परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २३२

म धर्मी छु, म निष्ठावान छु, र म मानिसको अन्तस्करण छानबिन गर्ने परमेश्‍वर हुँ! को साँचो र को झूटो हो भन्ने कुरा म तुरुन्तै प्रकाश गर्नेछु। नआत्तिऊ; सबै थोकले मेरो समयअनुसार काम गर्छन्। मलाई कसले इमानदारीका साथ चाहन्छ, र कसले चाहँदैन—म तिमीहरूलाई पालैपालो बताउनेछु। तिमीहरूले धित मरुञ्जेल खाने र पिउने र मेरो उपस्थितिमा मेरो नजिक आउने कुरामा मात्रै ध्यान देऊ, अनि मेरो काम म आफै गर्नेछु। तीव्र नतिजाका लागि ज्यादै व्यग्र नहोओ; मेरो काम झट्टै सम्पन्न गरिहाल्न सकिने कुरा होइन। त्यसभित्र मेरा चरणहरू र मेरो बुद्धि छन्, त्यसै कारणले मेरो बुद्धि प्रकट गर्न सकिन्छ। म तिमीहरूलाई मेरा हातहरूद्वारा गरिने काम देखाउनेछु—त्यो हो, दुष्टलाई दण्ड र असललाई इनाम दिनु। म सबै मानिसप्रति पूर्णतया निष्पक्ष छु। मलाई सच्चा रूपमा प्रेम गर्ने तँलाई म सच्चा रूपमा प्रेम गर्नेछु, जसले मलाई सच्चा रूपमा प्रेम गर्दैन, ऊप्रति मेरो क्रोध सधैँ रहनेछ, ताकि म नै साँचो परमेश्‍वर, मानिसको अन्तस्करण छानबिन गर्ने परमेश्‍वर हुँ भनेर उसलाई सधैँभरि याद रहोस्। अरूका आँखाअगाडि एउटा र पिठिउँपछाडि अर्को व्यवहार नगर्; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्दछु, र तैँले अरूलाई मूर्ख बनाउन सके पनि मलाई मूर्ख बनाउन सक्दैनस्। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरै हातमा छन्। आफैलाई धेरै चतुर र आफ्ना क्षुद्र साना युक्तिहरूमा अत्यन्तै निपुण नठान्। म तँलाई भन्छु: मानिसले जति धेरै योजना रचे पनि, चाहे ती हजारौँ वा दसौँ हजार भए पनि, आखिरमा ऊ मेरो हत्केलाबाट उम्कन सक्दैन। सबै थोक र सबै घटनाहरू मेरा हातद्वारा नियन्त्रित छन्, एक जना व्यक्तिको त कुरै नगरौँ! मलाई छल्ने वा मबाट लुक्ने कोसिस नगर्, फुस्लाउने वा लुकाउने कोसिस नगर्। के मेरो महिमायुक्त अनुहार, मेरो क्रोध र मेरो न्याय सार्वजनिक रूपमा प्रकट गरिएको तैँले अझै नदेखेको हुन सक्छ? जसले मलाई सच्चा रूपमा चाहँदैन, म उसलाई तुरुन्तै र दया नदेखाई न्याय गर्नेछु। मेरो कृपा अन्त्य भएको छ; अब केही बाँकी छैन। अब उप्रान्त पाखण्डी नबन्, र तेरा असभ्य र लापरवाह चालहरूलाई बन्द गर्।

हे मेरो पुत्र, ध्यान दे; मेरो उपस्थितिमा धेरै समय बिता अनि म तेरो पक्षमा हुनेछु। नडरा, मेरो धारिलो दुईधारे तरवार अघि सार्, र—मेरा अभिप्रायहरूअनुसार—शैतानसित अन्तिमसम्मै लडाइँ गर्। म तँलाई सुरक्षा दिनेछु; कुनै चिन्ता नगर्। लुकाइएका सबै कुरा खोलिनेछन् र प्रकट गरिनेछन्। म सूर्य हुँ जसले प्रकाश दिन्छ, र निर्मम तरिकाले सबै अन्धकारमा ज्योति छर्छ। मेरो न्याय पूर्ण रूपमा आइसकेको छ; मण्डली लडाइँको मैदान हो। तिमीहरू सबैले आफूलाई तयार पार्नुपर्छ र आफ्नो सम्पूर्ण सत्त्वलाई अन्तिम, निर्णायक लडाइँप्रति अर्पित गर्नुपर्छ; म तँलाई अवश्यै सुरक्षा दिनेछु ताकि तैँले मेरो लागि असल र विजयी लडाइँ लड्न सकेस्।

सावधान हो—आजकाल मानिसहरूको हृदय छली र बुझ्न गाह्रो हुन्छ; तिनीहरूलाई भरोसा गर्न असम्भव छ। म मात्र पूर्ण रूपमा तिमीहरूका लागि हुँ। ममा कुनै छल छैन; बस ममाथि भरोसा राख्! मेरा पुत्रहरू त्यो अन्तिम, निर्णायक लडाइँमा अवश्यै विजयी हुनेछन्, र शैतान निश्चय नै मरणान्त सङ्घर्षका लागि बाहिर आउनेछ। नडरा! म तेरो शक्ति हुँ, र म तेरो सबै थोक हुँ। अत्यधिक चिन्ता नलि—यो सम्हाल्न तँलाई भारी पर्छ। मैले पहिले नै भनेको छु, म अबदेखि तिमीहरूलाई बाटोमा तान्ने छैन, किनकि समय ज्यादै घर्कँदै छ। मसँग तिमीहरूलाई कानमा समातेर सचेत गराउने समय नै छैन—यो सम्भव छैन! तँ लडाइँका निम्ति आफ्ना तयारीहरू मात्र पूरा गर्। म तेरो पूर्ण जिम्मेवारी लिन्छु; सबै कुरा मेरै हातमा छन्। यो मृत्युसम्मकै लडाइँ हो, र एउटा न एउटा पक्ष नष्ट हुने निश्चित छ। तर तँ यो कुरामा स्पष्ट हुनुपर्छ: म सधैँ विजयी र अपराजित छु, र शैतान अवश्यै नष्ट हुनेछ। यो मेरो प्रक्रिया, मेरो काम, मेरो इच्छा, र मेरो योजना हो!

काम भइसक्यो! सबै काम भइसक्यो! डरपोक वा भयभीत नहो। म तँसँग, र तँ मसँग, हामी सधैँभरि राजा हुनेछौँ! एक पटक बोलेपछि मेरा वचनहरू कहिल्यै बदलिँदैनन्, र तिमीहरूमाथि चाँडै नै घटनाहरू आइपर्नेछन्। होसियार हो! तैँले प्रत्येक हरफलाई राम्ररी मनन गर्नुपर्छ; अबदेखि मेरा वचनहरूका बारेमा अस्पष्ट नहो। तँ तिनका बारेमा स्पष्ट हुनैपर्छ! तैँले याद राख्नुपर्छ—मेरो उपस्थितिमा अझ बढी समय बिता!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४४

परमेश्‍वरका दैनिक वचनहरू   अंश २३३

मैले दुष्कर्म गर्नेहरू र शक्ति प्रयोग गरेर परमेश्‍वरका छोराहरूलाई सताउनेहरूलाई दण्ड दिने काम सुरु गरेको छु। अब उप्रान्त, मेरा प्रशासनिक आदेशहरूको हात सधैँ तिनीहरूमाथि हुनेछ जसका हृदयहरू मेरो विरोधमा छन्। यो कुरा जान्। यो मेरो न्यायको सुरुआत हो, र कसैलाई पनि दया देखाइनेछैन, न त कसैलाई नै सजायबाट बचाइनेछ, किनकि म शारीरिक भावना नभएको निष्पक्ष परमेश्‍वर हुँ जसले धार्मिकताको अभ्यास गर्छ, र तिमीहरू सबैले यो कुरा बुझेको राम्रो हुनेछ।

यो होइन कि म खराब काम गर्नेलाई दण्ड दिने इच्छा राख्छु; बरु, यो त तिनीहरूका आफ्नै खराब कामहरूले तिनीहरूमाथि उचित दण्ड ल्याएको कुरा हो। म कसैलाई पनि दण्ड दिन हतार गर्दिनँ, न त म कसैलाई अन्यायपूर्वक व्यवहार गर्छु—म सबैका लागि धार्मिक छु। म निश्चय नै मेरा छोराहरूलाई प्रेम गर्छु, र मलाई चुनौती दिने दुष्ट मानिसहरूलाई निश्चय नै घृणा गर्छु; मेरा कामहरूपछडिको सिद्धान्त यही हो। तिमीहरू प्रत्येकसित मेरो प्रशासनिक आदेशहरूको बारेमा केही जानकारी हुनुपर्दछ; यदि यो नभए तिमीहरूमा रत्तीभर पनि भय हुनेछैन, र मेरो सामु लापरवाहीसाथ काम गर्नेछौ। म के हासिल गर्न चाहन्छु, म के सम्पन्न गर्न चाहन्छु, के प्राप्त गर्न चाहन्छु वा मेरो राज्यलाई कस्तो किसिमको व्यक्ति चाहिन्छ सो पनि तिमीहरूले जान्‍नेछैनौ।

मेरो प्रशासनिक आदेशहरू यी हुन्:

१. तँ जो-सुकै भए पनि, यदि तेरो हृदयमा मप्रति विरोधाभास छ भने, तेरो न्याय गरिनेछ।

२. जसलाई मैले चुनेको छु, तिनीहरूले कुनै पनि गलत विचार गर्नसाथ तिनीहरूलाई तुरुन्तै अनुशासनमा राखिनेछ।

३. मलाई विश्‍वास नगर्नेहरूलाई म पन्छाउनेछु। म तिनीहरूलाई आखिरी समयसम्म लापरबाहीसँग बोल्‍न र काम गर्न दिनेछु, त्यसपछि म तिनीहरूलाई पूर्ण रूपले दण्ड दिनेछु र छुट्याउनेछु।

४. ममा विश्‍वास गर्नेहरूलाई म हरसमय हेरचाह र सुरक्षा गर्नेछु। हरसमय म तिनीहरूलाई मुक्तिको मार्गद्वारा जीवन प्रदान गर्नेछु। यी मानिसहरूसित मेरो प्रेम हुनेछ, र तिनीहरू निश्चय पतन हुनेछैनन् वा तिनीहरूले आफ्ना बाटो गुमाउनेछैनन्। तिनीहरूसँग भएको कुनै कमजोरी अस्थायी मात्र हुनेछ, र म तिनीहरूका कमजोरीहरूलाई निश्चय सम्‍झनेछैनँ।

५. तिनीहरू, जसले ममा विश्‍वास गरेकोजस्तो देखिन्छ, तर वास्तवमा त्यसो गर्दैनन्—जसले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छन् तर ख्रीष्टलाई खोज्दैनन्, तापनि जसले पनि विरोध गर्दैनन्—यिनीहरू अति दयनीय किसिमका मानिसहरू हुन्, र मेरा कामहरूद्वारा म तिनीहरूलाई स्पष्ट देख्ने बनाउनेछु। मेरा कामहरूद्वारा, म त्यस्ता मानिसहरूलाई मुक्ति दिनेछु र तिनीहरूलाई फर्काएर ल्याउनेछु।

६. जेठा छोराहरू, मेरो नाउँ स्वीकार गर्ने प्रथम व्यक्तिहरू, आशिषित हुनेछन्! म निश्चय तिमीहरूलाई सर्वोत्तम आशिषहरू दिनेछु, तिमीहरूका हृदयको सन्तुष्टिका निम्ति ती उपभोग गर्न दिनेछु; कसैले पनि यसमा बाधा दिने आँट गर्नेछैन। यो सबै तिमीहरूका लागि पूर्ण रूपमा तयार छ, किनकि यो मेरो प्रशासनिक आदेश हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५६

परमेश्‍वरका दैनिक वचनहरू   अंश २३४

जसले मेरा वचनहरू पढेका छन् र ती पूरा हुनेछन् भनी विश्‍वास गर्छन्, तिनीहरू आशिषित् हुन्। म तँलाई बिलकुलै अन्यायपूर्ण व्यवहार गर्नेछैन; म तैँले विश्‍वास गरेका कुराहरूलाई तँमा पूरा गराइदिनेछु। यो तँमा आउँदै गरेको मेरो आशिष् हो। मेरा वचनहरूले हरेक व्यक्तिमा लुकेका रहस्यहरूलाई प्रहार गर्छन्; हरेक व्यक्तिसँग प्राणघातक घाउहरू हुन्छन् र म ती घाउ निको पार्ने कुशल चिकित्सक हुँ: केवल मेरो सामु आइज। मैले किन भविष्यमा कुनै पनि दुःखकष्ट वा कुनै पनि आँसु हुनेछैन भनी भनेँ त? मैले यही कारणले भनेको हुँ। ममा सबै थोक सिद्ध छन्, तर मानिसहरूमा सबै थोक भ्रष्ट, रित्तो र मानिसहरूप्रति धोकापूर्ण छन्। मेरो उपस्थितिमा, तैँले सबै थोक प्राप्त गर्ने कुरा निश्चित हुन्छ, र अवश्य नै तैँले आफूले कहिल्यै कल्पना पनि गर्न नसकेका आशिष्‌हरू देख्न र उपभोग गर्न सक्नेछस्। मेरो सामु नआउनेहरू निश्चय नै विद्रोही स्वभावका छन्, र तिनीहरू पूर्णतया मेरो प्रतिरोध गर्ने व्यक्तिहरू हुन्। म तिनीहरूलाई हल्‍कासित जान दिनेछैन; म त्यस्ता मानिसहरूलाई गम्भीर रूपमा सजाय दिनेछु। यो कुरा याद राख्! मानिसहरू जति धेरै मेरो सामु आउँछन्, तिनीहरूले त्यति नै धेरै प्राप्त गर्नेछन्—तैपनि त्यो केवल अनुग्रह मात्र हुनेछ। पछि, तिनीहरूले अझै ठूला आशिष्‌हरू पाउनेछन्।

संसारको सृष्टि भएदेखि नै मैले मानिसहरूको यो समूहलाई चुन्ने र तिनीहरूको नियति पूर्वनिर्धारित गर्ने काम सुरु गरेको हुँ—नामै लिँदा, आजका तिमीहरूलाई। तिमीहरूको मनोभाव, क्षमता, रूप, र कद, तिमीहरू कुन परिवारमा जन्म्यौ, तिमीहरूको जागिर, र तिमीहरूको विवाह—आफ्‍नो सम्पूर्णतामा तिमीहरू, तिमीहरूको कपाल र तिमीहरूको छालाको रङ्ग, र तिमीहरूको जन्मको समय लगायत—सबै कुराहरू मेरा हातहरूले बन्दोबस्त गरेका थिए। मैले आफ्नै हातले तैँले हरेक दिन गर्ने कुराहरू र भेट्ने मानिसहरूको समेत बन्दोबस्त गरेँ, र तँलाई आज मेरो छेउमा ल्याइएको तथ्य पनि वास्तवमै मेरो बन्दोबस्तद्वारा गरिएको हो भनी उल्लेख गरिरहनु नपर्ला। आफूलाई अस्तव्यस्ततामा नफाल्; तँ शान्तसँग अघि बढ्नुपर्छ। मैले तँलाई जे उपभोग गर्न दिएको छु त्यो तँले पाउनैपर्ने तेरो हिस्सा हो, र यसलाई मैले संसारको सृष्टि भएदेखि नै पूर्वनिर्धारित गरेको हुँ। मानिसहरू सबै अत्यन्तै चरम अवस्थामा पुगेका छन्: तिनीहरू कि त अत्यन्तै हठी कि त पूर्ण रूपमा लाजहीन छन्। तिनीहरूले मेरा योजना र बन्दोबस्तहरू अनुरूप काम-कुरा गर्न सक्दैनन्। अबउप्रान्त यस्तो नगर्। ममा सबै थोक मुक्त छन्; आफूलाई नबाँध्, किनकि यसबाट तेरो जीवनसम्बन्धी कुराहरूमा हानि हुनेछ। यो कुरा याद राख्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७४

परमेश्‍वरका दैनिक वचनहरू   अंश २३५

म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ र यसभन्दा पनि बढी, म परमेश्‍वरको एक मात्र व्यक्तित्व हुँ। त्यसभन्दा पनि बढी, म, देहको पूर्णता, परमेश्‍वरको पूर्ण प्रकटीकरण हुँ। जसले मेरो डर नमान्ने आँट गर्छ, जसले आफ्ना आँखाहरूले मेरो विरोध गर्ने आँट गर्छ, र जसले आफ्नो ओठले मेरो विरोध गर्ने आँट गर्छ, त्यो निश्चित रूपमा मेरो श्राप र क्रोधबाट मर्नेछ (मेरो क्रोधका कारण श्राप आउनेछ)। यसबाहेक, जसले मप्रति बफादार नहुने वा मप्रतिको धर्म ननिभाउने आँट गर्छ, र जसले मलाई छक्काउने कोसिस गर्छ, त्यो निश्चय मेरो घृणाका कारण मर्नेछ। मेरो धार्मिकता, प्रताप र न्याय सदासर्वदा रहिरहनेछ। सुरुमा, म प्रेमिलो र कृपालु थिएँ, तर यो मेरो सम्पूर्ण ईश्‍वरत्वको स्वभाव होइन; केवल धार्मिकता, प्रताप र न्याय मेरा स्वभाव—पूर्ण परमेश्‍वर स्वयम्‌को स्वभाव हुन्। अनुग्रहको युगको दौरान म प्रेमिलो र कृपालु थिएँ। मैले समाप्त गर्नुपर्ने कामका कारण मसँग दया र कृपा थियो; तर त्यसपछि त्यस्ता कुराहरूको कुनै आवश्यकता परेन (र त्यस बेलादेखि परेकै छैन)। यो सबै धार्मिकता, प्रताप र न्याय हो, र यो मेरो सम्पूर्ण ईश्‍वरत्वसँग जोडिएको मेरो सामान्य मानवताको पूर्ण स्वभाव हो।

मलाई नचिन्नेहरू अतल कुण्डमा नाश हुनेछन् भने जसलाई मेरो बारेमा दृढ़ विश्‍वास छ तिनीहरू सदासर्वदा जीवित रहनेछन्, तिनीहरूलाई मेरो प्रेमभित्र हेरचाह र सुरक्षा प्रदान गरिनेछ। मैले एक शब्द मात्र बोल्दा, सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीका अन्तिम छेउहरू काँप्छन्। को मेरो वचन सुनेर तर्सिएर काँप्दैन? कसले मेरो डर मान्ने हृदयको विकासलाई रोक्न सक्छ? अनि मेरा कामहरूबाट मेरो धार्मिकता र महिमाको बारेमा जान्न असक्षम को छ र! अनि मेरा कामहरूभित्र मेरो सर्वशक्तिमान्‌ता र मेरो महान्‌ता देख्न असक्षम को छ र! ज-जसले ध्यान दिँदैनन् तिनीहरू निश्चय नै मर्नेछन्। किनकि ध्यान नदिनेहरू तिनीहरू हुन् जसले मेरो विरोध गर्छन् र मलाई चिन्दैनन्; तिनीहरू प्रधानदूत हुन्, र तिनीहरू अति स्वेच्छाचारी छन्। आफैलाई जाँच्: जो स्वेच्छाचारी, स्व-धर्मी, घमन्डी र अहङ्कारी छ, त्यो निश्चय नै मेरो घृणाको पात्र हुन्छ र त्यो विनाशतिर बढ्दै गरेको हुन्छ!

अब म मेरो राज्यका प्रशासकीय आदेशहरू घोषणा गर्दछु: सबै कुरा मेरो न्यायअन्तर्गत छन्, सबै कुरा मेरो धार्मिकताभित्र छन्, सबै कुरा मेरो प्रतापभित्र छन्, र म सबैप्रति मेरो धार्मिकताको कार्यान्वयन गर्दछु। ममा विश्‍वास गर्ने भनेर भन्ने, तर भित्री गहिराइमा मेरो प्रतिरोध गर्नेहरू, वा जसको हृदयले मलाई इन्कारेको छ, तिनीहरूलाई निकालिनेछ—तर यो सबै मेरो आफ्नै ठीक समयमा हुनेछ। अरूले थाहा नपाउने तरिकाले मेरो बारेमा व्यङ्ग्यात्मक कुरा गर्ने मानिसहरू तुरुन्तै मर्नेछन् (तिनीहरू आत्मा, शरीर र प्राणमा नाश हुनेछन्)। मेरा प्रियजनहरूलाई थिचोमिचो वा उपेक्षा गर्नेहरूलाई तुरुन्तै मेरो क्रोधद्वारा न्याय गरिनेछ। यसको मतलब के हो भने, मैले प्रेम गर्नेहरूलाई ईर्ष्या गर्ने, र मलाई अधर्मी ठान्नेहरूलाई मेरो प्रियद्वारा न्याय गरिनका लागि सुम्पिइनेछ। निष्कलङ्क, सरल र निष्कपटहरू सबै (बुद्धि नहुनेहरू लगायत), र मसँग एकचित्त भई व्यवहार गर्नेहरू सबै मेरो राज्यमा रहनेछन्। जसले तालीम पाएका छैनन्—अर्थात् बुद्धि र अन्तर्बोधको कमी भएका इमानदार मानिसहरूसँग——मेरो राज्यमा शक्ति हुनेछ। तर, तिनीहरूलाई काटछाँट गरिएको र तोडिएको हुन्छ। तिनीहरूले तालिम नपाउनु निरपेक्ष कुरा होइन। बरु, यिनै कुराहरूद्वारा म सबैलाई मेरो सर्वशक्तिमान्‌ता र मेरो बुद्धि देखाउनेछु। म अझै पनि मलाई शङ्का गर्नेहरू सबैलाई बाहिर निकाल्‍नेछु; म तिनीहरूमध्ये एकै जनालाई पनि चाहन्नँ (यस्तो समयमा पनि मलाई शङ्का गर्ने मानिसहरूलाई म घृणा गर्दछु)। मैले सम्पूर्ण ब्रह्माण्डमा गर्ने कार्यहरूद्वारा, म इमानदार मानिसहरूलाई मेरा कार्यहरूको अद्भुतता देखाउनेछु, त्यसरी म उनीहरूको बुद्धि, अन्तर्बोध र विवेक वृद्धि गराउनेछु। म छली मानिसहरूलाई पनि मेरा अद्भुत कार्यहरूको फलस्वरूप एकै क्षणमा नाश पार्नेछु। मेरो नाउँ पहिले स्वीकार गर्ने सबै ज्येष्ठ पुत्र (अर्थात्, ती पवित्र र निष्कलङ्क, इमानदार मानिसहरू) राज्यमा प्रवेश प्राप्त गर्ने पहिला मानिसहरू हुनेछन् र मसँगै असङ्ख्य जाति र मानिसमाथि शासन गर्नेछन्, र असङ्ख्य जाति र मानिसलाई न्याय गर्दै राज्यमा राजाका रूपमा शासन गर्नेछन् (यसले राज्यका सबै ज्येष्ठ पुत्रलाई जनाउँछ र अरू कसैलाई होइन)। असङ्ख्य जाति र मानिसमध्ये जसले न्याय गरिएपछि पश्चात्ताप गरेका छन्, तिनीहरू मेरो राज्यमा प्रवेश गर्नेछन् र मेरा मानिस हुनेछन्, जबकि अटेरी र अपश्‍चात्तापी मानिसहरू अतल कुण्डमा फालिनेछन् (सदाका लागि नाश हुनलाई)। राज्यमा हुने न्याय अन्तिम हुनेछ, र त्यो मैले गर्ने संसारको पूर्ण सफाइ हुनेछ। त्यसपछि कुनै अन्याय, शोक, आँसु वा सुस्केराहरू हुनेछैनन्, र त्यसभन्दा पनि बढी, कुनै संसार हुनेछैन। सबै कुरा ख्रीष्टको प्रकटीकरण हुनेछ, र सबै ख्रीष्टको राज्य हुनेछ। कस्तो महिमा! कस्तो महिमा!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७९

परमेश्‍वरका दैनिक वचनहरू   अंश २३६

अब म तिमीहरूका लागि मेरो प्रशासनिक आदेशहरू जारी गर्दछु (जुन ती घोषणा गरिएकै दिनदेखि प्रभावकारी हुन्छन्, जसले विभिन्न व्यक्तिहरूका निम्ति विभिन्न सजायहरू भोग्‍नेछ):

