50 परमेश्‍वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ

पद १

असंख्य समुद्र र पहाडले छुट्ट्याएपनि,

फरक रङ्गका छाला भएका र फरक भाषा बोल्ने,

हामी एकै मानिस हौँ, हामी बिच सीमा छैन।

सर्वशक्तिमान परमेश्‍वरको वचनले हामीलाई बोलाउँछन्,

हामी उहाँकै सिंहासन अघि उचालिन्छौँ।

छन् केश फुलेका वृद्ध,

र उज्ज्वल युवा त्यहाँ।

हातमा हात, काँधमा काँध,

हामी हुरी, वर्षा माझ सँगै हिँड्छौँ।

एउटै मनले हामी हाम्रो कर्तव्य पूरा गर्छौँ,

हाम्रो हृदय जोडिएको छ, हामी जीवनमा घनिष्ट बन्छौँ,

उहाँको प्रेम र वचनले हामीलाई सँगै नजिक लिएर आउँछन्।


पद २

उहाँका वचन जीवित पानीका स्रोत हुन्,

उहाँको वचनले हामीमा मिठास भर्छन्।

उहाँका वचनका सजाय र न्यायले,

हाम्रा भ्रष्ट स्वभावलाई शुद्ध पार्छन्।

काट-छाँट, निराकरणपछि मात्र मानव रूप बाँच्छौं,

नकारात्मकता, कमजोरीमा एक अर्कालाई मद्दत गर्छौँ,

हामी दु:खमा साथ छौँ,

साक्षीको रूपमा खडा भई, शैतानलाई हराउँछौँ।

उहाँको वचनले अगाडि बढ्न प्रोत्साहन दिन्छ,

त्यहाँ पीडा र जाँच भएपनि, यसले हाम्रो विश्‍वास सिद्ध पार्छ,

हामी उहाँको धार्मिकता र सुन्दरता जान्दछौँ,

हामी शैतानको भ्रष्टताबाट बच्न सक्छौँ,

राज्य जीवनको आनन्द लिँदै, पृथ्वीमा एउटा जीवन, स्वर्गमा जस्तै।


कोरस

परमेश्‍वरसँग प्रेम र प्रेमसँग परिवार हुन्छ,

उहाँलाई प्रेम गर्ने सबै एकै परिवार।

उहाँको प्रेममा हामी नजिक आउँछौँ,

हामी बढ्दै जाँदा उहाँका वचन हामीसँगै हुन्छन्।

सुन्दर राज्यमा बाँच्दै हामी,

सर्वशक्तिमान् परमेश्‍वरलाई सदैव आराधना गर्छौँ।

ला……ला……ला……ला……

परमेश्‍वरसँग प्रेम र प्रेमसँग परिवार हुन्छ,

उहाँलाई प्रेम गर्ने सबै एकै परिवार।

उहाँको प्रेममा हामी नजिक आउँछौँ,

हामी बढ्दै जाँदा उहाँका वचन हामीसँगै हुन्छन्।

सुन्दर राज्यमा बाँच्दै हामी,

सर्वशक्तिमान् परमेश्‍वरलाई सदैव आराधना गर्छौँ,

परमेश्‍वरलाई सदैव आराधना गर्छौँ,

परमेश्‍वरलाई सदैव आराधना गर्छौँ।

अघिल्लो: 1030 जब मानवजाति अनन्त गन्तव्यमा प्रवेश गर्छ

अर्को: 63 हामी परमेश्‍वर सामु सधैँ शान्त हुनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्