६. परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू अंश २३२

म धर्मी छु, म भरोसायोग्य छु, र म मानिसको अन्तस्करण जाँच गर्ने परमेश्‍वर हुँ! को साँचो हो र को झूटो हो सो म तुरुन्तै प्रकट गर्नेछु। नआत्तिओ; सबै थोकले मेरो समयअनुसार काम गर्दछन्। कसले मलाई इमानदारीसाथ चाहन्छ, र कसले चाहँदैन, त्यो एक-एक गरी म तिमीहरूलाई बताउनेछु। तिमीहरू केवल खाने, पिउने र मेरो उपस्थितिमा आउँदा मेरो नजिक आउने कुरामा मात्रै ध्यान देओ, र मेरो काम म आफै गर्नेछु। तुरुन्तै परिणामहरू प्राप्त गर्नको लागि अनावश्यक रूपमा चिन्तित नहोओ; मेरो काम झट्टै एकै पटक सम्पन्न गर्न सकिने काम होइन। त्यसभित्र मेरा चरणहरू र मेरो बुद्धि छन्, त्यसैले मेरो बुद्धि प्रकट गर्न सकिन्छ। म तिमीहरूलाई मेरा हातहरूले के गरेका छन् त्यो देखाउनेछु—दुष्टलाई दण्ड र असललाई इनाम दिनु। म अवश्य नै कसैको पनि पक्ष लिँदिनँ। तँ, जसले इमानदारीसाथ मलाई प्रेम गर्छ, म तँलाई इमानदारीसाथ प्रेम गर्दछु, जसले मलाई इमानदारीसाथ प्रेम गर्दैनन्, मेरो क्रोध सधैँ तिनीहरूसित रहनेछ, ताकि तिनीहरूले सारा अनन्तताभरि यो स्मरण गरून् कि म नै साँचो परमेश्‍वर, मानिसको अन्तस्करण जाँच्ने परमेश्‍वर हुँ। अरूको सामुन्ने एक प्रकारको र तिनीहरूका पिठिउँपछाडि अर्को प्रकारको व्यवहार नगर; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्न सक्छु, र तिमीहरूले अरूलाई मूर्ख बनाउन सके पनि, मलाई मूर्ख बनाउन सक्दैनौ। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरा हातमा छन्। आफैलाई धेरै चतुर सम्झँदै तेरो क्षुद्र साना युक्तिहरूले तेरोको फाइदा गराउँछ भन्‍ने नठान्। म तँलाई भन्छु: मानिसहरूले जति धेरै योजनाहरू बनाए पनि, चाहे ती हजारौं वा लाखौँ भए पनि, आखिरीमा ती मेरो हत्केलाबाट उम्कन सक्दैनन्। सबै थोक र सबै वस्तुहरू मेरा हातहरूद्वारा नियन्त्रित छन्, एक जना व्यक्तिको त कुरै नगरौं! मलाई छल्ने वा मबाट लुक्ने कोसिस नगर्, फुस्लाउने वा लुकाउने कोसिस नगर्। के मेरो महिमित अनुहार, मेरो क्रोध र मेरो न्यायलाई सार्वजनिक रूपमा प्रकट गरिएको छ भन्‍ने तैँले अझै देखेको छैनस् भन्‍ने हुन सक्छ? ज-जसले मलाई इमानदारीसाथ चाहँदैन, म तिनीहरूलाई तुरुन्तै र कृपा नगरी न्याय गर्नेछु। मेरो दयाको अन्त्य भएको छ; अब केही बाँकी छैन। अब उप्रान्त पाखण्डीहरू नबन्, र तेरा असभ्य र लापरवाह चालहरूलाई बन्द गर्।

हे मेरो छोरो, होसियार बस्; मेरो उपस्थितिमा धेरै समय बिता अनि म तेरो जिम्मा लिनेछु। नडरा, मेरो दुईधारे तरवार लिएर आइजा, र—मेरो इच्छाअनुसार—कठिनाइ भए पनि शैतानसित अन्तिमसम्म लडाइँ गर्। म तँलाई रक्षा गर्नेछु; कुनै चिन्ता नगर्। लुकेका सबै कुराहरू खोलिनेछन् र प्रकट गरिनेछन्। म सूर्य हुँ जसले प्रकाश दिन्छ, निर्दयतापूर्वक सबै अन्धकारलाई उज्यालो पार्छ। मेरो न्याय पूर्ण रूपले आफ्नो सम्पूर्णतामा ओर्लिएको छ; मण्डली लडाइँको एक मैदान हो। तिमीहरू सबैले आफैलाई तयार पार्नुपर्छ र तेरो सम्पूर्ण अस्तित्व अन्तिम, निर्णायक लडाइँमा समर्पित गर्नुपर्छ; म तँलाई निश्चित रूपमा रक्षा गर्नेछु ताकि तैंले मेरो लागि असल र विजयी लडाइँ लड्न सक्।

सावधान हो—हिजोआज मानिसहरूका हृदयहरू छली अनि पूर्वानुमान गर्न नसकिने छन् र उनीहरूसँग अन्य मानिसहरूको विश्वास जित्ने कुनै तरिका छैन। केवल म पूर्ण रूपमा तिमीहरूका लागि छु। ममा कुनै छल छैन; केवल ममाथि भर पर्! मेरो छोराहरू निश्चय त्यो अन्तिम, निर्णायक लडाइँमा विजयी हुनेछन्, र शैतान निश्चय नै मृत्यु-संघर्षका लागि बाहिर आउनेछ। नडरा! म तेरो शक्ति हुँ, र म तेरो सबै थोक हुँ। तँ ती कुराहरूको विषयमा घरीघरी विचार नगर्, तैँले त्यति धेरै कुराहरूमा एकसाथ विचार गर्न सक्दैनस्। मैले पहिले नै भनेको छु, म तिमीहरूलाई अब फेरि बाटोमा तान्ने छैन, किनकि समय धेरै दबाबपूर्ण अवस्थामा छ। मसँग तिमीहरूलाई कानमा समातेर हरेक मोडमा तिमीहरूलाई सावधान गराउने समय छैन—यो सम्भव छैन! लडाँइका निम्ति तेरा तयारीहरू समाप्त गर्। म तेरो लागि पूर्ण जिम्मेवारी लिन्छु; सबै कुराहरू मेरो हातमा छन्। यो मृत्युसम्मकै लडाइँ हो, र एक वा अर्को पक्ष नष्ट हुने निश्चित छ। तर तँ यस विषयमा स्पष्ट हुनुपर्छ: म सधैं विजयी र अपराजित छु, र शैतान निश्चय नै नाश हुनेछ। यो मेरो पद्धति हो, मेरो काम, मेरो इच्छा, र मेरो योजना हो!

काम भइसक्यो! सबै काम भइसक्यो! डरपोक वा भयभीत नहो। म तँसँग, र तँ मसँग, हामी सधैंभरि राजाहरू हुनेछौं! मेरा वचनहरू, एकपटक बोलिएपछि कहिल्यै बदलिंदैनन्, र घटनाहरू चाँडै तिमीहरूमाथि घट्नेछन्। होसियार रहो! तैंले प्रत्येक पंक्तिमाथि राम्ररी विचार गर्नुपर्छ; मेरा वचनहरूको बारेमा अब फेरि अनिश्चित नहो। तँ तिनको बारेमा स्पष्ट हुनुपर्छ! तैंले याद राख्नुपर्छ—मेरो उपस्थितिमा जतिसक्दो धेरै समय बिता!

— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ४४” बाट

परमेश्‍वरका दैनिक वचनहरू अंश २३३

मैले दुष्कर्म गर्नेहरू र शक्ति प्रयोग गरेर परमेश्‍वरका छोराहरूलाई सताउनेहरूलाई दण्ड दिने काम सुरु गरेको छु। अबउप्रान्त, मेरा प्रशासनिक आदेशहरूको हात सधैं तिनीहरूमाथि हुनेछ जसका हृदयहरू मेरो विरोधमा छन्। यो कुरा जान्। यो मेरो न्यायको सुरुआत हो, र कसैलाई पनि दया देखाइनेछैन, न त कसैलाई नै सजायबाट बचाइनेछ, किनकि म भावनामा नडुब्ने निष्पक्ष परमेश्‍वर हुँ जसले धार्मिकताको अभ्यास गर्छ, र तिमीहरू सबैले यो कुरा बुझेको राम्रो हुनेछ।

यो होइन कि म खराब काम गर्नेलाई दण्ड दिने इच्छा राख्छु; बरु, यो त तिनीहरूका आफ्नै खराब कामहरूले तिनीहरूमाथि उचित दण्ड ल्याएको कुरा हो। म कसैलाई पनि दण्ड दिन हतार गर्दिनँ, न त म कसैलाई अन्यायपूर्वक व्यवहार गर्छु—म सबैका लागि धार्मिक छु। म निश्चय नै मेरा छोराहरूलाई प्रेम गर्छु, र मलाई चुनौती दिने दुष्ट मानिसहरूलाई निश्चय नै घृणा गर्छु; मेरा कामहरूपछडिको सिद्धान्त यही हो। तिमीहरू प्रत्येकसित मेरो प्रशासनिक आदेशहरूको बारेमा केही जानकारी हुनुपर्दछ; यदि यो नभए तिमीहरूमा रत्तीभर पनि डर हुनेछैन, र मेरो सामु लापरवाहीसाथ काम गर्नेछौ। म के हासिल गर्न चाहन्छु, म के सम्पन्न गर्न चाहन्छु, के प्राप्त गर्न चाहन्छु वा मेरो राज्यलाई कस्तो किसिमको व्यक्ति चाहिन्छ सो पनि तिमीहरूले जान्‍नेछैनौ।

मेरो प्रशासनिक आदेशहरू यी हुन्:

१. तँ जो-सुकै भए पनि, यदि तेरो हृदयमा मप्रति विरोधाभास छ भने, तेरो न्याय गरिनेछ।

२. जसलाई मैले चुनेको छु, तिनीहरूले कुनै पनि गलत विचार गर्नसाथ तिनीहरूलाई तुरुन्तै अनुशासनमा राखिनेछ।

३. मलाई विश्‍वास नगर्नेहरूलाई म पन्छ्याउनेछु। म तिनीहरूलाई आखिरी समयसम्म लापरबाहीसँग बोल्‍न र काम गर्न दिनेछु, त्यसपछि म तिनीहरूलाई पूर्ण रूपले दण्ड दिनेछु र छुट्याउनेछु।

४. ममा विश्‍वास गर्नेहरूलाई म हरसमय हेरचाह र सुरक्षा गर्नेछु। हरसमय म तिनीहरूलाई मुक्तिको मार्गद्वारा जीवन प्रदान गर्नेछु। यी मानिसहरूसित मेरो प्रेम हुनेछ, र तिनीहरू निश्चय पतन हुनेछैनन् वा तिनीहरूले आफ्ना बाटो गुमाउनेछैनन्। तिनीहरूसँग भएको कुनै कमजोरी अस्थायी मात्र हुनेछ, र म तिनीहरूका कमजोरीहरूलाई निश्चय सम्‍झनेछैनँ।

५. तिनीहरू, जसले ममा विश्‍वास गरेकोजस्तो देखिन्छ, तर वास्तवमा त्यसो गर्दैनन्—जसले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छन् तर ख्रीष्टलाई खोज्दैनन्, तापनि जसले पनि विरोध गर्दैनन्—यिनीहरू अति दयनीय किसिमका मानिसहरू हुन्, र मेरा कामहरूद्वारा म तिनीहरूलाई स्पष्ट देख्ने बनाउनेछु। मेरा कामहरूद्वारा, म त्यस्ता मानिसहरूलाई मुक्ति दिनेछु र तिनीहरूलाई फर्काएर ल्याउनेछु।

६. जेठा छोराहरू, मेरो नाउँ स्वीकार गर्ने पहिलो व्यक्तिहरू, आशिषित हुनेछन्! म निश्चय तिमीहरूलाई सर्वोत्तम आशिषहरू दिनेछु, तिमीहरूका हृदयको सन्तुष्टिका निम्ति ती उपभोग गर्न दिनेछु; कसैले पनि यसमा बाधा दिने आँट गर्नेछैन। यो सबै तिमीहरूका लागि पूर्ण रूपमा तयार छ, किनकि यो मेरो प्रशासनिक आदेश हो।

— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ५६” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २३४

जसले मेरा वचनहरू पढेका छन् र ती पूरा हुनेछन् भनी विश्‍वास गर्छन्, तिनीहरू आशिषित् हुन्। म तँलाई बिलकुलै दुर्व्यवहार गर्नेछैन; म तैँले विश्‍वास गरेका कुराहरूलाई तँमा पूरा गराइदिनेछु। यो तँमा आउँदै गरेको मेरो आशिष् हो। मेरा वचनहरूले हरेक व्यक्तिमा लुकेका रहस्यहरूलाई प्रहार गर्नेछन्; हरेक व्यक्तिसँग प्राणघातक घाउहरू हुन्छन् र म ती घाउ निको पार्ने कुशल चिकित्सक हुँ: केवल मेरो छेउ आइज। मैले किन भविष्यमा कुनै पनि दुःखकष्ट वा कुनै पनि आँसु हुनेछैन भनी भनेँ त? मैले यही कारणले भनेको हुँ। ममा सबै थोक सिद्ध छन्, तर मानिसहरूमा सबै थोक भ्रष्ट, रित्तो र मानिसहरूप्रति धोकापूर्ण छन्। मेरो उपस्थितिमा, तैँले सबै थोक प्राप्त गर्ने कुरा निश्चित हुन्छ, र अवश्य नै तैँले आफूले कहिल्यै कल्पना पनि गर्न नसकेका आशिष्‌हरू देख्न र उपभोग गर्न सक्नेछस्। मेरो सामु नआउनेहरू निश्चय नै विद्रोही स्वभावका छन्, र तिनीहरू पूर्णतया मेरो प्रतिरोध गर्ने व्यक्तिहरू हुन्। म तिनीहरूलाई हल्कैसित जान दिनेछैन; म त्यस्ता मानिसहरूलाई गम्भीर रूपमा सजाय दिनेछु। यो कुरा याद राख्! मानिसहरू जति धेरै मेरो सामु आउँछन्, तिनीहरूले त्यति नै धेरै प्राप्त गर्नेछन्—तैपनि त्यो केवल अनुग्रह मात्र हुनेछ। पछि, तिनीहरूले अझै ठूला आशिष्‌हरू पाउनेछन्।

संसारको सृष्टि भएदेखि नै मैले मानिसहरूको यो समूहलाई चुन्ने र तिनीहरूको नियति पूर्वनिर्धारित गर्ने काम सुरु गरेको हुँ—नामै लिँदा, आजका तिमीहरूलाई। तिमीहरूको मनोभाव, क्षमता, रूप, र कद, तिमीहरू कुन परिवारमा जन्म्यौ, तेरो जागिर, र तेरो विवाह—तेरो सम्पूर्णतामा तँ, तेरो कपाल र तेरो छालाको रङ्ग, र तेरो जन्मको समयलगायत—सबै कुराहरू मेरा हातहरूले बन्दोबस्त गरेका थिए। मैले आफ्नै हातले तैँले हरेक दिन गर्ने कुराहरू र भेट्ने मानिसहरूको समेत बन्दोबस्त गरेँ, र तँलाई आज मेरो छेउमा ल्याइएको तथ्य पनि वास्तवमै मेरो बन्दोबस्तद्वारा गरिएको हो भनी उल्लेख गरिरहनु नपर्ला। आफूलाई अस्तव्यस्ततामा नफाल्; तँ शान्तसँग अघि बढ्नुपर्छ। मैले तँलाई जे उपभोग गर्न दिएको छु त्यो तँले पाउनैपर्ने तेरो हिस्सा हो, र यसलाई मैले संसारको सृष्टि भएदेखि नै पूर्वनिर्धारित गरेको हुँ। मानिसहरू सबै अत्यन्तै चरम अवस्थामा पुगेका छन्: तिनीहरू कि त अत्यन्तै हठी कि त पूर्ण रूपमा लाजहीन छन्। तिनीहरूले मेरा योजना र बन्दोस्तहरूअनुरूप काम-कुरा गर्न सक्दैनन्। अबउप्रान्त यस्तो नगर्। ममा सबै थोक मुक्त छन्; आफूलाई नबाँध्, किनकि यसबाट तेरो जीवनसम्बन्धी कुराहरूमा हानि हुनेछ। यो कुरा याद राख्!

— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ७४” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २३५

म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ र यसको अतिरिक्त, म एक र परमेश्‍वरको एक मात्र व्यक्ति हुँ। त्यो भन्दा पनि, म, शरीरको पूर्णता, परमेश्‍वरको पूर्ण प्रकटीकरण हुँ। जसले मेरो आदर नगर्ने आँट गर्छ, जसले तिनीहरूका आँखाहरूमा प्रतिरोध प्रकट गर्ने आँट गर्छ, र जसले मेरो विरुद्धमा चुनौती दिने कुराहरू बोल्ने आँट गर्छ त्यो निश्चित रूपमा मेरो श्राप र क्रोधबाट मर्नेछ (मेरो क्रोधको कारण श्राप आउनेछ)। यसबाहेक, जो मप्रति बफादार नहुने वा जसले छोराछोरीले जस्तो आदर नगर्ने आँट गर्छ, र जसले मलाई छक्काउने कोसिस गर्छ, त्यो निश्चय मेरो घृणाको कारण मर्नेछ। मेरो धार्मिकता, प्रताप र न्याय सदासर्वदा रहिरहनेछ। सुरुमा, म प्रेमिलो र दयालु थिएँ, तर यो मेरो सम्पूर्ण ईश्‍वरत्वको स्वभाव होइन; धार्मिकता, प्रताप र न्यायले मात्र म स्वयम् पूर्ण परमेश्‍वरको स्वभाव बनेको छ। अनुग्रहको युगको अवधिमा म प्रेमिलो र दयालु थिएँ। मैले समाप्त गर्नुपर्ने कामको कारण मैले दया र कृपा धारण गरेको थिएँ; तापनि पछिबाट त्यस्ता कुराहरूको कुनै आवश्यकता परेन (र त्यस बेलादेखि यता ती कुनै पनि छैनन्)। यो सबै धार्मिकता, महिमा र न्याय हो, र यो मेरो सम्पूर्ण ईश्‍वरत्वसँग जोडिएको मेरो सामान्य मानवताको पूर्ण स्वभाव हो।

मलाई नचिन्नेहरू अतल कुण्डमा नाश हुनेछन् भने जसलाई मेरो बारेमा दृढ़ विश्वास छ तिनीहरू सदासर्वदा जीवित रहनेछन्, तिनीहरूलाई मेरो प्रेमभित्र हेरचाह र सुरक्षा प्रदान गरिनेछ। मैले एक शब्द मात्र बोल्दा, सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीका अन्तिम छेउहरू काँप्छन्। को मेरो वचन सुनेर डरले काँप्दैन? कसले मप्रति बढने श्रद्धालाई रोक्न सक्छ? अनि मेरा कामहरूबाट मेरो धार्मिकता र महिमाको बारेमा जान्न असक्षम को छ र! अनि मेरा कामहरूभित्र मेरो सर्वशक्तिमान्‌ता र मेरो महान्‌ता देख्न असक्षम को छ र! ज-जसले ध्यान दिँदैनन् तिनीहरू निश्चय नै मर्नेछन्। किनकि ध्यान नदिनेहरू तिनीहरू हुन् जसले मेरो विरोध गर्छन् र मलाई चिन्दैनन्; तिनीहरू प्रधानदूत हुन्, र तिनीहरू अति स्वेच्छाचारी छन्। आफैलाई जाँच्: जो स्वेच्छाचारी, स्व-धर्मी, घमन्डी र अहङ्कारी छ, त्यो निश्चय नै मेरो घृणाको पात्र हुन्छ र त्यो विनाशतिर बढदै गरेको हुन्छ!

अब म मेरो राज्यको प्रशासकीय आदेशहरू घोषणा गर्दछु: सबै कुरा मेरो न्यायको अधीनमा छन्, सबै कुरा मेरो धार्मिकताभित्र छन्, सबै कुरा मेरो प्रतापभित्र छन्, र म सबैप्रति मेरो धार्मिकताको अभ्यास गर्दछु। जसले मलाई विश्‍वास गर्छु भन्छ, तर जसको भित्र गहिराइमा मप्रति विरोधाभास छ, वा जसको हृदयले मलाई त्यागेको छ, तिनीहरूलाई निकालिनेछ—तर सबै मेरो आफ्नै ठीक समयमा हुनेछ। जुन मानिसहरू अरूले थाहा नपाउने तरिकाले मेरो बारेमा व्यङ्ग्यात्मक कुरा गर्छन्, तिनीहरू तुरुन्तै मर्नेछन् (तिनीहरू आत्मा, शरीर र प्राणमा नाश हुनेछन्)। जसले मेरो प्रियलाई थिचोमिचो गर्छन् वा उपेक्षा गर्छ तिनीहरूलाई तुरुन्तै मेरो क्रोधद्वारा न्याय गरिनेछ। यसको मतलब यो हो कि मैले प्रेम गरेकाहरूसँग जसले ईर्ष्या गर्छन्, र जसले मलाई अधर्मी ठान्छन्, तिनीहरूलाई मेरो प्रियद्वारा न्याय गरिनका लागि सुम्पिनेछन्। असल व्यवहार गर्ने, सरल र इमानदार हुनेहरू सबै (बुद्धि नहुनेहरू लगायत), र जसले मसँग एकचित्त भई व्यवहार गर्दछन्, तिनीहरू सबै मेरो राज्यमा रहनेछन्। जसले तालीम पाएका छैनन्—अर्थात् ती इमानदार मानिसहरू जसमा बुद्धि र अन्तर्दृष्टिको अभाव हुन्छ—मेरो राज्यमा तिनीहरूसित शक्ति हुनेछ। यद्यपि, तिनीहरूलाई पनि निराकरण गरिएको र तोडिएको हुन्छ। तालिमबाट भएर नगएकाहरू पूर्ण हुँदैनन्। बरु, यिनै कुराहरूद्वारा म सबैलाई मेरो सर्वशक्तिमान्‌ता र मेरो बुद्धि देखाउनेछु। म ती सबैलाई बाहिर निकाल्‍नेछु जसले अझै पनि मलाई शङ्का गर्छन्; म तिनीहरूमध्ये एकै जनालाई पनि चाहन्नँ (यस्तो समयमा पनि मलाई शङ्का गर्ने मानिसहरूलाई म घृणा गर्दछु)। मैले सम्पूर्ण ब्रह्माण्डमा गर्ने कार्यहरूद्वारा म इमानदार मानिसहरूलाई मेरा कामहरूको आश्चर्यता देखाउनेछु, त्यसरी म उनीहरूको बुद्धि, अन्तर्दृष्टि र विवेकलाई वृद्धि गराउनेछु। म छलकपट गर्ने मानिसहरूलाई मेरो चमत्कारपूर्ण कार्यहरूको फलस्वरूप एकै क्षणमा नाश पार्नेछु। मेरा नाउँ पहिले ग्रहण गर्ने सबै ज्येष्ठ पुत्रहरू (अर्थात्, ती पवित्र र निष्कलङ्क र इमानदार मानिसहरू) तिनीहरू राज्यमा प्रवेश गर्ने पहिलो मानिसहरू हुनेछन् र मसँगै सबै जातिहरू र सबै मानिसहरूमाथि शासन गर्नेछन्, र सबै जातिहरू र सबै मानिसहरूको न्याय गर्दै राज्यमा राजाको रूपमा शासन गर्नेछन् (यसले राज्यका सबै ज्येष्ठ पुत्रहरूलाई दर्साउँछ र अरू कसैलाई होइन)। सबै जातिहरू र सबै मानिसहरूमध्ये जो न्याय गरिएका छन्, र जसले पश्चात्ताप गरेका छन्, तिनीहरू मेरो राज्यमा प्रवेश गर्नेछन् र मेरा प्रजा हुनेछन्, अनि अटेरी र अपश्‍चात्तापी मानिसहरू अतल कुण्डमा फालिनेछन् (सदाका लागि नाश हुनलाई)। राज्यमा हुने न्याय अन्तिम हुनेछ, र त्यो मैले गर्ने संसारको पूर्ण शुद्धीकरण हुनेछ। त्यसपछि त्यहाँ कुनै अन्याय, शोक, आँसु वा सुस्केराहरू हुनेछैन, र त्योभन्दा बढी, त्यहाँ फेरि संसार हुनेछैन। सबै कुरा ख्रीष्टको प्रकटीकरण हुनेछ, र सबै ख्रीष्टको राज्य हुनेछन्। कस्तो महिमा! कस्तो महिमा!

— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ७९” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २३६

अब म तिमीहरूका लागि मेरो प्रशासनिक आदेशहरू जारी गर्दछु (जुन ती घोषणा गरिएकै दिनदेखि प्रभावकारी हुन्छन्, जसले विभिन्न व्यक्तिहरूका निम्ति विभिन्न सजायहरू भोग्‍नेछ):

म मेरा प्रतिज्ञाहरू पालन गर्दछु, र सबै कुरा मेरै हातमा छ: ज-जसले शङ्का गर्छन्, तिनीहरू निश्चय मारिनेछन्। छूट दिने कुनै ठाउँ छैन; तिनीहरू तुरुन्तै मेटाइनेछन्, यसरी मेरो हृदयबाट घृणा हटाइन्छ। (अबदेखि यो पक्का छ कि जो मारिन्छ त्यो मेरो राज्यको सदस्य हुनुहुँदैन, र शैतानको सन्तान हुनुपर्दछ।)

जेठा छोराहरूको रूपमा तिमीहरू आफ्नै हैसियतमा बस्‍नुपर्छ र आफ्ना कर्तव्यहरूलाई राम्रोसँग पूरा गर्नुपर्छ, र अनावश्यक रूपमा अति जिज्ञासु हुनुहुँदैन। तैंले मेरो प्रबन्ध योजनाको लागि आफैलाई समर्पण गर्नुपर्छ, र तँ जहाँ-जहाँ जान्छस्, तैंले मेरो असल गवाही दिनुपर्छ र मेरो नाउँलाई महिमित गर्नुपर्छ। लाजमर्दो कामहरू नगर्, मेरा सबै सन्तान र मेरा मानिसहरूका लागि उदाहरण बन्। एकैछिनको लागि पनि अनैतिक नबन्: तँ सधैँ सबैका अगि जेठो छोराको पहिचान बोकेर उपस्थित हुनुपर्छ, र सेवा गर्नेजस्तो हुनुहुँदैन; बरु, तँ शिर ठाडो पारेर अगाडि बढ्नुपर्छ। म तँलाई मेरो नाउँ बदनाम गर्न होइन, मेरो नाउँको महिमा गर्न लगाउँदैछु। जो जेठा छोराहरू हुन् तिनीहरूका आ-आफ्नै काम हुन्छन्, र तिनीहरूले सबै कुरा गर्न सक्दैनन्। यो मैले तिमीहरूलाई दिएको जिम्‍मेवारी हो, र यो जिम्मेवारीबाट भाग्नुहुँदैन। मैले तिमीहरूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न तिमीहरूले आफैलाई सारा हृदयले, सारा मनले र सारा शक्तिले समर्पण गर्नुपर्छ।

आजको दिनदेखि उसो, सारा ब्रह्माण्डको संसारभरि, मेरा सबै सन्तान र मेरा सबै मानिसहरूका गोठालो गर्ने जिम्मेवारी पूरा गर्ने भार मेरो जेठा छोराहरूलाई दिइनेछ, र जस-जसले त्यो पूरा गर्न आफ्नो सम्पूर्ण हृदय र मन समर्पण गर्न सक्दैनन् तिनीहरूलाई म सजाय दिनेछु। यो मेरो धार्मिकता हो। म मेरा जेठा छोराहरूलाई पनि सजिलै छोड्ने छैनँ न त नरम व्यवहार नै गर्नेछु।

यदि मेरा छोराहरूको बीचमा वा मेरो मानिसहरूको बीचमा मेरो जेठा छोराहरूलाई खिसी वा अपमान गर्ने कोही भने म तिनीहरूलाई कठोर दण्ड दिनेछु, किनकि मेरा जेठा छोराहरूले मेरै प्रतिनिधित्व गर्छन्; कसैले तिनीहरूलाई केही गऱ्यो भने तिनीहरूले त्यो मलाई पनि गरेका हुन्छन्। यो मेरो सबैभन्दा कडा प्रशासकीय आदेश हो। यो आदेश उल्लङ्घन गर्ने मेरो कुनै पनि सन्तान र मेरा मानिसहरूको विरुद्धमा म मेरा जेठा छोराहरूलाई तिनीहरूका इच्छाअनुसार मेरो धार्मिकता प्रयोग गर्ने अनुमति दिन्छु।

कसैले मलाई गम्भीरतासाथ लिँदैन अनि मेरो भोजन, वस्त्र र निद्रामा मात्रै ध्यान दिन्छ, मेरो बाहिरी कार्यहरूमा मात्र उपस्थिति हुन्छ, र मेरो बोझलाई कुनै विचार गर्दैन र तिनीहरूका आफ्नै कामहरू पूरा गर्नुमा ध्यान दिँदैनन् भने म बिस्तारै तिनीहरूलाई त्यागिदिन्छु। यो कान हुनेहरू सबैलाई लक्षित छ।

जसले मेरो सेवा गरिसक्छ तिनीहरू आज्ञाकारी भएर विनाकोलाहल पछि हट्नुपर्छ। होसियार बस्, नत्र म तँलाई छाँट्छु। (यो एक अतिरिक्त आदेश हो।)

अबदेखि उसो मेरा जेठा छोराहरूले फलामको राजडन्डा उठाउनेछन् र सबै जाति र मानिसहरूमाथि शासन गर्न, सबै जातिहरू र मानिसहरूको माझ हिँड्न, र मेरो न्याय, धार्मिकता र प्रताप सबै जाति र मानिसहरूको बीचमा अघि बढाउन मेरो अधिकार चलाउन सुरु गर्नेछन्। मेरा सन्तान र मेरा मानिसहरूले मेरो भय मान्नेछन्, मेरो प्रशंसा गर्नेछन्, मेरो हौसला बढाउनेछन्, र नरोकी मेरो महिमा गर्नेछन्, किनकि मेरो व्यवस्थापन योजना पूरा भएको छ र मेरा जेठा छोराहरूले मसँग राज्य गर्न सक्छन्।

यो मेरो प्रशासनिक आदेशको एक हिस्सा हो; यसपछि, कामको प्रगति हुँदैजाँदा तीबारे म तिमीहरूलाई बताउनेछु। माथिका प्रशासनिक आदेशहरूबाट, तिमीहरू म कुन गतिमा काम गर्छु, साथै मेरो काम कुन चरणमा पुगेको छ सो बुझ्नेछौ। यो एक पुष्टीकरण हुनेछ।

मैले शैतानको न्याय अघिबाटै गरिसकेको छु। मेरो इच्छामा कुनै बाधा नभएकोले, र मसँगै मेरा जेठा छोराहरूको महिमा भएको हुनाले, मैले संसारमा आफ्नो धार्मिकता र प्रताप संसार अनि शैतानको अधिकारमा रहेका सबै थोकमाथि अघिबाटै प्रयोग गरेको छु। म शैतानमाथि औंला उठाउँदिन वा त्यसमा बिलकुल ध्यान दिँदिनँ (किनकि त्यो मसँग कुराकानी गर्न लायक पनि छैन)। म जे गर्न चाहन्छु त्यही नै गर्दैजान्छु। मेरो काम एक-एक चरण गर्दै सुचारु रूपले अगाडि बढ्छ, र सारा पृथ्वीभरि मेरो इच्छालाई कुनै बाधा हुँदैन। यसले शैतानलाई एक हदसम्म सर्ममा पारेको छ, र त्यो पूर्ण रूपमा ध्वस्त भएको छ, तर त्यसैमा मेरो इच्छालाई पूरा भएको छैन। म मेरा जेठा छोराहरूलाई पनि मेरा प्रशासनिक आदेशहरू पूरा गर्न दिन्छु। एकातिर, म शैतानलाई त्यसप्रतिको मेरो क्रोध देख्न दिन्छु, अर्कोतिर, म मेरो महिमा देख्न दिन्छु (मेरो जेठा छोराहरू शैतानको अपमानको निम्ति सबैभन्दा जोरदार गवाही हुन् भन्‍ने देख्‍न दिन्छु)। म त्यसलाई व्यक्तिगत रूपमा दण्ड दिँदिनँ; बरु, म मेरा जेठा छोराहरूलाई मेरो धार्मिकता र प्रताप पूरा गर्न दिन्छु। शैतानले मेरा छोराहरूलाई दुर्व्यवहार गर्थ्यो, मेरा छोराहरूलाई सताउँथ्यो, र मेरा छोराहरूमाथि थिचोमिचो गर्थ्यो, त्यसैले आज त्यसको सेवा समाप्त भएपछि, म आफ्ना परिपक्व जेठा छोराहरूलाई त्यो मिलाउने अनुमति दिनेछु। शैतान पतनको विरुद्ध शक्तिहीन भएको छ। संसारका सबै जातिहरू पक्षाघात हुनु यसको सबैभन्दा राम्रो गवाही हो; मानिसहरू झगडा गरिरहेका छन् र राष्ट्रहरू लडाइँमा फसेका छन्, यी सब शैतानको राज्यको पतन भएको स्पष्ट प्रकटीकरणहरू हुन्। विगतमा मैले कुनै चिन्‍ह र अचम्‍मका कामहरू नदेखाउनुको कारण शैतानको अपमान गर्नु र एक-एक चरण गर्दै मेरा नाउँको महिमा गर्नुथियो। जब शैतान पूर्ण रूपमा समाप्त हुन्छ, म मेरो शक्ति देखाउन सुरु गर्छु: म जे भन्छु त्यो हुन आउँछ, र मानिसका धारणाहरूसँग मेल नखाने अलौकिक कुराहरू पूरा हुनेछन् (यी कुराले चाँडै आउने आशिषहरूलाई जनाउँछन्)। म व्यावहारिक परमेश्‍वर स्वयम् हुँ र मेरो कुनै नियमहरू छैनन् र म मेरो प्रबन्ध योजनामा हुने परिवर्तनहरू अनुसार बोल्छु, त्यसकारण विगतमा मैले भनेका कुरा वर्तमानमा लागू हुनै पर्छ भन्ने हुँदैन। तेरा आफ्नै धारणाहरूमा टाँसिएर नबस्! म नियमहरू पालन गर्ने परमेश्‍वर होइनँ; मेरो निम्ति सबै कुरा स्वतन्त्र, अनुभवभन्दा पर र पूर्ण रूपमा मुक्त छन्। सायद हिजो भनिएको कुरा आज पुरानो भएको छ, वा सायद त्यसलाई आज पर पन्साउन सकिन्छ (तापनि, मेरा प्रशासनिक आदेशहरू, घोषणा गरिएकोले ती कहिल्यै पनि परिवर्तन हुँदैनन्)। यी मेरो व्यवस्थापन योजनाका चरणहरू हुन्। नियमहरूमा अल्झेर नबस्। प्रत्येक दिन नयाँ ज्योति छ र नयाँ प्रकाशहरू हुन्छन्, र त्यो मेरो योजना हो। प्रत्येक दिन मेरो ज्योति तँभित्र प्रकट गरिनेछ र मेरो आवाजलाई ब्रह्माण्ड संसारमा जारी गरिने छ। के तँ बुझ्छस्? यो तेरो कर्तव्य हो, मैले तँलाई सुम्पिएको जिम्मेवारी हो। तैंले एकै क्षणका लागि पनि यसलाई बेवास्ता गर्नुहुँदैन। मैले स्वीकार गरेका मानिसहरूलाई म अन्त्यसम्म प्रयोग गर्नेछु, र यो कहिल्यै परिवर्तन हुँदैन। किनकि म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ, कस्तो किसिमको व्यक्तिले के काम गर्नुपर्छ, साथै कुन किसिमको व्यक्तिले कस्तो काम गर्न सक्छ सो म जान्दछु। यो मेरो सर्वशक्तिमान्‌ता हो।

— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ८८” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २३७

मैले बोल्‍ने प्रत्येक वाक्यमा अख्तियार र न्याय हुन्छ, र मेरा वचनहरू कसैले पनि परिवर्तन गर्न सक्दैन। मेरा वचनहरूलाई जारी गरिएपछि, काम-कुराहरू मेरा वचनहरू अनुसार सम्पन्न हुने निश्चित हुन्छ; मेरो स्वभाव यही हो। मेरा वचनहरू अख्तियार हुन् र जसले ती संशोधन गर्छ त्यसले मेरो सजाय निम्त्याउँछ, र मैले तिनीहरूलाई प्रहार गर्नैपर्छ। गम्भीर मामिलाहरूमा तिनीहरूले आफ्नो जीवनमा विनाश ल्याउँछन् र तिनीहरू पातालमा, वा अतल कुण्डमा जान्छन्। मैले मानव जातिलाई निराकरण गर्ने एक मात्र तरिका यही हो, र मानिससँग यसलाई परिवर्तन गर्ने कुनै उपाय छैन—यो मेरो प्रशासनिक आदेश हो। यो याद राख! कसैलाई पनि मेरो आदेश उल्लङ्घन गर्ने अनुमति छैन; कामहरू मेरो इच्छाअनुसार नै गरिनुपर्छ! विगतमा, मैले तिमीहरूप्रति सहज व्यवहार गरेको थिएँ र तिमीहरूले मेरा वचनहरूको मात्र सामना गऱ्यौ। मैले मानिसहरूलाई प्रहार गरेर ढाल्ने सम्बन्धमा बोलेका वचनहरू अझै पूरा भएका छैनन्। तर मेरो इच्छाअनुसार नचल्नेहरूलाई दण्ड दिन आजदेखि उसो सबै विपत्तिहरू (यी मेरो प्रशासनिक आदेशहरूको सम्बन्धमा हुन्) एकपछि अर्को गर्दै आउनेछन्। तथ्यहरूको आगमन हुनुपर्दछ—अन्यथा मानिसहरूले मेरो क्रोध देख्न सक्नेथिएनन्, तर आफैलाई बारम्बार भ्रष्ट पार्नेथिए। यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो, र मैले मेरो कामको अर्को चरण गर्ने तरिका यही हो। म तिमीहरूलाई अग्रिम रूपमा यो भन्छु, यसैले कि तिमीहरू अपराधहरू गर्नबाट र अनन्त विनाश भोग्नबाट बच्न सक। भन्नुको अर्थ, आजको दिनदेखि, म मेरा ज्येष्ठ पुत्रहरूबाहेक सबै मानिसहरूलाई मेरो इच्छाअनुसार तिनीहरूका उचित स्थान लिन लगाउनेछु, र म एकपछि अर्को गर्दै तिनीहरूलाई सजाय दिनेछु। म तीमध्ये एउटालाई पनि उम्कन दिनेछैनँ। तिमीहरूले फेरि भ्रष्ट हुने आँट मात्र गरेर त हेर! तिमीहरूले फेरि विद्रोही हुने मात्र आँट गरेर त हेर! मैले म सबैका निम्ति धर्मी छु, ममा रत्तीभर पनि भावुकता छैन भनेर मैले पहिले नै भनेको छु र यसले मेरो स्वभावलाई उल्‍लङ्घन गर्नु हुँदैन भन्ने देखाउँछ। मेरो व्यक्तित्व यही हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। सबै मानिसहरूले मेरा वचनहरू सुन्छन् र सबै मानिसहरूले मेरो महिमित अनुहार देख्छन्। सबै मानिसहरूले पूर्ण रूपमा र ठोस रूपमा मेरो आज्ञापालन गर्नुपर्छ—मेरो प्रशासनिक आदेश यही हो। ब्रह्माण्डभरिका र पृथ्वीको पल्‍लो छेउका सबै मानिसहरूले मेरो प्रशंसा र महिमा गर्नुपर्छ, किनकि म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ, किनकि म परमेश्‍वरको व्यक्तित्व हुँ। कसैले पनि मेरा वचनहरू र वाणीहरू, मेरो बोलीवचन र चाल-चलनहरू परिवर्तन गर्न सक्दैन, किनकि यी मेरो मात्र विषयहरू हुन्, र यी ती कुराहरू हुन् जुन मैले प्राचीनकालदेखि धारण गरेको छु र जुन अनन्तसम्म रहिरहन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १००” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २३८

एक क्षण पनि नथामिईकन मेरो योजनाबद्ध काम अगाडि बढिरहेको छ। राज्यको युगमा सरेपछि, र मेरा जनहरूका रूपमा तिमीहरूलाई मेरो राज्यमा ल्याएपछि, तिमीहरूलाई मैले गर्ने अरू मागहरू हुनेछन्; भन्नुको अर्थ, म तिमीहरूको सामुन्ने विधान जारी गर्न सुरु गर्नेछु, जसद्वारा म यो युगलाई सञ्चालन गर्नेछु:

तिमीहरूलाई मेरा जनहरू भनिएको हुनाले, मेरो नामलाई महिमायुक्त बनाउन तिमीहरू सक्षम हुनुपर्छ; यसको अर्थ, परीक्षाको घडीमा साक्षीको रूपमा खडा हुन सक्‍नुपर्छ। यदि कसैले मलाई फुस्ल्याउने र मबाट सत्य लुकाउने प्रयास गर्छ, वा मेरा पछाडि अशोभनीय क्रियाकलापहरूमा संलग्न हुन्छ भने, तिनीहरूलाई मैले निराकरण नगरुञ्‍जेलसम्‍म, यस्ता मानिसहरूलाई मेरो घटबाट लखेटिनेछ र निकालिनेछ, यसमा कुनै अपवाद छैन। विगतमा जो मसँग बेइमान र अपुत्रोचित थिए, र मलाई खुला रूपमा जाँच्न जो आज फेरि खडा छन्—तिनीहरू पनि मेरो घरबाट लखेटिइनेछन्। जो मेरा जनहरू हुन् उनीहरूले मेरा बोझहरूको लागि निरन्तर चासो देखाउनु पर्छ साथै मेरा वचनहरू बुझ्न खोज्नुपर्छ। यस प्रकारका मानिसहरूलाई मात्र म अन्तर्दृष्टि दिनेछु, र कहिल्यै सजाय नपाउने गरी उनीहरू निश्‍चय नै मेरो मार्गदर्शन र अन्तर्दृष्टि अन्तर्गत जिउनेछन्। मेरा बोझहरूको लागि चासो देखाउन असफल हुनेहरू उनीहरूको आफ्नै भविष्यहरूको लागि योजना बनाउन दत्तचित्त हुन्छन्—यसको अर्थ, जो आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्ने लक्ष्य राख्दैन, तर सहयोगका हातहरूको खोजी गर्छन्—ती मगन्ते जस्ता प्राणीहरूलाई प्रयोग गर्न म पूर्णरूपमा इन्कार गर्छु किनकि मेरा बोझहरूको लागि चासो देखाउनु भनेको के हो तिनीहरू जन्मिएको समयदेखि तिनीहरूले जानेका छैनन्। तिनीहरू सामान्य समझ नभएका मानिसहरू हुन्; यस्ता मानिसहरू मस्तिष्कको “कुपोषण” बाट ग्रसित छन्, र केही “पोषण” को लागि उनीहरू घर जान आवश्यक छ। यस्ता मानिसहरू मेरो लागि व्यर्थ छन्। मेरा जनहरूका माझमा, खानु, कपडा लगाउनु, र सुत्नु जस्ता कुनै व्यक्तिले एकै क्षणको लागि पनि कहिल्यै नबिर्सिने कुराहरूलाई जस्तै, मलाई चिन्‍ने कार्य पनि अन्तिमसम्म नै देखिने बाध्यात्‍मक कर्तव्यको रूपमा सबैबाट माग गरिनेछ, ता कि मलाई चिन्ने काम पनि, आखिरमा, खानपान गर्नु जस्तै परिचित कुरा बन्नेछ—जुन कुरालाई तैँले अभ्यस्त भइसकेको हातले कुनै प्रयत्न विना नै गर्छस्। मैले बोलेका वचनहरूलाई हरेक व्यक्तिले उच्चतम विश्‍वासका साथ लिनुपर्छ र पूर्णरूपमा आत्मसात् गर्नुपर्छ; झाराटारुवा अर्ध-मापन हुन सक्दैन। मेरा वचनहरूलाई ध्यान नदिनेलाई सीधै मेरो प्रतिरोध गरेको मानिने छ; मेरा वचनहरूलाई नखाने वा तिनलाई बुझ्न नखोज्नेलाई मेरो ध्यान नदिएको मानिने छ, र मेरो घरको ढोकाबाट सीधै बाहिर बढारिने छ। यसो गर्नुको कारण, विगतमा मैले भने जस्तै, म मानिसहरूको ठूलो सङ्ख्या होइन श्रेष्ठता चाहन्छु। सय जना मानिसहरूमध्ये मेरा वचनहरूद्वारा यदि एक जनाले मात्र मलाई चिन्न सक्षम भयो भने त्यसपछि उक्त एक जनालाई अन्तर्दृष्टि दिने र प्रकाश छर्ने काममा ध्यान केन्द्रित गर्न म स्वेच्छाले अरू सबैलाई फालिदिनेछु। यसबाट तैँले देख्न सक्छस् धेरै सङ्ख्याले मात्र मलाई प्रकट गर्न र ममा जिउन सक्छन् भन्ने सत्य होइन। मैले चाहेको गहूँ हो (यद्यपि दानाहरू पोटिला नहुन सक्छन्) र सामा होइन (दानाहरू प्रशंसनीय रूपमा पोटिला भए पनि)। जो खोजीलाई वास्ता गर्दैनन्, तर सुस्त तरिकाले व्यवहार गर्छन् उनीहरूले स्वेच्छाले छोड्नु पर्छ; तिनीहरूलाई हेर्ने मेरो कति पनि चाहना छैन, नत्र तिनीहरूले मेरो नाम बदनाम गराउने कार्यलाई जारी राख्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ५” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २३९

