेश्‍वरको शोधन र न्यायको जगमाथि निर्माण भएको हुन्छ। यदि तैंले परमेश्‍वरको अनुग्रहको मात्र आनन्द लिन्छस्, शान्तिमय पारिवारिक जीवन वा भौतिक आशिषहरू मात्र प्राप्त गर्छस् भने तैंले परमेश्‍वरलाई प्राप्त गरेको छैनस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई सफल मान्न सकिँदैन। परमेश्‍वरले पहिले नै अनुग्रहको कामको एक चरणलाई देहमा पूरा गरिसक्नुभएको छ, र मानिसलाई भौतिक आशिष्‌हरू प्रदान गरिसक्नुभएको छ, तर मानिस अनुग्रह, प्रेम र कृपाले मात्र सिद्ध हुन सक्दैन। मानिसको अनुभवमा उसले परमेश्‍वरका केही प्रेम अनुभव गर्छ र उसले परमेश्‍वरको प्रेम र दया देख्छ, तापनि केही समयसम्म उसले अनुभव गरेपछि परमेश्‍वरको अनुग्रह, र उहाँको प्रेम र कृपाले मानिसलाई सिद्ध बनाउन सक्दैन, मानिसभित्रको भ्रष्टता प्रकट गर्न सक्दैन र मानिसलाई उसको भ्रष्ट स्वभावबाट छुटकारा दिन वा उसको प्रेम र विश्‍वासलाई सिद्ध बनाउन सक्दैन भनी बुझ्छ। परमेश्‍वरको अनुग्रहको काम एक एउटा अवधिको काम थियो, र परमेश्‍वरलाई जान्नका लागि मानिस परमेश्‍वरको अनुग्रहको आनन्द लिने कुरामा भर पर्न सक्दैन।

— वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५०६

आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्‍वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दु:ख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ प्रेम गर्दैनस् भने, सम्भवतः तेरो निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तब तँ आफ्नो वरिपरि समाधान गर्न नसकिने कुराहरू भएको जस्तो महसुस गर्नेछस्, र तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ; यसबाहेक, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्, र तैँले परमेश्‍वरको इच्छा अति उच्च र मानिसको पहुँचदेखि बाहिर छ भन्‍ने महसुस गर्नेछस्। यी सबैको कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकोले, र परमेश्‍वरको इच्छा पूरा गर्न नसक्ने धेरै कुरा भएकोले तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण प्राप्त गरिन्छ भन्‍ने कुरालाई तैँले स्पष्ट रूपमा देख्‍नुपर्छ। यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति र परमेश्‍वरको कृपामा विश्‍वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो। जब तँलाई शैतानले परीक्षा गर्छ, तैंले यसो भन्नुपर्छ: “मेरो हृदय परमेश्‍वरको हो, र परमेश्‍वरले मलाई अघिबाटै प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले मेरा सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति समर्पण गर्नैपर्छ।” तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ; यसरी पनि तँसित विश्‍वास र संकल्प हुनेछ, अनि परमेश्‍वरलाई प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्। यो भन्न सकिन्छ, कि दुःखरहित हुनका निम्ति मानिसले परमेश्‍वरलाई प्रेम मात्रै गर्नुपर्छ। कहिलेकहीँ तेरो शरीर कमजोर हुनेभए पनि र तँ धेरै वास्तविक समस्याहरूले ग्रस्त हुनेभए पनि, यस बेला तैंले साँच्चै परमेश्‍वरमा भरोसा राख्छस्, र तेरो आत्माभित्र तँलाई सान्त्वना दिइनेछ, र तैँले सुनिश्‍चितताको र तैंले आफू भर पर्न सक्ने कुरा केही छ भन्‍ने महसुस गर्छस्। यसरी, तैँले धेरै वटा वातावरणमाथि विजय प्राप्त गर्न सक्‍नेछस्, अनि यसरी तैंले भोग्न परेको वेदनाका निम्ति परमेश्‍वरको बारेमा गुनासो गर्नेछैनस्। त्यसको साटो, तँ गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, परमेश्‍वरको बारेमा विचार गर्न चाहन्छस्, र परमेश्‍वरले तेरो वरिपरि राख्नुभएका मानिसहरू, विषयहरू र थोकहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तैंले हेर्ने सबै कुरा तँलाई पट्यारलाग्दो हुनेछ र कुनै पनि कुरा तेरा आँखाहरूलाई मनपर्दो हुनेछैन। तेरो आत्मामा तँ स्वतन्त्र हुनेछैनस्, तर अपहेलित हुन्छस्, तेरो हृदयले सधैँ परमेश्‍वरको बारेमा गुनासो गर्नेछ, र तैंले सधैँ धेरै पीडा सहनुपर्छ र यो अत्यन्तै अन्याय हो भन्‍ने महसुस गर्छस्। यदि तँ खुसीका पछि लाग्दैनस्, तर परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोषी हुन खोज्छस् भने त्यस्तो खोजीले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ। मानिस परमेश्‍वरले बोल्नुभएका सबै कुरा पूरा गर्न सक्षम छ र उसले गर्ने सबै कुराद्वारा ऊ परमेश्‍वरलाई खुसी पार्न सक्षम छ—वास्तविकता हुनु भनेको अर्थ यही नै हो। परमेश्‍वरको सन्तुष्टिको पछि लाग्नु भनेको उहाँको वचनलाई व्यवहारमा उतार्नका लागि तेरो प्रेमको प्रयोग गर्नु हो; समय जुनसुकै भए पनि—जब अरू शक्ति विहीन हुन्छन्—तँभित्र अझै पनि एउटा हृदय हुन्छ जसले परमेश्‍वरलाई प्रेम गर्दछ, जसले गहिरो रूपमा परमेश्‍वरलाई खोज्दछ र परमेश्‍वरलाई सम्झन्छ। यो वास्तविक कद हो। तेरो कद कति ठूलो छ भन्ने कुरा परमेश्‍वरप्रति तेरो प्रेम कति ठूलो छ, तेरो जाँच हुँदा तँ अटल रहन सक्छस् कि सक्दैनस्, कुनै विशेष वातावरण उत्पन्न हुँदा तँ कमजोर हुन्छस् कि हुँदैनस्, तेरा दाजुभाइ, दिदी-बहिनीले तँलाई तिरस्कार गर्दा तँ आफ्नो जमिनमा खडा हुन्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ; यी तथ्यहरूको आगमनले परमेश्‍वरप्रतिको तेरो प्रेम कस्तो छ भनी प्रकट गर्दछ। परमेश्‍वरले मानिसलाई वास्तवमै माया गर्नुहुन्छ भन्‍ने कुरा परमेश्‍वरको धेरै वटा कामबाट देख्न सकिन्छ, यद्यपि अझसम्म मानिसको आत्माका आँखाहरू पूर्ण रूपले खोलिएको छैन र ऊ परमेश्‍वरको काम र उहाँको इच्छा स्पष्ट रूपमा बुझ्न सक्षम छैन, न त उसले परमेश्‍वरलाई प्रिय लाग्ने धेरै कुराहरू बुझ्न सक्छ; मानिसमा परमेश्‍वरको निम्ति थोरै मात्र साँचो प्रेम हुन्छ। तैंले यो सबै समय परमेश्‍वरमा विश्‍वास गरेको छस्, र आज परमेश्‍वरले उम्कने सबै उपायहरू हटाइदिनुभएको छ। वास्तविक कुरा गर्ने हो भने, तँसँग सही मार्ग हिँड्नुबाहेक अर्को कुनै विकल्प छैन, सही मार्ग त्यही हो, जसमा तँलाई परमेश्‍वरको कठोर न्याय र सर्वोच्च उद्धारद्वारा डोऱ्याइएको छ। कठिनाइ र शुद्धीकरणको अनुभव गरेपछि मात्र मानिसले परमेश्‍वर प्रेमिलो हुनुहुन्छ भनी जान्दछ। आजसम्म अनुभव गरिसकेपछि, यो भन्न सकिन्छ, कि मानिसले परमेश्‍वरको प्रेमको बारेमा केही जानेको छ, तर यो अझै पर्याप्त छैन, किनकि मानिसमा धेरै कमी-कमजोरी छ। मानिसले परमेश्‍वरको अचम्मको कार्यको, अनि सबैभन्दा बढी परमेश्‍वरद्वारा प्रबन्ध गरिएका सबै दु:खको शुद्धीकरणको अनुभव गर्नुपर्दछ। त्यसपछि मात्र मानिसको जीवनको स्वभाव परिवर्तन हुन सक्दछ।

— वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५०७

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तैंले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधनको अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई साँचो प्रशंसा चढाउन सक्छन्, र शोधनको बीचमा, तिनीहरूमा धेरै कुराको कमी छ भन्‍ने कुरा तिनीहरूले देख्‍न सक्छन्। तेरो शोधन जति धेरै हुन्छ, तैँले त्यति नै बढी देहलाई इन्कार गर्न सक्छस्; मानिसहरूको शोधन जति ठूलो हुन्छ, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम त्यति नै महान् हुन्छ। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो। मानिसहरू किन शोधनबाट भएर जानुपर्छ? यसले कस्तो प्रभाव हासिल गर्ने उद्देश्य राख्छ? परमेश्‍वरले मानिसमा गर्नुहुने शोधनको कामको महत्त्व के हो? यदि तँ साँच्चै परमेश्‍वरलाई खोज्छस् भने, केही हदसम्म उहाँको शोधन अनुभव गरेपछि तँलाई त्यो अति नै असल लाग्छ र अत्यन्तै आवश्यक छ भन्‍ने महसुस हुनेछ। शोधनको क्रममा मानिसले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ? परमेश्‍वरलाई प्रेम गर्नका लागि उहाँको शोधनलाई स्वीकार गर्ने संकल्प गरेर: शोधनको क्रममा तँलाई आन्तरिक रूपमा यातना दिइन्छ, मानौं तेरो हृदयमा छुरी चलाइएको छ, तैपनि तँ परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदय प्रयोग गरी उहाँलाई प्रसन्न तुल्याउन चाहन्छस्, र तँ देहको वास्ता गर्न अनिच्छुक हुन्छस्। परमेश्‍वरको प्रेमको अभ्यास गर्नु भनेको यही हो। तँलाई आन्तरिक रूपमा चोट परेको हुन्छ, र तेरो कष्ट एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तैपनि तँ अझै परमेश्‍वरको सामु आउन र यसरी प्रार्थना गर्न इच्छुक हुन्छस्: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। मभित्र अन्धकार छ, तैपनि म तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; तपाईंले मेरो हृदय जान्नुहुन्छ, र तपाईंले मभित्र तपाईंको प्रेम अझै धेरै लगानी गर्नुहोस् भन्‍ने म चाहन्छु।” यो शोधनको समयको अभ्यास हो। यदि तैँले परमेश्‍वरको प्रेमलाई आधारको रूपमा प्रयोग गर्छस् भने, शोधनले तँलाई परमेश्‍वरको अझ नजिक ल्याउन सक्छ र तँलाई परमेश्‍वरसँग अझ घनिष्ठ बनाउँछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले आफ्नो हृदय परमेश्‍वरको सामु सुम्‍पनैपर्छ। यदि तैँले परमेश्‍वरको सामने आफ्‍नो हृदयलाई चढाएर सुम्पन्छस् भने, शोधनको अवधिमा तैँले परमेश्‍वरलाई अस्वीकार गर्न वा परमेश्‍वरलाई छोड्न असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध अझ नजिक र अझ सामान्य हुँदैजानेछ, र परमेश्‍वरसँगको तेरो कुराकानी अझ निरन्तर हुनेछ। यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको प्रकाशमा अधिक समय बिताउनेछस् र उहाँको वचनको मार्गनिर्देशनमा अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन् र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ। जब परमेश्‍वरको परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर परमेश्‍वरको गवाही दिन पनि सक्षम हुनेछस्। त्यस बेला तँ अय्यूबजस्तो र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तैँले उहाँलाई साँच्चै प्रेम गर्नेछस्, र खुसीसाथ तैँले आफ्‍नो जीवन उहाँको निम्ति समर्पण गर्नेछस्; तँ परमेश्‍वरको साक्षी बन्‍नेछस् र परमेश्‍वरको प्रिय बन्‍नेछस्। जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुनेछस्, सबै कुरा परमेश्‍वरका लागि खुशीसाथ त्याग्न सक्छस्, र खुसीसाथ परमेश्‍वरका लागि कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वास वास्तविक हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र परमेश्‍वरद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

