मानवजातिको भ्रष्टता उजागर गर्नु (२)

परमेश्‍वरका दैनिक वचनहरू अंश ३३६

तँ देहधारी परमेश्‍वरलाई स्वीकार गर्छु भनी भन्छस्, र तँ वचन देहमा प्रकट हुनुभएको कुरा पनि स्वीकार गर्छस्, तापनि तँ उहाँको पिठिउँ पछाडि केही कुराहरू गर्छस्, जुन कुराहरू उहाँले माग गर्नुभएका कुराहरूको विपरीत हुन्छ, र तेरो हृदयमा तँ उहाँको भय मान्दैनस्। के परमेश्‍वरलाई स्वीकार गर्नु भनेको यही हो र? उहाँले जे भन्नुहुन्छ त्यो तँ स्वीकार गर्छस्, तर तँ जे अभ्यास गर्न सक्छस् त्यो गर्दैनस्, न त तँ उहाँको मार्गमा नै हिँड्छस्। के परमेश्‍वरलाई स्वीकार गर्नु भनेको यही हो? र तैंले उहाँलाई स्वीकार गरे पनि तेरो मानसिकता सधैँ उहाँप्रति सचेत रहने मात्र हुन्छ, उहाँप्रति श्रद्धा देखाउने कहिल्यै पनि हुँदैन। यदि तैंले उहाँको कार्य देखेको छस् र उहाँ परमेश्‍वर हुनुहुन्छ भनी बुझेर पनि तँ मनतातो र पूर्ण अपरिवर्तित रहन्छस् भने, तँ त्यस्तो व्यक्ति होस् जो अझै पनि जितिएको छैन। जो जितिएका छन् तिनीहरूले आफूले सक्दो सबै कुरा गर्नुपर्छ, र तिनीहरू अझ उच्च सत्यतामा प्रवेश गर्न नसके पनि र यी सत्यताहरू तिनीहरूभन्दा माथि भए पनि त्यस्ता मानिसहरू आफ्नो हृदयमा यो प्राप्त गर्न इच्छुक हुन्छन्। तिनीहरूले जे स्वीकार गर्छन् त्यसको एउटा सिमा भएकोले तिनीहरूले जे अभ्यास गर्न सक्छन् त्यसको पनि हद र सीमाहरू हुन्छन्। तापनि, कम्तीमा तिनीहरूले सक्ने सबै कुरा तिनीहरूले गर्नुपर्छ, र यदि तैंले त्यो प्राप्त गर्न सकिस् भने विजयको कामद्वारा हासिल गरिएको प्रभाव त्यही नै हो। मानिलिऔं, तँ भन्छस्, “मानिसले भन्न नसक्ने यति धेरै वचनहरू उहाँले भन्न सक्नुहुन्छ भने, यदि उहाँ परमेश्‍वर हुनुहुन्न भने को हुनुहुन्छ त?” यस्तो विचार गर्नुको अर्थ तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भन्ने हुँदैन। यदि तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भने, तैंले आफ्‍ना वास्तविक कार्यहरूद्वारा यसलाई प्रकट गर्नुपर्छ। यदि तँ मण्डलीको अगुवाइ गर्छस्, तापनि धार्मिकताको अभ्यास गर्दैनस् भने, यदि तँ पैसा र धनको चाहना गर्छस्, र चर्चको कोष जहिल्यै पनि आफ्नै लागि खर्च गर्छस् भने, के त्यसो गर्नु परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्नु हो? परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँ आदरको योग्य हुनुहुन्छ। यदि तँ परमेश्‍वर हुनुहुन्छ भनी साँच्चै स्वीकार गर्छस् तँ डर नमानी कसरी रहन सक्छस्? यदि तँ त्यस्ता घृणित कार्यहरू गर्न सक्छस् भने, के तँ उहाँलाई साँच्चै स्वीकार गर्छस्? तैंले विश्‍वास गरेको परमेश्‍वरमा नै हो त? तैंले जसमा विश्‍वास गर्छस् ऊ एक अस्पष्ट परमेश्‍वर हो; त्यसैकारण तँ डराउँदैनस्! परमेश्‍वरलाई साँच्चै स्वीकार गर्ने र चिन्नेहरूले सबै उहाँको भय मान्छन् र उहाँको विरुद्ध वा तिनीहरूका विवेकलाई उल्लङ्घन गर्ने कुनै पनि कुरा गर्न डराउँछन्; विशेष गरी तिनीहरूले ती काम गर्न डराउँछन्, जुन परमेश्‍वरको इच्छाको विरुद्धमा छ भनी तिनीहरूले जानेका हुन्छन्। यसलाई मात्र परमेश्‍वरको अस्तित्वलाई स्वीकार गरेको मान्न सकिन्छ। तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्न खोज्दा तैंले के गर्नुपर्छ? तेरा अविश्‍वासी पति तँप्रति भलो छ भने तैंले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? अनि तेरा दाजुभाइ, दिदीबहिनीहरूले तँलाई घृणा गर्दा तैंले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? यदि तँ उहाँलाई स्वीकार गर्छस् भने, यी मामिलाहरूमा तँ उचित व्यवहार गर्छस् र वास्तविकतामा जिउँछस्। यदि तँ ठोस कार्यहरू गर्न असफल हुन्छस् तर परमेश्‍वरको अस्तित्व स्वीकार गर्छु मात्र भन्छस् भने, तब तँ केवल गफ लडाउने व्यक्ति मात्र होस्! तँ भन्छस्, कि तँ उहाँमा विश्‍वास गर्छस् र उहाँलाई स्वीकार गर्छस्, तर तँ कस्तो प्रकारले उहाँलाई स्वीकार गर्छस्? तँ कस्तो प्रकारले उहाँमा विश्‍वास गर्छस्? के तँ उहाँको भय मान्छस्? के तँ उहाँलाई आदर गर्छस्? के तँ उहाँलाई हृदयभित्रबाटै प्रेम गर्छस्? जब तँ दु:खी बन्छस् र भरोसा गर्नको लागि कोही पनि हुँदैन, तब तैँले परमेश्‍वरको प्रेमिलोपनलाई महसुस गर्दछस्, तर पछि तँ यी सबै बिर्सन्छस्। त्यसो गर्नु परमेश्‍वरलाई प्रेम गर्नु होइन, न त त्यो परमेश्‍वरमा विश्‍वास गर्नु नै हो! आखिरमा मानिसले के हासिल गरेको परमेश्‍वर चाहनुहुन्छ? मैले उल्लेख गरेको सबै अवस्थाहरू, जस्तै तेरो आफ्नै महत्त्वबाट एकदमै प्रभावित भएको महसुस गर्नु, तँ नयाँ कुराहरू सिक्न र बुझ्न छिटो छस् भनी महसुस गर्नु, अरूलाई वशमा राख्नु, अरूलाई हेला गर्नु, मानिसहरूका रूप-रङ्ग हेरेर उनीहरूको न्याय गर्नु, निश्‍छल मानिसहरूलाई हेप्‍नु, मण्डलीको पैसाको लोभ गर्नु, र यस्तै अरू—जब यी सबै भ्रष्ट स्वभावहरू केही हदसम्म तँबाट हटाइएको हुनेछ, तब मात्र तेरो विजय प्रकट हुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “विजयको कामको भित्री सत्यता (४)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३३७

मैले तिमीहरूको बीचमा यस्तो प्रकारले काम गरेको छु र बोलेको छु, मैले धेरै ऊर्जा र कोसिस खर्च गरेको छु, तापनि मैले तिमीहरूलाई स्पष्ट रूपमा भनेको कुरा के तिमीहरूले कहिले सुनेका छौ? तिमीहरू म, सर्वशक्तिमान्‌को अघि कहाँ निहुरिएको छौ? तिमीहरू मसित किन यस्तो व्यवहार गर्छौ? तिमीहरूले भनेका सबै कुराहरूले किन मेरो रिस जगाउँछ? तिमीहरूका हृदय किन यति कठोर छ? के मैले कहिल्यै तिमीहरूलाई प्रहार गरेर ढालेको छु? तिमीहरू किन केही गर्दैनौ, तर मलाई दुःखी र चिन्तित मात्र बनाउँछौ? के तिमीहरू म, यहोवाको क्रोधको दिन तिमीहरूमाथि आओस् भनी पर्खिरहेका छौ? के म तिमीहरूको अनाज्ञाकारिताले उत्पन्न गरेको मेरो क्रोध पठाऊँ भनी पर्खिरहेका छौ? के मैले गर्ने सबै काम तिमीहरूका निम्ति होइन र? तापनि म, यहोवासित तिमीहरूले यस्तो व्यवहार गरेका छौ: मेरा बलिहरू चोरेका छौ, मेरो वेदीका भेटीहरू घरमा लगेर ब्वाँसोको गुफामा त्यसका बच्चाहरूलाई र ती बच्चाहरूका पनि बच्चाहरूलाई खुवाउन लैजान्छौ; मानिसहरू एक-अर्कोको विरुद्धमा लड्छन्, एक-अर्कासित क्रोधको नजरले, तरबारहरू र भालाहरूले सामना गर्छन्, म, सर्वशक्तिमान्‌का वचनहरूलाई मलजस्तै फोहोर बनाउन शौचालयमा फाल्छन्। तिमीहरूको इमानदारीता कहाँ छ? तिमी मानव जाति जनावरजस्तो भएका छौ! तिमीहरूका हृदय ढुङ्गामा परिणत भएको धेरै भइसकेको छ। के तिमीहरूलाई थाहा छैन, जब मेरो क्रोधको दिन आउनेछ, त्यो दिन तिमीहरूले आज म, सर्वशक्तिमान्‌को विरुद्धमा गरेका खराबीको न्याय गर्नेछु? के तिमीहरू मलाई यसरी मूर्ख बनाएर, मेरा वचनहरू हिलोमा फालेर अनि ती नसुनेर, मेरो पिठिउँ पछाडि यस्तो काम गरेर मेरो क्रोधको नजरबाट उम्कन सक्छौ भनी सोच्छौ? तिमीहरूले मेरा बलिहरू चोरी गर्दा र मेरा सम्पत्तिहरूको लालच गर्दा म, यहोवाका आँखाहरूले अघिबाटै तिमीहरूलाई देखिसकेको थिए भन्‍ने के तिमीहरू जान्दैनौ? जब तिमीहरूले मेरा बलिहरू चोरी गऱ्यौ त्यो तिमीहरूले त्यस वेदीको सामु गऱ्यौ जहाँ बलिहरू चढाइन्छन् भन्‍ने के तिमीहरू जान्दैनौ? तिमीहरू यसरी चतुर भएर मलाई धोका दिन सकिन्छ भनी कसरी सोच्न सक्छौ? तिमीहरूका जघन्य पापहरूबाट मेरो क्रोध कसरी हट्न सक्छ? मेरो दन्किरहेको रिसले तिमीहरूले गरिरहेका दुष्ट कार्यलाई कसरी छोड्न सक्छ? तिमीहरूले आज गरेका खराब कामले तिमीहरूका निम्ति उम्कने बाटो बनाउँदैन, तर तिमीहरूका लागि भोलिका निम्ति सजाय थुपार्दछ; यसले तिमीहरूको विरुद्ध म, यहोवाको सजायलाई उक्साउँछ। तिमीहरू खराब कामहरू गरेर अनि खराब कुराहरू बोलेर मेरो सजायबाट कसरी उम्कन सक्छौ? तिमीहरूका प्रार्थनाहरू कसरी मेरो कानसम्म पुग्न सक्छन्? म तिमीहरूको अधर्मका निम्ति उम्कने बाटो कसरी खोल्न सक्छु? तिमीहरूले मलाई चुनौती दिएर जुन खराबी गरेका छौ त्यसलाई म त्यसै कसरी छोडिदिन सक्छु? म तिमीहरूको सर्पको जस्तो विषालु जिब्रो नकाट्न कसरी सक्छु र? तिमीहरू आफ्नो धार्मिकताका निम्ति मलाई पुकार्दैनौ, तर तिमीहरूका अधर्मको फलस्वरूप तिमीहरू मेरो क्रोध थुपार्छौ। म तिमीहरूलाई कसरी क्षमा गर्न सक्थें र? म, सर्वशक्तिमान्‌को आँखामा तिमीहरूका बोलीवचन र कार्यहरू घिनलाग्दा छन्। म सर्वशक्तिमान्‌का आँखाले तिमीहरूको अधर्मलाई कठोर सजायको योग्य देख्दछ। मेरो धार्मिक सजाय र न्याय तिमीहरूदेखि कसरी अलग हुन सक्छ र? तिमीहरूले मसँग यसो गरेर मलाई दुःखी र क्रोधित बनाएको हुनाले तिमीहरूलाई मेरो हातबाट कसरी उम्केर जान दिनु र म यहोवाले तिमीहरूलाई सजाय र सराप दिने दिनबाट अलग गर्न सक्छु? के तिमीहरूलाई थाहा छैन, तिमीहरूका सबै दुष्ट कुराहरू र बोली मेरा कानहरूमा पुगिसकेका छन्? के तिमीहरूका अधर्मले अघिबाटै मेरो धार्मिकताको वस्त्रलाई फोहोर पारिसकेको छ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूको अनाज्ञाकारिताले अघिबाटै मेरो प्रचण्ड रिस जगाइसकेको छ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूले लामो समयदेखि मलाई उत्तेजित बनाएर छोडेका छौ र लामो समयदेखि मेरो धैर्यको जाँच गरेका छौ भन्‍ने तिमीहरू जान्दैनौ? के तिमीहरूले मेरो शरीरलाई थाङ्नाजस्तो बनाएर अघिबाटै मेरो क्षति गरिसकेका छौ भन्‍ने तिमीहरू? मैले अहिलेसम्म सहेको छु, म मेरो रिस प्रकट गर्छु, उप्रान्त तिमीहरूप्रति सहनशील हुन छोडिदिन्छु। के तिमीहरूका दुष्टता अघिबाटै मेरो कानमा पुगेको छ, मेरा पुकारहरू अघिबाटै मेरा पिताका कानहरूमा पुगेका छन् भन्‍ने तिमीहरू जान्दैनौ? कसरी उहाँले तिमीहरूलाई मसँग यस्तो व्यवहार गर्न दिन सक्नुहुन्छ? के मैले तिमीहरूभित्र गर्ने कुनै पनि काम तिमीहरूका खातिर होइन र? तापनि तिमीहरूमध्ये को म, यहोवाको कामलाई धेरै प्रेम गर्ने भएका छौ? म कमजोर भएकोले, र मैले भोगेका वेदनाहरूको कारण के म पिताको इच्छाप्रति अविश्‍वासी हुन सक्छु? के तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ? म तिमीहरूसँग यहोवा बोल्नुभएझैँ बोल्छु; के मैले तिमीहरूका निम्ति धेरै कुरा दिएको छैन र? म आफ्ना पिताको कामको खातिर यो सब दुःख भोग्न तयार भए पनि मेरो दुःखको परिणाम स्वरूप मैले तिमीहरूमाथि ल्याउने सजायबाट तिमीहरू कसरी छुट्न सक्छौ? के तिमीहरूले मबाट धेरै आनन्द पाएका छैनौ र? आज, मेरा पिताले मलाई तिमीहरूका निम्ति दिनुभएको छ; के तिमीहरूले मेरा उदार वचनहरूभन्दा धेरै कुराहरू उपभोग गरेका छैनौं र? के मेरो जीवन तिमीहरूका जीवन र तिमीहरू रमाउने कुराहरूका निम्ति साटिएको थियो भन्‍ने तिमीहरू जान्दैनौ? के मेरा पिताले शैतानसँग लड्न मेरो जीवनको प्रयोग गर्नुभयो, र तिमीहरूलाई सयौं गुणा प्राप्त गर्ने तुल्याउन साथै धेरै वटा परीक्षाहरूबाट बचाउनका निम्ति शैतानसँग लड्न उहाँले तिमीहरूलाई मेरो जीवन दिनुभयो भन्‍ने तिमीहरू जान्दैनौ? के मेरो कामद्वारा मात्र तिमीहरूले धेरै वटा परीक्षाहरू र धेरै वटा अग्‍निमय सजायहरूबाट छुटकारा पाएका छौ भन्‍ने तिमीहरू जान्दैनौ र? के मेरो कारणले गर्दा मात्र मेरा पिताले अहिलेसम्म तिमीहरूलाई आनन्द लिने अनुमति दिनुभएको छ भन्‍ने तिमीहरू जान्दैनौ? तिमीहरूका हृदयमा कठोरता बढेको जस्तो आज तिमीहरू कसरी यति कठोर र हठी हुन सक्छौ? तिमीहरूले आज गरिरहेको दुष्टता, म पृथ्वीबाट गएपछि सुरु हुने त्यो क्रोधको दिनबाट कसरी बच्न सक्छ? जुन व्यक्तिहरू अति कठोर र हठी छन् तिनीहरूलाई म, यहोवाको क्रोधबाट उम्कने अनुमति कसरी दिन सक्छु?

— वचन देहमा देखा पर्नुहुन्छको “जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३३८

विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित, मेरो आवाज कहिले कठोर भएको छ? मैले तिमीहरूको केश कहिले लुछेको छु? मैले कहिले तिमीहरूलाई अनुचित प्रकारले हप्काएको छु? मैले कहिले तिमीहरूलाई तिमीहरूको मुखैमा हप्काएको छु? मेरा पिताले तिमीहरूलाई हरेक परीक्षाबाट बचाऊन् भनी मैले गरेको पुकारा के मेरै कामको निम्ति होइन र? तिमीहरू मसँग किन यस्तो व्यवहार गर्छौ? के मैले कहिल्यै तिमीहरूको देहमा प्रहार गर्न मेरो अधिकार प्रयोग गरेको छु? तिमीहरू किन त्यसरी मसँग बदला लिन्छौ? मतर्फ तातो र चिसो उडाएपछि तिमीहरू न त तातो न चिसो हुन्छौ, र त्यसपछि तिमीहरू मलाई झुक्याउन खोज्छौ र मबाट कुराहरू लुकाउने कोसिस गर्छौ र तिमीहरूका मुख अधर्मका थुकले भरिएका हुन्छन्। के तिमीहरूका जिब्रोले मेरो आत्मालाई छल्न सक्छ भन्ने तिमीहरू सोच्छौ? के तिमीहरूका जिब्रो मेरो क्रोधबाट उम्कन सक्छ भन्ने सोच्छौ? के तिमीहरूका जिब्रोहरूले यसले चाहे अनुसार, म, यहोवाका कामहरूको न्याय गर्न सक्छ भनी सोच्छौ? के म मानिसहरूले न्याय गर्ने परमेश्‍वर हो? के म एउटा सानो भुसुनोलाई त्यसरी मेरो निन्दा गर्ने अनुमति दिन सक्छु? त्यस्ता अनाज्ञाकारी सन्तानलाई म कसरी अनन्त आशिषहरूको माझमा राख्न सक्छु? तिमीहरूका शब्दहरू र व्यवहारहरूलाई धेरै अघि खुलस्त गरिएका छन् र त्यसले तिमीहरूलाई दोषी ठहराएको छ। जब मैले आकाश फिँजाएँ र सबै थोकहरू सृष्टि गरें, त्यसबेला मैले कुनै पनि प्राणीलाई तिनीहरूका इच्छाअनुसार सहभागी हुन दिइनँ, मैले कुनै पनि कुरालाई तिनीहरूका इच्छाअनुसार मेरो काम र व्यवस्थापनमा बाधा पुऱ्याउन दिनु त परै जाओस्। मैले कुनै मानिस वा वस्तुलाई सहन गरिनँ; मप्रति क्रूर र अमानवीय हुनेहरूलाई झन् म कसरी सहन सक्छु? मेरो वचनको विरुद्ध विद्रोह गर्नेहरूलाई म कसरी क्षमा गर्न सक्छु? मेरो अवज्ञा गर्नेहरूलाई म कसरी छोड्न सक्छु? के मानिसको भाग्य म, सर्वशक्तिमान्‌को हातमा छैन र? म तिमीहरूको अधर्म र अनाज्ञाकारितालाई कसरी पवित्र मान्न सक्छु? तिमीहरूका पापहरूले मेरो पवित्रतालाई कसरी अशुद्ध पार्न सक्छ? म अधर्मको अशुद्धताद्वारा अपवित्र भएको छैनँ, न त म अधर्मका भेटीहरूमा नै आनन्दित हुन्छु। यदि तिमीहरू म, यहोवाप्रति बफादार हुन्थ्यौ भने मेरो वेदीमा भएका बलिहरू तिमीहरू आफ्नै निम्ति लिन सक्थ्यौ र? के तिमीहरू आफ्नो विषालु जिब्रो मेरो पवित्र नाउँको निन्दा गर्न प्रयोग गर्न सक्थ्यौ? के तिमीहरूले यसरी मेरो वचनको विरुद्धमा विद्रोह गर्न सक्थ्यौ? के तिमीहरू मेरो महिमा र पवित्र नाउँलाई साधन बनाएर दुष्ट शैतानको सेवा गर्न सक्थ्यौ? मेरो जीवन पवित्र जनहरूका निम्ति उपलब्ध गराइएको छ। म तिमीहरूले चाहेअनुसार मेरो जीवनसित खेल्ने र त्यसलाई तिमीहरूको झगडामा एउटा साधनको रूपमा प्रयोग गर्ने अनुमति तिमीहरूलाई कसरी दिन सक्छु? तिमीहरू भलाइको मार्गमा र मप्रतिको व्यवहारमा त्यस्तो हृदय विहीन र अभावग्रस्त कसरी हुन सक्छौ? मैले अघिबाटै तिमीहरूका दुष्ट कार्यहरू जीवनका यी वचनहरूमा लेखिसकेको छु भनी के तिमीहरू जान्दछौ? मैले मिश्रलाई सजाय दिँदा तिमीहरू क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म कसरी तिमीहरूलाई यसरी घरीघरी मेरो विरोध गर्ने र मलाई चुनौती दिने अनुमति दिन सक्छु? म तिमीहरूलाई स्पष्ट भन्दछु, जब त्यो दिन आउँछ, तिमीहरूको सजाय मिश्रको भन्दा बढता असहनीय हुनेछ! तिमीहरू मेरो क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म तिमीहरूलाई साँचो भन्दछु: मेरो सहनशीलता तिमीहरूका दुष्ट कार्यहरूका निम्ति तयार गरिएको थियो, र त्यस दिन तिमीहरूलाई सजाय दिनका निम्ति अस्तित्वमा रहेको छ। म आफ्नो सहनशीलताको अन्त्यमा पुगेपछि त्यो क्रोधपूर्ण दण्ड सहने मानिसहरू के तिमीहरू नै होइनौ र? के सबै कुरा म, सर्वशक्तिमान्‌को हातमा छैनन् र? म कसरी स्वर्गहरूमुनि तिमीहरूलाई त्यसरी मेरो अवज्ञाकारी हुने अनुमति दिन सक्छु? तिमीहरूका जीवन धेरै कठिन हुनेछ, किनकि तिमीहरूले मसीहलाई भेटेका छौ, जसको बारेमा उहाँ आउनुहुन्छ भनिएको थियो, तापनि जो कहिल्यै आउनुभएन। के तिमीहरू उहाँका शत्रुहरू होइनौ? येशू तिमीहरूका मित्र बन्नुभएको छ, तापनि तिमीहरू मसीहका शत्रुहरू हौ। के तिमीहरू येशूका मित्रहरू भए पनि तिमीहरूका दुष्ट कार्यहरूले तिनीहरूका भाँडाहरू भरेका छन्, जो घृणित छन् भन्‍ने तिमीहरू जान्दैनौ? तिमीहरू यहोवाको धेरै नजिक भए पनि के तिमीहरूका खराब शब्दहरू यहोवाको कानमा पुगेका छन् र तिनले उहाँको क्रोध जगाएको छ भन्‍ने तिमीहरू जान्दैनौ? उहाँ कसरी तिमीहरूको नजिक हुन सक्नुहुन्छ, र उहाँले दुष्ट कार्यहरूले भरिएका तिमीहरूका ती भाँडाहरू किन जलाउन सक्नुहुन्न? उहाँ तिमीहरूका शत्रु किन बन्न सक्नुहुन्न?

— वचन देहमा देखा पर्नुहुन्छको “जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३३९

अहिले मैले तेरो भोगी देहलाई हेर्दैछु, जसले मलाई फुस्ल्याउँछ र मसँग तेरा निम्ति एउटा सानो चेताउनी मात्र छ, यद्यपि म सजायले तेरो “सेवा” गर्नेछैन। तैंले मेरो काममा के भूमिका खेल्छस् सो तैंले जान्नुपर्छ, त्यसपछि म सन्तुष्ट हुनेछु। यसभन्दा परको मामिलाहरूमा, यदि तैंले मेरो विरोध गर्छस् वा मेरो पैसा खर्च गर्छस् वा म, यहोवाका लागि चढाइएका बलिहरू खान्छस्, वा यदि तिमीहरू, अर्थात् कीराहरूले एक-अर्कालाई टोक्छौ, वा यदि तँ कुकुरजस्ता प्राणीहरू एक-अर्कासित झगडा गर्छस् वा उल्लङ्घन गर्छस् भने—मलाई ती कुनै पनि कुराको चिन्ता छैन। तिमीहरूलाई यति मात्र थाहा हुनुपर्छ कि तिमीहरू कस्तो किसिमका थोकहरू हौ, र म सन्तुष्ट हुनेछु। यी सबै कुराबाहेक, यदि तिमीहरू एक-अर्काको विरुद्धमा हतियारहरू निकाल्छौ भने वा एक-अर्कासित शब्दहरूको युद्ध गर्छौ भने त्यो ठीकै छ; म त्यस्ता कुराहरूमा हस्तक्षेप गर्न चाहन्नँ, र मानिसका मामिलाहरूमा अलिकति पनि समावेश छैन। यसको अर्थ म तिमीहरू बीचका द्वन्द्वहरूलाई वास्ता गर्दिनँ भन्‍ने होइन; के हो भने, म तिमीहरूमध्ये एक होइन, त्यसकारण तिमीहरू बीचमा रहेका मामलाहरूमा म सहभागी हुँदिनँ। म आफै सृष्टि गरिएको प्राणी होइन, र म संसारको होइन, त्यसैले म मानिसहरूको कलहमय जीवन र उनीहरूको बीचमा अव्यवस्थित, अनुचित सम्बन्धहरूलाई घृणा गर्दछु। म विशेष गरी हल्लाखल्ला गर्ने भीडहरूलाई घृणा गर्दछु। तापनि, सृष्टि गरिएको प्रत्येक प्राणीको हृदयमा हुने अशुद्धताको बारेमा मसित गहिरो ज्ञान छ, र मैले तिमीहरूलाई सृष्टि गर्नुभन्दा अघि, मलाई मानिसको हृदयभित्र रहेको अधर्मको बारेमा पहिले नै थाहा थियो, र मैले मानिसको हृदयमा हुने सबै छल र धूर्तताहरू जानेको थिएँ। त्यसकारण, मानिसहरूले कुन बेला अधर्मी कार्यहरू गर्छ भन्ने त्यहाँ कुनै सङ्केतहरू नभए तापनि, म तिमीहरूको हृदयभित्र गढेर बसेका अधर्म मैले सृष्टि गरेका सबै थोकहरूको प्रचुरताभन्दा बढी हुन्छ भन्‍ने मलाई अझै थाहा छ। तिमीहरू सबै भीडहरूको शिखरमा उठेका छौ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उक्लिएका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र सजिलो ठाउँ खोज्न र आफूभन्दा साना कीराहरूलाई खाने कोसिस गर्दै तिमीहरू सबै कीराहरूको बीचमा अनियन्त्रित भई दगुर्छौ। तिमीहरू आफ्नो हृदयमा द्वेषपूर्ण र खराब छौ, समुद्रको तलमा डुबेका भूतहरूलाई पनि उछिनेका छौ। तँ कीराहरू शान्त नहुञ्जेल, र केही क्षणका निम्ति एक अर्कासँग लडेर चुप नलागेसम्म तिनीहरूलाई माथिबाट तलसम्म अशान्त पार्दै गोबरको फेदमा बस्छस्। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तैंले के प्राप्त गर्न सक्छस्? यदि तिमीहरूको हृदयमा मेरो लागि साँच्चै आदर थियो भने, तिमीहरू मेरो पिठिउँ पछाडि कसरी एक-अर्कोसँग लडाइँ गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्‍च भए पनि के तँ अझै पनि गोबरमा बस्ने गनाउने सानो गँड्यौला होइनस् र? के तँ पखेटा टुसाउन सक्छस् र आकाशमा उड्ने ढुकुर बन्न सक्छस्? तिमीहरू साना गन्हाउने गँड्यौलाहरू म यहोवाको वेदीमा चढाइएका भेटीहरू चोर्छौ; त्यसो गर्दा, के तँ आफ्नो नष्ट भएको, असफल प्रतिष्ठालाई बचाउन सक्छस् र इस्राएलका चुनिएका मानिसहरू बन्न सक्छस्? तँ निर्लज्ज नीच व्यक्ति होस्! वेदीका ती बलिहरू मलाई श्रद्धा गर्ने मानिसहरूको तर्फबाट दयालु भावनाहरूको अभिव्यक्ति स्वरूप मानिसहरूले मलाई चढाएका हुन्। ती मेरो नियन्त्रण र मेरो प्रयोगका लागि हुन्, त्यसो भए मानिसहरूले मलाई चढाएका ती स-साना जङ्गली ढुकुरहरूलाई तैँले कसरी मबाट लुटेर लैजान सक्छस्? के तँ यहूदा बन्छु भनी डराउँदैनस्? के तेरो जमिन रगतको खेत बन्ला भनी डराउँदैनस्? तँ निर्लज्ज प्राणी! के मानिसहरूले चढाएका जङ्गली ढुकुरहरू तँ कीराको पेटलाई पोषण दिनको निम्ति हो भनी सोच्छस्? मैले तँलाई के दिएको छु त्यसमा म सन्तुष्ट छु र तँलाई दिन इच्छुक छु; मैले जे तँलाई दिएको छैन त्यो मेरो सामने छ। तैंले मेरा भेटीहरू त्यसरी चोर्न सक्दैनस्। काम गर्ने म नै हुँ, यहोवा—सृष्टिका प्रभु—र मानिसहरूले मेरै कारणले बलिहरू चढाउँछन्। के यो तैंले गर्ने सबै भागदौडको प्रतिफल हो भनी सोच्छस्? तँ साँच्चै निर्लज्ज छस्! तँ कसको लागि दगुरिहिँड्छस्? के यो तेरो आफ्नै लागि होइन र? तँ किन मेरा बलिहरू चोर्छस्? तँ मेरो थैलीबाट किन पैसा चोर्छस्? के तँ यहूदा इस्करियोतको छोरा होइनस् र? म यहोवालाई चढाइएका बलिहरू पूजाहारीहरूले उपभोग गर्नुपर्छ। के तँ पूजाहारी होस्? तैंले आत्म-तृप्त भएर मेरा बलिहरू खाने आँट गर्छस्, र ती टेबलमा राख्छस्; तँ कुनै मूल्यको छैनस्! तँ मूल्यहीन अभागी! मेरो आगो, म यहोवाको आगोले जलाएर तँलाई नाश पार्नेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४०

तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको लागि आफ्नो जीवन बलिदान गर्न इच्छुक छौ भनेर भन्छौ, तर तिमीहरूका स्वभाव चाहिँ त्यति धेरै बदलिएको छैन। तिमीहरू केवल अहङ्कारका साथ बोल्छौ, जबकी तिमीहरूको वास्तविक व्यवहार एकदमै नीच छ। यो त मानिसहरूको जिब्रो र ओठहरू स्वर्गमा भएको तर पाउहरू चाहिँ धर्तीमा रहेको जस्तो भयो, जसको फलस्वरूप तिनीहरूका शब्द र कर्महरू अनि तिनीहरूको मान-मर्यादा अझै पनि कबाफ र बरबादीमै छन्। तिमीहरूको मान-मर्यादा नाश भएको छ, तिमीहरूको तौरतरिका भ्रष्ट बनेको छ, तिमीहरूको बोल्ने शैली तुच्छ छ, र तिमीहरूका जीवनहरू घृणास्पद छन्; तिमीहरूको सम्पूर्ण मानवता समेत तुच्छ दीनतामा डुबेको छ। तिमीहरू अन्य व्यक्तिहरूप्रति संकीर्ण छौ र तिमीहरू हर तुच्छ कुरामा बखेडा झिक्छौ। तिमीहरू आफ्नै मान-मर्यादा र हैसियतको विषयलाई लिएर यति हदसम्म झगडा गर्छौ कि तिमीहरू नर्क र अग्निकुण्डमा जाकिन पनि इच्छुक हुन्छौ। मैले तिमीहरू पापी छौ भनी निर्क्योल गर्नको लागि तिमीहरूको वर्तमान शब्द र कर्महरू नै काफी छन्। मलाई तिमीहरू अधर्मीहरू हौ भनी निर्क्योल गर्नको लागि मेरो कामप्रतिको तिमीहरूका मनोवृत्ति नै काफी छन् र तिमीहरू सबै द्वेषले भरिपूर्ण फोहोरी प्राणहरू हौ भनी देखाउनको लागि तिमीहरूका सारा स्वभावहरू नै काफी छन्। तिमीहरू अशुद्ध आत्माहरूको रगत अघाउन्जेल पिएका व्यक्तिहरू हौ भनी भन्नको लागि तिमीहरूको प्रकटीकरण अनि तिमीहरूले देखाउने कुराहरू मेरो लागि नै पर्याप्त छन्। जब राज्यमा प्रवेश गर्ने कुरा गरिन्छ, तिमीहरूले आफ्ना भावनाहरू प्रटक गर्दैनौ। के तिमीहरू स्वर्गको मेरो राज्यको प्रवेशद्वारबाट जानको लागि अहिले तिमीहरू जस्ता छौ त्यो नै काफी छ भनेर विश्‍वास गर्छौ? के तिमीहरू मैले तिमीहरूका आफ्नै शब्द र कर्महरूलाई पहिले जाँच नगरिकनै मेरो काम र वचनहरूको पवित्र स्थलमा तिमीहरूले प्रवेश प्राप्त गर्न सक्छौ भनी विश्‍वास गर्छौ? कसले मेरो आँखामा पर्दा टाङ्न सक्छ? तिमीहरूका घृणास्पद, तुच्छ व्यवहार र कुराकानीहरू मेरो नजरबाट कसरी बच्न सक्छन्? मैले तिमीहरूका जीवनलाई ती अशुद्ध आत्माहरूका रगत र मासु खाने जीवन भनी निर्धारण गरेको छु किनभने तिमीहरूले हरेक दिन मेरो अगाडि तिनीहरूको नक्कल गर्छौ। मेरो अगाडि, तिमीहरूको व्यवहार विशेष रूपमै खराब रहेको छ, अनि मैले तिमीहरूलाई कसरी घिनलाग्दो पाउँदिनथिएँ र? तिमीहरूका शब्दहरूमा अशुद्ध आत्माहरूका अशुद्धताहरू छन्: तिमीहरू जादूगरी गर्नेहरू र अधर्मीहरूको रगत पिउने छलीहरूले जस्तै चापलुसी गर्छौ, कुरा लुकाउँछौ र झूटो तारिफ गर्छौ। मानिसका सबै अभिव्यक्तिहरू अधर्मी छन्, अनि कसरी धर्मीहरू रहेको पवित्र स्थलमा सबै मानिसहरूलाई राख्न सकिन्छ? के तँ तेरा घिनलाग्दा व्यवहारहरूले तँलाई ती अधर्मीहरूको तुलनामा पवित्र भनी छुट्याउँछ भनी सोच्छस्? आखिरमा तेरो सर्पजस्तो जिब्रोले विनाश र द्वेष मच्चाउने तेरो देहलाई बरबाद पार्नेछ र अशुद्ध आत्माका रगतमा लतपत तेरा हातहरूले पनि आखिरमा तेरो आत्मालाई नर्कतिर तानेर लैजानेछन्। अनि किन तैँले फोहोरमा लतपत तेरा हातहरू धुने यो मौकाको फाइदा उठाउँदैनस्? किन तैँले अधर्मी शब्दहरू बोल्ने तेरो जिब्रो काटेर फाल्ने यो अवसरको सदुपयोग गर्दैनस्? के तँ तेरा हातहरू, जिब्रो र ओठहरूको लागि नर्कका ज्वालाहरूमा पीडा भोग्न इच्छुक भएकोले यस्तो भएको हो? म हरेक व्यक्तिको हृदयलाई मेरा दुवै आँखाहरू लगाई हेर्छु, किनभने मैले मानवजाति सृजना गर्नुभन्दा धेरै अघि मैले तिनीहरूको हृदयलाई मेरा हातहरूमा लिएको थिएँ। मैले धेरै अघि मानिसहरूको हृदयलाई हेरेको छु, अनि कसरी तिनीहरूको सोच मेरो दृष्टिबाट बच्न सक्छन् र? तिनीहरू मेरो आत्माद्वारा जल्नबाट बच्नलाई कसरी धेरै ढीला भइसकेको हुँदैन र?