तँ मेरो घरानाका मानिसहरूमाझ भएकोले, र तँ मेरो राज्यमा विश्‍वासी भएकोले, तैंले गर्नुपर्ने सबै कुराहरूमा मेरो आवश्यकताका मापदण्डहरू पालन गर्नैपर्छ। म तँलाई उड्ने बादलभन्दा बढी केही नबनेस् भनेर भन्दिन, तर तँ चम्किलो हिउँ बनेस्, र त्यसको सार पाएस् र अझ भन्दा, यसको मान पाएस्। म पवित्र भूमिबाट आएको हुनाले, म त्यो कमलको फूलजस्तो होइन, जसको केवल नाउँ छ तर कुनै सार छैन, किनकि त्यो हिलोबाट आएको हो, पवित्र भूमिबाट होइन। नयाँ स्वर्ग पृथ्वीमा झर्ने र नयाँ पृथ्वी आकाशहरूमा फैलने समय ठीक त्यै समय पनि नै हो, जुन बेला म औपचारिक रूपमा मानिसहरूमाझ काम गरिरहेको हुन्छु। मानवजातिमाझ कसले मलाई चिन्छ? मेरो आगमनको क्षण कसले देख्यो? मेरो नाउँ मात्र छैन, तर त्यसबाहेक ममा सार पनि छ भनी कसले देखेको छ? म मेरो हातले सेता बादलहरू हटाउँछु र आकाशलाई नजिकबाट नियालेर हेर्दछु; अन्तरिक्षमा मेरो हातले नमिलाएको कुनै कुरा नै छैन, र त्यसको मुनि, मेरो शक्तिशाली उद्यमको कामका लागि आफ्नो सानो प्रयास योगदान नगर्ने कोही छैन। म सधैं व्यावहारिक परमेश्‍वर रहिआएको हुनेाले, र म मानिसहरूलाई सृष्टि गर्ने र तिनीहरूलाई राम्ररी चिन्ने सर्वशक्तिमान् भएकोले म पृथ्वीका मानिसहरूबाट कठिन माग गर्दिनँ। सबै मानिसहरू सर्वशक्तिमानको आँखाको सामुन्ने छन्। पृथ्वीको दुर्गम किनारमा भएका मानिसहरू पनि कसरी मेरो आत्माको जाँचबाट बच्न सक्छन्? मानिसहरूले मेरो आत्मालाई “चिने” पनि तिनीहरूले अझै पनि मेरो आत्मालाई दुःखी बनाउँछन्। मेरा वचनहरूले सबै मानिसको कुरूप अनुहारका साथै उनीहरूका भित्री विचारहरूलाई उदाङ्गो पार्दछन्, र पृथ्वीमा भएका सबैलाई मेरो ज्योतिद्वारा मामुली पार्ने र मेरो सूक्ष्म जाँचको दौरान असफल तुल्याउने गर्दछन्। तथापि, असफल भए पनि तिनीहरूका हृदयले मबाट टाढा जाने साहस गर्दैन। सृष्टि गरिएका वस्तुहरूमध्येमा, को चाहिँ मेरा कामहरूको फलस्वरूप मलाई प्रेम गर्न आउँदैन र? मेरा वचनहरूको परिणामस्वरूप कसले मेरो चाहना गर्दैन र? मेरो प्रेमको परिणामस्वरूप कसमा अनुरागको भावनाहरू उत्पन्न हुँदैन र? शैतानको भ्रष्टताको कारणले मात्र मानिसहरू मैले अनिवार्य गरेको अवस्थामा पुग्न असमर्थ भएका छन्। मैले अनिवार्य गरेको न्यूनतम मापदण्डहरूले समेत मानिसहरूमा सन्देह उत्पन्न गर्दछ, आजको विषयमा त केही नभने हुन्छ—यो युग, जहाँ शैतान दङ्गा गर्दछ र एकदमै निरंकुश भएको छ—वा त्य समय जसममा मानिसहरूलाई शैतानले यति सम्म कुल्चिको छ कि तिनीहरूका शरीरहरू पूरै फोहोरमा लतपत छन्। मानिसहरूका भ्रष्टताको फलस्वरूप तिनीहरू मेरो हृदयको वास्ता गर्न असफल भएका कुराले मलाई कहिले दुःखी बनाएको छैन र? के म शैतानलाई टिठ् गर्ने सक्छु? के मैले आफ्नो प्रेममा गल्ती गरेको हुन सक्छु? जब मानिसहरूले मेरो अवज्ञा गर्छन्, मेरो हृदय चुपचाप रुन्छ; जब तिनीहरू मेरो प्रतिरोध गर्छन् म तिनीहरूलाई दण्ड दिन्छु; जब तिनीहरू मद्वारा बचाइन्छन् र मरेकाहरूबाट पुनरुत्थान हुन्छन्, म अधिकतम ध्यान दिएर तिनीहरूलाई पोषित गर्दछु; जब तिनीहरू मेरो अधीनमा बस्छन्, मेरो हृदय ढुक्क हुन्छ र म तुरुन्त स्वर्ग र पृथ्वी अनि सबै कुराहरूमा ठूला परिवर्तनहरू भएको महसुस गर्दछु। जब मानिसहरूले मेरो प्रशंसा गर्छन्, म त्यसको आनन्द नलिई कसरी बस्न सक्छु र? जब तिनीहरू मेरो साक्षी बन्छन् र मद्वारा प्राप्त हुन्छन्, तब मैले गौरवाान्वित महसुस नगर्न कसरी सक्छु. र? के मानिसले जे-जसरी कार्य र व्यवहार गर्छन्. सो मद्वारा संचालित र आपूर्ति नगरिएको हुन सक्छ र? जब म दिशानिर्देश गर्दिनँ, मानिसहरू निष्क्रिय र सुस्त हुन्छन्; यसबाहेक, मेरो पिठिउँपछाडि तिनीहरू ती “प्रशंसनीय” फोहोर कारोबारमा संलग्न हुन्छन्। के तँलााई जुन देह मैले आफैलाई ओढाएको छु त्यसले तेरा कार्यहरू, तेरा व्यवहारहरू र तेरा बोलीवचनहरू केही पनि जान्दैन भनी सोच्छस्? मैले धेरै वर्ष बतास र वर्षा सहेको छु, अनि त्यसरी नै मैले मानवीय संसारको तीतोपना अनुभव गरेको छु; तापनि, ध्यान दिएर विचार गर्दा, जत्ति नै धेरै दुःख-कष्टले पनि देहीय मानवजातिलाई ममाथि आशा मार्ने बनाउन सक्दैन, कुनै पनि मिठासले देहीय मानवलाई मप्रति चिसो, निराश वा तिरस्कारपूर्ण पार्ने त कुरै नगरौं। के मप्रतिको तिनीहरूको प्रेम साँच्चै दु:खको कमी वा मिठासको कमीमा सीमित छ?

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ९” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २४०

आज, मैले तिमीहरूलाई यो बिन्दुसम्म डोर्‍याएको हुनाले, मैले सुहाउँदो बन्दोबस्तहरू गरेको छु र मसँग मेरा आफ्नै उद्देश्यहरू छन्। यदि आज मैले तिनको बारेमा तिमीहरूलाई बताएँ भने, के तिमीहरूले तिनलाई साँचो रूपमा जान्न सक्थ्यौ? म मानिसको मस्तिष्कमा भएका सोचहरू र मानिसको हृदयमा भएका चाहनाहरूसँग राम्ररी नै परिचित छु: कसले चाहिँ कहिल्यै आफ्नै लागि उम्‍कने बाटो खोजेको छैन र? कसले चाहिँ कहिल्यै आफ्नै सम्भावनाको बारेमा सोचेको छैन र? तैपनि, मानिससँग प्रचुर र चम्किलो दिमाग भए पनि, युगौंयुगपछि वर्तमान जे-जस्तो देखा परेको छ त्यस्तो हुनेछ भनेर कसले नै भविष्यवाणी गर्न सक्थ्यो र? के यो साँच्चै तेरो आफ्नै व्यक्तिगत प्रयत्नहरूको प्रतिफल हो त? के यो तेरो अथक मेहनतको भुक्तानी हो त? के यो तैँले आफ्नो मस्तिष्कमा कल्पना गरेको सुन्दर झाँकी हो त? यदि मैले सारा मानवजातिलाई मार्गदर्शन नगरेको भए, कसले मेरा बन्दोबस्तहरूबाट आफैलाई छुट्याएर उम्कने नयाँ बाटो पत्ता लगाउन सक्थ्यो र? के उसलाई आजको दिनसम्‍म ल्याउने मानिसको कल्पना र चाहनाहरू नै हो त? धेरै मानिसहरू आफ्नो पूरै जीवनभर चाहनाहरू पूरा नभइकनै जिउँछन्। के यो वास्तवमै तिनीहरूको सोचमा भएको त्रुटिको कारणले हुन्छ र? धेरै मानिसहरूका जीवन अप्रत्याशित खुसी र सन्तुष्टिले भरिन्छन्। के यो वास्तवमै तिनीहरूले अति कम अपेक्षा गरेको कारणले हुन्छ र? सर्वशक्तिमान्‌को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्‌को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र? धेरै मानिसहरूले चिच्याएर मृत्युलाई बोलाउँछन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिसहरू जीवनमा बलिया रहेका व्यक्तिहरूजस्तो बन्न चाहन्छन् र मृत्युदेखि डराउँछन्, तर तिनीहरूलाई थाहै नभई तिनीहरूको मृत्युको दिन नजिक आउँछ र तिनीहरूलाई मृत्य-कुण्डमा धकेल्छ; धेरै मानिसहरूले आकाशमा हेर्छन् र गहिरो सुस्केरा हाल्छन्; धेरै मानिसहरूले ठूलो रोदन निकाल्छन्, बिलौनामा सुँक्कसुँक्क गर्छन्; धेरै मानिसहरू परीक्षाहरूको माझमा ढल्छन्; अनि धेरै मानिसहरू परीक्षाहरूको बन्दी बन्छन्। मानिसलाई स्पष्टसित मलाई देख्ने अवसर दिन म व्यक्तिगत रूपमा देखा पर्दिन, तैपनि धेरै मानिसहरू मेरो अनुहार हेर्न नै डराउँछन्, तिनीहरू मैले तिनीहरूलाई प्रहार गरी ढलाउँछु, मैले तिनीहरूलाई सिध्याइदिन्छु भनी एकदमै डराउँछन्। मानिसले मलाई साँचो रूपमा चिन्छ कि चिन्दैन? कसैले पनि निश्चयताका साथ भन्न सक्दैन। के यो यस्तै होइन र? तिमीहरू म र मेरो सजाय दुवैदेखि डराउँछौ, तैपनि तिमीहरू खडा हुन्छौ र खुल्लमखुल्ला मेरो विरोध गर्छौ र मेरो आलोचना गर्छौ। के अवस्था यही होइन र? मानिसले मलाई कहिल्यै पनि चिनेको छैन किनभने उसले मेरो अनुहार देखेको छैन वा मेरो सोर सुनेको छैन। यसरी, म मानिसको हृदयभित्र भए पनि, के कोही यस्ता पनि छन् जसको हृदयमा म धमिलो र अस्पष्ट छैन? के कोही यस्ता छन् जसको हृदयमा म एकदमै स्पष्ट छु? म मेरा मानिसहरूले पनि मलाई अस्पष्ट वा धमिलो रूपमा देखून् भन्ने चाहन्न, र यसरी म यो महान् काम प्रारम्भ गर्छु।

म चुपचाप मानिसमाझ आउँछु र त्यसपछि बिस्तारै टाढा जान्छु। के कसैले कहिल्यै मलाई देखेको छ त? के सूर्यले यसको बलिरहेको ज्वालाको कारण मलाई देख्न सक्छ त? के चन्द्रले यसको उज्ज्वल स्पष्टताको कारण मलाई देख्न सक्छ त? के तारापुञ्जहरूले तिनीहरूको आकाशको स्थानको कारण मलाई देख्न सक्छन् त? जब म आउँछु, तब मानिसले थाहा पाउँदैन, र सबै थोक अज्ञानी नै रहन्छन्, र जब म प्रस्थान गर्छु, तब पनि मानिस अझै अनभिज्ञ नै रहन्छन्। कसले मेरो साक्षी दिन सक्छ त? के यो पृथ्वीको मानिसले गरेको प्रशंसा हुन सक्छ त? के यो जङ्गलमा फुलिरहेका कमलको फूलहरू हुन सक्छ त? के यो आकाशमा उड्ने चराहरू हुन सक्छ त? के यो पहाडहरूमा गर्जने सिंहहरू हुन सक्छ त? कसैले पनि मेरो साक्षी पूर्ण रूपमा दिन सक्दैन। कसैले पनि मैले गर्ने काम गर्न सक्दैन! तिनीहरूले यो काम गरे पनि, यसको के प्रभाव हुन्थ्यो र? हरेक दिन म धेरै मानिसहरूको हरेक कार्य अवलोकन गर्छु, र हरेक दिन म धेरै मानिसहरूका मन र मस्तिष्कहरू जाँच गर्छु; कोही पनि मेरो न्यायबाट उम्केको छैन, र कसैले पनि आफूलाई मेरो न्यायको वास्तविकताबाट वञ्चित गरेको छैन। म आकाशमाथि उभिन्छु र टाढा-टाढा हेर्छु: मैले असंख्य मानिसहरूमाथि प्रहार गरेको छु, तर अनगिन्ती मानिसहरू पनि मेरो कृपा र प्रेमिलो-दयामा जिउँछन्। के तिमीहरू पनि यस्तै परिस्थितिहरूमा जिउँदैनौ र?

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय ११” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २४१

पृथ्वीमा, म व्यावहारिक परमेश्‍वर स्वयम्‌ हुँ जो मानिसहरूका हृदयमा बस्छ; स्वर्गमा, म सारा सृष्टिको मालिक हुँ। म पर्वतहरूमा चढेको छु र नदीहरूको जङ्घार तरेको छु, र म मानवजातिको बीचमा पसेको छु र बाहिर निस्केको छु। कसले व्यावहारिक परमेश्‍वर स्वयम्‌को खुल्लमखुल्ला विरोध गर्ने साहस गर्छ? कसले सर्वशक्तिमानको सार्वभौमिकताबाट टाढा जाने हिम्मत गर्न सक्छ? कसले कुनै शङ्का नगरी म स्वर्गमा छु भनी भन्न सक्छ? यसबाहेक, म निर्विवाद पृथ्वीमा छु भनेर कसले दाबी गर्न सक्छ र? सारा मानवजातिमा यस्तो कोही छैन जसले म बस्ने प्रत्येक ठाउँहरूको बारेमा विस्तृत रूपमा ठिकठिक बताउन सक्छ। के स्वर्गमा हुँदा म अलौकिक परमेश्‍वर स्वयम्‌ र पृथ्वीमा हुँदा, म व्यवहारिक परमेश्‍वर स्वयम्‌ हुनसक्छु? निश्चय नै, म सारा सृष्टिका व्यावहारिक परमेश्‍वर हो कि होइन भन्‍ने कुरा म सम्पूर्ण सृष्टिको शासक भएकोले वा मैले मानिसको संसारको पीडा अनुभव गरेकोले निर्धारित गर्दैन, गर्छ त? यदि निर्धारित गर्ने भए त, के मानिसहरू आशा नै हराउने गरी अज्ञानी भएका छैनन् र? म स्वर्गमा छु, तर म पृथ्वीमा पनि छु; म सृष्टिका असङ्ख्य वस्तुहरूका बीच र मानिसहरूका भीडहरूको बीचमा छु। मानिसहरूले मलाई प्रत्येक दिन छुन सक्छन्; यसबाहेक, तिनीहरूले मलाई प्रत्येक दिन देख्न सक्छन्। जहाँसम्म मानवजातिले मलाई देख्‍ने कुरा छ, तिनीहरूको लागि म कहिलेकहीँ गुप्त जस्तो देखिन्छ र कहिले देख्‍न सकिने जस्तो हुन्छु; म वास्तवमा अस्तित्वमा छु जस्तो देखिन्छु, तर म अस्तित्वमा नभएको जस्तो पनि देखिन्छु। ममा मानिसहरूले बुझ्न नसक्ने रहस्यहरू छन्। मानौं, सबै मानिसले तिनीहरूका हृदयभित्रको असहज भावनाहरू हटाउनका निम्ति ममा भएको अझ अरू रहस्यहरू पत्ता लाउन माइक्रोस्कोपद्वारा हेरिरहेका छन्। तापनि, यदि तिनीहरू एक्स-रे नै प्रयोग गरे भने पनि, मसँग भएका कुनै पनि रहस्यहरूलाई मानवजातिले कसरी खुलासा गर्न सक्छ र?

मेरो कामको परिणामस्वरूप मेरा मानिसहरू मसँग-सँगै महिमित भएको हरेक क्षणमा, त्यो ठूलो रातो अजिङ्गरको बास खोजेर पत्ता लगाइनेछ, सबै हिलो र फोहोर हटाएर सफा गरिनेछ, र अनगिन्ती वर्षदेखि जमेका सबै प्रदूषित पानी उप्रान्त कहिल्यै अस्तित्वमा नरहने गरी मेरो दन्केको आगोमा सुक्खा हुनेछ। त्यसपछि, ठूलो रातो अजिङ्गर आगो र गन्धकको कुण्डमा नष्ट हुनेछ। त्यो अजिङ्गरले तिमीहरूलाई खोसेर नलैजाओस् भनी के तिमीहरू साँच्चै मेरो प्रेमिलो वास्तामुनि बस्न तयार छौ? के तिमीहरूले साँच्चै त्यसका कपटपूर्ण चाललाई घृणा गर्छौ? कसले मेरो लागि बलियो साक्षी दिनसक्छ? मेरो नाउँको खातिर, मेरो आत्माको खातिर र मेरो सम्पूर्ण व्यवस्थापन योजनाका लागि कसले आफ्ना सबै सामर्थ्यको बलिदान दिनसक्छ? आज, जब यो राज्य मानव संसारमा छ, यही समय हो, जुन बेला म मानिसहरूको बीचमा आएको छु। यदि त्यस्तो नभएको भए, के कोही कुनै चिन्ता नगरी मेरो पक्षमा लडाइँको मैदानमा उत्रिन सक्थ्यो र? त्यस राज्यले आकार लिओस्, मेरो हृदय सन्तुष्ट होस्, अनि त्यसबाहेक अझ मेरो दिन आओस्, मेरो सृष्टिका असङ्ख्य थोकहरूको पुनर्जन्म हुन र प्रशस्त मात्रामा बढ्ने समय आओस्, मानिसहरूलाई तिनीहरूका दुःखको समुद्रबाट छुटकारा दिन सकियोस्, भोलिको दिन आओस् र यो आश्‍चर्यजनक होस्, फुलोस् र समृद्ध होस्, र त्यसबाहेक, भविष्यको आनन्द पूरा हुन सकोस् भनेर, सबै मानिसले आफ्नो पूरा शक्तिका साथ संघर्ष गर्दैछन्, मेरो लागि आफैलाई बलिदान गर्न केही बाँकी राखेका छैनन्। के यो विजय पहिले नै मेरो भइसकेको छ भन्‍ने कुराको चिह्न होइन र? के यो मेरो योजना पूरा भएको छ भन्‍ने कुराको चिह्न होइन?

आखिरी दिनहरूमा जति धेरै मानिसहरू अस्तित्वमा हुन्छन्, तिनीहरूले संसारको शून्यता त्यति नै धेरै महसुस गर्नेछन्, र उनीहरूसित जीवन जिउने साहस त्यति नै थोरै हुनेछ। यस कारणले गर्दा, अनगिन्ती मानिसहरू निराश भएर मरेका छन्, अरू असङ्ख्य मानिसहरूले आफ्‍नो खोजमा हरेस खाएका छन्, र अरू अनगिन्ती मानिसहरूले शैतानको हातको नियन्त्रणमा पीडा भोग्छन्। मैले धेरै मानिसहरूलाई बचाएँ र तीमध्ये धेरैलाई सहायता गरें, र मानिसहरूले ज्योति गुमाएको बेला धेरै पटक मैले तिनीहरूलाई ज्योतिको ठाउँमा फर्काएर ल्याएको छु, यसैले कि तिनीहरूले मलाई ज्योतिमा चिनून् र खुसीले ममा रमाऊन्। मेरो ज्योति आएको कारण, मेरो राज्यमा बसोबास गर्ने मानिसहरूका हृदयमा भक्ति बढ्छ, किनकि म मानवजातिले प्रेम गर्नुपर्ने परमेश्‍वर हुँ—त्यो परमेश्‍वर, जोसँग मानिसहरू स्नेहसाथ जोडिन्छन्—तिनीहरू मेरो स्वरूपको प्रभावको छापद्वारा भरिएका हुन्छन्। यद्यपि, सबै कुरा भनिसकिएपछि र गरिसकिएपछि, यो आत्माको काम हो कि देहको काम हो भनेर बुझ्ने कोही हुँदैन। यो एउटा कुरा पूर्ण रूपमा अनुभव गर्न मानिसहरूलाई जीवनभरिको समय लाग्छ। मानिसहरूले तिनीहरूका हृदयभित्रका स्थानहरूमा मलाई कहिल्यै पनि तुच्छ ठानेका छैनन्; बरु तिनीहरू आफ्ना आत्माको गहिराइमा मसँग टाँसिरहन्छन्। मेरो बुद्धिले उनीहरूका प्रशंसा बढाउँछ, मैले गर्ने आश्‍चर्यकर्महरू तिनीहरूका आँखाका लागि भोज हो, र मेरा वचनहरूले तिनीहरूका मनलाई चकित तुल्याउँछ, तापनि तिनीहरूले तिनलाई प्रेम पूर्वक सम्हालेर राख्छन्। मेरो वास्तविकताले मानिसहरूलाई अन्योल तुल्याउँछ, अवाक् बनाउँछ र छक्‍क पार्छ, र तापनि तिनीहरू तिनलाई स्वीकार्न तयार हुन्छन्। के यो मानिसहरू जस्ता छन् त्यसको सही नाप होइन र?

— वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १५” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २४२

१. मानिस आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च बनाउनु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।

२. परमेश्‍वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्‍वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्‍वरको नाउँ, परमेश्‍वरको गवाही र परमेश्‍वरको कामको प्रतिरक्षा गर्नू।

३. पैसा, भौतिक वस्तुहरू, र परमेश्‍वरको घरमा भएका सबै सम्पत्ति मानिसले दिनुपर्ने भेटीहरू हुन्। यी भेटीहरू पूजाहारी र परमेश्‍वरबाहेक अरू कसैले पनि उपभोग गर्न सक्दैन, किनकि मानिसले चढाउने भेटीहरू परमेश्‍वरको उपभोगका निम्ति हुन्। परमेश्‍वरले यी भेटीहरू पूजाहारीसँग मात्र बाँड्नुहुन्छ; अरू कोही पनि त्यसको कुनै भाग उपभोग गर्ने योग्यको र हकदार हुँदैन। मानिसका सबै भेटीहरू (उपभोग गर्न सकिने पैसा र भौतिक थोकहरू) परमेश्‍वरलाई दिइन्छ, मानिसलाई होइन, र त्यसैले यी थोकहरू मानिसले उपभोग गर्नु हुँदैन; यदि मानिसले ती थोकहरू उपभोग गर्छ भने, उसले भेटीहरू चोरिरहेको हुन्छ। जसले त्यसो गर्छ ऊ यहूदा हो, किनकि यहूदा विश्‍वासघाती हुनुको साथै, तिनले त्यो पैसाको थैलीमा राखिने गरिएको पैसा आफ्‍नै निम्ति प्रयोग गऱ्यो।

४. मानिसमा एउटा भ्रष्ट स्वभाव छ र त्यसबाहेक ऊसँग भावुकताहरू छन्। त्यसरी नै, परमेश्‍वरको सेवा गर्दा विपरीत लिङ्गका दुई सदस्यहरू मात्र एकलै रहेर काम गर्न पूर्ण रूपमा निषेध गरिएको छ। जो कसैले पनि त्यसो गरेको थाहा पाइएको खण्डमा, कुनै अपवादविना हटाइनेछ।

५. परमेश्‍वरलाई दोष लगाउने काम गर्नु हुँदैन न त परमेश्‍वरसित सम्बन्धित विषयहरूमा लापरवाही किसिमले छलफल गर्न नै हुन्छ। मानिसले जे गर्नुपर्दछ त्यही गर्, अनि मानिसले जे बोल्नुपर्छ त्यही बोल्, सीमितताहरू ननाघ् र परिधिहरू ननाघ्। परमेश्‍वरको स्वभावलाई चिढ्याउने काम गर्नबाट बच्‍नको लागि आफ्‍नो आफ्नो जिब्रोको रक्षा गर्, र कहाँ पाइला टेक्छस् त्यसमा होसियार बन्।

६. मानिसले जे गर्नुपर्छ त्यही काम गर्, र तेरा दायित्वहरूलाई अगाडि बढा, र तेरा जिम्मेवारीहरू पूरा गर्, अनि तेरो कर्तव्य थामिराख्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तैँले परमेश्‍वरको काममा आफ्नो योगदान दिनुपर्छ, यदि तैँले योगदान दिँदैनस् भने, तँ परमेश्‍वरको वचन खान र पिउन अयोग्य छस्, र परमेश्‍वरको परिवारमा बस्न अयोग्य छस्।

७. मण्डलीको काम र मामिलाहरूमा, परमेश्‍वरको आज्ञापालन गर्नु बाहेक, सबै कुरामा पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिका आदेशहरू पालना गर्। सानोभन्दा सानो उल्‍लङ्घन पनि स्वीकार्य छैन। आफ्‍नो आज्ञापालनमा पूर्ण बन्, र सही वा गलतको विश्लेषण नगर्; सही वा गलतको तँसँग कुनै सम्बन्ध छैन। तैँले पूर्ण आज्ञापालन गर्नेमा मात्र ध्यान दिनुपर्छ।

८. परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरको आज्ञापालन र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले ती मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्नु हुँदैन।

९. मण्डलीको काममा नै तेरा विचारहरूलाई केन्द्रित गर्। तेरा आफ्नै देहका सम्भावनाहरूलाई एकातिर पन्छ्याउनू, पारिवारिक विषयहरूको बारेमा निर्णायक बन्, आफैलाई सम्पूर्ण हृदयले परमेश्‍वरको काममा समर्पित गर्, र परमेश्‍वरको कामलाई पहिलो स्थानमा अनि तेरो आफ्नै जीवनलाई दोस्रो स्थानमा राख्। सन्तको शिष्टता यही हो।