— वचन देहमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५०८

यदि मानिसहरू शैतानको प्रभावमा परे भने, तिनीहरूभित्र परमेश्‍वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूको पहिलेको दर्शन, प्रेम, र संकल्प हराइसकेको हुन्छ। मानिसहरूले आफूले परमेश्‍वरको लागि कष्ट भोग्नुपर्छ भन्‍ने महसुस गर्थे, तर आज तिनीहरू त्यसो गर्नु लाजमर्दो कुरा भन्‍ने ठान्छन्, र तिनीहरूमा गुनासोहरूको कुनै कमी हुँदैन। यो शैतानको काम हो, मानिस शैतानको अधीनमा परेको छ भन्‍ने कुराको एउटा चिह्न हो। यदि तैँले यस्तो अवस्थाको सामना गरिस् भने तैंले प्रार्थना गर्नैपर्छ, र सकेसम्म त्यसलाई समाधान गर्नुपर्छ—यसले तँलाई शैतानको आक्रमणबाट रक्षा गर्नेछ। यो तीतो शोधनको समयमा नै मानिस सबैभन्दा सजिलोसँग शैतानको प्रभावमा पर्न सक्छ, त्यसैले त्यस्तो शोधनको अवधिमा तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? तैँले आफ्‍नो हृदय परमेश्‍वरको सामु राख्दै र तेरो हरेक समय उहाँमा समर्पण गर्दै आफ्‍नो इच्‍छालाई बटुल्‍नुपर्छ। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नु भए पनि तैँले परमेश्‍वरको इच्छा पूरा गर्नका लागि सत्यताको अभ्यास गर्न सक्नुपर्दछ र परमेश्‍वरलाई खोज्ने र बातचित गर्ने काम तँ आफैले गर्नुपर्छ। यस्ता समयहरूमा, तँ जति धेरै निष्क्रिय बन्छस्, त्यति नै धेरै नकारात्मक बन्छस् र तँ त्यति नै सहजै पछि हट्नेछस्। तैँले राम्ररी काम नगरे पनि जब तैँले आफ्नो काम गर्नुपर्ने हुन्छ, तैँले आफूले गर्न सक्‍नेजति गर्छस्, र परमेश्‍वरप्रतिको तेरो प्रेम बाहेक अरू केही प्रयोग नगरी त्यसो गर्न सक्छस्; अरूले जे भने पनि—तिनीहरूले, तैँले राम्रो गरिस् भनेर भने पनि वा तैँले नराम्रो गरिस् भनेर भने पनि—तेरा अभिप्रायहरू सही हुन्छन्, र तँ स्व-धर्मी हुँदैनस्, किनकि तैँले परमेश्‍वरको तर्फबाट काम गरिरहेको हुन्छस्। जब अरूले तँलाई गलत अर्थ लगाउँछन्, तैँले परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भन्न सक्छस्: “हे परमेश्‍वर! अरूले मलाई सहून् वा राम्रो व्यवहार गरून् भनी म भन्दिनँ, न त उनीहरूले मलाई बुझून् वा स्वीकार गरून् नै भन्छु। म केवल यति भन्छु, कि मैले आफ्नो हृदयमा तपाईंलाई प्रेम गर्न सकूँ, मैले मेरो हृदयमा आराम पाउन सकूँ, र मेरो अन्तस्करण शुद्ध होस्। म अरूले मेरो प्रशंसा गरून् वा मलाई उच्च सम्मान गरून् भनी भन्दिनँ; म केवल मेरो हृदयदेखि नै तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; मैले जे गर्न सक्छु त्यसद्वारा म मेरो भूमिका निर्वाह गर्छु, र म मूर्ख, अबुझ, कम क्षमताको र अन्धो भए पनि तपाईं प्रेमिलो हुनुहुन्छ भन्‍ने म जान्दछु, र म आफूसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न इच्छुक छु।” तैँले यस्तो प्रकारले प्रार्थना गर्नासाथ, परमेश्‍वरप्रतिको तेरो प्रेम देखा पर्दछ, र तैँले आफ्नो हृदयमा धेरै ढुक्क महसुस गर्छस्। परमेश्‍वरको प्रेमको अभ्यास गर्नु भनेको यही हो। तैँले अनुभव गर्ने क्रममा, तँ दुई पटक असफल हुनेछस् र एक पटक सफल हुनेछस्, वा पाँच पटक असफल हुनेछस् र दुई पटक सफल हुनेछस्, र तैँले यसरी अनुभव गर्ने क्रममा, तैँले असफलताको बीचमा मात्र परमेश्‍वरको प्रेमिलोपनलाई देख्न सक्‍नेछस् र तँभित्र के कुराको कमी छ सो कुरा पत्ता लगाउन सक्छस्। जब तैँले अर्को पटक त्यस्ता परिस्थितिहरूको सामना गर्छस्, तैंले आफैलाई होसियार बनाउनुपर्छ, तेरा पाइलाहरूलाई मन्द बनाउनुपर्छ, र बारम्बार प्रार्थना गर्नुपर्छ। तैँले बिस्तारै यस्तो अवस्थामा विजय पाउने क्षमताको विकास गर्न गर्नेछस्। जब त्यस्तो हुन्छ, तेरा प्रार्थनाहरू प्रभावकारी भएको हुन्छ। जब तँ यस पटक आफूलाई सफल भएको देख्छस्, तँ भित्री रूपमा खुसी हुनेछस्, र जब तैँले प्रार्थना गर्छस् तब तैँले परमेश्‍वरलाई महसुस गर्न सक्‍नेछस्, र पवित्र आत्माको उपस्थितिले तँलाई छोड्नुभएको हुनेछैन—तब मात्रै तैँले परमेश्‍वरले कसरी तँभित्र काम गर्नुहुन्छ सो जान्‍नेछस्। यस प्रकारको अभ्यासले तँलाई अनुभवको मार्ग दिनेछ। यदि तैंले सत्यलाई अभ्यास गरिनस् भने, तब तँभित्र पवित्र आत्माको उपस्थिति हुनेछैन। तर जब तैँले कुनै कुरालाई जस्ताको त्यस्तै रूपमा सामना गर्दा तैँले सत्यतालाई अभ्यास गरिस् भने, त्यस बेला त्यसले तँलाई भित्र चोट पुर्‍याए पनि, पछि पवित्र आत्मा तेरो साथमा हुनुहुनेछ, तैंले प्रार्थना गर्दा तैँले परमेश्‍वरको उपस्थितिलाई महसुस गर्न सक्नेछस्, तँसँग परमेश्‍वरको वचनहरू अभ्यास गर्ने शक्ति हुनेछ, र तेरा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी गर्दा, तेरो विवेकमा कुनै कुराको बोझ हुनेछैन र तैँले शान्ति महसुस गर्नेछस्, र यसरी तैँले आफूले गरेका कामहरूलाई प्रकाशमा ल्याउन सक्नेछस्। अरूले जेसुकै भने पनि, तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न सक्नेछस्, तँ अरूको करमा पर्नेछैनस्, तँ सबै कुराभन्दा माथि उठ्नेछस्—र यसमा, तैंले गरेको परमेश्‍वरको वचनको अभ्यास प्रभावकारी भएको कुरालाई प्रदर्शन गर्नेछस्।

— वचन देहमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५०९

परमेश्‍वरले गर्नुहुने शोधन जति ठूलो हुन्छ, मानिसहरूका हृदयले त्यति नै धेरै परमेश्‍वरलाई प्रेम गर्न सक्दछन्। तिनीहरूको हृदयको यातनाले तिनीहरूका जीवनमा फाइदा पुर्‍याउँछ, तिनीहरू परमेश्‍वरको सामु शान्त हुन अझ बढी सक्षम हुन्छन्, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध अझ नजिक हुन्छ, र तिनीहरू परमेश्‍वरको सर्वोच्च प्रेम र उहाँको सर्वोच्च मुक्ति देख्न अझै सक्षम हुन्छन्। पत्रुसले सयौं पटक शोधनको अनुभव गरे, र अय्यूबले धेरै जाँचहरू भोगे। यदि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध बनाइन चाहन्छौ भने तिमीहरू पनि सयौं पटक शोधनबाट गुज्रनुपर्छ; यदि तिमीहरू यो प्रक्रियाबाट गुज्रन्छौ र यो चरणमा भर पर्छौ भने मात्रै तिमीहरू परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम हुनेछौ र परमेश्‍वरद्वारा सिद्ध पारिनेछौ। शोधन त्यो उत्तम माध्यम हो जसद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुन्छ; शोधन र तीता परीक्षाहरूले मात्र मानिसहरूका हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम ल्याउन सक्छ। कठिनाइविना मानिसहरूमा परमेश्‍वरप्रति साँचो प्रेमको कमी हुन्छ; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरू वास्तवमा शोधनबाट भएर गएनन् भने तिनीहरूका हृदय सधैँ बाहिरी रूपमा तैरिरहन्छन्। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि तैँले आफ्नै कमजोरीहरू र कठिनाइहरूलाई देख्नेछस्, तँमा कति कमी-कमजोरी रहेछन् र तँ आफूले सामना गर्ने धेरै समस्याहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तेरो अनाज्ञाकारिता कति ठूलो रहेछ भनी बुझ्नेछस्। जाँचहरूको अवधिमा मात्रै मानिसहरूले आफ्नो वास्तविक अवस्था जान्न सक्छन्; जाँचहरूले मानिसलाई अझ राम्ररी सिद्ध हुन सक्षम बनाउँछन्।

पत्रुसले आफ्नो जीवनकालमा सयौं पटक शोधनको अनुभव गरे, र धेरै पीडादायी कठिनाइहरू भोगे। यही शोधन परमेश्‍वरप्रतिको तिनको सर्वोच्च प्रेमको जग र उनको सम्पूर्ण जीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव बन्यो। एक अर्थमा, परमेश्‍वरलाई प्रेम गर्ने तिनको संकल्प कै कारण तिनमा उहाँप्रति सर्वोच्च प्रेम थियो; तापनि अझ महत्त्वपूर्ण कुरा, तिनी जुन शोधन र कष्टबाट गुज्रिए त्यसकै कारण त्यस्तो भएको थियो। त्यो कष्ट नै परमेश्‍वरलाई प्रेम गर्ने मार्गमा तिनको पथप्रदर्शक र तिनको निम्ति सबैभन्दा स्मरणीय कुरा बन्यो। यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्दा शोधनबाट गुज्रदैनन् भने तिनीहरूको प्रेम अशुद्धता र आफ्नै प्राथमिकताहरूले भरिएको हुन्छ; यस प्रकारको प्रेम शैतानका विचारहरूले भरिएको हुन्छ, र परमेश्‍वरको इच्छा पूरा गर्न आधारभूत रूपमै असमर्थ हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने संकल्प हुनु र परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु एउटै कुरा होइन। तिनीहरूले आफ्नो मनमा परमेश्‍वरलाई प्रेम गर्ने र सन्तुष्ट पार्ने कुरा मात्र सोचे पनि, र तिनीहरूका विचारहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित र कुनै मानवीय विचारविहीन देखिए पनि, तिनीहरूका विचारहरू परमेश्‍वरको सामु ल्याइएपछि उहाँले त्यस्ता विचारहरूलाई प्रशंसा गर्नुहुन्न वा आशिष्‌ दिनुहुन्न। मानिसहरूले सबै सत्यलाई राम्ररी बुझेको अवस्थामा समेत—तिनीहरूले सबै कुरा थाहा पाएको अवस्थामा पनि—त्यसलाई परमेश्‍वरप्रतिको प्रेमको सङ्केत भन्न सकिँदैन, यी मानिसहरूले साँच्चै परमेश्‍वरलाई प्रेम गर्दछन् भन्न सकिँदैन। शोधनबाट नगुज्रिकन मानिसहरूले धेरै वटा सत्यताहरू बुझेका भए पनि, ती सत्यताहरूलाई अभ्यास गर्न सक्दैनन्; शोधनको अवधिमा मात्र मानिसहरूले यी सत्यताहरूको वास्तविक अर्थ बुझ्न सक्दछन्, तब मात्र मानिसहरूले वास्तविक रूपमा तिनको भित्री अर्थलाई बुझ्‍न सक्छन्। त्यस बेला, जब तिनीहरूले फेरि प्रयास गर्छन्, तिनीहरू सत्यलाई उचित रूपमा र परमेश्‍वरको इच्छाअनुसार अभ्यास गर्न सक्षम हुन्छन्; त्यस समयमा उनीहरूका मानवीय विचारहरू कम हुन्छन्, तिनीहरूको मानव भ्रष्टता कम भएको हुन्छ, र उनीहरूका मानवीय भावनाहरू घटेका हुन्छन्; त्यस बेला मात्र तिनीहरूको अभ्यास परमेश्‍वरको प्रेमको वास्तविक अभिव्यक्ति हुन्छ। परमेश्‍वरप्रतिको प्रेमको सत्यताको प्रभाव मौखिक ज्ञान वा मानसिक तत्परताबाट प्राप्त हुन सक्दैन, न त यो त्यस सत्यलाई बुझेर मात्र प्राप्त गर्न सकिन्छ। यसका लागि मानिसहरूले मूल्य चुकाउनुपर्छ, तिनीहरू शोधनको अवधिमा धेरै तीतोपनबाट गुज्रिनुपर्छ, र तब मात्र तिनीहरूको प्रेम शुद्ध र परमेश्‍वरको हृदय अनुसारको हुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५१०

