ख. परमेश्‍वरका भेडाहरूले उहाँको सोर सुन्छन् र व्यक्तिले उहाँको सोर सुनेर मात्रै फर्कनुभएका परमेश्‍वरलाई भेट्न सक्छ

बाइबलमा परमेश्‍वरका वचनहरू

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)

“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)

“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)

“हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, हामीले परमेश्‍वरका अभिप्राय, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्नुपर्छ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्‍ने वचनहरू लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्‍ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्‍ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्‍न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

मैले सारा ब्रह्माण्डभरि मेरो काम गरिरहेको छु र पूर्वमा चट्याङहरू असीम रूपमा देखा पर्छन्, जसले सारा जाति र सम्प्रदायहरूलाई हल्लाइदिन्छन्। सारा मानिसहरूलाई वर्तमानमा ल्याउने मेरो आवाज नै हो। म सबै मानिसहरूलाई मेरो आवाजद्वारा जित्छु, यही प्रवाहमा पार्नेछु र मेरो सामु झुक्न लगाउनेछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ गरी जारी गरेको छु। कसले मलाई देख्ने उत्कट इच्छा गर्दैन? कसले मेरो आगमनलाई उत्सुकतापूर्वक प्रतीक्षा गर्दैन? उहाँको पुन: देखापराइको तृष्णा कसले गर्दैन? उहाँको प्रेमिलो स्वभावका निम्ति को लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले प्रशंसा गर्दैन? मेरो आवाज पृथ्वीभरि फैलनेछ; म मेरा चुनिएका मानिसहरूलाई सामना गर्नेछु, र शक्तिशाली मेघगर्जनहरूले पहाड़ र नदीहरू थर्काएझैँ, तिनीहरूलाई अझ धेरै वचनहरू भन्नेछु। म मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिको निम्ति बोल्छु। यसकारण, मेरो मुखको वचन मानिसहरूको खजाना भएको छ र सबै मानिसहरूले मेरो वचनलाई मनमा लिन्छन्। मेरो ज्योति पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तिनलाई त्याग्न अनिच्छुक हुन्छन्, साथै ती वचन तिनीहरूलाई अथाह लाग्छ, तर तिनमा अझ धेरै आनन्दित हुन्छन्। भर्खरै जन्‍मेको शिशुझैँ, सबै मानिसहरू मेरो आगमनको उत्सव मनाउँदै खुशी र आनन्दित हुन्‍छन्। मेरो आवाजको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूको जातिभित्र औपचारिक रूपमा प्रवेश गर्नेछु, यसरी तिनीहरू मेरो आराधना गर्न आउनेछन्। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, मैले यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र पूर्वबाट चम्किरहेको त्यो ज्योति देख्नेछन् र म पूर्वको जैतूनको डाँड़ामा ओर्लेको पनि देख्नेछन्। यहूदीको छोराको रूपमा होइन, तर पूर्वको ज्योतिको रूपमा म पृथ्वीमा लामो समयदेखि बसेको छु भन्‍ने तिनीहरूले देख्नेछन्। किनभने मेरो उहिले नै पुनरुत्थान भएको छ र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ मेरो महिमासँगै फेरि देखा परेको छु। कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ र म पनि त कैयौँ वर्षअघि इस्राएलीहरूले त्यागिएको बालक हुँ। यसको अतिरिक्त, म हालको युगको महा-महिमित सर्वशक्तिमान परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमित मुहार देखून्, मेरो आवाज सुनून् र मेरा कामहरू हेरून्। मेरो समग्र अभिप्राय यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, अनि हरेक जातिले मेरो आराधना गरोस्, हरेक जिब्रोले मलाई स्वीकार गरोस्, हरेक मानिसले आफ्नो विश्‍वासलाई ममा राखोस् र हरेक मानिस मेरो अधीनमा रहोस् भन्‍ने मेरो प्रबन्धको उद्देश्य हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