— वचन देहमा देखा पर्नुहुन्छको “तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४१

तेरा ओठहरू ढुकुरहरूभन्दा दयालु छन्, तर तेरो हृदय चाहिँ प्राचीन सर्पभन्दा पनि कुटिल छ। तेरा ओठहरू लेबनानी स्‍त्रीहरूभन्दा पनि सुन्दर छन्, तैपनि तेरो हृदय चाहिँ तिनीहरूको हृदयभन्दा दयालु छैन, र कनानीहरूको सौन्दर्यसँग त यसको तुलना गर्नै सकिँदैन। तेरो हृदय अत्यन्तै जाली छ! मैले घृणा गर्ने कुराहरू भनेका अधर्मीहरूका ओठहरू र तिनीहरूका हृदयहरू मात्रै हुन्, अनि मानिसहरूको लागि मेरा आवश्यक मापदण्डहरू मैले सन्तहरूबाट जे अपेक्षा गर्छु त्योभन्दा बिलकुलै उच्च छैनन्; यति मात्र हो कि, म अधर्मीहरूको दुष्कर्महरूप्रति घृणा महसुस गर्छु, र म तिनीहरू आफ्नो फोहोरीपन फाल्न सक्षम हुन सकून् र आफ्नो वर्तमान दुर्दशाबाट बच्न सफल होऊन् भन्ने आशा गर्दछु ताकि तिनीहरू अधर्मीहरूभन्दा अलग र राम्रा देखिन अनि धर्मीहरूसँग पवित्र भई साथै जिउन सकून्। म जस्तो परिस्थितिमा छु तिमीहरू पनि त्यस्तै परिस्थितिमा छौ, तैपनि तिमीहरू फोहोरमा लतपत भएका छौं; सुरुवातमा सृष्टि गरिएका मानिसहरूको मूल प्रतिरूप तिमीहरूमा अलिकति पनि छैन। अझ भन्ने हो भने, तिमीहरूले हरेक दिन अशुद्ध आत्माहरूको प्रतिरूपको नक्कल गर्दै तिनीहरूले जे गर्छन् त्यही गर्ने र तिनीहरूले जे भन्छन् त्यही भन्ने भएकोले, तिमीहरूका सबै अङ्गहरू—तिमीहरूका जिब्राहरू र ओठहरू समेत—गन्हाउने पानीमा यति हदसम्म भिजेका छन् कि तिमीहरूलाई सम्पूर्ण रूपमा दाग र धब्बाले ढाकेको छ, र तिमीहरूको एउटा अङ्ग पनि मेरो कार्यको लागि प्रयोग गर्न सकिँदैन। यो एकदमै हृदय विदारक छ! तिमीहरू घोडाहरू र चौपायाहरूको यस्तो संसारमा जिउँछौं, तैपनि तिमीहरूले वास्तवमै समस्यामा भएको महसुस गर्दैनौ; तिमीहरू खुशीले भरिपूर्ण छौ अनि स्वतन्त्र र सहज रूपले जिउँछौ। तिमीहरू गन्हाउने पानीमा यताउता पौडिरहेका छौ, तैपनि तिमीहरूले आफूहरू यस्तो दुर्दशामा खसेका छौं भनी वास्तवमै महसुस गर्दैनौ। हरेक दिन तिमीहरू अशुद्ध आत्माहरूसँग समय बिताउँछौ र “आची” सँग खेल्छौ। तिमीहरूका जीवन निकै छाडा छन्, तैपनि तिमीहरूलाई मानव संसारमा आफूहरू बिलकुलै पनि अस्तित्वमा नभएको एवं तिमीहरू आफै आफ्नो काबूमा नभएको कुरा वास्तवमै थाहा छैन। के तँलाई तेरो जीवन धेरै पहिले नै ती अशुद्ध आत्माहरूद्वारा कुल्चिइसकिएको छ वा तेरो चरित्र धेरै पहिले नै गन्हाउने पानीद्वारा दूषित भइसकेको छ भन्‍ने थाहा छैन? के तैँले आफूलाई सांसारिक स्वर्गमा बाँचिरहेको छु अनि खुसीयालीमाझ रमाइरहेको छु भन्ने ठान्छस्? के तँ अशुद्ध आत्माहरूको साथमा जीवन बाँचेको छस् र तिनीहरूले तेरो लागि तयार गरेका सबै कुराहरूसँग तँ सह-अस्तित्वमा छस् भन्ने तँलाई कुरा थाहा छैन? तैँले जिउने शैलीको कसरी कुनै अर्थ हुन सक्छ र? कसरी तेरो जीवनको कुनै मूल्य हुन सक्छ र? तँ तेरा बुबाआमाहरू, अशुद्ध आत्माका बाबुआमाहरूको लागि यताउता दौडधूप गर्दै आएको छस्, तैपनि तँलाई थाहै छैन कि तँलाई फन्दामा पार्ने भनेका ती अपवित्र आत्माका बुबाआमाहरू हुन जसले तँलाई जन्म दिए र हुर्काए। यसको साथै, तेरा ती सबै फोहोरी कुराहरू वास्तवमा तँलाई तिनीहरूले नै दिएका हुन् भन्ने कुरा तँलाई थाहा छैन; तँलाई थाहा भएको एउटै कुरा भनेको तिनीहरूले तँलाई “आनन्द” उपलब्ध गराइदिन्छन्, तिनीहरूले तँलाई सजाय दिँदैनन्, न त तिनीहरूले तेरो न्याय नै गर्छन्, अनि तिनीहरूले विशेष गरी तँलाई श्राप दिँदैनन् भन्‍ने हो। तिनीहरू कहिल्यै पनि तेरो अघि रिसले चूर भएका छैनन्, बरु तिनीहरूले तँलाई स्नेह र दयाको साथ व्यवहार गर्छन्। तिनीहरूका शब्दहरूले तेरो हृदयलाई पोषण दिन्छ र तँलाई बन्धनमा पार्छन्, ताकि तँ भ्रमित बनेर तैँले महसुसै नगरी तँ फस्दै जा र तिनीहरूलाई सेवा दिन इच्छुक बन्, अनि तिनीहरूको निकास र सेवक बन्। तँसित कुनै गुनासाहरू हुँदैनन्, बरु तँ उनीहरूका लागि कुकुरहरू, घोडाहरू झैं काम गर्न इच्छुक हुन्छस्; तँ तिनीहरूको छलमा पर्छस्। यस कारण, मैले गर्ने कामप्रति तेरो बिलकुल कुनै प्रतिक्रिया छैन। तँ सधैँ गुप्त रूपले मेरा औँलाहरूको बीचबाट लुसुक्क भाग्न चाहन्छस् भन्दा अचम्म लाग्दैन र मबाट धोका पूर्वक निगाह पाउनको लागि तैँले सधैँ मीठा-मीठा शब्दहरू प्रयोग गर्नु स्वभाविकै हो। पछि थाहा हुँदा, तँसँग पहिले नै अन्य योजना, अन्य बन्दोबस्त हुन्छ। तैँले सर्वशक्तिमान्‌को रूपमा मैले गरेका मेरा कार्यहरूको केही अंश देख्न सक्छस्, तर तँलाई मेरो न्याय र सजायको बारेमा अलिकति पनि ज्ञान छैन। तँलाई मेरो सजायको काम कहिले सुरु भयो भन्ने बारेमा केही थाहा छैन; तँलाई कसरी मलाई ठग्ने भन्ने बारेमा मात्र थाहा छ—तैपनि म मानिसको कुनै पनि उल्लंघन सहन्न भन्ने तँलाई थाहा छैन। तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्नँ। म दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुँ अनि म मानवताप्रति ईर्ष्या गर्ने परमेश्‍वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखा अघिबाट तँ भागेको म सहन्न, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु। के तँ तेरा वचनहरू मेरो वेदीमा अनि मेरा आँखै अघि चढाइसकेपछि, तँसँग दोस्रो प्रेम हुनसक्छ भन्ने ठान्छस्? कसरी मैले मानिसहरूलाई त्यस प्रकारले म आफैलाई मूर्ख बनाउन दिन सक्छु? के तँ तेरो जिब्रोले यत्तिकै लापरवाही रूपमा भाकल गर्न र शपथ लिन सक्छु भन्ने ठान्छस्? तैँले कसरी मेरो सिंहासन, म सर्वोच्चको मेरो आफ्नो सिंहासनको अगाडि शपथ लिन सक्छस्? के तँ तेरा शपथहरू यसअघि नै समाप्त भइसके भन्ने ठान्छस्? म तिमीहरूलाई भन्छु: तिमीहरूको देह मरेर गए पनि, तिमीहरूको शपथ मर्दैन। अन्त्यमा, म तिमीहरूलाई तिमीहरूका शपथहरूको आधारमा दोषी ठहराउनेछु। तथापि, तिमीहरूले आफ्ना वचनहरू मेरो अघि राखेर मेरो सामना गर्न सक्छौ अनि तिमीहरूका हृदयले अशुद्ध आत्माहरू र दुष्ट आत्माहरूको सेवा गर्न सक्छन् भन्ने तिमीहरू विश्‍वास गर्छौ। कसरी मेरो क्रोधले मलाई ठग्ने त्यस्ता कुकुरजस्ता, सुँगुरजस्ता मानिसहरूलाई सहन सक्छ? मैले मेरा प्रशासनिक आदेशहरू लागू गर्नैपर्छ अनि अशुद्ध आत्माहरूका हातहरूबाट मैले ती सबै ममाथि विश्‍वास गर्ने सङ्कुचित, “धर्मी” व्यक्तिहरूलाई खोसेर लिनैपर्छ ताकि तिनीहरू अनुशासनपूर्ण ढाँचामा मेरो “सेवामा उभिऊन्”, मेरा गोरुहरू बनून्, मेरा घोडाहरू बनून्, अनि मेरो संहारको कृपामा रहून्। म तँलाई फेरि तेरो पहिलेको संकल्प लिन लगाउँछु अनि फेरि पनि मेरो सेवा गर्न लगाउँछु। मलाई ठग्ने कुनै पनि सृष्टिलाई म सहन्न। के तैँले मेरोअघि मनमानी ढङ्गले अनुरोधहरू गर्न र ढाँट्न सक्छु भन्ने सोचेको थिइस्? के तैँले तेरा शब्दहरू र कर्महरू मैले सुनेको वा देखेको थिइन भन्ने ठानेको थिइस्? कसरी तेरा शब्दहरू र कर्महरू मेरो दृष्टिमा नपरेको हुन सक्थ्यो र? कसरी मैले मानिसहरूलाई त्यसरी मलाई धोका दिन दिन्छु र?

— वचन देहमा देखा पर्नुहुन्छको “तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४२

म धेरै वसन्त र शरद ऋतुहरूमा तिमीहरूसँग सङ्गत गर्दै तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि जिएको छु, अनि म तिमीहरूसँगै जिएको छु। तिमीहरूका घिनलाग्दा व्यवहारहरूमध्ये कति चाहिँ मेरा आँखै अघिबाट फुत्किएर बचेका छन् र? तिमीहरूका ती हृदयस्पर्शी शब्दहरू निरन्तर मेरा कानहरूमा गुन्जिरहेका छन्; तिमीहरूका लाखौं-लाख आकांक्षाहरू मेरो वेदीमा चढाइएका छन्—अति धेरै छन् कि त्यसलाई गन्न पनि सकिँदैन। तथापि, जहाँसम्म तिमीहरूको समर्पणता अनि तिमीहरूले के अर्पण गर्न सक्छौ भन्ने सवाल छ, तिमीहरूले एक सुका पनि दिँदैनौ। तिमीहरूले मेरो वेदीमा एक थोपा इमानदारीता पनि चुहाउँदैनौ। मप्रतिको तिमीहरूको विश्‍वासका फलहरू कहाँ छन् त? तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति दिएका छौ? तिमीहरू मलाई कति दिन इच्छुक छौ? मैले तिमीहरूलाई दिएको खानेकुरा हातमा लिएर तिमीहरू मतिर फर्कन्छौ र मलाई त्यो खानेकुरा दिन्छौ, अनि तिमीहरू यो हदसम्म जान्छौ कि तिमीहरूले त्यो खानेकुरा आफ्नै कडा मेहनतको पसिनाको बदलामा पाएका हौं भनी भन्छौ र तिमीहरूले मलाई तिमीहरूसँग भएको सबै कुरा दिइरहेका छौ भनी भन्छौ। तैँले मलाई दिएका “दानहरू” सबै मेरै वेदीबाट चोरिएका कुराहरू हुन् भन्ने कुरा तँलाई कसरी थाहा हुन सक्दैन र? यसको साथै, अहिले तैँले ती कुराहरू मलाई उपहार दिँदैछस्, के तैँले मलाई ठगिरहेको छैनस् र? मैले आज जे कुरामा आनन्द लिन्छु त्यो सबै मेरो वेदीका भेटीहरू हुन्, र तैँले तेरो कडा मेहनतबाट प्राप्त गरेर मलाई उपहार दिएका कुराहरू होइनन् भन्ने कुरा तँलाई कसरी थाहा हुन सक्दैन र? तिमीहरूले वास्तवमा यसरी मलाई ठग्ने दुस्साहस गर्छौ, अनि तिमीहरूलाई कसरी मैले क्षमा दिन सक्छु र? मैले यो कुरालाई अझै सहिरहूँ भनेर तिमीहरूले कसरी अपेक्षा गर्न सक्छौ? मैले तिमीहरूलाई सब थोक दिएको छु। मैले तिमीहरूको लागि हरेक कुरा खुला गरेको छु, तिमीहरूको आवश्यकताहरूको लागि प्रबन्ध गरेको छु, र तिमीहरूको आँखा खोलेको छु, तैपनि तिमीहरूले आफ्ना विवेकलाई बेवास्ता गर्दै यस प्रकारले मलाई ठग्छौ। मैले निस्वार्थ रूपमा तिमीहरूलाई सब थोक अर्पेको छु, ता कि तिमीहरूले कष्ट भोगे पनि मैले स्वर्गबाट ल्याएका सब थोक तिमीहरूले प्राप्त गर। यति हुँदाहुँदै पनि तिमीहरूसँग कुनै समर्पणता छैन, अनि तिमीहरूले एकदमै थोरै योगदान दिएको भए तापनि तिमीहरूले पछि मसँग त्यसको “हिसाब किताब मिलाउन” खोज्छौ। के तेरो दान व्यर्थ हुनेछैन र? तैँले मलाई जे दिएको छस् त्यो केवल बालुवाको कण हो, तैपनि तैँले मबाट जे माग्छस् त्यो एक टन सुन हो। के तँ केवल अनुचित हुँदै छैनस् र? म तिमीहरूमाझ काम गर्छु। मलाई दश प्रतिशत दिनुपर्ने कुराको बिलकुलै कुनै नामनिसाना छैन, अतिरिक्त बलिदानहरूको त कुरै छोडौं। यसको साथै, जो भक्तिपूर्ण छन् तिनीहरूले दान दिएको दश प्रतिशत पनि दुष्टहरूले कब्जा गर्छन्। के तिमीहरू मबाट टाढा छरिएका छैनौ र? के तिमीहरू सबै मेरो विरोधी भएका छैनौ र? के तिमीहरू सबैले मेरो वेदी तहसनहस पारिरहेका छैनौ र? कसरी त्यस्ता मानिसहरूलाई मेरा नजरले सम्पत्तिको रूपमा हेर्न सक्छ र? के तिनीहरू मैले घृणा गर्ने सुँगुर र कुकुरहरू होइनन् र? कसरी मैले तिमीहरूका दुष्कर्महरूलाई सम्पत्तिको रूपमा उल्लेख गर्न सक्छु र? मेरो काम वास्तवमा कसको लागि गरिएको हो? के यसको उद्देश्य केवल मेरो अख्तियारी प्रकट गर्न तिमीहरू सबैलाई प्रहार गर्नको लागि हुन सक्छ? के तिमीहरूको जीवन मेरो एउटा शब्‍दमा नै अडिएको छैन र? किन होला मैले तिमीहरूलाई निर्देशन दिन वचनहरू मात्र प्रयोग गरिरहेको छु, र तिमीहरूलाई सकेसम्म चाँडो प्रहार गर्न वचनहरूलाई तथ्यमा परिणत गरेको छैन? के मेरा वचनहरू र कामको उद्देश्य मानवजातिलाई प्रहार गर्नु मात्र हो? के म त्यस्तो परमेश्‍वर हुँ जसले निर्दोषहरूलाई जथाभाबी मार्छ? अहिले, तिमीहरूमध्ये कति जना मानव जीवनको सही मार्ग खोजी गर्न आफ्नो सम्पूर्ण सारत्व लिएर मेरो सामु आइरहेका छौ? तिमीहरूको शरीर मात्र मेरो सामु छ; तिमीहरूको हृदय स्वतन्त्र घुमिरहेको छ, मदेखि धेरै, धेरै टाढा रहेको छ। तिमीहरूलाई मेरो काम वास्तवमा के हो भन्ने थाहा नभएकोले, तिमीहरूमध्ये धेरै जना, सजाय वा न्याय नभएको स्वर्गमा बाँच्ने आशा गर्दै, मलाई छाडी जान र आफूलाई मदेखि टाढा लैजान चाहन्छौ। के मानिसहरूले आफ्नो हृदयभित्र चाहेको कुरा यही होइन र? मैले अवश्य पनि तँलाई वाध्य पार्ने कोसिस गरिरहेको छैन। तैँले जुन मार्ग लिन्छस् त्यो तेरो आफ्नै रोजाइ हो। आजको मार्गमा न्याय र श्राप पनि साथै छ, तर तिमीहरू सबैलाई थाहा हुनुपर्छ कि मैले तिमीहरूलाई जे प्रदान गरेको छु ती तिमीहरूलाई मैले प्रदान गर्नसक्ने सबैभन्दा राम्रा उपहारहरू हुन र ती तिमीहरूलाई तुरुन्तै चाहिने कुरा हुन्, चाहे ती न्याय हुन् वा सजाय नै किन नहोऊन्।

— वचन देहमा देखा पर्नुहुन्छको “तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४३

मैले पृथ्वीमा धेरै काम गरेको छु र म धेरै वर्षसम्म मानवजातिको बिचमा हिँडेको छु, तथापि मानिसहरूसँग मेरो स्वरूप र स्वभावको ज्ञान विरलै मात्र छ र केही मानिसहरूले मात्र मैले गर्ने कामको राम्ररी वर्णन गर्न सक्छन्। मानिसहरूमा धेरै कुराको कमी छ, तिनीहरूमा मैले गर्ने कामको बुझाइको कमी छ, तिनीहरूलाई मैले अर्को परिस्थितिमा राख्‍ने छु र त्यसपछि तिनीहरूप्रति ध्यान दिन्‍न भनेर तिनीहरू गहिरो रूपमा डराएझैँ सधैँ तिनीहरूका हृदयहरू सावधन रहन्छन्। यसैले, मप्रति मानिसहरूका मनोवृत्तिहरू सधैँ मनतातो हुनुका साथै सतर्कताको मात्रा बढी नै छ। यो यस कारणले भएको हो कि मैले गर्ने काम नबुझिकनै मानिसहरू वर्तमानमा आएका छन् र विशेषगरी मैले तिनीहरूसँग बोलेका वचनहरूबाट तिनीहरू चकित परेका छन्। तिनीहरूले आफैँलाई तिनमा भएका अपरिवर्तनशील विश्‍वासप्रति प्रतिबद्ध बनाउनुपर्छ कि निर्णय नै नगरेर तिनीहरूलाई बिर्सनुपर्छ भन्‍ने नजानेर तिनीहरू मेरा वचनहरूलाई आफ्ना हातहरूमा बोक्छन्। तिनीहरूलाई व्यवहारिक प्रयोगमा ल्याउनुपर्छ कि पर्खेर हेर्नुपर्छ, सबै कुरालाई पन्छाएर साहसका साथ पछ्याउनुपर्छ कि पहिले जस्तै निरन्तर संसारसँग मित्रता कायम गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहा छैन। मानिसहरूका आन्तरिक संसारहरू एकदमै जटिल छन् र तिनीहरू एकदमै धुर्त छन्। मानिसहरूले स्पष्ट र पूर्ण रूपमा मेरा वचनहरू देख्‍न नसकेका हुनाले तिनीहरूमध्ये धेरैलाई ती कुराहरू व्यवहारमा उतार्न कठिन छ र तिनीहरूका हृदयहरू मेरा अगाडि राख्‍न कठिन छ। म तिमीहरूका कठिनाइहरू गहिरोसँग बुझ्छु। शरीरमा जिउँदा धेरै कमजोरीहरू अपरिहार्य हुन्छन् र धेरै वस्तुगत कारकहरूले तिमीहरूको निम्ति कठिनाइको सृजना गर्छन्। तिमीहरू आफ्ना परिवारलाई खुवाउँछौ, आफ्ना दिनहरू कठिन काम गरेर बिताउँछौ अनि महिना र वर्षहरू कठिनाइमा बित्छन्। शरीरमा जिउँदा धेरै कठिनाइहरू छन्—म यसलाई इन्कार गर्दिनँ र निश्‍चित रूपमा तिमीहरूबाट मैले अपेक्षा गरेका सर्तहरू तिमीहरूका कठिनाइबमोजिम छन्। मैले गर्ने कामका शर्तहरू तिमीहरूका वास्तविक कदबमोजिम छन्। सायद विगतमा, तिमीहरूमाथि मानिसहरूका शर्तहरूमा अधिकताका तत्वहरू मिसिएका थिए तर मैले भन्‍ने र गर्ने कुराहरूमा मैले तिमीहरूलाई अत्यधिक सर्तहरू राखेको छैनँ भन्‍ने तिमीहरूले जान्‍नुपर्छ। सबै शर्तहरू मानिसहरूका प्रकृति, शरीर र तिनीहरूका आवश्यकतामा आधारित छन्। तिमीहरूले जान्‍नुपर्छ र म एकदमै स्पष्टताका साथ तिमीहरूलाई भन्‍न सक्छु कि मानिसहरूसँग भएका निश्‍चित उचित सोचका तरिकाहरूको म विरोध गर्दिनँ र म मानवजातिको अन्तर्निहित प्रकृतिको विरोध गर्दिनँ। यो यही कारणले मात्र हो कि मैले तिनीहरूको निम्ति राखेका मापदण्डहरू वास्तवमा के हुन् भन्‍ने मानिसहरूले बुझ्दैनन्, न त तिनीहरूले मेरा वचनहरूका मूल अर्थ नै बुझ्छन्, मानिसहरूले मेरा वचनहरूलाई अहिलेसम्म हुनाले शङ्‌का गर्दै आएका छन् र आधाभन्दा कम मानिसहरूले मेरा वचनहरूमाथि विश्‍वास गर्छन्। बाँकीचाहिँ विश्‍वास नगर्नेहरू हुन् र अझ धेरैचाहिँ मैले “कथाहरू भनेको” सुन्‍न चाहनेहरू हुन्। यसका अतिरिक्त, तमाशामा आनन्द मनाउने धेरै छन्। म तिमीहरूलाई सचेत गराउँछु: मेरा वचनहरूमध्ये धेरै ममाथि विश्‍वास गर्नेहरूको अगाडि पहिले नै खुलस्त गरिएका छन् र राज्यको सुन्दर दृष्यमा आनन्द मनाउने तर त्यसको प्रवेशद्वारबाहिर थुनिएकाहरूलाई मद्वारा हटाइएका छन्। के तिमीहरू मद्वारा घृणा गरिएका र अस्वीकृत सामाहरू मात्र होइनौ र? म फर्केको हेर्न र त्यसपछि मेरो फर्काइलाई आनन्दका साथ स्वागत गर्न तिमीहरूले कसरी सक्थ्यौ? म तिमीहरूलाई भन्छु, निनवेका मानिसहरूले यहोवाका क्रोधित वचन सुनेपछि तिनीहरूले तत्कालै भाङ्ग्रा र खरानी लगाएर पश्‍चाताप गरे। किनकि तिनीहरूले उहाँका वचनहरूमाथि विश्‍वास गरेको कारण तिनीहरू डर र भयले भरिए अनि त्यसैले भाङ्ग्रा र खरानी लगाएर पश्‍चाताप गरे। आजका मानिसहरूको बारेमा भन्दा तिमीहरूले मेरा वचनहरूमाथि विश्‍वास राखेता पनि र त्योभन्दा बढी यहोवा तिमीहरूको माझमा आज फेरि एक पटक आउनुभएको छ भन्‍ने विश्‍वास गरेता पनि, तिमीहरूको मनोवृत्ति अनादरयुक्त छ, जस्तो कि तिमीहरूले हजारौँ वर्ष अगाडि यहूदियामा जन्मनुभएका येशूलाई अवलोकन गरिरहेका छौ र अहिले तिमीहरूका माझमा आउनुभएको छ। तिमीहरूका हृदयमा अस्तित्वमा रहेका कपटलाई म गहिरो तवरले बुझ्छु; तिमीहरूमध्ये धेरैले जिज्ञासाको कारण मलाई पछ्याउँछौ र खालीपनको कारण मलाई खोज्‍न आएका छौ। जब तिमीहरूका तेस्रो इच्छा चकनाचूर हुन्छ—शान्तिमय र सुखी जीवनको लागि तिमीहरूको इच्छा—तब तिमीहरूको जिज्ञासा पनि गायब हुन्छ। तिमीहरू हरेकका हृदयमा अस्तित्वमा रहेको कपट तिमीहरूका वचन र कामहरूद्वारा भन्डाफोर हुन्छन्। खुलस्त भन्‍नुपर्दा, तिमीहरू मेरो बारेमा जिज्ञासु मात्र छौ तर मसँग डराएका छैनौ; तिमीहरू आफ्ना जिब्रोलाई वसमा राख्दैनौ र तिमीहरूका व्यवहारमा तिमीहरूले अझै कम संयमता अपनाउँछौ। तब तिमीहरूसँग साँच्चै कस्तो पक्राको विश्‍वास छ? के यो सच्‍चा छ? तिमीहरू मेरा वचनहरूलाई आफ्ना चिन्ताहरू हटाउन र तिमीहरूका दिक्दारी कम गर्नको निम्ति मात्र प्रयोग गर्छौ, तिमीहरूका जीवनमा बाँकी रहेका खालीपन भर्नलाई। तिमीहरूमध्ये कसले मेरा वचनहरूलाई व्यवहारमा उतारेको छ? कोसँग सच्‍चा विश्‍वास छ? परमेश्‍वर मानिसहरूको हृदयको गहिराइ देख्‍ने परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरू चिच्याइरहन्छौ, तर तिमीहरूले चिच्याउने तिमीहरूको हृदयमा भएको परमेश्‍वर मसँग कतिको मेल खान्छ? तिमीहरू यसरी चिच्याइरहेका छौ भने किन तिमीहरू त्यस्तो व्यवहार गर्छौ? के तिमीहरूले मलाई तिर्न चाहने प्रेम यही हुनसक्छ? तिमीहरूका ओठमा अलिकति पनि समर्पणता छैन, तर तिमीहरूका बलिदानहरू र तिमीहरूका असल कामहरू कहाँ छन्? तिमीहरूका वचनहरू मेरा कानसम्म आई नपुगेका भए, म तिमीहरूलाई किन यति धेरै घृणा गर्नेथिएँ र? यदि तिमीहरूले साँच्चै ममा विश्‍वास गरेका भए, कसरी तिमीहरू यस्तो हैरानीको अवस्थामा पुग्‍नेथियौ र? पातालमा कष्ट भोग्दै गरेको जस्तै तिमीहरूको अनुहारमा निराशा झल्किन्छ। तिमीहरूमा सजिवताको एक टुक्रा पनि छैन र तिमीहरू तिमीहरूका आन्तरिक आवाजको बारेमा कमजोर तवरले कुरा गर्छौ; तिमीहरू गुनासो र श्रापहरूले समेत भरिएका छौ। मैले गर्ने कामप्रति तिमीहरूले धेरै पहिले नै विश्‍वास गुमायौ र तिमीहरूको मूल विश्‍वास समेत हराएको छ, यसैले तिमीहरूले कसरी अन्तिमसम्म पछ्याउन सक्छौ र? यसो भएको हुनाले, तिमीहरू कसरी मुक्त हुन सकौला?

— वचन देहमा देखा पर्नुहुन्छको “जवान र वृद्धको निम्ति वचनहरू” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४४

मेरो काम तिमीहरूका लागि धेरै उपयोगी भए पनि, मेरा वचनहरू सधैँ तिमीहरूमा हराउँछन् र तिमीहरूमा केही पनि आउँदैन। मद्वारा सिद्ध पारिने लक्षित थोकहरू प्राप्त गर्न गाह्रो छ, र आज मैले तिमीहरूमा लगभग आशा गुमाइसकेको छु। मैले तिमीहरूको माझमा धेरै वर्षदेखि खोज्दै आएको छु, तर मेरो विश्‍वासयोग्य हुन सक्ने कसैलाई भेट्टाउन गाह्रो छ। मलाई यस्तो लाग्छ कि मसित तिमीहरूका बीचमा काम जारी राख्ने कुनै आत्मविश्‍वास छैन, र तिमीहरूलाई प्रेम गरिरहने कुनै प्रेम पनि छैन। किनकि म धेरै पहिले नै तिमीहरूका “उपलब्धिहरू” देखि विरक्त भएको छु, किनकि ती अति तुच्छ र दयनीय छन्; यस्तो देखिन्छ कि मैले तिमीहरूको बीचमा कहिल्यै पनि बोलेको छैनँ र कहिल्यै पनि तिमीहरूमा काम गरेको छैनँ। तिमीहरूका उपलब्धिहरू अति घिनलाग्दा छन्। तिमीहरूले सधैँ आफैमाथि विनाश र सर्म ल्याउँछौ, र तिमीहरूको लगभग कुनै मूल्य छैन। म मुस्किलले तिमीहरूमा एउटा मानिसको स्वरूप पाउँछु, न त मानिसको चिन्‍हको गन्ध नै पाउन सक्छु। तिमीहरूको ताजा सुगन्ध कहाँ छ? तिमीहरूले धेरै वर्षसम्म चुकाएको मूल्य कहाँ छ, र परिणामहरू कहाँ छन्? के तिमीहरूले कहिले कुनै परिणाम पाएका छौ? अब मेरो कामको नयाँ सुरुआत छ, एक नयाँ थालनी भएको छ। म ठूला योजनाहरू पूरा गर्न जाँदैछु र म अझै ठूला कामहरू पूरा गर्न चाहन्छु, तापनि तिमीहरू पहिलेजस्तै अझै पनि हिलोमा लडीबुडी गर्दैछौ, विगतको फोहोर पानीमा बसिरहेका छौ, र आफैलाई तिमीहरूको सुरुको अप्ठ्यारो अवस्थाबाट छुटाउन लगभग असफल भएका छौ। त्यसकारण, तिमीहरूले अझै पनि मेरो वचनबाट केही प्राप्त गरेका छैनौ। तिमीहरूले अझै पनि आफूलाई आफ्नो सुरुको हिलोको फोहोर ठाउँ र फोहोर पानीबाट छुटाउन सकेका छैनौ, र तिमीहरू मेरा वचनहरू मात्र जान्दछौ, तर वास्तवमा तिमीहरू मेरा वचनहरूको स्वतन्त्रताको क्षेत्रमा प्रवेश गरेका छैनौ, त्यसैले मेरा वचनहरू तिमीहरूका निम्ति कहिल्यै पनि खोलिएको छैन; ती हजारौं वर्षसम्म बन्द गरी राखिएको अगमवाणीको पुस्तक जस्तै छन्। म तिमीहरूका जीवनमा देखा पर्छु, तर तिमीहरू सधैँ यसबारे अनजान रहन्छौ। तिमीहरू मलाई चिन्न समेत सक्दैनौ। मैले तिमीहरूलाई भनेका लगभग आधा जति वचनहरू तिमीहरूको न्यायका लागि हुन्, र तिनले जति प्रभाव प्राप्त गर्नुपर्छ त्यसको आधा जति मात्र प्राप्त गर्दछन्, जुन तिमीहरूभित्र गहिरो भय हालिदिनु हो। बाँकी आधा वचनहरू तिमीहरूलाई जीवनको बारेमा र कसरी व्यवहार गर्ने भनी सिकाउनलाई हो। तरै पनि यस्तो लाग्छ, कि जहाँसम्म तिमीहरूको प्रश्‍न छ, तिमीहरूका निम्ति यो वचनहरूको अस्तित्व नै छैन, वा यो यस्तो छ, कि तिमीहरूले बच्चाहरूको कुराहरू सुनेको जस्तै, तिमीहरूले सधैँ एक अस्पष्ट मुस्कान दिन्छौ, तर कहिल्यै पनि त्यस अनुसार कार्य गर्दैनौ। तिमीहरूले यी कुराहरूप्रति कहिल्यै पनि चासो देखाएका छैनौ; तिमीहरूले मुख्य रूपमा उत्सुकताको कारण मात्र मेरा कार्यहरू हेर्ने गरेका छौ, जसको परिणाम स्वरूप अहिले तिमीहरू अन्धकारमा परेका छौ र उज्यालोलाई देख्न सक्दैनौ, त्यसैले तिमीहरू अन्धकारमा दयालाग्दो प्रकारले विलाप गर्दछौ। मैले चाहेको चाहिँ तिमीहरूको आज्ञाकारिता हो, तिमीहरूको विनासर्तको आज्ञाकारिता, र त्योभन्दा अझ बढी, तिमीहरू मैले भनेका सबै कुरामा पूर्ण निश्चित होओ भन्ने म माग गर्दछु। तैंले उपेक्षा गर्ने व्यवहार अपनाउनु हुँदैन, र विशेष गरी मैले भनेका वचनहरूलाई तैंले चुनी-चुनी लिनु हुँदैन, न त मेरा वचनहरू र मेरो कामप्रति नै तँ उदासीन बन्‍नु पर्छ, जसो गर्ने तिमीहरूको बानी छ। मेरो काम तिमीहरूको बीचमा गरिन्छ र मैले मेरा धेरै वचनहरू तिमीहरूलाई प्रदान गरेको छु, तर यदि तिमीहरूले मसँग यस्तो व्यवहार गऱ्यौ भने तिमीहरूले प्राप्त नगरेका वा अभ्यास नगरेका कुराहरू म अन्यजाति परिवारहरूलाई मात्र दिन सक्छु। सृष्टि गरिएका सबै प्राणीमध्ये कुन चाहिँलाई मैले मेरो हातमा समातेको छैन? तिमीहरूमध्ये धेरै जना एक “परिपक्व वृद्ध उमेर” का छौ, र तँमा मसँग भएको यस प्रकारको काम स्वीकार गर्ने ऊर्जा छैन। तँ एउटा हनहाओ चरा[क] जस्तै छस्, मुस्किलले जिइरहेको छस्, र तैंले मेरा वचनहरूलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिएको छैनस्। जवान मानिसहरू अति व्यर्थ र अति नै लिप्त छन् र मेरो काममा अझ थोरै मन लगाउँछन्। तिनीहरूलाई मेरो भोजको स्वादिष्ठ भोजन खाने कुनै चासो छैन; तिनीहरू एउटा सानो चराजस्तै हुन् जसले आफ्नो पिञ्जराबाट निस्केर टाढा उडेर जाने साहस गरेको छ। यस्ता जवान र वृद्ध मानिसहरू मेरो लागि कसरी उपयोगी हुन सक्छन्?