१०. ती आफन्तहरू (तेरा छोराछोरीहरू, तेरा पति वा तेरी पत्नी, तेरा दिदी-बहिनी, वा तेरा बाबुआमा इत्यादि) जो विश्‍वासी होइनन् उनीहरूलाई मण्डलीमा आउन जबरजस्ती गर्नु हुँदैन। परमेश्‍वरको घरमा सदस्यहरूको कमी छैन, र काम नलाग्ने मानिसहरूलाई ल्याएर त्यसको सङ्ख्या बढाउनु आवश्यक छैन। जसले खुसीसाथ विश्‍वास गर्दैनन् उनीहरूलाई मण्डलीमा ल्याउनु हुँदैन। यो आदेश सबै मानिसहरूप्रति निर्देशित छ। तिमीहरूले यो विषयमा जाँच्नुपर्छ, अनुगमन गर्नुपर्छ, र एक-अर्कालाई स्मरण गराउनुपर्छ; कसैले यसलाई उल्लङ्घन गर्नु हुँदैन। विश्‍वासदेखि बाहिरका आफन्तहरू जबरजस्ती मण्डलीभित्र पस्छन् भने पनि उनीहरूलाई पुस्तकहरू दिनु हुँदैन वा नयाँ नाउँ दिनु हुँदैन; त्यस्ता मानिसहरू परमेश्‍वरको घरका होइनन्, र आवश्यक कुनै पनि तरिकाले उनीहरूलाई मण्डलीभित्र प्रवेश गर्नबाट रोक्नुपर्छ। यदि भूतात्माहरूको आक्रमणको कारण मण्डलीमा समस्या ल्याइएको छ भने, तँ आफैलाई बाहिर निकालिनेछ वा तँमाथि प्रतिबन्धहरू लगाइनेछ। संक्षेपमा, यस मामलामा सबैको जिम्मेवारी छ, यद्यपि तँ लापरवाही हुनुहुँदैन, न त व्यक्तिगत सफलताका निम्ति यसको प्रयोग गर्नु हुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश” बाट

परमेश्‍वरका दैनिक वचनहरू अंश २४३

मानिसहरू आफूले पालना गर्नुपर्ने धेरै कर्तव्यहरूमा दृढ रहनैपर्छ। मानिसहरू दृढ रहनु पर्ने कुरा नै यही हो, र उनीहरूले व्यवहारमा लागू गर्नुपर्ने कुरा यही नै हो। पवित्र आत्माद्वारा गरिनै पर्ने गर्न कुरा पवित्र आत्मालाई नै गर्न दिऊँ; मानिसले यसमा कुनै भूमिका खेल्न सक्दैन। मानिसद्वारा गरिनु पर्ने कुरामा मात्र मानिस दृढ रहनुपर्छ, जसको पवित्र आत्मासँग कुनै सम्बन्ध छैन। यो मानिसले गर्नुपर्ने बाहेक केही होइन, र यसलाई पुरानो करारको व्यवस्थालाई पालन गरेजस्तै, यसलाई पनि आदेशको रूपमा पालन गरिनुपर्छ। हुन त अहिले व्यवस्थाको युग होइन, तर पनि अझसम्म पनि पालन गर्नुपर्ने धेरै वचनहरू छन्, जुन व्यवस्थाको युगमा बोलिएका वचनहरू जस्तै, उस्तै प्रकारका छन्। ती वचनहरू केवल पवित्र आत्माको स्पर्शमा भर परेर मात्रै व्यवहारमा लागू गरिँदैनन्, बरु ती मानिसले पालन गर्नुपर्ने कुराहरू हुन्। उदाहरणको लागि: व्यावहारिक परमेश्‍वरको कामलाई तैँले न्याय गर्नु हुँदैन। परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसलाई तैँले विरोध गर्नु हुँदैन। परमेश्‍वरको सामुन्ने, तँ आफ्नो स्थानमा बस्‍नुपर्छ र हठी हुनुहुँदैन। बोलीवचनमा तँ संयमित हुनुपर्छ, र तेरा वचन र कामहरूले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको प्रबन्धहरूलाई अनुसरण गर्नुपर्छ। तैँले परमेश्‍वरको गवाहीलाई आदर गर्नुपर्छ। तैँले परमेश्‍वरको काम र उहाँका मुखबाट निस्किएका वचनहरूलाई बेवास्ता गर्नुहुँदैन। तैँले परमेश्‍वरका वाणीहरूको लबज र लक्ष्यलाई नक्कल गर्नु हुँदैन। बाहिरी रूपमा, तैँले त्यस्तो केही गर्नु हुँदैन जसले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्पष्ट रूपमा विरोध गर्छ। र त्यस्तै-त्यस्तै। हरेक व्यक्तिले पालन गर्नुपर्ने कुराहरू यिनै हुन्। हरेक युगमा परमेश्‍वरले व्यवस्थाहरूसँग सम्बन्धित र मानिसले पालना गर्नु पर्ने धेरै नियमहरू तोक्‍नुहुन्छ। यसद्वारा, उहाँले मानिसको स्वभावलाई नियन्त्रण गर्नुहुन्छ र उसको इमानदारीता पत्ता लगाउनुहुन्छ। उदाहरणको लागि, “तिमीहरूका बुबा र आमालाई सम्मान गर” भन्‍ने पुरानो करारका वचनहरूलाई विचार गर। आज यी वचनहरू लागू हुँदैनन्; त्यो समयमा तिनले मानिसका केही बाह्य स्वभावलाई नियन्त्रित मात्रै गरे, परमेश्‍वरमा मानिसको विश्‍वासको इमानदारीतालाई देखाउन प्रयोग गरियो, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूको चिन्‍ह थिए। अहिले राज्यको युग भए पनि मानिसले पालना गर्नुपर्ने धेरै नियमहरू अझै छन्। विगतका नियमहरू लागू हुँदैनन्, र आज मानिसले अभ्यास गर्नको लागि उपयुक्त धेरै अभ्यासहरू छन् र ती आवश्यक छन्। तिनले पवित्र आत्माको कामलाई समावेश गर्दैनन् र ती मानिसद्वारा नै गरिनुपर्छ।

अनुग्रहको युगमा, व्यवस्थाको युगका धेरै अभ्यासहरूलाई परित्याग गरियो किनकि ती व्यवस्थाहरू त्यो समयको कामको लागि निश्‍चित रूपमा प्रभावकारी भएनन्। तिनीहरूलाई परित्याग गरिएपछि त्यो युगको लागि उपयुक्त रहेका धेरै अभ्यासहरू अघि सारियो, र ती आजका धेरै नियमहरू बनेका छन्। आजका परमेश्‍वर आउनुभएपछि ती नियमहरूलाई अलग गरियो र तिनीहरूलाई पालना गर्नुपर्ने आवश्यकता रहेन, र आजको कामको लागि उपयुक्त धेरै प्रचलनहरू अघि सारियो। आज, ती प्रचलनहरू नियमहरू होइनन् तर प्रभाव प्राप्त गर्नका लागि लक्षित छन्; तिनीहरू आजको लागि उपयुक्त छन्—भोलि सायद तिनीहरू नियमहरू बन्‍नेछन्। सङ्क्षेपमा, तैँले त्यसलाई पालन गर्नुपर्छ जुन आजको कामको लागि फलदायी छ। भोलिलाई ध्यान नदे: आज जे गरिन्छ त्यो आजको लागि हुन्छ। हुनसक्छ जब भोलि आउँछ, तैँले लागू गर्नु पर्ने राम्रा अभ्यासहरू हुनेछन्—तर त्यसलाई अति धेरै ध्यान नदे। बरु परमेश्‍वरको विरोध गर्नबाट बच्न त्यो पालन गर्नुहोस् जुन आज पालन गर्नुपर्छ। आज, मानिसको लागि निम्‍न कुराको पालनाभन्दा बढी महत्त्वपूर्ण अरू केही छैन: तैँले तेरो आँखा अगाडि उभिनुहुने परमेश्‍वरलाई मनाउने वा उहाँबाट कुनै कुरा लुकाउने कोसिस गर्नु हुँदैन। तेरो सामाने हुनुहुने परमेश्‍वरका अघि तैँले अपशब्द वा अहङ्कारी कुरा बोल्नु हुँदैन। मीठा वचनहरू र राम्रा बोलीवचनहरूद्वारा उहाँको विश्‍वास जित्नको लागि तेरो आँखा सामुन्नेका परमेश्‍वरलाई तैँले छल गर्नु हुँदैन। परमेश्‍वरका अगाडि तैँले अनादर पूर्वक व्यवहार गर्नु हुँदैन। परमेश्‍वरका मुखबाट बोलिएका सबै कुरालाई तैँले पालन गर्नुपर्छ, र उहाँका वचनहरूको प्रतिरोध, विरोध वा विवाद गर्नु हुँदैन। परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले आफू अनुकूल अर्थ लगाउनु हुँदैन। दुष्टको छली योजनाहरूको शिकार हुनबाट आफूलाई जोगाउन तैँले आफ्नो जिब्रोलाई काबुमा राख्नुपर्छ। परमेश्‍वरद्वारा तेरो लागि तय गरिएका सीमाहरू नाघ्‍नबाट जोगिन तैँले आफ्ना कदमहरूलाई काबुमा राख्नुपर्छ। यदि तैँले नाघिस् भने, यसले तँलाई परमेश्‍वरको स्थानमा उभिने र अभिमानी र आडम्बरी वचनहरू बोल्ने बनाउनेछ, र त्यसैले परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ। परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले जथाभाबी फैलाउनु हुँदैन, नत्र अरूले तेरो निन्दा गर्छन् र दियाबलसहरूले तँलाई मूर्ख बनाउँछ। तैँले आजका परमेश्‍वरका सबै काम पालन गर्नुपर्छ। यदि तैँले यसलाई बुझिनस् भने पनि, तैँले यसलाई न्याय गर्नु हुँदैन; तपाईंले गर्न सक्ने भनेको खोजी गर्नु र सङ्गति गर्नु हो। परमेश्‍वरको मूल स्थानलाई कुनै व्यक्तिले पनि उल्लङ्घन गर्नु हुँदैन। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरको सेवा गर्नेभन्दा बढी केही गर्न सक्दैनस्। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरलाई सिकाउन सक्दैनस्—यसो गर्नु भनेको पथभ्रष्ट हुनु हो। परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्थानमा कोही पनि खडा हुन सक्दैन; तेरा वचनहरू, व्यवहारहरू, र अन्तस्करणका विचारहरूमा, तँ मानिसकै स्थानमा खडा छस्। यसलाई मानिसले पालन गर्नुपर्छ, यो उसकै जिम्मेवारी हो, र यसलाई कसैले पनि बदल्‍न सक्दैन; त्यस्तो दुष्प्रयासले प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नेछ। यसलाई सबैले सम्झिनुपर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “नयाँ युगका आज्ञाहरू” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २४४

तिमीहरूले धेरै वटा कुराहरू प्राप्‍त गरेको होस् भन्‍ने मैले आशा राखेको छु, तर तिमीहरूका सबै कार्यहरू, तिमीहरूका जीवनका सबै थोकहरूले पनि मैले भनेका कुराहरू पूरा गर्न सक्दैनौ, त्यसैले मसँग अर्को कुनै विकल्प छैन, त्यसैले म सीधै मुख्य बुँदामा आउँछु र मेरो इच्छा तिमीहरू सामु वर्णन गर्छु। तिमीहरूको विवेक कमजोर भए जस्तै तिमीहरूको कृतज्ञता पनि कमजोर नै छ, तिमीहरू मेरो स्वभाव र सारतत्त्वका विषयमा नितान्त अनभिज्ञ छौ—त्यसैले, यो अत्यन्त जरुरी विषय भएको कारण म ती तिमीहरूलाई जानकारी गराउँछु। तैँले पहिला जतिसुकै बुझेको भए तापनि, तैँले यी विषयहरू बुझ्‍न चाहेका भए तापनि, मैले ती सबै तिमीहरूलाई विस्तृत रूपमा व्याख्या गरिदिनुपर्छ। यी विषयहरू तिमीहरूका निम्ति पूर्णतया नयाँ होइनन्, तैपनि तिमीहरूसँग यिनीहरूमा भएको अर्थसँग धेरै बुझाइको, धेरै परिचितताको अभाव छ। तिमीहरूमध्ये धेरै जनासँग निकै थोरै मात्र बुझाइ छ, र आंशिक र अपूर्ण बुझाइ छ। सत्यता राम्ररी अभ्यास गर्न—मेरा वचनहरू राम्ररी अभ्यास गर्न तिमीहरूलाई सहायता गर्न तिमीहरू सबैभन्दा पहिले यी विषयहरूप्रति सचेत हुनु आवश्यक छ भन्‍ने मलाई लाग्छ। यदि त्यसो भएन भने, तिमीहरूको विश्‍वास अस्पष्ट, पाखण्डीपनमै सीमित रहनेछ, र धर्मको जालले भरिएको हुनेछ। यदि तिमीले परमेश्‍वरको स्वभाव बुझेका छैनौ भने तिमीले उहाँको निम्ति गर्नुपर्ने काम गर्न असम्भव हुनेछ। यदि तिमीलाई परमेश्‍वरको सारतत्त्व थाहा छैन भने तिमीसँग उहाँप्रति आदर र भय हुने कुरा पनि असम्भव हुनेछ; बरु केवल देखावटी धर्म-कार्यहरू र छलछाम र अयोग्य ईश्‍वरनिन्दा मात्र हुनेछ। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण छ, साथै परमेश्‍वरको सारतत्त्व थाहा गर्ने कुरालाई नजर अन्दाजा गर्न सकिँदैन, कसैले पनि यी विषयहरू विस्तृत रूपमा जाँच वा गहन अनुसन्धान गरेका छैनन्। तिमीहरूले मैले जारी गरेका सबै प्रशासनिक आदेशहरू रद्द गरेका छौ भन्‍ने कुरा स्पष्‍टसँग देख्‍न सकिन्छ। यदि तिमीहरूले परमेश्‍वरको स्वभाव बुझ्‍न सकेनौ भने तिनीहरूले स्वाभाविक रूपमा उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछौ। उहाँको स्वभावको अपमान गर्नु भनेको परमेश्‍वरलाई क्रोधित तुल्याउनु हो, यसो भएमा प्रशासनिक आदेश भङ्ग गर्नु नै तिमीहरूका कार्यहरूका आखिरी फल हुनेछ। जब तैँले परमेश्‍वरको सारतत्त्व थाहा पाउँछस्, तब तैँले परमेश्‍वरको स्वभावलाई बुझ्‍न सक्छस्—र जब तैँले उहाँको स्वभावलाई बुझ्छस् तब प्रशासनिक आदेशहरू पनि बुझ्नेछस् भन्‍ने कुरा अब तैँले महसुस गर्नुपर्छ। यो कुरा भनिराख्‍नु पर्दैन, प्रशासनिक आदेशहरूमा समावेश गरिएका अधिकांश कुराहरूले परमेश्‍वरको स्वभावलाई छुन्छ, तर उहाँका सबै स्वभावहरू प्रशासनिक आदेशहरूमा व्यक्त गरिएका छैनन्; त्यसैले, परमेश्‍वरको स्वभावलाई बुझ्‍न तँ थप एक कदम अघि बढ्नु आवश्‍यक छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २४५

परमेश्‍वरको स्वभाव प्रत्येक व्यक्तिका निम्ति अत्यन्त अमूर्त विषयजस्तै देखिन्छ र वास्तवमा त्यस्तै हो, साथै यो प्रत्येक व्यक्तिले सजिलै स्वीकार गर्न सक्‍ने विषय पनि होइन, किनकि उहाँको स्वभाव मानवजातिको व्यक्तित्व जस्तो होइन। परमेश्‍वरको पनि आफ्नै आनन्द, रीस, दुःख र खुशीका भावनाहरू छन्, तर यी भावनात्मक अभिव्यक्तिहरू मानिसका भावनात्मक अभिव्यक्तिहरूभन्दा फरक छन्। परमेश्‍वर जो हुनुहुन्छ उहाँ त्यही हुनुहुन्छ, र उहाँसँग जे छ, उहाँसँग त्यही छ। उहाँले व्यक्त गर्नुभएका र प्रकट गरिदिनुभएका सबै कुराहरू उहाँका सारतत्त्व र उहाँका पहिचानका प्रतिनिधित्वहरू हुन्। उहाँ जो हुनुहुन्छ र उहाँसँग जे छ त्यसलाई, साथै उहाँका सारतत्त्व र पहिचानलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। उहाँको स्वभावमा मानिसजातिका निम्ति उहाँको प्रेम, मानवजातिको सान्त्वना, मानवजातिको घृणा, र मानवजातिको सामान्य बुझाइ सबै नै समावेश छन्। मानिसको व्यक्तित्व आशावादी, जीवन्त, वा संवेदनाहीन हुन सक्छ। परमेश्‍वरको स्वभाव सबै थोकहरू र सबै जीवित प्राणीहरूका शासकको, सारा सृष्‍टिका प्रभुको स्वभाव हो। उहाँको स्वभावले आदर, शक्ति, प्रताप, महानता, र सबैभन्दा महत्वपूर्ण सर्वोच्‍चताको प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको सङ्केत हो, सबै धार्मिकताको सङ्केत, सबै सुन्दरता र असलपनको सङ्केत हो। यी सबैभन्दा अझ महत्वपूर्ण कुरा त विजयी गर्न नसकिने वा अन्धकार र कुनै पनि शत्रुको शक्तिले आक्रमण गर्न नसकिने[क] व्यक्तिलाई सङ्केत गर्दछ, साथै सृष्‍टि गरिएका कुनै प्राणीले उल्‍लङ्घन (उहाँले कुनै उल्‍लङ्घन सहन सक्‍नुहुन्‍न)[ख] गर्न नसकिने व्यक्तिलाई सङ्केत गर्दछ। उहाँको स्वभावले सर्वोच्‍च शक्तिको सङ्केत गर्छ। कुनै पनि व्यक्ति वा व्यक्तिहरूले उहाँको काम वा उहाँको स्वभावलाई अवरोध पुर्‍याउन सक्दैन। तर मानिसको व्यक्तित्व पशुभन्दा अलिकति उच्‍च छ। मानिस आफैमा वा मानिससँग कुनै अख्तियार छैन, कुनै स्वतन्त्रता छैन, मानिससँग आफैलाई पार गरेर जाने क्षमता पनि छैन, तर उसको सारतत्त्वमा सबै प्रकारका मानिसहरू, घटनाहरू र थोकहरूको नियन्‍त्रणमा विवश हुने स्वभाव हुन्छ। परमेश्‍वरको आनन्द धार्मिकता र ज्योतिमा अस्तित्वमा रहन्छ र उदय हुन्छ, किनकि अन्धकार र दुष्‍टको विनाश भएको छ। उहाँ मानवजातिमा ज्योति र असल जीवन ल्याउनुभएको कुरामा आनन्द मनाउनुहुन्छ। उहाँको आनन्द धार्मिकताको आनन्द हो, यो सबै सकारात्मक कुराको सङ्केत हो, त्यसभन्दा अझ बढी यो शुभ अवसरको सङ्केत हो। अन्यायको अस्तित्व र हस्तक्षेपले मानवजातिमा ल्याउने हानीको कारण, दुष्‍टता र अन्धकार अस्तित्वमा भएको कारण, सत्यतालाई हटाउने कुराहरू अस्तित्वमा भएका कारण, सुन्दर र असल कुराहरूको विरोध गर्ने तत्त्वहरू अस्तित्वमा भएका कारण, र अन्यायको कारण परमेश्‍वर क्रोधित बन्‍नुहुन्छ। उहाँको क्रोध सबै किसिमका नकारात्मक कुराहरू अस्तित्वमा रहनेछैन भन्‍ने सङ्केत हो, यो भन्दा पनि अझ महत्वपूर्ण कुराचाहिँ यसले उहाँको पवित्रताको सङ्केत गर्छ। उहाँको शोकको कारण मानवजाति नै हो, उहाँले मानवजातिमा आशा राख्‍नुभएको थियो, तर ती मानवजाति अन्धकारमा पतन भएका छन्, किनकि उहाँले मानवजातिमा गर्नुभएको काम उहाँको अपेक्षाहरूको नापसम्म आउँदैनन्, किनकि उहाँले प्रेम गर्नुभएका मानवजाति सबै जना ज्योतिमा जिउन सक्दैनन्। उहाँले निर्दोष मानवजातिप्रति दुःख महसुस गर्नुहुन्छ, साथै इमानदार तर अज्ञानी मानिस, र असल तर आफ्नै दृष्टिकोणको अभाव भएका मानिसप्रति पनि उहाँले दुःख महसुस गर्नुहुन्छ। उहाँको दुःख उहाँको भलोपन र उहाँको कृपाको सङ्केत हो, सुन्दरता र दयाको सङ्केत हो। उहाँको खुशी निश्‍चय नै उहाँका शत्रुहरूलाई पराजित गर्ने र मानिसको इमानदारीता जित्‍ने कार्यबाट आउँछ। यो भन्दा अझ बढी त शत्रुहरूका सबै शक्तिहरूको निष्कासन र विनाशबाट उहाँ खुशी बन्‍नुहुन्छ, किनकि यसरी मानिसजातिले असल र शान्तिपूर्ण जीवन प्राप्‍त गर्छन्। परमेश्‍वरको खुशी मानिसको आनन्द जस्तै होइन, बरु यो त असल फलहरू बटुल्नु जस्तै र आनन्दभन्दा अझ धेरै ठूलो कुरा हो। उहाँको खुसीयालीले मानवजाति यस समयदेखि दुःखकष्टबाट छुटकारा पाएको र मानवजाति ज्योतिको संसारमा प्रवेश गरेको सङ्केत दिन्छ। अर्कोतिर, मानवजातिको भावनाहरू उसका आफ्ना चाहनाहरूबाट उत्पन्‍न भएका हुन्छन्, त्यो धार्मिकता, ज्योति वा सुन्दर कुरा र स्वर्गबाट दिइएको अनुग्रहका निम्ति हुँदैन। मानवजातिका भावनाहरू स्वार्थी हुन्छन् र ती अन्धकारको संसारका हुन्। यिनीहरू परमेश्‍वरका इच्छा र योजनाका निम्ति अस्तित्वमा आएका होइनन्, त्यसैले मानिस र परमेश्‍वरलाई एउटै स्थानमा राखेर कुरा गर्न मिल्दैन। परमेश्‍वर सदासर्वदा सर्वोच्‍च हुनुहुन्छ र उहाँ आदरयोग्य हुनुहुन्छ भने मानिस सदैव तुच्छ र मूल्यहीन छन्। यसैकारण परमेश्‍वरले सधैँ मानिसजातिका निम्ति आफैलाई बलिदान गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ; मानिसले चाहिँ सधैँ आफ्नो निम्ति राख्‍छ र आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। परमेश्‍वरले सदैव मानिसहरूको अस्तित्व कायम राख्‍न पीडा उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै पनि ज्योति वा धार्मिकताको खातिर कुनै मूल्य चुकाउँदैन। मानिस अत्यन्तै कमजोर छ सानातिना कठिनाइ पनि सहन सक्दैन, मानिसले कहिल्यै पनि अरू मानिसहरूलाई ध्यान दिँदैन तर सधैँ आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। मानिस सधैँ स्वार्थी हुन्छ, भने परमेश्‍वर स्वार्थरहित हुनुहुन्छ। परमेश्‍वर न्याय, भलाइ र सुन्दर कुराहरूका स्रोत हुनुहुन्छ भने मानिसहरू घृणित र दुष्‍ट कुराहरू प्रकट गर्न मात्र सफल हुन्छन्। परमेश्‍वरले धार्मिकता र सुन्दरताको आफ्नो सारतत्त्व कहिल्यै अदलबदल गर्नुहुन्‍न, तर मानिसले पूर्ण रूपमा कुनै पनि समयमा कुनै पनि परिस्थितिमा धार्मिकतालाई धोखा दिएर परमेश्‍वरदेखि टाढा रहन सक्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ” बाट उद्धृत गरिएको

फूटनोटहरू:

