ग. मानिसप्रति परमेश्वरका चेतावनीहरू
६४४. ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्ने कोही पनि छैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने मौका फेरि कहिल्यै पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी टिप्पणीहरू नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउन र फेरि परमेश्वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
६४५. हामी सबैले विश्वास गर्छौँ कि परमेश्वरले हासिल गर्न चाहनुभएको कुरालाई कुनै देश वा शक्तिले रोक्न सक्दैन, र जसले उहाँको काममा अवरोध पुऱ्याउन खोज्छन्, उहाँको वचनको प्रतिरोध गर्छन्, र जसले उहाँको योजनामा बाधा दिन्छन् र त्यसलाई बिगार्ने कोसिस गर्छन् तिनीहरू अन्त्यमा परमेश्वरद्वारा दण्डित हुनेछन्। परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि व्यक्तिलाई उहाँले नरकमा फालिदिनुहुनेछ; परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि राष्ट्रलाई परमेश्वरले विनाश गर्नुहुनेछ; परमेश्वरको कामको विरोधमा उठ्ने कुनै पनि राष्ट्रलाई उहाँले यस पृथ्वीबाट पूर्ण रूपमा मेटाउनुहुनेछ, र त्यो अस्तित्वमा रहनेछैन। म सबै जातिका र सबै देशका, र सबै पेशासमेतका मानिसहरूलाई परमेश्वरको आवाज सुन्न, परमेश्वरको कामलाई हेर्न र मानवजातिको नियतिलाई ध्यान दिन, अनि यसरी परमेश्वरलाई सबैभन्दा पवित्र, सबैभन्दा सम्मानित, सर्वोच्च, मानवजातिमाझ आराधनाको एक मात्र पात्र बनाउन, र अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञाअन्तर्गत जिएझैँ, र परमेश्वरले सुरुमा सृष्टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा जिएझैँ सम्पूर्ण मानवजातिलाई परमेश्वरको आशिष्मुनि जिउन सक्षम तुल्याउन आग्रह गर्छु।
परमेश्वरको काम शक्तिशाली छालजस्तै अघि बढ्छ। कसैले पनि उहाँलाई रोक्न सक्दैन, र उहाँको अघि बढाइलाई कसैले पनि थाम्न सक्दैन। उहाँका वचनहरूलाई ध्यान दिएर सुन्नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पदचापहरू पछ्याउन र उहाँको प्रतिज्ञा प्राप्त गर्न सक्छन्। जसले गर्दैनन् तिनीहरूले विनाशकारी प्रकोप भोग्नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
६४६. परमेश्वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्वरले माग्नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्वरद्वारा घृणित समेत हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर तँ जति नै उच्च पदमा भए पनि, यदि तँ आफ्नै कामहरू अघि बढाउन आफ्नो क्षमता र ज्ञान प्रयोग गर्छस् भने, तँ जहिले पनि असफल व्यक्ति हुनेछस् र परमेश्वरका आशिष्हरूबाट सधैँ वञ्चित हुनेछस्, किनकि परमेश्वर तैँले गर्ने कुनै पनि कुरा स्वीकार गर्नुहुन्न, र तेरो काम न्यायवान् छ भनेर उहाँ मान्नुहुन्न, वा तँ मानवजातिको फाइदाका लागि काम गरिरहेको छस् भनी मान्यता दिनुहुन्न। उहाँ तैँले गर्ने सबै काम परमेश्वरले मानिसलाई दिने सुरक्षालाई टाढा धकेल्न मानव ज्ञान र बल प्रयोग गर्नु हो, र त्यो परमेश्वरका आशिष्हरू इन्कार गर्नु हो भनेर भन्नुहुनेछ। उहाँ तैँले मानवजातिलाई अन्धकारतिर, मृत्युतिर र मानिस परमेश्वरविहीन भएको र उहाँका आशिष्हरू गुमाएको असीमित अस्तित्वको सुरुवाततिर डोर्याइरहेको छस् भनेर भन्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
६४७. के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भन्ने लाग्छ? के तिनीहरूले मसीहलाई देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव माध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू निश्चय नै नष्ट पारिने श्रेणीका मानिस हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको आनन्दमय क्षेत्रको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा फर्कनुहुँदा उहाँले व्यक्त गर्नुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के दिनेछौ? के तिमीहरूले बारम्बार पाप गर्ने र त्यसपछि घरिघरि स्विकार्ने इमानदारी दिनेछौ? सेतो बादलमा फर्कनुहुने येशूलाई तिमीहरू बलिका रूपमा के चढाउनेछौ? के तिमीहरूले आफूलाई उच्च पार्ने वर्षौँको कार्यको पुँजी चढाउनेछौँ? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति देखाउनेछौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ
६४८. म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्वरमा विश्वास गर्नेहरू निश्चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्नेहरू निश्चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू सदाका लागि नष्ट पारिने श्रेणीमा पर्छन्। धेरै मानिसहरूले मैले भन्ने कुरालाई वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्य देखा पर्ने समय हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उत्साहको समय हुनेछ। तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय तँ दण्ड भोग्न नरक जाने समय, परमेश्वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणा भएको समय, र परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुने समय पनि हुनेछ भनी जान्नुपर्छ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा, मानिसले चिन्हहरू देख्नुअघि नै परमेश्वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्विकार्ने र चिन्हहरू नखोज्ने अनि यसरी शुद्ध गरिएकाहरू परमेश्वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झूटो ख्रीष्ट हो” भन्ने विश्वासमा अड्डी कस्नेहरूले मात्र अनन्त दण्ड भोग्नेछन्, किनभने तिनीहरू चिन्ह प्रदर्शन गर्नुहुने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग प्रदान गर्नुहुने येशूलाई मान्दैनन्। अनि यसकारण, के मात्र हुन सक्छ भने, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा उहाँले तिनीहरूलाई ठेगान लगाउनुहुनेछ। तिनीहरू अति जिद्दी, आफैँमा अति आत्मविश्वासी, अति अहङ्कारी छन्। यस्ता घटियाहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तिमीहरू अज्ञानी र अहङ्कारी व्यक्ति हुनु हुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनु पर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्वरप्रतिको विश्वासको मार्ग निकै होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। मनमानी रूपमा निचोडमा नपुग; त्योभन्दा बढी, परमेश्वरमाथिको विश्वासमा बेफिक्र र लापरवाह नबन। तिमीहरूले परमेश्वरमा विश्वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ भन्ने कुरा जान्नुपर्छ। सत्यता सुनेर पनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानी हुन्। सत्यता सुनेर पनि लापरवाह रूपमा निचोडमा पुग्ने वा यसलाइ दोषी ठहराउनेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्वास गर्ने कोही पनि अरूलाई सराप्न वा दोषी ठहराउन योग्य हुँदैन। तिमीहरू सबै नै समझ भएका र सत्यता स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्वासी नहुन र आफैलाई अति उच्च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्न आउने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो एकदमै दुःखलाग्दो कुरा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्वरको अभिव्यक्ति होइनन् भनी विश्वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्वरको सिंहासनसामु फर्कनलाई पर्याप्त आशिष् नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्वरप्रतिको विश्वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ
६४९. आखिरी दिनहरूका ख्रीष्टले सारा संसारभरिका मानिसहरूलाई सिकाउन र सबै सत्यता जान्ने तुल्याउन सत्यता प्रयोग गर्नुहुनेछ। परमेश्वरको न्यायको काम यही नै हो। परमेश्वरको दोस्रो देहधारणका सन्दर्भमा धेरैलाई असहज महसुस हुन्छ, किनकि न्यायको काम गर्नका लागि परमेश्वर देह बन्नुहुनेछ भन्ने कुरा विश्वास गर्न मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्वरको काम मानवका अपेक्षाहरूभन्दा प्रायः धेरै पर हुन्छ, र मानव दिमागलाई यो स्वीकार गर्न कठिन हुन्छ भन्ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीमा गोब्रेकीराहरू मात्र हुन्, जबकि परमेश्वर ब्रह्माण्ड भर्नुहुने सर्वोच्च हुनुहुन्छ; मानिसको दिमाग फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्वरका विचारहरूद्वारा निर्देशित कामको प्रत्येक कदम परमेश्वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्वरसँग प्रतिस्पर्धा गर्ने कोसिस गरिरहेका हुन्छन्, जसलाई म भन्छु, अन्त्यमा को हार्नेछ भन्ने कुरा स्वयम् सिद्ध छ। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूले सत्यताको सामु आफ्ना शिरहरू झुकाउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्वरको कामको गति रोक्नै नसकिने छ। तैँले दिएको “योगदान” का कारण मात्रै उहाँले न्यायको काम फेरि दोहोऱ्याउनुहुने छैन, र अनि यति असल अवसरलाई जान दिएकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्वास गर्दैनस् भने, केवल तँलाई न्याय गर्नहेतु आकाशको ठूलो सेतो सिंहासनलाई पर्खी! तँलाई थाहा हुनैपर्छ कि सबै इस्राएलीहरूले येशूलाई इन्कार गरे र नकारे, तैपनि येशूले सबै मानवजातिलाई दिनुभएको छुटकाराको तथ्य सारा ब्रह्माण्डभर र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के यो परमेश्वरले धेरै पहिले हासिल गर्नुभएको तथ्य होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको हठी ठुटो होस् भनी म भन्दछु। येशूले तँजस्तो सत्यताप्रति अबफादार र आशिषमात्र खोज्ने झूटो विश्वासीलाई स्वीकार गर्नुहुनेछैन। त्यसविपरीत, दस हजारौँ वर्षसम्म जलिरहन उहाँले तँलाई बिना कुनै कृपा आगोको कुण्डमा फालिदिनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
६५०. परमेश्वरले यो संसार सृष्टि गर्नुभयो, उहाँले यो मानवजाति सृष्टि गर्नुभयो र त्यसबाहेक, उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताको निर्माता हुनुहुन्थ्यो। परमेश्वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ र परमेश्वर मात्र यस मानवजातिलाई दिनरात निगरानी गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्वरको सार्वभौमिकताबाट अलग हुन सक्दैनन् अनि मानवजातिको इतिहास र भविष्य परमेश्वरको हातले गरेका प्रबन्धहरूबाट उम्कन सक्दैनन्। यदि तँ साँचो इसाई होस् भने, तैँले कुनै पनि देश वा राष्ट्रको उत्थान र पतन परमेश्वरका प्रबन्धहरूअन्तर्गत पर्छ भनी निश्चय नै विश्वास गर्नेछस्। परमेश्वरलाई मात्र कुनै देश वा राष्ट्रको भवितव्य थाहा छ र परमेश्वरले मात्र यस मानवजातिको मार्गलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजाति राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, यदि कुनै देशले राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, सबैले परमेश्वरसामु घुँडा टेक्नैपर्छ र उहाँको आराधना गर्नैपर्छ अनि परमेश्वरकहाँ पश्चात्ताप गर्न र आफ्नो पाप स्वीकार गर्न उहाँसामु आउनैपर्छ, नत्र मानिसको भवितव्य र गन्तव्य टार्न नसकिने महाविपत्ति हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
६५१. तिमीहरूको भाग्यका खातिर, तिमीहरूले परमेश्वरबाट मान्यता प्राप्त गर्नुपर्छ। भन्नुको मतलब, तिमीहरूले आफू परमेश्वरको घरका सदस्य भएको भनी स्विकार्ने हुनाले, तिमीहरूले सबै पक्षमा परमेश्वरको मनलाई चिन्तामुक्त राख्नुपर्छ र सबै कुरामा उहाँलाई सन्तुष्ट पार्नुपर्छ—यसो भन्नुको मतलब, तिमीहरूले सिद्धान्तसाथ र सत्यताअनुरूप कार्य गर्नैपर्छ। यदि तैँले यो कुरा पूरा गर्न सकिनस् भने, तँलाई परमेश्वरद्वारा तिरस्कार गरिनेछ र सबैद्वारा तिरस्कारका साथ अस्वीकार गरिनेछ। तँ यस्तो अप्ठ्यारो स्थितिमा फसिसकेपछि, तँलाई परमेश्वरको घरको सदस्यमा गन्न मिल्दैन, र परमेश्वरबाट मान्यता प्राप्त नगर्नु भनेको यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू
६५२. मेरा मागहरू सरल हुन सक्छन्, तर मैले तिमीहरूलाई भनिरहेको कुरा एकमा एक जोड्दा दुई हुन्छ भन्ने जत्तिको सरल छैन। यदि तिमीहरू यसबारे ख्यालख्यालमा कुरा मात्रै गर्छौ, वा खोक्रा, आडम्बरी भनाइहरू भट्याउने मात्रै गर्छौ भने, तिमीहरूका खाकाहरू र तिमीहरूका इच्छाहरू सधैँभरि खाली पाना मात्र रहनेछन्। ममा तिमीहरूमध्येका त्यस्ता व्यक्तिहरूप्रति कुनै पनि दयाभाव हुनेछैन जो वर्षौँसम्म कष्ट सहन्छन् र कडा मेहनत गर्छन् तैपनि तिनीहरूसँग देखाउने कुनै कुरा नै हुँदैन। यसको विपरीत, म मेरा मागहरू पूरा नगरेकाहरूलाई सजाय दिन्छु, इनाम दिन्नँ, सहानुभूति दिनु त परै जाओस्। तिमीहरूलाई वर्षौँसम्म अनुयायी भएर आफूले जे भए पनि कडा मेहनत गरेको, र जस्तोसुकै अवस्थामा पनि पनि श्रमिक हुन र परमेश्वरको घरमा फाइदा सकिन्छ भन्ने लाग्ला। म त भन्छु, तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छन्, किनभने तिमीहरूले सधैँ कसरी कामकुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्त पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: म तैँले एकदमै मेहनत गरेको छस् कि छैनस् र ठूला योगदानहरू दिएको छस् कि छैनस्, तँ वरिष्ठ होस् कि होइनस्, तँ मलाई निकट रूपमा पछ्याउँछस् कि पछ्याउँदैनस्, तँ निकै प्रख्यात छस् कि छैनस्, वा तेरो मनोवृत्तिमा सुधार आएको छ कि छैन भन्ने कुराको मतलब गर्दिनँ; यदि तैँले मेरा मागहरूअनुसार कार्य गरेको छैनस् भने, तँ मेरो अनुमोदन कहिल्यै प्राप्त गर्न सक्नेछैनस्। तिमीहरूले जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचार र योजनाहरू त्याग्नु र मेरा मागहरूलाई गम्भीरताका साथ लिनु राम्रो हुन्छ। अन्यथा, म सबैलाई खरानी पारिदिनेछु र यसरी मेरो काम समाप्त गरिदिनेछु; बढीमा, मेरो वर्षौँको काम र कष्ट व्यर्थ जानेछ—किनभने म मेरा शत्रुहरूलाई अनि दुष्टताको गन्ध आउने र त्यही पुरानो शैतानी रूप भएकाहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को युगमा लैजान सक्दिनँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्याउनेछ
६५३. मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तँबाट के माग गर्छु भने, अझै पनि तँ आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर्, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तँ स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा चिन्, र तँ आफ्नो सम्पूर्ण शक्ति मेरो काममा समर्पित गर्, ताकि मेरो कामले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा होड गर्न, आकस्मिक योजना खोज्न, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा छेकथुन नहोस्। तिमीहरूलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तिमीहरूमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लिप्त हुने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्किन कठिन लाग्ने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाटो बिराएर बाक्लो कुहिरोभित्र छिरेर फेरि कहिल्यै सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तब तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्। त्यस समयसम्म, मेरो दिन मानिसजातिको नजिक आएको हुनेछ। तँ कसरी मेरो न्यायबाट उम्कनेछस्? तैँले कसरी सूर्यको चर्को तापलाई सहन सक्नेछस्? जब म मानिसलाई मेरो प्रशस्तता दिन्छु, उसले यसलाई आफ्नो छातीमा कदर गरी राख्दैन, तर यसलाई कसैले पनि नदेख्ने ठाउँमा फाल्छ। जब मेरो दिन मानिसमाथि आउँछ, उसले उप्रान्त मेरो प्रशस्तता पत्ता लगाउन सक्दैन, वा धेरै अघि मैले उसलाई भनेका सत्यका तीता वचनहरू भेट्टाउन सक्दैन। ऊ विलाप गर्नेछ र रुनेछ, किनभने उसले ज्योतिको उज्यालो गुमाइसकेको हुन्छ र ऊ अन्धकारमा फसिसकेको हुन्छ। आज तिमीहरूले जे देख्दैछौ त्यो मेरो मुखको धारिलो तरबार मात्र हो। तिमीहरूले मेरो हातमा भएको डन्डा वा मानिसलाई जलाउने आगोको ज्वाला देखेका छैनौ, र यसैले मेरो उपस्थितिमा तिमीहरू अझै पनि अहङ्कारी र असंयमित छौ। यसैले तिमीहरूको मानवीय जिब्रोले मेरो मुखबाट निस्केका कुराहरूसँग बहस गर्दै तिमीहरू अझै मसँग मेरो घरमा झगडा गर्छौ। मानिस मदेखि त्रसित हुँदैन, र उसले आफूलाई आज पनि मसँगको दुस्मनीमा खडा गरेको भए तापनि, ऊ पूर्णतया निर्भय रहन्छ। तिमीहरूको मुखमा अधर्मी जिब्रो र दाँतहरू छन्। तिमीहरूको वचन र व्यवहार सर्पका जस्ता छन् जसले हव्वालाई पाप गर्न लोभ्यायो। तिमीहरूले एक-अर्काबाट आँखाको बदला आँखा र दाँतको बदला दाँत माग गर्छौ, र तिमीहरूले मेरो उपस्थितिमा आफ्नै लागि पद, प्रतिष्ठा, फाइदाको लागि सङ्घर्ष गर्छौ, तर पनि तिमीलाई थाहा छैन, कि मैले तिमीहरूको वचन र व्यवहार गोप्य रूपमा हेर्दैछु। तिमीहरू मेरो उपस्थितिमा आउनुभन्दा पहिले नै, मैले तिमीहरूको हृदयको भित्री आवाजलाई सुनिसकेको छु। मानिस जहिले पनि मेरो हातको पकडबाट उम्कन र मेरो नजरको अवलोकनबाट भाग्न चाहन्छ, तर म उसका वचनहरू वा व्यवहारहरूबाट कहिल्यै पछि हटिँन। यसको सट्टामा, मैले उद्देश्यपूर्ण रूपमा ती वचनहरू वा व्यवहारहरूलाई मेरो नजरमा प्रवेश गर्न दिन्छु, ताकि मैले मानिसको अधर्मको सजाय दिन सकूँ र उसको विद्रोहीपनमाथि न्याय कार्यान्वयन गर्न सकूँ। यसरी, मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनकि उसको विद्रोहीपन एकदमै धेरै छ। मेरो काम भनेको मेरो आत्माको उपस्थितिमा बोलिएका र गरिएका मानिसका वचनहरू र व्यवहारहरूलाई जलाउनु र शुद्ध पार्नु हो। यस प्रकारले,[क] जब म पृथ्वी छोड्छु, मानिसहरूले पृथ्वीमा मेरा कामहरू पूर्ण नहुन्जेलसम्मै त्यसलाई जारी राख्दै अझै पनि मप्रति आफ्नो बफादारीता कायम राख्नेछन्, र अझै पनि मेरा पवित्र सेवकहरूले मेरो काममा सेवा गरेजस्तै गरी सेवा गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
फूटनोटहरू:
क. मूल पाठमा “यस प्रकारले” भन्ने वाक्यांश समावेश छैन।
६५४. पृथ्वीमा अनेक किसिमका दुष्ट आत्माहरू सधैँ नै विश्राम-स्थलको खोजीमा हुन्छन्; तिनीहरू सधैँ आफूले निल्न सक्ने लाशहरू खोजिरहेका हुन्छन्। मेरा मानिसहरू हो! तिमीहरू मेरो हेरचाह र सुरक्षाभित्र नै रहनुपर्छ। कहिल्यै विशृङ्खल नहोऊ! कहिल्यै बेपरवाह व्यवहार नगर! तैँले मेरो घरमा आफ्नो बफादारी अर्पण गर्नुपर्छ, र तैँले बफादारीद्वारा मात्रै दियाबलसहरूका षड्यन्त्रहरूविरुद्ध प्रत्याक्रमण गर्न सक्छस्। तैँले कुनै पनि हालतमा विगतमा जस्तो मेरो अगाडि एउटा कुरा गर्ने र मेरो पछाडि अर्को कुरा गर्ने गर्नु हुँदैन; यदि तँ यस्तो व्यवहार गर्छस् भने, तँ छुटकाराभन्दा पर पुगिसकेको हुन्छस्। के मैले पर्याप्त रूपमा यस्ता वचनहरू उच्चारण गरिसकेको छैनँ र? मानवजातिको पुरानो स्वभाव सुधार गर्न नसकिने भएकाले नै मैले मानिसहरूलाई बारम्बार स्मरण गराउनु परेको छ। दिक्क नमान! मैले भन्ने कुरा पूर्ण रूपमा तिमीहरूको गन्तव्यका खातिर नै हो! शैतानलाई चाहिने भनेकै मैलो र फोहोरी स्थान हो; तिमीहरू संयमताप्रति समर्पित हुन इन्कार गर्दै जति धेरै उद्धार गर्न नसकिने र विशृङ्खल हुन्छौ, ती अशुद्ध आत्माहरू तिमीहरूमा घुसपैठ गर्ने कुनै पनि मौकाका लागि त्यति नै धेरै लागिपर्छन्। यदि तिमीहरू यस बिन्दुसम्म आइपुगेका छौ भने, तिमीहरूको बफादारी कुनै पनि वास्तविकताबिनाको फोकट गफबाहेक केही पनि हुनेछैन, अनि अशुद्ध आत्माहरूले तिमीहरूको सङ्कल्पलाई निल्नेछन् र त्यसलाई मेरो काममा अवरोध गर्नका लागि विद्रोह र शैतानका षड्यन्त्रहरूमा रूपान्तरण गर्छन्, जसले गर्दा तिमीहरू कुनै पनि समय र स्थानमा मद्वारा ढालिने अवस्थमा पुग्छौ। यस अवस्थाको गम्भीरता कसैले बुझ्न सक्दैन; तिनीहरू त्यसप्रति कानमा तेल हालेर बस्छन्, र अलिकति पनि सतर्क हुँदैनन्। मलाई विगतमा गरिएको कुरा याद छैन; के तँ अझै पनि म फेरि “याद नगरेर” तँप्रति उदार हुने प्रतीक्षा गरिरहेको छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १०
६५५. धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्चर्यजनक कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। तिमीहरू सबै निकै “चलाख” भएकाले, आफ्नै तुच्छ मनस्थितिका आधारमा भद्र मानिसहरूको हृदय मापन गर्न एकदमै सिपालु भएकाले, यसले मेरो कामलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, ल त्यसोभए, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै प्रकोपमा पार्नेछु, ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्वासमा तिमीहरू दृढ हुन सक। अन्ततः, म तिमीहरूको मुखबाट “परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्छ” भन्ने शब्दहरू निचोर्नेछु, जसपछि तिमीहरू आफ्ना छाती पिट्नेछौ, र “मानिसको हृदय अति छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति के हुनेछ? निश्चय नै, तिमीहरू अहिलेको जति घमण्डले आविष्ट हुनेछैनौ! र अहिले भए जति “गहन र दुर्बोध” त झनै हुनेछैनौ। परमेश्वरको उपस्थितिमा, कतिपय मानिसहरू निकै अनुशासित हुन्छन्, र निकै “भद्र” हुन्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाह्राहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको श्रेणीमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म के भन्छु भने तँ सत्यता अभ्यास गर्न अत्यन्तै अनिच्छुक व्यक्ति होस्। यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, आफ्ना कठिनाइहरूबारे अरूसामु खुलेर कुरा गर्नदेखि अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ। … आखिरमा व्यक्तिको नियति कस्तो हुनेछ भन्ने कुरा ऊसँग इमानदार र रगत झैँ रातो हृदय छ कि छैन, र ऊसँग विशुद्ध प्राण छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो अत्यन्तै बेइमान छ, जोसँग अत्यन्तै दुर्भावपूर्ण हृदय छ, जोसँग अशुद्ध प्राण छ भने तेरो नियतिको अभिलेखमा लेखिए अनुरूप, तँ त्यो ठाउँमा पुग्ने निश्चित छ जहाँ मानिसलाई दण्ड दिइन्छ। यदि तँ आफू अत्यन्तै इमानदार भएको दाबी गर्छस्, तर कहिल्यै सत्यता अनुरूप व्यवहार गर्न सक्दैनस् वा एउटा सत्य कुरा बोल्न सक्दैनस् भने, के तैँले अझै परमेश्वरबाट इनाम पाउने प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्वरले तँलाई उहाँको आँखाको नानी मान्नुहुन्छ भन्ने आशा गर्छस्? के यस्ता सोचहरू बेतुका छैनन् र? तँ सबै कुरामा परमेश्वरलाई छल गर्छस्; मैला हातहरू भएको तँजस्तोलाई परमेश्वरको घरले कसरी रहन दिन सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू
६५६. अब, तिमीहरूको खोजी प्रभावकारी भएको छ वा छैन त्यसको नाप तिमीहरूमा अहिले जे छ त्यसद्वारा गरिन्छ। तिमीहरूको परिणाम निर्धारण गर्न यही कुरा प्रयोग गरिन्छ; भन्नुको अर्थ तिमीहरूको परिणाम तिमीहरूले गरेका बलिदानहरूमा र तिमीहरूले गरेका कामकुराहरूका आधारमा प्रकट गरिन्छ। तिमीहरूको परिणाम तिमीहरूको पछ्याइ, तिमीहरूको विश्वास र तिमीहरूले गरेका कामकुराद्वारा प्रकट गर्न सकिन्छ। तिमीहरू सबैमध्ये धेरै जना यस्ता छन् जो पहिलेबाटै मुक्तिभन्दा धेरै पर छन्, किनकि आजको दिन मानिसका परिणामहरू प्रकट गर्ने दिन हो, र म मेरो काममा अस्तव्यस्त दिमाग भएको व्यक्ति हुनेछैन; मुक्तिबाट पूर्ण रूपमा पछि हुनेहरूलाई म अर्को युगमा डोऱ्याउनेछैनँ। एउटा यस्तो समय आउनेछ जब मेरो काम समाप्त हुन्छ। म ती दुर्गन्धित, आत्माविहीन लासहरूमा काम गर्नेछैनँ जसलाई पटक्कै मुक्ति दिन सकिँदैन। मानिसको मुक्तिका आखिरी दिनहरू अहिले नै हो, र म व्यर्थको काम गर्नेछैन। स्वर्ग र पृथ्वीको विरुद्ध निन्दा नगर—संसारको अन्त्य हुँदैछ, यो अपरिहार्य छ। स्थिति यस अवस्थामा आइपुगेको छ, र मानव जातिको रूपमा त्यसलाई रोक्नको लागि तैँले गर्न सक्ने कुनै कुरा छैन; तैँले आफ्नो इच्छाअनुसार स्थिति बदल्न सक्दैनस्। हिजो, तैँले सत्यता पछ्याउन मूल्य चुकाइनस् र तँ अर्पित थिइनस्; आज समय आएको छ, तँ मुक्तिभन्दा बाहिर छस्; अनि भोलि तँलाई हटाइनेछ, र तेरो मुक्तिको लागि कुनै उपमार्ग हुनेछैन। म दयालु र नरम हृदयको छु र म तँलाई मुक्ति दिन आफ्नो सक्दो प्रयास गर्दैछु, तर यदि तँ आफ्नो तर्फबाट कोसिस गर्दैनस् वा आफैले केही सोच्दैनस् भने, त्योसँग मेरो के सरोकार हुन्छ र? जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो लम्पट र विघटित छन्; जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्; जो केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्; जो अहङ्कारी र अभिमानी छन्, जो व्यक्तिगत ख्याति र प्राप्तिका लागि मात्र प्रतिस्पर्धा गर्छन्; जो अशिष्ट वचनहरू फैलाउँछन्; जो परमेश्वरको स्वयम्को ईशनिन्दा गर्छन्; जो केही गर्दैनन् तर स्वयम् परमेश्वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्ला गर्छन्; जो समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जो परमेश्वरभन्दा आफूलाई उच्च पार्छन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; व्यक्तिगत ख्याति र प्राप्तिको आनन्द लिने र अरूको बीचमा व्यक्तिगत हैसियत पछ्याउने ती पुरुष र महिलाहरू, पापमा फसेका ती अपश्चात्तापी मानिसहरू—के तिनीहरू सबै मुक्तिभन्दा बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, ईशनिन्दात्मक शब्दहरू, र अशिष्ट शब्दहरू सबैले तिमीहरूमाझ दङ्गा मच्चाउँछन्; तिमीहरूमाझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छन् र तिमीहरूमाझ पवित्र वचनहरू अशुद्ध पारिन्छन्। तिमी अन्यजातिहरू, फोहोर र विद्रोहले फुलिएका छौ! तिमीहरूको परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जो जीवनको मार्गलाई प्रेम गर्दैनन्, जो परमेश्वरलाई उच्च पार्दैनन् र उहाँको साक्षी दिँदैनन्, जो आफ्नै हैसियतका खातिर युक्ति रच्छन्, जो आफैलाई उच्च पार्छन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो वरिष्ठता कति ठूलो छ वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू प्राप्त गरेको छस् भन्ने कुरामा त झनै निर्भर हुँदैन। बरु, यो त तेरो पछ्याइले फल फलाएको छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष गल्लीहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसले के फरक पार्छ र? तेरो गवाही कहाँ छ? तँसँग आफैलाई प्रेम गर्ने र तेरा कामुक चाहनाहरूप्रति मोहित हुने हृदयभन्दा परमेश्वरको डर मान्ने हृदय धेरै कम छ—के यस प्रकारको व्यक्ति पतित होइन र? ऊ कसरी मुक्तिको नमुना र प्रारूप बन्न सक्छ? तेरो प्रकृति सुधार्न नसकिने छ, तँमा अति धेरै विद्रोहीपन छ, तैँले छुटकारा पाउनै सक्दैनस्! के यस्ता मानिसहरू हटाइने मानिसहरू होइनन्? के मेरो काम समाप्त हुने समय तेरो अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूमाझ अत्यन्तै धेरै काम गरेको र अत्यन्तै धेरै वचनहरू बोलेको छु—त्यसमध्ये कति साँच्चै तिमीहरूको कानमा पसेको छ? त्यसमध्ये कतिप्रति तिमीहरू कहिल्यै समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो तैँले मेरो विरोध गर्न छोड्ने, तँ मेरो विरुद्धमा खडा हुन छोड्ने समय हुनेछ। मैले काम गर्दै गर्दा, तिमीहरू निरन्तर मेरो विरुद्ध काम गर्दछौ; तिमीहरू कहिल्यै मेरा वचनहरू पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू मविरुद्ध काम गर्नेबाहेक अरू केही नगर्ने स्याल र कुकुरहरूको बथान हौ! तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिनेहरूलाई तिमीहरू आफ्नो अङ्गालोमा ल्याउने निरन्तर कोसिस गरिरहेका छौ—तिमीहरूको डर मान्ने हृदय कहाँ छ? तिमीहरूले गर्ने सबै कुरा छली छन्! तिमीहरूसँग कुनै समर्पण वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र ईशनिन्दात्मक छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर पिशाचहरूलाई पूर्ण रूपमा घृणा गर्छु, र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछन्। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर पिशाच र दुष्टात्माहरू तिरस्कार्य छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, तिमीहरूको हृदय यो सत्यता, यो मार्ग र यो जीवनप्रति आकर्षित छैन; बरु, त्यो त पापीपन, पैसा, हैसियत, ख्याति, प्राप्ति, देहको आनन्द, साथै पुरुषको सुन्दरता र महिलाको उत्ताउलोपनतर्फ आकर्षित छ। त्यसले तिमीहरूलाई कसरी मेरो राज्यमा प्रवेश गर्न योग्य बनाउँछ? तिमीहरूका छविहरू परमेश्वरको भन्दा पनि ठूला छन्, तिमीहरूको हैसियत परमेश्वरको भन्दा पनि उच्च छ, मानिसहरूमाझ तिमीहरूको इज्जतको त झन् कुरै नगरौँ—तिमीहरू वास्तवमा मानिसहरूले पूजा गर्ने मूर्ति बनेका छौ। के तिमीहरूमध्ये प्रत्येक नै प्रधान स्वर्गदूत बनेका छैनौ र? जब मानिसहरूका परिणामहरू प्रकाश गरिन्छन्, जुन बेला मुक्तिको काम पनि त्यसको अन्त्य नजिकै आइपुगेको हुनेछ, तब तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ। मुक्तिको कामको बेला, म सबै मानिसहरूप्रति दयालु र भलो हुन्छु। जब काम समाप्त हुन्छ, तब फरक-फरक प्रकारका मानिसका परिणामहरू प्रकट हुनेछन्, र त्यस बेला म दयालु र असल हुनेछैनँ, किनकि मानिसहरूका परिणामहरू प्रकट भइसकेका हुनेछन्, र हरेकलाई आ-आफ्नो प्रकारअनुसार वर्गीकृत गरिएको हुनेछ, र मुक्तिको युग बितिसकेको हुने, र बितिसकेपछि त्यो नफर्किने भएकै कारण थप मुक्तिको काम गर्नुको कुनै फाइदा हुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (७)
६५७. मैले तिमीहरूलाई धेरै चेतावनीहरू दिएको छु र तिमीहरूलाई जित्ने मनसाय भएका धेरै सत्यहरू तिमीहरूलाई प्रदान गरेको छु। अहिले सम्ममा, तिमीहरू सबैले तिमीहरू विगतमा भन्दा अत्यन्तै धेरै समृद्ध भएको महसुस गर्छौ, तिमीहरूले व्यक्ति कस्तो हुनुपर्छ भन्ने बारेका धेरै सिद्धान्तहरू बुझेका छौ, र तिमीहरूले धेरै हदसम्म विश्वसनीय मानिसहरूसँग हुनुपर्ने सामान्य सुझबुझ प्राप्त गरेका छौ। यी सबै ती कटनी हुन् जुन तिमीहरूले धेरै वर्षको अन्तरालमा जम्मा गरेका हौ। म तिमीहरूका उपलब्धिहरूलाई इन्कार गर्दिन, तर मैले खुलस्त रूपमा यो पनि भन्नुपर्छ कि यी धेरै वर्षहरूको अन्तरालमा तिमीहरूले म विरुद्ध गरेका असंख्य विद्रोह र विश्वासघातहरूलाई पनि म नकार्दिनँ, किनभने तिमीहरू माझमा एक जना पनि सन्त छैन। तिमीहरू शैतानले भ्रष्ट पारेका मानिसहरू हौ भन्नेमा कुनै अपवाद छैन; तिमीहरू ख्रीष्टका शत्रुहरू हौ। आजको मितिसम्ममा तिमीहरूका अपराध र विद्रोह अनगिन्ती भएका छन्, त्यसैले मैले तिमीहरूलाई निरन्तर सताइरहेको छु भन्ने कुरालाई विरलै मात्र अनौठो मान्न सकिन्छ। म यस्तो तरिकाले तिमीहरूसँग सह-अस्तित्वमा रहन सक्दिन—तर तिमीहरूको भविष्यको निम्ति, तिमीहरूको गन्तव्यहरूको निम्ति, म, यहाँ र अहिले, फेरि एक पटक म तिमीहरूलाई झिज्याउँछु। मलाई आशा छ, तिमीहरूले मलाई अझ धेरै बुझाइ देखाउन सक्छौ, र त्यसबाहेक, तिमीहरूले मेरा हरेक वाणीहरूमा विश्वास गर्न र मेरा वचनहरूको गहन अर्थ बोध गर्न सक्नेछौ। म जे भन्छु त्यसमा शङ्का नगर, झन् मेरा वचनहरूलाई त्यतिकै टिप्नु अनि त्यसपछि मनलागी पन्छ्याउनु त परको कुरा हो; म यस कार्यलाई सहन सक्दिन। मेरा वचनहरूलाई जाँच नगर, र तिनीहरूलाई हल्का रूपले लिने वा मैले सधैँ तिमीहरूको परीक्षा लिँदैछु भन्ने कुरा गर्दै-नगर, वा त्योभन्दा खराब रूपमा, मैले तिमीहरूलाई जे भने त्यसलाई गलत छ भनेर त झन् भन्दै नभन। यी कुराहरूलाई पनि म सहन सक्दिन। तिमीहरू सधैँ मबारे र मैले भन्ने कुराबारेका सन्देहहरूले भरिन्छौ, मलाई सधैँ उपेक्षा गर्छौ र मेरा वचनहरूलाई बेवास्ता गर्छौ, त्यसैले म तिमीहरू प्रत्येकलाई पूर्ण गम्भीरताका साथ भन्छु: म जे भन्छु त्यसलाई दर्शनसँग नजोड; मेरा वचनहरूलाई छलीहरूको झूटसँग नजोड। झन् अवहेलनाका साथ मेरा वचनहरूप्रति झारा टारुवा हुनु त परको कुरा हो। शायद भविष्यमा कसैले पनि तिमीहरूलाई मैले जे भन्दैछु त्यो भन्न सक्नेछैन वा तिमीहरूसँग यति उदारताका साथ बोल्न सक्नेछैन, अर्थात् यी बुँदाहरूमा यति धैर्यताका साथ तिमीहरूलाई डोर्याउने कुरा त परै जाओस्। तिमीहरूले राम्रो समयको सम्झना गर्दै आउने ती दिनहरू बिताउनेछौ, वा घ्वाँ-घ्वाँ जोडले रुँदै वा पीडामा अइयाअइया भन्दै बस्नेछौ, वा तिमीहरू सत्य वा जीवनको एक त्यान्द्रो समेत बन्दोबस्त नभइकनै अन्धकार रातमा बाँचिरहेका हुनेछौ वा केवल निराशाका साथ प्रतीक्षा गरिरहेका हुनेछौ, वा तिमीहरूले सम्पूर्ण विवेक गुमाएकोमा अत्यन्तै नमीठो अफसोस मान्दै बसिरहेका हुनेछौ…। वास्तवमा तिमीहरूमध्ये कोही पनि यी सम्भावनाहरूबाट उम्कन सक्दैनौ। किनभने तिमीहरूमध्ये कसैले पनि परमेश्वरलाई साँचो रूपले आराधना गर्ने स्थान ओगट्दैनौ बरु तिमीहरूका विश्वास, तिमीहरूका आत्मा, प्राण, र शरीरमा जीवन र सत्यतासँग कुनै सम्बन्ध नै नभएका र वास्तवमा तिनका विपरीत हुने धेरै कुराहरू मिसाउँदै आफैलाई दुराचार र दुष्टताको संसारमा डुबाउँछौ। त्यसकारण तिमीहरूको लागि म एउटा मार्ग आशा गर्दछु जसबाट तिमीहरूले ज्योति प्राप्त गर्नेछौ। मेरो एकमात्र आशा भनेको तिमीहरू आफ्नो बन्दोबस्ती, आफ्नो हेरविचार आफैले गर्न सक्षम होऊ अनि तिमीहरूले तिमीहरूका व्यवहार र अपराधहरूप्रति उदासीनता प्रकट गर्दै तिमीहरूको गन्तव्यमा मात्र धेरै जोड नेदेऊ भन्ने हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्याउनेछ
६५८. तैँले जति धेरै अपराधहरू गर्छस् त्यति नै थोरै राम्रो गन्तव्य प्राप्त गर्ने अवसरहरू पाउनेछस्। यसको विपरीत, तैँले जति थोरै अपराधहरू गर्छस् त्यति नै धेरै परमेश्वरबाट तेरो प्रशंसा हुने सम्भावना हुन्छ। यदि तेरा अपराधहरू मैले तँलाई क्षमा दिनै नसक्ने हदसम्म बढ्दै जान्छ भने तैँले क्षमा हुने आफ्नो मौका पूर्ण रूपमा गुमाइसकेको हुनेछस्। यसै गरी, तेरो गन्तव्य पनि माथि हुँदैन, तल हुन्छ। यदि तैँले मलाई विश्वास गर्दैनस् भने तँ साहसी बन् र गलत काम गर्, अनि हेर् तैँले त्यसबाट के पाउँछस्। यदि तँ सत्यताको अभ्यास गर्ने निष्कपट व्यक्ति होस् भने तैँले निश्चय पनि तेरा अपराधहरूको लागि क्षमा पाउने अवसर प्राप्त गर्नेछस्, र तैँले झनझन कम मात्रामा विद्रोह गर्नेछस्। यदि तँ सत्यताको अभ्यास गर्न अनिच्छुक व्यक्ति होस् भने, अवश्य पनि परमेश्वरसामु तेरा अपराधहरूको संख्या बढ्नेछ र तैँले तबसम्म झन्-झन् बढी विद्रोह गर्दै जानेछस् जबसम्म तँ तेरो सीमिततामा पुग्छस्, जुन तेरो पूर्ण विनाशको समय हुनेछ। यो त्यही समय हुनेछ जब आशिष्हरू प्राप्त गर्ने तेरो मीठो सपना चकनाचूर हुनेछ। आफ्ना अपराधहरूलाई केवल अपरिपक्व वा मूर्ख व्यक्तिले गरेका गल्तीहरूको रूपमा मात्रै नमान्; तैँले आफ्नो कमजोर क्षमताले यसो गर्न असम्भव बनाएकोले गर्दा आफूले सत्यताको अभ्यास गरिन भन्ने बहानाबाजी नगर्। यसबाहेक, तैँले गरेका अपराधहरूलाई केवल त्योभन्दा राम्रो केही थाहा नभएको व्यक्तिले गरेका कार्यहरूको रूपमा नमान्। यदि तँ आफूलाई क्षमा गर्न र आफूलाई उदारताका साथ व्यवहार गर्नमा खप्पिस छस् भने म त भन्छु तँ एक काँतर होस् जसले कहिल्यै पनि सत्यता हासिल गर्नेछैन, न त कहिल्यै तेरा अपराधहरूले तेरो पिछा गर्न नै छाड्नेछन्; तिनीहरूले तँलाई सधैँ सत्यताका मागहरू पूरा गर्नबाट रोक्नेछन्, र तँलाई सधैँको लागि शैतानको बफादार रहने बनाउनेछन्। अझै पनि तेरो लागि यो मेरो सुझाव हो: आफ्ना लुकेका अपराधहरूलाई देख्न नसकी आफ्नो गन्तव्यमा मात्र ध्यान नदे; अपराधहरूलाई गम्भीर रूपमा हेर्, र तीमध्ये कुनै पनि अपराधलाई आफ्नो गन्तव्यको सरोकारको कारण बेवास्ता नगर्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्याउनेछ
६५९. परमेश्वरको सारमा प्रेमको तत्त्व भए तापनि र उहाँ हरेक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार नै उहाँमा मर्यादा हुनु हो भन्ने तथ्यलाई बेवास्ता गरेका छन् र बिर्सेका छन्। उहाँसँग प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँलाई आफ्नो इच्छाअनुसार चिढ्याउन सक्छन्, त्यसमा उहाँ केही पनि महसुस गर्नुहुन्न र कुनै पनि तरिकामा प्रतिक्रिया जनाउनुहुन्न भन्ने होइन; उहाँसँग कृपा छ भन्नुको अर्थ उहाँले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा उहाँका कुनै सिद्धान्तहरू छैनन् भन्ने होइन। परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ; उहाँको अस्तित्व अत्यन्तै वास्तविक छ। उहाँ न त कुनै काल्पनिक कठपुतली हुनुहुन्छ न त अरू कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले, हामी सधैँ उहाँको हृदयको आवाजप्रति सजग हुनुपर्छ, उहाँको मनोवृत्तिलाई राम्ररी ध्यान दिनुपर्छ र उहाँका भावनाहरू बुझ्ने प्रयास गर्नुपर्छ। परमेश्वरलाई सीमित गर्न मानव कल्पनाहरू प्रयोग नगर् र उहाँमाथि मानव मनका सोचहरू वा मानव इच्छाका चाहनाहरू नलाद्, परमेश्वरलाई मानव विधिहरू प्रयोग गरेर र मानव कल्पनाहरूका आधारमा मानिसहरूलाई व्यवहार गर्न अनुरोध नगर्। यदि तँ यसो गर्छस् भने, तैँले परमेश्वरलाई रिस उठाइरहेको हुन्छस्, उहाँको क्रोधलाई जाँचिरहेको र उहाँको मर्यादालाई चुनौती दिइरहेको हुन्छस्! तसर्थ, तिमीहरूले यस मामलाको गम्भीरता बुझिसकेपछि, म तिमीहरू हरेकलाई आफ्ना कार्यव्यवहार र बोलीमा सावधान र समझदार हुन अनि परमेश्वरसँग सम्बन्धित मामलाहरूलाई अत्यन्तै सावधानी र समझदारीका साथ सम्हाल्न आग्रह गर्छु! जब तँ परमेश्वरको मनोवृत्ति के हो भनेर बुझ्दैनस्, तब लापर्बाहीपूर्वक नबोल्, लापर्बाहीपूर्वक कार्यव्यवहार नगर वा लापर्बाहीपूर्वक लेबल नलगा; त्यसभन्दा पनि, मनमानी ढङ्गले निष्कर्षहरू ननिकाल्। यसको सट्टा, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ। यी परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नुका प्रकटीकरणहरू हुन्। यदि तँ यो हासिल गर्न सक्छस् र अरू सबै कुराभन्दा पहिले यो मनोवृत्ति राख्न सक्छस् भने, परमेश्वरले तँलाई तेरो मूर्खता, अज्ञानता र कामकुराहरूबारे बुझाइको कमीका कारण दोष दिनुहुनेछैन; बरु, तेरो मनोवृत्तिको कारण—परमेश्वरलाई चिढ्याउने तेरो डर, उहाँका अभिप्रायहरूप्रतिको तेरो आदर र उहाँप्रति समर्पित हुने तेरो इच्छा—परमेश्वरले तँलाई सम्झनुहुनेछ, मार्गदर्शन गर्नुहुनेछ र अन्तर्दृष्टि दिनुहुनेछ वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहनुहुनेछ। अन्यथा, उहाँप्रति तैँले राख्ने अनादरपूर्ण मनोवृत्तिको परिणामस्वरूप—आफ्नो इच्छाअनुसार उहाँलाई गलत ठहराउनु वा मनमानी ढङ्गले उहाँका चाहनाहरूबारे अनुमान लगाउनु र तिनलाई परिभाषित गर्नु—परमेश्वरले तँलाई दोषी ठहराउनुहुनेछ, ताडना दिनुहुनेछ र दण्डसमेत दिनुहुनेछ; वा, उहाँले तेरा बारेमा केही भन्नुहुनेछ र सायद उहाँले भन्ने कुरा तेरो परिणामसँग सम्बन्धित हुनेछ। त्यसकारण, म फेरि एक पटक जोड दिनेछु: तिमीहरू हरेक परमेश्वरबाट आउने सबै कुराबारे सावधान र समझदार हुनुपर्छ। तिमीहरूले जस्तोसुकै परिस्थिति सामना गरे पनि, लापर्बाहीपूर्वक नबोल वा लापर्बाहीपूर्वक कार्यव्यवहार नगर। पहिलो कुरा, तिमीहरूले आफ्नो हृदयमा विचार गर्नुपर्छ: “म कसरी परमेश्वरको डर मान्ने हृदय भएको व्यक्तिले जस्तै बोल्न र कार्यव्यवहार गर्न सक्छु? बोल्ने र कार्यव्यवहार गर्ने कुन तरिकाले परमेश्वरको स्वभावलाई चिढ्याउँदैन?” सरल मामिलाहरूमा समेत, तिमीहरूले यी प्रश्नहरूलाई अझ बढी मनन गर्नुपर्छ र तिनलाई अझ बढी विचार गर्नुपर्छ। यदि तँ साँच्चै सबै पक्षमा, सबै कुरामा र सबै समयमा यी सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्छस् र विशेष रूपमा आफूले कुनै कुरा नबुझ्दा यस्तो मनोवृत्ति अपनाउन सक्छस् भने, परमेश्वरले सधैँ तँलाई मार्गदर्शन गर्नुहुनेछ र पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ। तेरो कार्यसम्पादन जस्तोसुकै भए पनि, परमेश्वर त्यो सब एकदमै स्पष्ट र छर्लङ्ग देख्नुहुन्छ र उहाँले तेरो कार्यसम्पादनको सही र उचित मूल्याङ्कन गर्नुहुनेछ। तैँले अन्तिम परीक्षा पार गरिसकेपछि, परमेश्वरले तेरो सब व्यवहारलाई लिएर त्यसको पूर्ण रूपमा सारांशीकरण गर्नुहुनेछ अनि त्यसरी तेरो परिणाम निर्धारण गर्नुहुनेछ। यस परिणामले हरेक व्यक्तिलाई पूर्ण रूपमा विश्वस्त पार्नेछ। मलाई यहाँ तिमीहरूलाई भन्न मन लागेको कुरा यो हो: तिमीहरूको हरेक काम, तिमीहरूको हरेक कार्यव्यवहार र तिमीहरूको हरेक सोचले तिमीहरूको भवितव्य निर्धारण गर्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने
६६०. मानिसहरू कसरी परमेश्वरलाई पछ्याउँछन् र उहाँप्रति कस्तो व्यवहार गर्छन् भन्ने सम्बन्धमा, मानिसहरूको मनोवृत्ति प्राथमिक महत्त्वको हुन्छ। परमेश्वरलाई उहाँ केवल हावा हुनुभएझैँ गरी आफ्नो मनबाट नहटा; बरु तैँले आफूले विश्वास गर्ने परमेश्वर जीवित परमेश्वर, वास्तविक परमेश्वर हुनुहुन्छ भनी सधैँ सोच्नैपर्छ। उहाँ माथि तेस्रो स्वर्गमा केही पनि नगरी त्यत्तिकै बसिरहनुभएको छैन। बरु, उहाँ निरन्तर रूपमा सबैको हृदय छानबिन गरिरहनुभएको छ, सबैका कार्यव्यवहारहरू छानबिन गरिरहनुभएको छ, तेरो हरेक शब्द र हरेक कार्यलाई छानबिन गरिरहनुभएको छ, तँ कसरी व्यवहार गर्छस् र उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ भनी छानबिन गरिरहनुभएको छ। तँ आफूलाई परमेश्वरप्रति समर्पित गर्न इच्छुक भए पनि नभए पनि, तेरा सबै व्यवहार अनि तेरा भित्री सोच र विचारहरू उहाँसमक्ष राखिन्छन् र उहाँद्वारा छानबिन गरिन्छन्। तेरो व्यवहारको कारण, तेरा कार्यहरूको कारण र उहाँप्रतिको तेरो मनोवृत्तिको कारण, तँबारे परमेश्वरको राय र तँप्रतिको उहाँको मनोवृत्ति निरन्तर परिवर्तन भइरहेको हुन्छ। अझै पनि, मैले तिमीहरूमध्ये केहीलाई सल्लाह दिनैपर्छ: आफूलाई परमेश्वरको हातमा शिशु नठान्, मानौँ उहाँ तँलाई अत्यन्तै माया गर्नुहुन्छ, मानौँ तँविना उहाँको काम चल्दैन, र मानौँ तँप्रति उहाँको मनोवृत्ति सधैँ एउटै हुन्छ र त्यो कहिल्यै परिवर्तन हुन सक्दैन—सपना देख्न छोड्! परमेश्वर हरेक व्यक्तिप्रतिको आफ्नो व्यवहारमा धर्मी हुनुहुन्छ, अनि मानिसहरूलाई विजय गर्ने र मुक्ति दिने काम एकदमै गम्भीरताका साथ सम्पन्न गर्नुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँ हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ; उहाँ तिनीहरूलाई पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न अनि तिनीहरूलाई फकाउनुहुन्न र तिनीहरूसँग खेल्नुहुन्न। मानवप्रतिको परमेश्वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै स्वच्छन्द र अनियन्त्रित हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्वरको प्रेममा तिनीहरूको कदर गर्ने, तिनीहरूलाई दया गर्ने र जीवनलाई आदर गर्ने कुराहरू समावेश छन्; उहाँको कृपा र सहनशीलताले आफूभित्र मानवहरूप्रतिको उहाँका अपेक्षाहरू बोकेका हुन्छन् र ती मानवजातिको अस्तित्वका लागि आवश्यक जग हुन्। परमेश्वर जीवित हुनुहुन्छ, र परमेश्वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको मनोवृत्ति सैद्धान्तिक हुन्छ, यो एक प्रकारको प्रावधान बिलकुलै होइन र यो परिवर्तन हुन सक्छ। मानवजातिका लागि उहाँका अभिप्रायहरू समयसँगै, परिस्थितिहरूका आधारमा अनि हरेक व्यक्तिको मनोवृत्तिसँगसँगै क्रमिक रूपले परिवर्तन र रूपान्तरित हुँदै छन्। त्यसकारण, तैँले आफ्नो हृदयमा एकदमै स्पष्टसित के थाहा पाउनुपर्छ भने परमेश्वरको सार अपरिवर्तनीय छ र उहाँको स्वभाव विभिन्न समय र विभिन्न परिप्रेक्ष्यमा व्यक्त हुनेछ। तैँले यस कुरालाई गम्भीर मामिला नठान्न सक्छस् र परमेश्वरले कसरी विभिन्न कुराहरू गर्नुपर्छ भनेर कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, कहिलेकाहीँ ठ्याक्कै विपरीत कुरा साँचो हुन्छ र तैँले परमेश्वरलाई मापन गर्ने प्रयासमा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गरेर उहाँलाई क्रोधित पारिसकेको हुन्छस्। किनभने परमेश्वर तैँले सोचेजस्तो तरिकामा बिलकुलै काम गर्नुहुन्न र उहाँ यस मामिलालाई तैँले भनेजस्तो बिलकुलै सम्हाल्नुहुन्न। तसर्थ, म तँलाई आफू वरिपरिका हरेक कुरा सम्हाल्दा सावधान र समझदार हुन अनि सबै कुरामा “परमेश्वरको मार्ग पछ्याउने—परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग रहने” सिद्धान्तअनुसार अभ्यास गर्न सिक्न स्मरण गराउँछु। तैँले परमेश्वरका अभिप्रायहरू र परमेश्वरको मनोवृत्तिसम्बन्धी मामिलाहरू सही रूपमा निर्धारण गर्नुपर्छ, तैँले यी मामिलाहरूबारे सङ्गति गर्न अन्तर्दृष्टि पाएका मानिसहरू खोज्नैपर्छ र तैँले गम्भीरतापूर्वक खोजी गर्नैपर्छ। आफूले विश्वास गर्ने परमेश्वरलाई आफ्नो इच्छाअनुसार उहाँलाई गलत ठहराउँदै, उहाँबारे आफूखुसी निष्कर्षहरू निकाल्दै र अनादरपूर्ण मनोवृत्तिले उहाँलाई व्यवहार गर्दै, कठपुतली नठान्। परमेश्वरले तँलाई मुक्ति प्रदान गर्दै गर्दा र उहाँले तेरो परिणाम निर्धारण गर्दै गर्दा, तँमाथि कृपा र सहनशीलता वा न्याय र सजाय देखाउन सक्नुहुन्छ, तर जे भए पनि, तँप्रति उहाँको मनोवृत्ति सधैँ एउटै हुँदैन। यो उहाँप्रतिको तेरो आफ्नै मनोवृत्ति, साथै उहाँबारे तेरो बुझाइमा निर्भर हुन्छ। तँसँग परमेश्वरको एक पक्षबारे केही ज्ञान वा बुझाइ छ भन्दैमा उहाँलाई एक पटक सदाका लागि सीमित नगर्। मृत परमेश्वरमा विश्वास नगर्; जीवित परमेश्वरमा विश्वास गर्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने
६६१. तिमीहरू परमेश्वर तिमीहरूमा आनन्दित हुनुहोस् भनी तृष्णा गर्छौ, तैपनि तिमीहरू परमेश्वरदेखि टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरू मात्र स्विकार्छौ, तर उहाँको काँटछाँट स्विकार्दैनौ, उहाँको हरेक प्रबन्ध स्विकार्ने र उहाँमा पूरा आस्था राख्ने त झनै गर्दैनौ। त्यसो भए यहाँ के भइरहेको छ? अन्तिम विश्लेषणमा, तिमीहरूको आस्था केवल अण्डाको रित्तो खोल हो, जसले कहिल्यै कुनै चल्ला जन्माउन सक्दैन। किनकि तिमीहरूको आस्थाले तिमीहरूकहाँ सत्यता ल्याएको छैन वा तिमीहरूलाई जीवन दिएको छैन, त्यसको साटो तिमीहरूलाई आड-भरोसा र आशाको भ्रामक बोध दिएको छ। तिमीहरूले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य सत्यता र जीवन होइन, यो आड-भरोसा र आशाको बोध हो। त्यसैले म भन्छु कि, परमेश्वरमा तिमीहरूको आस्था दासी अनि निर्लज्ज शैलीमा परमेश्वरको चापलुसी गर्ने कोसिस बाहेक केही होइन। अनि यसलाई कुनै पनि तरिकाले साँचो आस्था मान्न सकिँदैन। यस्तो आस्थाबाट चल्ला कसरी जन्मन सक्छ? अर्को शब्दमा, यस्तो आस्थाले के हासिल गर्न सक्छ? परमेश्वरमा तिमीहरूको आस्थाको उद्देश्य भनेको तिमीहरूका आफ्नै लक्ष्यहरू प्राप्त गर्न उहाँलाई प्रयोग गर्नु हो। के यो परमेश्वरको स्वभाव विरुद्धको तिमीहरूको उल्लङ्घनको थप तथ्य होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्वरको अस्तित्वमा विश्वास गर्छौ र पृथ्वीमा हुनुहुने परमेश्वरको अस्तित्वलाई इन्कार गर्छौ, तैपनि म तिमीहरूको विचारलाई मान्यता दिन्नँ; म तिनीहरूलाई मात्र अनुमोदन गर्छु, जसले व्यावहारिक रूपमा पृथ्वीमा हुनुहुने परमेश्वरको सेवा गर्छन्, तर तिनीहरूलाई कहिल्यै अनुमोदन गर्दिनँ, जसले पृथ्वीमा हुनुहुने ख्रीष्टलाई अनुमोदन गर्दैनन्। त्यस्ता मानिसहरू स्वर्गमा हुनुहुने परमेश्वरप्रति चाहे जत्ति नै बफादार भए पनि, अन्त्यमा तिनीहरू दुष्टलाई दण्डित गर्ने मेरो हातबाट उम्कने छैनन्। यी मानिसहरू दुष्टहरू हुन्; तिनीहरू ती दुष्टहरू हुन्, जो परमेश्वरको विरोध गर्छन् र कहिल्यै खुसीसाथ ख्रीष्टप्रति समर्पित भएका हुँदैनन्। निश्चय नै, तिनीहरूमाझमा ती सबै समावेश छन्, जसले ख्रीष्टलाई चिन्दैनन् र, यस अतिरिक्त, उहाँलाई अनुमोदन गर्दैनन्। के तँ स्वर्गमा हुनुहुने परमेश्वरप्रति बफादार रहुञ्जेल ख्रीष्टसँग तैले आफूलाई जस्तो मन लाग्छ, त्यस्तै व्यवहार गर्न सक्छस् भनी विश्वास गर्छस्? गलत! ख्रीष्टको बारेमा रहेको तेरो अज्ञानता स्वर्गमा हुनुहुने परमेश्वरप्रतिको अज्ञानता हो। स्वर्गमा हुनुहुने परमेश्वरप्रति तँ जति नै बफादार भए पनि त्यो खोक्रो गफ र बहाना मात्र हो, किनकि पृथ्वीमा हुनुहुने परमेश्वर मानिसलाई सत्यता र अझ गहिरो ज्ञान प्राप्त गराउन मात्र होइन, तर त्योभन्दा बढी महत्त्वपूर्ण कुरा, मानिसलाई दोषी ठहराउन अनि पछिबाट दियाबलसलाई दण्ड दिने तथ्यहरूमा प्रयोग गरिनको लागि पनि सहायक हुनुहुन्छ। के तैँले यहाँ लाभदायक र हानिकारक परिणामहरूलाई बुझिस्? के तैँले ती कुराको अनुभव गरिस्? मेरो इच्छा छ कि, तिमीहरूले एक दिन चाँडै यो सत्यतालाई बुझ्न सक: परमेश्वरलाई चिन्नका लागि तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्वरलाई मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, तिमीहरूले पृथ्वीमा हुनुहुने परमेश्वरलाई पनि चिन्नु पर्दछ। तिमीहरूका प्राथमिकताहरूलाई अलमलमा नपार वा गौण कुरालाई मुख्य कुराको स्थान लिने अनुमति नदेओ। यस प्रकारले मात्र तैँले परमेश्वरसँग साँचो सम्बन्ध बनाउन सक्छस्, र तँ परमेश्वरको नजिक हुन, र तेरा हृदयलाई परमेश्वरको नजिक ल्याउन सक्छस्। यदि तैँले धेरै वर्षदेखि विश्वास गर्दै आएको र मसँग लामो समयदेखि जोडिएको भए पनि मबाट टाढै रहिस् भने म भन्छु, कि तैँले धेरै चोटि परमेश्वरको स्वभावलाई उल्लङ्घन गर्छस्, र तेरो अन्त्यलाई गन्ती गर्नु कठिन हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिको रूपमा परिवर्तन गर्न असफल मात्र होइन, तर त्यसले तेरो स्वभावमा खराब चालहरू हालिदिएको छ, र तँ पहिलेको भन्दा दोबर अहङ्कारी भएको छस्, मबारे तेरो गलत धारणाहरू वृद्धि भएका छन्, र त मलाई आफ्नो सहायक जस्तो मात्र मान्ने भएका छस् भने म भन्दछु, कि अब तेरो पीडा छालासम्मको गहिरो मात्र नभएर त्यसले तेरा हाडहरूलाई नै छेडेको छ। अब तिमीहरूले अन्तिम संस्कारको तयारीको लागि प्रतीक्षा गर्नु मात्र बाँकी रहेको छ। त्यसपछि तैँले मलाई आफ्ना परमेश्वर हुनका निम्ति बिन्ती गर्नुपर्दैन, किनकि तैँले मृत्यु लायकको पाप, क्षमा नहुने पाप गरेको छस्। यदि मैले तँलाई कृपा गर्न सकेँ भने पनि स्वर्गका परमेश्वरले तेरो प्राण लिन जोर दिनुहुन्छ, किनकि तैँले परमेश्वरको स्वभावको विरुद्धमा गरेको उल्लङ्घन कुनै सानो समस्या होइन, तर यो एउटा अति नै गम्भीर प्रकृतिको छ। जब समय आउँछ, तब मैले पहिलेबाटै बताइनँ भनी मलाई दोष नलगाउनू। यो सबैको आसय यही हो: जब तँ ख्रीष्टसँग—संसारमा हुनुहुने परमेश्वर—एक साधारण मानिससँग जस्तो सम्बन्ध राख्छस्, अर्थात् जब तँ यो परमेश्वर अरू कोही नभएर एक व्यक्ति हुनुहुन्छ भनी विश्वास गर्छस्, तब तँ नाश हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र सल्लाह यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्वरलाई वास्तवमा कसरी चिन्ने
