७. परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सम्बन्धी वचनहरू

२५५. परमेश्‍वर जो हुनुहुन्छ उहाँ त्यही हुनुहुन्छ, र उहाँसँग जे छ, उहाँसँग त्यही छ। उहाँले व्यक्त गर्नुभएका र प्रकट गरिदिनुभएका सबै कुराहरू उहाँका सारतत्त्व र उहाँका पहिचानका प्रतिनिधित्वहरू हुन्। उहाँ जो हुनुहुन्छ र उहाँसँग जे छ त्यसलाई, साथै उहाँका सारतत्त्व र पहिचानलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। उहाँको स्वभावमा मानिसजातिका निम्ति उहाँको प्रेम, मानवजातिको सान्त्वना, मानवजातिको घृणा, र मानवजातिको सामान्य बुझाइ सबै नै समावेश छन्। मानिसको व्यक्तित्व आशावादी, जीवन्त, वा संवेदनाहीन हुन सक्छ। परमेश्‍वरको स्वभाव सबै थोकहरू र सबै जीवित प्राणीहरूका शासकको, सारा सृष्‍टिका प्रभुको स्वभाव हो। उहाँको स्वभावले आदर, शक्ति, प्रताप, महानता, र सबैभन्दा महत्वपूर्ण सर्वोच्‍चताको प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको सङ्केत हो, सबै धार्मिकताको सङ्केत, सबै सुन्दरता र असलपनको सङ्केत हो। यी सबैभन्दा अझ महत्वपूर्ण कुरा त विजयी गर्न नसकिने वा अन्धकार र कुनै पनि शत्रुको शक्तिले आक्रमण गर्न नसकिने[क] व्यक्तिलाई सङ्केत गर्दछ, साथै सृष्‍टि गरिएका कुनै प्राणीले उल्‍लङ्घन (उहाँले कुनै उल्‍लङ्घन सहन सक्‍नुहुन्‍न)[ख] गर्न नसकिने व्यक्तिलाई सङ्केत गर्दछ। उहाँको स्वभावले सर्वोच्‍च शक्तिको सङ्केत गर्छ। कुनै पनि व्यक्ति वा व्यक्तिहरूले उहाँको काम वा उहाँको स्वभावलाई अवरोध पुर्‍याउन सक्दैन। तर मानिसको व्यक्तित्व पशुभन्दा अलिकति उच्‍च छ। मानिस आफैमा वा मानिससँग कुनै अख्तियार छैन, कुनै स्वतन्त्रता छैन, मानिससँग आफैलाई पार गरेर जाने क्षमता पनि छैन, तर उसको सारतत्त्वमा सबै प्रकारका मानिसहरू, घटनाहरू र थोकहरूको नियन्‍त्रणमा विवश हुने स्वभाव हुन्छ। परमेश्‍वरको आनन्द धार्मिकता र ज्योतिमा अस्तित्वमा रहन्छ र उदय हुन्छ, किनकि अन्धकार र दुष्‍टको विनाश भएको छ। उहाँ मानवजातिमा ज्योति र असल जीवन ल्याउनुभएको कुरामा आनन्द मनाउनुहुन्छ। उहाँको आनन्द धार्मिकताको आनन्द हो, यो सबै सकारात्मक कुराको सङ्केत हो, त्यसभन्दा अझ बढी यो शुभ अवसरको सङ्केत हो। दुष्‍टता र अन्धकार अस्तित्वमा भएको कारण, सत्यतालाई हटाउने कुराहरू अस्तित्वमा भएका कारण, सुन्दर र असल कुराहरूको विरोध गर्ने तत्त्वहरू अस्तित्वमा भएका कारण, र अन्यायको कारण परमेश्‍वरको क्रोध उहाँका मानवजाति माथि परेको हो। उहाँको क्रोध सबै किसिमका नकारात्मक कुराहरू अस्तित्वमा रहनेछैन भन्‍ने सङ्केत हो, यो भन्दा पनि अझ महत्वपूर्ण कुराचाहिँ यसले उहाँको पवित्रताको सङ्केत गर्छ। उहाँको शोकको कारण मानवजाति नै हो, उहाँले मानवजातिमा आशा राख्‍नुभएको थियो, तर ती मानवजाति अन्धकारमा पतन भएका छन्, किनकि उहाँले मानवजातिमा गर्नुभएको काम उहाँको अपेक्षाहरूको नापसम्म आउँदैनन्, किनकि उहाँले प्रेम गर्नुभएका मानवजाति सबै जना ज्योतिमा जिउन सक्दैनन्। उहाँले निर्दोष मानवजातिप्रति दुःख महसुस गर्नुहुन्छ, साथै इमानदार तर अज्ञानी मानिस, र असल तर आफ्नै दृष्टिकोणको अभाव भएका मानिसप्रति पनि उहाँले दुःख महसुस गर्नुहुन्छ। उहाँको दुःख उहाँको भलोपन र उहाँको कृपाको सङ्केत हो, सुन्दरता र दयाको सङ्केत हो। उहाँको खुशी निश्‍चय नै उहाँका शत्रुहरूलाई पराजित गर्ने र मानिसको इमानदारीता जित्‍ने कार्यबाट आउँछ। यो भन्दा अझ बढी त शत्रुहरूका सबै शक्तिहरूको निष्कासन र विनाशबाट उहाँ खुशी बन्‍नुहुन्छ, किनकि यसरी मानिसजातिले असल र शान्तिपूर्ण जीवन प्राप्‍त गर्छन्। परमेश्‍वरको खुशी मानिसको आनन्द जस्तै होइन, बरु यो त असल फलहरू बटुल्नु जस्तै र आनन्दभन्दा अझ धेरै ठूलो कुरा हो। उहाँको खुसीयालीले मानवजाति यस समयदेखि दुःखकष्टबाट छुटकारा पाएको र मानवजाति ज्योतिको संसारमा प्रवेश गरेको सङ्केत दिन्छ। अर्कोतिर, मानवजातिको भावनाहरू उसका आफ्ना चाहनाहरूबाट उत्पन्‍न भएका हुन्छन्, त्यो धार्मिकता, ज्योति वा सुन्दर कुरा र स्वर्गबाट दिइएको अनुग्रहका निम्ति हुँदैन। मानवजातिका भावनाहरू स्वार्थी हुन्छन् र ती अन्धकारको संसारका हुन्। यिनीहरू परमेश्‍वरका इच्छा र योजनाका निम्ति अस्तित्वमा आएका होइनन्, त्यसैले मानिस र परमेश्‍वरलाई एउटै स्थानमा राखेर कुरा गर्न मिल्दैन। परमेश्‍वर सदासर्वदा सर्वोच्‍च हुनुहुन्छ र उहाँ आदरयोग्य हुनुहुन्छ भने मानिस सदैव तुच्छ र मूल्यहीन छन्। यसैकारण परमेश्‍वरले सधैँ मानिसजातिका निम्ति आफैलाई बलिदान गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ; मानिसले चाहिँ सधैँ आफ्नो निम्ति राख्‍छ र आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। परमेश्‍वरले सदैव मानिसहरूको अस्तित्व कायम राख्‍न पीडा उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै पनि ज्योति वा धार्मिकताको खातिर कुनै मूल्य चुकाउँदैन। मानिस अत्यन्तै कमजोर छ सानातिना कठिनाइ पनि सहन सक्दैन, मानिसले कहिल्यै पनि अरू मानिसहरूलाई ध्यान दिँदैन तर सधैँ आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। मानिस सधैँ स्वार्थी हुन्छ, भने परमेश्‍वर स्वार्थरहित हुनुहुन्छ। परमेश्‍वर न्याय, भलाइ र सुन्दर कुराहरूका स्रोत हुनुहुन्छ भने मानिसहरू घृणित र दुष्‍ट कुराहरू प्रकट गर्न मात्र सफल हुन्छन्। परमेश्‍वरले धार्मिकता र सुन्दरताको आफ्नो सारतत्त्व कहिल्यै अदलबदल गर्नुहुन्‍न, तर मानिसले पूर्ण रूपमा कुनै पनि समयमा कुनै पनि परिस्थितिमा धार्मिकतालाई धोखा दिएर परमेश्‍वरदेखि टाढा रहन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

२५६. म धर्मी छु, म भरोसायोग्य छु, र म मानिसको अन्तस्करण जाँच गर्ने परमेश्‍वर हुँ! को साँचो हो र को झूटो हो सो म तुरुन्तै प्रकट गर्नेछु। नआत्तिओ; सबै थोकले मेरो समयअनुसार काम गर्दछन्। कसले मलाई इमानदारीसाथ चाहन्छ, र कसले चाहँदैन, त्यो एक-एक गरी म तिमीहरूलाई बताउनेछु। तिमीहरू केवल खाने, पिउने र मेरो उपस्थितिमा आउँदा मेरो नजिक आउने कुरामा मात्रै ध्यान देओ, र मेरो काम म आफै गर्नेछु। तुरुन्तै परिणामहरू प्राप्त गर्नको लागि अनावश्यक रूपमा चिन्तित नहोओ; मेरो काम झट्टै एकै पटक सम्पन्न गर्न सकिने काम होइन। त्यसभित्र मेरा चरणहरू र मेरो बुद्धि छन्, त्यसैले मेरो बुद्धि प्रकट गर्न सकिन्छ। म तिमीहरूलाई मेरा हातहरूले के गरेका छन् त्यो देखाउनेछु—दुष्टलाई दण्ड र असललाई इनाम दिनु। म अवश्य नै कसैको पनि पक्ष लिँदिनँ। तँ, जसले इमानदारीसाथ मलाई प्रेम गर्छ, म तँलाई इमानदारीसाथ प्रेम गर्दछु, जसले मलाई इमानदारीसाथ प्रेम गर्दैनन्, मेरो क्रोध सधैँ तिनीहरूसित रहनेछ, ताकि तिनीहरूले सारा अनन्तताभरि यो स्मरण गरून् कि म नै साँचो परमेश्‍वर, मानिसको अन्तस्करण जाँच्ने परमेश्‍वर हुँ। अरूको सामुन्ने एक प्रकारको र तिनीहरूका पिठिउँपछाडि अर्को प्रकारको व्यवहार नगर; तैँले गर्ने सबै कुरा म स्पष्ट रूपमा देख्न सक्छु, र तिमीहरूले अरूलाई मूर्ख बनाउन सके पनि, मलाई मूर्ख बनाउन सक्दैनौ। म यो सबै स्पष्ट देख्दछु। तैँले कुनै पनि कुरा लुकाउनु सम्भव छैन; सबै थोक मेरा हातमा छन्। आफैलाई धेरै चतुर सम्झँदै तेरो क्षुद्र साना युक्तिहरूले तेरोको फाइदा गराउँछ भन्‍ने नठान्। म तँलाई भन्छु: मानिसहरूले जति धेरै योजनाहरू बनाए पनि, चाहे ती हजारौं वा लाखौँ भए पनि, आखिरीमा ती मेरो हत्केलाबाट उम्कन सक्दैनन्। सबै थोक र सबै वस्तुहरू मेरा हातहरूद्वारा नियन्त्रित छन्, एक जना व्यक्तिको त कुरै नगरौं! मलाई छल्ने वा मबाट लुक्ने कोसिस नगर्, फुस्लाउने वा लुकाउने कोसिस नगर्। के मेरो महिमित अनुहार, मेरो क्रोध र मेरो न्यायलाई सार्वजनिक रूपमा प्रकट गरिएको छ भन्‍ने तैँले अझै देखेको छैनस् भन्‍ने हुन सक्छ? ज-जसले मलाई इमानदारीसाथ चाहँदैन, म तिनीहरूलाई तुरुन्तै र कृपा नगरी न्याय गर्नेछु। मेरो दयाको अन्त्य भएको छ; अब केही बाँकी छैन। अब उप्रान्त पाखण्डीहरू नबन्, र तेरा असभ्य र लापरवाह चालहरूलाई बन्द गर्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४४

