411 परमेश्‍वरमा विश्‍वास गर्नु तर सत्य स्वीकार नगर्नु भनेको गैर-विश्‍वासी हुनु हो

पद १

केही मानिस सत्यता वा न्यायमा रमाउँदैनन्।

बरू यी शक्ति खोज्नेहरू शक्ति र धन चाहन्छन्।

तिनीहरू प्रभाव भएका समूह र

सेमिनरीका पाष्टर खोज्छन्।

साँचो मार्ग स्वीकारे तर आधा विश्‍वास गरे।

आफ्नो हृदय र मन दिन सक्तैनन्,

परमेश्‍वरप्रति आफूलाई अर्पण गर्ने कुरा गर्दै,

पाष्टर र शिक्षकमा आँखा केन्द्रित राख्छन्।


पूर्व कोरस १

ख्रीष्टलाई तुच्छ नजरले हेर्छन्।

ख्याति, भाग्य, महिमामा अड्केका छन्।


कोरस

उहाँ भन्नुहुन्छ सत्यतालाई ध्यान नदिने सबै

गैर-विश्‍वासी र विश्‍वासघाती हुन्।

त्यस्ताले कहिल्यै ख्रीष्टको

स्वीकृति प्राप्त गर्नेछैनन्।


पद २

यो मामूली व्यक्तिले मानिसमाथि विजय गर्न र

उसलाई सिद्ध पार्न सक्छ भनी पत्याउँदैनन्।

यी धुलोका नगन्यहरू उहाँका चुनिएका हुन्

भन्ने कुरा तिनलाई हाँस्यास्पद लाग्छ।

यदि यस्ता मानिस उहाँका मुक्तिका पात्र भए,

स्वर्ग र पृथ्वी उलटपुलट हुनेथियो र सबै हाँस्ने थिए भनी

तिनीहरू विश्‍वास गर्छन्।

विश्‍वास गर्छन् कि उहाँले नगन्यलाई सिद्ध पार्नुभए,

महान् मानिस परमेश्‍वर स्वयम् बन्नेथिए।

तिनका विचार अविश्‍वासले दुषित छन्।

अविश्‍वासी भन्दा बढी, तिनीहरू बेतुका पशु हुन्।


पूर्व कोरस २

तिनीहरू दर्जा, प्रतिष्ठा, शक्ति र

ठूला सम्प्रदायलाई मात्र मूल्य दिन्छन्,

ख्रीष्टले डोर्याउनुभएकाको कदर गर्दैनन्।

तिनीहरू ख्रीष्ट, सत्यता र जीवनका विश्‍वासघाती हुन्।


कोरस

उहाँ भन्नुहुन्छ सत्यतालाई ध्यान नदिने सबै

गैर-विश्‍वासी र विश्‍वासघाती हुन्।

त्यस्ताले कहिल्यै ख्रीष्टको

स्वीकृति प्राप्त गर्नेछैनन्।


अन्त्य

अब देख्यौ तिमीमा कति अविश्‍वास छ?

ख्रीष्टलाई कति विश्‍वासघात गर्छौ?

सत्यताको मार्ग रोजेकोले आफूलाई पूरै

समर्पित गर भनी उहाँ सल्लाह दिनुहुन्छ।

परमेश्‍वर साँचो विश्‍वास र

आराधना गर्ने सबैको हुनुहुन्छ।

उहाँ न संसारको न त कुनै व्यक्तिको हुनुहुन्छ।

परमेश्‍वर उहाँप्रति समर्पित र वफादारको हुनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?” बाट परिमार्जित

अघिल्लो: 410 तिमीहरूको विश्‍वास अझै अन्योलपूर्ण छ

अर्को: 412 परमेश्‍वरमा हल्का रूपले विश्‍वास गर्नुको अन्त्य के हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्