६६२. प्रत्येक व्यक्तिले परमेश्वरप्रतिको विश्वासमा आफ्नो जीवन जिउने क्रममा परमेश्वरको प्रतिरोध गर्ने र उहाँलाई छल्ने कामहरू गरेको छ। तीमध्ये कतिपय कुरालाई कसुरका रूपमा अभिलिखित गर्नु आवश्यक छैन, तर केही भने अक्षम्य छन्, किनभने प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने कामकुराहरू—परमेश्वरको स्वभावलाई चिढ्याउने कामकुराहरू—धेरै छन्। आफ्नै नियतिबारे चासो राख्ने धेरैले यी कामकुराहरू के-के हुन् भनी सोध्न सक्छन्। तिमीहरूले आफू स्वभावैले अहङ्कारी र घमण्डी र तथ्यहरूमा समर्पित हुन अनिच्छुक रहेको कुरा थाहा पाउनुपर्छ। यसकारण, तिमीहरूले आफ्नै बारेमा चिन्तन गरेपछि अलिअलि गरेर म तिमीहरूलाई बताउनेछु। म तिमीहरूलाई प्रशासनिक आदेशहरूको विषयवस्तुलाई बुझ्न साँच्चिकै कोसिस गर्न र परमेश्वरको स्वभाव जान्ने प्रयास गर्न अर्ती दिन्छु। नत्रभने, तिमीहरूलाई आफ्नो मुख बन्द राख्न गाह्रो हुनेछ र तिमीहरूको जिब्रो बेलगाम चल्नेछ, र तिमीहरूले ठूलो कुरा फलाक्नेछौ, जसले गर्दा थाहै नपाई तिमीहरू परमेश्वरको स्वभावलाई चिढ्याएर अन्धकारमा खस्नेछौ, र तिमीहरूले पवित्र आत्माको उपस्थिति र ज्योति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएका कारण, तिमीहरूले गर्न र भन्न नहुने कुराहरू गरेका र भनेका हुनाले, तिमीहरूले पाउनुपर्ने दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन भए पनि परमेश्वर यी दुवै कुरामा अत्यन्तै सिद्धान्तयुक्त हुनुहुन्छ भन्ने कुरा तैँले थाहा पाउनुपर्छ। तैँले दण्ड पाउने भनेको कुनै व्यक्तिलाई नभई परमेश्वरलाई चिढ्याएको कारणले गर्दा हो। यदि तैँले जीवनमा परमेश्वरको स्वभावलाई धेरै पटक चिढ्याइस् भने, तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्ताप वा बदलावको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तँलाई परमेश्वरले मानिसलाई दण्डित गर्ने नरकमा खसालिनु बाहेक अन्य कुनै पनि उपाय छैन। केही मानिसहरूले परमेश्वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै अन्त्यमा बाँच्नेहरू हुन्। तथापि, मैले चाहने चाहिँ इमानदार मानिस हो; यदि तँ इमानदार व्यक्ति होस् र सिद्धान्तहरूअनुसार कार्य गर्छस् भने, तँ परमेश्वरको विश्वासपात्र बन्न सक्छस्। यदि तँ आफ्ना कार्यहरूमा परमेश्वरको स्वभावलाई चिढ्याउँदैनस्, र परमेश्वरका चाहनाहरू खोज्छस्, र तँमा परमेश्वरको डर मान्ने हृदय छ भने, तेरो विश्वास मानकअनुरूप छ। जसले परमेश्वरको डर मान्दैन र जोसँग भयले काँप्ने हृदय छैन, उसले परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई परमेश्वरको घरबाट निष्कासित गरिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरू आफ्नो अनभिज्ञ असल अभिप्रायको दममा परमेश्वरको घरमा काम गर्छन् र अन्त्यमा परमेश्वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्वरसँगको निकट निश्चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने, तेरो जोशिलो सेवाले परमेश्वरको घिन र घृणा मात्र निम्त्याउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू
६६३. मैले बोलेका हरेक वाक्यमा परमेश्वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्चय नै ठूलो फाइदा पाउनेछौ। परमेश्वरको सारतत्त्वका विषयमा बुझ्न अति गाह्रो हुन्छ, तर तिमीहरू सबै जनासँग परमेश्वरको स्वभावका विषयमा केही हदसम्म ज्ञान रहेको छ भनी म विश्वास गर्छु। परमेश्वरको स्वभावलाई नचिढ्याउने अनि तैँले गरेका कुराहरूका बारेमा मलाई देखाउनको लागि तँसँग धेरै कुराहरू हुनेछन् भन्ने मेरो आशा छ। त्यसपछि म सुनिश्चित हुनेछु। उदाहरणको लागि, तिमीहरूका हृदयमा परमेश्वरलाई सधैँभरि राख्नू। जब तैँले काम गर्छस्, तब उहाँका वचनहरू अनुसार काम गर्नू। सबै कुराहरूमा उहाँको इच्छा खोज्नू, र परमेश्वरलाई अपमान र अनादर गर्ने सबै कुराहरूबाट आफूलाई अलग राख्नू। भविष्यमा तेरो हृदयको खालीपन भर्नका लागि मात्र परमेश्वरलाई आफ्नो मनको कुनै कुनामा लुकाई राखिस् भने तैँले परमेश्वरको स्वभावलाई उल्लङ्घन गरेको हुनेछस्। मानौं, तिमीहरूले आफ्नो जीवनकालभरि कहिल्यै पनि परमेश्वरको निन्दा गरेनौ वा परमेश्वरको विरुद्धमा गुनासो गरेनौ भने, उहाँले तिमीहरूका जिम्मामा सुम्पिदिनुभएका सबै कुराहरू उपयुक्त तरिकाले सदुपयोग गर्नेछौ, साथै तिमीहरूका जीवनभरि आफैलाई उहाँको वचनमा समर्पण गर्नेछौ, त्यसपछि तिमीहरूले प्रशासनिक आदेशहरूका विरुद्ध अपराध गर्न छोड्नेछौं। उदाहरणको लागि, यदि तिमीहरूले कहिल्यै यसो भनेका छौ भने, “उहाँ परमेश्वर हुनुहुन्छ भनी किन मैले विचार गर्नुपर्छ?” “मेरो विचारमा यी वचनहरू पवित्र आत्माका केही अन्तर्दृष्टिहरूभन्दा केही पनि होइनन्,” “मेरो विचारमा परमेश्वरले गर्नुभएका सबै कुराहरू सही हुनुपर्छ भन्ने कुनै आवश्यकता छैन,” “परमेश्वरको मानवता मेरोभन्दा उच्चकोटीको छैन,” “परमेश्वरका वचनहरू विश्वास गर्न लायकका छैनन्,” वा यस्तै किसिमका न्यायपूर्ण भनाइहरू व्यक्त गरेका छौ भने आफ्ना पापहरू स्वीकार गर्न र त्यसबाट पश्चात्ताप गर्न म तिमीहरूलाई उत्साह दिन्छु। अन्यथा, तिमीहरूले कहिल्यै पनि क्षमादानको अवसर प्राप्त गर्नेछैनौ, किनकि तिमीहरूले मानिसलाई होइन, तर परमेश्वरलाई चिढ्याएका छौ। तिमीहरूले मानिसको न्याय गरिरहेको छु भनी विश्वास गरेका हुन सक्छौ, तर परमेश्वरका आत्माले त्यसरी हेर्नुहुन्न। तिमीहरूले उहाँको देहलाई अनादर गर्नुचाहिँ उहाँ स्वयमलाई अनादर गर्नु बराबर हो। यसरी के तिमीहरूले परमेश्वरको स्वभावको उल्लङ्घन गरेका छैनौ र? परमेश्वरका आत्माले गर्नुभएका सबै काम उहाँका देहका कामलाई सुरक्षित राख्न र यी कामहरू अझ राम्ररी सम्पन्न गर्नका निम्ति हो भन्ने कुरा तिमीहरूले याद राख्नुपर्छ। यदि तिमीहरूले यसलाई बेवास्ता गर्यौ भने तिमीहरू कहिल्यै पनि परमेश्वरमा विश्वास गर्न सफल हुन सक्नेछैनौ भनी म तिमीहरूलाई बताउन चाहन्छु। तिमीहरूले परमेश्वरको क्रोधलाई भड्काएको कारण उहाँले तिमीहरूलाई शिक्षा सिकाउन उपयुक्त दण्ड दिनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको स्वभाव बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ
६६४. परमेश्वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो बुझिसकेपछि, परमेश्वरलाई कसरी व्यवहार गर्नुपर्छ सो विषयमा के तिमीहरूले कुनै निष्कर्षहरू निकालेका छौ? अन्त्यमा, यस प्रश्नको जबाफमा, म तिमीहरूलाई तीनवटा सल्लाह दिन चाहन्छु: पहिलो, परमेश्वरलाई जाँच्ने काम नगर्। तैँले परमेश्वरबारे जति नै बुझे पनि, तँलाई उहाँको स्वभावबारे जति नै थाहा भए पनि, उहाँलाई जाँच्ने काम गर्दै नगर्। दोस्रो, हैसियतका लागि परमेश्वरसित प्रतिस्पर्धा नगर्। परमेश्वरले तँलाई जस्तो प्रकारको हैसियत दिनुभए पनि वा उहाँले तँलाई जस्तो प्रकारको काम वहन गर्न दिनुभए पनि, उहाँले तँलाई जस्तोसुकै प्रकारको कर्तव्य निर्वाह गर्नका लागि उचाल्नु भए पनि, र तैँले परमेश्वरप्रति आफूलाई जति नै समर्पित गरे पनि र उहाँका लागि जतिसुकै बलिदान दिए पनि, हैसियतका निम्ति उहाँसित कदापि प्रतिस्पर्धा नगर्। तेस्रो, परमेश्वरसित प्रतिस्पर्धा नगर्। परमेश्वर तँसित जे गर्नुहुन्छ, तेरा निम्ति के बन्दोबस्त गर्नुहुन्छ र तँकहाँ के-के ल्याउनुहुन्छ भन्ने कुरा तैँले बुझे पनि वा नबुझे पनि वा तँ त्यसप्रति समर्पित हुन सके पनि वा नसके पनि, परमेश्वरसित कदापि प्रतिस्पर्धा नगर्। यदि तैँले यी तीनवटा सल्लाह पालना गर्न सकिस् भने, तँ तुलनात्मक रूपमा सुरक्षित हुनेछस्, र तँ परमेश्वरलाई क्रोधित तुल्याउन प्रवृत्त हुनेछैनस्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
६६५. सायद, आजको दिनसम्म आइपुग्दा, तैँले निकै कष्ट भोगेको छस्, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। तँलाई सजाय दिइएको र न्याय गरिएको भए पनि, तँ बिलकुल परिवर्तन भएको छैनस्, र भित्री गहिराइमा तैँले जीवन प्राप्त गरेको छैनस्। जब तेरो काम जाँच्ने समय आउँछ, तैँले आगोजस्तो भीषण परीक्षा र अझ ठूलो सङ्कष्ट अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण सत्वलाई खरानीमा परिणत गर्नेछ। जीवन नभएको व्यक्ति, भित्र अलिकति पनि शुद्ध सुन नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावमा अल्झेको व्यक्ति, र प्रतिभार बन्ने काम समेत राम्रोसँग गर्न नसक्ने व्यक्तिका रूपमा, तँलाई किन हटाइँदैन होला र? के एक पैसाभन्दा कम मूल्य भएको र जीवन नै नभएको व्यक्तिलाई विजयको काममा प्रयोग गर्न सकिन्छ? जब त्यो समय आउँछ, तिमीहरूका दिनहरू नोआ र सदोमको भन्दा कठिन हुनेछन्! तब तेरा प्रार्थना तेरा निम्ति व्यर्थ हुनेछन्। मुक्तिको काम समाप्त भइसकेपछि, के तैँले पछि फर्केर फेरि पश्चात्ताप गर्न सक्नेछस्? मुक्तिको सबै काम एकपल्ट समाप्त भइसकेपछि, त्यो फेरि हुनेछैन; दुष्टहरूलाई दण्ड दिने कामको सुरुआतचाहिँ हुनेछ। तँ प्रतिरोध गर्छस्, तँ विद्रोह गर्छस्, र तँ जानाजान दुष्टता गर्छस्। के तँ कठोर दण्डको पात्र होइनस् र? आज म यी कुराहरू तँलाई निकै स्पष्ट रूपमा व्याख्या गर्दै छु। यदि तँ नसुन्ने छनौट गर्छस् भने, पछि तँमाथि विपत्ति आइपर्दा, तब मात्र पछुतो महसुस गर्न र विश्वास गर्न थाल्छस् भने, के धेरै ढिलो हुनेछैन र? आज म तँलाई पश्चाताप गर्ने मौका दिँदै छु, तर तँ त्यसो गर्न तयार छैनस्। तँ कहिलेसम्म पर्खन चाहन्छस्? के सजाय पाउने दिनसम्म? आज म तेरो विगतका अपराधहरू याद गर्दिनँ; म तेरो नकारात्मक पक्ष नहेरी तेरो सकारात्मक पक्ष मात्र हेरेर तँलाई बारम्बार क्षमा दिन्छु, किनकि मेरा सबै वर्तमान वचन र काम तँलाई मुक्ति दिनका लागि हुन् र तँप्रति मेरो कुनै खराब अभिप्राय छैन। तैपनि तँ प्रवेश गर्न इन्कार गर्छस्; तँ असल र खराब छुट्ट्याउन सक्दैनस् र दयालाई कसरी सराहना गर्ने भनी जान्दैनस्। के त्यस्ता मानिसहरूले दण्ड र धर्मी प्रतिशोध मात्र पर्खेर बसिरहेका हुँदैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
६६६. मैले तिमीहरूमाझ काम गर्नु यहोवाले इस्राएलमा काम गर्नुजस्तो पटक्कै होइन, र यो येशूले यहूदियामा काम गर्नुजस्तो त झनै होइन। म ठूलो सहनशीलताका साथ बोल्छु र काम गर्छु, र म रिसका साथै न्यायद्वारा यी पतितहरूलाई विजय गर्छु। यो यहोवाले इस्राएलमा उहाँका मानिसहरूलाई अगुवाइ गर्नुभएको जस्तो पटक्कै होइन। इस्राएलमा उहाँको काम खानेकुरा र जिउँदो पानी प्रदान गर्नु थियो, र उहाँ आफ्ना मानिसहरूलाई भरणपोषण गर्दा तिनीहरूप्रति कृपा र करुणाले भरिपूर्ण हुनुहुन्थ्यो। आजको काम नचुनिएका मानिसहरूको श्रापित राष्ट्रमाझ गरिन्छ। त्यहाँ प्रशस्त खानेकुरा छैन, न त जिउँदो पानीको तिर्खा मेटाउने पोषण नै छ, र झन् पर्याप्त भौतिक कुराहरूको आपूर्ति हुनु त परै जाओस्; त्यहाँ न्याय, श्राप, र सजायको पर्याप्त आपूर्ति मात्रै छ। गोबरको थुप्रोमा बस्ने यी औँसाहरू मैले इस्राएललाई प्रदान गरेजस्तो गाईवस्तु र भेडाहरूले भरिएका पहाडहरू, धेरै धन, र सम्पूर्ण भूमिमा सबैभन्दा सुन्दर छोराछोरीहरू प्राप्त गर्न पूर्ण रूपमा अयोग्य छन्। समकालीन इस्राएलले व्यवस्थाअन्तर्गत यहोवाले माग गरेको दशांशलाई उछिनेर, मैले त्यसका मानिसहरूलाई पोषण गर्ने गाईवस्तु र भेडा अनि सुन र चाँदीका वस्तुहरू वेदीमा चढाउँछ, र त्यसैले मैले तिनीहरूलाई अझ बढी—व्यवस्थाअन्तर्गत इस्राएलले प्राप्त गर्नुपर्नेभन्दा सय गुणाभन्दा बढी—प्रदान गरेको छु। म जुन कुराद्वारा इस्राएललाई पोषण गर्छु त्यसले अब्राहामले प्राप्त गरेका सबै कुरा, र इसहाकले प्राप्त गरेका सबै कुरालाई उछिन्छ। म इस्राएलको परिवारलाई फलदायी बनाउनेछु र वृद्धि गर्नेछु, अनि म इस्राएलका मेरा मानिसहरूलाई पृथ्वीभरि फैलिन लगाउनेछु। मैले आशिष् दिने र हेरचाह गर्नेहरू अझै पनि इस्राएलका चुनिएका मानिसहरू—अर्थात्, मबाट प्राप्त गरेका सबै कुरा मलाई नै समर्पण गर्ने मानिसहरू हुन्। तिनीहरूले मलाई मनमा राख्ने हुनाले नै तिनीहरू मेरो पवित्र वेदीमा आफ्ना पहिलो जन्मेका बाछाबाछी र पाठापाठीहरू बलि चढाउँछन् र आफूसँग भएका सबै कुरा मसमक्ष चढाउँछन्, यहाँसम्म कि मेरो पुनरागमनको अपेक्षामा आफ्ना भर्खरै जन्मेका ज्येष्ठ पुत्रहरू चढाउँछन्। अनि तिमीहरू चाहिँ? तिमीहरू मलाई रिस उठाउँछौ, मसँग मागहरू राख्छौ, र मलाई वस्तुहरू चढाउनेहरूका बलिहरू चोर्छौ, र तिमीहरू मलाई चिढ्याइरहेका छौ भन्ने कुरा तिमीहरू थाहै पाउँदैनौ; यसर्थ, तिमीहरूले प्राप्त गर्ने भनेको अन्धकारमा रुवाइ र दण्ड मात्रै हो। तिमीहरूले धेरै पटक मेरो रिसलाई उक्साएका छौ, र मैले मेरो जल्दो आगो यसरी बर्साएको छु कि धेरै मानिसको दुःखद अन्त्य भएको छ, र सुखी घरहरू उजाड चिहान बनेका छन्। यी औँसाहरूका लागि मसँग अनन्त रिस मात्रै छ, र तिनीहरूलाई आशिष् दिने मेरो कुनै अभिप्राय छैन। मैले आफ्नो कामका खातिर मात्र छुट दिएर तिमीहरूलाई उचालेको हुँ, र ठूलो अपमान सहेर तिमीहरूमाझ काम गरेको हुँ। यदि मेरा पिताको इच्छा नभएको भए, गोबरको थुप्रोमा लडीबुडी गरिरहेका औँसाहरूसँग म कसरी एउटै घरमा बस्न सक्थेँ र? म तिमीहरूका सबै कार्य र शब्दप्रति चरम घृणा महसुस गर्छु, र जे होस्, तिमीहरूको फोहोरीपन र विद्रोहीपनमा मेरो केही “रुचि” भएकाले, यो मेरा वचनहरूको ठूलो सङ्ग्रह बनेको छ। नत्र, म तिमीहरूमाझ यति लामो समयसम्म बिलकुलै रहनेथिइनँ। त्यसकारण, तिमीहरूले तिमीहरूप्रतिको मेरो मनोवृत्तिमा सहानुभूति र दया मात्रै छन्, जसमा एक थोपा पनि प्रेम छैन, र तिमीहरूका लागि मसँग सहनशीलता मात्रै छ भन्ने कुरा जान्नुपर्छ, किनभने म यो आफ्नो कामका खातिर मात्रै गर्छु। अनि मैले फोहोरीपन र विद्रोहीपनलाई “कच्चा पदार्थ” का रूपमा छानेको कारणले मात्रै तिमीहरूले मेरा कार्यहरू देखेका छौ; नत्र, म यी औँसाहरूलाई मेरा कार्यहरू बिलकुलै प्रकट गर्नेथिइनँ। म तिमीहरूमा केवल मन नलागी-नलागी काम गर्छु, मैले इस्राएलमा तत्परता र इच्छाका साथ गरेको कामजस्तो पटक्कै होइन। म आफ्नो रिस सहँदै आफूलाई तिमीहरूमाझ बोल्न बाध्य पारिरहेको छु। यदि मेरो अझ ठूलो काम नभएको भए, यस्ता औँसाहरू निरन्तर अस्तित्वमा रहेको मेरो आँखाले कसरी सहन सक्थ्यो र? यदि मेरो नामकै खातिर नहुँदो हो भने, म उहिल्यै सर्वोच्च उचाइहरूमा उक्लेर यी औँसाहरूलाई तिनीहरूको गोबरको थुप्रोसहित पूर्ण रूपमा भस्म पारिसकेको हुन्थेँ! यदि मेरो महिमाका खातिर नहुँदो हो भने, म कसरी यी दुष्ट पिशाचहरूलाई मेरा आँखैअगाडि टाउको हल्लाउँदै खुलेआम मेरो प्रतिरोध गर्न दिन