२५७. सुरुआत म नै हुँ, र अन्त्य म नै हुँ। म पुनरुत्थान भएको र पूर्ण एक मात्र साँचो परमेश्‍वर हुँ। म तिमीहरूको अगाडि मेरा वचनहरू बोल्छु, र म जे भन्छु त्यो तिमीहरूले दृढतापूर्वक विश्‍वास गर्नुपर्छ। स्वर्ग र पृथ्वी बितेर जानसक्छ, तर मैले भनेको कुराको एउटा अक्षर वा एउटा बिन्दुसमेत बितेर जानेछैन। यो याद राख! यो याद राख! मैले बोलेपछि एउटा शब्द समेत कहिल्यै फिर्ता लिइएको छैन, र प्रत्येक शब्‍द पूरा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५३

२५८. ब्रह्माण्ड र सबै थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो ठहराउँछु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

२५९. म जे भन्छु, त्यसैमा खडा हुन्छु र म जुन कुरामा खडा हुन्छु, त्यसलाई सधैँ पूरा गर्छु, र कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन—यो पूर्ण हुन्छ। चाहे ती मैले विगतमा भनेका वचनहरू हुन् वा मैले भविष्यमा बोल्ने वचनहरू हुन्, म ती सबैलाई एक-एक गरी पूरा गर्नेछु, र सबै मानिसहरूलाई ती पूरा भएको देखाउनेछु। मेरो वचन र काम पछाडिको सिद्धान्त यही हो। … ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन? जे म भन्छु त्यो गरिन्छ, र मानिसहरूमध्ये कसले मेरो मन परिवर्तन गर्न सक्छ? के यो पृथ्वीमा मैले गरेको करार हुन सक्छ? अगाडि बढ्ने मेरो योजनालाई कुनै पनि कुराले बाधा दिन सक्दैन; म मेरो काममा साथसाथै मेरो व्यवस्थापन योजनामा सधैँ उपस्थित हुन्छु। मानिसहरूको बीचमा कसले हस्तक्षेप गर्न आफ्नो हात पसार्न सक्दछ? के व्यक्तिगत रूपले यी प्रबन्धहरू मिलाउने म नै होइन र? आज यस क्षेत्रमा प्रवेश गर्दा त्यसले भड्काएर मेरो योजना वा मैले पहिले देखेको कुराभन्दा बाहिर लैजाँदैन; यो सबैलाई मैले धेरै पहिले नै निर्धारित गरेको थिएँ। तिमीहरूमध्ये कसले मेरो योजनाको यो चरण बुझ्न सक्छौ? मेरा मानिसहरूले निश्चय मेरो सोर सुन्नेछन्, र मलाई साँचो प्रेम गर्नेहरू प्रत्येक व्यक्ति निश्चय नै मेरो सिंहासनको अगाडि फर्केर आउनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १

२६०. म ती सबैलाई प्रेम गर्दछु जसले इमानदारीसाथ आफैलाई मेरो निम्ति समर्पित गर्छन्, र आफैलाई ममा अर्पण गर्छन्। मबाट जन्मेर, पनि मलाई नचिन्‍ने र मेरो विरोध समेत गर्ने सबैलाई म घृणा गर्छु। जो मेरो लागि इमानदार छ म उसलाई त्‍याग्‍नेछैनँ; बरु, म त्यो व्यक्तिका आशिषहरू दोबर गरिदिनेछु। जो अकृतज्ञ छन् र मेरो दयालाई उल्लङ्घन गर्दछन् म तिनीहरूलाई दोबर दण्ड दिनेछु, र म तिनीहरूलाई सजिलै छोड्‌नेछैनँ। मेरो राज्यमा कुनै कुटिलता वा छलकपट छैन, र कुनै सांसारिकता छैन; अर्थात्, त्यहाँ मृतकको कुनै दुर्गन्ध छैन। बरु, सबै विशुद्धता र धार्मिकता छन्; सबै शुद्धता र खुलापन छ, जसमा कुनै कुरा लुकाइएको वा गुप्त राखिएको छैन। सबै कुरा ताजा छन्, सबै थोक रमाइला छन्, र सबै थोक सुधार गर्ने किसिमका छन्। जो कसैसित अझै पनि मृतकको दुर्गन्ध छ त्यो कुनै पनि प्रकारले मेरो राज्यमा रहन सक्दैन, र यसको सट्टामा मेरो फलामको डन्डाले त्योमाथि शासन गरिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७०

२६१. म सबै कुरा भस्म गर्ने आगो हुँ र म अपराध सहँदिन। मानिसहरू सबै मद्वारा सृष्टि गरिएको हुनाले, म जे भन्छु र गर्छु, त्यो तिनीहरूले पालना गर्नैपर्छ र तिनीहरूले विद्रोह गर्नु हुँदैन। मानिसहरूलाई मेरो काममा हस्तक्षेप गर्ने अधिकार छैन, र मेरो काम र मेरा वचनहरूमा के सही वा के गलत छन् भनी विश्लेषण गर्न तिनीहरू योग्य हुने कुरा त परै जाओस्। म सृष्टिको प्रभु हुँ, र सृष्टि गरिएका प्राणीहरूले मैले माग गरेका सबै कुरा आदरको हृदयसहित हासिल गर्नुपर्दछ; तिनीहरूले मसँग तर्क गर्ने कोसिस गर्नु हुँदैन, र विशेष रूपमा तिनीहरूले विरोध गर्नु हुँदैन। मेरो अधिकारद्वारा म मेरा मानिसहरूमाथि शासन गर्दछु, र जो मेरो सृष्टि भाग हुन् तिनीहरू सबै मेरो अख्तियारको अधीनमा बस्नुपर्छ। आज तिमीहरू मेरो सामु साहसी र हठी भए पनि, जुन वचनहरूद्वारा म तिमीहरूलाई शिक्षा दिन्छु ती तिमीहरूले पालन नगरे पनि र कुनै डर नमाने पनि म सहिष्णुतासाथ मात्रै तिमीहरूका विद्रोहीपनको सामना गर्दछु; सानो, तुच्छ कीराहरूले गोबरको थुप्रोमा फोहोर उठायो भन्दैमा म आफ्नो रिस पोखाउँदिन र मेरो कामलाई प्रभावित गर्दिनँ। मेरा पिताको इच्छाको खातिर म मैले घिनाउने गर्ने सबै कुरा र मैले घृणा गर्ने सबै कुराहरूको अस्तित्वलाई सहन गर्दछु, मेरा वाणीहरू पूर्ण नहुञ्जेल, मेरो अन्तिम क्षणसम्‍मै म त्यसो गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

२६२. तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्नँ। म दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुँ अनि म मानवताप्रति ईर्ष्या गर्ने परमेश्‍वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखा अघिबाट तँ भागेको म सहन्न, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु। के तँ तेरा वचनहरू मेरो वेदीमा अनि मेरा आँखै अघि चढाइसकेपछि, तँसँग दोस्रो प्रेम हुनसक्छ भन्ने ठान्छस्? कसरी मैले मानिसहरूलाई त्यस प्रकारले म आफैलाई मूर्ख बनाउन दिन सक्छु? के तँ तेरो जिब्रोले यत्तिकै लापरवाही रूपमा भाकल गर्न र शपथ लिन सक्छु भन्ने ठान्छस्? ‍तैँले कसरी मेरो सिंहासन, म सर्वोच्चको मेरो आफ्नो सिंहासनको अगाडि शपथ लिन सक्छस्? के तँ तेरा शपथहरू यसअघि नै समाप्त भइसके भन्ने ठान्छस्? म तिमीहरूलाई भन्छु: तिमीहरूको देह मरेर गए पनि, तिमीहरूको शपथ मर्दैन। अन्त्यमा, म तिमीहरूलाई तिमीहरूका शपथहरूको आधारमा दोषी ठहराउनेछु। तथापि, तिमीहरूले आफ्ना वचनहरू मेरो अघि राखेर मेरो सामना गर्न सक्छौ अनि तिमीहरूका हृदयले अशुद्ध आत्माहरू र दुष्ट आत्माहरूको सेवा गर्न सक्छन् भन्ने तिमीहरू विश्‍वास गर्छौ। कसरी मेरो क्रोधले मलाई ठग्ने त्यस्ता कुकुरजस्ता, सुँगुरजस्ता मानिसहरूलाई सहन सक्छ? मैले मेरा प्रशासनिक आदेशहरू लागू गर्नैपर्छ अनि अशुद्ध आत्माहरूका हातहरूबाट मैले ती सबै ममाथि विश्‍वास गर्ने सङ्कुचित, “धर्मी” व्यक्तिहरूलाई खोसेर लिनैपर्छ ताकि तिनीहरू अनुशासनपूर्ण ढाँचामा मेरो “सेवामा उभिऊन्”, मेरा गोरुहरू बनून्, मेरा घोडाहरू बनून्, अनि मेरो संहारको कृपामा रहून्। म तँलाई फेरि तेरो पहिलेको संकल्प लिन लगाउँछु अनि फेरि पनि मेरो सेवा गर्न लगाउँछु। मलाई ठग्ने कुनै पनि सृष्टिलाई म सहन्न। के तैँले मेरोअघि मनमानी ढङ्गले अनुरोधहरू गर्न र ढाँट्न सक्छु भन्ने सोचेको थिइस्? के तैँले तेरा शब्दहरू र कर्महरू मैले सुनेको वा देखेको थिइन भन्ने ठानेको थिइस्? कसरी तेरा शब्दहरू र कर्महरू मेरो दृष्टिमा नपरेको हुन सक्थ्यो र? कसरी मैले मानिसहरूलाई त्यसरी मलाई धोका दिन दिन्छु र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

