698 जीवन पाउन न्याय स्विकार
पद १
परमेश्वरका वचनले हाम्रा कमजोरीमै हान्छन्,
दुःखी बनाई, डरले भर्छन्।
उहाँ हाम्रा धारणा, कल्पना र
भ्रष्ट स्वभाव खुलासा गर्नुहुन्छ।
हामीले भन्ने र गर्ने सबथोकदेखि
हरेक विचार र धारणा, हाम्रो प्रकृति
वचनद्वारा खुलासा गर्नुहुन्छ, हामीलाई
डरको स्थितिमा फ्याँक्नुहुन्छ;
हामी काँपिरहन्छौँ, लाज लुकाउने ठाउँ हुँदैन।
पद २
उहाँ हाम्रा कार्य, अभिप्राय, कहिल्यै पत्ता
नलगाएका भ्रष्टता देखाउनुहुन्छ,
ताकि हाम्रा कमीहरू बाहिर आऊन्,
र हामीलाई जित्नुभएको होस्।
उहाँको विरोध गरेकोले हामीलाई न्याय गर्नुहुन्छ,
निन्दा र अपमान गरेकोले सजाय दिनुहुन्छ।
हामीलाई लाग्छ कि उहाँको नजरमा
हामी मानवरूपी शैतान हौँ
र छुटकारा पाउने एउटै विशेषता छैन।
कोरस १
न्यायद्वारा, उहाँको सम्मान र उल्लङ्घनप्रतिको
असहिष्णुता महसुस गर्छौँ,
जसको तुलनामा हामी निकै तुच्छ छौँ, अशुद्ध छौँ।
उहाँको न्याय र सजायको कारण,
आफ्नो अहङ्कार बुझ्छौँ, मानिस कसरी
उहाँको बराबर कहिल्यै हुनेछैन भनी देख्छौँ।
पद ३
उहाँको न्याय र सजायले हामीलाई भ्रष्ट
स्वभाव त्याग्न इच्छुक बनाएका छन्,
ताकि यो प्रकृति छिट्टै छोड्न र
उहाँको नजरमा घृणातुल्य नहोऔं।
तिनले उहाँका वचन पालन गर्न इच्छुक बनाएका छन्;
अब उहाँका प्रबन्धको विरोध गर्नेछैनौँ।
उहाँको न्याय र सजायले हामीलाई
बाँच्ने इच्छा पनि दिन्छन्।
खुसीसाथ उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार्छौँ…।
पद ४
हामी भ्रष्ट स्वभाव भएका, उहाँले
युगौँ अघि पूर्वनिर्धारित
गर्नुभएका सामान्य मानिस मात्र हौँ;
खरानीको थुप्रोबाट उठाउनुभयो।
उहाँको निन्दा गऱ्यौँ, अब हामीलाई विजय गर्नुहुन्छ।
अनन्त जीवनको मार्ग दिनुभएको छ।
जतासुकै गए पनि, जेसुकै सहे पनि,
सर्वशक्तिमान् परमेश्वरको मुक्ति रहित हुन सक्तैनौ,
कारण उहाँ हाम्रो सृष्टिकर्ता, एउटै छुटकारा हुनुहुन्छ!
कोरस २
उहाँको प्रेम फैलिन्छ र तिमीलाई, मलाई र
सत्यता खोज्ने सबलाई र उहाँको
देखापराई धैर्यपूर्वक कुर्नेलाई दिइएको छ।
जसरी चन्द्रमाले सूर्य सधैँ पछ्याउँछ,
उहाँलाई पछ्याउने, उहाँको न्याय स्वीकार्ने
कोहीमाथि काम गर्न बन्द गर्नुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परिशिष्ट ४: परमेश्वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु” बाट परिमार्जित