म मेरा प्रतिज्ञाहरू पालन गर्दछु, र सबै कुरा मेरै हातमा छ: ज-जसले शङ्का गर्छन्, तिनीहरू निश्चय मारिनेछन्। छूट दिने कुनै ठाउँ छैन; तिनीहरू तुरुन्तै मेटाइनेछन्, यसरी मेरो हृदयबाट घृणा हटाइन्छ। (अबदेखि यो पक्का छ कि जो मारिन्छ त्यो मेरो राज्यको सदस्य हुनुहुँदैन, र शैतानको सन्तान हुनुपर्दछ।)

जेठा छोराहरूको रूपमा तिमीहरू आफ्नै हैसियतमा बस्‍नुपर्छ र आफ्ना कर्तव्यहरूलाई राम्रोसँग पूरा गर्नुपर्छ, र अनावश्यक रूपमा अति जिज्ञासु हुनुहुँदैन। तैँले मेरो प्रबन्ध योजनाको लागि आफैलाई समर्पण गर्नुपर्छ, र तँ जहाँ-जहाँ जान्छस्, तैँले मेरो असल गवाही दिनुपर्छ र मेरो नाउँलाई महिमित गर्नुपर्छ। लाजमर्दो कामहरू नगर्, मेरा सबै सन्तान र मेरा मानिसहरूका लागि उदाहरण बन्। एकैछिनको लागि पनि अनैतिक नबन्: तँ सधैँ सबैका अघि जेठो छोराको पहिचान बोकेर उपस्थित हुनुपर्छ, र सेवा गर्नेजस्तो हुनुहुँदैन; बरु, तँ शिर ठाडो पारेर अगाडि बढ्नुपर्छ। म तँलाई मेरो नाउँको बेइज्जत गर्न होइन, मेरो नाउँको महिमा गर्न लगाउँदैछु। जो जेठा छोराहरू हुन् तिनीहरूका आ-आफ्नै काम हुन्छन्, र तिनीहरूले सबै कुरा गर्न सक्दैनन्। यो मैले तिमीहरूलाई दिएको जिम्‍मेवारी हो, र यो जिम्मेवारीबाट भाग्नुहुँदैन। मैले तिमीहरूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न तिमीहरूले आफैलाई सारा हृदयले, सारा मनले र सारा शक्तिले समर्पण गर्नुपर्छ।

आजको दिनदेखि उसो, सारा ब्रह्माण्डको संसारभरि, मेरा सबै सन्तान र मेरा सबै मानिसहरूका गोठालो गर्ने जिम्मेवारी पूरा गर्ने भार मेरो जेठा छोराहरूलाई दिइनेछ, र जस-जसले त्यो पूरा गर्न आफ्नो सम्पूर्ण हृदय र मन समर्पण गर्न सक्दैनन् तिनीहरूलाई म सजाय दिनेछु। यो मेरो धार्मिकता हो। म मेरा जेठा छोराहरूलाई पनि सजिलै छोड्ने छैनँ न त नरम व्यवहार नै गर्नेछु।

यदि मेरा छोराहरूको बीचमा वा मेरो मानिसहरूको बीचमा मेरो जेठा छोराहरूलाई खिसी वा अपमान गर्ने कोही छन् भने म तिनीहरूलाई कठोर दण्ड दिनेछु, किनकि मेरा जेठा छोराहरूले मेरै प्रतिनिधित्व गर्छन्; कसैले तिनीहरूलाई केही गऱ्यो भने तिनीहरूले त्यो मलाई पनि गरेका हुन्छन्। यो मेरो सबैभन्दा कडा प्रशासकीय आदेश हो। यो आदेश उल्लङ्घन गर्ने मेरो कुनै पनि सन्तान र मेरा मानिसहरूको विरुद्धमा म मेरा जेठा छोराहरूलाई तिनीहरूका इच्छाअनुसार मेरो धार्मिकता प्रयोग गर्ने अनुमति दिन्छु।

कसैले मलाई गम्भीरतासाथ लिँदैन अनि मेरो भोजन, वस्त्र र निद्रामा मात्रै ध्यान दिन्छ, मेरो बाहिरी कार्यहरूमा मात्र उपस्थिति हुन्छ, र मेरो बोझलाई कुनै विचार गर्दैन र तिनीहरूका आफ्नै कामहरू पूरा गर्नुमा ध्यान दिँदैनन् भने म बिस्तारै तिनीहरूलाई त्यागिदिन्छु। यो कान हुनेहरू सबैलाई लक्षित छ।

जसले मेरो लागि सेवा गरिसक्छ तिनीहरू आज्ञाकारी भएर विनाकोलाहल पछि हट्नुपर्छ। होसियार बस्, नत्र म तँलाई छाँट्छु। (यो एक अतिरिक्त आदेश हो।)

अबदेखि उसो मेरा जेठा छोराहरूले फलामको राजडन्डा उठाउनेछन् र सबै जाति र मानिसहरूमाथि शासन गर्न, सबै जातिहरू र मानिसहरूको माझ हिँड्न, र मेरो न्याय, धार्मिकता र प्रताप सबै जाति र मानिसहरूको बीचमा अघि बढाउन मेरो अधिकार चलाउन सुरु गर्नेछन्। मेरा सन्तान र मेरा मानिसहरूले मेरो भय मान्नेछन्, मेरो प्रशंसा गर्नेछन्, मेरो हौसला बढाउनेछन्, र नरोकी मेरो महिमा गर्नेछन्, किनकि मेरो व्यवस्थापन योजना पूरा भएको छ र मेरा जेठा छोराहरूले मसँग राज्य गर्न सक्छन्।

यो मेरो प्रशासनिक आदेशको एक हिस्सा हो; यसपछि, कामको प्रगति हुँदैजाँदा तीबारे म तिमीहरूलाई बताउनेछु। माथिका प्रशासनिक आदेशहरूबाट, तिमीहरू म कुन गतिमा काम गर्छु, साथै मेरो काम कुन चरणमा पुगेको छ सो बुझ्नेछौ। यो एक पुष्टीकरण हुनेछ।

मैले शैतानको न्याय अघिबाटै गरिसकेको छु। मेरो इच्छामा कुनै बाधा नभएकोले, र मसँगै मेरा ज्येष्ठ पुत्रहरूको महिमा प्राप्त गरेका हुनाले, मैले संसारमा आफ्नो धार्मिकता र प्रताप संसार अनि शैतानको अधिकारमा रहेका सबै थोकमाथि अघिबाटै प्रयोग गरेको छु। म शैतानमाथि औंला उठाउँदिन वा त्यसमा बिलकुल ध्यान दिँदिनँ (किनकि त्यो मसँग कुराकानी गर्न लायक पनि छैन)। म जे गर्न चाहन्छु त्यही नै गर्दै जान्छु। मेरो काम एक-एक चरण गर्दै सुचारु रूपले अगाडि बढ्छ, र सारा पृथ्वीभरि मेरो इच्छालाई कुनै बाधा हुँदैन। यसले शैतानलाई एक हदसम्म सर्ममा पारेको छ, र त्यो पूर्ण रूपमा ध्वस्त भएको छ, तर त्यसले आफैमा चाहिँ मेरा अभिप्रायहरू पूरा गरेको छैन। म मेरा जेठा छोराहरूलाई पनि मेरा प्रशासनिक आदेशहरू पूरा गर्न दिन्छु। एकातिर, म शैतानलाई त्यसप्रतिको मेरो क्रोध देख्न दिन्छु, अर्कोतिर, म मेरो महिमा देख्न दिन्छु (मेरो जेठा छोराहरू शैतानको अपमानको निम्ति सबैभन्दा जोरदार गवाही हुन् भन्‍ने देख्‍न दिन्छु)। म त्यसलाई व्यक्तिगत रूपमा दण्ड दिँदिनँ; बरु, म मेरा जेठा छोराहरूलाई मेरो धार्मिकता र प्रताप पूरा गर्न दिन्छु। शैतानले मेरा छोराहरूलाई दुर्व्यवहार गर्थ्यो, मेरा छोराहरूलाई सताउँथ्यो, र मेरा छोराहरूमाथि थिचोमिचो गर्थ्यो, त्यसैले आज त्यसको सेवा समाप्त भएपछि, म आफ्ना परिपक्व जेठा छोराहरूलाई त्यो मिलाउने अनुमति दिनेछु। शैतान पतनको विरुद्ध शक्तिहीन भएको छ। संसारका सबै जातिहरू पक्षाघात हुनु यसको सबैभन्दा राम्रो गवाही हो; मानिसहरू झगडा गरिरहेका छन् र राष्ट्रहरू लडाइँमा फसेका छन्, यी सब शैतानको राज्यको पतन भएको स्पष्ट प्रकटीकरणहरू हुन्। विगतमा मैले कुनै चिन्‍ह र अचम्‍मका कामहरू नदेखाउनुको कारण शैतानको अपमान गर्नु र एक-एक चरण गर्दै मेरा नाउँको महिमा गर्नुथियो। जब शैतान पूर्ण रूपमा समाप्त हुन्छ, म मेरो शक्ति देखाउन सुरु गर्छु: म जे भन्छु त्यो हुन आउँछ, र मानिसका धारणाहरूसँग मेल नखाने अलौकिक कुराहरू पूरा हुनेछन् (यी कुराले चाँडै आउने आशिषहरूलाई जनाउँछन्)। म व्यावहारिक परमेश्‍वर स्वयम् हुँ र मेरो कुनै नियमहरू छैनन् र म मेरो प्रबन्ध योजनामा हुने परिवर्तनहरू अनुसार बोल्छु, त्यसकारण विगतमा मैले भनेका कुरा वर्तमानमा लागू हुनै पर्छ भन्‍ने हुँदैन। तेरा आफ्नै धारणाहरूमा टाँसिएर नबस्! म नियमहरू पालन गर्ने परमेश्‍वर होइनँ; मेरो निम्ति सबै कुरा स्वतन्त्र, अनुभवभन्दा पर र पूर्ण रूपमा मुक्त छन्। सायद हिजो भनिएको कुरा आज पुरानो भएको छ, वा सायद त्यसलाई आज पर पन्साउन सकिन्छ (तापनि, मेरा प्रशासनिक आदेशहरू, घोषणा गरिएकोले ती कहिल्यै पनि परिवर्तन हुँदैनन्)। यी मेरो व्यवस्थापन योजनाका चरणहरू हुन्। नियमहरूमा अल्झेर नबस्। प्रत्येक दिन नयाँ ज्योति छ र नयाँ प्रकाशहरू हुन्छन्, र त्यो मेरो योजना हो। प्रत्येक दिन मेरो ज्योति तँभित्र प्रकट गरिनेछ र मेरो आवाजलाई ब्रह्माण्ड संसारमा जारी गरिने छ। के तँ बुझ्छस्? यो तेरो कर्तव्य हो, मैले तँलाई सुम्पिएको जिम्मेवारी हो। तैँले एकै क्षणका लागि पनि यसलाई बेवास्ता गर्नुहुँदैन। मैले स्वीकार गरेका मानिसहरूलाई म अन्त्यसम्म प्रयोग गर्नेछु, र यो कहिल्यै परिवर्तन हुँदैन। किनकि म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ, कस्तो किसिमको व्यक्तिले के काम गर्नुपर्छ, साथै कुन किसिमको व्यक्तिले कस्तो काम गर्न सक्छ सो म जान्दछु। यो मेरो सर्वशक्तिमान्‌ता हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८८

परमेश्‍वरका दैनिक वचनहरू   अंश २३७

मैले बोल्‍ने प्रत्येक वाक्यमा अख्तियार र न्याय हुन्छ, र मेरा वचनहरू कसैले पनि परिवर्तन गर्न सक्दैन। मेरा वचनहरूलाई जारी गरिएपछि, काम-कुराहरू मेरा वचनहरू अनुसार सम्पन्न हुने निश्चित हुन्छ; मेरो स्वभाव यही हो। मेरा वचनहरू अख्तियार हुन् र जसले तिनलाई संशोधन गर्छ त्यसले मेरो सजाय निम्त्याउँछ, र मैले तिनीहरूलाई प्रहार गर्नैपर्छ। गम्भीर मामिलाहरूमा तिनीहरूले आफ्नो जीवनमा विनाश ल्याउँछन् र तिनीहरू पातालमा, वा अतल कुण्डमा जान्छन्। मैले मानव जातिलाई निराकरण गर्ने एक मात्र तरिका यही हो, र मानिससँग यसलाई परिवर्तन गर्ने कुनै उपाय छैन—यो मेरो प्रशासनिक आदेश हो। यो याद राख! कसैलाई पनि मेरो आदेश उल्लङ्घन गर्ने अनुमति छैन; कामहरू मेरा अभिप्रायहरूअनुसार नै गरिनुपर्छ! विगतमा, मैले तिमीहरूप्रति सहज व्यवहार गरेको थिएँ र तिमीहरूले मेरा वचनहरूको मात्र सामना गऱ्यौ। मैले मानिसहरूलाई प्रहार गरेर ढाल्ने सम्बन्धमा बोलेका वचनहरू अझै पूरा भएका छैनन्। तर मेरा अभिप्रायहरूसँग मिल्दो रूपमा नचल्नेहरूलाई दण्ड दिन आजदेखि सबै विपत्तिहरू (यी मेरो प्रशासनिक आदेशहरूको सम्बन्धमा हुन्) एकपछि अर्को गर्दै आउनेछन्। तथ्यहरूको आगमन हुनुपर्दछ—अन्यथा मानिसहरूले मेरो क्रोध देख्न सक्नेथिएनन्, तर आफैलाई बारम्बार भ्रष्ट पार्नेथिए। यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो, र मैले मेरो कामको अर्को चरण गर्ने तरिका यही हो। म तिमीहरूलाई अग्रिम रूपमा यो भन्छु, यसैले कि तिमीहरू अपराधहरू गर्नबाट र अनन्त विनाश भोग्नबाट बच्न सक। भन्नुको अर्थ, आजको दिनदेखि, म मेरा ज्येष्ठ पुत्रहरूबाहेक सबै मानिसहरूलाई मेरा अभिप्रायहरूअनुसार तिनीहरूका उचित स्थान लिन लगाउनेछु, र म एकपछि अर्को गर्दै तिनीहरूलाई सजाय दिनेछु। म तीमध्ये एउटालाई पनि उम्कन दिनेछैनँ। तिमीहरूले फेरि भ्रष्ट हुने आँट मात्र गरेर त हेर! तिमीहरूले फेरि विद्रोही हुने आँट मात्र गरेर त हेर! मैले म सबैका निम्ति धर्मी छु, ममा रत्तीभर पनि भावुकता छैन भनेर पहिले नै भनेको छु र यसले मेरो स्वभावलाई उल्‍लङ्घन गर्नु हुँदैन भन्‍ने देखाउँछ। मेरो व्यक्तित्व यही हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। सबै मानिसहरूले मेरा वचनहरू सुन्छन् र सबै मानिसहरूले मेरो महिमित अनुहार देख्छन्। सबै मानिसहरू पूर्ण रूपमा र ठोस रूपमा ममा समर्पित हुनुपर्छ—मेरो प्रशासनिक आदेश यही हो। ब्रह्माण्डभरिका र पृथ्वीको पल्‍लो छेउका सबै मानिसहरूले मेरो प्रशंसा र महिमा गर्नुपर्छ, किनकि म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ, किनकि म परमेश्‍वरको व्यक्तित्व हुँ। कसैले पनि मेरा वचनहरू र वाणीहरू, मेरो बोलीवचन र चाल-चलनहरू परिवर्तन गर्न सक्दैन, किनकि यी मेरो मात्र विषयहरू हुन्, र यी ती कुराहरू हुन् जुन मैले प्राचीनकालदेखि धारण गरेको छु र जुन अनन्तसम्म रहिरहन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १००

परमेश्‍वरका दैनिक वचनहरू   अंश २३८

एक क्षण पनि नथामिईकन मेरो योजनाबद्ध काम अगाडि बढिरहेको छ। राज्यको युगमा सरेपछि, र मेरा जनहरूका रूपमा तिमीहरूलाई मेरो राज्यमा ल्याएपछि, तिमीहरूलाई मैले गर्ने अरू मागहरू हुनेछन्; भन्नुको अर्थ, म तिमीहरूको सामुन्ने विधान जारी गर्न सुरु गर्नेछु, जसद्वारा म यो युगलाई सञ्चालन गर्नेछु:

तिमीहरूलाई मेरा जनहरू भनिएको हुनाले, मेरो नामलाई महिमायुक्त बनाउन तिमीहरू सक्षम हुनुपर्छ; यसको अर्थ, परीक्षाको घडीमा साक्षीको रूपमा खडा हुन सक्‍नुपर्छ। यदि कसैले मलाई फुस्ल्याउने र मबाट सत्य लुकाउने प्रयास गर्छ, वा मेरा पछाडि अशोभनीय क्रियाकलापहरूमा संलग्न हुन्छ भने, तिनीहरूलाई मैले निराकरण नगरुञ्‍जेलसम्‍म, यस्ता मानिसहरूलाई मेरो घरबाट लखेटिनेछ र निकालिनेछ, यसमा कुनै अपवाद छैन। विगतमा जो मसँग बेइमान र अपुत्रोचित थिए, र मलाई खुला रूपमा जाँच्न जो आज फेरि खडा छन्—तिनीहरू पनि मेरो घरबाट लखेटिइनेछन्। जो मेरा जनहरू हुन् उनीहरूले मेरा बोझहरूको लागि निरन्तर चासो देखाउनु पर्छ साथै मेरा वचनहरू बुझ्न खोज्नुपर्छ। यस प्रकारका मानिसहरूलाई मात्र म अन्तर्दृष्टि दिनेछु, र कहिल्यै सजाय नपाउने गरी उनीहरू निश्‍चय नै मेरो मार्गदर्शन र अन्तर्दृष्टि अन्तर्गत जिउनेछन्। मेरा बोझहरूको लागि चासो देखाउन असफल हुनेहरू उनीहरूको आफ्नै भविष्यहरूको लागि योजना बनाउन दत्तचित्त हुन्छन्—यसको अर्थ, जो आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्ने लक्ष्य राख्दैन, तर सहयोगका हातहरूको खोजी गर्छन्—ती मगन्ते जस्ता प्राणीहरूलाई प्रयोग गर्न म पूर्णरूपमा इन्कार गर्छु किनकि मेरा बोझहरूको लागि चासो देखाउनु भनेको के हो तिनीहरू जन्मिएको समयदेखि तिनीहरूले जानेका छैनन्। तिनीहरू सामान्य समझ नभएका मानिसहरू हुन्; यस्ता मानिसहरू मस्तिष्कको “कुपोषण” बाट ग्रसित छन्, र केही “पोषण” को लागि उनीहरू घर जान आवश्यक छ। यस्ता मानिसहरू मेरो लागि व्यर्थ छन्। मेरा जनहरूका माझमा, खानु, कपडा लगाउनु, र सुत्नु जस्ता कुनै व्यक्तिले एकै क्षणको लागि पनि कहिल्यै नबिर्सिने कुराहरूलाई जस्तै, मलाई चिन्‍ने कार्य पनि अन्तिमसम्म नै देखिने बाध्यात्‍मक कर्तव्यको रूपमा सबैबाट माग गरिनेछ, ताकि मलाई चिन्ने काम पनि, आखिरमा, खानपान गर्नु जस्तै परिचित कुरा बन्नेछ—जुन कुरालाई तैँले अभ्यस्त भइसकेको हातले कुनै प्रयत्न विना नै गर्छस्। मैले बोलेका वचनहरूलाई हरेक व्यक्तिले उच्चतम विश्‍वासका साथ लिनुपर्छ र पूर्णरूपमा आत्मसात् गर्नुपर्छ; झाराटारुवा अर्ध-मापन हुन सक्दैन। मेरा वचनहरूलाई ध्यान नदिनेलाई सीधै मेरो प्रतिरोध गरेको मानिने छ; मेरा वचनहरूलाई नखाने वा तिनलाई बुझ्न नखोज्नेलाई मेरो ध्यान नदिएको मानिने छ, र मेरो घरको ढोकाबाट सीधै बाहिर बढारिने छ। यसो गर्नुको कारण, विगतमा मैले भने जस्तै, म मानिसहरूको ठूलो सङ्ख्या होइन श्रेष्ठता चाहन्छु। सय जना मानिसहरूमध्ये मेरा वचनहरूद्वारा यदि एक जनाले मात्र मलाई चिन्न सक्षम भयो भने त्यसपछि उक्त एक जनालाई अन्तर्दृष्टि दिने र प्रकाश छर्ने काममा ध्यान केन्द्रित गर्न म स्वेच्छाले अरू सबैलाई हटाइदिनेछु। यसबाट तैँले देख्न सक्छस् धेरै सङ्ख्याले मात्र मलाई प्रकट गर्न र ममा जिउन सक्छन् भन्‍ने सत्य होइन। मैले चाहेको गहूँ हो (यद्यपि दानाहरू पोटिला नहुन सक्छन्) र सामा होइन (दानाहरू प्रशंसनीय रूपमा पोटिला भए पनि)। जो खोजीलाई वास्ता गर्दैनन्, तर सुस्त तरिकाले व्यवहार गर्छन् उनीहरूले स्वेच्छाले छोड्नु पर्छ; तिनीहरूलाई हेर्ने मेरो कति पनि चाहना छैन, नत्र तिनीहरूले मेरो नामलाई लज्जित पार्ने कार्यलाई जारी राख्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ५