२६३. म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ र यसको अतिरिक्त, म एक र परमेश्‍वरको एक मात्र व्यक्ति हुँ। त्यो भन्दा पनि, म, शरीरको पूर्णता, परमेश्‍वरको पूर्ण प्रकटीकरण हुँ। जसले मेरो आदर नगर्ने आँट गर्छ, जसले तिनीहरूका आँखाहरूमा प्रतिरोध प्रकट गर्ने आँट गर्छ, र जसले मेरो विरुद्धमा चुनौती दिने कुराहरू बोल्ने आँट गर्छ त्यो निश्चित रूपमा मेरो श्राप र क्रोधबाट मर्नेछ (मेरो क्रोधको कारण श्राप आउनेछ)। यसबाहेक, जो मप्रति बफादार नहुने वा जसले छोराछोरीले जस्तो आदर नगर्ने आँट गर्छ, र जसले मलाई छक्काउने कोसिस गर्छ, त्यो निश्चय मेरो घृणाको कारण मर्नेछ। मेरो धार्मिकता, प्रताप र न्याय सदासर्वदा रहिरहनेछ। सुरुमा, म प्रेमिलो र दयालु थिएँ, तर यो मेरो सम्पूर्ण ईश्‍वरत्वको स्वभाव होइन; धार्मिकता, प्रताप र न्यायले मात्र म स्वयम् पूर्ण परमेश्‍वरको स्वभाव बनेको छ। अनुग्रहको युगको अवधिमा म प्रेमिलो र दयालु थिएँ। मैले समाप्त गर्नुपर्ने कामको कारण मैले दया र कृपा धारण गरेको थिएँ; तापनि पछिबाट त्यस्ता कुराहरूको कुनै आवश्यकता परेन (र त्यस बेलादेखि यता ती कुनै पनि छैनन्)। यो सबै धार्मिकता, महिमा र न्याय हो, र यो मेरो सम्पूर्ण ईश्‍वरत्वसँग जोडिएको मेरो सामान्य मानवताको पूर्ण स्वभाव हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७९

२६४. म सबै कुरामाथि शासन गर्दछु, म बुद्धिमान् परमेश्‍वर हुँ जसले पूर्ण अख्तियार प्रयोग गर्दछ, र म कसैप्रति दयालु छैनँ; म पूर्ण रूपमा निष्ठुर छु, व्यक्तिगत भावनाहरूबाट पूर्ण रूपमा वञ्चित छु। म जोसुकैसँग (चाहे ऊ जत्ति नै राम्ररी बोलोस्, म उसलाई छोड्ने छैनँ) मेरो धार्मिकता, शुद्धता र प्रतापद्वारा व्यवहार गर्दछु, यस अवधिमा सबैलाई मेरा कामहरूको चमत्कार देख्न सक्ने, साथै मेरा कामहरूको अर्थ बुझ्न सक्‍ने तुल्याउँछु। मैले एक-एक गरी दुष्टात्माहरूलाई तिनीहरूले गरेका हरप्रकारका कार्यहरूका लागि दण्ड दिएँ र तिनीहरू प्रत्येकलाई अतल कुण्डमा फ्याँकिदिएँ। यो काम मैले समय सुरु हुनुभन्दा अघि समाप्त गरें, तिनीहरूको निम्ति कुनै स्थिति छोडिनँ, तिनीहरूका निम्ति काम गर्ने कुनै ठाउँ छोडिनँ। मेरो चुनिएका मानिसहरू—मद्वारा पूर्वनियुक्त गरिएकाहरू र छनौट गरिएकाहरू—कोही पनि कहिल्यै दुष्टात्माद्वारा ग्रस्त हुन सक्दैन, र त्यस्तो सट्टामा, तिनीहरू सधैँ पवित्र रहनेछन्। मैले पूर्वनियुक्त नगरेका र नचुनेकाहरूलाई चाहिँ म शैतानको हातमा दिनेछु, र तिनीहरूलाई उप्रान्त रहन दिनेछैनँ। सबै पक्षहरूमा, मेरो प्रशासनिक आदेशहरूमा मेरो धार्मिकता र मेरो प्रताप सम्मिलित छन्। जस-जसमा शैतानले काम गर्दछ तिनीहरू एकै जनालाई पनि म छोड्‌नेछैनँ, तर तिनीहरूका शरीरसितै तिनीहरूलाई पातालमा फालिदिनेछु, किनकि म शैतानलाई घृणा गर्दछु। म कुनै पनि प्रकारले त्यसलाई सजिलै बचाउनेछैन, तर त्यसलाई आफ्नो काम गर्ने थोरै मौका समेत नदिइकन पूर्ण रूपमा नाश पार्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७०

२६५. म आफ्नो सम्पूर्ण क्रोध, मेरो महान् शक्ति र मेरो सम्पूर्ण बुद्धि प्रकट गर्न तिनीहरू प्रत्येकलाई सजाय दिन्छु, जो मद्वारा जन्मेर पनि मलाई चिन्दैनन्। ममा, सबै धर्मी छ, र कुनै अधर्म, कुनै छल र कुनै कुटिलपन हुँदैन; जो कुटिल र छली छ त्यो पातालबाट जन्मेको नरकको छोरो हुनुपर्छ। ममा सबै कुरा खुल्ला छ; म जे-जे भन्छु ती पूरा हुनेछन्, साँच्चै पूरा हुनेछन्; मैले जे-जे स्थापित हुनेछन् भनी भन्छु ती स्थापित हुनेछन्, र कसैले पनि यी कुराहरू बदल्न वा अनुकरण गर्न सक्दैनन्, किनकि म एक मात्र परमेश्‍वर स्वयम्‌ हुँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ९६

२६६. म दुष्टहरूलाई दण्ड दिनेछु र असललाई इनाम दिनेछु, म मेरो धार्मिकतालाई लागू गर्नेछु, म मेरो न्याय अघि बढाउनेछु। म सबै थोक सम्पन्न गर्न मेरा वचनहरूको प्रयोग गर्नेछु, यसरी सबै मानिस र सबै थोकलाई सजाय दिने मेरो हातको अनुभव गराउनेछु, र सबै मानिसहरूलाई मेरो सम्पूर्ण महिमा, मेरो पूर्ण बुद्धि र मेरो पूर्ण उदारता देख्ने बनाउनेछु। न्यायमा कसैले पनि खडा हुने आँट गर्नेछैन, किनकि ममा सबै थोक सम्पन्न हुँदछ; अनि यहाँ सबै मानिसले मेरो पूर्ण मर्यादा देखून् र मेरो पूर्ण विजयको स्वाद लिऊन्, किनकि ममा सबै कुरा प्रकट हुन्छन्। यसबाट, मेरो महान् शक्ति र मेरो अख्तियारलाई देख्नु सम्भव हुन्छ। कसैले पनि मलाई चिढ्याउने आँट गर्नेछैन, र कसैले मलाई बाधा दिने आँट गर्नेछैन। ममा, सबै थोकलाई खुला गरिन्छ। कसले कुनै कुरा लुकाउने आँट गर्छ र? म अवश्य नै त्यस्ता व्यक्तिहरूलाई कुनै दया देखाउँदिनँ! त्यस्ता दुष्टहरूले मेरो कठोर दण्ड पाउनै पर्दछ, र त्यस्ता निकम्मा मानिसहरू मेरो नजरबाट हटाउनु पर्छ। म फलामको डन्डाले उनीहरूमाथि शासन गर्नेछु र अलिकति पनि दया नदेखाइ र तिनीहरूका भावनाहरूलाई विचार नगरी तिनीहरूको न्याय गर्न म आफ्नो अधिकार प्रयोग गर्नेछु, किनकि म परमेश्‍वर स्वयम्‌ हुँ, जो भावनाहीन र प्रतापी हुनुहुन्छ र जसलाई चिढ्याउन सकिँदैन। सबैले यो बुझ्नुपर्छ र हेर्नुपर्छ, नत्र तिनीहरू मद्वारा कुनै “उद्देश्य वा कारणविना” प्रहार गरी ढालिनेछन् र नाश पारिनेछन्, किनकि चिढ्याउनेहरू सबैलाई मेरो डन्डाले प्रहार गरी ढाल्नेछ। तिनीहरूले मेरा प्रशासनिक आदेशहरू जान्दछन् कि जान्दैनन् त्यसको मलाई कुनै मतलब छैन; त्यो मेरो निम्ति कुनै परिणामको हुनेछैन, किनकि मेरो व्यक्तित्वले कसैले चिढ्याएको सहन गर्दैन। त्यसैकारण म एक सिंह हुँ भनी भनिएको हो; म जसलाई छुन्छु, म प्रहार गरी ढाल्छु। त्यसैकारण म करुणा र दयाका परमेश्‍वर हुँ भन्नु ईश्‍वरनिन्दा हो भनेर भनिएको हो। सारमा, म थुमा होइनँ, तर सिंह हुँ। कसैले मलाई चिढ्याउने आँट गर्दैन; जो कसैले मलाई चिढ्याउँछ, म तुरुन्तै र कुनै दया नगरी मृत्युले दण्ड दिनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२०

२६७. मेरो आवाज न्याय र क्रोध हो, म कसैलाई नरम व्यवहार गर्दिनँ अनि कसैलाई कृपा देखाउँदिन कारण म स्‍वयम्‌ धर्मी परमेश्‍वर हुँ अनि म क्रोधले भरिएको छु, अनि म ज्वलनले, शुद्धीकरणले, अनि विनाशले भरिएको छु। ममा केही पनि लुप्त अथवा भावनात्मक छैन तर यसको विपरीत, हरेक कुरा खुला, धर्मी तथा निष्पक्ष छ। मेरा सबै ज्येष्ठ पुत्रहरू सबै जातिहरू र मानिसहरूलाई न्याय गर्दै मसित मेरो सिंहासनमा भएकाले अहिले ती अन्यायी र अधर्मी कुराहरू तथा मानिसहरूको न्याय हुन सुरु हुँदैछ। म तिनीहरूलाई एक-एक गरेर जाँचपडताल गर्नेछु र कसैलाई नछुटाइकन तिनीहरूलाई पूर्ण रूपले प्रकट गरिदिनेछु। किनकि मेरो न्याय पूर्ण रूपले प्रकट गरिएको छ र पूर्ण रूपले खुला गरिएको छ, मैले कुनै कुरा बाँकी राखेको छैन; मेरो इच्छासित मेल नखाने कुनै पनि कुरालाई म फ्याँकिदिनेछु, र यसलाई अतल कुण्डमा सारा अनन्तसम्मै नष्ट भएको होस्। म त्यसलाई त्यहाँ सदाभरिको लागि जल्न दिनेछु। मेरो धार्मिकता यही हो र मेरो निष्ठा यही हो। कसैले यसलाई बदल्न सक्दैन र सबै मेरो हुकुममुनि आउनैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०३