क. मूल पाठमा “यो हुन अयोग्य हुनुको सङ्केत हो” भनेर पढिन्छ।

ख. मूल पाठमा “साथै उल्‍लङ्घन गरिन नसक्‍नुको प्रतीक (र उल्‍लङ्घन गरिएको नसहनु)” भनेर पढिन्छ।

परमेश्‍वरका दैनिक वचनहरू अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो फाइदा पाउनेछौ। परमेश्‍वरको सारतत्त्वका विषयमा बुझ्‍न अति गाह्रो हुन्छ, तर तिमीहरू सबै जनासँग परमेश्‍वरको स्वभावका विषयमा केही हदसम्म ज्ञान रहेको छ भनी म विश्‍वास गर्छु। तैँले परमेश्‍वरको स्वभावप्रति सही व्यवहार देखाउनेछस् र उहाँलाई चिढ्याउने छैनस् भन्‍ने म आशा राख्छु। त्यसपछि म सुनिश्‍चित हुनेछु। उदाहरणको लागि, तिमीहरूका हृदयमा परमेश्‍वरलाई सधैँभरि राख्‍नू। जब तैँले काम गर्छस्, तब उहाँका वचनहरू अनुसार काम गर्नू। सबै कुराहरूमा उहाँको इच्छा खोज्‍नू, र परमेश्‍वरलाई अपमान र अनादर गर्ने सबै कुराहरूबाट आफूलाई अलग राख्‍नू। भविष्यमा तेरो हृदयको खालीपन भर्नका लागि मात्र परमेश्‍वरलाई आफ्नो मनको कुनै कुनामा लुकाई राखिस् भने तैँले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरेको हुनेछस्। मानौं, तिमीहरूले आफ्नो जीवनकालभरि कहिल्यै पनि परमेश्‍वरको निन्दा गरेनौ वा परमेश्‍वरको विरुद्धमा गुनासो गरेनौ भने, उहाँले तिमीहरूका जिम्मामा सुम्पिदिनुभएका सबै कुराहरू उपयुक्त तरिकाले सदुपयोग गर्नेछौ, साथै तिमीहरूका जीवनभरि आफैलाई उहाँको वचनमा समर्पण गर्नेछौ, त्यसपछि तिमीहरूले प्रशासनिक आदेशहरूका विरुद्ध अपराध गर्न छोड्नेछौं। उदाहरणको लागि, यदि तिमीहरूले कहिल्यै यसो भनेका छौ भने, “उहाँ परमेश्‍वर हुनुहुन्छ भनी किन मैले विचार गर्नुपर्छ?” “मेरो विचारमा यी वचनहरू पवित्र आत्माका केही अन्तर्दृष्टिहरूभन्दा केही पनि होइनन्,” “मेरो विचारमा परमेश्‍वरले गर्नुभएका सबै कुराहरू सही हुनुपर्छ भन्‍ने कुनै आवश्यकता छैन,” “परमेश्‍वरको मानवता मेरोभन्दा उच्‍चकोटीको छैन,” “परमेश्‍वरका वचनहरू विश्‍वास गर्न लायकका छैनन्,” वा यस्तै किसिमका न्यायपूर्ण भनाइहरू व्यक्त गरेका छौ भने आफ्ना पापहरू स्वीकार गर्न र त्यसबाट पश्‍चात्ताप गर्न म तिमीहरूलाई उत्साह दिन्छु। अन्यथा, तिमीहरूले कहिल्यै पनि क्षमादानको अवसर प्राप्‍त गर्नेछैनौ, किनकि तिमीहरूले मानिसलाई होइन, तर परमेश्‍वरलाई चिढ्याएका छौ। तिमीहरूले मानिसको न्याय गरिरहेको छु भनी विश्‍वास गरेका हुन सक्छौ, तर परमेश्‍वरको आत्माले त्यसरी हेर्नुहुन्‍न। तिमीहरूले उहाँको शरीरलाई अनादर गर्नुचाहिँ उहाँ स्वयमलाई अनादर गर्नु बराबर हो। यसरी के तिमीहरूले परमेश्‍वरको स्वभावको उल्‍लङ्घन गरेका छैनौ र? परमेश्‍वरका आत्माले गर्नुभएका सबै काम उहाँका शरीरका कामलाई सुरक्षित राख्‍न र यी कामहरू अझ राम्ररी सम्‍पन्‍न गर्नका निम्‍ति हो भन्‍ने कुरा तिमीहरूले याद राख्‍नुपर्छ। यदि तिमीहरूले यसलाई बेवास्ता गर्‍यौ भने तिमीहरूले कहिल्यै पनि परमेश्‍वरमा विश्‍वास गर्न नसक्‍ने हुन्छौ भनी म तिमीहरूलाई बताउन चाहन्छु। तिमीहरूले परमेश्‍वरको क्रोधलाई भड्काएको कारण उहाँले तिमीहरूलाई शिक्षा सिकाउन उपयुक्त दण्ड दिनुहुनेछ।

परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्नु भनेको सामान्य विषय होइन। तैँले उहाँको स्वभावलाई बुझ्‍नुपर्छ। यसरी तिमीहरूले विस्तारै र थाहै नपाईकन परमेश्‍वरको सारतत्त्व थाहा गर्नेछौ। जब तिमीहरू यस ज्ञानमा प्रवेश गर्छौ, तब तिमीहरूले अझ उच्‍च र सुन्दर अवस्थामा प्रवेश गरेको महसुस गर्नेछौ। अन्त्यमा, तिमीहरू आफ्ना घृणित प्राणप्रति लज्‍जित महसुस गर्नेछौ, र तिमीहरूका लाजबाट लुक्‍ने कुनै ठाउँ छैन भनी तिमीहरूले महसुस गर्नेछौ। त्यस समयमा, तिमीहरूले परमेश्‍वरको स्वभावलाई अपमान गर्ने आफ्नो व्यवहारलाई कम गर्दै जानेछौ, तिमीहरूको हृदय परमेश्‍वरको हृदयको नजिक-नजिक आउनेछ, र तिमीहरूका हृदयमा उहाँको निम्ति प्रेम विस्तारै बढ्दै जानेछ। यो चाहिँ मानवजाति सुन्दर अवस्थामा प्रवेश गरेको एउटा चिन्ह हो। तर तिमीहरूले यो अवस्था हासिल गरिसकेका हुँदैनौ। तिमीहरू सबै जना आफ्नो नियतिको खातिर कुदिरहेका हुन्छौ, जोसँग परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्न प्रयत्‍न गर्ने कुनै चाहना हुँदैन? के यसले निरन्तरता पाउनु हुन्छ, यदि यसो भएमा तिमीहरूले अन्जानमै प्रशासनिक आदेशहरू विरुद्ध अपराध गर्नेछौ, किनकि तिमीहरूले परमेश्‍वरको स्वभावको विषयमा थोरै कुराहरू मात्र बुझेका हुन्छौ। के यसरी तिमीहरूले परमेश्‍वरको स्वभाव विरुद्ध उल्‍लङ्घन गर्न जग बसालेका हुँदैनौ? तिमीहरूलाई परमेश्‍वरको स्वभाव बुझ्‍न अनुरोध गरेको कुरा मेरो कामसँग अमिल्दो भएको छैन। यदि तिमीहरूले प्रशासनिक आदेशहरू घरीघरी उल्लङ्‍घन गर्‍यौ भने तिमीहरू दण्डबाट कसरी उम्कने छौ? त्यसपछि के मेरा काम पूर्ण रूपमा व्यर्थ हुनेछैन र? त्यसैले, तैँले आफ्नो व्यवहारलाई नजिकबाट जाँच्‍दै, तैँले उठाउने आफ्नो कदमहरूमा होशियार रहन म तँलाई आग्रह गर्छु। यो मैले तिमीहरूसँग मागेको यो उच्‍च माग हो, म आशा गर्छु कि तिमीहरू सबै जनाले यसलाई होशियारसाथ विचार गर्नेछौ र तिमीहरूले लगनशील भई यो माग पूरा गर्नेछौ। तिमीहरूका कामले मलाई अत्यन्त धेरै रीस उठाउने दिन आयो भने त्यसको परिणामहरू तिमीहरूले नै विचार गर्नुपर्नेछ, तिमीहरूको ठाउँमा दण्ड भोग्‍न त्यहाँ अरू कुनै व्यक्ति हुनेछैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २४७

मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँछ भने पनि, के उहाँले मानिसलाई पन्छ्याउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि तय गरेको मापदण्डहरूको उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले माग गरेको कुरालाई सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन्, वा तैँले तिनलाई कति लामो समयदेखि पक्रिराखेको छस् म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्गमा हिँड्छस् कि हिँड्दैनस्, र तैँले सत्यलाई प्रेम गर्छस् कि गर्दैनस् र यसको तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ, र यसको सट्टा तैँले मेरो नाउँमा सर्म ल्याउँछस्, र कुनै वास्ता वा चिन्ता नगरिकन पछ्याउने काम मात्रै गर्दै मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर भन्‍न तँ सक्षम हुनेछस् त? आज, मैले बोलेका वचनहरूलाई तैँले पाल गरेका छस् भने, तँ त्यस्तो प्रकारको व्यक्ति होस् जसलाई म स्वीकार गर्छु। परमेश्‍वरलाई पछ्याउने क्रममा सँधै कष्ट भोगेको छस्, दु:ख र सुख दुवै अवस्थामा तैँले उहाँलाई पछ्याएको छस्, र उहाँसँग खुशीका पलहरू र दु:खका पलहरू बिताएको छस् भनेर तँ भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएका छैनस्; तैँले परमेश्‍वरको लागि दौडधूप गर्ने र हरेक दिन आफैलाई परमेश्‍वरको निम्ति खर्च गर्ने इच्छा मात्रै गर्छस्, र तैँले अर्थपूर्ण जीवन जिउने बारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “कुनै हालतमा पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँको लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरी हिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे तापनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन, र यो शरीर, वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्ग अनुसार नहिँड्नेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन, र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछन् र उनीहरूले मेरो आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिने तिनीहरू नै हुन्। तैँले के-कस्ता परिस्थितिहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउने बाहेक अरू तिमीहरूले के प्राप्त गरेका? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच वटा मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तैपनि बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय तँसँग छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशा गर्दै यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिफल हो, र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्‍म नै पछ्याए तापनि मेरो मार्गमा नहिँड्ने सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता यही नै हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभावलाई प्रकट गरिन्छ, मानिस अवाक् हुनेछ, र परमेश्‍वरलाई पछ्याउने क्रममा उहाँको मार्गमा नहिँडेकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्‍वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्‍वरको मार्गमा हिँडिनँ। के बहानाहरू छन् र? सजाय पाउने बाहेक अरू कुनै पनि विकल्‍प छैन!” तैपनि उसले आफ्‍नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्‍मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन, र यो सजाय दिइसक्‍नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सँधैभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती मानिसहरूजस्तो छैन जसलाई नष्ट गरिनेछन्; नष्ट गरिनेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्‍का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्‍नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारको साथ निराकरण गरिनेछ भन्‍ने होइन। धार्मिकता भनेको पवित्रता हो, र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्‍लङ्घनलाई सहँदैन, र सबै अशुद्ध र परिवर्तन नभएकाहरू परमेश्‍वरको घृणाका निसानाहरू हुन्। परमेश्‍वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो, र यो प्रशासनिक आदेश सत्यता नहुने र परिवर्तन नभएका र मुक्तिको लागि कुनै गुन्जाइस नभएका जोकोहीको धर्मी दण्डको लागि हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुनेछ समय हो, जुन समयपछि, त्यस उप्रान्त मानिसलाई मुक्ति दिने कार्य गरिनेछैन, र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २४८

म सबै कुरा भस्म गर्ने आगो हुँ र म अपराध सहँदिन। मानिसहरू सबै मद्वारा सृष्टि गरिएको हुनाले, म जे भन्छु र गर्छु, त्यो तिनीहरूले पालना गर्नैपर्छ र तिनीहरूले विद्रोह गर्नु हुँदैन। मानिसहरूलाई मेरो काममा हस्तक्षेप गर्ने अधिकार छैन, र मेरो काम र मेरा वचनहरूमा के सही वा के गलत छन् भनी विश्लेषण गर्न तिनीहरू योग्य हुने कुरा त परै जाओस्। म सृष्टिको प्रभु हुँ, र सृष्टि गरिएका प्राणीहरूले मैले माग गरेका सबै कुरा आदरको हृदयसहित हासिल गर्नुपर्दछ; तिनीहरूले मसँग तर्क गर्ने कोसिस गर्नु हुँदैन, र विशेष रूपमा तिनीहरूले विरोध गर्नु हुँदैन। मेरो अधिकारद्वारा म मेरा मानिसहरूमाथि शासन गर्दछु, र जो मेरो सृष्टि भाग हुन् तिनीहरू सबै मेरो अख्तियारको अधीनमा बस्नुपर्छ। आज तिमीहरू मेरो सामु साहसी र हठी भए पनि, जुन वचनहरूद्वारा म तिमीहरूलाई शिक्षा दिन्छु ती तिमीहरूले पालन नगरे पनि र कुनै डर नमाने पनि म सहिष्णुतासाथ मात्रै तिमीहरूका विद्रोहीपनको सामना गर्दछु; सानो, तुच्छ कीराहरूले गोबरको थुप्रोमा फोहोर उठायो भन्दैमा म आफ्नो रिस पोखाउँदिन र मेरो कामलाई प्रभावित गर्दिनँ। मेरा पिताको इच्छाको खातिर म मैले घिनाउने गर्ने सबै कुरा र मैले घृणा गर्ने सबै कुराहरूको अस्तित्वलाई सहन गर्दछु, मेरा वाणीहरू पूर्ण नहुञ्जेल, मेरो अन्तिम क्षणसम्‍मै म त्यसो गर्नेछु। चिन्ता नगर्! म नाम विनाको कीराको स्तरमा डुब्न सक्दिनँ, र म आफ्नो सीपको स्तरलाई तँसँग तुलना गर्दिनँ। म तँलाई घृणा गर्दछु, तर म सहन सक्छु। तैंले मेरो आज्ञा उल्लङ्घन गर्छस्, तर तँ त्यस दिनबाट उम्कन सक्दैनस्, जुन बेला म तँलाई सजाय दिनेछु, जुन मेरा पिताले मसँग प्रतिज्ञा गर्नुभएको थियो। के सृष्टि गरिएको कीरालाई सृष्टिका प्रभुसँग तुलना गर्न सकिन्छ? शरद ऋतुमा, झर्ने पातहरू तिनका जराहरूमा फर्कन्छन्; तँ तेरा “पिता” को घर फर्कनेछस्, र म मेरा पिताको छेउमा फर्कनेछु। म उहाँको कोमल स्नेहको साथमा हुनेछु, र तेरा पितापछि तँ कुल्चिइनेछस्। मसँग मेरा पिताको महिमा हुनेछ, र तँसँग तेरो पिताको सर्म हुनेछ। म तँलाई साथ दिन धेरै अघिदेखि रोकेर राखेको सजायको प्रयोग गर्नेछु, र लाखौँ वर्षदेखि भ्रष्ट भएको तेरो दुर्गन्धित देहमा तैँले मेरो सजाय भोग्नेछस्। मैले सहिष्णुताको साथमा तँमा मेरा वचनहरूको काम पूरा गरेको हुनेछु, र तैंले मेरा वचनहरूबाट विपत्ति भोग्ने भूमिका पूरा गर्न सुरु गर्नेछस्। म धेरै आनन्दित हुनेछु र इस्राएलमा काम गर्नेछु; तँ हिलोमा लुटपुटिँदै र मर्दै रुनेछस् र दाह्रा किट्नेछस्। म मेरो मूल स्वरूपलाई फेरि प्राप्त गर्नेछु र अझै तँसँग फोहोरमा बस्नेछैनँ, जबकी तैंले आफ्नो मूल कुरूपता फेरि पाउनेछस् र गोबरको थुप्रो वरिपरि प्वाल बनाइरहनेछस्। जब मेरो काम र वचनहरू समाप्त हुन्छन् त्यो मेरो लागि आनन्दको दिन हुनेछ। जब तेरो विरोध र विद्रोहीपन सकिन्छ, त्यो तेरो लागि रुने दिन हुनेछ। म तँप्रति सहानुभूति राख्नेछैनँ, र तैंले मलाई फेरि कहिल्यै देख्नेछैनस्। म अब उप्रान्त तँसँग कुनै बातचित गर्नेछैनँ, र तैंले मलाई फेरि कहिल्यै भेट्नेछैनस्। म तेरो विद्रोहीपनलाई घृणा गर्नेछु, र तैंले मेरो प्रेमिलोपनलाई याद गर्नेछस्। म तँलाई प्रहार गर्नेछु, र तैंले मेरो धेरै चाहना गर्नेछस्। म खुसीसाथ तँबाट बिदा हुनेछु, र तैँले तँ मप्रति कति ऋणी छस् भनी थाहा पाउनेछस्। म तँलाई फेरि कहिल्यै भेट्नेछैनँ, तर तैंले सधैँ मेरो लागि आशा गर्नेछस्। म तँलाई घृणा गर्दछु, किनकि तैंले अहिले मेरो विरोध गर्छस्, र तैंले मलाई याद गर्नेछस्, किनकि वर्तमानमा म तँलाई सजाय दिन्छु। म तँसँगै बस्न इच्छुक हुनेछैनँ, तर तैंले त्यसका निम्ति अति नै तृष्णा गर्नेछस् र अनन्तसम्म रुनेछस्, किनकि तैंले मलाई जे गरिस् ती सबैका निम्ति पछुतो गर्नेछस्। तैंले आफ्नो विद्रोह र विरोधको लागि पछुतो गर्नेछस्, तैंले पछुताउँदै आफ्नो अनुहार भुइँतिर घोप्ट्याउने समेत छस् र मेरो अगाडि लम्पसार परेर फेरि कहिल्यै पनि मेरो आज्ञा उल्लङ्घन नगर्ने शपथ खान्छस्। आफ्नो हृदयमा तैंले मलाई मात्र प्रेम गरे तापनि तैंले मेरो आवाज कहिल्यै पनि सुन्न सक्नेछैनस्। म तँलाई आफैप्रति लज्जित तुल्याउनेछु।

— वचन देहमा देखा पर्नुहुन्छको “जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २४९

मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरुप्रति दण्ड हुनेछ, यही समयमा, यो मेरो धार्मिक स्वभावको सटिक प्रमाण हो, र अझै थप, मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरु भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरु तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरुले पनि उनीहरुको पापबाट छुटकारा पाउने छैनन्; उनीहरु पनि, विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षहरुमा विरलै देखिएको छ, र उनीहरु सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरु आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरुले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातीलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्व दिन्छु र उनीहरुको दुष्ट कर्मलाई तिरस्कार गर्दछु। मैले मानवजातीको नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरुको समूह प्राप्त गर्ने आशा मैले व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरुलाई पनि म कहिल्यै बिर्सिन्न; उनीहरुलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरुलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र यो हेर्दा मलाई आनन्द आउँनेछ। अब अन्ततः मेरो दिने आएको छ, र मैले अब पर्खनु पर्नेछैन!

मेरो अन्तिम कार्य मानिसलाई दण्ड दिनका लागि मात्रै होइन्, तर मानिसका लागि गन्तव्यको व्यवस्था गर्नका लागि पनि हो। यसका अतिरिक्त, यो कार्य मानिसले मेरो व्यवहार र कार्यहरुप्रति कृतज्ञ रहुन् भन्नका लागि हो। मैले गरेका सबै कार्यहरु सही छ र मैले गरेका सबै कार्यहरु मेरो स्वभावको अभिव्यक्ति हो भनेर प्रत्येक व्यक्तिले देखुन् भन्ने मेरो चाहाना हो। यो मानिसका कार्यले होइन्, मानिसलाई अगाडि ल्याएको प्रकृतिले त झनै होइन, तर सृष्टिमा भएका सबै जिवित प्राणीको पालनहार म नै हुँ। मेरो अस्तित्वविना, मानवजाती नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवजातीले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्न पाउनेछैनन्; मानवजातीले कठ्याङ्ग्रिदो चिसो रात र मृत्युको छायाँको निर्मम उपत्यकाको सामना मात्र गर्नेछन्। म मानवजातीको एकमात्र मुक्ति हुँ। म मानवजातीको एकमात्र आशा हुँ र, अझै थप, ममा नै सबै मानवजातीको अस्तित्व निर्भर रहन्छ। मविना, मानवजाती तत्कालै अवरुद्ध हुनेछ। मविना, मानवजातीले प्रलय भोग्नेछ र सबै प्रकारका प्रेतात्माको पैँतालामुनि कुल्चिइनुपर्नेछ, तथापि मलाई कसैले ध्यान दिँदैनन्। कसैले पनि गर्न नसकेका कार्य मेले गरेको छु, र केही असल कार्यहरुमार्फत् मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। तर केहीले मात्र मेरो ऋण चुकाउन सकेका छन्, तथापि म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर गर्ने मेरो कार्यको अर्को कदमको प्रारम्भ गर्नेछु, किनभने मानिसको बीचमा यी वर्षहरुमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुशी छु। म मानिसहरुको सङ्ख्याका बारेमा चासो दिन्न, बरु उनीहरुको असल कार्यहरुप्रति चासो राख्छु। जे भए पनि, तिमीहरुले तिमीहरुको आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, तिमीहरुमाथि आइपर्ने विपत्तिबाट तिमीहरु कोही पनि उम्कन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि, मबाटै व्यवस्था हुन्छ। यदि तिमीहरु मेरा आँखामा असल देखा पर्न सकेनौ भने, तिमीहरु विपत्तिको भोगाइबाट उम्कन सक्नेछैनौ। यो विपत्तिको बीचमा, तिमीहरुको कार्य र व्यवहारहरु पूर्ण रुपमा उपयुक्त मानिनेछैन, किनभने तिमीहरुको विश्‍वास र प्रेम खोक्रो थियो, र तिमीहरुले आफूलाई कायर वा रुखो मात्रै देखायौँ। यस विषयमा, म असल वा खराबको न्याय मात्र गर्नेछु। तिमीहरु प्रत्येकले कसरी व्यवहार गर्छौ र आफूलाई अभिव्यक्त गर्छौ भन्ने विषयमा मेरो सरोकार निरन्तर रहनेछ, जसको आधारमा म तिमीहरुको अन्त्य निर्धारण गर्नेछु। यद्यपि, एउटा कुरा मैले स्पष्ट पार्नुपर्दछ: संकष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरुप्रति, अब म कृपालु हुनेछैन, किनभने मेरो कृपा यहीँ सम्मका लागि मात्रै थियो। साथै, मलाई एकपटक विश्‍वासघात गर्नेहरुलाई म मनपराउँदिन, र आफ्ना साथीहरुको हितलाई बिक्री गर्नेहरुसँग संलग्न हुन झनै मनपराउँदिन। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरुलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरु सधैँ मेरा हृदयमा रहनेछन्।

— वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २५०

जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन मानिस बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यो उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो एक पवित्र देश होस् वा फोहोर देश होस्, र उहाँले जहाँ-सुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यो सबै शैतानद्वारा भ्रष्ट पारिएका छन्। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि एउटा फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर देशका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यो सबै मानव जातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले राम्ररी परमेश्‍वरको सर्वोच्चता प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर देशमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भन्ने प्रमाणित गर्दैन; यसले केवल सबै सृष्टिलाई मानव जातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै बढी उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको निष्खोट प्रेम प्रकट हुन्छ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँ फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, के उहाँको कामको प्रत्येक भाग सबै मानव जातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यो सबै मानव जातिले महान् मुक्ति पाऊन् भनेर होइन गरिएको र? दुई हजार वर्ष अघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइन र? यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने एउटा डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूको माझमा जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने, उहाँ किन दोस्रो पटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानव जातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा अप्रदूषित हुनुहुन्छ, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको अर्थ केवल यो हुन सक्छ कि मानव जातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ! तिमीहरू सबै र तिमीहरूका गन्तव्यका निम्ति उहाँले भोग्नुहुने अपमान कति ठूलो छ भनी के तिमीहरूलाई थाहा छैन? उहाँले महान् व्यक्तिहरू वा धनी र शक्तिशाली परिवारका छोराहरूलाई बचाउनुको साटो, उहाँले नम्रहरूलाई र तुच्छ ठानिएकाहरूलाई बचाउनुहुन्छ। के यो सबै उहाँको पवित्रता होइन र? के यो सबै उहाँको धार्मिकता होइन र? सबै मानव जाति बाँचून् भनेर उहाँ बरु फोहोर देशमा जन्‍मनुहुनेथियो र हरप्रकारको अपमान सहनुहुनेथियो। परमेश्‍वर साँच्‍चै वास्तविक हुनुहुन्छ—उहाँले कुनै झूटो काम गर्नुहुन्न। के कामको प्रत्येक चरण त्यस्तो व्यावहारिक तरिकाले नै गरिएको छैन र? सबै मानिसले उहाँको निन्दा गर्ने र उहाँ पापीहरूसँग टेबुलमा बस्नुहुन्छ भनी भन्‍ने भए पनि, सबै मानिसहरूले उहाँको खिल्‍ली उडाउने भए पनि र उहाँ फोहोरका छोराहरूसँग बस्नुहुन्छ, उहाँ सबैभन्दा तुच्छ मानिसहरूसँग बस्नुहुन्छ भन्‍ने भए पनि, उहाँले आफैलाई निःस्वार्थ रूपमा दिनुहुन्छ, र उहाँलाई अझै पनि यसरी मानव जातिको बीचमा इन्कार गरिन्छ। के उहाँले भोग्नुहुने कष्टहरू तिमीहरूको भन्दा बढी छैन र? के उहाँले गर्नुहुने काम तिमीहरूले चुकाएका मूल्यभन्दा बढी छैन र?