मानिसको अवस्था र परमेश्‍वरप्रति मानिसको आचरणको सामना गरेपछि परमेश्‍वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति आज्ञाकारी हुने साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, मानिसले परमेश्‍वरले गर्नुहुने उसको शोधनको, साथै उहाँको न्यायको, उसलाई निराकरण र काट-छाँट गर्ने कार्यको अनुभव गर्नुपर्दछ, जुनविना मानिसले परमेश्‍वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्‍वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहु-पक्षीय प्रभावको खातिर हो। परमेश्‍वरले सत्यको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको संकल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले मात्र शोधन गर्नुहुन्छ। जो सत्यको खोजी गर्न इच्छुक छन् र जसले परमेश्‍वरको उत्कट चाहना गर्दछन् उनीहरूका लागि यस्तो शोधन भन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्‍वरको स्वभावलाई मानिसले यति सजिलैसँग जान्न वा बुझ्‍न सक्दैन, किनकि परमेश्‍वर, आखिरमा, परमेश्‍वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्‍वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्‍वरको स्वभाव जान्न सजिलो छैन। सत्य मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै बुझ्न सक्दैनन्; मानिस सत्य विहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने संकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको संकल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टिप्रदान गर्नुहुन्छ र थप वास्तविक काट-छाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यको बीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नै बारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र मानिसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त उहाँले कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त उनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशयहरू, उसका पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, परमेश्‍वरप्रतिको उसको प्रेम बदल्नु, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एक प्रकारको वास्तविक तालिम हो, र शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५११

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा गर्नैपर्छ। त्यसबाहेक, तैँले अनुभव गर्नुपर्ने कुराहरू तैँले बुझ्नुपर्छ। यदि तँ निराकरण गरिएको, अनुशासित गरिएको र न्याय गरिएको मात्र अनुभव गर्छस् भने, यदि तँ परमेश्‍वरमा आनन्दित हुन मात्र सक्षम छस्, तर परमेश्‍वरले तँलाई अनुशासन वा निराकरण गरिरहनुहुँदा त्यो महसुस गर्न सक्दैनस् भने यो स्वीकारयोग्य हुँदैन। सायद शोधनको यो उदाहरणमा तँ आफ्नो भूमिमा खडा हुन सक्छस्, तर अझै पनि यो पर्याप्त हुँदैन; तँ अझै अगाडि बढ्दै जानुपर्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ कहिल्यै पनि रोकिँदैन र यसको कुनै अन्त्य छैन। मानिसहरू परमेश्‍वरलाई विश्‍वास गर्ने कुरालाई अति नै साधारण कुरा मान्छन्, तर एकचोटि तिनीहरूले केही व्यावहारिक अनुभव प्राप्त गरेपछि परमेश्‍वरमा विश्‍वास गर्नु मानिसहरूले कल्पना गरेजस्तो सरल नभएको तिनीहरू थाहा पाउँछन्। जब परमेश्‍वरले मानिसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। कुनै व्यक्तिलाई शोधन गर्ने काम जति ठूलो हुन्छ तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यत्ति नै ठूलो हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्तिले जति कम शोधन प्राप्त गर्छ, परमेश्‍वरप्रति तिनीहरूको प्रेम त्यत्ति नै कम बढ्छ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै कम प्रकट हुनेछ। त्यस्तो व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ, तिनीहरूले उत्ति नै बढी यातना अनुभव गर्नेछन्, तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यति नै गहिरो भएर बढ्नेछ, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास उत्ति नै साँचो बन्नेछ, र परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा तैँले शोधन प्राप्त गर्दै गरेका, निराकरण गरिएका र धेरै अनुशासनमा राखिएका मानिसहरूले धेरै ठूलो दुःख पाइरहेको देख्‍नेछस्, अनि तँ ती मानिसहरूमा नै परमेश्‍वरप्रति गहिरो प्रेम र परमेश्‍वरको अझ गहिरो र भेदकारी ज्ञान छ भन्‍ने देख्‍नेछस्। तिनीहरू जसले निराकरण गरिएको अनुभव गरेका हुँदैनन् तिनीहरूमा सतही ज्ञान मात्र हुन्छ, तिनीहरू यसो मात्र भन्न सक्छन्: “परमेश्‍वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँले अनुग्रह प्रदान गर्नुहुन्छ।” यदि मानिसहरूले निराकरण गरिएको र अनुशासनमा राखिएको अनुभव गरेका छन् भने तिनीहरू परमेश्‍वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। यसरी परमेश्‍वरले मानिसभित्र गर्नुहुने काम जति अचम्मको हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य र तेरो धारणासँग जति धेरै अमिल्दो छ, परमेश्‍वरको कामले तँलाई जित्न, र तँलाई हासिल गर्न र तँलाई सिद्ध बनाउन त्यति नै सक्षम हुन्छ। परमेश्‍वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्‍वरले मानिसलाई यस्तो प्रकारले शोधन गर्नुभएन भने, यदि उहाँले यस तरिकाले काम गर्नुभएन भने उहाँको काम प्रभावहीन र महत्त्वहीन हुनेथियो। विगतमा भनिएको थियो, कि परमेश्‍वरले यो झुन्ड चुन्नुहुनेछ र प्राप्त गर्नुहुनेछ, र आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण बनाउनुहुनेछ; यसैमा असाधारण महत्त्व छ। उहाँले तँभित्र जति ठूलो काम गर्नुहुन्छ, उहाँप्रतिको तिमीहरूको प्रेम त्यत्ति नै गहिरो र शुद्ध हुन्छ। परमेश्‍वरको काम जति ठूलो हुन्छ त्यत्ति नै बढी मानिसले उहाँको बुद्धिको केही कुरा बुझ्न सक्छ र उहाँको विषयमा मानिसको ज्ञान अझ गहिरो बन्छ। आखिरी दिनहरूमा व्यवस्थापनका निम्ति परमेश्‍वरको योजनाको छ हजार वर्ष समाप्त हुनेछ। के यो साँच्चै सजिलै समाप्त हुन सक्छ? उहाँले मानव जातिलाई जित्नुभएपछि, के उहाँको काम सकिनेछ? के यो त्यत्ति सरल हुन सक्छ? वास्तवमा नै मानिसहरू यो त्यस्तै सरल छ भनी कल्पना गर्छन्, तर परमेश्‍वरले जे गर्नुहुन्छ त्यो त्यत्ति साधारण हुँदैन। तैँले परमेश्‍वरको कामको जुनै भाग उल्लेख गर्न चाहे पनि ती सब मानिसका निम्ति बुझ्न नसकिने छ। यदि तैँले त्यो बुझ्न सक्थिस् भने, परमेश्‍वरको काम महत्त्व वा मूल्यविनाको हुनेथियो। परमेश्‍वरले गर्नुभएको काम बुझ्न नसकिने छ; यो तेरा विचारहरूभन्दा पूर्ण रूपमा विपरीत छ, अनि यो तेरा विचारहरूसँग अझ बढी अमिल्दो हुन्छ त्यत्ति नै बढी त्यसले परमेश्‍वरको काम अर्थपूर्ण छ भनी देखाउँछ; यदि यो तेरा विचारहरूसँग मिल्दो थियो भने त्यो अर्थहीन हुनेथियो। आज तँ परमेश्‍वरको काम कति अचम्मको छ भनी महसुस गर्छस्, अनि तँ यसलाई जति बढी अचम्मको महसुस गर्छस्, तँ जति बढी परमेश्‍वर बुझ्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्, परमेश्‍वरका कामहरू त्यति नै महान् छन् भनी देख्‍नेछस्। यदि उहाँले मानिसलाई जित्न केही सतही र लापरवाही काम गर्नुभयो र त्यसपछि केही पनि गर्नुभएन भने मानिस परमेश्‍वरको कामको महत्त्व देख्न असक्षम बन्‍नेथियो। तैँले अहिले थोरै शोधन प्राप्त गरिरहेको भए पनि, त्यो जीवनमा तेरो वृद्धिका निम्ति ठूलो फाइदाको छ; यसैले तिमीहरू यस्ता कठिनाइहरूबाट भएर जानु अत्यावश्यक छ। आज, तैँले थोरै शोधन प्राप्त गर्दैछस्, तर पछिबाट तैँले साँच्चै परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, अनि अन्त्यमा तैँले भन्‍नेछस्: “परमेश्‍वरका कामहरू अति अचम्मका छन्!” यी तेरा हृदयमा भएका वचनहरू हुनेछन्। केही समयसम्म परमेश्‍वरको शोधनको अनुभव गरिसकेपछि (सेवाकर्ताको जाँच र सजायको समय), केही मानिसहरूले आखिरीमा भने: “परमेश्‍वरमा विश्‍वास गर्नु साँच्चै कठिन छ!” तिनीहरूले प्रयोग गरेको “साँच्चै कठिन” भन्‍ने शब्दले परमेश्‍वरका कामहरू बुझ्न नसकिने छन्, अनि परमेश्‍वरको कामको ठूलो महत्त्व र मूल्य छ, साथै मानिसले उहाँको कामलाई मूल्यवान् ठानेर जोगाइराख्नुपर्छ भन्‍ने देखाउँछ। यदि, मैले धेरै काम गरिसकेपछि पनि तँमा अलिकति पनि ज्ञान थिएन भने के मेरो कामको अझै कुनै महत्त्व हुन सक्थ्यो? यसले तपाईंलाई यसो भन्ने बनाउँछ: “परमेश्‍वरको काम गर्नु साँच्चै कठिन छ, परमेश्‍वरका कामहरू अति अचम्मका छन्, अनि परमेश्‍वर वास्तवमै अति बुद्धिमान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ!” यदि अनुभवको समयबाट भएर गएपछि, तँ त्यस्ता कुराहरू भन्न सक्छस् भने, तैँले आफूमा परमेश्‍वरको काम प्राप्त गरेको छस् भन्ने यसले प्रमाणित गर्छ। एक दिन, तैँले विदेशमा सुसमाचार फैलाइरहेको बेला कसैले तँलाई सोध्छ: “परमेश्‍वरमा तपाईंको विश्‍वास कस्तो चल्दैछ?” तैँले यसो भन्न सक्‍नेछस्: “परमेश्‍वरका कामहरू अति अचम्मका छन्!” तेरा शब्‍दहरूले वास्तविक अनुभवहरू बताउँछन् छन् भन्‍ने तिनीहरूले महसुस गर्नेछन्। साक्षी हुनु भनेको साँच्चै यही नै हो। तैँले भन्‍नेछस्, परमेश्‍वरको काम बुद्धिले भरिएको छ, अनि तँभित्रको उहाँको कामले साँच्चै तँलाई निश्‍चयता दिएको छ र तेरो हृदयलाई जितेको छ। तैँले उहाँलाई सँधै प्रेम गर्नेछस्, किनकि उहाँ मानव जातिको प्रेम पाउनुभन्दा अझै बढी योग्यका हुनुहुन्छ। यदि तँ यी कुराहरू बोल्न सक्छस् भने तँ मानिसहरूको हृदयलाई छुन सक्छस्। यी सबै गर्नु भनेको साक्षी बन्नु हो। यदि तँ जोडदार साक्षी बन्न, मानिसहरूका आँखाबाट आँसु खसाल्न सक्छस् भने त्यसले तँ साँच्चै त्यो व्यक्ति होस् जसले परमेश्‍वरलाई प्रेम गर्छ भन्‍ने देखाउँछ, किनकि तँ प्रेमिलो परमेश्‍वरको साक्षी दिन सक्छस्, अनि तँद्वारा परमेश्‍वरका कामहरू गवाहीमा पैदा हुन्छन्। तेरो गवाहीद्वारा अरूलाई परमेश्‍वरको कामको खोजी गर्ने, परमेश्‍वरको कामको अनुभव गर्ने तुल्याइन्छ, अनि तिनीहरूले अनुभव गर्ने कुनै पनि वातावरणमा, तिनीहरू दह्रो गरी खडा हुन सक्छन्। साक्षी दिने एक मात्र सच्‍चा तरिका यही मात्र हो, अनि अहिले तँबाट चाहिएको पनि ठीक यही नै हो। तैँले परमेश्‍वरको काम अति नै मूल्यवान् र मानिसहरूले साँचेर राख्‍न योग्यको छ, अनि परमेश्‍वर अति नै मूल्यवान् र अति नै प्रशस्त हुनुहुन्छ भन्‍ने देख्‍नुपर्छ; उहाँ बोल्न मात्र सक्नुहुन्न, तर मानिसहरूको न्याय गर्नुहुन्‍छ गर्न, तिनीहरूका हृदयलाई शोधन गर्न, तिनीहरूलाई आनन्द दिन, तिनीहरूलाई प्राप्त गर्न, तिनीहरूलाई जित्न र तिनीहरूलाई सिद्ध पार्न पनि सक्नुहुन्छ। तैँले आफ्नो अनुभवबाट परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ भन्‍ने देख्‍नेछस्। यसकारण अहिले तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? के तँ यी कुराहरूलाई आफ्नो हृदयबाट साँच्चै भन्न सक्छस्? जब तँ आफ्नो हृदयबाट यी शब्दहरू व्यक्त गर्न सक्छस्, तब तँ साक्षी बन्न सक्‍नेछस्। तेरो अनुभव यो स्तरमा पुगेपछि तँ परमेश्‍वरको साक्षी बन्न सक्षम हुनेछस्, र तँ योग्यको बन्‍नेछस्। यदि तँ आफ्‍नो अनुभवमा यो स्तरमा पुगेनस् भने तँ अझै धेरै टाढा हुनेछस्। शोधनको अवधिमा मानिसहरूले कमजोरी देखाउनु सामान्य कुरा हो, तर शोधनपछि तैँले यसो भन्न सक्नुपर्छ: “परमेश्‍वर उहाँको काममा धेरै बुद्धिमान् हुनुहुन्छ!” यदि तैँले साँच्चै यी वचनहरूको व्यावहारिक बुझाइ प्राप्त गर्न सकिस् भने, यो तैँले प्रेम पूर्वक सम्हालेर राख्ने कुरा बन्नेछ, अनि तेरो अनुभवको मूल्य हुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५१२