२६८. मैले बोल्‍ने प्रत्येक वाक्यमा अख्तियार र न्याय हुन्छ, र मेरा वचनहरू कसैले पनि परिवर्तन गर्न सक्दैन। मेरा वचनहरूलाई जारी गरिएपछि, काम-कुराहरू मेरा वचनहरू अनुसार सम्पन्न हुने निश्चित हुन्छ; मेरो स्वभाव यही हो। मेरा वचनहरू अख्तियार हुन् र जसले ती संशोधन गर्छ त्यसले मेरो सजाय निम्त्याउँछ, र मैले तिनीहरूलाई प्रहार गर्नैपर्छ। गम्भीर मामिलाहरूमा तिनीहरूले आफ्नो जीवनमा विनाश ल्याउँछन् र तिनीहरू पातालमा, वा अतल कुण्डमा जान्छन्। मैले मानव जातिलाई निराकरण गर्ने एक मात्र तरिका यही हो, र मानिससँग यसलाई परिवर्तन गर्ने कुनै उपाय छैन—यो मेरो प्रशासनिक आदेश हो। यो याद राख! कसैलाई पनि मेरो आदेश उल्लङ्घन गर्ने अनुमति छैन; कामहरू मेरो इच्छाअनुसार नै गरिनुपर्छ! विगतमा, मैले तिमीहरूप्रति सहज व्यवहार गरेको थिएँ र तिमीहरूले मेरा वचनहरूको मात्र सामना गऱ्यौ। मैले मानिसहरूलाई प्रहार गरेर ढाल्ने सम्बन्धमा बोलेका वचनहरू अझै पूरा भएका छैनन्। तर मेरो इच्छाअनुसार नचल्नेहरूलाई दण्ड दिन आजदेखि उसो सबै विपत्तिहरू (यी मेरो प्रशासनिक आदेशहरूको सम्बन्धमा हुन्) एकपछि अर्को गर्दै आउनेछन्। तथ्यहरूको आगमन हुनुपर्दछ—अन्यथा मानिसहरूले मेरो क्रोध देख्न सक्नेथिएनन्, तर आफैलाई बारम्बार भ्रष्ट पार्नेथिए। यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो, र मैले मेरो कामको अर्को चरण गर्ने तरिका यही हो। म तिमीहरूलाई अग्रिम रूपमा यो भन्छु, यसैले कि तिमीहरू अपराधहरू गर्नबाट र अनन्त विनाश भोग्नबाट बच्न सक। भन्नुको अर्थ, आजको दिनदेखि, म मेरा ज्येष्ठ पुत्रहरूबाहेक सबै मानिसहरूलाई मेरो इच्छाअनुसार तिनीहरूका उचित स्थान लिन लगाउनेछु, र म एकपछि अर्को गर्दै तिनीहरूलाई सजाय दिनेछु। म तीमध्ये एउटालाई पनि उम्कन दिनेछैनँ। तिमीहरूले फेरि भ्रष्ट हुने आँट मात्र गरेर त हेर! तिमीहरूले फेरि विद्रोही हुने मात्र आँट गरेर त हेर! मैले म सबैका निम्ति धर्मी छु, ममा रत्तीभर पनि भावुकता छैन भनेर मैले पहिले नै भनेको छु र यसले मेरो स्वभावलाई उल्‍लङ्घन गर्नु हुँदैन भन्ने देखाउँछ। मेरो व्यक्तित्व यही हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। सबै मानिसहरूले मेरा वचनहरू सुन्छन् र सबै मानिसहरूले मेरो महिमित अनुहार देख्छन्। सबै मानिसहरूले पूर्ण रूपमा र ठोस रूपमा मेरो आज्ञापालन गर्नुपर्छ—मेरो प्रशासनिक आदेश यही हो। ब्रह्माण्डभरिका र पृथ्वीको पल्‍लो छेउका सबै मानिसहरूले मेरो प्रशंसा र महिमा गर्नुपर्छ, किनकि म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ, किनकि म परमेश्‍वरको व्यक्तित्व हुँ। कसैले पनि मेरा वचनहरू र वाणीहरू, मेरो बोलीवचन र चाल-चलनहरू परिवर्तन गर्न सक्दैन, किनकि यी मेरो मात्र विषयहरू हुन्, र यी ती कुराहरू हुन् जुन मैले प्राचीनकालदेखि धारण गरेको छु र जुन अनन्तसम्म रहिरहन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १००

२६९. मेरा वचनहरूद्वारा सबै कुरा सम्पन्न हुनेछन्; मैले गर्ने काममा कुनै मानिस सहभागी हुन सक्दैन, र त्यो कुनै पनि मानिसले गर्न सक्दैन। म सबै देशहरूको हावा सफा गर्नेछु र पृथ्वीमा भएका भूतात्माहरूका सबै छापहरू मेटाउनेछु। मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु। यसैले मेरो ताडना सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ, र त्यो ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कन असक्षम हुनेछन् भन्‍ने देख्‍न सकिन्छ, किनकि म सबै देशहरूमाथि नजर लगाउनेछु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ, अर्थात्, जब न्यायको युगको अन्त्य हुन्छ, ठूलो रातो अजिङ्गरलाई म औपचारिक रूपमा सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिइएको मेरो धार्मिक सजाय निश्चय देख्नेछन्, मेरो धार्मिकताको कारण निश्चय प्रशंसाको गीत गाउनेछन्, र मेरो धार्मिकताको कारण सदासर्वदा मेरो पवित्र नाउँको प्रशंसा गर्नेछन्। यसैले तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २८

२७०. अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न शुरु गरेको चरण होइन। म मेरो अभिलेख खातामा एक—एक गरी प्रत्येक मानिसका बोलीवचन र कार्यहरुका बारेमा, उनीहरुले मेरो अनुयायी बन्न प्रयोग गरेको मार्गका बारेमा, उनीहरुको अन्तर्निहित विशेषताहरुका बारेमा, र उनीहरुले अन्ततः आफ्नो भावनालाई कसरी नियन्त्रण गरेका छन् त्यसको बारेमा लेख्छु। यसरी, ती मानिसहरु जोसुकै भए पनि, मेरो हातबाट कसैले उन्मुक्ति पाउने छैन, र उनीहरु सबै मैले निर्दिष्ट गरेको किसिमकै रहनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरुले गर्ने कारुणिक आव्हानका आधारमा त झनै होइन्, तर उनीहरुसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरु सबै परमेश्वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरुले गरेका असङ्ख्य दुष्टकर्मका लागि प्रतिशोध दिइएको हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

२७१. यदि तैँले धेरै वर्षदेखि विश्‍वास गर्दै आएको र मसँग लामो समयदेखि जोडिएको भए पनि मबाट टाढै रहिस् भने म भन्छु, कि तैँले धेरै चोटि परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्छस्, र तेरो अन्त्यलाई गन्ती गर्नु कठिन हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिको रूपमा परिवर्तन गर्न असफल मात्र होइन, तर त्यसले तेरो स्वभावमा खराब चालहरू हालिदिएको छ, र तँ पहिलेको भन्दा दोबर अहङ्कारी भएको छस्, मबारे तेरो गलत धारणाहरू वृद्धि भएका छन्, र त मलाई आफ्नो सहायक जस्तो मात्र मान्ने भएका छस् भने म भन्दछु, कि अब तेरो पीडा छालासम्मको गहिरो मात्र नभएर त्यसले तेरा हाडहरूलाई नै छेडेको छ। अब तिमीहरूले अन्तिम संस्कारको तयारीको लागि प्रतीक्षा गर्नु मात्र बाँकी रहेको छ। त्यसपछि तैँले मलाई आफ्‍ना परमेश्‍वर हुनका निम्ति बिन्ती गर्नुपर्दैन, किनकि तैँले मृत्यु लायकको पाप, क्षमा नहुने पाप गरेको छस्। यदि मैले तँलाई कृपा गर्न सकेँ भने पनि स्वर्गका परमेश्‍वरले तेरो प्राण लिन जोर दिनुहुन्छ, किनकि तैँले परमेश्‍वरको स्वभावको विरुद्धमा गरेको उल्‍लङ्घनको कुनै सानो समस्या होइन, तर यो एउटा अति नै गम्भीर प्रकृतिको छ। जब समय आउँछ, तब मैले पहिलेबाटै बताइनँ भनी मलाई दोष नलगाउनू। यो सबैको आसय यही हो: जब तँ ख्रीष्टसँग—संसारमा हुनुहुने परमेश्‍वर—एक साधारण मानिससँग जस्तो सम्बन्ध राख्छस्, अर्थात् जब तँ यो परमेश्‍वर अरू कोही नभएर एक व्यक्ति हुनुहुन्छ भनी विश्‍वास गर्छस्, तब तँ नाश हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र सल्लाह यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

२७२. मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरुप्रति दण्ड हुनेछ, यही समयमा, यो मेरो धार्मिक स्वभावको सटिक प्रमाण हो, र अझै थप, मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरु भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरु तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरुले पनि उनीहरुको पापबाट छुटकारा पाउने छैनन्; उनीहरु पनि, विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षहरुमा विरलै देखिएको छ, र उनीहरु सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरु आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरुले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातीलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्व दिन्छु र उनीहरुको दुष्ट कर्मलाई तिरस्कार गर्दछु। मैले मानवजातीको नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरुको समूह प्राप्त गर्ने आशा मैले व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरुलाई पनि म कहिल्यै बिर्सिन्न; उनीहरुलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरुलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र यो हेर्दा मलाई आनन्द आउँनेछ। अब अन्ततः मेरो दिने आएको छ, र मैले अब पर्खनु पर्नेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