मैले बोल्‍नको लागि ब्रह्माण्डतर्फ मेरो मुहार फर्काउँदा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरू देख्छन्। मेरा अभिप्रायविरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती तारा लिनेछु र तिनलाई फेरि बनाउनेछु, र मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्—आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहनेछैनन् र संसारका यावत् थोकहरू नवीकरण हुनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूको पुनर्विभाजन हुनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जाऊन् र ती सबै मलाई आराधना गर्ने राज्य बनून्; पृथ्वीका सारा राष्ट्रहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसको स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त पारिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो प्रज्वलित अग्‍निद्वारा सखाप पारिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू विभिन्‍न हदमा मेरा कार्यहरूद्वारा जितिनेछन् र मेरो राज्यमा फर्कनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार भई आउनुहुने पवित्र एउटै उहाँको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएकाहरू सबै नष्ट हुनेछन्; पृथ्वीमा आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जे-जसरी आचरणमा राखेका हुन्‍छन् सोही कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। अनि, म आफैलाई असङ्ख्य मानिसहरू र असङ्ख्य राष्ट्रहरूसमक्ष प्रकट गर्नेछु, र पृथ्वीमा म आफ्‍नै आवाज व्यक्त गर्नेछु र मानवजातिले आफ्नै आँखाले देख्ने गरी सारा मानवजातिका लागि मेरो महान् काम पूरा भएको घोषणा गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।” के तिमीहरूले अहिले पवित्र आत्माका वचनहरू सुनेका छौ? परमेश्‍वरका वचनहरू तिमीहरूकहाँ आएका छन्। के तिमीहरू तिनलाई सुन्छौ? परमेश्‍वरले अन्तका दिनहरूमा वचनहरूको काम गर्नुहुन्छ, यस्ता वचनहरू पवित्र आत्माका वचनहरू हुन्, किनभने परमेश्‍वर पवित्र आत्मा हुनुहुन्छ र उहाँ देह पनि बन्न सक्नुहुन्छ; यसकारण, विगतमा बोलिएजस्तै, पवित्र आत्माका वचनहरू आज देहधारी परमेश्‍वरका वचनहरू हुन्। धेरै मूर्ख मानिसहरू छन् जसले बोल्‍नुहुने पवित्र आत्मा हुनुहुन्छ, त्यसकारण उहाँको आवाज मानिसहरूले सुन्‍ने गरी स्वर्गबाट आउनुपर्छ भनी विश्‍वास गर्छन्। यसरी विचार गर्ने कसैले पनि परमेश्‍वरको काम थाहा गर्दैन भन्‍ने विचार गर्छन्। वास्तवमा, पवित्र आत्माले बोल्नुभएका वाणीहरू देहधारी हुनुभएका परमेश्‍वरले बोल्नुभएका कुराहरू नै हुन्। पवित्र आत्मा मानिससँग सोझै बोल्न सक्नुहुन्न; व्यवस्थाको युगमा पनि परमप्रभु मानिसहरूसँग सोझै बोल्नुभएन। आज यस युगमा पनि उहाँले त्यसो गर्ने सम्भावना अत्यन्त कम हुँदैनथ्यो र? कामको कार्यान्वयन गर्नको लागि वाणीहरू बोल्‍न, उहाँ शरीर बन्‍नुपर्छ; नत्र, उहाँको काम यसको लक्ष्य पूरा गर्न सक्षम हुँदैन। देहधारी परमेश्‍वरलाई इन्कार गर्नेहरूले पवित्र आत्मालाई चिन्दैनन् वा परमेश्‍वरले काम गर्ने सिद्धान्तहरू जान्दैनन्। अहिले पवित्र आत्माको युग हो भनी विश्‍वास गर्ने, तैपनि उहाँको नयाँ कार्य स्वीकार नगर्नेहरू अस्पष्ट र अमूर्त विश्‍वासको माझमा जिउनेहरू हुन्। यस्ता मानिसहरूले पवित्र आत्माको कामलाई कहिल्यै पनि ग्रहण गर्दैनन्। पवित्र आत्मालाई बोल्न र उहाँको काम प्रत्यक्ष रूपमा कार्यान्वयन गर्न पुकारा गर्नेहरू र देहधारी परमेश्‍वरका काम वा वचनहरूलाई स्वीकार नगर्नेहरू कहिल्यै नयाँ युगमा प्रवेश गर्न सक्षम हुनेछैनन् वा उनीहरूलाई परमेश्‍वरद्वारा पूर्ण मुक्तिमा ल्याइनेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