— वचन देहमा देखा पर्नुहुन्छको “जवान र वृद्धको निम्ति वचनहरू” बाट उद्धृत गरिएको

फूटनोट:

क. हनहाओ चराको कथा एसोपको कमिला र फटेंग्राको कथासँग मिल्दोजुल्दो छ। हनहाओ चरा आफ्नो छिमेकी नीलकण्ठ चराबाट बारम्बार चेताउनीहरू पाए पनि न्यानो मौसम हुँदा गुँड बनाउनुको सट्टा सुत्नु रुचाउँछ। जब हिउँद आउँछ, त्यो चरा चिसोले कठाङ्ग्रिएर मर्छ।

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४५

तिमी जवान मानिसहरू सबै जवान सिंहहरू जस्ता भए पनि, तिमीहरूको हृदयमा साँचो मार्ग थोरै छ। तिमीहरूको जवानीले तिमीहरूलाई मेरो धेरै कामको हकदार बनाउँदैन; यसको विपरीत, तैँले सधैँ तँप्रतिको मेरो घृणालाई जगाउँछस्। तिमीहरू जवान भए पनि तिमीहरूमा शक्तिको वा महत्वाकांक्षाको कमी छ, र तिमीहरू आफ्नो भविष्यको बारेमा सधैँ वचनबद्ध छैनौ; मानौं तिमीहरू उदासीन र चिन्ताग्रस्त छौ। यो भन्न सकिन्छ कि जवानहरूमा जुन शक्ति-जीवन, आदर्शहरू र दृढ दृष्टिकोण लिने प्रवृत्ति हुन्छ त्यो तिमीहरूमा एउटै पनि पाउन सकिँदैन; तँ यस प्रकारको जवान व्यक्ति कुनै दृष्टिकोणविनाको छस् र तँमा सही र गलत, असल र खराब, सौन्दर्य र कुरूपता बीच भिन्नता छुट्ट्याउने कुनै क्षमता छैन। तिमीहरूमा कुनै पनि ताजा तत्त्वहरू भेट्टाउन असम्भव छ। तिमीहरू लगभग पूर्णरूपमा पुरानो विचार-धारा भएका हौ, र तिमीहरू जस्तो जवान मानिसले भिडलाई पछ्याउन, विवेकहीन हुन पनि सिकेका छौ। तिमीहरूले कहिल्यै पनि सही र गलत स्पष्ट रूपमा छुट्ट्याउन सक्दैनौ, सत्य र झूटो बीचको भिन्नता छुट्ट्याउन सक्दैनौ, कहिल्यै उत्कृष्टताका लागि प्रयास गर्न सक्दैनौ, न त तिमीहरू सही के हो र के गलत, सत्य के हो र कपट के हो भनी भन्न नै सक्छौ। वृद्ध मानिसहरूमा भन्दा तिमीहरूमा धर्मको अझ कडा दुर्गन्ध छ। तँ अहङ्कारी र विवेकहीन समेत छस्, तँ प्रतिस्पर्धी छस्, र आक्रमकताप्रतिको तेरो रुचि धेरै बलियो छ—यस किसिमको जवान व्यक्तिमा सत्यता कसरी हुन सक्छ? दृढ दृष्टिकोण नभएको कुनै व्यक्तिले कसरी साक्षी दिन सक्छ? सही र गलत छुट्याउने क्षमता नभएको कुनै व्यक्तिलाई कसरी एक जवान मानिस भन्न सकिन्छ? जोसँग जोस, उत्साह, फुर्तिलोपन, शान्तपन र एक जवान मानिसमा हुनुपर्ने स्थिरता हुँदैन उसलाई कसरी मेरो अनुयायी भनेर भन्न सकिन्छ? जोसँग सत्यता छैन, न्यायको समझ छैन, तर जो खेल्न र झगडा गर्न मन पराउँछ, ऊ कसरी मेरो साक्षी हुन योग्यको हुन सक्छ? जवान मानिसहरूसँग अरूप्रति कपट र पूर्वाग्रहपूर्ण नजरहरू हुनुहुँदैन र जवान मानिसहरूले विनाशकारी, घृणित कामहरू गर्नुहुँदैन। तिनीहरू विचार, आकांक्षाहरू र आफैलाई अझ असल बनाउने उत्साही चाहना विहीन हुनुहुँदैन; तिनीहरू आफ्ना सम्भावनाहरूको बारेमा निराश बन्‍नु हुँदैन, न त तिनीहरूले जीवनको आशा वा भविष्यको आत्मविश्‍वास नै गुमाउनुपर्छ; तिनीहरूमा तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने धैर्य हुनुपर्छ—तिनीहरूको सम्पूर्ण जीवन मेरो निम्ति खर्च गर्ने तिनीहरूको इच्छालाई महसुस गर्न। तिनीहरू सत्यतारहित हुनु हुँदैन, न त तिनीहरूले ढोँगीपन र अधर्म नै लुकाउनु हुन्छ—तिनीहरू उचित अडानमा बलियोसँग खडा हुनुपर्छ। तिनीहरू त्यतिकै बहकिनु हुँदैन, तर न्याय तथा सत्यताको निम्ति बलिदानहरू गर्ने र संघर्ष गर्न साहस गर्ने आत्मा तिनीहरूमा हुनुपर्छ। अन्धकारका शक्तिहरूको थिचोमिचोको शिकार नहुने र आफ्‍नो अस्तित्वको महत्त्वलाई रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ। जवान मानिसहरूले विपत्तिहरूप्रति आत्मसमर्पण गर्नुहुँदैन तर आफ्‍ना दाजुभाइ दिदीबहिनीहरूप्रति क्षमाको आत्मा सहित खुला र स्पष्ट हुनुपर्छ। अवश्य, हरेकका निम्ति यी मेरा सर्तहरू र हरेकका निम्ति मेरा सल्लाहहरू हुन्। तर यसका अतिरिक्त, सबै जवान मानिसहरूका निम्ति यी मेरा सुखदायक वचनहरू हुन्। तिमीहरूले मेरा वचनअनुसार अभ्यास गर्नुपर्छ। विशेष रूपमा, जवान मानिसहरू विवादहरू सुल्झाउने र न्याय तथा सत्यताको खोजी गर्ने संकल्‍परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरूको खोजी गर्नुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। तिमीहरू आफ्नो जीवनप्रति उत्तरदायी बन्‍‍नुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन। मानिसहरू पृथ्वीमा आउँछन् र मसँग जम्काभेट हुनु दुर्लभ कुरा हो, अनि सत्यताको खोजी गर्ने र त्यसलाई प्राप्त गर्ने अवसर प्राप्त गर्नु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा खोजी गर्नुपर्ने सही मार्गको रूपमा किन महत्त्व दिँदैनौ? अनि सत्यता र न्यायलाई तिमीहरू किन सधैँ यति धेरै उपेक्षा गर्छौ? मानिसहरूसँग खेलबाड गर्ने त्यस अधर्म र त्यस घिनलाग्दो कुराको निम्ति किन तिमीहरू आफैलाई कुल्चँदैछौ र नष्ट गर्दैछौ? अनि तिमीहरू किन अधर्मीहरूले गर्ने काममा संलग्‍न हुने वृद्ध मानिसहरू जस्तो अभिनय गर्छौ? तिमीहरू किन पुराना कुराहरूका पुराना तरिकाहरूको नक्कल गर्छौ? तिमीहरूका जीवन न्याय, सत्यता र पवित्रताले भरिपूर्ण हुनुपर्छ; तिमीहरूको जीवन यस्तो युवा उमेरमा नै तिमीहरूलाई पातालमा डोर्‍याउने गरी यति भ्रष्ट हुनुहुँदैन। के यो भयानक दुर्भाग्य हुनेछ भन्‍ने तिमीहरूलाई महसुस हुँदैन? के यो डरलाग्दो अन्याय हुनेछ भन्‍ने तिमीहरूलाई महसुस हुँदैन?

— वचन देहमा देखा पर्नुहुन्छको “जवान र वृद्धको निम्ति वचनहरू” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४६

यदि यति धेरै काम, र यति धेरै वचनले पनि तँमा कुनै प्रभाव पारेको छैन भने, परमेश्‍वरको कार्यलाई फैलाउने समय आउँदा, तैँले आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछैनस्, र लज्‍जित हुनेछस् र सर्ममा पर्नेछस्। त्यो समयमा, तँ परमेश्‍वरप्रति धेरै ऋणी छस्, परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञान अति सतही छ भन्‍ने तैँले महसुस गर्नेछस्। यदि तैँले उहाँले काम गरिरहनुभएको बेला, आज परमेश्‍वरको ज्ञानलाई खोजी गरेनस् भने, पछि धेरै ढीला भइसकेको हुनेछ। अन्त्यमा, बताउनको लागि तँसँग कुनै ज्ञान हुनेछैन—तँ रित्तो छोडिनेछस्, तँसँग केही पनि हुनेछैन। परमेश्‍वरलाई लेखा दिनको लागि तैँले के प्रयोग गर्नेछस्? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? अहिले आफ्‍नो खोजीमा तैँले कठिन परिश्रम गर्नुपर्छ, ताकि अन्त्यमा तैँले पनि पत्रुसले जस्तै मानिसको लागि परमेश्‍वरको सजाय र न्याय कति लाभदायक छ, र उहाँको सजाय र न्यायविना मानिसलाई मुक्ति दिन सकिँदैन, र ऊ यो अशुद्ध मुलुकमा अर्थात् दलदलमा हरदम झन्-झन् तल-तल डुब्दै जान मात्र सक्छ, भन्‍ने कुरा बुझ्‍नेछस्। मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएका छन्, एक-अर्काको विरुद्धमा षड्यन्त्र गरेका छन् र एक-अर्कालाई कुल्चिमिल्ची गरेका छन्, परमेश्‍वरप्रतिको भय गुमाएका छन्। तिनीहरूको अनाज्ञाकारीता निकै ठूलो छ, तिनीहरूका विचारहरू धेरै छन्, र तिनीहरू सबै शैतानको स्वामित्वमा छन्। परमेश्‍वरको सजाय र न्यायविना, मानिसको दुष्ट स्वभावलाई शुद्ध पार्न सकिँदैनथ्यो र उसलाई मुक्ति दिन सकिँदैनथ्यो। देहधारी परमेश्‍वरको काम शरीरमा जे प्रकट गरिन्छ ठीक उही नै आत्माद्वारा प्रकट गरिन्छ, र आत्माले गरे अनुसार नै उहाँले पनि गर्नुहुन्छ। आज, यो कार्यको बारेमा तँमा केही पनि ज्ञान छैन भने, तँ अत्यन्तै मूर्ख होस्, र तैँले धेरै कुरा गुमाएको छस्! यदि तैँले परमेश्‍वरको मुक्ति प्राप्त गरेको छैनस् भने, तेरो विश्‍वास धार्मिक विश्‍वास मात्र हो, र तँ धर्मको मात्रै इसाई होस्। तैँले मृत सिद्धान्तलाई पक्रिराख्‍ने हुनाले, तैँले पवित्र आत्‍माको नयाँ कार्यलाई गुमाएको छस्; परमेश्‍वरको प्रेमलाई खोजी गर्ने अरू मानिसहरूले सत्यता र जीवनलाई प्राप्त गर्न सक्छन्, जबकी तेरो विश्‍वासले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्दैन। बरु, तँ दुष्ट काम गर्ने मानिस बनेको छस्, विध्वंसकारी र घृणास्पद कार्यहरू गर्ने मानिस भएको छस्; तँ शैतानका हस्यौलीहरूको निसाना, र शैतानको कैदी बनेको छस्। मानिसले परमेश्‍वरलाई विश्‍वास गर्नु पर्दैन, तर उसले उहाँलाई प्रेम गर्नुपर्छ, र उसले उहाँको खोजी र आराधना गर्नुपर्छ। यदि आज तैँले खोजी गरेनस् भने, यस्तो दिन आउनेछ जब तैँले भन्‍नेछस्, “त्यो बेला मैले किन परमेश्‍वरलाई उचित रूपमा पछ्याइन, उहाँलाई उचित रूपमा किन सन्तुष्ट पारिन, मेरो जीवनको स्वभावलाई परिवर्तन गर्ने कार्यको खोजी किन गरिन? त्यो समयमा परमेश्‍वरमा समर्पित हुन नसकेकोमा, र परमेश्‍वरको वचनको ज्ञानलाई खोजी नगरेकोमा मलाई कति अफसोस छ। त्यो बेला परमेश्‍वरले धेरै कुरा भन्‍नुभएको थियो; मैले कसरी खोजी गर्न नसकेको? म कति मूर्ख थिएँ!” केही हदसम्‍म अझै तैँले आफैलाई घृणा गर्नेछस्। आज, मैले भन्‍ने वचनहरूमा तँ विश्‍वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसलाई यसको सम्पूर्णतामा देख्‍नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समयमा तँ हक्‍का न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्‍वरको कार्यको अर्को चरण अहिलेसम्‍म सुरु नभइसकेको भए तापनि, तँबाट गरिएका मागहरू र तँलाई जिउन गरिएका आग्रहहरू कुनै पनि अनौठो कुरा होइनन्। काम धेरै छन्, र सत्यता धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्‍वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्‍वरको सजाय र न्याय तँ आफैले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द अनि थोरै शारीरिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई अवलोकन गर्ने तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरू जत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई शरीरमा मस्त पार्ने र शैतानमा आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा कुनै पनि चुनौतीहरू वा संकष्टहरू, वा थोरै कष्ट आउनेछैन भन्‍ने आशा तँ गर्छस्। तँ सँधै त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई राख्छस्। तँ कति बेकामको छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ, अनि सुँगुरहरू र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर, शरीरलाई प्रेम गर्नेहरू सबै पशुहरू नै होइनन् र? आत्माविहीन रहेका मृतक मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका बीचमा कति वचनहरू बलिएका छन्? के तिमीहरूका बीचमा थोरै काम मात्रै गरिएका छन्? तिमीहरूका बीचमा मैले कति जुटाएँ? त्यसो भए तैँले यसलाई किन प्राप्त गरेका छैनस्? तैँले केको बारेमा गुनासो गर्नु छ? के तैँले शरीरलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त गरेको छैनस् भन्‍ने कुरा साँचो होइन र? र के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु हो, तेरा छोराछोरी रोग-बिमारीबाट मुक्त होऊन् भन्‍ने हो, तेरो श्रीमानले राम्रो जागिर पाओस् भन्‍ने हो, तेरो छोराले असल श्रीमती पाओस् भन्‍ने हो, तेरो छोरीले योग्य श्रीमान पाओस् भन्‍ने हो, तेरो गोरु र घोडाले राम्ररी खेत जोतून् भन्‍ने हो, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम होस् भन्‍ने हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको आराममा जिउनु मात्र हो, तेरो परिवारमा कुनै दुर्घटना नघटोस् भन्‍ने हो, तँबाट भएर बतास चलोस् भन्‍ने हो, तेरो अनुहार धूलोले नछुओस् भन्‍ने हो, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस् भन्‍ने हो, तँलाई कुनै पनि विपत्तिले असर नपारोस् भन्‍ने हो, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाऊँ, आरामदायी निवासमा बस्‍न पाऊँ भन्‍ने हो। सँधै शरीरको खोजी गर्ने तँजस्तो कायर—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ जनावर होइनस् र? सट्टामा केही पनि नमागीकन नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? मैले तँलाई साँचो मानव जीवन दिएको छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन्, र जीवन के हो भन्‍ने कुरा तिनीहरूले बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि, तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्तो मानिसहरू जीवित हुनुको महत्त्व के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारको बीचमा जिउँछस्, र तैँले कुनै पनि उद्देश्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? यदि तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४७

तिमीहरूको शरीर, तिमीहरूको असाधारण इच्छाहरू, तिमीहरूको लोभ र तिमीहरूको कामवासनाले तिमीहरूमा गहिरो रूपमा जरा गाडेर बसेको छ। यी थोकहरूले तिमीहरूको हृदयलाई निरन्तर रूपमा यसरी नियन्त्रण गर्दैछन् कि तिमीहरू पुरानो र पतित विचारहरूलाई त्याग्‍न असक्षम छौ। तिमीहरू न त आफ्नो अहिलेको अवस्था परिवर्तन गर्न चाहन्छौ, न त अन्धकारको प्रभावबाट मुक्त हुन चाहन्छौ। तिमीहरू यी कुराहरूले बाँधिएका छौ। तिमीहरू सबैले यो जीवन निकै पीडादायी छ र मानिसहरूको यो संसार निकै अँध्यारो छ भन्ने थाहा पाए पनि, तिमीहरूमध्ये कोही एक जनासँग पनि आफ्‍नो जीवन परिवर्तन गर्ने साहस छैन। तँ यो जीवनको वास्तविकताबाट मुक्त हुन, आत्माको श्रेष्ठता प्राप्त गर्न, र शान्तिमय, खुशी, स्वर्ग जस्तो वातावरणमा बस्न मात्र चाहन्छस्। तिमीहरू आफ्‍नो अहिलेको जीवन परिवर्तन गर्नका लागि कठिनाइहरू सहन तयार छैनौ; न त तिमीहरू यो न्याय र सजायको बीचमै आफू प्रवेश गर्नुपर्ने जीवनको खोजी गर्न इच्छुक छौ। बरु, तिमीहरू शरीरबाहिरको त्यो सुन्दर संसारको बारेमा पूरै अवास्तविक सपनाहरू देख्छौ। तिमीहरूले जुन जीवनको खोजी गर्छौ, त्यो तिमीहरूले कुनै पीडाको अनुभव नगरीकन सहजै प्राप्त गर्न सक्छौ। त्यो पूर्ण रूपमा अव्यवहारिक छ! किनभने तिमीहरूले जुन कुराको आशा गरेका छौ त्यो शरीरमा अर्थपूर्ण जीवन बिताउनु र जीवनकालमा सत्य प्राप्त गर्नु होइन, अर्थात्, सत्यको लागि बाँच्नु र न्यायको लागि उभिनु होइन। यो तिमीहरूले चम्किलो, आकर्षक ठान्‍ने जीवन होइन। यो आकर्षक वा अर्थपूर्ण जीवन हुनेछैन भन्‍ने तिमीहरूलाई लाग्छ। तिमीहरूको नजरमा, यस्तो जीवन बिताउनु अन्याय हो जस्तो लाग्‍छ! तिमीहरूले आज यो सजाय स्वीकार गरे पनि तिमीहरूले खोजिरहेको कुरा सत्य प्राप्त गर्नु वा वर्तमानमा सत्यमा जिउनु होइन, बरु पछि शरीरबाहिरको सुखी जीवनमा प्रवेश गर्न सक्षम हुनु हो। तिमीहरूले सत्य खोजिरहेका छैनौ, न त तिमीहरू सत्यको पक्षमा खडा भइरहेका छौ, र तिमीहरू पक्कै पनि सत्यका लागि अस्तित्वमा रहेका छैनौ। तिमीहरूले आज प्रवेशलाई खोजी गरिरहेका छैनौ, तर यसको सट्टामा तिमीहरूका विचारहरू भविष्यले र कुनै दिन के हुन सक्छ त्यसले नियन्त्रण गरेको छ: तपाईं नीलो आकाशलाई नियाल्छौ, तीतो आँसु बगाउँछौ, र कुनै दिन स्वर्गमा लगिने अपेक्षा गर्छौ। के तिमीलाई तिमीहरूको सोचाइ पहिले नै वास्तविकताको बाहिर छ भन्ने थाहा छैन? तिमीहरू के सोचिरहन्छौ भने यो संसारमा कठिनाइ र दु:खकष्ट सहने तिमीलाई आफूसँग लैजानको लागि एक दिन असीम दया र करुणा सहितका मुक्तिदाता निश्‍चय नै आउनुहुनेछ, र तिमीलाई पीडित तुल्याउने र थिचोमिचो गर्नेहरूलाई तिमीहरूका खातिर बदला लिनुहुनेछ। के तिमीहरू पापले भरिएको छैनौ? के यस संसारमा दुःख भोग्ने तिमीहरू मात्रै हौ? तिमीहरू आफै शैतानको अधिकार क्षेत्रमा पर्‍यौ र कष्ट भोग्‍यौ—के परमेश्‍वरले तिमीहरूका लागि अझै बदला लिनुपर्छ? तिनीहरू जो परमेश्‍वरको माग पूरा गर्न असमर्थ छन्—के तिनीहरू सबै परमेश्‍वरका शत्रुहरू होइनन्? जो देहधारी परमेश्‍वर विश्‍वास गर्दैनन्—के तिनीहरू ख्रीष्टविरोधी होइनन्? तिम्रा सुकर्महरू केको लागि गनिन्छ? के तिनीहरूले परमेश्‍वरको उपासना गर्ने हृदयको ठाउँ लिन सक्दछन्? केही सुकर्महरू गरेर मात्रै तिमीहरूले परमेश्‍वरको आशीर्वाद प्राप्त गर्न सक्दैनौ र तिमीलाई पीडित तुल्याइएको र थिचोमिचोमा पारिएकै आधारमा परमेश्‍वरले तिमीहरूका खातिर बदला लिइदिनुहुनेछैन। जसले परमेश्‍वरमा विश्‍वास गरे पनि परमेश्‍वरलाई चिन्दैनन्, तर जसले असल काम गर्दछन्—के ती सबैलाई पनि सजाय दिइँदैन र? तँ केवल परमेश्‍वरमा विश्‍वास गर्छस्, तेरो विरुद्धमा गरिएका गलत कार्यहरूका निम्ति परमेश्‍वरले प्रतिकार गरिदिनुभएको होस् र बदला लिइदिनुभएको होस् भन्‍ने मात्रै चाहन्छस् र परमेश्‍वरले तँलाई तेरो त्यो दिन दिनुभएको तँ चाहन्छस्, जुन दिन तँ आखिरमा आफ्‍नो शिर ठाडो गर्न सक्‍नेछस्। तर तँ सत्यलाई ध्यान दिन अस्वीकार गर्छस् र न त सत्यमा जिउने तृष्णा नै तँ गर्छस्। तँ यो कठिन, रित्तो जीवनबाट बाहिरिन सक्ने कुरा त परै जाओस्। बरु, तेरो देहको जीवन र तेरो पापको जीवन बिताउने क्रममा, तैँले आफ्‍ना गुनासोहरू सुधार्न र तेरो अस्तित्वको कुहिरोलाई हटाउनको लागि परमेश्‍वरले अपेक्षाको साथ हेर्छस्। तर के यो सम्भव छ? यदि तँसँग सत्य छ भने, तैँले परमेश्‍वरलाई पछ्याउन सक्छस्। यदि तँ जिएको छस् भने, तँ परमेश्‍वरको वचनको अभिव्यक्ति हुन सक्छस्। यदि तँमा जीवन जियाई छ भने, तैँले परमेश्‍वरको आशिष प्राप्त गर्नेछस्। जोसँग सत्य छ उसले परमेश्‍वरको आशिष प्राप्त गर्नसक्छ। उहाँलाई पूर्ण हृदयले प्रेम गर्ने र कठिनाइ र कष्ट सहनेहरूका लागि न्याय गरिदिने निश्‍चयता दिनुहुन्छ, तर केवल आफूलाई मात्र प्रेम गर्ने र शैतानको छलको शिकार भएकाहरूका लागि भने होइन। सत्यलाई प्रेम नगर्नेहरूमा कसरी भलाई हुनसक्छ? केवल शरीरलाई प्रेम गर्नेहरूमा कसरी धार्मिकता हुनसक्छ? के धार्मिकता र भलाइको बारेमा, केवल सत्यको सन्दर्भमा मात्र बोलिँदैन र? के पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि ती छुट्याइएका छैनन्? जसले सत्यलाई प्रेम गर्दैनन् र जो केवल लास मात्र हुन्—के यी सबै व्यक्तिहरूले दुष्कर्मलाई सुरक्षित राख्दैनन्? जो सत्यमा जिउन सक्दैनन्—के तिनीहरू सबै सत्यका शत्रुहरू होइनन् र? र तिमीहरू कस्ता छौ?

— वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध भएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४८

मानिसको व्यवस्थापन गर्नु हमेसा मेरो कर्तव्य रहिआएको छ। यसको अतिरिक्त, मैले संसारको सृष्टि गर्दा नै मानिसमाथिको विजयको ठहर गरेँ। आखिरी दिनहरूमा मानिसलाई पूर्ण रूपमा जित्‍ने छु अथवा मानवजातिका बीचमा भएका विद्रोहीहरूको विजय नै शैतानमाथिको मेरो विजयको प्रमाण हो भन्‍ने कुरा मानिसहरूलाई थाहा नहुन सक्छ। तर जब मेरो शत्रु मसँग युद्ध गर्न आयो, तब मैले त्यसलाई शैतानले बन्दी बनाएर आफ्ना सन्तान र त्यसको घरको रखवाली गर्ने निष्ठावान दासहरू बनाएकाहरूलाई म जित्‍ने छु भनेर अगाडिबाटै भनेँ। जित्‍नुको मूल अर्थ हराउनु, शर्ममा पार्नु हो; इस्राएलीहरूको भाषामा, यसको अर्थ पूर्ण रूपमा हराउनु, नाश गर्नु र मेरो विरुद्धमा थप प्रतिरोध गर्न असक्षम तुल्याउनु भन्‍ने हुन्छ। तर आज तिमीहरूको माझ प्रयोग गर्दा यसको अर्थ जित्‍नु हुन्छ। मानवजातिको दुष्टलाई पूर्ण रूपमा समाप्त गर्नु र पूरै पराजित गर्नु सधैँको मेरो अभिप्राय रहिआएको छ भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ, ताकि त्यसले फेरि मेरो विरुद्ध विद्रोह गर्न नसकोस्, मेरो कामलाई बाधा दिने वा खलबलाउने कुनै सास हुने कुरा त परै जाओस्। यसैले, मानिसको सवालमा यस शब्दको अर्थ विजय हासिल गर्नु हुन आउँछ। यस शब्दको अर्थहरू जेसुकै भए तापनि मानवजातिलाई हराउनु मेरो काम हो। मानवजाति मेरो व्यवस्थापनको थप भाग हो भन्‍ने कुरा केही समयको लागि सत्य हो, यसलाई अझ स्पष्टताका साथ भन्‍दा मानवजातिमाथि मेरो शत्रुबाहेक अरू कोही पनि होइन। मानवजाति मेरो विरोध गर्ने र अवज्ञा गर्ने दुष्ट हो। मानवजाति मैले श्राप दिएको दुष्टको सन्तानबाहेक अरू कोही पनि होइन। मानवजाति मलाई धोका दिने प्रधान स्वर्गदूतको सन्तानबाहेक अरू कोही पनि होइन। मानवजाति मैले धेरै पहिले त्यागेको दुष्टको पैतृक सम्पत्ति बाहेक कोही पनि होइन, जो त्यस बेलादेखि यता मेरो कट्टर विरोधी भइआएको छ। किनभने सारा मानवजाति माथिको आकाश स्पष्टताको कुनै पनि सङ्केत नभएको धमिलो र कालो छ र मानव जगत घोर अन्धकारमा डुबेको छ, यसैले त्यहाँ बसोबास गर्नेले आफ्नो अनुहार अगाडि फैलिएको आफ्नो हात वा टाउको माथि उठाउँदा सूर्य पनि देख्‍न सक्दैन। उसको खुट्टामुनिको सडक हिलोले ढाकेको र खाल्‍डा-खुल्डीहरूले व्याप्त छ, विचलित पार्ने गरी भूलभूलैया छ; सारा जमिन लासहरूले ढाकेको छ। अँध्यारा कुनाहरू मृतकहरूका अवशेषहरूले भरिएका छन्, र शान्त र अँध्यारा कुनाहरूमा भूतहरूका भीडले बसोबास गरेका छन्। अनि मानिसहरूका संसारमा भूतहरू भीड-भाड गर्दै आवतजावत गर्छन्। फोहोरले ढाकिएका सबै प्रकारका जनावरहरूका सन्तान भीषण युद्धबाट घेरिएका छन् जसको आवाजले हृदयमा आतङ्क पैदा गर्छ। यस्तो समयमा “सांसारिक वैकुण्ठ” रूपी संसारमा जीवनको परमसुख खोज्‍न कुनै एक व्यक्ति कहाँ जान्छ? जीवनको लक्ष्य खोज्‍न कुनै एक व्यक्ति कहाँ जानसक्छ? शैतानको खुट्टाले कुल्चिएपछि मानवजाति पहिलेदेखि नै शैतानको स्वरूप लिएको कलाकार बनेको छ—त्योभन्दा पनि बढी मानवजाति शैतानको मूर्त रूप हो र ठूलो र स्पष्ट आवाजमा शैतानको गवाही दिने प्रमाणको काम गर्छ। यस्तो मानव जाति, यस्ता फोहोरका पोकोहरू, यस्तो भ्रष्ट मानव परिवारको सन्तान कसरी परमेश्‍वरको गवाही बन्‍न सक्छ? मेरो महिमा कहाँबाट आउँछ? कसैले मेरो गवाही बोल्‍न कहाँबाट सुरु गर्छ? किनकि मेरो विरुद्ध उभिने शत्रुले मानिसलाई भ्रष्ट पारेर मानवजातिलाई अघि नै आफ्नो बनाइसकेको छ—त्यो मानवजाति जसलाई मैले धेरै पहिले सृष्टि गरेँ र जो मेरो महिमाले र जीवनशैलीले भरिएको थियो—त्यसलाई दूषित पारेको छ। त्यसले मेरो महिमा खोसेर लगेको छ र शैतानको कुरूपता मिश्रित विष तथा असल र खराबको ज्ञान दिने रूखको फलको रसले मानिसलाई सन्तृप्त पारेको छ। सुरुमा मैले मानवजातिलाई बनाएँ; अर्थात् मानवजातिको पुर्खा आदमलाई बनाएँ। ऊ बल, तेजले भरिएको स्वरूप र प्रतिरूपले सुसम्पन्‍न थियो, यसका अतिरिक्त, ऊ मेरो महिमाको सहभागितामा थियो। मैले मानिसलाई बनाएको त्यो दिन महिमित दिन थियो। त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो, र तिनी पनि मानिसकी पुर्खा थिइन्, र यसरी मैले सृष्टि गरेका मानिसहरू मेरा सासले भरिए र मेरो महिमाले भरिपूर्ण भए। आदम मूलरूपमा मेरै हातबाट जन्मिएको थियो र मेरो स्वरूपको प्रतिनिधि थियो। यसैले “आदम” को मूल अर्थ मद्वारा बनाइएको, मेरो जीवनशक्तिद्वारा ओतप्रोत भएको, मेरो महिमाले ओतप्रोत भएको, मेरै स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको भन्‍ने थियो। ऊ आत्मा भएको, मेरो प्रतिनिधित्व गर्न सक्‍ने, मेरो प्रतिरूप भएको र मेरो सास भएको सृष्टि गरिएको एक मात्र प्राणी थियो। सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्री मानव थिइन् जसको सृष्टि मैले नै ठहराएँ, यसैले “हव्वा” को मूल अर्थ मेरो महिमालाई निरन्तरता दिने, मेरो जीवनशक्तिद्वारा भरिएकी र यसको अतिरिक्त मेरो महिमाले भरिएकी हुन्छ। हव्वा आदमबाट आई, त्यसैले उसमा पनि मेरो प्रतिरूप थियो, किनकि ऊ मेरो प्रतिरूपमा सृजिएकी दोस्री मानव थिइन्। “हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव भन्‍ने थियो, जो मानवजातिको बीचमा मेरो दोस्रो गवाहीका हुनुका साथै मेरो दोस्रो प्रतिरूप पनि थिइन्। तिनीहरू मानवजातिका पुर्खाहरू, मानिसका शुद्ध र बहुमूल्य सम्पत्ति, र सुरुबाट नै आत्मा भएका जीवित प्राणीहरू थिए। तथापि, मानवजातिको संसारलाई पूर्ण अन्धकारमा धकेल्दै मानवजातिका पुर्खाहरूका सन्तानलाई दुष्टले कुल्चियो र बन्दी बनायो र ती सन्तानले मेरो अस्तित्वमा विश्‍वासै नगर्ने बनाइदियो। त्योभन्दा घृणित कुरा त यो छ कि दुष्टले मानिसहरूलाई भ्रष्ट पार्ने र तिमीहरूलाई कुल्चीमिल्ची पार्ने काम गर्दा यसले मेरो महिमा, मेरो गवाही, मैले तिनीहरूलाई दिएको जीवनशक्ति, तिनीहरूमाथि मैले फुकेको सास र जीवन, मानव संसारमा भएको सारा महिमा र मैले मानवजातिमा खर्च गरेको मुटुको सारा रगतलाई क्रूरताका साथ जबरजस्ती खोस्दै छ। मानवजाति अब उप्रान्त ज्योतिमा छैन, मानिसहरूले मैले दिएका सबै कुराहरू गुमाएका छन् र मैले दिएको महिमालाई तिनीहरूले लत्याएका छन्। सृष्टि गरिएका सबै प्राणीहरूको परमप्रभु म नै हुँ भन्‍ने कुरा तिनीहरूले कसरी स्वीकार्न सक्छन्? स्वर्गमा भएको मेरो अस्तित्वलाई तिनीहरूले कसरी निरन्तर विश्‍वास गर्न सक्छन्? पृथ्वीमा मेरो महिमाको प्रकटीकरणलाई तिनीहरूले कसरी पत्ता लगाउन सक्छन्? तिनीहरूका पुर्खाहरूले श्रद्धा गरेका परमेश्‍वरलाई यी नातिनातिनाहरूले कसरी तिनीहरूलाई सृष्टि गर्ने परमेश्‍वरको रूपमा लिन सक्छन्? यी दयनीय नातिनातिनाहरूले मैले आदम र हव्वालाई दिएको महिमा, प्रतिरूप र गवाहीका साथै मैले मानवजातिलाई प्रदान गरेको अस्तित्वमा रहनको निम्ति तिनीहरू भर पर्ने जीवन उदारतापूर्वक दुष्टलाई “सुम्पिएका” छन्; र दुष्टको उपस्थितिप्रति तिनीहरू पूर्णरूपमा अनभिज्ञ छन्, र मेरो सारा महिमा त्यसलाई दिन्छन्। “मैला” शब्दको स्रोत यही होइन र? यस्तो मानवजाति, यस्ता दुष्ट भूतहरू, यस्ता हिँड्ने लाशहरू, यस्ता शैतानका आकृतिहरू, यस्ता मेरा शत्रुहरूले कसरी मेरो महिमा प्राप्त गर्छन्? म मेरो महिमालाई पुनः कब्जा गर्नेछु, मानिसहरूको माझमा रहेको मेरो गवाही र कुनै बेला मसँग भएका सबै कुराहरू र मैले धेरै पहिले मानवजातिलाई दिएका कुराहरूलाई म पुनः कब्जा गर्नेछु—म मानवजातिलाई पूर्ण रूपमा जित्‍ने छु। तथापि, मैले सृष्टि गरेका मानवहरू मेरा प्रतिरूप र मेरो महिमा भएका पवित्र मानिसहरू थिए भन्‍ने कुरा तैँले थाहा पाउनुपर्छ। तिनीहरू शैतानका थिएनन्, न त तिनीहरू त्यसको कुल्चाइका वशमा नै थिए, तर तिनीहरू अलिकति पनि शैतानको विष नभएका मेरा विशुद्ध प्रकटीकरण थिए। अनि यसैले, मैले मेरा हातले सृष्टि गरेका, मैले प्रेम गर्ने र अन्य कसैको स्वामित्वमा नभएका पवित्र जनहरूलाई मात्र म चाहन्छु भन्‍ने कुराको जानकारी म मानवजातिलाई दिन चाहन्छु। यसका अतिरिक्त, म तिनीहरूमा आनन्दित हुनेछु र तिनीहरूलाई मेरा महिमा ठान्‍नेछु। तथापि, शैतानले भ्रष्ट पारेको, आज शैतानको वशमा भएका र जो उप्रान्त मेरो मूल सृष्टि होइनन् ती मानवजातिको चाहना मैले गरेको होइन। किनकि शैतानलाई पराजित गरेको महिमाको प्रमाणको रूपमा मानव संसारमा अस्तित्वमा रहेको मेरो महिमालाई म पुनः कब्जा गर्नेछु, मानवजातिका बीचमा बाँचेकाहरूमाथि म पूर्ण विजय हासिल गर्नेछु। मेरो व्यक्तित्वको क्रिस्टलीकरणको लागि मेरै गवाहीलाई मात्र मेरो आनन्दको वस्तुको रूपमा म लिन्छु। मेरो इच्छा यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको “वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३४९