२७३. म मानव संसारका अन्यायहरूलाई सच्याउनेछु। मेरा मानिसहरूलाई फेरि हानी गर्नबाट शैतानलाई रोक्दै, फेरि आफू खुसी गर्नबाट शत्रुहरूलाई रोक्दै, म संसारभरि मेरै हातद्वारा मेरो काम गर्नेछु। मेरा सबै शत्रुहरूलाई भुइँमा लडेर मेरो अगाडि आफ्‍ना अपराधहरू स्वीकार गर्ने तुल्याउँदै म पृथ्वीमा राजा बन्‍नेछु र मेरो सिंहासनलाई त्यहाँ सार्नेछु। उदासीनता, साथै रिसको बेलामा, कसैलाई पनि बाँकी नराखी अनि मेरा शत्रुहरूको हृदयमा आतङ्क पैदा गर्दै म सारा ब्रह्माण्डलाई कुल्चि-मिल्ची गर्नेछु। म सारा पृथ्वीलाई अवशेषमा परिवर्तन गर्नेछु, र मेरा शत्रुहरूलाई त्यही अवशेषमा खसाल्‍नेछु, ताकि उप्रान्त तिनीहरूले मानवजातिलाई भ्रष्ट बनाऊन्। मेरो योजना पहिले नै निश्‍चित भइसकेको छ, र कसैले पनि यसलाई परिवर्तन गर्दैन, चाहे तिनीहरू जोसुकै होऊन्। म ब्रह्माण्डमाथिको प्रतापी वैभवमा डुलिहिँड्ने क्रममा, सारा मानवजातिलाई नयाँ बनाइनेछ, र सबैलाई पुनर्जीवित पारिनेछ। मानिसले उप्रान्त कहिल्यै पनि बिलौना गर्नेछैन, सहयोगको लागि मलाई पुकार्नेछैन। त्यसपछि मेरो हृदय आनन्दित हुनेछ, र मानिसहरू हर्सोल्‍लासमा मकहाँ फर्कनेछन्। टुप्‍पादेखि फेदसम्‍म, सारा ब्रह्माण्ड हर्षोल्लासमा उर्लनेछ …

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २७

२७४. सियोन! रमाऊ! सियोन! गीत गाऊ! म महा-विजेता बनेर फर्केको छु, म विजयी बनेर फर्केको छु! सबै मानिसहरू! पङ्क्तिमा मिलेर बस्न हतार गर! सृष्टिका सबै थोकहरू! अब रोकिओ, किनकि मेरो व्यक्तित्वले सम्पूर्ण ब्रह्माण्डको सामना गर्दछ र संसारको पूर्वमा देखा पर्दछ! आराधनामा घुँडा नटेक्ने आँट कसले गर्छ? मलाई साँचो परमेश्‍वर भनी पुकार नगर्ने आँट कसले गर्छ? कसले आदरसाथ माथि नहेर्ने आँट गर्छ? कसले प्रशंसा नदिने हिम्मत गर्दछ? कसले नरमाउने आँट गर्छ? मेरा मानिसहरूले मेरो सोर सुन्नेछन्, र मेरा छोराहरू मेरो राज्यमा जीवित रहनेछन्! पहाड-पर्वत, नदी-नाला र सबै थोकहरूले अनन्त रूपमा जयजयकार गर्नेछन्, नरोकिकन उफ्रन्छन्। यस बेला, कसैले पनि पछाडि फर्कने हिम्मत गर्नेछैन, र कसैले पनि प्रतिरोध गर्नका निम्ति खडा हुने आँट गर्नेछैन। यो मेरो अचम्मको काम हो, र त्योभन्दा बढी, यो मेरो महान् शक्ति हो! म सबै थोकलाई त्यसको हृदयमा मेरो आदर गर्ने बनाउँछु, त्योभन्दा उता म सबै कुरालाई मेरो प्रशंसा गर्ने बनाउँछु! यो छ हजार वर्षको मेरो व्यवस्थापन योजनाको अन्तिम लक्ष्य हो, र मैले नियुक्त गरेको कुरा यही हो। कुनै व्यक्तिले न वस्तुले नत घटनाले मेरो प्रतिरोध गर्न वा मेरो विरोध गर्न खडा हुने आँट गर्छ। मेरा सबै मानिसहरू मेरो पर्वतमा प्रवाहित हुनेछन् (अर्को शब्दमा भन्नुपर्दा, मैले पछि सृष्टि गर्ने संसार) र तिनीहरू मेरो सामु समर्पित हुनेछन्, किनकि मसँग प्रताप र न्याय छ, र मसँग अख्तियार छ। (यसले म मेरो शरीरमा भएको बेलालाई बुझाउँछ। देहमा पनि मसँग अधिकार छ, तर देहमा समय र स्थानको सीमिततालाई उछिन्न नसकिने भएकोले मैले सम्पूर्ण महिमा पाएको छु भन्न सकिँदैन। मैले देहमा ज्येष्ठ छोराहरूलाई प्राप्त गर्ने भए पनि, मैले महिमा प्राप्त गरेको छु भन्न सकिँदैन। म सियोनमा फर्केपछि र मैले आफ्नो रूप परिवर्तन गरेपछि मात्र मैले अधिकार प्राप्त गरेको हुन्छु भनेर भन्‍न सकिन्छ—अर्थात्, मैले महिमा प्राप्त गरेको हुन्छु। मेरो निम्ति कुनै पनि कुरा गाह्रो हुनेछैन। मेरो मुखको वचनले सबै नाश हुनेछन्, र मेरो मुखको वचनद्वारा सबै थोक अस्तित्वमा आउनेछन् र पूर्ण हुनेछन्। मेरो महान् शक्ति यस्तै छ र मेरो अधिकार यस्तै छ। म सामर्थ्यले पूर्ण र अधिकारले भरिपूर्ण भएकोले कुनै व्यक्तिले मलाई बाधा दिने हिम्मत गर्न सकेन। म पहिले नै सबै कुरामाथि विजेता भएको छु, र मैले विद्रोहका सबै छोराहरूमाथि पहिले नै विजय प्राप्त गरेको छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२०

२७५. परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो; तिनीहरू भ्रष्ट होऊन् वा तिनीहरूले उहाँलाई पच्छाऊन्, परमेश्‍वरले मानवजातिलाई उहाँको सबैभन्दा बढी स्‍नेहपूर्वक प्रेम गरिने प्राणीहरूको रूपमा व्यवहार गर्नुहुन्छ—वा मानवजातिहरूले भने जसरी उहाँका अत्यन्तै प्यारा मानिसहरूको रूपमा व्यवहार गर्नुहुन्छ—उहाँका खेलौनाहरूको रूपमा होइन। यद्यपि उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मानिस उहाँको सृष्टि हो भनेर परमेश्‍वरले भन्‍नुहुन्छ, यसले तहमा केही फरक देखिएता पनि परमेश्‍वरले मानवजातिको निम्ति गर्नुभएका सबै कुराहरू यस प्रकारको सम्बन्धभन्दा धेरै माथि छ। परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको लागि उपलब्ध गराउनुहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा विशेष श्रेय लिनुपर्ने कुराको हो भन्‍ने महसुस गर्नुहुन्‍न। न त उहाँले मानवजातिलाई बचाउने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठुलो योगदान गरिरहेको छ भन्‍ने नै ठान्‍नुहुन्छ। उहाँले चुपचाप शान्त रहेर उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग भएको र उहाँ जो हुनुहुन्छ त्यहीद्वारा मानवजातिको लागि उपलब्ध गराउने काम गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति प्रबन्ध र सहायता पाएता पनि परमेश्‍वरले त्यसको श्रेय लिने बारेमा कहिले सोच्‍नुहुन्‍न वा कोसिस गर्नुहुन्‍न। यसको निर्धारण परमेश्‍वरको सार गर्छ र यथार्थमा यही नै परमेश्‍वरको स्वभावको साँचो अभिव्यक्ति हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

२७६. मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलको गहिराइहरूसम्म उहाँ मानिससँग आफ्‍ना दिनहरू बिताउन मानिस जिउने जीवित नरकमा ओर्लनुभएको छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको अनाज्ञाकारिताका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्‍वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानव जातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा “नरक” र “पाताल” मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्‍वरको विरोध गर्न योग्यको छ? परमेश्‍वरको बारेमा गुनासो गर्नुपर्ने के कारण उसँग छ? ऊसँग परमेश्‍वरलाई हेर्ने धृष्टता कसरी हुन सक्छ? स्वर्गका परमेश्‍वर भ्रष्टताको यो अत्यन्तै फोहोर देशमा आउनुभएको छ, र उहाँले कहिल्यै पनि आफ्ना गुनासाहरू पोखाउनुभएको छैन, वा मानिसको विषयमा गुनासो गर्नुभएको छैन, तर बरु चुपचाप मानिसका बरबादीहरू[१] र थिचोमिचो स्वीकार गर्नुहुन्छ। उहाँले मानिसका विवेकहीन मागहरूलाई कहिल्यै प्रतिकार गर्नुभएको छैन, उहाँले कहिल्यै मानिसबाट अनावश्यक मागहरू गर्नुभएको छैन, र उहाँले कहिल्यै मानिसबाट अनुचित मागहरू गर्नुभएको छैन; उहाँले कुनै गुनासो नगरी मानिसका निम्ति आवश्यक सबै काम गर्नुहुन्छ: शिक्षा दिने, अन्तर्दृष्टि दिने, निन्दा गर्ने, वचनहरूको शोधन, स्मरण गराउने, अर्ती दिने, सान्त्वना दिने, न्याय गर्ने, र प्रकट गर्ने। उहाँको कुन कदम मानिसको जीवनका लागि रहेन? उहाँले मानिसका सम्भावनाहरू र भाग्यलाई हटाउनुभएको भए पनि, परमेश्‍वरले चाल्नुभएको कुनचाहिँ कदम मानिसको भाग्यका लागि होइन? तीमध्ये कुनचाहिँ मानिसको अस्तित्वको लागि होइन? तीमध्ये कुनचाहिँ मानिसलाई यो कष्ट र रातको कालो जस्तो अन्धकारको दमनबाट मुक्त गर्नका निम्ति होइन? तीमध्ये कुनचाहिँ मानिसका लागि होइन? परमेश्‍वरको हृदयलाई कसले बुझ्न सक्छ, जुन प्रेमिलो आमाको जस्तो हृदय हो? परमेश्‍वरको उत्सुक हृदयलाई कसले बुझ्न सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (९)

