25 हामी परमेश्वरको प्रशंसा गर्छौँ र उहाँका लागि गाउँछौँ
१
हामी परमेश्वरको आवाज सुन्छौँ, उहाँतर्फ फर्किन्छौँ,
थुमाका पाइलाहरू पछ्याउँछौँ।
हामी ख्रीष्टको भोजमा सहभागी हुन्छौँ, परमेश्वरका वचनहरू हरदिन खान्छौँ र पिउँछौँ।
परमेश्वरका वचनको मलजल र भरणपोषणको आनन्द उठाउँछौँ
र हाम्रो आत्माले नयाँ जीवन पाउँछ।
पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ ताकि हामीले सत्यता बोध गरौँ
र व्यावहारिक परमेश्वरलाई चिनौँ।
राज्यको जीवन असीमित रूपमा समृद्ध छ,
परमेश्वर आफैले हामीलाई मार्गदर्शन गर्नुहुन्छ र हाम्रो गोठालो हुनुहुन्छ।
हामी सत्यता अभ्यास र आफ्ना कर्तव्य पूरा गर्छौँ;
हाम्रो हृदय शान्त र सहज छ।
शैतानबाट अलग हुनु निकै स्वतन्त्रतापूर्ण छ, हामी अब परमेश्वरसामु जिउन सक्छौँ।
यो सब परमेश्वरको उठाइ र अनुग्रह हो।
हामीभन्दा बढी आशिषित को हुन सक्छ र?
२
न्याय, परीक्षा र शोधन भोगेर, हाम्रा शैतानी स्वभावहरू पखालिएका छन्।
परमेश्वरको धर्मी स्वभाव चिनेर,
हामी आफ्नो हृदयमा परमेश्वरको डर मान्छौँ र दुष्टताबाट अलग बस्छौँ।
सतावट र कठिनाइ भोग्दा उहाँका वचनले जहिल्यै मार्गमा अगुवाइ गर्छन्।
हाम्रो आस्था सिद्ध पारिएको छ,
हामी आफ्नो गवाहीमा दृढ रहन्छौँ र परमेश्वरको प्रेम देख्छौँ।
उहाँको महान् मुक्ति प्राप्त गरेका छौँ, उहाँको प्रशंसाका गीतहरू गाउँछौँ।
उहाँको धर्मी, पवित्र स्वभावको प्रशंसा होस्,
उहाँ मानिसको अनन्त प्रेम-योग्य हुनुहुन्छ।
परमेश्वरको कामको बुद्धि र सर्वशक्तिमान्ताको प्रशंसा होस्,
उहाँले मानिसहरूको एउटा समूहलाई विजय र प्राप्त गर्नुभएको छ।
परमेश्वरका मानिसहरूले हृदयबाट नै उहाँलाई प्रेम गर्छन् र उहाँमा समर्पित हुन्छन्,
हामी अनन्तभर उहाँको आराधना गर्नेछौँ।