— वचन देहमा देखा पर्नुहुन्छको “मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २५१

परमेश्‍वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वर मानिसहरूको माझमा जिउन र खानका निम्ति, मानिसहरूको गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्नको निम्ति मात्र देह बन्नुभएन। बरु त्योभन्दा महत्त्वपूर्ण कुरा त यो छ कि उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय तवरमा भ्रष्ट रहेका मानिसहरूका निम्ति गर्नुहुन्छ। उहाँले यी अति भ्रष्ट मानिसहरूलाई मुक्त गर्नको लागि ठूलो रातो अजिङ्गरको केन्द्रमा आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्‍वरले सहनुहुने विशाल कठिनाइ देहधारी परमेश्‍वरले भोग्ने कठिनाइ मात्र होइन, बरु सबैभन्दा बढी त परमेश्‍वरको आत्माले अत्यधिक अपमान सहनुपर्दछ—उहाँले आफैलाई यत्ति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एक साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू रहेछन् भनी देख्न सकून। यो कुरा परमेश्‍वरले आफूलाई हदैसम्म विनम्र तुल्याउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्‍वरको आत्मालाई देहमा अनुभव गरिन्छ। उहाँको आत्मा यति उच्च र महान् छ, तापनि उहाँले उहाँको आत्माको काम गर्नको लागि एक सामान्य मानिसको, एक नगण्य मानिसको रूप धारण गर्नुहुन्छ। योग्यता, अन्तरदृष्टि, चेतना, मानवता, र तिमीहरू प्रत्येकको जीवनले तिमीहरू परमेश्‍वरको यस प्रकारको कामलाई स्वीकार गर्न साँच्चै लायक छैनौ भन्ने देखाउँछ। तिमीहरू आफ्नो खातिर परमेश्‍वरलाई यस्तो कठिनाइ सहन दिनको लागि साँच्चै लायक छैनौ। परमेश्‍वर धेरै महान् हुनुहुन्छ। उहाँ अति नै सर्वोच्च हुनुहुन्छ, तर मानिसहरू अति नै तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति प्रबन्ध गर्न, मानिसहरूसँग बोल्न मात्र देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरूसँगसँगै बस्नुहुन्छ। परमेश्‍वर औधि नम्र, औधि प्रेमिलो हुनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २५२

मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्‍ना दिनहरू बिताउन मानिस जिउने जीवित नरकमा ओर्लनुभएको छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको अनाज्ञाकारिताका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्‍वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानव जातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा “नरक” र “पाताल” मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्‍वरको विरोध गर्न योग्यको छ? परमेश्‍वरको बारेमा गुनासो गर्नुपर्ने के कारण उसँग छ? ऊसँग परमेश्‍वरलाई हेर्ने धृष्टता कसरी हुन सक्छ? स्वर्गका परमेश्‍वर भ्रष्टताको यो अत्यन्तै फोहोर देशमा आउनुभएको छ, र उहाँले कहिल्यै पनि आफ्ना गुनासाहरू पोखाउनुभएको छैन, वा मानिसको विषयमा गुनासो गर्नुभएको छैन, तर बरु चुपचाप मानिसका बरबादीहरू[१] र थिचोमिचो स्वीकार गर्नुहुन्छ। उहाँले मानिसका विवेकहीन मागहरूलाई कहिल्यै प्रतिकार गर्नुभएको छैन, उहाँले कहिल्यै मानिसबाट अनावश्यक मागहरू गर्नुभएको छैन, र उहाँले कहिल्यै मानिसबाट अनुचित मागहरू गर्नुभएको छैन; उहाँले कुनै गुनासो नगरी मानिसका निम्ति आवश्यक सबै काम गर्नुहुन्छ: शिक्षा दिने, अन्तर्दृष्टि दिने, निन्दा गर्ने, वचनहरूको शोधन, स्मरण गराउने, अर्ती दिने, सान्त्वना दिने, न्याय गर्ने, र प्रकट गर्ने। उहाँको कुन कदम मानिसको जीवनका लागि रहेन? उहाँले मानिसका सम्भावनाहरू र भाग्यलाई हटाउनुभएको भए पनि, परमेश्‍वरले चाल्नुभएको कुनचाहिँ कदम मानिसको भाग्यका लागि होइन? तीमध्ये कुनचाहिँ मानिसको अस्तित्वको लागि होइन? तीमध्ये कुनचाहिँ मानिसलाई यो कष्ट र रातको कालो जस्तो अन्धकारको दमनबाट मुक्त गर्नका निम्ति होइन? तीमध्ये कुनचाहिँ मानिसका लागि होइन? परमेश्‍वरको हृदयलाई कसले बुझ्न सक्छ, जुन प्रेमिलो आमाको जस्तो हृदय हो? परमेश्‍वरको उत्सुक हृदयलाई कसले बुझ्न सक्छ? परमेश्‍वरको भावपूर्ण हृदय र उत्साही अपेक्षाहरूको निम्ति भावशून्य हृदयहरू, संवेदनाहीन, उदासीन आँखाहरू अनि बारम्बारको हप्की र मानिसका अपमानहरू दिइएको छ; ती कुराको बदली तीक्ष्ण टिप्पणीहरू, र उपहास, र हेला गरिएको छ; तिनका बदली मानिसको उपहास, उसको कुल्चाई र अस्वीकृति, गलत बुझाइ र बिलौना र दुश्मनी, अनि इन्कार, साथै धोका, आक्रमण र कटुताद्वारा कर्जा तिरिएको छ। न्यानो वचनहरूले आँखा तराई र ठडिएका हजारौं औँलाहरूको चिसो प्रतिरोधको सामना गरेको छ। परमेश्‍वरले सहँदै, टाउको निहुराउराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्न सक्‍नुहुन्छ।[२] यति धेरै सूर्य र चन्द्रमाहरू, उहाँले धेरै चोटि ताराहरूको सामना गर्नुभएको छ, धेरै चोटि उहाँ बिहान ओर्लनुभएको छ र साँझमा फर्कनुभएको छ, र बेचैन भएर छटपटाउनुभएको छ, उहाँले आफ्नो पिताबाट छुट्टिनु परेको पीडाभन्दा हजार गुणा ठूलो पीडा सहनुभएको छ, मानिसको आक्रमण र तोडाइ, र मानिसको निराकरण र काटछाँटको कार्यलाई सहनुभएको छ। परमेश्‍वरको नम्रता र लुकेको अवस्थाको सट्टा मानिसको निरन्तर पूर्वाग्रह[३], मानिसको अनुचित दृष्टिकोण र अनुचित व्यवहार प्रस्तुत गरिएको छ, र परमेश्‍वरको चुपचाप कार्य गर्ने शैली, उहाँको धैर्य, र उहाँको सहनशीलताको सट्टा मानिसको लोभी हेराइ प्रस्तुत गरिएको छ; मानिसले कुनै पछुतो नगरी परमेश्‍वरलाई कुल्चेर मार्ने प्रयास गर्छ, र परमेश्‍वरलाई भुइँमा कुल्चिन खोज्छ। परमेश्‍वरप्रति मानिसले गर्ने व्यवहार “दुर्लभ चतुरता” मध्येको एउटा हो, र मानिसले धम्काउने र तिरस्कार गर्ने परमेश्‍वर हजारौं मानिसका खुट्टामुनि कुल्चिएर धूलोपीठो पारिनुभएको छ, जबकि मानिस आफै माथि उभिन्छ, मानौं ऊ पहाडका राजा बन्नेछ, मानौं उसले सम्पूर्ण शक्ति लिन[४] चाहन्छ, उसले पर्दा पछाडिबाट राजदरवार कब्जा गर्न, परमेश्‍वरलाई पर्दा पछाडि होसियार र नियम पालन गर्ने निर्देशक बनाउन चाहन्छ, जसलाई प्रतिरोध गर्ने वा समस्या उत्पन्न गर्ने अनुमति हुँदैन। परमेश्‍वरले अन्तिम सम्राटको भूमिका खेल्नुपर्छ, उहाँ सबै स्वतन्त्रताबाट बन्‍चित कठपुतली[५] हुनुपर्दछ। मानिसका कामहरू बताउनै नसकिने छन्, यसैले ऊ परमेश्‍वरबाट यो वा त्यो माग गर्न कसरी योग्य छ? परमेश्‍वरलाई सल्लाह दिन ऊ कसरी योग्यको छ? परमेश्‍वरले उसको कमजोरीहरूप्रति सहानुभूति दर्साऊन् भनी माग गर्नको लागि ऊ कसरी योग्यको छ? ऊ कसरी परमेश्‍वरको कृपा पाउन योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको उदारता प्राप्त गर्न योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको क्षमा प्राप्त गर्न योग्यको छ? उसको विवेक कहाँ छ? उसले धेरै पहिले नै परमेश्‍वरको हृदय तोडेको छ, उसले धेरै पहिले नै परमेश्‍वरको हृदयलाई टुक्रा-टुक्रा पारेको छ। मानिसले उहाँलाई थोरै भए पनि उहाँप्रति न्यानो व्यवहार गर्दै उहाँप्रति परोपकारी व्यवहार गर्नेछन् भन्‍ने आशाले परमेश्‍वर उज्ज्वल आँखा र झ्याप्ले पुच्छर भएका मानिसहरू बीचमा आउनुभयो। तापनि, परमेश्‍वरको हृदय मानिसबाट सान्त्वना पाउनलाई सुस्त छ, र उहाँले हिउँको डल्लाको[६] आक्रमण र यातना मात्रै पाउनुभएको छ। मानिसको हृदय अति नै लोभी छ, उसको चाहना पनि धेरै ठूलो छ, ऊ कहिल्यै तृप्त हुन सक्दैन, ऊ सधैँ दुष्ट र दुस्साहसी हुन्छ, उसले परमेश्‍वरलाई कहिल्यै स्वतन्त्रता वा बोल्ने अधिकार दिँदैन, र परमेश्‍वरलाई अपमानको अधीनमा बस्नु, र उसले चाहेअनुसार उहाँको नियन्त्रण गर्नु दिनु बाहेक अर्को विकल्प हुँदैन।

— वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (९)” बाट उद्धृत गरिएको

फूटनोटहरू:

१. “बरबादीहरू” मानव जातिको अनाज्ञाकारितालाई प्रकट गर्न प्रयोग गरिन्छ।

२. “आँखा तराई र ठडिएका हजारौं औँलाहरूको चिसो प्रतिरोधको सामना गरेको छ, टाउको निहुराउराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्दै” मूल रूपमा यो एउटै वाक्यमा छ, तर यहाँ कुरा स्पष्ट बनाउनका लागि दुई भागमा विभाजित गरिएको छ। पहिलो वाक्यले मानिसका कार्यहरूलाई जनाउँछ, जबकि दोस्रोले परमेश्‍वरले भोग्नुभएको कष्टलाई, र परमेश्‍वर नम्र र लुक्‍नुभएको छ भन्‍ने तथ्यलाई दर्साउँछ।

३. “पूर्वाग्रह” ले मानिसहरूको अनाज्ञाकारी व्यवहारलाई जनाउँछ।

४. “सम्पूर्ण शक्ति लिन” ले मान्छेको अनाज्ञाकारी व्यवहारलाई जनाउँछ। तिनीहरू आफैलाई माथि राख्छन्, अरूलाई बन्धनमा पार्न, तिनीहरूलाई उनीहरूको पछि लगाउन र उनीहरूका निम्ति कष्ट भोग्न लगाउँछन्। तिनीहरू परमेश्‍वरप्रति शत्रुवत् शक्तिहरू हुन्।

५. “कठपुतली” भन्‍ने शब्‍द परमेश्‍वरलाई नचिन्नेहरूलाई गिल्ला गर्न प्रयोग गरिएको छ।

६. “हिउँको डल्ला” भन्‍ने वाक्यांश मानिसहरूको तुच्छ व्यवहारलाई जोड दिन प्रयोग गरिएको छ।

परमेश्‍वरका दैनिक वचनहरू अंश २५३

परमेश्‍वरले गर्नुहुने सबै कुरा व्यावहारिक हुन्छन्, उहाँले गर्नुहुने कुनै पनि कुरा रित्तो हुँदैन, र उहाँले यो सब आफै अनुभव गर्नुहुन्छ। परमेश्‍वरले मानव जातिको गन्तव्यको साटोमा कष्ट सम्‍बन्धी उहाँको आफ्‍नै अनुभवको मूल्य चुकाउनुहुन्छ। के यो व्यावहारिक काम होइन र? आमाबुबाले आफ्ना छोराछोरीका खातिर ठूलो मूल्य तिर्न सक्छन्, र त्यसले उनीहरूको इमानदारीतालाई प्रतिनिधित्व गर्दछ। यसो गर्ने क्रममा, निश्चय नै देहधारी परमेश्‍वर मानवजाति सबैभन्दा इमानदार र बफादार हुनुहुन्छ। परमेश्‍वरको सार विश्‍वासयोग्य छ; उहाँले जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ, र उहाँले जे गर्नुहुन्छ त्यो हासिल गर्नुहुन्छ। उहाँले मानिसहरूका लागि गर्नुहुने सबै कुरा इमानदार छन्। उहाँले व्यर्थैमा वाणीहरू बोल्नुहुन्न; जब उहाँले मूल्य चुकाउनेछु भनी भन्‍नुहुन्छ, उहाँले साँच्चै मूल्य चुकाउनुहुन्छ। जब उहाँले मानिसका दुःखहरू आफैमा लिन्छु र तिनीहरूको सट्टामा दु:ख भोग्छु भनी भन्‍नुहुन्छ, उहाँ वास्तवमा तिनीहरूका बीचमा बास गर्न आउनुहुन्छ, यो दुःखलाई व्यक्तिगत रूपमा महसुस र अनुभव गर्नुहुन्छ। त्यसपछि, ब्रह्माण्डमा भएका सबै थोकले परमेश्‍वरले गर्नुहुने सबै काम सही र धार्मिक हुन्छ, परमेश्‍वरले गर्नुहुने सबै कुरा वास्तविक हुन्छ भनी स्वीकार गर्नेछन्: यो एक शक्तिशाली प्रमाण हो। यसको अतिरिक्त, भविष्यमा मानवजातिको एउटा सुन्दर गन्तव्य हुनेछ, र बाँकी रहनेहरू सबैले परमेश्‍वरको प्रशंसा गर्नेछन्; परमेश्‍वरले गर्नुभएका कामहरू वास्तवमा मानवजातिप्रतिको उहाँको प्रेमको कारण थियो भनी तिनीहरूले उहाँको प्रशंसा गर्नेछन्। परमेश्‍वर मानिसको बीचमा नम्र बनेर, एक साधारण मानिसको रूपमा आउनुहुन्छ। उहाँ केही काम गरेर, केही वचनहरू बोलेर सकेपछि छोडेर जानुहुन्न; त्यसको साटो उहाँ साँच्चै मानिसहरूको बीचमा आउनुहुन्छ र संसारको पीडा अनुभव गर्नुहुन्छ। यो पीडाको अनुभव गरिसक्नुभएपछि मात्र उहाँ जानुहुन्छ। परमेश्‍वरको काम यस्तै वास्तविक र व्यावहारिक छ; बाँकी रहने सबैले यसको कारण उहाँको प्रशंसा गर्नेछन्, र तिनीहरूले मानिसप्रति परमेश्‍वरको विश्‍वासयोग्यता र उहाँको हृदयको दयालुपन देख्नेछन्। परमेश्‍वरको सुन्दरता र भोलापनको सारलाई मानिसको रूपमा रहेको उहाँको देहधारणको महत्त्वमा देख्न सकिन्छ। उहाँले जे गर्नुहुन्छ त्यो इमानदार हुन्छ; उहाँले जे भन्नुहुन्छ त्यो गम्भीर र विश्‍वासयोग्य हुन्छ। उहाँले गर्न चाहनुहुने सबै कुरालाई, उहाँले साँच्चै गर्नुहुन्छ, र जब मूल्य तिर्नुपर्छ, उहाँले साँच्चै त्यो तिर्नु नै हुन्छ; उहाँले केवल वाणीहरू मात्र दिनुहुन्न। परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “देहधारणको महत्त्वको दोस्रो पक्ष” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २५४

जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्‍वरबाट मात्रै आउन सक्छ, अर्थात्, परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको सारतत्व छ, र परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको बाटो छ। त्यसैले परमेश्‍वर मात्रै जीवनको स्रोत, र जीवनको जिउँदो पानीको सदा-बगिरहने मूल हुनुहुन्छ। उहाँले संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्‍वरले जीवनको शक्तिसँग सम्‍बन्धित धेरै काम गर्नुभएको छ, मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र मानिसले जीवन प्राप्त गर्न सकोस् भनेर ठूलो मूल्य चुकाउनुभएको छ। यो यसैले हो किनभने परमेश्‍वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, अनि मानिस पुनरुत्थित हुने बाटो परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्‍वर कहिल्यै पनि अलग हुनुहुन्‍न, र उहाँ सँधैभरि मानिसकै बीचमा बस्‍नुहुन्छ। उहाँ नै मानिसको जियाइको संचालन शक्ति, मानिसको अस्तित्वको जरा, अनि जन्‍मपछि मानिसको अस्तित्वको लागि सम्‍पन्‍न भण्डार हुनुहुन्छ। मानिसलाई पुनर्जन्‍म गराउने, र उसको हरेक भूमिकालाई दृढताको साथ जिउन सक्षम गराउने उहाँ नै हुनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्‍ने जीवन शक्तिकै कारण, मानिस पुस्तौंदेखि जिएको छ, जुन अवधिमा परमेश्‍वरको जीवनको शक्ति नै मानिसको अस्तित्वको मुख्य आधार बनेको छ, र जसको लागि कुनै पनि मानिसले कहिल्यै नतिरेको मूल्य परमेश्‍वरले तिर्नुभएको छ। परमेश्‍वरको जीवन शक्ति अरू कुनै पनि शक्ति माथि प्रबल हुन सक्छ; यसको साथै, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त, उहाँको शक्ति असाधारण छ, र सृष्टि गरिएको कुनै पनि प्राणी वा शत्रुको शक्तिले उहाँको जीवन शक्तिलाई जित्‍न सक्दैन। समय वा स्थानको बावजूद परमेश्‍वरको जीवन शक्ति अस्तित्वमा नै रहन्छ र यसको शानदार चमकलाई चम्काउँछ। स्वर्ग र पृथ्वी धेरै परिवर्तन भएर जान सक्छ, तर परमेश्‍वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुराहरू टलेर जान सक्छ, तर परमेश्‍वरको जीवन अझै उस्तै रहनेछ, किनभने सबै कुराहरूको अस्तित्वको स्रोत अनि तिनीहरूको अस्तित्वको जरा परमेश्‍वर नै हुनुहुन्छ। मानिसको जीवन परमेश्‍वरबाट सुरु हुन्छ, परमेश्‍वरकै कारणले गर्दा स्वर्गको अस्तित्व छ, अनि परमेश्‍वरको जीवनको शक्तिबाट पृथ्वीको अस्तित्व उत्पन्न हुन्छ। कुनै पनि थोकको जीवन-शक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई उछिन्छ सक्दैन, र जोसका साथ कुनै पनि थोक परमेश्‍वरको अख्तियारको प्रभुत्वबाट उम्कन सक्दैन। यसरी, तिनीहरू जोसुकै भए पनि, हरेक नै परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनुपर्छ, हरेक नै परमेश्‍वरको आज्ञाको अधीनमा जिउनुपर्छ, अनि उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २५५

यदि तँ साँच्‍चै अनन्त जीवनको बाटो प्राप्त गर्न चाहन्छस् भने, र यसको खोजीमा तँ अत्यन्तै तृषित छस् भने, पहिले यो प्रश्‍नको उत्तर दे: आज परमेश्‍वर कहाँ हुनुहुन्छ? सायद तैँले यो जवाफ दिनेछस्, “निश्‍चय नै, परमेश्‍वर स्वर्गमा बस्‍नुहुन्छ—उहाँ पक्‍कै पनि तपाईंको घरमा बसिरहनुभएको छैन होला, छ त?” सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर अवश्य नै सबै कुराहरूका बीचमा बस्‍नुहुन्छ। वा सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर हरेक व्यक्तिको हृदयमा बस्‍नुहुन्छ, वा परमेश्‍वर आत्मिक संसारमा हुनुहुन्छ। यीमध्ये कुनैलाई पनि म नकार्दिन, तर यो कुरालाई मैले स्पष्ट पार्नैपर्छ। परमेश्‍वर मानिसको हृदयमा बस्‍नुहुन्छ भनेर भन्‍नु पूर्ण रूपमा सत्य पनि होइन, तर यो पूर्ण रूपमा गलत पनि होइन। यसको कारण के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये, कसैको विश्‍वास साँचो छ र कसैको विश्‍वास झूटो छ, कसैलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ र कसैलाई उहाँले अस्वीकार गर्नुहुन्छ, कसैले उहाँलाई प्रसन्‍न तुल्याउँछन् र कसैलाई उहाँले घृणा गर्नुहुन्छ, अनि कसैलाई उहाँले सिद्ध तुल्याउनुहुन्छ र कसैलाई उहाँले हटाउनुहुन्छ। त्यसैले म भन्छु कि परमेश्‍वर एक-दुई जना मानिसहरूको हृदयमा मात्रै बस्‍नुहुन्छ, र यी मानिसहरू अवश्य नै परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू, परमेश्‍वरले स्वीकार गर्नुहुनेहरू, उहाँलाई खुशी पार्नेहरू, र उहाँले सिद्ध पार्नुहुनेहरू हुन्। परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू तिनीहरू नै हुन्। तिनीहरू परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू भएकाले, पहिले नै परमेश्‍वरको अनन्त जीवनको बाटोको बारेमा सुन्‍ने र देख्‍ने मानिसहरू तिनीहरू नै हुन्। परमेश्‍वरमाथि झूटो विश्‍वास हुनेहरू, परमेश्‍वरले स्वीकार नगर्नेहरू, परमेश्‍वरले घृणा गर्नेहरू, परमेश्‍वरले हटाउनुहुनेहरू—तिनीहरूलाई परमेश्‍वरले इन्कार गर्न बाध्य छन्, तिनीहरू जीवनको बाटो विहीन रहन बाध्य छन्, र परमेश्‍वर कहाँ हुनुहुन्छ त्यसप्रति अनजान रहन बाध्य छन्। यसको विपरीत, जसको हृदयमा परमेश्‍वर बस्‍नुहुन्छ तिनीहरूलाई उहाँ कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ। परमेश्‍वरले अनन्त जीवनको बाटो दिनुहुने मानिसहरू तिनीहरू नै हुन् र परमेश्‍वरलाई पछ्याउनेहरू तिनीहरू नै हुन्। अब के तँलाई परमेश्‍वर कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ? परमेश्‍वर दुवै मानिसको हृदयमा अनि मानिसको छेउमा हुनुहुन्छ। उहाँ आत्मिक संसारमा, अनि सबै कुराहरूभन्दा माथि मात्रै हुनुहुन्‍न, तर अझै बढी उहाँ पृथ्वीमा हुनुहुन्छ जहाँ मानिसको अस्तित्व छ। त्यसैले आखिरी दिनहरूको आगमनले परमेश्‍वरको कार्यका चरणहरूलाई नयाँ क्षेत्रमा लगेको छ। ब्रह्माण्डमा भएका यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ, र मानिसको हृदयमा उसको बस्‍ने आधार उहाँ नै हुनुहुन्छ, र यसको साथै, उहाँ मानिसकै बीचमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको बाटो मानवजातिकहाँ ल्याउन, र मानिसलाई जीवनको बाटोमा ल्याउन सक्‍नुहुन्छ। मानिसले जीवनको बाटो प्राप्त गर्न सकोस्, र मानिस अस्तित्वमा रहन सकोस् भनेर परमेश्‍वर पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसको बीचमा जिउनुहुन्छ। उही समयमा, परमेश्‍वरले ब्रह्माण्डका सबै थोकलाई आज्ञा गर्नुहुन्छ, ताकि तिनीहरूले मानिसको बीचमा उहाँको व्यवस्थापनमा सहकार्य गर्न सकून्। त्यसैले, यदि तैँले परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र मानिसको हृदयमा हुनुहुन्छ भन्‍ने सिद्धान्तलाई मात्रै स्वीकार गर्छस्, तैपनि मानिसको बीचमा परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यको बाटो कहिल्यै प्राप्त गर्नेछैनस्।