सक्थेँ र? यदि मेरो काम अलिकति पनि व्यवधानविना सहज रूपमा सम्पन्न गर्नका लागि नहुँदो हो भने, म कसरी यी औँसाजस्ता मानिसहरूलाई मलाई मनपरी दुर्व्यवहार गर्न दिन सक्थेँ र? यदि इस्राएलको एउटा गाउँका एक सय मानिसहरू यसरी मेरो प्रतिरोध गर्न उठेका भए, तिनीहरूले मलाई बलिहरू चढाए पनि, म तिनीहरूलाई नामेट पार्नेथिएँ र जमिनका धाँजहरूमा फालिदिनेथिएँ, ताकि अन्य सहरका मानिसहरूले फेरि कहिल्यै विरोध नगरून्। म सबै कुरा भस्म गर्ने आगो हुँ र म उल्लङ्घन सहँदिनँ। मानिसहरू सबै मद्वारा सृष्टि गरिएका हुनाले, म जे भन्छु र गर्छु, त्यसप्रति तिनीहरू समर्पित हुनैपर्छ र तिनीहरूले विरोध गर्नु हुँदैन। मानिसहरूलाई मेरो काममा हस्तक्षेप गर्ने अधिकार छैन, र मेरो काम र मेरा वचनहरूमा के सही वा के गलत छ भनी विश्लेषण गर्न त तिनीहरू झनै योग्य छैनन्। म सृष्टिकर्ता हुँ, र सृजित प्राणीहरूले मैले माग गरेका सबै कुरा मेरो डर मान्ने हृदयसहित हासिल गर्नुपर्दछ; तिनीहरूले मसँग बहस गर्ने कोसिस गर्नु हुँदैन, र विशेष रूपमा तिनीहरूले प्रतिरोध गर्नु हुँदैन। म मेरो अख्तियारद्वारा मेरा मानिसहरूलाई शासन गर्छु, र मैले बनाएका सबै सृजित प्राणी मेरो अख्तियारप्रति समर्पित हुनुपर्छ। आज तिमीहरू मेरो सामु दुस्साहसी र धीरोद्धत भए पनि, जुन वचनहरूद्वारा म तिमीहरूलाई निर्देशन दिन्छु, तिमीहरूले तिनका विरुद्धमा विद्रोह गरे पनि र डर मान्न नजाने पनि, म सहनशीलताका साथ मात्रै तिमीहरूको विद्रोहीपनको सामना गर्छु; म साना, तुच्छ औँसाहरूले गोबर चलाएकै कारण आक्रोशित हुँदिनँ, र आफ्नो कामलाई प्रभावित हुन दिन्नँ। म आफ्नो पिताको इच्छाका खातिर मैले चरम घृणा गर्ने सबथोक र मैले तिरस्कार गर्ने सबै कुराको अस्तित्व सहन्छु, र म आफ्ना वाणीहरू पूर्ण नहुन्जेल, आफ्नो अन्तिम क्षणसम्मै त्यसो गर्नेछु। चिन्ता नगर्! म नामविहीन औँसाको स्तरमा गिर्नेछैनँ, र म आफ्नो सिपलाई तेरो सिपसँग तुलना गर्नेछैनँ। म तँलाई घृणा गर्छु, तर म सहन सक्षम छु। तँ मविरुद्ध विद्रोह गर्छस्, तर तँ मैले तँलाई सजाय दिने दिनबाट, जुन मेरा पिताले मलाई प्रतिज्ञा गर्नुभएको थियो, उम्कन सक्दैनस्। के सृजित औँसाले सृष्टिकर्तालाई जित्न सक्छ र? शरद ऋतुमा, झर्ने पातहरू तिनका जरातर्फ फर्कन्छन्; तँ तेरा “पिता” को घर फर्कनेछस्, र म मेरा पितातर्फ फर्कनेछु। मलाई उहाँको कोमल स्नेहको साथ मिल्नेछ, र तँ तेरा पिताको कुल्चाइमा पर्नेछस्। मसँग मेरा पिताको महिमा हुनेछ, र तँसँग तेरा पिताको सरम हुनेछ। म तेरो साथमा रहनका लागि मैले लामो समयदेखि रोकेर राखेको सजाय प्रयोग गर्नेछु, र दसौँ हजार वर्षदेखि भ्रष्ट रहेको तेरो दुर्गन्धित देहद्वारा तैँले मेरो सजायको सामना गर्नेछस्। सहनशीलता भएका मेरा वचनहरूको काम मैले तँमाथि टुङ्ग्याएको हुनेछु, अनि तैँले मेरा वचनहरूमा उल्लिखित दुःख भोग्ने भूमिका पूरा गर्न थाल्नेछस्। म इस्राएलमा धेरै रमाउनेछु र काम गर्नेछु; तँ रुनेछस् र दाह्रा किट्नेछस्, हिलोमै बाँच्नेछस् र मर्नेछस्। म मेरो मूल रूप पुनः प्राप्त गर्नेछु र अब तँसँग फोहोरमा रहनेछैनँ, जबकि तैँले तेरो मूल कुरूपता पुनः प्राप्त गर्नेछस् र गोबरको थुप्रोमा यताउति दुलो पारिरहनेछस्। जब मेरो काम र वचनहरू पूरा हुन्छन्, तब त्यो मेरा लागि आनन्दको दिन हुनेछ। जब तेरो प्रतिरोध र विद्रोहीपन समाप्त हुन्छन्, तब त्यो तेरा लागि रुवाइको दिन हुनेछ। म तँलाई सहानुभूति देखाउनेछैनँ, र तैँले मलाई फेरि कहिल्यै देख्नेछैनस्। म तँसँग अब संवाद गर्नेछैनँ, र तैँले मलाई फेरि कहिल्यै सामना गर्नेछैनस्। म तेरो विद्रोहीपनलाई घृणा गर्नेछु, र तँलाई मेरो प्रेमिलो स्वभावको याद आउनेछ। म तँलाई प्रहार गर्नेछु, र तँलाई मेरो याद आउनेछ। म खुसीसाथ तँबाट छुट्टिनेछु, र तँलाई मप्रति ऋणी महसुस हुनेछ। म तँलाई फेरि कहिल्यै भेट्नेछैनँ, तर तँ सधैँ मेरो आशा गर्नेछस्। तैँले अहिले मलाई प्रतिरोध गर्ने भएकाले म तँलाई घृणा गर्नेछु, र मैले अहिले तँलाई सजाय दिने भएकाले तँलाई मेरो याद आउनेछ। म तँसँगै जिउन अनिच्छुक हुनेछु, तर तँ यसको असाध्यै लालसा गर्नेछस् र अनन्तसम्म रुनेछस्, किनभने तँलाई तैँले मलाई गरेका सबै कुरामा पछुतो हुनेछ। तँलाई तेरो विद्रोहीपन र प्रतिरोधका लागि अफसोस महसुस हुनेछ, यहाँसम्म कि तँ अफसोस मान्दै भुइँमा घोप्टो पर्नेछस् र मसमक्ष ढलेर मविरुद्ध फेरि कहिल्यै विद्रोह नगर्ने कसम खानेछस्। तर, तैँले हृदयमा मलाई प्रेम मात्र गर्नेछस्, तैपनि मेरो आवाज कहिल्यै सुन्न सक्नेछैनस्। म तँलाई आफैप्रति लज्जित तुल्याउनेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्
६६७. अब म चापलुसी गरेर मलाई फुस्ल्याउन प्रयास गर्ने तेरो भोगविलासी देहलाई हेरिरहेको छु, र तँलाई मेरो सानो चेतावनी मात्रै छ, तर म तँलाई सजायको “सेवा” दिनेछैन। मेरो काममा तँ कस्तो भूमिका खेल्छस् भनेर तैँले जान्नुपर्छ, र त्यसपछि म सन्तुष्ट हुनेछु। यसबाहेकका मामिलाहरूमा, यदि तँ मेरो प्रतिरोध गर्छस् वा मेरो पैसा खर्च गर्छस्, वा म यहोवाका लागि चढाइएका बलिहरू खान्छस्, वा यदि तिमी औँसाहरू एकअर्कालाई टोक्छौ, वा यदि तिमी कुकुरजस्ता प्राणीहरू द्वन्द्व गर्छौ वा एकअर्कालाई हिंसा गर्छौ भने—मलाई त्यो कुनै कुराको चासो छैन। तिमीहरूले तिमीहरू कस्ता प्रकारका चीज हौ भनेर मात्रै जान्नुपर्छ, र म सन्तुष्ट हुनेछु। यो सब कुराबाहेक, यदि तिमीहरू एकअर्कामाथि हतियार उठाउन वा एकअर्कासँग शब्दहरूले युद्ध गर्न चाहन्छौ भने, ठिकै छ; मलाई त्यस्ता कुराहरूमा हस्तक्षेप गर्ने कुनै चाहना छैन, र मानव मामिलाहरूको मसँग बिलकुलै सम्बन्ध छैन। मैले तिमीहरूबीचको द्वन्द्वबारे चासो नराख्ने भएकाले होइन, तर म तिमीहरूमध्ये एक नभएकाले, म तिमीहरूबीचका मामिलाहरूमा सहभागी हुँदिनँ। म स्वयम् कुनै सृजित प्राणी होइनँ र म संसारको होइनँ, त्यसैले म मानिसहरूको व्यस्त जीवन र तिनीहरूबीचको अस्तव्यस्त, अनुचित सम्बन्धहरूलाई घृणा गर्छु। म विशेष गरी कोलाहल भीडहरूलाई घृणा गर्छु। तर, मलाई प्रत्येक सृजित प्राणीको हृदयमा भएका अशुद्धताहरूको गहिरो ज्ञान छ, र मैले तिमीहरूलाई सृष्टि गर्नुभन्दा पहिले, मानव हृदयको गहिराइमा रहेको अधार्मिकताका बारेमा मलाई थाहा थियो, र मलाई मानव हृदयमा भएका सबै छलीपन र कुटिलपन थाहा थियो। त्यसकारण, मानिसहरूले अधर्मी कामकुराहरू गर्दा तिनको कुनै नामोनिसान नभए पनि, तिमीहरूको हृदयमा रहेको अधार्मिकता मैले सृष्टि गरेका सबै कुराको प्रशस्तीभन्दा बढी छ भन्ने चाहिँ मलाई थाहा छ। तिमीहरूमध्ये हरेक भीडहरूभन्दा माथि उठेर शिखरमा पुगेको छ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उन्नति गरेका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र तिमीहरू सजिलो ठाउँ खोज्दै र आफूभन्दा साना औँसाहरूलाई खाने स्वैरकल्पना गर्दै सबै औँसाको बीचमा उन्मत्त रूपमा दगुर्छौ। तिमीहरू आफ्नो हृदयमा दुर्भावपूर्ण र छली छौ, र समुद्रको फेदमा डुबेका भूतहरूलाई उछिन्छौ। तिमीहरू गोबरको फेदमा बस्छौ अनि, माथिदेखि तलसम्मका औँसाहरूमा अशान्ति छाएर ती एक छिनका लागि एक अर्कासँग झगडा गरेर शान्त नभइञ्जेल तिनलाई बाधा दिन्छौ। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तिमीहरू के प्राप्त गर्न सक्छौ? यदि तिमीहरूमा साँच्चै मेरो डर मान्ने हृदय भएको भए, तिमीहरू मेरो पिठिउँपछाडि कसरी एक-अर्कासँग होडबाजी गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्च भए पनि, के तँ अझै पनि गोबरमा भएको गनाउने सानो किरा होइनस् र? के तँ पखेटा पलाउन र आकाशमा उड्ने ढुकुर बन्न सक्नेछस्? तिमी गनाउने साना किराहरू म यहोवाको वेदीबाट भेटीहरू चोर्छौ; त्यसो गर्दा, के तिमीहरू आफ्नो बर्बाद, नष्ट भएको प्रतिष्ठालाई बचाउन र इस्राएलका चुनिएका मानिस बन्न सक्छौ? तिमीहरू निर्लज्ज नीच मानिस हौ! वेदीमा भएका ती बलिहरू मानिसहरूद्वारा, मलाई चढाइएका, मेरो डर मान्नेहरूबाट स्नेहको चिनोका रूपमा थिए। ती मैले नियन्त्रण र प्रयोग गर्नका लागि हुन्, त्यसैले मानिसहरूले मलाई दिएका साना ढुकुरहरू तैँले सम्भवतः मबाट कसरी लुट्न सक्छस्? के तँ यहूदा बन्न डराउँदैनस्? के तँलाई तेरो जमिन रगतको मैदान बन्ला भनेर डर लाग्दैन? ए निर्लज्ज वस्तु! के तँलाई मानिसहरूले चढाएका ढुकुरहरू तँ औँसाको पेट भर्नका लागि हुन् भन्ने लाग्छ? मैले तँलाई जे दिएको छु त्यो म तँलाई दिन सन्तुष्ट र इच्छुक भएको कुरा हो; मैले तँलाई नदिएको कुरा मेरो अधिकारमा नै हुनुपर्छ। तैँले त्यतिकै मेरा भेटीहरू चोर्न पाउँदैनस्। काम गर्ने व्यक्ति म, यहोवा—सृष्टिकर्ता—हुँ, र मानिसहरू मेरै कारणले बलिहरू चढाउँछन्। के तँ यो तैँले गर्ने सबै दौडधुपको भरपाई हो भन्ठान्छस्? तँ साँच्चै निर्लज्ज छस्! तँ कसका लागि दौडधुप गर्छस्? के यो तेरै लागि होइन र? तँ किन मेरा बलिहरू चोर्छस्? तँ किन मेरो पैसाको थैलोबाट पैसा चोर्छस्? के तँ यहूदा इस्करियोतीको छोरो होइनस् र? म यहोवालाई चढाइएका बलिहरू धर्मगुरुहरूले उपभोग गर्नुपर्छ। के तँ धर्मगुरु होस्? तँ दम्भका साथ मेरा बलिहरू खाने, र तिनलाई टेबलमा पस्कनेसमेत आँट गर्छस्; तँ कुनै मूल्यको छैनस्! तँ मूल्यहीन नीच व्यक्ति! मेरो आगो, यहोवाको आगोले तँलाई भस्म पार्नेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्
६६८. मैले तिमीहरूको बीचमा यस्तो प्रकारले काम गरेको छु र बोलेको छु, मैले धेरै ऊर्जा र कोसिस खर्च गरेको छु, तापनि मैले तिमीहरूलाई स्पष्ट रूपमा भनेको कुरा के तिमीहरूले कहिले सुनेका छौ? तिमीहरू म, सर्वशक्तिमान्को अघि कहाँ निहुरिएको छौ? तिमीहरू मसित किन यस्तो व्यवहार गर्छौ? तिमीहरूले भनेका सबै कुराहरूले किन मेरो रिस जगाउँछ? तिमीहरूका हृदय किन यति कठोर छ? के मैले कहिल्यै तिमीहरूलाई प्रहार गरेर ढालेको छु? तिमीहरू किन केही गर्दैनौ, तर मलाई दुःखी र चिन्तित मात्र बनाउँछौ? के तिमीहरू म, यहोवाको क्रोधको दिन तिमीहरूमाथि आओस् भनी पर्खिरहेका छौ? के म तिमीहरूको विद्रोहीपनले उत्पन्न गरेको मेरो क्रोध पठाऊँ भनी पर्खिरहेका छौ? के मैले गर्ने सबै काम तिमीहरूका निम्ति होइन र? तापनि म, यहोवासित तिमीहरूले यस्तो व्यवहार गरेका छौ: मेरा बलिहरू चोरेका छौ, मेरो वेदीका भेटीहरू घरमा लगेर ब्वाँसोको गुफामा त्यसका बच्चाहरूलाई र ती बच्चाहरूका पनि बच्चाहरूलाई खुवाउन लैजान्छौ; मानिसहरू एक-अर्कोको विरुद्धमा लड्छन्, एक-अर्कासित क्रोधको नजरले, तरबारहरू र भालाहरूले सामना गर्छन्, म, सर्वशक्तिमान्का वचनहरूलाई मलजस्तै फोहोर बनाउन शौचालयमा फाल्छन्। तिमीहरूको इमानदारीता कहाँ छ? तिमी मानवजाति जनावरजस्तो भएका छौ! तिमीहरूका हृदय ढुङ्गामा परिणत भएको धेरै भइसकेको छ। के तिमीहरूलाई थाहा छैन, जब मेरो क्रोधको दिन आउनेछ, त्यो दिन तिमीहरूले आज म, सर्वशक्तिमान्को विरुद्धमा गरेका खराबीको न्याय गर्नेछु? के तिमीहरू मलाई यसरी मूर्ख बनाएर, मेरा वचनहरू हिलोमा फालेर अनि ती नसुनेर, मेरो पिठिउँ पछाडि यस्तो काम गरेर मेरो क्रोधको नजरबाट उम्कन सक्छौ भनी सोच्छौ? तिमीहरूले मेरा बलिहरू चोरी गर्दा र मेरा सम्पत्तिहरूको लालच गर्दा म, यहोवाका आँखाहरूले अघिबाटै तिमीहरूलाई देखिसकेका थिए भन्ने के तिमीहरू जान्दैनौ? जब तिमीहरूले मेरा बलिहरू चोरी गऱ्यौ त्यो तिमीहरूले त्यस वेदीको सामु गऱ्यौ जहाँ बलिहरू चढाइन्छन् भन्ने के तिमीहरू जान्दैनौ? तिमीहरू आफैलाई कसरी यति चतुर मान्न सक्छौ र मलाई यसरी धोका दिन कसरी सक्छौ? तिमीहरूका जघन्य पापहरूबाट मेरो क्रोध कसरी हट्न सक्छ? मेरो दन्किरहेको रिसले तिमीहरूले गरिरहेका दुष्कर्महरूलाई कसरी छोड्न सक्छ? तिमीहरूले आज गरेका खराब कामले तिमीहरूका निम्ति उम्कने बाटो बनाउँदैन, तर तिमीहरूका लागि भोलिका निम्ति सजाय थुपार्दछ; यसले तिमीहरूको विरुद्ध म, सर्वशक्तिमान्को सजायलाई उक्साउँछ। तिमीहरूका दुष्कर्महरू अनि दुष्ट शब्दहरू मेरो सजायबाट कसरी उम्कन सक्छौ? तिमीहरूका प्रार्थनाहरू कसरी मेरो कानसम्म पुग्न सक्छन्? म तिमीहरूको अधार्मिकताका निम्ति उम्कने बाटो कसरी खोल्न सक्छु? तिमीहरूले मेरो विरुद्धमा विद्रोह गरी गरेको दुष्कर्मलाई म त्यसै कसरी छोडिदिन सक्छु? म तिमीहरूको सर्पको जस्तो विषालु जिब्रो नकाट्न कसरी सक्छु र? तिमीहरू आफ्नो धार्मिकताका निम्ति मलाई पुकार्दैनौ, तर तिमीहरूका अधार्मिकताको फलस्वरूप तिमीहरू मेरो क्रोध थुपार्छौ। म तिमीहरूलाई कसरी क्षमा गर्न सक्थें र? म, सर्वशक्तिमान्को आँखामा तिमीहरूका बोलीवचन र कार्यहरू फोहोर छन्। म सर्वशक्तिमान्का आँखाले तिमीहरूको अधार्मिकतालाई अन्त्यहीन सजायका रूपमा देख्दछ। मेरो धर्मी सजाय र न्याय तिमीहरूदेखि कसरी अलग हुन सक्छ र? तिमीहरूले मसँग यसो गरेर मलाई दुःखी र क्रोधित बनाएको हुनाले तिमीहरूलाई मेरो हातबाट कसरी उम्केर जान दिनु र म यहोवाले तिमीहरूलाई सजाय र सराप दिने दिनबाट अलग गर्न सक्छु? के तिमीहरूलाई थाहा छैन, तिमीहरूका सबै दुष्ट कुराहरू र बोली मेरा कानहरूमा पुगिसकेका छन्? के तिमीहरूका अधार्मिकताले