परमेश्‍वरका दैनिक वचनहरू   अंश २३९

तँ मेरो घरानाका मानिसहरू मध्येको एक भएकोले, र तँ मेरो राज्यको विश्‍वासी भएकोले, तैँले गर्नुपर्ने सबै कुराहरूमा मेरो आवश्यकताका मापदण्डहरू पालन गर्नैपर्छ। म तँलाई उड्ने बादलभन्दा बढी केही नबन् भनेर भन्दिन, तर तँ चम्किलो हिउँ बन्, र त्यसको सार प्राप्त गर् र अझ भन्दा, यसको मान प्राप्त गर्। म पवित्र भूमिबाट आएको हुनाले, म त्यो कमलको फूलजस्तो होइन, जसको केवल नाउँ छ तर कुनै सार छैन, किनकि त्यो हिलोबाट आएको हो, पवित्र भूमिबाट होइन। नयाँ स्वर्ग पृथ्वीमा झर्ने र नयाँ पृथ्वी आकाशहरूमा फैलने समय ठीक त्यही समय पनि हो, जुन बेला म औपचारिक रूपमा मानिसहरूमाझ काम गरिरहेको हुन्छु। मानवजातिमाझ कसले मलाई चिन्छ? मेरो आगमनको क्षण कसले देख्यो? मेरो नाउँ मात्र छैन, तर ममा सार पनि छ भनी कसले देखेको छ? म मेरो हातले सेता बादलहरू हटाउँछु र आकाशलाई नजिकबाट नियालेर हेर्दछु; अन्तरिक्षमा मेरो हातले नमिलाएको कुनै कुरा नै छैन, र त्यसको मुनि, मेरो शक्तिशाली उद्यमको कामका लागि आफ्नो सानो प्रयास योगदान नगर्ने कोही छैन। म सधैँ व्यावहारिक परमेश्‍वर रहिआएको हुनाले, र म मानिसहरूलाई सृष्टि गर्ने र तिनीहरूलाई राम्ररी चिन्ने सर्वशक्तिमान् भएको हुनाले म पृथ्वीका मानिसहरूबाट कठिन माग गर्दिनँ। सबै मानिसहरू सर्वशक्तिमानको आँखाको सामुन्ने छन्। पृथ्वीको दुर्गम किनारमा भएका मानिसहरू पनि कसरी मेरो आत्माको जाँचबाट बच्न सक्छन्? मानिसहरूले मेरो आत्मालाई “चिने” पनि तिनीहरूले अझै पनि मेरो आत्मालाई दुःखी बनाउँछन्। मेरा वचनहरूले सबै मानिसको कुरूप अनुहारका साथै उनीहरूका भित्री विचारहरूलाई उदाङ्गो पार्दछन्, र पृथ्वीमा भएका सबैलाई मेरो ज्योतिद्वारा मामुली पार्ने र मेरो सूक्ष्म जाँचको दौरान असफल तुल्याउने गर्दछन्। तथापि, असफल भए पनि तिनीहरूका हृदयले मबाट टाढा जाने साहस गर्दैन। सृष्टि गरिएका प्राणीहरूमध्येमा, को चाहिँ मेरा कामहरूको फलस्वरूप मलाई प्रेम गर्न आउँदैन र? मेरा वचनहरूको परिणामस्वरूप कसले मेरो चाहना गर्दैन र? मेरो प्रेमको परिणामस्वरूप कसमा अनुरागको भावनाहरू उत्पन्न हुँदैन र? शैतानको भ्रष्टताको कारणले मात्र मानिसहरू मैले अनिवार्य गरेको अवस्थामा पुग्न असमर्थ भएका छन्। मैले अनिवार्य गरेको न्यूनतम मापदण्डहरूले समेत मानिसहरूमा सन्देह उत्पन्न गर्दछ, आजको विषयमा त झन् केही नभने हुन्छ—यो युग, जहाँ शैतानले दङ्गा गर्दछ र एकदमै निरङ्कुश भएको छ—वा त्यो समय, जसमा मानिसहरूलाई शैतानले यतिसम्म कुल्चेको छ कि तिनीहरूका शरीर पूरै फोहोरमा लतपत छन्। मानिसहरूका भ्रष्टताको फलस्वरूप तिनीहरू मेरो हृदयको वास्ता गर्न असफल भएका छन् भन्‍ने कुराले मलाई कहिले दुःखी बनाएको छैन र? के म शैतानलाई टिठ्याउन सक्छु? के मैले आफ्नो प्रेममा गल्ती गरेको हुन सक्छु? जब मानिसहरूले मेरो विरुद्धमा विद्रोह गर्छन्, मेरो हृदय चुपचाप रुन्छ; जब तिनीहरू मेरो प्रतिरोध गर्छन् म तिनीहरूलाई दण्ड दिन्छु; जब तिनीहरू मद्वारा बचाइन्छन् र मरेकाहरूबाट पुनरुत्थान हुन्छन्, म अधिकतम ध्यान दिएर तिनीहरूलाई पोषित गर्दछु; जब तिनीहरू मेरो अधीनमा बस्छन्, मेरो हृदय ढुक्क हुन्छ र म तुरुन्त स्वर्ग र पृथ्वी अनि सबै कुराहरूमा ठूला परिवर्तनहरू भएको महसुस गर्दछु। जब मानिसहरूले मेरो प्रशंसा गर्छन्, तब म त्यसको आनन्द नलिई कसरी बस्न सक्छु र? जब तिनीहरू मेरो साक्षी बन्छन् र मद्वारा प्राप्त हुन्छन्, तब मैले कसरी महिमा प्राप्त गर्दिन र? के मानिसले जे-जसरी कार्य र व्यवहार गर्छन् सो मद्वारा संचालित र आपूर्ति नगरिएको हुन सक्छ र? जब म दिशानिर्देश गर्दिनँ, मानिसहरू निष्क्रिय र सुस्त हुन्छन्; यसबाहेक, मेरो पिठिउँपछाडि तिनीहरू ती “प्रशंसनीय” फोहोर कारोबारमा संलग्न हुन्छन्। के तँलाई मैले धारण गरेको देहले तेरा कार्यहरू, तेरा व्यवहारहरू र तेरा बोलीवचनहरू केही पनि जान्दैन भनी सोच्छस्? मैले धेरै वर्ष बतास र वर्षा सहेको छु, अनि त्यसरी नै मैले मानवीय संसारको तीतोपना अनुभव गरेको छु; तापनि, ध्यान दिएर विचार गर्दा, जत्ति नै धेरै दुःख-कष्टले पनि देहीय मानवजातिलाई ममाथि आशा मार्ने बनाउन सक्दैन, कुनै पनि मिठासले देहीय मानवलाई मप्रति चिसो, निराश वा तिरस्कारपूर्ण पार्ने त कुरै नगरौं। के मप्रतिको तिनीहरूको प्रेम साँच्चै दुःखको कमी वा मिठासको कमीमा सीमित छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ९

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४०

आज, मैले तिमीहरूलाई यस बिन्दुसम्म अगुवाइ गरेको हुनाले, उपयुक्त प्रबन्धहरू गरेको छु, र मेरा आफ्नै उद्देश्यहरू छन्। यदि मैले आज तिमीहरूलाई तीबारे बताएँ भने, के तिमीहरूले साँच्चै ती चिन्न सक्नेछौ र? म मानिसको दिमागका सोचहरू र मानिसको हृदयका इच्छाहरू राम्रोसँग चिन्दछु: कसले आफ्ना लागि निकासको बाटो कहिल्यै खोजेको हुँदैन र? कसले आफ्ना सम्भावनाहरूबारे कहिल्यै सोचेको हुँदैन र? तर मानिसमा प्रशस्त र प्रचुर सोच भए पनि, हजारौँ वर्षपछि वर्तमान समय यस्तो हुनेछ भनेर कसले पूर्वानुमान गर्न सकेको थियो र? के यो साँच्चै तेरा आफ्नै व्यक्तिगत प्रयासहरूको फल हो? के तेरो सम्पूर्ण प्रयासको पारिश्रमिक यही हो? के तेरो दिमागले कल्पना गरेको सुन्दर दृश्य यही हो? यदि मैले सम्पूर्ण मानवजातिलाई मार्गदर्शन नगरेको भए, मेरा प्रबन्धहरूबाट आफूलाई अलग गर्न र अर्को निकास खोज्न कसले सक्नेथियो र? के मानिसका कल्पना र इच्छाहरूले नै उसलाई आजको दिनसम्म ल्याइपुर्‍याएको हो? धेरै मानिसका इच्छाहरू जीवनभर पूरा हुँदैनन्। के यो साँच्चै तिनीहरूको सोचाइमा भएको त्रुटिका कारणले हो? धेरै मानिसको जीवन अप्रत्याशित खुसी र सन्तुष्टिले भरिएको हुन्छ। के यो साँच्चै तिनीहरूको अपेक्षा ज्यादै कम भएर हो? सम्पूर्ण मानवजातिमध्ये कसले सर्वशक्तिमान्‌को नजरमा हेरचाह प्राप्त गर्दैन र? को चाहिँ सर्वशक्तिमान्‌को पूर्वनिर्धारणमा जिउँदैन? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइअनुसार हुन्छ र? के मानिसको भवितव्य उसकै नियन्त्रणमा हुन्छ? धेरै मानिस मृत्युलाई पुकार्छन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिस जीवनमा बलियो हुन चाहन्छन् र तिनीहरू मृत्युको डर मान्छन्, तर तिनीहरूलाई थाहै नभई, तिनीहरूको मृत्युको दिन नजिकिन्छ, र तिनीहरू मृत्युको खाडलमा धकेलिन्छन्; धेरै मानिस आकाशतिर हेर्छन् र लामो सुस्केरा हाल्छन्; धेरै मानिस डाँको छोडेर रुन्छन्; धेरै मानिस परीक्षाहरूमाझ ढल्छन्; र धेरै मानिस परीक्षामाझ बन्दी बन्छन्। मानिसले मलाई स्पष्ट रूपमा देखोस् भन्नका लागि म व्यक्तिगत रूपमा देखा नपरे पनि, धेरै मानिस मेरो मुहार हेर्न डराउँछन्, मैले तिनीहरूलाई ढाल्ने र नामेट पार्ने हो कि भनेर अत्यन्तै डराउँछन्। मानिसले मलाई साँच्चै चिन्छ कि चिन्दैन? कसैले पनि निश्चित रूपमा भन्न सक्दैन। के यसै होइन र? तिमीहरू म र मेरो सजाय दुवैको डर मान्छौ, तर तिमीहरू खडा भएर खुलेआम मेरो विरोध गर्ने र मलाई गलत ठहराउने पनि गर्छौ। के कुरा यही होइन र? मानिसले मलाई कहिल्यै नचिन्नुको कारण उसले मेरो मुहार कहिल्यै नदेखेको र मेरो आवाज कहिल्यै नसुनेको भएर हो। त्यसकारण, म मानिसको हृदयभित्र भए पनि, के कोही छ जसको हृदयमा म धमिलो र अस्पष्ट छैनँ? के म कसैको हृदयमा पूर्ण रूपमा प्रस्ट छु? म मेरा मानिसहरूले पनि मलाई अस्पष्ट र धमिलो देखून् भन्‍ने चाहन्नँ, त्यसैले म यो महान् काममा लाग्छु।

म सुटुक्क मानिसमाझ आउँछु, र त्यसपछि म सुस्तरी गइहाल्छु। के कसैले मलाई कहिल्यै देखेको छ र? के सूर्यले आफ्नो दन्किँदो ज्वालाका कारण मलाई देख्न सक्छ र? के चन्द्रमाले आफ्नो चम्किलो उज्यालोका कारण मलाई देख्न सक्छ र? के नक्षत्रहरूले आकाशमा भएको आफ्नो स्थानका कारण मलाई देख्न सक्छन् र? म आउँदा मानिसलाई त्यो थाहा हुँदैन, र सबै कुरा अनजान रहन्छन्, र म जाँदा पनि मानिस बेखबर नै हुन्छ। मेरा लागि कसले गवाही दिन सक्छ? के पृथ्वीका मानिसहरूको प्रशंसा मेरो गवाही हुन सक्छ? के उजाडस्थलमा फुलिरहेका लिली फूलहरू मेरा गवाही हुन सक्छन्? के आकाशमा उडिरहेका चराहरू मेरा गवाही हुन्? के पहाडहरूमा गर्जिरहेका सिंहहरू मेरा गवाही हुन्? कसैले पनि पूर्ण रूपमा मेरो गवाही दिन सक्दैन! मैले गर्ने काम कसैले पनि गर्न सक्दैन! तिनीहरूले यो काम गरे पनि, यसले के प्रभाव पार्नेथियो र? हरेक दिन म धेरै मानिसको हरेक कार्य अवलोकन गर्छु, र हरेक दिन म धेरै मानिसको हृदय र मन छानबिन गर्छु; मेरो न्यायबाट कहिल्यै कोही पनि उम्केको छैन, र कसैले पनि मेरो न्यायको वास्तविकताबाट आफूलाई कहिल्यै मुक्त गरेको छैन। म आकाशमाथि उभिन्छु र टाढासम्म हेर्छु: असङ्ख्य मानिस मद्वारा ढालिएका छन्, तैपनि, त्यसैगरी मेरो कृपा र प्रेमिलो दयालुपनमा पनि अनगिन्ती मानिस जिउँछन्। के तिमीहरू पनि यस्ता परिस्थितिहरूमा जिउँदैनौ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ११

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४१

पृथ्वीमा, म मानिसहरूको हृदयमा वास गर्ने व्यावहारिक परमेश्‍वर स्वयम् हुँ; स्वर्गमा, म यावत् थोकको सार्वभौम हुँ। मैले पहाडहरू चढेको छु र नदीहरू तरेको छु, र म मानिसहरूबीच बतासजस्तै हिँडेको छु। व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई खुलेआम विरोध गर्ने आँट कसले गर्छ? सर्वशक्तिमान्‌को सार्वभौमिकताबाट उम्कने आँट कसले गर्छ? म निस्सन्देह स्वर्गमा छु भनेर दाबी गर्ने आँट कसले गर्छ? यसबाहेक, म निर्विवाद रूपमा पृथ्वीमा छु भनेर दाबी गर्ने आँट कसले गर्छ? मानिसहरूबीच म कहाँ छु भनेर स-विस्तार बताउन सक्ने कोही पनि छैन। म स्वर्गमा हुँदा अलौकिक परमेश्‍वर स्वयम् हुँ, र म पृथ्वीमा हुँदा व्यावहारिक परमेश्‍वर स्वयम् हुँभन्ने हुन सक्छ र? निश्‍चय नै, म व्यावहारिक परमेश्‍वर स्वयम् हुँ कि होइन भन्‍ने कुरा म यावत् थोकको सार्वभौम भएको कारणबाट वा मैले मानव संसारका कष्टहरू भोग्ने तथ्यबाट निर्धारण गर्न सकिँदैन, सकिन्छ र? यदि त्यसो हुन्थ्यो भने, के मानिसहरू कुनै आशा नरहने गरी अज्ञानी हुनेथिएनन् र? म स्वर्गमा छु, तर म पृथ्वीमा पनि छु; म यावत् थोकबीच छु, र असङ्ख्य मानिसबीच पनि छु। मानिसहरू हरेक दिन मेरो सम्पर्कमा आउन सक्छन्; यसबाहेक, तिनीहरू मलाई हरेक दिन देख्न सक्छन्। जहाँसम्म मानिसको सवाल छ, म कहिले लुकेको र कहिले सदृश्‍य भएको जस्तो देखिन्छु; म वास्तवमा अस्तित्वमा भएजस्तो देखिन्छु, तैपनि म अस्तित्वमा नभएजस्तो पनि देखिन्छु। ममा मानिसले बुझ्‍न नसक्ने रहस्यहरू निहित छन्। मानौँ सबै मानिस ममा अझ धेरै रहस्य पत्ता लगाउनका लागि, र त्यसद्वारा आफ्नो हृदयमा भएको त्यो असहज भावना हटाउने आशा गर्दै माइक्रोस्कोपबाट मलाई चियाएर हेरिरहेका छन्। तर, तिनीहरूले एक्स-रे नै प्रयोग गरे पनि, मसँग भएका कुनै पनि रहस्यहरू तिनीहरू कसरी उजागर गर्न सक्छन् र?

मेरो कामको परिणामस्वरूप, मेरा मानिसहरूले मसँगसँगै महिमा प्राप्त गर्ने क्षणमा, ठूलो रातो अजिङ्गरको ओडार पत्ता लगाइनेछ, सबै हिलो हटाएर सफा गरिनेछ, र कैयौँ वर्षदेखि जमेको सबै प्रदूषित पानी अबउप्रान्त अस्तित्वमै नरहने गरी मेरो दन्केको आगोमा सुकिजानेछ। त्यसपछि, ठूलो रातो अजिङ्गर आगो र गन्धकको कुण्डमा नष्ट हुनेछ। के तिमीहरू त्यो अजिङ्गरले तिमीहरूलाई खोसेर नलैजाओस् भनी साँच्‍चै मेरो प्रेमिलो हेरचाहमुनि रहिरहन इच्छुक छौ? के तिमीहरू साँच्‍चै त्यसका युक्तिहरूलाई घृणा गर्छौ? कसले मेरो लागि बलियो साक्षी दिन सक्छ? मेरो नाउँका खातिर, मेरो आत्माका खातिर, र मेरो सम्पूर्ण व्यवस्थापनको योजनाका खातिर, कसले आफ्ना सबै सामर्थ्यको बलि चढाउन सक्छ? आज, राज्य मानव संसारमा छ, र यो म व्यक्तिगत रूपमै मानिसको संसारमा ओर्लेको समय हो। यदि त्यस्तो नभएको भए, के कोही अलिकति पनि डर नमानी मेरो पक्षबाट लडाइँको मैदानमा उत्रिन सक्थ्यो र? राज्यले आकार लिओस्, मेरो हृदय सन्तुष्ट होस्, अनि त्यसबाहेक, मेरो दिन आओस्, यावत् थोकहरू पुनर्जीवित हुने र प्रशस्त मात्रामा बढ्ने समय आओस्, मानिसहरूलाई दुःखको समुद्रबाट उद्धार गर्न सकियोस्, भोलिको दिन आओस् र यो अद्भुत होस्, फलोस् र फुलोस्, र त्यसबाहेक, भविष्यको आनन्द पूरा हुन सकोस् भनेर, सबै मानिस आफ्नो पूरा शक्तिका साथ सङ्घर्ष गरिरहेका छन्, र मेरो लागि आफ्नै बलि चढाउन कुनै कसर बाँकी राखेका छैनन्। के यो मा विजयी भइसकेको छु भन्‍ने कुराको सङ्केत होइन र? के यो मेरो योजनाको समाप्तिको निसान होइन र?

आखिरी दिनहरूमा जति धेरै मानिसहरू अस्तित्वमा हुन्छन्, तिनीहरूले संसारको शून्यता त्यति नै धेरै महसुस गर्नेछन्, र उनीहरूसित जीवन जिउने साहस त्यति नै थोरै हुनेछ। यस कारणले गर्दा, अनगिन्ती मानिसहरू निराश भएर मरेका छन्, अरू असङ्ख्य मानिसहरूले आफ्‍नो खोजमा हरेस खाएका छन्, र अरू अनगिन्ती मानिसहरूले शैतानको हातको नियन्त्रणमा पीडा भोगिरहेका छन्। मैले धेरै मानिसहरूलाई बचाएँ र तीमध्ये धेरैलाई सहयोग गरेँ, र मानिसहरूले ज्योति गुमाएको बेला धेरैपटक मैले तिनीहरूलाई ज्योतिको ठाउँमा फर्काएर ल्याएको छु, ताकि तिनीहरूले मलाई ज्योतिमा चिनून् र खुसीले ममा रमाऊन्। मेरो ज्योति आएको कारण, मेरो राज्यमा बसोबास गर्ने मानिसहरूका हृदयमा भक्ति बढ्छ, किनकि म मानवजातिले प्रेम गर्नुपर्ने परमेश्‍वर हुँ—त्यो परमेश्‍वर हुँ, जोसँग मानिसहरू स्‍नेहसाथ जोडिन्छन्—अनि, तिनीहरू मेरो स्वरूपको प्रभावको छापद्वारा भरिएका हुन्छन्। यद्यपि, सबै कुरा भनिसकिएपछि र गरिसकिएपछि, यो आत्माको काम हो कि देहको काम हो भनेर बुझ्ने कोही हुँदैन। यो एउटा कुरा पूर्ण रूपमा अनुभव गर्न मानिसहरूलाई जीवनभरिको समय लाग्छ। मानिसहरूले तिनीहरूका हृदयभित्रका स्थानहरूमा मलाई कहिल्यै पनि तुच्छ ठानेका छैनन्; बरु तिनीहरू आफ्ना आत्माको गहिराइमा मसँग टाँसिइरहन्छन्। मेरो बुद्धिले उनीहरूको प्रशंसा बढाउँछ, मैले गर्ने आश्‍चर्यकर्महरू तिनीहरूका आँखाका तृप्ति हुन्, र मेरा वचनहरूले तिनीहरूको दिमाग घुमाउँछ, तैपनि तिनीहरूले तिनलाई प्रेमपूर्वक सम्हालेर राख्छन्। मेरो व्यावहारिकताले मानिसहरूलाई अन्योल तुल्याउँछ, अवाक् बनाउँछ र छक्‍क पार्छ, र तापनि तिनीहरू तिनलाई स्वीकार्न तयार हुन्छन्। के यो मानिसहरू जस्ता छन् त्यसको सही मापन होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १५

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४२

१. मानिसले आफैलाई ठूलो ठान्नु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।

२. परमेश्‍वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्‍वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्‍वरको नाउँ, उहाँको गवाही र उहाँको कामको प्रतिरक्षा गर्नू।

३. पैसा, भौतिक वस्तु, र परमेश्‍वरको घरमा भएका सबै सम्पत्ति मानिसले दिनुपर्ने भेटीहरू हुन्। यी भेटीहरू पूजाहारी र परमेश्‍वरबाहेक अरू कसैले पनि उपभोग गर्न सक्दैन, किनकि मानिसले चढाउने भेटीहरू परमेश्‍वरको उपभोगका निम्ति हुन्। परमेश्‍वरले यी भेटीहरू पूजाहारीसँग मात्र बाँड्नुहुन्छ; अरू कोही पनि त्यसको कुनै भाग उपभोग गर्ने योग्यको र हकदार हुँदैन। मानिसका सबै भेटीहरू (उपभोग गर्न सकिने पैसा र भौतिक थोक) परमेश्‍वरलाई दिइन्छ, मानिसलाई होइन, र त्यसैले यी थोकहरू मानिसले उपभोग गर्नु हुँदैन; यदि मानिसले यी थोकहरू उपभोग गर्छ भने, उसले भेटीहरू चोरिरहेको हुन्छ। जसले त्यसो गर्छ ऊ यहूदा हो, किनकि यहूदाले प्रभुलाई विश्‍वासघात गर्नुका साथै, उसले पैसाको थैलीमा राखिने गरिएको पैसा आफ्‍नै निम्ति प्रयोग गऱ्यो।

४. मानिसमा भ्रष्ट स्वभाव हुन्छ र त्यसबाहेक ऊसँग भावनाहरू छन्। जस्तै कि, परमेश्‍वरको सेवा गर्दा विपरीत लिङ्गका दुई सदस्यहरू मात्र एकलै रहेर काम गर्न पूर्ण रूपमा निषेध गरिएको छ। त्यसो गरेको थाहा पाइएको खण्डमा, जोकोहीलाई कुनै अपवादविना निष्कासित गरिनेछ।

५. परमेश्‍वरलाई दोष लगाउने काम गर्नु हुँदैन न त परमेश्‍वरसित सम्बन्धित विषयहरूमा लापरवाही किसिमले छलफल नै गर्नु हुन्छ। मानिसले जे गर्नुपर्दछ त्यही गर्, अनि मानिसले जे बोल्नुपर्छ त्यही बोल्, सीमितताहरू ननाघ् र परिधिहरू ननाघ्। परमेश्‍वरको स्वभावलाई चिढ्याउने काम गर्नबाट बच्‍नको लागि आफ्नो जिब्रोको रक्षा गर्, र कहाँ पाइला टेक्छस् त्यसमा होसियार बन्।

६. मानिसले जे गर्नुपर्छ त्यही गर्, र तेरा दायित्वहरू फत्ते गर्, र तेरा जिम्मेवारीहरू पूरा गर्, अनि तेरो कर्तव्य थामिराख्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, परमेश्‍वरको काममा आफ्नो योगदान दिनुपर्छ, यदि तैँले योगदान दिँदैनस् भने, तँ परमेश्‍वरको वचन खान र पिउन अयोग्य छस्, र परमेश्‍वरको परिवारमा बस्न अयोग्य छस्।

७. मण्डलीको काम र मामिलाहरूमा, परमेश्‍वरप्रति समर्पित हुनुबाहेक, सबै कुरामा पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिका निर्देशनहरू पालना गर्। सानोभन्दा सानो उल्‍लङ्घन पनि स्वीकार्य छैन। पूर्ण रूपले आज्ञापालन गर्, र सही वा गलतको विश्लेषण नगर्; सही वा गलतको तँसँग कुनै सम्बन्ध छैन। तैँले पूर्ण समर्पण गर्ने कुरामा मात्र ध्यान दिनैपर्छ।

८. परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँमा समर्पण र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्‍नु हुँदैन। यो परमेश्‍वरको निम्ति असहनीय हुन्छ।

९. मण्डलीको काममा नै तेरा विचारहरूलाई केन्द्रित गर्। तेरा आफ्नै देहका सम्भावनाहरूलाई एकातिर पन्छाउन, पारिवारिक विषयहरूबारे निर्णायक बन्, आफूलाई सम्पूर्ण हृदयले परमेश्‍वरको काममा समर्पित गर्, र परमेश्‍वरको कामलाई पहिलो स्थानमा अनि तेरो आफ्नै जीवनलाई दोस्रो स्थानमा राख्। सन्तको शिष्टता यही हो।

१०. ती आफन्तहरू (तेरा छोराछोरी, तेरा पति वा तेरी पत्नी, तेरा दिदी-बहिनी, वा तेरा बाबुआमा इत्यादि) जो विश्‍वासी होइनन्, उनीहरूलाई मण्डलीमा आउन जबरजस्ती गर्नु हुँदैन। परमेश्‍वरको घरमा सदस्यहरूको कमी छैन, र काम नलाग्ने मानिसहरूलाई ल्याएर सङ्ख्या बढाउनु आवश्यक छैन। जसले खुसीसाथ विश्‍वास गर्दैनन्, उनीहरूलाई मण्डलीमा ल्याउनै हुँदैन। यो आदेश सबै मानिसहरूप्रति निर्देशित छ। तिमीहरूले यस विषयमा एकअर्कालाई जाँच्नुपर्छ, सुपरिवेक्षण गर्नुपर्छ, र स्मरण गराउनुपर्छ; यसलाई कसैले उल्लङ्घन गर्न मिल्दैन। विश्‍वासदेखि बाहिरका आफन्तहरू मन नलागी-नलागी मण्डलीमा प्रवेश गर्छन् भने पनि उनीहरूलाई पुस्तकहरू दिनै हुँदैन वा नयाँ नाउँ दिनै हुँदैन; त्यस्ता मानिसहरू परमेश्‍वरको घरका होइनन्, र भएभरको उपाय लगाएर उनीहरूलाई मण्डलीभित्र प्रवेश गर्नबाट रोक्नैपर्छ। यदि भूतात्माहरूको आक्रमणको कारण मण्डलीमा समस्या आयो भने, तँ आफैलाई निष्कासित गरिनेछ वा तँमाथि प्रतिबन्धहरू लगाइनेछ। सङ्क्षेपमा, यस मामिलामा सबैको जिम्मेवारी हुन्छ, यद्यपि तँ लापरवाह हुनु हुँदैन, र तैँले यसलाई व्यक्तिगत रिसइबी साँध्न प्रयोग गर्नु हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४३