मानवजातिलाई अहिलेको अवस्थामा आइपुग्‍न इतिहासका दशौं हजार वर्ष लागेको छ, तथापि मैले सुरुमा सृष्टि गरेको मानवजातिचाहिँ लामो समयदेखि भ्रष्टतामा डुबेको छ। मानवजाति मैले इच्छा गरे जस्तो मानवजाति छैन, र यसैले मेरो नजरमा मानिसहरू मानवजातिको नामले बोलाइन योग्‍यका छैनन्। बरु तिनीहरू मानवजातिका मैलाहरू हुन् जसलाई शैतानले बन्दी बनाएको छ, तिनीहरू शैतानले बास गरेका हिँड्ने कुहिएका लाशहरू हुन् जसलाई शैतानले कपडाको रूपमा पहिरिन्छ। मानिसहरूलाई मेरो अस्तित्वमाथि भरोसा छैन, न त तिनीहरूले मेरो आगमनलाई स्वागत नै गर्छन्। मानवजातिले मेरा अनुरोधहरूलाई अस्थायी रूपमा स्वीकार गरे तापनि असन्तुष्टिका साथ तिनको जवाफ दिन्छ र जीवनका आनन्द तथा दुःखहरू मसँग इमानदारीका साथ बाँड्दैन। मानिसहरूले मलाई रहस्यमय ठान्‍ने हुनाले तिनीहरूले मलाई देखावटी मुस्कान दिन्छन्, तिनीहरूको मनोवृत्ति शक्तिमा आराम गर्नेको जस्तो छ, किनकि मानिसहरूलाई मेरो कामको ज्ञान छैन, मेरो इच्छाको त अहिले कुरै नगरौं। म तिमीहरूसँग इमान्दार हुनेछु: जब त्यो दिन आउँछ मेरा आराधना गर्ने जोकोहीको दुःख तिमीहरूका भन्दा सहन गर्न सक्‍ने किसिमका हुनेछन्। ममाथिको तिमीहरूको विश्‍वास वास्तवमा अय्यूबको भन्दा बढी छैन—यहूदी फरिसीहरूको विश्‍वासले पनि तिमीहरूको विश्‍वासलाई जित्छ—यसैले आगोको दिन आउँदा तिमीहरूको दुःख येशूले हप्‍काउनुभएका फरिसीहरू, मोशाको विरोध गर्ने २५० अगुवाहरू र आफ्नो विनाशको प्रचण्ड ज्वालाको चपेटामा परेको सदोमको भन्दा गम्भीर हुनेछ। जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले थियो। जब उसले मेरो, अर्थात् यहोवाको, आवाज सुन्‍न र मेरो, अर्थात् यहोवाको, महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमित गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमित प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले थियो। जब उसले आखिरी दिनहरूका चिन्हहरू देख्यो, त्यो सबै उसकै विश्‍वासको कारणले थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसको बीचमा मेरो काम गर्नको निम्ति म शरीरमा फर्केको छु भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र तीद्वारा सान्त्वना पाएका अनि मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र? ममाथि विश्‍वास गरे तापनि कठिनाइ भोग्‍नेहरू संसारदेखि पनि अस्वीकृत भएका छैनन् र? मेरा वचनबाहिर जिउनेहरू, परीक्षाको संकष्टदेखि भाग्‍नेहरू, के तिनीहरू सबै संसारमा यता-उता बरालिरहँदैनन् र? तिनीहरू शरद्का पातहरूझैँ एक ठाउँमा नबसी घरी यता, घरी उता सलबलाउँछन्, मेरा सान्त्वनाका वचनहरूको त कुरै नगरौं। मेरो सजाय र शोधनले तिनीहरूलाई नपछ्याए तापनि के तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा, स्वर्गको राज्य बाहिरका सडकहरूमा भौतारिने भिखारीहरू होइनन् र? के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्? तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्‍वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्‍ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? मेरो क्षणिक सजायबाट लुकेर अनन्तको लज्जा, अनन्तको सजायको कटनी गर्नुको के अर्थ छ र? वास्तवमा म कसैलाई पनि मेरो इच्छातिर झुकाउँदिन। यदि कोही मेरा सबै योजनाहरूप्रति साँचो रूपमा समर्पित हुने इच्छा गर्छ भने, तिनीहरूसँग म तुच्छ व्यवहार गर्नेछैन। तर सबै मानिसहरूले ममाथि विश्‍वास गर्नुपर्छ, जसरी अय्यूबले म, यहोवामाथि विश्‍वास गरे। यदि तिमीहरूको विश्‍वासले थोमाको विश्‍वासलाई जित्छ भने तिमीहरूको विश्‍वासले मेरो प्रशंसा प्राप्त गर्नेछ, तिमीहरूको निष्ठामा तिमीहरूले मेरो परमानन्द पाउनेछौ र तिमीहरूका दिनमा तिमीहरूले मेरो महिमा पक्कै पाउनेछौ। तथापि संसार र दुष्टमाथि विश्‍वास गर्ने मानिसहरूले आँखामा बतासले उडाएर लैजाने बालुवा र मुखमा दुष्टका भेटीहरू राखेर सदोम सहरका मानिसहरूले झैँ तिनीहरूका हृदय कठोर पारेका छन्, जसका बादलले ढाकेका मनहरू लामो समयदेखि संसारलाई अनधिकृत रूपमा हडप्‍ने दुष्टले नियन्त्रणमा लिएको छ। तिनीहरूका विचारहरू लगभग पूर्ण रूपले प्राचीन समयको दुष्टको बन्धनमा परेका छन्। अनि यसैले मानवजातिको विश्‍वास हावामा उडेको छ र तिनीहरू मेरो कामलाई देख्‍न समेत असमर्थ छन्। मेरो कामलाई देखावटी रूपमा लिने वा कामचलाउ रूपमा यसको विश्‍लेषण गर्ने कमजोर प्रयास मात्र तिनीहरूले गर्न सक्छन्, किनकि तिनीहरू धेरै अगाडिदेखि नै शैतानको विषको नियन्त्रणमा छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५०

मानवजातिलाई म जित्‍नेछु किनकि मानिसहरूको सृष्टि मैले नै गरेँ र, यसका अतिरिक्त, तिनीहरूले मेरो सृष्टिको प्रचुरताको आनन्द लिएका छन्। तर मानिसहरूले मलाई इन्कार पनि गरेका छन्; म तिनीहरूका हृदयमा अनुपस्थित छु, अनि तिनीहरूले मलाई तिनीहरूको अस्तित्वको निम्ति बोझको रूपमा हेर्छन्, यतिसम्म कि तिनीहरूले मलाई देखेर पनि अझै इन्कार नै गर्छन् र मलाई हराउने हरसम्भव तरिकाहरूको बारेमा सोचेर तिनीहरूका दिमागलाई यातना दिन्छन्। तिनीहरूलाई मैले गम्भीर तवरले व्यवहार गरेको वा तिनीहरूसँग कठोर मागहरू गरेको मानिसहरू चाहँदैनन्, न त तिनीहरूको अधार्मिकताको न्याय गर्ने वा त्यसको सजाय दिने अनुमति नै मलाई दिन्छन्। यसमा संलग्‍न हुनु त दूरको कुरा, बरु तिनीहरूलाई यो झमेलामय लाग्छ। र यसैले मानवजातिलाई लिनु र तिनीहरूलाई पराजित गर्नु मेरो काम हो, जो ममा खान्छ, पिउँछ र रमाउँछ तर मलाई चिन्दैन। म मानवजातिलाई निःशस्त्र पार्नेछु, र त्यसपछि मेरा स्वर्गदूतहरू, मेरो महिमालाई लिएर मेरो वासस्थानमा फर्कनेछु। किनकि मानिसहरूका कार्यहरूले धेरै पहिलेदेखि नै मेरो हृदय तोडेको छ र मेरा कामलाई टुक्राटुक्रा पारेका छन्। मानिसहरूलाई तिनीहरूको जीवन निरन्तर रूपमा जिउन, निरन्तर “शान्ति र सन्तुष्टिका साथ जिउन र काम गर्न”, निरन्तर “तिनीहरूका आफ्नै खेतबारीहरूमा खेतीपाती गर्न” दिएर म खुसीसाथ फर्केर जानुअघि म मेरो महिमा पुनः कब्जा गर्ने मेरो इरादा छ, र म तिनीहरूको जीवनमा कहिले पनि हस्तक्षेप गर्नेछैन। तर अहिले दुष्टको हातबाट मेरो महिमा पूर्ण रूपमा पुनः कब्जा गर्ने, पृथ्वीको सृष्टि गर्दा मैले मानिसभित्र हालिदिएको महिमाको पूर्णता फिर्ता लिने मेरो इरादा छ। मानव जातिलाई म कहिले पनि यो फेरि दिनेछैन। किनकि मानिसहरूले मेरो महिमाको संरक्षण गर्न चुकेका मात्र छैनन्, तर तिनीहरूले यसलाई शैतानको प्रतिरूपसँग साटेका पनि छन्। मानिसहरू मेरो आगमनलाई मूल्यवान् ठान्दैनन् न त मेरो महिमाको दिनलाई नै महत्त्व दिन्छन्। मेरो महिमा मलाई फिर्ता दिनु त कहाँ हो कहाँ, तिनीहरू मेरो सजाय प्राप्त गर्ने कुरामा प्रसन्‍न समेत हुँदैनन्, न त तिनीहरू दुष्टको विष फ्याँक्‍न नै इच्छुक छन्। मानवजातिले मलाई त्यही पुरानो तरिकाले नै निरन्तर रूपमा धोका दिन्छ, मानिसहरूले अहिले पनि उही पुरानो तरिकाले नै उज्यालो मुस्कानहरू र खुसी अनुहारहरू धारण गर्छन्। तिनीहरूबाट मेरो महिमा हटेपछि तिनीहरूमाथि आइपर्ने अन्धकारको गहिराइको बारेमा तिनीहरू अनभिज्ञ छन्। विशेष गरी, जब सम्पूर्ण मानवजातिमाथि मेरो दिन आउँछ, यो तिनीहरूको निम्ति नोआको समयको भन्दा कठिन हुन्छ, किनकि इस्राएलबाट मेरो महिमा हट्दा इस्राएल कति अँध्यारो भएको थियो भन्‍ने तिनीहरूलाई थाहा छैन, किनकि निस्पट्ट अन्धकारमय रात कटाउन कति कठिन थियो भन्‍ने कुरा मानिसले बिहान हुँदा भुलिहाल्छ। जब सूर्य फेरि लुक्‍न जान्छ अनि मानिसमाथि अन्धकार आइपर्छ, उसले फेरि अन्धकारमा विलाप गर्छ र आफ्ना दाह्रा किट्नेछ। इस्राएलबाट मेरो महिमा हट्दा ती कष्टका दिनहरू सहन इस्राएलीहरूलाई कति कठिन भएको थियो भन्‍ने के तिमीहरूले बिर्सेका छौ? तिमीहरूले मेरो महिमा देख्‍ने समय अहिले नै हो, र तिमीहरू मेरो महिमामा सहभागी हुने समय पनि अहिले नै हो। जब मेरो महिमाले यो फोहोरी भूमि छोड्छ तब अन्धकारको बीचमा मानिसले विलाप गर्नेछ। मैले काम गर्ने महिमाको दिन अहिले नै हो, मैले मानवजातिलाई दुःखबाट मुक्त गर्ने दिन यही हो, किनकि पीडा र संकष्टका समयहरू म तिनीहरूसँग बाँड्नेछैनँ। म मानवजातिलाई पूर्ण रूपमा जित्‍न र मानवजातिको दुष्टलाई पूर्ण रूपमा पराजित गर्न मात्र चाहन्छु।

— वचन देहमा देखा पर्नुहुन्छको “वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५१

मेरा अनुयायीहरू हुन मैले पृथ्वीमा धेरैलाई खोजेको छु। ती सबै अनुयायीहरू मध्ये पूजाहारीहरूका रूपमा सेवा गर्नेहरू, अगुवाई गर्नेहरू, परमेश्‍वरका पुत्रहरू, परमेश्‍वरका जनहरू र सेवा गर्नेहरू छन्। उनीहरूले मप्रति देखाउने वफादारीका आधारमा म उनीहरूको वर्गीकरण गर्छु। जब प्रकारअनुसार सबै वर्गीकृत हुन्छन्, भन्नुको तात्पर्य, जब हरेक प्रकारका व्यक्तिको स्वभाव प्रस्ट हुन्छ, मानवजातिको मुक्तिको मेरो लक्ष्य प्राप्त गर्न म उनीहरू प्रत्येकलाई उनीहरूका न्यायसङ्गत वर्गमा गणना गर्नेछु र उनीहरूलाई प्रकार अनुकूल सुहाउँदो स्थानमा राख्नेछु। मैले मुक्त गर्न चाहेकाहरूलाई म मेरो घरमा समूह समूहमा बोलाउँछु र त्यसपछि उनीहरू सबैलाई अन्त्यका दिनहरूका मेरा काम स्वीकार गर्न लगाउँछु। त्यति नै बेला, उनीहरूको प्रकारअनुसार म उनीहरूको वर्गीकरण गर्छु, त्यसपछि उनीहरूको कर्महरूको आधारमा प्रत्येकलाई पुरस्कृत वा दण्डित गर्छु। मेरो कामका चरणहरू यस्ता छन्।

आज, म पृथ्वीमा बस्छु र म मानिसका बीच बस्छु। मानिसहरूले मेरो कामको अनुभव गर्छन् र मेरा वाणीहरूको प्रतीक्षा गर्छन् र यसका साथै मेरा प्रत्येक अनुयायीहरूलाई म सबै सत्यहरू प्रदान गर्दछु कि उनीहरूले मबाट जीवन प्राप्त गर्न सक्छन्, र त्यसैले उनीहरू हिँड्ने बाटो पनि प्राप्त गर्न सक्छन्। किनकी म परमेश्‍वर हुँ, जीवनदाता हुँ। मेरा कामका धेरै वर्षहरूका दौरान मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन् र धेरै कुरा गुमाएका छन्, तर अझ पनि म भन्छु उनीहरू मलाई साँच्चिकै विश्‍वास गर्दैनन्। किनकी मानिसहरू मुखले मात्र मलाई म परमेश्‍वर हुँ भनी स्वीकार गर्छन्, तर, मैले भनेका सत्यहरूसँग विमति राख्छन्, र अझ मैले उनीहरूलाई भनेको सत्यको अभ्यास गर्दैनन्। भन्नुपर्दा, मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन् तर सत्यको अस्तित्वलाई होइन; मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन् तर जीवनको अस्तित्वलाई होइन। मानिसहरू परमेश्‍वरको नामलाई मात्र स्वीकार गर्छन् तर उहाँको तत्वलाई होइन। उनीहरूको उत्साहको लागि म उनीहरूलाई घृणा गर्छु किनकी मलाई झुक्याउन उनीहरू मीठो सुनिने शब्दहरू प्रयोग मात्र गर्छन्; उनीहरू कसैले पनि मलाई साँच्चिकै आराधना गर्दैनन्। तिमीहरूका भनाइहरूमा सर्पको प्रलोभन छ; अझ बढी, तिनमा चरम घमण्ड, प्रधान दूतको सत्य घोषणा झल्किन्छ; तिमीहरूका काम कलङ्कित हुने गरी लथालिङ्ग र भताभुङ्ग छन्; तिमीहरूका अधिक चाहनाहरू र लोभी अभिप्रायहरू सुन्न लाजमर्दो छन्। तिमीहरू सबै मेरो घरमा कीराहरू बनेका छौ घृणाको साथ खारेज गर्ने वस्तु बनेका छन्। तिमीहरू कोही पनि सत्यलाई मन पराउँदैनौ; सट्टामा, आशीर्वाद पाउन लालायित हुन्छौ, स्वर्ग चढ्ने इच्छा राख्छौ, ख्रीष्टले उहाँको शक्ति पृथ्वीमा प्रयोग गरेको भव्य दृश्य हेर्ने चाहना राख्छौ। तर के तिमीहरूले कहिल्यै सोचेका छौ तिमीहरू जस्ता पूरै भ्रष्ट जसलाई परमेश्‍वर जे हुनुहुन्छ भन्ने थाहा छैन, तिमीहरू कसरी परमेश्‍वरका अनुयायी हुन लायक हुन्छौ? कसरी तिमीहरू स्वर्गमा चढ्न सक्छौ? कसरी तिमीहरू यस्तो भव्य दृश्य, जुन दृश्यको भव्यताको कुनै पूर्ववर्ती कुरा छैन, त्यो हेर्न लायक हुन्छौ? तिमीहरूका मुख छलकपट र दुर्वचनका, विश्‍वासघात र अहङ्कारका शब्दहरूले भरिएको छ। तिमीहरूले मसँग कहिल्यै पनि सच्चाइका शब्दहरू बोलेका छैनौ, मेरो शब्द अनुभव गरेर कुनै पवित्र शब्द, कुनै विनम्रताका शब्द बोलेका छैनौ। अन्त्यमा, तिमीहरूको विश्‍वास कस्तो छ? तिमीहरूका हृदयमा आकाङ्क्षा र पैसा बाहेक केही पनि छैन र न तिमीहरूका चित्तमा भौतिक वस्तु बाहेक केही छ। प्रत्येक दिन मबाट कसरी केही कुरा लिने तिमी हिसाबकिताब गर्छौ। मबाट कति सम्पत्ति र कति भौतिक वस्तु प्राप्त गर्यौ तिमी हरेक दिन लेखाजोखा गर्छौ। हरेक दिन तिमी अझ बढी कृपा प्राप्त होस् भनेर पर्खन्छौ ताकि ती वस्तुहरूबाट तिमीले अधिक मात्रामा र उच्च तहको आनन्द लिन सकोस्। तिमीहरूको प्रत्येक पलको सोचाइमा म हुन्न न त त्यहाँ मबाट आउने सत्य नै हुन्छ, तर बरु त्यहाँ त तिमीहरूका श्रीमान वा श्रीमती, छोराहरू, छोरीहरू र तिमीहरूले खाने र लगाउने कुराहरू हुन्छन्। तिमीहरू कसरी अझ बृहत्, अझ उच्च आनन्द प्राप्त गर्न सकिन्छ त्यसैमा दत्तचित्त हुन्छौ। तर तिमीहरूले फुट्ने गरी पेट भरे पनि के तिमीहरू अझै लास होइनौ? बाहिरी रूपमा तिमीहरूले आफूलाई यति सुन्दर वस्त्रले सिङ्गारपटार गरे पनि के तिमीहरू अझ पनि जीवन विहीन जिउँदो लास होइनौ? आफ्नो पेटको लागि तिमीहरू कपाल फुलेर सेतो नहुँदासम्म परिश्रम गर्छौ तर पनि मेरो कामको लागि तिमीहरू कसैले पनि एक त्यान्द्रो कपालसम्म उत्सर्ग गर्दैनौ। तिमीहरू आफ्नै देहको लागि, आफ्नै छोराहरू र छोरीहरूको लागि आफ्नो शरीरलाई बोझ बोकाएर र मस्तिष्कलाई यातना दिएर निरन्तर हिँडिरहेका छौ तर पनि मेरो इच्छाको लागि एक जनाले पनि कुनै सरोकार वा चासो राख्दैनौ। तिमीहरूले मबाट अझ पनि प्राप्त गर्न चाहेको त्यस्तो कुरा के हो?

जब म काम गर्छु म कहिल्यै हतारमा गर्दिनँ। मानिसहरूले मलाई जसरी अनुसरण गरे पनि म मेरो काम चरणबद्ध रूपमा र मेरो योजना अनुसार गर्छु। तसर्थ मेरा विरुद्ध तिमीहरूको सबै विद्रोहका बाबजुद म अझ निरन्तर रूपमा काम गर्छु र अझ मैले बोल्नै पर्ने शब्दहरू बोल्न कहिल्यै छाड्दिन। म त्यस्ता व्यक्तिहरूलाई मेरो घरमा निम्त्याउँछु जो मेरो सन्देश सुन्न मद्वारा पहिले नै निश्चित गरिएका थिए। मेरा वचनहरू मान्ने, मेरा वचनहरू सुन्न लालायित हुने सबैलाई म मेरो गद्दी सामुन्ने उपस्थित गराउँछु; मेरा वचनहरूलाई बेवास्ता गर्ने, मलाई नटेर्ने र खुलमखुला चुनौती दिने सबैलाई अन्तिम दण्डको लागि तयार रहन एकातिर फालिदिन्छु। सबै मानिसहरू भ्रष्टतासँगै र दुष्टको छत्रछायामा बस्ने भएकाले र मेरा अनुयायीमध्ये थोरै मात्र सत्यको लागि मरिमेट्छन्। यसो भन्नुपर्छ, अधिकांश मलाई पूर्ण भक्तिभावले उपासना गर्दैनन्, उनीहरू सच्चाइमा मेरो उपासना गर्दैनन् तर भ्रष्टता र विद्रोह जस्ता कपटपूर्ण माध्यमहरूबाट मेरो विश्‍वास जित्ने प्रयास गर्छन्। यही कारणले म भन्छु: धेरैलाई बोलाइन्छ तर थोरैलाई चुनिन्छ। उनीहरू जसलाई बोलाइन्छ उनीहरू भ्रष्टतामा चुर्लुम्म डुबेका छन् र सबै उही युगमा बाँचेका छन्, तर जो छानिएका छन् उनीहरू तिनीहरूका एक हिस्सा हुन्, उनीहरू सत्यमा विश्‍वास गर्ने र सत्यलाई स्वीकार गर्ने मानिसहरू हुन् साथै उनीहरू सत्यको अभ्यास गर्छन्। तर ती मानिसहरू सम्पूर्णताको सानो अंश मात्र हुन् र उनीहरूबाटै मैले बढी गौरव प्राप्त गर्नेछु। यी वचनहरूका आधारमा, के तिमीहरू छानिएकाहरूमा पर्यौ भनी तिमीहरूले थाहा पायौ? तिमीहरूको अन्त्य कस्तो हुने रहेछ?

— वचन देहमा देखा पर्नुहुन्छको “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५२

मैले भने झैं, मेरो अनुसरण गर्ने धेरै छन् तर मलाई साँच्चिकै निस्वार्थ प्रेम गर्ने थोरै छन्। सायद कोहीले सोध्न सक्छन्, “मैले हजुरलाई प्रेम गरिनँ भने त्यति धेरै मूल्य मैले चुकाउनु पर्छ र? मैले हजुरलाई प्रेम गरिनँ भने यो बिन्दुसम्म मैले मान्नुपर्छ र?” अवश्य नै, तँसँग असङ्ख्य कारणहरू छन् र निश्चय नै, तेरो प्रेम धेरै महान् छ, तर मेरो लागि तेरो प्रेमको के अर्थ? “प्रेम” भनिए अनुसार यस्तो भावना हो जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्तहरू हुँदैन, कुनै अवरोधहरू हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन। यदि तँ प्रेम गर्छस् भने तैँले छलकपट गर्दैनस्, गुनासो गर्दैनस्, धोका दिँदैनस्, विद्रोह गर्दैनस्, धुत्न वा कुनै कुरा प्राप्त गर्ने अथवा निश्चित मात्रामा केही पाउने प्रयास गर्दैनस्। यदि तैँले प्रेम गरिस् भने तैँले खुशीसाथ आफूलाई समर्पण गर्नेछस्, खुसी र दुःखकष्ट सहनेछस्, तँ मेरो अनुकूल हुनेछस्, मेरा लागि आफूसँग भएका सम्पूर्ण कुराहरू त्याग्नेछस्, तैँले आफ्‍नो परिवार, आफ्‍नो भविष्य, आफ्‍नो यौवन र आफ्‍नो विवाह त्याग्नेछस्। हैन भने, तेरो प्रेम कत्ति पनि प्रेम हुनेछैन, तर त्यो त केवल छलकपट र धोका हुनेछ! तेरो प्रेम कस्तो प्रेम हो? के यो साँचो प्रेम हो? अथवा झूटो? तैँले कति कुरा त्यागिस्? तैँले कति कुरा दिइस्? मैले तँबाट कति प्रेम प्राप्त गरेँ? के तँलाई थाहा छ? तिमीहरूको हृदय पाप, विश्‍वासघात र छलकपटले भरिएको छ, र त्यसकारण तिमीहरूको प्रेम कति अपवित्र छ? तिमीहरू सोच्छौ मेरो लागि प्रशस्त कुराहरू तिमीहरूले त्यागिसकेका छौ; तिमीहरू ठान्छौ मेरो लागि तिमीहरूको प्रेम चाहिनेभन्दा बढी भइसक्यो। तर किन तिमीहरूका भनाइहरू र गराइहरू सधैँ विद्रोही र कपटपूर्ण हुन्छन्? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मेरा वचन स्वीकार गर्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि त्यसपछि मलाई एकातिर पन्छाइ दिन्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मप्रति सन्देहशील छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मेरो अस्तित्व स्वीकार गर्न सक्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि मलाई सुहाउँदो व्यवहार मसँग गर्दैनौ र हरेक पटक मेरो लागि समस्या सिर्जना गर्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो अनुसरण गर्छौ तर पनि हरेक कुरामा मलाई मूर्ख बनाउने र धोका दिने प्रयास गर्छौ। के यसलाई प्रेम मान्न सकिन्छ? तिमीहरू मेरो सेवा गर्छौ तर मसँग डर मान्दैनौ। के यसलाई प्रेम मान्न सकिन्छ? हरतरहले र सबै कुरामा तिमीहरू मेरो विरोध गर्छौ। के यो सबैलाई प्रेम मान्न सकिन्छ? यो सत्य हो कि तिमीहरू पूर्ण रूपमा समर्पित छौ तर मैले तिमीहरूबाट चाहेको कुरा तिमीहरूले कहिल्यै पनि अभ्यास गरेनौ। के यसलाई प्रेम भन्न सकिन्छ? सुविचारित लेखाजोखाले देखाउँछ कि तिमीहरूभित्र मेरो लागि प्रेमको अलिकति पनि सङ्केत छैन। यति धेरै वर्षका काम र मैले दिएका यति धेरै वचनहरूपछि तिमीहरूले वास्तवमा कति प्राप्त गर्यौ? के यो पछाडि फर्किएर ध्यानपूर्वक हेर्न लायक छैन? म तिमीहरूलाई सचेत गराउँछु: जसलाई मैले बोलाउँछु उनीहरू कहिल्यै पनि भ्रष्ट नभएका व्यक्ति होइनन्: बरु, जसलाई मैले छानेँ उनीहरू मलाई साँच्चिकै प्रेम गर्छन्। त्यसैले, आफ्ना भनाइ र गराइहरूमा तिमीहरू सचेत हुनैपर्छ, साथै आफ्ना मनसाय र विचारहरूलाई तिमीहरूले जाँच्नुपर्छ ताकि तिनीहरूले सीमा उल्लङ्घन नगरून्। आखिरी दिनहरूका समयमा, तिमीहरूको प्रेम मेरो अगाडि समर्पित गर्न आफूले सक्दो प्रयास गर, अन्यथा मेरो क्रोध तिमीहरूबाट टाढा जाने छैन।

— वचन देहमा देखा पर्नुहुन्छको “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५३