अघिबाटै मेरो धार्मिकताको वस्त्रलाई फोहोर पारिसकेको छ भन्ने तिमीहरू जान्दैनौ? के तिमीहरूको विद्रोहीपनले अघिबाटै मेरो प्रचण्ड रिस जगाइसकेको छ भन्ने तिमीहरू जान्दैनौ? के तिमीहरूले लामो समयदेखि मलाई उत्तेजित बनाएर छोडेका छौ र लामो समयदेखि मेरो धैर्यको जाँच गरेका छौ भन्ने तिमीहरू जान्दैनौ? के तिमीहरूले म रहेको देहलाई थाङ्नाजस्तो बनाएर अघिबाटै मेरो क्षति गरिसकेका छौ भन्ने तिमीहरू जान्दैनौ? मैले अहिलेसम्म सहेको छु, म मेरो रिस प्रकट गर्छु, उप्रान्त तिमीहरूप्रति सहनशील हुन छोडिदिन्छु। के तिमीहरूका दुष्कर्म अघिबाटै मेरो आँखामा पुगेको छ, मेरा पुकारहरू अघिबाटै मेरा पिताका कानहरूमा पुगेका छन् भन्ने तिमीहरू जान्दैनौ? कसरी उहाँले तिमीहरूलाई मसँग यस्तो व्यवहार गर्न दिन सक्नुहुन्छ? के मैले तिमीहरूभित्र गर्ने कुनै पनि काम तिमीहरूका खातिर होइन र? तापनि तिमीहरूमध्ये को म, यहोवाको कामलाई धेरै प्रेम गर्ने भएका छौ? म कमजोर भएकोले, र मैले भोगेका वेदनाहरूको कारण के म पिताको इच्छाप्रति अविश्वासी हुन सक्छु? के तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ? म तिमीहरूसँग यहोवा बोल्नुभएझैँ के मैले तिमीहरूका निम्ति धेरै कुरा समर्पित गरेको छैन र? म आफ्ना पिताको कामको खातिर यो सब दुःख भोग्न तयार भए पनि मेरो दुःखको परिणाम स्वरूप मैले तिमीहरूमाथि ल्याउने सजायबाट तिमीहरू कसरी छुट्न सक्छौ? के तिमीहरूले मबाट धेरै आनन्द पाएका छैनौ र? आज, मेरा पिताले मलाई तिमीहरूका निम्ति दिनुभएको छ; के तिमीहरूले मेरा उदार वचनहरूभन्दा धेरै कुराहरू उपभोग गरेका छैनौं र? के मेरो जीवन तिमीहरूका जीवन र तिमीहरू रमाउने कुराहरूका निम्ति साटिएको थियो भन्ने तिमीहरू जान्दैनौ? के मेरा पिताले शैतानसँग लड्न मेरो जीवनको प्रयोग गर्नुभयो, र तिमीहरूलाई सयौं गुणा प्राप्त गर्ने तुल्याउन साथै धेरै वटा परीक्षाहरूबाट बचाउनका निम्ति शैतानसँग लड्न उहाँले तिमीहरूलाई मेरो जीवन दिनुभयो भन्ने तिमीहरू जान्दैनौ? के मेरो कामद्वारा मात्र तिमीहरूले धेरै वटा परीक्षाहरू र धेरै वटा अग्निमय सजायहरूबाट छुटकारा पाएका छौ भन्ने तिमीहरू जान्दैनौ र? के मेरो कारणले गर्दा मात्र मेरा पिताले अहिलेसम्म तिमीहरूलाई आनन्द लिने अनुमति दिनुभएको छ भन्ने तिमीहरू जान्दैनौ? तिमीहरूका हृदयमा कठोरता बढेको जस्तो आज तिमीहरू कसरी यति कठोर र हठी हुन सक्छौ? तिमीहरूले आज गरिरहेको दुष्टता, म पृथ्वीबाट गएपछि सुरु हुने त्यो क्रोधको दिनबाट कसरी बच्न सक्छ? जुन व्यक्तिहरू अति कठोर र हठी छन् तिनीहरूलाई म, यहोवाको क्रोधबाट उम्कने अनुमति कसरी दिन सक्छु?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहको कोही पनि रिसको दिनबाट उम्कन सक्दैन
६६९. विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित अनि मेरो आवाज कहिले कठोर भएको छ? मैले कहिले तिमीहरूसँग ससाना कुराहरूमा कचकच गरेको थिएँ? मैले कहिले तिमीहरूलाई अनुचित प्रकारले हप्काएको छु? मैले कहिले तिमीहरूलाई तिमीहरूको मुखैमा हप्काएको छु? मेरा पिताले तिमीहरूलाई हरेक परीक्षाबाट बचाऊन् भनी मैले गरेको पुकारा के मेरै कामको निम्ति होइन र? तिमीहरू मसँग किन यस्तो व्यवहार गर्छौ? के मैले कहिल्यै तिमीहरूको देहमा प्रहार गर्न मेरो अधिकार प्रयोग गरेको छु? तिमीहरू किन त्यसरी मसँग बदला लिन्छौ? मतर्फ तातो र चिसो उडाएपछि तिमीहरू न त तातो न चिसो हुन्छौ, र त्यसपछि तिमीहरू मलाई झुक्याउन खोज्छौ र मबाट कुराहरू लुकाउने कोसिस गर्छौ र तिमीहरूका मुख अधार्मिकताका थुकले भरिएका हुन्छन्। के तिमीहरूका जिब्रोले मेरो आत्मालाई छल्न सक्छ भन्ने तिमीहरू सोच्छौ? के तिमीहरूका जिब्रो मेरो क्रोधबाट उम्कन सक्छ भन्ने सोच्छौ? के तिमीहरूका जिब्रोहरूले यसले चाहे अनुसार, म, यहोवाका कामहरूको न्याय गर्न सक्छ भनी सोच्छौ? के म मानिसहरूले न्याय गर्ने परमेश्वर हो? के म एउटा सानो भुसुनोलाई त्यसरी मेरो निन्दा गर्ने अनुमति दिन सक्छु? त्यस्ता विद्रोहका छोराहरूलाई म कसरी अनन्त आशिषहरूको माझमा राख्न सक्छु? तिमीहरूका शब्दहरू र व्यवहारहरूलाई धेरै अघि खुलस्त गरिएका छन् र त्यसले तिमीहरूलाई दोषी ठहराएको छ। जब मैले आकाश फिँजाएँ र सबै थोकहरू सृष्टि गरें, त्यसबेला मैले सृष्टि गरिएको कुनै पनि प्राणीलाई तिनीहरूका इच्छाअनुसार सहभागी हुन दिइनँ, मैले कुनै पनि कुरालाई तिनीहरूका इच्छाअनुसार मेरो काम र व्यवस्थापनमा बाधा पुऱ्याउन दिनु त परै जाओस्। मैले कुनै मानिस वा वस्तुलाई सहन गरिनँ; मप्रति क्रूर र अमानवीय हुनेहरूलाई झन् म कसरी सहन सक्छु? मेरो वचनलआई धोका दिनेहरूलाई म कसरी क्षमा गर्न सक्छु? मेरो विरुद्ध विद्रोह गर्नेहरूलाई म कसरी छोड्न सक्छु? के मानिसको भाग्य म, सर्वशक्तिमान्को हातमा छैन र? म तिमीहरूको अधार्मिकता र विद्रोहीपनलाई कसरी पवित्र मान्न सक्छु? तिमीहरूका पापहरूले मेरो पवित्रतालाई कसरी अशुद्ध पार्न सक्छ? म अधार्मिकताको अशुद्धताद्वारा अपवित्र भएको छैनँ, न त म अधार्मिकताका भेटीहरूमा नै आनन्दित हुन्छु। यदि तिमीहरू म, यहोवाप्रति बफादार हुन्थ्यौ भने मेरो वेदीमा भएका बलिहरू तिमीहरू आफ्नै निम्ति लिन सक्थ्यौ र? के तिमीहरू आफ्नो विषालु जिब्रो मेरो पवित्र नाउँको निन्दा गर्न प्रयोग गर्न सक्थ्यौ? के तिमीहरूले यसरी मेरो वचनलाई धोका दिन सक्थ्यौ? के तिमीहरू मेरो महिमा र पवित्र नाउँलाई साधन बनाएर दुष्ट शैतानको सेवा गर्न सक्थ्यौ? मेरो जीवन पवित्र जनहरूलाई आनन्द उठाउनका निम्ति उपलब्ध गराइएको छ। म तिमीहरूले चाहेअनुसार मेरो जीवनसित खेल्ने र त्यसलाई तिमीहरूको झगडामा एउटा साधनको रूपमा प्रयोग गर्ने अनुमति तिमीहरूलाई कसरी दिन सक्छु? तिमीहरू भलाइको मार्गमा र मप्रतिको व्यवहारमा त्यस्तो हृदय विहीन र अभावग्रस्त कसरी हुन सक्छौ? मैले अघिबाटै तिमीहरूका दुष्कर्महरू जीवनका यी वचनहरूमा लेखिसकेको छु भनी के तिमीहरू जान्दैनौ? मैले मिश्रलाई सजाय दिँदा तिमीहरू क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म कसरी तिमीहरूलाई यसरी घरीघरी मेरो विरोध गर्ने र मेरो विरुद्धमा विद्रोह गर्ने अनुमति दिन सक्छु? म तिमीहरूलाई स्पष्ट भन्दछु, जब त्यो दिन आउँछ, तिमीहरूको सजाय मिश्रको भन्दा बढ्ता असहनीय हुनेछ! तिमीहरू मेरो क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म तिमीहरूलाई साँचो भन्दछु: मेरो सहनशीलता तिमीहरूका दुष्कर्महरूका निम्ति तयार गरिएको थियो, र त्यस दिन तिमीहरूलाई सजाय दिनका निम्ति अस्तित्वमा रहेको छ। म आफ्नो सहनशीलताको अन्त्यमा पुगेपछि त्यो क्रोधपूर्ण दण्ड सहने मानिसहरू के तिमीहरू नै होइनौ र? के सबै कुरा म, सर्वशक्तिमान्को हातमा छैनन् र? म कसरी स्वर्गहरूमुनि तिमीहरूलाई त्यसरी मेरो विरुद्धमा विद्रोह गर्ने अनुमति दिन सक्छु? तिमीहरूका जीवन धेरै कठिन हुनेछ, किनकि तिमीहरूले मसीहलाई भेटेका छौ, जसको बारेमा उहाँ आउनुहुन्छ भनिएको थियो, तापनि जो कहिल्यै आउनुभएन। के तिमीहरू उहाँका शत्रुहरू होइनौ? येशू तिमीहरूका मित्र बन्नुभएको छ, तापनि तिमीहरू मसीहका शत्रुहरू हौ। के तिमीहरू येशूका मित्रहरू भए पनि तिमीहरूका दुष्कर्महरूले तिनीहरूका भाँडाहरू भरेका छन्, जो घृणित छन् भन्ने तिमीहरू जान्दैनौ? तिमीहरू यहोवाको धेरै नजिक भए पनि के तिमीहरूका खराब शब्दहरू यहोवाको कानमा पुगेका छन् र तिनले उहाँको क्रोध जगाएको छ भन्ने तिमीहरू जान्दैनौ? उहाँ कसरी तिमीहरूको नजिक हुन सक्नुहुन्छ, र उहाँले दुष्कर्महरूले भरिएका तिमीहरूका ती भाँडाहरू किन जलाउन सक्नुहुन्न? उहाँ तिमीहरूका शत्रु किन बन्न सक्नुहुन्न?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहको कोही पनि रिसको दिनबाट उम्कन सक्दैन
६७०. तिमीहरू सबै आफूजस्तै प्रकारका युवा पुस्ताहरूलाई प्रवचन दिँदै र तिनीहरूलाई आफूसँगै बसाउँदै सुशोभित आसनमा बस्छौ। तिमीहरूलाई अलिकति पनि थाहा छैन कि तिमीहरूका “वंशजहरू” धेरै अघि नै सास न बास भइसकेका छन् र तिनीहरूले मेरो कामलाई गुमाइसकेका छन्। मेरो महिमा पूर्वदेखि पश्चिमसम्मको भूभागमा चम्कन्छ, तैपनि जब यो महिमा पृथ्वीको अन्त्यसम्म फैलन्छ, र फेरि झुल्कन र परसम्म चम्कन थाल्छ, तब म मेरो महिमालाई पूर्वबाट लिएर पश्चिम ल्याउँछु ताकि मलाई पूर्वमा परित्याग गर्ने अँध्यारोवासी मानिसहरू तत्पश्चात् ज्योतिबाट वञ्चित रहून्। जब त्यस्तो हुन्छ, तब तिमीहरू अन्धकारको घाटीमा बाँच्नेछौ। आजभोलिका मानिसहरू पहिलेका मानिसहरूभन्दा सयौं गुणा असल भए पनि तिनीहरूले मेरा मापदण्डहरू पुर्याउँदैनन् र तिनीहरू अझै पनि मेरो महिमाको साक्षी भएका छैनन्। तिमीहरू पहिलेभन्दा सयौं गुणा असल हुन सक्षम हुनु भनेको सम्पूर्ण रूपमा मेरो कामको परिणाम हो; यो पृथ्वीमा मैले गरेको कामको उपज हो। तथापि, म अझै पनि तिमीहरूका बोलीवचन र कर्महरूका साथै तिमीहरूको चरित्रलाई घृणा गर्छु र म तिमीहरूले मेरो सामु जसरी कार्य गर्छौ त्यसप्रति अविश्वसनीय रूपले द्वेष महसुस गर्छु किनभने तिमीहरूमा मप्रतिको बुझाइ नै छैन। अनि, कसरी तिमीहरूले मेरो महिमामा जिउन सक्छौ र कसरी तिमीहरू मेरो भावी कामप्रति पूर्ण बफादार बन्न सक्छौ? तिमीहरूको विश्वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न इच्छुक छौ भनेर भन्छौ, तर तिमीहरूका स्वभावचाहिँ त्यति धेरै बदलिएको छैन। तिमीहरूको वास्तविक व्यवहार एकदमै नीच छ, तैपनि तिमीहरू केवल अहङ्कारका साथ बोल्छौ। यो त मानिसहरूको जिब्रो र ओठहरू स्वर्गमा भएको तर पाउहरूचाहिँ धर्तीमा रहेको जस्तो भयो, जसको फलस्वरूप तिनीहरूका बोलीवचन र कर्महरू अनि तिनीहरूको मानमर्यादा अझै पनि खण्डहर र बरबादीमै छन्। तिमीहरूको प्रतिष्ठा नाश भएको छ, तिमीहरूको तौरतरिका नीच छ, तिमीहरूको बोल्ने शैली तुच्छ छ र तिमीहरूको जीवन घृणास्पद छ; तिमीहरूको सम्पूर्ण मानवतासमेत तुच्छताको तल्लो बिन्दुमा डुबेको छ। तिमीहरू अन्य व्यक्तिहरूप्रति सङ्कीर्ण छौ र तिमीहरू हर तुच्छ कुरामा बखेडा झिक्छौ। तिमीहरू आफ्नै मानमर्यादा र हैसियतको विषयलाई लिएर यति हदसम्म झगडा गर्छौ कि तिमीहरू नर्क र अग्निकुण्डमा जाकिन पनि इच्छुक हुन्छौ। तिमीहरू पापी छौ भनी निर्क्योल गर्नको लागि मलाई तिमीहरूका वर्तमान बोलीवचन र कर्महरू नै काफी छन्। मलाई तिमीहरू अधर्मीहरू हौ भनी निर्क्योल गर्नको लागि मेरो कामप्रतिको तिमीहरूका मनोवृत्ति नै काफी छन् र तिमीहरू सबै द्वेषले भरिपूर्ण फोहोरी प्राणहरू हौ भनी देखाउनको लागि तिमीहरूका सारा स्वभावहरू नै काफी छन्। तिमीहरू अशुद्ध आत्माहरूको रगत अघाउन्जेल पिएका व्यक्तिहरू हौ भनी भन्नको लागि मलाई तिमीहरूको प्रकटीकरण र तिमीहरूले देखाउने कुराहरू नै पर्याप्त छन्। जब राज्यमा प्रवेश गर्ने कुरा गरिन्छ, तब तिमीहरूले आफ्ना भावनाहरू प्रकट गर्दैनौ। के तिमीहरू स्वर्गको मेरो राज्यको प्रवेशद्वारबाट छिर्नको लागि अहिले तिमीहरू जे-जस्तो छौ त्यो नै काफी छ भनेर विश्वास गर्छौ? के तिमीहरू मैले तिमीहरूका बोलीवचन र कर्महरूलाई पहिले जाँच नगरीकनै मेरो काम र वचनहरूको पवित्रस्थलमा तिमीहरूले प्रवेश प्राप्त गर्न सक्छौ भनी विश्वास गर्छौ? कसले मेरो आँखामा पर्दा टाङ्न सक्छ? तिमीहरूका घृणास्पद, तुच्छ व्यवहार र कुराकानीहरू मेरो नजरबाट कसरी बच्न सक्छन्? मैले तिमीहरूका जीवनलाई ती अशुद्ध आत्माहरूका रगत र मासु खाने जीवन भनी निर्धारण गरेको छु किनभने तिमीहरूले हरेक दिन मेरो अगाडि तिनीहरूको नक्कल गर्छौ। मेरो अगाडि, तिमीहरूको व्यवहार विशेष रूपमै खराब रहेको छ, अनि मैले तिमीहरूलाई कसरी घिनलाग्दो पाउँदिनथेँ र? तिमीहरूका शब्दहरूमा अशुद्ध आत्माहरूका अशुद्धताहरू छन्: तिमीहरू जादूगरी गर्नेहरू र छलकपट गर्ने अनि अधर्मीहरूको रगत पिउनेहरूले जस्तै चापलुसी गर्छौ, कुरा लुकाउँछौ र झूटो तारिफ गर्छौ। मानिसका सबै अभिव्यक्तिहरू अधर्मी छन्, अनि कसरी धर्मीहरू रहेको पवित्रस्थलमा सबै मानिसहरूलाई राख्न सकिन्छ? के तँ तेरा घिनलाग्दा व्यवहारहरूले तँलाई ती अधर्मीहरूको तुलनामा पवित्र भनी छुट्याउँछ भनी सोच्छस्? आखिरमा तेरो सर्पजस्तो जिब्रोले विनाश र द्वेष मच्चाउने तेरो देहलाई बरबाद पार्नेछ र अशुद्ध आत्माका रगतमा लतपत तेरा हातहरूले पनि आखिरमा तेरो आत्मालाई नर्कतिर तानेर लैजानेछन्। अनि किन तैँले फोहोरमा लतपत तेरा हातहरू धुने यो मौकाको फाइदा उठाउँदैनस्? किन तैँले अधर्मी शब्दहरू बोल्ने तेरो जिब्रो काटेर फाल्ने यो अवसरको सदुपयोग गर्दैनस्? के तँ तेरा हातहरू, जिब्रो र ओठहरूको लागि नर्कका ज्वालाहरूमा पीडा भोग्न इच्छुक भएकोले यस्तो भएको हो? म हरेक व्यक्तिको हृदयलाई मेरा दुवै आँखाहरू लगाई हेर्छु, किनभने मैले मानवजाति सृजना गर्नुभन्दा धेरैअघि मैले तिनीहरूको हृदयलाई मेरा हातहरूमा लिएको थिएँ। मैले धेरैअघि मानिसहरूको हृदयलाई हेरेको छु, अनि कसरी तिनीहरूको सोच मेरो दृष्टिबाट बच्न सक्छन् र? तिनीहरू मेरो आत्माद्वारा जल्नबाट बच्नलाई कसरी धेरै ढीला भइसकेको नहोला र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!