अहिले तँ कुन कुराको पछि लाग्नुपर्छ? तैँले परमेश्‍वरको कामको साक्षी दिन सके पनि, नसके पनि, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सके वा नसके पनि, अनि तँ उहाँद्वारा प्रयोग हुन योग्यको भए पनि नभए पनि—तैँले खोज्‍नुपर्ने कुराहरू यिनै हुन्। परमेश्‍वरले तँभित्र साँच्चै कति काम गर्नुभएको छ? तैँले कति देखेको छस्? तैँले कति छोएको छस्? तैँले कति अनुभव गरेको र चाखेको छस्? चाहे परमेश्‍वरले तँलाई जाँच्नुभएको होस्, तेरो निराकरण गर्नुभएको होस्, वा तँलाई अनुशासनमा राख्‍नुभएको होस्, उहाँका व्यवहारहरू र उहाँको काम तँमा पूरा भएको छ। तर परमेश्‍वरको विश्‍वासी र उहाँद्वारा सिद्ध हुने कुराको पछि लाग्ने व्यक्तिको रूपमा, के तँ आफ्नो व्यावहारिक अनुभवको आधारमा परमेश्‍वरको कामको साक्षी दिन सक्छस्? के तँ आफ्नो व्यावहारिक अनुभवद्वारा परमेश्‍वरको वचनअनुसार जिउन सक्छस्? के तँ आफ्नै व्यावहारिक अनुभवद्वारा अरूका निम्ति जुटाउन सक्छस् र आफ्‍नो सम्पूर्ण जीवन परमेश्‍वरको कामको साक्षी दिन खर्चन सक्छस्? परमेश्‍वरको कामको साक्षी दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नुपर्छ। यसरी मात्र तैँले उहाँको इच्छालाई सन्तुष्ट पार्न सक्छस्। के तँ परमेश्‍वरको कामको साक्षी दिने व्यक्ति होस्? के तँमा यस्तो आकांक्षा छ? यदि तँ उहाँको नाउँको, अझ बढी उहाँको कामको साक्षी दिन सक्छस् भने, अनि उहाँले आफ्ना मानिसहरूबाट माग गर्नुभएको स्वरूप लिएर जिउन सक्छस् भने तँ परमेश्‍वरका निम्ति एक साक्षी होस्। तँ वास्तवमा कसरी परमेश्‍वरको साक्षी बन्छस्? तँ परमेश्‍वरको वचनको खोजी गर्दै र त्यस अनुसार जिउने कोसिस गर्दै, तेरा वचनहरूद्वारा साक्षी दिँदै, मानिसहरूलाई उहाँको काम जान्‍ने र उहाँका कामहरू देख्‍ने तुल्याउँदै यो गर्छस्। यदि तँ साँच्‍चै यी सबै कुराको खोजी गर्छस् भने, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ परमेश्‍वरबाट सिद्ध पारिन र अन्त्यसम्मै आशिषित हुन मात्र खोज्‍छस् भने परमेश्‍वरमा भएको तेरो विश्‍वासको दृष्टिकोण शुद्ध छैन। तँ वास्तविक जीवनमा परमेश्‍वरका कामहरू देख्ने, उहाँले तँलाई आफ्नो इच्छा प्रकट गर्नुहुँदा त्यो कसरी पूरा गर्ने त्यसको पछि लाग्नुपर्छ, र उहाँको आश्‍चर्यपन र बुद्धिको साक्षी तैँले कसरी दिनुपर्छ, अनि उहाँले कसरी तँलाई अनुशासनमा राख्‍नुहुन्छ र निराकरण गर्नुहुन्छ त्यसको साक्षी कसरी दिने सोको खोजी गर्नुपर्छ। यी सबै तैँले विचार गरिरहेको हुनुपर्ने कुराहरू हुन्। यदि परमेश्‍वर उहाँले तँलाई सिद्ध पार्नुभएपछि तँ उहाँको महिमामा सहभागी हुन सक्छस् भनेर मात्रै तँ परमेश्‍वरलाई प्रेम गर्छस् भने, त्यो अझै अपर्याप्त हुन्छ र तैँले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनस्। तँ परमेश्‍वरको कामको साक्षी दिन, उहाँका मागहरू पूरा गर्न र उहाँले मानिसहरूमा व्यावहारिक रूपमा गर्नुभएको कामको अनुभव गर्न सक्ने हुनुपर्छ। चाहे पीडा होस्, आँसु होस् वा उदासी होस्, जे भए पनि तैँले आफ्नो अभ्यासमा यी सबै कुरा अनुभव गर्नुपर्छ। ती सबैको उद्देश्य परमेश्‍वरको साक्षी दिने व्यक्तिको रूपमा तँलाई सिद्ध बनाउनु हो। वास्तवमा, त्यो कुन कुरा हो जसले तँलाई कष्ट भोग्‍न र सिद्धता खोज्‍न बाध्य गर्छ? के तेरो वर्तमान दुःख भोगाइ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न र उहाँको साक्षी दिनको खातिर नै हो? वा के यो शरीरको आशिषहरू, र तेरो भविष्यको सम्भावना र गन्तव्यको निम्ति हो? तेरा उद्देश्यहरू, अभिप्रायहरू र तैँले खोजी गर्ने लक्ष्यहरू सबैलाई सुधारिनुपर्छ अनि ती तेरा आफ्नै इच्छाद्वारा निर्देशित हुन सक्दैनन्। यदि एक व्यक्तिले आशिषहरू पाउन र अधिकारसहित शासन गर्नका निम्ति सिद्धताको खोजी गर्छ, अनि अर्को व्यक्तिले चाहिँ परमेश्‍वरलाई सन्तुष्ट पार्न, परमेश्‍वरको कामको व्यावहारिक साक्षी बन्न सिद्धताको पछि लाग्छ भने खोजी गर्ने यी दुईवटा उपायमध्ये तँ कुनलाई चुन्‍नेछस्? यदि तैँले पहिलोलाई चुनिस् भने तँ परमेश्‍वरको मापदण्डहरूबाट अझै पनि टाढा हुनेछस्। मेरा कामहरू सम्पूर्ण ब्रह्माण्डमा खुल्लमखुल्ला जानिनेछ र म एक राजाको रूपमा ब्रह्माण्डमा शासन गर्नेछु भनेर मैले एक पटक भनेँ। अर्कोतिर, तिमीहरूलाई सुम्पिएको काम भनेको गएर परमेश्‍वरको कामको साक्षी दिनु हो, राजाहरू बनेर सारा ब्रह्माण्डमा देखा पर्नु होइन। ब्रह्माण्ड र आकाशमण्डल परमेश्‍वरका कामहरूले भरिऊन्। तिनलाई सबैले देखून् र तिनलाई स्वीकार गरून्। यी वचनहरू परमेश्‍वर स्वयम्‌को सम्बन्धमा बोलिएका हुन्, अनि मानव जातिले गर्नुपर्ने काम भनेको परमेश्‍वरको साक्षी दिनु हो। अहिले तँ परमेश्‍वरलाई कतिसम्म जान्दछस्? तँ परमेश्‍वरको कतिसम्म साक्षी दिन सक्छस्? परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुको उद्देश्य के हो? परमेश्‍वरको इच्छा बुझेपछि, तैँले उहाँको इच्छाप्रति कसरी विचार प्रकट गर्नुपर्छ? यदि तँ सिद्ध पारिने इच्छा गर्छस् र आफ्‍नो जियाइद्वारा परमेश्‍वरको कामको साक्षी दिन चाहन्छस् भने, यदि तँमा यो प्रेरक शक्ति छ भने, कुनै पनि कुरा त्यत्ति कठिन हुँदैन। मानिसहरूलाई अहिले चाहिने भनेको विश्‍वास नै हो। यदि तँसित यो प्रेरक शक्ति छ भने तँलाई कुनै पनि नकारात्मकता, निष्क्रियता, अल्छीपन र शरीरका विचारहरू, जिउनेसम्बन्धी दर्शनशास्त्रहरू, विद्रोही स्वभाव, भावनाहरू र त्यस्तै अन्य कुराहरू त्याग्न सजिलो हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५१३

जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानुहुन्छ भन्‍ने कुरालाई इन्कार गरेनन्। तिनलाई जसरी जाँचिएको भए पनि तिनले यो विश्‍वास थामेर राखे। तेरो अनुभवमा तँ परमेश्‍वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानु परे पनि, संक्षेपमा, परमेश्‍वरले मानव जातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्‍वास र उहाँको निम्ति तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्‍वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो अनुभव गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वास आवश्यकता हुन्छ। मानिसहरूको विश्‍वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्‍वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्‍वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्‍ने हो। जब अय्यूब यो स्थितिमा पुगे परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तेरो भित्रको विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्, अनि जब तँमा विश्‍वास हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ। विश्‍वासविना उहाँले यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्‍वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग विश्‍वास छैन भने तँलाई सिद्ध बनाउन सकिँदैन, तैँले परमेश्‍वरका कामहरू देख्न सक्दैनस्, उहाँको सर्वशक्ति देख्‍ने कुरा त परै जाओस्। जब आफ्नो व्यक्तिगत अनुभवमा उहाँका कार्यहरू देख्‍न सक्‍ने विश्‍वास तँमा हुन्छ, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई ज्ञान दिनुहुनेछ अनि भित्रबाट तँलाई डोर्याउनुहुनेछ। त्यो विश्‍वासविना परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुनेछैन। यदि तैँले परमेश्‍वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको कामको अनुभव गर्न सक्‍नेछस् र? त्यसकारण, तँमा विश्‍वास छ र तैँले परमेश्‍वरप्रति शङ्का गर्दैनस् भने मात्र, उहाँले जे गर्नुभए पनि उहाँप्रति तँमा साँचो विश्‍वास छ भने मात्र उहाँले तँलाई तेरा अनुभवहरूद्वारा ज्ञान र प्रकाश दिनुहुनेछ, तब मात्र तैँले उहाँका कामहरू देख्न सक्‍नेछस्। यी सबै कुराहरू विश्‍वासद्वारा नै प्राप्त गरिन्छ। विश्‍वास शोधनबाट मात्र आउँछ, अनि शोधनको अनुपस्थितिमा विश्‍वास बढ्न सक्दैन। यो “विश्‍वास” भन्‍ने शब्दले केलाई जनाउँछ? विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो। मैले यही विश्‍वासको बारेमा कुरा गरेको हुँ। कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्‍वास चाहिएको हुन्छ, अनि विश्‍वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्‍वासलाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न अनि परमेश्‍वरको कामको ज्ञानलाई खोज्न, उहाँका कामहरूलाई बुझ्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्। यसो गर्नु नै साँचो विश्‍वास हुनु हो, अनि त्यसो गर्दा तैँले परमेश्‍वरमाथिको विश्‍वास हराएको छैनस् भन्ने देखिन्छ। यदि तँ शोधनद्वारा सत्यताको खोजीमा लागिरहन्छस् भने, यदि तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस् र उहाँमा शङ्का गर्दैनस् भने, यदि उहाँले जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्छस् भने, र यदि तँ गहिरो रूपले उहाँको इच्छा खोज्छस् र उहाँको इच्छामा ध्यान दिन्छस् भने मात्र तैँले परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गर्न सक्छस्। विगतमा, जब तैँले एक राजाले जस्तो शासन गर्नेछस् भनी परमेश्‍वरले भन्नुभयो, तब तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँले आफैलाई खुल्लमखुल्ला तेरो सामु देखाउनुभयो, तँ उहाँको पछि लागिस्। तर अहिले परमेश्‍वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि समस्याहरू आएका छन्—के अब तैँले परमेश्‍वरमा आशा गुमाइस्? यसैले, तैँले हरसमय जीवनको खोजी गर्नुपर्छ र परमेश्‍वरको इच्छा पूरा गर्ने प्रयास गर्नुपर्छ। यसैलाई वास्तविक विश्‍वास भनिन्छ, र यो सबैभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।