२७७. जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन मानिस बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यो उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो एक पवित्र देश होस् वा फोहोर देश होस्, र उहाँले जहाँ-सुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यो सबै शैतानद्वारा भ्रष्ट पारिएका छन्। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि एउटा फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर देशका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यो सबै मानव जातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले राम्ररी परमेश्‍वरको सर्वोच्चता प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर देशमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भन्ने प्रमाणित गर्दैन; यसले केवल सबै सृष्टिलाई मानव जातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै बढी उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको निष्खोट प्रेम प्रकट हुन्छ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँ फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, के उहाँको कामको प्रत्येक भाग सबै मानव जातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यो सबै मानव जातिले महान् मुक्ति पाऊन् भनेर होइन गरिएको र? दुई हजार वर्ष अघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइन र? यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने एउटा डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूको माझमा जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने, उहाँ किन दोस्रो पटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानव जातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा अप्रदूषित हुनुहुन्छ, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको अर्थ केवल यो हुन सक्छ कि मानव जातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ! तिमीहरू सबै र तिमीहरूका गन्तव्यका निम्ति उहाँले भोग्नुहुने अपमान कति ठूलो छ भनी के तिमीहरूलाई थाहा छैन? उहाँले महान् व्यक्तिहरू वा धनी र शक्तिशाली परिवारका छोराहरूलाई बचाउनुको साटो, उहाँले नम्रहरूलाई र तुच्छ ठानिएकाहरूलाई बचाउनुहुन्छ। के यो सबै उहाँको पवित्रता होइन र? के यो सबै उहाँको धार्मिकता होइन र? सबै मानव जाति बाँचून् भनेर उहाँ बरु फोहोर देशमा जन्‍मनुहुनेथियो र हरप्रकारको अपमान सहनुहुनेथियो। परमेश्‍वर साँच्‍चै वास्तविक हुनुहुन्छ—उहाँले कुनै झूटो काम गर्नुहुन्न। के कामको प्रत्येक चरण त्यस्तो व्यावहारिक तरिकाले नै गरिएको छैन र? सबै मानिसले उहाँको निन्दा गर्ने र उहाँ पापीहरूसँग टेबुलमा बस्नुहुन्छ भनी भन्‍ने भए पनि, सबै मानिसहरूले उहाँको खिल्‍ली उडाउने भए पनि र उहाँ फोहोरका छोराहरूसँग बस्नुहुन्छ, उहाँ सबैभन्दा तुच्छ मानिसहरूसँग बस्नुहुन्छ भन्‍ने भए पनि, उहाँले आफैलाई निःस्वार्थ रूपमा दिनुहुन्छ, र उहाँलाई अझै पनि यसरी मानव जातिको बीचमा इन्कार गरिन्छ। के उहाँले भोग्नुहुने कष्टहरू तिमीहरूको भन्दा बढी छैन र? के उहाँले गर्नुहुने काम तिमीहरूले चुकाएका मूल्यभन्दा बढी छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

२७८. परमेश्वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्वर मानिसहरूको माझमा जिउन र खानका निम्ति, मानिसहरूको गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्नको निम्ति मात्र देह बन्नुभएन। बरु त्योभन्दा महत्त्वपूर्ण कुरा त यो छ कि उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय तवरमा भ्रष्ट रहेका मानिसहरूका निम्ति गर्नुहुन्छ। उहाँले यी अति भ्रष्ट मानिसहरूलाई मुक्त गर्नको लागि ठूलो रातो अजिङ्गरको केन्द्रमा आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्वरले सहनुहुने विशाल कठिनाइ देहधारी परमेश्वरले भोग्ने कठिनाइ मात्र होइन, बरु सबैभन्दा बढी त परमेश्वरको आत्माले अत्यधिक अपमान सहनुपर्दछ—उहाँले आफैलाई यत्ति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एक साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्वर देहधारी हुनुभयो र देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू रहेछन् भनी देख्न सकून। यो कुरा परमेश्वरले आफूलाई हदैसम्म विनम्र तुल्याउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्वरको आत्मालाई देहमा अनुभव गरिन्छ। उहाँको आत्मा यति उच्च र महान् छ, तापनि उहाँले उहाँको आत्माको काम गर्नको लागि एक सामान्य मानिसको, एक नगण्य मानिसको रूप धारण गर्नुहुन्छ। योग्यता, अन्तरदृष्टि, चेतना, मानवता, र तिमीहरू प्रत्येकको जीवनले तिमीहरू परमेश्वरको यस प्रकारको कामलाई स्वीकार गर्न साँच्चै लायक छैनौ भन्ने देखाउँछ। तिमीहरू आफ्नो खातिर परमेश्वरलाई यस्तो कठिनाइ सहन दिनको लागि साँच्चै लायक छैनौ। परमेश्वर धेरै महान् हुनुहुन्छ। उहाँ अति नै सर्वोच्च हुनुहुन्छ, तर मानिसहरू अति नै तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति प्रबन्ध गर्न, मानिसहरूसँग बोल्न मात्र देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरूसँगसँगै बस्नुहुन्छ। परमेश्वर औधि नम्र, औधि प्रेमिलो हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

२७९. परमेश्‍वरले गर्नुहुने सबै कुरा व्यावहारिक हुन्छन्, उहाँले गर्नुहुने कुनै पनि कुरा रित्तो हुँदैन, र उहाँले यो सब आफै अनुभव गर्नुहुन्छ। परमेश्‍वरले मानव जातिको गन्तव्यको साटोमा कष्ट सम्‍बन्धी उहाँको आफ्‍नै अनुभवको मूल्य चुकाउनुहुन्छ। के यो व्यावहारिक काम होइन र? आमाबुबाले आफ्ना छोराछोरीका खातिर ठूलो मूल्य तिर्न सक्छन्, र त्यसले उनीहरूको इमानदारीतालाई प्रतिनिधित्व गर्दछ। यसो गर्ने क्रममा, निश्चय नै देहधारी परमेश्‍वर मानवजाति सबैभन्दा इमानदार र बफादार हुनुहुन्छ। परमेश्‍वरको सार विश्‍वासयोग्य छ; उहाँले जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ, र उहाँले जे गर्नुहुन्छ त्यो हासिल गर्नुहुन्छ। उहाँले मानिसहरूका लागि गर्नुहुने सबै कुरा इमानदार छन्। उहाँले व्यर्थैमा वाणीहरू बोल्नुहुन्न; जब उहाँले मूल्य चुकाउनेछु भनी भन्‍नुहुन्छ, उहाँले साँच्चै मूल्य चुकाउनुहुन्छ। जब उहाँले मानिसका दुःखहरू आफैमा लिन्छु र तिनीहरूको सट्टामा दु:ख भोग्छु भनी भन्‍नुहुन्छ, उहाँ वास्तवमा तिनीहरूका बीचमा बास गर्न आउनुहुन्छ, यो दुःखलाई व्यक्तिगत रूपमा महसुस र अनुभव गर्नुहुन्छ। त्यसपछि, ब्रह्माण्डमा भएका सबै थोकले परमेश्‍वरले गर्नुहुने सबै काम सही र धार्मिक हुन्छ, परमेश्‍वरले गर्नुहुने सबै कुरा वास्तविक हुन्छ भनी स्वीकार गर्नेछन्: यो एक शक्तिशाली प्रमाण हो। यसको अतिरिक्त, भविष्यमा मानवजातिको एउटा सुन्दर गन्तव्य हुनेछ, र बाँकी रहनेहरू सबैले परमेश्‍वरको प्रशंसा गर्नेछन्; परमेश्‍वरले गर्नुभएका कामहरू वास्तवमा मानवजातिप्रतिको उहाँको प्रेमको कारण थियो भनी तिनीहरूले उहाँको प्रशंसा गर्नेछन्। परमेश्‍वर मानिसको बीचमा नम्र बनेर, एक साधारण मानिसको रूपमा आउनुहुन्छ। उहाँ केही काम गरेर, केही वचनहरू बोलेर सकेपछि छोडेर जानुहुन्न; त्यसको साटो उहाँ साँच्चै मानिसहरूको बीचमा आउनुहुन्छ र संसारको पीडा अनुभव गर्नुहुन्छ। यो पीडाको अनुभव गरिसक्नुभएपछि मात्र उहाँ जानुहुन्छ। परमेश्‍वरको काम यस्तै वास्तविक र व्यावहारिक छ; बाँकी रहने सबैले यसको कारण उहाँको प्रशंसा गर्नेछन्, र तिनीहरूले मानिसप्रति परमेश्‍वरको विश्‍वासयोग्यता र उहाँको हृदयको दयालुपन देख्नेछन्। परमेश्‍वरको सुन्दरता र भोलापनको सारलाई मानिसको रूपमा रहेको उहाँको देहधारणको महत्त्वमा देख्न सकिन्छ। उहाँले जे गर्नुहुन्छ त्यो इमानदार हुन्छ; उहाँले जे भन्नुहुन्छ त्यो गम्भीर र विश्‍वासयोग्य हुन्छ। उहाँले गर्न चाहनुहुने सबै कुरालाई, उहाँले साँच्चै गर्नुहुन्छ, र जब मूल्य तिर्नुपर्छ, उहाँले साँच्चै त्यो तिर्नु नै हुन्छ; उहाँले केवल वाणीहरू मात्र दिनुहुन्न। परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। देहधारणको महत्त्वको दोस्रो पक्ष