६७१. धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु। तिमीहरूका घिनलाग्दा व्यवहारहरूमध्ये कतिचाहिँ मेरा आँखैअघिबाट फुत्किएका छन् र? तिमीहरूका ती हृदयस्पर्शी शब्दहरू निरन्तर मेरा कानहरूमा गुन्जिरहेका छन्; तिमीहरूका लाखौँलाख आकांक्षाहरू मेरो वेदीमा राखिएका छन्—ती यति धेरै छन् कि तिनलाई गन्न पनि सकिँदैन। तथापि, जहाँसम्म तिमीहरूको समर्पण र तिमीहरूले के अर्पण गर्न सक्छौ भन्ने सवाल छ, तिमीहरूले एक सुका पनि दिँदैनौ। तिमीहरूले मेरो वेदीमा एक थोपा इमानदारिता पनि चुहाउँदैनौ। मप्रतिको तिमीहरूको विश्वासका फलहरू कहाँ छन्? तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति नै दिएका छौ र? तिमीहरू मलाई कति दिन इच्छुक छौ? मैले तिमीहरूलाई दिएको खानेकुरा हातमा लिएर तिमीहरू मतिर फर्कन्छौ र मलाई त्यो खानेकुरा दिन्छौ, र तिमीहरूले त्यो खानेकुरा आफ्नै कडा मेहनतको पसिनाद्वारा पाएको अनि आफूसँग भएका सबै कुरा मलाई चढाएको हो भनेर समेत भन्छौ। तैँले मलाई दिएका सबै “दानहरू” मेरै वेदीबाट चोरिएका कुरा हुन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? यसअलावा, अहिले तैँले ती कुराहरू मलाई उपहार दिँदै छस्, के तैँले मलाई ठगिरहेको छैनस् र? मैले आज जे कुरा उपभोग गर्छु त्यो सबै मेरो वेदीका भेटीहरू हुन्, र तैँले तेरो कडा मेहनतबाट प्राप्त गरी मलाई चढाएका कुराहरू होइनन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? तिमीहरूले वास्तवमा यसरी मलाई ठग्ने दुस्साहस गर्छौ, अनि तिमीहरूलाई कसरी मैले क्षमा दिन सक्छु र? मैले यो कुरालाई अझै सहिरहूँ भनेर तिमीहरूले कसरी अपेक्षा गर्न सक्छौ? मैले तिमीहरूलाई सब थोक दिएको छु। मैले तिमीहरूको लागि हरेक कुरा खुला गरेको छु, तिमीहरूका आवश्यकताहरूको लागि प्रबन्ध गरेको छु, र तिमीहरूको आँखा खोलेको छु, तैपनि तिमीहरूले आफ्ना विवेकलाई बेवास्ता गर्दै यस प्रकारले मलाई ठग्छौ। मैले निस्वार्थ रूपमा तिमीहरूलाई सब थोक अर्पेको छु, ताकि तिमीहरूले कष्ट भोगे पनि मैले स्वर्गबाट ल्याएका सब थोक प्राप्त गर। यति हुँदाहुँदै पनि तिमीहरूसँग कुनै समर्पणता छैन, र तिमीहरूले थोरै योगदान दिएको भए पनि तिमीहरू पछि मसँग त्यसको “हिसाब किताब मिलाउन” खोज्छौ। के तेरो दान व्यर्थ हुनेछैन र? तैँले मलाई जे दिएको छस् त्यो केवल बालुवाको कण हो, तैपनि तँ मबाट एक टन सुन माग्छस्। के तँ केवल अनुचित हुँदै छैनस् र? म तिमीहरूमाझ काम गर्छु। मलाई दश प्रतिशत दिनुपर्ने कुराको कुनै नामनिसाना छैन, अतिरिक्त बलिदानहरूको त कुरै छोडौं। यसबाहेक, जो भक्तिपूर्ण छन् तिनीहरूले दान दिएको दश प्रतिशत पनि दुष्टहरूले कब्जा गर्छन्। के तिमीहरू मबाट टाढा छरिएका छैनौ र? के तिमीहरू सबै मेरो विरोधी भएका छैनौ र? के तिमीहरू सबैले मेरो वेदी तहसनहस पारिरहेका छैनौ र? कसरी त्यस्ता मानिसहरू मेरो नजरमा सम्पत्ति हुन सक्छन् र? के तिनीहरू मैले घृणा गर्ने सुँगुर र कुकुरहरू होइनन् र? कसरी मैले तिमीहरूका दुष्कर्महरूलाई सम्पत्तिको रूपमा उल्लेख गर्न सक्छु र? मेरो काम वास्तवमा कसको लागि गरिएको हो? के यसको उद्देश्य केवल मेरो अख्तियारी प्रकट गर्न तिमीहरू सबैलाई प्रहार गर्नु हुन सक्छ? के तिमीहरूको जीवन मेरो एउटै वचनमा अडिएको छैन र? किन मैले तिमीहरूलाई निर्देशन दिन वचनहरू मात्र प्रयोग गरिरहेको छु र तिमीहरूलाई सकेसम्म चाँडो प्रहार गर्न वचनहरूलाई तथ्यमा परिणत गरेको छैनँ? के मेरा वचनहरू र कामको उद्देश्य मानवजातिलाई प्रहार गर्नु मात्र हो? के म निर्दोषहरूलाई जथाभाबी मार्ने परमेश्वर हुँ? अहिले, तिमीहरूमध्ये कति जना मानव जीवनको सही मार्ग खोज्न आफ्नो सम्पूर्ण सारत्व लिएर मकहाँ आइरहेका छौ? तिमीहरूको शरीर मात्र मेरो सामु छ; तिमीहरूको हृदय त स्वतन्त्र घुमिरहेको छ, मदेखि धेरै, धेरै टाढा रहेको छ। तिमीहरूलाई मेरो काम वास्तवमा के हो भन्ने थाहा नभएकोले, तिमीहरूमध्ये धेरै जना, सजाय वा न्याय नभएको स्वर्गमा बाँच्ने आशा गर्दै, मलाई छाडी जान र आफूलाई मदेखि टाढा लैजान चाहन्छौ। के मानिसहरूले आफ्नो हृदयभित्र चाहेको कुरा यही होइन र? मैले अवश्य पनि तँलाई वाध्य पार्ने कोसिस गरिरहेको छैनँ। तैँले जुन मार्ग लिन्छस् त्यो तेरो आफ्नै रोजाइ हो। आजको मार्गमा न्याय र श्राप पनि साथै छ, तर तिमीहरू सबैलाई थाहा हुनुपर्छ कि मैले तिमीहरूलाई जे प्रदान गरेको छु, चाहे ती न्याय हुन् वा सजाय, ती तिमीहरूलाई मैले प्रदान गर्न सक्ने सबैभन्दा राम्रा उपहारहरू र तिमीहरूलाई तुरुन्तै चाहिने कुराहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!
६७२. शैतानद्वारा भ्रष्ट तुल्याइएका सबै प्राण शैतानको शक्तिमा बन्धक बनेका हुन्छन्। ख्रीष्टमा विश्वास गर्नेहरूलाई मात्रै अलग गरिएको छ, शैतानको छाउनीबाट मुक्त गरिएको छ, र आजको राज्यमा ल्याइएको छ। यी मानिस अब शैतानको प्रभावमा जिउँदैनन्। तैपनि, मानिसको प्रकृति अझै पनि मानिसको देहमा जरा गाडेर बसेको हुन्छ, अर्थात्, तिमीहरूको प्राणले मुक्ति पाएको भए पनि, तिमीहरूको प्रकृति अझै पनि पहिलेजस्तै छ, र तिमीहरूले मलाई विश्वासघात गर्ने सम्भावना शतप्रतिशत नै रहन्छ। तिमीहरूको प्रकृति ढिट भएको हुनाले नै मेरो काम यति लामो समयसम्म चल्छ। अहिले तिमीहरू सबै जना आफ्ना कर्तव्यहरू पूरा गर्दा आफ्नो क्षमताले भ्याएसम्म कष्टहरू भोगिरहेका छौ, तैपनि नकार्न नसकिने तथ्य के हो भने तिमीहरू हरेकले मलाई विश्वासघात गरेर शैतानको शक्तिमा फर्कने, यसको छाउनीमा फर्कने र फर्केर आफ्नो पुरानो जीवनमा जाने सामर्थ्य राख्छौ। त्यसबेला, तिमीहरूले अहिले जस्तो मानवता वा मानव रूपको एक अंश प्रस्तुत गर्न सम्भव हुनेछैन। गम्भीर अवस्थाहरूमा, तिमीहरू नष्ट पारिनेछौ र, त्योभन्दा पनि बढी, अनन्त श्रापमा पारिनेछौ, कठोर दण्ड भोग्नेछौ, र कहिल्यै पनि पुनर्जन्म पाउनेछैनौ। तिमीहरूसामु रहेको समस्या यही हो। मैले तिमीहरूलाई यसरी सम्झाउनुको पहिलो उद्देश्य मेरो काम व्यर्थ नहोस् भन्ने हो, र दोस्रो उद्देश्य तिमीहरू सबै ज्योतिका दिनहरूमा जिउन सक भन्ने हो। वास्तवमा, मेरो काम व्यर्थ हुन्छ कि हुँदैन भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण समस्या होइन। तिमीहरूले सुखी जीवन र सुन्दर भविष्य प्राप्त गर्न सक्नु चाहिँ सबैभन्दा महत्त्वपूर्ण हो। मेरो काम मानिसहरूका प्राणलाई मुक्ति दिनु हो। यदि तेरो प्राण शैतानको हातमा पर्यो भने, तेरो देह शान्तिमा जिउनेछैन। यदि मैले तेरो देहलाई सुरक्षा दिइरहेको छु भने, तेरो प्राण पनि पक्कै मेरो हेरचाहमा हुनेछ। यदि मैले तँलाई साँच्चै घृणा गरेँ भने, तेरो देह र प्राण तुरुन्तै शैतानको हातमा पर्नेछन्। के तँ त्यस बेलाको तेरो अवस्थाको कल्पना गर्न सक्छस्? यदि कुनै दिन मेरा वचनहरू तिमीहरूमाथि खेर गए भने, म कि त तिमीहरू सबैलाई शैतानको हातमा सुम्पिदिनेछु, र यसलाई मेरो क्रोध पूर्ण रूपमा शान्त नभएसम्म तिमीहरूमाथि सास्ती बढाउन दिनेछु, कि त तिमीहरूजस्ता सुधार गर्न नसकिने मानिसलाई म आफै दण्ड दिनेछु, किनभने मलाई विश्वासघात गर्ने तिमीहरूको हृदय कहिल्यै परिवर्तन भएको हुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
६७३. म केवल के आशा गर्छु भने, मेरो कामको अन्तिम चरणमा, तिमीहरूले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन प्रस्तुत गर्न सक्षम हुनेछौ, अनि तिमीहरूले आफ्नो सम्पूर्ण हृदयले आफूलाई अर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य नै, म के पनि आशा गर्छु भने तिमीहरू सबैले एउटा असल गन्तव्य पाउन सक्नेछौ। तथापि, मसित अझै मेरो माग छ, जुन तिमीहरूले मलाई तिमीहरूको एउटै र अन्तिम बफादारी अर्पण गरेर सर्वोत्कृष्ट निर्णय गर भन्ने हो। यदि कसैसित यो एक मात्र भक्ति छैन भने, ऊ निश्चय नै शैतानको बहुमूल्य सम्पत्ति हो अनि म उसलाई मेरो प्रयोगको निम्ति राख्नेछैन तर उसको आमाबुबाद्वारा हेरचाह गरिनको निम्ति उसलाई घर पठाइदिनेछु। मेरो काम तिमीहरूको निम्ति एउटा ठूलो सहायता हो; तिमीहरूबाट मैले इमान्दार र माथि उठ्ने चाहना भएको हृदय चाहन्छु, तर अहिलेसम्म मेरो हातहरू खाली नै छन्। यस बारेमा सोच: यदि म एक दिन अझै पनि शब्दहरूले बयान नसक्ने गरी दुःखित छु भने, तब तिमीहरूप्रतिको मेरो मनोवृत्ति कस्तो हुनेछ? के म तिमीहरूप्रति अहिलेजस्तै मिलनसार हुनेछु र? के तिमीहरू कठोर मेहनत गरेर खेत जोतेपछि पनि एउटै अन्न कटनी गर्न नपाएको व्यक्तिको भावनाहरूलाई बुझ्न सक्छौ? कुनै मानिसलाई चोट पुर्याउँदा उसको हृदय कति धेरै घाइते हुन्छ, के तिमीहरू बुझ्न सक्छौ? के तिमीहरू एउटा व्यक्तिको तीतोपना चाख्न सक्छौ जो कुनै समय आशाले परिपूर्ण थियो तर नराम्रो सम्बन्धमा पुगेर ऊ अलग हुनु परेको छ? के तिमीहरूले एउटा क्रोधित तुल्याइएको मानिसबाट क्रोध उत्पन्न भएको देखेका छौ? के तिमीहरू शत्रुता र छलले व्यवहार गरिएको व्यक्तिको बदला लिने आतुरतालाई बुझ्न सक्छौ? यदि तिमीहरू यस्ता मानिसहरूको मानसिकतालाई बुझ्दछौ भने मलाई लाग्छ, परमेश्वरको प्रतिशोधको समयमा उहाँको मनोवृत्ति कस्तो हुनेछ भनेर कल्पना गर्न तिमीहरूलाई गाह्रो हुँदैन! अन्त्यमा, म आशा गर्छु कि तिमीहरू सबैले आफ्नै गन्तव्यको खातिर गम्भीर प्रयास लगाउँछौ, यद्यपि तिमीहरूले आफ्नो प्रयासमा छलपूर्ण तरिकाहरूको प्रयोग नगरेकै राम्रो हुन्छ, नत्र भने मेरो हृदयमा म तिमीहरूसित निरन्तर निराश हुनेछु। अनि त्यस्तो निराशाले केमा लैजान्छ? के तिमीहरू आफैलाई मूर्ख बनाइरहेका छैनौ? जसले आफ्नो गन्तव्यको निम्ति विचार राखेर पनि त्यसलाई नष्ट गर्छ तिनीहरू मुक्ति पाउन सक्नेहरूमा सबैभन्दा पछाडि पर्दछन्। यदि तिनीहरू चिढिए र क्रोधित भए भने पनि त्यस्तो व्यक्तिलाई कसले दया देखाउँथ्यो र? निष्कर्षमा, म अझै पनि चाहन्छु कि तिमीहरूले एउटा गन्तव्य पाऔ जुन सुहाउँदो र असल दुवै होस् अनि त्यसभन्दा बढी, तिमीहरूमध्ये कोही पनि महाविपत्तीमा पर्न नपरोस् भनी म आशा गर्छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा
६७४. मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको प्रबन्ध गर्नु पनि हो। त्यसभन्दा पनि बढी, यो सबै मानिसहरूलाई मेरा कार्य र काम स्वीकार गराउनका खातिर हो। म प्रत्येक व्यक्तिलाई मैले गरेका सबै थोक सही छन्, र ती मेरो स्वभावको अभिव्यक्ति हुन्, मानवजातिलाई मानिसले उत्पन्न गरेको होइन, अनि प्रकृतिले त झनै होइन, बरु यावत् थोकमाझ भएका सबै जीवित प्राणीको पालनाहार गर्ने म नै हुँ भन्ने कुरा देख्न लगाउनेछु। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्नेछैन; मानवजातिले अँध्यारो, चिसो रात र मृत्युको छायाँको अपरिहार्य घाटीको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र छुटकारा हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ, मविना मानवजातिले केवल विनाशकारी महाविपत्ति भोग्नेछ र तिनीहरूलाई सबै प्रकारका प्रेतात्माले कुल्चिनेछन्, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। केहीले मात्र मेरो ऋण चुकाउन सकेका भए पनि, म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर हुन लागेको मेरो कामको अर्को चरण प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, प्रकोपको हमलाबाट तिमीहरूमध्ये कोही पनि जोगिन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै योजनाबद्ध हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिको कष्टबाट उम्कन सक्नेछैनौ। यो विपत्तिबीच, तिमीहरूका कार्य र व्यवहारहरू पूर्ण रूपमा उपयुक्त मानिनेछैन, किनभने तिमीहरूको विश्वास र प्रेम खोक्रो थिए, र तिमीहरूले आफूलाई कायर वा रुखो मात्रै देखायौ। यस विषयमा, म असल वा खराबको न्याय मात्र गर्नेछु। तिमीहरू प्रत्येकले कसरी व्यवहार गर्छौ र आफूलाई अभिव्यक्त गर्छौ भन्ने विषयमा मेरो सरोकार निरन्तर रहनेछ, जसको आधारमा म तिमीहरूको अन्त्य निर्धारण गर्नेछु। यद्यपि, एउटा कुरा मैले स्पष्ट पार्नुपर्छ: सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई कुनै बेला विश्वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय पूर्ण रूपमा तोड्ने जोसुकैले मबाट दोस्रो पटक उदारता पाउनेछैन, र मप्रति बफादार रहेकाहरू सधैँ मेरो हृदयमा रहनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्