विगतमा, मानिसहरू सबै तिनीहरूका संकल्प गर्न परमेश्‍वरको सामु आउथे, र तिनीहरू भन्थे: “यदि कसैले परमेश्‍वरलाई प्रेम गर्दैन भने पनि मैले उहाँलाई प्रेम गर्नुपर्छ।” तर अहिले, तपाईंमाथि शोधन आउँछ, अनि यो तेरा विचारहरूसँग नमिल्‍ने हुनाले तैँले परमेश्‍वरमाथिको विश्‍वासलाई गुमाउँछस्। के यो सच्‍चा प्रेम हो? तैँले अय्यूबका कामहरूको बारेमा धेरै चोटि पढेको छस्—के तैँले तिनको बारेमा भुलेको छस्? साँचो प्रेमको आकार भित्रको विश्‍वासबाट मात्र बन्छ। तपाईं जुन शोधनबाट भएर जान्छस्, त्यसद्वारा परमेश्‍वरको निम्ति साँचो प्रेमको विकास गर्छस्, अनि तेरो विश्‍वासद्वारा तँ आफ्नो व्यावहारिक अनुभवहरूमा परमेश्‍वरको इच्छाको विषयमा विचारशील बन्न सक्छस्, अनि विश्‍वासद्वारा नै तँ आफ्नो शरीर त्याग्न र जीवनको पछि लाग्न सक्छस्; मानिसले गर्नुपर्ने यही नै हो। यदि तैँले यसो गरिस् भने तैँले परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, तर यदि तँमा विश्‍वासको कमी छ भने तैँले परमेश्‍वरका कार्यहरू देख्न वा उहाँको काम अनुभव गर्न सक्नेछैनस्। यदि तँ परमेश्‍वरद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छस् भने, तँमा सबै थोक हुनुपर्छ: दुःख भोग्ने इच्छा, विश्‍वास, धैर्य, आज्ञापालन, र परमेश्‍वरको काम अनुभव गर्ने क्षमता, उहाँको इच्छा बुझ्नु, उहाँको दुःखलाई विचार गर्नु र यस्तै अरू कुराहरू। व्यक्तिलाई सिद्ध बनाउनु सजिलो हुँदैन, र तैँले अनुभव गर्ने प्रत्येक शोधनको निम्ति तेरो विश्‍वास र प्रेम चाहिन्छ। यदि तँ परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस् भने बाटोमा हतार-हतार अगि बढ्नु मात्र पर्याप्त हुँदैन, न ता तैँले आफैलाई परमेश्‍वरका निम्ति खर्चनु नै पर्याप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति हुनका निम्ति तँमा धेरै वटा कुराहरू हुनुपर्छ। जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो। तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्‍वास, दुवै हुनुपर्छ, अनि तँमा देहलाई त्याग्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरको इच्छा पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मानदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याइन सकिँदैन।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५१४

परमेश्‍वरको सेवा गर्ने कुनै व्यक्तिले उहाँको निम्ति कसरी दुःख भोग्नुपर्छ भन्ने कुरा मात्र होइन, योभन्दा पनि बढी परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य परमेश्‍वरको प्रेमको पछि लाग्नु नै हो भन्‍ने कुरा पनि बुझ्‍नुपर्छ। परमेश्‍वरले तँलाई शोधन गर्न वा तँलाई दुःख दिनका निम्ति मात्र तँलाई प्रयोग गर्नुहुन्न, बरु तैँले उहाँका कामहरू जान्‍न सक्, मानव जीवनको वास्तविक महत्त्वलाई बुझ्‍न सक्, अनि विशेष गरी, परमेश्‍वरको सेवा गर्नु सजिलो काम होइन भनी तैँले बुझ्‍न सक् भनी तँलाई प्रयोग गर्नुहुन्छ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको अनुग्रहबाट आनन्द पाउनु होइन, बरु उहाँप्रति भएको तेरो प्रेमको निम्ति दुःख भोग्नु हो। तैँले परमेश्‍वरको अनुग्रह उपभोग गर्छस् भने तैँले उहाँको सजाय पनि उपभोग गर्नुपर्छ; तैँले यो सब अनुभव गर्नैपर्छ। तैँले आफूभित्र परमेश्‍वरको ज्ञानको अनुभव गर्न सक्छस्, र उहाँले तँसँग कसरी निराकरण र न्याय गर्नुहुन्छ भन्ने पनि तैँले अनुभव गर्न सक्छस्। यस्तो प्रकारले तेरो अनुभव व्यापक हुनेछ। परमेश्‍वरले तँमाथि उहाँको न्याय र सजायको काम पूरा गर्नुभएको छ। परमेश्‍वरको वचनले तँलाई निराकरण गर्नुभएको छ, तर त्यति मात्र होइन यसले तँलाई ज्ञान र प्रकाश पनि दिएको छ। जब तँ नकारात्मक र कमजोर बन्छस्, परमेश्‍वरले तेरो निम्ति चिन्ता गर्नुहुन्छ। यी सबै काम मानिसको विषयमा सबै कुरा परमेश्‍वरका योजनाहरूभित्र हुँदछ भन्‍ने कुरा तँलाई जान्‍न दिनको लागि नै गरिन्छ। हुन सक्छ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्‍ने तँ ठान्छस् होला; परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्‍ने तँलाई लाग्‍नसक्छ। तापनि मानिसले परमेश्‍वरमा भएको तिनीहरूका विश्‍वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्‍वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्‍वरका कामहरू, परमेश्‍वरको धार्मिक स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्‍चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्‍वरले माग गर्नुभएका शर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो। तँसित परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा सही दृष्टिकोण हुनुपर्छ र तैँले परमेश्‍वरको वचन प्राप्त गर्ने कोसिस गर्नुपर्छ। तैँले परमेश्‍वरको वचन खानु र पिउनु पर्छ र तँ सत्यतामा जिउन सक्नुपर्छ, अनि विशेष गरी तैँले सम्पूर्ण ब्रह्माण्डमा भएका उहाँका व्यावहारिक कार्यहरू, उहाँका अचम्मका कामहरू साथै उहाँले देहमा गर्नुहुने व्यावहारिक कार्यहरू देख्न सक्नुपर्छ। आफ्‍ना व्यावहारिक अनुभवहरूद्वारा मानिसहरूले उनीहरूमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँको इच्छा के छ सो बुझ्न सक्छन्। यी सबैको उद्देश्य भनेको मानिसहरूको भ्रष्ट शैतानिक स्वभावलाई हटाउनु हो। तँभित्रका सबै अशुद्धता अधार्मिकता र हटाएपछि, अनि तेरा गलत उद्देश्यहरू फालेपछि र परमेश्‍वरमा साँचो विश्‍वास विकास गरेपछि—साँचो विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्‍वरमा भएको तेरो विश्‍वासको आधारमा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। के परमेश्‍वरमा विश्‍वास नगरी तैँले उहाँको निम्ति प्रेम प्राप्त गर्न सक्छस्? तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् यसैले तँ त्यस विषयमा भ्रमित बन्न सक्दैनस्। केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आशिषहरू पाइन्छ भन्‍ने देख्‍न साथ जोशले भरिन्छन्, तर तिनीहरूले शोधनको कष्ट भोग्नुपर्छ भन्‍ने देख्‍नसाथ सबै ऊर्जा गुमाउँछन्। के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? आखिरीमा तैँले आफ्नो विश्‍वासमा परमेश्‍वरको सामु पूर्ण र पूरा आज्ञापालन प्राप्त गर्नुपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तर अझै पनि उहाँबाट मागहरू गर्छस्, तैँले दबाउन नसक्ने धेरै वटा धार्मिक धारणाहरू छन्, तैँले छोड्न नसक्ने व्यक्तिगत रुचिहरू छन्, र अझै पनि तँ देहको आशिष् खोज्छस् र परमेश्‍वरले तेरो शरीरलाई उद्धार गर्नुभएको, तेरो प्राणलाई मुक्ति दिनुभएको चाहन्छस् साँचो रूपमा यी सबै गलत दृष्टिकोण भएका मानिसहरूमा हुने व्यवहारहरू हुन्। धार्मिक विश्‍वास हुने मानिसहरूमा परमेश्‍वरप्रति विश्‍वास भए पनि तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्‍वरको ज्ञानको खोजी गर्दैनन्, तर तिनीहरूका देहको हित हुने कुराहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक निश्‍चयताको वर्गमा पर्ने विश्‍वास छ; यो परमेश्‍वरमाथिको साँचो विश्‍वास होइन। परमेश्‍वरमा विश्‍वास गर्नको निम्ति मानिसहरूमा त्यस्तो हृदय हुनुपर्छ, जुन उहाँको निम्ति दुःख भोग्न तयार हुन्छ र आफैलाई त्याग्ने इच्छा गर्छ। मानिसले यी दुईवटा शर्त पूरा नगरे परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्षम हुँदैनन्। साँचो रूपले सत्यताको पछि लाग्‍ने, परमेश्‍वरको ज्ञानको खोजी गर्ने र जीवनको पछि लाग्‍ने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५१५

शोधन गर्ने कार्यको मुख्य उद्देश्य भनेको मानिसहरूको विश्‍वास सिद्ध बनाउनु। अन्त्यमा, के हासिल हुन्छ भने, तँ छोड्न चाहन्छस् तर सक्दैनस्; केही मानिसहरूले आशाको एउटा सानो त्यान्द्रो हुँदा पनि विश्‍वास गर्न सक्छन्; अनि आफ्‍ना भविष्यका सम्भावनाहरूप्रति मानिसहरूसँग उप्रान्त कुनै आशा हुँदैन। यस्तो समयमा मात्र परमेश्‍वरले गर्नुहुने शोधन समाप्त हुन्छ। मानिस अझै पनि जीवन र मृत्युको बीचमा अडिरहने स्थितिमा पुगेको छैन, अनि तिनीहरूले मृत्युको स्वाद चाखेका छैनन्, यसैले शोधनको प्रक्रिया अझै समाप्त भएको छैन। जो सेवाकर्ताहरूको चरणमा थिए तिनीहरू पनि पूरा शोधन भएका थिएनन्। अय्यूब चरम शोधनबाट भएर गए, अनि तिनीसँग तिनले भर पर्ने केही पनि थिएन। मानिसहरू शोधनमा त्यो हदसम्म पुग्नुपर्छ जब तिनीहरूमा कुनै आशा रहँदैन र भर पर्ने कुनै कुरा हुँदैन—यो मात्र साँचो शोधन हो। सेवाकर्ताहरूको समयमा, यदि तेरो हृदय सधैँ परमेश्‍वरको सामु शान्त थियो भने, अनि उहाँले जे गर्नु भएको भए पनि र तेरो निम्ति उहाँको इच्छा जे-जस्तो थियो भने पनि, तैँले सँधै उहाँको प्रबन्धको आज्ञापालन गरेको छस् भने अन्त्यमा गएर तैँले परमेश्‍वरले गर्नुभएका सबै कार्यहरू बुझ्‍नेछस्। तँ अय्यूबको जाँचहरूबाट भएर जान्छस्, त्यसको साथसाथै तँ पत्रुसका जाँचहरूबाट पनि भएर जान्छस्। जब अय्यूबको जाँच भयो, तिनी साक्षी बनेर खडा भए, अनि आखिरीमा तिनलाई यहोवा प्रकट गरियो। तिनी साक्षी बनेर खडा भएपछि मात्र तिनी परमेश्‍वरको मुहार देख्ने योग्यका भए। यसो किन भनिएको छ: “म फोहोरको देशबाट लुकेँ, तर आफैलाई पवित्र राज्यमा देखाएँ?” त्यसको अर्थ हो, जब तँ पवित्र बन्छस् र साक्षी भई खडा हुन्छस् तब मात्र परमेश्‍वरको मुहार हेर्ने मर्यादा तैँले प्राप्त गर्न सक्छस्। उहाँ तँ उहाँको साक्षी बन्न सक्दैनस् भने तँमा उहाँको मुहार हेर्ने मर्यादा हुँदैन। यदि तँ शोधनको बेला पछि हट्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्छस्, त्यसरी उहाँको साक्षी बन्न सक्दैनस् र शैतानको हाँसो पात्र बन्छस् भने तैँले परमेश्‍वरको रूप प्राप्त गर्नेछैनस्। यदि तँ जाँचहरू हुँदा अय्यूबले जस्तै आफ्नै शरीरलाई सराप्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्दैनस् भने, अनि कुनै गुनासो नगरी वा बोलीवचनद्वारा पाप नगरी आफ्नै शरीरलाई घृणा गर्छस् भने तँ साक्षी बनेर खडा भएको हुनेछस्। जब तँ एक निश्चित हदसम्म शोधनबाट भएर जान्छस् र अझै पनि अय्यूबजस्तै हुन सक्छस्, परमेश्‍वरको सामु पूर्ण रूपमा आज्ञाकारी बन्छस् र उहाँका आवश्यकताहरू वा तेरा आफ्नै धारणाविना हुन्छस्, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ। अब परमेश्‍वर तँकहाँ प्रकट गर्नुहुन्न किनकि तँसँग अत्यन्तै धेरै आफ्नै धारणा, व्यक्तिगत पूर्वाग्रह, स्वार्थी विचार, व्यक्तिगत आवश्यकताहरू र शारीरिक चासोहरू छन् र तँ उहाँको अनुहार हेर्न योग्य छैनस्। यदि तैँले परमेश्‍वरलाई हेर्नु छ भने तैँले आफ्नै विचारहरूद्वारा उहाँलाई नाप्थिस् र त्यसो गरेर तँद्वारा उहाँ कीला ठोकिएर क्रूसमा टाँगिनुहुनेथियो। यदि तेरा विचारहरूसँग नमिल्ने धेरै वटा कुराहरू तँमाथि आउँछन्, तापनि तँ ती सबलाई पन्साउन र ती कुराहरूबाट परमेश्‍वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्छस् भने, यदि शोधन भइरहेको बेला परमेश्‍वरप्रति तेरो प्रेमको हृदय प्रकट गर्छस् भने त्यही नै अटल साक्षी हो। यदि तेरो घर शान्तिमय छ, तैँले शरीरको सुख-सुविधाको आनन्द लिन्छस्, कसैले पनि तँलाई सताइरहेको छैन, र मण्डलीका भाइ-बहिनीहरूले तेरो आज्ञा पालन गर्दछन् भने, के तँ परमेश्‍वरप्रति आफ्नो प्रेमको हृदय प्रकट गर्न सक्छस्? के यस्तो परिस्थितिले तँलाई शोधन गर्न सक्छ? शोधनद्वारा मात्र परमेश्‍वरप्रतिको तेरो प्रेम देखाउन सकिन्छ, तेरा विचारहरूसँग नमिल्ने कुराहरूद्वारा मात्र तँ सिद्ध बनाइन सक्छस्। धेरै वटा विपरीत र नकारात्मक थोकहरूको सेवा र शैतानका सबै प्रकारका अभिव्यक्तिहरू प्रयोग गरेर—त्यसका कार्यहरू, त्यसले लगाउने दोषहरू, त्यसको बाधाहरू र छलहरू—परमेश्‍वरले तँलाई शैतानको घृणित अनुहार स्पष्टसँग देखाउनुहुन्छ, र त्यसरी शैतानलाई चिन्ने तेरो क्षमतालाई पूर्ण बनाउनुहुन्छ, अनि तँ शैतानलाई घृणा गर्न र त्याग्न सक्छस्।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५१६