प्रत्येक दिन प्रत्येक व्यक्तिको काम र विचारहरू एक जना व्यक्तिका आँखाले हेर्छन्, त्यसको साथसाथै तिनीहरूका आफ्नै भोलिका दिनको निम्ति ती तयारीमा छन्। सबै जीवित मानिस हिँड्ने बाटो यही हो; मैले सबैका निम्ति अघिबाटै ठहराएको बाटो यही नै हो, कोही पनि यसबाट उम्कन सक्दैन वा कसैलाई छुट दिन सकिँदैन। मैले बोलेका वचनहरू अनगन्ती छन्, त्यसबाहेक मैले गरेका कार्यहरू असीम छन्। अन्तर्निहित प्रकृति र तिनीहरूका प्रकृतिको घटनाहरू अनुसार पुकार्छ कि पुकार्दैन भनी मैले हरेक दिन हरेक व्यक्तिलाई हेर्छु। अन्जानमा, धेरै जना पहिलेबाटै “सही बाटो” मा लागिसकेका छन्, जुन मैले फरक किसिमका मानिसहरूलाई प्रकट गर्न राखेको छु। यी फरक किसिमका मानिसहरूलाई मैले धेरै समयदेखि नै विभिन्न वातावरणहरूमा र तिनीहरूको आफ्‍नै स्थानमा राखेको छु, अनि हरेकले तिनीहरूमा अन्तर्निहित गुणहरू व्यक्त गरेका छन्। तिनीहरूलाई बाँध्ने कोही छैन, तिनीहरूलाई कसैले बहकाउँदैन। तिनीहरू सम्पूर्ण रूपमा स्वतन्त्र छन् र तिनीहरूले व्यक्त गर्ने कुरा स्वाभाविक रूपले निस्कन्छन्। केवल एउटा कुराले मात्र तिनीहरूलाई रोक्छ: मेरा वचनहरूले। यसैले केही मानिसहरू अनिच्छा पूर्वक मेरा वचनहरू पढ्छन्, र कहिल्यै अभ्यास गर्दैनन्, तिनीहरूले मृत्युबाट बच्नका निम्ति मात्र यसो गर्छन्; यसैबीच अरूलाईचाँहि मेरो वचनको मार्गदर्शन र आपूर्ति विना दिन काट्न नै कठिन हुन्छ, यसैले तिनीहरूले स्वाभाविक रूपमा हरसमय मेरो वचन समाती राख्छन्। समय बित्दैजाँदा तिनीहरूले मानव जीवनका रहस्य, मानवजातिको गन्तव्य र मानव हुनुको मूल्य पत्ता लगाउँछन्। यसरी मानवजाति मेरा वचनहरूको उपस्थितिमा हुन्छ, अनि म केवल कामकुराहरूलाई तिनीहरूको मार्ग लिन दिन्छु। म मानिसहरूलाई मेरो वचन तिनीहरूका अस्तित्वको जग बनाउन करमा पार्ने कुनै काम गर्दिनँ। जुन मानिसहरूसँग विवेक थिएन, जसको अस्तित्वको कुनै मूल्य थिएन, तिनीहरूले मेरो वचनलाई साहस पूर्वक बेकारको ठाने अनि कामकुरो कसरी हुन्छ भन्ने चूपचाप हेरेर तिनीहरू आफूले चाहेअनुसार गर्छन्। तिनीहरू सत्यता र मबाट आउने सबै कुरासित दिक्क हुन्छन्। यसबाहेक, तिनीहरू मेरो भवनमा बस्न विरक्त मान्छन्। तिनीहरूका गन्तव्य स्थानका निम्ति, र दण्डबाट उम्कनका निम्ति यी मानिसहरू सेवा गर्दै भए पनि केही समयसम्म मेरो भवनमा बस्छन्। तापनि, तिनीहरूका नियतहरू र कार्यहरू कहिल्यै पनि परिवर्तन हुँदैनन्। यसले आशिष् पाउने तिनीहरूका चाहना बढाउँछ, अनि एकचोटि त्यो राज्यमा पस्ने त्यसपछि सधैँभरिका निम्ति त्यही रहने—अनन्त स्वर्गमा पस्ने तिनीहरूको चाहना बढाउँछ। तिनीहरूले जति-जति मेरो दिन चाँडो आओस् भन्ने इच्छा गर्छन् त्यत्ति नै बढी सत्यता तिनीहरूका बाटोमा एउटा बाधा, ठेस लाग्ने कुरा बनेको महसुस गर्छन्। तिनीहरूले सत्यता अनुसरण नगरीकन वा न्याय वा सजायलाई नस्विकारीकन, र सबैभन्दा मुख्य कुरा, मेरो भवनमा विनम्र नभइकन र मेरो आज्ञाबमोजिम नगरीकन नै तिनीहरू स्वर्ग राज्यका आशिषहरू उपभोग गर्न प्रतीक्षा गर्नै सक्दैनन्। यी मानिसहरू सत्यताको खोजी गर्ने आफ्‍ना चाहना पूरा गर्न वा मेरो व्यवस्थापनमा सहकार्य गर्न मेरो भवनमा प्रवेश गर्दैनन्; तिनीहरूका एक मात्र इच्छा भनेको ती मानिसहरूको साथमा रहने हो, जो आउने युगमा नाश पारिने छैनन्। यसैले तिनीहरूका हृदयले सत्यता के हो वा सत्यतालाई कसरी स्वीकार गर्नुपर्छ भनी कहिल्यै पनि जानेको छैन। यसैकारण त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका छैनन् वा आफ्नो भ्रष्टताको गहिराइ महसुस गरेका छैनन्, तापनि तिनीहरू मेरो भवनमा सर्वत्र “सेवकहरू” को रूपमा बसेका छन्। तिनीहरू मेरो आउने दिनलाई “धैर्यसाथ” प्रतिक्षा गर्छन् र मेरो काम गर्ने तरिकाद्वारा यताउति हुत्तिएर पनि थाक्दैनन्। तर तिनीहरूले जति नै ठूलो कोसिस गरे पनि वा जस्तै मूल्य चुकाए पनि तिनीहरूले सत्यका निम्ति दुःख भोगेका वा मेरो खातिर केही दिएका कसैले पनि देखेको छैन। मैले पुरानो युगलाई अन्त गरेको हेर्नका लागि तिनीहरू आफ्ना हृदयमा आतुरमा छन्, र मेरो शक्ति र अख्तियार कति महान् छन् सो पत्तो लगाउनका निम्ति अरू पर्खन सक्दैनन्। तिनीहरूले आफैलाई बदल्न र सत्यता अनुसरण गर्न कहिल्यै हतार गर्दैनन्। तिनीहरू त्यो कुरा मन पराउँछन्, जुनसँग म दिक्क हुन्छु, र मलाई मन पर्ने कुराहरूसित तिनीहरू दिक्क मान्छन्। तिनीहरू त्यो कुराको उत्कट इच्छा गर्छन्, जसलाई म घृणा गर्दछु, तर मैले घृणा गर्ने कुरा गुम्छ कि भनी डराउँछन्। तिनीहरू कहिल्यै घृणा नै नगरी यो दुष्ट संसारमा जिउँछन्, तापनि म त्यसलाई नाश गरिदिन्छु कि भनी धेरै डराउँछन्। तिनीहरूका विरोधाभासपूर्ण चाहनाहरूको बीचमा, मैले घृणा गरेको यो संसारलाई नै तिनीहरू प्रेम गर्छन्, तर मैले यसलाई चाँडै नाश पारूँ भन्ने इच्छा पनि गर्छन्, ताकि तिनीहरू साँचो मार्गबाट भड्किएर जानुभन्दा अघि नै विनाशको कष्टबाट बचाइयोस् र अर्को युगका शासक बनाइयोस्। तिनीहरूले सत्यलाई प्रेम नगरेकाले र मबाट आउने सबै कुराहरूले दिक्क हुने भएकोले यस्तो भएको हो। तिनीहरू आशिष् नगुमाउनको निम्ति केही समय “आज्ञाकारी मानिसहरू” हुन सक्छन्, तर आशिषित बन्ने तिनीहरूको चिन्ता र नाश हुने डर अनि आगोको कुण्डमा फालिने कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैन। मेरो दिन जति नजिक आउँछ तिनीहरूका इच्छा उत्ति नै अझ बलियो हुन्छ। अनि जत्ति ठूलो विपत्ति हुन्छ यसले तिनीहरूलाई त्यत्ति नै बढी असहाय तुल्याउँछ, यस क्रममा मलाई आनन्दित बनाउन र तिनीहरूले धेरै समयदेखि चाहेका आशिषहरू गुमाउनबाट बच्न कहाँबाट सुरु गर्ने हो भनी अलमल्लमा पर्छन्। त्यस्ता मानिसहरू मेरा हातले आफ्नो काम थाल्नसाथ पहिलो पङ्तिका सेना जस्तो भएर काम गर्न उत्सुक बन्छन्। तिनीहरू मैले तिनीहरूलाई देख्दिनँ भन्ने डरले फौजको पहिलो पङ्तिमा जाने बारेमा मात्रै सोच्छन्। तिनीहरू आफूलाई जे सही लागेको छ त्यही गर्छन् र बोल्छन्, तिनीहरूका काम र व्यवहार कहिल्यै पनि सत्यतासँग सम्बद्ध हुँदैन, र तिनीहरूका काम र कार्यहरूले मेरो योजनालाई भङ्ग गर्छ र बाधा दिन्छ भनी कहिल्यै जान्दैनन्। तिनीहरूले धेरै कोसिस गरेका हुन सक्छन्, तिनीहरू कठिनाइहरू सहने आफ्नो इच्छा र उद्देश्यमा सत्य हुन सक्छन्, तर तिनीहरूले गरेका कुनै पनि कुराले मसँग सरोकार राख्दैनन्, किनकि तिनीहरूले असल अभिप्रायले काम गरेको मैले कहिल्यै पनि देखेको छैनँ, तिनीहरूले मेरो वेदीमा कुनै कुरा राखेको देख्‍ने त परै जाओस्। तिनीहरूले मेरो सामु धेरै वर्षदेखि यस्तै कार्यहरू गर्दै आएका छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५४

मूल रूपमा, मैले तिमीहरूलाई अझ अरू सत्यताहरू दिने इच्छा गरेको थिएँ, तर म यसो गर्नबाट पछि हटेँ, किनकि सत्यताप्रति तिमीहरूको विचार ठन्डा र उदासीन छ; म मेरो परिश्रम खेर जाओस् भन्ने चाहँदिनँ, नत म मानिसहरूले मेरो वचनलाई धारण गरेर पनि सबै कुरामा मेरो प्रतिरोध गरेको, मेरो बदनाम गरेको र निन्दा गरेको नै देख्न चाहन्छु। तिमीहरूको प्रवृत्ति र तिमीहरूको मानवताको कारण म तिमीहरूलाई मेरो वचनको थोरै, र अति महत्त्वपूर्ण कुरा दिन्छु, जसले मानव जातिको बीचमा मेरो परीक्षण कार्यको रूपमा काम गर्दछ। अहिले मात्र मलाई साँच्चै यो निश्चय भएको छ, कि मैले गरेका निर्णयहरू र बनाएका योजनाहरू तिमीहरूका खाँचोहरू सुहाउँदा छन्, यसबाहेक, मानवजातिप्रति मेरो विचार सही छ। तिमीहरूले धेरै वर्षदेखि मेरो सामु गरेका व्यवहारले मलाई पहिले कहिल्यै नसुनेको उत्तर दिएको छ अनि यो उत्तरको प्रश्नचाँहि यस्तो छ “सत्यता र साँचो परमेश्‍वरको सामने मानिसको प्रवृत्ति कस्तो छ?” मैले मानिसको निम्ति समर्पित गरेको कोसिसहरूले मानिसप्रति भएको मेरो प्रेमको सार प्रमाणित गर्छ, अनि मानिसले मेरो सामु गरेको हरेक कार्यले तिनीहरूले सत्यलाई घृणा गर्छन् र तिनीहरू मेरो विरोधमा छन् भनी प्रमाणित गर्दछ। हरसमय म मलाई पछ्याउनेहरूको सरोकार राख्छु, तापनि तुरुन्तै मेरो पछि लाग्नेहरू मेरो वचन ग्रहण गर्न सक्षम छैनन्, तिनीहरू मेरा सल्लाहहरू स्वीकार गर्न पनि सक्षम छैनन्। यही कुराले मलाई सबैभन्दा धेरै दुःखी बनाउँछ। कसैले पनि मलाई कहिल्यै बुझ्न सकेका छैनन्, अनि त्यसबाहेक, मेरो मन निष्कपट र मेरा वचनहरू भद्र भए तापनि कोही पनि मलाई ग्रहण गर्न कहिल्यै सक्षम भएको छैन। प्रत्येक व्यक्तिले मैले तिनीहरूलाई दिएको काम तिनीहरूको आफ्नै विचारअनुसार गर्ने कोसिस गर्छ, तिनीहरू मेरा अभिप्रायहरू खोज्दैनन्, मैले तिनीहरूबाट के चाहन्छु भनी सोध्ने कुरा त परै जाओस्। तिनीहरूले निष्ठा पूर्वक मेरो सेवा गरेको दाबी गरे पनि मेरो विरुद्ध विद्रोह गर्छन्। धेरैले आफूले स्वीकार गर्न नसक्‍ने वा अभ्यास गर्न नसक्ने सत्यताहरूलाई सत्यता नै होइनन् भन्ने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरूमा, मेरा सत्यताहरू इन्कार गरिएको र फ्याँकिएको थोक बन्दछ। यसको साथसाथै मानिसहरूले मलाई वचनमा मात्र भएको परमेश्‍वरको रूपमा चिन्छन्, तापनि मलाई परदेशीको रूपमा विश्‍वास गर्छन् जो सत्य, बाटो वा जीवन होइन। यो सत्यता कसैले पनि जान्दैन: मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन, तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचनहरू ग्रहण गर्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने ती वचनहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, अत्यन्तै तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो विचार यति मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्, त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्ने मानिसहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूका कारण मुक्ति ग्रहण नगर्नेहरू तिनीहरू हुन् जसलाई मेरा वचनहरूद्वारा दोषी ठहराइएका छन्, अनि यसको अलाबा, मेरो मुक्ति गुमाएका छन्, अनि मेरो लहुरो तिनीहरूबाट कहिल्यै हट्नेछैन।

— वचन देहमा देखा पर्नुहुन्छको “तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५५

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान ‍औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि उपयुक्त परिस्थिति पनि छैन। मानवको हृदयमा परमेश्‍वरको स्थान अझै तल भासिएको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू संख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका विवरणहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शन विना शासकहरू र समाजशास्‍त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि यसले कुनै फाइदा गर्दैन। मानवको हृदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन, किनकि कोही पनि मानवको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, फुर्सत, सान्त्वना: यिनीहरूले मानवलाई केवल अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि मानवले पक्‍कै पाप गर्नेछ र समाजका अन्यायहरूमा पछुतो गर्नेछ। यी कुराहरूले अन्वेषण गर्न मानवका लालसा र इच्छालाई रोक्‍न सक्दैनन्। यो हुनुको कारणचाहिँ मानवलाई परमेश्‍वरले बनाउनुभयो र अर्थहीन बलिदानहरू र मानवका अन्वेषणहरूले उसलाई अझै कष्‍टमा मात्र लैजान सक्छ र मानवलाई लगातार डरको अवस्थामा मात्र राख्छ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन। मानव विज्ञान र ज्ञानसँग पनि डराउनेछ, र खालीपनको अनुभूतिमा पनि ऊ अझ डराउनेछ। यस संसारमा, तँ स्वतन्त्र देशमा होस् वा मानवअधिकार नभएको देशमा होस्, जहाँ बसे पनि मानवजातिको भवितव्यबाट बच्‍न तँ पूर्ण असक्षम छस्। तँ शासक वा शासित जो भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो इच्छाबाट बच्न पूर्ण रूपमा असक्षम छस्, खालीपनको चिन्ताको चेतनाबाट बच्न त अझै बढी असक्षम छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तर पनि यस्ता समस्याहरू समाधान गर्नका लागि कुनै पनि महामानव अगाडि आएको छैन। जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्‍वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्‍वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो। मानवले परमेश्‍वरको जीवनको बन्दोबस्त र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र अन्वेषण गर्ने इच्छा, र मानवको आत्मिक खालीपनको समाधान हुन्छ। यदि एक देश वा राज्यका मानिसहरूले मुक्ति र परमेश्‍वरको हेरचाह पाउन सकेनन् भने, तब यस्तो देश वा राज्य विनाशको बाटोमा अन्धकारतर्फ अघि बढ्नेछ, र परमेश्‍वरले त्यसलाई विनाश गर्नुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५६

तेरो हृदयमा विशाल रहस्य छ, जसको बारेमा तँ कहिल्यै जानकार भइनस्, किनकि तँ ज्योतिबिनाको संसारमा बाँचिरहेको छस्। तेरो हृदय र तेरो आत्मा दुष्टद्वारा बलजफती खोसिएको छ। तेरा आँखाहरू अन्धकारले धमिला भएका छन्‌ र तँ न दिनमा आकाशको सूर्य देख्न सक्छस् न राती चम्किरहने तारा नै। तेरा कानहरू कपटपूर्ण शब्दहरूले टालिएका छन्, र तँ न यहोवाको गर्जनको आवाज सुन्न सक्छस्, न उहाँको सिंहासनबाट बग्ने पानीको आवाज नै। तेरो अधिकारमा भएका तेरा सबै चीज, जुन सर्वशक्तिमान्‌ले तँलाई दिनुभएको थियो, तैँले ती सबै गुमाइसकेको छस्। तँ पीडाको अनन्त सागरमा प्रवेश गरेको छस् जहाँ उद्धार गर्ने कुनै शक्ति छैन, बाँच्ने कुनै आशा छैन, र तैँले गर्ने कार्य भनेको केवल सङ्घर्ष र हस्याङफस्याङ मात्र हो…। त्यस क्षणपश्चात्, तँ दुष्टद्वारा पीडित बन्न अभिशप्त भइस्, सर्वशक्तिमान्‌को आशीर्वादबाट धेरै टाढा रहिस्, सर्वशक्तिमान्‌का प्रावधानहरूको पहुँचबाट बाहिर रहिस्, फर्केर आउन नसक्ने मार्गमा हिडिरहिस्। लाखौँ आह्वानहरूले पनि तेरो मन र आत्मालाई मुस्किलले मात्र जगाउन सक्छन्‌। तँ दुष्टको काखमा चीर निद्रामा सुतेको छस् जसले तँलाई दिशाविहीन वा मार्गसङ्केतरहित असीम साम्राज्यमा लोभ्याएको छ। तत्पश्चात्‌ तैँले तेरो मौलिक निर्दोषता र शुद्धता गुमाइस्, र सर्वशक्तिमान्‌को हेरचाहबाट टाढा हुन थालिस्। तेरो हृदयमा रहेको दुष्टले सबै मामिलाहरूमा तँलाई परिचालन गर्छ र यही नै तेरो जीवन बनेको छ। अब तँ ऊसँग डराउनु, ऊबाट टाढा रहनु, वा ऊमाथि शङ्का गर्नुको सट्टा उसलाई आफ्नो मनको परमेश्‍वरको रूपमा व्यवहार गर्छस्। तैँले उसलाई पवित्र मान्न थालिस्, उसैको पूजा गर्न थालिस्, र तिमीहरू दुवै जना शरीर र छाया झैँ अविभाज्य भएका छौ, सँगसँगै जिउन र मर्न प्रतिबद्ध बनेका छौ। तँ कहाँदेखि आएको थिइस्, तेरो जन्म किन भएको थियो, वा तँ किन मर्नेछस् भन्ने कुराको ज्ञान तँलाई छैन। तँ सर्वशक्तिमान्‌लाई एक अपरिचितको रूपमा हेर्छस्; उहाँले तेरो लागि गर्नुभएका सबै कुराहरूलाई छोडौं, तँलाई त उहाँको प्रारम्भको बारेमा समेत थाहा छैन। उहाँबाट आएको हरेक चीज तेरा लागि घृणास्पद भएको छ; तैँले न त्यसको कदर गर्छस् न त्यसको महत्त्व नै जान्दछस्। सर्वशक्तिमान्‌को प्रावधान पाउन सुरु गरेदेखि नै तँ दुष्टको साथमा हिँड्छस्। दुष्टको साथमा तैँले हजारौं वर्षको तुफान र आँधीबेहरी सहिस्, र तँ उसैसँग परमेश्‍वरका विरुद्धमा उभिइस् जो तेरो जीवनको स्रोत हुनुहुन्थ्यो। तँ विनाशको किनारामा आइपुगिसकेको छस् भन्ने कुरै छोडौं, तैँले त पश्चात्ताप समेत गर्न जानेको छैनस्। दुष्टले तँलाई बहकाएको र कष्ट दिएको छ भन्ने कुरा तैँले बिर्सिएको छस्; तैँले आफ्नो सुरुवात बिर्सिएको छस्। यसरी आजको दिनसम्म त्यो दुष्टले तेरो मार्गका हरेक पाइलामा कष्ट दिएको छ। तेरो मन र आत्मा चेतनाशून्य र नाश भएका छन्। तैँले मानव संसारका विडम्बनाहरूको बारेमा गुनासो गर्न बन्द गरेको छस्; यो संसार अन्यायी छ भन्ने अबउप्रान्त तैँले विश्‍वास गर्दैनस्। सर्वशक्तिमान्‌को अस्तित्व छ कि छैन भन्ने कुरामा तँलाई मतलब हुने त कुरै छाडौं। धेरै पहिलादेखि त्यो दुष्ट तेरो वास्तविक पिता हो र तँ त्यसबाट अलग्गिन सक्दैनस् भनी तैँले ठानेकोले गर्दा यस्तो भएको हो। तेरो मनमा गढेको रहस्य यही हो।

मिरमिरे बिहानीको आगमनसँगै पूर्वमा बिहानी तारा उदाउन थाल्छ। यो तारा त्यहाँ पहिला कहिल्यै थिएन, र यसले शान्त, रिमरिमे आकाशलाई चहकिलो बनाउँछ, जसले मानिसहरूको हृदयमा निभेको ज्योति पुनः प्रज्वलित पार्छ। तँमा र अरूमा समान रूपले चम्किने यो ज्योतिको कारण मानव अब एक्लो छैन। तैपनि तँ एक्लै यो अँध्यारो रातमा मस्त निद्रामा रहन्छस्। तैँले कुनै आवाज सुन्दैनस् र कुनै ज्योति देख्दैनस्; नवीन स्वर्ग र पृथ्वीको आगमन, नवयुगको आगमनको बारेमा तँ अनभिज्ञ छस्, किनभने तेरा बुवाले तँलाई भन्नुहुन्छ, “मेरो छोरा, तिमी अहिल्यै नउठ, अझै बिहान सबेरै छ। मौसम चिसो छ, त्यसैले तिमी बाहिर नजाऊ, नत्र तिम्रा आँखाहरू तरबार र भालाले रोपिनेछन्‌।” तँ केवल तेरो बुवाका सल्लाहहरूमा भरोसा गर्छस्, किनकि तँलाई विश्‍वास छ कि केवल तेरो बुवा सही हुनुहुन्छ, किनभने उहाँ तँभन्दा जेष्ठ हुनुहुन्छ र तँलाई औधी माया गर्नुहुन्छ। यस्ता सल्लाहहरू र यस्तो मायाले तँलाई विश्‍वमा ज्योति छ भन्ने प्राचीन कथामा विश्‍वास गर्न रोक लगाउँछन्‌; त्यस्ता कुराहरूले विश्‍वमा अझै सत्य अस्तित्वमा छ भन्ने कुरामा चासो राख्नदेखि तँलाई रोक्छन्। तैँले अबउप्रान्त सर्वशक्तिमान्‌द्वारा गरिने उद्धारको आशा गर्ने हिम्मत गर्दैनस्। तँ यथास्थितिमा सन्तुष्ट हुन्छस्, अबउप्रान्त तँ ज्योतिको आगमनको अपेक्षा गर्दैनस्, प्राचीन कथामा भनिएझैँ सर्वशक्तिमान्‌को आगमन हेर्न तँ पर्खँदैनस्। तेरो विचारमा, हरेक सुन्दर चीजलाई पुनर्जीवित गर्न सकिँदैन, यो अस्तित्वमा रहन सक्दैन। तेरो नजरमा, मानवजातिको भोलि र मानवजातिको भविष्य हराउँछ, विलय हुन्छ। आफ्नो पूरै बल लगाई तँ आफ्नो बुवाको लुगामा झुन्डिएको छस्, कठिनाइहरू सहन प्रफुल्ल छस्, तेरो यात्राको सहयात्री र लामो यात्राको दिशा गुम्ने हो कि भन्नेमा निकै डराएको छस्। मानिसहरूको विशाल र धमिलो संसारले तिमीहरूजस्ता धेरैलाई दृढ र निडर भएर विभिन्न भूमिकाहरू निर्वाह गर्न तयार गरेको छ। यसले मृत्युसँग नडराउने धेरै “योद्धाहरू” सृजना गरेको छ। योभन्दा पनि बढी, यसले चेतनाशून्य र पक्षाघात भएका मानवहरूको एकपछि अर्को हूल तयार गरेको छ, जो आफू सृष्टि हुनुको उद्देश्यको बारेमा अनभिज्ञ छन्। सर्वशक्तिमान्‌का आँखाले गहिरो पीडामा रहेका हरेक मानवजातिको निरीक्षण गर्छन्। उहाँले जे सुन्नुहुन्छ त्यो पीडितहरूको विलाप हो, उहाँले जे देख्नुहुन्छ त्यो पीडाले छट्पटिएकाहरूको निर्लज्जपन हो, र उहाँले जे अनुभूति गर्नुहुन्छ त्यो मुक्तिको अनुग्रह गुमाएको मानवजातिको असहायपन र भयावहपन हो। मानवजातिले आफ्नो मार्गमा आफैँ हिँड्ने निर्णयको छनौट गर्दै उहाँको हेरचाहलाई अस्वीकार गर्छ, र दुस्मनको साथमा रहेर गहिरो समुन्द्रका, अन्तिम थोपासम्मै, तितोपनाको स्वाद चाख्ने इच्छा गर्दै उहाँको दृष्टिको निगरानीबाट भाग्न चाहन्छ। अब मानवद्वारा सर्वशक्तिमान्‌को सुस्केरा सुनिँदैन; अब सर्वशक्तिमान्‌का हातहरू पीडित मानवलाई सुमसुम्याउन इच्छुक छैनन्। समय-समयमा उहाँले आधिपत्य जमाउनुहुन्छ, र समय-समयमा पुनः गुमाउनुहुन्छ, र यसरी यही कार्य उहाँले दोहोर्‍याउनुहुन्छ। त्यही क्षणदेखि उहाँ थाक्न, झर्को मान्न थाल्नुहुन्छ र यसैकारण उहाँले गरिरहनुभएको काम रोक्नुहुन्छ र मानवजातिमाझ हिँड्न छोड्नुहुन्छ…। मानवजाति यी सबै परिवर्तनसँग पूर्ण रूपले अनभिज्ञ छ, सर्वशक्तिमान्‌को आउने र जाने अनि दुःख र उदासीनताको विषयमा अनभिज्ञ छ।

— वचन देहमा देखा पर्नुहुन्छको “सर्वशक्तिमान्‌को सुस्केरा” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५७

परमेश्‍वरको व्यवस्थापन गहन भए तापनि, यो मानिसको बुझाइभन्दा बाहिर छैन। यो यसैले हो किनभने परमेश्‍वरको सबै कार्य मानवजातिलाई मुक्त गर्ने उहाँको व्यवस्थापन र उहाँको कार्यसँग जोडिएको छ, र यो मानवजातिको जीवन, जीवनशैली, र गन्तव्यसँग सम्‍बन्धित छ। मानिसको बीचमा र मानिसमा परमेश्‍वरले गर्ने काम अत्यन्तै व्यवहारिक र अर्थपूर्ण छ भनेर भन्‍न सकिन्छ। यसलाई मानिसले देख्‍न र अनुभव गर्न सक्छ, र यो कुनै अमूर्त कुराभन्दा पर छ। यदि मानिस परमेश्‍वरले गर्नुहुने सबै काम स्वीकार गर्न असमर्थ छ भने, उहाँको कामको महत्त्व के हो? अनि त्यस्तो व्यवस्थापनले कसरी मानिसको मुक्तिमा डोर्याउन सक्छ? परमेश्‍वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्‍नेको मात्रै चिन्ता छ। परमेश्‍वरको कार्य र व्यवस्थापनको बारेमा उल्‍लेख गर्ने बित्तिकै, तिनीहरू चुप बन्छन् र सबै चासो गुमाउँछन्। त्यस्तो सानातिना कुराहरूलाई बुझेर यसले तिनीहरूको जीवन वृद्धि गर्न वा कुनै पनि लाभ प्रदान गर्न सहयोग गर्नेछैन भन्‍ने तिनीहरू ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनको बारेमा सुनेका भए तापनि, तिनीहरूले त्यति ध्यानै दिँदैनन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराको रूपमा देख्दैनन्, यसलाई तिनीहरूको जीवनको भागको रूपमा ग्रहण गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूसँग परमेश्‍वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग प्रत्यक्ष रूपमा संलग्‍न नहुने अरू कुनै पनि कुरा सुन्‍ने झमेला लिन सक्दैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुन सक्दैन—तिनीहरूको विश्‍वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुन सक्दैन। आज परमेश्‍वरलाई विश्‍वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिनीहरूले परमेश्‍वरको निम्ति खर्च पनि गर्छन्, आफैलाई परमेश्‍वरमा समर्पित पनि गर्छन्, र आफ्‍नो कर्तव्य पनि पूरा गर्छन्। तिनीहरूले आफ्‍नो जवानी त्याग्छन्, परिवार र भविष्यलाई त्याग्छन्, र आफैलाई व्यस्त राख्दै धेरै वर्षसम्‍म घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यको लागि, तिनीहरूले आफ्‍नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्‍नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नको लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र आदर्शमय चरित्र हो? के यो अन्त्यसम्‍मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्प हो? के यो इनामको खोजी नगरिकन परमेश्‍वरको लागि गवाही दिने तिनीहरूको विश्‍वास हो? के यो परमेश्‍वरको इच्‍छा हासिल गर्नको लागि सबै कुरा त्याग्‍ने तिनीहरूको इच्‍छाको बफादारीता हो? अथवा के यो लालची व्यक्तिगत मागहरूलाई सँधै त्याग्‍ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्‍वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा आश्‍चर्यकर्म नै हो! अहिलेको लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल गरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले विश्‍लेषण गर्नु अत्यन्तै उचित छ। तिनीहरूसँग अति घनिष्ट रुपले सम्‍बन्धित रहेका लाभहरू बाहेक, परमेश्‍वरलाई कहिल्यै नबुझ्‍ने मानिसहरूले उहाँको लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरूको लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ। यी कुराहरू यस्तो बिन्दु सम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्‍बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्‍न सक्‍ने मानिसहरू कति छन्? मलाई विश्‍वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्‍वरसँगको त्यस्तो सम्‍बन्ध कति लाजमर्दो र कुरूप हुन्छ त्यसको बारेमा कसैले पनि कल्‍पना गर्न सक्दैन।

परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा दुःखलाग्दो कुरा यो हो कि परमेश्‍वरको कामको बीचमा मानिसले आफ्‍नै व्यवस्थापन संचालन गर्छ, तैपनि परमेश्‍वरको व्यवस्थापनमा कुनै ध्यान दिँदैन। मानिसको सबैभन्दा ठूलो असफलता यसैमा छ कि उही समयमा जब मानिसले परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने प्रयास गरिरहेको हुन्छ, उसको आफ्‍नै काल्‍पनिक गन्तव्यको निर्माण गरिरहेको हुन्छ र सबैभन्दा ठूलो आशिष र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने हो त्यसको षड्यन्त्र गरिरहेको हुन्छ। तिनीहरू कति दयनीय, घृणास्पद, र बिचरा छन् भन्‍ने कुरा कसैले बुझे तापनि, कति जनाले आफ्‍ना कल्‍पना र आशाहरूलाई सहजतापूर्वक त्याग्‍न सक्छन्? अनि आफ्‍नै पाइलाहरूलाई रोकेर आफ्‍नै बारेमा मात्रै सोच्‍न छोड्न सक्‍ने को छन्? परमेश्‍वरलाई उहाँको व्यवस्थापन पूरा गर्नको लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँको व्यवस्थापन कार्यको निम्ति आफ्‍नो सम्पूर्ण मन र शरीर अर्पण गरेर उहाँमा समर्पित हुनेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्‍ना हातहरू पसारेर माग्‍ने मानिसहरूको खाँचो छैन, थोरै दिएर इनामको प्रतीक्षा गर्नेहरूको कुरा त परै जाओस्। थोरै योगदान दिएर आफ्‍ना हात बाँधेर बस्‍नेहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यलाई घृणा गर्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने चीसो-रगत भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। मानवजातिलाई मुक्त गर्ने क्रममा उहाँले गर्नुहुने कामले प्रस्तुत गर्ने अवसरको फाइदा लिनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। त्यो यसैले हो कि किनभने यी मानिसहरूले आफ्‍नो व्यवस्थापन कार्यद्वारा परमेश्‍वरले के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। परमेश्‍वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नको लागि कसरी प्रयोग गर्न सकिन्छ त्यसप्रति मात्रै तिनीहरूलाई चासो छ। तिनीहरू आफ्‍नै अपेक्षाहरू र गन्तव्यद्वारा पूर्ण रूपमा तल्‍लीन भएका हुनाले, तिनीहरूले परमेश्‍वरको हृदयको बारेमा वास्ता गर्दैनन्। परमेश्‍वरको व्यवस्थापनको कामलाई घृणा गर्ने अनि परमेश्‍वरले मानवजातिलाई कसरी मुक्त गर्नुहुन्छ त्यस कुरामा र उहाँको इच्‍छाको बारेमा अलिकति पनि चासो नदिनेहरूले परमेश्‍वरको व्यवस्थापनको कार्यबाट अलग रहेर तिनीहरूलाई प्रसन्‍न पार्ने कुराहरू मात्रै गर्छन्। तिनीहरूको आचरणलाई न त परमेश्‍वरले स्मरण गर्नुहुन्छ न त स्वीकार नै—परमेश्‍वरले यसलाई निगाहको साथ हेर्ने कुरा त परै जाओस्।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५८

धेरै चाँडो, मेरो काम सकिनेछ र धेरै वर्षहरूको साथ एउटा असहनीय सम्झना बनेको छ। मैले अविच्छिन्‍न रूपमा मेरा वचनहरू दोहोर्‍याएको छु र मेरो नयाँ कामलाई निरन्तर रूपमा फैलाएको छु। अवश्य नै, मेरो सल्लाह मैले गर्ने कामको हरेक अंशको निम्ति आवश्यक तत्व हो। मेरो परामर्शविना तिमीहरू सबै बरालिनेछौ र तिमीहरूले आफैलाई पूर्ण रूपले हराएको समेत पाउनेछौ। अब मेरो काम सकिन लागेको छ र यसको अन्तिम चरणमा छ। म अझ पनि परामर्श दिने काम अर्थात् तिमीहरूले सुन भनेर सल्लाहका वचनहरू प्रदान गर्न चाहन्छु। मैले भोगेका कष्टहरूलाई तिमीहरूले खेर जान दिँदैनौ र त्योभन्दा बढी, मैले लिएको विचारशील वास्तालाई तिमीहरूले बुझ्‍न सक्छौ र तिमीहरूले मेरा वचनहरूलाई मानवजातिको रूपमा गर्नुपर्ने व्यवहारको जगको रूपमा लिन्छौ भन्‍ने मात्रै म आशा गर्छु। ती तिमीहरूले सुन्‍न इच्छा गरेका वचनहरू भए पनि नभए पनि, ती तिमीहरूले आनन्दसाथ स्वीकार गर्ने भए पनि नगर्ने भए पनि, वा तिमीहरूले तिनलाई असजिलो मानेर मात्रै स्वीकार गर्न सके पनि, तिमीहरूले तिनीहरूलाई गम्भीर रूपमा लिनैपर्छ। अन्यथा, तिमीहरूको सतही र बेपर्बाह स्वभाव र आचरणहरूले मलाई गम्भीर रूपमा दुःखी बनाउने र अवश्य नै, ममा घृणा पैदा गर्नेछ। तिमीहरू सबैले मेरा वचनहरू घरीघरी—हजारौँ पटक—पढ्न सक्छौ र तिनलाई हृदयबाटै जान्‍न पुग्‍नेछौ भन्‍ने मलाई धेरै आशा छ। यसरी मात्र मैले तिमीहरूमाथि राखेका अपेक्षाहरूमा तिमीहरू असफल हुन सक्‍नेछैनौ। तथापि, अहिले तिमीहरूमध्ये कोही पनि यसरी जिएका छैनौ। यसको विपरीत, तिमीहरू सबै लम्पटताको जीवनमा, तिमीहरूका हृदय खुसी हुनेगरि खाने र पिउने कुरामा डुबेका छौ र तिमीहरूमध्ये कसैले पनि मेरा वचनहरूलाई तिमीहरूका हृदय र आत्मालाई समृद्ध गराउनको निम्ति प्रयोग गर्दैनौ। यस कारणले गर्दा, मानवजातिको साँचो चेहराको बारेमा म एउटा निष्कर्षमा पुगेको छु: मानिसले मलाई जुनै समयमा विश्‍वासघात गर्न सक्छ र कोही पनि मेरा वचनहरूप्रति पूर्ण रूपमा विश्‍वासयोग्‍य हुन सक्दैन।

