484 परमेश्वरमा साँचो विश्वास भनेको उहाँका वचनहरूको अभ्यास र अनुभव हो
पद १
परमेश्वरका वचनको व्यावहारिक अनुभवले
मात्र मानिसले सत्यता, जीवन पाउँछ।
यसरी मात्र उसले सामान्य मानवत्व
के हो भनी बुझ्न सक्छ।
कोरस १
यसरी मात्र उसले अर्थपूर्ण जीवनबारे जान्न सक्छ।
साँचो सृजित प्राणी र उसको कर्तव्य,
उहाँलाई पालन गर्नुको सत्य, उहाँको ख्याल राख्ने,
साँचो मानव रूप पाउने तरिका बुझ्न सक्छ।
पद २
उहाँका वचनको व्यावहारिक अनुभवले
मात्र साँचो विश्वास, आराधना बुझिन्छ।
यसरी मानिसले स्वर्ग, पृथ्वी र सबथोकको
शासक को हुनुहुन्छ भन्ने बुझ्छ।
कोरस २
यसरी मात्र मानिसले सबथोकका मालिकले कुन माध्यमद्वारा
सबमाथि शासन गर्नुहुन्छ,
सृष्टिकै लागि अगुवाई, आपूर्ति गर्नुहुन्छ,
कसरी प्रकट र अस्तित्वमा हुनुहुन्छ,
कसरी काम गर्नुहुन्छ भन्ने बुझ्छ।
पद ३
उहाँका वचनको वास्तविक अनुभव बिना,
उसलाई वचनको, सत्यताको ज्ञान हुँदैन।
यस्तो मानिस, सृष्टिकर्ताबारे ज्ञानै नभएको
जीवित लास, खोक्रो खबटा हो।
कोरस ३
उहाँका नजरमा, उसले कहिल्यै उहाँमा विश्वास
गरेको र उहाँलाई पछ्याएको छैन।
उहाँ उसलाई न त अनुयायी, न विश्वासी न त
साँचो सृजित प्राणी झैँ हेर्नुहुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “प्रस्तावना” बाट परिमार्जित