तेरो असफलता, कमजोरी, तेरा नकारात्मक समयका धेरै वटा अनुभवहरूलाई परमेश्‍वरको जाँचहरूको समय भन्न सकिन्छ। किनकि सबै थोक परमेश्‍वरबाट आउँछन्, र सबै थोक र घटनाहरू उहाँकै हातमा छन्। तँ असफल वा तँ कमजोर भए पनि र तैँले ठोक्‍कर खाए पनि यो सबै परमेश्‍वरमा निर्भर हुन्छ र उहाँको पकडमा हुन्छन्। परमेश्‍वरको दृष्टिकोणमा यो तेरो जाँच हो, यदि तैँले यसलाई बुझ्न सकिनस् भने त्यो परीक्षा बन्छ। मानिसहरूले चिन्‍नुपर्ने दुई किसिमका अवस्थाहरू छन्: एउटा पवित्र आत्माबाट आउँछ, र अर्को सम्‍भावित स्रोत शैतान हो। एउटा अवस्था त्यो हो जुन पवित्र आत्माले तँलाई प्रकट गर्नुहुन्छ र त्यसले तँलाई आफैलाई चिन्न, घृणा गर्न र आफ्नै विषयमा पछुतो गर्न अनि परमेश्‍वरको निम्ति साँचो प्रेम प्राप्त गर्न साथै तेरो हृदय परमेश्‍वरलाई सन्तुष्ट पार्नेतिर लगाउने तुल्याउँछ। त्यहाँ अर्को अवस्था छ, जहाँ तैँले आफैलाई चिन्छस्, तर तँ नकारात्मक र कमजोर हुन्छस्। यो अवस्थालाई परमेश्‍वरको शोधन भन्न सकिन्छ, र यो शैतानको परीक्षा पनि हो। यदि यो तेरो निम्ति परमेश्‍वर मुक्ति हो भनी जान्दछस् भने र यदि तँ अब उहाँको ठूलो ऋणमा डुबेको महसुस गर्छस् भने, अनि यदि अबदेखि तैँले उहाँलाई ऋण तिर्ने कोसिस गर्छस् र अब उप्रान्त त्यस्तो भ्रष्टतामा पर्दैनस् भने, यदि तैँले उहाँका वचनहरू खानु र पिउनुमा कोसिस गर्छस् भने, यदि तँ जहिल्यै पनि तँमा कमी छ भनी सोच्छस् र तँमा तृषित हृदय छ भने यो परमेश्‍वरबाटको जाँच हो। दुःख समाप्त भएपछि र तँ फेरि अगाडि बढ्न थालेपछि, परमेश्‍वरले तँलाई डोर्याउनुहुनेछ, प्रकाश दिनुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ र खुवाउनुहुनेछ। तर यदि तँ यसलाई चिन्दैनस् र तँ नकारात्मक हुँदै आफैलाई निराशामा छोड्छस् भने, यदि तँ यसप्रकारले विचार गर्छस् भने तँमाथि शैतानको परीक्षा आउनेछ। जब अय्यूब जाँचहरूबाट भएर गए, त्यसबेला परमेश्‍वर र शैतानले एक-अर्कासित बाजी लगाउनुभयो, अनि परमेश्‍वरले अय्यूबलाई कष्ट दिने अनुमति शैतानलाई दिनुभयो। त्यसबेला परमेश्‍वरले अय्यूबको जाँच गरिरहनुभएको थियो, तैपनि तिनीमाथि आउने शैतान नै थियो। शैतानका लागि, त्यो अय्यूबको परीक्षा गर्नुथियो, तर अय्यूब परमेश्‍वरको पक्षमा थिए। यदि त्यसो नभएको भए अय्यूब परीक्षामा पतन हुनेथिए। मानिसहरू परीक्षामा पतन भएपछि लगत्तै जोखिममा पर्छन्। शोधनबाट भएर जानुलाई परमेश्‍वरको जाँच भन्न सकिन्छ, तर तँ राम्रो अवस्थामा छैनस् भने त्यसलाई शैतानबाटको परीक्षा पनि भन्न सकिन्छ। यदि तँ दर्शनको विषयमा स्पष्ट छैनस् भने शैतानले तँलाई दोष लगाउनेछ र त्यस दर्शनको पक्षको विषयमा तँलाई अस्पष्ट बनाउनेछ। तैँले थाहा पाउनुभन्दा अघि नै तँ परीक्षामा पर्नेछस्।

यदि तँ परमेश्‍वरको कामको अनुभव गर्दैनस् भने, तँ कहिल्यै पनि सिद्ध हुन सक्दैनस्। तेरो अनुभवमा तँ पूर्ण विवरणभित्र पनि प्रवेश गर्नुपर्छ। उदाहरणको निम्ति, कुन-कुन कुराहरूले तँलाई धारणाहरू र अनावश्यक अभिप्रायहरू विकास गर्न अगुवाइ गर्दछन् र ती समस्याहरूलाई समाधान गर्न कुन-कुन उपयुक्त अभ्यासहरू तँसँग छन्? यदि तँ परमेश्‍वरको काम अनुभव गर्न सक्छस् भने, त्यसको अर्थ तँसँग कद छ भन्ने हुन्छ। यदि तँसँग जोश छ भन्‍ने मात्र देखिन्छ भने, यो वास्तविक कद होइन, र तँ दृढतासाथ खडा हुन सक्षम हुनेछैनस्। जब तैँले परमेश्‍वरको काम अनुभव गर्न सक्छस्, र कुनै पनि समय र स्थानमा त्यसबारे विचार गर्न सक्छस्, जब तँ गोठालाहरूलाई छोड्न र परमेश्‍वरमा भर पर्दै स्वतन्त्र रूपमा जिउँछस्, तब मात्र तैँले परमेश्‍वरका वास्तविक कार्यहरू देख्न सक्छस्—तब मात्र परमेश्‍वरको इच्‍छा प्राप्त गर्न सकिनेछ। अहिले धेरै जना मानिसहरूलाई कसरी अनुभव गर्ने भन्‍ने थाहा छैन, र जब तिनीहरूले कुनै समस्या भेट्टाउँछन्, त्यसलाई कसरी समाधान गर्ने सो तिनीहरू जान्दैनन्; तिनीहरूले परमेश्‍वरको कामको अनुभव गर्न सक्दैनन्, र तिनीहरूले आत्मिक जीवन जिउन सक्दैनन्। तैँले परमेश्‍वरका वचनहरू र कामलाई व्यवहारमा लागू गर्नुपर्दछ।

कहिलेकहीँ परमेश्‍वरले तँलाई एक निश्‍चित प्रकारको अनुभूति दिनुहुन्छ, यस्तो भावना जसको कारण तैँले आफ्नो भित्री आनन्द र परमेश्‍वरको उपस्थिति गुमाउनुपर्छ, जसले गर्दा तँ अन्धकारमा डुब्छस्। यो एक किसिमको शोधन हो। जब-जब तँ केही गर्छस्, तब त्यो सधैँ गलत हुन जान्छ वा तेरो सामु बाधा खडा हुन्छ। यो परमेश्‍वरको अनुशासन हो। कहिलेकहीँ, जब तँ परमेश्‍वरप्रति अनाज्ञाकारी र विद्रोही कार्य गर्छस् त्यो अरू कसैलाई थाहा नहुन सक्छ—तर परमेश्‍वरलाई थाहा हुन्छ। उहाँले तँलाई त्यसै छोडिदिनुहुनेछैन, उहाँले तँलाई अनुशासनमा राख्‍नुहुनेछ। पवित्र आत्माको काम धेरै विस्तृत छ। उहाँले मानिसहरूको प्रत्येक बोलीवचन र कार्यलाई, तिनीहरूका प्रत्येक व्यवहार र चाललाई, तिनीहरूका हरेक विचार र योजनालाई ध्यान दिएर हेर्नुहुन्छ, ताकि मानिसहरूले यी कुराहरूको आन्तरिक ज्ञान प्राप्त गर्न सकून्। तैँले एक पल्ट कुनै कुरा गर्छस् र त्यो गलत हुन्छ, तँ फेरि कुनै काम गर्छस्, अनि त्यो अझै गलत हुन्छ, अनि बिस्तारै तँ पवित्र आत्माको कामलाई जानेछस्। धेरै चोटि अनुशासनमा परेपछि तैँले परमेश्‍वरको इच्छासँग मिल्दो हुन के गर्नुपर्छ र कुन कुरा उहाँको इच्छासँग मिल्दोजुल्दो हुँदैन सो जान्‍नेछस्। अन्त्यमा, पवित्र आत्माको अगुवाइप्रति तेरो भित्रैबाट निस्केको सटीक प्रतिक्रिया तँमा हुनेछ। कहिलेकहीँ तँ विद्रोही बन्‍नेछस् र परमेश्‍वरले तँलाई भित्रैबाट हप्काउनुहुनेछ। यो सबै नै परमेश्‍वरको अनुशासनबाट आउँछ। यदि तँ परमेश्‍वरको वचनलाई बहुमूल्य ठान्दैनस् भने, यदि तैँले उहाँको कामलाई अनादर गरिस् भने, उहाँले तँलाई कुनै ध्यान दिनुहुनेछैन। परमेश्‍वरको वचनलाई तैँले जति गम्भीरतासाथ लिन्छस्, उहाँले तँलाई त्यत्ति नै बढी अन्तर्दृष्टि दिनुहुनेछ। अहिले, चर्चमा केही मानिसहरू छन् जसमा भद्रगोल र भ्रमित विश्‍वास हुन्छ, अनि तिनीहरूले अनेक अनुचित कार्यहरू गर्छन् र अनुशासनहीन व्यवहार गर्छन्, यसैले तिनीहरूमा पवित्र आत्माको कामलाई स्पष्ट रूपमा देख्न सकिँदैन। कतिपय मानिसहरूले अनुशासनमा नरहिकन गएर व्यवसाय गर्दै, पैसा कमाउनको खातिर आफ्‍ना कर्तव्यहरूलाई त्यागेर जान्छन्। यस किसिमको मानिस अझ बढी खतरामा हुन्छ। तिनीहरूसँग अहिले पवित्र आत्माको काम नहुने मात्र होइन, तिनीहरूलाई सिद्ध बन्न भविष्यमा पनि गाह्रो पर्नेछ। धेरै जना मानिसहरू यस्ता छन्, जसमा पवित्र आत्माको काम देख्‍न सकिँदैन र जसमा परमेश्‍वरको अनुशासन देख्न सकिँदैन। तिनीहरू ती हुन् जसले परमेश्‍वरको इच्छालाई स्पष्ट रूपमा जान्दैनन् र उहाँको काम जान्दैनन्। जो शोधनको बीचमा अटल भई बस्छन्, परमेश्‍वरले जस्तोसुकै कार्य गर्नुभए पनि जो उहाँको पछि लाग्छन्, र कम्तीमा पनि छोड्न सक्दैनन्, वा जसले पत्रुसले हासिल गरेको कामको ०.१% हासिल गर्दछन्, तिनीहरूले राम्रै गरिरहेका हुन्छन्, तर परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुहुने सम्बन्धमा तिनीहरूको कुनै मूल्य हुँदैन। धेरै जना मानिसहरूले परिस्थितिलाई चाँडै बुझ्दछन्, तिनीहरूमा परमेश्‍वरप्रतिको साँचो प्रेम हुन्छ, र पत्रुसको स्तरलाई उछिन्छन्, र परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्ने काम गर्नुहुन्छ। त्यस्ता मानिसहरूमा अनुशासन र ज्ञान आउँदछ, यदि तिनीहरूमा परमेश्‍वरको इच्छासँग नमिल्ने केही छ भने त्यो तिनीहरूले तुरुन्तै फाल्न सक्छन्। त्यस्ता मानिसहरू सुन, चाँदी र बहुमूल्य पत्थरहरू हुन्—तिनीहरूको मूल्य अति उच्च हुन्छ! परमेश्‍वरले धेरै किसिमका कामहरू गर्नुभएको छ, तर तँ अझै पनि बालुवा र ढुङ्गाजस्तो छस् भने, तँ मूल्यहीन छस्!