“शैतानले मानिसलाई यति भ्रष्ट पारेको छ कि ऊसँग अब उप्रान्त मानिसको स्वरूप नै छैन।” बहुसङ्ख्यक मानिसहरू अहिले यस वाक्यांशलाई केही हदसम्म पहिचान गर्छन्। मैले यसो भनिरहेको छु, किनकि मैले उल्‍लेख गरेको “पहिचान” साँचो ज्ञान नभई सतही स्वीकार मात्र हो। तिमीहरूमध्ये कसैले पनि आफ्नो सही मूल्याङ्कन गर्न सक्दैनौ न त आफैलाई पूर्ण विश्‍लेषण नै गर्न सक्छौ, त्यसकारण तिमीहरू मेरा वचनप्रति अस्पष्ट नै छौ। तर यस पटक, म तिमीहरूभित्र अस्तित्वमा रहेको सबैभन्दा गम्भीर समस्याको वर्णन गर्न तथ्यहरूको प्रयोग गरिरहेको छु। त्यो समस्या विश्‍वासघात हो। तिमीहरू सबै “विश्‍वासघात” भन्‍ने शब्दसँग परिचित छौ, किनकि धेरैजसो मानिसहरूले अर्को व्यक्तिलाई विश्‍वासघात गर्ने केही गरेका हुन्छन्, उदाहरणको लागि श्रीमानले श्रीमतीप्रति गर्ने विश्‍वासघात, श्रीमतीले आफ्नो श्रीमानप्रति गर्ने विश्‍वासघात, छोराले आफ्नो बुबाप्रति गर्ने विश्‍वासघात, छोरीले आफ्नी आमाप्रति गर्ने विश्‍वासघात, नोकरले आफ्नो मालिकप्रति गर्ने विश्‍वासघात, मित्रहरूले एक-अर्काप्रति गर्ने विश्‍वासघात, नातेदारहरूले एक-अर्काप्रति गर्ने विश्‍वासघात, विक्रेताहरूले क्रेताहरूप्रति गर्ने विश्‍वासघात इत्यादि। यी सबै उदाहरणहरूमा विश्‍वासघातको सार सम्मिलित छन्। छोटकरीमा, विश्‍वासघात यस्तो व्यवहार हो जसले मानवताको हराएको कुरालाई प्रदर्शन गर्दै प्रतिज्ञा तोड्छ, नैतिक सिद्धान्तहरूको उल्लङ्‍घन गर्छ वा मानव नैतिकताको विरुद्धमा काम गर्छ। सामान्य रूपमा भन्‍दा, यस संसारमा जन्म लिएको एक मानवजातिको रूपमा तैँले सत्यलाई धोका दिने केही कुरा गरेको हुनेछस्, तैँले अर्को व्यक्तिलाई धोका दिने केही कुरा गरेको तैँले सम्झे तापनि वा तैँले यस अघि धेरै पटक अरूप्रति विश्‍वासघात गरेको भए तापनि केही फरक पर्दैन। तैँले आफ्ना अभिभावकहरू वा मित्रहरूप्रति विश्‍वासघात गर्न सक्‍ने भएको कारण, तँ अरूप्रति पनि विश्‍वासघात गर्न सक्षम छस्, र यसका अलाबा तँ मलाई विश्‍वासघात गर्न र मैले घृणा गर्ने कुराहरू गर्न सक्षम छस्। अर्को शब्दमा, विश्‍वासघात सतही नैतिक व्यवहार मात्र होइन, तर सत्यसँग बाझिने कुरा हो। यथार्थमा यही नै मानवजातिको मप्रतिको प्रतिरोध र अनाज्ञाकारिताको स्रोत हो। यसैले देहायको अभिव्यक्तिमा मैले यसको सारांश दिएको छु: विश्‍वासघात गर्नु मानिसको स्वभाव हो र मसँगको हरेक व्यक्तिको मिलापको निम्ति यो स्वभाव सबैभन्दा ठूलो शत्रु हो।

— वचन देहमा देखा पर्नुहुन्छको “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३५९

पूर्ण रूपमा मेरो आज्ञापालन गर्न नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छलकपट गर्ने र मलाई छल गर्नको निम्ति झूट बोल्‍नु विश्‍वासघात हो। विभिन्‍न धारणाहरू राखेर तिनलाई जहाँसुकै फैलाउनु पनि विश्‍वासघात नै हो। मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्‍वासघात हो। यी सबै विश्‍वासघातका कामहरू हुन् जसको निम्ति तिमीहरू सधैँ सक्षम छौ र ती तिमीहरूका बीचमा सामान्य रूपमा रहेका छन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याको रूपमा सोचेका थिएनौ होला तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्‍वासघातलाई म महत्त्वहीन विषयको रूपमा व्यवहार गर्दिनँ र म निश्‍चय नै यसलाई बेवास्ता गर्न सक्दिनँ। अहिले, मैले तिमीहरूको माझमा काम गर्दा त तिमीहरूले यस्तो व्यवहार गर्छौ—तिमीहरूको निरीक्षण गर्ने कोही नहुने दिन आउँदा, के तिमीहरू आफैलाई राजा घोषणा गर्ने डाँकाहरूजस्तै हुने छैनौ र? जब त्यस्तो हुन्छ र तिमीहरूले घोर विपद् सृजना गर्छौ, तिमीहरू पछि सफा गर्ने को हुनेछ र? विश्‍वासघातका केही कार्यहरू बेलाबेला हुने घटनाहरू मात्र हुन्, तिमीहरूका दोहोरिरहने व्यवहार होइनन् भन्‍ने तिमीहरू सोच्छौ र तिमीहरूका घमण्डहरूलाई घायल बनाउने गरी यसरी गम्भीर रूपमा छलफल गर्नुपर्ने कुरा होइन भन्‍ने ठान्छौ। यदि तिमीहरूले साँच्चै यस्तो सोच्छौ भने तिमीहरूमा होसको अभाव छ। यस्तो सोच्‍नु विद्रोहको नमुना र आदर्श बन्‍नु हो। मानिसको प्रकृति नै उसको जीवन हो; यो ऊ जिउनको निम्ति भर पर्ने सिद्धान्त हो र उसले यसलाई बदल्न सक्दैन। विश्‍वासघातको प्रकृति पनि यस्तै हुन्छ—यदि तैँले कुनै एक नातेदार वा मित्रलाई विश्‍वासघात गरिस् भने त्यसले त्यो तेरो जीवनको भाग हो र तँ जन्मदा साथमा आएको प्रकृति हो भन्‍ने प्रमाणित गर्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। उदाहरणको लागि, यदि कुनै व्यक्तिले अरूबाट चोर्दा आनन्द लिन्छ भने, यो “चोरीको आनन्द” तिनीहरूको जीवनको भाग हो, चाहे तिनीहरूले कहिलेकहीँ चोर्ने र कहिलेकहीँ नचोर्ने नै गरून्। तिनीहरूले चोरी गरे पनि नगरे पनि, तिनीहरूको चोरी काम एक प्रकारको व्यवहार मात्रै हो भन्‍ने यसले प्रमाणित गर्दैन। बरु, चोरी गर्नु तिनीहरूको जीवनको एक भाग हो अर्थात् तिनीहरूको प्रकृति नै हो भन्‍ने यसले प्रमाणित गर्छ। केहीले सोध्‍नेछन्: यो तिनीहरूको प्रकृति हो भने कहिलेकाहीँ तिनीहरूले राम्रा कुराहरू देखे तापनि किन तिनीहरूले ती कुराहरू चोर्दैनन्? जवाफ एकदमै साधारण छ। तिनीहरूले नचोर्नुका धेरै कारणहरू छन्। तिनीहरूले केही कुरा चोर्दैनन् किनकि त्यो एकदमै ठूलो भएको हुनाले सतर्क आँखाहरूका अगाडि चोर्न कठिन हुन्छ वा त्यो कार्य गर्नको निम्ति उचित समय हुँदैन वा केही कुरा अत्यन्तै महँगो भएको कारण त्यसलाई धेरै कडा पहरा दिइएको हुन्छ वा सायद तिनीहरूलाई त्यस कुराप्रति कुनै चासो हुँदैन वा तिनीहरूको निम्ति त्यसको के प्रयोग हुन्छ भन्‍ने कुरा देख्दैनन् इत्यादि। यी सबै कारणहरू सम्भव छन्। तर जेसुकै भए तापनि तिनीहरूले केही कुरा चोरुन् वा निचोरुन्, यो विचार क्षणभरको गुज्रेर जाने कुराको रूपमा अस्तित्वमा छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्न सक्दैन। यसको विपरीत यो तिनीहरूको स्वभावको यस्तो भाग हो जसलाई परिवर्तन गरेर असल बनाउन कठिन हुन्छ। यस्तो व्यक्ति एक पटक चोरेर मात्र सन्तुष्ट हुँदैन; जब-जब कुनै राम्रो, वा उचित अवस्था आइपर्छ तब-तब तिनीहरूमा अर्काको धनसम्पत्तिलाई आफ्नै सम्पत्तिको रूपमा दाबी गर्ने यस्तो विचार उत्पन्‍न हुन्छ। यसैले म भन्छु, यस्तो विचारको उत्पत्ति कहिलेकाहीँ सामान्य रूपमा आउने कुरा होइन, तर यो उक्त व्यक्तिको आफ्नै प्रकृतिमा हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६०

जोसुकैले पनि तिनीहरूको वास्तविक चेहराको प्रतिनिधित्व गर्नको निम्ति आफ्ना शब्द र कार्यहरूको प्रयोग गर्न सक्छन्। यो वास्तविक चेहरा नै तिनीहरूको प्रकृति हो। यदि तँ कुटिल तरिकाले बोल्छस् भने तेरो प्रकृति कुटिल नै हुन्छ। यदि तेरो स्वभाव धूर्त छ भने तँ धूर्त तरिकाले नै कार्य गर्छस् र तैँले अरूलाई अत्यन्तै सहज रूपमा छल गर्छस्। यदि तेरो प्रकृति दुष्ट छ भने तेरा शब्दहरू सुन्‍नलाई मनोहर होलान्, तर तेरा कार्यहरूले तेरा दुष्ट चालबाजीहरूलाई लुकाउन सक्दैनन्। यदि तेरो प्रकृति नै अल्छे छ भने तैँले भन्‍ने सबै कुराहरूको अर्थ तेरो लापरवाही र अल्छे पनको निम्ति तेरो जिम्मेवारीलाई टार्नको लागि हुन्छ र तेरा कार्यहरू ढीला र आलटाले प्रवृत्तिका हुन्छन् अनि सत्यता लुकाउन निपुण हुन्छन्। यदि तेरो स्वभाव सबल छ भने तेरा शब्दहरू तर्कसंगत हुनेछन् र तेरा कार्यहरू पनि सत्यतासँग मेल खानेछन्। यदि तेरो प्रकृति निष्ठावान छ भने तेरा शब्दहरू निश्‍चय नै इमानदार हुन्छन् र तेरो कार्यशैली न्यायसंगत हुन्छ, तेरा मालिकलाई अप्ठ्यारो पार्ने किसिमका कुनै पनि कुराहरूबाट मुक्त हुन्छ। यदि तेरो प्रकृति अभिलाषापूर्ण वा पैसाको लोभ गर्ने छ भने अक्सर तेरो हृदय यी कुराहरूले भरिएको हुन्छ र तैँले अनजानमा पथभ्रष्ट र अनैतिक काम गर्छस् जसलाई मानिसहरूले सजिलै बिर्षनेछैनन् र त्यसलाई मानिसहरूले घृणा गर्नेछन्। मैले भने जसरी नै यदि तँसँग विश्‍वासघातको प्रकृति छ भने, तैँले सायद आफैलाई यसबाट मुक्त पार्न सक्नेछैनस्। तैँले कसैको हानी गरेको छैनस् त्यसैले तँसँग विश्‍वासघातको प्रकृति छैन भनेर आफैलाई भाग्यमानी नठान्। यदि तेरो सोच त्यो हो भने, साँच्चै नै, तैँले विद्रोह गर्दैछस्। मैले हरेक पटक बोलेका मेरा सबै वचनहरू कुनै एक व्यक्ति वा एक प्रकारको व्यक्तिप्रति मात्र होइन, सबै मानिसहरूप्रति लक्षित छन्। तैँले मलाई कुनै एउटा कुरामा विश्‍वासघात गरेको छैनस् भन्दैमा त्यसले तैँले अर्को कुरामा मलाई विश्‍वासघात गर्दैनस् भन्‍ने कुरा प्रमाणित गर्दैन। सत्यताको खोजी गर्दा, केही मानिसहरूले आफ्ना विवाहमा अवरोध खडा हुँदाको अवधिमा आफ्नो हिम्मत गुमाउँछन्। परिवार बिग्रँदा केही मानिसहरूले मप्रति वफादार हुनुपर्ने तिनीहरूको दायित्वलाई त्याग्छन्। केही मानिसहरूले क्षणभरको आनन्द र उत्तेजनाको खोजी गर्नको निम्ति मलाई त्याग्छन्। केही मानिसहरू ज्योतिमा बस्‍न र पवित्र आत्माको कामको आनन्द प्राप्त गर्नुको साटो अँध्यारो खाडलमा खस्‍न चाहन्छन्। केही मानिसहरूले सम्पत्तिप्रतिको आफ्नो अभिलाषालाई सन्तुष्ट पार्ने नाउँमा आफ्ना मित्रहरूको सल्लाहलाई बेवास्ता गर्छन् र अहिले पनि आफ्ना गल्तीहरूलाई स्वीकार गर्न र आफ्नो मार्ग परिवर्तन गर्न सक्दैनन्। केही मानिसहरू मेरो सुरक्षा प्राप्त गर्नको निम्ति अस्थायी रूपमा मात्र मेरो नामको अधीनमा बस्छन् भने अरू बाध्यताका कारण थोरै मात्र मप्रति समर्पित हुन्छन् किनकि तिनीहरू जीवनमा टाँसिन्छन् र मृत्युसँग डराउँछन्। के यी र अन्य अनैतिक र, यति मात्र होइन, अशोभनीय कार्यहरू लामो समयदेखि तिनीहरूको हृदयको गहिराइबाट मलाई विश्‍वासघात गर्ने मानिसहरूका व्यवहारहरू होइनन्? अवश्य, मानिसहरूले मलाई विश्‍वासघात गर्ने अग्रिम योजना बनाउँदैनन्; तिनीहरूको विश्‍वासघात तिनीहरूको प्रकृतिको प्राकृतिक प्रकाश हो। कसैले पनि मलाई विश्‍वासघात गर्न चाहँदैन र मेरो विश्‍वासघात गर्ने केही कुरा गरेका कारण कोही पनि खुशी हुँदैनन्। यसको विपरीत, तिनीहरू भयले काँपिरहेका हुन्छन्, हुँदैनन् र? यसैले, के तिमीहरू यी विश्‍वासघातहरूबाट कसरी छुटकारा पाउने र वर्तमान परिस्थितिलाई कसरी परिवर्तन गर्ने भनेर सोचिरहेका छौ?

— वचन देहमा देखा पर्नुहुन्छको “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६१

मानिसको स्वभाव मेरो सारभन्दा धेरै फरक छ, किनकि मानिसको स्वभाव पूर्णतया शैतानबाट उत्पन्‍न हुन्छ; मानिसको स्वभाव शैतानद्वारा चलाइएको र भ्रष्ट पारिको छ। यसर्थ, मानिस त्यसको दुष्टता र कुरूपताको प्रभावमा जिउँछ। मानिस सत्यताको संसारमा वा पवित्र वातावरणमा हुर्कँदैन, मानिस ज्योतिमा जिउने कुरा त परै जाओस्। यसैले, जन्मेदेखि नै स्वभावमा सत्यता हुनु कसैको निम्ति पनि सम्भव छैन, परमेश्‍वरको भय र आज्ञापालन गर्ने सारको साथमा कोही जन्‍मन सक्‍ने कुरा त गर्दै-नगरौं। यसको विपरीत, मानिसहरूमा परमेश्‍वरको विरोध गर्ने, अवज्ञा गर्ने र सत्यतालाई प्रेम नगर्ने प्रकृति छ। मैले छलफल गर्न चाहेको समस्या यही प्रकृति—विश्‍वासघात—नै हो। हरेक व्यक्तिले परमेश्‍वरको विरोध गर्ने कार्यको स्रोत विश्‍वासघात नै हो। यो मानिसमा मात्रै अस्तित्वमा रहने समस्या हो, ममा होइन। केही ले सोध्‍नेछन्: सबै मानिसहरू ख्रीष्ट जस्तै संसारमा बसोबास गर्छन् भने किन सबै मानिसहरूमा परमेश्‍वरलाई विश्‍वासघात गर्ने प्रकृति छ, तैपनि ख्रीष्टमा यो छैन? तिमीहरूका निम्ति स्पष्ट रूपमा व्याख्या गरिनुपर्ने समस्या यही हो।

मानवजातिको अस्तित्वको आधार आत्माको दोहोरिने देहधारण हो। अर्को शब्दमा, हरेक व्यक्तिले आत्माको देहधारण भएपछि देहमा मानव जीवन प्राप्त गर्छ। कुनै व्यक्तिको शरीर जन्मिएपछि देह आफ्नो सीमासम्म नपुगुञ्‍जेल त्यसको जीवनले निरन्तरता दिन्छ, जुन अन्तिम क्षण हो, जब आत्माले आफ्नो आवरण त्याग्छ। कुनै व्यक्तिको आत्मा लगातार आउने र जाने यो प्रक्रिया बारम्बार दोहोरिन्छ र यसरी नै मानवजातिको अस्तित्व कायम हुन्छ। देहको जीवन मानिसको आत्माको जीवन पनि हो र मानिसको आत्माले मानिसको देहको अस्तित्वलाई समर्थन गर्छ। यसको अर्थ हो, हरेक व्यक्तिको जीवन तिनीहरूको आत्माबाट आउँछ र जीवन देहमा अन्तर्निहित हुँदैन। यसैले, मानिसको स्वभाव देहबाट नभई आत्माबाट आउँछ। हरेक व्यक्तिको आत्मालाई मात्रै तिनीहरूले कसरी शैतानका परीक्षा, कष्टहरू र भ्रष्टताको अनुभव गरेका छन् भन्‍ने कुरा थाहा हुन्छ। यी कुराहरू मानिसको देहको निम्ति अज्ञात छन्। यसैले, मानवजाति अनजानमा अझै अँध्यारो, अझै घिनलाग्दो र अझै बढी दुष्ट बन्छ, मानिस र मबीचको दूरी निरन्तर बढ्दै जान्छ र मानवजातिको निम्ति जीवन निरन्तर अँध्यारो बन्छ। शैतानले मानवजातिका आत्माहरूलाई आफ्नो पकडमा राख्छ, यसैले निश्‍चय नै मानिसको देहलाई पनि शैतानले ओगटेको छ। यस्तो देह र यस्तो मानवजातिले कसरी परमेश्‍वरको विरोध नगरोस्? तिनीहरू कसरी उहाँसँग अन्तर्निहित रूपले मिल्‍न सक्छन् र? मैले शैतानलाई मध्य आकाशमा फ्याँक्‍नुको कारण त्यसले मलाई विश्‍वासघात गरेकोले नै हो। त्यसो भए मानव कसरी तिनीहरूका संलग्‍नतादेखि स्वतन्त्र हुन सक्छन्? त्यसैले विश्‍वासघात मानव प्रकृति हो। मलाई भरोसा छ यस तर्कलाई बुझेपछि तिमीहरूले ख्रीष्टको सारमा पनि विश्‍वास गरेको हुनुपर्छ। परमेश्‍वरको आत्माले पहिरनुभएको देह परमेश्‍वरको आफ्नै देह हो। परमेश्‍वरको आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले मानवजातिको निम्ति धर्मी, हितकारी, पवित्र, महिमित र शक्तिशाली काम मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्‍घन गर्ने, नैतिकता र न्यायको उल्लङ्‍घन गर्ने केही पनि गर्न सक्‍नुहुन्‍न, परमेश्‍वरको आत्मालाई विश्‍वासघात कुरा त परै जाओस्। परमेश्‍वरको आत्मा पवित्र हुनुहुन्छ र उहाँको देहलाई शैतानले भ्रष्ट पार्न सक्दैन; उहाँको देहको सार मानिसको देहभन्दा फरक छ। किनकि शैतानले मानिसलाई भ्रष्ट पारेको हो, परमेश्‍वरलाई होइन; शैतानले परमेश्‍वरको देहलाई कदापि भ्रष्ट पार्न सकेन। यसैले मानिस र ख्रीष्ट एउटै स्थानमा बास गर्नुहुने भए तापनि मानिसलाई मात्र शैतानले वश राख्छ, प्रयोग गर्छ र पासो पारेको छ। यसको विपरीत, ख्रीष्ट अनन्तदेखि शैतानको भ्रष्टतादेखि अभेद्य हुनुहुन्छ, किनकि शैतान कहिले पनि उच्च स्थानमा उक्लन सक्षम हुनेछैन र कहिले पनि परमेश्‍वरको नजिक जान सक्नेछैन। आज तिमीहरू सबैले बुझ्‍नुपर्छ कि मलाई विश्‍वासघात गर्ने मानवजातिलाई मात्र शैतानले भ्रष्ट पारेको छ। विश्‍वासघातको कुरा ख्रीष्टमा कुनै पनि हालतमा लागू हुँदैन।

— वचन देहमा देखा पर्नुहुन्छको “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६२

शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका राज्यक्षेत्रमा गुलाम पारिएका छन्। ख्रीष्टमा विश्‍वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको शिविरबाट बचाइएका र आजको राज्यमा ल्याइएका छन्। यी मानिसहरू अब उप्रान्त शैतानको प्रभावमा बस्‍दैनन्। यति हुँदाहुँदै पनि, मानिसको प्रकृतिले अझ पनि मानिसको देहमा नै जरा गाडेको छ, यसको अर्थ तिमीहरूका आत्मा बचाइएको भए तापनि तिमीहरूको स्वभाव अझ पनि पहिलेको जस्तै छ र तिमीहरूले मलाई विश्‍वासघात गर्ने शत प्रतिशत सम्भावना छ। यसैले मेरो काम लामो समयसम्म रहन्छ किनकि तिमीहरूको प्रकृति जिद्दी छ। अहिले तिमीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा तिमीहरूको क्षमताले भ्याएसम्मको कठिनाइहरू भएर गइरहेका छौ, तैपनि तिमीहरू हरेक मलाई विश्‍वासघात गर्न र शैतानको राज्यक्षेत्रमा, उसको शिविरमा, तिमीहरूका पुराना जीवनमा फर्कन सक्षम छौ—यो निर्विवाद तथ्य हो। त्यस बेला, तिमीहरूले अहिले गरेजस्तै मानवताको भाग वा मानवको जस्तै स्वरूपलाई प्रस्तुत गर्न तिमीहरूको निम्ति सम्भव हुनेछैन। गम्भीर अवस्थाहरूमा, तिमीहरू नष्ट पारिनेछौ र योभन्दा बढी कहिले पनि देहधारण गर्न नपाउने गरी अनन्तको निम्ति नष्ट पारिनेछौ, हदैसम्मको दण्ड पाउनेछौ। तिमीहरूका अगाडि रहेको समस्या यही हो। म तिमीहरूलाई यस तरिकाले सम्झाउँदै छु, ताकि, पहिलो कुरा, मेरो काम व्यर्थमा नजाओस् र दोस्रो कुरा, ताकि तिमीहरू सबै ज्योतिको दिनहरूमा जिउन सक। वास्तवमा, मेरो काम व्यर्थमा छ कि छैन भन्‍ने कुरा सबैभन्दा महत्त्वपूर्ण समस्या होइन। तिमीहरूले सुखी जीवन र अद्भुत भविष्य प्राप्त गर्न सक्षम हुनुचाहिँ महत्त्वपूर्ण छ। मानिसहरूको आत्मा बचाउनु मेरो काम हो। यदि तेरो आत्मा शैतानको हातमा पर्‍यो भने तेरो शरीर शान्तिमा जिउनेछैन। यदि मैले तेरो शरीरको रक्षा गरिरहेको छु भने तेरो आत्मा पनि अवश्य नै मेरो हेरचाहमा रहनेछ। यदि मैले तँलाई साँच्चै घृणा गर्छु भने तेरो शरीर र आत्मा एकै चोटि शैतानको हातमा पर्नेछन्। त्यस बेलाको तेरो अवस्थाको कल्पना गर्न सक्छस्? यदि एक दिन तिमीहरूमा मेरा वचनहरू हराए भने, कि त म तिमीहरूलाई शैतानको हातमा सुम्पिदिनेछु, जसले तिमीहरूलाई मेरो रिस पूर्ण रूपमा गायब नहुञ्‍जेलसम्म कष्टदायी यातनामा पार्नेछ, कि त तिमीहरू छुटकारा दिन नसकिने मानवहरूलाई म आफै दण्ड दिनेछु किनकि मलाई विश्‍वासघात गर्ने तिमीहरूका हृदय कहिले पनि परिवर्तन हुनेछैनन्।

— वचन देहमा देखा पर्नुहुन्छको “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६३

तिमीहरूभित्र मप्रतिको विश्‍वासघात कति रहेको छ भन्‍ने कुरा हेर्नको निम्ति अब तिमीहरू सबैले सकेसम्म छिटो आफैभित्र हेर्नुपर्छ। म अधीर भएर तिमीहरूको जबाफको प्रतीक्षा गरिरहेको छु। मसँग लापरवाही भएर व्यवहार नगर। म मानिसहरूसँग कहिल्यै खेलबाड गर्दिनँ। म केही गर्नेछु भनेर म भन्छु भने म त्यो निश्‍चय नै गर्नेछु। म आशा गर्छु तिमीहरू हरेकले मेरा वचनहरू गम्भीरता पूर्वक लिनेछौ र तिनीहरूलाई विज्ञान उपन्यासको रूपमा सोच्‍नेछैनौ। म तिमीहरूबाट ठोस कार्य भएको चाहन्छु, तिमीहरूका कल्पनाहरू होइन। अब, तिमीहरूले मेरा देहायबमोजिमका प्रश्‍नहरूको जवाफ दिनुपर्छ: १. यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने के तैँले लापरवाही वा नकारात्मकताको कुनै तत्त्वविना निष्ठावान् भएर मेरो सेवा गर्न सक्छस्? २. मैले तेरो कहिले पनि सराहना नगरेको कुरा यदि तैँले पत्ता लगाइस् भने के तैँले अझ पनि अडिग भएर आजीवन मलाई सेवा पुर्‍याउनेछस्? ३. तैँले धेरै प्रयत्‍नहरू गर्दागर्दै पनि यदि म अझ तँप्रति उदासीन नै छु भने, के तैँले यस अस्पष्टताका बीच मेरो निम्ति निरन्तर काम गरिरहन सक्‍नेछस्? ४. तैँले मेरो लागि खर्च गरेपछि यदि मैले तेरा स-साना मागहरू पूरा गरिनँ भने, के तँ मसँग निरुत्साहित र निराश हुनेछस् वा अझ क्रोधित भएर गाली गर्नेछस्? ५. यदि तँ मप्रति सधैँ निष्ठावान् रहिआएको छस्, तथापि तैँले बिरामी, गरिबी र तेरा मित्र तथा आफन्तहरूबाट त्यागिएको पीडाको कष्ट भोग्छस् वा तैँले जीवनमा अन्य दुर्गतिहरू सहिस् भने, के मप्रतिको तेरो निष्ठा र प्रेम अझ पनि निरन्तर रहनेछ? ६. यदि मैले गरेको कुरा तैँले तेरो हृदयमा कल्पना गरेका कुरासँग मेल खाएन भने, तेरो भावी मार्गमा तँ कसरी हिँड्नेछस्? ७. यदि तैँले प्राप्त गर्ने आशा गरेका थोकहरू प्राप्त गरिनस् भने के तँ निरन्तर रूपमा मेरो अनुयायी हुन सक्छस्? ८. यदि तैँले मेरो कार्यको उद्देश्य र महत्त्वलाई कहिले पनि बुझेको छैनस् भने, के तँ मनोमानी तवरले निर्णयहरू नगर्ने र निष्कर्षहरू ननिकाल्ने आज्ञाकारी व्यक्ति बन्‍न सक्छस्? ९. के तैँले मैले भनेका सबै वचनहरू र मानवजातिसँग रहँदा मैले गरेका सबै कामलाई कदर गर्न सक्छस्। १०. के तँ तैँले केही प्राप्त नगरे तापनि मेरो निम्ति आजीवन पिडा सहन राजी भई मेरो वफादार अनुयायी बन्‍न सक्छस्? ११. के तैँले तेरो भावी अस्तित्वको मार्गको लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्‍न सक्छस्? यी प्रश्‍नहरूले तिमीहरूको निम्ति मेरा अन्तिम आवश्यकताहरूलाई प्रतिनिधित्व गर्छन् र तिमीहरू सबैले मलाई जवाफ दिन सक्नेछौ भन्‍ने मेरो आशा छ। यदि तँलाई सोधिएका एक वा दुई प्रश्‍नहरूलाई तैँले पूरा गरेको छस् भने तैँले प्रयास जारी राख्‍नुपर्छ। यदि तैँले यी आवश्यकताहरूमध्ये एउटैलाई पनि पूरा गरेको छैनस् भने तँ निश्‍चय नै नरकमा फालिने किसिमको व्यक्ति होस्। यस्ता मानिसहरूलाई मैले केही भन्‍ने आवश्यकता छैन, किनकि तिनीहरू निश्‍चय नै मसँग मिल्‍ने मानिसहरू होइनन्। कुनै पनि परिस्थितिहरूमा मलाई विश्‍वासघात गर्नेलाई म कसरी मेरो घरमा राख्‍न सकुँला र? धेरैजसो परिस्थितिहरूमा मलाई धोका दिनेहरूको हकमा, अन्य बन्दोबस्तहरू गर्नु अगाडि म तिनीहरूको कामको अवलोकन गर्नेछु। यद्यपि, मलाई जुनसुकै परिस्थितिहरूमा विश्‍वासघात गर्न सक्‍ने सबैलाई म कहिले पनि बिर्सनेछैनँ; मेरो हृदयमा म तिनीहरूलाई सम्झनेछु र तिनीहरूका दुष्ट कामहरूको बदला लिने मौका पर्खनेछु। मैले उठाएका आवश्यकताहरू तिमीहरूले आफैमा जाँच गर्नुपर्ने समस्याहरू हुन्। मलाई आशा छ तिमीहरू सबैले तिनीहरूलाई गम्भीरता पूर्वक लिन सक्छौ र मसँग लापरवाही तरिकाले व्यवहार गर्दैनौ। निकट भविष्यमा, म मेरा आवश्यकताहरू विरुद्ध तिमीहरूले दिएका जबाफहरूको जाँच गर्नेछु। त्यस बेलासम्म, म तिमीहरूबाट ज्यादा केही माग गर्नेछैनँ र तिमीहरूलाई थप गम्भीर चेतावनी दिनेछैनँ। बरु, म मेरो अधिकारको प्रयोग गर्नेछु। सुरक्षित राखिनुपर्नेहरू सुरक्षित राखिनेछन्, इनाम दिइनुपर्नेहरूलाई इनाम दिइनेछ, शैतानकहाँ सुम्पिइनुपर्नेहरूलाई शैतानकहाँ सुम्पिइनेछ, कठोर दण्ड दिइनुपर्नेहरूलाई कठोर दण्ड दिइनेछ र नष्ट गरिनुपर्नेहरूलाई नष्ट गरिनेछ। यसैले मेरा दिनहरूमा मलाई विचलित पर्नेहरू कोही पनि हुनेछैनन्। के तँ मेरा वचनहरूमा विश्‍वास गर्छस्? के तँ प्रतिशोधमा विश्‍वास गर्छस्? मलाई ठग्‍नेहरू र मलाई विश्‍वासघात गर्नेहरूलाई म दण्ड दिने छु भन्‍ने कुरामा तँ विश्‍वास गर्छस्? त्यो दिन चाँडो आओस् भन्‍ने आशा गर्छस् कि ढिलो आओस् भन्‍ने आशा गर्छस्? तँ दण्डदेखि आतङ्कित हुनेमा पर्छस् कि दण्ड सहनै पर्ने भए तापनि मेरो विरोध गर्नेहरूमा पर्छस्? जब त्यो दिन आउँछ, तँ हर्ष र हाँसोमा बस्‍नेछस् कि तँ रुने वा दाह्रा किट्नेछस् के तँ त्यो कुराको कल्पना गर्न सक्छस्? तेरो अन्त्य कस्तो हुनेछ भन्‍ने तैँले आशा गरेको छस्? तैँले ममाथि सय प्रतिशत विश्‍वास गर्छस् कि सय प्रतिशत शङ्का गर्छस् भन्‍ने कुरालाई तैँले कहिल्यै गम्भीर भएर विचार गरेको छस्? तेरा कार्य र व्यवहारहरूले तँमाथि कस्ता परिणाम र प्रतिफलहरू ल्याउनेछन् भनेर के तैँले कहिल्यै ध्यान दिएर विचार गरेको छस्? के तँ मेरा वचनहरू पूरा हुनेछन् भन्‍ने साँच्चै आशा गर्छस् कि मेरा वचनहरू पूरा हुनेछन् भनेर आतङ्कित हुन्छस्? यदि मेरा वचनहरू पूरा गर्नलाई म चाँडै नै जानेछु भन्‍ने तँ आशा गर्छस् भने तेरा आफ्नै शब्दहरू र कार्यहरूलाई तैँले कसरी लिनुपर्छ? यदि तँ मेरो प्रस्थानको आशा गर्दैनस् र मेरा सबै वचनहरू तत्कालै पूरा हुनेछन् आशा गर्दैनस् भने तैँले आखिर ममाथि किन विश्‍वास गर्छस्? तँ किन मलाई पछ्याइरहेको छस् भन्‍ने तँलाई साँच्चै थाहा छ? यदि तेरो कारण तेरो क्षितिजलाई विस्तार गर्ने मात्र हो भने, तैँले त्यसको लागि आफैँलाई कष्ट दिनु आवश्यक छैन। यदि आशिषित हुनु र आसन्‍न विपत्तिलाई टार्नलाई हो भने तेरा आफ्नै व्यवहारप्रति तेरो किन चासो छैन? तैँले मेरा मागहरू पूरा गर्न सक्छस् कि सक्दैनस् भनेर तँ किन आफैँलाई सोध्‍दैनस्? आउनेवाला आशिष्‌हरू प्राप्त गर्नको निम्ति तँ योग्यको छस् कि छैनस् भनेर तँ किन आफैँलाई सोध्दैनस्?