मानिसहरू आफूले पालना गर्नुपर्ने धेरै कर्तव्यहरूमा दृढ रहनैपर्छ। मानिसहरू दृढ रहनु पर्ने कुरा नै यही हो, र उनीहरूले व्यवहारमा लागू गर्नुपर्ने कुरा यही नै हो। पवित्र आत्माद्वारा गरिनै पर्ने गर्न कुरा पवित्र आत्मालाई नै गर्न दिऊँ; मानिसले यसमा कुनै भूमिका खेल्न सक्दैन। मानिसद्वारा गरिनु पर्ने कुरामा मात्र मानिस दृढ रहनुपर्छ, जसको पवित्र आत्मासँग कुनै सम्बन्ध छैन। यो मानिसले गर्नुपर्ने बाहेक केही होइन, र यसलाई पुरानो करारको व्यवस्थालाई पालन गरेजस्तै, यसलाई पनि आदेशको रूपमा पालन गरिनुपर्छ। हुन त अहिले व्यवस्थाको युग होइन, तर पनि अझसम्म पनि पालन गर्नुपर्ने धेरै वचनहरू छन्, जुन व्यवस्थाको युगमा बोलिएका वचनहरू जस्तै, उस्तै प्रकारका छन्। ती वचनहरू केवल पवित्र आत्माको स्पर्शमा भर परेर मात्रै व्यवहारमा लागू गरिँदैनन्, बरु ती मानिसले पालन गर्नुपर्ने कुराहरू हुन्। उदाहरणको लागि:

व्यावहारिक परमेश्‍वरको कामलाई तैँले न्याय गर्नु हुँदैन।

परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसलाई तैँले विरोध गर्नु हुँदैन।

परमेश्‍वरको सामुन्ने, तँ आफ्नो स्थानमा बस्‍नुपर्छ र हठी हुनुहुँदैन।

बोलीवचनमा तँ संयमित हुनुपर्छ, र तेरा वचन र कामहरूले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको प्रबन्धहरूलाई अनुसरण गर्नुपर्छ।

तैँले परमेश्‍वरको गवाहीको डर मान्नुपर्छ। तैँले परमेश्‍वरको काम र उहाँका मुखबाट निस्किएका वचनहरूलाई बेवास्ता गर्नुहुँदैन।

तैँले परमेश्‍वरका वाणीहरूको लबज र लक्ष्यलाई नक्कल गर्नु हुँदैन।

बाहिरी रूपमा, तैँले त्यस्तो केही गर्नु हुँदैन जसले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्पष्ट रूपमा विरोध गर्छ।

हरेक व्यक्तिले पालन गर्नुपर्ने कुराहरू यिनै हुन्। हरेक युगमा परमेश्‍वरले व्यवस्थाहरूसँग मिल्दो र मानिसले पालना गर्नु पर्ने धेरै प्रावधानहरू तोक्‍नुहुन्छ। यसद्वारा, उहाँले मानिसको स्वभावलाई लगाम लगाउनुहुन्छ र उसको इमानदारीता पत्ता लगाउनुहुन्छ। उदाहरणको लागि, “तिमीहरूका बुबा र आमालाई सम्मान गर” भन्‍ने पुरानो करारका वचनहरूलाई विचार गर। आज यी वचनहरू लागू हुँदैनन्; त्यो समयमा तिनले मानिसका केही बाह्य स्वभावमा लगाम मात्रै लगाए, परमेश्‍वरमा मानिसको विश्‍वासको इमानदारीतालाई देखाउन प्रयोग गरियो, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूको चिन्‍ह थिए। अहिले राज्यको युग भए पनि मानिसले पालना गर्नुपर्ने धेरै प्रावधानहरू अझै छन्। विगतका नियमहरू लागू हुँदैनन्, र आज मानिसले अभ्यास गर्नको लागि उपयुक्त धेरै अभ्यासहरू छन् र ती आवश्यक छन्। तिनले पवित्र आत्माको कामलाई समावेश गर्दैनन् र ती मानिसद्वारा नै गरिनुपर्छ।

अनुग्रहको युगमा, व्यवस्थाको युगका धेरै अभ्यासहरूलाई परित्याग गरियो किनकि ती व्यवस्थाहरू त्यो समयको कामको लागि निश्‍चित रूपमा प्रभावकारी भएनन्। तिनीहरूलाई परित्याग गरिएपछि त्यो युगको लागि उपयुक्त रहेका धेरै अभ्यासहरू अघि सारियो, र ती नै आजका धेरै प्रावधानहरू बनेका छन्। जब आजका परमेश्‍वर आउनुभयो, तब ती प्रावधानहरूलाई हटाइयो र तिनीहरूलाई पालना गर्नुपर्ने आवश्यकता रहेन, र आजको कामको लागि उपयुक्त धेरै अभ्यासहरू अघि सारियो। आज, यी अभ्यासहरू प्रावधानका रूपमा छैनन्, बरु प्रभाव प्राप्त गर्नका लागि लक्षित छन्; तिनीहरू आजको लागि उपयुक्त छन्—भोलि ती सायद प्रावधान बन्‍नेछन्। सङ्क्षेपमा, तैँले त्यसलाई पालन गर्नुपर्छ जुन आजको कामको लागि फलदायी छ। भोलिलाई ध्यान नदे: आज जे गरिन्छ त्यो आजको लागि हुन्छ। हुनसक्छ जब भोलि आउँछ, तैँले लागू गर्नु पर्ने राम्रा अभ्यासहरू हुनेछन्—तर त्यसलाई अति धेरै ध्यान नदे। बरु परमेश्‍वरको विरोध गर्नबाट बच्‍न त्यो कुराको पालना गर्, जुन कुरा आज पालना गर्नुपर्छ। आज, मानिसको लागि निम्‍न कुराको पालनाभन्दा बढी महत्त्वपूर्ण अरू केही छैन:

तैँले तेरो आँखा अगाडि उभिनुहुने परमेश्‍वरलाई मनाउने वा उहाँबाट कुनै कुरा लुकाउने कोसिस गर्नु हुँदैन।

तेरो सामुन्ने हुनुहुने परमेश्‍वरका अघि तैँले अपशब्द वा अहङ्कारी कुरा बोल्नु हुँदैन।

मीठा वचनहरू र राम्रा बोलीवचनहरूद्वारा उहाँको विश्‍वास जित्नको लागि तेरो आँखा सामुन्नेका परमेश्‍वरलाई तैँले छल गर्नु हुँदैन।

परमेश्‍वरका अगाडि तैँले अनादर पूर्वक व्यवहार गर्नु हुँदैन। परमेश्‍वरका मुखबाट बोलिएका सबै कुरामा तँ समर्पित हुनुपर्छ, र उहाँका वचनहरूको प्रतिरोध, विरोध वा विवाद गर्नु हुँदैन।

परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले आफू अनुकूल अर्थ लगाउनु हुँदैन। दुष्टको छली योजनाहरूको शिकार हुनबाट आफूलाई जोगाउन तैँले आफ्नो जिब्रोलाई काबुमा राख्नुपर्छ।

परमेश्‍वरद्वारा तेरो लागि तय गरिएका सीमाहरू नाघ्‍नबाट जोगिन तैँले आफ्ना कदमहरूलाई काबुमा राख्नुपर्छ। यदि तैँले अपराध गरिस् भने, यसले तँलाई परमेश्‍वरको स्थानमा उभिने र अहङ्कारी शब्दहरू बोल्ने बनाउनेछ, र त्यसैले परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ।

परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले जथाभाबी फैलाउनु हुँदैन, नत्र अरूले तेरो निन्दा गर्छन् र दियाबलसहरूले तँलाई मूर्ख बनाउँछन्।

तँ परमेश्‍वरका आजका सबै काममा समर्पित हुनुपर्छ। यदि तैँले यसलाई बुझिनस् भने पनि, तैँले यसलाई न्याय गर्नु हुँदैन; तैँले गर्न सक्ने भनेको खोजी गर्नु र सङ्गति गर्नु हो।

परमेश्‍वरको मूल स्थानलाई कुनै व्यक्तिले पनि उल्लङ्घन गर्नु हुँदैन। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरको सेवा गर्नेभन्दा बढी केही गर्न सक्दैनस्। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरलाई सिकाउन सक्दैनस्—यसो गर्नु भनेको गलत हो।

परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्थानमा कोही पनि खडा हुन सक्दैन; तेरा वचनहरू, व्यवहारहरू, र अन्तस्करणका विचारहरूमा, तँ मानिसकै स्थानमा खडा छस्। यसलाई मानिसले पालन गर्नुपर्छ, यो उसकै जिम्मेवारी हो, र यसलाई कसैले पनि बदल्‍न सक्दैन; त्यस्तो दुष्प्रयासले प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नेछ। यसलाई सबैले सम्झिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। नयाँ युगका आज्ञाहरू

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४४

तिमीहरूले धेरैवटा कुराहरू प्राप्‍त गरेको होस् भन्‍ने मैले आशा राखेको छु, तर तिमीहरूका सबै कार्यहरू, तिमीहरूका जीवनका सबै थोकहरूले पनि मैले भनेका कुराहरू पूरा गर्न सक्दैनौ, त्यसैले मसँग सीधै मुख्य बुँदामा आएर आफ्ना अभिप्रायहरू तिमीहरूलाई बुझाउनुको विकल्प नै छैन। तिमीहरूको विवेक कमजोर भए जस्तै तिमीहरूको कृतज्ञता पनि कमजोर नै छ, तिमीहरू मेरो स्वभाव र सारतत्त्वका विषयमा नितान्त अनभिज्ञ छौ—त्यसैले, यो अत्यन्त जरुरी विषय भएको कारण म ती तिमीहरूलाई जानकारी गराउँछु। तैँले पहिला जतिसुकै बुझेको भए तापनि, तैँले यी विषयहरू बुझ्‍न चाहेका भए तापनि, मैले ती सबै तिमीहरूलाई विस्तृत रूपमा व्याख्या गरिदिनुपर्छ। यी विषयहरू तिमीहरूका निम्ति पूर्णतया नयाँ होइनन्, तैपनि तिमीहरूसँग यिनीहरूमा भएको अर्थसँग धेरै बुझाइको, धेरै परिचितताको अभाव छ। तिमीहरूमध्ये धेरै जनासँग निकै थोरै मात्र बुझाइ छ, र आंशिक र अपूर्ण बुझाइ छ। सत्यता राम्ररी अभ्यास गर्न—मेरा वचनहरू राम्ररी अभ्यास गर्न तिमीहरूलाई सहायता गर्न तिमीहरू सबैभन्दा पहिले यी विषयहरूप्रति सचेत हुनु आवश्यक छ भन्‍ने मलाई लाग्छ। यदि त्यसो भएन भने, तिमीहरूको विश्‍वास अस्पष्ट, पाखण्डीपनमै सीमित रहनेछ, र धर्मको जालले भरिएको हुनेछ। यदि तिमीले परमेश्‍वरको स्वभाव बुझेका छैनौ भने तिमीले उहाँको निम्ति गर्नुपर्ने काम गर्न असम्भव हुनेछ। यदि तिमीलाई परमेश्‍वरको सारतत्त्व थाहा छैन भने तिमीमा उहाँको डर र भय हुने कुरा पनि असम्भव हुनेछ; बरु केवल देखावटी धर्म-कार्यहरू र छलछाम र अयोग्य ईश्‍वरनिन्दा मात्र हुनेछ। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण छ, साथै परमेश्‍वरको सारतत्त्व थाहा गर्ने कुरालाई नजर अन्दाज गर्न सकिँदैन, कसैले पनि यी विषयहरू विस्तृत रूपमा जाँच वा गहन अनुसन्धान गरेका छैनन्। तिमीहरूले मैले जारी गरेका सबै प्रशासनिक आदेशहरू रद्द गरेका छौ भन्‍ने कुरा स्पष्‍टसँग देख्‍न सकिन्छ। यदि तिमीहरूले परमेश्‍वरको स्वभाव बुझ्‍न सकेनौ भने तिमीहरूले स्वाभाविक रूपमा उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछौ। उहाँको स्वभावको अपमान गर्नु भनेको परमेश्‍वरलाई क्रोधित तुल्याउनु हो, यसो भएमा प्रशासनिक आदेश भङ्ग गर्नु नै तिमीहरूका कार्यहरूका आखिरी फल हुनेछ। जब तैँले परमेश्‍वरको सारतत्त्व थाहा पाउँछस्, तब तैँले परमेश्‍वरको स्वभावलाई बुझ्‍न सक्छस्—र जब तैँले उहाँको स्वभावलाई बुझ्छस् तब प्रशासनिक आदेशहरू पनि बुझ्नेछस् भन्‍ने कुरा अब तैँले महसुस गर्नुपर्छ। यो कुरा भनिराख्‍नु पर्दैन, प्रशासनिक आदेशहरूमा समावेश गरिएका अधिकांश कुराहरूले परमेश्‍वरको स्वभावलाई छुन्छ, तर उहाँका सबै स्वभावहरू प्रशासनिक आदेशहरूमा व्यक्त गरिएका छैनन्; त्यसैले, परमेश्‍वरको स्वभावलाई बुझ्‍न तँ थप एक कदम अघि बढ्नु आवश्‍यक छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्त्वपूर्ण हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४५

परमेश्‍वरको स्वभाव प्रत्येक व्यक्तिका निम्ति अत्यन्त अमूर्त विषयजस्तै देखिन्छ र वास्तवमा त्यस्तै हो, साथै यो प्रत्येक व्यक्तिले सजिलै स्वीकार गर्न सक्‍ने विषय पनि होइन, किनकि उहाँको स्वभाव मानवजातिको व्यक्तित्व जस्तो होइन। परमेश्‍वरको पनि आफ्नै आनन्द, रीस, दुःख र खुशीका भावनाहरू छन्, तर यी भावनात्मक अभिव्यक्तिहरू मानिसका भावनात्मक अभिव्यक्तिहरूभन्दा फरक छन्। परमेश्‍वर स्वयम्का आफ्नैजायजेथा छन् र उहाँको आफ्नै अस्तित्व छ। उहाँले व्यक्त गर्नुहुने र प्रकट गर्नुहुने सबै कुराहरूले उहाँको आफ्‍नै सार र उहाँको आफ्‍नै पहिचानलाई प्रतिनिधित्व गर्छन्। यी जायजेथा र उहाँको अस्तित्व, साथै यो सार र पहिचानलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। उहाँको स्वभावमा मानवजातिका निम्ति उहाँको प्रेम, मानवजातिप्रतिको सान्त्वना, मानवजातिप्रतिको घृणा, र त्योभन्दा बढी, मानवजातिबारे पूर्ण बुझाइ सबै नै समावेश छन्। तर, मानिसको व्यक्तित्वमा प्रफुल्‍लता, जीवन्तता, वा संवेदनाहीनता जस्ता कुराहरू समावेश हुन सक्छ। परमेश्‍वरको स्वभाव यावत् थोक र यावत् जीवित प्राणीमा हुने कुराहरूमाथिको सार्वभौममा हुने स्वभाव हो; यो सृष्‍टिका प्रभुको स्वामित्वमा हुने कुरा हो। उहाँको स्वभावले सम्माननीयता, शक्ति, कुलीनता, महानता, र सबैभन्दा महत्त्वपूर्ण, सर्वोच्‍चताको प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको प्रतीक हो, सबै इन्साफको प्रतीक, सबै सुन्दर र असल कुराको प्रतीक हो। त्योभन्दा पनि बढी, उहाँको स्वभाव अन्धकार वा कुनै शत्रु शक्तिद्वारा पराजित हुनु वा त्यसको आक्रमणमा पर्नुविरुद्धको अभेद्यताको प्रतीक, साथै कुनै पनि सृजित प्राणीको उल्लङ्घन (र उल्लङ्घनप्रतिको असहिष्णुता) विरुद्धको अभेद्यताको प्रतीक हो। उहाँको स्वभाव सर्वोच्‍च शक्तिको प्रतीक हो। कुनै पनि व्यक्ति वा व्यक्तिहरूले उहाँको काम वा उहाँको स्वभावलाई बाधा दिन सक्दैन वा त्यसो गर्न सम्भव छैन। तर मानिसको व्यक्तित्व पशुभन्दा अलिकति उच्‍च छ। मानिस आफैमा कुनै अख्तियार छैन, कुनै स्वतन्त्रता छैन, मानिससँग आफैलाई पार गरेर जाने क्षमता पनि छैन, तर उसको सारमा सबै प्रकारका मानिसहरू, घटनाहरू र थोकहरूको नियन्‍त्रणमा विवश हुने स्वभाव हुन्छ। परमेश्‍वरको आनन्दको कारण इन्साफ र ज्योतिको अस्तित्व र आविर्भाव हो, अन्धकार र दुष्‍टताको विनाश हो। उहाँको आनन्दको कारण उहाँले मानवजातिमाझ ज्योति र राम्रो जीवन ल्याउनु हो; उहाँको आनन्द न्यायवान् आनन्द हो, यो सबै सकारात्मक कुराको अस्तित्वको सङ्केत हो, त्यसभन्दा बढी, यो मङ्गलमय सङ्केत हो। परमेश्‍वरको क्रोधको कारण भनेको अन्यायपूर्ण कुराहरूको अस्तित्व र बाधाले उहाँको मानवजातिलाई गर्ने हानि, दुष्‍टता र अन्धकारको अस्तित्व, सत्यतालाई धपाउने कुराहरूको अस्तित्व, अनि त्योभन्दा बढी, सुन्दर र असल कुराहरूको विरोध गर्ने चीजहरूको अस्तित्व हो। उहाँको क्रोध सबै नकारात्मक कुरा अब अस्तित्वमा छैनन् भन्‍ने कुराको सङ्केत हो, र योभन्दा पनि बढी, यो उहाँको अन्तर्निहित पवित्रताको सङ्केत हो। उहाँको शोकको कारण मानवजाति नै हो, जसका लागि उहाँले आशा राख्‍नुभएको थियो, तर जो अन्धकारमा खसेका छन्, र यस्तो किन भएको हो भने, उहाँले मानिसमा गर्ने कामले उहाँका अभिप्रायहरू पूरा गरिरहेको छैन, किनकि उहाँले प्रेम गर्ने मानवजाति सबै ज्योतिमा जिउन सक्दैनन्। उहाँ निर्दोष मानवजाति, इमानदार तर अज्ञानी मानिस, र असल तर आफ्नै दृष्टिकोणको अभाव भएका मानिसका लागि दुःख महसुस गर्नुहुन्छ। उहाँको दुःख उहाँको भलाइ र उहाँको कृपाको सङ्केत हो, सुन्दरता र परोपकारको सङ्केत हो। उहाँको खुसी निश्‍चय नै उहाँका शत्रुहरूलाई पराजित गर्ने र मानिसको इमानदारी प्राप्त गर्ने कार्यबाट आउँछ। योभन्दा बढी त, यो सबै शत्रु शक्तिको निष्कासन र विनाशबाट, अनि मानवजातिले राम्रो र शान्तिपूर्ण जीवन प्राप्‍त गर्ने कुराबाट उत्पन्न हुन्छ। परमेश्‍वरको खुसी मानिसको आनन्द जस्तै होइन, बरु यो त असल फलहरू कटाइ गर्ने भावना हो, जुन भावना आनन्दभन्दा अझ धेरै ठूलो कुरा हो। उहाँको खुसीयाली मानवजाति यस समयदेखि कष्टबाट मुक्त भएको, र मानवजाति ज्योतिको संसारमा प्रवेश गरेको सङ्केत हो। अर्कोतिर, मानवजातिका संवेगहरू सबै उसका आफ्ना हितहरूका खातिर उत्पन्‍न हुन्छन्, ती इन्साफ, ज्योति वा सुन्दर कुराका खातिर हुँदैनन्, र स्वर्गबाट दिइएको अनुग्रहका खातिर त झनै हुँदैनन्। मानवजातिका संवेगहरू स्वार्थी हुन्छन्, ती अन्धकारको संसारमा अस्तित्वमा हुन्छन्, र ती परमेश्‍वरको इच्छाका खातिर उत्पन्न हुँदैनन्, उहाँको योजनाका खातिर त झनै हुँदैनन्। त्यसैले, मानिस र परमेश्‍वरलाई कहिल्यै बराबर मान्न मिल्दैन। परमेश्‍वर सदासर्वदा सर्वोच्‍च हुनुहुन्छ र उहाँ सदासर्वदा आदरणीय हुनुहुन्छ भने, मानिसचाहिँ सदैव तुच्छ र सदैव मूल्यहीन हुन्छ। किनभने परमेश्‍वर सदासर्वदा मानवजातिका लागि आफैलाई अर्पित गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ, जबकि मानिसले चाहिँ सधैँ आफ्नै निम्ति माग गर्छ र आफ्नै निम्ति लागिपर्छ। परमेश्‍वर सधैँ मानवजातिको अस्तित्वका लागि धेरै कष्ट उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै इन्साफ वा ज्योतिका खातिर कुनै योगदान गर्दैन, र मानिसले केही अस्थायी प्रयास गरे पनि, त्यसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ आफ्नै निम्ति मात्र हुन्छ, र अरूका लागि हुँदैन। मानिस सदासर्वदा स्वार्थी हुन्छ, जबकि परमेश्‍वर सदासर्वदा निःस्वार्थ हुनुहुन्छ। परमेश्‍वर सबै न्यायवान्, असल र सुन्दर कुराहरूको मूल हुनुहुन्छ, जबकि मानिस त्यो हो, जसले सबै कुरूपता र दुष्टताको उत्तराधिकार लिन्छ र तिनलाई व्यक्त गर्छ। परमेश्‍वरले इन्साफ र सुन्दरताको आफ्नो सार कहिल्यै रूपान्तरण गर्नुहुनेछैन, तैपनि मानिस कुनै पनि समयमा र कुनै पनि स्थानमा इन्साफलाई धोका दिएर परमेश्‍वरदेखि टाढा जान सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्त्वपूर्ण हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो फाइदा पाउनेछौ। परमेश्‍वरको सारतत्त्वका विषयमा बुझ्‍न अति गाह्रो हुन्छ, तर तिमीहरू सबै जनासँग परमेश्‍वरको स्वभावका विषयमा केही हदसम्म ज्ञान रहेको छ भनी म विश्‍वास गर्छु। परमेश्‍वरको स्वभावलाई नचिढ्याउने अनि तैँले गरेका कुराहरूका बारेमा मलाई देखाउनको लागि तँसँग धेरै कुराहरू हुनेछन् भन्‍ने मेरो आशा छ। त्यसपछि म सुनिश्‍चित हुनेछु। उदाहरणको लागि, तिमीहरूका हृदयमा परमेश्‍वरलाई सधैँभरि राख्‍नू। जब तैँले काम गर्छस्, तब उहाँका वचनहरू अनुसार काम गर्नू। सबै कुराहरूमा उहाँको इच्छा खोज्‍नू, र परमेश्‍वरलाई अपमान र अनादर गर्ने सबै कुराहरूबाट आफूलाई अलग राख्‍नू। भविष्यमा तेरो हृदयको खालीपन भर्नका लागि मात्र परमेश्‍वरलाई आफ्नो मनको कुनै कुनामा लुकाई राखिस् भने तैँले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरेको हुनेछस्। मानौं, तिमीहरूले आफ्नो जीवनकालभरि कहिल्यै पनि परमेश्‍वरको निन्दा गरेनौ वा परमेश्‍वरको विरुद्धमा गुनासो गरेनौ भने, उहाँले तिमीहरूका जिम्मामा सुम्पिदिनुभएका सबै कुराहरू उपयुक्त तरिकाले सदुपयोग गर्नेछौ, साथै तिमीहरूका जीवनभरि आफैलाई उहाँको वचनमा समर्पण गर्नेछौ, त्यसपछि तिमीहरूले प्रशासनिक आदेशहरूका विरुद्ध अपराध गर्न छोड्नेछौं। उदाहरणको लागि, यदि तिमीहरूले कहिल्यै यसो भनेका छौ भने, “उहाँ परमेश्‍वर हुनुहुन्छ भनी किन मैले विचार गर्नुपर्छ?” “मेरो विचारमा यी वचनहरू पवित्र आत्माका केही अन्तर्दृष्टिहरूभन्दा केही पनि होइनन्,” “मेरो विचारमा परमेश्‍वरले गर्नुभएका सबै कुराहरू सही हुनुपर्छ भन्‍ने कुनै आवश्यकता छैन,” “परमेश्‍वरको मानवता मेरोभन्दा उच्‍चकोटीको छैन,” “परमेश्‍वरका वचनहरू विश्‍वास गर्न लायकका छैनन्,” वा यस्तै किसिमका न्यायपूर्ण भनाइहरू व्यक्त गरेका छौ भने आफ्ना पापहरू स्वीकार गर्न र त्यसबाट पश्‍चात्ताप गर्न म तिमीहरूलाई उत्साह दिन्छु। अन्यथा, तिमीहरूले कहिल्यै पनि क्षमादानको अवसर प्राप्‍त गर्नेछैनौ, किनकि तिमीहरूले मानिसलाई होइन, तर परमेश्‍वरलाई चिढ्याएका छौ। तिमीहरूले मानिसको न्याय गरिरहेको छु भनी विश्‍वास गरेका हुन सक्छौ, तर परमेश्‍वरका आत्माले त्यसरी हेर्नुहुन्‍न। तिमीहरूले उहाँको देहलाई अनादर गर्नुचाहिँ उहाँ स्वयमलाई अनादर गर्नु बराबर हो। यसरी के तिमीहरूले परमेश्‍वरको स्वभावको उल्‍लङ्घन गरेका छैनौ र? परमेश्‍वरका आत्माले गर्नुभएका सबै काम उहाँका देहका कामलाई सुरक्षित राख्‍न र यी कामहरू अझ राम्ररी सम्‍पन्‍न गर्नका निम्‍ति हो भन्‍ने कुरा तिमीहरूले याद राख्‍नुपर्छ। यदि तिमीहरूले यसलाई बेवास्ता गर्‍यौ भने तिमीहरू कहिल्यै पनि परमेश्‍वरमा विश्‍वास गर्न सफल हुन सक्‍नेछैनौ भनी म तिमीहरूलाई बताउन चाहन्छु। तिमीहरूले परमेश्‍वरको क्रोधलाई भड्काएको कारण उहाँले तिमीहरूलाई शिक्षा सिकाउन उपयुक्त दण्ड दिनुहुनेछ।

परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्नु भनेको सामान्य विषय होइन। तैँले उहाँको स्वभावलाई बुझ्‍नुपर्छ। यसरी तिमीहरूले विस्तारै र थाहै नपाईकन परमेश्‍वरको सारतत्त्व थाहा गर्नेछौ। जब तिमीहरू यस ज्ञानमा प्रवेश गर्छौ, तब तिमीहरूले अझ उच्‍च र सुन्दर अवस्थामा प्रवेश गरेको महसुस गर्नेछौ। अन्त्यमा, तिमीहरू आफ्ना घृणित प्राणप्रति लज्‍जित महसुस गर्नेछौ, र तिमीहरूका लाजबाट लुक्‍ने कुनै ठाउँ छैन भनी तिमीहरूले महसुस गर्नेछौ। त्यस समयमा, तिमीहरूले परमेश्‍वरको स्वभावलाई अपमान गर्ने आफ्नो व्यवहारलाई कम गर्दै जानेछौ, तिमीहरूको हृदय परमेश्‍वरको हृदयको नजिक-नजिक आउनेछ, र तिमीहरूका हृदयमा उहाँको निम्ति प्रेम विस्तारै बढ्दै जानेछ। यो चाहिँ मानवजाति सुन्दर अवस्थामा प्रवेश गरेको एउटा चिन्ह हो। तर तिमीहरूले यो अवस्था हासिल गरिसकेका हुँदैनौ। तिमीहरू सबै जना आफ्नो नियतिको खातिर कुदिरहेका हुन्छौ, जोसँग परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्न प्रयत्‍न गर्ने कुनै चाहना हुँदैन? के यसले निरन्तरता पाउनु हुन्छ, यदि यसो भएमा तिमीहरूले अन्जानमै प्रशासनिक आदेशहरू विरुद्ध अपराध गर्नेछौ, किनकि तिमीहरूले परमेश्‍वरको स्वभावको विषयमा थोरै कुराहरू मात्र बुझेका हुन्छौ। के यसरी तिमीहरूले परमेश्‍वरको स्वभाव विरुद्ध उल्‍लङ्घन गर्न जग बसालेका हुँदैनौ? तिमीहरूलाई मैले परमेश्‍वरको स्वभाव बुझ्‍न अनुरोध गरेको कुरा मेरो कामभन्दा बाहिरको कुरा होइन। यदि तिमीहरूले प्रशासनिक आदेशहरू घरीघरी उल्लङ्‍घन गर्‍यौ भने तिमीहरू दण्डबाट कसरी उम्कने छौ? त्यसपछि के मेरो काम पूर्ण रूपमा व्यर्थ हुनेछैन र? त्यसैले, तैँले आफ्नो व्यवहारलाई नजिकबाट जाँच्‍दै, तैँले उठाउने आफ्नो कदमहरूमा होशियार रहन म तँलाई आग्रह गर्छु। यो मैले तिमीहरूसँग मागेको उच्‍च माग हो, म आशा गर्छु कि तिमीहरू सबै जनाले यसलाई होशियारसाथ विचार गर्नेछौ र तिमीहरूले लगनशील भई यो माग पूरा गर्नेछौ। तिमीहरूका कामले मलाई अत्यन्त धेरै रीस उठाउने दिन आयो भने त्यसको परिणामहरू तिमीहरूले नै विचार गर्नुपर्नेछ, तिमीहरूको ठाउँमा दण्ड भोग्‍न त्यहाँ अरू कुनै व्यक्ति हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्त्वपूर्ण हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४७

मानिसहरू भन्छन्, “परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ। जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्यायो भने, के उहाँले मानिसलाई पन्छाउन सक्‍नुहुन्छ?” म सबै मानिसहरूप्रति निष्पक्ष छु, र सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसहरूप्रति मेरा सबै मागहरूमा उचित सर्तहरू समावेश छन्, र मैले माग गरेको कुरा सबै मानिसहरूले पूरा गर्नैपर्छ, चाहे ती जोसुकै होऊन्। मलाई तँ कति वरिष्ठ छस् वा कति अनुभवी छस् भन्ने कुराको मतलब छैन; म त तैँले मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यताप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् भन्ने कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि ढाल्नेछु र दण्ड दिनेछु, अनि त्यसबेला तँसँग भन्नका लागि के रहनेछ? के तैँले परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर भन्‍न सक्छस्? यदि मैले आज बोलेका सबै वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। तँ तैँले परमेश्‍वरलाई पछ्याउने क्रममा सधैँ दुःख भोगेको छस्, आँधीबेरीमा उहाँलाई पछ्याएको छस्, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छस् भनेर भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएका वचनहरू तैँले जिएको छैनस्; तँ हरेक दिन परमेश्‍वरका लागि दौडधुप गर्न र आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारे कहिल्यै पनि सोचेको छैनस्। तँ यो पनि भन्छस्, “आखिरमा, म परमेश्‍वर धर्मी हुनुहुन्छ भनी विश्‍वास गर्छु। म उहाँका लागि दुःख भोग्छु, उहाँका लागि दौडधुप गर्छु, र उहाँप्रति आफूलाई अर्पित गर्छु, अनि मैले कुनै पनि उपलब्धि हासिल नगरेको भए पनि कष्ट सहेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूद्वारा कलङ्कित छैन: यसमा कुनै मानव इच्‍छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। जो विद्रोही र विरोधमा छन्, जसले उहाँको मार्ग पालन गर्दैनन्, ती सबै दण्डित हुनेछन्; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि बाँकी राखिनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईँका निम्ति दौडधुप गर्छु; अन्तिममा, के तपाईँ मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसोभए म तँलाई सोध्छु, “के तैँले मेरा वचनहरू पालन गरेको छस्?” तँ जुन धार्मिकताको कुरा गर्छस् त्यो एउटा लेनदेनमै सीमित छ। तँ यति मात्र सोच्छस् कि म धर्मी छु, कि म सबै मानिसहरूप्रति निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउने सबैले पक्कै पनि मुक्ति पाउँछन् र मेरा आशिष्‌हरू प्राप्त गर्छन्। “जसले मलाई अन्त्यसम्‍मै पछ्याउँछन् तिनीहरू सबैले निश्‍चय नै मुक्ति पाउँछन्” भन्‍ने मेरो वचनको भित्री अर्थ छ: जसले अन्त्यसम्म मलाई पछ्याउँछन्, तिनीहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेछन्; तिनीहरू ती हुन् जो मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्छन् र सिद्ध पारिन्छन्। तैँले कतिवटा मागहरू पूरा गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउनेबाहेक तैँले अरू कुन माग पूरा गरेको छस्? के तैँले मेरा वचनहरू पालन गरेको छस्? तैँले मेरा पाँचवटा मागहरूमध्ये एउटा पूरा गरेको छस्, तर तँसँग बाँकी चारवटा मागहरू पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले केवल सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्ग भेट्टाएको छस्, र भाग्यमा मात्र भर पर्ने मनोवृत्तिसाथ पछ्याएको छस्। तँजस्तो व्यक्तिप्रति मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय, साथै धर्मी सजाय मात्र हो; यसको अर्थ सबै दुष्कर्मीहरूलाई दिइने धर्मी दण्ड हो। अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउने सबैजना अवश्य नै दण्डित हुनेछन्। परमेश्‍वरको धार्मिकता नै यही हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभाव प्रकट गरिन्छ, तब मानिस अवाक् हुनेछ र परमेश्‍वरलाई पछ्याउने क्रममा उहाँको मार्ग नपछ्याएकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्‍वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्‍वरको मार्ग पछ्याइनँ। स्पष्टीकरण दिने के ठाउँ छ र? सजाय पाउनेबाहेक अरू कुनै पनि विकल्‍प छैन!” तैपनि उसले आफ्‍नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्‍मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन र यो सजाय दिइसक्‍नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सधैँभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती नष्ट गरिने मानिसहरूजस्तो छैनँ; नष्ट गरिनुपर्नेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्‍का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्‍नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारताको साथ निराकरण गरिनेछ भन्‍ने होइन। धार्मिकता भनेको पवित्रता हो र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्‍लङ्घनलाई सहँदैन, र अशुद्ध र परिवर्तन नभएकाहरू सबै नै परमेश्‍वरको घृणाका निसानाहरू हुन्। परमेश्‍वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो र यो प्रशासनिक आदेश नै सत्यता धारण नगरेका र परिवर्तन नभएका र मुक्तिको कुनै गुन्जाइस नभएका जोकोहीको लागि धर्मी दण्ड हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुने समय हो, जुन समयपछि मानिसलाई मुक्ति दिने कार्य फेरि गरिनेछैन र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४८

म सबै कुरा भस्म गर्ने आगो हुँ र म उल्लङ्घन सहँदिनँ। मानिसहरू सबै मद्वारा सृष्टि गरिएका हुनाले, म जे भन्छु र गर्छु, त्यसप्रति तिनीहरू समर्पित हुनैपर्छ र तिनीहरूले विरोध गर्नु हुँदैन। मानिसहरूलाई मेरो काममा हस्तक्षेप गर्ने अधिकार छैन, र मेरो काम र मेरा वचनहरूमा के सही वा के गलत छ भनी विश्लेषण गर्न त तिनीहरू झनै योग्य छैनन्। म सृष्टिकर्ता हुँ, र सृजित प्राणीहरूले मैले माग गरेका सबै कुरा मेरो डर मान्ने हृदयसहित हासिल गर्नुपर्दछ; तिनीहरूले मसँग बहस गर्ने कोसिस गर्नु हुँदैन, र विशेष रूपमा तिनीहरूले प्रतिरोध गर्नु हुँदैन। म मेरो अख्तियारद्वारा मेरा मानिसहरूलाई शासन गर्छु, र मैले बनाएका सबै सृजित प्राणी मेरो अख्तियारप्रति समर्पित हुनुपर्छ। आज तिमीहरू मेरो सामु दुस्साहसी र धीरोद्धत भए पनि, जुन वचनहरूद्वारा म तिमीहरूलाई निर्देशन दिन्छु, तिमीहरूले तिनका विरुद्धमा विद्रोह गरे पनि र डर मान्न नजाने पनि, म सहनशीलताका साथ मात्रै तिमीहरूको विद्रोहीपनको सामना गर्छु; म साना, तुच्छ औँसाहरूले गोबर चलाएकै कारण आक्रोशित हुँदिनँ, र आफ्नो कामलाई प्रभावित हुन दिन्नँ। म आफ्नो पिताको इच्छाका खातिर मैले चरम घृणा गर्ने सबथोक र मैले तिरस्कार गर्ने सबै कुराको अस्तित्व सहन्छु, र म आफ्ना वाणीहरू पूर्ण नहुन्जेल, आफ्नो अन्तिम क्षणसम्मै त्यसो गर्नेछु। चिन्ता नगर्! म नामविहीन औँसाको स्तरमा गिर्नेछैनँ, र म आफ्नो सिपलाई तेरो सिपसँग तुलना गर्नेछैनँ। म तँलाई घृणा गर्छु, तर म सहन सक्षम छु। तँ मविरुद्ध विद्रोह गर्छस्, तर तँ मैले तँलाई सजाय दिने दिनबाट, जुन मेरा पिताले मलाई प्रतिज्ञा गर्नुभएको थियो, उम्कन सक्दैनस्। के सृजित औँसाले सृष्टिकर्तालाई जित्न सक्छ र? शरद ऋतुमा, झर्ने पातहरू तिनका जरातर्फ फर्कन्छन्; तँ तेरा “पिता” को घर फर्कनेछस्, र म मेरा पितातर्फ फर्कनेछु। मलाई उहाँको कोमल स्नेहको साथ मिल्नेछ, र तँ तेरा पिताको कुल्चाइमा पर्नेछस्। मसँग मेरा पिताको महिमा हुनेछ, र तँसँग तेरा पिताको सरम हुनेछ। म तेरो साथमा रहनका लागि मैले लामो समयदेखि रोकेर राखेको सजाय प्रयोग गर्नेछु, र दसौँ हजार वर्षदेखि भ्रष्ट रहेको तेरो दुर्गन्धित देहद्वारा तैँले मेरो सजायको सामना गर्नेछस्। सहनशीलता भएका मेरा वचनहरूको काम मैले तँमाथि टुङ्ग्याएको हुनेछु, अनि तैँले मेरा वचनहरूमा उल्लिखित दुःख भोग्ने भूमिका पूरा गर्न थाल्नेछस्। म इस्राएलमा धेरै रमाउनेछु र काम गर्नेछु; तँ रुनेछस् र दाह्रा किट्नेछस्, हिलोमै बाँच्नेछस् र मर्नेछस्। म मेरो मूल रूप पुनः प्राप्त गर्नेछु र अब तँसँग फोहोरमा रहनेछैनँ, जबकि तैँले तेरो मूल कुरूपता पुनः प्राप्त गर्नेछस् र गोबरको थुप्रोमा यताउति दुलो पारिरहनेछस्। जब मेरो काम र वचनहरू पूरा हुन्छन्, तब त्यो मेरा लागि आनन्दको दिन हुनेछ। जब तेरो प्रतिरोध र विद्रोहीपन समाप्त हुन्छन्, तब त्यो तेरा लागि रुवाइको दिन हुनेछ। म तँलाई सहानुभूति देखाउनेछैनँ, र तैँले मलाई फेरि कहिल्यै देख्नेछैनस्। म तँसँग अब संवाद गर्नेछैनँ, र तैँले मलाई फेरि कहिल्यै सामना गर्नेछैनस्। म तेरो विद्रोहीपनलाई घृणा गर्नेछु, र तँलाई मेरो प्रेमिलो स्वभावको याद आउनेछ। म तँलाई प्रहार गर्नेछु, र तँलाई मेरो याद आउनेछ। म खुसीसाथ तँबाट छुट्टिनेछु, र तँलाई मप्रति ऋणी महसुस हुनेछ। म तँलाई फेरि कहिल्यै भेट्नेछैनँ, तर तँ सधैँ मेरो आशा गर्नेछस्। तैँले अहिले मलाई प्रतिरोध गर्ने भएकाले म तँलाई घृणा गर्नेछु, र मैले अहिले तँलाई सजाय दिने भएकाले तँलाई मेरो याद आउनेछ। म तँसँगै जिउन अनिच्छुक हुनेछु, तर तँ यसको असाध्यै लालसा गर्नेछस् र अनन्तसम्म रुनेछस्, किनभने तँलाई तैँले मलाई गरेका सबै कुरामा पछुतो हुनेछ। तँलाई तेरो विद्रोहीपन र प्रतिरोधका लागि अफसोस महसुस हुनेछ, यहाँसम्म कि तँ अफसोस मान्दै भुइँमा घोप्टो पर्नेछस् र मसमक्ष ढलेर मविरुद्ध फेरि कहिल्यै विद्रोह नगर्ने कसम खानेछस्। तर, तैँले हृदयमा मलाई प्रेम मात्र गर्नेछस्, तैपनि मेरो आवाज कहिल्यै सुन्न सक्नेछैनस्। म तँलाई आफैप्रति लज्जित तुल्याउनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

परमेश्‍वरका दैनिक वचनहरू   अंश २४९

मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। धेरै वर्षदेखि मलाई पछ्याएका, तर सबै प्रकारका दुष्ट कार्यहरू गरेकाहरू आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाएकाहरू रमाउनेछन् र ताली बजाउनेछन्, अनि मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय निस्फिक्री खुसीयालीको भाव अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उसका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!

मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको प्रबन्ध गर्नु पनि हो। त्यसभन्दा पनि बढी, यो सबै मानिसहरूलाई मेरा कार्य र काम स्वीकार गराउनका खातिर हो। म प्रत्येक व्यक्तिलाई मैले गरेका सबै थोक सही छन्, र ती मेरो स्वभावको अभिव्यक्ति हुन्, मानवजातिलाई मानिसले उत्पन्‍न गरेको होइन, अनि प्रकृतिले त झनै होइन, बरु यावत् थोकमाझ भएका सबै जीवित प्राणीको पालनाहार गर्ने म नै हुँ भन्‍ने कुरा देख्‍न लगाउनेछु। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्नेछैन; मानवजातिले अँध्यारो, चिसो रात र मृत्युको छायाँको अपरिहार्य घाटीको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र छुटकारा हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ, मविना मानवजातिले केवल विनाशकारी महाविपत्ति भोग्‍नेछ र तिनीहरूलाई सबै प्रकारका प्रेतात्माले कुल्चिनेछन्, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्‍ने मात्र आशा गरेको छु। केहीले मात्र मेरो ऋण चुकाउन सकेका भए पनि, म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर हुन लागेको मेरो कामको अर्को चरण प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्‍ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, प्रकोपको हमलाबाट तिमीहरूमध्ये कोही पनि जोगिन सक्‍नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै योजनाबद्ध हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिको कष्टबाट उम्कन सक्नेछैनौ। यो विपत्तिबीच, तिमीहरूका कार्य र व्यवहारहरू पूर्ण रूपमा उपयुक्त मानिनेछैन, किनभने तिमीहरूको विश्‍वास र प्रेम खोक्रो थिए, र तिमीहरूले आफूलाई कायर वा रुखो मात्रै देखायौ। यस विषयमा, म असल वा खराबको न्याय मात्र गर्नेछु। तिमीहरू प्रत्येकले कसरी व्यवहार गर्छौ र आफूलाई अभिव्यक्त गर्छौ भन्‍ने विषयमा मेरो सरोकार निरन्तर रहनेछ, जसको आधारमा म तिमीहरूको अन्त्य निर्धारण गर्नेछु। यद्यपि, एउटा कुरा मैले स्पष्ट पार्नुपर्छ: सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई कुनै बेला विश्‍वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय पूर्ण रूपमा तोड्ने जोसुकैले मबाट दोस्रो पटक उदारता पाउनेछैन, र मप्रति बफादार रहेकाहरू सधैँ मेरो हृदयमा रहनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५०

जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यही उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो पवित्र देश होस् वा फोहोर देश, उहाँले जहाँसुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यी सबै शैतानद्वारा भ्रष्ट पारिएको छ। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर भूमिका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यी सबै मानवजातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले परमेश्‍वरको सर्वोच्चता अझ राम्ररी प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर भूमिमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भनेर प्रमाणित गर्दैन; यसले केवल सबै सृजित प्राणीहरूलाई मानवजातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको त्रुटिरहित प्रेम प्रकट हुन्छ। परमेश्‍वर फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, उहाँ पवित्र र धर्मी हुनुहुन्छ। के उहाँको कामको प्रत्येक भाग सबै मानवजातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यी सबै मानवजातिले महान् मुक्ति पाऊन् भनेर गरिएको होइन र? दुई हजार वर्षअघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइनन् र? यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूमाझ जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, उहाँ किन दोस्रोपटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानवजातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा प्रदूषित हुनुहुन्न, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको केवल के अर्थ हुन सक्छ भने मानवजातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ! तिमीहरू सबै र तिमीहरूका नियतिका निम्ति उहाँले भोग्नुहुने अपमान कति ठूलो छ, के तिमीहरूलाई थाहा छैन? उहाँले महान् व्यक्तिहरू वा धनी र शक्तिशाली परिवारका छोराहरूलाई बचाउनुको साटो, नम्र र तुच्छ ठानिएकाहरूलाई बचाउनुहुन्छ। के यी सबै उहाँका पवित्रता होइनन् र? के यी सबै उहाँका धार्मिकता होइनन् र? सबै मानवजाति बाँचून् भनेर उहाँ बरु फोहोर देशमा जन्‍मनुहुनेथियो र हरप्रकारको अपमान सहनुहुनेथियो। परमेश्‍वर साँच्‍चै वास्तविक हुनुहुन्छ—उहाँले कुनै झूटो काम गर्नुहुन्न। के कामको प्रत्येक चरण त्यस्तो व्यावहारिक तरिकाले नै गरिएको छैन र? सबै मानिसले उहाँको निन्दा गर्ने र उहाँ पापीहरूसँग टेबुलमा बस्नुहुन्छ भनी भन्‍ने भए पनि, सबै मानिसहरूले उहाँको खिल्‍ली उडाउने भए पनि र उहाँ फोहोरका छोराहरूसँग बस्नुहुन्छ, उहाँ सबैभन्दा तुच्छ मानिसहरूसँग बस्नुहुन्छ भन्‍ने भए पनि, उहाँले आफूलाई निःस्वार्थ रूपमा दिनुहुन्छ, र उहाँलाई अझै पनि यसरी मानवजातिको बीचमा इन्कार गरिन्छ। के उहाँले भोग्नुहुने कष्टहरू तिमीहरूको भन्दा बढी छैनन् र? के उहाँले गर्नुहुने काम तिमीहरूले चुकाएका मूल्यभन्दा बढी छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई मुक्ति दिनुको महत्त्व

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५१

परमेश्‍वरले आफूलाई यस्तो स्तरसम्म विनम्र बनाउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा उहाँको काम गर्नुहुन्छ, र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वर मानिसहरूको माझमा जिउन र खानपान गर्नका निम्ति, मानिसहरूलाई गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू आपूर्ति गर्नको निम्ति मात्र देह बन्नुभएको होइन। त्योभन्दा महत्त्वपूर्ण कुरा उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय रूपमा भ्रष्ट मानिसहरूमाथि गर्नुहुन्छ। उहाँ यी सबैभन्दा भ्रष्ट मानिसहरूलाई मुक्ति दिनका लागि ठूलो रातो अजिङ्गरको मुटुमै आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्‍वरले सहनुहुने ठूलो कष्ट मात्र देहधारी परमेश्‍वरले सहने कष्ट होइन, बरु सबैभन्दा बढी त परमेश्‍वरका आत्माले चरम अपमान सहनुहुन्छ—उहाँले आफैलाई यति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एउटा साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र उहाँले देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानवताको जीवन र सामान्य मानवताका खाँचोहरू छन् भनी देख्न सकून। यो कुरा परमेश्‍वरले आफूलाई निकै हदसम्म विनम्र बनाउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्‍वरका आत्मा देहमा साकार हुनुभएको छ। उहाँका आत्मा यति सर्वोच्च र महान् हुनुहुन्छ, तैपनि उहाँ आफ्ना आत्माको काम गर्नका लागि एक साधारण मानिसको, एक नगण्य मानिसको स्वरूप धारण गर्नुहुन्छ। तिमीहरू प्रत्येकको क्षमता, अन्तर्ज्ञान, समझ, मानवता, र जीवनका हिसाबमा, तिमीहरू परमेश्‍वरको यस प्रकारको काम स्वीकार गर्न साँच्चै लायक छैनौ, र तिमीहरू परमेश्‍वरले तिमीहरूका खातिर यस्तो कष्ट सहनुको साँच्चै लायक छैनौ। परमेश्‍वर अत्यन्तै उच्च हुनुहुन्छ। उहाँ यति हदसम्म सर्वोच्च हुनुहुन्छ, र मानिसहरू यति हदसम्म तुच्छ छन्, तैपनि उहाँ तिनीहरूमा अझै पनि काम गर्नुहुन्छ। उहाँ मानिसहरूका निम्ति आपूर्ति गर्न, मानिसहरूसँग बोल्न देहधारी बन्नुभएको मात्र होइन, उहाँ त मानिसहरू सँगसँगै जिउनु पनि हुन्छ। परमेश्‍वर अत्यन्तै विनम्र, अत्यन्तै प्रेमयोग्य हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५२

मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदा रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म, उहाँ मानिससँग पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म जिउन जीवित नरकमा ओर्लनुभएको छ जहाँ मानिस बस्छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको विद्रोहीपनका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्‍वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानवजातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा “नरक” र “पाताल” मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्‍वरको विरोध गर्न योग्यको छ? परमेश्‍वरबारे गुनासो गर्नुपर्ने के कारण ऊसँग छ? ऊसँग परमेश्‍वरलाई सामना गर्ने धृष्टता कसरी हुन सक्छ? स्वर्गका परमेश्‍वर भ्रष्टताको यो अत्यन्तै फोहोर देशमा आउनुभएको छ, र उहाँले कहिल्यै पनि आफ्ना गुनासाहरू पोखाउनुभएको छैन, वा मानिसको विषयमा गुनासो गर्नुभएको छैन, तर बरु चुपचाप मानिसका बरबादीहरू[१] र थिचोमिचो स्वीकार गर्नुहुन्छ। उहाँले मानिसका विवेकहीन मागहरूलाई कहिल्यै प्रतिकार गर्नुभएको छैन, उहाँले कहिल्यै मानिसबाट अनावश्यक मागहरू गर्नुभएको छैन, र उहाँले कहिल्यै मानिसबाट अनुचित मागहरू गर्नुभएको छैन; उहाँले कुनै गुनासो नगरी मानिसका निम्ति आवश्यक सबै काम गर्नुहुन्छ: शिक्षा दिने, अन्तर्दृष्टि दिने, निन्दा गर्ने, वचनहरूको शोधन, स्मरण गराउने, अर्ती दिने, सान्त्वना दिने, न्याय गर्ने, र प्रकट गर्ने। उहाँको कुन कदम मानिसको जीवनका लागि रहेन? उहाँले मानिसका सम्भावनाहरू र भाग्यलाई हटाउनुभएको भए पनि, परमेश्‍वरले चाल्नुभएको कुनचाहिँ कदम मानिसको भाग्यका लागि होइन? तीमध्ये कुनचाहिँ मानिसको अस्तित्वको लागि होइन? तीमध्ये कुनचाहिँ मानिसलाई यो कष्ट र रातको कालो जस्तो अन्धकारको दमनबाट मुक्त गर्नका निम्ति होइन? तीमध्ये कुनचाहिँ मानिसका लागि होइन? परमेश्‍वरको हृदयलाई कसले बुझ्न सक्छ, जुन प्रेमिलो आमाको जस्तो हृदय हो? परमेश्‍वरको उत्सुक हृदयलाई कसले बुझ्न सक्छ? परमेश्‍वरको भावपूर्ण हृदय र उत्साही अपेक्षाहरूको निम्ति भावशून्य हृदयहरू, संवेदनाहीन, उदासीन आँखाहरू अनि बारम्बारको हप्की र मानिसका अपमानहरू दिइएको छ; ती कुराको बदली तीक्ष्ण टिप्पणीहरू, र उपहास, र हेला गरिएको छ; तिनका बदली मानिसको उपहास, उसको कुल्चाई र अस्वीकृति, गलत बुझाइ र बिलौना र दुश्मनी, अनि इन्कार, साथै धोका, आक्रमण र कटुताद्वारा कर्जा तिरिएको छ। न्यानो वचनहरूले आँखा तराइ र ठडिएका हजारौँ औँलाहरूको चिसो प्रतिरोधको सामना गरेको छ। परमेश्‍वरले सहँदै, टाउको निहुराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्न सक्‍नुहुन्छ।[२] यति धेरै सूर्य र चन्द्रमाहरू, उहाँले धेरै चोटि ताराहरूको सामना गर्नुभएको छ, धेरै चोटि उहाँ बिहान ओर्लनुभएको छ र साँझमा फर्कनुभएको छ, र बेचैन भएर छटपटाउनुभएको छ, उहाँले आफ्नो पिताबाट छुट्टिनु परेको पीडाभन्दा हजार गुणा ठूलो पीडा सहनुभएको छ, मानिसको आक्रमण र तोडाइ, र मानिसको काटछाँटको कार्यलाई सहनुभएको छ। परमेश्‍वरको नम्रता र लुकेको अवस्थाको सट्टा मानिसको निरन्तर पूर्वाग्रह,[३] मानिसको अनुचित दृष्टिकोण र अनुचित व्यवहार प्रस्तुत गरिएको छ, र परमेश्‍वरको चुपचाप कार्य गर्ने शैली, उहाँको धैर्य, र उहाँको सहनशीलताको सट्टा मानिसको लोभी हेराइ प्रस्तुत गरिएको छ; मानिसले कुनै पछुतो नगरी परमेश्‍वरलाई कुल्चेर मार्ने प्रयास गर्छ, र परमेश्‍वरलाई भुइँमा कुल्चिन खोज्छ। परमेश्‍वरप्रति मानिसले राख्‍ने मनोवृत्ति “दुर्लभ चतुरता” मध्येको एउटा हो, र मानिसले धम्काउने र तिरस्कार गर्ने परमेश्‍वर हजारौँ मानिसका खुट्टामुनि कुल्चिएर धूलोपीठो पारिनुभएको छ, जबकि मानिस आफै माथि उभिन्छ, मानौं ऊ पहाडका राजा बन्नेछ, मानौं उसले सम्पूर्ण शक्ति लिन[४] चाहन्छ, उसले पर्दा पछाडिबाट राजदरबार कब्जा गर्न, परमेश्‍वरलाई पर्दा पछाडि होसियार र नियम पालन गर्ने निर्देशक बनाउन चाहन्छ, जसलाई प्रतिरोध गर्ने वा समस्या उत्पन्न गर्ने अनुमति हुँदैन। परमेश्‍वरले अन्तिम सम्राटको भूमिका खेल्नुपर्छ, उहाँ सबै स्वतन्त्रताबाट वञ्‍चित कठपुतली[५] हुनुपर्दछ। मानिसका कामहरू बताउनै नसकिने छन्, यसैले ऊ परमेश्‍वरबाट यो वा त्यो माग गर्न कसरी योग्य छ? परमेश्‍वरलाई सल्लाह दिन ऊ कसरी योग्यको छ? परमेश्‍वरले उसका कमजोरीहरूप्रति सहानुभूति दर्शाउन् भनी माग गर्नको लागि ऊ कसरी योग्यको छ? ऊ कसरी परमेश्‍वरको कृपा पाउन योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको उदारता प्राप्त गर्न योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको क्षमा प्राप्त गर्न योग्यको छ? उसको विवेक कहाँ छ? उसले धेरै पहिले नै परमेश्‍वरको हृदय तोडेको छ, उसले धेरै पहिले नै परमेश्‍वरको हृदयलाई टुक्रा-टुक्रा पारेको छ। मानिसले उहाँलाई थोरै भए पनि उहाँप्रति न्यानो व्यवहार गर्दै उहाँप्रति परोपकारी व्यवहार गर्नेछन् भन्‍ने आशाले परमेश्‍वर उज्ज्वल आँखा र झ्याप्ले पुच्छर भएका मानिसहरू बीचमा आउनुभयो। तापनि, परमेश्‍वरको हृदय मानिसबाट सान्त्वना पाउनलाई सुस्त छ, र उहाँले हिउँको डल्ला[६] सरी आक्रमण र यातना मात्रै पाउनुभएको छ। मानिसको हृदय अति नै लोभी छ, उसको चाहना पनि धेरै ठूलो छ, ऊ कहिल्यै तृप्त हुन सक्दैन, ऊ सधैँ दुष्ट र दुस्साहसी हुन्छ, उसले परमेश्‍वरलाई कहिल्यै स्वतन्त्रता वा बोल्ने अधिकार दिँदैन, र परमेश्‍वरलाई अपमानको अधीनमा बस्नु, र उसले चाहेअनुसार उहाँको नियन्त्रण गर्न दिनु बाहेक अर्को विकल्प हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (९)

फूटनोटहरू:

१. “बरबादीहरू” मानव जातिको विद्रोहीपनलाई प्रकट गर्न प्रयोग गरिन्छ।

२. “आँखा तराइ र ठडिएका हजारौं औँलाहरूको चिसो प्रतिरोधको सामना गर्दै, टाउको निहुराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्दै” मूल रूपमा यो एउटै वाक्यमा थियो, तर यहाँ कुरा स्पष्ट बनाउनका लागि दुई भागमा विभाजित गरिएको छ। यो वाक्यको पहिलो भागले मानिसका कार्यहरूलाई जनाउँछ, जबकि दोस्रो भागले परमेश्‍वरले भोग्नुभएको कष्टलाई, र परमेश्‍वर नम्र र लुक्‍नुभएको छ भन्‍ने तथ्यलाई दर्साउँछ।

३. “पूर्वाग्रह” ले मानिसहरूको विद्रोही व्यवहारलाई जनाउँछ।

४. “सम्पूर्ण शक्ति लिन” ले मान्छेको विद्रोही व्यवहारलाई जनाउँछ। तिनीहरू आफैलाई माथि राख्छन्, अरूलाई बन्धनमा पार्न, तिनीहरूलाई उनीहरूको पछि लगाउन र उनीहरूका निम्ति कष्ट भोग्न लगाउँछन्। तिनीहरू परमेश्‍वरप्रति शत्रुवत् शक्तिहरू हुन्।

५. “कठपुतली” भन्‍ने शब्‍द परमेश्‍वरलाई नचिन्नेहरूलाई गिल्ला गर्न प्रयोग गरिएको छ।

६. “हिउँको डल्ला” भन्‍ने वाक्यांश मानिसहरूको तुच्छ व्यवहारलाई जोड दिन प्रयोग गरिएको छ।


परमेश्‍वरका दैनिक वचनहरू   अंश २५३

परमेश्‍वरले गर्ने हरेक कुराको महत्त्व निकै गहन छ। उदाहरणका लागि, येशूको क्रूसीकरणलाई विचार गर्। येशू किन क्रूसमा टाँगिनुपर्थ्यो? के यो सबै मानवजातिलाई छुटकारा दिनका लागि थिएन र? त्यसैले, परमेश्‍वरको वर्तमान देहधारण र उहाँले संसारको कष्ट अनुभव गर्नुको पनि ठूलो महत्त्व छ—यो मानवजातिको सुन्दर गन्तव्यका लागि हो। परमेश्‍वर आफ्ना काममा, सधैँ नै जे सबैभन्दा व्यावहारिक हुन्छ ठिक त्यही गर्नुहुन्छ। परमेश्‍वरले किन मानिसलाई पापरहित र परमेश्‍वरसामु आउने सौभाग्य पाउन सक्‍ने ठान्‍नुहुन्छ? किनभने येशूलाई क्रूसमा टाँगियो, उहाँले मानिसको पाप बोक्‍नुभयो, र मानवजातिलाई छुटकारा दिनुभयो। त्यसोभए, किन मानिसले अबउप्रान्त कष्ट भोग्‍नु, शोक मान्‍नु, आँसु झार्नु, र सुस्केरा हाल्‍नु पर्दैन? किनभने परमेश्‍वरको वर्तमान देहधारणले यो सब कष्ट आफूमाथि लिनुभएको छ र यो कष्ट अहिले मानिसको खातिर आफैले भोग्‍नुभएको छ। यो त एक आमाले आफ्‍नो बिरामी बच्‍चालाई हेरेर बच्‍चा निको भए आफ्‍नो आयु छोटियोस् भनेर कामना गर्दै स्वर्गलाई प्रार्थना गरेजस्तै हो। परमेश्‍वर पनि यसरी नै काम गर्नुहुन्छ, अनि मानवजातिका लागि आउने सुन्दर गन्तव्यसित साट्नका लागि उहाँको पीडा अर्पित गर्नुहुन्छ। त्यसउप्रान्त कुनै शोक, आँसु, सुस्केरा र कष्ट हुने छैन। परमेश्‍वर मूल्य चुकाउनुहुन्छ, मानवजातिले पाउने सुन्दर गन्तव्यका लागि संसारको कष्ट व्यक्तिगत रूपमा भोग्दै मोल तिर्नुहुन्छ। सुन्दर गन्तव्यसित “साट्नको लागि” यो गरिएको छ भन्‍नुको अर्थ परमेश्‍वरसँग मानवजातिलाई सुन्दर गन्तव्य दिने शक्ति वा अख्तियार छैन भन्‍ने होइन, बरु परमेश्‍वर मानिसहरूलाई पूर्ण विश्‍वस्त तुल्याउनका लागि अझै व्यावहारिक र शक्तिशाली प्रमाण खोज्न चाहनुहुन्छ भन्‍ने हो। परमेश्‍वरले यो कष्ट पहिल्यै भोगिसक्‍नुभएको छ, त्यसकारण मानवजातिलाई यो सुन्दर गन्तव्यमा पुर्‍याउन, मानवजातिलाई यो सुन्दर गन्तव्य र प्रतिज्ञा दिन उहाँ योग्य हुनुहुन्छ, उहाँसँग शक्ति छ, र त्योभन्दा पनि बढी उहाँसँग अख्‍तियार छ। शैतान पूर्णतया विश्‍वस्त हुनेछ; ब्रह्माण्डका सारा सृष्टि पूर्णतया विश्‍वस्त हुने छन्। अन्त्यमा, परमेश्‍वरले मानवजातिलाई उहाँको प्रतिज्ञा र प्रेम प्राप्त गर्न दिनुहुने छ। परमेश्‍वरले गर्ने सबै कुरा व्यावहारिक हुन्छन्, उहाँले गर्नुहुने कुनै पनि कुरा रित्तो हुँदैन, र उहाँ यो सब आफै अनुभव गर्नुहुन्छ। परमेश्‍वरले मानवजातिको गन्तव्यका साटोमा कष्टसम्‍बन्धी उहाँको आफ्‍नै अनुभवको मूल्य चुकाउनुहुन्छ। के यो व्यावहारिक काम होइन र? आमाबुबाले आफ्ना छोराछोरीका खातिर ठूलो मूल्य तिर्न सक्छन्, र त्यसले आफ्ना छोराछोरीप्रतिको उनीहरूको प्रेमलाई दर्साउँछ। यसो गर्ने क्रममा, निश्चय नै देहधारी परमेश्‍वर मानवजातिप्रति सबैभन्दा इमानदार र बफादार हुनुहुन्छ। परमेश्‍वरको सार विश्‍वासयोग्य छ; उहाँ जे भन्‍नुहुन्छ त्यो गर्नुहुन्छ, र उहाँ जे गर्नुहुन्छ त्यो हासिल गर्नुहुन्छ। उहाँले मानिसहरूका लागि गर्ने सबै कुरा सच्चा छन्—उहाँ वचनहरू मात्र व्यक्त गर्नुहुन्‍न। बरु जब उहाँ मूल्य चुकाउनेछु भनी भन्‍नुहुन्छ, तब उहाँ वास्तविक मूल्य चुकाउनुहुन्छ; जब उहाँ मानिसका दुःखहरू आफैमा लिन्छु र तिनीहरूका सट्टामा दुःख भोग्छु भनी भन्‍नुहुन्छ, तब उहाँ वास्तवमा तिनीहरूबीच बास गर्न आउनुहुन्छ, यस दुःखलाई व्यक्तिगत रूपमा महसुस र अनुभव गर्नुहुन्छ। त्यसपछि, ब्रह्माण्डमा भएका सबै थोकले परमेश्‍वरले गर्ने सबै काम सही र धार्मिक हुन्छ, परमेश्‍वरले गर्ने सबै कुरा वास्तविक हुन्छ भनी स्वीकार गर्नेछन्: यो शक्तिशाली प्रमाण हो। यसको अतिरिक्त, भविष्यमा मानवजातिको एउटा सुन्दर गन्तव्य हुनेछ, र बाँकी रहनेहरू सबैले परमेश्‍वरको प्रशंसा गर्नेछन्; परमेश्‍वरले गरेका कामहरू वास्तवमा मानवजातिप्रति उहाँको प्रेमको कारण थियो भनी तिनीहरूले उहाँको प्रशंसा गर्नेछन्। परमेश्‍वर मानिसका बीचमा नम्र बनेर एक साधारण मानिसको रूपमा आउनुहुन्छ। उहाँ केही काम गरेर, केही वचनहरू बोलेर सकेपछि छोडेर जानुहुन्‍न; त्यसको साटो उहाँ संसारको पीडा अनुभव गर्दै बोल्नुहुन्छ, र व्यावहारिक रूपले काम गर्नुहुन्छ। यो पीडा अनुभव गरिसक्नुभएपछि मात्र उहाँ जानुहुनेछ। परमेश्‍वरको काम यस्तै वास्तविक र व्यावहारिक छ; बाँकी रहने सबैले यसको कारण उहाँको प्रशंसा गर्नेछन्, र तिनीहरूले मानिसप्रति परमेश्‍वरको विश्‍वासयोग्यपन र उहाँको हृदयको दयालुपन देख्नेछन्। परमेश्‍वरको सुन्दरता र भलापनको सारलाई उहाँको देहधारणको महत्त्वमा देख्न सकिन्छ। उहाँ जे गर्नुहुन्छ त्यो सच्चा हुन्छ; उहाँ जे भन्‍नुहुन्छ त्यो गम्भीर र विश्‍वासयोग्य हुन्छ। उहाँले गर्ने अभिप्राय राखेका सबै कुरा, उहाँले व्यावहारिक रूपमै गर्नुहुन्छ; जब मूल्य तिर्नुपर्छ, उहाँ साँच्चै त्यो तिर्नुहुन्छ; उहाँ केवल वचनहरू मात्र व्यक्त गर्नुहुन्‍न। परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। देहधारणको महत्त्वको दोस्रो पक्ष

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५४

जीवनको मार्ग जोसुकै व्यक्तिसँग हुन सक्ने कुरा होइन, न त यो हरेक व्यक्तिले सजिलै प्राप्त गर्न सक्‍ने कुरा नै हो। किनभने जीवन परमेश्‍वरबाट मात्रै आउन सक्छ, अर्थात् परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको सार रहेको हुन्छ, र परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको मार्ग हुन्‍छ। त्यसैले, परमेश्‍वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ। संसारको सृष्टिदेखि नै परमेश्‍वरले धेरै काम गर्नुभएको छ, जुनमा जीवनको जीवन्तता छ, उहाँले मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र उहाँले मानिसलाई जीवन प्राप्त गर्न सक्षम बनाउने ठूलो मूल्य चुकाउनुभएको छ। किनभने परमेश्‍वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, र परमेश्‍वर स्वयम् नै मानिसको पुनरुत्थानको मार्ग हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्‍वर कहिल्यै अलग हुनुहुन्‍न, र उहाँ सधैँ मानिसहरूकै माझमा जिउनुहुन्छ। उहाँ नै मानिसको जियाइको प्रेरक शक्ति, मानिसको अस्तित्वको जड, र मानिसको जन्‍मपछि उसको अस्तित्वका लागि सम्‍पन्‍न संसाधन हुनुहुन्छ। उहाँले मानिसहरूलाई पुनर्जन्‍म लिन सक्षम तुल्याउनुहुन्छ, र उहाँले तिनीहरूलाई तिनीहरूको आफ्नै भूमिकामा दृढताका साथ जिउन सक्षम तुल्याउनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्‍ने जीवनशक्तिमा निर्भर हुँदै, मानिस पुस्तौँपुस्तासम्म जिएको छ, यस समयमा परमेश्‍वरको जीवनको शक्तिले मानिसमाझ एकनासले सहारा प्रदान गर्दै आएको छ, र परमेश्‍वरले कुनै पनि साधारण मानिसले कहिल्यै नतिरेको मूल्य तिर्नुभएको छ। परमेश्‍वरको जीवनशक्तिले कुनै पनि शक्तिमाथि विजय गर्न सक्छ; त्यसभन्दा पनि बढी, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त छ, उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्ति कुनै पनि सृजित प्राणी वा शत्रु शक्तिद्वारा पराजित हुन सक्दैन। समय वा स्थान जे-जस्तो भए पनि, परमेश्‍वरको जीवनशक्ति अस्तित्वमै रहन्छ र यसको चम्किलो चमकसाथ चम्कन्छ। स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन हुन सक्ला, तर परमेश्‍वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुरा बितेर जान सक्छन्, तर परमेश्‍वरको जीवनको अस्तित्व रहिरहनेछ। किनभने यावत् थोकको उत्तरजीविताको स्रोत, र उत्तरजीविताका लागि यावत् थोक निर्भर हुने जड परमेश्‍वर नै हुनुहुन्छ। मानिसको जीवनको उत्पत्ति परमेश्‍वरबाटै हुन्छ, परमेश्‍वरकै कारण स्वर्ग अस्तित्वमा रहन्छ, र परमेश्‍वरको जीवनको शक्तिबाटै पृथ्वीको उत्तरजीविता पनि उत्पन्न हुन्छ। कुनै पनि जीवित कुराले परमेश्‍वरको सार्वभौमिकता नाघ्न सक्दैन, र जीवनशक्ति भएको कुनै पनि कुरा परमेश्‍वरको अख्तियारको दायराबाट उम्कन सक्दैन। यसरी, चाहे तिनीहरू जोसुकै हुन्, सबै मानिसले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गर्नैपर्छ, सबै मानिस परमेश्‍वरको शासनअन्तर्गत जिउनैपर्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५५