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५१७

ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई हटाउनुहुनेछ, किनकि मण्डलीमा हरकिसिमका मानिसहरू हुन्छन्—त्यहाँ सत्यलाई प्रेम गर्नेहरू, र नगर्नेहरू हुन्छन्; परमेश्‍वरको कामको अनुभव गर्नेहरू हुन्छन्, अनि नगर्नेहरू पनि हुन्छन्; आफ्‍नो कर्तव्य पूरा गर्नेहरू, र नगर्नेहरू हुन्छन्; त्यहाँ परमेश्‍वरको साक्षी दिनेहरू हुन्छन्, नदिनेहरू पनि हुन्छन्—अनि तिनीहरूमध्ये केही भाग विश्‍वास नगर्ने र दुष्ट मानिसहरू हुन्छन्, अनि तिनीहरूलाई निश्‍चय नै हटाइनेछन्। यदि तँलाई परमेश्‍वरको काम स्पष्ट रूपमा थाहा छैन भने तँ नकारात्मक बन्‍नेछस्; किनकि परमेश्‍वरको काम थोरै मानिसहरूमा मात्र देख्न सकिन्छ। यस समयमा, कसले परमेश्‍वरलाई प्रेम गर्दछ र कसले गर्दैनन् भन्ने कुरा पनि स्पष्ट हुन्छ। जसले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्छन् तिनीहरूसित पवित्र आत्माको काम हुन्छ, अनि उहाँलाई साँचो रूपले प्रेम नगर्नेहरूलाई उहाँको कामको प्रत्येक चरणद्वारा प्रकट गरिनेछन्। तिनीहरू हटाइने वस्तुहरू बन्नेछन्। यी मानिसहरूलाई विजयको कामको अवधिमा प्रकट गरिनेछन्, अनि तिनीहरू ती मानिसहरू हुन् जसमा सिद्ध हुनको लागि कुनै मूल्य हुँदैन। जुन मानिसहरू सिद्ध बनाइएका हुन्छन् तिनीहरूलाई परमेश्‍वरले सम्पूर्ण रूपमा प्राप्त गर्नुभएको हुन्छ, अनि तिनीहरू पत्रुसझैं परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन्छन्। जुन व्यक्तिहरू जितिएका हुन्छन् तिनीहरूमा सक्रिय प्रेम हुँदैन, तर निष्क्रिय प्रेम मात्र हुन्छ, अनि तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न बाध्य हुन्छन्। सक्रिय प्रेम व्यावहारिक अनुभवद्वारा ज्ञान प्राप्त गरेपछि विकास हुन्छ। यो प्रेमले व्यक्तिको हृदयमा स्थान ओगट्छ र यसले तिनीहरूलाई स्वेच्छाले परमेश्‍वरमा समर्पित हुने तुल्याउँछ; परमेश्‍वरको वचन तिनीहरूका आधार बन्छ र तिनीहरू परमेश्‍वरका निम्ति दुःख भोग्न सक्ने हुन्छन्। अवश्य नै, यी त्यस्ता कुराहरू हुन् जुन परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्तिमा हुन्छ। यदि तँ जितिन मात्र चाहन्छस् भने तैँले परमेश्‍वरको निम्ति साक्षी दिन सक्दैनस्; यदि परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाएर मात्र उहाँको मुक्तिको लक्ष्य प्राप्त गर्नुहुन्छ भने सेवाकर्ताहरूको कदमले काम समाप्त गर्दछ। तापनि, मानिसहरूलाई जित्नु मात्र परमेश्‍वरको अन्तिम लक्ष्य होइन, जुन मानिसहरूलाई सिद्ध बनाउनु हो। यसैले यो कदमलाई जित्ने काम भन्नुभन्दा बरु सिद्ध बनाउने र हटाउने काम हो भन्। केही मानिसहरू पूर्ण रूपले जितिएका हुँदैनन्, र तिनीहरूलाई जित्ने क्रममा मानिसहरूको एउटा झुण्डलाई सिद्ध पारिन्छ। यी दुईवटा कामलाई एकसाथ गरिन्छ। यति लामो कामको अवधिमा पनि मानिसहरू हटेका छैनन्, र यसले विजयको लक्ष्य प्राप्त भएको देखाउँछ—जित्‍नुको तथ्य यही हो। शोधनहरू विजय प्राप्त गर्नका लागि होइनन्, तर सिद्ध हुनुका लागि हुन्। शोधनविना, मानिसहरू सिद्ध हुन सक्दैनन्। त्यसैले शोधन साँच्चै मूल्यवान् छ! आज मानिसहरूको एउटा समूह सिद्ध र प्राप्त गरिएका छन्। पहिले उल्लेख गरिएका दस आशिषहरू सबै सिद्ध भएकाहरूका लागि लक्षित थिए। पृथ्वीमा तिनीहरूको स्वरूप परिवर्तन गर्ने सबै कुराको उद्देश्य तिनीहरूका निम्ति हो जो सिद्ध भइसकेका छन्। जो सिद्ध पारिएका छैनन् तिनीहरू परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्यका छैनन्।

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ५१८

परमेश्‍वरमाथि विश्‍वास गर्नु अनि परमेश्‍वरलाई चिन्‍नु चाहिँ स्वर्गले नियुक्त गरेको र पृथ्वीले स्वीकार गरेको कुरा हो, अनि आज—देहधारी परमेश्‍वरले आफै उपस्थित भई आफ्नो कार्य गरिरहनुभएको युगमा—यो परमेश्‍वरलाई चिन्ने विशेष गरी असल समय हो। परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु त्यो कुरा हो, जुन परमेश्‍वरको इच्छाको बुझाइको जगमा बसालिएको हुन्छ, अनि परमेश्‍वरको इच्छा बुझ्नको लागि, परमेश्‍वरबारे केही ज्ञान हुन जरुरी छ। परमेश्‍वरको यो ज्ञान जुन परमेश्‍वरमा विश्‍वास गर्ने हरेकमा हुनै पर्ने दर्शन हो; परमेश्‍वरमा मानिसले गर्ने विश्‍वासको आधार यही हो। यो ज्ञानको अनुपस्थितिमा, मानिसले परमेश्‍वरमा गर्ने विश्‍वास अस्पष्ट अवस्थामा रित्तो सिद्धान्तको बीचमा रहन्छ। यदि यो परमेश्‍वरलाई पछ्याउनको निम्ति मानिसको सङ्कल्प हो भने पनि, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। यो प्रवाहमा केही पनि हासिल गर्न नसक्नेहरू सबै मेटिएर जानेछन्—ती सबै सित्तैँमा लिन चाहनेहरू हुन्। तैँले परमेश्‍वरको कार्यको जुनसुकै चरण अनुभव गरे पनि, तँसँग ठूलो दर्शन जोडिएको हुनैपर्छ। नत्रभने, नयाँ कार्यको प्रत्येक चरण स्वीकार गर्न तँलाई कठिन हुनेछ, किनभने परमेश्‍वरको नयाँ कार्य मानिसको कल्‍पना गर्ने क्षमताभन्दा परको अनि उसको अवधारणाको सीमाभन्दा बाहिरको कुरा हो। त्यसकारण, मानिसको हेरचाह गर्ने गोठालो विना, दर्शनसँग सम्बन्धित संगतिमा सम्मिलित गराउने गोठालोविना, नयाँ कार्यलाई स्वीकार गर्न मानिस असक्षम हुन्छ। यदि मानिसले दर्शनहरू ग्रहण गर्न सक्दैन भने उसले परमेश्‍वरको नयाँ कार्य ग्रहण गर्न सक्दैन, अनि यदि मानिसले परमेश्‍वरको नयाँ कार्य पालन गर्न सक्दैन भने मानिस परमेश्‍वरको इच्छा बुझ्न असक्षम हुन्छ, अनि त्यसरी नै परमेश्‍वरबारे उसको ज्ञान कति पनि हुँदैन। मानिसले परमेश्‍वरको वचनलाई अभ्यास गर्न थाल्नुअघि, उसले परमेश्‍वरको इच्छा बुझ्‍नैपर्छ; अर्थात्, उसले परमेश्‍वरको इच्‍छालाई बुझ्‍नैपर्छ। यसरी मात्र परमेश्‍वरको वचनलाई ठीकसँग अनि परमेश्‍वरको इच्छामुताबिक अभ्यासमा लैजान सकिन्छ। यो सत्यता खोज्‍नेहरूले धारण गरेको हुनुपर्ने कुरा हो, अनि परमेश्‍वरलाई जान्ने प्रयास गर्ने प्रत्येक व्यक्ति यही प्रक्रिया भएर जानुपर्छ। परमेश्‍वरको वचन बुझ्दै जाने प्रक्रिया नै परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्दै जाने प्रक्रिया हो। त्यसकारण, दर्शनलाई बुझ्नु केवल देहधारी परमेश्‍वरलाई मात्र बुझ्नु होइन, बरु यसमा परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्ने कुरा पनि संलग्न हुन्छ। परमेश्‍वरको वचनबाट नै मानिसहरूले परमेश्‍वरको इच्छालाई बुझ्छन्, अनि परमेश्‍वरको कार्यबाट नै तिनीहरूले परमेश्‍वरको स्वभाव अनि परमेश्‍वर के हुनुहुन्छ भन्ने कुरा जान्न सक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु नै परमेश्‍वरलाई जान्ने कार्यको पहिलो कदम हो। परमेश्‍वरप्रतिको यो सुरुवाती विश्‍वासबाट अघि बढेर उहाँमा सबैभन्दा गहन विश्‍वास गर्ने अवस्था सम्म पुग्ने प्रक्रिया नै परमेश्‍वरलाई बुझ्दै जाने प्रक्रिया हो, परमेश्‍वरको कार्यको अनुभव गर्ने प्रक्रिया हो। यदि तँ परमेश्‍वरलाई विश्‍वास गर्नुको खातिर मात्र परमेश्‍वरलाई विश्‍वास गर्छस्, तर उहाँलाई जान्‍नको खातिरले नै चाहिँ गर्दैनस् भने, तेरो विश्‍वासको कुनै वास्तविकता हुँदैन, अनि तेरो विश्‍वास विशुद्ध हुन सक्दैन—यो कुरामा कुनै शङ्का छैन। यदि, जुन प्रक्रियाद्वारा मानिसले परमेश्‍वरको कार्यको अनुभव गर्छ उक्त प्रक्रियाको दौरान, उसले क्रमैसित परमेश्‍वरलाई बुझ्दै जान्छ भने उसको स्वभाव क्रमैसित परिवर्तन हुँदै जान्छ, अनि उसको विश्‍वास बढ्दो रूपमा साँचो हुँदै जान्छ। यसरी, जब मानिसले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता प्राप्त गर्दै जान्छ, उसले सम्पूर्ण रूपले परमेश्‍वरलाई प्राप्त गरेको हुनेछ। परमेश्‍वरले स्वयम् उपस्थित भई आफ्नो कार्य गर्न दोस्रो पल्ट देहधारण गर्ने सम्मको कदम चाल्नुभएको कारण चाहिँ मानिसले उहाँलाई जान्न अनि देख्न सक्षम होस् भनेर नै हो। परमेश्‍वरलाई[क] जान्नु चाहिँ परमेश्‍वरको कार्यको समाप्तिमा प्राप्त गरिने आखिरी प्रभाव हो; यो मानव जातिको लागि परमेश्‍वरले तय गर्नुभएको अन्तिम आवश्यकता हो। उहाँले यसो गर्नुको कारणचाहिँ उहाँको अन्तिम साक्षीको निम्ति हो; मानिस अन्तमा सम्पूर्ण रूपले उहाँतर्फ फर्किऊन् भनेर उहाँले यो कार्य गर्नुभएको छ। मानिसले परमेश्‍वरलाई चिनेर मात्र उसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ, र परमेश्‍वरलाई प्रेम गर्नको लागि उसले परमेश्‍वरलाई चिन्‍नैपर्छ। उसले जसरी खोजी गरे पनि, अथवा उसले जसरी हासिल गर्न खोजे पनि, उसले परमेश्‍वरको ज्ञान प्राप्त गर्न सक्‍नुपर्छ। यसरी मात्र मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छ। परमेश्‍वरलाई चिनेर मात्रै मानिसले परमेश्‍वरमा साँचो विश्‍वास गर्न सक्छ, अनि परमेश्‍वरलाई चिनेर मात्रै उसले परमेश्‍वरको आदर अनि आज्ञा पालन गर्न सक्छ। जसले परमेश्‍वरलाई चिनेका छैनन् तिनीहरू कहिले पनि साँचो रूपमा परमेश्‍वरको आज्ञा पालन र आदरसम्म पुग्न सक्दैनन्। परमेश्‍वरलाई जान्नु भनेको उहाँको स्वभावलाई जान्नु हो, उहाँको इच्छालाई बुझ्नु हो, अनि उहाँ को हुनुहुन्छ त्यो जान्नु हो। कसैले जुनसुकै पक्षको बारेमा जाने तापनि, हरेक पक्षको लागि मानिसले मूल्य चुकाउनु आवश्यक हुन्छ अनि आज्ञापालन गर्ने इच्छा आवश्यक पर्छ, जुनविना कसैले पनि अन्तसम्म पछ्याउन सक्दैन। परमेश्‍वरको कार्य मानिसको धारणासित एकदमै मेल नखाने खालको हुन्छ। परमेश्‍वरको स्वभाव अनि परमेश्‍वर जे हुनुहुन्छ त्यो जान्न मानिसको निम्ति साह्रै कठिन छ, अनि परमेश्‍वरले भन्‍नुहुने र गर्नुहुने सबै कुरा मानिसको लागि बुझ्नै नसकिने छ: यदि मानिसले परमेश्‍वरलाई पछ्याउने इच्छा गर्छ तर उहाँको आज्ञा पालन गर्नचाहिँ अनिच्छुक छ भने मानिसले केही पनि प्राप्त गर्न सक्दैन। संसारको सृष्टि भएदेखि आजसम्म, परमेश्‍वरले धेरै कार्यहरू गर्नुभएको छ जुन मानिसको निम्ति बुझ्न कठिन छ अनि जसलाई मानिसले ग्रहण गर्न कठिन पाएको छ, अनि परमेश्‍वरले धेरै कुरा भन्नुभएको छ जसले मानिसका धारणाहरूलाई सुधार्न कठिन तुल्याउँछ। तर मानिसका धेरै समस्याहरू छन् भन्दैमा उहाँले आफ्नो कार्य गर्न कहिल्यै छोड्नुभएको छैन; बरु, उहाँले लगातार काम गरिरहनुभएको अनि बोलिरहनुभएको छ, अनि “योद्धाहरूको” ठूलो संख्या एकातिर गिरे तापनि, उहाँले चाहिँ अझ पनि आफ्नो कार्य गरिरहनुभएको छ, अनि उहाँको नयाँ कार्यको निम्ति समर्पित हुन इच्छुक मानिसहरूको एकपछि अर्को समूहलाई चुन्नको लागि विश्राम नलिईकन उहाँले निरन्तर कार्य गरिरहनुभएको छ। ती गिरेका “नायकहरू” प्रति उहाँमा कुनै दया छैन, बरु जसले उहाँको नयाँ कार्य र वचनहरूलाई स्वीकार गर्दछन् तिनीहरूलाई उहाँले मनमा राखिराख्नुहुन्छ। तर कुन प्रयोजनको लागि उहाँले यसरी क्रमिक रूपमा कार्य गर्नुहुन्छ? किन उहाँले सधैँ केही मानिसहरूलाई त्याग्नुहुन्छ र अरूलाई चुन्नुहुन्छ? किन उहाँले सधैँ यस्तै तरिका प्रयोग गर्नुहुन्छ? उहाँको कार्यको उद्देश्य भनेको मानिसले उहाँलाई चिनोस्, अनि त्यसरी उहाँद्वारा उसको प्राप्ति होस् भन्ने हो। उहाँको कार्यको सिद्धान्त भनेको उहाँले आज गर्नुहुने कार्यप्रति समर्पित हुन सक्‍नेहरूमा काम गर्नु हो र उहाँले हिजो गर्नुभएको कार्यप्रति समर्पित हुने तर आज गर्नुहुने कार्यको विरोध गर्नेहरूमा काम गर्नु होइन। यसरी किन उहाँले धेरै मानिसहरूलाई हटाउँदै आउनुभएको छ त भन्ने कारणहरू यहाँ दिइएको छ।