परमेश्‍वर स्‍वयम् नै जीवन, र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सह-अस्तित्वमा रहन्छ। सत्यलाई प्राप्त गर्न नसक्‍नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र, सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सह-अस्तित्वमा रहन्छ। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पालनपोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्‍दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्‍पना र धारणाहरू बाहेक, तेरो शरीरको सम्पूर्णता तेरो देह—तेरो दुर्गन्धित देह बाहेक केही पनि हुनेछैन। पुस्तकका शब्‍दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा स्वीकार गर्न सकिँदैन, र विगतका नियमहरूले वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरणको रूपमा काम गर्न सक्दैनन्। पृथ्वीमा आएर मानिसहरूको बीचमा बस्दा परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्‍वरको इच्‍छा, अनि उहाँको काम गर्ने वर्तमान शैली हो। यदि तैँले विगतका युगहरूको अवधिमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको अभिलेखलाई आज लागू गर्छस् भने, त्यसले तँलाई पुरातत्वविद तुल्याउँछ, र तँलाई व्याख्या गर्ने सबैभन्दा राम्रो तरिका भनेको तँ ऐतिहासिक सम्पदा सम्बन्धि विद्वान होस् भनेर भन्‍नु हो। त्यो यसैले हो किनभने तँ सँधै परमेश्‍वरले विगतका समयहरूमा गर्नुभएको कामका निसानाहरूमा विश्‍वास गर्छस्, यसभन्दा पहिले उहाँले मानिसको बीचमा काम गर्नुभएको बेला छोडिएको परमेश्‍वरको छायामा मात्रै विश्‍वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्‍वरले आफ्‍ना अनुयायीहरूलाई दिनुभएको बाटोमा मात्रै विश्‍वास गर्छस्। तँ आज परमेश्‍वरको कार्यको दिशामा विश्‍वास गर्दैनस्, आजको परमेश्‍वरको महिमित मुहारमा विश्‍वास गर्दैनस्, र परमेश्‍वरले हाल व्यक्त गर्नुभएको सत्यको बाटोमा विश्‍वास गर्दैनस्। त्यसैले तँ अवश्य नै दिवा-सपना देख्‍ने होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा सम्पर्क बाहिर छ। यदि तँ अझै पनि मानिसमा जीवन ल्याउन नसक्‍ने वचनहरूमा टाँसिन्छस् भने, तँ काठको ठुटाजस्तो[क] काम नलाग्‍ने छस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!

— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट उद्धृत गरिएको

फूटनोट:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।

परमेश्‍वरका दैनिक वचनहरू अंश २५६

परमेश्‍वर स्वयम्‌सँग सत्यता छ, र उहाँ सत्यको स्रोत हुनुहुन्छ। हरेक सकारात्मक कुरा र हरेक सत्यता परमेश्‍वरबाट नै आउँदछ। उहाँले सबै थोक र सबै घटनाको सही र गलतको विषयमा न्याय गर्न सक्नुहुन्छ? उहाँले भइसकेका कुराहरूमाथि, अहिले भइरहेका कुराहरूमाथि छ, र मानिसले अझै नजानेको भविष्यका कुराहरूमाथि न्याय गर्न सक्नुहुन्छ। सबै कुराको सही र गलतको बारेमा न्याय गर्न सक्‍ने न्यायकर्ता उहाँ मात्रै हुनुहुन्छ, र यसको अर्थ सबै थोकको सही र गलतलाई उहाँले मात्र न्याय गर्न सक्नुहुन्छ भन्‍ने हुन्छ। उहाँलाई सबै कुराका नियमहरू थाहा छ। यो सत्यको मूर्त रूप हो, जसको अर्थ उहाँ स्वयममा सत्यको सार छ भन्‍ने हुन्छ। यदि मानिसले सत्यतालाई बुझ्यो र सिद्धतालाई प्राप्त गऱ्यो भने, के सत्यताको मूर्त रूपसँग उसको कुनै सरोकार हुन्छ? जब मानिसलाई सिद्ध बनाइन्छ, तब उसले अहिले परमेश्‍वर जे गर्नुहुन्छ र उहाँले जुन कुराहरूको माग गर्नुहुन्छ ती सबैलाई सही प्रकारले बुझ्न सक्दछ, र ऊसँग अभ्यास गर्ने सही तरिका हुन्छ; मानिसले परमेश्‍वरको इच्छा पनि बुझ्दछ र सही र गलत छुट्ट्याउन पनि सक्छ। तापनि केही यस्ता कुराहरू छन् जहाँ मानिस पुग्न सक्दैन, ती कुराहरू परमेश्‍वरले उसलाई बताउनुभएपछि मात्र उसले ती जान्दछ—के मानिसले अज्ञात कुराहरू, परमेश्‍वरले अझसम्म उसलाई नबताउनुभएका कुराहरू जान्न सक्छ? (उसले जान्न सक्दैन।) मानिसले अगमवाणीहरू गर्न सक्दैन। यसबाहेक, यदि मानिसले परमेश्‍वरबाट सत्यता प्राप्त गऱ्यो, र सत्यको वास्तविकता प्राप्त गऱ्यो, र धेरै सत्यताहरूको सार जान्यो भने पनि, र सही र गलत छुट्ट्याउन सक्यो भने पनि, के ऊसित सबै कुरालाई नियन्त्रण र शासन गर्ने क्षमता हुन्छ? (हुँदैन।) भिन्नता त्यही नै हो। सृष्टि गरिएका प्राणीहरूले सत्यको स्रोतबाट सत्य प्राप्त गर्न मात्र सक्छन्। के तिनीहरूले मानिसबाट सत्य प्राप्त गर्न सक्छन्? के मानिसले यो जुटाउन सक्छ? के मानिसले मानिसको निम्ति प्रबन्ध गर्नसक्छ? उसले सक्दैन, र भिन्नता त्यही नै हो। तैँले प्राप्त मात्र गर्न सक्छस्, प्रदान गर्न सक्दैनस्—के तँलाई सत्यको मूर्त रूप भन्न सकिन्छ? सत्यको मूर्त रूपको वास्तविक सार के हो? यो त्यो स्रोत हो जसले सत्यता प्रदान गर्दछ, सबै थोकमाथिको प्रशासन र सार्वभौमिकताको स्रोत, र यो त्यो मापदण्ड र नियमहरू पनि हो जसद्वारा सबै थोकहरू र सबै घटनाहरूको न्याय गरिन्छ। सत्यको मूर्त रूप यही नै हो।

— ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (३)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २५७

परमेश्‍वरले सत्यको आफ्नो अभिव्यक्तिमा, उहाँको आफ्नो स्वभाव र सार व्यक्त गर्नुहुन्छ; उहाँले व्यक्त गर्नुहुने सत्यता मानव जातिले स्वीकार गरेका विभिन्न सकारात्मक कुराहरू र बयानहरूको सारांशमा आधारित छैन। परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन्; परमेश्‍वरका वचनहरू सत्यता हुन्। ती त्यस्ता जग र व्यवस्था हुन् जसद्वारा मानवजातिको अस्तित्व हुनुपर्दछ, र ती तथाकथित सिद्धान्तहरू जुन मानव जातिबाट उत्पन्न हुन्छन्, परमेश्‍वरले तिनको निन्दा गर्नुहुन्छ। तिनले उहाँको स्वीकृति प्राप्त गर्दैनन्, र ती उहाँका वाणीहरूको मूल वा आधार त झनै होइनन्। परमेश्‍वरले आफ्नो स्वभाव र आफ्नो सार आफ्ना वचनहरूद्वारा प्रकट गर्नुहुन्छ। परमेश्‍वरको अभिव्यक्तिद्वारा ल्याइएका सबै वचनहरू सत्य हुन्, किनकि उहाँसँग परमेश्‍वरको सार छ, र उहाँ सबै सकारात्मक थोकहरूको वास्तविकता हुनुहुन्छ। यस किसिमको भ्रष्ट मानव जातिले परमेश्‍वरका वचनहरूलाई जुन स्थानमा राखे पनि वा जसरी तिनलाई परिभाषित गरे पनि, वा तिनलाई जसरी हेरे वा बुझे पनि परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्ने तथ्यलाई कहिल्यै पनि बद्लिँदैन। परमेश्‍वरका वचनहरू जति धेरै बोलिए पनि, र यस भ्रष्ट पापी मानवजातिले तिनको जति नै निन्दा गरे पनि, ती वचनहरू नफैलाए पनि, र भ्रष्ट मानव जातिले यसलाई घृणा गर्ने अवस्थामा पुगे पनि—यी परिस्थितिहरूमा पनि, एउटा तथ्य रहिरहन्छ जसलाई परिवर्तन गर्न सकिँदैन: मानव जातिले महत्त्व दिने तथाकथित संस्कृति र परम्पराहरू, माथि लेखिएका कारणहरूद्वारा समेत सकारात्मक थोकहरू बन्न र सत्यता बन्‍न सक्दैनन्। यो अपरिवर्तनीय छ। परिवर्तनहरू र बित्दै जाने समयको कारण मानवजातिको परम्परागत संस्कृति र अस्तित्वको मार्ग सत्य बन्नेछैन, न त मानवजातिको निन्दा वा भुलक्कडपनको कारण परमेश्‍वरका वचनहरू मानिसका वचनहरू नै बन्नेछन्। यो सार कहिल्यै पनि परिवर्तन हुनेछैन; सत्य सधैँ सत्य नै हुन्छ। यहाँ कुन तथ्य छ? मानवजातिले सारांशमा वर्णन गरेका सबै भनाइहरू शैतानबाट उत्पन्न हुन्छन्—ती मानवीय कल्पना र धारणाहरू हुन्, यहाँसम्म कि ती मानिसको तातो रगतबाट उत्पन्न भएका हुन्, र सकारात्मक कुराहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अर्कोतर्फ, परमेश्‍वरका वचनहरू परमेश्‍वरको अस्तित्व र प्रतिष्ठाका अभिव्यक्ति हुन्। कुन कारणले गर्दा उहाँले यी वचनहरू व्यक्त गर्नुहुन्छ? म किन ती सत्यता हुन् भनी भन्छु? कारण के हो भने परमेश्‍वरले सबै थोकका सबै नियमहरू, सिद्धान्तहरू, जराहरू, अस्तित्वहरू, वास्तविकताहरू, र रहस्यहरूमाथि शासन गर्नुहुन्छ, र ती सबै उहाँकै हातको पकडमा छन्, र परमेश्‍वरले मात्र सबै थोकका सबै सिद्धान्तहरू, वास्तविकताहरू, तथ्यहरू र रहस्यहरू जान्नुहुन्छ; उहाँले तिनीहरूका सुरुआतहरू र तिनीहरूको जरा वास्तवमा के हुन् भनी जान्नुहुन्छ। त्यसकारण, केवल परमेश्‍वरका वचनहरूमा उल्‍लेखित सबै थोकहरूका परिभाषाहरू मात्र सबैभन्दा सही छन्, र परमेश्‍वरका वचनहरू भित्रका मागहरू नै मानवजातिको लागि एक मात्र मापदण्ड हो—एक मात्र मापदण्ड जसद्वारा मानवजाति अस्तित्वमा हुनुपर्छ।

— ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन … को लागि आफ्‍ना कर्तव्य पूरा गर्छन् … (१)” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २५८

तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको विधिमा आफ्नो भूमिका खेल्दै तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ। मानिस अस्तित्वमा आएको दिनदेखि नै ब्रह्‍माण्डलाई व्यवस्थापन गरेर, सबै थोक परिवर्तन हुने नियमहरू र तिनीहरूका चालहरूको मार्गचित्र निर्देशन गर्दै परमेश्‍वरले काम गर्नुभएको छ। सबै थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठासपन, झरी र शीतले गुपचुप र अञ्‍जान रूपमा पोषण दिन्छ; सबै थोकहरू जस्तै, मानिस अन्जान रूपमा नै परमेश्‍वरको बाहुलीको व्यवस्थापनको मातहतमा जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ।

जसरी रात नजिकिँदै जाँदा मानिस बेखबर हुन्छ, किनभने मानिसको हृदयले रात कसरी नजिकिँदैछ भनी थाहा पाउन सक्दैन, न त यो कहाँबाट आउँछ भनी उसले जान्दछ। जसरी रात बिस्तारै बितेर जान्छ, मानिसले उज्यालोलाई स्वागत गर्छ, तर उज्यालो कहाँबाट आउँछ र यसले रातको अँध्यारोलाई कसरी हटायो भन्‍ने बारेमा मानिसले अति कम मात्र जान्दछ र यसप्रति अझै कम सचेत रहन्छ। यिनै दिन र रात भइरहने क्रमले नै मानिसलाई एउटा कालखण्डबाट अर्को कालखण्डमा, एउटा ऐतिहासिक सन्दर्भबाट अर्को ऐतिहासिक सन्दर्भमा पुर्‍याउँछ र यस क्रममा हरेक युगमा परमेश्‍वरको कार्य भएको छ र हरेक युगको निम्ति उहाँको योजना पूरा भएको छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्छ। मानिस यी सबै कालखण्डहरूमा परमेश्‍वरसँगै हिँडेको छ, तैपनि परमेश्‍वरले सबै थोकहरू र जीवित प्राणीहरूको भविष्यमाथि प्रभुत्व गर्नुहुन्छ भनी उसले जान्दैन, न त परमेश्‍वरले सबै थोकहरूलाई कसरी निर्देशित गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ भन्‍ने नै उसले जान्दछ। यसले मानिसलाई अति प्राचीनकालदेखि वर्तमानसम्म नै छलेको छ। यसो हुनुको कारण परमेश्‍वरका कार्यहरू अत्यन्त अदृश्य भएर होइन, न त परमेश्‍वरको योजना साकार हुन बाँकी रहेर नै हो, तर मानिसको हृदय र आत्मा परमेश्‍वरबाट अति टाढा भएको कारण हो, यो यति टाढा छ कि मानिसले परमेश्‍वरको सेवा गर्दा पनि ऊ शैतानको सेवामा रहन्छ र यो उसलाई यो कुरा अझै थाहा छैन। परमेश्‍वरका कदमहरू र परमेश्‍वरको देखा पर्ने घटनालाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन, अनि कोही पनि परमेश्‍वरको हेरचाह र संरक्षणमा रहन इच्छुक छैन। बरु, यस संसार र दुष्‍ट मानिसहरूले अनुसरण गर्ने, अस्तित्वमा रहेका नियमहरूलाई अवलम्‍बन गर्नको निम्ति तिनीहरू शैतान अर्थात् दुष्टको क्षयमा निर्भर रहन रुचाउँछन्। यस कुरामा, मानिसको हृदय र आत्मा शैतानको लागि मानिसको कोसेली र शैतानको खाद्य पदार्थ भएको छ। यसबाहेक, मानव हृदय र आत्मा शैतान बस्‍न सक्‍ने ठाउँ र त्यसको खेल मैदान हुन योग्यको भएको छ। यसरी मानिसले मानव हुनुको सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइलाई थाहा नै नपाइकन गुमाउँछ। मानिसको हृदयमा परमेश्‍वरका व्यवस्थाहरू अनि परमेश्‍वर र मानिस बीचको करार क्रमिक रूपमा मेटिँदै जान्छ र उसले परमेश्‍वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ। समय बित्दैजाँदा, परमेश्‍वरले उसलाई किन सृष्‍टि गर्नुभयो भन्‍ने कुरा नै मानिसले बुझ्दैन, न त उसले परमेश्‍वरको मुखबाट निस्केको वचन र परमेश्‍वरबाट आएका सबै कुरा नै बुझ्छ। त्यसपछि मानिसले परमेश्‍वरका व्यवस्थाहरू र आदेशहरूको प्रतिरोध गर्न थाल्छ, अनि उसको हृदय र आत्मा मरेतुल्य बन्छ…। परमेश्‍वरले मौलिक रूपमा सृष्‍टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ अनि मानिसले उसको प्रारम्भिक मूललाई गुमाउँछः मानवजातिको अफसोस यही नै हो। वास्तवमा, प्रारम्भदेखि अहिलेसम्म नै परमेश्‍वरले मानवजातिको निम्ति दु:खद घटनाहरूलाई प्रस्तुत गर्नुभएको छ, जसमा मानिस नै नायक र पीडित दुवै बन्छ। अनि यो दुःखद घटनाको निर्देशक को हो भनी कसैले जवाफ दिन सक्दैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २५९

परमेश्‍वरले यो संसारलाई सृष्‍टि गर्नुभयो र जीवित प्राणी, अर्थात् मानिसलाई त्यस अवस्थामा ल्याउनुभयो, जसलाई उहाँले जीवन दिनुभयो। पछि मानिसको आमाबुबा र नातेदारहरू भए, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्‍वरको विधिभित्र रहनलाई निर्धारित गरिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई वृद्धि गराएर वयस्कमा पुर्‍याउँछ। यस प्रक्रियामा, मानिस परमेश्‍वरको हेरचाहमा नै वृद्धि भइरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, मानिस आफ्ना आमाबुबाको प्रेमपूर्ण हेरचाहमा वृद्धि भइरहेको हुन्छ र उसको वृद्धिलाई उसैको सुबुद्धिले निर्देशन गर्छ भन्ने तिनीहरू विश्‍वास गर्छन्। यस्तो हुन्छ किनभने उसको जीवन कसले दिएको वा यो कहाँबाट आउँछ भन्ने मानिसले जान्दैन, जीवनको अन्तर्निहित शक्तिले कसरी आश्‍चर्यकर्महरू पैदा गर्छ भन्‍ने कुरा तै परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो र लगनशीलता नै उसको अस्तित्वको स्रोत हो अनि उसको मनमा भएको आस्थाहरू नै उसको अस्तित्वका जगहरू हुन् भन्‍ने मात्र उसले जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र ईश्‍वरीय कृपाबारे पूर्ण रूपमा अन्जान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवनलाई लापरवाही रूपमा बिताउँछ…। परमेश्‍वरले दिनरात हेरचाह गर्नुभएको मानवजातिमध्ये एक जनाले पनि उहाँको आराधना गर्न आफैलाई अग्रसर गर्दैन। परमेश्‍वरले मानिसमा काम मात्रै गरिरहनु हुन्छ, जसको निम्ति आफूले योजना बनाएअनुसार उहाँले कुनै पनि अपेक्षा राख्‍नुहुन्‍न। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझन्छ अनि जीवनको मूल्य र अर्थलाई, उसलाई परमेश्‍वरले दिनुभएको सबै कुराको निम्ति उहाँले चुकाउनुभएको मूल्य र मानिस उहाँतिर फर्कन्छ भनी उहाँले गर्नुभएको उत्सुकता सहितको प्रतीक्षालाई महसुस गर्नेछ भनी अपेक्षाको साथ परमेश्‍वरले यसो गर्नुहुन्छ। मानव जीवनको उद्‌गम र निरन्तरतालाई सञ्चालन गर्ने रहस्यहरूभित्र कसैले नियालेको छैन। यी सबै कुरालाई बुझ्नुहुने परमेश्‍वरले मात्र चोट र प्रहारलाई चूपचाप सहनुहुन्छ, जुन प्रहार परमेश्‍वरबाट प्राप्‍त गरेको हरेक थोकको निम्ति धन्यवादी समेत नहुने मानिसले उहाँलाई दिन्छ। जीवनले ल्याएका कुराहरू मानिसले महत्त्वको ठान्दैन र परमेश्‍वरलाई मानिसले विश्‍वासघात गर्छ, बिर्सन्छ र उहाँबाट खोस्छ भन्‍ने कुरा त “सामान्य नै हो”। के परमेश्‍वरको योजना यति धेरै महत्त्वको हुन सक्छ? के परमेश्‍वरको बाहुलीबाट आएको यो जीवित प्राणी अर्थात् मानिस साँच्‍चै यति धेरै महत्त्वपूर्ण हुन सक्छ? निश्‍चित रूपमा नै, परमेश्‍वरको योजना महत्त्वपूर्ण छ; यद्यपि, परमेश्‍वरको बाहुलीद्वारा सृष्‍टि गरिएको यो जीवित प्राणी उहाँको योजनाको खातिर मात्र अस्तित्वमा छ। यसकारण, परमेश्‍वरले यस मनावजातिप्रतिको घृणाको खातिर आफ्‍नो योजनालाई बर्बाद पार्न सक्‍नुहुन्‍न। मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति, उहाँको योजना र उहाँले फुक्‍नुभएको सासको निम्ति परमेश्‍वरले सारा कष्‍टहरू सहनुहुन्छ। मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्‍नुभएको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ। यो नै उहाँको योजना हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २६०

यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू चाँडै मर्नेछन्, र मरेकाहरू चाँडै फर्कनेछन्। यी सबै कुरा जीवनको मार्ग हो जुन परमेश्‍वर आफैले प्रत्येक जीवित प्राणीहरूका लागि प्रबन्ध गर्नुभएको छ। यद्यपि यो मार्ग र चक्र त्यो खास सत्यता हो जुन मानिसले हेरोस् भन्ने परमेश्‍वर चाहनुहुन्छ: परमेश्‍वरले मानिसलाई दिनुभएको जीवन असीमित छ, भौतिकता, समय वा स्थानद्वारा बाधा नपुग्ने किसिमको छ। परमेश्‍वरले मानिसलाई प्रदान गर्नुभएको जीवनको रहस्य यस्तो छ र यो जीवन उहाँबाट नै आएको हो भन्ने कुराको प्रमाण हो। धेरैले जीवन परमेश्‍वरबाट आएको हो भनी विश्‍वास नगरे पनि र तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई चाहे स्वीकार गरे पनि वा इन्कार गरे पनि मानिसले अनिवार्य रूपमा परमेश्‍वरबाट आएका कुराहरूको उपभोग गर्दछ। यदि परमेश्‍वरले एक दिन अचानक हृदय परिवर्तन गर्नुभयो र संसारमा भएका सबै फेरि प्राप्त गर्ने र उहाँले दिनुभएको जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने कोही पनि रहनेछैन। परमेश्‍वरले जीवित र निर्जीव सबै कुराहरूको लागि आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र उहाँको शक्ति र अधिकारको सद्गुणद्वारा सबै थोकलाई असल क्रममा राख्नुहुन्छ। यो त्यस्तो सत्यता हो जुन कसैले पनि कल्पना गर्न वा बुझ्न सक्दैन, र यी बुझ्न नसकिने सत्यताहरू नै परमेश्‍वरको जीवनशक्तिको प्रकटीकरण र साक्षी हो। अब म तँलाई एउटा रहस्य बताउँछु: परमेश्‍वरको जीवनको महानता र उहाँको जीवनको शक्ति कुनै पनि प्राणीका लागि बुझ्न नसकिने छ। विगतमा जस्तो थियो अहिले पनि यो त्यस्तै छ, आउने समयमा पनि यो त्यस्तै रहनेछ। मैले बताउने दोस्रो रहस्य यो हो: सृष्टि गरिएका सबै प्राणीका निम्ति जीवनको स्रोत परमेश्‍वरबाट आउँदछ, चाहे ती रूप वा ढाँचामा जतिसुकै फरक होऊन्। तँ जस्तोसुकै प्रकारको जीवित प्राणी भए पनि तँ परमेश्‍वरद्वारा तोकिएको जीवन मार्गको विरुद्ध जान सक्दैनस्। जसरी भए पनि, मानिसले यो बुझोस् भन्ने म चाहन्छु: परमेश्‍वरको वास्ता, सुरक्षा र प्रबन्धविना मानिसले जति नै कोसिस गरे पनि वा जति नै कठिन संघर्ष गरे पनि उसले प्राप्त गर्नुपर्ने ती सबै कुराहरू प्राप्त गर्न सक्दैन। परमेश्‍वरबाट जीवनको आपूर्ति भएन भने मानिसले जिउनुको महत्त्वको अर्थ र जीवनको अर्थलाई गुमाउँछ। आफ्नो जीवनको मोललाई व्यर्थमा खेर फाल्ने मानिसलाई परमेश्‍वरले कसरी यस्तो लापरवाह हुने अनुमति दिन सक्नुहुन्छ? मैले पहिले भनेझैँ: परमेश्‍वर तेरो जीवनको स्रोत हुनुहुन्छ भन्‍ने कुरालाई नबिर्स। यदि परमेश्‍वरले दिनुभएका सबै कुराको कदर गर्न मानिसले सकेन भने, परमेश्‍वरले सुरुमा जे दिनुभयो त्यो मात्र फिर्ता लिनुहुन्न, तर उहाँले मानिसबाट त्यसको क्षतिपूर्ति पनि माग्नुहुन्छ, उहाँले दिनुभएको भन्दा दोबर मूल्यको माग गर्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २६१

यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्‌का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका कुराहरू अकस्मात् आइपुग्छन्, जबकि मानवजातिले लामो समयदेखि अधिकार जमाएका कुराहरू थाहै नपाई फुत्कन्छन्। सर्वशक्तिमान्‌को स्थान विशेषका बारेमा कसैले पनि बुझ्न सक्दैन, सर्वशक्तिमान्‌को जीवनशक्तिको सर्वश्रेष्ठता र महान्‌ता जोकोहीले बुझ्ने कुरा त परै जाओस्‌। उहाँ यो अर्थमा सर्वश्रेष्ठ हुनुहुन्छ कि मानवले बुझ्न नसक्ने कुरा उहाँले बुझ्नुहुन्छ। उहाँ यस अर्थमा महान् हुनुहुन्छ कि मानवजातिद्वारा त्यागिनुभए तापनि उहाँले अझै मानवजातिलाई मुक्ति दिनुहुन्छ। उहाँलाई जीवन र मृत्युको अर्थ थाहा छ, र त्यसका अतिरिक्त, उहाँले सृष्टि गर्नुभएको मानवजातिले पालना गर्नुपर्ने अस्तित्वका नियमहरू उहाँलाई थाहा छ। उहाँ मानव अस्तित्वको आधार हुनुहुन्छ, र उहाँ नै उद्धारक हुनुहुन्छ जसले मानवजातिको फेरि पुनरुत्थान गर्नुहुन्छ। उहाँले खुशी हृदयलाई दुःखित पार्नुहुन्छ, र दुःखित हृदयलाई खुशी दिएर उठाउनुहुन्छ, सबै आफ्नो कार्यको खातिर, र आफ्नो योजनाको खातिर।

सर्वशक्तिमान्‌ले प्रदान गर्नुभएको जीवनबाट तर्किएर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तथापि ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा समर्थनरहित छन्‌, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्‌, र तिनीहरूले यस संसारमा एक हीन अस्तित्वलाई घिस्स्याउन आफैलाई तयार गर्छन्‌, आफ्नै आत्माको अनुभूति नभएका ती देहका पोकोहरू। तँ, अरूझैँ, यसैगरी आशाबिना, लक्ष्यबिना बाँच्छस्। केवल प्राचीन कथाका पवित्र एउटै उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ जो सङ्कटको माझमा शोक गर्दै उहाँको आगमनको व्याकुलताका साथ प्रतीक्षा गर्छन्‌। अहिलेसम्म, त्यस्तो विश्‍वास तिनीहरूमा महसुस गरिएको छैन जसमा चेतनाको अभाव छ। तथापि, मानिसहरू अझै पनि यसका लागि आतुर छन्। सर्वशक्तिमान्‌ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्‌; त्यसैगरी, यी मानिसहरूसँग दिक्क हुनुहुन्छ जोसँग चेतनाको अभाव छ, किनकि मानवबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, तेरो लागि पानी र खाना ल्याउन र तँलाई ब्यूँझाउन चाहनुहुन्छ, ताकि तँ अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्‌। जब तँ थाक्छस् र जब तैँले यो संसारको निराशाजनक वैराग्यपनका केही कुरा महसुस गर्न थाल्छस्, तब तँ हताश नबन्, नरू। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई स्वीकार्नुहुनेछ। उहाँले तेरो नजिकैबाट रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ। उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ: जुन दिन तैँले तँ परमेश्‍वरबाट आइस्, तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा एक “पिता” प्राप्त गरिस् भन्ने कुरा महसुस गर्छस्; यसका अतिरिक्त, जुन दिन तैँले सर्वशक्तिमान्‌ले तेरो फिर्तीको लागि धेरै, धेरै लामो समयदेखि त्यहाँ पर्खँदै, सधैँ रखवाली गर्दै आउनुभएको छ भन्ने कुरा महसुस गर्छस्। बिना कुनै उत्तर तेरो प्रत्युत्तरको प्रतीक्षा गर्दै, उहाँले पूरा व्यग्र इच्छाको साथ रखवाली गर्दै आउनुभएको छ। उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्, र ती मानव हृदय र मानव आत्माका खातिर हुन्। सायद ती रखवाली र प्रतीक्षा असीमित छन, र सायद ती समाप्तिमा आएका छन्। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्ने कुरा तैँले जान्नुपर्दछ।

— वचन देहमा देखा पर्नुहुन्छको “सर्वशक्तिमान्‌को सुस्केरा” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २६२

मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको धार्मिक अभियानका निम्ति होइनन् भने, परमेश्‍वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्मा अयोग्य हुनेछन्, र हाम्रा लागि सबै थोक जुटाउनुहुने परमेश्‍वरका निम्ति त झन् अयोग्य हुनेछन्।

परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्‍वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्‍वास गर्छस्। कुनै देश वा राज्यको नियति परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नुपर्छ, परमेश्‍वरका सामु पश्‍चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य भनेको रोक्‍नै नसकिने विनाश हुनेछ।

नोआले जहाज बनाएको समयलाई हेर्नुहोस्: मानवजाति अति नै भ्रष्‍ट थियो, मानिसहरू परमेश्‍वरको आशिष्‌बाट तर्केका थिए, तिनीहरूलाई परमेश्‍वरको वास्ता थिएन, र तिनीहरूले परमेश्‍वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्‍वरको ज्योतिविना नै अँध्यारोमा जिएका थिए। तिनीहरू प्रकृतिले नै कामुक बने र तिनीहरूले घृणित अनैतिकतामा आफैलाई सुम्पे। यस्ता मानिसहरूले परमेश्‍वरको प्रतिज्ञालाई पाउन सकेनन्; तिनीहरू परमेश्‍वरको मुहारको साक्षी हुन वा परमेश्‍वरको आवाज सुन्‍न अयोग्य थिए, किनकि तिनीहरूले परमेश्‍वरलाई त्यागेका थिए, परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै थोकहरूलाई पन्छाएका थिए, र परमेश्‍वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्‍वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरूमा सबै तर्कको कमी भयो र तिनीहरू मानवता बाहिर पुगेर भ्रष्‍ट बने र झन्-झन् दुष्‍ट बने। तब तिनीहरू मृत्युको अति नजिक हिँडे र परमेश्‍वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्‍वरको आराधना गरे र दुष्टतालाई घृणा गरे, यसरी उनले परमेश्‍वरको आवाज सुन्‍न सके र उहाँका आज्ञाहरू सुने। परमेश्‍वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्‍वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्‍टतालाई घृणा गरे।

अब वर्तमान युगलाई हेर्नुहोस्: परमेश्‍वरलाई आराधना गर्ने र दुष्‍टतालाई त्याग्‍ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा छैनन्। तैपनि परमेश्‍वर यस मानवजातिप्रति अझै दयालु हुनुहुन्छ र यस अन्तिम युगको अवधिमा अझै तिनीहरूलाई क्षमा दिनुहुन्छ। परमेश्‍वरले उहाँ देखा पर्ने दिनको चाहना राख्‍नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्‍न सक्‍नेहरू, उहाँका आदेशलाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँको सामुन्‍ने बालकजस्‍तै आज्ञाकारी भएकाहरू र उहाँको विरोध नगर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्‍वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्‍वरले तँमाथि दया देखाउनुहुनेछ र तँमाथि आशिष खन्याउनुहुनेछ। यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, प्रशस्त ज्ञानका स्रोत, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि परमेश्‍वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति अति धार्मिक कार्य हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्‍वरद्वारा ती निन्‍दित हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर यदि तँ आफ्ना काम-कारबाहीहरूमा आफ्ना ज्ञान र क्षमतामा भर पर्छस् भने, तँ जति नै उच्‍च ओहोदामा भए पनि, तँ जहिले पनि असफल हुनेछस् र परमेश्‍वरका आशिषहरूबाट सधैँ वञ्‍चित हुनेछस्, किनकि तैँले गरेको कुनै पनि कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न, र तैँले गरेको कार्य धार्मिक हो भनी उहाँले मान्‍नुहुन्‍न वा तैँले मानवजातिका फाइदाका लागि केही कार्य गरेको छस् भनी स्वीकार गर्नुहुन्न। तैँले गरेका सबै कामले मानवजातिलाई परमेश्‍वरको सुरक्षाबाट वञ्‍चित गर्ने र परमेश्‍वरका आशिषहरूलाई अस्वीकार गर्ने गरी तैँले मानवजातिका ज्ञान र बललाई प्रयोग गरिस् भने उहाँले तँलाई भन्‍नुहुनेछ। तैँले मानवजातिलाई अँध्यारोतिर, मृत्युतिर र मानवले परमेश्‍वर र उहाँका आशिषलाई गुमाएका असीमित अस्तित्वको सुरुआततिर लैजान्छस् भनी उहाँले तँलाई भन्‍नुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २६३

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान ‍औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि उपयुक्त परिस्थिति पनि छैन। मानवको हृदयमा परमेश्‍वरको स्थान अझै तल भासिएको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू संख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका विवरणहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शन विना शासकहरू र समाजशास्‍त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि यसले कुनै फाइदा गर्दैन। मानवको हृदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन, किनकि कोही पनि मानवको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, फुर्सत, सान्त्वना: यिनीहरूले मानवलाई केवल अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि मानवले पक्‍कै पाप गर्नेछ र समाजका अन्यायहरूमा पछुतो गर्नेछ। यी कुराहरूले अन्वेषण गर्न मानवका लालसा र इच्छालाई रोक्‍न सक्दैनन्। यो हुनुको कारणचाहिँ मानवलाई परमेश्‍वरले बनाउनुभयो र अर्थहीन बलिदानहरू र मानवका अन्वेषणहरूले उसलाई अझै कष्‍टमा मात्र लैजान सक्छ र मानवलाई लगातार डरको अवस्थामा मात्र राख्छ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन। मानव विज्ञान र ज्ञानसँग पनि डराउनेछ, र खालीपनको अनुभूतिमा पनि ऊ अझ डराउनेछ। यस संसारमा, तँ स्वतन्त्र देशमा होस् वा मानवअधिकार नभएको देशमा होस्, जहाँ बसे पनि मानवजातिको भवितव्यबाट बच्‍न तँ पूर्ण असक्षम छस्। तँ शासक वा शासित जो भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो इच्छाबाट बच्न पूर्ण रूपमा असक्षम छस्, खालीपनको चिन्ताको चेतनाबाट बच्न त अझै बढी असक्षम छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तर पनि यस्ता समस्याहरू समाधान गर्नका लागि कुनै पनि महामानव अगाडि आएको छैन। जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्‍वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्‍वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो। मानवले परमेश्‍वरको जीवनको बन्दोबस्त र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र अन्वेषण गर्ने इच्छा, र मानवको आत्मिक खालीपनको समाधान हुन्छ। यदि एक देश वा राज्यका मानिसहरूले मुक्ति र परमेश्‍वरको हेरचाह पाउन सकेनन् भने, तब यस्तो देश वा राज्य विनाशको बाटोमा अन्धकारतर्फ अघि बढ्नेछ, र परमेश्‍वरले त्यसलाई विनाश गर्नुहुनेछ।

सायद, तेरो देश अहिले समृद्ध होला, तर यदि तैँले आफ्ना मानिसहरूलाई परमेश्‍वरबाट तर्केर जान दिइस् भने, तेरो देशले आफूलाई परमेश्‍वरको आशिष्‌बाट अझै वञ्‍चित भएको पाउनेछ। तेरो देशको सभ्यतालाई अझै पैतालोले कुल्चिइनेछ, र छोटो समयभित्रै मानिसहरू परमेश्‍वरका विरुद्धमा उठ्नेछन् र स्वर्गलाई सराप्नेछन्। अनि यसरी, मानवले नजानिकन नै देशको भविष्य विनाश हुनेछ। परमेश्‍वरले श्राप दिनुभएका ती देशहरूसँग निराकरण गर्नका लागि परमेश्‍वरले शक्तिशाली देशहरूलाई उठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई पृथ्वीबाट हटाइदिनुहुनेछ। कुनै देश वा राज्यको उत्थान र पतन त्यहाँका शासकहरूले आफ्ना मानिसहरूलाई परमेश्‍वरका नजिक हुन र उहाँलाई आराधना गर्न अगुवाइ गरेका छन् वा छैनन् भन्ने आधारमा पक्का गरिनेछ। तैपनि, यस अन्तिम युगमा परमेश्‍वरलाई साँचो रूपमा खोज्ने र आराधना गर्नेहरू अति नै सीमित भएका हुनाले इसाई विश्‍वासलाई राष्ट्रिय विश्‍वास वा धर्मका रूपमा स्वीकार गर्ने देशहरूमाथि परमेश्‍वरले विशेष दया देखाउनुभएको छ। उहाँले ती देशहरूलाई धार्मिक समूह बनाउन एकसाथ जम्मा गर्नुहुन्छ, जब कि नास्तिक देशहरू र साँचो परमेश्‍वरलाई आराधना नगर्नेहरू धार्मिक समूहका विरोधी बन्छन्। यसरी, आफ्नो काम गर्नका लागि मानवजातिका बीचमा परमेश्‍वरको स्थान मात्र नभएको होइन, तर उहाँको विरोध गर्ने देशहरूमाथि अधिकार गर्दा र प्रतिबन्ध लगाउँदा, धार्मिक अख्तियार व्यवहारमा लगाउने देशहरूलाई फाइदा पुग्‍नेछ। तैपनि यो सबै हुँदाहुँदै पनि परमेश्‍वरलाई आराधना गर्न अझै पनि मानिसहरू अगाडि आउँदैनन्, किनकि मानव उहाँबाट अति नै टाढा भइसकेको छ, र मानवले लामो समयदेखि परमेश्‍वरलाई बिर्सिसकेको छ। धार्मिकतालाई अभ्यास गर्ने र अधर्मलाई विरोध गर्ने देशहरू मात्र पृथ्वीमा रहन्छन्। तर यो परमेश्‍वरको चाहनाभन्दा धेरै नै टाढा छ, किनकि कुनै पनि देशका शासकहरूले तिनीहरूका मानिसहरूलाई परमेश्‍वरभन्दा माथि राख्‍न चाहँदैनन्, अनि कुनै पनि राजनीतिक दलले परमेश्‍वरलाई आराधना गर्नका लागि आफ्ना मानिसहरूलाई एकसाथ जम्मा गर्नेछैन; हरेक देश, राज्य, सत्तामा भएको दलको हृदयमा, र हरेक व्यक्तिको हृदयमा पनि परमेश्‍वरले आफ्नो सही स्थान गुमाउनुभएको छ। धार्मिक शक्तिहरू यस संसारमा रहे तापनि परमेश्‍वरले मानवको हृदयमा पाउनुपर्ने शासनको स्थान कमजोर भएको छ। परमेश्‍वरका आशिष विना, राजनीतिक क्षेत्र अलमलमा पर्नेछ र आक्रमणको जोखिममा पर्नेछ। मानवजातिका निम्ति परमेश्‍वरका आशिष् विना रहनु चाहिँ सूर्यविना रहनु जस्तै हो। आफ्ना मानिसहरूका निम्ति शासकहरूले जति नै परिश्रमका साथ काम गरे पनि मानवजातिले एकसाथ जति नै धेरै धार्मिक सम्मेलनहरू गरे पनि यी कुनै पनि कुराले घटनाको गति-पथलाई परिवर्तन गर्नेछैन वा मानवजातिको नियतिलाई बदल्नेछैन। मानिसहरूले खान पाएका र लुगा लगाउन पाएका, तिनीहरू एकसाथ शान्तिले बसेका, असल नेतृत्व भएको देशचाँहि असल देश हो भनी मानवले विश्‍वास गर्छ। तर परमेश्‍वरले यस्तो विचार गर्नुहुन्‍न। उहाँलाई कसैले पनि आराधना नगर्ने देशलाई उहाँले नै विनाश गर्नुहुनेछ भनी उहाँ विश्‍वास गर्नुहुन्छ। मानवको विचार गर्ने तरिका परमेश्‍वरको भन्दा अति नै अनौठो छ। यसैले, यदि कुनै देशको प्रमुखले परमेश्‍वरलाई आराधना गर्दैन भने, तब त्यस देशको नियति दुःखद हुनेछ, अनि त्यस देशको कुनै गन्तव्य हुनेछैन।

परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, र पनि कुनै देश वा राज्यको नियति परमेश्‍वरले नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वरले यो संसार र सारा विश्‍वलाई नियन्त्रण गर्नुहुन्छ। मानवको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, कुनै पनि मानव, देश वा राज्य परमेश्‍वरको सार्वभौमिकताबाट छुटेको छैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरका सामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई अस्वीकार गर्ने र विरोध गर्नेहरूलाई उहाँले अस्वीकार र विनाश गर्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ” बाट उद्धृत गरिएको

परमेश्‍वरका दैनिक वचनहरू अंश २६४

ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन गर्छन्, अनि एउटै अटुट नियमको पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूको कथाहरू लिएर जान्छन्, अनि जिउँदाहरूले नाश भएर जानेहरूकै उही दुःखद इतिहासलाई दोहोर्याउँछन्। त्यसकारण, मानिसले आफैलाई यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौं? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारलाई नियन्त्रण गर्छ? अनि कसले यो मानवजातिलाई सृष्टि गर्‍यो? के मानवजातिलाई साँच्‍चै नै प्रकृति माताले नै रचेकी हुन् त? के मानवजातिले साँच्‍चै आफ्‍नो गन्तव्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले अटुट रूपमा हजारौं वर्षदेखि गर्दै आएका प्रश्‍नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्‍नहरूप्रति मानिस जति तल्‍लीन बनेको छ, विज्ञानको लागि उसमा त्यति नै बढी तृष्णा जागेको छ। विज्ञानले देहको लागि छोटो सन्तुष्टि र अस्थाई आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको एकान्तपन, एकलोपन, र त्यति लुक्‍न नसकेको आतङ्क र विवशताबाट मुक्त गर्नको लागि त्यो पर्याप्त छैन। आफ्‍नो हृदयलाई बेहोस बनाउनको लागि मानवजातिले आफ्‍नो नाङ्गो आँखाले देख्‍न सक्‍ने र उसको मस्तिष्कले बुझ्‍न सक्‍ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्‍न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ सो थाहै छैन, मानवजातिको सुरुवात र भविष्यको बारेमा जान्‍ने कुरा त परै जाओस्। मानवजाति यो नियमको बीचमा केवल विवशतापूर्वक जिउँछ। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्‍दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्‍तदेखि अनन्‍तसम्‍म रहनुहुने एक मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँ एक मात्र जन हुनुहुन्छ जसलाई मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्‍वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूलाई सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि जुटाउने र उसलाई पालनपोषण गर्ने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई हालको दिनसम्‍म डोर्याउने उहाँ नै हुनुहुन्छ। यसको साथै, मानवजातिले आफ्‍नो अस्तित्वको लागि भर पर्ने केवल उहाँ मात्रै हुनुहुन्छ। यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ र ब्रह्माण्डका सारा प्राणीहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। चार ऋतुमाथि उहाँकै नियन्त्रण छ र बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई पर्वतहरू, तालहरू, अनि खोलानाला र ति भित्रका सारा प्राणीहरू दिँदै, स्वर्गहरू र पृथ्वीका जग बसाल्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र हरेकले उहाँको बुद्धि र अख्तियारलाई प्रकट गर्छ। उहाँको सार्वभौमिकताबाट आफैलाई कसले मुक्त गर्न सक्छ? अनि उहाँका योजनाहरूबाट कसले आफैलाई हटाउन सक्छ? सबै थोक उहाँकै नजरमा अस्तित्वमा हुन्छन्, र यसको साथै, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्ने बाहेक कुनै विकल्‍प दिँदैन। उहाँ बाहेक कसैले पनि ब्रह्माण्डलाई नियन्त्रण गर्न सक्दैन, यो मानवजातिलाई अटुट रूपमा जुटाउने कुरा त परै जाओस्। तैँले परमेश्‍वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तेरो गन्तव्य परमेश्‍वरले नै निर्धारण गर्नुहुन्छ भन्‍नेमा कुनै शङ्‍का छैन, र सबै थोकमाथि सँधै परमेश्‍वरकै सार्वभौमिकता हुन्छ भन्‍नेमा कुनै शङ्‍का छैन। उहाँको अस्तित्व र अख्तियार, तिनीहरुलाई मानवजातिले पहिचान गर्छ कि गर्दैन र बुझ्छ कि बुझ्दैन भन्‍ने आधारमा निर्धारित हुँदैन। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको गन्तव्यलाई निर्धारित गर्न सक्‍नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्‍नै आँखाले यो सबै देख्‍नेछ, र परमेश्‍वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्‍वरकै सामु मानवजाति जिउँछ र मर्छ। मानिस परमेश्‍वरको व्यवस्थापनको लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्‍ना आँखाहरू चिम्‍लन्छ, ती यही व्यवस्थापनकै लागि बन्द हुन्छन्। मानिस घरीघरी, अघि-पछि आउँछ, र जान्छ। कुनै अपवाद छैन कि यो सबै परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाको भाग हो। परमेश्‍वरको व्यवस्थापन कहिल्यै अन्त्य भएको छैन; यो सदाकालसम्‍म अघि बढिरहन्छ। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत, उहाँको सार्वभौमिकतामाथि भरोसा गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। उहाँले हजारौं वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको उहाँको योजना, र काम यही नै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट उद्धृत गरिएको

अघिल्लो: परमेश्‍वरको कामलाई चिन्‍नु (२)

अर्को: ७. बाइबल सम्‍बन्धी रहस्यहरू

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

देहधारणको रहस्य (२)

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु।...

परमेश्‍वरको कामको दर्शन (१)

यूहन्नाले सात वर्ष येशूका निम्ति काम गरे, अनि येशू आउनुहुँदा अघिबाटै बाटो तयार पारिसकेका थिए। योभन्दा अघि यूहन्नाले प्रचार गरेका स्वर्ग...

प्रार्थनाको अभ्यासको सम्बन्धमा

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थनाको कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्