कुनै पनि स्वरूप वा जातिमा सीमित नरहेको परमेश्‍वर देखा पराइको उद्देश्य भनेको, उहाँले योजना गर्नुभएको कामलाई पूरा गर्न उहाँलाई सक्षम पार्नु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिको उद्धार गर्न क्रुसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरको निम्ति यो असम्भव थियो भनेर विश्‍वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशू ख्रीष्टको स्वरूप धारण गर्न असम्भव छ भन्‍ने ठाने। तिनीहरूको “असम्भव” विचार नै तिनीहरूले परमेश्‍वरलाई दोष दिने र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएललाई विनाशतर्फ डोर्यायो। आज पनि धेरै मानिसहरूले त्यस्तै प्रकारका गल्तीहरू गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वर तुरुन्तै देखा पर्नुहुने घटनाको घोषणा गर्छन्, तैपनि फेरि उही समयमा परमेश्‍वर देखा पर्नुहुने कुराको निन्दा गर्छन्; तिनीहरूको “असम्भव” विचारले फेरि एकचोटि परमेश्‍वर देखा पर्नुहुने कुरालाई तिनीहरूको कल्पनाका सीमितताहरूमा बन्द गरी राख्छ। अनि त्यसैले धेरै मानिसहरूलाई मैले परमेश्‍वरको वचनको कुरा आउँदा जङ्गली र कठोर हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको दोषारोपण र ईश्‍वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं, तिमीहरूमा तृष्णाको मनोवृत्ति हुने कुरा त परै जाओस्। तिमीहरूले गर्ने सबै कुरा भनेको अन्धाधुन्ध अध्ययन गर्नु र कुनै चासोबिनै पर्खि बस्नु हो। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्छौ? के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौं भन्‍ने लाग्छ? यदि तँले परमेश्‍वरको वाणीलाई छुट्ट्याउन सक्दैनस् भने, कुन तरिकामा तँ परमेश्‍वर देखा पर्नुहुने घटनाको साक्षी बन्न योग्य हुन्छस्? जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुन्छ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। केवल सत्यतालाई स्वीकार गर्नेले मात्रै परमेश्‍वरको आवाजलाई सुन्न सक्नेछ, र यस्ता मानिसहरू मात्रै परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍नको लागि योग्य हुनेछन्। तेरा धारणालाई छोडिदे! आफैलाई शान्त पार् र यी शब्दहरूलाई होसियारीसाथ पढ्। यदि तँ सत्यको तृष्णा गर्छस् भने, परमेश्‍वरले तँलाई ज्योति दिनुहुनेछ र तैँले उहाँका वचन र अभिप्राय बुझ्नेछस्। तिमीहरूको “असम्भव” भन्‍ने विचारलाई छोडिदेओ! मानिसहरूले जति धेरै कुनै कुरा असम्भव छ भन्‍ने विश्‍वास गर्छन्, त्यति नै धेरै त्यस्तै हुने सम्भावना हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसका सोचाइ र धारणाका सीमाहरूलाई नाघ्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसमा त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा जति धेरै बाहिर हुन्छ, त्यसमा त्यति नै धेरै परमेश्‍वरका अभिप्राय हुन्छन्। यस्तो हुन्छ किनभने उहाँले आफूलाई जहाँ प्रकट गर्नुभए पनि परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने शैली र स्थानले उहाँको सारतत्व परिवर्तन हुनेछैन। उहाँका पाइलाहरू जहाँ भए तापनि परमेश्‍वरको स्वभाव उही रहन्छ, र उहाँका पाइलाहरू जहाँ भए तापनि, उहाँ सबै मानवजातिको परमेश्‍वर हुनुहुन्छ, त्यसरी नै जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई सबै एसिया, युरोप र अमेरिकाका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ र त्यो भन्दा पनि बढी, उहाँ सारा ब्रम्‍हाण्डका एकमात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरका अभिप्रायको खोजी गरौं र उहाँका वाणीहरूमा उहाँ देखा पर्नुहुने कुरा पत्ता लगाऔं, र उहाँका पाइलाहरूसँग कदममा कदम मिलाऔं! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँ देखा पर्नुहुने कुरा एकैसाथ अस्तित्वमा रहन्छन्, र उहाँको स्वभाव अनि पाइलाहरू सबै मानवजातिको लागि सधैं खुल्ला छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरूले यी वचनहरूमा परमेश्‍वर देखा पर्नुभएको हेर्न सक्नेछौ, तिमीहरूले नयाँ युगमा पाइला राखी अघि बढ्दै गर्दा उहाँका पाइलाहरू पछ्याउन थाल्‍न सक्नेछौ, र उहाँ देखा पर्नुभएको पर्खाइमा रहेकाहरूको लागि परमेश्‍वरले तयार गर्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्न सक्नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

सम्बन्धित प्रवचनहरू

किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

के तपाईंले परमेश्‍वरको आवाज सुन्‍नुभएको छ?

सम्बन्धित भजनहरू

परमेश्‍वरका पाइलाहरूको कसरी खोजी गर्ने

सत्यता स्वीकार गर्नेले मात्र परमेश्‍वरको आवाज सुन्न सक्छन्

परमेश्‍वरका भेडाहरूले उहाँको आवाज सुन्छन्

अघिल्लो: क. बुद्धिमती कन्याहरू र निर्बुद्धि कन्याहरू भनेका को हुन्

अर्को: ग. चिह्न र अचम्मका कामहरू मात्र हेर्न चाहनेहरूलाई किन हटाइनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्