परमेश्‍वरलाई जान्ने क्रममा सिकेको पाठको प्रभावलाई एक वा दुई दिनमा प्राप्त गर्न सकिँदैन: मानिसले निश्चय नै अनुभवहरू बटुल्नैपर्छ, कठिनाइहरू हुँदै जानैपर्छ, अनि साँचो समर्पणता हासिल गर्नैपर्छ। सबैभन्दा पहिला, परमेश्‍वरको कार्य अनि वचनबाट नै सुरु गर्। परमेश्‍वरको ज्ञानमा के संलग्न छ, यो ज्ञान कसरी प्राप्त गर्ने, अनि आफ्नो अनुभवमा परमेश्‍वरलाई कसरी देख्ने त्यो तैँले जान्नु अति नै आवश्यक छ। परमेश्‍वरलाई चिन्‍न बाँकी हुँदा हरेक व्यक्तिले गर्नुपर्ने कुरा यही नै हो। कसैले पनि परमेश्‍वरको कार्य र वचनहरूलाई एक झट्कामा पक्रन सक्दैन, अनि कसैले पनि छोटो समयावधिमा परमेश्‍वरको सम्पूर्णताको ज्ञानलाई प्राप्त गर्न सक्दैन। त्यसमा अनुभवको आवश्यक प्रक्रिया छ, जुनविना कसैले पनि परमेश्‍वरलाई चिन्‍न अथवा उहाँलाई इमान्दारितासित पछ्याउन सक्दैन। परमेश्‍वरले जति धेरै कार्य गर्नुहुन्छ, मानिसले त्यति नै बढी उहाँलाई चिन्ने गर्छ। परमेश्‍वरको कार्य मानिसको धारणाहरूभन्दा जति धेरै भिन्न छ, त्यति नै धेरै उहाँबारे मानिसको ज्ञान नवीकरण र गहिरो भएर जान्छ। यदि परमेश्‍वरको कार्य सँधैको लागि निश्चित र अपरिवर्तनशील रहन्थ्यो भने उहाँको बारेमा मानिसहरूसित धेरै ज्ञान हुने थिएन। उत्पत्तिको समय अनि वर्तमानको बीचमा, व्यवस्थाको युगमा परमेश्‍वरले के गर्नुभयो, अनुग्रहको युगको अवधिमा उहाँले के गर्नुभयो, अनि राज्यको युगमा उहाँले के गर्नुहुन्छ—तिमीहरू यी दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। तिमीहरूले परमेश्‍वरको कार्यलाई जान्नुपर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्” बाट उद्धृत गरिएको

फूटनोट:

क. मूल पाठमा “परमेश्‍वरलाई चिन्नेको कार्य” भनेर पढिन्छ।

परमेश्‍वरका दैनिक वचनहरू अंश ५१९

मानिसले परमेश्‍वरका कार्यहरूको अनुभव गर्छ, आफूले आफैलाई चिन्छ, आफ्नो भ्रष्ट स्वभावलाई सफा गर्छ, र जीवनमा वृद्धि खोज्छ, र यी सबै कुरा परमेश्‍वरलाई चिन्नको निम्ति नै गर्छ। यदि तँ आफूलाई जान्न र आफ्नै भ्रष्ट स्वभावको सामना गर्न मात्र खोजिरहन्छस्, तर परमेश्‍वरले मानिसमा के कार्य गर्नुहुन्छ, उहाँको मुक्ति कति महान् छ, वा तैँले परमेश्‍वरको कामको अनुभव कसरी गर्छस् र उहाँको कार्यको साक्षी कसरी दिन्छस् भन्ने कुराको बारेमा तँलाई कुनै ज्ञान छैन भने, तेरो अनुभव व्यर्थ हो। यदि तँ सत्यलाई अभ्यास गर्न र सहन सक्षम भएकोले मात्रै जीवनले परिपक्वता पाउँछ भन्‍ने सोच्छस् भने, यसको तात्पर्य तैँले अझै पनि जीवनको साँचो अर्थ वा मानिसलाई सिद्ध बनाउने परमेश्‍वरको उद्देश्य बुझेको छैनस् भन्ने हो। एक दिन जब तँ धार्मिक मण्डलीहरूमा, पश्‍चातापी मण्डली वा आजीवन मण्डलीका सदस्यहरूमाझ हुन्छस्, तैँले धेरै धर्मनिष्ठ मानिसहरू भेट्नेछस्, जसको प्रार्थनामा “दर्शन” हुन्छ र जो आफ्नो जीवनको अनुसरणको क्रममा, वचनहरूबाट छोइएका र निर्देशित भएका हुन्छन्। साथै, तिनीहरू थुप्रै कुरा सहन र आफूलाई त्याग गर्न, र देहबाट नडोर्याइन सक्षम हुन्छन्। त्यस समयमा, तँ भिन्नता छुट्याउन असक्षम हुनेछस्: उनीहरूले जे गर्छन् त्यो सही हो, जीवनको स्वाभाविक अभिव्यक्ति हो भनेर तैँले विश्‍वास गर्छस्, र उनीहरूले जुन नाममा विश्‍वास गर्छन् त्यो गलत हो भन्‍ने कुरा अफसोसको कुरा हो। के यस्ता विचारहरू मूर्ख होइनन् र? धेरै मानिसहरूको जीवन हुँदैन भनेर किन भनिन्छ? किनभने तिनीहरू परमेश्‍वरलाई चिन्दैनन्, र तसर्थ उनीहरूको हृदयमा कुनै परमेश्‍वर छैन, र तिनीहरूको जीवन छैन भनेर भनिन्छ। यदि परमेश्‍वरमा तेरो विश्‍वास यस्तो अवस्थामा पुगेको छ जहाँ तँ परमेश्‍वरका कार्यहरू, परमेश्‍वरको वास्तविकता, र परमेश्‍वरको कामको हरेक चरण राम्ररी जान्न सक्षम छस् भने, तँमा सत्य निहित छ। यदि तँलाई परमेश्‍वरको कार्य र स्वभाव थाहा छैन भने, तेरो अनुभवमा अझै पनि केही छुटिरहेको छ। येशूले आफ्‍नो कामको त्यो चरण कसरी पूरा गर्नुभयो, यो चरण कसरी सम्पन्न भइरहेको छ, परमेश्‍वरले कसरी अनुग्रहको युगमा आफ्‍नो काम गर्नुभयो र के कार्य गरियो, यस चरणमा कुन कार्य भइरहेको छ—यदि तँसँग यी थोकहरूको बारेमा विस्तृत ज्ञान छैन भने, तैँले कहिले पनि सुनिश्‍चितताको महसुस गर्नेछैनस् र तँ सधैँ असुरक्षित हुनेछस्। यदि, अनुभवको अवधिपछि, परमेश्‍वरले गर्नुभएको कार्य र उहाँको कार्यको हरेक चरणलाई जान्न तँ सक्षम हुन्छस्, र यदि तैँले परमेश्‍वरले उहाँको वचनहरू बोल्दा त्यसमा रहेका उद्देश्यहरू र उहाँले बोल्नुभएका यति धेरै वचनहरू किन पूरा भएका छैनन् भन्ने बारेमा विस्तृत ज्ञान हासिल गरिस् भने, तँ चिन्ता र शोधनबाट मुक्त भई निडर भएर र नरोकिइकन अगाडिको बाटोमा अघि बढ्न सक्‍नेछस्। परमेश्‍वरले कुन माध्यमबाट आफ्नो कार्यमा यति धेरै उपलब्धि प्राप्त गर्नुहुन्छ भनेर तिमीहरूले हेर्नुपर्छ। धेरै प्रकारका वचनहरूका माध्यमबाट मानिसलाई शोधन गर्दै र मानिसका धारणाहरूलाई रूपान्तरण गर्दै, उहाँले आफूले बोल्ने वचनहरूको प्रयोग गर्नुहुन्छ। तिमीहरूले सहेका सबै कष्टहरू, तिमीहरूले भोगेका सबै शोधनहरू, तिमीहरूले आफूभित्र स्वीकार गरेका निराकरणहरू, तिमीहरूले अनुभव गरेका अन्तर्दृष्टिहरू-यी सबै परमेश्‍वरले बोल्नुभएका वचनहरूको माध्यमबाट प्राप्त भएका हुन्। मानिसले केको खातिर परमेश्‍वरलाई पछ्याउँछ? उसले परमेश्‍वरको वचनको कारण पछ्याउँछ गर्दछ! परमेश्‍वरका शब्दहरू गहन रूपले रहस्यमय हुन्छन्, साथै यी वचनहरूले मानिसको हृदयलाई हल्लाउन सक्छन्, हृदयभित्र तल गाडिएका कुराहरूलाई प्रकट गर्न सक्छन्, उसलाई विगतमा घटना भएका कुराहरू थाहा दिन, र भविष्यमा प्रवेश गर्न दिन सक्छन्। त्यसैले मानिस परमेश्‍वरको वचनहरूका कारण कष्ट सहन्छ, र परमेश्‍वरको वचनहरूकै कारणले उसलाई सिद्ध पनि बनाइन्छ: केवल यस समयमा मात्र व्यक्तिले परमेश्‍वरलाई पछ्याउँछ। यस अवस्थामा मानिसले के गर्नुपर्दछ भने परमेश्‍वरको वचनहरूलाई स्विकार्नु पर्छ, र उसलाई सिद्ध बनाइएको वा शोधनको लागि बाध्य बनाएको भए पनि, परमेश्‍वरका वचनहरू नै मुख्य कुरा हो। परमेश्‍वरको कार्य यही हो, र यो मानिसले आज थाहा पाउनुपर्ने दर्शन पनि हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्” बाट उद्धृत गरिएको

अघिल्लो: जीवनमा प्रवेश (३)

अर्को: जीवनमा प्रवेश (५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अभ्यास (४)

आज मैले कुरा गरेको शान्ति र आनन्द तैंले विश्‍वास गरेको र बुझेको जस्तो होइन। तँ शान्ति र आनन्द भनेको दिनभरि खुसी रहनु, तेरो परिवारमा रोग वा...

परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

आज तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने र जान्ने प्रयास गर्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधन सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले मूल्य...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्