— वचन देहमा देखा पर्नुहुन्छको “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति तिमीहरूको बफादारीता शुद्ध र सम्पूर्ण हृदयको थियो? के म सम्‍बन्धी तिमीहरूको ज्ञान सत्य थियो? तिमीहरूको हृदयमा मैले कतिसम्म ठाउँ ओगट्थें? के मैले तिमीहरूको हृदय पूर्ण रूपमा भरेको थिएँ? मेरा वचनहरूले तिमीहरूभित्र कति कुरा पूरा गर्‍यो? मलाई मूर्ख नठान्! यी कुराहरू मेरा निम्ति पूरा स्पष्ट छन्! आज, मेरो उद्धारको आवाज निस्‍कने क्रममा, के मप्रतिको तिमीहरूको प्रेममा केही वृद्धि भएको छ? के मप्रतिको तिमीहरूको वफादारीताको अंश शुद्ध भएको छ? के मबारे तिमीहरूको ज्ञान गहिरो भएको छ? के विगतमा चढाइएको प्रशंसाले आज तिमीहरूको ज्ञानका लागि एक ठोस आधार बसालेको छ? तिमीहरू कतिसम्म मेरो आत्माद्वारा ओगटिएका छौ? मेरो स्वरूपले तिमीहरूभित्र कति स्थानमा ओगट्छ? के मेरा भनाइहरूले तिमीहरूभित्रको मुख्य स्थानमा प्रहार गरेको छ? के तिमीहरूलाई साँच्चै तिमीहरूका सर्म लुकाउने ठाउँ कहीँ पनि छैन भन्‍ने लाग्छ? के तिमीहरू मेरा मानिसहरू हुन अयोग्य छौ भन्‍ने साँच्‍चै विश्‍वास गर्छौ? यदि तिमीहरू माथिका प्रश्नहरूबारे पूर्ण रूपमा अनजान छौ भने, तिमीहरूले धमिलो पानीमा माछा मार्दैछौ, तिमीहरू केवल सङ्ख्याहरू थप्न मात्र उपस्थित छौ भन्ने त्यसले देखाउँछ, र त्यस बेला मद्वारा पूर्वनिर्धारित भएर तिमीहरू निश्चय हटाइनेछौ र दोस्रो चोटि अतल कुण्डमा फालिनेछौ। यी मेरा चेताउनीका वचनहरू हुन्, र यसलाई हलुकोसाथ लिने जो-कोहीलाई पनि मेरो न्यायद्वारा प्रहार गरिनेछ, अनि, तोकिएको समयमा विनाशको सामना गराइनेछ। के यो यस्तै होइन र? के यो कुरा बुझाउन मैले अझै अरू उदाहरण दिनु आवश्यक छ? तिमीहरूलाई उदाहरण दिन के म अझ स्पष्ट बोल्नुपर्छ? सृष्टिको समयदेखि आजको दिनसम्म, धेरै मानिसले मेरा वचनहरू उल्लङ्घन गरेका छन्, यसैले फेरि मेरो पुनर्बहालीको प्रवाहबाट हटाइएका छन्; अन्त्यमा, तिनीहरूका शरीरहरू नष्ट हुन्छन् र तिनीहरूका आत्माहरूलाई पातालमा फालिनेछ र अहिले पनि तिनीहरू गम्भीर दण्डको अधीनमा छन्। धेरै मानिसहरूले मेरा वचनहरू अनुसरण गरेका छन्, तर तिनीहरू मेरो ज्ञान र प्रकाशको विरुद्धमा गएका छन्, र यसरी तिनीहरू मद्वारा लत्याइएका छन्, शैतानको अधीनमा परेका छन् र मेरा विरोध गर्नेहरूमध्ये एक बनेका छन्। (आज मेरो सिधा विरोध गर्नेहरू सबैले मेरा वचनहरू सतही रूपमा मात्र पालन गर्छन् र मेरा वचनहरूको सारलाई उल्लङ्घन गर्दछन्।) मैले हिजो बोलेका वचनहरू मात्र सुनेकाहरू, विगतका “मूल्यहीन” थोकहरू समात्‍ने र वर्तमानको “उत्पादन” लाई कदर नगर्नेहरू धेरै रहेका छन्। यी मानिसहरू शैतानद्वारा कैद गरिएका मात्र छैनन्, तर अनन्त पापीहरू र मेरा शत्रुहरू भएका छन्, र तिनीहरूले सीधै मेरो विरोध गर्दछन्। त्यस्ता मानिसहरू मेरो क्रोधको पराकाष्ठामा मेरो न्यायका पात्रहरू हुन्, र आज पनि तिनीहरू अन्धा छन्, अझै पनि अँध्यारो कारागारमा छन् (जसको अर्थ, त्यस्ता मानिसहरू सडेका हुन्छन्, लट्टिएका लासहरू हुन्, जो शैतानद्वारा नियन्त्रित छन् भन्‍ने हुन्छ; किनकि तिनीहरूको आँखामा मैले घुम्टो हालिदिएको छु, म भन्छु, कि तिनीहरू अन्धा छन्।) तिमीहरूका सन्दर्भका लागि उदाहरण प्रदान गर्नु राम्रो हुन्छ, यसैले कि तैंले त्यसबाट शिक्षा लिन सक्:

पावलको उल्लेख गर्दा, तिमीहरू तिनको इतिहास र तिनका बारेमा रहेका केही कथाहरू विचार गर्छौ जुन गलत छन् र वास्तविकतासँग मिल्दैनन्। तिनलाई बाल्यकालदेखि नै तिनका आमाबुबाले शिक्षा दिएका थिए, र मेरो जीवन प्राप्त गरेका थिए, र मेरो पूर्वनियुक्तिको परिणामस्वरूप तिनी मलाई चाहिने योग्यताले भरिएका थिए। तिनले १९ वर्षको उमेरमा जीवनको बारेमा विभिन्न पुस्तकहरू पढे; अहिले मैले यसको पूर्ण जानकारी दिनु आवश्यक छैन, तिनको योग्यताका कारण अनि मेरो ज्ञान र प्रकाशको कारण तिनी केही आत्मिक कुराको विषयमा केही जानकारीसहित बोल्न मात्र सकेनन्, तर मेरा अभिप्रायहरू बुझ्न पनि सक्षम भए। अवश्य, यसले आन्तरिक र बाह्य तत्वहरूको मिश्रणलाई हटाउँदैन। तापनि, तिनको एउटा असिद्धता यो थियो, कि तिनका योग्यताहरूको कारण तिनले प्रायः चापलुसी र शेखी गर्थे। फलस्वरूप, तिनको अनाज्ञाकारिताको कारण जसको एक भागले प्रत्यक्ष रूपमा प्रधान स्वर्गदूतको प्रतिनिधित्व गर्‍यो, जब म पहिलो पटक देहधारी बनेँ, तब तिनले मलाई चुनौती दिने हरप्रकारको कोसिस गरे। तिनी तीमध्ये एक थिए जसले मेरा वचनहरू जान्दैनन्, र तिनको हृदयमा अगिबाटै मेरो स्थान हराइसकेको थियो। त्यस्ता मानिसहरूले सीधै मेरो ईश्‍वरत्वको विरोध गर्छन्, र मद्वारा प्रहार गरेर ढालिएका छन्, र अन्त्यमा मात्र निहुरिन्छन् र आफ्ना पापहरू स्वीकार गर्छन्। यसैले, मैले तिनको बलिया पक्षहरू प्रयोग गरिसकेपछि—भन्नुको अर्थ, तिनले केही समय मेरा लागि काम गरिसकेपछि—तिनी फेरि एक पटक पुराना चालहरूमा फसे, र तिनले सीधै मेरा वचनहरू उल्लङ्घन नगरे पनि मेरो भित्री अगुवाइ र ज्ञानलाई उल्लङ्घन गरे, तसर्थ तिनले विगतमा गरेका सबै काम व्यर्थ भए; अर्को शब्दमा भन्नुपर्दा, तिनले कुरा गरेका महिमाको मुकुट खाली खोक्रा शब्दहरू, तिनका आफ्नै कल्पनाको उपज बनेका थिए किनभने आजको दिनमा पनि तिनी मेरा बन्धनहरूका कैदमा मेरो दण्डको अधीनमा छन्।

माथिको उदाहरणबाट यो देख्न सकिन्छ कि जसले मेरो (मेरो शारीरिक अस्तित्व मात्र होइन तर अझ महत्त्वपूर्ण कुरा, मेरा वचनहरू र मेरो आत्मा, अर्थात्, मेरो ईश्‍वरत्वलाई समेत विरोध गर्नु) विरोध गर्दछ, तिनीहरूले आफ्नो देहमा मेरो दण्ड भोग्दछ। जब मेरा आत्माले तिमीहरूलाई छोडनुहुन्छ, तिमीहरू अचानक तल झर्छौं, सिधा पातालमा ओर्लिन्छौ। अनि तिमीहरूको मासुको शरीर पृथ्वीमा भए पनि तिमीहरू मानसिक रोगबाट पीडित व्यक्तिजस्तै हुन्छौ: तैंले आफ्नो विवेक हराएको छस्, तैंले तुरुन्तै आफू एक लासजस्तो भएको महसुस गर्छस्, यस्तो हुन्छ कि तैंले तेरो देहलाई ढिलो नगरी समाप्त गर्न मसँग बिन्ती गर्नेछस्। तिमीहरूमध्ये धेरै जना जोसँग आत्मा छ तिमीहरूले यी परिस्थितिहरूको गहिरो बुझाइ पाएका छौ, र मैले यसको पूरा वर्णन गर्नु आवश्यक छैन। विगतमा, जब मैले सामान्य मानवतामा काम गरें, धेरै मानिसहरूले मेरो क्रोध र प्रतापको तुलनामा आफैलाई नापिसकेका थिए, र मेरो ज्ञान र स्वभावको बारेमा अघिबाटै थोरै जानेका थिए। आज, म सीधै ईश्‍वरत्वमा बोल्छु र काम गर्दछु, र अझै पनि कोही मानिसहरू छन् जसले मेरो क्रोध र न्यायलाई आफ्नै आँखाले देख्नेछन्; यसबाहेक, न्यायको युगको दोस्रो चरणको मुख्य काम भनेको सबै मानिसलाई मेरो शरीरका कामहरू प्रत्यक्ष रूपमा जान्न दिनु र तिमीहरू सबैलाई प्रत्यक्ष रूपमा मेरो स्वभाव हेर्न दिनु हो। तापनि, म देहमा भएकोले, म तिमीहरूका कमजोरीहरूलाई बुझ्छु। मेरो आशा यो हो कि तिमीहरू आफ्नो आत्मा, प्राण र शरीरलाई खेलौनासँग जस्तो व्यवहार गर्नेछैनौ, र कुनै सोचविचार नगरी ती शैतानलाई सुम्पनेछैनौ। तिमीहरूसँग भएका सबै कुरालाई सम्हालेर राख्नु राम्रो हुन्छ, किनकि त्यस्ता कुराहरू तिमीहरूको भाग्यसित सम्बन्धित हुन्छन्। के तिमीहरू साँच्चै मेरा वचनहरूको सही अर्थ बुझ्न सक्छौ? के तिमीहरू साँच्चै मेरा वास्तविक भावनाहरूलाई बुझ्‍न सक्छौ?

के तिमीहरू पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्न इच्छुक छौ, ती आशिषहरू जुन स्वर्गका आशिषहरू जस्ता छन्? के मसम्बन्धी बुझाइलाई, मेरा वचनहरूको आनन्द, र मेरो विषयको ज्ञान तिमीहरूको जीवनको सबैभन्दा मूल्यवान् र अर्थपूर्ण थोकको रूपमा सम्हालेर राख्न इच्छुक छौ? के तिमीहरू आफ्नै सम्भावनाहरूलाई विचार नगरी साँच्चै पूर्ण रूपमा आफैलाई ममा समर्पण गर्न इच्छुक छौ? के तिमीहरू साँच्चै आफैलाई मद्वारा मारिन, भेडाझैं मद्वारा डोऱ्याइनका लागि सुम्पन सक्छौ? के तिमीहरूको माझमा कोही यस्तो छ जसले यी कुराहरू प्राप्त गर्न सक्छ? के मैले स्वीकार गरेका र मेरा प्रतिज्ञाहरू प्राप्त गर्नेहरू सबै मेरा आशिषहरू प्राप्त गर्नेहरू हुन् भन्‍ने हुनसक्छ? के तिमीहरूले यी वचनहरूबाट केही बुझेका छौ? यदि मैले तिमीहरूलाई जाँच गरें भने, के तिमीहरू आफैलाई मेरो कृपामा छोड्न सक्छौ, र यी परीक्षाहरूको बीचमा, के मेरा अभिप्रायहरूको खोजी गर्न र मेरो हृदयलाई बुझ्न सक्छौ? तँ हृदयस्पर्शी वचनहरू बोल्न, वा धेरै वटा रोमाञ्चक कथाहरू भन्न सक्षम भएको म चाहन्नँ; बरु, तँ मेरो राम्रो गवाही बन्न सक्, र तँ पूर्ण र गहन रूपमा वास्तविकतामा प्रवेश गर्न सक् भनेर म तँलाई अह्राउँछु। यदि म सिधा बोल्दिनँ थिएँ भने के तैंले आफ्नो वरिपरिका सबै थोकहरू त्याग्न सक्थिस् र आफैलाई मद्वारा प्रयोग हुन दिन सक्थिस्? के मैले चाहेको वास्तविकता यही होइन र? मेरा वचनहरूमा भएको अर्थ कसले बुझ्न सक्दछ? तापनि म तिमीहरूलाई भन्छु कि अब उप्रान्त शङ्काको भारले नथिचिनू, तिमीहरू आफ्नो प्रवेशमा सक्रिय हुनू र मेरा वचनहरूको सार बुझ्‍नू। यसले तिमीहरूलाई मेरा वचनहरू गलत प्रकारले बुझ्नबाट, र मेरो अर्थमा अस्पष्ट भएर मेरो प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नबाट बचाउँछ। म आशा गर्दछु, मेरो वचनमा तिमीहरूका निम्ति दिइएका मेरा उद्देश्यहरूलाई तिमीहरूले बुझ्नेछौ। तिमीहरूका आफ्नै सम्भावनाहरूलाई नसोच र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनको लागि तिमीहरूले गरेका सङ्कल्‍पहरू अनुसार सबै कुरामा व्यवहार गर। मेरो परिवारभित्र उभिने सबै जनाले आफूले सक्‍ने जति गर्नुपर्दछ; तैंले पृथ्वीमा मेरो कामको अन्तिम भागका निम्ति आफ्नो सबैभन्दा उत्तम थोक चढाउनुपर्छ। के तँ साँच्चै यी कुरालाई अभ्यास गर्न इच्छुक छस्?

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ४” बाट

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६५

पृथ्वीमा, अनेक किसिमका दुष्ट आत्‍माहरू सँधै नै विश्राम स्थलको खोजीमा हुन्छन्, र उपभोग गर्नको लागि सँधै मानव लासहरू खोजिरहन्छन्। ए मेरा मानिसहरू हो! तिमीहरू मेरो वास्ता र सुरक्षाभित्र नै रहनुपर्छ। कहिल्यै भ्रष्ट नहोओ! कहिल्यै पनि लापरवाहीसाथ व्यवहार नगर! मेरो घरमा तैँले आफ्‍नो बफादारीता प्रदान गर्नुपर्छ, र बफादारीताद्वारा मात्रै तैँले दियाबलसका चलाकीहरूका विरुद्धमा प्रतिकार हमला गर्न सक्छस्। कुनै पनि हालतमा तैँले विगतमा जस्तो मेरो अगाडि एउटा कुरा गर्ने र मेरो पछाडि अर्को कुरा गर्ने व्यवहार गर्नु हुँदैन; यदि तैँले यस्तो व्यवहार गरिस् भने, तँ पहिले नै छुटकारा भन्दा पर हुन्छस्। के मैले पर्याप्त रूपमा यस्ता वचनहरू उच्‍चारण गरिसकेको छैन र? मानवजातिको पुरानो स्वभाव सुधार गर्न नसकिने भएकोले नै मैले मानिसहरूलाई बारम्‍बार स्मरण गराउनु परेको छ। न्यास्रो नबन्! मैले भन्‍ने सबै कुरा तिमीहरूको गन्तव्यलाई निश्‍चित गर्नको खातिर नै हो! शैतानलाई चाहिने भनेकै बेइमानी र फोहोरी स्थान हो; तिमीहरू निषेधाज्ञाप्रति समर्पित हुन इन्कार गर्दै, जति उद्धार गर्न नसकिने छौ र तिमीहरू जति भ्रष्ट हुन्छौ, ती अशुद्ध आत्‍माहरू तिमीहरूलाई आक्रमण गर्ने कुनै पनि मौकाको लागि त्यति नै लागि पर्छन्। यदि तिमीहरू यस विन्दुसम्‍म आइपुगेका छौ भने, तिमीहरूको बफादारीता कुनै पनि वास्तविकता विनाको फोकट गफ बाहेक केही पनि होइन, अनि अशुद्ध आत्‍माहरूले तिमीहरूको संकल्पलाई सर्लक्‍कै निल्‍नेछन् र यसलाई मेरो काममा वाधा दिनको लागि प्रयोग गरिन अनाज्ञाकारिता र शैतानिक षड्यन्त्रमा रूपान्तरण गर्छन्। त्यहाँबाट, तिमीहरूलाई म कुनै पनि बेला प्रहार गर्न सक्छु। यो अवस्थाको गम्‍भीरतालाई कसैले बुझ्‍न सक्दैन; आफूले सुन्‍ने कुरामा मानिसहरू कानमा तेल हालेर बस्छन्, र अलिकति पनि सचेत हुँदैनन्। विगतमा गरिएको कुरालाई म स्मरण गर्दिनँ; के तँ अझै पनि मैले फेरि एक पटक “बिर्सेर” तँप्रति उदार हुनको लागि प्रतीक्षा गरिरहेको छस्? मानवले मेरो विरोध गरे तापनि, म यसलाई ईख बनाउनेछैन, किनभने तिनीहरू अत्यन्तै साना कदका छन्, र मैले तिनीहरूबाट अत्यन्तै उच्‍च माग गरेको छैन। मैले माग गर्ने कुरा भनेको तिनीहरू भ्रष्ट नहोऊन्, र तिनीहरू निषेधप्रति समर्पित होऊन् भन्‍ने हो। यो सर्त पूरा गर्नु अवश्य नै तिमीहरूको क्षमताभन्दा बाहिरको कुरा होइन, हो त? धेरैजसो मानिसहरू तिनीहरूका आँखाको अभिलाषा पूरा गर्नको लागि मैले अझै बढी रहस्यहरू प्रकट गरेको होस् भनेर प्रतीक्षा गरिरहेका छन्। तैपनि, तैँले स्वर्गका सारा रहस्यहरू बुझिस् भने पनि, त्यो ज्ञानलाई तैँले वास्तवमा के नै गर्न सक्छस् र? के यसले मप्रतिको तेरो प्रेमलाई बढाउने थियो र? के यसले मप्रतिको तेरो प्रेमलाई जगाउने थियो र? म मानवलाई कम सम्‍झँदिन, न त तिनीहरूको बारेमा म हल्का रूपमा फैसला नै गर्छु। यदि यी मानवका वास्तविक परिस्‍थितिहरू थिएनन् भने, म तिनीहरूलाई त्यति सजिलै कहिल्यै थिइनँ। विगतको बारेमा विचार गर: मैले तिमीहरूलाई कति पटक निन्दा गरेको छु? मैले तिमीहरूलाई कति पटक कम सम्‍झेको छु? तिमीहरूको वास्तविक परिस्‍थितिहरूलाई ध्यानै नदिइ मैले तिमीहरूलाई कति पटक नियालेको छु? मेरा वाणीहरूले कति पटक तिमीहरूलाई पूरा हृदयबाट जित्‍न असफल भएको छ? तिमीहरूभित्रको गुंजायमान रागको तारलाई प्रहार नगरीकन म कति पटक बोलेको छु? तिमीहरूमध्ये कसले, मैले तिमीहरूलाई प्रहार गरेर अतल कुण्‍डमा फ्याँक्‍नेछु भनी अत्यन्तै डराएर, भय र कम्‍पको साथ मेरो वचनलाई पढेका छौ? मेरा वचनहरूका परीक्षाहरूमा को स्थिर हुँदैन? मेरा वाणीहरूभित्र अख्तियार छन्, तर यो मानवलाई लापरवाहीको साथ न्याय गर्नको लागि होइन; बरु, तिनीहरूको वास्तविक परिस्‍थितिहरूलाई ध्यान दिँदै, म तिनीहरूलाई मेरा वचनभित्र रहेका अर्थ निरन्तर प्रकट गरिदिन्छु। वास्तवमा, के मेरा वचनहरूमा रहेका मेरो सर्वशक्तिमान् शक्तिलाई पहिचान गर्न सक्‍ने कोही छ? विशुद्ध सुन, जसद्वारा मेरा वचनहरू बनिएका छन्, तिनलाई प्राप्त गर्न सक्‍ने कोही छ? कति वटा वचन मैले बोलिसकेको छु? के कसैले तिनलाई कहिल्यै बहुमूल्य ठानेका छन्?

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १०” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६६

म दिन प्रतिदिन अवलोकन गर्दै ब्रह्माण्डमाथि उभिन्छु, र मानव जीवनको अनुभव लिँदै अनि मानवजातिको प्रत्येक कार्यलाई नजिकबाट अध्ययन गर्दै म आफूलाई विनम्रतापूर्वक मेरो वासस्थानभित्र लुकाउँछु। कसैले पनि साँचो रूपले आफूलाई मसमक्ष अर्पित गरेको छैन; कसैले पनि सत्यको खोजी गरेको छैन। कोही पनि कहिल्यै मप्रति कर्तव्यनिष्ठ भएको छैन वा कसैले पनि मेरो समक्ष संकल्प गर्ने अनि आफ्नो कर्तव्य पालन गर्ने कार्य गरेको छैन। कसैले पनि मलाई कहिल्यै तिनीहरूभित्र बास बस्न दिएको छैन, न त मलाई तिनीहरूले आफ्नो जीवनलाई महत्त्व दिए झैं महत्त्व नै दिएका छन्। कसैले पनि कहिल्यै व्यवहारिक यथार्थमा मेरो ईश्‍वरत्व जे हो त्यो सब देखेको छैन; कोही पनि कहिल्यै व्यवहारिक परमेश्‍वर स्वयम्‌सँग सम्पर्कमा रहन इच्छुक रहेको छैन। जब मानिसहरूलाई पानीले सींगै निल्छ, तब म तिनीहरूलाई स्थिर पानीबाट बचाउँछु र नवजीवन जिउने मौका दिन्छु। जब मानिसहरूले जिउने आत्मविश्‍वास गुमाउँछन्, तब म तिनीहरूलाई जीवन जारी राख्ने साहस प्रदान गर्दै मृत्युको मुखबाट तानेर माथि ल्याउँछु ताकि तिनीहरूले मलाई आफ्नो अस्तित्वको जगको रूपमा प्रयोग गर्न सकून्। जब मानिसहरूले मेरो अवज्ञा गर्छन्, तब म तिनीहरूलाई तिनीहरूको आफ्नै अवज्ञाभित्रबाट मलाई चिन्न लगाउँछु। मानवजातिको पुरानो स्वभावको आधारमा, र मेरो कृपाको आधारमा कुरा गर्दा, मानिसहरूलाई मृत्युमा धकेल्नुको साटो म तिनीहरूलाई पश्‍चाताप गर्न र नयाँ सुरुवात गर्न दिन्छु। जब तिनीहरूले भोकमरीको सामना गर्छन्, तिनीहरूसँग तिनीहरूको शरीरमा एकै सास मात्र बाँकी रहँदा पनि, म तिनीहरूलाई शैतानको छलको शिकार हुनबाट जोगाउँदै मृत्युबाट खोसेर ल्याउँछु। धेरै पल्ट मानिसहरूले मेरो हात देखेका छन्, धेरै पल्ट तिनीहरूले मेरो दयालु मुखाकृति र मुस्कुराउने अनुहारको साक्षात्कार गरेका छन्, र धेरै पल्ट तिनीहरूले मेरो प्रताप र क्रोध देखेका छन्। मानिसहरूले मलाई कहिल्यै पनि नचिनेको भए तापनि, म जानाजान उत्तेजक बन्न तिनीहरूको कमजोरीहरूलाई अवसरको रूपमा लिँदिनँ। मानवजातिका कठिनाइहरूको अनुभव गर्दा त्यसले मलाई मानव कमजोरीप्रति सहानुभूति राख्न सक्षम तुल्याएको छ। मानिसहरूको अवज्ञा र अकृतज्ञताको प्रत्युत्तरमा मात्र मैले तिनीहरूलाई विविध मात्राका सजायहरू दिने गर्छु।

जब मानिसहरू व्यस्त हुन्छन् म आफूलाई लुकाउँछु, र उनीहरूको फुर्सदको समयमा म आफूलाई प्रकट गर्छु। मानिसहरूले मलाई सबै कुरा जान्ने भनेर कल्पना गर्छन्; तिनीहरूले मलाई परमेश्‍वर स्वयम्‌को रूपमा लिन्छन् जसले सबै अनुनय-विनयहरूलाई स्वीकार गर्नुहुन्छ। त्यसकारण, धेरैजसो मानिसहरू परमेश्‍वरको सहायता माग्न मात्र मकहाँ आउँछन्, तर मलाई चिन्ने इच्छाको कारणले आउँदैनन्। बिरामको वेदनामा हुँदा मानिसहरूले अत्यावश्यक रूपमा मेरो सहयोगको याचना गर्छन्। अप्ठ्यारो परिस्थितिको समयमा, आफ्नो दुःखबाट मुक्त हुनको लागि, तिनीहरूले पूरै शक्ति लगाएर आफ्ना कठिनाइहरू मलाई बताउँछन्। तथापि, सहजताको अवस्थामा हुँदा एकै जना मानवले पनि मलाई प्रेम गर्न सकेको छैन; शान्ति र खुशीको समयमा एक जना मान्छेले पनि तिनीहरूको खुशीमा म पनि सामेल हुन सक्छु कि भनी मलाई खोज्दै आएको छैन। जब तिनीहरूका साना परिवारहरू खुशी र ठीकठाक हुन्छन्, तब मानिसहरूले आफ्ना परिवारहरूका आशिषित् खुशीयालीको आनन्द लिनको लागि मलाई भित्र जान निषेध गर्दै लामो समयअघिदेखि मलाई पन्छाइसकेका हुन्छन् वा मेरो लागि ढोका बन्द गरिसकेका हुन्छन्। मान्छेको मस्तिष्क एकदमै साँगुरो छ; यो त म जस्तो प्रेमिलो, कृपालु, र पहुँचयोग्य परमेश्‍वरलाई राख्न पनि नअट्ने गरी अति नै साँगुरो छ। आनन्ददायी हाँसोका क्षणहरूमा मानिसहरूले मलाई धेरै पल्ट अस्वीकार गरेका छन्; ठेस लाग्दा मानिसहरूले मलाई धेरै पल्ट बैसाखी झैं आड बनाइएका छन्; रोगले ग्रसित भएका मानिसहरूले धेरै पल्ट मलाई जबरजस्ती चिकित्सकको भूमिकामा हालिदिएका छन्। कति क्रूर छन् मानिसहरू! तिनीहरू सम्पूर्ण रूपले अमर्यादित र अनैतिक छन्। जुन भावनाहरूद्वारा मानिसहरू ओतप्रोत हुनुपर्ने हो तिनीहरूमा ती भावनाहरू पनि छैनन्; तिनीहरू लगभग सम्पूर्ण रूपले मानवताको नामनिशानविहीन छन्। विगतको बारेमा सोच र वर्तमानसँग तुलना गर त: के तिमीहरूमा कुनै परिवर्तन आइरहेको छ? के तिमीहरूले आफ्‍नो विगतका केही कुरालाई फालेका छौ? वा कि त्यो विगत अझै पनि प्रतिस्थापित हुन बाँकी छ?

मानव संसारका उकालीओरालीहरू अनुभव गर्दै मैले हिमश्रृङ्खलाहरू र नदीका घाटीहरू पार गरेको छु। तिनीहरूमाझ म घुम्दै हिँडेको छु र धेरै वर्ष म तिनीहरूमाझ बसेको छु, तैपनि मानवजातिको स्वभाव कमै मात्र परिवर्तन भएको जस्तो देखिन्छ। अनि मानिसहरूको पुरानो स्वभावले जरा गाडिसकेको र त्यसबाट टुसा पलाएको हो कि जस्तो देखिन्छ। तिनीहरूले त्यो पुरानो प्रकृतिलाई कहिल्यै पनि बदल्न सक्दैनन्; तिनीहरूले त्यसको मौलिक जगमा मात्रै यसलाई अलिअलि सुधार गर्छन्। मानिसहरूले भने झैं, सार बदलिएको छैन, तर स्वरूप चाहिँ धेरै नै बदलिएको छ। मानिसहरू सबै मलाई मूर्ख बनाउन र तामझामद्वारा प्रभावित गर्न खोजिरहेका छन् भन्‍ने देखिन्छ ताकि तिनीहरूले झुक्याएर मेरो प्रशंसा जित्न सकून्। म मानव छललाई न त प्रशंसा गर्छु न त यसलाई ध्यान नै दिन्छु। रिसले आगो हुनुको साटो म देखे पनि नदेखे झैं गर्ने प्रवृत्ति अँगाल्छु। मैले मानवजातिलाई केही निश्चित हदसम्मको छुट दिने, त्यसपछि सबै मानिसहरूलाई एकैचोटि सामना गर्ने योजना बनाएको छु। मानिसहरू सबै आफूलाई प्रेम नगर्ने अनि आफ्नो ख्याल राख्दै नराख्ने व्यर्थका तुच्छ व्यक्तिहरू भएको हुँदा, किन मैले तिनीहरूलाई फेरि पनि कृपा र प्रेम गर्नु आवश्यक हुन्थ्यो र? कुनै अपवाद विना नै, मानिसहरूले आफूलाई नै चिन्दैनन्, न त तिनीहरूलाई आफ्नो मूल्य कति धेरै छ भन्ने कुरा नै थाहा छ। तिनीहरूले आफूलाई जोख्नको लागि तराजुमा राख्नुपर्छ। मानिसहरूले मलाई वास्ता गर्दैनन्, त्यसैले म पनि तिनीहरूलाई गम्भीर रूपमा लिँदिनँ। तिनीहरूले मलाई ध्यान दिँदैनन्, त्यसैले मैले पनि तिनीहरूउपर अझ परिश्रमसित काम गर्नुपर्दैन। के यो दुवै संसारका सर्वोत्तम कुरा होइन र? के यसले तिमीहरू, अर्थात् मेरा मानिसहरूलाई व्याख्या गर्दैन र? तिमीहरूमध्ये कसले चाहिँ मेरो समक्ष संकल्पहरू गरेर पछि तिनलाई त्याग गरेको छैन र? बारम्बार विभिन्न कुराहरूमा मन डुलाउनुको सट्टा, कसले चाहिँ मेरो अगाडि दीर्घकालीन संकल्पहरू गरेको छ र? सधैँ, मानिसहरूले सहज परिस्थितिमा मेरो अगाडि संकल्पहरू गर्छन्, र कठिन परिस्थितिमा ती सबैलाई रद्द गर्छन्; अनि पछि, तिनीहरूले फेरि त्यही संकल्पलाई लिन्छन् र मेरो अगाडि राख्छन्। के म त्यति धेरै अपमानयोग्य छु र मानवजातिले फोहोरको थुप्रोबाट टिपेको कवाड वस्तु यसै स्वीकार गरूँ? कमै मात्र मानिसहरू आफ्ना संकल्पहरूमा दृढ रहन्छन्, केही मात्र पवित्र छन्, र केहीले मात्र तिनीहरूको लागि अमूल्य रहेका वस्तुहरू मलाई बलि चढाउँछन्। के तिमीहरू सबै उस्तै छैनौ र? यदि तिमीहरूले राज्यका मेरा मानिसहरूको सदस्यको रूपमा आफ्नो कर्तव्य निभाउन सक्दैनौ भने, तिमीहरूलाई घृणा र अस्वीकार गर्नेछु!