२८०. मानवजाति सम्बन्धी उहाँको व्यवस्थापन, उहाँको मुक्तिको यस घटनालाई परमेश्‍वरले अरू कुनै पनि कुराभन्दा पनि महत्त्वपूर्ण सम्झनुहुन्छ। उहाँले यी सबै कुराहरूलाई केवल आफ्नो मनले मात्र होइन, केवल आफ्नो वचनहरूले मात्र पनि होइन, अनि साधारण पाराले त निश्चय नै होइन—उहाँले यी सबै कुराहरू एउटा योजनासहित, एउटा लक्ष्यसहित, मापदण्डहरूसहित, अनि आफ्नो इच्छासहित गर्नुहुन्छ। यो स्पष्ट भइसकेको छ कि मानवजातिलाई मुक्ति दिने यो कामले परमेश्‍वर र मानिस दुवैको निम्ति ठूलो महत्त्व राख्दछ। काम जतिसुकै कठिन नै किन नहोस्, बाधाहरू चाहे जतिसुकै ठूला नै किन नहोऊन्, मानिसहरू चाहे जतिसुकै कमजोर नै किन नहोऊन्, मानवजातिको विद्रोहीपन जतिसुकै गहिरो नै किन नहोस्, यो कुनै पनि कुरा परमेश्‍वरको निम्ति कठिन छैन। आफ्नो ठूलो परिश्रम लगाएर अनि आफैले गर्न चाहनुभएको कामलाई व्यवस्थापन गर्दै परमेश्‍वरले आफैलाई व्यस्त राख्नुहुन्छ। उहाँले सबै कुरालाई पनि व्यवस्थित गर्दैहुनुहुन्छ अनि जसमाथि उहाँले काम गर्नुहुनेछ, ती सबै मानिसहरूमाथि र उहाँले पूरा गर्न चाहनुभएको सबै काममाथि उहाँ आफ्नो सार्वभौमिकता अभ्यास गर्दैहुनुहुन्छ—यी मध्ये कुनै पनि कुरा पहिले कहिल्यै गरिएको थिएन। परमेश्‍वरले यी विधिहरू प्रयोग गर्नुभएको र मानवजातिलाई व्यवस्थित तथा मुक्ति दिने वृहत् परियोजनाको निम्ति मूल्य चुकाउनुभएको यो पहिलोपल्ट हो। जब परमेश्‍वरले यो काम गर्दैहुनुहुन्थ्यो, तब उहाँले विस्तारै-विस्तारै आफ्नो ठूलो परिश्रम, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको बुद्धि तथा असीमित शक्ति तथा उहाँको स्वभावको हरेक पक्षलाई मानवजातिको सामने पूर्ण रूपले प्रकट गर्दै र खोल्दै हुनुहुन्थ्यो। उहाँले यी कुराहरू खोल्नुहुन्छ र प्रकट गर्नुहुन्छ, जुन उहाँले पहिले यसो कहिल्यै गर्नुभएको थिएन। त्यसैले, सारा ब्रम्‍हाण्डमा परमेश्‍वरले व्यवस्थित र उद्धार गर्ने लक्ष्य राख्नुभएका मानिसहरू बाहेक, कुनै पनि सृष्टि परमेश्‍वरसित यति नजिक रहेका छैनन् जसको उहाँसित त्यस्तो घनिष्ठ रहेको होस्। उहाँको हृदयमा उहाँले व्यवस्थित र मुक्ति दिन चाहनुभएको मानवजाति अत्यन्त महत्त्वपूर्ण छ; उहाँले यस मानवजातिलाई सबैभन्दा बढी महत्त्व दिनुहुन्छ; तिनीहरूका निम्ति उहाँले ठूलो मूल्य चुकाउनुभएको भए तापनि, र तिनीहरूले उहाँलाई निरन्तर चोट पुर्‍याए तापनि, उहाँको अवज्ञा गरे तापनि, उहाँले कहिल्यै तिनीहरूलाई वास्ता गर्न छोड्नुहुन्न अनि कुनै गुनासो र अफसोस नगरीकन नै उहाँ आफ्नो काममा अथकतापूर्वक लागिरहनुहुन्छ कारण उहाँलाई थाहा छ कि ढिलो वा चाँडो, उहाँको बोलावटप्रति मानिसहरू जागी उठ्नेछन् र उहाँका वचनहरूद्वारा प्रेरित हुनेछन् अनि सृष्टिका प्रभु उहाँ नै हुनुहुन्छ भनी चिनेर उहाँतिर फर्कनेछन् …

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

२८१. जब तैँले मानवजातिप्रति परमेश्‍वरका विचारहरू तथा धारणालाई साँचो रीतिले बुझ्‍न सक्छस्, जब तैँले सृष्टिका हरेक प्राणीको निम्ति परमेश्‍वरका भावनाहरू तथा चिन्तालाई साँचो रीतिले बुझ्न सक्छस्, तब सृष्टिकर्ताद्वारा सृष्टि भएका मानिसहरू प्रत्येकको लागि खर्चिने समर्पण तथा प्रेमलाई तैँले बुझ्न सक्‍नेछस्। जब यो हुनेछ, तब परमेश्‍वरको प्रेमलाई बुझ्न तैँले दुई वटा शब्दहरू प्रयोग गर्नेछस्। ती दुई शब्दहरू के-के हुन्? कतिपय मानिसहरूले “निस्वार्थ” भन्छन् र कतिपय मानिसहरूले “परोपकारी” भन्छन्। यी दुई शब्दहरूमध्ये “परोपकारी” भन्‍ने शब्‍द परमेश्‍वरको प्रेमलाई बयान गर्न सुहाउँदो छैन। मानिसहरूले उदार वा विशाल मन भएको व्यक्तिलाई व्याख्या गर्न यो शब्‍दको प्रयोग गर्छन्। यो शब्दलाई म घृणा गर्छु किनकि यसले जथाभाबी, कुनै भेदभाव नगरी, कुनै सिद्धान्तको पर्बाह नगरीकन परोपकार गर्ने कुरालाई जनाउँछ। यो अत्यन्तै भावुक झुकाव हो, जुन मूर्ख तथा अन्योलग्रस्त मानिसहरूका निम्ति सामान्य नै हुन्छ। जब परमेश्‍वरको प्रेमलाई बयान गर्न यो शब्‍दको प्रयोग गरिन्छ, तब त्यसमा ईश्‍वरनिन्दाको भाव अवश्य नै हुन्छ। परमेश्‍वरको प्रेमलाई उपयुक्त ढङ्गले बयान गर्ने मसित यहाँ दुई वटा शब्दहरू छन्। ती के-के हुन् त? पहिलो हो, “असीम”। के यो शब्द अत्यन्तै उत्प्रेरणात्मक छैन र? दोस्रो शब्द हो, “विशाल”। यी शब्दहरू पछाडि वास्तविक अर्थ छ जसलाई म परमेश्‍वरको प्रेम बयान गर्न प्रयोग गर्छु। अक्षरिक रूपमा लिँदा, “असीम” ले कुनै कुराको आयतन व क्षमतालाई बयान गर्छ, तर त्यो कुरा जतिसुकै ठूलो भए तापनि, यो यस्तो कुरा हो जसलाई मानिसहरूले हेर्न वा देख्न सक्छन्। किनभने यसको अस्तित्व हुन्छ—यो एउटा अमूर्त वस्तु होइन तर मानिसहरूलाई तुलनात्मक रूपमा सही र व्यवहारिक ढङ्गले विचारहरू प्रदान गर्न सक्‍ने कुरा हो। यसलाई तैँले चाहे दुई वा तीन आयामको दृष्टिकोणले हेरे तापनि यसको अस्तित्वलाई तैँले कल्पना गर्नु आवश्यक छैन, किनकि यो वास्तवमै साँचो रूपले अस्तित्व भएको कुरा हो। “असीम” भन्ने शब्दले परमेश्‍वरको प्रेमलाई बयान गर्दा यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्ने प्रयास गरेको जस्तो भाव दिए तापनि, यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भन्ने अनुभूति पनि दिन्छ। म भन्छु कि परमेश्‍वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिन्छ किनकि उहाँको प्रेम रित्तो छैन, न त यो मनगढन्ते कुरा हो। बरु, यो परमेश्‍वरको शासनमुनि रहेका सबै कुराहरूले पाउने कुरा हो, सारा सृष्टिहरूले विविध स्तरहरू तथा विभिन्न दृष्टिकोणहरूबाट उपभोग गर्ने कुरा हो। मानिसहरूले यसलाई देख्न वा छुन नसके तापनि, यस प्रेमले सबै कुराहरूलाई तब भरणपोषण गर्छ र जीवन दिन्छ जब यसलाई तिनीहरूको जीवनमा थोरै-थोरै गरेर प्रकट गरिन्छ, अनि तिनीहरूले बितेर जाने हरेक क्षणमा उपभोग गर्ने परमेश्‍वरको प्रेमलाई भरोसा गर्छन् र त्यसको गवाही दिन्छन्। म परमेश्‍वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भनी भन्छु किनकि सबै कुराको निम्ति परमेश्‍वरका विचारहरू, अनि निश्‍चित रूपमा मानिसहरूका लागि उहाँका विचारहरू जस्तै, परमेश्‍वरले सबै कुराहरूको निम्ति प्रबन्ध गर्नुहुन्छ अनि तिनीहरूलाई पालनपोषण गर्नुहुन्छ भन्‍ने कुराको रहस्यलाई बुझ्‍नु मानिसहरूको निम्ति कठिन छ। भन्‍नुको अर्थ, सृष्टिकर्ताले मानवजातिको निम्ति बगाउनुभएको रगत र आँसुलाई कसैले पनि जान्दैन। आफ्नै हातहरूले सृष्टि गर्नुभएको मानवजातिको निम्ति सृष्टिकर्तासित भएको प्रेमको गहिराइ वा वजन कसैले आत्मसात् गर्न सक्दैन, कसैले बुझ्न सक्दैन। परमेश्‍वरको प्रेमलाई असीम भनी बयान गर्नु भनेको मानिसहरूलाई यसको अस्तित्वको चौडाइ तथा सत्यतालाई सराहना तथा बुझ्न सहायता गर्नु हो। यो यसकारण पनि हो ताकि मानिसहरूले अझ गहिरो प्रकारले “सृष्टिकर्ता” को वास्तविक अर्थलाई राम्ररी बुझ्न सकून्, ताकि मानिसहरूले “सृष्टि” भन्ने संज्ञाको साँचो अर्थको गहिरो बुझाइ हासिल गर्न सकून्। “विशाल” भन्ने शब्दले सामान्यतया कुन कुराको व्याख्या गर्दछ? सामान्यतया समुद्र वा ब्रम्‍हाण्डका व्याख्या गर्न यसको प्रयोग गरिन्छ, उदाहरणको लागि: विशाल ब्रम्‍हाण्डका वा विशाल समुद्र। ब्रम्‍हाण्डका फैलावट तथा अति गहिराइ मानव समझभन्दा परको कुरा हो; यो यस्तो कुरा हो जसले मानिसको कल्पनालाई उत्तेजित गर्छ, यस्तो कुरा जसको निम्ति तिनीहरूले ठूलो विस्मयको अनुभूति गर्छन्। यसको रहस्य तथा गम्भीरतालाई देख्‍न त सकिन्छ तर यी पहुँचभन्दा पर छन्। जब तँ समुद्रको बारेमा सोच्छस्, तँ यसको चौडाइको बारेमा सोच्छस्—यो असीमित देखिन्छ, अनि तैँले यसको रहस्य र थोकहरूलाई थाम्न सक्ने यसको ठूलो क्षमतालाई अनुभूति गर्न सक्छन्। त्यसैले, यो कति बहुमूल्य छ भनी अनुभूति गर्न, उहाँको प्रेमको अथाह सुन्दरता अनि उहाँको प्रेमको शक्ति अनन्त र व्यापक छ भनी अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले परमेश्‍वरको प्रेमलाई बयान गर्न “विशाल” भन्ने शब्दको प्रयोग गरेको हुँ। उहाँको प्रेमको पवित्रतालाई अनुभूति गर्न, र उहाँको प्रेमद्वारा प्रकट गरिएको परमेश्‍वरको गौरव तथा उल्‍लङ्घन गर्न नसकिने उहाँको स्वभाव अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले यो शब्दको प्रयोग गरेँ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

