466 परमेश्‍वरको एउटै इच्छा मानिसले उहाँलाई सुनोस् र पालन गरोस् भन्ने हो

शुरुवात

परमेश्‍वरले मानिसबाट माग गर्न छोडिसक्नुभयो।

तिर्नुभएको मूल्य पहिले नै धेरै उच्च छ,

तैपनि मानिस निश्चिन्त रहन्छ;

तिनले उहाँको कामलाई वास्ता गर्दैनन्।


पद १

उहाँले वर्षौँ अघि

संसार सृष्टि गर्नुभएदेखि,

पृथ्वीमा धेरै काम गर्नुभएको छ,

मानिसको इन्कार, निन्दा अनुभव गर्नुभएको छ।

पृथ्वीमा उहाँको आगमन कसैले स्वागत गरेन।

सबले उहाँलाई बेवास्ता गरे।


कोरस

उहाँको एउटै इच्छा मानिसले

उहाँलाई सुनोस् र पालन गरोस्,

उहाँको देह सामु लज्जित होस्, प्रतिरोध नगरोस् भन्ने हो।

आजका सब मानिसले,

उहाँ वास्तविक हुनुहुन्छ भनी

विश्‍वास गरून् भन्ने चाहनुहुन्छ।


पद २

हजारौँ वर्षको कष्ट भोग्नुभएको छ।

मानिसको आचरणले धेरै पहिल्यै

उहाँको हृदय तोड्यो।

अब मानिसको विद्रोहमा ध्यान दिनुहुन्न

तर तिनलाई रुपान्तरण गर्ने,

धुने योजना बनाउनुहुन्छ।


कोरस

उहाँको एउटै इच्छा मानिसले

उहाँलाई सुनोस् र पालन गरोस्,

उहाँको देह सामु लज्जित होस्, प्रतिरोध नगरोस् भन्ने हो।

आजका सब मानिसले,

उहाँ वास्तविक हुनुहुन्छ भनी

विश्‍वास गरून् भन्ने चाहनुहुन्छ।


पद ३

देहधारी परमेश्‍वरले सतावट, बहिष्कार,

क्रूसीकरण अनुभव गर्नुभएको छ;

संसारको सबै प्रकारका कष्ट सहनुभएको छ।

स्वर्गका पिताले यो हेर्न सक्नुभएन।

उहाँको प्रिय पूत्र फर्कने प्रतीक्षा गर्न

शिर पछाडि ढल्काई आँखा चिम्लिनुभयो।


कोरस

उहाँको एउटै इच्छा मानिसले

उहाँलाई सुनोस् र पालन गरोस्,

उहाँको देह सामु लज्जित होस्, प्रतिरोध नगरोस् भन्ने हो।

आजका सब मानिसले,

उहाँ वास्तविक हुनुहुन्छ भनी

विश्‍वास गरून् भन्ने चाहनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “काम र प्रवेश (४)” बाट परिमार्जित

अघिल्लो: 465 परमेश्‍वरलाई सुन्ने र पालन गर्नेहरूलाई उहाँ प्यारो मान्नुहुन्छ

अर्को: 467 परमेश्‍वरका वचनहरू मानिसले पालन गर्नुपर्ने मार्ग हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्