127 परमेश्वरले आखिरी दिनहरूमा आफ्नो सम्पूर्ण स्वभाव प्रकट गर्नुभएको छ
पद १
संसार सृष्टि भएदेखि, परमेश्वरको आत्माले
यस्तो ठूलो काम गर्नुभएको छ।
उहाँले फरक युग र राष्ट्रहरूमा
फरक काम गर्नुभएको छ।
हरेक युगका मानिसले उहाँका
फरक स्वभावहरू देख्छन्,
जुन प्राकृतिक रूपमा प्रकट गरिन्छ
र फरक कामद्वारा देखाइन्छ।
कोरस
उहाँ कृपा र प्रेममय दयाले
भरिएको परमेश्वर हुनुहुन्छ।
उहाँ मानिसको पापबलि र गोठालो हुनुहुन्छ
तर उहाँ मानिसको न्याय, सजाय र श्राप पनि हुनुहुन्छ।
पद २
उहाँले मानिसलाई पृथ्वीमा
२००० वर्षसम्म डोर्याउन र
भ्रष्टलाई छुटकारा दिन सक्नुभयो।
उहाँलाई नचिन्ने सबैमाथि
उहाँ विजय गर्न सक्नुहुन्छ।
सबै समर्पित हुन् भनी तिनलाई
अधीनमा राख्न सक्नुहुन्छ।
अन्तमा, संसारभरका मानिसको
फोहोर र अधार्मिकता जलाउनुहुनेछ।
पूर्व कोरस
ताकि मानिसले स्पष्ट देख्नेछन् कि
उहाँ पवित्र र अद्भुत,
मानिसलाई न्याय गर्ने परमेश्वर हुनुहुन्छ।
कोरस
उहाँ कृपा र प्रेममय दयाले
भरिएको परमेश्वर हुनुहुन्छ।
उहाँ मानिसको पापबलि र गोठालो हुनुहुन्छ
तर उहाँ मानिसको न्याय, सजाय र श्राप पनि हुनुहुन्छ।
ब्रिज
दुष्टका लागि उहाँ पोल्ने आगो हुनुहुन्छ,
मानिसको पाप न्याय गर्ने र दण्ड दिने न्याय हुनुहुन्छ।
सिद्ध पारिनेका लागि, उहाँ संकष्ट र परीक्षा,
निराकरण र काट-छाँट गर्ने,
राहत, पोषण र वचनको प्रदायक हुनुहुन्छ।
निष्कासितका लागि उहाँ दण्ड र बदला हुनुहुन्छ।
कोरस
उहाँ कृपा र प्रेममय दयाले
भरिएको परमेश्वर हुनुहुन्छ।
उहाँ मानिसको पापबलि र गोठालो हुनुहुन्छ
तर उहाँ मानिसको न्याय, सजाय र श्राप पनि हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्” बाट परिमार्जित