२८२. परमेश्‍वरको सार र स्वभावमा यस्तो केही कुरा छ जसलाई सजिलै बेवास्ता गर्न सकिन्छ, यस्तो कुरा जुन परमेश्‍वरमा मात्र छ र अन्य कुनै मानिसमा छैन, आफूलाई महान् ठान्‍ने मानिसहरू, असल मानिसहरू वा तिनीहरूका कल्पनाका परमेश्‍वरमा पनि छैन। यो कुरा के हो? यो परमेश्‍वरको निःस्वार्थीपना हो। निःस्वार्थीपनाको कुरा गर्दा तैँले पनि आफूलाई निःस्वार्थ ठान्‍न सक्छस्, किनकि जब तेरा छोराछोरीको कुरा हुन्छ, तँ तिनीहरूसँग कहिले पनि मोलतोल र सौदा गर्दैनस्, वा तेरा अभिभावकप्रति पनि तँ निःस्वार्थ छस् भन्‍ने तँलाई लाग्‍न सक्छ। तैँले जेसुकै सोचेता पनि तँमा कम्तिमा पनि निःस्वार्थ शब्दको धारणा छ र यो सकारात्मक शब्द हो र निःस्वार्थ व्यक्ति हुनु भनेको धेरै भद्र कुरा हो भन्‍ने सोच्छस्। जब तँ निःस्वार्थ हुन्छस्, तैँले आफैलाई ठुलो मान दिन्छस्। तर मानिस, घटना, वस्तुहरू र उहाँका कामका सबै कुरामा परमेश्‍वरको निःस्वार्थीपना देख्‍ने कोही पनि छैन। यस्तो किन? किनकि मानिस धेरै स्वार्थी छ! म किन यसो भन्छु? मानिस भौतिक संसारमा जिउँछ। तैँले परमेश्‍वरलाई पच्छ्याउन सक्छस्, तर तैँले कहिले पनि परमेश्‍वरले तेरो लागि कसरी जुटाउनुहुन्छ, तँलाई प्रेम गर्नुहुन्छ र तेरो निम्ति चासो देखाउनुहुन्छ भन्‍ने कुरा तैँले कहिले देख्दैनस् वा सराहना गर्दैनस्। यसैले तँ के देख्छस्? तैँले तँलाई प्रेम वा स्‍नेह गर्ने तेरो रगतको साइनो भएकाहरू देख्छस्। तैँले तेरो शरीरको निम्ति फाइदा हुने कुराहरू देख्छस्, तैँले प्रेम गर्ने मानिस र वस्तुहरूलाई तँ वास्ता गर्छस्। मानिसको निःस्वार्थीपना भनेको नै यही हो। यद्यपि त्यस्ता “स्वार्थरहित” मानिसहरूले तिनीहरूलाई जीवन दिनुहुने परमेश्‍वरको बारेमा कहिले पनि चासो देखाउँदैनन्। परमेश्‍वरको तुलनामा मानिसको निःस्वार्थीपना स्वार्थी र घृणित बन्छ। मानिसले विश्‍वास गरेको निःस्वार्थीपना खोक्रो र अवास्तविक, मिलावट भएको, परमेश्‍वरसँग नमिल्ने र परमेश्‍वरसँग सम्बन्ध नभएको हुन्छ। मानिसको निःस्वार्थीपना उसकै निम्ति हुन्छ भने परमेश्‍वरको निःस्वार्थीपना उहाँको सारको साँचो प्रकटीकरण हो। यथार्थमा मानिसलाई परमेश्‍वरले निरन्तर जुटाउनु उहाँको निःस्वार्थीपनाको कारणले नै हो। मैले आज कुरा गर्दै गरेको विषयले तिमीहरूलाई गहिरो प्रभाव नपारेको हुन सक्छ र तिमीहरूले केवल सहमतिमा टाउको हल्लाएको मात्र हुनसक्छ, तर जब तैँले तेरो हृदयमा परमेश्‍वरको हृदयको सराहना गर्छस्, तैँले नचाहँदा नचाहँदै यो पत्ता लगाउने छस्ः यस संसारमा तैँले महसुस गर्ने सबै मानिस, पदार्थ र वस्तुहरूमा परमेश्‍वरको निःस्वार्थीपना मात्र वास्तविक र मूर्त छ किनकि तेरो लागि परमेश्‍वरको प्रेम सर्तरहित र निष्कलङ्‍क छ। परमेश्‍वर बाहेक कसैको निःस्वार्थीपना झुटो, सतही, अवास्तविक हो; यसमा उद्देश्य छ, निश्‍चित इरादाहरू छन्, यसमा सन्तुलन छ र यसलाई जाँच गर्न सकिन्‍न। तिमीहरूले यसलाई घृणित र अमिल्दो भन्‍न सक्दैनौ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

२८३. मानिस उहाँको विरोधी भएको हुनाले परमेश्‍वरले मानिसलाई घृणा गर्नभयो, तर उहाँको हृदयमा मानवजातिप्रतिको उहाँको वास्ता, चासो र दया बलदिएन। उहाँले मानवजातिको विनाश गर्दा पनि उहाँको हृदय अपरिवर्तनीय नै रह्‍यो। जब मानवजाति परमेश्‍वरप्रति गम्भिर हदसम्म भ्रष्टता र अनाज्ञाकारिताले पूर्ण भयो, परमेश्‍वरले उहाँको स्वभाव र सारको कारण यस मानवजातिलाई उहाँको सिद्धान्तहरूबमोजिम नष्ट गर्नुपर्ने भयो। तर परमेश्‍वरको सारको कारण उहाँले अझ पनि मानवजातिमाथि दया गर्नुभयो र तिनीहरू बाँचिरहून् भनेर विभिन्‍न तरिकाले मानवजातिको उद्धार गर्न चाहनुभयो। तर मानिसले परमेश्‍वरको विरोध गर्‍यो, परमेश्‍वरप्रति अनाज्ञाकारी हुने कामलाई जारी राख्यो र परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्न इन्कार गर्‍यो; यसर्थ उसले उहाँका असल इरादाहरू स्वीकार गर्न इन्कार गर्‍यो। परमेश्‍वरले तिनीहरूलाई जसरी बोलाउनुभएता पनि, तिनीहरूलाई सम्झाउनुभएता पनि, तिनीहरूको निम्ति उपलब्ध गराउनुभएता पनि, तिनीहरूको सहायता गर्नुभएता पनि वा तिनीहरूलाई सहन गर्नुभएता पनि मानिसले त्यसलाई बुझेन वा सराहना गरेन, न त त्यसले ध्यान नै दियो। परमेश्‍वरले आफ्नो पिडामा मानिसले आफ्नो दिशा बदल्छ कि भनेर पर्खँदै तिनीहरूलाई अझै पनि हदैसम्मको सहनशीलता प्रदान गर्नुभयो। अति भएपछि बिनासङ्‍कोच उहाँले गर्नुपर्ने काम गर्नुभयो। अर्को शब्दमा, परमेश्‍वरले मानवजातिको विनाश गर्ने योजना बनाउनुभएको समयदेखि मानवजातिको विनाश गर्ने कार्य सुरु गर्नुभएको समयसम्म निश्‍चित समयावधि र प्रक्रिया थियो। मार्ग परिवर्तन गर्न मानिसलाई सक्षम तुल्याउनको निम्ति यो प्रक्रिया अस्तित्वमा थियो र यही नै परमेश्‍वरले मानिसलाई दिनुभएको अन्तिम मौका थियो। मानवजातिको विनाश गर्नुअघिको यस अवधिमा परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले सम्झाउने र प्रोत्सान दिने काम भारी मात्रामा गर्नुभयो। परमेश्‍वरको हृदय जतिसुकै पिडा र शोकमा भएता पनि उहाँले मानवजातिमा आफ्नो वास्ता, चासो र प्रचुर दया निरन्तर प्रदान गर्नुभयो। यसबाट हामी के देख्छौँ? निस्सन्देह, मानवजातिप्रति परमेश्‍वरको प्रेम वास्तविक हो र केवल ओठेभक्ति मात्र होइन भन्‍ने हामी देख्छौँ। यो वास्तविक, मूर्त र सराहनीय छ, नक्कली, मिलावट भएको, छली वा कपटी छैन। परमेश्‍वरले कहिले पनि छलको प्रयोग गर्नुहुन्‍न वा उहाँ प्रेमयोग्य हुनुहुन्‍न भन्‍ने देखाउन नक्कली छविको प्रयोग गर्नुहुन्‍न। उहाँले आफ्नो सुन्दरता मानिसहरूलाई देखाउनको निम्ति कहिले पनि झुटो साक्षीको प्रयोग गर्नुहुन्‍न वा आफ्नो सुन्दरता र पवित्रताको देखावटी प्रदर्शन गर्नुहुन्‍न। के परमेश्‍वरको स्वभावका यी पक्षहरू मानिसको प्रेमका योग्य छैनन्? के तिनीहरू आराधनाका योग्य छैनन्? के तिनीहरू स्‍नेहपूर्वक याद गरिने योग्यका छैनन्? यस बिन्दुमा म तिनीहरूलाइ सोध्‍न चाहन्छुः यी वचनहरू सुनेपछि के तिमीहरू परमेश्‍वरको महानता खाली कागजमा लेखिएका खोक्रा शब्दहरू मात्र हुन् भन्‍ने सोच्छौ? के परमेश्‍वरको सुन्दरता खोक्रा शब्दहरू मात्र हुन्? होइनन्! अवश्य नै होइनन्! उहाँले आफ्नो काम गर्नुहुँदाको हरेक समय व्यवहारिक अभिव्यक्ति प्राप्त गर्ने परमेश्‍वरको सर्वोच्चता, महानता, पवित्रता, सहनशीलता, प्रेम आदि जस्ता परमेश्‍वरको स्वभाव र सारका हरेक विवरण मानिसप्रति भएको उहाँको इच्छामा समाविष्ट छन् र हरेक व्यक्तिमा ती पूर्ण र प्रतिबिम्बित हुन्छन्। तैँले यसको अनुभव पहिले गरे वा नगरेता पनि हरेक व्यक्तिको हृदयलाई चेतावनी दिन र हरेक व्यक्तिको आत्मालाई ब्युँझाउनको निम्ति उहाँको निष्कपट हृदय, बुद्धि, र विभिन्‍न विधिहरूको प्रयोग गरेर परमेश्‍वरले हरतरहले हरेक व्यक्तिको हेरचाह गर्नुहुन्छ। यो निर्विवाद तथ्य हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

फूटनोटहरू:

१. “बरबादीहरू” मानव जातिको अनाज्ञाकारितालाई प्रकट गर्न प्रयोग गरिन्छ।

क. मूल पाठमा “यो हुन अयोग्य हुनुको सङ्केत हो।” भनेर पढिन्छ।

ख. मूल पाठमा “साथै उल्‍लङ्घन गरिन नसक्‍नुको प्रतीक (र उल्‍लङ्घन गरिएको नसहनु)” भनेर पढिन्छ।

अघिल्लो: ६. बाइबलको सम्बन्धमा वचनहरू

अर्को: ८. परमेश्‍वरको कामलाई जान्‍ने सम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्