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १४” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६७

मानवजाति सबै यस्ता प्राणीहरू हुन् जसमा आत्म-ज्ञानको कमी छ, र तिनीहरूले आफैलाई चिन्न सक्दैनन्। यद्यपि, तिनीहरू अरू सबैलाई तिनीहरूका हतकेलाजस्तै गरी जान्दछन्, मानौं, अरूले गरेका र भनेका सबै कुरा तिनीहरूकै सामु, उनीहरूद्वारा अघिबाटै “निरीक्षण” गरिएका हुन्, अनि त्यो गर्नुभन्दा अघि उनीहरूबाट स्वीकृति लिएको हो। फलस्वरूप, तिनीहरूका मनोवैज्ञानिक स्थितिहरू लगायत तिनीहरूले सबैको नाप गरेका छन् भन्‍ने जस्तै भएको छ। मानवजाति सबै यस्तै छन्। आज तिनीहरू परमेश्‍वरको राज्यको युगमा प्रवेश गरेका भए पनि, तिनीहरूको स्वभाव अपरिवर्तित रहन्छ। तिनीहरू अझै पनि मेरो अगाडि मैले गरेको कार्य गर्छन्, तर मेरो पिठिउँ पछाडि तिनीहरू आफ्नै अनौठो “व्यवसाय” तिर लाग्छन्। तापनि, पछि, जब तिनीहरू मेरो अगि आउँछन्, तिनीहरू शान्त अनुहार र स्थिर धड्कनसहितका स्पष्ट रूपमा शान्त र निर्भीक भई पूर्ण फरक व्यक्तिहरू जस्तो हुन्छन्। के यही कुराले मानवजातिलाई यति घृणित बनाउँदैन र? धेरै मानिसहरूले दुई फरक प्रकारका अनुहार बोकेर हिँड्छन्—मेरो अगाडि हुँदा एउटा र मेरो पिठिउँ पछाडि हुँदा अर्को। तिनीहरूमध्ये धेरैले मेरो अगाडि भर्खर जन्मेको थुमाले जस्तो व्यवहार गर्दछन्, तर मेरो पिठिउँ पछाडि तिनीहरू हिंस्रक बाघहरूमा परिणत हुन्छन्, र पछि डाँडाहरूमा आनन्दसाथ उड्ने स-साना चराचुरुङ्गीहरूले जस्तो व्यवहार गर्दछन्। धेरैले मेरो सामु उद्देश्य र संकल्प देखाउँछन्। धेरै जना तृष्णा र चाहनासहित मेरा वचनहरू खोज्दै आउँछन्, तर जब मेरो पिठिउँ पछाडि हुन्छन्, तिनीहरू ती कुरासँग दिक्क हुन्छन् र तिनलाई त्याग्छन्, मानौं मेरो मुखबाट निस्केका वचनहरू एउटा भार हुन्। धेरै पटक, मेरो शत्रुले भ्रष्ट पारेको मानवजातिलाई हेर्दा, मैले मानवजातिमा आशा राख्न छोडिदिएको छु। धेरै चोटि तिनीहरू मेरो सामुन्ने आएर आँसु झार्दै माफी मागेका देखेर पनि, तिनीहरूका हृदय सच्‍चा र तिनीहरूका उद्देश्य इमानदार भए पनि तिनीहरूमा रहेको आत्म-सम्मानको अभाव र सुधार्न नसकिने जिद्दीको कारण रिसमा मैले तिनीहरूका कामप्रति आफ्ना आँखाहरू चिम्लेको छु। धेरै पटक, मैले मानिसहरू मसँग सहकार्य गर्न विश्‍वस्त भएका देखेको छु, जो, मेरो सामु मेरो अङ्गालोमा, त्यसको न्यानोपन चाख्दै बसेको जस्तो देखिन्छ। धेरै पटक, मेरो चुनिएका मानिसहरूको निर्दोषता, सजीवता, र श्रद्धाभाव देखेर यी थोकहरूको खातिर म कसरी ठूलो आनन्द लिन सक्दिनँ? मानवजातिले तिनीहरूका निम्ति मेरा हातहरूमा भएका पूर्वनियुक्त आशिषहरू कसरी उपभोग गर्न सकिन्छ त्यो जान्दैनन्, किनकि तिनीहरू “आशीर्वाद” र “दुःखकष्ट” दुवैको अर्थ के हो सो बुझ्दैनन्। यसकारण, मेरो खोजीमा मानवजाति इमानदार हुँदैनन्। यदि भोलीको दिन अस्तित्वमा थिएन भने, तिमीहरूमध्ये को मेरो सामु उभिंदा चलिरहेको हिउँजस्तो शुद्ध र हिराजस्तो निष्कलङ्क हुन सक्यो? के मप्रतिको तिमीहरूको प्रेम कुनै स्वादिष्ठ भोजन, सुन्दर वस्त्र, धेरै तलब भएको पदजस्ता कुरासँग साट्न सकिने वस्तुजस्तो हुन सक्छ? के यसलाई तेरो निम्ति अरूसँग भएको प्रेमसँग साट्न सकिन्छ? के कष्टमा परेकाहरूले वास्तवमा मानिसहरूलाई मप्रतिको तिनीहरूका प्रेमलाई त्याग्ने प्रेरणा दिन्छ? के दुःख-कष्ट र सङ्कष्टहरूको कारण तिनीहरूले मेरो व्यवस्थाको बारेमा गुनासो गर्नेछन्? कसैले पनि मेरो मुखमा भएको धारिलो तरबारलाई साँच्चै कदर गरेको छैन: त्यसको भित्री जड नबुझी तिनीहरू त्यसको बाहिरी अर्थ मात्र जान्दछन्। यदि मानवजातिले साँच्चै मेरो तरवारको धार देख्न सक्थ्यो भने, तिनीहरू आफ्ना प्वालहरूमा मुसो दगुरे झैँ दगुर्नेथिए। तिनीहरूको बोधोपनको कारण, मानिसहरूले मेरा वचनका कुनै सही अर्थ बुझ्न सक्दैनन्, त्यसैले तिनीहरू मैले वाणीहरू कतिको भयानक छन् वा ती वचनहरूले मानिसको कति धेरै प्रकृति प्रकट गर्छन् र तिनीहरूका भ्रष्टतालाई कसरी न्याय गरेका छन् त्यसको बारेमा तिनीहरूलाई अत्तो-पत्तो छैन। यसकारण, मैले जे भन्‍छु त्यस विषयमा तिनीहरूका अधकल्चो पाकेका विचारहरूको फलस्वरूप, धेरैजसो मानिसहरूले मनतातो आचरण अपनाएका छन्।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १५” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६८

युगहरूभरि, धेरै जना निराशामा र अनिच्छाको साथ यस संसारबाट बिदा भएका छन् र धेरै जना आशा र विश्‍वासको साथ यहाँ आएका छन्। मैले धेरैको निम्ति आउने बन्दोबस्त गरेको छु र धेरैलाई पठाएको छु। अनगिन्ती मानिसहरू मेरा हातहरू भएर गएका छन्। धेरै आत्माहरूलाई पातालमा फालिएका छन्, धेरैले शरीरमा जिए र धेरै मरेका छन् र यस पृथ्वीमा पुनः जन्मेका छन्। तथापि तिनीहरूमध्ये कसैले पनि राज्यको आशिष्‌हरूको आनन्द लिने मौका पाएका छैनन्। मैले मानिसलाई धेरै नै दिएको छु, तापनि उसले थोरै प्राप्त गरेको छ, किनकि शैतानका शक्तिहरूको आक्रमणले उसलाई मेरा सबै सम्पत्तिहरूको आनन्द लिन नसक्ने बनाएका छन्। उसले तिनलाई देख्‍ने सौभाग्य मात्र पायो, तर पूर्ण रूपमा तिनको आनन्द लिन कहिल्यै पाएको छैन। मानिसले स्वर्गका सम्पत्तिहरू प्राप्त गर्न आफ्‍नो शरीरमा कहिले पनि खजाना घर भेट्टाएको छैन, यसैले मैले उसलाई प्रदान गरेका आशिष्‌हरू उसले गुमाएको छ। के मानिसको आत्मा उसलाई मेरो आत्मासँग जोड्ने कुरा होइन र? मानिस किन उसको आत्माद्वारा ममा कहिले पनि लीन भएको छैन? ऊ किन देहमा मेरो नजिक आउँछ, तैपनि आत्मामा त्यसो गर्न असक्षम छ? के मेरो साँचो मुहार देहको मुहार हो? मानिसले किन मेरो सार जान्दैन? के वास्तवमा मानिसको आत्मामा मेरो कुनै पनि चिन्‍ह छैन? के म मानिसको आत्मादेखि पूर्ण रूपमा हराएको छु? यदि मानिस आत्मिक क्षेत्रमा प्रवेश गर्दैन भने, उसले कसरी मेरा अभिप्रायहरूलाई राम्ररी बुझ्‍न सक्छ? मानिसका नजरमा, आत्मिक क्षेत्रलाई प्रत्यक्ष रूपमा छेड्न सक्‍ने कुरो छ? धेरै पटक मैले मेरो आत्माद्वारा मानिसलाई बोलाएको छु, तापनि मैले उसलाई घोचेको जस्तो मानिसले अभिनय गर्छ, अनि मैले उसलाई अर्कै संसारमा डोर्‍याउँछ कि भन्‍ने ठूलो डरमा मलाई टाढैबाट सम्‍मान गर्छ। मैले धेरै पटक मानिसको आत्मामा सोधपुछ गरेँ, तापनि म उसको घरमा पस्‍नेछु र उसका सबै सरसामानहरू उठाउने मौका छोप्‍नेछु भनेर अत्यन्तै डराउँदै ऊ पूर्णतया बेखवर रहन्छ। यसैले मजबुत तरिकाले बन्द गरिएको ढोका बाहिर मलाई जाडो सहनको लागि छोडेर, उसले मलाई बाहिरै राख्छ। मानिस धेरै पटक लडेको छ र मैले उसलाई बचाएको छु, तापनि उठेपछि उसले मलाई तुरुन्तै छोड्छ, अनि मेरो प्रेमले उसलाई छोएकै हुँदैन, मतर्फ सावधानीपूर्वक नजर फ्याँक्छ; मैले मानिसको हृदयलाई कहिल्यै पनि न्यानो पारेको छैन। मानिस भावना विनाको चिसो रक्तधारी जनावर हो। ऊ मेरो अङ्गालोले न्यानो पारिएको भए तापनि, ऊ यसद्वारा कहिले पनि गहिरो रूपले प्रभावित भएको छैन। मानिस हिंस्रक पहाड जस्तो। मैले मानवजातिको निम्ति गरेको सबै हेरचाहलाई उसले कहिले पनि महत्त्व दिएको छैन। ऊ मेरो नजिक आउन अनिच्छुक छ, पर्वतहरूको माझमा बस्‍न रुचाउँछ, जहाँ उसले जङ्गली पशुहरूको खतरालाई सहन्छ—तापनि ऊ ममा शरण लिन अझै अनिच्छुक छ। म कुनै पनि मानिसलाई कर लगाउँदिनँ: म मेरो काम मात्र गर्छु। त्यो दिन आउने छ जब मानिस शक्तिशाली समुद्रको बीचबाट मेरो छेउमा पौडन्छ, ताकि उसले पृथ्वीका सबै सम्पत्तिहरूको आनन्द लिन सकोस् र समुद्रद्वारा निलिने खतरालाई पछाडि छाडोस्।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय २०” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३६९

धेरै जना मानिसहरूले मलाई साँचो रूपमा प्रेम गर्ने इच्छा गर्छन्, तर तिनीहरूका हृदय तिनीहरूका आफ्नै नभएकोले, आफैमाथि तिनीहरूको कुनै नियन्त्रण हुँदैन; धेरै मानिसहरू मैले दिएका परीक्षाहरू अनुभव गर्दा, मलाई साँचो रूपले प्रेम गर्छन्, तापनि म साँच्‍चै अस्तित्वमा छु भन्‍ने तिनीहरूले बुझ्न सक्दैनन्, र मेरो वास्तविक अस्तित्वको कारणले होइन, तर रित्तोपनमा मात्र मलाई प्रेम गर्छन्; धेरै मानिसहरूले आफ्‍नो हृदय मेरो सामने राख्छन् र त्यसपछि आफ्ना हृदयलाई कुनै ध्यान दिँदैनन्, त्यसकारण मौका पाउनसाथ शैतानले तिनीहरूका हृदय खोसेर लैजान्छ, र तिनीहरूले मलाई त्याग्छन्; मैले मेरा वचनहरू प्रदान गर्दा धेरै मानिसहरूले मलाई साँचो रूपमा प्रेम गर्छन्, तापनि तिनीहरूले मेरा वचनहरूलाई तिनीहरूका आत्मामा राख्दैनन्, त्यसको साटो तिनीहरूले ती वचनहरूलाई अनौपचारिक रूपमा सार्वजनिक सम्पत्ति जस्तो प्रयोग गर्छन् र जब तिनीहरूलाई इच्छा हुन्छ तब ती वचनहरू जहाँबाट आएका थिए त्यतै हुत्याउँछन्। मानिसले पीडाको बीचमा मलाई खोज्छ, र परीक्षाहरूको बीचमा उसले मलाई हेर्दछ। शान्तिको समयमा उसले ममा आनन्द गर्दछ, जब जोखिममा हुन्छ उसले मलाई इन्कार गर्छ, ऊ व्यस्त हुँदा मलाई भुल्छ र जब ऊ खाली हुन्छ, मेरो निम्ति केही काम गरेको जस्तो गर्छ—तापनि कसैले मलाई तिनीहरूका जीवनभरि प्रेम गरेको छैन। मानिस मेरो सामने गम्भीर होस् भन्‍ने म चाहन्छु: उसले मलाई केही कुरा दिओस् भनी म माग गर्दिन, तर तिनीहरूले मलाई गम्‍भीर रूपमा लिऊन्, तिनीहरूले मलाई फुस्ल्याउन् छोडेर बरु मलाई मानिसको इमानदारीता फर्काएर ल्याउन देऊन्। मेरो अन्तर्दृष्टि, प्रकाश, र मेरो प्रयासको मूल्य सबै मानिसहरूमा व्याप्त छ, यद्यपि मानिसको प्रत्येक कामको वास्तविक तथ्य तिनीहरूले मलाई गरेको छल जस्तै सबै मानिसहरूमा व्याप्त छ। मानौं, मानिसको छलकपटका तत्त्वहरू गर्भदेखि नै ऊसँगै रहेको छ, मानौं, छलकपटका यी विशेष सीपहरू ऊसँग जन्मदेखि नै छ। यसबाहेक, उसले आफ्‍नो रहस्यलाई कहिल्यै प्रकट गरेको छैन; यी कपटपूर्ण सीपहरूको स्रोतलाई कसैले कहिल्यै देखेको छैन। फलस्वरूप, मानिस आफूले थाहै नपाई छलकपटमा बाँचिरहेको छ, र यस्तो लाग्छ, मानौं, उसले आफैलाई क्षमा गर्दछ, मानौं, यो उसले जानी-जानी मसँग गरेको छल नभएर परमेश्‍वरको प्रबन्ध हो। के मानिसले मसँग गरेको छलको स्रोत यही होइन र? के यो उसको चलाक युक्ति होइन र? मानिसको चापलुसी र छलपूर्ण कुराद्वारा म कहिल्यै पनि म लट्ठ भएको छैनँ, किनकि मैले धेरै अघि नै उसको वास्तविक गुण पत्ता लगाएको थिएँ। उसको रगतमा कति धेरै अशुद्धता छ, र उसको हड्डीको मासीमा शैतानको कति धेरै विष छ भन्‍ने कसलाई के थाहा? प्रत्येक दिन बित्दैजाँदा मानिसहरूलाई अझ बढी यसमा बानी पर्दै जान्छ, यहाँसम्म कि शैतानले पुऱ्याएको हानि समेत उसले महसुस गर्दैन, र “स्वस्थ अस्तित्वको कला” पत्ता लगाउन उसले कुनै चासो राख्दैन।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय २१” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३७०

मानिस ज्योतिको बीचमा जिउँछ, तर उसलाई ज्योतिको मूल्य थाहा छैन। उसलाई ज्योतिको सार, र ज्योतिको स्रोत, र त्यति मात्र होइन, ज्योति कसको हो भन्ने कुरा थाहा छैन। जब म मानिसलाई ज्योति दिन्छु, म तुरुन्तै मानिसहरू बीचका अवस्थाहरूलाई जाँच गर्दछु: ज्योतिको कारण सबै मानिसहरू परिवर्तन हुँदैछन् र वृद्धि हुँदैछन्, र अन्धकारलाई छोडेका छन्। म ब्रह्माण्डका हरेक कुनामा हेर्छु, र पहाडहरू कुहिरोले ढाकिएको, ठन्डामा पानी जमेको देख्छु र ज्योति आएको कारण, मानिसहरूले पूर्वतिर हेर्छन्, कि उनीहरूले केही मूल्यवान् कुरा पत्ता लगाउन सकून्—तापनि मानिसले तुवाँलोभित्र स्पष्ट दिशा छुट्ट्याउन सक्दैन। सम्पूर्ण संसार कुहिरोले ढाकिएको हुनाले जब म बादलहरूको बीचबाट हेर्छु, मेरो अस्तित्वलाई पत्ता लगाउने कुनै मानिस हुँदैन। मानिसले पृथ्वीमा केही कुराको खोजी गरिरहेको छ; उसले भोजनको खोजी गरिरहेको जस्तो देखिन्छ; यस्तो लाग्छ, उसले मेरो आगमन पर्खिरहेको छ—तापनि उसले मेरो दिनको बारेमा जान्दैन, र प्रायजसो पूर्वको मधुरो उज्यालो मात्र हेर्न सक्छ। सबै मानिसहरूमध्ये, साँचो रूपमा मेरो हृदयसित मेल खानेहरूलाई म खोजी गर्छु। म सबै मानिसहरूको बीचमा हिँडडुल गर्दछु, र सबै मानिसहरूको बीचमा जिउँछु, तर पृथ्वीमा मानिस सुरक्षित र सकुशल छ, र यसैले साँचो रूपमा मेरो हृदयसँग मेल खाने कोही पनि छैन। मेरो इच्छाबारे कसरी वास्ता गर्नुपर्छ भन्‍ने मानिसहरूलाई थाहा छैन, तिनीहरूले मेरा कामहरू देख्न सक्दैनन्, र तिनीहरू ज्योतिमा जान र ज्योतिबाट चमक प्राप्त गर्न सक्दैनन्। मानिसले मेरा वचनहरूलाई सधैँ मूल्यवान् ठाने पनि, उसले शैतानका छलपूर्ण युक्तिहरूलाई देख्‍न सक्दैन; किनकि मानिसको कद अति सानो छ, उसले आफ्नो हृदयका इच्छाहरू अनुसार गर्न सक्दैन। मानिसले मलाई कहिल्यै पनि इमानदार पूर्वक प्रेम गरेको छैन। जब म उसलाई उच्च पार्छु, उसले आफैलाई अयोग्य ठान्छ, तर यसको कारण उसले मलाई सन्तुष्ट पार्ने कोसिस गर्दैन। ऊ केवल, मैले उसको हातमा दिएको निश्चित “स्थान” लाई समातेर बस्छ र त्यसलाई जाँच्दछ; मेरो प्रेमिलोपनसँग अनभिज्ञ भएर, बरु ऊ आफ्नो स्थानका आशिषहरू हड्प्ने कुरामा लागिरहन्छ। के यो मानिसको कमजोरी होइन र? जब पहाडहरू सर्छन्, के तिनीहरूले तेरो स्थानको लागि घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, के ती मानिसको स्थानभन्दा अघि नै समाप्त हुन्छ? के मानिसको स्थानद्वारा आकाश र पृथ्वी उल्टिन सक्छन्? म एक पटक मानिसप्रति दयालु थिएँ, अनि बारम्‍बार नै यो क्रम चलिरह्‍यो—तर कसैले पनि यसलाई वास्ता गर्दैन र मूल्यवान् ठान्दैन। तिनीहरूले यसलाई केवल कथाको रूपमा सुने, वा उपन्यासको रूपमा पढे। के मेरा वचनहरूले साँच्चै मानिसको हृदयलाई छुँदैन? के मेरा वाणीहरूको साँच्चै कुनै प्रभाव छैन? के कसैले मेरो अस्तित्वमा विश्‍वास गर्दैनन् भन्‍ने हुनसक्छ? मानिसले आफैलाई प्रेम गर्दैन; बरु, मलाई आक्रमण गर्न ऊ शैतानसित एक हुन्छ, र मेरो सेवा गर्न शैतानलाई एउटा “सम्पत्ति” को रूपमा प्रयोग गर्छ। म शैतानका सबै छली योजनाहरूलाई छेड्नेछु, र पृथ्वीका मानिसहरूलाई शैतानका छलहरू स्वीकार गर्नबाट रोक्‍नेछु, यसैले कि त्यसको अस्तित्वको कारण तिनीहरूले मेरो विरोध नगरून्।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय २२” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३७१

मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई, वनजङ्गलका जीव-जनावरहरूलाई, र पानीका माछाहरूलाई व्यवस्थापन गर्न दिएको छु। तैपनि यसको कारण खुसी हुनुको साटो, मानिस चिन्ताले व्याकुल बनेको छ। उसको सम्पूर्ण जीवन मानसिक चिन्ता र दौडधूप, रिक्ततामा जोडिएको मस्ती बनेको छ; उसको पूरै जीवनभरि कुनै पनि नवीन आविष्कार र सृजना भएका छैनन्। कसैले पनि यो खोक्रो जीवनबाट आफूलाई मुक्त गराउन सक्दैन, कसैले पनि कहिल्यै अर्थपूर्ण जीवन पत्ता लगाएको छैन, र कसैले पनि कहिल्यै वास्तविक जीवनको अनुभव गरेको छैन। आजका मानिसहरू मेरो चम्किलो ज्योतिमुनि जिउने भए तापनि तिनीहरूलाई स्वर्गको जीवनको बारेमा केही पनि थाहा छैन। यदि म मानिसप्रति कृपालु नहुने हो भने र मैले मानवजातिलाई मुक्ति नदिने हो भने, मानिसहरू निरर्थकतामा आइपुगेका छन्, पृथ्वीमा तिनीहरूको जीवन अर्थहीन छ, र गर्व गर्न लायक कुनै पनि कुराविना तिनीहरू निरर्थक रूपमै संसार छाडी जानेछन्। हरेक धर्म, समाजका हरेक क्षेत्र, हरेक राष्ट्र, र हरेक सम्प्रदायका मानिसहरू सबैलाई पृथ्वीमा हुने रिक्तताको बारेमा थाहा छ, र तिनीहरू सबैले मेरो खोजी गर्छन् र मेरो पुनरागमनको प्रतीक्षा गर्छन्—तैपनि म आइपुग्दा कसले पो मलाई चिन्न सक्‍छ र? मैले सबै थोक बनाएँ, मैले मानवजातिको सृजना गरेँ, र आज म मानवमाझ ओर्लिएको छु। तैपनि, मानिसले मविरुद्ध प्रत्याक्रमण गर्छ र मलाई बदला लिन्छ। के मैले मानिसमा गर्ने काम उसको निम्ति कुनै फाइदाको छैन र? के म साँच्चै नै मानिसलाई सन्तुष्ट पार्न असमर्थ छु त? किन मानिसले मलाई अस्वीकार गर्छ? किन मानिस मप्रति त्यति रूखो र उदासीन छ? किन पृथ्वी लासहरूले ढाकिएको छ? के मैले मानिसको लागि बनाएको संसारको अवस्था वास्तवमै यस्तै हो त? किन होला मैले मानिसलाई अतुलनीय सरसम्पत्तिहरू दिएको भए तापनि त्यसको सट्टामा उसले मलाई उसका रित्ता दुई हात अर्पण गर्छ? किन मानिसले मलाई साँचो रूपमा प्रेम गर्दैन? किन ऊ मेरो अगाडि कहिल्यै आउँदैन? के मेरा सबै वचनहरू व्यर्थका लागि हुन् त? के मेरा वचनहरू पानीबाट ताप हराएजस्तै गरी हराएकै हुन् त? किन मानिस मसँग सहकार्य गर्न अनिच्छुक छ? के मेरो दिनको आगमन वास्तवमै मानिसको मृत्युको क्षण हो त? के मेरो राज्य निर्मित हुँदा वास्तवमै मैले मानिसलाई नाश पार्छु त? मेरो सम्पूर्ण व्यवस्थापन योजनाको अवधिमा किन कसैले पनि मेरा अभिप्रायहरू बुझेका छैनन्? मेरा मुखबाट निस्किएका वाणीहरूलाई प्यारो ठान्नुको सट्टा किन मानिसले तिनलाई घृणा र तिरस्कार गर्छ? म कसैलाई पनि दोष दिन्न, म त केवल सबै मानिसहरूलाई शान्तपनमा फर्कन र आत्म-चिन्तनको काम गर्न लगाउँछु।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय २५” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३७२

मानिसले मेरो न्यानोपनलाई अनुभव गरेको छ, मानिसले मलाई इमानदारीताको साथ सेवा गरेको छ, र मेरो उपस्थितिमा सबै कुरा गर्दै मानिस मेरो अघि इमानदारीताको साथ समर्पित भएको छ। तैपनि आजका मानिसहरूद्वारा यो प्राप्त गर्नु असम्‍भव छ; तिनीहरूले आत्मामा बिलौना गर्ने बाहेक केही पनि गर्दैनन्, मानौं तिनीहरूलाई भोको ब्‍वाँसोले लुछेको छ, र नरोकिइकन मेरो अगाडि रुँदै तिनीहरूले विवश भएर मलाई हेर्न मात्रै सक्छन्। तर अन्त्यमा, तिनीहरू आफ्‍नो दुःखद अवस्थाबाट उम्कन सक्दैनन्। विगतका मानिसहरूले आफ्‍नो स्‍नेहद्वारा मेरो दयाको ऋण तिर्नको लागि मेरो उपस्थितिमा स्वर्ग र पृथ्वीको शपथ खाँदै, मेरै उपस्थितिमा कसरी प्रतिज्ञा गरेका थिए त्यसको बारेमा म विचार गर्छु। तिनीहरू मेरो अगाडि शोकले बिलौना गरे, र तिनीहरूको रुवाइको आवाज हृदयस्पर्शी, सहनै नसकिने किसिमको थियो। तिनीहरूको संकल्‍पको कारण, म प्रायजसो मानिसहरूलाई सहयोग प्रदान गर्छु। धेरै पटक, मानिसहरू ममा समर्पित हुनका लागि मेरो सामने आएका छन्, तिनीहरूको प्रेमिलो आचरण बिर्सनै नसकिने किसिमको छ। धेरै पटक, तिनीहरूको अटल वफादारितामा तिनीहरूले मलाई प्रेम गरेका छन्, तिनीहरूको उत्सुकता सराहनीय छन्। धेरै पटक, तिनीहरूले आफ्‍नै ज्यानको समेत बलिदान दिने हदसम्‍म तिनीहरूले मलाई प्रेम गरेका छन्, तिनीहरूले आफैलाई भन्दा बढी मलाई प्रेम गरेका छन्—र तिनीहरूको इमानदारीता देखेर, मैले तिनीहरूको प्रेमलाई स्वीकार गरेको छु। धेरै पटक, मृत्युको मुखमा समेत मेरो खातिर तटस्थ बस्दै तिनीहरूले मेरो उपस्थितिमा आफैलाई प्रदान गरेका छन्, र मैले तिनीहरूका परेलाहरूबाट चिन्ताहरूलाई पुछिदिएको छु र तिनीहरूको मुहारबाट फोहोरहरूलाई बिस्तारै हटाइदिएको छु। धेरै पटक मैले तिनीहरूलाई संरक्षण गरी राखेको सम्पत्तिलाई जस्तै प्रेम गरेको छु, र धेरै पटक मैले तिनीहरूलाई मेरा आफ्‍नै शत्रुहरूका रूपमा घृणा गरेको छु। तैपनि, मेरो मनमा जे छ, त्यो मानिसको पकडभन्दा बाहिर रहन्छ। जब मानिसहरू दुःखित हुन्छन्, म तिनीहरूलाई सान्त्वना दिन आउँछु, र जब तिनीहरू कमजोर छन्, म तिनीहरूलाई सहयोग गर्न आउँछु। जब तिनीहरू हराउँछन्, म तिनीहरूलाई दिशा-निर्देशन दिन्छु। जब तिनीहरू रुन्छन्, म तिनीहरूको आँसु पुछिदिन्छु। तर जब म दुःखित हुन्छु, कसले मलाई आफ्‍नो हृदयबाट सान्त्वना दिन सक्छ? जब म अत्यन्तै चिन्तित हुन्छु, मेरा भावनाहरूका बारेमा कसले विचार गर्छ? जब म शोकमा पर्छु, मेरो हृदयको चोटलाई कसले उपचार गर्छ? जब मलाई कसैको खाँचो पर्छ, मसँग सहकार्य गर्नलाई कसले स्वयंसेवकको काम गर्छ? के मानिसहरूको पहिलेको आचरण कहिल्यै नफर्किने गरी अब हराएको हो भन्‍ने हुन सक्छ? किन तिनीहरूको स्मरणमा केही पनि रहँदैन? कसरी मानिसहरूले यी सबै कुराहरू बिर्सेका छन्? के यी सबै मानवजातिको शत्रुले उसमा ल्याएको भ्रष्टताको कारणले होइन र?

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय २७” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश ३७३

परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, तर उहाँ मानव संसारमा आउनुहुँदा मानिसहरूले उहाँको प्रतिरोध गर्न र उहाँलाई तिनीहरूको क्षेत्रबाट धपाउन खोजे, मानौं कि उहाँ संसारमा यताउता भौतारिरहेको कुनै टुहुरो व्यक्ति वा आफ्नो देश नभएको सांसारिक व्यक्ति हुनुहुन्छ। परमेश्‍वरप्रति कसैले पनि आत्मीयता अनुभूति गर्दैन, उहाँलाई कसैले पनि साँचो रूपमा प्रेम गर्दैन, र उहाँको आगमनलाई कसैले पनि कहिल्यै स्वागत गरेको छैन। यसको सट्टा, परमेश्‍वरको आगमनलाई देख्दा, खुसीपूर्ण मुहारहरूलाई एकै क्षणमा बादलको छाँयाले ढाकिदिन्छ, मानौं कि अकस्मात् आँधीहुरी आउन लागेको छ वा परमेश्‍वरले तिनीहरूका परिवारका खुसीहरू खोसी लैजान सक्‍नुहुन्छ, र मानौं कि परमेश्‍वरले मानिसहरूलाई कहिल्यै पनि आशिष् दिनुभएकै छैन, बरु उहाँले सधैँ तिनीहरूमा केवल दुर्भाग्य ल्याउनुभएको छ। त्यसैले, मानिसहरूको मनमा परमेश्‍वर सौभाग्य हुनुहुन्न, बरु तिनीहरूलाई सधैँ श्राप दिने व्यक्ति हुनुहुन्छ। यस कारणले गर्दा, मानिसहरूले उहाँप्रति ध्यान दिँदैनन् वा उहाँलाई स्वागत गर्दैनन्; तिनीहरू उहाँप्रति सधैँ रूखो रहन्छन्, र अवस्था सधैँ यस्तै रहँदै आएको छ। मानिसहरूले आफ्नो हृदयमा यस्ता कुराहरू राख्ने भएकोले, परमेश्‍वर भन्‍नुहुन्छ, मानवजाति अमर्यादित र अनैतिक छन्, र जुन भावनाहरूद्वारा मानिसहरू ओतप्रोत हुनुपर्ने हो तिनीहरूमा ती भावनाहरू पनि छैनन्। मानिसहरूले परमेश्‍वरका भावनाहरूप्रति अलिकति पनि आदर देखाउँदैनन्, बरु परमेश्‍वरलाई सामना गर्नको लागि तथाकथित “धर्मीपन” को प्रयोग गर्छन्। तिनीहरू वर्षौंदेखि यस्तै रहँदै आएका छन्, र यही कारणले गर्दा, परमेश्‍वरले तिनीहरूको स्वभाव बदलिएको छैन भनी भन्नुभएको छ। यसले तिनीहरूभित्र अलिकति पनि सार छैन भन्ने देखाउँछ। मानव व्यर्थका तुच्छहरू हुन् भनेर भन्‍न सकिन्छ किनकि तिनीहरूले आफैलाई मूल्यवान् ठान्दैनन्। यदि तिनीहरूले आफैलाई समेत प्रेम गर्दैनन्, बरु आफैलाई कुल्चन्छन् भने, तब के यसले तिनीहरूको व्यर्थतालाई देखाउँदैन र? मानवजाति आफैमाथि खेल खेल्ने र अपवित्र पारिनको निम्ति स्वेच्छाले आफूलाई अरूकहाँ सुम्पने अनैतिक स्त्री झैँ छ। यति हुँदाहुँदै पनि, मानिसहरूले तिनीहरू कति नीच छन् भनेर अझै पहिचान गर्न सक्दैनन्। तिनीहरूले आफैँलाई अरूको नियन्त्रणमा राखेर अरूको निम्ति काम गर्न वा अरूसँग कुरा गर्नुमा आनन्द प्राप्त गर्छन्; के मानवजातिको फोहोरीपन ठीक यही नै होइन र? मैले मानवजाति माझमा जीवन अनुभव गरेको छैन र साँचो रूपले मानव जीवनको अनुभव गरेको छैन तैपनि, मैले मानवको हरेक चाल, हरेक कार्य, हरेक शब्द र हरेक कामको स्पष्ट बुझाइ हासिल गरेको छु। मानवलाई सबैभन्दा गहिरो सर्ममा पार्दै, तिनीहरूले आफ्नै गुप्तका गलत कामहरू प्रकट गर्न साहस गर्न वा तिनीहरूको अभिलाषामा लाग्‍न नसक्ने अवस्थासम्‍म हुने गरी तिनीहरूलाई खुलासा गर्न पनि म सक्षम छु। आफ्नै खोलहरूमा फर्कने सङ्खे कीराहरू जस्तै, तिनीहरूले अब उप्रान्त आफ्नो कुरूप अवस्थालाई प्रकट गर्ने साहस गर्दैनन्। मानवले आफैलाई नचिन्‍ने हुनाले, आफ्ना आकर्षणहरूलाई अरूको अगाडि प्रदर्शन गर्ने, आफ्नो कुरूप मुहारहरू प्रदर्शन गर्ने तिनीहरूको इच्छुकता नै तिनीहरूको सबैभन्दा ठूलो कमजोरी हो; परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने कुरा यही हो। किनभने मानिसहरू बीचको सम्बन्धहरू असामान्य छन् र मानिसहरूको बीचमा सामान्य पारस्परिक सम्बन्धहरूको अभाव छ, तिनीहरू र परमेश्‍वरको बीच सामान्य सम्बन्धहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले धेरै कुरा बताउनुभएको छ र उहाँले यसो गर्नुहुँदा उहाँको मुख्य उद्देश्य मानिसहरूको हृदयमा एउटा ठाउँ ओगटेर बस्नु हो ताकि तिनीहरूले त्यहाँ बास गरेका अन्य सबै आदर्शहरूलाई निकालेर फाल्न सकून्। त्यसपछि, परमेश्‍वरले सारा मानवजातिमाथि शक्ति देखाउन सक्नुहुन्छ र पृथ्वीमा उहाँको अस्तित्वको उद्देश्य हासिल गर्न सक्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “अध्याय १४” बाट उद्धृत गरिएको

अघिल्लो: मानवजातिको भ्रष्टता उजागर गर्नु (१)

अर्को: १०. जीवनमा प्रवेश

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्

सबै मानिस येशूको साँचो मुहार हेर्न चाहन्छन्, र सबै जना उहाँसँग हुन चाहन्छन्। कुनै दाजुभाइ वा दिदी-बहिनीले हामी येशूलाई हेर्न वा उहाँसँग हुन...

परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन...

देहधारणको रहस्य (४)

तिमीहरूलाई बाइबलको पृष्ठभूमिको कथा र यसको निर्माणको बारेमा थाहा हुनुपर्दछ। यो ज्ञान ती व्यक्तिहरूको स्वामित्वमा हुँदैन जसले परमेश्‍वरको...

अध्याय १०

आखिर, राज्यको युग विगतका समयहरूभन्दा फरक छ। मानवजातिले कस्तो व्यवहार गर्छन्, त्यससँग यसले सरोकार राख्दैन; बरु, म मेरो काम गर्नको लागि...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्