यदि तँ साँच्‍चै अनन्त जीवनको बाटो प्राप्त गर्न चाहन्छस् भने, र यसको खोजीमा तँ अत्यन्तै तृषित छस् भने, पहिले यो प्रश्‍नको उत्तर दे: आज परमेश्‍वर कहाँ हुनुहुन्छ? सायद तैँले यस्तो जवाफ दिनेछस्, “निश्‍चय नै, परमेश्‍वर स्वर्गमा बस्‍नुहुन्छ—उहाँ तपाईंको घरमा बसिरहनुभएको त हुनुहुन्‍न होला, हुनुहुन्‍छ त?” सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर अवश्य नै सबै कुराहरूका माझमा बस्‍नुहुन्छ। वा तैँले भन्‍न सक्छस् कि परमेश्‍वर हरेक व्यक्तिको हृदयमा बस्‍नुहुन्छ, वा परमेश्‍वर आत्मिक जगतमा हुनुहुन्छ। यीमध्ये कुनैलाई पनि म नकार्दिनँ, तर यो कुरालाई मैले स्पष्ट पार्नैपर्छ। परमेश्‍वर मानिसको हृदयमा बस्‍नुहुन्छ भनेर भन्‍नु पूर्ण रूपमा सत्य होइन, तर यो पूर्ण रूपमा गलत पनि होइन। यसको कारण के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये, कसैको विश्‍वास साँचो छ र कसैको विश्‍वास झूटो छ, कसैलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ र कसैलाई उहाँले अस्वीकार गर्नुहुन्छ, कसैले उहाँलाई प्रसन्‍न तुल्याउँछन् र कसैलाई उहाँले घृणा गर्नुहुन्छ, अनि कसैलाई उहाँले सिद्ध तुल्याउनुहुन्छ र कसैलाई उहाँले हटाउनुहुन्छ। त्यसैले म भन्छु, परमेश्‍वर एकदुई जना मानिसहरूको हृदयमा मात्रै बस्‍नुहुन्छ, र यी मानिसहरू अवश्य नै परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू, परमेश्‍वरद्वारा स्वीकार हुनेहरू, उहाँलाई खुशी पार्नेहरू, र उहाँद्वारा सिद्ध पारिनेहरू हुन्। परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू तिनीहरू नै हुन्। तिनीहरू परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू भएकाले, पहिले नै परमेश्‍वरको अनन्त जीवनको बाटोको बारेमा सुन्‍ने र देख्‍ने मानिसहरू तिनीहरू नै हुन्। परमेश्‍वरमाथि झूटो विश्‍वास हुनेहरू, परमेश्‍वरद्वारा स्वीकार नहुनेहरू, परमेश्‍वरद्वारा घृणा गरिनेहरू, परमेश्‍वरद्वारा हटाइनेहरू—तिनीहरू परमेश्‍वरद्वारा इन्कार हुने निश्‍चित छ, तिनीहरू जीवनको बाटोविहीन हुने निश्‍चित छ र तिनीहरू परमेश्‍वर कहाँ हुनुहुन्छ भन्‍ने कुराप्रति अनजान हुने निश्‍चित छ। यसको विपरीत, जसको हृदयमा परमेश्‍वर बस्‍नुहुन्छ तिनीहरूलाई उहाँ कहाँ हुनुहुन्छ भन्‍ने कुरा थाहा हुन्‍छ। परमेश्‍वरले अनन्त जीवनको बाटो दिनुहुने मानिसहरू तिनीहरू नै हुन् र परमेश्‍वरलाई पछ्याउनेहरू तिनीहरू नै हुन्। अब के तँलाई परमेश्‍वर कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ? परमेश्‍वर मानिसको हृदय र मानिसको छेउ दुवैमा हुनुहुन्छ। उहाँ आत्मिक जगतमा र सबै कुराहरूभन्दा माथि मात्रै हुनुहुन्‍न, उहाँ त अझै बढी रूपमा पृथ्वीमा हुनुहुन्छ जहाँ मानिसको अस्तित्व छ। यसरी, आखिरी दिनहरूको आगमनले परमेश्‍वरको कार्यका चरणहरूलाई नयाँ क्षेत्रमा लगेको छ। परमेश्‍वरले यावत् थोकमाझ सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, र मानिसको हृदयमा उसको सहारा उहाँ नै हुनुहुन्छ, र यसको साथै, उहाँ मानिसकै माझमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको मार्ग मानवजातिकहाँ ल्याउन र मानिसलाई जीवनको मार्गमा ल्याउन सक्‍नुहुन्छ। मानिसले जीवनको मार्ग प्राप्त गर्न सकोस् भनेर, र मानिसको अस्तित्वका खातिर परमेश्‍वर पृथ्वीमा आउनुभएको र मानिसमाझ जिइरहनुभएको छ। साथ-साथै परमेश्‍वरले मानिसमाझ गर्नुहुने व्यवस्थापनमा सहकार्य सहज तुल्याउनको लागि यावत् थोकमाझ सबै कुरालाई निर्देशन पनि गर्नुहुन्छ। त्यसैले, यदि तैँले परमेश्‍वर स्वर्गमा र मानिसको हृदयमा हुनुहुन्छ भन्‍ने धर्मसिद्धान्तलाई मात्रै मान्छस्, तर मानिसमाझ परमेश्‍वरको अस्तित्वको सत्यतालाई मान्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यताको मार्ग पनि कहिल्यै प्राप्त गर्नेछैनस्।

परमेश्‍वर स्‍वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्‍नेहरूले निश्चय नै जीवन प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र अझ बढी, मृत्यु मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन एकसाथ सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्‍दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र कल्‍पना र धारणाहरू बाहेक, तेरो सम्पूर्ण अस्तित्वमा तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। के कुरा जान् भने, फगत पुस्तकका शब्‍दहरूलाई जीवन मान्न सकिँदैन, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा प्रतिष्ठापन गर्न सकिँदैन, र विगतका प्रावधानहरू परमेश्‍वरका हालका वचनहरूका विवरण हुन सक्दैनन्, अनि पृथ्वीमा आई मानिसहरूमाझ बस्नुहुँदा परमेश्‍वरले व्यक्त गर्ने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्‍वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्। यदि तैँले विगतका युगहरूमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको अभिलेखलाई लिएर आजको दिनमा पालन गर्छस् भने, त्यसले तँलाई पुरातत्त्वविद् बनाउँछ, जुन अवस्थामा, तँलाई व्याख्या गर्ने सबैभन्दा उपयुक्त तरिका भनेको तँ ऐतिहासिक सम्पदासम्बन्धी अनुसन्धान गर्ने विज्ञ होस् भनेर भन्‍नु हो। तँ सधैँ परमेश्‍वरले विगतका समयमा गर्नुभएका कामका निसानहरूमा विश्‍वास गर्छस्, तँ यसभन्दा पहिले परमेश्‍वरले मानिसमाझ काम गर्नुभएको बेलाको उहाँको छायामा मात्रै विश्‍वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्‍वरले उहाँका अनुयायीहरूलाई भन्नुभएको मार्गमा मात्रै विश्‍वास गर्छस्, तर तँ परमेश्‍वरको आजको कामको रुझानमा विश्‍वास गर्दैनस्, परमेश्‍वरको आजको महिमामयी मुहारमा विश्‍वास गर्दैनस्, र परमेश्‍वरले हालै व्यक्त गर्नुभएको सत्यताको मार्गमा विश्‍वास गर्दैनस्। त्यसकारण, तँ निर्विवाद रूपमा दिवास्वप्‍न देख्‍ने व्यक्ति होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा टाढा छ। यदि तँ अहिले अझै पनि मानिसलाई जिउन सक्षम बनाउन नसक्‍ने शब्दहरूमा टाँसिन्छस् भने, तँ आशाहीन काठको ठुटा होस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५६

परमेश्‍वर स्वयम्‌ नै सत्यता हुनुहुन्छ, र उहाँसित सबै सत्यताहरू छन्। परमेश्‍वर सत्यताको स्रोत हुनुहुन्छ। हरेक सकारात्मक कुरा र हरेक सत्यता परमेश्‍वरबाटै आउँछ। उहाँ यावत् थोक र घटनाको सहीपन र गलतपनको विषयमा न्याय गर्न सक्नुहुन्छ; उहाँले भइसकेका कुराहरू, अहिले भइरहेका कुराहरू, र मानिसलाई अझै थाहा नभएका भविष्यका कुराहरूमाथि न्याय गर्न सक्नुहुन्छ। परमेश्‍वर मात्रै सबै कुराको सहीपन र गलतपनका बारेमा न्याय गर्न सक्‍ने न्यायकर्ता हुनुहुन्छ, र यसको अर्थ सबै थोकको सहीपन र गलतपनलाई परमेश्‍वरले मात्र न्याय गर्न सक्नुहुन्छ भन्‍ने हुन्छ। उहाँलाई सबै कुराका मापदण्डहरू थाहा छ। उहाँले कुनै पनि समय र स्थानमा सत्यताहरू व्यक्त गर्न सक्‍नुहुन्छ। परमेश्‍वर सत्यताको मूर्त रूप हुनुहुन्छ, मतलब उहाँ स्वयम्‌मा सत्यताको सार छ। यदि मानिसले धेरै सत्यता बुझ्छ र ऊ परमेश्‍वरद्वारा सिद्ध पारिन्छ भने पनि, के सत्यताको मूर्त रूपसँग उसको कुनै सरोकार हुन्छ? हुँदैन। यो निश्‍चित छ। जब मानिसलाई सिद्ध पारिन्छ, तब परमेश्‍वरको वर्तमान काम र परमेश्‍वरले मानिसबाट माग गर्नुहुने विभिन्‍न मानकहरूका सम्बन्धमा ऊसँग सही मूल्याङ्कन र अभ्यासका विधिहरू हुनेछ, र उसले परमेश्‍वरका अभिप्रायहरू पूर्ण रूपमा बुझ्‍नेछ। ऊ परमेश्‍वरबाट के आउँछ र मानिसबाट के आउँछ भन्नेबीचको भिन्‍नता, साथै सही के हो र गलत के हो भन्नेबीचको भिन्‍नता छुट्याउन सक्छ। तर पनि मानिसहरूका निम्ति अप्राप्य र अस्पष्ट रहने कुराहरू, अर्थात् परमेश्‍वरले उनीहरूलाई बताउनुभएपछि मात्रै उनीहरूले जान्‍ने केही कुरा छन्। के मानिसले अज्ञात कुराहरू, अर्थात् परमेश्‍वरले अझसम्म उसलाई नबताउनुभएका कुराहरू जान्‍न वा भविष्यवाणी गर्न सक्छ? कदापि सक्दैन। अझ भन्‍ने हो भने, यदि मानिसले परमेश्‍वरबाट सत्यता प्राप्त गऱ्यो, सत्यता वास्तविकता प्राप्त गऱ्यो, र धेरै सत्यताको सार जान्यो, र सही र गलत छुट्ट्याउन सक्यो भने पनि, के ऊसित सबै कुरालाई नियन्त्रण र शासन गर्ने क्षमता हुन्छ र? ऊसँग यो क्षमता हुँदैन। परमेश्‍वर र मानिसबीचको भिन्नता नै त्यही हो। सृजित प्राणीहरू सत्यताको स्रोतबाट मात्र सत्यता प्राप्त गर्न सक्छन्। के तिनीहरू मानिसबाट सत्यता प्राप्त गर्न सक्छन्? के मानिस सत्यता हो? के मानिस सत्यता प्रदान गर्न सक्छ? ऊ सक्दैन, र भिन्नता त्यसैमा छ। तैँले सत्यता प्राप्त गर्न मात्र सक्छस्, प्रदान गर्न सक्दैनस्—त्यसोभए, के तँलाई सत्यता भएको व्यक्ति भनेर भन्‍न मिल्छ? के तँलाई सत्यताको मूर्त रूप भनेर भन्‍न मिल्छ? कदापि मिल्दैन! सत्यताको मूर्त रूपको सार ठ्याक्कै के हो? यो सत्यता प्रदान गर्ने स्रोत हो, सबै थोकमाथिको शासन र सार्वभौमिकताको स्रोत हो, र यो यावत् थोक र घटनाहरूको न्याय गर्ने एकमात्र मानक र मापदण्ड पनि हो। सत्यताको मूर्त रूप यही नै हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५७

परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यतामा, उहाँले उहाँको स्वभाव र सार व्यक्त गर्नुहुन्छ; उहाँले अभिव्यक्त गर्ने सत्यता मानवजातिले सारसङ्क्षेप गरेको भनी मानिसहरूले विश्‍वास गर्ने विभिन्न सकारात्मक कुरा र भनाइहरूमा आधारित हुँदैन। परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन्; परमेश्‍वरका वचनहरू सत्यता हुन्। ती एकमात्र जग र व्यवस्था हुन् जसमार्फत मानवजाति अस्तित्वमा रहन्छ। र मानिसबाट उत्पन्न हुने तथाकथित सिद्धान्तहरू गलत र बेतुक छन्, र परमेश्‍वरले तिनलाई दोषी ठहराउनुहुन्छ। तिनले उहाँको मान्यता आर्जन गर्दैनन्, र ती उहाँका वाणीहरूको मूल वा आधार त झनै होइनन्। परमेश्‍वरले आफ्नो स्वभाव र आफ्नो सार आफ्ना वचनहरूद्वारा व्यक्त गर्नुहुन्छ। परमेश्‍वरद्वारा व्यक्त गरिएका सबै वचनहरू सत्यता हुन्, किनकि उहाँसँग परमेश्‍वरको सार छ, र उहाँ सबै सकारात्मक कुराहरूको वास्तविकता हुनुहुन्छ। यो भ्रष्ट मानवजातिले परमेश्‍वरका वचनहरूलाई जुन स्थानमा राखे पनि वा जसरी परिभाषित गरे पनि, वा तिनलाई जसरी हेरे वा बुझे पनि, परमेश्‍वरका वचनहरू अनन्त रूपमा सत्यता हुन्, र यो कहिल्यै परिवर्तन नहुने तथ्य हो। परमेश्‍वरले जति वचनहरू बोल्नुभएको भए पनि, र यस भ्रष्ट र दुष्ट मानवजातिले तिनलाई जति नै दोषी ठहराए र इन्कार गरे पनि, यसमा अनन्त रूपमा परिवर्तन नहुने तथ्य रहेको छः परमेश्‍वरका वचनहरू सधैँ सत्यता हुनेछन्। मानिसले यसलाई कहिल्यै परिवर्तन गर्न सक्दैन। अन्त्यमा, सारा मानवजातिले परमेश्‍वरका वचनहरू सत्यता हुन्, र मानवजातिले सम्‍मान गरेका परम्‍परागत संस्कृति र वैज्ञानिक ज्ञान कहिल्यै सकारात्मक कुराहरू बन्‍न सक्दैनन्, र ती कहिल्यै सत्यता हुन सक्दैनन् भनेर स्विकार्नेछन्। यो अटल कुरा हो। समय बित्दै जाँदा वा समयको लामो अन्तरालमा मानवजातिका परम्परागत संस्कृति र बाँच्ने तरिकाहरू सत्यता बन्नेछैनन्, न त मानवजातिको दोषी ठहराइ वा भुलक्कडपनको कारण परमेश्‍वरका वचनहरू मानिसका वचनहरू नै बन्नेछन्। सत्यता सधैँ सत्यता नै हुनेछ; यो सार कहिल्यै परिवर्तन हुनेछैन। यहाँ कुन तथ्य छ? तथ्य के छ भने, मानवजातिले सारसङ्क्षेप गरेका यी आम भनाइहरूको स्रोत शैतान र मानव कल्पना र धारणाहरू नै हुन् वा ती मान्छेको गरम मिजासीपन, र मानिसहरूको भ्रष्ट स्वभावहरूबाट उत्पन्न भएका हुन्छन्, र सकारात्मक कुराहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अर्कोतर्फ, परमेश्‍वरका वचनहरू परमेश्‍वरको सार र पहिचानका अभिव्यक्ति हुन्। कुन कारणले गर्दा उहाँले यी वचनहरू व्यक्त गर्नुहुन्छ? म किन ती सत्यता हुन् भनेर भन्छु? कारण के हो भने परमेश्‍वर यावत् थोकका सबै व्यवस्था, नियम, जड, सार, वास्तविकता, र रहस्यमाथि सार्वभौम हुनुहुन्छ, र ती कुरालाई आफ्नो पकडमा राख्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले मात्रै सबै कुराका नियम, वास्तविकता, तथ्य, र रहस्यहरू जान्‍नुहुन्छ। परमेश्‍वरले सबै थोकको उत्पत्तिबारे जान्‍नुहुन्छ, र सबै थोकको जड के हो भन्‍ने परमेश्‍वरलाई थाहा छ। परमेश्‍वरका वचनहरूमा प्रस्तुत गरिएका सबै कुराहरूको परिभाषा मात्रै सबैभन्दा सही छ, र परमेश्‍वरका वचनहरू मात्रै मानव जीवनका मानक र सिद्धान्तहरू हुन् र ती सत्यता र मापदण्डहरू हुन्, जसमार्फत मानवहरू जिउन सक्‍छन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक)

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५८

तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको नियोजनका खातिर तँ आफ्नो भूमिका खेल्छस् र तँ आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसुकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्‍माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्‍वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; यावत् थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्‍वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ। मानिसको हृदय र आत्मा परमेश्‍वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यो सब कुरामा विश्‍वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्‍वरका विचारअनुसार सर्नेछ, परिवर्तन हुनेछ, नवीकरण हुनेछ र लोप हुनेछ। परमेश्‍वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ।

जसरी रात नजिकिँदै जाँदा मानिस बेखबर हुन्छ, किनभने मानिसको हृदयले रात कसरी नजिकिँदैछ भनी थाहा पाउन सक्दैन, न त यो कहाँबाट आउँछ भनी उसले जान्दछ। जसरी रात बिस्तारै बितेर जान्छ, मानिसले उज्यालोलाई स्वागत गर्छ, तर उज्यालो कहाँबाट आउँछ र यसले रातको अँध्यारोलाई कसरी हटायो भन्‍ने बारेमा मानिसले अति कम मात्र जान्दछ र यसप्रति अझै कम सचेत रहन्छ। यिनै दिन र रात भइरहने क्रमले नै मानिसलाई एउटा कालखण्डबाट अर्को कालखण्डमा, एउटा ऐतिहासिक सन्दर्भबाट अर्को ऐतिहासिक सन्दर्भमा पुर्‍याउँछ र यस क्रममा हरेक युगमा परमेश्‍वरको कार्य भएको छ र हरेक युगको निम्ति उहाँको योजना पूरा भएको छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्छ। मानिस परमेश्‍वरलाई पछ्याउँदै यी सबै विभिन्न कालखण्डमा हिँडेको छ, तैपनि परमेश्‍वर यावत् थोक र जीवित प्राणीहरूको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा ऊ जान्दैन, न त परमेश्‍वरले यावत् थोकहरूलाई कसरी योजनाबद्ध र निर्देशन गर्नुहुन्छ भन्‍ने कुरा नै जान्दछ। यो कुरा वर्तमान समयको मानिस अनि अनादिकालको मानिसले समेत बुझेको छैन। परमेश्‍वरका कार्यहरू अत्यन्त गुप्त भएर यसो भएको होइन, न त परमेश्‍वरको योजना साकार हुन बाँकी रहेर नै भएको हो, बरु मानिसको हृदय र आत्मा परमेश्‍वरबाट अति टाढा भएको कारणले हो, यो यति टाढा छ कि मानिसले “परमेश्‍वरलाई पछ्याउँदा” पनि ऊ शैतानको सेवामा रहन्छ—तैपनि ऊ यो कुरा जान्दैन। परमेश्‍वरका पदचापहरू र परमेश्‍वरको देखापराइलाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन, अनि कोही पनि परमेश्‍वरको हेरचाह र सुरक्षामा बाँच्न इच्छुक छैन। बरु, यस संसारसँग र यो दुष्‍ट मानवजातिले पछ्याउने अस्तित्वका नियमहरूसँग समायोजित हुनका लागि तिनीहरू शैतान, त्यो दुष्ट दियाबलसले गर्ने क्षयीकरण स्विकार्न इच्छुक हुन्छन्। यस बिन्दुमा, मानिसको हृदय र आत्मा मानिसले शैतानलाई चढाउने भेटी र शैतानको खाद्य पदार्थ बन्छ। अझ बढी, मानव हृदय र आत्मा शैतान बस्ने ठाउँ, साथै त्यसको हक लाग्ने खेल मैदान बनेको छ। यसरी मानिसले आफ्ना मानव आचरणका सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइ थाहा नै नपाइकन गुमाउँछ। मानिसको हृदयमा परमेश्‍वरका व्यवस्थाहरू अनि परमेश्‍वर र मानिस बीचको करार क्रमिक रूपमा धुमिल्लिँदै जान्छ र उसले परमेश्‍वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ। समय बित्दै जाँदा, मानिसले परमेश्‍वरले उसलाई सृष्‍टि गर्नुको महत्त्वको बुझाइ गुमाउँछ, न त उसले परमेश्‍वरको मुखबाट निस्केको वचन र परमेश्‍वरबाट आएका सबै कुरा नै बुझ्छ। त्यसपछि मानिसले परमेश्‍वरका व्यवस्थाहरू र कानूनहरूको प्रतिरोध गर्न थाल्छ, अनि उसको हृदय र आत्मा भावशून्य बन्छ…। परमेश्‍वरले सुरुमा सृष्‍टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ, अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ: मानवजातिको दुःखान्त यही नै हो। वास्तवमा, प्रारम्भदेखि अहिलेसम्म नै परमेश्‍वरले मानवजातिको निम्ति दुःखद घटनाहरूलाई प्रस्तुत गर्नुभएको छ, जसमा मानिस नै नायक र पीडित दुवै बन्छ। अनि यो दुःखद घटनाको निर्देशक को हो भनी कसैले जवाफ दिन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २५९

परमेश्‍वरले यो संसार सृष्‍टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एक्लो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्‍वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्‍वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले अघि बढाउँछ भन्‍ने विश्‍वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिस आफ्नो जीवन आफूलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्‍ने कुरा जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्‍ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्‍ने मात्र ऊ जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्‍वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्‍वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस आफ्नो सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थ, परमेश्‍वरले उसलाई प्रदान गर्नुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्य, र जुन उत्कटताका साथ परमेश्‍वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यो महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्‍वर यसो गर्नुहुन्छ। मानव जीवनको उद्‌गम र निरन्तरतासँग सम्बन्धित रहस्यहरूभित्र कसैले नियालेको छैन। यी सबै कुरालाई बुझ्नुहुने परमेश्‍वरले मात्र चोट र प्रहारलाई चूपचाप सहनुहुन्छ, जुन प्रहार परमेश्‍वरबाट प्राप्‍त गरेको हरेक थोकको निम्ति धन्यवादी समेत नहुने मानिसले उहाँलाई दिन्छ। जीवनले सामान्य रूपमा ल्याउने सबै कुराहरूको आनन्द मानिसले लिन्छ, र परमेश्‍वरलाई मानिसले विश्‍वासघात गर्छ, बिर्सन्छ र उहाँबाट खोस्छ भन्‍ने कुरा त “सामान्य नै हो”। के परमेश्‍वरको योजना यति धेरै महत्त्वको हुन सक्छ? के परमेश्‍वरको बाहुलीबाट आएको यो जीवित प्राणी अर्थात् मानिस साँच्‍चै यति धेरै महत्त्वपूर्ण हुन सक्छ? निश्‍चित रूपमा नै, परमेश्‍वरको योजना महत्त्वपूर्ण छ; यद्यपि, परमेश्‍वरको बाहुलीद्वारा सृष्‍टि गरिएको यो जीवित प्राणी उहाँको योजनाको खातिर मात्र अस्तित्वमा छ। यसकारण, परमेश्‍वरले यस मनावजातिप्रतिको घृणाको खातिर आफ्‍नो योजनालाई बर्बाद पार्न सक्‍नुहुन्‍न। मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति, उहाँको योजना र उहाँले फुक्‍नुभएको सासको निम्ति परमेश्‍वरले सारा कष्‍टहरू सहनुहुन्छ। मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्‍नुभएको जीवनको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ। यो नै उहाँको योजना हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६०

यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू चाँडै मर्नेछन्, र मरेकाहरू चाँडै फर्कनेछन्। यी सबै कुरा जीवनको मार्ग हो जुन परमेश्‍वर आफैले प्रत्येक जीवित प्राणीहरूका लागि प्रबन्ध गर्नुभएको छ। तैपनि यो मार्ग र यो चक्र ठ्याक्कै त्यही तथ्य हो जुन मानिसले हेरोस् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ: परमेश्‍वरले मानिसलाई दिनुभएको जीवन अन्तहीन छ, जुन भौतिकता, समय वा स्थानद्वारा बाधित हुँदैन। परमेश्‍वरले मानिसलाई प्रदान गर्नुभएको जीवनको रहस्य यस्तो छ र यो जीवन उहाँबाट नै आएको हो भन्‍ने कुराको प्रमाण हो। धेरैले मानिसको जीवन परमेश्‍वरबाट आएको हो भनी विश्‍वास नगरे पनि, मानिसले परमेश्‍वरको अस्तित्वलाई स्वीकार वा इन्कार गरे पनि, उसले अनिवार्य रूपमा परमेश्‍वरबाट आउने सबै कुराको आनन्द उठाउँछ। यदि परमेश्‍वरले एक दिन अचानक मन परिवर्तन गर्नुभयो र पृथ्वीमा अस्तित्वमा भएका सबथोक फिर्ता लिने र उहाँले दिनुभएको जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने, केही पनि रहनेछैन। परमेश्‍वरले जीवित र निर्जीव सबै कुरालाई आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र उहाँको महान् शक्ति र अख्तियारमार्फत सबै थोकलाई असल क्रममा राख्नुहुन्छ—यो कसैले पनि कल्पना गर्न वा बुझ्न नसक्ने तथ्य हो। यी बुझ्न नसकिने तथ्यहरू नै परमेश्‍वरको जीवनशक्तिको प्रकटीकरण र प्रमाण हुन्। अब म तँलाई एउटा रहस्य बताउँछु: परमेश्‍वरको जीवनको महानता र उहाँको जीवनको शक्ति कुनै पनि सृजित प्राणीका लागि बुझ्न नसकिने छन्। विगतमा जस्तो थियो अहिले पनि यो त्यस्तै छ, र आउने समयमा पनि यो त्यस्तै रहनेछ। मैले बताउने दोस्रो रहस्य यो हो: सारा प्राणीहरूको जीवनको स्रोत परमेश्‍वरबाट आउँदछ, ती जीवनको रूप वा संरचनामा जतिसुकै फरक भए पनि, र ती जस्तो प्रकारको जीवित प्राणी भए पनि, कुनै प्राणी परमेश्‍वरद्वारा तोकिएको जीवन मार्गविरुद्ध जान सक्दैन। जे भए पनि, मानिसले यो बुझोस् भन्‍ने मात्र म चाहन्छु: परमेश्‍वरको हेरचाह, सुरक्षा र आपूर्तिविना, मानिसले जति नै लगनशीलताका साथ कोसिस गरे पनि वा जति नै मेहनतका साथ सङ्घर्ष गरे पनि उसले प्राप्त गर्नुपर्ने ती सबै कुरा प्राप्त गर्न सक्दैन। परमेश्‍वरबाट जीवनको आपूर्तिविना, मानिसले जिउनुको मूल्य र जीवनको अर्थ गुमाउँछ। आफ्नो जीवनको मोललाई व्यर्थमा खेर फाल्ने मानिसलाई परमेश्‍वरले कसरी यस्तो लापरवाह हुने अनुमति दिन सक्नुहुन्छ? मैले पहिले भनेझैँ: परमेश्‍वर तेरो जीवनको स्रोत हुनुहुन्छ भन्‍ने कुरालाई नबिर्सी। यदि परमेश्‍वरले दिनुभएका सबै कुराको कदर गर्न मानिसले सकेन भने, परमेश्‍वरले सुरुमा जे दिनुभयो त्यो मात्र फिर्ता लिनुहुन्न, तर उहाँले मानिसलाई दिनुभएको भन्दा दोबर मूल्य उसलाई तिर्न लगाउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६१

यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्‌का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका कुराहरू अकस्मात् आइपुग्छन्, जबकि मानवजातिले लामो समयदेखि अधिकार जमाएका कुराहरू थाहै नपाई फुत्कन्छन्। सर्वशक्तिमान्‌ कहाँ हुनुहुन्छ कसैले पनि बुझ्न सक्दैन, झन् सर्वशक्तिमान्‌को जीवनशक्तिको पराभौतिकता र विशालता जोकोहीले बुझ्छन् भन्‍ने त कुरै नगरौँ। उहाँ यो अर्थमा सर्वश्रेष्ठ हुनुहुन्छ कि मानवले बुझ्न नसक्ने कुरा उहाँले बुझ्नुहुन्छ। उहाँ यस अर्थमा महान् हुनुहुन्छ कि मानवजातिद्वारा त्यागिनुभए तापनि उहाँले अझै मानवजातिलाई मुक्ति दिनुहुन्छ। उहाँलाई जीवन र मृत्युको अर्थ थाहा छ, र त्यसका अतिरिक्त, उहाँले सृष्टि गर्नुभएको मानवजातिले पालना गर्नुपर्ने अस्तित्वका नियमहरू उहाँलाई थाहा छ। उहाँ मानव अस्तित्वको आधार हुनुहुन्छ, र उहाँ नै उद्धारक हुनुहुन्छ जसले मानवजातिको फेरि पुनरुत्थान गर्नुहुन्छ। उहाँले खुशी हृदयलाई दुःखित पार्नुहुन्छ, र दुःखित हृदयलाई खुशी दिएर उठाउनुहुन्छ, सबै आफ्नो कार्यको खातिर, र आफ्नो योजनाको खातिर।

सर्वशक्तिमान्‌को जीवन आपूर्ति छोडेर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तर ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा सहारारहित छन्‌, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्‌, र तिनीहरू भावना नभएको आत्मा बोकेर आफ्नो देहलाई थाम्नका लागि आफैलाई दह्रिलो बनाउँछन्, र यस संसारमा जसोतोसो एक तुच्छ अस्तित्व लतार्छन्। तँ यसरी आशाबिना जिउँछस्, त्यसै गरी अन्य चाहिँ लक्ष्यबिना जिउँछन्। केवल किंवदन्तीका पवित्र उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ, जो आफ्नो कष्टमाझ विलाप गर्दै उहाँको आगमनको व्यग्र तृष्णा गर्छन्‌। त्यस्तो विश्‍वास चेतनाको कमी हुनेहरूमा लामो समयदेखि साकार नभएर नै रहेको छ। तथापि, तिनीहरू अझै पनि यसको यसरी तृष्णा गर्छन्। सर्वशक्तिमान्‌ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, उहाँ तँ पछाडि फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ, तैँले तेरो स्मृति अचानक पुनः प्राप्त गर्ने दिन कुर्दै हुनुहुन्छ: जब तैँले तँ परमेश्‍वरबाट आइस्, अनि तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा तैँले एक “पिता” पाइस् भन्‍ने कुरा थाहा पाउँछस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्‌ले सदा तेरो रखवाली गर्दै, अत्यन्तै लामो समयदेखि त्यहाँ तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्‍ने कुरा थाहा पाउँछस्। उहाँले व्यग्र रूपमा तृष्णा गर्दै, र उत्तररहित प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँले बाटो हेर्दै बस्नु अमूल्य कुरा हो, र त्यो मानव हृदय र मानव आत्माका खातिर हो। सायद उहाँ अनिश्चित कालसम्म बाटो हेर्नुहुन्छ, वा सायद त्यो समाप्त भएको छ। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्‍ने कुरा तैँले जान्नुपर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६२

मानवजातिका सदस्यहरू र निष्ठावान इसाईहरूका रूपमा, परमेश्‍वरको आज्ञा पूरा गर्नका निम्ति हाम्रो मन र शरीर चढाउनु हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताकै कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आज्ञा र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्‍वरको आज्ञाका निम्ति शहीद भएकाहरूसामु हाम्रो आत्मा लज्जित हुनेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्‍वरसामु झन् धेरै लज्जित हुनेछ।

परमेश्‍वरले यो संसार सृष्टि गर्नुभयो, उहाँले यो मानवजाति सृष्टि गर्नुभयो र त्यसबाहेक, उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताको निर्माता हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ र परमेश्‍वर मात्र यस मानवजातिलाई दिनरात निगरानी गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अलग हुन सक्दैनन् अनि मानवजातिको इतिहास र भविष्य परमेश्‍वरको हातले गरेका प्रबन्धहरूबाट उम्कन सक्दैनन्। यदि तँ साँचो इसाई होस् भने, तैँले कुनै पनि देश वा राष्ट्रको उत्थान र पतन परमेश्‍वरका प्रबन्धहरूअन्तर्गत पर्छ भनी निश्चय नै विश्‍वास गर्नेछस्। परमेश्‍वरलाई मात्र कुनै देश वा राष्ट्रको भवितव्य थाहा छ र परमेश्‍वरले मात्र यस मानवजातिको मार्गलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजाति राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, यदि कुनै देशले राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, सबैले परमेश्‍वरसामु घुँडा टेक्नैपर्छ र उहाँको आराधना गर्नैपर्छ अनि परमेश्‍वरकहाँ पश्‍चात्ताप गर्न र आफ्नो पाप स्वीकार गर्न उहाँसामु आउनैपर्छ, नत्र मानिसको भवितव्य र गन्तव्य टार्न नसकिने महाविपत्ति हुनेछ।

नोआले जहाज बनाएको समयलाई फर्केर हेर: मानवजाति गहन रूपमा भ्रष्‍ट थियो, मानिसहरू परमेश्‍वरको आशिष्‌बाट तर्केका थिए, तिनीहरूलाई परमेश्‍वरले वास्ता गर्न छोड्नुभएको थियो, र तिनीहरूले परमेश्‍वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्‍वरको ज्योतिविना नै अँध्यारोमा जिउँथे। त्यसपछि तिनीहरू प्रकृतिले नै कामुक बनेका थिए र तिनीहरूले घिनलाग्दो पतिततामा आफैलाई सुम्पेका थिए। यस्ता मानिसहरूले त्यस उप्रान्त परमेश्‍वरको प्रतिज्ञा पाउन सकेनन्; तिनीहरू परमेश्‍वरको मुहारको साक्षी हुन वा परमेश्‍वरको आवाज सुन्‍न अयोग्य भए, किनकि तिनीहरूले परमेश्‍वरलाई त्यागेका थिए, परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै थोक पन्छाएका थिए, र परमेश्‍वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्‍वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरू यति पतित भए कि तिनीहरूमा अलिकति पनि समझ र मानवता रहेन र तिनीहरू झन्-झन् दुष्‍ट बने। तब तिनीहरू मृत्युतर्फ झनै नजिक हिँडे र परमेश्‍वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्‍वरको आराधना गरे र दुष्टताबाट अलग बसे, यसरी उनले परमेश्‍वरको आवाज सुन्‍न सके र उहाँका आज्ञाहरू सुने। परमेश्‍वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्‍वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्‍टताबाट अलग बसे।

अब वर्तमान युगलाई हेर: परमेश्‍वरलाई आराधना गर्न र दुष्‍टता त्याग्न सक्ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा रहन छोडेका छन्। तैपनि परमेश्‍वर यस मानवजातिप्रति अझै अनुग्रहशील हुनुहुन्छ र यस अन्तिम युगको मानवजातिप्रति अझै पनि उदारता देखाउनुहुन्छ। परमेश्‍वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्‍वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्‍वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्‍वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्‍वरद्वारा घृणित समेत हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर तँ जति नै उच्‍च पदमा भए पनि, यदि तँ आफ्नै कामहरू अघि बढाउन आफ्नो क्षमता र ज्ञान प्रयोग गर्छस् भने, तँ जहिले पनि असफल व्यक्ति हुनेछस् र परमेश्‍वरका आशिष्‌हरूबाट सधैँ वञ्‍चित हुनेछस्, किनकि परमेश्‍वर तैँले गर्ने कुनै पनि कुरा स्वीकार गर्नुहुन्‍न, र तेरो काम न्यायवान् छ भनेर उहाँ मान्नुहुन्न, वा तँ मानवजातिको फाइदाका लागि काम गरिरहेको छस् भनी मान्यता दिनुहुन्न। उहाँ तैँले गर्ने सबै काम परमेश्‍वरले मानिसलाई दिने सुरक्षालाई टाढा धकेल्न मानव ज्ञान र बल प्रयोग गर्नु हो, र त्यो परमेश्‍वरका आशिष्‌हरू इन्कार गर्नु हो भनेर भन्‍नुहुनेछ। उहाँ तैँले मानवजातिलाई अन्धकारतिर, मृत्युतिर र मानिस परमेश्‍वरविहीन भएको र उहाँका आशिष्‌हरू गुमाएको असीमित अस्तित्वको सुरुवाततिर डोर्‍याइरहेको छस् भनेर भन्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६३

सामाजिक विज्ञानहरूको प्रादुर्भाव भएदेखि, मानिसको हृदय विज्ञान र ज्ञानद्वारा ओगटिएको छ। विज्ञान र ज्ञान मानवजातिलाई शासन गर्नका लागि औजार बनेका छन्, जसले गर्दा मानिससँग परमेश्‍वरलाई आराधना गर्नका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि त्यति धेरै अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्‍वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानिसको हृदयमा परमेश्‍वरका लागि स्थान नहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। तत्पश्‍चात् मानवजातिको हृदय र मन भर्न परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो भन्‍ने सत्यताप्रति विरोधाभासी हुने सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरू व्यक्त गर्न धेरै सामाजिक वैज्ञानिक, इतिहासकार, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यसरी, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा कम हुँदै गएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरूको सङ्ख्या पहिलेभन्दा बढ्दै गएको छ। पुरानो करारीय युगमा भएका परमेश्‍वरको काम र उहाँका वचनहरूका अभिलेखहरूलाई झन्-झन् धेरै मानिसले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिन्छन्। परमेश्‍वरको गरिमा र महान्‌ताप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्, अनि तिनीहरू परमेश्‍वरको अस्तित्व र यावत् थोकमाथि उहाँको प्रभुत्व छ भन्‍ने सिद्धान्तप्रति आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र जातिहरू र राज्यहरूको नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानिस केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी, वा उहाँ कसरी मानिसको गन्तव्यमाथि सार्वभौमिकता राख्नुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोज्न केही मानिस मात्र अग्रसर हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शनविना, शासक र समाजशास्‍त्रीहरूले मानव सभ्यता कायम राख्न आफ्नो दिमाग खियाए पनि, यसले कुनै फाइदा गर्दैन। मानिसको हृदयमा भएको खालीपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्‍न सक्दैन। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो र उसका निरर्थक बलिदान र अन्वेषणहरूले झन्झन् ऊमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछन्, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको नियतिबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त झनै सक्षम हुँदैनस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन। आखिर, मानिस मानिस नै हो, अनि परमेश्‍वरको हैसियत र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्‍वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो। मानिसले परमेश्‍वरको जीवनको आपूर्ति र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उसका आवश्यकताहरू, उसको अन्वेषण गर्ने चाहना, र उसको हृदयको खालीपन समाधान हुन्छ। यदि एक देश वा जातिका मानिसहरूले परमेश्‍वरको मुक्ति र हेरचाह पाउन सक्दैनन् भने, त्यस्तो देश वा जाति पतन, अन्धकारतर्फ बढ्नेछ, र फलस्वरूप परमेश्‍वरद्वारा नष्ट गरिनेछ।

सायद, तेरो देश अहिले समृद्ध भइरहेको होला, तर यदि तैँले आफ्ना मानिसहरूलाई परमेश्‍वरबाट तर्केर जान दिन्छस् भने, तेरो देशले आफू परमेश्‍वरको आशिष्‌बाट बढ्दो रूपमा वञ्‍चित भएको पाउनेछ, त्यसको सभ्यता मानिसको पैतालाद्वारा झन्-झन् कुल्चिइनेछ, र छोटो समयभित्रै त्यहाँका मानिसहरू परमेश्‍वरका विरुद्धमा उठ्नेछन् र स्वर्गलाई सराप्नेछन्। यसरी, अनजानमै देशको नियति बिग्रिनेछ। परमेश्‍वरद्वारा श्रापित ती देशहरूसँग सामना गर्नका लागि परमेश्‍वरले शक्तिशाली देशहरू खडा गर्नुहुनेछ, र उहाँले तिनलाई पृथ्वीबाट नामेट पार्न समेत सक्नुहुनेछ। कुनै देश वा जातिको समृद्धि वा अन्त्यपछाडिको मुख्य कुरा त्यहाँका शासकहरूले परमेश्‍वरलाई आराधना गर्छन् कि गर्दैनन्, र आफ्ना मानिसहरूलाई परमेश्‍वरका नजिक हुन र उहाँलाई आराधना गर्न अगुवाइ गर्छन् कि गर्दैनन् भन्ने हो। तर यस अन्तिम युगमा परमेश्‍वरलाई इमानदारीपूर्वक खोज्ने र आराधना गर्नेहरूको झन्-झन् अभाव हुँदै गएको हुनाले, जुन देशहरूमा राज्यको धर्म इसाई छ ती देशहरूमाथि परमेश्‍वरले विशेष निगाह प्रदान गर्नुहुन्छ। उहाँले ती देशहरूलाई एकै ठाउँमा भेला गरेर तुलनात्मक रूपले धर्मी समूह बनाउनुहुन्छ, जबकि नास्तिक देशहरू र साँचो परमेश्‍वरलाई आराधना नगर्ने देशहरू धर्मी समूहका विरोधी बन्छन्। यसरी, मानवजातिका बीचमा परमेश्‍वरको स्थान भएको मात्र होइन, जहाँ उहाँले आफ्नो काम गर्न सक्नुहोस्, तर साथसाथै उहाँले धर्मी अख्तियार अभ्यास गर्ने देशहरू पनि प्राप्त गर्नुहुन्छ, र उहाँको प्रतिरोध गर्ने देशहरूमाथि निषेध गर्न र प्रतिबन्ध लगाउन अनुमति दिनुहुन्छ। यसको बाबजुद, परमेश्‍वरले उहाँको आराधना गर्न अझै मानिसहरू प्राप्त गर्न सक्नुहुन्न, किनकि मानिस उहाँबाट तर्केर अति नै टाढा भइसकेको छ, र उसले लामो समयदेखि परमेश्‍वरलाई बिर्सिसकेको छ, साथै यस पृथ्वीमा इन्साफ अभ्यास गर्ने र अन्यायको प्रतिरोध गर्ने देशहरू मात्र छन्। तर यो परमेश्‍वरको चाहनासम्म पुग्नुभन्दा धेरै नै टाढा छ, किनकि कुनै पनि देशका शासकहरूले परमेश्‍वरलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्न दिँदैनन्, अनि कुनै पनि देशका राजनीतिक दलले परमेश्‍वरलाई श्रद्धा गर्नका लागि आफ्ना मानिसहरूलाई एकसाथ भेला गर्दैन; परमेश्‍वरले हरेक देश, राज्य, सत्तारूढ दलको हृदयमा, र हरेक व्यक्तिको हृदयमा पनि आफ्नो आधिकारिक स्थान गुमाउनुभएको छ। केही न्यायवान् शक्तिहरू यस संसारमा रहे तापनि, मानवको हृदयमा परमेश्‍वरका लागि स्थान नहुने कुनै पनि शासन निकै नाजुक हुन्छ, र परमेश्‍वरको आशिष् नहुने राजनीतिक परिदृश्य अस्तव्यस्त हुन्छ र त्यसले एउटा प्रहारसमेत थेग्न सक्दैन। मानवजातिका निम्ति, परमेश्‍वरको आशिष् नहुनु भनेको घाम नहुनु जस्तै हो। आफ्ना मानिसहरूका निम्ति शासकहरूले चाहे जति नै लगनशीलताका साथ योगदान गरे पनि, मानवजातिले एकसाथ चाहे जति नै धेरै न्यायसङ्गत सम्मेलनहरू गरे पनि, यीमध्ये कुनै पनि कुराले घटनाको प्रवाहलाई उल्ट्याउनेछैन र मानवजातिको नियतिलाई बदल्नेछैन। मानिसले जुन देशमा खान र लाउन पाइन्छ, जहाँ तिनीहरू एकसाथ शान्तिपूर्वक बस्न पाउँछन्, त्यो देशचाहिँ असल देश हो, असल नेतृत्व भएको देश हो भनेर मान्छेले विश्‍वास गर्छ। तर परमेश्‍वरले यस्तो सोच्नुहुन्‍न। उहाँलाई कसैले पनि आराधना नगर्ने देशलाई नै उहाँले विनाश गर्नुहुनेछ भनी उहाँ सोच्नुहुन्छ। मानिसका विचारहरू सधैँ नै परमेश्‍वरका विचारहरूभन्दा ज्यादै फरक हुन्छन्। त्यसैले, यदि कुनै देशको प्रमुखले परमेश्‍वरलाई आराधना गर्दैन भने, त्यस देशको नियति अत्यन्तै दुःखद हुनेछ, अनि यो देशको कुनै गन्तव्य हुनेछैन।

परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, तैपनि उहाँ हरेक देश र जातिको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँ यो संसार र सारा ब्रह्माण्डलाई नियन्त्रण गर्नुहुन्छ। मानवजातिको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, र कुनै पनि व्यक्ति, देश वा जाति परमेश्‍वरको सार्वभौमिकताबाट उम्कन सक्दैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरसामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई प्रतिरोध र इन्कार गर्नेहरूमाथि उहाँले पतन र विलुप्ति निम्त्याउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश २६४

ब्रह्माण्ड र आकाश-मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र प्रजनन गर्छन्, जीवनको नियम अनन्त चक्रमा पालन गर्छन्, अनि अपरिवर्तनीय नियम पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूका कथा लिएर जान्छन्, अनि जिउँदाहरूले मरेकाहरूका उही दुःखद इतिहासलाई दोहोऱ्याउँछन्। त्यसकारण, मानवजातिले यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौँ? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारमाथि शासन गर्छ? अनि कसले यस मानवजातिलाई सृष्टि गर्नुभयो? के मानवजातिलाई साँच्‍चै नै प्रकृतिले नै सृष्टि गरेको हो त? के मानवजातिले साँच्‍चै आफ्नै भाग्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले निरन्तर रूपमा हजारौँ वर्षदेखि सोध्दै आएका प्रश्‍नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्‍नहरूले मानिस जति एकोहरो बनेको छ, उसमा विज्ञानको तृष्णा त्यति नै बढी जागेको छ। विज्ञानले देहका लागि क्षणिक सन्तुष्टि र अस्थायी आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको गहिराइमा रहेको एकान्तपन, एकलोपन, र त्यति लुक्‍न नसक्ने आतङ्क र असहायपनबाट स्वतन्त्र गर्नका लागि त्यो पटक्कै पर्याप्त छैन। मानवजातिले आफ्‍नो हृदयलाई लट्याउनका लागि आफ्‍नो नाङ्गो आँखाले देख्‍न सक्‍ने र उसको मस्तिष्कले बुझ्‍न सक्‍ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्‍न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ भन्‍ने थाहै छैन, झन् मानवजातिको सुरुवात र भविष्यबारे जान्‍ने कुरा त परै जाओस्। मानवजाति यो नियमबीच केवल विवश भएर जिउँछन्। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्‍दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्‍तदेखि अनन्‍तसम्‍म रहनुहुने एउटा मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँलाई कुनै पनि मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्‍वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूमा सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि आपूर्ति गर्ने र उसलाई पोषण दिने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई आजको दिनसम्‍म डोऱ्याउने उहाँ नै हुनुहुन्छ। यसबाहेक, मानवजातिले बाँच्नका लागि भर पर्ने एकमात्र जन उहाँ नै हुनुहुन्छ। यावत् थोकमाथि र ब्रह्माण्डका सारा जीवित प्राणीमाथि उहाँले नै सार्वभौमिकता राख्नुहुन्छ। चार ऋतुमाथि उहाँकै शासन छ अनि बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानिसलाई पहाड, ताल, नदी र तीभित्रका सबै प्राणी दिँदै, स्वर्ग र पृथ्वी पसार्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र उहाँको बुद्धि र अख्तियारको एउटा प्रकटीकरण हो। उहाँको सार्वभौमिकताबाट कसले आफूलाई उम्काउन सक्छ? उहाँका प्रबन्धबाट कसले आफूलाई छुटाउन सक्छ? यावत् थोक उहाँकै नजरमुनि अस्तित्वमा छन्, र यसबाहेक, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्नेबाहेक कुनै विकल्‍प दिँदैनन्। उहाँबाहेक कुनै कुराले पनि ब्रह्माण्डमाथि शासन गर्न सक्दैन, झन् यो मानवजातिलाई अटुट रूपमा आपूर्ति गर्ने कुरा त परै जाओस्। तैँले परमेश्‍वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तेरो भाग्य परमेश्‍वरद्वारा नियोजित हुन्छ भन्‍ने कुरामा कुनै शङ्‍का छैन, र यावत् थोकमाथि सधैँ परमेश्‍वर नै सार्वभौम हुनुहुनेछ भन्‍ने कुरामा पनि कुनै शङ्‍का छैन। मानवजातिले उहाँको अस्तित्व र अख्तियार पहिचान गर्छन् कि गर्दैनन् र बुझ्छन् कि बुझ्दैनन् भन्‍ने आधारमा ती अस्तित्व र अख्तियार निर्धारित हुँदैनन्। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको भाग्य निर्धारित गर्न सक्‍नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्‍नै आँखाले यी सबै देख्‍नेछन्, र परमेश्‍वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्‍वरकै नजर सामु मानवजाति जिउँछन् र मर्छन्। मानिस परमेश्‍वरको व्यवस्थापनका लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्‍ना आँखा चिम्‍लन्छ, ती यही व्यवस्थापनकै खातिर नै बन्द हुन्छन्। मानिस घरीघरी, आउँछ-जान्छ, आउँछ-जान्छ। कुनै अपवादबिना, यी सबै परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाका भाग हुन्। परमेश्‍वरको व्यवस्थापन सदा अघि बढिरहेको छ; त्यो कहिल्यै रोकिएको छैन। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत रहने, उहाँको सार्वभौमिकतामा विश्वास गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। यो उहाँको योजना हो, उहाँले हजारौँ वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

अघिल्लो: परमेश्‍वरको कामलाई चिन्‍नु (२)

अर्को: बाइबल सम्‍बन्धी रहस्यहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्